तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

अनलाइनसमय |
१५ माघ २०८१
तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १५ माघ । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार २०० सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस