काठमाडौं, २ फागुन । शुक्रबार नेपाली बजारमा सुनको तोलामा ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बिहिबार सुन तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।