तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१ फागुन २०८१
तोलामा २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ फागुन । बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुनको मूल्य आज २३ सय रुपैयाँले बढेको हो ।

यो वृद्धिसँगै आज आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस