११ महिनामा डिजिटल प्रणालीमार्फत करिब साढे ५२ खर्ब भुक्तानी, आधाभन्दा बढी आरटिजिएसबाटै

अनलाइनसमय |
१ साउन २०८१
११ महिनामा डिजिटल प्रणालीमार्फत करिब साढे ५२ खर्ब भुक्तानी, आधाभन्दा बढी आरटिजिएसबाटै

काठमाडौं, १ साउन । पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दो छ । वित्तीय व्यवस्थामा समेत यसको ठूलो प्रभाव परेको छ । मानिसको हातहातमा मोबाइल फोन, सबै सामु इन्टरनेटको पहुँच विस्तार लगायतले बैंकिङ कारोबारमा डिजिटल भुक्तानी बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को ११ महिनामा डिजिटल प्रणालीमार्फत ५२ खर्ब २७ अर्ब ३० करोड रुपैयाँको भुक्तानी भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा २३ दशमलव ७२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा डिजिटल प्रणालीमार्फत ४२ खर्ब २४ अर्ब ८८ करोड रुपैयाँ मात्र भुक्तानी भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको जेठसम्ममा १२ वटा भुक्तानी प्रणाली (पेमेन्ट सिस्टम) छन्, जसमध्ये सबैभन्दा धेरै रियल टायम ग्रस सेटलमेन्ट (आरटिजिएस) मार्फत भुक्तानी भएको छ । ११ महिनामा आरटिजिएसमार्फत ३४ खर्ब ६१ अर्ब ५३ करोडको कारोबार भएको छ । यो रकम यस प्रणालीमार्फत भुक्तानी भएको कुल रकमको ६६.२२ प्रतिशत हो ।

भुक्तानी भएका डिजिटल प्रणालीमध्ये ११ महिनामा आरटिजिएस पछि सबैभन्दा बढी कनेक्टआइपिएस मार्फत भुक्तानी भएको छ । जेठसम्ममा यस प्रणालीमार्फत ५ खर्ब ६२ अर्ब ६१ करोडको कारोबार भएको छ, जुन भुत्ताmनी भएको कुल रकमको १० दशमलव ३७ प्रतिशत हो ।

यस्तै चालू आवको जेठसम्ममा ईलेक्ट्रोनिक चेक क्लियरिंग (इसीसी)बाट डिजिटल प्रणालीमार्फत भएको कुल भुक्तानी रकमको १०.०२ प्रतिशत भुक्तानी भएको छ । सोही अवधिमा यस प्रणाली मार्फत ५ खर्ब २४ अर्ब ९ करोड रुपैयाँको भुक्तानी भएको छ ।

राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङबाट कुल डिजिटल प्रणालीमार्फत भुक्तानी भएको कुल रकमको ६.४२ प्रतिशत अर्थात् ३ खर्ब ३६ अर्ब ५ करोडको भुक्तानी भएको छ ।

 

यस्तो छ डिजिटल प्रणालीमार्फत जेठसम्ममा भएको भुक्तानी:

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस