काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन् ।
यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । सो दन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् भने उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।