काठमाडौं, २८ माघ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सामान्य घटेको सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेर १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।