काठमाडौं, २९ पुस । गत आर्थिक वर्ष २०८०/८० मा केशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन आव २०८०/०८१ अनुसार समीक्षा अवधिमा कोशीको समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १ दशमलव ५५ प्रतिशतले घटेर १० लाख ३९ हजार ७ सय ६० हेक्टर कायम भएको छ । अघिल्लो आवमा प्रदेशको कृषि बालीले ढाकेको क्षेत्रफल १ दशमलव ३४ प्रतिशतले बढेर १० लाख ५६ हजार १ सय ३८ हेक्टर पुगेको थियो ।
कोशीमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.९२ प्रतिशत, तरकारी बालीको हिस्सा ५.११ प्रतिशत, फलपूmलको हिस्सा २.८७ प्रतिशत, मसला बालीको हिस्सा २.६४ प्रतिशत र चिया तथा कफीको हिस्सा १.४२ प्रतिशत रहेको छ । कृषि उपजले ढोकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७२.१४ प्रतिशत छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०८०/८१ मा कोशीमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल १.५६ प्रतिशतले घटेर ९ लाख १४ हजार ५ सय ६५ हेक्टर कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.८६ प्रतिशतले वृद्धि भएको थियो ।
आव २०८०/८१ मा धान २.४७, मकै १.३५ र कोदो बालीले ढाकेको क्षेत्रफल ५.०९ प्रतिशतले घटेको छ । त्यस्तै गहुँ, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमश: १.१०, ८.९२, र ७.८९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा धान बालीले ढाकेको क्षेत्रफल ०.१७ प्रतिशतले घटेको थियो । त्यस्तै मकै १.६६, गहुँ १.३९, कोदो १३.८७, जौ १.३६ र फापर बालीले ढाकेको क्षेत्रफल १८.०९ प्रतिशतले बढेको थियो ।
यसैगरी गत आवमा तरकारी बालीले ढाकेको क्षेत्रफल १.२ प्रतिशतले बढेर ५३ हजार १ सय ३५ हेक्टर कायम भएको छ । आव २०७९/८० मा उक्त बालीले ढाकेको क्षेत्रफल ५.३७ प्रतिशतले घटेको थियो ।
गत आवमा कोशीमा तरकारी बालीले ढाकेको कुल क्षेत्रफलमध्ये सबैभन्दा बढी क्षेत्रफल झापा जिल्लामा २०.२१ प्रतिशत र सबैभन्दा कम क्षेत्रफल सोलुखुम्बु जिल्लामा १.२ प्रतिशत रहेको छ ।
त्यस्तै समग्र फलफूल बालीले ढाकेको क्षेत्रफल ५.०६ प्रतिशतले घटेर २९ हजार ८ सय २१ हेक्टर कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त क्षेत्रफल १.२४ प्रतिशतले बढेको थियो । समीक्षा आर्थिक वर्षमा यस प्रदेशमा फलपूmल बालीले ढाकेको कुल क्षेत्रफलमध्ये सबैभन्दा बढी क्षेत्रफल झापा जिल्लामा २२.८२ प्रतिशत र सबैभन्दा कम क्षेत्रफल ओखलढुङ्गा जिल्लामा १.५९ प्रतिशत रहेको छ ।
समीक्षा आर्थिक वर्षमा मसला बालीले ढाकेको कुल क्षेत्रफल ३.७५ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त क्षेत्रफल १.६ प्रतिशतले घटेको थियो ।