post image

 चैत १२, काठमाडौं ।दीपक बोहरा समूहसँग एकता भएपछि राप्रपाका अध्यक्ष कमल थापाले पार्टीका विभिन्न पदमा पदाधिकारी थप गरेका छन् । थपिएका पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा बुद्धिमान तामाङ र राजीव पराजुली रहेका छन् ।

त्यस्तै उपाध्यक्षहरुमा प्रेमबहादुर भण्डारी, टंक ढकाल, नरेन्द्रबहादुर चन्द, तोरणबहादुर गुरुङ, रोशन कार्की, भीमप्रसाद गौचन र महेशलाल महासेठलाई थपिएका छन् । महामन्त्रीमा राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा थप गरेका छन् ।

प्रवक्तामा सुशीलकुमार श्रेष्ठ, भुवन पाठक र नीलकण्ठ काफ्ले थप गरेका छन् । सह–महामन्त्रीमा चन्द्रबहादुर गुरुङ, कुन्ती शाही, दीपकबहादुर सिंह, भक्तिप्रसाद सिटौला, अर्जुन राई र भरत रायमाझी थपिएका छन् ।

सहायक महामन्त्रीमा लीलादेवी श्रेष्ठ र मदनबहादुर कार्की थपिएका छन् । सहायक प्रवक्तामा रमानन्द न्यौपाने थपिएका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै अध्यक्ष थापाले प्रदीपकुमार उदयलाई प्रदेश ५ को अध्यक्ष र दईन्द्रबहादुर ठकुरी केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

post image

चैत १२, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताएका छन्।

चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा उनले वार्ता र संवादबाट समस्याको समाधान हुने बताए।उनले भने, ‘लगानी सम्मेलनको तयारी गरिएको छ, लगानीकर्तालाई बम पड्काएर, धम्की दिएर कसरी लगानी सम्मेलन सफल हुन्छ ?’ यस्तो अवस्थामा बाह्य र आन्तरिक लगानीमा मान्छेको रुचि नहुने भन्दै उहाँले त्रास र आतङ्कमुक्त गर्न राज्यले प्रयत्न गरिरहेको बताए।

त्यसैअन्तर्गत चन्द नेतृत्वको समूहका गतिविधिलाई सरकारले नियन्त्रणमा लिएको उनको भनाइ थियो।उनले भने, ‘नेत्रविक्रम चन्दले आफैंले पहल गरी शान्तिपूर्ण अवतरण हुने काम गर्नुभयो भने उहाँहरूको पनि शक्ति, ऊर्जा, अनुभव यो देशलाई रूपान्तरण गर्ने काममा प्रयोग हुन्छ।’

वरिष्ठ नेता नेपालले चन्द समूहलाई संवादका माध्यमबाट समस्या समाधान गर्न नेता सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले प्रयास जारी राखेको बताए। राज्यले नियन्त्रण गर्ने भनेको तर सिध्याउने नभनेको उनको भनाइ थियो।

राजनीतिकर्मीले सबै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै नेपालले जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यको विरोध गरे। उनले भने, ‘व्यक्तिको स्वतन्त्रता हो धर्म छनोट गर्ने तर, कसैले जबर्जस्ती गराउँछ भने दण्डको भागीदार हुनुपर्छ।’

नेपालमा खुलारूपमा क्रिश्चियन धर्म प्रचार गरी प्रभावमा पारेर धर्म परिवर्तन गर्ने कामलाई संविधानले छुट नदिएको उनले बताए। उनले कसैले पनि धर्म परिवर्तन लोभ लालचमा गराउन नपाउने बताए। नेपालमा हिन्दू धर्मलाई परिवर्तन गर्ने काम भइरहेको भन्दै त्यसलाई दण्डित गर्नुपर्ने उनको भनाइ थियो।

नेता नेपालले होली वाइन बारेको प्रश्नका सन्दर्भमा प्रष्ट पार्दै भने, ‘माधव नेपालले वाइन खाने कुराको कल्पनासमेत नगर्नुहोस्, म छुँदा’नी छुन्नँ।’ विसं २०५२ मा पार्टीभित्र मदिरा निषेध गर्न आफूले अभियाननै चलाएको उनको भनाइ थियो।रासस

post image

चैत १२, काठमाडौं ।  प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नवलपरासी जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। प्रहरीले सोमबार राति जिल्ला इञ्चार्ज  सुमन ज्ञवालीलाई पक्राउ गरेको हो।

उनीसँगै अर्का नेता धनबहादुर मर्दनिया पनि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासी सुस्ता पूर्वका प्रवक्ता अर्जुन रानाभाटका अनुसार उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ।

तत्कालीन एकीकृत नेकपा माओवादीका नवलपरासी जिल्ला कार्यालय सचिवसमेत रहेका ज्ञवाली ए नेकपा माओवादी विभाजनपछि मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमा सामेल भएका थिए।

post image

चैत १२, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।

post image

चैत ११, विराटनगर। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन्।

झापाको विर्तामोडमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइनविपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो’, उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न उठ्यो भने कुनै अलमलमा पर्न जरूरी छैन, महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा।’

पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा पूर्व महामन्त्री सिंहले सत्तासँग असन्तुष्ट विप्लव समूहलाई वार्तामा ल्याउनेसमेत औकात अहिलेको सरकारसँग नभएको टिप्पणी गरे।

नेपाली कांग्रेसको नेतृत्वमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन विद्रोही माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको स्मरण गर्दै उनले अविलम्ब विप्लव समूहलाई वार्तामा ल्याउन र सम्झाउन वर्तमान सरकारसँग आग्रह गरे।रासस

 

post image

चैत ११, विराटनगर । रक्षामन्त्री ईश्वर पोखरेलले विप्लव समूहले हतियार बोक्ने र बम पड्काउने जस्ता काम जारी राखेकाले तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् । विराटनगर बिमास्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले विप्लव माओवादीले हतियार विसाएको खण्डमा भने वार्ता गर्न सरकार तयार रहेको बताए ।

‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ,’ रक्षामन्त्री पोखरेलले भने, ‘विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

विप्लव समूहले बम पड्काउने, मान्छे मार्ने जस्ता अनुचित काम गरेकाले सरकारले प्रतिवन्ध गरेको उनले दोहोर्‍याए । तर, सरकारले कुनै राजनीतिक पार्टी र दललाई निषेध गर्न भने नखोजेको उनले बताए ।

post image

चैत ११, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको कांग्रेसले जनाएको छ।

बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ। साथै, बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारबाहीलगायत विषयमा छलफल हुने बताईएको छ ।

संघीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ। विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए।

आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धि भएको बताएका थिए। सोही अवसरमा कांग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताएका थिए।

साथै, उनले सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गरेका थिए।

post image

चैत ११, काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ। अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न परिषद बैठक बस्न लागेको हो।

यादव ६ वर्षे कार्यकाल सकेर आइतबार सेवानिवृत्त भएका छन्। आयुक्त इला शर्माले पनि आइतबारदेखि नै अवकाश पाएकी छन्। आजको परिषद् बैठकमा संविधानअनुसार गठन हुनु पर्ने राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, आदिवासी जनजाती आयोगको अध्यक्ष तथा सदस्य नियुक्तीका विषयमा समेत छलफल हुने जनाइएको छ।

परिषद्को सिफारिसमा यसअघि नै प्राकृतिक स्रोत तथा वित्त आयोग, समावेशी आयोग, थारु, मुस्लिम र मधेशी आयोगमा अध्यक्ष नियुक्त भैसकेका छन्। तर ती  सदस्यहरूको नियुक्ती सिफारिस हुन बाँकी छन्। रिक्त सदस्य पदहरूमा नियुक्तीका विषयमा समेत बैठकमा छलफल हुनेछ।

post image

चैत ११, काठमाडौं ।  नेत्रविक्रम चन्द ‘विप्लव’ का कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) पक्राउ परेका छन् । काठमाडौँस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष तथा तत्कालीन माओवादीका ब्यूरो सदस्य रहेका संयोजक श्रेष्ठलाई आजै सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ ।   प्रहरीले उनलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै उक्त पार्टीका कार्यकर्तामाथि कडा निगरानी गर्दै आएको छ । यसैबीच, शुक्रबार राति काभ्रेबाट चन्द समूहका तेस्रो वरीयताका नेता तथा मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरिएको थियो ।

post image

 चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताएका छन् । संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

जनताले रगत बनाएर गणतन्त्र ल्याएको भन्दै उनले राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिएका छन् । ओलीले कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले शशांकको नाम त लिएनन् तर, आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको बताए ।

प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको उनले बताए । जोगीले फिरि लगाए जस्तो राजतन्त्रको नारा लगाएको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, नागरिक भएकोमा गर्व छैन, रैतान हुने इच्छा छ ।’

उनले अघि भने, ‘यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाइएको होइन, गाई कि त्रिशुल खेलेको होइन । राजतन्त्र राजतन्त्र भनेर धेरै पट्याक फुटुक नगर्दा हुन्छ ।’

post image

चैत १०, काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको  छ। नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना भएका हुन्।

अस्पतालले आज नेता सिटौलाको स्वास्थ्यबारे विज्ञप्ति निकाल्दै भनेको छ, ‘आन्द्राबाट भएको रक्तश्राव र त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार आइसीयूमा राखेर हुँदैछ। उहाँको स्वास्थ्यमा अहिले क्रमिक सुधार छ।’

आजै सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको उनका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए।

 

post image

चैत १०, काठमाडौं।  कञ्चनपुरकी निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डील्लीराज विष्ट साढे १० लाख धरौटीमा रिहा भएका छन् ।

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरिएको र शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टलाई यातना दिएको अभियोगमा थुनछेक बहसपछि उनलाई न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

२०७५ साउत १० गते हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले प्रमण नष्ट विरुद्ध जाहेरी दिएकी थिइन् ।

शंकाष्पद अभियुक्त दिलिपसिंह विष्टका दाजु खड्क सिंहले आफ्नो भाईलाई यातना दिएको भन्दै प्रहरीमा जाहेरी दिएपछि कञ्चनपुर प्रहरीले दिल्लीराज विष्ट सहितका प्रहरी अधिकारीमाथि अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा दर्ता गरेको थियो ।

 

post image

चैत १०, काठमाडौ ।  राष्ट्रिय जनता पार्टीले संसद बैठक अवरुद्ध  गरेको छ । बैठक अवरुद्द पश्चात १० मिनेटका लागि स्थगित गरिएको छ । बैठकको सुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुखले समय दिएपछि राजपाका सांसद लक्ष्मणलाल कर्णले थरुहट आन्दोलनबारे गिरिशचन्द्र लालको अध्यक्षता बनाएको समितिले बनाएको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

यसअघि पनि सार्वजनिक गर्न संसद अवरुद्ध गर्दा कानुनमन्त्रीले यथाशीघ्र प्रकाशन हुन्छ भने पनि आजसम्म पनि सार्वजनिक नगरेको बताए । पटक–पटक आग्रह गर्दा जनताको सम्पत्ति जनताको अगाडि सरकारले सार्वजनिक गर्दैन भने संसद अवरुद्ध गर्ने जानकारी गराए ।

संसद सुचारुका लागि सहयोग गर्न आग्रह गरेका सभामुख कृष्णबहादुर महाराले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

 

post image

चैत ८, काठमाडौं।  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन् ।  शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ । तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ । किनभने मन्त्रीले, सचिवले कमिसन माग्दा रहेछन् ।’

उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याएको आरोप लगाए । सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासको काम गर्न नसकेको उनको भनाइ छ । दुई तिहाई प्राप्त सरकारले के गरेको छ  ?निर्वाचनभन्दा अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ, नेता सिंहले भने, ‘आर्थिक रुपमा, सामाजिक रुपमा, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ ।’

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर काम नगरेको भन्दै उनले आक्रोश पोखे । काठमाडौंमा मास्कसास्क केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खै के भयो ? काठमाडौं क्षेत्र नम्बर १ का सांसदसमेत रहेका नेता सिंहले भने, ‘वर्षा हुँदाखेरि हिलैहिलो, घाम लाग्दाखेरि धुलैधुलो । हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन ।’

उनले अब नेपाली काँग्रेसको आन्तरिक एकता बलियो बनाउनुपर्नेमा जोड दिए । विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुपर्ने उनको जोड छ । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले भने, ‘नेपाली कांग्रेसले पहिले आफ्नो घर व्यवस्थित गर्नुपर्यो त्यसपछि आउने च्यालेन्जेजहरुलाई व्यवस्थित तरिकाले टेकअफ गर्न सक्छौं ।’

post image

चैत ७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको तिलोत्तमामा निर्माण हुने सरकारी मेडिकल कलेजको कार्यालय शुभारम्भ गरेका छन्। तिलोत्तमा नगरपालिकाको नयाँ मिलमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्रीले उक्त कलेज स्थापना र ब्यवस्थापनका लागि स्थापना गरिएको परियोजना कार्यालयको शुभारम्भ गरेका हुन्।

कार्यालय शुभारम्भ पछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेडिकल कलेज स्थापना पछि यस क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरुले यहीबाट स्तरीय मेडिकल शिक्षा हासिल गर्ने बताए।

उक्त मेडिकल कलेज रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ र ८ मा रहेको सरकारी जग्गामा निर्माण हुने छ। उक्त मेडिकल कलेजका वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व मेडिकल कलेजका नाममा हस्तान्तरण भइसकेको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेल अर्थमन्त्री हुँदा बजेट भाषण मार्फत रूपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने घोषणा भएको थियो । हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीति अनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो।

३ सय शैय्याको अस्पताल सहितको कलेज निर्माणमा करिब १० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ।सुरूमा एमबिबिएस तहको अध्ययन अध्यापन हुने मेडिकल कलेजको अस्पताललाई तीन वर्षसम्म सञ्चालन  गरिने र अस्पताल सञ्चालन भए पछि मात्र एमबिबिएस पढ्ने विद्यार्थीको भर्ना लिइने छ।

post image

चैत ८, पाल्पा।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन कब्जा गरेर प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलको पाल्पारोेडस्थित ‘रातो घर’ले चिनिएको नेकपा कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झण्डा, ब्यानर, साइनबोर्ड हटाइदिएको छ ।

सरकारले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाएसँगै वाणिज्य बैंकले आफ्नो भवनमा ताला लगाएको छ । उक्त भवन १३ वर्षदेखि तत्कालीन माओवादीले कब्जा गरेर प्रयोग गर्दै आएको थियो ।

post image

चैत ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहेको स्पष्ट पारेका छन् । उनले भने,‘मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ, तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो त्यो भएको छैन्।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको सुनाए । उनले भने,‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गर्नुभयो, उहाँले उदार आर्थिक नीति ल्याउनुभयो। बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । उनले थपे,‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो । उनले भने,‘अहिले केही नयाँ कानुनहरु पारित भएका छन्, तर विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाईएको भनिएको छ।’ महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको सुनाए । उनले भने,‘उद्योग–धन्धा, जलस्रोत तथा पूर्वाधारको क्षेत्रमा लगानी गर्न जरुरी छ।’ लगानीको लागि ऐन, कानुनहरु बनाएरमात्रै नहुने उनको धारणा छ । उनले थपे,‘यी सबै कुराहरु अब व्यवहारिक रुपमा लागु गर्नुपर्छ । मिठा र राम्रा कुरा गरेर हुँदैन् ।’

महतले विदेशी लगानी भित्र्याउनको लागि पहिले नेपालका सडकहरु, विमानस्थललगायत पूर्वाधारको विकास र स्तरोन्नती गर्नुपर्ने पनि सुझाए । उनले भने,‘तर, हाम्रो सरकार अदक्ष छ, कुनै पनि कुरामा दक्षता देखाएन् ।’  त्यस्तै, उनले लगानी सम्मेलनको लागि प्रशासनिक तथा व्यवस्थापकीय पाटो पनि चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘प्रशासनिक व्यवस्थापन गतिलो बनाउनुपर्छ । अहिलेपनि धेरै झन्झटिलो छ ।’ एकद्धारा प्रणाली गरिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेपनि कुनै काम गर्दा दर्जनौं कार्यालयहरु धाउनुपर्ने बाध्यता विद्यमान रहेको कुरा उद्योगी तथा व्यवसायीहरुले गुनासो गर्ने गरेको उनले सुनाए ।

महतले पाईला–पाईलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । उनले भने,‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ। कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’ तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै उनले उक्त सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भिर समिक्षा गर्नुपर्ने धारणा राखे । उनले भने,‘के÷कति कारणले प्रतिबद्धता गरिएअनुसार लगानी आएन ? यसबारेमा समिक्षा गर्नुपर्छ । त्यतिवेला मैले पनि ‘कि–नोट स्पिच’ दिएको थिएँ, १४ खर्बको प्रतिबद्धता आएको थियो । तर, अहिलेसम्म त्यो प्रतिबद्धताको एक फ्याक्शनपनि लगानी आएको छैन् ।’

उनले प्रतिबद्धता गरिएको लगानी किन आएन ? भन्ने विषयमा छलफल तथा छानबिन हुनुपर्नेमा पनि जोड दिए । उनले भने,‘हामीले यो पक्षलाई पनि विशेष ध्यान दिन जरुरी छ।’उनले विदेशी लगानी नेपालको लागि धेरै हिसावले आवश्यक रहेको टिप्पणी गरे । उनले भने,‘भारत र चीन ठूलो बजार छन्, साफ्टाअन्तर्गत फ्रि–ट्रेड एग्रिमेन्ट गरिएको छ, त्यसैले लगानी सम्मेलन गर्ने सरकारको चाहना ठीक छ । यो सकारात्मक हो । तर, यसको लागि मुलुकको सुशासन सुधार गर्नुपर्छ । भ्रष्टाचारलाई समाप्त पार्नुपर्छ ।’
त्यस्तै, उनले स्वदेशी लगानीकर्तालाई पनि चित्त बुझाउनुपर्ने र भएका लगानीकर्ताहरुको जायज गुनासाहरु सरकारले सुन्नुपर्ने सुझाव दिए । फरक प्रसँगमा उनले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने,‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’

हालै बसेको केन्द्रिय समितिको बैठकले अनुशासनलगायत विभिन्न समितिका संयोजक तथा सदस्यहरु चयन गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘जिम्मेवारी दिँदा गुण र दोषको आधारमा दिने हो, उसको पृष्ठभुमि हेरेर दिने हो, अहिले जे निर्णय भएको छ, त्यो बेष्ट होईन, तेरो र मेरो भनेर निर्णय गरिएको छ, यो मात्रै पर्याप्त छैन् । तर, लामो समयपछि निर्णय भएको छ, यो सकारात्मक छ।’

post image

चैत ७, काठमाडौं । राप्रपाका नेता शम्भुप्रसाद सापकोटा ‘अखण्ड’ ले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सापकोटाले यस्तो माग गरेका हुन् । पछिल्लो समय मुलुक दलीय भागबण्डाको चपेटामा परेकोले यसबाट मुलुकलाई मुक्त गराउनपनि राष्ट्रिय सहमतिको सरकार अनिवार्य आवश्यक भैसकेको उनको तर्क छ ।

सापकोटाले भने,‘राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्छ भन्ने नेपाली जनताको चाहना छ, अब सहमतिको सरकार गठन गर्न ढिलाई गर्नुहुँदैन् ।’ सहमतिको सरकार गठन गर्नको लागि वर्तमान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चाँडोभन्दा चाँडो ढोका खोल्नुपर्ने पनि उनको भनाई छ ।

उनले थपे,‘संसदमा प्रतिनिधित्व गर्ने दलहरु र संसदभन्दा बाहिर रहेका तर निर्वाचनमा आयोगमा दर्ता भएका दलहरुलाई सहमतिको सरकारमा सहभागी गराउनुपर्छ।’ नेता सापकोटाले मुलुक पछिल्लो समय अनिर्णयको बन्दी बनेकोले यसबाट पार लगाउनको लागि सबै दलहरुलाई एक ठाउँमा भेला पारेर ‘राउण्ड टेबल’ मार्फत वार्ता तथा छलफल गर्नुपर्ने पनि सुझाव दिए ।

मुलुकमा १९८४ सालदेखि नै नेपाली जनताले राजनीतिक कदम चालि आएकोमा २००७ सालमा तत्कालिन् राजा त्रिभुवन, तत्कालिन प्रधानमन्त्री मोहन शमशेर जंगबहादुर राणा, तत्कालिन् विद्रोही शक्ति (भारतमा प्रवासमा रहेको) नेपाली कांग्रेस गरी तीन वटै नेपाली शक्तिलाई तत्कालिन् भारत सरकारले नयाँ दिल्लीमा बोलाई त्रिपक्षीय सम्झौता भएको सुनाउँदै सापकोटाले भने,‘त्यो सम्झौता आँफैमा गलत थियो, नेपालको राजनीतिक विषयमा भारतीय सरकारी पक्षको उपस्थितिमा सहमति हुनु नै गलत थियो।’

नेपालमा राजा बलियो हुँदा दललाई लखट्ने र दल बलियो हुँदा राजा हटाउने काम भएको भन्दै उनले गम्भिर असन्तुष्टि पोखे । उनले थपे,‘यो निषेधको राजनीति हो, यसले देश र जनतालाई फाईदा हुँदैन ।’
सापकोटाले गत फागुण ७ गते प्रजातन्त्र दिवसकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विभिन्न ७ बुँदे मागहरु राखेर मागपत्रसमेत बुझाईसकेको जानकारी दिए ।

सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको मागपत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने, राष्ट्रिय सहमतिका साथ मुलुकलाई अघि बढाउनुपर्ने, राष्ट्रिय सहमतिबाट नै देशको भलो र विकास गर्न सकिन्छ र नेपालीहरुले एकचोटी दलभन्दा माथि उठ्न आवश्यक छ भन्नेलगायतका ७ बुँदे माग समावेश गरेका छन् ।

सापकोटा काठमाडौंको सुकेधारामा अवस्थित् ब्रकलिन कलेजमा हाल कक्षा ११ मा मानविकी संकायमा आमसञ्चार तथा पत्रकारिता विषयमा अध्ययनरत छन् ।

post image

 फागुन ७, काठमाडौं । नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न ९ सदस्यीय उपसमिति गठन गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउन उपसमिति गठन गरेको हो ।

समितिमा विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी परियार, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल रहेका छन् । नागरिकतासम्बन्धी विधेयक हाल राज्य व्यवस्था समितिमा छलफलको क्रममा छ ।

नागरिकता विधेयकमा वैवाहिक अंगीकृत नागरिकतामा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने मुख्य विवाद छ । त्यस्तै खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि विवाद छ ।

बिहीबार बसेको समिति बैठकमा सांसदहरुले नागरिकताजस्तो विषयमा कानून बनाउँदा राजनीतिक सहमति खोज्नुपर्ने भन्दै त्यसका लागि उपसमिति बनाउन माग माग गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले विवादित विषयमा राजनीतिक सहमति जुटाउन उपसमिति गठन गर्नुपर्ने बताए ।

post image

७ चैत, रौतहट । देशको पहाडी भागमा होलि बुधवार नै सकिए पनि रौतहट लगायत तराईका केही जिल्लाहरुमा होलि पर्व शुक्रवार मनाइने छ ।

आज बिहीबारका दिन काटमार गर्न नहुने भए पछि होली शुक्रबारका लागि सारिएको हो ।  यस क्षेत्रका अधिकांश समुदायमा बिहीबार माछा मासु नखाने चलन रहेको छ । खसी काट्न र मासु खान नहुने भएपछि रौतहटमा फागु होली पर्व नै सारिएको हो ।

तराईका अधिकांश मानिसहरु आइतवार, मंगलबार र बिहीबारका दिन मासु माछा खादैनन् र सो दिन यस्ता चाडबाड परे भोलिपल्ट बली दिने तथा मासु खाने चलन रहेको छ । यसअघि पनि आइतबार र मंगलबारका दिन होली पर्दा भोलिपल्ट सारिने गरिन्थ्यो ।

post image

चैत ७, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना उपकुलपति भएपछि कसले काम गर्ने भन्ने विवाद देखिएको छ। बर्खास्तीमा परेका उपकुलपति राजकुमार रौनियार र उनको ठाउँमा नयाँ नियुक्त गरिएका गुरुप्रसाद खनाल कसले प्रतिष्ठानको उपकुलपति रहेर कामलाई निरन्तरता दिने भन्नेमा विवाद देखिएको हो।

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालक परिषदको सिफारिसको आधारमा फागुन २६ गते रौनियारलाई बर्खास्त गरेका थिए। रौनियारले दुई वर्षदेखि प्रतिष्ठानमा उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। आफ्नो पदअनुसारको दायित्व पूरा नगरेको र विभिन्न खरिद तथा ठेक्कामा कमिसन खाएको आरोप लागेपछि उपकुलपति रौनियारलाई बर्खास्त गरिएको थियो। त्यसविरूद्ध रौनियार अदालत पुगे। सर्वोच्चले चैत १२ गतेसम्म बर्खास्ती गर्ने निर्णय कार्यान्वयन नगर्न भनेपछि रौनियार पुन: काममा फर्किएका छन्।

प्रतिष्ठानमा एक जनामात्रै उपकुलपति रहने व्यवस्था भए पनि अहिले दुई जना छन्। नयाँ उपकुलपति खनालले पनि कार्यभार सम्हालेर काम सुरू गरिसकेका छन्। अदालतको आदेशसँगै आफ्नो पुन:बहाली भएको दाबी गर्दै रौनियार पनि प्रतिष्ठान पुगेपछि विवाद देखिएको छ।

post image

चैत ७, काठमाडौं । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व मानिएको होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ । भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन ‘फागु’ काे रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट काे रुपमा मनाइन्छ ।

मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ ।

सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, खोकी नाश गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि समेत नपर्ने मान्यतासमेत रहेको पाइन्छ ।

हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्ने पर्वकाे रुपमा मधेशमा मनाइन्छ । वैदिक यज्ञसँग जोडिएको होरीमा आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि छ ।

यसै क्रममा होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु ,झाल, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्व हिजो आज भने केही ओझेलमा परेको पाइन्छ ।

post image

चैत ७, काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासका काममा पक्षपात गरेको आरोप लगाएका छन्  ।

तनहुँको रिसिङ गाउँपालिका–४ स्थित डाक्रेखोलामा रु साढे दुई करोडको लागतमा निर्माण हुनलागेको मोटर सञ्चालन हुने सो पुल बुधबार शिलान्यास गर्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले शुरु गरेको योजनामा बजेट कटौती गरेर सरकारले पक्षपात गरेको आरोप लगाएका हुन्।

वरिष्ठ नेता पौडेलले कम्युनिष्टको दुईतिहाइको सरकार भए पनि विकासका केही काम शुरु नभएको र तनहुँका थुप्रै योजना अहिले अलपत्र अवस्थामा रहेको गुनासो पनि गरे ।

post image

चैत ५, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना आज (मंगलबार) काम विशेषले अनुपस्थित भएपछी उपाध्यक्ष शशिकला दाहालले राष्ट्रिय सभाको बैठक आफैंले सुरू गरिन्। यसअघि अध्यक्ष बैठक सुरुवात गरेर बाहिर निस्कँदा मात्र बीचमा उपाध्यक्षले बैठक सञ्चालन गर्ने चलन थियो।

नेपालको राष्ट्रिय सभाको इतिहासमा नै पहिलोपटक उपाध्यक्षले बैठक सुरू गरेर अन्त्य गरेकी हुन्।  गत भदौ २२ गते उपाध्यक्षले राष्ट्रिय सभाको बैठक अन्त्य गर्न खोज्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यो नियमविपरित हुने भन्दै विरोध गरेको थियो। कांग्रेसको विरोधपछि बैठक अन्त्य नभई सूचना मार्फत् स्थगित भएको थियो।

लगत्तै राष्ट्रिय सभाको बैठकले उपाध्यक्षलाई बैठक सञ्चालनको व्यवस्था गर्दै नियमावली संशोधन गरेको थियो। सभाको बैठकको सुरु र अन्त्य गर्ने अध्यक्षको अधिकार नियमावलीले दिएको थियो। तर संशोधन गरेर अध्यक्षले आफ्नो अधिकार उपाध्यक्षलाई लिखित रुपमा प्रत्यायोजन गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ।

नियमावलीमा रहेको अध्यक्षले बैठकको सुरू र अन्त्य गर्नेछन् भन्ने ठाउँमा अध्यक्षको लिखित निर्देशन वा काबुबाहिरको परिस्थितिमा  बैठकको सञ्चालन र अन्त्य गर्ने उपाध्यक्षले गर्ने लेखिएको छ।

post image

चैत ५, सिरहा । जनमत पार्टी गठन गरेका सिके राउत मंगलबार आफ्नो गृह जिल्ला सप्तरी पुगेका छन् । राउत लहानस्थित शहीद रमेश महतोको शालिकमा माल्र्यापण गर्दै आफ्नो गृह जिल्ला सप्तरी आएका हुन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित कंकालनी मन्दिरमा पूजापाठ गर्दै आफ्नो घर महदेवा गाउँपालिका पुग्नेछन् । सप्तरी जानुअघि उनका कार्यकर्ताले लहानमा नारावाजी गरेका छन् । मोटरसाइकल र्‍याली प्रदर्शन गर्दै उनका कार्यकर्ताहरुले ‘सिके राउत जिन्दावाद, जनमत पार्टी जिन्दावाद’ सहितका नारा लगाए ।

कार्यकर्ताहरुले सरकारसँग भएको सहमति अनुसार जनतालाई जनमत दिन आग्रह गर्दै पनि नारा लगाएका छन् । ‘जनमत दो, आजादी लो’ भन्ने नारा राउतका कार्यकर्ताहरुले लगाएका थिए ।

यो नारावाजीलाई राउतको पार्टीले विजयी ¥यालीको रुपमा मनाएका छन् । सरकारसँग भएको सहमति ऐतिहासिक रहेको भन्दै विजयी र्‍याली निकालिएको उनीहरुले बताएका छन् ।

 

post image

चैत ५, काठमाडौं । नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापा राजनीतिमा लागेकी छन् । थापा औपचारिक रुपमै संघीय समाजवादी फोरम प्रवेश गरेकी हुन् ।संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु यादवले  थापा औपचारिक रुपमा आफ्नो पार्टीमा प्रवेश गरेको पुष्टि गरिन् ।

प्रहरी सेवाबाट बिदा लिएपछि थापा गुमनामजस्तै थिइन् । सामाजिक गतिविधि तथा दलहरुमा उनी संलग्न देखिएकी थिइनन् । तर, त्यसको केही वर्षपछि उनले फोरम प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् । पार्टी प्रवेश गरेकी थापालाई कुन जिम्मेवारी दिइएको छ भन्नेबारे भने फोरमले केही बताएको छैन ।

नायब प्रहरी महानिरीक्षकबाट अवकाश पाएकी थापा नेपाल प्रहरीको इतिहासमा महानिरीक्षकको योग्यता पु¥याउने पहिलो महिला हुन् । तर, उनीभन्दा ११ महिनाले जुनियर उपेन्द्रकान्त अर्यालले उनलाई पछि पार्दै महानिरीक्षकमा बाजी मारेका थिए । यसबाट इतिहास रच्ने अवसरको नजिक पुगेर पनि थापा बञ्चित बनिन् ।

पछि उनी दलहरूले अन्याय गरेको भन्दै न्यायालयको ढोका ढक्ढकाउन पुगेकी थिइन् । तर समयक्रममा उनै थापा राजनीतिमा प्रवेश गरेकी छन् । राजनीतिक दलकै छहारी लिने निर्णयमा पुग्नुको कारणबारे थापाले केही खुलाएकी छैनन् ।

post image

चैत ५,मुग्लिन। विवेकशील साझा पार्टीले मेडिकल कलेजहरूले तोकिएभन्दा बढी शुल्क लिएर विद्यार्थीबाट लाखौंलाख ठगी गरेका पछिल्ला समाचारहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विवेकशील साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी शिक्षा र स्वास्थजस्ता आधारभूत सेवाका क्षेत्रमा नाफाखोर व्यवसायीकरणको नीतिले गर्दा अभिभावक र विद्यार्थी निरन्तर रूपमा मारमा परेको बताउँदै तोकिएभन्दा बढी शुल्क लिने दोषी कलेजलाई कारबाही गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।

‘तोकिएको भन्दा बढी शुल्कले विद्यार्थी र अभिभावकलाई मर्का पर्न गएकामा आवश्यक कदम चालेर बढी शुल्क लिइएकाको हकमा सो शुल्क फिर्ता र आइन्दा तोकिएको भन्दा थप शुल्क लिने सम्पूर्ण शैक्षिक संस्थाको मनोमानी प्रवृत्तिलाई निरूत्साहित गर्न तत्काल कडा कदम चाल्न सरकारसँग माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सामाजिक सेवामा राज्यको दायित्वसहित नागरिकको सहज र न्यायोचित पहुँच सुनिश्चितका लागि आवश्यक कानुनी व्यवस्था गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ।रासस

post image

चैत ५,काठमाडौँ । १३ वर्षीया निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। मंगलवार बिहान अदालतमा उपस्थित भएको एसपी विष्टले बताए।

विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी भने अदालतमा उपस्थित भई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिइसकेको छ।एसपी विष्ट र घटना भएको वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्बनमा छन्।

अदालतले अनुसन्धानमा लापरबाही र प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का र डिएसपी ज्ञानबहादुर सेतीलाइ ९ लाख रुपैयाँ, इन्सपेक्टर जगदिशप्रसाद भट्टलाई ४ लाख, सोको (सिन अफ क्राइम) अफिसर सई हरसिंह धामीलाई ३ लाख ५० हजार,  स्थायी प्रहरी पोस्ट सालघारीका इन्चार्ज सई रामसिंह धामीलाई ३ लाख, जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरूले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

डिएसपी अंगुर जिसी भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन्।

post image

चैत ४,काठमाडौं । सीके राउत नेतृत्वको पार्टीको नाम  ‘स्वतन्त्र मधेस गठबन्धन’ बाट फेरेर  ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।

यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानले जानकारी दिए ।  आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिनेछ ।

दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो औपचारिक बैठक हो ।

 

post image

चैत ४,काठमाडौं ।  होली पर्वमा कसैले जबरजस्ती लोला हानेमा प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने भएको छ । होलीमा सरकारले सार्वजनिक बिदा दिएपनि काम विशेषले सडकमा निस्कनेहरुमाथि कसैले लोला हानेमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् ।

‘कसैले इच्छा विपरित लोला हानेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा कल गर्नुस्’ एसएसपी लामाले भने, ‘प्रहरी तत्काल घटनास्थल पुग्छ, हामी पक्राउ गरेर कारवाही गर्छौं ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको स्वयम्भुस्थित भुइँखेल चौर,   भृकुटीमण्डप, सिफल चौर, गोंगबु बसपार्क, लैनचौर, ठमेल, क्षेत्रपाटी र  सामाखुसी लगायतका १८ स्थानका होली विशेष कार्यक्रम गर्न अनुमति दिएको छ ।

असन, होटल मल्ल र कुलेश्वर भलिबल ग्राउण्डमा समेत अनुमति लिएर होली विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ।

होलीको अवसरमा ठूला कार्यक्रमहरु समेत आयोजना गरिने काठमाडौंमा होली सुरक्षाका लागि मात्रै २ हजार २ सय प्रहरी परिचालन गरिने छ । होली विशेष ठूला कार्यक्रममा १५ जनाको दरले प्रहरी परिचालन गरिने काठमाडौं प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरले ‘होली विशेष सुरक्षा योजना’ बनाएर सोमबारदेखि नै प्रहरी परिचालन गरिसकेको छ । काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार १०७ ठाउँमा पिकेट ड्युटी परिचालन गरिएका छ । कार्यक्रम हुने स्थान र सडकमा पैदल हिँड्नेहरुका लागि समस्या नपरोस् भन्नका लागि पिकेट ड्युटी खटाउने गरिन्छ ।

फागुन ६ गते पहाडी जिल्ला र काठमाडौं उपत्यकामा मनाइने फागू पूर्णिमा अर्थात होली तराईमा ७ गते मनाइँदै आएको छ । होली खेलेर बिना हेलमेट मोटरसाइकल चलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारवाहीको दायरामा ल्याइने पनि काठमाडौं प्रहरीले जनाएको छ ।

post image

चैत ४, काठमाडौँ । राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ ।  सोमवार दिउँसो २ बजेपछि बसेको प्रतिनिधिसभा बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले अवरोध गरेका हुन्।

सभामुखले बैठकमा कारवाही अगाडि बढाउन खोज्दा राजपाका सांसदहरुले उठेर अवरोध गरेका थिए। अवरोधकै बीच सभामुख कृष्णबहादुर महराले राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झालाई बोल्नका लागि समय दिए। झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै लगातार तीन दिन बैठकमा अवरोध गर्दा पनि सरकारले नसुनेको गुनासो गरे।

प्रतिवेदन सार्वजनिक हुने वितिकै मधेस र थरुहट आन्दोलनमा राज्य र आन्दोलनकारी पक्षबाट भएका गतिविधि छर्लंग हुने भन्दै उनले सरकारले त्यसलाई सार्वजनिक नगरेर सत्यलाई लुकाउन खोजिरहेको आरोप लगाए। उनले प्रतिवेदन सार्वजनिक नभएसम्म राजपाले सदनको कारवाही चल्न नदिने पनि स्पष्ट पारे।

झा बोलिसकेपछि सभामुख महराले राजपाका सांसदलाई बस्न आग्रह गरे। तर, उनीहरु उभिरहेपछि १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरियो।

post image

 चैत ४, काठमाडौँ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ। समिति सभापति कल्याणी खड्काले समिति सदस्यहरू निर्धारित समयभन्दा ढिला आएकाले बैठक भोलिसम्मका लागि स्थगित गरेकी हुन्।

बैठक ११: ३० बजे डाकिएको थियो तर १२: ३० बज्दा पनि मन्त्री उपस्थित नभएको भन्दै सभापतिले आपत्ति जनाएकी थिइन्।सदस्यहरूले कार्यव्यस्तता नहेरी बैठक राखिएको कोइ आउने, कोइ नआउने प्रवृति दर्शाएको भन्दै असन्तुष्टि पोखेका  थिए।

उपस्थित भएपछि पनि सदस्यहरू होहल्ला गर्नमै व्यस्त भएपछि सभापतिले भोलिसम्मका लागि बैठक सारेकी हुन्।

post image

चैत ४, काठमाडौं । पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्मी शाहको स्वास्थ्य अवस्था सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

गत फागुन २१ गते शाहलाई नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। सोमबार डिस्चार्ज गरिएको हो।

डिस्चार्जका क्रममा पूर्वरानी कोमल शाह र पूर्वयुवराज पारस शाह अस्पताल पुगेका थिए।पूर्वराजा ज्ञानेन्द्र शाह भने अहिले मधेश यात्रामा छन्।

post image

चैत ४,सिरहा ।  स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतले सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेगरी आफूले सरकारसँग कुनै सहमति नगरेको बताएका छन्। गठबन्धनको परिषद् बैठकमा कार्यकर्ताले उठाएका प्रश्नमा जवाफ दिने क्रममा हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

अधिकांश कार्यकर्ताले राउत सरकारमा सहभागी हुने तथा राष्ट्रियसभा सदस्य बन्नेबारेको अलिखित समझदारी के हो भनी प्रश्न उठाएका थिए।  ‘मैले सुरुदेखि नै कुनै पनि पदमा नजाने भनेर लिएको प्रणमा म अडिग छु। राष्ट्रियसभा र सरकारमा जाने हल्ला उठाइएको छ। यसको पछि तपाईँहरु नलाग्नुस्। यस्तो खालको कुनै सहमति भएको छैन’ राउतको भनाई उद्धृत गर्दै एक नेताले भने।

बैठकमा सहभागी स्रोतका अनुसार राउतले सहमतिलाई जनमत संग्रहका रूपमा भने व्याख्या गरेनन्। राउतले जनमत संग्रह भन्ने शब्द उच्चारण समेत नगरेको ती नेताले बताए।

जनताको चाहना अनुसार नै अबको बाटो तय हुने राउतको धारणा थियो। परिषद् बैठकमा आजदेखि सांगठनिक संरचनाबारे छलफल सुरु हुनेछ। अन्य पार्टीबाट आउनेका लागि कस्तो व्यवस्था गर्ने भन्नेमा पनि छलफल भइरहेको छ।

कार्यकर्ताले अन्य दलबाट केन्द्रीय समितिमा तत्काल कसैलाई पनि स्थान नदिन माग गरेका छन्। कतिपयले भने अन्य पार्टी छाडेर आएमा छाडेकै पद अनुसार मिलान गर्न सकिने धारणा पनि राखेका छन्। सिरहाको लहानमा गठबन्धनको परिषद् बैठक आइतबारदेखि सुरु भएको हो।

post image

चैत ३, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् ।

उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको छ । पार्किन्सन रोगबाट ग्रसित सीता दाहाललाई सुगर र उच्च रक्तचापको समस्या पनि छ । छोरा प्रकाशको गत वर्ष निधन भएपछि सीता थप बिरामी छिन् ।

post image

फागुन २७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौता रद्द गर्न माग गरेका छन्। राष्ट्रिय स्वाभिमान यात्रा अन्तरगत सुदूरपश्चिमको भ्रमणपछि १३ औं दिन सोमबार फर्किने क्रममा दाङको तुलसीपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन्।

रणनीतिक र चाल बाजीका रूपमा प्रयोग गरिएको सम्झौता सरकारले तत्काल रद्द गर्नुपर्ने पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाको कथन थियो। सिके राउत र नेपाल सरकारबीचमा भएको सम्झौता अत्यन्तै भ्रमपूर्ण, अन्यौल पूर्ण र रहस्यपूर्ण बन्न गएको थापाले बताए।

सुरूआतमा सिके राउतले विखण्डनको एजेण्डा परित्याग गरेको भनेर प्रचार गरिएता पनि राउतको मन्तव्य र सम्झौताको दस्तावेजले कही कतै पनि राष्ट्र विखण्डनको एजेण्डा परित्याग गरेको नदेखिएको थापाले बताए।

त्यस्तै, राउतले उठाउँदै आएको राष्ट्र विखण्डनको एजेण्डा जनमत संग्रहबाट टुंगो लगाउने भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गरेको हुँदा त्यो उनको रणनीतिक चालबाजी भएको राप्रपा अध्यक्ष थापाले तर्क गरे।

गृहमन्त्रीले त्यसको खण्डन गरेको भए पनि त्यो सम्झौंतालाई आ–आफ्नो ढंगले व्याख्या गर्नुभन्दा अत्यन्तै संवेदनशील विषय भएको हुँदा उत्पन्न अस्पष्टता र अन्यौलता तत्काल सरकारले चिर्नुपर्ने उनले माग गरे।

‘हिजो जनकपुरमा सिके राउत पुग्दा जसरी राष्ट्र विखण्डनका नाराहरू लगाइयो,प्ले कार्ड र व्यानर बोकेर प्रदर्शन गरिएको त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना गर्दछ,’ थापाले अघि भने, ‘सरकारको सुरक्षा घेराभित्रै त्यस्ता किसिमका असंवैधानिक गतिविधि हुनु र सरकार मौन बस्नुले पनि थुप्रै आशंकाहरू जन्माएको छ।’

सिके राउतले आफ्नो अभिष्ट पूरा गर्नको लागि रणनीतिक रूपमा त्यो सम्झौता गरेको थापाको दाबी छ।

राउतले सार्वजनिक गरे अनुसार सम्झौतालाई अन्तर्राष्ट्रियकरण गर्दै  नेपाल सरकार पनि विखण्डनको मुद्दालाई जनअभिमत वा जनमत संग्रहबाट टुङ्ग्याउन तयार भएको संसारभरि प्रचार गर्दै आफ्नो पक्षमा सहानुभूति बटुल्न जनतालाई भ्रममा पार्ने रणनीतिक चालबाजीको रूपमा प्रयोग गरेको थापाको जिकिर छ।

राप्रपा अध्यक्ष थापाले पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै नेत्रविक्रम चन्द (विप्लव)ले फेरि नयाँ ढंगले विद्रोह गर्न खोज्नु गलत भएको बताएका छन्। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनुका लागि हिन्दु राष्ट्र र राजसंस्था राज्य लगायतका कुराहरू पाखा लगाइएको भए पनि त्यो आज त्रुटिपूर्ण थियो भन्ने कुरा १२ वर्षपछि पुष्टि भएको राप्रपा अध्यक्ष थापाको दाबी थियो।

उनले आफ्ना राजनीतिक एजेण्डा पूरा गर्नको लागि बन्दुक र हिंसा छोडेर जनताको माझ आउन विप्लवलाई आग्रह गरे। राष्ट्र विखण्डनको एजेण्डा बोकेर हिँड्नेलाई गला लगाएर सम्मान र स्वागत गर्ने गरेको भए पनि  राजनीतिक परिवर्तनको कुरा गर्ने विप्लवलाई दमन गर्छु भन्ने सरकारी नीति भविष्यमा प्रतिउत्पादन हुने सक्ने चिन्ता थापाले जाहेर गरे।

आफूहरूले उठाएका मागहरू सरकारले पूरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने उनले चेतावनी दिए।  राजसंस्थासहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्य राप्रपाको मूल एजेण्डा भएको थापाले स्पष्ट पारे। राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागी हुन उनले सबैलाई आह्वान गरेका छन्।

post image

फागुन २७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवले २५ वर्ष अघिको कुरालाई नक्कल गर्न खोजेको भन्दै त्यो पार लाग्ने कुरा नभएको बताए।सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

‘मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोज्नु भएको छ। त्यो बेला र अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन भएको थियो’, उनले भने,‘प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छ भनेर सोच्नु मनोगत हुन्छ।’

प्रचण्डले विप्लवलाई वार्ता/ संवादद्वारा समस्या समाधान गर्न आह्वान गरेका छन्। उनले त्यस्तो नक्कल गर्न छोडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्न विप्लवलाई सुझाव दिए।

‘इतिहासले एउटा कालखण्डमा एउटा नेतृत्व र विचारधारालाई अगाडि ल्याउने गर्छ’,उनले भने, ‘मेरो साथीहरुलाई आग्रह छ त्यसो गर्न छाडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्नु उचित हुन्छ। नक्कल गर्नेतिरबाट पार लाग्दैन।’

यदि विप्लवले आफ्नो हर्कत नसुधारे राज्य चुप लागेर नबस्ने उनले चेतावनी पनि दिए।

post image

 फागुन २७, काठमाडौं । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेको बताएका छन्  ।

पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, जनकपुरमा के भएको भनेर मेरो आज विहान मात्र प्रधानमन्त्रीजीसँग छलफल भएको थियो,’ ‘यो खाली व्यवहारिक रुपले आफ्नो समूहलाई भएको सहमतिको स्पिरिटबारे बुझाउने समय प्रक्रियाका कारणले मात्र त्यसो भएको हो । सरकारलाई कुनै आशंका छैन भनेर प्रधानमन्त्रीजीले जवाफ दिनु भएको छ ।’

सबै राजनीतिक प्रवृत्तिलाई समेटेर संविधानको मर्मअनुसार मूलधारको राजनीतिमा ल्याउन प्रयास गर्नु सरकारको जिम्मेवारी भएको भन्दै उनले सरकारको नियतमाथि शंका नगर्न आग्रह गरे । ‘यदि सहमति विपरित जान थाल्यो भने के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित छ,’ उनले भनेका छन् ।

प्रचण्डले सहमतिको भाषा द्विअर्थी जस्ता भएका कि भन्ने प्रश्न उठेपनि गृहमन्त्रीले संसदमा जवाफ दिइसकेको बताए । सरकारले चाहँदैमा जनमत संग्रह हुन नसक्ने र संसदबाट दुई तिहाईले निर्णय गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गरे ।

post image

 फागुन २७, काठमाडौं । इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु भएकी एक नेपालीको परिचय खुलेको छ।

उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्।

इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो। इथियोपियामा नेपाली दूतावास छैन। इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ।

अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।

इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए। विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

post image

 फागुन २७, काठमाडौं । सरकार र डा सीके राउतबीच भएको सहमतिका विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  भित्रै आन्तरिक विवाद चुलिएको छ। प्रधानमन्त्री र उनका निकट नेताहरू सहमतिलाई एक हिसाबले व्याख्या गरिरहेका छन् । प्रधानमन्त्री निकटका दोस्रो पुस्ताका नेताहरूले सहमतिको बचाउ गरिरहेका छन्।

सत्तारुढ दलभित्रको विवाद जारी रहँदा सहमतिका एक पक्ष डा. राउतले भने आफ्ना गतिविधिलाई यथावत् नै राखेका छन्। सहमतिको विवाद पार्टीभित्र आन्तरिक रूपमा मात्र सीमित छैन। सदनमा समेत प्रवेश पाइसकेको छ। आइतबारको प्रतिनिधिसभामा सत्तारुढ तथा प्रतिपक्ष दलले सहमतिबारे सरकारको जवाफ माग गरेका थिए। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले तत्कालै सदनमा जवाफ समेत दिए।

यसैबीच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका विष्णु रिमालले ट्वीट लेख्दै सहमतिको विरोध गर्ने नेताहरूको आलोचना गरेका छन्। व्यङ्ग्यात्मक शैलीमा उनले नेताहरूलाई लक्षित गर्दै भनेका छन्, ‘आङ् सिरिङ्ग हुन्छ र, साह्रै आश्चर्य लागिरहेको छ, उहाँहरुको जन्मअघि यो मुलुक कसरी जोगिएछ?’

Bishnu Rimal@BishnuRimal

नेताहरू–
झुक्किए, फसे वा फसाईए
या तिनिहरूले गल्ति नै गरे पनि
कोईवात छैन- हामी धन्य छौं
मुलुक जोगाउने ‘एक-से-एक उहॉ’हरू हुनुहुन्छ।

आङ् सिरिङ्ग हुन्छ
र, साह्रै आश्चर्य लागि रहेको छ,
‘उहॉहरू’को जन्म अघि
यो मुलुक कसरी जोगिए छ?!

139 people are talking about this

 

post image

फागुन २७, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र सिके राउतबीच भएको सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको जिकिर गरेका छन् । सोमबार विहान सरकार र सिके राउतबीचको सहमतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

‘सरकार र सिके राउतबीचको सहमती पश्चात नेपालको राजनिती तरंगित बनेको छ। उनले सिके राउतसँगको सहमति नेपाली जनताको लागि स्वीकार्य नभएको पनि उनले दाबी गरे । ‘यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्। यस सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको छ,’  नेता कोइरालाले भने ।

विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनू उपयूक्त हो,’ नेता कोइराले भने,‘तर, सहमतीको दोस्रो बुँदामा उल्लेखित ‘जनअभिमत’ (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको विपक्षमा देखिन्छ ।’

साथै सहमतिको मुसी सुक्न नपाउँदै जनकपुरमा सिके राउत समूहबाट सिर्जित परिदृश्य गम्भीर बनाएको बताए ।

डा. कोइरालाले भने,‘सहमतिको मसी सुक्न नपाउँदै जनकपूरमा सिके राउत समूहको जुन परिदृश्य देखियो त्यसले हामीलाई गम्भीर मात्रै बनाएको छैन । हामीलाई झस्काएको समेत छ । दुबै पक्षबाट यसको अबिलम्ब निदान हुन जरुरी छ।’

post image

 फागुन २६, काठमाडौँ । नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिका विषयमा संसदलाई जानकारी गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल, राजपा र सत्तारुढ दलकै सांसदले उठाएका प्रश्नको जवाफ गृहमन्त्री थापाले दिएका हुन्।

गृहमन्त्री थापाले यो सहमतिमा कसैले आत्मसमर्पण नगरेको बताएका छन्। ‘दुई किसिमको कुरा उठ्दैछ। एकपक्षले सरकारले विखण्डनकारी समक्ष आत्मसमर्पण गरेको भन्ने कुरा आएको छ। र, अर्को स्वतन्त्र मधेश गठबन्धनको नेतृत्वले आत्मसम्पर्ण गरेको कुरा आएको छ।’ गृहमन्त्री थापाले भने, ‘यहाँ कसैले आत्मसम्पर्ण गरेको छैन।’

डा.सीके राउतले अब नयाँ राजनीतिक दल गठन गरेर अगाडि बढ्ने थापाले जानकारी दिए। संसदमा विशेष समय लिएर बोल्न सुरु गरेका थापाले भने, ‘नेपालमा दुईवटा समूहहरु अथवा शक्तिहरु सक्रिय रहँदै आएका छन्। एउटा यस राज्य व्यवस्थालाई असंबैधानिक र हिंसाद्बरा  उल्टयाउने केही शक्तिहरु नेपालमा सक्रिय छन्। दोस्रो शक्ति यो देशलाई विखण्डन गर्ने, स्वतन्त्रता स्वाधिनता वा स्वराजको नाममा सक्रिय छन्।’

‘यही क्रममा केही वर्षदेखि स्वतन्त्र मधेश गठबन्धनको नाममा एउटा समूह सक्रिय हुँदै आएको तपाई हामीलाई थाहा छ। स्वतन्त्र मधेशका लागि आन्दोलन गर्ने भन्दै यो समूहले क्रियाकलाप गर्दै आएको थियो। यसलाई सरकारले नियन्त्रण गर्ने र देशको अखण्डताको रक्षाका निम्ति प्रयास गर्दै आएको थियो।’ थापाले भने, ‘यहाँसम्म आइसक्दा खेरी यो समूहसँग सरकार एउटा राजनीतिक सहमतिमा पुगेको छ। नेपाललाई विखण्डन गर्ने वा स्वतन्त्र मधेशको स्थापना गर्ने लक्ष्यलाई परित्याग गरेको छ। र, के सहमति गरेका छन् भने नेपालको भौगोलिक अखण्डता लाई स्वीकार गरेको छ।’

‘यो सहमति महत्वपूर्ण उपलब्धी हो। नेपालको भौगोलिक अखण्डताको लागि महत्वपूर्ण उपलब्धी भएको छ।’ उनले भने,‘यसले देशको शान्ति सुरक्षालाई पनि सुदृढ बनाउने छ।’

‘राउत पक्ष पनि राष्ट्रको अखण्डतामा सहमत भएको छ। राज्यको यो व्यवस्थाले कुनै उपनिवेश बनाएको छैन। कतिपय बाँकी रहेका कुरा जनमत अभिमतमार्फत अपूर्णता र असन्तुष्टि लाई पुर्णता गर्न सहमत भएको छ।’ उनले भने, ‘स्वतन्त्र मधेशको मागलाई परित्याग गरेको छ।’

post image

 फागुन २६, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष र प्रदेशसभा सदस्य उम्मेदवारले सत्तारुढ नेकपा परित्याग गरेका छन् । गाउँपालिका अध्यक्ष जितेन्द्रदेव शुक्लासहित रुपन्देही ४(क) की प्रदेशसभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले करिब एक हजार कार्यकर्तासहित पार्टी परित्याग गरेको दावी गरेका छन् ।

मर्चवारस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गरी अध्यक्ष शुक्ला र पल्लवीले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरु श्रीमान-श्रीमती हुन् । उक्त क्षेत्रबाट प्रदेशसभामा भने नेपाली कांग्रेसका अष्ठभुजा पाठकले चुनाव जितेका थिए ।

प्रदेश ५ को मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा आफ्नो सहमति विपरीत ‘भ्रष्ट’ कर्मचारी मुस्लिम खान र प्रमिला सिंहलाई राखेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । पार्टीले वडा कमिटी गठन गर्दासमेत आफूसँग छलफल नगरेको उनले बताए ।

स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनअघि तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी प्रवेश गराएका थिए ।

नेकपा परित्याग गरेपनि कुन दल प्रवेश गर्ने भन्ने तत्काल निर्णय नगरेको उनले बताए ।

post image

फागुन २६, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको  जानकारी माग गरेका छन्। सभामुखमार्फत थापाले सरकारसँग जानकारी मागेका हुन्।

उनले सरकार र राउतबीच भएको सहमतिबारे संविधानको पृष्ठभूमिमा मधेश र मधेशीको हक खोज्ने भन्ने सहमति भने सकारात्मक रहेको बताए।

यसका साथै सहमतिबारे सरकार र अदालतबीच मिलेमतो त भएको छैन भन्ने प्रश्न उठाएका छन्।‘सहमतिको पृष्ठभूमि र शैलीले सरकार र अदालतबीच कतै मिलिभगत त चलिरहेको छैन? भन्ने गम्भीर प्रश्न उठाएको छ।’

सहमतिमा प्रयोग भएको शब्दावलीको दुई पक्षको आआफ्नै व्याख्याले सकारात्मक व्याख्यालाई संशयको घेरामा ल्याएको उनले बताए।

‘केका लागि जनमत संग्रह? कसका लागि जनमत संग्रह? हामीलाई उत्तर चाहिन्छ,’ उनले भने, ‘अत सहमतिबारे सदनलाई जानकरी गराउन र यस विषयमा सदनमा छलफलको प्रबन्ध गर्न सरकारलाई सभामुखमार्फत् अनुरोध गर्दछु।’

गत शुक्रबार सर्वोच्च अदालतले सिके राउतलाई रिहा गर्न आदेश दिएको थियो। त्यसको भोलिपल्टै सरकार र सिके राउतबीच ११ बुँदे सहमति भएको थियो।

post image

फागुन २६, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी संसदमा गराएको छ। आजको प्रतिनिधि सभाको बैठकमा राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र यादवले सभामुखमार्फत सरकारबाट समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।

आफूहरुले उठाएको मागहरु सरकारले सम्बोधन नगरेको भन्दै समर्थन फिर्ता लिनु परेको यादवले बताएका छन्।

त्यस्तै  (राजपा) ले सरकार र सिके राउत समूहबीच भएको ११ बुँदे सहमति सकारात्मक भएको बताएको छ । तर, सहमतिका केही विषयमा सरकारले संसदमा प्रष्ट जवाफ दिनुपर्ने बताएको छ । यादवले ‘स्वतन्त्र मधेस गठबन्धन’सँग सहमति बताए । आफूहरु राष्ट्रिय एकता र अखण्डताको पक्षमा रहेको भन्दै उनले भने, विखण्डनलाई सरकारले मान्यता दिएको हो ? सरकारको जवाफ चाहन्छौं ।’

साथै सहमति गर्ने एउटा पक्षले जनमत संग्रह गर्ने सहमति भएको दाबी गरेको भन्दै उनले यसबारे संसदमा प्रष्ट जवाफ दिन सरकारलाई आग्रह गरेका छन् । मधेसबारे जनमत संग्रह गर्न खोजेको हो भने स्वीकार्य नहुने यादवले बताए ।

 

post image

फागुन २६, काठमाडौँ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको छ।आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि न्यूनतम एक सय दिन रोजगार दिने उदेश्यले सरकारले निवेदन माग गरेको हो।

पहिलोपटकको हकमा चैत महिनासम्म निवेदन दिने समयसीमा तोकिएको छ। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता, वा क्षमता समेत उल्लेख गरेर रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ। यसरी निवेदन दिँदा निवेदकले काम गर्न चाहेको समय, क्षेत्र र ठाउँसमेत खुलाउनु पर्नेछ।  निवेदनमा हालको रोजगारीको अवस्था र अनुभव भएमा सो समेत बुझाउनु पर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

रोजगारीको हक सम्बन्धी ऐनको दफा ११ ले न्यूनतम रोजगारमा संलग्न हुनका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार निवेदन माग गरिएको हो।

कार्यक्रम सबै प्रदेश र ७५३ वटै स्थानीय तहमार्फत सञ्चालन हुनेछ। १८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति तथा परिवार कार्यक्रममा सहभागी हुनेछन्। सबै स्थानीय तह मातहतमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छन्।

आफ्नो स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिले नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। चैत महिनाभित्र उक्त निवेदनको समय तोकिएको छ। वडा कार्यालयले निवेदन प्राप्त भएको सात दिनभित्र रोजगार केन्द्रमा पठाउनेछ।

दर्ता निवेदनहरू अद्यावधिक गरी केन्द्रले मन्त्रालय र सम्बन्धित प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयलाई ३० दिनभित्र पठाउनु पर्नेछ।

 न्यूनतम रोजगार प्रदान गर्न नसके सरकारले बेरोजगार परिवारलाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्नेछ। सरकारले व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

post image

फागुन २६, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिन आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन् ।

राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले फागुन २७ गते साँझ अध्यक्ष ग्रेसेसले नारी राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत एवम् सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकमा नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले सम्भाषण दिनेछिन् ।

उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् ।  राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् ।

सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उनले फागुन २९ गते संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् ।

राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रुपमा स्वागत समारोह आयोजना गर्नेछन् ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी छन् ।

राष्ट्रपति भण्डारी फागुन ३० गते न्यूयोर्कबाट काठमाडौँका लागि प्रस्थान गरेर चैत १ गते अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको छ ।

post image

फागुन २४, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्कमा आएकी छन् । जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितालसँग उनको सम्पर्क भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरे ।

‘केहीवेर अघि जिल्लाको डीएसपी साबसँग सांसद्ज्यूको कुराकानी भएको छ ‘अपहरण भएको हो या होइन लगायतको विषयमा विस्तृत जानकारी आइसकेको छैन । थप बुझ्ने काम भइरहेको छ  सुबेदीले भने ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठले पनि अनलाइनखबरसँग कुरा गर्दै सांसद् मल्ल अहिले जिल्ला प्रहरी कार्यालयतिर आइरहेको बताए ।

‘उहाँसँग सम्पर्क भइसकेको छ, के भएको थियो भन्ने उहाँसँगै भेट भएपछि मात्र थाहा हुन्छ’, श्रेष्ठले भने । सांसद् मल्ल बझाङ ‘ख’ बाट तत्कालीन माओवादी केन्द्रको तर्फबाट विजयी भएकी थिइन् । डीआईजी श्रेष्ठका अनुसार उनी बसेको ठाउँमा सञ्चारको राम्रो सुविधा छैन ।

‘कम्प्यूनिशेन ग्याप भएको पनि हुनसक्छ । अहिले पनि राम्रोसँग सम्पर्क भइसकेको छैन’, उनले थपे ।

post image

 फागुन २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) को नाम नलिई प्रहार गरे।  उनले राजपा नेताहरुलाई हिन्दीमा उखान सुनाए- खिसियानी बिल्ली खंभा नोचे। सोधे, अदालतले फैसला गर्‍यो चिथोर्ने सरकारलाई?

 पृथकतावादीको आरोप लागिरहेका सीके राउतलाई राजनीतिको मूलधारमा ल्याउने गरी भएको राजनीतिक सहमतिको घोषणा कार्यक्रममा उनले भने, ‘सरकारले अदालतलाई निर्देशन दिन सक्दैन। अदालतले कानुनसम्मत ढंगले हेर्ने हो।’

टीकापुर घटनाका मुख्य योजनाकारको आरोप लागेका आफ्ना सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको सजाय सुनाएपछि राजपाले सरकारप्रतिको समर्थन फिर्ता लिएको थियो।  ‘म कसैलाई आवेश उत्तेजनामा नआउन आग्रह गर्छु,’ उनले भने, ‘पृथकतावादीलाई छोड्ने हामीलाई थुन्ने भन्थे उहाँहरु।
त्यो पनि अहिले खिस्रिक्क भयो। देश टुक्राउने भन्ने कुरा पनि सकियो।’

उनले भने, ‘सीके राउत देखाएर तराईमा स्वार्थका रोटी सेक्ने धेरै थिए, तिनका रोटी काँचै हुने भए।’

post image

फागुन  २४, काठमाडौं ।  स्वतन्त्र मधेस गठबन्धनका संयोजक  डा. सिके राउतले आफुहरु जहिले पनि बुद्ध र गान्धीको शान्तिपूर्ण मार्गबाट अगाडि बढेको स्पष्ट पारेका छन। शुक्रबार राजधानीको राष्ट्रिय सभा गृहमा आयोजित राजनतिक सहमति घोषणा कार्यक्रममा. डा. सिके राउतले भने हामीहरु बुद्धका सन्तान भएकाले अहिंसामा विश्वास गर्छौ र हाम्रा सवै आन्दोलन शान्तिपूर्ण रहेका समेत दाबी गरेका छन।

कार्यक्रमलाई सम्बोधन गर्दै  डा. सिके राउतले आफुहरुको आन्दोलन हिंसात्मक नभई जनताको अधिकार प्राप्तीको लागि भएको बताएका छन। हाम्रो शान्तिपूर्ण आन्दोलनलाई सरकारले स्पेस दिएर ११ बुँदे सहमति गरेकोले आजको दिन ऐनिहाँसिक रहेको डा. रावतको भनाई रहेको थियो।

जुन मुद्दाका विषयमा हामी ज्यादै चिन्तित थियौं ती मुद्दाहरु शान्तिपूर्ण तवरले सम्बोधन गर्न लागेकोमा सरकार जनता सवै धन्यवादका पात्र रहेको समेत डा. रावतको कथन थियो।

post image

फागुन २४, काठमाडौं । सरकारले ७ सिटे हेलिकप्टोरबाट बेन्च सिट हटाउन सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरुसँग सहमति गरेको हो ।

प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५०को ६+१ सिटवाला हेलिकोप्टरलाई अब ५+१ मा राखेर मात्रै राखेर चलाउने सहमति भएको छ । एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरु हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन यस्ता सिट हटाइसकिएको छ ।

हेलिकोप्टर कम्पनीहरु पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको बिशिष्ट भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।

फागुन १५ गते ताप्लेजुङमा यस्तै ६ प्लस १ क्षमताको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहति ७ जनाको मृत्यु भएको थियो ।

post image

 फागुन २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरेकी छन । शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले  महिलाविरुद्धको विभेद र उत्पीडन अन्त्यमा सहयोग गर्न सबैमा आग्रह गरेकी छन्  ।

संयुक्त राष्ट्र सङ्घको दीगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानता समेटिएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसको कार्यान्वयनमा जोड दिएकी छन् । सन् २०३० सम्ममा पूरा गर्ने गरी तय गरिएको लक्ष्य पूरा भएमा नेपाल महिलाका लागि अनुकरणीय देश बन्ने राष्ट्रपतिको भनाइ छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार’ भन्ने यस वर्षको अन्तर्राष्ट्रिय दिवसको राष्ट्रिय नाराले सम्पूर्ण महिलाको चौतर्फी विकास र सशक्तीकरण अति आवश्यक छ भन्ने सन्देश दिएको राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

post image

 फागुन २४, काठमाडौं ।विहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका सिके राउतले अब अखण्ड नेपाल स्वीकार गर्ने भएका छन् ।

सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन् । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

स्रोतका अनुसार राउतको स्वतन्त्र मधेस गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ ।

post image

फागुन  २४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी व्यक्त गरेका छन्। १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

प्रम ओलीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको बताए । ‘महिलाको कूल साक्षरता दरमा वृद्धि, मातृ मृत्युदरमा सुधार तथा उनीहरुको आर्थिक सशक्तिकरण भइरहेको तथ्याङ्कहरूले देखाएका छन्।’ प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘पैतृक सम्पत्तिमा समान हक, सामाजिक सुरक्षा र सामाजिक न्यायका लागि भएका नीतिगत र कानूनी व्यवस्थाका कारण सुधारका लक्षणहरू देखिएका छन्।’

महिला र पुरुषबीच समानता कायम गर्न नीतिगत प्रयास हुँदाहुँदै पनि पितृसतात्मक सोच कायमै रहनु चुनौती भएको भन्दै उनले महिलाहरुको जीवनस्तरमा सारभूत परिवर्तन नहुँदासम्म ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय संकल्प साकार हुन नसक्ने स्पष्ट पारेका छन्। प्रधानमन्त्री ओलीले महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत् समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने व्यक्तित्वको स्मरण गर्दै उनले धार्मिक ग्रन्थहरुमा व्याख्या गरिएकी नारी र व्यवहारमा देखिने नारीको अवस्थाका बीचमा विद्यमान खाडल पुर्न सक्नुपर्ने बताएका छन्।
‘हाम्रो समाजमा बोक्सीको नाममा हुने ज्यादती, दाइजो प्रथा, छाउपडीजस्ता कुरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौती दिएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्। उनले अब विलम्व नगरी विभेद र कुरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाज निर्माण गर्नुपर्ने उल्लेख गरेका छन्।

post image

फागुन  २३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छ । नेकपाले शुक्रवार काठमाडौंमा गरेको दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरू र पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको सम्झनामा आयोजित श्रदाञ्जली सभामा बोल्दै यस्तो बताएका हुन् ।

‘अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’, प्रचण्डले अगाडि भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो काँधमा छ ।’

आर्थिक विकास र समृतिका लागि प्रकृतिक साधन स्रोत, मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टि सम्पन्न भएपनि पछिल्लो समयमा नेपाल परनिर्भर हुँदै गएकोले पनि त्यसलाई रोक्न सबैले नयाँ संकल्प गरेर आर्थिक विकास र सुशासनमा केन्द्रित हुनुपर्ने उनले बताए ।

‘नेपाल साह्रै सुन्दर देश छ । यो प्रकृतिक साधन स्रोतले नि सम्पन्न छ । मानवीय शक्ति, ज्ञान विज्ञान र साधनाको दृष्टिले पनि जन्म लिएकै थलो हो’, प्रचण्डले भने , ‘तर, केही समय यता हामी पछि पर्दै, परनिर्भर हुँदै गएका छौं । थुप्रै नकारात्क कुराको उदाहरण देखिराखेका छौं ।’

अध्यक्ष प्रचण्डले दिवंगत नेताहरूलाई सम्झँदै शोकमा रहेको अवसरलाई शक्तिमा बदल्नुपर्नेमा जोड दिए । ‘दिवंगत व्यक्तित्वहरुका र पार्टीका नेताहरुका परिवारका सदस्यहरुलाई विशेषरुपले पार्टीका तर्फबाट अनुरोध गर्न चाहन्छु । तपाईंहरुले शोकलाई शक्तिमा बदल्ने संकल्प लिनैपर्छ । आम नेपालीले तिखो आँखाले हेरिराखेका छन । अध्यक्ष प्रचण्डले फागुन महिना श्रदाञ्जलि समाभा नै विताए जस्तो हुन गएको बताए ।

‘फागुन महिना धेरै जसो श्रदाञ्जली सभामा नै बिताए जस्तो हुन गएको छ र आज बिहान मात्रै पनि फेरि एकजना जिम्मेवार नेता गणेश पण्डितलाई पनि श्रदाञ्जलि व्यक्त गर्यौं’, उनले भने, ‘सुखानी गएर पनि श्रज्ञान्जली व्यक्त गर्यौं । फागुन १ गते पनि सहिदप्रति श्रद्धान्जली व्यक्त गर्यौं ।’

post image

फागुन  २३, काठमाडौं । गत असोजमा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।

राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले आज बदर गरेको हो। अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन्। उनलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट गत मंसिर १७ गते खारेज भएपछी उनलाई थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको थियो।

सोही मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश भने आज सर्वोच्च अदालतले बदर गरिदिएको हो। सर्वोच्चको आदेशमा रिहा गर्नुका दुई कारण रहेका छन् जसमध्ये अपराधसँग दशी प्रमाण केही फेला नपर्नु र  प्रत्यक्ष रुपमा यो यस्तो कार्य गरी अभियोग दावी बमोजिमको कसुर गरेको भन्ने नदेखिएको ।

post image

फागुन २३, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा)का नेता राजेन्द्र महतोले सरकारले सहमति अनुसार काम नगरेका कारण समर्थन फिर्ता लिएको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सरकारले सहमति अनुसार काम नगर्दा फिर्ता लिएको बताएका हुन् ।

कैलालीको टीकापुर घटनामा राजपाबाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले दोषी ठहर गर्दै जन्मकैद फैसला सुनाएपछि राजपाले बुधवार साँझ सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अध्यक्ष मण्डलका सदस्य सरदसिह भण्डारी, महेन्द्रराय यादबसहित विमानस्थलमा उत्रिएका महताले फैसलाको बिरोध गर्दै अधिकार प्राप्तिका लागि फेरि संघर्ष गर्ने बताए ।

मधेसी जनतालाई सरकारले अन्याय गरेको बताउँदै उनले रेशमलाल चौधरीलाई जन्मकैद फैसलाको बिरोध गर्ने बताए । राजनीतिक मुद्दामा रेशम चौधरीलाई जन्मकैद फैसला हुनु गलत भएको महतोको दावी छ ।

राजपा अध्यक्ष मण्डलका नेता सरदसिह भण्डारीले मधेशका मुद्दा सम्बोधन गर्न सरकारले चासो नदिएका कारण समर्थन फिर्ता लिएर संघर्षमा उत्रिने बताए ।

post image

फागुन २३, काठमाडौँ ।  १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका आठ प्रहरीविरुद्ध मुद्धा दायर भएको छ। बुधबार कञ्चनपुर जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो। मुद्धा दायरसँगै आरोपित प्रहरीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ।

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजु खड्क सिंह विष्टले ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। उनीहरुले प्रहरीले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गरेका थिए।

तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, डिएसपी ज्ञानबहादुर सेठी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी जवान चाँदनी साउदविरुद्ध उनीहरुले जाहेरी दिएका थिए।

एसपी विष्ट र डिएसपी जिसी भने अदालतमा उपस्थित भएका छैनन्। एसपी विष्ट र तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगर कचनपुरका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई प्रहरीले सेवाबाट हटाइसकेको छ। बाँकी प्रहरी निलम्वनमा छन्।

post image

फागुन २२, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलिबाट एकहप्ते देश दौडाहामा निस्कँदैछन्। पहिलो दिन विराटनगर पुग्ने र सृष्टि पत्रिकाको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यसपछि राजधानी फर्केर देउवा शुक्रबार पोखरा पुग्नेछन्। पोखराबाट शनिबार म्याग्दीको तातोपानी जाने कार्यक्रम तय भएको छ।

यसैगरी आइतबार बाग्लुङ पुग्नेछन्। सोमबार पर्वतमा पुग्ने कार्यक्रम रहेको छ। देउवा मंगलबार काठमाडौं फर्कने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

post image

फागुन २२, काठमाडौँ । पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गरिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।  प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताए।

उनले भने, ‘साँच्ची नै साथीहरूलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड व्यहोर्न तयार छु।’‘क्षमा गर र भुल’ भन्ने नीतिका साथ द्वन्द्वको व्यवस्थापन गरिनुपर्ने भन्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफू दण्डित हुन पनि तयार रहेको बताए।

उनले विप्लव लगायत तराईका असन्तुष्ट समूहसँग छलफल गरी समयमै माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

विकास र समृद्धिका सपना समयमै पूरा गर्न नसके मुलुक फेरि द्वन्द्वमा फस्ने भन्दै उनले विप्लव समूहप्रति लक्षित गर्दै भने, ‘उनीहरू अत्यन्तै गम्भीर ढंगले लागेका छन्। यदि हामीले बेलैमा विकास र समृद्धिका सपना पूरा गर्न सकेनौं र हामीले जनतालाई सुशासन दिन सकेनौं भने त्यो ज्वाला फेरि दन्केर आउने खतरा म देख्छु।  त्यो बाटो ठीक छैन तर उनीहरूले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामर्थ्य राख्छन्।’

उनले संघीयतासँग असन्तुष्ट भएको पक्षसँग पनि समयमै छलफल र वार्ता गरेर समस्या सम्बोधन गरिनुपर्ने आवश्यकता औंल्याए।

post image

२२ फागुन, काठमाडौं । टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा  जिल्ला अदालत कैलालीले  जन्मकैदको फैसला सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकाले सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’

 टीकापुरमा भएको प्रहरीको हत्याको विषयमा चौधरी लामो समय भूमिगत रहँदै आएका थिए। उनी भूमिगत अवस्थमा नै प्रतिनिधिसभामा निर्वाचित भएका थिए। दुई महिनाअघिमात्रै उनले जेलबाटै संसद भवन पुगेर सपथ ग्रहण गरेका थिए। जन्मकैद फैसलासँगै उनको सांसद पद निलम्बित भएको छ।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरीले आफूले पाएको जनमत नै निर्दोष सावित गरेकोसमेत बताउँदै आएका थिए।

संसदमा सपथ ग्रहणपछि मिडियासँग कुरा गर्दै उनले भनेका थिए –  ‘न्यायलयले न्याय दिनुपर्छ भिख होइन। रेशम भिख माग्दैन। दोषी भए प्रमाणित गरिदिनुहोस्।’

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा  जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

घटनाका मुख्य आरोपी चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

post image

फागुन २२, काठमाडौँ ।  जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीश परशुराम भट्टराईको इजालसले सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको हो। भर्खरै जिल्ला अदालतले सुनाएको फैसलाअनुसार १२ जनालाई ३ वर्ष कैद तोकिएको छ। घटनामा संलग्न एक नावालकलाई भने ६ महिना कैद सजाय सुनाइएको छ।

 टीकापुरमा भएको प्रहरीको हत्याको विषयमा चौधरी लामो समय भूमिगत रहँदै आएका थिए। उनी भूमिगत अवस्थमा नै प्रतिनिधिसभामा निर्वाचित भएका थिए। दुई महिनाअघिमात्रै उनले जेलबाटै संसद भवन पुगेर सपथ ग्रहण गरेका थिए। जन्मकैद फैसलासँगै उनको सांसद पद निलम्बित भएको छ।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। चौधरीले आफूले पाएको जनमत नै निर्दोष सावित गरेकोसमेत बताउँदै आएका थिए।

संसदमा सपथ ग्रहणपछि मिडियासँग कुरा गर्दै उनले भनेका थिए –  ‘न्यायलयले न्याय दिनुपर्छ भिख होइन। रेशम भिख माग्दैन। दोषी भए प्रमाणित गरिदिनुहोस्।’

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा  जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

घटनाका मुख्य आरोपी चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।

post image

फागुन २२, काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँच गर्न पुगेका छन्। नियमित फलो अप र स्वास्थ्य जाँच गर्न उनलाई अस्पताल लगिएको हो।’

‘उहाँको कार्यव्यस्तताको कारण फलोअप गर्न जान भ्याइएको थिएन। अहिले फूर्सद मिलाएर अस्पताल लगिएको हो। उहाँको होलबडी चेक अप गर्नुपर्छ , प्रम ओलीको निजी चिकित्सक दिव्या सिंहले भनिन ।

गत कार्तिकमा बिरामी परेर शिक्षण अस्पतालमै ओली  भर्ना भएका थिए। त्यसयता गर्नुपर्ने स्वास्थ्य जाँच गरिएको थिएन। सिंहले भनिन्, ‘होलबडी चेकअप गरेर त्यसको रिपोर्ट हेरेपछि उहाँ बालुवाटार फर्कनुहुन्छ। अहिले अस्पतालमै राख्नुपर्ने गरी बिरामी हुनुभएको हैन।’

post image

फागुन २२, काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले देशमा विस्फोटन तथा तोडफोड गर्ने समूहलाई मुलभुतरुपमा नियन्त्रण गरेको दाबी गरे।सुदूरपश्चिमको सुरक्षा गोष्ठीको क्रममा धनगढी पुगेका गृहमन्त्री थापाले पत्रकारसँग कुरा गर्दै भने ‘ केही समूहले बिचमा विस्फोटन तथा ध्वङसात्मक गतिविधि गरेका छन्। यसमा सरकार गम्भीर छ। यसमा संलग्न समूहलाई मुलभुतरुपमा नियन्त्रमा लिएका छौँ।‘

गत फागुन १० गते शुक्रवार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर बम विस्फोट भएको थियो। विस्फोटमा परि लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। दुई जना घाइते छन्। प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सूर्य भुजेललाई नियन्त्रणमा लिएको छ।

त्यस्तै उनले गत साउन ११ गते कञ्चनपुरमा मृत अवस्था फेला परेकी ११ वर्षीय बालिका निर्मला पन्त घटना बारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

सुदूरपश्चिमको सुरक्षा गोष्ठीको क्रममा धनगढी पुगेका गृहमन्त्री थापाले पत्रकारसँग कुरा गर्दै भने,’ अनुसन्धान जारी छ। केही हाम्रा निकायको लापरबाहीको कारणले अनुसन्धानमा जटिलता पैदा भयो। तर छिटोभन्दा छिटो अपराधीलाई कानुनको कठघरामा ल्याउछौं।‘

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना ८ महिना वितिसक्दापनि प्रहरीले अझै हत्यारा पत्ता लगाउन नसक्दा सरकार आलोचित बन्दै भएको छ।

post image

फागुन २२, काठमाडौँ । जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ। घटनामा बाहलवाला सांसद् रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ। निर्वाचित सांसद् चौधरी मुद्दाकै कारण थुनामा छन्। अदालतले सफाइ दिएमा उनी थुनामुक्त हुनेछन्। दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रामा थप ब्रेक लाग्नेछ।

 बुधबार अदालतले मुद्दाको अन्तिम फैसला गर्ने जिल्ला अदालत कैलालीका प्रवक्ता नरबहादुर नेगीले बताए। मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णु पौडेल र सहायक न्यायाधिवक्ता लक्ष्मी शर्माले बहस गरे। प्रतिवादीका तर्फबाट दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए।जिल्ला न्यायाधीश पर्शुरामा भट्टराईको इजलासमा टीकारपुरको घटनाको बहस सकिएको हो। झन्डै साढे तीन वर्षपछि अन्तिम बहस सुरु भएको थियो।

अदालतले दोषी ठहर गरेमा चौधरी थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन्। शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन्।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट÷थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालक र ८ प्रहरीको ज्यान गएको थियो। घटनामा ज्यान गुमाउने दुई वर्षीय नाबालक टेकेन्द्र साउद थिए।

post image

फागुन २०, काठमाडौं । अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति नेपालले संघीय शिक्षा ऐनमा २०७२ असोज २ गतेपछि नियुक्त अस्थायी करार शिक्षकहरुलाई आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गरेको छ । समितिले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिका संरक्षक भरत केसीले यसअघि शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भएको २० बुँदे सहमति अक्षरंश पालना गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रा मागहरु समावेश गरिएका छैनन् । ती छुटाईएको कुरालाई ऐनमा समावेश गर्नुपर्छ । राहत, उमावि, विद्यालय कर्मचारीलगायत धेरै प्रकारका शिक्षकहरुलाई स्थायी प्रक्रियामा समावेश गर्नेगरि ऐनको मस्यौदामा आएको छ । तर, हामीलाई चाहीँ स्थायी दरबन्दीमा कार्यरत अस्थायी करार शिक्षकहरुलाई छुट्याईएको छ । यो हामीप्रतिको घोर अन्याय हो ।’
उनले देशभरि कार्यरत करिब १३ हजार अस्थायी करार शिक्षकहरुमाथि गरिएको अन्याय आफूहरुलाई मान्य नभएको चेतावनी दिए । उनले भने,‘हाम्रा मागहरु सरकारले सुन्नुपर्छ । यदि सुनेन भने हामी सरकारविरुद्ध सशक्त संघर्षमा उत्रिन्छौं ।’

संरक्षक केसीले यसअघि पनि आफूहरुलाई शिक्षा ऐनको नवौं संशोधनको मस्यौदामा (२०६७ माघ १० गतेदेखि २०७३ चैत्र १९ गते) सम्मलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुल्ला गर्नेगरि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएको सुनाए । उनले भने,‘तर, दुःखको कुरा यो कुरा संसदबाट काटियो, हामीमाथि सुनियोजित ढंगले अन्याय गरिएको थियो । अहिलेपनि अन्याय गर्न खोजिँदैछ । त्यस्तो नहोस् ।’
कार्यक्रममा समितिका अध्यक्ष हरिवंश पराजुलीले प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदामा परीक्षामा फाराम नभरेका अस्थायी करार शिक्षकहरुलाई आन्तरिक परीक्षाको नतिजापछि अवकाश दिने भनेर ल्याईएको आरोप लगाए ।

उनले भने,‘यो अन्यायपूर्ण छ । एउटै विद्यालयमा कार्यरत विभिन्न प्रकारका शिक्षक कर्मचारीलाई आन्तरिक प्रक्रियामा लैजानेगरि ऐनको मस्यौदा अगाडि ल्याईएको छ । र, २०७२ असोज २ गतेपछि नियुक्त करार शिक्षकहरुलाई कुनैपनि कुरा ऐनको मस्यौदामा समेटिएको छैन् । यो कुराप्रति हाम्रो गम्भिर ध्यानाकार्षण भएको छ ।’

पराजुलीले २०७२ असोज २ गते अघिका शिक्षकहरुलाई आन्तरिक परीक्षा र गोल्डेन ह्याण्डसेक दुवै दिईएको तर आफूहरुलाई दुवै प्रक्रियामा सहभागी हुनबाट बञ्चित गराईएको दुःखेसो पोखे । उनले भने,‘यो मौलिक हकको ठाडो उल्लघंन हो । राज्यले संविधानको पालना गर्दैन् भने १३ हजार करार शिक्षकहरु विद्रोहमा आउँछौं ।’

आफूहरु विद्रोहमा सहभागी भएपछि सिर्जना हुने अवस्थाको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालय र यसका मन्त्रीले लिनुपर्ने पनि उनले जनाए । समितिका अध्यक्ष पराजुलीले आफूहरुले आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको जनाए । जसअन्तर्गत २०७५ फागुन २१ गतेबाट फागुन २५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा विहान १० बजेदेखि चार बजेसम्म रिले अनशन गर्ने र यसबाट पनि माग पूरा नभए २०७५ फागुन २५ गतेबाट देशभरिका सामूदायिक विद्यालयहरु ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन गर्ने र आमरण अनशनलगायतका कार्यक्रमहरु रहेका छन् ।

कार्यक्रममा समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले विज्ञप्ती वाचन गरेका थिए । उनले आफूहरुको माग तत्काल सुनुवाई नभए सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । त्यस्तै, कार्यक्रममा समितिका प्रदेश नम्बर ६ का संयोजक कर्ण केसी र प्रदेश नम्बर ३ का संयोजक बहादुर तामाङ वाईबाले आफूहरुले अघि सारेका मागहरु जायज भएकोले सरकारले तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको सञ्चालन समितिका नुवाकोट जिल्ला संयोजक तथा पत्रकार भरत सन्तोषी ‘तामाङ’ ले गरेकी थिईन् । उक्त कार्यक्रममा ७७ वटै जिल्लाका जिल्ला संयोजकहरुलगायत करार शिक्षकहरुको उपस्थिति रहेको थियो ।

post image

 फागुन २०,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले फागुन २३ गते भृकुटीमण्डमा कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।

सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने तय भएको नेकपाका प्रदेश ३ कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए । श्रद्धाञ्जलीसभामा स्वर्गीय नेताद्धय अधिकारीलगायत अन्य परिवारका सदस्य पनि सहभागी हुने उनले बताए ।

post image

फागुन २० ,काठमाडौं । नेपाली कांग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज आठौं स्मृति दिवस रहेको छ ।  सो अवसरमा  सोमबार पार्टी कार्यालय हेटौंडामा अन्र्तक्रिया कार्यक्रम गरेको छ। सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो।

नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको अन्तर्क्रिया कार्यक्रममा वक्ताहरुले भट्टराईको देश र जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा सचिव आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, सुनिल दाहाल, ईश्वरलाल श्रेष्ठ, सल्लाहकार प्रभात दाहाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

post image

फागुन २० ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिने बताएका छन्।  सेना दिवसका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सेनाको व्यवसायिक क्षमता वृद्धिमा जोड दिएका हुन्।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहन जिम्मेवारी बहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अङ्गका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु।”

सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यका साथ अघि बढिरहेकाले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्नुपर्नेमा प्रधानन्त्रीको जोड छ।

“नेपाल निर्माणसम्मको यात्रामा सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अङ्कित भइरहनेछ”, सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकल दर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु।”

post image

फागुन १९,काठमाडौं । महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिबको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दर्शी मा शिवरात्रि पर्व मनाईन्छ । यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।

व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन  भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी ” ऊँ नमः शिवाय” मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ । वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्री शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

पशुपतिनाथमा बिशेष 

पर्वका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उनले बताए । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताए । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

post image

 फागुन १९,काठमाडौं । राष्ट्रियसभाको आज मध्यान्ह एक बजेका लागि निर्धारित बैठक सरेको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरेर बैठक मंगलबार दुई बजेका लागि सारिएको हो ।

बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विधान व्यवस्थापन समितिको प्रतिवेदन छलफलका लागि र राहदानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यक्रम थियो ।

यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि थियो ।

post image

 फागुन १९, जनकपुर ।   राप्रपा अध्यक्ष कमल थापाले सिके राउत समूहबाट खुलेआम राष्ट्र विखण्डनको गतिविधि हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । पार्टीद्वारा सञ्चालित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गर्दै जनकपुर पुगेका अध्यक्ष थापाले रामजानकी मन्दिरमा धार्मिक अनुष्ठान गर्ने क्रममा पवित्र भूमि जनकपुरमा विखण्डनको क्रियाकलाप भएकोमा दुःख समेत व्यक्त गरे ।

 अध्यक्ष थापाले राष्ट्र विखण्डनको पक्षमा गतिविधि गर्नेलाई निगरानी गर्न, नियन्त्रण गर्न र कारबाही गर्न सरकारसँग माग समेत गरेका छन् । ‘म यही भूमिबाट प्रधानमन्त्री केपी ओलीलाई अनुरोध गर्दछु कि राष्ट्र विखण्डनको पक्षमा विभिन्न गतिविधि भएका छन्, यसलाई नदेखे जस्तो, नसुने जस्तो र थाहा नपाएजस्तो नगर्नुस्, विखण्डनको आवाज उठ्नु सामान्य विषय होइन, यसलाई समयमै निस्तेज पार्नुस्, राप्रपाले सरकारलाई पूर्ण सहयोग गर्नेछ ।’ थापाले भने ।

अध्यक्ष थापाले मधेसका जनता राष्ट्रवादी रहेको बताउँदै भने, ‘आज चाहे पहाडका होस् या मधेशका, कुनै पनि देशभक्त नेपाली देश बिभाजन होस् भन्ने चाहना राख्दैनन्, विखण्डनको बीऊ रोप्न खोज्ने तत्वलाई छुट नदिन प्रधानमन्त्री र सरकारलाई दोहोर्‍याएर आग्रह गरेका छन् ।’

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा जनकपुर आइपुगेको छ । आज महोत्तरीको सोहर्वा, पिपरा, जलेश्वर, हरिगोरीगंगा, पडौल, धमौरा, ध्रुबकुण्ड, बिजलपुर, बर्दिबास हुँदै सर्लाहीको इश्वरपुर, भेलही, मलंगवामा आमसभा तथा साना सभाहरु हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

post image

 फागुन १९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ ।

आइतबार बिहान नौ बजेबाट अधिकारीको पार्थिव शरीर अनितम श्रद्धान्जलीका लागि धुम्वाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा राखिएको हो । अहिले अधिकारीलाई श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता कार्याकर्ता, सुभेच्छुक, शुभचिन्तकहरुले श्रद्धान्जली दिइरहेका छन् ।

श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखेरल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, काँग्रेस नेता रामचन्द्र पौडेलल, बामदेव गौतम लगायत नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।

 

post image

फागुन १९,काठमाडौं । नेकपाका नेता एवम् पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।

ओली र प्रचण्डले एक संयुक्त शोक वक्तव्य जारी गर्दै शोकको यस घडीमा उनकी जीवनसंगिनीसविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

साथै अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छन् ।

विज्ञप्ति हेर्नुहोस्ः

शोक वक्तव्य
(केन्द्रीय सचिवालयबाट पारित)

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउप्रधानमन्त्री कमरेड भरतमोहन अधिकारीको हिजो राती ९.३५ बजे काठमाडौँस्थित ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको छ । पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता गुमाउनुपर्दा हाम्रो पार्टी मर्माहत भएको छ ।

विक्रम् सम्बत् १९९३ बैशाख २२ गते महोत्तरीको भवरपुरा गाउँमा आमा पूर्णकुमारी अधिकारी तथा बुबा रामचन्द्र अधिकारीबाट जन्मिनुभएका कमरेड भरतमोहन अधिकारीले आफ्ना दाजु मनमोहन अधिकारीको अगुवाइमा विराटनगर जुट मिल्स क्षेत्रमा भएका राजनीतिक क्रियाकलापलाई सानै उमेरदेखि नजिकबाट देख्न÷जान्न पाएका कारण आफूलाई राजनीतिमा संलग्न गराउनुभएको थियो । १६ वर्षको उमेरमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका उहाँले २०१४ सालमा काठमाडौँको फोहरा दरबारमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा बनारसबाट प्रतिनिधित्व गर्नुभएको थियो भने ०१९ मा आयोजित तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन हुनुभएको थियो ।

कम्युनिस्ट आन्दोलनलाई जोगाउन र अघि बढाउन सक्रियतापूर्वक लाग्नुभएका उहाँले पूर्व कोशी प्रान्तीय कमिटीको नेतृत्वमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै ०२८ सालमा केन्द्रीय न्युक्लियस सदस्यको जिम्मेवारी सम्हाल्नु भएको थियो । ०३५ सालमा कमरेड मनमोहन अधिकारीको नेतृत्वमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरोमा रहनुभएका उहाँ ०४३ मा कमरेड साहना प्रधानले नेतृत्व गरेको नेकपा (पुष्पलाल समूह) सँग एकतापछि निर्मित नेकपा (माक्र्सवादी) को पनि पोलिट्ब्युरो सदस्य रहुनुभएको थियो । ०४६ सालको जनआन्दोलन सफल पार्न सात कम्युनिस्ट पार्टीद्वाारा गठित २१ सदस्यीय वाममोर्चाको सदस्यका रुपमा उहाँले जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

०४७ मा तत्कालीन नेकपा .(माले) र नेकपा (माक्र्सवादी) बीच एकता गरी नेकपा (एमाले) निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कमरेड अधिकारी ०७१ मा पार्टीको सक्रिय राजनीतिबाट विदा नलिँदासम्म स्थायी कमिटी सदस्य रहनुभएको थियो । पार्टीमा रहँदा उहाँले केन्द्रीय अर्थ तथा योजना, आर्थिक, उद्योग, संसदीय र अनुगमन विभागका साथै पूर्वाञ्चल क्षेत्र समन्वय कमिटी जस्ता पार्टी कामको नेतृत्व गर्नुभएको थियो ।

सबैसँग मिलेर काम गर्न सक्ने र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्ने क्षमताका राख्नुहुने कमरेड भरतमोहन अधिकारीले राजकीय क्षेत्रमा निर्वाह गरेको भूमिका महत्वपूर्ण छ । ०४८, ०५१ र ०५६ सालको आमनिर्वाचनमा मोरङ– २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित कमरेड अधिकारी ०७० सालमा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य हुनुभएको थियो । संसद्भित्र उहाँले अनुभवी सांसदका रुपमा काम गर्नुका साथै पार्टीको संसदीय दलको उपनेता र प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो । ०५१ सालमा गठित पहिलो कम्युनिस्ट सरकारको अर्थमन्त्रीका रुपमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, जेष्ठ नागरिक सम्मान जस्ता लोकप्रिय कार्यक्रम अघि सारेर जनविश्वास हासिल गर्नमा उहाँले निर्वाह गरेको भूमिका जनस्तरमै स्थापित छ । ०४७ सालमा संविधान सुझाव आयोगको सदस्य रहनुभएका कमरेड भरतमोहन अधिकारीले ०६३ मा अन्तरिम संविधान र ०७२ मा संविधानसभाबाट नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

कमरेड अधिकारीले ०५१ र ०५५ सालमा अर्थमन्त्री, ०५३ सालमा निर्माण तथा यातायातमन्त्री तथा ०६१ र ०६७ सालमा उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी बहन गर्नुभएको थियो ।

कमरेड भरतमोहन अधिकारीले मुलुकको परिवर्तन र रुपान्तरणको अभियानमा पु-याउनुभएको योगदानको उच्च सम्मान गर्दै हामी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, शोकको यस घडीमा उहाँकी जीवनसंगिनी कमरेड सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायतका परिवारका सदस्यहरु र आफन्तजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।

केपी शर्मा ओली                                                   पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष                                                           अध्यक्ष

post image

 फागुन १९,काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनको शोकमा आज पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले देशभरका सबै पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका समेत राखिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा पूर्वअर्थमन्त्री निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

त्यस्तै २३ गते  दिवङ्गत पर्यटन मन्त्री रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभा संयुक्त रूपमा आयोजना गर्ने निर्णय समेत गरेको छ।

post image

 फागुन १९,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आज अन्त्येष्टि गरिँदै छ।

काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको थियो। अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आज बिहान ९ देखि १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको छ।

त्यसपछि उनको अन्त्येष्टि पशुपति आर्यघाटमा आजै हुने छ। पार्टी कार्यालयबाट शवयात्रासहित पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने ने क पाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

post image

फागुन १७, काठमाडौँ ।पछिल्लो एक महिनाको अवधिमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आफैं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई ६ पटक टेलिफोन गरे।

मन्त्री अधिकारीको सपना थियो भरतपुर विमानस्थल जसरी पनि विस्तार गर्ने र ठूला विमानसहित रात्रिकालीन उडान भर्ने तर सो सपना पूरा हुन नपाउँदै बुधबार उनको स्वर्गारोहण भयो। मन्त्री अधिकारीको सो सपना पूरा गर्न महानगरप्रमुख दाहाल आफैं लागिपर्ने बताउँछन्। उनी भन्छन्, ‘मन्त्री अधिकारीको चासो, चिन्ता र हाम्रो आवश्यकता पूरा गर्न अब हामी लाग्नुपर्छ,’ नगरप्रमुख दाहालले भनिन्, ‘१५ दिनयता उहाँ स्वयंले मलाई पाँच/छ पटक टेलिफोन गरे। विमानस्थल विस्तारका लागि रक्षा मन्त्रालयसँग पनि लगभग सहमति भएको बताउनु भएको थियो।’

‘मन्त्रीज्यूले यो विमानस्थल विस्तार गर्न चासो देखाउँदै प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोली समेत पठाउनु भएको थियो,’ दाहालले भनिन्। उनका अनुसार मन्त्री अधिकारीले पटक पटकको टेलिफोनमा जसरी पनि विमानस्थल विस्तार गर्नुपर्नेमा जोड दिँदै आवश्यक निर्णय र कागजपत्र पठाउन सुझाव पनि दिएका थिए।

मन्त्रीको चासो र चिन्ता देखेर आफूलाई पनि काम गर्न उत्साह मिलेकामा यस दुःखद घटनाले उनको यो सपनालाई पूरा गराउन आफू लागिपर्ने महानगरप्रमुख दाहालको भनाइ छ।

भरतपुर विमानस्थलको धावनमार्गको पूरै भाग प्रयोग गर्न नमिले पनि यो विमानस्थललाई तराईको लुक्ला भनेर चित्रण गरिँदै आए पनि समय समयमा विमान उडान र अवतरणमा समस्या देखिँदै आएको छ।

