post image

वैशाख १९, काठमाडौं । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता (खोल) तपाईँ के गर्नुहुन्छ ? सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई मात्रै थाहा होला । एकजना भारतीय कलाकार वीमान नागले भने त्यही पत्तालाई प्रयोग गरी आकर्षक मूर्ति बनाएर उदाहरणीय बनेका छन् । उनका यी मूर्तिहरु अहिले काठमाडौँको नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ ।

गीतकारका साथै रेल चालकसमेत रहेका नाग कुशल मूर्तिकारसमेत हुन् । सानै देखिको सोखका कारण उनले फालिएको ट्याबलेटका खोलबाट चित्र बनाउँदै आएका हुन् । अहिले उनको मूर्तिकला व्यावसायिक बनेको छ । एउटा चित्र लाखौँमा बिक्री गर्ने गरेको उनले बताए । काठमाडौँमा प्रदर्शन गरिएका चित्रका मूल्य भने ५० हजार भारुसम्मका छन् ।

उनले फ्याँकिएका ट्याबलेटका खोलबाट बनाएको भगवान् गणेशले भायोलिन बाजा बजाउँदै गरेको तस्वीर सुन्दर लाग्छ । पाँच दिनदेखि जारी इन्डो–नेपाल अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा उनका मूर्तिले धेरैको मन जितेको छ ।

अझ फालिएका औषधिका पत्ताबाट बनाइएको भनेपछि धेरै प्रश्न आउने गरेको कलाकार वीमानले बताए । “नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले चित्र अवलोकन गर्र्दा साह्रै राम्रो र उपयोगी काम भनेर प्रशंसा नै गर्नुभयो”, वीमानले अनुभव सुनाए ।

काठमाडौँमा भएको प्रदर्शनीमा गणेशसहित बुद्ध, बिरालो, मुकुण्डो र दुर्गामाताको मूर्ति छ । फालिएका वस्तुसमेत उपयोगी हुनसक्छ भनेर आफूले मूर्ति प्रदर्शनीका लागि नेपाल ल्याएको उनको भनाइ छ । गाउँ चहारेर ट्याबलेटका खोल सङ्कलन गर्ने गरेको भन्दै उनले धेरै साथीभाइ आफन्त र चिनेजानेको ठाउँमा सङ्कलन अभियान नै चलाउने गरेका छन् ।

यसरी मूर्ति बनाउने आफू भारतको एकमात्रै कलाकार भएको दाबी गर्ने उनले मूर्तिमा भने कुनै पनि बाह्य रङ प्रयोग गर्दैनन् । उनीसँगै पत्नी शाम्पा नाग पनि छिन् । “बीस वर्ष अघि नेपाल घुमेर मात्रै गइयो, यसपालि मूर्तिकला प्रदर्शनीसँगै यहाँको पशुपतिनाथ र स्वयम्भूलगायत ठाउँ घुम्ने मौका मिल्यो, साहै्र सुन्दर, प्रकृतिले भरिपूर्ण छ नेपाल, नेपालीको सहयोगीभावले हर्षित बनाएको छ ।” शाम्पाले भनिन्।

स्वयम्भूस्तुपाको डिजाइनले आफूलाई मन लोभ्याएको बताउँदै कलाकार वीमानले भने, “अर्को वर्ष यसरी प्रदर्शनीमा आउँदा अवश्य पनि त्यही ट्याबलेटको पत्ताबाट बनेको स्वयम्भूको मूर्ति लिएर आउँछु ।” यहाँ प्रदर्शनीमा भारतका १० कलाकारका चित्रकला राखिएको छ । यस्तै नेपाली चौबीस चित्रकारका चित्र समावेश छन् । एकजना बङ्गलादेशका चित्रकारका चित्र पनि छ ।

चित्रकला प्रदर्शनीका संयोजक सपना शाहका अनुसार यहाँ नेपाल, भारत, बङ्गलादेश र बेलायतका ३६ चित्रकारका ६५ भन्दा बढी चित्रकला, पाँच मूर्तिकला र एक भिडियोकला प्रदर्शनमा छ । प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशको कला, संस्कृति, रहनसहन, रीतिरिवाज, जीवनशैली, मुहार चित्र समावेश छ । नेपाल र भारतबीच सांस्कृतिक आदानप्रदान गरी शान्ति र मानवताको सम्बन्ध विस्तार गर्दै आपसी सद्भावका लागि ‘इन्डो–नेपाल कला उत्सव’ आयोजना गरिएको हो ।  रासस

दुनियाँकै महंगो बर्गर

प्रकाशित मिती : Monday
post image

वैशाख ९, काठमाडौं । बर्गर कसलाई पो मिठो नहोला र ? तर यदि यो बर्गरको मूल्य थाहा पाउनुभयो भने तपाईंलाई बर्गरको नाम सुन्दैमा डर लाग्न सक्दछ । किनकि, यो बर्गर दुनियाँकै महंगो बर्गर हो र यो बर्गरको स्वाद चाख्नका लागि तपाईंको गोजीमा कम्तीमा १ लाख रुपैयाँ हुनुपर्दछ ।

हो, दुनियाँको सबैभन्दा महंगो बर्गर बनेको छ । त्यसको मूल्य झण्डै ९ सय डलर अर्थात् एक लाख रुपैयाँ पर्दछ । जापानको राजधानी टोकियोमा रहेको एक रेष्टुरेन्टमा विश्वको सबैभन्दा महंगो बर्गरको बिक्री सुरु भएको छ । Oak Door स्टीकहाउस नामक रेष्टुरेन्टमा काम गर्ने शेफ प्याट्रिक शिमादाले उक्त बर्गर बनाएका हुन् ।

आगामी जून महिनासम्म मात्रै यो बर्गरको बिक्रि हुनेछ । यो बर्गरको नाम गोल्डेन जाएन्ट बर्गर हो । यो बनाउनका लागि विभिन्न खालका चिजको प्रयोग गरिएको छ । यसमा एक किलो प्याटी, गाइको मासुको स्लाइस, हाँसको कलेजोको विशेष पेस्ट, गोलभेँडा, प्याज, साग लगायतका पदार्थको प्रयोग गरिएको छ ।

यो बर्गर ६ इन्च चौडा र १० इन्च लामो छ । यो बर्गरको बाहिरी पाउरोटीमा डस्टेड गोल्डको पत्र रहेको छ ।जापानका नयाँ सम्राट राजकुमार नारुहितोको राज्याभिषेकको पूर्वसन्ध्यामा खुसीयाली मनाउनका लागि यो बर्गर तयार गरिएको हो ।

यो बर्गर खान चाहनेले ३ दिन अगावै बुकिंग गर्नु पर्दछ । यो बर्गरको मूल्य धेरै मात्र छैन यसको आकार र स्वाद पनि गज्जब छ । जापानमा युग परिवर्तनको ठूलो खबर बनाउनका लागि यो बर्गर तयार गरिएको शेफ प्याट्रिक बताउँछन् ।

post image

बैशाख ४, काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् ।

यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्‍यो ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ ।

बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ ।  विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।

तर, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकपि्रय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् ।

post image

चैत २७, काठमाडौं । एउटा स्कुलमा सँगै काम गर्ने ७ जना शिक्षिकाहरु एकैपटक गर्भवती भएको खबर आएको छ । अझ रोचक त के भने यी सातजना महिलाले कूल मिलाएर ८ जना बच्चा जन्माउने छन् । अर्थात् एकजना शिक्षिकाको गर्भमा जुम्ल्याहा हुर्किरहेका छन्

अमेरिकाको घटना हो यो । कन्सासस्थित ओक स्ट्रीट प्राथमिक विद्यालयका सातजना शिक्षिकाहरु अहिले गर्भवती छन् । सातैजना शिक्षिकाहरु एकैपटक आमा बन्ने समाचारले गर्दा उक्त विद्यालयका सबैजना रोमाञ्चित नबन्ने कुरै भएन ।

स्कुलकी प्रधानाध्यापक एश्ले मिलरका अनुसार यसअघि सोही विद्यालयकाा दुईजना शिक्षिकाहरु गत अक्टोबरमा आमा बनेका थिए। अहिले थप ७ जना सहकर्मीहरु एकसाथ आमा बन्ने खबर आफू दंग भएको उनको भनाइ छ ।

उक्त विद्यालयमा कूल १४ जना महिला शिक्षकले पढाउँछन् । त्यसमध्ये पूरै आधा अहिले गर्भवती भएका हुन् । आगामी अक्टोबरसम्ममा सबैले बच्चा जन्माइसक्नेछन् ।

यसरी सातैजना शिक्षिकाहरु सुत्केरी बिदामा बसेपछि पढाउने शिक्षिकाहरुको जोहो कसरी गर्ने भन्ने चिन्ता प्रधानाध्यापिकालाई परिसकेको छ । सुत्केरी शिक्षिकाहरु बिदामा बसेपछि बिदा अवधिसम्मका लागि अस्थायी रुपमा शिक्षिकाहरु भर्ना गरिने उनले बताएकी छिन् ।

एजेन्सी

post image

 चैत २२, काठमाडौं । अमेजन कम्पनीका मालिक तथा संसारकै धनी व्यक्ति जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जीले सम्बन्ध विच्छेद गर्ने भएका छन्। सम्बन्ध विच्छेदमा म्याकेन्जीले करिब ४० खर्ब रूपैयाँ (३५ बिलियन अमेरिकी डलर) पाउने सहमति भएको छ। संसारकै धनी व्यक्तिको सम्बन्ध विच्छेदले संसारकै महँगो सम्बन्ध विच्छेदको रेकर्ड बनाएको छ।

सहमतिअनुसार अमेजन कम्पनीमा म्याकेन्जीको हिस्सा ४ प्रतिशत हुनेछ। सन् १९९४ मा बेजोसले यो कम्पनी स्थापना गरेका थिए। एक वर्षअघि म्याकेन्जी र बेजोसको बिहे भएको थियो। म्याकेन्जी अमेजनकी पहिलो कर्मचारीहरूमध्ये एक हुन्।

कम्पनी स्थापनादेखि नै सँगै काम गर्दै आएका म्याकेन्जी र बेजोस दुवैले सकारात्मक प्रकृतिका ट्विट गर्दै आफूहरूको सम्बन्ध विच्छेद भएको जानकारी दिएका छन्।

अमेजनको ४ प्रतिशत हिस्सा म्याकेन्जीको भागमा परेपछि उनी विश्वकै तेस्रो धनी महिला बन्ने फोर्ब्स पत्रिकाले जनाएको छ। बेजोस धनाढ्यको पहिलो नम्बरमै रहनेछन्।

५५ वर्षीया बेजोस र ४८ वर्षीया म्याकेन्जीका चार सन्तान छन्। म्याकेन्जी उपन्यासकार समेत हुन्।म्याकेन्जीले अमेजनबाहेक अखबार वासिङटन पोस्ट र अन्तरिक्ष यात्रा फर्म ब्लु ओरिजिनमा हिस्सेदारी दावी गर्दै आएकी थिइन्। सम्वन्ध विच्छेदको सहमतिसँगै उनले यी दुई कम्पनीमा अब दावी नगर्ने भएकी छन्।

अमेजन संसारकै अग्रणी अनलाइन सपिङ साइट हो। गत वर्ष यसको कुल बिक्री करिब २३३ अर्ब डलर थियो। फोर्ब्सका अनुसार यसले बेजोस र उनको परिवारको सम्पत्ति १३१ अर्ब डलर पुर्याएको थियो।

 

post image

चैत २१, काठमाडौं ।  थाइल्याण्डबासीमा यतिबेला एउटा विचित्रको शौक पलाएको छ । यसमा यति मानिस आकर्षित भएका छन्, जसका कारण प्रश्न उठेको छ कि के ब्युटी उद्योगले सबै हद पार गर्न लागेको हो । रु पुरुषको यो आकर्षण गुप्ताङ्ग (लिङ्ग) लाई गोरो बनाउने कोशिसमा बढेको हो । एसियाली मुलुकमा छालालाई गोरो बनाउने कोशिस नयाँ भने होइन, किनभने काला रङ्गको विषयमा यहाँ विचित्रको सोच छ ।

हालै जब यो विषयसँग सम्बन्धित प्रक्रियालाई अनलाइनमा हालियो तब यो भाइरल हुन केहीबेर पनि लागेन । थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले यो प्रक्रियाको विषयमा चेतावनी पनि जारी गरेको छ। बीबीसी थाई सेवाले यो प्रक्रियाबाट गुज्रेका एक जनासँग गरेको कुराकानीमा उनले भने–म आफ्नो स्वीमिङ ब्रीफ्समा बढी सहज महशुस गर्न चाहन्थेँ । ३० वर्षका उक्त व्यक्ति दुई महिनाअघि पहिलोपटक यस्तो सत्रबाट गुज्रेका थिए र उनले शेडमा परिवर्तन देखेका थिए ।

यो उपचार उपलव्ध गराउने क्लिनिकको तर्फबाट जुन फेसबुक पोस्ट गरिएको छ, त्यसलाई मानिसहरुले दुई दिनमा १९ हजारपटक शेयर गरे । यो उपचारमा छालामा मेलानिन कम गरिन्छ । यो पोस्टमा उपचार कक्षको तस्वीर र पहिलो र पछिको इलस्ट्रेशन पनि छ । यो विषयमा मानिसहरु फरक फरक प्रतिक्रिया दिइरहेका छन् । केही भनिरहेका छन् कि यो आवश्यक छ ।

यहि केहीले रोजक सुझाव पनि दिइरहेका छन् । उनीहरुका अनुसार ‘यसलाई टर्चका रुपमा प्रयोग सकिन्छ, चम्कन देऊ । एक जना महिलाले आश्चर्य प्रकट गर्दै लेखेकी छन् कि उनी यसको रङ्गलाई लिएर त्यति धेरै गम्भीर कहिले पनि भइनन् बरु साइज र मूभको विषयमा चिन्ता व्यक्त गरिन् । यो सेवा दिने लेलक्स अस्पतालका मार्केटिङ म्यानेजर पोपोल तन्साकुलले बीबीसीसँग भने कि उनले चार महिना पहिला महिलाहरुको गुप्ताङ्ग (योनी) गोरो बनाउने सेवा सुरु गरेका हुन् । उनले भने–मानिसहरु त्यतिबेलैबाट पेनिस व्हाइटनिङ्गका बारेमा सोध्न थालेका थिए ।त्यसैले हामीले एक महिनापछि यो सेवा पनि थाल्यौ ।’ पाँच सत्रको यो पूरा प्रक्रियाको खर्च ६५० डलर छ ।

यद्यपि यो हेर्न अझै बाँकी छ कि के थाइल्याण्डका पुरुष आफ्नो गुप्ताङ्गको रंग परिवर्तनका विषयमा कति रुची देखाउँछन् । यो क्लिनिकलाई लिङ्ग र योनीको रङ्ग परिवर्तन गर्नेहरुको औषतः २०–३० जना हरेक महिनामा उपलव्ध भइरहेका छन् । केही त म्यान्मा, कम्बोडिया र हङकङबाट पनि आइरहेका छन् । पोपोलले भने–यो गे पुरुषहरुका बिच निकै लोकप्रिय छ, जो आफ्नो निजी अङ्गको विशेष ख्याल राख्दछन् । उनीहरु सबै क्षेत्रमा राम्रो देखिन चाहन्छन् ।

थाइल्याण्डको पब्लिक हेल्थ मिनिस्ट्रीले यो क्लिनिकको चर्चा बटुल्ने बाहना भएको प्रतिक्रिया जनाएको छ। मन्त्रालयले यो प्रक्रियाबाट गुज्रदा पीडा, निशान, जलन, सन्तान उत्पादन गर्ने र यहाँसम्म कि यौन सम्बन्ध कायम गर्न समस्या आउन सक्ने चेतावनी दिएको छ। यसका साथै उपचार रोकेपछि छालाको रङ्ग पुनः पहिलाजस्तै हुन सक्ने र त्यसमा फोहोर धब्बा पनि पर्न सक्ने जनाएको छ।

मन्त्रालयका डाक्टर थान्गजाई कीर्तिहट्याकोर्नले एउटा वक्तव्यमा भनेका छन्–लिङ्गलाई लेजर वाइटनिङग जरुरी छैन, पैसा खर्च मात्र हो, यसबाट सकारात्मकभन्दा नकारात्मक कुरा बढी हुन सक्दछ ।

विगत दश वर्षमा दक्षिण एसियामा स्किन व्हाइटनिङ्गको चलन बढ्दो थियो । लेलक्सका अनुसार ५० प्रतिशतभन्दा बढी विरामी यस्तै उपचारका लागि उनको क्लिनिकमा आउने गरेका छन् । यो चलनका आधार त्यो पम्परागत दृष्टिकोण हो, जसमा मानिस गोरो रङ्गलाई महत्व दिने गर्दछन् । बजारमा छालालाई गोरो बनाउने उत्पादन पनि भरमार छ र अतितमा यसको प्रचार गर्नेहरु विज्ञापनको कयौपटक विरोध पनि भइसकेको छ।

उदाहरणका रुपमा एउटा स्कीन व्हाइटनिङ क्रीमको विज्ञापनमा देखाइएको छ कि बैंककको पब्लिक ट्रान्सपोर्टमा सिटको माथि लेखिएको छ–यहाँ मात्र गोरा नागरिक बस्न पाउँछन् ।’ एउटा थाई कस्मेटिक कम्पनीले यस्तै विज्ञापन फिर्ता लिनु परेको थियो । किनभने सामाजिक सञ्जालमा यो विज्ञापनप्रति चर्को आपत्ति प्रकट भएको थियो । बीबीसी हिन्दी

post image

चैत १८, काठमाडौँ । अप्रिल १ को दिन विश्वभरी ‘अप्रिलफुल दिवस’ मनाइन्छ । यो दिवसलाई पश्चिमी राष्ट्रहरुमा मनाइने गैरधार्मिक पर्वहरुमध्ये सबैभन्दा लोकप्रिय पर्व मानिन्छ ।  तर यो पर्व कसरी मनाउन थालियो ? यो दिन यस्तो ठट्टा किन गरिन्छ ? र कसरी यो विश्वव्यापी परिघटनामा बदलियो बन्यो ?

‘अप्रिलफुल दिवस’ कसरी सुरुवात भयो भन्नेबारेको इतिहासमा ठूलो अन्योल छ । एकाथरी इतिहासकारहरु यसको वास्तविक प्रारम्भ विन्दु इतिहासको गर्भमा विलीन भएको मान्छन् । तर अरु इतिकारहरुले भने यसको सम्भावित सुरुवातलाई व्याख्या गर्न विभिन्न सिद्धान्त ल्याएका छन् ।

जनवरीको साटो अप्रिलमा नयाँ वर्ष मनाउनेहरु ‘अप्रिल फिस’ !

धेरै इतिहासकारहरु अप्रिलफुल पर्वलाई हाल विश्वभर लागू ग्रिगोरियन पात्रोजत्तिकै पुरानो मान्छन् । यस पर्वको सबैभन्दा पुरानो उल्लेखमध्ये एक ब्रिटिस म्यागजिन एपोलोले प्रकाशित गरेको एक पत्रमा समेत हामीले जस्तै प्रश्न गरेको छ । “यो अप्रिलफुल मनाउने परम्परा कहिले सुरु भयो ?”

त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागू गरेको थियो । त्यसअघि पुरानो पात्रो अनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो ।

नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेला सञ्चारको सुस्त विस्तार र चलिआएको परम्पराप्रति अडिग रहेकाले अर्को वर्ष धेरैले अप्रिलमै नयाँ वर्ष मनाए ।

नयाँ पात्रो लागू गर्ने कार्यभार पाएको सत्ता पक्ष र तिनको आडमा नयाँ पात्रो पक्षधरहरुले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरुलाई हासो–व्यङ्ग्यको पात्र बनाउन थाले ।

उनीहरुले अप्रिलमा नयाँ वर्ष मान्नेहरुलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा)’ भनेर नाम दिए । अझ कतिपय अवस्थामा उनीहरुको ढाडमा कागजको माछा टालेर उनीहरुलाई बेइजत गरिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरा पत्याउने व्यक्तिहरुलाई जनाउन प्रयोग गरिन्छ ।

ती दिनमा समय फ्रान्स विश्वशक्ति थियो । उसको यही प्रभावका कारणले गर्दा सन् १६औँ शताब्दीमा यो संस्कृति फ्रान्सबाट ग्रिगोरियन पात्रो अङ्गीकार गर्न थालेका ब्रिटेन र होली रोमन इम्पायरतिर फैलियो । युरोपको विश्वव्यापी औपनिवेशिक प्रभावको कारण यो पर्व विश्वका अन्य क्षेत्रमा फैलिएको मानिन्छ ।

हजारौँ वर्ष पुरानो रोमन पर्वको नयाँ रूप ?
तर सबै इतिहासकारहरु अप्रिलफुल पात्रो रूपान्तरण लागू गर्न खोज्ने उदण्डहरुले चलाएको मान्न तयार छैनन् । उनीहरु यो पर्वको प्रारम्भ २००० वर्षअघि एक रोमन पर्वबाट भएको तर्क दिन्छन् ।
प्राचीन रोममा मार्चको अन्तिमतिर अर्थात मार्च २५ मा हिलारिया भन्ने पर्व मानिन्थ्यो । ती दिनमा लागू जुलियन पात्रोअनुसार वर्षको पहिलो पटक मार्च २५ मा रातभन्दा दिन लामो हुन्थ्यो । (आजका पात्रोमा त्यो दिन मार्च २० मा पर्छ ।)

त्यो दिन रोमन साम्राज्यभरी नागरिकहरु राजा–भारदारहरुलाई व्यङ्ग्य गर्ने खालका रङ्ग न ढङ्गका कपडा लगाएर हिँड्थे । त्यो दिन नेपालमा गाईजात्राको दिनजस्तै अत्यन्त शक्तिशाली रोमन अधिकारीहरुलाई पनि व्यङ्ग्य गर्न छुट हुन्थ्यो । यही पर्व पछि एप्रिलफुल दिनको रूपमा मान्न थालिएको उनीहरुको भनाइ छ ।

१९५७ मा बीबीसीले स्विस किसानले रुखमै चाउमिन फलाएको देखायो

आधुनिक समयमा भने पश्चिमी मिडियाहरुले अप्रिलफुललाई चर्चित बनाउने काम गरे । अत्यन्त विश्वसनीय मिडिया हाउसले पनि यो दिन आम सर्वसाधरणलाई छक्याउने खालका उट्पट्याङ समाचार प्रस्तुत गर्ने गर्छन् ।

यसमध्ये सबैभन्दा चर्चित सन् १९५७ को अप्रिल १ को दिन बीबीसीको एक एक रिपोर्टलाई मानिन्छ ।

बीबीसीले त्यो दिन देखाएको एक रिपोर्टमा स्विस किसानले ऐतिहासिक परिणाममा स्पेगेटी फलाइरहेको भन्दै रुखमा सीधै चाउमिन फलेको देखाएको थियो ।

धेरै दर्शकहरुले यसलाई साँचो ठानेका थिए । तर यो दर्शकलाई मूर्ख बनाउनकै लागि मिहिनेतका साथ फिल्माङ्कन गरिएको रिपोर्ट थियो !

post image

चैत १३, काठमाडौं । दुनियामा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियामा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीको पाद ।

पेशाले निर्माण इन्जिनियर रहेका ती व्यक्तिको आरोप छ कि उनका ती आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर पाद्ने गर्दछन् । यसरी बारम्बार पाद्नाले दुर्गन्ध फैलिएको, काम गर्नै अप्ठेरो भएको र आफु प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । पादका कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।

सहकर्मीको पाद्ने बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएको, कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ ।
डेभिड नामका ती ५६ वषर्ीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् ।

दिनमा ५-६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र पादेर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफुले कोठामा सेन्ट छर्किने गरेको बताएका छन् ।
यो मुद्दाको बारेमा अदालतले आउँदो शुक्रबार अन्तिम फैसला गर्नेछ ।

post image

चैत १३ , काठमाडौं ।  एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ ।

उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरु जुन कुनै साधारण मानिसले कल्पना पनि गर्न सक्दैनः

३ लाख (भारु) चिया 
नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।

कारको सोख
नीता अम्बानीको मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारु पर्छ ।

स्टाइलिश जुत्ता 
नीता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ ।

घडीको कलेक्शन 
उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्शन छ । यी घडीहरुको मूल्य १० देखि २० लाख पर्छ ।

गर–गहना 
उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

सारी कलेक्शन 
उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग
उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।

लिपिस्टिक
कार्यक्रमहरुमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ ।

निजी जेट
नीता अम्बानीको आफ्नौ प्राइभेत प्लेन छ । जुन उनलाई मुकेश अम्बानीले उनको जन्मदिनमा  दिएका थिए । उक्त प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ ।

post image

चैत १२, काठमाडौँ । तपाईंले आजसम्म अनेक खालका प्रतियोगिताका बारेमा सुन्नुभएको होला । तर के गालामा चड्काउने प्रतियोगिता कहीँकतै देख्नु÷सुन्नुभएको छ ? रुसको क्रास्नोयास्र्कमा हालै गालामा चड्काउने प्रतियोगिता भएको छ । प्रतियोगितामा दुईजना पहलमानको भिडन्तको भिडियो सोसल साइटमा भाइरल बनिरहेको छ, यतिबेला ।

उक्त भिडियोमा नीलो स्वेटर पहिरिएको एकजना दाह्रीवाल पुरुष र सेतो टिसर्ट लगाएको अर्को पुरुषबीच गालामा हानाहान भएको देखिन्छ । नीलो स्वेटरवाला पुरुषले यति जोडसँग सेतो टिसर्टवालालाई चड्काउँछन् कि दुई पटकमै पराजित गर्दछन् । चड्कन खाएर रन्थनिएका पराजित व्यक्तिको नाकबाट रगत बगेको देखिन्छ ।

विजेताको नाम वेसिली कामोट्स्की हो । उनले ३० हजार रुबल्स पुरस्कार प्राप्त गरेका छन् ।

साइबेरियामा पर्ने उक्त क्षेत्रमा स्लापिङ्ग च्याम्पियनसीपको आयोजना हुन्छ । जसमा एउटा टेबलको आमने सामने उभिएका दुईजना पुरुषबीच गालामा चट्काउने खेल हुन्छ ।

post image

फागुन २७, काठमाडौं । हामीलाई मानव इतिहासकै एकजना सबैभन्दा धनी मानिसको बारेमा सायद थाहा नै छैन । हो, अहिलेका सर्वाधिक धनी मानिस जेफ बेजोज भन्दा ३ गुणा धेरै सम्पत्ति भएका एक मानिस पनि यो धर्तीमा थिए । इतिहासकारहरुले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति मान्छन् ।

सन् १२८० देखि १३३७ सम्म माली देशको राजा रहेका मनसा मुसा प्रथम मानव इतिहासकै सबैभन्दा धनी मानिस हुन् । ती बादशाह सुन, चाँदी तथा हीराजस्ता धेरै बहुमूल्य खनिज पदार्थ तथा खानीहरुको मालिक थिए । उनको सम्पत्ति कति थियो, उनी आफैंलाई थाहा थिएन भनिन्छ । उनको त्यतिबेलाको राज्यको केन्द्र माली भएपछि त्यो राज्य हालका अफ्रिकाका धेरै देशहरुसम्म फैलिएको थियो ।

त्यस समय विश्वभर नै सुनको माग अत्यन्तै उच्च थियो । जसका कारण उनले आफ्नो राज्यमा भएको सुनको बिक्रीबाट विशाल धनसम्पत्ति जोड्न सफल भए ।

वास्तवमा उनीसँग त्यसबेला रहेको धन सम्पत्तिको हिसाब आजको मूल्यमा गर्नु निकै कठीन हुन्छ । तथापि, इतिहासकार तथा अर्थविदहरुले उनको त्यस बेलाको सम्पत्तिलाई अहिलेको मूल्यमा गणना गरेका छन् । जस अनुसार ती बादशाहको सम्पत्ति अहिलेको मूल्यमा कूल ४ खर्ब अमेरिकी डलरको रहेछ ।

जेफ बेजोसलाई विश्वमा १ खर्ब डलर भन्दा बढि सम्पत्ति हुने विश्वकै पहिलो र एकमात्र व्यक्ति मानिन्छ । तर वादशाह मुसाको सम्पत्ति बेजोसको भन्दा झण्डै ४ गुणा बढि रहेछ ।

post image

फागुन २२, काठमाडौँ । यो दुनियाका सबैजसो ठाउँमा अपराधका घटनामा तीव्र रुपमा बढोत्तरी भैरहेको छ । कतिपय देशमा त अपराध यतिधेरै बढेको छ कि अपराधीको संख्या बढी हुँदा जेलमा समेत ठाउँ भरिएको छ । तर, युरोपमा एउटा यस्तो देश छ जहाँ एकजना पनि कैदी छैनन् ।

देशमा एकजना पनि कैदी नभएपछि त्यो देशमा भएका सबै जेल बन्द गर्ने निर्णय गरिएको छ ।युरोपेली मुलुक नेदरल्याण्डको समाचार हो यो । नेदरल्याण्डमा अपराधको मात्रा यति कम भएको छ कि त्यहाँ कैदीको संख्या शून्य भएको छ । जसका कारण त्यहाा जेल बन्द गरिएको छ । जेल बन्द भएका कारण जेलमा जागिर गर्ने झण्डै २ हजार कर्मचारीको जागिर खतरामा परेको छ ।

नेदरल्याण्डको जनसंख्या १ करोड ७१ लाख ३२ हजार छ । तर यतिधेरै जनसंख्या भएको देशमा अपराध गरेर जेलमा कोच्नुपर्ने मानिस कोही पनि देखिएका छैनन् ।

सन् २०१३ मा नेदरल्याण्डमा जम्मा १९ जना कैदी थिए । ती कैदीहरुले जेल सजाय भुक्तान गरेसँगै सन् २०१८ मा त्यहाँ कैदीको संख्या शून्य भयो । त्यसयता नेदरल्याण्डका सबै जेल सुनसान थिए । अन्ततः भुतबंगला बनेका ती खाली जेललाई बन्द गर्ने निर्णय भएको हो ।

स्मरण रहोस् नेदरल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशमध्येको एक हो । जेल बन्द भएसँगै जागिर गुमाउने खतरामा पुगेका २ हजार जनामध्ये ७ सय जनालाई अन्य कार्यालयमा सरुवा गरिएको छ । अन्य १३ सय मानिसका लागि मिल्दो कार्यालय छनोट गर्ने क्रम चलिरहेको बताइएको छ । एजेन्सी

post image

फागुन २१, काठमाडौं । पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान जोगियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’

पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो । डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।

यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् ।

उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ । धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् । त्यसैले यसलाई प्रतिवन्ध लगाउनुपर्छ ।’

post image

फागुन ९, काठमाडौं। हजुर बा हजुरआमा वालवालिकाको सबै भन्दा नजिकका अभिभावक हुन् । कतिपय बाबु आमा आफ्ना छोरा छोरी हजुरबा हजुरआमाको जिम्मा लगाएर काममा जान्छन् । बा आमाले भन्दा धेरै माया गर्ने हजुर बा हजुरआमा धेरै छन् यो मुलुकमा । कतिपय हजुरआमा यस्ता पनि भेटिए जसले आफ्नै हातले भातमा विष मिसाएर खुवाउन पनि पछि परेनन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको बताएकी छिन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताउनुभयो । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

post image

 फागुन ७, काठमाडौं । दुनियाँमा केही यस्ता सिरियल किलरहरु छन् जसले मान्छेको सिलसिलेवार हत्या गरी संसारलाई नै त्राहीमाम बनाउन सफल भए । वर्षौंअघि यस्तै एकजना भारतीय सिरियल किलर थियो, जसले हत्याको विश्व कीर्तिमान नै कायम गरेको छ ।

उक्त सिरियल किलरको नाम हो, ठग बेहराम । उसलाई किंग अफ ठगको नामले पनि चिनिन्थ्यो । सन् १७९० देखि १८४० को बीचमा निकै कुख्यात रहेको ठगको नाम सुन्दा तत्कालीन अंग्रेजहरु पनि डराउँथे । किनकि, उसको लुट तथा हत्याको तरिका निकै रहस्यमय तथा डरलाग्दो थियो ।

भनिन्थ्यो, बेहराम एकपटक जुन बाटोबाट हिँड्थ्यो, त्यहाँ लासको थुप्रो जम्मा हुन्थ्यो । ऊ आफ्नो गिरोहको नाइके थियो । सो गिरोह भेष बदलेर पर्यटक र व्यापारीहरुको बीचमा घुस्ने र मौका मिल्नासाथ मान्छेको हत्या गरी पैसा र सामान लुट्ने गर्दथ्यो ।

एक रिपोर्टअनुसार, बेहरामले आफ्नो जीवनमा ९ सय ३१ जना मानिसको हत्या गरेको थियो । उसले ती हत्याको अपराध पनि स्वीकार गरेको थियो । रोचक त के भने उसले आफूसँग एउटा रुमाल राख्दथ्यो । अनि त्यहीँ रुमाले मान्छेको घाँटीमा बाँधेर ९ सय भन्दा धेरैको हत्या गरेको थियो । उसको त्यो हत्या तथा अपराधका कारण उसको नाम गिनिज बुकमा समेत दर्ज छ ।

सन् १८०९ मा अंग्रेज सासकले बेहरामको गिरोहले गरेका हत्याका सम्बन्धमा पत्ता लगाउन एक टोली गठन गर्यो । सोही टोलीले बेहरामको नेतृत्वमा रहेको २ सय जनाको हत्यारा टोलीले ९ सय भन्दा धेरै मानिसको हत्या गरेको ठहर गरेको थियो ।

अन्ततः त्यसको १० वर्षपछि बेहराम पक्राउ पर्यो । त्यतिबेला उसको उमेर ७५ वर्ष थियो । सन् १८४० मा बेहरामलाई फाँसीको सजायँ दिइयो ।एजेन्सी

post image

फागुन ३,काठमाडौं । अहिलेसम्म तपाईंले कुन-कुन चिजको अचार चाख्नुभएको छ ? के तपाईंले मानिसको अङ्गबाट बनाइएका अचार खानुभएको छ ? बेलायतको लण्डनस्थित एसेक्समा एउटा यस्तो पसल छ जहाँ मानव अङ्गको अचार बेचिन्छ । उक्त पसलभित्र यस्ता विभिन्न खाले खतरनाक चिजहरु राखिएको हुन्छ कि कोही पनि मानिसहरु त्यसभित्र छिर्नका लागि १० पटक सोच्न बाध्य हुन्छ ।

उक्त पसलमा छिर्नेबित्तिकै तपाईंले मानिसका हात खुट्टा, खप्पर, कपाल, नङका साथै जनावरको खप्पर तथा अवशेषलगायतका विभिन्न डरलाग्दा तथा अनौठा चिजहरु बट्टाहरुमा राखेको देख्न पाइन्छ । दृश्य कुनै फिल्मको जस्तै लाग्दछ ।

उक्त पसलको नाम क्युरोसिटिज फ्रम द फिफ्थ कर्नर रहेको छ । उक्त पसलका सञ्चालकको नाम हेनरी स्क्रेग हो । उनले आफ्नो पसलमा मानिसहरु डराउने खालका सयौं चिजहरु राखेका छन् । त्यसमध्ये एउटा मानिसको काटिएको हात छ । महिलाको गर्भको भ्रुणका साथै अण्डासय मात्र होइन नवजात शिशुको शव पनि रहेको छ त्यहाँ । अचार राख्ने शिशाको जारमा त्यसलाई बन्द गरिएको छ ।

उनी भन्छन्, ‘मलाई थाहा छ कि केही मानिस यस्ता चिज किन्न मन पराउँदैनन् । अनि यस्ता चिज बेच्ने मलाई पनि खराब मान्छे भनी ठान्छन् । किनकि समाजको रुपमा हामी आम रुपमा अन्य संस्कृति तथा पराम्पराको बारेमा जानेका हुँदैनौँ । तर मलाई लाग्छ कि अधिकांश मानिसहरुले जीवनमा धेरै कुराहरु देखेकै हुँदैनन् । त्यस्ता मानिसहरु मेरो पसलमा आएर मानिसको शरीरसँग सम्बन्धित विभिन्न चिजहरु देख्न पाउँदछन् । त्यस्तै मन परेको खण्डमा त्यसलाई किन्न पनि सक्दछन् ।’

हेनरीले यो पसल सञ्चालनका लागि मेडिकल बोर्डबाट अनुमति पनि लिएका छन् । पसलमा रहेका मानव तथा जनावरका अंगलगायतका चिजहरुको मूल्य १० युरोदेखि लिएर २६५० युरो सम्म रहेको छ ।

आखिर उनको पसलमा यस्ता चिजहरु कहाँबाट आउँछन् ? वास्तवमा पहिचान नभएका शवका साथै दान गरिएका शवहरु उनले आफ्नो पसलमा राख्दछन् । सुरुमा उनले शव तथा अंगहरुलाई फर्मल्डिहाइडमा डुबाउँछन् । यसो गरेपछि शव कुहिँदैन । त्यसपछि उनले ती चिजलाई अल्कोहलमा डुबाउँदछन् । त्यसपछि उनले ती चिजहरु पसलमा शोकेजमा राख्दछन् बिक्री र प्रदर्शनीका लागि ।

post image

फागुन १, काठमाडौं । भारतको सर्वोच्च अदालतले अदालतको अपहेलनासम्बन्धी मुद्दामा एउटा अनौठो आदेश सुनाएको छ । भारतको केन्द्रीय शिक्षा बोर्डका पूर्वअन्तरीम प्रमुख नागेश्वर रावलाई अदालतको अवहेलनामा दोषी ठहर गर्दै दिनभर अदालतकै एउटा कुनामा बस्नुपर्ने फैसला गरेको हो ।

साथै उनीमाथि एकलाख भारु जरिवाना पनि गरिएको छ । अदालतको अपहेलना मामिलामा फैसलाको एकदिन अघि नै माफी मागिसकेका भएपनि रावविरुद्ध अदालतले फैसला गरेरै छाड्यो ।

उनी मात्र होइन, उनका कानूनी सल्लाहाकार पनि दोषी ठहर भई सोही सजाय पाएका छन् । रावले आफूलाई माफी दिन गरेको निवेदन अस्वीकार गर्दै न्यायाधीशले अदालतको अवहेलना गरेको हुँदा यसले रावको करिअरमा असर पर्ने बताएका छन् ।

घटना विहारको मुजफ्फरपूर बालिका गृहको छानविनसँग सम्बन्धित रहेको छ । एम नागेश्वर रावले सीबीआईको अन्तिरम प्रमुख छँदा अदालतको अनुमतिविनै उक्त काण्डको छानविन गर्ने एक अधिकारीलाई बर्खास्त गरेका थिए ।

सोही मुद्दामा अदालतले उनको नाउँमा अदालतमा उपस्थ्ति हुन आदेश गरेको थियो । र अन्ततः त्यसमा फैसला गर्दै अदालतले उनलाई अदालतको अवहेलनामा दिनभर अदालतको कुनामा बस्न आदेश दिएको हो । यो सजाय उनका लागि ठूलै सबक बन्न सक्दछ । एजेन्सी

post image

माघ १८, काठमाडौं । अमेरिकाको इण्डियाना राज्यको राजधानीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डाक्टर लुइस प्रोफेट अस्पतालमा मृत्यु हुने कुनै बिरामीको मृत्युको खबर उनका बुवा–आमालाई बताउनु अगाडि मृतकको फेसबुक वाल हेर्दछन् । मृतकको फेसबुक वाल हेर्नुको कारण के होला ? यसको पछाडि निकै मार्मिक अर्थ छ ।

मृतकको फेसबुक हेरेर उसका तस्वीरहरु देख्दा उसको जीवनलाई नजिकबाट बुझ्न सकिने उनको दाबी छ । साथै मृतकका आफन्त तथा परिवारका बारेमा पनि जान्न सकिने र उनीहरुको पीडामा सामेल हुन सकिने तर्क उनको छ । उनी मृतकको फेसबुक यसकारण पनि हेर्दछन् कि कुनै व्यक्ति डाक्टर हुनुको नाताले कसैको मृत्युको खबरलाई दैनिक कामको रुपमा नसम्झियोस् । अनि मृतकको परिवारको पीडा महसुस गरी पूरै सम्वेदनाका साथमा मृतकको परिवारलाई मृत्युको खबर भन्न सकोस् ।

उनी भन्छन् यसो गर्नुले उनलाई मानवको रुपमा टिकाइराखेको छ । उनले एकजना मृतक किशोरको मृत्युको खबर उसका बुवाआमालाई सुनाउनु अगाडिको निकै भावुक सन्देश सोसल मिडियामा पनि पोष्ट गरेका छन् ।

post image

माघ १७, काठमाडौं । दक्षिण भारत विचित्र खाले मन्दिर तथा हिन्दू परम्पराका लागि चर्चित छ । त्यहाँ एउटा यस्तो मन्दिर पनि छ जहाँ रोगबाट बँच्नका लागि खुर्सानीबाट अभिषेक गराइन्छ ।

तमिलनाडुस्थित वेलुप्पुरम जिल्लामा पर्ने इधांचवाडी गाउँमा रहेको वर्ना मुथु मरियम्मन मन्दिरमा हरेक वर्ष ८ दिनसम्म यस्तो उत्सव मनाइन्छ । जहाँ खुर्सानीको अभिषेक हेर्नका लागि ठूलो संख्या भक्तजनहरु उपस्थित हुन्छन् । मानिसहरुको स्वस्थ रहने कामना पूरा गर्नका लागि रातो खुर्सानीको अभिषेक गरिन्छ ।

मन्दिरको परम्परा अनुसार त्यहाँक तिनजना सबैभन्दा वरिष्ठ मानिसहरु दिनभर उपवास गर्दछन् अनि कपाल मुण्डन गर्दछन् । त्यसपछि मन्दिरमा ती मानिसहरुको पुजारीबाट पूजा हुन्छ ।

त्यसपछि उनीहरुको विभिन्न सामाग्रीहरुबाट अभिषेक गरिन्छ । त्यसमा चन्दन, फूलका साथै खुर्सानीले अभिषेक गरिन्छ । तिनै जनाको जिउमा रातो खुर्सानीको लेप पनि दलिन्छ । खुर्सानीको लेदो खुवाइन्छ पनि ।

अन्त्यमा उनीहरुलाई निमको पानीले स्नान गराएर मन्दिर भित्र लगिन्छ । मन्दिर भित्र उनीहरुले बलेको भुग्रोमाथि हिड्नु पर्दछ । सो गाउँमा पछिल्लो ८५ वर्षदेखि यो परम्परा चलिआएको बताइन्छ ।

post image

माघ १४, काठमाडौं । फेब्रुअरी १४ का दिन प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइन्छ । तर, पाकिस्तानको एक विश्वविद्यालयले चाहीँ उक्त दिन प्रणय दिवसको साटो भगिनी दिवस मनाउने घोषणा गरेको छ ।

इस्लामिक परम्परा तथा संस्कृतिलाई बढावा दिनका लागि भन्दै हरेक वर्ष फेब्रुअरी १४ मा सिस्टर्स डे मनाउने फैसला गरेको हो।फैसलावादस्थित कृषि विश्वविद्यालयले यस्तो निर्णय गरेको विश्वविद्यालयका उप कुलपतिले जानकारी दिएका छन् । विश्वविद्यालयले भगिनी दिवसको दिन छात्राहरुालई स्कार्फ तथा कपडाहरु उपहारको रुपमा दिन सकिने नियम पनि तय गरेको छ ।

विश्वविद्यालयका अनुसार यस्तो दिवस मनाउनु पाकिस्तानको हीत तथा इस्लाम कानून मुताविक छ । तर विश्वविद्यालयलेे घोषणा गरेको भगिनी दिवस कत्तिको सफल होला ? त्यो चाहीँ समयले नै देखाउला । स्मरण रहोस् सन् २०१७ मा इस्लामावाद उच्च अदालतले एक आदेश जारी गर्दै भ्यालेन्टाइन्स डे माथि प्रतिबन्ध लगाएको थियो । प्रणय दिवस मनाउन मात्र होइन यस सम्बन्धी समाचार तथा समाग्रीहरु प्रकाशन प्रशारण समेत नगन सञ्चार माध्यमहरुलाई अदालतले आदेश दिएको थियो । एजेन्सी

post image

पुस ३०, काठमाडौं । अमेरिकाको इलिनोइसस्थित एक अस्पतालमा काम गर्ने ७ जना नर्स एकै समयमा सुत्केरी भएका छन् । ती सबै नर्सहरुले एकसाथ बच्चा जन्माएपछि उनीहरुले बच्चाका साथ एकसाथ फोटोशूट गराएका छन् ।

सोसल मिडियामा यो फोटो हाल चर्चित बनेको छ । अस्पतालको प्रसूति विभागमा काम गर्ने ७ जना नर्सहरुले वास्तवमा एकसाथ गर्भवती हुने फैसला गरेका थिए ।

फोटोमा नर्सहरुले आफ्नो पोषाकको पछाडि नम्बर पनि लेखेका छन् । त्यो नम्बरले बच्चाको जन्मको क्रम देखाउँदछ । बच्चाहरुको जन्म अगष्ट देखि नोभेम्बर सम्ममा भएको छ । दुईजना नर्सले आफ्नो बच्चाको नाम एउटै अर्थात् चार्लोट राखेका छन् ।

यसअघि एन्डर्सन अस्पतालका नर्सहरुले गर्भावस्थाको बेला पनि फोटोशूट पनि गराएका थिए । सात मध्ये चारजनाले छोरी जन्माए र तीन जनाले छोरा जन्माए । करीब ४ महिनाको भित्रमा ती सबै नर्स गर्भवती भएका थिए ।

अस्पतालले पनि बच्चा सहितका नर्स आमाको तस्वीर पोष्ट गरेको छ ।एजेन्सी

post image

पुस २९, काठमाडौं । एकजना पुस्तकप्रेमीले १ सय १० वर्ष पुरानो रुखमा पुस्तकालय खडा गरेका छन् ।लिटिल फ्री लाइब्रेरी नामक उक्त अनौठो लाइब्रेरी एकजना पुस्तकप्रेमी महिलाले स्थापना गरेकी हुन् । सय वर्ष पुरानो रुखको ढुटोमा बनाएको त्यो पुस्तकालयले धेरैलाई अचम्ममा पार्दछ ।

अमेरिकाको इडाहोमा बनेको यो पुस्तकालय बुढो रुखको ठुटोमा रहेको छ । यो पुस्तकालय स्थापना गर्ने व्यक्ति शराली आर्मितागे होवार्ड हुन् । उनी इडाहोस्थित एउटा पुस्तकालयमा लाइब्रेरियनको जागिर गर्थिन् । स्थानीय मानिसहरुका लागि एउटा मज्जाको पुस्तकालय खोल्ने उनको योजना थियो ।

जब आफ्नो घर अगाडिको बगैँचामा रहेको १ सय १० वर्ष पूरानो रुख ढाल्नका लागि ठुट्याइयो उनको मनमा अनौठो आइडिया फुर्यो, बँचेको ठुटोमा पुस्तकालय बनाउने ।

त्यसपछि उक्त रुखको ठुटोमा तलबाट प्वाल पारेर ढोका बनाई भित्र खोपियो । भित्र खोक्रो पारेर माथिबाट छानो समेत हालियो । रुखको ठुटोभित्र किताबहरु राख्ने घर्रा समेत बनाएर हालियो । जसमा उनले आफुलाई मनपर्नेलगायतका विभिन्न पुस्तकहरु राखेर गज्जबको पुस्तकालय तयार पारिन् ।

यो पुस्तकालय अहिले स्थानीय क्षेत्रमा निकै चर्चित बनेको छ ।एजेन्सी

post image

पुस २७, काठमाडौं । विद्यार्थीका लागि छात्रावास अर्थात् होस्टेल हुनु त स्वभाविकै हो । तर भारतको नयाँदिल्लीमा भने गाईका लागि होस्टेल बनाइँदैछ ।

दिल्ली सरकारका एकजना मन्त्रीले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार उक्त गौ आवासमा गाईका लागि खानपिन देखि स्याहार सुसार सबैको बन्दोबस्त हुनेछ । आफ्नो गाईलाई होस्टेलमा राख्नका लागि किसानले शुल्क तिर्नुपर्नेछ ।

गाईको स्वास्थ्यको ख्याल गर्नका लागि गाईमा माइक्रोचिप जडान गरिनेछ र त्यहाँ पशु अस्पताल पनि रहनेछ ।

घुम्मन हेडा गाउँमा रहेको १८ एक्कड जमिनमा गौशालासँगै एउटा वृद्धाश्रम पनि बन्नेछ । जहाँका बुढापाकाहरुले गाइको स्याहार गर्नेछन् ।एजेन्सी

post image

पुस २२,काठमाडौं । २१ वर्षका एकजना युवक बाख्रा करणी गर्दागर्दै पक्राउ परे । रंगेहात पक्राउ परेपछि ती अभियुक्त युवकले जुन कुराको खुलासा गरे त्यसले धेरैलाई आश्चर्यमा पार्यो । आफूले बाख्रासँग यौनकार्य गर्नका लागि अनुमति लिएको दाबी ती युवकले गरेपछि सुन्नेहरु तीनछक परे । यद्यपि उनको दाबी सही थिएन । प्रहरीले उनलाई पक्राउ गर्यो ।

यो अनौठो घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो । उक्त गाउँका केनेडी कम्बानी नामका एकजना युवकलाई बाख्रासँग करणी गर्दै गर्दा पक्राउ गरिएको थियो । पक्राउ परेपछि मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको ? भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताए ।

बाख्रासँग करणी गरिरहेको अवस्थामा ती युवकलाई देख्दा सुरुमा त बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न पो लागेको हो कि भन्ने लागेछ । त्यसपछि उनी केही छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा पुगे । तर जब उनीहरु बाख्राको नजिक पुगे तब त ती युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे ।

त्यसपछि उनीहरुले प्रहरीलाई बोलाएर घिनलाग्दो कार्य गर्ने ती युवकलाई पक्राउ गराए । पक्राउपछि ती युवकले आफू बँच्नका लागि बाख्रासँग सम्पर्कका लागि अनुमति लिएको दाबी गरे । तर बाख्राधनीले त्यो कुरा अस्वीकार गरेपछि उनको झूट सावित भयो । प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।

अफ्रिकी देशहरुमा जनावरमाथि बलात्कारका घटना बढिरहेका छन् । गत नोभेम्बरमा जाम्बियामा २२ वर्षका एक युवकलाई गर्भवती बाख्रामाथि बलात्कार गरेको आरोपमा १५ वर्षको जेल सजाय सुनाइएको थियो । त्यस्तै गत वर्ष नै दक्षिण अफ्रिकामा पनि एक ३३ वर्षका युवकले छिमेकीको गर्भावस्थाको बाख्रोमाथि बलात्कार गरिरहेको अवस्थामा फेला परेका थिए ।

post image

पुस १९, काठमाडौं । अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष सोमबार जनवरी १ मा विश्वभर नै धुमधामसँग मनाइयो । यो त हामी सबैलाई थाहा भयो । तर नयाँ वर्षको पहिलो दिन दुनिया भरमा कति बच्चा जन्मिए ? थाहा छ ?

सायद तपाईं हामीलाई दुनियाँ भरको तथ्यांक अड्कल काट्न गाह्रो होला । तर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनवरी १ मा विश्वभर जन्मिएका बच्चाको संख्याको अनुमानित विवरण सार्वजनिक गरेको छ ।

युनिसेफका अनुसार जनवरी १, २०१९ का दिन विश्वमा ३ लाख ९५ हजार ७२ जना बच्चा जन्मिएका छन् । रोचक कुरा त के भने जनवरी १ का दिन जन्मिएका झण्डै ४ लाख बच्चामध्ये आधा त जम्मा ७ वटा देशमा जन्मिएका छन् ।

जनवरी १ का दिन सबैभन्दा धेरै बच्चा जन्मिने देश भारत हो । भारतमा जनवरी १ का दिन ६९ हजार ९४४ जना बच्चा जन्मिए । जुन कूल जन्मिएका बच्चाको १८ प्रतिशत हो ।

दोश्रो स्थानमा चीन रहेको छ । उक्त दिन चीनमा ४४ हजार ९४० जना बच्चा जन्मिएका छन् । तेस्रो रै बच्चा जन्मिने देश नाइजेरिया हो । जहाँ सो दिन २५ हजार ६८५ जना बच्चा जन्मिए । चौथो स्थानमा रहेको पाकिस्तानमा १५ हजार ११२ जना बच्चा जन्मिएका छन् ।

त्यस्तै इण्डोनेसियामा १३ हजार २५६ जना, अमेरिकामा ११ हजार ८६ जना, कंगोमा १० हजार ५२ जना तथा बंगलादेशमा ८ हजार ४२८ जना बच्चा जन्मिएका छन् ।

त्यस्तै ब्राजिलमा ७८५८ जना, इजिप्टमा ७ हजार ९९ जना, इथियोपियामा ८१८५ जना, मेक्सिकोमा ६२१५ जना, रुसमा ४६७४ जना, फिलिपिन्समा ६७२९ जना बच्चा जन्मिएका छन् ।

नेपालमा कति जन्मिए बच्चा ?

युनिसेफको तथ्यांकलाई आधार मान्ने हो भने सन् २०१९ को पहिलो दिन अर्थात् गत जनवरी १ मा नेपालमा १५ सय ९१ जना बच्चा जन्मिएका छन् । नेपालको औषत आयुलाई आधार मान्दा सन् २०१९ मा जन्मिएको बच्चा सरदर सन् २०९० सम्म बाँच्ने पनि युनिसेफले जनाएको छ ।

post image

पुस १५, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहार , बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन् । तर अफ्रिकी मुलुक इजिप्टमा एकजना युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् ।

इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो ।

ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ ।ती युवतीले बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो ।

उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो । अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भएपनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ ।

post image

पुस ११  ,काठमाडौं । हाम्रो समाजमा अधिकांशले गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन् । तर भारतको एउटा टापुमा त्यस्तो छैन । जहाँ बच्चा जति कालो भयो उति नै राम्रो मानिन्छ । जब बच्चा गोरो जन्मिन्छ, त्यस्तो बच्चालाई मृत्युदण्ड दिइन्छ ।

अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ । जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो भएन भने त्यो उनीहरुको समुदायमा घुलमिल गर्न सक्दैन भन्ने मान्यता हुन्छ । जन्मिने बच्चाको रङ कालो होस् भन्नका लागि गर्भवती महिलालाई जनावरको रगत खुवाइन्छ ।

यदि गोरो बच्चा जन्मिएमा त्यस्तो बच्चालाई बाँच्ने हक हुँदैन । नवजात शिशुलाई समुदायका मानिसहरुले आमाबाट छिनेर लग्छन् र मारेर गाड्दछन् ।

post image

पुस ४ , काठमाडौं । वीर्यदान अहिले नौलो कुरा रहेन । यसका माध्यमबाट दुनियाँमा धेरै दम्पत्तिहरुले सन्तानलाभ गरिसकेका छन् । तर चिकित्सा विज्ञानको यो प्रयोगले धेरै नैतिक तथा व्यवहारिक संकट उत्पन्न गर्ने देखिएको छ । हालै भएको एक घटनाले यसको पुष्टि गरेको छ ।

समाचार अनुसार एकजना महिला जो आफ्नो लोग्ने नभई अरु कुनै दाता पुरुषको शुक्रकिटको सहायताले गर्भवती भएकी थिइन्, उनले बच्चा त जन्माइन् तर जन्मिएको बच्चा उनलाई मन परेन । जन्मिएको आफ्नो बच्चाको विषयलाई लिएर उनले लोग्नेसँगै धेरै असन्तुष्टि व्यक्त गरिन् ।

आफूलाई परपुरुषको शुक्रकिटबाट जन्मिएको बच्चा मन नपरेको भन्दै उनले वीर्यदातालाई नै त्यो बच्चा फिर्ता दिन माग गरेकी छन् । ती महिलाका पतिले सोसल मिडिया साइट रेडिटमार्फत आफूमाथि परेको त्यस धर्मसंकटका बारेमा इतिवृतान्त कहेका छन् ।

उनका अनुसार, लोग्नेको जिउडाल आकर्षक नभएको भन्दै पत्नीले बच्चा जन्माउन मानेकी थिइनन् । उत्कृष्ट वंशाणुयुक्त सुन्दर बच्चा जन्माउन चाहेको र त्यसका लागि सुन्दर र हट्टाकट्टा पुरुषको शुक्रकिटबाट गर्भाधारण गर्ने ढिपी कसेपछि उनले दान गरिएको कुनै पुरुषको शुक्रकिटबाट कृत्रिम गर्भाधान गरी बच्चा जन्माइन् । तर त्यसरी गर्भाधारण गरी जन्मिएको बच्चा पनि ती महिलालाई मन परेन । त्यसैले वीर्यदातालाई नै बच्चा फिर्ता दिन उनले आफ्नो लोग्नेसँग आग्रह गरिरहेकी छन् ।

ती पुरुषलाई आफ्नी पत्नी कुनै महिलासँग समलिंगी सम्बन्धमा समेत रहेको शंका छ । पत्नीको इच्छा अनुसार परपुरुषको शुक्रकिटबाट समेत गर्भाधान गराउन तयार भएका ती पुरुषले कसैगरी पनि पत्नीको चित्त बुझाउन नसकेपछि अब सम्बन्ध विच्छेद गर्ने टुंगोमा पुगेको बताएका छन् ।

post image

पुस ३,काठमाडौँ । जर्मनीमा एकजना महिला पुलिस अधिकारी छिन् । उनलाई विश्वकै सबैभन्दा सुन्दर महिला पुलिस पनि भनिन्छ । अहिलेसम्म आफ्ना तस्वीरका कारण तारिफ बटुलिरहेकी यी सुन्दरी अहिले केही समस्यामा परेकी छिन् । वास्तवमा आफ्नो सुन्दरताकै कारण उनी समस्यामा परेकी हुन् ।

उनलाई आफ्नो कार्यालयबाट चेतावनी जारी गरिएको छ । पुलिस विभागले उनलाई आफ्ना तस्वीरहरु सोसल मिडियामा शेयर नगर्न सचेत गराएको छ । सुन्दर महिला प्रहरीले सोसल मिडियामा आफ्ना तस्वीर शेयर गर्दा अपराधीहरु अपराध कर्मका लागि प्रेरित भइरहेको दाबी पुलिस विभागको छ ।

यी महिला प्रहरी आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफ्ना तस्वीर शेयर गर्दछिन् । आफ्नो सुडौल जिउ तथा सेक्सी बिकिनी तस्वीरका कारण उनी निकै लोकप्रिय बनिरहेकी छिन् । उनका लाखौँ फलोअर्स रहेका छन् ।

हुँदाहुँदै धेरै मानिसहरु आपराधिक कार्य गर्ने र उनको हातबाट पक्राउ पर्नका लागि मरिहत्ते गर्न थाले । जसका कारण आपराधिक कार्यलाई बढावा पुगेको भन्दै पुलिस विभागले ती महिला सुन्दरी प्रहरीलाई आफ्ना तस्वीर शेयर नगर्न चेतावनी नै जारी गर्नुपर्यो ।

तहल्का मच्चाउने यी महिला पुलिसको नाम एड्रियन कोलेसजर हो । उनी फिटनेशकी शौखिन हुन् । पुलिसले निर्वाह गर्नुपर्ने काममा भन्दापनि जिउडाल र फोटोसेसनमा ध्यान दिएपछि उनलाई गतवर्ष पुलिस विभागले ६ महिनाको अवैतनिक छुट्टि दिएर सुध्रिने मौका दिएको थियो । ६ महिनापछि कार्यालयमा फर्किएकी उनको पूरानो बानी सुध्रिएन । अन्ततः पुलिस विभाग उनलाई चेतावनी जारी गर्न बाध्य हुनुपरेको छ ।

पुलिस जवानको आफ्नो भूमिका निर्वाह गर्न र सोसल मिडियामा मोडेलले जस्तै तस्वीर शेयर नगर्न पुलिस विभागले चेतावनी जारी गरेको छ ।एजेन्सी

post image

मंसिर २६,काठमाडौँ । अहिले एउटा कुकुर सोसल मिडियामा चर्चित छ । त्यस कुकुरले जुन कार्य गर्यो, त्यो थाहा पाउँदा तीनछक पर्नुको विकल्प छैन । एउटा कुकुर आफ्नो मालिकसँग बदला लिनका लागि ९ दिनसम्म हिँडिरह्यो । अनि १ सय किलोमिटर दूरी हिँडेर मालिकलाई भेट्यो र टोक्यो ।

अमेरिकाको न्यू मेक्सिकोमा यो घटना भएको हो । मालिकलाई टोक्नका लागि ९ दिनसम्म हिँड्ने त्यो कुकुरको वास्तविक कथाले जो कोहीलाई भावुक बनाउँदछ ।  सेंटियागो मार्टिनेज नामका व्यक्ति हरेक वर्ष बिदा मनाउनका लागि अल्बयुक्रेन जाने गर्दथे । योपटक पनि उनी बिदा मनाउन गए तर उनले कुकुरलाई आफूसँग नलगी घरमै छाडे ।

मार्टिनेजलाई यो कुराको कल्पना थिएन कि घरमा छाडेको उनको कुकुर उनलाई खोज्दै समुद्र किनारामा उनले बिदा मनाइरहेको ठाउँमा आउनेछ । अन्ततः ९ दिनपछि आफ्नो कुकुरलाई एक्कासि आफूले बिदा मनाइरहेको ठाउँमा आएको देखेपछि उनी झसंग भए ।

आफूलाई खोज्दै आएको कुकुर देख्दा उनलाई निकै माया लाग्यो र अंकमाल गरे । तर, कुकुर निकै रिसाएको रहेछ । उसले मार्टिनेजलाई टोकिदियो । कुकुरले टोकेपछि मार्टिनेज रुन थाले । त्यसपछि कुकुरले मार्टिनेजको चारैतर्फ घुम्दै उनलाई चाट्न थाल्यो । त्यो दृश्य निकै कारुणिक थियो ।

post image

मंसिर २४ , काठमाडौं । नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आफू ज्यूँदै रहेको प्रष्टीकरण दिइरहनु परेको छ । पोल्याण्डमा बस्ने नाइजेरियन समुदायलाई सम्बोधन गर्ने क्रममा बुहारीले आफू ज्यूँदै रहेको घोषणा गर्नुपरेको हो ।

पोल्याण्डस्थित नाइजेरियन समुदायले सोधेको एउटा अनौठो प्रश्नको उत्तरले उनले आफू ज्यूँदै रहेको सनाखत गर्नुपर्यो । जलवायु सम्मेलनमा भाग लिन पोल्याण्ड गएका राष्ट्रपतिलाई आफ्ना नागरिकसँग भएको भेटघाटको कार्यक्रममा तपाईं साच्चिकै राष्ट्रपति बुहारी हो कि राष्ट्रपति बुहारीको क्लोन हो ? भनेर सोधिएको थियो ।

आफू वास्तविक राष्ट्रपति नभै क्लोन भएको भन्ने खालको अफवाहको उनले खण्डन गरे । उनले एउटा ट्वीटसमेत गर्दै लेखेका छन्, ‘पोल्याण्डमा नाइजेरियन समुदायसँगको बैठकका क्रममा एउटा प्रश्न मलाई सोधियो कि म क्लोन हुँ कि साच्ची मान्छे । अज्ञानता भरिएको अफवाह आश्चर्यजनक छैन । किनकि गत वर्ष जब म स्वास्थ्यका कारणले विदामा थिएँ तब मानिसहरुले मेरो मृत्यु भएको ठाने ।’

बुहारीले भने, ‘म असली मान्छे हुँ, तपाइँलाई विश्वास दिलाउन चाहन्छु । मैले छिटै आफ्नो ७६ औँ जन्मदिन मनाउँदैछु र झनै मजबुत बन्नेछु । एजेन्सी

post image

मंसिर १९, काठमाडौँ । दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी मानिसको हत्या गरेकी छन् ।

अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् ।

उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ ।

वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन १ सय ३३ किलो थियो । त्यसैले उनले आफ्नो भारी भरकम पेटले ब्वायफ्रेण्डको गला थिचिदिइन् । जसका कारण बटलरले स्वास फेर्न पाएनन् र उनको मृत्यु भयो ।

डिसेम्बर ३ मा अदालतमा भएको सुनुवाइका क्रममा बोल्दै आरोपी महिलाले भुलबस यस्तो हुन गएको भन्दै आफ्नो बचाउ गरेकी थिइन् । आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि बस्दा थिचिएर ज्यान गएको जिकिर उनको छ ।जेन्सी

post image

मङ्सिर १७, काठमाडौँ । बाजी जित्नका लागि रुसमा एकजना युवतीले यस्तो काम गरिन् कि त्यसबाट रुसमा नयाँ रेकर्ड नै कायम भयो । ती युवतीले लगातार चार वर्षसम्म आफ्ना औँलाका नङ काटिनन् । जसका कारण हातका औंलाका नङ १२ सेमीसम्म लामा भएका थिए ।

एलिनाका अनुसार, उनले आफ्ना साथीहरुसँग बाजी राखेकी थिइन् । तैले नङ पाल्न सक्दिनस् भनेर साथीले भनेपछि उनले नङ पाल्न सुरु गरिन् । जसका कारण उनले ४ वर्षसम्म नङ पाल्नुपर्यो ।

४ वर्षसम्म नङ नकाट्दा नङको लम्बाई १२ सेन्टिमिटर पुगेको थियो ।  आफ्ना नङलाई बच्चाजस्तै माया गर्ने उनी बताउँछिन् । तर अरु मानिसलाई भने आफ्ना नङ देख्दा अचम्म लाग्ने गरेको अनुभव उनको छ ।

सेन्ट पिटर्सबर्गमा बस्ने एलिना आफूलाई दैनिक जीवनमा काममा नङका कारण कुनै अप्ठेरो नभएको बताउँछिन् ।  सबैभन्दा लामो नङ भएको मानिसका रुपमा अहिले उनको नाम राष्ट्रिय कीर्तिमानमा दर्ज भएको छ । उनले त्यसको प्रमाणपत्र पनि पाइसकेकी छन् । एजेन्सी

post image

मंसिर ११, काठमाडौ।  यौनांग विना जन्मिएको पुरुषले सय–सय जना महिलासँग यौन सम्पर्क गर्दछ भनेर कसरी विश्वास गर्ने ? बेलायतको म्यानचेष्टरका एक पुरुषले यस्तो अनुमानलाई गलत सावित गरिदिएका छन् ।

उनले अहिलेसम्म १ सयभन्दा धेरै महिलासँग सेक्स गरिसकेको दाबी गरेका छन् । एन्ड्रयू वार्डल नामका ती पुरुषका बारेमा एउटा डकुमेन्ट्री नै बनाइएको छ । वार्डल जन्मजात रुपमा ब्लेडर एक्सट्रफी नामक अनौठो रोगको सिकार थिए । यो समस्या भएका मानिसमा यौनांग शरीर बाहिर विकास भएको हुँदेन ।

तर यस्तो हुँदाहुँदै पनि उनले धेरै महिलासँग सेक्स गरिसकेका छन् । अहिलेपनि एकजना युवतीसँग उनी डेट गरिरहेका छन् । उनको यौनांग नभएको कुरा झ्वाट्ट हेर्ने महिलालाई थाहा हुने कुरा भएन । उनी महिलालाई आफुप्रति आकर्षित गर्न माहिर थिए । अनि आकर्षित गरी यौन सम्पर्क पनि राखिहाल्थे ।

केटीलाई कसरी खुसी पार्ने भन्ने तरिका आफुले जानेको उनी दाबी गर्दछन् । आफ्नो प्रयास कहिल्यै पनि खेर नगएको उनी बताउँछन् । ‘जब महिलाहरु मसँग नजिकिन्छन्, तब मैले उनीहरुलाई यति प्रेम गर्छु कि मेरो यौनांग नभएको कुरा अनुभुति नै गर्न सक्दैनन्’, उनी बताउँछन् ।

वार्डलले आफ्नो यौनांग विकास गर्नका लागि धेरैपटक उपचार पनि गराए । तर त्यसका अहिलेसम्म सफल भएका छैनन् । एजेन्सी

post image

मंसिर ७, काठमाडौं । भारतमा एक बलात्कारका अभियुक्तले आफ्नै लिंग छिनालेका छन् ।  आफ्नै छोरी बलात्कार गरेको अभियोगमा केरलाको इदुक्कीस्थित पिरमाडे जेलमा रहेका कैदी वेन्दी पेरियारले जेलभित्रै दाह्री काट्ने ब्लेडले रेटेर आफ्नो लिंग छिनालेका हुन् ।

कैदीलाई दाह्री खौरिनका लागि मंगलबार जेल प्रशासनले दिएको ब्लेडले उनले लिंग काटेका थिए । उनलाई अस्पतालमा भर्ना गरी उपचार गराइँदैछ । उनको छिनेको लिंग जोड्न डाक्टरहरु सफल भएका छन् ।

गत अगष्टमा आफ्नै छोरी बलात्कार गरेको अभियोग लागेपछि उनी जेलमा छन् । यद्यपि, उनले आफूमाथि लागेको आरोप स्वीकारेका छैनन् ।

उनलाई अदालतले जमानतमा छाड्ने आदेश दिएको थियो । तर, जमानतको शर्त पूरा गर्न नसक्दा उनी जेलमुक्त हुन सकेका छैनन् ।

post image

मंसिर ६,काठमाडौँ  । दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर शवको टुक्रा पारेको  र आफ्नो घर नजिकैका कामदारलाई बिरयानी बनाएर खुवाएको घटनाबारे पर्दाफास भएको छ ।

नाम नखुलाइएकी महिलाले दुबईको अल एनस्थित आफ्नो घरमा सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरेको डेली मेलले बताएको छ । अभियोजकका अनुसार उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी हुन् ।

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् ।

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो । ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो ।

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो ।  द नेशनलका अनुसार डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्रा गरिएको हो ।

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको  बताइन् । प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् ।  पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

post image

मंसिर ५,काठमाडौँ । व्यक्तिगत स्वतन्त्रताको चरमरुप भन्दा फरक नपर्ने एउटा उदाहरणको रुपमा लण्डनको बुनयादी रेष्टुरेन्टलाई लिन सकिन्छ । लण्डनको केन्द्रमा रहेको अग्लो टावरहरुमध्येको एक दि सेयर्डबाट केहि गल्ली पार गरेपछि पुगिने यो रेष्टुरेन्ट लण्डनको पहिलो नाङ्गो रेष्टुरेन्ट बन्न पुगेको छ ।

यो रेष्टुरेन्टमा ग्राहकले बाँसले बारिएको सानो कोठामा बाँसकै टेबुलमा नांगै साथीसँग बसेर अर्गानिक खाना खान पाउँछन् । यो रेष्टुरेन्टमा ४२ मानिसहरुले एकसाथ सँगै खाना खाने क्षमता रहेको छ

बाहिरबाट हेर्दा यो रेष्टुरेन्ट खासै भव्य देखिँदैन , झ्यालहरु बन्द गरेर भित्र अँध्यारो पारिएको छ । तर मैनवत्तीको मधुरो उज्यालोमा युवायुवती नांगै खाना खाइरहेका हुन्छन् । त्यतिमात्रै होइन रेष्टुरेन्टका कर्मचारीले पनि नांगै सेवा दिइरहेका हुन्छन् ।

सो रेष्टुरेन्टमा खाना खानका लागि ४६ हजार मानिस प्रतिक्षाको सूचिमा छन् जुन तीन महिनासम्मको लागि हो । त्यहाँभित्र सेल फोनमा कुरा गर्न र कुनै तस्बीर लिन पाइँदैन । एक सेट डिनरको एक सय यूरो तिर्नु पर्दछ।

रेष्टुरेन्टका मालिक सेब लियोलका अनुसार उनी ग्राहकलाई एउटा भिन्न र स्वतन्त्र महसुस गराउन चाहन्छन् । जसका कारण उनले यस्तो होटल खोलेकी हुन् ।

post image

कात्तिक २८, काठमाडौँ । भारतको आन्ध्र प्रदेशस्थित गोदावरी जिल्लाको तोकालापल्ली गाउँमा महिलालाई दिउसो नाइटी पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । महिलाको रात्रीकालीन पहिरन अर्थात् नाइटी दिउसोमा पहिरिने महिलालाई २ हजार भारु जरिवाना गर्ने निर्णय गाउ पञ्चालयतले गरेको छ ।

गाउँको नियम कानून बनाउने ९ सदस्यीय उक्त पञ्चायतले सो नियम बनाएको हो । गाउँमा रहेका १८ सय महिलाले अबदेखि दिउसोमा नाइटी नलगाउन् भन्नका लागि कडाई गरिनेछ । महिलाहरुले बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म नाइटी लगाउन पाउने छैनन् । यदि त्यस्तो लगाएको देखिएमा २ हजार भारु जरिवाना हुनेछ ।

त्यस्तै नियम उल्लंघन गर्ने महिलाका बारेमा जानकारी दिने व्यक्तिलाई पुरस्कार स्वरुप एक हजार भारु दिइनेछ । नियम उल्लंघन गर्ने महिलालाई सामाजिक बहिष्कारको धम्की पनि गाउँ पञ्चायतले दिएको छ । साथै यस बारेमा सरकारी अधिकारीहरुलाई उजुरी नगर्न पनि महिलाहरुलाई धम्क्ी दिइएको छ ।

गाउका सरपञ्च मध्येकी एक फन्तासिया महालक्ष्मीका अनुसार खुल्ला ठाउँमा कपडा धुनु, नाइटी लगाएर तरकारी पसलमा जानु वा बैठकमा जानु सही होइन । कतिपय महिलाहरुले नै यसमा रोक लगाउन माग गर्दै आएका हुनाले त्यस्तो निर्णय गरिएको दाबी उनको छ ।

post image

कात्तिक १३, काठमाण्डौ । अमेरिकामा एउटा नयाँ अभियान चलिरहेको छ । यसलाई काउ कडलिंग अर्थात् गाईलाई अंकमाल गरौँ भन्ने रहेको छ । अमेरिकीहरु यो अभियानमा एकपछि अर्को गर्दै भाग लिइरहेका छन् । यतिमात्र होइन, यो अभियानमा मन खोलेर खर्च पनि गरिरहेका छन् ।

यो अभियानमा मानिसहरुले प्रति ९० मिनेटको अंकमालमा ३ सय डलर रकम तिर्ने गर्दछन् । यसबाट मानिसहरुले रिल्याक्स महसूस गर्दछन् । यसको उद्देश्य जनावरको हेरचाह र सुरक्षामा मानवीय संवेदनशीलताको वृद्धि गर्नु हो ।

गाईसँगको अंकमालबाट मानिसको स्वास्थ्यलाई फाइदा पुग्दछ भन्ने वैज्ञानिक अध्ययनबाट पुष्टि भइसकेको छ ।

मानिसको शरीरको तापमान भन्दा गाईको शरीरको तापक्रम बढी हुन्छ । गाईको मुटुको धड्कन पनि मानिसको भन्दा तीव्र हुन्छ । न्युयोर्कको माउन्टेन हाउस फार्मले सबैभन्दा पहिलो जनावरसँग अंकमाल गर्ने यो ट्रेण्डको सुरुवात गरेको हो । उक्त अभियानमा अंकमालका लागि घोडा पनि राखिएको थियो ।

post image

असोज २५, काठमाडौँ । भारतको महाराष्ट्रस्थित यवतमाला जिल्लाको पाँढरकावडा इलाकामा पछिल्लो समय एक पोथी बाघले आतंक मच्चाइरहेको थियो । उक्त बाघलाई नियन्त्रणमा लिने सबै प्रयास असफल भएपछि प्रशासनले बाघ मार्नका लागि दुईवटा कुकुर परिचालन गरेको छ ।

चोर पक्रिन कुकुरको सहयोग लिएको त थाहा थियो । तर बाघ मार्नका लागि कुकुर परिचालन गरिएको सायद अहिलेसम्म सुन्नुभएको थिएन होला । कुकुरको बाघको सिकार गरेको त देखे सुनिएकै थियो । तर भारतमा बाघको सिकार गर्ने कुकुर जंगलमा छाडिएको छ ।

हो, केन कोरसो प्रजातिको एक विशेष प्रजातिको कुकुर बाघ नियन्त्रणका लागि परिचालन गरिएको छ हैदरावादका सार्प सूटर नवाब शफत अली खानले आफ्नो घरमा पालेका खतरनाक कुकुर हुन् यी ।अधिकारीहरुका अनुसार पर्याप्त छलफलपछि अन्ततः बाघ मार्नका लागि यी कुकुरलाई मैदानमा उतारिएको हो । यी कुकुरको परिचालनमा वन अधिकारी तथा कुकुर मालिकका छोरासमेत खटिएका छन् ।

बाघको सिकार गर्ने यो खतरनाक कुकुर कहाँबाट आयो ? वास्तवमा यो इटालियन प्रजातिको कुकर हो । यसलार्इ  इटालियन मास्टिफ पनि भनिन्छ । इटालीमा यो प्रजातिको कुकुरलाई कैयन् वर्षयता गार्ड डगको रुपमा प्रयोग गर्ने गरिएको छ ।  अमेरिकी केनल क्लबका अनुसार यो कुकुरको जिउ २५ देखि २८ इन्च सम्मको हुन्छ । यसको आयू ९ देखि १२ वर्षसम्मको हुन्छ भने वजन ४५ देखि ५० किलोसम्म ।

यो कुकुर स्मार्ट, तालीम दिन सकिने, जुझारु तथा आत्मविश्वासले भरिएको आक्रामक हुन्छ । यसको टाउको निकै भयानक देखिन्छ । विश्वका धेरै देशमा पुलिसले यो कुकुरलाई अपराधी समात्न समेत प्रयोग गर्ने ग्रेको छ ।

post image

असोज ९, काठमाडौँ । एक बिहान नाओमी ज्याकब्स उठिन् तर आफू को हो उनलाई केही थाहा भएन ।  सन् २००८ को अप्रिलमा ब्रिटेनको शहर म्यान्चेस्टरमा एक सानो घरमा उठ्दा उनी अचम्ममा परिन् । उठ्दा उनलाई लागेको थियो, उनी १५ वर्षे किशोरी हुन् तर वास्तवमा उनी ३२ वर्षकी महिला थिइन् । उनी उठ्दा सन् २००८ मा थिइन् तर उनका लागि यो सन् १९९२  थियो । उनी पछिल्लो शताब्दीमा आइपुगेकी थिइन् ।

‘पहिलो केही सेकेन्ड त मैले सपना देखिरहेकी छु जस्तो लागेको थियो । तर यो त एउटा नराम्रो सपना थियो । म जुन कोठामा उठेँ, त्यसलाई पनि मैले चिन्नै सकिनँ ।’ ‘मलाई याद छ कि मैले आँखा खोल्दा सुरुमा पर्दा देखेकी थिएँ तर मैले त्यो पनि चिन्न सकिनँ । दराज, म पल्टिरहेकी ओछ्यान, कोठाको सबैकुरा देख्दा निकै अचम्म लागेको थियो । मैले आफ्नो शरिर हेरें, मैले एउटा पाइजामा लगाएको थियो त्यसलाई पनि मैले पहिले कहिले देखेकी थिइनँ ।’

‘मैले आफूलाई ऐनामा हेरें । मेरो अनुहार परिवर्तन भएको थियो । यो पहेंलो भएको थियो र म निकै बुढी देखिएकी थिएँ । आफ्नो आवाज सुन्दा आफैंलाई अचम्म लागेको थियो ।’

तर फरक के थियो ?

‘भविष्य’ मा पुगिन् नाओमीः

‘मलाई लागिरहेको थियो कि म १५ वर्षे किशोरी हुँ । मेरो सबै भावना १५ वर्षकी किशोरीको थियो र मैले सोचिरहेको थिएँ कि यो सन् १९९२ हो ।’ तर त्यो समय सन् १९९२ नभई सन् २००८ थियो । उनी १५ वर्षकी किशोरी होइन ३२ वर्षे महिला थिइन् ।

नाओमीले पछिल्लो डेढ दशकको आफ्नो सबै स्मरणशक्ति गुमाइसकेकी थिइन् । नाओमीले अब २१ औं शताब्दीको सामना गर्नुपरेको थियो । २१ औं शताब्दीको जीवन, प्रविधी, संस्कृति र खबरको । आफू जुन वर्षमा भएको उनी ठान्छिन् त्यसमा न त इन्टेरनेट थियो, न सोसल मिडिया न नै स्मार्टफोन ।यतिमात्र होइन । उनको वास्तविकताको हिसाबले त दक्षिण अफ्रिकामा जातीय राजनीतिक र सामाजिक व्यवस्था अहिले पनि त्यहीँ छ र नेल्सन मन्डेलाको स्वतन्त्र आन्दोलन पनि समाप्त भएको छैन ।

इराकमा सद्दाम हुसैन सत्तामा थिए जबकी इंगल्याण्डमा राजकुमारी डायनाका प्रशंसक बढ्दै थिए । र संयुक्त राज्य अमेरिकामा कुनै काला व्यक्ति ‘ह्वाइट हाउस’ सम्म पुग्ने इच्छा राख्नु एउटा सपना जस्तो थियो । नाओमी याद गर्छिन्, ‘वाह, म विश्वास गर्न सकिरहेको थिइनँ । मैले कहिले सोचेको थिइनँ कि म आफ्नो जीवनमा यस्तो भइरहेको देख्नेछु । सुरुमा त मैले यो कुनै मजाक होला भन्ने सोचें । यो ओबामा को हुन् ? के उनी वास्तवमा नै छन् ?’

तर सबैभन्दा मुश्किल यो थियो कि म लियो नामका १० वर्षका छोराकी आमा हुँ । यो वास्तविकताको सामना गर्नु सबैभन्दा मुश्किल थियो । ‘पहिलो २४ घण्टासम्म त मैले मेरो छोरा भएको कुरा बुझ्नै सकिनँ । म अचम्ममा थिएँ, मेरो छोरा हाँस्दै क्लासबाट बाहिर आइरहेको थियो र म भने उसलाई घुरिरहेको थिएँ ।’

नाओमी जब १५ वर्षकी थिइन् तब एक पत्रकार वा लेखक बन्न चाहन्थिन् । संसारभरी घुम्न चाहन्थिन् र एउटा ठूलो घरमा बस्न चाहन्थिन् । तर उनले पाइन् कि उनी एक सिंगल पेरेन्ट थिइन्, जो आफ्नो खर्चका लागि सरकारमा निर्भर थिइन् । उनी बेरोजगार थिइन् र मनोविज्ञानको पढाई गरिरहेकी थिइन् जुन पढ्नेबारे १५ वर्षकी नाओमीले कहिले सोचेकी थिइनन् ।

‘मलाई त्यो वयस्क नाओमी मन परिरहेको थिएन । मैले बुझ्नै सकिनँ कि म यहाँसम्म कसरी पुगें । यसले मलाई तोडिरहेको थियो, उल्झनमा पारिरहेको थिएँ । म यो स्थितीमा आफूलाई हेर्न चाहन्नथें, न यो घरमा बस्न चाहन्थें न नै यस्तो जिन्दगी बाँच्न चाहन्थें ।’ जति उनलाई आफ्नो जीवनबारे थाहा हुन्थ्यो त्यति नै मनपर्दैनथ्यो । उनले महसुस गरिन् कि वर्तमानमा बाँच्नका लागि उनले आफ्नो अतितलाई परिवर्तन गर्नुपर्छ ।

जब ओछ्यान मुनी भेटियोः

उनी एउटा यस्तो डाक्टरलाई भेटिन् जसले उनको मद्दत त गरेनन् नै उनलाई विश्वास समेत गरेनन् । त्यसकारण उनी आफैंले यसलाई कसरी ठिक पार्ने त्यसबारे सोच्न थालिन् ।

‘म आफ्नो स्मरणशक्ति खोजीरहेकी थिएँ र सबैभन्दा पहिले मैले यो पत्ता लगाउनु थियो कि आखिर यस्तो कसरी भयो, म यो स्थितीमा कसरी पुगें ।’

उनकी बहिनी सिमोन र उनकी सबैभन्दा मिल्ने साथी केटी, जसले सुरुवातदेखि नै उनको मद्दत गरिरहेका छन्, का अनुसार नाओमी किशोरावस्थादेखि नै पत्रिकामा निकै लेख्ने गर्थिन् ती पत्रिका घरको कुनै कुनामा अहिले पनि भएको बताइन् ।

थोरै खोजी गरेपछि उनले ओछ्यान मुनी समाचार पत्रले भरिएको बाकस भेटिन् जसमा उनले गुमाएको १६ वर्षको याद थियो र उनको प्रश्नको जवाफ पनि । पत्रिकाका लागि लेखिएको जर्नलमा धेरै कुरा लेखिएको थियो जुन अचम्मित गरिदिने किसिमको थियो । उनलाई थाहा भयो कि उनलाई लागु औषधको लत थियो र एकपटक उनी बेघर पनि भएकी थिइन् ।

‘कुनैबेला मसँग निकै सफल व्यवसाय र मेरो घर थियो र केही समस्याका कारण म निकै खराब बाटोमा फसें र मैले आफ्नो व्यवसाय पनि गुमाएँ । आफ्नो घर गुमाएँ । म ड्रग्समा फसेको थिएँ ।’ ‘म बेघर र टाट पल्टिसकेको थिएँ र त्यतिबेला मलाई थाहा भयो कि मलाई बाइपोलर डिसअर्डर छ ।’

तर समाचार पत्रमा केही अन्य जानकारी पनि थियो ।

‘त्यो पल सबैकुरा परिवर्तन भयो जब मैले ती समाचार पत्रमा पढें कि एक बच्चाको रुपमा ममाथि यौन शोषण भयो र मैले त्यो भयानक यादलाई ६ वर्षको उमेरदेखि २५ वर्षसम्म लुकाएर राखेकी थिएँ ।’ जो महिला आफूलाई  १५ वर्ष सम्झिन्छिन्  उनले आफ्नै विगतलाई आफूले २५ वर्षको उमेरमा लेखेको जर्नलबाट पढ्नुपर्दा निकै नराम्रो अनुभव थियो ।

यद्यपी, अहिले पनि विभिन्न प्रश्नको जवाफ बाँकी नै छन् । उनले सन् १९९२ र सन् २००८ बीचको आफ्नो जीवनबारे किन याद आइरहेको छैन । के भएको थियो जब उनी १५ वर्षकी थिइन् । १५ वर्षको उमेरमै किन ?

नाओमी भन्छिन्, ‘निकै तनाव थियो । मेरो परिवार टुटेको थियो । मेरा सौतेनी पिताले हामीलाई छोडेका थिए । मेरो आमासँगको सम्बन्ध टुटेको थियो ।’

ती समाचार पत्रका अनुसार नाओमीकी आमालाई रक्सीको लत लागेको थियो र उनीहरुबीच निकै नराम्रोसँग झगडा भएको थियो । नाओमी भन्छिन्, ‘त्यो झगडा पछि आमाले पिउन थालेकी थिइन् र मैले आफूलाई मार्ने कोशिश गरेको थिएँ ।’

‘१५ वर्षको उमेरमा मैले जुन निर्णय गरें त्यसले नै मेरो जीवनको दिशा तय भयो ।’ आफ्नो स्मरणशक्ति गुमाएपछि पहिलो पटक नाओमी आफूमाथि भएको हरेक कुराको सामना गर्नका लागि तयार थिइन् ।

एक गर्मी महिनाको बिहान, उनले स्मरणशक्ति गुमाएको लगभग तीन महिना पछि, नाओमी उठ्दा उनलाई एकदम भिन्न महसुस भइरहेको थियो । उनको स्मरणशक्ति फिर्ता आएको थियो र उनलाई थाहा थियो कि उनी २३ वर्षकी हुन् र त्यो सन् २००८ थियो ।

उनलाई के भएको थियो ?

नाओमीलाई तीन वर्षपछि थाहा भयो कि उनलाई के भएको थियो ?

‘मैले एक निकै राम्रा मनोचिकित्सकलाई भेटें र जे भएको थियो त्यसबारे बिस्तृत जानकारी दिएँ । मेरो जीवनको लगभग पूरा कहानी । उनले अत्यधिक अनुसन्धान गरे । आफ्ना सहयोगीसँग कुरा गरे र यो कुरामा सहमत भए कि मलाई डिसोसिएटिव एमनिजिया थियो ।’

यो एक दुर्लभ प्रकारको एमनिजिया हो । उनको स्मरणशक्ति गुमेको थिएन । गम्भीर तनावका कारण उनको दिमागमा झट्का लागेको थियो । रोगबारे पत्ता लागेपछि उनलाई थोरै राहत महसुस भयो । आफ्नो रोगबारे नाओमीले ‘द फरगटन गर्ल’ नामको एउटा किताब पनि लेखेकी छिन् ।

post image

असोज ८, काठमाडौं ।  उनको घरभित्र गोमन सर्प घुमिरहेको देखिन्छ । ५० किलो तौलको कछुवा बाहिर बगैँचामा डुलिरहेको हुन्छ । बेडरुममा जानुभयो भने मज्जाको ओछ्यानमा एउटा घडियाल सुतिरहेको हुन्छ । आखिर कस्तो घर हो यो ?

देख्दैमा विचित्र तथा डरलाग्दो लाग्ने यो घर फ्रान्सको नान्टेसमा रहेको छ । ६७ वर्षका फिलिप जिलेटले आफ्नो घरमा एकदुई वटा होइन पूरै ४ सय पूकारका खतरनाक जिवजन्तु पालेका छन् ।

पछिल्लो २० वर्षदेखि फिलिप यस्ता खतरनाक जिवजन्तुसँग बस्दै आएका छन् । घरभित्र हरेक जिवजन्तुलाई आफ्नै खालको वातावरण प्रदान गरिएको छ । छुट्टाछुट्टै बस्ने प्रबन्ध गरिएको छ ।

उनी आफुले पालेका सबै जिवजन्तुलाई आफैले खाना खुवाउछन् र आफ्नै सन्तानलाई जस्तो माया गरी राखेका छन् ।

उनका अनुसार मानिसले जनावरको आनीबानी र गुण नबुझ्नाले जनावरहरुमाथि नराम्रो व्यवहार गर्ने गरेका हुन् । जब मान्छेले जनावरलाई बुझ्दछन् तब आफै जनावरसँग नजिकिने उनको भनाई छ ।

घरमा पालेका दुईवटा घडियाल गोहीको नाम उनले ऐली र गेटर राखेका छन् । उनले गोहीको छाला उत्पादन गर्ने कारखानाबाट उद्धार गरी ती गोही ल्याएका हुन् ।एजेन्सी

post image

असोज ३,नयाँ दिल्ली ।  भनिन्छ हजार शब्दले भन्न खोजेको चिज मात्र एक तस्बिरले वर्णन गर्न सक्छ। यही कथनलाई चरितार्थ बनाइदिएको छ, भारतको एक घटनाले। घटना थियो, जब भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सका संवाददाता शिव सन्नीले एक बालकले आफ्ना बुवाको लास अघि उभिएर रोइरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे।

तब बालकप्रति सान्त्वना तथा समवेदना मात्रै प्रकट गरिएन सहयोगस्वरुप एकै दिनमा ३० लाख भारतीय रुपैयाँ (करिब ४३ हजार ८ सय २९ अमेरिकी डलर) भन्दा बढी रकम संकलनसमेत भयो। सोमबार बिहान सवा १० बजे ट्विटरमा पोष्ट भएको सो फोटो एकै दिनमा ७ हजार भन्दा बढी पटक रिट्विट गरिएको छ।

फोटोमा बालक जसको आडमा रोइरहेको देखिन्छ, उनी राजधानी नयाँ दिल्लीका २७ वर्षीय अनिल हुन्। डोरीको सहयोगमा नाली सफा गर्न जाने क्रममा दुर्घटना हुँदा अनिलको गत शुक्रबार निधन भएको थियो। अध्ययनका अनुसार भारतमा यस्तै दुर्घटनाबाट वार्षिक १ सय भन्दा बढी कामदारकोे मृत्यु हुने गरेको छ।

शिवले ट्विटमा अनिलको अन्तिम संस्कार गर्न आर्थिक स्थिती कमजोर रहेको उल्लेख गरेपछि उक्त रकम संकलन भएको हो।

पत्रकार शिवले नाली सफा गर्ने कामदारको सुरक्षालाई लिएर सरोकारवालाको ध्यान केन्द्रित होस् भन्ने मात्र आफूले चाहेको प्रष्ट पारे। ‘खासमा म अपराध बिट हेर्ने पत्रकार हुँ। वियोगका धेरै घटनाहरु मैले देखेको छु। तर यो केही खास अवस्य थियो, जो मैले यसअघि देखेको थिइन।’, शिवले फोटो पोष्ट गर्नुको कारण खुलाउँदै भने, ‘नाली सफा गर्ने कामदारको मृत्युबारे ध्यान केन्द्रित होस् भनेर फोटो पोष्ट गरेको हुँ। यसले पीडित परिवारको दुर्दशालाई निकै मिहिन ढंगबाट वर्णन गरेको छ।’

उनले छरछिमेकले सहयोग गरेपछि मात्रै अनिलको दाहसंस्कार हुन सकेको बताए। उनका अनुसार अनिलका ४ महिनाका छोराको एक साताअघि मात्रै निमोनियाका कारण मृत्यु भएको समेत खलाए। अनिलका छोराको मृत्यु हुनुको कारण पनि औषधि खरिद गर्न पैसा नहुनु रहेको शिवले प्रष्ट पारे।

अनिलका ७ र ३ वर्षका अन्य २ छोरीहरुसमेत छन् । पत्रकार शिवको ट्विटपछि एक गैरसरकारी संस्था उदय फाउन्डेसनले ‘केटो’ नाम दिएर सहयोग रकम संकलन अभियान नै थाल्यो। जसमा लाखौंले सहभागिता जनाए।

अभियानमा मानिसहरुको सहभागिताका सम्बन्धमा पत्रकार शिवले भने, ‘यो पुरापुर सोचभन्दा बाहिरको कुरा हो।’ फाउन्डेसनले संकलन भएको रकम अनिलका छोराछोरीको पढाइ तथा परिवारको लालनपालनमा खर्चिने प्रष्ट पारेको छ।

पत्रकार शिवले केही बलिउड कलाकारहरुले समेत अनिलका परिवारलाई कसरी सहयोग गर्न सकिन्छ भनेर आफूलाई सोधेको बताए। उनका अनुसार सामाजिक सञ्जालमा उनलाई अनिलका परिवारका बारेमा थप कुराहरु बुझेर जानकारी गराउनसमेत आग्रह गरिएको छ।

मृतक अनिलका छोराले बुवाको लास हेरेपछि लासघरबाट बाहिर आएर आफूमाझ केही कुरा बताएको शिवले बताए। भन्छन्, ‘यो समयमा मेरा बुवा भइदिएको भए सायद मेरो यो उमेर नाली सफा गर्ने काममा प्रवेश गर्नका लागि उपयुक्त भइसकेको छैन भनेर भन्नुहुन्थ्यो होला।’

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनिलले प्रयोग गरेको डोरी कमजोर रहेको र सुरक्षाका लागि कुनै पनि साधन प्रयोग नगरेको पाइएको उल्लेख छ। कामदारलाई सुरक्षा सावधानी अपनाउन कुनै पनि साधनको प्रयोग नगरिएको भन्दै कम्पनीका सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पछिल्लो एक महिनाभित्र दिल्लीमा नाली सफा गर्ने कामदारको मृत्यु भएको यो दोस्रो घटना हो। ढल प्रशोधन केन्द्रमा भने कामकै सिलसिलमा अन्य ५ जनाको मृत्यु भइसकेको छ।

सहयोगस्वरुप उठेको रकमबाट अब अनिलका छोराछोरी सजिलैसँग विद्यालय जानसक्नेमा पत्रकार शिव ढुक्क छन्। शिव भन्छन्, ‘सहयोगका लागि मानिसहरुको पहलले उनीहरुको भविष्य सुनिश्चित भएको छ।’बिबिसी

post image
भदौ २८, काठमाडौँ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासी खाना पकाउँदैनन्। त्यस्तै पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।

सुन्दा अचम्म लाग्छ, विश्वास हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउँछन् ।

त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन। पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र ।  पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत हुँदै गएको स्थानीयवासी बताउँछन् ।

मन्दिर संरक्षण समितिका उपाध्यक्ष ओमनारायण थारूका अनुसार पुरानो जमानामा त्यहाँ मात्र सात घरको थारू बस्ती थियो । सात घरका साथै त्यहाँ ‘सत्त’ अर्थात दैवीय शक्ति रहेकाले त्यस स्थानको नाम पनि सत्तपत्ती रहन गएको उनी बताउँछन् ।

तराईमा भूमिगत पानी चापाकलको माध्यमबाट निकालेर पिउने गरिन्छ तर त्यस स्थान वरपर जति नै प्रयास गरे पनि धारामा पानी नआएपछि स्थानीयवासीले सोही चुहाडी पोखरी र त्यसकै छेउमा रहेको इनारको पानी पिउने, खाना पकाउने र नुहाउने काममा प्रयोग गर्दै आएका थिए ।

पछि त्यहाँ खानेपानीको व्यवस्थाले केही त्यहाँको पानीको प्रयोगमा कमी आएपनि थारू समुदायले पनि पोखरीको पानी खाने परम्परा अहिले पनि कायमै राखेका छन् ।

स्थानीयवासी हेमन्ती थारूका अनुसार दैनिक बिहान साँझ सो पोखरीको एक बोत्तल पानी मिसाएर खाना पकाउने गरिएको छ । परम्परादेखि नै चलिआएको र त्यस पोखरीको पानी मिसाउँदा खाना छिटो पाक्ने उनी बताउँछिन्।

थारू मात्र होइन अन्य समुदायका बासिन्दामा पनि माईथान उक्त पोखरीप्रति ठूलो आस्था छ ।

माईथानमा थारू समुदायकै पुजारीले पूजा गर्ने गर्छन् । स्थानीय बासिन्दा खाना खाएर, मासु खाएर वा महिला महिनावारी भएको समयमा पनि त्यहाँ पस्दैनन् पसेमा माताले दुःख दिने फेरि क्षमायाचना पूजा गरेपछि सन्चो हुने उनीहरूको विश्वास छ ।

त्यस पोखरीमा पहेंलो, कालो, सेतोलगायत रङ्गीविरङ्गी माछा पाइन्छ । ती माछालाई खान त के छुने हिम्मतसम्म स्थानीयले गर्न सक्दैनन् । त्यहाँका माछा खाएमा मृत्यु हुने उनीहरूको भनाइ छ ।

करीब २५-३० वर्षअघि तालीमका लागि आएका नेपाली सेनाको फौजले सोही पोखरीमा नुहाउने, पानी पिउने गर्ने क्रममा माछा पनि मारेर खाएका थिए ।

गाउँलेले त्यहाँको माछा खानु हुँदैन भनेर बिन्ती गरे पनि सेनाका जवानले अटेर गरी माछा खाँदा दुई जवानको मृत्यु भएको स्थानीयवासी ओमनारायण थारूले बताए ।

जवानको मृत्यु भएपछि स्थानीयवासीको आग्रहअुनसार सेनाले त्यहाँ क्षमा पूजा गरेपछि अन्य सिकिस्त बिरामी भएका जवान बाँच्न सफल भएकाले त्यसपछि प्रत्येक वर्ष एक पटक नेपाली सेनाले त्यहाँ गएर पूजा तथा सरसफाइ गर्र्दै आएको उनले बताए ।

करीब १५ बिघा क्षेत्रफलमा फैलिएको कुँवारवर्ती स्थान (चुहाडी) को उचित संरक्षण र विकास गर्न सके पश्चिम नवलपरासीकै सबैभन्दा धेरै पर्यटक आगमन हुने स्थानको रूपमा स्थापित हुने स्थानीयवासीको आशा छ ।

पोखरी र माईथानसहित त्यहाँ केही भागमा जङ्गल, फराकिलो मैदान र पिकनिक तथा विवाहवारीका लागि ट्रष्ट निर्माण गरिएको छ । पर्यटन विभागले उक्त ट्रष्ट निर्माण गरेको हो । पिकनिक जान र घुम्नका लागि अहिले पनि त्यहाँ सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेकाले पार्क र पिकनिक स्थल बनाउने योजना रहेको वडाध्यक्ष कृष्णलाल मुखियाले बताउनुभयो ।

सो क्षेत्रलाई उत्कृष्ट धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजना नै बनाएर काम अघि बढाइएको उक्त गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । गाउँपालिकाले अहिले त्यसका लागि रु दश लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

उक्त स्थानको विकासका लागि प्रदेश सरकारले पनि चासो लिएको छ । मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेश सरकारका पर्यटनमन्त्री लीला गिरीसँग त्यस ठाउँको विकासका लागि कुरा भइरहेको र पर्यटनमन्त्री स्वयं आएर अवलोकन गर्नुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । रासस

post image

भदौ २५, काठमाडौँ। अमेरिकाको ओहियोमा एउटा अनौठो घटना भएको छ । त्यहाँ बस्ने दुई दिदी बहिनी एकसाथ गर्भवती भए । त्यतिमात्र होइन, दुबै दिदी बहिनीले एकैदिन बच्चा जन्माए । अझ अनौठो त के भने दुबै जनाले नै जुम्ल्याहा बच्चा जन्माए ।

उक्त सबै घटनाक्रमका पछाडि एउटा कारण रहेछ । समाचार अनुसार दुई अलग अलग आमाबाट जन्मिएका बच्चाहरु खासमा चम्ल्याहा अर्थात् एकसाथ जन्मिने चार जुम्ल्याहा हुन् । दिदी र बहिनीको गर्भबाट जन्मिएका भए पनि चारैजना बच्चाका पिता चाहीँ एउटै हुन् । अर्थात् चारैजना बच्चा एउटै दम्पत्तिका भ्रुण हुन् । जसलाई पछि आधा आधा गरी दुई कोखमा बाँडियो ।

खासमा एनी जोनसन र उनका पति जबी जोनसनले विवाहको लामो समयसम्म पनि बच्चा नजन्मिँदा दुःखी थिए । उनीहरुले गर्भ राख्नका लागि कैयन् कोसिस गर्दा पनि सकिरहेका थिएनन् । आफ्ना बहिनी ज्वाइँलाई निकै दुखी देख्दा एनीकी दिदी क्रिसीले एउटा निकै गुनिलो उपाय पहिल्याइन्, जसबाट बहिनी ज्वाइँले सन्तान सुख प्राप्त गर्दथे ।

क्रिसी आफ्नी बहिनीका लागि सेरोगेट मदर बन्न चाहन्थिन् । उनको यो आइडिया एनी र उनका पतिलाई पनि मन पर्यो । त्यसपछि तिनैजना कृत्रिम गर्भाधानका लागि चिकित्सा उपचारमा लागे । डाक्टरले सबैभन्दा पहिले एनीको डिम्ब निकाले र त्यसलाई उनका पति जोबीको शुक्रकिटसँग मिलन गराई समागम फर्टिलाइजेसन गराए । त्यसरी विकशित गराइएका दुई भ्रुणलाई एनीकी दिदी क्रिसीको पाठेघरमा प्रत्यारोपण गरियो ।

त्यस्तै थप दुई भ्रुण अन्तिम प्रयास स्वरुप एनी स्वयंको पाठेघरमा पनि प्रत्यारोपण गरियो । त्यसको नतिजा साँच्चीकै चमत्कारपूर्ण रह्यो, जुन उनीहरुलाई विश्वासै गर्न कठीन पर्नेखालको थियो । दुबै बहिनी एकसाथ गर्भवती भए । अर्थात् दुबैमा सफलतापूर्वक कृत्रिम गर्भाधान भयो । अन्ततः एकैदिन गर्भवती बनेका दिदी बहिनीले एकै दिन जुम्ल्याहा बच्चा जन्माए । वर्षौँदेखि बच्चाको पखाईमा रहेका एनी र जोबी दम्पत्तिले अन्ततः एकैचोटी चारवटा सन्तान प्राप्त गर्यो । जसमध्ये दुईवटा सन्तान एनीकी दिदीले जन्माइदिएकी हुन् । एजेन्सी

post image

भदौ २१,काठमाडौं । अमेरिकाको ड्याकोटा राज्यको उत्तरी भागमा रहेको एउटा सहर अहिले संकटमा छ । लामो समयदेखि सहरको मेयर रहेका व्यक्तिको निधन भएसँगै सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । यो सहरको जनसंख्या जम्मा २ जना मात्र रहेको छ । तर, पछिल्लो समयमा आशा पलाएको छ । किनकी सहरको जनसंख्या दोब्बरले बढेर ४ पुग्ने अपेक्षा गरिएको छ ।

रुजोस्थित म्याकलिन काउन्टीका मेयर ८६ वर्षीय ब्रुस लोरेन्जको गत जुलार्इमा निधन भएको थियो । उनको निधन भएसँगै उक्त सहरको अस्तित्व नै लोप हुने जोखिम बढेको थियो । किनकी कुनै सहरको अस्तित्व कायम राख्नका लागि न्यूनतम जनसंख्या ३ जना हुनुपर्ने रहेछ ।
सहरमा अहिले लाउरिन्डा रोलोसन र उनका पती टेरी रोलोसन मात्र बस्दछन् ।

उनका अनुसार अहिले उक्त सहरको नागरिकता प्राप्त गर्नका लागि योग्य एकजना अर्का व्यक्ति फेला परेका छन् ।  ग्रेग स्कमाल्ज नामका व्यक्तिसँग रुसो सहरको पोष्ट बक्स नम्बर रहनुका साथै कुखुरा र घोडा फार्म हेर्नका लागि हरेक दिन सहरमा आउने गर्दछन् । त्यसैले उनलाई सहरको नागरिकता प्रदान गरी मेयर बनाउने तयारी गरिएको छ ।

ग्रेग र उनकी पत्नी मिचेल हाल भेल्भा सहरमा बस्दछन् । तर उनीहरु यहीँ वर्ष रुजो सहरमा बसाइँ सर्ने तयारीमा छन् । रुजोमा उनीहरुले आफ्नो घर निर्माण गरिरहेका छन् ।

यो जाडो सिजन अघि आवास निर्माणको काम सकिने अपेक्षा रहेको उनको भनाइ छ ।  रुजो सहर सन् १९०९ मा स्थापना हुँदा त्यहाँ १ सय ४१ जनसंख्या थियो । तर, सन् १९५६ पछि यो सहरको जनसंख्या स्वात्तै घट्न थाल्यो । अन्नमिल बन्द भएसँगै यहाँका मानिसहरु बसाई सर्न थाले ।

आफूसँगै आसपासका अरु मानिसहरु पनि रुजो सहरमा बसाई सर्ने आशा ग्रेगले गरेका छन् । ग्रेगको अस्तित्व बचाउन आफू लागिपर्ने उनले बताए ।एजेन्सी

post image

भदौ १२काठमाडौं । डिभोर्स गरेर एकल जीवन बिताइरहेकी एकजना महिला धनी ब्वायफ्रेण्डको खोजीमा थिइन् । तर ब्वायफ्रेण्ड फेला नपर्दा आफूलाई नोक्सान भएको भन्दै उनले एक डेटिङ एजेन्सीविरुद्ध मुद्दा हालेकी छिन् । मुद्दामा उनले झण्डै २० लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति पाउनुपर्ने माग पनि गरेकी छिन् ।

डेटिङ कम्पनीले उनका लागि  सुहाउँदो जोडी खोजिदिन सकेन । उनलाई आफ्नो सपनाको राजकुमार फेला पर्ने भरोसा थियो । तर भाग्यले साथ दिएन । फलतः उनले बेलायतको लण्डनस्थित डेटिङ कम्पनी सेभेन्टी थर्टी विरुद्ध धोकाधडी तथा झुटो आश देखाएको भन्दै मुद्दा हालेकी हुन् । त्यसरी मुद्दा हाल्ने महिलाको नाम टेरेजा बुर्की भएको बताइएको छ ।

उनको मुद्दामा सुनुवाई गर्दै अदालतले डेटिङ कम्पनीद्वारा आफ्नो एक्सक्लूसिभ सदस्यता कार्यक्रममार्फत ती महिलालाई गुमराहमा राख्ने काम गरिएको ठहर गरेको छ । डेटिङ कम्पनीमा सदस्यताका लागि टेरेजालो धेरै शुल्क चुक्ता गरेको भएपनि बाचा गरेअनुसारको सेवा पाउन नसकेको भन्दै अदालतले एजेन्सीलाई दोषी ठहर गरेको हो ।

स्मरणरहोस् ४७ वर्षकी ती डिभोर्सी महिला ३ सन्तानकी आमा हुन् । उनी सन् २०१३ मै उक्त डेटिङ सर्भिस कम्पनीको सदस्य भई आफ्नो नयाँ पार्टनरको खोजी गरिरहेकी थिइन् । उनले उक्त डेटिङ सर्भिसमा सदस्यता शुल्क तथा पार्टनर खोजी शुल्कलगायतका विभिन्न शीर्षकमा गरी १२ हजार ६ सय पाउण्ड शुल्क भुक्तानी गरिसकेकी छिन् ।

तर यतिधेरै वर्ष हुँदा पनि कम्पनीले आफ्नोलागि पार्टनर खोजिदिन नसकेपछि उनले सो रकम क्षतिपूर्ति माग गरी कम्पनी विरुद्ध मुद्दा हालेकी हुन् ।

post image

भदौ ६,काठमाडौं । सामान्यतया मानिसहरु बिवाह गर्न सुन्दर र स्लिम केटीको खोजीमा हुन्छन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ स्लिम हैन  वजनदार  हुनुपर्नेछ ।

मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् । त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ ।

तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन्, हृष्टपुष्ट केटी खोज्न । त्यसैले दुब्ला पातला केटीहरुको बिहे हुनै कठीन हुन्छ ।

बेहुलीको वजन बढि भएमा त्यस्तो बेहुलीले घरमा खुसी र शौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा । त्यसैले परिवारजनहरु आफ्ना छोरीहरुलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन् । यो दुनिया पनि विचित्रै छ । दुनियाका सबै महिलाहरु जिरो फिगरको पछि कुँदिरहेको बेला उता मरिससका महिलाको जिन्दगी भने निस्फिक्रि छ । उनीहरुको सिद्धान्तै छ : खाउ, पिउ, सुखसँग बस ।

post image

भदौ ५, काठमाडौं । प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् ।

तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ ।

नहोस् पनि किन ? खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्दै पिम्पले सौदागर, वाकड र रहतानीका सडकमा ३ सय होर्डिङ बोर्ड राखेका छन् । त्यो पनि एकैरातमा । उनले प्रेमीसँग माफी माग्दै टाँसिएको सडकका होर्डिङ बोर्डमा लेखिएको छ– Shivade, I am Sorry !!

सञ्चारमाध्यमहरुले यसबारे खबर प्रकाशमा ल्याएपछि अहिले यो शहरको तातो विषय बनेको छ ।घटनालाई लिएर कौतुहुलता छाइरहेका बेला मनोवैज्ञानिकहरुले मानसिक समस्याका कारण खेडेकरले यस्तो गरेको हुनसक्ने लख काटेका छन् ।

शहर तथा सामाजिक सञ्जालमा यो विषयले चर्चा पिटेपछि स्थानीय प्रहरीले घटनालार्इ गम्भीरतापूर्वक लिँदै अनुसन्धान थालेकाे जनाएकाे छ । समाचार अनुसार सामान्य व्यवसाय गर्दै आइरहेका खेडेकर एमबीएका विद्यार्थी हुन् । उनको उमेर २५ वर्ष छ ।

बीबीसी

post image

साउन ३१, काठमाडौं । हालै भारतको भोपालमा एउटा अनौठो घटना भएको छ । भोपालमा एक दम्पत्तिबीच मोबाइल फोन फुटाएको निहुँमा डिभोर्स हुन लागेको थियो ।

समाचार अनुसार पति र पत्नी दुबैजनामा मोबाइल फोन अत्यधिक चलाउने लत नै रहेछ । दुबैजना जतिखेर पनि मोबाइलमै झुण्डिरहने । एकदिन यस्तो घटना घट्यो की मोबाइलकै कारण उनीहरु डिभोर्स गर्ने निर्णयमा पुगे । खासमा एकदिन पत्नी चाहीँ मोबाइलमा कसैसँग कुरा गरिरहेको बेला एक्कासी रिसमा झोँकमा पतिचाहीँले मोबाइल खोसेर भुइँमा बजारिदिए । त्यतिमात्र होइन उनले पत्नीमाथि हात पनि उठाए । यस्तो सहनु परेपछि पत्नी चाहीँले पुलिसमा उजुरी गरिन् र डिभोर्सको लागि केश प्रशासन कार्यालयसम्म पुग्यो । तर अड्डाका प्रमुखले यस्तो जुक्ति लगाए कि त्यो दम्पत्ति डिभोर्सको निवेदन फिर्ता लिई पुनः मिलेर बस्न राजी भयो ।

खासमा प्रशासन प्रमुखले आफ्नो इजलासबाट आदेश जारी गर्दै ती महिला पुरुषलाई लगातार तिन दिनसम्म तारेखमा धाउन निर्देशन दिए । तिन दिनसम्म सँगै अड्डामा आउने र दिनभर इजलास बाहिर सँगै बस्ने गरेमा मात्र डिभोर्सको फैसला गर्ने सर्त उनको थियो ।

सोही मुताविक उक्त दम्पत्ति तिन दिनसम्म सँगै अड्डा आउने र दिनभर इजलास बाहिर सँगै बस्ने गर्न थाल्यो । यसरी इजलास बाहिर बस्दा उनीहरुसँग मोबाइल फोन हुँदैनथ्यो । हातमा मोबाइल नभएपछि दुईजनाले एक अर्कामा कुराकानी गर्न थाले । उनीहरुबीच यस्तो खुलस्त कुराकानी भयो कि मनमा रहेको शंका तथा रिस सबै साम्य भयो । मन माझामाझ भएपछि दुबैजनाले घरबार नटुटाउने निधोमा पुगे । अन्ततः उनीहरुले अड्डामा दायर गरेको डिभोर्सको निवेदन नै फिर्ता लिए ।

रिसको झोँकमा डिभोर्स गर्ने टुंगोमा पुगेका ती तन्नेरी दम्पत्तिको दाम्पत्य जिवन टिकाइदिने हाकिमको जुक्तिले साँच्चीकै काम गर्यो । एजेन्सी

post image

साउन ३१,काठमाडौँ  । अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् ।

पोली केर पनि ती महिलामध्ये एक हुन् जो शुक्रकिट खरिद गरेर आमा बनेकी छिन् । अक्फोर्डमा बस्ने ३९ वर्षीया पोलीले एक अपरिचित व्यक्तिको शुक्रकिटबाट गत वर्ष गर्भधारण गरेकी थिइन्  र यस वर्षको सुरुवातमा नै उनले बच्चालाई जन्म दिइन् ।

यो प्रक्रियामा शुक्रकिटलाई एक प्रयोगशालामा गर्भाधान गराइन्छ । आइभीएफ प्रक्रियालाई कुनै कारणवश आमा–बुवा बन्न नसकेका जोडीले पनि प्रयोग गर्ने गर्छन् ।

पोलीले भनिन्, ‘म आमा बन्न चाहन्थें र मलाई राम्रोसँग थाहा थियो कि मेरो यो इच्छाको लागि आइभिएफ तरिका अपनाउनुपर्छ । जब म ३६–३७ वर्ष पुगें तब यसबारे निकै गम्भीर तरिकाले सोच्न सुरु गरें । म कहिले पनि सम्बन्धमा रहिनँ । त्यसकारण यदि मैले आइभिएफ तरिका नअपनाएको भए म कहिले पनि आमा बन्न सक्दिनथें ।’

उनले भनिन्, ‘मेरो परिवारका सदस्यले मेरो यो निर्णयलाई निकै सहज तरिकाले स्विकारेकोमा म निकै अचम्ममा थिएँ ।’

ब्रिटेनमा सरकारी आँकडा अनुसार सिंगल वुमन बन्ने चलन बढिरहेको छ । सन् २०१४ देखि ब्रिटेनमा यसको संख्यामा ३५ प्रतिशतको बढोत्तरी भएको छ ।

अक्सफोर्ड फर्टिलिटीका मेडिकल निर्देशकका अनुसार उनले २० बढि महिलाको उपचार गरेका छन् । उनी भन्छन्, ‘मानिसहरु जति जागरुक हुन्छन् त्यति नै सिंगल वुमनको चलन पनि बढ्नेछ ।’

अक्सफोर्ड फर्टिलिटीका अनुसार मानिसहरु अब एक्लै बच्चालाई जन्म दिन चाहिरहेका छन् । उनीहरुले शुक्रकिट वा डिम्ब खरिद गरिरहेका छन् । भारतमा पनि यस्तो ट्रेन्ड देखिएको छ । गत वर्ष फिल्म निर्माता करण जोहर र नायक तुषार कपुरले यस्तै गरेका थिए ।

यद्यपी, आइभिएफ निकै महँगो प्रक्रिया हो । यसका लागि ब्रिटेनमा लगभग साढे ११ लाख रुपैयाँसम्म खर्च हुन्छ । आइभिएफ सफल हुने नहुने कुरा महिलाको डिम्बले निर्धारण गर्छ । साथै शुक्रकिटको गुणस्तर पनि निकै महत्वपुर्ण हुन्छ । अक्सफोर्ड फर्टिलिटीमा आइभिएफको सफलताको दर ३० देखि ५० प्रतिशतको बीच छ ।

डिम्ब कसरी लिइन्छ ?

संसारभरी शुक्रकिट र डिम्बको किनबेचको प्रचलन बढ्दो छ । यसका विभिन्न कारण बताइन्छ ।

एउटा त निकै पाको उमेरमा विवाह गरेका महिला वा पुरुषमा सन्तान उत्पादनका लागि विभिन्न समस्या निम्तिने गर्छ । यस्तो अवस्थामा आइभिएफ एकमात्र सहारा हुन्छ । शुक्रकिटजस्तै डिम्ब दान गर्न त्यति सजिलो हुँदैन । यो निकै जटिल प्रक्रिया हो र यसमा १५ दिन लाग्छ ।

केही देशको कानून अनुसार आमा बनिसकेका महिलाको मात्र डिम्ब लिने गरिन्छ ता कि उनीहरुलाई पुनः आमा बन्न कुनै समस्या नहोस् । डिम्बलाई  महिलाको शरिरबाट सूईमार्फत बाहिर निकालिन्छ । ती डिम्बलाई जो पुरुष बुवा बन्न चाहन्छन्, उनीहरुको शुक्रकिटसँग मिलाइन्छ ।

शुक्रकिट र डिम्बलाई मिलाएर बच्चा (एम्ब्रियो) बनाइन्छ । एब्रियोलाई महिलाको गर्भमा राख्नका लागि कुनै शल्यक्रिया आवश्यक पर्दैन ।

मात्र एउटा लाइन बनाएर महिलाको शरिरमा राखिन्छ । १५ दिनभित्र गर्भ बसे नबसेको थाहा हुन्छ । सरोगेट र डोनरबारे गोपनियताको सम्झौता हुन्छ ।बिबिसी

post image

साउन ३०, काठमाडौं । आफ्ना पूर्व श्रीमानसँग सन् २०१२ मा २१ अर्ब रुपैयाँ चिट्ठामा जितेकी महिलाले आफू काम गर्ने कम्पनीको १९ लाख चोरेका व्यक्तिसँग स्कटल्याण्डको फिफे शहरमा विवाह गरेकी छिन् । चर्चित लोट्टोमा अर्बौं रुपैयाँ जितेको १५ महिनापछि नै गिलियन बेफोर्डको उनका श्रीमानसँग सम्बन्धविच्छेद भएको थियो ।

गिलियन बेफोर्ड, ४६, ले गत हप्ता फिफेमा ३७ वर्षे ब्रियन डिन्ससँग विवाह गरेकी हुन् । डिन्सले टेस्को कम्पनीको १३ हजार पाँच सय पाउन्ड १९ लाख २१ हजार रुपैयाँ चारेको आरोपमा ६ महिनाको जेल सजायँ भोगेका थिए । दुई सन्तानकी आमाले आफ्ना श्रीमानको आपराधिक रेकर्डबारे डेटिङको सुरुवाती अवस्थामा नै थाहा भएको र यसलाई आफूलाई केही फरक नपार्ने बताएकी छिन् ।

चिट्ठा जितेपछि गिलियन आफ्ना पूर्व श्रीमानसँग उत्सव मनाउँदै

प्रोपर्टी रेनोभेटरको रुपमा काम गर्ने ब्रियनले गिलियनलाई यसबारे सम्बन्धको सुरुवातमा नै जानकारी दिएको द सनले बताएका छन ।पूर्व स्वास्थ्यकर्मी गिलियनले सन् २०१२ मा १४८,६५६,००० पाउन्ड अर्थात् २१ अर्ब १७ करोड रुपैयाँ चिट्ठा जितेकी थिइन् ।

यद्यपी, त्यसको १५ महिनामा नै उनीहरुको सम्बन्धविच्छेद भयो । एकाएक भित्रिएको नयाँ सम्पत्तिको व्यवस्थापनको तनावले उनीहरुबीचको ९ वर्षे वैवाहिक सम्बन्ध टुटेको गिलियनले जानकारी दिएकी छिन् ।

नयाँ श्रीमानको थर राखेकी गिलियनले भनिन्, ‘मलाई उनीबारे निकै अघिदेखि थाहा थियो तर यसले मलाई कुनै फरक पार्दैन । सबैको अतित हुन्छ तर तपाईं विगतमा बाँच्न त सक्नुहुन्छ नि । समयसँगै मानिसमा परिवर्तन आउने गर्छ ।’

‘यो ६ वर्ष अघिको घटना हो जहाँ उनलाई मूर्ख भएका कारण सजायँ दिइयो । तर यो कारणले उनलाई जिन्दगीभर तनावमा त पार्नुहुँदैन ।’एजेन्सी

 

post image

साउन २७, काठमाडौं । तपाइँ हामीले साइकल, मोटरसाइकल चोरी भएको देखे भोगेका छौँ । तर, अमेरिकामा भने पार्किङ गरिराखेको हवाइजहाज नै चोरी भएको छ । विमानस्थलभित्रै पार्क गरिराखेको हवाईजहाज एकजना चोरले चोरेर उडाएर लगेको हो ।

समाचार अनुसार अमेरिकाको सिएटल विमानस्थलमा पार्क गरेको यात्रु विमान चोरी भएको हो ।एकजना एयरलाइन्सका कर्मचारीले गत हप्ता शुक्रबार अनधिकृत रुपमा उक्त विमानभित्र प्रवेश गरी त्यसलाई उडाएर लगे । २९ वर्षका ती व्यक्तिको नाम खुलाइएको छैन ।

होरिजन एयरको क्यू ४०० नामक उक्त विमानलाई चोरी गरी उडाइएपछि दुई लडाकु विमानले त्यसलाई पछ्याएका थिए । विमानलाई विमानस्थलमै सुरक्षित अवतरण गराउने कोसिस गरिएको थियो । तर, विमान चोर थामिने वाला थिएनन् । उनले निकै खतरनाक तरिकाले विमान उडाइरहेका थिए ।

अन्ततः नजिकैको केट्रोन टापुस्थित सैन्य इलाकाको नजिकै उक्त विमान दुर्घटना भएको छ ।७८ सिट भएको उक्त जहाज दुर्घटना भएसँगै त्यसलाई चोरेर लैजाने व्यक्तिको पनि मृत्यु भएको बताइएको छ । तर, यसबारेमा आधिकारिक पुष्टि भएको छैन । बीबीसी

post image

साउन २५,काठमाडाैं । थाइल्याण्डमा गुफाभित्र फसेका १२ बालकहरु र उनीहरुका १ जना शिक्षकको उद्धार गरिएको विषय अन्तराष्ट्रिय रुपमा निकै चर्चाको विषय बन्यो । मृत्युको मुखबाट उम्केर आएका ती विद्यार्थीहरु अहिले के गर्दै होलान् ?

समाचार अनुसार हामीले कल्पना नै नगरेको प्रक्रियाबाट गुज्रिरहेका छन् उनीहरु । अहिले ती विद्यार्थीहरु र उनका शिक्षकलाई मन्दिरमा राखेर शुद्धीकरण गर्ने काम चलिरहेको छ । एकजना इशाई बच्चालाई छाडेर अरु सबै बच्चाको शीर मुण्डन गरिएको छ ।

गुफाभित्र ९ दिनसम्म हराएका हुनाले उनीहरुलाई ९ दिनसम्म मन्दिरमा राखेर शुद्धीकरण गर्न लागिएको हो । उनीहरुलाई मन्दिरमा बौद्ध शिक्षा प्रदान गरिँदैछ । शुद्धीकरणले उनीहरुलाई शान्ति मिल्ने बताइन्छ । उनीहरुलाई पूजापाठमा पनि संलग्न गराइएको छ ।

post image

साउन २४,काठमाडौँ । इन्डोनेशियामा एक वृद्धले १५ वर्षसम्म युवतीलाई गुफामा कैद गरेर उनको यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । पुलिसले आरोपी ८३ वर्षे वृद्धलाई पक्राउ गरेको छ । उनले १५ वर्ष अघि १३ वर्षकी बालिकालाई अपहरण गरेर गुफामा कैद गरेर राखेको र यौन शोषण गरेको बताइन्छ ।

यी वृद्ध व्यक्तिले आफूमा एक युवकको आत्मा प्रवेश गरेको दाबी गर्दै करिब १५ वर्षसम्म उनको यौन शोषण गरेको बताइन्छ ।पुलिसका अनुसार अभियुक्तले १५ वर्ष अघि पीडितलाई उनको प्रेमीको तस्बिर देखाएर उनको आत्मा आफ्नो शरिरमा प्रवेश गरेको भन्दै फकाइफुलाई गरेका थिए ।

पुलिसका अनुसार महिलालाई गत आइतबार मध्य सुलावेसी प्रान्तको गालुम्पांग इलाकाबाट उद्दार गरिएको हो । यी महिलालाई एक गुफामा राखिएको थियो । लिसले गुफाको जुन तस्बिर सार्वजनिक गरेका छन् त्यसमा गुफाभित्र केही फर्निचर देखिएका छन् । उक्त गुफा अभियुक्तको घर नजिकै भएको पुलिसले जानकारी दिएको छ ।

अभियुक्तले १३ वर्षको हुँदा नै उनको बलात्कार गरिरहेका थिए । राती ती युवतीलाई आफ्नो घर ल्याउँथे तर दिउँसो भने गुफामा कैद गरेर राख्थे । पीडितको भनाई उद्धृत गदैै पुलिस प्रमुखले समाचार एजेन्सी रोयटर्सलाई सन् २००३ देखि नै ‘जिन अमरिन’ ले उनीसँग यौन सम्बन्ध स्थापित गरिरहेको जानकारी दिए ।

पीडितकी बहिनीले छिमेकीलाई उनी वरिपरि नै कतै भएको जानकारी दिएपछि यसबारे पुलिसले अनुसन्धान थाल्दा उनीबारे पत्ता लागेको बताइएको छ । पीडितकी बहिनीको विवाह अभियुक्तका छोरासँग भएको थियो  र अभियुक्तले पीडित महिला काम गर्नका लागि जकार्ता गएको भन्ने झुटो खबर दिएको उनले बताइन् ।

अभियुक्त विरुद्ध बाल सुरक्षा कानून अनुसार मुद्दा दर्ता गरिएको छ । आरोप पुष्टि भएपछि उनलाई १५ वर्षको जेल सजायँ हुनसक्छ ।

post image

साउन २३,काठमाडौँ । हामीले मानिस ,जनावर, पन्छीले आपसमा रोमान्स गरेको त देखेकै छौं । तर बादलको रोमान्सका यस्ता तस्बिर इन्टरनेटमा सार्वजनिक भएका छन् जसले धेरैलाई प्रभावित तुल्याएको छ ।

पूर्वी चीनको साओक्जिङ सिटिमा बादलको यस्तो तस्बिर क्यामरामा कैद भएका हुन् जुन चुम्बन गरिरहेका जोडीसँग मेल खान्छ । बादलको यी तस्बिर दुई युवा जोडी चुम्बन गरिरहेको सिलौटे तस्बिरसँग मेल खान्छ ।

मानिसहरुले ती तस्बिर ‘लभ इज इन द एयर’ भन्दै  सोसल मिडियामा सेयर गरिरहेका छन् र प्रकृतिको सुन्दर प्रदर्शनको तारिफसमेत गरिरहेका छन् । यी तस्बिरले प्रकृतिको सुन्दरता एवं रचनात्मकता दर्साएको धेरैले बताएका छन् ।

post image

साउन २२,काठमाडौँ । खाद्यान्न तथा उपभोग्य वस्तु किनबेच गर्नका लागि हाटबजार लागेको हामि सबैलाई थाहा छ र यो स्वभाविकै हो । तर चीनमा भने बिहे गर्नका लागि हाटबजार लाग्ने गर्दछ ।

सांघाइको पिपुल्स स्क्वाएरस्थित पिपुल्स पार्कमा केही वर्षदेखि एउटा अनौठो बिहे हाटबजार लाग्दै आएको छ । त्यो बजारमा बिहेका सामान होइन, बिहेको नाता अर्थात् जोडी उपलब्ध हुन्छ । सन् २००५ देखि यो हाटबजार लाग्दै आएको छ । हरेक शनिबार उक्त बजार लाग्ने गर्दछ । चाहे जाडो होस् वा गर्मी वा झरी जुनसुकै हालतमा बिहेको हाटबजार लागेकै हुन्छ ।

बिहेको हाटबजार ठ्याक्कै कसले शुरु गर्यो भन्ने बारेमा एउटा रोचक तथ्य छ । स्थानीय मानिसहरुले मर्निङ वाकमा गर्ने कुराकानीकै क्रममा हाटबजार सुरु भएको हो । स्मरणरहोस् पहिले पिपुल्स पार्कमा बिहान मर्निङ वाक गर्ने मानिसहरुको भीड हुन्थ्यो । मर्निङ वाक गर्न आएका अभिभावकहरु एक अर्कामा चिनजान गरी सँगै बसेर घरपरिवारको कुरा गर्दथे र आफ्ना बिहे गर्ने उमेर पुगेका छोराछोरीहरुको बारेमा पनि चर्चा गर्दथे ।

विस्तारै विस्तारै मानिसहरुले यो पार्कलाई बिहेवारीको कुरा गर्ने अनौपचारिक ठाउँको रुपमा प्रयोग गर्न थाले । जुन अहिले त वैवाहिक सम्बन्ध जोड्ने बजारको रुपमै विकास भएको छ ।

यो बजारमा मानिसहरु सडक किनारामै एउटा कागजको पानामा चिनियाँ भाषामा विवाह योग्य केटाकेटीको बायोडाटा लिएर बसेका हुन्छन् । त्यसमा केटा तथा केटीको उमेर, आम्दानी, अध्ययन, जन्मदिन तथा जन्मकुण्डली आदिका बारेमा पनि लेखिएको हुन्छ । यहाँबाट विवाह योग्य केटाकेटीका बायोडाटाहरु आफ्नो छोराछोरीका लागि उपयुक्त बर बधु खोज्नका बायोडाटा लैजान्छन् र चित्त बुझेमा बिहेको कुरा अघि बढाइन्छ ।

पछिल्लो समयमा चीनमा लैंगिक अनुपात असन्तुलन भइरहेको अवस्थामा यो बजार निकै चम्किएको छ । एजेन्सी

post image

साउन २०, काठमाडौं ।  के तपाईलाई थाहा छ मानिसको आँखाबाट आँसु होइन, ढुंगाको आँसु झर्छ ।मध्यपूर्वी देश यमनको एउटा गाउँमा बस्ने सादिया सलेह नामकी यी १६ वर्षे किशोरीले जब आँखाबाट आँसु निकाल्छिन् तब पानी होइन पत्थरका साना साना टुक्रा झर्दछ ।

जब उनी डाक्टरकोमा गएर आफ्नो समस्या बताउँदै रुन थाल्छिन् तब उनको आँखाबाट पत्थरी झर्दछन् । त्यो देख्दा डाक्टरहरु पनि अचम्ममा पर्दछन् । डाक्टरहरुले उनको आँखाबाट झरेका पत्थरीहरु जम्मा पारेर त्यसको परीक्षण पनि गरे । तर, रोग के हो भन्ने पत्ता लागेन ।

स्थानीय बासिन्दाहरुले भने जादूमयी शक्तिका कारण किशोरीको आँखाबाट पत्थरी झर्ने गरेको दाबी गर्दछन् । कतिपयले चाहीँ त्यो भयंकर महामारी भएको भन्दै त्रास फैलाउने प्रयास पनि गरेका छन् ।एजेन्सी

post image

साउन १७, काठमाडौं । इराक एयरवेजले आफ्ना दुईजना पाइलटलाई निलम्बन गरेको छ । आकाशमा ३७ हजार फिटमाथि जहाज उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेको आरोपमा ती दुई पाइलट निलम्बनमा परेका हुन् ।

समाचार अनुसार १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी पिटापिटमै उत्रिएका हुन् ।

उक्त घटनाको अनुसन्धानका क्रममा विमानका सह–पाइलटले इराकी वायुमार्ग प्राधिकरणलाई पत्र लेख्दै उक्त विमानका पाइलटले एयर होस्टेजलाई आफ्नो लागि खाना ल्याउनबाट रोकेको दाबी गरेका छन् । आफुसँग अनुमति नलिइकन ककपिटमा खानेकुरा ल्याउन नपाइने भन्दै पाइलटले इयरहोस्टेजलाई रोकेको उनको भनाइ छ ।

पाइलटले टन्न खाएको तर आफ्नो लागि भने खानेकुरा नै ल्याउन नदिई उल्टै धकेलेर अपमानित गरेको जिकिर को–पाइलटले गरेका छन् । त्यसपछि को–पाइलट पनि प्रतिकारमा उत्रिए र दुईबीच हानाहान भएसँगै विमानभित्रका सुरक्षाकर्मीले नै हस्तक्षेप गर्नुपरेको बताइएको छ ।

आफूमाथि पाइलटले दुईपटक हातपात गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरेको को–पाइलटको दाबी छ । आपसमा झगडा गरेपछि चालकहरुले विमानलाई सुरक्षित रुपमा वगदादमा अवतरण गराए । तर विमान अवतरण भैसकेपछि पनि उनीहरु आपसमा झगडा गर्दै थिए ।

इराकी एयरवेजले घटनाको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको र निलम्बित दुवै पाइलटमाथि छानविन चलिरहेको बताइएको छ । दोषी ठहर भएमा दुवै जनालाई आजीवन हवाई उडान प्रतिबन्ध समेत हुनसक्ने समाचारमा उल्लेख छ ।

post image

साउन १६,काठमाडौँ । अहिलेको जमानामा मानिसहरुलाई को  भन्दा को कम भन्ने नशा नै लागेको छ । प्रतिस्पर्धाको यो युगमा अघि बढ्न वा चाहेको कुरा प्राप्त गर्नका लागि कोही मानिसहरुले निकै स्मार्ट तथा इमान्दार बाटो अपनाउँदछन् तर केही मानिसहरु जुनसुकै हदसम्म गिर्न तयार हुन्छन् ।

चीनमा हालै यस्तै घटना सार्वजनिक भएको छ । जसमा एक युवतीले घर किन्नका लागि एक दुई होइन २० जना ब्वायफ्रेण्ड बनाइन् । एक पछि अर्को गर्दै नयाँ नयाँ केटाहरुसँग प्रेमको नाटक रची सबैसँग आइफोन सेभेन फुत्काउन सफल भइन् । आफ्ना सबै २० ब्वायफ्रेण्डसँगबाट गरी २० वटा आइफोन हात पार्न सफल भएकी ती युवती अन्ततः एकसाथ सबै केटाहरुलाई जिल्ल पार्दै छाडिन् ।

ती युवतीको नाम शायली भएको बताइएको छ । उनले २० वटा आइफोन सेभेन जम्मा पारेसँगै एक मोबाइल फोन बिक्रेता कम्पनीमा लगेर बेचिन् । कम्पनीले उनलाई ती आइफोनको झण्डै १८ हजार डलर बराबरको रकम दियो ।

त्यो रकम घर किन्नका लागि पर्याप्त थियो । शायलीले सोही पैसाले आफ्ना लागि घर खरीद गरिन् । आफ्ना बुवाआमा निकै बुढा भएका र आफुलाई जसरी पनि बस्ने घर किन्ने दबाब परेकोले आफुले त्यस्तो बाटो अपनाएको उनले बताएकी छिन् ।

post image

साउन १४,काठमाडौं । भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ एकजना महिलालाई उनका पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि सकिएन । सायद दिनभर गन्दा पनि नसकिने भनेपछि त्यो रकम अर्बौँमा हुनुपर्छ भन्ने अनुमान लगाउनुभयो होला ।

तर होइन, ती महिलाले उनका पूर्व पतिबाट हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो । सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए ।

खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो ।

डिभोर्सी महिला पेशाले वकिल हुन् भने उनका भुपु पति पनि वकिल नै हुन् । भारतको चण्डीगढमा यो घटना भएको हो । भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएर गन्न भनेपछि ती महिलाले आपत्ति जनाइन् । भुपु लोग्नेले आफुलाई दुख दिनका लागि त्यसो गरेको उनको भनाई थियो ।

तर ती पुरुषले चाहीँ कसैलाई दिनुपर्ने रकम १ सय, २ सय वा २ हजार भारुका नोटमै दिनुपर्छ भन्ने कहीँ नलेखेको दाबी गरे । उनको बोरामा लिएर अदालतभित्रै थुप्रो लगाइदिका सिक्काहरु दिनभर पनि गन्न नसकिएपछि न्यायाधीशले चोटिलो आदेश गरे । उनले पैसा बोकेर २७ जुलाईमा पुनः आउन ती पुरुषलाई आदेश दिएका छन् । एजेन्सी

post image

साउन ६, काठमाडौ । यदि तपाइँको वैवाहिक जीवन सुखद छैन र आफ्नो पति वा पत्नीसँग छुटकारा पाउन चाहनुहुन्छ भने यो होटलमा जानुहोस् । यस होटलमा गएको ४८ घण्टाभित्र तपाइँको डिभोर्स पक्का हुनेछ ।

नेदरल्याण्डमा रहेको यस होटलको नाम हो हार्टब्रेक होटेल । उक्त होटेलमा पाहुना बनेर विवाहित दम्पत्तिहरु आउँछन् । तर होटलबाट चेकआउट गर्दा भने एकल महिला तथा एकल पुरुष भएर निस्कन्छन् । त्यसैले यो होटेल डिभोर्स होटलको नामले पनि चर्चित छ ।

यो होटलभित्र दम्पत्तिहरुलाई सम्बन्ध विच्छेदका लागि प्रोत्साहन गर्ने वातावरण उपलब्ध छ । डिभोर्सलाई कानूनी रुपमै अघि बढाउनका लागि वकिलको व्यवस्था पनि गरिएको छ ।

साथै बालमनोविज्ञ तथा वित्तीय सल्लाहाकार सेवा पनि त्यहाँ उपलब्ध गराइन्छ, जसले बालबच्चाको लालनपालन, सम्पत्ति बाँडफाँड, क्षतिपूर्ति, खर्चपर्च आदिको टुंगो लगाउँदछन् ।

यो होटलमा केवल विवाहित दम्पत्तिले मात्र प्रवेश पाउँदछन् । वास्तवमा डिभोर्स गर्ने मनसायमा रहेका जोडीहरु सजिलोका लागि उक्त होटलमा पाहुना बनेर जान्छन् ।

पहिलो दिनको गहन छलफल र डिभोर्स गर्ने सहमतिसँगै दोश्रो दिन डिभोर्सको कागजमा दुबै जनाको सहीछाप गराइन्छ । अनि तेश्रो दिन कागजलाई अदालतमा पेश गरिन्छ । एजेन्सी

post image

साउन २,काठमाडौं । मान्छे जब रिसले चूर हुन्छ, तब जघन्य अपराध गरेको पनि भेउ पाउँदैन । इण्डोनेसियामा हालै भएको एक घटनाले यो पुष्टि गरेको छ । इण्डोनेसियाको पपुवा प्रान्तमा स्थानीय मानिसहरुले झण्डै ३ सय गोहीलाई एक चिहान बनाएका छन् ।

शनिवार भएको यस घटनाले वन्यजन्तु अधिकारकर्मीहरु स्तब्ध बनेका छन् । गाउँलेको प्रतिशोधमा परी २ सय ९२ गोहीले ज्यान गुमाउनु परेको छ ।गोहीको आक्रमणमा परी एक जना मानिसको ज्यान गएपछि गाउँलेहरु गोहीमाथि खनिएका हुन् ।

घटना अनुसार गाईवस्तुलाई घाँस काट्नका गएका एक व्यक्ति शनिवार घाँस काट्दा काट्दै गोही भएको पोखरीमा खसे । त्यसपछि गोहीले उनको खुट्टा खाइदियो र अन्ततः ती मानिसको मृत्यु भयो । गोहीको आक्रमणमा परी एक गाउँलेको ज्यान गएको समाचार गाउँभरी फैलियो । मृतकको अन्तिम संस्कार गरियो । अन्तिम संस्कारपछि गाउँलेहरु यति क्रोधित बने कि तरबारलगायतका धारिला हतियार लिएर स्थानीय गोही प्रजनन फार्ममा पुगे ।

मानिसहरुले अन्धाधुन्ध फार्मको पोखरीमा पालिएका गोहीमाथि धारिला हतियार प्रहार गर्न थाले । गाउँलेहरुको आक्रमणबाट २ सय ९२ गोही मरे । स्मरण रहोस् संकटापन्न प्रजातिका गोहीको संरक्षणका लागि उक्त फार्ममा २०१३ देखि गोही पालिँदै आएका थिए ।एजेन्सी

post image

असार ३१, काठमाडौं । ६६ वर्षसम्म आफ्ना औंलाका नङ पालिरहेका एक व्यक्तिले अन्ततः नङ काटेका छन् । भारतका ८२ वर्षीय श्रीधर चिल्लालले ८२ वर्षको उमेरमा नङ काटेका हुन् । उनले १९५२ देखि नङ पाल्दै आएका थिए ।

सन् २०१४ को नोभेम्बरमा उनले सबैभन्दा लामो नङ भएको व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यसबेला उनका नङको लम्बाई ९०९.६ सेन्टिमिटर थियो ।

यद्यपि, दैनिक जीवनका काम गर्न सकियोस् भनेर उनले केवल बायाँ हातमा मात्र नङ पाल्दै आएको थिए र दायाँ हातका नङ भने काट्दै आएका थिए । अहिले चाहिँ उनले आफ्ना बायाँ हातका कीर्तिमानी नङ पनि काटेका छन् ।

उनका नङ अमेरिकाको न्युयोर्कस्थित रिप्लिज बिलिभ इट अर नट म्युजियममा राखिएको छ । यति लामो समयसम्म नङ नकाटेका कारण उनको बायाँ हातमा भारी वजनका कारण समस्या उत्पन्न भएको थियो ।

भारतको महाराष्ट्रस्थित पूणेका बासिन्दा श्रीधर आफ्नो बायाँ हातका नङसमेत काटेपछि सामान्य जीवनमा फर्किएका छन् तर हात उठाउन र चलाउन भने गाह्रो हुने गरेको छ । ६६ वर्षसम्म पालिरहँदा उनका नङ यति कडा भएछन् कि त्यसलाई काट्नका लागि फलाम काट्ने मेसिनकै प्रयोग गरिएको थियो ।

post image

असार २८,काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रिया नजिकै एउटा सानो टापु छ । यो विश्वकै सबैभन्दा सानो टापु हो ।दुनियाँकै सानो यो टापुको नाम जस्ट रुम इनफ हो । यो टापुको आकार एउटा टेनिस कोर्ट बराबर छ । अझ अर्को रोचक कुरा त के भने यो टापुमा केवल एउटा घर र एउटा रुख छ ।

यो टापु घरको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको छ । विश्वका २ हजारभन्दा धेरै टापुहरु मध्येमा यो पनि एक हो । ३ हजार ३ सय वर्गफिटमा फैलिएको छ यो टापु । यसले सानो आकारको टापुको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । स्मरणरहोस् यसअघि बिशप रकलाई विश्वको सबैभन्दा सानो टापु मानिन्थ्यो । तर विशप रक भन्दा जस्ट रुम इनफ आधाले सानो छ ।

यो टापुलाई यसअघि हब आइल्याण्डको नामले चिनिन्थ्यो । सन् १९५० मा एक परिवारले टापु किनेर त्यसमा घर बनाए र रुख रोपे । त्यसपछि टापुको नाम हब आइल्याण्डबाट बदलेर जस्ट रुम इनफ राखिएको हो । उक्त परिवारले छुट्टीको समय बिताउन खरीद गरेको यो टापु अहिले गिनिज बुकमा मात्र परेको छैन पर्यटकीय स्थल नै बनेको छ ।एजेन्सी

post image

असार २६, काठमाडौं । फिनल्याण्डको सोन्काजार्भी शहरमा शनिबार श्रीमती बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको थियो।वल्र्ड वाइफ क्यारिङ्ग च्याम्पियनसीपअन्तर्गत योपटक भएको प्रतियोगिता २३ औँ हो । हरेक वर्ष यो प्रतियोगिता हुने गरेको छ ।

प्रतियोगितामा ५३ जना पुरुषहरु आफ्नी श्रीमतीलाई बोकेर एकघण्टा दौडिए र उक्त दृष्यलाई हेर्दै हजारौँ दर्शकहरुले मज्जा लिए । ४२ सय जनसंख्या भएको उक्त शहरमा हुने श्रीमती बोक्ने प्रतियोगिता हेर्न विश्वभरका हजारौँ मानिसहरु आउने गरेका छन् ।

अमेरिका, बेलायत, स्विडेन, इस्टोनियालगायतका विभिन्न १३ देशबाट छनोट चरण पार गरेका ५३ जोडीहरु फाइनल चरणको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

अन्य ५२ प्रतिस्पर्धीलाई पछि पार्दै लिथुआनियाका भिटाउटास किर्कलियाउस्कासले यो वर्षको श्रीमती बोक्ने प्रतियोगिताको उपाधि जिते । दुई सन्तानका पिता भिटाउटासले पत्नी नेरिंगा किर्कलियाउस्केनीलाई बोकेर सबैभन्दा छिटो दौड पूरा गरे । ६ पटकका विश्व विजेता टाइस्टो मेटिनेनले दोश्रो स्थानमा चित्त बुझाए ।

श्रीमती बोकेर दौडिने बाटो सजिलो थिएन । जसमा सिधा बाटोमा दौडिने देखि हिलो र चिप्लोमा घस्रिने सम्म गर्नुपथ्र्यो । यो जोडीले सन् २००५ देखि निरन्तर यो प्रतियोगितामा भाग लिँदै आएको थियो ।

 

post image

आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाइन्छ । तर भारतको हिमाचलमा एउटा यस्तो मन्दिर छ, जहाँ फूलप्रसाद होइन, गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ ।

यो मन्दिर जंगलको बीचमा रहेको छ । बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न त कुनै पुजारी नै । तर यसको किर्ति निकै दूरसम्म छ । थोत्रामोत्रा चिज चढाउनका लागि टाढा टाढाबाट मानिसहरु यो मन्दिरमा धाउँछन् ।पुजारीहरुका अनुसार मानिसहरुले सदियौँ देखि यो मन्दिरमा घरका पूराना औजारहरु चढाउने गरेका छन् ।

समय बित्दै जाँदा मानिसहरुले गाडीका पाटपुर्जा र नम्बर प्लेटसम्म मन्दिरमा चढाउन थाले । यसरी गाडीका पाटपुर्जा तथा घरका औजारहरु मन्दिरमा चढाउनाले भगवानको कृपादृष्टि रहने र कुनै संकट नआउने आम विश्वास रहेको छ । गाडीको कुनै पाटपुर्जा बारम्बार बिग्रेर दुख दिइरहेमा एकपटक बिग्रेको पाटपुर्जा लगेर मन्दिरमा चढाउने र त्यसपछि गाडी मर्मत गरेमा गाडी लामो समयसम्म नबिग्रने विश्वास गरिन्छ ।एजेन्सी

post image

असार २१,काठमाडौँ । अमेरिकामा एक ९२ वर्षीया आमाले ७२ वर्षका आफ्नै छोराको गोली हानी हत्या गरेकी छिन् । पुलिसका अनुसार आफूलाई वृद्धाश्रम पठाउन लागेको थाहा पाएपछि ती आमालाई यति रिस उठ्यो कि उनले छोरालाई गोली हानिदिइन् ।

यो घटना अमेरिकाको म्यारीकोपा काउन्टीको फाउन्टेन हिल्स शहरमा गत जुलाई दुई तारिखमा भएको हो । घटनापछि एना मे ब्लेसिंगले भनिन्, ‘तिमीले मेरो जीवन बर्बाद गरिदियौ, म तिम्रो जीवन बर्बाद गरिदिने पालो मेरो ।’

एना आफ्ना छोरा र उनकी प्रेमिकासँग बस्दै आएकी थिइन् । उनका अनुसार छोराको हत्या गरेपछि आफूपनि आत्महत्या गर्न चाहेको जानकारी दिइन् । नाम नखुलाइएका ब्लेसिंगका छोराले आफ्नी आमासँग बस्न मुश्किल भएको भन्दै उनलाई घरमा नराखी वृद्धाश्रम लैजान चाहन्थे ।

पुलिसका अनुसार घटना भएको दिन आमा ब्लेसिंग आफ्नो छोराको कोठामा छिरिन् । उनको खल्तीमा पेस्तोलका दुईवटा गोली थिए । बहसको क्रममा उनले सन् १९७० मा किनेको आफ्नो पेस्तोल निकालिन् र दुईवटा गोली छोरामाथि दागिन् ।

पुलिस जब घटनास्थल पुग्यो तब उनको छोराको मृत्यु भइसकेको थियो । गोली उनको घाँटी र बंगारामा लागेको थियो । त्यसपछि ब्लेसिंगले छोराकी ५७ वर्षीया प्रेमिकामाथि बन्दुक तेर्साइन् । आत्मरक्षाको संघर्षमा दुईबीच हातपात भयो  जसका कारण पेस्तोल कोठाको एउटा कुनामा गएर खस्यो ।

त्यसपछि ब्लेसिंगले आफ्नो दोस्रो बन्दुक निकालिन् । ब्लेसिंगले उक्त पेस्तोल सन् १९७० मा उनका श्रीमान्ले दिएको पुलिसलाई जानकारी दिइन् । तर उनका छोराकी प्रेमिकाले आफूलाई बचाउन सफल भइन् । उनी त्यहाँबाट भाग्न सफल भइन् र पुलिसलाई उक्त घटनाबारे जानकारी दिइन् ।

पुलिस जब घटनास्थल पुगे तब ब्लेसिंग आफ्नो कोठाको एउटा कुर्सीमा बसेकी थिइन् । उनले पुलिसलाई यो अपराधका लागि आफूलाई मृत्युदण्ड दिनुपर्ने बताइन् ।

उनीमाथि हत्या र अपहरणको मुद्दा दर्ता भएको छ । जमानतका लागि अदालतले पाँच लाख डलर तोकेको छ ।बीबीसी

post image

असार २०, काठमाडौं ।  थाइल्याण्डमा  एकजना महिलाले आफ्नो पतिको लिंग छिनालिदिएकी छन् । लोग्नेको लिंग छिनालिदिनुको कारण पनि रोचक नै छ । वास्तवमा उनको लोग्नेको परस्त्रीसँग अवैध सम्बन्ध रहेछ । सोही कुरा थाहा पाएपछि रिसले चूर भएकी ती महिलाले धारिलो चक्कुले प्रहार गरी लोग्नेको यौनांग च्वाट्टै पारिदिइन् । अनि काटेको लिंगको टुक्रा झ्याल बाहिर फ्याँकिदिइन् ।

समाचार अनुसार लोग्नेको लिंग छिनाउने महिला २४ वर्षीया करुण सनुसन हुन् । उनी आफैंले पुलिस समक्ष अपराध स्विकार गरेकी छन् । लोग्नेको परस्त्रीसँगको सम्बन्ध थाहा पाएपछि आफूले रिस थाम्न नसकेको र आक्रमणमा उत्रिएको उनले बताइन् ।

४० वर्षीय पति सिरिपनलाई रातमा सुतेको बेला उत्तेजित बनाएर १२ इन्च लामो चक्कुले यौनांग काटिदिएको उनले बताएकी छिन् । त्यसपछि उनले काटेको लिंग कसैले नभेटोस् भनेर टुक्रालाई कोठाको झ्यालबाट बाहिर फ्याँकिन् । सिरिपन रगतले लतपतिएर कोठामै लडिरहेका थिए । उनको चिच्याहट सुनेर छिमेकीहरुले तत्कालै पुलिसलाई खबर गरे ।

पुलिस तत्कालै आएर लिंग काटिएका व्यक्तिको उद्दार गरी महिलालार्य पक्राउ गर्यो । काटेर फ्याँकिएको लिंगको टुक्रा खोजेर बरफको डिब्बामा राखेर विरामीलाई अस्पताल लगियो । तर डाक्टरहरुले छिनालिएको लिंग पुनः जोड्न असम्भव रहेको बताएका छन् । उनको अहिले पनि अस्पतालमा उपचार चलिरहेको बताइएको छ । लोग्नेको लिंग छिनाल्ने महिला पुलिस हिरासतमा छिन्।

post image

असार १९, काठमाडौं। संसार विचित्रको छ । यसका आफ्नै नियमहरु छन । प्रकृतिले हामिलाई जन्म दियो,हाम्रो एउटा अस्तित्व बनाइदियो ।  हरेक जिवित प्राणी प्रकृतिकै देन हो । हामिमा भएका सम्पूर्ण खराब तथा राम्रा गुणहरु पनि यसैको देन हो ।

मानिसका थुप्रै आधारभूत आवस्यकता हुन्छन । तिमध्य माया एक प्रमुख आवस्यकता हो । भनिन्छ माया बिना संसार नै चल्दैन ।हामी हाम्रो परिवारसङ्ग मिलेर बस्छौँ र हामिबिच प्रगाढ प्रेम हुन्छ । माया परिवार भित्र मात्रै सिमित हुँदैन ।

साच्चै नै प्रेमिप्रेमिका बिचको माया अनौठो अनि अद्भुत हुन्छ । हामिले कतिपय प्रेमिप्रेमिकाहरुले आफ्नो मायाको लागी ठुला ठुला कुरबानी र आफ्नो देह समेत त्यागेको घटनाहरु सुन्दै देख्दै आएका छौँ ।

यस्तै एउटा अनौठो पागलपन देखाएका छन बृटियन पुरुष रसन डेभिसनले । देभिसन आफ्नो मृत श्रीमतिको शव सङ्ग ६ दिनसम्म सगैँ सुतेको खबर खुलासा भएको छ । उनको श्रीमतिलाई सर्भिकल क्यान्सरले गत १० वर्स देखी सताइरहेको थियो ।

उनिसँग ६ महिना समय मात्र बाकी रहेको कुरा डाक्टरले बताएपछी उनिहरु भ्रमणका लागी निक्लेका थिए र तेही क्रम मै उनले ५० बर्षको उमेरमा  अन्तिम सास फेरिन ।

चिनमा किन हुन्छ भुतबिवाह ?

प्रकाशित मिती : Sunday
post image

असार १७,काठमाडौँ। परम्पराको नाममा अहिले पनि दुनियाँमा अनेकथरि कार्य हुन्छन् । त्यसमध्ये चीनको घोस्ट म्यारिज अर्थात् भूत विवाह पनि एक हो ।

चीनका केही ग्रामीण भागमा अहिलेपनि ३ हजार वर्ष पूरानो यो परम्परा चल्दै आएको छ । भूत विवाह सुन्दैमा अनौठो लाग्दछ । अझ यो विवाहका पछाडिको कारण चाहीँ झनै डरलाग्दो छ ।

चीनको साङ्सी प्रान्तमा भूत विवाहको चलन रहेको छ । यो परम्परामा अनुसार यदि कुनै परिवारमा अविवाहित पुरुषको मृत्यु भएमा त्यसलाई अशूभ मानिन्छ र त्यस्तो मरणलाई श्राम ठानिन्छ । मृत्यु भएको अविवाहित पुरुषलाई एक्लै अन्त्येष्टि गरिँदैन । मृतक पुरुषका लागि ऊ जस्तै अविवाहित कुनै मृतक महिलाको खोजी गरिन्छ । जब अविवाहित मृतक महिलाको लास फेला पर्दछ, तब ती शवहरुबीच बिहे गराइन्छ र दुबै शवलाई सँगै गाडिन्छ । यो परम्परालाई भूत विवाहको नामले चिनिन्छ ।

यो परम्पराका पछाडि मृतक अविवाहित पुरुषको आत्माले शान्ति पाओस् र उसलाई एक्लोपन महसूस नहोस् भन्ने कामना गरिएको हुन्छ । यद्यपि अहिलेको समयमा अविवाहित मृतकको बिहेका लागि अविवाहित मृतक महिलाको शव फेला पार्न निकै कठिनाई पर्ने गरेको छ । त्यसैले अवैध रुपमा महिलाका लास खरीद बिक्री गर्ने धन्दा पनि निकै मौलाएको छ ।

यद्यपि, यो परम्परालाई सरकारले गैरकानूनी घोषित गरिसकेको छ, तर पनि चिनियाँहरु लुकिछिपी यो परम्पराको पालना गरिरहेका छन् । सन् २०१४ मा पूर्वी चीनमा प्रहरीले भूत विवाहमा संलग्न भएको भन्दै ११ जना मानिसलाई गिरफ्तार पनि गरेको थियो । ती मानिसहरुले चिहानबाट महिलाका लासहरु खोतलेर चोर्ने र महंगो मूल्यमा मृतक अविवाहित पुरुषका परिवारजनलाई बेच्ने गर्दथे । यस्तै मृतक पुरुषसँग बिहे गर्नका लागि महिलाको हत्या समेत गरिएका केही घटना समेत बाहिर आएका थिए ।

post image

असार १७,काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाएको छ। चिकित्सा शिक्षा सुधारका माग राख्दै १५ औं पटक अनशनमा बसेका डा.गोविन्द केसीको मागविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको हो।

 डा. केसीसँग भएको सहमतिविपरीत सरकारले काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाउने, आफ्नै अस्पताल नभएपनि कलेज खोल्न आशयपत्र दिन सकिने गरी सीटीइभीटीको सम्बन्धनमा चलखेल गर्न चिकित्सा शिक्षाको परिभाषा परिवर्तन र सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाउँदै सरकारले विधेयक दर्ता गराएको हो।

एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरेको हो।

उक्त विधेयक पारितका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले आइतबार संसद बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम २५० को उपनियम १ मा कुनै पनि विधेयकमा संशोधन दर्ताको समय ७२ घण्टा हुने उल्लेख छ।

लामो रस्साकस्सी पछि बनेको प्रतिनिधिसभा नियमावली मिच्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका मुख्य सचेतक देव गुरुङले उक्त नियमावली निलम्बनको प्रस्ताव समेत आइतबारै प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ। ७२ घण्टाको समयसीमा हटाउँदै सरकारले एक/दुई दिन भित्रै विधेयक पारितको प्रक्रिया अगाडि बढाएको हो।

यता चिकित्सा शिक्षा सुधार र भएका सहमति कार्यान्वयनको माग गर्दै डा. केसी १५ औं पटक जुम्लामा अनसन बसेका छन्।

post image

असार १३,काठमाडौँ। भारतको राजस्थानमा अनौठो घटना भएको छ । एकजना पुरुषले एउटै मण्डपमा तीनजना महिलासँग बिहे गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरे ।

पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी हुन् । जोसँग उनी पछिल्लो एक वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यसक्रममा तेश्री प्रेमिका गर्भवती भएपछि उनले बिहे गर्ने निधो गरेका हुन् ।

समाचार अनुसार नक्कालको जीवनमा सबैभन्दा पहिले कतुम्बाई नामकी महिला आइन् । त्यसपछि गाउँकै पुनकी नामक युवतीसँग नक्कालको प्रेम बस्यो । पुनकी पनि अपांग हुन् । पुनकी र कतुम्बाई दुबैजना नक्कालसँगै बस्दै आएका थिए । तर दुवैजनाबाट सन्तान भएनन् । त्यसपछि नक्कालले एक वर्षअघि आफूभन्दा ५ वर्ष कान्छी युवती रेखासँग हिमचिम बढाए । रेखा पुनकीकी बहिनी हुन् । नक्काल र उनका ३ वटी प्रेमिका सँगै बस्न थाले । अन्ततः रेखा गर्भवती बनिन् ।

आफ्नी कान्छी प्रेमिका गर्भवती बनेपछि नक्कालले बिहे गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले आफ्ना तिनै जना प्रेमिकासँग सबै परिवारजनको उपस्थितिमा एउटै मण्डपबाट बिहे गरे ।आफूले आफ्नै ३ जना पत्नीहरुलाई खुसी राख्ने उनको भनाइ छ । आफूहरुको जीवन खुसीसाथ बितिरहेको उनले बताएका छन् ।

राजस्थानको उदयपुर जिल्लास्थित आदिवासी समुदायको घटना हो यो । उक्त आदिवासी समुदायमा लिभइन रिलेसनसीपको प्रचलन रहेको छ । कैयन् वर्षसम्म लिभइन रिलेसनमा रहेपछि मात्र यस समुदायका महिला पुरुषले बिहे गर्दछन् ।

post image

असार १०, काठमाडौं । अमेरिकी पिटबुल टेरियर प्रजातिको कुकुरले २१ वटा बच्चालाई जन्म दिएर विश्व रेकर्ड बनाएको छ। बेंगलुरुका स्थानीय सतीश यो कुकुरका मालिक हुन्। २१ बच्चालाई एकैपटक जन्माएको यो कुकुरको आमाको नाम ईवा हो।

सतीश डग ब्रीडर हुन्। उनले २०१७ मा इवासमेत दुई पिटबुल कुकुरलाइ अष्ट्रेलियाबाट किनेका थिए। इवालाई उनले १०.५ लाख रुपैयाँमा किनेका थिए भने अर्को पिटबुल कुकुर गब्बरलाई उनले २५ लाख रुपैयाँमा किनेका थिए। अहिलेसम्म केवल सुँगुरले मात्रै १६ देखि १७ वटासम्म बच्चा जन्माउने विश्वास गरिन्थ्यो। तर यो पिटबुलले यो पहिलो र सबै भन्दा नयाँ विश्व रेकर्ड आफ्नो नाम गरेको छ।

अहिलेसम्म पिटबुल प्रजातिका कुकुरले बढीमा १२ देखि १३ वटासम्म बच्चा जन्माउँथे। तर बेंगलुरुको यो अमेरिकी पिटबुल टेरियर प्रजातिको कुकुरले २१ बच्चालाई जन्म दिएको छ। यो कुकुरले ३६ घण्टामा २१ बच्चालाई जन्म दिएर नयाँ रेकर्ड बनाएको हो।

सतीशका अनुसार यी सबै बच्चा १५ जुनमा जन्मिएका थिए। २१ मध्ये सात वटा भने जिवित रहन सकेनन् भने १७ वच्चा निकै स्वस्थ छन्। यो दुर्भल प्रजातिको यो कुकुरको मूल्य अहिले पनि १.५ लाख रुपैयाँ राखिएको छ।

पिटबुल एउटा शब्द हो जसको प्रयोग सामान्यतया मोलोसेर नस्ल समूहका कुकुरको कयौं नस्लको वर्णन गर्न प्रयोग गरिन्छ। यो किनै आक्रामक र चकचके किसिमका यी प्रजातिको कुकुरलाई जर्मन, डेनमार्क, स्पेन, बेलायत, आयरल्याण्ड, रोमानिया, क्यानडा, इटली र फ्रान्समा ब्याण्ड गरिएको छ।

post image

असार ६,काठमाडौँ। लोकतन्त्रमा जनताको छनोटको अधिकारलाई सुनिश्चित गर्न विभिन्न खालका चुनाव तथा जनमत संग्रहको आयोजना गरिन्छ । देशमा विभिन्न राजनीतिक विषयमा छिनोफानो गर्न पनि जनमत संग्रह हुनसक्छ । तर भारतको महाराष्ट्रस्थित गोदिया जिल्लामा एउटा अनौठो उद्देश्यका  लागि चुनाव भएको छ ।

त्यहाँको एक दम्पतिले आफ्नो नवजात शिशुको नामाकरण गर्नका लागि जनमत संग्रहको आयोजना गरेका छन् ।मिथुन बांग र मानसी बांगले गत अप्रिल ५ मा जन्मिएको आफ्नो छोराको उपयुक्त नामकरण गर्नका लागि आफ्ना परिवार, साथीभाई तथा नातेदारको बीचमा जनमत संग्रह गराएका हुन् ।

जुन १५ दिन भएको मतदानमा बांग परिवारका सदस्यहरु, मित्रजन, आफन्त तथा नातेदारहरु मतदाताको रुपमा रहेका थिए ।रोचक कुरा त के भने उक्त जनमत संग्रहमा पूर्व सांसद नाना पटोले पनि सहभागी भएका थिए ।

जनमत संग्रहमा बच्चाका लागि विभिन्न ३ वटा नाममध्ये आफूलाई सबैभन्दा उपयुक्त लाग्ने नाम छान्न मतदाताहरुलाई विकल्प दिइएको थियो । विकल्पको रुपमा रहेका तीनवटा नामहरु यक्ष, युवान र यौविक थिए ।

जनमत संग्रहमा कूल १ सय ९२ भोट खसे । जसमध्ये ९२ भोटसहित युवान नाम सबैभन्दा धेरै मतदाताको छनोटमा पर्यो । अन्ततः दम्पत्तिले आफ्नो छोराको नाम युवान राखेका छन् ।एजेन्सी

post image

असार ५, काठमाडौं । हालै इण्डोनेसियामा निकै डरलाग्दो घटना भएको छ । दक्षिण पूर्वी सुलावेशी प्रान्तमा आफ्नै बारीबाट बेपत्ता भएकी एक जना महिला अजिंगरको पेटभित्र फेला परेकी छिन् ।

घटना गत जुन १४ को हो । अजिंगरको आहारा बनेकी महिलाको नाम वा टिबा हो । बारीमा काम गर्न भन्दै घरबाट निस्किएकी ५४ वर्षकी टिबालाई एउटा भयंकर अजिंगरले सिँगै निल्यो ।

बेलुकी अबेरसम्म पनि टिबा बारीबाट घर नफर्किएपछि घरका जहानहरु आत्तिए । अर्को दिन बिहान घामको झुल्कोसँगै उनको खोजी सुरु भयो । केही छिनमै टिबाले लगाएका चप्पल, टर्चलाइट तथा उनले लगेको कुटो झाडीको नजिकै फेला परे । त्यसपछि जे देखियो त्यो निकै डरलाग्दो थियो ।

त्यहाँ नजिकै विशाल अजिंगर थियो । त्यसको पेट निकै फुलेको थियो । अजिंगरले सबैभन्दा पहिले टिबाको टाउकोमा आक्रमण गरी टाउकाको भाग निलेछ । त्यसपछि सरीरको सबै भाग निलेछ । महिलाको त्यत्रो जिउ निलेपछि अजिंगर राम्रोसँग हिड्नै सकेन ।

त्यस्तो हालतमा अजिंगर देखिसकेपछि सबैलाई एकिन भयो कि त्यसैले टिबालाई खाएको हो । सबैजना डराए । मानिसहरु अजिंगरले निलेकी टिबा सकुशल बाहिर आउन सकुन् भन्ने प्रार्थना गर्न थाले । बिहान ९ बजेसम्म त्यहाँ सयौँ मानिस जम्मा भए । त्यसपछि अजिंगरलाई मारियो र उसको सरीर चिरियो ।

अजिंगरको आहारा बनेकी महिला जिवित हुने कुरै भएन । उनको टाउकोको भाग अजिंगरको पेटको पछिल्लो भागमा र बाँकी सरीर अजिंगरको मुखतर्फको भागमा थियो । अजिंगरको लम्बाई झण्डै २७ फिट रहेको बताइएको छ । एजेन्सी

post image

असार १, काठमाडौं । जनावरहरुमा यौन आकर्षण पैदा भई भाले पोथीबीच समागम हुनु त नियम नै हो । तर वैज्ञानिकहरुले यस्तो बिरुवा तयार गरेका छन् जसले यौन आकर्षण पैदा गरी किराहरुलाई आफूतर्फ आकर्षित गर्दछ र आफ्नो जालमा पारिसकेपछि त्यस्ता किराहरुको हत्या गर्दछ ।

स्पेनका वैज्ञानिकहरुले वनस्पतीमा अनुवंशिक परिवर्तन गरी यस्तो गुणको विकास गराएका हुन् जसबाट बिरुवालो फेरोमोन्स नामक रसायन पैदा गर्दछ । फेरोमोन्स यस्तो रसायन हो, जुन सामान्यतः पोथी किराले भाले किरालाई आकर्षित गर्नका लागि शरीरबाट उत्सर्जन गर्दछ ।

बजारमा निकै धेरै मूल्य पर्ने खालका वनस्पतीलाई किराहरुबाट बचाउन यो आविष्कार सहयोगी हुने बताइएको छ । यो प्रविधिको प्रयोग गरी विकसित गरिने बिरुवालाई सेक्सी वनस्पती भन्न सकिन्छ । किनकि यसले किराहरुलाई यौन आकर्षित गर्दछ ।

वनस्पतीहरुलाई किराहरुबाट जोगाउन फेरोमोन्सको प्रयोग पहिलेदेखि नै हुने गरेको भए पनि प्रयोगशालामा उत्पादन गरिने रसायन निकै महंगो हुने गरेको थियो । तर नयाँ प्रविधिको सहायताले वनस्पती आफैंले यो रसायन उत्पादन गर्नेछ ।

किरालाई आकर्षित गरी हत्या गर्ने सेक्सी विरुवा उत्पादन गर्ने परियोजनाको नाम ससफायर राखिएको छ ।बीबीसी

post image

जेठ ३१,काठमाडौं। अमेरिकाका एक ५५ वर्षीय व्यक्तिले सुन्तलाको जूसको बोतल फिर्ता गर्न जाँदा खुशीले दंग छन्  । न्यु जर्सीमा बस्ने ५५ वर्षका तैयब सूमीले ५ डलर मूल्यमा पसलबाट सुन्तलाको जूसको बोतल किनेर ल्याए ।

जब उनले ५ डलरमा सुन्तलाको जुसको एउटा बोतल घरमा ल्याए तब उनकी पत्नी किचकिच गर्न थालिन्, महंगो हालेको भनेर । किनकी उनले अढाई डलरमा अर्को पसलबाट सोही जुस किनेर ल्याएकी रहेछिन् ।

त्यसपछि पत्नीको आदेशानुसार तैयब आफूले खरीद गरेको जुसको बोतल फिर्ता गर्न सोही पसलमा पुगे । उनले किनेको जूस फिर्ता गरेर तिरेको पैसा फिर्ता लिए ।

त्यो पसलमा पावरबल ज्याकपट अर्थात् चिट्ठा खुलेको रहेछ । ज्याकपटमा जित्नेले ३०६ मिलियन डलर जित्ने उल्लेख थियो । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरे र घर आए ।

चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । अर्को दिन उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । तर पसल अगाडि पुग्ने बित्तिके उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले आफ्नो टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।

उक्त मेसिनमा टिकट स्क्यान गर्दा सो टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए । जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो ।

किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए । यो सुनेपछि उनको खुसीको सिमाना रहेन ।

post image

जेठ २७, एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने शिखर वार्ताको पूर्वसन्ध्यामा नक्कली ट्रम्प र किमबीच शिखर वार्ता भएको छ ।सक्कली ट्रम्प र किमबीचको वार्ता निकै कडा सुरक्षाबीच गोप्य रुपमा हुनेछ । तर नक्कली किम र ट्रम्प एकाएक वार्ताको लागि प्रकट भएपछि सयौँ सिंगापुरेले शनिवार मनोरञ्जन प्राप्त गरे ।

मुख्य सहरस्थि बुगिस जंक्सन मलमा किमको क्यारिकेचर गर्ने चर्चित हंगकंगेली कलाकार होवार्ड एक्स तथा ट्रम्पको क्यारिकेचर गर्ने कलाकार डेनिस अलान एकाएक किम र ट्रम्पको भेषमा प्रकट भएपछि सबै मानिस ट्वाँ परे ।

मलभित्रै स्टेजमा दुईजना एक आपसमा भेट भए, हात मिलाए र अंगालो मारे । निकै व्यस्त मलभित्र ग्राहकहरुलाई हात हल्लाउँदै उनीहरु अगाडि बढेका थिए । मानिसहरु नक्कली किम र ट्रम्पको फोटो खिच्न आतुर थिए । तर उनीहरुसँग सेल्फी खिच्नका लागि भने एउटा एप डाउनलोड गर्नुपथ्र्यो र त्यसका लागि १५ सिंगापुर डलर तिर्नुपरेको थियो ।

पैसा तिरेर सेल्फी खिचेका मानिसहरुलाई धन्यवाद दिँदै नक्कली किमले आफ्नो मुलुक अहिले आर्थिक रुपमा टाट पल्टेको हुँदा दान रकम निकै काम लाग्ने बताए । दर्शकहरुले किम र ट्रम्पसँग ती कलाकारको भेष ९९ प्रतिशत मिल्ने बताएका थिए ।

post image

जेठ २३, काठमाडौँ । तपाइलाई सायदै थाहा होला माया जम्मा गर्ने बैंक पनि हुन्छ भनेर ! यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी लेखेर त्यहाँ जम्मा गर्दछन् ।

यस्तो लभ बैंक स्लोभाकियाको बन्स्का स्टिभनिका सहरमा रहेको छ । विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको हो । विश्वको सबैभन्दा लामो उक्त प्रेमकविताका लेखक स्लोभाकियन कवि आन्द्रेज स्लेडकोविक हुन् ।

मारिया उनकी प्रेमिका थिइन् । मारिया जुन घरमा बस्थिन् सोही भवनमा लभ बैंक स्थापना गरिएको छ ।हरेक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो संख्यामा प्रेमजोडीहरु आउँछन्, त्यहाँ अन्तरक्रियात्मक प्रदर्शनी हुन्छ । प्रेमजोडीहरुले आफ्नो लिखित प्रेम कहानीहरु त्यहाँ डिपोजिट गर्दछन् ।

अझ रोचक त के भने बैंकमा एउटा लभ मिटर पनि छ । लभ मिटरमा प्रेमी प्रेमिकाहरुले आफ्नो प्रेमको मापन गर्दछन् ।

post image

जेठ २१,काठमाडौँ। थाइल्याण्डको हिमाफन जंगल अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । यसको पछाडि निकै अनौठो कारण छ ।जसको बारेमा थाहा पाउनुभयो भने तपार्इं सायद डराउनुहुनेछ ।

यो जंगलमा एउटा यस्तो रुख छ जहाँ निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका केटीहरुको कपाल रुखका हाँगामा बाँधिएको हुन्छ । यदि कोही मानिस जंगलभित्र गयो भने त्यो भयानक दृश्य देख्दा डराएर पसिना छुट्दछ ।

वास्तवमा हिमाफन जंगलमा रुखमा झुण्डिएका निर्वस्त्र युवतीहरु एक विचित्र प्रकारका चिज हुन् । ती वास्तविक मानिस नभएर अरु नै चिज हुन् । नेरिफन नामक रुखमा वास्तवमा त्यस्तो निर्वस्त्र युवतीको स्वरुपमा फल फल्ने गरेका हुन् ।

यसको रंग हरियो हुन्छ । यो रहस्यमय रुखका बारेमा थाइल्याण्डमा केही मान्यता रहिआएको छ । धार्मिक मान्यता अनुसार भगवान गौतम बुद्ध स्वयंमले जंगलमा यो रुख रोपेका हुन् । जब मानिसहरु बुद्धले देखाएको बाटो हिड्न छाड्छन् तब उक्त प्रजातिको रुख नष्ट हुन थाल्दछ भन्ने मान्यता छ ।

बौद्ध धर्मका अनुसार यस्तो विनाशको दिन आउन अझै पनि हजारौँ वर्ष बाँकी छ । भगवान बुद्धको निर्वाणको ५ हजार वर्षपछि त्यो प्रलयको दिन आउनेछ ।

नेरिफनको रुखमा फल्ने त्यो निर्वस्त्र युवतीको स्वरुपको फल केवल ७ दिनसम्म मात्र रहन्छ । केही फल मानिसहरुले फोड्दछन् त केही आफै पाकेर झर्दछन् ।

post image

जेठ १८, काठमाडौँ। दुनियाँको सबैभन्दा महंगो फल के होला ? कसैले खरबुजा भन्यो भने तपाइँले ठाउँका ठाउँ गिज्याउनु वा झपार्नु हुन्छ होला । जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त लिलामीका दौरान दुईवटा विशेष खरबुजा ३१ लाख भन्दा धेरै मूल्यमा बिकेका छन् ।

युबरी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले यति महंगोमा खरीद गरेको हो ।

जापानमा खरबुजाको लिलामी बेलाबेलामा भैरहन्छ । तर विगतमा प्रिमियम खरबुजा बढीमा १५ हजार सम्ममा बिक्ने गरेको थियो ।  तर पछिल्ला युबरी खरबुजाको एक जोडी २९ हजार ३ सय डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएका हुन् ।

स्मरण रहोस् जापानमा खरबुजालाई सम्मानसँग जोडेर हेरिन्छ । युबरी खरबुजालाई त्यहाँ मानिसको प्रतिष्ठाको प्रतिकको रुपमा लिइन्छ । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवरी खरबुजाको प्रयोग गर्दछन् । खरबुजाको आकार र त्यसको सुन्दरताले अझै धेरै महत्व राख्दछ । यसकारण पूर्णरुपमा गोलो खरबुजा निकै धेरै मूल्यमा बिक्री हुन्छ । साथै खरबुजाको वजनले पनि मूल्यको हकमा महत्त्व राख्दछ ।

post image

जेठ १६, काठमाडौं । कनेक्टिकटमा एक बलात्कार आरोपीलाई यसै हप्ता अदालतले दोषमुक्त गरेको छ तर आफूलाई निर्दोष साबित गर्न व्यक्तिले जुन तरिका अपनाए त्यसले सबैलाई चकित बनाइदिएको छ । वास्तवमा, ती व्यक्तिले अदालत परिसरभित्रै आफ्नो पाइन्ट खोले र न्यायाधिसलाई आफ्नो यौनाङ्ग देखाए ।

बचाउ पक्षका वकिल टोड बुर्सटले उनीसँग आफूलाई निर्दोष साबित गर्ने यही एउटा तरिका भएको बताए । ती व्यक्तिमाथि सन् २०१२ मा एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । ती महिलाले घर फर्कने बेला ठूलो ओठ भएका अश्वेत व्यक्तिको कपाल भएका व्यक्तिले बलात्कार गरेको आरोप लगाइन् । महिलाले आफ्नो उजुरीमा जुन व्यक्तिले उनको बलात्कार गरेका थिए, ती अश्वेत थिए जसको यौनाङ्गको रंग बाँकी शरिरको तुलनामा हल्का भएको जानकारी दिएकी थिइन् ।

सन् २०१४ मा एक समाचार रिपोर्टमा फोटो देखेपछि पीडित महिलाले २६ वर्षीय डेसमन्ड जेम्स नामका व्यक्तिलाई आफ्नो बलात्कारको आरोपी बताएकी थिइन् । टोड बुसर्टका अनुसार महिलाले आरोपीको यौनाङ्गबारे जुन जानकारी दिएकी थिइन्, त्यो डेसमन्डको यौनाङ्गसँग मेल नखाने बताए ।

गत सोमबारदेखि न्यू हेवनमा सुरु भएको सुनुवाइको क्रममा टोडले डेसमन्डका यौनाङ्गका केही तस्बिर देखाएर आरोपी नभएको पुष्टि गर्न कोसिस गरेको जानकारी दिए  । टोडले टोडले वासिङ्टन पोष्टलाई दिएको एक अन्तर्वार्तामा भने, ‘दुर्भाग्यवश, फोटो खिच्दा फ्ल्यासका कारण सबै खराब भयो । त्यसपछि डेसमन्डलाई अदालतभित्रै आफ्नो यौनाङ्ग देखाउनका लागि तयार गराउन निकै मुश्किल थियो ।’

वकिलले अन्तर्वार्तामा भने, ‘हामीले डेसमन्डलाई यो उनको बचाउका लागि अत्यन्त महत्वपूर्ण भएको बतायौं । त्यसपछि कुनै शंका नहुने भन्यौं ।’

‘त्यसपछि बुधबार जब सुनुवाई भयो तब  ६ जना न्यायाधिसलाई यसबारे जानकारी दिइयो । त्यसपछि डेसमन्ड जूरी बक्समा उभिए र आफ्नो पाइन्टको बटन खोले,’ उनले भने, ‘पूरा प्रक्रिया तीन देखि पाँच सेकेन्डको थियो । अदालतले यसलाई ठूलो मसला बनाउन चाहँदैनथे । आखिर, यो अपमानजनक हो ।’

तर ती महिलाको विषयमा उनी निर्दोष देखिएपनि उनले गत वर्ष १० वर्षकी बालिकामाथि यौनजन्य अपराध गरेका कारण ६५ वर्षको जेल सजाय भोग्नु पर्ने भएको छ ।एजेन्सी

post image

जेठ १४, काठमाडौँ । फ्रान्सको पेरिसमा एक युवकले अपार्टमेन्टको चौथो तल्लामा झुन्डिरहेको बच्चालाई आफ्नो ज्यान जोखिममा राखेर बचाएका छन् ।

शनिबार अपरान्ह रुइमाक्र्स-डोर्मोएको एक अपार्टमेन्टको बार्दलीमा चारवर्षे बालक झुन्डिएका थिए । बाबु किनमेलका लागि बाहिर गएको बेलामा खेल्दै गरेका बच्चा एक्कासी बार्दलीमा झुन्डिएका थिए । तर, ‘सुपर हिरो’ले बचाएका छन् ।

बाटोमा हिँडिरहेका २२ वर्षीय युवन मामोउडु गासामाले बच्चा झुण्डिरहेको खेलेका थिए । उनी अरु कुरा केही पनि नसोची फटाफट झुण्डिएर एकपछि अर्को तला चढ्न थाले ।

बच्चा भएको ठाँउसम्म पुग्नका लागि जम्मा ३० सेकेण्ड लगाए र बच्चालाई बचाउन सफल भए ।

यस्तो साहसिक कार्यपछि उनलाई सिनेमाको स्पाइडरम्यानसँग तुलना गर्न थालिएको छ । बच्चालाई बचाउनका लागि किन त्यस्तो जोखिम मोलेकोे भन्ने प्रश्नमा गासामाले भने, ‘उसको स्थिति देखेर मलाई माया लाग्यो, त्यसैले जोखिम उठाएँ ।’

डोरी वा अन्य कुनै सुरक्षा सामग्री बिना नाङ्गो हातले सजिलै भवनमा चढेका उनलाई प्रत्यक्षदर्शीको भीडले हौसला दिइरहेको थियो । चौथो तलामा पुगेपछि गासामाले बच्चालाई समाते र सुरक्षित रुपमा बाहिर ल्याएका छन् ।

बच्चा झुन्डिएपछि एक छिमेकीले बच्चालाई अर्को बार्दलीबाट बचाउन कोसिस गरिरहेका थिए र उनले यसबारे वायुणयन्त्रका कर्मचारीलाई सूचना पनि दिएका थिए ।

तर, उनीहरु आइपुग्नु अगाडी नै गासामा एक्सनमा आए र बच्चालाई बचाएका छन् । ६ महिना अघि मात्रै मालीबाट प|mान्स आएका गासामा मोन्ट्रेउलमा बस्छन् ।

पेरिसका मेयरले गासामाको साहसिक कार्यको प्रशंसा गरेका छन् । मेयर एन्नी हिडाल्गोले टि्वटरमा पोस्ट गरेका छन्, ‘मामोउडु गासामाको बहादुरीको लागि बधाई छ, अघिल्लो राति उनले एक बच्चालाई बचाए । मलाई उनीसँग फोनमा कुरा गरेर धन्यवाद दिँदा खुशी लाग्यो ।’

post image

काठमाडौँ, १४ जेठ। एक बिद्यालयले आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।  पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ । उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो ।

मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।’

स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् । ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।एजेन्सी

post image

जेठ ११,काठमाडौं। दुनियाँका हरेक कुनामा केही न केही अनौठा चिज भैरहेका हुन्छन् । यस्तै अचम्मको कुरा चीनमा भैरहेको छ । चीनको गुआंगडोंगमा तपाइँ केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउन सक्नुहुन्छ ।

गुआंगडोंगको हेयुआन सहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम एक शपिङ कम्प्लेक्समा निकै सुन्दर मोडेलहरु उभिइरहेका हुन्छन् ।

त्यहाँ गएर कुनै पनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान सक्दछ । यदि २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा समय अनुसारको थप रकम भुक्तान गर्नुपर्दछ ।

यद्यपि, यसका लागि केही नियमहरुको पालना गर्नुपर्ने हुन्छ । आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिंङ पनि गराउन पाइन्छ । तर उनको मन्जुरीविना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न पाइँदैन ।एजेन्सी

post image

जेठ १०, काठमाडौँ ।  सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जुँगा पालेर नै मासिकरुपमा पैसा कमाउँदै आएका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएका छन् । दाङको घोराहीमा रहेको वेस्टर्न डेलभपमेन्ट बैंकमा सुरक्षा गार्डका रुपमा कार्यरत बुढाथोकीलाई तुलसीपुर निवासी पूर्ण भण्डारीले मासिक रु २५० प्रदान गर्दै आएका छन् ।

“म पेशाले निर्माण व्यवसायी हुँ, कामको सिलसिलामा बैंकमा आइरहँदा कालीबहादुरले पालेको जुंगा देख्दा मलाई रमाइलो लाग्थ्यो”, भण्डारीले भने । नागबेली आकारको उनको काला जुंगा देखेपछि मैले खुशीले उनलाई प्रोत्साहनस्वरुप पैसा दिने निर्णय गरेको हुँ ।” २०६२ सालदेखि आफूले नियमित रुपमा जुंगा पालेबापत रकम प्राप्त गर्दै आएको बुढाथोकीले बताए ।

“शुरुमा उहाँले रु ५० बाट शुरु गर्नु भएको हो, अहिले रु २५० मासिक उपलब्ध गराउँदै आउनुभएको छ,” बुढाथोकीले भन्नुभयो । जुंगालाई मन पराइदिएर पैसा दिँदा आफूलाई पनि खुशी लागेको समेत उहाँले बताउनुभयो । जुंगा पालेर प्राप्त गरेको पैसा जुंगा संरक्षणमा नै खर्च गर्ने गरेको समेत उनले बताए ।

बुढाथोकी अवकाशप्राप्त नेपाली सैनिक हुनुहुन्छ । उनले नेपाली सेनाको दुर्गा भञ्जन गुल्ममा कार्यरत रहँदा २०५७ सालतिर पनि मासिक रु १०० जुंगाको तलब खाने गरेको बताउनुभयो । “म नेपाली सेनामा हवल्दार हुदा मलाई मेरो गुल्मका क्याप्टेन समिर रानाले पनि मासिक रु १०० जुंगा पालेबापत पैसा दिँदै आउनुभएको थियो,” उनले भने ।

अहिले बैंकको सुरक्षा गार्डका रुपमा रहेका बुढाथोकीलाई निर्माण व्यवसायी भण्डारीले आफू बाँच्दासम्म प्रत्येक वर्ष थोरै भएपनि वृद्धि गर्दै जुंगाको लागि पैसा दिइरहने बताए । भण्डारीले बुधबार बुढाथोकीलाई बैंकमा नै भेटेर एकमुष्ट रु पाँच हजार प्रदान गरेका थिए ।

post image

मानिसका क्रियाकलाप तथा रुचीहरु पनि अनौठा हुने । छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित रायबरेली जिल्लामा बस्ने एक महिलाले आफ्नो नाममा रहेको सबै धनसम्पत्ति एक बाँदरको नाममा गरिदिएकी छिन् ।

रायबरेलीको शक्तिनगरमा बस्ने कवयित्री सबिस्ताले १३ वर्षअघि देखि एउटा बाँदर घरमा पाल्दै आएकी थिइन् । बाँदरको नाम चुनमुन होे । आफ्नो जीवनमा चुनमुन आएसँगै  बदलिएको उनको भनाइ छ ।

बाँदरबाट उनी यतिधेरै खुसी भइन्  कि आफ्नो सारा सम्पत्ति बाँदरलाई सुम्पिइन् । यो गत वर्षको कुरा हो । तर दुर्भाग्य गएको वर्ष चुनमुनको मृत्यु भयो ।

प्रेम विवाह असफल भएपछि एक्लै रहेकी ती महिलाका कुनै सन्तान थिएनन् र उनले उक्त बाँदरलाई नै आफ्नो छोरा मानेर आफ्नो जायजेथा सबै उसकै नाममा गराइदिएकी थिइन् ।

आफ्नो प्रिय बाँदर मरेसँगै सबिस्ता ठूलो पीडामा परिन् । मुस्लिम धर्म मान्ने सबिस्ताले त्यसपछि घरमा बाँदरको मन्दिर बनाएकी छन् । गत मंगलबार उक्त मन्दिरमा राम लक्ष्मण तथा बाँदरको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ ।

मुस्लिम भएर पनि आफ्नो बाँदरप्रेमका कारण घरमा मन्दिर बनाउने यी महिलाको लगाव साँच्चिकै उदाहरणीय छ । एजेन्सी

post image

जेठ ६,काठमाडौँ । दुनियाँमा कैयन् अनौठा प्रथाहरु छन् । कतिपय प्रथाहरु निकै अन्धविश्वासी तथा दर्दनाक पनि रहेका छन् । तर सदियौँदेखि यस्ता दर्दनाक प्रथाको पालना पनि हुने गरेको छ भन्ने झनै दुःख लाग्छ ।

एउटा यस्तै प्रथा अफ्रिकामा रहेको छ, जसको बारेमा सुन्दैमा जिउ काँप्छ । दक्षिण अफ्रिका, क्यामरुन र नाइजेरियामा यो प्रथा रहेको छ । साथै बेलायतमा बस्ने अफ्रिकी समुदायका कतिपय किशोरी तथा युवतीहरुलाई पनि यो प्रथामा बाध्य गराइने गरिएको बताइन्छ ।

यो अनौठो तथा दर्दनाक प्रथाको नाम ब्रेस्ट आइरनिङ अर्थात् वक्षस्थलको इस्त्री हो । नामैले बताएजस्तै यो प्रथामा चेलीहरुको छातिमा आइरन लगाइन्छ । यस प्रथा अन्तर्गत किशोरावस्थामा प्रवेश गरेका छोरीचेलीका वक्षस्थलमा तताइएको काठ, हथौडा वा डुंगाले डामिन्छ । किशोरावस्थाको सुरुवातमै चेलीहरुले यो दर्दनाक प्रथा भोग्नुपर्दछ ।

किशोरीहरुको वक्षस्थल डाम्नुको खास कारण चाहिँ किशोरीहरुका वक्षस्थल ठूला नहोउन् भनेर हो ।किशोरीहरुका वक्षस्थल ठूला भएमा केटाहरुको कुदृष्टि पर्ने र बलात्कार तथा यौनहिंसामा पर्ने हुनाले बलात्कारबाट किशोरीहरुलाई जोगाउन यस्तो प्रथाको सुरुवात भएको बताइन्छ । एजेन्सी

post image

जेठ २,काठमाडौं। सरकारी वा गैरसरकारी काम गर्नेहरुले कामबाट विदा माग्नु पर्यो भने निवेदन दिने गर्छन् । निवेदनमा उनीहरुले विदा लिनुपर्ने कारण पनि खुलाउँछन् । तर, एक प्रहरी जवानले यसरी विदा माग्न लेखेको निवेदनमा यस्तो कारण लेखिदिए कि यसको चर्चा सामाजिक संजालमा छाएको छ ।

भारतको उत्तर प्रदेशमा कार्यरत प्रहरी जवानले यस्तो विचित्र आवेदन लेखेका हुन् । मनोज नामका ती सिपाहीले निवेदनमा लेखे कि उनको भर्खरै बिहे भएको छ । उनकी पत्नीले उनलाई धेरै सम्झिन्छिन् । त्यसकारण उनले विदा लिनैपर्ने भएको छ ।

ती सिपाहीको निवेदन स्वीकार गरिएको छ र उनले विदा पाएका छन् । तर, उनको निवेदन भने सामाजिक संजालमा अत्यन्तै भाइरल भइरहेको छ । मनोजले आफ्ना अफिसरसँग ८ दिनको विदा मागेका थिए । उनी आगरा जिल्लामा तैनाथ भएको बताइएको छ ।

post image

जेठ १, काठमाडौं । सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् । स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् ।

थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ ।वास्तवमा गाईका बाच्छा बाच्छीले अघिल्ला दुई थुन मात्र चुस्दछन् । यसो गर्दा पछिल्ला दुई थुन अर्थात् आधा कल्चौँडो गानिन्छ र सुन्निन्छ ।

सोही कारण अघिल्ला दुई थुनमा ब्रा लगाइदिएपछि बाच्छाले पछिल्ला थुन चुसिदिने र गान्निएर जम्मा भएको दुध निख्रिने कारणले थुन सुन्निने समस्या हुँदैन । यसरी आलोपालो गरी अघिल्लो र पछिल्लो थुनमा ब्रा लगाइदिएपछि गाईको कल्चौँडोको कुनै थुनमा दुध जम्मा हुने समस्या हुँदैन ।

डोनाल्ड रस नामका ती किसानले आफ्नो गाईलाई लगाइदिएको ब्राको तस्वीर उनका साथीले सोसल मिडियामार्फत सार्वजनिक गरिदिएका थिए । बीबीसी

post image

जेठ १, काठमाडौं । ‘स्तनपानबाहेक म आफ्नो बच्चाको लागि हरेक त्यो काम गर्न सक्छु जुन एक आमाले गर्छिन् ।’ हरेक आमाले झैं यी ‘आमा’ ले पनि आफ्नो छोरालाई त्यती नै माया र प्रेम गर्छिन् ।

बच्चाको लागि खाना बनाउने, स्कूलका लागि तयार गर्ने, पढाउने, सँगै खेल्ने र राती सुत्नुअघि कहानी सुनाउने सबै काम यी ‘आमा’ले गर्छिन् ।

तर यी आमा कुनै महिला नभई एक पुरुष हुन् ।

बीबीसीले मदर्स डे को उपलक्ष्यमा एक विशेष आमाको कहानी प्रस्तुत गरेको छ जसले आमा बुवा दुबैको भूमिका एकसाथ निभाइरहेका छन् ।

भावनाको समुन्द्रः

दिल्लीमा बस्ने ३९ वर्षका भास्कर पालित ६ वर्षीय छोरा इशानका आमा र बुवा दुबै हुन् । सन् २०१४ फेबुअरी १५ मा भास्कर आफ्नी श्रीमतीसँग अलग्गिए ।

इशान त्यतिबेला दुई वर्षका थिए ।

भास्करले इशानलाई आमाको कमी महसुस हुन दिएका छैनन् । आफैं आमा बनेर ।

आज इशानको पूरा संसार आफ्नो बुवाको वरिपरि घुम्छ । ईशानलाई जब कहिले चोट लाग्छ तब उनको मुखबाट ‘आमा’ होइन ‘बाबा’ निस्कन्छ ।

भास्करका अनुसार आमाको अर्को नाम हो भावनाको समुन्द्र । जुन बच्चाले उसलाई त्यो समुन्द्रमा डुबाइदिन्छ तब त्यो व्यक्ति आमा हुन्छिन् ।

उनका अनुसार आमाको ममतालाई जेन्डरको ढाँचामा ढालेर हेरिनु हँदैन ।

कति मुश्किल थियो जिम्मेवारी ?

भास्करका अनुसार जुन दिन उनको स्वर्ग उजाडियो त्यो दिन उनले पक्कै सोचेका थिए कि उनले अब दुई वर्षको बच्चालाई कसरी सम्हाल्ने ?

तर उनले जब काखमा राखेको इशानको मुस्कान देखे तब उनको सबै चिन्ता र दुःख एकाएक गायब भयो ।

त्यस दिनदेखि उनको दिमागमा दोस्रो पटक त्यस्तो सोच कहिले पलाएन ।

अब जब तपाईं भास्कर र इशानको घरमा छिर्नुहुन्छ तब तपाईंलाई त्यहाँ कुनै महिलाको कमी महसुस हुँदै हुँदैन ।

उनीहरुको घरको भित्ता बाबा छोराका तस्बिरले उनीहरुबीचको सुन्दर सम्बन्धको कहानी बयान गर्दछ ।

सामाजिक जीवन समाप्त हुँदैनः

भास्करका अनुसार सिंगल फादर बनेपछि उनको जीवनमा केही परिवर्तन त पक्कै आएका छन् तर उनका अनुसार उनको सामाजिक जीवनभने समाप्त भएको छैन ।

उनी अहिले पनि साथीहरुसँग समय बिताउँछन् । जब उनी बाहिर जान्छन् तब राजुले इशानको हेरबिचार गर्छन् । राजु भास्करको घरमा सहयोगीको रुपमा काम गर्छन् ।

आफू इशानका बाबाका साथै उनको साथी भएको पनि भास्कर बताउँछन् । दुबैजना सँगै घुम्न जान्छन्, फिल्म हेर्छन् र शपिङ गर्छन् ।

दुबैले एकअर्कालाई कस्तो हेयरकट सुहाउँछ भनी सल्लाह दिन्छन् । इशानलाई चेस खेल्न मन लाग्दा भास्करले उनलाई साथ दिन्छन् ।

भास्करको १५ वर्षको चुरोट पिउने बानीलाई इशानले एकै झट्कामा छुटाइदिए ।

भास्कर इशानलाई आमाले जस्तै माया गर्छिन्, लुटपुट्याउँछन् र आवश्यक पर्दा मिठो गाली पनि गर्छन् ।

समाजले स्टेरियाटाइप बनाइदिएको छ महिला पुरुषको भूमिकाः

भास्कर भन्छन्, ‘हाम्रो समाजले महिला र पुरुषको भूमिकालाई स्टेरियोटाइप बनाइदिएको छ  । समाजले महिला किचनमा र पुरुष बाहिर हुनुपर्ने ठान्दछ ।’

‘साथै महिलाले नै बच्चा सम्हाल्नेछिन्, हामीले यस्तो सोचलाई परिवर्तन गर्नुपर्छ ।’

उनी भन्छन्, ‘इशानले मलाई घरमा काम गरिरहेको, उनलाई सम्हालिरहेको, खानाको मेन्यु डिसाइड गरिरहेको देख्छ ।’

‘मलाई आशा छ इशान ठूलो भएपछि उनीमाथि यसको गहिरो असर रहनेछ र उनले जेन्डरको आधारमा कुनै पनि कुरालाई स्टेरियोटाइप गर्ने छैनन्,’ उनले भने ।

बाबाको हातको खानाः

भास्करलाई खाना बनाउन अत्यन्तै रुची छ । उनी इशानलाई नयाँ तरिकाको खाना बनाएर खुवाउँछन् ।

उनी भन्छन्, ‘आमाले बनाएको खाना त सबैले खान्छन् । कसैले त बाबाको हातको खाना खाओस् ।’

भास्कर भन्छन्, ‘म चाहन्छु कि मदर्स डे, फादर्स डेको कन्सेप्ट एक दिन समाप्त होस् । हामी जेन्डर स्टेरियोटाइपिङभन्दा माथि उठ्नुपर्छ । केही मान्नु नै छ भने प्यारेन्ट्स डे वा फ्रेन्ड्स डे मनाउनुहोस् ।’

बीबीसी

post image

वैशाख ३०, काठमाडौं । सुन्दैमा अनौठो लाग्दछ । यो दुनियामा एउटा यस्तो गाउँ छ, जुन गाउँभित्र पछिल्लो ४ सय वर्षयता कुनैपनि बच्चा जन्मिएका छैनन् । उक्त गाउँमा श्राप परेका कारण यस्तो भएको विश्वास गाउँलेहरुको छ  ।

यो कथा भारतको मध्यप्रदेशस्थित राजगढ जिल्लामा पर्ने सांका श्यामजी नामक गाउँको हो । यो गाउँमा यस्तो श्राप परेको छ की जसका कारण गाउँका महिलाहरुले पछिल्लो ४ सय वर्षद्येखि आफ्नो गाउँमा बच्चा जन्माउन पाइरहेका छैनन् ।

गाउँमाथि भगवानको श्राप रहेको अन्धविश्वास जनमानसमा कायम छ, जसका कारण यो गाउँको सिमानाभित्र महिलाले बच्चा जन्माउन पाउँदैनन् ।

त्यसोभए के ४ सय वर्षदेखि गाउँमा कोहीप्नि नयाँ मान्छे थपिएको छैन त ? अनि ४ सय वर्षदेखि मान्छे नजन्मिँदा त्यो गाउँमा अहिले भएका मानिसहरु कहाँ बाट आए त ?

वास्तवमा गाउँका महिलाहरुले आफ्नो गाउँभित्र बच्चा जन्माउन पाउँदैनन् र बच्चा जन्माउनका लागि गाउँका सिमाना बाहिर जानु पर्दछ । बच्चा जन्मिएपछि भने परम्परागत संस्कार पूरा गरी आमा र बच्चा गाउँ फर्किन पाउँछन् ।

यदि गाउँभित्र कसैले बच्चा जन्माउने कोसिस गरेमा या त बच्चा अपांग जन्मिने वा आमा र बच्चाको ज्यान जाने विश्वास गाउँलेहरुमा छ ।

किम्बदन्ती अनुसार १६ औँ सताब्दीमा उक्त गाउँका महिलामाथि श्राप परेको हो । १६ औँ सताब्दीतिर उक्त गाउँमा भगवानले मन्दिर स्थापना गरेछन् । मन्दिरभित्र देवी देवता विराजमान थिए । गाउँका महिलाहरुले कुटानी पिसानी गर्नुपर्दथ्यो । त्यसो गर्दा ठूलै आवाज आउँदथ्यो । सोही आवाजका कारण मन्दिर भित्रका देवी देवताहरुको ध्यान भंग भएछ । जसका कारण रिसले चूर भई गाउँका महिलाहरुलाई देवताले श्राप दिएछन् की अबदेखि कुनैपनि महिलाले गाउँमा बच्चा जन्माउन नपाउन् ।

गाउँलेका अनुसार अहिले आधुनिकता सँगै उक्त गाउँका ९० प्रतिशत प्रसुति अस्पतालमै हुने गरेका छन् । आकस्मिक रुपमा गर्नुपर्ने अरु १० प्रतिशतमा मात्र परम्पराको पालना हुने गरेको छ । जसमा गर्भवती महिलालाई गाउँ बाहिर बनाइएको एउटा झुप्रोमा लगेर प्रसुति गराउने गरिएको छ । एजेन्सी

post image

बैशाख २७,काठमाडौँ । भारतको दिल्लीस्थित चिडियाखानामा दुइ बाघको विवाह गरिएको छ ।इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार बाघ हेर्न चिडियाखाना पुगेकालाई जब उनीहरुको विवाह हुँदैछ भन्ने जानकारी भयो तब त्यहाँ मानिसहरुको भीड नै जम्मा भयो ।

चडियाखानाकी निर्देशक रेणु सिंहले सो कुराको जानकारी दिँदै दुई दिन अघि उनीहरुलाई सँगै राखेर विवाह गराउन सकिने नसकिने भन्ने बारे निर्णय गरेको बताइन् ।

उनले भनिन्, ‘एक प्राइभेट घेराभित्र यी दुईलाई राखियो । हामी दुबैबीचको केमेस्ट्रि, एक अर्कासँग झगडा गर्छन् गर्दैनन् भन्ने हेर्न चाहन्थ्यौं । तर दुबैले एक अर्कालाई सुँघिरहेको देख्यौं । यी दुइको विवाह बुधबार गरियो ।’

करण नाम राखिएको भाले (रोयल बंगाल टाइगर) को उमेर पाँच वर्ष हो ।  पोथी ह्वाइट टाइगरको उमेर भने तीन वर्ष हो । सन् २०१५ मा जन्मिएकाले यसको नाम निर्भया राखिएको थियो । निर्भयाको जन्म विजय (जसलाई सन् २०१४ मा एक व्यक्तिले मारेका थिए) र कल्पनाबाट भएको थियो ।

निर्देशक रेणु सिंहका अनुसार यसअघि सन् १९९१ मा रोगल बंगाल टाइगर सुन्दर र ह्वाइट टाइगर शान्तीको विवाह गराइएको थियो । यदि बघिनी गर्भवती भए सेप्टेम्बरसम्म बच्चाको जन्म हुनेछ । मंगलबार ६ पटक र सोमबार ९ पटक दुबैले सम्बन्ध स्थापित गरेको निर्देशक रेणुले बताइन् ।एजेन्सी

post image

वैशाख २६, काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा रहेको एउटा चर्चित म्युजियमका आगन्तुकहरुले संग्राहलयभित्र छिर्दा जिउका सबै लुगा फुकाल्नुपर्नेछ ।

पेरिसस्थित दी पालाइस डु टोक्यो म्युजियमले हरेक शनिवार नांगा मानिसहरुका लागि संग्रहालय भ्रमणको विशेष कार्यक्रम आयोजना गर्नेछ ।

फ्रान्समा निर्वस्त्रवादी अर्थात् नुडिस्ट समुदायको निरन्तरको आग्रह तथा दबाबपछि संग्रहालयले यस्तो व्यवस्था गर्न लागेको हो । स्मरण रहोस् पेरिसमा यसअघि निर्वस्त्रधारीहरुका लागि पार्क र रेष्टुरेन्ट खुलिसकेको छ ।

निर्वस्त्र मानिसहरुका लागि हरेक शनिवार बिहानै म्युजियम भ्रमणको अवसर प्रदान गरिनेछ । बिहान म्युजियम खुल्ने नियमित समय भन्दा अगावै निर्वस्त्रवादीहरुले म्युजियमको भ्रमण सकाउनेछन् ता कि अन्य साधारण भ्रमणकर्ताहरु नांगा मानिसहरु देखेर समस्यामा नपरुन् ।

निर्वस्त्रवादीहरुले शनिवारको निर्वस्त्र म्युजियम भ्रमणमा युवापुस्ता आकर्षित हुने र यसले निर्वस्त्रवादलाई समाजमा समाजमा स्थापित गर्ने आशा गरेका छन् ।एजेन्सी

post image
post image

वैशाख २३, काठमाडौं । चीनका हान जिचेंग नामक वृद्धले यस्तो अपिल गरेका छन् जसलाई सुन्ने जो कोहि  भावुक बन्न सक्छ !  ‘कोही मान्छेले मलाई अपनाउनुहोस्, म एक्लै मर्न चाहन्न ।’ उनको अपिल हो यो ।

उनले अहिलेसम्म आफ्नो जिवनमा चिनिया गृहयुद्ध, जापानी आक्रमण तथा सांस्कृतिक क्रान्ति जस्ता अनेक घटनाहरु भोगिसकेका छन् । तर अहिले एक्लै जिवन बिताउनुपर्दा उनी थाकेका छन् । ८५ वर्षका जिचेंग ८० को दशकदेखि एक्लै बस्दै आएका छन् । उनी आफ्नो दैनिकी एक्लै चलाउँदै आएका छन् । पसल चलाएका छन् । आफ्नो लागि खानेकुरा बनाउने तथा घरका अरु सबै काम आफै गर्दछन् ।

तर अब उमेरले डाँडा काटेपछि उनलाई कसैको सहारा चाहियो । त्यसैले उनले आफ्नो घर नजिकै रहेको एउटा बसन स्टेसन अगाडिको भित्तामा पोष्टरमा लेखिएको सूचना टाँस गरेका छन् । जसमा लेखिएको छ ‘मलाई अपनाउनुहोस् ।’

उनले उक्त सूचनामा आफु एक्लै मर्न नचाहेको भन्दै लेखेका छन्, ‘मलाई कुनैपनि बिमार छैन, हरेक महिना साढे ९ सय डलर बराबरको रकम पेन्सन पाउँछु । तियान्जिनमा एउटा अनुसन्धान केन्द्रबाट सेवा निवृत्त कर्मचारी हुँ म ।’

कुनै दयालु व्यक्ति वा परिवारले आफुलाई बुवाको रुपमा अपनाउने र बुढेसकालमा आफ्नो हेरचाह गर्ने आशा उनको छ । साथै मरेपछि आफ्नो अन्तिम संस्कार पनि हुनेछ भन्ने उनले अपेक्षा गरेका छन् । आफु अहिले सक्रिय जिवन बिताइरहेको भन्दै उनले आफुले आफ्नो काम आफैं गर्नसक्ने पनि बताएका छन् ।

तर आफ्नो पत्नीको मृत्यु भएको, छोराले पनि एक्लै छाडिदिएका कारण आफू जीवनदेखि निरास भएको र आफ्नो हातगोडा चल्न छाड्दाको दिनदेखि आफूलाई रेखदेख गर्ने मानिसको खोजी अहिलेदेखि नै गरेको उनको भनाइ छ ।

post image

बैशाख २०,काठमाडौं । कहिलेकाहीं एकदमै सानो कुराले पनि मान्छेको जीवनलाइ कहाँ बाट कहाँ पुर्याई दिन्छ । यस्तै भएको छ एक नव बिबाहित जोडीको !  भारतमा १ सय भारु दक्षिणाको विवादमा बिहे नै टुटेको छ ।

भारतको उत्तर प्रदेशको मेरठमा यो घटना भएको हो । विवाह सम्पन्न भैसकेको थियो । त्यही बीचमा दक्षिणाको १ सय भारुका विषयमा विवाद सुरु भयो । विवाद यति धेरै बढ्यो की बेहुलीले बेहुलासँग जान अस्विकार गरिन् र अन्ततः बेहुला र बेहुली दुबैले सम्पन्न भैसकेको विवाह भंग गर्ने निर्णय गरे ।

मेरठको टोपीनगर इलाकामा सोमबार रात विवाह कार्यक्रमको आयोजना भयो । दिल्लीबाट जन्ती लिएर बेहुला आए । विवाहको कार्यक्रम राम्रैसँग चलिरहेको थियो । तर रात अबेर दुबै पक्षका केही नातेदार तथा आफन्तहरु बिहेको फेरोमा रोकिए । बेहुला पक्षले फेर लगाउने मन्त्रोच्चारणका लागि आफ्नो पण्डित ल्याएको थिएन । त्यसैले बेहुली पक्षकै पण्डितले नै बेहुला पक्षको तर्फबाट फेर लगाउने मन्त्रोच्चारण गराइदिने र यसका लागि बेहुला पक्षले पण्डितलाई दक्षिणा दिने कुरा भएको थियो । सोहीअनुसार फेरो लगाइयो । तर बेहुला पक्षले दक्षिणाको रुपमा केवल १ सय भारु मात्र दिए ।

पण्डितलाई निकै कम दक्षिण दिएको विषयमा बेहुलीका बाबुले बेहुला पक्षको निकै बेइज्जत गरिदिए । त्यसपछि बेहुलाका बाबुले पण्डितलाई २१ सय भारु दक्षिणा दिए ।अनि बेहुलीका बुवाले आफ्नो बेइज्जत गरेको भन्दै जन्तीसामु गएर रुन थाले । त्यो कुरा बेहुलाले सुनेपछि त के चाहियो ? उनले मण्डपमै हंगामा गरे । बेहुली तथा उनका बुवालाई गालीगलौज गर्न थाले र हातपातसमेत गरे ।

उक्त घटनापछि बेहुलीले बेहुलाको घरमा अन्मिएर जान अस्विकार गरिन् । त्यसपछि दुबै पक्षले सहमतिमै बिहे रद्द गर्ने फैसला गरे । बिहेका लागि एक अर्कालाई दिएका सामानहरुसमेत फिर्ता गरियो । बेहुली पक्षले बिहेको तयारीमा खर्च गरेको १ लाख भारु क्षतिपूर्ति बेहुला पक्षले दिने सहमति पनि भयो ।

post image

बैशाख १९, काठमाडौं । घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरुका लागि यही साङ्ला कमाइको माध्यम बनिरहेको छ । सम्भावित औषधीय गुणका कारण चिनियाँ औषधि उद्योगहरुका लागि साङ्ला व्यवसायिक अवसरको रुपमा खडा भएको छ ।

चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने चलन पनि छ । अब चाहीँ चीनमा साङ्लाको ठूलो परिमाणमा उत्पादन गरिँदैछ । चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन तथा पालन गर्दछ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एक भवनमा साङ्ला पालन गरिएको छ । उक्त भवनको क्षेत्रफल झण्डै दुईवटा खेल मैदान जत्तिकै छ । दराजका पातला घर्राहरुमा साङ्ला पालन गरिन्छ । साङ्लाका लागि खाना तथा पानीको जोहो पनि गर्नुपर्दछ ।

साङ्लाका लागि अँध्यारो वातावरण र उचित आद्रता पनि उपलब्ध गराइएको हुन्छ र प्रजननका लागि पर्याप्त ठाउँ पनि रहेको हुन्छ । साङ्लाहरु घरबाहिर निस्कन पाउँदैनन् । यसरी पालन गरिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ ।

पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ ।

चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । सोही कारण साङ्लाको जुस निकै लोकपि्रय बनिरहेको छ । औषधिका लागि साङ्लाको पालन गर्ने काम सरकारी योजनाको एउटा हिस्सा पनि हो । सांग्लाको जुसको औषधिलाई अस्पतालहरुले पनि प्रयोगमा ल्याएका छन् ।

तर कतिपय विज्ञ चाहीँ साङ्लाको जुस मानिसका विभिन्न खाले रोगको उपचारमा रामवाण रहेको भन्नु सत्य नभएको बताउँछन् । उनीहरुका अनुसार बन्द ठाउँमा ठूलो परिमाणमा यसरी साङ्ला पाल्नु तथा साङ्लाको पैदावार बढाउनु खतरनाक पनि सावित हुनसक्छ ।

यदि मानिसको गल्ती वा भूकम्प लगायतका कारण अर्बौंको संख्यामा पालिएका साङ्लाहरु बाहिर खुल्ला वातावरणमा निस्किए भने त्यसले विनाशकारी असर पनि निम्त्याउन सक्दछ ।

– बीबीसी हिन्दीबाट

post image

बैशाख १३,काठमाडौं । न्युजिल्याण्डको माओरी समुदायमा पाहुनालाई स्वागत गर्ने संस्कार साँच्चै अचम्मको छ जसले जो कोहिलाइ आश्चर्यमा पार्नेछ । उनीहरुको स्वागत गर्ने शैली नबुझेकाहरु त सायद पहिलो चोटी त्यहाँ जाँदा डराएर भाग्न बेर छैन । किनकि माओरी समुदायका मानिसहरु पाहुनाको स्वागत गर्दा जोड जोडसँग चिच्याउँछन् ।

यो परम्परालाई हाका भनिन्छ । सदियौँदेखि यो परम्परा चलिआएको छ । पहिले उक्त समुदायले युद्धको बेला सत्रुलाई तर्साउनका लागि जोडसँग चिच्याएर धाबा बोल्ने प्रचलन थियो । सोही चलन आजकल परिमार्जित हुँदै हाका बनेको छ । यसमा मानिसहरुले आफ्नो खुट्टा जोडसँग भुइँमा बजार्छन् । अनुहारमा गम्भीर भाव देखाउँछन् र जोडसँग चिच्याउँछन् ।

ठूलाबडा मानिसको स्वागतमा पनि यहीँ परम्परा निभाउँछन् उनीहरु । यतिमात्र होइन, स्कुलमा समेत बालबालिकाहरुलाई यस्तो परम्परा सिकाइन्छ । स्मरणरहोस् न्युजिल्याण्डका खेलाडीहरुले आफ्ना अन्तराष्ट्रिय खेलका दौरानमा हाका प्रदर्शनसमेत गर्ने गरेका छन् ।

सन् १९८८/८९ मा न्युजिल्याण्डको फुटबल टोलीले यसको शुरुवात गरेको थियो । सन् १९०५ मा रग्बी टोलीले पनि हाका प्रदर्शन गरेको थियो । एजेन्सी

post image

वैशाख १० , काठमाडौं । प्रेममा उमेरको अन्तरले कुनै अर्थ राख्दैन भन्ने मान्यतालाई अमेरिकाको एक जोडीले सत्य सावित गरिदिएको छ । १९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् ।

गेरी हार्डविक र अलमेडा बीच दुई वर्षअघि चिनजान भएको थियो । त्यतिबेला अलमेडा ७१ वर्षकी थिइन् भने गेरीको उमेर १७ वर्ष थियो । अलमेडाका छोरा रोबर्टको अन्तिम संस्कारका बेलामा उनीहरुको भेट भएको थियो । रोबर्टकी विधवा पत्नी लिसाले एक पारिवारिक कार्यक्रममा आफ्नी सासु अलमेडासँगै गेरीलाई पनि बोलाएपछि ती दुईबीच पुनः भेट भयो ।

त्यसबेला गेरीको एकजना ७७ वर्षे प्रेमिकासँग भर्खरै ब्रेकअप भएको रहेछ । अलमेडासँग भेट भएर चिनजान हुँदाखेरी नै गेरीले सोँचेका थिए कि अब उनको जीवनमा आउने महिला भनेको उनै हुन् । जतिबेला अलमेडा ६ बच्चाको हजुरआमा बनिसकेकी थिइन् ।

गेरीले अलमेडासँग आफ्नो मनको कुरा खेले । तन्नेरीसँग रोमान्स गर्न पाउने भएपछि अलमेडाले पनि नाइँनास्ती गर्ने कुरा भएन । अन्ततः दुईहप्ताको रोमान्स पछि गेरी र अलमेडाले बिहे गरे । उनीहरुको बिहेमा मात्र २ सय डलर खर्च भएको थियो ।

दुई वर्षपछि अहिले अलमेडाको उमेर ७२ वर्ष छ भने गेरी १९ वर्षका छन् । यो जोडीको उमेर अन्तर असामान्य भएपनि कुनै सामान्य जोडीभन्दा कम खुसी छैनन् । अलमेडा भन्छिन्, यदि तपाइँ कसैसँग प्रेम गर्नुहुन्छ भने उमेर त केवल आँकडा मात्र हो ।

आफूलाई कहिल्यै पनि आफ्नो उमेरका तरुनी केटीहरुप्रति आकर्षण नजागेको गेरी बताउँछन् । बिहेको रात पहिलोपटक सेक्स गर्दाको अनुभव शानदार रहेको उनको अनुभव छ । अलमेडा अति उत्तम प्रेमिका हुन् भन्ने उनको ठम्याइ छ । यद्यपि, अलमेडालाई आफ्नो बिहेका कारण आफ्नो अर्को छोराबाट टाढिनुपरेको छ ।एजेन्सी

post image

मोरक्को । मोरक्कोका एक पुरुषले हाललै  आफुमा बाँझोपन भएको थाहा भएसंगै आफ्नी श्रीमतीबिरुद्ध अनैतिक सम्बन्धको आरोप लगाएर मुद्दा हालेका छन् । नियमित चेकजाँचका क्रममा पुरुषले आफू जीवनको अधिकांश समय बाँझो रहेको पत्ता लागेपछि आफूले हुर्कारहेको ९ सन्तान आफ्नो नभएको थाहा पाएका हुन् ।

मोरक्कोको एक सानो सहर सिदी सिल्मनमा प्रध्यापन पेसा गर्ने ती पुरुषले नियमित जाँचका क्रममा यो कुरा पत्ता लगाएका थिए । उनको दाहिने अण्डकोषमा सानो गाँठो (सिस्ट) थियो, जुन उनका अनुसार वर्षौं पहिलेदेखिनै थियो । चिकित्सकले सिस्टको थप जाँच गर्ने निधो गरे । जाँचबाट सिस्ट खतरनाक नभएको पुष्टि भयो तर त्यसैको कारणले प्रध्यापकमा एक खालको बाँझोपन भएको पत्ता लाग्यो । तर, समस्या अर्कै कुरामा निस्कियो । उनी विगत ३५ वर्षदेखि विवाहित थिए र उनका ९ बच्चा थिए ।

मोरक्कोको समाचारपत्र अल–मस्साईको रिपोर्ट अनुसार समाचार लगतै उनी सम्बन्धविच्छेदका लागि कुदेनन् । पहिले त उनलाई यो नतिजामा विश्वास लागेन । उनले थप अन्य जाँचहरु गराए । तर, त्यसबाट पनि उनी बाँझो रहेको पुष्टि भयो ।  यो रहस्योद्घाटनबाट उनलाई नराम्रो धक्का लाग्यो । त्यसपछि उनले वकिललाई सम्पर्क गरेर आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको लागि मुद्दा हाले । मुद्दामा उनले ३५ वर्षदेखिकी श्रीमतीलाई अनैतिक सम्बन्धको आरोप लगाएका छन् । यसका साथै उनले आफूले हुर्काइ रहेको ९ बच्चा परित्यागको माग गरेका छन् ।

पुरुषले अदालतमा आफू बाँझो भएको र कुनै पनि बच्चा आफ्नो नभएको बताए । यसको प्रमाण चाहिएमा उनले आफू मेडिकल जाँच गर्न तयार रहेको भनेका छन् ।तर, अदालतले पुरुष आफैले गराएको चिकित्सकीय जाँचलाई अनुसन्धान गरेको थियो । थप अनुसन्धानबाट उनको रिपोर्टहरु साँचो निस्कियो । उनको वीर्य जाँचमा उनको वीर्यमा शुक्रकिट देखिँदै देखिएन । यसका साथै जैविक विश्लेषणले उनलाई बाँझो बनाउने अण्डकोषमा रहेको गाठो विगत पचास वर्ष देखि उनको शरीरमा भएको पुष्टि भएको थियो ।

मुश्लिम बहुल देश मोरक्कोमा अनैतिक सम्बन्ध लागि कडा सजायको व्यवस्था छ । यदी ती पुरुषकी श्रीमती दोषी पाइएमा उनलाई जेल सजाय हुन सक्छ । पुरुषले आफूले हुर्काएका ९ जना बच्चाहरु आफ्नो नभएको पत्ता लागे पछि ती सबैसँग सम्पर्क टुटाएका छन् र उनीहरुलाई ब्यहोरिरहेको अभिभावकीय जिम्मेबारीबाट मुक्त गर्न अदालतसँग माग गरेका छन् ।एजेन्सी

post image

वैशाख ७,  एजेन्सी । हिँड्दा हिड्दै कोही निदाउँछ भने त्यो असामान्य र कुनै रोगबाट ग्रसित भएको छ भन्ने हामी अनुमान लगाउछौं । तर कुनै बस्तीको सम्पूर्ण जनसमुदाय नै त्यसरी निदाउँछ भने त्यो कुनै दन्तेकथा जस्तै मानिसकहरुका लागि अविश्वास र अपाच्य विषय बन्न सक्छ । तर यो एउटा गाउँको यथार्थ हालात हो जहाँ मान्छे हिंड्दा हिंड्दै निदाउँछन्, अफिसमा, खेल मैदानमा जहाँकहीँ मानिसहरुलाई निद्रा आउँछ ।

कजाकिस्तानको एउटा सानो गाउँ कलाचीका मानिसहरु बितेका केही वर्षदेखि यस प्रकारको समस्या भोग्दै आइरहेका छन् । त्यस गाउँमा मानिसहरु हिंडिरहेको अवस्थामा निदाउँछन् । निद्रा आउनु नै समस्याको मूल कारण हैन । कलाचीका बासिन्दाहरुका लागि त्यो निद्रा अव्यवस्थित छ । त्यहाँ निदाएपछि उठ्ने समयको टुङ्गो हुँदैन । मिडियाहरुकाअनुसार त्यहाँ मानिसहरु सुतेपछि हप्तौंसम्म उठ्दैनन् । त्यो दृश्य देख्नलाई ती निदाएकाहरु मरिसकेको आभाष हुन्छ तर उनीहरु पुनः एकदिन अचानक उठ्छन् ।

कलाची गाउँमा मानिसहरुमा यस्तो समस्या देखेर वैज्ञानिकहरु पनि चकित छन् । यसरी कुठाँउ, कुसमय निद्रा आउनुपछिको कारणमा वैज्ञानिकहरुले लामो-छोटो शोध पनि भएका छन् । ८१० जनाको आवादी भएको त्यस गाउँमा करिब दुईसय मानिसहरुमा यस्तो समस्या देखिएको छ । साथै त्यस प्रकारको चिर निद्राकोक्रममा केही मानिसहरुको मृत्यु पनि भएको बताइएको छ ।

वैज्ञानिक परीक्षणमा त्यस क्षेत्रमा कार्बन मोनो अक्साइड र हाइड्रो कार्बनको स्तर सामान्यभन्दा धेरै भएको पाइएको छ, जसकारण मानिसहरुलाई पर्याप्त अक्सिजनको कमि हुँदा रहस्यमयी निद्राको शिकार बनिरहेका छन् । तर वैज्ञानिक परीक्षणपछि आएको यस्तो निस्कर्षमा पनि प्रश्नहरु उठिरहेका छन् ।

गाउँमा यदि अक्सिजनकै कमि भएको हो भने किन केही हिस्सा मानिसहरुमा मात्र त्यस्तो समस्या देखियो त ! तर यो प्रश्नले बिगत आठ वर्षदेखि कजाकिस्तानको त्यस गाउँ अनउत्तरीत छ ।

वैज्ञानिकलाई समेत सोचमग्न बनाएको त्यस्तो रहस्यको हल नपाएपछि अहिले सरकारले त्यस गाउँबाट मानिसहरुलाई सारेर अन्यत्रै प्रवन्ध मिलाइदिएको छ ।

post image

वैशाख ७,काठमाडौं । पैसाको बारेमा के हामी बाँदरसँग केही सिक्न सक्छौँ र ?  कसरी खर्च गर्ने ? र कस्तो जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा हुन सक्छ ? के हामी पैसाको बारेमा यी प्रश्न हरुको उत्तर बाँदरसँग सिक्न सक्छौँ ।

आखिर बाँदर हाम्रो पुर्खा ठहर भैसकेको छ । हामी हाम्रा पूर्वजबाट धेरै कुराहरु सिक्न सक्छौँ । यी प्रश्न यसकारण उठेका हो कि अमेरिकाको क्यारेवियन द्वीपमा अहिले बाँदर कति बाठो छ भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

यो अनुसन्धानमा ६ वटा कपुचियन बाँदर सामेल रहेका छन् । यी ६ बाँदरहरुलाई जेम्स बोण्डको चलचित्रको पात्रको नाम दिइएको छ ।अनुसन्धानकर्ताहरुले यी बाँदरहरुलाई केही टोकनको सहयोगले सामान किनबेच गर्न सिकाएका छन् । यी बाँदरहरुलाई टोकन लिएर बजारमा सामान किन्नका लागि पठाइने गरिएको छ ।

उनीहरुले अनुसन्धानको क्रमममा यो हेर्छन् कि यी बाँदरहरु लेनदेनमा कति जोखिम उठाउँछन् ।

के बाँदरहरुले सस्तो–महंगो थाहा पाउँछन् ?

यो अनुसन्धान अमेरिकाको येल विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक लोरी सान्तोसको अगुवाईमा भइरहेको छ । लोरी सान्तोस न ‘अनुसन्धानबाट यो पत्ता लगाउन खोजिरहेका छौँ, के बाँदरले आफूले खाने खाना सस्तो महंगो भन्ने थाहा पाउन सक्छ रु’

बाँदरले कुन टोकनको सहयोगले सामान लिन उसका लागि फाइदा हुन्छ भनेर पत्ता लगाउन सक्छ र
लोरी र उनका साथीहरु यो देखेर हैरान भइरहेका छन् कि बिना कुनै ट्रेनिङ बाँदरले पत्ता लगाउन सफल भए, कुन टोकन दियो भने उनीहरुलाई धेरै सामान लिन सक्छन् भन्ने । जुन स्टलमा बाँदरहरुका लागि धेरै सामान र खानेकुरा दिइन्थ्यो त्यही स्टलमा बाँदरहरु बढी जाने गर्दथे ।

के बाँदरहरु पैसा चिन्दछन् र?

यी बाँदरहरुले सामान किन्ने बेलामा मानिसहरुको जस्तै व्यवहार देखाए । यिनीहरुले मौकाको फाइदा उठाउनको लागि केही समय नै लगाएनन् । उनीहरुलाई सामान किन्ने टोकन मिल्नासाथ त्यसलाई उठाएर आफूसँग राखि हाल्थे ।

अर्थात् बाँदरहरुले त्यो पैसा चिनिहाल्थे । जसरी हामी सिक्काको र नोटको बारेमा थाहा पाइहाल्छौँ, त्यसरी नै बाँदरहरुले पनि धेरै सामान खरिद गर्न सक्ने र थोरै सामान खरिद गर्न मिल्ने पैसाको बारेमा जानकारी पाउन सक्थे ।

जोखिम लिन पनि तयार हुन्छन् बाँदरहरु

सबैभन्दा बढी अचम्मको कुरा के छ भने बाँदरहरु आफूले धेरै सामान प्राप्त गर्नको लागि जस्तोसुकै जोखिम लिन पनि तयार हुन्थे । अनुसन्धानमा बाँदरहरुलाई केही विकल्प दिइएको थियो ।

उनीहरुलाई दुईजना व्यक्तिको टोकनबाट खाना मिल्थ्यो । यीमध्ये एकजनाले हरेक पटक बाँदरले टोकन दिएबापत दुईओटा फलफूल दिन्थे । त्यहीँ अर्को व्यक्तिले कहिले एउटा र कहिले तीन वटासम्म फलफूल दिन्थे ।

बाँदरहरुका लागि दोस्रो व्यक्तिसँग फलफूल लिन जोखिम थियो तर पनि बाँदरहरु दोस्रो व्यक्तिसँग फलफूल लिन जान्थे । उनीहरुले यो थाहा पाएका थिए कि पहिलो व्यक्तिले दुईवटा मात्र फलफूल दिन्थ्यो भने दोस्रो व्यक्तिले तीन वटासम्म पनि दिन्थ्यो ।

बाँदरहरु तीनवटा फल पाउने आशामा दोस्रो व्यक्तिसँगमात्र फलफूल लिन जान्थे । उनीहरु एक फल मात्र पाउँथे तर पनि उनीहरु तीन फल पाउनका लागि फेरि–फेरि पनि दोस्रो व्यक्तिसँग नै फलफूल लिन पुग्थे ।

मान्छेले जस्तै बाजी

यो ठीक उस्तै प्रकारको प्रयोग थियो । जसमा एउटा बाजीको निश्चित दुई हजार रुपैयाँ मिल्थ्यो । अर्को यस्तो प्रकारको थियो जसमा कहिले एक हजार त कहिले तीन हजार रुपैयाँ मिल्थ्यो ।

बाँदरहरुले निश्चित फाइदा अर्थात् दुई हजार रुपैयाँ पाउने विकल्प रोजेनन् । उनीहरुले जोखिमको दाउ खेले जसमा कहिले एक हजार र कहिले तीन हजार पनि पर्न सक्थ्यो ।

मानिसहरु जस्तै बाँदरहरु पनि धेरै फाइदा लिन खोज्छन् । सँधै धेरै फाइदा हुने आशा राख्छन् । अनुसन्धानकर्ता लोरी सन्तोस भन्छन्, ‘वास्तवमा धेरै हासिल गर्ने अपेक्षा गर्दा नोक्सान पनि हुन्छ । नोक्सान हुनेका डर बढी हुने भएकाले मानिसहरु पनि जोखिम लिन तयार हुन्छन् । ठीक यस्तै क्रियाकलाप बाँदरले पनि देखाउँछ ।’
बीबीसीबाट

बैशाख ६,  एजेन्सी। बंगलादेशमा एउटा निकै विचित्र र ऐतिहासिक फैसला भएको छ । अदालतले विहीबार यो मुद्दामा फैसला सुनाएको हो । यो यतिसम्म विचित्र मुद्दा थियो कि यसबारे जान्नेहरु निकै चकित परेका छन् । यो मुद्दामा एक हिन्दू महिलाको शव गाडेको विषयमा दुई पक्षबीच विवाद भएको थियो । अदालतले भने अन्ततः शव गाड्ने फसला सुनाएको छ ।

यो विवादको सुरुवात २०१३ मा भएको थियो जब एक हिन्दू महिलाले मुस्लिम पुरुषसँग बिहे गरिन् । महिलाले बिहे गरेपछि आफ्नो धर्म परिवर्तन गरेको दावी गरिएको थियो । यद्यपि दुवै परिवारले यो विवाहलाई मान्न अस्वीकार गरेका थिए । परिवारको दबाबका कारण महिलाका पति निकै तनावमा थिए । यही कारण उनले बिहेको १ वर्षमै आत्महत्या गरे । आफ्नो पतिको मृत्युपछि महिला पनि दुःखी भइन् र २ महिनापछि नै उनले पनि आत्महत्या गरिन् ।

महिलाको मृत्युपछि उनको परिवारले उनको शव गाडे । तर माइती पक्षले यसको विरोध गरे । ती महिलाको घरकाले महिलाले धर्म परिवर्तन गरेको दावी गरेका थिए । माइती पक्षले भने उनी हिन्दू नै रहेको दावी गरेका थिए । माइतीले आफ्नी छोरी हिन्दू नै रहेको दावीसहित अदालत पुगे । उनीहरुले आफ्नी छोरीको शवको हिन्दू रितिरिवाजअनुसार अन्तिम संस्कार गर्न माग गरे । उता युवकका परिवार भने उनको शव गाड्ने माग गरिरहेका थिए ।

पूरै देशमा यो विवाद निकै चर्चाको विषय बन्यो । यो मुद्दा देशको सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले मुद्दाको सुनुवाइ गर्दै गत बिहीबार यसको फैसला गरेको हो । अदालतले फैसलामा महिलाले बिहेसँगै मुस्लिम धर्म अपनाएकोले उनको शव गाड्नुपर्ने फैसला गरेको छ । मृत्युपछि नै उनको शवलाई शवगृहमा राखिएको थियो । अब उनको मृत्युको ४ वर्षपछि मात्र शव गाडिनेछ ।

post image

बैशाख ५, काठमाडौं। पुलिसले अपराधीलाई पक्राउ गर्नु त स्वभाविकै हो । तर अमेरिकाको न्युयोर्क पुलिसले चाहिँ जाडो मौसमलाई नै गिरफ्तार गरेको छ ।  जाडो मौसम निकै लम्बिएपछि दिक्क बनेको न्युयोर्क पुलिस विभागले विन्टर अर्थात् शिशिर ऋतुलाई नै पक्राउ गरेको हो ।

डिप्यू पुलिस विभागले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत जाडोयामलाई पक्राउ गरेको घोषणा गरेको थियो । वास्तवमा त्यो फेसबुक पेज हँसिमजाकका लागि थियो । फेसबुक पोष्टमा पुलिसले आगामी दिनमा पनि हिउँ परेमा जाडोयामलाई अदालतमा पेश गरिने उल्लेख गरेको छ ।

स्मरणरहोस्, न्यूयोर्क यो महिना निकै चिसो याम चलिरहेको छ र उच्च गतिको हावाका कारण विद्युत आपूर्तिमा समेत अवरोध भएको छ ।एजेन्सी

post image

बैशाख ४, काठमाडौँ । यो होटलमा रात गुजार्नु भनेको वास्तवमै दुनियाँमा सबैभन्दा निडर बन्नु हो । किनकि त्यहाँ रात गुजार्दा मात्र थाहा हुन्छ, आखिर डर केलाई भनिन्छ । यो होटल एकजना सिरियल किलरको कथाबाट प्रभावित भएर बनाइएको होटल हो ।

उक्त होटलमा बास बस्ने जोकोहीले यस्तो डरको सामना गर्नुपर्दछ कि उसले सायद त्यस्तो त्रास जीवनमा पहिलोपटक अनुभूत गरेको हुनसक्छ । यो होटल यस्ता मानिसहरुका लागि बनाइएको हो, जसलाई डरको सामना गर्दा मज्जा आउँछ । त्यसैले त्यहाँ जानेहरु दह्रो मुटु भएको हुनैपर्दछ ।

त्यस होटेललाई १९ औँ सताब्दीको सुरुवाततिर मात्रै होटलको स्वरुप दिइएको थियो । बाहिरबाट हेर्दा यो निकै आलिशान लाग्दछ । त्यस समय अमेरिकामा एकजना सिरियल किलर निकै चर्चित थियो र ऊसँगै जोडेर यो होटल तयार गरिएको थियो ।

त्यस सिरियल किलरले होटलमा गएर मानिसहरुको हत्या गर्दथ्यो । सन् १८९१ देखि १९४९ को बीचमा झण्डै २ सय जनाको हत्या होटलको कोठाभित्रै गरिएको थियो । सोही कारण त्यस समय मानिसहरु होटलमा बास बस्न पनि डराउन थालेका थिए ।

उक्त हत्याराको नाम एचएच होम्स हो । उसको कथावस्तुमा आधारित केही फिल्म पनि बनेका छन् । सोही अमेरिकी हत्याराको झल्को दिनेगरी बेलायतको लण्डनमा उक्त होटलको निर्माण गरिएको हो । होटलभित्र कतिपय ठाउँ यस्ता तयार गरिएको छ कि मानिसहरुलाई लाग्छ कसैले मेरो हत्या गर्दैछ ।

यो होटलको नाम दी होलो होटल रहेको छ । बिस्कुट कारखाना रहेको पूरानो भवनमा यो डरलाग्दो होटल तयार गरिएको छ । एजेन्सी

post image

बैशाख ३, काठमाडौँ । विवाहमा कपडा तथा गहनामा मानिसहरुले राम्रै खर्च गर्दछन् । कहिलेकाहीँ त हद पार गरेरै खर्च गरिन्छ देखासिकीमा ।  पाकिस्तानमा चाहिँ बेहुलाले झण्डै ४० लाख रुपैयाँ बराबरको सुन लगाएर आफ्नो बिहेको रिसेप्सनमा पुगेपछि सबै तीनछक परे ।

सुनले छाइएका ती बेहुलाको तस्वीर सोसल मिडियामा भाइरल बनिरहेको छ ।लाहोर सहरको घटना हो यो । त्यहाँ एकजना बेहुला सुनले सजिएका सूट लगाएर आफ्नो बिहे भोजमा सामेल भए । उक्त सूटको मूल्य निकै धेरै थियो किनकि त्यसमा क्रिस्टल समेत लगाइएको थियो । ती बेहुलाले टाई पनि सुनको लगाएका थिए । सुनको टार्इ दश तोला सुनबाट बनेको थियो ।

त्यतिमात्र होइन, ती बेहुलाले जुत्ता पनि सुनकै लगाएका थिए । उनले लगाएका जुत्ता ३२ तोला सुनले बनेका थिए । समाचार अनुसार ती बेहुलाको नाम हाफिज सलान शाहिद हो । उनी एक व्यवसायी हुन् ।एजेन्सी

post image

चैत २९, भारत । प्लास्टिकको अत्यधिक प्रयोगका कारण वातावरण र मानव स्वास्थ्यमा परिरहेको नकारात्मक असरबाट जोगाउनका लागि वैज्ञानिकहरुले दिनहुँ नयाँनयाँ प्रयोग र आविष्कार गरिरहेका छन् । सोही क्रममा वैज्ञानिकहरुले प्लास्टिकको प्रयोग हुने केही सामाग्रीहरु यस्तो पदार्थबाट बनाएका छन् जसलाई खान मिल्दछ ।

भारतको हैदरावादका नारायण पिसपति नामक वैज्ञानिकले अन्नको पिठोबाट चम्चा तयार गरेका छन् । उक्त चम्चा हामीले दिनहुँ खानका लागि प्रयोग गरिने चम्चाको रुपमा प्रयोग गर्न सकिन्छ । खानेकुरा खाइसकेपछि चम्चा प्लेटमा राख्नुपर्दैन, त्यसलाई कपाकप खाइदिए हुन्छ । किनकी त्यो पिठोको चम्चा पनि भोजनको एक भाग हो ।

त्यस्तै बेलायतका शोधकर्ताहरुले सामुदि्रक लेउबाट पानी राख्ने भाँडा तयार पारेका छन् । गार्जियन पत्रिकामा छापिएको रिपोर्टअनुसार समुद्री लेउबाट तयार पारिएको उक्त पानी राख्ने भाँडोले बोतलबन्द पानीका लागि प्रयोग हुने प्लास्टिकका बोतललाई विस्थापित गर्नसक्ने आशा गरिएको छ ।

बेलायतमै वैज्ञानिकहरुले गत वर्ष समुद्री लेउ तथा झारबाटै प्याकेजिंग सामाग्री तयार गरेका थिए । उक्त सामाग्रीले बर्गर तथा नुडल्स जस्तो तयारी खानाहरु प्याक गर्न सकिन्छ ।

त्यस्तै अमेरिकाको न्युयोर्कको एक कम्पनीले यस्तो कप तयार गरेको छ जसमा तपाइँ चिया वा जुस खाइसकेपछि कपलाई पनि खान सक्नुहुन्छ । त्यो कप पनि सामुद्रिक लेउ र झारबाट बनाइएको छ ।त्यस्तै पेरुमा गहुँको च्याँख्लाबाट प्लेट तयार गरिएको छ, जसलाई खान मिल्दछ । एजेन्सी

post image

चैत २६,काठमाडौँ ।   मानिसको पुर्खा भनिने बाँदर प्रजातिको गोरिल्लालाई हातखुट्टा फोहोर हुँदा पनि कुनै परवाह हुँदैन होला भन्ने ठान्नुभएको छ भने गलत हुनुहुन्छ । किनकि अमेरिकाको फिलाडेल्फिया चिडियाखानामा रहेको एउटा भाले फोहोर हातको विरुद्धमा छ । ऊ आफ्ना हात फोहोर हुन्छन् भन्ने डरले मानिसझैँ गरी दुई खुट्टाले उभिएर हिँड्छ ।

१८ वर्षको भाले गोरिल्ला लुईस निकै सुग्गरी छ । जब उसको हातमा गोलभेँडा तथा अन्य खानेकुराहरु हुन्छन् तब ऊ सीधैं मानिसजस्तै गरी दुई खुट्टाले टेकेर हिँड्छ । ता कि खानेकुरा भएको हातले टेक्दा हात र खाना फोहोर नहोस् ।

चिडियाखानाका सुसारे माइकल स्टर्नका लागि आफू बस्ने ठाउँ तथा परिसरमा फोहोर हुँदा यो भाले गोरिल्ला निकै घिनाउँछ र जिउमा फोहोर लाग्छ कि भन्ने कुरामा निकै सचेत हुन्छ । उनका अनुसार गोरिल्ला दुई खुट्टाले टेकेर सीधा भएर हिड्ने कुरा निकै असामान्य हो ।एजेन्सी

post image

चैत २५, काठमाडौँ । भारतमा एक व्यक्तिले आमाको शव तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको शव फ्रिजमा राख्नुको कारण भने अचम्मको छ । कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि शवलाई फ्रिजमै राखेका हुन् ।

आमाको शव सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए । मृत्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृत शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।

सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृत्यु भएको थियो । तर, उनले आमाको मृत्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क शवलाई फ्रिजभित्र राखे । त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृत आमाको औंठाछाप लगाउँथे र डेविटकार्डमार्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् ।

उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।अभियुक्त छाला प्राविधिक भएकाले मृत शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको शवलाई सुरक्षित राखेका थिए ।  एजेन्सी

post image

चैत २३, काठमाडौँ । इराकको बसरामा बिरालोका लागि विशेष होटल खोलिएको छ । त्यो होटलमा बिरालोलाई दिइने सुख सुविधा देख्दा सायद जो कोहीलाई पनि इर्ष्या लाग्छ र सोही होटलमा गएर बसुँ बसुँ लाग्दछ ।

इराक लामो समयदेखि युद्धको विभिषिकामा छ । मानिसहरुको बेहाल छ । यस्तोमा जनावरको ख्याल कसले पो राख्ला र  भन्नुहोला । तर यस्तोमा पनि केही मानिसलाई निकै चिन्ता छ, जनावरको । २२ वर्षका एक भेटनरी मेडिसिनका विद्यार्थीले आफ्नै घरमा एउटा विशेष होटल तयार गरेका छन्, बिरालोका लागि ।

यो होटलमा आफ्नो बिरालो राख्नका लागि एक रातको पाँच हजार इराकी दिनार अर्थात् झण्डै ४ हजार अमेरिकी डलर लाग्दछ ।

अहमद ताहेर मक्की नामका यी विद्यार्थीले तयार गरेको उक्त होटलमा बिरालोका लागि सबैखाले सुविधा उपलब्ध छन् । नरम बिछौना देखि बिरालोका लागि मनपर्ने खानेकुरा र डाक्टरी सुविधासम्म । त्यहाँ बिरालोहरु खेल्नका लागि खेल मैदान पनि बनाइएको छ । त्यो पनि एसी सुविधासहित । साथै बिरालोहरुलाई नरम घाँसमा लडिबुडी गर्नका लागि चौरको व्यवस्था पनि गरिएको छ ।

खासगरी कतै घुम्न जाने योजनामा रहेका बिरालोधनीहरुले उक्त होटलमा आफ्नो बिरालो लगेर छाड्नसक्ने मक्की बताउँछन् । यो होटलमा कुकुर र घरपालुवा पंक्षीका लागि पनि छुट्टै कोठाको व्यवस्था गरिने उनले बताएका छन् ।एजेन्सी

post image

चैत २२, काठमाण्डौ । अमेरिकामा एउटा आइसक्रिमले एकसाथ दुईवटा रेकर्ड राखेको छ । एउटा आइसक्रिमले विश्वको सबैभन्दा लामो आइसक्रिमको विश्व कीर्तिमान कायम गरेको हो । त्यतिमात्र होइन, उक्त आइसक्रिले सबैभन्दा छिटो खाइएको आइसक्रिमको कीर्तिमान पनि राखेको छ ।

अमेरिकामा आयोजित स्पिरिट अफ टेक्साट उत्सवमा सबैभन्दा लामो आइसक्रिम तयार पारिएको थियो । १ हजार ३ सय ८६ मिटर ६२ सेन्टिमिटर लामो उक्त आइसक्रिमले विश्वको सबैभन्दा लामो आइसक्रिमको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

उक्त आइसक्रिम बनाउनका लागि १८ सय ९२ दशमलब ७१ किलो भेनिल्ला आइसक्रिम तथा क्यान्डी क्रन्च चकलेटको प्रयोग गरिएको थियो ।आइसक्रिममा ११ सय ३५ किलोभन्दा धेरै चकलेट तथा स्ट्रबेरी सिरफ, २ हजार क्यान क्रिम, २५ पाउण्ड स्प्रिंकल तथा २० हजार चेरीको प्रयोग गरिएको थियो ।

उक्त आइसक्रिमले सबैभन्दा लामो आइसक्रिमको कीर्तिमान कायम गरेसँगै त्यसलाई उत्सवकै दौरान ४ हजार मानिसले ३० मिनेटमा खाएर सक्काए । त्यो भिमकाय आइसक्रिम त्यति छोटो समयमा बुत्याउँदा पनि अर्को कीर्तिमान कायम हुनपुग्यो ।एजेन्सी

post image

चैत १९,काठमाडौँ । भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।

अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।

मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन् । कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।

उक्त रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन् ।  दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ यो रेष्टुरेन्टले । एजेन्सी

post image

चैत १६,  मुम्बई । पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न  तरिका अपनाउँछन् ।  अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो केहि फरक छ   ।

पर्थबाट पढ्नका  लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् । कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताउँछिन् ।

भविष्यमा कुनै मानिससँग सम्बन्ध बन्न सक्ने र उसले आफूले छाडेर जान पनि सक्ने भन्दै उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताएकी छन् । कुमारित्व लिलामीबाट आएको पैसाले दुनियाँ घुम्न पाउने, आफ्नो पढाई खर्च जुटाउन सक्ने र परिवारका आवश्यकता पनि पूरा गर्नसक्ने उनी बताउँछिन् । यी सबै कारणले गर्दा आफूले कुमारित्व लिलामीमा राखेको उनको भनाइ छ । कुमारित्व लिलामीबाट आर्जित पैसाले घर किन्ने योजना उनको छ ।

एस्कर्ट एजेन्सी सिन्ड्रेलाका अनुसार किराजस्तै झण्डै ३ सय भर्जिन केटीहरुले आफ्नो कुमारित्व बिक्रीका लागि एजेन्सीसँग सम्पर्क गरेका छन् । यसअघि धेरै किशोरी तथा युवतीहरुले एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलाम गरिसकेका छन् । केही दिनअघि एक अमेरिकी विद्यार्थी युवतीले अबुधावीका एक व्यवसायीलाई झण्डै ३० लाख डलरमा आफ्नो कुमारित्व सुम्पिएकी थिइन् ।

स्मरण रहोस् सिन्ड्रेला एस्कर्ट यस्तो वेबसाइट हो जहाँ कुमारी केटीहरुको कुमारित्व लिलाम हुन्छ । त्यहाँ बोली लगाउनेमा अर्बपति व्यापारीदेखि हलिउड स्टार तथा धनाढ्यहरु समेत हुन्छन् । एजेन्सी

post image

चैत १४, काठमाडौं । विवाहित जोडीको सम्बन्ध विच्छेद हुनका लागि कुनै गम्भीर कारण नै चाहिन्छ भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ ।  भारतको महाराष्ट्रस्थित पूणे सहरमा एकजना महिलाले आफ्नो लोग्नेसँग सम्बन्ध विच्छेदको माग गरी अदालतमा मुद्दा हालेकी छिन् । उनले सम्बन्ध विच्छेद माग गर्नुको कारण सुन्दै साँच्चीकै हाँसो उठ्छ ।

ती महिलाको दाबी अनुसार उनका लोग्नेको अचम्मको रोटीप्रेमका कारण डिभोर्स माग्नुपरेको छ । समाचार अनुसार ती महिलाका लोग्नेले सधै आफ्नी पत्नीलाई २० सेन्टिमिटर व्यास भएका रोटी तयार पार्न आदेश दिन्थे । यदि रोटीको आकार त्यसभन्दा तलमाथि भएमा उनले पत्नीलाई गालीगलौज गर्ने तथा कुटपिट गर्ने गर्दथे ।

पत्नीलाई २० सेन्टिमिटरको रोटी बनाउनैपर्ने आदेश जारी गर्ने लोग्ने चाहीँ पेशाले आइटी इन्जिनियर हुन् । सोही कारण होला उनी कुनै पनि चिज पर्फेक्ट चाहन्छन् ।

पत्नीले रोटी बनाएसँगै उनले हरेक रोटीको आकार नाप्दथे । यतिमात्र होइन पत्नीले दिनभर गरेका कामहरुको विवरण लिखित रुपमा पेश गर्न उनले पत्नीलाई निर्देशन दिन्थे । पूर्वनिर्धारित काम पूरा गर्न नसकेको खण्डमा लिखित रुपमा कारण सहित स्पष्टिकरण पेश गर्नु पर्दथ्यो, अन्यथा उनले गालीगलौज तथा कुटपिट समेत गर्दथे ।

रिस उठेको बेला चिसो पानी खन्याइदिएर एसी भएको कोठामा पत्नीलाई थुन्ने गर्दा रहेछन् उनले । साथै लोग्नेले आफुमाथि आत्महत्या गर्न समेत दबाब दिएको ती महिलाको दाबी छ । उनीहरुको विवाह सन् २००८ मा भएको हो । एजेन्सी

post image
चैत १२,काठमाडौँ । मानिसको पुर्खा भनिन्छ बाँदरलाई । त्यसैले मानिस र बाँदरको धेरै कुरा मिल्छ पनि भनिन्छ । पृथ्वीमा धेरै प्रजातिका बाँदर छन् । अहिले चाहीँ एउटा खास बाँदर सोसल मिडियामा चर्चाको विषय बनिरहेको छ ।  यो बाँदर ठ्याक्कै मानिसकै अनुहार परेको छ ।

चीनको तिआन्जिन जुलोजिकल गार्डेनमा रहेको यस बाँदरले आफ्नो अनुहार र हाउभाउका माध्यमबाट आगन्तुकहरुालई आफुतर्फ आकषिर्त गरिरहेको छ ।  यो बाँदरको अनुहार मानिससँग धेरै मिल्दछ । सोसल मिडियामा यो बाँदरका केही फोटो तथा भिडियोहरु शेयर गरिएको छ । बाँदरलाई देखेर चिडियाखानाका कर्मचारी पनि हैरान छन् ।

यो बाँदरको एक भिडियो निकै भाइरल बनेको छ जसमा उसले फरक फरक हाउभाउ प्रस्तुत गरेको छ ।इन्टरनेटमा अपलोड भएसँगै यो भिडियोलाई विभिन्न प्लेटर्फमममा लाखौँ मानिसले हेरिसकेका छन् र शेयर गरेका छन् । हेरोँ युट्युबमा अपलोड भएको यो मानिसरुपी बाँदरको भिडियो :

 

post image

चैत ११,काठमाडौँ। नेपाली समाजमा नेपाली भाषाको बिकाश संगै उखानको पनि सुरुवात भएको पाइन्छ । कुराकानीको क्रममा समय अनुकुल उखान टुक्का को प्रयोग गर्दा आफुले ब्यक्त गर्न खोजेको कुरामा अरु गहनता थप्न सकिन्छ । साथै संबाद लाइ रमाइलो बनाउनको लागि पनि उखान टुक्काले बेजोड भूमिका खेल्न सक्दछ ।

तर पछिल्लो पुस्ताको बिकाश संगै पुराना उखान टुक्का हरुको प्रयोग घट्दै गएको महसुस हुन थालेको छ । हाम्रा बाजे बराजुका पाला देखिनै सिर्जना भएका यस्ता उखान टुक्का हरु अहिले पनि निकै सान्दर्भिक लाग्ने गर्दछ ।

पछिल्लो समयमा कम प्रयोग हुदै आएका तर निकै नै अर्थ पूर्ण १०१ नेपाली उखान टुक्का हरु आज हामीले यहाँ समाबेस गरेको छौ ।

रमाइला १०१ नेपाली उखान टुक्का

१) हात्ती चढिसकेको मान्छेले गधा चढ्न के रुचाउला !

२) हत्केलामा तोरी उम्रदैन !

३) हिराको मोल किराले जान्दैन !

४) हेर्दाको राम्रो, दिन खानको चाम्रो !

५) हल्लिएको दाँत एकदिन फुक्लन्छ !

६) हाँसी हाँसी कसेको गाँठो रोई रोई फुकाउनु पर्छ !

७) हर्रो नपाउनेलाई जाईफल !

८) हँसियाको बिहेमा खुर्पाको गीत !

९) सुघरी स्वास्निको पोइ मोटाउछ , फोहोरी स्वास्निको कुकुर मोटाउछ !

१०) सिपाहिको काम छैन, जर्नेलको मान !

११) सालीको आशमा भिनाजुको बनिबास !

१२) सम्धीको निहुँले मलाई पनि घिउले !

१३) संगैका साथि सिँहदरबार माथी !

१४) संगै बसी सुती सकि, लाज मान्दै घुम्टो कसी !

१५) सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी !

१६) सबै कुकुर काशी गए गु केले खाला !

१७) शिरमा टोपी छैन , खुट्टामा खोल !

१८) शुक्र उदाए, फर्सी कुदाए !

१९) शुरोको मु**मा काँडाले कोर्दैन !

२०) बचनको चोट, मनको घाउ !

२१) बिना चालले कुकुर भुक्दैन, मुलाको ड्याङ्गमा हात्ती लुक्दैन !

२२) बैरो हाँसे, पैरो चल्छ !

२३) लानेलाई भन्दा जानेलाई हतार !

२४) लालमायाको त पत्तै छैन, खस्रे कामिको खसखस !

२५) लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !

२६) लजालु बुहारी, असनको डेरा !

२७) लक्का छोरोलाई के को धक्का !

२८) र**डिको घरमा पोइको के खाँचो !

२९) राजाको घरमा नुन को दु:ख !

३०) रावण मरेर लंका खाली हुँदैन !

३१) रात राम्रो जुनले, मान्छे राम्रो गुनले !

३२) रिसको झोकमा कसले बेद पढ्छ !

३३) युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन !

३४) मर्दको जुँगा सँग आगो पनि हच्किन्छ !

३५) मागेको गोरु, चोरेको हलो, बाँच्नु भन्दा मरेकै भलो !

३६) माग्नेलाई तातो भात !

३७) माकुराको जाल झिंगाको काल !

३८) मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ !

३९) मरी जाने चोला, उडी जाने सास !

४०) भोको पेटलाई तातो खिर !

४१) भाउजुले पोलेको देवर, बुहारीले पोलेको ससुरो !

४२) भाउजुको देवर तन्नेरी !

४३) भरि गाग्रो छ्चल्किन्न !

४४) भाई भए भरोस, गाई भए गोरस !

४५) भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

४६) बँदेल जति मोटायो उति मु** साँगुरो !

४७) बालुवा निचरेर तेल आउदैन !

४८) पाँच पैसाको ल्वांग छैन,दस पैसाको स्वांग !

४९) पानीमा बसी गोही संग दुस्मनी !

५०) पाडो खानेले बाच्छो राख्दैन !

५१) नसो पस्यो, माया बस्यो !

५२) नभेटुन्जेल उसैको पिरलो, भेटे पछि कुकुर र बिरालो !

५३ नठिनिको नाठो काख छउन्जेल आफ्नो !

५४) नबोल्नेको कोहि पनि बैरी हुदैन !

५५) धन कमाइ धाक, साथी कमाई लाख !

५६) दिउ आफु रित्तो, नदिउ इष्टको मुख बाङ्गो !

५७) दुबो मौलाएझैँ मौलाउनु तर कुकुर बौलाएझैँ नबौलाउनु !

५८) दाहिने हातले खाएपनि देब्रे हातले खाएपनि पर्ने त उही मुखमा नै हो !

५९) दरबारमा जन्मदैमा सबैजना राजा हुदैनन् !

६०) दमाइको लुगामा तुना छिनेको !

६१) दाजुको चिउरा, भाउजुको खटन !

६२) थैली बलियो भए साथीको के कमि !

६३) तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !

६४) तिम्रो पोइ लोते लोते, कसले दियो पोते !

६५) तेर्सो बाटोलाई फेरो नभन्नु, सौते पोइलाई मेरो नभन्नु !

६६) तातोपानीले घर डढदैन !

६७) तिहारको ज्वाईं, श्राद्ध को सालो !

६८) तन्नेरीको साथमा तरुनीको नासो !

६९) तँ आउदा महि पाइनस , तेरो कमारी पठाइदे दहि दिउला !

७०) ढिकीले स्वर्गमा पनि धानै कुट्छ !

७१) डाँकाले खाएको धन,आगोले खाएको बन !

७२) डरलाग्दा मान्छेका घिनलाग्दा कुरा !

७३) डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ !

७४) ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

७५) ठुलो गाँस नहाल बुहारी, कष्ठश्री छिन्ला !

७६) ठाडो टिका लाउछे, स्वामी कहाँ धाउछे !

७७) टुपी समाएर गालामा चड्कन !

७८) टोपी न सोपी,कपाल केले छोपी !

७९) टाढाको देउता, करेसाको भुत !

८०) झिङ्गो मारि धार्नी न बिसौली !

८१) झड्केलो छोराछोरी, खढ्कुलाको भात !

८२) जान्नु न सान्नु थुतुनो मात्रै तान्नु !

८३) जुनकिरीको पिंधले स्वर्ग उज्यालो हुदैन !

८४) जाँड बिग्रने मोर्चा गुना, छोराछोरी बिग्रने आमा गुना !

८५) जसकी आमा भान्छे, उसको छोरो भोकै !

८६) जति सुम्सुम्यायो उति ठाडो !

८७) जुन आस लाग्दो उही जेठाजु !

८८) छोरीको बैंस बाबुले होइन, अरुले देख्छ !

८९) छाडेको पोइ र हिडेको स्वास्नीको नाम कसले लिन्छ !

९०) छालो जाला तर कालो जादैन !

९१) छेपारोको मन्त्र नजान्ने, साँपको दुलाँ हात घुसार्ने !

९२) चिताले मरेपछि जलाउछ, चिन्ताले जिउदै जलाउछ !

९३) चिनाको भात भातै होइन, स्वास्नीको जात जातै होइन !

९४) चिनीको नाम जपेर मुख गुलियो हुदैन !

९५) चण्डाललाई रुद्राक्षको माला !

९६) घरमा छैन तेल, खान खोज्छ सेल !

९७) घर नखाएको छोरि, प्रदेश नखाएको छोरो !

९८) गिद्धको सामु कौवाको पखेटा !

९९) गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर !

१००) गधाको भारी नपुगी उठ्दैन !

१०१) गोठालोको बुद्धि भैसीको थुनमा !

१०२) भीरको चिण्डो न यता न उता

post image

चैत ८,  काठमाडौँ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।

इसाको छैटौ सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख मौलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनसय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो । कसरी यतिका दिनसम्म बाँचिरहेका छन् । यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् । हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतुहलको विषय बनेको छ । सलहेश को थिए ? सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो । आफ््ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफनो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दीना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखापर्ने भनेपछि सोहि दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको बैशाखको पहिलो दिन माला आकारमा मालिनी देखापर्ने गरेको किंवदन्ती रहिआएको छ । राजा सलहेशको गाथासँग जोडिएको महिसोथा, नन महरी पर्वत, छोपरा चौरी, विराटपुर, त्रिवेणीधाम, पकडियागढ, मानिक दहमा प्रत्येक वर्ष परम्परागत रुपमा मेला लाग्ने गर्दछन् ।

वैशाखको पहिलो दिन फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी आकारको फूल फुल्ने गर्दछन् । जुन फूल हेर्न देश–विदेशबाट लाखौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । यही फूल र सलहेश फूलबारीले हालसम्म राजा सलहेशको गाथालाई जीवन्तता दिँदै आएको छ । भनिन्छ सलहेश एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने, कुलदेवीको पूजा गर्ने तथा जनताको पीरमार्का सुन्ने गर्दथे ।

मैसोथा राज्यको राजा सलहेश र उनकी प्रेयसी मालिनी बीचको प्रेमविछोडका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेमविवाह गर्दा दाम्पत्य जीवन सफल हुने र सन्तान प्राप्ति हुने किंवदन्ती रहिआएकाले यस फूलबारीभित्र रहेको हारमको रूखलाई युवायुवतीले ‘लभ प्वाइन्ट’का रुपमा लिएको छ । भनिन्छ, युवायुवती बीचको प्रेमकथालाई जीवन्तता प्रदान गर्न फूलबारीमा रहेको सो रूखलाई साक्षी मानी विवाह गर्दा दाम्पत्य जीवन सफल हुने जनविश्वासअनुरुप प्रत्येक वर्ष सो फूलबारीमा विवाह गर्नेको सङ्ख्या बढदै गएको छ ।

post image

चैत ६, काठमाडौं । स‌घीयतामा दुईवटा प्रान्तबीच के-के विषयमा विवाद हुनसक्छ भन्ने कुराको गतिलो उदाहरण हालै भारतका दुई राज्यले प्रस्तुत गरेका छन् ।

भारतका मध्यप्रदेश र छत्तिसगढ राज्यबीच हालै एउटा कुखुराको विषयलाई लिएर विवाद भएको छ ।मासुको उत्कृष्ट स्वादका लागि चर्चित कडकनाथ प्रजातिको कुखुराको विषय दुई राज्यबीच विवादको विषय बनेको हो ।

उक्त प्रजातिको भौगोलिक संकेत नम्बर अर्थात् जिटिआई ट्यागका विषयमा दुवै राज्यले आ-आफ्नो दाबी पेश गरेका छन् । दुवैले उक्त कुखुराको प्रजातिको भौगोलिक ट्रेडमार्क आफ्नो भएको भन्दै पेटेन्टका लागि चेन्नईस्थित भौगोलिक संकेत पञ्जीकरण कार्यालयमा निवेदन दिएका छन् ।

उक्त कुखुराको उत्पत्ति झाबुआ जिल्लामा भएको दाबी मध्यप्रदेश प्रान्तको छ भने छत्तिसगढले चाहिँ कडकनाथ कुखुराको प्रजातिको उत्पत्ति छत्तिसगढको दन्नेवाँडा जिल्लामा भएको दाबी गरेको छ ।

विज्ञहरुका अनुसार यो कुखुराको मासुमा आइरन र प्रोटिनको उच्च मात्रा पाइन्छ भने कोलेस्ट्रोल कम पाइन्छ । यो कुखुराको रगतको रंग पनि कालो हुन्छ । यो कुखुराको मासु महंगो मूल्यमा बिक्ने गरेको छ ।

यस्तो बहुमुल्य कुखुराको भौगोलिक संकेतको अधिकार आफ्नो नाममा दर्ता गरेर त्यसको व्यवसायिक लाभ लिने दाउमा भारतका दुईवटा राज्य लागिपरेका हुन् । एजेन्सी

post image

चैत ५,काठमाडौँ । उडिरहेको भर्जिन अटलान्टिक बिमानमा एक जोडी यौन क्रियाकलाप गरिरहेको अवस्थामा समातिएका छन् । माइल हाई क्लबमा सहभागीहुने यी अपरचित एक जोडीलाई विमानको शौचालयमा बिमान सहचारिकाले रंगेहात समातेकी हुन् ।

१३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेको खबर बाहिर आएको हो । सो फ्लाइट ११ घन्टाको थियो ।  जोडी मध्येको  महिला शौचालयको कम्बोडमा बसिरहेको र पुरुषको पेन्ट तल झारेको अवस्थामा फेला परेका हुन्  । यी जोडी मुख मैथुन गर्नमा मस्त थिए ।

महिलाले ठुलो ठुलो आवाज निकाल्न थालेपछि भने बिमान कर्मचारीहरुले उनीहरुलाई यौन क्रियाकलापमा सहभागी भईरहेको अवस्थामा रंगेहात समातेका हुन् । ती महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ ।को लागि तस्बिर परिणामदुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।

विमानमा यात्रा गर्ने सबैले तालि बजाएर दुवैको खुबै खिल्ली उडाएका थिए । उक्त जोडी मध्येका पुरुषले भने महिलालाई सन्चो नभएकोले सहयोगका लागि शौचालय गएको बताए । तर , विमानमा यात्रा गर्नेहरुले कहिले नचिनेको मान्छेलाई पेन्ट फुकाली कस्तो सहयोग गरेको भने खिल्ली गर्दै प्रतिप्रश्न गरेका थिए ।

मेक्सिकोमा बिमान अवतरण संगै ति जोडीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । यसै बीच भर्जिन अटलान्टिक बिमान कम्पनीले ति युवतीलाई भविष्यमा आफ्नो विमानमा यात्रा गर्नबाट बन्चित समेत गरेको छ ।

“ परिणामस्वरूप , बिघटनकारी यी यात्रुलाई अब भविष्यमा  भर्जिन अटलान्टिक बिमानमा यात्रा गर्न प्रतिबन्धित गरिएको छ “

post image

चैत ४,काठमाडौँ  ।  ‘प्रमाण’ अदालती फैसलाका लागि सबैभन्दा महत्वपूर्ण आधार हो । कुनै पनि तर्क वा माग दावीमा प्रमाण पुगे/नपुगेको हेरेरै न्यायाधीशले फैसला दिन्छन् ।

तर, न्यायाधीशकै अगाडी उभिएका मानिसलाई अदालतले ज्यूँदो मान्न तयार भएन भने ?

रोमानियामा यस्तै भएको छ । त्यहाँको एक अदालतले सम्वन्धित मानिस आफैं इजलासमा हुँदा पनि मृत्यु भएको प्रमाणित गरेको छ ।

बार्लाड नामक सहरका कोन्स्टान्टिन रेल्यू सन् १९९२ मा जागिरको खोजीमा टर्की गएका थिए । अन्तिम पटक १९९९ मा घर आएका उनी त्यपछि फर्किएनन् । टर्कीमा भूकम्प गयो, जसमा रेल्यूको पनि मृत्यु भएको अनुमान घर परिवारले गरे । रेल्यूकी पत्नीले निवेदन दिएपछि रेल्यूको मृत्यु भएको प्रमाण दिइयो ।

तर, रेल्यू जिवितै थिए । उनी गत जनवरीमा रोमानिया पुगे । तर, उनलाई अध्यागमन कर्मचारीले पक्राउ गरे । उनलाई २००३ मै मृत्यु भइसकेको जानकारी गराइयो । उनको मृत्युसम्बन्धी प्रमाण सन् २०१६ मा जारी भएको थियो ।

उनले आफ्नो मृत्युको प्रमाण रद्द गर्न निवेदन दिए । उनले इजलासमै उपस्थित भएर आफू जीवित रहेको बताए । तर, न्यायाधीशले उनको कुरा सुनेनन् र रेल्यूको मृत्यु भएको प्रमाणपत्र रद्द नहुने फैसला सुनाए ।

अदालतकी प्रवक्ताले भने मृत्युको प्रमाणपत्र रद्ध गर्ने म्याद गुजि्रसकेकाले रेल्यूले मुद्दा हारेको बताइन् ।यो फैसला अन्तिम हो जसमा पुनरावेदन पनि हुन सक्दैन ।

६३ वर्षका उनी अब न त जागिर खान सक्छन् न सरकारले दिने कुनै लाभ लिन पाउँछन् । उनले परिवारसँग सम्पर्क पनि गुमाएका छन्, किनकी उनीहरु अन्तै गइसके । ‘म जिउँदै छु, तर आधिकारिक रुपमा म मरिसकेँ’ रेल्यूले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन् । एजेन्सी

post image

चैत २, काठमाडौं । कुनैपनि कामदारले कार्यक्षेत्रमा जति धेरै काम गर्यो उति नै धेरै मालिकको प्यारो हुनुपर्ने हो । तर एकजना कामदार भने आवश्यकता भन्दा बढी काम गर्दा दण्डित भएका छन् ।

घटना फ्रान्सको हो । फ्रान्समा हरेक कामकाजी मानिसले हप्तामा एक दिन विदा लिनै पर्दछ । यदि आफ्नै व्यवसाय छ भने पनि यो नियम लागू हुन्छ । यही नियम नमान्दा आफ्नै बेकरी पसल चलाएका सेडरिक भाइव्रेले साढे ३ लाख रुपैयाँ भन्दा धेरै रकम बराबरको जरिवाना तिर्नुपरेको छ ।

राजधानी पेरिसको १२० माइल दक्षिण पूर्वमा पर्ने लेक बेकी क्षेत्रमा उनले बेकरी पसल सञ्चालन गरेका छन् । समर सुरु हुनैलाग्दा बेकरीमा डिमान्ड उच्च भएपछि माग पूर्ति गर्नका लागि उनले हप्तामा सातै दिन लगातार काम गरे । तर स्थानीय श्रम कानूनले उनलाई पक्रियो ।

कामदारमाथि शोषण गरेको भन्दै बेकरीहरुविरुद्ध स्थानीय प्रशासन कडा रुपमा प्रस्तुत भइरहेको प्रशासनले सेडरिकमाथि ३ हजार युरो जरिवाना गरेको छ । आफूमाथि कारवाही हुँदा सेडरिक त चिन्तित छन् नै यसले हरेक बिहान ताजा बेकरी खान पाएका गाउँलेहरु पनि आक्रोशित बनेका छन् ।

उनीहरुले सेडरिकमाथिको कारवाही फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् ।

post image

फागुन २९ , काठमाडौं । भगवानलाई एकसे एक महंगा उपहार चढाएको त सुनिएकै थियो । नगद पैसादेखि गहना र कपडा तथा बहुमूल्य सजावटका सामानहरु समेत मानिसले भगवानलाई चढाउँछन् । तर यहाँ एकजना मानिसलाई भगवानलाई जे चढाएका छन् त्यो अहिलेसम्मकै नौलो छ ।

हालै भारतमा एकजना व्यक्तिले मन्दिरमा भगवानलाई जे चिज चढाए त्यसले सबैलाई छक्क पार्‍यो ।भारतको विजयवाडास्थित सुब्रमण्डा स्वामी मन्दिरमा रहेको दानपात्रमा हालै अहिलेसम्मै नचढाइएको वस्तु फेला पर्‍यो । दानपात्रमा त्यस्तो चिज फेला परेपछि मन्दिरमा तहल्का नै मच्चियो ।

वास्तवमा मन्दिरको दानपात्रमा आइफोन सिक्स एस फेला परेको थियो । दानपात्रमा आइफोन फेला परेपछि सुरुमा त पुजारीलाई त्यो नक्कली आइफोन होला भन्ने लाग्यो । तर पछि चेक गर्दा पो थाहा भयो, त्यो त सक्कली फोन रहेछ ।

मन्दिरको दानपात्रमा महंगो आइफोन सिक्स एस फेला परेको कुरा मन्दिरका कार्यकारी अधिकृतलाई गराइयो । मन्दिरको दानपात्रमा कसले आइफोन चढायो भन्ने खुलेको छैन । मानिसहरुले अनेक थरी अनुमान तथा हँसिमजाक गरिरहेका छन् ।

कतिपयको अनुमान छ की मोबाइल फोनको पसल सुरु गरेको कुनै व्यक्तिले आफ्नो व्यापार फलिफाप होस् भनेर भगवानलाई मोबाइल फोन चढाएको हुनसक्छ ।

कतिपयले चाहीँ भगवानसँग सीधै कुराकानी गर्नका लागि कसैले मन्दिरमा आइफोन चढाएको बताउने गरेका छन् । तर आइफोन चढाउने मानिस र त्यसको कारण चाहीँ अहिलेसम्म पत्ता लागेको छैन । एजेन्सी

post image

फागुन २८,काठमाडौँ  । संसारमा मानिसले अग्ला अग्ला भवन बनाउने सपना देखिरहेका हुन्छन भने कतिले त्यो सपनालाइ साकार पनि पारेका छन् । यसैबीच एक गाउँ जमिन मुनि रमाईरहेको छ ।

त्यो गाउँ  ट्युनिशियाको दजेबल दहरको हो । आज पनि त्यहाँका मानिस अन्डरग्राउण्ड घरमा बस्नछन् । जमिन मुनी पुरानो तरिकाले बनेका यी घरमा न गर्मीको असर छ, न चिसोको ।

पछिल्ला केही बर्ष यता यहाँको जनसंख्या निकै घटेको छ । केही परिवार मात्रै यहाँ बस्ने गरेका छन् । उनीहरू यो ठाँउलाई निकै माया गर्छन, छोडेर जाने विषयमा सोच्न समेत सक्दैनन ।

यो गाँउको नाम तिज्मा हो । ट्युनिशियाका प्रसिडेन्ट हबीब बागुइबाले १९६० को दशकमा यो बस्ती बसाएको बताइन्छ । केही परिवारले यो वस्ति छोडेका छन् । सुख्खा र भारी बर्षाका कारण घर ढल्छन्, तर मानिसहरूले अर्को घर बनाइहाल्छन् । यहाँ बस्ने मानिसहरू निकै खुसी छन् ।

यहाँका सबै घर ज्वालामुखी फुटेर बनेको गुफा जस्तो ठाँउमा बनेका छन् । यसको आसपासमा जैतुनको रूख छन् । निकै अजिव देखिने यो वस्ती लिबियाको सिमा नजिक छ ।

यहाँका मानिसहरू पर्यटन व्यवसाय र जैतुन खेतीका माध्यमबाट जिवन धान्ने गर्छन् । त्यहाँ अन्डरग्राउण्ड होटल समेत खुलेको छ । २०११ मा भएको अरब क्रान्तिका कारण पर्यटन व्यवसायमा गिरावट आएको बताइन्छ ।

post image

फागुन २५,काठमाडौँ । आफ्नो सन्तानको रक्षाको लागि पिताले जे पनि गर्छन तर हालै एक पिताले भने आफ्नै छोराको हात काटिदिएका छन् ! भारतको हैदरावादमा यो घटना घटेको हो । त्यहाँ एक पुरुषले आफ्नो १९ वर्षीय छोराको हात काटिदिएका छन् ।

छोराको हात काटिदिनुको कारण थियो, मोबाइलमा पोर्न फिल्म हेर्ने छोराको लत । छोराको यस्तो लतबाट आजित बनेका बाउले रिसको झोंकमा हात नै काटिदिए ।

पोर्न फिल्म हेरेको भन्दै छोराको हात काटिदिने बाबुको नाम हो, मोहम्म्द कयूम कुरेसी । उनलाई हत्या प्रयासको अभियोगमा गिरफ्तार गरिएको पुलिसले जनाएको छ । उनले आफ्नो छोरा खालिदलाई सुतिरहेको अवस्थामा आक्रमण गरी धारिलो चक्कूले दायाँ हात काटिदिएका थिए ।

खालिदले पछिल्लो समयमा आफ्ना अन्य कामलाई नजरअन्दाज गरी मोबाइलमा पोर्न फिल्म तथा अन्य अश्लील सामाग्रीहरु हेर्ने बानी बसालेपछि उनका बुवा मोहम्मद आजित बनेका थिए । उनले यस विषयमा खालिदलाई झपारेका पनि थिए । तर बुवाले झपार्दा पनि खादिलको बानी छुटेन ।

त्यसपछि रिसलाई नियन्त्रण गर्न नसकेका मोहम्मदले छुरा प्रहार गरी छोराको दाहिने हात नाडीबाटै छिनालिदिएका हुन् ।एजेन्सी

post image

फाल्गुण २३,काठमाडौँ । नुहाउनु मानिसको एक दैनिकि जस्तै नै हो। नुहाई तपाई कतिदिन बस्नसक्नुहुन्छ एक दिन , दुइ दिन या एकहप्ता ? तर संसार मा यस्ता पनि मानिस छन् जहाँ आफ्नो जीवन अवधीभर केवल १ पटक मात्र नुहाउँछन् ।

अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँदछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा ।

उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका महिलाको सरीरको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि पनि ठूलो कारण छ ।

हिम्बा जनजातीका महिलाहरु नुहाउनुको साटो विशेष खालका जाडिबुटीहरुलाई पानीमा उमालेर त्यसबाट आउने वाफले आफ्नो सरीरलाई सफा राख्दछन् ताकी सरीरबाट दुर्गन्ध नआओस् । सोही कारणले कहिल्यै ननुहाउँदा पनि उनीहरुको सरीर दुर्गन्धित हुँदैन ।

प्राय जिउ नांगो राख्ने यस समुदयाका महिलाहरु आफ्नो छालालाई घामबाट बचाउनका लागि विशेष खालको लोसन लगाउँदछन् । यो लोसन जनावरको बोसो र हेमाटाइट नामक खनिजको धुलोलाई एकसाथ मिलाएर लेदो बनाई तयार पारिन्छ । हेमाटाइटका कारण छालाको रंग रातो भएको हुन्छ । यो लेपनका कारण उनीहरुको जिउलाई किराहरुले टोक्नबाट जोगाउँदछ ।

सरीरमा रातो रंग लगाउनुको अर्को कारणचाहीँ पुरुषहरुबाट अलग देखिनलाई पनि हो । सोही कारण यो समुदायका महिलालाई रेन म्यान पनि भनिन्छ ।-एजेन्सी

 

post image

फागुन २१,काठमाडौँ । हामीले धेरै कुन्डका बारेमा सुनेका वा देखेका छौं तर के तपाइले  रहस्यमयी कुण्ड सुन्नुभएको छ  ।  यसको रहस्य अहिलेसम्म वैज्ञानिकहरुले पनि खुट्याउन सकेका छैनन् ।

भारतको झारखण्डस्थित बोकारो जिल्लामा यो कुण्ड रहेको छ । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

ताली बजाउँदा पानी यसरी माथि उठ्छ कि मानौँ भाँडोमा तताएको पानी उम्लिरहेको छ । यो कुण्डका अरु विशेषता पनि छन् । यो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । यहाँ नुहाउनाले छालाको रोग हट्ने विश्वास गरिन्छ ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । यो कुण्डको नाम दलाही कुण्ड राखिएको छ । यसबाट निस्किएको पानी गर्गा नदीमा मिल्दछ । पानी निकै सफा रहेको छ । एजेन्सी

post image

फागुन ११, काठमाडौं ।  नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए ।बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

post image

फागुन १०,काठमाडौँ । सरकारले भिखारीलाई तालिम दिएको सुन्नुभएको छ ? छैन भने अब यो कुरा पनि नौलो रहेन !

भारतमा सरकारले भिखारीहरुलाई तालिम दिने भएको हो । मगन्तेहरुको बढ्दो संख्याका कारण चिन्तित बनेको सरकारले भिख माग्ने काममा लागेका मानिसहरुलाई आयआर्जनको सम्मानित बाटो सिकाउनका लागि तालिम दिने भएको हो ।

भिखारीहरुलाई सीप विकासको तालिम दिइनेछ ता कि उनीहरुले आ-आफ्नो पेशा तथा रोजगारी गरेर ज्यान पाल्न सकून् ।

अहिले भारतमा भिखारीहरुको संख्या ४ लाखभन्दा धेरै छ जसमा २ लाख २० हजार पुरुष र बाँकी महिला छन् । यो संख्या तिव्रगतिमा बढिरहेको छ । यसलाई नियन्त्रण गर्नका लागि सामाजिक न्याय एवं आधिकारिता मन्त्रालयले यस्तो कदम उठाएको हो, भिखारीहरुलाई सीप सिकाउने तालिम दिने ।

यस योजना अन्तरगत भिखारीहरुलाई साइकल बनाउने देखि लिएर लुगा सिलाउने, खानेकुरा पकाउने, फूलमाला गाँस्ने लगायतका तालिम दिइनेछ । प्राविधिक शिक्षा सिक्न चाहनेका लागि समेत अवसर उपलब्ध गराइनेछ ।

भिख मागेर भन्दा सीपमूलक काम गरेर इज्जतसाथ बढि कमाई गर्न सकिन्छ भन्ने देखाएरु मानिसहरुलाई स्वनिर्भर बनाउने योजना सरकारको छ । यसले भिखारीहरुको बढ्दो चाँप पनि घटाउनेछ । एजेन्सी

post image

फागुन ९,काठमाडौँ । अमेरिकामा मानिसहरुलाई आइफोन एक्स खरीद गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्दछ । तर एक लाख रुपैयाँ पर्ने यहीँ आइफोनको लत छुटाउन चाहिँ झण्डै आधा करोड रुपैयाँ तिर्नुपर्दछ । अर्थात् आइफोन किन्नुभन्दा यसको लत छुटाउनका लागि ४० गुणा बढी मूल्य चुकाउनु पर्ने भएको छ । अनि यो खर्च करोडपतिहरुले आफ्ना बच्चाबच्चीहरुमाथि गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा स्मार्टफोनको माग बढिरहेको छ । सिलिकन भ्यालीका ठूला कम्पनीहरु, फेसबुक, ट्विटर, एप्पल तथा गुगलका आसपासमा यस्ता दर्जनौँ विशेष क्लिनिक खुलेका छन् जसले मोबाइल फोनको लत छुटाउँदछन् । यी क्लिनिक ती युवाहरुको उपचारका लागि खोलिएको हो जसले दिनमा २० घण्टा सम्म मोबाइल चलाउँछन् ।

क्लिनिकको खर्च

सनफ्रान्सिस्को भन्दा झण्डै ३० किलोमिटर टाढा एक भवनमा यस्तै एउटा क्लिनिक खोलिएको छ ।

पहाडको सबैभन्दा उचाईमा हरियालीको बीचमा स्थापित यो क्लिनिकमा युवाहरुलाई ४५ दिनसम्म उपचार गरिन्छ । क्लिनिकको खर्च महंगी सेवाहरुको आधारमा तय हुन्छ ।

भवनको भित्र मोबाइल फोन, ल्यापटप तथा ट्याबलेटमा प्रतिबन्ध लगाइएको छ । यहाँ कम्प्युटरको प्रयोग केवल कक्षाकोठामा मात्र हुन्छ ।

शिक्षक र मनोविज्ञको रेखदेखमा युवाहरुले ग्याजेटको प्रयोग गर्दछन् । विरामीलाई विशेष थेरापी दिइन्छ ता की युवाहरुलाई इन्टरनेटको लत छुटाउन सकियोस् । अनि पढाई, परिवार, साथीसँगी तथा अफलाइन कामहरुमा अधिक समय दिन सकियोस् ।

कसरी चिन्ने स्मार्टफोनको लत ?

