लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ७१ हजार ५०० पुग्यो

अनलाइनसमय |
८ फागुन २०८१
लगातार बढ्दै सुनको मूल्य, तोलाको १ लाख ७१ हजार ५०० पुग्यो

काठमाडौं, ८ फागुन । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम जारी छ । बुधबार सुन तोलामा ११ सय रुपैयाँले बढेका सुनको मूल्य आज तोलामा ५०० रुपैयााले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । मंगलबार सुन तोलामा ७ सय रुपैयाँले बढेको थियो भने न सोमबार सुन तोलामा १२ सय रुपैयाँले बढेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस