आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२ चैत २०८१
आज घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ चैत । यस साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार उच्च रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले घटेर चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस