काठमाडौं, ७ फागुन । पछिल्लो तीन दिन यता नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबार सुन प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन तोलामा ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसको अघिल्लो दिन सोमबार सुन तोलामा १द्द सय रुपैयाँले बढेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।