काठमाडौं, २९ माघ । थाइल्यान्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संविधानको धारा २८२ को उपधारा (१) बमोजिम ओलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओको जिम्मेवारी दिएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
