काठमाडौं, २१ पुस । नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ ।
पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट यात्रा सुरु भएको हो । ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
पृथ्वीनारायण शाहको पालामा स्थापना भएको नेपाली सेनाको पाँच प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज)को झण्डा सहित नेपाली सेनाले पदयात्रामा निस्किएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए ।
अधिकृत कमान्डको टोली टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुज गणको झन्डासहित पदयात्रामा निस्किएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए ।
उनीहरूलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झन्डा हस्तान्तरण गरेर बिदाई गरिएको छ ।
नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली आइतबार गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेंसी पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर गोरखाको टोली फिर्ता हुने नेपाली सेनाले जनाएको छ । धादिङले नुवकोटको शेर गण र नुवाकोटले काठमाडौंको शिवध्वज गणलाई हस्तान्तरण गर्नेछ ।
गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काडमाडौंको हनुमान ढोका पु¥याइनेछ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती मूल समारोहमा शार्दूलजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम छ ।
नेपाली सेनाले २०७६ सालबाट हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।