तोलामै १ लाख ७० नाघ्यो सुनको मूल्य

अनलाइनसमय |
२९ माघ २०८१
तोलामै १ लाख ७० नाघ्यो सुनको मूल्य

काठमाडौं, २९ माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँलेबढेको छ । यो वृद्धिसँगै आज सुनको मूल्य तोलामा १ लाख ७० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस