काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनिचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको छ ।
राष्ट्र बैंक अन्तर्गतको वीरगञ्ज कार्यालयले एक सूचना जारी गर्दै भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनिचेन्जरको इजाजत खारेज गरेको जनाएको छ ।
सूचनामा भनिएको छ,‘भारतीय रुपैंया खरिद विक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनिचेञ्जर वीरगंज प्रा. लि., गोश्वरा रोड, वीरगंज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ ।’
राष्ट्र बैंकले सो मनिचेञ्जरसँग कुनै पनि कारोवार नगर्न÷नगराउनु हुन सर्वसाधारणसँग अनुरोध गरेको छ ।