post image
हुम्ला । नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वस्थ रहनुपर्ने तरिका तथा प्याड बनाउन एकदिने तालिम दिइएको छ ।
महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलो पटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्यायनरत माविस्तरका किशोरी र अन्य किशोरीलाई महिनावारीमा सुरक्षित रहन र प्याड बनाउने तालिम दिएको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले जानकारी दिए ।
अधिकांश गाउँमा महिलाले लाजमान्दै रोग लुकाउने गर्दा पछि नराम्रो परिणाम आउने भएकाले लाज नमानी आफूलाई लागेको रोगका बारेमा जानकारी गराउन आग्रह गर्दै उनले विकृति, विसङ्गति र अन्धविश्वास अन्त्य गर्न पहल गरिने बताए ।
हरेक किशोरी तथा प्रौढ महिलामा महिनावारीमा सुधार ल्याउनका साथै सरसफाइमा ध्यान दिन लगाई उनीहरुको गरिमा र आदर बढाउन तालिम आयोजना गरिएकाे स्वास्थ्य शाखाका सहसंयोजक दानबहादुर बोहोराले बताए । रासस
post image

 जेठ ५, काठमाडौं । ‘दम’ (Asthma) यस्तो अवस्था हो जसले हाम्रो फोक्सोलाई असर गर्दछ र स्वासप्रश्वास प्रक्रियामा बाधा पुर्याउँदछ। नेपालमा अझै पनि लाखौँ युवा तथा वृद्धहरूलाई दमले सताइरहेको छ र यो मात्रा बढ्दै जाँदैछ।

दमलाई कसरी कम गर्ने जान्नको लागि पहिले दम किन र कसरी हुन्छ भन्ने कुरा जान्नु जरुरी हुन्छ। किनभने कुनै पनि कुराको कारण थाहा भयो भने त्यसलाई हुनै नदिने उपायहरू पनि अपनाउन सकिन्छ।

किन हुन्छ ‘दम’?

जब हामी स्वास लिन्छौँ, त्यो हावा स्वासनली हुँदै फोक्सोमा पुग्दछ। स्वासनली फोक्सोमा पुग्दासम्म साँघुरो हुँदै जान्छ र फोक्सोभित्र यहि स्वासनलीका हाँगाहरू बाँडिएका हुन्छन्।

यदि हामीलाई दम भएको छ भने, उक्त स्वासनलीको भित्री भाग सुन्निने हुन्छ र धुलो, धुँवा, गह्रौँ काम र तनावले गर्दा स्वासनलीमा झन् बढि दवाव पर्दै जान्छ। यस्तो प्रतिक्रियाले स्वासनलीमा बाक्लो खकार जम्मा हुँदै जान्छ, जसले गर्दा हामीलाई स्वासप्रश्वास गर्न अप्ठ्यारो हुँदै जान्छ। यस्तो अवस्था बढ्दै गएमा हामीलाई दमघात (Asthma Attack) हुन्छ र तुरुन्तै अस्पताल जानुपर्ने अवस्थाको सिर्जना हुन्छ।

मलाई ‘दम’ भएको छ भनेर कसरी थाहा पाउने?

एकचोटी आफैलाई सोध्नुहोस्-

  • के मलाई रातिको बेला खोकी लाग्छ?
  • के मलाई स्वास फेर्दा गाह्रो हुन्छ? अथवा कहिलेकाहिँ स्वास नै नआएको जस्तो हुन्छ?
  • के मलाई स्वास फेर्दा छाती दुख्छ? कहिलेकाहिँ लामो स्वास फेर्न गाह्रो हुन्छ?
  • के मेरो परिवारमा कसैलाई दम छ?

यदि तपाईँले माथिका प्रश्नहरूको जवाफमा ‘हुन्छ’ पाउनुभयो भने, तपाईँलाई दम भएको छ भनेर बुझ्नुहोस्।

के ‘दम’लाई कम गर्ने कुनै घरेलु उपायहरू छन्?

दम हुनुको ठेट कारण अझसम्म पत्ता नलागे पनि विभिन्न अनुसन्धानले एलर्जी, वायु प्रदूषण, स्वासप्रश्वास सङ्क्रमण, दूषित वातावरण, असन्तुलित खाना र केही औषधीलाई कारण बताएको पाइन्छ।

दम खतरनाक रोग हो, तर यसलाई रोकथाम गर्ने उपायहरू पनि छन्। तीमध्ये केहि घरेलु उपायहरू निम्न छन्। तर अवस्था जटिल हुँदै गएमा, ढिलो नगरी तुरुन्तै अस्पताल गएर उचित उपचार गराउनुहोस्।

१. अदुवा

विशेषज्ञहरूका अनुसार अदुवाले सुन्निएको स्वासनलीलाई राहत दिन्छ र हावालाई आवतजावत गर्न मद्दत पुर्याउँदछ।

  • अदुवाको जुस, अनारको जुस र महलाई बराबर मात्रामा मिसाउनुहोस्। यो मिश्रणलाई दिनमा ३ चोटी १-१ चम्चा खाएमा दमबाट राहत पाउन सकिन्छ।
  • सुकेको अदुवालाई मसिनो गरि पिनेर हरेक दिन १ चम्चा अदुवाको धुलोलाई १ गिलास मनतातो पानीमा मिसाएर पिउनाले पनि दमबाट छुट्कारा पाउन सकिन्छ।
  • १ इन्च अदुवालाई पानीमा राखेर १० मिनेटसम्म उमालेर उक्त पानी पिउनाले पनि दमबाट तुरुन्तै राहत पाउन सकिन्छ।
  • तपाईँले काँचो अदुवालाई नुनसँग मिसाएर पनि खान सक्नुहुन्छ।
२. तोरीको तेल

दमघात भएको बेलामा, तोरीको तेलले हलुका मसाज गर्दा स्वासनलीलाई खुलाउँदछ र स्वास फेर्नमा कुनै बाधा पुर्याउँदैन।

  • थोरै तोरीको तेललाई कपूरको धुलोसँग तताउनुहोस्।
  • त्यसलाई एकछिनसम्म चिसो बनाउनुहोस् र मनतातो भएपछि बिरामीको छाती र ढाडमा हलुका मसाज गरिदिनुहोस्।
३. लसुन

दमको प्रारम्भिक चरणको बेला लसुनको प्रयोगले फोक्सोमा परेको दवावलाई कम गराउँदछ।

  • १ कप दूधमा २/३ कोसा लसुन राख्नुहोस् र उमाल्नुहोस्।
  • कोठाको तापक्रममा त्यसलाई चिसो बनाउनुहोस् र पिउनुहोस्।
४. कफी

कफीमा पाइने ‘क्याफिन’ले स्वासनलीलाई आराम प्रदान गर्दछ र तपाईँलाई स्वास फेर्न सहज गराउँदछ। कफी जति कडा भयो, त्यति नै राम्रो! तर दिनमा ३ कपभन्दा बढी कफी नपिउनुहोस्। यदि तपाईँलाई कफी मन पर्दैन भने, कालो चिया पनि पिउन सक्नुहुन्छ। तर हरेक चोटी दमले आक्रमण गरेको बेला कफीको सहायता नलिनुहोला।

५. प्याँज

प्याँजमा जलनलाई प्रतिरोध गर्न सक्ने विशेषता हुन्छ जसले स्वासनलीमा भएको बाधालाई कम गराउँदछ। साथै, प्याँजमा पाइने सल्फरले पनि सुन्निएको स्वासनलीलाई राहत प्रदान गर्दछ।

दमले आक्रमण गरेको बेला काँचो प्याँज चपाउनुहोस्। यदि काँचो प्याँजको स्वाद मन पर्दैन भने बफाएको प्याँज पनि खान सक्नुहुन्छ।

६. कागती

दमबाट ग्रसित अधिकांश व्यक्तिहरूमा ‘भिटामिन सी’को कमी भएको हुन्छ। कागतिमा भिटामिन सी र एन्टीअक्सिडेन्टहरु पाइन्छन जसले दमको लक्षणलाई केहि क्षणमै कम गराउँदछ।

  • बिहानै, १ गिलास मनतातो पानीमा एउटा कागतीको रस मिसाउनुहोस् र आफ्नो स्वाद अनुसार चिनी मिसाएर पिउनुहोस्।
  • यसो गर्नाले दिनभरी दमले आक्रमण गर्न सक्ने सम्भावना कम हुन्छ।
थप सुझावहरूः
  • तपाईँलाई विशेष गरी के कारणले दम हुन्छ भनेर पत्ता लगाउनुहोस् र त्यसबाट टाढै रहनुहोस्। कुनै वस्तुबाट एलर्जी छ भने पनि त्यसबाट बच्नुहोस्।
  • धुम्रपान गर्नुहुन्छ भने त्यसलाई कम गर्दै लैजानुहोस्। किनभने धुम्रपान गर्नेहरूको लागि दम सबैभन्दा खतरनाक हुन्छ।
  • राती सुत्दा उत्तानो परेर नसुत्नुहोस्, त्यसले गर्दा तपाईँको स्वासनली तन्किन्छ र टाल्लिन्छ। कि घोप्टो परेर, कि चाहिँ कोल्टे परेर सुत्दा राति दमले आक्रमण गर्न सक्दैन।
  • बजारमा पाइने प्याकेटका खानाहरू नखानुहोस्। बढि चिल्लो, पिरो र मसालेदार खाना नखानुहोस्।
  • पानीलाई तताएर मात्रै पिउनुहोस्। यदि तातो पानीको सुविधा छैन भने पनि चिसो पानी धेरै नपिउनुहोस्।
  • कहिलेकाहिँ तपाईँलाई दमले आक्रमण गरेको बेला माथिका कुनै पनि उपायहरू अपनाउने अवस्था हुँदैन। त्यसैले चिकित्सकको सल्लाह अनुसार ‘आस्थालिन’ (Asthalin) लाई सँधै आफ्नो साथमा राख्नुहोस्।
  • यदि यी सबै उपायहरू अपनाउँदा अपनाउँदै पनि दमले आक्रमण गर्न छोडेन भने तुरुन्तै स्वास्थ्य चौकी गएर चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
post image

वैशाख ३१, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका ३ वटा स्थानीय तहमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रले सुविधासम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स पाएका छन् । क्यानेडीएन रेडक्रसको सहयोगमा जिल्ला रेडक्रस सेासाइटीले बाह्रविसे, मेलम्ची नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालित स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्राथमिक स्वास्थ्य केन्द्र भएका वडाका वडाध्यक्षहरुलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेका थिए । प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसे, मेलम्ची र प्राथमिक स्वास्थ्य केन्द्र जलबिरेमा केन्द्र हुने गरी हस्तान्तरित एम्बुलेन्स सञ्चालनहुने छ ।

नेपाल रेडक्रस सोसाइटीले देशभर २१७ एम्बुलेन्स सञ्चालन गरिरहेको छ । त्यो मध्ये ‘ख’वर्गको एम्बुलेन्स सिन्धुपाल्चोकबाट सुरुआत गरिएको रेडक्रसका केन्द्रीय उपाध्यक्ष देवरत्न धाख्वाले जानकारी दिए ।

‘क’वर्गको एम्बुलेन्समा मेडिकल डाक्टरसहित एम्बुलेन्स भित्र बिरामीलाई आवश्यक पर्नै सबै सुविधा हुने भए पनि ‘ख’ वर्गको एम्बुलेन्समा भने स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति मात्रै हुने गर्दछन् ।

अन्य स्वास्थ्य सामग्री भने ‘क’ वर्गमा जत्तिकै हुने चौतारा अस्पतालकी डाक्टर पुमावती थापाले जानकारी दिइन ।

‘ख’ वर्गको एम्बुलेन्समा दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक ३४ प्रकारका स्वास्थ्य सामग्री हुने गर्दछ । सिन्धुपाल्चोकमा यो सुविधा भएको एम्बुलेन्स पहिलो पटक आएको हो ।

post image

वैशाख ३१, काठमाडौं ।  गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :

– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले डढिसकेको छालाको दाग हटाउँछ।
– घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर दल्नुहोस् र नुहाउनुहोस्।
– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।
– घ्युकुमारीमा छालालाई शान्त र शितल प्रदान गर्ने तत्व हुन्छ। घ्युकुमारीको रस निकालेर केही समय फ्रिजमा राख्नुहोस् र छालामा लगाउनुहोस्।

– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।
– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस्। यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।
– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ । घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।

– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।
– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस्।
– उपचार गर्न भन्दा रोकथाम गर्नु उत्तम भने जस्तो घाममा जानुभन्दा अगाडि अनुहारमा लोसन लगाउनुहोस्।
– चर्को घाममा जानुअघि घामबाट बच्ने ठूलो चस्मा लगाउनुहोस्।

post image

 वैशाख २९, काठमाडौं ।  मे १२ अर्थात् विश्व नर्सिङ दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा नेपाल नर्सिङ संघले आइतबार काठमाडौंमा कार्यक्रम गर्दैछ।

विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको सहभागीतामा अभियानमुलक कार्यक्रमहरु गरी नेपाल यो दिवस मनाउने गरिएको छ । अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) को आह्वानमा हरेक वर्षको मे १२ तारिखमा विश्वभर नर्स दिवस मनाउने गरिएको छ ।

आधुनिक नर्सिङ पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाईटिङ्गेलको जन्मदिनको अवसर पारेर विश्व नर्स दिवस मनाउने गरिन्छ । यस अवसरलाई नर्सिङ क्षेत्रमा आधुनिक र व्यवसायिक नर्सिङ सेवाको नयाँ मोड पनि मानिन्छ । ‘लेडि विथ दि ल्याम्प’ को उपनामले समेत विश्वमा परिचित फ्लोरेन्सको जन्म सन् १८२० मा ब्रिटेनमा भएको थियो ।।

 

post image

बैशाख २७ ,काठमाडौं । एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit)भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो ।

सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकहरुले यसमा अत्यन्तै फाइदाकारक तत्व हुने बताएका छन् ।

नेपालका विभिन्न ठाउँमा एभोकाडो फेलेको पाइएपनि मानिसहरुले यसको महत्व नबुझेकाले सेवन गर्दैनन् ।संसारकै फलमध्येमा धेरै पोषक तत्व भएको फलका रुपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ ।नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला र खोला छेउमा समेत यसको बिरुवा हुर्काइरहेका छन्।पाखा ,खोला बगर वा अरू काम नलाग्ने ठाउँमा एभोकाडो लगाएर राम्रो आय लिन सकिन्छ। नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडो मजाले फल्छ। एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको 1 देखि 5 वर्षमा फल दिन शुरू गर्ने यसको एकै बोटमै १ हजार किलो (१ सयदेखि ५ सयओटा फल)सम्म फल्न सक्छ।

एभोकाडो खानुका फाइदा : अत्याधिक पोषक तत्वयुक्त एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनिरल पाइन्छन् । हाम्रा शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ । उच्च रक्तचापलाई कम गराउँछ पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ । चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत् गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ । फाइबरको अधिक मात्राले तौल नियन्त्रण फाइबर अर्को एउटा तत्व हो जुन एभोकाडोमा अत्याधिक मात्रामा पाइन्छ ।

यसले हाम्रो तौल नियन्त्रण गर्न र साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ । आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट एभोकाडोमा लीउटीन र जीआछानथीन नामक तत्वहरु पाइन्छन् जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । वृद्धहरुको आँखामा आउने समस्यालाई पनि यसले कम गराउने भएकाले नियमित एभोकाडोको सेवन गर्नुपर्ने चिकित्सक बताउँछन् । क्यान्सरबाट बचाउँछ एउटा अनुसन्धानका अनुसार एभोकाडो नियमित खाँदा यसले क्यान्सरको उपचार गर्दा गरिने केमो थेरापीको साइड इफेक्टलाई न्युन गराउन मद्दत गर्छ । प्रोस्टेट क्यान्सरबाट बचाउने हुनाले पुरुषहरुले दैनिक एभोकाडो खाने गर्नुपर्छ । तौल घटाउन प्रभावकारी एभोकाडो तौल नियन्त्रण गराउन प्रभावशाली सावित भएको धेरै अध्ययनले बताइसकेको छ ।

एउटा ग्रुपमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लगाएको हो कि एभोकाडो खाएकाहरुलाई अरु खानेकुरा खाएकाभन्दा थोरै मात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैँमा थोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ । साथै अधिक मात्रामा फाइबर हुने भएकाले पनि एभोकाडो तौल कम गराउन धेरै मद्दतगार साबित भइसकेको छ । पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ । एक दिनमा एउटा एभोकाडो खानेगरेमा कोलेस्ट्रोल आपसेआप हराएर जान्छ ।

post image

बैशाख २६,  कनकाई। प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् ।

एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति सेवातर्फकी स्वास्थ्यकर्मी खुश्बु शिवाले बताए ।

फोहरजन्य पदार्थ नष्ट गर्ने कन्टेनरको व्यवस्था स्वास्थ्य केन्द्रको आसपासमा केही पनि नभएकाले प्लासेन्टा नष्ट गर्न सुत्केरीलाई नै दिनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

अस्पतालबाट सालनाल झोलामा बोकेर घरतर्फ लैजान अनुरोध गर्दा धेरैजसो सुत्केरीका अभिभावक रिसाउने गरेको भए पनि स्वास्थ्य केन्द्रमा यसको उचित व्यवस्थापनको विकल्प नहुँदा स्वास्थ्यकर्मी नै चुपचाप बस्नुपर्ने बाध्यता भएको प्रसूति सेवातर्फकै स्वास्थ्यकर्मी उषा सुवेदीले बताए ।

 प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको नर्सिङ फाँटतर्फको इञ्चार्जका रूपमा स्टाफ नर्स सरस्वती मास्केको नेतृत्वमा अन्य पाँच अनमी सङ्गीता अधिकारी, अम्बिका मैनाली, यशोदा कटुवाल, खुश्बु शिवा र उषा सुवेदी कार्यरत छन् । केन्द्रको नर्सिङ फाँटमार्फत हाल प्रसूति सेवा, गर्भवती जाँच, परिवार नियोजन सेवा, गर्भपतनलगायतका सेवा दिइँदै आएको बताइएको छ ।

सुविधासम्पन्न शहरी अस्पतालको रूपमा सञ्चालनको तयारीमा पुगेको यस स्वास्थ्य केन्द्रमा दुई वर्ष अघिदेखि नै स्वास्थ्य सेवा कमजोर बन्दै गएको स्थानीयवासी बताउँछन् ।

जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व सम्हालेसँगै प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको सेवा अव्यवस्थित बन्दै गएको केन्द्रकै जिम्मेवार स्वास्थ्यकर्मी बताउँछन् । चार महीनाअघि मात्र स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्न आएकी डा. सच्चु थापाले अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रमा धेरै कुराको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

दुई वर्षयता केन्द्रमा सिरिन्ज डडाउने इन्टिनेटर साथै सालनाल (प्लासेन्टा) नष्ट गर्ने कन्टेनरको अभाव हुँदा स्वास्थ्य केन्द्र आसपासमा नै वातावरण दुषित बन्दै गएको स्थानीयवासी प्रेम आचार्यले बताउनुभयो । स्वास्थ्य केन्द्रकै सामुन्ने सालनालसहितको फोहर थुपारेर आगो लगाउने गर्दा वातावरण दुषित भई स्थानीयवासीलाई समेत ठूलो असर परेकाले सरकारी अस्पातालबाट भएको यस किसिमको लापरवाही तत्काल रोक्नुपर्ने भन्दै स्थानीयवासीले आक्रोश पोखेका छन् ।

स्वास्थ्य केन्द्रको जिम्मेवारी सम्हाल्नुभएका कनकाई नगरका स्वास्थ्य संयोजक पोषराज त्रितालले स्वास्थ्य अस्पतालमा दुई वर्षअघिदेखि सिरिन्ज डडाउने इन्टिनेटर र सालनाल नष्ट गर्ने कन्टेनरका विषयमा आफूलाई केही पनि पत्तो नभएको जानकारी दिए ।

नगरपालिकाको कार्यालयमा नै नगर स्वास्थ्यको कार्यालय रहेकाले स्वास्थ्य संयोजक त्रिताल प्राथमिक स्वास्थ्य केन्द्रमा ज्यादै कम्ती आउने गरेको बताइएको छ । महीनामा एक पटक बस्ने सञ्चालक समितिको बैठकमा स्वास्थ्य केन्द्रका समस्याका विषयमा केन्द्रका चिकित्सक साथै स्वास्थ्यकर्मीले राखेका विषयमा समितिबाट सुनुवाइ भए पनि कार्यान्वयन नभएको बताइएको छ ।

समस्याको समाधान खोज्नुभन्दा पनि दुई वर्षअघिदेखि नै अब चाँडै नयाँ भवनमा गएपछि सबै समस्याको समाधान हुने कुरा मात्र समिति साथै स्थानीय सरकार प्रमुखबाट आउने गरेको केन्द्रकै स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

स्वास्थ्य केन्द्रको समस्या समाधानका विषयमा सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद चिमरियाले समेत नयाँ भवनमा सरेपछि मात्र सबै कुराको व्यवस्थापन मिल्ने बताए ।

post image

बैशाख १७, बिराटनगर । नोबेल शिक्षण अस्पताल परिषरमा ठूलो लगानीमा अन्तर्राष्ट्रियस्तरको बगैचा र पार्किङ बनाइने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवम् मनमोहक वातावरण बनाउन नोबेलले ३२ करोडको लागतमा बगैचा र पार्किङ बनाउँन लागेको हो ।

 अस्पतालहरु मध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पुरा हुँने अस्पताल सञ्चालक डा.सुनिल शमाको भनाई छ । ‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ ।’ डा.शर्माले भने ‘अवको १५ महिना भित्र अन्तर्राष्ट्रिय स्तरको बगैंचा बनिसक्छ ।’ यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ । टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाईन गरेका छन् । आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाई मनोरम हुने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ ।

अस्पताल भवन अगाडीको करिव ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुँनेछ । बगैंचामा बच्चाहरुका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरु राखिनेछ । त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपाल÷दारी काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेज लगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।

 

post image

बैशाख १५,काठमाडौँ ।पानी परेपछि फैलिएको रोगका कारण ९ जनाको मृत्यु भएपछि हुम्लाको ताजाकोट गाउँपालिकामा आइतबार विहान हेलिकोप्टरबाट स्वास्थ्यकर्मीसहित औषधी पठाइएको छ।

वान्ता हुने, रिंगाटा लाग्नेजस्ता लक्ष्यण देखिएका विरामीको मृत्यु भएको र गाउँमा अझै धेरै विरामी रहेकोले स्वास्थ्यकर्मीलाई हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पठाइएको सामाजिक विकास मन्त्री दल रावलले बताए।

सुर्खेतबाट चिकित्सकको टोलीलाई प्रभावित क्षेत्रमा पठाइएको हो। विरामीको  परीक्षण गरेपछि सिकिस्त भए उद्धार गर्ने मन्त्रालयले जनाएको छ। रोगबाट प्रभावितको परीक्षण गर्ने, औषधी खुवाउने र रोग थप फैलिन नदिन प्रदेश सरकारले चिकित्सक पठाएको उनको भनाइ छ।

गाउँमा रोग फैलिए पनि पर्याप्त औषधी र स्वास्थ्यकर्मी छैनन्। चैत अन्तिम साता पानी परेपछि गाउँमा फैलिएको रोगले अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने रोगको पहिचान हुन सकेको छैन। दुई जना बालकसहित ७ जना बृद्धको मृत्यु भएको हो। राससको सहयोगमा

post image

वैशाख ८, काठमाडौं । धेरैजसो महिला अग्लो हिल भएका जुत्ताचप्पल प्रयोग गर्छन्। यसले झट्ट तपाईलाई अग्लो र स्मार्ट देखाए पनि यस्ता जुत्ताचप्पलले स्वास्थ्यमा पार्ने असर धेरै छ। अध्ययनकर्ताले यस्ता जुत्ताचप्पलले महिला स्वास्थ्यमा साधारणदेखि गम्भीर असर पारेको पत्ता लगाएका छन्। जुन यस प्रकारका छन्:

१. ढाडको पछिल्लो भाग दुख्ने समस्या

– अग्लो हिल भएका जुत्ताचप्पल महिलाका लागि फेसनको रूपमा प्रयोग हँुदै आएका छन्। यसले सुन्दर र अग्लो देखाउँछ तर तपाईको खुट्टालाई पूर्ण सहयोग गर्दैन। यसको अर्थ हो, खुट्टाले असन्तुलित रूपमा शरीरको तौल धानिरहेको हुन्छ। असन्तुलनले मेरुदण्डमा असन्तुलन अर्थात् असामान्य भई कुनै पछिल्लो भाग दुख्ने गर्छ।

२. पिँडुलाको मासु दुख्ने समस्या
हिल जुत्ताचप्पलको प्रयोगले पिँडुलाको मासु दुख्ने गर्छ। अग्लो हिलले थप खुट्टाका नसा फुलाउँछ। यी नसा फुल्ने मात्र नभई भित्री रूपमा धेरै नै कमजोर हुन्छन् र दुख्न थाल्छन्।

३. खुट्टाको दुखाइ

– जुत्ताचप्पलको हिलको टुप्पोमा निश्चित आकार र डिजाइन दुवै फेसनदार मात्र हुन्छन्। लामो समयपछि यो असजिलो हुन्छ र यसको प्रयोगले तपाई पैतालाको दुखाइबाट पीडित बन्नुहुन्छ। यस्तो जुत्ताचप्पलको प्रयोगले पैताला, बुढीऔंला, अघिल्लो भागमा पर्ने चापले गहिरो दुखाइ बढ्छ।

४. खुट्टा मर्किने डर

– अग्ला हिलयुक्त जुत्ताचप्पल लगाएर खाल्डा–खुल्डी परेको सडक, गिट्टी भएका कच्ची सडकमा हिँडेमा खुट्टा चिप्लिएर कुुर्कुच्चा भाँचिन सक्छ। घुँडा र गोलीगाँठोमा चोट लाग्न सक्छ।
यस्ता जुत्ता प्रयोग गर्नुपरेमा केवल विशेष कार्यक्रममा थोरै समयका लागि मात्र उपर्युक्त हुन्छ।

५. मेरुदण्डको हड्डी टुक्रिन सक्छ

– धेरै फेसनदारहरू चुच्चो परेका तिखो सिसाजस्ता हिलको प्रयोग गर्छन्। तर अग्ला हिलले कम्मरको तल्लो भागको चाहिनेभन्दा बढी प्रयोग हुन्छ र मेरुदण्डको हड्डीमा असर पर्ने र भाँचिने पनि उत्तिकै सम्भावना हुन्छ। यथार्थमा अग्लो हिल सिधै कम्मरको तल्लो भागमा समानुपातिक डिग्रीमा रहेको हुन्छ। कम्मरको तल्लो भाग या  ढाड दुख्नुको मुख्य कारण अग्लो हिलको प्रयोग पनि हो।

६. रक्तनलीमा चाप पर्छ

 – अग्ला जुत्ताचप्पलको प्रयोगले खुट्टामा चाप पर्छ। खुट्टामा पर्ने चापले रगतका नसामा पनि चाप परेको हुन्छ। यो चापको परिणाम ती नसा फुट्न सक्छन्।

७. खुट्टाहरू बांगिन्छन्
– अग्ला हिलको सबैभन्दा बढी प्रभाव क्षेत्र भनेको पैताला हो। अग्लो हिलको अप्राकृतिक स्थितिले पिँडुलाका रगतका नसामा चाप पर्छ। यसको परिणाम खुट्टा बांगिन्छन्। यस्तो अवस्थालाई घन अर्थात् ह्यामर जस्ता खुट्टा पनि भनिन्छ।

८. लिगामेन्ट कमजोर हुन्छन्

– अग्ला हिलले तपाईको खुट्टाको लिगामेन्टलाई कमजोर बनाउँछ। तपाई फेसनदार खुट्टालाई हटाएर आफ्नो खुट्टालाई चोटपटक लाग्नबाट बचाउन सक्नुहुन्छ।

९. घुँडा दुख्ने समस्या

 – अग्लो, भद्दा र घुमाउरो खुट्टा भएकाले हिल लगाएमा घुँडामा बढी दबाब पर्छ। यद्यपि यो पनि हड्डी खिइनुको कारणमा  पर्छ।

१०. खुट्टाको पन्जामा संकुचन
भद्दा हिलको प्रयोगले अर्को असर भनेको खुट्टाको पञ्जामा स्थायी रूपमै संकुचन हुन्छ।

post image

चैत २७, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी प्रयोग गरेर टिकट काउन्टर खुलाएपछि नेपाल चिकित्सक संघ आक्रोशित भएको छ । उसले भावि रणनीति तय गर्न भन्दै बिहीबार भेला बोलाएको छ ।

उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिएका छन् ।

संघले चिकित्सकमाथि भएको धरपकडको निन्दा गरेको छ । समायोजनलाई लिएर उत्पन्न समस्या समाधान गर्न वार्ता र सम्वाद गर्नुपर्नेमा चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, प्रहरी लगाएर धरपकड गर्ने गरेर चिकित्सकहरुलाई चिढ्याउने काम गरेको चिकित्सक संघको ठहर छ ।

post image

 चैत २७, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी लगाएर ओपीडी टिकट बाँडेको छ । चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेको छैठौँ दिन बुधबार बिहानबाट प्रशासनले प्रहरीको सहयोगमा ओपीडीको टिकट खुलाएको हो ।

अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् ।बुधबार बिहान ६ बजेबाट ओपीडी टिकट खुला गरिएपनि ४ बिहान १० बजेसम्म ३०७ वटा ओपीडी टिकट काटिएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए । उनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।

कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै गत शुक्रबारबाट देशभरका सरकारी चिकित्सकहरुले अत्यावास्यक बाहेकका सेवा अवरुद्ध गरेर आन्दोलनलाई जारी राखेका छन् । सरकारी चिकित्सकहरुले आफुहरुलाई समायोजन गर्दा संघ अन्तर्गत नै राख्नुपर्ने मुख्य माग अघि सारेका छन् ।

यसैबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी चिकित्सकहरुका माग जायज नभएको बताएका छन् ।उनले संविधानअनुसार चिकित्सकहरुको समायोजन गर्न लागिएको भन्दै उनीहरुका मागप्रति सरकारले वार्ता गर्न जरुरी नभएको प्रस्ट पारेका छन् ।

यता, मन्त्री पण्डितले चिकित्सकहरुले अटेर गरेर सेवा अवरुद्ध गरिरहे सरकार कारवाही गर्न बाध्य हुने चेतावनी दिएका छन् । उता डाक्टरहरु भने आफ्ना माग पुरा नभए सामुहिक राजीनामा बुझाउने भन्दै राजीनामा संकलन गर्न थालेका छन् ।

post image

चैत २६, काठमाडौं ।अहिले हाम्रो भान्सामा भित्रिने अधिकांश सागसब्जी बजारबाट आयत हुन्छ । बजारमा व्यवसायिक तरकारी खेतीबालीबाट । व्यवसायिक ढंगले गरिने खेतीबालीमा रासयनिक मलखाद, किटनाषक औषधी प्रयोग गरिन्छ । खानेकुरामा प्रयोग गरिने यस्ता रसायन सोझै हाम्रो शरीरमा भित्रिन्छ । क्यान्सर, मिर्गौलाको रोग, मुटु रोग जस्ता समस्याको कारण अहिले हामीले खाने यस्तो विषाक्त सागसब्जी नै हो । त्यसको लागि बनाऊ करेसाबारी :

शारीरिक रुपमा सक्रिय

घरमा करेसाबारी बनाउँदा जैविक सागसब्जी मात्र खान पाइने होइन, यसले अरु थुप्रै फाइदा पुग्छ । जस्तो कि, तपाईं थोरै फुर्सद हुनसाथ करेसाबारीको काममा लाग्नुहुन्छ । अर्थात आफ्नो समयलाई उत्पादनसिल बनाउनुहुनेछ । यदि त्यसो नहुँदो हो त फुर्सदमा मोबाइल चलाएर वा टिभी हेरेरै समय बित्ने थियो ।

आफ्नो करेसाबारीमा काम गर्दा तपाईं शारीरिक रुपले पनि स्वस्थ्य एवं तन्दुरुस्त रहनुहुन्छ । जापानीहरु विश्वमै लामो आयु र स्वस्थ्य जीवन बाच्नेमा गनिन्छन् । उनीहरु लामो उमेरसम्म जवान वा स्वास्थ्य रहनुको पछाडि धेरै खोज अध्ययन भएको छ । यसबाट के देखिएको छ भने, उनीहरु खेतीबालीको काममा बढी नै सक्रिय हुने गरेका छन् । बुढ्यौली उमेरमा समेत उनीहरु आफ्नो खेतीबालीको काम गर्छन् ।

तनावबाट मुक्त

खेतीबालीको कामले शारीरिक व्यायाम हुन्छ, सक्रियता बढ्छ । अर्कोतिर यो आफैमा एक उपचार विधी पनि हो । जब हामी आफ्नो खेतीबालीमा काम गर्छौं, हामी अनावश्यक तनावबाट पनि मुक्त हुन्छौं । सागसब्जी रोप्दा, फलाउँदा पनि हामीमा एक किसिमको उमंग छाउँछ । यसले हामीलाई मानसिक र शारीरिक रुपमै स्वस्थ्य तुल्याउँछ ।

बालबच्चाको रमाउने र जान्ने ठाउँ

अर्कोतिर हाम्रा छोराछोरीलाई यो एक खुला विद्यालय जस्तो हुन्छ । उनीहरुले आफ्नो करेसाबारीमा रमाउने मौका मात्र पाउँदैनन्, सागसब्जीको बारेमा प्रत्यक्ष अध्ययन गर्न पाउँछन् ।

अहिलेका बच्चाहरु घरमै बस्ने, मोवाइलमा गेम खेल्ने, टिभीमा एकोहोरिने गर्छन् । जब तपाईं घरमा सानो करेसाबारी बनाउनुहुन्छ, छोराछोरीलाई त्यहाँ काम गराउन सक्नुहुनेछ । उनीहरुहरुका लागि करेसाबारी एक उपयुक्त ठाउँ बन्छ, जहाँ रमाउन र धेरै कुरा सिक्न सकिन्छ ।

भान्सा र घरको फोहोर मैलाको सदुपयोग

करेसाबारी हुँदाको अर्को फाइदा भनेको घरको फोहोर व्यवस्थापन गर्ने ठाउँ मिल्छ । हाम्रो भान्सामा दिनहुँ यस्ता कुराहरु उत्पादन हुन्छन्, जो फोहोर मैलाको रुपमा हामी डस्बिनमा मिल्काउँछौं । तरकारीको बोक्रा, चिया पत्ती जस्ता सड्ने, गल्ने कुरालाई हामीले मलको रुपमा प्रयोग गर्न सक्छौं । कतिपय कुहिएका खानेकुरा पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ ।

यसले गर्दा एकातिर घरको फोहोर मैलाको व्यवस्थापन हुन्छ । अर्कोतिर करेसाबारीमा मल पनि पुग्छ ।

त्यसैगरी भाँडावर्तन माझेर वा अन्य प्रयोग गरेको फोहोर पानीलाई करेसाबारीमा प्रयोग गर्न सकिन्छ ।

कसरी तयार गर्ने करेसाबारी ?

यदि घरमा बगैंचा वा खाली जमिन छ भने त्यसलाई करेसाबारीको रुपमा प्रयोग गर्न सकिन्छ । करेसाबारीको लागि धेरै ठाउँ चाहिन्छ भन्ने छैन, सानो ठाउँमा पनि राम्ररी व्यवस्थापन गर्न सकियो भने धेरै सागसब्जी उत्पादन गर्न सकिन्छ ।

अहिले बजारमा जति पनि गमला पाइन्छ । गमला, प्लाष्टिकको बोरा आदिमा मल र माटो भरेर पनि सागसब्जी लगाउन सकिन्छ । धनिया, खुर्सानी, गोलभेडा लगायत मौसमी सागसब्जी आफ्नै हातले उत्पादन गरेर खान सकिन्छ ।

post image

 चैत २६, बुटवल । उपचारका क्रममा दश महिने शिशुको मृत्यु भएपछि अभिभावकले क्षतिपूर्ति र छानविनको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । निमोनियाको उपचारका क्रममा बुटवलका ओम दर्लामीको सोमबार साँझ आम्दा अस्पतालमा मृत्यु भएको थियो ।

शिशुका बुबा नारायण दर्लामीले भने शुरुमा इमर्जेन्न्सी र पछि आईसीयूमा राखेको २ घण्टासम्म डाक्टरलाई बोलाइदिनुस् भन्दा पनि नर्सहरुले नबोलाएको गुनासो गरे ।

शिशुलाई आम्दामा ल्याउनुअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल मेडिकल कलेज र तिलोत्तमा हस्पिटल प्रालि बुटवलमा चेकजाँच गरिएको थियो । आम्दामै काम गर्ने कन्सल्ट्यान्ट डा. सन्तोष पोखरेलले तिलोत्तमा हस्पिटलमा चेकजाँच गरेपछि आम्दामा भर्ना गर्न रिफर गरे अनुसार शिशुलाई आईसीयूमा लगेर उपचार शुरु गरिएको थियो ।

आम्दाका उपनिर्देशक डा. केशव शर्माका अनुसार डा. सन्तोषले लेखे अनुसारकै औषधि दिएर शिशुको उपचार गर्दागर्दै मृत्यु भएको हो ।  उपचारमा अस्पतालको गल्ती र दोष नभएको उनले दावी गरे । यद्यपि पीडित पक्षको माग अनुसार छानविन गर्न अस्पताल तयार रहेको उनले प्रष्ट पारे । अस्पताल प्रशासन र मृतक शिशुका अभिभावकबीच वार्ताबाट विवाद समाधानको प्रयास भइरहेको छ ।

post image

चैत १७, काठमाडौं । केहि समयदेखि क्यान्सर रोगबाट पिडित धादिङ् जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित हाल गंगा-जमुना गाउँपालिका –  ३ (चिनचोक ) निबासि राजकुमारी गुरुङका १३ बर्षिय छोरा लोकेन्द्र गुरुङको उपचारका लागि सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामा कार्यरत गुम्दी बासी दिदिबहिनी तथा दाजुभाइहरुको सहयोगमा संकलित रकम गुम्दी कल्याणकारी समाज मार्फत  हस्तान्तरण गरिएको हो  ।

गुम्दी कल्याणकारी समाजका अध्यक्ष गोबिन्द प्रसाद सिंखडाले पिडित परिवारलाई संकलित रकम रु ९४ हजार ५ रुपैयाँ सहयोग रकम हस्तानतरण गरेका थिए । आर्थिक अवस्था कमजोर भएका लोकेन्द्र गुरुङको उपचार ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा भइरहेको छ । उनलाई कोरियाबाट रु ८६००० , गुम्दी कल्याणकारी समाजबाट रु ५००५ र जानकी सिंखडाबाट रु ३०००  सहयोग प्राप्त भएको यस कल्याणकारी समाजका प्रवक्ता इन्दिरा घलले जानकारी गराइन  ।

हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका उपाध्यक्ष सन्तोष गुरुङ्ले कोरियामा कार्यरत गुम्दी बासीको मानविय कार्यको प्रशंसा गर्दै बिरामी भएका लोकेशलाई अझै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।साथै क्यान्सरलगायत बिबिध रोगहरुका बारेमा जनचेतना फैलाई समयमै रोगको उपचार गर्न गराउन केन्द्र देखि स्थानीयतहसम्म जनचेतनामूलक कार्यक्रम गरेर सर्वसाधारणलाई अकालमै मृत्यु हुन बाट जोगाउनु पर्नेमा गुरुङले जोड दिए।

उक्त रकम हस्तान्तरण कार्यक्रममा गुम्दी कल्याणकारी समाजका पदाधिकारी, समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

post image

चैत १०, काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको  छ। नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना भएका हुन्।

अस्पतालले आज नेता सिटौलाको स्वास्थ्यबारे विज्ञप्ति निकाल्दै भनेको छ, ‘आन्द्राबाट भएको रक्तश्राव र त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार आइसीयूमा राखेर हुँदैछ। उहाँको स्वास्थ्यमा अहिले क्रमिक सुधार छ।’

आजै सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको उनका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए।

 

post image

चैत ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ गरेका छन्। तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले उक्त कलेज स्थापना र ब्यवस्थापनका लागि स्थापना गरिएको परियोजना कार्यालयको शुभारम्भ गरेका हुन्।

कार्यालय शुभारम्भ पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना पछि यस क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरुले यहीबाट स्तरीय मेडिकल शिक्षा हासिल गर्ने बताए।

उक्त मेडिकल कलेज रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ र ८ मा रहेको सरकारी जग्गामा निर्माण हुने छ। उक्त मेडिकल कलेजका वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व मेडिकल कलेजका नाममा हस्तान्तरण भइसकेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट भाषण मार्फत रूपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने घोषणा भएको थियो । हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीति अनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो।

३ सय शैय्याको अस्पताल सहितको कलेज निर्माणमा करिब १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।सुरूमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने मेडिकल कलेजको अस्पताललाई तीन वर्षसम्म सञ्चालन  गरिने र अस्पताल सञ्चालन भए पछि मात्र एमबिबिएस पढ्ने विद्यार्थीको भर्ना लिइने छ।

post image

२३ फागुन, बुटवल । उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हानेको अभियोगमा चिकित्सक पक्राउ परेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा. हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए ।

डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको छ । डाक्टरले बालकलाई पिटेपछि आफन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए । आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा. पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलमा पुराएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

post image

फागुन २१, काठमाडौं । फाउन्डेसन अफ नेपालले स्पर्श नामक प्रोजेक्ट सफलतापुर्वक सम्पन्न गरेको छ । बिराटनगरको लखन्तरी गाउँमा संचालन गरिएको यस कार्यक्रममा ४१८ जनाको सहभागिता रहेको थियो जसमा महिलाहरुको उपस्थिती उल्लेख्य रहेको फाउन्डेसनको अध्यक्ष प्रियंका भण्डारीले जानकारी दिएको छन् ।

फाउन्डेसनले संचालन गरेको कार्यक्रम एचआईवी / एड्स, यौन उत्पीडन र महिला बेचबिखनमा आधारित रहेको थियो । त्यसैगरी फाउन्डेसनले निशुल्क रुपमा कण्डम पनि वितरण गरेको छ ।

सहभागीहरुले यस्ता सचेतनामुलक कार्यक्रम गरेर आफुहरुलाई ज्ञान प्रदान गरेकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा त्यहाँका व्यक्तिहरुले आफुहरु कहिले एचआईभी एड्सको बारेमा नसुनेको र यसको बारेमा थाहा नपाएको बताएका थिए । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्न सहभागीहरुले आग्रह गर्दै हौसला बढाएको भण्डारीले बताइन ।

यस प्रोजेक्टका लागि फाउण्डेसनले बसन्त चौधरी फाउन्डेसन,  नर्बिक इन्टरनेसनल हस्पिटल, हब इन्टरनेसनल, जिलोकल खबर , सौजन्य मिडिया, वेभ ट्रफी, टर्की एयरलाइन्स,, क्यु एफ एक्स सिनेमा, , नेपाल सरकार  ग्रामथान गाउपालिका वडा नं १ , कोशी एफएम र लायन्स क्लब अफ लबीपुर , आइडियाक्सा ट्रेडिङबाट सहयोग प्राप्त गरेको थियो ।

post image

फागुन १५, काठमाडौं । सरकारी चिकित्सकले आकस्मिकबाहेक सम्पूर्ण ओपिडी सेवा बहिष्कार गरेका छन् । कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै  सरकारी चिकित्सक संघ (गोदान)ले स्वास्थ्य सेवा बहिष्कार गर्ने भएको हो ।

बुधबार परेको स्वास्थ्य सेवा दिवस बहिष्कार गरेको जानकारी गराउँदै गोदानले समायोजन ऐन मिचेर सहसचिवस्तरका ११औं तहका चिकित्सकलाई प्रदेशमा समायोजन गरेकाले त्यसलाई सच्याउन माग गर्दै इमरजेन्सीबाहेक सबै सेवा बहिस्कार गरेको जनाएको छ ।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनुपर्ने माग राख्दै दुईमहिना देखि आन्दोलनरत सरकारी चिकित्सकले समायोजन विधेयक नसच्याए सामूहिक राजीनामा दिने धम्की दिँदै आएको छ ।

post image

फागुन १४, काठमाण्डौ ।  नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)को आन्दोलनलाई समर्थन गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै संघले गोदानको आन्दोलनलाई सहयोग गर्न सबै चिकित्सकलाई आग्रह गरेको छ।

एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरुले फेरि आन्दोलन गरेका हुन्।गोदानले देशैभरिका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेर आन्दोलन गरिरहेको छ। विभिन्न नारा लेखिएका पम्प्लेट बोकेर उनीहरु माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन्।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध उनीहरुले आन्दोलन गर्दै आएका हुन्। भोलि बुधवारदेखि सरकारी अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा गर्ने उनीहरुक कार्यक्रम छ।

सरकारले तत्काल माग पूरा नगरे सामूहिक राजीनामा दिने उनीहरुको चेतावनी छ। त्यसको लागि उनीहरुले हस्ताक्षर संकलन गरिरहेका छन्।

post image

फागुन १२,काठमाडौं। नेपालमा जनचेतनाको अभावले मानिसहरु क्यान्सरलगायत नसर्ने रोगहरुबाट प्रभावित भएको कुरा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले बताएका छन् । आइतबार राजधानीस्थित् बसुन्धाराको हेराल्ड कलेजमा क्यान्सर काउन्सिल नेपालको आयोजना र ग्लोबल आएमई बैंकको सहकार्यमा संचालित उक्त जनचेतना तथा अन्तरक्रियामा प्रायजसो क्यान्सरका विरामीहरु गम्भिर अवस्थामा उपचारको लागि अस्पतालमा आइपुग्ने गरेको जसले गर्दा उपचार खर्च बढि हुने र उपचारको प्रभावकारिता पनि कम हुने कुरा उनले सुनाए ।

क्यान्सरलगायत नसर्ने रोगहरु नियन्त्रणको लागि नागरिक स्तरबाटै सचेत रहनुपर्ने कुरा डा. पौडेलले जनाए । “८० प्रतिशत नसर्ने रोगको कारण सुर्तीजन्य पदार्थ भएकोले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयस्तरबाटै बाल–बालिकाहरुलाई सचेत गराउनुपर्छ’–डा. पौडेलले थपे । विकसित देशहरुमा जनचेतनाको कारण सुर्तीजन्य पदार्थको उपभोगमा कमी हुनुको साथै क्यान्सरलगायत मुटु रोगबाट निधन हुने मानिसको संख्यामा कमी आएको पनि उनले सुनाए ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले नयाँ पुस्तालाई सुर्तिजन्य पदार्थबाट जोगाउनको लागि अभिभावकहरुले आफ्ना बालबालिको बारेमा उचित ध्यान दिनपर्ने धारणा राखेका थिए । विद्यालय उमेर समुहका विद्यार्थीहरु नकारात्मक क्रियाकलापबाट छिट्टै प्रभावित हुने भएकोले शिक्षिक र अभिभावकले सुर्तिजन्य पदार्थ रोकथामको लागि बालबालिकालाई राम्रोसँग निर्देशन गर्नुपर्ने कुरा उनले बताए ।
विद्यार्थीहरुले सुरुमा सुर्ति सेवन गरेतापनि कालान्तरमा लागु पदार्थ सेवन गर्ने कुरा विभिन्न अध्ययनले देखाएको पनि उनले सुनाए । उनले भने,‘युवा पुस्ता नै यसरी कुलत तथा लागुपदार्थको दुव्र्यसनीमा लाग्दा समाजमा अपराधजन्य क्रियाकलाप पनि घट्ने खतरा हुन्छ।’ त्यस्तै कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले बदलिँदो परिस्थितिमा बढ्दो प्रविधिको प्रयोगसँगै नयाँ खाले अपराधहरु प्नि बढ्दै गएको सुनाए । उनले प्रविधिजन्य अपराध रोकथामको लागि सहभागिहरुलाई सचेत गराएका थिए ।

‘साईबर–क्राईम’ सम्बन्धि पर्याप्त ज्ञान नभएर अहिलेका युवा पुस्ताहरु अनजानमै विद्युतीय अपराधमा फसेको पनि उनले सुनाए । उनले भने,‘त्यसैले सामाजिक सञ्जाल चलाउँदा पनि हामी सचेत हुनुपर्छ ।’
कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रतिनिधि सागर बहादुर सिँहले वित्तिय साक्षरताको बारेमा जानकारी दिँदै यस बैंकको सामाजिक उत्तरदायित्वअनुसार सुर्तिजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको सुनाए ।  हेराल्ड ईन्टरनेश्नल कलेजका प्रिन्सिपल नारायण प्रसाद उपाध्यायले क्यान्सर काउन्सिल नेपालले सुर्तिजन्य पदार्थ रोकथामको लागि चलाएको अभियानको प्रशंसा गर्दै उक्त कलेजको तर्फबाट यस अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

काउन्सिलका अध्यक्ष कडरियाँका अनुसार आजको कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, अभिभाबक र अन्य कर्मचारी गरी ५५० भन्दा बढिको सहभागिता रहेको थियो ।

post image

फागुन १२,काठमाडौं । कर्मचारी समायोजनमा चिकित्सकलाई संघमा राख्नु पर्ने माग राख्दै आन्दोलनरत सरकारी चिकित्सक संघले माग सम्बोधनको लागि सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।सरकारी चिकित्सक संघ र नेपाल चिकित्सक संघबीच आज भएको छलफलमा पनि कुनै सहमति नभएपनि संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आज आइतबारदेखि लागू गरिएको अल्टिमेटममा ७२ घण्टा सम्ममा पनि माग पूरा नगरिए देशभरको स्वास्थ्य सेवा ठप्प पार्ने, त्यसपछि पनि माग सम्बोधन नगरिए सामूहिक राजीनामा दिने जनाइएको छ । कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर स्वास्थ्य सेवामा खटाउनु पर्ने सरकारी चिकित्सक संघको माग रहेको छ ।

चिकित्सकहरुले पुसको अन्तिम सातादेखि आन्दोलन सुरु गरेका हुन् । पुष २९ गते सरकार र संघबीच वार्ता हुँदा माग पूरा गर्ने भन्दै ७ हुँदे सहमति भएको थियो ।

तर सहमतिअनुसार माग पूरा नभएको भन्दै माघ २७ गतेदेखि सरकारी चिकित्सक संघले दोस्रो आन्दोलन सुरु गरेको हो।

post image

फागुन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।  राष्ट्रपति कार्यालयका अनुसार शुक्रबार उक्त विधेयक प्रमाणीकरण भएको हो ।

शुक्रबार नै राष्ट्रपति भण्डारीले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

post image

फागुन ३, काठमाडौं । चिकित्सक संघले आईतबारदेखि आन्दोलनको स्वरुप फेरिने बताएको छ । कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै पटक पटक शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले बेवास्ता गरेपछी आन्दोलन को स्वरूप बदल्न लागेको चिकित्सक संघले जनाएको छ ।

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले माग सम्बोधनको बेवास्ता गरेपछि आईतबारदेखि ओपिडी सेवा बहिस्कार गर्ने या सामुहिक राजीनामा दिने दुईमा एक हुने संघका केन्द्रीय अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताए ।

कर्मचारी समायोजन अध्यादेश चिकित्सक अनुकूल नभएको भन्दै चिकित्सकहरुले गएको आईतबार माघ २७ देखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । दोस्रो पटकको शान्तिपूर्ण धर्ना सुरु गरेको आज शुक्रबार ६ दिन बितिसक्दा पनि सरकारले चिकित्सकको मागलाई बेवास्ता गरेको कारण अब कडा आन्दोलनमा जाने सरकारी चिकित्सक संघको भनाई छ ।

 

post image
माघ २९, काठमाडौं। फागुन १ गते नेपालमा पनि अन्तर्राष्ट्रिय कन्डम दिवस देशभर मनाइने भएको छ। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अगुवाइमा एड्स हेल्थ केयर फाउण्डेशन, राष्ट्रिय एचआइभी तथा एड्स महासघं र अन्य साझेदार निकायहरुले विविध जनचेतनामुलक कार्यक्रम गरि भ्यालेन्टाइ डे को अघिल्लो दिन यो दिवस मनाउन लागेका हुन्।

कण्डमको प्रयोगलाई बढावा दिँदै एचआइभी एड्स जस्ता संक्रमण कम गराउने उद्धेश्यले अन्तराष्ट्रिय कण्डम दिवस मनाउन थालिएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए।

नेपालमा विगत १० वर्ष देखि एचआइभी व्यवस्थापनका क्षेत्रमा काम गरिरहेको संस्था एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम व्यवस्थापक दिपक ढुंगेलले पछिल्लो समय एचआइभी संक्रमणको दर घट्दो क्रममा रहेकाले हाल सञ्चालीत कार्यक्रमहरुलाई अझ व्यापक बनाउनुपर्ने बताए।

एचआइभी संक्रमितहरुको छाता संगठन राष्ट्रिय एचआइभी तथा एड्स महासघंका अध्यक्ष राजेश दिदियाले संक्रमितहरुकै सञ्जालको प्रयोग गरि देशैभरी जनचेतना अभिबृद्धीको पहल भइरहेको जानकारी दिए।

सन् २०१७ को अन्त्य सम्मको तथ्यांकअनुसार संंसारभर ३ करोड ६९ लाखव्यक्तिहरुमा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । नेपालमा ३२ हजार २० जनामाएचआईभी संंक्रमण रहेको हुन सक्ने राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अनुमान छ।

post image

 माघ २१, झापा । झापाको बिर्तामोडमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।परिवारका सदस्यले भने हस्पिटलमा इन्जेक्सन लगाएको केहीवेरमै बालकको मृत्यु भएको दाबी गर्दै चिकित्सकले गलत औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ । टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।

हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।

post image

 माघ १८, काठमाडौं ।  अनसनरत डा.गोविन्द केसीको पक्षमा आन्दोलनरत चिकित्सकहरु सेवामा नफर्किए कारवाहिको प्रक्रिया अघि बढाउने सरकारले चेतावनी दिएको छ  । स्वास्थ्य  संस्थाको ओपिडी सेवा ठप्प पारिएकोप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यस्तो चेतावनी दिएको हो  ।

स्वास्थ्य क्षेत्रमा आन्दोलन नगर्नु भन्ने विषयमा योभन्दा पहिला पनि जनाकारी गराउँदा गराउँदै पनि चिकित्सकहरुले बेवास्ता गरेका कारण  मन्त्रालयले अब पनि चिकित्सकहरु आन्दोलन छोडेर सेवामा नलागेको खण्डमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम कारवाहिको प्रक्रिया अघि बढाउने जनाएको छ ।

मन्त्रालयले यसभन्दा अघि पनि स्वास्थ्य क्षेत्रमा आन्दोलनका कार्यक्रम नगर्न सचेत गराएको जनाउँदै चिकित्सकहरुले बेवास्ता गरेको आरोप लगाएको छ ।

post image

माघ १५, काठमाडौं । यदि तपाईं सुन्दर, निखारिएको छाला चाहनुहुन्छ भने दुधको तरले तपाईलाईं निकै फाइदा पुर्याउँछ । जाडोयाममा छाला रुखो हुने, दाग धब्बालगायतका समस्या देखापर्छ । तर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर धेरै फ्याट हुने भएकाले धेरै मानिसहरु यो खाँदैनन् । तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउने गर्नुपर्छ ।

छालाको लागि सबैभन्दा राम्रो मोइस्चुराइजरः

तर तपाईंको छालाका लागि सबैभन्दा राम्रो मोइस्चुराइजर मानिन्छ । केही मिनेटसम्म अनुहारमा तरले मसाज गर्दा छालाको ‘ड्यामेज टिश्यु’ रिपेयर हुन्छ जसका कारण छाला स्वस्थ हुन्छ ।

तरले छालाको सबै दाग धब्बा हटाउँछः

यदि तपाईंको छालामा दागधब्बा धेरै छन् भने बेसनले छाला सफा गरेपछि तर र कागती लगाउनुहोस् । त्यसपछि अनुहारलाई हल्का मनतातो पानीले धुनुहोस् । राती सुत्नुअघि यसो गर्दा बिहान उठ्दा तपाईंले यसको असर देख्नुहुनेछ । तर म भिटामिन इ र ल्याक्टिक एसिड हुन्छ जसले छालामा निखार ल्याउँछ । यस्तै, कागतीमा पाइने भिटामिन सीले छालाको रङ सफा हुनुका साथै दाग धब्बा हल्का हुनथाल्छ ।

चाउरीपन कम गर्छः

आँखा र अनुहारमा पर्ने चाउरीलाई कम गर्न निकै सहयोग गर्छ । राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस् । लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस् । त्यसपछि अनुहारलाई चिसो पानीले धुनुहोस् ।

अनुहार चम्किलो बनाउन तरको फेसप्याकः

तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस् । यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस् । यसले छाला सफा र नरम हुन्छ । अनुहार तथा कुहिनोमा लगाउँदा छालाको रङमा निखार आउँछ । चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ । साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन् । तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ ।

छालालाई जवान बनाइराख्न तरः

दैनिक रुपमा अनुहारमा तर लगाउँदा छाला लामो समयसम्म जवान रहिरहन्छ । तरमा भएको प्रोटिन र भिटामिनले छालामा कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान बनाइराख्छ ।

post image

माघ १४, काठमाडौं । डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नभएको भन्दै नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरु रिले अनसनमा बस्ने भएका छन् ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मम डाक्टरहरु त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बस्न लागेका हुन् । १० माघमा सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले आइतबार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमबार कार्यालय समयमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको हो ।

संघले प्रधानमन्त्री केपी शर्मा ओलीकै  अग्रसरतामा केसीसँग गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट केसीका सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको दाबी गरेको छ ।

केसी अनसनमै रहेको बेला सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ । तर, केसीले पारित  विधेयकको विरोधमा एक विज्ञप्ति  निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आक्षेप समेत लगाएका छन् ।  उनले माग पूरा नभएसम्म अनसन नतोड्ने भन्दै त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेको भएपनि अनसन तोडाउन सरकारबाट कुनै पहल भने भएको देखिँदैन ।

post image

माघ १२, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ दिनयता अनशनरत प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्रीको राजिनामा माग्नुभएको छ । विगतमा भएको सम्झौता प्रतिकुल हुने गरी सरकारले संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको भन्दै उहाँले आफ्नै पूर्व निर्णयबाट बिचलित प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभएको हो ।

विधेयक पारित भएपछि विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्य अवस्था तथा औषधिका कारण प्रधानमन्त्रीको निर्णय क्षमता नै प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभएको छ । जालझेलपूर्ण तवरले विधेयक पारित गराएर सरकारले गुणस्तरीय र सर्वसुलभ सेवा पाउने नागरिक अधिकारलाई कुण्ठित पारेको उहाँको आरोप छ ।

सरकारले सम्पूर्ण नेपालीलाई नै धोका दिएको भन्दै डा. केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने अडान कायमै राख्नुभएको छ ।  यसैबीच १७ दिनसम्म अनशन जारी राख्दा डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । हिजो राती देखी डा केसीको मुटुको चाल असन्तुिलत भएको डा. सुवास आचार्यले जानकारी दिनुभयो

post image

माघ ११, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीले समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको राष्ट्रिय शिक्षा विधेयकले नागरिकको नैसर्गिक अधिकार खोस्ने दाबी गरेका छन्। १६ औं दिनदेखि अनशनरत डा.केसीले सांसदहरुलाई सम्बोधन गरेर लेखेको पत्रमा अहिले सदनमा प्रस्तुत गर्न लागेको विधेयकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने स्पष्ट पारेका छन्। अस्वस्थ अवस्थामा रहेका डा. केसीले अस्पतालको शय्याबाट संसदहरुलाई सामूहिक रुपमा सम्बोधन गर्दै लेखेको पत्रमा भनेका छन्,‘यो बेलामा तपाईंले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो।’

उनले सांसदहरुको हातमा आएको चिकित्सा शिक्षा विधेयकमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएको समेत उल्लेख गरेका छन्। सत्तारुढ दलका सांसदहरुले आफूसँग गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने रणनीति अपनाएपछि अनशनरत डा. केसीले अस्पतालको शय्याबाटै देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक सुनिश्चित गर्न आग्रह समेत गरेका छन्। ‘त्यसैले मेरो विश्वास छ(तपाईले निर्णय गर्दै गर्दा कम्तीमा पनि तपाईंलाई मत दिएर पठाएका जनतासँग गरेको वाचा सम्झिनुहुनेछ’ डा. केसीले भनेका छन्, ‘संसदीय समितिले गरेको त्रूटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ।’

उनले सरकारले पछिल्लो पटक १५ औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनेमा आशा र विश्वास समेत व्यक्त गरेका छन्। १५ वटा अनसनसम्म आइपुग्दा सबैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गरेको भन्दै डा. केसीले सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट संसदमा भएको स्मरण गराएका छन्। एउटा नागरिकको रूपमा आफूले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका ती बाचा र सम्झौता केबल जालझेल मात्रै थियो भन्ने ठान्न नसक्ने उनको भनाई छ। आफूसँग गरिएको सहमतिविपरीत विधेयक पारित भए आम नेपाली जनताप्रतिको विश्वासघात हुने र त्यसविरूद्ध आफू लड्नुको विकल्प नरहेको डा. केसीको स्पष्टोक्ति छ।

‘म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो,’ उनले अघि भनेका छन्, ‘आज यो पत्र लेखिरहँदा १५ औं अनसनमा सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट गरेको सम्झौता, प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षबाट देव गुरुङले सम्झौता बमोजिम राखेको संशोधन प्रस्तावलाई अक्षरशस् सम्झिरहेको छु।’ सरकारले नै यसअघि जारी गरेको र सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा सरकारले गरेको सम्झौता अनुरूपको विधेयक संसदमा पेश हुन्छ भन्ने आफूले आशा गरको बताउँदै डा. केसीले त्यस अनुरूप हुन नसकेकोमा दुःख समेत व्यक्त गरेका छन् समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधिमूलक संस्थाले निर्णय गर्ने छैन भन्नेमा उनले विश्वास समेत लिएका छन्।

त्रिवि र काठमाडौं विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने बताइसकेको भन्दै डा. केसीले माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन धान्न नसक्ने सुझाव दिएको पनि स्मरण गराएका छन्। ‘यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसँग समेत प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो।’ डा. केसीले लेखेको पत्रमा भनिएको छ।

काठमाडौं उपत्यका बाहिर खोल्ने विषयमा उनले सरकारले ५ वर्ष्भित्र प्रत्येक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज खोल्नुपर्ने जिकिर गरेका छन्। निजीको हकमा पनि आयोगले अध्ययन गरी विभिन्न विकल्पहरूसहित आवश्यक निर्णय गर्न सक्ने र आफू सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकको उनको भनाई छ।सदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेसमेत उनको धारणा छ। चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको डा. केसीको दाबी छ। उनले चिकित्सा शिक्षा ठीक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठीक बनाउन नसक्ने ठोकुवा गरेका छन्।

post image

माघ ४, काठमाडौं ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स मार्फत झापाको भद्रपुरबाट सेनाको हेलिकप्टरमार्फत केसीलाई काठमाडौं ल्याईएको हो । उहाँलाई बिहान करिब ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याई पुर्‍याईएको डा.केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्थाका कारण डा. केसीलाई राती नै महाराजगञ्जस्थित  शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार सुरु भएको छ ।  त्रिभुुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा चिकित्सा शिक्षा सम्वन्धि राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुङ्गानालगायतको टोली हिजो साँझ इलाम पुगेको थियो । उहाँहरुको पहलमा डा.केसीलाई काठमाडौं ल्याईएको हो ।

यसअघि धरानवाट आएको विषेश चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएकाले जुन सुकै बेला पनि समस्या आउने भन्दै तत्काल आईसीयू र सीसीयु सुविधा भएको अस्पतालमा लानु पर्ने निश्कर्ष निकालेका थिए ।  हिजो साँझ डा. केसीको अन्दोलनमा समर्थन जनाउन आएका सामाजिक अगुवाले उहाँको स्वास्थ्य स्थिति बुझेपछि तत्काल काठमाडौं लानु पर्ने निष्कर्ष निकालेका थिए । ‘डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ,’ पूर्व सभामुख दमननाथ ढुङ्गानाले भन्नुभयो, ‘तर उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।’ सँगै रहेका माथेमा र कार्कीले पनि ढुङ्गानाको भनाईमा सहमति जनाउनुभएको थियो । त्यस्तै केसीका निकट सहयोगी अभिषेक राज सिंह र सुरेन्द्र भण्डारीले पनि केसीको जीवन रक्षाकालागि यो पहल गरिएको वताउनुभएको थियो ।

post image

माघ ३, काठमाडौं । पूर्व प्रधानन्याधीश शुशीला कार्की इलाम पुगेकी छिन्। ९ दिन देखि इलाममा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई ऐक्यबद्धता जनाउन कार्की इलाम पुगेकी हुन  ।

कार्की संगै सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि पुगेका छन्। उनीहरुसँगै डा केसीका सहयोगी डा अभिषेक राज सिंह पनि पुगेका छन्।

अनशनरत डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

 

post image

माघ २,काठमाडौँ । आठ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ।  केशीको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण बढ्दै गएको इलाम अस्पतालका डाक्टर बिजेन्द्र कुमार शाहले बताएका छन

। संक्रमण बढेपछि उनलाई सुइमार्फत् एन्टिवायोटिक दिइएको छ। चिसोको कारण निमोनिया पनि भएको छ। पछिल्लो रिपोर्ट अनुसार डा. केसीको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशी दुखेको र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ। उनको रोग प्रतिरोधातम्क क्षमता कमजोर बन्दै गइरहेको छ। शाह भन्छन्,’उमेर बढी र मुटुको बिरामी भएकाले उहाँ खतरामुक्त हुनुहुन्न्। यहाँ चिसो पनि छ निमोनिया भएकाले गाह्रो छ।’

डा. केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि उनको उपचारमा संलग्न चिकित्सकले उनलाई तत्कालै आइसीयू तथा सीसीयूमा सार्न सुझाव दिइरहेका छन्। तर, इलाममा उक्त सुविधा छैन।

post image

पुस २७, काठमाडौँ । माघे सक्रान्तिमा घिऊ, चाकु, तरुल, तिलको लड्डुका साथै खिचडी पनि खाने प्रचलन छ । घिउ, चाकु खानुको महत्व छुट्टै छ तर खिचडी खाँदा स्वास्थ्यमा यस्ता फाइदा पुग्छन् सायद तपाईंलाई थाहा नहोला ।

धेरैजसो मानिसले खिचडीलाई जाउलोजस्तै ठानेर यो बिरामीले खाने खाना हो भन्ने सोच्लान् तर यो खाँदा तपाईंको शरिरमा फाइदा नै फाइदा हुनेबारे तपाईंले बुझ्नुपर्छ ।

यदि तपाईं शुद्ध शाकाहारी हुनुहुन्छ भने योभन्दा राम्रो खाना तपाईंका लागि केही हुनसक्दैन । एकातर्फ खिचडी बनाउन निकै सजिलो छ भने यस्तै अर्कोतर्फ यसमा ती सबै पौष्टिक तत्व पाइन्छन् जुन तपाईंको शरिरलाई आवश्यक हुन्छ ।

चामल र केही दाललाई मिसाएर बनाइने खिचडी एक सुपाच्य भोजन हो । हुन त खिचडीमा मसलाको प्रयोग शून्य बराबर हुन्छ तर तपाईंले चाहेको खण्डमा स्वादका लागि चुट्कीभर मसलाको प्रयोग गर्न सक्नुहुन्छ । खिचडीमा दही मिसाएर खाँदा यसको स्वाद दोब्बर हुन्छ ।

खिचडी खानुका यस्ता छन् चकित पारिदिने फाइदाः

१. पोषक तत्वले भरपुरः

तपाईंकी आमा वा हजुरआमाले पनि खिचडीको फाइदाबारे बताउनुभएको होला । खिचडी कार्बोहाइड्रेट, भिटामिन, क्याल्सियम, फाइबर, म्याग्निशियम, पोटाशियम र फस्फोरसको गुणले भरपुर हुन्छ । यदि तपाईं चाहनुहुन्छ भने यसमा विभिन्न प्रकराको सागसब्जी मिसाएर पनि यसको पोषक तत्वलाई थप वृद्धि गर्न सक्नुहुन्छ ।

२. पचाउन सहजः

खिचडीमा मसलाको प्रयोग गरिँदैन न नै यसमा त्यति धेरै तेल वा घ्यूको प्रयोग नै गरिन्छ । त्यसकारण यो निकै सजिलै पच्छ । यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने खिचडी तपाईंका लागि सबैभन्दा फाइदाजनक हुन्छ ।

३. शरिरलाई रोगबाट सुरक्षित राख्न सहयोग गर्छः

खिचडीको नियमित सेवनले पित्त र कफको समस्या टाढा हुन्छ । खिचडीले शरिरलाई ऊर्जा दिने काम त गर्छ नै साथै यसले रोग प्रतिरक्षा तन्त्रलाई पनि बढाउने काम गर्छ ।

post image

पुस १५, वीरगञ्ज । उपप्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताएका छन् ।सङ्घीय प्रेस फोरम पर्साद्वारा आइतबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

उनले  भने, ‘उक्त नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।’ उनले सरकारले प्रत्येक प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, जनकपुर अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने, प्रादेशिक तालीम केन्द्र स्थापना गर्ने नीति लिएको बताए ।

सङ्घीय गणतन्त्रसँग मेलखाने गरी तथा सङ्घीयतालाई अगाडि बढाउन करीब ५६ वटा कानूनको संशोधन गरी नयाँ कानून बनाउनुपर्नेमा उपप्रधानमन्त्री यादवले जोड दिए । नेपालको भविष्य सङ्घीय प्रणालीमा आधारित भएकाले यो लक्ष्य प्राप्ति गर्नका लागि संविधान संशोधन आवश्यक रहेको उनले बताए । समृद्ध नेपाल बनाउन राष्ट्रिय एकतालाई भावनात्मक रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

उपप्रधानमन्त्री यादवले प्रदेश सरकारमार्फत स्थानीय तहलाई प्रादेशिक क्षेत्रको आधारमा विकास गरी अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै प्रदेश सरकार केन्द्रीय सरकारमाथि परनिर्भरता नभएर प्रदेशलाई आफैँ आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताए ।

post image

पुस १३,काठमाडौं । सिद्धार्थ बैंक र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार  बैंकका कार्डबाहक,  कर्मचारी र  कर्मचारीका परिवारले  अस्पतालमा स्वास्थ्य सेवा लिंदा ४० प्रतिशत सम्म  छुट पाउने छन्।

सम्झौतामा बैंकका प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र हस्पिटलका प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरे। बैंकका देशभर १२९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम छन्।

post image

पुस ९ , ललितपुर। स्टार हस्पिटल, सानेपा, ललितपुर र नबिल बैंक, काठमाण्डौँ बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जिसी तथा नबिल बैंकका तर्फबाट बैँकका रिटेल बिजनेश प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार स्टार हस्पिटलले नबिल बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीहरुको परिवारलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिँदै आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्नेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैंकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ।

post image

पुस ९, बैतडी । मातृ मृत्युदर र शिशु मृत्यदर कम गर्नका लागि पुर्चौडी नगरपालिकाले आमा सुरक्षा कार्यक्रमअन्तर्गत ‘उपप्रमुखको कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रममलाई थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिएको पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सुत्केरी भएका महिलाले उपप्रमुखको तर्फबाट पोषण तथा सरसफाइ प्रवद्र्धन किट प्राप्त गर्ने छन् । बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत उक्त कार्यक्रम लागू भएको हो । चार पटक गर्भवती जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र सुत्केरी भएपश्चात सात दिनसम्म कम्तीमा तीन पटक सुत्केरी जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड पूरा गरेका महिलालाई उपप्रमुखको कोसेली प्रदान गरिनेछ ।

सुत्केरी भएका महिलाले उक्त मापदण्ड पूरा गरे नगरेको सम्बन्धित स्वास्थ्य संस्थामा अभिलेख रहने बताइएको छ । मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि पोषण तथा सरसफाइ सामग्रीसहितको झोला उपप्रमुखको तर्फ सुत्केरी महिलालाई प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत नगरपालिकाका सुत्केरी महिलालाई आफूले पोषणसँगै सरसफाइ किट वितरण गर्ने नगर उपप्रमुख जानकी बमले बताइन् । संस्थागत सुत्केरी कायम गर्नमा सहयोग र सुत्केरी पश्चात हुने आमा शिशुको स्वास्थ्यमा समेत कुनै असर नपर्ने लगायतको उपलब्धि हासिल गर्न यस कार्यक्रमले सहयोग पुग्ने उनी बताउँछिन् ।

पोषणमा सुत्केरी महिलालाई घ्यू र अण्डा दिइने छ भने सरसफाइ किटमा साबुन, तेल, ब्रसलगायत सरसफाइका सामग्री दिइनेछ । सुत्केरी भएको सातौं दिनमा उपप्रमुखले उक्त कोसेली वितरण गर्ने बताइएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले सात लाख रुपैयाँ छुट्याएको छ ।

post image

मंसिर २७, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च  बुझाउन नसक्दा अस्पतालमा नै बन्धक राखिएको शव परिवारलाई बुझाउन निर्देशन दिएको छ । ३२ बर्षका मिश्रको उपचारमा लागेको खर्च बुझाउन नसक्दा अन्तिम संस्कारकालागि अस्पतालले शव नदिएपछि मन्त्रालयले अस्पतलालई शव जिम्मा लगाउन निर्देशन दिएको हो ।

पाँच महिनायता उपचार गाइरहेका मिश्रको मंगलबार मृत्यु भएको थियो । उपचारको बिल तिर्न नसक्दा अस्पतालले शव नदिएको भन्दै श्रीमती अनिता मिश्रले गुनासो गरेकी थिइन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको निर्देशनमा चिकित्सा महाशाखा प्रमुख दीपेन्द्ररमण सिंहले अस्पतालमा टेलिफोन गरी शव रोकेर नराख्न निर्देशन दिएका हुन् ।

गत साउन २ गते दुर्घटनामा परेका मिश्रको मंगलबार उपचारकै क्रममा मृत्यु भएको थियो । करिब पाँच महिना उपचारपछि मृत्यु भएपछि अस्पतालले मिश्रको शव आफन्तलाई दिएको थिएन । उपचार खर्च साढे तीनलाख रुपैयाँ नबुझाए सम्म फिर्ता नदिने बताउदै रोकेर राखेको थियो ।

मन्त्रालयको निर्देशनपछि मेडिकल कलेजले शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाउने तयारी गरेको छ ।

post image

मंसिर २५,काठमाडौँ । कुष्ठराेगिकाे उपचारका लागि काेरियाले विकास गरेकाे विशेष उपचार पद्धतिलाइ नेपालमा ल्याउने पहल गरिएको छ । इन्टरनेसनल युथ कल्चर एक्सचेन्ज फेडेरेसन नेपाल शाखाका प्रमुख मनिष जाेशीले काेरियाकाे सिउलमा भएकाे एक सम्झाैतापछि साे जानकारी दिएका हुन् ।

जाेशीले काेरियाेका प्रशिद्ध इन्टरनेसनल इन्क्विरेबल डिजिज ट्रिटमेन्ट एसाेसियसनसँग एक सम्झाैता गरेर नेपालका कुष्ठराेगीकाे सहज उपचार गर्ने तयारी गरेका हुन् । सबैखाले कुष्ठराेगी तथा छालाराेगकाे उपचार गर्न सकिने उपचारका लागि यतिखेर नेपालकाे कुष्ठराेग विभागसँग् पत्र बनाएर काेरियास्थित नेपाली राजदुतावास पठाउने तयारी भइरहेको जोशीले बताए ।

post image

मंसिर ११, जुम्ला। उपराष्ट्रपति नन्दबहादुर पुनले जुम्ला कर्णाली प्रदेशको मेडिकल हब बन्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्नातक तहको मिडवाइफ्री कार्यक्रमको औपचारिक उद्घाटन गर्दै उनले आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटनका हिसावले सम्पन्न कर्णाली पछिल्लो समयमा स्वास्थ्यका क्षेत्रमा फड्को मार्दै गईरहेको बताए।

उपराष्ट्रपति पुनले  अब कुनै पनि कर्णालीबासीले अकालमा मृत्युको सिकार हुनु नपर्ने बताए। उनले भने,’स्वास्थ्य क्षेत्रमा ठूलो समस्या बेहोर्दै आईरहेको कर्णाली अब स्वास्थ्य शिक्षा, उपचारका हिसावले निकै माथि पुगिसकेको छ। अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कर्णालीकै मेडिकल पर्यटनका रुपमा चिनाउनु पर्नेमा जोड दिंदै उनले अव कर्णालीबासीको स्वास्थ्य सपना साकार हुँदै गईरहेको बताए।

उनले निकट भविष्यमा सुरु हुन लागेको एमबीबीएस र एमडिजीपी  कार्यक्रमका लागि सरकारले सबै प्रकारको सहयोग गर्नु पर्ने बताउँदै अब उपचार गर्न कर्णाली जानु पर्ने सन्देस फैलिरहेकोमा खुसी व्यक्त गरे। उपराष्टपति पुनले जुम्लाले सिंगो नेपाललाई समृद्ध बनाउन सक्ने बताए।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहिले कर्णालीवासी अकालमा मर्ने गरेकोमा अहिले उपचार गरेर निको हुने गरेको बताए। उनले भने, ‘पहिला मानिस मरेको अवस्थामा पोष्ट मार्टमका लागी डाक्टर पाउँथेन्, अहिले जुम्लालले सुर्खेतमा ४ वटा डाक्टर उत्पादन गरेर पठाएको छ।’

यसै वर्षदेखि ब्याचलर इन पब्लिक हेल्थ (वीपीएच) कार्यक्रमका लागि सम्पूर्ण तयारी सकिएको प्रतिष्ठानले जनाएको  छ। स्वास्थ्य व्यवसायिक परिषदको गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वीपीएच कार्यक्रम सञ्चालन गर्नका लागि स्वीकृति दिएको थियो।

post image

मंसिर २, काठमाडौँ । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुई वर्षभित्र तयार हुने भएको छ। नौ तलाको अत्याधुनिक भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेशन थिएटर) रहने छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गतको वीर अस्पतालका भौतिक पूर्वाधार विस्तारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च प्राथमितामा राखेको छ। अहिले भवनको निर्माण कार्य एवम् आवश्यक उपकरण आयात कार्य एकसाथ अगाडि बढेको छ।

भवनभित्र पोष्ट अपरेटिभ, ४० शैय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय रहने छन् । यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ। नेपाल सरकारको रु तीन अर्ब ८५ करोडको लागतमा सो भवन विसं २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ। विनाशकारी भूकम्पले क्षति पुर्‍याएको न्याम्सअन्तर्गतको नर्सिङ कलेजको पुरानो भवनको संरचना भत्काई सोही स्थानमा शल्यक्रिया भवन निर्माण गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विस २०७४ फागुन २५ गते सो भवनको शिलान्यास गर्दै निर्धारित समयभित्र भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए। त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए, ‘सबै रोगका उपचार स्वदेशभित्रका अस्पतालबाट सर्वसुलभ हुन्छ। यस कार्यलाई सरकारले उच्च प्राथमिता दिएको छ। स्वास्थ्य क्षेत्रका चिकित्सक, जनशक्ति, औषधि तथा भौतिक पूर्वाधार तयार गर्न रकमको अभाव हुने छैन।’

विसं १९४७ मा १५ शैय्याबाट सेवा दिन सुरू गरेको वीर अस्पतालको हालको क्षमता ४५० शैय्याको रहेको छ । न्याम्समा चिकित्सा विज्ञानका नर्सिङ, एमबिबिएस, एमडीलगायत विभिन्न तहमा उच्च शिक्षा पठानपाठन तथा तालिमका कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन् ।

नाम्सको कुलपति पद खाली भएको पाँच महिना बितिसकेको छ । एक कर्मचारीका अनुसार अहिले कुलपति नहुँदा दैनिक कार्य सञ्चालनमा समेत अप्ठ्यारो परिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा सुशीलनाथ प्याकुरेल विभिन्न प्रतिष्ठानमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि मन्त्रीसमक्ष सिफारिस भैसकेकाले छिटै पदपूर्ति हुने बताउँछन्।

वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एक हजार ५०० शैय्यासम्मको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागि कलेज, आवास गृहलगायतका पूर्वाधार तयार गर्दैछ । सरकारी स्तरमा पहिलो पटक हेलिप्याडको सुविधा समेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिए। आगामी पाँच वर्षभित्रमा भौतिक संरचनाका काम सम्पन्न गर्ने गरी भवन निर्माण भइरहेको छ ।

वीर अस्पताल सेवा विस्तार 

केन्द्रीय अस्पतालले दिँदै आएको चिकित्सकीय सेवा विस्तार गर्दै जाने स्वास्थ्य मन्त्रालयको नीतिअनुसार वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट गत असोज २४ गतेदेखि आफ्नो सेवा थालनी गरेको छ । बहिरङ्ग स्वास्थ्य सेवा (ओपिडी) बाट सेवा सुरू गरेको अस्पतालले क्रमशः शल्यक्रिया सेवा दिँदै जाने जनाएको छ ।

अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले सो स्थानमा नाम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिक संरचना तयार गर्न स्वीकृत समेत दिएको जानकारी दिए। ओपिडी सेवा बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन भैराखेको उनले जानकारी दिए। थप उपचार गर्नुपरेमा वीर अस्पतालमा अर्को टिकट लिन नपर्ने व्यवस्था अस्पतालले मिलाएको छ ।

स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा भौतिक संरचना गर्न करिब ५७० रोपनी जमिन उपलब्ध गराएको थियो। निर्देशक प्राडा बस्नेतले भने, ‘ओपिडी सेवा प्रदान गर्न आवश्यक मेडिकल अधिकृत, नर्स, अहेबसहित आवश्यक कर्मचारीको व्यवस्था मिलाएका छौं। आवश्यकताअनुसार विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा उपकरणको व्यवस्था मिलाउँदै जान्छौं।’

पछिल्लो समय स्वास्थ्य मन्त्रालयले वीर अस्पतालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता राखेको छ। सो स्थानमा भौतिक संरचनालगायतका कामको सुरूवात गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार रु ३० करोड रकम विनियोजन समेत गरेको छ । रासस

post image

कात्तिक २९, काठमाडौँ । उच्च रक्तचाप मुटु तथा रक्तनलीसम्बन्धी दीर्घकालीन रोग हो । मुटु हाम्रो शरीरको असाध्यै महत्वपूर्ण अङ्ग हो । गर्भावस्थादेखि नै क्रियाशील भई मानिसको अस्तित्व रहुञ्जेलसम्म निरन्तर चलिरहन्छ । शरीरमा यसले निकै सक्रियताकासाथ काम गरिरहेको हुन्छ ।

मुटुको काम गर्ने क्रममा गडबडी भयो भने सारा प्रक्रिया अबरूद्ध भई मृत्युसमेत हुनसक्छ । त्यही महत्वपूर्ण अङ्ग मुटुमा लाग्ने वा मुटु र रक्तनलीहरूमा लाग्ने रोगहरू विभिन्न किसिम मध्येको एक हो उच्च रक्तचाप ।

वास्तवमा रक्तचाप भन्नाले रगतले रगतका नलीहरूमा दिने चाप हो । मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागमा पु¥याउने क्रममा रगतका नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ । त्यही चाप नै रक्तचाप हो ।

रक्तचाप कहिले बढी र कहिले कम भइरहन्छ । यो एकनासको रहँदैन । उच्च रक्तचाप भएमा उच्च रक्तचापले लामो समयसम्म मुटुमा र रक्तनलीमा धक्का दिइरहने भएकाले मुटुलाई नकरात्मक असर पुर्याई विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । कहिलेकाहीँ मुटुमा स्ट्रोक गराई मृत्यु पनि हुनसक्छ ।

उच्च रक्तचापलाई ढिलो गरी मार्ने रोग ‘साइलेन्ट किल्लर’ पनि भनिन्छ । यो रोग लागेमा धेरैजसो व्यक्तिमा कुनै लक्षण देखापर्दैनन् तर शरीरमा निकै असर पुर्याइरहेको हुन्छ । कुनै पनि खतराका सङ्केत नदेखिई एक्कासि अकल्पनीय क्षति हुन सक्छ र मानिसको मृत्यु हुनसक्छ ।

    मुटुले रक्तनलीमा दिने रक्तचाप सामान्यतया दुई किसिमको हुन्छ । ती हुन् ः माथिल्लो वा सुरुको रक्तचाप ‘सिस्टोलिक ब्लड प्रेसर’  र अन्तिमको वा तल्लो रक्तचाप ‘डाइस्टोलिक ब्लड प्रेसर’ । यी दुवै किसिमका रक्तचाप सामान्य भएमा वा रक्तनलीमा रगतले दिने चाप सामान्य अवस्थामा रहेमा कुनै समस्या हुँदैन र जीवनयापन सामान्य अवस्थामै चलिरहेको हुन्छ ।

मानिसको सामान्य रक्तचाप पारो भएको यन्त्र स्फिग्नोम्यानोमिटरले मापन गर्दा १०० देखि १४० सम्म माथिल्लो र ६० देखि ९० सम्म तल्लो चाप हुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । तैपनि धेरैजसो आदर्श रक्तचाप चाहिँ १२० माथिल्लो र ८० तल्लो रक्तचाप नै हो । तर कहिलेकाहीँ विभिन्न खालका असामान्य परिस्थितिहरू आई रक्तचापमा गडबड हुनसक्छ ।

रक्तचाप गडबड हुनासाथ वा उच्च भइरहनासाथ रक्तनली, मुटु, मस्तिष्क, मिर्गौला र आँखा जस्ता अङ्गहरूमा बढी असर गराई अङ्ग खराब गराउन सक्छ । निम्न दुई किसिमले रक्तचापमा गडबडी हुन्छ । ती हुन्

१. उच्च रक्तचाप  
रगतले रक्तनलीमा दिने चाप सामान्यभन्दा बढी मात्रामा भयो भने त्यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । यस्तो बेलामा सुरुको सिस्टोलिक र अन्त्यको डाइस्टोलिक रक्तचाप दुवै प्रायः बढी नै हुन्छ । कहिलेकाहीँ कुनै एउटा मात्र पनि बढी भएको हुनसक्छ ।
सामान्यतया उच्च रक्तचाप हुँदा उमेर, खानपान र तौल अनुसार फरक फरक हुने भए पनि औसत व्यक्तिहरूमा १४० भन्दा माथि माथिल्लो चाप र ९० भन्दा माथि तलको चाप भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ । यही अवस्थालाई नै हामीले उच्च रक्तचाप भएको भनी निकै सतर्कता अपनाउनुपर्ने भन्ने गर्छौं ।

उच्च रक्तचापका लक्षण 
उच्च रक्तचाप वास्तवमा लक्षणविहीन हुन्छ । जम्मा उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतमा यो रोग लागे पनि कुनै लक्षण नदेखिन सक्छन् भने १० प्रतिशतमा मात्र लक्षण देखापर्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षण देखिनु निकै भाग्यमानी हुनु हो । किनकि लक्षण देखिएमा हामी तुरून्तै उपचारका लागि जान्छौं । नियमित रूपमा उपचारमा रहने, मुख बार्ने, नियमित जाँच गराउने मौका पाउँछौं ।

शरीरमा थप नोक्सानी नभई उपचार गरी दीर्घजीवी हुनसकिन्छ । तर कुनै पनि लक्षण नदेखिने हो भने मानिसले रोगले गरेको खराबीको बारेमा कुनै पत्तो पाउँदैन । फलस्वरूप नियमित स्वास्थ्य परीक्षण नगराउने, खानपानमा कुनै सुधार नगर्ने र कुनै पनि औषधीमूलो गर्न लाग्दैनन् ।  आफ्नो ज्यान नै जोखिममा पार्न सक्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षणहरू देखापर्नुलाई राम्रो मानिन्छ ।
उच्च रक्तचाप भए नभएको त्यतिबेला मात्र थाहा हुन्छ, जतिबेला व्यक्ति कुनै पनि स्वास्थ्य संस्थामा गई ब्लड प्रेसर जँचाउँछ । उच्च रक्तचाप भएमा देखापर्ने मुख्य लक्षण तथा चिन्हहरू यस प्रकार छन् ।
–    टाउको दुख्ने, चिडचिडाहट हुने वा पसिना आउने, वाकवाकी लाग्ने,
–    चक्कर लाग्ने, तिरमिर देखिने,
–    चिन्ता पर्ने, मुटुको ढुकढुकी र नाडीको गति बढ्ने,
–    सास फेर्न कठिन महसुस् हुने र शरीरभारी हुने,
–    निद्रा नपर्ने,
–    नाकबाट रक्तश्राव हुने, बेहोश हुने,
–    उभिन र बस्न नसकी लड्ने,
–    हात खुट्टा वा अनुहारमा पक्षाघात हुनसक्ने आदि ।
कहिलेकाहीँ उच्च रक्तचाप भएमा निकै खतरनाक जटिलताहरू पनि देखापर्न सक्छन् । यसको सुरूमै निदान गरी समयमै उपचार गर्न नसकिएमा बिरामीको अकस्मात मृत्यु पनि हुनसक्छ । उच्च रक्तचापका बिरामीमा हुनसक्ने ती जटिल अवस्थाहरू यस प्रकार छन् ।
–    कडा खालको छाती दुख्ने जसले गर्दा हर्ट अट्याक हुनसक्छ र बिरामीको तत्कालै मृत्यु पनि हुनसक्छ ।
–    मिर्गौला फेल भई मृत्यु हुनसक्छ ।
–    मस्तिष्कका ससाना रक्तनलीहरू फुटी मस्तिष्कमा रगत जम्न सक्छ ।
–    शरीरका अन्य भागहरूबाट पनि रक्तश्राव हुने, रगत जम्ने र गम्भीर समस्या देखापर्नसक्छ ।
–    कहिलेकाहीँ शरीरका कुनै अङ्गमा रक्तसञ्चालन हुन नसक्दा उक्त अङ्ग मर्छ र अङ्ग काटेर फाल्नुपर्ने हुनसक्छ ।
–    आँखामा असर गरी सदाका लागि अन्धो हुनसक्छ ।
–    श्रवणशक्ति नष्ट भई सदाका लागि बहिरो हुनसक्छ ।
–    पक्षाघात भई अपाङ्ग जीवन जिउनु पर्नसक्छ आदि ।

उच्च रक्तचापका निदान कसरी गर्ने ?
अधिकांश मुटुरोगका समस्या विश्वव्यापी रूपमा छन् । आधुनिक यान्त्रिकीकरणको युग र मानिसमा आएको गुणस्तरीय जीवनशैलीका कारण उच्च रक्तचाप जस्ता समस्याहरू आउने गरेका हुन् । समयसमयमा स्वास्थ्य परीक्षण नगर्ने हो भने जीवनको अन्त्य हुन सक्छ । उच्च रक्तचापका सम्भावित जोखिम पत्ता लगाउन निम्न परीक्षण गर्नुपर्छ ।
–    नियमित रूपमा ब्लड प्रेसरको जँचाउने ।
–    छातीको एक्स–रे गराउने ।
–     मुटुको एक्स रे (ईसीजी) गराउने ।
–    मुटुको चालसम्बन्धी अध्ययन गर्ने वा टी.एम.टी. परीक्षण गराउने ।
–    रगतमा सुगर, क्रियटिनिन, युरिया तथा कोलेस्टेरोल नियमित रूपमा परीक्षण गर्ने ।

उच्च रक्तचाप भएमा
उच्च रक्तचाप भएमा रोकथामका विधिहरू छन् । विदेशीहरूले मुटुसम्बन्धी कुनै पनि समस्या नआओस् र दीर्घजीवन जिउन सकियोस् भनी ४० कटेपछि वा नियमित स्वास्थ्य परीक्षण गर्छन् । समस्या आउनासाथ रोकथामका उपायहरू अपनाउन थाल्छन् । तर हामीमा त्यसस्तो सतर्कता छैन । यो बारेमा बुझ्ने व्यक्तिले समेत लापरवाही गरेको पाइन्छ । यसको उपचारका विधि निम्न छन्
–    चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गर्ने । औषधी सेवन गर्नुअघि आफूलाई उच्च रक्तचाप भएको कारण पत्ता लगाउनुपर्छ ।
–     मिर्गौला, मुटु, प्याङ्क्रियाज, कलेजो, फोक्सो आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । त्यसबारे पत्ता लगाई ती अङ्गहरूको उपचार वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
–     मोटोपन, मधुमेह, कोलेस्टोरेलका कारण पनि उच्च रक्तचाप हुनसक्छ । यसलाई आवश्यक औषधी उपचार वा खाना बारेर र शारीरिक व्यायाम गरेर नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचापको समस्या रोकथाम 
उच्च रक्तचाप धनी, गरिब, मोटा, पातला, बच्चा, बुढाबुढी, महिला, पुरूष सबैमा हुन सक्ने सम्भावना भएकोले निम्न उपाय अपनाउनुपर्छ ।

–    नुन उच्च रक्तचापका लागि सबैभन्दा खतरा हुन्छ । खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । नुन कम गरेमा ५० प्रतिशत यो रोग र अन्य रोगको पनि निवारण हुनसक्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ ।
–    चिल्लो कम भएको, सन्तुुलित आहारयुक्त खाना खाने र त्यसमा प्रशस्त सागपात तथा फलफूल हुनुपर्छ ।
–    शारीरिक अभ्यास नियमित रूपमा गर्ने बानी बसाल्नुपर्छ । हप्तामा साढे दुई घण्टा साइकल चलाएर वा छिटो हिँडेर अभ्यास गर्नसकिन्छ । कडा खालको शारीरिक अभ्यास उच्च रक्तचापका बिरामीको लागि सिफारिस गरिँदैन । चिसोबाट बँच्नुपर्छ, धेरै चिसो पानीमा दिनहुँ ननुहाउने, चिसो याममा मर्निङ वा इभिनिङ हिँडाइ समेत राम्रो मानिदैन ।
–    चुरोट, सुर्ती वा जाँडरक्सीको सेवन गर्नुहुँदैन । एक हप्तामा १४ युनिटभन्दा बढी रक्सी खानुहुँदैन ।
–     तौल सामान्य राख्नुपर्छ र बढी तौल भएमा घटाइहाल्नुपर्छ ।
–    चिया, कफी वा कोकाकोला बढी खानुहुँदैन । एक दिनमा ४ कपभन्दा बढी चिया कफी खाएमा उच्च रक्तचाप हुनुसक्छ ।
–     प्रयेक दिन कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ । मनमा कुनै चिन्ता नलिने र आफूलाई सधैँ सक्रिय राख्ने गर्नुपर्छ ।
–    कुनै पनि रोगको समयमै निदान गरी उचित उपचार गरिहाल्नुपर्छ ।
–    नियमितरूपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ तर औषधीले रोग निको भयो भनी बीचैमा औषधी छाड्नुहुँदैन ।
–    कतिपय औषधीका प्रतिअसरहरू पनि हुन्छन् । जस्तैः खोकी लाग्नु, टाउको दुख्नु, चक्कर लाग्नु, शरीरमा बिबिराहरू देखापर्नु, रूघा खोकी लागिरहनु, खुट्टा सुन्निनु, कब्जियत हुनु, बढी पिशाब लाग्नु, हातखुट्टा चिसो हुनु आदि । यस्ता असरहरू देखापरे पनि औषधी आफूखुशी छाड्नुहुँदैन । चिकित्सकले कुनै औषधी फेरबदल गर्ने वा डोज घटाउने बढाउने गरी उपचार गर्ने गर्छन् ।

post image

कात्तिक २६,दमक ।  झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् ।

देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो ।

चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले जानकारी दिए ।बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गरेका थिए । रासस

post image

कात्तिक १८,काठमाडौँ । नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर (बिधुतीय ब्याट्री) राखेर सफल उपचार गरेको छ। पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, ९५ वर्षको उमेरमा पेसमेकर राखेर नेपालमै पहिलो रेकर्ड कायम गरिएको नोबेल अस्पतालका निर्देशक एवं मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालको दावी छ ।

मुटुको चाल कम भएका झापा अर्जुनधाराका भुवान सिंह देवानको छातिमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाईएको अस्पतालले जनाएको छ। गंगालाल अस्पतालका कन्सलटेन्ट कार्डियोलोजिष्ट डा.रोसन राउतले ९० बर्ष हाराहारिका कतिपय बृद्धबृद्धामा यो मेसिन राखिएको भएपनि बढीमा कति उमेरसम्मका बृद्धबृद्धालाई राखिएको यकिन नभएको बताए ।

मुटुको धड्कन कम भएका बिरामीको छाती र मुटुमा मिलाएर धातुको सानो यन्त्र पेसमेकर राख्ने गरिन्छ।पेसमेकरले मुटुको धड्कन कम हुँदा पूर्व निर्धारित गतिमा बिधुतीय करेन्ट निकालेर मुटुलाई उपयुक्त गतिमा धड्काउँन सहयोग गर्छ।जुनसुकै उमेरका मानिसलाई पेसमेकर लगाउँन मिल्ने अस्पतालको भनाइ छ।

post image

कात्तिक १८,वालिङ  । स्याङ्जाको वालिङमा सञ्चालन भएको तीन दिने निःशुल्क आँखा परीक्षण शिविरमा मोतियाविन्दुका ४३ बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

आँखा उपचार केन्द्र वालिङ र प्राथमिक स्वास्थ्य केन्द्र वालिङको व्यवस्थापन तथा हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न शिविरमा ४५० जना आँखाका बिरामीले आँखा परीक्षण गराएका आँखा उपचार केन्द्र वालिङका प्रमुख तेजबहादुर गुरुङले बताए ।

गत बिहीबारबाट शुरु भएको निःशुल्क शल्यक्रिया शिविरमा सर्जन डा हरिमाया गुरुङको नेतृत्वमा रहेको सात आँखारोग विशेषज्ञले सेवा प्रदान गर्नुका साथै बिरामीहरुलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको थियो ।

“आर्थिक अभावमा आँखासम्बन्धी समस्या भएर पनि उपचार गराउनबाट बञ्चित भएकालाई मध्यनजर गर्दै निःशुल्क शिविरको आयोजना गरिएको हो” आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले भने, “यो शिविरबाट आँखाका बिरामीले निःशुल्क रूपमा शल्यक्रिया गर्ने, औषधि, चश्मा तथा आँखाको सुरक्षाका लागि परामर्शसमेत पाएका छन् ।”

शिविरमा स्याङ्जाका वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र दक्षिण पर्वतका केही भेगका आँखाका बिरामी शिविरबाट लाभान्वित भएका छन् ।

post image

कात्तिक १६, काठमाडौं । नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएकोे छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि उक्त सम्झौता भएको हो ।

सम्झौता बमोजिम नर्भिक अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३०% को विशेष छुट, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान–एमआरआई, मेमोग्राम, सर्जिकल चार्ज लगायत शल्यक्रिया शुल्कहरुमा १०% को विशेष छुट त्यसैगरी अस्पताल भर्ना हुंदा लाग्ने बेड चार्जमा ५% को विशेष छुट दिने सहमती भएको छ ।

माथि उल्लिखित छुटहरुका साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

post image

कात्तिक १५, हुम्ला । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहुँदा उक्त गाविसका वडा नं १ देखि ६ सम्मका बासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताए ।

ज्वरो, रुघाखोकी, टाउको खुख्नेजस्ता सामान्य बिरामीका लागि जाँच्ने र औषधिसमेत दिने कर्मचारीसम्म पनि नहँुदा बिरामी मर्कामा परेका हुन् ।

गाउँ नजिकै रहेको स्वास्थ्यचौकी पुग्दा त्यहाँ त सिटामोल दिने मान्छेसमेत नभएको ठेहे निवासी सुरेश परियारको गुनासो थियो । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको उनले बताए ।

स्वास्थ्यचौकीमा ११ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि अहिले एक जना कार्यलय सहयोगी मात्र रहेको बताइएको छ । एघार स्वास्थ्यकर्मीमध्ये एक एचए, दुई अहेव, दुई अनमी र दुई कार्यलय सहयोगीसहित सातजना रहनुपर्र्ने ठाउँमा कार्यलय सहयोगी दन्त बोहरा मात्र रहेको स्थानीयवासीले बताए । बिरामी उपचारका लागि आउने तर स्वास्थ्यचौकीमा न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै भेटिन्छ अर्का स्थानीयवासी हीराकला परियारको गुनासो थियो ।

स्वास्थ्यकर्मीको अभावमा गर्भवती महिलालाई झन् समस्या भएको ठेहेका नवराज भण्डारीले बताए । आफ्नी श्रीमती गर्भवती भएकीले सामान्य जाँचका लागि पनि यहाँ स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पताल नै धाउनु परेको परेको छ उनले भने । आइरन चक्कीलगायत अन्य अति आवश्यक औषधि भए पनि औषधि दिने कर्मचारी पनि छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधि र कर्मचारीको अभावबारे बुझ्दा ११ मध्ये सात कर्मचारी हुनुपर्ने जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए । अहिले बिरामीले तीन घण्टा पैदलयात्रा गरेर जिल्ला अस्पताल हुम्लामा आउनुपर्ने बाध्यता छ ।

सिमकोट गाउँपालिकालाई उक्त स्वास्थ्य चौकीमा कर्मचारी कति छन्÷छैनन् भन्ने जानकारीसमेत छैन । ठेहेमा करीब ५०० घरधुरी छन् । दैनिकजसो सामान्य बिरामीले स्वास्थ्यकर्मीको अभाबमा जल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ ।

post image

कात्तिक १४, काठमाडौँ । आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ । सरकारले भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आज र भोलि दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई देशभर भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन सुरु गरेको हो ।

महिला स्वास्थ्य स्वयम्सेविका सीता खड्काका अनुसार भिटामिन ए क्याप्सुल सुत्केरी महिलालाई पनि खुवाइएको छ । यस वर्ष ५ वर्ष मुनिका २३ लाख ५६ हजार भन्दाबढि बालबालिकालाई भिटामिन ए क्याक्सुल खुवाइने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका सबै स्थानीय तहको वडा स्तरमा नै महिला स्वास्थ्य स्वयमसेविकाहरुले भिटामिन ए तथा जुकाको औंषधि खुवाउँदैछन । अभियानमा देशभरका ३६ हजार केन्द्रमा ६० हजार महिला स्वास्थ्य स्वयमसेविकासहितको जनशक्ति परिचालन गरिएको छ ।

post image

कात्तिक १२, सुरुङ्गा । छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ ।

पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना भएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

छातीको करङ नै भाँचिएर डायफ्राम नै च्यातिदै कलेजो फोक्सोसँग टाँसिदा उपचार गर्न अत्यन्तै जटिल हुन्छ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपचारमा सम्लग्न चिकित्सक डा वासुदेव बाँस्कोटाले भने, “यस्तो अवस्था र उपचार अत्यन्तै दुर्लभ हुने गरेको छ ।” आङ्बोलाई उपचारका लागि अस्पताल ल्याई पु¥याउँदा अवस्था ज्यादै जटिल थियो उनले भने, “सायद उहाँको उपचार अन्य अस्पतालमा उपकरणकै अभावले पनि सम्भव थिएन ।”

चार जना विशेषज्ञ चिकित्सकको टिमले तीन घण्टा लामो शल्यक्रियापछि आङ्बोको च्यातिएको डायफ्राम र कलेजो तथा फोक्सोलाई ठीक ठाउँमा राखिएको अर्का चिकित्सक सन्देश दाहालले बताए । उनले भने, “नेपालमा यस्तो अवस्थाको उपचार कति भए कुनै सरकारी तथ्याङ्क छैन तर जर्मनीमा रहेको एक सरकारी अस्पतालमा भने आठ वर्षमा १४ वटा मात्रै शल्यक्रिया भएको तथ्याङ्क छ ।” रासस

post image

असोज २८, काठमाडौँ ।  मलेरिया रोकथामका लागि छर्किनुपर्ने औषधि तीन महिनादेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अलपत्र रहेको छ। शेभ द चिल्ड्रेनको सहयोगमा बाजुराको बुढिनन्दा नगरपालिकाको कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा पठाएको थियो।

औषधि साउनमा छर्किनुपर्ने भए पनि बजेट नभएको भन्दै तीन महिना बितिसक्दा पनि समुदायमा औषधि छर्न नसकेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. सत्य शाहीले बताएका छन्।

मलरेयिा प्रभावित क्षेत्रमा छर्किनका लागि ३ लाख जति रकम हो, नगरपालिकाले नदिंदा औषधि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै रहेको शाहीले बताएका छन्। साउनमा छर्किएको भए रोकथाम हुन्थ्यो, अहिले दैनिक मलरियाको बिरामी आइरहने उनले बताए।

तराईमा मात्र देखिने मलरिया बाजुरामा पनि देखापरेको थियो। बाजुराको बुढिन्नदा नगरपालिका १, ६ र ५ वडामा देखापरेपछि सरकाले केन्द्रीय प्रयोगशालाबाट पठाएको थियो। प्रयोशालाले पनि मलेरिया भएको प्रमाणित गरेपछि मलेरिया रोकथामका लागि सेभ द चिल्ड्रेनको सहयोग ती बस्तीमा छर्किनका लागि ५ वटा ठूलो ड्रममा औषधि पठाएको थियो।

औषधि प्राथमिक स्वास्थ्य केन्द्रमा साउनमा आएको हो, साउनमै प्रत्येकको घरमा पुगेर घर र चर्पीमा ओसिलो ठाँउमा औषधि छर्कनुपर्ने हो। तर नगरपालिकालाई तीन लाख माग गरेका हौ, एक रुपैयाँ पनि नदिंदा औषधि स्वास्थ्य केन्द्रमा अलपत्र रहेको डा. सत्य शाहीले बताए।

बुढिनन्दा नगरपालिका १ का वडा अध्यक्षले भने गाँउमा दैनिक एक दुईजना मलेरिया बिरामी भइरहेको बताए। नगरपालिकामा बजेटका लागि पटकपटक पहल गर्दा पनि कहिले कार्यकारी कहिले लेखापाल छैन भनेर बजेट नदिएको बताए।

post image

असोज २६, धरान ।  प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको हो । सो मन्त्रालयका अनुसार सडक पहुँच भएका गाउँपालिकालाई प्रदेश सरकारको लोगो अङ्कित एउटै रङ्गका एम्बुलेन्स वितरण गर्न लागिएको हो ।

“पाँच वर्षभित्र सबै गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउँछौँ,” आन्तरिक मामिला तथा कानूनमन्त्रीको सचिवालयका रवि खनालले भने, “एम्बुलेन्स खरिद प्रक्रिया शुरु भइसकेको छ । आगामी पुसभित्र एम्बुलेन्सको साँचो हस्तान्तरण गछौँ ।” एम्बुलेन्सका लागि प्रदेश सरकारले १२ करोड विनियोजन गरेको छ ।

एम्बुलेन्स वितरणसँगै सुरक्षाका पूर्वाधार तयार गर्न बारुणयन्त्र, प्राथामिक उपचारका सामाग्रीलगायत प्राकृतिक विपत् पर्दा आवश्यक सामाग्री वितरण गरिने आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले बताए । पहिलो चरणमा झापाको कमल गाउँपालिका, उदयपुरको विकट गाउँपालिका र भोजपुरको आमचोक गाउँपालिकालाई छनोट गर्ने तयारी भइरहेको छ ।

post image

असोज २४, काठमाडौं । ग्लोबल बैंक र पोखराको लेखनाथ सिटी हस्पिटलबीच सम्झैता भएको छ । सम्झौतापत्रमा बैंकका बेगनास शाखा प्रबन्धक दिनेश अधिकारी र हस्पिटलका प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

सम्झौताअनुुसार डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड बाहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारले हस्पिटलमा उपचारगर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय रहेका छन्।

post image

असोज २१,काठमाडौँ । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यले जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल एप्लीकेशनको सुरुवात गरिएको छ।

रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर स्थानीय युवाले अभियान सुरु गरेका हुन्।

रोल्पाका आठ युवाको सहभागितामा सुरु गरेका हुन्। आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ।

हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले जानकारी दिए। एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफैँले फोन सम्पर्क गरी तुरुन्त बोलाउन सकिने डाँगीले बताए। हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेका छन्।

रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले दावी गरे। जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनसक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने उनले बताए।

महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले बताए।

मोबाइल एप्लिकेशन सञ्चालनमा आएपछि आफूहरूलाई पनि राहत भएको उनको भनाई छ । ‘कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत सङ्कलन गर्नुपर्ने बाध्यता थियो, अब भने केही सहजता हुन्छ होला,’ वुढाले भने। रासस

post image

असोज १८,  काठमाडौँ ।  एमबिबिएस अध्ययनका लागि बंगलादेश पठाउने भन्दै एक कन्सल्टेन्सीले ठगि गरेको छ  । धनुषाका रामभजन साह र उज्ज्वल यादव कोटेश्वरको वर्ल्ड वे एजुकेसन कन्सलटेन्सी बाट ठगिएका हुन्।

उनीहरु कन्सल्टेन्सीबाट प्रोसेस गरेर पढ्न बंगलादेश पुगेका थिए । जब कलेज पुगे, उनीहरु झसंग भए। किनकि भर्ना नै भएको रहेनछ। कोटा सिद्धिएको भन्दै कलेजले उनीहरुलाई फिर्ता जान भन्यो।

कन्सलटेन्सीका दीपककुमार देवले मेडिकल कलेजमा भर्नाबापत पहिलो चरणमा ३३ लाख ३२ हजार रकम लिएका थिए। कन्सलटेन्सीकै बदमासीका कारण आफूहरुको भर्ना रोकिएको बुझेपछि उनीहरु नेपाल फर्किए। लगत्तै शिक्षा मन्त्रालयमा उजुरी गरे।

उजुरीपछि मन्त्रालयले अनुसन्धान अगाडि बढायो। अनुसन्धानका क्रममा उक्त कन्सलटेन्सीले नक्कली कागजपत्र बनाएर विद्यार्थीमाथि ठगी गरेको पत्ता लागेको शाखा अधिकृत तारानाथ निरौला बताउँछन्।

विद्यार्थीहरुसँग पैसा उठाएका सञ्चालक यादव भने फरार भएका छन्। उनले बंगलादेश र भारतमा अध्ययनका लागि पठाउने भन्दै मोटो रकम असुली गरेको बारे मन्त्रालयमा उजुरी परेको छ।

post image

असोज १७, कञ्चनपुर । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बीमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा स्वास्थ्य क्षेत्रमा  ३१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पुर्याउने लक्ष्य राखेको छ ।

पाँच जना सदस्य रहेको परिवारले वर्षको दुई हजार ५०० रुपैयाँ  प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ ।

पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप ४५० रुपैयाँ बढी तिरेर बीमा सदस्य बनेर ५० हजार रुपैयाँ बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ ।

post image

असोज १५, काठमाडौं । नेपाली डा. कुमुद धिताल  ‘प्राइड अफ अस्ट्रेलिया’ अवार्डको मनोनयनमा परेका छन्। मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेका उनी हालै सार्वजनिक भएको अवार्डमा मनोनीत भएका हुन्।

असम्भव मानिने शल्यक्रिया संसारमै पहिलो पटक सफल बनाएर धेरै मानिसहरूको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेका हुन्।  सेन्ट भि सेन्ट अस्पतालका चिकित्सक धितालले चल्न छाडिसकेको मुटुलाई पनि पुनः चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन्। हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील छन्। उनले त्यस्तो शल्यक्रिया गर्नुअघि सामान्यतया डाक्टरहरूले ‘ब्रेन डेथ’ भइसकेको तर चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्दथे।

कलेजोलाई बरफमा राखेर बचाएजस्तो मुटुलाई राख्न सकिँदैन। बढीमा आधा घण्टासम्म रोकिएको मुटुलाई पुनः चालमा फर्काउन सक्छन्। हाल सर्जनहरूले ६ घण्टासम्म कृत्रिम तरिकाले पम्प गराउन सक्दछन्। कुनै व्यक्तिको मुटुको चाल बन्द भए पनि तत्काल मांसपेशीका कोसहरू मर्दैनन्, खाली मुटुले रगत पम्प गर्न छोडेको हुन्छ। त्यसलाई ‘सर्कुलेटरी डेथ’ भनिन्छ।

post image

 असोज १२, काठमाडौं ।  कालीकोट जिल्लामा गत वर्षको तुलनामा यो वर्ष कुपोषणको अवस्था घटेको छ । नेपाल सरकारको साझेदारीमा जिल्लामा स्वास्थ्य तथा पोषणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनपछि कुपोषणको अवस्थामा कमी आएको हो । गत वर्षको तुलनामा जन्मदा कम तौल भएका बालकको अवस्था ५ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ । दुई वर्ष मुनिका कम तौल भएका बालकको गत वर्ष २० प्रतिशत थियो भने यो वर्ष १३ प्रतिशत रहेको छ । १८० वटा आइरन चक्की प्रयोग गर्ने महिलाको सङ्ख्या गत वर्ष ५१ प्रतिशत र यो वर्ष ५५ प्रतिशत छ ।

सुत्केरी महिलाले प्रयोग गर्दै आइरहेको ४५ आइरन चक्की खानेको सङ्ख्या गत वर्ष ७४ प्रतिशत थियो भने यो वर्ष ७९ प्रतिशतले बढेको छ । कालीकोट जिल्लामा कडा कुपोषित बालबालिकाको सङ्ख्या गत वर्ष ८८३ जना र यो वर्ष ५१२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका पोषण फोकल पर्सन कटकबहादुर महतले बताए। महतका अनुसार गत वर्ष ५९० जनाको कुपोषणको उपचारबाट निको भएको थियो भने यो वर्ष ४ सय ८ जना निको भएको उनको भनाइ छ ।

महतका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुका कारण शीघ्र कुपोषण, बहिरङ्ग उपचार सेवा र बालबालिकाका लागि उत्पादन गरिएको पिठो (लिटो) वितरणका कारण कुपोषणमा कमी आएको हो । तथ्याङ्क अनुसार पोषिलो पिठो प्रयोग गर्ने महिला, बालबालिकाको सङ्ख्या गतसाल १० हजार ९७२ जना रहेको छ भने यो वर्ष १० हजार ६६१ जना रहेको छ । कुपोषित भएका बालबालिकामध्ये ६० प्रतिशतभन्दा बढी बालिका, ६० प्रतिशतभन्दा बढी दलित रहेको पनि तथ्याङ्कमा छ । बढी दलित र बालबालिका कुपोषित देखिनुका कारण भने लैङ्गिक विभेद, गरीबी, रुढिवादी, तयारी खानको प्रयोग, जीवनको महत्व थाहा नपाउनुजस्ता कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका प्रमुख डा विवस पराजुलीले बताउनुभयो । डा विवसका अनुसार यो वर्ष कुपोषणमा कमी आउनुको कारण बहुक्षेत्रीय पोषण कार्यक्रम लागू हुनु, शीघ्र कुपोषण एकीकृत व्यवस्थापनको लागू, मातृशिशु तथा बाल्यकालीन पोषण वृद्धि अनुगमन तथा परामर्श, आमा तथा बालक स्वाथ्य स्याहारसम्बन्धी कार्यक्रम लागू हुँदा भने यो वर्ष गत वर्षभन्दा कुपोषणको अवस्थामा कमी आएको हो ।

जिल्ला अस्पताल कालीकोटको तथ्याङ्कका आधारमा जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका मध्यम शीघ्र कुपोषित बालबालिकाको प्रतिशत गत वर्ष १४ प्रतिशत र यो वर्ष ७ प्रतिशत रहेको छ । यस्तै कडा शीघ्र कुपोषित बालबालिकाको सङ्ख्या गत वर्ष ७ प्रतिशत र यो वर्ष ४ प्रतिशत रहेको छ ।

post image

असोज १२, काठमाडौं । कर्मचारी संचय कोषले संचयकर्ताको स्वास्थ्य बीमा योजना स्वीकृत गरेको छ । बोर्डले स्वीकृति दिएपछि कोषलाई कात्तिकदेखि संचयकर्ताको स्वास्थ्य बीमा योजना लागु गर्न बाटो खुला भएको छ । कोषको हालै बसेको सञ्चालक समिति बैठकले ६ लाख संचयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने प्रस्ताव पारित गरेको हो ।

कोषले प्रतिसंचयकर्ता ४५० रुपैयाँ बीमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसंग गरेको छ । यसबाट ६ लाख संचयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । दुर्घटना वा अन्य कारणले मृत्युपछि मात्र कोषले सामाजिक सुरक्षा दिने योजना छ । अब कर्मचारी वहाल भएको अवस्थामा पनि ठुला तथा कडा खालका रोग लाग्यो र अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्था आयो भने त्यसका लागि उपचार खर्च दिने व्यवस्था गर्न लागेको हो । नयाँ बीमा योजनाले अस्पतालमा भर्ना हुनुपर्ने विरामीका लागि १ लाख रुपैयाँसम्मको औषधी उपचार र कडा रोग लागेको विरामीलाई १० लाख रुपैयाँसम्म उपचार खर्च दिने छ ।

संचयकर्ताको मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा संचयकर्तालाई ठुलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च र १ लाख रुपैयाँ औषधि उपचार खर्च उपलब्ध हुनेछ । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ ।

 

post image

असोज १०, काठमाडौँ । बिरगंजमा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । महिलाको पाठेघरमा हुने क्यान्सरलाई केन्द्रित शिबिरमा एक सय १४ जना सहभागि भएका थिए  ।

 उक्त शिविरमा दश जना एस.टि.आई पोजेटिभ देखिएको डा ईन्द्रनिल घोषले बताए । उनले भने, एस.टि.आई देखिएका महिलाहरुलाई जनचेतना जागृत गराउनुको साथै उचित सल्लाह सुझव र परामर्श दिएका छौ । यस्तै शिविरकै अवसरमा दशजनाले आई.यू.सि.डि गराएको डा घोषले बताए । शिविरमा बाराको जितपुर, सिमरा, कलैया, परवानीपुर र पर्साको सिर्सिया, भिष्वा, ईनर्वा, अशोकवाटिका लगायत भारतको रक्सौलका महिला दिदिवहिनिहरुले लाभ उठाएको आशाराम हस्पिटलकी निर्देशक निभा दासले बताईन् ।

कार्यक्रममा ममता श्रेष्ठ र इन्द्रा मगरले प्राविधिक सहयोग गरेका थिए । भने कार्यक्रमको सहजिकरण आसमान नेपालका शम्भु कुमार साहले गरेका थिए । कार्यक्रम आशाराम हस्पिटलकी निर्देशक निभा दासको सभापतित्वमा समपन्न भएको थियो ।

post image

असोज ८, काठमाडौं । नेपालमा विवाहको निकै महत्व छ । विवाह पछि महिला–पुरुष दुबैको जीवन परिवर्तन हुन्छ । प्रेम विवाहमा महिला–पुरुष दुबैले एक अर्कालाई राम्रोसँग चिनेका हुन्छन् तर मागी विवाहमा विवाह पछि मात्र एकअर्काबारे जान्ने मौका पाइन्छ । प्रेम विवाहमा पनि विवाह अघि आफ्ना प्रेमी–प्रेमिकाको सबै कुरा मनपर्छ तर विवाह पछि भने पहिले मनपर्ने बानी नै थुप्रै पटक झगडाको कारण बन्ने गर्छ ।

त्यसकारण विवाह अघि नै आफ्ना भावी पार्टनरको स्वभाव थाहा पाउनुपर्छ, आफूलाई पार्टनरको कुन कुराले रिस उठ्छ, त्यो पनि राम्रोसँग बुझ्नुपर्छ ता कि पछि गएर समस्या नहोस् । आउनुहोस् विवाह अघि पार्टनरको कस्तो कुरामा ध्यान दिनुपर्छ त्यसबारे जानकारी लिऔंः

१. अल्छी र अरुमा निर्भरः

महिला होस् वा पुरुष, अल्छी हुनु कसैको लागि पनि राम्रो होइन । अहिलेको यो समयमा काम नगरी मोजमस्तीमा मात्र वा सुतेरै जीवनयापन गर्छु भनेर सोच्नु मुर्खता हुन्छ । अहिलेको महँगीले कसैलाई पनि अल्छी हुन छुट दिँदैन । एक्टिभ हुने र आफ्नो कामका लागि अरुमा भर नपर्ने व्यक्ति नै राम्रो जीवनसाथी हुन्छन् त्यसकारण विवाह गर्नु अघि पार्टनरको यस्तो बानी ख्याल गरौं ।

२. इमोशनल ब्ल्याकमेलः

महिलाले धेरैजसो इमोशनल ब्ल्याकमेल गर्ने बताइन्छ तर आजकाल पुरुष पनि कम छैनन् । सानोतिनो कुरामा इमोशनल ब्ल्याकमेल गरेर आफ्नो कुरा मान्न लगाउनु ठिकै हो तर यदि तपाईंको पार्टनरको सधैं यस्तै गर्ने बानी छ भने सतर्क रहनुहोस् । विवाह अघि यस्तो बानी राम्रै लाग्ला, विवाह पछिको केही वर्षसम्म पनि ठिकै लाग्ला तर यस्तो बानीले तपाईंहरुबीच ठूलै झगडा निम्तिन सक्छ । त्यसकारण समयमै यसबारे ध्यान दिनुहोस् ।

३. कठोर व्यवहारः

तपाईंले विवाह गर्ने सोच बनाएको व्यक्तिले तपाईंसँग मात्र राम्रो व्यवहार देखाउने र अरु मानिससँग रुखो र कठोर व्यवहार देखाउँछन् भने त्यस्तो व्यक्तिसँग विवाह नगर्दा नै राम्रो । विवाह पछि विभिन्न नयाँ सम्बन्ध गाँसिन्छन् । त्यसकारण यसबारे पनि विचार गर्नुपर्छ ।

४. झुटो बोल्ने बानीः

कोही व्यक्तिले यति झुटो बोल्छन् कि यदि जम्मा गर्ने हो भने पहाड नै बन्लान् । यदि तपाईंको पार्टनरले आफ्नो परिवार र विगतबारे झुटो बोलेको छ भने उनलाई विवाह गर्नुअघि एक पटक पक्कै सोच्नुहोस् ।

५. परिवर्तन गर्ने कोसिस गर्नुः

यदि तपाईंको पार्टनरले विवाह अघि नै तपाईंको ड्रेसिङ स्टाइल र कुराकानी गर्ने तरिका परिवर्तन गर्न चाहन्छन् भने यसबारे एकपटक राम्रोसँग सोच्नुहोस् । तपाईं जे हुनुहुन्छ, त्यसमा तपाईंको पार्टनरलाई आपत्ति छ भने भविष्यमा यसले तपाईंलाई समस्यामा पार्न सक्छ ।

post image

असोज ७,काठमाडौं  ।  विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।

अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान गरेका थिए । त्यस अनुसन्धानको क्रममा उनिहरुले १६ जना स्वस्थ स्वयंसेवीकाहरूलाई एक दिन तातो पानी, अर्काे दिन कालो चिया अनि अर्काे दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए ।

तातो पानी मात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन । कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो तर दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो ।

के गर्ने त ?
दिनमा २ कप भन्दा बढि दूध चिया पिउने बानी छ भने त्यो राम्रो बानी होईन । त्यसलाई तुरुन्तै हटाउनु उपयुक्त हुन्छ । विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्छ । त्यसैले कालो चिया पिउने गर्नुहोस, यसका अनगिन्ती फाईदाहरु छन ।

मिल्क टि होईन ब्ल्याक टि रोजौं !

विश्व भरी नै चियाका पारखीहरु भेटीन्छन् । यसमा पाईने एन्टिअक्सिडेन्टले शरीरमा स्फूर्ती एबं ईनर्जी भरीदिन्छ ।चिया स्वादको लागी मात्र नभई स्वास्थ्यको हिसावले पनि उचीत मानीन्छ ।मानीसहरु धेरै जसो रोज्दा कालो चिया भन्दा बढी दूध चिया नै रोज्ने गर्दछन् तर सकेसम्म स्वास्थ्यको हिसावले दूधको चिया प्रयोग भने गर्नुहुँदैन ।दूधको चियाले खाना अरुची हुने ग्यास्ट्रीक बढेने जस्ता समस्या देखा पर्दछन् ।

ब्ल्याक वा ग्रिन टी स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । ग्रिन टीमा एन्टिअक्सिडेन्ट बढी हुन्छ । यस्तो चिया भने दिनको ४–५ पटक प्रयोग गर्दा रोगप्रतिरोधी क्षमता पनि बढ्छ ।

कालो चियामा भएको एन्टिअक्सिडेन्टले शरीरमा भएको बोसो कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन । चियामा राखेको दूधले भने एन्टिअक्सिडेन्टको मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्याबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्याउँछ ।

कालो चियाले पाचन प्रणालीलाई समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ । नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।

अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोल कम गर्छ । कोलेस्ट्रोल हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।कतिपय मानिसमा रोगप्रतिरोधी क्षमता कम भएका कारण छोटो–छोटो समयमा बिरामी हुने समस्याले दिक्क हुन्छ । यस्ता मानिसलाई पनि कालो चिया हितकर हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ ।

यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ । कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोषिकालाई हटाउने काम गर्छ । यस्ता कोषिका निर्मूल हुँदा विशेषगरी मानिसलाई ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

post image

असोज ४, काठमाडौँ ।  नयाँबानेश्वरस्थित काव्य विद्यालयका छात्र ÷छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् ।

कान्ति बाल अस्पतालमा उपचार गराइरहेका खोटाङ रावाँबेशी गाउँपालिका–४ ठुम्रे धारापानीका पाण्डेको हाल रक्त क्यान्सरको दोस्रो चरण ९एएलएल०को उपचार भइरहेको सम्बद्ध चिकित्सकले जनाएका छन् ।

छात्रछात्राका जन्मदिनका अवसरमा सङ्कलित रकममका साथै विष्णु बाँस्कोटा फाउण्डेशन एवं विद्यालय परिवारबाट सङ्कलित रु २५ हजार बुधबार आयोजित कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य नवराज बाँस्कोटा तथा विद्यालयका बालनायक अनुभव रेग्मीले पीडित बालक पाण्डेलाई प्रदान गरे । बिरामी बालकको थप उपचार गर्न रकम अभाव भएपछि रकम सङ्कलन गर्न स्काउटका वरिष्ठ शिक्षक बलराम प्यासीले पहल गरेका थिए ।

सो अवसरमा बिरामी बालकका पिता डिल्लीराम पाण्डे तथा आमा ज्ञानकुमारी पाण्डेले उपचारमा सहयोग गरेकामा विद्यालय परिवारलाई धन्यवाद दिँदै उपचारमा रकमको अभाव भएकाले थप सहयोगको अपेक्ष पनि गरे ।

सो अवसरमा संस्थापक प्राचार्य बास्कोटा, संस्थापक निर्देशक सुनिलकुमार घर्ती, रिजन खड्का, शिक्षक गणेशकुमार दाहाल एवं दिलीप लामा तथा विद्यार्थी रोम भट्ट, सृष्टि लामिछाने र आभाश कुइँकेलले संविधानका विविध चर्चा गरेका थिए । रासस

post image

असोज ३, नुवाकोट।  जिल्लाको तारकेश्वर गाउँपालिका–५ गोस्र्याङमा रहेको गोस्र्याङ स्वास्थ्य चौकीलाई स्थानीयवासीले लाखौं मूल्य पर्ने जग्गा दान गरेका छन्। स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि तारकेश्वर गाउँपालिका–५ गोस्र्याङका दलबहादुर लामा र ललितमान लामाले दुई-दुई रोपनी जग्गा दान गरेका हुन्।

जग्गा दाताद्वयले मङ्गलबार मालपोत कार्यालयमा आएर स्वास्थ्यचौकीको नाममा चार रोपनी जग्गा दर्ता गरिदिएको स्वास्थ्य चौकीका प्रमुख प्रेम रोकायले बताए। उक्त जग्गाको स्थानीय मूल्याङ्कन अनुसार रु २० लाख पर्ने बताइएको छ।

अहिले स्वास्थ्यचौकी भएको स्थानमा नयाँ भवन निर्माणको लागि जग्गा अभाव भएपछि स्वास्थ्यचौकी नजिकैका जग्गाधनीले जग्गा दान गरेपछि भवन निर्माणको लागि सहज हुने स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चुडामणिप्रसाद गजुरेलले बताए। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ। रासस

post image

असोज ३ , मलेसिया। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपाली मध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ ।  यसअघि दूतावास स्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुर क्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच मलेसिया प्रहरीले कालाङ उपत्यकाका विभिन्न मदिरा पसलमा शिलबन्दी गरेको छ । खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै केही पसलबाट मदिरा जफत गरी सिलबन्दी गरिएको मलेसियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । यसैबीच मलेसियाको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि उक्त क्षेत्रको मदिरा नपिउन सर्वसाधरणलाई आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानमा यस्ता कम गुणस्तरका मदिरामा मिथानोलको मात्रा बढी भेटिएको र यसले स्वास्थ्यमा गम्भिर असर गरेको पाइएको छ ।

मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ । क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६  नेपालीसहित १९ जनाको मृत्यु भइसकेको र १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । अन्य बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ ।

मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन ।अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए ।  अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ ।

post image

भदौ ३१,काठमाडाैं ।  नेपाल डेन्टल एसोसिएसन (एनडिए) को नयाँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचन परिणाम सार्वजनिक भएकाे छ। अध्यक्षमा  डा. प्रविन्द्र अधिकारीले ३ सय ८९ मत पाउँदै विजयी भएका हुन्।  डा.अधिकारी जावलाखेलस्थित ‘३२ स्माइल’ नामक क्लिनिकमा कार्यरत छन्।

अध्यक्षमा डा अधिकारीसहित  डा.सुभित मास्के र डा. सेन्छेमा लिम्बु चुनावी मैदानमा उत्रिएका थिए । डा.सुभितले ३ सय ३१ मत पाए भने डा.सेन्छेमाले १ सय ६८ मत पाउन सफल भए । एसोसिएसनको उपाध्यक्षमा डा आशिष भट्टराई निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षका अर्का उम्मेदवार डा. हमेन्त हलुलाईले नाम फिर्ता लिएपछि डा भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।

महासचिवमा भने डा कुम्भ जोशी निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा उनी बाहेक अरुको उम्मेदवारी नपरेपछि उनी निर्विरोध मनोनित भएका हुन्  ।  एसोसिएसनको कोषाध्यक्षमा डा अजयकुमार साहले ४ सय ७५ भाेट पाउँदै जित्न सफल भए भने सहसचिवमा डा जोन गुरुङ र डा रविकुमार महतो प्रतिस्पर्धामा रहेकाेमा ४ सय ७८ मत पाउँदै डा जाेन गुरुङ निर्वाचित भए।

एसोसिएसनको उपत्यकाबाहिरको निर्वाचन भने एक सता अगाडि नै भइसकेको छ। एसोसिएसनमा कुल १ हजार ४ सय ४३ सदस्य रहेका छन्।

post image

भदौ २५, काठमाडौँ । वास्तुशास्त्रका अनुसार घरमा क्याकटस रोप्न निषेध गरिन्छ किनभने यसबारे निष्कासन हुने नकारात्मक शक्तिले तपाईं र तपाईंको परिवारलाई प्रभावित गर्छ । यसको अशुभ प्रभावले व्यापार, व्यवसाय, जागिरमा रोकावट आउँछ र भाग्यले साथ दिँदैन । तर यदि क्याकटस घरभन्दा ५० मिटर वा त्योभन्दा टाढा छ र दक्षिण–पश्चिम दिशामा छ भने यसले तपाईंको सफलताको मार्ग प्रशस्त गर्छ । यसका साथै तपाईंको घरको रोग र तनाव हटाएर दुर्भाग्यलाई आउनबाट जोगाउँछ ।

सफलतामा रोकावट आइरहेको छ भनेः

घरको दक्षिण–पश्चिम दिशामा क्याकटस वा कुनै काँडा भएका बोट लगाइएको छ भने त्यसमा दुध र पानी हाल्नुपर्छ । यस्तो गर्दा तपाईंको सफलतामा आइरहेको रोकावट हटेर जान्छ । जागिर, व्यापार–व्यवसायको समस्या पनि टाढा हुन्छ ।

तनाव वा कुनै डर छ भनेः

तनावमा हुनुहुन्छ भने साती सुत्नुअघि तामाको भाँडा वा कुनै लोटामा पानी भर्नुहोस् । बिहान कसैसँग कुरा नगरी उक्त पानी क्याकटसमा हाल्नुहोस् । यसले तपाईंको डर र तनाव समाप्त हुन्छ ।

घरमा झगडा वा रोग हुँदाः

घरको सदस्यमा आपसी विवाद हुन्छ भने वा कोही न कोही बिरामी भइरहन्छन् भने तामाको भाँडामा पानी भरेर घरभरी घुमाउनुहोस् । पूर्वबाट सुरु गरेर क्लक वाइज दक्षिण, पश्चिम र उत्तरसम्म जानुहोस् । त्यसपछि घरभन्दा टाढा दक्षिण–पश्चिम दिशामा कुनै क्याकटसमा त्यो पानी हाल्नुहो् । यसो गर्दा घरको समस्या बिस्तारै हट्दै जान्छ ।एजेन्सी

post image

भदौ २२, काठमाडौँ । डा गरिमा श्रेष्ठलाई चिन्नेले अचेल ‘प्याड वुमेन’को उपमा दिन थालेका छन् । किनभने उनी पछिल्ला केही महिनादेखि पुनः प्रयोग गर्न सकिने प्याड कसरी बनाउन सकिन्छ भनेर लागिरहेकी थिइन् । अहिले उनलाई त्यसमा सफलता मिलेको छ । आफूले बनाएर बेच्न होइन, सवैलाई बनाउने तरिका सिकाउन उनी उक्त खोजमा लागेकी थिइन् । अहिले बनाउने तरिका सिकाउँदै हिँडिरहेकी छिन् ।
डा गरिमाले केही समयअघि मात्रै मणिपाल मेडिकल कलेज, पोखराबाट एमबिबिएस पास गरेकी हुन् । एमबिबिएस भर्खरै सकिएको तर काम सुरु गरिनसकेको समयलाई उनले पुनः प्रयोग गर्न सकिने प्याड बनाउने तरिका जान्न लगाइन्।

 ‘एकचोटी खर्च गरेपछि लामो समयसम्म प्रयोग गर्न मिल्ने प्याड कसरी बनाउने ?’ एमबिबिएस सकिनेबित्तिकै उनले यसबारे अध्ययन गर्न थालिन् । उनले कपडाको प्रयोगबाट बनाउने सकिने कुरा पत्ता लगाइन् । परम्परागत रुपमै महिलाले विभिन्न कपडा प्रयोग गरिरहेका थिए । उनलाई त्यसलाई स्वास्थ्यवद्र्धक, सजिलो र सहज बनाइन् । अब प्रश्न उठ्यो, ‘कति स्वास्थ्यवद्र्धक होला त?’

उनले त्यसलाई स्वास्थ्यबद्र्धक बनाउन सकिने उपाय पनि पत्ता लगाइन् । त्यसपछि सिलाईमा रुची रहेकी आफ्नी आमाको सहयोगमा कपडाको प्याड बनाइन् केही समयअघि।

बाहिर फ्लाटुनको कपडा राखिएको बाहिर फ्लाटुनको कपडा राख्ने, त्यसको बिचमा सानो प्वाल राखेर गजपिसलाई पट्याएर राख्ने र पेन्टीमा अड्याउन टाँक लगाउने उपायले काम ग¥यो । उनले भनिन्, ‘सवैभनदा स्वास्थ्यबद्र्धक कपडा छान्ने क्रममा फ्लाटुनको कपडा सही लाग्यो । त्यसैले बाहिर त्यो कपडा प्रयोग गरिएको हो।’

किशोरीहरुलाई महिनावारीबारे जानकारी दिने क्रममा उनले आफूले पत्ता लगाएको पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड बनाउन पनि सिकाइन्।

पहिलो चरणमा माउन्ट ग्लोरी बोर्डिङ स्कुलका किशोरीहरुलाई उनले यसबारे सिकाएकी छिन् । ती किशोरी अहिले त्यही अनुसार बनाइरहेका छन् । जुन संकलन गरेर काठमाडौंकै दुर्गम क्षेत्रमा रहेको एक सरकारी स्कुलका किशोरीलाई वितरण गर्ने योजना उनले बनाएकी छिन्।

अरु प्याडजस्तै प्रयोग गर्न मिल्ने यो कपडाको प्याडलाई ६ महिनासम्म पुनः प्रयोग गर्न सकिने उनले बताएकी छिन् । उनी भन्छिन्, ‘एकचोटी प्रयोग गरेपछि धोएर घाममा राम्ररी सुकाएपछि पुनः प्रयोग गर्न सकिन्छ।’

उनले आफूले जानेको यो तरिकालाई सकेसम्म ग्रामिणस्तरका महिलालाई सिकाउन चाहेकी छिन् । त्यसैले अहिले विभिन्न स्कुल वा कार्यक्रममा किशोरीलाई महिनावारी लगायत स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउँदा यो तरिका पनि सिकाउन बिर्सिदिनन्।

चिकित्सा सेवासँगै सामाजिक कर्मलाई अघि बढाउने उनको लक्ष्य छ । यो कार्यलाई त्यसैको खुड्किलोका रुपमा लिएकी छिन् । ‘अरुका समस्या महशुस गरेर त्यसको समाधान खोज्ने बानी छ । त्यसैका कारण यो प्याड बनाएकी हुँ ।

post image

भदौ २१, काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्षमा उद्धब पौडेल सर्वसम्मत चयन भएका छन् । नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय रहेका पौडेललाई हस्पिटलको बुधबार साँझ सम्पन्न सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।

पौडेल सरकारद्वारा पहिलो लाइफ टाइम अचिभमेन्ट प्राप्त र विशिष्ट चलचित्रकर्मीबाट विभूषित समेत हुन् । हस्पिटलको अध्यक्ष चयन भएपछि पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको ओम हस्पिटललाई देशको नमुना हस्पिटल बनाउने बताए।

यसका लागि उनले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने, चिकित्सकको क्षमता वृद्धि र सेवा प्रवाहमा थप प्रभावकारी कार्यक्रम ल्याउने, भौतिक संरचनाको विकास गर्ने, गरिब र असहायलाई सहुलियत र नि:शुल्क उपचार सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

post image

भदौ १९, काठमाण्डौ । जिल्ला अस्पताल उदयपुरले सेवा सुविधा बिस्तार गर्ने योजना अनुसार सोमबारदेखि माइक्रोवायोलोजी कल्चर ल्याव सेवा सुरु भएको छ। लामो समयको प्रतिक्षापछि अस्पतालले माइक्रोवायोलोजी ल्याब सेवा सुरु गरेको हो। यो सुविधा प्रदेश नं १ का सरकारी अस्पतालमध्ये काेशी अस्पलात विराटगरपछि उदयपुरमा सुरु भएको हो।

नयाँ ल्याबको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरेका हुन्। यो प्रविधिबाट पिसाव, खकार, रगत, पिप, फंङ्गस, ग्राम सटेन, कओएच, माइक्रोस्कोपी लगायतको बिरामीको परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेड पवनकुमार साहले बताए।

परीक्षणका लागि अस्पतालले मेडिकल टेक्नोलोजिस प्रवणकुमार यादव लगायतको ४ जनाको प्राविधिक टिम परिचालन गरेको पनि साहले बताए।  त्रियुगा नगरपालिकाको १० लाख र स्वास्थ्य सेवा विभागको विभिन्न उपकरण सहयोगवापत १५ लाख गरी २५ लाख रुपिँयाको लागतमा प्रविधि भित्र्याइएको टेक्नोलोजिस्ट यादवले बताए।

यसअघि प्रविधि अभावमा विराटनगर धाउना बाध्य भएका बिरामीले अब जिल्लामै सहज रुपमा सेवा पाउने अस्पताल विकास समितिका पुर्वअध्यक्ष शिवकुमार रेग्मीले बताए। मेयर चौधरीले अस्पतालको सेवासुविधा बिस्तार गरी प्रभावकारी बनाइने बताए।

उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको आवधिक योजनाको इन्डिकेटरकोरुपमा राखिएको छ, त्यसकारण स्वास्थ्य क्षेत्रको सेवासुबिधालाई टोलटोलमा पुर्याउँछौ।’  चौधरीले अस्पताललाई सेवामुखी र सुविधा सम्पन्न बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए।

post image

भदौ १९,काठमाडौं । सरकार अान्दाेलनरत नेपाल चिकित्सक संघबीच बुँदे सहमति भएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादव आन्दोलित नेपाल चिकित्सक संघबीच सोमबार राति बुँदे सहमति भएको हो

बुँदे सहमतिमा मुलुकी अपराध (संहिता) को दफा २३० को उपदफा खारेज गर्ने, परिच्छेद १९ मा रहेको सबै सजाय दण्डबारे सम्बन्धित काउन्सिलको छानबिन समितिको प्रतिवदेनका आधारमा निर्णय गर्ने उल्लेख त्यसैगरी उजुरीको म्याद महिना राख्ने ड्युटीमा रहेका बेला स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा गालीगलौज, हातपात, तोडफोड तथा आगजनी गर्नेलाई विना धरौटी हिरासतमा राख्ने सहमति पनि दुई पक्षबीच भएको

चिकित्सक संघ मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने माग राखेर केही समयदेखि आन्दोलित भइरहेको थियो आइतबार मात्रै उसले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र एप्रोन काउन्सिलमा बुझाएको थियो तर सहमति भएपछि उसले आफ्ना घोषित आन्दोलनका कार्यक्रम साताका लागि स्थगन गरेको जनाएको यसअघि चिकित्सक संघले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन चर्काउने चेतावनी सरकारलाई दिएको थियो

post image

भदौ १८,काठमाडौं ।मुलुकी फौजदारी संहिता ऐन संसोधनको माग गर्दै आन्दोलनरत चिकित्सकहरुलाई वार्ताको लागि सरकारले बोलाएको छ। सोमवार बिहान स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवलले छलफलको लागि स्वास्थ्य मन्त्रालय बोलाएका हुन्। नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले राज्यमन्त्री यादवले छलफलका लागि बोलाएको जानकारी दिए। अध्यक्ष श्रेष्ठले भने, ‘११ बजे स्वास्थ्य मन्त्रालय आउनु भनेर फोन आएको छ। विस्तृत कुरा केही भएको छैन।

आइतबारबाट ओपिडी सेवा बन्द गरेका चिकित्सकहरुले  देशभरका अस्पतालमा प्रशासनिक काम बन्दको आह्वान गरेका हुन्। उनीहरुले हिजो नेपाल मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउनुको साथै माइतीघर मण्डला प्रदर्शन समेत गरेका थिए। भदौ गतेबाट आन्दोलन सुरु गर्ने भनेका डाक्टरहरुले कानुन मन्त्रालयले ऐन संसोधन गर्ने लिखित प्रतिबद्दता जनाएपछि १५ दिन आन्दोलन शुरु गरेका थिए १५ दिनसम्म सरकारले केही सकरात्मक प्रतिक्रया नदिएपछि उनीहरुले आइतबारबाट आन्दोलन सुरु गरेका हुन्।

आन्दोलन सुरु गरेको साँझ स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थामा हड्ताल गर्नेलाई कारवाही गर्ने समेत चेतावनी दिएको थियो। भदौ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै विरोधमा उत्रेको संघले सरकारलाई दवाव दिन लाइसेन्स बुझाउने निर्णय गरेको हो।

post image

भदौ १७ , काठमाडौं । भदौ १ देखि लागू भएका मुलुकी देवानी र अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेक सेवा बन्द गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

 विभिन्न नारा लेखिएका प्लेकार्ड र एप्रोन लगाएरै प्रदर्शनमा उत्रिएका चिकित्सकहरु नारा लगाउँदै नयाँ बानेश्वर चोकमा पुगेर कोणसभा गरेका छन् । बिरामीको ज्यान बचाउने सफा नियतले आफूले भ्याएसम्म उपचार गर्दा केही अनपेक्षित घटना भए चिकित्सकलाई ज्यानमारासरह व्यवहार गर्ने कानुन संशोधन गर्न माग गर्दै उनीहरूले संगठित विरोध सुरु गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा उनीहरूले आइतबार नै मेडिकल काउन्सिलमा लाइसेन्ससमेत जम्मा गर्ने घोषणा गरेका छन् । आफ्ना मागप्रति सरकार संवेदनशील नभए शुक्रबारदेखि अनिश्चितकालीन रूपमा स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी संघले दिएको छ ।

post image

भदौ १७, काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।

पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा डाक्टरको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सरकारले डाक्टरलाई ज्यानमारा र अपराधीको जस्तो व्यवहार गर्न खोजेको बताउँदै यस्तो अवस्थामा काम गर्न नसकिने बताए ।

post image

भदौ १४, काठमाडौं ।  विसं ०५७ मा १०० शय्याबाट शुरु भएको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ४७५ शय्याको हुने भएको छ । तत्कालीन समयमा चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पताल बनाउने उद्देश्यले स्थापना गरिएको उक्त अस्पतालको नयाँ भवन बनेसँगै थप शय्या विस्तार गर्न लागिएको हो।

हाल अस्पतालमा २२५ शय्या सञ्चालनमा छन् । नयाँ भवनमा २५० शय्या थपिने भएकाले बिरामी फर्कनुपर्ने अवस्था अन्त्य हुने अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार यही भदौ १५ गते नयाँ भवन उद्घाटन गरिने छ।

नवनिर्मित भवनमा जनरल वार्डसँगै सघन उपचार कक्ष, उच्चस्तरका क्याविन, आकस्मिक कक्ष, शल्यक्रिया गर्नुपूर्व र पछि बिरामी राख्ने कक्ष, चिकित्सक छलफल गर्ने बैठक कक्ष, बिरामीका रेकर्ड राख्ने कक्ष छन्। अब ३५० शय्या सञ्चालनमा आउने र करीब तीन महिनामा ४७५ शय्या पुग्ने निर्देशक डा. आचार्यले बताए।

टेण्डर भइरहेकाले पूरै शय्या सञ्चालनमा आउन केही समय लाग्ने भएको छ भने यसका लागि दक्ष जनशक्ति पनि थप गरिएको छ। हाल २० मेडिकल अफिसरसहित १०० विज्ञ चिकित्सक अस्पतालमा कार्यरत छन् भने चिनियाँ स्वयंसेवकका रूपमा १५ चिकित्सक कार्यरत छन् । अस्पतालमा नेपालका प्राय सबै जिल्ला र भारतबाट समेत बिरामी आउने गर्दछन् ।

नयाँ भवनसँगै बाहिरी सेकाइ, सेकाइको ठाउँ पहिचान गर्ने र भित्री अङ्गको सेकाइ गर्ने उपकरण सञ्चालनमा आउने छन् । ती उपकरण नयाँ खरिद गरिएका हुन् । नयाँ भवन र उपकरणले क्यान्सरका बिरामीलाई थप सेवा दिन मद्दत पुग्नेछ ।

अस्पतालमा उपकरण र भर्नाको सुविधा कम हुँदा बिरामी बाहिर जान बाध्य थिए । कार्यकारी निर्देशक आचार्य एक वर्ष अघिसम्म दैनिक बहिरङ्ग सेवामा तीन सय बिरामी आउने गरेकामा बढेर छ सय नाघेको र शय्या थपिएसँगै विरामीको सङ्ख्या बढ्न सक्ने उनको भनाई छ ।

गत वर्ष अस्पतालबाट एक लाख ३१ हजारले सेवा लिएका थिए । चालु आवमा दुई लाखभन्दा बढी बिरामीलाई सेवा दिने लक्ष्य राखिएको छ । अस्पतालमा आउने बिरामीमध्ये आठदेखि १० हजार नयाँ क्यान्सरका हुने गरेका छन् । रासस

post image

भदौ १३,काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मंगलबारदेखि विद्युतभार कटौतीमुक्त भएको छ।  दिनमा पटक–पटक विद्युतभार कटौती खेप्दै आएको प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत् सहयोग गरेपछि प्रतिष्ठानमा २४ सै घण्टा बिजुली बल्ने भएको छ। गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेबीच मंगलबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
प्रतिष्ठानको संरचना र उपकरण दुवै हुँदा पनि विद्युत् अभावका कारण जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखेर विद्युत् सहयोग गरिएको अध्यक्ष भण्डारीले बताए।  विद्युत् अभावमा अपेक्षित स्वास्थ्य उपचार दिन नसकिरहेको अस्पताललाई अब सबै काममा सहज हुने रजिष्टार काफ्लेको भनाइ छ।

‘खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो’, उनले भने, ‘विद्युत् नियमितताले सरलता आउनेछ र उपकरण थपेर विद्युत् पनि थप्ने र प्रतियुनिट रु १० तिर्ने सम्झौता गरिएको छ।’  सम्झौतापश्चात् विद्युत् नियमितताले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने भएको छ। विद्युतकै कारण रोकिएका सेवा अब भदौ महिनाभित्रै सञ्चालनमा ल्याउन र सेवा विस्तार गर्न प्रतिष्ठानले तयारी गरेको छ।

post image

भदौ १२काठमाडौं । तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

व्यायाम

नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो ।

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ ।

यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ ।

यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।

दुनियाबाट बेखबर रहनुहोस्

तनाव दिनमागका लागि राम्रो पनि हुन्छ । किनभने आपतकालमा त्यही दिमागले तिब्र रुपमा निर्णय लिन सक्छ । तर, धेरै समय तनावमा रहँदा त्यही दिमागलाई असर गर्छ ।

साथै कहीले काहीँ दुनियाबाट बेखबर रहनु पनि राम्रो हो । यसले दिमागलाई विश्राम दिन्छ । त्यसबेला दिमागको अर्को हिस्साले काम गर्छ । त्यो हिस्सा, जो सपना देख्दा सक्रिय हुन्छ । स्मरणशक्ति बढाउनका लागि यो अभ्यास निकै प्रभावकारी हुनसक्छ ।

नयाँ चुनौतीको खोजी

दिमागलाई तन्दुरुस्त राख्नका लागि आवश्यक छ कि, तपाईं त्यसलाई चुनौती दिनुहोस् । यसले तपाईंलाई नयाँ कुरा सिक्न प्रेरित गर्छ ।

अर्थात कुनै नयाँ भाषा सिक्ने अभ्यास, कुनै नयाँ कला सिक्ने अभ्यासले पनि दिमागको क्षमता बढाउँछ । यी सबै गर्न पाउनुभएन भने पनि साथी तथा परिवारसँग बसेर अनलाइन गेम खेल्न सक्नुहुनेछ । संगीतले दिमागमा जादुई प्रभाव पार्छ । कुनै गीत सुन्नुहोस्, कुनै वाद्ययन्त्र बजाउनुहोस्, तपाईंलाई महसुष हुनेछ कि, शरीर पुरा सक्रिया भयो । कुनैबेला स्मरणशक्ति कमजोर भएमा गीत संगीतले प्रभावकारी उपचारको काम गर्न सक्छ ।

पढ्नुहोस् र सोच्नुहोस्

जब तपाई कुनै नयाँ कुरा पढ्नुहुन्छ, तब तपाईंको दिमागको दुई कोशिकाको तार जोडिन्छ । जब तपाईं सुत्नुहुन्छ, जुन यो सम्पर्क बलियो हुन्छ । तपाईंले पढ्नुभएको कुरा मस्तिष्कमा रहन्छ । यो कुनैपनि कुरा स्मरणमा राख्ने राम्रो काइदा हो ।

त्यही कारण त हो नि, सुत्नुअघि फिल्म वा डरलाग्दो कथा सुन्नु राम्रो होइन, यसले तपाईंको मास्तिष्कमा नकारात्मक प्रभाव पार्छ ।

बिहानै यसरी उठौं

तपाईंलाई थाहा छ कि, निद्रा एकदमै महत्वपूर्ण छ । यदि तपाईं दिनमा पाँच घण्टा सुत्नुहुन्छ भने मानसिक रुपले त्यती सर्तक हुन सक्नुहुन्न । यो स्थिती त्यसबेला पनि हुन्छ, जब तपाई १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

यसको अर्थ के भने, तपाईं कति समय सुत्नुहुन्छ वा कतिबेला उठ्नुहुन्छ ? यसको साइनो स्मरण क्षमतासँग पनि जोडिएको छ ।

सबैभन्दा राम्रो स्थिती त यो हो कि, तपाईं अध्याँरोमा सुत्नुहोस् र क्रमस उज्यालो छाउन थालेपछि उठ्नुहोस् । जस्तो कि, सूर्यको किरण । उदाउदो घामको किरणको स्पर्शले पनि स्मरणशक्ति बढाउनमा निकै फाइदा गर्छ ।

post image

भदौ ११, काठमाडौं । प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ। यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ।

अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो। उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन्।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

अंकुरित खाद्यका फाइदाहरू

–    यस्ता खाद्य पदार्थमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ। उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ।

– अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ।

–    उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ, मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ।

–    अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।

–    अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ।

–    अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ।

–    यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ।

खाद्यपदार्थ उमार्ने तरिका 

सबैभन्दा पहिले राम्रो खालको अनाज, गेडागुडी वा तरकारीका बिउलाई राम्ररी धुनुपर्छ । त्यसपछि सफा र स्वच्छ पानीमा ६ देखि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ। बाँकी रहेको पानी फाल्ने र पुनः एकपटक सफा पानीले धुने।

अब सफा र पातलो सुतीको कपडामा पोको पार्ने र घाम नलाग्ने अँध्यारो ठाउँमा झुन्डाएर राख्ने वा पोको नपारिकन घाम नलाग्ने अँध्यारो ठाउँमा त्यतिकै राख्ने । यसरी राखेको २४ घण्टादेखि ७२ घण्टाभित्र यी पदार्थ उम्रन्छन्।

उमार्न सकिने खाद्य तत्वहरू

अनाज : गहुँ
गेडागुडी : मुङ्गको गेडा, चना, भटमास, बोडी आदि ।
बिउ : मेथीको दाना, ब्रोकाउली, बन्दागोभी, गाँजर, मुला, सलगम, चुकन्दर आदि ।

अंकुरित अन्न र केही अनुसन्धानहरु

–    अमेरिकामा १० हजार मानिसमा गरिएको एक सर्वेक्षणले अंकुरित मुङ हप्तामा ४ पटकभन्दा बढी खानाले मुटु रोग २२ प्रतिशतले कमी आउने देखाएको छ । त्यसैगरी नर्सहरूमा गरिएको अर्काे सर्वेक्षणले हप्तामा ४ पटकभन्दा बढी खानाले आन्द्राको क्यान्सर हुने सम्भावना ३५ प्रतिशत कम हुने तथा पुनः दोहोरिने सम्भावना ६५ प्रतिशतले कम हुने देखाएको छ।

–    अंकुरित मुङमा पाइने खाद्य रेसाहरूले पित्तलाई सोस्छ जसले गर्दा रगतमा कोलेस्टेरोलको मात्रा कम हुन मद्दत गर्दछ । यसमा ग्याँस बनाउने तत्वहरू कम मात्रामा हुन्छन् जसले गर्दा कुनै पनि पाचन प्रणाली सम्बन्धित रोगहरूमा यसलाई खान सकिन्छ।

–    अंकुरित मुङमा भिटामिन ‘सि’ र ‘के’ प्रचुर मात्रामा पाइन्छ।

–    अंकुरित ब्राउन राइस खाँदा मधुमेहमा फाइदा पुग्छ । यसबाट मुटु र रक्तनलीसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । यस्तै, निरास तथा रिस जस्ता भावना कम हुन्छन् र थकान पनि चाँडै मेटिन्छ।

–    अनाजहरू तथा गेडागुडी उमार्दा अमिनो एसिडहरू र बि ग्रुप भिटामिनहरू र सरल चिनीको मात्रा बढ्छ भने प्रोटिन र जटिल कार्वाेहाइड्रेड सुपाच्य हुन्छन्।

–    अंकुरित ब्रोकाउलीको बिउमा इसोथाइसाइनेट्स नामक तत्व पाइन्छ जसले मूत्रथैली, स्तन तथा पेटको क्यान्सर हुनबाट बचाउँछ।

–    अंकुरित ब्रोकाउलीको बिउ गर्भवतीले नियमित खाएमा बच्चाहरूलाई जीवनभर मुटु रोग नलाग्न सक्छ।

–    फापरमा अंकुरित गर्न राखेको २४ घण्टापछि कलेजोमा बोसो जमेर हुने रोगहरूलाई निको पार्ने तत्वहरूको जन्म हुन्छ । यसमा रुटिन र क्युसर्टिन भन्ने तत्वहरूको पनि वृद्धि हुन्छ।

–    अंकुरित केराउमा सुपाच्य खनिज तत्वहरू जिंक र म्याग्नेसियमको वृद्धि हुन्छ । यसका लागि केराउ ४ दिनसम्म उमार्नुपर्छ । जिंकले छाला र कपाल राम्रो बनाउँछ र साथै विर्यको गुणस्तरमा वृद्धि गर्दछ ।

post image

भदौ ८,काठमाडौँ । महिलाको शरिरमा हुने हर्मोन परिवर्तनले खान–पानको बानीसँग प्रत्यक्ष रुपमा सम्बन्ध राख्छ। एक अध्ययनका अनुसार महिलाहरुले कार्बोहाइड्रेट भएका खाना धेरै खाएभने समयभन्दा अघिनै उनीहरुको महिनावारी हुनसक्छ।

अध्ययनका अनुसार जो महिलाले धेरै पास्ता र चामल खान्छन्, उनीहरुको उमेर पुग्नुभन्दा एक देखि डेढवर्ष अघिदेखिनै महिनावारी हुने संभावना बढी हुन्छ।

यूनिभर्सिटी अफ लिड्सले बेलायतका ९ सय १४ महिलामा एक अध्ययन गरेका छन्। त्यस अध्ययनले माछा, चना तथा केराउ धेरै खाने महिलामा सामान्य समयभन्दा केहीपछि महिनावारी हुने देखाएको छ।

तर, विशेषज्ञहरुले महिनावारी ढिलो या चाँडो हुनुमा खान–पान बाहेक अन्य कारणलेपनि असरगर्ने बताएका छन्। ‘जीन’को प्रभावका कारणपनि महिनावारी ढिलोचाँडो हुने उनीहरुको भनाइ रहेको छ।

खान–पानको असर

सो ‘जर्नल अफ एपिडिमीलजी एण्ड कम्युनिटी हेल्थ’मा छापएिको छ। उक्त अध्ययनमा महिलाहरुको खाने बानीका बारेमा प्रश्न सोधिएको छ।

जो महिलाले दाल, चना, केराउ खान्छन्, उनीहरुको समयभन्दा एकदेखि डेढवर्षसम्म महिनावारीमा ढिलाइ हुन्छ। अर्कातर्फ जो महिलाले कार्बोहाइड्रेट भएका खानाहरु खान्छन्, उनीहरुको एक डेढवर्ष अघिनै महिनावारी सुरु हुने अध्ययनले देखाएको छ।

खोजकर्ताले खान–पान बाहेक यस प्रक्रियामा अन्य कारणपनि पत्ता लगाएका छन्। यसमा महिलाको वजन, प्रजनन क्षमता र एचआरटी हर्मोनले महत्वपूर्ण भूमिका खेल्छन्। उनीहरुले अनुवांशिक कारणलेपनि महिनावारीमा असरगर्ने जनाएका छन्।

शोधकर्ताले चना केराउमा हुने एन्टिअक्सिडेन्ट तत्वले महिनावारी ढिलो हुने बताएका छन्। यसैगरी माछामा हुने ओमेगा–३ फ्याटी एसिडले एन्टिअक्सिडेन्टलाई बढाइदिन्छ भने कार्बोहाइड्रेट इन्सुलिन प्रतिरोधकको खतरा बढाइदिन्छ।

जसले महिलाको सेक्स हर्मोन प्रभावित पार्छ। यसले महिनावारी चाँडो हुने बताइएको छ। अध्ययनले महिलाको उमेरले समेत महिनावारीमा असरगर्ने देखाएको छ।

असरहरु?

अध्ययनमा संलग्न एक शोधकर्ता जेनेट केडका अनुसार समय अगावै हुने महिनावारीले मुटु तथा हड्डीको विमारी निम्ताउन सक्छ।

अर्कोतर्फ जो महिलालाई समयभन्दा पछाडी महिनावारी हुन्छ, उनीहरुमा स्तन र गर्भमा क्यान्सर हुने संभावना बढी हुन्छ।

के खानुपर्छ ?

सामयिक महिनावारीका लागि हरियो सागपात, बेसार, नरिबलको तेल, कोबीका तरकारीजस्ता खानेकुरा खान चिकित्सकहरु सल्लाह दिन्छन्।

बीबीसी हिन्दीबाट

post image

भदौ ५,बागलुङ । शरीरलाई  फाइदा गर्ने र रोग लाग्नबाट बचाउने खानालाई स्वस्थ आहार भन्निछ । वनस्पतिबाट प्राप्त हुने प्राकृतिक खानेकुराहरुलाई स्वस्थ आहार मानिन्छ । जस्तैः हरियो सागसब्जी, फलफुल र रेसादार खानेकुराहरु  ।

 यस्ता  खानेकुराहरुलाई  जति प्राकृतिक रुपमा खान सकिन्छ, त्यति नै लाभकारी हुन्छ । नुन, चिनी र चिल्लो हालेर पकाइएको साजसब्जी वा फलफुल फाइदाकारक नहुन सक्छ । प्राकृतिक खानेकुराहरुलाई सकेसम्म ताजा अवस्थामै वा फ्रिजमा राखेको अवस्थामा खानु राम्रो हुन्छ ।

यस्ता खानेकुराहरुलाई धेरै बेर सम्म भुटेर, उमालेर वा तारेर प्रयोग गरेमा  यसमा भएको भिटामिन र मिनेरल नष्ट भएर जान्छ । उल्टै यस्ता खाना शरीरकोलागि हानिकारक पनि हुनसक्छ ।

खानामा गुलियो, चिल्लो र नुनको मात्रा कम हुनु स्वस्थ आहारको मुलभुत आवश्यकता हो ।स्वस्थ आहारका ६ वटा प्रमुख पक्षहरु हुन्छन् । स्वस्थ आहारको बारेमा बुभ्न सबभन्दा पहिला अस्वस्थ आहारको बारेमा बुभ्नु जरुरी हुन्छ ।

खानामा अस्वस्थ आहार नहुनु नै स्वस्थ आहारको पहिलो आवश्यकता बुभ्न सकिन्छ । जस्तै कम गुलियो, कम नुनिलो र कम चिल्लो खानालाई स्वस्थ आहार भन्न मिल्छ । साथै साग सब्जी, फलफुल र रेसादार खानाको प्रशस्त प्रयोग स्वस्थ आहारको अर्को महत्वपूर्ण पक्ष हो ।

post image

भदौ ५,मोरङ  । मिक्लाजुङ गाउँपालिकाले एचआइभी संक्रमितलाई उपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सिफारिश गरी एआरटी औषधि खाँदै गरेका संक्रमितलाई वार्षिक रु १० हजार उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबर बसेको गाउँपालिकाको २८औँ कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष नगेन्द्र कार्कीले जानकारी दिए ।

गाउँपालिकाको स्वास्थ्य शाखामा हाल १२ एचआइभी संक्रमित सम्पर्कमा आएका छन् । संक्रमितलाई उपचार खर्च उपलब्ध गराइने स्वास्थ्य शाखा प्रमुख चिन्तामणि पोखरेलले बताए ।

गाउँपालिकाले गरेको कामबारे प्रत्येक वडामा सार्वजनिक सुनवाइ कार्यक्रम गर्ने तथा बाढीपहिरोको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण गर्न २० लाखको तारजाली उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काममा र आपतकालीन अवस्थामा प्रयोग गर्न एक थान जेसिबीसमेत खरिद गरेको छ ।

post image

भदौ ४,काठमाडौँ । भदौ २ गते अर्थात्श शनिबार को दिन, “टोल टोल मा प्रहरी अभियान ” अन्तर्गत सामुदायिक सेवा समिति वडा नं १० को कार्यालय, लाखेचौर, नयाँ बानेश्वरमा “बृहत निशुल्क स्वास्थ्य शिबिर ( २०७५ ) सफलताका साथ सम्पन्न भएको छ  ।

निशुल्क स्वास्थ्य शिबिर मा १२०० भन्दा बडी ब्यक्ती सहभागि हुनुका साथै चार सय पाँच जनाले निःशुल्क स्वास्थ्य परिक्षण गराएका थिए ।

कार्यक्रमका सभापति, टोल न. ६ का संयोजक श्री कल्याण अधिकारी, प्रमुख अतिथि माननीय सभासद श्री दीपेन्द्र श्रेष्ठ, बिशेष अतिथि का. म.न. पा.( १० का वडा अध्यक्ष श्री राम कुमार के. सी. , बिशेष अतिथि महानगरीय प्रहरी बृत प्रमुख, प्रहरी नायब उपरीक्षक श्री गोविन्द राज काफ्ले , सामुदायिक सेवा समिती का. म. न. पा. वडा न. (१० का पदधिकारीहरु र समाजका बुद्धिजिबीहरुको उपस्थितीमा कार्यक्रम सफलताका साथ सम्पन्न भयो ।

post image

भदौ ४,काठमाडौं ।  सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका स्नातक तहका विद्यार्थी भर्ना गर्न कार्यदल गठन गरेको छ। डाक्टर गोविन्द केसीको १५ औ अनशन तोडाउने क्रममा भएको सम्झौता अनुरूप सरकारले कार्यदल गठन गरेको हो।

सरकारले स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका  डा श्रीकृष्ण गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिस्तरीय निर्णय गर्दै उक्त कार्यदल गठन गरेका हुन्। डाक्टर जीवन क्षेत्री र प्राडा केदार बराललाई उक्त कार्यदलको सदस्य नियुक्त गरिएको छ। डाक्टर क्षेत्री केसीका सहयोगी हुन्। प्राध्यापक डा. बराल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आबद्ध छन्।

कर्णाली प्रदेश सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि सो कार्यदलका अन्य सदस्यहरूमा हुनेछन्। ती संस्थाहरूलाई प्रतिनिधि छनौट गरी पठाउन निर्देशन दिइएको छ।

यस्तै केसीसँग गरिएको अर्को सम्झौता अनुसार सरकारले इलाम पाँचथर, उदयपुर, डडेल्धुरा, डोटीमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ। सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसूदन सुवेदीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो।

उक्त समितिमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा शैलेशमणि पोखरेल, शिक्षा मन्त्रालयबाट डा हरि लम्साल र सुदूर पश्चिम विश्वविद्यालय महेन्द्रनगरका उपप्राध्यापक डा शङ्कर भट्ट रहेका छन्। यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सहसचिव स्तरको एक जना सदस्य, नेपाल मेडिकल काउन्सिलको प्रतिनिधि समेत उक्त समितिमा छन्।

डाक्टर केसीको  पछिल्लो अनशन तोड्ने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका स्नातक तहको विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो। सङ्घीय सरकारको प्रतिनिधि, कर्णाली सरकारको प्रतिनिधि, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिनिधि, सुर्खेत अञ्चल अस्पतालको प्रतिनिधि र विज्ञ समूहबाट दुई जना रहेको कार्यदल गठन गर्ने निर्णय त्यही बेला भएको थियो।

गत साउन १० गते डा केसीसँग सम्झौँताको २ नम्बर बुँदामा पाँचथर इलाम, डडेल्धुरा डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्ने सहमति भएको थियो। त्यही सहमतिमा यस अगाडी नक्सांकन भएका ठाँउहरुको सम्भाव्यता अध्ययन एक महिना भित्र प्रारम्भ गर्ने उल्लेख थियो।

 

post image

भदौ १, काठमाडौं । चिया भन्ने वित्तिकै हामी सेतो, कालो वा हरियो भन्ने बुझ्छौ । किनकी धेरैलाई थाहा छैन । चियापनि धेरै प्रकारका चुस्किदार बन्दछन् । धेरैले दुध, दालचीनी, चीनी वा केही ताजा मसाला मिलाएर बनाएको थाहा पाउनुभएको होला । मनसुनको मजा बढाउने तपाईको इम्यून सिस्टमलाई मजबूत बनाउने केही चियाका बारेमा आज हामी बताउँदैछौ । चिया रोगको पोको भन्ने सुन्नु भएको होला । तर चिया बनाउन जाने औषधीको बुटीपनि हो । आउनुहोस् आज ८ प्रकारका चियाको बारेमा कुरा गरौँ ।

धेरै मानिसको रोजाईको पेय पदार्थ हो चिया । धेरै मानिस बिहान उठ्नासाथ चियाबाट दिनको सुरुवात गर्दछन् । मौषम बदलियो, झरी पर्यो चियाको याद आइहाल्छ । अझ चियाका विविध प्रकार बनाएर चुस्कि लिनेहो भने मन प्रशन्न मात्र हुँदैन स्वास्थ्यलाईपनि फाईदा गर्छ ।


सुलेमानी चिया
सुलेमानी चिया हेर्दा त ब्ल्याक टी जस्तै देखिन्छ । यसरी नै बनाईन्छ । तर यसको मज्जा बेग्लै छ । स्ट्रेस हटाउनका साथै इम्यूनिटी पावर बढाउनका लागि यो चिया सेवन गर्न सक्नुहुनेछ । यो चिया दूध राखेर वा दूध विना नै बनाउन सक्नुहुन्छ । झरी परेको दिन एंटीबैक्टीरियल र फंगल इंफेक्शनबाट बच्नका लागि पनि यो चिया खान सक्नुहुन्छ । यो नीम र कागती राखेर, स्वाद अनुसार चीनी राखेर वा नराखि बनाउन सक्नुहुन्छ । यो चियाले पेटको किरा समेत खलास गर्नेछ ।


कश्मीरी चिया
यो चियामा सुख्खा मेवाका टुक्रा, दालचीनी र अरु ताजा मसाला मिलाएर बनाउन सक्नुहुन्छ । यसले मनसुनमा ज्यादै मज्जा दिन्छ । तपाईको इम्यून सिस्टमकोपनि यसले मजबूत बनाउँछ । यसका साथै यो चियाको सेवनले चीसोमा हुने विभिन्न संक्रमणबाट बचाउ गर्दछ ।

कटिंग चिया
कटिंग चियामा अदरक, दालचीनीले मानिसका कयौँ रोगबाट बचाऊँछ । यो चियामा यही राखेर बनाईन्छ । यसले पेटका अधिकांश रोग निको पार्छ ।

मैंगो ग्रीन टी
चीसो वा पानी परेको बेला मैंगो ग्रीन टीले तपाईलाई धेरै फाईदा दिन्छ । विटमिन ए, बी र सीको गुणले तपाईलाई ठिकठाक राख्दछ । मोटोपनलाईपनि यसले ठिकठाक राख्दछ ।

दरबारी कहवा
पारम्परिक मसालाबाट यो चिया तयार हुन्छ । यो चियाले एंटी एंजिग ड्रिंक जसरी काम गर्छ । यसको सेवनले कलेस्ट्रॉल लेवलपनि कंट्रोल गर्नुका साथै वजन घटाउन सहयोग गर्छ ।

नीम र कागती चिया
एंटी बैक्टीरियल र एंटी फंगल गुणले भरपूर यो चिया सेवनले तपाईलाई हरेक मौषममा दुरुस्त राख्दछ । यसका साथै पेटमा किरा हुने समस्या, हार्टबर्न, कब्ज, हार्ट डिसीज र कैंसरका खतराबाट बचाउछ ।


रोज डिलाइट
स्वाद मा टेस्टी हुनुका साथ साथ यो चियाको सेवनले तपाईको पाचन प्रणाली ठिक राख्नेछ । यसको सेवनले तपाईको छालापनि चम्किनेछ ।

post image

भदौ १, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका सांसद एवम् कानूनविद् रामनारायण बिडारीले आजदेखि लागू भएको नयाँ कानूनलाई सकारात्मक रुपमा लिनको लागि आग्रह गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बिडारीले मुलुकी ऐनबारे जनतासम्म कम जानकारी भएका कारण केही भ्रमहरु सिर्जना भएको स्पष्ट पारे ।

उनले सकारात्मक सोचकासाथ मुलुकी ऐनलाई स्वागत गर्न आम जनतासमक्ष आग्रह गरेका छन् । बिडारीले मुलुकी ऐनको बारेमा १० वर्षसम्म छलफल भएको जिकिर गरेका छन् । उनले भने,‘स्व.सुशिल कोईरालाको पालामा तयार पारिएको मुलुकी ऐन, शेरबहादुर देउवा, प्रचण्ड र केपी शर्मा ओली प्रधानमन्त्री बनेको बेलामा घोषणा र कार्यान्वयन हुँदैछ, तत्कालिन् कानूनमन्त्री यज्ञ बहादुर थापा र कांग्रेस नेता नरहरि आचार्यले लगायत अरु पाँचवटा समितिले तयार पारेर मुलुकि ऐनलाई संसदले पारित गरेको हो, सरकारले जनतालाई राम्रोसँग जानकारी दिन सकेन होला, अझैं यसलाई सूचना तथा सञ्चार माध्यममार्फत सामान्य नागरिकसम्म पुर्याउने काम सरकारको हो, त्यो गर्नुपर्छ ।’

स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु मुलुकी ऐनले गरेको व्यवस्थाको बिरुद्धमा आन्दोलित भएका छन् नि भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने,‘कानूनमै स्पष्ट लेखिएको छ, जसले लापरवाही गर्छ, गलत मनसायले कसैको ज्यान जाने स्थिति आयो, रक्सि खाएर शल्यक्रिया गरेको भेटियो, अदालतले उसलाई फैसला गर्यो भनेमात्रै कारबाही हुन्छ, डाक्टरहरुले कानून पढ्नुपर्यो, कसम खानेहरुले गलत कार्य गर्दैनन् भन्ने कहाँ छ र ?’

नेता बिडारीले पत्रकारमाथिको अंकुशलाई सामान्य रुपमा लिएर त्यसलाई सकारात्मक रुपमा बुझ्न पनि आग्रह गरेका छन् । उनले भने,‘हामी प्रेस स्वतन्त्रता, जनताका स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताकै लागि जीवनभर लडेका हौं, आगामी दिनमा पनि हामी पत्रकारहरुसँगै छौं, कुनै व्यक्तिको गोपनियता भंग हुनेगरि फोटो खिच्नुहुँदैन भन्ने थाहा नहुने कोही पत्रकार होला ? तथापि भएको खण्डमा र गलत गरेको खण्डमा कारबाही गर्ने कानून त चाहियो नि, राम्रो काम गरेको खण्डमा पत्रकारलाई सम्मान गरिन्छ, त्यसैले केही हदसम्म कडा गरिएको छ, त्यसलाई पालना गर्नुपर्छ, सच्च्याउनैपर्ने खालको स्थिति छ भने कानून संशोधन हुन्छ, अहिलेपनि सरकार आँफैले २८ वटा कानूनहरुलाई संसदमा संशोधनको रुपमा लगेको छ।’

विशेष कानून र मेलुकी ऐनमार्फत मुलुकको समग्र क्षेत्रलाई अघि बढाउने बताउँदै बिडारीले भने,‘यस कार्यमा सबैले साथ दिनुपर्छ, दुनियाँवादी कानून र सरकारवादी मुद्दाको आधारमा न्यायको बारेमा फैसला हुन्छ, मुलुकी ऐनबारे जनतालाई जानकारी गराउनु र कार्यान्वय गराउनु राज्यको दायित्व हो, जनता, पत्रकार, वकिल, न्यायाधीशलगायत सबैले सहभागिता जनाउनुपर्छ।’

post image

भदौ १,काठमाडौं । भदौ एक गतेबाट लागू हुने मुलुकी देवानी संहिता ऐनले शरीर दान गर्न पाउने व्यवस्था गरेको छ। देवानी संहिता ऐनको दफा ३८ को उपदफा १ मा, ‘कुनै पनि व्याक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्नेछ’ भनेर उल्लेख गरिएको छ।

उपदफा २ मा, ‘दफा एक बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्याक्तिको शव, शरीरको अंग वा त्यसको अंशको प्रयोग ‘मर्ने व्यक्ति’को इच्छा बमोजिम गर्नुपर्नेछ’ भनिएको छ।यो कानुन अनुसार शरीर दान हुने हो भने चिकित्साशास्त्र पढिरहेका विद्यार्थीहरुले अभ्यासको अवसर बढी पाउनेछन्। विशेषज्ञता हासिल गर्न यसले मद्दत पुर्‍याउने प्राध्यापकहरु बताउँछन्।

गत साउन २६ गते साहित्यकार तथा चर्चित रेडियो प्रस्तोता दाहाल यज्ञनिधिको शव शिक्षण अस्पतालमा बुझाइयो। उनको इच्छा अनुसार परिवारले शरीर अस्पताललाई दान दिएका थिए। त्यसैले उनको शरीरमा फुलमाला र अविर समेत लगाइएन।

पाँच वर्षअघि दिवंगत पूर्व मन्त्री तथा साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानलाई बुझाइयो। तीन वर्षअघि आत्महत्या गरेका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगञ्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइयो। उप्रेतीले सुसाइड नोटमै शरीर दानको इच्छा व्यक्त गरेका थिए।

योगमा चर्चित डाक्टर योगी विकासानन्दले आफ्नो आमाको शव त्यसैगरी महाराजगञ्ज मेडिकल कलेजको लागि दिए। पत्रकार भैरव रिसाल र उनकी पत्नी सुशीलाले  मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेको सात वर्ष भयो।

मेडिकल साइन्स पढ्ने विद्यार्थीहरुलाई शव (क्याडभर) अभाव भएकाले उनीहरुले कानुन नै नबन्दै उत्प्रेरित हुँदै शव दानको निर्णय गरेका थिए। अब भने उनीहरुको त्यही सत्कर्मलाई पछ्याउँदै यससम्बन्धि कानुन बनेको हो।

प्राध्यापक डा रञ्जित अबको कानुनले शरीर दान गर्नको लागि प्रस्ट बाटो खुलाएको बताउँछन्। विद्यार्थीले अब पर्याप्त अभ्यास पाउने उनको विश्वास छ। भन्छन्, ‘अब मेडिकल स्टुडेण्टहरुले बेवारिसे लाशमा भर पर्नुपर्दैन। मृतकले चाहेमा निजी मेडिकल कलेजमा पनि शरीर दान गर्न सक्छन्।’

शरीर दान कसरी गर्ने?

शरीदान गर्न इच्छुकहरुले परिवारका सम्पूर्ण सदस्यहरुसँग स्वीकृति लिएर अस्पतालसँग सम्पर्क गर्न सक्छन्। अस्पतालमा व्यवस्थापन गर्ने स्थान भएमा त्यो सम्भव हुन्छ।

पाटन अस्पतालको प्रशासकीय अधिकृत तीर्थराज भुजेल अस्पतालमा शरीर दान गर्न इच्छा व्यक्त गरेर आउने धेरै भएको बताउँछन्। यहाँका अधिकांश प्राध्यापकहरुको एउटै तर्क छ, ‘शरीर दान गर्न इच्छा राख्नेहरुको लागि बाटो खुलेको छ। तर, लाशमा आत्मनिर्भर हुन्छ कि हुन्न समयले बताउँछ।’

post image

साउन ३०, काठमाडौं ।  नेपाल घुम्न आउने पर्यटकको उद्धारको नाममा हुने ठगीमा संलग्न कम्पनीमाथि थप अनुसन्धान र कारबाहीका लागि अर्काे टोली गठन भएको छ। राजश्व अनुसन्धान विभागको नेतृत्वमा सरकारले अर्काे टोली गठन गरेको हो।

‘फेक रेस्क्यू’मा भएको ठगी भन्दा पनि राजश्व छलीमा केन्द्रीत भएर सरकारले राजश्व अनुसन्धान विभागको नेतृत्वमा थप छानबिन र कारबाही अघि बढाउन लागेको हो। जसबाट उनीहरुले ठगीबाट भने उन्मुक्ति पाउने सम्भावना देखिएको छ।

पर्यटन मन्त्रालयले गठन गरेको ‘पर्यटक उद्धारसम्बन्धि छानबिन कार्यदल’ले कारबाहीका लागि  २६ वटा कम्पनीलाई संगठित अपराध तथा ठगी मुद्दामा कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार पर्यटन मन्त्रालयले गृह मन्त्रालयलाई प्रतिवेदनसहित कारबाहीका लागि पत्राचार गरिसकेको छ। तर, गृहले ठगी मुद्दामा अनुसन्धानका लागि चासो दिएको छैन।

१० वटा अस्पताल, ८ वटा ट्रेकिङ कम्पनी, ५ वटा वैदेशिक मुद्राको कारोकार गर्ने कम्पनी तथा ३ वटा हेलिकोप्टर कम्पनीको नक्कली उद्धारमा संलग्नता देखिएको थियो। ती सबै कम्पनीको नाम गोप्य राखिएको छ।

तर, स्वास्थ्य मनत्रालय स्रोतले उपलब्ध गराएको प्रारम्भिक जानकारी अनुसार फेक रेसुक्युमा ४ वटा अस्पतालले ७३ करोड ३३ लाख रुपैयाँको उपचार गरेको भेटिएको छ।

कार्यदलको प्रतिवेदनमा भएको कुरा उल्लेख गर्दै स्रोतले दिएको जानकारी अनुसार सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुतलीको सकोन हस्पिटल प्रालि, कपुरधाराको सिवेक अस्पताल प्रालि र बल्खुको बयोधा अस्पतालले फरक–फरक शीर्षकमा बिलबीजक खडा चिकित्सकिय मर्यादा विपरित उपचार गरेको भेटिएको छ। यी अस्पतालमाथि छानबिन र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइएको छ।

कुन अस्पतालले कति रकम लिए?

प्रतिवेदनमा सकोन अस्पतालले २ हजार २३ जना पर्यटकको उपचारबापत ३१ करोड ९८ लाख, सिवेकले १७ सय ६३ बिरामीबापत १४ करोड २३ लाख, बयोधाले ६ सय ९७ बिरामीबाट १५ करोड ८० लाख र इराले ११ सय ३० बिरामीबाट ११ करोड ३२ लाख रुपैयाँ बिमाबाट लिएका छन्। अनुसन्धानका क्रममा कतिपय बिरामीको फर्जी विवरण समेत भेटिएको छ। उद्धार कम्पनीले यी अस्पतालमा बिरामी भर्ना गरेको विवरण कार्यदललाई पठाए पनि अस्पतालमा ती नाम गरेका व्यक्ति भर्ना  नै नभएको विवरण समेत प्रतिवेदनमा छ।

अस्पतालले लेक लागेको बिरामीको उपचारका क्रममा ६० लाखसम्म रकम लिएको भेटिएको छ। पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय नेतृत्वको कार्यदलले  गत साउन १४ गते पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो।

बिमा कम्पनीलाई ठग्न नेपाल घुम्न आउने पर्यटकलाई खानामा विभिन्न पदार्थ मिसाएर बिरामी बनाउने र उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार हुने गरेको थियो। उद्धार र उपचारको नाममा चर्काे बील उठाएर ठगी हुने गरेको थियो। पर्यटकको यस्तो खर्च बीमा कम्पनीले बेहोर्ने भएकाले नेपालमा ‘फेक रेस्क्यु’को धन्दा चल्दै आएको थियो।

कार्यदलले घटनाको सघन रुपमा अुनसन्धान गरी मुद्दा चलाउन सुझाव दिएको थियो। संगठित अपराध र ठगी मुद्दा चल्ने भएपछि ठगीमा संलग्नहरु तर्सिएका थिए। तर, अनुसन्धान राजश्व छलीमा केन्द्रीत गरी कारबाही अघि बढाउन लागिएको छ। फेक रेस्क्यूको ठगीमा केही प्रभावशाली व्यक्तिका कम्पनी समेत परेकाले कारबाहीमा सरकार नरम बनेको स्रोत बताउँछ।

‘नक्कली उद्धारमा मुख्य विषय त राजश्व छली हो,’ गृह मन्त्रालयका सचिव प्रेमकुमार राई भन्छन्,‘ठगी मुद्दामा कारबाही हुन त पहिला ठगीको उजुरी पर्नुपर्छ। त्यहीभएर राजश्व छलीमा अनुसन्धान हुन लागेको हो।’ यद्यपी नयाँ टोलीले गरेको अनुसन्धानमा ठगी गरेको खुलेमा मुद्दा चल्ने उनी बताउँछन्।

राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले प्रतिवेदन कार्यान्वायनका लागि आएको र अनुसन्धान सुरु भइनसकेको बताए। विभागले निर्देशकको नेतृत्वमा प्रतिवेदन अध्ययन र कारबाही टोली बनाउन लागेको छ। जसमा गृह मन्त्रालय, आन्तरीक राजश्व विभाग, पर्यटन मन्त्रालय तथा नेपाल प्रहरीबाट प्रतिनिधिहरु राख्न लागिएको छ।

कार्यदलले ६ वटा अस्पताललाई स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने तथा ३ वटालाई राजश्व चुहावटमा छानबिन गर्न सिफारिस गरिएको थियो। विदेशी मुद्राको अपचलन गर्ने ५ वटा कम्पनीलाई राष्ट्र बैंकमार्फत कारबाहीको सुझाव दिइएको  थियो। ८ वटा ट्रेकिङ एजेन्सी, ४ वटा अस्पताल र ३ वटा हेलिकोप्टर कम्पनीको नाम नै उल्लेख गरेर कारबाही गर्न भनिएको छ।

नक्कली उद्धारका कारण नेपालको पर्यटन क्षेत्र नै बदनाम भएको थियो। नेपाल घुम्न आउने पर्यटकलाई बिमा कम्पनीले चर्काे बिमाशुल्क लिने गरेका छन्। छानबिन सुरु भएपछि यस्ता पर्यटकको उद्धारका घटना कम भएका छन्। तर, दोषीहरुबाट कारबाही हुन नसके यस्ता घटना फेरि दोहोरिन सक्ने पर्यटन मन्त्रालयका अधिकारी बताउँछन्।

 

post image

साउन २९,उर्लाबारी। मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए। बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बिहान विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए।

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन्।

कक्षा १ देखि १२ गरी ४९१ विद्यार्थी अध्ययनरत विद्यालय सो घटनापछि अनिश्चितकालका लागि बन्द गरिएको छ।  रासस

post image

साउन २९, काठमाडौं ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेको चिकित्सा शिक्षा विधेयकमा साउन ३१ गतदेखि दफावार छलफल हुने भएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले ऐनलाई छिटो भन्दा छिटो संसदमा पेश गर्नका लागि दफावार छलफल चलाउने निर्णय गरेको हो।

विधेयकमा डा गोविन्द केसीसँग सरकारले गरेको सहमति र अन्य सांसदहरुले हालेका संशोधनमाथि दफावार छलफल हुनेछ। सरकारले डा केसीसँग साउन १० गते विधेयकमा २२ वटा संशोधन गर्ने सहमति गरेको थियो।

डा केसीसँगको सहमति अनुसार सरकारको नेतृत्व गरिरहेको दल नेकपाले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थिए। यसका साथै नेपाली कांग्रेसका सांसद गगन थापाले पनि डा केसीसँग भएका सहमतिका बुँदा अनुसारकै संशोधन प्रस्ताव पनि दर्ता गराएका थिए।

विधेयकमा ४६ जना सांसदले एक सय ३० वटा संशोधन हालेका छन्। सांसदहरुले विधेयकको प्रस्तावनादेखि दफाहरुमा संशोधन गर्नुपर्ने विषयहरु संसदमा दर्ता गराएका छन्। संशोधन प्रस्तावमा प्रस्तावनाको विपन्न लगायत सवै विद्यार्थीहरुको समान पहुँच निश्चित गर्नका लागि भन्ने शब्दहरु पछि ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ को मर्म र भावना तथा अन्य कार्यदलको प्रतिवेदन समेतलाई दृष्टिगत गरी’ शब्दहरु थप गर्ने देखि लिएर मेडिकल कलेजहरुलाई ५ वर्षभित्रमा राष्ट्रियकरण गर्नेसम्मका बुँदाहरु रहेका छन्।

विधेयकमा काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ कलेज खोल्न नपाउने विषयमा पनि संशोधन हालिएको छ। यसका साथै एक विश्वविद्यालयले ५ वटा कलेजलाई मात्र सम्बन्धन दिन नपाउने, उच्च शिक्षामा अध्ययनको लागि भर्ना हुने चाहने व्यक्तिले आयोग वा आयोगले तोकेको संस्था वा निकायले सञ्चालन गरेको प्रवेश परिक्षमा न्यूनतम ६० प्रतिशत अंक ल्याई उत्तीर्ण गर्नु पर्ने, ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका विषय समावेश गर्न पनि संशोधन प्रस्ताव दर्ता भएका छन्।

२४ सदस्यीय शिक्षा र स्वास्थ्य समितिमा तीन जना पूर्व स्वास्थ्यमन्त्री छन्। समितिमा पूर्व स्वास्थ्यमन्त्रीहरु उमाकान्त चौधरी, खगराज अधिकारी र गगन थापा छन्। यस्तै हालै मात्र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका डा सुरेन्द्र यादव पनि छन्।

post image

साउन २७, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९५वटा शाखा र १७वटा ए.टि.एम.मार्फत तीन लाख ७५हजार ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

post image

साउन २६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र डाक्टर गोविन्द केसीबीच भेटवार्ता भइरहेको छ । १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा डा. केसीले प्रधानमन्त्री ओलीसँग वान टु वान वार्ता गर्न लागेका हुन् ।

शनिबार मध्यान्ह१२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा केसी र ओलीबीच भेटवार्ता हुँदैछ। डा. केसी प्रधानमन्त्री निवास बालुवाटार पुगिसकेका छन् । स्वास्थ्य शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि विभिन्न माग राख्दै केसीले असार १६ गतेबाट १५ औं अनशा जुम्लाबाट सुरु गरेका थिए।

काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज स्थापना गर्न १० वर्षसम्म नयाँ आशयपत्र नदिने लगायत नौ बुँदे सहमतिसँगै चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीले साउन ९ गते राति अनशन तोडेका थिए।

post image
 स्वास्थ्यमन्त्री उपेन्द्र यादव

साउन २६, चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पतालको रूपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् ।

शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्दै लैजाने बताए । उपप्रधानमन्त्री यादवले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर रहेको भन्दै शिक्षा, स्वास्थ्य र कृषि जस्ता जनतासँग जोडिने सबै क्षेत्रलाई परिवर्तन, सुधार र स्तरीय बनाउन आवश्यक रहेको बताए ।

डा. गोविन्द केसीले फेरि अनशन बस्ने चेतावनी दिएकोबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री यादवले भने, ‘त्यो उहाँको व्यक्तिगत कुरा हो ।’देशभरका अस्पताल विकास समितिहरु खारेज गर्दा अस्पताल सञ्चालन गर्न कुनै समस्या नभएको पनि उनले दावी गरे । मन्त्री यादवले शनिबार भरतपुरस्थित क्यान्सर अस्पतालको निरीक्षण गर्ने कार्यक्रम छ ।

post image

साउन २५,काठमाडाैं ।  पहिलोपल्ट मुलुकी ऐनमा प्रयोगशाला परीक्षण (ल्याब रिपोर्ट)को विषयलाई समेटिएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४मा गलत रिपोर्ट दिनेलाई तीन वर्षदेखि जन्मकैदसम्म सजाय हुने भएको छ। यसअघि मुलुकी ऐन २०२० र यसका संशोधनमा समेत प्रयोगशाला र यसको रिपोर्टका विषयमा केही उल्लेख गरिएको थिएन ।

‘झुठ्ठा प्रतिवेदन दिन नहुने’ शिर्षकमा गरिएको व्यवस्थामा ) कानून बमोजिम मानव रगत, मूत्र वा खकार आदि प्रयोगशाला परीक्षण (प्याथोलोजिकल टेष्ट) गर्न इजाजतपत्र प्राप्त व्यक्तिले त्यसरी परीक्षण
गर्दा झुठ्ठा वा गलत प्रतिवेदन दिन वा परीक्षणबाट प्राप्त तथ्यभन्दा फरक तथ्य उल्लेख गरी प्रतिवेदन दिन नहुने भनिएको छ । गलत रिपोर्ट दिने वा दिलाउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

यही गलत रिपोर्टको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा त्यस्तो रिपोर्ट दिने व्यक्ति कसूरदार मानिने भएको छ।ज्यान मरिसकेको भए गलत रिपोर्ट दिने र दिलाउने  व्यक्तिलाई ज्यान मारे सरह र अङ्गभङ्ग भएको भए अङ्गभङ्ग गरे सरह सजाय हुने व्इवस्था गरिएको छ ।

गलत रिपोर्ट दिनेलाई सजाय मात्रै होइन, उक्त रिपोर्टका कारण पिडितलाई पुगेको क्षतिको पूर्ति भराउनुपर्ने समेत व्यवस्था गरिएको छ । भनिएको छ, ‘यस परिच्छेद बमोजिम (गलत रिपोर्टका कारण)को कसूर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अङ्गभङ्ग भएमा वा अन्य हानि, नोक्सानी वा क्षति पुगेकोमा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ।’

गलत रिपोर्टका कारण  ज्यान गएकोेमा जहिलेसुकै पनि उजुर लाग्ने व्यवस्था गरिएको छ।

post image

साउन २५,म्याग्दी । डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन्।

विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो। यस क्रममा ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको समितिको बेनीस्थित कार्यालयले जनाएको छ।

अघिल्लो आवमा बिमा गरेका छ हजार २९६ जनाले नवीकरण गरेका छन्। आव २०७४/७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए। बिमा गरेकाहरुले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ।

पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार रु दुई हजार ५०० तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य रु ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आवद्ध हुन सक्नेछन्। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भएमा रु एक लाखसम्मको सेवा पाउने प्रावधान छ।

कार्यक्रमबाट बिमाकर्ताले बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखाको उपचारलगायत ३२ किसिमका स्वास्थ्य सेवा पाउनेछन्। वडास्तरमा खटिएका दर्ता सहयोगीमार्फत स्वास्थ्य बिमा गराउन सकिन्छ। जिल्लामा ४३ दर्ता सहयोगी परिचालित छन्। रासस

post image

साउन २३,दाङ । दश वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ ।

लामो समयदेखि अस्पतालमा मेडिकलसुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् । अस्पताल रिफर सेन्टर मात्रै बनेको नागरिकले गुनासो गरेका छन् ।

“अस्पताल छ, डाक्टर छैनन्,” स्वास्थ्य उपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ का राधा पाण्डेयले भनिन्, “कर्मचारीले घोराही अस्पताल जान सल्लाह दिएका छन् ।” यहाँ उपचार गराउन आउने अधिकांश बिरामीले यस्तै गुनासो गर्ने गरेका छन् ।

उक्त अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । हाल यहाँ पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा मेडिकल सुपरिडेण्डेन्टका रुपमा कार्यरत डा. भोला श्रेष्ठ डेढ वर्षअघि स्वास्थ्य मन्त्रालमा काज सरुवा भएर गएपछि हालसम्म अस्पताल निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले निमित्तको रुपमा काम गर्दै आएका छन् ।

“अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभाव छ, आइसीयु सेवा सञ्चालन गर्न सकिएको छैन,” अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले भने । अस्पतालमा हाल कूल ७४ जनाको दरबन्दी रहेपनि ५६ कर्मचारी मात्र कार्यरत छन् । सबैभन्दा बढी समस्यामा सर्पदंशका बिरामी पर्ने गरेका छन् । उनीहरुको उपचार गर्न आवश्यक भेन्टिलेटरको अभाव छ । रिफर गर्दा बाटोमै ज्यान जाने गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सिंह पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको बताउँछन् । उनले भने, “एनआइसीयु सञ्चालनका लागि सामग्री आएको छ, दक्ष जनशक्तिका कारण सेवा दिन सकेका छैनौँ ।”

विसं २०६५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा रहेको उक्त अस्पतालको स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पताल बनाइएको हो । सो क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको रु दुई करोड तथा पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरेका थिए । यहाँ प्रदेश नं ५ का दाङ, रुकुम, रोल्पा तथा कर्णाली प्रदेशको सल्यान, जाजरकोटलगायत जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । उचित उपचार पाउन नसकेपछि बिरामी बाँकेको कोहलपुर, बुटवल, काठमाडौँ तथा भारत जाने गरेका छन् ।

post image

साउन २२,काठमाडौं । डा. गोविन्द केसीले सरकारले आफुसँग गरेका सम्झौता तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका छन्। सरकारसँगको सम्झौतापछि २७ दिन लामो अनशन तोडेर त्रिवि शिक्षण अस्पतालामा उपचाररत डा. केसीले मंगलबार पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकर्षण गराएका हुन्।

डा. केसीले जारी गरेको प्रेस विज्ञप्तिमा पन्ध्रौं सत्याग्रह टुङ्ग्याउने क्रममा जिम्मेवार नेताहरु आएर नौ बुँदे सहमति गरिएकोे स्मरण गराइएको छ।  विज्ञप्तिमा भनिएको छ, ‘सहमति अनुरुप हाल संसदीय प्रकृयामा रहेको राष्ट्रिय चिसिकत्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा प्रतिपक्षी दलका सांसदहरु समेतबाट संशोधन हालिएको छ। सत्याग्रह टुंग्याउने क्रममा जिम्मेवार नेताहरु आएर सम्झौता अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको पृष्ठभूमिमा तिनै संशोधन तथा थप तोडमोड नगरी चिकित्सा शिक्षा ऐन सिघ्र जारी हुने विश्वास हामीले लिएका छौं।’

डा. केसीले सम्झौता कार्यान्वयनमा छलछाम गरिए कडा विरोधका कार्यक्रम ल्याउने चेतावनी समेत दिएका छन्। तर, सरकारले त्यो अवस्था आउन दिनेछैन भन्ने विश्वास लिएको डा. केसीले जनाएका छन्। डा. केसीले सहमतिको आठौं बुँदामा नेपाल सरकार मन्त्री परिषदले आफुसँग भएको सम्झौता अनुमोदन गर्ने भनिएकोमा त्यसको कार्यान्वयनका लागि समेत स्मरण गराए।

 

post image

साउन २२,काठमाडौं । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थनै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् । मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा काठमाडौंको कपनस्थित् रिलायन्स पब्लिक स्कुलमा आयोजित जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर पौडेलले यस्तो बताएका हुन् ।

काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले भने,‘नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारणले ९ हजार भन्दा बढिको ज्यान गैरहेको छ । र, सुर्तीजन्य पदार्थको उपभोगले गर्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण तीसौं हजार मानिसले अकालमै ज्यान गुमाएका छन् । यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तीजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ । यो डरलाग्दो तथ्यांक हो । हामी सबै सचेत हुनुपर्छ।’

त्यस्तै काउन्सिलका अध्यक्ष कडरियाले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयीस्तरबाट नै बालबालिकाहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले थपे,‘हामीले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयस्तरीयबाटै नै सचेतना अभियान सञ्चालन गर्नुपर्छ । आजका बालबालिकाहरु भनेको भविष्यका कर्णधार हुन् ।’

कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नम्बर ३ की जनसम्पर्क उप–व्यवस्थापक सुधा शर्माले पनि सुर्तीजन्य पदार्थको रोकथामको लागि काउन्सिलले खेलेको भूमिकाको प्रशंशा गरेकी थिईन् । उनले मुलुक समृद्धिको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिईन् ।

शर्माले बालबालिकाहरुलाई सानै उमेरदेखि वचत गर्ने बानिको विकास गर्न आग्रह गर्दै वित्तिय साक्षात्कारबारे पनि प्रकाश पारेकी थिईन् । उनले भनिन्,‘बालिकालिकाहरुलाई फजुल खर्च गर्नबाट अभिभावले रोक्नुपर्छ । यसको लागि उनीहरुलाई सानैदेखि वचत गर्ने बानीको विकास गराउनुपर्छ । यसो भयो भने उनीहरु कुलतमा फस्दैनन् ।’

 

post image

साउन २२,काठमाडौँ । बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो ।

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ ।

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पु¥याउनुभएकी अधिवक्ता मीरा ढुंगानाले रासससँग कुरा गर्दै भन्नुभयो, “समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नुपर्यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।” यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ ।

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन ।  “अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ”

वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफँैले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उहाँले थप्नुभयो, “आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो ।” आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ ।

post image

साउन २१,काठमाडौँ । बंगलादेशले कालोसूचीमा राखेका ३६ वटा मेडिकल र डेन्टल कलेजमा ७ सयभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत छन्। कालोसूचीमा परेका मेडिकल कलेजहरूको नामावली बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सिलमा पठाएको छ । काउन्सिलले ती कलेजमा नेपाली विद्यार्थी पढ्न जान रोक लगाइसकेको छ । तर, कन्सलटेन्सीहरूले राजनीतिक दबाबका कारण ती कलेज केही समय बन्द गरिएको र फेरि खुल्ने भन्दै विद्यार्थी झुक्याउन सुरु गरिसकेका छन्।कालोसूचीमा राखिएका कलेजको नामावली

१. नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी ढाका

२. केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर ढाका

३. शाहबुद्दिन मेडिकल कलेज, गुल्सान ढाका

४. आइची मेडिकल कलेज, अब्दुल्लापुर ढाका

५. अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज ढाका

६. सफेना डेन्टल कलेज, डिआइटी रोड ढाका

७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर

८. सिटी मेडिकल कलेज, इटाहाटा, गाजीपुर

९. नाइटिंगेल मेडिकल कलेज, नाइटिंगेल पोइन्ट, अशुलिया

१०. बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग

११. जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिल्हेट

१२. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग

१३. गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार

१४. द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश

१५. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग

१६. आइबिएआइएस युनिभर्सिटी

१७. क्वीन्स युनिभर्सिटी

१८. सिल्हेट इन्टरनेसनल युनिभर्सिटी

१९. साउर्थन युनिभर्सिटी

२०. प्रिमियर युनिभर्सिटी

२१. ब्रिटानिया युनिभर्सिटी

२२. गोनो विश्वविद्यालय

२३. आशियान मेडिकल कलेज

२४. बसुन्धरा एडडीन मेडिकल कलेज

२५. अब्दुल हमिद मेडिकल कलेज

२६. ब्रह्मानबरिया मेडिकल कलेज

२७. युनिभर्सल मेडिकल कलेज

२८. केयर मेडिकल कलेज

२९. पार्कभ्यू मेडिकल कलेज

३०. युएस बंगला मेडिकल कलेज

३१. चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज

३२. विक्रमपुर भुइयान मेडिकल कलेज

३३. मोनोआरा सिक्देर मेडिकल कलेज

३४. मेराइन सिटी मेडिकल कलेज

३५. शाह मक्धुम मेडिकल कलेज

३६. एचएमसिएच मेडिकल कलेज

बंगलादेशकै मेडिकल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया भन्छन्, ‘हामीले मान्यता दिएका ८० प्रतिशतभन्दा बढी निजी कलेजको हालत खराब छ भने कालोसूचीमा राखेकाको अवस्था के होला ? यस्ता कलेजमा पढेका विद्यार्थी कस्ता डाक्टर बन्लान् ?’ उनले नेपाली विद्यार्थी अध्ययन गर्ने कतिपय मेडिकल कलेज त दर्तासमेत नभएको बताए।

post image

साउन २०,काठमाडौं । मानिस स्वस्थ हुनका लागि पर्याप्त निद्रा आवश्यक पर्छ। चिकित्सकका अनुसार दैनिक ७–८ घन्टा सुत्नु आवश्यक हुन्छ। यद्यपि मानिसको व्यक्तित्व र आनीबानी अनुसार सुत्ने अवधि फरक हुन्छ।

लामो समयसम्म शरीरलाई आवश्यक निद्रा नपुगे डिप्रेसन र एन्जाइटी (चिन्ता) हुन सक्ने चिकित्सक बताउँछन्।

चिकित्सकका अनुसार निद्रा राम्रो बनाउने यी पाँच उपाय अपनाउन सकिन्छ।

१. चाडै सुत्ने
चिकित्सकका अनुसार निद्रा राम्रो बनाउन चाडै सुत्नु आवश्यक हुन्छ। यसका लागि पनि विभिन्न उपाय अपनाउन सकिन्छ। बेलुका तातो पानीमा नुहाउने, लोसन लगाउने, सकेसम्म कम कपडा लगाएर सुत्ने, सुत्ने आसन परिवर्तन गर्ने र सुत्नुभन्दा एक/दुई घन्टाअगाडि बत्ती बन्द गर्ने।

२. दैनिक सन्तुलित भोजन खाने
सन्तुलित भोजनले राम्रो निद्रा लगाउन मद्दत गर्छ। चिकित्सकका अनुसार राम्रो निद्राका लागि सन्तुलित भोजनसँगै खानपान व्यवस्थित हुनु आवश्यक छ। यसका लागि यी उपाय अपनाउन सकिन्छ।

राति सुत्नुभन्दा तीन घन्टाअघि नै खाना खाने, भोकै पेट नसुत्ने, दिउँसो र बेलुका क्याफिन (कफीमा पाउने एक पदार्थ)युक्त खानेकुरा नखाने, तातो दूध र चिया पिउने, सुत्नुभन्दा एक घन्टाअघि पानी नपिउने र अल्कोहल सेवन नगर्ने।

३. सुत्ने कोठा सफा र चिटिक्क बनाउने
सुत्ने कोठा सफा र चिटिक्क बनाउन सक्यो भने राम्रो निद्रा लगाउन मद्दत पुग्छ। यसका पनि विभिन्न उपायहरू अपनाउन सकिन्छ।

सुत्ने कोठा सुत्ने बेला मात्रै प्रयोग गर्ने, सफा गर्ने, आकर्षक बनाउने, म्याट्रेस मेन्टेन गर्ने र नयाँ किन्दा विचार पुर्याउने।

४. दैनिक कार्यतालिका परिवर्तन गर्ने
दैनिक कार्यतालिका परिवर्तन गरेर पनि निद्रा सहज बनाउन सकिन्छ। यसका लागि विभिन्न विधि छन्। दैनिक एकै समयमा सुत्ने र उठ्ने, सुत्ने तालिका विकास गर्ने, सुत्नुअगाडि लामो तथा गहिरो श्वास लिने र दैनिक व्यायाम गर्ने।

५. चिकित्सकसँग परामर्श गर्ने
कतिपय अवस्थामा जतिसुकै प्रयास गर्दा पनि निद्रा लाग्दैन। त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श गरी औषधी सेवन गर्नु उपयुक्त हुन्छ। तर, चिकित्सकको परामर्श्बिना भने औषधी सेवन गर्नु उपयुक्त हुँदैन।

post image

साउन १९,वीरगंज । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल विहानदेखि तनावग्रस्त बनेको छ। चिकित्सकको लापरवाहीले एक गर्भवतीको मृत्यु भएको भन्दै परिवारजनले चक्का जाम गरी विरोध प्रदर्शन थालेकाले अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो। हिजो राति ८ बजे भर्ना भएकी बारा,परवानीपुर गाउपालिका वडा नम्बर ५ नौतन बहुअरीकी २४ वर्षीया रमिता देवीको अाज बिहान ५ बजे चिकित्सकले लगाएको गलत सुईका कारण मृत्यु भएको भन्दै परिवारजनले विरोध जनाउँदै प्रदर्शन थालेका हुन्।

दुई महिने गर्भवती रमिता पेट दुख्दा अस्पताल भर्ना भएकी थिइन्। राति केही अौषधि उपचारपछि उनको स्वास्थ्य ठीक थियो। तर, बिहान ४ बजे फेरि पेट दुख्दा ड्युटीमा खटिएका अहेवले गलत सुई लगाएपछि रमिताको मुखबाट र्‍याल र फिज अाएको थियो। त्यसपछि उनी अचेत बनेको पति सतेन्द्रप्रसाद गुप्ताले बताए।

पत्नीको उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको परिवारजनले माग गरेका छन्। यस विषयमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकसंँग बुझ्दा सो समयमा डा.कृष्ण अधिकारी,अहेब द्वय जयराम महतो र सुरेश गुप्ता डियुटीमा रहेको र घटनाको बारेमा विस्तृत बुझ्ने कार्य भइरहेको बताए। यता,पर्सा प्रहरीले अस्पताल परिसरमा उलेख्य संख्यामा सुरक्षाकर्मी उतारेर सुरक्षा तैनाथी बढाएको छ।

 

post image

साउन १८, काठमाडौं । तोरीको तेल खासगरी भारत, रोम र ग्रिसमा हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको छ । सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे । यसका साथै तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट (मुफा), २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट (पुफा) र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यी फ्याटी एसिडलाई असल फ्याट भनिन्छ । यी चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न सक्दैन । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटीन, भिटामिन र मिनरल पाइदैंन । तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् । एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक टेबलचम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । जसमध्ये ८.३ ग्राम मोनोस्याचुरेटेड फ्याट पाइन्छ, जुन ओलिभ आयल, अंगुरको बियाँ र बदामको तेलजस्तै हुन्छ ।

क्यान्सरको खतरा घटाउँछ
अनुसन्धानहरुबाट तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइएको छ । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । साउथ डकोटा युनिभर्सिटीको टोलीले गरेको अनुसन्धानले पनि यही कुरालाई प्रमाणित गरेको छ । उनीहरुले कोलोन क्यान्सर लागेको मुसामा तोरी, मकै र माछाको तेल प्रयोग गरेका थिए । तीमध्ये तोरीको तेलले बढी काम गरेको पाइएको थियो ।

मुटुुका लागि उपयोगी
तोरीको तेलमा मोनोस्याचुरेटेड  र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । यसका साथै ओमेगा थ्रि र ओमेगा सिक्स फ्याटी एसिड पनि पाइन्छ । यी फ्याटी एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछन् । तोरीको तेल हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने)  र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडिएल (असल) कोलस्टेरोल बढाउँछ । यसबाट मुटु रोगको खतरा कम हुन्छ ।

प्राकृतिक शक्तिबद्र्धक
तोरीको तेललाई प्राकृतिक शक्तिबद्र्धकका रुपमा लिइन्छ । तोरीको तेलले छालामा मसाज गर्दा रक्तसन्चार प्रणाली र पसिना ग्रन्थीमा सुधार ल्याउँछ । यसका साथै यसले पाचन प्रणालीमा सुधार ल्याउँछ ।

चिसो र रुघा निको पार्छ 
तोरीको तेल लामो समयदेखि चिसो हटाउने प्राकृतिक पदार्थका रुपमा प्रयोग हुँदैं आएको छ  । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ । रुघा लागेको बेला तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिने हो भने रुघा निको हुन्छ र घाँटी सफा पार्छ ।

जोर्नी दुख्ने र बाथ निको पार्छ
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ । यसमा हुने ओमेगा थ्रि फ्याटी एसिडले बाथसम्बन्धी दुखाईलाई हटाउने तत्वका रुपमा काम गर्छ ।

शरीरका अंगहरुको कार्यमा सुधार ल्याउँछ
तोरीको तेलले मसाज गर्ने हो भने शरीरमा रक्तसन्चारलाई बढाई ताजा महसुस गराउँछ र अंगहरुको कार्यक्षमता पनि बढ्छ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्ने चलन धेरै देशमा छ । यसले शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो बनाउने र ताप दिने कुरा अध्ययनबाट पनि प्रमाणित भएका छन् ।

दममा उपयोगी
दम यस्तो  रोग हो, जसको कुनै उपचार छैन । तर तोरीको तेलको उपयोगले यसको लक्षण र प्रभावलाई व्यवस्थित गरी घटाउन सकिन्छ । यो दमका लागि सबैभन्दा बढी प्रभावकारी सुरक्षित उपाय हो । खैरो तोरीको तेल छातिमा लगाउने हो भने फोक्सोमा हावाको आपूर्ति बढ्छ । एक टेबलचम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ ।

यसका साथै तोरीको तेलमा अन्य फाइदा
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन

post image

साउन १७, काठमाडौं । बंगलादेशमा एमबिबिएस अध्ययनरत एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन्। एमबिबिएसको पढाइ सकेर एक साताअघि मात्र इन्टर्सिप सुरु गरेका राजिव श्रीवास्तवले बुधबार आत्महत्या गरेका हुन्।

उनले ढाकास्थित कम्युनिटी बेस्ड मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरेका थिए। पढाइ सकेपछि हालै मात्र अस्पतालमा इन्टर्नसिप गर्न सुरु गरेका उनले कलेजका प्रिन्सिपलसँगको विवादका कारण आत्महत्या गरेको खबर बाहिर आइरहेको छ।कलेजले उनीसँग अतिरिक्त शुल्क माग गरेपछि विवाद बढेको त्यहाँ अध्ययनरत एक नेपाली विद्यार्थीले जनाएका छन्।  बंगलादेश प्रहरीले भने आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।

श्रीवास्तवले आत्महत्या गरेपछि कलेजका प्रिन्सिपल मिर्जा मन्जुरुल हकले ‘आत्महत्या सामान्य कुरा हो’ भनेपछि नेपालीसहित बंगलादेशी विद्यार्थी आक्रोशित बनेका छन्। नेपाली विद्यार्थीका अनुसार श्रीबास्तावले होस्टलको कोठामा बुधबार बिहान साढे ११ बजे झुन्डिएर आत्महत्या गरेका हुन्। उनी होस्टलको कोठा नम्बर ३२० मा बस्दै आएका थिए। उनीसँगै रहेका साथी बाहिर गएको समयमा उनले आत्महत्या गरेका हुन्।

 

post image

साउन ११, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पास गर्न सहयोगका लागि सांसदहरुलाई आग्रह गरेका छन्। डा गोविन्द केसीसँग भएका मागलाई समेटेर विधेयक मन्त्रिपरिषदबाट पास गरेर ल्याउन लागिएको उनले बताए।

कांग्रेसका सांसदहरुले डा गोविन्द केसीको अनसन र सहमतिको सम्वन्धमा सरकारको जवाफ माग गरेपछि शिक्षामन्त्री पोखरेलले जवाफ दिएका हुन्।

संसद वैठक शुरु हुनासाथ कांग्रेसका सांसद डा.मिनेन्द्र रिजालले जवाफ दिन माग गरेका थिए। सांसदहरुले विधेयकलाई कुन रुपमा सरकारले पेश गर्दछ शिक्षामन्त्री पोखरेलले जवाफ माग गरेका थिए। डा केसीको अनसनका क्रममा प्रहरीको बल प्रयोगको बारेमा प्रश्न उठाएकोमा शिक्षामन्त्रीले डा केसीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौं ल्याइएको वताए ।

उनले भने ‘१८ औ दिनमा केसीको स्वास्थ्य अवस्थामा मुटु लगायतमा समस्या हुने देखिएपछि प्रदेश सरकारको सहयोगमा ल्याएको हो ।’ हिजो भएको सहमति मन्त्रीपरिषदमा पेश हुने उनले जानकारी गराए। बिधेयक यही संसदवाट पेश भई पारित हुने भएकाले सहयोगको आग्रह गरे ।

post image

साउन ९, काठमाडौं । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले युवा, युवतीहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्नु दुःखद् कुरा भएको बताएका छन् । राजधानीस्थित एसियन पब्लिक स्कूल अनामनगरमा सञ्चालित अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रममा बोल्दै अध्यक्ष कडरियाले विशेष गरेर युवा युवतीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको कुरा बताएका हुन् ।

उनले युवा युवतीहरुलाई सुर्तीजन्य पदार्थबाट जोगाउनको लागि अभिभावक सचेत हुनुपर्ने स्पष्ट पारेका छन् । परिवार तथा समाजको उपयुक्त रेखदेखको अभावले गर्दा युवायुवतीहरु किशोर अवस्थामै सुर्तीजन्य पदार्थबाट प्रभावित भएको उनको भनाई छ । सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गर्दै आएको क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छे बैंक लि. को सहकार्यमा संचालित उक्त कार्यक्रम विर अस्पतालका क्यान्सर विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सुर्तीजन्य पदार्थको कारण अकालमा ज्यान गुमाएको बताए ।

डा. पौडेलले जनचेतनाको कारण फ्रान्समा १ वर्षमा दश लाख मानिसले सुर्तीजन्य पदार्थ त्यागेको कुरा बताए । उनका अनुसार नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थका कारण २०–२५ हजार मानिसले अकालमा ज्यान गुमाएको तीतो यथार्थ व्यक्त गरे । उनले सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक स्तरसम्म जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए ।माछापुच्छ्रे बैंक लिमिटेडका सामाजिक सेवा विभाग उपप्रमुख प्रतिमा पाण्डेले सुर्तीजन्य पदार्थ नियन्त्रणको लागि बैंकको तर्फबाट क्यान्सर काउन्सिल नेपालसँग सहकार्य गर्दै राष्ट्रव्यापी रुपमा अभियान संचालन गर्ने बताईन् ।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक गगनसिंह ऐरले क्यान्सर काउन्सिल नेपालले सुर्तीजन्य पदार्थ रोकथामको लागि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी गराएकोमा धन्यबाद दिए ।
उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावक गरी उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।

post image

साउन ८,काठमाडौं । भन्सार विभाग प्रमुख मनोजनिधि वाग्लेले सिमानामा अस्वस्थ्यकर सामग्रीहरु प्रेवशमा प्रभावकारी रुपमा लागेको बताएका छन् । सोमबार जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्रले रिपोर्टर्स क्लब नेपालमा ‘बालबालिकाको खेलौनाहरुमा उच्च स्तरमा हानिकारक रसायनहरु पाईएकोले राष्ट्रिय मापदण्डको प्रभावकारी कार्यान्वयनको आवश्कत्ता’ बारे आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

सेफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक राम चरित्र साहको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘बालबालिकाहरुलाई इंगित गरेर आयात गरिने खेलौनाहरुको गुणस्तर र मापदण्ड परिक्षण गरेरमात्रै आयात गर्ने गरेका छौं, वातावरणीय प्रभाव र असरसँगै बालबालिको स्वास्थ्यमा पार्ने प्रभावका बारेमापनि सरकारको तर्फबाट भन्सार विभागले निरन्तर सचेतनामूलक कामहरु गर्दै आएको छ।’

उनले अघि थपे,‘ब्यापार घाटा र ब्यापारीहरुको हितलाई मध्येनजर गुणस्तरहीन र अस्वस्थ्यकर साम्रगीलाई रोक्ने गरेका छौं, साथै दुईवटा विकल्प दिएका छौं, पहिलो उहाँहरुले ल्याउनु भएको कम्पनीलाई नै त्यो सामाग्री फिर्ता गर्ने र दोस्रो विकल्प नष्ट गर्ने हो, तर हामीले नष्ट गर्दापनि हाम्रै वातावरण प्रदुषित हुने भएकाले सकभर फिर्ता गर्न लगाउँछौं ।’

त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले आयात गरिने खेलौनाहरुको परीक्षणमा सरकार कडाईका साथ रुपमा लाग्नु पर्नेमा जोड दिएका छन् । उनले भने,‘हाम्रो देशमा खेलनौहरुको उद्योगहरु नगन्ने रुपमा छन्, जतिपनि खेलौनाहरुको ब्यापार भैरहेको छ, बाहिरबाट आयात गरेरै भएको छ, यसमा सरकार, व्यापारी र उपभोक्ताहरुले ध्यान दिनुपर्छ, तीन पक्षले खेलौनामा हुने रसायनलाई ध्यानमा राखेर आफ्ना सन्ताहरुको खुशीलाई ध्यान दिनुपर्छ ।’

 

post image

साउन ६,काठमाडौं । कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उनीहरुको राजीनामा माग गरेको छ।

 प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाए।

उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा. गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको , उनीहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरेको अध्यक्ष उपाध्यायले बताए। उनले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राखे।

नागरिक समाजले डा. केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा. केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ।

यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा. मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गरे। अध्यक्ष डा. रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याए।

प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताए। महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याए।

प्रतिष्ठानका निमित्त डिनको भूमिका निर्वाह गर्नुभएकी नर्सिङ लेक्चर अनुपा श्रेष्ठले साउन ३ गतेका दिन आफूहरु कसैलाई जानकारी नदिएर नर्सिङ र एचएका विद्यार्थीलाई तोडफोडमा लगाएको बताइन्। पछिल्लो समयमा त्यहाँ अध्ययनरत विद्यार्थीले पनि डा. केसीको जीवन रक्षाको नाममा आफूलाई प्रयोग गरिएको दुखेसो पोखेका छन्। रासस

post image

 साउन ६, काठमाडौ । कानुन मन्त्री शेरबहादुर तामाङले आफ्नो अभिव्यक्तिका कारण बंगलादेशमा अध्ययनरत र अध्ययन गरी फर्केका छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा मागेका छन्।

राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेको’ बताएका थिए। उनले ‘डाक्टर पढ्न बंगलादेश जाने छोरी-चेलीबारे आज म कथा खोल्छु’ भन्दै दिएको भाषणको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङ विवादमा तानिएका छन्।

आज विज्ञप्ति जारी गर्दै मन्त्री तामाङले हाल बंगलादेशमा २ हजारभन्दा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षामा अध्ययनरत रहेको र ती विद्यार्थीहरुले भोग्नु परेका केही समस्यालाई उजागर गरेको दावी गरेका छन्।

उनले बंगलादेश पढ्न गएका केही विद्यार्थीले आत्महत्या गरेको प्रसंग निकाल्दै नेपाली छोरीचेली हिंसामा नपरून् भनेर सचेत गराउन खोजेको प्रस्टीकरण दिए। सँगसँगै, भाषणमा आफूले दिएको अभिव्यक्ति गलत भएको पनि उनले बताए।

‘नेपाली छात्राले बंगलादेशमा अध्ययनरत रहँदा नै आत्महत्या गरेको र हिंसाजन्य केही घटनाहरु उजुरीका रुपमासमेत रहेका छन्’, मन्त्री तामाङको विज्ञप्तिमा उल्लेख छ। 

 

 

post image

साउन ६,काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको वसन्तपुरमा सामूहिक सत्याग्रह सुरु भएको छ।

सोलिडारिटी फर डा. केसी अलायन्सको अगुवाइमा बिहान १० बजे सुरु भएको सत्याग्रहमा सुरुमा डा. केसीका समर्थकहरु सामूहिक सत्याग्रह बसेका हुन्।

post image

साउन ४ ,काठमाडौं । एलाइन्स फर अर्ली चाइल्डवुड डेभलपमेन्ट नेपालले एड्भोकेसी मटेरियल अन अर्ली चाइल्डवुड डेभलपमेन्ट नामक कार्यक्रमको आयोजना गरेको छ । आज काठमाडौँमा आयोजित उक्त कार्यक्रममा  बालबालिका संरक्षणलाई लिएर बिभिन्न व्यक्तित्वहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा आमा गर्भवती भएको समयदेखी नै बच्चाको हेरचाह कसरी गर्ने भनेर जनचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा देबिना प्रधानन र् बिष्णु भट्टले स्वागत मन्तब्य राख्दै एड्भोकेसी मटेरियलको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मुख्य अतिथी तथा सांसद सत्या पहाडीले आमाहरुले गर्भवती अवस्था बाट नै आफ्नो गर्भको शिशुको वेट संगै दिमाग विकासको बारेमा पनि ख्याल राख्नुपर्ने बताइन । उनले शिशुको बिकासको लागी पोषिलो खानेकुरा देखी लिएर मेडिटेसनसम्मै ध्यान पुर्याउन गर्भवती आमाहरलाई आग्रह पनि गर्नुभयो । मेडिटेसनले गर्दा आमा र बच्चा दुबैको स्वास्थ्य स्थितीमा सुधार आउने संगै बच्चाको दिमागी शक्ति बढ्ने पहाडीले जानकारी दिईन ।

त्यसैगरी कार्यक्रममा मधु राजभण्डारीले बच्चाप्रति अभिभावकले पुरा गर्नुपर्ने कर्तब्यको बारेमा बताएकी थिइन। उनले बच्चा जन्माएर खालि खान दिदैमा , बिद्यालय पठाउँदैमा परिवारको बाबुआमाको जिम्मेवारी पुरा नहुने बताइन । राजभण्डारीले आज को आधुनिक युगमा बच्चाहरुलाई आफ्नो साथी बनाएर उनीहरुका इच्छा , आकांक्षा र उनीहरुका समस्यालाई बुझेर सही मार्ग देखाउनुपर्ने बताइन ।

एड्भोकेसी मटेरियल अन अर्ली चाइल्डवुड डेभलपमेन्टका भूमिका र आगामी दिन हरुमा यसलाई कसरी स्थापीत गराउने र यस अर्ली चाइल्डवुड डेभलपमेन्टका उदेश्यहरुको बारेमा प्रकाश पारेकी  थिइन ।आजको युगमा पनि गर्भ जांच गरेर छोरी भए गर्भमै हत्या गर्ने जस्ता कुराहरुबाट बाहिर आउनेपर्ने पनि उनले बताइन ।

 

post image

साउन ४ ,काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएकोले तत्काल केसीले अनशन स्थगित् गर्नुपर्ने बताएका छन् । उनले भने,‘संसदमा चिकित्सा शिक्षा विद्येयक प्रस्तुत भएको छ, विद्येयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनशन स्थगन् गर्नुपर्छ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री ज्ञवालीले डाक्टर केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका डाक्टरहरु जुम्ला पठाएको बताउँदै भने,‘तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिईएन, उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो, सरकारको सर्वोपरी कुरा उहाँको जीवन रक्षा गर्नु थियो, त्यसैले हामीले उहाँलाई हिजो हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं।’

उनले सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै भने,‘अस्पतालमा ढुंगामुढा किन गरियो ? यसको जवाफदेही को हुन्छ ? उहाँले असल मनशायले अनशन बस्नुभएको हो, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन्, उहाँको अनशन र आन्दोलनलाई हतियार बनाए, यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ।’ डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरु लाग्न दिन नहुने उनको भनाई थियो ।

ज्ञवालीले अघि थपे,‘त्यसैले डाक्टर केसीले अब भन्नुपर्छ मैले त असल मनशायका साथ अनशन बसेको थिएँ, तर केही राजनीतिक दल र गलत तत्वहरुले आफ्नो स्वार्थसिद्धीको माध्यम बनाउन थाले त्यसैले म यसबाट अलग भएँ भन्नुपर्छ, उहाँले अनशन स्थगित् गर्नुपर्छ, सरकारले वार्ता टोली बनाएको छ, हामी वार्ता गर्न सदैव तयार छौं, तर कसैले डाक्टर केसीको आन्दोलनलाइ राजनीतिकरण गर्न खोज्छ भने हामीलाई स्विकार्य छैन्।’ डाक्टर केसीका जायज मागप्रति सरकार लचिलो भएर छलफल गर्न तयार रहेको उनको विश्वास छ ।

मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्विकार्दै अहिले यसबारेको बहस बरालिएको सुनाए । उनले भने,‘सम्बन्धन पाउने पर्खाईमा रहेका मेडिकल कलेजका कारण अहिले समस्या निम्तिएको होईन, निजीकरणको नाममा कलेजहरुलाई हिजो अन्धाधुन्ध सम्बन्धन दिने गलत काम भयो, फ्याकल्टी नभएका मेडिकल कलेजहरुलाई १५० सिटसम्मको स्विकृति दिईयो, त्यसैले नेपालमा मेडिकल शिक्षा अस्तव्यस्त भएको हो, माथेमा आयोगले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओली हुँदा नै प्रतिवेदनको मस्यौदा बनाएको हो, अहिले दुई अढाई वर्षमा कतिपय परिस्थितिहरु बदलिएका छन्, त्यसैले थोरै परिवर्तन गरेर हामीले विद्येयक संसदमा दर्ता गराएका छौं।’

उनले अघि थपे,‘उहाँकै कारणले गर्दा आज मेरिटको आधारमा मेडिकल कलेजमा विद्यार्थीहरु भर्ना हुन थालेका छन्, यो राम्रो पक्ष हो, तर छलफल गर्ने ठाउँ त संसद हो नि, संसद बाहिर छलफल गर्नुहुँदैन्, विद्येयकमाथि संसदमा छलफल गरौं, बरु चित्त नबुझको कुरामा संशोधन हाल्न सकिन्छ, परिमार्जनसहित पास हुन्छ, तर अध्यादेशमा भएका कुराहरु कमा, फुलस्टपनि परिवर्तन गर्न पाईँदैन भन्ने होईन्।’ आफूहरु राम्रा र सकारात्मक सुझावहरु ग्रहण गर्दै अघि बढ्ने पक्षमा रहेको उनले विश्वास दिलाए ।

फरक प्रसँगमा उनले सरकारले ईन्टरनेट सेवामा लगाएको करको विषयमा पूर्नविचार गर्न सक्ने जनाए । उनले भने,‘यसमा तपाईहरु र समाजले उठाएका विषयमा सरकारको गम्भिर ध्यान गएको छ, यसमा हामी केही रिभ्यु गर्नेछौं, तपाईहरुको सरोकारप्रति सरकार गम्भिर छ।’

 

post image

साउन ३, काठमाडौँ। जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ । बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो ।

उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ । केसीलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्याल जुम्लाले जनाएको छ ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले हेलिकोप्टरसहितको टोली बिहीबार बिहान जुम्ला पठाएको थियो । सुरुमा सरकारी टोली जुम्ला पुगेर केसीसँग छलफल गर्न खोज्दा केसी समर्थकले विरोध गरेका थिए । त्यसक्रममा झडप समेत भएको थियो ।

post image

 काठमाडौं, ३ साउन ।  आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य संस्था वन्द गर्ने नेपाल चिकित्सक संघको निर्णय विरुद्ध संघकै पदाधिकारी उत्रिएका छन् । अनशनरत डा। गोविन्द केसी मागलाई समर्थन गर्दै संघले स्वास्थ्य संस्था वन्द गर्ने निर्णय गरेपछि ‘स्वास्थ्य संस्था वन्द’को निर्णय बिरुद्ध संघकी कोषाध्यक्ष डा। रक्षा श्रेष्ठ ‘मेरो ‘नोट अफ डिसेन्ट’ लेखेकी हुन् ।

संघले आजदेखि देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ । संघको बुधबार बसेको कार्यकारी समितिको आकस्मिक बैठकमा स्वास्थ्य संस्था बन्द गर्दा विरामीको बिचल्ली हुने भन्दै संघकी कोषाध्यक्ष डा। श्रेष्ठले निर्णयमा आफू असहमत रहेको बताएकी हुन् । डा। श्रेष्ठले आफ्नो असहमति भएको उल्लेख गर्दै नोट अफ डिसेन्ट लेखेकी हुन् ।  नोट अफ डिसेन्टमा उनले लेखेकी छिन् ‘हामी चिकित्सक प्रत्यक्ष बिरामीको जीवनसँग सरोकार राख्ने हुनाले बन्द हडतालमा असहमति जनाउँछु।’

कोषाध्यक्ष डा। श्रेष्ठले डा। गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने कुरामा आफू सहमत रहेको तर स्वास्थ्य संस्था जस्तो जनताको जीवन जोडिएको क्षेत्रमा हड्ताल गर्नु उचित नहुने नयाँ पेजलाई बताइन् । उनले भनिन्, ‘डा।केसीको जीवन रक्षाको लागि त हामी सबै नै लागिरहेका छौं, लडिरहेका छौं तर उहाँको नाममा हजारौं बिरामीहरुको बिचल्ली पार्ने काम सही होइन । डा। केसी पनि स्वास्थ्य संस्था बन्द गर्ने कार्यमा सहमत हुनुहुन्न जस्तो लाग्छ ।’ डा। श्रेष्ठले अस्पताल जस्तो संवदेनशिल क्षेत्रमा बन्द हड्ताल गरेर बिरामी बिचल्ली पार्नु अपराध भएको बताइन् । उनले भनिन्,‘मलाई लाग्छ डा।केसी पनि बन्द हड्तालको पक्षमा हुनुहुन्न । हामीले हड्ताल गरेर देशभरका हजारौं बिरामीलाई बिचल्ली पार्ने अपराध गर्नु हुदैन ।’

संसदमा दर्ता गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ फिर्ता लिई पुरानै चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन अनुरुपको विधेयक ल्याइनु पर्ने माग राख्दै डा। केसी १९ दिनदेखि जुम्लामा अनशनरत छन् ।

डा. श्रेष्ठकाे ‘नोट अफ डिसेन्ट’ :-

post image

साउन २, काठमाडौं । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक संस्था भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका उपाध्यक्ष डा वंशीधर मिश्रले कुनै पनि देशमा ऐतिहासिक व्यक्तिको नाममा शहर, विमानस्थल, विद्यालय, क्याम्पस, अस्पताल, खेलकुद मैदानको नाम राखेर उनीहरुको योगदानलाई स्मरण गर्ने परम्पराअनुसार उक्त संस्था स्थापना गर्न लागिएकोमा त्यसलाई अनावश्यक राजनीतिकरण गरिएको विचार व्यक्त गरे ।

एउटा शक्तिशाली आयोग बनाएर त्यसको सुझावका आधारमा मुलुकका विभिन्न भागमा सुविधा सम्पन्न अस्पताल खोल्नुपर्नेमा जोड दिँदै उनले भने, “मनमोहनको नाममा हामीले त्यस्तो लुट्ने वा कमाउने धन्दा चलाउने कुरै हुँदैन, अरुभन्दा धेरै छात्रवृत्ति दिने, अरुभन्दा राम्रो स्वास्थ्य सेवा सुविधा दिने भनेका छौँ ।”

उनले अनशनरत डा गोविन्द केसीले स्वास्थ्य क्षेत्रलाई कसरी गुणस्तर बनाउन सकिन्छ भनेर उठाएका माग राम्रा भएपनि भौतिक, आर्थिक, जनसंख्या सबै पूर्वाधार हेरेर शिक्षण अस्पताल खोलेर नेपाललाई मेडिकल हब बनाउने विषयमा सहयोग गर्नुपर्ने बताए ।

डा केसीको उपचार जुम्लामा हुँदैन, काठमाडौँमा ल्याउनुपर्छ, त्यसपछि सर्वमान्य संसद् र जनताले बुझ्ने गरी यस विषयलाई सदाको लागि समाधान हुने गरी व्यापक छलफल गरिनुपर्छ, म पनि एक चिकित्सक हुँ, उहाँ पनि चिकित्सक हो, उनले भने ।

देशभरका सबै पक्षका विभिन्न तह र तप्काका करीब दुई हजार ६०० सदस्यले रु एक÷एक लाख जम्मा गरी सहकारीको माध्यमबाट स्थापना गर्न लागिएको उक्त संस्था आवश्यक मापदण्ड पूरा गरी मनसाय पत्र प्राप्त गरिसकेको जनाएको छ । रासस

post image

साउन १, काठमाडौँ । डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच वार्ता पुन: सुरू भएको छ।  वार्ता टोली गठन भएलगत्तै सोमबार भएको छलफल निश्कर्षविहीन भएपछि पुनः सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा दुई पक्षबीच वार्ता पुन: सुरू भएको हो।

मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो। केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन्।

वार्ताअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुवै वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका छन्।सरकारी पक्षले केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै काठमाडौं ल्याउन सहयोग गर्न आग्रह गरेको छ।केसीका प्रतिनिधिले भने संसदमा दर्ता विधेयक फिर्ता भएको अवस्थामा मात्र केसी काठमाडौं आउने बताएका छन्।

चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधानहरू हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १८ दिनदेखि अनसनमा रहेका छन्। काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज सञ्चालन गर्न नपाइने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायत व्यवस्था हटाएर सरकारले विधेयक अघि बढाएको हो।

 

post image

असार ३१, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन नसकिने अडान लिएका छन् ।

आइतबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले विधेयक माथेमा कार्यदलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएको दावी गर्दै त्यसमा आफू खुला छलफल र बहस गर्न तयार रहेको पनि स्पष्ट पारे ।

उनले विधेयक प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको सहमतिमै अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षाको गुणस्तर बढाउने लगायतका समस्या समाधान गर्न विधेयकमै उच्च स्तरीय आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै आयोग गठन प्रक्रियालाई छिटो अघि बढाउन सहयोग गर्न कांग्रेसलाई आग्रह पनि गरेका छन् ।

 

post image

असार २९ ,काठमाडौँ । आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनले आजदेखि आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्। १४ दिनदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको माग सुनुवाइ गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने घोषणा गरेका हुन्।

एशोसियनको आन्दोलनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र सरकारले तोकेका र सरकारको लगानी रहेका अन्य सरकारी शिक्षण अस्पतालमा असर पर्नेछ। यी बाहेक अन्य अस्पतालमा एशोसिएनको आन्दोलनको कुनै असर पर्ने छैन।

नेपाल चिकित्सक संघले एक घण्टामात्र सरकारको विरोधस्वरुप धर्ना दिने कार्यक्रम रहेकाले रेजिडेण्ट डक्टरहरूको आन्दोलनले सबै अस्पतालमा असर नपरेको चिकित्सक संघको महासचिव डा लोचन कार्कीले बताए। डा केसीको माग पूरा नगरी सरकार मौन बस्नुले आफूहरू स्तब्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको एशोसिएशनले जनाएको छ। एसोसिएशनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।

हड्तालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैँ रहने उनीहरूले बताएका छन्। एसोसिएशन र नेपाल चिकित्सक संघले केही दिन यता हातमा कालोपट्टि बाँधेर ड्युटी गरिरहेका थिए।

post image

असार २८,काठमाण्डौ । मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि वर्षौदेखि आन्दोलनरत डा. गोबिन्द केसीको अनशनप्रति सर्मथन जनाएको छ ।बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले डा. केसीको जीवन रक्षाको निम्ति अपिल गरेको हो ।

संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न चिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनलाई पूनरावलोकन गरिनुपर्ने माग गरे । उनले भने,‘सरकारले अब उपत्यकाभन्दा बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ, यसमा अनशनरत डाक्टर केसीले पनि विरोध गर्नुहुँदैन, कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ, नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजहरुलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’

डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गैरहेको बताउँदै उनले केसीको जीवन रक्षाको लागि सरकारले गम्भिर र छिटो कदम चाल्नुपर्ने माग गरे ।

 

 

post image

असार २६,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर चाबहिलबीच स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टर सुरज बलाया श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

post image
असार २४, काठमाडौं । श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

post image

असार २१, काठमाडौँ । राष्ट्रिय स्वास्थ शिक्षा, सूचना तथा सञ्चार केन्द्रका जन स्वास्थ अधिकृत उपेन्द्र ढुङ्गानाले नसर्ने रोगको भार बढ्दै गएको बताएका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत ढुङ्गानाले यस्तो जानकारी दिएका हुन ।

उनले भने,‘एक तिहाई जनसंख्यामा उक्त रक्तचाप र १५ प्रतिशतमा मधुमेह, हरेक वर्ष ८ देखि १० हजार नयाँ क्यान्सर बिरामी छन्, धुम्रपान, मध्यपान, वातावरणीय पक्ष तथा खानपानजस्ता कारणले रोगको सिकार भएका छन् ।’  उनले अघि थपे,‘यसको रोकथामको लागि नसर्ने रोगको भार र न्यूनिकरणको लागि म स्वास्थ, मेरो देश स्वास्थ नाराको साथ सञ्चालन भएको ‘मेरो वर्ष अभियान’ विभिन्न कार्यहरु गर्दै आएको जानारी दिएको छ ।

त्यसैगरि नसर्ने रोगको न्यूनिकरणको लागि काठमाडौं महानगरपालिकाको भूमिकाको बारेमा बोल्दै काठमाडौं महानगरपालिका जन स्वास्थ विभाग प्रमूख हरि कुमार श्रेष्ठले स्वास्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व रहेको बताए । उनले भने ‘धुम्रपान निषेधित सहर बनाउन हामी लागि परिरहेका छौँ हाम्रो प्रयास जनतालाई सुचना प्रवाह गर्ने हो, स्वस्थ जीवनको लागि हामीले खेल्नुपर्ने भूमिका रहन्छ, त्यसैगरि स्थानीय सरकारसँग पनि सहकार्य गरेका छौँ, औषधी तथा मेडिकल अफिसरसहित समूदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गर्नेछौं।’

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले स्वस्थ रहन र स्वास्थ्य सम्बन्धी जानकारी दिनु सबैको कर्तव्य रहने बताए । उनले भने,‘स्वास्थ मान्छेको विचार मात्र सिर्जनशिल हुन्छ, त्यसैले सबै स्वस्थ हुनुपर्छ, हामीले यसको लागि अभियान नै चलाउनुपर्छ ।’ कार्यक्रममा काठमाडौं जिल्ला जनस्वास्थ्य प्रमुख पर्शुराम श्रेष्ठले शारिरीक निष्क्रियता, धुम्रपान तथा मध्यपान सेवन, अस्वस्थकर खाद्यका कारण मुटु, मधुमेह, क्यान्सर जस्ता रोगको सिकार बन्ने हुदाँ यसको नियन्त्रणको लागि परेको बताए ।

उनले भने,‘हामीले यसको न्यूनिकरणको लागि सूर्ती नियन्त्रण गर्ने टिम सँगठन गरेका छौँ, तनावरहित जीवनशैली, नियमित व्यायाम, नियमित स्वास्थ जाँच, पोषिलो खाना, धुम्रपान तथा मध्यपान सेवनबाट टाढै रहनेजस्ता प्रतिबद्धतालाई आत्मसाथ गर्दै जनचेतना दिलाउँछौँ ।’

नसर्ने रोगको बारेमा यस अभियानको एक वर्षे अभियान अन्तर्गत सरकारी र नीजी स्वास्थ संस्थाहरुको सहकार्यमा स्क्रिनिङ र ट्रिटमेन्टको प्याकेज उपलब्ध गराउने, विद्यालयहरुमा प्रारम्भिक परिक्षण र चेतनामूलक कार्यक्रमहरु संचालन गर्ने, आधुनिक संचार माध्यम, सामाजिक सञ्जालमार्फत जनचेतना र जानकारीमूलक सामग्री प्रवाह गर्ने, ‘मेरो वर्ष’ एप्समार्फत स्वास्थ जानकारी गराउने रहेका छन् ।

 

post image

असार २१,काठमाडौँ । गंगामाया अधिकारीलाई भेट्न आज पूर्व प्रधानन्यायाधीश सुशीला कार्की वीर अस्पताल पुगेकी छिन्।

 छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै अनसन बसिरहेकी अधिकारीलाई उनले वीर अस्पतालको आइसियुमा बेड नम्बर १६ मा गई  भेटेकी हुन्। एक दिन अघि मात्र कार्कीले अधिकारीले न्याय पाउनुपर्ने र् उनको स्वास्थ्यको ख्याल राखिनुपर्ने भन्दै आफ्ना तर्कहरु राखेकी थिईन ।

अनसन बस्ने क्रममै गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोजमा मृत्यु भएको थियो। गंगामायाको अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गइरहेको अवस्थामा पाउलिन त  न्याय ?

post image

असार २१,जुम्ला । डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षबाटै अनसन शुरु गरेका छन्।

पाँच दिन सम्म जिल्ला खेलकुद विकास समितीको कवर्डहलमा अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था प्रतिकुल वनेपछि चिकित्सकको टोलीले प्रहरीको घेरा तोडेर उपचारका लागि अस्पताल पुर्याएका थिए । डा. केसीको उपचारमा संलग्न कर्णाली अस्पतालका डा.प्रविणकुमार गिरीका अनुसार अहिले अस्पतालको सघन उपचार कक्षवाट डा. केसीले अनसन शुरु गरेका हुन्।

उनले डा. केसीको स्वास्थ्य अवस्थामा सुधार आएको प्रतिक्रिया दिएका छन् । अस्पतालमा ल्याएकोले चिकित्सकको रेखदेख राम्रो भएको र  स्वास्थ्य अवस्थामा प्रतिकुल असर पर्न नदिने उनले बताए । डा. केसीले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफ्नो अडानबाट पछि नहट्ने बताएका छन । उनले भने, कर्णालीमै मर्न तयार छु, तर नेपाली जनताको स्वास्थ्यमा खेलवाड हुन दिनेछैन । उनले सरकारले माग सम्बोधन नगर्दा सम्म अनसन जारी राख्ने बताए।

स्वास्थ्य मन्त्रालयबाट आफ्नो स्वास्थ्य उपचारका लागि विशेषज्ञ सहितको टोली खटाएर हेलिकप्टर मार्फत् काठमाण्डौ लैजाने तयारी भईरहेको संकेत गर्दै उनले जनताको करबाट संकलित रकमको दुरुपयोग गरेर नआउन चेतावनी दिए । उनले भने सक्छौ, भने स्वास्थ्य क्षेत्रमा उठाएका जायज् माग संम्बोधन गर,नत्र राज्यको साधनस्रोतको दुरुपयोग नगर यो मेरा लागि सैह्य हुनेछैन।

डा. गिरीले डा. केसीको छातीको समस्या कम क्रम कम हुँदै गएको बताए । डा. केसीको समर्थनमा जुम्लामा नागरिक समाजदेखि सर्वसाधारणले एक्यबद्धता जनाएका छन् ।  केसीको अवस्था बारे जानकारी लिनका लागि कांग्रेसका तीन जना संसद जुम्लामा आउने भएका छन् ।

post image

असार १९,जुम्ला।  प्राध्यापक डा. गोविन्द केसीको अनशनको चौथो दिन जीवन रक्षाको माग गर्दै नागरिक समाज जुम्लाले अर्धनग्न जुलुस निकालेको छ। हातमा हड्कडी लगाएर, मुखमा कालो पट्टी बाँधेर, आधा शरीर नांगो पारेर कर्णालीको जुम्लामा अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै जुलुस निकालिएको हो।

जुलुस डा. गोविन्द केसी अनसन बसेको स्थान कवर्डहलवाट शुरु भएर अस्पताल हुदै, कृष्णमन्दिरबाट जिल्ला प्रहरी कार्यालयवाट कवर्डहल आएर टुंगिएको थियो। डा. केसीको जीवन रक्षा गर, माथेमा आयोगको प्रतिवेदन तत्काल कार्यन्वयन गर, अनशनमा भईरहेको प्रहरी निगरानी बन्द गर, डा. केसीका माग पुरा गर लगायतका प्लेकार्ड बोकेर मौन अर्ध नग्न जुलुस निकालिएको हो।

 नागरिक समाजका अध्यक्ष राजवहादुर महतले जबसम्म डा. केसीको जीवन रक्षाको ग्यारेण्टी हुँदैन तबसम्म दवाव मुलक संघर्षका कार्यक्रम भईरहने बताए। उनले भने, यो व्यक्तिगत स्वार्थका लागि उठेको माग नभै सामूहिक भावना र मर्मअनुसार उठाइएको माग भएकोले सवै नागरिकको समर्थन छ। जलुस निस्कने थाहा पाएपछि सदरमुकाम खलंगाका चोक चोकमा बाक्लो प्रहरी परिचालन गरिएको थियो।

post image

असार १९,काठमाडौँ । सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रतिपक्षी दल कांग्रेसको अवरोधका कारण फिर्ता हुने भएको छ । प्रतिस्थापन विधेयक वैशाख २० गतेभित्र पारित नभएपछि फिर्ता हुने भएको हो ।

 सरकारले शुक्रबार संसद्मा दर्ता गरेको चिकित्सा शिक्षा विधेयक अध्यादेशको मर्मविपरीत भएको भन्दै प्रतिपक्षले असहमति जनाएको थियो। आइतबारको संसद् बैठकले नियम निलम्बन गरी पारित गर्न प्रमुख प्रतिपक्ष दल कांग्रेस असहमत भएपछि विधेयक रोकिएको छ।

 शुक्रबार दर्ता गरेको प्रतिस्थापन विधेयक २० असारभित्र पारित गरिसक्नुपर्नु पर्छ। तर नियम निलम्बन नगरी सो मितिभित्र विधेयक पारित हुन सक्दैन। नियम निलम्बन नगरीकन सरकारी विधेयक संसदमा दर्ता भएको ५ दिनपछि मात्रै सदनमा टेबुल गर्न सकिन्छ भने, विधेयक माथि ७२ घण्टासम्मको समय संशोधनको रहने हुन्छ।

बिहीबारभित्र प्रतिस्थापन विधेयक पारित नभएमा सरकारले दुईपटक ल्याएको अध्यादेश सो दिनदेखि नै निस्क्रिय हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश संसद बैठक बसेको ६० दिनभित्र पारित गरिसक्नु पर्ने हुन्छ । जसबमोजिम बैशाख २३ गतेको पहिलो बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने भएको हो । प्रमुख प्रतिपक्षदल कांग्रेसका प्रमुख सचेतक खाँणले सरकारले अन्तिम समयमा विधेयक ल्याएर नियम निलम्बन गर्न खोजेकोमा कांग्रेसले विरोध गरेको बताए।

सोमबारको बैठकमा चिकित्सा शिक्षा विधेयकलाई कार्यसूचीमा राखिएको छैन। विधेयक दर्ता भएपछि विधेयकमाथि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विरोधको सूचनासमेत दर्ता गरेका छन्। उनले मेडिकल शिक्षा निःशुल्क हुनुपर्ने, अहिले १५ लाख मात्र लिने र पाँच वर्षपछि पूर्ण निःशुल्क गर्नुपर्ने, पाँच वर्षपछि निजी शिक्षण संस्था बन्द गर्नुपर्ने भन्ने विरोधको सूचना दर्ता गरेका छन्। विधेयकमाथि विरोधको सूचना नै दर्ता भएपछि सरकरले पत्र पठाएर विधेयक फिर्ता लैजानुपर्ने हुन्छ।

विधेयक फिर्ता भएपछि सरकारले वैशाखमा ल्याएको अध्यादेश निस्क्रिय हुनेछ। यससँगै अध्यादेशबाट गठन भएका चिकित्सा शिक्षा आयोग पनि निस्क्रिय हुनेछ। सो आयोगका अध्यक्षसमेत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगका उपाध्यक्षबाहेक अन्य सबै सदस्य तथा पादाधिकारी नियुक्ति गरेका थिए । २० गतेपछि ती नियुक्तिसमेत खारेज हुनेछ।

post image

असार १७,काठमाडौँ ।  प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। सरकारको हतार हतार चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्ने रफ्तारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘ब्रेक’ लगाइदिएको हो।

सरकारले प्रतिस्थापन विधेयक पारित गर्न नियम निलम्बनको प्रस्ताव संसदमा अगाडि बढाएको थियो।

तर, अध्यादेशका मूल विषयबस्तु नै हेरफेर गरेको भन्दै कांग्रेसले विरोध गरेको छ । विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिन पाउने, मेडिकल कलेजको ३ वर्षदेखि आफ्नै अस्पताल सञ्चालनमा भएको हुनु पर्ने र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्ति हुनुपर्ने प्रावधान हटाइएको छ ।

आइतबार संसद बैठक अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित नेकपा र कांग्रेस नेताहरुबीच वार्ता भएको थियो । शिक्षामन्त्रीले विधेयक अघि बढाउन सहयोग मागेका थिए ।

कांग्रेसले विधेयक अगाडि बढाए संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले संसद बैठक सूचना टाँसेर स्थगित गराएका हुन्। आउँदो २० गते भित्र अध्यादेशको प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभए स्वत: अध्यादेश निष्क्रिय हुनेछ।

 

post image

असार १७,काठमाडौँ । वायुमण्डलमा बढ्दै गएको प्रदूषण, विश्व तापमानमा आएको वृद्धि, अव्यस्थित सहरीकरण, बढ्दो फोहोरजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखापर्ने चिकित्सक बताउँछन्।

संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन् । यी समस्याबाट बच्न के गर्ने ? जानी राखौं ।

– आँखामा जथाभावी औषधि नराख्ने
– कचेरा आएमा आँखालाई हातले नछुने
– आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने
– आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।
– गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने
– आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने
– आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने
– आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने
– आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने
–आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने

post image

असार १७,काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाएको छ। चिकित्सा शिक्षा सुधारका माग राख्दै १५ औं पटक अनशनमा बसेका डा.गोविन्द केसीको मागविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको हो।

 डा. केसीसँग भएको सहमतिविपरीत सरकारले काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाउने, आफ्नै अस्पताल नभएपनि कलेज खोल्न आशयपत्र दिन सकिने गरी सीटीइभीटीको सम्बन्धनमा चलखेल गर्न चिकित्सा शिक्षाको परिभाषा परिवर्तन र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाउँदै सरकारले विधेयक दर्ता गराएको हो।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको हो।

उक्त विधेयक पारितका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबार संसद बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ मा कुनै पनि विधेयकमा संशोधन दर्ताको समय ७२ घण्टा हुने उल्लेख छ।

लामो रस्साकस्सी पछि बनेको प्रतिनिधिसभा नियमावली मिच्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले उक्त नियमावली निलम्बनको प्रस्ताव समेत आइतबारै प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। ७२ घण्टाको समयसीमा हटाउँदै सरकारले एक/दुई दिन भित्रै विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो।

यता चिकित्सा शिक्षा सुधार र भएका सहमति कार्यान्वयनको माग गर्दै डा. केसी १५ औं पटक जुम्लामा अनसन बसेका छन्।

post image

असार १६, जुम्ला । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको विरोधमा डा गोविन्द केसी १५औँ अनशन बस्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुगेका छन् ।

यसैबीच, जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक सूचना टाँसी जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको २०० मिटर वरपर कुनै पनि प्रकारको अनशन, आन्दोलन तथा विरोध प्रदर्शन गर्न निषेधित क्षेत्र तोकेको हो ।

केसी आज (शनिबार)बाट अनशन बस्ने भएका छन् । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरूपमा तत्काल जारी गर्न माग गर्दै डा. केसी अनशन बस्न लागेका हुन् । उनको यो १५औँ अनशन हो । रासस

post image

असार १४,काठमाडौं ।गर्भवती महिला भएको घरमा स्वयं गर्भवती महिला या अरू कसैले धूमपान गरेको खण्डमा गर्भमा रहेको शिशुमा निम्न असर पर्न सक्छन्ः

१। बच्चा कम तौलको जन्मने तथा खेर जाने,

२। शारीरिक र मानसिक विकासमा अवरोध,

३। बच्चालाई क्यान्सर हुने बढी सम्भावना,

४। भविष्यमा बच्चाले पनि धुम्रपान गर्न सक्ने,

५। जन्मेदेखि नै स्वासप्रस्वास सम्बन्धी रोग लाग्न सक्ने,

६। बच्चाको मृत्युसमेत हुन सक्ने,

७। प्रजनन क्षमतामा कमी आउने,

८। पाठेघरबाहिर गर्भ रहने,

९। शिशु जन्मेको सात दिन भित्रै मर्न सक्ने,

१०। गर्भको बच्चाको मुटुको धड्कन बढ्ने,

११। महिना पुग्नुअघि नै बच्चा जन्मने,

१२। गर्भमा रहेका बच्चाको विकास क्रममा अवरोध आउने,

१३। बच्चा सुस्तमनस्थितिको हुने,

१४। बच्चाको उचाइ कम हुने ।

post image

असार १४, काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसी जुम्लातर्फ लागेका छन्। डा केसी कसैको उपचार तथा सेवाको लागि नभई अनशन बस्न हुम्ला हानिएका हुन् ।शुक्रवार भनिएको अनशन बस्न डा केसी अहिले नेपालगन्ज पुगेका छन्। बिहिबार साँझ जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान पुगेर भोलिपल्टै अनशन बस्ने केसीले बताए।

दुर्गमको जनता स्वास्थ्य शिक्षाबाट बञ्चित भएको केसी सुनाउँछन्। गरिब जनताले शहरमै स्वास्थ्य शिक्षा नपाएको अवस्थामा गाउँको अवस्था झनै दर्दनाक रहेको केसीको कथन छ। ‘राज्यको नजर दुर्गममा पनि परोस भनेर यो पटक जुम्लामा अनशन बस्न लागेको हुँ’, केसीले भने, ‘ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठन पाठन सुरु भएको गरिबका छोराछोरीले पढ्न पाउँथे। उपचार पाउथेँ। रोजगार पाउथेँ तर दुर्गममा सरकारको ध्यान जान्नँ।’

यसपालिको अनशनमा डा केसीका मागहरु समान छन्। प्रमुख विषय एउटै छ, चिकित्सा शिक्षा अध्यादेश कुनै परिवर्तन नभइ पारित होस।

सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेन। दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न अब केही दिन बाँकी छ। ‘संसदले विधेयक नै पारित नगर्ने तयारी गरेको बुझिएकाले अनशन बस्न लागेको हुँ’, केसीले भने, ‘ प्रचण्ड ओलीजीहरुले आफ्नो व्यापारिक स्वार्थको लागि दुई तिहाई बहुमतको सरकारको शक्ति देखाएर अध्यादेश फेरबदल गर्न लाग्नु भयो। हामीसँगको सम्झौता, प्रतिबद्धता केही पुरा भएन।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन सकेको छैन। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीको गेटा मेडिकल कलेजको प्रगति सुस्त रहेको छ। त्यस्तै पाँचथर–इलाम, डडेल्धुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेजहरू स्थापना गर्ने काम नभएकाले केसी गाउँमा अनशन बस्न लागेका हुन। एक दुइवटा भएको सरकारी कलेजमा पठनपाठन नभएपछि गरिवका छोराछोरीहरु कसरी डाक्टर बन्ने केसीले भने ।

post image

असार १४, काठमाडौं । सरकारले छात्रवृत्तिमा पढेका चिकित्सकले दुर्गममा गर्नुपर्ने सेवा अवधि पाँच वर्ष तोकेको छ । दुर्गमका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सक अभाव हुँदा पनि सरकारी कोटामा पढेका डाक्टरले समेत सेवामा खटिन नमानेपछि सरकारले कडा कार्यविधि बनाएको हो ।

यसअघि सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकलाई दुर्गममा दुईवर्षे सेवा अवधि तोकिए पनि कार्यान्वयन भएको थिएन । स्वास्थ्य मन्त्रालयले दुर्गममा आवश्यकताअनुसार चिकित्सक खटाउन ‘छात्रवृत्ति व्यवस्थापन तथा परिचालनकार्यविधि २०७५’ बनाएर सेवा अवधि तोकेको हो ।

छात्रवृत्तिमा अध्ययन गरेबापत सरकारले खटाएको ठाउँमा गएर सेवा गर्ने प्रतिबद्धता जनाए पनि अध्ययन सकिएपछि नमानेका कारण कार्यविधि नै बनाइएको मत्रालयले जनाएको छ । कार्यविधिअनुसार छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीले सरकारले तोकेको सरकारी स्वास्थ्य संस्थामा अनिवार्य पाँच वर्ष सेवा गर्नुपर्नेछ ।

post image

असार १३,काठमाडौँ। स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । यसको खेती कहाँबाट सुरु गरिएको हो भन्नेबारे त्यति स्पष्ट छैन । तर, क्रिस्टोफर कोलम्बसले विश्व भ्रमणपछि सन् १४९३ मा यसलाई युरोप भित्र्याएको अनुमान गरिन्छ । पहिले अमेरिकाको हवाइमा यो ठूलो परिमाणमा उत्पादन हुन्थ्यो । अहिले पाराग्वे, ब्राजिल, फिलिपिन्स, कोस्टारिका लगायतका देशमा भुइँकटहरको धेरै खेती हुने गरेको छ।

भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।

स्वास्थ्यमा के–के फाइदा ?
आर्थराइटिस (बाथ) मा उपयोगी
आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि
भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।

घाउ चाँडो निको पार्छ
भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।

क्यान्सर रोकथाम
एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।

पाचन प्रणाली मजबुत पार्छ
नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पु¥याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।

post image

असार १२, काठमाडौँ ।  फर्सीको मुन्टा वा भनौ फर्सीको पातको साग । फर्सीको पात वा मुन्टा खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ ।

फर्सीको साग विभिन्न पौष्टिक तत्वले भरिएको हुन्छ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो । हामीलाई स्वस्थ रहनका लागि शरीरमा यि सबै तत्वको आवश्यक्ता पर्दछ ।युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ कि तपाईँलाई खतरनाक रोगबाट जोगिन मद्दत गर्छ । फर्सीको पातलाई आफ्नो नियमित भोजनमा समावेश गरेर तपाईँ उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सक्नु हुनेछ ।

फर्सीको पातको नियमित सेवनले हुने फाइदा

बढ्दो उमेरलाई छेक्न-फर्सीको पातमा पाइने एन्टी–अक्सीडेन्टले तपाईँको बढ्दै गरेको उमेरलाई छेक्दै जवान देखाउनमा सहयोगी हुन्छ । यदि तपाईँ आफ्नो बढ्दो उमेरलाई लुकाउन चाहनु हुन्छ र जवान देखिन चाहनु हुन्छ भने फर्सीको पातको साग आजैदेखि खान सुरु गरिदिनुस् ।

आँखा स्वास्थ्यको लागि लाभकारी-फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ । जुन हाम्रो आँखाको लागि राम्रो हो । साथै आँखा कमजोर हुँदा फर्सीको पातको साग खानाले आँखाको रोशनी बढाउनमा मद्दत गर्छ ।

कोलेस्ट्रोललाई नियन्त्रण गर्न-

अहिलेको समयमा उच्च कोलेस्ट्रोलको समस्याले प्रायः जसो सबै पीडित छन् । तर, कोलेस्ट्रोलको समस्याबाट राहत पाउनका लागि फर्सीको पात भने निकै नै उपयोगी हुन्छ । फर्सीको पातमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रण गर्नुका साथै तपाईँको मुटुलाई पनि स्वस्थ राख्नमा मद्दत गर्छ ।

प्रजनन क्षमतामा वृद्धि-

तपाईँको विहे भइसकेको छ तर, अहिले सम्म आमा वा बुबा बन्ने सौभाग्य पाउनु भएको छैन भने फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । किनकी फर्सीको पातको सागले नष्ट भएको टेस्टीकुलर र स्पर्म बन्ने प्रक्रियालाई मद्दत पुर्याउँछ । जसको मद्दतले तपार्ईँको प्रजनन क्षमतामा वृद्धि हुन्छ ।

मधुमेहलाई गर्छ नियन्त्रण-

मधुमेह रोग अहिलेको समयमा सुन्नमा सामान्य भएतापनि खतरनाक रोग हो । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु फाइदाजनक हुन्छ । फर्सीको पातको सागमा हाइपोग्लिसिएमिक नामक तत्व हुन्छ जसले तपाईँको ग्लुकोजको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

छालाको लागि फाइदाजनक-

फर्सीको पातमा पर्याप्त मात्रामा भिटामीन सी पाइन्छ । जुन तपाईँको छालाको लागि फाइदाजनक हुन्छ । भिटामीन सी ले छालामा भएको मृत तन्तुलाई निकाल्नमा मद्दत गर्नुका साथै छालालाई स्वस्थ बनाइ राख्छ ।

क्यान्सरबाट जोगाउन-

फाइबर एक यस्तो तत्व हो जसको सेवनले तपाईँलाई अनेक फाइदा हुन्छ । फर्सीको पातमा पाइने फाइबरले तपाईँको शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्नमा मद्दत पुर्याउँछ ।

पाचन प्रणालीलाई स्वस्थ राख्छ-

फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्नमा मद्दत गर्छ । साथै फर्सीको पातको सेवनले तपाईँको उच्च रक्तचापलाई पनि नियन्त्रणमा राख्छ ।

post image

असार १२, काठमाडौं । आज अन्तराष्ट्रिय लागु पदार्थ तथा अबैध तस्करी बिरुद्द दिवस बिभिन्न सचेतनामुलक कार्यक्रम गरि मनाइदैछ  । लागूऔषध दुर्ब्यसनी बिरुद्ध म र हाम्रो भुमिका नाई भन्न सकाैं र अाफ्नाे ठाउँबाट यस सम्बन्धि पहलकदमी चालाै भन्दै हुम्लामा प्रभातफेरी कार्यक्रम गरिएको छ ।

post image

असार १२, काठमाडौं । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ ।

कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ । हाल कामपामा ८० हजार घरपालुवा २२ हजार सामुदायिक कुकुर रहेको तथ्यांक छ ।

कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो ।

अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् ।

यसरी प्रवेश गर्ने जुकाले मानिसको शरीरलाई नकारात्मक असर गर्ने हुँदा कामपाले यस किसिमको नियमको सुरूवात गरेको हो । एउटा कुकुरको दिसामात्र जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार हानिकारक ब्याक्टेरिया फैलिन्छन् । यस्तो विकराल स्थिति रोक्न घरपालुवा कुकुरलाई घरमै दिसापिसाब गराउन कामपाले अनुरोध गरेको छ ।

यसैगरी, घरपालुवा कुकुरको तुलनामा कम संख्यामा रहेको सामुदायिक कुकुर व्यवस्थापन गर्नका लागि पनि कामपाले विशेष अभियान थाल्ने पनि श्रेष्ठले बताए। दिएको निर्देशन पालना नगरेमा कारबाही गर्ने पनि महाशाखाले जनाएको छ । रासस

post image

असार १०, काठमाडौँ । वीर हस्पिटल रंगरोगन पछी निकै सुन्दर देखिएको छ । अस्पतालमा रंगिएका भित्ताहरुले बिरामीका केहि प्रतिशत रोग त त्यसै निको पार्न सक्छ भने सफा शौचालयले सबैलाई राहत दिएको छ । हेरौं अस्पतालका केहि झलक :

 

 

 

 

 

 

 

 

post image

असार ७,बाबियाचौर।  दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालनमा आउने भएको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले ‘एयर एम्बुलेन्स’ सञ्चालनमा ल्याउन लागिएको बताएकी हुन्  ।

म्याग्दीको मालीका गाउँपालिका  – ६ दरबाङमा आज समाजकल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री थापाले अप्ठ्यारोमा परेका दुर्गम, विकट क्षेत्रका गरीब, विपन्न सुत्केरी, गर्भवती र नवजात शिशुलाई हेलिकप्टरबाट उद्धार गरेर तत्कालै अस्पताल पु¥याउन एयर एम्बुलेन्स सञ्चालनको तयारी गरेको जानकारी दिईन ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत एयर एम्बुलेन्स सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि मन्त्रालयले रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको मन्त्री थापाले बताइन ।

एकदिने शिविरमा बालरोग विशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग विशेषज्ञ सरिता गुरुङ, चिकित्सक रुपक श्रेष्ठ, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख मेडिकल अधिकृत कृष्ण कँडेल र तीलक गौतमले सेवा दिनेछन  । मालिका, मंगला र धौलागिरि गाउँपालिकाका सर्वसाधारणलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो ।

post image

असार ७,काठमाडौँ।  कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताएका छन्।

चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जलि योगपीठले आज बिहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा उनले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताए।रक्षामन्त्रीसमेत रहेका कावा प्रधानमन्त्री पोखरेलले योगको लोकप्रियता बढेर अहिले शैक्षिक संस्थाले पनि अतिरिक्त क्रियाकलाप तथा औपचारिक विषयका रुपमा पठनपाठन र अभ्यास गराउन थालेको बताए।

उनले शारीरिक अभ्यास, उपचार पद्धति, योग शिक्षा, धार्मिक एवं आध्यात्मिक चेतना विकास तथा विश्वव्यापी सहकार्य, सामञ्जस्यजस्ता योगका आयामलाई सन्तुलित रुपमा जीवन पद्धति नै बनाउने कार्यमा यस दिवसले प्रेरणा दिएको समेत धारणा राखे।“योगको महत्व विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ । पूर्वीय सभ्यता एवं जीवनदर्शनको अमूल्य सम्पदा योगलाई आज विश्वले जुन महत्वपूर्ण स्थान दिएको छ त्यसको आधारमा यसको महत्वलाई आ–आफ्ना ठाउँबाट प्रचारप्रसार गरेर सबैलाई योगमा आबद्ध गराउनुपर्दछ,” उनले भने।

योगलाई कुनै एउटा धर्म सम्प्रदायसँग मात्र नाता छ कि भनेर कतिपय त सशंकित भएर पनि हेर्ने गरेको पाइएको भन्दै उनले वास्तवमा योग कुनै धर्म संस्कृतिको मात्रै पेवा नभई मानवजाति असल बन्न तथा सत्यलाई चिन्न र विभेदलाई हटाउने साधनको रुपमा पनि योग रहेको बताए।

कावा प्रधानमन्त्री पोखरेलले योग आफूले आफैँलाई बुझ्ने परमसाधनाको सूत्र भएको उल्लेख गर्दै योगको अन्तर्मनसँग मात्रै होइन, आत्मासँग पनि त्यत्तिकै घनिष्ट सम्बन्ध रहेकाले योगको अनुशीलनबाट जीवनलाई सर्वोत्कृष्ट बनाउन सकिने धारणा राखे।

उनले ऋषिमुनिले सनातनकालदेखि योगसाधन गर्दै आएका भए पनि योगलाई व्यवस्थित र बेग्लै दर्शनको रुपमा विकास गर्ने काम पतञ्जलिले गरेको बताए।भारतले सन् २०१४ मा संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा जुन २१ अर्थात आजकै दिनलाई विश्वयोग दिवसको रुपमा मनाउने प्रस्ताव गरेको थियो र उक्त प्रस्ताव अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रले अनुमोदन गरेका थिए । त्यसैबेला देखि नै योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो।रासस

post image

असार ५, काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो । देबकोटाको राष्ट्रिय सम्मानको साथ अन्त्येष्टि गरिएको हो ।

सोमबार साँझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो ।

डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा ६ महिनासम्म बेलायतमै उपचार गराएका थिए। तर त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि देबकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए। त्यस यता उनले आफ्नै अस्पताल बाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका थिए।

post image

असार ३, बर्दिवास ।  प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ । गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।

जेठ महिनामा मात्र उपचार केन्द्रमा २० महिलासहित ४२ सर्पदंशका बिरामी उपचारमा आएकामा अन्यत्र उपचारमा जान सिफारिस गरिएकी बर्दिवास–१ की एक चार वर्षीया बालिकाको भने मृत्यु भएको उक्त केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिए।

सर्प र बिच्छीको खानी नै रहेको भनिने बर्दिवास क्षेत्रमा सर्पदंशका घटनाले मानवीय क्षति बढ्दै गएपछि गौरीडाँडामै रहेको नेपाली सेनाको गुल्मले छजना सर्पदंशको उपचार गर्ने दक्ष जनशक्ति उपलब्ध गराएपछि स्थानीय समुदायको पहलमा २०७१ साल साउन ३१ गते उक्त केन्द्र सञ्चालनमा ल्याइएको हो। स्थापनाकालदेखि हालसम्म ९५० जनाले उपचार लिएकामा २५ जनालाई मात्र अन्यत्र सिफारिस गर्नुपरेको र ९२५ जना भने उपचारपछि स्वस्थ भएर घर फर्केका उनले बताए।

उपचार केन्द्रको अभिलेखअनुसार चालू आर्थिक वर्षको गत साउनदेखि जेठ मसान्तसम्म २३२ सर्पदंशका बिरामीले उपचार लिएका छन्। त्यसैगरी आव २०७३/७४ मा २७३, आव २०७२/७३ मा २७० र आव २०७१/७२ मा १६५ जनाले उपचार लिएका थिए ।

उपचार केन्द्रमा एण्टी स्नेक भाइल राखिए पनि स–साना नानीहरु र स्वास्थ्यका कारण कमजोर रहेकाहरुको उपचारमा आवश्यक पर्ने भेन्टिलेटरको व्यवस्था नहुँदा त्यस्ता बिरामीलाई सिफारिस गर्नुपरेको केन्द्रले जनाएको छ । त्यस्तै सिफारिस गरिएकामध्येबाटै कतिपय बिरामीको मृत्यु भएको अध्यक्ष देवकोटाले बताए। भेन्टिलेटरसहितका उपचार उपकरणका लागि स्वास्थ्य मन्त्रालयमा कैयन पटक आग्रह गरिँदा पनि व्यवस्था भने हुन नसकेको उनको गुनासो थियो।

जिल्लाको उत्तरी क्षेत्रको यो अवस्थासँगै सुदूर दक्षिणी भेगमा पनि सर्पदंशका घटना बढ्दै गएका छन् । जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा राजिव झाले जेठ लागेयता १०भन्दा बढी सर्पदंशका बिरामीले उपचार लिएका जानकारी दिए।

जिल्लामा गर्मी शुरु भएपछि भने गोमन र करेत जातका विषालु सर्प र ढोडिया, हरहरालगायतका विष नलाग्ने सर्प छ्यापछ्याप्ती देखिने गरेका छन्। रासस

post image

असार १,काठमाडौँ । महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

महिनावारी प्याडको विकल्पमा महिनावारी कप उचित भएको विज्ञहरु बताउँछन्। सेन्टरले विगत डेढ दशकदेखि महिला प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ। प्याड प्रयोग गर्दा महिलाको स्वास्थ्यमा जोखिम हुने र नष्ट गर्दा वातवरणमा असर गर्ने भएकाले महिनावारी कप उचित भएको मेरी स्टोप्स सेन्टर नेपालकी मुन प्रधानले बताइन्। ‘प्याड जलाउँदा कार्बन बन्ने तथा त्यत्तिकै फाल्दा गलेर जाँदैन। विश्वका धेरै महिलाले प्याड प्रयोग गरिहेका हुँदा वातवरणमा असर पुगेको हुन्छ। प्याड फाइवरले बनेको हुँदा यो त्यसै नष्ट हुँदैन,’ प्रधानले भनिन्।

प्याड प्रत्येक चार घण्टामा फेर्नुपर्ने हुन्छ । नत्र संक्रमण हुन्छ। नेपालमा महिलामैत्री शौचालय नहुँदा र कामकाजी महिलाको लागि प्याड त्यति सहज छैन।

सेन्टरका अनुसार यी साधनहरुको तुलनामा कप आर्थिक, वातवरण र स्वास्थ्यको लागि उचित भएको सेन्टरले औंल्याएको छ। महिनावारी कप एक पटक किनेपछि दश वर्षसम्म प्रयोग गर्न सकिन्छ। प्याड वर्षेनी हजारौं रुपैयाँको किन्नुपर्दा खर्चिलो भएको कप दुई हजारमा किनेर दश वर्षसम्म किन्नु पर्दैन। यो आकार र तौलको हिसाबले सानो भएकाले महिलाले जहाँ पनि सँगै लान सक्छन्।

कप मेडिकल सिल्कनले बनेको हुँदा यो स्वास्थ्यको लागि हानिकारक छैन।

कसरी प्रयोग गर्ने ?
कपलाई योनीभित्र राख्न सकिन्छ। पहिलो पटक राख्दा केही अप्ठेरो हुन सक्छ। तर त्यसलाई सामान्य रुपमा लिनुपछ । यी कप एक पटकमा ८ देखि १२ घण्टासम्म प्रयोग गर्न सकिन्छ। बढी रक्तश्राव भएका बेलामा भने एक पटकमा चार÷पाँच घण्टामै निकाल्न सकिन्छ। निकालेर विषेश प्रकारको साबुनले पखालेर पुनः प्रयोग गर्नुपर्छ। कपको प्रयोग गर्दा पिसाब फेर्न समस्या हुँदैन। प्याडको प्रयोगमा भने यो सम्भव हुँदैन।

युरोपमा पहिलो पटक उत्पादन भएको यो कपको प्रयोग अमेरिका र युरोपमा बढी प्रयोग हुन्छ। नेपालमा ती देशहरुमा पुगेका सीमित महिलाहरुले मात्र प्रयोग गर्दै आएका छन्।

post image

जेठ २९, पर्वत। पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सोमबार सञ्चालित पाठेघरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३०० भन्दा बढी महिलाको पाठेघर परीक्षण गरिएको छ । ग्रामीण भेगका महिलालाई घर गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले प्रदेश नं ४ को सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका हुन् ।

स्थानीय माझफाँट महिला बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापनमा मल्लाज स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा महिलाको पाठेघरसम्बन्धी समस्याको पहिचान गरिनुका साथै उपचार गरिएको हो । शिविरमा चेकजाँचको क्रममा डेढ दर्जनभन्दा बढी महिलालाई शल्यक्रियाका लागि रिफर गरिएको मल्लाज स्वास्थ्यचौकीले जनाएको छ ।

उक्त शिविरमा महिलाको पाठेघरको उपचार, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो ।  शिविरको उद्घाटन गर्दै जलजला–३ का वडाध्यक्ष देवेन्द्र भण्डारीले महिलामा लाग्ने रोगको कारण पत्ता लगाउनुपर्ने बताए । स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा टीकाकुमारी गुरुङले महिलालाई रोग लुकाएर एवं लाज मानेर नबस्न आग्रह गरे । रासस

post image

जेठ २७, काठमाडौँ। गर्मी बढ्दैछ । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला राखिएका खानेकुरा समेत स्वस्थ्यकर हुँदैन । यस्तो अवस्थामा खाना अपच हुने त छँदैछ, फूड प्वोइजनिङको समस्या पनि हुनसक्छ ।

कसरी हुन्छ फूड प्वोइजनिङ

खानपानको माध्यमबाट जव शरिरमा ब्याकटेरिया आदि प्रवेश गर्छ तव फूड प्वोइजनिङ हुन्छ । तर, यो हाम्रो शरिरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बेला मात्र हुन्छ । यसबाट बच्नको लागि खानपानमा बिशेष ध्यान दिनुपर्छ । खुल्ला ठाउँमा राखेको खाना, फोहोर पानीले बनेको खाना खान बाट बच्नुपर्छ । कुनैबेला फुड प्वोइजनिङ भइहाले त्यसबाट बच्न घरेलु उपचार गर्न सकिन्छ । विजातिय खानेकुरा सेवन गर्दा पाचन प्रक्रियामा समस्या हुन्छ । दुषित, विषाक्त वा विजातिय खानेकुराको सेवनबाट समस्या पैदा हुन्छ ।

यस्तो लक्षण देखिन्छ

फुड प्वोइजनिङ भएमा पेट दुख्ने, निरन्तर वान्ता हुने, पखाला लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने, हल्का ज्वरो आउने, मांसपेशी दुख्ने लगायतको समस्या देखिने गर्छ । यस्तो समस्या खाना खाएको २ घण्टाबाट देखिएर ७२ घण्टासम्म रहन सक्छ । यस्तो बेला शरीरमा पानीको कमी हुन नदिन जीवनजल तथा इलेक्ट्रोवियनको सेवन गनर्ुु पर्छ ।

के छ खतरा ?

फूड प्वइजनिङको खतरा बच्चा, रोगी, बृद्धबृद्धा, गर्भवतीमा बढी हुन्छ । किनभने उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । गर्भवतीको पाचन प्रणालीमा परिवर्तन हुन्छ, जसले गर्दा फूड प्वाइजनिङको संभावना रहन्छ । साथै बृद्धबृद्धामा पनि यस्तो समस्या देखिन सक्छ ।

अदुवा – पाचन प्रणालीको हरेक समस्याको लागी अदुवा एक प्रभावकारी औषधी मानिन्छ । फूड प्वोइजनिङबाट छुटकारा पाउनको लागि अदुवाको चिया बनाएर पिउन सकिन्छ । काँचो अदुवा कुटेर या यसको चूर्ण बनाएर पनि सेवन गर्न सकिन्छ ।

जीरा- जिरा खानाको सुगन्धित र स्वादिष्ट बनाउको लागि प्रयोग गरिन्छ । एक चम्चा जीरा पिसेर खानामा प्रयोग गर्‍यो भने फूड प्वाइजनिङबाट छुटकारा पाउन सकिन्छ । यसको साथै आन्द्रा सुन्निएको पनि ठिक हुन्छ ।

केरा- फूड प्वाइजनिङमा केराको सेवन एकदमै लाभदायक मानिन्छ । झाडापखला र कब्जियतमा पनि केराको सेवनले फाइदा गर्छ । यो पचाउन सजिलो हुन्छ । तर ध्यान राखौ कि दुई ओटा भन्दा बढि केरा सेवन गर्दा डाइरिया बढ्न पनि सक्छ ।

पानी- फूड प्वाइजनिङ हुदाँ पानीको सेवन बढि मात्रामा गर्दा फाइदा हुन्छ । यसले शरिरमा भएको बिषाक्त तत्व बाहिर निकाल्न मात्र होइन शरिरमा हुने असर पनि कम गर्न सहयोग गर्छ ।

स्याउ-फूड प्वाइजनिङ हुदाँ स्याउको सेवन गर्दा धेरै राहत मिल्छ । फूड प्वाइजनिङको समयमा हुने छाति को दुखाइलाई पनि कम गर्छ ।

 विशेष सावधानी

-सफा र सुरक्षित खानेकुरा मात्र सेवन गर्ने ।

-खाना खाने र पकाउने भाँडा बर्तन पनि सफा हुनुपर्छ ।

धेरै मसलेदार, पचाउन गाह्रो हुने, राम्ररी नपाकेको, बासी, दुषित खानेकुराको सेवन नगरौं

फूटपाथको खानेकुरा सेवन नगरौं ।

एकसाथ धेरैथरी खानेकुरा मिसाएर सेवन नगरौं

post image

२७ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको छ ।लामो समयदेखि बन्द रहेको लकर खोलेर हेर्दा एउटा पेस्तोल र केही थान गोली फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।

यद्यपि, पेस्तोल र गोली कसले त्यहाँ राख्यो भने खुलिसकेको छैन ।  अस्पतालको रेडियोलोजी शाखामा २६ वटा लकर छ।

‘त्यहाँका स्टाफहरुले प्रयोग गर्ने लकर मध्येको एउटा धेरै समयदेखि नखुलेपछि प्रशासनले सूचना समेत जारी गरेको रहेछ’, परिसरका डिएसपी मोहन थापाले ‘जसजसको लकर हो, उनीहरुको नाम लेख्न लगाइएको थियो । तर, कसैले त्यहाँ आफ्नो नाम नलेखेपछि प्रहरीसम्म कुरा पुगेको थियो । र, खोल्दा पेस्तोल भेटिएको हो ।’

स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको छ ।

post image

जेठ २६, काठमाडौं।पित्त थैलीको क्यान्सरका काारण गम्भीर बिरामी वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई शनिबार दिउँसो उनको जन्मघर लगिएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत अवस्थामै ६३ वर्षीय डा. देवकोटालाई उनकै इच्छा अनुसार हेलिकोप्टरबाट गोरखाको आँपपिपल पण्डित गाउँस्थित जन्मघरमा हेलिकोप्टरबाट लान लागिएको हो ।

‘उहाँकै इच्छा अनुसार अहिले हेलिकोप्टरबाट जन्म घरर्फ लगिँदैछ’, अस्पतालका एक चिकित्सकले भने, ‘घरको पिँढीमा बस्ने र सिस्नेपाी धाराको पानी खाने उहाँको इच्छा पुरा गर्न गोरखा लान लागिएको हो ।’डा. देवकोटालाई जन्मघरमा केही घण्टा राखेपछि आजै हेलिकोप्टरबाट अस्पतालमा फर्काइने छ ।

शुक्रबार राति देवकाटाका बारेमा अपवाह फैलिएपछि अस्पताल तथा देवकाटाका परिवारमा तनाव भएको थियो । अपवाह चिर्न अस्पताल प्रशासनले शनिबार बिहान प्रेस विज्ञप्ति निकाल्यो भने देवकोटा उपचाररत रहेको पुष्टि गर्न अस्पताल परिसरमा समेत निकाल्नुपरेको थियो ।

post image

जेठ २६, काठमाडौं। प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था स्थिर बनेको छ ।  हिजो साँझ अस्थिर बनेको देवकोटाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पताल प्रसाशनले जानकारी दिएको छ । देवकोटाको स्वास्थ्य अवस्थाबारे अफवाह फैलिएपछि परिवारले चिन्ता व्यक्त गरेको छ ।

अस्पताल प्रशासन र डा. देवकोटाको परिवारले एक विज्ञप्ति जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारीक जानकारी बाहेक अन्य सूचनालाई विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।  ‘प्रोफेसर डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थितीको बारेमा गम्भीर चासो व्यक्त गर्दै विभिन्न क्षेत्रबाट भइरहेको चासो र उहाँको स्वास्थ्यलाभको कामना गर्दै मान्यजन इष्टमित्र तथा शुभ चिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्दछौं ।’

विज्ञप्तिमा लेखिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरहरु सत्य नरहेको व्यहोर अनुरोध गर्दछु ।’ यसैबीच देवकोटालाई आज बिहान अस्पताल परिसरमा ल्याइएको थियो । देवकोटाले दूध र जुस पिएका छन् । देवकोटाको पित्तथैलीको क्यान्सर सम्बन्धी उपचार भइरहेको छ ।

 

post image

जेठ २५,काठमाडौं। ब्लड डोनर्स एशोसिएशन नेपालले यही जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म साताव्यापी रक्तदानसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ  । कसैले पनि रगत अभावले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यक साथ रक्तदान कार्यक्रम गर्न लागेको आयोजक पक्षले जानकारी दिए  ।

संस्थाका कार्यवाहक अध्यक्ष रमेशध्वज बस्नेतले आफुहरु २५ वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै आईरहेको भएपनि सोचे अनुरुप सफलता हाँसिल गर्न नसकेको गनासो पोखे । उनले भने,‘हामीले २५ वर्षदेखि रक्तदानको बारेमा धेरै गर्न खोज्यौं तर जति सोचेको थियौं विभिन्न कारणले त्यति सफलता हात पार्न सकेका छैनौं, अबका दिनहरुमा रगतको अभाव हुन नदिनको लागि हाम्रो प्रयास जारी रहनेछ, जनचेतना फैलाउनेछौं, उत्प्रेरणा दिने खालका कार्यक्रमहरु गर्नेछांै ।’

त्यस्तै कार्यक्रममा संस्थाका संस्थापक सदस्य अर्जुनप्रसाद मैनालीले रक्तदानका बारेमा जनचेतनाको कमी भएको बताएका छन् । उनले भने,‘मैले १६३ पटक रक्तदान गरिसकेको छु, संसारका विभिन्न देशहरुमा पुगेर रक्तदान गर्नुपर्छ स्वस्थ भईन्छ भनेर जनचेतना दिँदै हिँडेको मानिस मै हुँ, म स्वस्थ छु, रक्तदान गर्दा कमजोर भईन्छ, रोगी भईन्छजस्तो गरिन्छ त्यो गलत हो ।’

संस्थाका महासचिव ई.सानुबाबु प्रजापतिले कार्यक्रमको उद्देश्यका बारेमा स्पष्ट पारेका थिए । नेपाल अधिराज्यमा रगतको आवश्यकता पर्ने सबैलाई बिना सोधभर्ना रगत उपलब्ध गराउन सक्ने अवस्था सिर्जना गर्नेमा आफूहरु लागि परेको उनको भनाई थियो । प्रजापतीले भने,‘हामीले विगतेदखि नै यस समस्यालाई न्युनिकरण गर्नको लागि निरन्तर प्रयास गर्दै आईरहेका छौं, विभिन्न सप्ताहव्यापी कार्यक्रमहरु गर्दै आएका छौं, भोलिका दिनमा पनि यस्ता कार्यक्रमहरु गर्दै जानेछौं ।’

कार्यक्रममा एशोसियनका कोषाध्यक्ष एवम् सप्ताव्यापी कार्यक्रमका प्रमुख संयोजक मचाकाजी महर्जनले विश्व रक्तदाता दिवसको उपलक्ष्यमा आफूहरुले उक्त साताव्यापी कार्यक्रमहरु राखेको स्पष्ट पारेका छन् ।  महर्जनले दिएको जानकारी अनुसार ब्लोदानको मुख्य आयोजनामा विभिन्न संघसंस्थाहरुको संयोजन तथा सह–आयोजनामा भोलि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म रक्तदानसम्बन्धी विभिन्न कार्यक्रमहरु हुँदैछ।
जस अनुसार आज जेठ २५ गते रक्तदानसम्बन्धी महिला अन्तरक्रिया, २६ गते बृहत्त रक्तदान तथा नेगेटिभ रक्तसमूह अन्तरक्रिया, २७ गते युवा रक्तदाता भेटघाट, २८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, २९ गते उपत्यकाव्यापी विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, ३० गते रक्तदान जनचेतना र्याली र ३१ गते वृहत्त रक्तदान, विश्व रक्तदाता दिवस मूल समारोह कार्यक्रम तथा दिप प्रज्वलन कार्यक्रम रहेको छ ।

सर्पले टोक्यो ? यसो गर्नुस !

प्रकाशित मिती : Thursday
post image

जेठ २४, काठमाडौँ। गर्मी महिनामा सर्पदंशका घटना निकै बढ्छन्। खासगरी नेपालको तराईं भेगमा सर्पदंशका घटना बढी हुन्छन्। अमेरिकामा हरेक वर्ष ८ हजार मानिसहरु सर्पले टोकेर  अस्पताल पुग्छन्। तीमध्ये ५ जनाको मृत्यु हुने गरेको छ।

अधिकांश अवस्थामा सर्पदंश खतरनाक हुन्छन्। सर्पले टोकेको स्थानमा पीडा हुने, सुन्निने हुनुका साथै तन्तुहरुलाई क्षति पुर्याउँछन्। यसका साथै आन्तरिक रक्तस्राब पनि गराउँछन्। अमेरिकी चिकित्सकले सर्पले टोक्दा के गर्ने र के नगर्न भन्ने विषयमा केही सल्लाह दिएका छन्।

के गर्ने ?
तत्काल इमर्जेन्सीमा गइहाल्नुपर्छ। टोकेको त्यति विषालु नभएपनि टिटानस र केही गम्भीर ब्याक्टेरियल संक्रमणको खतरा हुनसक्छ।

सकेसम्म टोकेको स्थानलाई अलि अलि भएपनि चलाउनुपर्छ, यसले विष अलि ढिलो फैलन मद्धत गर्छ।

सर्प कस्तो थियो भन्ने पनि याद गर्नुहोला। यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ। सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नुहोला।

टोकेको समय पनि ख्याल गर्नुहोला। यसले कति समयअघि टोकेको थियो भनेर उपचार गर्न सहयोग मिल्छ।

कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नुहोला।

आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनुहोला।

सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्नुहोला।

के नगर्ने ?  
सर्पलाई समात्ने या मार्ने प्रयास नगर्नुहोला। सर्पले फेरि टोक्न सक्छ ।

टोकेको स्थानमा चुस्ने प्रयास नगर्नुहोला। सर्पको विष मुखबाट गयो भने तपाईंका लागि अर्को खतरा हुनेछ।

टोकेको क्षेत्रमा बेस्सरी नबाँध्नुहोला।

टोकाईको पीडा बिर्सन रक्सी सेवन नगर्नुहोला। बरु यसले विष चाँडो फैलन सहयोग गर्छ।

टोकेको ठाउँमा चिसो, आइस, तातो या कुनै पनि खालको मल्हम नलगाउनुहोला।

एस्पिरिन, ब्रुफेन या अन्य खालको पेनकिलर नलिनुहोला। यस्ता पेनकिलरले रगत पातलो बनाउँछ।

टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास नगर्नुहोला, यसले शरीरको तन्तु नष्ट गर्छ।

स्रोत : सीडीसी, अमेरिका

post image

जेठ २४, सुर्खेत । कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।

एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०÷१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच÷पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताए ।

सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिए । रासस

post image

जेठ २३, काठमाडौँ । फेसबुकमार्फत एक युवकलाई यातना दिएको आरोपमा चिकित्सा शास्त्र अध्ययन संस्थानमा ( त्रिवि शिक्षण अस्पतालकी रेसिडेन्ट डाक्टर) विशेषज्ञता हासिल गरिरहेकी एक डाक्टर पक्राउ परेकी छिन्। डा अस्मिता अधिकारी नामकी ती डाक्टरलार्इ ती युवकले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको साइबर सेलले उनलाई पक्राउ गरेको हो।

उनीमाथि नक्कली फेसबुक आइडीहरु बनाउँदै अष्ट्रेलियामा रहेका एक नेपाली युवकविरुद्ध अश्लिल कुराहरु लेखेर चरित्रहत्या गर्ने गरेको आरो लागेको प्रहरीले जनाएको छ।

उनले युवकलार्इ मात्रै नभइ उनीहरुका आफन्तलार्इ समेत फेसबुकमा अश्लिल म्यासेज पठाउने गरेको देखिएको प्रहरीले जनाएको छ।

मंगलबार पक्राउ परेकी उनलाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान अघि बढाएको छ। थप छलफलका लागि दुवै पक्षलाई बुधबार पनि बोलाइएको अपराध महाशाखाका एक अधिकारीले बताए।
पक्राउ परेपछि डा अधिकारीले उक्त अपराध स्वीकार गरेको बुझिएको छ।

आफन्तले प्रहरीलार्इ पठाएको फेसबुक म्यासेजमा अष्ट्रेलियामै रहेकी एक नर्ससँग ती युवकको ‘सम्बन्ध’ रहेको भन्दै गालीगलोज गरिएको छ। गाली गर्ने क्रममा ती नर्स आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको समेत दाबी गरिएको छ। डा अधिकारी पनि महिला र ती नर्स पनि महिला भएकाले प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ।

पीडित परिवारले  भने आफूलार्इ केही महिनादेखि विभिन्न अपरिचित आइडीबाट अश्लिल म्यासेज पठाएर यातना दिएको भन्दै उनलाई साइबर क्राइम अपराधमा कडा कारबाही गर्न माग गरेको छ।

 

post image

जेठ २०,काठमाडौं । सबैलाई थाहा छ, आमाको दूूध बच्चाका लागि अमृत समान हुन्छ। ६ महिनासम्म स्तनपान गराउनु आवश्यक मानिन्छ। तर कति वर्षसम्म स्तनपान गराउने ?

बेलायतमा जबसम्म आमा र बच्चा चाहन्छन्, त्यतिबेलासम्म स्तनपान गराउन सकिन्छ भनेर सल्लाह दिने गरिन्छ। स्तनपानबाट बच्चाको स्वास्थ्य राम्रो हुन्छ र उनीहरु बिरामी पर्दैनन्। बेलायतका नेशनल हेल्थ  सर्भिस (एनएचएस) ले पनि स्तनपानका लागि कुनै समयसीमा तोकेको छैन। ६ महिनासम्म आमाको मात्र दूध खुवाउने सल्लाह दिइन्छ। त्यसपछि दूधका साथै अन्य खाद्यपदार्थ खुवाउन सकिन्छ।

विशेषज्ञका अनुसार आमाको दूधले बच्चामा कुनै पनि संक्रमण हुन दिँदैंन। जबसम्म बच्चाले आमाको दूध खान्छन्, उनीहरुलाई मोटोपनाको समस्या पनि हुँदैंन। स्तनपान गराउन आमाका लागि पनि फाइदाजनक हुन्छ। स्तन र अण्डाशय क्यान्सरको खतरा हुँदैंन।

एनएचएसले स्तनपान गराउने कुनै सीमा नतोकेपनि विश्व स्वास्थ्य संगठनले दुुई वर्ष या सोभन्दा बढी समयसम्म स्तनपान गराउन सल्लाह दिएको छ। तर, रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थसँग सम्बन्धित डा. म्याक्स डेभी भन्छन्, ‘दुूई वर्षपछि स्तनपान गराउँदा अतिरिक्त पोषण प्राप्त हुनेबारेमा एकदम कममात्र तथ्य प्राप्त भएको छ।’ अर्थात् २ वर्षपछि पनि स्तनपान गराउँदा बच्चालाई खासै फाइदा नहुने बेलायती विशेषज्ञको मत छ।

डा. डेभी भन्छन्, ‘स्तनपान गराउनु व्यक्तिगत विषय हो, यसले आमा र बच्चाको मायाप्रेमलाई मजबूत बनाउन मद्धत गर्छ, यसबाट कुनै नोक्सान हुँदैंन, त्यसैले परिवारलाई जे सही लाग्छ, त्यही गर्न सकिन्छ।’

एक आँकलनअनुसार बेलायतमा ८० प्रतिशत महिलाहरु स्तनपान गराएको केही समयपछि नै छाड्छन्। ६ वर्षसम्म आमाको दूध पाउने बच्चाको संख्या एक तिहाई मात्र हुन्छ। सन् २०१६ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अनुसन्धानअनुुसार बेलायती महिलाहरु सबैभन्दा कम समयसम्म स्तनपान गराउनेमा पर्छन्। महिलाहरु सार्वजनिक स्थानमा स्तनपान गराउन लाज मान्छन्, यसकारण पनि उनीहरु चाँडै नै स्तनपान गराउन छाड्छन्। बिबिसी

post image

जेठ १९,काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा सबै जनाताको पहुँचमा पुर्‍याइने बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उपप्रधानमन्त्री यादवले अहिलेको आवश्यकता र परिवर्तित राजनीतिक सन्दर्भमा मुलुकको आर्थिक समृद्धिसँगै स्वास्थ्य सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । “गुणस्तरीय स्वास्थ्य सेवा जनतामा कसरी पुर्‍याउने त्यो चुनौतीपूर्ण छ, उपलब्ध स्रोत साधन र जनशक्तिको पूर्ण परिचालन गरी प्रभावकारी ढंगले लक्ष्य हासिल गर्न सबैको सक्रियता चाहिन्छ,” उपप्रधानमन्त्री यादवले भन्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा नतिजामुखी परिणाम हासिल गर्न सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उपप्रधानमन्त्री यादव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँ यसअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसक्नुभएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै प्रगति भए पनि जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउनु चुनौतीपूर्ण कार्य रहेको भन्दै मन्त्रालयले कुशल नेतृत्व पाएकाले लक्षित कार्यक्रमले साथर्कता पाउने उल्लेख गर्नुभयो । रासस

post image

जेठ १६, काठमाडौँ । बच्चा जन्मिएपछि महिलाहरू मोटाउने गरेका छन् । किन भने बच्चा जन्मिएपछि महिलाहरूको शरीरमा परिवर्तनहरू देखिन्छन् ।

बच्चाका लागि आमाको दुध बढाउने र आमालाई कमजोर हुन नदिन विभिन्न पौष्टिक तत्व हुने खानेकुरा खान दिइन्छ । त्यसले गर्दा महिलाको शरीर बढ्ने गर्छ । बच्चा जन्मिएका आमाका शरीरलाई घटाउन केही साधारण उपाय गरिएमा शरीर मोटो हुन पाउँदैन ।

डेलिभरीपछि महिलाको जिम्मेवारी बढ्दै जान्छ । बच्चाको स्याहारसँगै घरको काम पनि गर्नुपर्ने भएकाले फुर्सद निकाल्न धौधौ पर्न सक्छ । त्यसैले आमाले आफ्नो लागि डेली रुटिन बनाउन जरुरी हुन्छ ।

बिहान उठेपछि बेलुकी नसुत्दासम्मको एक्टिभिटीलाई डेली रुटिनमा राखेर काम गर्दा आमालाई सहज हुन्छ । यस्तो रुटिन बनाउँदा डाइट र एक्सरसाइजका लागि पनि विशेष समय छुट्याउन आवश्यक हुन्छ ।

प्रेग्नेन्सी र डेलिभरीपछि हेभी एक्सरसाइज गर्नु हुँदैन । त्यसैले वाकबाट एक्सरसाइजको सुरुवात गर्नुपर्छ । यस्तो एक्सरसाइज एकदेखि तीन हप्तासम्म गर्न सक्नुहुन्छ । छिटो हिँड्नु स्वास्थ्यका लागि निकै ठूलो एक्सरसाइज हो ।

यसो गर्दा सुरक्षित हुनुका साथै थाकेको मसल्सलाई वार्मअप गर्न सहयोग पुर्याउँछ। यस्तो वेला तपाईं त्यति बलियो हुनुहुन्न, ताकि दौडन सक्नुहोस् । जसकारण ब्रिस्क वाकिङ गर्दा राम्रो हुन्छ ।

प्रायः महिलाले गर्भावस्थाका क्रममा दुई गुणाभन्दा बढी खाने गर्छन् । मानिसलाई लाग्छ कि प्रेग्नेन्सीका वेला दुईजनाका लागि खानुपर्छ । जुन गलत हो । यत्ति हो कि यस्तो वेला शरीरलाई अलि बढी क्यालोरीको आवश्यकता हुन्छ ।

ब्रेस्ट फिडिङ गराउनका लागि पौस्टिक आहारको जरुरी हुन्छ । त्यसैले सन्तुलित डाइटका माध्यमले पनि तपाईंले आफ्नो तौल कम गर्न सक्नुहुन्छ । यस्तो समय जे खानुस् तर स्वस्थ खानुस् । र, जंकफुडबाट टाढै रहनुस् ।

मोनो र पोलिसेचुरेटेड फ्याट शरीरका लागि निकै राम्रो हुन्छ । एभोकाडो, कनोला आयल, ओलिभ आयल, साल्मन आदि फ्याटको प्रयोग गर्न सकिन्छ ।

स्तनपान नवजात शिशुका लागि सबैभन्दा प्रभावकारी पौष्टिक आहार हो । त्यति मात्र होइन, स्तनपानले आमाको स्वास्थ्यलाई पनि निकै फाइदा पु-याइरहेको हुन्छ । प्रेग्नेन्सीका क्रममा र डेलिभरीपछि महिलामा फ्याट र कोलेस्ट्रोलको मात्रा बढ्दै जान्छ ।

त्यसैले नियमित स्तनपान गराउँदा शरीरको मेटाबोलिजम पहिलेकै अवस्थामा आउन सहयोग मिल्छ र फ्याटको मात्रा पनि कम हुँदै जान्छ ।

डेलिभरी भएका महिलाले आफ्नो डेली रुटिनमा तातो पानी पिउने समय पनि राख्न जरुरी हुन्छ । तातो पानी पिउँदा शरीरका विषाक्त पदार्थ बाहिर निस्कन्छ ।

यसले हाम्रो शरीरको तापक्रम र मेटाबोलिज्मको मात्रालाई पनि बढाउने काम गर्छ । जसका कारण बढीभन्दा बढी क्यालोरी जलेर जाने गर्छ । त्यसैले सधैँ सादा नभई तातो पानी पिउन जरुरी हुन्छ ।

प्राणायामजस्ता योगासनले छोटो समयमा तौल कम गर्न सहयोग पु-याउँछ । त्यसैले योग कक्षामा सहभागी हुनुस् र सामान्य योगबाट सुरु गर्नुस् । जसले तपाईंको शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ ।

सेतु आसनजस्ता योगले छोटो समयमा फ्याट कम हुन्छ । स्पट जगिङजो बच्चालाई छाडेर बाहिर जान सक्दैनन्, उनीहरूले घरमा एकै ठाउँमा बसेर पनि एक्सरसाइज गर्न सक्छन् । त्यसका लागि जगिङको सहारा लिन सकिन्छ । तपाईं एकै ठाउँबाट उभिएर दौडने पोजिसनमा रहेर स्पट रनिङ गर्न सक्नुहुन्छ ।

डेलिभरीपछि स्विमिङ पुलमा तैरिँदा तपाईंलाई निकै आनन्द लाग्न सक्छ । यसले तपाईंको तौल घटाउन पनि सहयोग पु-याउँछ । यसो गर्दा मंसपेशीमा निकै प्रभाव पार्छ र तौल कम गर्न सहयोग पुग्छ । तर, सिजेरियन डेलिभरी गरेका महिलाले भने स्विमिङ गर्नुअघि डाक्टरको सल्लाह लिन जरुरी हुन्छ ।

post image

 जेठ १५,काठमाडौँ । स्वास्थ्य श्रेत्रमा यो वर्ष ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको छ। सरकारले आयुर्वेदिक विश्वविद्यालयका लागि १० करोड छुट्याएको छ। विश्वविद्यालयको नाम योगमाया आयुर्वेद विश्वविद्यालय राखिने उल्लेख छ।

आधुनिक स्वास्थ्य प्रयोगशाला र अत्याधुनिक मिर्गौला उपचार प्रत्यारोपण स्थापना गरिने खतिवाडाले बताए। थारु समुदायमा देखिएको सिकल सेले एनेमियाको उपचारको लागि अध्यन अनुसन्धान गरिने बजेटमा उल्लेख छ। त्यसैगरि सय शैया भन्दा बढी क्षमता भएको अस्पतालले विस्तारित स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने खतिवाडाले उल्लेख छ।

स्थानीय तहमा आगामी २ वर्षमा कम्तीमा एक चिकित्सकको सेवा अनिवार्य बनाइने अर्थमन्त्री खतिवडाले बताएका छन्। यसका लागि १२ सय वडामा ४ अर्ब अनुदान दिने निर्णय गरेको छ। सार्वजानिक यातायातमा तथा सार्वजानिक स्थलमा धुम्रपान निषेध गर्ने पनि बजेटमा उल्लेख छ। धुम्रपान तथा मद्यपान उत्पादन, बिक्रिवितरण तथा आयात निर्यातमा नयाँ निती बनाउने खतिवडाले उल्लेख गरेका छन्।

त्यसैगरि हरेक प्रदेशमा एक एक वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने उल्लेख छ। महामारी रोग नियन्त्रणको लागि विशेषज्ञ टोली गठन गर्ने समेत बजेटमा प्रस्तुत गरिएको छ। त्यस्तै हरेक अस्पतालहरुमा जेष्ठ नागरिक वार्ड गठन गर्ने पनि खतिवडाले बताएका छन्।

सरकारले उपलब्ध गराउने निशुल्क औषधि सबै स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध हुने बजेटमा उल्लेख छ। निजी मेडिकल कलेजको सहयोगमा दुर्गम क्षेत्रमा विशेषज्ञ तहको घुम्ती अस्पताल खोल्ने खतिवडाले उल्लेख गरे। सुत्केरी हुँदा अस्पतालले दिने यातायात खर्च दोब्बर बनाउने बजेटमा उल्लेख छ। स्वास्थ्य विमा मुलुकभरी विस्तार गरिने समेत खतिवडाले बताएका छन्।

अटिजम भएका बालबालिका तथा सामाजिक काम गर्नेहरुको कामको मुल्यांकन गरि अनुदान दिने बजेटमा उल्लेख छ। त्यस्तै वृद्दवृद्धाको लागि सन्तानले अनिवार्य हेरचाह गर्ने कानुन ल्याइने बजेटमा उल्लेख छ। दुर्गम स्वास्थ्य क्षेत्रका लागि एअर एम्बुलेन्स व्यवस्था हुनेसमेत उल्लेख गरिएको छ।

post image
 जेठ १४, काठमाडौँ । गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ।

यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयघात) बढिरहेको छ। यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ।

गर्मी मौसममा स्वस्थ रहन उच्च रक्तचाप भएका मानिसले निम्न कुरामा ध्यान दिनुपर्छ :
–    अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल ब्लड प्रेसर चेक गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ।
–    घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ। निस्कनैपर्ने अवस्थामा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ।
–    यदि मनोरन्जनका लागि घरबाहिर निस्कनु छ भने शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुपर्छ।
–    यदि घर वातानुकुलित छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ। सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैंन।
–    सा¥है गर्मी हुँदा नुहाउनुपर्छ।
–    दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ। चिया, कफी, मदिरा सेवनबाट बच्नुपर्छ।
–    घरबाट निस्कँदा मोबाइल साथमै राख्नुपर्छ ताकि कुनै असहज, अप्ठेरो महसुस हुँदा परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई फोन गर्न सकियोस्।
–    उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले गर्मी मौसममा ध्यान दिनुपर्छ।
–    गर्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ। त्यसैले शरीर सुख्खा हुन नदिन सचेत रहनुपर्छ।
(अनुदित सामग्री)

 

post image

जेठ १४,काठमाडौँ । होटेलको बेडमा सेती बेडसिट राखिएको सबैले देख्ने गरेका छौ। तर सेतोनै राख्नुको पछाडी के कारण रहेको छ त?  आज हामी तपाईलाई बेड सेतो बेडसीटले छोप्नु पछाडिको पाँच तथ्य बताउने छौ।

१ सेतो रङको कपडा सुन्दर र सफा देखिने गर्छ। जसले मानिसको मनलाई शान्त बनाउन मद्दत गर्ने हुन्छ। साथै यदि सेतो कपडामा केहि मात्र पनि दाग बसेमा देख्नको लागि धेरै सजिलो हुने गर्छ। जसका कारण होटलका कर्मचारीहरुले सफा गर्ने समयमा दाग राम्रोसँग देख्न सक्छन्। साथै ग्राहकले पनि फोहोर भएमा देखन एस्सजिलो होस् भन्ने होटेलको मनसाय भएका कारण बेडसिट सेतो हुने गर्छ।

२ सेतो कपडा धुनको लागि पनि सजिलो हुने गर्छ। किनकि यस कपडामा भएका सम्पूर्ण दाग देख्न सकिने हुँदा धुने समयमा दाग देख्न सकिन्छ। तर घरमा भने विभिन्न रङका कपडा हुने गर्दा सेतो कपडा धुन भने गार्हो हुने गर्छ। अन्य रङसँग मिश्रण हुने हुँदा घरमा भने सेतो बेडसिट धुन गार्हो हुने गर्छ।

३ सेतो कपडालाई शान्तिको प्रतिकको रुपमा लिनेद चलन रहेको छ। होटलले बेडसिट सेतो राख्नुको पछाडी आफ्नो ग्राहकलाई शान्ति महसुस होस् भन्ने मनसाय रहेको हुन्छ।

४ होटेलको कोठामा छिर्ने बितिकै सेतो,सफा,चमक देख्ने बितिकै जो-कोहीको मान पनि आनन्दित हुने गर्छ। यस कारण आफ्नो ग्राहकलाई आनन्दित साथै संतुष्टी मिलोस् भन्ने हिसाबले सेतो बेडसिट राख्ने गरिन्छ।

५ हरेक चिज सेतो राख्दा होटेललाई रङ मिश्रणको चिन्ता नरहने गर्छ। भने कोहि ग्राहकलाई कुनै निश्चित रङ मन नपर्ने हुँदा सेतों भने प्राय जस्तो मानिसहरुलाई मन पर्ने हुँदा पनि सेतो बेडसिट प्रयोग गर्ने गरिन्छ।

post image

जेठ १३, काठमाडौँ । मानसिक रुपमा बिरामी रहेका एक युवकलाई झुक्याएर मिर्गौला निकालिएको छ। नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रे, नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो।

गिरी आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर मोरङका थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गरिएको छ। बस्नेतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पीडितका आफन्त प्रह्लाद गिरीका अनुसार वैशाख १० गते गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो। आशिष फरार रहेको प्रहरीले जनाएको छ।

पीडित गिरीका गाउँले लालचन्द्र गिरी र डिल्लुराम गिरीसँग आशिषको चिनजान थियो। सोही आधारमा उनले आफ्नो बुबालाई मिर्गौला दिने व्यक्ति खोजी गरेका थिए। उनीहरुले आफ्नो गाउँ सुस्त मनस्थितिका व्यक्ति रहेका उसलाई आर्थिक प्रभावमा पारेर मिर्गौला निकाल्न सकिने आश्वासन दिएका थिए।

सोही अनुसार २ महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको पीडितको भनाइ छ। नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो। आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो।

जसअनुसार शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताए। पीडित पक्षले घटनामा अस्पतालको समेत मिलेमतो रहेको आशंका गरेका छन्।

अस्पतालले दाताबाट मिर्गौला झिक्नुअघि चार वटा जाँच गर्नुपर्छ। पहिलो, शारिरीक रुपमा स्वस्थ छ कि छैन? दोस्रो, कानुनी रुपमा सबै कागजात ठिकठाक छन् कि छैनन्। तेस्रो, दान गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ छ कि छैन। र चैथो, सर्जिकल रुपमा फिट छ कि छैन।

कानुनी रुपमा बनाइएका नक्कली कागजात अस्पतालले छुट्याउन नसके पनि सुस्त मनस्थितिको भनिएकाले अस्पताल र डाक्टरतिर पनि प्रहरीको अनुसन्धान मोडिएको छ।

किनभने मिर्गौला निकाल्नुअघि मानसिक रोग विशेषज्ञले जाँचेर स्वस्थ प्रमाणित गर्नुपर्छ। खासगरी दाताको ‘आइक्यु जाँच’ गरिने गरेको पाइन्छ। सुस्त मनस्थिति भएकाहरुले उक्त आइक्यु जाँच पास गर्न सक्ने सम्भावना कम हुन्छ।

post image

जेठ ११,काठमाडौँ । एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाइएको छ ।निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएपछि सो रोग नेपालमा पनि भित्रन सक्ने भन्दै पूर्व सजकता अपनाइएको हो।

निपा भाइरस हावाबाट सर्ने रोग नभएकोले नेपालमा यो रोग भित्रन्छ कि? भन्ने अवस्था तत्कालका लागि नरहेको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।

‘निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन। भाइरस भित्रन नपाओस् भनेर सजकता अपनाएका छौं’ महाशाखा प्रमुख डाक्टर हेमन्तचन्द्र ओझाले  भने, ‘डराउनुपर्दैन तर सजक रहनुपर्छ।’

दक्षिणी भारतको केरला राज्यमा यो भाइरसले मानिसको मृत्यु भएको हो। भारतमै केरलाबाट अन्य राज्यमा यो भाइरस नफैलिएकाले नेपालमा आत्तिनु नपर्ने ओझाले तर्क गरे। ‘केरलामा देखिएको निपाको संक्रमण भारतकै अन्य राज्यमा देखिएन। यसबाट पनि के बुझ्न सकिन्छ भने नेपालमा यो भाइरसको संक्रमण तत्काल छैन’ उनले भने।

केरला राज्यका स्वास्थ्य सचिव राजिव सदानन्दनलाई उद्धृत गर्दै बिबिसीले केरला राज्यमा निपा भाइरस संक्रमितको उपचारमा लागेकी एक नर्सको मृत्यु भएको उल्लेख गरेको छ। निपा भाइरस पहिचान सन् १९९९ मा मलिसया र सिंगापुरमा भएको मानिन्छ।

‘फ्रुट ब्याट’ नामको एक चमेरामा निपा भाइरस पाइन्छ। प्रायगरी पशुपंक्षीबाट यो भाइरस मानिसमा सर्ने गर्छ। अध्ययनले बंगुरबाट पनि निपा भाइरस मानिसमा सरेको देखाएको छ।

ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, टाउको दुख्नेजस्ता लक्ष्यण यो रोग लागेमा देखा पर्छ। निपा भाइरस लागेपछि मानिसको मृत्यु हुने दर ७० प्रतिशत रहेपनि बिबिसीले जनाएअनुसार अहिलेसम्म यो रोगविरुद्ध लगाउने कुनै खोप बनेको छैन।

post image

 जेठ १०,काठमाडौँ। स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ ।

आहार विशेषज्ञका अनसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी आवश्यक हुन्छ । तर गर्भावस्थाका दौरान यतिले मात्र पुग्दैन । फुड एण्ड न्युटिसन विशेषज्ञका अनुसार गर्भावस्थामा महिलालाई ३५० अतिरिक्त क्यालोरी आवश्यक हुन्छ । अर्थात् गर्भवतीले आफ्नो खानाबाट २३०० सम्म क्यालोरी प्राप्त गर्नुपर्छ । पर्याप्त मात्रामा  भिटामिन, खनिज, फाइबर, आइरन, जिंक र क्याल्सियम लिनुपर्छ ।

गर्भावस्थाको सुरुवाती महिना

गर्भावस्थाको पहिलो तीन महिनामा फोलिक एसिडयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । यसका साथै आइरनयुक्त पदार्थ बढी नै सेवन गर्नुपर्छ । यसले शिशुको राता रक्तकोष निर्माणमा मद्दत गर्छ । यो समयमा बिहान शरीर असामान्य महसुस हुने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी ६ लिनुपर्छ । क्याफिनयुक्त चिज सेवन कम गर्नुपर्छ । सामान्यतः डाक्टरहरुले पहिलो तीन महिनामा दिने डाइट चार्ट आवश्यक पोषक तत्वलाई ध्यानमा राखेर बनाउछन् ।

यी चिजबाट नडराउनुस्

गर्भावस्थाका दौरान कारणविना नै थकान महसुस हुन्छ । यसको मुख्य कारण हर्मोनमा आउने परिवर्तन नै हो । यस्तो अवस्थामा आरामको जरुरत हुन्छ । यसका अलावा पटक¬पटक पिसाब लाग्ने र बान्ता आउने समस्या पनि हुन्छ । जुन सामान्य मानिन्छ ।

कस्तो खाने ? 

ब्रेकफास्टमा ब्राउन ब्रेड, एक कचौरा ओट्स, दाल, साबुदाना, दुध, दही, अण्डाको सेतो भाग, डाइजेस्टिभ बिस्कुट खान सकिन्छ । यस्तै, डिनरमा ओमेगा थ्रि फ्याटी एसिड, भिटामिन डी, बिटा क्यारोटिन, क्याल्सियमयुक्त खानाहरु डाइट चार्टमा राख्न सकिन्छ । ओमेगा थ्रि फ्याटी एसिडयुक्त खाद्यपदार्थ शिशुको मष्तिष्क विकासका लागि फाइदाजनक हुन्छ भने क्याल्सियम र भिटामिन डीले शिशुको दाँत र हड्डीको विकासमा भूमिका खेल्छन् । आइरन पुरै ९ महिना आवश्यक हुन्छ । आइरनयुक्त खाद्यपदार्थसँगै कफी या चिया सेवन गर्नुहुन्न । किनकि, चिया र कफीमा भएको टेनिन नामक तत्वले आइरन शरीरमा शोसिन दिँदैंन ।

शिशुको तन्तुहरुको विकासका लागि नियमित रुपमा दूध पिउनु आवश्यक हुन्छ । दैनिक नास्ता र बेलुकीको खानापछि गरेर दिनभरमा ७५० मिलिलिटर दूध पिउनुपर्छ । यस्तै विकसित भइरहेको शिशुका लागि पानीका अलावा तरल पदार्थ सेवन गर्नुपर्छ ।

तौलमा ध्यान दिनुपर्छ 

गर्भावस्थाका दौरान १० देखि १३ किलो तौल बढ्नु पर्छ । हरेक तीन महिनामा एक देखि दुई किलो तौल बढ्नु उपयुक्त मानिन्छ । विज्ञहरु गर्भवती महिलाले दिनहुँ हिडडुल गर्ने र गहिरो श्वास लिने अभ्यास गर्ने  सल्लाह दिन्छन् ।

post image

जेठ ४,काठमाडौँ। आजकाल मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरु प्रोटिन सप्लिमेन्टको रुपमा खानामा सोयाबीन समावेश गर्ने गर्छन् । यसलाई दैनिक खाने पनि गर्छन् । सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ । तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔंः

मुटु रोगः

यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

गर्भवती महिलाः

डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

मृगौलाको समस्या हुँदाः

मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यत्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

थाइराइडका बिरामीलेः

सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

post image

जेठ १, काठमाडौं । प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । यसै आधारमा केही राशि जो एक–अर्काको शत्रु मानिएको छ, त्यस्तै केही राशिहरुमा सम्बन्धमा निक्कै लगाव रहने हुन्छ । राशिमा कतिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यी कुरा जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह नभए नै राम्रो मानिन्छ ।

मेष र वृश्चिक – एकतर्फी प्रेमले कसरी समस्या उत्पन्न गराउँछ भन्ने कुरा यी दुई राशिको जोडीबाट थाहा पाउँन सकिन्छ । मेष राशिका व्यक्ति वृश्चिक राशिलाई चाहेर पनि मनाउँन सक्दैनन्, टाढा पनि बस्न सक्दैनन् । मेष र वृश्चिकका राशिले चाहेर पनि प्रेम वा विवाह गर्न नहुने ज्योतिष शास्त्रको भनाई छ ।

वृषसँग धनुको – वृष र धनु राशिबीच प्रेम वा विवाह सम्बन्ध भएमा तहस–नहसको स्थिति सिर्जना गर्ने बताइन्छ । बृष राशिका व्यक्तिहरु जे सोच्छन् वा जीवनमा आफूले बनाएको लक्ष्य धनु राशिले परिवर्तन गराउँने अवस्थामा आउँछ । एकातिर धनु राशिकाले वृषका लाई पूरै परिवर्तन गराउँन चाहन्छन्, तर वृष राशिका परिवर्तन हुन चाहँदैनन् । यसरी यी राशिबीच तालमेल नमिल्ने हुन्छ ।

मिथुन र मकर – मिथुन राशिलाई मकरको जिद्दीपन र कुनै पनि कामलाई पूरा गरेरै छोड्ने बानी एकदमै मनपर्छ । यी राशिका व्यक्ति यति प्रभावित हुन्छन्, कि मकर राशिले जस्तै जीवनशैली बनाउँने प्रयास गर्छ । यस्तो अवस्थामा मिथुन राशिले आफ्नो अस्तित्व र आत्मविश्वास गुमाउँने गर्छन् ।

कर्कट र कुम्भ – कर्कट राशिलाई झुट मनपर्दैन, जहाँ कुम्भ राशिले भने सम्बन्धमा धेरै पारदर्शिता राख्नुपर्छ भन्नेमा विश्वास गर्दैन । त्यसैले, यी राशिबीच तालमेल नमिल्ने हुन्छ र यी बीचको सम्बन्धमा झमेला आउँने बताइन्छ ।

सिंहसँग मीन – मीन राशिका व्यक्ति आफ्नै दुनियाँमा व्यस्त रहने हुन्छन, जहाँ सिंह राशिका लागि भावना देखाउँनु र महसुश गराउँनेमा विश्वास गर्छ । सिंह राशिका व्यक्ति आफ्नो जोडी आफ्नो काममा पनि ध्यान दिओस्, कामप्रति राय तथा भावना व्यक्त गरोस भन्ने चाहन्छ । तर मीन राशिका व्यक्तिले भावुक सिंह राशिकालाई वास्तविक जीवनमा ल्याउँन गाह्रो हुन्छ । यसै कारण यी दुई राशिबीच सम्बन्ध बनाउँन गाह्रो हुने बताइन्छ ।

कन्यासँग मेष – कन्या राशिका व्यक्ति प्राय शान्त स्वाभावका हुन्छन् र विवादबाट बच्न चाहन्छन्, त्यसैले धेरै जसो झगडा, विवादआदिबाट बच्न अर्कोको कुरा मान्ने गर्छन् । तर, यसको फाइदा मेष राशिले उठाउने गर्छ । यस्तो अवस्थामा मेष राशिलाई आफ्नो जोडीबाहेक अरु केही मान्दैनन् ।

तुलाका लागि वृष राशि नराम्रो – आर्थिक मामिलामा यी दुवै राशिबीच एउटै प्रकारको राय हुन्छ, तर यी दुवै राशि एक–साथ रहनु असम्भव जस्तै हो । वृष राशि पैसालाई लिएर खासै बहस गर्न मान्दैन, यस कारण तुला राशिका व्यक्तिलाई वृषको साथ निभाउँन गाह्रो हुन थाल्छ ।

वृश्चिक र मिथुन – वृश्चिक राशिलाई हरेक चीज गहिराईबाट बुझ्ने बानी हुन्छ, जहाँ मिथुन राशिको व्यवहार एकदम रहस्यमयी हुने बताइन्छ । यस्तो अवस्थामा वृश्चिकलाई मिथुनप्रति विश्वास कम हुँदै जान्छ ।

धनु र कर्कट – कर्कट राशिलाई आफ्नो परिवार र घरसँग निक्कै लगाव हुन्छ, तर पनि धनुका लागि यसले समस्या उत्पन्न गराउँछ । धनु राशिका व्यक्ति सँधै नयाँ सिक्ने इच्छामा हुन्छन् र कर्कट राशिलाई सुझाव दिन एकदमै मनपर्छ । यद्यपी, कर्कट राशिको व्यवहार धनु राशिलाई अधूरो लाग्छ ।

मकर र सिंह – हावी हुनु सिंह राशिको स्वाभाविक गुण भएका कारण मकर राशिका व्यक्तिलाई सम्बन्ध बिग्रने खतराको संकेत थाहा हुन्छ । यदि सम्बन्ध नबिग्रिएमा पनि यी दुई राशिबीच खुशीले बास पाउँदैन ।

कुम्भ र कन्या – कुम्भ राशिका व्यक्ति थोरै स्वार्थी हुन्छन्, जहाँ कन्या राशिका व्यक्ति त्यागमयी हनुका कारण आवश्यकताभन्दा बढी आफ्नोभन्दा अरुको बारेमा चिन्ता गर्छन् । त्यस्तै, कन्या राशिले मनोविज्ञान पनि बुझ्छ, जो कुम्भ राशिको मनोस्थितिलाई बदल्ने प्रयत्न गर्छ ।

मीनका लागि तुला राशि खराब – तुला राशिका व्यक्ति प्राय आफ्नो आवश्यकता पूरा गर्छ मीन राशिको आफ्नो जोडीमा निर्भर रहन्छन् । यद्यपी, मीनलाई यसप्रति खासै आपत्ति हुन्न, तर आँफूलाई तुला राशिका लागि आवश्यक रहेको ठान्ने भूल गर्छ र सम्मान नमिलेमा उनका लागि तनावको कारण बन्न सक्छ ।

post image

जेठ १,विराटनगर  । घरबाहिर सर्वाङ्गीण नग्न भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएकोे सोमबार यहाँ आयोजित कार्यक्रममा सहभागीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा यहाँ आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी जनप्रतिनिधिले खुला दिसाका कारण युवती यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको धारणा व्यक्त गरे ।

सो अवसरमा जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँ ठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिन आग्रह गरे ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले चर्पीको अपरिहार्यतामा सर्वसाधारण संवेदनशील हुनुपर्ने बताउँदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो बानीमा परिवर्तन गरी चर्पी निर्माण गरी प्रयोग गर्न आग्रह गरे ।  सहभागी जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणका लागि अभियानको सञ्चालन गर्न खुला दिसाबाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतना जागृत गराउने बताए ।

खुला दिसाका कारण नेपालमा प्रत्येक घण्टा एकजना र प्रत्येक वर्ष १० हजार ५०० जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ । मोरङ जिल्लामा छवटा स्थानीय निकाय लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी, सुन्दर हरैँचा नगरपालिका र ग्रामथान र केराबारी गाउँपालिका खुला दिसामुक्त घोषणा भएका छन् ।

विराटनगर महानगरपालिकामा ४७ हजार ७८९ घरधुरी रहेकामा ५५० वटा घरमा अहिलेसम्म चर्पी निर्माण भएको छैन । नेपालमा पहिलो खुला दिसामुक्त जिल्ला कास्की रहेको छ । रासस

post image

वैशाख ३१, काठमाडौं ।वीर हस्पिटल सरसफाइ तथा रङ्गरोगन कार्यक्रम जारि रहेको छ  , यसरी हुदैछ काम हेर्नुहोस तस्बिरमा !

तस्बिर : सिताराम कट्टेलको फेसबुक बाट

 

post image

बैशाख २७,काठमाडौँ । मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्छन्। कतिपयमा अल्सर या क्यान्सरको कारण पनि हुन सक्छ । त्यसैले उपचार गर्नुअघि घाउको कारण पत्ता लगाउनु आवश्यक छ ।

मुखमा घाउ यी कारणले आउन सक्छन् :
१. मुखभित्र चोटपटक लागेर
२. तातोले पोलेर
३. एप्थस अल्सरका कारण
४. क्यान्सर लागेर

मुखभित्रका चोटपटकले हुने घाउ अचानक टोकिँदा, कृत्रिम दाँतले बनाएका, ब्रेसेसको तारले कोरेर, किराले खाएका दाँत फुटेर धारिलो हुँदा जस्ता कारणले गाला तथा जिब्रोमा घाउ हुन सक्छ । यस्तै, सही तरिकाले दाँत नमाझ्दा पनि गिजा तथा गालामा घाउ हुन सक्छ । चोटपटकले बनाएका घाउ र अन्य घाउ छुट्याउनुपर्छ । अर्कोतिर दाँत दुखेका बेला घरेलु रुपमा प्रयोग गरिने ल्वाङको तेल गिजामा पर्दा पनि घाउ हुन सक्छ । यो निको हुन समय लाग्छ । अरु केमिकलको प्रयोगले मुख तथा जिब्रोमा घाउ हुन सक्छ ।

तातोले बन्ने घाउ : तातो चिज खाएर हुने घाउलाई ‘इलेक्ट्रिसिटी थर्मल’ भनिन्छ । कुनै मानिसमा बिजुलीको तार दाँतैले टोक्ने चलन हुन्छ । कहिलेकाहीँ त्यस्तो तारमा करेन्ट आउँदा पनि घाउ हुन सक्छ ।

एप्थस अल्सर : केही मानिसमा पटक–पटक मुखमा घाउ आउने समस्या हुन्छ, यसलाई मेडिकल भाषामा ‘एप्थस अल्सर’ भनिन्छ । यो अल्सर हुनुको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा गिजा, ओठ, जिब्रो, जिब्रो मुनि, जिब्रो माथि जुनसुकै ठाउँमा पनि घाउ आउन सक्छ । कसैलाई यो समस्या निरन्तर देखिन्छ भने कसैलाई वर्षमा एकपटक देखिने हुन्छ ।

यो अल्सर मुखको गिजा, ओठ, जिब्रो, जिब्रोमुनि, जिब्रोमाथि जुनै ठाउँमा पनि आउन सक्छ । यो घाउ कुनैबेला ठूलो आकारमा देखापर्छ भने कुनै बेला धेरैको संख्यामा आउने गर्छ। कतिको मुखमा यो समस्या सधैंभरि पनि देखिन सक्छ । यो घाउ किन आउँछ भन्ने कारण पत्ता लगाउन नसकिए पनि वंशाणुगत, तनाव, खानाको एलर्जी, रोग प्रतिरोधी क्षमता कमजोर जस्ता कारणले आउन सक्छ । भिटामिन, खनिज पदार्थको कमीले पनि घाउ आउन सक्छ । तनावका बेला घाउ आउन सक्छ । तर यस्तो घाउ तनाव घटेपछि आफैं निको हुन्छ ।

केहीमा भने एचआइभी, यौनरोगजस्ता कारणले गर्दा घाउ आउँछ । केहीमा भने औषधिले गर्दा पनि मुखमा घाउ आउँछ । क्यान्सरले गिजा तथा जिब्रोमा घाउ आउन सक्छ । विशेषतः चुरोट, सूर्ति खाने मानिसमा यस्तो समस्या देखिन्छ । मुखमा घाउ आएर एक–दुई हप्तामा निको भएन भने क्यान्सर हुनसक्ने सम्भावना बढी हुन्छ ।

मुखमा घाउ पार्ने चिज छन् भने सबैभन्दा पहिले ती चिज हटाउनुपर्छ । चोटपटकका घाउका लागि पेनकिलर प्रयोग गरिन्छ । संक्रमण भएर आएको घाउका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । क्यान्सर छ भने पहिले मासुको जाँच गरेर त्यहीअनुसार किमोथेरापीको प्रयोग गरिन्छ । केही अवस्थामा शल्यक्रिया पनि गरिन्छ ।

ओरल क्यान्सर प्रायःजसो पुरुषमा देखिन्छ । विशेगरी गुट्का, पानपराग, सुपारी खानेहरुलाई मुख क्यान्सर हुने सम्भावना बढी हुन्छ । त्यसैले मुखमा कसरी घाउ आएको हो, मुखको पनि कुन अंगमा आएको छ, कुन प्रकृतिको छ जस्ता विषयमा सचेत हुनुपर्छ । मुखको घाउ भनेर बेवास्ता गर्नुहुन्न । कुनै घाउ गम्भीर प्रकृतिका पनि हुन्छन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ ।

post image

वैशाख २६, काठमाडौं । संघीय सरकारले स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच वृद्धिका लागि आगामी चार वर्षभित्र सबै स्थानीय तहमा कम्तीमा एक सरकारी अस्पताल स्थापनाको लक्ष्य लिएको छ ।नेपालको संविधानको मौलिक हकमा आधारभूत स्वास्थ्य सेवालाई समावेश गरिएको सन्दर्भमा सरकारको आउँदो नीति तथा कार्यक्रम र बजेटमा ‘एक स्थानीय तह : एक अस्पताल’ को कार्यक्रम आउने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

ती अस्पताल कम्तीमा १५ शय्याका हुनेछन् । स्वास्थ्य क्षेत्रमा चालु आर्थिक वर्षमा रु ४६ अर्ब बजेट रहेकामा आगामी आर्थिक वर्षका लागि घटाएर रु ४२ अर्बको सीमा दिइएको छ । ७५३ वटै स्थानीय तहमा चार वर्षभित्र अस्पताल र सेवा पुर्‍याउन आवश्यक बजेट तर्जुमा गर्न पहल भइरहेको उल्लेख गर्दै उनले भनिन्, “आधारभूत स्वास्थ्य सेवालाई वडा तहसम्म पुर्‍याइनेछ । सबै वडामा स्वास्थ्य इकाइ खडा गर्न प्राथमिकता दिइनेछ ।” हाल दुई हजार ३१२ वडा स्वास्थ्य इकाइबिहीन छन् ।

राज्यमन्त्री अर्यालले प्रदेश तहमा विशेषज्ञ अस्पताल स्थापना गरी एउटै स्वास्थ्य संस्थाबाट सबै प्रकारका उपचार गराइने व्यवस्था गरिने बताइन् । उनले स्थानीय तहलाई औषधि खरिदका लागि दिइएको रकम सदुपयोग गर्न तरिकामा अन्योल देखिएको वा कतिपय ठाउँमा रकमान्तर गरिएकाले स्वास्थ्य सेवा प्रभावित भएको पाइएको सुनाइन् ।

संविधानको मौलिक हकमा रहेका र वाम गठबन्धनको चुनावी घोषणापत्रमा भएका आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य, जनस्वास्थ्य जस्ता विषयमा आवश्यक कानून र नियमको तर्जुमा भइरहेको तथा समितिको संरचनामा रहेका अस्पताललाई एउटै छाता ऐनमा ल्याउन मन्त्रालय तयारीमा जुटेको छ ।सामुदायिक विद्यालयमा नर्सको प्रबन्ध र स्वास्थ्य शिविर सञ्चालन गरिने जनाउँदै राज्यमन्त्री अर्यालले समय सुहाउँदो प्रविधिमैत्री स्वास्थ्य सेवा आफ्नो प्राथमिकता हुने स्पष्ट पारिन् ।

निजी अस्पतालको शुल्क निर्धारण हुने 

सर्वसाधारणलाई ढाड सेक्ने गरी आफूखुशी शुल्क लिँदै आएका निजी अस्पतालको शुल्क निर्धारण र कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आफूले परामर्श शुरु गरेको जनाउँदै उनले भनिन्, ‘ती अस्पतालले लिने शुल्क निर्धारण गरिएका आधारमा हुन्छ र कुन सेवाका लागि कति शुल्क लाग्ने हो सेवाग्राहीले थाहा पाउने गरी पारदर्शीरुपमा टाँस्न पनि निर्देशन दिनेछौं ।’

स्वास्थ्य बीमा अनिवार्य 

राज्यमन्त्री अर्यालले स्वास्थ्य बीमालाई अनिवार्य गराई सम्पन्नबाट लिने, कमजोरलाई छुट दिने र नसक्ने विपन्नलाई पूरै निःशुल्कको नीति ल्याइने भन्दै स्वास्थ्य बीमालाई अनिवार्य गराई विपन्नलाई राहत हुने गरी काम गरिने विश्वास व्यक्त गरिन् ।

एक चिकित्सक : एक अस्पताल 

दूरदराजमा चिकित्सक नहुने र सरकारी सेवाका चिकित्सकले निजी क्षेत्रमा समय दिएको गुनासो आइसकेको बेला मन्त्रालयले अब ‘एक चिकित्सक : एउटै अस्पताल’ को नीति लिई कार्यान्वयन गर्ने भएको छ । राज्यमन्त्री अर्यालले भनिन्, ‘बरु चिकित्सकको सुविधा बढाइनेछ तर आफूलाई तोकिएको अस्पतालबाट बाहिर जान पाइने छैन ।’

post image

बैशाख २४,इटहरी। नेपाली सेनाको पूर्वी पृतना मुख्यालय हाताभित्र सञ्चालनमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रले सर्पको डसाइबाट अशक्त भएकाहरुको सहज उपचार गर्दै आएको छ।

विसं २०६९ देखि नेपाली सेनाको सहयोगमा सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि सात हजार १०० जनाले उपचार पाइसकेको सामुदायिक सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष दिवस पोख्रेलले जानकारी दिए।

सर्पदंशका पीडितलाई सहज रुपमा उपचार सेवा उपलब्ध गराउँदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रले यस वर्षको वैशाख तेस्रो सातासम्ममा झण्डै एक हजार ४०० जनाको उपचार गरिसकेको छ। इटहरी उपमहानगरका बासिन्दाको निःशुल्क उपचार गरिँदै आएको नगर उपप्रमुख लक्ष्मी गौतमले बताइन्।

भेन्टिलेटेरमा उपचार गर्नु पर्ने अवस्थाका पीडितलाई भने उपचार केन्द्रले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा विराटनगरको नोबेल मेडिकल कलेज पठाउने गरेको छ। रासस

post image

 बैशाख २१,काठमाडौँ । गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । गर्मीमा यी तरकारी खानु उपयोगी मानिन्छ ः

१. लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।

२. प्याज
गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।
३. करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।

४.हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्धत गर्छ ।

५. फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।

६. गोलभेंडा
दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

post image

वैशाख २०, काठमाडौं । कोलेस्टेरोल मुटु रोगको एउटा कारण हो। नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ। यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ। केही खानाले कोलेस्टेरोललाई नियन्त्रित राख्न सहयोग गर्छ र त्यस्ता खानाको साइडइफेक्ट पनि हुँदैंन।

१. ओखर 
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ। ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ। यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ। ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ।

२. ओलिभ आयल
यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो। यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ। यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ। यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ।

३. रेडवाइन
मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ। तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ। रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ। यसले कोलेस्टेरोल लेभललाई घटाउँछ। यसका  लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ।

४. सुन्तलाको जुस
सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो। सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ। यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो। यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ। एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ।

५. डार्क चकलेट
डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पु¥याउँछ। सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए। यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ। यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए।

६. ग्रीन टी 
ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ। अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ। ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।

post image

बैशाख १८,  काठमाडौ ।  प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ ।

बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो । अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा. देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

post image

 बैशाख १३, काठमाण्डौं । नेपालमा दिनप्रतिदिन महिला तथा बालिका माथि बलत्कारका घटनाहरु बढीरहेको प्रति मानवअधिकारकर्मीहरुले गम्भीर चिन्ता प्रकट गरेका छन् । दैनिक रुपमा नेपालभर बलत्कार जन्य घटनाहरु बढीरहेकोप्रति चिन्ता ब्यक्त गर्दै आज राजधानीमा महिला तथा बालिका सुरक्षा बिषयक छलफल कार्यक्रम आयोजना गरीएको छ ।

मानव अधिकार राष्ट्रिय महाभेला २०७४, संकल्प, युथ  एडभोकेसी नेपाल , महिला साझा अभियान नेपाल लगायतका संघसंस्थाहरुको संयुक्त पहलमा आयोजित छलफल कार्यक्रममा बोल्दै नेपाल प्रहरीका एसएसपी रबिन्द्र प्रसाद शर्माले बलत्कार मानवता बिरोधी अपराध भएकाले यस्ता अपराधमा संलग्नहरुलाई कडाभन्दा कडा कारवाही गर्न नेपाल प्रहरी सदैब कटीबद्ध रहेको धारणा ब्यक्त गर्नु भयो ।

एसएसपी शर्माले नेपाल प्रहरीले कहिल्यै पनि अपराधीको संरक्ष्ँण गर्दैन् भन्दै देशैभर २४३ महिला बालवालिका सेवा निर्देशनालयहरु मार्फत महिला हिंसा, हिंसाजन्य अपराध र बलत्कार लगायतका घटनाहरुमा प्रहरी सक्रियतापूर्वक लागीपरेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मानवअधिकार महाभेला २०७४ का संयोजक लिलि थापाले मुलुकमा दिन दिनै बलात्कारका घटनाहरु बढीरहेको सन्दर्भमा बिभिन्न राजनीतिक प्रेसर र मिलापत्रका नाममा दोषीलाई कारवाही गर्नुको साटो कही रकम पैसा लिएर सहमती गराउने प्रयास गर।ाईनुले पनि बलात्कारमा घटनाहरुको संख्या बढीरहेको बताउनु भयो । उहाँले बलत्कारीलाई कडाभन्दा कडा सजाय गर्नुपर्ने माग समेत गर्नु भयो । संयोजक थापाले ५२ प्रतिसत महिलाहरुका लागि केवल ५ प्रतिसत मात्रै महिला प्रहरी रहेकोले पनि अपराधीलाई कारवाही लगायतका कुराहरुमा केही समस्या आएको धारणा राख्नु भयो ।

त्यसरी नै सोही छलफल कार्यक्रममा बोल्दै बिभिन्न महिला अधिकारकर्मीहरुले बलत्कारजन्य घटनाहरुमा के–कस्तो कानूनी प्रावधान राख्ने सन्दर्भमा बृहत छलफल गरेर सो को मस्यौदा तयार पारी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने जानकारी समेत गराए ।

महिला अधिकारकर्मीहरुले बोले लगत्तै आफ्नो धारणा राख्नु भएका राष्ट्रिय महिला आयोगका सचिव अनिल कुमार ठाकुरले आयोगले बलत्कार, महिला हिंसा लगायतका उजुरीहरुलाई अनलाईन मार्फत दर्ता गरीरहेको बताउँदै नीति कानून र प्रक्रियाको माध्यमवाट कानून परिवर्तन गर्न पहल गर्न सकिने धारणा राख्न्ु भयो ।

त्यसरी नै बरीष्ठ मानवअधिकारकर्मी चरण प्रसाईले मानवअधिकारको पालना गर्दै बलत्कारजन्य घटनामा संलग्नलाई कानून बमोजिम कडाभन्दा कडा सजाय हुनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा बोल्दै युथ  एडभोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले  नैतिक शिक्षा , यौन शिक्षा लगायतका बिषयहरु बिद्यालय तहका पाठ्यक्रममा समावेश गरियो भने सानै देखी सबै जना सचेत हुने हुँदा बलात्कारक घटनामा कमी आउने बताउनुभयो ।

 

महिला तथा वालिका माथि भईरहेका बलत्कारजन्य घटनाका दोषीलाई मृत्युदण्ड दिनुपर्ने लगायतका आवाजहरु छलफलमा उठेका थिए भने कसैले सर्वस्व सहित जन्मकैद गरीनुपर्ने माग छलफल कार्यक्रममा गरेका थिए ।

झापामा औलो रोगमा नियन्त्रण

प्रकाशित मिती : Thursday
post image

बैशाख १३, झापा । झापामा औलोको संक्रमण घटेको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ।कार्यालयले ११ औं औलो दिवसका अवसरमा बुधबार भद्रपुरमा आयोजना गरेको कार्यक्रममा औलो रोग नियन्त्रण शाखाका भेक्टर कन्ट्रोलर जीवन चौलागाँईले उक्त जानकारी दिएका हुन्।

तीन वर्षअघि जिल्लामा ४२ जना औलो रोगी थिए। तर, सो संख्या घटेर अघिल्लो आर्थिक वर्षमा २२ जनामा झरेको छ। यसै आर्थिक वर्षको वैशाखसम्ममा सो संख्या अझ घटेर ४ जना मात्र औलोका बिरामी रहेको पाइएको भेक्टर कन्ट्रोलर चौलागाईंले जानकारी दिए। विसं २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने सरकारको योजनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय निरन्तर लागिरहेकोे उनले बताए।

उनका अनुसार जिल्लाका बाहुनडाँगी, काँकडभिट्टा, पृथ्वीनगर र जलथल क्षेत्रका केही ठाउँमा औलो संक्रमित भेटिएका छन्। रोगको निदान गर्न जनस्वास्थ्य कार्यालयले किटनाशक औषधि छर्ने काम गरिरहेको समेत भेक्टर कन्ट्रोलर चौलागाईंले जानकारी दिए।

जनस्वास्थ्य अधिकृत मधुसुदन कोइरालाले औलो प्रभावित क्षेत्रका गर्भवती महिलालाई कार्यालयले यसै आर्थिक वर्षभित्र किटनाशक झुल सात सयवटा वितरण गरिसकेको बताए।रासस

post image

बैशाख १०,काठमाडौं । कपालको समस्याबाट धेरै मानिस तनावमा हुन्छन् । कपालमा थुप्रै समस्या देखिन सक्छन्, जस्तै– कपाल झर्ने, खैरो बन्ने, सेतो, रुखो हुने आदि । कपालको यस्ता समस्या धेरैका लागि टाउको दुखाइको विषय बन्छ । मुलायम र राम्रो कपालले मानिसलाई स्टाइलिस देखाउन सहयोग गर्छ । तर, यस्ता समस्याबाट बच्नचाहिँ सम्भव छ । त्यसका लागि विभिन्न तेलको प्रयोग गर्न सक्नुहुन्छ ।

आर्गन तेल
कपालको समस्या छ वा त्यस्ता समस्याबाट बच्न चाहनुहुन्छ भने आर्गन तेलको प्रयोग गर्न सक्नुहुुन्छ । सानो कचौरामा हल्का तताउनुस् र कपालमा लगाउनुस् । र, यसलाई रातभर रहन दिनुस् । अनि बिहान उठेर सफा पानीले पखाल्नुस् ।
नरिवलको तेल
नरिवलको तेलमा फ्याटी एसिड हुन्छ । जसले कपाललाई स्मुथ बनाउन मद्दत गर्छ । यसलाई पनि हल्का मनतातो बनाउनुस् र कपालमा लगाएर रातभरि सुत्नुस् । अनि बिहान उठेर सफा गर्नुस् । यसले कपालमा निकै सकारात्मक प्रतिक्रिया देखाउँछ ।
एभोकाडोको तेल
यो तेलमा बढी एन्टिअक्सिडेन्ट हुन्छ, जसले कपाल स्मुथ बनाउन सहयोग गर्छ । केही थोपा एभोकाडो तेलमा जैतुनको तेल मिसाएर कपालमा राम्रोसँग मसाज गर्दा निकै लाभदायक हुन्छ । यसलाई पनि रातभर कपालमा रहन दिनुस् । अनि बिहान उठेर पखाल्न सक्नुहुन्छ ।
बदामको तेल
यदि तपाईंको कपाल रुखो र ड्यामेज छ भने यस्तो तेल उपयोगी बन्न सक्छ । त्यसका लागि तपाईंले टाउकोमा बदामको तेल लागाएर औँलाको सहायताले मसाज गर्न सक्नुहुन्छ । यसरी मसाज गरेको २–३ घन्टापछि पखाल्न सक्नुहुन्छ । यस्तो विधि हप्ताको तीनपटकसम्म दोहोर्याउनुहोस् ।
भिटामिन–ई तेल
यसमा निकै पोषण तत्व हुन्छ, जसले कपालको स्वास्थ्यमा सुधार ल्याउन सहयोग गर्छ । यदि तपाईंको कपालमा चमक छैन भने दुई क्याप्सुल भिटामिन–ई तेल लगाएर रातभर छोड्नुस् र बिहान उठेर स्याम्पुको सहायताले सफा गर्नुस् ।

post image

बैशाख १०,काठमाडौं । धूमपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने जान्दाजान्दै पनि धरै मानिसले यसको लत छाड्न सक्दैनन्। धूमपान त्याग गरेमा हृदयाघात, रक्तनलीसम्बन्धी समस्या, क्यान्सर तथा मष्तिष्कघातबाट मृत्यु हुने जोखिम कम हुन्छ । धूमपान छाड्न चिकित्सकसँग कुरा गर्न सक्नुहुन्छ अथवा साथी तथा सहकर्मीबाट सहायता या प्रोत्साहन लिन सकिन्छ । धूमपान सेवन त्याग गरेपछि हुने तनावबाट कसरी मूक्त हुने भन्नेबारे औषधि तथा अन्य साधनाका बारेमा पनि चिकित्सकबाट सहयोग लिन सक्नुहुन्छ।

धूमपान छाड्नुभन्दा पहिले पहिले छाड्ने संकल्प गर्नुहोस् । धूमपान पछि सिकेको बानी हो, जसलाई तपाईंले भुल्न सक्नुपर्छ । धूमपान सेवन गर्न त्यति सहज छैन, तर त्यसप्रति गम्भीर हुनसक्नुपर्छ।

धूमपान छाड्ने तयारीसम्बन्धमा निम्नलिखित उपाय अवलम्बन गर्नुहोस् :

१) आफूले हरेक दिन पिउने चुरोटको संख्या घटाउनुहोस्।
–  प्रत्येकपटक सेवन गर्दा केवल आधा मात्र चुरोट सेवन गर्नुहोस् ।
– दिनमा सकेसम्म धेरै घण्टाको फरकमा मात्र सेवन गर्नुहोस् ।

२) एस्ट्रे सफा राख्नुहोस् र एकपछि एक गर्दै टाढा राख्दै जानुहोस् । चुरोट तथा सूर्तिजन्य पदार्थको गन्ध आउने कपडा, घर, अफिस,गाडी वा अन्य सामग्रीहरु सफा र गन्धमुक्त राख्नुहोस्।
३) धूमपान तथा सूर्ति सेवन छाड्न कोही साथी तथा श्रीमतिलाई पनि सँगै छाड्न मनाउनुहोस् ।
४) धूमपान तथा सूर्ति सेवन छोड्नुभन्दा पहिले शारिरिक व्यायाम शुरु गर्नुहोस् ।
५) आफूलाई खासै मन नपर्ने ब्राण्डको चुरोट सेवन गर्नुहोस् ।
५) अतिरिक्त लाईटर भएमा फ्याँक्नुहोस्।

कसरी छाड्दै जाने ?

१) यदि तपाईलाई साथीसँग बसेर चुरोट सेवन गर्न मन लाग्छ भने अबदेखि एक्लै सेवन गर्नुहोस् ।
२) आफूले किन धूमपान तथा सूर्ति सेवन गरिरहेको छु भन्ने सोच्नुहोस् । जुन कुराले धूमपान तथा सूर्ति सेवन गर्न पे्ररित गरिरहेको छ, ती कुराबाट बच्ने कोशिस गर्नुहोस् ।
३) आफूले धूमपान तथा सूर्ति सेवन छाड्नुपर्ने ५ कारण लेख्नुहोस र ती कारणहरु हरेकदिन पढ्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने मिति  मिति तोक्नुहोस् र त्यो दिनसम्म सेवनलाई बिस्तारै कम गर्दै लैजानुहोस् । तोकेकोे दिनमा पूर्ण रुपमा धूमपान तथा सूर्ति सेवन बन्द गर्नुहोस् । यदि तपाई कामको बेला वा अफिसको बेला मात्र सेवन गर्नुहुन्छ भने बिदाको समयमा  मात्र सेवन छोड्नुहोस् ।

धूमपान तथा सूर्ति सेवन छाड्ने दिनमा 

१) आफूसँग भएको चुरोट तथा सूर्ति, लाईटर र एस्ट्रे फ्याँक्नुहोस् ।
२) धूमपान तथा सूर्ति सेवन त्याग्न साथीहरु तथा परिवारका सदस्यलाई सहयोग गर्न भन्नुहोस् ।
३) त्यस दिनका लागि योजना बनाउनुहोस्, जुन दिन व्यस्त हुनुहुनेछ । त्यस्तो ठाउँमा जानुहोस् जहाँ धूमपान तथा सूर्तिसेवन मनाही छ, उदाहरणका लागि पुस्तकालय वा सिनेमा हल । आफ्नो दिनचर्या बदल्नुहोस् ।
४) पानी पिउनुहोस् तर दिनभरिमा दुई लिटरभन्दा बढी होइन । यसले तपाईंको शरीरको रसायनलाई बाहिर निकाल्न मद्दत गर्छ ।
५) तलतलबाट मुक्त हुन चिनीरहित चुईंगम, चकलेट अथवा अन्य कुनै खानेकुराहरु मुखमा राख्नुहोस् ।
६) लामो तथा गहिरो सास लिने अभ्यास गर्नुहोस् र दिमागलाई आराम हुने टेपहरु सुन्नुहोस् ।
७) करिब ३० मिनेटजति व्यायाम गर्नुहोस् ।
८) नियमित रुपमा खाने खाना खानुहोस् ।
९) चुरोट तथा सूर्ति खरिदका लागि खर्च हुने रकम बचत गर्न छुट्टै खुत्रुकेको व्यवस्था गर्नुहोस् ।
१०) चुरोट तथा सूर्ति सेवन नगरेको हुनाले दिनको अन्त्यमा आफैंलाई धन्यवाद दिनुहोस् ।

केही दिन तथा हप्ता सम्ममा तपाईं चुरोट तथा सूर्ति सेवन छाडेको कारणबाट देखिन सक्ने केही लक्षणबाट मुक्त हुँदै जानुहुनेछ । रिस उठ्ने तथा झकर्नेजस्ता लक्षणबाट मुक्त हुन कसरत तथा व्यायाम गर्नुहोस् । त्यसपछि तपाईलाई भित्री मनदेखि नै चुरोट तथा सूर्ति सेवन छाड्न मन लाग्न थाल्नेछ।

चुरोट तथा सूर्ति सेवन गर्न तलतल लाग्नेबित्तिकै विस्तारै तथा गहिरोसँग लामो श्वास लिनुहोस्, जसले तपाईंको तलतल हटाउने छ । आफ्नो दिमागबाट चुरोट तथा सूर्ति सेवनसम्बन्धी याद हटाउनुहोस् । आफ्नो काममा बढी केन्द्रित हुनुहोस् । आफूले चुरोट तथा सूर्ति सेवन नगरेको दिन भित्ते पात्रोमा चिन्ह लगाउँदै जानुहोस् र आफूले आफैंलाई धन्यवाद दिनुहोस्।