क्लिनिका निर्देशकका भन्छन्, ‘हामी उनीहरुको जिवन अफलाइन बनाइदिन्छौँ । यो हाम्रो यहाँको नियम हो । सबैभन्दा खुसी त त्यो बेला लाग्दछ जब युवाहरु आफैले हामीलाई धन्यवाद दिन्छन् र भन्छन् की उनीहरु अब सोसल साइटभन्दा आफ्नो धेरै ख्याल गर्नेछन् । अमेरिकामा इन्टरनेटको लतलाई आधिकारिक रुपमा कुनै रोग मानिँदैन ।

यद्यपि अष्ट्रेलिया, चीन, इटाली तथा जापानमा भने यसलाई बिमारी नै मानिन्छ । दक्षिण कोरियामा त यसको उपचार सरकारी अस्पतालमै हुने गर्छ । विज्ञका अनुसार इन्टरनेटको लतका सिकार भएका बच्चाहरु रातभर फेसबुक, इन्स्टाग्राम जस्ता साइटहरुमा गुजार्दछन् । उनीहरु बिहान स्कुल जानका लागि उठ्न सक्दैनन् र आफ्नो काममा पनि केन्द्रित हुन सक्दैनन् ।

इन्टरनेटको कनेक्सन ट्ट्दा रिसाउने, सोसल मिडियाको प्रयोग लुकीलुकी गर्ने तर झुट बोल्ने, एक्लै समय बिताउन मन पराउने र परिवारबाट टाढा टाढा हुन रुचाउने बानीको विकाश बच्चहरुमा हुन थाल्यो भने उनीहरुमा इन्टरनेटको लत बसेको भनेर बुझ्नुपर्दछ ।

त्यसैले अभिभावकहरुले आफ्ना छोराछोरीका लागि इन्टरनेट प्रयोगको सीमा तय गर्नुपर्दछ । खाना खाने समय तथा सुत्नुअघि कम्प्युटर, इन्टरनेट, आइप्याड तथा टेलिफोनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्दछ । अमेरिकामा खोलिएका ती क्लिनिकमा इन्टरनेट विरामीका लागि लक्जरी कोठाको व्यवस्था गरिएको छ जहाँबाट समुद्रको दृश्य देख्न सकिन्छ । एएटा कोठामा तिनवटा बेड तथा खुल्ला झ्याल हुन्छ ।

क्लिनिकमा विरामी मात्र होइन विरामीका परिवारलाई पनि राखिन्छ, ता की विरामी र उनका परिवारबीच राम्रो सम्बन्ध होस् । उपचारका दौरान कठीन मेहेनत गर्न तथा स्वास्थ्यप्रति जागरुक हुन सिकाइन्छ । अफलाइन दुनियामा अभ्यस्त बनाउँदै लगिन्छ । सन्तुलित भोजन तथा स्वस्थकर जिवनशैली र व्यायाममा पनि ध्यान दिइन्छ ।

बिरामीले क्लिनिकमा आफ्नो नियमित पढाई पनि जारी राख्न पाउँदछन् । विभिन्न थेरापी दिइन्छ र कौशलको विकास पनि गराइन्छ । बेलुकी डिनरको समयमा आपसी छलफल तथा योजना निर्माण गरिन्छ । अध्यात्मका कक्षाहरु पनि त्यहाँ सञ्चालन हुन्छन् ।बीबीसी

post image

फागुन ८, उत्तराखण्ड । दाइजोको लोभमा दुलाहा बनेर दुई युवतीलाई विवाह गरेर ठगी गरेको आरोपमा भारतमा एक महिला पक्राउ परेकी छिन् ।

दाइजोको माग गरेको उजुरीको आधारमा भारतको उत्तरी राज्य उत्तराखण्डमा प्रहरीले कृष्ण सेनलाई पक्राउ गरेको थियो । तर, सोधपुछका क्रममा कृष्ण वास्तवमा युवती रहेको खुलासा भएको थियो ।
२६ वर्षीय कृष्णको वास्तविक नाम स्वीटी हो । उनले सन् २०१४ मा पहिलो विवाह गरेपछि पुरुष बनेर युवतीहरुलाई ठगी गर्दै आएकी थिइन् ।

‘हामीले शुरुमा कृष्णले भनेको कुरा नै बुझेनौँ,’ प्रहरी अधिकारी जनामेजय खान्दुरीले बिबिसीसँग कुरा गर्दै भने, ‘त्यसपछि हामीले उनको स्वास्थ्य परिक्षण गरायौँ, जहाँ उनी वास्तवमा महिला भएको रहस्य खुल्यो ।’
स्वीटीले पहिलो पत्नीलाई विवाह लगत्तै छाडेका थिए । त्यसपछि सन् २०१७ को अप्रिलमा दोस्रो विवाह गरे ।

तर, पहिलो पत्नीका परिवारले दाइजो माग्दै दुःख दिएको भन्दै उनीविरुद्ध उजुरी गरेका थिए । स्वीटीले ८ लाख पचास हजार भारतीय रुपैयाँ सापटी लिएको तर नतिरेको परिवारले आरोप लगाएको थियो ।

स्वीटीले आफूलाई सानैदेखि पुरुष बन्ने ईच्छा भएको प्रहरीसमक्ष बयान दिएकी छिन् । स्वीटीको परिवारलाई उनको यस हर्कतबारे थाहा थियो या थिएन भन्ने चाहीँ खुलेको छैन ।

प्रहरीका अनुसार कसैले वास्तविकता थाहा नपाओस् भनेर उनले धेरै पुरुष साथी रहेको र चुरोट रक्सी पिउनेदेखि मोटरसाइकल चलाउनेसमेत गरेकी थिइन् । उनको हुलिया र बोलिचालीले कसैले पनि उनी पुरुष नभएको शंका पनि गर्न सकेनन् । एजेन्सी

post image

फागुन ७, काठमाडौँ । चिनियाँ अधिकारीहरुले अमेरिकामा प्रर्दशनमा राखिएको टेराकोटा लडाकूको एक मूर्तिको बुढी औँला चोर्नेलाई ‘कडा कारवाही’ गर्न माग गरेको छ । टेराकोटा आर्मीको मूर्तिहरु चीनको सबैभन्दा महत्वपूर्ण पुरातात्विक खोज मानिन्छ ।

४५ लाख डलर मुल्य पर्ने सो २००० वर्ष पुरानो मूर्ति फिलाडेल्फियास्थित फ्रान्कलिन इन्सटीच्युटमा प्रदर्शनमा राखिएको १० मध्य एक मूर्ति थियो । अघिल्लो हप्ता माइकल रोहनालाई महत्वपूर्ण कलासामाग्रीको चोरी र आघात पु¥याएको आरोपमा पक्राउ गरिएको थियो । पछि उनी जमानतमा छाडिए ।
अदालतको कागजात अनुसार २४ वर्षीया रोहना २१ डिसेम्बरका दिन फ्रान्कलिन इन्स्टीच्युटमा ‘कुरुप स्वेटर पार्टी’मा सहभागी हुन गएका थिए । त्यसपछि उनी बन्द भइसकेको टेराकोटा लडाकूहरुको प्रर्दशनीमा छिरे ।

सिन्ह्वाले एफ.बी.आई.लाई कोट गर्दै लेखेको छ, ‘रोहनाले मोबाइल फोनको फ्लासलाइटमा एक लडाकूसँग सेल्फी खिचे । त्यसपछि उनले आफ्नो हात मूर्तिको देर्वे हातमा राखे । त्यसपछि उनले केही भाँचे र सो सामाग्री खल्तीमा हालेर निस्किए ।

सङ्ग्राहलयका कर्मचारीले शालिकको बुढी औला नभएको कुराको जानकारी जनवरी ८ मा मात्र पाएका थिए । एफ.बी.आई.को अनुसन्धानले रोहना पक्राऊ परेका हुन् । उनले पछि बुढी औला एक डेस्कको घर्रामा राखेको स्वीकारे ।

सो मूर्तिहरु चिनियाँ सरकारी सस्था शान्सी साँस्कृतिक सम्पदा प्रसार केन्द्रले पैचोमा फ्रान्कलिन इन्सटीच्युटलाई दिएको थियो । सोमबार यसका निर्देशकले फ्रान्कलिन इन्सटीच्युटले सो मूर्तिहरुप्रति देखाएको बेवास्ताप्रति ‘कडा शब्द’ मा भत्र्सना गरेको छ ।

निर्देशक ऊ हाइयुनले सो मूर्तिमा भएको क्षति अध्ययनका लागि संस्थाले दुई चिनियाँ विज्ञलाई अमेरिका पठाउने जनाए । उनले त्यसमा भएको क्षतिको भरपाईको पनि माग पनि हुने बताए ।

post image

फागुन १, काठमाडौँ  । यो दुनियाँमा यस्तो गाउँ पनि छ, जहाँ केटीहरुलाई कुनै केटा पाउन मुस्किल छ र बिहे नगरीकनै पाको उमेरसम्म पनि कुमारी नै बस्न बाध्य छन् त्यो गाउँका युवतीहरु ।

ब्राजिलको एक गाउँको अवस्था यस्तो छ । झण्डै ६ सय महिलाको जनसंख्या रहेको यो गाउँमा ३ सय भन्दा धेरै युवतीहरुको बिहे गर्न बाँकी छ र उनीहरुलाई बिहे गर्नका लागि केटा फेला परेको छैन । बिहे नगरीकनै बस्न बाध्य ती युवतीहरुको उमेर १८ देखि ३० वर्षसम्मको रहेको छ।

समाचार अनुसार यो गाउँमा अविवाहित पुरुष भेटाउन एकदमै गाह्रो छ  । सोही कारण केही युवतीहरु विवाहित पुरुषसँग बिहे गर्न र सौता बनेर भित्रिन बाध्य छन् ।

यो गाउँ विगत एक सय वर्षदेखि बाहिरी संसारबाट अलग्गै रहेको छ । यहाँका युवतीहरु बिहे गर्न त चाहन्छन् तर गाउँभित्र मात्रै । बिहे गरेर गाउँ बाहिर पठाउने चलन यहाँ छैन । गाउँ भन्दा बाहिरको कुनै पनि केटासँग यहाँका युवतीले बिहे गर्न चाहँदैनन् र बिहे गरिहालेमा पनि केटाले आफ्नो गाउँ छाडेर सोही गाउँमा भित्रिनुपर्दछ । यो मातृसत्तात्मक गाउँको रुपमा रहेको छ । गाउँमा विवाहित महिलाहरुले समेत आफ्ना लोग्नेलाई गाउँमा बस्न दिएका छैनन् ।

उनीहरुलाई हप्ताका ५ दिन कामका लागि गाउँ बाहिर पठाइन्छ र सप्ताहन्तमा मात्र घर फर्किन पाउँदछन् । १८ वर्ष कटेका छोराहरु पनि गाउँमा बस्न पाउँदैनन् । सन् १८५१ मा यो मातृसत्तात्मक गाउँको स्थापना भएको हो ।  एजेन्सी

post image

माघ २९,काठमाडौँ । महिलाबीच हुने सुन्दरी प्रतियोगिताको उपाधि कुनै पुरुषले जित्न सक्ला ? यो मनगढन्ते जस्तो लाग्नसक्छ । तर २२ वर्षका एक फेसन मोडेल कजाकिस्तानमा भएको मिस भर्चुअल कजाकिस्तान नामक सुन्दरी प्रतियोगिताको फाइनल राउन्डमा पुगे ।

वास्तविक नाम इले डियागिलेभ भएका अरिया अलियेवा मिस भर्चुअल कजाकिस्तानका लागि भैरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगेका हुन् । उनको तस्वीरमा अनलाइनमार्फत् २ हजार भन्दा धेरै भोट प्राप्त भयो । तत् पश्चात उनलाई मिस भर्चुअल शमकन्द घोषणा गरियो । शमकन्द दक्षिणी कजाकिस्तानको एक प्रान्त हो ।

तर विडम्बना । अलियेवाको त्यो खुसी धेरैबेर टिकेन । किनकी आयोजकले आफ्नोबारेमा गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे । उनी अयोग्य भएसँगै मिस शमकन्दको उपाधि इकेरिम तमिरखानोभालाई दिइएको छ र उनैले राष्ट्रिय प्रतियोगिताको फाइनलमा भिड्नेछिन् । उनलाई १९ सय ७५ भोट प्राप्त भएको थियो ।

क्षेत्रीय उपाधि जित्दै राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेको दुई दिनपछि इले डियागिलेभले आफु महिला नभएको र अरिना अलियेभा आफ्नो नाम नभएर आफ्नो टिमको परियोजना भएको खुलासा गरेका थिए ।  धेरै महिलाहरुले सुन्दर देखिनु नै सबैभन्दा ठूलो काम हुने भन्दै घमण्ड गर्ने गरेको हुँदा आफुले पुरुषहरु पनि महिला भन्दा कम सुन्दर हुँदैनन् भन्ने प्रमाणि गर्नका लागि महिला भएको नाटक गरेको बताएका छन् ।

उनी १७ वर्षको उमेरदेखि फेसन जगतमा रहँदै आएका छन् र मोडलको रुपमा रहेका छन् । उनले मेकअपको माध्यमबाट आफ्नो अनुहार र जिउडाललाई पूरै महिलाको जस्तो बनाउन सक्दछन् । उनले एकजना मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्टको सहयोग लिएर आफुलाई सुन्दर महिलाको स्वरुपमा ढाले अनि त्यो तस्वीर खिचेर आफुलाई अरिनाको रुपमा प्रस्तुत गरी भर्चुअल मिस कजाकिस्तानको अनलाइन प्रतियोगितामा सहभागी गराए । त्यसो गर्दा समेत आफु फाइनलसम्म पुगेकोमा उनलाई निकै आश्चर्य लागेको छ । बीबीसी

post image

माघ २६,काठमाडौँ।  प्रेम अन्धो हुन्छ , प्रेम र युद्धमा जे पनि जायज हुन्छ  भन्ने भनाई लोकपि्रय नै छ । तर, के तपाईंले प्रेममा परेकै कारणले कुनै व्यक्तिलाई अपराधबाट उन्मुक्ति दिइएको सुन्नुभएको छ ?

हो, स्वीडेनको एउटा अदालतले एक अधवैशेलाई उनी ‘प्रेममा अभागी रहेको’ बहानामा ठगीको आरोपबाट सफाइ दियो । हेलसिङबोर्ग डिस्टि्रक्ट कोर्टले गरको यो रोचक फैसला अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाएको छ ।

घटनाअनुसार ती व्यक्ति अनलाइनमा भेटिएकी एक २० वषिर्या यौवनाको प्रेममा परेका थिए । बेल्जियमकी ती युवतीसँग बिहे गरेर घरबार गर्ने योजना उनले बुन्न थाले । तर ती युवतीले आफू बिरामी परेको र पिताको मृत्यू भएकोले बताइन् ।

जब उनीहरुको बिहे र नयाँ जीवन सुरु गर्ने कुरा हुन थाल्यो, उनले ती व्यक्तिलाई भनिन् कि उनको पुख्र्यौली सम्पत्ति ट्राभलर चेकको रुपमा छ र अस्पतालमा भएको कारणले उनले त्यसलाई साट्न सक्दिनन् । प्रेममा डुबेका व्यक्ति हेलिसिन्बर्गमा रहेको बैंकमा ५ सय यूरोका दुईवटा चेक साटिदिन सहमत भए ।

ती व्यक्तिले भोलीपल्ट अर्को बैंकमा थप आठवटा चेक साट्ने प्रयास गरे । तर बैंक कर्मचारीले शंका लागेर प्रहरी बोलाए । जब प्रहरी आएर जाँचबुझ गरे, ती सबै चेकहरु जाली निस्किए र उनलाई ठगीको मुद्दा दायर गरियो ।

पछि जब उनलाई अदालतमा उभ्याइयो, न्यायधिसले उनको कथा सुने र उनलाई साह्रै सोझो व्यक्ति भन्दै रिहा गरिदए ।

‘उनी प्रेममा थिए र आफ्नी प्रेमिकालाई चाँडै दुलही बनाउने भनेर उत्साहित थिए । यस्तो अवस्थामा उनले सोझो खालको व्यवहार गर्नु स्वभाविक थियो,’ अदालतको फैसलामा भनिएको छ ।

post image

माघ २५,काठमाडौं । १ सय ३० जना श्रीमती तथा २ सय ३ जना छोराछोरी भएका एक चर्चित मानिस अब यो दुनियाँमा रहेनन् । नाइजेरियाका मोहम्मद बेलो अबूबकर नामका यी व्यक्तिको गत जनवरी २८ तारेखमा निधन भएको छ । ९३ वर्षको उमेरमा उनले संसार छाडेका हुन् ।

उनको निधन हुँदासम्म उनका कूल सन्तानको संख्या २ सय ३ थियो । तर यो संख्या उनको निधनपश्चात् केही बढ्न सक्नेछ । किनकी उनका केही पत्नीहरु अहिले गर्भवती छन् र निकट भविष्यमै बच्चा जन्माउनेछन् ।

पेशाले धर्मगुरु अर्थात् मौलवी रहेका अबू बकर बिहे गरिरहनु आफ्नो पवित्र मिसन भएको बताउँथे । आफुलाई इश्वरले बिहे गर्नकै लागि धर्तीमा पठाएको उनको दाबी थियो । कुरानको विवादित व्याख्याका लागि पनि उनी चर्चित थिए ।

कुनैपनि पुरुषले आफुले चाहेजति संख्यामा महिलासँग बिहे  गर्न सक्छ भन्ने कुरा कुरानमा लेखिएको छ भनेर उनले दाबी गर्थे । अबूबकरका अनुसार पुरुषले कुनै दुख विनानै जतिपनि श्रीमती सम्हाल्न सक्छ उति बिहे गर्ने हक हुन्छ ।

उनको यस्तो क्रियाकलाप तथा भनाईका कारण अन्य मुस्लिम धर्मगुरुहरुले उनको आलोचना समेत गरेका थिए । उनका जिवित रहेका ८६ पत्नमध्ये तत्कालै ८४ जना सँग डिभोर्स गर्न समेत दबाब दिइएको थियो । तर उनी गलेनन् ।

पछिल्लो केही समयदेखि उनी बिरामी थिए ।  र अन्ततः उनको मृत्यु भएको छ । उनको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सहभागी भए । एजेन्सी

जम्मा १ सय २५ रुपैयाँमा घर

प्रकाशित मिती : Tuesday
post image

माघ २३,काठमाडौँ । एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ ।

पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । तर, उता इटालीमा भने सरकारले एक युरो अर्थात् झण्डै एक सय २५ रुपैयाँमा घर बेचिरहेको छ ।

इटालीको भूमध्य सागरक्षेत्र नजिक सार्डिनियास्थित ओलोलार्इ भन्ने सहरमा एक यूरोमा घर पाइन्छ । विश्वका कुनै पनि देशका मानिसले यहाँ घर किन्न सक्दछन् ।

ओलोलाइमा पहिले जनसंख्या धेरै थियो । तर मानिसहरु यहाँबाट बसाइ सरेर जान थाले । पछिल्ला ५० वर्षमा यहाँको जनसंख्या घटेर केवल १३ सयमा झरेको छ । मानिसहरुले बसाइँ सरेपछि यहाँका घरहरु खाली भएर भुतबंगला बनेका छन् । निकट भविष्यमै सबै मानिसले यो ठाउँ छाडेर कतै यो खण्डहर त बन्ने होइन भन्ने चिन्ताले सहरका मेयरले यहाँका घरहरु कौडीको भाउमा बेच्ने निर्णय गरेका हुन् । यहाँका २ सय यस्ता खाली घर बेचिनेछ ।

यहाँ विश्वका जुुनसुकै ठाउँका मानिसले घर किन्न पाउँदछन्, तर एउटा शर्त भने पूरा गर्नुपर्दछ । शर्त के भने घर किनिसकेपछि घरको जिर्णाेद्धार गर्नुपर्नेछ । जिर्णोद्धारको रकम पनि सरकारले तोकेको छ, झण्डै २६लाख रुपैयाँ ।

एक यूरोमा घर पाइने भनेपछि रमाइलोका लागि पनि मानिसहरुले किन्नेछन् । तर २६ लाख रुपैयाँ खर्चेर मर्मत गरेपछि मानिसहरु पैसाको लोभले पनि घरमै बस्नेछन् भन्ने तर्कका साथ मेयरले त्यस्तो निर्णय गरेका हुन् । किनकि नबस्ने घरमा त कसैले लाखौँ पैसा खर्च गदैन ।

तर खुसीको कुरा के भने तत्कालै मर्मत गर्नुपदैन, तीन वर्ष भित्रमा घर जिर्णोद्धार गरेपुग्छ । समाचार अनुसार, अहिलेसम्म त्यहाँकका ३ वटा घर बिकीसकेका छन् । दुनियाँभरका धेरै मानिसले घर खरीदका लागि चासो देखाएका बताइएको छ एजेन्सी

post image

माघ २२,एजेन्सी। बाबुआमाले आफ्नो सन्तानको सुरक्षाको लागि उनीहरुको उपचार र स्वास्थ्यको लागि सक्दो सबै उपायहरु अपनाउछन् , आफु मरेर सन्तानलाइ बचाउछन हो यहि भनाइ एक बाबुआमाको जीवनमा मेल खाएको छ ।

छोरीको उपचारका लागि आवश्यक रकम जोहो गर्न एक आमाले सडकमा आफ्नै दूध बेच्दै गरेको एउटा भिडियो सोसल मिडियामा भाइरल भएको छ। यो घटना चीनको हो।

मियाओ भिडियो साइटमा पोस्ट गरिएको उक्त भिडियोमा बालिकाका आमा बाबु भनिरहेका छन् कि आइसीयुमा भर्ना भएकी आफ्नी छोरीको उपचारका लागि उनीहरूलाई कम्तिमा एक लाख युआन (करिब १६ लाख रुपैयाँ) आवश्यक छ।   चीनको सोसल मिडिया वीबोमा यो भिडियो सेयर भएपछि २४ लाख भन्दा बढी पटक हेरिएको छ। त्यसमा ५०० भन्दा बढी कमेन्ट आएका छन्।

गुवाङ्डुङ प्रान्तको ठूलो सरह शेन्जनस्थित एक बच्चाको पार्कमा खिचिएको भिडियोमा आमाले भनेकी छन्- ‘म जतिसक्दो चाँडो पैसा जम्मा गर्न मेरो दूध बेचिरहेकी छु। बुबा भन्छन्- अस्पतालमा एक लाख युआन तिर्नुछ। डाक्टरले भनेका छन् कि बच्चीको उपचार लगत्तै रकम भुक्तानी गरिहाल्नुपर्छ।’

उक्त भिडियोका बारेमा मानिसहरूले भावुक प्रतिक्रिया दिएका छन्। इन्टरनेटमा भिडियो सेयर गर्दै मानिसहरूले भनेका छन्- सेल मिल्क, सेभ गर्ल (दूध बेचौँ, बच्ची बचाऔँ)।

धेरैले ती आमाबाबुका पक्षमा सहानुपाति दर्शाउँदै सहयोगका लागि अपील गरेका छन् भने  कतिपयले भने यसलाई ‘सहयोग माग्ने अश्लिल तरिका’ भन्दै आलोचना पनि गरेका छन्। एकजनाले लेखेका छन्- ‘सबैले बुझ्न सक्छन् कि तपाईँ बाध्य हुनुहुन्छ र तपाईँलाई सहयोग अत्यावश्यक छ तर आफ्नै दूध बेचेर तपाईँले आफ्नो प्रतिष्ठा कसरी जोगाउन सक्नुहुन्छ?’

आलोचकहरूका प्रतिक्रियाको पनि उत्तिकै आलोचना भएको छ। एकजनाले लेखेका छन्- ‘यो धेरै आमा बाबुको प्रेम हो। जो व्यक्तिहरू उनीहरूका बारेमा गलत बोलिरहेका छन्, उनीहरूले सोच्नुपर्छ कि यदि ऊ तिम्रो सन्तान हुन्थ्यो भने तिमी आफ्नो अनुहार जोगाउँथ्यौ कि आफ्नी छोरीको जिन्दगी?’

post image

माघ २१,काठमाडौँ । एउटा यस्तो मन्दिर जुन सुनले झकिझकाउ बनाइएको छ  । छानो देखि लिएर द्वार सबै सुनका । यो मन्दिर १५ सय भन्दा धेरै सुनले बनेको छ ।

दक्षिण भारतको तमिलनाडुस्थित भेल्लोर गोल्डेन टेम्पल यस्तो मन्दिर हो जहाँ १५ सय किलो भन्दा धेरै शुद्ध सुन छ । यो मन्दिर श्रीपुरम् र महालक्ष्मी स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । सन् २००७ मा यो मन्दिर बनाइएको हो ।

सुनले छाएको हुनाले रातको प्रकाशमा यो मन्दिर झलमल बल्दछ र निकै सुन्दर देखिन्छ । वर्षेनी लाखौँ हिन्दु धर्माबलम्बी यो मन्दिरमा दर्शनका लागि आउँछन् ।

१ सय एकड भन्दा धेरै क्षेत्रफलमा फैलिएको यो मन्दिरको चारैतर्फ सुन्दर हरियाली रहेको छ । मन्दिर परिसरमा भारतका सबैजसो प्रमुख नदीको पानी लिएर सर्व तिर्थम सरोवर नामको कुण्ड बनाइएको छ ।

यो मन्दिरको सुरक्षामा चौबीसै घण्टा पुलिस र सुरक्षा गार्डले पहरा दिइरहेका हुन्छन् ।

post image

माघ १९, काठमाडौँ । ट्वाइलेटमा त दिसा पिसाब पो गरिन्छ । तर भारतमा पनि ट्वाइलेटमै बिहे गरिएको छ । अनौठो लाग्ने यो घटना भारतको छत्तीसगढस्थित बिलासपुरको हो ।

समाचार अनुसार शबा नवाज नामक युवतीले १० महिना अघि नै ग्र्ने भनी तय भएको आफ्नो बिहे नगर्ने घोषणा गरेकी थिइन् । हुनेवाला बेहुलाको घरमा ट्वाइलेट नभएको भनी उनले हुनै लागेको बिहे नगरेपछि ठूलै चर्चा कमाएकी थिइन् ।

तर १० महिनापछि भने उनले तिनै बेहुलासँग बिहे गरेकी छिन्, जोसँग उनले यसअघि ट्वाइलेटको निहुँमा बिहे नगर्ने भनेकी थिइन् ।

गत वर्षको मार्च महिनामा उनले तय भएको बिहे भंग गरिन् । आफ्नो हुनेवाला लोग्नेका परिवारसँग उनले अडान राखिन् की केटाको घरमा ट्वाइलेट नभएसँग स्वयंबर हुनेवाला छैन । यदि बिहे गर्नुछ भने केटाको घरमा पहिले ट्वाइलेट बन्नु पर्दछ ।

१० महिना अघि तय भएको बिहे एकाएक बेहुलीको शर्तका कारण रोकियो । तर केटा पक्षले उनको त्यो शर्त पूरा गर्ने बाचा गर्यो । हुनेवाला बेहुलाका बुवाआमाले घरमा शौचालय बनाउनका लागि नगर निगममा आवेदन दिए । ट्वाइलेट पनि बनि छाड्यो ।

शर्त बमोजिमको ट्वाइलेट केटाको घरमा बनेको खबर शबाको परिवार सम्म पूराइयो । त्यसपछि त के चाहियो ? बिहेको तयारी सुरु भयो । गत जनवरी २१ मा शबाको बिहे भयो उनै सरफराजसँग । बिहेको सहनाई अन्त होइन त्यहीँ ट्वाइलेटमै बज्यो ।

बिहेमा नगर निगमका सरकारी अधिकारीहरुलाई पनि बोलाइएको थियो । ट्वाइलेटमै ब्याण्डबाजा बज्न थालेपछि र बेहुला बेहुलीको बिहे नै ट्वाइलेटमै भएपनि उनीहरु पनि अक्क न बक्क भए । तर पछि उनीहरुलाई पूरै घटनाक्रमबारेमा जानकारी प्राप्त भएपछि निकै खुसी भए । एजेन्सी

post image

माघ १५,काठमाडौँ । आजसम्म तपाइँले कतिसम्म महंगो नङ पालिस किन्नुभएको छ वा भनौ  सुन्नुभएको छ ? अढाई करोड रुपैयाँ मूल्य पर्ने नङ पालिसका बारेमा थाहा छ ? छैन होला ।

Azature नामको यो नङ पालिस विश्वकै सबैभन्दा महंगो नङपालिस हो । यो पालिसको विशेषता के भने यसमा २६७ क्यारेटको कालो हिराको प्रयोग गरिएको छ । सोही बहुमूल्य हिराका कारण यो नङ पालिस अढाई करोड मूल्यको बनेको हो ।

अढाई करोडको यो नङपालिस अहिलेसम्म कति जनाले खरीद गरे होलान् ? भन्ने प्रश्न गर्नुहोला । समाचार अनुसार यो नङपालिस अहिलेसम्म २५ जनाले मात्र किनेका छन् । ५ सय ७६ जना मानिसले यो नङपालिसका लागि अर्डर दर्ता गरेका छन् ।

post image

काठमाडौं । जीवनमा सफल हुनका लागि कठिन मेहनत आवश्यक हुन्छ तर स्मार्ट हुनु पनि उत्तिकै जरूरी छ। अस्ट्रेलियामा बस्ने चेल्सीले हार्ड वर्कका साथ स्मार्ट वर्क गर्दा सफल भइने कुरा साबित गरिदिएकी छन् । उनी कुनै जागिर खाँदिनन् तर एक घन्टामै १२ लाख रुपैयाँ कमाउँछिन् ।

चेल्सी पहिला त कार्यालयमा काम गर्थिन् तर त्यो बोर लागेपछि उनले अन्लाइन भिडियो गेमबाट पैसा कमाउने आइडिया लगाइन् । उनले भिडियो गेम खेल्न थालेर राम्रो कमाउन थालिन् । उनी एक घन्टा भिडियो गेम खेलेको १२ लाख रुपैयाँ लिन्छिन् ।

चेल्सीले गेम खेल्दा मानिसहरू लाइभ हेर्छन् । लाइभ स्ट्रीमिङका बेलामा सब्स्क्रिप्सन, विज्ञापन र स्पोन्सरशिपका कारण उनको कमाइ एक घन्टाको १२ लाख रुपैयाँ पुगेको हो ।

इन्स्टाग्राममा चेल्सीका ४६.६ लाख फलोअर छन् । उनलाई पार्टी गर्ने ठूलो शौख छ र आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

आफ्नो उमेरको हिसाबले उनी रमाइलो काम गरिरहेकी छन् । उनले फार्मेसीमा डिग्री लिएकी छन् । उनले गेमिङमा कमाएको पैसा जागिर खाएर कमाउन सक्दिनथिइन् । यही कमाइबाट उनी पूरा परिवारको खर्च धान्छिन्।

post image

माघ ११, एजेन्सी। हामीले बारम्बार सुन्दै आएका छौं , जुन सर्पलाई दुध खुवाएर पाल्यो , त्यसैले डस्छ भनेर यस्तै भएको छ ! एक जना सापका मालिक ८ फिट लामो पाल्तु अजिङ्गरबाट मारिएका छन् । उनी सो अजिङ्गरलाई माया गरेर ‘बेबी’ भनेर बोलाउथें ।

२५ अगस्टमा ड्यानिएल ब्राण्डनलाई बसिङ्गस्टोक ह्याम्प्सायर नजिकै आफ्नो घरमा अजिङ्गरले टोकेको थियो । उनी ३१ वर्षका थिए । ‘टाइनी’ नामक अफ्रिकी पोथी घर–पालुवा अजिङ्गर उनको पार्थिव शरिर नजिकै खुल्ला रुपमा पाइएको थियो ।  मृत्यु जाँचबुझ अधिकारी एण्ड्र्यु ब्राड्लेले उनको मृत्यु ‘टाइनी’को टोकाइको कारण नै भएको भन्नेमा कुनै शङ्का नरहेको बताए ।

ब्राण्डनले बिगत १६ वर्षदेखि सर्पहरु पाल्दै आएका थिए । ‘टाइनी’ उनले घरको कोठामा पालेको १० साँप र १२ टेरन्टुला(ठूला जातका माकुरा) मध्य एक थियो । उनको आमा बरबरा ब्राण्डनले छोराले  कहिल्यै ‘टाइनी’बाट खतरा महसुस गरेका थिएनन् । अजिङ्गरको बलबारे ड्यानियल राम्रो जानकार रहेको बरबराले बताइन तर उनी सो अजिङ्गर पालेको कोठामा पस्दा भने कहिले काँही डस्न झम्टीएको बताइन ।

उनले अदालतमा आफ्नो छोराको मृत्यु भएको रात उसको कोठाबाट चर्को आवाज सुनेको बताइन तर उनले त्यसलाई डम्बेल वा केही चिजमा ठोक्किएको जस्तो लागेको बताइन् ।पछि उनले आफ्नो छोरा सयनकक्षमा अचेत पाएको र अझ पछि अजिङ्गर दराजमुनि बेरिएको अवस्थामा पाएको बताइन् ।

post image

माघ १०,काठमाडौँ । १० दिनअघि मरिसकेकी एकजना महिलाले बच्चा जन्माएको खबरले दक्षिण अफ्रिकामा तहल्का मच्चाएको छ । १० दिन पहिले मृत्यु भएकी महिलाको अन्त्येष्टिका लागि कफिन खोल्ने क्रममा महिलाको शवसँगै नाबालक शिशुको शव समेत देखिएपछि महिलाले मृत्युपछि बच्चा जन्माएको खुलासा भएको हो ।

दक्षिण अफ्रिकाको म्थ्यासी गाउँकी ३३ वर्षीया नामभेलिसो नामासोन्तो म्दोयी नामकी महिलाको अस्पतालमा मृत्यु भएको थियो । मृत्युको समयमा उनी ९ महिनाकी गर्भवती थिइन् । स्वास फेर्न कठिनाई भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा उनको मृत्यु भयो र डाक्टरहरुले उनको गर्भको शिशुको मृत्यु भइसकेको बताए । त्यसपछि उनलाई कफिनमा हालेर शवगृहमा लगियो ।

१० दिनसम्म शवगृहमा राखेपछि जब ती महिलाको शवलाई अन्त्येष्टि गर्नका लागि कफिन खोलियो तब शवगृहका कर्मचारी तथा ती महिलाका आफन्त समेत भयभित भए । किनकि महिलाको शवसँगै शिशुको शव पनि थियो । लासले बच्चा जन्माएको घटनाले सनसनी मच्चायो । परिवारजन पनि आमा र बच्चाको शव हेर्नबाट डराए र तत्कालै ती महिला र उनको बच्चाको शवलाई एउटै चिहानमा अन्त्येष्टि गरियो ।

आखिर महिलाले मरिसकेपछि कसरी मृत बच्चा जन्माइन् भन्ने सबैको चासोको विषय बन्यो । डाक्टरहरुले पनि त्यसको खास रहस्य पत्ता लगाउन सकेका छैनन् । मृत्युु भैसकेपछि मानिसका मांशपेशी शिथिल तथा कमजोर हुने भएको हुँदा पाठेघरको मांशपेशी पनि कमजोर भएको र सोही कारण मृतक शिशु महिलाको गर्भबाट बाहिर निस्किएको हुनसक्ने अनुमान डाक्टरहरुको छ ।एजेन्सी

post image

माघ ८,एजेन्सी– मेरो विवाहको पहिलो रात थियो । म पहिलो रात कुनै पुरुषसँग अन्तरङ्ग हुँदै थिएँ । नजिकका साथीहरुसँग भएका कुराकानी र हेरेका पोर्न भिडियोले मेरो दिमागमा सपना र इच्छाहरुका कैयौँ तस्बिर बुनेको थिए ।

हातमा दूधको गिलास लिएर टाउको झुकाएर जब म मेरो सुत्ने कोठामा गएँ । त्यति बेलासम्म सबै सोचे अनुरुप नै थियो । तर मलाई के थाहा थियो र त्यो रातले मेरो जीवनमा यति ठूलो उतारचढाव ल्याउने छ ।
मेरा श्रीमानले मलाई कसेर अँगालो हाल्नेछन्, म्वाई खानेछन् र रातभरी मलाई माया गर्छन् भन्ने सपना सजाएर जब म कोठामा पसेँ वास्तविकता त्योभन्दा भिन्न उनी पहिले नै सुतिसकेको थिए ।

म ३५ वर्षसम्म कुमारी नै थिएँ, श्रीमानले मेरो अस्तित्व नस्विकारेकोमा मलाई सारै दुःख लागेको थियो । कलेजका दिनहरुमा मात्र होइन, अफिसमा पनि मैले कैयौँ केटाकेटीहरुबीच गहिरो मित्रता देखेकी थिएँ । उनीहरु आफ्ना पार्टनरका काँधमा आफ्नो टाउको राख्थे । हात समातेर घुम्थे ।

म मेरो पनि त्यस्तै कोही साथी हुनेछ भनेर सोच्थेँ । हाम्रो ठूलो परिवार थियो । चार भाइ, एक बहिनी र बूढा आमाबुबा । यत्रो परिवार हँुदा पनि मलाई सधैँ एक्लै छु जस्तो लाग्थ्यो ।

मेरा सबै भाइबहिनीको विवाह भइसकेको थियो । उनीहरुको आआफ्नो परिवार थियो । मेरो उमेर बढेसँगै उनीहरु कहिलेकाहीँ मेरोबारे वास्ता गरिरहेको जस्तो मलाई लाग्थ्यो । मेरो मनमा पनि माया गर्ने इच्छा थियो तर यी सबै कुरा मेरो कल्पनामा मात्र थियो । मलाई कहिलेकाहीँ मोटी भएका कारण हो कि मलाई कसैले नहेरेको भन्ने लाग्थ्यो ।

के पुरुषहरू मोटी केटी मन पराउँदैनन् ? के मेरो परिवार मेरो शारीरिक तौलका कारण मेरा लागि जीवनसाथी खोज्न असफल भएको हो त ? के म सधैँ एक्लै रहने छु ? मेरो मनमा यस्ता प्रश्नहरु खेलिरहन्थे ।

जब म ३५ वर्षकी भएँ ४० वर्षको एउटा पुरुष मसँग विवाहका निम्ति आए । उसलाई भेटेकै दिन मैले आफ्ना भावनाहरुका बारेमा उसलाई सामान्य कुराहरु भनेँ । तर उसले यो विषयमा ध्यान दिएन । न त यसको बारेमा कुनै जवाफ नै ।

ऊ अलिकति आत्तिएको जस्तो देखियो । आफ्नो टाउको हल्लाउँदै तल हरेर चुपचाप बसिरह्यो । मैले के सोचेँ भने आजभोलि महिलाभन्दा पुरुष बढी लजाउँछन् । त्यही भएर मेरो हुनेवाला श्रीमानमा पनि कुनै अपवाद नहुन सक्छ ।

यही भएर कुनै जवाफ दिएन । तर विवाहको पहिलो रात म निकै दुविधामा परेँ । किन उसले यस्तो गर्यो भन्ने मलाई थाह थिएन । दोस्रो दिन बिहान मैले उसलाई सोधेँ, उसले भन्यो मलाई सन्चो थिएन । तर पछि पनि केही परिवर्तन भएन । हाम्रो दोस्रो, तेस्रो र कयौँ रातहरु यस्तै गरी बिते ।

यी सबै कुरा जब मैले आफ्नी सासूलाई भनेँ, उनले त्यसलाई गम्भीरताका साथ लिनुको सट्टा मेरो श्रीमानको बचाउ गर्नतर्फ लागिन् । उनले भनिन्– ‘ऊ सानैदेखि लजालु स्वभावको छ र केटीहरुसँग बोल्न रुचाउँदैन्थ्यो । उसले केटाहरु मात्रै पढ्ने स्कुलमा पढेको हो । घरमा न उसकी बहिनी छ न कुनै महिला साथी ।’

यद्यपि यो कुराले मलाई अस्थायी राहत दियो । तर यो बारे नसोची बस्न मलाई सहज थिएन । मेरो सम्पूर्ण आशा, सपना र इच्छा दिनदिनै टुक्रिरहेका थिए । मेरो छटपटीको मूल कारण यौन जीवन मात्र थिएन ।
मलाई कुन्नि किन सधैँ मेरो उपेक्षा भइरहेको छ भन्ने लाग्थ्यो । उनी मसँग कुरा पनि गर्दैनथे । ऊ मभन्दा टढा भाग्थ्यो छुन, समात्न त परैजाओस् ।

कुनै महिलाले आफ्नो लुगा अलिकति मिलाए भने पनि पुरुषहरु त्यतातर्फ हेर्न चाहन्छन् तर म भने राति जम्मै लुगा खोलेर सुते भनेँ पनि मेरा श्रीमान उदासीन हुन्थे । के मेरो मोटोपनाका कारण उसको त्यस्तो व्यवहार भएको हो ? अथवा उसले मसँग दबाबमा विवाह गरेको हो ?

यी सबै कुरा कोसँग भन्नुपर्ने हो मलाई त्यो पनि थाह थिएन । यी सबै कुराहरु म मेरो आफ्नै परिवारलाई पनि भन्न सक्ने अवस्थामा थिइनँ । किनभने सबैले म धेरै खुशी छु भन्ने सोचेका थिए । तर मेरो धैर्यताले सीमा नाघ्दै थियो । मैले यसको समाधानको बाटो पहिल्याउनै पर्ने थियो ।

बिदाको दिन कहिल्यै पनि ऊ घरमा बस्दैन थियो । कहिले आफ्ना साथीहरुको जान्थ्यो, त कहिले आमाबुबालाई घुमानउ लैजान्थ्यो । संयोगले ऊ एक दिन घरमै थियो । म कोठाभित्र गएँ र ढोका भित्रबाट लगाएँ ।

ऊ त दौडन लागे जस्तो गरी बिस्तराबाट उठ्यो । म उसको नजिक गएर सोधेँ– ‘के तपाईं मलाई मन पराउनु हुन्न ? हामी अहिलेसम्म एक पटक पनि अन्तरङ्ग भएनौँ । न त तपाईंले अहिलेसम्म आफ्ना भावना पोख्नु भयो । तपाईंको वास्तविक समस्या के हो ?’

उसले झोक्किएर जवाफ दियो, ‘मलाई कुनै समस्या छैन ।’

उनले त्यस्तो भनेपछि मलाई लाग्यो यो नजिक जाने उपयुक्त अवसर हो । म उनीसँग शारीरिक रुपमै जिस्कन थालेँ । मैले के सोचेकी थिए भने यसले उनलाई केही प्रभाव पर्नेछ । तर उनीमाथि कुनै प्रभाव परेन । उनमा उत्तेजनाका कुनै भाव नै देखिएनन् ।

त्यसपछि मैले यसबारे गम्भीर ढङ्गले सोच्नुपर्ने भयो । जसरी पुरुषहरु महिलाको सुन्दरताको आँकलन गर्छन्, मैले पनि आफ्नो श्रीमानको शारीरिक गुणहरुका बारे किन अवलोकन नगर्ने ? भन्ने कुरा मेरो मनमा आउन थाल्यो ।

अन्ततः मलाई एक दिन थाहा भयो । मेरा श्रीमान नपुंसक थिए । डाक्टरले यसको पुष्टि हाम्रो विवाहभन्दा अघि नै गरेका थिए । जुन कुरा उनलाई र उनका आमाबुबालाई राम्रोसँग थाहा थियो तर मलाई भने धोका दिइयो ।

मैले सत्य कुरा थाह पाएपछि उनलाई लाज त लाग्यो तर पनि उनले आफ्नो गल्ती कहिल्यै स्वीकारेनन् । समाज सधैँ महिलाका स–साना कुराहरुलाई बढाई चढाई प्रस्तुत गर्छ । तर यदि पुरुषबाट गल्ती भएमा त्यसको दोष पनि महिलालाई दिइन्छ ।

मेरा आफ्न्तले ‘यौन जीवन नै सबै कुरा होइन, तिमी धर्मपुत्र धर्मपुत्री अँगाल्न सक्छौँ भन्ने सुझाव दिन थाले ।’ सँगसँगै मेरो घर र माइतीतर्फकाले ‘यदि यो कुरा समाजले थाहा पाएमा हामी सबैको बेइज्जती’ हुन्छ भनेर नभन्न आग्रह गर्न थाले ।
यो समग्र कुरालाई मेरो परिवारले भाग्यसँग जोडेर यसो हुनुमा मेरो भाग्य जिम्मेवार रहेको कुरा गर्न थाले । तर मेरा श्रीमानले भनेको कुराले मलाई निकै पीडा दिने गर्छ । उनले भने– ‘तिमीलाई जे राम्रो लग्छ त्यही

गर, अरुसँग सुत्न चाहन्छौँ भने पनि सुत, म तिमीलाई केही पनि भन्ने छैन । यदि त्यसरी बच्चा जन्मियो भने पनि म त्यसलाई स्विकार्नेछु ।’ यस कुराले मेरो मन निकै कँुडियो ।  कुनै पनि महिलाले आफ्नो श्रीमानको मुखबाट यस्तो कुरा सुन्न चाहँदैनन् । ऊ खराब थियो र आफू र आफ्नो परिवारको सम्मान बचाउनका लागि यस्तो भनिरहेको थियो ।

ऊ मेरो खुट्टा छोएर रुँदै भन्न थाल्यो– ‘प्लिज यसलाई अरुसँग नभन र मलाई तलाक पनि नदिनू ।’ उसले जे भने त्यो मैले सोचेकी पनि थिइनँ । अब मसँग एक मात्र विकल्प के थियो भने म उसलाई छोडौँ कि जीवन साथी मानेर आफ्ना  इच्छाहरु त्यागिदिउँ ।

अन्त्यमा मेरो भावनाको जित भयो । मैले श्रीमानको घर छोडेँ । मेरा आमाबुबाले पनि मलाई स्वीकारेनन् ।

म आफ्नो साथीको सहयोगमा एउटा महिला होस्टेल गएँ । मैले रोजगरी पनि पाएँ । विस्तारै आफ्नो जीवन सम्हालेँ । मैले अदालतमा तलाकको लागि सबै कागजात पेश गरेँ ।

मेरो श्रीमान र उसको परिवारले लाजै नमानी विवाह भएपछि अरुसँग सम्बन्ध राखी भनेर मलाई नै के आरोप लगाए ।  मैले अदालतमा मुद्दा लडेर मेडिकल जाँच गराएँ । यसका लागि तीन वर्ष लाग्यो । अन्तिमा मलाई तलाक दियो । मैले सोचेँ मेरो पुनरजन्म भयो ।

अहिले म ४० वर्षकी भएँ । अहिले पनि म भर्जिन हुँ । तलाक भएपछि धेरै पुरुषहरु मसँग नजिक हुन खोजे । उनीहरु श्रीमानले मलाई यौन सन्तुष्टि दिएन भन्ने सोच्थे । उनीहरु मसँग यौन सम्बन्ध राख्न चाहन्थे ।  यो मेरो सम्बन्धमा गलत र बकबास कुरा थियो । म भने यस्ता पुरुषहरुबाट टाढा रहेँ । यीमध्ये कोही पनि मसँग विवाह गर्न अथवा समर्पित भएर नाता कायम गर्न चाहँदैन थिए ।

जुन पुरुषले मलाई माया गर्छ उसलाई नै म मेरा आफ्नो इच्छा, सपना र भावना व्यक्त गर्न चाहन्छु, । मेरो हेरविचार गरोस, मेरो भावना बुझोस् र  जीवनभरी मसँग बसोस् ।  म त्यस्तोे पुरुषको पर्खाइमा छु । त्यो समयसम्म म आफ्ना साथीहरुसँग यौन जीवनको बारेमा कुरा गरेर खुशी छु ।

मेरो दिमागमा जब यौनको कुरा आउँछ, त्यो समयमा मेरो सबैभन्दा राम्रो साथी इन्टरनेट नै हो । यस्ता मान्छेहरुको पनि कमी छैन, जसले मलाई आँक्छन् । म के मान्छु भने यस्ता मान्छेहरु महिलालाई केवल उपभोग्य वस्तु मात्र ठान्छन् । तर महिलामा पनि धेरै संवेदना हुन्छ ।

(यो लेख दक्षिण भारतकी एक महिलाको वास्तविक कथा हो । उनको आग्रहमा उनको नाम गोप्य रोखिएको छ ।)

post image

माघ ५, इरिट्रिया । बहुविवाह गरेर जेल  सजाय भोगेको त हामीले जता ततै देख्दै आएका छौं तर  संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका कारण यस्तो नियमलाई अनिवार्यता दिइएको हो । साथै यहाँका महिलाहरूले पनि बहुविवाहलाई समर्थन गर्नैपर्ने बाध्यतात्मक कानून बनाइएको छ। यदि कुनै महिलाले पतिलाई दोस्रो विवाह गर्नमा रोक लगाएमा जन्मकैद सम्मको सजाय हुन सक्छ।

संसारका महिला अधिकारीकर्मीहरूको विरोध हुँदाहुँदै पनि इरिट्रियामा एक वर्ष अगाडि उक्त कानुन बनाइएको हो । यसबाट बहुविवाह गर्ने पुरुषहरुको संख्या बढेको छ।

post image

माघ २,काठमाडौँ । महिलाहरुमाथि हुने बलात्कार तथा अन्य खाले यौनहिंसामा उनीहरुले लगाउने भडि्कला पहिरनको पनि भूमिका रहने गरेको कतिपयको भनाई रहने गरेको छ । सायद यहीँ मान्यतालाई तोड्नका लागि बेल्जियममा एक अनौठो प्रदर्शनीको आयोजना भएको छ ।

बेल्जियममा बलात्कार पीडित महिलाका कपडाको प्रदर्शनीको आयोजना गरिएको छ । बलात्कार पीडित महिलाले बलात्कारको समयमा लगाएका कपडाको प्रदर्शनी गरिएको हो । ब्रसेल्सको मोलेनबिक जिल्लामा आयोजित उक्त प्रदर्शनीको नाम ‘इज इट माई फल्ट ?’ अर्थात् ‘के यो मेरो गल्ती हो ?’ दिइएको छ ।

ट्रयाकसूट, पाइजामा, पाइन्ट लगायतका कपडाहरु प्रदर्शनीमा छन् । बलात्कार पीडित महिलाहरुले नै दिएका कपडाहरु प्रदर्शन गरिएको आयोजकको भनाई छ । पीडित सहायता समूह सि ए डब्ल्यू इस्ट ब्रबेन्टको आयोजनामा प्रदर्शनी भएको हो ।

आयोजक लिसवेथ केन्सका अनुसार बलात्कार पीडिताले लगाएका पहिरनहरु निकै सामान्य हुने गरेका छन्, जो सबै आम महिलाले लगाउँछन् ।

पीडितलाई नै दोष किन ?

प्रायः यौन हिंसाका घटनामा पीडित महिलालाई नै दोष लगाउने गरिन्छ की आफुमाथिको यौन उत्पीडनका लागि उनी आफै जिम्मेवार छन् ।

पीडित महिलाहरुमाथि उत्तेजक कपडा लगाएको, रात अबेरसम्म घरबाहिरै रहने गरेको, केटाहरुसँग जिस्किने गरेको जस्ता आरोप लगाइन्छ: आयोजक केन्सको भनाई छ । बीबीसी

post image

पुस २८,काठमाडौँ । भारतको इलाहाबादमा ३ वर्षको एक बालकलाई मानिषहरुले बजरंगबलीको नामबाट बोलाउने गर्छन । इलाहाबाद (यूपी). भारतको इलाहाबादमा जन्मिएका ३ वर्षको बालकको जन्मदा नै पुच्छर निक्लीएको छ । रामसुंदर यादव र  कविता यादवका छोरा हुन् कृष्णा !

