काठमाडौं, ४ चैत । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार ४० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन चाँदी दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।