काठमाडौं, २१ पुस । सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको हो । वकिल कार्यालयले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो दाबी गरी अभियोजन गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गराएको हो । सहकारी ठगी आरोपमा हाल जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पनि थुनछेक बहस चलिरहेको छ ।
प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, पाँचजनाको ठेगाना नखुलेको कारण ३१ जाविरुद्ध मात्र मुद्दा दायर गरिएको हो ।