काठमाडौं, ६ चैत । बुधबार पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबारदेखि नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्य आज पनि उच्च मुल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनले नयाँ रेकर्ड बनाएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन २ हजार ५० रुपैयाँ रहेको चाँदी आज २ हजार ४५ रुपैयाँमा झरेको छ ।