post image

जेठ १०, काठमाडौँ । सन् २०१६ की मिस नेपाल अश्मि श्रेष्ठ भारतीय गायक सनम पुरीसंग प्रेमसम्बन्धमा रहेकी छन  ।अश्मिले सनमसँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गर्दै आफ्नो सम्बन्धबारे खुलासा गरेकी हुन् । उनले क्याप्सनमा लेखेकी छिन्, ‘यो मिठो सुरुवात मात्र होइन, यसपछिका थप मिठा पलहरुका लागि पनि ।

यसका साथै गायक सनम पुरीले पनि अश्मिसँगको आफ्नो सम्बन्धलाई आधिकारिक बनाउनका लागि त्यही फोटो एकै समयमा पोष्ट गरेका छन् ।

sanam

 

Capturess

 

 

post image

जेठ १०, नयाँदिल्ली। यस पटकको लोकसभा चुनावमा भारतका धेरै कलाकार विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। चुनावको केही समयअघि भाजपामा प्रवेश गरेका भोजपुरी अभिनेता रवि किशन पनि गोरखपुर क्षेत्रबाट निर्वाचित भएका छन्। उनले समावजादी पार्टीका रामभुआल निषाद र कांग्रेसका मधुसुदन त्रिपाठीलाई हराएका हुन्।

उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित हासिल गरेकी छिन्। उनी अघिल्लो निर्वाचनमा पनि विजयी भएकी थिइन्।

आजमगढबाट उम्मेदवार बनेका भोजपुरी फिल्म स्टार दिनेशलाल यादव “निरहुवा” समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग पराजित भएका छन्। निरहुवा भाजपाबाट उम्मेदवार बनेका थिए।

भाजपाका उम्मेदवार अभिनेता सनी देवल पन्जावको गुरुदासपुर क्षेत्रबाट निर्वाचित भएका छन्। यसअघिका चुनावमा अभिनेता विनोद खन्नालाई भाजपाले यो क्षेत्रबाट उम्मेदवार बनाउँथ्यो।

गायक हंसराज हंसले पनि भाजपाको तर्फबाट दिल्लीको उत्तर पश्चमी क्षेत्रबाट चुनाव जितेका छन्। यसअघि सो क्षेत्रबाट उदित राज भाजपाका सांसद थिए। उदित राज यसपटक भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका थिए।

गायक तथा अभिनेता बाबुल सुप्रियो पश्चिम बंगालको आसनसोल क्षेत्रबाट निर्वाचित भएका छन्। भाजपाबाट चुनाव लडेका बाबुलले टिएमसीकी मुनमुन सेनलाई हराएका हुन्।

भाजपाबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गरेका अभिनेता सत्रुघन सिन्हा पटना साबिह क्षेत्रबाट पराजित भएका छन्। उनी भाजपाका रविशंकर प्रसादसँग पराजित भएका हुन्। उनी अघिल्लो लोकसभा चुनावमा भाजपाबाट विजयी भएका थिए।

भोजपुरी अभिनेता मनोज तिवारीले पनि भाजपाबाट चुनाव जितेका छन्। उनी उत्तरपूर्वी दिल्ली क्षेत्रबाट चुनाव लडेका थिए। तिवारीले कांग्रेस नेतृ दिल्लीकी पूर्वमुख्यमन्त्री शिला दीक्षितलाई हराएका छन्।

अभिनेत्री जया प्रदा भने यस पटकको लोकसभा चुनावमा पराजित भएकी छिन्। समाजवादी पार्टीबाट भाजपा प्रवेश गरेकी जया समाजवादी पार्टीका आजम खानसँग पराजित भएकी हुन्।

चुनावको केही समयअघि कांग्रेले अभिनेत्री उर्मिला मातोंडकरलाई उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा दिएको अभिव्यक्तिका कारण विवादमा आएकी उर्मिला मुम्बई चुनाव क्षेत्रबाट पराजित भएकी हुन्।

 

post image

जेठ ८, काठमाडौँ  । असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’को निर्माणपक्षले प्रचारका लागि नयाँ तरिका अपनाएको छ । चलचित्रको टिमले ‘आप्पा स्टोरी च्यालेन्ज’ सार्वजनिक गरेको छ । चलचित्रमा बाबुको भूमिकामा देखिएका नायक दयाहाङ राइले च्यालेन्जको बारेमा जानकारी दिएका छन् ।

फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा क्याप्सन दिदै ‘आप्पा’लाई भन्न मन लागेको कुरा लेख्नुपर्नेछ ।

उक्त पोष्टलाई ‘आप्पा नेपाली मुभी’को अफिसियल फेसबुक र इन्स्टाग्रामको अफिसियल पेजमा ट्याग गर्नुपर्नेछ । र, आफ्ना अन्य ३ जना साथीलाई पन ट्याग गरेर च्यालेन्जका लागि आग्रह गर्नुपर्नेछ । भिडियो स्टोरीमा पनि दर्शकले माथि उल्लेखित शैलीमै सहभागीता जनाउन सक्नेछन् ।

सहभागी मध्ये एक जनाको फोटो स्टोरीलाई विजेता घोषित गरेर नगद २५ हजार र चलचित्रको प्रिमियरमा २ वटा टिकटको व्यवस्था गरिने निर्माणपक्षले जनाएको छ । यस्तै, भिडियोका विजेताले ५० हजार नगद २ प्रिमियरको २ वटा टिकट पाउनेछन् ।

अनमोल गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा सिद्धार्थराज तामाङले दयाका छोराको भूमिका निर्वाहा गर्नेछन् । चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट विश्वास र रिंकीको अभिनय छ । रुदेन सदा लेप्चाले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

post image

जेठ ७, काठमाडौं । अभिनेत्री प्रियंका कार्की फ्रान्सको पेरिसमा छिन । उनि त्यहा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी हुन् । विश्वभरका सेलिब्रिटीहरुले आफ्नो सौन्दर्यता प्रदर्शन गर्न आउने कान्समा उनले रेड कार्पेटमा प्रस्तुती दिन भने बाँकी नै छ ।

फ्रान्स पुगेपछि प्रियंकाले केही हट तस्बिरहरु शेयर गरेकी छिन् । तर उनले शेयर गरेका उक्त तस्विरमाथि आरोप लागेको छ । किनकी उनि भन्दा केहि दिन अगाडी नै बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोपडाले उस्तै प्रकारको तस्विर आफ्नो इन्स्टाग्राम मार्फत शेयर गरिसकेकी छिन । प्रियंका चोपडाले ३ वटा तस्विर कान्सलाई जनाएर अपलोड गरेकी छिन भने प्रियंका कार्कीले पनि ३ वटै तस्विर कान्सलाई डेडीकेट गरेर सार्बजनिक गरेकी छिन ।

तस्विरलाई कपि गरेको भनेर उनका फ्यानहरुले आलोचना पनि गरेका छन् भने कत्ति फ्यानहरुले यसलाई सकारात्मक रुपले नै लिनु पर्ने बताएका छन ।

post image

जेठ ७, काठमाडौं । चलचित्र ‘पोई पर्यो काले’को घोषणा भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा शिशिर राणाको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्रको घोषणा गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले चलचित्रको शुभसाइत गरेका थिए । यो चलचित्रको छायांकन जेठको १३ गतेबाट सुरु हुनेछ भने कात्तिकको ८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

यो चलचित्रमा नायक सौगात मल्ल र नायिका पूजा शर्मालाई श्रीमान्–श्रीमतिको भूमिकामा देख्न पाइनेछ । साथमा, चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

निर्देशक शिशिर राणाले चलचित्रको मुख्य पात्रमा फिट हुने भएकाले सौगातलाई रोजिएको बताएका थिए । शिव ढकालको छायांकन रहने चलचित्रमा सुवाष भुषाल र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज, रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ ।

तारा प्रकाश ‘किम्भे’को सम्पादन रहेको चलचित्रका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । दिपक मनाङ्गे र देवी राइको लगानी रहेको चलचित्रमा किरण नेपाली र रघु परियार कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रलाई कमेडी कथावस्तुमा निर्माण गरिताएपनि यसले समाजकै कथा भन्ने निर्देशक राणाको भनाई छ ।

post image

 जेठ ६, काठमाडौं । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा बन्ने महिला केन्द्रित कमेडी चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरियो । यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमा गरिनेछ ।

जेठ १० गतेबाट चलचित्रको छायांकन सुरु हुुनेछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । शम्भुजित बास्कोटा र कल्याण सिंहको यसमा संगीत छ । चलचित्र ‘अल्लारे’मा समावेश ‘रातो टिका निधारमा’ बोलको गीतलाई समेत यो चलचित्रमा रिमेक गरिनेछ ।

यो चलचित्रबाट निर्देशक शर्माका छोरा अंकित शर्माले चलचित्र क्षेत्रमा नायकको रुपमा डेब्यू गर्दैछन् । उनले, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग स्क्रिन शेयर गर्दैछन् ।

चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको गाउँले भूमिका हुनेछ । साम्राज्ञीले भनिन्–‘मैले यो चलचित्रको कथा सुनेपछि काम गर्न तयार भएकी हुँ । आजसम्म मैले यस्तो भूमिका गरेकी थिइनँ । यो महिला केन्द्रित चलचित्र हो ।’

चलचित्रमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार रविन्द्र झा, वुद्दि तामाङ, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, अर्जुन श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्र ‘रातो टिका निधारमा’लाई दशैंमा रिलिज गरिनेछ । निर्देशक शर्माले यसपटक आफ्नो छोराको समेत डेब्यू रहेकाले सबैको अझै धेरै साथ चाहिएको बताए ।

post image

 जेठ २, काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वीर विक्रम २’ को प्रिमियर गरिएको छ । बुधबार साँझ कुमारी चलचित्र भवन कमलपोखरीमा गरिएको फिल्मको प्रिमियरमा निर्माण युनिट, कलाकारकर्मी तथा रंगपत्रकारको उपस्थिती रहेको थियो ।

‘रोयल प्रिमियर’ नाम दिइएको उक्त प्रिमियरमा सेटलाइ पुरै मेहनतले रोयल कलर अर्थात् निलो रंगको कार्पेट ओछ्याएर सजाईएको  थियो । कार्यकममा बाजागाजासहित कलाकारका पहिरन निकै आकर्षक देखिएका थिए । सो अवसरमा फिल्मका कलाकार पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटी मुख्य आकर्षक बनेका थिए ।

शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल लगायतका कलाकारको समेत उपस्थिती रहेको प्रिमियरमा अभिनेत्री वर्षामा सबैको नजर अड्किएको थियो । फिल्मका प्राविधिकहरुलाई सम्मानका रुपमा ‘मायाको चिनो’ वितरण गरिएको कार्यक्रममा फिल्म हेर्नेले मिश्रित प्रतिक्रिया दिएका थिए ।

पल शाह, नाजिर हुसेन, बर्षा सिवाकोटी, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, क्षितीज सुवेदी, बालकलाकार मनिष लिम्बु, कृजन गौतम लगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।

कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, रञ्जीत गजमेर, राजनराज सिवाकोटीको संगीत, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन रहेको फिल्ममा बनिष शाहको सम्पादन छ । फिल्मका निर्देशक मिलन चाम्स हुन् ।

post image

जेठ  १, काठमाडौँ । अक्षय कुमार र विद्या बालन अभिनित फिल्म भूल भुलैयाको सिक्वेल बन्ने भएको छ । सन् २००७ को सफल उक्त फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् ।

बक्स अफिसमा उत्कृष्ट कलेक्शन गरेको उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्नेछन् ।

भूल भुलैयाको निर्देशन प्रियदर्शनले गरेका थिए । यो फिल्म मणिचित्रीथुको रिमेक थियो । फिल्ममा अक्षय कुमार, विद्या बालन, शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो । ऐजेन्सीको रिपोर्टको अनुसार सिक्वल फिल्ममा अभिनय गर्ने कलाकार परिवर्तन हुन सक्नेछन् ।

भूषण कुमारले फिल्मको नाम भूल भुलैया २ रजिस्टर गरिसकेका छन् । छिट्टै फिल्मको विषयमा आधिकारिक घोषणा हुनेछ ।

post image

वैशाख ३१, काठमाडौं । चलचित्र ‘लभ डायरीज’को निर्माण टिमले फस्टलुक पोष्टरसँगै प्रदर्शन मिति तय गरेको छ । चलचित्रको फस्टलुकमा नव–नायिका रुबिना थापासँग नायक सुशिल श्रेष्ठ देखिएका छन् । टपलेस सुशिलको छात्तीमा टाउको राख्दै रुबिना रोमान्टिक देखिएकी छिन् । सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्र असोजको ३ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका छ । चलचित्रमा सुशिल विदेशी मोजमस्तीमा रमाइलो गर्ने विग्रिएको यूवाको भूमिकामा छन् । चलचित्रले प्रेम र कमेडीलाई प्रस्तुत गरेको छ ।

विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर पनि निर्माता छन् । साहिल खान एसोसियट निर्देशक रहेको चलचित्रमा उनकै सम्पादन छ । संजय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ

post image

वैशाख ३१, काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को दास्रो संस्कारण असारबाट प्रशारण हुने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो ।

डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार २ सय सहभागी भएका थिए ।

ब्लाइन्ड अडिशनको सुटिङ अर्को हप्ताबाट सुरु हुँदैछ । धुम्बाराहीमा रहेको स्टुडियोमा ब्लाइन्ड अडिशनको सुटिङ हुनेछ । लाइभ हेर्न चाहनेले उक्त सुटिङ हेर्न सक्ने निर्देशक पौडेलले बताए । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।

स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको पौडेलको भनाइ छ । गत वर्ष ब्लाइन्ड, ब्याटल र लाइभ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा नक आउट चरण पनि थपिएको छ । सिजन–२ मा लाइभ शोमा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् । गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक लाइभ शोमा एक जनाका दरले आउट हुने फर्म्याट ल्याउँदैछौं, निर्देशक पौडेलले भने । यो वर्ष नक आउट चरणमा धेरै बाहिरने छन् ।

गत सिजनमा दीप श्रेष्ठ, अभया सुब्बा, सनुप पौडेल र प्रमोद खरेल कोच रहेका थिए । यो वर्ष यी मध्ये दुई जना मात्रै दोहोरिने छन् । निर्देशक पौडेलले अभया सुब्बा गत वर्षको ग्राण्ड फिनालेमा सहभागी नभएकाले उनी सिजन–२ का लागि नदोहोरिने बताए । तर नदोहोरिने अर्को को हो रु त्यो भने खुलाउन चाहेनन् । कार्यक्रम ३२ वटा श्रृंखलामा प्रशारण हुनेछ ।

post image

वैशाख ३१, काठमाडौं । ‘१२ सत्ताईस’ सिनेमा निर्माणको घोषणा भएको छ। वेरोजगार युवाको कथामा निर्माण हुने सिनेमा वैशाख ३१ गतेबाट फ्लोरमा गएको छ।

सिनेमा निर्माणको घोषणा शनिबार काठमाण्डौंमा एक कार्यक्रम बिच निर्माण घोषणा गरिएको थियो। सिनेमालाई डेब्यू निर्देशक जौन योन्जनले निर्देशन गर्नेछन्।

योन्जनै लेखन रहेको सिनेमालाई रेणु राणा, दीपक खतिवडा र रुपक थापाले सयुक्त रुपमा निर्माण गर्दैछन् । सिनेमामा समिर श्रेष्ठ, अभिषेक नेपाल, अस्मिता लामिछाने, काजी राना, सम्रान्त थापा, एभन राज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको मुख्य भुमिका रहने छ ।

फिल्ममा दीपक आरजेको संगीत, प्रकाश मल्लको गीत लेखन, अनिस स्यांदेनको छायाँकन, विवेक लामाको मुख्य सहायक निर्देशन, शंकर बहादुर थापाको मेकअप, कृष्ण भण्डारीको सम्पादन सहने सिनेमाका प्रोडक्सन म्यानेजर धर्मेन्द ध्वज मल्ल हुन् ।

post image

वैशाख ३०, काठमाडौं । नायक दयाहाङ राइको मुख्य भूमिका रहेको चलचित्र ‘आप्पा’मा समावेश नयाँ गीत ‘अमला’ सार्वजनिक भएको छ । गीत रिलिजसँगै चलचित्रको नयाँ प्रदर्शन मिति पनि तय गरिएको छ । अब, यो चलचित्र जेठ २४ गतेबाट पछि सरेर असारको १३ गतेबाट रिलिज हुने भएको छ ।

सार्वजनिक गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् । भिडियोमा किरण थापा, बुद्ध लामा र सुरैन राइको कोरियोग्राफी छ । गीतमा हर्क साउँदको शब्द, एसडी योगी र सुशानत गौतमको संगीत, एसडी र मेलिना राइको स्वर छ ।

बाबु र छोराको सम्बन्ध देखाएको यो चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा सादा लेप्चाको लगानी छ । यो चलचित्रमा दयाहाङ राई, सिद्धान्तराज तामाङ, अल्लोना काबो लेप्चाको मुख्य भूमिका छ ।

चलचित्रमा निर्देशक अनमोलको कथा, अनमोल र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डी कार्कीको छायाकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन छ ।

post image

 वैशाख २९, काठमाडौं । जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक अवार्ड–२०७६’ को मनोनयन सूची सार्वजनिक गरेको छ ।

आगामी जेठ ११ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा विभिन्न ४८ विधाका उत्कृष्ट संगीतकर्मी तथा स्रष्टाहरुलाई उक्त अवार्ड वितरण गरिने आयोजक संस्थाले जनाएको छ ।

संस्थाको दशौं वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको यो वर्षमा २०७५ साल वैशाखदेखि २०७५ साल चैत मशान्तसम्म बजारमा आएका गीत–संगीतलाई समावेश गरिएको आयोजक संस्थाका प्रमुख रमेश पाठकले जनाएका छन् ।

अवार्डका लागि उत्कृष्ट राष्ट्रिय भावनाको गीत, चलचित्र (गीतकार, गायक, गायिका, संगीतकार), लोक तथा दोहोरी, आधुनिक, पप, बाल गीत, म्युजिक भिडियो (महिला तथा पुरुष मोडल, छायांकार, सम्पादक, निर्देशक), संगीत संयोजक, ध्वनी मुद्रक आदि गरि विभिन्न ४८ विधामा अवार्ड वितरण गरिने छ ।

यस्तो छ मनोनयन

१) उत्कृष्ट राष्ट्रिय भावनाको गीत
जननी जन्म भूमी– रमेश दाहाल
छातीभरी देश – सुनिल थापामगर
उठ नेपाली – सिजन सिंजाली
राष्ट्रप्रेम – विशाल पौडेल
जागजाग – डम्बर अधिकारी
बुद्ध जन्मेको – रविन्द्र अशिष

२) उत्कृष्ट गीतकार (चलचित्र)
बि.पाण्डे – बनकी चरी (चलचित्र–प्रसाद)
दयाराम पाण्डे – राधा पियारी (चौका दाउ)
गणेश शाह – लै लै कठैबरी (चलचित्र–प्रसाद)
अर्जुन भट्टराई – पिरतीको बर्को (शत्रु गते)
लोकराज अधिकारी – आउने जाने (बाँध मायाले)

३) उत्कृष्ट संगीतकार (चलचित्र)
शम्भुजित बासकोटा – भिजिट भिसामा (दाल भात तरकारी)
बसन्त सापकोटा – बालापनको उमेर (नाइँ नभन्नु ल–५)
अर्जुन पोखरेल – रहर छ सँगै (क्याप्टेन)
दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा–३)
कालीप्रसाद बास्कोटा – पिरतीको बर्को (शत्रुगते)

४) उत्कृष्ट संगीत संयोजक (चलचित्र)
महाराज थापा– तिम्रो लागि म छु (राम कहानी)
उदयराज पौडेल– जिन्दगी नै भन्दिन (ए मेरो हजुर–३)
राजन इशान– गोजीमा दाम छैन (चंगा चेट)
शैलेन्द्र एम प्रधान– रहर छ संगै (क्याप्टेन)
रिकेश गुरुङ– भिजिट भिसामा (दाल भात तरकारी)

५) उत्कृष्ट गायक (चलचित्र)
राजेशपायल राई– दालभात तरकारी (दाल भात तरकारी)
सुगम पोखरेल– रहर छ संगै (क्याप्टेन)
राजनराज सिवाकोटी– गोजीमा दाम छैन (चंगा चेट)
हेमन्त राना– सालको पात टपरी (साइँली)
निसान भट्टराई– भिजीट भिसामा (दाल भात तरकारी)

६) उत्कृष्ट गायिका (चलचित्र)
अन्जु पन्त– रहर छ संगै (क्याप्टेन)
मेलिना राई– गोजीमा दाम छैन (चंगा चेट)
मिना निरौला– चोलीतुना (पण्डित बाजेको लौरी)
बिन्दु परियार– पहिलो नम्बरमा (छक्का पञ्जा–३)
वानिका प्रधान– उड्यो मन (ब्लाइण्ड रक्स)

७) उत्कृष्ट गीतकार (पप)
रोशन भट्टराई– मायालु तिमी
किरण घिमिरे माइकल– तिम्रो पर्खाईमा
दिपेन्द्र तामाङ– तिम्रो मनमा
राजेश अर्याल– जुनीभरी
सविन एकतारे– मनमा बसुँ म

८) उत्कृष्ट संगीतकार (पप)
सन्जीब सिंह– प्रियतमा
कल्याण सिंह– शब्द
भीम बी.सी.– बस बस रे
शंकर थापा स्माइल– आदत दुई
राजेन्द्र बजगाईं– मस्त जवानी

९) उत्कृष्ट गायक (पप)
दिपक बज्रचार्य– मन मागन
नविनकुमार भट्टराई– जान्छु म
सनुप पौडेल– मनमा बसुँ
कमल खत्री– जाउला रेलैमा
धर्मेन्द्र सेवन– मायालु तिमी

१०) उत्कृष्ट गायिका (पप)
अनामिका मल्ल– तिम्रो पर्खाइमा
निशा कँडेल– सधैलाई
निक्की कार्की– मायालु
निक्की हमाल– माया
दिपा तामाङ– मेरो गीत

११) उत्कृष्ट नव गायक र गायिका (पप)
गंगादेव चौधरी– प्रियतमा
करुणा सिंखडा– दिलको राजा
चन्द्रसिंह घले– सहारा बनी
बिक्रम कालिकोटे– माया त दुइतर्फि
रविन खत्री– आज मेरो मनमा

१२) उत्कृष्ट गायक (लोकपप)
भुपू पाण्डे– छाता बोकी
बिजय थापा– पूर्बै शहर
रामकृष्ण श्रेष्ठ– रुपको धाक
राजेश थपलिया– झट्का
सशान कँडेल – मेरो बचपन

१३) उत्कृष्ट शब्द सङ्कन (लोक तथा दोहोरी)
प्रल्हाद सुवेदी– छैन होसैमा
कस्तुप पन्त– सरर बतासै
नेत्र अर्याल– औंठी बेरुवा
राजन ठकुरी– पार्यो तिरिमिरी
चन्द्र खत्री– सुन कथा

१४) उत्कृष्ट लय सङ्कलन (लोक तथा दोहोरी) 
वसन्त थापा– सालको पात
शिव हमाल– लालुमाई
प्रकाश सपूत– बोल माया
रामु खड्का– नियति
खेम सेन्चुरी– औंठी बेरुवा

१५) उत्कृष्ट सङ्गीत संयोजक (लोक तथा दोहोरी)
कमल सौराग– बोल माया
केशव बडु– मायाकै पिरलो
कृष्ण भान्जा– मलाई देखेर
कृष्ण पुन– भाग्य लेख्ने कलम
सागर बिरही– मायालुले बिर्सियो किन

१६) उत्कृष्ट गायक (लोक तथा दोहोरी
कुलेन्द्र बी.क.– सालको पात
रामजी खाँड – ढल्क्यो बर
पुस्कल शर्मा– दलित
मौसम गुरुङ– हारें मैले
तेजस रेग्मी– पिँडालु

१७) उत्कृष्ट गायिका (लोक तथा दोहोरी) 
बिष्णु माझी– सालको पात
देवी घर्ती– भाग्यमानी
जुना सिरिस– जाम सुस्तै सुस्तै
सम्झना भण्डारी– औंठी बेरुवा
पूर्णकला बी.सी.– छोरीको बेदना

१८) उत्कृष्ट नव गायक (लोक तथा दोहोरी) 
सुजन परियार– मकैसिंह डाडा
रिजन थापामगर– तगारो
कपिल मगर– कालो मन
राकेश धामी– पानी पँधेरो
कृष्ण किसन– अन्तिम चोटी

१९) उत्कृष्ट नव गायिका (लोक तथा दोहोरी) 
कोपिला परियार– बाझी
मेनुका सोनी– आउनु माया
धना परियार– भाग्य लेख्ने कलम
कविता दाहाल– मैना चरी
शरू थापा– कालै आएन

२०) उत्कृष्ट मोडल पुरुष (लोक तथा दोहोरी) 
शंकर बी.सी.– पान खायो मायाले
दुर्गेश थापा– सलल पानी
बिमल अधिकारी– मैलो रुमाल
महेन्द्र गौतम– नियति
ध्रुव हिमाली– नआउ मेरो सपनीमा

२१) उत्कृष्ट मोडल महिला (लोक तथा दोहोरी)
सारिका के.सी.– बलिदान
सगुन शाही ठकुरी– एक्सरे
अन्जली अधिकारी– पान खायो मायाले
करिश्मा ढकाल– रेलको भाडा
संचिता शाही– अन्तिम भेट

२२) उत्कृष्ट नवमोडल (लोक तथा दोहोरी)
लोमस शर्मा– हत्ते हालिन्छ
प्रकाश सापकोटा– तगारो
एम.बी. गुरुङ– थोरै माया
गोल्डेन डेविट सेनओली– आउँछ होला
पुजा पाठक– हत्ते हालिन्छ
सुमित्रा (बिनिता) गुरुङ– सल्ला धुपैले

२३) उत्कृष्ट छायांकन (लोक तथा दोहोरी)
राजेश घिमिरे– लालु माई
करन चैसिर– बोल माया
सुरेश श्रेष्ठ– बलिदान
बाशु बराल– शिरफूल
अजय रेग्मी– लाहुरे बाउको छोरी

२४) उत्कृष्ट सम्पादन (लोक तथा दोहोरी)
सुजन शाही– आशु नआउने आँखा
प्रबिन भट्ट– बोलमाया
दिपक विष्ट– दलित
नविन घर्ती मगर– पान खायो मायाले
रोशन धिताल– कुर्दै कुरेन समयले