गत माघ १९ गते मन्त्री अधिकारी विमानबाट यहाँ अवतरण गर्न खोज्दा कठिन भएको थियो। विमानले दिशा परिवर्तन गरी अवतरण गर्नुपरेको थियो।

नागरिक उड्डयन प्राधिकरण भरतपुर शाखा प्रमुख पवनकुमार गौतमका अनुसार विमान अवतरण गर्न नसकेपछि मन्त्री अधिकारीले पछिल्लो समयमा चितवन आउँदा निकै डर लागेको बताएका थिए। मन्त्रीलाई उद्धृत गर्दै उनले भने, ‘मेरै छाति ढक्क फुल्यो, जसरी पनि विमानस्थलको विस्तार गर्नुपर्छ।’

सोही समयमा मन्त्री अधिकारीको उपस्थितिमा महानप्रमुखसहित सुरक्षा निकायको संयुक्त बैठकमा उनले विमानस्थल विस्तारका लागि निर्देशन दिएको थिए। सोहीअनुसार प्राधिकरणका उपमहानिर्देशकको नेतृत्वमा एक टोलीले स्थलगत अध्ययन पनि गरेको थियो।

विमानस्थल निर्माणका लागि तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने विषय छुट्याएर कामसमेत अघि बढाइएको शाखा प्रमुख गौतम बताए। मन्त्री अधिकारीले भरतपुर विमानस्थल नजिकै रहेको सैनिक गण हटाएर भए पनि धावनमार्ग विस्तार गर्नुपर्ने सुझव दिएको उनको भनाइ छ।

मन्त्री अधिकारी काठमाडौं फर्किएपछि पछिल्लो समय आफूसँग पनि निरन्तर फोन सम्पर्क भएको शाखा प्रमुख गौतमले जानकारी दिए।

जहाज अवतरण गर्ने क्षेत्रमा अग्ला घर र संरचना बनेपछि अवतरण र उडानमा अवरोध हुँदै आएको छ। उनका अनुसार हाल धावनमार्ग एक हजार २०० मिटर लामो भए पनि संरचनाको अवरोधले ९०० मिटर मात्र प्रयोग गर्नुपरको छ।

धावनमार्ग पूरा प्रयोग गर्न नपाउँदा जहाजलाई सहज उडान र अवतरण गर्न कठिन हुनाका साथै सिट क्षमता अनुसारको यात्रु बोक्न पनि कठीन हुँदै आएको छ । सहज रूपले उडान र अवतरण हुन नसक्दा विमानका पाटपुर्जामा समेत असर पारेको गनासो आएको छ।

विमानस्थल जोखिममा रहेकाले विस्तार गर्न नसकेमा बन्द गर्नुपर्ने अवस्था आएपछि सरोकार पक्ष विमानस्थल विस्तारका लागि सकारात्मक रुपमा अघि बढेको शाखा प्रमुख गौतमले बताए।

विमानस्थल विस्तारका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी भएको छ । यसका लागि ८०० देखि एक हजार मिटर धावनमार्ग थप गर्न सकिने भएको छ ।

विसं २०१५ मा उक्त विमानस्थल निर्माण गरिएकामा हवाई विभागले २०१८ साल मङ्सिर १२ गतेदेखि हवाई उडान थालेको थियो। नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका समयमा निकै चाप ब्योहोर्नु परेको यस विमानस्थलबाट हाल नौ वटा उडान काठमाडौंका लागि र एउटा उडान पोखराका लागि गरिँदै आएको छ।

विमानस्थलले दैनिक ७५० देखि ८०० लाई सेवा दिँदै आएको छ । रासस

post image

 फागुन १७,काठमाडौं । पहिलो पुस्ताका कम्युनिस्ट नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई भेन्टिलेटरमा राखिएको छ ।अधिकारको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखिएको नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं ५ बाट निर्वाचित प्रदेशसभा सदस्य नारायण सिलवालले बताए । अस्पताल स्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा उपचार भइरहेको छ ।

पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएका अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ । अधिकारीको उपचारमा डा. भगवान कोइराला,अर्जुन कार्की लगायतका वरिष्ठ चिकित्सक संलग्न रहेको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले बताए ।

post image

फागुन १७, पोखरा । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा लगिएको छ । उनको शव श्रद्धाञ्जलीका लागि प्रदर्शनी केन्द्रमा राखिएको छ ।

उनलाई बुबा इन्द्र र आमा लक्ष्मीले भक्कानिँदै पुष्प गुच्छा चढाएका छन् । श्रद्धाञ्जलीका लागि सयौं सर्वसाधारणहरु प्रदर्शनी केन्द्रमा भेला भएका छन् ।

मन्त्री अधिकारीलाई श्रद्धाञ्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पोखरा आएका छन् । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।

post image

 फागुन १७, काठमाडौं । नेकपा नेता तथा सांसद योगेश भट्टराईले मन्त्री रवीन्द्र अधिकारीको निधनबाट पाठ सिक्दै अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा मन्त्री अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुमाथि श्रद्धाञ्जली अर्पण गर्न पुगेका सांसद भट्टराईले पाथीभराको हेलिकोप्टर उडानमा सावधानी नपुगेको बताएका हुन् ।

सांसद भट्टराईले भने– ‘सावधानी पुगेन भन्ने लाग्छ । अब कोड अफ कन्डक्ट, आचारसंहिता बनाएर सर्वसाधारण तथा भीआईपीको उडान गर्नुपर्छ ।’ मन्त्री रविन्द्र अधिकारीलाई सम्झँदै सांसद भट्टराईले भने– ‘रविन्द्रजीसँग मेरो लामो सहकार्य रह्यो । झण्डै ३ दशक लामो । त्यो क्रममा उहाँ र मेरो बीचमा अत्यन्तै घनिष्ठता रह्यो । अनौपचारिक सम्बन्ध पनि रह्यो । पारिवारिक पनि । यो क्रममा मैले उहाँलाई धेरै असल र राम्रो सम्भावना भएको मान्छेका रुपमा पाएँ ।’

आफूले रविन्द्र अधिकारीलाई समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, जनताले विश्वास गर्न सक्ने व्यक्तिको रुपमा बुझेको भट्टराईले बताए । उनले भने, ‘संगठनको आधारभूत तहदेखि काम गर्दैगर्दै अनेरास्वियुको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । पोखराको पीएन क्याम्पस र काठमाडौंको त्रिविमा स्ववियु सभापति हुनुभयो । ३/३ पटक संसदीय निर्वाचनमा विजय हासिल गर्नुभयो । यसले उहाँ जनतासँग पनि त्यतिकै घनिष्ठता हासिल गर्ने व्यक्ति हुनुहुन्छ भन्ने देखिन्छ ।’

मन्त्री अधिकारीले अन्तरराष्ट्रिय एयरपोर्टलाई सुधार्ने, २१/२२ घन्टा चलाउने, भैरहवा पोखरा विमानस्थलमा तदरुकता देखाउने, निजगढमा छिटो अगाडि बढ्ने, विमानस्थल स्तरोन्तिमा लाग्ने, भ्रमण वर्ष २०२० घोषण गरेर योजना बनाउने जस्ता प्रगतिहरु गरेको भट्टराईले बताए ।

post image

फागुन १७, काठमाडौँ।   हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव सेनाको स्काइ ट्रक मार्फन गृहनगर पोखरा लगिने भएको छ ।

पोखरामा उपप्रधानमन्त्री ईश्वर पोख्रेल र प्रदेश ४ का मुख्य मन्त्रीले अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखराको रामग्राममा राजकिय सम्मानका साथ अन्तिम सस्कार गरिने छ ।

अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

 प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

post image

फागुन १७, काठमाडौँ।  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ ।

अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम संकारका लागि पोखरा लगिनेछ । काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरा लगि शवयात्राका साथ अन्त्येष्टि गरिने छ ।
अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

 प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

post image

फागुन १७, काठमाडौँ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव अन्तिम श्रद्धाञ्जलीका लागि सैनिक मञ्च टुँडिखेलमा राखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीको शवमा राष्ट्रिय सम्मान स्वरुप राष्ट्रिय झण्डा ओडाएका छन्। त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ने क पाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएका छन्।

मन्त्री अधिकारीलगायत सातै जनाको पार्थिव शरीरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले सैनिक मञ्चमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा एवं मन्त्रीहरुले श्रद्धाञ्जलि अर्पण गरे।

दिवंगतहरुलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न राजनीतिक दलका नेताहरु, ने क पाका कार्यकर्ता, कुटनीतिक नियोगका प्रतिनिधिहरुसमेत टुँडिखेल पुगेका छन्।

बुधवार भएको दुर्घटनामा मन्त्री अधिकारी सहित प्रधानमन्त्री कार्यलयका उपसचिब युवराज दाहाल,पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे,नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया र पाइलट प्रभाकर केसीको मृत्यू भएको थियो ।

post image

फागुन १६, काठमाडौँ। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सबैको शब श्रद्धाञ्जलीका लागि  बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छिन् ।आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा टुँडिखेल पुगेकी हुन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।  श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो ।

post image

फागुन १६, काठमाडौँ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहितको पोष्टमार्टम नभएपछि आज ३ बजेदेखि शुरु हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम सरेको छ। शव आज अस्पतालमै रहने भएको छ। शव पहिचानपछि आज पोस्टमार्टम गर्ने तयारी थियो। तर शव पहिचान हुन नसक्दा पोस्टमार्टम रोकिएको शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले जानकारी दिए।

 नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का महासचिव विष्णु पौडेलले श्रद्धाञ्जली कार्यक्रम भोलि बिहान ८ देखि ११ बजे सम्मका लागि सारिएको जानकारी दिए। पोस्टमार्टमपछि टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पुग्ने कार्यक्रम तय भइसकेको थियो।

बुधवार ताप्लेजुङको फुङलिङस्थित सिस्ने भिरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको निधन भएको थियो। सातै जनाको शव आज दिउँसो सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो।

दुर्घटनामा परी नेपाल मन्त्री अधिकारी, व्यवसायी शेर्पासहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेको निधन भएको थियो।

post image

फागुन १६, काठमाडौँ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले देशैभरका सबै पार्टी कार्यालयहरुमा पार्टीको झण्डा झुकाइएको छ।

ने क पाको मुख्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा शोक पुस्तिका राखिएको छ। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालयको आज बसेको आज देशभरका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो। त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको थियो। 

बैठकले यही फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै सचिवालय बैठकको निर्णय अनुसार उनको श्रद्धाञ्जलीका लागि राजधानीको टुँडिखेलमा पार्थिव शरीर राखिनेछ। त्यसको तयारीसमेत टुँडिखेलमा भइरहेको छ। यता पर्यटन मन्त्रालयमा पनि शोक पुस्तिका राखिएको छ।

रवीन्द्र अधिकारीको अन्तेष्टी भोली फागुन १७ गते उनको शव गृह नगर पोखरामा गरिने छ।बुधवार दिउँसो मन्त्री अधिकारी सहित सात जना चढेको हेलिप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। मन्त्रि अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ।

post image

फागुन १६, काठमाडौँ। हिजो भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका व्यक्तिहरुको शव सबा १ बजे त्रिभुवन विमानस्थलमा ल्याइएको छ। ताप्लेजुङबाट सैनिक हेलिकप्टरमा शव राजधानी ल्याइएको हो। यहाँबाट एम्बुलेन्समा राखी शव त्रिवि शिक्षण अस्पताल लगिने छ। मन्त्री तथा उच्च पदस्थ अधिकारी तथा सुरक्षाकर्मीहरु शव ग्रहणका लागि विमानस्थल पुगेका थिए।

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीसहित अन्य मृतकको शव श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

नेकपा केन्द्रीय सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव बिष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा पोष्टमार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीर सैनिक मन्चमा राखिने उल्लेख छ । नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ । नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।  नेकपाले फागुन २३ गते पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

post image

फागुन १६, काठमाडौँ। ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको शव लिन राजधानीको शिक्षण अस्पतालमा गाडी पुगेको छ। शेर्पाको शव लिन पुगेको गाडी बौद्ध परम्पराअनुसार सजाइएको छ।

सुकेटार विमानस्थलबाट शव काठमाडौं ल्याइसकेको छ। त्यहाँबाट शव शिक्षण अस्पताल लगिने भएको छ। शेर्पाको भोलि टेकुमा दाहसंस्कार गरिने परिवार जनले जनाएको छ।

बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको डाइनेस्टी एयरको हेलिकप्टर सिस्नेभीर नजिकै दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको थियो।

post image

फागुन १६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । विहिबार बसेको सचिवालय बैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

आज पार्टीका सबै कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । त्यस्तै २३ गते नेकपाको केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरिएको जानकारी दिए ।

post image

फागुन १६, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट आफूले परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समार्फत् ओलीले मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन्।

यस्तो छ उनको स्ट्याटस

हामीले देखेको “समृद्ध नेपाल, सुखी नेपाली”को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अव्वल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पा सहित तेह्रथुमको चुहान डॉडॉमा नयॉ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो ।

यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महसुस गरेको छु । मृतकहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं ।

post image

फागुन १६, काठमाडौँ।  हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं पठाइएको छ । बुधबार दिउँसो पाथीभरा मन्दिर दर्शन गरेर फर्कनेक्रममा सिस्नेभीरमा हेलिकप्टर ठोक्किँदा ७ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा मृत्यु भएकाहरुको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइएको थियो। बुधबार दिउँसैदेखि पानी परेर मौसम खराब भएपछि शव ल्याउन सकिएको थिएन। बिहीबार बिहान मात्रै घटनास्थलबाट सुकेटार विमानस्थलमा शव ल्याइएको थियो।
गएरातिदेखि सुकेटार विमानस्थलमा हिमपात हुनथालेपछि बिहीबार बिहान शव काठमाडौं पठाउन सकिएको थिएन। मध्यान्ह मौसममा केही सुधार आएपछि सेनाको हेलिकप्टरमा शव राखेर काठमाडौं पठाइएको छ। शव काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ। त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने बताइएको छ।

post image

फागुन १६, काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीको परिवारसँग भेट गरेका छन्।

आज बिहान ललितपुर हरिहर भवनस्थित मन्त्री क्वाटरमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत अधिकारीका आमा लक्ष्मी अधिकारी र बुबा इन्द्रप्रसाद अधिकारी र पत्नी विद्या भट्टराईलाई भेट गरी समवेदना प्रकट गरेका छन्।

त्यस्तै अध्यक्ष प्रचण्डले हिजो नै दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारलाईसमेत भेट गरी समवेदना प्रकट गरेका छन्।

post image

फागुन १६, काठमाडौँ। खराब मौसमको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारी लगायत अन्य सात जनाको शव  काठमाडौँ ल्याए लगत्तै शव पोस्टमार्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाजगञ्ज लगिने भएको छ।

ताप्लेजुङमा शव परीक्षण हुन नसक्ने भएपछि शव पहिचानको लागि शिक्षण अस्पताल लग्नु परेको हो। घटनास्थलमा मन्त्री अधिकारी बाहेक अन्यको शव पहिचान गर्न सक्ने अवस्थामा नरहेको गृह प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।

फरेन्सिक एक्सपर्ट डा. प्रमोद कुमार श्रेष्ठका अनुसार शव पहिचान गर्नको लागि डेढ देखि दुई घण्टा लाग्नेछ। ‘उनले भने ‘शिक्षण अस्पतालमा एक पटकमा दुई जनाको शव परीक्षण गर्न मिल्छ। त्यही अनुसार हिसाब गर्दा चार/ पाँच घण्टामा शव पहिचानको काम सकिन्छ।’

शिक्षण अस्पतालका फरेन्सिक डाक्टर मणि महर्जनले पोस्टमार्टम गर्न डाक्टरको टोली ‘स्ट्याण्डबाइ’ रहेको बताए। ‘शव पहिचानको लागि यहाँ ल्याउने कुरो भएको छ।

बुधवार दिउँसो मन्त्री अधिकारी सहित सात जना चढेको हेलिप्टर दुर्घटना हुँदा सबैको मृत्यु भएको थियो। मन्त्रि अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ।

 

post image

फागुन १६, काठमाडौँ । मन्त्रिपरिषदले आज एक दिन शोक दिवस मनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकमा बिहिवार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

त्यस्तै देशभित्र र विदेशमा रहेका नेपाली नियोगहरुमा शोक दिवश मनाउँदै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ। मन्त्रिपरिषदले शोक प्रस्ताव पारित गरेको छ भने यज्ञ गौतमको नेतृत्वमा छानविन समिति समेत गठन गर्ने निर्णय गरेको छ।

बुधवार भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएको छ। उनीहरुको शव आज काठमाडौं ल्याइँदैछ। सरकारले राजकिय सम्मानका साथ अन्तयष्ठी गर्ने निर्णय समेत गरेको छ।

post image

फागुन १६, पोखरा ।  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुनेभएको छ ।

 

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ ।

गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौँ खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले आज बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।

स्व मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् ।  उनका बुबाआमालाई हिजो नै कास्कीबाट काठमाडौँ ल्याइएको छ

post image

फागुन १६, ताप्लेजुङ  । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र नजिकै डाँडामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्रीसहित सातै जनाको शव सुकेटार एयरपोर्टमा ल्याइएको छ ।

बुधबार रातैभरी बाक्लो हिमपात, कुहिरो र पानीले घटनास्थल पूरै ढाकेकाले शव उठाउन मुश्किल भएपछि आज सबै शव सुकेटार एयरपोर्ट ल्याइएको हो ।

ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाको अनुसार मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव अब केहिबेरमै काठमाडौँ पठाउने तयारी भइरहेको छ ।

 

post image

फागुन १५, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ताप्लुजुङमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाको मृत्यु भएकोमा दु: ख व्यक्त गरेको छ। सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै परिवारजनमा समावेदनासमेत व्यक्त गरेका हुन्।

उदयमान युवा नेताको निधनले आफू स्तब्ध भएको देउवाले बताएका छन्, ‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ। विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो,’ देउवाले उल्लेख गरेका छन्,’ उहाँको आकस्मिक घटनामा निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको व्यक्तिगत परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’

त्यसैगरी यति एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनबाट मुलुकले एक सफल व्यवसायी गुमाएको उल्लेख गर्दै यस दुःखद घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टर क्याप्टेन प्रभाकर के.सी. र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको बताएका छन्।

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएकोसमेत देउवाले जनाएका छन्।

post image

फागुन १५, काठमाडौं । हेलिकप्टर दुर्घटनामा सबै सात जनाको निधन भएको छ। एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा सातै जनाको शव फेला परेको हो। शवको पहिचान हुन सकेको छैन। ‘मन्त्री अधिकारी र उहाँका पिएसओको शव पहिचान गर्ने अवस्थामा रहेको र अन्यको भने सनाखत हुन सकेको छैन,’ गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने ।

मन्त्री अधिकारीका बाबुआमालाई पोखराबाट काठमाडौँ ल्याइएको छ । आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो। गृह प्रवक्ता रामकृष्ण सुवेदीले सातै जनाको निधन भएको र शब ल्याउन लागिएको जानकारी दिए।

एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको थियो। मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए। उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन्।

हेलिकप्टरमा प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव युवराज दाहाल पनि थिए।  त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख  ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि थिए।

 

post image

फागुन १५, काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा आज मृत्यु भएको छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता थिए  ।

बुवा इन्द्र प्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा बि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस-९ जामुनाबोटमा जन्मनुभएका रविन्द्र अधिकारीले बैबाहिक सम्बन्ध बिध्या भट्टराईसँग गासेका थिए  । बिद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थी बीचकै प्रेम सम्बन्धलाई बिबाहमा बदलिएको थियो  । मन्त्री अधिकारीका दुई छोराहरु छन् ।

शिक्षा र बिद्यार्थी राजनीति यात्रा

उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको छ । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ । एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तराष्ट्रिय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको छ ।

राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका हुनुहुन्थ्यो । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस र क्लबहरुमा संलग्न हुनुभयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीबनमै प्रदर्शन गर्नु भएको थियो । उहाँको बिद्यार्थी राजनीति यात्रा यस प्रकार छ ।

१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश ।
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू ।
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय ।
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष ।
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन ।
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ।
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष ।
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य ।
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वाचित ।
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित ।
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित ।
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।

बिद्यार्थी आन्दोलन र जेल

आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ २०४६ को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायत कालमा पटक-पटक गरी ६ महीना जेल र हिरासतमा बिताउनु भयो । २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को परिबर्तनपछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभयो । कलेज भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नुहुन्थ्यो । अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू-भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै ५ लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।
राजनीतिक यात्रा
जनतासँगको निरन्तर सम्पर्क र निकट अधिकारीले कास्की क्षेत्र नम्बर-३ बाट संविधानसभाको दुई पटककै चुनाव जित्नु भएको छ । उहाँको राजनीतिक यात्रा यस प्रकार छ ।
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय ।
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन ।
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत ।
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य ।
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव ।
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वाचित ।
७. संविधान सभा २०६४ को सभासद ।
८. २०७० सालको संविधानसभा सदस्य ।
९ हाल र्यटन तथा नागरिक उड्यनमन्त्री

संसद र संबिधानसभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबैलाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो र पछिल्लो २०७० को चुनाबपछी संसदको बिकास समितिमा सभापति हुनुहुन्छ । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहनुभयो । भने २०७४* सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको छ । लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ ।

उत्कृष्ट सभासद रविन्द्र अधिकारी

न्यूज भित्ताले सञ्चालन गरेको १० उत्कृष्ट सभासद चयन अनलाइन भोटिङबाट रविन्द्र अधिकारी उत्कृष्ट सभासद्का रुपमा चुनिनु भएको थियो । २०७१ माघ १ न्यूजभित्ता डट कमले अनलाइन भोटिङको आधारमा छानेका १० उत्कृष्ट सभासद्को सार्वजनिक गरिएकोमा रविन्द्र अधिकारी पनि चुनिनु भएको थियो ।

विश्वभरि छरिएर रहेका नेपालीले न्यूज भित्ता अनलाइन मार्फत उत्कृष्ट सभासद् चयनका लागि मतदान गरेका थिए । राजधानीमा आयोजित एक विशेष समारोहमा विशिष्ट व्यक्तित्वहरु रहेको एक जुरीले उत्कृष्ट १० सभासद्का रुपमा रविन्द्र अधिकारीको नाम सार्वजनिक घोषणा गरेको थियो । अनलाइन भोटिङको मत परिणाम प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की र वरिष्ठ पत्रकार तथा संचार अनुसन्धानकर्ता विनोद भट्टराई रहेको जुरीले सार्वजनिक गरेको थियो । जुरीको साथमा साक्षीका रुपमा नागरिक दैनिकका पुर्व प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार प्रतीक प्रधान रहेका थिए ।

राजनीति र बिकास

राजनीति र बिकास एक अर्काका अन्तर-सम्बंधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा/संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भयो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा बिश्वबिद्यालय, पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न बिद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नु भयो ।

बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आउनु भएका अधिकारी एक जना बिकासप्रेमी राजनेता हुन्हुन्छ । पछील्लो समय व्यवस्थिका संसदको विकास समितिको सभापति भएपछि उहाँलाई नेपालको विकासमा केही हस्तक्षेप गर्न, केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ उहाँ लागी पर्नु भएको छ र उहाँ पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल-चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ-काठमाडौं फास्ट ट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल हुनुहुन्छ ।

सोच र धारणा 
राष्ट्रको शक्ति भनेको जुझारू, लगनशील, राष्ट्रप्रति समर्पित युवा हुन् । उनीहरूकै हातमा देशको भविष्य निर्भर छ र उनीहरूकै प्रत्यक्ष संलग्नतामा सम्पूर्ण राजनीतिक परिवर्तनहरू भएका छन् । युवाहरूको राजनीतिमा प्रत्यक्ष भूमिका हुनु पनि अत्यावश्यक छ ।

व्यापक आर्थिक वृद्धि गरेर संमृद्ध राष्ट्र बनाउनु, सामाजिक न्यायसहितको सुसंस्कृत र परिस्कृत समाज निर्माण गर्नु अहिलेको आवश्यकता हो । हरेक जातजाति, समुदाय, वर्ग विशेषले व्यवहारिक रूपमा स्वतन्त्रताको अनुभूति गरेमात्र मुलुकमा सहि अर्थमा लोकतन्त्र आएको मानिन्छ । २१ औं शताब्दीको विज्ञान र प्रविधिको प्रयोगले मात्र मुलुकको विकास र परिवर्तनलाई द्रुत बनाउन सकिन्छ ।

नेपालमा बेरोजगारी र अशिक्षा जस्ता समस्याको जड भनेको देशमा भएको राजनीतिक अस्थिरता हो । रोजगारी, सीपमूलक तालिम लयागतका विषयमा राज्यले स्पस्ट बाटो लिई एउटा नयाँ सोच, सृजना र उच्च इच्छा शक्तिका साथ संकल्प गरेर अघि बढनुपर्छ । आउनुहोस्, हातमा हात मिलाएर अर्थ–सामाजिक तथा राजनीतिक प्रतिबद्धतालाई साकार पार्न एकजुट भई हामी राष्ट्रका सम्पूर्ण चुनौतीहरू समाधान गर्न अवश्य सफल हुनेछौं ।

कृति/प्रकाशन

उहाँका प्रकाशित पुस्तकहरु यस प्रकार छन :
१. संविधानसभा : लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
बिगत दुई दशकदेखि राजनीति एवं विकाससम्बन्धी उंहाका सयौ अनुसन्धान र राजनीतिक लेखहरु प्रकाशित हुदै आएका छन् ।

विदेश भ्रमण

अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईलैण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायतका देशहरु ।

post image

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा सवार ७ जनाकै मृत्यु भएको छ। मृत्यु भएका ७ जनाकै शब फेला परिसकेको भएता पनि शबको पहिचान हुन सकेको छैन ।

दुर्घटनाग्रस्त स्थानमा प्रहरी पुगिसकेको भएतापनि पानि परेको र बाक्लो कुइरोको कारण उद्दारमा समस्या आएको स्रोतले बताएको छ । मौषममा सुधार आए आजै मृतकहरुको शबलाई काठमाडौँ ल्याउने प्रयास भइरहेको पनि जनाइएको छ ।

हेलिकप्टर के कारणले दुर्घटना भयो यसको विवरण बहने आउन बाँकी रहेको छ । यतिबेला मन्त्रीस्तरीय बैठक पनि जारी रहेको छ । नेपाल सरकार संग भएका सबै उपकरणको प्रयोग गरी जतिसक्दो  छिटो उद्दार गर्ने बारे बैठकमा छलफल भएको एक मन्त्रीले बताएका छन् ।

 हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक  आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ७जना चढेको हेलिकप्टर पाथीभरा गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।बिस्तृत विवरण केहिबेरमै पत्रकार सम्मेलन गरेर जानकारी गराइनेछ ।

post image

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।दुर्घटनामा सवार ७ जनाकै मृत्यु भएको खबर सार्वजनिक भएको छ।

ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ। पाइलट प्रभाकर केसीले उडाएको एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्स तथा एयर हेलिकप्टर कम्पनी एयर डाइनेष्टीका मालिक  आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै वीरेन्द्र र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।बिस्तृत विवरण आउन बाँकी

post image

फागुन १५, काठमाडौं ।  पर्यटन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङ छिरिङ शेर्पासहित उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेलगत्तै सरकारले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएको छ।

आज ११:३० बजे ६ यात्रुसहित उडेको हेलिकप्टर ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दुर्घटनामा परेको छ। दुर्घटनामा मानवीय क्षति भए नभएको अझै जानकारी आइसककेको छैन। बालुवाटारमा आकस्मिक बैठक डाकिएको हो।

post image

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ।

तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ गएको बताइएको छ। दुर्घटना भएको हेलिकप्टरमा पर्यटन मन्त्री रवीन्द्र अधिकारी , प्रधानमन्त्रीका स्वकीय सचिब  युबराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष  आङ छिरिंग शेर्पा , क्याप्टेन प्रभाकर श्रेष्ठ र अर्जुन घिमिरे सवार रहेका थिए ।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

पर्यटन मन्त्री चढेको हेलिकप्टर दुर्घटना भएको स्थानका लागि प्रहरी ताप्लेजुङबाट परिचालित भएको छ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले दिएको जानकारी अनुसार घटनास्थल पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्छ।

यात्रुहरुको अवस्था के छ अहिलेसम्म खुलेको छैन।  बिस्तृत विवरण आउन बाँकी

post image

फागुन १५, काठमाडौं । पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।दुर्घटना ताप्लेजुङको पाथीभरा मन्दिर आसपास क्षेत्रमा भएको जानकारी आएको गृह मन्त्रालय सुत्रले जानकारी दिएको छ।

तेह्रथुमको चुहान डाँडामा विमानस्थल निर्माणको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ गएको बताइएको छ। मन्त्री अधिकारीसँग यति एयरलाइन्सका संचालक आङछिरिङ शेर्पासमेत रहेको बताइएको छ।

आज बिहान करिब ११:३० बजे मन्त्री अधिकारीसहित ६ जना चढेको हेलिकप्टर पाथीभार गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए।बिस्तृत विवरण आउन बाँकी

post image

फागुन १५,काठमाडौँ  । संयुक्त राष्ट्रसंघको महिलासम्वन्धी उच्च आयोगको सम्मेलनमा यसपटक नेपालको शीर्ष सहभागिता हुने भएको छ । कमिसन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी न्युयोर्क आउने तय भएको हो ।

न्युयोर्कस्थित नेपाली नियोगले राष्ट्रपतिको भ्रमणको तयारी तीब्र बनाएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी करिब दुई सातादेखि अमेरिकामै छन् । राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसँग अधिकारीले राष्ट्रपतिको भ्रमणको तयारीबारे छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जेनेभाबाट फर्किएपछि राष्ट्रपतिको भ्रमण कार्यक्रम तय हुने स्रोतले जनाएको छ । राष्ट्रपतिसँग महिला वालवालिका तथा जेष्ठ नागरिक सम्बन्धी मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की लगायत भ्रमण दलमा सामेल हुनेछन् ।

मार्च ११ देखि २२ सम्म न्युयोर्कमा हुने ६३ औं सेसनमा सहभागी हुन राष्ट्रपति भण्डारी फागुन २६ गते त्यसतर्फ प्रस्थान गर्ने तय भएको राष्ट्रपतिका स्वकीय सचिव शिव भट्टराईले पुष्टि गरे । अन्य कार्यक्रम भने परराष्ट्र मन्त्रालयले तय गर्ने उनले बताए ।

सीडब्लुएसको ६३ औं सेसनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने दूतावास स्रोतले जनाएको छ ।

post image

फागुन १५, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रजातान्त्रिक राजनीतिक परिवर्तनलाई आफ्नो मौलिकता अनुसार पूर्णता दिएको बताएका छन्। जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को ४०औँ नियमित बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।

‘मानव अधिकारका सम्पूर्ण विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध छ,’ उनले भने, ‘मानव अधिकारका विश्वव्यापी मान्यताहरूलाई हामीले हाम्रा राष्ट्रिय कानुन, नीति तथा अभ्यासहरूमा अंगीकार गरेका छौँ।’

मन्त्री ज्ञवालीले वर्ष २०१८ नेपालका लागि मानव अधिकार सम्बन्धी कानुन निर्माणको वर्ष रहेको बताए। ‘हामीले संविधानले व्यवस्था गरेको मौलिक अधिकारको कार्यान्वयनका लागि १६ वटा कानुन निर्माण गरेका छौँ,’ मन्त्री ज्ञवालीले भने।

मन्त्री ज्ञवालीले नेपालमा राजनीतिक परिवर्तनसँगै नेपाल आर्थिक विकासको एजेण्डामा केन्द्रित भएको बताए। उनले नेपाल समृद्ध नेपाल सुखी नेपालीको नारा साथ अगाडि बढेको बताउँदै भने, ‘हामी हाम्रा जनतालाई मानव अधिकारको पूर्ण प्रयोग गर्न पाउने अवस्था सिर्जना गर्ने लक्ष्यमा छौँ।’

मन्त्री ज्ञवालीले लैङ्गिक समानता र सशक्तीकरणका लागि नेपाल उदाहरण भएको समेत बताए। ‘नेपालको संघीय तथा प्रादेशिक सभाहरूमा महिलाहरूको ३३ प्रतिशत सहभागिता छ। नेपालका सबै तहमा ४१ प्रतिशत महिला निर्वाचित भएका छन्। देशको प्रमुख नै महिला हुनुहुन्छ,’ उनले भने।

मन्त्री ज्ञवालीले नेपालले आफ्नो मौलिक अवधारणाका साथ शान्ति प्रक्रियालाई अगाडि बढाएको बताए। ‘नेपाल शान्ति प्रक्रियालाई राष्ट्रिय नेतृत्वमा मौलिक ढंगले सम्पन्न गर्न सफल भएको छ,’ उनले अगाडि भने, ‘शान्ति प्रक्रियाको अन्तिम कडीको रूपमा संक्रमणकालीन न्यायका लागि गठन भएका दुई आयोगहरूको म्याद थप गर्दै आफ्नो कार्यभार पूरा गर्न समय दिइएको छ।’

मन्त्री ज्ञवालीले सम्बोधनका क्रममा उनले नेपालले आगामी कार्यकालका लागि पनि परिषद्को सदस्यको लागि उम्मेदवारी दिएको भन्दै सहयोगका लागि अपिल गरे।

‘हामीलाई थाहा छ कुनै पनि देशले पूर्ण मानव अधिकारको उपलब्धि हासिल गरेका छैनन्। उनीहरू गम्भीर र इमान्दारीपूर्ण तरिकाले लागेका छन् कि छैनन् भन्ने कुरा नै महत्त्वपूर्ण हो,’ उनले भने, ‘नेपालले निरन्तर रूपमा मानव अधिकारको अवस्थालाई थप सुधार गर्दै अगाडि बढेको छ। हामी यसलाई इमान्दारीपूर्वक थप सुदृढ गराउँदै लैजान चाहन्छौँ।’

post image

 फागुन १४, काठमाडौं । संसदीय सुनुवाई समितिको मंगलबारको बैठक पनि गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको छ ।थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाईका लागि बोलाइएको बैठक दुई पटकसम्म स्थगित भएको हो ।

१५ सदस्यीय सुनुवाई समितिको मंगलवारको बैठकमा जम्मा ७ जना सांसद उपस्थित थिए । नेकपाका मात्रै ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका १÷१ जना सांसद सदस्य रहेका छन् ।

आइतबारको बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको थियो । तर, सांसदहरु सुमन प्याकुरेल र शिवकुमार मण्डल उपस्थित भएनन् ।

मण्डल विराटनगरबाट फर्किदै गरे पनि बैठकमा आइपुगेनन् । प्याकुरेल पनि काठमाडौं बाहिर छन् । संघीय समाजवादी फोरम नेपालका सांसद राजेन्द्र श्रेष्ठ पनि अस्वस्थ भएकाले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले भने संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गरेका छन् ।

post image

फागुन १४, काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफुलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित ढकालले रुद्र प्रसाद लामिछानेले आफुलाई पद र शक्तिको आडमा पटक–पटक दुःख दिँदै आएको गुनासो पोखे । बिनाकारण सह–सचिव लामिछाने आफुलाई ज्यान मार्ने योजना बनाएको पनि ढकालले आरोप लगाए । उनले भने,‘आज म बाध्य भएर राज्यसंग बाँच्न पाँउने अधिकारको माग गर्न पत्रकारहरुसामू उपस्थित् भएको छु ।’

गत माघ १ गते बेलुका आफ्ना नातिले घर अगाडि मोटरसाईकल धोईरहेको बेला बिधवा बुहारी र नातीलाई आफ्नो मोटर साईकल हटाउन जवरजस्ती गर्दे नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयका बहालवाला कर्मचारी लामिछानेले आफूमाथि भौतिक आक्रमण गरेको ढकालले रुँदै सुनाए ।
उनकाअनुसार मरणासन्न हुनेगरि कुटपिट गरेपश्चात् रुद्रप्रसादकै निजकै चालकले सरकारी गाडीमा हालेर शिक्षण अस्पताल पुर्याएर छोडेको पनि उनले जनाए । शिक्षण अस्पतालमा राम्रो उपचार सेवा नपाएपछि परिवारले उनलाई राती नै धापासीस्थित् ग्रान्डी अस्पताल लगेकोर ज्यान बचाएको पनि उनले सुनाए ।

चार दिन अस्पताल बसाईको क्रममा ४७ हजार ९ सय ३० रुपैयाँ २२ पैसा उपचार खर्च बिल तिर्नुपरेको पनि उनले जनाए । उनले भने,‘मैले आफ्नो माहिलो छोरा नियोजित रुपमा नै गुमाएको हुँ । मेरी बिधवा बुहारीलाई मुख छोडेर गालिगलौच गदै परिवारलाई नै निज सहसचिव लामिछानेले ज्यान मार्ने धम्की दिएको छ, सरकारले तुरुन्त मेरो परिवारको बाँच्न पाँउने अधिकारको सुनिश्चितता गरोस ।’ ब्राह्मण पेशा गरेर परिवार चलाउँदै आएको बताउँदै उनले आफुले उक्त घट्नासम्बन्धि प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन जाँदासमेत नगरपालिकामा जानुहोस् भन्दै दर्ता गर्न नमानेको आरोप लगाए । उनले नगरपालिकाले प्रहरी र प्रहरीले कहिले नगरपालिका त कहिले वडा कार्यालयमा गएर दर्ता गनुहोस् भन्दै पन्छिने गरेको दुःखेसो पोखे ।

त्यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले पीडक रुद्रप्रसाद लामिछानेले पद तथा शक्तिको दुरुपयोग गर्दे सर्वसाधरणमाथि ज्यादती गरेको भन्दै आक्रोश पोखे । उनले भने,‘निज लामिछानेले पीडित परिवारलाई ज्यानमार्ने योजना बनाईरहेको हाम्रो ठम्याई हो, उनलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ ।’ त्यस्तै राज्यले पीडित ढकाल परिवारको सुरक्षाको ग्यारेण्टी लिनुपर्ने पनि उनले माग गरे ।

पीडित ढकालको जमिनमा जबरजस्ती एक कोठाको भवन, एउटा शौचालय तथा मोटर बाटो निकालेर उल्टै ज्यान मार्ने योजना बनाएको उनले खुलासा गरे । घट्नाबारे जानकारी गराउँदै अधिवक्ता पौडेलले राज्यबाट पाँउनुपर्ने न्यायको अहिले अपहेलना भएको कडा प्रतिक्रिया दिए । उनले शक्तिको आडमा बसेर लामिछानेले मनमौजी गरिरहेको पनि आरोप लगाए । उनले भने,‘निज पीडककलाई कुटपिट तथा ज्यानमार्ने उद्योगअनुसार कारबाही गर्नुपर्छ , तर पीडित परिवारले पटक–पटक निवेदन दिँदा समेत प्रहरी प्रशासनले कुनै सहयोग गरेको पाईएन् ।’

अधिवक्ता पौडेलले पीडित परिवारलाई आगामी एक हप्ताभित्र राज्यले न्याय नदिए उनीहरुको लागि आफूले काठमाडौंको टुँडिखेलमा आत्मदह गर्नेसम्म घोषणा गरे । अधिवक्ता पौडेलले ढकाल परिवारमाथि ज्यादती गर्ने नेपाल सरकारका सह–सचिव लामिछानेको सम्पत्तिसमेत छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

अधिवक्ता पौडेलले निज पीडक लामिछानेले शक्तिको प्रदर्शनी गरेको पनि आरोप लगाए । उनले भने,‘लामिछानेले पीडित परिवारलाई मेरो जेठान प्रहरीको महानिरीक्षक हुनुहुन्छ, अर्को जेठान विशेष अदालतमा प्रमुख हुनुहुन्छ भनेर धम्काउने गरेका छन्, तिमीहरुले मलाई केहीपनि गर्न सक्दैनौं भनेर पटक पटक धम्काईरहेका छन् ।’

त्यस्तै कार्यक्रममा बोल्दै पीडित क्षेत्रप्रसाद लामिछानेकी श्रीमती चिनीमैयाँ ढकालले आफ्नो परिवारका सदस्यरुको ज्यान तल माथि भए त्यसको सम्पूर्ण जिम्मेवारी नीज रुद्रप्रसाद लामिछानेले लिनुपर्ने बताईन् ।

post image

फ़ागुन  १४,  काठमाडौं। नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा आज वा भोलिभित्रै सर्वोच्च अदालत जाने घोषणा गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् ।

श्रम ऐन–२०७४, श्रम नियामावली–२०७५ ले निर्दिष्ट गरेको मजदुरको न्यूनतम पारिश्रमिक, महँगी भक्ता, उपचार विमा, दुर्घट्ना विमा, १० प्रतिशत सञ्जय कोष र ८.३३ प्रतिशत सामाजिक सुरक्षा कोष कट्टा नगरी श्रमिकको शोषण गर्ने उद्योगी र उनीहरुसँग साँठगाँठ गरी मजदुरको रगत कमिशन बनाएर पिउने ट्रेड युनियनका पदाधिकारीउपर कारबाही सुरु गर्दा ईतिहाँसमै कसैलाई नगरिएको ७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानूनी उपचारको लागि अदालत जाने घोषणा गरेका हुन् ।

उनले भने,‘मलाई यस्तोसम्म गरेपछि बाध्य भएर जनतालाई जानकारी दिलाउने उद्देश्य र सूचनाको हकसम्बन्धी ऐन–२०६४ ले भ्रष्टाचारको विरुद्धमा सोही कार्यालयको कर्मचारीले पर्दाफास गर्नैपर्ने कानुनी दायित्व पूरा गर्नको लागि पनि मैले आज यो पत्रकार सम्मेलन गरेको हुँ ।’निजामति सेवा ऐन–२०४९ को दफा (१८) को उपदफा (३) को खण्ड (ख) अनुसार आफूलाई मोरङमा दुई वर्ष काम गर्न दिनुपर्ने व्यवस्थाको उल्लंघन गर्दै ७० दिनमा सरुवा गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालउपर सोही ऐनको उपदफा (१२) बमोजिम विभागीय कारबाही गर्नुपर्नेसमेत सञ्जेलले माग गरेका छन् ।

उनले भने,‘मलाई गरिएको सरुवा नै गैरकानूनी छ । सो सरुवा बदर गरि पाउँ भनेर मैले तीन पटक आधिकारिक निकाय सामान्य प्रशासन मन्त्रालयमा लिखित अनुरोध गरिसकेको छु । यो कुरा मैले खुद प्रधानमन्त्रीलाई समेत जानकारी दिएको छु । तर, आज ६५ दिन बित्दासमेत अहिलेसम्म यसबारेमा कुनै सुुनुवाई भएको छैन् ।’ आफूमाथि सरकारले नै अन्यायपूर्ण व्यवहार गरेको पनि उनले आरोप लगाए ।
उनले थपे,‘ममाथि गरिएको अन्यायपूर्ण व्यवहारको विरुद्धमा म आज वा भोलिभित्रै सर्वोच्च अदालत जान्छु ।’ उत्प्रेषणको आदेशद्वारा आफूलाई गरिएको सरुवा बदर गरी सचिव महेशप्रसाद दाहाललाई विभागीय कारबाही गर्नु÷गराउनु भन्ने परमादेशको आदेशसमेत नेपाल सरकार, मन्त्रिपरिषदसमेतको नाममा जारी गरी पाउँ भन्ने आफ्नो मूल माग÷दाबी रहेको पनि उनले बताए ।

सञ्जेलले नेपाली जनतापनि राणा कालका रैतीबाट सार्वभौम जनता हुन नसकेको गुनासो पोखे । उनले थपे,‘अब जनता सार्वभौम भई आफ्नो हक खोजे भने भ्रष्ट कर्मचारी र राजनीतिज्ञ मिलेर जनतालाई नै उल्टो सताउँछन् । त्यसैले अहिले जनताले आवाज उठाउन चाहेरपनि सकिरहेका छैनन् । जनता आँफै यतिवेला ‘आमाको पोल मामालाई लगाएर के फाईदा हुन्छ ?’ भनेर उखान टुक्का बनाएर बसेका छन् । दुनियाँमा कसैलाईपनि घुस दिने ईच्छा हुँदैन्, घुस दिने अवस्था त भ्रष्ट कर्मचारी र राजनीतिज्ञले सिर्जना गरेको अवस्था हो ।’

पछिल्लो समय नेपालमा राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणको सुरुवात भएको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘यसको ज्वलन्त उदाहरण भनेको डनलाई माननीय सभासद बनाउन नाम चलेकै पार्टीले आफ्नो कार्यकर्ताको अपुताली नै परेको व्यवहार देखाए ।’

post image

फागुन १४, काठमाण्डौ । प्रतिनिधि सभाका सांसदहरूले ललितपुरको नख्खुस्थित एनसेल प्रालि कार्यालयको गेटमा बम विष्फोटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।  मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यशोदा गुरुङ सुवेदीले सो बम विष्फोटको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन्।

उनले बम विष्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र घाइते प्रतिक्षा खड्का र अनुषा डंगोलको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

गत फागुन १० गते शुक्रबार राति एनसेल प्रालिको गेटमा बम विष्फोटमा परी गुरुङको ज्यान गएको थियो भने खड्का र डंगोल घाइते भएका थिए।

त्यसैगरी, सांसद यज्ञराज सुनुवारले बारामा जिप दुर्घटनामा परी निधन भएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र एसपी बलराम पोखरेलको परिवारलाई पनि उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सो जिप दुर्घटनाबारे अनेक आशंका उब्जिएको उल्लेख गर्दै छानबिन समिति बनाएर सत्यतथ्य तत्काल बाहिर ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

सांसद मायादेवी न्यौपानेले केन्द्रीय कारागारमा रहेका कैदी बन्दीहरूले बुनेका लाखौं रुपैयाँ पर्ने कपडा अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई विक्रीवितरण गर्ने व्यवस्था तत्काल गर्न पनि सरकारलाई सचेत गराइन्।

post image

फागुन १४, काठमाण्डौ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल एकलौटी ढंगले अघि बढेको भन्दै उपमेयर पार्वती शाहले आलोचना गरेकी छन्।काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपमेयर शाहले महानगरमा लेखा समिति गठन नगरी अनियमितता भइरहेको पनि बताइन्।

आफूले पटकपटक मेयरलाई बैठक छलफलबाट तय गरिनुपर्ने बताउँदै आए पनि बेवास्ता गरेको उनको आरोप छ।  ‘लेखा, जिन्सी समिति नै गठन गरिएको छैन,’ उनले भनिन्। आफूले कुनै एजेन्डामा विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो उपप्रमुखले होइन’ भन्नेजस्ता जवाफ दाहालले दिने गरेको भन्दै उपमेयर शाहले पत्रकार सम्मेलनमा गुनासो गरिन्।

फागुन ७ गते भरतपुरमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राखेकी थिइन्। मेयरले आफ्नो आलोचनामा कुनै चासो नदिएपछि राजधानी आएर पत्रकार सम्मेलन गरेको उनको भनाइ छ।  आफूलाई काम गर्नका लगि प्राविधिक र कर्मचारी नदिएको उनले बताइन्।

उनले महत्वपूर्ण समिति एकलौटी गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दु:ख दिने काम भएको, महानगरलाई राजनीतिक थलो र केन्द्र बनाउन खोजेको, समृद्ध नगर बनाउनेतर्फ अघि नबढेको लगायत आरोप मेयर दाहाल विरूद्ध लगाएकी छन्। कांग्रेस र तत्कालीन एकीकृत माओवादी गठनबन्धनबाट दाहाल मेयर र शाह उपमेयर निर्वाचित भएका थिए।

post image

फागुन १३, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

“यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?” –थापाले प्रश्न गरे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे । २२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।

पार्टीले १५ गते ताप्लेजुङका सदरमुकामबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा प्रारम्भ गर्ने पनि जनाए । थापाकाअनुसार हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको छ । त्यसैगरी संघीयता कार्यान्वय र चुनौति, धर्म निरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनताको अभिमत बुझ्नका लागि पनि यात्रा गर्न लागिएको थापाले बताए ।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ आएर समापन हुने छ ।

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार ८ सय किमि दूरी तय गर्ने र यात्राका क्रममा हिन्दू, बौद्ध र किराँत धर्मलाई चिनाउने मन्दिर, चैत्य मस्जिद बनाइने छ ।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दा बढि सभा हुने र सभालाई अध्यक्ष थापाले सम्बोधन गर्नेछन् ।

post image

फागुन १३, काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले सोमबार बिहान उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच भेट वार्ता भएको छ। जोसेफ फेल्टरले सोमबार बिहान मन्त्री पोखरेललाई भेटी अमेरिकाले नेपालको सुरक्षा व्यवस्थालाई सदृढ बनाउन आवश्यक सहयोग गर्ने  प्रतिवद्धता जनाए।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको शिष्टाचार भेटमा उनले नेपालको सुरक्षा प्रबन्धलाई व्यवस्थित गर्ने सन्दर्भका योजनालाई सहयोग पुर्‍याउन चाहेको र विगतको सहयोगी भूमिकालाई निरन्तरण दिने प्रतिवद्धता जनाएको उपप्रधान तथा रक्षा मन्त्री पोख्रेलले जानकारी दिए।

भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्ने बारेमा छलफल भएको छ। विशेष गरेर नेपाल सरकारले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानलाई सहयोग गर्न उपप्रधानमन्त्री पोखरेलले आग्रह गरेका थिए।

नेपाल भ्रमणमा रहेका अमेरिकी रक्षा विभागका उपसहायक सचिव जोसेफ फेल्टरले प्रधानमन्त्रीसँग पनि भेट गर्ने कार्यक्रम रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।

post image

फागुन १३, काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले १४ औं महाधिवेशन समयमा हुन नदिन र समय थप गरेर अरु अढाई वर्ष लम्ब्याउन सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन्।

 सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य शेखर कोइरालाबीच पछिल्लो समय आरोप प्रत्यारोप चलिरहेको छ । आफ्नो आलोचना गरिरहेका शेखरलाई सभापति देउवाले संस्कार नभएको भन्दै प्रतिवाद गरे । शेखरले पनि गृहनगर विराटनगर आएर सभापति देउवालाई जवाफ दिएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा सोमबार नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने पार्टी संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने र गइरहने बताउँदै कोइरालाले कांग्रेस कमजोर र संगठन शून्य बराबर भएको बताए।

‘हारको जिम्मा कसले लिने भन्दा मलाई अनुशासन र कारबाहीको कुरा गरे भने मलाई केही भन्नु छैन,’ उनले भने।

देउवाले ‘पार्टी कोइरालाहरुको बपौती नभएको र शेखर कोइराला को हो ?’ भन्दै वीरगञ्जमा गरेको टिप्पणीबारे डा शेखरले भने, ‘उहाँले मेरो बारेमा जे बोल्नु भएको छ, त्यो उहाँँकै राजनीतिक संस्कार होला । म राजनीतिक संस्कारमा हुर्किएको हुँ ।’

‘म को हुँ मलाई हेक्का छ, मैले सिकेको राजनीतिक संस्कार छाड्न सक्दिन् ,’ डा शेखरले अघि थपे ।

उनले सभापति देउवाको राजनीतिक संस्कार रहेछ भन्ने देखिएको टिप्पणी गरे।

‘उहाँले मेरो र परिवारबारे जे बोल्नु भएको छ, त्यो उहाँकै राजनीतिक संस्कार होला,’ कोइरालाले भने।

कोइरालाले सरकारका क्रियाकलापहरू जनविरोधी देखिएको टिप्पणी गरे। भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइड बडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्दत रहेको टिप्पणी गरे। भने, ‘वाइड बडीमा जो–जो तानिए पनि कारबाही हुनुपर्छ। अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ।’

post image

फागुन १३, काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संघीयता कार्यान्यनको एजेण्डा बाहेक आफ्नो अन्य पदमा रहन कुनै योजना नरहेको बताएका छन् ।

केही सञ्चारमाध्यमले शर्मा फेरि गृहमन्त्री बन्न लागेको आशयसहितको समाचार प्रकाशित गरेपछि शर्माले समाजिक सञ्चालमार्फत आफू पद खोज्दै नहिँडेको र योजना पनि नबनाएको बताएका हुन् ।

उनले समाजिक सञ्चालमार्फत भनेका छन्, ‘संघीयता कार्यान्यनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु।’

उनले चासो चिन्ता भएका व्यक्तिहरुले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा आफ्नो नाम प्रयोग गरि समाचार प्रकाशित गर्नेहरुलाई सत्यतथ्य बुझेर लेख्न पनि आग्रह गरेका छन् ।

post image

फागुन १३, काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका रसुवाबाट प्रत्यक्ष  निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ आज कांग्रेस प्रवेश गर्दैछन्। तामाङ रसुवा (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

सोमबार दिउँसो जिल्लास्थित कालिकास्थानमा उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रसुवाका सांसद मोहन आचार्यले जानकारी दिए।

तामाङसँगै नयाँ शक्तिका रसुवा संयोजक फुर्बा वाङ्दी लामा पनि कांग्रेस प्रवेश गर्न लागेका हुन्।  फुर्बाले सामूहिक रुपमा कांग्रेस प्रवेश गर्न लागेको बताए।

यस्तै, आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने बताइएको छ। उनीहरुसँगै नयाँ शक्तिका केही स्थानीय कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्दैछन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा कांग्रेस र नयाँ शक्तिले तालमेल गरेका थिए। आचार्य कांग्रेसबाट निर्वाचित हुन्। यता प्रदेशमा कांग्रेसबाट प्रभात लामा र नयाँ शक्तिबाट प्रेम तामाङ निर्वाचित भएका थिए।

post image

फागुन १२, ललितपुर । ललितपुरको नख्खुस्थित शुक्रबार राति भएको विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारले शव बुझ्ने भएका छन्। ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्पा भुसालले सरकारले १० लाख क्षतीपुर्ती बेहोर्ने प्रतिबद्दता जनाएपछी उनीहरुले शव बुज्ने भएका हुन्।

सिंगापुर गोर्खा एशोसियनले शनिवार ५ जनाको  दबाब समिती गठन गरेको थियो। समितीले गृहमन्त्री राम बहादुर थापा बादलले अस्पतालमै पुगेर क्षतीपुर्ती दिने आश्वाशन दिएपनि लिखित नभइ शव नबुझ्ने अडान राखेको थियो।

समितीको अध्यक्ष भोगेन्द्र गुरुङले भने, ‘ पम्पा भुसालले १० लाख क्षतीपुर्ती दिने व्यवस्था मिलाउँछु भन्नुभयो।  परिवारले पनि शव ल्याउन आग्रह गरेपछि शव लिन अस्पतालमा आएको छौँ।’

मृतक गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। उनकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन्। एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन्। छोरी अष्ट्रेलियाबाट फर्केपछि भोली दाहसंस्कार गर्ने अध्यक्ष गुरुङले  बताए।

post image

फागुन १२, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् । आइतबार राज्य व्यवस्था समितिको बैठकमा एनसेल मुख्यालय तथा टावरहरुमाथि भएको आक्रमणको जानकारी दिँदै सो कुरा बताएका हुन् ।

 

विगतमा बम विस्फोटको शृङ्खलामा विप्लव नेतृत्वकै पार्टीको हात रहेको जिकिर गर्दै गृहमन्त्री थापाले भने, ‘यो घटना पनि विप्लव तत्त्वले नै घटना घटाएको सूचना आएको छ । विगतमा बम विस्फोटको शृङ्खला सोही पार्टीले घटाउँदै आएको थियो । समानान्तर सत्ताको अभ्यासका लागि उनीहरुले यस्तो हर्कत गर्दै आएका छन् ।’

नख्खु बम काण्डका अभियुक्तहरु पहिचान भइरहेको बताउँदै उनले अभियुक्तहरुलाई चाँडै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए । उनले यस घटनामा १६ जना पक्राउ परेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिए ।

उनले हाल राज्यका लागि तीन तत्व चुनौति बनेको जानकारी दिए । यसमा पृथकतावादी तत्व, विप्लव जस्ता सरकार र सत्ता विरोधी तत्व र सामाजिक आपराधिक तत्वहरु रहेको बताए । गृहमन्त्री थापाले विप्लव समूहलाई यसअघि नियन्त्रण गरिए पनि उन्मुक्ति दिँदा उनीहरु थप हौसिएको बताए । ‘सरकारले छुट्टै कार्ययोजना ल्याएर यसलाई नियन्त्रण गर्छ,’ उनले भने ।

post image

फागुन १२, काठमाडौँ । देशभर रहेका १०५३ श्रोत ब्यक्तिहरुमध्ये स्थायी शिक्षकबाट नियुक्त श्रोत ब्यक्तिहरुको काज फिर्ता र अस्थायी श्रोत ब्यक्तिहरुलाई अवकास दिएको भन्दै बिद्यालय स्रोतव्यक्ति समाज केन्द्रीय समितिले घोर आपत्ति जनाएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे समितिले सरकारलाई तुरुन्त यो निर्णयलाई फिर्ता लिन र आफ्ना मागहरुप्रति सरकार सकारात्मक बन्नुपर्ने धारणा राखेको छ ।

सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलनमा उत्रिने पनि समितिले चेतावनी दिएको छ । समितिले आफूहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न समेत सरकारलाई चेतावनी दिएको छ ।  सरकारले दरबन्दी सिर्जना गरेर शिक्षा मन्त्रालयअन्तर्गत आफू कार्यरत रहेकै स्थानीय तहमा आफूहरुको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

कार्यक्रममा बोल्दै बिद्यालय स्रोतब्यक्ति समाज केन्द्रीय समितिका अध्यक्ष महेश्वर जङ्गमले सरकारले आग्रह तथा पुर्वाग्रह पालेर यस्तो गलत निर्णय गरेको आरोप लगाए । उनले भने,‘सरकारको यो निर्णयको हामी घोर विरोध गर्दछौं , यो निर्णय निन्दनीय छ र गैर–जिम्मेवारपुर्ण तरिकाले देशमा रहेको लाखौं बालबालिकाको भविष्य बिगार्न ठुलै षड्यन्त्रकारी शक्ति लागिरहेको हामीलाई महशुस भएको छ ।’

बालबालिकाको भविश्य बनाउदै हिँडेका आफूहरुमाथि सरकारले कालो धब्बा लगाउने निर्णय गरेको उनको आरोप छ । उनले थपे,‘यो निणर्यले सरकारलाई नै ठुलो असर पर्ने हाम्रो ठम्याई छ । हाम्रो रोजीरोटी खोसिनुभन्दा लाखौं बालबालिकाको भविश्य खोसिएको बिषयले चिन्तित बनेका छौं ।’अहिले आफूहरुलाई श्र्रोतब्यक्तिहरुको काम छैन भनेर पाखा लगाउन खोज्ने षड्यन्त्रकारीहरुले आफ्ना आसेपासेहरुलाई भर्ती गराउन खोजेको उनको आरोप छ ।

उनले सरकारले आग्रह तथा पुर्वाग्रहको रुपमा गरेका निणर्यलाई तुरुन्त फिर्ता लिन र सरोकारावाला सबैलाई श्रोतब्यक्ति निर्देशिका–२०६८ को राम्रोसंग अध्ययन गर्न अनुरोध पनि गरेका छन ।देशमा विधिको शासनको पालना होस भन्दै उनले आफुहरु पटक–पटकको परीक्षामा पास भएर यहाँसम्म आएको पनि जनाए । उनले भने,‘हाम्रो कामप्रति सरकारलाई कुनै आपत्ति रहेको भए हामीलाई सुध्रिने मौका दिनुपर्यो, अहिलेपनि कयौं श्र्रोतब्यक्तिहरु आफ्नो कार्यक्षेत्रमा नै रहेको र उहाँहरुलाई आफ्नो रोजगारी गुमिसकेको पनि थाहा छैन् ।’

उनले आफुहरुलाई २० औ बर्षदेखि गर्दे आएको पेशालाई बिमुख बनाएर घर पठाउँदा राज्यले केही सोच्नुपर्देन् भन्दै प्रश्नसमेत तेर्साए । ‘राज्यले हामीलाई यसरी अपहेलना गर्दा हाम्रो हकहितको नाममा लड्ने संगठनहरु अहिले कहाँ लुकेर बसेका छन ? म प्रश्न गर्न चाहन्छु।’आफुहरुले पटक–पटक सबैबाट आश्वासनमात्र पाएको तर कसैले पनि समस्याको समाधानको लागि ठोस कदम नचालेको उनको भनाई गुनासो छ । शिक्षक महासंघलाई आफ्ना मागहरुप्रति सकारात्मक भएर समाधानको लागि जिम्मेवार भएर भूमिका निर्वाह गर्नपनि उनले आग्रह गरे । आफुहरुलाई फर्केर कक्षाकोठामा गएर पढाउन कुनै आपत्ति नभएपनि आफुहरुको सीप र लगानीलाई राज्यले डुबाउन खोजेको उनको आरोप थियो ।

post image

फागुन १२, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र दिपक बोहराले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) बिच पार्टी एकता भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमबीच दुवै पार्टीको संयुक्त कार्य सम्पादन समितिको बैठकमा एकताको आधारपत्रमा हस्ताक्षर गर्दै पार्टी एकताको घोषणा भएको हो।

आधारपत्रमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (प्रजातान्त्रिक) का बरिष्ठ उपाध्यक्ष दिपक बोहराले हस्ताक्षर गरेका छन्।

राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष बोहरासहित कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता प्रदीप कुमार उदय, सहायक महामन्त्री विन्दु पहाडी, सहायक महामन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, प्रशीक्षण बिभाग प्रमुख सुरेन्द्र के.सी, केन्द्रीय सदस्यहरु सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दिपक राई, गंगाराम कलवारलगायत तीन दर्जन केन्द्रीय सदस्य र विभाग र भातृ संगठनका प्रमुखहरु थिए।

पार्टीलाई संस्थागत नेतृत्वको मान्यता अनुरुप संचालन गरिने छ । पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाई सुदृढ तुल्याईने छ। यस प्रयोजनको लागि केन्द्रमा पार्टी अध्यक्ष को अध्यक्षतामा ११ सदस्यीय निर्देशन समिति गठन गरिने छ । पार्टीको महत्वपूर्ण नीति र अन्य बिषयहरुमा निर्देशन समितिले आवश्यक निर्णय गर्ने सहमतिपत्रमा उल्लेख छ ।

post image

फागुन १२, बुटवल। सार्वजनिक लेखा समितिका सभापति भरत कुमार साहले पछिल्लो समय लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिलाउन नसक्दा देशमा लगानी भित्रन नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति साहले एनसेलका टावरहरुमा बिष्फोट गरिनुले लगानीकर्ता त्रसित भएको बताए ।

एनसेलका कम्पनीलाई  लाभकर तिराउन राज्य  कुनै पनि हाललमा चुक्न नहुने पनि साहले बताए ।  उनले संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई संविधानको बर्खिलाप हुने गरी संघ मातहत राखेर प्रदेशका सरकार तथा मुख्यमन्त्रीलाई शक्तिविहीन बनाउने काम गरिएको टिप्पणी गरे ।

संविधानमा शान्ति सुरक्षाको जिम्मेवारी प्रदेशको मातहतमा हुने व्यवस्था भएपनि संघीय सरकारले जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको प्रमुख जिल्ला अधिकारीलाई संघ मातहत राखेर प्रदेशलाई शक्तिबिहीन बनाएको बताएको बताए ।

उनले वाइडवडी अनियमितता कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको बताउँदै तत्काल कारवाहीका लागि आग्रह गरे ।

post image

फागुन १०,काठमाडौं । अष्ट्रिया र नेपालबीच मन्त्रीस्तरीय द्वीपक्षीय वार्ता सम्पन्न भएको छ।  अष्ट्रियाकी युरोप तथा परराष्ट्र मामिला मन्त्री कारिन किन्सल र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डलबीच आज द्वीपक्षीय वार्ता सम्पन्न भएको हो।

वार्ताका क्रममा दुई देशबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए। ‘वार्ताका हामीहरुले द्वीपक्षीय सम्बन्धको समिक्षा गर्दै सम्बन्धलाई थप उचाइमा लैजान विषयमा छलफल भयो। हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन द्विपक्षीय तथा वहुपक्षीय फोरमहरुमा मिलेर काम गर्ने सहमति भएको छ,’ द्विपक्षीय वार्तापछि आयोजित संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा मन्त्री ज्ञवालीले भने, ‘हामीले दुई देशबीच व्यापार, लगानी, प्रविधि हस्तान्तरण, दिगो विकास, वातावरण संरक्षण, क्लिन इनर्जी र अन्य साझेदारीका क्षेत्रहरुमा छलफल भयो।’

मन्त्री ज्ञवालीले नेपालको प्राथमिकता र नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियानका बारेमा अष्ट्रियाकी समकक्षीलाई जानकारी गराएको बताए। अष्ट्रियाको तर्फबाट नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको उनले जानकारी दिए।

छलफलका क्रममा नेपालले मार्चमा आयोजना गर्न लागेको लगानी सम्मेलनको जानकारी गराउँदै कार्यक्रममा अष्ट्रियाका लगानीकर्ताको सहभागिताका लागि आग्रह गरेको जानकारी गराए। त्यस्तै नेपाल भ्रमण वर्ष २०२०को कार्यक्रममा अष्ट्रियाका पर्यटकहरुको आगमन हुनेमा विश्वास व्यक्त गरे।

यसैबीच अष्ट्रियाकी परराष्ट्र मन्त्रीले नेपालले भूकम्पपछिको पुन:निर्माणमा हासिल गरेको उपलब्धिको सरहना गर्दै नेपालको पुन:निर्माण र विकासमा अष्ट्रियाको साथ रहने बताएकी छन्। उनले अष्ट्रियाको सहयोगमा निर्माण भएको पाटनको संग्रहालयको नाम लिँदै नेपालको संस्कृतिक सम्पदाको संरक्षण र विकासमा अष्ट्रियाको साथ रहने बताइन्।

उनी बिहीवार नै सो संग्रहालयको भ्रमण गरेकी थिइन्। सो संग्रहालयको निर्माण अष्ट्रियाको सहयोगमा भएको थियो।

अष्ट्रियन मन्त्री करिनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। त्यस्तै साँझ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले गर्ने नेपाल अष्ट्रिया सम्बन्धको विषयमा आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

नौ दिन लामो दक्षिण एसियाली मुलुकहरुको भ्रमणमा बुधवार निस्किएकी मन्त्री करिन दोस्रो देशको रुपमा नेपाल आएकी हुन्। उनी यसअघि बंगलादेश भ्रमण गरिसकेकी छन्। उनी भोली भुटान जाने कार्यक्रम रहेको छ।

post image

फागुन १०,काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफूलाई केही मिडियाले बदनाम गर्न खोजिएको बताएकी छिन्। आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताएकी हुन्।

मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ। हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’

यसैबीच सचिव गजेन्द्र ठाकुरको विषयमा मन्त्री मगरले बोल्न चाहिनन्। ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएन त्यो विषयमा केही बोल्न चाँहदिन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। मेलम्चीमा कसैको जिद्धे नजर पर्न दिने छैन।’

आफूले बनाएको फर्मुला भित्र काम गरेको नदेखिएकोले सचिवको सरुवा भएको मगरले दाबी गरिन्।मन्त्री मगरसँग सांसदहरु डिला संग्रौला, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न राखेका थिए।

post image

 फागुन १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय वलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षपत पुगेकोे उल्लेख गरे । प्रधानमन्त्री ओलीले मृतकका परिवार, आफन्जन र सम्पूर्ण पार्टीपंक्ति प्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए। केही दिन अघि सवारी दुर्घटनामा परी घाइते भएका प्रदेश सांसद  ओलीको  ३७ बर्षको उमेरमा आज बिहान निधन भएको हो।  उनको पार्थिव शरिरमा पार्टीका नेताहरुले फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका छन्।

post image

फागुन १०, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले भ्रष्टाचार र घुसखोरी रोक्नका लागि देशभरिका नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने घोषणा गरेकी छिन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले सेवाग्राहीको गुनासो सम्बोधन गर्ने उपाय भनेकै डिजिटल प्रणालीमा काम गर्ने÷गराउने भएको बताइन् ।

मन्त्री अर्यालले ४५ दिनभित्र नमुनाको रुपमा काठमाण्डौको कलंकीमा रहेको नापी र मालपोत कार्यालयलाई पूर्ण डिजिटल बनाउने दावी गरेकी छिन् । त्यसैगरी असार मसान्तसम्म काठमाण्डौ उपत्यकाका सबै नापी र मालपोत कार्यालयलाई डिजिटल बनाउने योजना मन्त्री अर्यालले सुनाइन् ।

केही वर्षभित्रमा देशभरका कार्यालयलाई व्यवस्थित बनाउने उनको भनाई छ । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री अर्यालले मालपोत र नापी कार्यालयका सबै कर्मचारी भ्रष्ट नभएको भन्दै बचाउ गरिन् । “मालपोत र नापीका सबै कर्मचारी भ्रष्ट छैनन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले भनेजस्तो भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था छैन । केही खराब मानिसका कारण बद्नाम भएको हो । अब डिजिटल प्रणालीमा काम सुरु भएपछि समस्या समाधान हुन्छ ।” –अर्यालले भनिन् ।

मन्त्री अर्यालले अब बन्ने भू–उपयोग ऐनले जग्गाको व्यवस्थित गर्ने दावी समेत गरेकी छिन् । जमिनको वर्गीकरण नौ प्रकारले गर्ने तयारी भैरहेको जानकारी दिँदै उनले कडा कारबाहीको व्यवस्था गर्न लागेको बताईन् । जमिनको वर्गीकरणअनुसार प्रयोग नभए कारबाही गरिने भन्दै उनले कृषियोग्य जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना गरिने जनाईन् ।

उनले समग्र भूमिको व्यवस्थापन आगामी पाँच वर्षभित्र गर्नेगरि सरकारले नीतिगत रुपमै तयारी गरिसकेको पनि जानकारी दिईन् । मन्त्री अर्यालले ऐन बनेपछि संघ, प्रदेश र स्थानीय तहमा भू–उपयोग परिषद् र कार्यान्वयन समिति बनाएर ऐनलाई प्रभावकारी बनाइने बताइन् ।

काठमाण्डौको कमलपोखरी मासेर व्यापारिक भवन बनाइएकोबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री अर्यालले कानुनअनुसार कारबाही गरिने बताइन् । “विधि र प्रक्रिया मिचिएको रहेछ भने त्यस्ता भवन भत्काउँछाँै ।”–मन्त्री अर्यालले भनिन् ।

मन्त्री अर्यालले धादिङ, स्वर्गद्धारी, दैलेख, सिन्धुपाल्चोकलगायतका ठाउँमा गुठीको जग्गामा समस्या आएको भन्दै समाधानका लागि प्रयास भइरहेको जानकारी दिइन् । उनले भनिन्,‘गुठीको जग्गामा जोडिएका मोहीको हक स्थापित गर्छौं । जग्गाको उत्पादकत्वमा पनि वृद्धि गर्छौं।’

गुठीका जग्गसँग जोडिएका किसान र मोहीलाई स्थापित गर्नेगरी गुठी ऐन संशोधन गर्न लागिएको अर्यालले बताइन् । उनले भनिन्,‘गुठीको अस्तव्यस्ततालाई चिर्नको लागि गुठी ऐनमै प्राधिकरणको स्थापना गर्नेगरि हामी अघि बढेका छौं।’

मन्त्री अर्यालले यही आर्थिक वर्षभित्र ७७ वटै जिल्लामा गरिब पहिचान कार्यक्रम सम्पन्न गर्ने जनाईन् । उनले भनिन्,‘यो वर्षमा हामी ७७ वटै जिल्लामा गरिब पहिचान कार्यक्रम सम्पन्न गरिसक्छौं । र, पहिचान भएका ठाउँमा गरिब लक्षित कार्यक्रमपनि अघि बढाउँछौं ।’ त्यस्तै मन्त्री अर्यालले यही आर्थिक वर्षभित्रै मुक्त कमैया र हलियाहरुलाई पूर्ण व्यवस्थापन गर्ने घोषणा गरिन् । उनले भनिन्,‘यसको लागि एकीकृत नमूना बस्ती बनाउने काम भैरहेको छ। बस्ती बनाउन नमिल्ने ठाउँमा पनि कसरी अगाडि बढ्न सकिन्छ भनेर सोचिरहेका छौं ।’

post image

फागुन १०,काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको एकताका प्रस्ताव तयार पार्न स्थायी समितिले गठन गरेको कार्यदल भंग भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवासमा बसेको सचिवालय र कार्यदल सदस्यको संयुक्त बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मा सचिवालयलाई दिएको हो।

एकीकरणका काम बाँकी सचिवालयले गर्ने छ। सचिवालयले गृहकार्य गरी प्रस्ताव तयार गरेर स्थायी कमिटीमा पेस गर्नेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘साथै यसअघि बनेको कार्यदललाई धन्यवादसहित बिदा गर्ने निर्णय भयो।’ स्थायी कमिटीको पौष १३ सम्पन्न बैठकले सचिवालय सदस्य रामबहादुर थापा नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाएको थियो।

नौ सदस्यीय कार्यदलको संयोजक गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई तोकिएको थियो भने महासचिव विष्णु पौडेल समेत कार्यदलमा सदस्य थिए।

कार्यदललाई सचिवालयका अधिकारको रिभ्यु गर्ने, पार्टीको संगठनात्मक प्रस्ताव तयार गर्ने, पोलिटब्युरो गठन र केन्द्रीय समिति सदस्यको कार्य विभाजनदेखि जिल्ला समितिको गठन र प्रदेश कमिटीमा भएका असंगति मिलाउने गरी प्रस्ताव ल्याउनेसम्मको अधिकार दिइएको थियो। तर, कार्यदलस्तरमा कुरा मिल्न नसकेपछि सचिवालयले हस्तक्षेप गरेको हो।

post image

फागुन १०,काठमाडौं ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालयको बैठक स्थगित भएको छ।ने क पाका तर्फबाट ५ नं प्रदेशको प्रदेशसभामा निर्वाचित सांसद् उत्तरकुमार ओलीको निधन भएपछि बैठक सरेको हो। ओलीको शवलाइ श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएकाले बैठक सरेको हो।

पार्टीको सांगठानिक एकताका बाँकी काम टुंग्याउन बनाइएको कार्यदलको म्याद थप गर्ने विषयमा हिजो बसेको सचिवालयको बैठकले निर्णय गर्न नसकेपछि शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको थियो।

बिहीबार बसेको कार्यदलसहितको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यदल विघटनको प्रस्ताव नै गरेका थिए। तर बहुमत सचिवालय सदस्य कार्यदललाई एक हप्ताको समय दिनुपर्ने पक्षमा उभिएपछि बैठक निष्कर्शविहीन भएको थियो।

post image

फागुन १०,काठमाडौं । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको  उपचारका क्रममा निधन भएको हो ।

गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।

उनी तत्कालीन एमालेको तर्फबाट दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । वली दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।

post image

फागुन ९,काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको जस्तो राजनीतिक संस्कार आफ्नो नभएको बताएका छन्।शेखर कोइरालाले देउवाले के बोले भन्ने कुरामा आफ्नो सरोकार नभएको बताए।

बुधबार वीरगञ्जमा भएको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कोइराला परिवारका नेताहरूको चर्को आलोचना गरेका थिए। उनले पार्टी कसैको बपौती नभएको उल्लेख गर्दै कोइराला थर हुँदैमा पार्टी सभापति बन्न नपाइने बताएका थिए।

  ‘उहाँ हाम्रो सभापति हो। मेरो उहाँलाई सम्मान छ तर उहाँ जसरी प्रस्तुत हुनुभयो त्यो उहाँको राजनीतिक संस्कार होला। मैले आफ्नो परिवारबाट त्यस्तो संस्कार लिएको छैन,’  कोइरालाले भने, ‘महाधिवेशनमा उठ्ने अधिकार त सबैलाई हुन्छ। उहाँले रोकेर रोकिन्न।’

उनले  पार्टी कमजोर भयो भन्दा कारबाही गर्छु भन्ने हो भने देउवाले आफैंलाई कारबाही सुरू गर्नुपर्ने बताए।

post image

फागुन ९,काठमाडौं । अष्ट्रियाकी विदेश मामिला मन्त्री कारिन केन्सल बिहीबार काठमाडौं आइपुगेकी छन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कारिन नेपाल आएपुगेकी हुन्। भोलि विदेशमन्त्री कारिनको प्रतिनिधि मण्डल र नेपालको परराष्ट्र मन्त्री सहितको टोलीबीच द्विपक्षीय वार्ता हुने छ।

त्यस्तै भोलि नै विदेशमन्त्री कारिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौँमा आयोजना गरेको नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष: उर्जा, क्षेत्रीयता र विश्वव्यापी मुद्दा विषयक कार्यक्रमलाई सम्बोधन गर्ने छिन्। उनले भोलि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

post image

फागुन ९,काठमाडौं । विवेकशील साझा पार्टीले अध्ययनका लागि भनेर अनुमति नै नभएका अष्ट्रेलियाका कलेजमा पठाइएका १२०० नेपाली विद्यार्थीको बिचल्ली भएको समाचारप्रति चिन्ता प्रकट  गरेको छ । सो पाटीले बिहीबार एक विज्ञप्ति जारी गर्दै बिचल्ली भएका विद्यार्थीहरुलाई तत्काल उद्धार गरेर दोषी कन्सल्टेन्सीलाई कारवाहीको माग गरेको छ ।

सो पार्टीले  अष्ट्रेलियन सरकारसँगको समन्वयमा उनीहरुको अध्ययनका लागि प्रवन्ध मिलाउन नेपाल सरकारलाई आग्रह गरेको हो । ‘विद्यार्थीहरु यसरी विचल्ली पर्नुको मूल कारण सरकारी निकायको फितलो अनुगमन र लापरवाही हो भन्ने कुरा स्पष्ट छ । एकिन छानविन गरि यस्तो लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाहीको समेत विवेकशील साझा पार्टी माग गर्दछ’ प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

 विवेकशील साझाले अष्ट्रेलियास्थित गैर आवासीय नेपाली सङ्गठन लगायतका नेपाली सामाजिक संघसंस्थाहरुलाई समेत समस्यामा परेका नेपाली विद्यार्थीलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ ।

 

post image

फागुन ९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पार्टीको सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्न गठित कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल भइरहेको बताइएको छ ।

पार्टी एकीकरणमा ढिलाई भएपछि त्यसको आलोचना बढ्दै गएको छ । आजको बैठकमा एकीकरणको प्रक्रियालाई कसरी टुंगो लगाउने भन्ने बारेमा निर्णय गरिने नेकपाले जनाएको छ ।

नेकपाले गत पुस १३ गते एकीकरण टुङग्याउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल थिए भने महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

post image
फागुन ९,काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संघ अनेरास्ववियु कास्कीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । अष्ट्रेलियामा पढ्न गएका बिद्यार्थीहरुको अलपत्र भएको कुरामा ध्यानाकर्षण गराउंदै अनेरास्ववियुले यो ज्ञापनपत्र बुझाएको हो ।
 उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका हजारौं विद्यार्थी गलत सल्लाह र सुझावका कारण पछिललो चरणमा डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा कलेज र एजेन्टको गलत रवैयाका कारण अन्यौलमा परेको ज्ञापनपत्रमा उल्लेख छ  ।
बैदेशिक अध्ययनको नाममा होडबाजी गर्दै अध्ययन गनें निकाय र विषयमा स्पष्ट नहुँदा एआइबीटी कलेजमा अध्ययन गनें एक हजार नेपाली विद्यार्थी यतिखेर दलालीहरुको फन्दाको शिकार भएका छन । चौबिस महिने डिप्लोमा अफ नर्सिङ कोर्स पढ्न गएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङ सम्बन्धन नपाउने भएपछि अन्यौलमा परेका छन् ।
यतिखेर ब्रिजबेन र सिड्नीमा रहेको एआइबीटी कलेजमा मात्र करिब एक हजारको संख्यामा रहेका नेपाली विद्यार्थी पढेर कोर्सको अन्तिम समयमा पुरदा एन्म्याकले मान्यता नदिंदा अलपत्र परेका छन् । तसर्थ विद्यार्थी नेपाल लगायत पोखरा बाट पठाउने किंग्स इन्स्टिच्युट , एक्स्पर्ट, इम्पल्स ,अल्फाबेटा , काठमाडौँ इन्फोसिज, कंगारो , वेब , सनराइज , डल्फिन, मर्सी लगायत का शिक्षाको नाममा मान्छेको व्यापार गर्नेहरु अहिले बजारमा मौलाइरहेका र  यस्ता दलालहरुलाई तत्काल कानुनी दायरामा ल्याई हदै सम्मको कारबाही गर्न अनेरास्ववियुले माग गरेको छ । अन्यथा आफु  लागेर नबस्ने  चेतावनी पनि दिएको छ  ।
post image

फागुन ८,काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’

 उनले अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताए । उनले भने,‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ । वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन् । नेपालको भु–राजनीतिक अवस्था बग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ । आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ ।’ आचार्यले सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे । उनले भने,‘सरकारको फोकस विकास र समृद्धिमा भन्दापनि होली वाईनतिर छ, गुड गभर्मेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ । सरकार फोकस छैन ।’

उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चूनौति नभएको सुनाए । आचार्यले थपे,‘सरकार दुई तिहाई बहुमतको छ, प्रधानमन्त्री ओली अनच्यालेन्ज्ड छन् ।’ आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिद्धर पनि ठीक नभएको सुनाए । उनले भने,‘भ्रष्टाचार बढेको छ । आईसकेको हवाईजहाज थन्किएर बसेका छन् । डेस्टिेशन पाएका छैनन् । मेलम्ची आयोजनालाई तुह्याउन खोजिएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए । उनले भने,‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँपनि छैन् । ७ वटै प्रदेशमा कांग्रेस छैन् । त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ । पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो । सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ।’

यद्धपी उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे । उनले भने,‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकार फिर्छ भने राम्रो गर्न सक्छ । प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ । प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा हुन्छ।’
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे । उनले भने,‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ । तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन् । र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन् ।’

आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई च्यालेन्ज नगरेको सुनाए । उनले भने,‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छ ? भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीेले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो ।’

राजनीतिक स्थायित्वलाई अब आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्ने उनको धारणा छ । उनले यो एक वर्षमा सरकारमात्रै नभएर कांग्रेस पनि असफल भएको दाबी गरे । उनले भने,‘कांग्रेस चुकेकै हो । त्यही भएर चुनाव पनि हार्यो । चुनाव हारेलगत्तै सभापति देउवाले राजीनामा दिनुपर्दथ्यो । कांग्रेस अहिले ट्रयापमा छ।’ जनताहरु गतिशिल बनेको अवस्था भएपनि कांग्रेसका नेताहरुलाई ल्यापटपनि चलाउन नआउने उनको आरोप छ ।

post image

फागुन ८, काठमाडौं । सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । बुधबार संसदको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

उनले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे । ‘अमेरिका थाइल्याण्ड क्यानडाले वैधानिक ढंगले बेचबिखन गरेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं ?’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्ने, गरिब मुलुकका चेपाङ र तामाङले जेलमा बिताउनुपर्ने ?

जुन जुन विधि र ढाँचाबाट भए पनि नेपालमा गाँजालाई कानूनी मान्यता दिनुपर्ने सांसद खतिवडाले बताए । नेपालमा समातिएका गाजा नष्ट गरे पनि नेपालमै सिंहदरबार बैद्यखानाले गाजा बाहिरबाट किनेर ल्याउने गरेको पनि सांसद खतिवडाले बताए ।
post image

फागुन ८, काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ ।समिति स्रोतका अनुसार गरेको प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन ।

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको छ ।

समिमले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं-९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति सही छ । तर, समिमको जन्ममिति ०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं-१९ उल्लेख गरिएको छ ।

जिप्रकामा भएको ढड्डामा ०३० लेख्दा शुन्यमा भने केरमेट जस्तो बनाइएको छ । काठमाडौं महानगरका तत्कालीन उपप्रमुख विदुर मैनालीले नागरिकताका लागि गरेको सिफारिसमा पनि जन्ममिति ०३० साल असोज २४ गते स्थायी ठेगाना काठमाडौं-१९ नै छ ।

अझ शंकास्पद के भने जिप्रकामा भएको ढड्डा र समिमले पेश गरेको नागरिकताको फोटोकपी दुबैमा उनको नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छैन ।

 

post image

फागुन ८, काठमाडौं। बुधवार राष्ट्रिय सभामा सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी संगठनको संजाल ध्वस्त भइसकेको दावी गरेका छन्। तर, सांसदले भने गृहमन्त्री थापाले भने झै सुन तस्करीको संजाल ध्वस्त नभएको तर्फ गरेका छन्।

सांसद सरिता प्रसाईले बुधवार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् – ३३ किलो सुन पक्राउ गरेको कति भयो? कति मान्छे जेलमा छन्? कति मरिसके? धादिङमा प्रहरीले समातेको सुन राजश्व कार्यालय आइपुग्दा कसरी पित्तल भयो?  अझै पनि ठूलो माछा समात्न सक्नु भएको छैन।

सासदको जवाफ दिन रोष्टममा पुगेका थापाले उल्टै संसदलाई लक्षित गर्दै सोधे – ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको हो? मन्त्री वा राजनीतिज्ञलाई?

गृहमन्त्रीले त्यसपछि व्याख्या थाले, ‘ठूलो माछोको कुरा फेरि पनि आयो। ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको स्पष्ट भएन। ठूला माछा भनेर कहीँ मन्त्रीहरु वा राजनीतिक व्यक्तिलाई इंकित हो कि? स्पष्ट भएन। ३३ किलो सुनका लगानीकर्ता र अन्य व्यक्ति कठघरामा आएका छन्।’

सुन पित्तल भएको जवाफमा गृहमन्त्री थापाले धादिङमा पक्राउ परेको भनिएको सुन पित्तल भन्ने सूचना आएको बताए।

‘यो छानबिनमा छ। प्रहरीले सुन पक्राउ गरेपछि राजश्वमा बुझाउँछ’, गृहमन्त्री  थापाले भने, ‘प्रहरीले मुचुल्का गरेर बुझाएको। तर तामा हो भन्ने आएको छ। त्यो छानबिन चलिराखेको छ।’

post image

 फागुन ८, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् । बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

निर्मलाको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको ओलीले बताए । ओलीले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’ हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको उनले बताए । ‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ उनले भने, तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको समेत बताए । उनले भने ‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’

post image

फागुन ८, काठमाडौं। अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आउन लागेका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो । भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन् । नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । (रासस)

post image

 फागुन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको बताएका छन्।  बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए।

उनले निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए। ‘क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन,’ प्रधानमन्त्री ओलीले भने।

‘अकारण जनतालाई आतंकित बनाउने र अन्तर्राष्ट्रिय समुदायमा गलत सन्देश प्रवाह गर्ने, लगानी नआओस् भन्ने कुरा सरकारलाई  मान्य हुँदैन,’ प्रधानमन्त्रीले भने,‘यस्ता गतिविधिमा आवश्यक समयमा आवश्यक नियन्त्रण गरिनेछ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए। ‘केहीले हिन्दुत्वको आडमा  कोही जन्मजातै शासक हुने व्यवस्थाको सपना देखाइरहेका छन्,’ ओलीले भने, ‘२००७ सालमा भागेर दिल्ली गएका राजालाई डोकोमा बोकेर दु:ख पाएका जनताले फेरि त्यही गल्ती दोहोर्‍याउँदैनन्। यस्ता प्रतिगमनउन्मुख कुरामा पनि आवश्यक नियन्त्रण हुनेछ।’

मंगलबारमात्र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई २२ सुत्रीय मागसहितको ज्ञापन पत्र बुझाएका थिए।

post image

फागुन ८, काठमाडौं। सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ।

पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ।

रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री कार्यालयका रेश्मीराज पाण्डेलाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सूर्य गौतमलाई सचिवमा बढुवा गरि महालेखा नियन्त्रकको कार्यालयमा पदस्थापन गरिएको छ।

post image

 फागुन ७, काठमाडौं । दुई दिने भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली  सुदूरपश्चिम  प्रस्थान गरेका छन्।  मंगलबार दिउँसो  नेपाली सेनाको हेलिकप्टरमा धनगढी पुगेका प्रधानमन्त्री ओली आज उतै बस्नेछन्।

भ्रमणको क्रममा प्रम ओलीले डडेल्धुराको स्याउलेमा विद्युत स-स्टेशनको उद्घाटन गर्नेछन् भने डोटीको बोगटान-सहजपुर सडकको शिलान्यास गर्नेछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओलीले बुधबार सुदूर पश्चिमको प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

post image

 फागुन ७, काठमाडौं । सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई जिम्मेवारीबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकलले ठाकुरलाई खानेपानी व्यवस्थापनमा ‘असक्षम’ रहेको भन्दै हटाउने निर्णय गरेको हो।

ठाकुरलाई हटाइए पनि उनको ठाउँमा कसलाई पठाउने निर्णय भएको छैन।  यसबारे निर्णय लिन मन्त्रिपरिषदले मुख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएको एक मन्त्रीले बताए। ’ साधारणतया जिम्मेवारीबाट हटाइएका व्यक्तिलाई ‘जगेडा’मा राख्ने चलन छ।

सचिव ठाकुर सबैभन्दा बढी विवादमा तानिएको मेलम्ची खानेपानी आयोजनामा हो। मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छोडेर हिँडेपछि त्यसको दोष ठाकुरलाई लगाइने गरिएको थियो।

ठेकेदार कम्पनी सिएमसी भागेर मेलम्ची अन्योलमा परेसँगै मन्त्री बिना मगर र सचिव ठाकुरबीच  मनमुटाव बढेको थियो। मन्त्री मगर आफैंले सचिव हटाउन मन्त्रिपरिषदमा प्रस्ताव लगेको स्रोतको भनाइ छ। मन्त्री मगरकै सिफारिसमा ठाकुर खानेपानी मन्त्रालय पुगेका थिए।

ठाकुरले खानेपानी झार्न समय दिँदै टारिरहेका थिए। दसैं बित्यो, तिहार बित्यो तर मेलम्चीको पानी राजधानी झरेन। बरू, इटालियन कम्पनी काम छोडेर हिड्यो।

इटालियन कम्पनीले भूकम्प र नाकाबन्दीका बखत काम रोकिँदा भएको क्षतिपूर्ति रकम मागिरहेको थियो। मेलम्ची विकास बोर्डले ३५ करोड रुपैयाँ दिने निर्णय गरेको थियो। सो रकममा ताकेता गरेको सिएमसी भुक्तानी नपाएपछि कम्पनी नै टाट पल्टिएको भनी भागेको थियो।

post image

फागुन ७, काठमाडौं । राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न माग गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो ।

प्रम ओलीलाई मागपत्र बुझाएको केहि समयमै राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ। बालुवाटारबाट पार्टी अध्यक्ष थापा नयाँ बानेश्वर प्रदर्शनस्थल पुगेका छन् । प्रदर्शनमा राप्रपाले नैतिक तथा संस्कृत शिक्षालाई अनिवार्य गरियोस्, विभिन्न स्थानमा भएका पार्टीगत नियुक्ती र सरुवा बढुवा रोकियोस जस्ता नाराहरु लगाएका थिए।

के लेखिएको छ त मागपत्रमा

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रको बुँदानम्बर ७ (छ)मा लेखिएको छ, ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।’

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न पनि राप्रपाले माग गरेको छ । ‘राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस्,’ राप्रपाको मागपत्रमा लेखिएको छ ।

जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत राप्रपाले माग गरेको छ ।

धर्मनिरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।

post image

फागुन ७,  काठमाडौं । नेपाल इन्जिनियरिंग कलेजका शिक्षक तथा कर्मचारीहरुले गैरनाफामुलक रुपमा सञ्चालनमा रहेको कलेजलाई निजी बनाउन खुस खुवाउनेमाथि कारबाही गर्न माग गरेको छ । नेपाल इन्जिनियरिग कलेज शिक्षक तथा कर्मचारी संघर्ष समितिले संयुक्त विज्ञप्ति प्रकाशित गरी कलेजलाई निजीकरण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस खुवाउने कलेजका तत्कालिन अध्यक्ष लम्वोदर न्यौपानेसहितको समूहमाथि कारबाहीको माग राखेको हो ।

संयुक्त विज्ञप्तिमा शिक्षक संघर्ष समितिका संयोजक दुर्गाप्रसाद भण्डारी र कर्मचारी संघर्ष समितिका अध्यक्ष मनोहर खनालको हस्ताक्षर रहेको छ । कलेजको विषयमा समयसमयमा विभिन्न संचार माध्यमहरुमा आर्थिक अनियमिताबारे प्रकासित अडियो तथा भिडियोका समाचारहरुको सन्दर्भमा आफनो ध्यानाकर्षण भएको जनाउँंदै विज्ञप्तिमा कलेजका तत्कालिन अध्यक्षको हैसियतले सामाजिक संस्थालाई प्रालि बनाउन विभिन्न उच्च तहका पदाधिकारीहरुलाई आर्थिक प्रभाव तथा प्रलोभनमा पार्ने समूहमाथि कारबाहीको माग गरेको उल्लेख छ । यस्तो प्रकारको भिडियो सार्वजनकि भएसँंगै वास्तविक तथ्य छर्लंग भएको भन्दै विज्ञप्तिमा कलेजलाई बेची पैसा कमाउन खोज्नेमाथि कारबाही हुनुपर्ने माग राखिएको छ ।

कलेजर्लाइ निजी बनाई हडप्ने यस्तो दुराग्रह राखी गरेको षडयन्त्रले सिंगो नेपाल ईन्जिनियरिङ कलेज परिवार, नेपाल सरकार तथा देशकै साखमा आघात पुग्न गएको भन्दै विज्ञप्तिमा यसमा सरोकारवालाको ध्यानाकर्षण गरिएको छ । यही कुरालाई मध्यनजर गर्दै यस्ता कुकृत्य गर्ने–गराउने सम्वन्धित सबैलाई अविलम्ब कारवाहिको माग गरिएको छ । साथै यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलगायत जिल्ला प्रशासन कार्यालय भक्तपुर, कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर र पाटन उच्च अदालतका सम्बन्धित पदाधिकारीहरुलाईसमेत कारवाहिको दायरामा ल्याउन माग गरिएको छ ।

post image

फागुन ७ ,काठमाडौं  । आज  ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित प्रजातन्त्र दिवस मूल समारोहमा बिभिन्न उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो  ।   समारोहमा  राष्ट्रपति बिद्यादेबी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।

 सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो । समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो । समारोहमा  ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

 

post image

फागुन ७ ,काठमाडौं  । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् ।  प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा  नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्ने बाहेक अन्य भूमिका नपाएका जोशीले आज राजीनामा दिएका हुन्।

राणाभन्दा अगाडि प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहेका थिए। तर, चोलेन्द्र शम्शेर जबरा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको थियो। संसदीय समितिको सर्वोच्चतालाई आधार मान्दै नव नियुक्त प्रधान न्यायाधीशले उनलाई कुटनीतिक शैलीमा राजीनामाको बाटो देखाइसकेका थिए।

प्रधान न्यायाधीशमा प्रस्तावित जोशी साउन १९ गते संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए। त्यसपछि उनलाईलाई राजीनामा लागि दबाब दिइए पनि राजीनामा दिएका थिएनन्।

संवैधानिक परिषद्को बैठकले जोशीपछिका वरिष्ठ ओमप्रकाश मिश्रलाई प्रधान न्यायाधीशको लागि सिफारिश गरेको थियो। मिश्रपछि राणा प्रधान न्यायाधीश भएका हुन्। मिश्रले जोशीलाई मुद्दा हेर्न रोक लगाएका थिएनन्। जोशीले त्यही अवधिमा केही विवादित मुद्दाको सुनुवाई गरेका थिए।

उमेरका आधारमा आगामी जेठ सम्म उमेर हदका आधारमा उनको पदावधि बाँकी नै थियो।

post image

फागुन ७,कैलाली। कैलालीको त्रिनगर भन्सार नाकामा नागरिक सीमा साहायता कक्ष सञ्चालन भएको छ। भारत जाने नेपालीहरुको तथ्याङ्क संकलनका लागि सुदूरपश्चिम सरकारले सहायता कक्ष सञ्चालन गरेको हो।

सहायता कक्षको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उद्घाटन गरे पनि वैशाख१ गतेबाट मात्र सेवा सुरु हुने जनाइएको छ। सुदूरपश्चिमका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका छन्। हालसम्म कति नागरिक भारतामा छन् भन्ने यकिन तथ्याङ्क भने कसैसँग छैन।

मुख्यमन्त्री भट्टले सुरक्षा निकायसँगको समन्वयमा सीमामा नेपालीलाई हुने सास्ती कम गर्न र गुनासो तथा तथ्याङ्क संकलन गर्न सहायता कक्ष सञ्चालन गरिएको बताए।

post image

फागुन ७ ,काठमाडौं  । प्रधामन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका सामु केही नकारात्मक प्रवृत्ति अझैपनि प्रतिविम्वित भएको बताएका छन् । ६९ औँ प्रजातन्त्र दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्ने जस्ता गतिविधिहरु निन्दनीय भएको बताएका हुन् ।

राजनीतिक रङमा रङ्गिएका भएपनि नेपाललाई समृद्ध मुलुकका रुपमा स्थापित हुन नदिने कुनै पनि दुष्प्रयास किमार्थ पनि स्वीकार्य हुन सक्दैनन्,’ प्रधानमन्त्रीले भने, ‘यस्ता गतिविधि गर्नेहरु बिरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुन्छ, तिनिहरु विरुद्ध सख्त कानुनी कारबाही गर्छ । म फेरि एकपल्ट स्पष्ट पार्न चाहन्छु, मुलुकलाई पछाडि फर्काउने कुचेष्टा कसैले पनि गर्नु हुँदैन ।’

सरकार सञ्चालनको यस वर्षलाई आधार बर्ष भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आधारको रुपमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजनलाई सरकारले प्राथमिकता दिएको जिकिर गरे ।

अनेकौं आरोह–अवरोह पार गर्दै हामी संघीय लोकतान्त्रिक गणतन्त्रको आजको नविन युगमा प्रवेश गरेको बताउँदै प्रम ओलीले अबको यात्रा सुशासन र विकासतर्फको भएको बताए । ‘परिस्थिति बदलिएको छ, हाम्रा कामका प्राथमिकता पनि फेरिएका छन् । हाम्रो जिम्मेवारी पनि बदलिएको छ । निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अहिले गरिबी, वेरोजगारी, पछ्यौटेपन, विभेद र अविकासका विरुद्ध केन्द्रित भएका छौं ।

आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई विस्तार सुदृढ गर्ने  दिशामा अग्रसर छौं । सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नती गर्ने र सन् २०३० भित्र दिगो विकास लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । हामी हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गर्दै अवसरलाई गुम्न नदिन कटिवद्ध छौं,’ प्रधानमन्त्रीले भने । यतिखेर सरकार “समृद्ध नेपाल, सुखी नेपाली”को ध्येयका साथ आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

 

post image

फागुन ७,काठमाडौं  । पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले सोमबार आफूले संयुक्त राष्ट्रलाई पत्र लेखेको जानकारी दिएका छन् ।पाकिस्तानको टक शो एरी न्यूजसँगको कुराकानीमा कुरेसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो चुनावमा प्रयोग गर्नसक्ने ‘नकारात्मक रणनीति’बारे पनि पत्रमार्फत ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

उक्त पत्रमा आफूले संयुक्त राष्ट्रका महासचिवलाई भारत–पाकिस्तानबीच अहिलेको तनावलाई कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् ।उनले पत्रमार्फत् महासचिवलाई भारतले पाकिस्तानमाथि गर्नसक्ने आक्रमण र त्यसका सम्भावित नतिजाबारे पनि सचेत गराइएको बताए ।

साथै, विदेशमन्त्री कुरेसीले पुलवामा आक्रमणमा पाकिस्तानको संलग्नताको ‘कारवाही योग्य प्रमाण’ प्रस्तुत गर्न भनेको छ । उनले भने, ‘यदि भारतसँग त्यस्तो कुनै प्रमाण छ भने पाकिस्तानले इमान्दारीतापूर्वक छानबीन गर्ने बचन दिन चाहन्छौं ।’

फेब्रुअरी १४ तारिखमा भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजमाथि गरिएको आत्मघाती हमलापछि भारत–पाकिस्तानको सम्बन्धमा पुनः चिसिएको छ ।उक्त आक्रमणमा ४० बढी सैनिकको मृत्यु भएको छ । घटनाको जिम्मेवारी जैस–ए–मोहम्मदले लिएको छ ।

post image

फागुन ६,काठमाडौं  । काठमाडौँ –चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् । एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

सांसद सिंहभन्दा पछि बोलेका नेकपाका अर्का सांसद झपट रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा आफूले १ महिनाकै तलब  दिने घोषणा गरेका थिए ।

खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध‬–‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस् ।’

गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत बजारमा ल्याएपछि सत्तापक्ष र प्रतिपक्षका कार्यकर्ताहरु समेत पक्ष र विपक्षमा विभाजित देखिएका छन् ।

post image

६ फागुन, काठमाडौं । पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे ।

तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे ।विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।

सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे ।

विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट जनाउंदै सांसद रावलले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।

post image

फागुन ६, काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको छ। गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा…’ लाई लिएर प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको हो ।

सोमबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले  गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्। सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए। उनले दुईतिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे।

उनीभन्दा पछि बोलेका नेकपा सांसद झपट रावलले गायक शर्माले कांग्रेसको पक्षपोषण गर्न यो गीत गाएको दाबी गरे। ‘सुशील कोइरालाको सरकार हुँदा मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने गीत गाउने गायकले  केपी ओलीको सरकार हुँदा लुट्न सके लुट कान्छा भन्ने गीत किन गाए?,’ रावलले भने, ‘त्यस्तो गीत गाउने गायकलाई कांग्रेस सांसदले  २५ हजार पुरस्कार दिने घोषणाले यो गीत किन गाइयो भन्ने देखिन्न र!’

उनले गीत सरकारले युट्युबबाट हटाउन नलगाएको बताए। ‘यही गीत माननीयज्यूले गाउनुभयो भने म २५ हजार होइन एक महिनाको पुरै तलब दिन्छु,’ उनले भने।

यसअघि गायक शर्माको ‘लुट्न सके लुट कान्छा…’ भन्ने बोलको गीतका शब्दका विषय विवाद भएको थियो। राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।

post image

 फागुन ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ । आज बसेको बैठकले कार्यदलको मुल स्परिटबारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको हो ।

सचिवालयको सोमबार बिहान बसेको बैठकमा संयोजक रामबहादुर थापा बादलले प्रतिवेदन पेश गरेका थिए, जसमा थप कामका लागि निर्देशन माग गरिएको छ । तर, कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन नसकेकाले नेताहरु कार्यदलप्रति विश्वस्त छैनन् ।

बैठकले कार्यदलको मुल स्परिटबारे कार्यदल सदस्यहरुसँग कुरा गर्ने निर्णय गरेको छ । ‘उहाँहरुले आफैं विघटन गर्न कसरी सिफारिस गर्नु भनेर म्याद थप गर्न खोजेको हो वा साँच्चै काम गर्न खोजेको हो भनेर कार्यदल सदस्यहरुसँग छलफल गर्न खोजेका हौं’ एक सचिवालय सदस्यले भने ।

९ गतेको बैठकमा कार्यदल सदस्यहरुलाई बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

post image

फागुन ६, काठमाडौं । सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ ।  गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो ।

 सोमबार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ ।

टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको छ ।  मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत बैशाख १५ मुलुकभर नै एनालग टीभी बन्द गर्न भनेको थियो ।

सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारवाही गर्ने उनले चेतावनी दिए ।  एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ ।  तर, प्रत्येक सेट-टप बक्सको सेवा शुल्क फरक-फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता तिवारी बताउँछन् ।

यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दावी सरकारको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

पूर्णरुपमा डिजिटाइजेशन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजश्वमा पनि भारी वृद्धि हुने अपेक्षा छ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ ।  भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ । अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने अपेक्षा सराकारको छ ।

post image

फागुन ६, काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट प्रदेश-३ का एकमात्र प्रत्यक्ष निर्वाचित सांसद प्रेम तमाङ नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन्।फागुन १३ गते रसुवामा कार्यक्रम गरेर नयाँ शक्तिका सांसद तमाङ कांग्रेस प्रवेश गर्न लागेका हुन्।

गत निर्वाचनमा कांग्रेस र नयाँ शक्तिबीच रसुवामा तालमेल भएको थियो। प्रतिनिधि सभामा कांग्रेसका मोहन आचार्य विजयी भएका थिए भने प्रदेशमा नयाँ शक्तिका प्रेम तमाङ र कांग्रेसका प्रभात लामाले प्रत्यक्ष निर्वाचन जितेका थिए।

कांग्रेस सभापति शेरबहादुर देउवा तमाङलाई पार्टी प्रवेश गराउन रसुवा पुग्दैछन्।

post image

फागुन ६, काठमाडौं । गृह मन्त्रालयले विशिष्ठ व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, पूर्वमन्त्री लगायतका  सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको हो।

न्त्रिपरिषद बैठकको निर्णय अनुसार नै सुरक्षाकर्मी फिर्ता बोलाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा गत वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको थियो। तर केही पिएसओ मात्र फिर्ता भएका छन्।

हामीले तीन सयजति सुरक्षाकर्मी फिर्ता बोलाएका छौं। अब केही छिटफुट मात्र होलान्’ सुवेदीले भने।फिर्ता भएका सुरक्षाकर्मीलाई ड्यूटीमा खटाइएको छ। गृह मन्त्रालयले मन्त्रिपरिषद्बाट नै निर्णय गराएर भिआइपी व्यक्तिहरुको पिएसओ र अर्दली फिर्ताको तयारी गरेको थियो।

वर्षौँदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन्। पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी छन्।

post image

फागुन६, कैलाली। सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ लगिएको छ। छातीमा समस्या आएपछि  धनगढीको निसर्ग अस्पताल भर्ना गरिएका मल्ललाई त्यहाँ उपचार सम्भव नभएपछि राति करिब १२ बजेतिर नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ लगिएको हो।

निसर्ग अस्पताल प्रशासनले आइतबार बेलुका एक विज्ञप्ति जारी गरेर मल्लको अवस्था चिन्ताजनक रहेको जनाएको थियो। विज्ञप्ति अनुसार मल्लको रोग प्रतिरोधात्मक क्षमता अत्यन्तै कमजोर रहेको बताइएको थियो।

मल्ललाई महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारार्थ भर्ना  गरिएको र स्वास्थ्यमा क्रमिक सुधार आउन थालेको उनका प्रेस सहयोगी गजेन्द्रराज ओझाले जानकारी दिए।७१ वर्षीय मल्लको रगतमा सङ्क्रमण भएको र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम भएको जनाइएको छ।

post image

फागुन ६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले  भातृ संगठन एकताका विषयमा देखिएको विवाद मिलाउन नसकेपछि सचिवालय बैठक डाकिएको हो।

पौडेल नेतृत्वको कार्यदलले सहमति भएका र नभएका दुबै विषय समेटेर प्रतिवेदन बुझाएपछि शीर्ष नेताबीच छलफल हुन लागेको हो।

post image

फागुन ६, काठमाडौं । प्रधानमन्त्री कार्यालयले गरेको अनुगमनको पनि अनुगमनमा तोकिएको समयमा  सबैभन्दा धेरै कार्ययोजना पुरा गर्नेमा सबैभन्दा अगाडि परराष्ट्र मन्त्रालय रहेको छ । बितेको ९ महिनामा ५१ कार्ययोजना मध्ये परराष्ट्रले ६० प्रतिशत कार्ययोजना सम्पन्न गरेको छ भने ३२.३३ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ । यस्तै ७.६७ प्रतिशत कार्ययोजनाको काम सुरु भएको छैन ।

 धेरै कार्ययोजना सक्ने दोश्रोमा गृह र रक्षा मन्त्रालय रहेको छ । रक्षाले ५१.८५ प्रतिशत काम सम्पन्न गरेको छ भने र रक्षाले ५५.५५ प्रतिशत काम सम्पन्न गरेको छ । यद्यपी ९ महिने अवधिमा रक्षाको कार्ययोजना ९ मात्र रहेको छ भने गृहको ५४ कार्ययोजना थियो । यस्तै निर्वाचन आयोगले ५२.६३ प्रतिशत कार्ययोजना पूरा गरेको छ ।

त्यस्तै तोकिएको समयमा कार्ययोजना पूरा नगर्ने पहिलो नम्बरमा खानेपानी मन्त्रालय परेको छ ।  गत साउनदेखि माघ मसान्तसम्म ७ महिनामा १ सय १३ कार्ययोजनामा खानेपानी मन्त्रालयले ८९.३८ प्रतिशत काम सुरु नै गरेको छैन, ४.४२ प्रतिशत काम भइरहेको र ६.१९ प्रतिशत कार्ययोजना सम्पन्न गरेको प्रधानमन्त्री कार्यालयको आँकडा छ । समयमा कार्ययोजना सम्पन्न नगर्ने दोश्रोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परेको छ । स्वास्थ्य मन्त्रालयले ८४.४८ प्रतिशत कार्ययोजना नै सुरु गरेको छैन भने ८.६२ प्रतिशत काम भईरहेको ६.८९ प्रतिशत कार्ययोेजना पूरा गरेको छ ।

प्रधानमन्त्री कार्यालय स्वयम् पनि समयमा कार्ययोजना पुरा नगर्ने तेश्रो स्थानमा परेको छ । प्रधानमन्त्री कार्यालयले ८४ कार्ययोजनामा ७८.५७ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन । ७.१४ प्रतिशत कार्ययोजनाको काम भइरहेको छ भने १४.२८ कार्ययोजना पुरा गरेको छ । कार्यतालिका अनुसार काम नगर्ने मन्त्रालय अन्र्तगत चौथो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । यो मन्त्रालयले ७०.७३ प्रतिशत कार्ययोजना सुरु नै गरेको छैन भने २९.२६ प्रतिशत कार्ययोजना पुरा गरेको छ ।

गत साउनदेखि प्रधानमन्त्री कार्यालयले समय तालिका बनाएर मन्त्रालयहरुलाई काम छिटो गराउन अनुगमनको पनि अनुगमन गर्ने कार्ययोजना अघि सारेको थियो । सफ्टवेयर बनाएर मन्त्रालयले गरेको कामका आधारमा ‘रेटिङ’ अर्थात नम्बर दिने र सो को विवरण एप्लिकेशन मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नै हेर्न सक्ने व्यवस्था गरिएको थियो ।

सफ्टवेयरमा कार्ययोजना सुरु नभएकोलाई रातो, काम भइरहेकोलाई पहेलो र कार्ययोजना सम्पन्न भएकोलाई हरियो रंगको पाइचार्टमा समेटिने गरिएको छ । सफ्टवेयरमा क्रियाकलाप, माइलस्टोन, कार्यप्रगति विवरण तथा रेटिङ सेट गरिएको छ । मन्त्रालयले आफूले गरेको कामको विवरण पठाएपछि प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन तथा विश्लेषण शाखाले त्यसलाई सफ्टवेयरमा अपडेट गर्ने गरेको छ

 

 

 

post image

फागुन ५, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ। अध्यक्ष थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन्।

उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि सरकारलाई दवाव दिए। पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बूँदे माग सरकारसँग राखेको छ।

ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए। उनले सरकारलाई सो माग तत्काल पूरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गरे। फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने पनि अध्यक्ष थापाले बताए।

अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने पनि जानकारी दिए।

post image

फागुन ५, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले भने,‘यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।’

उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन् । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन् । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’

उनले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भिर अपराध भएको टिप्पणी गरे । उनले भने,‘भ्रष्टाचारीलाई कारबाही हुन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले अदालतमा पछिल्लो समय उज्यालो किरण देखापरेको बताए । तामाङले भने,‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु। अब कारबाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’

फरक प्रसँगमा उनले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले भने,‘स्वयम प्रधानमन्त्रीज्यूले पनि यो पहिलो वर्ष आधार वर्ष भयो भन्नुभएको छ । ऐन, कानुन बनायौं । जनताले भनेजस्तो रिजल्ट नआएको सत्य हो, तर सरकार असफल भयो भन्न मिल्दैन् ।’
उनले सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामू पार्टीले पुर्याउन नसकेको बताए । उनले भने,‘पार्टीको सांगठनिक एकताका काम अघि बढाउन नसक्दा सरकारले अघि बढाएका राम्रा कामहरुको प्रचार भएको छैन् । जनतासामु सरकारका कामहरु पुर्याउन सकिएको छैन् ।’

post image

फागुन ५, काठमाडौं । गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट‍. ले २ दिन मै हंगामा मचायो । सत्तारुढ नेकपा समर्थकहरुको आक्रोशित प्रतिक्रियापछि गायक शर्मौको उक्त गित युट्युब बाट हटाए ।

यसै सन्दर्भलाई लिएर नेपाली कांग्रेसले पशुपति शर्माको गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न नसकेको आरोप लगाएको छ। आज सरकारको एक वर्षे प्रगति विवरणबारे आफ्नो धारणा राख्न सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले उक्त आरोप लगाएका हुन्।

पशुपति शर्माको बारेमा कांग्रेसको धारणा सोधिएको प्रश्नको जवाफमा शर्माले भने, ‘एउटा गीतले पनि थरर काम्ने दुई तिहाइको कस्तो बलियो सरकार? यति भनौ यसमा सरकारले वाक स्वतन्त्रताको रक्षा गर्न सकेन।’

post image

फागुन ५, काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरूद्ध आन्दोलनरत सरकारी चिकित्सकहरूले आइतबार सामूहिक राजीनामा दिनेलगायतका सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। सरकारी चिकित्सक संघ, नेपाल (गोदान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक हप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रममा सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र त्यसो नभए आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरू गर्ने निर्णय गरिएको संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए।

प्रतिनिधिसभाबाट सो विधेयक आफूहरूको मागलाई सम्बोधन नगरी पारित भएको भन्दै भोलि (सोमबार) देशभरका चिकित्सकहरूले सो विधेयक सच्याउन सरकारलाई दबाब दिँदै स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्नेछन्।

मंगलबार माइतीघर मण्डलामा आफूहरूको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको पनि अध्यक्ष पाण्डेले बताए।

बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात सरकारलाई बुझाउन काठमाडौं भेला हुने तथा त्यसो गर्दा पनि आफूहरूको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरू गर्ने सरकारी चिकित्सकहरूले सरकारलाई चेतावनी दिएका छन्।

आफूहरूको वृत्तिविकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरूले दोस्रो चरणको सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।

post image

फागुन ५, काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि संसदीय सुुनुवाई समितिको बैठक बहिस्कार गरेको छ ।  संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनुवाइको विषयमा छलफल गर्न बसेको बैठक कांग्रेस सांसदहरुले बहिस्कार गरेका हुन् ।

कांग्रेसले संवैधानिक परिषदले प्रक्रिया नपुर्‍याई विभिन्न पाँच स‌ंवैधानिक आयोगका अध्यक्ष सिफारिस गरेको भन्दै यसअघि पनि संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेको थियो । कांग्रेसको बहिस्कारका बाबजुद आइतबार बसेको सुनुवाइ समितिको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा सिफारिस शान्तराज सुवेदीको फागुन ७ गते दिउँसो १२ बजे सुनुवाइ गर्ने निर्णय गरेको छ ।

सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले कांग्रेस सांसदहरु आफूलाई जानकारी नगराई अनुपस्थित भएको बताए । उनले फागुन ७ गतेको बैठकमा उनीहरुले बहिस्कार गरे पनि बहुमतले निर्णय गर्ने जानकारी दिए ।

१५ सदस्यीय सुनुवाइ समितिमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ४ जना सांसद छन् ।

post image

फागुन ५, वीरगंज। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मरणमा स्थापित ‘जिपी कोइराला फाउन्डेशन’को शाखा वीरगंजमा पनि उद्घाटन भएको छ।वीरगंज महानगरपालिकाले आदर्शनगरको पानी ट्याङ्कीस्थलमा कार्यक्रम नगर्न निर्देशन दिएपछि कांग्रेस पर्साले कार्यक्रमस्थल परिवर्तन गर्दै फाउन्डेशनको उद्घाटन गरेको हो।

फाउन्डेशनको शाखा उद्घाटन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई १२१ किलो फूलको मालाले भव्य स्वागत गरिएको थियो। स्वर्गीय कोइरालाकी छोरी तथा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाई स्थानीय कांग्रेस नेताहरूले उक्त माला लगाई स्वागत गरे।

कार्यक्रमको उद्घाटन गर्दै फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले पार्टीभन्दा फाउन्डेशन फरक कुरा भएको बताइन्। कोइरालाले आफू हाल फाउन्डेशनमै लागेको चर्चा गर्दै पार्टी भित्रको द्वन्द्व चिर्न तीनै जनता कोइराला परिवारका नेता एक ढिक्का भएर अघि बढिरहेको बताइन्।

उनले हालको केपी ओलीको दुई तिहाइको सरकार सस्तो लोकप्रियताको भएकाले भलो नहुने बताइन्।कांग्रेस महामन्त्री शशांक कोइरालाले गुटको सिकार बनेकाले पार्टी पछिल्लो चुनावमा नराम्ररी हारेको बताउँदै अन्तर्घात गर्नेलाई कारबाही गर्नुपर्ने बताए।

केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी अन्तरकलहमा फस्दै गएको बताए। कोइरालाले पार्टीभित्रको द्वन्द्व चिर्न तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए। ओली सरकारले भ्रष्टाचार तथा महंगीमा फसेको भन्दै आलोचना गरे।

post image

फागुन ३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताएका छन्। बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले भ्रष्टाचार गरोस्, कदापि मोलमोलाइ र छुट हुन्न।’

उनले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा मुलुकमा भ्रष्टाचार बढ्यो भनेर गलत प्रचार गर्नु दुःखद रहेको बताए। मन्त्री बाँस्कोटाले भने, ‘भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउँदा बढ्ने हैन, न्यूनीकरण हुँदै जान्छ, यसबाट भ्रष्टाचारोन्मुख व्यक्ति वा सचेत रहन्छ, भ्रष्टाचारीलाई सजायँ गर्दा भ्रष्टाचार न्यून हुँदै जान्छ।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीसमेतलाई भ्रष्टाचार आरोप नछाडिएको र अन्यका हकमा पनि शङ्का गर्नु नपर्ने स्पष्ट गरे। अर्को प्रसङ्गमा मन्त्री बाँस्कोटाले यस वर्ष शिलान्यासको वर्ष र संघीयता कार्यान्वयनसँगै अर्को वर्ष उद्घाटनको वर्ष आउने बताउँदै सडक, पुल, रेलजस्ता ठूलाठूला परियोजना शुरु भइसकेको जानकारी दिए।

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारको उपलब्धि ‘शून्य’ भन्नेको हेर्ने, देख्ने, बुझ्ने र व्यक्त गर्नेमा नै शून्यता रहेको बताए। ‘हामी चार वर्षपछि जनताको मूल्याङ्कन मात्रै स्वीकार्छौँ’ उनले भने।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको बनेपा नपा–११ नागीडाँडामा प्रस्ताव गर्न खोजिएको विमानस्थल बनाउन आन्तरिक गृहकार्य भइरहेको बताउँदै भने, ‘नागीडाँडामा एयरपोर्ट बनाउने विषयमा सम्बन्धित निकायमा दबाब दिइरहेका छौँ, यहाँ नभए अन्यत्र विकल्प खोज्नेछौँ।’

कार्यक्रममा प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईं, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहालले आफ्नो अवधिमा जनतासँग गरेका वाचा पूरा गर्न जनताको मालिक भएर हैन, सेवक भएर काम गर्ने स्पष्ट गरे। रासस

post image

फागुन ३,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, यो एक वर्षमा जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’

 उनले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’ त्यस्तै उनले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाए । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गरे । महतले भने,‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभुमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उनको आरोप छ । उनले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’
महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनुभुति गर्न पाएका छैनन् ।’
संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उनको सुझाव छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उनले आरोप लगाए । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’–महतले भने ।

भेनेजुयला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उनले भने,‘भेनेजुयलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुयलामा लाखौं गुणा मुल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’उनले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति जनाए । उनले भने,‘देश चलाउने भनेको पार्टी चलाएकोजस्तो होईन् । देशको फाईदा हेर्ने हो । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो । अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन् ।’

फरक प्रसँगमा उनले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भत्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गरे । उनले भने,‘यो बेरोजगार भक्तालाई सरकारले कार्यकर्ता भक्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिए ।

post image

फागुन ३, काठमाडौं । भ्रष्टाचार प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्। उनले राष्ट्रपति समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

केही समय अघि राजीनामा बोकेर उनी आफैँ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। उनको राजीनामा दर्ता नं. ११४७ रहेको राष्ट्रपति कार्यालय स्रोतले बतायो।

अख्तियारजस्तो संवैधानिक अंगमा रहेको व्यक्तिमाथि कारवाहीको पहिलो प्रक्रिया भनेको महाअभियोगको कारवाही हो । तर, पाठकले महाअभियोगबाट जोगिनलाई अगाडि नै राजीनामा दिएका छन् ।

तर, यसवीचमा राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेको अवस्थामा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने स्रोतको भनाइ छ । राजीनामा स्वीकृत भएको अवस्थामा चाहिँ पाटकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।

post image

 फागुन ३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई महाअभियोग लगाउन विवेकशील नेपाली दललेमाग गरेको छ । भक्तपुरमा इन्जिनियरिङ क्याम्पस खोल्ने विषयमा पाठकले घुस लिएको खुल्ने भिडियो नै सार्वजनिक भएको समाचारहरु सार्वजनिक भएपछि विकेशील नेपालीले उनलाई महाभियोग लगाउन माग गरेको हो ।

शुक्रबार विज्ञप्ति जारी गरी उक्त दलले उनलाई राजीनामा दिन लगाउने नभई महाभियोग लगाउन संसदसँग माग गरेको हो । ‘अहिलेसम्मको अभ्यासलाई हेर्ने हो भने, यस्ता घटनाहरुमा आरोपितलाई राजीनामा दिन लगाएर विषयलाई त्यतिकै सेलाउन दिने गरिँदै आएको छ । जबसम्म यस्ता अभ्यास बसिरहन्छन् तबसम्म सुशासन स्थापित हुन सक्दैन, राजनैतिक सुसंस्कारको थालनी हुन सक्दैनु प्रवक्ता मिलन पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै उक्त घटनाको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली चार महिनाअघि नै जानकार भए पनि केही कारबाही अगाडि नबढाउनुले यस्ता विषयमा प्रधानमन्त्रीको पनि संलग्नताको आशंका रहेको विवेकशील नेपाली दलले बताएको छ ।

भ्रष्ट्राचारीको अनुहार नै हेर्दिनँ भन्ने प्रधानमन्त्रीले चार महिनादेखि यो विषय गुपचुप राखेको भन्दै विवेकशील नेपालीले यस बीचमा घटना तुहाउन के के तानाबाना बुनिए सबै सार्वजनिक गर्नुपर्ने माग गरेको छ ।

post image

फागुन ३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसंग बिहीबार साँझ टेलिफोनवार्ता गरेका छन्। प्रम ओलीले फोनमार्फत भारत-शासित कश्मिरमा सरकारी सुरक्षा फौजमाथि भएको हमलाको भर्त्सना गरेका हुन् ।

कश्मिरको श्रीनगरबाट  करिब २० किलोमिटर टाढा बिहीबार भएको आक्रमणमा कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ। राजमार्गमा गुडिरहेका सैनिक गाडीहरूलाई लक्ष्य गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

प्रधानमन्त्री ओलीले आफ्नो ट्विटरबाट दिएको जानकारीअनुसार उनले भारतीय प्रधानमन्त्री मोदीसमक्ष घटनामा मारिएका सुरक्षाकर्मीप्रति समवेदना र परिवारप्रति सहानुभूति प्रकट गरेका छन्। परराष्ट्र मन्त्रालयले बिहीबारै प्रेस विज्ञप्ति प्रकाशित गरी सबै किसिमका आतंकवादी हमलाको नेपालले सधैं भर्त्सना गर्ने जनाएको छ।

उता, इस्लामिक समूहका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमहरूलाई प्रेस विज्ञप्ति पठाएर घटना पुष्टि गरेका छन्। भारतीय सैनिकलाई लक्ष्य गरी भएको आत्मघाती आक्रमण ‘वाकास कमान्डो’ भनिने आदिल अहमदले गराएको र उनी जैस–ए–मोहम्मद इस्लामिक समूहका लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ।

यो कश्मिरमा भारतीय सुरक्षाकर्मीमाथि सन् १९८९ यताको सबैभन्दा ठूलो आक्रमण भएको बिबिसीले जनाएको छ।

post image

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू वौद्धिक उचाईसँग हैरान भएको बताएका छन् ।  बिहिबार जनताको जलविद्युत् आयोजना शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले आफ्नो धारणा र योजनालाई नकारात्मक टिप्पणी गर्नेहरु र प्रत्येक योजनाको आधार खोज्ने बौद्धिक जमात रहेको भन्दै उनीहरुको ‘उचाई’का कारण हैरानी भएको बताएका हुन् ।

आफूले नेपालीहरुको सुख प्राप्तिका लागि यस्तो योजनाहरु अघि सारे पनि सुख प्राप्तिका आधार खोज्ने गरेको भन्दै टिप्पणी गर्न बौद्धिक जमात आतुर रहेको बताए । नेपालीहरु सबै चीज भएर पनि गरीब रहेको भन्दै आफूले सुख प्राप्तिको साझा आकांक्षाका लागि काम गरिरहेको बताए । तर सुख प्राप्तिका साझा आकांक्षाको कुरा गर्दा पनि कतिपय बौद्धिक उचाई भएकाहरुलाई आधार चाहिएको भन्दै उनीहरुसँग हैरान बनेको बताएका हुन् ।

‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ सुरु भएको जनताको जलविद्युत् आयोजनाले अब देशको काँचुली फेर्ने पनि दाबी गरे । यो जनताको साझा कार्यक्रम भएकाले यसले सफलता हासिल गर्ने पनि उनले दाबी गरेका छन् ।

अबको ३५ दिन अर्थात् चैत ७ गतेबाट जलविद्युत्को शेयर खुल्ने भन्दै पहिलो शेयर खरिद आफूले गर्ने पनि घोषणा गरे ।  उर्जा मन्त्रालयले बिहिबार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गर्दै बैंकले दिने ब्याज बराबरको ब्याजसमेत दिने गरी जनताको लगानीबाट आयोजना बनाउने घोषणा गरेको हो ।

३ हजार ५ सय मेगावाट क्षमताको १९ वटा आयोजना निर्माणमा झण्डै ७ खर्ब खर्च हुने भन्दै त्यसको ३० प्रतिशत रकम जनताको लगानीबाट उठाउने घोषणा गरेको हो । जनताले शेयरमा गर्ने लगानी भने जम्मा १ खर्ब २ अर्ब रुपैयाँ रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

post image

 फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा इतिहासमै कहिल्यै नभएको काम भएको दाबी गरेका छन् । जनताको जलविद्युत कार्यक्रमको शुभारम्भ गर्दै उनले भने, ‘यो एक वर्षमा इतिहासमा कहिल्यै नभएको गतिका साथ काम भएको छ, उपलब्धी भएको छ ।’

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्षमा भएको कामको फेहरिस्त सुनाउने उनले बताए ।यो पहिलो वर्षलाई सरकारले आधार वर्ष मानेको भन्दै उनले भने, ‘यस्तो मजबुत आधार बनाएको छ कि २/४ तले होइन, हजार तले घर बनाए पनि थाम्छ ।’

post image

२ फागुन, लमजुङ। नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराईले लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको आरोप लगाएका छन ।बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने ‘कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?’

आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरुको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको दाबी गरेका छन् । बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, ‘इतिहासको कथा सुनाएर विकास हुँदैन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।’

आउँदा केही दशकहरु असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पिछडिने उनको तर्क थियो ।

‘क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरु सत्तामा पुगेपछि विचलित हुने रहेछन्’ उनले भने, ‘आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनता विरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।’

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो । ‘असल राजनीति अर्थात् राजनीतिलाई सफा गर्ने कुरा कुनै अलौकिक कुरा होइन, यो लोकतन्त्रलाई बलियो बनाउने कुरा हो र नागरिकको भूमिकालाई बलियो बनाउने काम हो,’ उनले संविधान निर्माणका प्रसंगहरु स्मरण गर्दै भने, ‘संविधानमा हामीले स्थानीय तहका २२ वटा अधिकार लेखेकै छौं । यस्तो अभ्यास संसारमा कतै पनि छैन ।’

post image

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह देशवासीका नाममा सम्बोधन गर्दैछन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दिउँसो ४ बजे सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सरकारले पहिलो बर्षमा सम्बृद्धिका लागि आधार तयार गरेकाले पहिलो बर्षलाई आधार वर्षका रुपमा लिँदै दोस्रो वर्षलाई कामको ‘गियर चेन्ज’का रुपमा अगाडि बढाउने तयारी गरेको छ ।

गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका ओलीले एक वर्षमा गरेका विकास निर्माण, संविधान कार्यन्वयन, सुशासन लगायतमा गरेका कामहरुको सूचीको फेहरिस्तसमेत सार्वजनिक गर्ने भएका छन् ।

post image

फाल्गुन २, ललितपुर।  सरकारले पानी जहाज कार्यालय स्थापना गरेको छ । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ ।

ललितपुरको एकान्तकुनामा प्रधानमन्त्री केपी ओलीले बिहीबार पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् ।

कार्यालयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ । सोही कार्यालयले पानी जहाज सञ्चालन सम्बन्धी काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

post image

फागुन १, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ।

 बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाइन्।

उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरिन्। उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी पनि गरिन्।

post image

फागुन १, काठमाण्डौं । सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । अब सरकारले आफ्ना नागरिकलाई न्युनतम् सय दिन रोजगारीको ग्यारेन्टी गर्नेछ र नभए निर्वाह भत्ता दिनेछ ।सरकारको उद्देश्य रोजगारी दिने भएकाले निर्वाह भत्ता पाउने मापदण्ड निकै कडा बनाइएको छ । सरकारले तोकेको मापदण्ड पूरा नगर्ने व्यक्ति बेरोजगार भए पनि उसले निर्वाह भभत्ता पाउँदैन ।

 प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएसँगै पहिलो काम बेरोजगारहरूको तथ्यांक संकलन हुनेछ । संसदको वर्षे अधिवेशनले ‘रोजगारीको हकसम्बन्धी ऐन ०७५’ र त्यसको नियमावली अनुसार ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगार संयोजकका लागि २ हजार २५९ जनाको सर्ट लिष्ट मन्त्रालयले तयार गरेको छ । मन्त्रालयले ७५३ तहका लागि प्रतितह (अधिकृत र नासु सरह) ३ जनाका दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिष्ट तयार गरेको हो । उनीहरु मध्येबाट ७५३ जना रोजगार संयोजक नियुक्त गरी सबै स्थानीय तहमा खटाउने मन्त्रालयले जनाएको छ ।

रोजगार कार्यक्रम अन्तर्गत एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके १ सय दिनकै निर्वाह भत्ता जनाइएका छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका अनुसार परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवार भएमा, परिवारको कुनै सदस्य स्वरोजगार नभएमा या परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा मात्रै निर्वाह भत्ता दिइनेछ । सरकारले चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गर्ने गरी काम अघि बढाइसकेको जनाएको छ । सूची तयार भएपछि २०७६ असार २६ गतेभित्र बैंकमार्फत भत्ता दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको मन्त्री विष्टले बताउनुभयो । कार्यक्रम मार्फत न्यूनतम तलबको ५० प्रतिशत भत्ता दिइने मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रमका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तथ्यांक विभागका अनुसार हाल १५ वर्ष वा त्यसभन्दा माथिको उमेरका व्यक्तिको संख्या अर्थात श्रमशक्ति करिब १ करोड १८ लाख छ ।

सेवा केन्द्रले स्थानीय तहभित्रका बेरोजार नागरिकलाई सूचीमा आवद्ध हुन निश्चित समयसीमा दिएर आहृवान गर्नेछन् । त्यसकै आधारमा बेरोजार युवाले सरकारलाई ‘म बेरोजगार छु’ भन्ने सूचना दिनेछन् । स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक समावेश हुनेछन् ।

रोजगार सेवा केन्द्रले बेरोजगारको सूचीसँगै आफ्नो क्षेत्रमा रहेका रोजगारदाता र सरकारी स्तरका रोजगार सम्भास्य विकास आयोजनाको तथ्यांक पनि संकलन गर्नेछन् । सरकारको खर्चबाट बनिरहेका आयोजनाले आफूलाई चाहिने जनशक्तिबारे स्थानीय तहलाई जानकारी दिनुपर्नेछ ।

post image

फागुन १, काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा अध्यक्ष कपी शर्मा ओलीको  बचाउ गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रम ओली कार्य व्यस्तताका कारण जनयुद्ध दिवसको कार्यक्रममा सहभागी  हुन नपाएको भन्दै बचाउ गरेका हुन् ।

उनले सरकार गढनको वर्षदिन पुगेको अवसरमा केही जरुरी काम भएका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसकेको स्पष्ट परे। ‘जनयुद्ध दिवसको कार्यक्रम दुवै अध्यक्षको सल्लाहमा तय भएको हो’, उनले भने, ‘सरकारको वर्षदिनको अवसरमा केही नगरि नहुने काम भएकाले उहाँ (ओली) कार्यक्रममा सहभागी हुन सक्नुभएन्।’

अध्यक्ष प्रचण्डले मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र जनयुद्ध र विद्रोह थालेको दिन संयुक्त रुपमा मनाउनु ऐतिहासिक परिघटना भएको बताए।

post image

फागुन १, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा क्रान्ति अवस्यम्भावी रहेको बताएका छन् । २४ औं जनयुद्ध दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विप्लवले यस्तो बताएका हुन्  ।

विप्लबले जनता, सहिद परिवार, वेपत्ता परिवार, घाइतेहरुको स्मरण गर्दै जनयुद्धको सपना र आदर्शलाई एकीकृत जनक्रान्तिले पूरा गर्ने जनाएका छन् । उनले नेपाली क्रान्तिकारीहरुको भविष्य उज्ज्वल रहेको भन्दै क्रान्ति निश्चित भएको बताएका छन् ।

‘तसर्थ महान सहिद, वेपत्ता, योद्धा परिवार, जनमुक्ति सेना,जनता, सच्चा लोकतन्त्रवादी, गणतनत्रवादी, बुद्धिजीवी, राष्ट्रिय पुँजीपति वर्गलाई कहिल्यै नटुटनेगरी हातेमालो गर्दै बैज्ञानिक समाजवाद र साम्यावदतर्फ अघि बढौ भन्ने अपिल गर्न जनययुद्ध दिवसका अवसरमा गर्दर्छौ’ विप्लवले जारी गरेको शुभकामना विज्ञप्तिमा उल्लेख छ ।

 

post image

फागुन १, काठमाण्डौं । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसअघि माओवादीले जनयुद्ध दिवस मनाएपनि तत्कालीन एमालेसँगको एकीकरण पछि बनेको नेकपाले ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ नाम राखेर कार्यक्रम गर्न लागेको हो । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मूख्यालयमा विहान साढे १० बजे हुने विशेष कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल सहभागि हुने नेकपाले जनाएको छ ।

 महासचिव विष्णु पौडेलले केही दिनअघि फागुन १ मा कार्यक्रम गर्न पार्टी केन्द्रदेखि तल्लो तहसम्म सर्कुलर गर्नुभएको थियो । सोही अनुसार पार्टी केन्द्रीय कार्यालय र जिल्ला, प्रदेश एवं जनवर्गीय संगठनहरूले कार्यक्रम राखेका छन् ।  एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो । एकताको पहिलो वर्ष भएकाले फागुन १ मा कार्यक्रम गर्ने कि नगर्ने भन्ने नेकपाभित्र विवाद थियो । तत्कालीन माओवादी धारका नेताले जनयुद्ध दिवसलाई विगतकै शैलीमा मनाउनुपर्ने माग राखेका थिए । माओवादी धारका भ्रातृ संगठनहरूले आ–आफ्नो तवरले कार्यक्रम घोषणा गर्न थालेपछि नेकपाले विगतको नारा बदलेर कार्यक्रम आयोजना गरेको हो ।

तत्कालीन माओवादीले संसदीय शासन व्यवस्था विरुद्ध २०५२ फागुन १ गतेबाट सशस्त्र संघर्ष थालेको दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवश मनाउँदै आएको थियो । सशस्त्र द्धन्द्धका क्रममा झन्डै १७ हजारको मृत्यु, करिब एक हजार ५ सय बेपत्ता र ८० हजार विस्थापित भएका थिए ।  यसैबीच मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरूले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रक्रिया सच्याउन आग्रह गरेका छन् । एमनेस्टी इन्टरनेसनल, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायलाई पहिले जसरी त्रुटिपूर्ण ढंगले अघि नबढाउन आग्रह गरेका हुन् ।

post image

माघ २९, चितवन।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको नेतृत्वले आफ्नो दायित्व पुरा गर्न नसकेकोले राजीनामा दिएको बताएका छन्।आज चितवनको भरतपुर बिमानस्थलमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

यही माघ १० गते नै समय अवधि सकिइसक्दा पनि  एउटा पनि प्रभावकारी काम गर्न नसेकेकोले राजीनामा दिएका र नैनसिंह महरको नेतृत्वमा गरिएका सवै सिफारिसको कुनै अर्थ नरहने पौडेलले स्पष्ट पारे।

 उनले अब छिट्टै कांग्रेसको केन्द्रिय कमिटीले नेविसंघको नयाँ नेतृत्व चयन गर्ने जानकारी दिए। नेता पौडेलले नेविसंघको विधानमा कसैलाई तोकेर चिठ्ठीमार्फत चयन गर्ने परिपाटी नभएको र यसरी काटिने चिठ्ठीको कुनै अर्थ नहुने दाबीसमेत गरे। नेता पौडेलले वर्तमान सरकार गतिहिन भएको आरोप लगाउदै जनताको आशा निराशामा परिणत गरेको आरोप पनि लगाए।

post image

 माघ २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भिर आरोप लगाए । उनले भने,‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’ उनले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गरे ।

 उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे । उनले भने,‘राजतन्त्र फर्किन सक्छ ।’ राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गरे । उनले भने,‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए । उनले भने,‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हेर्यौं भने मौका खेर फालेको पाईन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शुन्य छ।’

व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । उनले भने,‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उनको आरोप छ ।

post image

माघ २९, काठमाडौं। अस्थायी करार शिक्षक राष्ट्रिय संघर्ष समिति द्वारा आज काठमाडौँमा र्यालीको आयोजना गरिएको छ । काठमाडौँको भद्रकालीबाट सुरु भएको र्याली बानेश्वरस्थित संसद भवन अगाडी गएर समाप्त भएको थियो ।

अस्थायी करार शिक्षक राष्ट्रिय संघर्ष समितिले केहिसमयदेखि आफ्ना बिबिध माग राख्दै विभिन्न आन्दोलनका कार्यक्रम, र्याली र नाराबाजी गर्दै आएको छ ।र्यालीमा शिक्षकको माग पुरा गर , आइएलओ को नियम पालना गर , शिक्षकहरु एक हौँ लगायतका नारा लगाइएको थियो ।

 आज आयोजित र्यालीमा बोल्दै र्यालीका प्रमुख अतिथी पुनरुत्थानवादी शक्ति नेपालका नेता सेखरजंग रायमाझीले अस्थायी तथा करार शिक्षकहरुलाई आफुहरुले न्याय तथा अधिकार दिलाएरै छाड्ने प्रतिबद्दता जनाउनुभयो । यी कथित लोकतान्त्रिक शासकहरुले अटेरी गरे देशभरबाट पुनरुत्थानवादी शक्तिले लाखौँ लडाकु खडा गरी यो निर्मम बर्बर सत्तालाई अपदस्त गर्ने नेता रायमाझीले चेतावनी दिनुभयो ।

त्यस्तै पुर्वराजा ज्ञानेन्द्र शाहलाई आफुले भेटेर शिक्षकहरुको रोजगारी बचाईदिन र यो अन्यायबाट जोगाउन पनि आग्रह गरेको नेता रायमाझिले बताउनुभयो ।

 

post image

माघ २९, काठमाडौं। राष्ट्रिय सभा सदस्यले ट्याक्सी चालकहरूले खुलेआम ठगी गरिरहेको आरोप लगाएका छन्।  मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सदस्य रामलखन चमारले अहिले पनि ट्याक्सी चालकलाई नियमन गर्न नसकिएको भन्दै आरोप लगाएका हुन।

भ्रस्टाचारलाई शुन्यमा पुर्‍याउने भनेता पनि त्यो विफल हुँदै गइरहेको चमारले बताए।  ‘हामीले भ्रष्टाचारलाई शून्यमा पुर्‍याउन भनिरहेका छौं,’ बैठकमा बोल्दै उनले भने हिजोकोमात्र घटना हो, म कलंकी झरे ४ बजे रातिमा। त्यहाँ थुप्रै मान्छे लाइनमा थिए तर कुनै पनि ट्याक्सी लाइनमा जान मानेन। १ घण्टासम्म १०० नम्बरमा डायल गर्छु फोन लाग्दैन, कलंकीको ट्राफिक कार्यालयमा फोन गर्छु, फोन लाग्दैन।  म पनि लाचार भएर ड्राइभरले भने अनुसार पैसा तिरेर आफ्नो डेरामा आइपुगें, यो के हो? मिटर के को लागि? यसलाई कसले नियमन गर्ने?’

उनले खुलेआम यसरी ठगी भएता पनि नियमन पाटो भने फितलो भएको बताए। उनले सुलभ ऋण दिने सरकारको योजना स्वागतयोग्य भएता पनि  बैंकले ऋण दिन्छ कि दिँदैन त्यसबारे ध्यान दिनुपर्ने जनाए।

उनले गरिब विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने निर्ब्याजी ऋणबारेमा पनि बैठकमा कुरा उठाए।

उनले भने, ‘गरिब विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्नको लागि निर्ब्याजी ऋण बजेटमा आइरहेको छ तर शिक्षा मन्त्रालयले कहिले कार्यविधि बनाउँछ, कहिले गरिब विद्यार्थीले ऋण पाउँछन्? यसको सदनमा जानकारी गराइयोस्।’

post image

 माघ २८, बुटवल । सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले राम्रा कामहरु गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री बास्कोटाले सरकारले केही काम गर्न नसकेको भन्ने भ्रम फैलाउने काम भइरहेको गुनासो गरे ।

मन्त्री बाँस्कोटाले मिडियाले सरकारका राम्रा कामहरुबारे नलेखेको गुनासो गरे । ‘मिडियाले पनि राम्रा काम देखाउँदैनन् खाली नकारात्मक काममात्रै देखाउँछन्, खेदाइको पनि सीमा हुन्छ नि’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘काग कराउँदै गर्छ पिना सुक्दै जान्छ भनेझैं  सरकार हल्लाको पछि नलागी आफ्नो गतिमा अघि बढेको छ ।’

सरकारले प्रेसलाई नियन्त्रण र संकुचित बनाउने नभई नियमन र मर्यादित बनाउन खोजेको उनले बताए । पूर्ण प्रेस स्वतन्त्रता विश्वका कुनै देशमा नभएको भन्दै उनले पूर्ण प्रेस स्वतन्त्रताको कुरा गर्नेले राज्यबाट केही लिन हुन्न भन्ने मान्यता पनि छ भन्ने नर्बिसन स्मरण गराए ।

पत्रकारहरुको माग अनुसार नै समानुपातिक विज्ञापन नीतिसहितको सञ्चार ऐन ल्याउनुका साथै सातै प्रदेशमा ५० लाख बजेट दिएर सञ्चारग्राम बनाउने तयारीमा सरकार रहेको उनले बताए ।

मन्त्री बास्कोटाले विपक्षी दलतर्फ लक्षित गर्दै लोकतन्त्र कसैको बपौति नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई इंगित गर्दै उनले कम्युनिस्ट नामसँग नतर्सिन आग्रह गरे । सत्ता गुमेको पीडामा लोकतन्त्रमाथि खतरा भएको, प्रेस स्वतन्त्रता हनन गर्न लागेको जस्ता अनेक हल्ला चलाइएको उल्लेख गरे ।

post image

माघ २८, काठमाडौं। सरकारले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गते भव्यताका साथ मनाउने भएको छ। प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको हो।

फागुन ७ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन्। उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा रहने सो कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।

त्यसैगरी समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ। प्रधानमन्त्री ओलीको अध्यक्षमा गठित मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिए।

यसै अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली मनाउने र विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय पनि गरिएको गृह सचिव राईले बताए।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको जानकारी दिए। उनले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएको बताए।

post image

माघ २८, काठमाडौं। नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको बताइएको छ।  काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ । तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन ।

 नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भंग हुनेछ । माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए ।

 

post image

माघ २८, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्ने दावी गरेका छन्। सोमबार सिराहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएकी हुन् ।

प्रचण्डले मधेसको विकास गरेर मात्र मधेसी जनताको भावनालाई सम्बोधन गर्न सकिने बताए। मधेको विकासका लागि आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरेको भन्दै उनले दुवै अध्यक्ष मधेसको विकासका पक्षमा एकमत रहेको दावी गरे।

अध्यक्ष प्रचण्डले उत्पीडित वर्गले पाएको अधिकार प्रयाप्त नभएको र त्यसलाई संविधान संशोधन मार्फत हल गर्दै लैजाने बताए। नेकपाको सरकार बनेपछि आफू, प्रधानमन्त्री र उपेन्द्र यादवसहित संविधानलाई आवश्यकता अनुसार संशोधन गर्दे लैजाने विषयमा सहमति भएको उनले जनाकारी दिए।

आफू भूमिगतकालदेखि नै सिरहाको नजिक रहेको बताउँदै मधेसी जनजाति लगायतको बाहुल्यता रहेको स्थानबाट निर्वाचन जितेर जनप्रतिनिधि बन्ने अवसर समेत आफूलाई प्राप्त भएको उनले स्मरण गरे।

सिराहालाई आपको जोन घोषणा गर्ने र धानको सुपरजोन  घोषणा गरेर अगाडि बढ्न सहयोग गर्ने बताए।

post image

माघ २८, काठमाडौं। सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो।

एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो।

“सानी छोरीले गीत गाउँछिन् अब”, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थालिन्।

जन्मेर कोखमा कसैको

हुर्कन्छ काखमा कसैको

भाग्यको लेखा कस्तो

भावीले के लेखिदियो ।

ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भने, “मान्छेहरुलेनै हो गलत काम गर्ने र गरिब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ।”

त्यसकारण विधिले होइन, तिमीलाई म अर्को गीत लेखिदिन्छु, त्यो गाऊ। सोनीले मुन्टो हल्लाइन्।

“अब अर्को गीत गाउन,” उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गरे।

फेरि कहाँ आउँछ घुमेर

यो बालापनको उमेर।

गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिए। यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्को रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु गाइन्।

यही धर्तीमा जन्मेँ यही धरतीमा हुर्केँ

तर म अटिनँ।।

एक्लै छाडी काहाँ गयौ बाबा

तर मलाई लगिनौँ

प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो। उनले बालबालिकालाई सङ्केत गर्दै भने, “अरू कसैले उनलाई च्यालेञ्ज गर्छ।” करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गरे।

यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो। उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले।

प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वर्ल्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन। तर प्रधानमन्त्रीले एक्कासी कार्यक्रमलाई सङ्गीतमय पारे।

उनले बालबालिकासामु फेरि सोधे, “अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ” गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे। बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत भए। एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भने, “मैले बनाउन बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ।”

उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे। प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनीषा विकले पनि अर्को नृत्य देखाए।

बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहेकी प्रधानमन्त्री पत्नी राधिका शाक्यको मन मानेन र कार्यक्रमकै बीच शाक्यले घोषणा गरिन्, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु।

शिक्षा सदनले गरेको काम असाधारणः प्रधानमन्त्री

वर्ल्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताए।

स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ।”

“उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,” प्रधानमन्त्रीले थपे।

राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उनले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको संज्ञा दिए।

यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएको बताए। केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उनले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताए।

सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिए। सम्मानले महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उनको भनाई थियो।

योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उनले भने, “कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ।”

कार्यक्रममा वर्ल्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गरे। उनले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिए। रासस

माघ २८,  काठमाडौं। नेपालस्थित उत्तर कोरिया का नवनियुक्त राजदूत जो योङ मनले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार सिंहदरबारमा भएको भेटका अवसरमा सभामुख महराले नेपाल र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डिपिआरके) बीचको कूटनीतिक सम्बन्ध साढे चार दशक पुगिसकेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र सुमधुर रहेको बताए ।

विश्व शान्ति स्थापनाका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँको नेतृत्वले थालेको वार्ता, संवाद र कूटनीतिक पहल निकै सह्रानीय रहेको भन्दै सभामुख महराले विश्व शान्तिको अभियानमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।

‘प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र त्यहाँका सर्वोच्च कमाण्डर किम जोङ उनको कुशल पहलकदमीबाट विश्व शान्तिका लागि गरिएको प्रयास निकै सह्रानीय छ, सभामुख महराले भने, ‘आफ्नो लक्ष्यमा दृढ रही विश्व शान्तिका लागि थालिएको पहलकदमी सफल हुनेमा म विश्वस्त रहेको छु । विश्व शान्तिका लागि डिपिआरकेको पहल निकै प्रशंसनीय छ ।’

सभामुखसँगको भेटमा नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मनले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ठ बनाउन आफूले कुनै कसर बाँकी नराख्ने बताए ।

post image

माघ २७, काठमाडौं । नेकपाको पार्टी एकताको बाँकी काम सक्ने जिम्मेवारी पाएको कार्यदल म्याद थपका लागि सचिवालयको निर्णय कुरेर बसेको छ । तोकिएको समयसीमा भित्र कार्यदलले प्रतिवेदन बुझाउन नसकेपछि गत सोमबार बसेको सचिवालय बैठकले मौजुदा प्रतिवेदन मंगलवार भित्र बुझाउन निर्देशन दिएको थियो । सो निर्देशन पछि गत विहीबार र शुक्रबार बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गर्न एक साताको समय माग्ने निर्णय गरेको थियो ।

कार्यदलले गरेको निर्णय सचिवालयमा पठाएको र सचिवालयको निर्णय कुरेर बसेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यदल संयोजक रामबहादुर थापाले मौजुदा प्रतिवेदन बुझाउनुपर्ने बताइरहँदा अन्य सदस्यले भने प्रगति सहतिको पेस गर्नुपर्ने अडान लिएका छन् । कार्यदलल नै भङ्ग हुने गरी सचिवालयले निर्देशन दिएको भन्दै मिलेका र मिल्न बाँकी विषय छुट्टयाएर प्रतिवेदन पेस गर्नुपर्ने उनीहरुको भनाई छ ।

यद्यपि भेनेजुएको राजनीतिक अवस्थालाई लिएर अध्यक्ष पुष्पकमल दहालले जारी गरेको विज्ञप्तिपछि दुई अध्यक्षबीच जारी असमझदारीका कारण कार्यदल समेत प्रभावित बनेको छ । तात्कालिन एमाले र माओवादी केन्द्र पूर्ण रुपमा एक नहुदै फुट्ने हो कि आशंका समेत सुरु भएको छ ।

एकताको बाँकी काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न नेकपाको स्थायी समितिको गत पुष १३ गते बसेको बैठकले ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले प्रगति गर्न नसकेपछि नेकपाको सचिवालयको गत सोमबार बसेको बैठकले जे अवस्थामा छ त्यही प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

post image

माघ २५, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार बिहानै पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन् ।

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराइन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

post image

माघ २५, काठमाडौं ।  संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिसमा समानुपातिक र समावेशी नभएको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संविधानको व्यवस्था बमोजिम राजदूत सिफारिस गर्ने वातावरण बनाउन सुझाव दिएको छ। सरकारले राजनीतिक नियुक्तिबाट र परराष्ट्र मन्त्रालयका कर्मचारीबाट राजदूत सिफारिस गरे पनि समानुपातिक र समावेशी नभएकाले समितिले यसबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई समितिमा बोलाएर ध्यानाकर्षण गरेको हो ।

संविधानको प्रस्तावनामा समानुपातिक र संविधानको मौलिक हकमा समावेशीको कुरा भएका कारण यसलाई कार्यन्वयन गर्न समितिले सुझाव दिएको थियो। समिति सभापति लक्ष्मणलाल कर्णले भने, ‘संविधानबमोजिम समानुपातिक र समावेशी ‘आधारभूत अधिकार’ भइसकेपछि त्यसलाई ‘इन्कार’ गर्न पाइँदैन यसको कार्यन्वयन गर्नुपर्छ भनेर परराष्ट्र मन्त्रालयलाई सजग गराएको बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राजदूतमा सिफारिस गर्दा समानुपातिक र समावेशी बनाउन कठिन भएको बताएका थिए। उनले परराष्ट्रमन्त्रालयका कर्मचारीमा कठिनाइ भए पनि राजनीतिक व्यक्तिको हकमा समानुपातिक र समावेशी आधारमा सिफारिस गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्य देशहरूको के अपेक्षा छ त्यसको प्रोफाइल बनाएर सम्बन्धित देशका राजदूतलाई पठाउने उनले बताए। ५ देशमा नेपालको राजदूत खाली रहेको अवस्था रहेको छ। दक्षिण अफ्रिका, स्पेन, दक्षिण कोरिया, बंगलादेशमा पनि हाल राजदूत छैनन्।

post image

माघ २, काठमाडौं   सरकारले सोमबार बसेको मन्त्रिपरिषद्‍  बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका रा.. विशिष्ठ तथा रा.. प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ।

. वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री मधुसुदन अधिकारी (काठमाडौं) लाई चार वर्षका लागि नियुक्त गरिएको छ।

. नेपाल खानेपानी संस्थानको सञ्चालक समिति अध्यक्षमा जिउलाल चौधरी (कञ्चनपुर) तथा सदस्यमा संगीता भट्टराई रेग्मी (चितवन) राम बहादुर थापा (सिन्धुली) लाई नियुक्त गरिएको छ।

. मुस्ताङ जिल्लास्थित कोरला नाकाको भन्सार कार्यालयको नाममा जग्गा नाप नक्सा गर्ने सम्बन्धी समिति गठन आदेश, २०७५ स्वीकृत गरिएको छ।

. मेचीमहाकाली विद्युतीय रेलमार्गमा पुरै जग्गा परेका जग्गाधनीहरूलाई ७५ प्रतिशत, सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेट अनुसार क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरिएको छ।

. साविक कालिकोट छाप्रे गाविसको निर्माणाधिन वालिघाट खोला पुल छिडेना खोला पुल निर्माणका लागि पुल तथा पहुँच सडकमा पर्ने घर, जग्गाहरूको जग्गा अधिग्रहण गरी मुआब्जा÷क्षतिपूर्ति रकम उपलब्ध गराउन स्वीकृति प्रदान गरिएको छ।

. दोभानओलाङचुगोला सडकखण्ड, ताप्लेजुङ धनकुटा मुलघाट माझिटार शुभांग लिम्बुवान पुल दोभान (तमोर कोरिडोर), ताप्लेजुङ एवम् मदन भण्डारी मार्ग (बसन्तपुरगुफापोखरीसभापोखरीढुंगेसाँघु दोभान संखुवासभा÷ताप्लेजुङ) सडक तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजन बजेटसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ।

. गणेशमानसिंह मार्ग (थानकोटचितलाङ) खुटियाविपिनगरगडसेरादिपायल सडक तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजित बजेट समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ।

. जयपृथ्वी नगरपालिकामा अनाथ आश्रम निर्माण गर्न सशर्त अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ।

१०. युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को संगठन संरचना दरबन्दी स्वीकृत गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
११. निम्न परियोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको
) चिलिमेत्रिशुली १३२२२० केभी प्रशारणलाईन निर्माण
) महाकाली सिँचाई आयोजना
) माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना (१४.३० मे.वा.)
) मकरी गाड जलविद्युत आयोजना (१० मे.वा.)
) बुर्तिबाङपौदीअमराइतम्घाससन्धिखर्कगोरुसिंगे १३२३३ केभी सवस्टेशन निर्माण

१२. बी.एस. सिमेन्ट इन्डस्ट्रिज प्रालीलाई चुनढुंगा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।

१३. अछाम जिल्लाको साँफेबगरमा पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समायानुकुल आयोजना कार्यान्वयन इकाई स्थापना गर्ने निर्णय गरिएको छ।

१४. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०७५ स्वीकृत गरिएको छ।

१५. वीर सहिद गंगालाल श्रेष्ठको जन्मशताब्दी मनाउन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ।

१६. संघीय निजामती सेवा विधेयकको मस्यौदा संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

१७. मधेस आन्दोलनका घाइते पानालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ।

१८. तथ्यांक प्रणाली विकासका लागि राष्ट्रिय रणनीति स्वीकृत गरिएको छ।

१९. जडीबुटी विकासका लागि अनुदान सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२०. राष्ट्रिय वन नीति, २०७५ स्वीकृत गरिएको छ।

२१. गैरसरकारी संस्था महासंघ नेपालको (दोस्रो संशोधन) विधान, २०७४ स्वीकृत गरिएको छ।

२२. भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२३. भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण (दोस्रो संशोधन) कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२४. हेजिङ सम्बन्धी नियमावली, २०७५ जारी गरिएको छ।

२५. संघीय आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

post image

माघ २२, चितवन ।विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी चितवन पुगेकी छन । देवघाटमा मंगलबार सुरु भएकोको विराट ज्ञान महायज्ञलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन् ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएको राष्ट्रपति भण्डारीको भनाई छ । देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुलहरूको प्रशंसा गरिन् । यसलाई समयानुकुल बनाउँदै अघि बढाउनुपर्ने राष्ट्रपति भण्डारीको सुझाव छ ।

राष्ट्रपति भण्डारीले सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गरिन् । नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने जनाइएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।

सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।

post image

माघ २२, काठमाण्डौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ वानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीसहितका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले पोखरामा पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न माग गर्दै वानेश्वर हुँदै जिल्ला प्रशासन कार्यालय जाने क्रममा महरसहित उपाध्यक्ष नवीन राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकाहरुलाई भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा राखिएको जनाइएको छ ।

उनका अनुसार पोखरामा पक्राउ परेका कार्यकर्तालाई हिरा नगरे कडा आन्दोलन गर्ने जानकारीसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने कार्यक्रम थियो ।

post image

माघ २२, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बनफुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् । नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसिसीलाई आग्रह पनि गरे ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए । ५ लाखको ठाउँमा ५० लाख दिन किन सकिदैन भन्ने धमलाको प्रश्नमा मन्त्री विश्वकर्माले सदासयताको लागि धन्यवाद दिदै अहिलेको अवस्थामा खेलाडिलाई त्यति धेरै रकम दिन नसकिने प्रष्ट पारे ।

खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । यसअघिका सरकारले १३ औँ सागको तयारीमा वेवास्ता गरेका कारण अहिले समस्या उत्पन्न भएको तर्क गर्दै मन्त्री विश्वकर्माले चुनौतिको सामना गर्न आफू सक्षम रहेको बताए ।

“१३ औँ साग पहिलो प्राथमिकतामा छ । कार्ययोजना बनाएर काम गरिरहेका छाँै । पूर्वाधान बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ । तर पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ ।” मन्त्री विश्वकर्माले भने ।

सागको तयारीस्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले जानकारी दिए । भिआइपी प्यारापिटको छाना हाल्न मात्रै बाँकी रहेको उनले बताए । त्यसैगरी सातदोबाटो र पोखराको रंगशाला मर्मतको काम पनि अघि बढेको जानकारी दिए ।

साग अगाडि नै गर्ने भनिएको आठौँ राष्ट्रिय खेकलकूद प्रतियोगिताको तयारी भइरहेको भन्दै मन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको बताए ।सरकारले चालु आर्थिक वर्षमा आठौँ राष्ट्रिय खेलकुद, १८ औँ यसियाली खेलकुद र १३ औँ दक्षिण यसियाली खेलकुदको तयारी एवम् पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको थियो ।

post image

माघ २२, काठमाडौँ । तामाङ समदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछार आज सो समुदायले आ–आफ्नै तरिकाले मनाउदैछन् । ल्हो अर्थात् नयाँ । छार(सार) वर्ष । ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेर मनाउदैछन् ।

मञ्जुश्री पात्रोअनुसार कुकुर वर्ष पूरा भई मङ्गलबारबाट सुंगुर वर्ष लागेको छ । यो २८५५औँ ल्होछार हो । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिन्छ ।  सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गरिने जनाइएको छ ।

यसैवीच ल्होसारको राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ल्होसारको अवसरमा एक विज्ञप्ति जारी गर्दै विििबधताले भरिएको नेपाली संस्कृतिभित्र यस्ता चाडपर्व र परम्पराको बेग्दै महत्व रहेको उल्लेखख गरेकी छन् ।

उनले यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न जातजातीबीच सामाजिक सद्भाव कायम गर्न विश्वाश व्यक्त गरेकी छन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसारको शुभकामना दिदै नेपाल राष्ट्रको पहिचान र अमुल्य निधिका रुपमा रहेका मौलिक संस्कृतिहरुको संरक्षण तथा सम्बद्धन गर्न प्मुख दायित्व राज्यको रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण गराएका छन् ।

यस्तै प्रधानमनत्री केपी ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरेका सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना दिएका छन् ।

‘यहाँ हरेक जातजातीका आफ्ना आफ्नै परम्परा,चाडपर्व,भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ । हाम्रा यिनै परम्परा र संकृतिले नेपाललाई विश्वमा पनि चिनाएका छन्’ प्रधानमन्त्री ओलीले ल्होसारका अवसरमा जारी गरेको शुभकामनामा उल्लेख छ ।

post image

माघ २१, काठमाडौं । बैंकिङ कसुरमा प्रहरीले दरबारमार्गस्थित क्लब डेजाभूका एकजना शेयरधनीबिरुद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। डेभाजुका तत्कालीन अध्यक्ष मनोज श्रेष्ठबिरुद्ध डिफ्युजन नोटिस जारी भएको हो।

इन्टरपोलको काठमाडौं एनसिबीले हङकङमा लुकिछिपी बसेको आशंका गरिएका मनोजबिरुद्ध १४ माघ २०७५ (२८ जनवरी २०१९) डिफ्युजन जारी गरेको हो। यो नोटिस जारी भएका ब्यक्तिबिरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले सघन निगरानी राख्छ। आवश्यक परे नियन्त्रणमा लिन्छ।

उनीबिरुद्ध दोलखा घरभई काठमाडौं बस्ने विश्वराम श्रेष्ठले डेजाभूको शेयर बिक्री र मर्मत सम्भारका लागि भन्दै विभिन्न मितिमा लिएको २ करोड रुपैयाँ नदिएको आरोप छ। विश्वरामलाई मनोजले फरक मितिमा दिएका एक–एक करोडका दुई चेक बाउन्स भएपछि बैंकिङ कसुरमा १३ पुस २०७५ मा जाहेरी दिएका थिए। यी दुवै चेक डेजाभुकै नबिल बैंक खाताका हुन्।

विश्वरामको जाहेरीमा मनोजविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २० पुस २०७५ मा पक्राउ पूर्जी जारी गरेको थियो। त्यसको दुई दिनपछि निवेदक विश्वरामले मनोज भागेर हङकङ पुगेको जानकारीसहित अर्को निवेदन प्रहरीमा दिए। दोस्रो निवेदनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले इन्टरपोललाई पत्र लेखेअनुसार उनीविरुद्ध नोटिस जारी भएको हो।

सो निवेदनमा मनोजसँगै समिप शिलाकार र अनान गुरुङलाई समेत विपक्षी बनाइएको थियो। प्रहरी तीनै जनाविरुद्ध मुद्दा लिएर सरकारी वकिल कार्यालय गएको थियो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले चेकमा हस्ताक्षर मनोजको मात्र रहेकोले उनीबिरुद्ध मात्र मुद्दा अघि बढाएको हो।

अमेरिकन डिजे मार्सेमेलो ल्याउने भनेर ठगी