भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

अनलाइनसमय |
१८ पुष २०८१
भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित

काठमाडौं, १८ पुस । भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्वसम्मतीबाट पारित गरेको हो ।

समितिले नेपाली कांग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले उक्त विधेयकको संशोधन प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए ।
खतिवडाले प्रस्तुत गरेको विधेयक सर्वसम्मतीबाट पारित गरिएको हो । त्यसअघि उक्त विधेयकबारे उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस