काठमाडौं, २४ पुस । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत आइतबार देखी स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
यो वृद्धिसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिनसुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार यस दिन चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।