२५) उत्कृष्ट निर्देशक (लोक तथा दोहोरी)
शंकर बी.सी.– पान खायो मायाले
कपिल लामा– बलिदान
दिपेन्द्र तिमल्सिना– दर्शन निहुरेर
कजिस श्रेष्ठ– पीडाको राजधानी
स्मिृती तिमल्सिना– अभाव

२६) उत्कृष्ट नव निर्देशक (लोक तथा दोहोरी) 
निशान बानियाँ – बितेका पल
दिलीप रेग्मी– छैन होसैमा
दीप गुरुङ– सिरञ्चोके चेली
मदन खड्का– तिमी मर्छयौ
सज्जन हमाल– कलेजी फोरेर

२७) उत्कृष्ट मौलिक गीत (लोक तथा दोहोरी) 
छबि गुरुङ– गैरी गाउँ मा
गडुल ध्वज गुरुङ (जिमी)– बोली मोहनी
गणेश गुरुङ– सल्ला धुपैले
फणिन्द्र ठकुरी– पन्चेबाजा
सुजन परियार– मकै सिंह डाँडा

२८) उत्कृष्ट गायक (तामाङ सेलो)
टीका बम्जन– फनफनी घुमेको
राजु लामा दर्शन– जाउँ हिड मैच्याङ
उत्सव सुब्बा लामा– रनन रन्किने
अनिल लामा– सैलुङे गाउँको
अर्जुन तामाङ घिसिङ– ल्होछार मेलैमा

२९) उत्कृष्ट गायिका (तामाङ सेलो)
मिङ्स लामा– डम्फुमा सेलो
लक्ष्मी स्याङतान– सेलोमा डम्फु
बबिता पाख्रिन– सुन च्याङ्बा
मिना लामा– माथि माथि
सुजना रुम्बा– ओइ च्याङ्बा

३०) उत्कृष्ट गायिका (मौलिक तीज गीत)
मन्जु थापा/प्रश्ना शाक्य– तीजको रहर
बन्दना पाण्डे– माइती घर अबेला
मधु छेत्री– मै नाच्छु
मञ्जु लावती थापा– तीजै रमाइलो
कल्पना कुसुम– सङ्गीनी

३१) उत्कृष्ट बाल गायक/गायिका
प्रतिष्ठा बज्राचार्य– बाबा रहेसम्म
प्रिन्स सिलवाल– न मानामा नापिन्छ
ग्रमी पुन मगर– पुतली
नन्दिता राजबैद्य– यो धर्ती
प्रयुषा न्यौपाने– श्री गणेश

३२) उत्कृष्ट गीतकार (आधुनिक)
डी.पी. खनाल– प्रेमको साम्राज्य
डी. आर. उपाध्याय– लठ्ठैलठ्ठै
दुर्गा प्रधान– रात पनि
किरण के.उप्रेती– दर्के पानी
तीर्थ श्रेष्ठ– पार्वती

३३) उत्कृष्ट नव गीतकार(पप/आधुनिक)
लोक राई– मायालुको साथ
रबिमानसिंह बस्न्यात– सपनीमा आउने
राजकुमार श्रेष्ठ– निष्ठुरी भनुँ
नविन कोइराला– आज एक्लै छु
सन्देश सुवेदी– खरको छानो

३४) उत्कृष्ट सङ्गीतकार (आधुनिक)
हरि लम्साल– जितेर पनि
सुरेश अधिकारी– आकाशको माथि
राजकुमार बगर– तिम्रो माया
बिनोद पछाई– तिम्रा हजार
सन्तोष के.सी.– नरोऊ भन्नेले

३५) उत्कृष्ट संगीत संयोजन (पप/आधुनिक)
मोहित मुनाल– पीच रोड
नरेन्द्र बियोगी– पिरिम नलाउने
अशिष अबिरल– माया लुकीलुकी
रिदम कँडेल– नभन मेरो
देबेन्द्र नेवा– तिम्रा हजार

३६) उत्कृष्ट गायक (पप/आधुनिक)
शिव परियार– तिमी नै मेरो सास
रामकृष्ण ढकाल– मायालुको साथ
प्रमोद खरेल– पृथ्वी
हेमन्त शर्मा– माया पनि
भानुभक्त ढकाल– अटालिका

३७) उत्कृष्ट नव गायक(पप/आधुनिक)
बलबहादुर राजवंशी– हिजोसम्म
मिलन खालिङ राई– दिलै यो जलाई
कविता सिवाकोटी– दर्के पानी
गौरव आले– युगौंदेखि
योगेश राना मगर– जब देखें

३८) उत्कृष्ट युगल गीत
पिरिम नलाउने– आशिष सचीन/मेलिना राई
घरवार– कृष्ण कार्की/बिन्दु परियार
प्रेम प्रस्ताव– ध्रुव विश्व/सरू गौतम
घाममा सुकाई देऊ– समीर आचार्य/विद्या तिवारी
मखमली चोली– सुमन के.सी./मेलिना राई

३९) उत्कृष्ट मोडल पुरुष (पप/आधुनिक)
पल शाह – जे पनि हुन्छ
आकाश श्रेष्ठ– औंला गन्दै छु
असिफ शाह– इन्स्टाको फोटो
पुष्पल खड्का– मखमली चोली
निराजन प्रधान– के पो भनुँला

४०) उत्कृष्ट मोडल महिला (पप/आधुनिक)
एलिसा राई– मखमली चोली
आ“चल शर्मा– जे पनि हुन्छ
वर्षा रावत– औंला गन्दै छु
प्रियंका कार्की– ए कालु
स्वस्तिमा खड्का– गल्ती

४१) उत्कृष्ट नव मोडल (पप/आधुनिक)
आ.पी.आचार्य– गुलेली
शिशिर श्रेष्ठ– कान्छीको डिम्पल
तेजेन्द्र गौतम– तिम्ले माया
कमल सिंह– किन लाग्छ
महेश खड्का– ढुकढुकी

४२) उत्कृष्ट सम्पादन (पप/आधुनिक)
सुप्रीम पराजुली– मन मगन
विकाश ज्ञवाली– बस बस रे
पवन सुस्लीङ्ग– हेरि रहुँ
बिकाश दाहाल– अमृत भनी बिष
बिकाश धमला– गल्ती

४३) उत्कृष्ट छायांकन (पप/आधुनिक)
अर्जुन तिवारी– मखमली चोली
ज्ञानेन्द्र शर्मा– माया लुकीलुकी
पवन सुस्लीङ– ओई तिम्रो
उत्सव दाहाल– मायालु दुई
अनिल के. मानान्धर– मन मगन

४४) उत्कृष्ट निर्देशक (पप/आधुनिक)
निकेश खड्का– गल्ती
शान थापा– यो कुरा गोप्य
टेकेन्द्र शाह– भुन्टी
निशान घिमिर– फर्केर आइन्
युवराज वाइबा– अमृत भनि बिष

४५) उत्कृष्ट नव निर्देशक (पप/आधुनिक)
अलिश राई– जिरो फिगर
जेनिथ शर्मा– ढुङ्गाको मान्छे
सरोज रावल– गल्लीगल्ली
निश्चल के.सी.– कान्छीको डिम्पल
शिव पौडेल– तिम्रो जोवन

४६) उत्कृष्ट ध्वनी मुद्रण
महेश्वरमान राजभण्डारी– तिम्रा हजार
प्रकाश के.सी.– प्याप्या झ्याम
श्यामस्वेत रसाइली– बरिखा
किसन श्रेष्ठ– कर्ली कर्ली कपाल
किशोर थापा– रहर छ सँगै

४७) उत्कृष्ट म्युजिक कम्पनी
एसियन म्युजिक
गोर्खा चौतारी म्युजिक
कृष्ण फिल्मस्
एस.एस. डिजिटल
हिम सम्झौता डिजिटल

४८) पब्लिक च्वाइस अवार्ड
बोलमाया
रहर छ सँगै
सालको पात
माया लुकीलुकी
पिरिम नलाउने
पीच रोड

post image

बैशाख २७ ,काठमाडौं । पूर्व प्रेमी प्रेमिका रहेका कंगना रनौट र ऋतिक रोशनको वक्सअफिसको सम्भावित भिडन्त टरेको छ। ऋतिकले आफ्नो आगामी रिलिज ‘सुपर ३०’ को पूर्व निर्धारित रिलिज मिति सार्ने जनाएका छन्।

उनको सिनेमा २६ जुलाईमा रिलिज हुने तय भएको थियो। सोही मितिमा कंगना अभिनित ‘मेन्टल है क्या’ रिलिज हुँदैथियो।

तर ऋतिकले ट्वीटरमा एक पोस्ट लेख्दै आफ्नो सिनेमाको रिलिज मिति सार्न लागेको बताइदिए जसले गर्दा सिनेमा रिलिजका दौरान आउनसक्ने थुप्रै गसिपहरू नबन्ने भएका छन्।

सो पोस्टमा उनले सम्भावित ‘मानसिक प्रताडना’बाट बच्न रिलिज सार्न लागेको बताएका छन्। ऋतिकका अनुसार सिनेमाको रिलिज सार्न आफूले निर्मातालाई भनिसकेको बताए। नयाँ रिलिज मितिको फैसला १-२ दिनमा आउने उनले पोस्टमा उल्लेख गरेका छन्।

Hrithik Roshan

@iHrithik

4,978 people are talking about this

 

post image

बैशाख २५,काठमाडौं । नवजोत सिंह सिद्धू कुनै पनि मुद्दामा आफ्नो खुल्ला विचार राख्नका लागि चर्चित छन् । उनी द कपिल शर्मा शोका महत्वपूर्ण हिस्सासमेत हुन् । यद्यपी, पुलवामा हमलामाथि उनको बयानले इन्टरनेटमा उनीबारे विभिन्न नकारात्मक टिप्पणी आए जसका कारण निर्माण पक्षले सिद्धूलाई कार्यक्रमबाट हटाउनु पर्यो । उनको सट्टामा अर्चना पूरण सिंहलाई राखिएको छ ।

द कपिल शर्मा शोको शनिबारको एपिसोडमा कपिल शर्माले नवजोत सिंह सिद्धूले पठाएको एक पत्र लिएर सेटमा आए र त्यो सबैको सामुन्ने पढेर सुनाए । पत्रका लेखिएका शब्द यति रोचक थिए कि सबैजना निकै हाँसे । उक्त पत्रमा लेखिएको थिये, ‘डियर अर्चना, म तिम्रो राम्रो स्वास्थ्यको कामना गर्छु । म कामना गर्छु कि तिमी निकै स्वस्थ हौ । यति स्वस्थ कि तिमीलाई सोफामै बस्न गाह्रो होस् । ’

कपिलले सिद्धूले लेखेको पत्र पढ्छन्, ‘म तिम्रो लागि आफ्नो घर छोड्न सक्छु । आफ्नो काम छोड्न सक्छु र आफ्नो शहर छोड्न सक्छु । तर तिमीले मेरो कुर्सी छोड्नुपर्छ । तिम्रो प्यारो नवजोत सिंह सिद्धू ।’

 

post image

वैशाख २५, काठमाडौं ।निर्देशक दीपेन्द्र के खनालले नयाँ प्रोजेटको रुपमा ‘आमा’ घोषणा गरेका छन् । राजधानीमा एक कार्यक्रमका बीच फिल्म ‘आमा’को औपचारिक निर्माण घोषणा गरिएको हो ।फिल्मको शिर्ष अर्थात ‘आमा’को भुमिकामा कलाकार सुर्यमाला खनाल रहेकी छन्, भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त छानिएकी छन् ।

 निर्देशक खनालले यो फिल्म आफ्नै लेखन, निर्देशक र छाँयाकनमा तयार गर्न लागेका हुन् ।  नेपालमा पहिलो पटक थ्रिडी फिल्म बनाएका खनालले यस अगाडि ‘धनपति’ पनि आफैंले निर्देशन तथा छायाँकन गरेका थिए ।

एक आमा र छोरीको बिचको सम्बन्धमा फिल्म ‘आमा’ बनाउन लागेको निर्देशक खनालले कार्यक्रममा बताए ।  ‘सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । ‘पशुपती प्रसाद’ झै आमा पनि उत्कृष्ट बन्ने छ’ उनले भने ‘दर्शक र समीक्षक दुबैलाई मनपर्ने फिल्म मेरो लक्ष्य हो ।’

आमा शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह–निर्मातामा सन्तोष अधिकारी रहेका छन् । भुपेन्द्र खड्काको गीत रहेको फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतको अभिनय रहनेछ । असार दोस्रो साताबाट फ्लोरमा जाने बताइएको फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउनेछ ।

post image

 वैशाख  २४, काठमाडौं । बलिउडका सफल नायक आयुष्मान खुराना सफल चलचित्र ‘शुभ मंगल सावधान’ चलचित्रको सिक्वेलमा काम गर्ने तयारी गरिरहेका छन् । हालै यो चलचित्रको बारेमा नयाँ खबर बाहिरिएको छ ।

निर्माण युनिटले यो चलचित्रको कथा लिक भएको बताएको छ । खबरका अनुसार यो चलचित्र समलिंगीको कथामा निर्माण हुदैछ । चलचित्रमा आयुष्मान खुराना ‘गे’को भूमिका निर्वाह गर्दैछन् । आयुष्मानले केही समय अगाडि आफूलाई समलिंगीको भूमिका गर्न मन भएको बताउँदै आएका थिए ।

यो चलचित्रले एक युवाको कथा प्रस्तुत गर्नेछ जो समलिंगीप्रति आकर्षित छ । आफ्नो यो बानीबाट निकै दिक्क भएको यूवालाई चलचित्रको केन्द्रिय पात्रको रुपमा चित्रण गरिदैछ । चलचित्रमा उक्त युवाले भोग्नु पर्ने दुख, पीडा र उसको मनोभावलाई प्रस्तुत गरिनेछ । यो चलचित्रलाई आनन्द एल रायले निर्माण गर्नेछन् ।

post image

बैशाख २४ , काठमाडौँ । चलचित्र क्षेत्रका २ जोडी निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइ र ले निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराबीच आज बिहे हुँदै छ  ।

केही समय अगाडि नै कोर्ट म्यारिज गरेर एकसाथ रहँदै आएका निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाइले आज बिहे गर्दैछन् । दिवाकर र दीपिकाले वैशाख २४ गते बिहे हुन लागेको जानकारी यसअगाडि पनि दिदै आएका थिए । उनीहरुले केही बर्ष प्रेममा रहेर केही समय अगाडि मात्र कोर्ट म्यारिज गरेका थिए ।

दिवाकरले नै निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’मा काम गरेपछि दीपिका र दिवाकरको प्रेम रहेको चर्चा चलेको थियो ।

यस्तै, आज नै काठमाण्डौको एक पार्टी प्यालेसमा कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले पनि बिहे गर्दैछन् ।

आज बैबाहिक बन्धनमा बाँधिन लागेका रेनशा र प्रज्ज्वलले वैशाख २७ गते काठमाण्डौको एक पार्टी प्यालेसमा भव्य पार्टीको आयोजना गर्दैछन् । रेनशाले प्रज्ज्वलको निर्माणमा तयार भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट आफूलाई निर्देशकको रुपमा उभ्याएका थिइन् ।

post image

बैशाख २३ , काठमाडौँ । पत्रकार रबी लामिछाने र निकिता पौडेलले यहि जेठ ३ गते बिवाह गर्ने भएका छन । रवि र निकिताले होटेल म्याष्टिक माउनटेन नगरकोट, भक्तपुरमा एक समारोह बिच विबाह गर्न लागेका हुन ।

केहि समय पहिले जेठी श्रीमतीलाई डिभोर्स दिएर आलोचना र बधाई पाएका पत्रकार रवि लामिछाने र तत्कालिन नेपाल चलचित्र बोर्डकी अध्यक्ष निकीता संग कोट म्यारीज गरेका थिए ।

निमन्त्रणा कार्डमा लेखिएको छ :
रवि लामिछाने निकिता पौडेल हामी दुईले विबाह बन्धनमा बाँधिएर जीवनको यात्रा तय गर्यौं ।यस अबसरमा हामीलाई आशिर्वाद प्रदान गर्न उपस्थित भईदिएर समारोहको गरिमा बढाईदिनुहुन हार्दिक आमन्त्रण गर्दछौं ।

जेष्ट ३ गते शौक्रवार साँझ ५ बजे पछि सुरूहुने रवि लामिछाने र निकिता पौडेलको बैवाहिक समारोहमा उपस्थित हुने पाहुनाहरूका लागी १ रात बस्ने र बिहानको खाजा समेत ब्यबस्था गरिएको छ ।

post image

बैशाख २२, काठमाडौ। भारतका प्रख्यात गीतकार जाबेद अख्तरलाई एउटा हिन्दूवादी समुहले जिब्रो थुत्ने र आँखा उखेलिदिने धम्की दिएको छ । हालै उनले लेखेको एउटा ट्विटलाई लिएर करणी सेना नामको समुहले धम्की दिएको हो ।

करणी सेनाको महाराष्ट्र ब्यूरोका अध्यक्ष जीवन सिंह सोलान्कीले टाइम्ससित भने, ‘हामीले अख्तरलाई तीन दिनभित्रमा माफी माग्न वा परिणामका लागि तयार रहन भनेका छौं । यदि माफी नमागेमा हामी उनको आँखा झिकेर गुच्चा खेल्नेछौं र जिब्रो थुतिदिने छौं । यति मात्रै होइन, हामी उनलाई घरभित्रै घुसेर गोद्नेछौं ।’

मुस्लिम महिलाहरुलाई बुर्का लगाउन प्रतिवन्ध गर्नुपर्ने विषयमा भारतीय जनता पार्टीका केही नेताहरुले आवाज उठाएपछि अख्तरले ट्विटरमा टिप्पणी गरेका थिए । उनले यदि बुर्कामा प्रतिवन्ध लगाउने हो भने हिन्दू महिलाहरुलाई घुम्टो ओढ्न पनि रोक लगाउनुपर्ने बताएका थिए । त्यही अभिव्यक्तिमा करणी सेना आक्रोशित बनेको हो ।

विवाद बढेपछि अख्तरले स्पष्टिकरण दिएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको बताएका छन् । टाइम्स अफ इन्डियासँग उनले भने, ‘अनुहार ढाक्ने परम्पराले सुरक्षा चुनौति बढ्छ भन्ने कुरामा म सहमत छु । त्यसैले बुर्कार्लाइ मात्र होइन, घुम्टोलाई पनि यसमा ध्यान दिनुपर्छ भन्ने मेरो धारणा हो । अहिलेको खुल्ला समाजमा बुर्का र घुम्टो दुवैको आवश्यकता छैन ।’

post image

बैशाख २२,काठमाडौं । अहिले निकै भाइरल भईरहेकी २ बर्षीय बालिका साइलिन श्रेष्ठको अभिनय रहेको गीत बजारमा आएको छ।

आमाको मुख हेर्ने औंसीको अवसरमा सार्वजनिक उक्त गीतमा गायिका रन्जना ढुंगेलको आवाज रहेको छ भने शब्द पनि रन्जनाकै रहेको छ।गीतमा संगीत आमोस तामाङ्गको रहेको छ।

संजीत श्रेष्ठको युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा सिलिनकि आमाको पनि अभिनय रहेको छ ।

post image

बैशाख २२,काठमाडौं । यो बर्षकै पहिलो अवार्डको रुपमा ‘डी सिने अवार्ड २०७६’ काठमाण्डौको हिरारत्न हलमा आयोजना भएको छ । चलचित्रकर्मीहरुको निकै नै फितलो उपस्थितीमा आयोजित अवार्ड समारोहमा नायिका नम्रता श्रेष्ठले चलचित्र ‘प्रसाद’बाट उत्कृष्ट नायिकाको अवार्ड जितिन् । यस्तै, नायक सलिनमान बनियाँले चलचित्र ‘यात्रा’बाट उत्कृष्ट नायकको अवार्ड जिते ।

यो अवार्डमा ‘छक्का पन्जा ३’ उत्कृष्ट चलचित्र बन्यो भने यही चलचित्रबाट उत्कृष्ट निर्देशकको रुपमा दीपाश्री निरौलाले अवार्ड जितिन् । अवार्ड समारोहमा कलाकार निर शाहलाई ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो ।

कार्यक्रममा छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट ३ दशकसँग रंग पत्रकारितामा सक्रिय पत्रकार अनन्त वाग्लेलाई सम्मानित गरिएको थियो । अवार्डमा ‘पपुलर चलचित्र’को रुपमा गतबर्ष आक्रामक व्यापार गर्न सफल चलचित्र ‘ए मेरो हजुर ३’लाई अवार्ड प्रदान गरियो भने ‘क्रिटिक्स अवार्ड’ चलचित्र ‘यात्रा’ले प्राप्त गर्यो । अवार्ड समारोहमा श्रीदेव भट्टराइलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको थियो ।

यी बाहेक अन्य विधामा अवार्ड प्राप्त गर्न सफल चलचित्र र चलचित्रकर्मीको नाम यसप्रकार छः

उत्कृष्ट पाश्र्वसंगीत – जेसन कुवर, प्रवेश मल्लिक (भोर)

उत्कृष्ट साउण्ड डिजाइन – मुकेश शाह (डमरुको डण्डीवियो)

उत्कृष्ट गीतकार – राजेश श्रेष्ठ- फूल होईन (रोज)

उत्कृष्ट गायिका – विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट गायक – डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट लोक संगीत संगीतकार – दीपक शर्मा -पहिलो नम्बरमा (छक्का पञ्जा –३)

उत्कृष्ट संगीतकार – एलिस कार्की -फूल होइन (रोज)

उत्कृष्ट लोकगीत नृत्य निर्देशक – बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)

उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज – तिम्रो लागि (राम काहानी)

उत्कृष्ट द्वन्द्व निर्देशक – हिमाल के. सी (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट बालकलाकार – एञ्जल राई (हैरान)

उत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्का पञ्जा –३)

उत्कृष्ट खलपात्र – माओत्से गुरुङ (चङ्गा चेट)

उत्कृष्ट कथा – दीपेन्द्र लामा (गोपी)

उत्कृष्ट पटकथा – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट संवाद – सुशील पौडेल (प्रसाद)

नव नायिका – सुहाना थापा (ए मेरो हजुर ३)

उत्कृष्ट नव नायक – घिरज मगर (इन्टु मिन्टु लण्डनमा)

उत्कृष्ट नव निर्देशक – सम्राट शाक्य (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट चरित्र अभिनेत्री – लक्ष्मी गिरी (छक्का पञ्जा –३)

उत्कृष्ट चरित्र अभिनेता – सरोज खनाल (क्याप्टेन)

उत्कृष्ट सह–अभिनेत्री – नम्रता सापकोटा (समर लभ)

उत्कृष्ट सह–अभिनेता – शलोन बस्नेत (यात्रा : अ म्यूजिकल भ्लग)

उत्कृष्ट छायाँकार – सञ्जय लामा (ए मेरो हजुर –३)

उत्कृष्ट सम्पादक – विपिन मल्ल (छक्का पञ्जा –३)

उत्कृष्ट अभिनेत्री – नम्रता श्रेष्ठ (प्रसाद)

उत्कृष्ट अभिनेता – सलिनमान बनिया (यात्रा :अ म्यूजिकल भ्लग)

उत्कृष्ट निर्देशक – दीपाश्री निरौला (छक्का पञ्जा –३)

उत्कृष्ट पपुलर चलचित्र – ए मेरो हजुर –३ (सुहाना इन्टरटेनमेन्ट)

क्रिटिक्स​ अवार्ड​ – यात्रा : अ म्युजिकल​ भ्ल​ग​

जुरि अवार्ड​ – डमरुको डण्डीवियो

ईन्करेज​मेन्ट​ अवार्ड​ – श्रीदेव भट्टराई (सुकुल​गुण्डा)

उत्कृष्ट फिल्म – छक्का पञ्ज –३ (आमा सरस्वती मुभिज)

post image

वैशाख २०, काठमाडौँ ।यो बर्षको प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारदेखि देशभर रिलिज भएको छ । देशभरका ८० बढी पर्दामा यो चलचित्र रिलिज भएको निर्माणपक्षले जानकारी दिएको छ । सुदन केसीको डेब्यू चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्र ‘दाल भात तरकारी’ले विशेषगरि अमेरिका जानका लागि करोडौ खर्च गरेर डुबेको एक परिवारको कथा भन्छ । श्रीमान् र श्रीमतीको झगडा, पारिवारिक सम्बन्ध, अमेरिकाको सपनालाई चलचित्रमा देखाइएको छ । चलचित्रले ‘दाल भात तरकारी’का लागि विदेश नै जानु भन्दा नेपालमा नै केही गर्न सकिन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।

बक्स अफिस कलेक्सनले विश्वलाई चकित बनाइरहेको हलिउड फिल्म ‘एभेन्जर्स इन्ड गेम’सँग यो फिल्मले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

प्रदर्शनको दोस्रो सातामा रहेको ‘एभेन्जर्स इन्ड गेम’लाई मल्टिप्लेक्समा अत्याधिक सो दिइएको छ। दर्शक अकुपेन्सीका हिसाबले ‘दाल भात तरकारी’ले शुक्रवार हलिउड फिल्मलाई उछिनेको छ।

फिल्मको अधिकांश सोमा दर्शकको अकुन्पेन्सी बढ्दो छ। मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्स लबिम र कुमारीका २ सो हाउसफूल नै छन्। अधिकांश सो फिलिङ फास्ट अर्थात हाउसफूल हुने प्रकृयामा छ।

‘मह संचार’ले बनाएको फिल्मलाई ओपनिङमा दर्शकको साथ देखिएको छ। कमेडी जनरामा बनेको यस फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन्। उनी फिल्मका प्रस्तुतकर्ता किरण केसी ‘रातामकै’का छोरा हुन्। हलिउडका २ फिल्ममा सहायक निर्देशनको अनुभव बटुलेका सुदनको यो डेब्यू फिल्म हो।

 फिल्ममा शम्भुजित बास्कोटाको संगीत, दीर्घ गुरुङको सिनेम्याटोग्राफी, हरिवंश आचार्यको संवाद/पटकथा छ। यसै फिल्मका कारण फिल्म ‘काउसो’को प्रदर्शन १ हप्ता पछि सरेको हो।

post image

वैशाख १९, काठमाडौं । नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ ।

यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर नेपाल छिरेका एक आतंककारीलाई पछ्याएका ५ हिरोको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । नेपालका विभिन्न स्थान चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रमा अर्जुन कपुर, राजेश शर्मा, प्रशान्त, गौरभ मिश्र, आशिफ खान लगायतलाई देख्न सकिन्छ । साथमा, नेपाली कलाकार कमलमणी नेपाललाई पनि चलचित्रको ट्रेलरमा हेर्न सकिन्छ ।

राजकुमार गुप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मे २४ मा रिलिज हुँदैछ । फक्स स्टार स्टूडियोले यो चलचित्रलाई निर्माण गरेको हो ।

post image

वैशाख १९, काठमाडौं । १२ बर्ष अगाडि निर्माण भएको व्यवसायिक फिल्म ‘खलनायक’को सिक्वेल बन्ने भएको छ । निर्माता रोज राणाले यसको सिक्वेल ‘खलनायक २’ घोषणा गरेका छन् ।

ऋषि न्यौपानले निर्देशन गरेको ‘खलनायक’को अब बन्ने सिक्वेलको निर्देशकमा ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारी छानिएका छन् । फिल्मका लागि निर्देशकको अलवा द्धन्द्धमा एनबि महर्जन समेत फाइनल भएको निर्माता रोज राणले बताए ।

फिल्मको लेखन मौनता श्रेष्ठले गरिरहेका छन् । अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेती र झरना थापाको मुख्य भुमिका रहेको फिल्मको सिक्वेलमा अहिले पुस्ताका कलाकार लिएर निर्माण गर्ने सोच निर्माता राणाको रहेको छ ।

post image

वैशाख १८, काठमाडौं । निर्देशक मिलन चाम्सले शान्ति र समानताको संदेश दिन सिनेमा ‘वीर बिक्रम २’को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली सिनेमा क्षेत्रमा पहिलो पटक हुन् लागिरहेको यस खालको प्रिमियरले सिनेमाका कलाकार र प्राविधिकलाई राजकीय सम्मान पनि प्रदान गर्नेछ ।

हलिउडमा सफलताका साथ मनाउने पर्पल कार्पेट प्रिमियर नेपालमा पनि हुने भएको हो। प्रतिक्षित मानिएको फिल्म बिर बिक्रम २ ले सो प्रथालाई नेपाल भित्राउने भएको छ। यहि जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको पर्पल कार्पेट प्रिमियर फिल्म प्रदर्शनको ठिक २ दिन अगाडी राजधानीमा हुने जानकारी फिल्मका निर्देशक मिलन चाम्सले दिएका छन।

पछिल्लो समयमा हलिउड ब्लक बस्टर ‘एभेन्जर्स: इन्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ‘एभेन्जर्स: इन्ड गेम’ले पर्पल कार्पेट प्रिमियर गरिसकेका छन।

मोफसल टुरका लागि तयारी गर्दै गरेको फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी, बुद्दि तामाङ, देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री, सुर्यांश खड्का, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ ।

post image

बैशाख १६,काठमाडौँ । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ ।सोमबार होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले नाटकीय शैलीमा घोषणा गरेको हो ।
सो अवसरम कलाकार केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्रहसन मार्फत रमाइलो गराएका थिए ।शहरमा हुर्किएकी एक युवती र  सोझो केटाको कथा रहेको  फिल्मको  दीपाश्री निरौला निर्देशन सल्लाहकार रहेकी छन् ।

 फिल्ममा केकी र दीपकराज जोडीको रूपमा देखिदै छन्,भने केदार र जितुको पनि मुख्य भूमिका रहने कार्यक्रममा जानकारी  दिईयो । केही कलाकार छनौटको  क्रममा रहेको निर्देशक लामाले जानकारी दिए ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आइएमईको प्रस्तुतीमा निर्माण हुने फिल्ममा रोहित अधिकारीको एकल लगानी रहनेछ ।  दीपकराजको टिमले मुनाफाको ५० प्रतिशत लैजाने सर्तमा काम गर्न लागेका हुन् ।

जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्मलाई हरि हुमागाइँले खिच्नेछन् । रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफीफिल्ममा  रहनेछ ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज, संवादमा दीपकका साथमा केदार, जितु र अभिमन्यू निरबीको रहेको छ ।  जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।

post image

बैशाख १६,काठमाडौँ । सलमान खान अभिनित ‘दंबग ३’ तथा रणवीर कपुर स्टारर ‘ब्रह्मास्त्र’को सम्भावित भिडन्त टरेको छ।

दुबै सिनेमाले यसै वर्ष २० डिसेम्बरलाई आफ्नो रिलिज मिति तोकेका थिए। ‘ब्रह्मास्त्र’का निर्माताले सिनेमाको रिलिजलाई आगामी वर्षको गर्मीसम्मका लागि सारिएको औपचारिक घोषणा गरेपछि यी दुईको सम्भावित भिडन्त टरेको हो।

निर्माणपक्षले सिनेमा भलाईका लागि रिलिज सारेको जनाएका छन्। सिनेमाको भिएफक्समा कुनै सम्झौता नगरिने भएपछि रिलिज मिति सारेको निर्माण पक्षले बताएको छ।

post image

बैशाख १६, काठमाडौं । अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्यूमर देखिएपछि भारतमा शल्यक्रिया गराइएको छ । आफ्नो शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

श्वेता आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ को सुटिङका लागि लन्डन पुगेकी थिइन् । त्यहाँ केही दिन सुटिङ गरेपछि आफू अस्वस्थ बनेको उनले बताएकी छन् । श्वेताले लेखेकी छन्, ‘लन्डन जानुभन्दा केही दिन अगाडि पनि मेरो चिउँडो मुनिको भागमा दुखाई भएको थियो । डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखियो । तर, यसबाट डराउनु नपर्ने र केही महिनापछि शल्यक्रिया गर्दा पनि हुने डाक्टरले बताउनुभयो । तर, लन्डनमा फेरि समस्या दोहोरियो । खप्नै नसक्ने गरी दुख्ने र ज्वरोसमेत आएपछि अस्पताल गएँ । त्यहाँ डाक्टरले चाँडोभन्दा चाँडो शल्यक्रिया गर्न सुझाव दिनुभयो ।’

श्वेताले अब आफ्नो नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’ अघि बढाउन नसक्ने भन्दै निराशा व्यक्त गरेकी छन् । उनी लेखेकी छन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो । वास्तवमा जिन्दगी अनिश्चित हुन्छ भन्ने भनाई सत्य रहेछ । तपाईंले बनाएका योजनाहरु केही सेकेन्डम भताभुंग हुँदा रहेछन् । म दु:खपूर्वक तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि अब म आफ्नो नयाँ चलचित्र हेल्लो जिन्दगीमा काम गर्न सक्षम हुनेछैन । यद्यपि, फेरि एक पटम म भयानक परिस्थितिलाई जितेर निस्किएकी छु ।’

post image

वैशाख १३, काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार युटुबमार्फत सार्वजनिक गरिएको चलचित्रको ट्रेलरले सुनको कथालाई उठाएको छ । सुन हराएपछि आइपर्ने समस्यालाई कमेडीको माध्यमबाट यो चलचित्रमा देखाउन खोजिएको छ ।

चलचित्रको ट्रेलरमा मुख्य चार कलाकार विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई हाबी बनेका छन् । नायिका वर्षा राउत र कलाकार राजाराम पौडेललाई पनि ट्रेलरमा स्थान दिइएको छ । प्रदीप भट्टराईको निर्देशनमा बनेको यो चलचित्रलाई रविन्द्र सिंह बानियाले निर्माण गरेका हुन् । चलचित्रमा सिंगे लामा र यज्ञराज पौडेलको पनि लगानी छ । चलचित्रले जेठ ३ गतेलाई रिलिज मिति तय गरेको छ । चलचित्रमा नायक दयाहाङ राई प्रहरीको भूमिकामा छन् ।

post image

 वैशाख १३, काठमाडौं । नायिका रेखा थापासँग ‘हिम्मतवाली’ चलचित्रमा अभिनय गरेर चर्चामा आएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बिहीबार गौतमविरुद्ध रेड नोटिस जारी भएको हो ।

हाल क्यानडामा भएका गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले मुद्दा चलाएको थियो । रेड नोटिस पनि महाशाखाकै सिफारिसमा जारी भएको हो । मानव तस्करी गर्ने एउटा समूहलाई पक्राउ गर्ने क्रममा उनीको नाम पोलिएपछि उनलाई फरार प्रतिवादी बनाएर मुद्दा पेश गरिएको थियो ।

दुवै हात नभएका गौतम कीर्तिम अंग नलगाइ सगरमाथा आरोण गर्ने व्यक्तिसमेत हुन् ।

post image

वैशाख १३, काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो ।

गीतको भिडियोमा नायिका प्रियंका कार्कीको नृत्य हेर्न सकिन्छ । प्रियंकालाई गीतमा बोल्ड देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ ।

हरिवंश आचार्यले लेखेको यो चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रले अमेरिका जानका लागि हुने तछाडमछाडलाई उठान गरेको छ । मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई किरण केसीले निर्माण गरेका हुन् ।

post image

 वैशाख १०, काठमाडौं ।निर्देशक सतिष कौशिक सलमान खान अभिनित ‘तेरे नाम’को सिक्वेल बनाउने तयारीमा छन् । प्रदर्शनको १६ औं वर्षपछि फिल्ममाथि सिक्वेल बन्ने घोषणा भएको हो।

फिल्ममा सलमान नै मुख्य भूमिकामा देखिन सक्ने बताइएको छ। यद्यपि फिल्मका मुख्य कलाकार अझै फाइनल भएका छैनन्। सन् २००३ को यो फिल्म सलमानको करियरको टर्निङ पोइन्ट थियो।

फिल्मका गीतहरु त्यतिखेर निकै चर्चामा थिए। सलमानको लामो कपालको लुकलाई दर्शकले पछिसम्म नै पछ्याइरहे। सिक्वेलले नयाँ लभ स्टोरी देखाउने निर्माण टिमको दाबी छ।

फिल्मले उत्तर भारतको ग्याङस्टार प्रेम कहानी समेट्ने बताइएको छ। सलमान यतिखेर ‘दबंग ३’को मध्य प्रदेशतिरको छायाँकनमा सकेर ‘भारत’को प्रचारमा व्यस्त छन्। त्यस लगतै उनी संजयलीला भन्सालीको निर्देशनमा बन्ने ‘इन्साल्लाह’मा आवद्ध हुनेछन्।

बैशाख १०,काठमाडौँ । ‘कुटुमा कुटु’ गीतले यूट्यूवमा १० करोड भ्यूज प्राप्त गरेको छ । नेपाली गीत १० करोड क्लवमा प्रवेश गरेको यो पहिलोपटक हो ।

चलचित्र ‘२ रुपैयाँ’ मा समावेश यो गीत गाउँदेखि शहरसम्म लोकप्रिय छ । यस गीतले यूट्यूवमा सुरुदेखि नै आक्रामक भ्यूज प्राप्त गरिरहेको थियो । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ भने उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आसिफ साह फिचरिङ छन् ।

गीत १० करोड क्लवमा प्रवेश गरेपछि संगीतकार शिवकोटीले खुशी सेयर गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै सबै दर्शक र स्रोताहरुलाई धन्यवाद दिएका छन् ।

post image

बैशाख १०,काठमाडौँ । चलचित्र ‘साङ्लो’का   नायक तथा निर्देशक विराज भट्टले चलचित्र प्राविधिक शंकर पाण्डेमाथि हात हालेका छन् । सोमबार बेलुकी काठमाण्डौको नयाँ बानेश्वरमा अवस्थिती एक क्याफेमा बसेका पाण्डे र विराजको चलचित्रको बिषयलाई लिएर झगडा भएको थियो । नायक भट्टले पाण्डेलाई प्रोडक्शन डिजाइनरको रुपमा पौषमै संझौता गरेका थिए । तर, चलचित्रको छायांकन फागूणबाट सुरु गर्ने भन्दा भन्दै बैशाखको मध्य भागसम्म पनि सुरु हुन सकेको छैन ।

प्राविधिक पाण्डेले अब आफू चलचित्रमा काम गर्न नसक्ने बताएका थिए । उनले, चलचित्रको छायांकन सुरु हुन नसकेकाले अब आफूले यो चलचित्र छाड्ने बताए । यसपछि, निर्माता, निर्देशक तथा नायक भट्टले चलचित्र छाड्ने भए आफ्नो पैसा फिर्ता दिन भनेका थिए ।

तर, पाण्डेले आफूले ४ महिना भन्दा बढी समयदेखि यो चलचित्रमा काम गरिरहेकाले पैसा फिर्ता दिन नसक्ने जवाफ दिएका थिए । यसलगतै, भट्टले पाण्डेलाई बसिरहेको ठाउँबाट टाउकाको पछाडिको भागमा हिर्काएका थिए ।

क्याफेको अर्को कुर्सीमा बसिरहेका चलचित्र प्राविधिक तथा निर्माता केशव घिमिरेले झगडा परेपछि विराजको हात समातेका थिए । घिमिरेले विराजको हात समातेपछि उठेर पाण्डेले पनि विराजलाई ४–५ मुक्का हानेको बताइएको छ ।

शंकर पाण्डेमाथि विराजले हात हालेपछि चलचित्र प्राविधिक संघले यो घटनाको भत्र्सना गरेको छ । नायक भट्टले भने पाण्डेले आफ्नो बेइज्जत गरेपछि हात हालेको चलचित्र कलाकार संघका प्रतिनिधीसँगको कुराकानीमा बताएका छन् ।

post image

वैशाख ९, काठमाडौं । बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ ।

सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ ।

अली अब्बास जफर निर्देशित भारतमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर, दिशा पटानी लगायतको मुख्या भूमिका छ । यो चलचित्र जुन ५ तारिखमा रिलिज हुँदैछ । इदमा लगातार असफल चलचित्र दिइरहेका नायक सलमान खानका लागि यो चलचित्र विशेष छ

post image

काठमाडौँ ९, काठमाडौँ ।  फिल्म ‘हजार जुनीसम्म’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रम गरि ‘एमजी रोडैमा’ बोलको गीत रिलिज गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतमा गायक सिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोमा सलोन बस्नेत, स्वस्तिमा खड्का र अखिलेस प्रधानको अभिनय रहेको छ । आगामी श्रावण ३० गतेबाट रिलीज हुने फिल्ममा आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको कथा रहेको फिल्ममा निर्देशक विकाश राज आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको छ । पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी रहेको छ ।

post image

वैशाख ९, काठमाडौं । रोहित शेट्टीको निर्माण तथा निर्देशनमा बन्ने ‘सूर्यवंशी’मा अभिनेता अक्षयकुमारसँग क्याटरिना कैफको जोडी बाँधिने भएको छ।

उनीहरूले सिनेमाको पोस्टरका लागि तस्विर पनि खिचाइसकेको बताइएको छ। सिनेमाको सुटिङ जुनबाट सुरू हुनेछ। ‘सूर्यवंशी’ आगामी वर्षको सुरूवाततिर रिलिज हुनेछ।

दुबैले यसअघि ‘हमको दिवाना कर गए’, ‘नमस्ते लण्डन’, तीस मार खान’, दे दना दन’, सिंह इज किङ’ तथा ‘वेलकम’ जस्ता सिनेमामा एकसाथ काम गरिसकेका छन्।

post image

वैशाख ८, काठमाडौं । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निर्माता प्रज्ज्वल शमशेर जबरा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले काठमाण्डौको एक होटलमा आयोजित कार्यक्रममा आफन्तका विचमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले बैशाखको २४ गते बिबाह गर्दैछन् । आइकोर फिल्मस्का मालिक समेत रहेका प्रज्ज्वलले नयाँ २ चलचित्र निर्माणको तयारी समेत गरेका छन् ।

जसमध्ये, रेनशाकै निर्देशनमा बन्न लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन दुइको बिहेपछि सुरु हुनेछ । यसपछि, चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्नेछ । रेनशाले चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्र निर्देशन यात्रा सुरु गरेकी थिइन् ।

post image

बैशाख ८, काठमाडौँ । चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ । जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्रको यो गीतमा अर्जुन भट्टराइको शब्द, कालिप्रसाद बास्कोटाको स्वर र संगीत रहेको छ ।

प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई फिचरिङ गरिएको छ । प्रदिप भट्टराइले चलचित्रको लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्र ‘जात्रा’ बक्स अफिसमा हिट भएको थियो । यसकारण पनि यो चलचित्र दर्शकका लागि प्रतिक्षित छ ।

post image

वैशाख ६, काठमाडौं । चलचित्र ‘पोई पर्यो काले’ नामकै कारण चर्चामा छ । अझ, यो चलचित्रमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ भित्रिएपछि चलचित्रले चर्चा पाएको हो । चलचित्रका लागि पूजाले २० लाख र आकाशले १८ लाख पारिश्रमिक लिइसकेका छन् ।

अब, यो चलचित्रमा नायक सौगात मल्लको पनि इन्ट्री भएको छ । चलचित्रमा सौगात भित्रिएसँगै कलाकारको लाइनअप बलियो बनेको छ । यो चलचित्रमा पूजाको श्रीमान्को भूमिकामा नायक सौगात मल्ल देखिदैछन् । आकाशको भूमिकाको बिषयमा भने अहिले खुलाइएको छैन ।

चलचित्रका निर्माता दिपक मनाङ्गे हुन् । कमेडी र सामाजिक कथामा यो चलचित्र निर्माण हुनेछ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई कात्तिकको ८ गते रिलिज गर्ने योजना निर्माणपक्षको छ । वुझिएअनुसार, चलचित्रमा नायिका श्रृष्टी श्रेष्ठको इन्ट्री हुने संभावना पनि प्रवल छ । प्रेममा रहेका सौगात र श्रृष्टी एकसाथ चलचित्रमा काम गर्दै आएकाले पनि यसमा पनि श्रृष्टी हुने संभावना प्रवल बनेको हो ।

post image

वैशाख ६, काठमाडौं । नायक आर्यन सिग्देल पिता बनेका छन् । शुक्रबार उनकी श्रीमति सपना भण्डारीले छोरोलाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

बिबाहको पाचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका छन् । आज भन्दा ५ वर्ष पहिला बैशाख ६ गते नै उनीहरु बैबाहिक जीवनमा बाँधिएका थिए । केही बर्ष प्रेममा रहेर आर्यन र सपनाले प्रेम बिबाह गरेका थिए ।

आर्यनले केही समय अगाडि नै  गर्भवती श्रीमतीसँगको केही फोटोहरु सार्वजनिक गर्दै नयाँ वर्षमा आफ्नो सन्तानले जन्म लिने खुलाएका थिए । सन्तानको जन्मपछि आर्यन निकै खुसी छन् ।

post image

वैशाख ४, काठमाडौँ । बैशाखको २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पसिना’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलन गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

यो चलचित्रको ट्रेलरमा नायक गौरव पहारी, नायिका अनु शाहको साथमा कलाकारहरु सरोज खनाल, रवि गिरी लगायतलाई देख्न सकिन्छ । यो चलचित्रले मजदुरको कथालाई देखाउन खोजेको छ ।

आर.बी खत्री शरदको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा शान्ता ढकालको लगानी छ । संजय महत्तो चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा नविन निरौला र भरत रेग्मीको सम्पादन, राम केसीको छायांकन, आशिश र शरदको पटकथा तथा संवाद छ ।

post image

वैशाख ४ , काठमाडौँ । शुक्रबार रिलिज भएका २ नेपाली चलचित्र हलमा चलिरहँदा बुधबार नै भारतीय चलचित्र ‘कलंक’ रिलिज गर्ने योजनामा वितरक थिए । तर, यसपटक भने चलचित्र विकास बोर्डको बोल्ड निर्णयले यो  कलंक रिलिज नहुने भएको छ  ।

चलचित्र निर्माता संघले शुक्रबार बाहेक अरु दिनमा विदेशी चलचित्र रिलिज हुँदा नेपाली चलचित्र मर्कामा परेको भन्दै चलचित्र विकास बोर्डलाई पत्र लेखेको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले निर्मातासंघको पत्रमा टेकेर यो निर्णय गरेका छन् । यसैकारण, आज बुधबारदेखि भारत लगायत विश्वभर ‘कलंक’ रिलिज हुँदा नेपालमा भने रिलिज रोकियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको यो बोल्ड निर्णयको चलचित्रकर्मीले स्वागत गरेका छन् । केही हल व्यवसायी र वितरकका लागि यो निर्णय तितो मात्र होइन पदको दुरुपयोग लागेतापनि यो सिंगो चलचित्र क्षेत्रका लागि सुखद पक्ष हो ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्रको हक हितका लागि खोलिएको अभिभावक संस्था हो । नेपाली चलचित्रमाथिको थिचोमिचोलाई बोर्डले टुलुटुलु हेरेर बस्न मिल्दैन । अध्यक्ष भट्टराइले लिएको बोल्ड निर्णयले नेपाली चलचित्रकर्मीको उनीप्रतिको आशा बढेर गएको छ ।

post image

वैशाख ३, काठमाडौँ । जेठ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘वीर बिक्रम २’को नयाँ गीत सार्वजनिक भएको छ। फिल्म निर्माण टिमले ‘वाचा’बोलको गीत सार्वजनिक गरेको हो।

संचारकर्मी नरेश भट्टराईले लेखेको गीतमा गायिका दीपा लामा र तारा प्रकाश लिम्बुको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटी फिचर्ड छन्।

गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्। उदयराज पौडेलले गीतका लागि म्यूजिक एरेन्ज गरेका हुन्। प्रदीप भारद्वाजले लेखेको फिल्म प्रेमकथामा आधारित रहने बताइएको छ। फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्।

फिल्ममा पल र वर्षासँगै अभिनेता नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। पहिलोपटक वर्षा र पल यसै फिल्म मार्फत दर्शक माझ देखिँदैछन्। पल र आफ्नो स्क्रिन जोडीलाई दर्शकले रुचाइदिनेमा वर्षा आशावादी छिन्।

post image

वैशाख ३, बुटवल । गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा शिव परियारको स्वर सुन्न सकिन्छ । भिडियोमा ‘कार्टुन क्रुज’का सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् ।

टेकेन्द्र शाहको निर्देशनमा तयार भएको भिडियोमा राम केसीको छायांकन, राजिव समरको कोरियोग्राफी छ । भिडियोको सम्पादन पनि निर्देशक शाहले नै गरेका हुन् ।

गायक परियारले गीतमा निकै मिहिनेत गरेको बोल्दै गीतको सफलता प्रति आशा व्यक्त गरे । त्यस्तै सरोज र आश्माले पनि पहिलो पटक गायक शिव परियारको गीतमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

post image

चैत २९, काठमाडौं । अभिनेत्री प्रियंका चोपडा तथा उनका पति निक जोनास एकअर्काका लागि भाग्यशाली साबित भइरहेका छन्। गत वर्षको अन्तिममा विवाह गरेको यो जोडीलाई लगातार खुशिको खबर प्राप्त भइरहेको छ। एकातीर प्रियंकाले फोब्स पत्रिकामा विश्वका शक्तिशाली सूचिमा सामेल भइन भने निकको गीत पनि लगातार विश्व नम्बर १ मा बसिरहेको छ।

यस्ता राम्रो खबरहरू पाइरहेको यो जोडी फेरि एउटा राम्रो खबरका कारण चर्चामा आएको छ। यो जोडीलाई मेट गाला होस्ट कमिटीको सदस्यको रूपमा चुनिएको छ। यस कमिटीमा लेबा बेथ, केटी पेरी, जैरेड लिटो, जेनिफर लोपेज तथा एलेक्स रोड्रिगेजजस्ता ठूला नाम सामेल छन्।

यसको जानकारी प्रियंकाले आफ्नो इन्स्टागाम एकाउन्टबाट दिएकी हुन्। ‘मेट गालाको बेनिफिट कमिटीमा सामेल हुन पाउँदा गर्व महशुस गरिरहेका छौ। मेको पहिलो सोमबारका लागि उत्सुक छु’, इन्स्टाको पोस्टमा प्रियंकाले लेखेकी छन्।

स्मरणीय रहोस प्रियंका र निक दुई वर्ष अगाडी पहिलो पटक मेट गालाको रेड कार्पेटमा हिँडेका थिए। यसपछि नै उनीहरू एकअर्काको प्रेममा परेको खबर सार्वजनिक हुन थालेको हो।केहिदिन अघि यो जोडीले डिभोर्स गर्न लागेको खबर सर्वत्र फैलिएको थियो यद्धपी प्रियंकाले यो खबर झुटो भएको र समाचार छाप्ने म्यागजिनलाई मुद्दाहाल्ने बताएकी थिइन ।

post image

चैत २९, काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक भएको ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई फोकस गरिएको छ । चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्रको ट्रेलरमा अमेरिका जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट उठाइएको छ । अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

post image

चैत २९, काठमाडौं । बर्षको अन्तिम शुक्रबार अर्थात आज दुई नेपाली फिल्म एक अर्काेसँग भिड्दै प्रदर्शनमा आएका छन् । चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा : म्युजिकल भ्लग’ । यी दुबै फिल्म देशभरका हलहरुबाट एकसाथ प्रदर्शनमा आएका हुन् ।

यी नेपाली फिल्मसँगै तीन विदेशी फिल्म नेपाल प्रदर्शनमा आएका हुन्।

‘यात्रा :म्युजिकल भ्लग’
सम्राट शाक्यको निर्देशन रहेको फिल्म ‘यात्रा : म्युजिकल भ्लग’मा सलिनमान बनिया, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि फिल्ममा अभिनय रहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन्, भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको फिल्मले यात्राका क्रममा आउने प्रेम र उतारचढापलाई प्रस्तुत गरेको छ ।

‘ए मेरो हजुर ३’ 
झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’मा अनमोल केसी र झरनाको छोरी सुहानाको मुख्य भुमिका रहेको छ । संगीतिक प्रेमकथामा बनेको यो फिल्ममा अनमोल र सुहानाको अलवा सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्मको बिहिबार साँझ प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा कलाकार तथा पत्रकारको उपस्थिती रहेको थियो । प्रिमिएरमा अधिकाम्सले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका थिए ।

नेपाल प्रदर्शनमा आएको हलिउड फिल्म ‘पेट सिमेट्री’ हरर जनराको फिल्म हो। फिल्ममा जेसन, जोन र एमीको मुख्य अभिनय छ। फिल्मलाई केभिन र डेनिसले निर्देशन गरेका हुन्। नील मार्सलले निर्देशन गरेको ‘हेलबोई’मा डेभिड हार्वरको मुख्य अभिनय छ।

टीम बुर्टनले निर्देशन गरेको ‘डम्बो’ फेन्टासी जनरामा बनेको फिल्म हो। यसमा कोलिन फरेल, माइकल केटन र डेनी डेभिटोको अभिनय छ।

post image

चैत २८, काठमाडौं । भोली अर्थात् शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रिलिजको एक दिन अगाडि सार्वजनिक गरिएको भिडियोको मेकिङ उत्कृष्ट छ । प्रताप दासको स्वर, प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत रहेको यो गीतले चलचित्रका मुख्य दुई पात्र नायक अनमोल केसी र नायिका सुहाना थापाको भूमिका दर्शाउँछ ।

