post image

जेठ २२,पोखरा। चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । पछिल्लो ६ महिना यता शैक्षिक परामर्श ब्यवसाय उतारचढावमा छ । ठूला लगानीमा खोलिएका ब्राण्डेड कन्सल्टेन्सीले समेत राम्ररी काम गर्न र विद्यार्थीलाई परामर्श गर्न सकिरहेका छैनन् । एक हिसाबले अहिले कन्सल्टेन्सी क्षेत्र धरासायी भएको छ ।

अस्ट्रेलियाको एआइविटी कलेजलाई त्यहाँको सरकारी निकायले खारेज गरेसँगै देखिएको विवाद र अन्यौलताले कन्सल्टेन्सी ब्यवसायीलाई प्रत्यक्ष रुपमा समस्या पार्यो । एआइविटी केसमा नेपाली शैक्षिक परामर्श ब्यवसायी मात्रै दोषि हुन् ? के नेपाली विद्यार्थीलाई कन्सल्टेन्सीहरुले जानीजानी खाडलमा हालेकै हुन् ? यसका विभिन्न फ्याक्टरहरुलाई नकेलाई दोष दिने काम मात्र भइरहेका छन् । जुन सरासर गलत हो ।

कन्सल्टेन्सीको भूमिका मलाई लाग्छ नेपालका कुनैपनि कन्सल्टेन्सीले जबरजस्ती विद्यार्थी पठाएका छैनन् । जो विद्यार्थी अस्ट्रेलिया अध्ययन गर्न भनेर आएका छन्, उनीहरुले यहाँको कानुन, सिस्टम, शिक्षा, पढ्ने कलेजको प्रर्याप्त जानकारी लिएका हुन्छन् । कन्सल्टेन्सीले विद्यार्थी उच्च शिक्षाका लागि अस्ट्रेलिया आउनुपूर्व विद्यार्थी र कलेजका विच मध्यस्तता गर्ने काम मात्र गर्छन् । अस्ट्रेलियाको शिक्षा प्रणालीलाई नै दोष दिएर कन्सल्टेन्सीले नेपाली विद्यार्थीको भविष्य विगारे भन्ने सन्देश फैलाइयो यो एकदमै गलत भयो । गलत अफवाहले निम्त्याएको समस्या पछिल्लो समय अस्ट्रेलियाको भिसा रेट दिन प्रतिदिन खस्कँदो छ ।

पहिला नेपाली विद्यार्थीका लागि भिसा दिने प्रक्रिया निक्कै प्रशसनीय थियो । तर, केहीले ५–७ लाख रुपैंयामा अस्ट्रेलिया जान पाईने, तुरुन्तै भिसा आयो भन्ने गलत अफवाह फैलाउँदै सस्तो मार्केटिङ गर्न थाले । केही ब्यवसायीहरुले अनईथिकल काम गर्दा मर्यादित भएर काम गर्नेले समेत शिर झुकाउनुपर्ने अवस्था भयो । फेसबुकका वालमा यस्ता कुरा पोस्ट गर्दा अस्ट्रेलियाले यो कुरालाई सोसल मिडिया मार्फत ट्रयाक गरेर गलत प्रचार–प्रसार गरेको थाहा भएको हुनाले भिसामा कडाई गरेको देखिन्छ । अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परे जस्ता गलत खबर आएपछि अस्ट्रेलियन सरकारलाई आफ्नो देशको नराम्रो प्रचारबाजी भयो भन्ने लागेर होला अहिले भिसामा कडाई गरेको । यो केसले अस्ट्रेलियालाई भन्दा नेपाली विद्यार्थीलाई असर गरेको छ ।

अस्ट्रेलिया गएर उच्च शिक्षा हासिल गर्छु, आफ्नो करियर बनाउँछु भन्नेहरुलाई समेत घात परेको छ । कन्सल्टेन्सीकै मात्र दोष हो त ? अस्ट्रेलियाको केसमा कन्सल्टेन्सीको मात्र दोष छैन । मुख्यतः अस्ट्रेलियन निकायले विदेशी विद्यार्थीको भिसा नीतिमा गरेको परिवर्तनले समस्या निम्तिएको हो । पोखरा, चितवनका लागि बसको टिकट काटेजस्तो होईन अष्ट्रेलिया जाने कुरा । भिसाको लागि बाटो खुलाउने काम कन्सल्टेन्सीकै हो । अहिले जतिपनि नेपाली विद्यार्थीहरु अस्ट्रेलिया गएर त्यहाँको बिकास, त्यहाँको प्रविधि, त्यहाँको शिक्षा प्रणाली देख्ने अबसर पाएका छन् त्यो कन्सल्टेन्सीकै कारण भएको हो । तथापि, कन्सल्टेन्सी आफैँ विद्यार्थीको घरमा गएर ल्याएका छैनन् । विद्यार्थीको रुची चाहना बमोजिम कन्सल्टेन्सीले परामर्श मात्र दिने हो ।

विद्यार्थी जुन मुलुक जान चाहन्छ त्यो मुलुकको बारेमा ६ देखि १२ पेजको एसओपी (स्टेटमेन्ट अफ प्रपोज) लेख्नुपर्छ । उक्त देश किन जाँदैछु ? कुन विषय अध्ययन गर्दैछु ? कुन कलेज जाने ? अध्ययन पुरा गरिसकेपछि के गर्ने ? जस्ता महत्वपूर्ण विषयमा विद्यार्थी आफैंले एसओपी तयार गर्नुपर्ने पर्छ । सम्पुर्ण कुरा जानेर गइसकेपछि पनि कन्सल्टेन्सीले ललाई फकाई गरेको हो भनेर आरोप लगाउन कत्तिको जायज हो त ? एसओपी पढ्नु पर्दैन ? पैसा कमाउनकै लागि अरुको भविष्य धरापमा राख्ने प्रबृत्ति राम्रो होईन । विद्यार्थीले पनि आफ्नो काम गर्न खेताला लगाउनु भएन ।

घरमा बाबु–आमा थर्काएर खाएको जस्तो विदेशी भूमिमा हुँदैन । त्यहाँ त त्यो देशको नियम कानुन अनुसार पढ्ने, निश्चित समय काम गर्ने हो । पढ्न गएको विद्यार्थीले काम गर्न सकिन भन्न मिल्दैन । अस्ट्रेलिया जाने वित्तिकै सुन फल्छ भन्ने सोच राखेका विद्यार्थीहरुको कारण यो अवस्था आएको छ । ठिक छ, कतिपय विद्यार्थी आफैं एसओपी लेखेनन् होला तर, अरुले लेखेको भएपनि केके लेखिएको रहेछ अध्ययन त गर्नुपर्छ नी !

भोक लाग्यो भन्दैमा उम्लिँदै गरेको भातमा हात चोबेर भोक मेटिँदैन । हो, त्यस्को लागि निश्चित समय पर्खनुपर्छ । हतारमा अरुको देखासिखीमा अस्ट्रेलियाका समुन्द्री किनारमा र पार्कमा फोटो खिच्नकै लागि हतारिएर गएका विद्यार्थीमा समस्या होला तर, अस्ट्रेलियाको हरेक विषय बुझेर, त्यहाँ आइपर्ने संभावित समस्यासँग जुध्नका लागि आफुलाई शारीरिक, मानसिक रुपमा तयार पारेर गएका विद्यार्थीमा कुनै समस्या छैन । के अस्ट्रेलिया असुरक्षित नै भएको हो त ? केहि साता अगाडी सञ्चारमाध्यममा आयो । ‘अस्ट्रेलियामा दिनरात काम गरी लखतरान भएर धेरै नेपाली विद्यार्थीहरु त्यहाँका पार्क र रेल्वे स्टेशनमा अलपत्र परेका हुन्छन् । मलाई अचम्म लाग्यो । केहि महिना अघि म अस्ट्रेलिया बसेर आएँ, त्यहाँका नेपाली विद्यार्थीहरुसँग प्रत्यक्ष सात्क्षात्कार हुने मौका पाँए । तर, एक जना नेपाली विद्यार्थीले पनि मलाई यस्ता कुरा गरेनन् । नेपालबाट अस्ट्रेलिया गएका विद्यार्थीले निश्चित घण्टा मात्र काम गर्न पाउँछन् । कलेज जानै पर्यो, नियम अनुसार काम पनि गर्नुपर्यो । सँगसँगै फिल्डवर्क, आफ्नो ब्यक्तिगत काम समेत गर्नुपर्दा एकदमै विजी हुन्छन् । यस्तो ब्यस्त जिवनमा कोही पार्क र रेल्वे स्टेशनमा सुस्ताउँछ भने त्यसलाई अलपत्र परेको कसरी भन्न मिल्छ ?

नेपाल र अस्ट्रेलियाको परिवेश फरक छ । त्यहाँ जताततै गार्डेन धुलो रहित सफा वातावरण र सुरक्षा छ । जुनसुकै ठाँउमा पनि बस्न, खान समस्या छैन । काम गर्नको लागि दिन रात भन्ने पनि हुँदैन । समय व्यवस्थापनको कुरा महत्वपूर्ण हो । यदी साँच्चिकै त्यस्तो दृश्य थियो भने, ति विद्यार्थीलाई नेपाल फिर्ता गर्न पहल गरौं न ! यसका लागि नेपाल सरकारले नै पहल गरोस । हामी ब्यवसायीले पनि अभियान थालौं । म दावीका साथ भन्छु अस्ट्रेलिया पुगेका १ प्रतिशत विद्यार्थी पनि यो अभियान सुरु गरे आउन चाँहदैनन् । कन्सल्टेन्सीलाई मात्र दोष लगाइरहने हो भने भोली नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने बाटो नै बन्द हुन्छ । यसले समग्रमा मुलुकलाई नै असर गर्छ ।

आज विदेश गएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीले एक दुई पैसा जोगाएर पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ । भोली त्यो बाटो पनि बन्द हुँदा समस्या झन बढ्छ । सजगताका उपाय समाधान हामीसँगै छ । सबैभन्दा पहिला जुनसुकै देश जाने भएपनि विद्यार्थीले त्यो देशको कानुन, शिक्षा प्रणाली, रहनसहन, कलेजको अवस्था, आइपर्ने समस्या र चुनौतिका बारेमा नेपालमै बुझेर अप्लाई गर्नुपर्छ । यसका अलावा आफुले परामर्श लिएको कन्सल्टेन्सी र काउन्सलरको लिगालिटी बुझेर गर्दा कुनै समस्या आउँदैन । र, यसका लागि विद्यार्थीले कुनै कोर्षको पाठ घोकेजस्तो गर्नुपर्दैन । अहिले हरेक विद्यार्थीको हत्केलामा विश्व अटाएको छ ।

इन्टरनेटको माध्यमबाट सम्पूर्ण जानकारी हासिल गर्न सकिन्छ । मात्र रिसर्च गर्नुपर्यो । कुनै कन्सल्टेन्सीले दिएको आश्वासनमा मात्र भरपर्नु भएन । नेपाल सरकारका आधिकारिक निकायसँग पनि जानकारी लिनुपर्छ । कन्सल्टेन्सीको ब्याकग्राउण्ड हेर्नुपर्छ । अस्ट्रेलियाको विकल्प हाम्रो देश विकासतर्फ लम्कदै गएको अवस्थामा धेरै दक्ष जनशक्ति आवश्यक छ । प्राविधिक जनशक्ति, डाक्टर, पाईलट, ईन्जीनियर सबै खालका दक्षता भएका व्यक्ति आवश्यक छन् । दक्ष जनशक्ति उत्पादनको लागि विकशित देशसम्म लैजाने पुलको काम कन्सल्टेन्सीको हो ।

अहिलेको अवस्थामा अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि हरेक कुराले सबैभन्दा उत्कृष्ठ देश हो । आर्थिक, शैक्षिक र अवसरका हिसाबले अस्ट्रेलिया भन्दा आकर्षक गन्तब्य नभएपनि अस्ट्रेलिया जत्तिकै राम्रा शिक्षा र अवसर भएका देश पनि नभएका हैनन् । युके, न्यूजल्याण्ड, क्यानडा इण्डिया, जापान लगायतका देशमा राम्रो शिक्षा प्रणाली छ । यूरोपका देशहरु पनि राम्रा छन् । कस्ता विषय अध्ययन गर्ने मुख्य रुपमा विद्यार्थीले पछि गएर देश विकास र समाज रुपान्तरणमा कस्तो विषय आवश्यक छ सोह अनुसार आफ्नो रुचि र सहजताको विषय रोज्नुपर्छ । पछिल्लो समय प्राविधिक सिप सहितका विषय विद्यार्थीका रोजाईमा परेका छन् । फार्मेर्सी, नर्सिङ, फिजियोथेरापी, डाइलोसिस टेक्नोलोजीलगायतका बिषयहरु मेडिकल क्षेत्रका विषय हुन् ।

ईन्जीनियरिङ क्षेत्रमा आर्किटेक्चर ईन्जीनियरिङ, सिभिल ईन्जीनियरिङ, एयरक्राफ्ट मेन्टिनेन्स ईन्जीनियरिङ, पेट्रोलियम ईन्जीनियरिङ, कम्युटर साइन्स इन्जिनियरिङ जस्ता विषयमा विद्यार्थी जाँदा राम्रो छ । यी विषय अध्ययन गर्न जाँदा भोली स्वदेश फकर्दा पनि मुलुकको विकासका लागि टेवा पुग्छ । (लेखकः क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका संस्थापक निर्देशक हुन् ।)

post image

सिड्नी । नेपालको रौतहट जिल्लामा जन्मीएका र करीव १० बर्ष चितवनमा बिताएका ३६ बर्षिय रञ्जित शाह अध्ययनका लागि एक दशक अघि अष्ट्रेलिया प्रबेश गरेका थिए । प्रारम्भमा जे गरेर भएपनि अष्ट्रेलीयामा टिक्नु पर्छ भन्ने मनशायकासाथ आफ्नो काम शुरु गरेका रञ्जितले सन् २०१५ मा रामा फ्यासिलीटी म्यानेजम्यान्ट प्रालि कम्पनी शुरु गरे । नेपाल तथा बिश्वका बिभिन्न मुलुकहरुवाट अध्ययनका शिलशिलामा यहाँ आएका विद्यार्थीहरुलाई सजिलै काम प्राप्त होस् र उनिहरुले आफ्नो अध्ययन सँगसँगै यहाँ बस्नका लागि पनि सहज होस् भन्नका लागि सानो स्केलमा ब्यवसाय शुरु गरेका रञ्जितले हालका दिनसम्म आईपुग्दा करीव २ सय जनालाई काम दिईरहेका छन् । क्लिीनिङ्ग क्षेत्रमा राम्रो स्कोप देखेका रञ्जितले त्यही क्षेत्रमा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि मार्फत काम गरीरहेका छन् । रञ्जितले केवल अष्ट्रेलियाको सिड्नीमा मात्रै नभएर रामा फ्यासिलिटि प्रालि मार्फत नेपालमै ब्यावसाय संचालन गर्ने तयारीमा जुटेका छन् । अष्ट्रृेलियामा मिहेनत गरेर अघि बढ्ने हो भने निकै सम्भावना रहेको बताउने ,रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिका प्रबन्ध निर्देशक रञ्जित शाहसँग अनलाईनसमय डटकमले गरेको कुराकानी ।

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

मेरो अष्ट्रेलियाको पारामाटामा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि रहेको छ । यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यार्थीहरुदेखि लिएर कामको खोजीमा रहेकाहरुलाई सजिलै काम प्रदान गर्दछ । त्यसरी नै यस कम्पनी मार्फत हामीले काम खोज्न आउनेहरुलाई क्लिनिङ्ग सम्वन्धी काम, उचित परामर्श, विद्यार्थीह्रुका लागि कोठा भाडा,गाडी चलाउन सिकाउने लगायतका कुराहरु तथा सहयोग गरीरहेका छौं ।

दिनचर्या कस्तो चलिरहेको छ ? सधै फोनमै झुम्मीरहेको देख्छु ?

हो हेर्नुस् न बिहानदेखि अहिलेसम्म फोन बजेको बज्यै छ । यहाँले देखिनै रहनु भएको छ । मेरो दिनचर्या भनेकै हामीले काम गरीरहेका सिड्नीका बिभिन्न क्षेत्र तथा स्थानहरुमा के कस्तो काम भईरहेको छ, हाम्रो कामप्रतिको सन्तुष्टी कस्तो छ ,हाम्रा साथीहरुले के–कसरी काम गरीरहनु भएको छ, उहाँहरुको अवस्था तथा उहाँहरुको कामको बारेमा बिहानै जानकारी लिने गर्दर्छु । त्यसरी नै कसैलाई केही समस्या भएको अवस्थामा म आफै त्यही स्थानमा पुगेर उनिहरुलाई सघाउ पुग्ने का मगर्दै आईरहेको छु । त्यसरी नै फोनमा समेत हाम्रा कर्मचारी तथा सहकर्मीहरुले के कसरी काम गरीरहेका छन् भन्ने बारेमा निरन्तर रुपमा अपडेट लिने काम गर्ने गर्दर्छु । त्यती मात्रै होईन, कामका लागि आईपर्ने समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा निरन्तर क्लाईन्टसँगको सम्वन्वय सहकार्य र आपसी सरसल्लाहमा कामहरु अघि बढाईरहेका छौं । अब फोनको कुरा गर्नु पर्दा यही फोनकै भरमा मैले सबै कर्मचारीदेखि लिएर काममा गएका साथीहरुसँग सम्पर्क गर्ने भएकाले मात्रै ब्यस्थ भएको देखिन्छ ।

तपाईको अष्ट्रेलिया अनुभव बताई दिनुस् न ?

सन् २००८ को डिसेम्बरमा म अष्ट्रलिया आएको हुँ । साथीभाईहरुको सहयोगमा यहाँ केही कामहरु गर्न थाले । त्यो बेला बिश्वमा नै कामको निकै संकटको अवस्था थियो । त्यस्तो अवस्थामा मैले काम पाउँदा म निकै खुशी भएँ । मैले पहिलो दिन काम सिड्नीवाट करीव ६० किलोमिटर टाढा क्यामदेनमा रेष्टुरेन्ट क्लिनिङ्गको पाएको थिए । जहाँपुग्न १३ डलर भाडा लाग्थ्यो भने मैले दिनभर काम गरेको ४७ डलर पाएको थिए । तर त्यही काम र त्यही ४७ डलर नै मेरो लाईफको टर्निङ्ग प्वाईन्टका रुपमा रह्यो । मैले त्यस पछि निरन्तर रुपमा क्लिनिङ्गको कामहरु गर्दै गएँ । मलाई यति भनिरहँदा गर्भ महशुष हुन्छ कि, अरुले ११ बर्षमा थुप्रै विश्वविद्यालयका डिग्री लिए होलान् तर मैले क्लिनिङ्ग सेक्टरमा पिएचडी गरेको जस्तो महशुष हुन्छ । हालका दिनसम्म पनि सो रेष्टुरेन्ट मैले संचालन गरीरहेको कम्पनी मातहतवाट सेवा लिईरहेको छ र मैले सेवा प्रदान गरी नै रहेको छु । सन् २०१५ मा आएर मैले अब आफुले मात्रै काम गरेर हुदैन अरु साथीहरुलाई र नेपालवाट आएका विद्यार्थीह्रुलाई पनि काम दिनु पर्छ भन्ने मनशायकासाथ रामा फ्यासिलिटि प्रालि संचालन गरीरहेको छु र हालका दिनमा आईपुग्दा हाम्रो कम्पनीमा करीव २ सयको हाराहारीमा साथीहरु काम गरीरहेका छन् । यो नै मैले मेरो सफलता मानेको छु भने सयौ विद्यार्थीहरुलाई यसरी काम लगाउन पाउँदा म निकै खुशी छु र आगामी दिनहरुमा समेत यो पेशामा दृढताकासाथ लागीरहने प्रतिबद्धता जनाउादँछु ।

अष्ट्रेलिया अध्ययन गर्न आईरहेका र आउन चाहने विद्यार्थीलाई यहाँको सुझाव के छ ?

सबैभन्दा पहिला त तपाईहरु अध्ययन गर्न आउनु भएको छ भने अध्ययनलाई पहिलो प्राथमिकता दिनुस् । अध्ययन सँगसँगै तपाई यहाँ बाँच्नका लागि पनि काम त गर्नेपर्छ । अर्को कुरा तपाई अष्ट्रेलिया अध्ययनका लागि आउँदै हुनुहुन्छ भने नेपालमै राम्रोसँग गाडी चलाउन सिकेर नेपाली लाईसेन्स लिएर आउनुस् । किनकि नेपाली लाईसेन्सले अष्ट्रेलियामा गाडी चलाउन पाईन्छ । गाडी चलाउन जान्यो र तपाईसँग गाडी छ भने यहाँ काम पाउन र गर्न निकै सजिलो हुन्छ । त्यसरी नै यहाँ अष्ट्रेलियामा केवल किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक र ब्यवहारीक सिप हुनु जरुरी छ । सिप भयो भने तपाईले यहाँ काम सजिलै पाउन सक्नुहुन्छ । त्यसैले म सबै विद्यार्थी तथा अभिभावकहरुलाई के भन्न चहान्छु भने तपाई आफ्ना नानीबाबुहरुलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउँदै हुनुहुन्छ भने केही सिप सिकाएर पठाउनुस् ।

अर्को कुरा यहाँ अध्ययन गर्न आउने विद्यार्थीह्रुले समेत के ध्यान दिनु जरुरी छ भने अष्ट्रेलियामा कुनै डलरको रुख छैन कि, यहाँ आउने बित्तिकै पैसा फलिहाल्छ, त्यसैले तपाईहरु जहाँ जे पढ्न आउँदै हुनुहुन्छ, कम्तीमा एक बर्षको फि नेपनलवाटै तिरेर आउनुस्, त्यसले तपाईलाई यहाँ काम गर्न तथा अध्ययन गर्न निकै सजिलो हुनेछ । नत्र भने तपाईलाई निकै आर्थिक समस्या पर्न सक्दछ । किनकी यहाँ भन्ने बित्तिकै काम पाउन त्यती सजिलो छँदै छैन ।

अष्ट्रेलियाको सिड्नीमा यहाँले थुप्रै विद्यार्थीहरुलाई काम दिईरहनु भएको छ ? उनिहरुसँगको काम गराईकोे सुझाव कस्तो रहेको छ ?

जनकजी, तपाईले निकै रमाईलो प्रश्न गर्नुभयो,यहाँ अध्ययन गर्न आएका जति पनि  विद्यार्थीहरु छन् । सबै नयाँ हुन्छन् । उनिहरुलाई यहाँको अवस्थाका बारेमा र कामको बारेमा खासै जानकारी हुदैन । हाम्रोमा त्यस्ता थुप्रै विद्यार्थीहरु आउँछन् । हामीले उनिहरुलाई काम सिकाएर काम पनि दिन्छौं । त्यती मात्रै होईन, हामीले नयाँ विद्यार्थीहरुलाई कसरी यहाँ कोठा लिने, कसरी बस्ने, कसरी काम खोज्ने, कसरी काम दिने र के काम गर्दा कस्तो हुन्छ , अष्ट्रेलियामा कसरी सफल जिवन बिताउन सकिन्छ भनेर पूर्ण रुपमा काउन्सिलिङ्ग गर्ने गर्दछौं । अब प्रसंग रह्यो, नेपाली विद्यार्थीहरुले कस्तो परफमेन्स गरीरहेका छन् भने यहाँ आएका र काम गरीरहेका जति पनि विद्यार्थीहरु छन् उनिहरुले निकै राम्रो परफमेन्स गरीरहेका छन् । उनिहरुको काम देखि सबै जना निकै खुशी छन् । नेपालीहरुले अरुलेभन्दा बढी मिहेनत गर्ने भएकाले पनि यहाँ निकै सफल भएर उद्यमी बनीरहेको मैले देखेको छु ।

नेपालमा अझै पनि सबल दक्ष र सक्षम जनशक्ति पाउन निकै गाहे छ ? तर तपाईले संचालन गरीरहनु भएको ब्यवसायमा थुप्रै दक्ष जनशक्तिहरु काम गरीरहेका छन् । नेपाललाई सिपयुक्र जनशक्ति तयार पार्नका लागि के गर्नु पर्ला जस्तो लाग्छ ?

हेर्नुस्,यो अष्ट्रेलियामा तपाईसँग सिप छैन र ब्यवहारीक ज्ञान छैन भने बाँच्न नै निकै कठीन हुन्छ । नेपालको शिक्षा नै बढी घोकन्ते र किताबी भएकाले पनि त्यहाँ बढी प्रयोगात्मक र सिपयुक्त जनशक्ति उत्पादन हुन नसकेको मैले महशुष गरेको छु । तर पछिल्लो समयमा आएर नेपालमा पनि बिभिन्न प्राविधिक तथा ब्यावसायीक शिक्षण संस्थाहरु खुल्दै जानु, टेफका कोर्षहरु नेपालमै संचालन हुनुलाई मैले सकारात्मक रुपमा लिएको छ ु । त्यसरी नै अब नेपालमा पनि विद्यार्थीहरुलाई सिपयुक्त र प्राविधिक शिक्षा प्रदान गर्दै अघि बढेको खण्डमा नेपालको पढाई निकै नै उत्कृष्ठ छ भन्ने मलाई लाग्दछ । यही अष्ट्रेलियाकै ठूला–ठूला युनिभसिर्टीहरु समेत नेपाली विद्यार्थीले टप गरीरहेको हामीले सुन्दछौं । त्यसैले अव सरकारले प्राविधिक, ब्यवासीक र सिपयुक्त शिक्षा तर्फ जोड दिनु जरुरी छ ।

तपाई त  एसोसिएसन अफ तराई ईन अष्ट्रेलीया एन्टाका उपाध्यक्ष समेत हुनुहुन्छ ? नेपाली समुदाय र नेपालको लागि यस संस्थाले के–कस्ता कामहरु गर्रीरहेको छ ?

हो यहाँले भने जस्तै म अष्ट्रेलीयामा रहेको एसोसिएसन अफ तराई ईन अष्ट्रेलियाको उपाध्यक्ष हुँ । यो संस्था भनेको तराई मधेशका बिभिन्न जिल्लाहरुवाट अष्ट्रेलीया आएकाहरुको साझा चौतारी हो । हामीले एन्टा मार्फत बार्षिक रुपमा छठ, होली लगायतका बिभिन्न साँस्कृतिकपर्वहरु समुदायसँग मिलेर मनाउँदै आईरहेका छौं । त्यसरी नै हामीले आफ्नो देशको लागि केही गर्नु पर्छ भन्ने सोच बनाएर एन्टा मार्फत हरेक बर्ष तराई मधेशमा रहेका जेहेन्दार बिद्यार्थीहरुका लागि पाँच लाख रुपैंयाको छात्रबृती प्रदान गर्दै आईरहेका छौं । जुन छात्रबृती अन्र्तगत यस बर्ष जिवित शहीद सप्तरीका देवनारायण विश्वासका छोराले काठमाण्डौमा सिएको अध्ययन गरीरहेका छन् । त्यसरी नै हामीले बिभिन्न सामाजिक क्षेत्रमा समेत एन्टा मार्फत र मैले ब्यक्तिगत तवरले समेत काम गरीरहेको छु ।

अष्ट्रेलियाको  सिड्नीमा रामा फ्यासिलिटि प्रालिले जे जसरी काम गरीरहेको छ , यसलाई नेपालसम्म पुर्याउने कुनै योजना छ त तपाईसँग ?

पक्कै पनि जनकजी, रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले निकट भबिष्यमा नै काठमाण्डौमा एक गुणस्तरीय सेवा प्रदायक संस्था स्थापना गर्ने तयारी गरीरहेको छ । अन्तराष्ट्रिय सिपलाई नेपाली बजारसम्म पुर्याउने उद्धेश्य सहित रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले नेपालमा पलम्बीङ्ग, ईलेक्ट्रीसियन, क्लिनिङ्ग लगायतका गुणस्तरीय सेवाहरु आम उपभोक्ता समक्ष पुर्याउने योजना सहित हामी अघि बढीरहेका छौं । म यहाँलाई जोड्न चाहन्छु, तपाईको घरमा धारा बिग्रियो पानी आएन, यदी तपाईले पलम्बर खोज्न जानुहुन्छ भने कहाँ पाउने, कुनै स्थायीत्व नै छैन र पाएको खण्डमा पनि मलाई फुर्सद छैन, यति दिनपछि आउनुस् भन्ने जवाफ आउँछ । त्यसैले हामीले संचालन गर्ने रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले सबै सेवाहरु अनलाईन मार्फत निश्चित समयमा प्रदान गर्नकै लागि नयाँ सोच, नयाँ बिचार र अन्तराष्ट्रिय स्तरको सेवा दिने मनशाय सहित नेपालमा लगानी गर्न ईच्छुक रहेका छौं । छिट्टै तपाईहरुको सेवामा हाजीर हुने प्रतिबद्धता जाहेर गर्दछौं । धन्यवाद ।

दुस्मनी बढाउँदै कुकुर

प्रकाशित मिती : Monday
post image

बिनिता सिवाकोटी मंसिर २४ , काठमाडौं । झण्डै ३० हजार वर्ष पहिलेदेखि मानिसले कुकुरलाई घरपालुवा जनावर बनाएको हो ।कुकुर सबैभन्दा इमान्दार तथा बफादार प्राणी मानिन्छ । त्यसैले कुकुरले जनावरहरुमा सबैभन्दा धेरै मानिसको माया पाउन सफल भएको छ र भाग्यमानी कुकुरहरु दुनियाका करोडौँ गरीब मानिसहरुको भन्दा भव्य जिवनशैली बाँचिरहेका छन् ।

घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ ।

तर आजकल यिनै कुकुरले गर्दा समाजमा धेरै समस्याहरु निम्तिन थालेको छ । केहिदिन अघिको कुरा हो एकाबिहानै २ छिमेकीहरुको ठुलो आवाज सुनियो । उनीहरु नेवारी भाषाबाट झगडा गरिरहेका थिए , झगडा यति बढ्यो की उनीहरुले एक अर्का माथि नै हात छाडे ।

एकजना नेवारी भाषा बुझ्ने आन्टीबाट थाहा भयो उनीहरु घरमा पालेको कुकुरको कारणले झगडा गरेका रहेछन । खास कुरो के रहेछ भन्दा एक छिमेकीको कुकुरले अर्को छिमेकीको सागबारी माडेर सबै नष्ट गरिदिएछ ।

उनि भनिरहेका थिए एक चोटी हैन २ चोटी हैन कति पटक तेरो कुकरले मेरो बालि बिनास गरिसको आवेसमा आएका छिमेकीले कुकुर मारिदिने सम्म धम्कि दिन चुकेनन् ।

२/३ दिन अघि मात्र घरबेटी आमै र भाडामा बस्नेबीच झगडा चर्कियो , कारण थियो कुकुर ! संधै कुकुरले मुनि प्यासेजमा हगीदिदा र मुतिदिदा दिक्क बनेका तल्लो तलाका सबै जना घरबेटी माथि खनीए । एउटी दिदीले त कुकुरको दिसा माथि घरबेटीकै कोठामा सम्म राखीदिईन । अब के चाहिन्थ्यो घरबेटी आमैलाई बर्सिन थालिन सबै माथि !!

आमै – तिमीहरुले के खोजेका हँ , मेरो कुकुरले आफ्नै घरमा हगेको हो अरुको घरमा गएर त हगेको छैन नि मेरो कोठामा कुकुरको गु ल्याएर राख्ने तिम्रो त्यत्रो हिम्मत , आजै निस्केर जाओ चित्त नबुझ्ने जति  !

भाडावाल – तपाइको घर हो भन्दैमा हामी संधै तपाइको कुकुरको गु सोर्न सक्दैनौं , की तलब देर राख्नुभाको छ हामीलाई !!

आमैले चर्किदै भनिन , तिमीहरुले खाएपछी ट्वाइलेट जान्छौ भने यो कुकुरले खाएपछी हग्छ त !!

भाडामा बस्ने एउटी दिदिले तुरुन्तै फर्काइन त्यसो भए कुकुरलाई नि ट्वाइलेट बनाइदिए भो नि हामीले रोकेको छौं र ??

यस्तै भनाभन गर्दै सबै आफ्नै कोठामा छिरे तर आमैले कुकुरको गु सोरिनन !!

कुकुरलाई ट्वाइलेट चाहिएकै हो त ?

आजकल सोख र सानको लागि धेरै जसोले कुकुर पालेका हुन्छन तर उनीहरुको दिसापिसाबको लागि कुनै ब्यबस्थापन गरिएको पाइंदैन । त्यहि कुकुरको खानपान को लागि धेरै खर्च गर्ने मानिसहरुले उसको ट्वाइलेटको लागि भने सडकमा छाडीदिन्छन ।

त्यसो त हरेक बिहान कुकुर डुलाउने निहुँमा बाटोमा दिसापिसाब गराएर घरमा ल्याउने चलन आजको भने हैन । मान्छेलाई बाटोमा दिसापिसाब गर्न रोक लगाउने हाम्रो समाज कुकुरलाई भने खुलेआम दिसापिसाब गराईरहेका हुन्छन मानौं त्यसो गर्दा उनीहरुको सान बढिरहेको छ ।

कुकुरलाई घरमै दिसा गराउन महानगरपालिकाको आग्रह

 कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह समेत गरेको थियो  ।

कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने गर्दछ ।

कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फेसल कोलीफर्म ब्याक्टेरिया हुने र उक्त जीवाणु मानव जीवनका लागि अत्यन्तै हानिकारक हुने भएकाले घरपालुवा कुकुरलाई घरको निश्चित स्थानमा नै दिसा गराउन महाशाखाले आग्रह गरेको हो ।

अहिले धेरै घरपालुवा कुकुरलाई घर बाहिरको खाली स्थानमा दिसापिसाब गराउने प्रचलन छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म र टेपवर्मजस्ता जुका उत्पादन हुने र ती मानिसको शरीरमा प्रवेश गर्दछन् ।

यी त केहि उदाहरण मात्र हुन् कुकुर पाल्ने व्यक्तिले ध्यान नपुर्याउंडा यस्ता समस्यामा बृद्दी नहोला भन्न सकिन्न ।

 

 

 

post image

बिनिता सिवाकोटी , कात्तिक १६, काठमाडौँ ।   यस्ता थुप्रै हत्याकाण्ड छन् , बर्षौ बित्दा पनि यी हत्याकाण्डको रहस्य आज सम्म रहस्य नै बनेको छ यसको लिस्टमा अर्को एक हत्याकाण्ड थपिने सम्भावना दिनप्रतिदिन बढ्दै छ त्यो हो निर्मला पन्त हत्याकाण्ड !

साउन १० गते साथि रोशनी बमको घरमा होमवर्क गर्न गएकी कंचनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको घर फर्किने क्रममा बलात्कारपश्चात हत्या भएको थियो । उनको शब साउन ११ गते बिहान उखु बारीमा फेला परेको थियो ।

शब फेला परेकै दिन देखि सबुत मेटाउन हरेक प्रयास गरिएको यस हत्याकाण्डको कहिले फेला पर्छ दोषी ? कहिले पाउने अबोध बालिका निर्मलाले न्याय ? घटना भएदेखि न्यायका लागि सुरु भएको आन्दोलन आजसम्म रोकिएको छैन ।पीडित परिवार र स्थानीय महिलाको सय दिन न्याय माग्नमै बितेको छ ।

घटना भएको २५ दिनपछि प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप शिंह बिष्टलाई लगभग अभियुक्त साबित गरिसकेको थियो , पछी भाग्य बस डीएनए म्याच नभएपछी उनि निर्दोष साबित भए ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न खटिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईबी टोलीमाथि गम्भीर प्रश्नचिह्न समेत उठ्यो।

दिलीप निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लियो । सबैको नजर निर्मलाकी साथी रोशनी बम र बबिता बममा पर्यो , स्थानीयको दबाब पछी उनीहरुमाथि छानबिन गरियो अन्तत उनीहरुको पनि हत्यामा संलग्नता देखिएन ।

यसैको अनुसन्धानका नाममा आधा दर्जनभन्दा बढी टोली गठन भए । अनुसन्धानमा भएको लापरबाहीकै लागि पनि गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति र प्रहरी प्रधान कार्यालयले समेत समिति गठन गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोग टोलीले पनि अनुसन्धानमा भएको लापरबाहीको छुट्टै छानबिन गरेर सरकारलाई निर्देशन समेत दिइसकेको छ । कंचनपुरमा धेरै बिशेष टोलीहरु अनुशन्धानमा खटीदा पनि नतिजा शुन्य बराबर किन ?

प्रहरीको अर्को निशानामा थिए बलात्कार पछि हत्याको अनुसन्धानमा शुरु देखि नै लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका तत्कालिन एसपी डिल्ली बिष्ट । एसपी बिष्ट र उनका छोराको पनि प्रहरीले डीएनए टेस्ट गर्यो , डीएनए म्याच भएन तर एसपी बिष्ट भने बर्खास्त भए ।

त्यसपछी प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परे । चाँदनीले मृतक निर्मलाको लुगा पखालेर सबुत मेटाएको आरोप खेपीरहेकी थिइन अन्तत उनलाई पनि अनुसन्धानकै दायरामा ल्याएर बर्खास्त गरियो ।

गएको ३ महिनामा धेरै प्रहरीको बिशेष टोली कंचनपुरमा पुगे धेरै प्रहरीहरु बर्खास्त समेत भए तर नतिजा शुन्य भयो कुनै अनुसन्धानले पनि आज सम्म कमाल देखाउन सफल भएन ।

किन सफल भएन त प्रहरी प्रशासन अपराधि पत्ता लगाउन , प्रहरी प्रशासनकै मिलेमतो छ भनेर पनि धेरै मानिसले औल्याए तर यथार्थ के ? निर्मलालाई न्याय दिलाउने क्रममा अर्का एक व्यक्तिले सम्म ज्यान गुमाए , उनलाई न्याय दिलाउन सर्वसाधारणले पनि अथाह प्रयास गरे , र्याली निकाले, जुलुस निकाले , बन्द हड्ताल गरे तर सबै प्रयास विफल भयो ।

निर्मलाका आमाबुवाले न्याय माग्नकै लागि मुख्यमन्त्रीलाई दुईपटक भेटे । न्यायकै लागि एक सातासम्म काठमाडौँ बसेर प्रधानमन्त्री, गृहमन्त्रीसँगै राष्ट्रिय मानव अधिकार आयोग टोलीलाईसमेत भेटेका छन् । सुरुदेखि नै प्रहरीले अनुसन्धानमा गरेको लापरबाही र अहिले भइरहेको अनुसन्धान पनि सन्तोषजनक नभएको पीडित परिवारको गुनासो छ । निर्मलाकी आमाले त अपराधी पत्ता लाग्ने सम्भावना दिनप्रतिदिन कम हुदैं गएको महशुस गरेकी छन् ।

के अब पाउँदिनन त निर्मलाले न्याय  , के अपराधि यसरी नै गुमनाम भइरहन्छ त , के भीआइपी को हत्याकाण्ड रहस्य बने जस्तै रहस्य नै बन्ला त निर्मला हत्याकाण्ड , के भीआइपी नै भएकी हुन् त १३ बर्षिय अबोध बालिका निर्मला ??

post image

भदौ २७, काठमाडौं ।

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे

‘अरे’ अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, अा-अाफ्ना रंगमञ्चमा । पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् ।

हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताकालागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ?

सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्धदिने खालको होस् । रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।

‘तीज’लार्इ महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।

अाजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

‘तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलार्इ यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलार्इ झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।

अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है । अनि सम्पूर्ण महिलाबृन्दहरु, चाहे तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ यो पावन चाडको शुभकामना । सुयोग ढकाल

post image

जेठ ३०,काठमाडौँ। श्रीमद्भागवत महापुराणको “गजेन्द्र मोक्ष” खण्डलाई अनुष्टुप छन्दमा नेपालीमै पढ्न पाइने भएको छ ।  ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ८ शंखादेबी निवासी कबि राजु आचार्यले “गजेन्द्र मोक्ष” कृतिलाई बजारमा ल्याएका हुन्।

अध्यापन पेशामा संलग्न रहँदै आएका आचार्यले यसअघि पनि मोडन म्याथम्याटिक्स अन रियल वर्ल्ड प्राक्टिस , संछिप्त देबी भागवत, नवाह चन्द्रिका र राजा हरिस चन्द्रको कथा बजारमा ल्याइसकेका छन् ।

स्वर्गीय पिता बिश्वनाथ आचार्यप्रति समर्पित गजेन्द्र मोक्ष मंगलबार एक समारोहका बीच ललितपुरको ज्वागलमा सार्वजनिक गरिएको हो ।कार्यक्रमको मुख्य अंशमा उपस्थित अतिथिहरुले कबिताका मुख्य अंश बाचन गरी पुस्तक बिमोचन गरिएको थियो ।

लोकोपकारका लागी सबैले बुझ्ने भाषामा लेखिएको उक्त कविताले भौतिकतामा रुमलिएका मानबलाई सत्मार्गमा ल्याई आध्यात्मिक चिन्तनको बाटोमा अघि बढ्न मद्दत पुर्याउने कुरा उक्त लोकार्पण कार्यक्रममा लेखक आचार्यले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा समाजसेवी तथा ज्वागल टोल सुधार समितिका सदस्य शिब अर्यालले गजेन्द्र मोक्ष कबिता बाट सामान्य लेखपढ गर्न सक्ने जो कोहिले साहित्य सुधारस चाख्न पाउने कुरा  जानकारी गराउंदै लेखकलाई भविष्यमा पनि यस्ता कृतिहरु सरल भाषामा उपलब्ध गराउनका लागि उत्प्रेरणा प्रदान गर्नुभएको थियो ।

सोही बिमोचन कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्दै बरिष्ठ कृषि बैज्ञानिक मधुसुदन उपाध्यायले गजेन्द्र मोक्ष कविताले हामिभित्रको अहंकारलाई मेटाएर आध्यात्मिक चिन्तनमा लाग्न उत्प्रेरणा मिल्ने बताउनु भयो । पाठकहरुले यसलाई अध्ययन गरी यसको सारलाई ग्रहण गरिदिनुहुन समेत उपाध्यायले आग्रह गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा सुरसुधा समुहबाट गजेन्द्र मोक्ष कै कविता संगीतका साथ बाचन गरिएको थियो ।कबि आचार्यले भबिष्यमा पनि आध्यात्मिक चिन्तनमा आधारित अन्य लेख रचनाहरु प्रस्तुत गर्ने प्रतिबद्दता जनाउनु भयो ।

बिमोचन कार्यक्रममा पत्रकार, समाजसेवी, र आध्यात्मिक चिन्तनमा लागेका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो पुरा पुस्तक पढ्न तलको लिंकमा थिच्नुहोस  ।

Gajendra moksha

post image

सविन शर्मा, जेठ ३०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेतृत्वको सरकारले संविधान संशोधनको तयारी थालेको छ । यसका लागि (ने क पा) का शीर्ष नेता आफैंले संवाद अघि बढाएका छन् । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग बमोजिम सरकारले संशोधनको तयारी सुरु गरेको हो । राजपा नेपाल र फोरम नेपालले प्रस्तुत गरेको ११ बुँदे संविधान संशोधन मागमध्ये दुईवटा मागमा मात्र संशोधन गर्न सरकार तयार भएको बालुवाटार स्रोतले जनाएको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोसँग (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको प्रक्रिया अघि बढाउने विषयमा पटकपटक छलफल गरेका छन् । नागरिकता र भाषाको विषयमा संविधान संशोधन गर्न सरकार तयार भएको राजपा नेपालका एक नेताले जानकारी दिए । ‘अरू–अरू विषयमा छलफल हुँदै गर्छन्, तत्काल यी दुईवटा विषयमा छलफल गरी टुंगो लगाउन सरकार सहमत भएको छ,’ ती नेताले भने । भाषा आयोगको सिफारिसमा सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गर्ने र त्यसलाई संविधानको अनुसूचीमा थप गरेर भाषालाई सम्बोधन गर्नुपर्ने राजपा र फोरम नेपालको माग छ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा आफ्नो देशको नागरिकता त्याग्ने कारबाही चलाएपछि नेपालको वैवाहिक अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरी नागरिकता विवाद सम्बोधन गर्नेगरी सहमति भएको छ । ५ भदौ २०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संसद्मा संशोधन विधेयक प्रस्तुत गरेको थियो । तर, बहुमतले सो विधेयक अस्वीकृत गरेको थियो । त्यसबेला बैठकमा निर्णयार्थ पेस भएको संविधानको दोस्रो संशोधनको विधेयकको पक्षमा दुई तिहाइ मत पुग्न सकेको थिएन । ५५३ मतमध्ये प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत परेको थियो । तर, पक्षमा परेको मत संसद्मा तत्काल कायम ५९२ को दुई तिहाइ नपुगेकाले सो विधेयक अस्वीकृत भएको थियो ।

तत्कालीन समयमा कांग्रेस, माओवादी केन्द्र तथा फोरम र राजपाले सो विधेयकको पक्षमा र तत्कालीन एमाले र केही साना दलले सो विधेयकको विपक्षमा मत हालेका थिए । विधेयक अस्वीकृत भए पनि राजपा र फोरम नेपालले त्यसलाई मुख्य मुद्दा बनाएर निर्वाचनमा भाग लिएका थिए । मधेसी जनताको भावना अनुसार जसरी पनि संविधान संशोधन गराउने भनी प्रतिबद्धता जनाउँदै निर्वाचन जितेका फोरम र राजपाले सरकारमा संशोधनका लागि निरन्तर दबाब दिइरहेका छन् । (नेकपा) ले आफ्नो नेतृत्वको सरकारमा राजपा र फोरम नेपाललाई सहभागीका लागि निरन्तर आग्रह गर्दै आएकोमा संविधान संशोधनलाई मुख्य सर्त बनाएर फोरम सरकारमा गइसकेको छ । फोरमले १४ जेठमा दुईबुँदे सहमति गरी १८ जेठमा दुई मन्त्रालय सम्हाल्दै सरकारमा सामेल भएको छ । दुईबुँदे सम्झौतामा देश र जनताको पक्षमा आपसी सहमतिमा संविधान संशोधन गर्ने उल्लेख छ । सहमति भएपछि फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि संशोधनका लागि (ने क पा) लाई निरन्तर दबाब दिइरहेका छन् ।

राजपा नेपालका महासचिव केशव झाले राजपा नेपाल चाँडै सरकारमा सहभागी हुन लागेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनले संविधान संशोधन र सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउने काम भएमा राजपा नेपाल सरकारमा सहभागी हुने धारणा राखेका छन् । तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भने सरकारसँग संविधान संशोधनको विषयमा कुनै प्रकारको औपचारिक वार्ता नभएको बताउँछन् । सरकारले भ्रम फैलाउने काम गरेको उनको आरोप छ । पार्टीका कुनै नेताले व्यक्तिगत रूपमा वार्ता वा छलफल गर्दै गएको भए पनि औपचारिक वार्ता नभएसम्म आधिकारिक मान्न नसकिने  उनले बताए ।

post image

बिनिता सिवाकोटी ,जेठ ३, काठमाडौँ । दासढुंगा हत्या काण्ड सबैको मनमस्तिस्कमा ताजै छ त्यो दिन संधै रहनेछ एउटा नमिठो याद बनेर नेपाली कम्युनिष्टको लागी ! आज दाशढुंगा हत्याकाण्डको २५ बर्ष पुरा भएको छ । आज कै दिन नेकपा एमालेका तत्कालिन महासचिव स्वर्गीय मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा जिप दुर्घटना गराएर हत्या गराइएको थियो ।

 दुर्घटनास्थल निकै अप्ठेरो खोँच परेको ठाउँमा थियो । त्रिशुली नदीको बहाव एकदमै तीव्र, त्यसमाथि पनि दुर्घटनास्थलमा नदीको खोँच र भुमरी परेको थियो । दुर्घटनाको भोलिपल्ट दिउँसो ११ बजेतिर एउटा क्रेनको निकैबेरको प्रयासपछि नदीबाट दुर्घटनामा परेको जीप फेला पारेको थियो । अपरान्ह दुई बजेतिर टुचिनको सहायताले जीपलाई बाहिर निकालियो । बा.अ.च. ८७२३ नम्बरको उक्त जीप ठोक्किएर कच्याककुचुक परेको अवस्थामा फेला परेको थियो ।

जीवराज आश्रितको शव जीपमै भेटिएको थियो भने घटनाको तेश्रो दिन गुञ्जनगरको गाँजीपुर नजिक नदी किनारमा भण्डारीको पानीले ढाडिएको, सर्टका अधिकांश टाँकहरु जस्ताकोतस्तै तर पाइन्ट खुस्केर पेन्टीमात्र लगाएको अवस्थामा शब भेटियो ।

त्यस समय श्यामबहादुर तामाङले दुई नेताको पोस्टमार्टम गर्ने बेला शरीर चिरेका थिए। उनीसँगको कुराकानीमा आधारित एउटा सामाग्री छापिएको थियो। त्यसमा तामाङले भनेका छन्-“उनको शरीर मोटो थियो, पाइन्ट लगाउँथे। पाइन्टको बटम लगाएको छ भने मानिस पानीमा परे पनि पाइन्ट खस्दैन, खस्यो भने अन्डरवेयर पनि सँगै खस्छ। तर, मदनको शरीरमा पाइन्ट थिएन, खुकुलो इलास्टिकवाला अन्डरवेयरचाहिँ जस्ताको तस्तै थियो। पाइन्ट फुत्किने तर खुकुलो इलास्टिक भएको अन्डरवेयर सुरक्षित रहने, यो कसरी भयो ? मैले अहिलेसम्म बुझ्न सकेको छैन” उनले भनेका थिए ।

 

चिकित्सकहरूले दुवै नेताको शरीरका केही अंगका टुक्रा निकालेर राख्ने निर्णय गरेका थिए। ताकि, तिनको जाँच गरेर नेताद्वयको मृत्यु स्वाभाविक थियो वा अस्वाभाविक भन्ने कुराको अनुसन्धान गर्न सकियोस्। श्यामले आवश्यक अंगहरू निकाल्ने निर्देशन चिकित्सकहरूबाट पाए। त्यसैले निर्देशन बमोजिम दुवै नेताको मुटुको सानो टुक्रा, दुवै मिर्गौलाको आधा-आधा भाग, आधा किलो जति कलेजो, गिदी र रगत शरीरबाट सिरिन्ज (सुई)बाट निकालेका थिए। निकालिएका शरीरका अंगका टुक्राहरू परीक्षणका लागि अस्पतालमै राखियो। सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा गठित छानबिन आयोगको प्रतिवेदनको एमालेले विरोध गरेपछि सर्वाेच्चकै न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को आयोग गठन भएको थियो। त्यस आयोगले भिसेरा परीक्षणका लागि बेलायत पठायो। तर, नेताद्वयको शरीरमा कुनै पनि शंकास्पद रसायन भेटिएन। ती अंग खुमलटारस्थित विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विकास समितिमा सुरक्षित छन्।

उक्त घटनाका एकमात्र साक्षी चालक अमर लामा जिउँदै थिए , चालक अमर लामाले जीपसँगै म पनि नदीमा खसें भनेका थिए तर उनलाई कुनै चोटपटक लागेको थिएन । सडकबाट करिव ५० मिटर तल गुल्टिँदै गएको जीपको ड्राइभर कसरी सकुशल रहन सक्छ त्यो कुरा आज सम्म पनि रहस्यमय नै छ ! यहि रहस्य खुल्न नपाउंदै अर्को रहस्यमय तरिकाले लामाको पनि हत्या भयो । २०६० साउनमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले कीर्तिपुरमा गोली हानी हत्या भएको थियो । २५ वर्षको अवधिमा नेकपा एमाले पटकपटक गरेर १० पटकसम्म सरकारमा गएको छ । तर आफ्ना प्रिय नेताको रहस्यमय मृत्युको कारण खोज्ने काम भएको छैन ।

नेताद्वयको अन्तिम संस्कार गरेलगत्तै पार्टी ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ देशव्यापी आन्दोलनमा गयो । घटनालगत्तै एमालेले तत्कालीन स्थायी कमिटी सदस्य ओलीकै नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले भण्डारी र आश्रितको निधन ‘सामान्य सडक दुर्घटनाका कारण मात्रै नभएर षड्यन्त्र भएको’ निष्कर्ष निकालेको थियो।  सरकारको नेतृत्व कांग्रेसका गिरिजाप्रसाद कोइरालाले गरेका थिए । निकै महिनापछि बल्ल सरकारले सर्वोच्च अदालतका न्यायाधीश प्रचण्डराज अनिलको अध्यक्षतामा एउटा न्यायिक छानबिन आयोग गठन गर्‍यो । तर त्यो आयोगको प्रतिवेदनलाई एमालेले स्वीकारेन ।

एमाले पार्टीले घटनाको गहिरो अनुसन्धानमा चासो देखायो न उसको सरकारले नै स्वतन्त्र आयोग गठन गरी दोषी पत्ता लगाए।बरु एमाले शीर्ष नेताहरु आफ्नै पार्टीका नेताको हत्याकाण्डको रहस्य लुकाउन संलग्न रहेको लान्छनासमेत सहेर बसिरहेका छन्।

त्यतिमात्र हैन आज एमाले सबै भन्दा मजबुत र बलियो पहिलो पार्टी बनेको छ , सरकार पनि एमालेकै छ र उच्च पद राष्ट्रपती पदमा छिन उनै भण्डारीकि बिधुवा श्रीमती बिध्यादेबी भण्डारी ।

यो पहिलोपटक हैन एमाले सरकारमा गएको र बिद्यादेबी भण्डारी राष्ट्रपती पदमा बिराजमान भएकी ! आफ्नो श्रीमान को हत्यारालाइ सजाय दिलाउने मन नहोला उनलाई यदि छ भने किन मौन छिन राष्ट्रपती भण्डारी के ले रोकेको छ उनलाई सत्यसम्म पुग्न ?

दासढुंगा दुर्घटना भएको २३ बर्ष पछि अर्थात आज भन्दा २ बर्ष पहिले आश्रितकी पत्नी माया ज्ञावलीले नयाँ घर पाएकी छन। उनी यसभन्दा अघि डेरामा बस्दै आएकी थिइन।  एमाले नेत्री मायादेवी न्यौपाने (ज्ञवाली) ले पहिलोपटक पद प्राप्त गरेकी छन् । घटना घटेको २४ वर्षपछि उनलाई पार्टीले पहिलोपटक प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ चुनेर पठाएको हो । उनले पनि स्व आश्रितको हत्यामा संलग्न लाइ कारवाही गर्न कुनै गहिरो कदम चालेको देखिदैन  ।

 

पार्टीकै प्रिय नेता जसलाई आज सम्म जनताले बिर्सेका छैनन् ती नेतालाइ न्याय दिलाउन किन चासो देखाईरहेको छैन एमाले , किन यस घटनालाई घटनामै सिमित राखेर अघि नबढेको होला त ? के यो घटनालाइ संधै रहस्यमय नै बनाएर हरेक साल उनलाई आजको दिनमा सम्झिनु न्याय होला , उचित होला , के उनको आत्माले दियो र माला अर्पण गर्दैमा शान्ति पाउला त ??यो प्रश्न कहिलेसम्म अनुत्तरित ।

 

post image

बिनिता सिवाकोटी ,बैशाख ४, काठमाडौँ । नयाँ बर्षले छपक्कै छोपिसकेको थियो । नयाँ बर्ष कसरी मनाउने कहाँ मनाउने साथी हरु बीच लुरा चल्न थाल्यो , सबै जना पोखरा जाने कुरा आयो र सहमती पनि भयो न्यु इयर इभ मनाउन पोखरा जाने !

प्लान बनाएको प्रत्येक दिन साथीहरु घट्दै गए , कसैको के काम , कसैको अफिस बाट बिदा मिलेन , त कसैको अन्तिम समयमा इमर्जेन्सी !! इभ मनाउन भोलि बिहान गाडी चड्ने सल्लाह भैरहंदा पोखरा जाने केवल २ जना मात्र भइयो ।

तर यसपटक कुनै पनि हालतमा पोखरा जाने प्लान सक्सेस बनाउने हामीले सोच्यौं ! यस अघि हिउँ पर्दा कालिन्चोक जाने योजना पनि यसरी नै फ्लप भएको थियो , यस्ता योजना त हाम्रा दिनकै बन्दै टुट्दै गर्दथे ।

हामी २ ले ठान्यौ हामी जाने भनेपछि जाने बेलुकै ब्याग प्याक गर्यौं , बिहान ४ बजेको आलारम नि राखियो , अनि ओछ्यान रुन्चे हाँसो हाँस्दै गुनासो गर्न थाल्यौं , ती साथि हरु प्रती जो हामीलाई सपना देखाएर बिचमै ब्युझाई गएका थिए । हिम्मतका साथ हामी जाने भन्दै १ बजे सम्म गफ्फिदै सुत्यौं !

कति चाडैं ४ बजे छ मोबाइलले संकेत गर्यो , उठ्यौं निरास हुँदै नुहाई धुवाई गरेर लाग्यौं गन्तब्यतर्फ !

बसपार्क पुग्यौं कुनै गारो थिएन पोखराको बस वा माइक्रो पाउन , रोजे अनुसारको माइक्रोमा चढ्यौ अनि एउटा सेल्फी हानेर फेसबुकमा पोस्टयायौं , जलन जो गर्नु थियो अन्य साथीहरुलाई ! साढे ७ घण्टाको लामो यात्रा पछी पुग्यौं पोखराको पृथ्वीचोक !! संगै बसेका ड्राइभर दाइले हामीलाई लेकसाइड जाने गाडी कहाँ बाट पाइन्छ बताइदिनु भयो सोहि अनुसार गाडी समाएर लाग्यौं लेकसाइड !!

यस अघि कलेजले टुर लग्दा जति मनमोहक लागेको थियो पोखरा , यसपाली खै किन पो हो केहि अपुग जस्तो लागिरहेको थियो , कतै केहि नपुगे जस्तो , अमिलो नपुगेको चटपटे जस्तो खल्लोखल्लो !

त्यहाँ पुगेर होटल खोज्ने आधा घण्टा लाग्यो , होटलमा पुग्यौं एकाएक सक्ड भइयो , कोठाको चार्ज थियो २ हजार , तर त्यहि कोठाको हालत थियो ५ सय पनि नतिर्नु जस्तो , हुन त नयाँ वर्ष जो थियो , केहि नयाँपन खोज्दै हामी त्यहाँ पुगेका थियौं , पुग्ने बित्तिकै नयाँपन पनि पाइयो। अन्य होटलमा पनि कल नगरेका हैनौं हामीले , रुम रेट थियो कतै ३ हजार , कतै ४ हजार !! तिनै ३ र ४ हजारका रुम अरु बेला १ हजार सम्म पाइँदोरहेछ केहि समयको बसाईपछी थाहा भयो !

हामी बसेको रुम सायद ४ सय , ५ सय सम्म पर्थ्यो होला अन्य समय !! एउटा बेड , एउटा टेबल , सानो झ्याल , अनि ट्वाइलेट जान बाहिर निस्किनु पर्ने ! बिहान उठ्ने बित्तिकै देख्न चाहेका हिमाल , त्यो प्रकृतिको  सौन्दर्य हेर्ने इच्छा बिलिन भयो , देखिन्थ्यो त केवल अर्को घरको पिल्लर !

ठिकै छ नयाँ बर्ष हो भनेर चित्त बुझायौं एकछिन रेस्ट गरेर , स्कुटर भाडामा लिने सल्लाह गर्दै बाहिर निस्क्यौं अनि भाडामा पाइने ठाउंमा पुगेर स्कुटरको कुरा गर्यौं । राम्रो संग याद छ काठमाडौँमा केहि समय अघि ५ सय रुपैयाँमा २४ घण्टा स्कुटर भाडामा लिएर चलाएको , पोखरामा नि त्यहि रेटमा पाइन्छ भन्ने सुनिएको थियो । यस्तै करिब ४ बजे  स्कुटर पाउने ठाउंमा पुगेर सोध्यौं

आन्टी स्कुटी एकदिन चाहिएको थियो कति पर्ला ?

 कति समयलाई चाहिएको आन्टीले सोध्नु भयो ?

भोलि दिउसो १ बजे सम्म लाई हो ।

आन्टीले भन्नु भयो २४ घण्टाको १५ सय हो , १ बजे ल्याइदिने भए १३ सय मा लैजानु ।

एक चोटी सुनेर फेरी मुस्कुरायौँ ए नयाँ साल पो हो त !! होटलभाडा त डबल भन्दा बढी मूल्य कायम भएको थियो भने , स्कुटरले पनि त्यहि बाटो लिईसकेको रहेछ !! साल एक फेरिंदै थियो , हामि ट्रिपल बढी लुटिदै थियौं , बाध्य भइयो उनीहरुले राखेको रेट तिर्न , त्यो समय न त अन्त रुम पाइन्थ्यो , न त छोटो समयमा पब्लिक बसमा घुमेर फर्कने समय !!

स्कुटरमा एक लिटर तेल रहेछ त्यसको पनि १ सय पैसा तिर्नु पर्यो अनि नागरिकता छाडेर ल्यायौं स्कुटर !!

केहि बेरमै हावाहुरी चल्यो , लाग्थ्यो कसैलाई उडाउने लक्ष्य लिएर आएको छ यो आधि , सायद नयाँ बर्ष लाग्दै थियो , कतिको सपना उडायो होला , कतिको नराम्रा दिन उडाएर लग्यो होला र कसैको जीवनमा खुसीका उमंग उडाएर फिर्ता ल्याइदियो होला , नयाँ बर्ष जो लाग्दै थियो !!! नयाँ आशा जो पलाउदै थिए !!!

हावा हुरी केहि घण्टा पछी रोकियो , पोखराकै अर्को एक साथी थियो हाम्रो सहारा उ पनि आइपुग्यो , अनि हामी निस्क्यौं इभको रमझम हेर्न , इभको खुशी बाढन , शुभकामना छर्न , यो पहिलो नयाँ बर्षको इभ थियो जो हामी यति टाढा आएर मनाउदै थियौं । रमाइलो , कन्सर्ट, झलमल बत्ति , रातमै झल्किने नयाँ दिन , छोटा छोटा पहिरनमा स्वतन्त्रताका साथ घुमेका युवायुवतीहरु , नेपाली बर्षलाइ आफ्नै मानेर झुमेका बिदेशी पर्यटकहरु !!! साचै बातबरण मनमोहक थियो ।

ब्यापरीहरु आफ्नो होटलमा गेस्ट भित्र्याउन अनेक सजावट , डिस्काउन्ट , सांगीतिक बातावरण तयार गरेर बसेका थिए ।

करिब रात को १० बजे सम्म घुमफिर गरेपछी रुम जाने निर्णय गर्यौं , बाहिरै खानेकुरा किनेर रुममा लगेर खायौं । १२ बजे सम्म बस्यौं साथी तथा परिवारलाई नयाँ बर्षको सुभकामना आदान प्रदान गर्यौं र भोलि बिहान चाडै उठने आलारम राख्दै सुत्यौं ।

सारंगकोट जाने इच्छा थियो , जहाँ हामी पुगेनौं , बाटो अलि कच्ची र केहि टाढा छ भनेर साथि ले भनेपछि हामि बिन्दवासिनी तर्फ लाग्यौं ।

बिन्दवासिनी को दर्सन पश्चात डेबिस फल्स ,शान्ति स्तुप पुगेर केहि फोटो खिच्दा ११ बजिसके छ । खाजा खाएर अब स्कुटर पुर्याइदिएर ताल बाराहीको दर्सन गर्ने प्लान बनाउदै फर्क्यौं । स्कुटर पुर्यायौं र आन्टीलाई भन्यौं आन्टी हाम्रो ३ लिटर जति तेल बाँकी नै छ त्यसको पैसा हामीलाई दिनुस , अनि फेरी स्कुटर लाग्नेबाट तपाई लिनुस । अर्को लुटिने स्टेजमा थियौं हामी , ५ सय को स्कुटर १३ सयमा लगेर रात भर थन्क्याएर बिहान पनि समय भन्दा २ घण्टा अघि नै पुर्याएका थियौं !

आन्टीले एकै चोटी भन्नु भयो कहाँ त्यसरी हुन्छ , स्कुटरको तेल फिर्ता गर्ने चलन छैन , अहिले सम्म कसैले यसरी मागेको छैन । थोरै थियो भने त सायद छाड्थ्यौं पनि तर ३ लिटर तेल , टाइट ब्यालेन्स अनि फेरी लुटिन मन लागेन । प्रतिकार गर्यौं त्यसो भए २ घण्टा समय छ हाम्रो स्कुटर दिनुस हामी तेल सकाएर लेर आउँछौ ।

स्कुटर त म दिदै दिन्न र तेलको पैसा पनि दिन्न तिमीहरुको तेल सक्छौ भने झिकेर लैजाओ  ,  आन्टी रिसाएर बम हुनुभयो !!! हुन्छ हामी तेल झिकेर लग्छौं , साथी गइ होटलमा पाइप खोज्न । त्यस बीच पनि निकै चर्काचर्की परो , रिसको झोकमा तपाई लुट्न बस्नुभाको एकदिन लुटेर पुग्छ सम्म निस्कियो मुख बाट । त्यो भन्न नहुने थियो शायद तर गएको मिनेट देखि नै नयाँ बर्षको नाममा लुटीईरहेका थियौं हामि कतिन्जेल चुप बस्ने र किन ?

बाबाआमाको संस्कार सम्म पनि आइपुग्यो कुरा , बैनी तिमीलाई कस्तो संस्कार दिएका छन् तिम्रा बा आमाले ?

तपाइको भन्दा राम्रै पाको छौं आन्टी जवाफ फर्काइयो ।

त्यतिकै हामि संग हुने अर्को साथि डिस्कस नगर भन्दै बसिरह्यो । एकछिनमा साथि पनि पाइप र बोतल लिएर आइपुगी , तेल झिक्यौं ३ लिटर भन्दा बढी नै बाँकी रहेछ तेल । सो तेल साथीको बाइकमा हालेर उसलाई घर जान सजिलो हुन्छ भन्दै दियौं अनि हिड्ने बेलामा हाम्रा बा आमाले नचाहिने कुरामा कहिले नझुक्नु भनेर सिकाउनु भएको छ भनेर आन्टीलाइ भन्दै लाग्यौं होटलमा झोला लिन । सांचै फिलिंग रिलिफ भाको थियो गुम्सेर बसेको रिस , असन्तुष्टि बाहिर ल्याउन पाउँदा मन पनि हलुका भयो ।

होटल बाट समान ल्याएर पुग्यौं तालबाराही , भिंड अत्यन्त थियो , २ बजिसकेको थियो र बोटिंग गर्ने इच्छा बाँकि थियो । फेरी सल्लाह गर्यौं एकछिन वेट गरेर बोटिंग गर्ने अनि ६ बजेको बसमा काठमाडौँ फर्किने । सोहि अनुसार बोटिंग गरेर हामि बस चढेर फर्क्यौं । ५५० तिरेर ड्राइभर बिनाको बोट १ घण्टा कुरेर लियौं अनि बोटिंग गर्यौं !

हामि आफ्नै देशमा नयाँ बर्षका नाममा लुटीई रहेका छौं भने पर्यटक हरुको हाल के होला ?

नयाँ बर्षमा हरेक कुराको भाडा ह्वातै बढाउनुपर्ने के कारण होला बुझ्न होटल वाला दाइलाई सोध्यौं , जवाफ आयो – बैनी हामीले कमाउने बर्षमा यस्तै चाडपर्वमा मात्र हो अरु दिन त ४ सय ५ सयमा रुम दिनुपर्छ । यसको मतलब चाडपर्व र नयाँ बर्षमा ग्राहक बाट असुलेको मोटो रकम बाट होटल चल्दो रहे छ बर्षभरी , यो जवाफ कतिको जायज ?

होटलमा आएका ग्राहकको लागि स्रोत साधन थप्नु को सट्टा मोटो रकम असुलेर कहिले सम्म ठगि गर्ने ,

यता पनि ध्यान दिने कि सरकार !!!!!!

post image

बिनिता  सिवाकोटी चैत ५,काठमाडौँ । एक बृद्द जोडी आफ्नो छोराको हत्यारालाई कारबाही को माग राख्दै करिब ४ बर्ष अघी अनसनमा उत्रियो । २०६१ सालमा माओवादीबाट मारिएका भनिएका कृष्णप्रसाद अधिकारीका आमाबुवाले करिब ४ बर्ष अगाडी प्रधानमन्त्री निवास बालुवाटार अगाडिबाट धर्ना सुरु गरेका थिए।

श्रीमान नन्दप्रसाद अधिकारी र श्रीमती गंगामाया अधिकारीको जोडी न्याय नपाएसम्म अनसन नतोडने अडान लिएर अनसन मा बसेका थिए  ।

करिब १२ वर्षअघि एसएलसी सकेर गोरखाबाट चितवनस्थित मामाघर जाँदै गर्दा माओवादीबाट छोराको हत्या भएको भन्दै अधिकारी दम्पतीले हत्या अभियोगमा १३ जनाविरुद्ध किटानी जाहेरी पनि  दिएका थिए। किटानी जाहेरी परेकामा छविलालसहित जानुका पौडेल, रुद्र आचार्य, भीमसेन पौडेल, अजीव पौडेल, कालीप्रसाद अधिकारी, हेमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी (क र ख), मेघनाथ पौडेल, सुभद्रा तिवारी र विष्णु तिवारी रहेका छन् ।

अनसनरत उक्त अधिकारी दम्पती आफ्नो घरबार सबै त्यागेर लागिपरे आफ्नो छोरालाई न्याय दिलाउन र अपराधीलाई सजाय दिलाउन !

अनसनकै क्रममा स्वास्थ्यमा समस्या आयो र उनीहरुलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पतालमा रहँदा प्रहरीले मुद्दाको अनुसन्धान अघि बढाएर चार अभियुक्तलाई न्यायिक हिरासतमा लिए पनि प्रमाण नपुगेको भन्दै अदालतले उनीहरुलाई छाडेको थियो।

एमाओवादीका नेता बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा बालुवाटारमा धर्ना दिएर न्यायको खोजी गरेका उनीहरुलाइ त्यसयता कहिले प्रहरी हिरासत त कहिले मानसिक अस्पताल पु-याइएको थियो।

त्यसपछि उपचारका लागि भन्दै वीरअस्पताल ल्याइएपनि ३ सय २९ दिनदेखि उनीहरु अनसनरत थिए।  सर्वोच्च अदालतले जबरजस्ती खाना खुवाउन आदेश दिए पनि उनीहरुले इन्कार गरे ।

तत्कालिन गृहमन्त्री वामदेव गौतमले अधिकारी दम्पतीको मागप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै अनसन फिर्ता लिन आग्रह समेत गरेका थिए ।

अधिकारी दम्पतीका माग र स्वास्थ्यप्रति सचेत रहेको भन्दै गृहमन्त्री गौतमले हत्याबारे कानुनी प्रक्रिया पनि सुरु भइरहेको बताउंदै  कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोग लागेका आरोपी रुद्र अधिकारी देश बाहिर भएकाले उनलाई इण्टरपोलको सहयोगमा पक्राउ गर्ने प्रक्रिया थालिएको गृहमन्त्रीको भनाई थियो । तर आजसम्म ती आरोपी पक्राउ हुन सकेनन ।

त्यसैगरी कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको जाहेरवाला नुरप्रसाद अधिकारीलाई अदालतमा झिकाउन

फागुन १३ गते जिल्ला अदालत चितवनले आदेश जारी गरेको थियो। जाहेरवाला नुरप्रसाद कृष्णप्रसादका दाजु हुन। अदालत र मुद्दा अझै पनि विचाराधीन अवस्था मा रहेको छ ।

त्यसैक्रममा स्वास्थ्य स्थिति बिग्रदै गएपछी अर्धचेत अवस्थामा रहेका नन्दप्रसाद अधिकारीको निधन भयो । साच्चै बाबुआमाको माया अमर हुन्छ भन्ने प्रमाण अधिकारी दम्पतीले पुरा गरे । चाहान्थ्ये त् केहि रकम लिएर बाँकिको जन्दगी सुख का साथ बिताउन सक्थ्ये तर छोराको आत्मा लाई बेच्न यी आमाबाबुको मनले मानेन र अन्तत छोरालाई न्याय दिलाउन अन्तिम सांस सम्म पनि बाबु नन्दप्रसादले हार मानेनन् र बिदा भए संधै को लागी!

त्यसो त मरेको बर्सौ बितिसक्दा पनि नन्दप्रसादको लासअझै महाराजगंज स्थित टिचिङ अस्पतालमै रहेको छ ।उनको अन्तिम संस्कार भएको छैन । नन्दप्रसादको शव अहिलेसम्म परिवारले बुझ्न मानेको छैन।

साथमा रहेका श्रीमान गुमाएकी गंगामाया अब एक्लीइन कहिले अर्धचेत कहिले आइसीयु त कहिले स्लाइनपानिको भरमा मर्दै बाच्दै छोराको लागी लड्दैछिन यी आमा !

हाल निकै चिन्ताजनक अवस्थामा आफ्नो एक मुठी सास गनिरहेकी छिन गंगामाया ! अझै आस छाडेकी छैनन् उनको सास रहिन्जेल छोरालाई न्याय दिलाउने आस दृढ संकल्प अझै बाँकी रहेको छ । उनले औसधि सेवन गर्न मानेकी छैनन् ।  वीर अस्पतालले माघ १७ गते स्वास्थ्य मन्त्रालयलाई पत्र लेखि  गंगामायाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएको थियो ।  गंगामायाले चिकित्सकले दिइरहेको नियमित औषधि सेवन गर्न अस्वीकार गर्नुका साथै नियमित रगत परीक्षण, एक्सरे परीक्षण गर्न नमानेका कारण उनको उपचारमा कठिनाई भइरहेको अस्पतालका निर्देशक प्राडा भुपेन्द्र कुमार बस्नेतले मन्त्रालयलाई जानकारी गराएका छन् ।

गंगामायाले माघ १६ गते देखि पुन आमरण अनसन शुरु गरेकी छिन् ।

सबैको अनसन का माग पुरा हुँदा किन अधिकारी दम्पतिको अनसनले छोरालाई न्याय दिलाउन सकेन ?

हाल चर्चामा रहेका छन् रेशम चौधरी! केहि दिन अघिबाट अनसन सुरु गरेका उनलाई गृहमन्त्री राम बहादुर थापाले नै उनको अनसन तोडे त्यतिमात्र हैन चौधरीलाइ  ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ। आफूले शपथ खान पाउनुपर्ने माग गर्दै कारागारभित्रै आमरण अनशन बसेपछि चौधरीलाई फागुन २६ मा काठमाडौं ल्याई वीर अस्पताल भर्ना गरिएको थियो।

साढे दुई वर्षअगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी निर्वाचनका बेला उनी ‘फरार अभियुक्त’ का रूपमा थिए। ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनरत थरुहट कार्यकर्ता र प्रहरीबीच झडपमा एसएसपीसहित सात सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो। चौधरीमाथि त्यसैको ज्यान मुद्दा लागेको छ।  यसरी हत्याको आरोप लागेका व्यक्ति को अनसन पुरा भो र अब उनको माग पुरा हुने क्रममा छ ।

यसअघी बारम्बार डा गोबिन्द केसी पनि अनसन बसे एक पटक हैन पटकपटक उनका माग जायज थिए उनले धेरैको साथ पनि पाए र हरेक अनसनमा सफलता प्राप्त गरे ।

एक छिन सोचौं अधिकारी दम्पतिको माग के गलत थियो ? आफ्नो छोराको हत्यारालाई सजाय होस् भनेर माग राख्नु अनसन बस्नु कसरी गलत हुनसक्छ ! न्याय माग्दा माग्दै नन्दप्रसादले प्राण त्यागिसके के अब बिना न्याय दिलाए नै गङ्गामायालाइ पनि मर्न दिने ? छोरालाइ न्याय माग्दा माग्दै बिलिन भएका नन्दप्रसाद को आत्माले मुक्ति पाउला त् ?

 

post image

माघ २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले भ्रष्ट मानसिकता देश विकाशको बाधक भएको बताउँदै त्यसविरुद्ध युवाहरु लाग्नु पर्ने बताए । उनले प्रशासनिक खर्च घटाएर विकास खर्च बढाउनु पर्नेमा जोड दिए । युथ एड्भोकेसी नेपालको चौथो साधारण सभामा बोल्दै उपाध्यक्ष ढुंगेलले तालिमबाट सिकेको सीप प्रयोगमा नल्याउने प्रवृति बढेको भन्दै उद्यमशिलतामा लाग्नुपर्ने बताए । उनले परिषद्ले रोजगारमूलक संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे ।

उपाध्यक्ष ढुंगेलले परिषद्मा कुनै पनि राजनीतिक विवाद नभएको बताउँदै नतिजा आउने गरी कार्यक्रम अगाडि बढाएको बताए । परिषद्ले २ सय ३३ वटा रोजगारमूलक कार्यक्रम सुरु गरेको ढुंगेलले जानकारी दिए । संस्थाका अध्यक्ष नरेन्द्र खतिवडाले एड्भोकेसी समाज परिवर्तनको लागि गठन भएको संस्था भएको बताउँदै असमानताविरुद्ध युवाहरुलाई लाग्न आग्रह गरे । राजनीतिक पार्टीहरुले समृद्धि र समानताका नारा लगाएको तर कसरी गर्ने भन्ने विषयमा कुनै खाका नआएको खतिवडाले बताए ।  कार्यक्रमका अध्यक्ष समेत रहेका खतिवडाले शिक्षा र स्वास्थ्यमा भइरहेको नीजिकरणको युवाहरुले विरोध गर्नुपर्ने बताए । सार्वजनिक शिक्षा र स्वास्थ्य सुदृढिकरण गर्न राज्यले प्रयाप्त लगानी गर्नुपर्ने बताए ।

साधारण सभामा राष्ट्रिय अपांग युवा संजालका अध्यक्ष मेहन्द्र थापा, आयोनका अध्यक्ष हिमाल महत, फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारी, सोफिक नेपालकी उपाध्यक्ष आशा परियार, राजनीतिक विश्लेषक तथा लेखक  डा. उद्धव प्याकुरेल, ग्लोवल पिस फाउन्डेशनका अध्यक्ष रामरोहन पन्त, युथ इनिसिएटिभका अध्यक्ष विजय खड्का, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी, कोक्यापका महासचिव पुष्प भुसाल, युवा अधिकारकर्मी राजकुमार उप्रेतीलगयातले सधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका संचालन संस्थाका महासचिव संजय खड्काले गरेका थिए भने स्वास्गत मन्तव्य कोषाध्यक्ष गीता चौधरीले गरेकी थिइन् ।

 

post image

पुस ७, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमाले एकले अर्कालाई गलाउने रणनीतिमा केन्द्रित भएका छन् । राष्ट्रिय सभा गठनसम्बन्धी कानुन, प्रदेश प्रमुख नियुक्ति, सरकार गठन लगायतका विषय सहमतिका आधारमा अघि बढ्नुपर्नेमा दलहरू एकले अर्कालाई तल पार्ने, गलाउने गरी ‘प्रतिष्ठाको लडाइँ’ मा उत्रिएका हुन् ।प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएलगत्तै सरकार निर्माण र राष्ट्रिय सभा निर्वाचनका विषयमा मतान्तरमा रहेका सत्तारूढ कांग्रेस र एमाले तथा सत्तामा कांग्रेस, गठबन्धनमा एमालेसँग रहेको माओवादी केन्द्रबीच औपचारिक संवाद सुरु हुन नसक्दा उनीहरू गलाउने नीतिमा पुगेका हुन् ।

निर्वाचन परिणाम आफ्नो पक्षमा रहको वाम गठबन्धन र अध्यादेश पेस गरेर कर्तव्य पूरा गरेको बताइरहेको कांग्रेसबीच गतिरोध अन्त्यका लागि कसले पहिला संवादको पहल गर्ने भन्नेमा समेत विवाद देखिन थालेको छ । पछिल्ला दिन कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच संवादहीनताको स्थिति मात्र छैन, राष्ट्रिय सभा गठन, निर्वाचन परिणाम सार्वजनिक, प्रदेश प्रमुख नियुक्ति, सरकार गठनलगायतका विषयमा अलग अलग तर्क छ ।

नेपाली कांग्रेस आफ्नो पार्टी नेतृत्वको सरकारले राष्ट्रपति समक्ष जारी गर्न पठाएको राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएर राष्ट्रिय सभाको गठनपछि मात्र सरकार छाड्ने पक्षमा उभिएको छ । ऊ जस्ताको तस्तै अध्यादेश जारी हुनुपर्ने पक्षमा रहँदा एमाले र माओवादी कन्ेद्र भने फिर्ता हुनुपर्ने पक्षमा छन् । बिहीबारबाट भने दुवै पक्ष आफ्ना अडानबाट एक कदम पछि हट्दै राजनीतिक सहमतिका लागि छलफल गर्न तयार देखिए पनि छलफलका लागि कसले पहिला पहल थाल्ने भन्नेमा ‘पर्ख र हेर’को अवस्थामा देखिएको छ । एमाले नेताहरूले अध्यादेशबारे छलफल गर्न तयार रहे पनि त्यसका लागि प्रधानमन्त्रीले आफूहरूलाई बोलाउनुपर्ने अडानमा छन् ।

प्रधानमन्त्री भने आफूले कर्तव्य पूरा गरेको भन्दै जारी या फिर्ता गर्ने अधिकार राष्ट्रपतिको रहेकाले उनको कदम हेरेर मात्र नयाँ रणनीति लिने निष्कर्षमा पुगेका छन् । तथापि, दुवै पक्षका शीर्ष नेताहरूले यस विषयमा मुख खोलेका छैनन् । एमाले र माओवादी केन्द्र सहभागी वाम गठबन्धन आफ्नो नेतृत्वमा सरकार बनाउन दिनुपर्ने र नयाँ सरकारले नै राष्ट्रिय सभासम्बन्धी कानुन ल्याउनुपर्ने पक्षमा छन् । पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्वाङले सरकार काम चलाउ भइसकेकाले राष्ट्रिय सभासम्बन्धी अध्यादेशलगायत नयाँ कानुन निर्माण नयाँ सरकारले नै गर्ने बताउँछन् । उनले सरकारले राष्ट्रिय सभाको विषय देखाएर नेपाली कांग्रेस सत्ता लम्ब्याउने खेलमा लागिरहेको समेत बताए । तर, आफूहरू प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाए तयार रहेको बताउँछन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको विषयलाई लिएर सरकार गठनको प्रक्रिया रोक्न नहुने बताउँछन् । ‘राष्ट्रिय सभासम्बन्धी विषय अलग्गै हो, सरकार गठनको विषय अलग्गै हो,’ उनले भने, ‘अहिले संविधानअनुसार बहुमत प्राप्त दललाई सरकार बनाउन रोक्नु ठीक होइन, नयाँ सरकारले सबैको सहमतिमा कानुनहरू बनाउने हो ।’सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले राष्ट्रपतिलाई अध्यादेश जारी गर्न नदिएर एमालेले समस्या खडा गरेको बताएको छ । कांग्रेस नेता रमेश लेखकले संघीय संसद्का लागि राष्ट्रिय सभा गठन गर्नुपर्ने भएकाले अध्यादेश ल्याएको तर राष्ट्रपतिले बिनाकारण रोकेको भन्दै आश्चर्यसमेत प्रकट गरे ।

राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय पद्धति हुनैपर्छ भन्ने कांग्रेसको अडान र बहुमतीय प्रक्रिया नै हुनुपर्छ भन्ने वाम गठबन्धनको अडानले समस्या पैदा भएको हो । कांग्रेस नेता लेखक समस्या समाधानका लागि उच्च तहको राजनीतिक छलफलबाट उपाय खोजिनुपर्ने बताउँछन् । सरकारको नेतृत्व कांग्रेसको भए पनि अहिलेसम्म सर्वदलीय बैठक बोलाएर सहमति खोज्ने प्रयास भने सुरु भएको छैन । माओवादी केन्द्रका नेता श्रेष्ठले सबैको सहमति र छलफलमा कानुन निर्माणको प्रक्रिया बढाउनुपर्नेमा सरकारले सहमति पनि नखोेजेको र एकलौटी अगाडि बढाएको बताउँछन् । दुई दलले आफूअनुकूल कानुन बनाउन राष्ट्रपतिलाई दबाब दिनेसम्मका कार्य गर्दै आएका छन् ।

राष्ट्रिय सभासम्बन्धी अध्यादेशका विषयमा सत्ता पक्ष तथा विपक्षी नेताहरूले राष्ट्रपतिलाई भेटेर तथा अनौपचारिक रूपमा समेत अध्यादेश जारी गराउन र नगराउन दबाब दिँदा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत विवादमा तानिएकी छन् । सरकार पक्ष तथा प्रतिपक्षीले यसअघि भेट गरेर पटक पटक राष्ट्रपतिलाई आफूअनुकूल निर्णय गर्न दबाब दिएका थिए । केही दिनअघि मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरेर अध्यादेश ठीक नभएको भन्दै जारी नगर्न राष्ट्रपतिलाई दबाब दिएका थिए । सो क्रममा उनीहरूले सरकार गठन गर्न राष्ट्रिय सभाले असर नगर्ने समेत बताएका थिए । त्यसलगत्तै सरकारका तर्फबाट सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पत्रकार सम्मेलन गरेर राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने बताएका थिए । सो क्रममा उनले राष्ट्रिय सभापछि मात्र सरकार छाड्ने समेत बताएका थिए । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा राष्ट्रपति भण्डारीले सबैको सहमतिको आधारमा अध्यादेश ल्याउन आग्रहसमेत गरेकी थिइन् ।

post image

बिनिता सिवाकोटी असोज ६,काठमाडौं। शरणार्थी नाम मै पिडा लुकेको यस शब्दलाई हटाएर कुनै देशको नागरिक बनेर कहिले ढुक्कको सास फेर्ने ? कहिले नागरिकता देखाई आफ्नो हक अधिकारलाई सुनिश्चित गर्ने ? सरकार कहिले बुझ्ने जनताको कहाली लाग्दा दिन र नढलेका रातहरुलाई ? जनता शरणार्थी बन्छन , त्यहि जनता शरणार्थी कहलाउदा देश चाही किन शरणार्थी बन्दैन ?

 

 

शरणार्थी जसको शब्दले नै बोल्छ कुनै व्यक्ति आफ्नो घर सहर र देशबाट अलग्गिएर वा भनौ जोखिममा रहेको जीवन लाई बचाउन भागेर अर्को स्थानमा पुग्छ । आफु जन्मेको आफ्नो पुर्खाले देखेको र बनाएको आफ्नो सृष्टि भएको स्थानलाई चटक्क छाडेर जान पटक्कै सजिलो छैन । तर पनि त्यहि जीवन जोगाउन र आउदा सन्ततिको बीउ जोगाउन भएपनि बिस्थापित हुनैपर्ने यो कस्तो बाध्यता ! त्यसो त शरणार्थी २ किशिमका छन् तर उनीहरुको पिडामा भने खासै फरक छैन ।

१. जो आफ्नै देशमा निम्तिएको द्वन्दलाई सहन नसकेर , आक्रमणकारी घटनालाई आत्मसात गर्न नसकेर सुरक्षा खोज्दै बाध्यताका साथ अन्यत्र स्थानमा बिस्थापित बन्न पुग्छन । बिगत कै कुरालाई हेर्ने हो भने भुटानमा बस्न नसकेर बिस्थापित बनेका भुटानी शरणार्थीहरु जो अहिले लामो समय बितिसक्दा पनि नेपालस्थित झापा तथा मोरंग जिल्लामा अवस्थित शिबिरमा गुजारा गरिरहेका छन् ।

न त उनीहरु आफ्नो देशमा नै फर्कन सकेका छन्  न् त कुनै ठाउँको नागरिकता र आफ्नो अधिकार नै सुनिश्चित गर्न सकेका छन् ? जसले आएर जे भने पनि चुपचाप सुन्नु पर्ने न त उनीहरुको लागी कुनै कानुन न् कुनै हक अधिकारको न्यायालय ! हक अधिकार त परको कुरा ढुक्कले सास फेर्न सम्म नसकेका उनीहरुलाई कहिले फिर्ता बोलाउने भुटानी सरकारले ? कहिले देखिएला ती ओठमा खुसीका पल ? अनि कहिले बन्छन उनीहरु भुटानका नागरिक ? प्रश्नै प्रश्न बीच उल्झिएको छ कैयौं जिन्दगी यहाँ ! 

उनीहरुलाई आफ्नै देश फर्काउन धेरै पहल पनि नभएका हैनन् तर नतिजा भने शुन्यमै रहयो ।अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरि यि शरणार्थीहरुलाई संयुक्त राज्य अमेरिकाब्रिटेनअस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भूटानी शरणार्थीहरुको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा नागरिक बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन। ती फर्किन चाहने नागरिकले कहिले टेक्न पाउँछन् आफ्नो जन्मभुमि यो जटिल प्रश्न को उत्तर भने फेला पार्न अत्यन्तै मुस्किल देखिन्छ ।

 

अहिले फेरी मौलाएको छ अर्को शरणार्थीको बिकराल समस्या त्यो हो म्यानमारस्थित बस्दै आएका मुश्लिम रोहिंगा समुदाय । करिब एक महिनादेखी भड्किएको हिँसा र आतंकले गर्दा बिस्थापित बनेका लाखौं मुस्लिम रोहिंगा समुदायका मानीस अहिले शरणार्थी बनेर भारत , बंगलादेश र नेपाल छिर्न थालेका छन् ।   म्यानमारमा पछिल्लो समयमा स्थानीय रोहिङ्गा समुदायका नागरिकमाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ। गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो। उनीहरूका अनुसार एक सातामा ५२ वटा आतंककारी आक्रमण भएका छन् । रखिन राज्यका ७ सय घरमा सुरक्षाकर्मीले आगजनी गरेको विस्थापितले बताएका छन् । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन्। उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन्। हाल म्यानमारबाट बङ्गलादेशमा रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएका छन् ।

 

उक्त क्षेत्रमा भागेर जाने क्रममा आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । अब कहिले फर्किन पाउनेछन् यस समुदायका मानिसले पुन आफ्नो देशमा या शरणार्थी बनेरै मृत्युको दोसादमा पुग्ने छ उनीहरुको जीवन ?

२. परिवारको आर्थिक स्थिति कम भएर वा विलासी जीवन जिउने आसमा पनि लाखौ मानिसहरु प्रत्येक वर्ष आफै शरणार्थी बन्ने गरेका छन् । आफ्नो परिवारलाई राम्रो र सुखी जिन्दगी दिन कै लागी चाहेर भनौ या नचाहेर बिदेशी भूमिमा शरणार्थी जीवन बिताउन बाध्य रहेका छन् । यसरि अन्यत्र देशको शरणार्थी बनाईदिन्छु भनेर लोभ लालच देखार घर न् घाटको बनाउने दलालहरुको बिगबिगी पनि दिनानुदिन बढ्दो रहेको छ । दिनहुँ जस्ता विभिन्न अखबार, टेलिभिजन, रेडियो तथा अनलाइन न्युजहरुमा यस्ता खबरहरुले स्थान पाएका हुन्छन । त्यस्तै देशको राजनीतिक अस्थिरता, बेरोजगारीका कारण पनि मानिसहरु बिदेशी भूमिमा शरणार्थी जीवन जीईरहेका छन् । यस्तै बाध्यता र रहरले शरणार्थी बन्ने क्रममा कैयौंले अकालमै ज्यान गुमाएका पनि छन् । तर यसरि जनता शरणार्थी जीवन जिउन बाध्य हुनुमा दोष कसको ?

 

 

शरणार्थी समस्या अहिलेको बिश्वकै बिकराल समस्या हो जसको समाधान निकाल्न उतिकै कठिन पनि रहेको छ । हामीले धेरै देशका शरणार्थीका बारेमा सुन्दै , पढ्दै र प्रत्यक्ष रुपमा देख्दै आएका छौं । उनीहरुका लागी राष्ट्र संघले सहयोग त गरिरहेको छ तर यो पर्याप्त भने छैन । भुटानी शरणार्थी , सिरियाली शरणार्थी , रोहिंगा समुदाय बाट बन्न लागेका यस्ता धेरै शरणार्थी र उनीहरुले बिताएका कष्टकर जिन्दगी, बालबच्चाका सुखेका ती ओठ देख्दा कसको मन नरोला र ?

 

post image

जनक राज पण्डित, भदौ २९, काठमाण्डौं । प्रदेश २ को स्थानीय तह निर्वाचनको मुखैमा प्रमुख दलका शीर्ष नेताहरूको दौडधुपले तीव्रता पाएको छ । सबै दलका शीर्ष नेता उपत्यका छाडेर प्रदेश २ को निर्वाचनमा केन्द्रित भएका छन् । ठूलासहित सबै दलका नेताहरू निर्वाचन हुने आठ जिल्लाका विभिन्न चुनावी कार्यक्रममा पार्टी प्रवेशदेखि लिएर आरोप–प्रत्यारोपसम्ममा उत्रिएका छन् । प्रदेश २ लाई आधार स्थल बनाएका राष्ट्रिय जनता पार्टी नेपाल, लोकतान्त्रिक फोरम, संघीय फोरमसहितका मधेसकेन्द्रित दलले समेत शीर्ष नेतासहित सिंगो पार्टी शक्ति परिचालित गरेका छन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतका शीर्ष नेता निर्वाचन चिह्न साइकलमा चढेर मतदाताका घरदैलो पुगेका छन् । निर्वाचनको मिति नजिकिएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न प्रदेश २ पुगेका छन् । देउवा मंगलबारबाटै प्रदेश २ का विभिन्न जिल्लाका चुनावी पुगेका प्रधानमन्त्री देउवा सोही दिनदेखि चुनावी कार्यक्रममा सक्रिय छन् । बुधबार उनले विभिन्न चुनावी सभालाई सम्बोधन गरेका छन् । ३० भदौमा मात्र राजधानी फर्कने कार्यक्रम रहेको देउवा सचिवालयले जनाएको छ । देउवासहित प्रदेश २ मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरू चुनावी प्रचारमा खटिएका छन् ।

देउवाले आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । मंगलबार र बुधबार सप्तरी, महोत्तरी तथा जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज (बिहीबार) सर्लाही, रौतहट, वीरगन्जका चुनावी सभालाई सम्बोधन गर्नेछन् । ३० गते पर्सा, बारामा चुनावी कार्यक्रममा सहभागी बनेपछि सोही दिन उनी काठमाडौं फर्कनेछन् । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रमका लागि ३० भदौमा प्रदेश २ जाने तयारीमा छन् । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराईलगायत नेता केही दिनयता प्रदेश २ मा खटिएका छन् ।

ओलीले महोत्तरीको बर्दिबासमा ३० गते हुने चुनावी सभालाई सम्बोधन गर्ने तयारी छ । एमाले वरिष्ठ नेता माधव नेपाल रौतहट, महासचिव ईश्वर पोखरेल पर्सा, सचिवद्वय योगेश भट्टराई सिरहा र प्रदीप ज्ञवाली सप्तरीमा निर्वाचन प्रचार र चुनावी सभामा व्यस्त छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार ठूला चुनावी सभालाई भन्दा घरदैलो र वडास्तरीय कार्यक्रमलाई नै बढी प्राथमिकतामा राखिएको बताए । तथापि शीर्ष नेताले केही ठूला चुनावी सभामा भने सम्बोधन गर्नेतयारी भइरहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुई सातादेखि प्रदेश दुईमा खटिएका छन् । मंगलबार राजधानी आएका दाहाल पार्टीको कार्यक्रम सकेलगत्तै सोही दिन सिधै प्रदेश २ मा पुगेर सिरहामा साँझ चुनावी कार्यक्रममा सहभागी भए । राष्ट्रिय नाचघरमा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएलगत्तै उनी तराई झरेका हुन् । बुधबार दाहालले गोलबजारमा आयोजित सभालाई सम्बोधन गरे । उनले बुधबार नै शम्भुनाथ नगरपालिकास्थित खोक्सर परवाहामा गोविन्द चौधरीको सालिक अनावरण गरे ।

निर्वाचनका लागि माओवादी केन्द्रले सिंगो सचिवालयलाई प्रदेश दुईमा खटाएको छ । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायत नेताहरू प्रदेश २ मा तीन सातादेखि लगातार खटिएका छन् । माओवादी केन्द्रले सिरहामा अध्यक्ष दाहाल, धनुषामा थापा, महोत्तरीमा श्रेष्ठलाई जिम्मेवारी दिएको छ । यस्तै, सचिवालय सदस्य उर्मिला अर्याल पर्सा, गोपाल ठाकुर बारामा खटाएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका गृहमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, सहरी विकासमन्त्री प्रभु शाह, आपूर्तिमन्त्री शिव मण्डलसमेत चुनावी प्रचारमा प्रदेश २ मा केन्द्रित बन्दै आएका छन् ।

मधेसवादी राष्ट्रिय जनता पार्टी नेपाल, दल संघीय समाजवादी फोरमका सबै नेता–कार्यकर्तासमेत प्रदेश २ मा नै केन्द्रित छन् । राजपा र संघीय फोरमले भोट तान्न चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रदेश २ का निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउने भएकाले पनि सबै दलले प्रदेश दुईका निर्वाचनलाई महŒव दिएका हुन् । प्रमुख तीन दल र मधेसवादी दलले निर्वाचनमा पहिलो हुने दाबी छाडेका छैनन् ।

post image

जनक राज पण्डित, भदौ ९, काठमाडौं । नेपाल र भारतबीच जारी भएको संयुक्त वक्तव्य औपचारिकता र विगतका सहमति कार्यान्वयनमा केन्द्रित छन् । प्रधानमन्त्री देउवाले नेपाल–भारत कूटनीतिक सम्बन्ध रहेको र भारत स्वतन्त्र रहेको ७० वर्ष पुगेकोमा भारतलाई बधाई दिए । मोदीले पत्रकार सम्मेलनमा कूटनीतिक सम्बन्ध जति भए पनि नेपाल–भारत सम्बन्ध हिमालयजत्तिकै पुरानो रहेको बताए । दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको र वर्तमान दुईपक्षीय संयन्त्रलाई थप मजबुत पारेर सहकार्यका थप क्षेत्र खोज्नुपर्ने विषय पनि वक्तव्यमा समेटिएको छ । आपसी लाभ, समझदारी, सद्भावका आधारमा र दुवैको रुचि तथा संवेदनशीलता समेटेर सम्बन्ध थप बजबुत पार्नुपर्ने पनि वक्तव्यमा उल्लेख छ ।

भारतले नेपालको संविधानमाथि यसअघि राख्दै आएको पोजिसनमा बदलाव नआएको सन्देश दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको अवसर पारेर भारतले संविधान संशोधन हुनुपर्ने पक्षमा यसअघि राख्दै आएको धारणा हाल पनि कायम रहेको स्पष्ट सन्देश दिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको ‘वान टु वान’ भेटपछि आयोजित पत्रकार सम्मेलनमा देउवा स्वयंले संविधानको प्रसंग झिकेपछि मोदीले पुरानो अडान कायम रहेको जवाफ दिएका छन् । तथापि स्थानीय तह निर्वाचन सम्पन्न गरेको विषयलाई भने भारतले खुसीका रूपमा व्याख्या गरेको छ । ‘समाजका सबै वर्गसँग संवाद जारी राख्दै नेपालमा सबै नागरिकको आकांक्षालाई समाहित गरेर संविधानलाई सफलतापूर्वक लागू गर्ने विश्वास छ,’ संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने ।

संविधानप्रति भारतको असहमति कायम रहेको विषयलाई भारतीय विदेश सचिव एस जयशंकरले मधेसकेन्द्रित दलहरूको माग र संविधानको संशोधनको विषयमा आप्mनो पोजिसन निरन्तर एउटै र स्पष्ट रहेको बताए । प्रधानमन्त्री देउवाको भ्रमणका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने, ‘समाजका सबै तह र तप्कालाई समेटेर अगाडि बढ्ने प्रयासलाई नेपालले जारी राख्नुपर्छ भन्ने हाम्रो पोजिसन हो ।’

मधेसकेन्द्रित दलहरूले उठाउँदै आएको विषय समेटेर संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक असफल भएलगत्तै भ्रमणमा निस्किएका प्रधानमन्त्री देउवालाई भारतले राजनीतिक तहमा घुमाउरो र कर्मचारीतन्त्रमार्फत स्पष्ट रूपमा संविधानप्रति असन्तुष्टि कायम रहेको बताएपछि देउवाले भने संविधान संशोधनका लागि आफ्नो प्रयास जारी रहेको बताएका छन् । यसको पुष्टि विदेश सचिव जयशंकरले समेत गरेका छन् । देउवाले भ्रमणका क्रममा संविधान संशोधन र मधेसकेन्द्रित दलहरूको मागका बारेमा आप्mना धारण सेयर गरेको पत्रकार सम्मेलनमा उनले बताए । उनले संविधान कार्यान्वयनमा बृहत् सहभागिता भएमा त्यसले स्थिरता, एकता र नेपालको समृद्धिमा सहयोग पु¥याउने बताए ।

साथै संयुक्त वक्तव्यमा पनि भारतले सबैलाई समेटेर संविधान कार्यान्वयन गर्नेतर्फ नेपाल सरकार अग्रसर हुने उल्लेख छ । समकक्षी मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले संसद्मा दुई तिहाइ नपुगेर संशोधन हुन नसकेको संविधानलाई पुनः संशोधनको प्रयास गर्ने बताए । देउवाले  संविधान कार्यान्वयनका लागि केही मुद्दा बाँकी रहेका भन्दै संशोधनमार्फत तिनलाई सम्बोधन गरिने बताए । ‘संविधानलाई सर्वस्वीकार्य बनाउन भविष्यमा हामी फेरि संशोधन गर्ने प्रयास गर्नेछौं,’ देउवाले भने  ।

संयुक्त पत्रकार सम्मेलनमा मोदीले देउवाप्रति इंगित गर्दै उनको कुशल र अनुभवी नेतृत्वमा यो सम्भव हुन सक्ने बताए । मोदीले नेपालमा लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन देउवाले खेलेको भूमिकाको प्रशंसा गर्दै देउवाकै नेतृत्वमा लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे । उनले भारत नेपालमा शान्ति, स्थायित्व र उसका आर्थिक समृद्धिप्रति सधैं सहज रहँदै आएको उल्लेख गर्दै भारतलाई नेपालको विकास र आर्थिक प्रगतिको प्रयासहरूमा साझेदारी हुने सौभाग्य प्राप्त रहेको बताए ।  मोदीले नेपालमा भारतको सहायतामा चलिरहेका विकास परियोजनाहरू हुलाकी रोड, सीमापार ऊर्जा ‘ट्रान्समिसन लाइन’, संयुक्त चेकपोस्टमाथि काम भइरहेकामा खुसी व्यक्त गर्दै कटैया–कुशाहा, रक्सौल–परवानीपुर ट्रान्समिसन लाइनलाई सम्बन्धको आधारका रूपमा उल्लेख गरे । सीमा बाँध नियन्त्रणका लागि समन्वय र परामर्शलाई अझ मजबुत बनाइने उल्लेख गर्दै मोदीले आपसी हितलाई ध्यानमा राख्दै यसको दीर्घकालीन समाधानका लागि सोच्नु आवश्यक रहेको बताए ।

संयुक्त पत्रकार सम्मेलनअघि देउवा र मोदीबीच बिहीबार ‘वान टु वान’ वार्ता भएको छ । दुई नेताबीच आधा घण्टासम्म चलेको ‘वान टु वान’ वार्तामा उनीहरूका सहयोगीसमेत थिएनन् । पत्रकार सम्मेलनमा उनले पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रूप दिन तीव्रता दिन दुवै प्रधानमन्त्री सहमत भएको बताए । उनले अरुण तेस्रोको शिलान्यासका लागि प्रधानमन्त्री देउवाले निम्तो दिएको भन्दै खुसीसमेत व्यक्त गरेका थिए ।

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालको तराई क्षेत्रमा आएको बाढी  नियन्त्रणका लागि सहकार्य र सहयोग मजबुद बनाउँदै जाने बताए । ‘नेपालमा आएको बाढीको सन्दर्भमा मैले भारतको तर्फबाट सक्दो सहायताको प्रस्ताव दोहो¥याएको छु’, उनले भने ‘सीमावर्ती इलाकामा बाढी नियन्त्रणका लागि साझेदारी र द्विपक्षीय संवादलाई थप मजबुद बनाएर लैजान हामी सहमत भएका छौं,’ उनले भने, ‘एक अर्काको हितलाई ध्यान दिँदै दीर्घकालीन समाधानमाथि सोचिनेछ ।’

अरुण तेस्रो जलविद्युत् आयोजनामा जमिनको प्राप्तिमा देखिएको समस्या हल भइसकेको उनले बताएका थिए । प्रधानमन्त्री देउवाले नेपालको विकास प्रयासमा भारतको सौहाद्र्धता र सहयोग अत्यन्त महŒवपूर्ण छ भन्दै विद्युतीय ट्रान्समिसन लाइन, पञ्चेश्वर आयोजनाको सम्पन्नता एवं नेपालमा सञ्चालनमा रहेका भारतीय सहयोगका आयोजनालाई समयमै सम्पन्न गर्न भारतीय पक्षबाट र विशेषगरी प्रधानमन्त्री मोदीबाट व्यक्त चासोप्रति विशेष धन्यवाद ज्ञापन गरेका थिए । प्रधानमन्त्री मोदीलाई ‘वान टु वान’ वार्तामा समकक्षी देउवाले पञ्चेश्वर परियोजनाको डीपीआर माग गरेका थिए । पत्रकार सम्मेलनमा नेपालले जतिसक्दो चाँडो डीपीआर तयार गरेर पठाउने बताएका थिए । मोदीले नेपालका बाढीपीडितको समस्या समाधानको प्रयास गर्ने बताउँदै गर्दा देउवाले सम्बोधनका क्रममा भारतले बाँधेका अवैध बाँधहरूको कुरा भने उठाउन सकेनन् ।


स्थानीय तहको दुई चरणको निर्वाचनमा भारतको समर्थन तथा सबै पक्षलाई साथमा लिएर संविधान कार्यान्वयनमा जाने सरकारी प्रयासमा पनि भारतीय सद्भाव रहेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी १९५० को सन्धिसहित दुई देशबीच सन्धि–सम्झौता पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्ति समूहलाई सम्बन्ध थप मजबुत हुने गरी समयमै प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।

नेपाल–भारतबीच जारी रक्षा सहकार्य थप सुदृढ गर्न दुवै प्रधानमन्त्री सहमत भएको र दुई सेनाबीच थप साझेदारी तथा मजबुत सम्बन्धमा जोड दिइएको छ । नेपालका सुरक्षाफौजको क्षमता विकासका लागि भारतले दिएको सहयोगप्राप्त प्रधानमन्त्री देउवाले धन्यवाद दिएका छन् । नेपाल–भारत खुला सीमामा सुरक्षा सम्बन्धित विषयमा सहकार्य भइरहेकोमा दुवै प्रधानमन्त्री सन्तुष्ट छन् । सीमालाई एक–अर्काको सुरक्षा खतरा हुने गरी हुन सक्ने दुरुपयोगप्रति दुवै पक्ष सचेत रहेको र कुनै पनि भूमि एक–अर्काविरुद्ध प्रयोग हुन नदिनेमा दुवै प्रधानमन्त्रीले वचनबद्धता प्रकट गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

जारी परियोजनाहरूको अनुगमन गर्न गठित संयुक्त संयन्त्रको कामप्रति सन्तुष्ट जनाइएको छ । ७५ करोड डलरबराबरको ऋण सम्झौताअनुसार परियोजनाहरू चाँडै छनोट गर्न सहमति भएको छ । सडक तथा ऊर्जा पूर्वाधारका लागि २५ करोड अमेरकी डलर तथा १० करोड अमेरिकी डलर सहुलयत ऋणको उपयोग भएकोमा भारतले सन्तुष्टि जनाएको छ । ५५ करोड डलर थप सहुलियत ऋणमध्ये २० करोड डलर सिँचाइमा तथा ३३ करोड सडक परियोजनामा लगाइने सहमतिमा दुवै प्रधानमन्त्रीले सन्तुष्टि जनाएका छन् ।

जयनगर–बर्दिबास, जोगबनी–विराटनगर रेल्वे चाँडै सम्पन्न गर्ने सहमति भएको छ । आगामी वर्षभित्र भन्सार यार्ड राख्न पनि सहमति भएको छ । जलपाइगुढीदेखि काँकडभिट्टा, नौतनुहादेखि भैरहवा, नेपालगन्ज रोडदेखि नेपालगन्जसम्म सीमापार रेल्वेको फिल्ड लोकेसन सर्भे चाँडै गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् । वीरगन्जको एकीकृत चाँज चौकी आगामी चार महिनाभित्र सञ्चालनमा ल्याउन सहमति भएको छ । विराटनगरको काम चाँडै सम्पन्न गर्न सहमति भएको छ । भैरहवा र नेपालगन्जमा विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न सहमति भएको छ । हुलाकी राजमार्गको बाँकी खण्ड निर्माणमा सहमति जनाइएको छ ।

पशुपतिनाथमा धर्मशाला निर्माणको प्रगतिप्रति दुवै प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरेका छन् । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म ल्याउन सहमति भएको छ । एलपिजी ग्यास पाइपलाइन मोतिहारीदेखि अमलेखगन्जसम्म तथा प्राकृतिक ग्यास पाइपलाइन गोरखपुरदेखि सुनवलसम्म ल्याउने विषयमा इन्जिनियरिङ अध्ययन गर्ने सहमति पनि भएको छ ।

पञ्चेश्वरको डिपिआर एक महिनाभित्र तयार गर्ने, अरुण तेस्रो र माथिल्लो कर्णाली परियोजना चाँडै सुरु गर्ने, टनकपुर ब्यारेजबाट नेपालतर्फ नहरका लागि डिपिआर टुंग्याउनेमा सहमति भएको छ । सप्तकोसी उच्च बाँध तथा सुनकोसी स्टोरेज डाइभर्सनसम्बन्धी डिपिआर निर्माण गर्ने सहमति भएको छ । ऊर्जासम्बन्धी संयुक्त प्राविधिक समितिको बैठक नियमित रूपमा राख्न सहमति भएको छ । सीमापार विद्युतीय अन्तरसञ्जाल निर्माणमा सहमति भएको छ ।

नेपालको व्यापार घाटा कम गर्न बजारको पहुँच दिन भारत सकारात्मक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल जारी सडकमार्गबाहेक थप सडक सञ्जाल विस्तार गर्ने र बस सेवा सञ्चालन गर्ने विषयमा दुवै पक्षको सहमति छ । पुनर्निर्माण, गुणस्तर, लागुऔषध नियन्त्रण, चार्टर्ड एकाउन्टेन्टसँग सम्बन्धित आठ सहमतिपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री देउवालाई भ्रमणअघि राष्ट्रपति पूर्वप्रधानमन्त्रीहरू, परराष्ट्रविद्हरूले सीमा क्षेत्रमा भारतले बाँधेका अवैध बाँधहरूको विषयमा कुरा उठाउन सुझाव दिएका थिए । तर उनले सम्बोधनका क्रममा ठोस रूपमा यस विषयलाई उठाउन भने सकेनन् । ४६ बुँदे संयुक्त विज्ञप्तिमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिएको भए पनि बाँधका विषयमा केही पनि उल्लेख गरिएको छैन ।

post image

प्रस्तावित मनमोहन मेडिकल कलेजका प्रिय सञ्चालकहरु !

प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनसनमा बस्नुभएको आज २३ दिन भएको छ। चिकित्सकहरुका अनुसार उहाँको स्वास्थ्य स्थिति गम्भीर र असहज बन्दै गएको छ। उहाँको अनसन नटुङ्गिनुको एउटै कारणका रुपमा प्रस्तुत गर्न खोजिएको छ– तपाईंहरुले स्वर्गीय मनमोहन अधिकारीका नाममा स्थापना गर्न खोज्नुभएको प्रस्तावित मनमोहन मेडिकल कलेजको सम्बन्धन विषय।

यस विषयमा लिएर सिङ्गो नेकपा (एमाले) लाई जबर्जस्त घिसार्न खोजिएको छ र पार्टीलाई नै ‘मेडिकल माफिया’ का रुपमा डाम्न खोजिएको छ। परिस्थिति हेर्दा यस्तो लाग्दैछ– नेकपा (एमाले) को प्रतिष्ठा, राष्ट्रियता लगायत विषयमा उसले लिएका अडान र स्थानीय निर्वाचनमा उसले प्राप्त गरेको अग्रता सबैको प्रतिशोध यही विषयबाट लिन खोजिँदैछ। त्यसैले केही विषयमा तपाईंहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहेको छु।

नेपालमा मेडिकल शिक्षामा निजी क्षेत्र प्रवेश गराइएको आज होइन। उदारीकरण, निजीकरण र खुल्ला बजार अर्थतन्त्रको विश्वव्यापी हावाबीच विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको निर्देशनमा नेपालमा पनि निजीकरणलाई सबै रोगको रामवाण औषधिका रुपमा प्रस्तुत गरिएको थियो। हुँदै जाँदा खानेपानीजस्तो विषयलाई समेत निजीकरण र विदेशी प्रबन्धमा हस्तान्तरण गरिएको थियो।

निजीकरणको यस अन्धवेगमा नेपालका दर्जनौं सार्वजनिक प्रतिष्ठान कौडीको मोलमा बेचिएका थिए। हजारौंलाई रोजगारी दिइरहेका ती उद्योग बन्द हुँदा त्यसको आर्थिक मूल्यका अतिरिक्त सामाजिक मूल्य कति महङ्गो पर्यो, गम्भीर बहस भएकै छैन। सामाजिक क्षेत्रमा राज्यको लगानी कटौती, शिक्षा–स्वास्थ्य–खानेपानी लगायत क्षेत्रमा निजी क्षेत्रको प्रवेश, किसानहरुलाई मल–बीउ–सिँचाइ आदिमा दिइँदै आएको सीमित अनुदान पनि हटाउने र निजीकरणलाई नै सबै समस्याको अचूक समाधान ठान्ने मान्यता गलत थियो भनेर सम्बन्धित नीतिनिर्माताहरुले आज पर्यन्त आत्मसमीक्षा गरेका छैनन्।

यसै मेसोमा हो, नेपालमा निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सुरु गरिएको र निजी अस्पतालहरु खुल्न थालेको। यतिबेला चिकित्सा शिक्षा क्षेत्रमा देखा परेका विकृतिबारे गम्भीर बहस भइरहेको छ। विकृति डरलाग्दा छन्– एमबिबिएसमा भर्ना शुल्क ६२ लाखसम्म, एमडी गर्न करोडसम्म, कागजी शिक्षकका नाममा खडेबाबाहरुको उपस्थिति, निरन्तर खस्कँदो गुणस्तर (जसको प्रमाणका रुपमा केही दिनअघि मेडिकल काउन्सिलले लिएको परीक्षाको नतिजा– जहाँ ७५ प्रतिशतभन्दा बढी चिकित्सक अनुत्तीर्ण भए भनिएको छ), आफूले गरेको ‘लगानी’ उठाउनुपर्ने हुनाले निजी मेडिकल कलेजबाट उत्पादन भएका चिकित्सकहरु दुर्गम क्षेत्रमा जानै नमान्ने रोग र उपचारमा चरम अमानवीयता र नाफाखोरी आदि।

यी विकृतिका पछाडि अरु धेरै कारण होलान्, तर यसको मुख्य कारण नाफाका लागि खोलिएका मेडिकल कलेज, तिनीहरुको सम्बन्धनका क्रममा अँध्यारो कोठामा हुने लेनदेन र राज्यको कमजोर अनुगमन प्रणाली मुख्य जिम्मेवार छन् भन्नेमा कुनै सन्देह छैन। त्यसैले, डा. गोविन्द केसीले औंल्याउनु भएका चिकित्सा शिक्षाका विकृति यथार्थ हुन् र समाधानका लागि उहाँले अगाडि सार्नुभएका विषय पनि आम रुपमा सही छन्।

ती विषय सम्बोधन गर्न माथेमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आधारित भएर राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यतिबेला संसदबाट पारित हुने क्रममा छ। तर, आज विषय त्योभन्दा फरक ढंगले अगाडि बढ्न/बढाउन खोजिएको छ। विधेयक पारित गरेर समस्याको नीतिगत र कानुनी समाधान खोज्नेतिर होइन, अरु नै विषयतिर ध्यान बराल्न खोजिएको देखिँदैछ। डा. गोविन्द केसीले असल मनसायका साथ सुरु गर्नुभएको अनसनलाई जबर्जस्त राजनीतिकरण गर्न खोजिएको छ। यसलाई कसैका विरुद्ध प्रतिशोधको साधन बनाउन खोजिएको छ।

सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिहरुले वार्ता गरिरहेको छैन। तर दोष अन्यत्रै थुपार्न खोजिँदैछ। आज चिकित्सा शिक्षा क्षेत्रमा देखा परेका विकृतिको जड जन्मिँदै नजन्मिएको मनमोहन मेडिकल कलेज होइन, एउटा निश्चित नीतिअन्तर्गत सम्बन्धन प्राप्त गरेका मेडिकल कलेजहरु, तिनलाई सम्बन्धन दिने विश्वविद्यालय पदाधिकारीहरु (जसमा कुलपतिका हैसियतले त्यसबेलाका प्रधानमन्त्री र सहकुलपतिका रुपमा त्यसबेलाका शिक्षामन्त्री पनि पर्छन्) र अनुगमनमा निष्प्रभावी राज्य संयन्त्र नै होलान्। तर विषय यसरी प्रस्तुत गरिँदैछ, मानौं आजसम्मका सबै समस्याको कारक तत्व मनमोहन मेडिकल कलेज हो र त्यसलाई सम्बन्धन दिनबाट रोक्नेबित्तिकै सबै समस्या समाधान हुन्छन्।

उग्र निजीकरण र अनियन्त्रित बजार अर्थतन्त्रका पक्षधरहरु रातारात चिकित्सा शिक्षामा ‘समाजवादका पक्षधर’ बनेको दृश्य रोचक छ। मनमोहन मेडिकल कलेजका सञ्चालकहरु ‘मेडिकल माफिया’ नै रहेछन् भने पनि उनीहरुको ‘माफियागिरी’ सुरु हुने त कलेजले सम्बन्धन पाएपछि, उनीहरुले सरकारले तोकेभन्दा महङ्गो शुल्क लिएर विद्यार्थी भर्ना गर्न थालेपछि र विद्यार्थी भर्नामा लिलाम बढाबढ हुन थालेपछि होला नि!

तर, यस्तो प्रश्न गर्न निषेध छ। परिस्थितिलाई यसरी ध्रुवीकरण गर्न खोजिएको छ– कि यो कित्ता कि त्यो कित्ता। गोविन्द केसीको पक्षमा कि विपक्षमा। मेडिकल कलेजको पक्षमा कि विपक्षमा। बीचमा उभिएर फरक ढंगले तर्क गर्ने ठाउँ नै बाँकी राखिएको छैन। मलाई यथार्थ त थाहा छैन, तर प्रस्तावित मनमोहन मेडिकल कलेज कुनै व्यक्ति विशेष या सीमित ठूला घरानाहरुको लगानीमा होइन, झन्डै २४ सय सेयरधनी रहेको सहकारीका माध्यमबाट अगाडि बढाउन खोजिएको हो भन्ने सुनेको छु। त्यसो हो भने सहकारीका नाममा सञ्चालन गर्न खोजिएको यस संस्थाबाट सीमित व्यक्तिहरुको लगानीमा खोलिएका अरु निजी कलेजहरुबाट जस्तो अनियन्त्रित नाफा कमाउने सम्भावना पनि हुँदैन होला। राज्यका प्रचलित कानुन र नीतिका मातहत आसयपत्र लिएर, करोडौं लगानी गरेर आवश्यक पूर्वाधार तयार गरेपछि सम्बन्धन पाऊँ भनी अनुरोध गर्नु अपराध पनि होइन होला।

त्यसमाथि, विचाराधीन विधेयकमा नयाँ व्यवस्था पनि थप गरिएको छ, जसमा आसयपत्र पाएकै भरमा सम्बन्धन पाउनै पर्छ भन्ने छैन, नयाँ चिकित्सा शिक्षा ऐनको व्यवस्थाअन्तर्गत बन्ने उच्चस्तरीय चिकित्सा आयोगले तयार गरेको नयाँ मापदण्ड पूरा गरेपछि मात्रै सम्बन्धन पाउन सक्ने व्यवस्था प्रस्तावित गरिएको छ। विगतमा आसयपत्र दिँदा राज्यले गल्ती नै गरेको रहेछ भने पनि त्यस्तो गल्तीलाई यस प्रावधानले सही ढंगले सच्याउन सक्छ।

तर, केही दिनअघि विधेयकमा भएको यो सहमति पनि अहिले उल्टिएको अवस्था छ। यी सबै विषयमा तपाईंहरुको प्रस्तावित मेडिकल कलेजलाई र त्यससँग जोडेर एमालेलाई लाञ्छित गर्ने प्रयास भइरहेको छ। अचानक केही मान्छेलाई आज मनमोहन अधिकारीको सादगीपन, उच्चता र स्वच्छताबारे चिन्ता देखा परेको छ। यसरी चिन्ता गर्नेमध्ये तिनीहरु पनि छन्– जसले आजभन्दा २२ वर्ष अगाडि, यस्तै बर्खामा, बाँके बर्दियामा भएको भीषण बाढीपहिरो र डुबानको निरीक्षण गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी ५ हजार फिटमाथिबाट खसेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीलाई, ‘म अलिकति निको भएपछि संसदमै उपस्थित भएर आफूविरुद्ध लागेका आरोपको जवाफ दिन्छु र राजीनामा दिन्छु’ भन्दा पनि नमानेर शिक्षण अस्पतालकै शैयाबाट पदत्याग गर्न बाध्य पारेका थिए।

ठिक छ, उहाँको नाममा निजी कलेज खोल्न पाइँदैन भने सरकार स्वयं किन उहाँको नाममा कुनै मेडिकल कलेज खोल्दैन या खुलेका संस्थाहरुको नामाकरण गर्दैन? (आखिर सरकारले चाहने हो भने कुनै सामाजिक संस्थाको पहलमा खुलेको अस्पताललाई पनि जबर्जस्ती आफ्ना नेताहरुको नाममा नामाकरण गर्न सक्दो रहेछ। जस्तो, पश्चिम नेपालमा हालै एउटा सामाजिक संस्थाको नाममा जनस्तरबाट खुलेको क्यान्सर अस्पताललाई जबर्जस्ती नेपाली काङ्ग्रेसका नेताको नाममा नयाँ नामाकरण गरिएको छ।)

दोहोरो मापदण्ड अपनाइएका यी धेरै विषयमा कुनै बहस हुँदैन। समस्याको नीतिगत जरा खोतल्ने होइन, पात टिपेर समाधान खोज्ने प्रयास भइरहेको छ। डा. गोविन्द केसी स्वयं मुलुकमा हालै आएको प्राकृतिक विपत्तिप्रति चिन्तित हुनुहुन्छ र आफूप्रति ऐक्यबद्धता जनाउने डाक्टरहरुलाई बाढीग्रस्त क्षेत्रमा स्वास्थ्य सेवा दिन जान आग्रह गरिरहनुभएको छ। यस्तो विपत्ति बेला पनि उहाँको जीवनलाई जोखिममा पारेर निश्चित उद्देश्य स्थापित गर्न केही पक्षहरु लागिरहेको स्पष्ट आभाष देखिएको छ। माथेमा कार्यदलको भावनाअनुसार विधेयक प्रस्तुत गर्ने काम एमाले नेतृत्वको सरकारले गर्यो। सरकार परिवर्तन भएसँगै झन्डै एक वर्षसम्म त्यसलाई अगाडि बढाउने या विगतका सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा कुनै कदम चालिएन। जब डा. केसी फेरि अनसन बस्नुभयो, त्यसपछि बल्ल हतारो भयो। आज एमालेविरुद्ध कुप्रचार गर्ने साथीहरु सरकारलाई तिमीले विगतका सम्झौता कार्यान्वयन नगरी एक वर्षसम्म के हेरेर बस्यौ र डा. केसीलाई फेरि अनसन बस्न वाध्य पार्यौ भन्ने प्रश्न गर्दैनन्।

किनभने, विषयलाई जबर्जस्त राजनीतिकरण गर्न खोजिएको छ।संयोगवश, यतिबेलै संविधान संशोधन विेधेयक संसदमा अगाडि बढाइँदैछ। संविधान संशोधन गर्न दुईतिहाइ बहुमत चाहिन्छ, तर त्यति संख्या नभए पनि सरकार संविधान संशोधन गर्न उद्यत छ। सामान्य बहुमत भए पुग्ने विधेयक पारित गर्ने प्रक्रिया भने अगाडि बढाइँदैन। अनि दोष थोपरिँदैछ, प्रतिपक्षमाथि। अर्थात्, असल मनसायका साथ सुरु भएको अनसनलाई निश्चित राजनीतिक दल र संस्थाविरुद्ध हतियारका रुपमा प्रयोग गर्न खोजिँदैछ।

प्रस्तावित मनमोहन मेडिकल कलेजका तपाईं सञ्चालकज्यूहरु!

यस्तो अवस्थामा, तपाईंहरुलाई मेरो आग्रह छ– यस विषयलाई लिएर गर्न खोजिएको दाउपेचको अन्तर्यलाई गम्भीरतापूर्वक बुझिदिनोस्। त्यस प्रस्तावित मेडिकल कलेजलाई लिएर गर्न खोजिएको राजनीतिक जोडघटाउलाई पनि संवेदनशील रुपले हेरिदिनोस्। आदरणीय मनमोहन अधिकारीका नाममा मेडिकल कलेज र अस्पताल खोलेर सर्वसाधारणलाई सुलभ स्वास्थ्योपचार दिऊँ र केही योगदान गरौं भन्ने असल मनसाय नै हो तपाईंहरुको। तर अहिले परिस्थिति फरक ढंगले अगाडि बढ्यो। त्यसैले आजै सञ्चालक समितिबाट एउटा निर्णय गरिदिनुहोस् र सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत मनमोहन स्मृति अस्पताल चलाउने गरी तपाईंहरुले निर्माण गरेका संरचनाहरु राज्यलाई हस्तान्तरण गर्न सार्वजनिक स्वीकृति दिनुहोस्।

यसले तत्कालका लागि भिन्न सन्देश दिए पनि दीर्घकालीन रुपमा नयाँ अध्यायको सुरुआत गर्नेछ– चिकित्सा शिक्षालाई राज्यको मातहत ल्याउने प्रक्रियाको सुरुआत गर्नेछ। त्यसले यसअघि नै सम्बन्धन लिएर चिकित्सा शिक्षामा एकाधिकार चलाइरहेका व्यक्ति/संस्थाहरुमाथि पनि ठूलो नैतिक दबाब सिर्जना हुनेछ। आजका अभियन्ताहरुको यथार्थ पनि छिटै उद्घाटित हुनेछ– उहाँहरु साँच्चै ‘मेडिकल माफियाहरु’ को विरोधी र स्वास्थ्य क्षेत्रमा समाजवादी मान्यताका पक्षधर हो कि डा. गोविन्द केसीको अनसनलाई भरेङ बनाएर अर्कै अभीष्टका निम्ति क्रियाशील भनेर।

‘मलाई ठूलो मान्छे होइन असल मान्छे थियो भनेर सम्झिदिए पुग्छ’ भन्ने जीवन आदर्श बोकेका सादगी र नैतिकताका उच्च धरोहर स्व. मनमोहन अधिकारीका नामलाई कसैले विवादित बनाउन नपाउन् र धमिलो पानीमा माछा मार्ने कसैको गलत उद्देश्य पूरा हुन नपाओस् भन्नाका लागि एउटा कठिन निर्णय गर्नुहोस् र तपाईंहरु प्रस्तावित मनमोहन मेडिकल कलेजका भौतिक संरचनाहरु राज्यलाई बिक्री गर्न सहमत हुनुहोस्!

(लेखक एमाले सचिव हुन्)

post image

बिनिता सिवाकोटी साउन २७,काठमाडौं । राष्ट्रिय सभा गृहमा एक महिला आफ्ना २ सन्तानका साथ निरासाका साथै धेरै रिसमा देखिनुभएको थियो । घरिघरि यताउता गर्दै सुरक्षाकर्मीलाई आफ्नो रिस पोख्दै हुनुहुन्थ्यो भने केहि क्षण मै आफ्नो बेदना र समस्या भनेर यती कामको लागी सहयोग गरिदिन आग्रह ! खास कुरा हो छुटेका र उमेर पुगेका सर्वसाधारणको मतदाता नामावली दर्ताको जसको समय सकिन केहि दिन मात्र बाँकी रहेको छ । उहाँ भन्दै हुनुहुन्थ्यो “म त भोलि फेरी आएर लाइन बसेर दर्ता गरौंला तर यी मेरा छोराछोरी २ दिन देखि क्याम्पस नगई यहाँ बसेका छन् उनीहरुको पढाई बिग्रिसक्यो ,कती दुख पाइसके प्लीज यिनीहरुको दर्तामा सहयोग गरिदिनुहोस ” ।

ती महिलाको मात्र समस्या थिएन यो ,सभा गृहमा धेरै यस्ता सर्वसाधारण थिए जो आफ्नो बालबच्चा , अफिस, क्याम्पस छाडेर घाम पानी भोक तिर्खा नभनी आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन बिहान ७ बजेदेखी नै लाइन बसेका थिए । सबैको गुनासो साझा थियो , केहि ब्यबस्थापन छैन यहाँ एउटा लाइन बसेर १० जनाको नामावली दर्ता गर्छ तर दिनभर घाममा उभिनेको पालो आउदैन् । ”न त ब्यबस्थित लाइन छ न त बिद्यार्थी , अशक्तको लागी छुट्टै व्यवस्था ,नगर्नु काम गरेपछि त सहि ढंगले गर्नुनी संधै जनता लाई दुख दिने मात्र हो ” ।

सबै जिल्लाका जनतालाई नामावली दर्ता गर्न सजिलो होस् भन्ने हेतुका साथ सरकारले यहि ३२ गते सम्म राष्ट्रिय सभा गृह स्थित मतदाता नामावली भर्ने सुबिधा सुरुवात गरेको थियो । तर उचित ब्यबस्थापन हुन नसक्दा धेरै सर्वसाधारणले दुख पाएका छन् भने धेरै ब्यस्त जीवनशैलीका करण दर्ता नै नगरी निराश भएर फर्किन बाध्य भएका छन् 

त्यस्तै राजधानी जहाँ ७५ जिल्लाकै मनिषहरु बसोबास गर्ने ठाउँ तर नामावली दर्ता गर्ने ठाउँ मात्र सभा गृह अनि त्यहाँ खटाइएका कर्मचारीको संख्या कम भएर हुनसक्छ ,जनताहरु निराश बन्नुपरेको । अर्को गुनासो पनि सुन्नसकिन्थ्यो त्यहाँ ” हामीलाई केही हुनेहैन जित्ने पार्टीले हो , पद उनीहरुले पाउनेहुन् ,हामी त केवल उनीहरुलाई पदमा पुर्याइदिने मान्छे जसको कदर उनीहरुले कहिले गर्दैनन् ” । त्यतिकैमा अर्को एकजना महिलाको आवाज सुनियो यसरि त नाकाबन्दी हुँदा ग्यासको लागी लाइन बसिन्थ्यो त्यही दिनको याद आयो ,कम्तिमा त्यो हाम्रो र परिवारको लागी त थियो नी ,यो त अरुलाई जितार कुर्सि दिलाउने हो तर पनि जनताको सेवा सुबिधाको कती पनि वास्ता छैन ।

 

post image

बिनिता सिवाकोटी साउन १८,काठमाडौँ । सुशील कोइराला एक युबक जसले केही दिन अघी फेसबुकमा समाप्त लेख्दै आत्महत्या गरे ।

 

 

 

 

 उनले गत शुक्रवार राति १ बजेर २० मिनट मा समाप्त भन्दै स्ट्याटस लेखेर झुन्डिएर आत्महत्या गरेका थिए ।

 

 

 

 

 

 

 

केही समयदेखी उनले फेसबुकमा मर्मस्पर्शी स्ट्याटस लेख्ने गरेका थिए, तर कसले सोचेको थियो होला र, सुशील यति धेरै पिडामा छन् की उनले संसार बाटै बिदा लिनेछन ।

 

 

 

 

 

 

 

 

उनको मृत्युपस्चात धेरै टिकाटिप्पणी भए उनी मानसिक तनाबमा रहेको भन्ने कुरा पनि आए तर उनी के कारणले तनाबमा थिए ,त्यो कुरा अहिले सम्म पत्तो लागेको छैन ।

 

 

 

 

 

 

आफ्नो श्रीमती र साना छोराहरुसंग खुसि जीवन बिताइरहेका सुशील कुन पिडा बाट गुज्रिरहेका थिए जसले गर्दा उनले आत्महत्या रोजे ।

 

 

 

 

 

 

उनले आत्महत्या गर्नु अघी लेखेका स्ट्याटस यस्ता रहेका छन् ,जसलाई पढ्दा जो कोहि को आँखा रसाउँछ। जुलाई २६ मा १० .२ मिनट जाँदा सुशील कोइरालाले लेखेको स्ट्याटस :

समय र भाग्यको यो
खेल कस्तो हो
मलाई मात्र पिडा दिने
झेल कस्तो हो
नग्न बनाई बजार मा 
छर्नु पर्ने किन
सरिर हैन आत्मा बेची
मर्नु पर्ने किन
हिजो मेरो आफ्नो हुने
आज भागेछ
सायद मेरो साथले उस्लाई
लाज लागेछ
मात्र मैले उस्को साथ
खोजेको थिएँ
मेरो दुख बुझ्छ भन्दै
रोजेको थिएँ
तर आज मलाई छोडी
अन्त गयो की
मलाई जिम्दो लास बनाई
जन्त गयो की
खाडल भित्र मलाई पारी
भागी गयो उ
मेरो मनमा आफ्नो फोटो
दागी गयो उ
के हो दैब ? तेरो लेखाई
रैछस पापी तँ
मेरो जिवन बर्बाद पार्ने
भैछस पापी तँ …..

जुलाई २६ मा १० .००  मिनट जाँदा सुशील कोइरालाले लेखेको स्ट्याटस :

ए रात आईज न ल
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो 
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….? 

जुलाई १६ मा ११ .१७ मिनट जाँदा सुशील कोइरालाले लेखेको स्ट्याटस :

एक क्षण निद पाउन
खानु पर्ने दबाई
म सत्य छु है भन्न
लानु पर्ने गबाई
आज बाट स्लिपिङ ट्याब्लेट
खान थालेँ मैले
आफ्नो लास मसान तर्फ
लान थालेँ मैले
एक मिठो निद मलाई
आउने छ की अब
मेरो सपना गित बनी
गाउने छ की अब
दुई ट्याब्लेट मात्र खान्छु
भनेको छु मैले
महिना दिनलाई साठी ट्याब्लेट
गनेको छु मैले
ब्लड प्रेसर बडेको छ
छाती दुख्छ मेरो
तिम्लाई पाउने सपना सब
राती लुक्छ मेरो
पिउँछु रक्सी आज भोली
देख्छु पिडा तिम्रो
हात कमाई फेसबुकैमा
लेख्छु पिडा तिम्रो
टाडा किन बन्छौ सानु
बोली देउन बिन्ती
आखिर के छ सत्य कुरा
खोली देउन बिन्ती
दुई चार दिन हो मात्र अब
खान्छु सबै दबाई
लास बन्छु कसम तिम्रो
लान्छु सबै गबाई
ग्यालेरी भ्यालुमा सायद तिम्रो फोटो छ
डराउने है कारण
अर्को लाइ साथ बोकी मलाई
कराउने है कारण
ढुक्क बस सानु तिमी
राम्रो तिम्रो भयो
मेरो हातको सिन्दुरको रङ
चाम्रो तिम्रो भयो
सायद मेरो जन्म गतेमा
मर्ने छु की म
साउन मैना आत्महत्या
गर्ने छु की म ……….😭

 

 

 

 

 

 

 

 

 

post image


बिनिता सिवाकोटी, साउन १७,चितवन। स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता देखि चर्चामा आएको भरतपुर महानगरपालिकाको चर्चा महिनौं बितिसक्दा पनि यथावत नै छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालबाट चर्चा सुरु भएको थियो भरतपुर महानगरपालिकाको जसको एकमात्र कारण थियो रेणु दाहाल पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्दका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पुत्री थिइन ।त्यस्तै अर्को चर्चाको बिषय थियो स्थानीय निर्वाचनको मतगणना जसमा माओवादी उम्मेदवार रेणु दाहाल र नेकपा एमाले उम्मेदवार देबी ज्ञवालीबिचको कडा प्रतिष्पर्धा ।

बैसाख ३१ गते सम्पन्न भएको भरतपुर महानगरपालिकाको मतगणना बारम्बार रोकिंदै सुरु हुँदै थियो र दुई उम्मेदवार बिचको प्रतिष्पर्धाले पनि सारा नेपाली जनताको ध्यानाकर्षण गराएको थियो । त्यसैबीच मतगणना अन्तिम अवस्थामा पुगेका बेला जेठ १४ गते आइतबार राति पौने १२ बजे मतपत्र च्यातियो र मतगणना फेरी रोकियो । दुई माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । त्यसपछी अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको सुचना प्रकाशित भयो।

।त्यसैगरी भरतपुरमा अर्को प्रसङ्ग आयो ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग राख्न थाले भने एमालेले च्यातिएका मतपत्र बदर गरि पुन मतगणना सुरु गर्नुपर्ने धारणा राख्न थाले । जेठ १७ गते अर्थात् मतपत्र च्यातिएको चौथो दिन भरतपुर महानगरपालिकामा पुनस् मतगणना वा मतदान भन्ने दलहरुको मागबारे मौन बस्दै निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गरी पठाउन मूख्य निर्वाचन अधिकृतलाई निर्देशन दियो। मतपत्रको मुचुल्का खोलियो र च्यातिएका मतपत्रको गणना सुरु भयो जहाँ ९० मतपत्र च्यातिएको यकिन भयो ।

जेठ २० गते निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गर्यो । निर्वाचन आयोगको सो निर्णय प्रति असन्तुष्ट एमाले पक्षका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरे।

 

कहिले के भयो?

जेठ १४ –मध्यरातमा मतगणना स्थलमा माओवादी केन्द्रका कार्यकर्ताद्धारा मतपत्र च्यातिए। माओवादीका दुई कार्यकर्ता पक्राउ। अदालतबाट धरौटीमा रिहा।

जेठ १५ –घटनाबारे जाँचबुझ गर्न सह–न्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानविन समिति गठन ।

जेठ २० –निर्वाचन आयोगद्वारा भरतपुर १९ मा पुनः मतदान गर्ने निर्णय।

जेठ २१ –एमालेका भरतपुर १९ का वडा सदस्यका उम्मेदवार समेत रहेका गुन्जमान बिकद्वारा आयोगको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दायर।

जेठ २२ –न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासद्वारा ६ दिन निर्वाचन प्रक्रिया रोक्न अन्तरकालीन आदेश। दुबै पक्षलाई छलफलमा झिकाइयो।

जेठ २८ –दुबै पक्ष अदालतमा उपस्थित भए पनि मुद्दा हेर्न नभ्याउने सूचीमा।

जेठ ३० –मुद्दा पुनः हेर्न नभ्याउने सूचीमा।

असार ६ –भरतपुरमा च्यातिएका मतपत्र, प्रहरीको तत्कालीन सञ्चारको प्रतिलिपि, मतपत्र च्यात्नेविरुद्द जिल्ला अदालतमा दर्ता मुद्दाको मिसिल सर्वोच्चमा पेस गर्न आदेश।

असार १३ –च्यातिएका मतपत्र सर्वोच्चमा पेस।

असार २३ –मुद्दाको सुनुवाइको पालो नै आएन।

असार २६ –मुद्दाको सुनुवाइ पुनः भएन।

साउन २ –न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ सुरु। मुद्दा हेर्दाहेर्दैमा। सुनुवाइ एक साताका लागि स्थगित।

साउन ८ –मुद्दा पुनः हेर्दाहेर्दैमा।

साउन ९ –मुद्दा हेर्दाहेर्दैमा। सुनुवाइ पुनः तीन दिन स्थगित।

साउन १२ –मुद्दा हेर्दाहेर्दैमा। तीन दिनका लागि सुनुवाइ सारियो।

साउन १५- सर्वोच्चमा बहस सकियो।

साउन १५ गते लामो समयको फेरबदल पछी अन्योलतालाई हटाउँदै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा सर्वोच्च अदालतले पुनः मतदान हुने फैसला सुनायो। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट खारेज गर्दै पुनः मतदान गर्ने आयोगको निर्णय कानुनसम्मत रहेको भन्दै सदर गरेको थियो। भरतपुरको फैसला भएको दुई दिन पश्चात मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर १९ मा साउन २० गते पुन मतदान गर्ने निर्णय भएको छ भने आजै बाट मौन अवधि सुरु गराई च्यातिएका ९० मतपत्रलाई जलाउने निर्णय जिल्ला निर्वाचन कार्यालय चितवनले गरेको छ ।

यो त थियो हालसम्मको भरतपुरमा च्यातिएका मतपत्र र त्यो संगै उब्जिएको विवाद र समाधान ! सबैको चासोलाई अझै बढाउंदै भरतपुरमा यहि २० गते शुक्रबार मतदान हुँदैछ । जनताले कसको पक्षमा भोट हाल्ने छन् , कसलाई भरतपुरको मेयर बनाऊछन् त्यो भने हेर्न बाँकी नै छ । आशा गरौँ मतगणनाका क्रममा च्यातिएका ९० मतपत्रले यसपालिको निर्वाचनमा पक्कै न्याय पाउनेछन् र लामो समयदेखि फैसला पर्खेर बसेका मेयरका उम्मेदवारलाई पनि मतदाताले न्याय गर्नेछन ।

 

 

 

 

 

 

 

post image

जनकराज पण्डित, साउन १२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डेढ महिनापछि विस्तार गरेको मन्त्रिपरिषद् असमावेशी भएको भन्दै आलोचना सुरु भएको छ । ३३ प्रतिशत महिला सहभागिताको माग गर्दै प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले ज्ञापनपत्र बुझाए पनि पति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपपिरषद्मा तीनजना महिलाले मात्रै स्थान पाएका छन् । जनजातिहरु समेत यो मन्त्रिपरिषद् विस्तारको प्राथमिकतामा पर्न सकेका छैनन् । राणाकै संयोजकत्वमा केही दिनअघि संसद्मा महिला सांसदको समूह ९ककस० गठन भए पनि मन्त्रिपरिषद्मा महिलालाई अत्यन्त न्यून सहभागिता गराइएको भन्दै कांग्रेस सांसदले नै असन्तुष्टि जनाएका छन्।
प्रधानमन्त्रीसहित कांग्रेसबाट १४ जना मन्त्री नियुक्त हुँदा एक जना महिला अम्बिका बस्नेतले मात्र मन्त्रिपरिषद्मा स्थान पाएकी छन्। आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर मन्त्रिपरिषद्मा नयाँ र प्रत्यक्ष निर्वाचित सांसदलाई प्राथमिकता दिइएको भए पनि कांग्रेसमा प्रत्यक्ष निर्वाचित ७ जनामध्ये कुनै पनि महिला सांसदलाई मन्त्री नियुक्त गरिएन। ‘राजनीतिक संघर्षमा महिलाको स्थान उच्च रहे पनि पदमा महिलालाई पछि पारियोु, कांग्रेस सांसदले भनिन्, ‘महिला सहभागिता न्यून गरिएकोमा सामूहिक रूपमा पार्टी नेतृत्वसँग स्पष्टीकरण सोध्छौं।ु कांग्रेसकै अर्की सांसद पार्वती डिसी चौधरीले पनि महिलाको सहभागिता न्यून गरिएकोमा असन्तुष्टि जनाइन्। ‘राजनीतिक संघर्षमा महिलालाई अघि सारिन्छ तर पद दिने बेलामा पछि पार्ने संस्कार अझै हटेन। प्रधानमन्त्री नियुक्त भएको ४९ दिनपछि देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गरे पनि समावेशी दृष्टिकोणले विस्तार निकै कमजोर देखिएको छ। प्रधानमन्त्रीसहित २७ सदस्यीय मन्त्रिपरिषद्मा महिला, दलित, जनजातिको सहभागिता न्यून छ।
कांग्रेसबाट १३, माओवादी केन्द्रबाट ९, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिए पनि समावेशी चरित्र नभएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्। यसरी मन्त्रीपरिषद्मा अटाएका महिला मन्त्रीहरुमा अम्बिका बस्नेत ९सहकारी तथा गरिबी०, आशा कोइराला ९महिला, बालबालिका तथा समाजकल्याण०, र नेकपा ९संयुक्त० बाट मिथिला चौधरी ९जनसंख्या तथा वातावरण० मन्त्री नियुक्त भएका छन्।
संघियता, समाबेशी र लोकतन्त्रको संस्थागत गर्ने कुरा गर्दा सधै झोक्की शैलीमा आफु प्रधानमन्त्री हुदाँ आफैले कदमजंगको सिद्धान्त अघि बढाएको हवला दिदै हिड्ने प्रधानमन्त्री शेर बहादुर देउवा यस पटक मन्त्रीमण्डल बिस्तार गर्दा समाबेशी बनाउन नसक्दा आलोचित बनेका छन् । प्रधानमन्त्री देउवाको मन्त्री मण्डलमा १९ जना नयाँ मन्त्री आउँदा समेत जम्मा तिन जना महिला मन्त्री भएका छन् । त्यसरी नै आदीवासी जनजाती, दलित, मुश्लिम लगायतले पनि उचित प्रतिनिधित्व नभएको भन्दै आपत्ती जनाएका छन् ।
सरकार बाहिर रहँदा र संसदमा समेत कमदजंगको नारालाई चुनाबी एजेण्डा बनाउने काँग्रेस सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवा यस पटक मन्त्रीमण्डल बिस्तार गर्दा आफ्नो एजेण्डा भुलेकै हुन् त ? या पार्टीगत गुठबन्धीको शिकारका कारण भने जति महिला,अन्य क्षेत्र बर्ग र समुदायलाई समेट्न नसकेका हुन् या नचाहेका हुन् । त्यो भने स्वयं प्रधानमन्त्री देउवालाई नै जानकारी रहला । यता सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र पनि महिला,आदीवासी, जनताति लगायत समाबेशीताको नारा बोकेर हिड्ने माओवादी केन्द्रले पनि महिला,आदीवासी जनजातीलाई बिर्सेकै हो त ?

post image

साउन ६, काठमाण्डौं । नेपालको संविधानले गरेको ब्यवस्थाले गर्दा बिस बर्ष पछि देशमा स्थानीय तहको निर्वाचन भएको छ । पहिलो पटक राज्य पुर्नसंरचना अनुरुप स्थानीय तहको निर्वाचन भएको हो । यस निर्वाचनवाट देशभरमा ७ सय ४४ वटा स्थानीय तह रहेका छन् । निर्वाचन आयोगले बैशाख ३१ गते एकै चरणामा सातै प्रदेमा निर्वाचन गर्ने तयारी गरेता पनि बिबिधि कारणले गर्दा प्रदेश नम्बर ३,४ र ६ मा बैशाख ३१ गते र प्रदेश नम्बर १,५ र ७ मा असार १४ गते दुई चरणमा निर्वाचन सम्पन्न भईसकेको छ भने असोज २ गते प्रदेश नम्बर २ मा निर्वाचन हुदैछ । यसरी समग्रमा हेर्दा हालसम्ममा कूल ७ सय ४४ स्थानीय तहमध्ये ६ सय १७ स्थानीय तहमा निर्वाचन सम्पन्न भईसकेको छ ।

हालसम्म पहिलो चरण र दोस्रो चरणमा गरी सम्पन्न भएका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा गरी प्रमुख तथा अध्यक्षमा नेकपा एमाले २ सय ७६ स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको छ भने नेपाली काँग्रेस २२६ स्थानीय तह जित्दै दोस्रो तथा नेकपा माओवादी केन्द्र ८४ स्थानीय तह जित्दै तेस्रो स्थानमा रहन सफल भएको छ । पहिलो र दोस्रो चरणको सार्वजनिक मत परिणाम बाहेक ६ सय १६ स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ भने एक स्थान अर्थात भरतपुर उपमहानगरपालिकाको निर्वाचनको परिणाम अझै आउन सकेको छैन । यता प्रदेश नम्बर दुईमा रहेका १ सय २७ स्थानीय तहको निर्वाचन असोज २ गते हुदैछ । हालसम्म  स्थानीय पहिलो चरणमा बैशाख ३१ गते प्रदेश नम्बर प्रदेश नम्बर ३,४ र ६ का २ सय ८३ स्थानीय तहको निर्वाचन सम्पन्न भएकोमा भरतपुर महानगरपालिकाको मत परिणाम बाहेक हन्य २ सय ८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भईसकेको छ ।   त्यसरी नै दोस्रो चरणमा असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३ सय ३४ स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएसँगै आएको मतपरिणा अनुसार दुई चरणमा सम्पन्न निर्वाचनवाट राजनीतिक दलहरुको जितको नतिजा आफ्नो पक्षमा पारीसकेका छन् ।

प्रदेश नम्बर २ मा भने असोज २ गते निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस स्थानीय तह निर्वाचनवाट देशभरका ७ सय ४४ स्थानीय तहहरु मध्येवाट मेयर २६३ उपमेयर २६३ ,गाउँपालिका अध्यक्ष ४ सय ८१, गाउँपालिका उपाध्यक्ष ४ सय ८१ चयन निर्वाचित हुनेछन् । त्यसरी नै प्रत्येक वडावाट ६ हजार ६ सय ८० जना वडाअध्यक्ष निर्वाचीत हुनेछन् भने ६६८० दलित महिला वडा सदस्य, ६ हजार ६ सय ८० जना नै महिला वडा सदस्य र १३ हजार ३ सय ६० जना खुल्ला वडा सदस्यहरु सहित जम्मा २८ हजार २ सय ८ जना जनप्रतिनिधि नयाँ संरचना अनुरुप भएको यस स्थानीय तह निर्वाचनवाट चुनिने छन् ।

दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनवाट नेकपा एमाले पहिलो शक्ति बनेको छ भने नेपाली काँग्रेस दोस्रो तथा नेकपा माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा रहेको छ । पहिलो र दोस्रो चरणको मतपरिणामले कुनै पनि दल सन्तुष्ट हुन भने सकेका छैनन् । कम्तीमा ५० देखि ६५ प्रतिसत स्थानमा जित हासील गर्ने लक्ष्य बोकेको नेकपा एमाले ४५ प्रतिसतको अहाराहारीमा खुम्चीएको छ भने नेपाली काँग्रेस त अझै तल नै रहेको छ । यता माओवादी केन्द्र पनि ८४ स्थानीय तहमा बिजय हासील गरेर बसेको छ । तर प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउन अहिले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सत्तारुढ दल नेपाली काँग्रेस तथा माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपा लगाय आ–आनाबी रणनीति बनाउन तल्लीन रहेका छन् ।

यता दुई चरणको स्थानीय तह निर्वाचनवाट दोस्रो बनेको नेपाली काँग्रेसले प्रदेश नम्बर दुईमा एक सय सिट जित्ने रणनीतिक योजना बनाएर अघि बढीरहेको छ । त्यसरी नै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि पहिलो र दोस्रो चरणमा जस्तै दुई नम्बर प्रदेशमा पनि पहिलो शक्ति हुन्छौ भनी हुँकारीरहेको अवस्थामा तेस्रो दल नेकपा माओवादी केन्द्य्र पनि दुई नम्बर प्रदेशमा ४० देखि ५० सिट जित्ने दाबी गरीरहेको छ । यहाँ अत्यास लाग्दो र अपत्यारीलो तथ्यांक त के छ भने राजपाको आन्द्योलन र असहमतीका कारण तेस्रो चरणमा धकेलीएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले सय, माओवादी केन्द्रले ४० र एमाले पनि मुख्य शक्ति बन्ने भनीरहँदा अन्य मधेशवादी दल के दुई नम्बर प्रदेशमा एक सिट पनि जित्दैनन् त ? फेरी प्रदेश नम्बर २ का आठ जिल्लामा नगरपालिका र गाउँपालिका गरी जम्मा एक सय २७ मात्रै स्थानीय तह छन् तर दलहरुको अंकगणीत हेर्ने हो भने त ३ सय स्थानीय तहमा निर्वाच्न हुनु आवश्यक छ, जुन असम्भव प्राय छ । त्यसैले राजनीतिक दलहरुले कुर्चीमा बसेर मनगणन्त्े कुरा गर्नुभन्दा यर्थाथको धरातलमा उभियर आफ्नो आँकलन गर्दा उचित हुन्थ्यो की <

post image

बिनिता सिवाकोटी साउन ६,काठमाडौँ काठमाडौँ महानगरपालिकाको बिग्रदो वातावरण र सडकलाई लिएर धेरै टिकाटिप्पणी हुने गरेका छन्  घाम लाग्दा धुलो भएर आँखा हेर्ने मुस्किल हुने सडक पानी पर्दा भने हिलो पोखरीमा परिणत हुनेगरेको छ  

 

 

सडकमा सामान्य खाल्डाखुल्डी मात्र नभएर गाडीहरु नै पुरिने भ्वाङहरु छन निर्माणको बहानामा कहिले भत्काउने त कहिले खाल्डा पारिने सडकले कहिले पार पाउछ यो कुरालाई मुल्यांकन गर्न निकै कठिन देखिन्छ 

 

केहि समयअघि मात्र एक बालिकाले यहि कारणले ज्यान गुमाइन  कारवाही कसलाई गर्ने त सडक निर्मातालाई, सडक भत्काएर काम गर्ने ठेकदारलाई/कामदारलाई वा उचित समन्वय नहुँदा बारम्बार सडक भत्काउनुपर्ने अवस्था सिर्जना गर्ने बिकासका हस्तीलाई ? कारवाही होला नहोला त्यो आफ्नो ठाउँमा छ  आजभोली संसदमा पनि कुरा उठ्दै छ बालिकाको परिवारलाई क्षतिपूर्ति दिने,कहिले सम्म यस्ता घटनामा अकालमा ज्यान गुमाएकालाई क्षतिपुर्तिको नाम दिएर लुकाउने,गल्तीलाई ढाक छोप गर्ने ? केहि लाख क्षतिपुर्ति पाउँदा के छोरी गुमाएका बाबुआमाले पाउलान त राहत, पैसाले दिन्छ त बिनिताका बाबुआमालाई ममता ? यो थियो एक उदाहरण तर निर्माणको काम यस्तै सुस्त भयो भने अझै धेरै नोक्सानी नहोला भन्न सकिने अवस्था छैन 

 

त्यतिमात्र नभएर नेपालको राजधानी काठमाण्डौको यो अवस्था आफैमा लज्जास्पद देखिन्छ  यहि लज्जास्पद राजधानीलाई देखेर सामाजिक संजाल भरी नमुना सहर काठमाडौँको बारेमा बिभिन्न ट्रोलहरु बनिन थालेका छन् 

 

 सर्वसाधारण जनता पनि स्मार्टसिटि बन्न लागेको काठमाडौँ सहरको धुलो र हिलोलाई पचाउन नसकेर     ट्रोल बनाएर आफ्नो दुख भुल्न बाध्य भएका छन्   

 

 

 

post image

बिनिता सिवाकोटी साउन ५,काठमाडौँ। साउन महिनामा हरियो चुरापोते ,लुगाकपडा लगाउने पुरानो चलन तथा हिन्दु धर्मावलम्बिहरुको मूल्यमान्यता रहेको छ ।हरियो चुरा र मेहन्दी लगाउने र साउने सोमबारभारी माछा मासु नखाई ब्रत बस्ने को संख्या बढ्दो रहेको छ  । पहिले धर्म संस्कृति मान्ने पाका महिलाहरुमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको लागि फेसन जस्तो भएको छ ।

 

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन बसेको हो । चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास छ । तर सबै महिलाहरुले यही विश्वासमा मेहन्दी लगाएका होइनन् ।

 

 

अहिले साउनको ब्रतलाई लिएर भनौ वा हरियो चुरापोते र मेहेंदिलाई लिएर धेरै जोक्सहरु पनि बन्ने गरेका छन् । धेरै नेपाली हँसाउने ग्रुप ,पेजहरुले सामाजिक संजाल भरिभराउ देखिन्छन्  ।

 

 

 

 

 

 

post image

एकेन्द्र महता  असार २७,काठमाडौँ । स्थानीय तह निर्वाचन दोस्रो चरण अन्र्तगत अछाममा २०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ ।१० वटा स्थानीय तह रहेको अछामका ३ वटा गाउँपालिका र २ वटा नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ भने ३ स्थानमा नेकपा एमाले र दुई स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा अछामका २ वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भए पनि स्थानीय तहको निर्वाचनमा भने उसले आफ्नो वर्चश्व कायम राख्न सकेन । नेपाली काँग्रेस र माओवादी केन्द्रको गठवन्धन र तिनिहरुले गरेको चलखेलका कारण नेकपा एमालेले अपेक्षकृत जित हाँसिल गर्न सकेन ।अछामका ३ वटा गाउँपालिका र २ नगरपालिकामा नेपाली कांग्रेस विजयी बनेपछि एमाले भित्र बढी चर्चा हुन थालेको छ । नेकपा एमालेको गढ मानिने वान्निगढी जयगढ गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । वान्निगढी जयगढ नेपाली काँग्रेसका राजेन्द्र खड्का अध्यक्ष र माओवादी केन्द्रका लोक वहादुर साँउद उपाध्यक्षमा विजयी भएका छन्, भने मेल्लेख गाउँपालिकामा पनि काँग्रेस र माओवादी गठबन्धनबाट माओवादी केन्द्रका लोक वहादुर वोहरा अध्यक्ष र नेपाली काँग्रेसका धन वहादुर शाह उपाध्यक्षमा विजयी भएका छन् ।

लामो समय देखि नेकपा एमालेको वर्चश्व रहेको ढकारी गाँउपालिकामा पनि यस पटक कांग्रेसले वाजी मारेको छ । ढकारीमा नेपाली काँग्रेसका धन वहादुर वुढा र उपाध्यक्षमा पनि काँग्रेसकै लक्ष्मी साँउद विजयी हुनुभएको छ । त्यस्तै कमलवजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पनि कांग्रेस विजयी भएको छ । कमलवजार नगरपालिकामा नेपाली काँग्रेसका ओमप्रकाश विष्ट र उपाध्यक्षमा कांग्रेसकै भूमिसरा वजगाइँ विजयी हुनुभएको छ, भने पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रसका देवराज देवकोटा प्रमुख र उपप्रमुखमा अम्बिका चलाउने विजयी हुनुभएको छ । तुर्माखाँद गाउँपालिकामा काँग्रेसका पुष्पराज शर्मा र अमृता वुढा निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष भीम रावलको गृहजिल्ला अछाममा एमालेले ३ वटा स्थानीय तह मात्र जित्न सक्यो । एमालेले मंगलसेन नगरपालिका, साँफेवगर नगरपालिका र चौरपाटी गाउँपालिकामा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको प्रमुखमा नेकपा एमालेका संगठन विभाग प्रमुख रहेका पदम बहादुर वोहरा प्रमुख र एमालेकै सरिता उपाध्याय उपप्रमुखमा निर्वाचित हुनुभएको छ, भने साँफेवगर नगरपालिकाको प्रमुखमा एमालेका प्रदेश नं ७ का सदस्य कुलबहादुर कुँवर र उपप्रमुखमा एमालेकै विर्मला वुडथापा विजयी हुनुभएको छ ।

चौरपार्टी गाँउपालिकाको मतपरिणम भने रोचक खालको रहेकोछ । यो गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका हर्कबहादुर साउद १ मतले विजयी हुनुुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी माया कुँवर विजयी हुनुभएको छ । अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र मानिएको रामारोशन गाउँपालिकामा भने माओवादी केन्द्रका झंकर साउद अध्यक्षमा र माओवादी केन्द्रकै सरस्वती रावल उपाध्यक्षमा विजयी हुनुभएको छ ।

यो सँगै अछामबासीको दुई दशकपछि जनप्रतिनिधि चयन गर्ने चाहना पूरा भएको छ । साथै अछामका नागरिकले प्रमुख तीन वटै पार्टीलाई विजयी गराएका छन् । १० ओटै स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधीबाट अछामका आम नागरीकले सुख, शान्ति र समृद्धे अछामको विकासको अपेक्षा गरेका छन् ।

post image

असार २६,काठमाडौँ । राष्ट्रपति कार्यालयले गाडी किन्न १६ करोड रुपैयाँ माग गरेको खबर यतिबेला चर्चामा छ । चियापसलदेखि पाँचतारे होटलसम्मका चियागफ, व्हिस्की बहस, वा अनौपचारिक कार्यक्रममा यो विषयले ठुलै चर्चा पाएको छ । मिडियाहरु १६ करोडको गाडी कस्तो हुन्छ भन्नेतर्फ केन्द्रित छन् । राज्यको ढुकुटी सिध्याउने खेलमा राष्ट्रपति कार्यालय लागको भन्ने आरोप लगाउनेहरु पनि छन् ।

तर विरोधका लागि विरोध गर्ने बानी बसेका हामी नेपालीले राष्ट्रपति कार्यालयको समस्या, वा आवश्यकता बुझ्नै खोजीरहेका छैनौं । सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराए पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँको माग गरेको खबर बाहिरिएपछी यसको चर्चा झन् बढेको हो । तर आम मानिसले नबुझेको वा बुझ्न नचाहेका तथ्यहरु पनि छन् ।

आवश्यकता रास्ट्रपतिको होइन राष्ट्रपति कार्यालयको हो
पदिय गरिमाको लागि १६ करोडको गाडी किन्ने निर्णय जायज हो । पदमा रहुन्जेल प्रयोग गर्न पाउने त होला नि ? आज त्यो पदमा एउटा व्यक्ति छ , भोलि आर्को हुन सक्छ । एउटा राजनैतीक सन्स्कार र राष्ट्र प्रति जिम्मेबारपनि त्यो पद र सुबिधाले गराउने गर्दछ ।

खोक्रो आदर्शले केही हुने वाला छैन । राष्ट्रपतिलाई के अब साइकलमा हिंड्नु भन्ने अलिकती बिबेक संगत कुरा गर्नु पर्छ कि नाइ ? राष्ट्रको झल्को दिने पदको गरिमा पनि जोगाउनु पर्‍यो कि नाइ ? हिजो सगरमाथा चडदा करोडौ छुट्टाउनेहरु फेरी आज रोइलो गाउछन । भोली तपाईं त्यो पदमा पुग्दा पनि त्यै गाडी हो नि चड्ने होइन र ? सामाजिक उत्तरदायित्व बहन गर्ने सुबिधा उपभोग गर्‍यो भनेर किन रुनु ?

यो पनि सोच्ने कि !
तुलना गर्ने पनि हामी नै होइनौं र ? फलानो देशको राष्ट्रपतिले यति करोडको गाडी चढ्छन् वा फलानो देशका मन्त्रीले यति करोडको गाडी चढ़छन् भनेर तुलना गर्ने पनि हामी नेपाली नै हौँ । अनि अहिले के को रोइकराई ? के का लागि रोइ कराई ? अझ बुझ्नुपर्ने कुरा त के हो भने राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो । सेनाको प्रारम्भिक अनुमान अनुसार राष्ट्रपतिको सवारीका लागि गाडी किन्न १६ करोड रुपैयाँ चाहिन्छ । सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारिम्भक छलफलका आधारमा यो निष्कर्ष निकालेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन खुसी काम गरेको पनि त होइन नि ! देशलाई दरिद्र देखाउँदा हामी कसैलाई फाइदा हुँदैन ।

हो, जरुर भूकम्पपीडीतहरुले राहत राम्रोसँग पाएका छैनन्, देशमा विकासको गति सुस्त छ, नागरिकहरु पीडामा छ्न् । तर के राष्ट्रपतिले गाडी नाकिनेर यी सब कुरा समाधान हुने हो र ? राष्ट्रपति भनेको विद्या देवी भण्डारी भन्दापनि देशको इज्जत हो । त्यसैले मन फराकिलो बनाएको सोचौं । राष्ट्रपति कार्यालयको माग एकदम सहि छ। अनावश्यक रोइकराई नगरौं ।

बेतुकको रोइलो किन ?
राष्ट्रपतिले १६ करोडको गाडी चढछिन कि भनेर रुनेहरुलाई आज म प्रश्न गर्दै छु । एउटा पदमा सधैं एउटै व्यक्ति रहन्छ र ? राष्ट्रको प्रतिनिधित्व गर्ने त्यो पदलाई सुसज्जित गर्दा हाम्रै लुगा फाट्टो खोसिए झै बच्चाले सिगान निकाल्दै सुइक्क सुइक्क गरेर रुनुको पनि अर्थ हुन्छ र ?

राजनीतिक चेतना अभिब्रिद्दी भो भन्ने लाग्थ्यो तर यहाँ अहिले हुर्केको राजनैतीक सन्स्कार हेर्दा , शरीर बढ्यो तर लुगा पोहोर साल कै भने झै भो हुन्छ ? अब त्यो लुगा न मिनीस्कर्ट न फुल स्कर्ट ? भजनबादमै रहनुभएका राजनैतीक चेलाहरुको चेतना हेर्छु : आफ्नाले त्यही छोटो जामा लाउदा हिपपप अनि आर्काले त्यही लाउदा लाज नै देखियो रे ? हे प्रभु , चेतना र बस्तु सँगै हुर्कान्छ कि बस्तुले चेतनाको निर्माण गर्छ ? बुझेर मात्र विरोध गरौँ । विरोधका लागि गरिएको विरोधको कुनै तुक छैन ।पाथिभरा न्युजबाट

post image

असार २५, काठमाण्डौं । ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥अर्थात्, हे भगवान १ मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ । यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस् र अध्यात्मिक शान्ति होस् ।

उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञानरुपी उज्यालो र त्यस्को महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ। यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ।

सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् । चाहे मुस्लिमहरूको मदर्सामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।

असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।

औषधिको तथ्य र असर देखि चन्द्रमानका तालिकासम्म गुगल अनि यूट्यूब लगायत इन्टरनेटबाट सिक्ने, त्यहिंका श्रोतबाट अध्ययन गर्ने अहिलेका पुस्ताहरुलाई गुरु पूर्णिमाले केहि फरक अनुभव दिन सक्दछ ।

तर संसार जहाँनै पुगेपनि गुरुतत्वले स्वरुप परिवर्तन गरेका हो, शिक्षा आकाशबाट वर्षिदैन न त आकाशवाणी नै हुन्छ । शिक्षाका श्रोत र हस्तान्तरणकर्ताहरु सबैजना गुरु हुन्, गुरुतत्व हुन् ।

संसार जत्तिकै आधूनिक र ज्ञानहरु जत्तिकै सहज र ब्यवसायीक रुपमा उपलब्ध भए पनि संसारमा गुरुतत्वको दियो अझै बलिरहेको छ, बलिरहने छ । गुरुतत्वको त्यहि महत्वलाई आत्मसाथ गरेर हुनसक्छ सनातन संस्कारमा बर्ष पछिको बर्ष र यूग पछिका यूगहरुमा पनि गुरुहरुलाई अझ आदर र श्रद्धाका साथ हेर्ने गरिन्छ । आउँदा पुस्ताहरुलाई पनि गुरु, ज्ञान र गुरुतत्वको महत्व गुरु पूर्णिमामा दर्शाइने कार्य जारी रहनेछ । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गरिने गरिन्छ । गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र गुरुप्रति आभार व्यक्त गर्ने दिन पनि हो गुरुपूर्णिमा ।

गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमस अर्थात्

गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु । एकफेर सोचौं न, हामीलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै हामी सहि र गलतमा फरक छुट्याउन सक्छौं, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छौं । तपार्इ हामीले कुनै बखत सहि कुरा र पथ छान्यौ या छानेनौ भनेपनि हामीले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै हामीले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई१ त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज हामी कतिले सुनेर पाइला रोक्छौं त कतिले सुनेर पनि नसुनेको जस्तै गर्छौं । यस अर्थमा हामी सबैको भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके गुरुतत्व सदैव उपस्थित रहिरहन्छ । जिन्दगीले हरेक मोडमा हामीलाई केहि न केहि सिकाएरै जान्छ तसर्थ हरेक पाठलाई आत्मसाथ गर्नसके गुरुपूर्णिमाको र गुरुतत्वको सहि उपयोग हुनेछ । आफूलाई पढाउने सर, मिस, दाई, दिदि लगायत सबैलाई एकफेर नमन गरौ, संझना गरौं । असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला गुरुपूर्णिमाको शुभकामना ?

post image

असार १६, काठमाण्डौं । स्थानीय तहको दोस्रो चरण निर्वाचनको प्रारम्भिक मतगणनामा पनि प्रमुख दुई दल एमाले र कांग्रेसबीच प्रतिष्पर्धा देखिएको छ । दुवै दलले बझाङका एक–एक गाउँपालिका प्रमुखमा जितेर विजयी खाता खोलेका छन् । बझाङको काँडा गाउँपालिकामा कांग्रेसका राजेन्द्र बोहोरा र मस्टा गाउँपालिका प्रमुखमा एमालेका कर्णबहादुर कठायत विजयी भएका हुन् । माओवादी केन्द्रले भने सोलुखुम्बुबाट जीत सुरुवात गरेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार साँझसम्म ३ सय ७ भन्दा बढी स्थानको मतगणना भइरहेको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले अग्रता लिएको छ । कांग्रेसले पनि उसलाई टक्कर दिइरहेको छ । मतगणना परिणामअनुसार एमालेले १०३ स्थानमा अग्रता हासिल गरिरहेको छ भने कांग्रेस १०१ स्थानमा अगाडि छ । माओवादी केन्द्र भने दुई दलको तुलनामा निकै पछाडि छ । ३५ स्थानमा मात्रै अगाडि देखिएको छ । १२ स्थानमा भने संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक लगायतका दलको अग्रता छ । प्रदेश नं १, ५ र ७ का ३ सय ३२ स्थानमा बुधबार दोस्रो चरणको निर्वाचन भएको हो । दुई स्थानमा भने मतदान स्थगित भएको छ । र आज दुई स्थानमा मतदान हुदैछ ।
प्रादेशिक हिसाबले १ र ५ नम्बर प्रदेशमा एमाले अगाडि छ भने प्रदेश ७ मा कांग्रेस । दोस्रो चरणमा भएको निर्वाचनमा १ महानगर र ७ उपमहानगरपालिका छन् । ती सबैमा मतगणना भइरहेको छ । उपमहानगरहरूको पनि मतपरिणाम आउने क्रम जारी छ । घोराही, तुलसीपुर, नेपालगन्ज उपमहानगरमा एमालेको अग्रता छ भने बुटवल, धनगढी, इटहरी र धरान उपमहानगरमा कांग्रेसको अग्रता छ । झिनो मतको अन्तरमा अग्रता भएकाले कांग्रेस र एमालेका उम्मेदवारको मत छिनछिनमा तलमाथि भइरहेको छ । धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् ।
७ नम्बर प्रदेशको कैलाली र १ नम्बर प्रदेशको सुनसरीमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उम्मेदवारले ठूला दलका उम्मेदवारलाई उछिनिरहेका छन् । त्यहाँका केही गाउँपालिका र नगरपालिकामा लोकतान्त्रिकले अग्रता कायम गरेको छ भने केहीमा टक्कर दिइरहेको छ । ५ नम्बर प्रदेशका रोल्पा, रुकुम तथा १ नम्बरको ओलढुंगा, भोजपुरलगायतमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता र टक्कर दिइरहेका छन् । मतगणनामा भएको सुस्तताका कारण अन्तिम मत परिणाम आउन भने केही दिन लाग्नेछ । पहिलो चरणको चुनावमा मतगणना ढिलाइ भएका कारण आयोगले यसपटक सुधार्ने प्रतिबद्धता जनाए पनि मतगणनाले गति लिन सकेको छैन ।
प्रारम्भिक परिणाम हेर्दा पहिलो चरणको निर्वाचनमा एमालेसँगको अन्तरलाई कांग्रेसले घटाउन सक्ने छनक देखिएको छ किनभने पहिलो चरणको निर्वाचनमा पनि प्रारम्भिक अग्रता जसरी सुरुवात भएको थियो, परिणाम पनि त्यही शैलीमा निस्किएको थियो । यसपटक दुई दलको अग्रतामा झिनो मात्रै अन्तर छ । पहिलो चरणको निर्वाचनमा एमालेले १ सय २५ स्थान, कांग्रेसले १ सय ४, माओवादी केन्द्रले ४६, राप्रपाले १ र अन्य दल र स्वतन्त्रले ६ वटा स्थानीय तहमा प्रमुख जितेका थिए ।

post image

बिनिता सिवाकोटी, असार ११,काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता देखि चर्चामा आएको भरतपुर महानगरपालिकाको चर्चा महिनौं बितिसक्दा पनि यथावत नै छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालबाट चर्चा सुरु भएको थियो भरतपुर महानगरपालिकाको जसको एकमात्र कारण थियो रेणु दाहाल पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्दका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पुत्री थिइन ।त्यस्तै अर्को चर्चाको बिषय थियो स्थानीय निर्वाचनको मतगणना जसमा माओवादी उम्मेदवार रेणु दाहाल र नेकपा एमाले उम्मेदवार देबी ज्ञवालीबिचको कडा प्रतिष्पर्धा ।

बैसाख ३१ गते सम्पन्न भएको भरतपुर महानगरपालिकाको मतगणना बारम्बार रोकिंदै सुरु हुँदै थियो र दुई उम्मेदवार बिचको प्रतिष्पर्धाले पनि सारा नेपाली जनताको ध्यानाकर्षण गराएको थियो । त्यसैबीच मतगणना अन्तिम अवस्थामा पुगेका बेला जेठ १४ गते आइतबार राति पौने १२ बजे मतपत्र च्यातियो र मतगणना फेरी रोकियो । दुई माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । त्यसपछी अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको सुचना प्रकाशित भयो। के कति मतपत्र च्यातियो सोबारे भने उनले यकिन हुन सकेन ,र उक्त मतपत्रलाइ मुचुल्का बनाएर राखियो। प्रहरीले मतपत्र च्यातेको आरोपमा दुई माओवादी कार्यकर्तालाई पक्राउ गर्यो । मतपत्र च्यात्ने माओवादी कार्यकर्ता जनही १ र१ लाख तिरेर छुटी पनि सके ।

प्रधानमन्त्री पुत्री रेणु दाहाललाई सत्तारुढ कांग्रेस–माओवादीको मेयर उम्मेदवार बनाइएको भरतपुरमा रेणुले हार्ने स्थिति स्पष्ट देखिएपछि योजनावद्ध रुपमै मतपत्र च्यातिएको भन्ने कुरामा पनि धेरै टिकाटिप्पणी तथा अड्कलबाजी गरिए ।तर यथार्थ भने खुल्न सकेन ।त्यसैगरी भरतपुरमा अर्को प्रसङ्ग आयो ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग राख्न थाले भने एमालेले च्यातिएका मतपत्र बदर गरि पुन मतगणना सुरु गर्नुपर्ने धारणा राख्न थाले । जेठ १७ गते अर्थात् मतपत्र च्यातिएको चौथो दिन भरतपुर महानगरपालिकामा पुनस् मतगणना वा मतदान भन्ने दलहरुको मागबारे मौन बस्दै निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गरी पठाउन मूख्य निर्वाचन अधिकृतलाई निर्देशन दियो। मतपत्रको मुचुल्का खोलियो र च्यातिएका मतपत्रको गणना सुरु भयो जहाँ ९० मतपत्र च्यातिएको यकिन भयो ।
जेठ २० गते निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गर्यो । निर्वाचन आयोगको सो निर्णय प्रति असन्तुष्ट एमाले पक्षका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरे। त्यस लगत्तै भरतपुरको मतगणना सुचारु गर्न अनेरास्ववियु र युवा संघले मसाल जुलुस निकाल्यो , भने सोहि बिषयमा अडान लिएको नेकपा एमालेले बारम्बार संसद अवरुद्द पनि गर्यो। संसद अवरुद्दले प्रधानमन्त्रीको चुनाब पनि पछी सर्यो र केहि दिन शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनबाट बन्चित भए ।
संसद अवरुद्दको दबाबपछी जेठ २२ गते सर्वोच्चमा पहिलो सुनुवाईको मिति तय भयो भने ,मुद्दाको बेञ्च न्यायाधिश चोलेन्द्र शमशेर जवराको इजलासमा फैसला हुने भयो । न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल ईजलाशमा सर्वोच्च अदालतले आयोगको निर्णय यथास्थानमा राख्न आदेश दिदै त्यसको तीन दिनपछि दुवैपक्षलाई छलफलका लागि बोलायो । अर्को फैसला जेठ २८ गतेलाई सारियो उक्त रिटमाथि सुनुवाई हुने भनिएतापनि समय अभावका कारण देखाई सुनुवाई पुन स्थगित गरियो । चार पटक सम्म सुनुवाइको मिति तय हुँदा पनि कुनै निर्णय आउन सकेन । असार ६ गते पाँचौ पटकको सुनुवाई पनि अधुरै भयो ,सर्वोच्च अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिंदै उक्त दिनको इजलास पनि सकियो ।
भरतपुर महानगरपालिका जति चर्चित बन्यो त्यतिनै चर्चित बने उम्मेदवार रेणु दाहाल र देबी ज्ञवाली अझै प्रख्यात बने ति बिमुख ९० मतपत्र । जनताले आफुले चाहेको उम्मेदवारलाई जिताउन हालेका मत कहिले च्यातिए ,कहिले मुचुल्का बने ,कहिले निर्वाचन आयोग पुगे अब भने यी बिमुख ९० मतपत्रले सर्वोच्च अदालतको भ्रमण गर्नेछन । आशा गरौँ चाडैं नै ती च्यातिएका ९० मतपत्रले निकास पाउनेछन र मतदाताको मतले न्याय पाउनेछ । त्यती मात्रै होईन यि मतपत्र निर्जिव छन् । तर यिनले दिएको मतले कोही राजनीतिक ब्यक्रिले निर्वाच्न जित्छ र उ मेयर ,उपमेयर वडाअध्यक्ष, वडासदस्य लगायतको पदमा पुग्नेछ ।जसरी यि मतपत्रलाई मोहरा बनाईयो, यो कार्य निन्दनीय त छ नै । साथै भरतपुर महानगरपालिकाकामा रहेका अब २० नम्बर वडाको मत गन्न बाँकी छ, जसमा जनताले दिएको अधिकार अझै सम्म डेढ महिना भईसक्दा पनि बन्द बाकस भित्र थन्कीएर बसेको छ । त्यती मात्रै होईन, भरतपुरमा मतपत्र च्यातीएको घटनाले पूरै महानगरपालिकाको निर्वाचन र रोकिएको छ । यसरी भरतपुर घटनालाई अनिर्णयको बन्दी बनाईनु हुदैन र छिटोभन्दा छिटो अदालतले यस बिषयमा सुनुवाई गर्नु जरुरी छ ।

 

post image

असार १०, काठमाडौं । कस्तो विडम्बना, सच्चा नेपाली बन्नका लागि जुनसुकै देशमा बसेका नेपाली मूलका मानिसले गरेका  आन्दोलनको पनि  समर्थन गर्नुपर्ने भयो। बूढापाका भन्थे– जतिसुकै माया गरे पनि र जतिसुकै राम्री भए पनि जेठी  स्वास्नी लोग्नेका लागि कहिल्यै प्यारी हँुदिन। आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनि, जति छाती ठोकेर रोए/कराए पनि मधेसी सधँै पराया भयो यो देशमा।  मधेसमा देखिएको राष्ट्रियता र प्रजातन्त्रप्रतिको भावनाको  सही  कदर र  प्रशंसा  कहिल्यै भएन। मधेसीको समस्याको मुख्य जरो ‘नीति ठीक, नियत बेठीक’ भएकाले हो यसो भएको। तपाईं नै भन्नुहोस्, के मधेसीका समस्या सम्बोधन गर्दा राष्ट्रियता नस्ट हुन्छ त?

नेपालीलाई जातजाति नामको राज्य होइन, केवल सुन्दर शान्त नेपाल चाहिएको छ जहाँ जात, धर्म, भाषा, इत्यादिका आधारमा भेदभाव नगरियोस्। आफ्नो घरमा आगो लागेका बेला अर्काको घरको आगो निभाउन खोजे आफ्नै घर खरानी हुन्छ। मधेस र पहाड  एकै रथका पांग्रा हुन् भन्ने घ्यान नभएसम्म यो द्वन्द्व सदैव रहन्छ। मधेस समस्या जति ढिलो हुँदै जान्छ त्यति नै विदेशी तत्वले आफ्नो स्वार्थका लागि राजनीति  गर्न ठाउँ पाउँछन्। पहाडका दलमात्र होइन, मधेसकेन्द्रित दलहरू पनि यो विषयमा गम्भीर हुने बेला आएको छ। मधेसी सामुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु महाअपराध हो। त्यसकारण  जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर जाने बेला आएको छ।

साँचो कुरा के हो भन्दा नेपालमा जनताले संघीयताबारे बुझेका छैनन्। न त संघीयता उनीहरूका चासोकै विषय हो। अभाव, गरिबी, उत्पीडन, शोषणमा पिल्सिएका नेपालीलाई संघीयताले छुन सकेको छैन। हामी नेपालीलाई जातजाति नामको राज्य होइन, केवल सुन्दर शान्त नेपाल चाहिएको छ जहाँ जात, धर्म, भाषा, इत्यादिका आधारमा भेदभाव नगरियोस्। जातीय र भाषाका आधारमा राज्य सम्भव छैन। नेपाल जस्तो मुलुकमा संघीयता लागु गर्नु विदेशीका लागि छलखेल गर्नका लागि सजिलो सजिलो वातावरण बनाउनुमात्र हो। जुन संघीयताको कुरा गरिएको छ त्यसले यो देशलाई एक ढिक्का बनाउँदैन। संघीयतामा रमाउने हो भने नेपाललाई मात्र ३ प्रदेशमा विभाजन गर्नुपर्छ। नेपालमा संघीयता भनेको एक आना जग्गामा ७ कोठाको घर  बनाएजस्तै हो।

भारतमा  गोर्खाल्यान्ड  र नेपालमा  मधेसी र जनजातिको लडाइँमा खासै फरक छैन। दुई चारजना मित्रले मेरो अभिव्यक्तिप्रति शंका पनि व्यक्त गरे। असमानता र अन्यायविरुद्ध हुने कुनै पनि आन्दोलनलाई विश्वको कुनै पनि कुनामा बस्नेहरूले समर्थन गर्न सक्छन्। त्यसमा मेरो टाउको दुखाइ छैन। मेरो धारणा केवल अरुको देशको समस्याभन्दा आफ्नैमा ध्यान दिनुपर्छ कि भन्नेमात्र हो।

पहाड र तराईको अलग्गै प्रदेश बनाउनुपर्ने, पहाडको क्षेत्रफलको तुलनामा मधेसमा धेरै तह बनाउनुपर्ने जस्ता माग राख्नेहरूसँग मेरो प्रश्न छ– भाषाकै आधारमा छुट्टै राज्य दिने हो भने नेपालमा २३ वटा राज्य बन्नुपर्छ । भारतमा जम्मा ०.२९ प्रतिशतले नेपाली बोल्छन्। यसो भयो भने त्यहाँ पनि नेपाली बोल्नेलाई छुट्टै राज्य दिएर सम्भव हुन्छ? नेपालमा ४४.६ प्रतिशतले नेपाली बोल्छन्। ११.६७ प्रतिशतले मैथली बोल्छन्, ५.९९ प्रतिशतले भोजपुरी  बोल्छन्, ०.२९ प्रतिशतले चामलिङ बोल्छन्। ०.२५ प्रतिशतले बघंगी बोल्छन्। ती सबैले भाषाका आधारमा  छुट्टै राज्य दे  भनेर लड्ने? यस्तो अवस्थामा यो सानो देशको के हालत हुन्छ?

धैर मित्रहरू नागरिकताको कुरा सवाल उठाइरहन्छन् बेलाबेला। दुई/चारजना मधेसी नेतामात्र किन, २०६२–६३ यता निकालएका सम्पूर्ण नागरिकता खारेज गर्न किन आन्दोलन गर्दैनौँ हामी? त्यसयता कसले दियो त नागरिकता? डाडु पन्युँ कसको हातमा थियो? गर्ने कोही होइन, खाली खोक्ने र आन्दोलनकारीलाई ठोक्ने  रबैयाले  देश  कहीँ  पुग्नेवाला छैन। जहाँसम्म भारतीय राजदूतसँग लसपसको कुरा छ, यो त परम्परादेखि चल्दै आएको हो, जसलाई देखासिकीमात्र गरेका हुन् मधेसका नेताले।

भारतसँग जोडिएर लम्पसारका कुरा पनि निकै हुने गर्छन्। छोराछोरीको छात्रवृत्तिका लागि लैनचौरमा दरखास्त हाल्नेको संख्या कसको बढी छ? यतिमात्र खोजबिन गर्दा कुरो प्रस्टिइहाल्छ। मधेसी नेतालाई मात्र गाली गर्नुसट्टा यता लागे वास्तविकता खुलिहाल्छ। एकातिर नेपाल जस्तो सानो देशमा धेरै प्रदेश बनाउनुहुँदैन भन्ने अर्कोतिर दार्जिलिङलाई भने छुट्टै राज्य घोषणा गर्नुपर्छ भन्ने, नेपालमा जातीय प्रदेशको विरोध गर्ने भारतमा भने गोर्खाल्यान्डको माग ठीक छ भन्नेहरूको दोहोरो मापदण्ड रहेसम्म समस्या समाधान हुन्न।

गोर्खा फौजमा मधेसी त कोही छैनन्। रह्यो–  मधेसीले भारतीय भूमि प्रयोग गरेका कुरा। आन्दोलनका क्रममा नेपालको सरकारदेखि सुरक्षाकर्मीसम्म सबै मधेसी विरोधी थिए। राणा शासनविरुद्ध पनि अहिलेका टोपीधारी राष्ट्रवादीहरू भारत नै गएका थिए। भारत गएका नेपालीलाई त्यतिबेला परिवर्तन नचाहने सामन्ती राणाहरूको नजरमा राष्ट्रघाती  भनिन्थ्यो। समयले फड्को मारेकोमात्र हो, अहिलेे पनि परिवर्तन नचाहने सामन्तीका नजरमा मात्र मधेसी राष्ट्रघाती छन्।

आफ्नै  देशको भूभाग खोसिने बेलामा दार्जिलिङ नेपालको  भूभाग हो र एकदिन अवश्य फिर्ता आउँछ भन्नेको भीड पनि रहेछ। आफ्नो घर र जग्गा अरुले मिचेको चाल नपाउने जमातले लिपुलेक र दसगजामा  भारतले मिच्यो भनेर देशभक्तिको नमुना पेश गर्न सुहाउँछ? दसगजामा  भारतीय  पुलिससँग लड्ने नेपाली  मधेसका नै  थिए। खोसिएको, हराएको चिज खोजी  गर्नुभन्दा भइरहेकोलाई सुरक्षा गर्नु नै बेश हुन्छ। नत्र भने अहिले भएको पनि खोसिएर/हराएर जान सक्छ।

विश्वमा गोर्खालीको भिन्नै पहिचान र परिभाषा छ। गोर्खाली संसारका धरै मुलुकमा छरिएका छन्। ती सबै गोर्खाली नेपाली भने होइनन्। तपाईं जुनसुकै देशको नागरिक भए पनि गोर्खाली हुन सक्नुहुन्छ तर नेपाली होइन। भारतीय गोर्खाली, भुटानी गोर्खाली, बर्मिज गोर्खाली र अरु थुप्रै देशमा बस्नेहरू, नेपाली भाषा बोल्नेहरू, त्यो देशका नागरिक हुन्। भारतमा गोर्खा आर्मी छ, नेपाली आर्मी होइन।

मेरा विचार सबैलाई मन नपर्न पनि सक्छ। आउनुहोस्, तर्क/वितर्क गरौँ। सही र सत्य कुरा बोल्न/लेख्न पछि  नपरौं। देशलाई द्वन्द्वतिर धकेलेर यसलाई जलाउँदै आगो तापेर कसैको हित गर्छु भन्नु र रुखको टुप्पामा बसेर  फेदतर्फ काट्ने बुद्धि एउटै हो। केहीले अंगालेका अहिलेको गतिविधि करिब करिब त्यतै उन्मुख छ। त्यसैले लहड र उत्तेजना हैन, विवेक र संयम जरुरी छ यतिखेर। देश र जनताको सोच्ने दूरदर्शी नेतृत्व भएन भने सबैले  दुःख पाउनुको विकल्प छैन। बेलैमा सोचौँ।

म त यदु वंशको सन्तान। नेपाल देश हुनुभन्दा धेरै अगाडिदेखि यो भूमिको रक्षा गर्दै आएका थिए मेरा पूर्वजले। यदु वंश भनेको परम पवित्र वंश हो। यो त्यस्तो वंश हो जसअनुसार मानव जातिको सबै पापलाई नष्ट गर्नका लागि स्वयं भगवान परब्रह्मले मनुष्यका रूपमा अवतार लिएका थिए। जसलाई हामी श्रीकृष्ण भगवान पनि भन्छौँ। म कुनै पार्टीसँग सरोकार राख्दिन तर गरिब निमुखाले दुःख नपाउन्, जमिनदारको ज्यादति शून्य होस्, हत्या हिंसा नहोस्, मेरो देश नेपालको उन्नति/प्रगति होस् भन्ने एकमात्र चाहना छ मेरो। त्यसैले त गर्व गरेर भन्छु– म नेपाली हुँ, गोर्खाली होइन।

महिला, बालबालिका, व्यक्तिको स्वतन्त्रता र समानतालगायत सामाजिक कार्यमा संलग्न

post image

खेम थपलिया, जेठ ४, काठमाडौँ । कालिकोटमा सङ्घर्ष नझेलेको घर, बलिदान नगरेको गाउँ, सहिद नसुतेको पाखा, रगत नटासिएको पहाड भेट्टाउन असम्भव छ । कालिकोटले जनयुद्धमा गरेको योगदान र बलिदान विशिष्ट छन् । निःशस्त्र महिला र किसानले हतियार खोसेको मालकोट कारबाही मात्रै होइन, अत्यन्त थोरै हतियारले सान्नीघाट र पाद्मघाट चौकी कब्जाको सन्दर्भ ऐतिहासिक छन् । नेपाली राजनीतिमा कथित स्थानीय निर्वाचनमा केही गम्भीर नकारात्मक विरासतका साथै, महान् बलिदानको शृङ्खला थपिएका छन् । दाहाल र देउवाको अप्राकृतिक गठबन्धनको जगमा प्रचण्डपुत्री रेणु दाहालले ‘नेपाली कांग्रेसको निर्वाचनचिन्ह रुखमा परेको सबै भोट मेरो पक्षमा गणना हुनुपर्दछ’ भनेर गरेको रोदन र रडाकोले जग हँसाएको छ । रेणुले जनपक्षीय राजनीतिको त कुरै छोडौँ, मरणासन्न बुर्जुवा संसदीय पद्धतिको पनि खिल्ली उडाएकी छिन् ।

नेपालमा क्रान्तिलाई अलपत्र पारिएको छ । राज्यसत्तामा सामन्त–दलालहरू नै छन् । राज्यसत्ता बदल्ने क्रान्तिको नेतृत्व गरेका मानिस शान्तिप्रक्रियाको नाममा दलालीकरणको अपूर्व नमुना बन्न पुगेका छन् । तिनले जनतालाई दुश्मन देख्न थालेका छन् । क्रान्तिलाई आतङ्क देख्न थालेका छन् । क्रान्तिकारीलाई आतङ्ककारी देख्न थालेका छन् । कालिकोटको मालकोटमा प्रचण्ड सरकारद्वारा फासीवादी दमन गरेर कैयौंलाई घाइते बनाउनुका साथै धनरूप बटालाको हत्या गरिसकेपछि केही मानिस प्रश्नरूपी खुँडा बोकेर उपद्रो मच्चाइरहेका छन् । यसको कुनै अर्थ छैन ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा कथित स्थानीय निर्वाचन खारेजी अभियान भव्य, महान् र ऐतिहासिक रूपमा सफल भएको छ । संसदीय दलहरू र सरकार नियन्त्रित तथा दलाल पुँजीद्वारा डामिएका सञ्चार–माध्यमले जनताका विरुद्ध जति प्रचार गरे पनि यो निर्वाचनमा जनताको सहभागिता, उत्साह र चासो निकै न्यून रह्यो । नेपाल कम्युनिस्ट पार्टीको सिङ्गो पार्टी–पङ्क्तिले निर्वाचन खारेज अभियानमा देखाएको सक्रियता र व्यापकताले दलाल सत्ताधारीको सातोपुत्लो उड्यो । दलाल सत्ताका मतियार पार्टी नेता र कार्यकर्ताविरुद्ध तानाशाही तरिकाले दमनमा उत्रियो । उनीहरूले सञ्चारकर्मी, अधिकारकर्मी, महिला र नाबालकलाई समेत छोडेनन् । सयौँलाई पक्राउ पुर्जी जारी गरियो, झुट्ठा मुद्दामा फसाउने षड्यन्त्र गरियो । चौबीसैघन्टा सबैतिर छापा मारियो । जनताका विरुद्ध सबैतिर श्वेतआतङ्क मच्चाइयो । बन्दुकमुनि थोपरिएको कथित स्थानीय निर्वाचनका विरुद्ध कडा प्रतिरोध गर्दै जनताको अपार समर्थनका साथ देशलाई स्वाधीन र जनतालाई दलाल–सत्ताको जुवाबाट मुक्त गराउने युगीन दायित्व पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी दत्तचित्त भएर लागिरह्यो । यसले एकीकृत जनक्रान्तिको उच्चतालाई नै प्रमाणित गरेको छ ।

देशभर प्रतिरोध सङ्घर्षकै तीव्रतामा वैशाख ३१ गते कालिकोट–मालकोटमा जनताले निर्वाचन खारेज गरेपछि प्रचण्ड सरकार फासिस्ट रूपमा जनताविरुद्ध उत्रियो । दमनका विरुद्ध जनताले कडा प्रतिरोध गरे । सोक्रममा मालकोटका युवा तथा राप्रपाका उम्मेदवार धनरूप बटलाको दुःखद् निधन भएको छ । दलाल संसदीय व्यवस्थाविरुद्ध पार्टीको नेतृत्वमा जनताले गरेको यो उच्चस्तरको प्रतिरोध र विद्रोहले नेपालमा नेपाली जनताको क्रान्तिप्राप्ति उत्कट चाहको प्रतिबिम्बन गर्दछ भने प्रचण्डको नेतृत्वको सरकारले श्रमिक जनतामाथि फासीवादी दमन गर्नुले राज्यको फासीवादी चरित्रलाई झन् उदाङ्गो पारेको छ । कुनै बेला प्रचण्ड आफैँ जनयुद्धको नेतृत्वकर्ता भएर पनि अहिले उनैद्वारा अपूर्व बलिदानका गाथा कोरेको मालकोटे–जनतामाथि आपराधिक शैलीमा दमन गर्नु प्रचण्डको वर्ग–पक्षधरता, राजनीतिक तथा वैचारिक टाटपल्टाइ हो । मालकोटलगायतका स्थानमा भएका जनताको यो प्रतिरोध र विद्रोह आम श्रमिक जनताको मुक्तिको महान् मार्ग हो भन्ने कुरामा कुनै दुविधा हुनुहुँदैन । जनयुद्धका प्रस्ताव र बलिदानलाई अपमान गर्ने, प्रतिक्रान्ति लाद्ने दलाल संसदीय व्यवस्थाको विरुद्ध यो प्रतिरोध र विद्रोहको बाटो सबै श्रमिक नेपाली जनताले अनुसरण गर्नलायक बनेको छ । बलिदानको कोटा चुक्ता गर्नुअघि धनरूप बटाला जुन पार्टीसित आबद्ध भए पनि उहाँले जनताको प्रतिरोधी महान् प्रक्रियामा सामेल भएर बलिदानको कोटा चुक्ता गरिसक्नुभएको छ । जनताको थोपा–थोपा अमूल्य रगतले नेपालीक्रान्तिलाई थप उचाइमा उठाउन सघाएको छ, क्रान्तिकारी जनतामा आत्मविश्वास बढाएको छ । यसले दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनालाई अपरिहार्य र अवश्यम्भावी बनाएको छ ।

आज संसारभर संसदीय व्यवस्था असफल भइसकेको छ । नेपालमा पनि कथित संसदीय व्यवस्थाप्रतिको जनवितृष्णा क्रमशः मुखरित हुँदै गएका छन् । कथित निर्वाचन खारेजी अभियानमा कालिकोटको ऐतिहासिक भूमि मालकोटका क्रान्तिकारी जनसमुदायले फेरि एकपटक आफ्नो क्रान्तिकारी विरासत कायम गर्दै संसदीय दलाल सत्ताका विरुद्ध डटेर प्रतिरोध गरेका छन् । यसले ‘खै तिमीहरूले के पो ग¥यौ र !’ भनेर ओठ लेप्¥याउनेहरूलाई गतिलो झापड दिएको छ । जनताले दलाली मिडियालाई प्रयोग गरेर जनतामा भ्रम सिर्जना गर्न खोजे पनि जनताले तिनका कायरता र षड्यन्त्रलाई चकनाचुर बनाइदिएका छन्; तिनको सत्तालाई संसदीय सिनो सावित गरिदिएका छन् ।

एकातिर जनताले प्रतिरोध र बलिदानको शृङ्खलालाई उच्च बनाइरहेका छन् भने अर्कोतिर चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहालले गरेको बबालका कारण मतगणनामा ढिलाइ भएपछि उनीहरूकै बीचमा मारामारको स्थिति उत्पन्न भएको छ । भरतपुरमा रेणु दाहाललाई जिताउन प्रचण्डले कांग्रेससँग अप्राकृतिक तालमेल गरेका थिए । निर्वाचन कार्यालय चितवनका अनुसार रेणुले मेयरका लागि रुखमा परेको मत आफ्नो पक्षमा गणना हुनुपर्ने अडान राखेपछि सो समाचार देशभर फैलियो । उनको वैचारिक स्खलन देखेर सबैले जिब्रो काढे । माओवादी केन्द्रसँग तालमेल गरेपछि चितवन कांग्रेस असन्तुष्ट थियो । यो प्रकरणले माओवादी केन्द्र, सो पार्टीका अध्यक्ष प्रचण्ड र तिनका नेता–कार्यकर्ताको वैचारिक, राजनीतिक तथा नैतिक सङ्कटलाई नै उजागर गरिदिएको छ ।

हामीलाई थाहा छ, बलिदान क्रान्तिको ऊर्जा हो । सर्वहाराक्रान्ति सर्वोत्कृष्ट क्रान्ति हो । यो  क्रान्तिमा हुने बलिदान सर्र्वोत्कृष्ट र महान् हुन्छ । महान् सहिदहरू राष्ट्रका सर्वोत्तम छोराछोरी हुन् । सहिदको मृत्यु सगरमाथाजस्तै उच्च, ग¥हुङ्गो, अटल र अमर हुन्छ । यही ऐतिहासिक तथ्यलाई मालकोटले पुनः उजागर गरेको छ । सबैभन्दा पिछडिएको कर्णालीमा जनयुद्धको एउटा केन्द्रको रूपमा स्थापित कालिकोटबाट जुन बलिदान भयो; त्यसले कर्णालीको मात्र होइन, सिङ्गै नेपालको इतिहासमा विशिष्ट स्थान राख्दछ । कथित स्थानीय निर्वाचन खारेजी अभियानका क्रममा दैलेख, मुगु र मकवानपुरलगायत देशैभर भएका प्रतिरोधी सङ्घर्षले नेपालीक्रान्तिलाई झनै सन्निकट ल्याइदिएको छ ।

निश्चय पनि बलिदानले क्रान्तिकारी परिर्वतनलाई प्रेरित गर्दछ । सहिदहरू क्रान्तिकारी रूपान्तरणका मार्गदर्शक हुन् । जब क्रान्ति प्रतिक्रान्तिमा बदलिन्छ, जब नायक खलनायकमा परिणत हुन्छ, तब सहिदको बलिदानमाथि जबर्जस्त प्रश्नचिन्ह लगाइन्छ । हामीले महान् सहिदहरूका बलिदानको मूल्यमाथि प्रश्नचिन्ह खडा गर्नेका विरुद्ध धावा बोल्दै तिनका दा¥हा–नङ्ग्रा भाँचभुच पारिदिनुपर्दछ । नकरात्मकताको न्यूनीकरण र सकारात्मकताको पुँजीकरणले जनताको परिवर्तनको आकाङ्क्षालाई साकार पार्न सकिन्छ । कथित स्थानीय निर्वाचन खारेजी अभियान सांस्कृतिक क्रान्ति पनि हो । यसर्थ, कथित स्थानीय निर्वाचन खारेजी अभियानका क्रममा देश्व्यापीरूपमा प्रस्तुत भएका कौशल, साहस, शौर्य र बलिदानको मूल्यलाई पुँजीकृत गर्दै नेपालीक्रान्तिलाई माथि उठाऔँ । दलाल संसदीय व्यवस्थाको अन्त अपरिहार्य छ, एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अवश्यम्भावी छ । जनताद्वारा प्रदर्शित सशक्त प्रतिरोध, बलिदानी भावना र रेणु दाहालको रोदनको अन्तर्वस्तु पनि यही हो ।

 

post image

जेठ ३, काठमाडौँ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनका प्रारम्भिक परिणामहरु आइरहेका छन् । ३४ जिल्लामा भएको निर्वाचनले केही महत्वपूर्ण सन्देशहरु दिएको छ । ती सबैका बारेमा पछि विवेचना गरौंला, जव सम्पूर्ण परिणाम घोषित हुन्छ वा घोषित हुने चरणमा पुग्छ । यसका लागि अझै केही समय धैर्य गर्नु पर्ने देखिन्छ, किनभने तीब्र प्रतिस्पर्धाको चाकाचुलीमा कतिपय नगर वा गाउँका परिणाम अन्तिम अवस्थामा आश्चर्यजनक रुपले फरक आउन पनि सक्छ । तर, यस निर्वाचनको प्रारम्भिक रुझान र परिणामले नेपालमा अहिले भइरहेका मुख्य दललाई उनीहरुको स्थान प्रष्ट रुपले वताइदिएको छ– एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ।

गत संविधानसभा चुनावमा समानुपातिक तर्फका मतलाई आफूतिर आकर्षित गर्दै गजवको प्रदर्शन गरेर राष्ट्रिय राजनीतिमा चौथो शक्तिको रुपमा उदाएको राप्रपा नेपाललाई यो चुनावले स्पष्ट सन्देश दिएको छ– कित्ता स्पष्ट पार । केही महिनाअघि अर्काे राप्रपासँग एकीकरण गरी संसदमा अझ बलियो शक्ति बनेको राप्रपाका लागि यो स्थानीय निर्वाचनको परिणाम जति अनपेक्षित छ, त्यति नै अनपेक्षित राजनीति नियाल्ने मानिसहरुका लागि पनि । दुई शक्तिहरु एक भएपछि संयुक्त राप्रपाको शक्ति राष्ट्रिय रुपमा तेस्रो हुनेसम्मको आकलन गरिएको थियो । तर, यो निर्वाचनले संकेत गरेको छ– त्यस्तो हुँदैन ।

संसदमा चौथो शक्ति भएर मात्र होइन, केपी ओली नेतृत्वको सरकारमा सामेल भएर कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभक्त शक्तिको छवि निर्माण गरेको थियो । राजनीतिक फाइदाका लागि कुनै खास अडान नभएको र शक्तिमा मात्रै आशक्त भइरहने अर्काे राप्रपासँग मिल्दा कमल थापाको राजनीतिक धरातलमाथि प्रश्न उठ्यो । ब्यक्तिगत रुपमा थापा सिद्धान्तनिष्ठ र शालीन देखिने क्रम त्यहीँबाट टुट्न सुरु भयो ।

थापाको त्यो छवीमा अर्काे धक्का त्यसबेला लाग्यो, जव उनले संविधान संशोधनमा सिमाङकन थाती राखेर भनी ल्याइएको दोस्रो प्रस्तावलाई समर्थन गर्न पुगे । उक्त प्रस्तावमा तात्विक भिन्नता केवल सिमाङकन सँग सम्बन्धित मात्र थियो । उनैको दलले प्रश्न उठाउँदै आएका नागरिकता, भाषा तथा स्थानीय तहका संविधान प्रदत्त अधिकारलाई कटौती गर्ने प्रस्ताव ज्युँकात्युँ थिए । कहिले प्रस्तावको विरोध त कहिले समर्थनले थापाको अविश्वसनीयता बढ्यो र आम नागरिकले एकाएक ०५४–०५५ सालतिरको कमल थापा सम्झन पुगे ।

निर्वाचनमा जाँदा आत्मविश्वासी देखिएको राप्रपाले काठमाडौं र ललितपुर महानगरको उपमेयरमा एमालेको समर्थन प्राप्त गर्दै उम्मेदवारी दियो । ती महानगरमा सबैभन्दा ठूलो दल बन्ने लक्षण देखाएको एमालेको समर्थन प्राप्त भए जितिने राप्रपाको आकलन गलत होइन, थिएन । त्यसबाहेक आफ्नै गृह उपमहानगर हेटौंडा, थाहा नगरपालिका तथा अन्य जिल्लामा समेत राप्रपाले दरिलो अपेक्षा गरेको थियो । तर, एमालेले समर्थन गरेका महानगरमा बाहेक अन्यत्र कतै पनि राप्रपाले विश्वसनीय प्रदर्शन गर्न सकेन । ललितपुर र काठमाडौंका उपमेयरमा राप्रपा उम्मेदवार निकटतम प्रतिद्वन्द्वी मात्र छन् । गणना हुनु पर्ने मत धेरै भएकाले त्यहाँ कुनै पनि पदमा अहिले नै प्रक्षेपण गर्नु हतारो हुन्छ । तर, सुरुवाती रुझानलाई आधार मान्दा मतदाताले राप्रपालाई सोचेजस्तो मत दिएको देखिएन ।

post image

जेठ ३, काठमाडौँ । इतिहासमा हामीमाथि, एमालेमाथि यति साह्रो आक्रमण कहिले भएको थिएन । हामी चौतर्फी घेराबन्दीमा छौं । हामीमाथि सबैतिरबाट घेराबन्दी भइरहँदा र आक्रमण भइरहँदा पनि नेकपा एमाले प्रमुख शक्तिका रुपमा आएको छ । यसका पछि मदन भण्डारी र जीबराज आश्रितको भूमिका छ । त्यसमा पनि जननेता मदन भण्डारीद्वारा प्रदिपादित जनताको बहुदलीय जनबाद हामीसँग छ । अन्य  देशमा अन्य कम्युनिस्ट पार्टीहरु, अन्य देशमा सिंगो कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा, विश्वमा ८० को दशकको अन्त्य, ९० को सुरुतिर रक्षात्मक रहँदा पनि नेपालमा हामी अघि बढेका छौं । यो जवजका कारणले नै हो ।
जतिखेर सोभियत संघ भत्केको थियो, ध्वस्त भएको थियो । विश्वमा कम्युनिस्ट ढलेको थियो । त्यस्तो अवस्थामा नेपालमा कम्युनिस्ट फस्टाउँदै थियो । माक्र्सवादी व्यवस्थालाई आफ्ना सन्दर्भमा कसरी मौलिक ढंगमा प्रयोग गर्न सकिन्छ, कसरी रक्षा गर्न सकिन्छ, अघि बढाउन सकिन्छ । त्यसमा जननेता मदनको जवजको असाधारण योगदान रह्यो ।

त्यही विचारको जगमा, प्रकाशमा आज हामी यस ठाउँमा छौं । यद्यपि यतिबेला हामी स्थानीय तहको निर्वाचनपछिको मतगणना भइरहेका बेलामा छौं । हामीमाथि घेराबन्दी भइरहेको र आक्रमण भइरहेको बेला त्यसका बीचमा छौं । सत्ता संरक्षित घेराबन्दी र गुण्डागर्दीको सामना गरेर चुनाव सामना गरिरहेका छौं । सत्तापक्षले बुथ कब्जा गरेको छ । सत्तापक्ष निर्लञ्ज आक्रमणमा उत्रेको छ  । सत्तापक्षले लोकतन्त्रको ध्वज्जी उडाएको छ, तमासा देखाएको छ । यस्तो अवस्थामा छौं  ।

तर पनि हामी अघि छौं । तर, यो पर्याप्त छैन । म निर्वाचन परिणाम हेरिरहेको छु । अस्ती मैले एमालेलाई मत दिनुपर्ने कारण बताएको थिएँ । एमाले बाहेक अरुलाई भोट दिनुपर्ने कारण नै नभएको बताएको थिएँ । त्यति हुँदाहुँदै पनि अहिले जनतामा एमालेबिरुद्ध यस्तो भ्रम फैलाइएको छ, एमालेलाई मात्र मत दिनुपर्ने बेलामा पनि अन्य पार्टीलाई पनि दिनुपर्छ भन्ने भ्रम दिइएको छ ।

राष्ट्रियताको सवालमा हामीले जे गर्यौं, त्यसमा के गर्नुपथ्र्याे ? वा के पुगेन ? राष्ट्रहित, राष्ट्रिय सार्बभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भावका सन्दर्भमा हामीले जुन अभ्यास गर्यौं, त्यो बिलकुल सही छ । तर त्यही चिज जनताको बीचमा पुग्न सकेको छैन । हो, यो जनताका बीचमा पुर्याउन जरुरी छ । लोकतान्त्रिक आचारण, मूल्य मान्यताका सन्दर्भमा एमालेले जे गरेको छ, त्यो कसैले गर्न सकेको छैन ।  लोकतान्त्रका स्थापित मुल्य मान्यताहरुलाई परिपालन गरेको छ, कहिले पनि उल्लघंन गरेको छैन । एमाले लोकतन्त्रलाई जीवनपद्दति मान्दछ । हामीले गर्व गर्नुपर्छ, हामी प्रतिपक्षमा छौं । तर हामी लोकतन्त्रको मुल्य मान्यतालाई मानेर अघि बढीरहेका छौं ।  सत्तापक्षले ध्यान दिनुपर्नेमा, हामी ध्यान दिइरहेका छौं । सत्तापक्ष आक्रमणमा उत्रेको छ, मारपिटमा उत्रको छ । यो बिचित्रको अवस्था छ । सत्तापक्ष शारिरक आक्रमणबाट हत्यामा उत्रेको छ । एउटा आंतकको सिर्जना गर्ने प्रयासमा सत्तापक्ष रहेको छ ।

म एमालेका कायकर्तालाई धन्यवाद दिन चाहान्छु । कहिँ पनि एमाालेले कसैलाई आक्रमण गरेन । कहिँ पनि हिंसा अपनाएन । एमोलेले लोकतान्त्रिक प्रक्रियाबाट बिजय चाहेको छ । अन्य प्रक्रियाबाट बिजयी हन चाहेको छैन । म धन्यवाद भन्न चाहान्छु एमालेका कार्यकर्तालाई ।

अव दोस्रो चरणको निर्वाचनमा एमाले यसभन्दा प्रभाबकारी रुपमा अघि बढ्छ । र, प्रतिनिधिसभामा कम्तिमा पनि बहुमतका साथ प्रमुख पाटी एमाले बन्छ । अर्थात एमालेले बहुमत प्राप्त गर्छ । मलाई अचम्ब लाग्छ यस्तो बदनाम कांग्रेसलाई जनताले अझै स्थान दिइरहेका छन् । यसको अर्थ अझै जनता अलमिलएको छ । हाम्रो विचार, आचरणमा कमी छैन र होइन, तर विचार जनतामा पुरयाउनेमा कमी छ । हामीसँग जबज छ । तर विचार नै नभएकाहरु पनि यहाँ छन् ।  समाज बिखण्डन गर्ने, सामाजिक सद्भाव खलबल्याउने तत्वहरु खुलेआम छाती फुकाएर हिडेका छन् । यहाँ अझै तिनको बिगबिगी छ । चर्को गरी ती बोल्छन् । एमाले जता हावा चल्छ त्यता कुद्ने पार्टी होइन ।  देशलाई कता लैजाने भन्ने ठहर गरी त्यस दिशामा जान चाहन्छ । देशका निम्ति जे गर्नुपर्छ, त्यो एमालेले गर्छ ।

त्यसैले एमाले राष्ट्रिय एकताको पक्षमा र समाजिक सद्भावको पक्षमा छ । यो जनतामा दह्रोसँग पुर्याउनुपर्छ । हामी हिंसाबादी होइनौं भन्दै शान्तिको महत्व अझ बढ्ता लिएर जनतामा जानुपर्छ । देशलाई समृद्ध बनाउन, आत्मानिर्भर बनाउन एमाले केन्द्रित छ । एउटा देशप्रतिको निर्भरता समाप्त पारेर २१ औं शताब्दीको स्वतन्त्र, सार्बभौम राष्ट्र बनाउने, आफ्ना विकासलाई उपयुक्त रुपमा अघि बढाउन सक्ने पार्टी एमाले मात्र हो । अव देशलाई त्यस दिशामा लैजाने हो । त्यस दिशामा अघि बढाइसकेका छौं  ।

हामीले खानीको खोज गरेका छौं । पूर्वपश्चिम रेल भनेका छौं, काम अघि बढाएका छौंं । हामी केरुड, काठमाडौं पोखरा रेल भन्छौं र त्यसका लागि लागेका छौं । हाम्रो देशमा खानी छन् । अव तिनको उपयोग गर्ने दिशामा जानुपर्छ भन्यौं । एउटा खानी उत्खनन गर्यौं । सामन्यतया ५ देखि ७ प्रतिशत आर्थिक बृद्धि गर्न सकिएला, सकिन्छ । तर खनिजको उत्खनन गर्यौं, स्रोत साधनलाई प्रयोग, सदुपयोग गर्यौ र तिनको  निर्यात गर्न थाल्यौं भने प्रतिव्यक्ति आय यसरी बढ्छ, कल्पना गर्न सक्दैनौं । कतार, साउदी अरव तेल बेचेर कुन अवस्थामा पुगे ? हामीले देखेका छौं । हामीले पूर्वाधार विकास, ऊर्जा, संचारका क्षेत्रमा  काम गरेका छौं । मुलुकलाई आर्थिक विकासको दिशामा जसरी अघि बढायौं, त्यो कसैले गर्न सक्दैन ।

त्यसैले हाम्रो सरकार हटाउन सबै लागे । किन हाटाउनु पर्यो भने उनीहरुले उन्नती गर्न नसक्ने भए, हामीले मात्र सक्ने भयौं । एमालेले देश विकास गर्ने भयो भनेर हटाउन लागे । एमालेले कुनै अुनचित काम गरेर होइन । अलि अलि केही मान्छेलाई आफूले भनेका ठाउँमा नियुक्ति पाएनन् भनेर होला, आफ्नाले नियुक्ति पाउनुपथ्र्यो, पाएन भनेर होला । नातागोता र आसेपासेले नियुक्ति पाएन भनेर होला । अरु केही कारण छैन । नेकपा एमाले आजको अवस्थामा यस्ता बिषयमा अल्झंदैन, यस्तो चुनौतीका बेलामा त्यस्तामा अलमलिंदैन ।

हामीले आजको सन्दर्भमा जवजका आधारमा माक्र्सवादी सिद्धान्तको प्रयोग गरेका छौं । यतिबेला मदन आश्रितप्रति श्रद्धान्जली दिईरहदा त्यसलाई सफल पार्ने प्रयास गर्छौं, गर्नुपर्छ । मैले के पाएँ होइन, देशले के पायो त्यसमा चिन्ता हुनुपर्छ । हामीले कार्यकर्ताका माझमा लैजाने कुरा जनताका समस्या समाधानका कुरा हुन्, विकास र समृद्धिका कुरा हुन् । यी कुरा जनतामा लैजानु पर्छ । एमाले त्यसका निम्ति तयार रहने कुरा जनताका माझमा लैजानु पर्छ ।

हामीले बम बन्दुकका कुरा गरेका छैनौं, जो अरुले गरेका छन् । हामी त्यसो गर्दैनौं । पुतली नचाउनेले एउटै तारबाट पुतलीको डल नचाउँछ, कुन तार तान्दा कुन नाच्छ, त्यसले कसरी नचाउँछ, त्यो हामीले हेरिरहेका छौं । हामी त्यस्तो होइनौं । जनतालाई सुखी बनाउने अभिभारा एमालेको हो । एमालेको लक्ष्य धेरै ठाउँमा चुनाब जित्ने मात्र होइन, देश बनाउन चुनाब जित्ने हो । जित्नका लागि जित्ने होइन,  देश बनाउन जित्ने हो । देश बनाउने अर्को पार्टी छैन ।

म सुन्छु सत्तापक्षको सेटिड मिलेको छ रे । ४० करोडको सेटिड मिल्यो । अव यति दिन भित्र दिइन्छ, अहिले मिलेन, अव यति दिनभित्र दिइन्छ । अचम्म के छ भने तिनका कार्यकर्ताले मञ्चमा पुग्दा माला पनि लगाईदिएका छन्, मञ्चमा बोलाईदिएका छन् ।  तिनलाई आसनग्रहण पनि गराएका छन् । तिनलाई लाज पनि लागेको छ त ? तर, उनीहरुलाई लाज नै छैन ।

एमाले विचारमा संगठित पार्टी हो, स्वार्थमा संगठित होइन । एमाले ब्यापकतामा संगठित पार्टी हो  सकिर्णतामा संगठित होइन । महान कुरो भनेको विचारमा संगठित पार्टी वास्तविक संगठित हो । हामीले देश बनाउने हो,  त्यसैभित्र हामी रहने हो । तर कस्तो हल्ला चलाइएको छ भने अरु पार्टीका नेताहरुको विचारको सहीपना, व्यवहार र आचारणको शुद्धपना केही छैन, उनीहरुको प्रतिरक्षा गर्ने ठाउँ नै छैन । अनि त्यसलाई डाइलुट कसरी गर्ने भन्दा सबै उस्तै हुन् भन्ने । उनीहरु सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिरुद्ध महाभियोग लगाउँछन् ? अनि त्यसको औचित्य पुष्टि गर्न लोकमान सिंह कार्कीलाई पनि लगाएकै हो नि भन्छन् । सबैलाई एकै ठाउँमा राखेर गोलमाल गर्ने । सबै उस्तै हुन् भन्ने गर्छन् । अरु पार्टी र एमाले पनि उस्तै हुन् भन्ने जस्ता भ्रम छर्ने काम भएका छन् ।

एमालेको नीति सही छ, व्यवहार सही छ । एमालेसँग आर्थिक भिजन छैन भन्ने हल्ला चलाउने गरेका छन् ।   अरुका विचार छैनन्, विकासका दृष्टिकोण छैनन्, अनि एमालेलाई पनि त्यसमा हालेर हल्ला गर्ने गर्छन् । म विकामा, समृद्धिमा सबैसँग वहस गर्न तयार छु । एमालेका नेता सबैसँग बहस गर्न तयार छन् । गफाडी तालले होइन ।  रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकिरण गर्नेमा हामी बहस गर्न तयार छौं । अन्यत्र कम्युनिस्ट रक्षात्मक अवस्थामा होलान्, यहाँ एमाले छ, यो विजयी यात्रामा छ । एमाले यो देश बनाउने संकल्पमा छ । एमाले चुनौतीसँग डराउदैन । किनकि योसँग जबज छ  । जवज आन्दोलनको जगमा बनेको हो, आन्दोलनको विश्लेषणको संंश्लेषण नै जबज हो । त्यसकारण हामी सफल हुन्छौं ।
(मदन–आश्रितको २४ औं स्मृति दिवसका दिन मदननगर बल्खुमा  अध्यक्ष केपी ओलीको मन्तब्यको संक्षेप) 

post image

जेठ १, काठमाडौँ । अनलाईनसमय बिश्लेषण । स्थानिय तहको निर्वाचनको प्रारम्भिक नतिजा हेर्दा एमाले बलियो मात्र देखिएको छैन, कांग्रेसको फितलो उपस्थिती र माओबादीको रणनैतिक जित भएको छ । संबिधान सभा चुनाव २०७० मा प्रमुख पार्टी बन्न सफल कांग्रेस अहिले माओबादीको साइजमा आउने संकेत देखिनु बिपि र गणेशमानका अनुयायीहरुलाई चित्त बुझ्ने कुरै भएन । पार्टी सभापतीमा शेर बहादुर देउवाको बिजय संगै कांग्रेसले काचुली फेर्ने आशा गरेका कांग्रेसीजनको आशामा त्यती बेला तुषारापात हुन गयो जती बेला ठिक चुनाव अघी देउवाले सर्चोच्च अदालत, आइजिपी नियुक्ती र माओबादीसंग तालमेल गर्ने गरी एक पछी अर्को गर्दै गलत निर्णय गर्न पुगे । माओबादीका लागी गुमाउनु पर्ने केही थिएन किनकी उसका लागी जुन पार्टीको मुल मन्त्र थियो त्यो उहिल्यै तिलान्जली दिएको मात्र थिएन, पार्टीका होनाहार नेता बाबुराम भट्टराइ, मोहन बैध्य र नेत्र बिक्रम चन्द जस्ता व्यक्तीले पार्टीनै चोइट्याइ सकेका थिए । माओबादीले गुमाउने बाहेक केही कुरा थिएन । यो बुझेर उसले कांग्रेसलाई सहयोग गर्ने र चुनावी तालमेल गर्ने प्रस्ताव देउवा समक्ष राख्यो, आफ्नो पल्लाभारी हुने देखेर तुरुन्तै हुन्छ भने देउवाले । माथिल्लो तहमा मिलेमतो गरे पनी कार्यकर्ता बेस्सरी बेखुशी देखिन्थे मानौकी उनिहरु कतिबेला चुनाव आउछ र अर्को पार्टीलाई भोट हाली रिस पोखौ भन्नेमा थिए । अन्तत कांग्रेशलाई नराम्रो गरी क्षती पुग्ने देखिएको छ । आखिर जनता सचेत छन र नेताहरुले गरेका हरेक गल्ती स्विकार्न तयार देखिदैनन भन्ने कुराको पुष्टी पनी भएको छ । बाकी अर्को आलेखमा प्रस्तुत गर्नेछौ ।

post image

जनकराज पण्डित, वैशाख २८, काठमाण्डौं । स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तरगर्त यही बैशाख ३१ गते हुन गईरहेको स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको आज अन्तिम दिन । आज राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तिनै प्रमुख दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख, केपी शर्मा ओली, शेर बहादर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तिनै नेता आज चितवन पुगदैछन् । तिनै नेताले चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनलाई प्रतिष्ठाको बिषय बनाएका छन् । यस महानगरपालिकावाट प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहाल माओवादी केन्द्रवाट उम्मेदवार बन्नु र नेपाली काँग्रेस र माओवादी केन्द्रबिच चुनाबी तालमेल भई नेपाली काँग्रेसले आफ्ना उम्मेदवार दिनेश कोईरालालाई फिर्ता गराई रेणु दाहाललाई नै समर्थन गर्नुले पनि सत्ताघटक दुई दलबिचको कार्यगत एकताले चुनाबी परिणाम आफ्नो पक्षमा पार्न माओवादी केन्द्र र काँग्रेस जिल्ला तहदेखि केन्द्रसम्म दिलोज्यान दिएर लागेको छ ।

हुनत माओवादी केन्द्र र नेपाली काँग्रेसबिच ललितपुर,पोखरा र चितवनमा चुनाबी तालमेल भएपनि पोखरा र चितवनमा तालमेल भएपनि ललितपुा भने त्यसले साकार रुप लिन पाएन । यता पोखरा महानगरपालिकामा भने नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेसका उम्मेदवारलाई सघाएको छ । नेकपा एमाले र राप्रपाबिच काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयरमा तालमेल भएसँगै काँग्रेस र माओवादी केन्द्रबिच तालमेल भएको हो । यता चितवनको एमाले भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली जान लागेका छन् ।

नेकपा एमालेले चितवनमा सत्ताघटक दुई दलबिच भएको गठबन्धनलाई अपबित्र गठबन्धनको संज्ञा दिदै यस गठबन्धनलाई जसरी भएपनि हराउने मनसायकासाथ प्रतिष्ठाको लडाईका रुपमा चितवनको भरतपुर महानगरपालिकाको स्थानीय तह चुनाबलाई लिएको छ । यसरी हेर्दा यि तिनै शिर्ष नेताका लागि आजको अन्तिम चुनाबी सभा निकै महत्वकासाथ हेरीएको छ ।
बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पोडेलले लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाको सभालाई सम्बोधन गर्दैछन् ।

एमाले नेता माधव नेपालले उपत्यकाको कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । एमाले अर्का नेता झलनाथ खनालले काठमाडौं, वामदेव गौतमले पोखरामा सम्बोधन गर्दैछन् । माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा जिल्लामा खटिएका छन् । नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पाँच दिन गृह जिल्ला गोरखाको चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन् । ह्ुनत स्थानीय तह निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन भएकाले पनि सबै राजनीतिक दललाई चुनाबी चटारो त छनै । तर चितवनमा केन्द्रित हुन गईरहेका तिन ठूला दलका तिन शिर्ष नेताले आज गर्ने सम्बोधनलाई निकै गम्भीर्यताकासाथ हेरीएको छ ।

post image

वैशाख १९, काठमाण्डौं ।
सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू,
आदरणीय पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू,
विषय– महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह

सम्माननीय प्रधानमन्त्री तथा पुर्व प्रधानमन्त्रीज्यू,
२०७४ वैशाख १७ गते नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुद्वारा सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको घटनाको सेरोफेरोमा ध्यानाकर्षण गराउदैँ यो पत्र लेखेको छु । श्री सुशीला कार्कीले न्यायमुर्तिका रुपमा गर्नु भएको कैयन साहसिक र महत्वपुर्ण निर्णयहरु विदितै छ । यद्यपि पछिल्लो चरणमा उहाँले गरेका एकआध निर्णय र भावनात्मक आवेगबारे कतिपयको गुनासो वा असहमति हुन सक्छ तर के त्यस्तो गुनासो नै महाभियोगका लागि पर्याप्त आधार बन्न सक्छ रु यक्ष प्रश्न खडा भएको छ । महाभियोग प्रस्ताव दर्ता गर्दा न्यायमुर्ति सुशीला कार्कीमाथि कार्यक्षमताको अभाव भएको र खराब आचरण प्रदर्शन गरेको जस्ता शब्दावलीहरु प्रयोग गरिएको छ जुन अशोभनिय एवं आपत्तिजनक छ भने आरोप लगाउनेहरुका लागि नै प्रत्युत्पादक हुन सक्छ । समग्र घटनाको अध्ययन गर्दा प्रधानन्यायाधीश कार्कीले विगतमा गरेका निर्णयहरु भन्दा निकट भविष्यमा कुनै एक विषयमा उहाँबाट यस्तो निर्णय आउन सक्छ भन्ने आशंकासहित नीजलाई बाहिर राख्ने मनसायले महाभियोग प्रस्ताव प्रेरित देखिन्छ । यस सम्बन्धमा म निम्न विषयहरुबारे ध्यानाकर्षण गराउँछु ।
१। निर्वाचित व्यवस्थापिका संसदका कतिपय सदस्यहरु जसले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको देखिन्छ नीजहरुले नै आफ्नो हस्ताक्षर र महाभियोग प्रस्तावबारे सार्वजनिक सञ्चार माध्यमहरुमा अनभिज्ञता प्रकट गरेको देखियो । लोकतन्त्रमा किर्तेतन्त्र कदापी स्विकार्य हुदैँन । यदि यो प्रस्ताव अघि बढ्यो भने संसदीय व्यवस्थाको मर्यादा अनुरुप हस्ताक्षरकर्ता सांसदहरुलाई उपस्थित गराई नीजहरुले हस्ताक्षर गरेको हो होइन प्रमाणिकरण गर्नुपर्ने आवश्यकता हुन्छ ।
२। न्यायमुर्ति सुशीला कार्कीलाई महाभियोग लगाई अभियुक्त बनाउन खोज्दा जनस्तरमा यहाँहरु स्वयं अभियुक्त त बनिरहनु भएको छैन रु शिघ्र पुनरावलोकन गर्नु जरुरी छ ।
३। तसर्थ प्रधानन्यायाधीश सुशीला कार्की माथि दर्ता भएको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिई यो अनर्थको अध्यायलाई शिघ्र अन्त्य गर्न म विनम्रता पुर्वक आग्रह गर्दछु । एउटा साधारण नेता आफ्नो गल्ती स्विकार गर्न हिचकिचाउछन् । एउटा राजनेता आफ्नो गल्ती स्वतः स्विकार गर्छन । यो भन्दा माथि एउटा महान नेता आफ्नो गल्ती स्विकार गर्नुका साथ साथै क्षमायाचना पनि गर्छन । आशा छ यहाँहरुले लोकतन्त्र र न्यायिक मुल्यको संरक्षण र सम्बर्धनका लागि शिघ्र उपयुक्त कदम चाल्नु नै हुने छ ।
४। जन निर्वाचित संसदको सर्वोच्चताप्रति कसैको दुई मत छैन तर महाभियोग प्रस्तावको विवेकसम्मत प्रयोग हुनुपर्छ । महाभियोग प्रस्ताव दुरुपयोग नहोस भनेर म संस्थापक सभापति रहेको मानव अधिकार तथा शान्ति समाजले अघि सारेको सुझावप्रति मेरो पुर्ण सहमति छ ।
भवदीय
कृष्ण पहाडी
फोन– ४४७२१०४
मिति –२०७४÷०१÷१९

post image

बैशाख १८, काठमाडौँ । समय बलवान छ र उत्तिकै क्रुर पनी । यती निर्दयी नहुदो हो त प्रधानन्यायधिश नियुक्त हुँदा बालुवाटारको सरकारी निवासमा सर्दा जुन शान थियो, त्यो भन्दा बढी रवाफ अहिले घर छाड्दा हुनुपर्ने थियो । किनकी उनले भने अनुसार महाअभियोग नै लगाउनु पर्ने गरी कुनै कसुर गरेकी छैनन । कांग्रेश र माओबादी केन्द्रका नेताहरु पनि यसको बिपक्षमा मन्तव्य दिनुलाई शुशिला कार्कीको सफलता मान्न सकिन्छ । पुर्व प्रधानन्यायधिश कल्याण श्रेस्ठका अनुसार पनी शुशिला कार्कीको महाअभियोग पुष्टी हुने संभावना कम छ ।
जे होस महाअभियोग दर्ता भएसंगै पदबाट निलम्बनमा पर्ने संबैधानिक नियम अनुसार आजै निलम्बनमा परेकी प्रधानन्यायाधीशले नयाँ घरमा सर्ने साइत जुराएकी छिन । उक्त घर निर्माणाधिन छ, धापासीको सोही घरमा उनी सर्ने तयारी भएको छ । धेरै लाई लाग्न सक्छ ‘उनको अन्य नेताहरुको जस्तै बिशाल बंगला छ । तर सत्य त्यो होईन रहेनछ । गत असारमा नै उनले संसदीय सुनुवाईका क्रममा आफ्नो मेहनतले सानो घर बनाउन लागेको बताएकी थिइन्, जुन घर गत एक वर्षदेखि धापासीस्थित जग्गामा निर्माण हुँदै आएको थियो ।

