सात वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन–कुन परे ?

अनलाइनसमय |
६ कार्तिक २०८१
सात वटा बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारवाहीमा, कुन–कुन परे ?

काठमाडौं, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले मितेरी डेभलपमेन्ट बैंक सहित तीन विकास बैंक र चार वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

निर्देशन उल्लंघन गरेको आरोपमा राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई समेत सचेत गराएको छ भने १ फाइनान्सलाई जरिवाना समेत तिराएको राष्ट्र बैंकले जनाएको छ ।

कारबाहीमा पर्नेमा मितेरी विकास बैंक, सालपा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् भने फाइनान्स कम्पनीहरुमा गोर्खाज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।

मितेरी विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशतभन्दा बढी कायम गरी उक्त नयामकीय व्यवस्था उल्लंघन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सालपा विकास बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० को इ.प्रा.निर्देशन नं. १५ को बुँदा नं. (४) मा भएको व्यवस्था विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशतभन्दा बढी कायम गरी नियम उल्लंघन गरेको देखिएकोले संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको जनाएको छ ।

त्यस्तै, सिन्धु विकास बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५९, कम्पनी ऐन, २०६३ को दफा ७६ तथा राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा– नोक्सान हिसाबको बिवरण ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको अध्यक्ष र सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

यसैगरी फाइनान्सहरुमा जानकी फाइनान्सले राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको जनाएको छ ।

त्यस्तै, गोर्खाज फाइनान्सले बैंकबाट जारी एकीकृत निर्देशनमा संस्थाका सञ्चालक तथा कर्मचारीहरु वित्तीय स्वार्थ रहेको ग्राहकसंँगको कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ । सो व्यवस्था विपरित हुनेगरी संस्थाको कर्मचारी तथा संस्थाको तत्कालीन अध्यक्ष÷सञ्चालक संस्थाको क्रणी÷ग्राहकसंग संस्थामा नै खोलिएका खाताहरु मार्फत् आर्थिक कारोवारमा पटक पटक संलग्न भएको पाइएको, तत्कालीन अध्यक्ष÷सञ्चालकले निज संलग्न रहेको सहकारी संस्थाको कर्मचारीलाई विभिन्न कर्जा प्रदान गरी निजहरुसँग पटक पटक आर्थिक कारोबार गरेको पाइएको तर त्यस्तो कैफियतजन्य कार्य भइरहँदा समेत व्यवस्थापन तथा सञ्चालक समितिले निगरानीको कार्यलाई चुस्त नराखेको तथा द्ययबचम Board Oversight कमजोर रहेको पाइएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

प्रोग्रेसिभ फाइनान्सले राष्ट्र बैंकद्धारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा भएको व्यवस्था विपरित संस्थाले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको बिवरण सो बैंक समक्ष ढिलो पेश गरेको र सोको कारण संस्थाको वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न हुने गरी विद्यमान कानूनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरु उल्लङ्घन गरेको देखिएकाले संस्थाको सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

साथै रिलायन्स फाइनान्सले असोज ५ सम्म (पी०५) को अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम चालु आ.वमा पहिलो पटक कायम नगरेको हुँदा संस्थालाई ११ हजार २ सय २७ रुपैयाँ नगद जरिवाना समेत गराइएको छ ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस