post image

जेठ १०, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो परिमाणमा भारतीय जाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले नक्कली नोटसहित युनुस अन्सारीलाई शुक्रवार बिहान नियन्त्रणमा लिएको हो।

नक्कली नोटकै प्रकरणमा उनी पटकपटक समातिएका छन्। कुनै समय टेलिभिजन संचालनमा समेत सक्रिय रहेका अन्सारी नक्कली नोटसहित सन् २०१४ मा पनि पक्राउ परेका थिए। उनीबाट बरामद भएको नक्कली नोटको गन्ती भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनले दुई सुटकेस भारु कतारबाट नेपाल भित्र्याउने क्रममा प्रहरीले पक्राउ गरेको त्रिभुवन विमानस्थलका सुरक्षा प्रमुख संदीप भण्डारीले जानकारी दिए। उनीसँगै अन्य ३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्सारीलाई पाँच वर्षअघि विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय रुपैयाँ सहित पक्राउ गरेको थियो। त्यस्तै २०६५ पुसमा जाली नोट सहित पक्राउ परेका उनी जेल सजाय भुक्तान गरी निस्किएका थिए।

नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो।

post image

जेठ ९,धादिङ। गङ्गाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चार जना महिलालाई भने सफाइ दिइएको छ।

चौँतीस वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भिमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार नवराज दङ्गालले बताए।

यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महीना कैद गर्ने फैसला गरिएको छ।

सत्र वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात तीन वर्ष आठ महीना कैद गर्ने फैसला गरिएको छ।

छपन्न वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्‍याएकाले तीन वर्ष छ महीना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको छ।

साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिइएको छ। चार महिला साधारण तारेखमा रिहा भएका थिए भने बाँकी २६ जना पुर्पक्षका लागि थुनामा थिए।

गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा विसं २०७५ साउन ५ गते गाउँवासीको कुटपिटका कारण गङ्गाजमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो। रासस

post image

जेठ ८, काठमाडौँ  । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स हत्या प्रकरणबारे औपचारिक जानकारी गराउँदै गृहमन्त्री थापाले सो हत्याकाण्डको यथार्थं विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

गृहमन्त्री थापाले सो घटनामा संलग्न ९ जना र नजिकैको जंगलमा झुण्डिएको अवस्थामा मृत भेटिएका अर्का एक जनाको शव पनि पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको पनि जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै घटनास्थल पुगेको छ ।  सो घटनामा भागेर बाँच्न सफल १३ वर्षीय बालिका सीता खुजुमको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि आवश्यक व्यवस्था मिलाइएको पनि गृहमन्त्री थापाले बताए ।

गत सोमबार राति भएको सो सामूहिक हत्या प्रकरणमा ससुरा बमबहादुर फियाक र ज्वाई धनराज शेर्मा परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । सामूहिक हत्या गरिएको २ दुई घण्टाको पैदल दुरीमा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

post image

 जेठ ७, पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं. ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ गइरहेका छन् । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन ।

अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ ।

post image

जेठ ७, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार ज्वाइँ-ससुराको घरका नौ जनाको मनसाययुक्त हत्या भएको छ।  नकाव लगाएर मध्यराति आएको समूहले ज्वाइँ–ससुराको घरमा हत्याकाण्ड मच्चाएको हो।

धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारमा कसले किन हत्या गरायो यसको कारण खुल्न नसकेको पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले बताए।  प्रहरीका अनुसार धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको शव घरभित्र र बाहिर विभत्स अवस्था मा भेटिएको छ।

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमले नकाव लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइन्। उनको स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार भइरहेको छ।

एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्। उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ।

यसैगरी, पाँचथर घटना अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट एसपी उमाप्रसाद चतुर्वेदी नेतृत्वको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ।

post image

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकका लालबहादुर तामाङ लाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि गरेको कमेन्टको विषयलाई लिएर पक्राउ गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपाली खबर नामक वेवसाइटमा शेयर गरिएको एउटा कन्टेन्टमा उनले त्यस्तो कमेन्ट लखेका थिए ।

‘५० करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भनेर प्रकाशित सामग्रीमा सलिम यान्जन तामाङ भाइ नामक आइडीबाट उनले ‘५० लाख दिनुस् ओलीलाई मार्दिन्छु’ भनेका थिए ।

सामाजिक सञ्जालमा भ्रमपूर्ण सन्देश राखेर सर्वसाधारणमा भ्रम र त्रास फैलाउन खाजेको आरोपममा उनीविरुद्ध साइबर अपराध कसुर अन्तरगत मुद्दा चलाउन लागिएको छ ।

post image

 जेठ ६, नवलपरासी । प्रहरीले एक किशोरीसहित २ महिलालाई बलात्कार गरेको आरोप नवलपरासीका स्थानीयले लगाएका छन् । प्रहरीमाथि कारवाही माग गर्दै स्थानीयले प्रदर्शन गरेपपिछि २ प्रहरी जवान निलम्बनमा परेका छन् ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको दङ्गा नियन्त्रण प्रहरी कार्यालयकमा कार्यरत प्रहरी जवान प्रेम खड्का र पाटेश्वर यादवमाथि १७ वर्षीया किशोरी र २६ वर्षीया महिला बलात्कार गरेको आरोप स्थानीयले लगाएका छन् ।

गत वैशाख १ गते घाँस काट्न गएका उनीहरुलाई जवानद्वयले बलात्कार गरेको दाबी स्थानीयको छ ।तर, घटनालगत्तै पीडितले मुख नखोलेर केही दिनपछि मात्रै यसबारे प्रहरीकोमा उजुरी गरेका थिए ।

स्थानीयले घटना सतहमा आएलगत्तै रक्षक नै भक्षक भएको भन्दै प्रहरी जवानद्वयमाथि कारवाही माग गरेर प्रदर्शन थालेका छन् । जिल्ला प्रहरी कार्यालय, नवलपरासीले स्थानीयको आरोपपछि २ प्रहरी जवानमाथि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

नायव प्रहरी उपरीक्षक वीरेन्द्र थापाले बलात्कार आरोपित दुवै जवानलाई जबर्जस्ती करणीमा मुद्दा प्रक्रिया अघि बढाइएको बताए ।रासस

post image

 जेठ ६, काठमाडौं । काठमाडौँको टोखा नगरपालिकामा सोमबार बिहान गोली चलेको छ । काले भन्ने ३३ वर्षीय खुङखार डाँका विष्णु  तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

सिन्धुपाल्चोक मेलम्ची घर भएका तामाङले पछिल्लो समय ७ वटा ठूला चोरी काण्ड घटाएको आरोपमा अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई हतियार देखाएको र उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउन बाध्य भएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

घुँडामूनी गोली लागेर घाइते भएका तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

तामाङ पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज सिंह साहीको घरमा लुटपाट गरेको आरोपमा ६ वर्ष जेल सजाय भोगी २०७२ सालमा छुटेका थिए ।

post image

 जेठ २, काठमाडौं । बुधबार साँझ कालोपुलमा एक युवतीमाथि आफ्नै श्रीमानले एसिड प्रहार गरे। आपसी विवादमा एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्।

एसिड प्रहारबाट घाइते भएकी २२ वर्षीय युवतीलाई ओम अस्पताल हुँदै कीर्तिपुर अस्पताल पुर्‍याइयो। अहिले उनको उपचार भइरहेको छ।

प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको कपडा एसिडले जलेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुई बीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा आमासँग बस्दै आएकी थिइन्।

‘विष्णुले उनलाई धेरैपटक सँगै बस्न बोलाउने गरेको तर दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद  सुरु भएको देखियो’ डिएसपी बोगटीले भने। विष्णुले आफूले भनेको नमानेपछि केही दिन अगाडिदेखि नै एसिड हान्ने योजना बनाएको प्रहरीलाई बताएका छन्।

प्रहरीमा विष्णुले दिएको प्रारम्भिक बयानअनुसार बुधबार दिउँसो उनले काभ्रेको एक सुन पसलबाट एसिड ल्याएका हुन्। उनले एसिड किनेको हो वा चिनजानका आधारमा ल्याए भन्ने खुलेको छैन।

भुजेलले रंगको बोतलमा हालेको एसिड ज्याकेटको खल्तीमा लुकाएर ल्याएको उनले प्रहरीलाई बताएका छन्। राति करिब ८ बजे भेट्ने बहानामा श्रीमतीलाई बोलाएर एसिड हानेको स्वीकार गरेको प्रहरीले बताएको छ। एसिड हानेर आफू भागेको उनले बताएका छन्।

post image

 जेठ २, काठमाडौं ।  नयाँ दिल्लीको द्वार्कामा २२ वर्षीया नेपाली युवती सामूहिक बलात्कारको शिकार भएकी छन ।  चार पुरुषले सामूहिक बलात्कार गरेको भारतीय मिडियालाई उद्धृत गर्दै साउथ एसिया डट कमले बताएको छ ।

केही मिडियाले २४ वर्ष बताइएकी ती युवती आफ्नो दाइलाई भेट्न गत शनिबार मुम्बई गएकी थिइन्  ।रिपोर्टका अनुसार काठमाडौंकी ती युवती बसमार्फत् नयाँ दिल्ली पुगेकी थिइन् । त्यहाँबाट उनी मुम्बई जान रेल चढ्ने तयारीमा थिइन् । यद्यपी, ढिला स्टेशन पुगेका कारण उनको रेल छुट्यो । त्यसपछि उनी अब के गर्ने भनेर मानिसहरुसँग सोधपुछ गरिरहेकी थिइन् । त्यति नै बेला, एक व्यक्ति उनलाई सहयोगका लागि अगाडि आए ।

त्यसपछि उनले प्लेटफर्ममा बसिराख्न असुरक्षित हुने बताउँदै उनलाई नयाँ दिल्लीको द्वार्कामा लगेर बलात्कार गरेको स्रोतले बताएको छ । आफूले बलात्कार गरेपछि उनले आफ्ना अन्य साथीलाई पनि कुकृत्यका लागि निम्तो गरेको बताइएको छ ।

घटना हुनुअघि पीडितले मुम्बईमा भएका आफ्ना दाइलाई आरोपीमध्येका एकको फोनमार्फत् कुरा गरेकी थिइन् ।  पीडितका दाइलाई ती व्यक्तिको नाम र उनको फोन नम्बर थाहा थियो । उनले  आरोपीको फोन नम्बर र नाम  मुम्बई पुलिसलाई जानकारी दिइसकेका थिए ।

आरोपीले बलात्कारपछि पीडितलाई मुम्बई जाने रेलवे स्टेशनमा पुर्याइदिएको स्रोतले बताएको छ ।  मुम्बईमा दाइलाई भेटेपछि सोमबार उनीहरुले स्थानीय पुलिसमा उजुरी दर्ता गरे । युनाइटेड न्यूज एजेन्सीका अनुसार मुम्बईस्थित ओशिवारा पुलिस स्टेशनले नेपाली युवतीको उजुरी बुधबार दिल्ली पुलिसलाई हस्तान्तरण गरेको छ ।

post image

 जेठ १, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा पुगेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन  ।  खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ । ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो ।

प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए । प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो ।  ‘बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ’, उनले भने ।

प्रहरी उपरीक्षक पौडेलले भने, ‘भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ । अहिले बालिका आइसियुमा छिन् । घटनाको गहन अनुसन्धान भइरहेको छ ।’ १३ वर्षीय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोधसमेत गरेको छ ।

post image

वैशाख ३१, काठमाडौं । भारत प्रशासित कश्मिरमा एक तीन वर्षीया बालिकामाथि बलात्कार भएको खबर सार्वजनिक भएको छ । घटनापछि बन्दिपुरा जिल्ला र घाटीका विभिन्न इलाकामा विरोध प्रदर्शन भएका छन्  ।बारामुला इलाकामा सोमबार हिंस्रक प्रदर्शन भए जसमा थुप्रै घाइते भएको खबर छ । एक प्रदर्शनकारीको स्थिती गम्भीर बताइएको छ ।

बालिका र अभियुक्त संबुलका मलिक पुरा इलाकामा बस्छन् । यी क्षेत्रमा कर्फ्यू लगाइएको छ ।सुरक्षा बलले मलिक पुरा जाने सबै बाटो बन्द गरेका छन् । यहाँसम्म कि मिडियाकर्मीलाई पनि त्यहाँ जाने अनुमती छैन । इलाकामा कुनै पनि अप्रिय घटनासँग जुध्नका लागि सडकमा अत्यधिक मात्रामा सुरक्षा बल तैनाथ गरिएका छन् ।

बालिकाका पिता शायर अली डारले उनकी छोरीमाथि स्कूलको बाथरुमभित्र बलात्कार भएको जानकारी दिए । यो स्कूल उनको घर नजिकै छ ।

अली डारले बीबीसीसँग भने, ‘यो ९ मेको घटना हो । बेलुका करिब ७ बजे म रोजाका लागि मस्जिद गएको थिएँ । यसैबीच मेरी श्रीमती छोरीलाई खोज्दै घर बाहिर आइन् । उनले छोरीलाई बोलाइन् तर छोरीले बोलिनन् । उनी पटकपटक छोरीलाई बोलाइरहिन् । त्यसको केही बेरपछि स्कूलबाट केही आवाज आयो । त्यहाँ एउटा सानो पोखरी पनि छ । हामीले सोच्यौं कि उनी पानीमा डुबिरहेकी छिन्, त्यतिबेलासम्म हामीलाई वास्तविकताबारे थाहा थिएन ।’

हामी पोखरीतिर गयौं तर त्यहाँ उनलाई देखिएन । हामी निकै आत्तिएका थियौं ।’ अलीले भने, ‘हामीले छोरीलाई एकपटक पुनः बोलायौं । यतिबेला छोरीको आवाज निकै मलिनो थियो । उनी मम्मी मम्मी भनिरहेकी थिइन् । त्यसपछि हामीले उनलाई निकै खराब स्थितीमा स्कूलको बाथरुममा पायौं । अभियुक्त त्यहाँबाट भाग्ने कोसिस गरिरहेका थिए तर हामीले उनलाई छिमेकीको सहयोगमा समात्न सफल भयौं । मेरी छोरीको कपडामा रगतको धब्बा थियो र बाथरुममा पनि रगत चुहिएका थिए । हामीले तत्काल अभियुक्तका पिता र भाइलाई बोलायौं र अभियुक्तको कर्तुतबारे जानकारी दियौं ।’

त्यसपछि अली डार र उनका छिमेकी सिधा पुलिस थाना गए र अभियुक्तलाई पुलिसलाई सुम्पिए । उनले भने, ‘हामी अभियुक्तलाई बच्चाबेला देखि नै चिन्दथ्यौं । उनी हाम्रा छिमेकी हुन् । अभियुक्तले मेरी छोरीलाई बारम्बार बाहिरसमेत लिएर जाने गर्दथे तर हामीले सपनामा पनि सोचेका थिएनौं कि यस्तो हुनेछ ।’

पुलिसको अनुसन्धानमा अली डार अहिलेसम्म सन्तुष्ट भएको बताउँछन् । उनले भने, ‘पुलिसले सहयोग गरिरहेको छ । अभियुक्तले कडाभन्दा कडा सजाय पाउनुपर्छ ।’

यद्यपी, अभियुक्तका पिता अब्दुल रहमानले आफ्ना छोरामाथि लगाएको आरोप खारेज गरेका छन् । उनले बीबीसीसँग भने, ‘यो आरोप शत प्रतिशत निराधार हो । यो जमिनसँग जोडिएको मामला हो । मैले आफ्नो घर उनीहरुलाई (बालिकाका परिवार) बेचेको थिएँ । बालिकाको परिवारको बयान पूर्ण रुपमा गलत छ ।’

अभियुक्तका पिताको दाबी अनुसार उनका छोरालाई घटनास्थलबाट समातिएको थिएन, त्यतिबेला उनी आफ्नो घरमा थिए । उनले यदि यसमा छोराको गल्ती भए उनले सजाय पाउनुपर्ने पनि बताए ।

बन्दीपुरा पुलिस अधिक्षक राहुल मलिकका अनुसार अभियुक्तलाई पक्राउ गरिसकिएको छ र थप अनुसन्धान भइरहेको  छ । राहुलले बीबीसीसँग भने, ‘घटना ९ मे बेलुकाको हो । अभियुक्तलाई पक्राउ गरिएको छ । अहिलेसमम यो मामलामा विशेष जाँच दल गठन गरेका छौं र बालिकाको स्वास्थ्य परीक्षण पनि गराइएको छ । यस मामलामा धेरैको बयान पनि लिइसकेको  छ । बालिका करिब तीन वर्षकी छिन् ।’

अभियुक्तको उमेर कति हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘अहिले यो अनुसन्धानको विषय हो । अभियुक्त पढाई छोडेर बसेका छन् र अहिलेसम्म तीनवटा स्कूल फेरिसकेका छन् । हामी उनको उमेर पत्ता लगाउने कोसिस गरिरहेका छौं ।’

स्थानीयले स्कूलका प्रधानाध्यापकले उनको (अभियुक्त) को नक्कली जन्मदर्ता जारी गरेर उनलाई नाबालिक देखाएको आरोप लगाएका छन् । एक स्थानीय व्यक्ति मोहम्मद असलमका अनुसार केही घण्टाभित्र यो प्रमाणपत्र जारी गरिएको छ जसमा उनलाई १० वर्षका चौथो कक्षाका छात्र बताइएको छ । असलमले पुलिसले पनि जन्मदर्ता गरिएको प्रमाणपत्र नक्कली हो भनेर स्विकार गरेको  दाबी गरेका छन् ।एजेन्सी

post image

वैशाख ३०, काठमाडौं । बौद्धमा सडक पिच गर्न माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारीको सिक्री लुटेको आरोपमा एक प्रहरी कारबाहीमा परेका छन्। प्रहरी जवान अमिर श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले कारबाही गरेको हो।

प्रहरी जवान श्रेष्ठलाई निलम्बन गरिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।गत बिहीवार बौद्धमा धुलोमुक्त बनाउन पिच गर्नुपर्ने भन्दै स्थानीय प्रदर्शनमा उत्रेपछि बाटो ठप्प पारेका थिए। बौद्ध व्यापार सङ्घको अगुवाइमा बाटो  बन्द गरिएको थियो।

यातायात सुचारु गर्न प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनकारीलाई नियन्त्रण लिने क्रममा प्रहरीले लगाएको सिक्री लगेको प्रहरीको अनुसन्धानमा देखिएको छ।’सिक्री चुडिएपछि फिर्ता दिनुपर्ने थियो। आफैसँग राखेर गल्ती गरेको देखियो,’ एसएसपी सुवेदीले भने। प्रहरीले आज विहान प्रर्दशनकारीको सिक्री फिर्ता दिएको छ।

post image

वैशाख २७, दार्चुला । आफ्नै १० महिनाकी छोरीलाई जलाएर हत्या गरेको आरोपमा दार्चुलामा बुबाआमा पक्राउ परेका छन् । बिहीबार राति खरको थुप्रोमा राखेर आगो लगाई छोरीको हत्या गरेको आरोपमा प्रहरीले व्याँस गाउँपालिका–५ चुकपानीका नवीन र आमा शिला विष्ट दम्पत्तिलाई पक्राउ गरेको हो ।

घटनापछि भाग्दै गरेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रवीन्द्र कठायतले बताए ।  उनीहरुलाई धौलाकोट प्रहरी चौकीका असई अमीर रावलको टोलीले पक्राउ गरेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हिक्मतबहादुर बोहराको टोलीले सदरमुकाम ल्याएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ  ।

post image

 वैशाख २६, जनकपुरधाम । श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलेको छ । घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ ।

धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो ।

 प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् । मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो । मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो ।

घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।

मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।

post image

 वैशाख  २४, काठमाडौं ।  सिन्धुपाल्चोकस्थित फटकशिला माविका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यलय मेलम्चीले राष्ट्रपति विद्यादेवी भण्डारी र सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीका तस्विर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

चौलागाईंलाई साइबर क्राइम अन्तर्गत पक्राउ गरिएको र आजै महानगरीय अपराध माहाशाखामा बुझाइने बताइएको छ। रासस

post image

बैशाख २३ ,काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ।

मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए। बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन। उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए।

आर्यनको शव घर नजिकैको बारीमा फेला परेको छ। शवको प्रकृति निकै दर्दनाक देखिन्छ। आधा घाँटी काटेको अवस्थामा शव फेला परको छ।

‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौं,’ प्रहरी निरीक्षक राईले भने, ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था रहन्छ।’

आर्यन सोमबार साँझ हरियो टिसर्ट लगाएर घरमै खेलिरहेका थिए। उनी खेल्न थालेपछि परिवारका सदस्यले बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए। त्यही बीचमै आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए। पछि बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई समेत दिइएको थियो।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए। तर, बालक फेला परेका थिएनन्। खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको तर पत्ता नलागेको राईको भनाइ छ।

यसैबीच आइतबार बिहान राति नै खोजिएको ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए। बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। अपहरणपश्चात हत्या किन र कसले गर्‍यो भन्ने केही खुल्न सकेको छैन। (रासस)

post image

बैशाख २३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाबाट फेरि एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् ।

तस्करीको सुन पास गर्दै गरेको अवस्थामा विमानस्थलमा खटिएका प्रहरी टोलीले यादवलाई पक्राउ गरेको बताइएको छ ।

उनको साथबाट ३० तोला सुन बरामद भएको जानकारी दिँदै बोगटीले उनीमाथि थप अनुसन्धान भइरहेको बताए ।

post image

बैशाख २२, विराटनगर । विराटनगर भन्सार सुख्खा बन्दरगाहाभित्र रहेको बाणिज्य बैंक शाखामार्फत १० करोड भन्सार राजश्व अपचलन गर्ने मुख्य आरोपी एजेन्ट सुरेश बोहोरा र दुई कर्मचारीलाई उच्च अदालतले कैद सजायसहित करोडौँ रुपैयाँ जरिवाना असुल गर्ने फैसला गरेको छ ।

विराटनगर भन्सारका एजेन्ट सुरेश बोहोरा, उनका भाई ललित बोहोरा र कर्मचारीहरू तोर्णराज राउत र बिष्णुप्रसाद न्यौपानेलाई उच्चअदालत विराटनगरले १७ वैशाख २०७६ मा कैद सजायसहित करोडौं जरिवाना गर्ने फैसला गरेको हो ।

मिलेमतोमा बैंकमा राजश्व दाखिला नगरी अपचलन गरेको घटना खुलेपछि मोरङ प्रहरीले अनुसन्धान गरी बैंकिङ कसुर आरोपमा मुद्दा दर्ता गरेको थियो ।

उच्चअदालत विराटनगरका रजिष्ट्रार ठगेन्द्र कट्टेलका अनुसार कामू न्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासले एजेन्ट बोहोरालाई बैंकिङ कसुर ऐन २०६४ को दफा ३ (ग) र दफा १५ को (१) बमोजिम डेढ महिना कैदसहित ४ करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ र कर्मचारीहरू तोर्णराज राउत र विष्णुप्रसादलाई दफा १५ को (६ ) बमोजिम २२ दिन कैदसहित जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैयाँ जरिवना गर्ने फैसला गरेको हो ।

आरोपी एजेन्ट सुरेश बोहोराका प्रतिनिधि रहेका भाई ललित बोहोरालाई चाँही अदालते सफाई दिएको छ । ढाकछोप गर्न खोजिएको उक्त अपराध १ फागुन २०७४ मा सञ्चारमाध्यममा सार्वजनिक भएपछि मुख्य आरोपी विराटनगर ७ निवासी एजेन्ट सुरेश र प्रतिनिधि रहेका उनका भाई ललित बोहोरा फरार भएका थिए ।

६ साउन २०७५ मा अदालतमा सुटुक्क हाजिर भएपछि न्यायाधीश थीरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त इजलासले एजेन्ट सुरेशलाई ८० लाख र प्रतिनिधि ललितलाई २५ लाख धरौटीमा छाडेको थियो ।

विराटनगर भन्सार सुख्खा बन्दरगाहा काउन्टरका सहायक तोर्ण राउतलाई २ फागुन २०७४ र शाखा प्रमुख अधिकृत विष्णुप्रसाद निरौलालाई १५ फागुन २०७४ मा मोरङ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको थियो ।

बैंकिङ कसुर आरोपमा उच्च अदालत विराटनगरले पहिले उनीहरूलाई ४ करोड धरौटी माग गरेको थियो । बुझाउन नसकेपछि जेल चलान भएका उनीहरूले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्चले धरौटी कम गरेपछि उनीहरू जेथा जमानी राखेर जनही ७५ लाख धरौटीमा छाडिएका थिए ।

प्रहरीको अनुसन्धान अनुसार एजेन्ट सुरेशले ९ पुसदेखि १० माघ २०७४ सम्म ४६ वटा कम्पनीको १८ लाख ४० करोड ४४ हजार ७ सय ६५ रुपैयाँको भन्सार राजश्वका लागि बैँक कारोवार गरेका थिए । जसमा विभिन्न ६ वटा बैँकको ८ वटा एकाउन्ट पेयी चेक वाउन्स भएको थियो । जसबाट ९ करोड ६१ लख ५५ हजार रुपैयाँ राजश्व अपचलन भएको थियो ।

 

post image

बैशाख १७, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोटमा संलग्नमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लवका पूर्व बडी गार्ड सूर्य भुजेल जेल चलान भएका छन् ।

सोमबार ललितपुर जिल्ला अदालतले भुजेललाई नख्खु कारागारमा राख्न आदेश दिएको हो ।  भुजेललाई प्रहरीको महागरीय अपराध महाशाखाको टोलीले फागुन १५ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

post image

वैशाख १५, लहान ।  सिरहा प्रहरी तथा प्रदेश प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । सनिबार जिल्ला प्रहरी कार्यालय सिरहा तथा प्रदेश प्रहरी को संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सिराहा नगरपालिका- १७ माडर टोलबाट सिरहाको मिर चैया नगरपालिका -१० बस्ने २२ बर्षीय रबिन्द्र यादव लाई लागू औषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट नाईट्रोसन -८० चक्की एसपीएस पालकन -१६चक्की, नाईट्रोभेट -२४५चक्की ,प्याभुस एसपास प्लस -३२ चक्की र चाक्कु -१ थान सहित लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहा का प्रहरी नायब उपरिक्षक माधब खरेलले बताएका छन ।

विभिन्न अपराधिक क्रियाकलाप तथा लुटपाट मुद्दा मा फरार रहेका यादव केही महिना अगाडि मिरचैया कल्याणपुर सडक मा भएको लुटपाटमा संलग्न रहेको र केहि ब्यक्ति लाई फोन गरेर ज्यान मार्ने धम्की समेत दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

post image

 वैशाख १३, काठमाडौं । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बिहीबार गौतमविरुद्ध रेड नोटिस जारी भएको हो ।

हाल क्यानडामा भएका गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले मुद्दा चलाएको थियो । रेड नोटिस पनि महाशाखाकै सिफारिसमा जारी भएको हो । मानव तस्करी गर्ने एउटा समूहलाई पक्राउ गर्ने क्रममा उनीको नाम पोलिएपछि उनलाई फरार प्रतिवादी बनाएर मुद्दा पेश गरिएको थियो ।

दुवै हात नभएका गौतम कीर्तिम अंग नलगाइ सगरमाथा आरोण गर्ने व्यक्तिसमेत हुन् ।

post image

बैशाख १३,जनकपुर । सिरहामा फेरि एक महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई पति बेचन मण्डलले मट्टीतल खन्याएर आगो लगाएको आरोप लागेको हो ।

 कञ्चनको शरीरको ८० प्रतिशत भाग आगोले जलेको छ । घटनापश्चात कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार विहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं ।’, उनले भने ( हामी घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजी कार्य जारी रहेको छ । घटना कसरी भएको हो भन्ने एकिन अहिलेसम्म भएको छैन ।हामी अनुसन्धान गरिरहेका छौं ।’

post image

 वैशाख १२, काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालयन कार्गोकी प्रोपाइटर मधुकुमारी चौधरी र उनका पति भारतीय नागरिक विनोदकुमार गुप्तासहित ३ जना विरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

कम्पनीले १० वर्षदेखि कर छली गरेर प्राप्त गरेको रकम आफ्नो र कर्मचारीको खातामा जम्मा गरेको, घर जग्गा र अन्य कम्पनीमा लगानी गरेको देखिएको भन्दै विभागले मधुकुमारी चौधरी र उनका श्रीमान विनोदविरुद्ध २२ करोड ९५ लाख ४९ हजार २ सय रुपैयाँ विगो दावी गरी विशेष अदालतमा सम्पत्ति शुद्धिकरणको कसूरमा अभियोगपत्र दायर गरेको हो ।

विभागले उनीहरु दुबै जनालाई जनही २ वर्ष कैद गर्न पनि माग गरेको छ । राजस्व चुहावट गरी गैरकानूनी आर्जनमा सहयोग गरेको अभियोगमा विभागले भारतीय नागरिक विरेन्द्र महतोविरुद्ध पनि २२ करोड ९५ लाख ४९ हजार २ सय विगो कायम गरी सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दायर गरेको छ । विभागले गैरकानूनी आर्जनबाट बढे बढाएको सबै सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

 कार्गोका सञ्चालकले मधुकुमारी र उनका पतिले भारतीय नागरिक विरेन्द्र महतोसमेतको मिलेमतोमा २३ करोड ९५ लाख ६८ हजार १ सय ३१ रुपैयाँ गैरकानूनी आम्दानी गरेको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जनाएको छ । त्यस्तै विभागले मधुकुमारीको नाममा रहेको हिमालयन कार्गोलाई पनि कसूरको गाम्भीर्य हेरी दर्ता खारेजसम्मको कारबाही गर्न पनि माग गरेको छ ।

post image

वैशाख १०, काठमाडौं । मोरङको पथरीमा शनिबार नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत हत्या प्रकरणको यर्थाथ छानबिनको माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन । प्रदर्शनका क्रममा झडप भएको छ । स्थानीयवासीले ढुंगामुढा प्रहार गर्दै नगरपालिकामा पनि तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार प्रदर्शनकारी उग्र बनेपछि अश्रुग्यास प्रहार गरिएको हो । पथरी उद्योग बाणिज्य संघले रिना हत्याको विरोधमा मंगलबार बजार बन्द समेत गराएको छ । प्रहरीले भने घटनाको अनुसन्धानका क्रममा रिनाका प्रेमी भनिएका कमल नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

उनको घटनामा संलग्नता छ/छैन भन्नेबारे हालसम्म निक्र्यौल भइसकेको छैन । प्रारम्भिक अनुसन्धान रिनाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

post image

बैशाख ८,  युएई । युएईमा रक्सी सेवनका क्रममा दुई नेपालीबीच विवाद हुँदा एकजनाको मृत्यु भएको छ ।युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छुरा हानेका हुन् । छातीमा छुरा लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी विवाद सुरु भएको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताए ।उनका अनुसार रक्सीको मातमा उनीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको थियो ।

आ-आफ्नो क्षेत्र विकासमा अघि रहेकोबारे तर्क हुदाँ राईले तिलकमाथि छुरा हानेका हुन् । राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु एउटै कम्पनीमा काम गर्ने र एउटै कोठामा बस्दै आएका थिए ।

घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् । शनिवार सार्वजनिक विदा भएकाले थप विवरण आउन नसकेको र आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने उनले जानकारी दिइन् ।

post image

 वैशाख, बुटवल । बुटवलको पुष्पलाल चोक नजिकै फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि भएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई डिस्पोज गर्दा ठूलो आवाज आएको थियो । धेरैले बम हुन सक्ने अनुमान गरेपनि इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले भने नक्कली बम भएको दावी गरे । ‘मान्छे तर्साउनका लागि राखिएको होक्स बम हो’ उनले भने ।

सिद्धार्थ राजमार्गकै छेउमा रहेको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि पानीको बोतल काटेर तारसहित राखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको थियो ।  मुख्य राजमार्ग किनारमै शंकास्पद वस्तु भेटिन थालेपछि स्थानीयबासी सर्वसाधारण त्रसित भएका छन् । बिहीबार नै रुपन्देहीको कन्चन गाउँपालिका भवन छेउमा पराल र बालुवा पोको पारेर रातो कपडाले बेरेर राखिएको शंकास्पद वस्तु भेटिएको थियो । सेनाको टोलीले डिस्पोज गर्दा बम नभएको नभएको पुष्टि भएको थियो ।

यस्तै बुटवल–भैरह सडक खण्डको कोटिहवाबाटबाट बाउन्नकोटी जाने सडकमा पनि बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको थियो । विदेशी लगानीको पांचतारे होटेल टाइगर प्यालेस जाने सडकमा सिसाका टुक्रा र बालुवालाई कालो झोलामा राखेर माथि तार देखाएर राखिएको थियो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दका कारण प्रदेश ५ का मुख्य राजमार्गमा सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी सवारी साधन पातलो संख्यामा चलेका छन् । मुख्य बजार क्षेत्र बन्द छन् । भित्री सडकका पसलहरु फाट्टफुट्ट खुलेका छन् । शिक्षण संस्थाहरु पनि बन्द छन् ।

post image

बैशाख ५, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका केन्द्रीय सदस्य एवं पूर्वसभासद बीपी यादव सरकारी छाप किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टका अनुसार  नक्कली उपभोक्ता समिति बनाएर सरकारी छाप किर्ते गरेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको र उनको बारेमा थप अनुसन्धान भइरहेको जनाए ।

यादवमाथि सरकारी छाप किर्ते गरेको आरोपमा मुद्दा चलाउने प्रहरीले बताएको छ । सभासद् भएको बेलामा उनी रातो पासपोर्ट दुरुपयोग गरेको आरोपमा पनि पक्राउ परेका थिए । त्यसवारे अझै उनको मुद्दा विचाराधिन छ ।

post image

बैशाख ४, काठमाडौं । प्रहरीले लाजिम्पाटबाट ५० केजी गाँजासहित २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको विशेष टोलीले मंगलबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठ रहेका छन् । उनीहरुलाई आज परिसरले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

लाजिम्पाट क्षेत्रमा गाँजाको व्यापार हुन्छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले यसअघि पनि उक्त क्षेत्रको विभिन्न ठाउँमा छापा मार्दै आएको थियो ।

post image

वैशाख ३, काठमाडौँ । ‘ठगी’को समाचार लेखेका पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ। साइबर क्राइम अन्तर्गत मुद्दामा कास्की प्रहरीले सोमबार पक्राउ गरेर गिरीलाई काठमाडौं पठाएको थियो। ‘पोखराका विपेन्द्रराज बतासले ठगी गरेको’ भन्ने समाचार लेखेका गिरीलाई साइबर क्राइम अन्तर्गत प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो।

गिरीलाई सोमबार नेपाल पत्रकार महासंघको रोहोबरमा मंगलबार हाजिर हुने गरी छाडिएको थियो। मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनलाइन दर्ता नै नगरेको भन्दै गिरीलाई पक्राउ गरेको हो। तर गिरीको पत्रिका र अनलाइन प्रेस काउन्सिलमा दर्ता छ। विपेन्द्रराज बतासले पोखराका व्यवसायी जनकराज पहारीलाई २ करोड २५ लाख र मनोज श्रेष्ठलाई २ करोड ९८ लाख नतिरेको समाचार गिरीले लेखेका थिए।

post image

चैत २८, काठमाडौं । सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका–९ का नवराज थापाको हत्यामा संलग्न दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक ज्यामिरे घर भएका ‘विष्णु’ भन्ने ता बहादुर भण्डारी र सोही ठाउँका विनोद गिरी रहेका छन् ।

२०७५ असोज २० गते अलैंची व्यापार गर्न भनि हिँडेका नवराज थापा सम्पर्कमा नआएपछि खोजी गर्दा असोज २९ गते उनको शव मेलम्ची–९ बसैउरामा फेला गरेको थियो ।

ऐसेलु घारीमा सडेगलेको अवस्थामा मृत फेला परेका भण्डारीको हत्या अनुसन्धान गर्दै जाँदा विष्णु र विनोदले हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

post image

चैत २७, काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनलाई ५० लाख रूपैयाँ माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा घर भई सामाखुसी बस्दै आएका तिलकदास पराजुलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार पक्राउ गरेको हो।

उनीसँगै हुम्लाका प्रदीप रोकायालाई पनि प्रहरीले पक्राउ गरेको छ। ब्यूरोका अनुसार पराजुलीले आफू राप्रपाको कार्यकर्ता भएको, झापाका विभिन्न कार्यक्रममा लिङ्देनसँगै हिँडेको बताएका छन्। तर, लिङ्देनले भने उनलाई नचिनेको बताएका छन्।

ब्यूरोका अनुसार पराजुली मेनपावर कम्पनीमा मान्छे ओसार्ने ‘दलाल’ हुन्। उनीविरूद्ध झापामा ठगी मुद्दा रहेको प्रहरीले जनाएको छ।

विदेश पठाउन भन्दै विभिन्न मान्छेबाट पैसा लिएका पराजुलीले रकम फिर्ता गर्न नसकेपछि सांसदलाई धम्की दिएर असुल गर्न खोजेको बताएका छन्। ‘पैसाको अभाव भएपछि ज्यान मार्ने धम्की दिएको खुलेको छ,’ ब्युरोका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले भने, ‘उनले आफू राप्रपाकै कार्यकर्ता रहेको बताएका छन्।’

पराजुलीले बसपार्कमा मजदुरी काम गर्ने रोकायाको नागरिकता प्रयोग गरी सिमकार्ड किनेर सांसद लिङ्देनलाई पटक–पटक धम्की दिएका थिए।

मार्च १७ देखि १९ सम्म लगातार धम्की आएपछि सांसद लिङ्देनले ब्युरोमा मौखिक उजुरी गरेका थिए। सो उजुरीपछि पराजुलीको खोजीमा लागेको प्रहरीले सुरूमा रोकायालाई समातेको थियो। रोकायाले पराजुलीलाई पोलेका थिए।

लिङ्देनका अनुसार तपाईंलाई मार्न पचास लाख रुपैयाँ लिएको छु भन्दै पराजुलीले धम्की दिएका थिए। ‘म पैसाको लागि काम गर्ने मान्छे हुँ, पचास लाख रुपैयाँ दिने सर्तमा मैले तपाईंलाई मार्न एड्भान्स लिइसकेको छु,’ पराजुलीको धम्की सुनाउँदै लिङ्देनले भने।

post image

चैत २६, काठमाडौं । काठमाडौंको बै्द्धस्थित पाथीभरा मनीचेन्जरबाट रकम लुटिएको छ। मोटरसाइकलमा आएका तीन जना युवाले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा लुटिएको प्रहरीले जनाएको छ। लुटेरा पक्रनका लागि प्रहरीले अनुसन्धान थालेको छ।

post image

२५ चैत, काठमाडौं । एक साताअघि काठमाडौंको बाफलमा भएको युवकको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, ज्यान गुमाउने र पक्राउ पर्ने दुवैको हालसम्म सनाखत भएको छैन ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार तराई मुलको जस्तो देखिने मृतक युवकसँग बस्ने व्यक्ति पक्राउ परेका हुन् । दुवै जना बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे ।

पक्राउ परेका युवकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । यद्यपि, उनले आफैंले उनको मृत्यु भएको देखेको भने बताएका छन् ।

‘उसले आफैंले सिसाले हानेको हो’, अभियुक्तको बयानलाई उदृत गर्दै अनुसन्धान अधिकारी भन्छन्, ‘मैले पनि त्यो देखेको हुँ ।’ तर, मानसिक रुपमा ठीक नभएकाले प्रहरी उनको बयानलाई आधार मान्न सक्दैन ।

‘मानसिक सन्तुलन गुमेको व्यक्तिको बयान अदालतले पनि मान्दैन’, अनुसन्धान अधिकारी भन्छन्, ‘के गर्ने अन्यौलमा छौं । विज्ञसँग परामर्श गर्छौं ।’

स्थानीयले भने उनीहरु दुईबीच वेलावेला झगडा हुने गरेको प्रहरीलाई बताएका थिए । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।

post image

 चैत२५, लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

post image

चैत १९, काठमाडौं । काठमाडौंको बाफलमा एक बेवारिसे व्यक्तिको हत्या भएको छ । तराई मुलको जस्तो देखिने अन्दाजी २५/२६ वर्षको पुरुषको हत्या भएको हो ।घटनालगत्तै प्रहरीले फरेन्सिक विज्ञानका चिकित्सक र अनुसन्धानमा सहयोगी कुकरलाई घटनास्थलमा लगेको थियो । त्यसक्रममा चिकित्सकसहित प्रहरीको टोलीले उनको घाँटीमा सिसा प्रहार गरेर हत्या भएको आशंका गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार उनी बाफलस्थित स्युच्टार पुलमुनि बसेर मागी खान्थे । उनी आफू जस्तै दुई/तीन जना व्यक्तिको समूहमा बस्ने गरेको बोगटी बताउँछन् ।

प्रहरीले घटनास्थलबाट अपराधमा प्रयोग भएको सिसा पनि बरामद गरेको छ । घटनापछि उनीसँगै बस्ने अर्का युवक फरार भएका छन् ।

अन्दाजी ५ फिट उचाई र पालतो ज्यान भएका ती व्यक्तिसँग उनले बेलाबेलामा झगडा गर्ने गरेको स्थानीय बताउँछन् । घटनास्थल नजिकै प्रहरी बिट पनि छ । जहाँका अधिकारीले उनीहरुबीच केहीअघि भएको झगडा पनि देखेका थिए ।

अनुसन्धानका लागि प्रहरीले ल्याएको विज्ञ कुकुरले पनि घटनाको सम्बन्धमा कुनै सुराक दिन सकेन ।स्रोतका अनुसन्धान घटनास्थलमा सबुत सुघाँएर छाडिएको कुुकर दौडिँदै सोल्टी दोबाटोसम्म पुगे पनि त्यहाँबाट अघि बढ्न सकेन ।

post image

चैत १८, काठमाडौं । नेपाली चलचित्रकी पुरानी निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको केशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 प्रज्ञा माथि ठगीको मुद्दा परेको थियो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् । प्रज्ञा केही बर्ष अघिसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् । तर, उनी केही समयदेखि चलचित्र क्षेत्र र मिडियाबाट टाढा थिइन् ।

इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाण्डौं पाठाएको छ । अहिले प्रज्ञालाई काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

post image

१५ चैत, काठमाडौं । काठमाडौंमा एक ट्याक्सी चालकले यात्रुलाई हृदयघात भएपछि अस्पताल पुर्‍याउनु को सट्टा जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छाडेका छन् । उनले मानवीयता समेत भूलेको दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ । त्यसकै आधारमा प्रहरीले बा १ ख ३८५१ नम्बरका ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुधबार दिउँसो करिब १२ बजे श्रेष्ठको ट्याक्सीमा गोकर्णेश्वर नगरपालिका–४ का ६० वर्षीय गोपाल रञ्जित चढेका थिए ।

छोरा प्रविणले उनलाई ट्याक्सीमा चढाएर आफू मोटरसाइकलमा हिँडेका थिए । तर, ट्याक्सी चढेको २० मिनेटभित्र रञ्जितलाई रोगले च्याप्छ ।

त्यो देखेका आत्तिएका ट्याक्सी चालकले उनलाई नजिकै रहेको अस्पताल लानुको साटो जबरजस्ती ट्याक्सीबाट निकाल्छन् । केहीवेरमा नजिकै रहेको प्रहरी कार्यालयका अधिकारीले उनलाई हेल्पिङ ह्याण्डस् हस्पिटलमा पुर्‍याउँछन् । तर, चिकित्सकहरुले मृत्यु भइसकेको घोषणा गर्छन् ।

 डीएसपी बोगटीका अनुसार उनले बयानमा अत्तालिएर विरामीलाई निकालेको दाबी गरेका छन् । यद्यपि, उनको हर्कतको पछाडि कुनै नियत थियो या थिएन भन्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ । ‘पोस्टमार्टमका लागि हामीले शवलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएका छौं’, उनले भने, ‘रिपोर्टले मृत्युको कारण देखाएपछि थप निष्कर्ष निस्किएला ।’

post image

चैत १५, विराटनगर । प्रहरीले विराटनगरमा विप्लव नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेतालाई लखेटी लखेटी पक्राउ गरेको छ । प्रहरी बाट उम्केर भाग्न खोज्दा पुष्पलाल चोकदेखि उत्तरतर्फ लागेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको छ ।

बिहीबार साँझ विराटनगर बजारमा प्रहरी र विप्लवका मोरङ जिल्ला सचिव नवराज भट्टराईको भेट भयो । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भट्टराई मोटसाइकलमा भागेका थिए  । मोटरसाइकल दुर्घटनामा परेका सचिव भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरियो । तर, उपचार सम्भव नभएपछि बिहीबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले खोजीखोजी पक्राउ गर्न थालेको छ ।चार दिनयता प्रहरीले विप्लवका भट्टराईसहित ४ जना नेता पक्राउ गरेको छ । कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठ पुष्कर, ब्यूरो सदस्य माधनव गौतम र मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

post image

चैत १३,विराटनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज प्रज्वल पक्राउ परेका छन्। सुन्दर हरैचा नगरपालिकाको गोठगाउँबाट आज राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

मोरङका प्रहरी उपरीक्षक मनोज केसीले कृष्णकुमार श्रेष्ठ (प्रज्वल)लाई पक्राउ गरिएको पुष्टि गरे। पछिल्लो समय मोरङमा व्यवसायीहरुसँग विप्लव समूहले चन्दा उठाउनेक्रम तीब्र बनाउँदै आएको छ। सतहमा नदेखिए पनि भित्रभित्रै यो समूहको परिचालन तीब्र रुपमा हुँदै आएको छ।

पक्राउ परेका प्रज्वललाई अनुसन्धानका लागि धरान लगिएको छ। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि हरेक दिन नेता तथा कार्यकर्ता पक्राउ पर्नेक्रम जारी छ।

post image

चैत १२, काठमाडौं ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नवलपरासी जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। प्रहरीले सोमबार राति जिल्ला इञ्चार्ज  सुमन ज्ञवालीलाई पक्राउ गरेको हो।

उनीसँगै अर्का नेता धनबहादुर मर्दनिया पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वका प्रवक्ता अर्जुन रानाभाटका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।

तत्कालीन एकीकृत नेकपा माओवादीका नवलपरासी जिल्ला कार्यालय सचिवसमेत रहेका ज्ञवाली ए नेकपा माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा सामेल भएका थिए।

post image

 चैत १२, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले ललितपुरको नख्खुमा गराएको विष्फोटमा प्रत्यक्ष संलग्न ४ जना पक्राउ परेका छन् । एनसेल मुख्यालयमा विष्फोट हुनुअघि तीन वटा मोटरसाइकमा गएका ६ जना मध्ये ४ जना पक्राउ परेको प्रहरीले दाबी गरेको हो ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार १० फागुनमा एनसेल मुख्यालय अगाडि विष्फोट हुनुअघि मोटरसाइकलमा हतियारसहित सवार व्यक्तिमध्ये ४ जना सूर्य भुजेल, डिकेन्द्र राई, रामृकष्ण खतिवडा र शिव धिमाल हुन् ।

भुजेल विप्लवका पूर्वअंगरक्षक हुन् । फरार रहेका दुई जनाको पनि प्रहरीले पहिचान गरिसकेको छ । ‘उनीहरुको खोजीमा विशेष ब्युरोदेखि अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयहरुका टोलीसम्म खटिएको छ’, ती अधिकारीले भने, ‘चाँडै उनीहरुलाई पनि नियन्त्रणमा लिनेछौं ।’

सीसी टीभीमा देखिएअनुसार विष्फोट अघि ३ वटा मोटरसाइकलमा हतियारधारी एनसेल गेट छेउ आएका थिए । एउटा मोटरसाइकल गेट बन्द गर्न नमिल्ने गरी बसेको थियो भने दुई जना भित्र छिरेर रिसेप्सनमा प्रेसर कुकर बम राखिदिएका थिए ।

सदर्शनसहित अन्य ४ जना विरुद्ध विष्फोटक पदार्थ, संगठित अपराध र राज्यविरुद्धको कसुर अन्तरगत मुद्दा चलाइएको छ ।

post image

चैत ११, काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् । काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ ।   प्रहरीले उनलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । यसैबीच, शुक्रबार राति काभ्रेबाट चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरिएको थियो ।

post image

चैत १०, काठमाडौं।  कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डील्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

२०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन् ।

शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टका दाजु खड्क सिंहले आफ्नो भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि कञ्चनपुर प्रहरीले दिल्लीराज विष्ट सहितका प्रहरी अधिकारीमाथि अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा दर्ता गरेको थियो ।

 

post image

चैत ७,सिन्धुली। कमलामाई नगरपालिका -६ स्टलबजारमा सुनचाँदीका गरगहना बनाउने कालिगढलाई बन्दुक देखाउँदै अज्ञात समूहले एक सय २० तोला सुन लुटेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले यस घटनामा अनुसन्धान सुरु भइरहेको जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र तत्कालै केही भन्न नसकिने उनको भनाई छ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अम्रेशचन्द्र वैदारले होलीका दिन दिउँसो घटना भएकामा चिन्ता व्यक्त गर्दै राज्यले व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गर्न र लुटपाटमा संलग्न व्यक्तिलाई शीघ्र कारबाही गर्न माग गरेका छन्। रासस

post image

चैत ६, कञ्चनपुर । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका कञ्चनपुरका पुर्व प्रहरी प्रमुख (एसपी)  दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् । उनी स्वयं अदालतमा उपस्थित भएपछि कञ्चनपुर जिल्ला अदालतमा बिष्टको बयान सुरु भएको हो । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी बिष्ट सहितका आठ प्रहरी बिरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी बिष्ट स्वयं आदालतमा उपस्थित भएका थिए ।

कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो । म्याद जारी भएको १० दिनपटि मात्र बिष्ट अदालतमा उपस्थित भएका हुन् । मंगलबार बिहान करिब ११ बजेतिर आदालतमा उपस्थित भएका बिष्टको दिउँसो बयान सुरु भएको थियो । जिल्ला न्यायाधिश डा।राजेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा आदालतका कर्मचारीले एसपी विष्टको बयान शुरु भएपनि बयान नै नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले आदालतमा हाजिर भएका पुर्व एसपी विष्टको बयान नसकिएको बताए । उनको बयान नसकिएपछि आदालतले उनलाई प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले बताए । बुधबार बयान सकेर थुनछेक बहस हुने आदालतले जनाएको छ । विष्टको मंगलबार यातना कसुर सम्बन्धी मुद्वाको मात्रै बयान लिने काम भएको अदालतले जनाएको छ । प्रमाण नष्ट गरेको मुद्वाको बयान लिन बाँकी नै रहेको छ ।

अर्को मुद्वाको समेत बयान लिने काम सकिएपछि इजलासमा थुनछेक बहस शुरु हुने श्रेष्तेदार अवस्थीले बताए । थुनछेक बहस भइ इजलासको आदेश नआएसम्म अदालतमा उपस्थित भएका विष्ट प्रहरी हिरासतमा नै रहने छन् भने उनीहरुलाई नै सार्वजनिक कसुर मुद्दामा पुर्व डिएसपी सेठी र पुर्व प्रहरी निरीक्षक खड्काबाट चार–चार लाख गरि सेठी र खडकाबाट ९–९ लाख रुपैयाँ अशुल्न आदेश जारी गरेको हो ।

post image

फागुन  २३, काठमाडौं । गत असोजमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन्। उनलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट गत मंसिर १७ गते खारेज भएपछी उनलाई थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको थियो।

सोही मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश भने आज सर्वोच्च अदालतले बदर गरिदिएको हो। सर्वोच्चको आदेशमा रिहा गर्नुका दुई कारण रहेका छन् जसमध्ये अपराधसँग दशी प्रमाण केही फेला नपर्नु र  प्रत्यक्ष रुपमा यो यस्तो कार्य गरी अभियोग दावी बमोजिमको कसुर गरेको भन्ने नदेखिएको ।

post image

२३ फागुन, बुटवल । उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हानेको अभियोगमा चिकित्सक पक्राउ परेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए ।

डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको छ । डाक्टरले बालकलाई पिटेपछि आफन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए । आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलमा पुराएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

post image

फागुन २२, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। नेपालगञ्जस्थित आयोगको कार्यालयले मंगलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो।

अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा लक्ष्मण चन्दलाई रु ५२ हजार र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका कार्यालय प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत विनोदकुमार श्रीवास्तवलाई रु ३५ हजार घुससहित रङ्गेहात नियन्त्रणमा लिएको बताए।

नेपालगञ्ज भन्सार कार्यालयका नासु चन्दले आयात हुने सामानको सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट रु ५२ हजार घुस लिएको अवस्थामा र आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेका प्रमुख श्रीवास्तवले गुणस्तर प्रमाणीकरण गरिदिएवापत सेवाग्राहीको काम सम्पन्न भएपछि रु ३५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो।

यसैगरी, अख्तियारले मङ्गलबार नै यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा छापामारी त्यहाँबाट केही कागजात नियन्त्रणमा लिएको प्रमुख गैरले जानकारी दिए। रासस

post image

फागुन २०, झापा । झापामा दुई दिनमा १२ ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । झापाको अर्जुनधारा नगरपालिकाबाट शनिबार राति दुई जना पक्राउ परेलगत्तै आइतबार दिउँसो मेचीनगरबाट थप एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ स्थित गोलधाममा पूर्वबाट पश्चिम आउँदै गरेको मे ८ प ९४२५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–८ का घनश्याम साहको साथबाट छ ग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सोही मोटरसाइकलमा सवार अर्जुनधारा–८ का २१ वर्षीय प्रकाश राजवंशीको साथबाट लागुऔषध लुपिजेसिक २० थान, फेनारगन २० थान र डाइजेपाम २० एम्पुल फेला परेको उनले बताए ।लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता, मेचीनगर नगरपालिका–६ भन्सार गेटबाट खैरो हिरोइनसहित आइतबार दिउँसो शिवसताक्षी नगरपालिका–३ का २६ वर्षीय विकास कार्कीलाई ६ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ परेका कार्कीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

post image

 फागुन १९,काठमाडौं । सर्लाहीमा गोली हानेर एक जना युवकको हत्या भएको छ।  गए राति अज्ञात समूहले गोली हानेर मलंगवा ८ का ३१ वर्षीय मनोज यादवको हत्या गरेका हुन्।

गोली लागेर हत्या भएको अवस्थामा आइतबार बिहान स्थानीय बासिन्दाले यादवको शव मलंगवा ८ शीतभण्डार नजिक देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले गोली हान्ने समूहको खोजी भइरहेको बताए। घटनास्थलमा गोलीको पाँच थान खोका र प्रयोग नभएको एक थान गोली फेला परेको प्रहरीले जनाएको छ।

गए राति ९ बजे मृतक यादव घरमा भएको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको मृतकका बहिनीले जानकारी दिएकी छिन्। सदरमुकाममै गोली हानी हत्या भएपछि अहिले मलङ्गवाका स्थानीयवासी त्रसित बनेका छन्।

post image

फागुन १७, पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ । लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो ।

पुस २ मा लागूऔषध नियन्त्रणमा ब्यूरो, पोखराले पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो । कास्की प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि हल्लीखल्ली मच्चिएको प्रहरीले जनाएको छ ।

‘बान्ता भएको केही समयमै अस्पताल लगियो,’ प्रहरी भन्छ, ‘अस्पताल लगिसकेपछि पनि केहवेर कुरा गरेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।’

शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ । यो विषयको खोजी गरिरहेको प्रहरीले एक जना प्रहरी अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।स्रोतका अनुसार तिनै प्रहरीमार्फत विष हिरासत कक्षसम्म पुगेको आशंका गरिएको छ ।

post image

फागुन १२, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। नयाँ दिल्लीमा आयोजित एक अवार्ड वितरण कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभएपछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो। प्रहरीका अनुसार सोनाक्षीका साथै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध मुद्दा परेको छ।

आयोजकले दिल्लीमा इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रमको आयोजना गरेको थियो। यो कार्यक्रममा अवार्ड वितरणका लागि सोनाक्षीलाई आमन्त्रण गरिएको थियो। सोनाक्षीका निजी सचिवलाई ३२ लाख रुपैयाँ समेत दिइसकिएको थियो। तर, अन्तिम समयमा सोनाक्षी आइनन्।

आयोजक प्रमोद शर्माले अग्रिम भुक्तानी लिएर सोनाक्षीले अन्तिम समयमा धोका दिएपछि प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए। तर प्रहरीले कुनै कारवाही नगरे पछि ऋणको भार थेग्न नसकेर विष सेवन गरेका थिए। यद्यपि समयमै उद्दार र उपचार हुँदा उनी जिवित छन्।

post image

फागुन १२, काठमाडौं । ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गर्दै भएको बम विस्फोटमा एनसेलकै सुरक्षा गार्डको मिलेमतो भेटिएको प्रहरीले प्रारम्भिक अनुसन्धानले देखाएको छ।
अनुसन्धानका क्रममा एनसेलका सुरक्षा गार्डको चरम लापरवाही र मिलेमतो रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

अज्ञात समूहले बम राखेर गएपछि सुरक्षा गार्डले प्रहरीमा समेत जानकारी गराएका थिएनन् । एनसेल मुख्यालयबाट २ सय मिटरजति टाढा रहेको नख्खु प्रहरीमा पनि उनीहरुले जानकारी नगराएको प्रहरीले जनाएको छ।

बम पड्किएपछि नख्खु प्रहरी र स्थानीयले कन्ट्रोलमा खबर गरेका थिए। बल्खुमा रहेका ललितपुरका एसएसपी रविन्द्र धानुक ५ मिनेटमा नै एनसेलको मुख्यालयमा पुगेर घाइतेहरुको उद्धारमा जुटेका थिए।

बम पड्किएपछि पनि एनसेलका सुरक्षा गार्डले प्रहरीलाई जति सुचना दिनुपर्ने हो दिएनन अनुसन्धानमा जुटेका एक अधिकारीले भने, अहिले पनि उनीहरु सुचना लुकाउन आनाकानी गरिरहेका छन् ।

उच्च प्रहरी स्रोतका अनुसार सुरक्षा गार्ड मात्र होइनन, बम पडकिएपछि एनसेलकै उच्च अधिकारीहरु प्रहरी सम्पर्कमा आउन नै चाहेका छैनन्। जसका कारण प्रहरीलाई अनुसन्धान गर्न हम्मे हम्मे परिरहेको छ।

शुक्रबारराती प्रहरीले सर्च अभियान चलाएर थप ४ जनालाई पनि पक्राउ गरेको छ। बम विस्फोट गराएपछि त्यसको अनुसन्धानमा प्रहरीको ४ वटा टोली खटेको छ।

बम विस्फोटमा परेर लमजुङका सिंहबहादुर गुरुङको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । प्रतिक्षा खड्का र उरुषा मानन्धरको अस्पतालमा उपचार भइरहेको छ।

post image

फागुन १०,काठमाडौं । दरबारमार्ग स्थित डेजाभु क्लबका सञ्चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सञ्चालक प्रवेश श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शिलाकारलाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध परिसरमा साढे २ करोड रुपैयाँ ठगी गरेको उजुरी दर्ता भएपछि पक्राउ गरिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

क्लबका सञ्चालक मनोज श्रेष्ठविरुद्ध पनि प्रहरीमा केही समय अगाडि उजुरी परेको थियाे। श्रेष्ठको विरुद्धमा नेपाल प्रहरीले डिफ्युजन नोटिस समेत जारी गरेको छ। पछिल्लो समय क्लवका संचालक विभिन्न विवादमा पर्दै आएका छन्।

२०७४ मंसिर २८ गते अन्तर्राष्ट्रिय डिजे ‘मार्समेलो’ आउने भनेर क्लबले केही समयदेखि टिकट बिक्री गरे पनि मार्समेलो नआएको कारणले आक्रोशित समूहले तोडफोड गरेका थिए। टिकट बिक्री गरेर ठगी गरेको भन्दै प्रहरीले क्लब संचालक समेतलाई पक्राउ गरेको थियो। त्यसपछि क्लब केही समय बन्द थियो।

post image

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिका-२६ गंगबु चोकस्थित काठमाडौं डिजिटल फोटो स्टुडियोबाट नक्कली परिचयपत्र बनाएको अभियोगमा २ जना पक्राउ परेका छन् । स्टुडियोका संचालक लम्जुङ बेशीसहर नगरपालिका-१ का ५२ वर्षीय ओमबहादुर पाण्डे र तनहुँ भानुमति-२ का २५ वर्षीया पमिसा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

 वैदेशिक रोजगारी विभागमा पेस गरिने परिचयपत्र उक्त स्टुडियोमा नक्कली छापेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

post image

 काठमाडौँ ९, फागुन । काठमाडौं र बाँकेबाट अवैध लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-५ स्वयम्भु छक्डोल बस्ने ईन्द्रबहादुर सुनुवार र काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने १९ वर्षीय सुरज बस्नेतलाई करिब २ केजी ५० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

  यसैगरी काठमाडौं महानगरपालिका-५ बस्ने अन्दाजी ४३ वर्षीया साँईली पुतुवारलाई लागूऔषध गाँजा करिब १ केजी सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले घरभित्र बोरामा लुकाईछिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका-२४ महावौद्धबाट करिब १० ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित वर्दिया राजापुर नगरपालिका-७ घर भएका कैलाश थारुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 बाँके, खजुरा गाउँपालिका-२ रिमझिम चोकबाट करिब २ सय ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही गाउँपालिका बस्ने १७ वर्षीय सिमोन बिक र सोही गाउँपालिका-१ सैनिक बस्ने २६ वर्षीय भिमबहादुर थापालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौली र लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगंजबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो  ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

post image

फागुन ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई कालोमोसो दलिएको छ ।  साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोपमा कालोमोसो दलिएको हो ।

अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले  दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो दलेका हुन्।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।

साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्।  उनले सहायक डीन साहलाई कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।

post image

फागुन ७ ,काठमाडौं  । जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषा वटेश्वर वडा नम्बर ४ घर भएका २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको हो।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी  रेश्मा भनिने दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला पारेको थियो। २ नम्बर प्रदेशका डिआइजी हरि पालले बालिकाको हत्याराको पक्राउ गरेको जानकारी दिए।

हत्याराले शवको पहिचान हुने डरले बलात्कारपछि हत्या गरी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बालिकाको शव गत बिहीवार जलेको अवस्थामा फेला परेको थियो।

निरज बुधवार उनको मामाघर मगर टोल पुगेका थिए। रातिको समयमा विवाह घरमा नाचगान गरेपछि नशाको शुरुमा बलत्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। निरजले बालिकालाई फकाउन नजिकैको पसलबाट चाउचाउ र जुस किनेर लगेका थिए।

हत्यापछि फेरि उनी बिवाह घरमा गई नाचगानमा सक्रिय भएका थिए। बिहान भने बालिकाको हत्या भएको हल्लालगत्तै उनी फरार थिए।  उनी यसअघि पनि महिलामाथि दुर्व्यवहार गरेको आरोपमा तीन महिना जेल भुक्तना गरी निस्किएका व्यक्ति हुन्।

post image

 फागुन ६, महोत्तरी । महोत्तरीमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् । पुस २२ गते मनरा नगरपालिका २ स्थित भोलिहिमा रामसेवक यादवको घर गोदाममा भएको लुटपाटमा संलग्न लुटेराहरु पक्राउ गरिएको हो ।

लुटेराहरु सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास (बी) टोल बस्ने ३२ वर्षका शक्ति कपुर पासवान, भारत बिहार मधुवनी मरनैयाका ३२ वर्षका राजकुमार मण्डल, मधुवनी थाना लदनिया तेनुवाही १२ का २३ वर्षका उपेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुका साथबाट प्रहरीले चार थान मोटरसाइकल, नगद र मोबाइल फोन बरामद गरेको छ । पक्राउ परेकाहरुको साथबाट ज १० प ३८७३ ग्लेमर मोटरसाइकल, भारतीय नम्बर प्लेटको होण्डा एक्स ब्लड मोटरसाइकल, ना. ३८ प. ५९७१ नम्बरको पल्सर, ना. ५६ प. ४२३५ नम्बरको एफजेड मोटरसाइकल बरामद भएको छ ।

लुटपाटको क्रममा प्रहरी र लुटेरा समूहबीच गोली हानाहानसमेत भएको थियो । फरार रहेका अन्य लुटेराहरुको ब्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । महोत्तरी जिल्लामा बिगतका दिनहरुमा भएका डाका लुटपाटका घटनामा समेत संलग्न हुनसक्ने भएकोले अनुसन्धान गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई डाँका तथा संगठित अपराध अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरीले बताएको छ ।

post image

फागुन ५, काठमाडौं । प्रहरीले ३० किलोग्राम लागुऔषध चरेससहित बुटवलबाट तीन जनालाई पक्राउ गरेको छ। ५ नं. प्रदेश प्रहरी ब्यूरोको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार साँझ ६ बजे बुटवल बसपार्कबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नं. ७ का ३६ वर्षीय राजु कुमार स्याङताङ, सोही नगरपालिका वडा नंं ९ का ३७ वर्षीय ईन्द्रमान तामाङ र १९ वर्षीय शंकर तामाङ रहेका छन्। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लले मकवानपुरबाट आलुसहित बोरामा लुकाएर ल्याएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको बताए।

 उक्त चरेस बुटवल बसपार्कबाट अटोरिक्सामा राखी इँट्टाभट्टातर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिइएको मल्लले जानकारी दिए। पक्राउ परेका तीनै जनालाई लागुऔषध मुद्दामा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ।

post image

फागुन २,काठमाडौं । पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्रध्यापक डा. गोपाल शिवकोटी ‘चिन्तन’ पक्राउ परेका छन । चिन्तनसहितको समूहलाई कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको आरोप लागेको छ ।

शिवाकोटीसँगै ठगीमा संलग्न नुवाकोट त्रिशुली स्थायी घर भई काठमाडौंको बानियाँटार बस्दै आएका बद्री कुमार थापालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए ।

गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । कीर्तिपुर बस्दै आएका चिन्तनलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी लामाले बताए ।

अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञ समेत रहेका चिन्तनले अमेरिकाबाट एल.एल.एम  र पिएचडी गरेका छन् । चिन्तनसहितको समूहले ‘मञ्जुश्री एजुकेशन एकेडेमी प्रा.लि.’ को ब्यानरमा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

post image

 फागुन २, धनगढी । प्रहरीले कञ्चनपुरको पुनर्बास क्षेत्रबाट १८ किलो सुन बरामद गरेको छ ।सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले भारतीय सीमावर्ती क्षेत्र कञ्चनपुरको पुनर्बासबाट सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिम्सिनाले जानकारी दिए ।

 प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइदैछ ।
post image

फागुन २, काठमाडौ।   प्रहरीले नेपाल यातायात स्वतन्त्र मजदूर संगठन प्रदेश नम्बर १ का अध्यक्ष गौरी लामालाई पक्राउ गरेको छ। मजदूर संगठनका नेता कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई बिहिबार बिहान इटहरीमा पक्राउ गरेको हो।

लामासँगै ज्ञानेन्द्र राई पनि पक्राउ परेका छन्। लामालाई स्वतन्त्र मजदूर संगठन इटहरीका कोषाध्यक्ष सुरज थापालाई कुटपिट गरेको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक शिवकुमार श्रेष्ठले बताए। इटहरी धरान लाइनमा रहेको बस स्टेण्डमा लामा र राईले थापालाई कुटपिट गरेका थिए। कुटपिटबाट थापाको अनुहार र घाटीमा चोट लागेको छ। उनको एपेक्स अस्पतालमा उपचार भइरहेको छ।

थापाले आफूलाई ज्यान मार्ने गरी योजनावद्ध रूपमा आक्रमण गरेको भन्दै इलाका प्रहरी कार्यालय इटहरीमा लामा र राईविरूद्ध ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

post image

फागुन १, काठमाण्डौं ।  महानगरीय अपराध अनुसन्धान महाशाखामा कार्यरत नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् ।मंगलबार काठमाडौं महानगरपालिका १० स्थित बानेश्वरमा रहेको डिलक्स रेस्टुरेन्टका संचालकमाथि पेस्तोल ताकेको आरोपमा  महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाहीलाई वानेश्वर प्रहरीले पक्राउ गरेको हो ।

 शाही राती अवेरसम्म साथीहरुसहित मापसे गरेर रेस्टुरेन्टमा  बसेको,  राती अबेरसम्म पनि उनीहरु बसिरहेपछि सञ्चालकले बन्द गर्ने बेला भएकाले निस्कन आग्रह गर्दा आक्रोशित हुँदै शाहीले पेस्तोल ताकेका थिए ।

त्यसपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेसँगै पुगेको महानगरीय प्रहरी बृत्त नयाँ वानेश्वरको टोलीलाई समेत उनले ‘आफू अपराध महाशाखाको असई भएको’ भन्दै दुर्व्यवहार गरेको बताइएको छ ।
सो क्रममा शाही अपराध महाशाखामै कार्यरत रहेको खुलेपछि प्रहरीले उनीसहित  अर्का एक जना भुपेन्द्र शाहीलाई नियन्त्रणमा लिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले शाहीले प्रहरीलाई समेत दुर्व्यहार गरेको प्रतिवेदनतसहित आवश्यक कारबाहीको लागि अपराध महाशाखामा फाइल पठाइएको जानकारी दिए ।

post image

माघ २९, ढाका । भारतीय टिभी सिरिज क्राइम पेट्रोलबाट प्रभावित भई बंगलादेशमा एक २२ वर्षीय युवकले आफ्नै भाउजुको हत्या गरेको बताएका छन्। क्राइम पेट्रोल वास्तविक जीवनमा आधारित अपराधका घटनाबारे टेलिभिजन कार्यक्रम हो।

आफूलाई पैसा नदिएपछि भाउजुको हत्या गरेको बताउने लिमनले सिरियलले प्रभावित गरेको बयान दिएका हुन्। लिमनकी ३२ वर्षीया भाउजु हसिना बेगम फेब्रुअरी ८ का दिन कालिहाटस्थित भाडाको घरमा मृत फेला परेकी थिइन्। उनका पति साउदी अरबमा छन् भने एक्लो छोरा १२ वर्षका अबिर होसेन मदरसामा बस्छन्।

हत्याको योजना क्राइम पेट्रोलबाट प्रभावित भई बुनेको लिमनले बताएको चट्टोग्राम मेट्रोपोलिटन पुलिसका एपिसी अमिना बेगमलाई उद्‍धृत गर्दै  जनाएको छ। उनले आफू क्राइम पेट्रोलको नियमित दर्शक रहेको बताउँदै हत्यालाई चोरीको केस जस्तो बनाउने प्रयास गरेकोसमेत स्वीकारेका छन्।

 

post image

 माघ २९ , काठमाडौं । ९ महिनादेखि प्रेमीसँग लिभिङ टुगेदरमा रहेकी खोटाङकी सोनिया राईको प्रेमीले हत्या गरेको खुलेको छ । इटहरी उपमहानगरपालिका–४ माङहिङमा सोलुखुम्बुका लालबहादुर राईसँग डेरामा बस्दै आएकी ३५ वर्षकी सोनियाको सोमबार साँझ ६ बजे हत्या भएको हो ।

प्रहरीले ३६ वर्षका लालबहादुरलाई पक्राउ गरेको छ । लालबहादुरले सोनियाको हत्या गरेको स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय इटहरीका इन्चार्ज डीएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

लालबहादुर विदेशबाट फर्केपछि सोनियासँग इटहरीमा लिभिङ टुगेदरमा बस्न थालेका थिए । सोनियाका श्रीमान वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा रहेका छन् ।

लालबहादुर विदेश हुँदा सोनियालाई रकम समेत पठाइदिने गरेका थिए । उनी स्वदेश फर्किएपछि एउटै डेरामा बस्दै आएका थिए । उनीहरुबीच लेनदेनको बेला बेलामा विवाद हुने गरेको प्रहरीको भनाइ छ ।

सोही विवादका क्रममा सोमबार मदिरा सेवन गरेका लालबहादुरले सोनियाको डेरामै छुराले हानेर हत्या गरेको डीएसपी श्रेष्ठले बताए । ‘लालबहादुर विदेशबाट आएर इटहरीमा बसेको हो । केही रकम सोनियालाई दिएको रहेछ’ उनले भने ‘हिजोको घटना मदिराकै कारण भएको देखिन्छ ।’

post image

माघ २९, काठमाडौं। बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन्। गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई जिल्ला अदालत नवलपुरले सोमबार पुर्पक्षका लागि थुनामा पठाएको हो।

कुमालले सोमबार नवलपुर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। उनलाई सोमबार जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले थुनामा पठाउने आदेश दिएको हो। कुमालले नवलपुरको बुङ्दीकाली गाउँपालिका–२ जङ्गलमा जबर्जस्ती करणी गरेको ती युवतीले नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।

अदालतको आदेश अनुसार वडाध्यक्ष कुमाललाई चितवन कारागार चलान गरिएको नवलपुरका प्रहरी नायब निरीक्षक टीकाराम पोखरेलले जानकारी दिए। नवलपुरमा कारागार नभएकाले चितवन पठाइएको उनले बताए।

post image

 माघ २८, काठमाडौं ।  महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी राखेको प्रदेश नं ३, ०२–००३ प ६२०२ नंको पल्सर, गोकर्णेश्वर नगरपालिका बेँसीगाउँबाट प्रदेश नं ३, ०२—००२ प ८९८७ नंको २०० सिसीको मोटरसाइकल हराएको थियो।

त्यस्तै सोही मितिमा गोकर्णेश्वर नगरपालिका माकलबारीबाट बा ७० प ७२५४ नंको एनएसपल्सर र बा २९ प ५१२१ नंको मोटरसाइकल चोरी भएको थियो।

प्रहरीले गोप्य सूचनाका आधारमा गोकर्णेश्वर नगरपालिका–९ भगवतीचोक नजिक रहेको छोरोल्पा गलैँचा कारखानाको परिसरभित्र लुकाएर राखेको उक्त चारैवटा मोटरसाइकलसहित तीनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

चोरीमा संलग्न सर्लाही हरिवन नगरपालिका–१ घर भई जोरपाटी अत्तरखेल बस्ने २८ वर्षीय भोजबहादुर योञ्जन, सोही ठेगाना भएका १८ वर्षीय रामबहादुर योञ्जन र हरिवन नगरपालिका–६ स्थायी घर भई काठमाडौँ बस्ने मदन लामालाई प्रहरीले पक्राउ गरी आइतबार चोरीमा मुद्दा दर्ता गरेको छ।

त्यस्तै माघ १३ गते गोकर्णेश्वर नगरपालिका–६ बेँसीगाउँबाट हराएको बा ५३ प ४०७४ नंको पल्सर मोटरसाइकलसहित चुच्चेपाटीबाट प्रहरीले दुई जनालाई पक्राउ गरी मुद्दा चलाएको छ।

मोटरसाइकल चोरी गरेर फरार रहेका दोलखा घर भई गोकर्णेश्वर–८ बस्ने १९ वर्षीय निमासाङ्गे शेर्पा र ललितपुर महाँकाल गाउँपालिका घर भई गोकर्णेश्वर बस्ने १६ वर्षीय सुजन तामाङविरुद्ध मुद्दा दर्ता गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

पार्किङमा राखिएको मोटरसाइकल चोरी गरेको भन्दै रामेश्वर महतो, मिङ्मार शेर्पालगायत अन्य सवारीधनीले निज अभियुक्तविरुद्ध महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए। रासस

post image

 माघ २७, काठमाडौं । नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

एसएसपीको बढुवा सिफारिसमा परेकाहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम प्रसाख ढकाल छन्।

त्यसैगरी एसपीको लागि सिफारिस हुने २६ डिएसपीमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाइ, मेघहाद्र खत्री, विनोद सिलवाल, भीम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर छन्।

post image

 माघ २२, काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । केही दिनअघि यूएईमा पक्राउ परेका हरि खड्का भन्ने हरिशरण खड्का रहेका प्रहरी प्रधान कार्यालय, काठमाडौंले जनाएको छ ।

 खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

post image

माघ २२, धादिङ । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशीष थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन्।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए। विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शङ्का लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए। उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ।

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको रु ४१ हजार ३९९ जिल्ला लैङ्गिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन्। रासस

post image

माघ २०, दाङ  दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाएको । प्रहरीले कारखानाबाट ठूलो परिमाणमा हतियार हतियार बनाउने कच्चा पदार्थसहित जनालाई पक्राउ गरेको प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका भौवानाबाट तयारी हतियार हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित जनालाई पक्राउ गरेको हो  

हतियार बनाउने कारखानाबाटै त्यही स्थानका ५९ वर्षीय जीतबहादुर बुढा ३८ वर्षीय रुद्रमनी घर्तीलाई पक्राउ गरेको हो घरमै हतियार बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो  पक्राउ परेकाको कारखानाबाट भरुवा बन्दुक थान, १२ बोर राइफल एक थान, एयरगन थान, कटुवा पेस्तोल रिभल्भर ÷ थान प्रहरीले बरामद गरेको  

त्यसैगरी सानो हतियारको नाल १२ थान, ठुलो हतियारको नाल २९ थान बरामद गरिएको प्रहरीले हतियार बनाउन प्रयोग हुने सामाग्री पनि ठुलो मात्रामा बरामद गरेको   भौवा नाकामा अवैधरुपमा घरेलु हातहतियार निर्माण हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो लामो निगरानीपछि हतियार कारखाना पत्ता लागेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए  

post image

२० माघ, वीरगञ्ज । सप्तरीबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरेको छ । सिराहाको बिष्णुपुर गाउँपालिका-४ स्थित कन्कट्टाबाट तीन लाख ६० हजार मुल्य बराबरको मदिरा बरामद गरेको हो ।

नेपालबाट भारततर्फ भन्सार छलि लैजादै गरेको स१ख १९२७ नम्वरको मिनिट्रक, स१ह २८५९, स१ह ३०८२ र स१ह २७२२ नम्बरको अटो रिक्सालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको थियो ।

दिलवाले, गौरब, कस्तुरी, उमग नामक तीन लाख साठ्ठी हजार रुपैयाँ बराबरको अवैध मदिरा नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

चारवटै सवारीसाधनको चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । भारतको बिहारमा मदिरा उत्पादन, किनबेच र पिउन प्रतिबन्ध लगाएपछि नेपाली सीमावर्ती क्षेत्रमा भारतीयहरु मदिरा सेवनकै लागि आउने गरेका छन् भने कतिपयले अवैध रुपमा मदिरा सिमापारी पुर्‍याउने गरेका छन् ।

post image

माघ २०, ललितपुर। वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएकी छन्। बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बबिता मृत अवस्थामा भेटिएकी हुन्। ललितपुरका प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो। घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ।

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको हो।

बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन्। घटना शंकास्पद देखिएको भन्दै प्रहरीले  अनुसन्धान सुरु गरेको छ।

 

post image

माघ २०, काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन्। महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर एक करोड रुपैयाँसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउछन्। ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेरसमेत ठगी भएको छ’, उनले भने।

महाशाखाका अनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन्। जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए।

‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ’, उनी भन्छन्। साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ।

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ। महाशाखाले साइबर अपराधमा ९२६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मुद्दा चलाएको छ। जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्का नाममा रहेको फेसबुक, ट्वीटर ह्याकिङ गर्ने छ, जथाभावी एसएमएस गर्ने नौ, युट्युव जे पायो त्यही पोस्ट गर्ने तीन र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने पाँचविरुद्ध मुद्दा दर्ता भएको छ।

यस्तै आर्थिक वर्ष २०७३÷७४ मा एक हजार १९७ उजुरी दर्ता भएकामा २६ विरुद्ध मुद्दा चलेको छ भने आव २०७४÷७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकामा ६८ विरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता उप्रेती साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अफ्ठ्यारो हुने गरेको बताउछन्। अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाही गर्दै आएको छ।

विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ। साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि साइबर ब्यूरोसमेत स्थापना गरेको छ। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गरेको गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्यूरो स्थापना गरेको हो।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदी प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्व रहने गरी ७० दरबन्दी भएको ब्यूरो स्थापना गरिएको बताउछन्। ‘हाल प्रहरी प्रधान कार्यालयबाट सञ्चालन हुँदै आएको ब्यूरोले छिट्टै प्रहरी प्रधान कार्यालय बाहिर रहेर जनताको सेवा गर्नेछ’, प्रवक्ता सुवेदी भन्छन्,। ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधमा समेत रोकथाम गर्ने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ। रासस

post image

 माघ २०, विराटनगर । विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको तथ्य सार्वजनिक भएको छ । पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय  अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् । लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका-८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।

भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।

post image

माघ २०, काठमाडौं । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन्। शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरूपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ।

पक्राउ परेका नासु कार्की केही महिना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए। रासस

post image

 माघ १८, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावट नियन्त्रण गर्ने महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शुक्रबार अख्तियारले उनीविरूद्ध गैरकानुनी तरिकाले दुई करोड १४ लाख ५८ हजार अकुत सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० उपदफा २ अनुसार २ वर्ष सम्म कैद र दुई करोड १४ लाख ५८ हजार नै जरिवाना तिराउनुपर्ने अख्तियारको माग छ।

चौधरीले गैरकानुनी आर्जनबाट कमाएको सम्पत्ति श्रीमती प्रियङ्का चौधरीको नाममा राखेको अख्तियारको ठहर छ।  श्रीमती चौधरीको नाममा रहेको अवैध सम्पत्ति जफत गर्नुपर्ने अख्तियारको माग छ। सम्पत्ति जफत गर्नकै लागि भन्दै श्रीमती चौधरीलाई यो मुद्दामा प्रतिवादी बनाइएको छ।

post image

माघ १८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित विमानस्थलमा पक्राउ परेका छन् । बिहिबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् ।

उनलाई  चिनियाँ पेस्तोलको ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी साँझ यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनीबाट गोली फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीका अनुसार उनलाई विराटनगरमा राखेर अनुसन्धान भइरहेको छ ।

 

post image

माघ १६,काठमाडौँ ।  चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन्।

शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो।

३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ। सूचना अनुसार मिश्रले छोरा नवीनकुमार मिश्रका नाममा उक्त रकम जम्मा गर्न लगाएको आरोप लगाइएको छ। छोरा नवीनका नाममा पनि सूचना जारी गरिएको छ।

post image

माघ १५, काठमाडौं ।  अस्ट्रेलियामा पानी जहाजमा काम लगाइदिने भन्दै विभिन्न ब्यक्तिसँग रकम ठगी गरेर फरार एक ब्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ बस्ने हेम बहादुर घले रहेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले २०७४ भदौ १५ गते ठगी मुद्दामा नौ लाख ८७ हजार चार सय ६६ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।घलेलाई अदालतको आदेशले कैद भुक्तानको लागि मंगलबार डिल्लीबजार कारागार पठाईएको छ।

घलेले मेरा आफन्तहरु विदेशमा छन्, अष्ट्रेलियामा पानी जहाजको कामको लागि प्रतिब्यक्ति मासिक १८०० अमेरिकी डलर पारिश्रमिक हुने वैदेशिक रोजगारको लागि ३/४ जना कामदारहरु माग भएको छ र सो रोजगारको लागि अष्ट्रेलिया जान प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ भनी चारजना ब्यक्तिहरुबाट २९ लाख ६२ हजार पाँच सय रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ।

 

post image

माघ १४, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आज सरकारसमक्ष पेश गरेको हो ।

सो विषयमा घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने जनाइएको छ । गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो ।

पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा.हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा रहेका छन् । अध्ययन प्रतिवेदनमा घटनास्थल तथा लास जाँच प्रकति मुचुल्काले गम्भीर प्रकतिको हत्या देखाएको, अनुसन्धानका क्रममा घटनाको विभिन्न चरणमा खिचिएका तस्विरहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग र खुट्टामा चोटपटक लागेको देखिएको उल्लेख छ ।

मृतक पन्तको शरीरबाट डिएनए परीक्षणका लागि लगिएको ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरु सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना सङ्कलन गरिएको देखिँदा सङ्कलन प्रक्रिया दोषमुक्त नदेखिएको उल्लेख छ । प्रहरीले अनुसन्धान गर्दा घटनाप्रति संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा घटनाको शुरुआत भएको स्थानको मौकामै जाँच सोधपुछ नभएको, घटनास्थलमा खटिएका अनुुसन्धान अधिकृतले प्रत्येक घटनालाई गम्भीर रुपमा नलिएको, घटनास्थलको छुट्टाछुट्टै मुचुल्का कडा नगरिएको, स्वच्छ सुनुवाइलाई अनुसन्धानको आधार स्तम्भका रुपमा नमानिएको, लास जाँचका सामान्य सिद्धान्तप्रति प्रहरी अधिकारी सजग र गम्भीर नभएको उल्लेख छ ।

अनुसन्धानका सिलसिलामा मानसिक एवम् शारीरिक यातनालाई शून्य सहनशीलतामा नलगिएको, एउटा मुद्दाका नाममा पक्राउ गरी अर्को मुद्दामा अनुसन्धान गर्न नहुने स्वच्छ सुनुवाइको सिद्धान्तको पालना नभएको, घटनास्थल विज्ञले प्रमाणलाई उचित रुपमा सङ्कलन नगरेको, अनुसन्धानका क्रममा सर्वसाधारणलाई दुःख हैरानी दिएको, घटनास्थललाई घेराबन्दी नगरिएको, शव परीक्षण हुँदा जिम्मेवार अनुसन्धानकर्ता उपस्थित नभएको, जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग प्रभावकारी समन्वय नभएको लगायत उल्लेख छ ।

post image

माघ ११, काठमाडौं ।  अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् । सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो  ।

त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् ।

उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

post image

माघ ११, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ, हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विषयमा छलफल हुनुपर्छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार गृहमन्त्री थापाकै सक्रियतामा ३० वर्षे सेवाअवधि हटाउन लागिएको हो।

नेपाल प्रहरीको संघीय ऐन मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ। अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो। ‘सरकारले आवश्यक ठानेका बेला ५८ वर्ष उमेरहद नकाट्ने गरी सेवा अवधि कायम गर्नेगरी ऐन बनाउन लागिएको हो’, स्रोतले भन्यो, ‘प्रहरी संगठन प्रमुखको सेवाअवधि ३० वर्ष बनाउने कि ३२ बनाउने त्यो विषयलाई सरकारले आवश्यक ठानेका बेला नियमावली संशोधन गर्नेगरी ऐन बनाउने हो।’ मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ। नेपाल प्रहरी संघीय ऐन अर्थ मन्त्रालयमा पुगे पनि सशस्त्र प्रहरी संघीय ऐन मस्यौदामाथि भने छलफल जारी छ। गृहमन्त्रालयले सशस्त्र प्रहरी ऐन मस्यौदामाथि भने अर्को साता छलफल गर्ने तयारी गरेको छ। ‘दुवै प्रहरी संगठन प्रमुखको सेवाअवधि ऐन निर्माणपछि नियमावलीमा राख्ने गरी मस्यौदा मन्त्रिपरिषद्मा पठाइनेछ’, गृह स्रोतले भन्यो।यसअघि गृहमले नेपाल प्रहरी संघीय ऐन मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको थियो। सो मस्यौदा अहिले कानुनबाट अर्थ मन्त्रालय पुगेको छ।

प्रधानमन्त्री कार्यालयले संघीय प्रहरी ऐन ल्याउन गृहलाई स्वीकृति प्रदान गरेपछि मस्यौदा कानुन मन्त्रालय पठाइएको थियो। मन्त्रालयले लामो समय छलफल र बहसमा रहेको ३० वर्षे सेवाअवधि नै कायम राख्ने गरी कानुन मन्त्रालयमा पठाएको थियो। तर कानुन मन्त्रालयले ऐनमा उमेरहदमात्रै तोक्ने र सेवाअवधि चाहिँ सरकारले नियमावली बनाउदा तोक्नसक्ने प्रावधान राख्न सकिने राय दिएको छ।कानुन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनराज ज्ञवालीले ऐन मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको बताए। ‘संघीय प्रहरी ऐन मस्यौदा अर्थ मन्त्रालयमा पुगेको छ,’ ज्ञवालीले भने, ‘अहिलेलाई यति नै भनौं।’मस्यौदा विधेयक संसद्ले पास गरेपछि २०१२ को प्रहरी ऐन विस्थापित हुनेछ। प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ। ‘यो बेला ३० वर्षे सेवाअवधि हटाउन नसके पछि हटाउन सकिँदैन, जसका कारण राज्यलाई सधैं आर्थिक भार पर्नेछ’, गृहका एक अधिकारीले भने।

दुई वर्षअघि गृहले पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले पनि ३० वर्षे सेवाअवधि हटाउन सुझाव दिएको थियो। ३० वर्षे सेवाहदकै कारण करिव ५० वर्षकै उमेरमा सिनियर प्रहरी अधिकारीले अवकाश पाउने गरेका छन्। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालसहित उनका ब्याची सबैले ५० देखि ५३ वर्षको उमेरमै अवकाश पाउनेछन्। पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरी भने सेवाअवधि प्रहरी ऐनमै तोक्नुपर्ने बताउँछन्। सेवाअवधि ऐनमै तोके सरकारलाई मन नपर्नेबित्तकै संगठन प्रमुख फेरबदल गर्न चलखेल हुँदैन र प्रहरी प्रमुखले ढुक्कसाथ कार्ययोजना लागु गर्न पाउँछन’, ठकुरीले भने। उनका अनुसार प्रहरीमा ३० वर्षे सेवाअवधि भने अव्यवहारिक छ। ‘३० वर्षे सेवाअवधि हटाउनुचाहिँ पर्छ तर कुन समयमा हटाउँदा सबै तहलाई समेट्न सकिन्छ भनेर सरोकारवाला निकायले सोचिदिए राम्रो हुन्छ’, उनले भने।

post image

माघ ४, काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ३३ किलो सुन प्रकरणका अभियुक्तको पुर्पक्षसम्बन्धी पुनरावेदन हेरेका पाँच न्यायाधीशलाई काजमा सरूवा गरेका छन्। सर्वोच्च स्रोतका अनुसार विराटनगर उच्च अदालतबाट नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौड्याल र सारंगा सुवेदीलाई बिहिबार न्याय परिषदमा तानिएको हो। उनीहरूले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तमध्ये कसैलाई साधारण तारेख र कसैलाई धरौटीमा रिहा गरेका थिए।

न्यायपरिषदले गत साता विराटनगरमा गरेको शूक्ष्म निरीक्षणपछि प्रधानन्यायाधीशले उनीहरूको काजसरूवा गरेका हुन्। सुन प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेका अभियुक्तलाई धरौटी लिएर छोडेको गुनासो भएपछि परिषदको सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो। सुनकाण्डका  फरकफरक अभियुक्तले आफूलाई थुनामा नराखि मुद्दाको पुर्पक्ष गर्न भन्दै निवेदन दिएपनि एकैसाथ राखेर हेर्नुपर्नेमा व्यक्तिपिच्छे छुट्टै इजलासले हेरेर धरौटीमा छोड्ने आदेश गरेको भन्दै उनीहरूको आलोचना हुने गरेको थियो। एउटै मुद्दा वा एउटै विषयको मुद्दा एकैसाथ राखेर हेर्नुपर्ने नियम छ।

तर यी ५ न्यायाधीशले भने ३३ किलो सुन र सनम हत्या काण्डमा जिल्ला अदालतले पुर्पक्षमा राखेका अभियुक्तको मुद्दा बेग्लाबेग्लै सुनुवाई गरेका थिए। न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीले सुनकाण्डका आरोपी एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा छोडेका थिए। न्यायाधीश कर्ण र थीरबहादुर कार्कीले यही मुद्दाका अर्का दुई अभियुक्त विमल पोद्दार र आरके शाक्यालाई जनही १०लाख धरौटीमा छोडेका थिए। त्यस्तै न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहले अर्का आरोपी डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छोडेका थिए। भने अभियुक्त रामकुमार तिवारीसँग ५ हजार धरौटी लिएर छोडेका थिए।

post image

 माघ २, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया माया घलेलाई हुलाक भन्सार कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने, ‘विशेष सुराकीका आधारमा गएको टोलीले उनको साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको थियो । जसमा फल्स बटम बनाएर चरेस राखिएका थिए ।’

उनका अनुसार त्यो चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको थियो । त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेकी युवती डान्स बारहरुमा समेत नाच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले विभिन्न महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्ने गरेकी थिइन् ।

बयानका क्रममा उनले यसअघि एक पटक सजिलैसँग अगलबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएकी छन् ।

post image

माघ २,सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालयको टोलीले आज बिहान बाँकेका युवराज गिरीलाई पक्राउ गरेको हो। प्रहरीको घेरा तोडेर भाग्न खोज्दा प्रहरीले गिरीको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको कार्यालयका डिएसपी रमेश सिंहले जानकारी दिए।

उनले गत शुक्रबार कोहलपुरमा दिपक सिंहको हत्या गरेका थिए । हत्यापछि उनी फरार भएका थिए ।पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेकाले गोली हान्नुपरेको प्रहरीले जनाएको छ ।

प्रहरीको असई पदमा जागिर खान पुगेका दीपकसिंह ठाकुरीको विभत्स हत्यामा संलग्न रहेको हत्या आरोपी युवराज गिरीलाई पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको हो । प्रहरीले आज गिरीलाई पक्राउ गरेको छ ।

२६ माघमा बाँकेको कोहलपुरमा  ठकुरीको विभत्स हत्यामा संलग्न रहेको आरोप गिरी माथि छ । घटनामा संलग्न भरत शाहीलाई प्रहरीले केहीदिन अघि सुर्खेतबाटै पक्राउ गरिसकेको छ  ।

post image

माघ १, धरान ।  धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ। जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो।

मुलुकी ऐन ज्यानसम्बन्धी महल  अनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए। जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो।

अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो। अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो। बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए। रासस

post image

माघ १, धरान ।  बालिकाहरुलाई भारतमा बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार सुनसरी धरान नगरपालिका १७ बस्ने सन्तोष राईलाई नियन्त्रणमा लिएको हो।

राईले राम्रो काम लगाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुक्याएर नयाँ दिल्ली स्थित जिबिरोडको वेश्यालयमा बिक्री गर्ने गरेको खुलेको छ।

राईले एक बालिकालाई ६ लाख रुपैयाँसम्म बिक्री गर्ने गरेको खुलेको छ। आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरान सुनसरीमा बुझाइएको छ।

post image

माघ १, काठमाडौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित कम्पनी रजिष्टारको कार्यालयको एक कर्मचारीलाई पक्राउ गरेको छ।  सोमवार बिहान कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको आयोगका सहसचिव रामेश्वर दंगालले जानकारी दिए।

पन्थीले एक विद्यालयको स्कुलको बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने कुमारी पन्थीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको सहसचिव दंगालले जानकारी दिए। रजिस्ट्रार पन्थीले घुसमा लिएको रकम छोरी पोषण पन्थीको बैंक खातामा राखेको अवस्थामा बैक परिसरबाट नै पक्राउ गरेको थियो।

post image

पुस ३०, काठमाडौं । प्रहरीले ५३ लाख नगदसहित काठमाडौँको न्युरोडबाट दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाका आधारमा आइतबार काठमाडौँको न्युरोडको भूगोलपार्क अगाडिबाट उक्त रकमसहित दुइृ जनालाई पक्राउ परेको हो।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका २ का ३८ वर्षीय सुनिल श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका ७ का ५५ वर्षीय भरतबहादुर बस्नेत रहेका छन्।

प्रहरीले विशेष सूचनाका आधारमा शंकाको घेरामा राखेका भरतबहादुर थापाको बा ७ च २५६९ नं कारमा रहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको निलो झोलामा ३५ लाख भेटिएको र त्यसको स्रोत खोज्दा खुलाउन नसकेका कारण उनलाई नियन्त्रणमा लिएको थियो। पछि उनले त्यो रकम बिशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्स्चेन्जका संचालक सुनिल श्रेष्ठले दिएको बताएपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको हो।

निजहरुपक्राउ परेका दुबैजनाविरुद्ध राजश्व छलीको मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ। उनीहरुलाई राजश्व अनुसन्धान बिभागमा पठाउने तयारी भइरहेको प्रहरीले वजनाएको छ।

post image

पुस २९, काठमाडौं । रूपन्देहीको शंखरापुरमा प्रहरी मुडभेडमा मारिएका व्यक्ति प्रहरीको सूचीका ‘मोस्ट वान्टेड अपराधी’ रहेको खुलेको छ। मारिएका व्यक्ति हत्याको अभियोगमा जेल परेका र जेलबाटै भागेका अपराधी केदार साहनी भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

सिद्धार्थनगर नगरपालिका, गल्लामन्डीका साहनी नेपालमा अपराध गरेर भारततर्फ लुक्दै आएका अपराधी हुन्। भन्सार क्षेत्रमा चोरी तस्करीको धन्दा चलाउँदै आएका साहनीमाथि भैरहवाका आकाश गुरुङको हत्या गरेको आरोप छ। उनले २०७१ सालमा गुरुङलाई अपहरण गरेर नवलपरासी पु¥याएर हत्या गरेको प्रहरीले जनाएको छ।

गुरुङको हत्याअगाडि साहनी हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थिए। उनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर भागेका व्यक्ति हुन्। जेलबाटै भागेको दुई महिनापछि पुनः पक्राउ परेका साहनी हातहतियार तथा कैदी भागे–भगाएको मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन्।

पछिल्लो समय सीमापारि बसेर भैरहवा क्षेत्रमा विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका उनले आफैले हत्या गरेकी आकाशकी आमा उषाकिरण गुरुङलाई फोन गरेर आकाशको बच्चा मारिदिने धम्की दिने काम समेत गर्दे आएको प्रहरीले दावी छ।

post image

पुस २९,काठमाडौँ । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्।

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्‍याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो। छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन्।

उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ। पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए। रासस

post image

पुस २७, काठमाडौं । प्राईम टाईम्स टेलिभिजनका सुदुरपश्चिम प्रदेश ब्युरो प्रमुख सुमन भट्टले आफुलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारसँग सुरक्षा माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा उनले पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक एवम् पुर्व राष्ट्रिय क्रिकेट खेलाडी सुवास प्रधानले सामाजिक सञ्जाल फेशबुकमार्फत ज्यान मार्ने धम्की दिएको बताउँदै यस्तो माग गरेका हुन ।

उनले भने,‘राष्ट्रिय टिमका कप्तान पारस खड्का र दीपेन्द्र ऐरीको साथमा अष्टे«लियामा हुनुहुन्छ, जनवरीको २१ तरेक स्वदेश फर्किने भन्नु भएको छ, स्वदेश फर्केको दिनमा तिम्रो जीवन समाप्त हुन्छ भनेर धम्कि दिनुभएको छ, कुनै लेनदेन र कुनै प्रकारको सहमति गर्नुथियो भनेपनि प्रशासन थियो, तर उहाँले मेरो ज्यान मार्ने धम्की दिनु कत्तिको शोभनीय कुरा हो ?’

आफूलाई प्रधानले तीन वर्षदेखि पैसा नदिएर काम गर्न लगाएको पनि उनले आरोप लगाए । उनले भने,‘उहाँले मलाई बिनासम्झौता चिफ अपरेटिङ अफिसरको पोष्ट दिएर काम लगाउनुभयो । कलेज प्रिमियर लिगको ६ लाख पैसा मैले लिनुपर्ने थियो । त्योपनि अहिलेसम्म पाएको छैन्, बाँकी पैसा माँग्दा भोलि, पर्सी भन्दै झुल्याउनुभयो, अहिले त्यही कुरालाई लिएर केको पैसा ? कस्तो पैसा भनेर उल्टै ज्यान मार्ने धम्की दिने काम भैरहेको छ ।’

post image

पुस २७, काठमाडौं । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्। उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो।

शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौँको बौद्धबाटै पक्राउ गरेको हो।

गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए। शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्घ मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र शे–फोक्सुण्डो गाउँपालिकाका ४३ वर्षीय पासाङ लुण्डुप गुरुङलाई  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बौद्घबाटै पक्राउ गरेको थियो।

वडाध्यक्षको पक्राउ सम्बन्धमा जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अवदेश विष्टसँग बुझ्दा मूर्ति चोरीको आरोपमा उनी पक्राउ परेको र पक्राउ पर्ने क्रम जारी रहेकाले अनुसन्धान जारी रहेको उनले बताए।

प्राचीन मूर्ति चोरीको आरोपमा यसअघि नै चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका चार जनालाई केही दिन अगाडि मात्रै जिप्रका डोल्पामा सार्वजनिक गरिएको थियो। राहापगुम्बाबाट ४२ थान प्राचीन बौद्ध मूर्ति आठ वर्षअघि नै चोरी भएको भए पनि यसै वर्षको गत असोजको अन्तिम सातामात्रै स्थानीयवासीले थाहा पाएका थिए। रासस

post image

पुस २४,बाँके ।  बाँकेको कोहलपुरबाट गएराति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर ९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन्। तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ। रासस

post image

पुस २२,काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा  छापा मारेको छ।  विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मार्दा जुवा खेलिरहेको २१ जनालाई पक्राउ समेत गरेको छ।

परिसरका डीएसपी होमिन्द्र बोगटीले छापा मार्ने क्रममा २१ जनालाई पक्राउ गरिएको पुष्टि गरे। डिएसपी बोगटीले भने,’ केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा मध्यराति छापा मारिएको हो।’

उनले ७ लाख १९ हजार ८ सय २० रुपैयाँसमेत बरामद गरिएको बताए। उनले भने,‘पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिने छ।’

पुस २0, ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ललितपुरको  माछापुच्छ्रे स्कुलमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल, अपरहण तथा जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिनुहुँदै अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी दिनुभयो । कुनै पनि अपराध हुन एउटा प्रकृया हुने भएको चर्चा गर्नुहुर्दै उहाँले यस्ता अपराधका प्रकृयाहरु पुरा हुन नदिन प्रहरी सदैव कृयाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले विकास र समृद्धिले मात्र अपराध न्यूनिकरण नहुन सक्ने भन्दै अपराध न्यूनिकरणका लागि सोचमा परिवर्तन चाहिने र यसका लागि समुदाय(प्रहरी साझेदारी अवधारणा कार्यक्रम ल्याईएको  बताउनुभयो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे स्कुलका प्रिन्सिपल सम्पूर्ण देवापातेले धन्यबाद ज्ञापन गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक रबिन्द्र बहादुर धानुक ललितपुर उपमहानगरपालिकाक वाड न्र १३ का वडा अध्यक्ष राम कुमारी लिम्बू , माछापुच्छ्रे विद्यालयका कार्यकारी प्रमुख डा. बिनोद प्रसाद यादव  लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका सिईओ यादवले विद्यार्थीहरुलाई अनुशासीत र मर्यादीत राख्न् तथा देशमा शन्ति सुरक्षाको प्रत्याभूती दिलाउँदै विद्यालय तहमै विद्यार्थीह्रुलाई अनुशासीत र उनिहरुलाई साईबर क्ताईम सम्वन्धि सम्पूर्या रुपमा जानकारी दिन पनि कार्यक्रम उपलब्धीमूलक रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक संचारकर्मी एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

post image

पुस १९, काठमाडौं ।प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट सिंहदरबार ल्याइएको छ। शपथपछि पुनः उनलाई डिल्लीबजार कारागार लगिने भएको छ। सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको शपथ लिएपछि चौधरी कारागारमै रहने जानकारी दिएको हो।

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार अघि बढ्छ। निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य हो’, सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लले भने, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन्।’ प्रहरी उच्चअधिकारीसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका मुख्य अभियुक्त सांसद रेशम चौधरीको सपथ आज हुने छ । सिंहदरवारस्थित राज्य व्यवस्थाको हलमा सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु हुनेछ । बिहान साढे ११ बजे नै सपथको तयारी भएपनि नाटकीय रुपमा अपरान्ह ३ बजेका लागि सारिएको छ ।

चौधरीको सपथ गराउने लगायत माग राख्दै राष्ट्रिय जनता पार्टी राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने चेतावनी दिदै आएको थियो । पछिल्लो अन्टिमेटम सकिएको २ दिनपछि संसद सचिवालयले सांसद चौधरीलाई सपथ गराउन लागेको हो । राजपाका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरी २०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अनुसन्धनका क्रममा पुर्पक्षका लागि थुनामा छन् । सपथ लगत्तै चौधरीलाई पुनः डिल्लीबजारस्थित कारागार चलान गर्ने स्रोतको भनाईछ ।

post image

पुस १९, भरतपुर ।  एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन्। पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन्।

एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाइ छ। पोखराबाट ग १ य ५४३ नंको गाडी रिजर्भ गरेर साथीसहित वीरेन भरतपुर आएका थिए। घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगर–१० बस्ने वर्ष ३९ का हेम थापा, हेटौँडा १० बस्ने वर्ष २४ का विवेक गुरूङ र पोखरा २९ बस्ने निरेन गुरूङलाई पनि प्रहरीले नारायणगढस्थित लायन्सचोकबाट नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्न भई भाग्न लागेको अवस्थामा जिल्लाका सबै नाकामा घेराबन्दी गरी उनीहरुलाई नियन्त्रणमा लिन सफल भइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राठौरले बताए। रासस

post image

पुस १८, काठमाडौं ।भक्तपुरको सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडामा अनुमतिबिना ड्रोन क्यामेरा उडाउने तीन युवक पक्राउ परेका छन्।

प्रहरीले बुधबार दिएको जानकारीअनुसार सिराहा धनगढी नगरपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुइँटेलसहित तीन जनालाई मंगलबार बिहान पक्राउ गरिएको हो।

जगातीस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ड्रोन क्यामरा उडारहेका बेला पक्राउ गरेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post image

पुस १८ , कठमाण्डौँ ।  सिन्धुपाल्चोकमा एक ब्यक्ति दिउँसै लुटिएका छन्। प्रहरीका अनुसार सुनसरीको धरानबराह नगरपालिका–१ घर भई काठमाडौंको अनामनगरमा सुन पसल सञ्चालन गर्ने २६ वर्षीय निरोज घिमिरेको १० लाख रुपैयाँ लुटिएको हो।

प्रहरीका अनुसार उनी काठमाडौंबाट बा. ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा मंगलबार दिउँसो सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ स्थित चौहत्तरकिलो भन्ने स्थानमा पुगेका थिए।

मोटरसाइकल रोकेर खाजा खाइरहेका बेला अचानक तीन जना अपरिचित व्यक्ति आएर रडले हानी आफूसँग भएको १० लाख रुपैयाँ लुटेको पीडित घिमिरेले बताएका छन्। फरार लुटेराहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सुन खरिदका लागि घिमिरेले उक्त रकम बोकेको बताइएको छ।

post image

 पुस १६, वीरगञ्ज । पर्सामा ५ बर्षकी बालिकामाथि बलात्कार भएको छ । आइतबार अपरान्ह बालिका साथीसँगै खेलिरहेको अवस्थामा चकलेट दिन्छु भन्दै फकाएर छिमेकी अन्दाजी २० बर्षका देवकुमार पटेलले बलात्कार गरेको आरोप लागेको छ ।

हाल फरार रहेका पटेलले कोठामा लगेर बलात्कार गरेको स्थानीयले बताएका छन् । बालिका चिच्याएपछि अरुले थाहा पाएका थिए । पर्साका प्रहरी प्रमुख रेवती ढकालले बालिकालाई छिमेकीले बलात्कार गरेको भनी उजुरी परेकोले उनको खोजी भइरहेको बताए ।

‘घटना पछि बालिकालाई नारायणी उपक्षेत्रिय अस्पतालमा ल्याएर स्वास्थ्य परीक्षणसँगै उपचार गराइएको छ’ उनले भने ‘बालिकाको बलात्कार भएको उजुरी परेको छ ।

post image

पुस १५,काठमाडौं । काठमाडौंको जडिबुटीबाट एक थान पेस्तोल सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धदिङ स्थायी घर भई काठमाडौं बस्दै आएका अर्जुन प्रसाद अधिकारी र धादिङकै केदार अधिकारी रहेका छन् ।

केदारको साथबाट अवकासप्राप्त प्रहरी जवानको नक्कली परिचयपत्र फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । दुई अधिकारीसँगै काभ्रे स्थायी घर भएका अञ्जन उप्रेतीलाई पनी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुको साथबाट एकथान चाईनिज पेस्तोल, म्यागेजिन र ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल बाहेक उनिहरुको साथबाट ६ थान घरेलु हतियार (खुकुरी) समेत बरामद गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

post image

पुस १५, काठमाडौं । बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको जिकिर गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधि धर्म संघ गुरु भएको दाबी गरेका छन् । उनले भने,‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ, सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे÷जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’

६ वर्ष लामो तपस्यापछि महासम्बोधि गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै उनले भने,‘अहिले उहाँमाथि कपोकल्पित र झुठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ, यो कुरा जायज छैन्, उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरिरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो, हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो।’

त्यस्तै बोधि श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गरे । उनले भने,‘म उहाँको भक्तपनि होईन, न त म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विधावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ, मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी÷विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ, उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ, संसारका महान व्यक्तिहरुमाथि यस्ता आरोप लाग्ने गरेको ईतिहास छ, जिससलाई किला गाढेर मारियो, महात्मा गान्धिलाई गोली हानेर हत्या गरियो, यस्ता धेरै दुष्टान्तहरु छन्, महान व्यक्तिहरुको जीवनमा यस्ता घट्नाले आक्रमण गर्ने काम हुन्छ । तर, आरोपहरु लागिसकेपछि सत्य कुरा बाहिर आउनुपर्छ।’

उनले अघि थपे,‘आफुहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रेवश निषेध छैन्, आनि बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शुन्यतावादको मान्यता मान्दछ, मानिसहरुकोबीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ, उहाँ बुद्ध धर्म मान्ने मानिस पनि होईन, ३४ मिनेटसम्म शरिरमा आगो लाग्यो त्यसपछि महान ज्ञानको भण्डारको रुपमा देखा पर्नुभएको हो, यो छलेर वा ढाटेर हुने कुरा होईन, सरकारले सत्य÷तथ्य छानविन गरोस् हामीपनि यहि चाहन्छौं ।’

कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डिराज बम्जन, जस बहादुर वाईवालगायतले बम्जनमाथि लागेका आरोपहरुको खण्डन गरेका थिए ।

post image

पुस १५, कृष्णनगर ।  सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ। खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महिनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो।

कपिलवस्तुको कृष्णनगर नाकाबाट उनीहरुलाई स्वदेश फिर्ता गरिएको हो। रसुवा, सुनसरी, मोरङ, दाङ, पाल्पा, रुपन्देही र बागलुङका महिलाको उद्धार गरिएको हो।

केआई नेपालको प्रयासमा बिहीबार महिलाको उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ। नेपालको सुनौली तथा काँकडभिट्टा सीमानाकाको प्रयोग गरी सामान किन्न तथा घुम्न जाने भनी झुटो बोल्न लगाई सीमापार गराइएको बताइएको छ।

भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी बन्धक बनाएको महिलाको भनाइ छ। केआई नेपाल दिल्लीस्थित प्रतिनिधि नवीन जोशीले दिएको जानकारी अनुसार विभिन्न सात जिल्लाबाट फरकफरक व्यक्तिसँगको सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि ती महिला भारत पुगेका जनाइएको छ।

मानव बेचविखनको बदलिँदो स्वरुपसँगै वैदेशिक रोजगारीले ल्याएको समस्या पछिल्लो समयमा निकै जटिल एवं कठिनपूर्ण हुँदै गइरहेको छ। जसको चपेटामा भारतको बाटो हुँदै तेस्रो मुलक पुगेका हजारौँ महिला तथा किशोरी परेका छन्। रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक पुगेर उनीहरुले दुःखकष्ट भोगिरहेका छन्।

बढ्दो वेरोजगारको समस्याले मानव बेचबिखनको जोखिममा पर्नसक्ने सम्भावना उच्च रहेकाले यसतर्फ सरोकारवाला सबै पक्षको ध्यान जानुपर्ने केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले बताए। रासस

post image

पुस १३,पोखरा । आफूलाई नेपाल प्रहरीको असई हुँ जागिर लगाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरपालिका वडा नम्बर १५ काजीपोखरीका २८ वर्षीय जीवन गुरुङले करिब डेढ वर्षदेखि यसरी नै आफूलाई नेपाल प्रहरीको असई हुँ जागिर लगाइदिन्छु भन्दै लाखौँ ठगी गरेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध अहिलेसम्म २९ जनाले ठगी गरेको भन्दै उजुरी दिएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। गुरुङलाई असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ भन्दै नगद तथा जिन्सी सामान असुल्दै हिँड्ने गरेको भेटिएको हो।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट असई सन्तोष सुवेदीको नेतृत्वमा खटिएको टोलीले गुरुङलाई  काठमाडौंको गंगबुमा लुकीछिपी बसिरहेको अवस्थामा गत बुधवार पक्राउ गरेको हो।

उनले प्रहरीको काम गर्न भन्दै आफूलाई हाइफाइ देखाउन भाडामा कारहरू लिई हिड्ने गरेको निरीक्षक सुवेदीले जानकारी दिए।

post image

पुस १२, काठमाडौँ । प्रधानन्यायाधीश सिफारिश चोलेन्द्र शमशेर राणाविरूद्ध नाता पर्ने व्यक्तिको नाममा वीरगञ्जको छपकैया पोखरी दर्ता गराएको उजुरी परेको छ। जबराले नाता पर्ने प्रमोद शाहको नाममा छपकैया पोखरी कायम गरिदिएको उजुरी संसदीय सुनावाइ समितिमा परेको हो।

जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सार्वजनिक कायम गरिदिएको जग्गा सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र चोलेन्द्रशमशेर जबराको २०७१ भदौ ८ गते शाहको नाममा दर्ता कायम गर्न आदेश दिएको थियो।

उजुरीकर्ताले फैसला नातावादको प्रभावमा परी आफ्नो तथा आफन्तको फाइदाको उद्देश्यले गरिएको आरोप लगाएका छन्। छपकैया पोखरी वीरगञ्जमा छठ पर्व मनाइने महत्वपूर्ण पोखरीमध्ये एक हो।

पोखरीको पश्चिम भागमा छठदेवीको मन्दिरसमेत रहेको छ।

२०२१ सालसम्म ऐलानी जग्गाका रूपमा रहेको उक्त पोखरीलाई २०४८ सालमा प्रमोद शाहले आफ्नो नाममा जग्गाधनी कायम गराएका थिए। तर शाहले व्यक्तिगत भनेर दर्ता गराएको जग्गालाई पुन: सार्वजनिक कायम गर्न २०४९ सालमा नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण भुर्तेलले मुद्दा दायर गरेका थिए।

सर्वोच्च अदालतमा जोशी र राणाको बेञ्चले पोखरी शाहको नाममा दर्ता कायम गरिदिएको थियो। सुनुवाइ समितिमा राणाविरुद्ध अरू ८ वटा उजुरी  पनि दर्ता भएका छन्।

संवैधानिक परिषद्ले मंसिर २७ गते राणाविरुद्ध उजुरी आह्वान गरेको थियो। समितिले उजुरीकर्तासँग छलफलपछि राणालाई सुनुवाइका लागि निम्तो दिनेछ। सुनुवाइबाट अनुमोदन भए राणा प्रधानन्यायाधीश बन्नेछन्।

post image

पुस १०, काठमाडौं । काठमाडौँ महानगरपालिका–६ बौद्धमा नक्कली पेस्तोल देखाई आतङ्क फैलाएको अभियोगमा स्थानीय सिद्धान्त सुनुवारलाई गएराति प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित डोमा शेर्पाको खाजा पसलमा प्लास्टिकको कालो रङको नक्कली पेस्तोल देखाई प्रहरी हुँ भनी पसल सञ्चालक र पसलका ग्राहकलाई धम्काइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। उनीसँग नक्कली पेस्तोल र मोबाइल बरामद गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

post image

पुस ६, लहान । सुन भन्दै पहेँलो धातु बिक्री गरेको आरोपमा आज सिरहाको नवराजपुर गाउँपालिका–४ बाट तीन भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।

नवराजपुर गाउँपालिका–४ मा सुन भन्दै नक्कली पहेँलो धातु बिक्री गरिरहेको अवस्थामा भारतको मधुवनीका ३५ वर्षीय दिपस सिंह, सोही ठाउँका ४५ वर्षीय रामसेवक पासवान र ४५ वर्षीय नथुनी रामलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई हजार २३४ ग्राम पहेँलो धातु बरामद गरिएको प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

post image

पुस ५, कैलाली।  निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी परेको छ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र निर्मला हत्याका अभियुक्त भन्दै सार्वजनिक गरिएका दिलीपसिंह विष्टका दाइ खड्ग विष्टले प्रमाण नष्ट गर्ने र अनुसन्धानका क्रममा निर्दोषलाई यातना दिने प्रहरीलाई कारबाहीको माग गर्दै जाहेरी दिएका हुन्।

निर्मलाकी आमा र विष्टका दाइ दुवैले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए।

उनीहरूले सेवाबाट बर्खास्त भएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्।

मुलुकी फौजदारी संहिता ०७४ मा निर्दोषलाई दाषीका रुपमा प्रस्तुत गर्ने,  प्रमाण नष्ट गर्नेलाई संहिताको दफा ९३ अनुसार व्यक्तिलाई तीन वर्षसम्‍म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

post image

पुस ४  , काठमाडौं । राजधानीमा चल्ने सार्वजनिक सवारी साधनमा चोरी तथा पाकेटमारी गर्नेलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट सादा पोसाकमा खटिएको ५० जनाको  विषेश टोलीले ७७ जना पकेटमार तथा चोरहरुलाई पक्राउ गरेको हो।

यात्रुको भिडभाड हुने समयमा पाकेटमार चोरी गर्ने गरेको प्रहरीको भनाइ रहेको छ। पाकेटमारहरुले सार्वजनिक सवारी समूह बनाएर कोड ल्याङग्वेज प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

लामाका अनुसार प्रहरीले सार्वजनिक यातायातमा हुने लुटपाट र पकेटमारीका घटनालाई नियन्त्रण गर्न ५० जना सादा पोशाकका प्रहरी नै खटाएको थियो । त्यसक्रममा नगद, मोबाइल, गरगहना लगायत चोरी गर्दा गर्दै उनीहरुलाई रंगे हात पक्राउ गरिएको हो । पक्राउ पर्नेमा महिलाहरू समेत थिए ।

सएसपी लामाका अनुसार प्रहरीले विभिन्न क्षेत्रमा चलाएको अपरेशका क्रममा १ लाख ६० हजार ७ सय रुपैयाँ बरामद भएको छ । त्यस्तै, ३९ वटा मोबाइल, ४ वटा आइप्याड र ५ वटा ल्यापटप बरामद भएको छ । त्यस्तै, पाकेटमारी गर्दागर्दै समातिएका व्यक्तिहरुको साथबाट बरामद ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित पीडितलाई दिइएको लामाले बताए ।

पकेटमारले पैसालाई द, मोबाइललाई कान,  पकेटमार पीडितलाई रामे, पैसा धेरै छ भन्नलाई टानको द पैसा, पैसा थोरै छ भने जुटको द, गाडीलाई कांचा भन्ने गरेको खुलेको हो।

त्यस्तै केटालाई छापा, केटीलाई भद्री, पुलिस आयोलाई ठुल्दाई आयो, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नुलाई टप्की, गाडीभित्र अगाडि सर भन्नलाई  अंकल जा र गाडीभित्र पछाडी सरलाई चिछल जा भन्ने गरेको खुलेको छ।

राजधानीमा मात्र करिव ५ सय पकेटमारहरु रहेको प्रहरीले जनाएको छ। यस्ता भाषा बोलिएको सुनिएमा सावधानी अपनाउन प्रहरीले जानकारी दिएको छ।

post image

पुस ४ , काठमाडौँ । ललितपुर बालकुमारीमा मंगलबार राति  ट्याक्सी चालकमाथि छुरा प्रहार भएको छ। दुई जना लुटेराले बा१ज ६१५७ नम्बरको ट्याक्सी चालक डम्बर खड्कालाई छुरा हानी उनको साथमा रहेको ५ हजार रुपैयाँ र मोबाइल लुटेर लगेका हुन्।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिरामी बनेर दमकल नजिकबाट शंखमुल जाने भन्दै ट्याक्सी चढेका दुई लुटेराले बालकुमारी पुलको करिडोर पुगेपछि छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट ४२ वर्षीय चालक खड्काको आँखा फुटेको छ। टाउकोमा चोट लागेको छ। उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।लुटेराहरूको खोजी भइरहेको परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए।

post image

पुस ३, कञ्चनपुर । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सो घटनाको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी छन् । घटना भएको पांच महिना हुन लाग्दा पनि आफ्नी छोरीको हत्यारा पत्ता लाग्न नसकेपछि रुष्ट भएकी आमा दुर्गादेवी पन्तले प्रहरी अधिकारी विरुद्ध जाहेरी दिएकी हुन् ।

मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएको बताइएको छ । सो घटनाको अध्ययन गर्न बनेको विशेष समितिले हत्या घटनाको अनुसन्धानका क्रममा गम्भिर लापरवाही भएको ठहर गर्दै गृहमन्त्री रामवहादुर थापा बादललाई प्रतिवेदन समेत बुझाई सकेको छ ।

प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको भन्दै कञ्चनपुरमा स्थानिय बासीन्दाले पनि आरोप लगाउँदै आएका छन् । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्नेछ । सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोपमा ८ कात्तिकमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो । उनीहरुलाई सरकारी सेवाका लागि योग्न हुने गरी बर्खास्त गरिएको थियो ।

post image

पुस ३,काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा ८८ वर्षीया वृद्धा बलात्कृत भएकी छन्।सोमबार दिउँसो घरमै पुगेर १६ वर्षका एक किशोरले वृद्धालाई बलात्कार गरेका हुन्।

खड्काका अनुसार आरोपित किशोरको थप अनुसन्धान भैरहेकाले मंगलबार नै अदालतबाट म्याद थप गर्ने तयारी भएको छ।  वृद्धाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए।

post image

पुस ३,बिरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित पाण्डेपुरमा प्रहरी तथा तस्करबीच झडप हुँदा ४ जना प्रहरी घाइते भएका छन्।  तेल तस्कर समूहले प्रहरीको थ्रि नट थ्री राइफल समेत खोसेर फरार भएको प्रहरीले जनाएको छ।

बिहान करिब ३ बजे मोटरसाइकलमा तेल लिएर जाँदै गरेका तेल तस्करहरूलाई रोक्न खोज्दा पाण्डेपुरका केही स्थानीय तस्कर तथा युवाहरूले हस्तक्षेप गरेपछि झडप भएको थियो।  तस्कर समुहले प्रहरीलाई घाइते बनाउनुका साथै प्रहरीहरूको साथमा रहेको राइफल खोसेर भागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए।

प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक नीरिक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र प्रहरी सहायक नीरिक्षक जयशुन महतो गम्भीर घाइते भएका छन्। गम्भीर अवस्थामा रहेका प्रहरीहरूको वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।

post image

मंसिर २७ , काठमाडौं ।  नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्।ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो। बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिन्छ। रोजगारी सर्भिसेजले बैंकको लागि देश भरिनै क्यूआर मर्चेन्ट नेटवर्क सेवा विकास तथा विस्तार गरेको बैंकको भनाइ छ। कोर्ड मार्फत ग्राहकले मोवाईलबाट सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन्।सेवा युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेजस“गको सहकार्यमा सुरु गरेको बैंकले जनाएको छ।

क्यूआर (कुइक रेस्पोन्स पेमेन्ट सर्भिस)काभुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा गठबन्धनले जोड दिने बैंकको दाबी छ। कोडलाई आफ्नो फोनबाटनै स्क्रयाच गरि आफूले रोजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन्।प्रणालीमो पियोएस टर्मिनलको आवश्यकता र कार्डमा सिधा सम्पर्कको आवश्यक नपर्ने जनाइएको छ। क्यूयार मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुने बैंकको भनाइ छ।

post image

मंसिर २७,रुपन्देही। रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ। तिलोत्तमा नगरपालिका –७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।

बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धापछि चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए। थापाका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन्।

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो। झगडापछि शिवपूजनले अशोकलाई घर जाउँ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए। रासस

post image

मंसिर २७,काठमाडौँ । प्रहरीले भरुवा बन्दुक बनाउने सामग्रीसहित पाँचथरमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ५, सुभाङका बुद्धिमान विश्वकर्मा रहेका छन्। उनलाई पाँचथरको याङवरक गाँउपालिका वडा नं. ३, ओयामबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 प्रहरी चौकी फलैंचाबाट खटिएको टोलीले विश्वकर्मालाई ओयामका शान्तबहादुर विश्कर्माको आरनमा बन्दुक बनाउँदै गरेको अवस्थामा बुधवार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको हो। उनको साथबाट ५ नाल भरुवा बन्दुकको पाटपुर्जा समेत फेला पारेको प्रहरीको भनाइ छ ।

 

post image

मंसिर २६, काठमाडौं । दुई हप्ताअघि काठमाडौंको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंक शाखाको एटिएम तोडफोड भएको घटनामा संलग्न आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले सिरहाको सुखीपुर नगरपालिका-६ घर भई हाल काठमाडौं-३१ स्थित देउराली क्बलमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेकाे हाे।

घटनापछि प्राप्त उजुरीका आधारमा अनुसन्धान गर्दा पैसा चोर्ने उद्देश्यले यादवले एटिएम तोडफोड गरेको खुल्न आएकाले उनलाई मंसिर २४ गते साँझ पक्राउ गरिएको बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले जनाएको छ। एटिएम फोड्नका लागि यादवले बायाँ खुट्टातर्फ पाइन्टमा लुकाएर बोकेको फलामको रड पनि बरामद भएको प्रहरीको दाबी छ। चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यही मंसिर ११ गते राति १ बजे मुक्तिनाथ विकास बैंकको भवनमा रहेको एटिएम तोडफोड भएको थियो।

post image

मंसिर २६ , दाङ। ८ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिलाई अदालतले ५ वर्षको कैद फैसला सुनाएको छ। बबई गाउँपालिका वडा नं। ६ निवासी ६९ वर्षीय बुद्धिराम थापालाई दाङ देउखुरी जिल्ला अदालते मंगलबार बालिका बलात्कारमा दोषी ठहर गर्दै ५ वर्ष कैद फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले थापालाई उक्त मुद्दामा दोषी ठहर गर्दै ५ वर्षको कैद र ५० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको हो। गत वैशाख १६ गते बालिकाका आफन्तले थापाविरूद्ध करणी अभियोगमा उजुरी गरेका थिए। ८ महिना पछि जिल्ला अदालतले थापालाई उक्त अभियोगमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको हो ।

post image

मंसिर २६,काठमाडौँ । महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ।

अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो।

प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङ्गको झोलाभित्र आठ फिट आठ इन्च लम्बाइ र दुई फिट चौडाइ भएको बाघको छालासहित गोँगबुस्थित नयाँ बसपार्कको आकाशे पुलबाट तामाङ र अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए। दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। रासस

post image

मंसिर २५,काठमाडौँ ।   महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ।

परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक/एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए।

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताए। पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ। रासस

post image

मंसिर २१, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइँको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शुक्रबार अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे, आयोजना प्रमुखहरू सहदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरिएको छ। कालिकाका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईविरूद्ध २ करोड ४० लाख ५५ हजार ८७२ रुपैयाँ बिगो मागिएको छ।

अख्तियारले आयोजना प्रमुख सरोजचन्द्र भपण्डितलाई ५९ करोड ३४ लाख ५२ हजार ४९४ रुपैयाँ बिगो मागेको छ।  आयोजना प्रमुख दिलीपबहादुर कार्कीविरूद्ध १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९ रुपैयाँ बिगो मागिएको छ।

 

post image

मंसिर २१, काठमाडौं । प्रहरीले काठमाडौंको सुकेधारामा रहेको एक सुधार गृहका संचालक पक्राउ परेका छन । उक्त गृहबाट २१ जना युवालाई उद्धार गरेको छ।

रुपेन्देहीका सन्तोष घिमिरेले सञ्चालन गरेको ट्रान्सफरमेसन नेपाल नामक सुधार गृहमा अमानवीय व्यवहार तथा यातना दिने र परिवारलाई समेत भेट्न नदिएको उजुरी प्रहरीमा परेको थियो।

प्रहरीले स्थानीय प्रतिनिधिको रोहबरमा गृहमा छापा मार्दा कानुन बमोजिम सञ्चालन नभएको पाइएकोले गृहमा रहेका सबैको उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। गृहमा रहेकालाई यातना दिएको आरोपमा गृहका सञ्चालक घिमिरे र कर्मचारी समित मल्ललाई पक्राउ गरिएको छ।

post image

मंसिर २०, काठमाडौँ। ट्युसन सेन्टरमा पढ्ने युवती बलात्कार घटनामा आरोपित शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। बेलबारी नगरपालिका-८ का २६ वर्षीय सन्तोष गुरुङलाई प्रहरीले मंगलबार साँझ बेलबारीबाटै पक्राउ गरी काठमाडौं ल्याएको हो।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जको टोलीले बेलबारी प्रहरीको सहयोगमा गुरूङलाई पक्राउ गरेको हो। बृत्तका प्रहरी नायब उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार मंगलबार राति नै गुरुङलाई राजधानी ल्याएर जबरजस्ती करणी अभियोगमा मुद्दा दायर गरी अनुसन्धान थालिएको छ।

बुधबार गुरुङलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रसाईंले बताए। ‘पीडक र पीडित दुबैको स्वास्थ्य जाँच गरी अनुसन्धान सुरू गरेका छौं,’ प्रसाईंले भने। कपनमा डेरा गरी बस्ने १७ वर्षीया उन्नता शर्मा (परिवर्तित नाम)लाई ललाइफकाई तथा धाकधम्की दिई करणी गरेको अभियोग गुरुङलाई लागेको थियो।

कपनमा ट्युसन सेन्टर चलाउँदै आएका गुरुङले दुई वर्षयता युवतीलाई जबरजस्ती करणी गरिरहेको उजुरी प्रहरीमा परेको छ। युवती प्रहरीमा गएपछि गुरुङ भागेका थिए। लगातार बलात्कारमा परेको भन्दै सुरूमा गत कात्तिक दोस्रो साता युवती प्रहरीमा उजुरी लेखाउन गएकी थिइन्। सुरूमा उनी बौद्ध प्रहरी गएकी थिइन्। बौद्ध प्रहरीले पहिले उजुरी लिन मानेको थिएन।

अन्तिमपटक गोंगबुमा जबरजस्ती करणी भएको खुलेपछि बौद्ध प्रहरीले अनुसन्धान विवरण महाराजगञ्ज बृत्तमा पठाएको थियो। महाराजगञ्ज बृत्तले उजुरीउपर छानबिन गर्दै गुरूङको खोजी थालेको थियो। प्रहरीले कानुनी प्रक्रियामा असहयोग गरेको समाचार आएपछि प्रहरी प्रधान कार्यालयले बौद्ध र महाराजगञ्ज प्रहरीलाई तत्काल आवश्यक कारबाही अगाडि बढाउन निर्देशन दिएको थियो।

प्रसाईंका अनुसार युवतीले आफूजस्तै अन्य ट्युसन पढ्नेहरू पनि जबरजस्ती करणीको सिकार भइरहेको बताएकी छिन्। उनीहरू डरले कानुनी प्रक्रियामा जान नसकेको उनले बताउँदै आएकी छिन्। ‘हामी त्यस्ता अन्य घटनाको खोजी गरिरहेका छौं, पीडितले निर्धक्क जाहेरी दिए कारबाही हुन्छ,’ प्रसाईंले भने।

post image

मंसिर २०, वीरगंज।  पर्सा प्रहरीले अबैध रुपमा वीरगंज आसपासमा विदेशबाट आयात गरी अवैध किसिमले भण्डारण गरी राखेका फर्महरुमा छापा मार्ने क्रममा हिजो वीरगंज–१६ भस्वा भेडिहारीमा राजेश महतो नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा मारेको छ ।

  अबैध रुपमा भण्डारण गरी राखिएको सात सय किलो मरिचसहित नुनियालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। पर्सा प्रहरीको टोलीले भण्डारको कानुन बमोजिम खानतलासी लिदा अबैध रुपमा भण्डारण गरी राखिएकोले मरिच बरामद गरी फर्म सञ्चालक नुनियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयमा पठाइएको उनले बताए।

विदेशबाट सस्तो दाममा मरिच मगाई भारतमा महँगो दाममा बेच्नको लागि नेपाल भारतको मरिच तस्करको गिरोह यो कार्यक्रमा संलग्न रहेको छ। वीरगंज आसापासबाट मरिच तस्कर सक्रिय बन्दा मरिच तस्करी रोकिन नसकेको वीरगंजवासी बताउँछन् ।

post image

मंसिर १९,पाँचथर । एक महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि पक्राउ परेका फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवासँग तीनवटा नागरिकता भएको खुल्न आएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरबाट नै विभिन्न नाममा गरी तीन वटा नागरिकता बनाएको खुलेपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

रक्सी खाएर एक महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा उजुरी परेपछि शिवालाई प्रहरीले पक्राउ गरेको थियो। कार्तिक १६ गते बलात्कारको प्रयास गरेको भन्ने उजुरी आएपछि प्रहरीले अनुसन्धान गर्दै जादा सो व्याक्तिबाट तीनवटा नागरिकता, राहदानी तथा नक्कली शैक्षिक कागजात फेलापरेकाे प्रहरी अनुसन्धानले देखाएकाे छ।

तीनैवटा नागरिकता फरक फरक मितिमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट लिइएको देखिन्छ। देवेन्द्र शिवा, अंकित शिवा र गौरब लिम्बुको नाममा नागरिकता लिएको खुल्न आएको डिएसपी कुवरले जानकारी दिए। करणी उद्योगमा जिल्ला अदालत पाँचथरले सोमबार शिवालाई पुर्पक्षमा थुन्ने आदेश दिएको छ भने किर्तेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

नागरिकता बनाउने घटना क्रम हेर्दा निक्कै राम्रो ‘सेटिङ’ भएको आशंका गरिएको छ। उनले २०६३, २०७० र २०७२ सालमा नागरिकता लिएको खुल्न आएको छ। शिवालाई लिम्बुको नाममा नागरिकता दिनेक्रममा सनाखत गरेको आरोपमा दुर्गाभक्त नेम्वाङलाई प्रहरीले पक्राउ गरेको छ। नेम्बाङले प्रहरीसँगको वयानमा आफूले सनाखत नगरेको बताएको खुल्न आएको छ। शिवाले भने नेम्बाङको नागरिकता लिएर आएर सनाखत गरेको बताउदै आएका छन्।

अन्तिम पल्टको नागरिकता बनाउदा गाविस सचिवले असोज–२९ गते सिफारीस गरेपनि कार्तिक २९ गते सनाखत भएको खुल्न आएको प्रहरी जनाएको छ। तर नागरिकता भने फाल्गुन–१८ गतेमात्र जारी भएको छ। मुचुल्कामा दस्ताखत गर्ने, सिफारीस गर्ने गाविस सचिव, जिल्ला प्रशासनका सम्बन्धित फाँटवालाका बारेपनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ। यसैगरी पब्लिक हाईस्कुल धरानबाट एसएलसी पास गरेको नक्कली प्रमाणपत्र समेत बनाएको खुल्न आएको प्रहरीले जनाएको छ। नागरिकता किर्ते, राहदानी किर्ते र सरकारी छापको दुरुपायोगमा उनीमाथि मुद्दा चलाउने तयारी भएकाे प्रहरीले जनाएकाे छ।

post image

मंसिर १७, तौलिहवा। बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–७ का प्रेमबहादुर ढाडी र रामवली कुर्मी रहेका छन्।

ढाडी र कुर्मीले महाराजगञ्ज नगरपालिका–४ बरईपुरका नरदाहे पासीले पालेको ११ बङ्गुर चोरी गरेका हुन्। दुवै जनालाई ११ बङ्गुरसहित तौलिहवाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महाराजगञ्जका प्रहरी नायब निरीक्षक अशोककुमार श्रीवास्तवले बताए। चोरीमा संलग्न एक जना अझै फरार छन्। रासस

post image

मंसिर १७, पर्वत । जबरजस्ती करणीको आरोपमा पर्वतमा एक भारतीय नागरिक पक्राउ परेका छन्। फलेबास नगरपालिका वडा नम्बर ५ मा डेरागरी बस्ने भारतीय नागरिक सद्रे आलम पक्राउ परेका हुन।

भारतको उत्तर प्रदेशस्थित बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्कल घर भएका २२ बर्षीय आलमले स्थानीय एक १३ बर्षिय बालिकालाई फकाएर जबरजस्ती करणी गर्दै आएको प्रहरीले जनाएको छ।

 उक्त सुचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी निरिक्षक रबिन्द्रकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको थियो। पक्राउ परेका आलमलाई पर्वत जिल्ला अदालतले यौन जन्य प्रकृतिका अपराधअन्र्तगत करणी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।

post image

मंसिर १६, काठमाडौँ । प्रहरीले २५ किलोग्राम चरेससहित बुटवलबाट चार जनालाई पक्राउ गरेको छ।ईलाका प्रहरी कार्यालय बुटवलले विशेष सुराकीको आधारमा चारै जनाको झोला खानतलासी गर्दा २५ किलोग्राम चरेस बरामद भएको जनाएको छ।

प्रहरीले जाजरकोट खलंगा गाउँपालिका वडा नं. ९ का ४४ वर्षका तिलक पुनबाट ६ किलोग्राम, जाजरकोटकै वारीकोट गाउँपालिका १ का २८ वर्षका टोपेन्द्र बोहराबाट ६ किलोग्राम, नल्गा गाउँपालिका वडा नं. २ का २८ वर्षका प्रेम विकबाट ७ किलोग्राम र बुटवल ११ का ४० वर्षका दिपेन्द्र घर्तीबाट ६ किलोग्राम गरी २५ किलोग्राम चरेस बरामद गरेको जानकारी दिएको छ।

post image

मंसिर १४,घोराही। घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो।

हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए। हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो। रासस

post image

काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका थिए ।  अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई चकलेट खान दिई फकाए होटलकै गाडीमा लगेका थिए ।

‘प्रहरी अनुसन्धानमा सार्कीले ६ः४५ बजे बालकलाई नागार्जुन जंगलमा लगी गाडीभित्रै बालकको नाकमुख तथा घाँटी थिचेर हत्या गरेको हो,’ एसएसपी सिंह भन्छन्, ‘हत्यापछि बालकको शवलाई किनेर लगेको जेब्रा झोलामा राखी सामाखुसी खोलामा फ्याँकेको हो ।’

बालकको हत्या गरेका उनै कार्कीले होटल फर्की मृतक बालकको बुबालाई भेटेर बालकको खोजीकार्य गर्न सहयोग समेत गरेका थिए । सार्कीले अपहरणपछि बालकको हत्या स्वीकार गरिसकेका छन् ।

post image

मंसिर १३, पोखरा ।  माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् ।

मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

उहाँका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो ।

post image

 मंसिर १२, काठमाडौं । सुनसरीको इटहरीमा एक मनि ट्रान्सफर सञ्चालकमाथि दिउसै छुरा प्रहार भएको छ । इटहरी उपमहानगरपालिका ९ हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि उनको कार्यालयमा नै छुरा प्रहार भएको हो ।

छुरा प्रहार गर्नेहरुको पहिचान नभएको र यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।  छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

छुरा प्रहार गर्नेहरुले रकम लुटेको वा नलुटेको विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

post image

मंसिर १२, काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले बल्खुको रोयल गेष्ट हाउस अगाडि रोकी राखेको बा १० च ८९९२ नंम्को टाटा डिआई गाडीलाई जाँचका क्रममा नक्कली सुन एक किलोग्रामसहित उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिइन्।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले विद्युतीय तराजु एक थान, कैंची एक थान र नगद रु ३६ लाख ६५ हजार बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post image

मंसिर ११, काठमाडौँ । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले चौधरीलाई भालुवाङ बजारबाट पक्राउ गरेको हो। चौधरीलाई घोराहीबाट काठमाडौं जाँदै गरेको अवस्थामा अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङका प्रहरी हवल्दार मोहनराम परियारको नेतृत्वमा खटिएको ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले तीन घण्टासम्म सवारी जाँच गरेपछि चौधरी पक्राउ परेकी हुन् ।

पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान सन्तकुमार चौधरी फरार छन् । यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् । रासस

post image

 मंसिर १०, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताए । “कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रु ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ”, उनले भने । रासस

post image

मङ्सिर ९, काठमाडौँ । लागूऔषध सेवन र कारोबारको विवादले काठमाडौं नयाँ बानेश्वर सुकुम्बासी बस्तीमा बस्ने बिक्की लिम्बुको हत्या भएको रहस्य खुलेको छ। लागूऔषध किनबेचको ८० हजार रुपैयाँ नदिएपछि हत्या भएको प्रारम्भिक बयानमा खुलेको हो ।

बिक्की हत्याको आरोपमा महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएका मनिष बानियाँ र महेश परियारले बिक्कीले पैसा  नदिएपछि हत्या गरेको बताए । महाशाखाले आइतबार लिएको बयानमा दुबैले बिक्कीलाई बोलाएर कुरा गर्न खोज्दा बादविवाद भएपछि छुरा प्रहार गरेको बताएका हुन्। महाशाखाका अनुसार दुबै जनालाई प्रहरीले अत्याधिक लागूऔषध सेवन गरेको अवस्थामा पक्राउ गरेको हो।

महाशाखाका डिएसपी रुगम कुँवरले पक्राउ परेका दुबैले घटनामा आफ्नो संलग्नता स्वीकारी सकेको र घटनाको कारण खुलाएको नेपालखबरलाई बताए। उनका अनुसार यो समूहले नयाँ बानेश्वर सुकुम्बासी बस्ती आसपासको क्षेत्रलाई आधार बनाएर लागूऔषध सेवन र किनबेच गरिरहेको थियो।

‘फरार रहेका मुन्ना भन्ने व्यक्तिले हरहिसाबका लागि बोलाएका थिए। बादविवाद बढेपछि छुरा प्रहार गरेको खुलेको छ,’ डिएसपी कुँवरले भने।

शनिबार दिउँसो काठमाडौंको तीनकुने गैरीगाउँस्थित सुकम्बासी टोलमा दुई समुहबीचको झडपमा लिम्बुको हत्या भएको थियो। घटनामा घाइते भएका २३ वर्षीय अनिल श्रेष्ठको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

मुख्य अभियुक्त मुन्ना भन्ने सरोज सुन्दास फरार रहेका छन्। महाशाखाबाट डिएसपी कुँवरको कमाण्डमा खटिएको टोलीले साङ्लाको बिहानीचोकमा लुकेर बसेको अबस्थामा शनिबार राति दुबैलाई पक्राउ गरेको थियो।  पक्राउमा परेकामध्ये बानियाँ यस अघि पनि ज्यान मार्ने उद्योग र लागू औषध मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्।

post image

मंसिर ९, चितवन । चितवन प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंं २ समीचोकबाट लागूऔषध र नगदसहित वर्ष २५ का केशव घले र सोही वडामा बस्ने वर्ष २४ का विशाल घले रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट डाईजेपाम २७१ एम्पुल,  नुफिर्न २७१ एम्पुल, फेनारगन २७१ एम्पुल बरामद गरेको छ । केशव र विशाललाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा केश घलेले बोकेको झोलामा ती लागु औषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव परीक्षक (डीएसपी) दीपेन्द्र शाहले जानकारी दिए ।

उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागूऔषध विक्री गरी आर्जन गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी शाहले जानकारी दिए ।

post image

मंसिर ९, कञ्चनपुर । बलात्कारपछि हत्या गरीएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अनिश्चितकालीन धर्ना बसेका निर्मलाका बुवा यज्ञराज पन्तलाई बेहोस बनाएर काठमाडौं ल्याउन लागिएको छ। उनको मानसिक अवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो। आइतबार बिहान बेहोस बनाएर उनलाई काठमाडौं ल्याउन लागिएको निर्मलाकी आमा दुर्गादेवी पन्तले जानकारी दिइन्। उनका अनुसार यज्ञराजले होस गुमाएर धेरै बोल्ने र हिँड्ने गर्न थालेपछि शनिबार दिउँसो सेती अञ्चल अस्पताल लगेर बेहोस बनाउने इन्जेक्सन दिइएको थियो।

‘हिजै जहाजमार्फत् काठमाडौं जाने टिकट लिएका थियौं। मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई जहाजले ल्याउन नमानेपछि आज एम्बुलेन्सबाट काठमाडौं लैजाँदै छौं,’ दुर्गादेवीले भनिन्। उनलाई त्रिवि शिक्षण अस्पताल लैजाने उनले जानकारी दिइन्। छोरीका हत्यारा पत्ता लगाउन र आफूहरूलाई न्याय दिन माग गर्दै कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयअघि निर्मलाका परिवारै धर्नामा बसेका छन्। हप्ता दिनअघिबाट निर्मलाका बुवा अस्वभाविक रूपमा बढी बोल्ने बरबराउने गर्न थालेका थिए।
उनी नियन्त्रणबाहिर जान थालेपछि उपचारका लागि काठमाडौं लैजान लागिएको हो।

निर्मला गत साउन १० गते साथीको घरमा होमवर्क गर्न भन्दै गएकी थिइन्। उनी फर्केर आइनन्। खोजी गर्दागर्दै भोलिपल्ट उल्टाखाम भन्ने ठाउँको उखुबारीमा उनी मृत अवस्थामा फेला परेकी थिइन्। उनलाई बलात्कार गरी मारिएको पोष्टमार्टम रिपोर्ट आएको थियो। उनको हत्यामा अनुसन्धानमा प्रहरीले लापरबाही गरेको भन्दै तत्कालीन एसपी डिल्ली विष्ट लगायतलाई बर्खास्त गरिएको छ। हत्यारा भने अझै पत्ता लाग्न सकेको छैन।

post image

मंसिर ८, वीरगन्ज । राजश्व गस्ती टोलीका सशस्त्र प्रहरीले महिला हरुलाई लछारपछार गर्दै कुटपिट गरेको दृष्य तथा भिडियो सार्वजनिक भएपछि स्थानीय प्रशासनले घटनामा संलग्न प्रहरीलार्इ कारबाही गर्ने भएकाे छ। घटनामा संलग्न सशस्त्र प्रहरी हवलदार महादेव पन्त र सशस्त्र प्रहरी सहायक हवल्दार केशवराज पन्त उपर कारवाही थालिएको सशस्त्र प्रहरी र स्थानीय प्रसाशनले जनाएको छ। भारतीय बजार रक्सोलबाट वीरगन्जतर्फ अबैध रुपमा भित्र्याएर समान ल्याउँदै गरेको भनी सशस्त्र प्रहरीले ती महिलालार्इ कपाल तान्दै लछारपछार पारेकाे तस्बिर तथा भिडियाे सार्वजनिक भएकाे थियाे। घटनाकाे समाजिक सञ्जालमा विराेध गरिएकाे छ।

‘सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म र अरु सुरक्षा इकाइको मिलोमतोमा संगठित तस्करी चलेको भन्ने आरोप ढाकछोप गर्न यस्ता महिला र अन्य सर्वसधारणको सामान सिमामा खोस्ने प्रवृत्ति अनुसार यो घटना भएको धेरैले टिप्पणी गरेका छन्। वीरगन्ज भन्सारमा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले घटनामा संलग्न दुबै जनालाई कारबाहीको लागि सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय पर्सामा लगिएको बताए।

उनले भने, ‘हदैसम्म कारबाही गर्ने भनी सशस्त्र प्रहरी महानिरीक्षक ज्युको आदेश छ,’ , ‘कस्तो प्रकारको हुन्छ भन्ने सशस्त्र प्रहरीको कानुन महाशाखाको रायले तय हुन्छ। पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले समेत घटनामा संलग्नमाथि कारबाहीको प्रक्रिया सुरु भएको जानकारी दिए।

post image

मंसिर ८, कपिलवस्तु। प्रदेशसभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट गत वर्ष सम्पन्न प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदबार रहेका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को गोली प्रहार गरी हत्या गरिएको छ। जिल्लाको शुद्धोधन गाँउपालिका-४ मोतीभारीस्थित घर नजिकै उनीमाथी गोली प्रहार भएको हो।

युवाहरुको दुई समूहबीच भइरहेको झडप मिलाउन जाँदा उनीमाथी गोली प्रहार भएको थियो। उनको शरिरका विभिन्न भागमा पाँच गोली लागेको प्रहरीले जनाएको छ। घटना गएराति ९ बजेतिर भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको भएपनि दश बजेतिर निधन भएको प्रहरी नायव उपरिक्षक प्रवि रावलले बताए।

गोली प्रहार भएको स्थानमा गोलीका ३,४ खोका भेटिएको जनाउदै केहि शंकास्पद व्यक्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक सन्तोष पोखरेलले जानकारी दिए।

post image

मंसिर ७,काठमाडौँ । तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन्। सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन्। बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार नियन्त्रणमा लिएको हो।

एसपी गिरीले भने, ‘बैंकिङ कसुरको अभियोगमा नियन्त्रणमा लिएका हौँ। आज अदालतमा उपस्थित गराएर थप अनुसन्धान सुरु गर्छौँ।’ व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो। ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो। ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनलाई कैद र जरिवानाको फैसला गरेको थियो। नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो।

 

 

post image

मंसिर ७,काठमाडौँ । ८८ किलो सुन तस्करी मुद्दामा काठमाडौँ जिल्ला अदालतले फरार मुख्य अभियुक्त दुई चिनियाँ नागरिकसहित तीन जनालाई दोषी ठहर गरेको छ। ०७४ भदौमा भएको संगठित अपराधमा मुद्दा चलाइएका १३ प्रतिवादीमध्ये १० जनालाई भने प्रमाण अभावमा सफाइ दिएको छ।

न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले मंसिर ४ गते अभियुक्तमध्ये तीनलाई दोषी ठहर गरेको हो। गत वर्ष भदौमा रसुवा नाका हुँदै काठमाडौँ भित्र्याइएको ८८ किलो सुन क्षेत्रपाटीमा समातिएको थियो।

काठमाडौँ जिल्ला अदालतका रजिस्ट्रार कृष्णप्रसाद नेपालले मुद्दामा आंशिक ठहर भएको बताए। नेपालले मुख्य अभियुक्त र एक सवारी चालकलाई अदालतले दोषी ठहर गरेको बताए। अन्य प्रतिवादीको हकमा सफाइ भएको उनले जानकारी दिए।

अदालतले दोषी ठहर गरेकामध्ये मुख्य अभियुक्त भनिएका याङ वइमिङ र पान वइमिङ छन्। उनीहरु दुबै पक्राउ पर्न सकेका छैनन्। उनीहरुलाई अदालतले जनही ५ वर्ष कैद र ४३ करोड ७० लाख रुपैयाँ जरिवाना हुने आदेश गरेको छ।

यस्तै, भरियाका रुपमा रहेका सवारी चालक मनोज अधिकारीलाई तीन वर्ष कैदको सजाय सुनाइएको छ। अधिकारीलाई प्रहरीले सुनसँगै पक्राउ गरेर मुद्दा चलाएको थियो। जिल्ला अदालतकै थुनछेक आदेशले उनी थुनामै छन्। अधिकारीलाई पनि मुख्य अभियुक्त सरह जरिवाना तोकिएको छ।

post image

मंसिर ६, काठमाडौँ। नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६ लाखभन्दा बढी मूल्यको चाँदीसहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट रु ६ लाख ३० हजार मूल्य पर्ने १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई नियन्त्रणमा लिएको हो।

वीआ२२एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक ढकालले चाँदीसहित पक्राउ परेका कानु तथा बरामद भएका वस्तुसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको बताए।

post image

मंसिर ६, भक्तपुर। भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा बुधबार चोरी भएको छ।
सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ ।यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्।

प्रेस विज्ञप्ती जारी गर्दै उहाँले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथासीघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गरेको नगरपालिकाका प्रशासकीय अधिककत कमल ज्ञवालीले जानकारी दिए। रासस

post image

मंसिर ५,गाईघाट।  उदयपुरको कटारीस्थित त्रिवेणीका एक युवकलाई बालविवाह गरी जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले आठ वर्ष जेल सजायको फैसला गरेको छ। जिल्ला अदालतले कटारी नगरपालिका–२ त्रिवेणीका २५ वर्षीय रविलाल तामाङलाई जेल सजायको फैसला गरेको हो।

सोमबार जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले १४ वर्षीय बालिकासँग जबर्जस्ती विवाह गरी करणी गरेको अभियोगमा आठ वर्ष जेल सजाय तोक्नाका साथै पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए।

असार १९ गते तामाङले बालिकासँग जबर्जस्ती बालविवाह गरी करणी गरेका थिए। असार २२ गते पीडित बालिकाको पक्षबाट इलाका प्रहरी कार्यालय कटारीमा तामाङविरुद्ध उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरी बालविवाह र जबर्जस्ती करणी सम्बन्धी मुद्दा चलाएको थियो। रासस

post image

मंसिर ५, सुनसरी  । सुनसरीको दुहबीमा गोली लागि एक व्यक्तिको ज्यान गएको छ । स्थानीय इँटा भट्टाका सुपरभाइजर फिदा हुसेनलाई गोली हानेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

४५ बर्षिय हुसेनलाई  बुधबार मर्निङ वाकमा निस्किएका बेला गोली हानिएको हो ।हुसेनलाई दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा रहेको जय बाबा इटा उघोग अगाडी बाईकमा आएका दुई जनाको समुहले गोली प्रहार गरेका थिए ।

हुसेन दुहबी नगरपालिका ९ का वडाध्यक्ष एव सुनसरी क्षेत्र नं. ३ का सभापति मेहेदी हुसेनका भाई हुन । उनि बिहान मर्निङ वाक गरिरहेको अवस्थामा बिहान ६: ३० को समयमा गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयाँलले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । यसैवीच घटनाको विरोधमा मृतकका परिवार तथा आफन्तले प्रदर्शन गरेका छन् । मृतकको शव उनकै घरमा राखिएको छ ।

post image

मंसिर ४, भद्रपुर । बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमाला पक्राउ परेका छन् ।

धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताए ।

बालिकाको स्वास्थ्य परीक्षणका लागि मंगलबार मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।रासस

post image

मंसिर ४, काठमाडौं । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अस्पतालका १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र स्वयम् बन्दुकधारी छन् ।  पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । स्थानीय समय अनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिए । उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।

 शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।

post image

मंसिर ३,सप्तरी । सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरेको छ।

छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितको भनाई छ। पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए। रासस

post image

मंसिर २, रुकुम।  रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्।

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा स्वयमप्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा आमाछोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

बुढाले श्रीमती र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको उनले बताए। बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए। बुढाले मदिरा सेवन गरी श्रीमती र छोराको हत्या गरेको बुझिएको र बाँकी अनुसन्धान गर्न बाँकी रहेको खड्काको भनाइ छ। बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीयवासीले भने बुढा मानसिक रूपमा स्वस्थ नरहेको बताएका छन्। बुढा यसअघि पाँच दिन जङ्गलमा बसेका थिए। परिवारले खोजी गरी घर ल्याई धामीझाँक्री गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला घटना भएको स्थानीयवासीको भनाइ छ। बुढा परिवारमा यसअघि पनि पटकपटक झगडा हुने गरेको थियो। रासस

post image

मंसिर १, धनगढी। धनगढीमा गएराति एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–४ स्थित प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटेलको परिसरमा राति करिब ९ बजे धनगढीकै खानेपानी कार्यालय नजिकै बस्ने अन्दाजी २७ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए। सेती अंचल अस्पताल पुराएलगत्तै उनको मृत्यु भएको थियो। हत्या आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्बर – ४ कै आशिष सेठीलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनी लागू औषध मुद्दामा फरार अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। घटना प्रकृति र प्रारम्भिक अनुसन्धानअनुसार हत्या गरिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिर्पोट पछि थप तथ्य पत्ता लाग्ने प्रहरी प्रहरी नायव उपरीक्षक ओलीले बताए। घटनास्थल सिल गरेर आज बिहान प्रहरीले मुचुल्का उठाएको छ। होटेलको पछाडि सिंडीमा समेत रगत बगेको छ।  होटेल संचालक लोकराज उप्रेतीले राती करिब ८ बजेतिर नै आफू होटेल बन्द गरेर गइसकेको र घटनाबारे केही जानकारी नभएको बताएका छन्। आज बिहान घरवेटीले बोलाएपछि उनले होटेलमा पुगेको र त्यसपछि मात्रै घटनाबारे जानकारी पाएको बताए।

होटेल बन्द गर्नुअघि दुई युवा आएर दुई क्वाटर डाइमण्ड जिन किनेर गएपछि होटेल बन्द गरेर घर गएको उनको भनाइ छ। ती दुई युवाको नाम थाहा नभएको तर अनुहार देखेपछि चिन्ने उनले बताए।  घरधनी ज्ञानेन्द्र चौधरीले आफू भित्र सुतिरहेको र एक्कासी ठूलो आवाज र हल्ला सुनेपछि बाहिर आउँदा युवा लडेको तथा रगत आउँदै गरेको र अर्का युवकले घिसार्दै लगेको देखेपछि प्रहरीलाइ खबर गरेको बताए। केही समयपछि प्रहरी टोली घटनास्थल पुगेर युवकलाइ पक्राउ गरी घाइतेलाई अस्पताल लगेको उनले जानकारी दिए।

post image

 कात्तिक  ३०, कञ्चनपुर । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटना अनुसन्धानका क्रममा प्रहरीले थप चार जनाको  डिएनए परीक्षणको रिपोर्ट सार्वजनिक भएको छ। शंकास्पद मानिएका चार जनाको परीक्षण रिपोर्ट प्रहरीले सार्वजनिक गरेको हो। चारै जनाको डिएनए रिपोर्ट नमिलेको हो। निर्मलाको भेजिनल स्वाबमा भेटिएको विर्यसँग नमूना नमिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर बहादुर कठायतले जानकारी दिए।

चार जनाको महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको थियो। अन्य तीन जनाको पनि डिएनए परीक्षण गर्ने तयारी प्रहरीले  गरेको छ। यसअघि प्रहरीले एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, आयुष विष्ट, दिलीपसिंह विष्ट लगायतको  डिएनए परीक्षण गरिसकेको छ। डिएनए परीक्षण गरिएका सबैको नमूनाको नतिजा नेगेटिभ आएको थियो।

साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते बिहान घर नजिकै उखुबारीमा शव फेला परेको थियो। ११० दिन बितिसक्दा पनि हत्याराको पत्ता लगाएको भन्दै गत आइतबारदेखि निर्मलाका बाबु यज्ञराज पन्त धर्नामा छन्।

post image

कात्तिक  ३०, कञ्चनपुर । बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् । पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।

कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ । उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तकोसमेत रक्तचाप बढेको पाइएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् । यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए । साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । रासस

post image

कात्तिक २९, परासी। नवलपरासीको सुस्ता गाउँपालिकाबाट प्रहरीले मावन बेचविखन तथा ओसार–पसार गर्ने एक महिला एजेन्टलाई पक्राउ गरेको छ ।  कुवेत पठाउने भन्दै भ्रममा पारेर भारतमा बेच्न लैजाने क्रममा प्रहरीले सुस्ता गाउँपालिका ५ बस्ने २८ बर्षीया एजेन्ट सुनिता गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले बेचन लगिएका तीनजना महिलाहरुको उद्दार पनि गरेको छ । पक्राउ परेकी गुरुङको घरबाट सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका ६ बस्ने २८ बर्षीय संगिता थामी, चौताराकी ३० बर्षीय ग्यामो सिर्पानी र बाँके राप्तीसुनसरीकी ३५ बर्षीय मनिषा विश्वकर्माको उद्दार गरेको प्रहरी चौकी रामनगरले जनाएको छ ।

एजेन्ट गुरुङ्गले तीनैजना महिलाहरुलाई जिल्लाको पक्लिहवाँ नाकाबाट छिराउँदै भारतको गोरखपुरबाट रेल चढाई दिल्ली लैजाने र दिल्लीबाट कुवेत पठाउने भनेर भारतीय एजेन्टलाई गोरखपुरमा जिम्मा लगाउने योजना बनाएको खुलेको छ ।

प्रहरीले गुरुङले एकजना महिलालाई भारतको गोरखपुरसम्म पु¥याउँदा खर्च कटाएर १० हजार रुपैयाँ कमिसन लिने गरेको जनाएको छ ।

post image

कार्तिक २८, काठमाण्डौं । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी काम गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ। जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए।

जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य अभिजित गुप्ताले ग्रहण गरेका उक्त अवार्ड आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे। संस्थाले एशोसिओ आउटस्ट्याण्डिङ कम्पनी, आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्ने गर्छ। त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो।

 सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवर्द्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो। संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन्। यसअघि २०७५ भदौ १ गते नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल भएको थियो। सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो।

post image

कात्तिक २८, काठमाडौँ । महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी श्यामकुमार राई विरुद्ध अाज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । राईले सोनी कम्पनीको टीभी खरिद गरी ल्याइदिन भन्दै व्यवसायीसँग जिन्सी घुस मागेका थिए ।

तर,  पछि टिभी खरिद गरे बापतको बिलको भुक्तानी दिनको लागि सेवाग्राहीलाई पटक–पटक फोन गरी उनले घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले पक्राउ  गरेको थियो । उनलाई एक लाख ४० हजार घुससहित पक्राउ गरिएको थियो  ।

अनुसन्धानका क्रममा उनले  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले  बिगो १ लाख ४०  हजार  कायम गरी जरिवाना र कैद सजाय मागदाबी सहित  मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

post image

कात्तिक २८, चितवन।  कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् ।

प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उनले बताए ।

केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उनले बताए । यकिन तथ्याङ्क नआए पनि करिब रु २० लाखको क्षति भएको चौधरीले बताए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेकालाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन् । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका छन् । रासस

post image

कात्तिक २७,काठमाडौँ। सहकारीको रकम हिनामिना गरेको अभियोगमा दाङ प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ।

राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको भन्ने जाहेरीका आधारमा ऋण समितिका संयोजक सन्तोषकुमार गुप्तालाई कात्तिक २४ गते भालुवाङबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

यहि कात्तिक १८ गते उक्त सहकारी संस्थाका अध्यक्ष टेकबहादुर कार्की, कोषाध्यक्ष रामप्रसाद चौधरी र सदस्य शिवहरी चौधरीले ईलाका प्रहरी कार्यालय भालुवाङमा गुप्तासहित तीन जनाविरूद्ध रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिएका थिए।

त्यस्तै,राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी तथा उक्त सहकारी संस्थाकी व्यवस्थापक रमिता चौधरी र उनका पति तथा संस्थाका पूर्व सचिव वसन्तकुमार चौधरीविरूद्ध पनि  ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको जाहेरी परेको छ। तर चौधरीका पति/पत्नी फरार रहेको हुँदा खोजी कार्य तीव्र पारिएको ईप्रका भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले सेतोपाटीलाई बताए ।

यसैबीच,पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान गर्नको लागि दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जानकारी दिइएको छ । पक्राउ परेका गुप्ता र फरार चौधरी दम्पत्तिविरूद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको पाण्डेले बताए ।

post image

कात्तिक २७,गाईघाट। उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीय बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ। शनिबार गोठालो गएकी खड्का आइतबार मृत भेटिएकी थिइन्। एल्जिनाका ठूलाबुबा दुर्गाराजका अनुसार उनको शव कुर्तासुरुवाल च्यातिएको, पेन्टी च्यातिएको, मुखमा कपडा कोचेको तथा घाँटी र शरीरमा चोट लागेको अवस्थामा फेला परेको थियो।

धरानबाट तालीमप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धनका लागि घटनास्थलमा पठाएको प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। घट्नाबारे अनुसन्धान भइरहेको उनले बताए।

एल्जिनाको शव परीक्षणका लागि सोमबार धरानस्थित बिपी मेमोरियल अस्पताल लगिएको छ। एल्जिनाको परिवारले उनको सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छ। रासस

post image

कार्तिक २७, काठमाडौं । एम्नेष्टी ईन्टरनेशनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित पुरस्कार फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यकको मामिलामा संवेदनहिनता देखाएको भन्दै सुकीलाई दिएको एम्बासडर अफ कनसाईन्स अवार्ड एम्नेष्टीले फिर्ता लिएको हो । म्यानमारमा सैन्य कारवाहीका कारण रोहिंग्या समुदायका ७ लाख बढी नागरिक बंगलादेशको शरणमा छन् ।

७३ वर्षिय सुकीलाई यसअघि क्यानडाले दिएको मानार्थ नागरिकको सम्मान समेत खोसेको थियो । एम्नेष्टीका महासचिव कुमी नाईडोले सुची हौसला, आशा र मानवअधिकारको संरक्षकको छविमा कायम नरहेको उल्लेख गर्नुभएको छ । सैन्य कारबाही भएको सत्यलाई नकार्नु सुचीका लागि हानिकारण भएको बीबीसीले उदृत गरेको छ ।

म्यानमारमा प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेकी नेतृ सुकी सन् २००९ मा नजरबन्दकै अवस्थामा नोबेल शान्ती पुरस्कारबाट सम्मानित हुनु भएको थियो । सुकीलाई म्यानमार सरकारले १५ वर्षसम्म उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेष्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको ठीक २० वर्षपछि एमनेस्टीले सुकीलाई सर्वोच्च सम्मान दिएको थियो ।यसअघि एमनेस्टीको उक्त सर्वोच्च सम्मान नेल्सन मन्डेलाले पाएका थिए । बीबीसी

post image

कात्तिक २६,विराटनगर। मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपतिलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन्।

यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई रहेका छन्।

उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक तास बरामद गरेको छ। पक्राउ परेका पाँच जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। रासस

post image

कार्तिक २५, कञ्चनपुर । राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आजबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् । आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना सुरु हुँदैछ’ निर्मलाका बाबु यज्ञराज पन्तले बताए । उनले धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण सहभागि हुने जानकारी पनि दिए ।

‘साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक गरेन, त्यहि भएर म धर्ना बस्न लागेको हो । कि त सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो, कि दिनुपर्यो मेरो सरकारलाई यहि सन्देश छ,’ यज्ञराजले भने । उनले निर्मला र आफुले न्याय पाउने आशमा चार महिना वित्न लागेको भन्दै सरकारले हत्यारा सार्वजनिक गर्न सक्दिन भनिदिए आफू आफ्नो व्यवसाय गरेर बस्ने बताए ।‘म पानीपुरी र चटपटे बेचेर जीवन धान्दै आएको हुँ, घटनापछि मैले मेरो व्यवसाय पनि गर्न पाएको छैन, म आफै पनि बिरामी भइसकेको छु । तर, सरकारले न्याय दिने नाममा झुक्याइरहेको मलाई अनुभुति भएको छ ।

त्यसैले म अब, धर्ना हुदै अनसनसमेत बस्छु’ आइतबार बिहान यज्ञराजले भने, ‘सरकारले अहिलेसम्म झुक्याउने बाहेक केही गरेन ।’ यज्ञराजले यसअघि गत कार्तिक १८ आफ्नै घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पत्रकार सम्मेलन गरेर कार्तिक २५ गतेबाट धर्ना बस्ने घोषणा गरेका थिए ।  उनले पत्रकार सम्मेलनमा भनेका थिए ‘मेरो अरु केही माग छैन । म नयाय नपाउँदा डिप्रेशनको बिरामी भैसकेको छु ।’

निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । घटनाको छानविनका लागि केन्द्रीय तथा स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन । जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ भने पीडित परिवारका लागि न्याय टाढिदै गएको छ ।

post image

कार्तिक २२, काठमाडौं । तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था अपनाइसकेको जनाएको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटाका पड्काउने र मादक पर्दाथ सेवन गरेर हो–हल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसार सम्मको मुद्दा चलाउने तयारी प्रहरीको छ ।

यस्ता गतिविधिमा संलग्नलाई तत्काल कारबाही गर्न सादा पोशाकका प्रहरी परिचालन गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो ‘तिहारलाई सुरक्षित बनाउने गरि हामी लागेका छौँ । कसैले पनि पटाका लगायतका प्रज्ज्वलनशील पदार्थ पड्काए तत्काल समातेर कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको छ ।’  भारतीय सीमा क्षेत्र तथा उपत्यका भित्रिने विभिन्न नाकामा पटाका लगायतका पदार्थको चेकिङमा समेत कडाई गरेको दाबी प्रहरीको छ ।

अहिलेसम्म प्रहरीले मुलुकभरबाट लाखौं मूल्य बराबरको पटाका बरामद गरिसकेको छ । यस्तै सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रहरी र स्थानीय प्रशासनले ७७ वटै जिल्लामा देउसी भैलो खेल्ले समय निर्धारण गरेका छन् । प्रवक्ता सुवेदीले भन्नुभयो ‘सुरक्षालाई ध्यानमा राख्दै रातको समयमा देउसी भैलो नखेल्न अनुरोध गरेका हौं । जुवातास खेल्ने समूहको पनि प्रहरीले निगरानी बढाएको छ ।

post image

कात्तिक २०, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ।

सार्वजनिक पदमा रहँदा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंह राजपाको कर्मचारी युनियनका अध्यक्ष समेत भइसकेका छन्।

निजामती सेवाको सहायक वन अधिकृतबाट उनले अवकाश पाएका थिए। २०४३ सालमा सरकारी सेवा प्रवेश गरेका सिंहले एक करोड ९१ लाख ६१ हजार ६२५ रुपैयाँ अवैध रुपमा आर्जन गरेको अख्तियारको दाबी छ। अख्तियारले जाँच अवधिमा सिंहको कूल तीन करोड  ५१ लाख ८२ हजार ६४४ रुपैयाँ सम्पत्ति रहेको ठहर गरेको छ। जसमध्ये एक करोड ६० लाख २१ हजार १८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २०(१) बमोजिम सिंह कसुरदार ठहर भएमा २ वर्षसम्म कैद हुन सक्नेछ। यस्तै गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्तिबाट बढे/बढाएको सम्पत्ति पनि जफत हुनेछ। ऐनको प्रावधान अनुसार बिगो रकम बराबरको जरिवाना पनि असुल हुनेछ।

गैरकानुनी रुपमा सिंहले आर्जन गरेको सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा अख्तियारले सिंहकी श्रीमती गीतादेवी सिंह, छोराहरू अनुपकुमार सिंह र अचलकुमार सिंहलाई पनि प्रतिवादी बनाएको छ।

post image

कात्तिक १९,काठमाडौँ। बर्दियाको बढैयातालमा आइतबार राति ‘गोली प्रहार’ गरी एक व्यक्तिबाट ५० हजार लुटपाट भएको छ। राति २ बजे गोबरियापुरका ३५ वर्षे मोहन खटिकमाथि अज्ञात समूहले ‘गोली प्रहार’ गरी रकम लुटेको हो।

परिवारका सदस्यले खटिकलाई गोली हानेको बताए पनि घटनास्थलमा गोलीको खोका नभेटिएको प्रहरीले जनाएको छ।

आक्रमणबाट घाइते भएका खटिकको नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। खटिकको पेटमा चोट छ। खटिकलाई आक्रमण गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

post image

कात्तिक १८, काठमाडौं। महानगरीय अपराध महाशाखाको टोलीले गुण्डा नाइके समीरमान बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 शरद गौचन हत्या प्रकरणमा उनको पनि संलग्नता देखिएकाले नियन्त्रणमा लिइएको महाशाखाका एक अधिकृतले जानकारी दिए ।

स्रोतका अनुसार केही दिन अघि पक्राउ परेका लोप्साङ भन्ने सोम तामाङ, नार्गाजुन काठमाडौंका रोशन बूढाथोकी र उदयपुर रौताका अमरबहादुर रानाले शरद गौचनको हत्यामा प्रयोग भएको हतियार मायाले नै उपलब्ध गराएको बयान दिएपछि उनलाई पक्राउ गरिएको हो ।

बस्तेतलाई प्रहरीले यसअघिनै सोही प्रकरणमा पक्राउ गरिसकेको छ । गतवर्षको असोजमा वानेश्वरमा  भएको गौचनको हत्या समीरमानकै योजनामा भएको प्रहरीले दाबी गर्दै आएको छ ।

post image

कार्तिक१७,काठमाडौं । अमेरिकाले  इरानमाथि यसअघि हटाइएको प्रतिबन्धलाई पुन: ब्यूताउँने भएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएका इरानविरुद्धका सबै अमेरिकी प्रतिबन्धहरू पुन: लागु गरिने ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सो सम्झौता अन्तर्गत अमेरिकाले प्रतिबन्ध हटाउने र इरानले आफ्ना विवादास्पद परमाणु गतिविधिलाई बन्द गर्ने उल्लेख थियो ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे देखि नै इरानसँगको सम्झौताविरुद्ध टिप्पणी गर्दै  सम्झौता सुरुदेखि नै खराब भएको बताउँदै आउनुभएको थियो । ट्रम्पले /इरानले सम्झौता विपरित आफ्ना परमाणु कार्यक्रमलाई जारी राखेको आरोप लगाउनुभएको छ ।

यद्यपी सम्झौताका पक्ष राष्ट्रहरू बेलायत फ्रान्स, जर्मनी, रुस र चीनले भने आफूहरु सम्झौताप्रति प्रतिबद्ध रहेको बताएका छन् । ती राष्ट्रहरुले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन् । इरानले भने ट्रम्पले मनोवैज्ञानिक युद्ध गरेको आरोप लगाएको छ । बीबीसी

post image

कात्तिक १६, काठमाडौं । यात्रुावाहक बसमा लुकाई छिपाई ल्याएको अवस्थामा नागढुंगा प्रहरीले २२ लाख ५० नेपाली नगद रुपैंयाँसहित एक नेपाली नागरिक मोहम्मद हसीव सिद्दिकीलाई शुक्रबार पक्राउ गरेको छ ।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ५ ख ६४७७ नं.को बसमा प्रहरीले चेक जाँच गर्दा फेला परेको हो ।  प्रहरी श्रोतका अनुसार उक्त रकम काठमाडौंमा अवैध सुन खरिद गर्नका लागि ल्याइएको थियो । सोही सुचनाका आधारमा बाँके जिल्ला नेपालगंज उपमहानगरपालीका ४ का  ३६ वर्षिय मोहम्मद हसीव सिद्दिकीको कपडाको झोला तथा शरिरमा २२ लाख ५० हजार  रुपैंया बाँधेर  ल्याएको अवस्थामा फेला परेको हो ।

सो सुन काठमाडौंबाट भारत पुर्याउने योजना रहेको प्रहरीको दाबी छ । शरिरमा लुकाई छिपाई ल्याएको श्रोत खुलाउन नसकेको उक्त रकमसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको बताएको छ ।  पक्राउ परेको रकमसहित सिद्दिकीलाई थप अनुसन्धानका लागि राजस्व अनुशन्धान पठाइएको प्रहरीले जनाएको छ ।

post image

कात्तिक १५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।

यस्ता भ्रमपूर्ण, झुटो समाचार सम्प्रेषण नगर्न नगराउन सो महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

post image

कात्तिक १५, काठमाडौँ ।  प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ। असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी गरेर दलबहादुर पुन फरार भएका थिए ।

होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा २१ वर्षीय पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए।  पुन कार्ड चोरी गरी रोल्पा थवाङ गाउँपालिका क्षेत्रमा बिक्री गरिरहेको अवस्थामा मंगलबार पक्राउ परेका हुन्। चोरी भएका कार्ड प्युठान स्वर्गद्वारी नगरपालिकास्थित पुनको ससुराली घरमा फेला पारिएको एसपी कृष्णहरि शर्माले जानकारी दिए।

पुनले ५० दरका सात हजार ६०० थान, १०० दरका १० हजार ५०० थान र ५०० दरका ३६० थान रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जनाएको छ। पुनमाथि चोरी अभियोगमा अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post image

कात्तिक १४, काठमाडौँ ।  उखु किसानको ४७ करोड २७ लाख भुक्तानी नदिने मिल संचालकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। गृह मन्त्रालयको आदेशपत्र पछि महानगरीय प्रहरी परिसर काठमाडौंले इन्दिरा सुगर एण्ड एग्रो इन्डस्ट्रीज प्रालि नवलपरासी र अन्नपूर्ण सुगर मिल्स सर्लाहीका संचालक राकेश अग्रवाललाई मंगलबार पक्राउ गरेको हो।

लामाे समयदेखि उखुकाे पैसा नपाएका किसानहरूले अापूर्ति मन्त्रालयमार्फत उजुरी गरेका थिए। साेही उजुरीकाे पत्र अापूर्तिले गृहलार्इ पठाएर कारवाही अघि बढाउन अाग्रह गरेअनुसार अग्रवाल पक्राउ परेका हुन्।

पक्राउ परेका मिल संचालक अग्रवाललाई सम्बन्धित जिल्ला पठाउने तयारी भइरहेको छ। अग्रवाल संचालक रहेको इन्दिरा सुगर मिल्सले ८ करोड ५८ लाख र अन्नपूर्ण सुगर मिल्सले ३८ करोड ६८ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उजुरीमा उल्लेख छ।

यसअघि अग्रवालसहित चार चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न गृहमा उजुरी परेकाे थियाे। गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्रिज प्रालि सर्लाही र इन्दिरा सुगर मिल्स नवलपरासीका अर्का सञ्चालक  ज्ञानप्रसाद भट्टराई, बागमती सुगर मिल्स नवलपरासीका सञ्चालक जगदीशकुमार अग्रवाल र एभरेष्ट सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज महोत्तरीका सञ्चालक शशिकान्त अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन दिएकाे थियाे।
post image

कात्तिक १३, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध  रुपमा चीन लैजान लागेकाे सवा एक लाख अमेरिकी डलरसहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ। राहदानी नम्बर इडी ४८२९४७८ बाहक इआशालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनिया नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट चीनको गोन्जाओ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले फेला पारेको थियो।

post image

कार्तिक १३, काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न थप ५२ सय सेना खटाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सीमामा थप सेना खटाउने भएको हो ।  जेनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफुल पेट्रिओट’ नामक सुरक्षा अभियान अघि बढाइएको  र एक सातापछि हुने संसदीय चुनाव केन्द्रित सुरक्षाका लागि विशेष रणनीति अपनाइएको बताउनुभएको छ । ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी हेलिकप्टर, सुरक्षा तारवारसहित  अन्य अस्त्र समेत तयारी अवस्थामा राखिएको जानकारी गराउनुभएको बीबीसीले उल्लेख गरेको छ । सो अभियान  टेक्सास, क्यालिफोर्निया र एरिजोना राज्यमा केन्द्रित रहने पेन्टागनले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले अतिक्रमण गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताउनुभएको छ ।   ट्रम्पले टवीट गर्दै आप्रवासीको भीडमा आपराधिक समूहका सदस्य र केही नराम्रा मानिस पनि मिसिएको भन्दै उनीहरुलाई फर्कन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कृपया तपाईहरू फर्किनुस्, कानूनी प्रक्रियाबाट नआएसम्म तपाईहरूलाई अमेरिकामा प्रवेश दिइने छैन ।’

गत अप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सीमा क्षेत्रमा  २१ सय सेना तैनाथ गरिएका छन् । एक सातापछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका छन् । नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमाथिको आफ्नो बहुमत कायम राख्ने  प्रयासमा छन् ।

post image

कात्तिक १२,कपिलवस्तु ।  कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्राको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मजदूरी गरी खाने परियारले मादकपदार्थ सेवन गरी झगडा गर्दै आएका थिए । गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् ।

post image

कात्तिक ११, काठमाडौँ । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त २ महिनापछी शनिवार पक्राउ परेका छन् । गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् ।

अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई भदौ १२ गते नै हत्या गरेका थिए  । लक्ष्मीको शव भने भदौ १५ गतेमात्रै बरामद भएको थियो ।अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् ।

खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी ७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत् भएको थियो । वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए ।

विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो । होटलमा बस्न गएको समयमा विवाद भएपछि आफूले लक्ष्मीको घाँटी थिचेर हत्या गरेको अनिलले प्रहरीसामु स्वीकार गरेका छन् ।

post image

कात्तिक  ७ , काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता दिन खोज्ने हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष र सचिवसहित चार जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

नागरिकता बेच्न खोजेको आरोपमा स्थानीयवासी कप्लेश्वर यादवले वडाध्यक्ष रामनारायण यादव, वडा सचिव महेशनारायण यादव, नक्कली बाबु बन्ने विन्देश्वरी यादव र नागरिकता लिन खोज्ने भारतीय राजाराम यादवविरुद्ध उजुरी दिएका हुन्।

पैसाको प्रलोभनमा परेर कीर्ते कागज तयार गरी भारतको सुपौल जिल्ला, सातैनपट्टी छतौनी ग्रामपञ्चायत–३ का बद्री यादवका छोरा १८ वर्षीय राजारामलाई महेश्वर यादवका नाममा वडाध्यक्ष, सचिव र स्थानीयवासी विन्देश्वरीले नागरिकता दिने तयारी गरेको आरोप उजुरीमा उल्लेख छ।

साविक रम्पुरा मल्हनियाँ गाविस–३ का विन्देश्वरीलाई बाबु र लक्ष्मीदेवीलाई आमा बनाई वडा कार्यालयबाट नागरिकता दिने तयारी पूरा भइसकेको थियो। संलग्न आरोपितलाई कारवाही गर्न उजुरीमा माग गरिएको छ । नागरिकता जारी भई नसकेकाले उजुरीमा उल्लेख भएअनुसारको फाइल आए रोक्न निर्देशन दिइएको प्रजिअ सुरेन्द्र पौडेलले बताए। रासस

post image

असोज २९, काठमाण्डौं । सनम शाक्य हत्या र सुन प्रकरणमा फरार रहेका एक अभियुक्त युएईमा पक्राउ परेका छन्। घटनामा संलग्न भएका सुनसरीको इटहरी घर भएका ३२ वर्षीय बेनु श्रेष्ठ पक्राउ परेका हुन्।

श्रेष्ठलाई इन्टरपोल प्रहरीको सहयोगमा संयुक्त अरब इमिरेट्समा पक्राउ गरिएको थियो। उनलाई आइतबार दिउँसो ३ बजेतिर काठमाडौँ ल्याएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिमा श्रेष्ठले दुबईमा बसेर नेपालमा सुन तस्करी गर्ने गरेको उल्लेख गरिएको छ।सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठ विरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरेको थियो। श्रेष्ठ सुन तस्करीसँगै हुन्डीको कारोबारीसमेत रहेको खुल्न आएको छ।

post image

असोज २८, बारा । बाराको सिम्रौनगढमा एक ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । सिमौनगढ नगरपालिका वडा नम्बर–३ नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय गुल्लु भन्ने दीपक यादवको अपहरणपछि हत्या भएको हो ।

बालक दीपक असोज २४ गते नजिकैको रनीवासमा हजुरबुबासँग मेला हेर्न गएका थिए । दीपकको शव गएराति गाउँ नजिकैको फेला परेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिइन ।

प्रहरीका अनुसार अपहरणको आरोपमा स्थानीय दुई युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा हरेन्द्र कुशवहा र श्यामसुन्दर बैठा छन् ।

अपहरणकारीले बालकका बुबा धनेश्वरसँग १० लाख फिरौती माग गरेका थिए ।  तर, एसपी चौधरीले अनुसन्धान र बयान लिने क्रम जारी रहेकाले के कति फिरौती मागेको हो भन्ने खुलिनसकेको बताइन् ।

post image

असोज २८,धनुषा । धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ। हत्याको आरोपमा दुई जना पक्राउ परेका छन्।

हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन र २३ वर्षीय नथुनी पण्डित कुमहारलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। पक्राउ पर्ने दुबै मृतक बालिकाका छिमेकी हुन्।

उपरीक्षक थपलियाका अनुसार प्रलोभनमा पारेर शुक्रबार साँझ मनिकालाई घर बाहिर लगी बलात्कारपछि हत्या गरिएको हो। मुखियालाई जनकपुरबाट र पण्डितलाई गाउँबाटै शनिबार पक्राउ गरिएको थपलियाले बताए।

मुखिया यसअघि पनि लुटपाटसम्बन्धी मुद्दामा १० वर्ष जेल सजाय काटिसकेका व्यक्ति हुन्। शुक्रबारदेखि छोरी हराइरहेको भनी मृतक बालिकाको अभिभावकले छोरी हराएको उजुरी गर्न इलाका प्रहरी कार्यालय औरही पुगेपछि बालिकाको खोजीकार्य सुरु गरिएको थियो।

स्थानीयवासीले मनिकाको शव धानबालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको प्रकृति मुचुल्का उठाइ शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको जनाएको छ। रासस

post image

असोज २७,कञ्चनपुर।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया किशाेरी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको छ । गत भदौ ३१ गते सरकारले प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातको संयोजकत्वमा गठन गरेको छानबिन समितिले निर्मला प्रकरणमा अनुसन्धानमा प्रहरी कर्मचारीको भूमिका र सम्पादन भएका कार्यको सुक्ष्म अध्ययन गर्दै टोली शुक्रबार भीमदत्तनगर आइपुगेको छ ।

गठन भएकै समयदेखि तोकिएको जिम्मेवारी अनुसार अनुसन्धानमा खटिएको प्रहरी अतिरित्त महानिरीक्षक बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका यहाँका २६ जना प्रहरीमाथि छानबिन भइरहेको जनाएको छ । “अनुसन्धानका क्रममा प्रहरीबाट भएको कमजोरी र भूमिका शङ्कास्पद देखिए हामी कडाभन्दा कडा कारवाही गछौं ।” आज बिहान कञ्चनपुरका सञ्चारकर्मीसँग घटनाबारे छलफल गर्दै छानबिन समितिका संयोजक प्रहरी अतिरित्त महानिरीक्षक धिरु बस्न्यातले भने,“छानबिन टोली दिनरात नभनेर अनुसन्धानमा खटिएको छ ।” संयोजक बस्न्यातले घटनासँग सम्बन्धित सूचना दिन सबैपक्षसँग आग्रहसमेत गरेका छन् । शुक्रबार यहाँ पुगेलगत्तै निर्मला पन्तका पीडित परिवार, घटनास्थल, यसअघि घटनाका अभियुक्त बनाइएका दिलीपसिंह विष्टका परिवारसँग समेत छानबिन समितिले भेट गरेको छ ।

त्यसैगरी आज बिहान टोलीले घटनाकै विषयमा महिला तथा मानव अधिकारकर्मीसँग छलफल गरेको छ । छानबिन समितिसँगको छलफलमा तत्कालीन अवस्थामा अनुसन्धानमा खटिएका प्रहरीले गम्भीर लापरवाही गरेको र घटना लुकाउन भूमिका खेलेको भन्दै कारवाहीको माग समेत यहाँ गरिएको छ । गत साउन १० गते साथीको घरबाट स्कुलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव भेटिएको थियो । रासस

post image

असोज २६, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ। दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन्। कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताए। सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन्। अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन्। सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई रु ३० लाख दिएकी छन्।

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई/चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पीडित तिमिल्सिनाले भनिन। केही समय अघि घर बिक्री गरेकी उनले  कुनै प्रमाण नराखी रकम दिएकी हुन्। यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन्।

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए। “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भनिन। उनले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताइन्। सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पतीविरुद्ध जाहेरी नलिएको बताए। रासस

post image

असोज २५ मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा १३ वर्षीया बालिका साथीकै सहयोगमा बलात्कृत भएकी छन् ।  स्थानीय एक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन जाँदा दुई जनाबाट बलात्कृत भएकी हुन् ।

बलात्कार आरोपमा प्रहरीले पीडितकी साथी १५ वर्षीया अर्की बालिकासहित पथरी शनिश्चरे–१ का २२ वर्षीय मनोज राई र वडा नम्बर ९ का २३ वर्षीय राजकुमार माझीलाई पक्राउ गरेको छ ।

घरमा काम गर्ने बालिका राति अवेरसम्म नफर्किएपछि खोजी गरिदिन आग्रह गर्दै संरक्षकले प्रहरीलाई खबर गरेका थिए । एक्कासि भोलिपल्ट बिहान ५ बजे उनी घर नजिकै बिछिप्त अवस्थामा भेटिएकी थिइन् । र, आफूमाथि बलात्कार भएको बताएकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकालाई जंगलमा लगेर घरेलु मादकपदार्थ ‘निगार’ खुवाएर बलात्कार गरेको देखिएको छ । प्रहरीले बालिकाको मेडिकल जाँच गर्ने काम थालेको छ ।

post image

असोज २५, काठमाडौँ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए।

‘भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा जाँच गर्दा लागूऔषध भेटियो’, उनले भने, ‘नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको घरमा जाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित अन्य सामग्री फेला पर्‍यो।’

आर्मी कलरको कम्ब्याट दुई थान, संघीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोही परिषद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पञ्चिङ मेसिनलगायतका कागजात, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमतिपत्र र दुई थान मोबाइल फोनलगायत अन्य सामग्री लिम्बूको घरबाट बरामद गरिएको उनले जानकारी दिए।

post image

असोज २५, काठमाडौँ । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । बिहीबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा पुगे मात्र सरकारको काम प्रभावकारी देखिने बताए ।  ‘प्रहरी जति धेरै जनताको दैलोमा पुग्न सक्छ, सरकारको काम त्यति नै प्रभावकारी देखिन्छ ’ प्रधानमन्त्री ओलीको भनाई थियो । उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।

त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा एकदुई जना खराव हुँदैमा सिंगो संगठन खराव नहुने बताए ।  कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित भए पनि सम्बोधन गरेनन । पूर्व गृहमन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु सहभागि भएको कार्यक्रममा जिम्मेवारी निर्वाहका क्रममा साहदत प्राप्त गर्ने कर्मठ सेवकहरुप्रति श्रद्धा व्यक्त गरिएको थियो ।

post image

असोज २४, रोल्पा।  रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।

आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेका छौँ, प्रहरी प्रवक्ता सुदर्शन पन्थीले भन्नुभयो ।

पछिल्ला दिनमा जिल्लामा बलात्कारका घटनामा वृद्धि भइरहेको अधिकारकर्मी तुलसा आचार्यले बताउनुभयो । हिंसापीडित महिलाको अल्पकालीन आश्रयका लागि खोलिएको केन्द्रमा सेवा लिन आउनेमध्ये अधिकांश बलात्कारमा परेका महिला रहेका छन्, आचार्यले भन्नुभयो । रासस

post image

असोज २४,काठमाडौं । सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। सहन्यायाधिवक्ता थापाले सेवाग्राहीसँग ठगी मुद्दाको पुनरावेदन नगरिदिने शर्तमा घुस लिएको आरोप लगाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयको टोलीले सरकारी वकिल कार्यालय पोखरामा कार्यरत थापालाई पाँच लाख घुस रकमसहित बुधबार बिहान ८ बजेर ४५ मिनेटमा नियन्त्रणमा लिएको अख्तियारको क्षेत्रीय कार्यालय पोखराका उपसचिव रमेश ढकालले जानकारी दिए।

post image

असोज २२, काठमाडौं।  निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै काठमाडौंमा थाल ठटाएर सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।  युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरेको हो ।

प्रर्दशनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए । बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रर्दशन हुँदै आएका छन ।

उनीहरुले निर्मलाको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानमा दायरामा ल्याउन ढिलाई नगर्न पनि सरकारलाई दिवाव दिँदै आएका छन् । सरकारद्वारा गठित उच्चस्तरीय छानवीन समितिको प्रतिवेदनले पनि एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई अनुसन्धान गर्न सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाई सकेको छ ।

post image

 असोज २१, काभ्रे । पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् ।  काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो ।

पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।

‘पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडि बढाएका छौं,’ प्रहरी प्रमुख खड्काले भने, ‘९ वर्षका २ जना बालिकालाई करणी र दुर्व्यवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’

कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।

post image

असोज २१, गौशाला ।  भन्सार छली भारतबाट अवैध रूपमा लुकाइछिपाइ ल्याएको दुई लाख रुपैयाँको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाकामा कडा चेकजाँच गरिरहेको बेला अवैध रूपमा भारतबाट नेपाल ल्याइएका २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो ।

उनले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपाइ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र त्यसैगरी विभिन्न ब्राण्डका बम र पटाका बरामद गरिएको बताए ।

बरामद कपडा आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तयारी भइरहेको तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

post image

असोज १९, काठमाण्डौं । तीन वर्षदेखि फरार रहेका तत्कालीन किष्ट बैंकका प्रमुख कमल ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले उनीविरुद्ध १५ करोड जरिवाना र ४ वर्ष कैद सजाय सुनाएको थियो। त्यस लगतै ज्ञवाली फरार रहेका थिए। उच्च प्रहरी स्रोतकाअनुसार महानगरीय अपराध महाशाखाको टोलीले सिमावर्ती भारतीय क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीअार्इबी) ले उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको थियो ।

०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे ।

post image

असोज १८,  लहान  । सिरहा नगरपालिका–३ स्थित लच्का मखनाहाबाट व्यवसायीसँग लुटिएको मोटरसाइकल र नगद प्रहरीले गएराति बरामद गरेको छ ।

सिरहा नगरपालिका–१५ सुकचैन निवासी सञ्जय यादवले बुधबार दिउँसो रामजानकी मनि ट्रान्सफरको लागि लैजाँदै गरेको अवस्थामा मोटरसाइकल नम्बर नखुलेको तीनवटा मोटरसाइकलमा आएका चार/पाँच जना अपरिचित व्यक्तिले बाटो छेकी बिआर ३२ भि १५७० नम्बरको मोटरसाइकल तथा रु नौ लाख ५० नगद लुटेका थिए ।

सो घटना भएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–२१ लकडीगोठस्थित सडक नजिकको खोल्सामा लुटिएको मोटरसाइकल र सिटमुनि रिन्ज राख्ने ठाउँबाट उक्त नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

post image

जनकराज पण्डित, असोज १८, काठमाण्डौं । सरकार सम्बद्ध नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीले गृहमन्त्री राम बहादुर थापालाई सिंहदरवारमा ज्ञापनपत्र बुझाएका छन् । देशमा बढ्दै गईरहेको हत्या, बल्त्कार, एसिड प्रहार लगायतका घटनाहरुले सरकारको काम कारवाही जन उत्तरदायि हुन नसकेको भन्दै विद्यार्थी संगठनले गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका हुन् ।

७ बुदे ज्ञापनपत्रको पहिलो बुदाँमा जनताको जिउँ धनको सुरक्षाका लागि सिंगो संरचनालाई प्रभावकारी बनाउन नसक्ने असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न माग गरीएको छ । त्यसरी नै दोस्रो बुदाँमा स्ल कारक बम दिदि बीनि, एसपी र यस काण्डमा संलग्न अन्य प्रहरीहरु मथि अनुसन्धान केन्द्रित गर्न समेत बिद्यार्थी संगठनले माग गरेका छन् । साथै निर्मला हत्याकाण्डमा गठीत छानबिन समितिको प्रतिबेदन तुरुन्त सार्वजनिक गर्न माग गरीएको छ ।

त्यसरी नै बलत्कार, हत्या एसिड प्रहार जस्ता जघन्य अपराधमा संलग्नलाई आजिवब कारवाहीको माग गरीएको छ । त्यसरी नै विद्यार्थी संगठनले गृहमन्त्री थापालाई बुझाएको ज्ञापनपत्रमा भर्खरै यातायातका साधनमा बढाईएको १० प्रतिसत भाडा फिर्ता गर्न माग गरीएको छ भने बजारको कडा अनुगमन गरी कालोबजारी महंगी र बेतिथीलाई नियन्त्रण गर्न समेत विद्यार्थीले ज्ञापन पत्र बुझाएका छन् ।

अनेरास्ववियूकी अध्यक्ष नबिना लामा र अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ्गले हस्ताक्षर गरेको ज्ञापनपत्रको ७ नम्बरमा जनजिवनको पक्षमा परिणाममुखी कदमका लागि जनता लक्षित राहतका प्याकेजहरु घोषणा गर्न समेत माग गरीएको छ । ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले सरकार विद्यार्थी संगठनका मागप्रति निकै जिम्मेवार भएको बताएका थिए ।

post image

असोज १७ , काठमाडौं ।  काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन्। तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएको प्रहरीले जनाएको  छ ।

बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए। एसएसपी लामाले भने,’ बालक अपहरणमा परेको जानकारी आएको छ। अपहरण हो कि के हो हामी बुझ्दै छौं।’

तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ। बालक को हुन्? कहाँका हुन् भन्ने ठेगाना भने खुल्न सकेको छैन।

post image

असोज १७, चितवनकञ्चनपुरकी निर्मला पन्तको विषयलाई अनावश्यक रुपमा उलाचेलेर राजनीतिकरण गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि व्यक्त गरेका छन् घटनाको अनुसन्धान अघि बढाएर सरकारले आफ्नो काम गरिरहेका बेला निर्मला हत्याकाण्डलाई जोडेर अपराधमाथि राजनीतिकरण गरिएको उनको जिकीर   बुधबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले काम गर्दा गर्दै पनि सरकार विरोधी शक्तिले घटना उचालेको बताए

छानविन गरेर अपरधीलाई कानुनको दायरामा ल्याउने प्रयत्न हुँदा पनि यो विषयलाई उचालिएको उनले भने यसलाई अनावश्यक रुपमा राजनीतिकरण गरिँदैछ निर्मला पन्त हत्याको विषयलाई लिएर गठित उच्चस्तरीय छानविन समितिले प्रतिवेदन बुझाइसकेको जानकारी दिँदै त्यो सार्वजनिक गरी अपराधी पक्राउ गरिने गृहमन्त्री थापाले बताए छानबिन समितिको प्रतिवेदनको आधार बनाएर अनुसन्धानको प्रकृया तीब्र पारिएको उनको भनाइ थियो साथै दोषी छिट्टै पत्ता लाग्ने पनि थापाको आशा

निर्मला पन्त जस्तै दिनहुँ सयौंको संख्यामा बलात्कृत हुने भएकाले सरकार त्यसको नियन्त्रणमा लागि परेको थापाले बताए अनुसन्धान नथालेको भए, दोषी बचाउने काम गरेको भए पो सरकारले आफ्नो दायित्व पूरा गरेकौ छैन भन्न मिल्थ्यो मन्त्री थापाले भने जसरी विषयलाई उचालिएको यसबाट अपराधलाई राजनीतिकरण भएको

घरेलु हिंसाका कारण महिला हिंसा बढेको भन्दै मदिराको विक्री वितरणमा नियमन गरेर व्यवस्थित गरिने उनले बताए यस्तै साढे ३३ किलो सुन प्रकरणको अनुसन्धान पनि जारी रहेको मन्त्री थापाले बताए त्यसअघि पनि चार हजार किलो सुन तस्करी त्यसरी नै  हुने गरेको तथ्य गृह प्रशासनले पत्ता लगाएको भन्दै तस्करको जालो भत्काएको दाबी गरे सानाठूला माछा जालमा परिसकेका छन्, कतिपय जालमा आउन बाँकी छन्, थापाले भने सबैलाई कानुनको घेरामा ल्याउन प्रकृया अघि बढिरहन्छ।

post image

असोज १७, उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो । दण्ड सजाय पाउने चार जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ ।

जिल्ला अदालतका नायब सुब्बा कमला निरौला १६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ । पन्ध्र वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।

विसं २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकूद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । बालिकाको अभिभावकको उजुरीको आधारमा गत भदौ १७ गते चार जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कटारीले बलात्कारसमबन्धी मुद्दा दर्ता गरेको थियो । एक जना अझै फरार रहेका छन् । रासस

post image

असोज १६, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजाको चिप्पडसहित एक जनालाई पक्राउ गरेको छ । ब्यूरोका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलका अनुसार इन्धन बोक्ने ट्याङ्करमा २ सय ९५ किलो गाँजाको चिप्पड तस्करी गरिँदै गरेको सूचनाको अाधारमा खटिएको ब्यूरोको टोलीले मंगलबार बिहान३८ वर्षीय प्रल्हाद ठकुरी लाई पक्राउ गरेको हो ।

ठकुरी इन्धन ट्याङ्करका चालक हुन् । पोखरेलका अनुसार उनले त्यो गाँजा भारतको रक्सौलसम्म लाने जिम्मेवारी लिएका थिए । ‘मकवानपुरबाटै त्यो गाँजा पठाइएको खुलेको छ । हामीले रक्सौलमा रिसिभ गर्ने व्यक्तिको पनि पहिचान भएको छ’, पोखरेलले थपे, ‘हामीले पक्राउ परेका व्यक्ति र बरामद गाँजालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर बुझाएका छौं । त्यहाँबाट थप फलोअप हुनेछ ।’

ट्याङ्करमा रहेको ५ वटा चेम्बर मध्ये २ वटा चेम्बरहरुमा प्लाष्टिकले बाँधेको २२ वटा पोकामा गाँजा भेटिएको उनको भनाइ छ । बरामद गाँजाको मूल्य अन्दाजी ४५ लाख बराबर रहेको ब्यूरोले जनाएको छ ।

post image

असोज १६, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले बन्द आह्वान गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको ६७ दिनसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले कञ्चनपुर बन्द आह्वान गरेको हो ।

बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैबाट सवारी साधन, बजार, कलकारखाना, उद्योगधन्दा, शिक्षण संस्थासमेत ठप्प भएका छन् ।

बन्दकर्ताले जिल्ला सरकारी वकिलको कार्यालयको एउटा गाडी र कम्प्यूटर तोडफोड गरेका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । डिएनए परीक्षणको नतिजा नेगेटिभ आएपछि सरकारले दोषीलाई बचाउने कोशिस गरेको स्थानियले आरोप लगाएका छन् ।

post image

असोज १६, पोखरा पोखराको पालिखेचोक नजिकै रहेको एक विद्यालय अगाडि गएराति एक युवाको हत्या भएको पालिखेचोकभन्दा झण्डै सय मिटर माथि रहेको प्रतिभा मावि अगाडि ती युवाको हत्या भएको हो

प्रयोगविहीन सामान संकलनको काम गर्दै आइरहेका ती युवाको नाम राजकुमार भएको थर ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको उनको टाउको खुट्टामा हतियारको गम्भीर चोट रहेकाले हत्या भएको हुन सक्ने प्रहरीको भनाइ

मृतकसँगै काम गर्ने युवाहरुले हत्या गरेको हुनसक्ने प्रहरीको आशंका

post image

असोज १५, काठमाडौं । चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन्। राति साढे नौ बजे आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेदेखि बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका थिए।

बिहान करिब १ बजेतिर बुबा जीवन तामाङले छोराको कोठामा गएर हेर्दा निश्चल झुन्डिएको अवस्थामा फेला पारे । मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन गर्न, आफन्तलाई फोन गर्न आग्रह गरिएका थिए। फोन गरिएका पनि थिए। फेसबुकमा रिपोर्ट पनि भएका थिए। तर सबैको प्रयास विफल भयो।

बुवा जीवनले करिब १ बजेतिर उसको साथीले छोराको कोठामा गएर हेर्नु त अंकल भनेर कराएपछि मात्र थाहा पाएँ। कोठा गएर हेर्दा झुन्डिएको अवस्थामा देखेँ।’

बुवा जीवनका अनुसार निश्चल लागू औषध खान्थे । चार-पाँच दिनदेखि छोरा कोठामा एक्लै बस्ने र बाहिरसमेत ननिस्कने गरेको उनले सुनाए। छोरालाई सुधार केन्द्रमा  राखिएको उनले बताए ।

छोराले आत्महत्या गरेको देखेपछि कोठामा पुगेका बुबाले तत्काल प्रहरीलाई फोन गरेका थिए। जुटपानीमा रहेको प्रहरी चौकीबाट सईको कमान्ड टोली घटनास्थल पुगेको थियो। चौकीका सई शम्भु चौधरी प्रहरी पुग्दा निश्चलले आत्महत्या गरिरसकेको बताउँछन्।

सई चौधरीले भने,’ मोबाइलबाट फेसबुक लाइभ गरी आत्महत्या गरेका रहेछन्।’  प्रहरी पुग्दा कोठामा फोन र रक्सीको बोतलसमेत थियो।

आइतबार राति साढे नौ बजे उनले फेसबुकमा अङ्ग्रेजीमा लेखे, ‘धेरै गम्भीर कुरा हुँदैछ। म राति १२ बजे लाइभ आउँदैछु, कृपया मेरो लाइभ रेकर्ड गर्नुस्।‘ त्यो सांकेतिक स्टायटसमा कसैको कमेन्ट थिएन।

राति १० बजेर १३ मिनेटमा उनले स्पष्ट रुपमै लेखे, ‘तपाईँहरुमध्ये कति जना लाइभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ?’ यसमा भने उनका फेसबुक साथीहरुले आफ्नै पाराले सम्झाउन खोजेको कमेन्टहरु थिए।

post image

 असोज १५, काठमाडौं ।  निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार भनिएका गुन्डा नाइके समीरमान सिंह बस्नेतलाई मुस्ताङ कारागार सरुवा गरिएको छ। चालचलन शंकास्पद देखिएकाले बस्नेतलाई कारागार साटिएको हो।
गत मंसिरदेखि नख्खु कारागारमा रहेका सिंहलाई सोमबार बिहान ९ बजेको विमानमार्फत मुस्ताङ लगिएको जेलर जीवन दुलालले जानकारी दिए। जिल्ला अदालत काठमाडौँले बस्नेतलाई हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले बस्नेतलाई अध्यक्ष गौचनको हत्याको अभियोगमा पक्राउ गरेको थियो। गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिकै गोली हानी हत्या भएको थियो।

post image

असोज १४, काठमाडौं । दिनहुँ बलात्कारको घटना सुनिनु सामान्य भइसकेको अवस्थामा फेरी अर्को बलात्कारको घटना सार्वजनिक भएको छ ।

चितवनको भरतपुरमा यौन दुर्व्यवहारको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ११, पोखरीचोकका बालक सोही स्थानका ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

बालिकाका अभिभावकले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ती बालिकालाई घरमै गएर ट्युसन पढाउने क्रममा बालकले यौन दुव्र्यवहार गरेको अभिभावकले बताएका छन्।

स्वास्थ्य परीक्षणका लागि बालिकालाई अस्पताल पठाइएको छ। रिपोर्ट आएपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

post image

असोज १४, काठमाडौं ।  कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानको क्रममा गरिएको निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए ‘भेजिनल स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट आएको छ  ।

प्रहरीको फोरेन्सीक ल्याबमा गरिएको तीनैजनाकै डीएनए परिक्षणमा कसैको पनि स्याम्पल ‘स्वाब’मा भेटिएको डीएनएसँग मेल नखाएको रिपोर्ट ल्याबले शुक्रबार नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइसकेको छ। प्रहरीले मुख्य अभियुक्तका रूपमा उभ्याएका दिलीपसिंह विष्टको डीएनए म्याच नभएसँगै उनीहरु तीनजना माथि नै श‌ंका गरेर परिक्षण गरिएको थियो।

प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीका अनुसार घटनाबारे अनेकन तथ्य आएका छन् तर त्यसलाई पुष्टि गर्ने आधार कतैबाट जुट्न सकेको छैन। सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको छानबिन गर्न यसअघि संलग्न प्रहरी अधिकृतहरूको भूमिकामाथि अनुसन्धान गर्न एआईजी धिरु बस्नेतको संयोजकत्वमा समिति गठन गरेको छ।

post image

असोज १४, काठमाडौं । ट्राफिक प्रहरीले दसैं तिहारलाई लक्षित गर्दै भीडभाड हुने क्षेत्र र यातायात कम्पनीका टिकट काउन्टरहरूको गोप्य निगरानीका लागि सादा पोसाकमा ट्राफिक प्रहरी खटाउने तयारी गरेको छ । उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी महाशाखाले भीडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी एवं आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै सादा पोसाकका प्रहरी परिचालन गर्ने तयारी गरेको हो ।

यात्रुलाई ठग्ने, एउटै व्यक्तिले धेरैवटा सिटको टिकट बेच्ने, तोकिएको मूल्यभन्दा बढी रकममा टिकट बिक्री गर्नेजस्ता गुनासाहरू प्रत्येक वर्ष आउने गरेकाले त्यस्ता घटना हुन नदिन सादा पोसाकका प्रहरी खटाइने र उनीहरुले भीडभाड हुने स्थल र काउन्टरमा भइरहेको गतिविधिबारे सूक्ष्म निगरानी गर्ने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण बनाउन र ठगिनबाट जोगाउन प्रत्येक वर्ष चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्दै आएको छ । नजिकिँदो दसैंका लागि मात्रै उपत्यकामा १ हजार ४५० ट्राफिक प्रहरी पोसाकमा र १५० को संख्यामा सादा पोसाकका ट्राफिक प्रहरी परिचालन गर्ने तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले जानकारी दिए ।

‘उपत्यकामा १ हजार ४५० ट्राफिकहरू पोसाकमा खट्नेछन्, यस्तै १५० प्रहरी सादा पोसाकमा खटाउने तयारी भएको छ, केहीलाई नागरिक सहायता कक्षमा परिचालन गरिसकेका छौं,’ महाशाखा प्रमुख पन्तले भने । ट्राफिक प्रहरीले उपत्यका भित्रिने तथा बाहिरिने विभिन्न नाकामा स्पेसल अफिसरको कमान्डमा दिउँसो र राति विशेष चेकजाँचसमेत गर्ने व्यवस्था मिलाएको छ । चाडवाडका बेला सडक दुर्घटना बढी हुने गरेकाले त्यसको नियन्त्रणका लागि र सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेकाले सोको समेत चेकजाँचका लागि दिउँसो र राति दुवै समयमा स्पेसल अफिसरको कमान्डमा सुरक्षा चेकजाँच टोली खटाइने ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ । राजधानीको कलंकी, स्वयम्भू, नयाँ बसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिकसम्बन्धी गुनासाहरू राख्न सकिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सो सहायता कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, ट्राफिक र जनपद प्रहरीका कर्मचारीहरु पनि रहनेछन् ।

सहायता कक्षमा र टिकट काउन्टरमा ट्राफिक प्रहरीले विभिन्न स्थानमा जानका लागि पर्ने भाडाको दर रेट देखिने गरी राख्ने व्यवस्थासमेत गरेको छ । यसैगरी, नागढुंगा खडकखण्डमा हुने जाम र ठूला मालवाहक सवारी बिग्रेर घण्टौंसम्म हुने अवरोधका लागि समेत आवश्यक तयारी गरिएको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाको रेकर्ड अनुसार गत वर्ष दसैंअघि उपत्यकाबाट २५ लाख यात्रु बाहिरिएका थिए । हाल दैनिक ८ हजार यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।

post image

असोज १३, सिरहा।  हतियार देखाएर सिर्जना सामुदायिक सहकारी संस्थाका कर्मचारीको रकम लुटपाटमा संलग्न भएको आरोपमा एक भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरी सिरहा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला ग्रामपञ्चायत छतौना–२ निवासी २७ वर्षीय किशोरकुमार शर्मा, धनुषा विदेह नगरपालिका–१ निवासी २० वर्षीय नरेशकुमार ठाकुर, १९ वर्षीय रवीन्द्र ठाकुर, ठाडी झिझाका श्यामसुन्दर ठाकुर, कमला नगरपालिका–६ हतमुण्डाका १९ वर्षीय रमेशकुमार महतो, कमला नगरपालिका–८ हरिणे निवासी २७ वर्षीय शत्रुधन ठाकुर र धनुषाकै तारापट्टी गाउँपालिका–१ पुर्वारी टोल निवासी २२ वर्षीय चन्द्रशेखर यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत भदौ २८ गते सिरहाको अर्नामा गाउँपालिकाबाट किस्ता रकम सङ्कलन गरी सदरमुकाम सिरहातर्फ आउँदै गरेका बेला सिरहा नगरपालिका–२२ सागरपुर नजिकै मैनावती नदी नजिकै सिर्जना सामुदायिक सहकारी संस्थाका दुई कर्मचारीलाई हतियार देखाएर यी अभियुक्तहरुले उनीहरूसँग भएको रु तीन लाख ९३ हजारसहित मोटरसाइकल लुटेर लगेका थिए ।

उनीहरूको साथबाट ‘मेड इन युसए एन ७१०’ लेखिएको पेस्तोल एक थान, त्यसको म्यागजिन एक थान, ‘मेड इन इटाली’ लेखिएको स्वचालित पेस्तोल एक थान, म्यागजिन एक थान, पेस्तोलमा लाग्ने गोली १३ राउण्ड, सामसुङ मोबाइल एक थान, नेपाली रु छ हजार १५० , विभिन्न कम्पनीको सिमकार्ड पाँच थान, चन्द्रशेखर यादवको भारतीय सवारी चालक अनुमतिपत्र, लुटिएको नेपाली नम्बरप्लेटसहिको बीआर३२ए ९३७३ नं को मोटरसाइकल बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो । रासस

post image

असोज १२, कालिकोट । कालिकोटमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। खाँडाचक्र नगरपालिका–९ पाखाँमा १९ वर्षीय किशोरीमाथि धिमाल मेला हेरेर फर्किने क्रममा गत मंगलबार सामूहिक बलात्कारमा परेकी हुन्।

स्थानीय आठ जनाले सामूहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कालिकोटले आठै जना युवालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको अाराेपमा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोरख विक, १८ वर्षीय सर्जन विक, खाडाचक्र नगरपालिका–९ का २२ वर्षीय जीवन विक, २० वर्षीय नविन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विकलाई पीडितले दिएको जाहेरीको आधारमा पक्राउ गरेको डिएसपी विनोद शर्माले जानकारी दिए।

पीडितले जाहेर दर्ता गरेलत्तै बुधवार राती नै ३ बजे उनीहरुलाई पक्राउ गरिएको उनको भनाई छ। आठ जनाले सामूहिक बलात्कार गर्दा किशोरी बेहोस भएपछि मृत्यु भयो भनेर फरार भएका आरोपीतलाई आफन्तकै घरमा र गाउँकै वरीपरिबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए । पक्राउ गरेका आठै जनालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

post image

असोज १२, रौतहट । प्रदेश नं। २ का मुख्य मन्त्री शेख लालबाबु राउतले एसिड प्रहार गर्ने अपराधीलाइ  फाँसीको सजाय हुनु पर्ने बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नं.६ चन्द्रनिगाहपुरमा एसिड प्रहारबाट मृत्यु भएकी १८ बर्षिय सम्झना दासको परिवारलाइ राहत प्रदान गदै मुख्य मन्त्री राउतले यस्तो बताएका हुन । अर्काको ज्यान नै लिने गरी जुन किसिमको अपराध भएको छ सो अपराधको घोर निन्दा गदै मुख्य मन्त्री राउतले त्यस्ता अपराधीलाइ फासीको सजाय हुनु पर्ने बताए ।

उनले भने ‘ एसिड प्रहार गर्ने अपराधीलाइ कडा भन्दा कडा कार्वाही गर्न प्रदेश सरकारले कुनै कसुर बाकी राख्दैन’ । यस्ता अपराधका घटनाहरूलाइ न्युनिकरण गर्नको लागी पनि फाँसीको ब्यबस्था हुनु पर्ने मख्य मन्त्री राउतले बताए । अन्य थप अपराधीलाइ पत्ता लगाउनको लागी प्रदेश सरकारले न्याधिबक्ता दिपेन्द्र कुमार झाको संयोजकत्वमा छानबिन समिति समेत गठन गरेको उनले जानकारी दिए ।

यसै बिच मुख्य मन्त्री राउतले एसिड प्रहारबाट मृत्यु भएकी सम्झना दासको परिवारलाइ एक लाखको चेक हस्तान्तरण गरेका छन ।उनले सम्झनाका बुबा जादोलाला दासलाइ चेक हस्तान्तरण गरेका थिए । प्रदेश सरकारले पहिलो चरणमा १ लाख र दोश्रो चरण ३ लाख गरी ४ लाख मृतक परिवारलाइ राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको मुख्य मन्त्री राउतले बताए । मुख्य मन्त्री राउतले पिडित दासको घर मै पुगेर राहत रकम दिएका थिए । प्रहरीले एसिड प्रहार गरेको आरोपमा उनकै छिमेकी रामबाबु पासवानलाइ नियन्त्रण लिएर अनुसन्धान गरिहेको छ ।

post image

असोज १०, पोखरा । प्रहरीले बलात्कारपछी हत्या भएकी १० वर्षीया बालिका श्रेया विकको हत्यामा संलग्न २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएका थिए ।

फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ ।

श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ ।

post image

असोज १०, काठमाडौँ । पोखरामा मृत भेटिएकी श्रेया बिकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोष्टमार्टम रिपोर्ट अनुसार श्रेयाको बलात्कारपछि हत्या भएको पुष्टि भएको हो।

पोखरा–२२ पुम्दी भुम्दीकी १० वर्षीया श्रेया विक सुनारको मंगलबार सोही ठाउँको कोदी भन्ने ठाउँमा विभत्स हत्या भएको थियो। बलात्कारपछि उनको हत्या गरेको अभियोगमो सोही ठाउँका २७ वर्षीय कुशम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार कुशुमले बलात्कार र हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन्। कास्की प्रहरीले घटनाबारे जानकारी दिन बुधबार दिउसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ।

प्रहरीलाई प्राप्त  घटना बिवरण अनुसार घरबाट बिस्कुट किन्न निस्केकी श्रेयालाई छिमेकी पौडेलले बाटोमा भेटेका थिए। रक्सी र गाँजाको तालमा रहेका उनले श्रेयालाई १० रुपैयाँ दिए अनि एक्कासी समाते।

श्रेया चिच्याउन थालेपछि उनले घाँटी दाबेर झाडीमा फाले। अचेत बनेकी श्रेयाको बलात्कारपछि उनले ढुंगाले थिचेर हत्या गरे।

post image

असोज १०, सल्यान । सल्यानमा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको शारदा नगरपालिका वडा नं. १ श्रीनगर निवासी २१ वर्षीय केशरसिंह बुढाथोकीले १४ वर्षीय भाइ प्रकाश बुढाथोकीको ५०० रुपैयाको लागि हत्या गरेको प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

भाइले दाइसँग ५ सय रुपैयाँ मागेको र त्यही क्रममा दाइले हानेपछि उनी बेहोस भएको र मरेको ठानी उसैको टाइले घाँटीमा कसेर हत्या गरेको  केशरले प्रहरी समक्ष स्वीकार गरेको डिएसपी शाहीले बताए।

‘सुरूमा भाइले मलाई छातीमा हान्यो त्यसपछि मैले दुई पटक उसको घाँटीमा हातले हानेपछि ऊ  विस्तरामा लड्यो अनि भाइ मर्‍यो र अब  म फस्छु भन्ने ठानी उसैको टाइले  घाँटी कसेर मारेको हुँ,’ केशरले बयान उद्धृत गर्दै डिएसपी शाहीले भने।

भाइको हत्यापछि झुण्ड्याएर आत्महत्या गरे जस्तो देखाउन दाइले प्रयास गरेको भए पनि प्रहरी अनुसन्धानबाटै दाइले नै भाइको हत्या गरेको खुल्न आएको डिएसपी शाहीले बताए।

गत भदौ १८ गते घटना भए पनि २२ दिनपछि मात्रै दाजुले भाइको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ। हत्या अभियोग स्वीकार गरेका दाजु केशरसिंह बुढाथोकीलाई कानूनी कारबाहीको लागि अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

post image

असोज ९, काठमाडौं । कञ्चनपूरकी १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्याको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन टोलीले मंगलबार गृहमन्त्री थापालाई भेटेर छानविन प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा यसअघि प्रहरी नेतृत्वमा गठित छानविन समितिको कमजोरी रहेको उल्लेख छ । यस्तै सन्दीग्ध भनिएका व्यक्तिहरुलाई कारबाहीको सिफारिस गरिएको छ । यद्यपी यसबारे संयोजक मैनालीले केही कुरा बताउन चाहेनन् ।  अनुसन्धानमा खटिएको प्रहरीको भूमिका संकास्पद देखिएपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका सहसचिव मैनालीको नेतृत्वमा भदौ ७ गते छानबिन समिति गठन गरेको थियो ।

समितिले यसअघि भदौ ३० गते गृहलाई प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । त्यसमा प्रहरीको कमजोरी रहेको औंल्याएपछि अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरिएको थियो । समितिले अनुसन्धानमा देखिएका सबै कुरा प्रतिवेदनमा उल्लेख गरेको बताएको छ । समितिले प्रतिवेदनमा घटनाको वस्तुस्थिति, स्थानीयवासीको भनाइ, प्रहरी अनुसन्धानमा भएका कमीकमजोरीलाई समावेश गरेको छ । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको कार्यान्वयन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने स्पष्ट पारे । पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।

post image

असोज ९,काठमाडौँ । नवलपरासीमा एक महिलामाथि फेरि एसिड प्रहार भएको छ। सोमवार राति ८ बजेर ४५ मिनेटमा कावासोती नगरपालिका वडा नम्बर ८ की २६ वर्षीय वसन्ती परियारमाथि एसिड प्रहार भएको हो ।

प्रहरीले एसिड प्रहार गरेको अभियोगमा ३७ वर्षीय विमल श्रीपालीलाई पक्राउ गरेको छ। नवलपरासी प्रहरी प्रमुख राम थापाले भने, ‘एसिड प्रहरा गर्ने एक पुरुषलाई पक्राउ गरी अनुसन्धान शुरु गरिसकेका छौं। उनले घटना स्वीकार गरिसकेका छन्। एसिड लागेकी महिला वसन्तीको अवस्था गम्भीर छ। उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

सोमवार राति ८ बजेर ४५ मिनेटमा बजारबाट फर्किँदै गर्दा वसन्तीमाथि एसिड प्रहार भएको थियो। उनलाई छुरा प्रहरा पछि एसिड हानिएको हो। एसिड प्रहार गर्ने व्यक्ति छिमेकी हुन्। उनले बोतलमा बोकेर ल्याएको एसिड वसन्ती माथि प्रहार गरेका थिए। प्रहरीको अनुसन्धानमा श्रीपालीले केही साता अगाडि नै भारतबाट एसिड किनेर ल्याएको खुल्न आएको छ।

post image

असोज ८, काठमाडौं । हङकङमा एक नेपाली पक्राउ परेका छन्। गत शुक्रवार हङहोमको गहना पसलमा करिब नौ करोड ( सात लाख ८६ हजार अमेरिकी डलर) लुटिएको घटनासँग कनेक्सन भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रवार चार जनाले दुई वटा गहना पसलका कामदारलाई नियन्त्रणमा लिई उनीहरुले लुटपाट गरेका थिए ।  प्रहरीले २४ वर्षीय ती नेपालीलाई प्रहरीले इयाउ मा थईबाट सोही दिन राति साढे ९ बजे पक्राउ गरेको हो। तर प्रहरीले उनीसँगबाट चोरीसँग सम्बन्धित कुनै पनि सामाग्री बरामद गरेको छैन। उनीसँगबाट प्रहरीले केही मात्रामा गाँजा बरामद गरेको छ।

उनीमाथि लुटपाट, लागुऔषध सम्बन्धी मुद्दामा अभियुक्त बनाई कोलुन सीटी कोर्टमा पेश गरिँदै छ।प्रहरीले थप तीन जनाको खोजी गरिरहेको छ। प्रहरीले तीन जना फरार अभियुक्त पनि दक्षिण एसियाली मुलका नागरिक भएको अनुमान गरेको छ। उनीहरुले दुई वटा गहना पसलबाट ७ लाख ४० हजार अमेरिकी डलर र तीन लाख ६३ हजार ६० हङकङ डलर (४६ हजार डलर) गरी ७ लाख ८६ हजार डलर सँगै ६ वटा चेक लुटेका थिए।

post image

असोज ८, काठमाडौं । वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले मुद्धा हारेको भन्दै उच्च अदालत पाटनमा आतंक मच्चाएका छन् । मुद्दा हारेपछि उनले आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण मात्र गरेनन्, अदालतमा समेत तोडफोड गरेका छन् । उनलाई त्यसलगत्तै प्रहरीले पक्राउ गरेको थियो । नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए । सोही मुद्धा हारेपछि उनी आक्रमणमा उत्रेका हुन् ।

ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनले उच्च अदालत पाटनमा पुनरावलोकन गरेका थिए । आइतबार सो मुद्धा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशमा परेको थियो । इजलाशले जिल्ला अदालतकै फैसला सदर गरेपछि उनी आक्रमणमा उत्रिएका हुन् ।

घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु अहिले जावलाखेल प्रहरीको नियन्त्रणमा छन् । प्रहरीका अनुसार, मुद्धा हारेलगत्तै उनले कुर्सी उठाएर जथाभावी प्रहार गरेका थिए । इजलाश अधिकृत बस्नेतले उनले प्रहार गरेको कुर्सी छलेकाले उनी ठूलो दुर्घटनाबाट जोगिएका थिए । बस्नेतको हातमा सानो चोट लागेको छ ।  नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन् ।

post image

असोज ८, काठमाडौं । दुई साताअघि एसिड आक्रमणमा परेकी रौतहट चन्द्रनिगाहापुरकी सम्झना दासको मृत्यु भएको छ। एसिड आक्रमणपछि कीर्तिपुर अस्पतालमा उपचाररत दासको गएराति ११ बजे मृत्यु भएको हो।

मध्यरातमा सुतिरहेको अवस्थामा दुई दिदी-बहिनी एसिड आक्रमणमा परेका थिए। बहिनी सुस्मिता दासको अवस्था सामान्य थियो भने सम्झनाको शरीरको ३५ प्रतिशत भन्दा बढी भाग एसिडले गहिरो चोट पुर्‍याएको थियो।

सुस्मिताको अहिले कीर्तिपुर अस्पतालमा नै उपचार भइरहेको छ। सम्झनाका बुबा जादोलाल दास एसिड आक्रमण गर्नेलाई फाँसीको सजाए हुनुपर्ने बताउँछन्  । एसिड आक्रणमा पर्दा पनि सरकारले केही सहयोग नगरेको बुबा जादोलाल  बताउँछन्।  पहिला-पहिला यस्तो घटना घट्न नपाउँदै सरकारले सहयोग गर्ने घोषणा गरे पनि अहिलेको घटनामा वास्ता नगरेको उनको गुनासो छ।

एसिड आक्रमण गर्ने रामबाबु पासवानलाई प्रहरीले प्रकाउ गरिसकेको छ। उनी जादोलालका छिमेकी थिए। यौन प्रस्ताव नमान्दा एसिड आक्रमण गरो सम्झनाले बयानमा भनेकी थिइन्।

चार वर्षअघि वसन्तपुरमा भएको चर्चित एसिड काण्डमा सीमा बस्नेत र संगीता मगरलाई सरकारले जीवनभर उपचार शिक्षा निःशुल्क गर्ने घोषणा गरेको थियो।

post image

असोज ७, काठमाडौं । गत जेठ २३ गते सल्यानमा मृत फेला परेका प्रहरी हबल्दार रमेशकुमार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप लगाएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा मृतकका बुबा भूपालबहादुर थापाले पत्रकार सम्मेलन गरेर आफ्नो छोराको मृत्यु नभएर रहस्यमय तरिकाले हत्या गरिएको र दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्नुपर्नेमा प्रहरीले उल्टै घट्नालाई तोडमोड गरेको आरोप लगाए ।

उनले भने,‘जेठ २३ गते सल्यानको सारदा नगरपालिका सिराचौर वडा नम्बर ५ को जंगलमा मेरो छोराको लाश भेटियो त्यसपछि दैलेखबाट ४ जना हाम्रा मान्छे लाश लिन सल्यान पुगे, त्यसपछि प्रकृति मुचुल्का उठाएर शवको पोष्टमार्टम गरियो, २४ गते राति ३ बजे छोरोको लाश दैलेख पुर्याइयो, हामीले धर्मकर्मको आधारमा सतगत गर्यौ, हामीलाई शंका लागेर सल्यान प्रहरीलाई जाहेरी दिन पुग्यौं । तर, जाहेरी लिन मानेन्, सल्यान प्रहरी प्रमुख भरतबहादुर बिककै सामुन्नेमा प्रहरी जवानसमेत रहेकी मेरी बुहारीले अपमान हुनेगरि कठालोसमेत समातिन्, प्रहरी प्रमुखले कुनै प्रतिक्रिया दिनुभएन ।’

उनले भने,‘छोराको लाश भेटिएको ठाउँमासमेत नपुगेकी बुहारी, एकैचोटी अस्पतालमा पुगेकी थिईन् भन्ने मैले सुनें, श्रीमान् मरेको बेलापनि दुःखित् नहुनु, कुनै प्रकारको संवेदना प्रकट नगर्नुले छोराको हत्यामा संलग्न व्यक्ति त्यही बुहारी हो भन्ने मेरो दाबी छ, बुहारी र उसको आमा मिलेर यो सबै अपराध गरेको हुन सक्छन् भनेर म प्रहरीकहाँ जाहेरी दिन गएको थिएँ । तर, प्रहरीले जाहेरी बुझ्नै मानेन ।’

पीडित परिवारले दिएको जानकारी अनुसार बर्दियाको ई.प्र.का.मैनापोखरबाट ३४ वर्षीय मृतक हवल्दार रमेश कुमार थापा जेठ २० गते ससुराली सल्यान पुगेका थिए । ई.प्र.का.मैनापोखरमै कार्यरत महिला प्रहरी जवानसमेत रहेकी एवम् मृतक थापाकी श्रीमती यशोधरा रावल जेठ १७ गतेनै सल्यान आएको र श्रीमान श्रीमतीबीच मनमुटाव भएको सामान्य जानकारी पाएका पीडित परिवारले जानकारी दिएको छ ।

मृतक थापाका बुबा भन्छन्,‘राष्ट्रको सेवा गरिरहेको अवस्थामा मेरो छोराको एक्कासी हत्या भएको छ, हत्याको दोषीलाई चाँडो खोजेर कारबाही गर्नुपर्छ भनेर सल्यान, सुर्खेत हुँदै काठमाडौंसम्म पुगिसकेको छु, तर सरकार र प्रहरी प्रशासनले कुनै प्रकारको न्याय दिन्छजस्तो लाग्दैन, तथापी सरकारले मेरो छोराको हत्यारालाई कानूनी दायरामा ल्याएर कारबाही गरेन भने नेपालको अदालतमात्रै होइन अन्तर्राष्ट्रिय अदालतसम्म पुग्छु।’

जिल्ला प्रहरी कार्यालय सल्यानले घट्नाको बारेमा सत्यतथ्य लुकाउन खोजेको पीडित परिवारले आरोप लगाएका छन् । उनले भने,‘मेरो छोराको शरिरभरि घाउ छन्, नाङ्गै स्थितिमा लाश भेटिएको छ, यस्तो अवस्थामा हत्या नभएर के हुन्छ ? यस्ता घट्नाहरुलाई किन प्रहरीले लुकाउन र दबाउन खोज्दैछ ? प्रहरी किन मौन छ ? मेरो छोरोको हत्याराको संरक्षणमा रहेको प्रहरी प्रशासनले हामीलाई कमजोर नठाने हुन्छ, हामीले न्यायको लडाई लड्नुपर्यो भने परिणाम ठिक हुनेछैन् ।’

post image

असोज ६, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेकाे  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको भने मृत्यु भएको छ । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार बिहान ९ बजे गोली प्रहार गर्दा गिरीको मृत्यु भएको पुष्टि गरेका छन् । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पर्वतमा जन्मिएकी वृन्दाको आमा, दुई दाजुभाइ सरोजकृष्ण र सुमन मेरिल्याण्डमा लामो समयदेखि बस्दै आइरहेका छन् ।अमेरिकाको मूलधारको राजनीतिमा आवद्ध एचवी भण्डारीले ‘मास सुटिङ’ मा नेपाली पर्नु दुःखद् भएको भन्दै कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेर ३ जनाको हत्या गरेको जानकारी दिए ।

post image

असोज५,भक्तपुर । भक्तपुरको सूर्यविनायक–९ हवनव अगाडि अरनिको राजमार्गमा बिहीबार राति बनेपा जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले बताए।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो। प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रनाउ शर्माले बताए।

post image

असोज ४, सुनसरी।भारतीय सिमानामा पर्ने सुनसरीको हरिनगरा गाउँपालिका–२ भुटाहा बजारमा बिहीबार बिहान एक विद्यालयका ब्यवस्थापन समिति अध्यक्षकाे गाेली प्रहार गरी हत्या गरिएकाे छ । बिहान सवा ११ बजेतिर माेटरसाइकलमा अाएका दुई जनाकाे समूहले रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेका हुन् ।

विद्यालयको बैठक सकेर घर फर्कनेक्रममा भारतीय नम्बर प्लेटको अपाचे मोटरसाइकलमा आएका दुई भारतीय नागरिकहरुले खर्सिदको टाउको र छातीमा गोली प्रहार गरेका थिए। उनलाई गोलीप्रहार गरेकाे स्थान स्कुलबाट एक सय मिटर टाढा पर्छ। बाटोमा हिडिरहेका बेला खुर्सिदलाई छाती र टाउकोमा गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। खुर्सिदलाई गोली हानेर भारतीय सिमानातर्फ भागिरहेका बेला घुस्कीमा पुगेपछि प्रहरीले बाटो छेकेका थिए। बाटो छेकिरहेका मध्ये प्रहरी जवान शिव पौडेलको हात र खुट्टामा गोली हानेर उनीहरु फरार भएका छन् ।

घुस्कीबाट तीन किलोमिटरको दुरीमा रहेको खुला सिमाना हुँदै ती दुई भारतीय नागरिक फरार भएका हुन। गोली प्रहारको कारण बारे केही खुलेको छैन। मृतक अन्सारीको शव आफन्तलाई जिम्मा दिने तयारी गरेको छ भने घाइते प्रहरी पौडेललाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। खुला सिमानाबाट प्रवेश गरेका भारतीय नागरिकहरुले दिनदाहाडै गोली प्रहार गरेर आतंक मचाएपछि सुनसरीको सीमा क्षेत्रका बासिन्दा त्रसित बनेका छन्।

post image

असोज ४,अछाम। अछामको तुर्माखाँद गाउँपालिका ४ मा ६ महिने बालकको एसिड खन्याएर हत्या गरिएको छ ।  स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक छोरा मुस्कानको उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ।

गत मंगलबार बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किँदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्य चौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पुर्‍याइएको थियो। मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकीविरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आरोपित महिलाले बालकलाई सो कसुर स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।रासस

post image

असोज २, काठमाडौं । काठमाडौँमा एक युवतीको सामूहिक बलात्कार भएको खुलेको छ। नुवाकोट घर भएकी २१ वर्षीय रचना(नाम परिवर्तन) को बलात्कार भएको हो। केही दिनदेखि हराएकी युवती खोजी गर्ने क्रममा बलात्कार भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ।

रचना सोमवार विहानदेखि घर परिवारसँग सम्पर्कमा थिइनन्। दिनभर परिवारले रचनाको बाटो हेरे। तर उनी राति अबेरसम्म पनि फर्किएनन्। परिवारले आफन्त, छिमेकमा खोजी गर्दा नभेटिएपछि प्रहरीकोमा पुगे। परिवारले रचना हराएको भन्दै प्रहरीमा खोजी गरिदिन उजुरी दिए। उजुरीसँगै प्रहरीले खोजी कार्य सुरु गर्‍यो।

बलात्कारको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नुवाकोटका अर्जुन लामा, रामकृष्ण नगरकोटी र सूर्य रानालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रामदत्त जोशीले जानकारी दिए।

प्रहरीकाअनुसार अर्जुन लामाले रचनाकी आमालाई दिदी बनाएका थिए। कानसमेत नसुन्ने रचनालाई अर्जुनले भान्जी भन्थे। सोमवार बिहानदेखि रचना उनै मामा मानेका लामासँगै थिइन्। दिउँसो करिब ४ बजेतिर लामाले होटेलमा खाजा खान भन्दै लगेको प्रहरी अनुसन्धानमा खुलेको छ। स्युचाटारमा रहेको साधारण होटलमा पुगेपछि रचनाको सामूहिक बलात्कार भयो। मामा पनि सँगै थिए। घटनाको थप अनुसन्धान भइरहेको एसपी रामदत्त जोशीले जानकारी दिए।

post image

असोज २, काठमाडौँ । नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर  घुसहित पक्राउ परेका छन् ।

 घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं–७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको हो।

 जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।

post image

असोज १,कंचनपुर। प्रतिबन्धित गरिएको भारतीय नोटसहित कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई खप्टे नालाबाट प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार साँझ भारतको पिलिभित ग्राम राजापुरी थाना हजारा बस्ने ५५ वर्षीय सतमान सिंहलाई प्रहरीले भारतीय प्रतिबन्धित गरिएको नोटसहित गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो।

पक्राउ परेका भारतीय नागरिक सिंहलाई जाँच गर्दा भारतीय प्रतिबन्धित गरिएको रु ५०० दरको नोट रु दुई लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखी आवश्यक अनुसन्धानको कार्य भइरहेको छ। सिंह नक्कली नोटको कारोवारमा समेत संलग्न रहँदै आएको बताइएको छ। रासस

post image

भदौ ३१, काठमाडौँ ।  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले लागुऔषध कारोवारीलाई काठमाडौँ चुच्चेपाटीबाट राति ८ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल मगर, मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बताए ।

सडकमा हिँडिरहेका निजहरुको शरीर तलासी लिने क्रममा ३० ग्राम लागुऔषध खैरो हेरोइन ब्राउन सुगर, नक्कली पेस्तोल एक थान र रु २० हजार १०० बरामद भएको गिरीले जानकारी दिए । पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

post image

भदौ २९,काठमाडौँ । हत्याहिंसाका घटना नियन्त्रणका लागि सरकारले आजैदेखि मदिरा नियन्त्रण अभियान शुरु हुँदैछ।  गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधि सभाको बैठकमा उक्त अभियानको घोषणा गरेका हुन्।

‘मदिरा नियन्त्रणका निम्ति विशेष अभियान चलाउने आजदेखि शुरु भएको छ। यो योजनाहरुले यो घटनाहरुको नियन्त्रणले भूमिका निर्वाह गर्नेछ,’ थापाले संसदमा भने। देशमा विभिन्न हत्या हिंसाको घटना बढेकोमा त्यसमा मदिरा र ड्रग्सको भूमिका देखिएको गृहमन्त्री थापाले बताए।

प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण, राममनोहर यादवलगायतका घटनाको विषयमा जानकारी दिएका छन्।

post image

भदौ २८, दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई दाङबाट काठमाडौं लगिएको छ।

प्रकाण्डलाई आज विहान दाङबाट नेपालगन्ज हुँदै विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई काठमाडौं पठाइएको प्रहरीले जनाएकाे छ।

प्रकाण्डको डायरीमा तुलसीपुर घटनाको बारेमा उल्लेख गरेको भेटिएपछि शुक्रबार अनुसन्धानका लागि दाङ ल्याइएको थियो। उनीमाथि अनुसन्धानका लागि जिल्ला अदालत दाङले ८ दिनको समय तोकेकोमा उक्त समय नसकिँदै सार्वोच्चले उनलाई काठमाडौं झिकाउन पत्र काटेको हो।

प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई लक्षित गर्दै प्रकाण्डलाई बम विस्फोट गराएको आरोप लागेको छ। उक्त बम विस्फोटमा परी एक जना म्यादी प्रहरीले ज्यान गुमाएका थिए।

post image

भदौ २६,काठमाडौं ।  मालपोत कर्मचारीको मिलेमत्तोमा ६ करोड रुपैयाँ बराबरको जग्गा किर्ते गरि बिक्री गरेको आरोपमा प्रहरीले मालपोत कार्यालयका अधिकृतसहित चार जनालाई पक्राउ गरेको छ  ।महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले चाबहिल मालपोत कार्यालयमा कार्यरत अधिकृतसहित चार जनलाई सोमवार दिउँसो नियन्त्रणमा लिएको हो।

मलोपत कार्यालयका अधिकृत खगेन्द्र अर्याल, नासु रघुनाथ तिमिल्सिना र नासु रञ्जनकुमार खरेल र नासु जमुनाकुमारी श्रेष्ठलाई नियन्त्रणमा लिएको वृत्तका प्रमुख डिएसपी सुनिल मल्लले जानकारी दिए। पहिलोपोस्टसँगको कुराकानीमा डिएसपी मल्लले भने, ‘जग्गा बिक्रीमा कैफियत देखिएपछि आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएका हौ।’

चन्दनकृष्ण कायस्थको बूढानिलकण्ठमा रहेको ४० आना जग्गा मालपोत कार्यालयका कर्मचारीहरूको मिलेमतोमा बिक्री भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। भदौ १८ गते जग्गा ६ करोड रुपैयाँमा बिक्री भएको थियो। प्रहरीले जग्गा खरिद र बिक्री गर्नेलाईसमेत नियन्त्रणमा लिएको छ।

बुढानीलकण्ठ ७ को ‘ग’ को कित्ता नम्बर ३२३, ३२५ र ३२९ को जग्गा किर्ते गरि श्रीकृष्ण देवकोटा र ध्रुवप्रसाद भट्टराईको नाममा पास गरिएको थियो।

post image

भदौ २६,काठमाडौं । झापामा एक व्यापारीको अपहरणपछि हत्या भएको छ। कमल गाँउपालिका ६ मंगलवारे घर भएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो। प्रहरीले पौडेलको शव मंगलवार गौरीगञ्ज ६ स्थित बाह्सुदीमा हत्या गरेर फालिएको अवस्थामा फेला पारेको हो ।

व्यवसायी पौडेल सोमवार साँझदेखि सम्पर्कविहीन थिए। पौडेल कपडा व्यवसायी हुन्। व्यापारिक कारोबारको रकम उठाउन सोमवार पौडेल श्रीमतीसहित गौरीगञ्ज पुगेका थिए। गौरीगञ्ज पौडेलको घरदेखि करिब १५ किलोमिटरको दुरीमा पर्छ। हिजो साँझ ६ बजे प्रहरीले गौरीगञ्जका सद्धाम हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

हुसेन पौडेलका सहयोगी समेत हुन् । हुसेनसँग पौडेलले ९० हजार रुपैयाँ उठाउन बाँकी रहेको अनुसन्धानमा खुलेको डिएसपी जितेन्द्र बस्नेतले बताए। श्रीमतीलाई खाजा खान पसलमा छोडेर पौडेल हुसेनकहाँ पैसा लिन गएका थिए। तर, राति ९ बजेसम्म पनि नफर्किएपछि श्रीमतीले अपहरण भएको आशंकामा प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रहरीमा उजुरी पर्ने वित्तिकै हुसेनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो। पौडेले टाँउको र घाँटीमा छुरा प्रहारको चोट देखिएको छ।

post image

 भदाै २६, काठमाडाैँ । अब कुकुर कुट्ने पनि कारवाहीमा पर्ने भएका छन । सम्भवतः नेपालमै पहिलो पटक कुकुर कुट्नेविरूद्ध कारबाही चलाइएको हो ।

काभ्रेको बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको छ। वनेपाका संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

 ‘घरपालुवा जनावर कुटेको’ उजुरी इलाका प्रहरी कार्यालयले दार्ता गरेपछि खानीखोला गाउँपालिका–७, हाल बनेपा–७ बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल–१ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो।

 उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर ‘टमी’ र ‘काली’ लाई रडले हानेर खुट्टा भाँचिदिएका हुन् । यही भदाै १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता अनुसार प्रहरीले उजुरी लिएर कारबाही सुरू गरेको हो ।

post image

भदौ २५, काठमाडौँ । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (एसएसपी) बसन्त लामाले रातोपाटीलाई जानकारी दिए ।

करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको छ ।

‘प्रारम्भिक अनुसन्धानको क्रममा यो समूहले १४ लाख पैसा एटिएमबाट चोरी गरेको खु्लेको छ’ काठमाडौँ प्रहरी प्रमुख लामाले भने, ‘यसबारे थप अनुसन्धान शुरु गरेका छौँ ।’  उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र टुरिजम बैंकको खाताबाट पैसा निकालेका थिए ।

यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।

post image

भदौ  २५, काठमाडौं । गाेरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाइ पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल सोमबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलार्इ गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

 डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ । रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले पञ्चेबाजासहित केहीबेर र्‍यालीसमेत निकालेका थिए । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’

post image

भदौ २४, काठमाडौं । पशुपति नजिकै वाग्मती खोलामा झोला भित्र एक शिशुको शव फेला परेको छ । आज दिउँसो करिव साढे ३ बजेतिर खोलाले बगाएर ल्याइरहेको अवस्थामा शव फेला पारेको हो।

निलो रंगको झोला बगेर आएको देखेपछि निकालेर हेर्दा शिशुको शव फेला परेको प्रत्यक्षदर्शीले  बताए। शिशुको हातमा हस्पिटलको ट्यागसमेत लगाइएको छ। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरिसकेको छ।

post image

भदौ २२, काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मला पन्त को घरमै पुगेर हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने बताएका छन् । निर्मलाका आमाबाबुलाई भेटेर खनालले दुख ब्यक्त गर्दै हत्यारालाई कानुनी दायरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

घटनाको अनुसन्धान गर्न एसएसपीको टोली खटिएको भन्दै नेपाल प्रहरीमाथि विश्वास राख्न खनालले आग्रह गरेका छन् । ‘अपराधी पक्राउ गर्न समय लाग्छ, धैर्य गर्नुस् ‘ खनालले पन्तका आमाबाबुसँग भने।

अनुसन्धानमा त्रुटि नहुने गरी सही ढंगबाट काम भइरहेको खनालले बताए। पन्तकी आमाबाबुले छाेरीको हत्याराको पहिचानमा ढिलाइ भइरहेकाे गुनासो गरेका थिए।

गत साउन १० गते साथीको घर गएकी पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएको थियो। घटना भएको २० दिनपछि प्रहरीले दिलीप सिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेको थियो।

तर स्थानीयले विष्ट पक्राउ प्रति आपत्ति जनाउँदै विरोध जनाएका थिए। एक सातासम्म कर्फ्यु लागेको कंचनपुरमा प्रहरीले गोली चलाउदाँ १ जनाको मृत्युसमेत भएको थियो थियो ।

post image

भदौ २१,काठमाडौं । प्रहरीले किर्ते कागजपत्र बनाएर ७० करोड रुपैयाँ बराबरको धन सम्पत्ति बेचबिखनमा संलग्न १२ जनालाई पक्राउ गरेको छ भने सरकारका दुर्इ उपसचिव फरार छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शंकर इलेक्ट्रिक इन्डष्ट्रिज प्रालिको शेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका अधिकृत, सहायक रजिस्ट्रार नारायणप्रसाद पोखरेल र उमेशमान जोशीलाई पक्राउ गरेको छ। यस्तै किर्ते कागजपत्रकै आधारमा कम्प्युटरमा रजिस्ट्रेसन गर्ने प्राविधिक शाखाका कर्मचारी आशीष महर्जन र पुष्पकला राईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै पक्राउ पर्ने अन्यमा मकवानपुरका राजनप्रसाद लम्साल, काठमाडौँका निरजकुमार मानन्धर, रामेछापका जीतबहादुर मगर, काभ्रेका पुण्यप्रसाद खरेल, काभ्रेकै साइला भन्ने राजकुमार तामाङ, हिमाल महर्जन, काठमाडौँका चिरीबावु महर्जन, बाराका अमृत थापा मगर रहेका छन्।

ब्यूरो स्रोतका अनुसार भारतीय नागरिक रामनिरञ्जन जटियाको नाममा रहेको सम्पत्ति नियमविपरीत बेचबिखन र नामसारीमा सघाउने उपसचिवहरु गंगाधर पौडेल र धर्मराज रोकाया फरार छन्। उनीहरुले नियम अनुसार काम कारबाही गर्ने भन्दा ठगीमा संलग्नहरुलाई सरकारी कागजपत्र किर्ते गरेर हिस्सेदार बनेको अनुसन्धानमा खुलेको हो। फरार रहेका पाैडेल कार्यालयका गुनासो सुन्ने अधिकारी र राेकायालार्इ सूचना अधिकारी ताेकिएकाे थियाे।

post image

भदौ २१, काठमाडौं । स्वयम्भु हाइटमा गाडीभित्र एक व्यक्तिको शब फेला परेको छ। मृतक काठमाडौँ नैकापका श्याम श्रेष्ठ भएको खुल्न आएको हो ।

पार्किङ् क्षेत्रमा राखिएको बा. ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र  श्रेष्ठ को शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुका प्रहरी निरीक्षक हेमप्रसाद आचार्यले बताए। आचार्यले भने,’बुधबार राति गस्तीमा हिँडेको प्रहरीले शंका लागेर हेर्दा शव भेटिएको हो।’

 श्रेष्ठ शेयर कारोबारी समेत हुन्। श्रेष्ठको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुन्धानले देखाएको छ। प्रहरी निरीक्षक आचार्यले भने,’शव गन्हाएको छ। मृत्यु केही दिन आगाडि नै भएको हुनसक्छ। मृत्यु वा हत्या के हो अनुसन्धान गरिरहेका छौँ।’

post image

भदौ २०, उदयपुर ।  जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ ।

जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो ।

बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए ।

यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ । रासस

post image

भदौ १९ , झापा। झापाको मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर–६ का २५ वर्षीय मिलन श्रेष्ठ रहेका छन्।

 प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट भदौ ९ गते दराज फुटाएर ११ लाख ९३ हजार चोरी गरेका थिए।

क्यासिनोमै काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले चोरी गरेका हुन्। श्रेष्ठ सोही क्यासिनोका कर्मचारी हुन्। उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post image

काठमाडौँ १९,धनुषा । धनुषामा सोमबार राति गोली चल्दा एक व्यक्ति घाइते भएका छन ।अज्ञात समूहले  चलाएको गोली लागेर  मोटरसाइकलमा रहेका लक्ष्मिनिया ६ का ३५ वर्षीय सञ्जय शर्मामाथि घाइते भएका हुन्।

 शर्माको दाहिने कोखामा एक गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए। थपलियाले गोली चलाउनेको खोजी भइरहेको बताए। घाइते शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाएको छ।

post image

भदौ १३,काठमाडौँ । दिल्ली प्रहरीको क्राइम ब्राञ्चले नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको भनिएका ग्याङ्गस्टर विकास सिंहलाई शनिबार पक्राउ गरेको छ ।सिंह केही महिनादेखि आशु पहलवानसँग दिल्लीमा लुकेर बसिरहेको र एउटा टुर र ट्राभल कम्पनी चलाइरहेको विशेष सूचना प्रहरीले पाएको थियो ।

केडिया २०७३ साल जेठ १२ गते अपहरणमा परेका थिए । यसको चार दिनपछि उनलाई १६ गते बिहारको मोतिहारीबाट बिहार प्रहरीले अपहरणमुक्त गरेको थियो । भारतीय प्रहरीका अनुसार केडियाले फिरौती स्वरुप सिंहका सहयोगीलाई नयाँ दिल्लीको चाँदनी चोकमा १० करोड भारु बराबरको सुन बुझाएका थिए ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा भनिएको छ, ‘फेरि निशानामा पर्ने डरले छुटेको तीन दिनपछि उनले कथितरुपमा फिरौती बापत सुन बुझाएका थिए ।’

केडियाको अपहरणमा संलग्नताबाहेक सिंहले फिरौती रकमको बाँडफाँडको विवादमा अपहरणको मास्टरमाइन्ड भनिएका बब्लु दुवेको पनि ‘सफाया’ गरेका थिए । त्यतिबेला बुक्सार जेलमा रहेका दुवेलाई पटनाबाट १८२ किमी टाढा रहेको बेतियास्थित अदालत परिसरमा गोली प्रहार गरिएको थियो ।

सिंह दक्षिण दिल्लीस्थित संगम सिनेमा हल अगाडि राती १० बजे कसैलाई भेट्न आउने सूचना थियो । उनी त्यहाँ आइपुग्ने बित्तिकै पक्राउ परे । सोधपुछका क्रममा सिंहले केडियाबाट प्राप्त फिरौती रकमको विवादमा दुवेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

‘बिहारका ग्याङ्गस्टर कुनाल सिंह र राहुल सिंह पनि केडिया अपहरण र दुवेको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरीले बताएको छ । राहुल र कुनाल दुवै यसअघि नै पक्राउ परिसकेका छन् ।दुवेले बुक्सार जेलमा रहेका बेला केडियाको अपहरणको योजना बुनेको प्रहरीको भनाई छ ।

post image

भदौ १३, महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा एक दुधे बालिकाको अपहरणपछि हत्या गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नगरपालिकाको वडा नं १ स्थित औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको गत आइतबार अपहरणपछि हत्या गरिएको थियो । घटना भएको तीन दिन भइसक्दा पनि अपराधी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बर्दिबास-जलेश्वर सडकमा सवारी आवागमन अवरुद्ध पारेका छन् ।

उनीहरुले अपहरणकारी र हत्यारालाई तत्काल पक्राउ गरेर कारबाहीको माग राख्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाको विरोधमा स्थानीयले बिहानैदेखि औरही बजार बन्द गरेका छन् । हाट, पसल, शिक्षण संस्था समेत बन्द गरेका छन्  महोत्तरीका एसपी ईश्वर कार्कीले भने चाँडै अपराधीलाई पक्रेर कारबाही गर्ने बताए । उनले भने, ‘हामी अपराधीलाई पक्राउ गरेर कारबाही गर्न प्रतिवद्ध छौं । तर यसरी बन्द, हड्तालमा स्थानीय उत्रिएपछि अपारधीलाई नियन्त्रणमा लिन अप्ठ्यारो हुन्छ ।’

एसपी कार्कीले सादा पोशाकका प्रहरी समेत नेपाल-भारत सीमामा, छिमेकी जिल्लामा खटाइसकिएको बताउँदै स्थानीयलाई बन्द, हड्ताल नगर्न आग्रह गरे । बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ । बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको परिवारले जनाएको छ ।

post image

भदौ १२, काठमाडौं  नेपाल कम्युनिस्ट पार्टीकी नेतृ उमा भुजेलशिलुलाई प्रहरीले पक्राउ गरेको  नेकपाकी पोलिटब्यूरो सदस्य समेत रहेकी भुजेललाई प्रहरीले काठमाडौँबाट गिरफ्तार गरेको बताइएको पारिवारिक स्रोतका अनुसार उनलाई कहाँ लगिएको भन्नेबारे केही जानकारी छैन उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो

संविधान सभा सदस्य समेत रहेकी भुजेल गोर्खा जेल ब्रेककी कमाण्डर हुन्  वार्ताको लागि भन्दै सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोल गठन गरेपनि सरकारले ने नेकपाका नेताकार्यकर्ताहरुलाई गिरफ्तार गरिरहेको  थप विवरण आउन बाँकी

यसभन्दा अघि नेकपाका प्रबक्ता खड्गबहादुर बिश्वकर्माप्रकाण्डलाई पक्राउ गरेको भने पोलिटब्युरो सदस्यहरु मोहन कार्कीजिवन्त’ , ओमप्रकाश पुनपदम राई गम्भीरलाइ पनि प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको l

post image

भदौ १२,काठमाडौँ । निर्मलाको हत्या प्रकरणको अभियोगमा प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय दिलीपसिंह बिष्टलाई उपचारको लागि काठमाडौँ पठाएको छ। प्रहरीले दिलीपसिंहलाई मानसिक रोगी भएको दाबी गरिएको छ।

 केहिदिन देखि तनावग्रस्त बनेको महेन्द्रनगर शान्त बन्दै गएको छ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पनि दिउँसो हटेको छ।  मङ्गलवार बिहानदेखि नै बजार, चोकमा चहलपहल बढेको छ। महेन्द्रनगरमा विरोध प्रदर्शनका कुनै पनि कार्यक्रमहरू नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुबेरबहादुर कठायतले बताए।

स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि बुधवार बिहान ४ बजे सम्म भने कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीले पक्राउ गरेका दुई दिदी बहिनीलाई अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १८ का रोशनी बम र वविता बमलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको थियो। उनीहरूसँग आवश्यक सोधपुछ र बयान हुने एसपी कठायतले बताए।

गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगैपढ्नको लागि गएकी थिइन्। त्यसपछि  भोलिपल्ट उनको शव नजिकैको उखुवारीमा भेटिएको थियो।

post image

भदौ ११, महोत्तरी । आइतबार साँझ घरबाटै ‘अपहरण’मा परेकी महोत्तरीकी ९ महिने बालिकाको हत्या भएको छ। महोत्तरी औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको सोमबार दिउँसो शव फेला परेको हो। महोत्तरीका प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीका अनुसार औरही–८ स्थित जंगलमा बालिकाको शव भेटिएको हो।

कार्कीका अनुसार आइतबार साँझ ६ः१५ बजे ती बालिका बेपत्ता पारिएकी थिइन्। एक युवाले ती बालिकालाई लगेको प्रत्यक्षदर्शीले बताएको भन्दै दुई घन्टापछि आफन्तले प्रहरीलाई फोन गरेका थिए। रातिबाटै खोजी तीव्र पारिए पनि बालिकालाई सकुशल उद्धार गर्न नसकिएको प्रहरी उपरीक्षक कार्कीले बताए। उनका अनुसार बच्चाको मुखबाट रगत निस्केको छ।

‘बालिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ कार्कीले भने। शव पोस्टमार्टमका लागि लगिएको छ। कार्कीले हत्या गर्ने व्यक्तिको पहिचान भइसकेको बताए। ती व्यक्तिको खोजीका निम्ति ठूलो संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको छ। ‘९ महिनाको बच्चासँग के दुश्मनी हुनसक्छ?,’ कार्कीले भने, ‘यसको यथार्थमा पुग्न हामी अनुसन्धानमा सक्रिय छौं।’

post image

भदौ ११, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको अपराधी पक्राउ गर्न सरकार लागि परेको बताएका छन्।

सोमबार विहान मुख्य सञ्चार माध्यमका सम्पादकहरु संगको छलफलमा उक्त घटनालाई त्राशदीपूर्ण भन्दै ओलीले हालसम्म प्रहरी अनुसन्धान प्रति विश्वास गरिएको र थप अध्ययन् र प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो(सीआईबी)लाई पनि परिचालन गरिएको जानकारी दिए।

 घटनालगत्तै भएकाे प्रहरी अनुसन्धान प्रति शंका रहेकाे उनकाे भनाइ थियाे। ’पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको हामीले पाएका छौ,’ उनले भने, त्यसैकारण सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको हो। मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी राख्ने छैनौ।’

post image

भदौ ११,इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि गरे ।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

post image

भदौ ११, कञ्चनपुर । शुक्रबार ८ बजेदेखि महेन्द्रनगर बजारमा लागेको कफ्र्यु पछिल्लो समय खुकुलो पार्न थालिएको छ। आइतबार बेलुकी ६ बजेदेखि राति १० बजेसम्म चार घन्टाका लागि महेन्द्रनगर बजारमा कफ्र्यु हटाइएको थियो । यस्तै सोमबार बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्मका