यसलाई मानिषहरुले ईश्वरीय चमत्कार मानेर उसलाई बजरंगबलीको नामबाट बोलाउने गर्दछन । उसलाई हेर्नका लागि धेरै टाठाबाट मानिषहरु आउने गर्छन ।कृष्णा कि आमाले भन्ने गर्छिन ’’ मेरो श्रीमान पहिले अपरेशन गर्नका लागि राजी हुनुन्थिएन तर पछि जब मेरो श्रीमान राजी हुनुभयो बत परिवारमा सबैलाई विसन्चो हुन थाल्यो , यस्तोमा अपरेशन गर्न डर लाग्छ , कि हामी कुनै समस्यामा न परौं

 कृष्णाको पिठ्यूमा कम्मर नजिक एउटा मासुको टुक्डा बाहिर आएको थियो । शुरूमा परिवारका सदस्यहरुले ध्यान दिएन्न तर बच्चा जब ठुलो हुन थाल्यो उसको उमेरसंगै त्यो मासुको टुक्राको आकार पुच्छर्र जस्तो हुन थाल्यो ( कृष्णाको आमा भन्छिन ’’श्रीमान दिल्लीमा प्राइवेट जब गर्नुहुन्छ त्यसैले धेरै कम मात्रामा घर आउनुहुन्छ । उहाले पहिले अपरेशन गर्नका लागि सहमति दिनुभएको थिएन तर पछि सहमति दिँदा कुनै न कुनै प्रकारको रुकावट र समस्या आउने गर्छ ।

 

post image

पुस २७,काठमाडौँ । मानिसको जीवनमा अरुले गर्देको गल्तीले आफुलाई कमै समयमात्र लाभ मिल्ने गर्छ । अमेरिकामा भएको छ यस्तै । गल्तीका कारण एक महिलाको भाग्य नै बदलिएको छ र उनलाई करोडौंको फाइदा पुगेको छ ।

न्यूजर्सीको म्यानहटनमा शपिङ गर्न गएकी ओक्साना जहारोब नामकी महिलाले सुपरमार्केटमा १ डलरको लटरी टिकट मागिन् । तर स्टोर क्लर्कले भुलबस १० डलरको सेट फर लाईफ लटरी टिकट थमाए । आपूुलाई पसलेले बढी रकमको चिट्टाटिकट दिएकोमा उनलाई सुरुमा चित्त बुझेन तर उनले अन्ततः महंगो भएप्नि त्यो टिकट किनिन् ।

जहारोबलाई आफुलाई कुनै ठूला चिट्ठा पर्ला भन्ने आशा थिएन र किनेको टिकट एक हप्तासम्म थन्काएर राखिन् । जब एक हप्तापछि आफूले किनेको चिट्टा टिकट उनले स्क्रयाच गरिन् तब विश्वास नै गर्न सकिनन् । उक्त लटरी टिकटमा उनलाई ५० लाख डलरको चिट्ठा परेको थियो ।

उनलाई अबको २० वर्षसम्म हरेक वर्ष वाषिर्क रुपमा २ लाख ६० हजार डलर रकम पाउनेछिन् । त्यस्तै एक किस्ता थप ६० हजार डलर रकम पनि उनले प्राप्त गर्नेछिन् । कल्पना नै नगरेको चिट्ठा परेपछि उक्त रकमका कारण आफ्ना दुई सन्तानलाई ढुक्कले कलेज पढाउन सकिने भयो भनेर खुसी छिन् उनी । यतिमात्र होइन चिठ्ठा परेको खुसियालीले उनले आफ्ना परिवारलाई बहमास घुमाउन पनि लग्दैछिन् ।

post image

पुस २५,काठमाडौँ । बेलायतमा एक अनौठो घटना भएको छ। त्यहाँका एक जोडी बिवाह कै दिन बाबु आमा बनेका छन् ।  गत डिसेम्बर १८ को घटना हो यो । बेहुली आफ्नो बिहेकै दिन वेडिङ गाउनमै अस्पताल गइन् र केही बेरमै छोरी जन्माइन् । यो थाहा पाउँदा बिहेमा आएका सबै पाहुना तिनछक परे ।

वेष्ट मिडल्याण्डमा बस्ने १९ वर्षकी डेनी माउन्टफोर्डको विवाह १८ वर्षका कार्ल नामक युवकसँग भैरहेको थियो । डेनी र कार्ल केही वर्षदेखि रिलेसनसीपमा थिए । बिहेको समारोह सम्पन्न भएसँगै प्रीतिभोज चलिरहेको थियो । उक्त रिसेप्सनमा नाच्दा नाच्दै अचानक डेनीको पेट दुख्न सुरु भयो र बेहुली गाउनमै उनलाई अस्पताल लगियो । बेहुला कार्ल पनि उनीसँगै अस्पताल गए । पाहुनाहरु भने रिसेप्सनमै मग्न थिए । भोज चलिरहेकै बेलामा खबर आयो की नव बेहुली डेनीले बच्चा जन्माइन् । अनि बिहेकै दिन डेनी रर कार्ल बाउआमा बने ।

 डेनी ९ महिनाकी गर्भवती थिइन् । उनको लागि जनवरी महिनाको डेलिभरी डेट दिइएको थियो । त्यसैले उनीहरुले डिसेम्बर महिनामै बिहे गर्ने निधो गरे । तर डाक्टरले दिएको भन्दा छिटो उनी सुत्केरी भइन् र बिहेको दिनमै छोरी पाएर किर्तिमान राखिन् । अब यो जोडीले आफ्नो एनिभर्सरी र बच्चाको बर्थडे सँगै मनाउनेछ । एजेन्सी

post image

पुस २१,काठमाडौँ ।  नेपालको सबैभन्दा जाडो ठाउँ मुस्ताङ  हो तर दुनियाँमा यस्ता पनि ठाउँहरु छन् जहाँ मुस्ताङको भन्दा तापक्रम निकै कम हुन्छ । संसारको सबभन्दा अत्याधिक जाडो ठाउँ याकूत्सकलाई मानिन्छ जहाँ तापक्रम माइनस ५६ डिग्री सेल्सियस भन्दा पनि तल पुग्दछ ।

१८ नोभेम्बर देखि लिएर १ मार्च सम्म यहाँ जाडोको मौसम हुन्छ । यस समयमा यहाँ औसत तापक्रम माइनस २३ डिग्री सेल्सियसको करीब हुन्छ । १३ जनवरीलाई यहाँको सबभन्दा जाडोको दिन मानिन्छ । यस दिनको अधिकतम तापक्रम माइनस ३६ डिग्री सेल्सियस र न्यूनतम तापक्रम माइनस ४१ डिग्री सेल्सियस रहन्छ । कैयौं चोटी यहाँको न्यूनतम तापक्रम माइनस ५६ डिग्री सेल्सियस सम्म पुग्दछ ।

याकूत्सक नामको यो ठाउँ रुसमा पर्दछ जसलाई दुनियाँको सबभन्दा जाडो ठाउँ मानिन्छ । नेपालको मुस्ताङको तापक्रम माइनस १६ डिग्री सेल्सीयस सम्म पुग्दछ तर रुसको याकूत्सकमा तापक्रम शुन्यदेखि माइनस ५६ डिग्री सेल्सियसभन्दा तल झर्दछ । रुसको याकूत्सक शहर रुसको लेना नदीको किनारमा अवस्थित छ । यस शहरको जनसंख्या लगभग २ लाख ५० हजारको आसपास छ । यसलाई पोर्ट सिटीको नामले पनि चिनिन्छ । यस शहरको स्थापना १६३२ मा भएको थियो ।

गर्मीमा तापक्रम १२ डिग्री सेल्सियस

रुसको यस शहरमा १२ मे देखि लिएर १० सेप्टेम्बर सम्मको समय गर्मीको मौसम रहन्छ । यस समयमा यहाँको तापक्रम १२ डिग्री सेल्सियसको करीब पुग्दछ । १७ जुलाईको दिनलाई सबभन्दा गर्मी दिन मानिन्छ ।

 

post image

पुस २०,एजेन्सी । बिश्वमा एउटा यस्तो अनौठो गाउँ पनि छ, जहाँ सिठी बजाएर कुराकानी गरिन्छ ।दुनियाँभर हजारौँ भाषाहरु प्रचलनमा छन् । तर उत्तरी टर्कीस्थित कृष्णसागर क्षेत्र नजिकै अवस्थित कुसको नामक गाउँमा सिठी भाषाको चलन छ ।

मुखले सिठी बजाएर बोलिने यो अनौठो भाषालाई बर्ड ल्यांग्वेज अर्थात् चरी भाषा भनिन्छ ।  गाउँलेहरु आपसमा सिठी बजाएर कुराकानी गर्छन् । आखिर एउटै खाले सिठी बजाउँदा कसले के भन्यो होला, कसरी थाहा पाउने ? भन्ने प्रश्न उठ्नसक्छ । रोचक कुरा त के भने गाउँलेहरुले यहाँ सिठीका विभिन्न तरिका सिर्जना गरेका छन्, तिनै सिठीको प्रकारबाट मानिसहरुको नाम तथा अन्य कुराहरु भनिन्छ ।

मानिसको नामका लागि अलग अलग बान्कीको सिठी बजाइन्छ । कुराकानीका लागि सांकेतिक सिठीलाई नै भाषाको रुपमा प्रयोग गरिएको छ । सदियौँदेखि गाउँमा यहीँ सिठी भाषा प्रचलनमा छ ।  १० हजार भन्दा धेरै गाउँलेहरुको भाषा यहीँ छ । युनेस्कोले यो भाषालाई अमूर्त सांस्कृतिक सम्पदाको रुपमा सूचिकृत गरेको छ ।

post image

पुस १९,एजेन्सी । एउटा यस्तो बाटो जहाँ जानसक्ने कुराको कल्पना त परै जाओस् देख्दैमा डर लाग्दछ ।यसलाई मृत्युको बाटो भनेर पनि चिनिन्छ । यहाँ एउटा सानो गल्तीले सिधै मृत्युको मुखमा पूराउँदछ । तर कोही मानिसहरु मृत्युसँग खेल्न रुचाउँछन् । त्यसैले उक्त बाटोमा पैठेजोरी खेल्न पुग्दछन् ।

नाक ठोक्किने ठाडो चट्टानी पहाडमा काठ तथा फलामका स साना पाता तथा डण्डीहरु जोडेर मान्छे हिड्ने बाटो बनाइएको छ । उक्त बाटोमा हिड्ने हिम्मत कमजोर मुटु भएकाले निकाल्न सक्दैन । पहाडको खोँचभन्दा हजारौँ फिट माथिको त्यो त्रासदीपूर्ण बाटो चीनमा रहेको छ ।

चीनको हुसान पर्वत श्रृंखला अन्तरगतका पाँचवटा पर्वत मध्ये सबैभन्दा अग्लो चुचुरोमा यो त्रासद मार्ग रहेको छ । निकै डरलाग्दो हुनुका बाजबुत यो बाटो साहसिक पर्यटनका लागि निकै आकर्षक गन्तव्य बनिरहेको छ । यो बाटो ७ हजार ८७ फिट उचाईमा रहेको छ । जानकारहरुका अनुसार परापूर्व कालमा यस पर्वतमा धेरै ताओ धर्माबलम्बीका मन्दिर रहेका थिए । त्यसैले सन्यासी तथा पुजारीहरुले आफ्नो सुविधाका लागि सिँढीहरु बनाए । पछि त्यहाँ पर्यटक पनि आउन थाले ।

post image
पुस १४,काठमाडौँ ।  अहिले टाटू बनाउनु एक ट्रेण्ड नै बनेको छ । तर कतिपय मानिसले यसलाई अलग ढंगले बनाउँदछन् । कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ की त्यो टाटु हो वा अरु नै उपद्रो ।

थ्री डी टेक्नोलोजीको सहायताले सरीरमा विशेष खालको मसी प्रयोग गरी अनौठा टाटू बनाउने ट्रेण्ड सुरु भएको छ । यस्ता टाटू साँच्चीकै तर्साउने खालका समेत हुने गरेका छन् ।

टाटू आर्टिस्टले यस्तो टाटू समेत बनाउन सफल भएका छन्, मानौँ मानिसको जिउमा उनीहरुले कोटमै जस्तै टाँक लगाइदिएका छन् । त्यस्तै टाउकामा इँटा नै जमाएजस्तो गरी समेत टाटू खोपिदिन्छन् । घुँडा चर्किएजस्तो तथा तथा पिठ्यूँमा आँखा पलाएजस्तो टाटू बनाउने क्रम पनि बढेको छ ।

post image

पुस १०,काठमाडौँ ।  कहिले काहिं मस्त मात्तिन मन लाग्छ । उन्मुक्त रमाउन मन लाग्छ । वेपर्वाह बहुलाउन मन लाग्छ । सायद यहि मनोविज्ञानलाई सम्बोधन गर्न होला, क्रिसमसको पूर्वसन्ध्यामा वेलायतमा चाहि एक रात मस्त मात्तिने गरिन्छ ।  ।

 क्रिसमसको किनमेल, तयारी आदिको धपेडीबाट विश्राम लिन यसो गरिएको मानिन्छ  । अहिले यो संस्कृतिकै रुपमा विकास भएको छ । क्रिसमस सुरु हुनु ठिक तीन दिनअघिको रात, यसलाई मदिराको रात भनिन्छ । म्याड फ्राइडे पनि भनिन्छ । अर्थात मात्तिएको सप्ताहन्त ।

यसपाली पनि वेलायतका तन्नेरीहरुले यो अवसर उम्काएनन् । उनीहरु रातभर जागा बसे । खाए, पिए, नाचे, गाए, मस्ती गरे । अनलिमिटेड ।  नामै पागल सुक्रबार, संयमित हुने कुरै भएन । यहाँ तरुनी-तन्नेरीहरुले अनेक हर्कत देखाउँछन् । हेर्नै नसकिने तमासा पनि देखाउँछन् । कामुक पहिरनमा भेला भएका तन्नेरीहरु जब मात्तिन्छन्, सम्हालिने कुरा पनि त भएन ।

अघिल्लो बर्ष तीन सय जना त अस्पतालको शैयामा पुग्नुपरेको थियो । मदिराको ओभरडोजले उनीहरुलाई बिरामी बनाएको थियो । यसपाली पनि यस्तै हर्कतहरु हुन्छ भनेर प्रहरीले विशेष सर्तकता अपनाएको थियो ।

post image

पुस ९,काठमाडौँ । गत आइतबार जेट एयरलाइन्सको एक उडानमा केहि विशेष भयो। साउदी अरबीयाको दमामबाट भारतको कोचीका लागि उडेको जेट एयरलाइन्सको बोइङ ७३७ जहाजमा सिमोल जोशले बच्चालाई जन्म दिइन्।

तीस हप्ताकी गर्भवति जोशले ३५ हजार फिट उचाईमाथि आफ्नो बच्चालाई जन्म दिँदै गर्दा जहाजलाई मुम्बईतर्फ आकास्मिक अवतरण गरियो। तर, बच्चा जहाजमै जन्मियो। बिहान करिब ८ : ४५ बजे बच्चा जन्मिए पनि जहाज आकास्मिक अवतरण हुँदा ९ : १२ भइसकेको थियो।

समय अघि नै बच्चा जन्मिएको भए पनि बच्चाको अवस्था राम्रो थियो। अवरतण पछि अस्पताल पुर्याउँदा अस्पतालले पनि शुभ समाचार नै दियो। जहाजको नीति अनुसार मेडिकलले जहाजमा यात्र गर्न उपयुक्त हुने प्रमाणपत्र दिएको खण्डमा ३६ हप्तासम्मकी गर्भवति महिलाले जहाजमा यात्रा गर्न पाउँछिन्।

जहाजमा डेलभरीका लागि उपयुक्त कोठा नभए पनि उडानमै रहकी एक नर्स र चालक दलका सदस्यहरुले त्यसका लागि राम्रो व्यवस्था गरे। र, आकाशमै जन्मिएका ती बालकलाई जेट एयरलाइन्सले जीवनभर निशुल्क उडान सेवा दिने घोषणा समेत गरि सकेको छ।

 

post image

पुस ५, काठमाडौँ । चीनको एक कम्पनीमा राम्रो कार्यसम्पादन गर्न नसक्ने कर्मचारीका लागी अनौठो सजाय तोकेको छ । कर्मचारीलाई जागिरबाट बर्खास्त गर्ने चलन त सामान्य हो । तर चीनको ब्युटी तथा स्किन प्रडक्ट बनाउने एक चिनियाँ कम्पनी ननचन्ग रिन्हुआयुआन मेए नामक उक्त कम्पनीमा राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीहरुले एक आपसमा थप्पड हानाहान गर्नुपर्दछ ।

उक्त कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरेको थियो । सोहि कार्यक्रमको एउटा भिडियो भाइरल बनेको छ । जसमा केही महिला कर्मचारीहरु सबैको अगाडि एक अर्कामा थप्पड हानिरहेका देख्न सकिन्छ । हाकिमले नअह्राउन्जेल उनीहरुले थप्पड हानिरहेका छन् ।

कम्पनीका प्रवक्ताका अनुसार, हरेक वर्षको अन्त्यमा यस्तो कार्यक्रमको आयोजना गरिन्छ । वर्षभरमा राम्रो कार्यसम्पादन गर्न नसक्ने कर्मचारीहरुले एक आपसमै आफूलाई दण्डित गर्ने यस्तो प्रचलनले कर्मचारीहरुमा सामूहिक भावनाको विकास हुने दाबी कम्पनीको छ ।

post image

मंसिर २९,नयाँदिल्ली । भारतको राजधानीमा रहेको एउटा चिडियाखानाको ‘सबैभन्दा बृद्ध’ चिम्पान्जीको जन्मोत्सव मनाइएको छ । रिता नामको चिम्पान्जी यही डिसेम्बर १५ देखि ५८ बर्ष लागेको र उनी नै सवैभन्दा बृद्ध भएको चिडियाखानाले जनाएको छ ।

दिल्ली चिडियाखानामा राखिएकी उनको जन्मोत्सव समारोहमा केक, फलफुल र मह खुवाइएको थियो । जन्मोत्सव मनाउनका लागि विद्यालयका बालबालिकाहरुलाई पनि बोलाइएको चिडियाखानाका निर्देशक रेनु सिंहले बताइन् । यो चिडियाखानामा यसरी जन्मोत्सव मनाइएको पहिलो पटक होइन । यही बर्षको जुलाईमा विजय नामक सेतो बाघको दशौं जन्मोत्सव मनाइएको थियो ।

रिता नामक चिम्पान्जी सन् १९६४ मा नेदरल्याण्डमा जन्मेकी हुन् । उनलाई चार बर्षको उमेरमा भारत ल्याइएको थियो। उनले धेरै समय दिल्ली चिडियाखानामा विताएकी छन् । चिम्पान्जीको औषत आयु ४० बर्ष भएपनि रिता लामो उमेरसम्म बाँचेकी हुन् । रासस/सिन्हवा

post image

मंसिर २७,काठमाडौं । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ? कसरी यती पैसा कमाउछ ? तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् ।

रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ । युट्युवमा रायनको भिडियो करोडौँले हेर्छन् । उनको रायन टोयजरिभ्यु नामको एउटा युट्युव च्यानल रहेको छ ।

स्टारको सूचीमा नाम

यस युट्युव च्यानलमार्फत रायन आफ्ना भ्युअर्सहरुलाई खेलौनाको दुनियामा लैजान् । फोर्ब्स पत्रिकाले उनलाई सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने स्टारको सूचीमा राखेको छ ।

सन् २०१५ को मार्चमा शुरु गरिएको रायन टोयजरिभ्युका भिडियोहरु १६ अर्बभन्दा धेरै पटक हेरिसकिएको छ ।

post image

मंसिर १८, टर्की । टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको छ । टर्कीको सुदुरपूर्वमा रहेको लेक भान नामक प्राकृतिक तालमा पुरातत्वविदहरुले हालै फलामे युगको मानिएको महल फेला पारेका हुन् ।

स्थानीय बासिन्दाहरुले सयौँ वर्षदेखि उक्त तालमुनि घरहरुको भग्नावशेष रहेको बताउँदै आएका थिए । सोही आधारमा शोधकर्ताहरुले उक्त तालमा गोताखोरहरुको सहयोगमा अनुसन्धान गरेका हुन् । तालको पिँधमा झण्डै एक किलोमिटर स्मारकको क्षेत्रफल फैलिएको र प्रष्ट देखिएको पर्खाल १० देखि १३ फिटसम्म अग्लो रहेको शोधकर्ताहरुको भनाई छ ।

शोधकर्ताहरुले उक्त स्मारक ३ हजार वर्ष पुरानो युरार्सियन कालको भएको अनुमान गरिएको छ । फलामे युगको रुपमा रहेको युरार्सियन कालमा युरार्टु नाम राज्य थियो जुन अहिलेको टर्की, आर्मेनिया तथा इरानमा फैलिएको थियो ।

प्राचीन कालमा तालको सतह बढ्दै गएपछि उक्त क्षेत्रमा रहेको सहर डुबेको हुनसक्ने वैज्ञानिकको अनुमान छ । तालको आसपासमा अझैपनि विभिन्न भग्नावशेषहरु देख्न सकिन्छ । पुरातत्वविदहरुले उक्त तालको पिँधमा भेटिएको प्राचीन स्मारक तथा ताल आसपासका क्षेत्रका गहन अनुसन्धान थालेका छन् । एजेन्सी

post image

मंसिर १५, बैंगलोर । चोरले चोरी गर्न अनेकौ तर्किब अपनाउने गर्छन भने कति चोरले त नसोचेका कुरा सम्म चोरेर फरार हुने गर्छन ।  यस्तै बेंगलोरमा होटलमा पाहुना बनेर टिभी चोर्ने एक चोर पक्राउ परेका छन् । दक्षिणी भारतमा चोरी गर्ने यी चोरले पछिल्ला चार महिनामा विभिन्न होटलबाट १२० भन्दा बढी टिभी चोरी गरेको बिबिसीमा उल्लेख छ ।

वासुदेव ननाइया नाम गरेका व्यक्तिले यस्तो चोरी गर्ने गरेका थिए । प्रहरीका अनुसार वासुदेवको व्यवहार निकै सामान्य रहने हुँदा होटलका कर्मचारीले पनि कहिल्यै उनीमाथि शंका गर्न सकेनन् ।ठूलो सुटकेस लिएर होटलमा ग्राहक बनेर जाने र त्यही सुटकेसमा टिभी हालेर भाग्ने गरेका थिए । उनी गत अक्टोबरमा पनि होटलबाट टिभी चोरी गरेको आरोपमा पक्राउ परेका थिए तर उनी धरौटीमा रिहा भएका थिए । अहिले उनी फेरि त्यही आरोपमा पक्राउ परेका हुन् ।

हिरासतबाट छुट्ने बित्तिकै उनले फेरि चोरीको काम शुरु गरेको प्रहरीको भनाई छ । डेप्युटी कमिस्नर अफ पुलिस चेतन सिंह राथौरका अनुसार आफूले लगेको सुटकेस सानो भए उनले नयाँ सुटकेस किनेर भए पनि चोरीलाई अन्जाम दिने गरेका थिए । ‘उनी होटलबाट बारम्बार ओहोर दोहोर गर्थे जसले गर्दा उनी कति बेला टिभी चोरेर फररा भए भन्ने कर्मचारीले थाहा नै पाउँदैनन्,’ राठौरले भने ।

वासुदेव टिभी विक्री गर्न खोज्दा पक्राउ परेका थिए । जसलाई उनले टिभी बेच्न खोजे उनलाई वासुदेवको व्यवहार शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए । बैंग्लोर प्रहरीले उनीमाथि चोरीका २१ मुद्दा दर्ता गरेको छ र यसपटक लामो जेल सजाय हुने आशा गरेका छन् ।

post image

मंसिर १४,काठमाडौँ ।  बिहे जिवनको सबैभन्दा महत्वपूर्ण पल हो । त्यसैले यो क्षणलाई मानिसहरु अविस्मरणीय बनाउन चाहन्छन् । भारतको गुजरातका एक जोडीले यस्तो तरिकाले बिहे गरेका छन् कि सुन्दैमा झसंग हुन्छ । बेहुला घनश्याम र बेहुली पारुलले मसानघाटमा गएर बिहे गरेका छन् ।

आर्यघाटमा चितास्थलमा बालिएको अग्नीमा फेर लगाएर उनीहरुले विवाह गरेका छन् । भारतका चर्चित हिन्दू दार्शनिक मोरारी बापूको प्रवचनबाट प्रेरित यस दम्पत्तिले गुजरातस्थित मोरारीको पैतृक गाउँ तलगाजरडाको आर्यघाटलाई आफ्नो विवाहका लागि छनोट गरेको थियो ।

मोरारी बापुले मसानघाट अर्थात् आर्यघाटका विषयमा जनमानसमा रहेको भ्रम हट्नुपर्ने बताउँदै आएका छन् । मसानघाट अशुभ होइन, पवित्र स्थल हो । त्यसैले त्यहाँ जन्मदिन तथा विवाह समारोह समेतको आयोजना हुनुपर्छ भन्ने उनको तर्क रहँदै आएको छ । बापूको सोही भनाईलाई आत्मसात गर्दै घनश्याम र पारुलले मसानघाटमा गएर बिहे गरे । बिहे समारोहमा नातागोता तथा परिवारजनको बाक्लो उपस्थिति हुनुका साथै बाजागाजाको टोली समेत थियो । एजेन्सी

post image
मंसिर ११,बेलायत । बेलायतमा लास गाड्नका लागि चिहान खन्ने काम गर्ने मार्टिन हाउस नामका व्यक्ति अहिले चर्चामा छन् । उनले चिहान खनेरै वर्षको २५ हजार पाउण्ड अर्थात् झण्डै ३५ लाख रुपैयाँ आम्दानी गर्दछन् । उनको यो अनवरत संघर्षका कारण उनलाई एउटा गौरवशाली पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको नाम हो Death Oscar । उनको चिहान खन्ने कलाको सम्मानमा उनलाई यो ओस्कार अवार्ड प्रदान गरिएको हो ।

उनलाई हालैमात्र बेलायतका सर्वोत्कृष्ट ग्रेभडिगर अर्थात् चिहान खन्नेवाला मान्छे समेत घोषित गरिएको छ । बेलायतमा चिहानहरुको अनुगमन गर्ने एक निकायले मार्टिनलाई यस्तो उपाधि दिएको हो । उनको वातावरणमैत्री कार्यका लागि यस्तो उपाधि प्रदान गरिको उक्त निकायले जनाएको छ । मार्टिनले आफ्नै हात तथा खन्ने हाते औजार प्रयोग गरी कुनै मेसिनको सहायता विनै ६ देखि ७ फिटसम्मको निकै सुन्दर चिहान खन्दछन् । एजेन्सी

 

post image

मंसिर ६.काठमाडौँ । एउटा मोटरसाइकलमा कति जना चढ्न सकिन्छ होला २ वा बढीमा ३ जना सम्म तर भारतमा एकसाथ ५८ जनाले मोटरसाइकलमा सवारी भएका छन् । भारतीय सेनाले एउटा नयाँ कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो ।

५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए । मोटरसाइकलमा यतिधेरै यात्रुलाई अटाउनका लागि दायाँ–बायाँ दुवैतर्फ टेक्ने ठाउँ जोडिएको थियो । तौल बढी नहोस् भनेर सैनिकले १ सय मिलिमिटर पानी तथा बिस्कुट मात्र खाएका थिए ।

स्मरण रहोस्, भारतीय वायु सेनाको आर्मी सर्भिस कप्र्सले विभिन्न २० विधामा विश्व तथा राष्ट्रिय कीर्तिमान राखिसकेको छ । एजेन्सी

post image

मंसिर ५,काठमाडौँ । सबै मान्छेको बिहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच बिहे हुन्छ तब समाचार नबन्ने कुरै भएन । विश्वमा रोबोटबीच पनि बिहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको बिहे गरेर यो कीर्तिमानी राखेको हो । सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच बिहे भयो ।

उक्त बिहेका लागि पाहुनाहरुलाई बिहेको कार्ड पनि बाँडिएको थियो । अझ अचम्म त के भने रोबोटको बिहेमा आएका पाहुनाहरुमा मान्छे मात्र होइन रोबोटहरु पनि थिए । बेहुलो रोबोटको नाम फ्राइस र बेहुलीको नाम युक्रिन हो । बिहेपछि रोबोट दम्पतिले केक पनि काटेको थियो । एजेन्सी

post image

कार्तिक ३०,गुल्मी। गुल्मीमा एक अनौठो प्रकारको गाई ल्याइएको  छ जसलाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको  हो ।

मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ।  सो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न  आउनेहरुले ढोग्ने र भेटी चढाउने गरेको मन्दिर संरक्षण समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

२०६८ फाल्गुन १६ गते स्थानीय व्यक्तिको घरमा जन्मेको गाईलाई मन्दिर समितिले संरक्षण गरेर जोगाउदै विभिन्न जिल्लाका सर्वसाधरणलाई देखाउदै आएको छ । यो गाई देख्दा मात्रै होइन, यसको विशेषता पनि अचम्मको रहेको छ । यो गाईले नव्याउँदै  दुध दिने गरेको छ । जन्मेको ९ महिनादेखि गाईको कल्चौडो (फाँचो) बढेको र दैनिक आधा माना दुध दिने गरेको मन्दिरका सदस्य दाहालले जानकारी दिए । हिन्दू धर्म अनुसार गाइलाई लक्ष्मीमाता भनेर पुजा समेत गर्ने गरिन्छ । अझ यस्तो अनौठो प्रकारको गाईमा शक्तिस्वरुप भएको कतिपयको भनाई रहने गरेको छ ।

 

post image

कार्तिक २९,काठमाडौँ । दिनहुँ अनौठा घटनाहरु सुन्न र देख्न पाइन्छ ,त्यसैले नै यहाँ कारलाई लात्ता हानेको अभियोगमा घोडालाई समेत जेल सजाय हुन्छ । यो घटना ब्राजिलको हो । ब्राजिल पुलिसले कारलाई लात्ताले हानेको आरोपमा एउटा घोडालाई २४ घण्टासम्म जेलमा थुनेको छ ।

उत्तरपूर्वी ब्राजिलको नोस्सा सेनहोरामा बस्ने विलियम डोस सान्तोसले आफ्नो फेसेरियो नामक पाल्तु घोडालाई घोडचढी दौडका लागि लग्दै थिए । हिँडिरहेको बेला अकस्मात उक्त घोडाले डिकमा गुडिरहेको एउटा कारलाई लात्ताले हान्यो । घोडाको लात्ता बज्रिँदा कारमा क्षति पुग्यो । आफ्नो कारमा क्षति पुगेको देखेपछि कार चालक महिला रिसले आगो भइन् र तत्कालै पुलिसमा उजुरी गरिन् । साथै उनले आफूलाई क्षतिपूर्ति प्राप्त नभएसम्म घोडालाई नछाड्न पनि माग गरिन् । उजुरी अनुसार पुलिसले घोडा पक्रियो । घोडालाई पूरै २४ घण्टासम्म पुलिसले जेलमा थुनेर राख्यो । भोलिपल्ट घोडा मालिक विलियमलाई क्षति पुगेको कार मर्मत गर्ने खर्च बेहोर्न सहमत गराएर मात्र घोडालाई जेलमुक्त गर्यो ।

गाडीलाई लात्ताले हानेर ट्राफिक नियम मिचेको आरोपमा घोडा पक्राउ परेको र जेल सजाय भोगेको सायद यो पहिलोपटक हुनुपर्छ । स्थानीय वरिष्ठ पुलिस अधिकारीले पनि घोडालाई पक्राउ गरी जेलमा हाल्ने नियम नभएको र यस घटनाको बारेमा छानविन गरिने बताएका छन् । घोडा मालिकले चाहिँ पुलिसबाट आफ्नो घोडामाथि यातना दिने काम भएको र खाना पनि नखुवाएर २४ घण्टासम्म राखिएको भन्दै जनावर अधिकारवादी संस्थाहरु गुहारेका छन् । एजेन्सी

post image

कार्तिक २९,एजेन्सी।  पाकस्तिानमा एक अचम्मको घटना घटेको छ । बलात्कार जो मनिष को हुनेगर्छ तर कुखुरालाई यौनहिंसा गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पाकिस्तानको पञ्जाबस्थित हफिजावादको प्रहरी चौकीले यौन हिंसाको आरोपमा एक १४ वर्षीय किशोरलाई पक्राउ गरेको स्थानीय मिडियालाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले खबर दिएको छ ।

यही नोभेम्बर ११ मा ती किशोरले छिमेकीको कुखुरा चोरी बलात्कार गरेको र बलात्कारबाट कुखुरा मरेपछि कुखुरा धनीले थाहा पाई प्रहरीमा उजुरी गरेका थिए । उनको उजुरीपछि कुखुराको मेडिकल जाँच गरी किशोरलाई पक्राउ गरिएको र आरोपी किशोरले कसुर स्वीकार गरेको प्रहरीले जनाएको छ।

post image

कार्तिक २७,काठमाडौँ । अमेरिकन नागरिक Mel bernsteinलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् । बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् ।

हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् । हालै एक न्यूज एजेन्सीलाई लिएको अन्तरवार्तामा उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो संख्यामा हतियार बिक्रि भएको खुलासा गरेका छन् । एक रिपोर्ट अनुसार अमेरिकाको ३ प्रतिशत मानिसहरुसँग मात्रै २६ करोड भन्दा धेरैगोटा बन्दुक छन् । अर्थात् औषतमा हरेक व्यक्तिसँग १७ वटा भन्दा धेरै बन्दुक रहेका छन् । एजेन्सी

post image

कार्तिक २३,काठमाडौँ । वैज्ञानिकहरुलाई पनि अचम्ममा पार्दै रुसका एक युवकले हालै यस्तो दाबी गरेका छन् । २० वर्षका बोरिस्का किप्रियानोभिचले आफू पहिले मंगल ग्रहमा बस्ने गरेको दाबी गरेका छन् । उनले अन्तरिक्षका ग्रहहरुको बारेमा यस्तो सटिक जानकारी प्रदान गरेका छन् कि त्यो वैज्ञानिकहरुका लागि पनि रहस्यको विषय बनेको छ ।

उनका अनुसार, इजिप्टको पिरामिडसँग मंगल ग्रहको सम्बन्ध छ । जब इजिप्टको पिरामिड खुल्नेछ । तब संसार अहिलेको भन्दा फरक हुनेछ । बोरिसकाले इजिप्टको पिरामिडको बीचमा बनेको रहस्यमय व्यक्तिको भव्य सालिक खोल्ने राज पनि आफूले जानेको र त्यो सालिकको कानको पछाडिपट्टि कुनै भागमा रहेको बताएका छन् । त्यो खुलेसँगै दुनियाँ बदलिने उनको भनाइ छ ।

उनका अनुसार, मंगल ग्रहमा पनि मानिसहरु बस्दछन् । त्यहाँका मानिसहरु ७ फिटजति अग्ला छन् । मानिसहरु जमिनमुनि बस्ने गर्दछन् । उनीहरु कार्वनडाइ अक्साइड लिएर बाँच्दछन् । उनीहरु कहिल्यै पनि मर्दैनन् किनकि ३५ वर्षपछि उनीहरुको उमेर नै रोकिन्छ । एजेन्सी

post image

कार्तिक २१,दिल्ली। कतार एयरवेजको दोहाबाट बाली जाने विमान एक दम्पतीवीचको झगडका कारण आपतकालीन अवतरण गराइएको छ । विमान भारतको चेन्नई विमानस्थलमा अवतरण गराइएको हो । इरानी जोडी छुट्टि मनाउन बाली जाँदै थिए । उडानका बेला महिलाले आफ्नो पतिको मोवाइल हेरिन्, अनि थाहा भयो कि पतिका अरु कसैसँग प्रेमसम्बन्ध छ । रिसमा आएकी पत्नीले पतिसँग झगडा गर्न थालिन्, जसका कारण विमानको चेन्नईमा अवतरण गराउनुपर्यो ।

यो दम्पती र उनका बच्चालाई चेन्नईमा छाडेर विमान बालीका लागि उडेको थियो । खासमा महिलाले सुतेका पतिको औला प्रयोग गरेर मोवाइल खोलिन र त्यहाँ भएका कुराकानी हेरिन् । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई सरकारी अधिकारीहरुले भनेका छन कि, जोडीसँग बच्चा पनि थिए र यो जोडीलाई चेन्नईबाट फेरि दोहा पठायो किनभने उनीहरुसँग भारतीय भिसा थिएन् ।

शुरुमा एयरवेजका कर्मचारीले ती महिलालाई शान्त गराउन कोशिष गरे । तर, पनि महिलाको रिस कम भएन । यो परिवार एक दिन चेन्नईमा बस्यो र त्यहाँबाट मलेशिया पठाइयो । कतार एयरवेजले नीजि मामला रहेको भन्दै यो विषयमा केही प्रतिक्रिया दिन मानेन । एजेन्सी

post image

कार्तिक २०,काठमाडौँ। बेलायती डिजाइनर डेबी विङहमले विश्वकै सबैभन्दा महंगो जुत्ता सार्वजनिक गरेकी छिन् । सार्वजनिक हाई हिल भएको जुत्तामा बहुमूल्य धातु र दुर्लभ ढुंगाहरु जडान गरिएको छ । यसको मूल्य १.५१ करोड डलर राखिएको छ । विङहम यस्तै महंगो डिजाइनहरुका लागि चर्चित छिन् । उनले विभिन्न सेलेब्रिटी, राजपरिवार र धनाढ्यहरुका लागि काम गर्ने गरेकी छिन् ।

यसअघि उनले विश्वकै सबैभन्दा महङ्गो लुगा बनाएकी थिइन् । ‘रेड डाइमण्ड अबाया गाउन’ मा २ हजारभन्दा बढी हिरा जडित थियो भने विश्वकै महंगो मानिने रातो हिरा पनि जडान गरिएको थियो । यसको मूल्य १.५४ करोड डलर राखिएको थियो । विङहमको पछिल्लो सृजना फ्लोरिडाका कलाकार क्रिस क्यामबेलसँगको संयुक्त प्रयासमा निर्माण गरिएको हो । विङहमले जुत्ताको डिजाइन तयार पारेकी थिइन् भने क्यामबेलले त्यसको निर्माण गरेका थिए । यो जुत्ता तयार गर्न १ सय घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।

जुत्तामा तीनवटा दुर्लभ गुलाबी हिरा र एउटा एक क्यारेटको निलो हिरा राखिएको छ । यिनीहरु एउटैको १२.८ लाख अमेरिकी डलर पर्दछ । यसको साथै जुत्तामा चार वटा तीन क्यारेटको हिरा र १ हजार प्वाइन्टर हिरा रहेको छ । यस जुत्ताको चेन र सोल सुनको छ । छालामा २४ क्यारेटको सुन स्प्रे गरिएको छ भने यो जुत्ता सिलाउन १८ क्यारेटको सुनको धागो प्रयोग गरिएको छ ।यो जुत्ता दुबईका एक ग्राहकले जन्मदिनका लागि बनाउन अर्डर दिएको विङहमले बताइन् ।एजेन्सी

post image

कार्तिक १९,एजेन्सी । बिहिवार एउटा अनौठो घटना भयो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट अचानक डिलिट भयो र लगभग ११ मिनेपछि फेरि सुचारु भयो । ट्रम्पको ट्वीटर एकाउन्ट डिलिट भएलगत्तै सोसल मिडिया निकै हल्लीखल्ली भयो । कसैलाई लाग्यो सायद ट्रम्पको एकाउन्ट ह्याक भयो, कसैका लागि यो मानवीय भूल जस्तो लाग्यो ।जे होस्, जव यो रहस्यमय घटनाको पर्दा उत्रियो, थाहा भयो कि यो काम ट्वीटरकै एक कर्मचारीबाटै भएकै हो ।

विहिवार ट्वीटरमा काम गर्ने ती कर्मचारीको अन्तिम दिन थियो, नोकरी छाड्ने आफ्नो यो तरिकाले उनले आफुलाई संसारभर समझनयोग्य बनाए । नोकरी छाड्नु हाम्रो करियरको एक ठूलो फैसला हुन्छ । कैयौ पटक पुरानो कार्यलयबाट तनाव भएर, तलवबाट असन्तुष्ट भएर वा अन्य स्टाफसँग कुरा नमिलेर नोकरी छाड्ने निर्णय गरिन्छ । नोकरीका कतिपय यस्ता पनि मौका हुन्छन्, खुसीले नै नोकरी छाडिन्छ, ताकि गरिरहेको भन्दा राम्रो अवसर अनेत्र भेटिन्छ । जे सुकै भएपनि नोकरी छाड्ने विषयमा आफ्ना हाकिम वा साहुलाई भन्नु निकै गा्रहो काम हुन्छ ।
बीच फ्लाइटमा नोकरी छाडे


सन १०१० मा स्टीवन स्लेटर नामका एक एयर स्टीवर्ड हवाई उडानका बेला आफ्ना यात्रीबाट यति तनाव झेलेको कि, उनले पिर्टसबर्गबाट न्यूयोर्क जाने फ्लाइटमै बिचमा नोकरी छाडे ।
फ्लाइटका बेला यात्रीलाई सम्झाए कि, धेरै समान बोकेर यात्रा नगर्नुस्, तर कतिपय यात्रुले उनको भनाई नजरअन्दाज गरे ।
त्यसपछि स्टीवनले फ्लाइटमै इन्टरकमबो माध्यमबाट घोषणा गरे, ‘उनी सवैलाई धेरै धेरै धन्यावाद, जसले मलाई पछिल्लो २० बर्षसम्म साथ दिए ।’
स्टीवनले वियर उठाए र नोकरीलाई गुडवाई भने । तर, पछि यसरी नोकरी छाडेको भनेर उनले आफ्नो कम्पनीलाई १० हजार डलरको जरिवाना तिर्नुपर्यो ।
केकमा लेखियो नोकरी छाडेको सन्देश


यो सन २०१३ को कुरा हो, क्रिस डोल्मस विमानस्थलको सीमावलका काम गर्दथे । नोकरी बदल्ने निर्णयाको सन्देश उनले केकमा लेखेर उपहार दिए ।
जव उनी केक बनाउने विजनेशमा आए, चार बर्षपछि उनी अहिले आफ्नो नोकरी छाडने निर्णयप्रति खुसी छन् ।
उनी भन्छन्, ‘म आफ्नो पुरानो नोकरीबाट धेरै तनावमा थिए र जीवनमा केही नयाँ गर्न चाहन्थे । यसैले मैले नोकरी छाडेर कके बनाउने विजेनस शुरु गरे ।’

नाचेको भिडियो हालेर छाडिन् नोकरी
मारिया शिफरिन ताइवानमा एक एनिमेटरको नोकरी गर्थिन । उनले नोकरी छाडेको सूचना यूट्यूवमा आफ्ना नाचेको भिडियो राखेर गरिन् । त्यस भिडियोमा उनी खाली अफिसमा नाचेकी थिइन् ।
उनले भिडियोको साथ लेखेकी थिइन्, ‘मेरा साहुका लागि यो डान्स ।’ उनको भनाइ थियो कि, ‘मेरो साहु भिडियोमा कति दर्शक आए, यसको चिन्ता लिन्थे । यसैले मैले नोकरी छाडने निर्णयमा आफ्नै भिडियो बनाउने सोचेँ ।’
उनको भिडियो करीव दुई करोडले हेरे । त्यसको बदलामा कम्पनीले उनको नाममा एक भिडियो बनाएर यूट्यूवमा हाले ।
बैन्डबाजाका साथ साहुलाई राजीनामा
रोक आइलैन्डमा एक होटलका कर्मचारलिे सन २०११ मा जव नोकरी छाडने निर्णय लिए, उनी पुरै बैन्डबाजाका साथ कार्यलय आए र साहुलाई राजीनामा दिए ।
जाय डी फ्रान्सेसको गतिविधिलाइ भिडियो बनाइयो र अनलाइन पोष्ट गरे । केही छिनमै भाइरल बन्यो ।
जायले भने, ‘कर्मचारी र व्यवस्थापनको बीचमा लामो समयदेखि यूनियनको सदस्यताका विषयमा विवाद थियो । यसैले हामीले लामो समयदेखि यसरी नोकरी छाडने विचार गरेका थियौँ ।’
उनको भिडियो करिव ६० लाख मानिसले हेरे । जाज आज नयाँ ठाँउमा काम गर्छन र गित गाउँछन् ।

आफैको नग्न कार्टुन बनाए
अस्टेलियाको एक पत्रिकामा नोकरी गर्ने ल्यूक बैन्जलाई जव थाहा भयो कि उनको ठाँउमा अर्को व्यक्तिलाई नोकरीमा राखिदैछ, उनले बढो गजवको उपाय निकाले । पत्रिकाका साथ अन्तिम अंक उनले नियन्त्रणमा लिए । त्यहाँ लागेका तस्वीर बदले र अश्लील बनाइदिए । पत्रिकाको फ्रन्ट पेजमा उनले आफ्नो नग्न कार्टुन बनाएर राखे । अस्टे«लियाका मिडियाका अनुसार जव तक प्रकाशकले यसवारेमा थाहा भयो, त्यतिबेलासम्म मेलवर्नमा पत्रिकाको ३५ हजार प्रति विक्री भैसकेको थियो । पछि पत्रिकाले आफ्ना पाठकसँग माफी माग्यो ।बीबीसी

post image

कार्तिक १७,पाकिस्तान। पाकिस्तानको एक दुर्गम गाउँमा एक अनौठो घटना भएको छ । पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई अधिकार दिएको जिल्ला प्रहरी प्रमुख सोहिल हबिब ताजकले बताए ।  बिबीको सेप्टेम्बरमा उनको इच्छाविपरीत अलिपुर नगरनजिकको गाउँमा विवाह गरिएको थियो । अलिपुर पूर्वी पन्जाव प्रान्तमा पर्ने मुल्तानबाट सय किलोमिटर दूरीमा पर्छ ।

उनले भने, ‘बिबी बिहेबाट खुसी थिइनन् र आफ्ना बाआमाको घर फर्कन चाहन्थिन् ।’ ताजकका अनुसार गत हप्ता युवतीले विषालु तत्व आफ्नो केटासाथी साहिद लसारीबाट प्राप्त गरिन् र लोग्नेका लागि भनेर छुट्ट्याइएको दूधमा मिसाइन् । तर, लोग्नेले सो दूध नखाएपछि बिबीकी सासूले विषाक्त दूध परम्परागत दहीजन्य पदार्थ बनाउन प्रयोग गरिन् । सो पदार्थ २७ सदस्यीय सो परिवारमा बाँडियो र त्यसको सेवनबाट परिवारका सबै बेहोस भए र अस्पताल लगियो, जसमध्ये १७ जनाको मृत्यु भयो ।  बिबीले भनिन आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । ‘मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।

मेरा सबै अनुरोधलाई उनीहरूले अस्वीकार गरे र मेरा आफन्तसँग बिहे गर्न बाध्य पारे’, उनले भनिन् । बिबीले बिहेपछि पनि आफ्नो केटासाथीसँग नियमित प्रेम सम्बन्धमा रहेको बताइन् । बिबीले भनिन्, ‘मैले बिहे अस्वीकार गर्नेबारे जस्तोसुकै निर्णय लिन सक्ने भन्दै आफ्ना बाआमालाई सचेत गराएको थिएँ तर उनीहरूले सम्बन्ध-विच्छेद गराउनसमेत दिएनन् ।’उनले घटनाबारे दुःख व्यक्त गर्दै भनिन्, ‘मेरो केटासाथी लसारीले विष दिए । मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए ।’ ताजकले घटनाबारे जानकारी भएका सबैलाई पक्राउ गर्नमा प्रहरी लागेको बताए । मुल्तान सहरमा कार्यरत पाकिस्तानी वरिष्ठ अधिकारकर्मी फैसल चिङवानीले जबर्जस्ती गराइएको बिहेका कारण बिबी मानसिक तनावमा रहेका कारण हत्याको योजना बनाएको बताए । पाकिस्तानमा धेरै अभिभावकले आफ्ना छोरीको इच्छाविरुद्ध बिहे गराइदिने गरेका छन् ।

post image

कार्तिक १५,काठमाडौँ । मानिसले जम्मा गरेका खानेकुरा चोरिदिने, खाइदिने तथा अन्य सामानहरु समेत नष्ट गरिदिने  मुसा फन्दामा परेको छ  । हालै भारतमा एउटा मुसा यसैगरी फन्दामा परेको छ । उक्त मुसाले यस्तो यातना पाएको छ कि त्यो साँच्चीकै दयालाग्दो छ । अनि मुसालाई यातना दिने त्यस्तो तौरतरिका चाहिँ दुनियाँमै सायद पहिलोपटक होला ।भारतको कर्नाटकस्थित मिजोरमा बस्ने मेलाहल्ली रमन्नाले आफ्नो पसलबाट दिनहुँ विभिन्न खानेकुरा चोर्ने र खाइदिने मुसालाई एकदिन पक्रिन सफल भए ।

मुसालाई पक्रिसकेपछि उनले त्यसलाई तत्कालै मारेनन् ।उनले मुसाका चारै खुट्टा बाँधेर यसरी यातना दिएकी साँच्चीकै अनौठो लाग्दछ । एउटा बोतलमा चार खुट्टा बाँधेर उनले मुसालाई गाली गर्दै सानो छेस्कोले हिर्काइरहेका छन् । मुसाले पनि निकै दयालाग्दो गरी हेरिरहन्छ र च्वाँच्वाँ गर्दछ ।मुसामाथि उनले यातना दिइरहेको भिडियो तथा फोटोहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् । धेरै मानिसहरुले मुसामाथि गरिएको ज्यादति तथा यातनाको विरोध गरेका छन् ।

post image

कार्तिक १४,इन्डोनेसिया। इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् । रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् ।

इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो । पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए ।

दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे । उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने ।

 

post image

कार्तिक,१३ रुस । रुसको सानो शहर बोल्जस्कीमा होस उडाउने घटना सार्वजनिक भएको छ । अलेक्जान्द्र मस्लेनिकोवले दुई युवतीलाई साथी बनाई घरमा लगेर शुरुमा बलात्कार गरी त्यस पछि हत्या गरेर उनीहरुको मासु काटेर कुकुरलाई खुवाएको पुष्टी भएको छ ।एउटा डान्स क्लबबाट गायब भएका ती युवतीहरुको खोजी गर्ने क्रममा प्रहरीले उक्त कुरा फेला पारेको थियो । ती अपराधी मस्लेनिकोवलाई मस्कोबाट पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ओल्गा र डारिया नामकी युवतीहरलाई नाईट क्लबबाट डान्स सकिए पछि उनले यौन सम्पर्कका लागि घर लिएर गएको र बलात्कार पछि हत्या गरी मासु काटेर कुकुरलाई खान दिएको प्रहरीले बतायो ।उनी यस अघि पनि चोरी तथा बलात्कारको मुद्धामा ११ वर्ष जेल बसेर निस्केका थिए । प्रहरीले अर्को युवतीलाई फसाएर डेटिगं गर्दै गर्दा मस्कोमा फेला पारेको थियो ।घटना यसै महिना भएको पनि जनाईएको छ । ती युवतीहरुको मोबाईल बन्द भएको र घर परिवारमा पनि सम्पर्कमा नआए पछि साथी तथा परिवारले प्रहरीमा उजुरी गरे पछि घटना बाहिर आएको हो ।एजेन्सी

post image

कार्तिक ९,काठमाडौँ । कोहि मान्छे आफुले चाहेको कुरा पाउन कुन हदसम्म जान्छन । एक चिनियाँ युवतीले सबैको सोचलाइ मात दिने हर्कत गरेकी छिन । आइफोन–एट पाउने चाहनामा यी चीनियाँ युवती यो हदसम्म गुज्रन तयार भइन् कि हेर्नेहरु अचम्ममा परे । चीनकी १७ वर्षीया Xiao Chen  ले आइफोन–एट पाउने चाहनाका लागि कथित रुपमा आफ्नो कुमारीत्व बेच्ने घोषणा सोसल मिडियामा गरेकी छिन् । उनको घोषणापछि ती किशोरीमाथि जे भयो, त्यसको उनले कल्पना पनि गरेकी थिइनन् ।

उनको यस्तो पोष्ट पढेर नाना नामकी एक ब्लगरले उनलाई पाठ पठाउने सोच बनाइन् । ब्लगरका अनुसार आइफोनका लागि ती किशोरीको यस्तो प्रकारको अफर निकै लज्जास्पद थियो । त्यसकारण उनले ती किशोरीमाथि प्रैंक भिडियो बनाउने सोचिन् । ब्लगर नानाले एक धनी व्यवसायीकी सेक्रेटरी भएको नाटक गरेर यी किशोरीसँग सम्पर्क गरे । नानाले युवतीसँग डील गर्नका लागि भेट गरिन् र आइफोन–एटको बदलामा होटलमा उनीसँग रात बिताउन चाहेको बताइन् ।

ती किशोरीले उनलाई आइफोन खरिद गर्नका लागि २० हजार युआनको आवश्यकता भएको त्यसकारण उनी यसका लागि तयार भएको बताइन् । ती किशोरीले उनकी एक साथीसँग पनि आइफोन खरिद गर्नका लागि पैसा नभएकाले उनले पनि आफ्नो कुमारित्व बेचेर आइफोन खरिद गरेको नानालाई बताइन् ।डिल हुनेबित्तिकै नानाले आफ्ना क्रु–मेम्बर्सलाई बस बनाएर युवतीसँग कोठामा पठाइयो र त्यसपछि जे भयो त्यसले ती किशोरीको होस उड्यो ।एजेन्सी

post image

कार्तिक ७,काठमाडौँ ।हाल मिडियामा मानव अनुहार भएको बिरालोको फोटो भाइरल भइरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको छ जसको अनुहारको बनावट मानिसको जस्तै छ र यसलाई एक ल्याबमा राखिएको छ । यस्तै, स्थानीय पुलिसले यस्तो कुनै पनि दाबीलाई झुटो बताएको छ । आफूहरुलाई यस्तो कुनै पनि बिरालो जन्मिएको खबर नआएको पुलिसले बताएको छ । यद्यपी, सोसल मिडियामा भाइरल भइरहेको यो फोटोपछि एक पटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सुरु भएको छ ।

फोटोमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ भने कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ । यस्तै पुलिसको अनुमान अनुसार यो फोटो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्छ । उक्त फोटोलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाएको पुलिसको दाबी छ ।

post image

कार्तिक ५,मेक्सिको। मेक्सीकोका युगल जोडी आफ्नो प्रेम अमर बनाउनका लागि भाग्य बदल्नका लागि गुआनायुआटो शहरको एक गल्लीमा गएर एक अर्कालाई चुम्बन गर्छन् । उक्त गल्लीलाई ‘एले अफ द किस’ को नामले चिनिन्छ । यदि कुनै जोडीले उक्त गल्लीमा गएर चुम्बन गर्छन् भने उनीहरुले अर्को १५ वर्षसम्म खुसीको वरदान पाउने मान्यता रहिआएको छ । खुसीको वरदान हाँसिल गर्ने चाहमा मानिसहरु लाइन लागेर आफ्नो पालो कुरेर बस्छन् ।

यस्तो छ रोचक कहानीः

यो स्थानको सबैभन्दा रोचक पाटो घुमक्कड संगीतकारको टोली हो । यी टोली १७ औं शताब्दिको स्पेनिश पोशाकमा घुम्छन् र प्रेमले भरिएको गीत गाउँछन् । ‘एले अफ द किस’ लाई प्रेम गल्ली पनि भन्न सकिन्छ । यो गल्लीको नाम कसरी रहन गयो, त्यसबारे पनि एक रोचक कहानी छ ।

भनिन्छ, यो गल्लीमा अना र कार्लोस नामका दुई प्रेमी बस्दथे । अना धनी स्पेनी खानदानकी थिइन् । जुन बाल्कोनी मुनी उभिएर आज युगल जोडी एक अर्कालाई चुम्बन गर्छन्, अना त्यसै बाल्कोनीमा उभिएर आफ्नो प्रेमीको प्रतिक्षा गर्दथिन् । कार्लोस मजदूरी गर्ने एक गरिब थिए ।

तर कार्लोस र अनाको प्रेमको बिचमा धनी–गरिबको कुनै अर्थ थिएन । उनीहरु दुबै रातीको मौका पारेर उक्त गल्लीमा भेट्दथे । एक दिन अनाका पिताले ती दुबैलाई चुम्बन गरिरहेको देखे । अनाका पिताले दोस्रो पटक दुबैलाई सँगै देखे हत्या गरिदिने धम्की दिए ।

अना कार्लोसको प्रेममा पूर्ण रुपमा डुबिसकेकी थिइन् । बुवाको धम्कीले उनीहरुलाई रोक्न सकेन । अर्को दिन उनीहरु दुबैजना पुनः भेटे । अनाका पिताले उनलाई दोस्रोपटक चुम्बन गरिरहेको देखेपछि रिसले आँखा देखेनन् । उनी बाल्कोनीमा आए र अनाको टाउको काटिदिए ।

मानिसहरुका अनुसार जब कार्लोस अनालाई बचाउन गए तब उनी सिँढीमा नै खसे । उनको गर्धन टुट्यो र बाल्कोनीको सिँढीमा नै उनको मृत्यु भयो । उक्त सिँढी यी दुईको रगतले लत्पतिएकाले अहिले पनि यसमा रातो रङ लगाइएको छ । कोही प्रेमी जोडी यहाँबाट यात्रा गरिरहेका बेला ती सिँढीलाई ढोग्ने गर्दछन् ।

यसो गर्दा कार्लोसको आत्माले आशिर्वाद दिने र अर्को १५ वर्षसम्म उनीहरुको प्रेम झाङ्गिने विश्वास गरिन्छ । तर यदि कोही मानिसले यसो नगरे अर्को सात वर्षसम्म दशा लाग्ने जनविश्वास रहिआएको छ । अनाको उक्त घर प्रेमीहरुको मन्दिर जस्तो बनेको छ । अनाको कोठालाई गिफ्ट शप बनाइएको छ ।

लामो उमेरका लागि प्रार्थना:

जुन बाल्कोनीमा उनी उभिन्थिन् त्यहाँ प्रेमी जोडी आफ्नो नाम लेख्ने गर्दछन् । एक–अर्काका लागि सन्देश लेख्छन् । प्रेम अमर बनाउनका लागि मानिसहरु निकै टाढाबाट उक्त स्थानको यात्रा गर्छन् । उक्त प्रेम गल्लीमा प्रेमको प्रार्थना गर्नेमध्ये मारिया र रोसारियोको एक जोडी पनि छ । दुबैको विवाह भएको ४३ वर्ष भइसकेको छ । उनीहरु सन्तान ठूल्ठूला भइसकेका छन् ।

तर आज पनि उनीहरु आफ्नो प्रेमको लामो उमेरका लागि प्रार्थना गर्न त्यहाँ पुग्छन् । जब उक्त गल्लीमा उनीहरुले एक–अर्कालाई चुम्बन गरे तब सबैले उनीहरुको ताली बजाएर स्वागत गरे ।बीबीसी

post image

कार्तिक १,काठमाडौँ । देशको प्रधानमन्त्रीजस्तो भिआइपी सडकमा निस्किँदा हाम्रोमा त सुरक्षाको लागि भन्दै गाडीहरुको लावालस्कर नै हुन्छ अघिपछि । तर यो दुनियामा यस्तो देश पनि छ जहाँका प्रधानमन्त्री साइकल चढेर राजाको दरबारमा पुग्छन् अनि राजालाई नयाँ सरकार गठनको सूचना दिन्छन् ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटले यस्तो अनौठो काम गरेका छन् । उनले नयाँ सरकार गठनको बारेमा सूचना दिन हालै साइकल चढेर राजदरबार पुगे । रुट सन् २०१० देखि निरन्तर सत्तामा छन् । गत मार्च १५ मा भएको चुनावमा नेदरल्याण्डमा कुनैपनि पार्टीले बहुमत प्राप्त गरेन ।

हालै ४ पार्टीहरुले गठबन्धन गरी रुटलाई प्रधानमन्त्रीमा चयन गरे । उनले आगामी अक्टोबर २६ मा प्रधानमन्त्रीको नयाँ कार्यकालको सपथ लिँदैछन् । स्मरण रहोस् रुटले गत जून महिनामा भारतीय प्रधानमन्त्री मोदीलाई नेदरल्याण्ड भ्रमणका क्रममा साइकल उपहार दिएका दिए । रुट प्रधानमन्त्री कार्यालयमा पनि साइकल चढेरै जाने गरेका छन् ।एजेन्सी

post image

असोज ३१,काठमाडौँ । सामान्य मानिसले चुरोट पिउँदा बाँकी रहेको चुरोटको ठूटो फ्याँक्यो भने त्यसको मूल्य कति होला ? त्यस्तो चुरोटको ठुटोको कुनै मुल्य पर्नु त परै जाओस् जथाभावी चुरोटका ठूटा फाल्दा कतिपय देशमा त कारवाही समेत हुन्छ । सामान्य मान्छेले चुरोटका ठूटा फ्याक्दा कारवाही भोग्नुपर्ने यो दुनियामा ठुलाबडाले फ्याँकेका चुरोटका ठूटा चाहीँ लाखौँ रुपैयाँमा बिक्दा रहेछन् ।

बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले फ्याँकेको चुरोटको ठुटो हालै १२ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिकेको छ । अमेरिकाको बोस्टनमा रहेको आरआर लिलाम घरमा उक्त चुरोटको ठुटो १२ हजार अमेरिकी डलरमा लिलाम भएको हो । यो चुरोटको ठूटो सन् १९४७ को मे ११ तारेखका दिन चर्चिलले प|mान्सको पेरिसस्थित ले बुर्गेट विमानस्थलमा फ्याँकेका थिए । चर्चिलले चार इन्च लामो ला कोरोना ब्राण्डको सिगार सल्काए, केही बेर ताने । उनीसँग कुरा गर्ने मानिसहरुको भिड बढेपछि उनले उक्त सिगारलाई एस्ट्रे ठोसिदिए ।

आधाजति सल्किएको उक्त क्युबाली ब्राण्डको चुरोटको ठूटोलाई चर्चिलको जहाज उडाउने कोपाइलट विलियम एलान टर्नरले टिपे र आफुसँगै जतन गरेर राखे । सिगारमा ला कोरोना ब्राण्डको ट्यागसँगै चर्चिलको नाम समेत उल्लेख छ । अन्ततः बुधबार राति फ्लोरिडाका एक संग्रहकर्ता धनाढ्यले उक्त चुरोटको ठुटो १२ हजार डलरमा खरीद गरे । चर्चिलले तानेको चुरोटको ठुटो किन्ने मानिसको नाम चाहीँ ख’लाइएको छैन । बीबीसी

post image
असोज ३०,काठमाडौँ । रोमानियाको  एउटा  गाउँमा जिउँदो ढुंगाहरु देख्न पाइन्छ । यो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । वास्तवमा यो ढुंगाले आफ्नो आकार बदलिरहन्छ । विश्वका कैयन् भुगर्भशास्त्रीहरुले यी ज्यूँदा ढुंगाहरुको अध्ययन गरिरहेका छन् । अहिलेपनि यी ढुंगाहरुको आकार बढिरहेको छ, जुन रहस्यमय बनिरहेको छ ।

 पानीसँगको सम्पर्कमा आउने बित्तिकै यी ढुंगाहरुको आकारमा बदलाव आउँने गरेको स्थानीय बासिन्दाहरु बताउछन् । वैज्ञानिकहरुका अनुसार ढुंगामा रहेको लवणको अत्यधिक मात्राका कारण ढुंगामा पानी पर्ने बित्तिकै ढुंगा फुल्न जाने र यसको आकार बढ्ने भएको हुनसक्छ । तर ती गाउँका ढुंगाहरु बढ्नको खास कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । एजेन्सी

post image

असोज २६,काठमाडौँ । तपाईंलाई कुनै एयरपोर्ट किन याद हुन्छ ? कुनै यात्रीलाई एयरपोर्टको लामो लाइन, एजेन्टका अनुहार, महँगा सामान वा फ्लाइटमा भएको ढिलाइ वा त्यसको लाउन्जका कारण सम्झिरहन्छन् ।

जब बीबीसी ट्राभलले यो प्रश्न वेबसाइट क्योरा डटकममा हाले तब मानिसहरुले एयरपोर्टको टेकअफ वा ल्याण्डिङको विशेष अनुभवका कारण याद हुने बताए ।

साधारणतया एयरपोर्टको रनवेको लम्बाई १८ सय मिटरदेखि २४ सय मिटरसम्म हुन्छ । तर जुन ६ रनवेको क्योरा प्रयोगकर्ताले सेलेक्ट गरे, ती लम्बाईमा मात्र छोटो नभई खतरनाक स्थानमा पनि छन् ।

१. नेपालः तेन्जिङ हिलारी एयरपोर्ट

नेपालको तेन्जिङ हिलारी एयरपोर्टको रनवेलाई तपाईं रोमाञ्चकताको दोस्रो नाम भन्न सक्नुहुन्छ । हिमालको चुचुराका बिचमा बसेको शहर लुक्लामा छ ४ सय ६० मिटर लामो रनवे ।

जसका कारण यहाँ साना विमान र हेलिकोप्टर मात्र ल्याण्ड गर्न सक्छ । रनवेको उत्तरमा हिमालका चुचुरा छन् भने दक्षिणमा ६ सय मिटर गहिरो खाल्डो । एउटा गल्ती दुर्घटनाका लागि जिम्मेवार हुनेछ ।

क्योरा वेबसाइटको प्रयोग गर्ने एमी रबिन्सन भन्छिन्, ‘सगरमाथा चढ्ने मानिसहरु यसै एयरपोर्टमा उत्रिनुपर्ने हुन्छ । संसारको सबैभन्दा खतरनाक एयरपोर्टमध्ये एक हो यो ।’

२. स्कटल्याण्डः बारा एयरपोर्ट

नेपालको भन्दा निकै भिन्न छ स्कटल्याण्डको बारा एयरपोर्ट । समुन्द्रमा ज्वाराभाटा आउँदा यो एयरपोर्ट पानीमा डुब्ने गर्दछ ।

यो एयरपोर्ट ट्रेग मोर समुन्द्री तटमा बनेको छ । बाराद्वीपमा रहेको यो रनवे त्रिकोणीय आकार बनाउँछ र यहाँ काठका पोल लगाइएका छन् ता कि विमानलाई बालुवामा ल्याण्ड गर्न सजिलो होस् ।

३. माल्दीभ्यः माले एयरपोर्ट

माल्दीभ्सको माले अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न पाइलटका लागि निकै चुनौतीपूर्ण हुन्छ ।

यो संसारको एक्लो यस्तो एयरपोर्ट हो जुन अल्कत्राबाट बनेको छ र समुन्द्री तटबाट केवल दुई मिटर उचाइमा रहेको छ ।

यो एयपोर्ट द्वीपको एउटा कुनाबाट सुरु भएर अर्को कुनासम्म जाने गर्दछ । पाइलटको एउटा मात्र गल्तीले हवाईजहाज सिधा हिन्द महासागरमा गएर खस्छ ।

क्योरा वेबसाइट प्रयोग गर्ने पीटर बास्करविल भन्छन्, ‘यो संसारको एउटा यस्तो एयरपोर्टमा समावेश छ जुन पानीबाट सुरु भएर पानीमा नै समाप्त हुने गर्दछ ।’

हुलहुले द्वीप त्यो समूहको हिस्सा हो जुन ९० हजार वर्गको दायरामा फैलिएको छ । यसमा कूल १ हजार एक सय ९२ द्वीप छन् । हुलहुले द्वीपको पूरा प्रयोग यो एयरपोर्टका लागि मात्र गरिएको छ ।

यहाँ उत्रिएपछि पर्यटकले स्पिडबोर्डको मद्दतले आफ्नो गन्तव्यमा जाने गर्दछन् ।

४. साबाः इरास्किन एयरपोर्ट

क्यूरोका एक अन्य प्रयोगकर्ता धारिया मानेकका अनुसार क्यारेबियाली द्वीप साबाको जूयानको ई इरासकिन एयरपोर्टमा ल्याण्ड गर्नु कमजोर मुटु भएका मानिसको वशको कुरा होइन ।

यो एयरपोर्टको रनवे व्यवसायिक उडानका लागि प्रयोग गरिएको रनवे मध्येको सबैभन्दो  सानो हो । यो रनवेको लम्बाई करिब ३ सय ९६ मिटर हो । साधारण रनवे १८ सय मिटरदेखि २४ सय मिटरको लम्बाईमा हुने गर्दछ ।

यसको अर्थ यो हो कि यहाँ केवल साना विमान जसको गती तीब्र रुपमा कम हुन सक्छ, त्यसले मात्र अवतरण गर्न सक्छन् ।

यो रनवे जति सुन्दर छ, त्यती नै खतरनाक पनि । मानेक भन्छन्, ‘यो रनवे एक पर्वतीय चट्टानमा बनेको छ जुन तीन तर्फबाट समुन्द्रमा घेरिएको छ र एकतर्फ हिमालको चुचुरो छ । यहाँ जेट विमान अवतरण गर्न सक्दैनन् ।’

५. अमेरिकामा सबैभन्दा अग्लोः कोलोराडो एयरपोर्ट

यो अमेरिकाको कोलोराडोस्थित टेलूराइड रिजनल एयरपोर्ट २,७६७ मिटरको उचाईमा छ र उत्तर अमेरिकाको सबैभन्दा अग्लो व्यवसायिक एयरपोर्ट हो ।

क्योराकी प्रयोगकर्ता इरिन विटलक भन्छ्,ि ‘यहाँ अवतरण गर्नु भनेको नसा खुम्चिने अनुभव हो । तर यो निकै सुन्दर छ ।’

टेलुराइडको सिंगल रनवे, चट्टानयुक्त पर्वतको एक हिस्सामा बनेको छ । यसको अगाडि ३ सय मिटरको गहिराइमा सान मिगुल नदी बग्ने गर्दछ ।

यद्यपी, सन् २००९ मा पुनर्निर्माण गरेर यो रनवेलाई सुरक्षित बनाइएको छ । अब यहाँ ठूला विमानले पनि उडान भर्न सक्छन् ।

एयरापेर्टका अधिकारीले सिंगल र लाइट ट्वीन इन्जिन भएका विमानले रातको समयमा उडान नभर्न सल्लाह दिन्छन् । त्यहाँ ३० नाटभन्दा बढिको हावा र १५ माइल्सभन्दा कम भिजिबिलिटीमा उडान भर्न पनि अनुमती छैन ।

हंगकंगः काई टाक

हंगकंगको काई टाक एयरपोर्ट निकै खतरनाक थियो । यति खतरनाक कि यात्रीहरु यहाँ ल्याण्ड गर्नुलाई काई टाक हार्ट अट्याक भन्दथे ।

क्योराका प्रयोगकर्ता जेय वाकर भन्छन्, ‘अब यो एयरपोर्ट प्रयोगमा छैन तर सन् १९२५ देखि १९९८ सम्म यहाँ विमान अवतरण गर्ने र उडान भर्ने गर्दथे । यहाँबाट उडान भर्नु र अवरतरण गर्नु संसारको आश्चर्यमध्येको एक थियो । यसको दुबैतर्फ ठूला भवन थिए । विशेषगरी ७४७ विमान अवतरण गर्नु यहाँ सबैभन्दा भयानक अनुभव थियो । उडान भर्ने र उत्रने बेला विन्डो सिटबाट तपाईं मानिसहरुको घरभित्र के भइरहेको छ, त्यो स्पष्टसँग देख्न सक्नुहुन्थ्यो ।’बिबिसी

 

post image

असोज ९ ,अबुधाबी । संसारकै सबैभन्दा बढी तौल भएकी चर्चित महिला एमान अहमदको निधन भएको छ । संयुक्त अरब इमिरेट्स ९यूएई० को अबुधाबीस्थित बुर्जिल अस्पतालले उनको मुटु र मिर्गौलाको इन्फेक्सनका कारण मृत्यु भएको जनाएको छ । एमानको उपचार २० जना चिकित्सकहरूको टोलीले गरिरहेको थियो । एमानको तौल ५ सय किलोग्राम थियो । उनी केही समयअघि शल्यक्रिया गरेर तौल घटाउन भारत आएकी थिइन् ।
एमान मिश्रकी नागरिक हुन् । यसै वर्षको जनवरीमा उनी आफ्नो तौल कम गराउन भारत आएकी थिइन् । एमानको मुम्बईको सेफी अस्पतालमा उपचार भएको थियो । भारतीय डाक्टरहरूले उनको सफल शल्यक्रिया गरेर तौल घटाएको दाबी गर्दै आएका थिए ।डाक्टरहरूले उनको शल्यक्रियापछि तौल घटाएर ५ सय किलोग्रामबाट २ सय ५० किलोग्राम बनाएको बताएका थिए । यद्यपि एमानकी बहिनीले भारतीय चिकित्सकहरूले पुरै झुठो बोलेको आरोप लगाएकी छन् । अस्पतालले एमानकी बहिनीको भनाइको खण्डन गरेको छ ।
मुम्बईमा शल्यक्रियापछि एमानलाई युएईको राजधानी अबुधावी लगिएको थियो । शल्यक्रियाअघि उनी २५ वर्ष घरबाट बाहिर ननिस्किएको बताइएको छ ।एमानभन्दा अघि सबैभन्दा बढी तौल भएकी महिला अमेरिकाकी पोलिन पाटरलाई मानिन्थ्यो । उनको तौल २ सय ९२ किलोग्राम थियो । यो रेकर्ड सन् २०१० मा गिनिज बुकमा दर्ता भएको थियो ।

post image

असोज ५,काठमाडौँ । पानीमा पाइने एक विशेष किसिमको गंगटोको रगत चिकित्सा विज्ञानका लागि अमृत भन्दा पनि कम छैन । यो जीवको नाम हो, Horse Shoe Crab । यसको वैज्ञानिक नाम Limulus polyphemus   हो । यो जीवको प्रजाति ४५ करोड वर्षदेखि अस्तित्वमा छ । करोडौँ वर्षमा पनि यसको आकार प्रकारमा कुनै परिवर्तन भएको छैन । मेडिकल साइन्समा यो गँगटोको रगत यसको ब्याक्टेरिया प्रतिरोधी गुणका कारण प्रयोग गरिन्छ ।

यसको रगत निलो हुनुका कारणले रगतमा तामायुक्त हेमोसायनिन तत्व हुन्छ । जबकि रातो रगत हुने जीवको रगतमा हेमोग्लोबिन हुन्छ । यो जीवको रगतलाई बिरामीको जिउमा सुइबाट पठाएर जिउभित्र रहेका खतरनाक ब्याक्टेरिया पहिचान गर्नमा प्रयोग गरिन्छ । साथै यसले मानिसमा प्रयोग गरिने औषधिहरु दुष्प्रभावको बारेमा पनि पत्ता लगाउँदछ ।सायद यही महत्त्वले गर्दा होला यो गँगटोको रगत १५ हजार डलर प्रति लिटरमा बिक्दछ । अनि हरेक वर्ष ५ लाखभन्दा धेरै यस्ता गँगटोको रगत निकालिन्छ ।एजेन्सी

post image

असोज ४,काठमाडौँ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रहस्यमयी नेता मानिन्छन् । व्यक्तित्व र व्यवहारले भन्दा पनि उत्तर कोरियाको बन्द समाजले उनका गतिविधिलाई रहस्यमय बनाउने गरेको छ । पाँच सातासम्म सार्वजनिक जीवनबाट बेपत्ता भएपछि उनी सार्वजनिक भए । कोरियाको सत्तारूढ कोरियाली मजदुर पार्टी स्थापना भएको ६९औँ वर्षगाँठमा पनि उनी देखा परेनन् । उत्तर कोरियामा सञ्चारमाध्यमलाई कडा सेन्सरअन्तर्गत राखिएकाले उनीबारे धेरै कुरा बाहिर आएका छैनन् ।

उनीबारे सार्वजनिक भएका तथ्यमध्ये केही रोचक तथ्य यस्ता छन् :-

:- पहिचान लुकाउन उनले नक्कली नामबाट स्विटजरल्यान्डको इन्टरनेसनल बेर्न स्कुलबाट शिक्षा हासिल गरेका थिए । पाक उनको नामले स्कुलमा भर्ना भएका उनी स्कुल तथा कलेज जीवनमा मेधावी विद्यार्थीमा गनिँदैनथे । म्याथ र साइन्स विषयमा उनले दागी लगाइरहन्थे । संगीत र प्राविधिक शिक्षा विषयमा भने उनले सधैँ राम्रो गरे ।

:- युरोपेली मुलुक तथा अमेरिकाको प्रखर विरोधी भए पनि उनी बेलायती संगीतकार एरिक क्याप्टन र क्यानेडाली अभिनेता केनु रिभ्सका धुरन्धर फ्यान हुन् ।

:- उनको हेयरस्टाइल विदेशका युवाहरूले समेत कपी गर्ने गरेका छन् । उनको हेयरस्टाइल ‘जोङ उन कट’को नामले प्रख्यात छ । बाबु किम जोङ इल र हजुरबाबु किम इल सुङजस्तो देखिन नेता उनले प्लास्टिक सर्जरी गरेर कपाल त्यस्तो बनाएको चर्चा चल्ने गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

:-राजकाज सञ्चालनमा उनले सानीआमा किम क्योङ–ह्वी र उनका पतिबाट परामर्श लिने गरेका छन् ।

:- बाबु किम जोङ इलको मृत्यु हुनुभन्दा केहीअघि उनलाई इलको भावी उत्तराधिकारीका रूपमा सार्वजनिक गरिएको थियो । त्यसअघि उनलाई अधिकांश उत्तर कोरियाली जनताले चिनेका थिएनन् ।

:- नेता उन हजामलाई कपाल कटाउन दिँदैनन् । हजामसँग उनलाई सानोमा असाध्यै डर लाग्थ्यो, जुन डर अझै गएको छैन । उनी आफ्नो कपाल आफैं काट्छन् ।

:- उनको जन्म कहिले भएको थियो भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । यद्यपि, उनी १९८३ अथवा १९८४ मध्ये कुनै एक वर्षमा जन्मिएका हुन् भन्नेमा विवाद छैन । उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।

:- उनी अमेरिकी बास्केटबल खेलाडीद्वय डेनिस रोडम्यान र माइकल जोर्डनको खेल टिभीमा हेर्न भनेपछि मरिहत्ते गर्छन् । केही महिनाअघि उनले डेनिस रोडम्यानसँग भेट गरेका थिए ।

:- उनले पोर्चुगलका आफ्नो बेस्ट फ्रेन्ड जोओ काइकलोसामु मात्रै आफ्नो पहिचान खुलाएका थिए ।

:- स्विटजरल्यान्डमा शिक्षा आर्जन गर्न बसेका वेला उनले अंग्रेजी, जर्मन र फ्रेन्च भाषा सिकेका थिए । युरोप बसाइका क्रममा उनी साथीहरूमाझ राजनीतिबारे कहिल्यै कुराकानी गर्दैन थिए ।

:- उत्तर कोरियाले चरम अमेरिकीविरोधी नीति लिने गरे पनि र नेता उनले विभिन्न सार्वजनिक समारोहमा अमेरिकाको चर्को आलोचना गर्ने गरेका भए पनि उनी अमेरिकी ब्रान्ड नाइकका जुत्ता असाध्यै रुचाउँछन् ।

:- उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् । उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए ।

:- पूर्वभान्से केन्जी फुजिमोटोका अनुसार नेता उन बेस्कन रक्सी खान्छन् । हाइपरटेन्सनबाट ग्रस्त उनी डाइबेटिज रोगबाट पनि पीडित छन् ।

:- उनलाई बाबु किम जोङ इलको उत्तराधिकारी घोषणा गर्न सार्वजनिक गर्नुअघिका एउटाबाहेक उनका कुनै पनि फोटो अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । किशोर अवस्थाको उनको एउटा श्यामश्वेत फोटो भने सार्वजनिक छ ।

:- उनी कोरियाली जनसेनाका डेजाङ पदको फुली लगाउँछन् । डेजाङ भनेको जर्नेलसरहको पद हो ।

:- उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् ।

:- स्विटजरल्यान्डमा पढ्दाताका एउटा परीक्षाअघि शिक्षकले परीक्षार्थीको झोला चेक गर्ने क्रममा उनको झोलाबाट वयस्कका लागि प्रकाशित हुने म्यागजिन फेला परेको थियो ।

:- उनी एक्सन मुभी असाध्य रुचाउँछन् । स्कुल तथा कलेज पढ्दाताकाका उनका बेस्ट एक्टर ज्याकी चेन थिएन।

:- पप संगीतमा चासो राख्ने नेता उनले उत्तर कोरियामा महिलाहरूको ‘के–पप’ ब्रान्ड स्थापना गरेका थिए । पप, रक र फ्युजन गीत गाउने सो ब्रान्डले अन्तर्राष्ट्रिय जगत्मा सन् २०१२ को जुलाई सातमा डेब्यु गरेको थियो ।

:- उनको अनुहारसँग ठ्याक्कै मिल्ने अनुहार भएका युवक सिंगापुर र चीनमा फेला परेका थिए । चीनको सेन्याङ सहरका एक सेकुवा पसले मान्चु तुआन ठ्याक्कै नेता उनजस्तो देखिन्छन् । यसबारे समाचार प्रकाशित भएपछि उनीसँग फोटो खिचाउन मानिसहरू उनको सेकुवा पसलमा ओइरिन थालेका थिए । सेकुवा खरिद गर्ने ग्राहकसँग मात्रै फोटो खिचाउने मापदण्ड उनले बनाएपछि उनको व्यापार राम्रोसँग फस्टाएको थियो ।

:- नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ । (एजेन्सी)

post image

असोज ३,काठमाडौँ । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै । कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ ।

बेलायतमा यस्तो घटना घटेको हो । बेलायतको डेभोनमा बस्ने एक पुरुषले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राख्ने अनौठो तरिका अपनाएका छन् । पेशाले कृषि इन्जिनियर रहेका ३९ वर्षका टम प्लुमले आफ्नी प्रेमिका जेना स्टिम्सनलाई खेत जोतेर प्रपोज हानेका छन् ।अझ रोचक त के भने टमले हुनेवाला ससुरा बाको खेतमा नै जोतेर प्रेमिकालाई प्रपोज गरे ।टम र जेना पछिल्लो १० वर्षदेखि रिलेशनसीपमा छन् । लामो प्रेमसम्बन्धलाई बिहेमा ढाल्नका लागि टमले जेनाका बुवाको खेतमा जोतेरै ‘म्यारी मी’ भन्ने शव्दाबली लेखे ।

जोतेर मलाई बिहे गर भन्ने कुरा लेखेपछि उनले प्रेमिका जेनालाई बोलाए र उनका आँखा बन्द गरिदिए । त्यसपछि उनले जेनालाई आँखा खोल्न भने र आँखै अगाडिको खेतमा जोतेर म्यारी मी लेखेको ठाउँ देखाए ।आफ्नो प्रेमीको प्रपोज गर्ने शैली देखेर जेना अचम्म परिन् । उनी भन्छिन् – टम खासमा खासै रोमान्टिक मानिस होइनन् । तर यसपटक उनले धेरै ठूलो काम गरे । उनले टमको बिहे प्रस्ताव स्वीकारिन ।बिबिसी

post image

असोज २,काठमाडौँ । नेपालमा विवाह अघि नै कोही व्यक्तिसँग सम्बन्धमा हुनु समाजको लागि पाच्य हुँदैन । यस्तोमा गर्भवती हुने कुरा निकै ठूलो कुरा हो । तर विदेशमा पनि स्थिती त्यति राम्रो छैन । मेलबर्नमा बस्ने शेरोन जेबरले १५ वर्षको उमेरमा गर्भवती भएपछि मानिसहरुको विभिन्न टिका–टिप्पणी सुन्नु परेको बताइन् ।सन् १९९९ मा शेरेनले आफ्नो पहिलो सन्तानको जन्म दिएकी थिइन् । त्यतिबेला शेरोन हाई स्कूलमा थिइन् । उनका परिवारका सदस्यले गर्भपतनका लागि निकै दबाब दिएका थिए तर शेरोनले बच्चालाई जन्म दिने निर्णय गरिन् ।

शेरोनका अनुसार छोरी सिमोनको जन्मपछि मानिसहरुले उनका कुरा काट्न थालेका थिए । उनको क्यारेक्टरमाथि नै प्रश्न उठाइन्थ्यो । तर सबैभन्दा ठूलो कुरा उनका प्रेमी रेमसेले उनको साथ छोडेनन् । १५ वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएपछि रेकसेसँगको उनको सम्बन्ध थप बलियो भयो । यो जोडीले सन् २०११ मा विवाह गरे । त्यतिबेलासम्म यो जोडीका ६ सन्तानको जन्म भइसकेको थियो । विवाह पछि भएका दुई बच्चासहित यो जोडीका आठ सन्तान छन् । उनीहरुका जेठी छोरी १८ वर्ष पुगेकी छिन् भने सबैभन्दा कान्छो सन्तान दुई वर्षका छन् । शेरोन अहिले ३४ वर्ष पुगेकी छिन् । शेरोन डेटा मार्केटिङ कम्पनीकी म्यानेजर हुन् र आफ्नो अनलाइन बिजनेस पनि चलाउँछिन् । यदि तपाईं मन लगाएर काम गर्नुहुन्छ भने सफल हुन तपाईंलाई कसैले रोक्न सक्दैन ।

post image

भदौ ३०,काठमाडौँ । शून्य अंकको बारेमा थप नयाँ रहस्यहरु पत्ता लागेको छ । शून्य अंकको सुरुवात भारतबाट भएको हो भन्ने कुराको इतिहास हामी धेरैलाई थाहै होला ।  जसअनुसार शून्य अंक यसअघि अनुमान गरिएको भन्दा पनि धेरै पुरानो रहेछ । वैज्ञानिकहरुले हालै गरेको कार्वन डेटिङबाट शून्य अंक तेस्रो वा चौथो शताब्धीबाटै प्रयोग गर्न थालिएको पुष्टि भएको छ । यसको अर्थ, शून्य अंक अहिले सोचिएको भन्दा कम्तीमा ५ सय वर्ष पूरानो हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा रहेका भारतीय कलाकृतिमध्येको बलशाली पाण्डुलिपीमा शून्य अंक लेखिएको फेला पर्यो । उक्त पाण्डुलिपी ७० भोजपत्रमा लेखिएको थियो जसमा संस्कृत र गणित लेखिएको थियो । बौद्ध भिक्षुहरुका लागि तयार गरिएको तालिम म्यानुअल थियो त्यो ।सोही पाण्डुलिपिको हालै कार्वन डेटिङ गरियो । उक्त पाण्डुलिपी नवौं शताब्दीतिरको रहेको अनुमान गरिएको थियो । तर, कार्र्बन डेटिङबाट त्यसका केही पन्नाहरु इश्वी सम्वत् २२४ देखि ३८३ बीचका रहेका पत्ता लाग्यो ।

अहिलेसम्म भारतको ग्वालियरको एक मन्दिरको भित्तामा लेखिएको शून्यलाई नै शून्य अक्षरको विश्वको सबैभन्दा पूरानो अभिलेखीय प्रमाण मानिएको थियो । पाण्डुलिपिको कार्वन डेटिङले चाहिँ शून्यलाई त्यसभन्दा धेरै पूरानो भएको प्रमाणित गरिदिएको छ । एजेन्सी

post image

भदौ २८,काठमाडौँ । भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ ।यो चिया पसल एक टपरीबाट सुरु भएको थियो, चिहान नजिकै । अहिले चाहिँ दैनिक थुप्रै चिहानको बीचमा बसेर चियाको चुस्की लिइरहेको देखिन्छ ।

मानिसहरुबीच यो चिया पसल चर्चित बनिरहेको छ । ग्राहकको संख्या बढेसँगै चियापसलको आकार पनि बढ्दै जाँदा यसले चिहान भएको क्षेत्रलाई पनि समेट्नुपर्यो र पसलभित्रै चिहान पनि अटाए । हुँदा–हुँदा यो चियापसलको पहिचान नै बन्यो चिहानको बीचमा बसेर चियाकफी तथा खाजा खानु । अहिले राम्रै पर्यटकीय स्थल बनेको छ, यो ४५ वर्ष पूरानो चियापसल । एजेन्सी

post image

भदौ २७,काठमाडौँ । बलात्कारलाई हरेक समाजमा ठुलो  अपराध मानिन्छ । त्यसै कारणले गर्दा यसको सजाय निकै नै क्रुर तरिकाले दिने गरिन्छ । बलात्कारबाट शिकार भएका महिलाहरुले आफ्नो अनुहार समाजलाई देखाउन लाज मान्छन् । आफ्नो गल्ति नहुँदानहुदैं पनि यसबाट उनीहरुलाई मानसिक तनाव हुने गर्छ ।

शारिरीक र मानसिक दुबै रुपमा हानी भई उनीहरुको जीवन नै बर्बाद हुने हुन्छ । त्यसैले यौन दुव्र्यवहारलाई संसारभरि नै जघन्य अपराधको रुपमा लिईन्छ । यसको सजाय भने देशै पिच्छे फरक हुने गर्छ । आज हामी तपाईंलाई बलात्कारको दण्ड निकै नै क्रुर रुपमा दिईने ५ देशहरुको बारेमा जानकारी दिन्छौं ।

१) चीन


चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी दिईन्छ ।  कोहिकोही अंगभंगबाट पनि मर्ने गर्छन्  ।

२) अफगानिस्तान

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

३) फ्रान्स

बलात्कारबाट शिकार भएको मानिसको अवस्था हेरी १५,२० वर्ष वा जीवनभर नै जेल सजाय हुन सक्छ ।

४) साउदी अरेयिबा

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा बेहोश पारी हत्या गरिन्छ ।

५) नर्थ कोरिया


नर्थ कोरियामा फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ । एजेन्सी

 

post image

भदौ २५,काठमाडौँ । जन्मे पछी मर्ने पर्छ यो एक ध्रुब सत्य हो  । कोही धेरै बाँच्ला, कोही छिटै मर्ला कुरा यत्तिमात्र हो । आखिर मान्छे सबैभन्दा धेरै कति उमेरसम्म बाँच्नसक्ला ? अर्थात् मानिसको अधिकतम आयु कति हो ? अहिलेसम्म रहस्यको गर्भमै रहेको यो तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् ।उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हेा भने पुरुषको अधिकतम आयु ११४.१ वर्ष हो । टिलबर्ग र इरास्मस विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निस्केको हेा ।वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेका थिए जसको पछिल्लो ३० वर्षमा नेदरल्याण्डमा मृत्यु भएको थियो ।

शोधकर्ता प्राध्यापक जोन इन्मलले पछिल्लो ३० वर्षमा उल्लेखित आयुभन्दा धेरै कोहीपनि मानिस बाँचेको नपाइएको बताए । वैज्ञानिकहरुका अनुसार विश्वमा मानिसको औषत आयुमा वृद्धि भएको भएपनि मानिसको वास्तविक अधिकतम आयु भने बढेको छैन । वैज्ञानिकहरुका अनुसार चाहे जतिसुकै स्वस्थ जिवनशैली किन नअपनाउनुस् औषत आयू १ सय १५ वर्षभन्दा बढ्नेवाला छैन ।

तर विश्वमा अहिलेसम्म एकजना व्यक्ति १ सय २२ वर्षसम्म बाँचेको पाइएको छ । सन् १९९७ मा मृत्युभएकी जेनी लुइस काल्मेन्ट १ सय २२ वर्ष १६४ दिनसम्म बाँचेकी थिइन् । उनले हप्तादिनमा एक किलो चकलेट खान्थिन् । एजेन्सी

post image

भदौ २३,काठमाडौँ । बेलायतका एक युवा आविष्कारकले एउटा यस्तो लुगा बनाएका छन् जुन बच्चासँगै बढ्छ । केही समय अघि बेलायतका २४ वर्षीय रियान यासिनले यस्तो कपडा बनाएका छन् जो बालबालिका बढेसँगै आफैं फैलने गर्दछ । यो आविष्कारमा उनले जेम्स डायसन अवार्ड पनि पाएका छन् । रोयल कलेज अफ आर्टका ग्रेजुएट रियानले यस्तो कपडा बनाएका छन् जसको संरचना ओरिगेमीजस्तो छ । ओरिगेमी एक जापानी पेपर आर्ट हो जसमा कागजलाई मोडेर विभिन्न आकृति बनाइन्छ । जब पट्याइएको कागजलाई खोलिन्छ तब आकृति बढ्दै जान्छ ।

यी कपडामा हाइड्रोफोबिक कोटिङ पनि लगाइएको छ  जसका कारण यो वाटरप्रुफ बनेको छ । कपडाको बाहिरी पत्रमा माथिबाट तल फर्किएको एउटा ग्रिडजस्तो देखिने फोल्ड हुन्छ जसका कारण पानीले कपडालाई भिजाउन सक्दैन । बच्चा जति ठूलो भयो, शरिरको आकार प्रकार अनुसार यो लुगा फिट हुने गर्दछ । यद्यपी, यसमा एउटा कमी पनि छ । यो सिन्थेटिक कपडा हो । आमा–बुवाले सायद यो कपडा आफ्नो बच्चालाई लामो समयसम्म लगाइदिन चाहन्नन् । यसलाई सफा गर्न कुनै समस्या नहुने र लामो समयसम्म टिक्ने बताइएको छ ।

यी कपडालाई पेटिट प्ली नाम दिइएको छ । यसको आविष्कारका लागि रियानलाई एक वर्षको समय लाग्यो । यसमा उनले करिब २ लाख ५० हजारभन्दा बढिको जेम्स डायसन अवार्ड पनि पाए । रियानले उनी बुवा नभएपनि उनको दाइको छोरा सानै भएकाले बच्चाको लुगाको प्रबन्ध मिलाउनु अभिभावकका लागि कति चुनौतीपूर्ण छ भन्ने थाहा भएको बताए ।

post image

भदौ २०,काठमाडौँ ।अर्जेन्टिनास्थित एक जेलमा एक अनौठो घटना घटेको छ ।  अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा परेवाले लागुऔषध ओसारपसार गर्ने गरेको रहस्य खुलेको छ । जेलका जेलर सुरक्षाकर्मी र कर्मचारीको सुराकीको आधारमा उक्त परेवाले जेलमा लागुऔषध बोकेर लग्ने थाहा भएपछी गोलि हानी मारिएको छ ।

गोलि लागी छटपटीदै मरेको उक्त परेवाको ढाडमा लागूऔषधको चक्कीहरु र गाँजा भेटिएको अर्जेन्टिनाका संचारमाध्यमहरुले जनाएका छन् ।

post image

भदौ १९,काठमाडौँ । युरोपेली देश अष्ट्रियाको टारेन्जमा एउटा अनौठो स्विमिङ पुल सञ्चालनमा आएको छ । यो विश्वकै पहिलो बियर भरिएको स्विमिङ पुल हो । रक्सी उत्पादक कम्पनी स्टार्कनबर्गरले एक पूरानो महलमा यस्ता सातवटा स्विमिङ पुल तयार गरेको छ । जो बियरले भरिभराउ छन् ।

हरेक स्व्मििङ पुलको लम्बाई झण्डै १३ फुट छ । स्विमिङ पुलको गहिराई यत्ति कायम गरिएको छ कि तपाई बसेर रिल्याक्स गर्न प्नि सक्नुहुन्छ र डुबुल्की मार्न पनि सक्नुहुन्छ ।अष्ट्रियाको चिसो मौसमलाई ख्याल गर्दै स्विमिङ पुलमा तातो बियर हालिन्छ । साथै थोरै पानी पनि मिसाइन्छ ।

स्विमिङ पुलको बियर पानीजस्तै छिटो–छिटो बदल्ने कुरा भएन । त्यसैले स्विमिङ पुलमा पौडी खेलिरहँदा त्यहाँको बियर नपिउन सल्लाह दिइन्छ । बियर पिउने इच्छा छ भने अर्डर गरिहाल्नुहोला, तपाईंलाई चिसो बियर सर्भ गरिन्छ ।एजेन्सी

 

post image

भदौ १६,काठमाडौँ । हवाइजहाजबाट नांगै हाम फाल्नु कुनै जोक होइन, किनकि यो जो कोहीले गर्न सक्ने काम हुँदै होइन । तर, अष्ट्रेलियाका संगीतकार ग्लेन डोनेलीका लागि भने यो जिन्दगीको एउटा इच्छा नै थियो । जसलाई उनले पूरा गरिछाडेका छन् । ग्लेनले आफ्नो ३० औं जन्मदिनका अवसरमा उनले निर्वस्त्र स्काइडाइभ गर्ने निधो गरे र त्यसरी तल खसिरहँदा भायलिनमा कुनै धून बजाउने योजना बनाए । आइतबार अष्ट्रेलियाको न्यु साउथ वेल्समा उनले यो कीर्तिमान राखी छाडे ।

स्काइडाइभिङको सुरुवातमा उनले बेलायती संगीतकार राल्फ भन विलियम्सको धून बजाए र तीव्र गतिमा तल झरिरहँदा उनले आफ्नै लागि ह्याप्पी बर्थडेको धून बजाए । बेलायती संगीतकारको धून हावामा उड्ने पंक्षीहरुप्रति समर्पित निकै उत्कृष्ट धून रहेको र आफ्नो त्यो बेलाका लागि उपयुक्त रहेको उनी बताउँछन् । न्यु साउथवेल्सका युवायुवतीहरुलाई आफ्नो स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यले उनले निर्वस्त्र स्काइडाइभ गरेका हुन् ।बिबिसी

 

post image

भदौ १५,काठमाडौँ । अस्पतालको अपरेशन थिएटर अति संवेदनशील स्थान मानिन्छ । बिरामी, डाक्टर र नर्सबाहेक त्यहाँ कसैलाई पनि प्रवेश दिइँदैन ।तर यदि यहि स्थानमा दुई डाक्टर झगडा गर्छन् भने तपाईं के भन्नुहुन्छ ? अचम्मित गरिदिने उक्त घटना भारतको हो ।यी डाक्टर त्यतिबेला झगडा गरे जब अपरेशन थिएटरमा एक महिला प्रसव पीडापछि भर्ना भएकी थिइन् । अपरेशन चलिरहेकै बेला डाक्टर एक आपसमा झगडा गरिरहेका थिए । राजस्थानको जोधपुरको उमेद अस्पतालमा उक्त घटना भएको हो । यसबारे त्यतिबेला पर्दाफास भयो जब एक भिडियो सोसल मिडियामा भाइरल भयो ।

भिडियोमा दुई डाक्टर झगडा गरिरहेका थिए र अन्यले उनीहरुलाई शान्त गर्ने कोसिस गरिरहेका थिए । साथै, स्ट्रेचरमा एक महिला देखिएकी छिन् । भिडियो भाइरल हुने बित्तिकै अस्पतालले तुरुन्त एक्सन लियो । संवाददाता सम्मेलन बोलाएर दोषी डाक्टरविरुद्ध कारवाहीको विश्वास दिइयो । अस्पतालका मेडिकल अध्यक्ष डा. रंजनाले बीबीसीलाई भने, ‘भिडियो उमेद अस्पतालको नै हो र घटना मंगलबारको हो ।’लडाईंका बेला अपरेशन थिएटरमा जुन महिलाको डेलिभरी भइरहेको थियो, पछि उनको बच्चाको निधन भयो । यद्यपी, अस्पतालले यो खबरलाई खारेज गरिरहेको छ ।

डा. रंजनाले भनिन्, ‘शल्यक्रिया भइरहेको महिलाको बच्चाको मृत्यु भएको खबर झुटो हो  । ती महिलाले छोरीलाई जन्म दिएकी छिन् । आमा र बच्चा दुबै स्वस्थ छन् ।’तीन सदस्यको अनुसन्धान टोलीले तीन दिनमा आफ्नो रिपोर्ट सुम्पिनेछन् । भिडियो अस्पतालको कुनै कर्मचारीले बनाएका हुन् तर उनी को हुन्, त्यसबारे अहिलेसम्म पत्ता लागेको छैन । डा. रञ्जनाले दुबै डाक्टरको पहिचान डा. अशोक ननिवाल र डा. मथुरा लाल टाकको रुपमा गरेकी छिन् । उनका अनुसार दुबै डाक्टरलाई अस्पतालबाट अहिलेका लागि कार्यमुक्त गरिएको र आन्तरिक अनुसन्धान सुरु गरिएको  उनले जानकारी दिइन् । भिडियो कसले बनायो र कसरी लिक भयो भनी अनुसन्धान गर्न अस्पतालका अन्य कर्मचारीको पनि बयान लिइँदै छ ।बिबिसी

post image

भदौ १४,इन्दौर । विजयनगर क्षेत्रको गुरुनगरमा आफ्नो पतिसँग अलग भएर बसिरहेकी एक युवती र उनको साथीले कोल्ड ड्रिंकमा विष मिलाएर आत्महत्या छन् । आत्महत्या गर्नुअघी उनीहरुले केक काटेर  खुसियाली  मनाएका छन् र सेल्फीसमेत लिएका छन् । घटनास्थलमा उनीहरुको दुईवटा छुट्टै सुसाइड नोट पनि फेला परेको छ । जसमा उनीहरुले जिन्दगीबाट हरेस खाएर आत्महत्या गरेको उल्लेख गरेका छन् । दुई युवतीमध्ये एक जना कल सेन्टर र अर्को युवती क्याटरिङमा काम गर्थिन् । एक महिनादेखि दुई जना भाडाको घरमा सँगै बस्दै आइरहेका थिए ।

दुई दिनदेखि कल सेन्टर नआएपछि ती युवती साथी उनीहरुको घर पुगेपछि घटनाको खुलासा भएको थियो । विजयनगर प्रहरीका अनुसार दुई युवतीको नाम रचना चौधरी र तन्वी वास्कले रहेको छ । रचनाको उमेर २५ वर्ष र तन्वीको उमेर २४ वर्ष रहेको छ । सुसाइड नोटमा २७ अगस्तको मिति रहेको छ  । घटनास्थल पुगेका एएसपी मनोज रायले आत्महत्या अघि युवतीहरुले आफ्नो मोबाइल फोन फर्म्याट गरेर सेल्फीमात्र राखेका थिए । रायका अनुसार उनीहरुले दुई पेज लामो सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेदार आफै भएको बताएका छन् । रचनाले आफ्नो आमाबाबुलाई सम्बोधन गर्दै आफ्नो शव पति अशोकलाई शव नदिन आग्रह गरेकी छिन् । उता, तन्वीले सुसाइड नोटमा दिदी र भेनाजुलाई सम्बोधन गर्दै ‘आइ लभ यु’ भनेकी छिन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।एजेन्सी

post image

भदौ १३,काठमाडौँ । इन्टरनेटमा हरेक दिन करोडौं तस्बिर पोष्ट र अपलोड हुन्छन् । तर तीमध्ये कुनै फोटो हुन्छन् जुन संसारभरी चर्चित हुन्छन् र लामो समयसम्म याद राखिन्छन् । यस्ता तस्बिरले करोडौंको मन छुन्छ वा कुनै विशेष मुद्दामा विचार विमर्स सुरु गराइदिन्छ । अथवा, ती फोटो यति सहज हुन्छन् कि हरेकले बुझ्ने हुन्छन्  । हामी तपाईंलाई इन्टरनेटमा चर्चित भएका यस्तै तस्बिर देखाउँदैछौं र त्योसँग जोडिएको कहानीबारे बताउँदैछौं ।

सबैभन्दा पहिले बच्चालाई स्तनपान गराइरहेकी सुपरमोडलको कहानीः

मोडल जिसेल बन्डशेनको यो तस्बिरले मानिसहरुलाई अनुभूत गरायो कि तपाईंको मद्दतका लागि मानिसहरुको फौज नै भएपनि केही कुरा तपाईं आफैंले नै नगरी हुँदैन । आफ्नो इन्स्टाग्राम पोष्टमा जिसेलले उक्त फोटोसूट अघि आफू तीन घण्टामात्र सुतेको बताएकी थिइन् ।

जिसेल ब्राजिलकी सुपरमोडल हुन् र सन् २००४ देखि लगातार संसारको सबैभन्दा कमाई गर्ने मोडलको सूचीमा आउने गर्दछिन् । ३७ वर्षीया जिसेलका दुई छोरा छन् ।

सन् २०१४ मा यी अपराधीको फोटो स्टकटोन पुलिस स्टेशन (क्यालिफोर्निया) को फेसबुक पेजमा हालिएको थियो । मानिसहरुले जेरेमी मिक्स नामक यी व्यक्तिलाई अहिलेसम्मको सबैभन्दा ह्यान्डसम अपराधी भनेको थियो । यी अपराधीले मानिसहरुको मुटु र डिभिडि प्लेयर दुबै चोर्नेसमेत इन्टरनेट कम्युनिटीले बताएको थियो ।

बराक र मिशेल ओबामाको यस्तो व्यवहार निकै रुचाइयो । प्रेमको मामलामा दुबैलाई आदर्श जोडी मानिन्छ ।

किम कार्दासियनको यो फोटोको विषयमा निकै मजाक उठाए र विभिन्न प्रकारको मेमे बनाए ।

सन् २०१२ को लण्डन ओलम्पिक्समा अमेरिकाको म्याककायला मेरोनीले जिम्नास्टिकको व्यक्तिगत स्पर्धामा रजत पदक जितेकी थिइन् जबकी टीम स्पर्धामा उनको टीम विजेता रहेको थियो । तर तस्बिरबाट यस्तो लाग्छ कि उनी आफ्नो उपलब्धिमा खुसी छैनन् ।

रसियाली जोडी मुराद उस्मान र नतालियाको यस्तो ‘फलो मी’ तस्बिर निकै चर्चित भयो ।

यो बिरालो रिसाहा देखिएको छ तर निकै मायालाग्दो छ । त्यसकारण मानिसहरुलाई यसको यस्तो व्यवहार निकै मन पर्यो । सन् २०१३ मा यो तस्बिर चर्चित हुन थाल्यो र यसले मेमे अफ द ईयर वेबली अवार्ड पायो । यो  चर्चाका कारण टार्ड नामक यो बिरालोका मालिकलाई करोडौं रुपैयाँको आम्दानी भयो ।एजेन्सी

post image

भदौ ११,काठमाडौँ । स्विडेनका पूर्व ओलम्पिक गोताखोर जिम्मी जोद्दीन त्यतिबेला अचम्ममा परे जब भेनिसमा उनका प्रेमीले उनलाई एउटा प्रश्न सोधे । वास्तवमा जिम्मी आफ्ना प्रेमी प्याट्रिक हबरसँग पानीमा डुङ्गा सवारीका लागि गएका थिए, त्यति नै बेला उनले प्रस्ताव गरे । यस्तो छ, यी दुई जोडीको लभ स्टोरी ।

व्यवसायिक रुपमा बडिबिल्डर र ग्राफिक डिजाइनर जर्मनीका प्याट्रिकले प्रेमी जिम्मीलाई कतै घुम्न जाने भन्दै आफ्नो ब्याग प्याक गर्न आग्रह गरे । कता जान लागेको केही नभनी ‘हामी त्यो ठाउँ जाँदै छौं जहाँ तिमी निकै पहिले देखि जान चाहन्थ्यौ’ भन्दै दुबै घुम्न निस्किए । त्यसपछि उनीहरु म्यूनिखबाट भेनिससम्म पुगे ।

२८ जुलाईमा जिम्मीका लागि त्यतिबेला यो कुरा सरप्राइज थियो जबसम्म पानीमा गोन्डोला राइडको क्रममा पेट्रिकले उनलाई प्रस्ताव राखे । प्याट्रिकले घुँडा टेकेर जिम्मीलाई प्रस्ताव राखे । प्रेमीले यस्तो प्रकारले प्रस्ताव राखेको देखेर जिम्मी चकित भए ।

प्याट्रिकले यी सबै बेलिबिस्तार आफ्नो इन्स्टाग्राम अकाउन्टमा वर्णन गरेका छन् ।

 

यसबारे एक अंग्रेजी वेबसाइटसँग कुराकानी गर्दै जिम्मीले आफू त्यतिबेला निकै अचम्ममा परेकाले उक्त पलबारे वर्णन गर्न नसक्ने बताएका छन् । उनले भने, ‘मलाई थाहा थिएन कि उक्त ट्रिप हाम्रो इन्गेजमेन्ट ट्रिप बन्नेछ । म यतिमात्र भन्न सक्छु कि त्यो पल यस्तो थियो जुन सधैंको लागि रोकिन चाहन्थ्यो, जसले मेरो निकै केयर गर्न चाहन्थ्यो र मलगायत मेरो परिवारको सधैंको प्रेमी बन्न चाहन्थ्यो ।’

प्याट्रिकले दुबैका लागि भ्रमणको आयोजना गर्नुका साथै एक फोटोग्राफरको पनि बन्दोबस्त गरेका थिए जसले उनीहरुको जीवनको महत्वपूर्ण पललाई क्यामरामा कैद गरिरहेकी थिइन् । प्याट्रिकले इन्गेजमेन्टका लागि औंठी पनि बनाएका थिए जसमा भित्रबाट दुबैको नामको पहिलो अक्षर लेखिएको थियो । दुबैले एक अर्काको नामको औंठी लगाए ।

प्याट्रिकको प्रस्तावलाई जिम्मीले स्विकार गरे त्यसपछि दुबैले एक अर्कालाई चुम्बन गरे ।

दुबैको भेट लगभग चार वर्ष पहिले फेसबुकमार्फत भएको थियो । प्याट्रिकले जिम्मीलाई मेसेजमार्फत उनी राम्रो देखिने बताएपछि उनीहरुबिच कुराकानी सुरु भएको हो ।

दुबैले एक अर्कालाई थुप्रै मेसेज पठाउन थाले, फोनमा लामो समयसम्म कुराकानी गर्न थाले । त्यसपछि पछिल्लो वर्ष दुबैको भेट भयो ।

प्याट्रिकका अनुसार जिम्मीसँग व्यक्तिगत रुपमा भेट्नु अघि नै उनलाई थाहा थियो कि ती एक विशेष व्यक्ति हुन सक्छन् । पहिलो पटक जब हामी भेट्यौं तब हामीले धेरै समय सँगै बितायौं, हामी सँगै हाँस्यौं, रमायौं र एक–अर्काको भावना साटासाट गर्यौं ।

दुबैले इन्गेजमेन्टपछि अब विवाह गर्ने सोच बनाएका छन् । दुबैको यो लभ–स्टोरी निकै रोचक छ र भाइरल भइरहेको छ । एजेन्सी

post image

भदौ ९,काठमाडौँ । प्रेम अन्धो हुन्छ प्रेममा न उमेर हेरिन्छ, न त जातपात । इण्डोनेसियाका ६२ वर्षका एक पुरुषले यसलाई प्रमाणित गरिदिएका छन् । ६२ वर्षका सुलेमान दायंग नगम्पाले आफूभन्दा ४४ वर्ष कान्छी युवतीसँग हालै बिहे गरे, त्यो पनि लभ पारेर । १८ वर्षकी डायना डायंग नगनियांग र ६२ वर्षका सुलेमानको लभस्टोरी अहिले चर्चामा छ । चर्चाको प्रमुख कारण उनीहरुबीचको उमेरको अन्तर र प्रेमको सुरुवात नै हो ।

एक वेबसाइटका अनुसार सुलेमान ५ सन्तानका पिता हुन् र उनका ९ जना नाति-नातिना पनि छन् । केही वर्ष पहिले उनकी पत्नीको मृत्यु भएको थियो । करीब एक वर्ष पहिले उनको चिनजान डायनासँग भयो र दुबैजना एक अर्काको प्रेममा परे । अन्ततः गत जुलाइ १६ का दिन आफ्ना छोराछोरी तथा नातिनातिनीहरुको उपस्थितिमै सुलेमानले डायनासँग बिहे गरे । समाचार अनुसार, डायनाका पिताले धातुका भाँडाकुँडा तथा औजार बनाउने काम गर्दछन् । आफ्नी पत्नीको मृत्युपछि सुलेमान प्रायः चक्कु तथा धातुका अन्य भाँडाकुँडा खरीद गर्न डायनको घरमा जाने गर्दथे । डायनाले ग्राहकको रुपमा आएका सुलेमानलाई सधैं कफी बनाएर खुवाउँथिन् । यसो गर्दागर्दै सुलेमान र डायनाले एक अर्कालाई माया गर्न थाले ।

करीब एक वर्षपछि सुलेमानले डायनासँग बिहेको प्रस्ताव राखे । डायना त बिहेको लागि तयार नै थिइन् तर हजुरबा उमेरको व्यक्तिसँग आफ्नी चेलीको बिहे गरिदिन समाज राजी भएन । तर समाजको बिरोध धेरै टिक्न सकेन । उनीहरुबीच बिहे भइछाड्यो । आफ्नो ४४ वर्ष जेठो पतिका बारेमा डायना भन्छिन्: मलाई सुलेमानको व्यक्तित्व निकै मन पर्दछ । मलाई विश्वास छ कि हाम्रो वैवाहिक जीवन निकै सफल हुनेछ । सुलेमान ५ सन्तानको पिता हुन् तर डायनाबाट पनि बच्चा पाउन चाहन्छन् उनी । एजेन्सी

 

post image

भदौ ६,काठमाडौँ । कुनै युवतीलाई दखेर आकर्षित हुने वित्तिकै एउटा प्रश्न उत्पन्न हुने गर्दछ कि उनी विवाहित हुन् वा होइनन् । तपाईको यो प्रश्नलाई हामीले केही सहज बनाइदिएका छौ । केही इशारा छन् जसलाई ख्याल गर्ने हो भने तपाईले थाहा पाउनु हुनेछ कि तपाईलाई मन परेकी युवती विवाहित छिन् वा छैनन्।

 केही टिप्स :

 १. यदि कुनै सामाजिक भेटघाट वा पार्टीमा उनी पटक पटक वा अचानक अथवा कुनै बहानाले तपाईतिर हेरिरहेकी छन् भने सम्भावना छ कि उनी अविवाहित अर्थात सिंगल छिन् । किनभने कुनै सम्बन्धमा बाँधिएका वा कमिटेड मानिस कसैतिर हेरिरहने गर्दैनन् ।

 

२. यदि उनीसंग तपाईको आँखा जुध्यो र उनको मुहारमा मुस्कान छायो भने बुझ्नुस् कि उनी मात्र सिंगल छैनन् तपाई प्रति आकर्षित पनि छिन् । तर ध्यान राख्नुस्, तपाईले उनीसंग प्रस्ताव राख्नुअघि उनका सबै इशारा सकारात्मक होस्।

३. यदि उनी कुनै युवकसंग कुरा गरिरहेकी छन् भने सम्भावना छ कि उनी एउटा आदर्श साथीको खोजीमा छिन् ।

४.शारीरिक भाषाले कुनै पनि व्यक्तिका बारेमा धेरै कुरा बताउने गर्दछ। यदि उनी मानिसहरुलाई छोइरहेकी छन् भने बुझ्नुस कि उनी सिंगल छिन् । यदि उनी सिंगल छैनन् भने न कसैको अजिक जान्छिन् न कसैलाई छुने प्रयास नै गर्ने छिन् ।

५. यदि उनी पार्टीमा कैयौ मानिसका साथ डान्स गरिरहेकी छन् भने तपाई निश्चित हुनुस् कि उनी सिंगल हुन् । किनभने कुनै पनि कमिटेड युवती यस्तो गर्दैनन् ।

६.यदि तपाई उनको इशारालाई बुझिरहनु भएको छैन भने सबैभन्दा राम्रो तरिका तपाई उनको मोबाइल नम्बर माग्नुस् । उनले भन्ने छिन् कि मेरो ब्वायफ्रेड छ। जे भए पनि तपाई कोशिस त गर्न सक्नु हुन्छ। यी कुराहरु ख्याल गर्ने हो भने कुनै पार्टीमा कुनै सिंगल युवती पहिचान गर्न सहज हुनेछ। एजेन्सी

post image

भदौ १,काठमाडौँ ।  आशा मारिसकेको कुनै हराएको वस्तु भेटिँदा कस्तो महसुस होला ? यो प्रश्नको जवाफ मेरी ग्राम्सले निकै राम्रो तरिकाले दिन सक्छिन् । १३ वर्ष पहिले मेरी ग्राम्सले क्यानडाको अल्बर्टामा आफ्नो बगैंचामा हिराको एक औंठी हराएकी थिइन् । यो सन् २००४ को कुरा हो । अब मेरीको उमेर ८४ वर्ष भइसकेको छ ।यतिधेरै समय बितिसकेपछि उक्त औंठी भेटिएला भन्ने उनले आश गरेकी नै थिइनन् जुन स्वभाविक पनि हो तर पछिल्लो दिन उनले उक्त औंठी आफ्नो बगैंचामा एक गाजरसँग भेटिन् ।

सायद भाग्य यसलाई नै भनिन्छ होला । मेरीले औंठी हराएको कुरा यतिका वर्षसम्म कसैलाई पनि भनेकी थिइनन् । गाली खाने डरले उनले उक्त कुरा श्रीमानलाई समेत बताएका थिएनन् तर उनको छोरालाई भने यसबारे थाहा थियो । गत सोमबार मेरीकी बुहारीले जब आफ्नो बगैंचाबाट गाजर उखेलिन् तब उक्त घटनाको पर्दाफास भएको हो । वर्षौंसम्म माटोमुनी रहेको औंठी उनकी बुहारीले गाजरमा फसेको भेटिन् ।

मेरीले औंठी हराएको कुरा लुकाउनका लागि बजारबाट एउटा सस्तो औंठी किनेर लगाएकी थिइन् जुन उक्त औंठीजस्तै देखिन्थ्यो ।हराएको औंठी भेटिएको यो पहिलो घटना भने होइन । सन् २०११ मा स्विडेनमा पनि यस्तै घटना सार्वजनिक भएको थियो जब एक महिलाले १६ वर्षपछि हराएको विवाहको औंठी भेटेकी थिइन् ।बिबिसी

post image

साउन ३२,चिन। चीनमा एक नया घटनाले स्थान पाएको जसलाई विश्वास गर्न गार्हो पर्छ । चीनको फुजान प्रान्तमा एक महिलाले आफ्नी नवजात शिशुलाई प्लाष्टिक ब्यागमा प्याक गरेर उनलाई अनाथालय कुरियर गरिदिइन् । कुरियरमा संलग्न व्यक्तिले प्याकेटमा हलचल देखेपछि यसबारे पुलिसलाई जानकारी दिए ।

कूरियर बोइका अनुसार महिलासँग प्याकेज लिनेबेला उनी एकपटक त्यसको परिक्षण गर्न चाहन्थ्यो तर महिलाले उनलाई यस्तो गर्नबाट अस्विकार गरे । उनले प्याकेजलाई अनाथालय पुर्याउने क्रममा थिए बाटोमा नै उनले बच्चा रोएको आवाज सुने । जब उनले प्याकेज खोलेर हेरे तब उनले त्यसमा नवजात बालिका भेटे । पेइचिङ न्यूजका अनुसार कुरियर बोइले पुलिसलाई यसको सूचना दिए । पुलिसले बालिकालाई आफूसँगै राखेर अस्पताल पठाए र महिलालाई हिरासतमा लिइयो ।

२४ वर्षीया महिला सिचुआन प्रान्तमा बस्छिन् । डाक्टरले नवजात शिशुको स्वास्थ्य स्थिर भएको बताए । सोसल मिडियामा समाचार भाइरल भएपछि थुप्रै प्रयोगकर्ताले बालिकालालई उनको अभिभावक नभई अनाथालय नै पठाउनुपर्ने सल्लाह दिएका छन् ।

 

post image

साउन २८,काठमाडौँ । केही मानिसहरुको भाग्यले पनि अचम्मको खेल खेल्ने गर्दछ । वर्षौं पहिले बिछोडिएकी आमा खोज्न निस्किएका एक श्रीमान्–श्रीमती त्यतिबेला अवाक भए जब उनीहरुलाई दुबैका आमा एउटै भएको थाहा भयो । स्पष्ट शब्दमा भन्ने हो भने श्रीमान्–श्रीमती आफ्नै दाइ बहिनी भएको रहस्योद्घाटन भयो । अंग्रेजी वेबसाइट द सनको स्तम्भ डियर डाइड्रीमा एक व्यक्तिले आफ्नो यो समस्या बयान गरेका छन् । स्मरण रहोस्, डियर डाइड्री यस्तो स्तम्भ हो जहाँ मानिसहरु आफ्नो समस्या वर्णन गर्ने गर्दछन् । ती व्यक्तिको नाम गोप्य राखिन्छ र उनीहरुलाई समाधानका उपाय सुझाइन्छ ।

के हो पूरा मामला ?

डियर डाइड्रीमा आफ्नो समस्या बारे वर्णन गर्दै ३९वर्षीय एक व्यक्तिले लेखेका छन् –

मलाई बाल्यकालदेखि नै थाहा