तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
५ फागुन २०८१
तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, ५ फागुन । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस