उच्च मूल्यबाट ३ हजार ९ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२१ चैत २०८१
उच्च मूल्यबाट ३ हजार ९ सय रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ चैत । बिहीबार उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य आज भने घटेको छ । आज सुन तोलामा तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन हालसम्मकै उच्च एक लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस