post image

असार ३१, काठमाडौं । मोटिफ एजुकेशन अब्रोड संस्थाको विकासभन्दा विद्यार्थीको सेवामा प्रतिबद्द  छ । मोटिफ दक्ष जनशक्तिद्वारा सञ्चालित तथा उचित शुल्कमा गुणस्तरीय प्रिपरेशन कोर्स सञ्चालन गर्ने संस्था हो । सन् २००७ मा स्थापना भएको मोटिफ काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ ।

सोहि मोटिफ एजुकेशनले मंगलबार अब्रोड स्टडीमा जान चाहने बिद्यार्थीलाई लक्षित गर्दै एक इन्फर्मेशन सेसन को आयोजना गरेको छ  । मोटिफले अष्ट्रेलियाको युएनइ ( युनिभर्सिटी अफ न्यु इंग्ल्याण्ड) संगको सहकार्यमा इन्फर्मेशन सेसनको आयोजना गरेको हो । इन्फर्मेशन सेसनमा युएनइकी प्रतिनिधि जेनिफर रसेलले युनिभर्सिटीका बारेमा उपस्थित बिद्यार्थी तथा अभिभावकलाई जानकारी गराएकी थिइन ।

युएनइ युनिभर्सिटी अफ इंग्ल्याण्डले लामो समयदेखि मोटिफसंग सहकार्य गरेर बिद्यार्थीहरुलाई उत्कृष्ट परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ । उक्त सेसनमा बिद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।

मोटिफले अष्ट्रेलियाका साथै अमेरिका, बेलायत, आयरल्याण्ड,  न्यूजिल्याण्ड र क्यानडा जाने विद्यार्थीलाई परामर्श, टेष्ट प्रिपरेशन, भिसा प्रक्रियालगायत सेवा प्रदान गर्दै आएको छ । टेष्ट प्रिपरेशनअन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जिम्याट , पीटिइलगायत कोर्स सञ्चालन गरिरहेको छ ।

post image

असार २९, काठमाडौं । धेरै बिद्यार्थी र अभिभावकको मन जित्न सफल मोटिफ एजुकेशन अब्रोड संस्थाको विकासभन्दा विद्यार्थीको सेवामा समर्पित रहेको छ । मोटिफ दक्ष जनशक्तिद्वारा सञ्चालित तथा उचित शुल्कमा गुणस्तरीय प्रिपरेशन कोर्स सञ्चालन गर्ने संस्था भएको प्रमुख कार्यकारी अधिकृत उमेश पाण्डेले बताए । सन् २००७ मा स्थापना भएको मोटिफ काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ ।

सोहि मोटिफ एजुकेशनले हालै अष्ट्रेलिया अध्ययन गर्न चाहने बिद्यार्थीलाई लक्षित गर्दै एक इन्फर्मेशन सेसन सम्पन्न गरेको छ  ।उक्त इन्फर्मेशन सेसनमा अष्ट्रेलियाका द होटल स्कुलका प्रतिनिधिले इन्फर्मेशन सेसनको आयोजना गरेका थिए  । इन्फर्मेशन सेसनमा द होटल स्कुलका रीजनल  मेनेजर आशिष भट्टले स्कुलका बारेमा सबैलाई जानकारी गराएका थिए ।

सिड्नी र मेलबर्नका कलेजमा टुरिजम एण्ड होटल मेनेजमेन्ट संचालन गरिरहेको द होटेल स्कुलले साउदन क्रस युनिभर्सिटीसंगपार्टनरसिप गरेको छ ।

मोटिफले अष्ट्रेलियाका साथै अमेरिका, बेलायत, आयरल्याण्ड, न्यूजिल्याण्ड र क्यानडा जाने विद्यार्थीलाई परामर्श, टेष्ट प्रिपरेशन, भिसा प्रक्रियालगायत सेवा प्रदान गर्दै आएको छ । टेष्ट प्रिपरेशनअन्तर्गत आईईएलटीएस, टोफल, स्याट, जिम्याट , पीटिइलगायत कोर्स सञ्चालन गरिरहेको पाण्डेले बताए ।

बिद्यार्थीहरुले कुनैपनि कोर्ष लिन जाँदा कन्सल्टेन्सी र आफुलाई पढाउने शिक्षक वा ट्रेनरको एजुकेशन लेभल , अनुभवलाई बुझेर पढ्न र आफुले सोचेको जति र त्यो भन्दा बढी मार्क्स ल्याउने गरी मेहेनत गर्न पाण्डेले प्रोत्साहन समेत गरे । राम्रो मार्क्स ल्याउन सके छात्रबृति पाउन सजिलो हुने र विदेशमा जीवनयापन गर्न राहत मिल्ने हुँदा आफु जान लागेको स्थानको भाषा , संस्कृतिलाई बुझ्न पनि आग्रह  पाण्डेले आग्रह गरे ।

पाण्डे अष्ट्रेलियाका लागि ‘क्वाइलिफाइड एजुकेशन एजेण्ट काउन्सिलर’ हुन् । मोटिफले विद्यार्थीको समग्र अवस्थाको अध्ययनपछि के पढ्दा ठीक हुन्छ भन्ने कुरा निश्चित गर्ने र त्यसपछि परामर्श शुरू गर्ने उनले बताए । आफूहरू परामर्शदाता मात्र नभएर नेपालमा एक प्रतिष्ठित टेष्ट प्रिपरेशन सेण्टरका रूपमा पनि स्थापित भइसकेको पाण्डेको दाबी छ । मोटिफमा विद्यार्थीका लागि चाहिने ल्याब, कक्षाकोठा लगायतका भौतिक र शैक्षिक सामग्री, अनुभवी शिक्षकलगायतको उचित व्यवस्था छ ।

‘विद्यार्थीलाई जानकारी दिने र सहयोग गर्ने काम एउटा प्रक्रिया र औपचारिकताका लागि मात्र होइन,’ पाण्डेले भने, ‘उनीहरूका लागि उचित विश्वविद्यालयमा पठाउनु हाम्रो दायित्व हो ।’

नेपालमा रहेका कन्सल्टेन्सी विदेशी विश्वविद्यालयको एजेण्टका रूपमा काम गरिरहेको उनको भनाइ छ । विदेशी उच्चस्तरीय विश्वविद्यालयहरूको प्रतिनिधिका रूपमा नेपाली विद्यार्थी र अभिभावकलाई सही परामर्श दिनु मोटिफको उद्देश्य रहेको उनले बताए ।

काठमाडौँको नयाँ बानेश्वरमा हेड अफिस रहेको मोटिफ एजुकेशनको पुतलीसडक , पोखरा , बिराटनगर र अष्ट्रेलियामा शाखा विस्तार गरिसकेको छ ।

 

post image

post image

नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि एक नेपालीले ‘एक किताब’ इभेन्ट आयोजना गर्दै आईरहेको छ । “आफुु पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका साथ यस बर्षपनि सो इभेन्टको आयोजना गरिने भएको छ ।

आगामी  अगष्ट १० देखि १२ तारिख सम्म हुने यस इभेन्टमा दश हजार नेपालीले एक एक किताब दिनेछन् । किताब घरबाट ल्याउन पनि सक्नेछन् वा इभेन्टकै स्टलमा रहेको किताब किनेर पनि दिन सक्नेछन् ।

हजारौं नेपालीहरु सहभागि हुने यस कार्यक्रममा १०० स्वंसेवकहरुले तयार गरेका बिभिन्न स्टलहरु पनि अवलोकन गर्नुका साथै युवाहरुको साहित्यिक तथा साङ्गीतिक प्रस्तुतिहरुमा पनि रमाउन सकिने छ  ।

चर्चित साहित्यकार, कलाकार तथा विभिन्न क्षेत्रका किताबप्रेमीहरुको सहभागितमा यस कार्यक्रम प्रज्ञाप्रतिष्ठानको भानुभक्त हलमा हुनेछ । यस इभेन्ट तीन दिन हरेक दिन बिहान १० बजेदेखि सुरु भई बेलुका ४ बजेसम्म चल्नेछ ।

योे इभेन्ट भन्दा एक महिना अगाडी नै देखि सय जना युवाहरुले ९०,००० बालकथाका किताबहरु संकलन गर्ने लक्ष्य लिएका छन् । त्यसमा तीन दिनमा प्राप्त बालकथाका किताबहरु जोडेर हुने एक लाख बालकथाका किताबहरु दुर्गम गाउँका बालबालिकाहरुको हातमा पुर्याउने आयोजकले लक्ष्य लिएको छ  ।

एक किताब अभियानको लक्ष्य सन् २०३० सम्ममा एक करोड बालकथाका किताबहरु बाँड्ने रहेको छ । यस अघि नै एक लाख किताबहरु बाँडेर १४ जिल्लाका एक सय स्कुलहरुमा अध्यनरत हजारौं नानीहरुको हातमा किताब पुुगिसकेको छ । एक करोड किताबको लक्ष्यबाट बाँडिएका किताबहरुबाट हजारौं स्कुलहरुमा बालपुस्तकालयहरु स्थापना हुनेछन् ।

post image

जेठ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे ।

त्रिभुवन विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कार्वाही हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताए । उनले मुलुकको आवश्यक्ता अनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गरे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवीनै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराए । उनले विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्र्एिको उल्लेख गर्दै दुःख पनि व्यक्त गरे ।

 

post image

असार १८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित विद्यार्थीले पनि मौका परीक्षामा सहभागी भएर लाभ लिन सक्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, साउन २६ गते १ विषय र २७ गते दुई विषयको ग्रेड वृद्धि गर्न चाहनेको परीक्षा हुनेछ । यसअघि विषयअनुसार परीक्षा गर्दै आएको बोर्डले यसपटक दुई दिन मात्रै परीक्षा गर्न लागेको हो ।

परीक्षामा सहभागी हुन चाहनेले साउन १५ सम्ममा आवेदन फारम भर्ने समयसीमा बोर्डले तोकेको छ ।

गत चैतमा सञ्चालित एसईई परीक्षाको परीक्षाफल असार १२ गते सार्वजनिक भएको थियो । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

post image

असार १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीहरुको तर्क छ ।

९ अंक ल्याउका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार पाइएपछि अख्तियारले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ ।

यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरेका छन् ।

रजिष्टार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । उनले भन्दा ६/७ प्रतिशत बढी नम्बर ल्याउने पनि छन् ।’

कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिष्टार उप्रेतीले जानकारी दिए ।

समिति सदस्यहरुले भने यो प्रकरणले विगतमा पनि नम्बर थपेर पार गराउने, गोल्डमेडल दिने कार्य हुँदै आएका थिए भन्ने पुष्टि गरेको दाबी गरेका थिए । जवाफमा रजिष्टार उप्रेतीले यसबारे अध्ययन गर्ने आन्तरिक रणनीति बनाएको बताए ।

शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमूना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला (नम्बर इन्ट्रीमा) ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिष्टार उप्रेतीले बताए । ‘नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनु भएछ’ उनले भनेका छन् ।

समिति बैठकमा रजिष्टार उप्रेतीले मार्कस्लिपमा ९ नम्बर नै रहेको (प्रिन्ट पेपर) समिति बैठकमा देखाएका थिए ।

‘मार्कस्लिपमा ९ नम्बर नै छ । तर, पछि ६९ बनाइएको रहेछ’, उप्रेतीले पेपर देखाउँदै भने । कोइरालालाई २०७२/७३ को वाषिर्क परीक्षाको नतिजामा एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपेर मार्कसिट र ट्रान्सक्रिप्ट दिएका हुन् । नम्बर थपिदिएको आरोपमा गोप्य शाखाका अधिकृत रामु कर्माचार्य पक्राउ परिसकेका छन् ।

सुरेन्द्रलाई ६० नम्बर थपेर ६९ बनाएर मार्कसिट दिएको विषय आफुहरुले गत चैतमा थाहा पाएको रजिष्टार उप्रेतीले बताए । त्यसपछि नै आफुहरुले आन्तरिक रुपमा अध्ययन गरिरहेको र अहिले यो विषय बाहिर आएको उनको भनाइ थियो ।

नम्बर थपेर डिग्री हात पार्ने कोइराला भने पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी हुन् ।

post image

असार १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुनेगरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्। पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे। ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ। देशमा काम पाएको छैन। पायो भने सीप र क्षमता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन सुरु गर्नुपर्दछ।’

ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यतान मिल्दा ठूलो ठूलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको सुनाए। ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ। त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेरमात्र शिक्षामा लगानी गर्नु पर्दछ।’

आवश्यकता, रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेरमात्र विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने उनले बताए। ‘विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस,’ ओलीले भने।

post image

असार १६, काठमाडौँ । यही असारको अन्तिम साता नेपालमा इक्यानले ‘बृहत शैक्षिक मेला’ को आयोजना गर्ने भएको छ ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही असारको २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस वर्ष पनि वृहत शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

स्वदेश तथा विदेशमा रहेका राम्रा शैक्षिक संस्थाहरुको बारेमा आवश्यक जानकारी दिने उद्देश्यका साथ यस वर्ष पनि शैक्षिक मेला आयोजना गर्न लागिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी उनले ४ दिनसम्म चल्ने सो मेलामा १ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको पनि बताए ।

 मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रलिया, जर्मन, फ्रान्स, डेनमार्कलगायतका मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि बढि उपयोगी हुने दावी गरिएको छ ।

post image

असार १५, काठमाडौं । शिक्षा क्षेत्रलाई कर्मथलो बनाउँदै आएका युवा ब्यवसायी शिशिर सिंखडाले आफ्नो जन्मदीन सदावर्ष झैं यसपटक पनि फरक तवरले मनाएका छन् । हरेक वर्ष जन्मदीनमा सामाजिक काम गर्ने सिंखडाले यसपटक भक्तपुर स्थित मानव कल्याण समाजलाई १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन् ।

राजधानीको बागबजारमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी संस्था सञ्चालन गर्दै आइरहेका शिशिरले आफ्नो जन्मदीन सेवा घरमा मनाउँदा सेवा घरका सञ्चालक मात्र हैन सामाजिक क्षेत्रका सक्रिय ब्यक्तित्वहरु समेत प्रभावित भए ।

शुक्रबार सेवा घरमा विशेष कार्यक्रम थियो । कलकल ग्रुपको विशेष सहयोगमा मकालु खबरले तयार पारेको डकुमेन्ट्री प्रर्दशन गर्ने कार्यक्रममा प्रमुख अतिथि भएर आएका थिए, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधान । उनले समेत शिशिर सिंखडाको कार्य प्रति प्रशंशा गर्दै अहिलेका युवाहरुले जन्मदीनमा जाँडरक्सी खाएर खर्च गर्नुभन्दा यस्ता सामाजिक काम गर्नुपर्ने औल्याए । ‘शिशिर जीको जस्तो सोच अहिलेको पुस्तामा हुन जरुरी छ । समाजबाट यो देशलाई नै सडक मानवमुक्त बनाउन हातेमालो गर्न जरुरी छ ।’

कार्यक्रम हुँदै गर्दा चामल, चिउरा, दाल नुन तेल लिएर आएका शिशिर सिंखडालाई एसपी प्रधान सहित कार्यक्रममा उपस्थित भएका विभिन्न महानुभावहरुले तालीसँगै पुष्पगुच्छाले हर्षोल्लासका साथ स्वागत गरे । ‘सडकमा आफ्नो पहिचान नै गुमाएर जीवन ब्यतित गर्दै आएका आमाबुबा, दाजुभाई छोराछोरीलाई सेवा घरले आश्रय दिइरहँदा यस्ता सहयोगी हात पाउँनु हाम्रो लागि गर्वको कुरा हो, शिशिर सर र उहाँको परीवार प्रति कृतज्ञता ब्यक्त गर्दछौं ।’ कार्यक्रम सञ्चालिका तथा मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले माइकबाटै उद्घोष गरिन् ।

जन्मदीनमा मदीरा पार्टी गर्दै लाखौं खर्च गर्ने युवाहरुको सोच बदल्न शिशिरले हिजो शुक्रबार मानव कल्याण समाजका ४० जना असहाय, बृद्धबृद्धा, मनोरोगी र अनाथ बालबालिकासँग खुसीयाली साटासाट गर्न आफ्ना परीवार सहित सेवा घर पुगेका थिए । उनले उक्त अवसरमा सेवा घरलाई १ महिनासम्म पुग्ने खाद्यान्न सहयोग गरे ।

नयाँ बानेश्वरमा परीवार सहित बस्दै आएका शिशिरले चामल, नुन, तेल, दाल, मरमसला र चिउरा लिएर गएका थिए । ‘मानव भएर मानवको सेवा गर्नुभन्दा ठूलो धर्म अरु केही हैन, थोरै भएपनि यहाँहरुको अभियानमा हातेमालो गर्न पाएँ धन्य भएको छु ।’ कार्यक्रममा बोल्दै सिंखडाले भने ।

उनले आफ्नै घरपरीवारबाट तिरस्कृत भएर पहिचान गुमाउँदै सडकमा नारकीय जीवन ब्यतित गर्नेलाई आश्रय दिएर सेवा घरले सबैभन्दा ठूलो धर्म गरेको जिकिर गरे । ‘मन्दीर गएर, पुजा पाठ गरेर कमाएको धर्म मानव सेवा गरेको भन्दा ठूलो धर्म हुन सक्दैन । अरुको गाँस काटेर खाएको अन्नले पेट त भरिएला तर, मन भरिन्न । हामी सबैले एक छाक नखाएर भएपनि भोकाएकालाई खुवाउनु जरुरी छ ।’ उनले भने ।

आजकल परीवार एकल हुँदै गएको र छोराछोरीले बृद्ध बाबुआमालाई तिरस्कार गर्ने संस्कार विकसित भएको भन्दै यसले सामाजिक विचलन नै आउन सक्ने प्रति चिन्ता ब्यक्त गरे । विभिन्न दाताहरुको स्वेच्छिक सहयोगबाट सञ्चालन भइरहेको सेवा घरमा सिंखडा परीवार नै पुगेर खुसीयाली साटासाट गर्दा सेवा घरकी सञ्चालिका सुमित्रा चौंलागाई मात्र हैन त्यहाँ आश्रित ४० जना आमाबुबा, दाजुभाई तथा बालबालिका समेत औधी खुसी भएका थिए ।

‘उहाँको यो सहयोगले हामीलाई ठूलो राहत मिलेको छ, उहाँ जस्ता सहयोगी हातहरु अब सेवा घरलाई उठाउन जुट्नु पर्छ ।’ सेवा घरकी अध्यक्ष सुमित्रा चालागाईले भनिन् । विभिन्न कारणले आफ्नो घरपरीवारबाट तिरस्कृत भएका, सडकमा वेवारिसे अवस्थामा जीवन यापन गर्न बाध्य भएकालाई सेवा घरले आश्रय मात्र दिएको छैन धेरैलाई समाज र परीवारमा पुर्नस्थापित समेत गरेको छ ।

दुई वर्षअघि दुईवटा कोठा भाडामा लिएर सुमित्रा चौलागाईले सुरु गरेको सेवा घरमा अहिलेसम्म १ सयभन्दा बढिले आश्रय पाइसकेका छन् । त्यसमा करिब ३५ जना पुनः समाज र परीवारमा पुर्नस्थापित भएको सञ्चालिका सुमित्रा चौलागाईले बताइन् ।

‘सडकमा भौतारिइरहेका मानवहरुलाई सेवा घरमा ल्याएर आश्रय दिनु दिर्घकालिन समाधान हैन, उहाँहरुलाई सडकमा आउन नदिनु नै ठूलो कुरा हो । त्यसका लागि समाजमा जनचेतना फैलाउनु जरुरी छ ।’ पछिल्लो समय घरपरीवारमा बृद्धबृद्धा, मनोरोगी र असहायलाई तिरस्कार गर्नेहरु बढिरहेको सन्दर्भमा सुमित्राले भनिन् ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका डिएसपी शिशु प्रधान, कलकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत करुण पराजुली, समाजसेवि राजाराम खड्का, संगमेश्वर महादेव विकास संस्थाका अध्यक्ष मोहनव रसिद प्रधान, संगम योग साधना केन्द्रका अध्यक्ष केदार प्रसाद श्रेष्ठ, जिबन बिज्ञान राधे राधे केन्द्रका अध्यक्ष शान्ति ढकाल लगायत विभिन्न समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

post image

असार १५,काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो ।

कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा मोतीराम फुयाँल थिए । भीम क्षेत्री, गीता राणा, तारापति खरेल विशेष अतिथिको रूपमा थिए ।

कार्यक्रमको अतिथिहरूमा नारायण पौडेल, सुधीर झा, हरिकृष्ण ण्काल, रामकृष्ण थापा, के.पी पाठक, महानगरीय प्रहरी कमलपोखरीका प्रतिनिधि टंक थापा (के.सी) रहेका थिए । अन्य अतिथिहरूमा विष्णु पराजुली, हरि श्रेष्ठ, कमलदिल मिया, विष्णु पनेरु, सुरेन्द्र मिश्र, राजेन्द्र बस्नेत, हेमराज आचार्य, कोषबहादुर जि.सी रहेका थिए ।

त्यसैगरी बन्दसत्रबाट नयाँ कार्यसमितिको चयन गरियो । नयाँ कार्यसमतिमिा अध्यक्ष सुरेश भट्टसहित उपाध्यक्ष सन्तोष जि सि, महिला उपाध्यक्ष नितु झा, सचिब भुपाल उप्रेती, सह सचिब ओमनाथ कडरिया, कोषाध्यक्ष रमेश बराल छन् ।

सदस्यहरूमा सरोज श्रेष्ठ, भरत चन्द कृष्णप्रसाद गौतम, कुस्मिता तिवारी, कमल लामिछाने, सुदिप श्रेष्ठ, सराम महत, विप्लव भट्टराई, गणेश गुरागाईं, कर्ण राई, नवीन कौनजीया, दिनेश अधिकारी, शर्मिला ओझा हेमन्त पराजुली र रामनरेश राय छन् ।

कार्यक्रकमा शिक्षा व्यवसायी र सरोकारवालाहरूले शिक्षा गुणस्तर वृद्धि गर्नुपर्ने बताए । उनीहरूले सर्वसुलभ र गुणस्तरीय शिक्षाको सुनिश्चितता, संघीय शिक्षा ऐनले तोके बमोजिम नियुक्तिपत्र, तलब, सेवा सुविधाको काग अघि सारे । त्यसैगरी निजी विदालयमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन माग गर्दे नेपाल सरकारले २०७६÷७७ को बजेट मार्फत् बढाइएका १८–२ण् प्रतिशत तलब तत्काल बढाएर दिन आग्रह गरे ।

संस्थागत विद्यालय शिक्षक युनियन निजी विद्यालयहरूमा कार्यरत करिब १ लाख ५० हजारको संख्यामा रहेका शिक्षक कर्मचारीहरूको पेसागत युनियन हो । यसले संस्थागत विद्यालयका शिक्षकहरूको हक अधिकारका लागि आवाज उठाउँदै आएको छ । ‘संस्थागत विदायमा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारी एक होऔँ’ भन्ने नारासहित युनियन २०६० सालमा स्थापना भएको हो । यसको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा छ ।

post image

असार १३, काठमाडौँ । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’

क्लबमा सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’

नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्ययन गर्नुनै मुख्य रहेको पनि उनले दाबी गरे ।  नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए ।

त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ ।
उनले भने,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ उनले व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिए ।

भण्डारीले कक्षा दशमा लिईने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औंल्याए । मुलुक संघीय प्रणालीमा गैसकेको भएपनि अझैसम्मपनि शिक्षा क्षेत्रले उक्त प्रणालीअनुसार आफ्नो संरचना बनाउन नसकेको उनको गुनासो थियो ।

कार्यक्रममा एन–प्यावसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि केन्द्रगत परीक्षा प्रणाली नै गलत रहेको टिप्पणी गरेका छन् । उनकाअनुसार यही प्रणालीका कारण प्रदेश नम्बर २ को एसईईको नजिता सन्तोषजनक आएन ।  सापकोटाले एसईई दिईसकेपछि र नतिजा नआउन्जेलसम्म विद्यार्थीहरु तहविहीन भएको सुनाए । उनले भने,‘यो अवधिमा विद्यार्थीहरु कुलतमा फस्ने खतरा धेरै छ । त्यसैले यो अवधिलाई ध्यान दिएर उनीहरुको तह छुट्याउनुपर्छ ।’ नेपालको शैक्षिक सत्रनै अव्यवहारिक र समयसापेक्ष नभएको उनको धारणा छ ।

त्यस्तै, प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गर्नेगरि कुनै उल्लेख्य काम नै गर्न नसकेको आरोप लगाए । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गर्दै आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’ सरकारले नीतिगत रुपमै शिक्षा क्षेत्रमा विभेद सिर्जना गरेको उनको आरोप छ । उनले भने,‘सामूदायिक विद्यालयमा सरकारले ठूलो साईजमा लगानी गरेको छ, तर, उसको नतिजा हेर्दा परीणाम शुन्य छ । जबसम्म अभिभावकमा जनचेतना, शिक्षण विधि र जवाफदेहिता हुँदैन, तबसम्म शिक्षा प्रणाली राम्रो हुँदैन् ।’

ढुंगानाले नेपालमा कुन शैक्षिक प्रणाली अपनाउने भनेर एकिनका साथ कार्यक्रम तथा नीति लागु गर्न नसकिएको पनि गुनासो पोखे । उनले थपे,‘नेपालमा शिक्षा प्रणालीबारे जहिल्यैपनि परीक्षणमात्रै गरियो ।’ उनले पनि शैक्षिक क्यालेण्डर सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरे । उनले भने,‘राजनीति प्रणाली सप्रियो भने नेपालको शैक्षिक प्रणाली स्वतः सुध्रिन्छ ।’

केसीले नेपालमा एसईईको कुनै सान्दर्भिकता नै नभएको दाबी गरे । उनले भने,‘जे रोप्यौं, आज त्यही फलेको छ । शिक्षा आयोग गठन गर्दा नै गलत गरिएको छ । आसेपासेलाई मात्रै नियुक्ती गरिएको हो । त्यहीअनुसार परीणाम आउँछ । हामी राम्रो नतिजा आउने बाटोमा हिँडेकै छैनौं ।’  केसीले मुलुकमा सिपमूलक शिक्षा प्रणाली लागु गर्नुपर्नेमा जोड दिए । उनले शिक्षाप्रति नेपालीहरु बफादार नभएको पनि गम्भिर टिप्पणी गरे ।

post image

असार १३, दमक ।  हब आफैंमा एक ब्राण्डका रुपमा स्थापित भइसकेको छ । बिगत १४ वर्षदेखि हब इन्टरनेसनल एजुकेशनले विद्यार्थीलाई गन्तव्यमा पुर्याइरहेको छ। हबले करिब ८ हजार भन्दा धेरै विद्यार्थीलाई विभिन्न देशमा पठाइसकेको छ । प्रोफेशनल टिमसंगै बिभिन्न देशबाट सर्टिफाइड काउन्सेलरले  हबलाई अझै स्तरीय बनाएको छ  ।

हालै हबले झापाको दमकस्थित मंगलदीप मार्केटमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै हब इन्टरनेसनलका डाइरेक्टर उद्धब खड्काले बिद्यार्थीको पढाई अवस्था , र इच्छालाई मध्यनजर गरेर परामर्श प्रदान गरिने बताए । उनले भने विद्यार्थी हबको कार्यालयमा आइसकेपछि हामीले निःशुल्क रुपमा पर्सनल काउन्सिलिङका साथै प्रोशेसिङ काउन्सिलिङ गर्छौं । प्रोशेसिङ पनि निःशुल्क गर्छौं । विद्यार्थीको भिजा नलाग्दासम्म हामी कत्तिपनि पैशा लिदैनौं । प्रोसेसिङ, डकुमेन्टेसन तथा भिजा एसिसमेन्ट निःशुल्क रुपमा गर्छौं ।

हरेक कुरामा हव ईन्टरनेशनल कन्सल्टेन्सी धेरै अगाडि रहेको बताउंदै खड्काले भने ,   आइएलटिएस, पिटिई र जिआरईको कक्षा पनि लिन पाउने व्यवस्था छ । प्रत्येक हप्ता सेमिनार हुन्छ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सेमिनारमा आउनुहुन्छ । कलेज तथा युनिभर्सिटकिा प्रतिनिधीलाई विद्यार्थी आफैले भेटेर धेरै कुराको जानकारी लिन सक्नुहुन्छ ।

झापामै शाखा विस्तार गर्नुको उदेश्य के हो भन्ने हाम्रो प्रश्नमा उनले भने “झापामामा बिगतदेखि नै धेरै कन्सल्टेन्सी खुलेका छन् । तर प्रोफेसनालिजम भने कम छ । दमकमा प्रोफेशनल कन्सल्टेन्सीको अभाव महसुस गरेर हामी आएका हौं । प्रोफेशनल तरिकाले कन्सल्टेन्सी सञ्चालन गर्नु हाम्रो उद्देश्य हो । हामी उद्देश्य अनुशार सफल पनि छौं । विद्यार्थीलाई सही काउन्सिलिङ गर्नु हाम्रो उद्देश्य हो ।”

 

post image

असार १३, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालयबीच जग्गाको विवाद बढेपछि कृषि विश्वविद्यालयको भवन निर्माण कार्य रोकिएको छ। वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ। यही असार ९ गते कृषि विश्वविद्यालयले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो। भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका थिए।

एएफयूका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकालले दुई विश्वविद्यालयबीच भएको सहमतिअनुरुपको जग्गामा भवन निर्माण गरिएकोमा त्रिविले रोकेको बताए। उनले दुई विश्वविद्यालयका रजिष्ट्रारसहितको टोलीले दिएको प्रतिवेदन र त्रिविको सिनेटमा समेत बाटोछेउको जमीन एएफयूलाई दिने भनी गरिएको निर्णयअनुसार सोही ठाउँमा भवन निर्माण थालिएको जानकारी दिए।

मन्त्रिपरिषद्ले रामपुरको तीन सय ३८ विघा जमीनमध्ये ४० विघा १९ कठ्ठा त्रिविलाई इञ्जिनियरीङ कलेज निर्माण गर्न दिने र हेटौँडाको एक सय ५८ विघा जमीनमध्ये ६० विगाहा एएफयूलाई दिने निर्णय भएको थियो। रामपुरमा त्रिविलाई भवन निर्माण गर्न रु १५ करोड र हेटौँडामा एएफयूलाई भवन निर्माण गर्न सोही बराबरको रकम दिने निर्णय भएको थियो। दुई विश्वविद्यालयबीच रामपुरमा त्रिविलाई र हेटौँडामा एएफयूलाई बाटो छेउमा जमीन दिने सहमति भएको ढकालको भनाइ छ।

तर त्रिविका उपकुलपति प्रा.डा. तिर्थ खनियाले हेटौँडामा एएफयूलाई बाटो छेउमा नभएर बाटो दिएर भित्र जमीन दिने निर्णय भएको भए पनि एएफयूले त्रिविको जमीनमा भवन बनाउन सुरु गरेका कारण काम रोकिएको बताए।

त्रिवि सरकारको र सिनेटको निर्णय मान्न तयार रहेको भन्दै उनले एएफयूले सहमतिअनुसार भवन निर्माण गर्नुपर्ने बताए। सो स्थानमा एएफयूले रु.नौ करोड ८८ लाखमा शैक्षिक भवन निर्माणको काम सुरु गरेको हो। रासस

post image

असार १२, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।  यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

post image

 असार १२, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् ।

जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको हो । विद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रमकाबीच साइकल बितरण गर्दै मुख्यमन्त्री राउतले अब टाढा-टाढाबाट विद्यालय आउने बालिकाहरुलाई सहज हुने बताए ।

मुख्यमन्त्री राउतले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत शिक्षा बीमा, महिला मैत्री शौचालय अन्तर्गतको कामलाई अघि बढाइएको जानकारी दिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्रै नभई सरकारी सेवामा प्रवेश गराउन ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए ।

प्रदेश सरकारले ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत प्रदेश अन्तर्गतका आठै जिल्लाको कक्षा ८ मा अध्ययनरत १४ हजार बालिकालाई चालु आबमा साइकल बितरण गर्ने लक्ष्य लिएको छ ।

post image

असार १२, काठमाडौं । प्रत्येक बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्थाहरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् ।भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् ।

बिशेष गरी एनबीए , एनएएसी ,एनआइआरएफ , एमएचआरडी गबरमेन्ट अफ इन्डियाजस्ता निकाय हरु ले शैक्षिक संस्था को स्तर तोक्ने गर्दछन। नेपाली बिद्यार्थी हरु लाई भारतीय शैक्षिक संस्था जानको लागि सहज होस् भन्ने उद्देश्यले नेपाल इन्डिया काउन्सिल अफ एजुकेशन  नाइस ले क्याम्ब्रिज इन्सच्युट अफ टेक्नोलोजी बेंगलोर का प्रतिनिधी लाई नेपालमा ल्याएर एजेन्ट मिट गरेको छ। उक्त एजेन्ट मिटमा नाइस का पदाधिकारीहरु, पत्रकार र अन्य परामर्श दातृसंस्था का प्रतिनिधि हरु को बाक्लो उपस्थिति रहेको थियो।

नेपाली बिधार्थी हरू लामो समयदेखि भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि गईरहेको भएतापनि कतिपय अवस्थामा ब्यबस्थित तरिकाले परामर्श नलिईकन जाँदा दुख समेत पाएका कारण NICE ले आफ्ना सदस्य संस्था हरू लाई उत्कृष्ट शैक्षिक सस्था हरू लाई संयुक्त रुपमा प्रबर्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रम हरू आयोजना गर्दै आएको जानकारी गराउँदै NICE का महासचिव राजेश चापागाईंले क्याम्ब्रिज इन्सच्युट अफ टेक्नोलोजीको एजेन्ट मिटमा स्वागत गर्नुभयो । एजेन्ट मिटमा क्याम्ब्रिज इन्सच्युट अफ टेक्नोलोजी का एड्मिसन एण्ड मार्केटिङ डाइरेक्टर राजकुमार चक्रवर्तीले कलेजका शैक्षिक योजना र अन्तर्राष्ट्रिय बिधार्थीहरू ले पाउने अतिरिक्त सेवा सुविधा का बारेमा जानकारी गराउनुभयो।

त्यस्तै बिगतमा पनि नेपाली बिधार्थी हरू आफ्नो कलेजमा अध्ययन गरिरहेको र यस बर्ष पनि नेपाली बिधार्थी हरू लाई स्वागत गदै कलेजका एड्मिसन एण्ड मार्केटिङ सिनियर मेनेजर कार्तिक आरले एजेन्ट मिट मार्फत कलेजले हासिल गरेको उपलब्धि र सञ्चालित शैक्षिक कायक्रम हरूका बारेमा जानकारी गराउनुभएको थियो।

एजेन्ट मिटमा क्याम्ब्रिज इन्सच्युट अफ टेक्नोलोजी का एड्मिसन एण्ड मार्केटिङ डाइरेक्टर राजकुमार चक्रवर्तीले र NICE का उपाध्यक्ष रमेश जोशी ले संयुक्तरुपमा कलेजको आधिकारिक प्रमाणपत्र हस्तान्तरण गर्नु भयो। मन्तब्यको क्रममा सौजन्य मिडिया का कायक्रम निर्देशक सुनील आचार्यले नाइसले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरू लाई परामर्श प्रदान गर्न सहजीकरणको भुमिका निर्वाह गरेको र यसका लागि आयोजना गर्न लागेको भारतीय शैक्षिक मेलाको सफलताको अग्रीम शुभकामना दिँदै सौजन्य मिडिया ले आयोजना गरेको जर्नि टु इन्डिया टेलिभिजन प्रोग्रामले प्रदान गर्न खोजेको भारतीय शैक्षिक प्रणाली को अबसर र चुनौतिहरुको बारेमा जानकारी गराउँनुभयो।

कार्यक्रमको समापन गर्दै नाइस का अध्यक्ष द्विराज सिवाकोटीले क्याम्ब्रिज इष्टीच्यूट अफ टेक्नोलोजी बेङ्गलोर बाट आउनु भएका अतिथि हरू लाई स्वागत गर्दै नाइस ले आयोजना गर्ने भारतीय शैक्षिक मेला सफल बनाउन सम्पुर्ण सम्बन्धित सरोकारवाला हरू लाई आह्वान समेत गर्नु भएको थियो।

post image

असार १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

बोर्डका अनुसार नतिजा हेर्न कम्तीमा अपराह्न ३ बजेसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ । परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । गत चैत १० गतेबाट सुरु भएको एसईई परीक्षामा करिब चार लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

post image

क्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बताए । भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उपनियन्त्रक  शर्मालको भनाई छ ।

‘केही विद्यार्थीले एक÷दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको छ,’ शर्माले भने ।

बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।  पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर नतिजा आउने उनको भनाइ छ ।

post image

असार ११, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए  आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

 कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

post image

असार ९, काठमाडौं  । कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई मात्र वैदेशिक अध्ययन अनुमतिपत्र( नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

असार ८ सम्म उक्त निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतकी न्यायधीश सुष्मलता माथेमाले आदेश दिएकि हुन् । शिक्षा मन्त्रालयले जेठ २९ मा १२ पास गरेकोले मात्र वैदेशिक अनुमतिपत्र प्राप्त गर्ने निर्णय गरेको थियो । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरु जापान अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पढ्न जानेको सङख्या बढेको कारणले मन्त्रालयले उक्त निर्णय गरेको थियो ।

विदेश पढ्न जानको लागि विद्याथीलाई नो अब्जेक्शन लेटर निकै आवश्यक पर्छ ।

post image

 असार ४, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित भएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले एमडी, एमएस, एमडीएचएच, एमडीएस, एमएससी र एमएचएचमा प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी दिए ।

प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको र सोहीअनुसार प्रवेश परीक्षाको मिति सारिएको उनले बताए । प्रवेश परीक्षाका लागि सूचना कुन कानुन अनुसार निकालिएको हो ? भन्दै सांसदहरुले रौनियारलाई प्रश्न गरेका थिए । जवाफमा रौनियारले भने, ‘पुरानै कानुनअनुसार हो । हाल चिकित्सा शिक्षा आयोगले कुनै निर्णय गरेको छैन । त्यसैले शिक्षा मन्त्रालयको पत्रअनुसार पुरानै ऐनअनुसार काम अगाडि बढाइएको थियो । तर, अहिले शिक्षा मन्त्रालयकै आग्रहअनुसार मिति सारिएको छ ।’

प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो । त्यो सूचना चिकित्सा शिक्षा ऐनविपरित भन्दै मंगलवारको बैठकमा सांसदहरुले प्रतिष्ठानले निकालेको प्रवेश परीक्षाको सूचना रद्द गर्न माग गरेका थिए ।

 

post image

 असार ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद विधेयकको विरोध गरेका छन्। आजको संसदमा देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार लिएकोप्रति आपत्तिसमेत जनाए।

‘राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक पहिलेकै राम्रो। पहिले राष्ट्रपतिको सिफारिसमा हुन्थ्यो। अहिले प्रधानमन्त्रीले गर्ने रे,’ देउवाले प्रश्न गरे, ‘अब प्रधानमन्त्रीको सिफारिस। आफ्नै मन्त्रीहरुलाई अविश्वास गर्ने? अविवश्वासले चल्छ देश?’

वर्तमान सन्दर्भमा सुरक्षा परिषदसम्बन्धी विधेयकलाई चलाउनु आवश्यकै नरहेको देउवाको दाबी थियो। ‘नत्र किन चाहियो अहिले। के गर्नुपर्या छ उहाँले,’ सभापति देउवाले भने, ‘एउटा विप्लवलाई कन्ट्रोल गर्न सक्या छैन,… गर्छ यार।’

post image

असार ४ , काठमाडौं । सौजन्य मिडियाले १ दशकदेखि शिक्षाका बिबिध पाटोलाई समेटेर अघि बढिरहेको छ । बिभिन्न देशको भ्रमण गरेर त्यहाँको युनिभर्सिटीको बारेमा बिस्तृत जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेर उनीहरुको भ्रम मेटाउनुका साथै त्यहाँ अध्ययनरत बिद्यार्थीका समस्यालाई उजागर गरेर त्यसलाई समाधान गर्न संधै उन्मुख रहेको छ । यस अघि सौजन्यले जर्नी टु अष्ट्रेलिया , जर्नी टु अमेरिका, जर्नी टु बंगलादेश गरेर लाखौँ बिद्यार्थी तथा अभिभावकको मन जित्न सफल भइसकेको छ । सोहि क्रममा भारतीय शैक्षिक प्रणाली का बारेमा जानकारी गराउने उद्देश्यले सौजन्य मिडियाले जर्नि टु इन्डिया टेलिभिजन प्रोग्रामको सुरुवात गरेको छ।

यसै साता सौजन्य मिडिया भारत कोकोलकत्तामा अबस्थित अमिटी युनिभर्सिटीमा पुगेको छ। उक्त युनिभर्सिटीले सौजन्य मिडियालाइ भब्य स्वागतका साथ युनिभर्सिटीको अबलोकन गराएको छ। अमिटी युनिभर्सिटीकी प्रो.भाइस चान्सलर प्रोफेसर डाक्टर अङ्किता चक्रवर्ती ले सौजन्य मिडिया का कायक्रम निर्देशक सुनील आचार्य र प्रबिण बस्नेत लाई स्वागत गर्दै युनिभर्सिटी को गुणस्तरीय शिक्षा र इन्डस्ट्री फोकस कोर्ष का बारेमा जानकारी गराउनुभयो।

करिब २० बर्ष पुरानो यस शैक्षिक संस्था एमिटी यूनिभर्सिटी भारतको प्रतिष्ठित युनिभर्सिटी मध्येको एक हो। एमिटी यूनिभर्सिटीको बिभिन्न सहरमा शैक्षिक संस्थाहरु रहेका छन् । हालसम्म यस युनिभर्सिटीले नोयडा , लखनउ ,जयपुर, गुडगाउँ,मुम्बई , रायपुर ,  राँची  , ग्रेटर नोयडा , पटनामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

 एमिटी यूनिवर्सिटी यूजीसी द्वारा मान्यता प्राप्त युनिभर्सिटी हो । त्यस्तै यस युनिभर्सिटी ले  (एएसआईसी)  को लागि पनि मान्यता प्राप्त गरेको छ । १ लाख भन्दा बढी बिद्यार्थी अध्ययनरत  यस युनिभर्सिटीमा बिबिध ६० बिषय संगै  २५० भन्दा बढी कार्यक्रमहरु संचालनमा रहेका छन् । जसमा कमर्स , आर्कीटेक्चर ,  अप्लाइड साइन्स ,  बायोटेक , कम्युनिकेशन ,  कम्प्युटर साइन्स /  आइटि  , इन्जिनियरिंग , इकोनोमिक ,  फेसन , मेनेजमेन्ट आदि रहेका छन् ।

एमिटी युनिभर्सिटी कोलकाता इन्फ्रास्ट्रक्चर र सुविधा का लागि पनि निकै प्रशिद्द रहेको छ । यसको बनावटी शैली , प्रांगण को सुन्दर बातावरणले जो सुकैको मन तान्दछ ।

post image

असार ३, काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ। आयोगले सूचना निकालेर प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो।

दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ। आयोगको वेवसाइट tsc.gov.np मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ।

असार २२ गतेसम्म दरखास्त बुझाउने समय छ भने दोब्बर दस्तुर बुझाएर दरखास्त दिन समय असार २९ गतेसम्म छ। असार ३, काठमाडौं ।दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएकोले फारम भर्न सक्नेछन्।

विदेशी शैक्षिक संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्र पेश गर्नुपर्ने आयोगको भनाइ छ। तीनै तहको पाठ्यक्रम आयोगको वेवसाइटमा राखिएको छ।

 

post image

असार १, काठमाडौँ । सौजन्य मिडियाले १ दशकदेखि शिक्षाका बिबिध पाटोलाई समेटेर अघि बढिरहेको छ ।  बिभिन्न देशको भ्रमण गरेर त्यहाँको युनिभर्सिटीको बारेमा बिस्तृत जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेर उनीहरुको भ्रम मेटाउनेका साथै त्यहाँ अध्ययनरत बिद्यार्थीका समस्यालाई उजागर गरेर त्यसलाई समाधान गर्न संधै उन्मुख रहेको छ  ।

यस अघि सौजन्यले जर्नी टु अष्ट्रेलिया , जर्नी टु अमेरिका, जर्नी टु बंगलादेश गरेर लाखौँ बिद्यार्थी तथा अभिभावकको मन जित्न सफल भइसकेको छ ।

सोहि क्रममा भारतीय शैक्षिक प्रणाली का बारेमा जानकारी गराउने उद्देश्यले सौजन्य मिडियाले जर्नि टु इन्डिया टेलिभिजन प्रोग्रामको सुरुवात गरेको छ। यसै साता सौजन्य मिडिया भारत को आसाममा अबस्थित काजिरंगा युनिभर्सिटीमा पुगेको छ। उक्त युनिभर्सिटीले सौजन्य मिडियालाइ भब्य स्वागतका साथ युनिभर्सिटीको अबलोकन गराएको छ।

काजिरंगा युनिभर्सिटीका रजिस्ट्रार प्रोफेसर तरुण कुमार ले सौजन्य मिडिया का कायक्रम निर्देशक सुनील आचार्य र प्रबिण बस्नेत लाई स्वागत गर्दै युनिभर्सिटी को गुणस्तरीय शिक्षा र इन्डस्ट्री फोकस कोर्ष का बारेमा जानकारी गराउँनुभयो।

आसाम राज्यको काजिरंगा मा अबस्थित काजिरंगा युनिभर्सिटी भ्रमण गर्ने उद्देश्यले हामी काठमाडौँ त्रिभुबन अन्तराष्ट्रिय बिमानस्थल बाट कोलकत्तामा अबस्थित नेता सुभाष चन्द्र बशु अन्तर्राष्ट्रिय बिमानस्थलमा हुदै त्यहाँबाट पुनं आसाम गुहाटी बिमानस्थल पुगि पाँच घन्टाको मोटर बाटो पारगरि हामी बिश्वबिद्यालय पुग्यौं। आसाम गुहाटी यात्रा गर्ने अर्को बिकल्प झापा काकडभिता बाट एक धन्टाको मोटर बाटो पारगरि बागडोगरा बिमानस्थल पुगि त्यहां बाट आसाम गुहाटी पुग्न सकिन्छ। साथै बागडोगरा बाट रेल मार्ग हुँदै पनि आसाम यात्रा गर्न सकिन्छ।

करियर युनिभर्सिटी अफ नर्थ इष्ट इंडिया का रूपमा प्रसिद्ध काजिरंगा युनिभर्सिटीमा करियर ओरेन्टेड कोर्स हरू सञ्चालन भइरहेको छ। यस युनिभर्सिटी मा बिश्व बजार ले मागेको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी को स्थापना गरिएको छ। जहाँ बिटेक- बिटेक ल्यटरल मा सिभिल इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, कम्प्युटर साईन्स एण्ड इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, इन्जिनियरिङ सञ्चालित छन्।

आफुले उत्पादन गरेको इन्जिनियर हरू लाई अध्ययन अबधि र अध्ययन पश्चात इन्डस्ट्री एक्सपोजर का लागि युनिभर्सिटी ले छुटै बिभाग खडा गरि बिधार्थी हरू लाई उद्योग, बजारमा र अनुसन्धान मुलक कार्यक्रम हरूमा संलग्न गराएको छ।

स्कुल अफ बिजिनेस अन्तर्गत अप्रेसन, फाइनान्स, मार्केटिङ, ह्युमन रिसोर्स, इन्टरनेसनल रिलेसन्स बिषय हरू मा फोकस एम बि ए, त्यसै गरि हस्पिटल एड्मिनिस्ट्सन, टुरिजम म्यानेजमेन्ट, इभेन्ट म्यानेजमेन्ट, ल्वयजिष्टीक एण्ड सप्लाई चेन म्यानेजमेन्ट, बैङ्किङ एण्ड फाइनान्स सर्भिस बिषयहरुमा एम बि ए सञ्चालन गरिरहेको छ। जसले बिधार्थी हरू लाई फिल्डवर्क, सेमिनार, वर्कसप इन्टरनेसनल कन्फरेन्स ले म्यानेजमेन्ट का सफ्टस्किल तथा हार्ड स्किलमा प्रोख्त बनाई नेत्रृत्व सैली को बिकास गराई ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउँछ।

बि बि ए , बि कम , एम कम , बि बि ए हस्पिटालिटि म्यानेजमेन्ट, इन्टरनेसनल बि बि ए इन्टरनेसनल बि कम, इन्टरनेसनल यम बि ए सञ्चालन गरिरहेको छ।

स्कुल अफ सोसल साइन्स तर्फ एम ए, एम एस डब्लु, बिए बि एस डब्लु, इन्टरनेसनल बि ए, बि एस डब्लु, एम ए एम एस डब्लु सञ्चालित छन्। स्कुल अफ कम्प्युटर साईन्स तर्फ एम सि ए, एम सि ए ल्याटरल ,एम एस सि आई टी ,बि सि ए , इन्टरनेसनल बि एस सि , इन्टरनेसनल एम एस सि आई टी सञ्चालित छन्।

स्कुल अफ हेल्थ साईन्स अन्तर्गत बजारमा उच्च माग भएको बि एस सि डाइलासिस, अप्रेसन थिएटर टेक्नोलोजी, एड्भान्स ईमेजिङ टेक्नोलोजी, ट्माइमर्जोन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट, ब्याचलर अफ फिजियोथेरापी, अप्टोमेटृटी कोर्षहरू सञ्चालित छन्।

काजिरंगा युनिभर्सिटीका बिद्यार्थीहरुले जर्नी टु इन्डिया टिम संग खुलेर बिद्यालयको बारेमा, युनिभर्सिटीको सेवा सुबिधा र पढाईको शैलीको बारेमा खुलेर कुरा गरेका थिए ।

post image

असार १, काठमाडौँ । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गरेको छ ।

मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले सनिबार उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणाली का बारेमा जानकारी गराउनु भएको थियो । जुन १५ तारिख काठमाडौंको एम्बेसडर होटलमा परामर्श दातृसस्था हरू संग भेटघाट तथा छलफल र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म इन्फर्मेसन सेसन मा सहभागी भइ बिधार्थी र अभिभावक हरूले मनिपाल इन्टरनेसनल युनिभर्सिटीको बारेमा जानकारी लिएका थिए ।

पछिल्लो समयमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया ले २१ औँ शताब्दीलाई सुहाउँदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुर्वक सञ्चालन गरिरहेको छ। मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया लाई नेपालमा प्रबर्धन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले मनिपाल इन्टरनेसनल युनिभर्सिटीले मलेसिया, दुबई र इन्डिया तिनै स्थानमा बिश्व स्थिर को शिक्षा प्रदान गरेकै कारण आफुले नेपालमा यस युनिभर्सिटी लाई प्रवर्धन गरेको जानकारी दिनुभयो।

मनीपाल ग्लोबल एजुकेशन ग्रुप को एक सदस्य मनीपाल इन्टरनेसनल युनिभर्सिटी (एमआईयू), मा विज्ञान, ईन्जिनियरिङ्, बिजनेस र मास कम्युनिकेशंन को सम्बन्धित थुप्रै कोर्ष हरु सञ्चालन मा ल्याएको छ । यस युनिभर्सिटी ले ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय युनिभर्सिटी संग साझेदारी गरिसकेको ग्लोबल एजूकेटर्स एण्ड कन्सल्टेन्स् की प्रतिनिधि कबिता घूशी ले बताउनुभयो।

post image
 असार १, काठमाडौं । भारतको गुडगाउँमा रहेको अन्सल विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत दिने भएको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उक्त विश्वविद्यालयको स्कूल अफ हेल्थ साइन्सका डीन सञ्जीव शर्माले नेपाली विद्यार्थीलाई नेपाली रुपैयाँकै शुल्कमा पढ्ने व्यवस्था गरिएको जानकारी गराए ।
उनका अनुसार भारतीय विद्यार्थीले सोही विषय पढ्नका लागि प्रतिवर्ष भारतीय रुपैयाँ ३ लाख ६० हजार तिर्नुपर्ने हुन्छ । तर नेपाली विद्यार्थीका लागि नेपाली रुपैयाँ नै ३ लाख ६० हजार मात्रै तिरे पुग्ने उनले बताए । ‘ई–स्क्वायर एजुकेशन कन्सल्टेन्सी’सँगको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी ५० जना नेपाली विद्यार्थीलाई उक्त विश्वविद्यालयमा अध्यापन हुने विषय, शुल्क, छात्रवृत्ति, यसका प्रक्रिया लगायतका बारेमा जानकारी गराइएको हो ।
विश्वविद्यालयले आर्किटेक्चर, प्लानिङ एन्ड डेभलपमेन्ट, व्यवस्थापन, हस्पिटालिटी, हेल्थ साइन्स, इन्जिनीयरिङ, डिजाइन र कानून गरी ८ विधामा विश्वस्तरीय शिक्षा दिइरहेको जानकारी डीन शर्माले दिए । शर्माका अनुसार विश्वविद्यालयले प्रत्येक सेमेस्टरमा विद्यार्थीले एउटा विषय सम्बन्धित संकायभन्दा बाहिरबाट छान्न पाउने व्यवस्था गरेको छ । शैक्षिक प्रमाणपत्रका साथै विषयगत औद्योगिक प्रमाणपत्र पनि दिने व्यवस्था गरेको उनले बताए ।
विश्वविद्यालयमा २५ जना नेपाली विद्यार्थीले अध्ययन गरिरहेको सो अवसरमा जानकारी गराइयो । उनीहरु पहिले पढेका विद्यार्थीको सिफारिसमा त्यहाँ पुगेको बताइएको छ । सन् १९८९ देखि सुशान्त स्कूल अफ आर्ट एन्ड आर्किटेक्चरका रूपमा सक्रिय संस्था नै सन् २०१२ देखि विश्वविद्यालयका रूपमा सञ्चालन हुँदै आएको हो ।
post image

जेठ २९ ,काठमाडौं  । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गर्ने भएको छ ।

मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले सनिबार आयोजना हुने उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणाली का बारेमा जानकारी गराउनुहुनेछ। जुन १५ तारिक काठमाडौंको एम्बेसडर होटलमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म परामर्श दातृसस्था हरू संग बिधार्थी र अभिभावक हरूले मनिपाल इन्टरनेसनल युनिभर्सिटीको बारेमा जानकारी लिन सक्नेछन।

पछिल्लो समयमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया ले २१ औँ शताब्दीलाई सुहाउँदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुर्वक सञ्चालन गरिरहेको छ। मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया लाई नेपालमा प्रवर्द्धन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले मनिपाल इन्टरनेसनल युनिभर्सिटीले मलेसिया, दुबई र इन्डिया तिनै स्थानमा बिश्व स्थिर को शिक्षा प्रदान गरेकै कारण आफुले नेपालमा यस युनिभर्सिटी लाई प्रवर्द्धन गरेको जानकारी दिनुभयो।

मनीपाल ग्लोबल एजुकेशन ग्रुपको एक सदस्य मनीपाल इन्टरनेसनल युनिभर्सिटी (एमआईयू), मा विज्ञान, ईन्जिनियरिङ्, बिजनेस र मास कम्युनिकेशंन को सम्बन्धित थुप्रै कोर्ष हरु सञ्चालन मा ल्याएको छ । यस युनिभर्सिटी ले ३० वटा भन्दा बढी अन्तर्राष्ट्रिय युनिभर्सिटी संग साझेदारी गरिसकेको ग्लोबल एजूकेटर्स एण्ड कन्सल्टेन्स् की प्रतिनिधि कबिता घूशीले बताउनुभयो।

post image

जेठ २९ ,काठमाण्डौ। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाण्डौमा आयोजना गरेको ३ दिने आइ।ओ।टि। प्रदर्शनी सुरु भएको छ ।

विहिबार सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनी का लागि स्मार्ट स्कुलरकलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटलररिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना प्रदर्शनिमा राखिएका छ्न ।

प्रदर्शनीको करिव ८० वटा स्मार्ट सोलुसनका मोड्युल सफ्ट्वरिका कलेजमा कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन् ।

प्रदर्शनी अवधिमा तिनै दिन आइ।टि। मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिएको छ । बेलायतको आइ।टि। सम्बन्धि प्रसिद्ध कभेन्ट्री युनिभर्सिटिका एकेडेमिक पाटर्नरसिप म्यानेजर एबि लिटलरले कार्यशालाको संयोजन गरेकी छिन ।

विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइ।टि। क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

प्रविधिको सदुयोग गर्न सके कसरी हाम्रो जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक एवम् सफ्ट्वरीका कलेजका प्रमुख प्रमोद पौडेलको भनाइ छ ।

निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आइ.टि. क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने मा प्रदर्शनीका संयोजक एवं सफ्ट्वरीका कलेजका सिनियर लेक्चर मनोज श्रेष्ठ बिस्वस्त छन् ।

प्रदर्शनीमा ३ हजार जनाले अवलोकन गन्ने अपेक्षा राखिएको छ ।

post image

जेठ २८ ,काठमाण्डौँ। विदेशमा अध्ययन गर्न विद्यार्थीहरूको लागि क्यानाडा पहिले रोजाइमा पर्दछ। । विद्यार्थीहरूले क्यानाडालाई उच्च शिक्षाकोलागि मनपराउने कारण बिश्व स्थिर को शिक्षा, छात्रावृत्ति, मानब अधिकार को उच्च कदर, पिआर को सम्भावना उच्च, स्वच्छ बाताबरण, उच्च आयदर लगायतका आकर्षक बिषय बस्तु नै हुन्।

प्रत्येक बर्ष हजारौं को संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू उच्च शिक्षा का लागि क्यानाडा जाने गरेका छन्। क्यानाडा विश्वविद्यालय बाट प्राप्त डिग्री अमेरिका, अष्ट्रेलिया र अन्य युरोपेली देशहरूमा पुण रूपमा मान्यता प्राप्त छ।

पाँच दशक को यात्रा पार गरिसकेको सेन्टिनीयल कलेज क्यानाडा सरकारको मातहतमा रहेको कम्युनिटी बेस कलेज हो। हाल यस कलेजले चीन, भारत, दक्षिण कोरिया र ब्राजिल जस्ता देशहरूमा आफ्नो क्याम्पस हरू सञ्चालन ल्याई सकेको छ।

सेन्टिनीयल कलेजमा २२ हजार फुल टाइम र १९ हजार पार्ट टाइम बिद्यार्थीहरु अध्ययनरत रहेका छन् । जहाँ २६० भन्दा बढी ब्याचलर डिग्री , डिप्लोमा , सर्टिफिकेट , पोस्ट ग्र्याजुएट सर्टिफिकेटलगायतका कोर्षहरु संचालित रहेका छन्।

ओन्टारियो मा अवस्थित सेन्टिनीयल कलेज को मुख्य उदेश्य भनेको ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउनु नै हो । यस शैक्षिक संस्था बाट अध्ययन सकेका ९४ प्रतिशत बिधार्थीहरुले बिश्व भरि जहाँकहिँ आफु रोजगार बन्नुको साथसाथै रोजगारीको सिर्जना गर्न सफल भएका छन्।

यिनै बिबिध बिषयको बारेमा जानकारी गराउने उद्देश्यले सिलिकोन एजुकेशन नेटवर्कले गत साता सेन्टिनीयल कलेजका रिजनल रिक्रुटमेन्ट मेनेजर पोनापा नालेण्डा (बिपिन) लाई आफ्नो कार्यालयमा ल्याएर एक इन्फर्मेसन सेसन को आयोजना गरेको छ।

क्यानाडा बिधार्थी हरू को आकर्षक गन्तव्य भएसंगै सिलिकोन एजुकेशन नेटवर्कले क्यानाडाको शैक्षिक प्रणालीका बारेमा जानकारी गराउँदै आएको छ। मेधावी बिधार्थी हरूकालागि क्यानाडामा प्रसस्तै अबसर रहेको सिलिकोन एजुकेशन नेटवर्कका डाइरेक्टर विबस शमशेर कुँवरले जानकारी गराऊनु भयो।साथै सेन्टिनीयल कलेजको लर्निङ्ग क्याम्पस चीनमा समेत भएको हुँदा नेपाली बिद्यार्थी हरुले १ बर्ष चीनमा र बाँकी अवधि क्यानाडा मा अध्यन गर्ने बिकल्प समेत रहेको रिजनल रिक्रुटमेन्ट मेनेजर बिपिन ले जानकारी गराउनु भयो।

सिलिकोन एजुकेशन नेटवर्कले बिदेश अध्ययनका लागि जान चाहने बिधार्थीहरू लाई यु यस ए, अष्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, साउथ कोरिया लगायतका राष्ट्रमा उच्च शिक्षा का लागि परामर्श, टेष्ट प्रिप्पेसन, डकुमेनटेशन गाईड, भिजा गाइड लगायत का सेवा प्रदान गर्दै आएको छ।

post image

जेठ २६, काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले यस्तो धारणा राखेको हो । उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे अध्ययन तथा अनुशन्धान गर्दै आएको छ । साथै, उक्त संस्थाले देशव्यापी रुपमा हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे प्रशिक्षण कार्यक्रमपनि सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा बोल्दै एन.सि.मासका अध्यक्ष तेजु नेपालले अक्षर मनोविज्ञानबारे आफ्नो धारणा राखेका थिए । उनले हरेक व्यक्तिको अक्षरले उसको ५ हजार चरित्र निर्धारण गर्न सकिने कुरा सुनाए । नेपालले भने,‘यो विद्यार्थीलगायत सम्पूर्णलाई उपयोगी हुनेछ ।’

त्यस्तै, उनले विश्वव्यापी रुपमा रहेको अबाकसबारे पनि आफूहरुले विभिन्न कार्यक्रम तथा प्रशिक्षण दिँदै आएको सुनाए । उनले भने,‘यो कार्यक्रमले विद्यार्थीहरुको केन्द्रिकृत मस्तिष्क र भिजुल्याईजेशनका कारणले गर्दा अध्ययन तथा अन्य कुरामा सकारात्मक प्रभाव देखिन्छ ।’

कार्यक्रममा राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई विजेता बनेका विद्यार्थीहरु अध्ययनरत विद्यालयका प्रधानाध्यापकले नै पुरस्कार वितरण गरेका थिए । उक्त प्रतियोगितामा सिनियरतर्फ प्रथम आरोनी स्कुलकी छात्रा नाजमिन खातुनले जितेकी हुन् । उनलाई ८ हजार राशिसहित आज पुरस्कृत गरिएको हो ।
त्य

स्तै, सिनियरतर्फ दोस्रो भएकी नेश्नल पिस ईंग्लिश बोर्डिङ स्कुलकी छात्रा शर्मिना मानन्धरलाई चार हजार राशिसहित पुरुकृत गरिएको हो । सिनियरतर्फ तेस्रो भएकी ईडेन गार्डेन ईंग्लिश बोर्डिङ स्कुलकी छात्रा उषा राईलाई दुई हजार राशिसहित पुरस्कृत गरिएको छ ।

जुनियरतर्फ आर्शिवाद बोर्डिङ स्कुलकी छात्रा सांग्या गौतम प्रथम भईन् । उनलाई १५ हजार राशिसहित पुरस्कृत गरिएको हो । त्यस्तै, दोस्रो भएकी टोडिलर्स जोनकी छात्रा सहनशिका श्रेष्ठलाई सात हजार पाँच सय राशिसहित पुरुकृत गरिएको छ। तेस्रो हुने सौर्यदिप स्कुलकी छात्रा सुम्निमा घिमिरेलाई पैत्तिस सय राशिसहित पुरस्कृत गरिएको छ।

कार्यक्रममा सिनियर तथा जुनियर दुवै तर्फ प्रथम हाँसिल गर्ने विद्यालयका प्रिन्सिपलहरुले एन.सि.मासले धेरै राम्रो काम गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

आरोनी स्कुलका भाईस प्रिन्सिपल होमनाथ उपाध्यायले एन.सि.मासले देशव्यापी रुपमा आयोजना गरेको उक्त प्रतियोगिता फलदायी बनेको धारणा राखे । उनले भने,‘यो प्रतियोगितामा सिनियरतर्फ हाम्रो विद्यालयकी छात्राले प्रथम स्थान हाँसिल गरिन्, यो हाम्रो लागि खुशीको कुरा हो ।’

उपाध्यायले विद्यार्थीहरुको लागि अक्षर गहना भएको भन्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । उक्त प्रतियोगितामा ७० विद्यालयले भाग लिएका थिए ।

post image

 जेठ २६, काठमाडौं । डीएभी कलेज विज्ञान सङ्काय दश जोड दुई अध्ययनरत विद्यार्थीहरूले ‘वृहत बिज्ञान प्रर्दशनी’ सम्पन्न गरेका छन् । प्रदर्शनी कार्यक्रम ललितपुरको जावलाखेलस्थित विद्यालय प्रांगणमा भएको हो।

दश जोड दुई विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूको प्रतिभा, क्षमता र दक्षता उजागर गर्नु र कक्षा १० को बोर्ड परिक्षा दिएर बसिरहेका विद्यार्थीहरूलाई बिज्ञान तथा प्रबिधि बिषयप्रति रुचि बढाउन तथा ज्ञानको दायरालाई थप विस्तार गर्न प्रर्दशनी गरिएको डीएभी कलेजले बताएको छ ।

प्रर्दशनीमा करिब १०००० विद्यार्थी, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो छ ।

post image

 जेठ २२, काठमाडौं।  अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले विवादमा परेको इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालिको दर्ता खारेजी उल्टाउन बाध्य भएको छ । अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ ।

यहि अधिकार अनुसार इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजले माथिल्लो निकायमा पुनरावलोकनका लागि मुद्धा दायर गरेको थियो । त्यसैगरी ५ जुनमा अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले आफुले प्रकाशित गरेको सूचनालाई रद्द गरेर कोर्टमा दायर भएको मुद्धालाई त्यहि अन्त्य गरेको छ । कोर्टमा सुनुवाई हुनु अगावै त्यस मुद्धालाई आस्क्वाले अन्त्य गरेको हो । सूचनालाई रद्द गरे संगै अब एआइबिटी इन्टरनेशनल कलेजले निर्वाध रुपमा VET र CRICOS संचालन गर्न पाउने छ । साथै आस्क्वाको निणयलाई स्वगत गर्दै कलेजले सुचना प्रकाशित गर्दै जानकारि दिएको छ ।

तिन महिना अगाडि एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं नेपाली विद्यार्थीहरु अलपत्र परेका थिए ।उत्त घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेको जनकारि केहि हप्ता पहिला आएको थियो। इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले मे १५ मा VET र CRICOS को दर्ता खारेजी गर्ने सूचना प्रकाशित गरेको थियो । कलेजको दर्ता खारेजी गर्ने निर्णयगरेसँगै विद्यार्थीहरु अन्यौलमा परेका थिए।

post image

जेठ २२,पोखरा। चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । पछिल्लो ६ महिना यता शैक्षिक परामर्श ब्यवसाय उतारचढावमा छ । ठूला लगानीमा खोलिएका ब्राण्डेड कन्सल्टेन्सीले समेत राम्ररी काम गर्न र विद्यार्थीलाई परामर्श गर्न सकिरहेका छैनन् । एक हिसाबले अहिले कन्सल्टेन्सी क्षेत्र धरासायी भएको छ ।

अस्ट्रेलियाको एआइविटी कलेजलाई त्यहाँको सरकारी निकायले खारेज गरेसँगै देखिएको विवाद र अन्यौलताले कन्सल्टेन्सी ब्यवसायीलाई प्रत्यक्ष रुपमा समस्या पार्यो । एआइविटी केसमा नेपाली शैक्षिक परामर्श ब्यवसायी मात्रै दोषि हुन् ? के नेपाली विद्यार्थीलाई कन्सल्टेन्सीहरुले जानीजानी खाडलमा हालेकै हुन् ? यसका विभिन्न फ्याक्टरहरुलाई नकेलाई दोष दिने काम मात्र भइरहेका छन् । जुन सरासर गलत हो ।

कन्सल्टेन्सीको भूमिका मलाई लाग्छ नेपालका कुनैपनि कन्सल्टेन्सीले जबरजस्ती विद्यार्थी पठाएका छैनन् । जो विद्यार्थी अस्ट्रेलिया अध्ययन गर्न भनेर आएका छन्, उनीहरुले यहाँको कानुन, सिस्टम, शिक्षा, पढ्ने कलेजको प्रर्याप्त जानकारी लिएका हुन्छन् । कन्सल्टेन्सीले विद्यार्थी उच्च शिक्षाका लागि अस्ट्रेलिया आउनुपूर्व विद्यार्थी र कलेजका विच मध्यस्तता गर्ने काम मात्र गर्छन् । अस्ट्रेलियाको शिक्षा प्रणालीलाई नै दोष दिएर कन्सल्टेन्सीले नेपाली विद्यार्थीको भविष्य विगारे भन्ने सन्देश फैलाइयो यो एकदमै गलत भयो । गलत अफवाहले निम्त्याएको समस्या पछिल्लो समय अस्ट्रेलियाको भिसा रेट दिन प्रतिदिन खस्कँदो छ ।

पहिला नेपाली विद्यार्थीका लागि भिसा दिने प्रक्रिया निक्कै प्रशसनीय थियो । तर, केहीले ५–७ लाख रुपैंयामा अस्ट्रेलिया जान पाईने, तुरुन्तै भिसा आयो भन्ने गलत अफवाह फैलाउँदै सस्तो मार्केटिङ गर्न थाले । केही ब्यवसायीहरुले अनईथिकल काम गर्दा मर्यादित भएर काम गर्नेले समेत शिर झुकाउनुपर्ने अवस्था भयो । फेसबुकका वालमा यस्ता कुरा पोस्ट गर्दा अस्ट्रेलियाले यो कुरालाई सोसल मिडिया मार्फत ट्रयाक गरेर गलत प्रचार–प्रसार गरेको थाहा भएको हुनाले भिसामा कडाई गरेको देखिन्छ । अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परे जस्ता गलत खबर आएपछि अस्ट्रेलियन सरकारलाई आफ्नो देशको नराम्रो प्रचारबाजी भयो भन्ने लागेर होला अहिले भिसामा कडाई गरेको । यो केसले अस्ट्रेलियालाई भन्दा नेपाली विद्यार्थीलाई असर गरेको छ ।

अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ । कन्सल्टेन्सीकै मात्र दोष हो त ? अस्ट्रेलियाको केसमा कन्सल्टेन्सीको मात्र दोष छैन । मुख्यतः अस्ट्रेलियन निकायले विदेशी विद्यार्थीको भिसा नीतिमा गरेको परिवर्तनले समस्या निम्तिएको हो । पोखरा, चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । भिसाको लागि बाटो खुलाउने काम कन्सल्टेन्सीकै हो । अहिले जतिपनि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया गएर त्यहाँको बिकास, त्यहाँको प्रविधि, त्यहाँको शिक्षा प्रणाली देख्ने अबसर पाएका छन् त्यो कन्सल्टेन्सीकै कारण भएको हो । तथापि, कन्सल्टेन्सी आफैँ विद्यार्थीको घरमा गएर ल्याएका छैनन् । विद्यार्थीको रुची चाहना बमोजिम कन्सल्टेन्सीले परामर्श मात्र दिने हो ।

विद्यार्थी जुन मुलुक जान चाहन्छ त्यो मुलुकको बारेमा ६ देखि १२ पेजको एसओपी (स्टेटमेन्ट अफ प्रपोज) लेख्नुपर्छ । उक्त देश किन जाँदैछु ? कुन विषय अध्ययन गर्दैछु ? कुन कलेज जाने ? अध्ययन पुरा गरिसकेपछि के गर्ने ? जस्ता महत्वपूर्ण विषयमा विद्यार्थी आफैंले एसओपी तयार गर्नुपर्ने पर्छ । सम्पुर्ण कुरा जानेर गइसकेपछि पनि कन्सल्टेन्सीले ललाई फकाई गरेको हो भनेर आरोप लगाउन कत्तिको जायज हो त ? एसओपी पढ्नु पर्दैन ? पैसा कमाउनकै लागि अरुको भविष्य धरापमा राख्ने प्रबृत्ति राम्रो होईन । विद्यार्थीले पनि आफ्नो काम गर्न खेताला लगाउनु भएन ।

घरमा बाबु–आमा थर्काएर खाएको जस्तो विदेशी भूमिमा हुँदैन । त्यहाँ त त्यो देशको नियम कानुन अनुसार पढ्ने, निश्चित समय काम गर्ने हो । पढ्न गएको विद्यार्थीले काम गर्न सकिन भन्न मिल्दैन । अस्ट्रेलिया जाने वित्तिकै सुन फल्छ भन्ने सोच राखेका विद्यार्थीहरुको कारण यो अवस्था आएको छ । ठिक छ, कतिपय विद्यार्थी आफैं एसओपी लेखेनन् होला तर, अरुले लेखेको भएपनि केके लेखिएको रहेछ अध्ययन त गर्नुपर्छ नी !

भोक लाग्यो भन्दैमा उम्लिँदै गरेको भातमा हात चोबेर भोक मेटिँदैन । हो, त्यस्को लागि निश्चित समय पर्खनुपर्छ । हतारमा अरुको देखासिखीमा अस्ट्रेलियाका समुन्द्री किनारमा र पार्कमा फोटो खिच्नकै लागि हतारिएर गएका विद्यार्थीमा समस्या होला तर, अस्ट्रेलियाको हरेक विषय बुझेर, त्यहाँ आइपर्ने संभावित समस्यासँग जुध्नका लागि आफुलाई शारीरिक, मानसिक रुपमा तयार पारेर गएका विद्यार्थीमा कुनै समस्या छैन । के अस्ट्रेलिया असुरक्षित नै भएको हो त ? केहि साता अगाडी सञ्चारमाध्यममा आयो । ‘अस्ट्रेलियामा दिनरात काम गरी लखतरान भएर धेरै नेपाली विद्यार्थीहरु त्यहाँका पार्क र रेल्वे स्टेशनमा अलपत्र परेका हुन्छन् । मलाई अचम्म लाग्यो । केहि महिना अघि म अस्ट्रेलिया बसेर आएँ, त्यहाँका नेपाली विद्यार्थीहरुसँग प्रत्यक्ष सात्क्षात्कार हुने मौका पाँए । तर, एक जना नेपाली विद्यार्थीले पनि मलाई यस्ता कुरा गरेनन् । नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीले निश्चित घण्टा मात्र काम गर्न पाउँछन् । कलेज जानै पर्यो, नियम अनुसार काम पनि गर्नुपर्यो । सँगसँगै फिल्डवर्क, आफ्नो ब्यक्तिगत काम समेत गर्नुपर्दा एकदमै विजी हुन्छन् । यस्तो ब्यस्त जिवनमा कोही पार्क र रेल्वे स्टेशनमा सुस्ताउँछ भने त्यसलाई अलपत्र परेको कसरी भन्न मिल्छ ?

नेपाल र अस्ट्रेलियाको परिवेश फरक छ । त्यहाँ जताततै गार्डेन धुलो रहित सफा वातावरण र सुरक्षा छ । जुनसुकै ठाँउमा पनि बस्न, खान समस्या छैन । काम गर्नको लागि दिन रात भन्ने पनि हुँदैन । समय व्यवस्थापनको कुरा महत्वपूर्ण हो । यदी साँच्चिकै त्यस्तो दृश्य थियो भने, ति विद्यार्थीलाई नेपाल फिर्ता गर्न पहल गरौं न ! यसका लागि नेपाल सरकारले नै पहल गरोस । हामी ब्यवसायीले पनि अभियान थालौं । म दावीका साथ भन्छु अस्ट्रेलिया पुगेका १ प्रतिशत विद्यार्थी पनि यो अभियान सुरु गरे आउन चाँहदैनन् । कन्सल्टेन्सीलाई मात्र दोष लगाइरहने हो भने भोली नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने बाटो नै बन्द हुन्छ । यसले समग्रमा मुलुकलाई नै असर गर्छ ।

आज विदेश गएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले एक दुई पैसा जोगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । भोली त्यो बाटो पनि बन्द हुँदा समस्या झन बढ्छ । सजगताका उपाय समाधान हामीसँगै छ । सबैभन्दा पहिला जुनसुकै देश जाने भएपनि विद्यार्थीले त्यो देशको कानुन, शिक्षा प्रणाली, रहनसहन, कलेजको अवस्था, आइपर्ने समस्या र चुनौतिका बारेमा नेपालमै बुझेर अप्लाई गर्नुपर्छ । यसका अलावा आफुले परामर्श लिएको कन्सल्टेन्सी र काउन्सलरको लिगालिटी बुझेर गर्दा कुनै समस्या आउँदैन । र, यसका लागि विद्यार्थीले कुनै कोर्षको पाठ घोकेजस्तो गर्नुपर्दैन । अहिले हरेक विद्यार्थीको हत्केलामा विश्व अटाएको छ ।

इन्टरनेटको माध्यमबाट सम्पूर्ण जानकारी हासिल गर्न सकिन्छ । मात्र रिसर्च गर्नुपर्यो । कुनै कन्सल्टेन्सीले दिएको आश्वासनमा मात्र भरपर्नु भएन । नेपाल सरकारका आधिकारिक निकायसँग पनि जानकारी लिनुपर्छ । कन्सल्टेन्सीको ब्याकग्राउण्ड हेर्नुपर्छ । अस्ट्रेलियाको विकल्प हाम्रो देश विकासतर्फ लम्कदै गएको अवस्थामा धेरै दक्ष जनशक्ति आवश्यक छ । प्राविधिक जनशक्ति, डाक्टर, पाईलट, ईन्जीनियर सबै खालका दक्षता भएका व्यक्ति आवश्यक छन् । दक्ष जनशक्ति उत्पादनको लागि विकशित देशसम्म लैजाने पुलको काम कन्सल्टेन्सीको हो ।

अहिलेको अवस्थामा अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि हरेक कुराले सबैभन्दा उत्कृष्ठ देश हो । आर्थिक, शैक्षिक र अवसरका हिसाबले अस्ट्रेलिया भन्दा आकर्षक गन्तब्य नभएपनि अस्ट्रेलिया जत्तिकै राम्रा शिक्षा र अवसर भएका देश पनि नभएका हैनन् । युके, न्यूजल्याण्ड, क्यानडा इण्डिया, जापान लगायतका देशमा राम्रो शिक्षा प्रणाली छ । यूरोपका देशहरु पनि राम्रा छन् । कस्ता विषय अध्ययन गर्ने मुख्य रुपमा विद्यार्थीले पछि गएर देश विकास र समाज रुपान्तरणमा कस्तो विषय आवश्यक छ सोह अनुसार आफ्नो रुचि र सहजताको विषय रोज्नुपर्छ । पछिल्लो समय प्राविधिक सिप सहितका विषय विद्यार्थीका रोजाईमा परेका छन् । फार्मेर्सी, नर्सिङ, फिजियोथेरापी, डाइलोसिस टेक्नोलोजीलगायतका बिषयहरु मेडिकल क्षेत्रका विषय हुन् ।

ईन्जीनियरिङ क्षेत्रमा आर्किटेक्चर ईन्जीनियरिङ, सिभिल ईन्जीनियरिङ, एयरक्राफ्ट मेन्टिनेन्स ईन्जीनियरिङ, पेट्रोलियम ईन्जीनियरिङ, कम्युटर साइन्स इन्जिनियरिङ जस्ता विषयमा विद्यार्थी जाँदा राम्रो छ । यी विषय अध्ययन गर्न जाँदा भोली स्वदेश फकर्दा पनि मुलुकको विकासका लागि टेवा पुग्छ । (लेखकः क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन् ।)

post image

जेठ २१, बाँके ।विद्यालय भन्ने बित्तिकै हामीले सोच्ने गर्छौं जहाँ विद्यार्थी र शिक्षकहरु हुन्छ। शिक्षकले विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाइरहेका हुन्छन्।

डुडुवा गाउँपालिका–५ नानुपूर्वामा रहेको एउटा सरकारी विद्यालयमा तपाइले सोचेजस्तो देख्नुहुन्न। जनता कल्याण राष्ट्रिय प्राथमिक सामुदायिक विद्यालयमा एकजना पनि विद्यार्थी छैनन्।

पहिलेका विद्यार्थी पनि अन्यत्र निजी विद्यालयमा स्थानान्तरण भ एभने यस वर्ष एक जना विद्यार्थी पनि भर्ना हुन आएनन्। यो वर्षको भर्ना अभियान पनि सकिसकेको छ। विद्यार्थी नै नभएको विद्यालयका एक्ला शिक्षक हुनुहुन्छ, जगदीशप्रसाद रोका।

विद्यार्थी नै नभएपछि शिक्षक रोकाको दिनचर्या बिहान विद्यालय जाने र विद्यालय समयभर एक्लै कार्यालय कुरेर फर्कनुमा बित्ने गर्दछ। उहाँको यो अवस्था चालू शैक्षिक सत्र शुरु भएपछि मात्र आएको हो। गत वर्ष नै विद्यार्थीको सङ्ख्या अत्यन्तै न्यून थियो। अहिले एक जना पनि विद्यार्थी भर्ना नभएपछि उहाँलाई विद्यालय खोलेर समय बिताउन बाध्य हुनु परेको छ।

गत वैशाख २ गतेदेखि विद्यालयको शैक्षिक सत्र शुरु भएको हो। विद्यार्थी आउँछन् कि भन्दै कुरेर बस्नुपर्ने बाध्यता छ उहाँलाई। २०३४ सालमा स्थापना भएको यो विद्यालय कक्षा ५ सम्मको स्वीकृति छ। शिक्षक रोका भन्छन्, ‘‘दिनभर विद्यालय कुरेर साँझ परेपछि घर फर्किने गरेको छु।’’

गत शैक्षिक सत्रमा यस विद्यालयबाट १० जनाले मात्र परीक्षा दिएका हुन्, नियमितरुपमा विद्यालय पढ्न आउने विद्यार्थीको सङ्ख्या दुई÷तीन जनाभन्दा बढी कहिल्यै थिएन। उनले भने, “त्यतिबेलादेखि नै हामीले जिल्ला तथा गाउँपालिका र स्थानीय अभिभावकलाई विद्यालयको अवस्थाबारे जानकारी गराएका थियौँ। कतैबाट पनि कुनै चासो देखाइएन।”

उनका अनुसार विद्यालयमा अङ्ग्रेजी माध्यमबाट निःशुल्क पढाउँदा पनि स्थानीय अभिभावकले शुल्क तिरेर आफ्नो बच्चा निजी विद्यालयमा पढाउँछु भनेर लगेपछि विद्यालय विद्यार्थीविहीन भएको हो। “अभिभावकले नै साथ नदिएपछि हामी शिक्षकले मात्र के गर्न सक्छौँ र ? हामीले विद्यालय मिश्रणका लागिसमेत आग्रह गरेका थियौँ तर कतै सुनुवाइ भएन।”

उनले गाउँपालिका र जिल्ला शिक्षा समन्वय इकाइले चाँडै विद्यालय समाजयोजन वा मिश्रण गरेर आफ्नो व्यवस्था गरिदिन आग्रहसमेत गरे। उनले थपे, “विद्यार्थी भर्नाका लागि विद्यालयको कार्य क्षेत्रका सबै घरघरमा कार्यालय सहयोगीसहित पुगे तर अभिभावकको निजी विद्यालयको मोहले विद्यार्थी नै भर्ना नभएपछि विद्यालय खोलेर समय बिताउने काम मात्रै भएको छ।”

निकै थोरै विद्यार्थी भर्ना हुँदा गत वर्ष नै विद्यालय गाभ्ने कुरा उठे पनि नगाभिएपछि यस वर्ष विद्यालयले वैशाखको पहिलो साता भर्नाका लागि घरदैलो अभियान पनि गरेको थियो। भने, “विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले समेत आफ्ना बच्चा निजी विद्यालयतिरै पठाएपछि अरूले त झनै पठाउने कुरै भएन।”

गत वर्षसम्म २५ जना विद्यार्थी र तीन शिक्षक एक कार्यालय सहयोगी भएकामा तत्कालीन प्रधानाध्यापक शङ्कर सिंहले वैशाख १ देखि अवकाश लिएको छ भने अर्का शिक्षक मालतीप्रसाद यादवले शिक्षा सेवा आयोग अनुत्तीर्ण भएपछि अनिवार्य अवकाश लिएपछि आफू र एक जना कार्यालय सहयोगी मात्र रहेको उनले बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुमबहादुर बुढाथोकीले आफ्नो विद्यालयमा भन्दा अभिभावकले निजी विद्यालयमा नै पढाउन रोजाइ बनाएका कारण विद्यालय विद्यार्थीविहीन बन्न पुगेको बताए। उनले भने, “मैले आफ्नै नातिनीलाई निजी विद्यालयमा भर्ना गर्न बाध्य भएँ। छोराबुहारीलाई जति सम्झाए पनि मानेनन्।”

विसं २०३४ मा खुलेको यो विद्यालय साबिक कम्दी गाविसमा अब्बल मानिन्थ्यो। तर अहिले अभिभावकको निजी विद्यालयप्रतिको मोहले विद्यार्थी शून्य भएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरबहादुर बोहोराले बताए। उनले पञ्चायतकालमै निमावि तह माग गर्दा अनुमति नपाएपछि विस्तारै प्रावि तहमै खुम्चिनुपरेको बताए।

बोहोराले आफ्ना नातिहरुलाई यसै विद्यालयमा भर्ना गर्न सरकारी जागिरमा रहेका छोराहरुलाई भन्दा नमानेर नजीकको निजी विद्यालयमा पठाएको दुःखेसो गरे। “हामी हाम्रा छोराछोरीलाई दाउरा बेचेर भए पनि निजी विद्यालयमा पढाउँछौँ तपार्इं नबोल्नुस् भनेर वचन लगाएपछि चुप लागें,” उनको दुःखेसो।

विद्यालय व्यवस्थापन समितिकै पूर्वअध्यक्ष पदमसिंह बोहोराले राज्यको शिक्षा नीतिको कारण सामुदायिक विद्यालयको अवस्था नै धराशायी भएको आरोप लगाए। उनले स्थलगत सर्वेक्षण नै नगरी धमाधम निजी विद्यालयलाई स्वीकृति दिएकाले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो रहेको दाबी गरे। सो गाउँमा अहिले पाँच वटा निजी विद्यालय र दुई वटा सामुदायिक मावि छन्। डुडुवा गाउँपालिकाले विद्यार्थी भर्ना नभएपछि गाभिने जनाएको छ।

गाउँपालिकाका अध्यक्ष नरेन्द्र चोधरीले भने, “गत वर्ष ऐन नबन्दा मिश्रण गर्न कठीनाइ भएको थियो, यसपटक मिलान हुन्छ।” उनले गाउँपालिकाभित्र विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयलाई मिश्रण गर्ने तयारी भइरहेको बताए।

पक्की सात कक्षाकोठा रहेको विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा गाउँपालिका–५ कार्यालयले दुई कोठा प्रयोग गरेको छ भने एक कोठा विद्यालयको कार्यालय सञ्चालन गरी बाँकी कोठामा ताला लगाइएको छ। रासस

post image

जेठ १७, काठमाडौं । स्कोप स्टुडेन्ट सर्भिसेज ले चिसोम ईन्टिच्युटका बारेमा बिधार्थी हरू लाई एक इन्फर्मेसन सेसन मार्फत जानकारी प्रदान गरेको छ। स्कोप स्टुडेन्ट सर्भिसेजका मेनेजिङ डाइरेक्टर बिक्रम केसीले चिसोम ईन्टिच्युट बिगतमा आफुले भ्रमण गरि यो शैक्षिक संस्था को शिक्षा ले नेपाली बिधार्थी हरू लाई बिश्व भर मान्यता प्राप्त शिप र दक्षता अभिबृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यले चिसोम ईन्टिचुट लाई आफुले नेपालमा प्रबर्धन गरेको जानकारी गराऊनु भयो।

सन १९९८ मा स्थापना भएको चिसोम ईन्टिच्युट भिक्टोरियाको व्यावसायिक शिक्षा र तालिम उपलब्ध गराउदै आएको अष्ट्रेलियन सरकारको स्वामित्वमा सञ्चालित टेफ इन्टिचुट हो। चिसोम ईन्टिच्युटको मुख्य उदेश्य आत्मनिर्भर शिक्षा र तालिम उपलब्ध गराउनु रहेको, जसले ग्लोबल सिटिजन बन्न सहयोग पुर्याउने कुरा चिसोम ईन्टिचुटका इन्टरनेसनल स्टुडेन्ट अपरेसन मेनेजर अलन मेगरले बिधार्थी हरू लाई जानकारी दिनुभयो।

चिसोम ईन्टिच्युटले २५० भन्दा बढी सर्टिफिकेट, डिप्लोमा, एड्भान्स डिप्लोमा, ब्याचलर, ग्राजुएट सर्टिफिकेट सञ्चालन गरिरहेको र यसबाट नेपाली बिधार्थी हरूले बिगतमा अध्यन गरि आफ्नो शैक्षिक भबिष्य सुनिश्चित गरिसकेको हुदा निकट भविष्यमा अस्ट्रेलिया अध्ययनका लागि जान चाहने बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको इन्टरनेसनल रिक्वायरमेन्ट सिनियर रिजनल मेनेजर प्रसान्त प्रसन्नले उक्त कार्यक्रममा जानकारी गराऊनु भयो।

स्कोप स्टुडेन्ट सर्भिसेज चिसोम ईन्टिचुट का लागि टीयर वान एजेन्ट भयकाले जि टि ई इभ्यालुएसन प्रोसेसिङ छिटो र भरपर्दो हुने हुँदा बिधार्थी हरू स्कोप स्टुडेन्ट सर्भिसेजको सेवा बाट सन्तुष्ट रहेको बताएका थिए।

लामो समयदेखि अष्ट्रेलिया, यु एस ए , न्युजिल्यान्ड लगायतका राष्ट्रमा उच्च शिक्षा का लागि स्कोप स्टुडेन्ट सर्भिसेजले परामर्श, टेष्ट प्रिप्पेसन, भिजा गाइड लगायत का सेवा प्रदान गर्दै आएको छ।

post image

जेठ ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानुपर्ने बाध्यता हटाउनुपर्ने बताएका छन्। कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रम ओलीले ज्ञानको बिरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउँदो नभएको बताए। ‘देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘कुनै विशिष्ट प्रकारको प्राविधिक शिक्षा लिन विदेश जाने कुरा बेग्लै हो, तर सामान्य विषय अध्ययनका लागि विदेश जाने चलन हटाउनु पर्दछ। त्यसैले हामीले विदेशमा जतिकै गुणस्तर दिन सक्ने शैक्षिक संस्था नेपालमै खोल्नु पर्दछ।’

सरकार निजी शिक्षाको विपक्षमा नभएको तर सामुदायिक शिक्षाको गुणस्तर उकास्न क्रियाशील रहेको प्रधानमन्त्री ओलीले बताए। ‘निजी शैक्षिक संस्थालाई हामी जबरजस्ती बन्द गर्न भन्दैनौं तर सामुदायिकको गुणस्तर उकासेर निजीमा जानै नपर्ने स्थितिको सृजना गर्दछौं।’

प्रधानमन्त्री ओलीले भने शिक्षा, स्वास्थ्य, विकास जस्ता क्षेत्रमा लगानी गर्नुहोस्, सरकार तपाईंहरूलाई प्रोत्साहित गर्दछ। त्यतिमात्र होइन तपाईंहरूको लगानीको सुरक्षा र संरक्षण पनि गर्दछ’ प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले शिक्षा प्रतिस्पर्धी, रोजगारमूलक र राष्ट्रिय भावना जगाउन सक्ने हुनुपर्ने बताए।

post image

जेठ ८,पाल्पा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको आरोप लगाएका छन्।

नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप लगाए।

सरकारले नेपाली जनतालाई विकासको प्रत्याभूति दिलाएर खुशी र सुख दिन नसकेको उल्लेख गर्दै उनले अझै पनि जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताए। थापा कांग्रेसले सोमबार गठन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका संयोजक हुन्। रासस

post image
जेठ ६, काठमाडौं ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, (HISSAN) र कान्तिपुर पब्लिकेसन्स प्रा.लि.को संयुक्त आयोजनामा बृहत् शैक्षिक मेला  छैठौं कान्तिपुर हिसान एडुफेयर -२०७६”को आयोजना हुने भएको छ  । “उत्कृष्ट शिक्षा निपालमै” भन्ने नाराका साथ यही जेठ ९ गते देखि १२ ( मे २३ देखि २६) गतेसम्म भृकुटीमण्डप, प्रर्दशनीहलमा हुनगइरहेको छ  ।
यस शैक्षिक मेलाको जेठ ९ गते बिहिवार विहान ११ बजे समुद्घाटन हुने कार्यक्रम रहेको  छ । नेपालमै संचालित शिक्षालयहरुले दिने गणस्तरीय तथा उत्कृष्ठ शिक्षाका वारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाईन्छ भन्ने बिषयमा विविध परामर्श दिने उद्देश्यले  विगत ६ वर्षदेखि यस  शैक्षिक मेलाको आयोजना हुँदै आईरहेको  छ ।
नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुदा, कुन विषय किन पढने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्यौलता हुदा साथै कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तिकै लागि ठूलो धनराशी विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले संचालित यस शैक्षिक मेला उपयोगी हुने पत्रकार सम्मेलनमा आयोजकले बताएको छ ।
विद्यार्थीहरुलाई नेपाली शिक्षालय प्रति आकर्षित गर्ने तथा विविध परामर्श दिइने यस शैक्षिक मेलामा विभिन्न तहमा अध्ययनरत विद्यार्थी, अभिभावक तथा शिक्षासँग सरोकार राख्नेहरु गरी २ लाख वढिले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा विभिन्न संस्थाहरुको प्रस्तुतिका साथै विज्ञहरुको सहभागीतामा शिक्षा तथा प्रविधि लगायत विविध शिक्षक जानकारी मूलक तथा विषयगत सेमिनारहरु समेत आयोजना गरिएको छ ।
कान्तिपुर हिसान एडुफेयर-२०१९ को मुख्य प्रायोजकहरुमा व्रिजवाटर ईन्टरनेशनल कलेज, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर(सि.सि.आर.सी), गोल्डेनगेट ईन्टरनेशनल कलेज, काठमाण्डौं बल्ड स्कूल रहेका छन् भने प्रायोजकहरूमा ड्याफोडिल स्कूल, डिएभि कलेज, हिमालयन वाईट हाउस ईन्टरनेशनल कलेज, इन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट(आ. एस. टि.) कलेज, किष्ट कलेज, लिटिल एंजेल्स कलेज, एल आर आई स्कूल, नामी कलेज, नोवेल एकेडेमी, पेन्टागन ई कलेज, प्रिमियर कलेज, साउथ वस्टर्न स्टेट कलेज, ट्रिनिटी ईन्टरनेशनल कलेज, ट्रिटोन ईन्टरनेशनल कलेज, भि.एस. निकेतन कलेज, र जेभिएर ईन्टरनेशनल कलेज रहेका छन् भने सहयोगी संस्थाको रुपमा हेराल्ड कलेज काठमाडौ रहेको छ ।
मेलामा विद्यार्थी अभिभावक तथा इच्छुक महानुभावहरुको हितको लागी निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विभिन्न कलेजहरु मार्फत नि:शुल्क छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।
यस मेलामा विद्यार्थी, अभिभावक हरु र आम शुभचिन्तकहरुको उपस्थितिले नेपालमै संचालित प्रतिष्ठित शैक्षिक संस्थाहरुको मनोवल बढाई अझ उच्च स्तरको शैक्षिक संस्था निर्माण गर्न र संस्थाहरुको हौसला बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने  विश्वास आयोजकले लिएको  छ । 
post image

 जेठ ६, काठमाडौं । नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा मेस्क्युटाले कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेकी छिन् । विद्यालयमा आयोजित एक समारोहमा संस्थाका कार्यकारी अध्यक्ष कपिलदेव रेग्मीले उनलाई स्वागत गरे ।

संस्थाकी निर्देशक सम्झना खरेलले उनलाई खादा र बुकेद्वारा सम्मान गरिन् । विद्यालयको अवलोकनपश्चात् आयोजित एक समारोहमा राजदूत मारियाले काञ्जीरोवाका विद्यार्थीहरूसँग अनुभव आदानप्रदान गरिन् । विश्वकप फुटबलमा उदाहरणीय कीर्तिमान काम गर्दै आइरहेको ब्राजिलको प्रतिष्ठा काञ्जीरोवाका लागि मात्रै नभएर सिङ्गो नेपालकै लागिसमेत चर्चाको विषय बनेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष रेग्मीले राजदूत मारियाको काञ्जीरोवा भ्रमण काञ्जीरोवाका विद्यार्थीहरूका सिकाइका लागि ठूलो अवसर भएको बताए ।

सम्बोधनका क्रममा रजदूत मारियाले ब्राजिलको औपनिवेशिकता र स्वतन्त्रता सङ्ग्रामको प्रक्रियाबारे चर्चा गर्दै भूपरिवेष्टित राष्ट्र भएर पनि नेपाललाई प्राप्त हुने सामुद्रिक पहुँचको अधिकारका बारेमा समेत धारणा राखिन् । प्राकृतिक सम्पदामा नेपाल र ब्राजिलका बीचमा पाइने समानताबारे चर्चा गर्दै उनले उच्च हिमशृङ्खला र अनेक प्राकृतिक सम्पदाका कारण नेपाल विश्वकै सुन्दर मुलुक बन्न सफल भएको बताइन् । राजदूत मारियाले ब्राजिलका तर्फबाट काञ्जीरावाको पुस्तकलायलाई केही महत्वपूर्ण पुस्तकहरूसमेत हस्तान्तरण गरिन् ।

राजदूत मारियाको काञ्जीरोवा आगमन र उनको सम्बोधन विद्यार्थीहरूलाई अत्यन्त प्रेरणादायी रहेको बताउँदै काञ्जीरोवाका प्रधानाध्यापक रञ्जीत थापाले उनीप्रति धन्यवाद ज्ञापनका गर्नुका साथै आगामी दिनमा राजदूत मारियालाई विद्यालयले फेरि स्वागत गर्ने अवसर प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

post image

जेठ ५, काठमाडौं । आगामी जेठ १० गतेदेखि हुने प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकमा अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि.ले सम्झौता गरेको छ। सम्झौतासँगै प्रतियोगिताको नाम एक्सपर्ट प्रधानमन्त्री कप हुने भएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिताका यसअघि जेठ १ गतेबाट शुरु हुने भनिए पनि प्राविधिक कारणले १० दिन पछि सरेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहनेछ। सार्वजनिक खेल तालिका अनुसार समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बि मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।

सार्वजनिक खेल तालिका अनुसार मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उदघाटन समारोह आयोजना गरिनेछ।

सोही समयमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबकाबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुने छ । जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्।

सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ।

यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समात्ने दर्शकले ५० हजार पाउने आयोजकले जनाएको छ।

१ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्ने भएको छ ।

एक्सपर्टका निर्देशक बद्री अर्यालले प्रधानमन्त्री कपमा एक्सपर्ट जोडिन पाउनु अर्को महत्वपूर्ण खुट्किलो भएको सुनाए। एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए।

post image

जेठ १, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेज परीसरमा विभिन्न संघ संस्थाहरुको उपस्थितीमा जब प्लेसमेन्ट मेला सम्पन्न भएको छ । कार्यक्रम व्यवस्थापन संकाय का एम.वि.ए.र एम.वि.ए(फाइनान्स) कार्यक्रमकाभखरै उत्तीर्ण भएका छात्र छात्राहरु गरी १०० जनाको सहभागिता रहेको थियो ।

 कार्यक्रमको उद्घाटनमा मेरो जवका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले यस्ता कार्यक्रम विद्यार्थीहरुको भविष्य उज्वल बनाउने बताउदै युनिग्लोव कलेजका विद्यार्थीहरुको गुणस्तर र क्षमता राम्रो रहेको बताउनु भयो । कार्यक्रममा चौधरी ग्रुप, पञ्चकन्या ग्रुप, गोरखा ब्रुअरी, भिभो मोबाइल, वरुण वेभेरेज(पेप्सी), एपिवान टेलिभिजन, कान्तिपुर मिडिया ग्रुप, आइ.एम.इ, अटोमोटिम्स, मेरो जब लगाएत | १८ वटा विभिन्न क्षेत्रका कम्पनिहरुको उपस्थिति थियो ।

कार्यक्रममा कलेजका कार्यक्रम निर्देशक अनन्त राज घिमिरेले युनिग्लोवका विद्यार्थीहरु बजारमा अरु भन्दा फरक र अब्बल रहेको वताउनु भयो साथै यहाँका विद्यार्थी हरुमा सकारात्मक सोच, विलक्षण प्रतिभा एवं समस्या समाधानको निम्ति क्षमतावान रहेको वताउनु भयो ।

कलेजका प्रिन्सिपल एवं प्रवन्ध निर्देशक डा. नर बहादुर विष्टले युनिग्लोव कलेजका विद्यार्थीहरुले व्यवस्थापन अध्ययनसँग सँगै बजार को माग बमोजिम बहुआयामिक शिक्षा हासिल गरेकाले यस्तो अवसरले उनीहरुलाई आफ्नो गन्तव्यमा पु-याउनको लागि विशेष सहयोग हुने बताउनु भयो । उक्त कार्यक्रम अगाडी विद्यार्थीहरुलाई आफ्नो रिजुमी (Resume), अन्तरवार्ता, सामुहिक छलफल एवं व्यक्तित्व विकास सम्बन्धि ६ दिने तालिमको पनि व्यवस्था गरिएको थियो ।

डा. विष्टका अनुसार युनिग्लोव कलेजबाट अध्ययन पश्चात् विद्यार्थीहरुले बढीमा दुई देखि तीन महिना भित्रमा आफुले रोजेको र खोजेको क्षेत्र तथा स्थानमा रोजगार प्राप्त गरेको बताउनु भयो । साथै यनिग्लोवका ग्राजुएट विद्यार्थीहरु मध्य कम्तीमा दश प्रतिशत आफ्नै व्यापार, व्यवसाय सुरु गर्ने गरेको बताउन भयो ।

यस्ता कार्यक्रमले विद्यार्थीहरुको मनोवल बढाउनुको साथै उनीहरुलाई सदैव अग्रसर रहनको लागि प्रेरणा मिलेको र कार्यक्रम भव्यताका साथ सम्पन्न भएको जानकारी दिनुभयो ।

post image

वैशाख २९, काठमाडौं । एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय २५१-३०० औं स्तरमा सूचीकृत भएको छ । बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको हो ।

यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१-१००० औं विश्वविद्यालयहरुको सूचीभित्र परेको थियो ।त्रिभुवन विश्वविद्यालयले पहिलो पटक एसियाका विश्वविद्यालयहरुको स्तर निर्धारणका लागि गरिने सूचीकरण प्रक्रियामा गत वर्षबाट भाग लिएको थियो ।

उक्त संस्थाले विश्वविद्यालयमा रहेका कुल शिक्षक संख्या, महिला शिक्षक संख्या, स्नातक र स्नातकोत्तर तहहरुमा अध्ययनरत विद्यार्थी संख्या, महिला विद्यार्थीहरुको संख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धानहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित लेख, अनुसन्धानका लागि भएको लगानी, विद्यावारिधि प्रदान गरिएको संख्या लगायतका मुख्य सूचकहरुलाई आधार मानी विश्वविद्यालयहरुको मूल्यांकन गर्दछ ।

एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा अग्रणी स्थानमा पर्न सफल भएको भन्दै त्रिभुवन विश्वविद्यालयले खुसी व्यक्त गरेको छ ।

post image

बैशाख २९,काठमाडौँ । ”बिश्वस्तरीय शिक्षा सुपथ मुल्यमा ” भन्ने मूल नाराका साथ भारत अध्ययनार्थ जान चाहने बिद्यार्थीलाई लक्षित गरी “द ग्रेट इन्डिया एजुकेशन फेयर २०१९” को आयोजना हुने भएको छ । प्रोमिनेन्ट सर्भिसेजको आयोजनामा अफेयर्स  एक्जीविशन एण्ड मिडियाले संचालन गर्ने उक्त फेयरमा भारतका प्रतिष्ठित विश्वविद्यालय ,कलेज , इन्चियुटहरुले स्टल राखि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्नेछन् ।

 विद्यार्थीहरुले आफ्नो करियर बनाउनको लागि १२ कक्षालाई नै पर्खिने मानसिकता हटाउनुपर्ने र लक्ष्य पहिल्यै निर्धारण गर्नुपर्ने अफेयर्स एक्जीविशन एण्ड मिडियाका निर्देशक बिबेक शुक्लाले बताउनुभयो। अभिभावकले पनि आफ्नो सन्तानको योग्यता केहो , उनीहरुको पर्शनालिटी कस्तो छ ,उनीहरुले कस्तो विषय चयन गर्छन र त्यो विषयले उनीहरुलाई कस्तो दिशा तर्फ लैजान्छ भन्ने बारेमा सोच्नुपर्ने शुक्लाको तर्क छ ।

यस फेयरले अभिभावक र विद्यार्थीमा भएको शिक्षा सम्बन्धी जिज्ञासाहरु मेट्ने काम गर्नेमा निर्देशक शुक्ला बिस्वस्त हुनुहुन्छ । यहि जेष्ठ ५ र ६ गते आइतबार र सोमबारका दिन काठमाडौँको र्याडिसन होटेलमा हुनगईरहेको यस फेयरमा १००० भन्दा बढी विद्यार्थीहरुलाई युनीर्भसीटीको छनोट गर्न यो फेयरले मद्दत गर्ने वाहाँको भनाइ छ ।

यस एजुकेशन मेलामा ३५ वटा भन्द बढी भारतिय युजिसी अन्तर्गतका विश्वविद्यालय र सरकारबाट सम्बन्धन प्राप्त कलेजहरुले १०० भन्दा बढी कोर्षहरुका लागि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने छन्। भारतको बेङ्लोर, आन्द्र प्रदेश, गुण गाँउ , कोलकत्ता , चेन्नाइ, जयपुर , पुने, भेलोर लगायतका स्थानका शैक्षिक संथाहरुले उक्त शैक्षिक मेलामा भाग लिने छन् ।

post image

बैशाख २७, काठमाडौँ । भारतीय शिक्षण प्रणाली, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले नेपाली बिधार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिधार्थीहरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकषिर्त भएका हुन् ।

यसै कुरालाई मध्यनजर गर्दै नयाँ बानेश्वरमा अवस्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ । कृष्ण फाउन्डेशनको सहकार्यमा बिरगंजमा दुई दिने करियर काउन्सिलिङको एण्ड इन्फर्मेसन सेसनको आयोजना गरिएको छ । उक्त कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले मे ११ र १२ तारिखमा बिरगंजको भिश्वा होटेलमा परामर्श प्रदान गर्ने छन्। यसै बिषयमा केन्द्रीय हुदै कृष्णा फाउन्डेसनले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधि र पत्रकारहरुमाझ पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पत्रकार सम्मेलनमा कृष्णा फाउन्डेशन काफाउण्डर  सन्तोष कुमार  चौधरी ले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरू लाई बढी भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोर का प्रतिनिधिले नेपाली बिधार्थी हरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिधार्थी हरूले भी आइटि युनिभर्सिटी  मनपराएकै कारण यस बर्ष पनि बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो ।

त्यस्तै जैन युनिभर्सिटी बेङ्गलोरका प्रतिनिधिले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थिति का बारेमा जानकारी गराउनुभयो ।

एसआरएम युनिभर्सिटी चेन्नाई की प्रतिनिधिले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिधार्थीहरूले बिश्वास गरेको र देश-बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी दिनुभयो । नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।

 

post image

वैशाख २०,  नवलपरासी।  नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीसहित वर्षा भएपछि हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

कावासोती नगरपालिकाका सबै विद्यालय बन्द भएका छन्। ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुने गरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

यस्तै, प्याब्सन कावासोतीका सचिव समेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए।

तिवारीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘जिल्ला शिक्षा समन्वय समितिबाट प्राप्त सूचना अनुसार हुरीबतासको सम्भावना भएको हुँदा आज आकस्मिक रूपमा विद्यालय बन्द रहने जानकारी गराइन्छ।’

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमापनि विद्यालय बन्द गरिएको सम्बन्धित शिक्षा शाखाहरुले जनाएका छन्।

post image

बैशाख १६,काठमाडौँ । निशुल्क शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेको वारेसमा अधिवक्ता राजकुमार उप्रेतीले अदालतमा रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद सचिवालय, कानुन तथा संसदीय दलको कार्यालय, काठमाडौं महानगरपालिकासहित ७ सरकारी कार्यालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा संविधानमा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने उल्लेख भएपनि सरकारी तथा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको रिटमा उल्लेख गरिएको छ ।

शिक्षामा व्यापारीकरण भएकाले आम सर्वसाधारण नेपाली अध्ययनबाट बञ्चित हुन सक्ने भएकाले सो सम्बन्धमा अदालतबाट न्यायिक व्याख्या हुनुपर्ने माग गरिएको छ ।  रिटमा संविधानको धारा ३१ ले नेपाली नागरिकलाई प्रदान गरेको हकविपरित काठमाडौं महानगरपालिकाको शिक्षा समितिले निर्णय गरेको भन्दै उक्त निर्णयलाई खारेज बदर गर्न माग गरिएको छ ।

रिटको पेशी आगामी वैशाख २० गतेको लागि तोकिएको पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिए ।

post image

बैशाख १५, भक्तपुर।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ।

आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उनले जानकारी दिए।

आगामी २६ गते सम्पन्न हुने परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको छ। परीक्षामा सबभन्दा कम मनाङ जिल्लाबाट ५९ र सबभन्दा धेरै काठमाडौँ जिल्लाबाट ६२ हजार ५८८ परीक्षार्थीको सहभागिता रहेको छ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

परीक्षामा प्रश्नपत्रको सुरक्षाका लागि बोर्डले सिसी क्यामरा जडान गरेको छ। बोर्डले केन्द्र नजिकै सिसी टिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको छ। बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको छ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ।

बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी एकैचोटी (बल्क) एसएमएसको व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्न सक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई छ महीना कैद र रु एक लाख जरिवाना गर्न सक्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«शन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ। बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेशन नं इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको छ।

परीक्षामा एक हजार १०७ केन्द्राध्यक्ष, एक हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १०७ निरीक्षक, एक हजार ४८९ कर्मचारी, दुई हजार २१४ कार्यालय सहयोगी र १३ हजार १८४ सुरक्षाकर्मीसहित ३४ हजार ४९० जनशक्ति परिचालन गरिएको छ । कक्षा १२ को परीक्षा २६ गते सम्पन्न हुनेछ भने वैशाख २९ गतेबाट कक्षा ११ को परीक्षा शुरु हुनेछ। रासस

post image

बैशाख१५,काठमाडौँ । प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा कृषि मेलाको उद्घाटन भएको छ । एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले सुरु गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा जैविक (अर्गानिक) खेती र कृषकलाई प्रोत्साहन गर्ने कृषि मेलाको गैरआवासीय नेपाली संघ (एनआरएनए)काअध्यक्ष भबन भट्टले समुदघाटन तथा अवलोकन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै अध्यक्ष भट्टले जैविक खानाले मानवीय स्वास्थ्यलाई धेरै फाईदा पुर्याउने बताउँदै नेपाल कृषि प्रधान देश भए पनि कृषिलाई अहिलेसम्म त्यति महत्व नदिएकोमा दुखेसो पोखे । उनले निकै राम्रो कामको शुरुवात भएको भन्दै केसीलगायतको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना समेत दिए ।

कार्यक्रममा प्यासिफिक हस्पिटालिटीका संचालक एबं एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले कृषकको हकहित र आफ्ना कलेजका बिधार्थीहरुलाई पनि जैविक खानाका बारेमा जानकारी होस् भन्ने उद्देश्ले जैविक कृषि मेलाको आयोजना गरिएको बताए ।

एनआरएन कृषि प्रबर्द्दन समितिका संयोजक युवराज गुरुङ्ले देश बिकासको लागि कृषिको बिकल्प नभएको बताउँदै कृषिको क्षेत्रमा केहि गर्नकै लागी आफुहरु खटिईरहेको बताए । गुरुङले प्यासिफिक हस्पिटालिटीले जैविक खेति र कृषकलाई प्राथमिकता दिदै सञ्चालन गरेको जैविक कृषि मेलाको सफलताको कामना गरे ।

मेलामा उपस्थित एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने एबं एनआरएनए आइसिसि सदस्य मनोज गोर्खालीले देश विकासको आधार भनेकै कृषि भएकाले सबैले कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै जैविक कृषि मेलाको सफलताको शुभकामना दिएका थिए ।

उक्त मेलामा विभिन्न देशबाट आएका एनआरएनका पदाधिकारीहरु, कृषि बिज्ञहरु, कलाकारहरु र स्थायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

post image

वैशाख १३, काठमाडौं । डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले स्टडी इस्टोनिया इन्फर्मेसन सेसन को आयोजना गरेको छ। युरोप अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी इस्टोनियन एजुकेशनको बारेमा जानकारी गराउनका लागि इस्टोनियन काउन्सिल अफ नेपाल का अवैतनिक बाणिज्यदुत नवराज दाहालको सहकार्यमा उक्त सेसनको आयोजना गरिएको हो ।

कार्यक्रममा स्टडी इस्टोनिया की स्पोकपर्सन पायल राजपालले इस्टोनिया को शैक्षिक संस्था हरूका बारेमा जानकारी गराउनुभएको थियो ।  इस्टोनियामा बिशेषत साईवर सेक्युरिटी इन्जिनियरिङ, इन्टरनेसनल बिजिनेस, स्टाटअप इन्टरप्रिर्न्रसिप, गेम, डिजाइन, म्युजिक, फिल्म, रोबटिक्स, इन्टरनेसनल ल लगायत थुप्रै कोर्स हरू सञ्चालन भइरहेको छ।

इस्टोनियाले अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई स्वागत गरिएको हुदा स्टडी इन इस्टोनिया संग सहकार्य गरि
डब्लु आर आई एजुकेशन कन्सलटेन्सीले यो कायक्रम को आयोजना गरेको बिकल्प राज पोखरेलले जानकारी दिनुभयो ।

उतरी युरोप, फिनल्याण्ड नजिक रहेको इस्टोनिया बाटै स्काइपको बिकास भएको हो। स्टाटअप पर क्यापिटा उच्च रहेको इस्टोनियामा अन्तर्राष्ट्रिय बिधार्थी हरू लाई धेरै अबसर रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

हायर एजुकेशनमा इस्टोनियामा टालिन युनिभर्सिटी अफ टेक्नोलोजी, युनिभर्सिटी अफ टार्टु, इस्टोनियन एकेडेमी अफ आर्टस, इस्टोनियन एकेडेमी अफ म्युजिक एण्ड थिएटर, इस्टोनियन बिजिनेस स्कुल, इस्टोनियन इन्टरप्रिनर्सिप युनिभर्सिटी अफ अप्लाइड साईन्सेज् , इस्टोनियन युनिभर्सिटी अफ लाईफ साईन्सेज् र टालिन युनिभर्सिटी लगायतका शैक्षिक संस्था हरू सञ्चालित छन् ।

इस्टडी इस्टोनियाका बारेमा थप जानकारी डब्लु आर आई एजुकेशन कन्सलटेन्सी बाट प्राप्त गर्न सक्नु हुनेछ ।
www.wriglobal.com

post image

 वैशाख ११, काठमाडौं । पुतलिसडक मा अबस्थित मार्क एजुकेशन फाउन्डेशनको बिधिवत रुपमा समुद्घाटन भएको छ । २२ अप्रिल बिहान एघार बजे ब्राह्मण द्वारा मंगलध्वनी पाठ गर्दै फेकनका अध्यक्ष युवराज कटुवाल र बहुचर्चित अभिनेत्री स्वस्तिमा खड्का ले संयुक्त रुपमा रिवन काटी पानसमा बत्ति बालेर कार्यक्रम समुद्घाटन गर्नु भएको थियो ।

अमेरिका, अस्ट्रेलिया, युके, जापान लगायत शैक्षिक गन्तव्य हरूका बारेमा बिधार्थी हरू लाई परामर्श प्रदान गर्दै आएको यस मार्क एजुकेशन फाउन्डेशनले बानेश्वरमा ग्रिन ईम्रेलेड एजुकेशन फाउन्डेशनको नाम बाट बिगतमा परामर्श प्रदान गर्दै आएको थियो । समुद्घाटन समारोहमा बोल्दै फेकन का अध्यक्ष युवराज कटुवाल ले परामर्शको छेत्रमा उत्कृष्ट र वास्तविक जानकारी बिधार्थी हरू लाई प्रदान गरि यस छेत्र लाई मर्यादित बनाउन उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

मन्तब्यको क्रममा अभिनेत्री स्वस्तिमा खड्काले मार्क एजुकेशन फाउन्डेशनलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै गुणस्तरीय परामर्श सेवा प्रदान गर्नकालागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।

समुद्घाटन समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ब्यक्त गर्दै मार्क एजुकेशन फाउन्डेशनका मेनेजिङ डाइरेक्टर पृथ्वी चन्दले आफुले बिगतमा ग्रिन ईम्रेलेड एजुकेशन फाउन्डेशन मार्फत बिधार्थी हरू लाई परामर्श प्रदान गर्दै आएको र बिधार्थी तथा अभिभावक हरू को मन जित्न सफल भएको र भबिष्यमा पनि मार्क एजुकेशन फाउन्डेशन मार्फत बिधार्थी हरू लाई उत्कृष्ट शैक्षिक परामर्श प्रदान गर्ने जानकारी गराउनुभएको थियो । समुद्घाटन कार्यक्रममा परामर्श क्षेत्रका सहकर्मीहरूको बाक्लो उपस्थित रहेको थियो ।

post image

बैशाख ५, काठमाडौँ । अष्ट्रेलियाले आफ्नो अध्यागमन तथा भिषा नीतिमा परिवर्तन गरेको छ ।  अस्ट्रेलियाले  अदक्ष विदेशी आवेदक लाई निरुत्साहित  र दक्षलाई प्रोत्साहित गर्न आफ्नो अध्यागमन तथा भिसा नीतिमा परिवर्तन गरेको हो । परिवर्तित नियममा मुख्य गरेर स्थायी वासिन्दा को अनुमति पत्र (पीआर) लिनका लागि गरिएको ‘पोइन्ट’ अंक  प्रणालीमा ठूलो फेरबदल गरिएको छ।

लामो समयदेखि अस्ट्रेलियाले यहाँ का स्थायी बासिन्दाको अनुमतिपत्र पीआर’ पाउने प्रक्रिया कालागि अंक प्रणालीलाई अवलम्बन गर्दै आएको छ । हालै सार्वजनिक गरिएको नयाँ नियममा दक्ष जोडी हनेले थप अंक पाउने भएका छन् । एकल आवेदन दिने आवेदकलाई समेत नयाँ नियमले फाइदा पुग्ने भएको छ । सार्वजनिक नियमअनुसार दक्ष जोडी आवेदकलाई स्थायी बासिन्दाको अनुमतिका लागि थप १० अंक दिइने भएको छ, जुन यस पहिले ५ अंक थियो ।

त्यसैगरी दुर्गममा रहेका भनिएका राज्य तथा सरकारले आवेदकलाई स्पोन्सर गरेको खण्डमा  १० अंकलाई बढाएर १५ अंक पुर्याएको छ । जोडी नभएका एकल आवेदकले स्थायी वासिन्दा अनुमतिका लागि आवेदन दिंदा १० अंक दिइनेछ । यसैगरी अंग्रेजी विषयमा दक्ष भएको जोडीलाई थप ५ अंक दिइनेछ।

न्यूनतम ६५ अंक र अन्य मापदंड हरू पुर्याएको खण्डमा मात्र पीआरका लागि ‘एक्सप्रेसन अफ इन्ट्रेस्ट’ (ईओआई) दर्ता गर्न पाउने प्रावधान छ । पछिल्लो समयमा योग्यता पुगेका आवेदकको संख्या उल्लेख्य रूपमा बढेको र सरकारले आप्रवासीको संख्या बर्सेनि घटाउँदै गएकाले न्यूनतम ६५ अंक भएकालाई आमन्त्रण नदिई त्योभन्दा धेरै अंक भएकाहरू सरकारको प्राथमिकतामा परिरहेका छन् । ‘अहिलेको अवस्थामा एकाउन्टिङको अध्ययन सकेका विद्यार्थीहरूले ८५ अंक र नर्सिङ विद्यार्थीहरू ले ७५ अंक ल्याएपछि मात्र आमन्त्रण पाई रहेका छन् ।

अस्ट्रेलिया आफ्नो आप्रवासी संख्यालाई वार्षिक रूपमा ३० हजारले कम गर्ने घोषणा यस पहिल्यै गरिसकेको छ। पछिल्लो समयमा अस्ट्रेलियामा आप्रवासी का रूपमा आएकाहरूमध्ये करिब ५० प्रतिशत जनसंख्या सिड्नी र मेलबर्न मा बसोबास गरेकाले ऑस्ट्रेलिया सरकारले दुर्गम भेगमा गएर अध्ययन र बसोबास गर्न प्रेरित गर्ने नियमनमा जोड दिएको छ ।

post image

 वैशाख ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई निरक्षरको नभई विद्वानको देश बनाउनुपर्ने बताएका छन् । बुधबार बालुवाटारमा नेकपा निकट युवा र विद्यार्र्थीसँग अन्तर्क्रिया गर्दै उनले नेपालीहरु विद्वानका सन्तान भएकाले निरक्षर हुन नसक्ने जिकिर गरे ।

‘नेपाललाई निरक्षरको होइन, विद्वानको देशको रुपमा पहिचान बनाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ, विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताए । ‘शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्छ’ प्रम ओलीले भने ‘त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।’

 प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको भन्दै युवाहरु समाज सुधारमा लाग्नुपर्ने बताए । ‘अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।’

गतबर्ष देखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरे ।

post image

३, वैशाख, चितवन । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले प्राध्यापक माथि कालोमोसो र जुत्ताको माला लगाउने ६ जना विद्यार्थीलाई निष्कासन गरेको छ ।

विश्वविद्यालय कार्यकारी परिषद्को बैंठकले कृषि संकायका सहायक डिन प्रा. विष्णु ओझा माथि कालोमोसो र जुक्ताको माला लगाउने संकाय छैटौं समेष्टरका विद्यार्थीलाई ६० दिनका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।

निष्कासनमा पर्ने विद्यार्थीमा सन्तोष खतिवडा, गोपाल थापा, बामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन् । यी विद्यार्थीहरुको समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि ४ दिनमा नै कोर्ष सिध्याएको, प्रयोगात्मक कक्षामा डेढ सय जना विद्यार्थी राखेको, राजनीतिक आस्थाका आधारमा अंक दिने गरेको आरोप लगाउँदै कालोमोसो र जुत्ताको माला लगाएका थिए ।

यसैबीच, प्रजातन्त्रवादी प्राध्यापक संघले भरतपुरमा आज पत्रकार सम्मेलन गरी विद्यार्थीमाथि कारबाही कम भएको र विद्यार्थीहरुले गल्ती महसुस नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । प्रजातन्त्रवादी प्राध्यापकहरुले चैत्र २२ गतेदेखि विश्वविद्यालयका प्रशासनिक तथा शैक्षिक कार्यक्रम बन्द गराउँदै आएका छन् ।

आरोपीहरुले सामाजिक सञ्जाल तथा टेलिभिजनहरुमा अन्र्तवार्ता दिदैं आफुहरुले ठीक गरेको दावी गरिरहँदा प्रशासन मौन बसेको भन्दै प्रहरीको भूमिका शंकास्पद देखिएको उपप्रध्यापक तिमिल्सिनाको आरोप छ ।

post image
वैशाख २, काठमाडौं ।  प्रत्येक  बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्था हरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् ।भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् ।
बिशेष गरी एन बि ए , एन ए ए सी, एन आइ आर एफ र एम एच आर डी गभरमेन्ट अफ इन्डिया जस्ता निकायहरुले शैक्षिक संस्था को स्तर तोक्ने गर्दछ। नेपाली बिद्यार्थीहरु लाई भारतीय शैक्षिक संस्था जान्नको लागि सहज होस् भन्ने उद्देश्यले जे आर एजुकेशन ग्रुपले  श्री रामाकृष्ण कलेज अफ आर्ट्स एण्ड साइन्स तमिलनाडुको कलेज प्रतिनिधी लाई नेपालमा ल्याएर पत्रकार सम्मेलन, सव-एजेन्ट मिट र नेपाल सरकार स्वास्थ्य मन्त्रालयसंग स्वास्थ्य सेवा सम्बन्धि सहकार्यका लागि पूर्वतयारी मिटिङ समेत गर्नेछ ।
श्री रामाकृष्ण कलेज अफ आर्ट्स एण्ड साइन्स कोइम्बटूर, तमिलनाडुमा अबस्थित एक उत्कृष्ट शैक्षिक संस्था हो। यो एस एन आर सन्स च्यारिटेबल ट्रस्ट अन्तरगत सन १९८६ मा स्थापना भएको हो ।एन ए ए सी  द्वारा ए ग्रेडेड  मान्यता प्राप्त र एन आइ आर एफ रेंकिंग  मा ६९औ स्थान मा पर्ने एम एच आर डी गभरमेन्ट अफ इन्डिया ले उच्च बर्गिकरणमा राखेको कलेज हो । यस ग्रुप अफ कलेज मा श्री रामाकृष्ण इन्जिनियरिङ कलेज , श्री रामाकृष्ण इन्स्टिच्युट अफ टेक्नोलोजी  र श्री रामाकृष्ण कलेज अफ आर्ट्स एण्ड साइन्स  फर वोमेन समेत संचालित रहेका छन् ।
यसग्रुप अफ कलेजका सम्पुर्ण शैक्षिक कायक्रमहरू भारथियर युनिभर्सिटी को सम्बन्धन प्राप्त छन् । यस ग्रुप अफ कलेज मा साईन्स, कमर्स, आर्ट्स लगायतका संकायमा तीस भन्दा बढी बिषयमा अध्यन अध्यापन हुने गर्दछ । पत्रकार सम्मेलनमाश्री रामाकृष्ण कलेज अफ आर्ट्स एण्ड साइन्स का डाइरेक्टर इन्टरनेसनल अफेयर्स , डा. एम ए मनिकन्दनले पत्रकार हरू लाई आफ्नो शैक्षिक संस्थाको बारेमा जानकारी गराउँदै भविष्य नेपाल सरकार, स्वास्थ्य मन्त्रालय संग सहकार्य गरि सेवा प्रदान गर्ने बिषयमा समेत जानकारी गराऊनु भयो ।
यस ग्रुप अन्तर्गत रामकृष्ण मल्टिस्पेस्यालीटी हस्पिटल लामो समयदेखि सञ्चालनमा आएको छ । जे आर एजुकेशनका प्रवन्ध निर्देशक बरूण कुमार झाले देश भरी छरिएर रहेका कलेजका सब-एजेन्ट हरू लाई एकैसाथ भेटघाट गरि छलफल तथा सम्मान गर्ने उद्देश्यले यो कायक्रम को आयोजना गरेको जानकारी दिनुभयो ।जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय , बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।
post image

बैशाख २, काठमाडौँ । क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको २०१८ को जुन महिना र नोभेम्बर महिनामा सञ्चालित क्याम्ब्रिज इन्टरनेशनल परीक्षा सत्रमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरी नेपालका तीन विद्यार्थीहरुले विश्वमा अब्बल÷शीर्षस्थान टप इन द वर्ल्ड अवार्ड जितेका छन्र । त्यस्तै ५३ विद्यार्थीहरुले उत्कृष्ट क्याम्ब्रिज लर्नर अवार्ड  जितेका छन्।

गतवर्षको तुलनामा यो नेपालबाट विजेताहरुको संख्या ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।नेपालभरका विभिन्न विद्यालयहरुबाट परीक्षा दिएका ती पुरस्कार विजेता विद्यार्थीहरुलाई सन्२०१९ अप्रिल १२ मा पाटनस्थित हिमालयन होटलमा ब्रिटिश काउन्सिलको सहयोगमा आयोजित उत्कृष्ट क्याम्ब्रिज विद्यार्थी अवार्ड वितरण समारोहमा उनीहरुको प्रभावकारी शैक्षिक उपलब्धिको सम्मान गर्दै बधाई एवम् पुरस्कार दिइयो । उक्त समारोहमा क्याम्ब्रिज इन्टरनेशनलको दक्षिण एसिया हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोष, क्याम्ब्रिज इन्टरनेशनल अन्तर्गत  एवं  नेपाल बंगलादेश हेर्ने प्रबन्धक सत्यजित सरकार, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री एक्जाम्स म्यानेजर  जिम ओ’नेल र ब्रिटिश काउन्सिलका अन्य प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्याम्ब्रिज इन्टरनेशनलको दक्षिण एसिया क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक रुचिरा घोषले ‘‘नेपालका विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शन देखेर हामी धेरै नै उत्साहित छौं र उनीहरुको महत्वपूर्ण भावी यात्राका लागि शुभकामना व्यक्त गरेकी थिइन । क्याम्ब्रिजमा रहेका हामी हाम्रो पाठ्यक्रममा ठूलो गर्व गर्छौं किनकि यसले विद्यार्थीहरुलाई विषयवस्तुको गहन बुझाइ प्रदान गरी स्वतन्त्र चिन्तन गर्न सक्षम बनाउँदै उनीहरुको उज्वल भविष्य र उच्च शिक्षाका लागि तयार गर्दछ ।’’   उनले भनिन

, ब्रिटिश काउन्सिल नेपालका कन्ट्री एक्जाम्स म्यानेजर  जिम ओ’नेलले भने हामीले नेपालबाट अहिलेसम्मकै उच्च संख्यामा पुरस्कार विजेताहरुसँगै निर्माण भएको इतिहासको साक्षी हुन पाएको छौं र यसले नेपालमा ब्रिटिश काउन्सिलको छैटौं दशक पूरा भएको पनि देखाउँछ । विद्यार्थीहरुले प्रदर्शन गरेको सफलता हाम्रो प्रयासको प्रमाण मात्र नभएर शिक्षामा संलग्न शिक्षक तथा शैक्षिक नेतृत्वहरुलगायत सबैको लागि प्रेरणा पनि हो । म सबै विद्यार्थीहरुलाई उनीहरुको उत्कृष्ट प्रयासको लागि धन्यवाद दिन चाहन्छु र उच्च शिक्षा तथा पेशागत जीवनको लागि उनीहरुको अर्को कदममा शुभकामना पनि व्यक्ति गर्न  चाहन्छु ।

post image

बैशाख २, काठमाडौँ । भारत को बेंगलोरमा अवस्थित जैन युनिभर्सिटी सन २००९ मा सर्टिफाइड भएको डीम्ड टु बि युनिभर्सिटी हो । सोहि युनिभर्सिटीले जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरको समुदघाटन गरेको छ । जैन युनिभर्सिटी तथा  जेजीआइ ग्रुपका अध्यक्ष डा. चिनाराज रोयचन्दसहितको टिमले नेपाल भ्रमण गरी उक्त च्याप्टरको उद्घाटन गरिएको हो ।

उक्त कार्यक्रमलाई जितो नेपालका अध्यक्ष श्री बिनोद कुमारले स्वागत गर्नुभएको थियो । स्वागत मन्तब्य राख्दै श्री बिनोद कुमारले नेपालमा अन्टरप्रेनर्सिपको प्रचुर सम्भावना हुँदाहुँदै नेपाली युवा र बाणिज्य जगतले यसको सफल रुपमा संचालन गर्न आत्मबल कम भइरहेको समयमा जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरको सुरुवातले धेरै सहयोग मिल्ने बताउनुभयो ।

स्वागत मन्तब्यकै क्रममा केडिया ग्रुपका अध्यक्ष अनिल केडियाले महाबिर जैन को नामबाट स्थापित यस बिश्वबिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको थाहा पाउँदा आफुलाई खुशी लागेको र सनातन धर्मले अनुशासन सहितको शिक्षा प्रदान गर्छ, जसले जोकोहिलाई जीवनमा सफल बनाउँछ भन्ने बिषयमा जोड दिँदै जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरलाई सफलताको शुभकामना दिनुभयो  ।

लिडर्स ल्याडर्सका अध्यक्ष महम्मद युनुसले जैन युनिभर्सिटीले प्रदान गरेको गुणस्तरीय शिक्षा र नेतृत्व बिकासका कारण आफु सफल भएको र यस युनिभर्सिटीमा अध्ययन सकेर आएका बिद्यार्थीहरुलाई समेत विश्वबिद्यालयले प्रदान गरेको शिक्षाले आफ्नो जीवन सफल बनाउन उत्प्रेरणा प्रदान गर्नुभयो । साथै जैन युनिभर्सिटीका पुर्व बिद्यार्थीहरुलाई जैन अल्मुनाइमा आबद्द हुनका लागि आव्हान समेत गर्नुभएको थियो ।

जैन युनिभर्सिटी तथा जेजीआइ ग्रुपका अध्यक्ष डा. चिनराज रोयचन्दले यस युनिभर्सिटीबाट अधययन सकेर फर्किएका नेपाली बिद्यार्थीहरुको संख्या २ हजार भन्दा बढी रहेको र उनीहरु देश तथा विदेशमा सफलतापुर्वक आफ्नो ब्यापार, ब्यबसाय र पेशामा आबद्द रहेको जानकारी गराउँदै जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टरलाई सफलताको शुभकामना दिनुभयो।

कृष्ण फाउन्डेसनका चेयरमेन सन्तोषकुमार चौधरीले आफुले भारतका उत्कृष्ट बिश्वबिधयालयहरु प्रवर्द्दन गरीरहँदा जैन युनिभर्सिटीका  बिद्यार्थीको प्रगतिले आफु सन्तुष्ट भएको र अभीभावकको यस युनिभर्सिटीप्रतिको माया र बिश्वासले गर्दा पनि जैन युनिभर्सिटीले सुरुवात गरेको जैन इन्टरनेशनल ट्रेड अर्गानाइजेसन नेपाल च्याप्टर सफल हुनेमा आफु बिश्वस्त रहेको जानकारी गराउनुभयो । चौधरीले कार्यक्रममा उपस्थित सम्पूर्ण उच्च व्यक्तिवहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

post image

बैशाख २, काठमाडौँ । श्रम गन्तब्यका रुपमा चिनिएको दुबई पछिल्लो समयमा आर्थिक उन्नति, गगनचुम्वी महल, बाक्लो शहर र अन्तर्राष्ट्रिय जिवनस्तरका कारण पछिल्लो समयमा निकै प्रशिद्ध बनेको छ । ब्यापार, ब्यवसाय, अध्ययन र भ्रमणका लागि दुबई उत्कृष्ट गन्तव्य बनेको छ ।

सन् १८२१ मा मेकानिक्स इन्स्टिच्युटका रुपमा ईड्नुवर्ग युकेमा स्थापना भएको संस्था परिवर्तन हुँदै सन् १९६६ मा Heriot-Watt University को रुपमा स्थापना भएको हो। Heriot-Watt University दुवईका प्रतिनिधिहरु यसै साता नेपाल भ्रमण गर्नुभएको छ। युके, मलेसिया र दुबईका मा सञ्चालित यस युनिभर्सिटी  दी सन्डे टाइम्सले गरेको good university guide 2018 मा अन्तराष्ट्रिय बिश्वबिद्यालय बर्ष अवार्ड पाउन सफल विश्वविद्यालय हो ।

 बिश्वबिद्यालयका प्रतिनिधिले Study in Dubai सेमिनारमा आफ्नो विश्वविद्यालय र सञ्चालित कोर्षहरु को बारेमा जानकारी गराउनुभएको छ। यस बिश्वबिद्यालय मा मेनेजमेन्ट, आइटी, ईन्जिनियरिङ, नर्सिङ, फेसन डिजाइनिङ लगायत थुप्रै कोर्सहरु अन्डरग्याजुएट र पोष्टग्याजुएट तहमा संचालित रहेका छन्। सेमिनारमा विद्यार्थी तथा अभिभावकहरु उपस्थित भई यस विश्वविद्यालय, यहाँ पढाइने विषयहरु र दुबई शहरको बारेमा उपलब्धिमूलक जानकारी युनिभर्सिटीका एडमिसन एण्ड कम्प्लाइन्स मेनेजर काजी तामाङ्ले जानकारी गराउनुभयो ।

नेपालबाट प्रतिनिधित्व गर्ने परामर्शदाता संस्थाहरुका  प्रतिनिधिहरुलाई युनिभर्सिटीका स्टुडेन्ट रेक्रुटमेन्ट एण्ड एड्मिसन्स भाइस प्रेसिडेन्ट कृष्ण कुमार सी नेगादेले प्रमाणपत्र प्रादान गर्दै आफ्नो बिश्वबिद्यालयको बारेमा परामर्श र भर्नाका लागि उत्प्रेरणासमेत प्रदान गर्नुभएको थियो ।

यस समुहले केहि अघि दुबईमा अवस्थित बिश्वबिद्यालयको भ्रमण गरेको थियो ।

यस सेमिनारमा सहभागिता जनाउने विद्यार्थीहरुलाई विशेष छुट तथा छात्रवृतीको समेत व्यवस्था गरिएको छ। नेपालको विभिन्न शैक्षिक परामर्शदाता संस्थाहरुको सहभागितामा आयोजना भएको यस सेमिनारलाई क्रमस शैक्षिक परामर्शदाता संस्थाहरु एक्टिभ सीनर्जी, लाईफ ट्रयाक, टिम कन्सल्ट, स्कुलिङ्ग एब्रोड, अनट्रयाक, इभाइबस् र आइ.डि.बि. नेपालले संयुक्त रुपमा संयोजन गरेका छन्।

post image

चैत २९, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्टा पार्टी (नेकपा) का विद्यार्थी संगठनले निःशुल्क शिक्षा कार्यान्वयन गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार अखिल र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ८ बुँदे ज्ञापनपत्र बुझाउँदै विद्यालय तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने प्रावधानलाई व्यवहारिक रुपमा कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्न माग गरेका हुन् ।

post image

चैत २६, काठमाडौं । गत चैत्र १७ गते साँझ नेपालको प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात) का पिडीतलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले सहयोग गरेको छ ।

इक्यानले आज प्रदेश न. २ को जनकपुरधाम स्थित मुख्यमन्त्री आवास पुगी बारा र पर्साका पीडित जनतालाई राहतका निम्ति पाँचलाख दुई हजार पाँचसय छयत्तर रुपैया राशीको चेक प्रदेश नं. २ सरकारका माननीय मुख्यमन्त्री लालबावु राउतलाई प्रदान गरेको हो ।

उक्त कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल को पनि उपस्थिती थियो । इक्यानको तर्फबाट निबर्तमान अध्यक्ष प्रकाश पाण्डे , महासचिब शेषराज भट्टराई , सह कोसाध्यक्ष निरुपमा महर्जन , सदस्य सुस्मा आचार्य र सुदन चौहानले उक्त चेक हस्तान्तरण गर्नुभएको थियो ।

महाभूकम्पमा करिब २५ लाख रुपैयाँ कलेक्सन गरी सहयोग गरेको जानकारी गराउंदै  बारा र पर्सामा हावाहुरीले पारेको असरबाट उठ्न केहि सहयोग पुग्ने उदेश्यका साथ ४०० सदस्यबाट र अन्य शुभेच्छुकबाट सहयोग संकलन गरी प्रदान गरिएको इक्यानका भाइस प्रेसिडेन्ट महेशबाबु तिमल्सिनाले बताउनुभयो  । आगामी दिनहरुमा पनि राष्ट्रमा परेका समस्यामा संधै आफुहरुको सहयोग रहने प्रतिबद्दता तिमल्सिनाले जनाउनुभयो  ।

नेपाल शैक्षिक परामर्श संघ ECAN ले आफ्ना सदस्य कम्पनीहरुको सद्भावपुर्ण पहलकदमीको माध्यमबाट देशमा समय समयमा आईपर्ने दैविक विपत्तिमा, राहत तथा उद्धारकार्यमा सहयोग गर्ने उद्देश्यबाट सामाजीक उत्तरदायीत्व वहन गर्दे आएको छ । यसै परम्पराको निरन्तरताको लागि यस पटकको विपत्तिमा पनि संघको आह्वानमा इक्यान सदस्यहरुले स्वतःस्फूर्त सहयोग गर्नुभएको हो ।

post image

 चैत२५, लहान । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।

मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो ।

गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा दिइरहेको अवस्थामा अमनकुमारलाई शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिरहाबाट खटिएको अनुगमन टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएको जनाएकोे छ ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

post image

प्रत्येक बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्था हरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर , हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् ।भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् । बिशेष गरी NBA, NAAC, NIRF र MHRD GOVERNMENT OF INDIA जस्ता निकाय हरु ले शैक्षिक संस्था को स्तर तोक्ने गर्दछ।

नेपाली बिद्यार्थी हरु लाई भारतीय शैक्षिक संस्था जान्नको लागि सहज होस् भन्ने उद्देश्यले जे आर एजुकेशन ग्रुप ले श्री रामकृष्ण कलेज अफ आर्ट्स एंड साइन्स तमिलनाडुको कलेज प्रतिनिधी लाई नेपालमा ल्याएर पत्रकार सम्मेलन, सव-एजेन्ट मिट र नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग स्वास्थ्य सेवा सम्बन्धि सहकार्यका लागि पूर्वतयारी मिटिङ समेत गर्नेछ ।

श्री रामकृष्ण कलेज्ज अफ आर्ट्स एंड साइन्स कोइम्बटूर, तमिलनाडुमा अबस्थित एक उत्कृष्ट शैक्षिक संस्था हो। यो SNR Sons Charitable Trust अन्तरगत सन 1986 मा स्थापना भएको हो । NAAC द्वारा A graded मान्यता प्राप्त र नाइर मा 69औ स्थान मा पर्ने MHRD GOVERNMENT OF INDIA ले उच्च बर्गिकरणमा राखेको कलेज हो । यस ग्रुप अफ कलेज मा श्री रामकृष्ण कलेज्ज अफ आर्ट्स एंड साइन्स, श्री रामकृष्ण कलेज इन्स्टिच्युट अफ टेक्नोलोजी रश्री रामकृष्ण कलेज अफ आर्ट्स एंड साइन्स फर वुमन  समेत संचालित रहेका छन् । यसग्रुप अफ कलेजका सम्पुर्ण शैक्षिक कायक्रम हरू Bharathiar University को सम्बन्धन प्राप्त छन् ।

यस ग्रुप अफ कलेज मा साईन्स, कमर्स, आर्टस लगायतका संकायमा तीस भन्दा बढी बिषयमा अध्यन अध्यापन हुने गर्दछ । पत्रकार सम्मेलनमा श्री रामकृष्ण कलेज्ज अफ आर्ट्स एंड साइन्सका Director International Affairs, डक्टर एम ए मणिकन्दनले पत्रकारहरू लाई आफ्नो शैक्षिक संस्थाको बारेमा जानकारी गराउँदै भबिश्यमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय संग सहकार्य गरि सेवा प्रदान गर्ने बिषयमा समेत जानकारी गराऊनु भयो ।

यस ग्रुप अन्तर्गत रामकृष्ण मल्टिस्पेस्यालीटी हस्पिटल लामो समयदेखि सञ्चालनमा आएको छ । जे आर एजुकेशनका प्रवन्ध निर्देशक बरूण कुमार झाले देश भरी छरिएर रहेका कलेजका सब-एजेन्ट हरू लाई एकैसाथ भेटघाट गरि छलफल तथा सम्मान गर्ने उद्देश्यले यो कायक्रम को आयोजना गरेको जानकारी दिनुभयो । जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय , बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।

post image
 चैत २५, चितवन । अष्ट्रेलियामा आफ्नो अध्ययन पुरा गरी नेपालमै केही गर्ने उदेस्यका साथ केही महिना अघी नेपाल फर्कीएकी जुजारु युवा सुश्री कामना गिरी प्रवन्ध निर्देशक रहेको स्मार्ट राईनो ग्रुप एन्ड द ग्रुमिङ क्यम्पस नेपाल चितवनले यही चैत्र २२ र २३ गतेका दिन उक्त संस्थाको पहिलो किड्स ग्रुमिङ क्यम्प सम्पन्न गरेको छ । उक्त क्यम्पमा नेपालका बिभिन्न जिल्लाका विभिन्न बिद्यालयमा अध्ययनरत बालबालिकाहरु को सहभागिता रहेको थियो।
क्यम्पमा बालबालिकाहरुलाई बर्तमान र भविष्यमा उत्प्रेरित गरी बिद्यालयको पढाइ सँग सँगै जीवनमा अघी बढ्नका लागि चहिने बिभिन्न बिधाहरुको तालिम तथा परामर्श दिइएको थियो । उक्त क्याम्पको प्राथमिकता सबै नानी बाबु लाई केही सिकएर मुहार मा हासो ल्याउनु थियो जुन कुरा मा हामी सफल भएका छौ, संस्थाकी सि ई ओ कामना गिरी बताउछिन् ।
कार्यक्रम को स्मरण गर्दै उनी थप्छिन ”हामीले सोचेको भन्दा दोब्बर बाबु नानीहरु उपस्थित भएको मा खुशी त थियौ नै तर बच्चा हरुको लागि हाम्रो पहिलो कार्यक्रम भएकाले त्यतिकै डराएका पनि थियौ । दुई दिनको ”Grooming Camp for Kids” गत शनिवार सकिएको छ र सबै अभिभावक र बालबालिकाहरु खुशी भएर फेरी पनि अर्को पटक यस्तै कार्यक्रम राख्नुस् भनेर अनुरोध गर्नु भएको मा हामी आभारी छौं ।
सबै अभिभावक, बाबुनानीहरु र सहयोगि हात हरुलाई धेरै धेरै धन्यवाद । “ उक्त क्यम्पमा बिभिन्न बिधाका प्रशिक्षकहरुको उपस्थिती थियो भने कार्यक्रम भरतपुर वार्ड नम्बर ७ स्थित चितवन होलिडेज पार्टी भेन्युमा सम्पन्न भएको थियो ! क्यम्पमा बालबालिकाहरुलाई उत्प्रेरित गर्न युवा समाजसेवी तथा बेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले मोटिभेशनल स्पिच तथा वोर्कशप दिएका थिए भने बेसिक फोटोग्राफि तालिम जुजारु फोटोग्राफर रोहित मानन्धरले दिएका थिए । एरोविक्स तथा डान्स प्रशिक्षक तथा मोडेल सोनिया पुडासैनीले जीवनमा स्वस्थ रहन र मस्तिस्कलाई चुस्त अनी शरीरलाई चुस्त राख्नको लागि सबैभन्दा सजिलो ब्याम भनेको एरोबिक्स तथा डान्स् नै रहेको बताउदै बालबालिकाहरुलाई दुई दिननै उक्त विधाको तालिम दिएकी थीइन ।
त्यस्तै बच्चाहरुको क्रीएटिभीटी बढाउनकोलागी अर्की प्रशिक्षक स्वरुप विश्वकर्माले ह्यान्डिक्राफ्ट तालिम दिएकी थिइन । संगीतको तालिम म्युजिक प्रशिक्षक प्रवेक भट्टराईले दिएका थिए भने चितवन मेडिकल कलेजकी लेक्चरर तथा डिपार्टमेन्त कोर्डिनेटर बिनिता पौडेल अधिकारिले बालबालिकाहरुलाई दैनिक जीवनमा चाहिने सरसफाइको महत्व सम्बन्धी तालिम दिनुको साथै बालबालिकाहरुलाई पब्लिक स्पिकिङ को पनि तालिम दिएकी थिइन ।
उक्त वर्कशपमा बालबालिकाहरुको म्यानेज्मेन्ट स्थानिय समाजसेवी देबु पौडेल तथा ग्रुमिङ क्यम्पसकी पहिलो ग्र्यजुएट प्रतिक्षा बराइलिले गरेकी थिइन  । कामना गिरी प्रमुख प्रशिक्षक रहेको उक्त वर्कशप जस्तै खालका कार्यक्रमले बालबालिकाको ब्रिहत्तर बिकासमा टेवा पुर्याउने दार्शाउंदै फेरी फेरी पनि यस्तो कार्यक्रम लिएर आउनकोलागी सहभागि बालबालिका तथा अभिभावकहरुले आग्रह गरेको संस्थाका उत्प्रेरक तथा लिडरशिप कोच विनोद पौडेल बताउंछन ।
post image

 चैत २२, काठमाडौं । भारतीय शिक्षण प्रणाली, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले नेपाली बिधार्थीहरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि बिधार्थीहरू भारत जाने गरेका छन् । कला, संस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थी हरू भारतीय शैक्षिक संस्थाहरुप्रती आकषिर्त भएका हुन् ।

यसै कुरालाई मध्यनजर गर्दै नयाँ बानेश्वरमा अवस्थित कृष्णा फाउन्डेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ । कृष्ण फाउन्डेशनको सहकार्यमा काठमाडौंमा तिन दिने करियर काउन्सिलिङको एण्ड इन्फर्मेसन सेसनको आयोजना गरिएको छ । उक्त कार्यक्रममा भी आइटि युनिभर्सिटी भेल्लोर , जैन युनिभर्सिटी बेंगलोर , बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोर ,एसआरएम युनिभर्सिटी चेन्नाई र कृष्णा फाउन्डेशनका प्रतिनिधिहरूले अप्रिल 6,7 र 8 तारिख नयाँ बानेश्वरमा अबस्थित कृष्ण भबन को चौथो तल्लामा रहेको कृष्णा फाउन्डेशनमा र 9 अप्रिल बिराटनगरमा अबस्थित डाइनामिक एजुकेशनमा रहेर परामर्श प्रदान गर्ने छन्। यसै बिषयमा केन्द्रीय हुदै कृष्णा फाउन्डेसनले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधि र पत्रकारहरुमाझ पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

पत्रकार सम्मेलनमा कृष्णा फाउन्डेशनका प्रबन्ध निर्देशकसुजित कर्ण ले भारतीय उत्कृष्ट शैक्षिक संस्था हरूलाई नेपालमा ल्याएर बिधार्थी हरू लाई बडि भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने उदेश्यले कृष्णा फाउन्डेशनले यो कायक्रम को आयोजना गरिएको जानकारी दिनुभयो । कृष्ण फाउन्डेशन केही महिना पछि बृहत भारतीय शैक्षिक मेला को समेत आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमा भी आइटि युनिभर्सिटी भेल्लोर का डाइरेक्टर इन्टरनेसनल रिलेसन अरविन्द सिभामनी  का नेपाली बिधार्थी हरूको उत्कृष्ट नतिजा आएको र नेपाली बिधार्थी हरूले भी आइटि युनिभर्सिटी  मनपराएकै कारण यस बर्ष पनि बिधार्थी हरू लाई परामर्श प्रदान गर्न नेपाल आएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनको क्रममा जैन युनिभर्सिटी बेङ्गलोरका नेपाल प्रतिनिधि राहुल जेसवालले जैन युनिभर्सिटी, जैन युनिभर्सिटीको शैक्षिक प्रणाली र नेपाली बिधार्थीहरू यस युनिभर्सिटीमा रहेको उपस्थिति का बारेमा जानकारी गराउँनुभयो । ईन्जिनियरिङ अध्ययनको बारेमा जानकारी गराउने उद्देश्यले बिएमएस कलेज अफ इन्जिनियरिंग बेंगलोरले इन्फर्मेसन सेसनमा बिधार्थी र अभिभावक हरू लाई परामर्श प्रदान गर्ने कलेजकी सिनियर काउन्सलर इञ्जिनियर पुजा पञ्जीयारले जानकारी दिनुभयो ।

एसआरएम युनिभर्सिटी चेन्नाई की सिनियर काउन्सलर निसी रानीले आफ्नो शैक्षिकसंस्था लाई बिगतका दिनमा अध्यनमा गएका बिधार्थीहरूले बिश्वास गरेको र देश-बिदेशमा प्रतिष्ठीत स्थानमा काम गरी नेतृत्व बिकास गर्दै बिश्वबिद्यालय नाम उच्च राखेको जानकारी दिनुभयो । नेपाली बिधार्थी हरू लाई सहजै यात्रा गर्न सकिने, बिश्वस्तरिय गुणस्तरीय शिक्षा र व्यावसायिक शिक्षाका लागि भारत नजिकको शैक्षिक गन्तब्यको रुपमा चिनिएको छ ।

post image
 चैत २२, काठमाडौं ।  शिशिर सिंखडा, शैक्षिक परामर्श क्षेत्रमा आठ वर्षदेखि सक्रिय युवा हुन् । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडा झापाबाट सुरु भएको क्याम्ब्रिजलाई अष्ट्रेलियासम्म पुर्याउन जोडतोडले लागेका छन् । पछिल्लो समय उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढ्दो छ ।
प्राविधिक विषयको उच्च शिक्षा अध्ययन गर्न अष्ट्रेलिया विश्वभरका विद्यार्थीको डेस्टिनेसन हो । यसमा नेपाली विद्यार्थी पनि आकर्षित नहुने कुरै भएन । यहि सन्दर्भमा सिंखडासँग गरिएको कुराकानीको संक्षेपः
आजकल के गर्दै हुनुहुन्छ ?
क्याम्ब्रिजलाई अष्ट्रेलियामा व्यवस्थित गर्ने, यहाँबाट गएका विद्यार्थीलाई सहजीकरण गर्ने, नयाँ विद्यार्थीहरुमा स–साना कुराले समस्या निम्ताउने भएकोले उनीहरुलाई काउन्सेलिङ्ग गर्दै आफ्नो शाखा व्यवस्थापन गर्ने कार्यमा लागेको छु ।
पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीलाई केहि समस्या आयो, खासमा देखिएको समस्या के थियो ?
अष्ट्रेलियाको एआइविटी कलेजमा केहि समस्या आएको थियो । त्यहाँ नर्सिङ कोर्ष अध्ययनरत विद्यार्थीको हकमा देखिएको समस्यालाई अलि बढाइचढाइ गरेर मिडियाबाजी गर्ने काम मात्र भएको मेरो बुझाई छ । शैक्षिक परामर्श व्यवसाय गर्दै जाँदा कहिले काँही यस्ता समस्याहरु आउने गर्छन् । त्यसलाई ग्रहण गर्दै विद्यार्थीको सर्वोत्तम हितमा काम गर्नुपर्छ । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेको छ र, समस्या हल हुन्छ ।
एआइविटीको जस्तै समस्या अरुबेला पनि देखिन्छन्, शैक्षिक परामर्श क्षेत्र आफ्नो उद्देश्य भन्दा बाहिर गएर काम गर्न थालेको हो ?
त्यसरी भनि हाल्न मिल्दैन, लामो समयदेखि यो ब्यवसायमा आहुती दिएकाहरुको ठूलो योगदान छ । विकशित देशलाई नेपाली बजारमा ल्याउन जुन किसिमको भूमिका निर्वाह गरिएको छ त्यो चानचुने संघर्षबाट भएको छैन ।
यहाँ एउटा पक्षलाई मात्र दोष दिएर हुँदैन । जुन विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाँदैछ उ सबै विषयमा जानकार हुनुपर्छ । र, शैक्षिक परामर्शदाताले पनि आफ्नो मर्यादा र कर्तब्यमा रहेर शैक्षिक परामर्श गरेको खण्डमा यस्ता समस्या कमै आउँछन् । अभिभावकले पनि छोराछोरीको मात्र कुरा नसुनि आफैं अग्रसर भएर पर्याप्त जानकारी हासिल गर्ने हो भने यस्ता दुर्घटनाबाट बच्न सकिन्छ ।
वैधानिकता नपाएकै कलेजमा विद्यार्थी भर्ना हुँदा भविष्यमा समस्या आईपर्छ भन्ने तपाईहरुलाई थाहा थिएन ?
एआइविटी कलेजले आधिकारिक रुपमै अफर लेटरमा सबै कुरा खुलाएको थियो । एनमेकबाट अनुमति पाउनका लागि कानुनी प्रक्रियामा रहेको जानकारी गराएको थियो । एनमेकले आवेदन स्विकृत नगरेपछि मात्र समस्या आएको हो । एआइविटीको समस्या समाधानका लागि पहल भइरहेकोले पुनः त्यहि कुरालाई कोट्याएर हिँड्नु भन्दा अब यस्ता केसमा सजग भएर काम गर्दा उपर्युक्त हुन्छ ।
अब यस्ता समस्यामा नपर्न विद्यार्थीले के के कुरामा ध्यान दिनुपर्छ ?
एउटा विद्यार्थी १२ क्लास पास गरेपछी विदेश जाने योजना बनाउँदा उसमा अलिकती सहि र गलत छुट्याउने क्षमता हुन्छ । अहिले सामाजिक सञ्जालले विश्वलाई हत्केलामा (इन्टरनेट) ल्याई दिएको छ । शैक्षिक परामर्श दाताले दिने भन्दा बढि ज्ञान विद्यार्थीले इन्टरनेटको माध्यमबाट हासिल गर्न सक्छन् । एक क्लिक गर्ने बित्तिकै जुनसुकै देशको कलेज, विश्वविद्यालयका बारेमा सूचना प्राप्त गर्न सक्छन् । त्यसलाई सदुपयोग गरेर शैक्षिक परामर्श ब्यवसायीले भनेका कुरालाई समेत भेरिफाइ गरेर अघि बढे यस्ता समस्याबाट जोगिन सकिन्छ ।
नेपाली विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश किन जाने गर्छन् ?
यसका तीन/चार वटा कारण छन् । अरुको देखासिकी, पारिवारिक, आर्थिक अवस्था, अभिभावकको करकापले विद्यार्थीमा विदेशप्रतिको मोह छ । सँगै हाम्रो देशको आर्थिक, सामाजिक, राजनीतिक अवस्थाले पनि प्रभाव पारेको छ । विद्यार्थीले पढ्न चाहेको विषयका कलेज र विश्वविद्यालय नेपालमा कठिन रुपमा प्राप्त हुन्छन् ।
प्रयोगात्मक शिक्षण विधि एकदमै कम छ । पढिसकेपछि उचित रोजगारी र अवसर पनि नभएकोले केहि समय विदेश गएर उच्च शिक्षा हासिल गरुँ, हातमा सिप र सर्टिफिकेट लिएर भविष्य सुरक्षित गरुँ भन्ने सोचले पनि विद्यार्थी विदेश गएका छन् ।
विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ?
तपाईले भन्न खोज्नु भएको नेपालको शिक्षा ठिक भएन, त्यहि भएर विद्यार्थी विदेश अध्ययनका लागि जानुपर्छ ?
नेपालको मात्र नभएर विश्वकै विद्यार्थीहरु विभिन्न देशमा अध्ययनका लागि जान्छन् । नेपालको शैक्षिक अवस्था २० वर्ष अघिको कथा र इतिहासमा सिमित छ । यहाँको शिक्षाले विद्यार्थीलाई भोलिको दैनिक जिवन जिउन सहज हुने सिप दिइरहेको छैन ।
मेरो बाबु, काकाले जुन विषय पढ्नु भयो अहिले हामीले त्यहि परिवेशको विषय पढिरहेका छौं । भन्नुको मतलब, हाम्रो शिक्षा समय अनुसार परिस्कृत भएन । विज्ञान र प्रविधिको युगमा इतिहास र पौराणिक विषयमात्र अध्ययन गर्दा विद्यार्थीले कसरी विश्वसँग प्रतिष्पर्धा गर्न सक्छ ?
यति भनिरहँदा नेपालमा मेडिकल शिक्षाको गुणस्तरीयतालाई भने हामीले स्विकार गरेको अवस्था पनि छ । मेडीकल शिक्षामा ईण्डिया, बंगलादेश, भुटान लगायत देशबाट विद्यार्थी अध्ययनका लागि नेपाल आएका पनि छन् । तर, नेपालको विकासका लागि त मेडिकल शिक्षा मात्र राम्रो भएर पुग्दैन । हरेक विषयमा विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने वातावरण, पूर्वाधार र पाठ्यक्रम बन्नुपर्छ ।
इण्डियामा २०२५ सम्ममा शैक्षिक क्षेत्रमा विश्वका विद्यार्थी भित्र्याउने रणनीति बनाए जस्तै नेपालमा पनि बनाउनु पर्छ । चाइनाले जस्तै २०३० सम्ममा विश्वका विद्यार्थीहरुलाई आफ्नो देशको शिक्षा प्रणालीमा आकर्षित गर्नको लागि बनाएको योजना जस्तै हाम्रो मुलुकमा बन्नु पर्छ । अनी मात्र, नेपाली विद्यार्थी विदेश जान रोकिन्छन् । हामीले दक्ष जनशक्ति उत्पादनमा राज्यले नगरेको काम गरिरहेका छौं ।
विद्यार्थीलाई विदेश जान प्रेरित गर्ने शैक्षिक परामर्श क्षेत्रले कसरी दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइ रहेको छ ?
प्लस टु गरेको विद्यार्थी कुन चाँही दक्ष जनशक्ति हो ? उसले त फाउण्डेशन खोजी रहेको हुन्छ । त्यो विद्यार्थीलाई उनीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर परामर्श दाताले बाटो देखाउने काम गर्दछ । हामीले भोलिको उज्वल भविष्यको सपना देखेका विद्यार्थीलाई सहि गोरेटो प्रदान गरिरहेका छौं ।
नेपालबाट जति विद्यार्थी विदेश गएका छन् तिनीहरुले प्राविधिक सिप सिकिरहेका छन् जुन, नेपाल जस्तो विकासोन्मुख देशका लागि अपरिहार्य छ । भोली त्यो विद्यार्थीले विदेशमा हासिल गरेको ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने वातावरण भयो भने त्यसले देश निर्माणमा ठूलो टेवा पुग्छ ।
अहिले हामीसँग दक्ष जनशक्ति नहुँदा विदेशबाट महंगोमा जनशक्ति ल्याउनु परिरहेको छ । त्यसलाई रोक्न पनि नेपाली युवाहरु उच्च शिक्षाका लागि विदेश जानु आवश्यक छ ।
पढ्न भनेर विदेशिएका युवाहरु उतै सेटल भएर मातृभूमीलाई विर्सिएको कुरा चै कहाँ गयो नी ?
हो, यो विषय राज्यको दायित्व हो । राज्यले स्वदेशमै गुणस्तरीय शिक्षा, रोजगारीको अवसर र सुरक्षित भविष्यको ग्यारेण्टी गरिदिएको भए लाखौं खर्चेर युवाहरु विदेश जानुपर्ने अवस्था आउँदैनथ्यो ।
विदेशिएका नेपालीलाई पनि स्वदेशमा फर्कने वातावरण त राज्यले बनाउनु पर्ने हैन ? खै लगानीको सुरक्षा ? खै रोजगारीका अवसर ? सरकारसँग त विदेशिएका नेपाली विद्यार्थी कुन देशमा कुन विषय अध्ययन गरिरहेका छन् त्यसको समेत रेकर्ड छैन । आफ्नो परिवार, बाबुआमाबाट विछोडिएर विदेशको संस्कार र संस्कृतिमा घूलमिल हुन कुनैपनि विद्यार्थीलाई रहर छैन ।
नेपालबाट गएका विद्यार्थीहरुले विदेशमा कस्तो प्रकारको दक्षता हासिल गर्न सक्छन् ?
यहाँबाट गएका जति विद्यार्थीहरु छन् उनीहरुले आइटी सेक्टरमा धेरै राम्रो गरिरहेका छन् । मल्टी नेशनल कम्पनीहरुमा विद्यार्थीहरुले धेरै प्रगती गरेका छन् । मेडिकल क्षेत्रमा पनि धेरै राम्रो गरेको पाईन्छ । ट्राभल्स एण्ड टुरिजम पढिरहेकाले राम्रो गरेका छन् । एउटै विषयमा भन्दा पनि विदेशको शिक्षा प्रयोगात्मक र प्राविधिक विषय हुने भएकोले सबै क्षेत्रमा राम्रो छ ।
नेपालमा कस्ता जनशक्ति आवश्यक छन् र, ती विदेशमा पढेका विद्यार्थीले पछी नेपाल आएर रोजगार पाउने अवसर छ की छैन ?
सरकारले विदेश अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुलाई स्वदेश आउने वातावरण निर्माण गरे तिनीहरुले राष्ट्र निर्माणमा ठूलो टेवा दिन्छन् । र, विदेशमा जुनसुकै विषय अध्ययन गरेपनि स्वदेशमा आएपछि उ बेरोजगार बस्नुपर्ने अवस्था छैन ।
नेपाल अहिले विकासको पथमा बामे सर्दैगर्दा सबभन्दा पहिले सडक, पुल, भवन निर्माणमा ध्यान दिनुपर्छ । जति पनि सिभिल ईन्जिनियरिङ्ग पढ्न गएका विद्यार्थी छन् तिनलाई नेपालमा ल्याउने वातावरण सरकारले बनाउनु पर्छ ।
आइटी, म्यानेजमेण्ट, नर्सिङ्ग, इन्जिनियरिङ्ग, एभिएसन हरेक विषय नेपालका लागि आवश्यक छ ।
उच्च शिक्षाका लागि वर्षेनी हज्जारौं विद्यार्थी विदेशिँदा अरबौं नेपाली रुपैंया पनि विदेशिएको छ, त्यसको अनुपातमा कम रेमिट्यान्स भित्रनुको कारण के हो ?
एकदम महत्वपूर्ण प्रश्न हो, विदेशी मुलुकको नितीनियम अनुसार नेपालबाट जति पनि विद्यार्थीलाई पैसा पठाईन्छ त्यो बैंक मार्फत जान्छ । हुण्डीबाट, व्यक्तिको पकेट वा सुटकेसमा हालेर चोर बाटो अपनाएर जाँदैन ।
तर, उताबाट विद्यार्थीले पैसा नेपाल पठाउँदा चोर बाटो अर्थात हुण्डीबाट पैसा पठाउँछन् । कतिले त्यहिँ रहेका आफन्तलाई पैसा दिने अनी नेपालमा तिनका आफन्त मार्फत पैसा लिने गर्छन् । यती हुँदा पनि जति पैँसा बाहिर गएको छ त्यसको तीन गुणा पैसा नेपाल भित्रिएको छ । हुण्डीबाट पैसा आउने बाटो बन्द गर्ने हो भने अहिलेको १० गुणा पैसा नेपाल भित्रिन्छ ।
देशको आर्थिक अवस्था बलियो बनाउन सरकारले एउटा बलियो संयन्त्र र निती नियम बनाउन आवश्यक छ ।  शैक्षिक परामर्शमा व्यवसाय भन्दा धेरै छाता संगठन खुल्नु भएन । पदको लोभले संगठन फुटाउने, अर्को खोल्ने परिपाटी पनि दुर्भाग्य हो ।
शैक्षिक परामर्श क्षेत्रमा देखिएका विक्रिति कम गर्न राज्य र निजी क्षेत्रले के गर्नुपर्छ ?
कुनैपनि पेशा राम्रो नराम्रो हुनुमा व्यक्तिको बिचार र आचरणमा भर पर्छ । यहाँ १५–२० वर्षदेखि जिवन अर्पण गर्ने इमान्दार ब्यक्ति छन् र, गलत नियत राखेर काम गर्नेहरु पनि छन् । पत्रकारिता क्षेत्रमा पनि यो समस्या छ नी ! डाक्टरलाई भगवानको दोस्रो रुप भनिन्छ । तर, त्यहि भगवानले विरामीको पेटमा कैची, कपास छोडेको, गलत उपचार गरेको उदाहरण पनि छन !
हरेक क्षेत्रमा समस्या छ । त्यसलाई मर्यादित, जिम्मेवार बनाउने काम राज्यको हो ।
राज्यले कानुन मात्र बनाएर भएन, त्यसलाई इमान्दारपूर्वक पालना गराउनु पर्यो । सानो ठूलो सबै तहको व्यक्तिलाई सम्मान व्यवहार गर्नुपर्यो । शैक्षिक परामर्श क्षेत्रमा काम गर्नेले दुई/चार पैंसाको लोभमा नफसी ईमान्दार भएर सहि ढंगको परामर्श दिए यस्ता विकृती आफैं निवारण भएर जान्छन् । शैक्षिक परामर्शमा व्यवसाय भन्दा धेरै छाता संगठन खुल्नु भएन । पदको लोभले संगठन फुटाउने, अर्को खोल्ने परिपाटी पनि दुर्भाग्य हो ।
पछिल्लो समय क्याम्ब्रिजले के गरीरहेको छ ?
अहिले क्याब्रिजको नेपालमा काठमाडौंको बागबजारमा प्रमुख कार्यालय छ । शाखा कार्यालय नयाँ बानेश्वर, बनेपा पनि छ । ललितपुरमा पनि शाखा कार्यालयको व्यवस्थापनहरु भईरहेको छ । चितवन, पूर्वमा ईलाम, बिर्तामोड, दमक, ईटहरी, विराटनगर, धरान यी नेपालको प्रमुख सहरहरुबाट हामीले विद्यार्थी अभिभावकलाई दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट सेवा प्रदान गरिरहेका छौं ।
आगामी दिनहरुमा एउटा नेपालीले विदेशमा गएर पनि काम गर्न सक्छ भन्ने उदाहरण पेश गर्नका लागि अष्ट्रेलियाको सिड्नीको ससेक्स स्ट्रिटमा कार्यालय स्थापना गरेका छौं । केहि महिना पछी अष्ट्रेलियाको मेलवर्न, क्यावेरा, डार्विन, पर्थ, एडिलेडमा पनि शाखा बिस्तार गर्दैछौं ।
यसका अलावा क्याम्ब्रिजलाई विश्व बजारमा लाने उद्देश्यको साथ कलेजको रुपमा रुपान्तरण गर्ने विषयमा समेत गृहकार्य भइरहेको छ ।
post image
चैत २१, काठमाडौं । भारतको गुरुनानक टेक्निकल क्याम्पसले नेपालमा आफ्ना विद्यार्थीहरुलाई क्रियाशिल बनाउने उद्देश्यले अध्ययन पश्चात रोजगारमा लागेका आफ्ना विद्यार्थीहरुलाई एक आपसमा सक्रिय भूमिका निर्वाह गर्न गुरुनानक नेपाल अल्मुनिको सुरुवात गरेको छ । 
गुरुनानकका उत्पादनले बजारमा कस्तो काम गरिरहेका छन् ?
उनीहरुले अध्ययन पश्चात पाएका अवसर र विश्ववजारमा यहाँका उत्पादनको मागलाई मध्यनजर गर्दै विभिन्न देशमा अल्मुनि बनाएको जिएनआईका कार्यकारी निर्देशक डा. एचएस सैनिले बताए । उनले भने “ हाम्रा विद्यार्थीहरुलाई अध्ययन पश्चात कुन कम्पनिमा काम पाएका छन् ? आफै संस्था सञ्चालन गरेका छन् कि छैनन् त्यसको अध्ययन गर्न पनि यो अल्मुनिले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ” ।  नेपालमा अल्मुनि स्थापना गर्ने विषयमा नेपाल शैक्षिक परामर्श संघ इक्यानका सदस्य एंव इन्डोग्लोबल एजुकेशन फाउन्डेनका कार्यकारी अध्यक्ष सुदन चौहानले पहल गरेका हुन् ।
उनको संस्थाबाट परामर्श लिएर अध्ययनका लागि भारत गएका विद्यार्थीहरु त्यहाँबाट उत्तिर्ण भएपश्चात आईएमई ग्रुप, चौधरी ग्रुप ,गोल्छा लगायत ठूला कम्पनिहरुमा काम गरिरहेका छन् ।विद्यार्थीहरुले अल्मुनिले विभिन्न तहमा अध्ययन गरेका एउटै कलेजका विद्यार्थीविच आत्मियता बढाउन र आफ्नो भविष्यमा पाइने अवसरहरुको बारेमा पनि सल्लाह गर्न सहयोग पुग्ने बताए । यस कलेजमा नेपालबाट उल्लेख्य मात्रामा इन्जिनियर बन्नका विद्यार्थी जाने गरेका छन् ।  अहिले उक्त कलेजमा ४ सय नेपाली विद्यार्थी अध्ययनरत छन् भने ४५ जना विद्यार्थी उत्तिर्ण भई नेपालका विभिन्न संस्थामा काम गरिरहेका छन् ।
post image

चैत २०, काठमाडौं  । आज हामीले अस्ट्रेलियाको शैक्षिक प्रणाली, अवसर तथा चुनौतिहरुका बारेमा प्रोफेसनल एजुकेशनल कन्सल्टेन्सीका डाइरेक्टर एस के श्रेष्ठ संग कुराकानी गरेका छौ। आउनुस् कुराकानी सुरु गरौ । सर्व प्रथम यहाँ लाई कायक्रम स्वागत छ ।

प्रोफेस्नल एजुकेशन कन्सल्टेन्सीमा कुन कुन देश जान चाहने बिद्यार्थीहरु आउँछन ?

२५ बर्षको दौरानमा हामीले सुरुका दिनहरु देखि नै अष्ट्रेलियाको लागि नै काम गर्दै आएका छौं । कोहि कोहि  अमेरिका , बेलायत तथा अन्य देशमा जान इच्छुक बिद्यार्थी आउँछन तर हामीले चाहिं अष्ट्रेलिया फोकस्ड भएर काम गरेको हुनाले धेरै जसो भिजिटर्सहरु अष्ट्रेलियाकै बारेमा बुझ्न आउनुहुन्छ ।

२५ बर्षको तपाइको अनुभवमा अष्ट्रेलियाप्रति बिद्यार्थीहरु घट्ने बढ्ने क्रम कस्तो रहेको छ ?

बिद्यार्थी शिफ्ट हुनु भनेको उनीहरुको चाहना शिफ्ट हुनु हो त्यसैले कुनै पनि विद्यार्थी कुनै देशमा जान चाहन्छ भने त्यसको एक मात्र कारण उक्त देशको अवस्था हो । उक्त देशले बिद्यार्थीलाई के र कस्तो अफर गर्छ त्यसमा पनि भर पर्छ । त्यस्तै बिद्यार्थीले उक्त देशको डिग्री रेट, रोजगार अवसर, लाइफस्टाइल , भिजा सक्सेस रेट हेरेर बिद्यार्थीले कुनै पनि देशको छनौट गर्ने गर्दछ । कुनै समय युकेमा बिद्यार्थीको फ्लो अत्याधिक थियो , तर बिस्तारै त्यहाँ बिबिध समस्या देखिनथाल्यो जसले गर्दा त्यहाँको मार्केट अन्तै सिफ्ट भयो । २००८/९ सालमा अष्ट्रेलियामा पनि केहि समस्या देखिएको थियो तर अहिले त्यो सबै ठिक हुँदै आएकाले बिद्यार्थीको लगाब अष्ट्रेलियातर्फ बढेको छ ।

प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीबाट  अस्ट्रेलियामा अध्ययन गर्न गएका विद्यार्थी हरू लाई कुनै समस्या भएको छ ?

हालसम्म हामी यस समस्यामा लकी सावित भएका छौं, हामीले पठाको बिद्यार्थीमा आज सम्म कुनै समस्या आएको छैन । समस्या आउने भनेको प्राइभेट कलेजमा हो जसलाई हामीले कहिले प्रमोट गरेनौं । यदि समस्या आइहाल्यो भने पनि हामि तुरुन्तै रेस्क्यु गर्न सक्छौं ।

अध्ययनका लागि विदेश जाने बिद्यार्थीले यी कुरा चाहिं पुरा गर्ने पर्छ, यी कुरा नभई चाहिं तपाई नजानुस , यी कुराहरुमा चाहिं ध्यान दिनुहोला भन्नुभयो भने तपाई के के भन्नुहुन्छ ?

तपाइले एकदमै समसामायिक प्रश्न सोध्नुभयो , नेपाली बिद्यार्थीको समस्या भनेको रिसर्च नगर्ने हो । पोस्ट ग्र्याजुएट मा जाने बिद्यार्थीमा परिपक्वता देखिन्छ , कतिले नेपालमै पनि काम गरिरहेका हुन्छन , उनीहरुलाई त्यति समस्या हुँदैन । तर अन्डर ग्राजुएटलाई समस्या देखिएको हुन्छ , समग्रमा म के भन्न चाहन्छु भने कतै बुझ्न जाँदा अभिभावक पनि संगै जानुहोस , खाली पैसा पठाईदिने मात्र नगर्नुहोस, आफ्नो बच्चा कहाँ जाँदैछ, कहाँ जाँदा ठिक हुन्छ , कुन युनिभर्सिटी सही छ आफै परामर्शमा सहभागी भएर निर्णय लिनुहोस् । त्यसैले आफ्ना छोराछोरीहरुलाई पठाउनु अघि अथवा बिद्यार्थी स्वयमले पनि उक्त देशको बारेमा र आफुले अप्लाई गर्न लागेको कन्सल्टेन्सीको बारेमा रिसर्च गरेर मात्र प्रोसेस अघि बढाउन म अनुरोध गर्दछु । साथिले पढ्यो म पनि पढ्छु , साथिले त्यो  बिषय लियो म नि त्यहि लिन्छु , साथि यो देश गयो म पनि त्यहि जान्छु भनेर हैन की मेरो लागि कुन बिषय, युनिभर्सिटी , देश ठिक छ त्यसलाई बुझेर जान पनि म सल्लाह दिन्छु ।

त्यस्तै फाइनान्सियल पार्टमा पनि अविभावक सचेत हुनुपर्छ , पठाउने बित्तिकै पैसा आफै म्यानेज गर अथवा पैसा कमाएर पठाऊ भनेर प्रेसर नदिनुहोस , कहिले नेपाल बाटै पैसा पठाएर छोराछोरी लाई पढ्न सहयोग गर्ने वातावरण मिलाउनुहोस ता की बिद्यार्थीलाई कुनै प्रेसर नहोस र उसले करियरमा ध्यान दिनसकोस ।

हाम्रो कार्यक्रममा आएर आफ्नो अमुल्य समय दिनुभयो र बिद्यार्थी तथा अभिभावकले तपाईबाट धेरै कुरा सिक्नुभयो भन्ने हामीलाई बिश्वास छ तपाइको यस अमुल्य सल्लाह र सुझाबको लागि धन्यवाद ।

post image

 चैत १७, काठमाडौं । नेपाल विद्यार्थी संघले राजधानीका तीनवटा कलेजमा तोडफोड गरेको छ। पोखरा विश्वविद्यालयको शुल्कलाई लिएर नेविसंघले तोडफोड गरेको हो।

उनीहरुले बानेश्वरको एपेक्स कलेज, राजधानी कलेज र एसएम कलेज तोडफोड गरेका हुन्। कलेज तोडफोड गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

post image

चैत१५, काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षाको लगातार दुई वटा विषयको प्रश्नपत्र बाहिरिएपछि छानबीन गर्न  छानविन समिति गठन गरेको छ ।  प्रदेश दुईका शिक्षा निर्देशक रमाकान्त शर्माको नेतृत्वमा गठित ३ सदस्यीय छानबीन समिति गठन गरिएको हो।

हाल समिति र प्रदेश दुईका आन्तरिक मामिला तथा कानूनमन्त्री र सामाजिक विकास मन्त्री नवलकिशोर साहबीच छलफल जारी रहेको छ । छलफलमा प्रदेश दुईका कानूमन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको राजिनामा मागेका छन् ।

कानूनमन्त्री यादवले भने ‘ एसईईको प्रश्नपत्र आउट हुनुमा प्रदेश सरकारको गल्ती नभई संघीय सरकारको गैरजिम्मेवारीपूर्ण रवैया हो, परीक्षा संघीय सरकारको सहकार्यमा भईरहेकोले शिक्षामन्त्रीले राजीनामा दिनुपर्छ ।

बाहिरबाट प्रश्नपत्र आउट गरि यहाँ ल्याइएको दाबी गर्दै कानूनमन्त्री यादवले माध्यमिक यस घटनाको जाँच सिआईबीबाट गराउने बताएका छन्। छलफलमा शिक्षा निर्देशक शर्मासहित, मन्त्रालयका उपसचिव ठुलोबाबु दाहाल, कानूनमन्त्रालयका उपसचिव अरुणकुमार झा, जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनाल, सशस्त्रका एसपीसहितको सहभागिता रहेको छ ।

post image

चैत१५, काठमाडौं । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत शुक्रबारको सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ ।  बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिए पछी परिक्षा रद्द गरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।

 हिजो पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ ।

बिहिबार जनकपुरमा अबेर साँझ प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले समिति बनाएको घोषणा गरेको हो ।

प्रदेश सरकारले यसबारे छानबिन गर्ने भएको छ । प्रदेश सरकारले शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माको अध्यक्षतामा ३ सदस्यीय छानबिन समिति गठन गरेको सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए । यस समितिमा उपसचिव ठूलोबाबु दाहाल र कानुन शाखाका उपसचिव अरुणकुमार झा सदस्य छन् ।

post image

 चैत १४, काठमाडौं ।  प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार विज्ञान विषयको परीक्षा रद्द गरिएको छ ।परीक्षाअघि नै प्रश्नपत्र बाहिरिएपछि परिक्षा रद्द गरिएको हो । बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए

‘प्रदेश २ भरी नै विज्ञान विषयको परीक्षा रद्द हुन्छ’ उनले भने । रद्द भएको परीक्षा चैत २२ गते गरिने उनले बताए । बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । बिहीबार परीक्षा भएपछि जिल्ला परीक्षा समन्वय समितिले जिल्लाको परीक्षा रद्द गर्ने निर्णय गरेको थियो ।

तर प्रदेशभरी एउटै प्रश्नपत्र हुने भएकाले प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाकै विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

post image

चैत १०, काठमाडौं। विद्यालय शिक्षामा सही छनौट र अध्यापन पद्धतिको सही प्रयोगले मात्र२१ औं शताब्दीमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । उचित मार्गनिर्देशन भएमा मात्र भविष्यमा उनीहरु जस्तोसुकै चुनौति सामना गर्न सक्ने ग्लोबल सिटिजन बन्न सक्दछन् ।काठमाडौँ उपत्यकामा करिब चार हजारभन्दा बढी स्कुल हरू रहेका छन्।

आफ्नो नानीहरुलाई कुनै स्कुलमा पढाउने कस्तो शिक्षा दिने यो सबैका सामु चुनौतीपूर्ण बनेको छ। उत्तरदायि, प्रगतिशील र व्यावहारिक शिक्षण पद्धति आजको आवश्यकता हो । सबै विद्यार्थी शिक्षकतर्फ फर्किएर अध्ययन गर्ने र शिक्षकले एकोहोरो रटाइ रहने यो पुरातन र सैद्धान्तिक पद्दतीले विद्यार्थीहरुको चौतर्फी विकासको बाधक बनिरहेको छ ।

प्रगतिशील र व्यापारिक सिकाइ समाजमा रहेका आर्थिक-सामाजिक लैङ्गिक विविधता र त्यसले ल्याएको समस्यालाई समाधान गर्न सक्ने नागरिक उत्पादनका लागि विद्यार्थीलाई त्यस्ताखालका समस्याहरूको पहिचान गर्न यस् वेन्डी हाउस स्कुल ले बिधार्थी हरू लाई सिकाएको छ । कक्षाकोठाको उचित प्रवन्ध र शिक्षक लाई फ्यासिलीटेटर को रुपमा उभ्याउँदै विद्यार्थीहरुलाई एक्टिभ लर्नर प्रब्लम सल्भर्स र प्लानर्स  को रुपमा अगाडि बढाइन्छ।

जसको कारण विद्यार्थीहरुलाई सिप सिक्न ज्ञान लिन र अवधारणा विकास गर्नका लागि रचनात्मक पद्धतिबाट सजिलो हुन्छ । विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि वेन्डी हाउस स्कुलले आफ्नो शिक्षण पद्धतिलाई विद्यार्थीको जीवनसँग जोडेर जीवन र जगत जोड्ने काम गरेको छ । काठमाडौंको विशालनगरमा अवस्थित यस स्कुल ले स्थापनाकालदेखि नै विद्यार्थीलाई परिराणात्मक भन्दा गुणात्मक बिकास लाई जोड दिएको छ।

स्मार्ट सिकाइका लागि यहाँ स्माट क्लास मार्फत पढाइ गरिन्छ । शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययन अध्यापन गराइरहेको यस विन्डी हाऊस स्कुलले कक्षा11को समेत अध्ययन-अध्यापन अगाडि बढाउने भएको छ । कक्षाकोठा भित्र र बाहिरका लागि आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार र संयन्त्र विन्डी हाऊस स्कुलमा विद्यमान छ । यस स्कुलले यसै बर्ष बाट अटिजम भयकाले बालबालिकालाई समेत बिशेष स्कुल को सुरुवात गरेको छ ।

post image

चैत १०, काठमाडौं। चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा  परीक्षा दिएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।
नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।  करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् ।

 

post image

चैत १०, काठमाडौं। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) देशैभरी सुरु भएको छ । आइतबार (आज) बाट सुरु हुने परीक्षामा कुल चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीका अनुसार शैक्षिक सत्रमा कम्तीमा ७५ प्रतिशत हाजिरी पुग्नुपर्ने व्यवस्था भएकाले सो हाजिरी नपुगेका कतिपय विद्यार्थी परीक्षामा सम्मिलित हुन नपाउने भएकाले सहभागी हुने भनिएका परीक्षार्थीको सङ्ख्या घट्ने अनुमान गरिएको छ ।

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी, देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।  परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ ।

post image

चैत ७, काठमाडौं । दिल्ली एकेडेमी अफ मेडिकल साइंस (डीएएमएस) पीजी मेडिकल इन्ट्रान्स एजुकेशन को क्षेत्र मा बिगत 16 वर्ष देखि स्थापित एक नाम हो। डक्टर सुमेर सेठी जसले एआईपीजी / एआईएमएसमा टप गरिसकेका छन उनकै नेतृत्व मा, यो संस्था चल्दै आएको छ ।

डीएएमएस ईजीजी (एनबीई / एनइइटि ) प्यार्टनमा आधारित , एआईएमएस, पीजीआई, यूपीएससी, डीएनबी र एएमपी को लागि नं 1 कोचिंग संस्थान हो। डीएएमएसले  विशेष पाठ्यक्रम प्रदान गर्दछ जो सम्बन्धित क्षेत्रहरुमा विशेषज्ञहरु द्वारा डिज़ाइन गरिएको छ ।

 दिल्ली, एकेडमी ऑफ मेडिकल साइंसेज एक बेंच मार्क संस्थान बनाउन को लागी स्थापना भएको थियोजसको लक्ष्य , ईजीपी स्नातक चिकित्सा प्रवेश परीक्षा को सबै भन्दा कठिन प्रतिस्पर्धी परीक्षा मा उत्कृष्टता प्राप्त प्राप्त गर्नु रहेको थियो ।

यहि डीएएमएसले हालै नेपालमा पनि आफ्नो सेवा बिस्तार गरेको छ । काठमाडौँको उत्तरढोकामा आफ्नो साखा विस्तार गरेको डीएएमएस नेपालका लागि एड्भाइजर अरविन्द्र केशरीले जानकारी गराए । डीएएमएसले नेपालमा आइओएम , बिपी के आइएचएस , पीएएचएस , एनएएमएस लगायतका पीजी कोर्सहरु संचालनमा ल्याएको छ ।

साथै यस संस्थाले अमेरिकामा लिइने युएसएमएलइ परिक्षाको पनि प्रशिक्षण दिइने केशरीले जानकारी गराए ।

post image

चैत ५,मुग्लिन। विवेकशील साझा पार्टीले मेडिकल कलेजहरूले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौंलाख ठगी गरेका पछिल्ला समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारबाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

‘तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरूत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ।रासस

post image

चैत ५,काठमाडौं । गुणस्तरीय शिक्षाका लागि नेपाली बिधार्थीहरू परापुर्व कालदेखि भारतीय शैक्षिक संस्था हरूमा जाने गरेका छन् । बिशेषत भारतीय शिक्षण प्रणाली पुरानो, जिबन उपयोगी, शीप र दक्षताले भरिपुर्ण भएकाले पनि नेपाली बिधार्थी हरू मात्र नभई संसारका बिभिन्न मुलुकहरुबाट अध्ययनका लागि अन्तर्राष्ट्रिय बिधार्थी हरू भारत जाने गरेका छन् ।

कला, सस्कृति, रितिरिवाज, भाषा, खानपान देखि लिएर बसोबास र जीवनस्तरमा समानता रहनुले पनि बर्षेनी हजारौंको संख्यामा नेपाली बिधार्थीहरू भारतीय शैक्षिक संस्था हरुप्रती आकषिर्त भएका हुन् । यसै कुरा लाई मध्यनजर गर्दै माईतिघर काठमाडौंमा अवस्थित जे आर एजुकेशनले स्थापना काल देखि नै भारतीय शैक्षिक संस्थाहरूमा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको छ ।

यसै सन्दर्भमा जे आर एजुकेशनको सहकार्यमा काठमाडौंमा भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको इन्फर्मेसन सेन्टरको स्थापना गरिएको छ । अभिभावक तथा विद्यार्थीहरूलाई भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाब को बारेमा सहजै जानकारी पाउन सकुन् भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने मानव संसाधन विकास गर्ने उद्देश्यले सन् 1997 मा शैक्षिक यात्रा सुरु गरेको भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबकै उत्कृष्ट कलेज ग्रुप हो। यस समूहले सफलतापूर्वक पंजाब को विभिन्न जिल्लाहरुमा ईन्जिनियरिङ, मेनेजमेन्ट, कम्प्युटर एप्लिकेशन, ल, नर्सिङ र पोलिटेक्नीक जस्ता प्रभावकारी बिषयमा सातवटा छुट्टाछुट्टै कलेजहरु संचालन गरिरहेको छ। यो एक पंजाब टेक्निकल युनिभर्सिटी सम्बद्ध र AICTE अनुमोदित संस्था हो।

संस्थाको अन्तिम लक्ष्य अझ राम्रो नागरिक सिर्जना गरी उत्तम राष्ट्र सिर्जना गर्नु हो। विद्यार्थीहरूको सर्वाङगीण बिकास नै आफ्नो उपलब्धि ठान्ने यस संस्थाले उत्कृष्ट शैक्षिक पूर्बाधार र अनुसन्धानमा बिधार्थी हरू लाई केन्द्रीय गरेको छ। अध्यन पछि को अवसरका लागि शैक्षिक संस्थान र उद्योगहरू बीच  सहकार्यको विकास गरीएको छ । भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् आइयसटिइ र यनबिए एक्र्डियटेड कलेज हो। भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको समुद्घाटन भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् का चेयरम्यान डाक्टर गुनिन्दरजित सिङ जवान्दले रिवन काटेर सेन्टरको समुद्घाटन गर्नु भयो ।

समुद्घाटन समारोहमा बोल्दै भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् का चेयरम्यान डाक्टर गुनिन्दरजित सिङ जवान्धले भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले कलेजमा भर्ना भएका बिधार्थी हरूको अभिभावक तथा सम्भावित बिधार्थी हरू लाई आवस्यक जानकारी प्रदान गर्ने र पुर्ण रूपमा प्रबिधिको प्रयोग भएकोले निमेष भरमै कलेजको गतिबिधि, नेपाली बिधार्थी हरूको अवस्था र प्रगति बिबरण प्राप्त गर्न सकिने जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै कलेजकी डिन डाक्टर शुभ्रीत कौर जवान्धले भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरले अभिभावक र नेपाली बिधार्थी हरू बीचको दुरी धट्ने हुदा कलेज लाई समेत रिपोर्टिङ गर्न सहज हुने जानकारी गराउनु भयो ।

साथै यस कलेजका बारेमा परामर्श ब्यवसाय जगतमा जानकारी गराउने उद्देश्यले होटल याक एण्ड यतीमा एजेन्ट-मिट कायक्रम समेत आयोजना गरिएको जानकारी गराऊनु भयो। भाई गुरुदाश ग्रुप अफ् इन्स्टिच्यूसन् पंजाबको काठमाडौं इन्फर्मेसन सेन्टरको नेपाल प्रतिनिधि तथा जे आर एजुकेशनले बिभिन्न भारतीय शैक्षिक संस्थाको प्रबर्धन गरिरहदा बिधार्थी हरूको स-साना समस्या हरूको समाधान सेन्टरले तुरुन्त गर्न सकिने हुनाले समयको बचत, पारदर्शिता र जवाफदेहिता कायम गर्न सहज होस् भन्ने उद्देश्यले यो सेन्टरको स्थापना गरिएको हो । जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जे आर एजुकेशन नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा मान्यता प्राप्त संस्था हो। जसको माईतिघर कठमाडौंमा केन्द्रीय कार्यालय , बालकुमारी ललितपुर, बुटवल र राजविराजमा शाखा कार्यालयहरु रहेका छन् ।

post image

चैत ४,काठमाडौं । काठमाडौँ बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा नेबि संघले आइतबारबाट आमरण अनशन सुरु गरेको छ । विभिन्न माग राखेर अनशनमा बसेको अनशनमा अहिले देखिरहेका समस्या समाधानका लगि तुरुन्त कदम चालिनुपर्ने अनशनरत नेतृ अर्पणा खड्काले बताइन।

क्याम्पस प्रमुखको नियुक्ति यथाशिघ्र दक्षताको आधारमा  गर्न ,इ लाइबे्ररीको व्यवस्था कलेज हाता भित्र सर्वसुलभ वाइफाईको व्यवस्था, विद्यार्थीका लागि होस्टेल, तथा कलेजको भैतिक अवस्था सुधार लगायत गरिनुपर्ने संघले जनाएको छ ।

आफ्ना मागहरु पुरा नभईन्जेल सम्म अनशन बसिरहने र माग पुरा गरेर मात्र अनशन बाट उठ्ने उनले दृढ संकल्प गरेको समेत बताइन ।   आफ्ना मागमा समर्थन   गर्नेका लागि हस्ताक्षर अभियान समेत चलाइएको र हालसम्म ५०० बिद्यार्थीले हस्ताक्षर गरेर साथ दिएको उनको भनाइ छ ।

post image

 फागुन २७, काठमाडौं । मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ मेनेजमेन्टले अन्तरकलेज प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यार्थीलाई अझै मेहेनती र बिजनेस सम्बन्धी ज्ञान दिन “मेरो कारखाना – तपाईं भित्रको उद्यमी अन्वेषण”नामक प्रतिष्पर्धी कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा चार प्रतिस्पर्धात्मक गतिविधिहरू रहेका थिए जसमा नयाँ उत्पाद विकास (एनपीडी) , बजार , केस अनालाइसिस र बिज्ञापन रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथी नेपालका पछिल्लो मुख्य सचिव डा. बिमल कोइरालाले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो । वहाँले द्यार्थीलाई आफ्नै देशमा मेहेनत गर्न प्रेरणा प्रदान गर्नुभएको थियो । वहाँले नेपाली युवा युवतीले आफ्नै मातृभूमिमा काम गर्नुको सट्टा विदेशी भूमिमा आकर्षित भएकोमा गुनासो गर्नुभयो। वहाँले राजनीतिक मामिलामा ध्यान केन्द्रित गर्नुको सट्टा हामीले हाम्रो आर्थिक अवस्था सुधार गर्न काम गर्नुपर्ने बताए।हाम्रो देशमा परिवर्तन ल्याउन सक्ने व्यक्ति हामी आफै हो। यदि हामीले मेहेनतका साथ केहि गर्ने आटयौं भने नतिजा बिकसित देशको भन्दा राम्रो हुनेमा दुइमत नरहेको वहाँले बताउनुभयो।

 कार्यक्रममा ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूले संगीत र नृत्य प्रदर्शन गरेर मनोरन्जन प्रदान गरेका थिए ।

 उक्त प्रतिष्पर्धामा सेन्ट लरेंस कलेजले तेस्रो स्थान हासिल गर्दै नगद रु ५००० पुरस्कार प्राप्त गर्यो । काठमाडौं विश्व विद्यालयले दोस्रो स्थान जित्दै रु १५ हजार नगद पुरस्कार प्राप्त गर्न सफल भयो । त्यस्तै पहिलो बनेको ग्लोबल कलेज अफ म्यानेजमेन्टले भने रु २० हजार नगद पुरस्कार पाउन सफल भयो ।  एम्बिशन कलेज र प्रिमियर कलेजको विद्यार्थीले क्रमशः राम्रो प्रस्तुतीकरण महिला र पुरुष को टाइटल जित्न सफल बने । बिजेता कलेजहरुले मेडल ट्रफि , प्रमाणपत्र र गुरुकल सीएबाट छात्रवृत्ति समेत पाएका थिए ।

post image

फागुन २३, काठमाडौँ । भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन करिब ३० बर्षअघि अष्ट्रेलिया पुगेका थिए । जव उनि अष्ट्रेलिया गएका थिए त्यस समय अष्ट्रेलिया जाने नेपालीको संख्या औंलामा गन्न सकिन्थ्यो , कोहि नेपाली देख्न पाउँदा खुशीले गदगद भएको त्यो क्षण योन्जनको मनमस्तिष्कमा अझै पनि ताजा नै रहेको छ । दिन बित्दै गए समय बदलिंदै गयो र अष्ट्रेलियामा अध्ययनको लागि जाने बिद्यार्थीको संख्या पनि बिस्तारै बधाई गयो र अहिले त त्यो संख्या आक्रामक नै छ । टोपी लगाएको मान्छे देख्दा उनि दौडेर समाउन र भेट्न सम्म पुग्थे ।

अहिलेको समयमा भने अष्ट्रेलियामा नेपाली कम्युनिटी बाक्लो छ हजुरबुवा देखि नातिनीसम्मकै समाज त्यहाँ स्थापीत भइसकेको छ  । हालको समयमा नेपाली बिद्यार्थी धेरै उत्साहित , साहसी , स्मार्ट भएको र काम पाउन सजिलोका साथै नेपाली कम्युनिटीको सहयोगले थोरै समयमा नै अष्ट्रेलियामा सजिलै घुलमिल हुन् सक्ने वातावरण रहेको महावाणिज्यदूत चन्द्र योञ्जन बताउँछन् ।उनै चन्द्र योञ्जनसंग इन्फोप्लसले गरेको कुराकानी :

post image

फागुन २३, काठमाडौँ । राहत अनुदान कोटाका शिक्षकलाई सरकारले स्थायी प्रक्रियामा लैजाने सहमति गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र आन्दोलनरत शिक्षकका प्रतिनिधिबीच ३ बुँदामा सहमति जुटेपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर शिक्षकहरू पढाउन विद्यालय गएका छन्।

बुधबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा सहभागी नेपाल राहत शिक्षक केन्द्रीय समितिका संरक्षक तथा पूर्वअध्यक्ष गोकुल रोकायले राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता (शिक्षक) लाई स्थायी प्रक्रियामा लैजान मन्त्रालय तयार भएपछि आन्दोलन फिर्ता गरेको बताए।

‘राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक तथा बालविकास केन्द्रका सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डको आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक र खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी प्रक्रियामा लैजान मन्त्रालयले आवश्यक प्रवन्ध गर्ने सहमति भएको छ भने परीक्षामा सहभागी हुन एक पटकका लागि उमेरको हद नलाग्ने सहमति छ।’

माइतीघर मण्डलादेखि बानेश्वरसम्म आन्दोलन गर्दा घाइते शिक्षकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने र आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको उनले बताए।देशका २८ हजार सामुदायिक विद्यालयमा ४० हजार राहत अनुदान कोटाका शिक्षक छन् भने ३६ हजार बाल विकास केन्द्रमा सहयोगी कार्यकर्ता छन्।

post image

फागुन २१, काठमाडौं । आन्दोलनरत राहत तथा बाल विकास केन्द्रका शिक्षकको माग पूरा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। आफूहरूलाई स्वत: स्थायी हुने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा राख्न माग गर्दै दुई दिनदेखि शिक्षकहरू राजधानीमा आन्दोलनरत छन्।

प्रमुख सचेतक बालकृष्ण खाँणले निकालेको विज्ञप्तिमा आफ्ना माग पूरा गर्न दबाब दिन शिक्षकले शान्तिपूर्ण आन्दोलन गरे पनि सरकारले दमन गरेकोमा विरोध गरिएको छ। प्रहरीले महिला शिक्षकलाई दुर्व्यवहार गरेको तथा अन्य शिक्षकमाथि अन्धाधुन्ध बल प्रयोग गरेकोमा कांग्रेसले ध्यानाकर्षण भएको जनाएको हो।

‘शान्तिपूर्ण रूपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि सरकारले अंकुश लगाउने कार्य गरिरहेको छ। सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ,’ कांग्रेसले भनेको छ, ‘अमानवीय घटनाप्रति कांग्रेस संसदीय दल घोर निन्दा र भत्सर्ना गर्दछ।’

सोमबार शान्तिपूर्ण ढंगले आन्दोलन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको विरोधमा आज उनीहरूले देशभरमा सामुदायिक विद्यालय बन्द गरेका छन्।

post image

फागुन १५, काठमाडौं । अष्ट्रेलिया स्थित अष्ट्रेलिया इन्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईविटी) दर्ता खारेजीबाट उत्पन्न समस्या समाधानका लागि आज काठमाडौँमा एक पत्रकार सम्मेलन गरिएको छ  । नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुका छाता संगठनहरु इक्यान, फेकन, आईरिन र नायरके  राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त समस्या समाधानतर्फ आफुहरु उन्मुख रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा  एआईविटी कलेज अष्ट्रेलियाको आधिकारिक निकायमा दर्ता भई स्विकृति लिएरै भोकेशनल एजुकेशन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने कलेज भएपनि नर्सिङ्ग डिप्लोमाको मान्यता सम्बन्धि विषयलाई लिएर उब्जेको विवादका कारण ASQA द्वारा उक्त कलेजको दर्ता खारेज गर्ने निर्णय भएको जानकारी दिईयो ।

कार्यक्रममा बोल्दै ईक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले एआईबीटी कलेजमा  देखिएका समस्या समाधान गर्न ईक्यानले संस्थागत रुपमा सम्बन्धित निकायहरुसंग आवश्यक छलफल र परामर्श गरेको बताए । जो विद्यार्थी अब अध्ययन नै गर्दिन र स्वदेश फर्किन्छु भन्छ उसले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने बाँकी अवधिको शुल्क टिपिएसले फिर्ता गर्ने र जो विद्यार्थी नर्सिङ्ग विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमाको अध्ययन पुरा गर्न अवस्थामा छन् उनिहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण हुने शिक्षण संस्थामा स्थान्तरण गर्न सकिने पाण्डेले बताए । 

कार्यक्रममा बोल्दै आईरिन अध्यक्ष कुमार कार्कीले एआईविटी प्रकरणमा सबै दोश परामर्श व्यवसायिलाई लगाउन नहुने जिकिर गरे । मुख्य जिम्मेबार एआईविटी कलेज र अष्ट्रेलियन सरकार भएको उनको ठहर थियो । एआईविटी कलेज र अष्ट्रेलियन सरकार पनि समस्या समाधानको लागि गंभिर भएकोले यो ठूलो चिन्ताको बिषय नरहेको उनले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै फेकन अध्यक्ष युवराज कटुवालले शैक्षिक परामर्श व्यवसायिले आफ्नो नीति नियम र परिधिभित्रै रहेर बैधानिक काम गरेपनि अष्ट्रेलियामा रहेकै कलेजमा समस्या आएकोले नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत समाधानको पहल गर्नुपर्ने माग गरे । यो समस्या समाधानको लागि फेकनले पनि सक्दो पहल गर्ने उनले बताए ।

यता इक्यानका प्रथम अध्यक्ष तथा कंगारु एजुकेशन कन्सल्टेन्सीका प्रमूख कार्यकारी अधिकृत महेशबाबु तिमिल्सिनाले एआईविटी प्रकरणमा परेका विद्यार्थीहरुको  सरकारी तवरबाटै समाधानको पहल भएको बताए । मिडियामा आएजस्तो यो भयंकर ठूलो समस्या नभएको र समाधानको शुरुवात भैसकेको उनको भनाई थियो । सम्भव भएका विद्यार्थीको कलेज स्थानान्तरण गराईदिन नेपाल सरकारको तर्फबाट अष्ट्रेलिया सरकार समक्ष अनुरोध गर्ने पहल भैरहेको उनले जानकारी दिए ।

शैक्षिक परामर्श व्यवसायिको तर्फबाट बोल्दै एक्सपर्ट एजुकेशनका खेम संग्रौलाले एआईविटी प्रकरणलाई अतिरन्जित गराउने काम भएको बताए । शैक्षिक परामर्श व्यवसायिले विद्यार्थीलाई धम्क्याएको, वेवास्था गरेको भन्ने जस्ता भ्रम फैलाउने कार्य भएकोमा उनले दुःख व्यक्त गरे । एक्सपर्ट एजुकेशनबाट गएका केवल ८ जना विद्यार्थी समस्यामा परेकोमा सयौं विद्यार्थी अलपत्र पारेको भन्ने आरोप लगाईने गरेकोमा आफुहरुको ध्यानाकर्षण भएको उनले बताए ।

एआईविटी कलेजको न्यु साउथ वेल्स राज्यमा दुईवटा क्याम्पस, क्विनसल्याण्ड राज्यमा एउटा क्याम्पस र टास्मानिया राज्यमा एउटा क्याम्पस सञ्चालनमा रहेका छन् । धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सीङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न सकिएको छैन ।

post image

फागुन १३, काठमाडौँ । अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ग्लोबल रिच नेपालले उत्कृष्ट विश्वविद्यालयहरूसँग सहकार्य गरी परामर्श प्रदान गर्दै आएको छ । यसै कुरालाई  मध्यनजर गर्दै ग्लोबल रिच नेपालले प्रि- डिपार्चर ब्रिफिंग कार्यक्रम को आयोजना गरेको छ ।

अष्ट्रेलिया जाँदा कस्ता सामग्री हरु लग्नुपर्छ, एयरर्पोटमा आफू कसरी प्रस्तुत हुने र अष्ट्रेलिया पुगिसकेपछि युनिभर्सिटीका प्रतिनिधिहरुसँग कसरी सम्पर्क गर्ने भन्ने विषयमा केन्द्रित रही प्रि- डिपार्चर ब्रिफिंगको आयोजना गरेको हो।  विद्यार्थीहरुलाई अष्ट्रेलिया जाँदा यात्रामा पर्ने समस्याका बारेमा ग्लोबल रिच नेपालका नेपाल हेड नारयण बजाजले जानकारी गराए  ।

उत्कृष्ट परामर्श सेवाकै कारण  बिद्यार्थी र अभिभावक सामु प्रसिद्ध बन्दै गइरहेको ग्लोबल रिच नेपालले पछिल्लो समयमा विश्वविद्यालयका कोषहरुमा विद्यार्थीहरुलाई सकेसम्म बढीभन्दा बढी छात्रबृति उपलब्ध गराउँदै आइरहेको छ । ग्लोबल रिचका बारेमा विद्यार्थीहरु यस्तो प्रतिक्रिया दिन्छन् ।

ग्लोबल रिचले अष्ट्रेलियाका ४३ युनिभर्सिटीबाट समन्वय गरी सेवा प्रदान गर्दै आएको छ । यसको ६ वटा देशमा ४० वटा शाखा रहेका छन् भने नेपालमा काठमाडौ, पोखरा, बुटवल, र नारायणगढ गरी ४ वटा शाखा रहेका छन् ।

post image

फागुन १२, काठमाडौँ ।  यसैसाता माछापुच्छ्रे स्कुल सातदोबाटो कुसुन्तीले माछापुच्छ्रे स्कुल एक्जिबिसन कार्यक्रम सम्पन्न गरेको छ । ब्यवहारिक शिक्षाका लागि लागिपरेको माछापुच्छ्रे स्कुलले विद्यार्थीहरुको अध्ययन र खोज लाई बाहिर निस्कन सहज होस् भन्ने उदेश्यका साथ यो प्रदर्शनीको आयोजना गरेको हो ।

कार्यक्रमको समुद्घाटन रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलाले रिबन काटेर गर्नुभएको थियो । यस प्रदर्शनीमा विशेषगरी बिज्ञान , गणित र दैनिक उपयोगी प्रविधिलाई विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट वर्क मार्फत प्रस्तुत गरेका थिए ।

समुद्घाटन कार्यक्रममा बोल्दै माछापुच्छ्रे स्कुलका सीइओ डाक्टर बिनोद यादवले ब्यबहारिक ज्ञान , सिप र दक्षता अभिवृद्धिका लागि यो प्रदर्शनी उपयुक्त रहेको कुरा जानकारी गराउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै नागरिक दैनिकका बिउरो चिफ छत्र कार्कीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाले जीवन विकासको आधार बनाउनको लागि समेत उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सौजन्य मिडियाका कार्यक्रम व्यवस्थापक सुनिल आचार्यले विद्यार्थीहरुले प्रस्तुत गरिएका विभिन्न प्रोजेक्ट वर्क अतिथिका सामु प्रस्तुत गरी त्यसले नै विद्यार्थीको प्रतिभा मूल्यांकन गरिने हुँदा विद्यार्थीहरुलाई ढुक्क भएर आफूले तयार पारेका प्रोजेक्ट वर्क हरु प्रस्तुत गर्नका लागि हौसला प्रदान गर्नुभएको थियो ।प्रोग्रेसिभ एप्रोचलाई आत्मसात गर्दै शैक्षिक रणनीतिका साथ अगाडि बढिरहेको माछापुच्छ्रे स्कुलले प्रत्येक हप्ता जस्तो विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।  शिशु कक्षा देखि कक्षा १० सम्म अध्ययन अध्यापन अगाडि बढिरहेको माछापुच्छ्रे स्कुलले  गुणस्तरीय शिक्षाका लागि सम्पूर्ण भौतिक पूर्वाधार तयार गरेको छ ।

post image

फागुन १२, काठमाडौं । काठमाडौँमा अष्ट्रेलियन स्किल माइग्रेसन सेमिनार हुने भएको छ । केबीए ग्लोबलको आयोजनामा आगामी मार्च २ तारिक शनिबारको दिन यस सेमिनार हुन गइरहेको छ ।

उक्त सेमिनारमा बिद्यार्थी बाहेक पनि अन्य क्षेत्रमा शिप हुने दक्ष तथा योग्य व्यक्तिहरुले अष्ट्रेलिया जाने अवसरको बारेमा जानकारी लिन सक्नेछन् । सेमिनारमा नर्दन टेरीटोरी अष्ट्रेलियाका उच्च पदाधिकारीको पनि सहभागिता रहने छ । यस सेवा सम्वन्धि सबै जानकारी अष्ट्रेलियन स्किल माइग्रेसन सेमिनारमा प्रदान गरिने आयोजकले बताएको छ  ।

लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा  अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो। हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालय नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् ।

 

 

post image
फागुन ९,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संघ अनेरास्ववियु कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । अष्ट्रेलियामा पढ्न गएका बिद्यार्थीहरुको अलपत्र भएको कुरामा ध्यानाकर्षण गराउंदै अनेरास्ववियुले यो ज्ञापनपत्र बुझाएको हो ।
 उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण पछिललो चरणमा डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको ज्ञापनपत्रमा उल्लेख छ  ।
बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गनें निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गनें एक हजार नेपाली विद्यार्थी यतिखेर दलालीहरुको फन्दाको शिकार भएका छन । चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न गएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङ सम्बन्धन नपाउने भएपछि अन्यौलमा परेका छन् ।
यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली विद्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुरदा एन्म्याकले मान्यता नदिंदा अलपत्र परेका छन् । तसर्थ विद्यार्थी नेपाल लगायत पोखरा बाट पठाउने किंग्स इन्स्टिच्युट , एक्स्पर्ट, इम्पल्स ,अल्फाबेटा , काठमाडौँ इन्फोसिज, कंगारो , वेब , सनराइज , डल्फिन, मर्सी लगायत का शिक्षाको नाममा मान्छेको व्यापार गर्नेहरु अहिले बजारमा मौलाइरहेका र  यस्ता दलालहरुलाई तत्काल कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । अन्यथा आफु  लागेर नबस्ने  चेतावनी पनि दिएको छ  ।
post image

फागुन ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका सहायक डीन बबालाल साहलाई कालोमोसो दलिएको छ ।  साहमाथि एक छात्राले यौन दुर्व्यवहारको आरोपमा कालोमोसो दलिएको हो ।

अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० का कार्यकर्ताले बुधबार साहलाई उनकै कार्यकक्षमा मोसो दलेका हुन्। पूर्वएमाले निकट अनेराश्ववियुकी उपाध्यक्ष सुनिता बरालका अनुसार साहले  दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थीले मोसो दलेका हुन्।

शिक्षा संकायको सम्बन्धन शाखामा काम गर्ने सहायक डीन साहले नेपाल बैंकको कीर्तिपुर शाखा नजिकैको भित्री बाटोमा यौन दुर्व्यवहार गरेको भन्दै ती छात्राले कारबाहीका लागि विश्वविद्यालयमा निवेदन दिएकी छन् ।

साहले संवेदनशील अंगमा छुदै जबर्जस्ती गर्न खोजेको र नमान्दा हातपात गरेको विद्यार्थीले आरोप लगाएका छन्।  उनले सहायक डीन साहलाई कारबाहीको माग गर्दै शिक्षा शास्त्र संकाय, उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय, रेक्टरको कार्यालय र महानगरीय प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएकी छन् ।

साहलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको छ ।

post image

फागुन ७,  काठमाडौं । नेपाल इन्जिनियरिंग कलेजका शिक्षक तथा कर्मचारीहरुले गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेजलाई निजी बनाउन खुस खुवाउनेमाथि कारबाही गर्न माग गरेको छ । नेपाल इन्जिनियरिग कलेज शिक्षक तथा कर्मचारी संघर्ष समितिले संयुक्त विज्ञप्ति प्रकाशित गरी कलेजलाई निजीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाउने कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेसहितको समूहमाथि कारबाहीको माग राखेको हो ।

संयुक्त विज्ञप्तिमा शिक्षक संघर्ष समितिका संयोजक दुर्गाप्रसाद भण्डारी र कर्मचारी संघर्ष समितिका अध्यक्ष मनोहर खनालको हस्ताक्षर रहेको छ । कलेजको विषयमा समयसमयमा विभिन्न संचार माध्यमहरुमा आर्थिक अनियमिताबारे प्रकासित अडियो तथा भिडियोका समाचारहरुको सन्दर्भमा आफनो ध्यानाकर्षण भएको जनाउँंदै विज्ञप्तिमा कलेजका तत्कालिन अध्यक्षको हैसियतले सामाजिक संस्थालाई प्रालि बनाउन विभिन्न उच्च तहका पदाधिकारीहरुलाई आर्थिक प्रभाव तथा प्रलोभनमा पार्ने समूहमाथि कारबाहीको माग गरेको उल्लेख छ । यस्तो प्रकारको भिडियो सार्वजनकि भएसँंगै वास्तविक तथ्य छर्लंग भएको भन्दै विज्ञप्तिमा कलेजलाई बेची पैसा कमाउन खोज्नेमाथि कारबाही हुनुपर्ने माग राखिएको छ ।

कलेजर्लाइ निजी बनाई हडप्ने यस्तो दुराग्रह राखी गरेको षडयन्त्रले सिंगो नेपाल ईन्जिनियरिङ कलेज परिवार, नेपाल सरकार तथा देशकै साखमा आघात पुग्न गएको भन्दै विज्ञप्तिमा यसमा सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । यही कुरालाई मध्यनजर गर्दै यस्ता कुकृत्य गर्ने–गराउने सम्वन्धित सबैलाई अविलम्ब कारवाहिको माग गरिएको छ । साथै यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलगायत जिल्ला प्रशासन कार्यालय भक्तपुर, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर र पाटन उच्च अदालतका सम्बन्धित पदाधिकारीहरुलाईसमेत कारवाहिको दायरामा ल्याउन माग गरिएको छ ।

post image

फागुन ६, काठमाडौं ।  नेक्सस क्रिकेट एकेडेमीले “ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर  यसै वर्ष एसईई दिने खेलाडीहरु लाई लक्षित गर्दै ट्यालेन्ट हन्ट बाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

बैशाख अन्तिम साता काठमाडौंम हुने प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता भएको छ । सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरे । सम्झौतापछि ब्रमास्मीले ७ लाख ५० हजार रूपैया उपलब्ध गराउनेछ । यस्तै ब्रमास्मीले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीलाई पुर्ण देखि आंशिक छात्रवृत्ति उपलब्ध गराउने छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए । उनले प्रतियोगितामा क्षमताको आधारमा धेरै भन्दा धेरै खेलाडीको सहभागिता होस भन्ने उद्देश्यले प्रमुख ११ शहरमा ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।

प्रतियोगिता भन्दा अघि आयोजकले देशभरको ११ प्रमुख शहरमा ट्यालेन्ट आयोजना गर्ने छ । ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ गते सम्म सञ्चालन हुनेछ । ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा सञ्चलान हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट ५ देखि ७ खेलाडी छनोट हुनेछ । हरेक छनौट केन्द्रका प्रमुखको संयोजकमा स्थानिय प्रशिक्षक एक जना र एक जना नेक्ससको प्रतिनिधिसहित ३ सदस्यीय छनौट समिति हुनेछ ।

लोकेश जोशी थनगढ़ी, दिपेन्द्र थापा कोहलपुर, रुद्र भण्डारी सुर्खेत, सन्जु क्षेत्री दाङ, सुनिल ढुंगाना बुटवल, बबिन कुवँर पोखरा, संघर्ष पौडेल चितवन, पंकज पाण्डे कलैया, आशिष श्रेष्ठ बिराटनगर हितेन श्रेष्ठ बितामोड र प्रबल गौतम लाई काठमाडौंको संयोजक चुनिएको छ ।

ट्यालेन्ट हन्ट बाट छनोट भएका करिव १०० जना खेलाडीलाई सम्मिलित गराई काठमाडौंमा एक साताको क्याम्प आयोजना हुनेछ । उक्त क्याम्पबाट अन्तिम ४८ जना खेलाडी छनोट हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई अनिवार्य टिममा समावेश गरिनुपर्ने नेक्ससले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दि सिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य १० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

post image

फागुन २,काठमाडौं । पृथ्वीनारायण क्याम्पस पोखराका सह–प्रध्यापक डा. गोपाल शिवकोटी ‘चिन्तन’ पक्राउ परेका छन । चिन्तनसहितको समूहलाई कानुन विश्वविद्यालय खोल्ने भन्दै २ करोड ७६ लाख ठगी गरेको आरोप लागेको छ ।

शिवाकोटीसँगै ठगीमा संलग्न नुवाकोट त्रिशुली स्थायी घर भई काठमाडौंको बानियाँटार बस्दै आएका बद्री कुमार थापालाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले जानकारी दिए ।

गोपाल शिवाकोटी ‘चिन्तन’ले लामो समय नेपाल ल क्याम्पस काठमाडौंमा प्रध्यापन गरेका थिए । कीर्तिपुर बस्दै आएका चिन्तनलाई प्रहरीले मंगलबार उनको घरबाट नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान भइरहेको एसएसपी लामाले बताए ।

अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको विज्ञ समेत रहेका चिन्तनले अमेरिकाबाट एल.एल.एम  र पिएचडी गरेका छन् । चिन्तनसहितको समूहले ‘मञ्जुश्री एजुकेशन एकेडेमी प्रा.लि.’ को ब्यानरमा कानुन विश्वविद्यालय स्थापना गर्ने भन्दै पूर्व न्यायाधीशहरु र दर्जनौं कानुन व्यवसायीहरुलाई ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

post image

फागुन १, काठमाण्डौं ।  बागलुङका  एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चिन थालेका छन्।  जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको बताए ।

उनले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाट दुई लाख ५१ हजार ५५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

‘सामाजिक क्षेत्रमा काम गने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ’, खरेलले भने, ‘आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चनेछु।’

 खरेल उक्त विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षक हुन् ।वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताइरहेका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आएको बताए ।

post image

माघ २८, काठमाडौं। सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो।

एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो।

“सानी छोरीले गीत गाउँछिन् अब”, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थालिन्।

जन्मेर कोखमा कसैको

हुर्कन्छ काखमा कसैको

भाग्यको लेखा कस्तो

भावीले के लेखिदियो ।

ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भने, “मान्छेहरुलेनै हो गलत काम गर्ने र गरिब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ।”

त्यसकारण विधिले होइन, तिमीलाई म अर्को गीत लेखिदिन्छु, त्यो गाऊ। सोनीले मुन्टो हल्लाइन्।

“अब अर्को गीत गाउन,” उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गरे।

फेरि कहाँ आउँछ घुमेर

यो बालापनको उमेर।

गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिए। यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्को रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु गाइन्।

यही धर्तीमा जन्मेँ यही धरतीमा हुर्केँ

तर म अटिनँ।।

एक्लै छाडी काहाँ गयौ बाबा

तर मलाई लगिनौँ

प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो। उनले बालबालिकालाई सङ्केत गर्दै भने, “अरू कसैले उनलाई च्यालेञ्ज गर्छ।” करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गरे।

यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो। उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले।

प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वर्ल्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन। तर प्रधानमन्त्रीले एक्कासी कार्यक्रमलाई सङ्गीतमय पारे।

उनले बालबालिकासामु फेरि सोधे, “अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ” गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे। बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत भए। एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भने, “मैले बनाउन बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ।”

उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे। प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनीषा विकले पनि अर्को नृत्य देखाए।

बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहेकी प्रधानमन्त्री पत्नी राधिका शाक्यको मन मानेन र कार्यक्रमकै बीच शाक्यले घोषणा गरिन्, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु।

शिक्षा सदनले गरेको काम असाधारणः प्रधानमन्त्री

वर्ल्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताए।

स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ।”

“उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,” प्रधानमन्त्रीले थपे।

राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उनले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको संज्ञा दिए।

यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएको बताए। केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उनले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताए।

सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिए। सम्मानले महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उनको भनाई थियो।

योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उनले भने, “कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ।”

कार्यक्रममा वर्ल्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गरे। उनले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिए। रासस

post image

माघ २७, काठमाडौं । आज सरस्वती पूजा भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ ।

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥

सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।ुब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ । विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।

तपाई हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् ।

post image

माघ २४, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेका छन् ।

भक्तपुर र केही जिल्लामा भने यस्ता राजनीतिक हड्तालमा विद्यलाय खुल्लै रहँदै आएको छ । हड्ताल भए पनि निजी विद्यालयले त्यस दिनको पनि शुल्क लिन्छन् भने सामुदायिक विद्यालयका शिक्षकको नपढाए पनि तलब पाक्छ । विद्यालय बन्द हुँदा अभिभावकलाई घरमा छोराछोरी हेर्ने जिम्मेवारी थपिन्छ । विद्यालय तहको हालको सरदर सिकाइ उपलब्धि ५० प्रतिशतको हाराहारीबाट माथि उठ्न नसकेका बेला हड्तालले निजी विद्यालयले बन्दको सट्टामा अतिरिक्त पढाउने गरे पनि सामुदायिक विद्यालयका विद्यार्थीको पढाइमा भने असर पर्दै जान्छ ।

सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका–२०६८ मा विद्यालयमा बन्द, हड्ताल, राजनीतिक सशस्त्र गतिविधि गर्न नपाइने उल्लेख छ । त्यस्तो गतिविधि बेलाबेलामा भइरहेकामा हालसम्म कुनै कारवाही भएको पाइएको छैन । विद्यालय शान्ति क्षेत्रको अवधारणाप्रति प्रमुख राजनीतिक दल, शिक्षक तथा विद्यार्थी सङ्गठनले समर्थन गर्दै कार्यान्वयनमा पटक–पटक प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राजनीतिक मुद्दामा विद्यालय बन्द गरिने संस्कारको अन्त्य नहुनु र सरकारले सुरक्षाको प्रत्याभूति नदिनु दुखद् भएको बताए ।

बालफस्थित ज्ञानोदय माविका शिक्षक गोविन्द भण्डारीले विद्यालय खुलेमा आफूहरु पढाउन तयार रहेको भए पनि प्रशासनिक विषय जोडिएकाले विद्यालय बन्द गरिएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७४ का अनुसार हाल मुलुकका ३५ हजार ६०१ विद्यालय छन् । यसमा २७ हजार ८८३ सामुदायिक र निजी प्रकृतिका विद्यालय छ हजार ५६६ र अन्य धार्मिक प्रकृतिका विद्यालय छन् । कक्षा १ देखि १२ सम्म कूल ७३ लाख ९१ हजार ५७४ विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आजको शैक्षिक हड्तालबारे आधिकारिक रूपमा कुनै जानकारी नभएको र यस्तो हड्ताल हुनु बालबालिकाको पढ्न पाउने अधिकारको विरुद्ध भएको बताए ।

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धकालमा विसं २०६० असोज २६ गते डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित १० को मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले विद्यालय शान्ति क्षेत्रका लागि आवाज उठाउन थालेका थिए । रासस

post image

माघ २२, काठमाण्डौं । कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानवअधिकार शिक्षा प्रदान गर्ने उदेश्यले “युवा मानवअधिकार विषयक” कार्यशाला युथ एड्भोकेसी नेपाल र ईन्सेकको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा सम्पन्न भयो ।

 

कार्यक्रममा मानवधिकारको अवधारणा, यसको विकासक्रम, यसका सिद्धान्त, संवैधानिक तथा कानुनी प्रावधान लगायतको विषयमा युवा मानवअधिकारकर्मी विनय कार्की र तिर्थराज कोईरालाले विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए । कार्यशालामा विद्यार्थीहरुले मानवअधिकारसँग सम्बन्धीत विभिन्न भनाई तथा जिज्ञासा राखेका थिए ।

कार्यशालामा युवाहरु मानवअधिकारको आन्दोलनमा सक्रियरुपले लाग्नु पर्ने ईन्सेकका प्रतिनिधि कृष्ण गौतमले वताए । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेमा गौतमको जिकिर थियो । अधिकारको दावा गरी अभ्यास गर्नका लागि प्रत्येक व्यक्तिले उनीहरुको अधिकारको विषयमा जानकारी हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । विद्यार्थीहरुलाई मानवअधिकारको विषयमा शिक्षा प्रदान गर्न आगामी दिनमा विभिन्न कलेजमा कार्यशाला आयोजना गरिने योजना रहेको खतिवडाले जानकारी दिए ।

कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका शिक्षक सुदिप लामाले विद्यार्थीहरुलाई मानवअधिकारको सम्मान, संरक्षण तथा परिपुर्तीमा सक्रिय रुपले सहभागि हुन पर्नेमा जोड दिनु भएको थियो ।

post image

माघ १४, काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ।  गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको विरोधका बावजुद प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सरकारले पूर्णता दिन उक्त विधेयक राष्ट्रसभामा प्रस्तुत गर्न लागेको हो।

आजै बस्ने दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सामान्य छलफल पछि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टा समय दिने तयारी संघीय संसद सचिवालयको छ । राष्ट्रिय सभाबाट विधेयक संशोधनसहित पारित भए प्रतिनिधि सभामा पुन: छलफल गर्नु पर्ने र दुई सदनबीच टकराबको अवस्था आउने भएकाले सामान्य छलफल पछि राष्ट्रिय सभाले विधेयक बहुमतका आधारमा पारित गर्ने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् ।

 विधेयक संशोधनका लागि राष्ट्रिय सभामा सम्भावना रहेकाले अनशनरत डा. केसी समर्थित, नेपाल चिकित्सक संघ तथा सम्बन्धित सवै पक्षले पहल जारी राखेका छन् । यद्यपी डा. केसीका माग विधेयकबाटै सम्बोधन भएको भन्दै सरकारले आन्दोलनको अर्थ नभएको बताउदै आएको छ । नेपाली कांग्रेसले विधेयकका केही बुँदामा असहमति जनाउँदै त्यसअघि संसद अवरुद्ध गर्दै आएको थियो। राष्ट्रिय सभामा पनि सत्तारुढ दलको बहुमत रहेकाले विधेयक पारित हुनेमा सरकारपक्ष विश्वस्त छ।

राष्ट्रिय सभाको आजकै बैठकमा जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, निवृत्तिभरण कोष विधेयक, भुक्तानी तथा फस्र्यौट विधेयक, नागरिक लगानी कोष विधेयक, विज्ञापन लगायत विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव समेत प्रस्तुत हुने कार्यसूची छ ।

post image

माघ १४, काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ । यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्नेछ । यस्तै परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्नेछ । 

post image

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १४ गते नै स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि आन्दोलन छाडेर स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रहसमेत दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सरकारका केही मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुको आइतबार साँझ संयुक्त बैठक राखेर प्रधानमन्त्री ओलीले स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए । ‘लोकतन्त्र बलियो बनाउन यस्ता निर्वाचन रोकिनु हुँदैन,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘त्रिभुवन विश्वविद्यालयले चुनाव गराउने भए त्यसका लागि सुरक्षा लगायतका सहयोग गर्न सरकार तयार छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै, तर त्यसअघि सरकारले अहिलेका राजनीतिक मुद्दाहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताएका थिए । देउवाले अहिले आफूहरुको आन्दोलन चलिरहेको र केही कार्यकर्ताहरुलाई प्रहरीले पक्रेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री ओलीले भने ति सबै कुरा छाडेर स्ववियु निर्वाचनमा आउन आह्वान गरेका थिए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी गरेको जानकारी गराएका थिए । यस वर्षको फागुन १४ मा स्ववियु चुनाव नभए अर्को वर्षमात्रै हुने उनीहरुले बताएका थिए । बैठकमा विश्वविद्यालयका पदाधिकारीको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘यस वर्ष स्ववियु चुनाव नभए विश्वविद्यालयको क्यालेन्डर प्रभावित हुन्छ । त्यसैले फागुन १४ मै गर्नुपर्छ, यो मितिमा नसकिए अर्को वर्ष मात्रै हुन्छ भनेर त्रिविका पदाधिकारीहरुले भन्नु भएको छ ।’

विद्यार्थी नेताहरुले स्ववियु लगायतका निर्वाचन रोक्दा आम युवा विद्यार्थीहरुको पार्टी नेतृत्वप्रति सकारात्मक धारणा नबन्ने भएकाले फागुन १४ मै चुनाव गराउनुपर्नेमा जोड दिएका थिए । ‘२८ वर्षको लोकप्रिय व्यक्ति पनि र आस्थाको मत पनि दुईवटै प्राप्त गर्ने मिश्रित निर्वाचन प्रणालीद्वारा नै फागुन १४ मै निर्वाचन हुनुपर्नेमा हामीहरुको जोड रह्यो,’ अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘समान सहभागीताको ग्यारेन्टी मिश्रित प्रणालीले गरेकाले स्ववियु निर्वाचनमा मिश्रित प्रणाली नै अपनाउनुपर्छ ।’

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री रविन्द्र अधिकारी, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशशरण महत सहभागी थिए । यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनिया, रेक्टर प्रा.डा. सुधा त्रिपाठी, रजिष्ट्रार प्रा. डिल्ली उप्रेती र विद्यार्थी कल्याण परिषदका निर्देशक गंगाबहादुर थापा सहभागी थिए । यसैगरी विद्यार्थीहरुको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सहभागी थिए । स्ववियु निर्वाचनको विषयमा छलफल सकिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै छुट्टै छलफल भएको थियो ।

post image

माघ १२, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग विगतमा गरेको सहमति विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा उहाँका समर्थकहरुले  माइतीघरमा प्रदर्शन गर्दैछन् ।

डा केसीको जीवन रक्षा र उहाँको माग पुरा गर्न सोलिडारिटी फर डा .केसी अलायन्स सहित समर्थकहरुले मध्यान्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागेका हुन् ।

चिकित्सा शिक्षा विधेयकसहित विभिन्न ६ बुँदे माग राखेर १८ दिनदेखि डा केसी आमरण अनसनमा हुनुहुन्छ । सहमति विपरितको विधेयक पारित गरेर संसदले धोका दिएको भन्दै डा .केसीले आफ्नो सत्याग्रह जारी रहने अडान लिनुभएको छ ।

post image

माघ ४, काठमाण्डौं । अष्ट्रेलिया धेरैका लागि सपनाको देश हो । तर पछिल्लो समयमा अष्ट्रेलियामा दिन दुई गुना रात चौगुनाका हिसावले नेपालीहरुको संख्या बृद्धि हुदै गईरहेको छ । बिशेष गरी अध्ययनका लागि विद्यार्थीको रुपमा निकै ठूलो छ । तर पछिल्लो समय अष्टेलिया सरकारले विद्यार्थी भिसामा मात्रै नभएर बिभिन्न अन्य भिसाहरुमा समेत नेपालीहरुलाई अष्टेलिया जाने बाटो खुल्ला गरीदिएको पाईन्छ । त्यसैले त अष्टेलियाभर करीव डेढ लाखको संख्यामा नेपाली रहेको अनुमान तथा बिभिन्न तथ्यांकले देखाएको पाईन्छ । पछिल्लो समय अष्टे«लियन सरकारले विश्वका बिभिन्न मुलुकका नागरीकका लागि बिजनेश भिसा समेत खुल्ला गरीरहेको छ ।

अहिले पनि अष्ट्रेलियाले बिजनेश भिसा खुल्ला गरेकोमा भिक्टोरीया र वयेष्ट्रेन अष्ट्रेलियामा कोटा पूरा भएपनि अन्य राज्यहरुमा बिजनेश भिसामा गई पिआर लिन चाहनेहरुका लागि भने खुल्ला नै छ । यसका लागि नेपालमा कम्तीमा २ बर्ष कुनै पनि बिजनेश चलाएर बसीरहेको र अष्ट्रेलियामा लगानी गरेर पिआर लिन चाहनेहरुका लागि यो भिसा खुल्ला रहेको केबीए ग्लोबल बिजनेश डेभलपमेन्टका ग्लोबल हेड रोशन क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो अहिले पनि बिजनेश भिसामा पिआर लिन चाहनेहरुले अष्ट्रेलीयामा धेरै ठूलो लगानी नगरी र नेपालमा आफुले गरीरहेको पेशा ब्यवसायको २ बर्षको प्रगती बिवरण बुझाउनु भएको खण्डमा बिजनेश भिसा सहितको पिआर लिन सक्नुहुन्छ । त्यसका लागि केबीए ग्लोबलको काठमाण्डौं, चितवन, पोखरा, बनेपा, नारायणगढ, नेपालगंज लगायतका शाखाहरुमा सम्पर्क गर्न सकिने र सिधै केबीए ग्लोबल मार्फत आफुलाई सम्पर्क गरेर फाईदा लिन हुन सबैमा अनुरोध समेत गर्नु भएको छ ।

बिगत लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा  अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो। हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालयले नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् । यसरी बिजनेश भिसा लिन चाहनेहरुले केबीए ग्लोबलको फेसबुक पेजमा गएर वा केबीए ग्लोबलका बिजनेश डेभलपमेन्टका ग्लोबल हेड रोशन क्षेत्रीसँग सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

post image

माघ २, काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य एवम् हिसानका अध्यक्ष रमेश सिलवालले आयोगको प्रतिवेदनमा नेपाललाई (एजुकेशन हब) बनाउने कुरा समावेश गरिएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिलवालले सार्वजनिक शिक्षाको गुस्तरमा बृद्धि र निजी विद्यालयहरुलाई व्यस्थापन गर्दै नेपाललाई ‘एजुकेशन–हब’ बनाउने रणनीतिअनुसार आयोगले प्रतिबेदन तयार पारेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको जनाएका हुन् । उनले भने,‘नेपाललाई शिक्षाको हब बनाउनेगरि प्रतिवेदन आएको छ।’

सिलवालले भने,‘पुर्वीय शिक्षा र स्थानीय सिपलाई मान्यता दिँदै आगामी शिक्षाको मार्गचित्र कोर्ने प्रयास प्रतिवेदनले गरेको छ, निजी क्षेत्रलाई विस्थापित् गर्नुपर्छ भन्ने पक्षमा सरकार छैन्, बरु व्यबस्थापन गर्नुपर्छ भन्ने पक्षमा छ, प्रतिवेदनले पनि त्यही भनेको छ ।’ चार हजारभन्दा बढि सरोकारवाला व्यक्तिहरुसँग छलफल गरेर प्रतिवेदन ल्याईएको उनको दाबी छ । उनले थपे,‘सातवटै प्रदेशमा छलफल गरिएको छ, त्यसबाट उठेका जवाफहरु समावेस गरिएका छन्, भलै सबै आवाजहरुलाई समावेश गर्न सकिएन होला, संविधानमै सबैका आवाजहरु समावेश छैनन्, यो त आगामी २५ वर्षभित्र नेपालको शिक्षा क्षेत्र कस्तो हुने ? वर्तमान समयमा यसलाई कसरी जनपक्षीय बनाउने भन्ने बारेमा हामीले आफ्ना धारणाहरु अघि सारेका छौं ।’

प्रतिवेदनमा निजी विद्यालयलाई सेवामुलक संस्थाको रुपमा विकास गर्नुपर्ने, छात्रवृद्धिको व्यबस्था गर्नुपर्ने, लागत पुरणको सिद्धान्तअनुसार चल्नुपर्ने र तीन कक्षासम्मका विद्यार्थीहरुलाई गृहकार्य दिन नमिल्ने व्यबस्था गरिएको उनले जनाए । राम्रो विद्यार्थीले पढाई सक्नेवित्तिकै रोजगार दिने व्यबस्था पनि प्रतिवेदनमा रहेको सुनाउँदै उनले भने,‘प्रतिवेदनमा प्रायः सबै कुराहरु समावेश गरिएका छन्, समावेश नभएका केही कुराहरु छन् भने सरकारले प्रतिवदेन सार्वजनिक गरेपछि आफ्ना कुराहरु राख्ने पाईनेछन्।’

post image

माघ १,काभ्रेपलाञ्चोक। मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्।

कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन्। उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए। नगरकोट, काठमाडाैं, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उनले बताए।

शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ। बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए। रासस

post image

पुस २९, काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेश गरेको अध्ययन प्रतिवेदन अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

समितिका सदस्य योगेश भट्टराई संयोजक तथा उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले भक्तपुरको चाँगुनारायणस्थित सो कलेजमा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बैठकमा पेश गरेको थियो। सोही प्रतिवेदनलाई अनुमोदन गर्दै अनियमितताबारे छानबिन गर्न तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरी काम कारबाही अघि बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति जयपुर घर्तीमगरले जानकारी दिए। छानबिन समितिमा स्थानीय जिल्ला प्रशासन कार्यालयका एक जना प्रतिनिधिलाई अनिवार्य समावेश गर्न पनि सरकारलाई निर्देश गरिएको छ।

उपसमितिले तयार पारेको प्रतिवेदनमा सो कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख गरिएको छ। कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले करोडौं आफूखुसी खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिमा संयोजक भट्टराईले त्यसको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिनै गठन गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पारे।

नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा २०६० साल भदौ ४ गते सामाजिक संस्थाको रुपमा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको १ सय ७४ रोपनी सार्वजनिक जग्गामा सो कलेजको संरचना निर्माण गरिएको छ। तर तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज प्रशासनलाई थाहा नै नदिई निजी कम्पनीको रुपमा दर्ता गरेपछि विवाद सुरु भएको हो।

post image

पुस २९, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । संशोधन सहित पारित विधेयक समिति सभापति जयपुरी घर्तीले मध्यान्ह १२ बजेपछि बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन सहित पेस गर्नु हुने संघीय संसद सचिवालयले जनाएको छ । समितिले तयार बनाएको प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गै रनाफामुलक हुने व्यवस्था समेटिएको छ । सो विधेयकमाथि समितिको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने फरक मत राखेको थियो ।

समितिले प्रतिवेदन अनुमोदन गरेसँगै आफ्ना माग सम्वोधन नभएको भन्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी इलाम पुगेर १६ औं चरणको अनसन सुरु गर्नुभएको छ । अनशनको पाँचौ दिन जारी रहँदा उहाँको स्वास्थ्य अवस्था भने बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । यसैबीच प्रतिनिधि सभाको आजको बैठकबाट अघिल्लो अधिवेशन मै छलफलमा आएका तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ । राष्ट्रिय सभाबाट आएको संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन विधेयक तथा प्रतिनिधि सभा मै उत्पन्न भएका निवृत्तिभरण कोष विधेयक र भुक्तानी तथा फस्र्यौट विधेयक पारित गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 तीन वटै विधेयक गत साउनमा संघीय संसद सचिवालयमा दर्ता भएर सैद्धान्तिक छलफल भएपनि संसद अधिवेशन अत्य हुँदा समितिमा दफावार छलफल हुन बाँकी थियो ।  बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक टेवल गर्ने कार्यसुची छ भने नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयकमाथी सैद्धान्तिक छलफल हुने सहप्रवक्ता अर्यालले बताउनुभयो ।

पुस २0, ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा ललितपुरको  माछापुच्छ्रे स्कुलमा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल, अपरहण तथा जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिनुहुँदै अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी दिनुभयो । कुनै पनि अपराध हुन एउटा प्रकृया हुने भएको चर्चा गर्नुहुर्दै उहाँले यस्ता अपराधका प्रकृयाहरु पुरा हुन नदिन प्रहरी सदैव कृयाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले विकास र समृद्धिले मात्र अपराध न्यूनिकरण नहुन सक्ने भन्दै अपराध न्यूनिकरणका लागि सोचमा परिवर्तन चाहिने र यसका लागि समुदाय(प्रहरी साझेदारी अवधारणा कार्यक्रम ल्याईएको  बताउनुभयो ।

उक्त कार्यक्रममा माछापुच्छ्रे स्कुलका प्रिन्सिपल सम्पूर्ण देवापातेले धन्यबाद ज्ञापन गर्नुभएको थियो । महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक रबिन्द्र बहादुर धानुक ललितपुर उपमहानगरपालिकाक वाड न्र १३ का वडा अध्यक्ष राम कुमारी लिम्बू , माछापुच्छ्रे विद्यालयका कार्यकारी प्रमुख डा. बिनोद प्रसाद यादव  लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका सिईओ यादवले विद्यार्थीहरुलाई अनुशासीत र मर्यादीत राख्न् तथा देशमा शन्ति सुरक्षाको प्रत्याभूती दिलाउँदै विद्यालय तहमै विद्यार्थीह्रुलाई अनुशासीत र उनिहरुलाई साईबर क्ताईम सम्वन्धि सम्पूर्या रुपमा जानकारी दिन पनि कार्यक्रम उपलब्धीमूलक रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक संचारकर्मी एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

post image

पुस १७, काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा काठमाडौं बुढानिलकण्ठ स्कुलमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले साइबर क्राइम, सामाजिक संजाल, अपरहण तथा जबरजस्ती करणी सम्बन्धी जनचेतनामूलक प्रशिक्षण दिनुहुँदै अपराधबाट बच्ने विभिन्न उपायबारे जानकारी दिनुभयो । कुनै पनि अपराध हुन एउटा प्रकृया हुने भएको चर्चा गर्नुहुर्दै उहाँले यस्ता अपराधका प्रकृयाहरु पुरा हुन नदिन प्रहरी सदैव कृयाशिल रहेको बताउनुभयो ।

 कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले विकास र समृद्धिले मात्र अपराध न्यूनिकरण नहुन सक्ने भन्दै अपराध न्यूनिकरणका लागि सोचमा परिवर्तन चाहिने र यसका लागि समुदाय-प्रहरी साझेदारी अवधारणा कार्यक्रम ल्याईएको  बताउनुभयो ।

उक्त कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलालले धन्यबाद ज्ञापन गर्नुभएको थियो । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ, सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठद्वारा संयुक्त रुपमा  आयोजित उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक एवं प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

post image

पुस १६, काठमाडौँ । हर प्रहर , गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ समुदाय – प्रहरी साझेदारी कार्यक्रमहरु संचालन भइरहेका छन् । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि नेपाल प्रहरी, स्थानीय तह , समुदाय , सामाजिक संस्था र बिद्यालयले संयुक्त रुपमा बिद्यालय प्रहरी सम्पर्क कार्यक्रमहरु गर्दै आएको हो  ।

सोहिक्रममा ललितपुर सातदोबाटो कुसुन्तीमा रहेको माछापुच्छ्रे स्कुलले पनि बिद्यार्थीहरुलाई मध्यनजर गर्दै सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पछिल्ला केही घटनाहरु हेर्ने हो भने नेपालको साइबर स्पेस खतरामा छ । देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्स लगायतका कम्पनीका सिष्टममा अझै आक्रमण भइरहेका छन् । तर सबै घटना बाहिर आउदैनन् । कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । यसलाई पुष्टि हुने गरी विभिन्न थरीका साइबर अपराधका घटनासमेत भइरहेका छन् । तर, मुख्य कुरा हाम्रो साइबर सेक्युरिटीको संरचना नै कमजोर भएकाले झनै जोखिम निम्तिएको छ भने सरोकारवालाको ध्यान अझै यतातर्फ आउन सकेको छैन ।सोहि बिषयमा केन्द्रित भइ माछापुच्छ्रे स्कुलले बिद्यालय भवनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी, स्थानीय तह , समुदाय, सामाजिक संस्था र बिद्यालयले संयुक्त रुपमा समन्वय गरी साइबर क्राइमका बारेमा जनचेतना जगाउनका लागि आफुले गरेको अनुशन्धान प्रस्तुत गर्नुहुनेछ ।

कास्परस्की ल्याबको अध्ययनले नेपाल साइबर सुरक्षाको उच्च जोखिममा रहेको देखाएको छ । उक्त अध्ययनले नेपालका ९ ठूला बैंकहरुको सिष्टम निकै खतरामा रहेको पुष्टि गरेको थियो । टर्कीको ह्याकर समूहले गत वर्ष नेपालका सानिमा बैंक र युनिभर्सल डेभलपमेन्ट बैंकमा रहेका निकै संवेदनीशल डाटा कब्जामा लिई अनलाइनमा पोस्ट समेत गरेको थियो ।

हाल साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट आउँछन् भन्ने बुझिन्छ । र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा झनै समस्या निम्तिरहेको छ । अहिले सामाजिक सञ्जालमा गाली, मानहानी वा चरित्र हत्याका पोस्ट मात्रै हुने गरेका छैनन् । यही माध्यमलाई अपनाएर ठूला करपोरेटमा आक्रमण समेत हुन थालेका छन् । फेसबुकमा नचाहिने स्पाम छोडेर लक्षित कर्पोरेट सेक्टरलाई पठाउने क्रम ब्यापक बढेको छ । साथै साइबर अपराधी वा लुटेराहरुले लक्षित वर्ग छान्दै अनलाइनमा सेक्स विज्ञापन, पोर्नोग्राफी वा अन्य सेक्स ब्यापार गर्ने र अनलाइन मनी ट्रान्सफरबाट रकम कारोबार गर्ने गरिरहेका छन् । तसर्थ साइबर क्राइमबाट बिद्यार्थीहरु पिडित नहुन भन्ने उदेश्यका साथ आगामी पुस २० गते आयोजक संस्था सामुदायिक – प्रहरी साझेदारी बिद्यालय सम्पर्क समिति माछापुच्छ्रे स्कुल , महानगरीय प्रहरी वृत सातदोबाटो, सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेबलले संयुक्त रुपमा उक्त जानकारीमुलक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

के हो त साइबर अपराध ?

विद्युतीय उपकरणहरु कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका अपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याइउने क्षति लगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानूनले साइबर अपराध मानेको छ । साइबर क्राइमलाई सम्बोधन गर्न अन्तराष्ट्रिय एवं क्षेत्रीयगत रुपमा विभिन्न कानून बनेका छन् । संयुक्त राष्ट संघ, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन, युरोपियन युनियन लगायतले आफ्ना सदस्य राष्ट्रका लागि साइबर अपराध विरुद्ध ऐन र नियम ल्याइरहेका छन् ।

सामाजिक सञ्जालबाट अपराध
नेपालमा सबैभन्दा बढी सामाजिक सञ्जालबाट साइबर अपराध हुने गरेको छ । फेसबुक, ट्वीटर, भाइबर, स्काईप, ह्वाट्एसप, इन्स्टाग्राम, इमो जस्ता सामाजिक सञ्जालका प्रयोगकर्ता बढिरहेकोमा दिनहुँ जसो ८ देखि १० जना यस्ता सञ्जालबाट पीडित भएको भन्दै महानगरिय अपराध अनुसन्धान शाखाअन्तर्गतको साइबर क्राइममा उजुरी टिपाउँछन् । सबै अपराधको तथ्याकं प्रहरीसँग छैन ।

थोरै घटनाको उजुरीमात्रै प्रहरीसम्म पुग्ने गरेको छ । विद्युतीय कारोबार ऐनअन्तगर्त उजरी भएका घटनाहरुलाई जिल्ला अदालत काठमाडौंले मात्रै हेर्ने व्यवस्था छ । नक्कली फेसबुक एकाउन्ट बनाएर गाली गलौज, धम्की, चरित्र हत्या गर्ने गतिविधि भइरहेका छन् । अधिकांश घटनामा महिला, नेता, कलाकार र प्रहरी स्वयम् नै परेका छन ।

साइबर सुरक्षामा संवेदनशीलता

अहिले सुचना सुरक्षामा काम गर्ने निकाय केही सचेत देखिएका छन् । नयाँ सूचना तथा सञ्चार प्रविधि नीति लागू भएको छ । तर, सूचना प्रविधिको सुरक्षा हेर्ने विद्युतीय कारोबार ऐन २०६३ को केही धारामा मात्रै यसको कुरा छ । जिल्ला अदालत काठमाडौंले मात्रै साइबर अपराधको घटना हेर्छ भने सिआइबी र साइबर सेलले साइबर घटनाका उजुरीउपर अनुसन्धान गर्छन् । तर, साइबर सुरक्षाका लागि छुटटै सांगठिनक संरचनाको आवश्यकता नहुँदा समस्या देखापरेको छ ।

माछापुच्छ्रे स्कूल ई.सं १९९५ मा शिक्षाशास्त्रका एक प्रमुख समूह द्वारा स्थापित गरिएको थियो । दार्शनिक व्यक्तित्व डा. बिनोद प्रसाद यादवले अक्टोबर २०१५ मा यस स्कूलको सम्हाल्दै युगानुकुल शिक्षा को शुरुवात गर्ने संभावना को अन्वेषण गरेका थिए । सोहिअनुरुप विद्यालयले २१ औं शताब्दीको बाजारले मागेको दक्ष जनशक्ति उत्पादन गर्नलाई जीवनउपयोगी शिक्षा प्रदान गर्दै आइरहेको छ।

किन माछापुच्छ्रे स्कूल

नेपालमा राम्रो स्कूलहरूको कमी छ। आमाबाबुहरूले विद्यालयमा सुरक्षित, सम्मानित र सम्मानजनक शिक्षाको खोजी गर्न संघर्ष गरिरहेका छन्। देशमा धेरै सीमित विद्यालयहरू छन् र माग असीमित छ। यसले आमाबाबुलाई आफ्नो बच्चाहरु धेरै उमेरमै विदेशमा पठाएको छ। परिवारबाट छुट्याउन बालबालिकाको सामाजिक र भावनात्मक सुअवसरमा पुनरुत्थान हुन सक्छ। माछापुच्छ्रे विद्यालयले बच्चाहरूलाई फरक तरिकाले सिकाउने काम गर्छ। स्कूलले बालबालिकाको सामाजिक जीवनलाई मान्दछ र उनीहरूलाई जिम्मेवार नागरिक बनाउन वातावरण सिर्जना गर्दछ। विद्यालयको उद्देश्य किफायती फीसमा उच्च गुणस्तर शिक्षा उपलब्ध गराउनु हो।

माछापुच्छ्रे स्कुलले समयसमयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता बिबिध कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको छ ।

post image

पुस ३, काठमाण्डौं । केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसनले आफ्नो १२ औं शाखाको रुपमा अष्ट्रेलियाको मेलबर्नमा सेवा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन अन्तर्राष्ट्रिय विद्यार्थी संघ (सीआईएसए) का अध्यक्ष विजय सापकोटाले गरेका हुन् ।

विस्तार भएको यस नयाँ कार्यालयले माइग्रेशन र बिद्यार्थीहरुको शैक्षिकबिषयलाई लिएर सबै प्रकारका सेवाहरू प्रदान गर्नेछ, जसमा  पी टि इ टेस्ट तैयारी पनि समावेश छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कन्सुलेट जेनेरल अफ भिक्टोरिया चन्द्र योन्जन , एनआरएनए का भाइस प्रेसिडेन्ट केशब कंडेल लगायतले सफलताको शुभकामना  व्यक्त गरेका थिए 

लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा  अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो। हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालय नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् ।

 

post image

मंसिर २१, काठमाडौं । केएमसी एजुकेशनल नेटवर्कद्वारा संचालित हिमालय कलेज अफ इन्जियरिङ् , काठमाडौँ मोडेल कलेज र ओपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा बृहत रोजगार मेला सम्पन्न भएको छ  ।उक्त मेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा सम्पन्न भएको हो । काठमाडौँ मोडेल कलेज बालकुमारीको प्राङ्गणमा भएको उक्त मेलामा २० वटा प्रतिष्ठित रोजगारदाता कम्पनिहरुको सहभागिता रहेको थियो  ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले  उक्त रोजगार मेलालाई पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए। मेलालाई सम्बोधन गर्दै शर्माले भने”देश हाम्रो हो  , हामीले बनाउने हो, हामीसंग प्रचुर सम्भावनाहरु छन् । नेपाल प्रकृतिको अनुपम उपहार हो , यहाँको अनन्त सम्भावनाहरुको खोजि गरी देशको नवनिर्माण गर्ने जिम्मा बिद्यार्थीको काँधमा रहेको छ उनले थपे ।

संचालित हिमालय कलेज अफ इन्जियारिङ् , काठमाडौँ मोडेल कलेज र ओपोलो इन्टरनेसनल कलेजका बिद्यार्थीहरुमा लक्षित उक्त मेलाबाट बिभिन्न रोजगारदाता कम्पनिहरुले आवश्यक जनशक्ति अन्तर्वार्ताबाट छनोट गर्ने आयोजक संस्थाका निर्देशक कपिलदेव रेग्मीले बताए ।मेलामा नेटवर्क अन्तर्गतका झन्डै १०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मेलामा मेरो जब संस्थाका कार्यकारी निर्देशक शैलेन्द्रराज गिरिले सहकार्य गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रममा कपिलदेव रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो भने केएमसी एजुकेशनल नेटवर्कका प्रबन्धक निर्देशक  रामेश्वर अर्यालले प्रमुख अतिथी तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो  ।

post image

मङ्सिर  २० , काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको छ ।

महानगरको शिक्षा विभागले ‘महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच’ कार्यक्रमअन्तर्गत सामुदायिक र संस्थागत विद्यार्थीको पोशाकमा एकरुपता ल्याउनका लागि एकै प्रकारको पोशाक लागू गर्ने तयारी गरेको विभागका शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

‘विदेशका महानगरमा रहेका विद्यालयको पोशाक एउटै हुन्छ’, उनले भने, ‘हामीले पनि एउटै प्रकारको पोशाक लगाएर महानगरका विद्यालयमा एकरुपता ल्याउन थालेका हौँ ।’

‘एकै पटक विद्यार्थीको पोशाक एउटै बनाउन समस्या हुन्छ’, उनले भने, ‘विस्तारै महानगरभित्रका सबै विद्यालयमा तीन/चार वर्षभित्रमा एउटै पोशाक बनाउने लक्ष्य रहेको छ ।’ विभागले यसका लागि शिक्षक, संस्थागत विद्यालय सञ्चालक र विद्यार्थीका सङ्घ सङ्गठन र अभिभावकसँग छलफल, अन्तर्क्रिया गरी पोशाक कस्तो बनाउने भन्ने निर्णय गर्ने छ ।

यसैगरी महानगरले विद्यालयको बिदामा समेत एकरुपता ल्याउनका लागि शैक्षिक क्यालेण्डर लागू गर्ने भएको छ । आगामी शैक्षिक सत्रदेखि विदेशी कूटनीतिक नियोगबाट सञ्चालन भएका विद्यालयबाहेकका सबै प्रकारका विद्यालयमा एकै दिन विद्यालय खुल्ने र एकै दिन बिदा हुने गरी क्यालेण्डर ल्याउन थालिएको शिक्षा अधिकारी कोइरालाले बताए ।

महानगरको शिक्षा विभागले त्रैमासिक, अर्धवार्षिक र वार्षिक परीक्षाको तयारीको बहानामा अनावश्यक बिदाको समेत कटौती गर्दै स्थानीय बिदाका लागि व्यवस्था भएको पाँच दिनको प्रयोग गर्दा शिक्षा विभागको पूर्व स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने व्यवस्था गरेको छ । काठमाडौँ महानगरमा ९१ सामुदायिक र ६४० संस्थागत विद्यालय रहेका छन् ।रासस

post image

मंसिर २०,  काठमाडौं । सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ। चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरूले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा पनि पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिए।

उनले नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न त्यहाँ अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरू सक्षम हुने विश्वास पनि व्यक्त गरे। मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा पनि गरे।

उनले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरूलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन पनि आह्वान गरे।

मन्त्री पोखरेलले राष्ट्रको आवश्यकतालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दाबी समेत गरे। त्यस अवसरमा उनले चीनलाई दुःखको बेला साथ दिने मित्र राष्ट्रको रूपमा पनि चित्रण गरे।

post image

मंसिर १९, काठमाडौँ  । सम्बन्धनको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयको  पदाधिकारी कक्षमा ताला लगाइएको छ । कीर्तिपुरस्थित उपकुलपति, शिक्षाध्यक्ष र योजना निर्देशनालयका प्रमुख कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ निकटका विद्यार्थीले ताला लगाएका हुन् ।

ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) लगायत केही विषयमा सम्बन्धन दिँदा मापदण्ड नपु¥याई आंगिक, सामुदायिक र निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा ताला लगाउनुपरेको सङ्घका त्रिवी एकाइका जगदिश भट्टले जानकारी दिए ।

उनीहरुले यही मङ्सिर १६ गते ताला लगाएका हुन् । त्रिविले हालै ११६ क्याम्पसमा विसिएलगायत अन्य विषयमा सम्बन्धन दिएकामा त्यसको खारेजीको माग गरेका हुन् । उनले सम्बन्धन दिएको विषयको खारेज नभएसम्म ताला यथावत रहने जानकारी दिए । तालाबन्दीका कारण कामकाज रोकिएको योजना निर्देशनालयका कार्यकारी निर्देशक प्राडा. ऋदिशकुमार पोखरेलले जानकारी दिए ।

post image

मंसिर १४, बर्दिवास । महोत्तरी जिल्लामा अनुमति  बेगर सञ्चालित संस्थागत निजी विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

पछिल्लो समय संविधानले विद्यालय सञ्चालन, तथा व्यवस्थापनको कार्य सम्बन्धित स्थानीय तहले गर्ने किटानी व्यवस्था गरेकाले त्यस्ता विद्यालयलाई व्यवस्थित गरिनुपर्ने उक्त कार्यालयका प्रमुख शत्रुधन यादव बताउँछन् ।

जिल्लामा यसरी बिनाअनुमति सञ्चालनमा रहेका विद्यालयको सङ्ख्या १०० भन्दा बढी भएको अनुमान गरिए पनि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रभित्र अनुगमन गरी जानकारी गराएपछि मात्र यकिन विवरण आउने जिल्ला शिक्षा समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंहको भनाइ छ ।

बर्दिवास नगरपालिकाको शिक्षा शाखाका प्रशासकीय अधिकृत गणेश दाहाल अनुगमनका क्रममा नगर क्षेत्रका विभिन्न वडा बस्तीमा सञ्चालित ३७ संस्थागत विद्यालयमध्ये अहिलेसम्म १५ वटा अनुमतिबेगर नै सञ्चालित भएको पाइएको जानकारी दिन्छन् ।

तीमध्ये १० विद्यालयले सञ्चालन स्वीकृति लिएका कक्षाभन्दा माथिका कक्षा सञ्चालन गरेको पाइएको छ भने पाँचवटाले त विद्यालय सञ्चालनको कुनै प्रक्रिया नै अघि बढाएको नपाइएको उनी बताउँछन् ।

जिल्लामा सञ्चालित प्राय संस्थागत विद्यालयले कक्षाकोठा, विद्यार्थीका लागि बस्ने व्यवस्था, शैक्षिक सहायक सामग्री र योग्य विषय शिक्षकको व्यवस्थाबिना नै स्वीकृतिबेगर नै कक्षा सञ्चालन गर्नाका साथै अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिने विज्ञापन गरेर मनपरी चर्को शुल्क उठाउने गरेको सम्बद्ध अभिभावक बताउँछन् । शिक्षा क्षेत्रको यो अस्तव्यस्तता चिर्न सबै स्थानीय तहले योजनाबद्ध रुपमा अघि बढ्नुपर्नेमा शिक्षसेवी कृष्णचन्द्र झा जोड दिन्छन् । रासस

post image

मंसिर ११, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत शिक्षकसँग वार्ता गर्न सरकारले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेका छन् ।

 वार्ता टोलीका अन्य सदस्यहरुमा सहसचिवहरु बैकुण्ठ अर्याल, बाबुराम पौडेल, सूर्यप्रसाद गौतम र कृष्णप्रसाद काप्री सदस्य रहेका छन्।

अन्दोलनरत शिक्षकहरुले सरकारसँग वार्तालागि वार्ता टोलीको गठनको माग गरेका थिए। विभिन्न २६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको शिक्षक महासंघसँग यो टोलीले वार्ता गर्ने जनाइएको छ। वार्ता टोलीले शिक्षक महासंघसँग पहिलो चरणमा प्रारम्भिक छलफल समेत गरेको छ।

post image

मंसिर ११, काठमाण्डौं । केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसन सिड्नीले अष्ट्रेलियाको सिड्नीमा एक बृहत अन्तरक्रिया कार्यक्रम सहितको सेमीनार आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित कोग्रहा लाईबेरीको एक्टीभिटीज रुममा आयोजना हुने सेमिनारको बिषयबस्तुका रुपमा माईग्रेसन टु रिजनल अष्ट्रेलियाको बिषयबस्तुलाई अघि सारीएको छ ।

अष्ट्रेलियाले यहाँ अध्ययन गर्ने तथा बसोबास गरीरहेका अस्थायी बासिन्दाहरुका लागि स्थायी रेसीडेन्ट पिआर लिनका लागि रिजनल जानै पर्ने ब्वयवस्थ ागर्न लागिरहेको पेरीप्रक्ष्यलाई मध्यनजर गर्दै केबीए ग्लोबलले उक्त सेमीनारको आयोजन ागर्न लागरहेको हो । नोभेम्बर २८ तारिखका दिन आयोजना हुने सो सेमीनारका मुख्य बक्ताका रुपमा केबीए ग्लोबलका निर्देशक तथा अष्ट्रेलियाका रजिष्टर्ड माईग्रेर्ट जेण्ड शम्भु कडेल रहन’ भएको छ । सेमीनारमा बिद्यार्थीह्रुले अध्ययन पछि कसरी अष्ट्रेलियामा आफ्नो भबिष्य बनाउन सक्छन् ।

त्यसका क्राईटएरीयाहरु के रहेका छन्, रिजनल जानाका फाईदाहरु के–के हुनेछन् लगायतका बिषयमा बृहत छलफल सहित सेमीनार आयोजना हुने केबीए ग्लोबलका म्यानेजर रोशन क्षेत्रीले अनलाईन समयलाई जानकारी गराउनु भयो । क्षेत्रीका अनुसार उक्त सेमीनारमा अष्ट्रेलियाले अपनाएको रिजनल सम्वन्धि ब्यवस्थाका बारेमा निर्देशक शम्भु कडेलले एक कार्यपत्र समेत प्रस्तु गर्नु हुनेछ ।

post image

मंसिर ९, भक्तपुर । नेपाली सेनाका अधिकृतहरुले नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुर पुगेर इन्जिनियरिंग शिक्षा लिएका छन् । इन्जिनियरिंग तालिम शिक्षालयका २५ जना अधिकृतहरुले कलेज पुगेर सिभिल इन्जिनियरिंगको शिक्षण लिएका हुन् ।

श्री स्वदेश तालिम महाशाखा, सैनिक तालिम निर्देशनालय तथा डक्ट्रिन महानिर्देशनालय, बलाधिकृत विभागबाट प्राप्त तालिम निर्देशन अनुसार सञ्चालन भएको सि सं ८ इन्जिनियर युवक अधिकृत तालिम प्रशिक्षार्थी अधिकृत इन्जिनियरले कलेजमा पुगेर सैद्धान्तिक तथा व्यवहारिक अध्ययय गरेका हुन् ।उनीहरुलाई नेपाल इन्जिनियरिंग कलेजका एकेडमिक कोअर्डिनेटर मोहनध्वज केसीले यातायात, कलेजका सिभिल विभागकी प्रमुख दिव्यश्री लोहनीले सिभिल इन्जिनियरिंग, कलेजकै सहप्राध्यापकहरु पीताम्वर वाग्लेले हाइडोपावर र राजबीर मानन्धरले स्टकचर विषयमा अध्यापन गराएका थिए ।

उनीहरुलाई त्यहाँं सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिइएको थियो । सैद्धान्तिक ज्ञान दिनुका साथ ल्याबमा लगेर प्रयोगात्मक ज्ञान पनि दिइएको थियो । नेपाल इन्जिनियरिंग कलेजका एकेडमिक कोअर्डिनेटर मोहनध्वज केसीले विगत पाँंच वर्षदेखि नेपाली सेनाका अधिकृतहरुको एउटा समूह प्रत्येक वर्ष कलेजमा आएर एकदिने प्रशिक्षणमा सहभागी भई पढ्दै आएको जनाए ।

post image

कात्तिक २९, जाजरकोट ।  पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् ।

विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो ।

विद्यालयका शिक्षक रवीन्द्र खत्री र मीना बुढा खत्रीले पनि सात महीनाको तलब पाएका छैनन् । तलब माग्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट पैसा ल्याएर तलब दिइने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकले बताएका छन् ।

उद्यारोमा पढाउँदा, पढाउँदा हैरान भएको उनीहरुको भनाइ छ ।

सोही वडाकै सूर्यकिरण आधारभूत विद्यालयमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतले विगत सात महीनाको तलब पाएका छैनन् ।

लेकबेँसी आधारभूत विद्यालय कार्यखेत, धासाइना आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बारेकोट गाउँपालिका–५ लगायत विद्यालयका शिक्षकले तलब नपाएको बताएका छन् ।

विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेले आफैँ बेहोर्ने गरी राखिएका शिक्षकले तलब खाना नपाएका हुन् ।

स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेले उठाएको रकमबाट शिक्षकलाई तलब दिँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएका छन् ।

कतै विद्यालय निर्माण गर्नका लागि छुट्याएको रकमबाट शिक्षकलाई तलब खुवाएको पनि भेटिएकोे छ । गाउँलेले विद्यालय निःशुल्क निर्माण गरी विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए ।

 ऋण काँढेर शिक्षकलाई तलबभत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताए । रासस

post image

कात्तिक २८, चितवन।  कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् ।

प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उनले बताए ।

केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उनले बताए । यकिन तथ्याङ्क नआए पनि करिब रु २० लाखको क्षति भएको चौधरीले बताए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेकालाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन् । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका छन् । रासस

post image

कार्तिक २८, काठमाण्डौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शले बेलायतको कोभेन्ट्री बिश्वविद्यालयसँगको सम्बन्धनमा बिएस्सी कम्प्युटीङ्ग र बिएस्सी ईथिकल ह्याकिङ्ग तथा साइबर सेक्यूरिटी बिषयमा ३ बर्षे स्नातक तहको डिग्री नेपाल भित्रयाएको छ । गार्जियन लिग टेबलमा १३ नम्बरको रयाङकीङ्गमा रहेको कोभेन्ट्री बिश्वविद्यालयका प्रतिनिधि र सप्mटवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शका पदाधिकारीले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् ।

सन् २०१० देखि नेपालमा बेलायती डिग्री अध्ययन अध्यापन गराउँदै आईरहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शले आजैवाट भर्ना अभियान समेत शुरु गरेको छ । बिएस्सी कम्प्युटीङ्ग र बिएस्सी ईथिकल ह्याकिङ्ग तथा साइबर सेक्यूरिटी बिषयमा २०१९ को फेब्रुअरीदेखि शुरु हुने सप्mटवेरिका कलेजका प्रमुख प्रमोद पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । कोभेन्ट्री बिश्वविद्यालयसँगको सम्बन्धन पश्चात सप्mटवेरिका कलेजले यि दुई बिषय अध्ययनका लागि जुनसुकै शंकायवाट १० जोड दुईको अध्ययन सकेका विद्यार्थीले पढ्न पाउने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

बेलायती डिग्री नेपालमै सस्तो मूलयमा पढ्न पाईने र यि कोर्षहरु अध्ययन गरीसकेपछि बिद्यार्थीह्रुलाई स्वरोजगार बन्न मद्धत मिल्नेमा आफु विश्वस्थ रहेको सफ्टएड ग्रुपका अध्यक्ष बिज्ञान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । अध्यक्ष श्रेष्ठले नेपाललाई प्रविधि अध्ययनको दक्षिण एसियाकै हब बनाउने उद्धेश्य सहित यो कार्यक्रम ल्याइएको बताउनु भयो ।

post image

कात्तिक २६, दार्चुला ।  मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उमाविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको थियो ।

सो घटना शुक्रबार भएको अनुमान गरिएको र तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले विद्यालयमा भएको क्षतिबारे थाहा पाइएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए ।

विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा कम्प्युटर, प्रोजेक्टर, टेबुल, दराज, कुर्सीलगायत सामग्री तोडफोड हुनाकासाथै विद्यालय प्रशासन कक्ष, स्रोत केन्द्रको कार्यालयसमेतको ताला तोडिएको उनले बताए ।

उक्त सामग्री तोडफोडबाट विद्यालयको झण्डै रु दुई लाख ५० हजार भन्दाबढी क्षति भएको अनुमान गरिएको छ । प्रहरी निरीक्षक सुरेश विकले घटनास्थल हेर्दा समूहमै आएका व्यक्तिले तोडफोड गरेको देखिएको र सङ्कास्पद व्यक्तिको खोजी भइरहेको बताए । तोडफोड गरिएका कम्प्युटरलगतय उपकरण काम नलाग्ने अवस्थामा छन् ।  रासस

post image

कार्तिक २५, बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन् ।  महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताएका हुन् ।

यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ । मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको मन्त्री पोखरेलले बताए ।  सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको मन्त्री पोखरेलको ठम्याइ छ । “हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन्” मन्त्री पोखरेलले भने, “अब यो वा त्यो राजनीतिक दलसँग आपूmलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्ने हुन्छ ।”

कार्यक्रममा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले दक्ष जनशक्ति विकासमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सहयोगी हुने विश्वास व्यक्त गरे । सो अवसरमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले नवस्थापित कलेजलाई आफ्नो तहबाट सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले दक्ष जनशक्ति विकासमा योगदान दिने विश्वास व्यक्त गरे ।  कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक क्याम्पसका रूपमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास–६ किसाननगरमा यस वर्षबाट स्नातक तहको पठनपाठन शुरु गर्न प्रक्रिया थालिएको दत्तले जानकारी दिए ।

विज्ञान विषयमा ५० प्रतिशत प्राप्ताङ्क कटाएर कक्षा १२ सकेका छात्रछात्राले अहिले बालीविज्ञान विषयको पठनपाठन हुने नवस्थापित कलेजमा नामाङ्कनका लागि आवेदन दिनसक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन दत्तले जानकारी दिए । कलेजमा नामाङ्कनका लागि विश्वविद्यालयमै अनलाइन आवेदन कात्तिक २५ गतेदेखि मङ्सिर १७ गतेसम्म दिन सकिने र मङ्सिर २९ गते योग्यता (इन्ट्रान्स) परीक्षा लिइने दत्तले बताए । किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा यस वर्ष ५४ जना छात्रछात्राले प्रवेश पाउनेछन् ।  अन्तरक्रिया कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्कीले कलेजका लागि आठ बिघा जग्गा खरिद भइसकेको र थप जग्गाका लागि प्रयास भइरहेको सो अवसरमा जानकारी दिए ।  रासस

post image

कात्तिक १८, गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्तकालयको अत्याधुनिक भबन निर्माण हुने भएको छ । किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा गुल्मीको सदरमुकाम तम्घासमा पुस्तकालय भवनको शिलान्यास गरिएको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा बन्न लागेको पुस्ताकालय भवनको आइतवार नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले शिलान्यास गरेका छन् । भवनको शिलन्यास गर्दै मन्त्री बिष्टले सुखी नेपाली समृद्ध नेपाल बनाउने कल्पना स्वरुप सरकार लागि परेको बताए । ‘हामी गरिबी, अभाव र बेरोजगारिमा बाँचिरहेका छौ । हामीले छोटो अबधिमा हाम्रो देशलाई सुखी जनताको समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ,’ मन्त्री विष्टले भने, ‘यो काम फेरि पनि जनताको प्रयत्नले सफल हुनेछ ।

तराई पहाड जोडिने यो राजमार्गसँग गुल्मी पनि जोडिनुले यस जिल्ला वासीको बिकासको लागि आर्थिक, सामजिक रुपान्तरको लागि धेरै महत्वपूर्ण भएको बताए । बिष्टले उनले आफ्नो मन्त्रालयले केहि दुरगामी र एतिहासिक निर्णय र योजना निर्माण गरेको बताए ।

मन्त्री बिष्टले भनव निर्माण कार्य सम्पन्न गर्न रकमको कुनै पनि अभाव हुन नदिने गरी निर्माण कार्य द्रूत गतिमा अगाडि बढने बताए । जिल्लाको सदरमुकाम तम्घासमा रहेकाकिरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो ।

पुस्ताकालय २०२५ सालमा स्थापना भएको हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयलेे स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आइरहेको छ ।

post image

कार्तिक १३, काठमाडौं । स्थानीयसँगै जर्मनीका पाहुना कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा रहेको सिद्ध भीम आधारभूत विद्यालयको भवन निर्माणमा जुटेका छन् ।

चौध जना विदेशी पाहुना विद्यालय भवन निर्माणका लागि जग खन्ने, बालुवा, ढुङ्गा बोक्ने, पर्खाल बनाउने, फलामे छड काट्ने, बोक्ने र इँटा बोक्ने काममा सहभागी भएका हुन् । जर्मन टोलीका रोएनाले विपन्न बस्तीमा विद्यालय भवन निर्माणका लागि श्रमदान गर्न पाउँदा निकै उत्साहित भएको बताए । “स्थानीय बासिन्दाको मुहार हँसिलो देख्दा र उहाँहरूसँगै श्रम गर्न पाउँदा हामीमा पनि ऊर्जा थपिएको छ” उनले भने ।

टोलीका अगुवा कास्टर्नले विश्वमा हामी जहाँ बसे पनि, देख्नमा फरक भए पनि सबै मानव जाति एउटै भएकाले हामी फरक देशमा बसेपनि एउटै हौँ भनेर देखाउन यहाँ आइपुगेको बताए । यहाँ सबै जना संयुक्त परिवारमा एकै छतमुनि बस्ने कुरा सुनेका छौँ, उनले भने, “जीवन जिउने तरिका यहाँबाट सिकेर जान्छौँ ।”

विल्ड ओन नेपाल नामक संस्थाको २१ लाख छ हजार ३६१ र विद्यालयको सात लाख ५२ हजार ४५० को लगानीमा निर्माण हुँदै गरेको भूकम्पप्रतिरोधी शौचालयसहितको तीनकोठे भवनमा श्रमदान गर्न जर्मन टोली यहाँ पुगेको हो । टोलीले स्थानीय बासिन्दाको घरमै बसेर विद्यालय निर्माणमा पाँच दिन श्रमदान गर्ने छ । विदेशी पाहुना टोलीसँगै स्थानीय बासिन्दासमेत विद्यालय निर्माणमा जुटेका छन् ।

विदेशी पाहुनाले यहाँ आइपुगेर श्रमदान गर्न थालेपछि सँगैसँगै भवन निर्माणका लागि हामी पनि जुटेका छौँ, स्थानीय शिवराज भट्टले भने, “हामीमा पनि समाजका लागि योगदान दिनुपर्छ भन्ने भावना जागृत भई ऊर्जाका साथ काममा खटिएका छौँ ।”

पुरुष र महिला पालो मिलाएर विदेशी पाहुना टोलीसँगै श्रमदानमा खटिएको उनले बताए । विद्यालय निर्माणका लागि अभिभावकको आर्थिक अवस्थाले नभ्याउने भएपछि गैरसरकारी संस्थालाई गुहारेका हौँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तले भने, “अभिभावक श्रमदान गर्न इच्छुक देखिएपछि सम्झौता गरी निर्माण प्रारम्भ गरिएको छ ।” विद्यालय भवन निर्माणका लागि श्रमदानसँगै विद्यालयले ढुङ्गा, बालुवा, गिट्टी र काठको जोहो गर्नुपर्ने र दक्ष डकर्मी, प्राविधिक सहयोगसहित अन्य सामग्री संस्थाले उपलब्ध गराउने सम्झौता गरिएको छ ।

विदेशी पाहुना टोलीलाई स्थानीय बासिन्दाको घरमा बस्ने व्यवस्था गरिएको छ । दुई जनालाई एक जना स्थानीयको घरमा बस्ने व्यवस्था मिलाइएको विल्ड अनका फिल्ड संयोजक करवीर विकले बताए ।

विदेशी पाहुनाले स्थानीय बासिन्दाको घरमा बस्दा उहाँले खानेकुरा खाने, सीप, रहनसहन र संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् उनले भने, “विदेशीबाट स्थानीय बासिन्दाले संस्कृतिबारे जानकारी लिने र विदेशी पाहुनाले स्थानीय कला संस्कृतिबारे जानकारी लिने अवसर पाउनेछन् ।” कृषिका नयाँ तौरतरिकाबारे विदेशीले यहाँका स्थानीयलाई सिकाउने र यहाँका कृषिबारे विदेशीले ज्ञानसमेत लिनेछन् ।

निर्धारित केही समय विदेशी पाहुनाले श्रमदान गर्ने र बाँकी समय कला संस्कृति, सहनसहनबारे जानकारी लिनका लागि निर्धारित गरिएको छ । विल्ड अन नेपालले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी हालसम्म २४० बढी विद्यालय निर्माण गरेको छ ।

कञ्चनपुरमा मात्रै विपन्न बस्तीमा ३५ विद्यालय निर्माणको कार्य पूरा गरिएको विल्ड अनका इञ्जिनीयर गोकुल जोशीले बताए । शुक्लाफाँटा नगरपालिकामा मात्रै विल्डअनले आधा दर्जन बढी विद्यालय भवन निर्माण गरेको छ ।

post image

असोज २३, काठमाडौं। काठमाडौं महानगरपालिका शिक्षा विभाग र सहरी योजना आयोगले संयुक्त रुपमा काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सामुदायिक शिक्षाको स्तरउन्नतीका लागि सुझाव संकलन कार्यशाला सम्पन्न गरेको छ । नयाँ बानेश्वरको अल्फाबिटामा आयोजना गरिएको कार्यशालामा शिक्षा क्षेत्रका विज्ञहरु, सामुदायिक विद्यालयका शिक्षक, शिक्षा विभाग हेर्ने सरकारी निकायका पदाधिकारीहरु, महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सीमित स्रोत साधनका बाबजुत पनि सामुदायिक विद्यालयहरुले दिएको शिक्षा सन्तोषजनक भएको बताए । सरकारले अनिवार्य शिक्षाको अवधारणा अघि बढाएको भन्दै मेयर शाक्यले सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले सामुदायिक विद्यालयहरुले अहिले भएका विद्यार्थीहरुलाई नै योग्य र समाजमा प्रतिष्ठित बनाउन ठूलो जिम्मेवारी भएको बताए । मेयर शाक्यले नीतिगत रुपमा के–के सुुधार गर्नुपर्ने हो त्यसका लागि महानगर तयार रहेको पनि बताए ।

निजी क्षेत्रले खोलेका शैक्षिक संस्थालाई अंकुश लगाउनेभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिनुपर्ने उनको भनाइ छ । सामुदायिक विद्यालयले दिने गुणस्तरीय शिक्षाले निजी संस्थामा अध्ययरत विद्यार्थी पनि सामुदायिक विद्यालयतिर आकर्षित हुने वातावरण सिर्जना गर्न उनले सुझाव दिए । कार्यक्रममा सहभागी उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. बाबुराम अधिकारीले महानगरपालिकाले सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि गरेको प्रयास प्रशंसनीय भएको भन्दै शिक्षकलाई आकर्षित गराउने वातावरण सरकारले तयार गर्नुपर्ने बताए ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने भन्दै शिक्षकले कक्षाकोठामा शिक्षण सामग्रीसहित अध्यापन गराउने वातावरण बन्नेबित्तिकै सिकाई प्रभावकारी हुने दाबी गरे । काठमाडौं महानगरपालिका सहरी योजना आयोगका सदस्यसचिव सरोज बस्नेतले सामुदायिक विद्यालयको स्तरउन्नतीका लागि विद्यार्थी र शिक्षकको मनोबल उच्च राख्नुपर्ने, प्रशासनिक र भौतिक पूर्वाधार सुधार गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले उच्च ओहदाका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने बित्तिकै सामुदायिक विद्यालयको स्वतः स्तरउन्नती हुने धारणा राखे । महानगरको शिक्षा विभागका अधिकृत मोतिप्रसाद भट्टराईले वातावरणीय पक्षको सुधार महत्वपूर्ण भएको बताए । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत यादवप्रसाद कोइराला, शिक्षाविदहरु डा. मनप्रसाद वाग्ले, विद्यानाथ कोइरालालगायतले शैक्षिक गुणस्तर सुधार नै सामुदायिक विद्यालयको स्तरवृद्धिको पहिलो आधार हुने बताएका थिए ।

post image

असोज २१, म्याग्दी  । अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो ।

गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० माविमा इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गरिएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घका अध्यक्ष रमन पुनले जानकारी दिए ।

अन्नपूर्णका विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । टेलिटिचिङ शुरु भएपछि विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकबाट पठनपाठनलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए ।

विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि र अनुभव आदानप्रदान हुने, कुनै समस्या आएमा तत्कालै छलफलको माध्यमबाट समाधान पनि गर्न सकिने ज्ञानप्रकाश माविका शिक्षक सन्तोष पौडेलले बताए । सूचना प्रविधिका अभि यन्ता महावीर पुनको पहलमा जडान गरिएको ताररहित इन्टरनेट उपयोग र गाउँपालिकाको सहयोगमा उपकरण खरिद गरेर टेलिटिचिङ शुरु गरिएको हो ।

नाङ्गीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्धार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश, रिमाको आदर्श मावि र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भएको छ ।

इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दिगो र निरन्तरता दिन स्थानीय सर्भर निर्माणको तयारी भएको हिमाञ्चल माविका शिक्षक किसान पुनले बताए । सर्भर भएमा इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिने पुनले बताए । ल्याप्टपमा वेभक्याम खोलेर टेलिटिचिङ गर्ने व्यवस्था मिलाइएको छ ।

टेलिटिचिङ सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले १० लाख रुपैयाँ  विनियोजन गरेको थियो । अध्यक्ष पुनको सक्रियतामा समुदायस्तरबाट  पाँच लाख ५० हजार सहयोग जुटाइएको थियो । टेलिटिचिङलाई प्रभावकारी र दिगो बनाउन इन्टरनेट र विद्युत् सेवालाई प्रभावकारी बनाउनुपर्ने ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए । रासस

post image

असोज १९, रुकुम । आठबीसकोट नगरपालिकाको तीन विद्यालयमा हाल डिजिटल बोर्डबाट विद्यार्थीलाई पढाउन थालिएको छ । उक्त नगरपालिकाको सहयोगमा वडा नं ३ स्यालाखदीको हिमालय मावि, वडा नं ५ गोतामकोटको सरस्वती मावि र वडा नं ९ राडीको शहीद स्मृति नमूना माविमा हाल डिजिटल बोर्डबाट पढाइ थालिएको हो ।

सञ्चार र आधुनिक प्रविधिको प्रयोग गरी शिक्षाको गुणस्तरमा गुणात्मक वृद्धि गर्ने उद्देश्यले हाललाई परीक्षणका रूपमा तीन विद्यालयमा अध्यापन गराउनुका साथै डिजिटल हाजिरीको पनि व्यवस्था गरिएको नगरपालिकाको शिक्षा एकाइ संयोजक थलबीर ओलीले जानकारी दिए । उनका  अनुसार तीन विद्यालयमा इन्टरनेटको व्यवस्थासहित पाठ्यपुस्तकअनुसार नै डिजिटल बोर्डबाट पढाइ भइरहेको छ । विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इन्टरनेटबाट खोजेर डिजिटल बोर्डमार्फत जानकारी गराइन्छ

हाल प्रत्येक कक्षामा पालोपालो डिजिटल बोर्डमार्फत पठनपाठन भइरहेको यो प्रक्रिया प्रभावकारी भए सबै कक्षा तथा अन्य विद्यालयमा पनि यसलाई विस्तार गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रतिडिजिटल बोर्ड रु तीन लाख ६० हजारका दरले खरिद गरेको हो ।

डिजिटल बोर्ड जडान गरिएपछि पढाइमा विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । रमाइरमाई पढ्न पाइने भएपछि डिजिटल बोर्ड प्रभावकारी हुँदै गएको सरस्वती मावि शिक्षक दलबहादुर बुढाले बताए ।

post image

असोज १८,  काठमाडौँ ।  एमबिबिएस अध्ययनका लागि बंगलादेश पठाउने भन्दै एक कन्सल्टेन्सीले ठगि गरेको छ  । धनुषाका रामभजन साह र उज्ज्वल यादव कोटेश्वरको वर्ल्ड वे एजुकेसन कन्सलटेन्सी बाट ठगिएका हुन्।

उनीहरु कन्सल्टेन्सीबाट प्रोसेस गरेर पढ्न बंगलादेश पुगेका थिए । जब कलेज पुगे, उनीहरु झसंग भए। किनकि भर्ना नै भएको रहेनछ। कोटा सिद्धिएको भन्दै कलेजले उनीहरुलाई फिर्ता जान भन्यो।

कन्सलटेन्सीका दीपककुमार देवले मेडिकल कलेजमा भर्नाबापत पहिलो चरणमा ३३ लाख ३२ हजार रकम लिएका थिए। कन्सलटेन्सीकै बदमासीका कारण आफूहरुको भर्ना रोकिएको बुझेपछि उनीहरु नेपाल फर्किए। लगत्तै शिक्षा मन्त्रालयमा उजुरी गरे।

उजुरीपछि मन्त्रालयले अनुसन्धान अगाडि बढायो। अनुसन्धानका क्रममा उक्त कन्सलटेन्सीले नक्कली कागजपत्र बनाएर विद्यार्थीमाथि ठगी गरेको पत्ता लागेको शाखा अधिकृत तारानाथ निरौला बताउँछन्।

विद्यार्थीहरुसँग पैसा उठाएका सञ्चालक यादव भने फरार भएका छन्। उनले बंगलादेश र भारतमा अध्ययनका लागि पठाउने भन्दै मोटो रकम असुली गरेको बारे मन्त्रालयमा उजुरी परेको छ।

post image

शम्भु  कुबँर,असोज १८, ललितपुर । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक अत्यावश्यक छ । शिक्षा अमूर्त विषय हो यसलाई मूर्त रुप दिन शिक्षकले नै भूमिका खेल्नु पर्छ । त्यसैले भनिन्छ, शिक्षाको गुणस्तर शिक्षकको गुणस्तर भन्दा माथि हुन सक्दैन । बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षक आफू योग्य, दक्ष, सक्षम हुनु को साथै आफ्नो क्षमतालाई वास्तविक कार्य थलोमा उतार्न सक्नु पर्छ ।

विश्व शिक्षक दिवसको सन्दर्भमा नेपाल शिक्षक महासंघद्धारा आयोजित कार्यक्रममा शिक्षा मन्त्री लिलामणी पोखरेल पोखरेलले  शिक्षक कक्षाकोठाको पठन पाठनमा आफूलाई केन्द्रित गर्दै उत्कृष्ट नतिजा दिन हरहमेशा तयार रहनु पर्छ । विषय वस्तुको ज्ञान, सिकाइ प्रक्रियाको ज्ञान, कक्षा कोठा व्यवस्थाप सिकाइ एवम वातावरण निर्माण, सञ्चार र सहकार्य, बालमनोविज्ञानको ज्ञान, पेशागत आचरण एवम् नैतिकता, सूचना तथा सञ्चार प्रविधिको प्रयोग लगायतका विषयमा शिक्षकका आधारभूत सक्षमताहरुको प्राप्तिमा शिक्षक सदा प्रयत्नरत रहनुपर्छ । आफूलाई पेसामा अब्बल सावित गर्न र विद्यालयको शैक्षिक गुणस्तरलाई उच्चतम् विन्दुमा पु¥याउन अहिलेको कार्य संस्कृतिमा नै रुपान्तरणको जरुरी छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा नेपाल सरकारले अघि बढाएको सम्मृद्ध “ नेपाल, सुखी नेपाली भन्ने दीर्घकालीन दृष्टिकोणलाई साकार बनाउन शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो । त्यसै विकासका अन्य पूर्वाधार निर्माणमा पनि शिक्षाले नै बाटो देखाउनु पर्ने हुन्छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणमा शिक्षाको योगदान आवश्यक छ । यस प्रकारको राष्ट्रिय अपेक्षा पूरा गर्न शिक्षालाई गुणस्तरीय बनाउँदै राष्ट्र विकासको आधारशिलाको रुपमा विकास गर्न शिक्षक समुदायले अहम् भूमिका निर्वाह गर्नुपर्ने अवस्था छ ।

विभिन्न परियोजना तथा कार्यक्रममा आधारित प्रयासहरूबाट हामीले शिक्षा क्षेत्रमा केहि उपलब्धि हासिल गरिसकेका छौं । शिक्षामा पहुँच विस्तार, समता अभिवृद्धि, गुणस्तर सुधार, शासकीय सुधार एवम् क्षमता अभिवृद्धि, जीवनोपयोगी शिक्षाको विकास शिक्षा क्षेत्रका प्रमुख विषयहरु हुन् । यसका निम्ति विगतमा सञ्चालन गरिएको सबैका लागि शिक्षा, सहश्राब्दी विकास लक्ष्य, विद्यालय क्षेत्र सुधार कार्यक्रम, साक्षरता अभियान, साक्षर नेपाल अभियान लगायतका पछिल्ला प्रयासहरू स्मरणीय छन् । अहिले कार्यान्वनयको क्रममा रहेको विद्यालय क्षेत्र विकास कार्यक्रमले शिक्षामा समता, गुणस्तर, सान्दर्भिकता, उत्थानशीलता जस्ता विषयहरुलाई सम्बोधन गर्ने प्रयास गरेको छ । परिवर्तित सन्दर्भमा सार्वजनिक शिक्षाको रुपान्तरणका लागि यसले मात्र पुग्ने पनि देखिदैन । नागरिकका अपेक्षा पूरा गर्नका लागि सार्वजनिक शिक्षामा वास्तविक रुपमै गुणात्मक फड्को मार्न थप कार्यक्रमिक प्रयासको जरुरी देखिएको छ । यसमा शिक्षक साथीहरुको रचनात्मक सुझावको मैले अपेक्षा गरेको छु । सार्वजनिक शिक्षाको गुणस्तर सुधारको नेतृत्व शिक्षक र प्रधानाध्यापकबाटै हुनुपर्छ । यसका लागि तयार रहन पनि सबैलाई अनुरोध गर्दछु ।

दिगो विकास लक्ष्य विश्वव्यापी विकासको अपेक्षा पूरा गर्ने घोषणा भएकोले यसलाई हामीले पनि आत्मसात् गर्नुपर्छ । यसका १७ ओटा लक्ष्यहरुमध्ये चौथो लक्ष्य शिक्षासँग सम्बन्धित भएको कुरा सबैलाई अवगतै छ । समावेशी, समतामूलक गुणस्तरीय शिक्षामा सबैको पहुँच पु¥याउने र जीवनपर्यन्त सिकाइलाई प्रवद्र्धन गर्ने विषयमा यस लक्ष्यले जोड दिएको छ । समावेशीता, समता, गुणस्तरीयता, जीवनपर्यन्त सिकाइ, सान्दर्भिकता, सबैका लागि शिक्षा हाम्रो पनि प्राथमिकताका विाषय हुन् । त्यसैले दिगो विकास लक्ष्यलाई कार्यान्वयनमा ल्याउन राष्ट्रिय कार्ययोजना वा रोडम्याप बनाउन ढिला गर्नु हुँदैन । यसलाई अन्तिम रुप दिई अन्तर्राष्ट्रिय जगतमा पनि हामी समयमै कार्यसम्पन्न गर्ने मुलुकको रुपमा आफूलाई परिचित गर्न आवश्यक भएकोले यससम्बन्धी कामलाई तिब्रतर गतिमा अघि बढाउन मन्त्रालय अग्रसर छ । मन्त्री पोखरलले नयाँ सरकार गठन भएपछि मन्त्रालयले शिक्षक व्यवस्थापन लगायतका विविध क्षेत्रमा सुधारका कदमहरु चालिरहेको बताउनु भयो ।

post image

असोज १७, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकको समस्या छिट्टै समाधान गर्ने आश्वासन दिएका छन्।

२५ औं विश्व शिक्षक दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले स्रोत जुटाएर विद्यालय कर्मचारी र राहत शिक्षकहरूको माग पनि सम्बोधन गर्ने घोषणा गरे।

 उनले अस्थायी शिक्षकहरूको समस्या समाधान लागि सरकारले शिक्षा सेवा आयोगको कार्ययोजना अनुसार काम गरिरहेको दाबी पनि गरे । अस्थायी शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले आन्तरिक तथा खुला परीक्षा लिएको मन्त्री पोखरेलको भनाइ छ।

मन्त्री पोखरेलले २ सय ५३ वटा सामुदायिक विद्यालयहरूमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालनका लागि अनुमति दिइएको पनि जानकारी दिए।

post image

सुनिल आचार्य, असोज १६, नयाँदिल्ली । ओईसीसीले भारतको राजधानी नयाँदिल्लीमा क्यानडा फेयरको आयोजना गरेको छ । क्यानडाका बिश्वप्रसिद्ध बिश्वविद्यालय तथा कलेजहरुको सहभागीतामा क्यानडा फेयरको आयोजना गरीएको हो ।

होटल रोयल प्लाजा कर्नाट प्यालेसमा आयोजना गरीएको शैक्षिक मेलामा क्यानडाका दुई दर्जन बिश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहेको थियो । जसमा युनिभर्सिटी अफ वाटरलो  , लारियर कलेज  ,  ल्याम्ब्टन युनिभर्सिटी, ट्रिनिटी वेस्टन युनिभर्सिटी , ट्रेन्ट युनिभर्सिटी  ,ओकानागन कलेज ,युनिभर्सिटी अफ लेथब्रिज , कामोसन कलेज , क्याम्ब्रियन कलेज , यु एन बि सी कलेज ,लरेंटियन युनिभर्सिटी लगायतका कलेजले फेयरमा सहभागिता जनाएको थियो ।

पछिल्लो समय बिदेशी विद्यार्थीह्रुलाई आफ्नो मुलुकमा अध्ययन अध्यापनका लागि स्वागत गरीरहेको क्यानडाले भारतमा शैक्षिक मेलाको आयोजना गरेको हो । ओईसीसीले आयोजना गरेको सो क्यानडा शैक्षिक मेलामा सयौको संख्यामा भारतीय विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

एकै स्थानवाट सयौ विद्यार्थीह्रुले क्यानडाको पढाई, त्यहाँको बसाई, रहनसहन, त्यहाँ पढाई हुने कोर्षहरुका बारेमा जानकारी पाउन् भन्ने उद्धेश्य सहित क्यानडा फेयरको आयोजना गरीएको ओईसीसीका सिईओ बिरु चावलाले नेपालदेखि क्यानडा फेयर कभरेजका लागि दिल्ली पुग्नु भएका अनलाईन समयकर्मी सुनिल आचार्यलाई जानकारी दिनु भयो ।

२९ सेप्टेम्बरका दिन आयोजना गरीएको क्यानडा फेयरमा बिभिन्न बिश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग कुराकानी गर्दै सहकर्मी सुनिल आचार्यले क्यानडाको शिक्षा तथा त्यहाँका बिश्वविद्यालयहरुको अध्ययन पद्धती लगायतका बिषयमा तयार पार्नु भएको बिशेष रिर्पोट यहाँहरुले छिट्टै सौजन्य मिडियाका बिभिन्न टेलिभिजन कार्यक्तमहरुमा हेर्न सक्नु हुनेछ ।

post image

असोज १५, काठमाडौं । स्नातक तहको सिभिल तथा ग्रामिण इन्जिनियरिङ कार्यक्रमको पाठ्यक्रम परिमार्जन हुने भएको छ । यसका लागि सरोकारवालाहरुसँंग छलफल सुरु भएको छ ।

पोखरा विश्वविद्यालयको सम्वन्धनमा संचालित नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरले यसका लागि विषयसंग प्रत्यक्ष सरोकार राख्ने संस्था गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नर्मिन) संग छलफल थालेको हो । कलेजका प्राज्ञिक संयोजक ई मोहनध्वज केसीले थप छलफलपछि पाठ्यक्रमको अन्तिम परिमार्जन गरी स्वीकृतिको लागि पोखरा विश्वविद्यालयमा पेश गरिने जानकारी गराए ।

छलफलमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका महासचिव वंशलाल तामाङले ग्रामिण क्षेत्रमा काम गर्ने इन्जिनियर तथा प्राविधिकहरुमा गाउँंको परिवेशबारे जानकार हुनुपर्ने खाँचो औल्याए । महासंघका अधिकृत राजेन्द्रप्रसाद प्याकुरेलले ग्रामिण क्षेत्रमा काम गर्ने इन्जिनियर तथा प्राविधिकहरूमा हुनुपर्ने ज्ञान शिप तथा दक्षतावारे प्रकाश पारे ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेजका सिभिल तथा ग्रामिण इन्जिनियरिङ विभागका प्रमुख डा गणेश शाहले परिमार्जित पाठ्यक्रमको मस्यौदा पेश गरेका थिए । कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट उत्पादित उच्चस्तरिय प्राविधिक जनशक्तिले ग्रामिण क्षेत्रको वास्तविकता बुझ्नपर्ने आवश्यकता औंल्याए । उनले समस्याहरूको उचित तथा व्यवहारिक समाधान दिन सकेमा मात्र कलेजको उद्देष्य पूरा हुने बताए ।

post image

असोज १४, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डद्वारा संचालित कक्षा ११ को परीक्षाको नतिजा तिहार पछि मात्र सार्बजनिक हुने भएको छ । परीक्षा बोर्डका एक अधिकारीले तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम नरहेको बताएका हुन् ।

उनले भने ‘तिहार अगाडी नतिजा प्रकाशन गर्ने कार्यक्रम छैन, तर सकेसम्म छिटो हुने गरि काम गरिरहेका छौँ, सम्भवत कार्तिक अन्तिम या मङ्सिर पहिलो/दोश्रो सातासम्म नतिजा प्रकाशन हुन्छ’  ।

साथै यसपटक आंशिक र नियमितको परीक्षाको नतिजा समेत एकैचोटि निकाल्ने तयारी भैरहेको तर अहिले यसबारेमा अहिले केही भन्न नसकिने बताइएको छ ।

post image

असोज १४, काठमाडौं ।  संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले अब जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नं १ र २ लाईझैं विज्ञापन नम्बर ३ का शिक्षकहरुलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो आग्रह गरेको हो । समितिले धेरैभन्दा धेरै परीक्षार्थीको लिखित परीक्षामा नाम निकाल्ने अवसर प्रदान गर्नको लागि विज्ञापन नम्बर १ र २ मा बढी भएका दरवन्दीहरु विज्ञापन नम्बर ३ मा परीक्षा दिने परीक्षार्थीहरुको व्यवस्थापनमा समायोजन गर्नुपर्ने पनि माग गरेको छ ।

त्यस्तै समितिले आन्दोलन वा विविध कारणले आन्तरिक परीक्षाबाट बञ्चित भएका अस्थायी शिक्षकहरुलाई पुनः परीक्षा दिन पाउने अवसर दिलाउनुपर्ने पनि माग गरेको छ । समितिले यति गर्दागर्दैपनि यदि कोही साथीहरु विस्थापन हुने अवस्था देखिएमा अर्को विद्यालय, तह वा राहत कोटामा पुनस्र्थापना गर्नुपर्ने पनि माग अघि सारेको छ ।

त्यस्तै सुविधाको फारम भरेका अस्थायी शिक्षकहरुलाई दिईने भनिएको उपदान रकम औषधोपचारको खर्चसहित एकमुष्ट प्रदान गर्न अविलम्ब प्रकृया शुरु गर्नुपर्ने पनि माग विज्ञप्तीमा उल्लेख गरेको छ । आफूहरुले अघि सारेका मागहरु पूरा गर्न अविलम्ब प्रकृया अगाडि नबढाईएमा समितिले पुनः विगतका भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ । समितिका अध्यक्ष हेमनाथ चौलागाँईले सबै प्रकृतिका अस्थायी शिक्षकहरुलाई बिना भेदभाव ४० अंक आउँदा उत्तिर्ण हुने वातावरण बनाउन सरकारसँग माग गरे । उनले भने,‘म यही कार्यक्रममार्फत राज्यलाई भन्न चाहन्छु, की सरकारले हाम्रा मागहरु संघीय शिक्षा ऐनमार्फत सम्बोधन गर्नुपर्छ । यदि सरकारले हाम्रा मागहरु सम्बोधन गरेन भने हामी बाध्य भएर सडक संघर्षमा उत्रिन्छौं ।’

समितिले यही असोज २१ गतेसम्म आफ्ना मागहरु पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । यदि असोज २१ गतेसम्म पनि माग पूरा नगरे बाध्य भएर आफूहरु देशव्यापी रुपमा अस्थायी करार, राहत, विद्यालय कर्मचारी र बालविकास शिक्षकहरु संयुक्त रुपमा माईतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको निषेधित क्षेत्रपनि तोड्ने समितिका अध्यक्ष चौलागाँईले बताए । समितिले सम्मानित सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामुदायिकविद्यालयहरु बन्द गर्ने जानकारी दिएको छ ।

अध्यक्ष चौलागाँईले राज्यले आफूहरुलाई विभिन्न समूहमा विभाजित गरेर आन्दोलनलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाए । उनले भने,‘हामीले जीवनको ३० औं वर्ष हाम्रो उर्वर समय खर्च गरिसक्यौं । अहिले गलहत्याएर त्यतिकै अपमान गरेर रित्तो हात फर्काउन पाईँदैन् ।’ कार्यक्रममा विद्यालय कर्मचारी संगठनका अध्यक्ष शंकर ढकाल, समितिका कानुनी सल्लाहकार सुर्य तिवारी, अस्थायी शिक्षक आन्दोलन समितिका महासचिव महादेव भट्टलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन भने समितिका सचिव शिव अधिकारीले गरेका थिए ।

आफूहरुले २० औं वर्ष पढाउँदा पनि अहिलेसम्म स्थायी नगरिएकोमा आक्रोश पोखेका थिए । अब सर्वोच्च अदालतको फैसलाबमोजिम आफूहरुलाई स्थायी गराउन जस्तोसुकै आन्दोलन गर्नपनि पछि नपर्ने उनीहरुको भनाई छ । उनीहरुले बाँच्नको लागिपनि अब आन्दोलन गर्नको विकल्प नरहेको स्पष्ट पारे । उनीहरुले आफूहरुसँग अब कि त मर्नु र कि त स्थायी हुनुको विकल्प नभएको पनि जिकिर गरे ।

post image

असोज ११, काठमाडौं । दक्षिण कोरियाली सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको गुणस्तर अभिवृद्धि गर्न नेपाललाई ५५ करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे । सहयोग रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका प्रशिक्षकहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा खर्च हुनेछ ।

राजदूत पार्कले नेपालको प्राविधिक जनशक्तिलाई थप सशक्त बनाउन आफ्नो देशले सहयोग प्रदान गरेको उल्लेख गर्दै यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने बताए ।

post image

असोज ७, गोरखा  ।  नेपाल शिक्षक महासङ्घ गोरखाको अध्यक्षमा ध्रुवकुमार भट्ट चयन भएका छन् । जिल्लाभित्र क्रियाशील शिक्षक सङ्गठनको संस्थाको रूपमा रहेको महासङ्घको शनिबार राति अबेर सम्पन्न भेलाले भट्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

भेलाले सहअध्यक्षमा राजन कट्टेल, उपाध्यक्षमा उदयबहादुर भट्ट र उर्मिला विष्ट, सचिवमा श्यामप्रसाद लामिछाने, सहसचिवमा गोपालबाबु मरहठ्ठा, उषा थापा र अनिल कुँवर चयन गरेको नवनिर्वाचित अध्यक्ष भट्टले जानकारी दिए । शिक्षक हकहित र अधिकारका लागि साझा आवाज उठाउनका लागि जिल्लामा महासङ्घको गठन भएको नवनिर्वाचित अध्यक्ष भट्टले बताए ।

शिक्षक युनियनको खारेजीपछि निर्माण गरिएको महासङ्घको जिल्ला नेतृत्वसँगै प्रदेश र सङ्घका प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । भेला एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्घ, अखिल नेपाल शिक्षक सङ्गठन र विद्यालय कर्मचारी सङ्गठनको आयोजनामा सम्पन्न भएको हो ।

post image

असोज ४,  काठमाडौँ । त्रिभुवन विश्वविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेको छ ।

योसँगै अब परीक्षा नियन्त्रण कार्यालयमा उपस्थित भएर फाराम भर्नुपर्ने र बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हट्ने भएको छ । विगत वर्षमा विद्यार्थीले भदौ महीनामा फाराम भर्न आउनुपर्ने र पुनः दोस्रो पटक दीक्षान्त समारोहमा भाग लिन आउनुपर्ने बाध्यता थियो । भदौ महीनाभर फाराम भर्ने, शुल्क बुझाउने, रसिद काट्ने र फाराम सम्बन्धित फाँटमा बुझाउनेको भीड हुने गरेकामा अब यस्तो समस्या अन्त्य भएको उक्त कार्यालयले जनाएको छ ।

उपत्यका भित्र र उपत्यकाबाहिर रहने विद्यार्थीले समेत अनलाइनबाट सिधै फाराम भरेर नाम दर्ता गर्न सक्ने र दीक्षान्त समारोहमा भाग लिन एक पटक मात्र काठमाडौँ आउँदा हुने भएको छ ।

त्रिविद्वारा बुधबार प्रकाशित सूचनाअनुसार गत साउन ५ गतेको त्रिविसभा बैठकबाट पारित ५६औँ ग्रेस लिस्टमा समावेश गत शैक्षिकसत्रमा उत्तीर्ण ७३ हजार ९०१ विद्यार्थीका लागि आगामी पुस महीनामा हुने दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थीले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

दीक्षान्तका लागि छुट्टै पोर्टल 

कार्यालय स्रोतका अनुसार दीक्षित हुने विद्यार्थीलाई फाराम भर्ने प्रयोजनका लागि छुट्टै वेब पोर्टल निर्माण गरिएको छ । जुन मोबाइलबाट समेत खोल्न सकिने खालको छ । विद्यार्थीले आफ्नो मोबाइलबाट  https://tu.graduationnp.com/मा लग इन गरेर आफ्नो विवरणहरु छ चरणमा प्रविष्ट गर्नुपर्नेछ ।

ई–सेवाबाटै शुल्क भुक्तानी 

अनलाइन फाराम भर्ने विद्यार्थीले अब उक्त कार्यालयसंगै रहेको ग्लोबल आइएमई बैंकमा लाइनमा बसेर पैसा बुझाउनुपर्ने र लेखा शाखामा आएर नगदी रसिद लिनुपर्ने झन्झटबाट पनि छुटकारा पाउने भएका छन् ।

उनीहरुले अनलाइन फाराम भरिसकेपछि ई–सेवाको माध्यमबाट शुल्क पनि बुझाउन सक्नेछन् । ई–सेवाको खाता हुने विद्यार्थीहरुले सिधै भुक्तानी गर्न सक्नेछन् भने ई–सेवाअन्तर्गत खाता नहुने विद्यार्थीलाई त्रिविको पोर्टल सिस्टमले नै टोकन नं उपलब्ध गराउनेछ ।

विद्यार्थीले उक्त टोकन नं लिएर नजिकैको ई–सेवा प्रदान गर्ने पसलमा गएर तोकिएको दस्तुर तिर्नुपर्नेछ । दस्तुर तिरेको निस्सा विद्यार्थीले तुरुन्तै पाउनेछन् । त्यसपछि त्यहीँबाट विद्यार्थीलाई चार प्रकारका विवरण उपलब्ध हुन्छ । पहिलो, दस्तुर बुझाएको नगदी रसिद, जुन दीक्षान्त समारोहमा भाग लिन जानुअघि परीक्षा नियन्त्रण कार्यालयमा गई रुजु गराएर छाप लगाएपछि मूल प्रमाणपत्र प्राप्त गर्न आवश्यक हुन्छ र दोस्रो यो दीक्षान्त समारोहमा प्रवेश गर्ने निस्सा होे, जुन यसअघिका दीक्षान्त समारोहमा प्रवेशपत्रका रुपमा कार्यालयले उपलब्ध गराउँदै आएको थियो ।

भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा रहेका र काठमाडौँ आएर दीक्षान्तको फाराम भर्न सम्भव नहुने विद्यार्थीले समेत यो प्रविधिको प्रयोगबाट अब फाराम भर्न सक्नेछन् । उनीहरुले अनलाइनबाट फाराम भरेर नाम दर्ता गरिसकेपछि सिधै दीक्षान्त समारोहमा भाग लिनका लागि मात्र काठमाडौँ आउँदा हुने कार्यालयले जनाएको छ ।

post image

असोज ३,काठमाडौं  । कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सम्बन्धि सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो।

बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो ।

नतिजा कसरी हेर्ने ? 

नतिजा प्रकाशित भैसकेपछी आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ।

उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।

नोट: ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिन्छ ।

post image

भदौ ३१,म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ ।

यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो ।

पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग बगाएको, बाँकी भवन पनि कटानको जोखिममा रहेकाले दुई हप्ताका लागि पठनपाठन बन्द गरिएको प्रअ खिमबहादुर छन्त्यालले बताउनुभयो । कक्षा १० सम्मको पठनपाठन हुने सो विद्यालयमा १७५ विद्यार्थी अध्ययनरत छन् । विद्यालय परिसर कटानको उच्च जोखिममा परेपछि स्थानान्तरणको पहल थालिएको छ ।

बाढीले कटान गरेर कुइनेमङ्गलको खरिबोटमा चन्द्रबहादुर र यामबहादुर छन्त्यालको घर बगाएको छ भने बेलबहादुर, चन्द्रप्रसाद, भक्तप्रसाद छन्त्याल र भक्तिप्रसाद विकको घर उच्च जोखिममा परेपछि विस्थापित भएका छन् । नदीले बस्तीतर्फ कटान गर्न थालेपछि रघुगङ्गाको किनारमा अवस्थित घ्याँसीखर्कका १६ घर जोखिममा परेको छ ।

सहारा युवा क्लबको भवन र खेलमैदान बाढीले पुरिएको छ । दुलेखर्क र घ्याँसीखर्कको सिमानामा रघुगङ्गा नदीमाथि रहेको झोलुङ्गे पुल उच्च जोखिममा परेको छ । स्वास्थ्य चौकी भवन निर्माणस्थलमा बाढी परेर क्षति पु¥याएको छ । छहरीका दुई घर जोखिममा परेका छन् । पहिरोले पोल बगाउँदा ३५ घरधुरीको बसोबास रहेको दुवाडीमा विद्युत् आपूर्ति बन्द भएको छ । बाढी, पहिरो र कटानका कारण खेतीयोग्य जमीनमा समेत क्षति पुगेको पीडित चन्द्रबहादुर छन्त्यालले बताए । “घरमा भएको सबै सामान बाढीले बगायो, एकसरो ज्यानबाहेक केही रहेन,” छन्त्यालले पीडा पोखे ।

दुईवटा काठको अस्थायी पुल बाढीले बगाउँदा आवतजावतमा कठिनाइ भएको छ । छहरीस्थित शिवालय मन्दिर बाढीले बगाएको छ । झिङखानी महिला बचत तथा ऋण सहकारी संस्थाको भवन पहिरोले पुरिएको छ । बाढी पहिरोका कारण एकजना महिलाको ज्यान जानाका साथै रु तीन करोड बराबरको भौतिक सम्पत्तिको क्षति भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । रासस

post image

भदौ २९ , काठमाडौं । नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवसीय विद्यालय स्थापना गर्ने भएको छ। प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो।

पहिला पाँच विकास क्षेत्रमा स्थापना भएको प्रहरी विद्यालय देश सङ्घीयतामा गएपछि सातै प्रदेशमा हुने गरी बाँकी दुई प्रदेशमा थप गर्न लागिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए। “जेठ २७ को मन्त्रिपरिषद्को बैठकअनुसार सबै प्रदेशमा प्रहरी विद्यालय पु¥याउने लक्ष्यअनुसार प्रदेश ३ को (भरतपुर) चितवन र प्रदेश ६ को (छिन्चु) सुर्खेतमा प्रहरी विद्यालय स्थापना गर्न लागेका हौँ”,। एसएपी क्षेत्रीले भने।

प्रदेश १ को धरान (सुनसरी), प्रदेश २ गरुढा (रौतहट), प्रदेश ४ बेलचौतारा (तनहुँ), प्रदेश ५ घोराही (दाङ) र प्रदेश ७ को धनगढी (कैलाली) का प्रहरी विद्यालयमा विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन्।

सबै प्रदेशमा माध्यामिक तहसम्म पढाइ हुनेछ। प्रहरी विद्यालय साँगामा उच्च माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ। दुई प्रदेशमा विद्यालय थप गरेपछि प्रहरीबाट सञ्चालित नौ विद्यालय हुनेछन्।

प्रहरी प्रधान कार्यालयले नयाँ बन्ने प्रहरी विद्यालयका लागि प्रहरी निरीक्षकको नेतृत्वमा २५ दरबन्दीसमेत निकाशा गरिसकेको छ। सबै प्रदेशमा विद्यालय स्थापना भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हाल देशभर ७ प्रहरी विद्यालयमा झण्डै छ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् ।रासस

post image

भदौ  २५, काठमाडौं । विद्यार्थीमाथि दुर्ब्यबहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् ।

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।

प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ ।

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् ।

सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो ।

गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।

शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे ।

यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए ।

विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । रासस

post image

भदौ २४, काठमाडौं । अष्ट्रेलिया अध्ययनार्थ जान चाहने बिद्यार्थीहरुलाई लामो समयदेखी परामर्श प्रदान गर्दै आएको ओएसिस एजुकेशनले ब्राण्ड एम्बेसडरको रुपमा मिस नेपाल वर्ल्ड – २०१८ शृंखला खतिवडालाई नियुक्त गरेको छ । शुक्रबार दरबारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा आयोजित पत्रकार सम्मेलन मार्फत ओएसिस एजुकेसनले ब्राण्ड एम्बेसडर घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै खतिवडाले अध्ययनको लागि बिदेशमा गएपछी केहि सिकेर , अध्ययन सकेर पुन: आफ्नै देशमा फर्किएर बिदेशमा अर्जेको ज्ञानलाई नेपालमा खर्चिन आग्रह गरिन । ओएसिस नै किन भन्ने पत्रकारको प्रश्नमा मिस नेपाल वर्ल्ड खतिवडाले यस एजुकेसनले बिद्यार्थीलाई सही र सत्यताका साथ परामर्श दिँदै छुट्टै पहिचान बनाउनुका साथै बिद्यार्थी र अविभावकको मन जित्न सफल भएकोले आफु ओएसिसको एम्बेसडर बन्न तयार भएको बताइन ।

 

अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको ओएसिसले स्थापनाकाल देखी नै अष्ट्रेलिया अध्ययनका लागि आउने बिद्यार्थीहरु, नेपाली समुदाय र अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई समेत उचित शैक्षिक परामर्श प्रदान गर्दै आएको ओएसिसका सीइओ कुशल केसीले जानकारी गराए ।

मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई एम्बेसडर नियुक्त गर्न पाउँदा आफुलाई धेरै खुशी लागेको र आगामी दिनहरुमा यस सहकार्यले अझै राम्रो काम गर्नेमा बिस्वस्त रहेको सीइओ केसीले बताए ।

ओएसिसले पत्रकार सम्मेलन मार्फत नै ओएसिस छात्रबृति अक्षयकोषको स्थापना गरेको समेत घोषणा गरेको छ  ।

कार्यक्रममा इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, बरिष्ठ फोटो पत्रकार तथा रोटरीयन राजभाई सुवाल , हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपती, प्रेस युनियनका अध्यक्ष बद्री लिंग्देन लगायतको उपस्थिती रहेको थियो ।

post image

भदौ २०, काठमाडौँ । सौजन्य मिडियाको आयोजनामा आज एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कमलपोखरीमा अवस्थित सौजन्य मिडियाको उत्पादन जर्नी टु अष्ट्रेलिया – ३ नामक कार्यक्रमको विधिवत रुपमा सुरुवात गर्दै मिडियाले बिभिन्न क्षेत्रका बिज्ञको उपस्थितिमा यस अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको हो ।

 यसअघि २ वटा सिरिज सम्पन्न गरिसकेको यस कार्यक्रममा अष्ट्रेलियामा बिद्यार्थीको अवस्था , शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका कुराहरुलाई देखाउंदै आएको छ ।

अष्ट्रेलियामा जान चाहने र गएका बिद्यार्थीलाई कसरी नेपाल फर्काउने , बिद्यार्थीले त्यहाँ कस्ता समस्याहरु भोगिरहेका छन् , उनीहरुले गुणस्तरीय शिक्षा पाएका छन् की छैनन,बिद्यार्थीहरु किन आत्महत्या गर्न बाध्य छन , अष्ट्रेलियामा हजारौं कोर्स पढाई हुँदा किन ४/ ५ कोर्षको मात्र प्रवर्धन गरिन्छ जस्ता लगायतका बिषयहरुलाई अन्तरक्रियामा समेटिएको थियो ।

भृकुटीमण्डपस्थित नेपाल टुरिजम बोर्डमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बड , अष्ट्रेलियाका लागी नेपाली राजदुत लकी शेर्पा ,शिक्षा मन्त्रालयका सह-सचिब हरि लम्साल ,एन एस डब्लु सिड्नीका अबैधानिक महाबाणिज्यदुत दिपक खड्का , नेपाल अष्ट्रेलिया चेम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाई, इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, सौजन्य मिडिया तथा हिमालयन टेलिभिजनका प्रवन्ध निर्देशक श्याम कंडेलको उपस्थिती रहेको थियो । 

post image

भदौ २०, काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन/तीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो ।

यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सामुदायिकतर्फ

प्रथम अमरसिंह माध्यमिक विद्यालय पोखरा,

कास्की, द्धितीय विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौँ,

तृतीय बज्रबराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुर

संस्थागततर्फ

प्रथम एसओएस हरमन माइनर माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुर,

द्धितीय एभरेष्ट इङ्लिस बोडिङ माध्यमिक विद्यालय विराटनगर मोरङ,

तृतीय नेशनल सेकेण्डरी स्कूल इमाडोल ललितपुर रहेका छन् ।

यसैगरी माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ

प्रथम शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्की,

द्धितीय त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक ललितपुर

तृतीय कालिका माध्यमिक विद्यालय, कालिकानगर बुटवल रुपन्देही रहेका छन् ।

संस्थागततर्फ

प्रथम मदरल्याण्ड माध्यमिक विद्यालय मासवार, पोखरा कास्की,

द्धितीय जेम्स माध्यमिक विद्यालय धापाखेल, ललितपुर

तृतीय ज्ञान निकेतन माध्यमिक विद्यालय, शङ्खमूल, काठमाडौँ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट छनोट भएका विद्यालयलाई पुरस्कार वितरण गरिनेछ ।

प्रथम, द्धितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाखसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने सहसचिव गौतमले जानकारी दिए ।

यसपटक मन्त्रालयले केन्द्रीयस्तरमा मात्र पुरस्कार प्रदान गर्नेछ । यसैगरी दिवसको अवसरमा प्रदेश र स्थानीय तहले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कार प्रदान गर्ने छन् ।

प्रदेश र स्थानीय तहमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिनका लागि ‘शिक्षा पुरस्कार निर्देशिका –२०७५’ ल्याइएको छ । रासस

post image

भदौ २०, म्याग्दी । यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् ।

गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले बताए ।

“अहिले स्थानीयवासीको घरमा पठनपाठन सञ्चालन गरेका छौँ, फर्निचर नहुँदा समस्या भएको छ,” उनले भने। अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ ।

कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा रु २५ लाख बराबरको क्षति भएको प्रअ राम्जालीले बताए । बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई रु ५० हजार सहयोग गरेका छन् । उनले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गर्नुभएको हो ।

अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको बताए ।  उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

post image

भदौ १९, काठमाडौँ । नेपाली, कला, भाषा, संस्कृतिलाई बिश्वब्यापीकरण गर्ने उदेश्यका साथ अष्ट्रेलियामा पहिलो पटक राप्ती अन्तराष्ट्रिय म्युजिक अवार्ड हुने भएको छ । बाबा एजुकेसन कन्सल्टेन्सिको प्रायोजनमा हुन लागेको म्युजिक अवार्ड राप्ति समाज अष्ट्रेलिया ले आयोजना गर्न लागेको हो।

कार्येक्रम यहि आउने सेप्टेम्बर ८ तारिखको दिन बेलुका ६ बजे देखि इन्द्रेणी फन्क्चन सेन्टर , रकडेल मा हुने भएको छ। यस अवार्ड कार्येक्रम मा,  चर्चित नायक पल शाह, लोकप्रिय गायिका राधिका हमाल, सिन्धु मल्ल, गायक कृष्ण रेउले र प्रकाश रेग्मी को सहभागिता हुने छ । सम्पूर्ण नेपाली कलाकार लाई प्रोत्सहन र राप्ति अञ्चलमा जन्मेका कलाकारहरुलाई सम्मान सोरुप आयोजना हुन लागेको राप्ती अन्तराष्ट्रिय म्युजिक अवार्ड को सम्पूर्ण तयारी करिब अन्तिम चरण मा पुगेको जानकारी राप्ती समाज अष्ट्रेलियाका अध्यक्ष नरेश रेग्मीले बताएका छन ।

कार्यक्रमको शुल्क ३५ डलर रहेको र साथ साथै डिनरको पनि राम्रो ब्यबस्था रहेको छ। नेपालबाट आउनु हुने कलाकारहरुले आम दर्शकलाइ भरपुर मनोरंजन प्रदान गर्ने राप्ति समाज अस्ट्रेलियाले जानकारी दिएको छ। सिड्निमा आयोजना हुने अधिकाङ्स साङ्गितिक-सांस्कृतिक कार्यक्रमहरुमा मुख्य प्रायोजन गर्ने “बाबा एजुकेसन कन्सल्ट्यान्सी” र “आर के एस अष्ट्रेलिया” ले नै यो कार्येक्रम लाई प्रायोजन गरेको छ ।आफु हरु ले यस्ता कार्येक्रम हरु लाई प्रोमोट गर्न पाउनु गर्भ को बिषय रहेको बाबा एजुकेसन कन्सुल्टेन्सि का सी ई ओ रबिन्द्र कुमार शर्माले बताए ।

अष्ट्रेलिया को सिड्नी मा अबस्तित बाबा एजुकेसन कन्सुल्टेन्सि ले सिड्नी मा आयोजना हुने धेरै कार्येक्रम हरु लाई आर्थिक सहयोग गर्ने गरेको बाबा एजुकेसन कन्सुल्टेन्सि का मार्केटिंग म्यानेजर अमृत शर्माले बताए   ।  विदेश मा रहेर पनि नेपाली कला- सस्कृतिलाई लाई जगेर्ना गर्न आफु हरु को यो कदम ले केहि टेवा पुग्ने उनले बताए ।

post image

भदौ १८, काठमाडौं । सरकारले बजेटमा विद्यार्थीलाई शैक्षिक कर्जा दिने भने पनि त्यो कार्यान्वयनको दिशामा जान नसकेको भन्दै सांसदले प्रश्न गरेका छन्। सोमबार संसदमा मन्त्रीसँग सिधा प्रश्नउत्तोरमा नेपाली कांग्रेसका सञ्जय कुमार गौतमले शैक्षिक कर्जा उपलब्ध गराउने भनेर बजेटमा भनिएको थियो तर विद्यार्थी यो कर्जाबाट बन्चित भएका छन्। यो पपुलर कुरा मात्र हो की, कार्यान्वयन पनि हुन्छ रु भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई प्रश्न गरे।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र नेकपा एमालेका विरोध खतिवडाले पनि सर्टिफिकेट राखेर विद्यार्थीलाई दिने सफ्ट लोनको बारे प्रश्न गरेका थिए। सांसदहरुले उठाएको प्रश्नको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले जवाफ दिँदै विद्यार्थीले शैक्षिक कर्जा पाउने बताए। ुदुई वर्ष अघि नै नेपालमा उच्च शिक्षाको लागि सरकारले विभिन्न विधि अपनाउने भनेको थियो। र यो यस पटकको नीति कार्यक्रम र बजेटमा आएको छु, उनले भने, ुविद्यार्थीलाई ऋण प्रदान गर्ने कार्यक्रम तयार भएको छ।ु

पहिलो चौमासिकको कार्यक्रमलाई अन्तिम रुप दिन लागेको उनले बताए। यो कार्यविधिलाई सफल बनाउन बैंकलाई उत्तरदायी बनाउनु पर्ने पोखरलेको भनाई छ। प्रमाणपत्रलाई धितो राखेर कार्यक्रम अघि बढाउँदा रोजगारीमा जोड गर्नु पर्ने उनले बताए। ुसफ्ट लोन कुन कुन विधामा लागु गर्न सक्छौं कार्यविधि तयार भैसकेको छु, उनले भने, ुयो अर्थसँग संयोजन गर्नु पर्ने छ। अर्थले पनि गृहकार्य गरिरहेको छ।ु बैंकहरुको लागि अर्थमन्त्रालयले पहल गर्नु पर्ने पोखरेलले बताए। सस्तो लोकप्रियताको लागि कार्यक्रम नल्याइएको बताउँदै उनले यो आर्थिक वर्षमा कार्यान्वयन हुने विश्वास दिलाए। 

post image

भदौ १२, काठमाण्डौं । बिमस्टेक चौथो शिखर सम्मेलनका कारण काठमाडौं उपत्यकाका शिक्षण संस्थाहरु  दुई दिन बन्द गरिने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही भदौ १४ र १५ गते शैक्षिक संस्थाहरु बिदा मिलाउन पत्राचार गरेको छ। उसले काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तह (नगरपालिका र महानगरपालिका)मार्फत् बिदा मिलाउन भनेको छ ।

‘काठमाडौंमा हुन गइरहेको बिमस्टेक चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथी तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले भदौ १४ र १५ गते दुई दिन शिक्षण संस्था बिदा गर्न, शिक्षण संस्थाका सवारी साधनसमेत उक्त दिन नचलाउने व्यवस्थाका लागि,’ शिक्षा मन्त्रालयको पत्रसमेत उल्लेख गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा छ ।

‘स्थानीय सरकार (नगपालिका र महानगरपालिका) मार्फत् बिदा गर्न र उक्त दुईदिन शिक्षण संस्थाका सवारी नचलाउने मन्त्री स्तरीय निर्णय भई आएकोले सो अनुसार गर्नु गराउनु हुन आदेशअनुसार अनुरोध छ।’

post image

भदौ ७, महोत्तरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गरेका छन्  

आज महोत्तरीको बर्दिवासमाविद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धिविषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उनले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आग्रह गरेका हुन्   मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गरे

स्थानीय सरकारलाई बलियो बनाउनु सङ्घीय सरकारको पहिलो प्राथमिकता हो, उनले भने, ‘साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनु हरेक नेपालीको पहिलो दायित्व हो मन्त्री पोखरेलले प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउँदै श्रम, सीप उत्पादनलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए  

post image

भदौ ६,काठमाडौँ ।  अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरुको छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका )ले काठमाडौँमा शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । बिद्यार्थीसंगै अभिभावक भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त दुइ दिने फेयर काठमाडौँस्थित होटल अन्नपूर्णमा हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

यही भदौ ८ र ९ गते हुन गइरहेको फेयरमा अष्ट्रेलियाका ७ वटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताहरुको प्रत्यक्ष सहभागिता रहनेछ । उच्च शिक्षा अध्ययनका लागी अष्ट्रेलिया जान चाहने बिद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त फेयरमा एचआईबिटि कलेज फेयर पार्टनरको रुपमा रहेको छ भने किंग्सफोर्ड इन्टरनेसनल इन्स्टिच्युट प्लाटेनियम पार्टनरको रुपमा रहेको छ ।

यस शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था , बिद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने बिषय , कलेज तथा विश्वबिद्यालयको बारेमा जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ । यस शैक्षिक मेलामा ३० वटा स्टलहरु रहनेछन ।

post image

भदौ ६,कञ्चनपुर  । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी अभाव झेल्दै आएको छ ।

पचास विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने नियमअनुसार पनि एउटा शिक्षकले पढाउन मिल्ने विद्यार्थी सङ्ख्या छैन । हाल बालकक्षामा १८, कक्षा एकमा चार, कक्षा दुईमा १०, कक्षा तीनमा ६, कक्षा चारमा पाँच र कक्षा पाँचमा ६ विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थीमध्ये पनि कम मात्रै विद्यालय आउने गरेको प्रधानाध्यापक अमरराज उपाध्ययले बताए ।

विद्यालयको पहुँच क्षेत्र कम, नीजि विद्यालयको चाप बढ्नु तथा अन्य सामुदायिक विद्यालय नजिक हुँदा विद्यार्थी अभाव भएको उनको भनाइ छ । “विद्यार्थी थप्न अभिभावकको घरदैलोमै पुग्ने गरेका छौँ, अधिकांशले नीजि विद्यालयमा बालबालिका भर्ना गर्ने गरेका छन्” उनले भने । विद्यालयमा एक स्थायी, दुई राहत र दुई बालकक्षामा पढाउने शिक्षक कार्यरत छन् । विद्यार्थीको पढाइको स्तर निकै कमजोर रहेको पाइएको छ । “सबैलाई उत्तीर्ण गर्नुपर्ने नियम छ, पढाइको स्तर सोचेजस्तो छैन,” उनले भने ।

विद्यार्थी न्यून भएकाले नजिकको सामुदायिक विद्यालयमा समायोजनका लागि पहल भइरहेको छ । नगरपालिकाका वडाध्यक्ष लालबहादुर ऐरले पढाइको गुणस्तर कमजोर र न्यून विद्यार्थी भएकाले छिट्टै विद्यालय समायोजन गरिने बताए । वार्षिकरूपमा शिक्षकले तलबबापत रु १० लाख ९१ हजार, प्रशासनिक खर्च रु २० हजार, किताब खरिद गर्न रु १० हजार तथा छात्रवृत्तिबापत रु १२ हजार खर्च हुने गरेको छ । यहाँ ९५ प्रतिशत विद्यार्थी दलित समुदायका छन् । रासस

post image

भदौ ४,काठमाडौं । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेको जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान गर्न थालेका हुन्। नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताए ।

उनले कुश्मा नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरेका हुन् ।

 जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गरे । आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उनले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेका थिए । करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भइरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकको व्यवस्थापन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

 नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ । रासस

post image

भदौ ३,काठमाडौँ ।  एजुकेशन एन्ड माइग्रेशन कर्नरले  उच्च शिक्षा अध्यनमा अष्ट्रेलिया जान चाहने नेपाली बिद्यार्थीको लागि निशुल्क शैक्षिक परामर्श मेला सम्पन्न गरेको छ । उक्त शैक्षिक मेलालाई इक्यान का कार्यबहाक अध्यक्ष देबि दास भट्टराईले रिबन काटेर उद्घाटन गरेका थिए ।

 होटल अन्नपुर्णमा शनिबार विहान १० देखि ४ बजेसम्म  ७ सय भन्दा बढि बिद्यार्थी र अभिभावकहरुले शैक्षिक सेमिनार अवलोकन गरि जानकारी लिएका थिए ।  उक्त शैक्षिक मेलामा  १४ भन्दा बढि एजुकेसन प्रोभाइडरहरुको उपस्थित रहेको र ७ सय बढीले मेलामा सहभागिता जनाएको आयोजकले जानकारी गराएको छ । 

अष्ट्रेलियालियामा आएर मात्र हैन यहाँ के पढने ,कसरी बिध्यार्थी जिवनलाई अगाडि बढाउने , कस्ता कस्ता बिषय महत्वपुर्ण छन भन्ने बिषयमा ज्ञान प्रदान गर्न यो मेलाको आयोजना गरिएको निर्देशक सुनिल उप्रेतीले बताए । हामी उनिहरुको उच्च अध्यनका संभावना कठिनाइ र भबिष्यको स्थायीत्वको बिषयमा समेत महत्वपुर्ण सुझाब प्रदान गर्छौ उप्रेतीले बताए ।

छोरा छोरी बिदेश पढन पठाउने अभिभावकले पनि यहाको बिषयमा जान्न र बुझन आवश्यक भएकोले सेमिनारहरुमा अभिभावकको उपस्थीती पनि महत्वपुर्ण रहने उप्रेतीले बताए ।

एजुकेसन एन्ड माइग्रेसन कर्नर ले आयोजना गरेको बृहत् शैक्षिक सेमिनार निकै भब्य र शभ्य रूपमा सप्पन्न भएको काठमाडौंका व्यवस्थापक किशोर दुलालले बताए । उनले भने ” सम्पूर्ण सहयोगी मन र हात हरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दर्छु। हाम्रो निम्तो लाई सिरोधार्य गर्दै पाल्नु हुने सम्पूर्ण एजुकेसन प्रोभाइडर हरु,हाम्रा आदरणीय पाहुनाहरुलाई धन्यवाद दिन चाहन्छु ।

’ माइग्रेसन कर्नरको ब्रान्ड एन्बसेडर सम्राज्ञी राज्य लक्ष्मी साह छिन् । कार्यक्रममा शाह, ,उत्प्रेरक सुदन ज्ञवाली र हास्य कलाकार मनोज गजुरेलले विशेष प्रस्तुती दिएका थिए ।

कर्नरले अगष्ट २० मा चितवनको भरतपुर गार्डे रिर्सोटमा र अगष्ट २१ तारिख हेटौडामा शैक्षिक सेमिनारको आयोजना गर्ने छ ।

यसैगरी एजुकेशन एन्ड माइग्रेशन कर्नरले २७ अगष्टमा पोखरामा एक सेप्टेम्बरमा बिर्तामोड , २ सेप्टेम्बरमा दमक र तिनमा इटहरीमा शैक्षिक परामर्श सेमिनारको आयोजना गर्दैछ ।

 

post image

साउन ३०, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । सर्भिसेजले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममाझ कप्तान खड्कालाई ३ वर्षका लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको हो ।

नेपाली क्रिकेटको उत्थान र प्रवर्धनमा उल्लेखनीय योगदान गर्दै आएको सर्भिसेजका सिईओ सन्जिब शर्मा र कप्तान पारसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यद्यपी  ब्राण्ड एम्बेसडरबापतको रकम भने खुलाईएको छैन ।

सन् २००३ मा सिड्नीमा स्थापना भएको  एक्पर्टका नेपाल, भारत , बंगलादेश, हङकङ, मंगोलिया, नाइजेरिया, फिलिपिन्ससमेतमा गरी ३१ वटा कार्यालयहरू छन्। नेपालमा सन् २००६ मा स्थपना भएको संस्थाले नेपाली विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लैजादै आएको छ।

post image

साउन ३०, काठमाडौं । सांसद घनश्याम खतिवडाले विद्यालयको पिउने पानीको ट्यांकीमा विष राख्ने घटनाको तत्काल छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले घटनाको सत्यतथ्य छानबिन गरी संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरेका हुन्।

पिउने पानीमा विष राख्ने अपराधीलाई हदै सम्मको कारबाहीका लागि सम्पूर्ण संयन्त्रहरूको प्रयोग गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए। साउन २९ गते मंगलबार श्री माध्यमिक विद्यालय उत्तरी मोरङको लेटाङ-९ मा विद्यार्थीले पानी पिउने वित्तिकै पेट पोल्ने, बान्ता हुने लक्षण देखिएपछि विद्यालय प्रशासनले चेक गर्दा पिउने पानीको ट्यांकीमा विषको बोतल नै फेला परेको थियो। विषादीयुक्त पानी पिउँदा २९ जना विद्यार्थी बिरामी परेका थिए। २५ जना सामान्य उपचारपछि घर फर्किए पनि ४ जना गम्भीर विद्यार्थीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

घटनाको समयमा लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयमा एउटा गाडी पनि चल्न सक्ने अवस्थामा नभएको भन्दै उनले लेटाङ नगरपालिकाको इलाका प्रहरी कार्यालयलाई साधन स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए। प्रहरीले विभिन्न विपतको समयमा पनि भाडाको सवारी साधन प्रयोग गर्ने गरेको उल्लेख गर्दै उनले प्रहरीलाई सञ्चार र यातायातका साधन सम्पन्न गराउन माग गरे।

post image

साउन ३०,काठमाडौँ । मर्सी एजुकेशन कन्सलटेन्सीले फुटवल वल्र्डकप २०१८ मा सही अनुमान मिलाउने ५ जना भाग्यशाली विजेताहरुलाई उपहार प्रदान गरेको छ ।मंगलबार राजधानीमा एक कार्यक्रममार्फत प्रतियोगिताका ६४ वटा खेलमध्ये ४० खेलमा सही अनुमान गरी ‘ग्रान्ड प्राइज’ विजेता विजय खत्रीलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले आईफोन एक्स प्रदान गरे ।

कार्यक्रममा खत्रीसँगै अन्य ४ जना भाग्यशाली विजेतालाई ट्याव उपहार प्राप्त गरिएको मर्सी एजुकेशन कन्सलटेन्सीका अध्यक्ष राम टण्डनले जानकारी दिए । प्रतियोगितामा ६ हजारभन्दा बढी प्रतिष्पर्धी सहभागी थिए । प्रतियोगितामा सहभागी भइ सही अनुमान लगाउँदै गोल्डेन ग्लोव प्रेडिक्सन अन्तर्गत सरोज कार्कीले ट्याब उपहार पाए । त्यस्तै, गोल्डेन बुटको सही अनुमान गरेर रस्मित पोखरेल, प्रतियोगितामा बेस्ट प्लेयरको सही अनुमान गरेर आशिष श्रेष्ठले र वल्र्ड कप विजेताको सही अनुमान गरेर आश्विन अधिकारीले एक–एक वटा ट्याब उपहार प्राप्त गरेका छन् ।

 

प्रतियोगिताभर हरेक दिनका खेलमा सही अनुमान लगाउने एक जना भाग्यशाली विजेतालाई प्रत्येक दिन विभिन्न उपहार तथा रिचार्ज कार्डहरु प्रदान गरिएको थियो ।गत १८ जुन २०१८ देखि १५ जुलाई २०१८ तारिखसम्म रसियामा आयोजित ‘विश्वकप फुटवल २०१८’ प्रतियोगिता भर कम्पनीको फेसबुक पेजमार्फत ‘प्रेडिक्ट एण्ड विन’ कार्यक्रम सञ्चालन गरेको थियो ।

मर्सी एजुकेशन प्रालिले विगत लामो समयदेखि वैदेशिक शिक्षा परामर्शको क्षेत्रमा करिअर काउन्सिलिङ गर्दै आएको यहाँहरुलाई विधितै छ । विषेश गरी अष्ट्रेलिया, अमेरिका, न्यूजिल्याण्ड, जापान, क्यानडा, युरोप, भारतलगायतका मुलुकहरुमा उच्च शिक्षाका लागि अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कम्पनीले सेवा प्रदान गर्दैै आएको छ । त्यस्तै, आईईएलटीएस, टफेल र पीटीईका भाषा तयारी कक्षा समेत सञ्चालन गर्दै आएको छ ।

मर्सी एजुकेशन प्रालि सन् २००३ मा स्थापना भइ हालसम्म निरन्तर रुपमा एजुकेशन कन्सलटेन्सी व्यवसायमा सक्रिय रहँदै आएको कम्पनी हो । कम्पनीको प्रधान कार्यालय महाराजगञ्जमा छ । त्यस्तै, अन्य कार्यालयहरु पुलतीसडकस्थित स्टार मलको दोस्रो तलामा र नयाँबानेश्वरको बानेश्वर प्लाजामा सञ्चालित छन् । राजधानी बाहिर बुटवलमा समेत सञ्चालनमा छ ।

post image

साउन २९,उर्लाबारी। मोरङको लेटाङ नगरपालिका-९ स्थित जाँतेमा रहेको श्री माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा अज्ञात समूहले विष हालेको पानी पिउँदा १३ विद्यार्थी बिरामी परेका छन् ।

ट्याङ्कीमा साइपर मेथिन नामक औषधि हालिएको प्रधानाध्यापक खेमराज दुलालले बताए। बिरामी विद्यार्थीको पथरीशनिश्चरेस्थित पथरी अस्पताल र उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बिहान विद्यार्थीले सो ट्याङ्कीको पानी पिउने क्रममा गन्ध आएपछि शिक्षकलाई खबर गरेका थिए।

खानेपानी ट्याङ्कीको नजीकै साइपर मेथिन नामक औषधिको बट्टा भेटिएको र त्यो कसले हाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक युवराज खतिवडाले जानकारी दिएका छन्।

कक्षा १ देखि १२ गरी ४९१ विद्यार्थी अध्ययनरत विद्यालय सो घटनापछि अनिश्चितकालका लागि बन्द गरिएको छ।  रासस

post image

साउन २७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले बधाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ  ।कार्यक्रममा राजीब गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स बाट ३ पटकसम्म गोल्ड मेडल पाउने गोदामचौर निवासी रिश्मा थापा र थाइल्यान्डमा सम्पन्न ब्युटी एण्ड ट्यालेण्ट प्रतियोगितामा सर्बोत्कृष्ट भएकी गोदामचौरकै प्रीताशा थापालाइ सम्मान गरिएको हो ।

प्रतिनिधि सभा सांसद नवराज सिलवालको प्रमुख आतिथ्यतामा गोदावरी १ गोदामचौरमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बधाइ तथा सम्मान कार्यक्रममा बोल्दै साम्सद सिलवालले अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो बिशिस्ट क्षमता देखाउने बिध्यार्थी हरुको शैक्षिक तथा पारीवारिक वातावरणको प्रशम्शा गर्नुभयो ।

नेकपाका नेता मधुसूदन पौडेल, बाबुकाजी प्रधान, श्यामकृष्ण सिलवाल, सामाजिक अभियन्ता सिर्जना सिल्वाल लगायतले गोदावरीका चेलीहरुको प्रतिश्पर्धामा श्रेष्ठता हासिल गर्ने प्रेरणादायी कामको तारिफ गर्नुभयो ।

कार्यक्रममा सम्मानित रिश्मा थापाले आफू राजीब गान्धी युनिभर्सिटीमा सम्मानित हुदा भन्दा स्थानीय स्तरमा सम्मानित हुदा बढी गौरब भएको बताउदै छोरीलाइ शिक्षा दिन कन्जुस्याइ नगर्दा सिङ्गो समाजले गौरब गर्न सक्ने बताउनुभयो ।

प्रीताम्सा थापाले आफ्नो परिवारको हौसला र प्रेरणा नै इन्टरनेसनल ब्युटी एण्ड ट्यालेण्ट सो जित्न सफल भएको बताउनुभयो ।

post image

साउन २५,काठमाडाैं । गुणस्तरीय शिक्षाको खोजीमा जिल्ला बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा सदरमुकाम चामेमा रहेको लोकप्रिय मावि आवासीय बनेपछि गाउँ छाडेर टाढा गएका विद्यार्थी फर्किएर भर्ना हुन थालेका हुन्।

गुणस्तरीय शिक्षाको अवश्यकता महसुस गर्दै विद्यालय शिक्षालाई पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। मनाङमा स्थानीय विद्यार्थीभन्दा बाहिरी विद्यार्थी बढी भएकाले आवासीय विद्यालयको आवश्यकता रहेको उनको भनाइ थियो। भौगोलिक विकटताले बालबालिकाको पहुँचमा विद्यालय नहुनु र विद्यालय भएको ठाउँमा पनि बालबालिका नहुँदा केही विद्यालय बन्द हुने अवस्थामा पुगेकाले शिक्षामा सुधार ल्याउन आवासीय विद्यालय बनाइएको हो।

गुणस्तरीय शिक्षाको अभावमा स्थानीयवासीका अधिकांश बच्चा जिल्ला बाहिर जाने र अन्यत्र जिल्लाबाट यहाँ काम गर्न आउने कामदारका बच्चाले विद्यालय धान्नुपरेको थियो। यसरी अस्थायी विद्यार्थीले विद्यालय सञ्चालन गर्दा विद्यालय नै चल्ने नचल्ने अन्योल रहेको अवस्थामा आवासीयको अवधारणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको विद्यालयका प्रधानाध्यापक सुरेश थापाले बताए।

गत शैक्षिकशत्रमा जम्मा ६० विद्यार्थी रहेको यस विद्यालयमा आवासीय बनेपछि २५० जना पुगेको उनको भनाइ थियो। विद्यालयमा नै बसोबास र खानाखाजाको व्यवस्थासँगै शिक्षकको रेखदेखमा विद्यार्थी रहने हुँदा अभिभावक पनि खुशी भएका छन्। अभिभावक काइली गुरुङले भनिन्, ‘छोराछेरीलाई घरमा आफूले पढाउनका लागि समय दिन नपाउने तर टाढा हुँदा बिगे्रलान की भन्ने चिन्ताका साथै भेट्न जान पनि गाह्रो हुन्थ्यो तर यहाँ भएपछि दैनिक भेटघाट गर्न सकिन्छ।’

आवासीय विद्यालयसँगै मन्टेश्वरी कक्षा र अंग्रेजी माध्यमको पढाइले बाहिरी विद्यार्थीको समेत मन तानेको छ। हाल यस विद्यालयमा कक्षा नर्सरीदेखी १२ सम्म पढाइ हुँदै आएको छ। बाहिरीएका विद्यार्थीसँगै अन्य विद्यालयबाट भर्ना हुन आउने लहर नै चलेको छ। रासस

post image

साउन २५, यमन। यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको जनाएको छ ।तर हुथी विद्रोहीले ४३ को ज्यान गएको जनाएको छ । हुथी विद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले ६१ जना आक्रमणमा घाइते भएको जनाएको छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।

घटनामा कसको हात रहेको थियो र क्षतिबारे तत्काल पुष्टि गराउन कठीन रहेको पनि आइसीआरसीले जनाएको छ । गठबन्धनबाट यसबारे तत्काल कुनै प्रतिक्रिया आएको छैन । राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्यु हुने गरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।

गत हप्ता बिहीबार नै भएको एक आक्रमणमा ५५ सर्वसाधारणको मृत्यु भएको थियो भने १७० जना घाइते भएका आइसीआरसीले बताएको छ । गठबन्धनले ती आक्रमणमा आफ्नो सम्लग्नता नरहेको बताउँदै आएको छ । यमनमा सन् २०१५ देखि शुरु भएको युद्धका कारण अहिलेसम्म १० हजारभन्दा बढी मानिसकोे मृत्यु भएको राष्ट्रसङ्घको तथ्याङ्कमा उल्लेख छ । राष्ट्रसङ्घले यमनमा मानवीय सङ्कट विश्वकै नराम्रो अवस्थामा रहेको जनाएको छ ।

post image

साउन २४,काठमाडौ । नेपाल विद्यार्थी संघ पोखरा विश्वविद्यालय केन्द्रिय समन्वय समितिले पोखरा विश्वविद्यालय अन्तर्गत संचालनमा रहेका अधिकांश क्याम्पसहरु विश्वविद्यालय र सम्बन्धित काउन्सिलले तोकेको मापदण्ड पुरा नगरि सञ्चालनमा रहेको आरोप लगाएको छ।बुधबार रिपोर्टर्स क्लब नेपालमा ‘विश्वविद्यालय सुधार अभियान’ विषयमा पत्रकार सम्मेलन गर्दै समितिका पदाधिकारीहरुले यस्तो आरोप लगाएका हुन् ।

शिक्षाजस्तो पवित्र क्षेत्रमा मापदण्ड पुरा नगरी एकोहोरो नाफामात्र उद्देश्य राखी क्याम्पसहरु सञ्चालन गरेको भन्दै शिक्षामा व्यापारीकरण भएको उनीहरुको आरोप छ ।कार्य