कोइकाद्वारा कोरिया ओभरसिज स्वयंसेवक हस्तान्तरण कार्यक्रम सम्पन्न

अनलाइनसमय |
१५ फागुन २०८१
कोइकाद्वारा कोरिया ओभरसिज स्वयंसेवक हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं, १५ फागुन । कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)द्वारा आयोजित कोरिया ओभरसिज स्वयंसेवक (कोभ) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरमा आयोजित उक्त कार्यक्रमबाट नेपालले थप चार जना कोरियाली नयाँ स्वयंसेवक प्राप्त गरेको हो ।

कार्यक्रममा कोइका नेपालका प्रतिनिधि, नयाँ स्वयंसेवक प्राप्त गर्ने संस्था र नेपाल आएका नयाँ स्वयंसेवकलगायत उपस्थिति थियो ।

जनवरी २० मा चार जना कोरियाली स्वयंसेवक नेपाल आएका थिए । ललितपुरमा चार हप्ताको तालिम गरेका उनीहरूले फेब्रअरी २७ देखि नेपालका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्नेछन् ।

विशेषगरी शिक्षा, पर्यटन, प्रयोगशाला प्रविधि र नर्सिङ क्षेत्रमा नयाँ स्वयंसेवकले योगदान पुर्‍याउने छन् । यसका लागि उनीहरूलाई धनगढी, इलाम, कास्की र बागलुङमा खटाइने कोइकाले जनाएको छ ।

कोइका स्वयंसेवक कार्यक्रमले कोरियन ज्ञान तथा प्रविधि हस्तान्तरण गर्दै नेपालका यी क्षेत्रको विकासमा सहयोग गर्ने लक्ष्य राखेको छ । सन् १९९० देखि नेपालका विभिन्न सरकारी संस्थामा ४१० स्वयंसेवक खटाइसकेको छ ।

हाल २१ कोरियाली स्वयंसेवक नेपालका विभिन्न क्षेत्रमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस