काठमाडौं, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीको विषयलाई लिएर संसद् अवरोध गर्न उपयुक्त नहुने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रसेवक कर्मचारीबारे बहस गर्ने स्थान सदन नभएको बताए । ‘राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रोलाई दण्ड गर्ने व्यवस्था यसै सदनले गरेको छ । कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने हटाउन सक्छ । यो अहिलेको सरकारले मात्रै गरेको होइन, उनले भने ।’ यही विषयमा संसद्लाई अल्झाउन नहुने उनले बताए ।
साथै प्रधानमन्त्रीले अदालतमा भएको विषयलाई थप बहस गर्न उपयुक्त नभएको बताए । उनले भने, ‘यसमा थप चर्चा परिचर्चा गर्न विधिसम्मत हुन्न भन्ने यस सम्मानित सदनलाई जानकारी नै छ ।’