नायक अनमोल केसीले कन्सर्टमा गीत गाउँदा उनको फ्यान बनेर पुगेकी सुहाना थापाको उत्साहलाई गीतमा देखाइएको छ ।  संजय लामाको छायांकन रहेको यो चलचित्रमा दिर्घ खड्काको सम्पादन, हिमाल केसीको एक्सन रहेको चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी छ ।

चलचित्रमा छेतन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलको पटकथा तथा संवाद छ । झरना थापाले यो चलचित्रको निर्देेशन गरेकी हुन् । चलचित्रको बुकिङ मल्टिप्लेक्सले खुलाइसकेका छन् । यो गीतले पनि चलचित्रप्रति दर्शकको उत्साहलाई बढाउने पक्का छ ।

post image

चैत २७, काठमाडौं । गायक राजेश पायल राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज सार्वजनिक भएको छ । गायक राइले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक गरिएको छ । कलाकार भैरवबहादुर थापाले एल्बम सार्वजनिक गरे । यो राइको १९ औं एल्बम हो ।

यो एल्बममा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा छन् । यस्तै एल्बममा मोहनी, केकी, तिमी विना र यी दुःखहरु बोलका गीत छन् । एल्बमका गीतहरुमा शब्द रचना क्रमशः उत्तमजंग लिम्बु, डम्बर नेपाली, महेश खड्का, भद्रकला आङ्बुहाङ राई, विशाल राई हसिन, बसन्त सापकोटा र टिका चाम्लिङको छ ।

जसमा उत्तमजंग लिम्बू, डम्बर नेपाली, महेश खड्का, बादल लिम्बु, सन्तोषराज, महाराज थापा र अम्बर गुरुङको संगीत छ । कार्यक्रममा राजेशपायलले एल्बममा समाबिष्ट दर्शन नमस्ते टाइटलका दुई गीत प्रस्तुत गरेका थिए ।

post image

चैत २७, काठमाडौं । बर्ष ०७२ मा गएको विनाशकारी महाभूकम्पका कारण एक परिवारमा परेको समस्याको बिषयमा निर्माण भएको फिल्म ‘कालो वर्ष’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच पत्रकार र कलाकारको उपस्थितिमा टिजर सार्वजनिक गरिएको हो ।

१३ बैशाख रिलिज मिति तोकिएको यो फिल्म लक्षु गौतमले निर्देशन गरेकी हुन् । लक्षुले यस अगाडि ‘त म र ऊ’को निर्देशन गरेकी थिइन्

ओकेश पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रविन भुलेज लगायतका कलाकारको अभिनय रहेको फिल्ममा रामेश्वर हुमागाइँको छायाँकन छ ।  फिल्म योगेन्द्र प्रसाद पनेरु, राम खड्का र श्याम खड्काले मिलेर बनाएका हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले यसको बितरण जिम्मा लिएका छन् ।

राम गोपाल बर्मा अब अभिनयमा

प्रकाशित मिती : Tuesday
post image

 चैत २६, काठमाडौं ।चर्चित भारतीय निर्देशक राम गोपाल बर्माले निर्देशन र निर्माण पछि अभिनयमा हात हाल्ने तय भएको छ। उनी ‘कोबरा’ सिनेमाबाट अभिनयमा डेब्यू हुन लागेका हुन्। सिनेमालाई उनले अगस्त्य मंजुसँग मिलेर सह-निर्देशन पनि गर्नेछन्। आइतबार आफ्नो ५७ औं जन्मदिनको अवसरमा ट्वीटरबाट उनले सिनेमाको घोषणा गरेका हुन्।

उनले सिनेमाको फस्टलुक पोस्टर पनि सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको पोस्टरका अनुसार सिनेमा आजसम्मको सबैभन्दा खतरनाक अपराधीको जीवनीमा आधारित हुनेछ।

‘यदि ऊ गिरफ्तार भयो भने पुलिस विभागका आधा पुलिस जेलमा हालिनेछन्’, सार्वजनिक पोस्टरमा भनिएको छ।

सिनेमामा बर्मा एक जासुस प्रहरी अधिकारीको भूमिकाम देखिनेछन्। अभिनयमा डेब्यू गर्न लागेका बर्मालाई अमिताभ बच्चनले शुभकामना दिदैं सफलताको कामना गरेका छन्।  सिनेमाबाट नयाँ अभिनेता केजीले डेब्यू गर्ने पनि बर्माले आफ्नो ट्वीटरमा जनाएका छन्।

post image

चैत २६, काठमाडौं ।  दीपेन्द्र लामाको निर्देशनमा ‘छ माया छपक्कै’ बन्ने भएको छ। आमा सरस्वती मुभिजको ब्यानरमा फिल्म बन्ने भएको हो।

निर्देशक लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत फिल्म यही वैशाखदेखि छायाँकनमा जाने जानकारी गराएका हुन्। फिल्मका लागि कलाकारहरु फाइनल भएका छैनन्।

हालै कलाकार दीपकराज गिरीले निर्देशक लामालाई आमा सरस्वती ब्यानरको नयाँ फिल्मका लागि निर्देशक चयन गरेका थिए। यो ब्यानरले ‘छ’बाट शुरु हुने शीर्षकमा फिल्म बनाउँदै आएको छ।

यसअघि ब्यानर अन्तर्गत ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्का पञ्जा’को तेस्रो सिरिज निर्माण भइसकेका छन्। सँधै दशैंको बिदा टार्गेट गरेर प्रदर्शनमा आइरहेको ‘छक्का पञ्जा’को सिरिज आगामी दशैंमा भने प्रदर्शनमा आउने छैन।  ‘छ माया छपक्कै’ले दशैंलाई रिलिज टार्गेट बनाएको छ।

रोहित अधिकारी फिल्म्ससँगको संयुक्त निर्माणमा बन्ने फिल्ममा हरि हुमागाईंको छायाँकन रहने बताइएको छ।

post image

चैत २५, काठमाडौं । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को निर्माणपक्षले चलचित्र रिलिज भन्दा केही दिन अगाडि मात्र यसको शिर्ष गीतको अडियो सार्वजनिक गरेको छ ।

यो गीतमा प्रताप दासको आवाज, रवि मल्लको शब्द तथा कल्याण सिंहको संगीत छ । चलचित्रको यो गीतले पनि दर्शकलाई हलसम्म तान्ने विश्वास गर्न सकिन्छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ

post image

 चैत २५, काठमाडौँ ।परिच्छेद सेनको लघु चलचित्र “मा” युट्युबमा सार्बजनिक भएको छ । चलचित्रले “आमा-बाबुको माया छोरा-छोरी माथि,छोरा-छोरीको माया ढुंगा-मुडा माथि” भन्ने भनाइलाई दृश्य भाषा मार्फत प्रस्तुत गर्न खोजेको छ ।अभिभावकले सन्तानको खुसिको लागि आफ्नो आवश्यतालाई कति सम्म त्याग गर्न सक्छन भन्ने कुरा देखाईएको छ ।

चलचित्रले स्पेनमा सर्टअफ द एयरका लागि जूरी स्पेशल मेंशन अवार्ड र सुपर डिस्ट्रीब्युशन अवार्ड जितेको थियो ।त्यसैगरी नेपाल इन्टरनेशनल फिल्म फेस्टिवलमा उत्कृस्ट निर्देशक , याला इन्टरनेशनल इन्डी फिल्म फेस्टिवलमा उत्कृस्ट फिमेल लिड एक्ट्रेस बिजेता पनि भएको थियो ।

सेन कै लेखन तथा निर्देशनरहेको चलचित्र “माँ” अमेरिकाको क्रशओभर फिल्म फेस्टीभलमा उत्कृष्ट निर्देशक, उत्कृष्ट फिमेल आर्टिस्ट,उत्कृष्ट निर्माता, उत्कृष्ट ओर्जिनल म्यूजिक अवार्ड जितीसकेको थियो भने उत्कृष्ट छ्यांकनमा पनी नोमीनेशनमा परेको थियो । हाल यो चलचित्र फिलिपिन्स, केन्या र इण्डिया लगाएत बिभिन्न देशका फिल्म फेस्टिभलमा प्रदर्शन भईरहेको छ ।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहेको चलचित्रलाई ईन्फ्युज पिक्चर र नितजी इंटरटेनमेन्टले निर्माण गरेका हुन् । चलचित्रमा गोरखा लाप्रक निबासी आस्पानी गुरुंग,राज गुरुंग, जेशन गुरुंग लगाएत सम्पूर्ण लाप्राकी बासिले अभिनय गरेका छन् । चलचित्रलाई सुबिग्य सुन्दर श्रेष्ठले सम्पादन तथा तेंजिन पाल्देनले छायांकन गरेका हुन् । चलचित्रको निर्माता प्रकाश पूरी हुन् भने सह निर्माता बसंती देवी श्रेष्ठ(सेन) हुन् ।

post image

चैत २४, काठमाडौं । भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ ।

‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् ।

स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ। देश तथा विदेशमा हुने विभिन्न साङ्गितिक कार्यक्रममा भक्ती संगीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली संगीतको उचाई अझै बढाएको छ ।

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ”सत्याकृत”ले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

post image

 चैत २२, काठमाडौं ।  चर्चित लोक गायक एवम् वरिष्ठ बाद्यवादक खर्क बहादुर बुढा मगर र उनकी धर्मपत्नी लिलावती बुढा मगरले यही चैत्र २९ गते काठमाडौंको जमलस्थित् राष्ट्रिय नाचघरमा ‘युगल साँझ’ को आयोजना गर्ने भएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा सल्यान सरोकार समाजले उक्त ‘युगल साँझ’बारे जानकारी गराउन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गायक बुढामगरले उक्त साँझको सम्पूर्ण तयारी भैसकेको स्पष्ट पारे । उनकाअनुसार युगल साँझ दिउँसो २ बजेदेखि सुरु हुनेछ । उक्त साँझ उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा भव्य र सभ्य रुपमा सम्पन्न हुने गायक दम्पत्तिले विश्वास दिलाए ।

सगरमाथा टेलिभिजनबाट ३ घण्टा ३० मिनेट प्रत्यक्ष प्रशारण हुने उक्त कार्यक्रममा कम्तिमा १२ वटा गीत प्रस्तुत गर्ने पनि गायक बुढामगरले जानकारी दिए । उनले भने,‘विशेषगरि सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच पनि हामी प्रस्तुत गर्छौं । यी पौराणिक, मौलिक नाचको प्रस्तुतीका लागि सल्यानबाटै स्थानीय कलाकारहरु आउनु हुनेछ । यसबाट सल्यानकोमात्र नभई सम्पूर्ण कर्णालीको संस्कृतिको एउटा पाटोलाई झल्काउने छ ।’

आफ्नो सांगितिक यात्राको दौरानमा करिब २०० वटा लोकगीतहरु यो जोडिले रेकर्ड गरिसकेको छ । उनीहरुका व्यवसायिकभन्दा मौलिक र स्थानीय लोकगीतहरु रहेका छन् ।

खर्क बहादुर बुढा मगर गायकमात्र नभएर नेपालकै अब्बल बाद्यवादक हुन् । उनको ३१ वर्षे सांगितिक यात्रामा करिब २५००० (पच्चिस हजार) भन्दा बढी नेपाली लोकगीत तथा संगीतमा मादलका तालहरु रेकर्ड गराएका छन् । उक्त युगल साँझको दिन मादलको मात्रै एउटा सोलो प्रदर्शन उनीलगायतको समुहले गर्नेछ ।

मादल वादकको इतिहास हेर्ने हो भने खर्क बहादुर बुढालाई “मादल सम्राट” को उपाधिले विभुषित गर्दा उनको यसप्रतिको साधना र लगावको सम्मान हुने सल्यान सरोकार समाजको भनाई छ ।

समाजले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘जसको लागि यस समाजले उक्त उपाधि दिलाउनका लागि अभियानकै नेतृत्व गर्ने जानकारी पनि यहाँ गराउँदछौं । तर यो अभियानमा तपाईं पत्रकार ज्यूहरुको सहयोग विना कल्पना पनि गर्न सकिंदैन । यो कार्यक्रमको मुख्य उद्देश्य सल्यान र कर्णाली प्रदेशको लोक संस्कृतिको संरक्षण, प्रचार–प्रसार र अन्तराष्ट्रिय स्तरको नेपाली प्रतिभा उत्पादन गर्नु रहेको छ ।’

उक्त ‘युगल साँझ’ कार्यक्रमलाई सम्पन्न गर्नको लागि सल्यानका १० वटै स्थानिय सरकार, कर्णाली प्रदेशको पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, बैंकहरुको विशेष आर्थिक सहयोग रहेको पनि समाजले स्पष्ट पारेको छ । त्यस्तै, अन्य गैर–सरकारी संघ–संस्था र थुप्रै शुभचिन्तकहरुले साथ सहयोगको आश्वासन दिएको पनि समाजले जनाएको छ ।

विज्ञप्तीमा थप भनिएको छ,‘टिकट काटेर सहयोग गर्नेहरु पनि थुप्रै हुनुहुन्छ । सम्पूर्ण तह र तप्काबाट आएको साथ सहयोग र आश्वसनले हामी उत्साहित भएका छौं । उक्त दिन टिकट काटेर आउने सबैलाई खाजाको रुपमा मःमः को पनि व्यवस्था गरेका छौं । साथमा यस समाजको नयाँ वर्ष २०७६ को आकर्षक भित्तेपात्रो पनि वितरण गर्ने छौं ।’

