काठमाडौं, ११ माघ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला एक लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।