काठमाडौं, १६ माघ । नेक्सजेन म्यानेजमेन्टको संचालक समितिले कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा संचालन गर्ने निर्णय गरेको छ । अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा माघ १५ गते बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेबाट बैंक बित्तिय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक बित्तिय संस्था र ऋणी बिचमा पुलको रूपमा काम गर्ने गरि परामर्श सेवा संचालनको घोषणा गरेको हो । कम्पनीले सम्पत्ती व्यवस्थापन र व्यवसायिक परामर्शको कार्य गर्दै आईरहेको छ ।
नेक्सजेनका विशेषज्ञहरूले कर्जा प्रवाह पछि न्यूनतम शुल्कमा परमर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्नेछन । यस अन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग, लेखा प्रणालि र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन ।
त्यसैगरी उधारो बिक्री र असुली व्यवस्थापन,फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकिय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाईएको छ । यो कार्यक्रममा नेक्सजेन र बैंक बित्तिय संस्था बिच सम्झौता हुने र निश्चित तोकेको रकम भन्दा बढीको कर्जा प्रवाह हूंदा बैंकले नै न्यून सेवाशुल्क तोकेर नेक्सजेन र ऋणी लाई आवद्ध गराउने र नेक्सजेनले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रही स्थलगत अवलोकन गरि आवश्यक परामर्श दिने दिइने छ । यस्तो परामर्श सेवा ऋणी आफैले सम्झौता गरेर पनि लिन सक्नेछन ।
देशमा आर्थिक संकट गहिरिंदै गएको र खराब कर्जाको बोझ बढदै गईरहेको परिप्रेक्षमा नेक्सजेन म्यानेजमेन्टको कर्जा प्रवाह पछिको व्यवस्थापकिय परामर्श सेवा बैंक वित्तिय संस्था र ऋणीहरुलाई उपयोगि र फलदायी हुने विश्वास लिएको छ ।