सम्पत्ति थुपारेको भनी आएको उजुरीमाथि संसदीय सुनुवाईका क्रममा एक सांसदले प्रश्न गरेपछि त्यसको जवाफमा उनले आफ्नो विराटनगरमा केही सम्पत्ति रहेकोमा पति दुर्गा सुवेदी लडेर विरामी भएपछि त्यो बेचेर काठमाडौंमा बसाई सरेको बताएकी थिइन् । ‘मेरो कमाई, पुर्ख्यौली सम्पत्ति र नपुगेको हकमा सञ्चयकोषबाट ऋण निकालेर साना घर बनाउन लगेकी हुँ,’ उनले भनेकी थिइन्, ‘एक रुपैयाँ पनि गलत ढंगले आर्जन भएको पुष्टि गरिदिनुस, जेसुकै भोग्न तयार छु ।’ स्रोतका अनुसार, गतवर्षदेखि नै निर्माण सुरु भएको घरमा आज प्रवेश गर्ने कार्यक्रम छ । उनी प्रधानन्यायाधीश भएपछि बालुवाटारस्थित सरकारी  निवासमा बस्दै आएकी थिइन् ।

post image

वैशाख १८,काठमाण्डौ । आज एक त सार्वजनिक बिदा, अर्को तिर हिजो बिकास भएको फरक राजनितिक परीस्थिती, सबैको ध्यान अब के हुन्छ भन्ने तिर छ । घोषित मितीमा चुनाव होला की नहोला, भोली मनोनयन दर्ता गर्ने दिन, के गर्ने खै, यी प्रश्नहरु सबैको मनमा छ, सबै प्रश्नको उत्तर यो नै हो भन्न सक्ने कोही छैनन । टाउकोमा हात राख्दै भन्ने एउटै तर्क हो ‘हेर्दै जाउ’ ।

आजको दिन धेरै हिसाबले महत्व पुर्ण हुनसक्छ । २ बर्ष अघी महा भुकम्पले यही महिनामा हजारौको ज्यान, धन लाग्यो । त्यो पिडा सम्झदै छौ हामी, यही महिनामा चुनाव होला, अब बिकास र सम्बृधीतर्फ हामी लम्कनेछौ भनी सोच्नेहरुको सपनामा तुषारापात होला जस्तो देखिदै छ । मौसमले पनी सायद त्यसै भनी रहेछ सायद । मडारिएको कालो बादल र बेमौसमी बर्षा आफुलाई सान्त्वना दिन पानी बनेर बग्दैछ र जनजनलाई थाहा दिदै छ की मलाई यो अवस्था पटक्कै मन परेको छैन ।
आज माओबादी केन्द्र को बैठक बस्दै छ त्यसैगरी एमालेको पनी । मधेशी दलहरुपनी उसैगरी भेला हुँदै छन । राप्रपाले सरकामा बस्ने औचित्य समाप्त भएको भन्दै सरकार छाड्ने निर्णय गरे अनौठो हुनेछैन । युवाहरु सडकमा आउने छन सुशिला कार्कीको पक्ष्यमा । यी सबै कुराले निर्वाचनको माहौल छायामा परेको छ । हरे बैशाख यानकी नयाँ बर्ष, किन त्यती धेरै पिडा दिएका सबैले ? अब कसरी भनुकी नव बर्ष शुभ होस ।

post image

वैशाख १७, काठमाण्डौं । झट्ट सुन्दा प्रधानन्यायधीस शुसीला कार्की माथी सत्तापक्ष घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका एक चौथाई सभाषद्ले महाभियोग प्रस्ताव दर्ता गराउनु र गृहमन्त्री तथा उपप्रधामन्त्री बिमलेन्द्र निधिले पदवाट राजीनामा दिनुलाई फरक दृष्टिकोणवाट हेरीए पनि यि दुबै घटना बिच कुनै न कुनै तालमेल रहेको एक बिश्वस्थ सूत्र मार्फत अनलाईन समयलाई जानकरी प्राप्त भएको छ । प्राप्त जानकारी अनुसार प्रधानन्यायधिश शुसीला कार्कीले यही बैशाख १९ गते हुने डिआईजी प्रकरणको अन्तिम सुनुवाईका क्रममा बारम्वार बिवादमा आईरहेका र अदालतलाई समेत गुमराहमा राख्दै आएका डिआईजी नवराज सिलवाललाई आईजीपी बनाउने खेलमा प्रधानन्यायधिश कार्की लागी परेकाले नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेपाली काँग्रेसका सभाषद्हरुले कार्की बिरुद्ध महाअभियोग संसदमा दर्ता गरेको बुझिएको छ ।

त्यसरी नै नेपाल प्रहरीको आईजीपी प्रकरणका शुरु देखि नै नवराज सिलवालको पक्षमा वकालत गर्दै आईरहेका र नवराज सिलवाल प्रहरी प्रमुख नभए राजीनामा दिने भन्दै पार्टी सभापती शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई समेत धम्क्याउँदै हिडेका गृहमन्त्री नीधिको योजना सफल नहुने देखिएपछि उनले प्रधानन्यायधिश कार्की माथिको महाअभियोग प्रस्ताब दर्ता भएसँगै राजीनामा दिएको बुझिएको छ ।

काँग्रेस निकट बिशेष सूत्रका अनुसार गृहमन्त्री नीधिले सर्वोच्च अदालतको निर्णय अनुसार सरकारले दोस्रो बरीयताका प्रकाश अर्याललाई प्रहरी महानिरिक्षकमा नियुक्र गरे पनि यही १९ गते हुने सर्वोच्चको फैसलावाट सिलवाललाई प्रहरी प्रमुख बन्न पुनः बाटो खुल्ला गर्ने एकसुत्रिय अभियानमा गृहमन्त्री नीधि लागेको र उनको योजना सफल नहुने भएपछि उनले पदवाटै राजीनामा दिएको स्रोतले अनलाईन समयलाई जानकारी गरायो । अर्को सोचनीय कुरा त के छ भने बरीयताको बखेडा झिकेर बिभागीय मन्त्री समेत रहेका गृहमन्त्री निधि मन्त्रीपरिषद्को बैठकले दोस्रो बरीयताका प्रकाश अर्याललाई प्रहरी महानिरिक्षक नियुक्ती गर्ने बैठकमा समेत अनुपस्थित रहनुलाई यि दुई घटनाका बिचमा तालमेल रहेको हुन सक्ने सत्ता घटक दलभित्रै चर्चा परिचर्चा चलेको छ ।

त्यसरी नै गृहमन्त्री नीधिले कहीले मधेको बहाना, त कहिले निर्वाचन आयोगको तयारीलाई बिषय बनाई चुनाब हुन नसक्ने अभिब्यक्ति दिदै आएकोमा प्रधानमन्त्री दाहाल र पार्टी सभापती देउवा पनि नीधिका पछिल्ला गतिबिधिदेखि सन्तुष्ट नरहेको स्रोतको दाबी छ । यस अवस्थामा सरकारमा बसीरहनु उचित नदेखेरै नै गृहमन्त्री नीधिले राजीनामा दिएको हुन सक्ने स्रोतले बतायो । त्यसरी नै प्रधान न्यायधीस कार्कीले आइजिपी प्रकरणमा पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई कामसु तोडमोड गरेर फैसला गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गर्दै सीमित न्यायाधीसलाई इजलासमा राखेको , कार्यविधि कानुनको पालना नगरेको लगायतको आरोप लागेका छन् ।

यसले एक स्वतन्त्र न्यायपालिका माथि प्रश्न चिन्ह खडा गरी दिएको छ । यसरी एक ब्यक्तिलाई प्रहरी प्रमुख बनाउनका लागि प्रधान न्यायधिसले गरेको चलखेल र चतुर्याई सुईको पाएर नै महाअभियोग प्रस्ताब एकाएक संसदमा दर्ता गरीएको स्रोतले बतायो । आज आईतवार संसद शोक प्रस्ताब पारीत गर्दै २१ ग्तेसम्मलाई स्थगीत हुनु र भोली अन्तराष्ट्रिय श्रमीक दिवसमा सार्वजनिक बिदा परेकाले पर्सी १९ गते सर्वोच्च अदालतले पुनः डिआईजी बढुवामा अन्तिम निर्णय दिन भएको र सो निर्णय राष्ट्रकै लागि घिन लाग्दो बन्ने भएकाले आज संसद सचिवालयमा महाअभियोग प्रस्ताब दर्ता गरीएको स्रोतको दाबी छ ।

यसरी एकै पटक आएको यि दुई घटनाकाबिचमा कुनै न कुनै रुपमा तालमेल देखिन्छ । गृहमन्त्रीको राजीनामा र प्रधान न्यायधीस माथिको महाअभियोग प्रस्ताबले यही बैशाख ३१ र जेठ ३१ मा हुन गईरहेको निर्वाचनमा त कुनै असर पर्दैन् भन्ने अनलाईन समयको प्रश्नका सत्तारुढ दल नेपाली काँग्रेसका एक नेताले भने, यि दुई घटनाले निर्वाचन सुनिश्चित बनेको छ भने अदालत माथिको बिश्वास आम जनमानसमा झन बढ्नेछ । उनको बुझाईमा गृहमन्त्री नीधिको राजीनामाले निर्वाचनको बातावरणमा प्रभाव नपरी झन निर्वाचन हुने माहौल बन्नेछ भने प्रधानन्यायधिस कार्की माथि लगाईएको महाअभियोग प्रस्ताब दर्ताले सिंगो न्याय क्षेत्रको छबीमा कुनै आँच आउने छैन ।

post image

बैशाख १६, काठमाडौँ । अनलाईनसमय बिश्लेषण । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, मुख्य विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओ‌लीलाई भेट्न बालकोट पुगे । स्वभाविक छ, देउवा समसामयिक विषयमा छलफलका लागिनै त्यहाँ पुगे । देउवाको नेतृत्वमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला र ‌‌ओलीबीच संविधान संशोधन प्रस्ताव, स्थानीय तह निर्वाचनलगायत विषयमा छलफल भयो । बैठकमा पछी देउवाले कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ‘एमाले बिना पनी संबिधान संशोधन पास हुन्छ’ । तर कसरी ? पत्रकार सम्मेलनमा उनले भने ‘जसरी भए पनी हुन्छ’ । उनकै शैलीमा जवाफ फर्काए ।

पहिलो चरणको चुनाव आउन १५ दिन मात्र बाकी छ तर चुनाव हुने नहुने अन्योलता यो पटक जती कहिल्यै थिएन कारण दलहरुमा देखिएको बैमनस्यता र ध्रुबिकरण । यसको लाभ भारतले लिएको छ र नेपाली नेताहरु ‘त्वम शरणम’ को स्थितीमा छन ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अघि बढाएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित हुन नदिने निर्णय गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा हिजो बसेको एमाले स्थायी समितिको बैठकले संशोधन प्रस्ताव मुलुकको हितमा नभएको भन्दै पारित हुन नदिने अडान राखेको हो।

समग्र परीस्थितीलाई बिष्लेषण गर्दा सबै पार्टी पुर्व निर्धारित या प्रायोजित ‘स्कृप्ट’ मा अभिनय त गरिरहेका छैनन भन्ने देखिन थालेको छ । चुनाव गर्छु भन्ने सरकार एवं प्रचन्ड र देउवाको त ‘भारत नतमस्तक’ प्रवृत्ती देखिएकै हो तर चुनाव चाहन्छु भन्ने र राष्ट्रीयताको हदै ओकालत गर्ने एमाले र भारत परस्त भनेर आरोप लागेका मधेशी पार्टी दुबै चुनाव नचाहने या नगराउने खेलका मुख्य नाइके हुन कि जस्तो देखिएको छ । अन्तत चुनाव नगर्ने, गरे पनी चर्को ध्रुबिकरण गरी दक्षिणको अपेक्षा पुरा हुने परिणाम ल्याउने खेल भैरहेको छ, जुन राष्ट्रको लागी अत्यन्तै हानिकारक छ ।

 

post image

वैशाख १३, काठमाण्डौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले स्थानीय तहका वडाहरुमा एक दलित महिला सदस्य अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था संशोधनको माग गर्नु भएको छ । राणाले देशैभर सबै वडामा दलित महिला नेतृत्व नपाईने भन्दै अन्तरपाटी महिला संजालका सभाषद्हरुले संसदका सभामुख तथा आफुलाई भेटी यस्तो अवस्थामा दलित, पिछडीएका र आदीबासी जनजाती महिलाहरुलाई सहभागी गराए महिला प्रतिनिधित्व थप सुनिश्चित हुने भन्दै ज्ञापनपत्र बुझाएकाले आफुले आजको संसद बैठकमा सो कुरा राखेको अनलाईनसमय लाई बताउनु भएको छ ।

नेतृ देउवाले केही संचार माध्यमले दलित भ्रमित हुने गरी दलित महिला नराख्न आरजु देउवाको संसदमा माग भन्ने आसयमा समाचार बाहिर आएकोमा आपत्ती जनाउनु भएको छ । नेतृ देउवाले सदनमा मंगलबार बिशेष समय माग गरेर बोल्दै स्थानीय तहका सबै वडामा दलित महिला नभएको जिकिर गर्दै त्यसको सट्टा अरु महिलाहरुलाई अवसर दिन माग गर्नु भएको थियो । संसदबाट पारित स्थानीय तह निर्वाचन ऐनमा प्रत्यक वडाका चार वडा सदस्यमध्ये दुई खुला र एक दलित महिलासहित दुई महिला वडा सदस्य निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

सबै वडामा दलित नभएका कारण दलित महिला उम्मेद्वार वन्न नसक्ने तर्क गर्दै देउवाले ऐन संसोधनका लागि सभामुखसँग माग गर्नु भएको छ । उहाँले सरकारले यस तर्फ सोचबिचार गरेर कानुन संशोधन लागि विधेयक ल्याउन आग्रह गर्नु भयो । नेतृ देउवाले दलित नभएका वडामा आदिवासी, जनजाति, मुस्लिम, अपांग र विपन्न महिला उम्मेद्वार वन्ने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत गरेकी छन् । यसरी स्थानीय तहका सबै वडामा दलित महिला सदस्य निर्वाचीत हुदाँ ६ हजार ८ सय महिला निर्वाचित हुनेछन् ।

नेतृ देउवाले भने झै देशका सबै वडामा दलित महिला प्रतिनिधि नहुने भएकाले यसलाई संशोधन गरी दलित नभएका वडामा आदिवासी, जनजाति, मुस्लिम, अपांग र विपन्न महिला उम्मेद्वार वन्ने व्यवस्था गर्न सरकारसँग उहाँको माग थियो । नेतृ देउवाले अनलाईन समयसँग कुरा गर्दै भन्नु भयो, मैले भनेको कुराको केही संचार माध्यमले अर्कै अर्थ लगाए,यसमा मेरो आपत्ति छ । मैले त संविधानले गरेको ब्यवस्था बमोजिम ४० प्रतिसत महिला सुनिश्चितताका लागि यो आवाज उठाएको हो ।

(संसदमा उहाले बोल्नु भएको भिडियो जस्ताको तस्तै)

post image

बैशाख ३, काठमाण्डौं । नेपालको राजनिती, समाजसेवा र खेलकुदको क्षेत्रमा आफ्ना बावु गजराज जोशीले जस्तै नाम कमाउन सफल व्यक्ती हुन् मनिष जोशी । नेपाली कांग्रेसको १२औँ महाधिवेसन देखि जिल्ला सदस्यको रुपमा कार्यरत जोशी टोखालाई विपी कोइराला तथा विर गणेशमान सिहंको समाजवादी भुमी बनाउन आफ्ना अग्रजहरुले खेलेको भूमिकालाई निरन्तरता दिदैँ आफुपनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा कांग्रेसको निती र मार्ग निर्देशनमा रहेर निरन्तर लागिरहेका छन् । उनले विक्रम सम्वत् २०४६ सालको ऐतिहासिक आन्दोलनमा सक्रिय रहेर टोखालाई कांग्रेसको उर्वर भुमि बनाउन खोज्दा उनले शारिरिक यातना समेत पाएका थिए । उनले सामाजिक क्षेत्रमा थुप्रै कामहरु गरेका छन् । वि सं २०७४ सालको स्थानिय तहको निर्वाचनमा मेयरको प्रत्यासीका रुपमा उनी टोखा नगरपालिकाबाट उठ्दै छन् । सहकर्मी रजनी घिमिरेले यिनै विषयवस्तुमा रहेर मनिष जोशीसँग गरेको कुराकानी ।

सर्वप्रथम यहाँलाई स्वागत छ ?
धन्यवाद् ।

सर्वप्रथम हाम्रा आम पाठकलार्ई तपाँइको बारेमा बताइदिनुस् न ?
म नेपालको प्रथम धावक गजराज जोशीको छोरो । म एतिहासिक टोखा नगरीमा जन्मेको हुँ र म चाहीँ पार्टिमा विक्रम संवत् २०३६ बहुदलको चुनाब प्रचार गर्दै गणेशमानको औँला समात्दै हिडेको हुँ र त्यसपछि २०४६ सालमा जनआन्दोलन सफल भएपछि हामिले कांग्रेसलाई चुनाब जिताउन धेरै मेहेनत गर्यौ । चुनाब हामीले सफल पनि पार्यौ । र त्यसछि लगैतै चुनावको माहोलमा हाम्रो क्षेत्र बाट नरहरी आर्चायलाई ज्यू लाई दुई दुई पटक जितायौ । हामीले पर्टिमा गरेको संगठन मजबुत छ । हाम्रो संगठनको लागि हामीले धेरै मेहेनत गरेका पनि छौँ । टोखा यस्तो एउटा ठाउँ हो जुन सुकै कार्यक्रम, जहाँ पार्टिले खटाएको छ भाग लिने क्रममा हामीले अग्रीम भुमिका खेलेका छौँ । हाम्रो पहिचान सहित आन्दोलन होस् या कार्यक्रम सबैमा भाग लिने गरेका छौँ ।

तपाईको उम्मेद्वारी के–का लागि ?
टोखालाई एउटा सुन्दर स्वस्छ नगरपालिका बनाउनको लागि मैले उम्मेद्वारी दिएको हँ ।

कांग्रेसले तपाईलाई नै मेयरको उम्मेद्वार किन बनाउने त ?
म एक त युवा हो, एक स्वच्छ छवी भएको युवा । कांग्रेसले युवा खोज्नु पर्छ र युवालाई नै उम्मेद्वार बनाउनु पर्दछ भन्ने धारणाका कारण मलाई उम्मेद्वार बनाएको हो ।

तपाई टोखाको मेयर भएपछि टोखा नगरपालिकामा कस्तो परिवर्तन ल्याउनु हुन्छ ?
म भइहालेको खण्डमा टोखा नगरलाई एउटा सुन्दर नगर, एतिहासीक नगर र विश्व सम्पदा सुचीमा राख्नु पर्दछ भन्ने भावनाले म बन्न लागेको हुँ ।

काग्रेस भित्र अहिले ३  खेमा स्पष्ट रुपमा देखिएका छन् । तपाई चाहीँ कांग्रेसको एक ढिक्का उम्मेद्वार वा एक खेमाको उम्मेद्वार ?
खेमा उहाँहरुको विचारमा होला , त्यसबारे मलाई थहा पनि छैन र त्यसको पक्षमा पनि म छैन । चार तारे र रुखको बारेमा मात्र मलाई थाहा छ । त्यसको लागि मात्र मैले उम्मेद्वारी दिएको हँु । र हामी एक ढिक्का भएर मात्रै जानु पर्दछ ।

एक ढिक्का भएर नै जानु पर्ने कारण र यसको फाइदा चाहीँ के छ ?
एक ढिक्का त नभइ हुदैँन । एक ढिक्का भएको खण्डमा मात्र का्रग्रेसले जित्छ । जबसम्म कांग्रेसले जित्दैन तबसम्म टोखा नगरपालिकामा विकास हुदैँन । त्यसको लागि हामी एक ढिक्का भएर नै जानु पर्दछ ।

अहिले पनि मेयरका लागि कांग्रेसबाट थुप्रै उम्मेद्वार रहेका छन् । उनीहरुलाई कसरी मनाउनु हुन्छ ?
कांग्रेस एउटा ठुलो पार्टी हो । आकांक्षा सबैको हुन्छ र गर्छन् पनि । सानो पार्टि भए देखि पो खोजी खोजी ल्याउन पर्ने हुन्छ । यो समुद्रमा सबैले आकांक्षा त गर्दछन् तर चुनीन भने एक जना मात्र चुनिन्छ ।

खेलकुद र राजनितिक जिवनलाई सगँसगैँ लैजानु भएको छ । यहाँको राजनितिक जिवनले कतै खेलकुुद पनि राजनितिकरण त हुने होइन ?
यो अवश्य नै हुदैँन । हामी एउटा खेलकुद जिवन बिताइरहेको भएर तथा खेलकुदको जिन भएको भएर खेलकुदलाई पनि स्वस्छ बनाउनु पर्छ भन्ने भावना रहेको छ । तर हामि राजनितिक जिवन भन्दा पनि राजनितिक जिवन बाट आएको हुनाले खेलकुदको मर्म बुझेका छौ र यो ठाउँमा जानको लागि पनि राजनिती बाट नै जानु पर्दछ भन्ने भावनाले राजनितीमा लागेका हौँ । स्वछ खेलकुद मैत्री वातावरण बाट राजनीतिमा गयो भने र एउटा राम्रो व्यक्ती खेलकुदमा जान आवश्यक रहेको छ ।

खेलकुदमा राजनिती हुनु हुदैँन भन्ने कुरा लाई के यहाँले ग्यारेन्टी दिन सक्नु हुन्छ ?
अहिले सम्म जुन प्रविधि देखिएको छ त्यो चाहीँ खेलकुदमा नभएकै मानिसहरुले आर्शिवाद पाएका छन् । तर हामी खेलकुदमा नै लागेको मानिसहरु छौँ । खेलकुदमा लागेको मानिसहरु राष्ट्रपति समेत भएका छन् । देशलाई समृद्धी पनि गरेका छन् । हामीले खेलकुदमा किन राजनिती गर्नु हुदैँन भने र राजनितिक मान्छे किन खेलकुदमा जानु पर्दछ भने स्वस्छ राजनितिक भावना भएका व्यक्तीहरु खेलकुदमा जानु पर्दछ र खेलकुदमा गैसके पछि यसको विकासको लागि राजतिनिमा जानु पर्दछ । कसैले बनाएको आदेश मन्नु हुदैन ।

मेयर भइसकेपछि खेलकुदलाई कस्तो रुपमा विकास गर्नु हुन्छ ?
खेलकुदले आफुलाई एउटा अनुशासनमा राख्दछ । खेलकुदले यो पर्टि त्यो पार्टी नभनीकन एउटा देश भक्ती भावनाको विकास गर्दछ । यदी त्यो स्थानमा पुगियो भने युवाहरुलाई खेलकुदमा ग्रासरुट लेभलबाट नै लेराउन सक्यो भने हामीले मेडलहरु जित्न सक्छौ । भोट माग्नको लागि नेपालका नेताहरुले यो त्यो गर्छु भनेर जनतालाई आश्वाशन त दिने गर्दछन् तर नेपालमा भुकम्प गएको दुई वर्ष भइसक्यो राजनितिक दलहरुबाट जनताका लागि केही सहयोग भएन ।

भूकम्पले टोखाका थुप्रै संरचना भत्काएको छ, यसको पुर्ननिर्माणका लागि तपाईको भूमिका के रहन्छ ?
हो दुई वर्ष अगाडीको महाभुकम्पमा नेपालमा धेरै क्षतीपुगेको छ । हाम्रो एतिहासिक धरहरा पनि भत्कियो । र हाम्रो टोखामा पनि एतिहासिक सम्पदाहरु भत्कीया । हाम्रो यस्तो एतिहासिक नगर टोखा होकी हामी दावाका साथ भन्न सक्छौ लिछ्छविकालीन अशुंवर्मा शवंतमा छ की यो पुरानो एतिहासिक नगर हो । भुकम्पले हाम्रो टोखा मात्र होइन हाम्रो धरहरा समेत रहेन । तर हाम्रोे सरकारमा बसेका नेताहरु लचिलो भएका छैनन् र यो कुरामा ध्यान पुराउन सकेका छैनन् । हाम्रो सम्पत्ती भनेको धरहरा देखाएर आन्तरिक पर्यटक तथा वैदेशिक पर्यटक भित्राएर हामीले आम्दानी गरिरहेका छौ । यो नै हामीले बनाउन सकेका छैनौ भने हाम्रो कमजोरी रहेको छ । हाम्रो अहिले सम्म पनि चिसोमा सुतीरहेका दाजुभाईहरु हुनुहुन्छ । त्यो वर्गलाई पनि हामीले लक्षित गर्न सकेका छैनौ । हाम्रो सरकार चलाइरहेका नेताहरुले यो कुरामा ध्यान दिन सकेका छैनन् । तर हामीले टोखा नगरपालिकामा भुकम्प जादाँ धेरै सहयोग गरेका थियौँ । मठ मन्दीर बनाउनको लागि आफै जोस जागर बोकेर लागि परेका थियौँ ।

भनिन्छ मनिष जोशीले आफ्नो बुवाको नाममा राजनिती गर्न खोजीरहेको छ , के यो सही हो ?
मैले यसमा राजनिती गर्न खोजेको होइन । मेरो बुवा नेपालको पहिलो धावक र उहाँले देखाएको बाटोमा हिड्न खोजेको हो । मेरो बुवाको कुरा गर्न पर्दा उहाँ पहिलो व्यक्ती हो जसले नेपालको प्रतिनिधि गर्दै झन्डा बोकेर हिड्नु भयो । टोखामा बुवाले गरेको विकास निर्माण हेर्ने हो भने सामान ओसार पसार गर्न बाटो घाटो निमार्ण गर्नु भयो , र टोखा एउटा किसानी ठाउँ भएको भएर कुलोको निमार्ण गर्नु भयो । शिक्षा नभई विकास हुदैँन भनेर पहिलो स्कुल निर्माण गर्नु भयो । अन्धकार भएको ठाउँमा बत्ती लैजानु भयो । धेरै यस्ता काम गर्नुृभयो । बुवाले इन्डीयमा सीकेर आउनु भयो खेलकुद र यहाँ आएर युवाहरुलाई सीकाउनु भयो । त्यो अनुसार पनि म बुवाको बाटोमा जान खोजेको हो । मलाई एउटा कुरा मन पर्छ बुवाको बिहान विहान धर्म कर्म गर्नु नेताहरुको चाकडी नगर्नु भन्नु हुन्थ्यो । त्यो अनुसार नै म हिडीराखेको छु र कतै कतै म पछाडी परेको जस्तो लाग्छ मलाई । बुवाको नाममा राजनिती भने गर्न खोजेको होइन । बुवाले दिएको सन्देश अनुसार अझै धेरै काम गन बाकीँ छ त्यही अनुसार हिड्न खोजेको हो । भिन्नता त अवश्य हुन्छ बुवा छोरा को । तर बुवाले गरेको अलिकती मात्र गर्न सक्यो भने पनि सफल भएको सम्झन्छु । मैले दावा साथ भन्छु मेरो बुवा प्रधान पन्च हुनु भयो २५ वर्ष तर एक रुपैया कसैको घुस खानु भएन । कसैलाई अन्याय अत्याचार गर्नु भएन । उहाँको छवी अनुसार मैले मेरो तुलना गर्न सक्दीन । बुवाले देखाएको बाटोमा हिडिरहेको छु र त्यसमा ने जान सकु ।

उसो भए तपाईले टोखा नगरपालिकाका लागि के गर्नु भयो त ?
टोखा नगरपलिकाको लागि मैलै काम गरेको ३० वर्ष अगाडी प्रजातन्त्र आइसकेपछि हो । त्यो वेला मैले घरै पिच्छे प्लान इन्टरनेशनल मार्फत मैले सेवा गर्ने मौका पाए । त्यसमा मैले घरै पिच्छे पढाउने मौका दिए । अहिले पनि उहाँहरुलाई पैसा आइरहेको छ । लोटस बाल आश्रमले गर्दा मैले १० जना बच्चाहरुलाई पढाउने मौका पाए ।उनीहले अहिले व्याचलर पढेर आ आफ्नो डिउटी गरीरहेका छन् । कती मानिसले मैले बच्चा बेचेर खाए पनि भने । त्यसपछि खेलकुदमा मैले गरिब जेहेन्दार बच्चा बच्चीले पढ्न पाओस भनेर बुवाले बनाएको स्कुलमा अक्षय कोस समेत राखे । त्सपछि पनि मैले समाजमा राम्रो काम गर्नुपर्छ ,युवाहरुलाई अगाडी सार्नु पर्छ भनेर मैले लिडर सीपको ट्रेनिङ दिने, ठाउँ ठाउँमा ट्रेनर समेत पठाए । खेलकुदमा उत्तर क्लबलाई राष्ट्रीय र अन्तराष्ट्रीय रुपमा चिनाउनु पर्छ भनेर मेरै नेतृत्वमा डि बाट सी मा डिभिजनमा लग्यौ । देश विदेशमा चिनाउने तेक्वान्दो पनि होे भनेर मैले तेक्वान्दोको पनि स्थापना गरे ।
हवस्, त धन्यवाद ।

post image

रजनी घिमिरे, चैत्र २८, काठमाण्डौं । आजको बढ्दो जनसख्या वृद्धीदर ,वातावरण प्रदुषण , खानपान रहनसहन र व्यस्तताले भरिपुर्ण जीवनशैली । यही माझ फैलीएको डिपे्रसन । अमेरिकन साइकोलोजिकल एसोसीएसनका अनुसार डिप्रेसन भनेको नीराशता भन्दा बढी अरु केही होइन । जो मानिस डिप्रेसनको शिकार भएका छन् उनीहरुले आफ्नो जिवनमा कुनै पनि किसीमको आनन्दको अनुभुती लिन सक्दैनन् र उनीहरुलाई कुनै पनि कुरामा चाख लाग्दैन । धेरै मात्रामा तौल घट्ने वा बढ्ने , निद्रा नलाग्ने वा एकदम बढी निद्रा लाग्ने , शरीरमा शक्तीको कमी, एकाग्रता गर्न नसक्नु , आफै सगँ गुनासो पैदा हुनु , धेरै मात्रामा लज्जास्पद अनुभुती हुनु र बारबार मृत्यु र आत्महत्या सम्मको सोच हुनु डिप्रेसनका प्रमुख कारण हुन् । डिप्रेसनका लक्षणहरु कोही मानिस सँगको मनमुटाब ,कुनै रोगका कारण सिकिस्त बिरामी ,समाजबाट छुट्टीनु, आफ्नो प्रियजनसगँको बिछोड वा बंशाणुगत कारणले पनि डिप्रेसन हुने गरेको पाइएको छ । साइक्याट्रीस्ट गोपाल ढकालका अनुसार डिप्रेसनको शिकार मुख्य तया महिलाहरुमा बढी रहेको छ,कारण आर्थिक , सामाजिक र परम्परागत हिसाबले । ती महिला जसको श्रीमान अन्य मुलुकमा गएका छन् उनीहरु प्राय डिप्रेसनको शिकार बन्न पुगेका छन् । भनिन्छ महिलाहरुमा सहनसिलता हुनु पर्दछ र पिडा लुकाएर राख्नु पर्दछ । जसको कारणले गर्दा महिलाहरु यो समस्या बाट बढी पिडित छन् नेपालमा । महिलाहरु यो रोगको बढी शिकार भएतापनि काउन्सिलिङको लागि मुख्यतया पुरुषहरु नै गएको पाइएको छ । यसको कारण केटाहरुले यस्तो समस्या खुलेर गर्ने तर महिलाले नगर्ने उनले बताएका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सक डाक्टर रचना शर्माले पुरुषभन्दा ४ प्रतिशत बढी महिलामा डिप्रेसन समस्या देखिएको बताइन् । उनले महिलाहरुले बच्चा जन्माएपछि आफ्नो महत्त्व घटेको अनुभव गर्ने भएकाले डिप्रेसन बढी हुने गरेको शर्माको भनाइ छ । डिप्रेसनको शिकार भएका मानिसहरुको यकिन तथ्य नभएता पनि बर्षेनी ३० हजार भन्दा बढी मानिसहरु ललितपुरको मानसिक अस्पतालमा आउने गरेकोे ढकालले जानकारी दिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत महिला र १५ प्रतिशत पुरुषको जीवनकालमा मानसिक समस्या देखिने गरेको छ । यसैको कारणले मानिसहरुले आत्महत्या गर्ने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले वातावरणीय र सामाजिक कारणले पनि मानिसहरु डिप्रेसनको शिकार भएको बताएको छ । के हो त डिप्रेसन ? वैज्ञानिकहरुका अनुसार डिप्रेसड मानिसको मस्तिष्क साधारण मानिसको मस्तिष्को तुलनामा फरक रहेको छ । मानिसको मस्तिष्कको सानो अंशं हिप्पोक्यामस अन्य साधारण मानिसको तुलनामा डिप्रेसन रहने मानिसको तुलनामा सानो रहेको पाइएको छ । हिप्पोक्यामसको केही मात्रामा सेरोटिन रीसेप्टर नामक तत्व रहेको हुन्छ । मस्तीष्कलाई नियन्त्रणमा राख्ने सेरोटिन एक रसायन हो जसलाई न्यूरो ट्रान्समिटर पनि भन्ने गरिन्छ । न्यूरो ट्रान्समिटरले नर्भ र मस्तीष्क र शरिर विच संचारको भुमीका खेल्ने गरेको छ । न्यूरो ट्रान्मीटरका कारण नै डिप्रेसन हुने वैज्ञानिक हरुको विचार रहेको छ । वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् की हिप्पोक्यामस डिप्रेसनको शिकार भएका मानिसहरुमा किन सानो हुन्छ भन्ने तथ्य । कोही अनुसन्धानकर्ताका अनुसार स्ट्रेस हर्मोन कर्टिसोल डिप्रेसड मानिसमा बढी मात्रामा उत्पादन हुने गर्दछ । त्यही कारणवस मानिसहरु डिप्रेसनको शिकार भएका हुन् । आम मानिसलाई हुने मस्तीष्काको असन्तुलन हो डिप्रेसन । यो समाधान सहीतको समस्या रहेको छ । डिप्रेशन रोगका विरामीहरु आफुलाई टाउको दुख्ने, क्यान्सर लागेको शंका गर्ने, घाँटीमा केही अड्किएको ,यौन अंगको समस्या देखाउने, बारम्बार पेट पोल्ने वा पेटमा अप्ठेरो महसुुस हुने आदि समस्याहरु लिएर चिकित्सककोमा जान्छन् । डिप्रेशनका विरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन। रेडियो सुन्ने, टिभि हेर्ने चाख हुदैन। बढि चिन्ता गरिरहने र आफ्नो जिवन देखि नै हरेस खाएका हुन्छन। शर्माका अनुसार हाल विश्वमा ३३० मिलियन नागरिक डिप्रेसन पीडित छन् । नेपालमा डिप्रेसन पीडितको संख्या बृद्धि भए पनि चिकित्सकको संख्या भने धेरै कम रहेको छ ।सरकारले पनि यस क्षेत्रमा खासै महत्वका साथ कदम बढाएको छैन । मुख्यतया डिप्रेसनबारे प्रचार प्रसारको अभावले कम मानिसहरुमा यसको बारेमा जानकारी रहेको छ ।

post image

जनक राज पण्डित,चैत्र २५, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेपालको राजनीतिक बृतमा खरो खेलाडीका रुपमा परिचित छन् । तिन–तिन पटक सम्म देशको प्रधानमन्त्री भई मुलुकको बागडोर सम्हालीसकेका देउवा पटक«पटक बिवादमा भने आई नै रहन्छन् । चाहे २०६२–०६३ सालको जनआन्दोलन ताका तत्कालीन राजा ज्ञानेन्द्र शाहको मोहरा बनी प्रधानमन्त्री बन्द असक्षमको आरोप लगाई पदच्यूत नभएका पनि होईनन् । चाहे तत्कालीन पार्टी सभापती गिरिजा प्रसाद कोईरालासँगको मनमुटाबका कारण पार्टी नै फुटाएर चुनाब लड्दा नेकपा एमाले प्रमुख दल भई नौ महिने शासन चलायो । त्यती मात्रै होईन पार्टीगत रुपमा होस् या प्रतिपक्षसँगको सम्वन्वयको अभावले अहिले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल भएपनि प्रधानमन्त्रीको पद अर्कैको पोल्टोमा हाली प्रतिपक्षलाई ठेगान लाउन कस्सीए देउवा ।

केपी ओली नेतृत्वको नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धनलाई भत्काएर देउवाकै पहलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक मुलुकको प्रधानमन्त्री बने । प्रचण्ड प्रधानमन्त्री बन्दा पालैपालो काँग्रेस र माओवादीले प्रधानमन्त्रीको पद बाँडफाँड गर्ने मौखिक सम्झौता भयो । तर प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको एक बर्ष बित्नै लाग्दा पनि देउवाले सधै आन्तरीक पार्टीवाट र बाहिरवाट ककस खेपीरहेका छन् । हुनत प्रधानमन्त्री दाहाल अघिल्लो पटक पनि तत्कालीन प्रधानसेनापती रुक्माङ्गत कट्वालका कारण सत्तावाट हात धुनु परेको यर्थाथता सबैका सामू छर्लङ्गै छ । तर पनि प्रधानमन्त्री दाहालले कर्मचारीतन्त्रलाई राम्रोसँग ब्यवस्थित गर्न नसक्दा अहिले सत्ता गठबन्दन दल नेपाली काँग्रेसभित्र भूषको आगो झै बिद्रोह सल्कीरहेको छ । हुनत प्रधानमन्त्री दाहालको पार्टीभित्र पनि पछिल्लो नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिको बिषयलाई लिएर मत मतान्तर नभएको भने होईन ।

सत्ता गठबन्धन घटक नेपाली काँग्रेस भित्र भने नेपाल प्रहरीको आईजिपी नियुक्तिको बिषयले भुईचालो नै ल्यायो । गृहमन्त्री एवं उपप्रधानमन्त्री बिमलेन्द्र निधिले नवराज सिलवाललाई प्रहरी प्रमुख नबनाए राजीनामा दिने भन्दै पार्टी सभापती देउवालाई निकै तनाबमै पारे । तर पार्टी सभापती देउवा पनि के कम उनले आफ्नो अड्डी र जिद्धिपन नत्यागी आफ्नै गृह जिल्लाका डिआईजी जय बहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउन प्रधानमन्त्री दाहालदेखि लिएर सबैलाई प्रेसरमा मात्रै पारेनन् एका बिहानै मन्त्रीपरिषद् बैठकवाट जय बहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाई छाडे । उनको त्यो जिद्धीपन केही घण्टा पनि टिक्न पाएन । तत्कालै सबोच्च अदालतले चन्दलाई प्रहरी प्रमुख हुनवाट रोक्ने गरी निर्णय सुनायो । बागमतीमा कति पानी बगिसक्यो भने झै त्यस बिचमा कहिले चन्दका बिरुद्ध सिलवालले त कहिले सिलवाल र चन्दका बिरुद्ध अर्यालले सर्वोच्चमा मुद्धा हाल्दै गए ।

सोही बिचमा मन्त्रीपरिषद्को बैठकले कार्यवाहक प्रहरी महानिरिक्षक तोक्यो र मुलुक बिगत तिन महिनादेखि कामु प्रहरी प्रमुखको भरमा चलीरहेको छ । यसरी नेपाल प्रहरीको महानिरिक्षक नियुक्तिको बिषयलाई लिएर काँग्रेस सभापती देउवा र उनको पार्टी भित्र ठूलै हलचल मच्चीयो काँग्रेसले कार्यपालिकाको अधिकार माथि न्यायपालिकाले हस्तक्षेप गरेको भन्दै बिज्ञप्ती निकाल्नुका साथैं न्यायपालिकाले गरेको निर्णय सच्चयाउनु पर्ने माग समेत गर्यो । सोही बिषयलाई लिएर सबोच्चमा अपहेलना सम्बन्धी मुद्धा दायर भयो । सो मुद्धाको सुनुवाईका क्रममा बिहिवार मात्र सर्वोच्चले नेपाली काँग्रेस र पार्टी सभापती शेर बहादर ुदेउवाका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्च अदालतले १० दिनभित्र कारण सहित हाजीर हुन देउवा तथा नेपाली काँग्रेसलाई आदेश दिएको छ ।

यदी यस मुद्धामा चित्त बुझ्दो जवाफ नआए र अदालतको मानहानी भएको ठहर भए पार्टी सभापती देउवालाई  एक बर्ष जेल र एक लाख रुपैंया बराबरको जरीवाना तिनुपर्ने हुन सक्छ । एकातिर काँग्रेस गठबनधनको प्रचण्ड सरकारले यही बैशाख ३१ ग्ते स्थानीय तह निर्वाचन घोषणा गरीसकेको अवस्थामा अदालतको काँग्रेस माथिको आक्रमणलाई देउवाले नियोजित षड्यन्त्रका रुपमा लिएको उनी निकट स्रोतको दाबी छ ।  माओवादी केन्द्रसँग भएको प”र्ववत सहमती अनुसार प्रधानमन्त्री बन्ने तरखरमा रहेका पार्टी सभापती देउवा कतै जेल त जाँदैनन् भन्ने समसय काँग्रेसजनमा उठ्न थालेको छ । यो त अदालती किचलोको मात्रै प्रसंग भयो, पार्टी सभापती भएको लामै समय भईसक्दा पनि केन्द्रिय कमिटीले अझै पूर्णता पाउन नसकेकोमा काँग्रेसभित्रै ठूलो हलभल मच्चीरहेको छ । देखिने नै गरी रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलालाई उचित सम्बोधन गर्नु देउवाको अर्को चुनौती यथावतै छ ।

यता सरकारमा पनि बरियताको बिषयलाई लिएर प्रधानमन्त्री दाहाल र काँग्रेस सभापती देउवाबिच तिक्तता बढ्दै गईरहेको छ । प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री सहित राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सामेल गराए पछि अहिले मन्त्रीपरिषद्मा तिन उपप्रधानमन्त्री छन् । जसमा नेपाली काँग्रेसको तर्फवाट बिमलेन्द्र निधि, माओवादी केन्द्रका तर्फवाट कृष्ण बहादुर महरा र राप्रपावाट कमल थापा । तर को बरिष्ठ भन्ने जुँगाको लडाईले बर्तमान सरकार नै अप्ठ्यारोमा परीरहेको छ । केही साता अघि चिन भ्रमण जाँदा यही मर्यादा क्रमको बिवादले गर्दा प्रधानमन्त्री दाहाल कसैलाई कार्यवाहक प्रधानमन्त्री नतोकि चिन उडे । उनी चिनवाट फर्के पनि यही मर्यादा क्रमको बिषयलाई लिएर बिगत ४ सातादेखि मन्त्रीपरिषद् बैठक बस्न सकेको छैन । प्रहरी महानिरिक्षक नियुक्तिमा सहज रुपमाबिमलेन्द्र निधिले आफुलाई नसघाएकाले देउवा निधिसँग रुष्ट थिए र उनले प्रधानमन्त्री दाहाललाई जसलाई बरीष्ठ बनाए पनि आफुलाई मतलब नहुने बताउँदै आएका थिए ।

तर पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पार्टीका सबै मन्त्रीलाई भेला गराई आफु मर्यादा क्रममा पहिलो नभए राजीनामा दिने बताए पछि देउवा अब कुनै पनि हालतमा निधिलाई बरिष्ठता क्रममा राख्नु पर्छ भन्ने निष्कर्षमा पुगेको काँग्रेसका एक केन्द्रिय सदस्यले बताए । एकातिर अदालतको मानहानीको मुद्धा, अर्कोतिर सरकार संचालनमा मर्यादाक्रमको बिषय लगायतका बिषयहरुलाई लिएर निकै तनाबमा रहेका देउवा प्रधानमन्त्री बन्ने बेलामा कतै जेल जानु पर्ने हो कि भन्ने चिन्तीत बनेको उनी निकट स्रोतले बतायो । चारैतिरको आक्रमणको शिकार बनीरहेका देउवाले अब के कदम चाल्छन् त्यो भने हेर्न बाँकी नै छ ।

post image

 रजनी घिमिरे, चैत्र १०, काठमाण्डौं । लण्डनको वेस्टमिनीस्टर पुल नजिक ठुला रातो कलरका बसहरु त्यसै अलपत्र भएर बसेका थिए । नजिकै रहेका दुई वटा ट्याक्सीहरु पनि खाली नै थिए । त्यहाँ न यात्रु थिए् , न चालकहरु थिए न त पैदल यात्री नै । यो लण्डनको बेस्ट मिनिीस्टरका लागि सानो कुरा थिएन । यो सानो भन्दा विपरीत छ । लण्डनको वेस्टमिनीस्टर पुलले व्रिटेनको संसदको भवनसँगै साउथ बैंकलाई पनि जोड्दछ ।

यो ठाउँमा सधै पर्यटकहरुको घुइचो हुन्थ्यो त्यहाँको आइ फेरिस व्हील चढ्नको लागि । यो ठाउँ विरलै शान्त हुने ठाउँमा पर्दछ त्यो पनि झन मौसम राम्रो भएको बुधबार दिउसो त खाली हुने सम्भाबनै थिएन । घुम्न आउने मानिसहरु , स्थानीय र सांसदहरुले भरीपुर्ण हुने गर्दथ्यो त्यो ठाउँ । साच्चै त्यो बेलामा पनि खालि थिएन । बिस्तारै होहल्ला र आवाज सुनीन थाल्यो साइरन र मानिसको चिच्चाटको । यो लन्डन थियो, जो आतंककारी हमलाबाट ब्युझिएको थियो । आतंककारीले पैदल यात्री हिडेको ठाउँबाट अन्धाधुन्द हिसाबले कार चलायो अनि संसद भवन अगाडी बसेको पुलिस अफिसरलाई नमरुन्जेल सम्म छुरी प्रहार गर्यो । चार अन्य मानिसले पनि ज्यान गुमाए साथै ४० अन्य गम्भीर घाइते भए । त्यहाँको एक अधिकारीले बताए । मैले कार देखेको थिए । कारको आवाज पनि सुनेको थिए,जसले नियन्त्रण गर्नेलाई नै हानेको थियो । यसले कयौँ मानिसलाई हानेको थियो । म बाटो तर्फ हाम फाले अनि म सगैँको साथी थेम्स नदि तर्फ तर उसले पुलमा आफुलाई अड्डाएर राख्यो । ३४ बषिर्या रब लियनले भने ।

रग्बीका क्याम्पेन डाइरेक्टरले पनि घटना भएको बेलामा प्रत्यक्षदर्शी भएको बताएका छन् । उनी र उनका साथी पुलबाट हिडिरहेको बेलामा कार द्रुत गतिमा आइरहेको थियो । उनले कारले पुलमा हान्छ भन्ने सोचेका थिए तर त्यो चलिरह्यो मानिसहरुलाई तितर बितर पारेर अघि बढ्यो,म एकछिन चकित भए र सबै तिर हत्याको प्रयास हुन खोजेको थाहा पाए । उनले बयान दिए की उनी एकदम कापी रहेका थिए । उनी भन्दा अगाडीको महिला नराम्रो गरी घाइते भएकी थिइन् । उनले ती महिलालाई ज्याकेट दिए टाउको अड्डाउनको लागि तथा त्यहाँ भएका अरुले सहयोग गरे । जो मानिसहरु त्यो क्षेत्र नजिक काम गर्दथे उनीहरुलाई त्यो क्षेत्र छोड्न अनुरोध गरियो र आइरहेकाहरुलाई बाटो बाटै फर्काइयो ।

२० वर्षको लिभरपुलमा बस्ने विद्यार्थी उनी आफ्ना चार जना साथीहरु सगँ उभिएका थिए , उनको मोवाइल हातमा नै थियो । मेखेन, आफ्ना १५ जना साथीहरु सगै यात्राको लागि हिडेका थिए । पार्लामेन्ट अगाडी उनको बस रोकियो र साथीहरु सब यताउता गए । अब उनी हराएका साथीहरुरको खोजी गर्दै छन् । उनी एकदम छिटो बोलीरहेका थिए । मेखेनले भने जब साइरन र मानिसहरुको चिच्चाहट सुनियो तब उनको ग्रुप छुट्टीन पुगेको थियो । एजेन्सीको सहयोगमा

post image

रेबिका क्षेत्री । चैत्र १, काठमाण्डौं ।प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चालाई स्थानीय तह निर्वाचनमा सहभागी हुन आह्वान गर्नुभएको छ । संविधान संशोधन विधेयक पारितका लागि दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्री दाहालले मधेशी जनताको भावना बुझी निर्वाचनमा सहभागी हुन मोर्चा नेतालाई आग्रह गर्नुभयो । ललितपुरमा आज स्थानीय तह कार्यान्वयनमा ल्याउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताउनुभयो । प्रदेश सीमांकनको हेरफेरलाई प्रमुख एजेण्डा बनाएर आन्दोलनमा रहेको मधेशी मोर्चाको माग बिस्तारै सम्बोधन हुने उहाँको भनाई थियो । मधेश आन्दोलनमा मारिएका परिवारलाई उचित राहत, घाईतेको उपचार र मोर्चाले उठाएको माग सम्बोधनमा आफु सधै गम्भीर रहेको बताउदै प्रधानमन्त्री दाहालले जायज माग सम्बोधनका लागि अहिलेपनि सरकार गम्भीर हरेको जानकारी दिनुभयो । माओवादी सशस्त्र द्वन्द्वका क्रममा मधेशमा समेत १३ सय बढीको मृत्यु भएको प्रशंग झिक्दै प्रधानमन्त्री दाहालले उनीहरुको सम्मानका लागि समेत मधेशी जनतालाई अधिकारसम्पन्न बनाउनु आफ्नो कर्तब्य भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले सीमांकन हेरफेर सहित मोर्चाले उठाएका पछिल्ला माग सम्बोधन गर्दै निर्वाचनको वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो । स्थानीय तह कार्यान्वयनमा आएसँगै संविधान कार्यान्वयनका लागि समेत बाटो प्रशस्त भएको बताउदै प्रधानमन्त्री दाहालले हरेक दल, कार्यकर्ता, स्थानीयबासी र सम्बन्धित सवैलाई सहयोग गर्न अपिल गर्नुभयो ।

post image

फागुन २९, काठमाण्डौं । सत्तारूढ माओवादी केन्द्रको उपल्लो तहका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय स्वार्थका मुद्दाहरूमा एकैनासको अडानका कारण परिचित छन् । परराष्ट्र मन्त्रालय चलाएको अनुभव भएका उनी हाल माओवादी केन्द्रको अन्तर्राष्ट्रिय ब्युरो प्रमुख पनि हुन् । भारतको सशस्त्र सीमा बलको गोलीले यसै साता कञ्चनपुरमा एक नेपाली युवा मारिएको, अनि सप्तरीमा एमालेको कार्यक्रमविरुद्ध प्रदर्शनरत मधेसी मोर्चा कार्यकर्ता र सर्वसाधारण गरी पाँचजनाको ज्यान गएको पृष्ठभूमिमा उनले एक राष्ट्रीय दैनिक पत्रीका संग कुरा गर्दै  दुवै घटना गम्भीर भए पनि फरक आयामका भएको तर्क गरे । आक्रोशित हुँदै उनले भने  ‘कञ्चनपुर घटनाबारे भारतले तत्काल माफी माग्नुपर्छ । जहाँसम्म सप्तरीको कुरा हो, यसलाई निहुँ बनाएर मधेसमा आन्दोलन चर्काउने र संविधान कार्यान्वयन प्रक्रिया अवरुद्ध गर्ने एउटा पक्ष देखिँदै छ । अर्को पक्ष, संविधान कार्यान्वयन गर्ने, मधेसमा त्यस्ता घटना दोहोरिन नदिने र मुद्दाहरू सम्बोधन गर्न प्रयास जारी राख्नेछ । मधेस मुद्दालाई राम्रोसँग सम्बोधन गर्न नदिने, संविधान कार्यान्वयन गर्न पनि नदिने अवस्था पनि एउटा पक्षबाट देखा परिरहेको छ । अहिलेको आवश्यकता संविधान कार्यान्वयनको प्रश्नमा कुनै द्विविधा नराखी अघि बढ्ने, त्यसलाई सहज बनाउन मधेस केन्द्रित पार्टीहरूलाई सामेल गर्नेबारे शिक्षा लिएर अघि बढ्नुपर्ने हुन्छ ।’

post image

फागुन २७, काठमाण्डौं । रेबिका क्षेत्री । भारतको दादागिरी पछिल्लो समय राम्ररी उजागर हुन थालेको छ । नाकाबन्दीको चरम मार खेपेका नेपाली हरुले भारत भौगोलिक हिसाबले छिमेकी मुलुक भएपनी नेपालको मित्र बन्न नसकेको आम मानिसहरुले बुझीरहेका छन यध्यपी भारत नाकाबन्दी गरेको मान्न तयार देखिएको छैन । यसो भनी रहदा भारतले नेपालका लागी केही गरेको छैन भन्नु अन्यायपुर्ण हुन जान्छ । नेपाली नेता हरुको भारतप्रतीको लम्पसार बाद र सोही हदै सम्मको झुकावबाट भारतले नेपालमा गरिरहेको माइक्रो म्यानेजमेन्ट नै नेपालको लागी अभिशाप बन्ने त होईन ? यो प्रश्न अहिले ज्वलन्त बनेको छ ।
पछिल्लो कन्चनपुर घटना हेर्दा भारतले नेपाली भुमीमा प्रबेश गरी एक निहत्था नेपाली नागरिकको गोली हानी हत्या गरेको छ र आज पनी त्यहाँ एसएसबी ले फायर गरेको भन्ने खबर आएको छ । मृत गोबिन्द गौतमलाई सरकारले १० लाख दिने र उनका बालबच्चालाई निशुल्क पढाउने भनिसकेको छ । तर के कुनै अर्को सार्वभौम देशका नागरिकलाई उसकै भुमीमा गोली हान्ने अधिकार भारतीय प्रहरीलाई छ ? दिनदाहाडै यस्तो घटना घटीरहदा भारतले आफ्नो गल्ती नभएको भनी पानीमाथिको ओभानो बन्न खोजिरहेको छ जुन प्रतक्षदर्शी र जिवन्त प्रमाण माथिको नाङ्गो बलात्कार हो । नेपाल सरकार के हेरिरहेको छ ? नेपालमा अस्थिरता मच्चाउने र चुनाव हुन नदिने भारतको अभिप्राय प्रष्ट देखिन्छ । शुरु देखी पुर्ण समर्थन नगरेको नेपालको संबिधान कुनै हालतमा कार्यान्वयन हुन नदिने र सकेसम्म राजा सहितको हिन्दू राज्य र सम्झौता गर्नु परे कम्तीमा हिन्दू राज्य बनाउने भारतको चाहना बुझ्नेले धेरै अघी बुझीसकेका छन ।

post image

फागुन १६, काठमाडौं । नेपाल भारत मानव बिकास तथा मैत्री संस्था र नेपाल भारत मैत्री जनजागरण अभियानले संयुक्त रुपमा एक भव्य कार्यक्रम गरी भारतीय राजदुत रन्जित रायको बिदाइ समारोह आयोजना गरिएको छ । राजधानीको होटल अन्नपुर्णमा आयोजित उक्त कार्यक्रममा दुइ देशको सम्बन्धबारे समेत बिशेस चर्चा भयो । आयोजकका तर्फबाट मन्तव्य राख्दै सुर्य भुसालले नेपाल र भारत अलग-अलग राष्ट्र र अलग सार्वभौमिक सत्ता सम्पन्न मुलुक भएकोले दुबै देशले आर्थीक सम्बृदी र बिकासमा ध्यान दिनुपर्ने बताउनु भयो । राजदुत रायसंग नजिक रहेर काम गरेको हिसाबले उहांमा नेपालप्रती सकारात्मक सोच रहने गरेको र नेपालबाट अर्को जिम्मेवारीमा जादा पनी यही भूमिकाको अपेक्षा रहेको उहाले बताउनुभयो । यसो भनिरहदा राजदुत राय भने मुस्कुराउदै हुनुहुन्थ्यो, उपस्थीत व्यक्तीहरु गम्भीर मुद्रामा मन्तव्य सुनिरहेका थिए ।

लगत्तै उद्घोषकले राजदुत रायलाई आफ्नो मन्तव्य राख्न अनुरोध गरेपछी महामहिम राजदुत रायले पहिलो वाक्यमै नेपाल अब आर्थीक सम्बृद्दीतर्फ जानुको बिकल्प नभएको भन्दै भुषालको भनाइलाई पुष्टी गर्नुभयो । भारतले गरेका सहयोग र बिकसित परियोजनाको फेहरिस्त प्रस्तुत गर्दै राजदुत रायले भने ‘असल छिमेकीको नाताले हामी नेपालको प्रगती देख्न चाहन्छौ । दुइ देशको सम्बन्धमा कहिलेकाही उतारचढाव आएको देखिएको छ, तर जनस्तरमा गरिएका नेपाल भारत जनजागरण कार्यक्रमले सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।’ पुन सुर्य भुषालद्वारा संचालित जनजागरण अभियानको खुलेरै प्रसंसा गरिरहदा आफ्नो मिसन सफलतातर्फ अघी बढेको सोच्दै उनि प्रफुल्लित देखिन्थे । २ जनाको संछिप्त भाषणपछी कार्यक्रम समापन भएको थियो । दिवा भोजमा समेत सरीक भइ राजदुत राय कार्यक्रम स्थलबाट निस्कियका थिए ।  उक्त कार्य्रक्रम करीब १ घन्टा ३० मिनेट चलेको थियो ।

post image

फागुन १५ , काठमाडौं । २५ बर्ष अघी अष्ट्रेलिया पुगेका सौरभ सुबेदी त्यहीको नागरिक भैसके, ९ बर्षको हुँदा उनी त्यहाँ पुगेका थिए । नेपालको सम्झना ताजै छ उनलाई यधपी बोलिको टोन भने अष्ट्रेलियन भैसकेको छ । हामिले नेपालीमा बोल्न अनुरोध गर्यौ । वेस्टर्न अस्ट्रेलिया भनिने पर्थको टेफमा ग्राफिक डिजाइन बिषय पढेर हाल टेफमै कार्यरत छन सौरभ । उनको अनुभव आजको ‘जर्नी टु अष्ट्रेलिया’ को बिषेश इपिसोडमा प्रस्तुत हुँदैछ । बिगत २ महिना देखी कान्तिपुर टेलिभिजनको कार्यक्रम इन्फोप्लसमा प्रस्तुत हुँदै आएको ‘जर्नी टु अष्ट्रेलिया’  मा यस अघी मेलवर्नको सामाग्री प्रस्तुत गरिएको थियो भने अब देखी पर्थ बिषेश इपिसोड प्रस्तुत गरिने कार्यक्रम निर्माता तथा प्रस्तोता श्याम कडेलले अनलाईनसमय लाई जानकारी दिनुभयो । स्मरण रहोस कार्यक्रम इन्फोप्लस हरेक शनीबार बेलुकी ७.३० बजे, राती ११.३० बजे, आइतबार दिउसो  १२.३० बजे र शुक्रबार बिहान ११.३० बजे प्रसारण हुँदै आएको छ ।

post image

फागुन, १३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै निर्वाचन गर्न संविधान संशोधन विधेयक पारित गर्नैपर्ने बताएका छन् । उनले मुलुकभर निर्वाचनको वातावरण बनाउन संशोधन विधेयक पारित गर्न आवश्यक रहेको बताए । संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य भएकोले संशोधन विधेयक पारित गरेर अघि बढ्न उनले सबै दललाई आग्रह गरे ।

शुक्रबार इलाम चुलाचुली-२ स्थित हात्तीलेदामा किराँत हाङसाम साम्योक माङहिमले आयोजना गरेको विश्व सकल प्राणी रक्षार्थ धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने,‘देश निर्वाचनमा होमिसकेको छ । अब संविधान संशोधनको विकल्प छैन् ।’ पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले निर्वाचनपछि मुलुकले एक कदम फड्को मार्ने दाबी गरे । उनले सरकारले स्थानीय निर्वाचन घोषणा गरिसकेकाले यसलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताए ।

‘दुई दशकपछि तपाईंहरुले आफ्नो जनप्रतिनिधि चुन्ने अवसर पाउँदै हुनुहुन्छ । यो अवसरलाई सदुपयोग गर्नुहोला,’ उनले भने । देउवाले संविधान संशोधनले ऐतिहासिक संविधानको सफल कार्यान्वयन तथा मधेस र पहाडबीचको भावनात्मक एकतालाई थप दर्बिलो बनाउने टिप्पणी गरे । उनले संशोधन विधेयक बाहिर चर्चा गरिएजस्तो राष्ट्रघाती नभई बहिष्करणमा परेको समुदाय, महिला, मधेसी, आदिवासी–जनजाति र असन्तुष्ट पक्षलाई समेट्ने गरी ल्याइएको स्पष्ट पारे । सभापति देउवाले मुलुकका सबै जाति, समुदायको भाषा, धर्म, संस्कृतिको विकास गर्न सकेमात्र राष्ट्रिय एकता बलियो हुने जिकिर गरे ।

कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयनका लागि सरकारले एक वर्षभित्र तीनै तहको निर्वाचन गराई छाड्ने दाबी गरे । उनले स्थानीय निर्वाचन घोषणा भइसकेकोले अब यसबाट कोही पनि कुनै बहानामा भाग्न नमिल्ने बताए । कार्यक्रममा कांग्रेस नेता भीष्मराज आङदेम्बे, नगेन्द्र कुमाल, सुजता परियारलगायतले बोलेका थिए ।

post image

फागुन ८,काठमाडौं । स्वबियु चुनाब नजिकिदै गर्दा बिभिन्न पार्टीका बिद्यार्थी युनियनहरु आ–आफ्नै पोल्टामा नतिजा निकाल्न मिहेनत गरिरहेका छन । आठ बर्ष सम्म हुन नसकेको स्वबियु चुनाबको कार्यतालिका पटक पटक परिवर्तन भैराख्दा पनि चुनावी प्रकृयामा अघी बढी पतिस्पर्धा गर्न विद्यार्थी सङगठनहरु तल्लिन देखिन्छ्न । अहिले स्वबियु निर्वाचन कै चर्चा छ,यही प्रसँगमा रहेर कुराकानी गर्छौ आज हामी । यसै बिषयमा केन्द्रित भई अनलाईन समयकर्मी सरोज बजगाईले नेपाल विद्यार्थी सघका केन्द्रिय अध्यक्ष नैनसिह महरसँग कुराकानी गर्नु भएको छ ।

सर्बप्रथम यहाँलाई स्वागत छ र ?
हजुर धन्यबाद

स्वबियु चुनाब नजिक आइरहेको छ,चुनावी माहोल कस्तो छ ?
हजुर, चुनावी माहोल एक्दम जोडतोडका साथ चलिरहेको छ । देशभरमा नेपाल विद्यार्थी संघको मात्र नभएर सम्पूर्ण विद्यार्थी सङगठनका साथीहरु आफु चुनाव जितेर विद्यार्थी युनियन मार्फत आफुलाई स्थापित गर्ने,क्याम्पसको शैक्षिक अवस्था र विद्यार्थी राजनितीलाई अझ प्रभावकारी बनाउने कसरतमा अगाडी बढीरहनु भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको सन्दर्भमा नेपाल विद्यार्थी संघले आफ्नो तयारीलाई जोडतोडका साथ अगाडी बढाएको छ ।

८ बर्ष सम्म हुन नसकेको स्वबियु चुनाब अव हुँदै छ,नेपाल विद्यार्थी सघ को सम्भावना के छ ?संविधानको कार्यान्वयन र समृद्द रास्ट्र निर्माणका लागी हाम्रो अभियान,शैक्षिक रुपान्तरण र गुणस्तरिय शिक्षाका लागी ने।वि। संघलाई मतदान भन्ने हामिले मुल नारा बनाएका छौ त्यस कारण स्वबियु चुनावको माध्यमले हामीले संविधानको कार्यान्वयनको बिषयलाई पनि उठाएको छौ । नेताहरुले तीन तहको चुनाव भन्दै गर्दा मैले चौथो तहको चुनाव भनेको स्वबियु चुनाव हो ,त्यो पनि हुनुपर्छ भनेर आवाज उठाए र संविधान कार्यान्वयनमा हाम्रो अभियान जान्छ । राणाकाल देखीको शिक्षा जनताको छोरा–छोरीको पहुचमा पुग्न सकेको थिएन र २०१६ सालमा जननिर्वाचित पहिलो प्राधानमन्त्री बिपी कोइरालाको बेलामा यो राणाको खलक र सामन्ती बर्गले मात्र पढ्ने किसिमको शिक्षालाई उच्च शिक्षामा नेपाली जनताको पहुचमा पुर्याउनु पर्छ भनेर त्रिभुवन युनिभर्सिटीको स्थापना गर्नु भयो । पहिलो उपकुलपती सुवर्ण सम्सेर हुनुभयो । त्यसैले युनिभर्सिटीको स्थापना काल देखी एउटा बिशेस समबन्ध नेपाली काङ्ग्रेससँग जोडिएको छ । पछी १८,१९ साल देखी स्वबियु चुनाव को अभ्यास भए पनि यस्को संस्थागत बिकासमा पन्चायत ले बाधा पुर्याएको थियो । ३६,३७ सालमा नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको आन्दोलनले तत्कालिन राजाको नेतृत्वको पञ्चायती शासनको सिहासन हल्लाईदिएर बैधानिक ब्यबस्था एक एक बर्षमा चुनाव गर्नु पर्ने प्राबधान अगाडी बढाएको हो । हुने खानेहरुसँग मात्र सिमित शिक्षालाई नेपाली जनताका छोरा छोरी सम्म ब्यबस्था गर्न नेपाल विद्यार्थी सघ हिजोका दिनहरुमा पनि विद्यार्थीको हक अधिकार को लागी अगाडी बढेको हो त्यसैले हाम्रो सम्भावना बलियो छ ।

सबैको पहुचमा शिक्षा पुर्याउनु पर्छ भन्नु भयो, ने।वि. संघसँग के त्यस्तो एजेण्डा छ,जस्ले गर्दा सबैको पहुचमा शिक्षा पुर्याउन सकियोस ?
शैक्षिक रुपान्तरण र गुणस्तरिय शिक्षाका लागी ने।वि। संघलाई मतदान भनेका छौ । शिक्षामा हाम्रो ठुलो जोड रहेको छ,जो गाउँका किसान छन संखुवासभा देखी बैतडी हुँदै सप्तरी देखी बाजुरा सम्मका किसान हुन अथवा हिमाली भेग सोलुखुम्बु होस या खोटाङको तल्लो फेदीमा बस्ने नेपाली किन नहोस सबैको पहुचमा शिक्षा पुर्याउनु पर्छ । पैसा नभएको कारण पढ्न पाएन भन्ने हुन हुँदैन । सर्बसुलभ तरिकाले जनताका छोरा छोरी हरेकले पढ्न पाउने ब्यबस्था हुनु पर्यो जस्को लागी सर्टिफिकेट राखेर त्तृmण दिने ब्यबस्थालाई पुर्ण रुपमा कार्यान्वयन गराउन सकेउ भने एउटा गरीब किसानको छोरा छोरीले पढ्न पाएन भन्ने हुँदैन । सर्टिफिकेट राखेर राज्यले सस्तो ब्याजदरमा त्तृmणको ब्यबस्था गर्नु पर्छ । आइ।ए पास गर्यो,बी।ए पास गर्यो,एम।ए पनि पास गर्यो पैसा भएको भए डाक्टर बन्न सक्थ्यो भन्ने अवस्था रहदैन ।

प्रमुख तीन दल तोकिएकै समयमा चुनाव गराउन तयार भएको अवस्था त छ,तर पटक पटक कार्य तालिका परिवर्तन हुनुले स्वबियु चुनाव होला भन्नेमा आशाबादी हुनुहुन्छ ?
स्वबियुका माध्यमले कलेजका भौतिक अवस्था,शिक्षामा गुणस्तरीयता र एउटा ब्यक्तीको नेतृत्व बिकासको क्षमता अभिबृद्दी गर्ने थलोका रुपमा विद्यार्थी युनियनको चुनावलाई लिनु पर्छ भनि हाम्रा अग्रजहरुले कुरा उठाएर स्वबियु स्थापना गरेका हुन । शैक्षिक पुर्वधारहरु,क्याम्पसको भौतिक अवस्थाहरु देखी लिएर अतिरिक्त कृयाकलापसम्मको ब्यबस्थापनमा स्वबियुका माध्यमले अगाडी बधाईनु पर्छ र क्याम्पसमा यस्को प्रभावकारिता बढ्नु पर्छ, गाउँ–गाउँबाट आएका बिद्यार्थीहरुको लागी फारम किनेर भर्नासम्म स्वबियुको मातहत बाट भएका धेरै उदाहरणहरु छन त्यसैले विद्यार्थीको हक अधिकारका लागि पनि स्वबियुको महत्व अत्यन्तै रहेको छ त्यसैले तोकिएकै मितीमा चुनाव हुन्छ र हुनु पर्छ, यदी ८ र८ बर्ष सम्म हुन नसकेको चुनाव अहिले पनि हुन सकेन भने नै स्वबियु खारेज हुन्छ ।

८ बर्ष अगाडी स्वबियु चुनाबमा तपाइहरुको अवस्था के थियो रुत्यस्लाई सुधार्न सक्नु हुन्छ यो पटक रुतपाइहरुको मुख्य प्रतिस्पर्धा को सँग रहन्छ ?
हामी ८ बर्ष अगाडी स्वबियु चुनाबमा गोबिन्द भट्टराइ ,जो अहिले पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ उहा अध्यक्ष भएको बेलामा ८२ प्रतिसत रिजल्ट हाम्रो पोल्टामा परेको थियो । यसपाली त्यसलाई पनि सुधार्दै अझ अगाडी बड्ने तयारी माछौ । देशभरीका ने।बि। सघका साथीहरुमा आएको उत्साह र तरङ्ग हेर्दा र यहाँ हाम्रो कार्यालयमा भिड भाड हेर्दा हाम्रो हैसियतलाई अझ बढाउँछौ यसपाली । ।मुख्य रुपमा हाम्रो प्रतिस्पर्धा भनेको बामपन्थी पार्टी सँग नै हो । जुन माथिल्लो तहको चुनावमा पनि यस्को अभ्यास देख्न सकिन्छ । नेपालको राजनितीमा बामपन्थी आन्दोलनको अझ भनौ अन्तराष्ट्रिय स्तरमा जसरि कालो धब्बा छ,हामी त्यसलाई डेट एक्स्पाएर मेडिसिन भन्छौ । जुन प्रयोग सकिएको औषधीलाई नेपालमा फेरी ल्याउने अभ्यास गरिएको छ त्यो बिश बराबर हुन्छ । त्यसैले युनिभर्सिटी तहका विद्यार्थीले यस्तो धब्बालाई भित्राउछ्न भन्ने मलाई बिस्वास छैन ।

चुनावको मिती घोषणा भैसके पछी नयाँ विद्यार्थी भर्नामा त्रिभुवन युनिभर्सिटीले रोकावट गर्यो, तर मतदाता बृद्दी गर्न भर्नाका लागि तछाड मछाड नै हुने गर्छ,तपाइहरुले त्यो अभ्यास गर्नु भएन ?
हैन गरेनौ भन्न मिल्दैन एक्दम इमान्दारिताका साथ भन्नुपर्छ सबै स्वबियु सघका साथीहरुले यो अभ्यास गर्ने गरेका छन । तर यो पटक हामिले यस्तो आचार सहिता बनायौ कि कार्यतालिका आएको दिन बाट भर्ना बन्द गर्ने । क्याम्पसमा वाल पेन्टिङ नगर्ने । फ्लास बोर्ड नझुन्याउने । झन्डा लिएर धेरै प्रचारबाजी नगर्ने र अलग(अलग घोसणा सभा क्याम्पसमा नगर्ने । एउटा विद्यार्थी स्वबियु सभापती बन्न १०(१२ लाख रुपैया खर्च गर्नु पर्ने अवस्था,बध्यतालाई हामिले यस पटक उखेलेर फ्याकिदीयौ र हामिले ९०५ जो झागडाको आधार थियो त्यो आधार पनि भत्काइदीयौ । यसपाली क्याम्पस,क्याम्पसमा चहलपहल त कम देखिएला तर चुनाव अत्यन्तै संयमित र स्वच्छ प्रतिस्पर्धाका आधार मा हुनेछ ।
तपाईहरु कै सङगठन भित्रै उमेरको हकको बिषयलाई लिएर बिबाद छ,कतिपय क्याम्पसहरुमा त तालाबन्दी सम्म गर्नु भयो नि ?
पार्टिको तथ्य कुरा छ ,पदधिकारी बैठकको तथ्य कुरा छ। एक दुइ जना ब्यक्तीहरुलाई कसैलाई मन नलागेको र सङगठनलाई बदनाम र हित बिपरित काम गरेकोले उहाहरुलाई स्पस्टिकरणको माग गरी कारबाही को प्रकृया अघी बढाइ सकेको अवस्था छ ।

र अन्तमा, सबैको पहुचमा शिक्षा भनेर भन्नु भएको छ, घोसणा(पत्र मा के त्यस्तो उल्लेख गर्नु भएको छ जस्ले गर्दा तपाइहरुलाई नै विद्यार्थीहरुले भोट दिनु पर्ने ?
हामी प्रजातन्त्रमा बिस्वास गर्छौ । हाम्रो समबन्ध बिश्वबिद्यालयको स्थापनासँग जोडिएको छ । स्वबियुको संस्थागत बिकास पनि ने।बि।सघ ले गर्यो, यी कारणले पनि हामी अगाडी छौ । बिशेस गरी बामपन्थी विद्यार्थी सङगठनसँग हाम्रो प्रतिस्पर्धा भएकोले नेपाली विद्यार्थी त्यसमा जानकार छन । शिक्षालाई उत्पादन मुखी बनाउनु पर्छ भनेका छौ । एउटा बिश्वबिद्यालयले ठुला(ठुला हाइड्रोपावरहरुमा पनि हात हाल्यो भने ,हामी सँग भएको दक्ष जन शक्तिलाई त्यता प्रयोग गर्न सकियो भने र बिश्वबिद्यालयमा राजनितीकरण बन्द गर्नका लागी खुल्ला प्रतिस्पर्धाबाट आएका पदधिकारी नियुक्ती गर्न सकियो भने , सातै प्रदेसमा हामिले एउटा एउटा मेडिकल कलेज,इन्जिनियरिङ कलेज, कृशि कलेज र प्राबिधिक कलेज को ब्यबस्था हुनु पर्छ भनेका छौ यसो गर्न सकेउ भने समृद्द नेपाल बनाउन सकिन्छ । त्यसैले हाम्रो फरक मुलधार र बिचारलाई मन पराउदै विद्यार्थी साथीहरु हाम्रो पक्षमा हातेमालो गर्नु हुनेछ भने कुरामा म बिस्वस्त छु ।