नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्मा पेस

अनलाइनसमय |
१३ फागुन २०८१
नेपाल हवाई सेवा प्राधिकरण विधेयक संसद्मा पेस

काठमाडौं, १३ फागुन । नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘ नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक– २०८१ ’ र नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक–२०८१ मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका हुन् ।

यसअघि २०८१ पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै विधेयकलाई संसदमा पेस गर्ने निर्णय निर्णय गरेको थिया । नेपालमा पछिल्लो डेढदशकदेखि उड्डयन क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय छुट्याउने बहस सुरु भएपनि उक्त काम सम्पन्न हुन सकेको थिएन ।

नेपालको हवाई क्षेत्रमा देखिएको समस्या समाधानका गर्न र अन्तर्राष्ट्रिय निकायले राख्दै आएको कालोसूची हटाउने लगायत विषय यी विधेयक महत्त्वपूर्ण हुने विश्वास राखिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस