काठमाडौं, १७ माघ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।