कार्यक्रमबाट बचत भएको रकम संस्थाको अक्षयकोष निर्माणको लागि जम्मा हुने सल्यान सरोकार समाज परिवार अध्यक्ष संघर्ष सदिक्षा घर्तीले जानकारी दिईन् । उक्त कोषबाट आउने वार्षिक ब्याजले सल्यानबाट आउने विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई विगतमाझैं आउने दिनमा पनि सक्दो आर्थिक सहयोग गरिने उनले बताईन् ।

कार्यक्रम समाजका महासचिव फौद बहादुर बस्नेत, सचिव तुलसी भण्डारी, पर्यटन व्यवसायी भीम भारती र सल्यान युवा सञ्जाल काठमाडौंका सुदर्शन बुढाथोथकीको पनि सहभागिता रहेको थियो । उक्त युगल साँझमा सहभागी हुनेहरुको लागि पाँच सय र हजार रुपैयाँको टिकट शुल्क निर्धारण गरिएको पनि समाजले जनाएको छ । उक्त युगल साँझको आयोजक नै सल्यान सरोकार समाज रहेको छ ।

post image

चैत २२, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगार्थ भोलि मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धात्मक क्रिकेट खेल्नेछन् ।

भोलि दिउँसो १० बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । खेलको टिकट इसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको खेल आयोजना हुने बताइएको छ ।

अहिले अभ्यासका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुरी, सलिनमान बनिया लगायत कलाकारहरु दैनिक किर्तिपुर मैदानमा धाइरहेका छन् । आज कलाकारको समुह विभाजन गरिएको छ ।

ए टिममा मदनकृष्ण सहित सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, सन्दीप क्षेत्री, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बीमा हरिवंशसहित निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरको भने टोली विभाजन यसअघि नै भइसकेको छ । नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् । नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुसन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् ।

भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पिडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।

post image

चैत २२, काठमाडौं । फिल्म ‘यात्रा : अ म्यूजिकल भ्लग’ प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ। फिल्मको ‘डुली डुली’बोलको गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द तथा गायिका मेलिना राईको स्वर छ। गीतको भिडियोमा भने यसै फिल्मबाट नेपाली रजतपटमा डेब्यू गरेकी कलाकार मलिका महत फिचर्ड छिन्।

भिडियोमा उनी टुङ्गना बजाइरहेको देख्न सकिन्छ। फिल्मको लागि उनले तीन महिना टुङ्गना सिकेकी थिइन्। फिल्ममा सलिनमान बनियाँसँगै, सलोन बस्नेत, जय नन्द लामा, रेअर राई, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलगायतको अभिनय छ।

फिल्मबाट छिमेकी राष्ट्र चीनका जुन झ्याङ्ग र केन्याका बोबीले डेब्यू गर्दैछन्। फिल्ममा संजय लामाको छायाँकन छ। यो फिल्म सम्राट शाक्यको डेब्यू निर्देशकिय फिल्म हो।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिष शाहको सम्पादन छ। फिल्म चैत २९ गतेदेखि प्रदर्शनमा आउँदैछ।

post image

चैत २२, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘लभ स्टेशन’ रिलिज भएको छ  । आजबाट देशभरका हलमा यो चलचित्र रिलिज भएको हो । यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चैत्र महिना लागेसँगै २ भन्दा कम चलचित्र रिलिज नभएको अवस्थामा आज भने ‘लभ स्टेशन’मा रिलिज भएको हो ।

चलचित्र ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । चलचित्रमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङ मुख्य भूमिकामा छन् ।  लभ स्टोरी कथामा निर्माण भएको चलचित्रलाई मल्टिप्लेक्समा पनि उच्च शो मिलेको छ ।

post image

चैत २२, काठमाडौं । अहिलेका लोकप्रिय कवि  नवराज पराजुलीअहिले भ्याई–नभ्याई छ। निकै व्यस्त कविको परिचय बनाएका उनी अब भने जेल जाने भएका छन्। यहि चैत २३ गते शनिबार उनी कर्णालीको जेलभित्र हुनेछन्। कवि पराजुली कुनै अपराध गरेर जेल जान लागेका होइनन्। कारागारमा स्थापना गरिएका पुस्तकालयहरुको उद्घाटन समारोहमा सरिक हुन उनी त्यहाँ जान लागेका हुन्। जहाँ उनले कैदिहरुसँग अन्तर्कृया गर्नेछन् भने आफ्नो कविता पनि सुनाउनेछन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको ‘कारागारलाई किताब’ अभियानअन्तर्गत ८ वटा कारागारमा पुस्तकालय स्थापना गरिएको छ। यतिमात्र होइन, पुस्तकालय स्थापना गरिएका कारागारहरूमा ‘बुक क्लब’ पनि गठन गरिएको छ, हरेक शनिबार विभिन्न कार्यक्रम गर्नुपर्नेलगायत जिम्मेवारी दिएर। ‘लेखकहरुसँग कैदिहरुको अन्तर्कृया हुदैछ,’ कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशबिक्रम शाहले भने, ‘त्यहा विभिन्न पुस्तकहरुबारे समिक्षा गरिनेछ।’

प्रहरीभित्र अब्बल प्रहरी अफिसरको रुपमा चिनिने डिआइजी महेशबिक्रम शाह एक उम्दा साहित्यकार पनि हुन्। ज्याक्सन हाइट, छापामारको छोरोजस्ता चर्चित पुस्तक लेखेका छन्, उनले। यिनै साहित्यकार डिआइजी अहिले एउटा छुट्टै अभियानमा जुटेका छन्। ‘कारागारलाई किताब’ अभियानअन्तर्गत उनी कैदिबन्दीलाई किताब पढ्न हौस्याउदै छन्।त्यसका लागि हरेक कारागारमा पुस्तकालय स्थापना गर्ने ‘पृथक’ सोचका साथी लागिपरेका छन्, डिआइजी शाह। उनकै नेतृत्वमा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरू गरेको अभियानअन्तर्गत २१ लाख रुपैया बराबरको किताब संकलन भएको छ।

post image

चैत २१, काठमाडौं ।  गायक शिव परियारले ‘आँशुको अर्थ २’ सार्वजनिक गरेका छन्। ‘आँशुको अर्थ’लाई दर्शकले रुचाइदिएपछि उनले ‘मेरो भागको खुशी तिमीलाई मिलोस्’ बोलको गीत सार्वजनिक गरेका हुन्।

रवि अधिकारीको शब्द रहेको गीतमा शिवले नै संगीत भरेका छन्। गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन्। गीतको भिडियोमा भने अभिनेता सन्नी सिंह र मोडल ज्योत्सना योगी फिचर्ड छन्।

निकेश खड्काले निर्देशन गरेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन। गीतमा धमला विकासको सम्पादन छ।

post image

 चैत २१, काठमाडौं । संघीय संसद सुनुवाई समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पांच न्यायधिशबिरुद्द उजुरी आव्हान गरेको छ । बिहीबार सिंहदरवारमा बसेको सुनुवाई समितिको बैठकले न्यायपरिषद्ले सिफारिस गरेका पाँचैजना न्यायाधीशविरुद्व उजुरी आव्हान गर्ने निर्णय गरेको हो ।

सुनुवाई समितिको निर्णयअनुसार भोलि (शुक्रबार) पाँचैजना न्यायाधीशविरुद्व उजुरी आव्हान सम्बन्धी सूचना प्रकाशित हुनेछ । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र अर्थात आगामी वैशाख २ गते कार्यालय समयभित्र सर्वाेच्च अदालतमा नियुक्तिका लागि सिफारिस भएका न्यायाधीशहरुविरुद्व कुनै उजुरी भए जो कोही नेपाली नागरिकले समितिको सचिवालयमा दर्ता गर्न सक्नेछन् ।

सर्वोच्चको न्यायाधीश पदका लागि सिफारिस हुनेमा पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मलता माथेमा र मनोजकुमार शर्मा छन् ।

post image

चैत १९,काठमाडौं  ।  भारतकी बलिउड गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा नेहाले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी छिन् ।

नेहाले चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिँदैछिन् भने  २८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी) मा प्रस्तुती दिँदैछिन् ।

उनका सिठ्ठी बजाके, काला चस्मा, लण्डन ठुमकदा, दिलबर लगायतका गीत चर्चित छन् ।

post image

चैत १९, काठमाडौं । आइतबार साँझको हावाहुरीका कारण बारा र पर्सा जिल्लाका प्रभावितहरुलाई अभिनेता प्रदीप खड्काको टिमले ५० हजार रुपैँया सहयोग गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख राजेश पौडेलको संयोजकत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन कोष मार्फत् उक्त्तरकम पीडितहरुको सहयोगमा पुग्ने उनले बताए। उनले पिडितहरुको उद्धारमा आफूहरुको साथ रहने बताएका छन्।

‘दु:ख विपद् जो कोहीलाई आइपर्न सक्छ। अहिले बारामा जाने परिस्थिती हामीसँग भएन। त्यहाँ अहिले आवश्यक भनेको  तत्काल राहतको हो। सुरुमा के गर्ने अन्यौल भयो। त्यसपछि राहत कोषबारे थाह पायौं। त्यसैले हामीले अहिले तत्कालका लागि ५० हजार सहयोग सुरुवात गरेका छौं’ उनले भने।

उनले प्रदर्शनको तयारीमा रहेका ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाहीसँग मिलेर ५० हजार सहयोग गरेका हुन्। पत्रकार सम्मेलन गरेर उनीहरुले सहयोगको अपिलसमेत गरेका छन्।

 

post image

चैत १८, काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । उनले यो चलचित्रका लागि महंगो पारिश्रमिक वुझेको बताइएको छ । नायिका जसिता गुरुङले काम गर्ने चर्चा चलिरहँदा साम्राज्ञीलाई निर्देशक शर्माले फाइनल गरेका छन् ।

वुझिएअनुसार, साम्राज्ञीलाई निर्माणपक्षले १६ लाख पारिश्रमिक दिएको छ । यसमा उनले तिर्ने कर समेत सामेल छ । चलचित्रका लागि यसअघि नै नायिका नीता ढुंगाना, कलाकार रविन्द्र झा लगायत फाइनल भैसकेका छन् ।  चलचित्रको छायांकन वैशाखबाट सुरु हुनेछ । चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजनामा अशोक लागेका छन् ।

चलचित्रबाट नायक शर्माले आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी समेत गरेका छन् । यसो भएको खण्डमा चलचित्रमा अंकित र साम्राज्ञीको जोडी जम्नेछ । चलचित्र ‘जय भोले’का लागि पनि अशोक शर्माले नायिका साम्राज्ञीलाई प्रस्ताव गरेका थिए । तर, साम्राज्ञीले चलचित्रमा काम गरिनन् ।

post image

चैत १८, काठमाडौं । नेपाली चलचित्रकी पुरानी निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको केशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 प्रज्ञा माथि ठगीको मुद्दा परेको थियो । एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् । प्रज्ञा केही बर्ष अघिसम्म चलचित्र क्षेत्रमा सक्रिय थिइन् । तर, उनी केही समयदेखि चलचित्र क्षेत्र र मिडियाबाट टाढा थिइन् ।

इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाण्डौं पाठाएको छ । अहिले प्रज्ञालाई काडमाण्डौं ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

post image

चैत १७, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल सिजन–२’को डिजिटल अडिसन सम्पन्न भएको छ। अडिसनमा करिव २२ हजार प्रतिस्पर्धीहरुले सहभागीता जनाएको  उक्त सो का नेपाल निर्देशक लक्ष्मण पौडेलले बताए।

चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको  निर्देशक  पौडेलले जानकारी दिए । उनले भने ‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत पनि आवेदन खुला गरेका थियौं। सबै माध्यम खुला गरिएका कारण यो वर्ष उत्साहजनक सहभागीता देखिएको छ।’

 प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टिमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने उनले बताए। छानिएकाहरुले कोच सामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन्। आगामी असारबाट सो प्रसारण गरिने बताइएको छ।

post image

चैत १५, काठमाडौं । यो साता दुई नेपाली सहित तीन फिल्म रिलिज भए। नेपाली फिल्महरु साइँली र शुभ लभसँगै बलिउड फिल्म जंगली नेपाली थिएटरमा हेर्न पाइनेछ।

कबड्डी फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको साइँलीमा मेनुका प्रधान, गौरव पहारी, दयाहाङ राई र किनिपा सिंहको मुख्य भूमिका रहेको छ। मौलिक नेपाली फिल्म निर्देशनबाटै आफूलाई स्थापित गरेका गुरुङको यो फिल्म चर्चित गीत ‘सुन साइँली… ४० कटेसी रमाउँला’बाट प्रेरित छ। फिल्मले विदेशमा काम गर्न जाने महिला र त्यसले उनको पारिवारिक जीवनमा पारेको प्रभावलाई समेटेको छ।

आजै रिलिज भएको अर्को फिल्म हो शुभ लभ। सन्तोषबाबु लोहनीले निर्देशन गरेको फिल्ममा हरिहर अधिकारी, प्रदीप वास्तोला, रविन्द्र झा लगायतको लिड रोल रहेको छ। प्रेम कथामा आधारित फिल्म २ घन्टा १० मिनेट लामो छ।

नेपाली सिनेमाको पर्दा बलिउडको जंगली पनि आज रिलिज भयो। एक्सन र एड्भेन्चर जेनरको यो फिल्ममा वन्यजन्तुका अन्तर्राष्ट्रिय तस्करसँगको संघर्षलाई प्रस्तुत गरिएको छ। चुक रसेलले निर्देशन गरेको फिल्ममा भिद्युत जमम्वाल, अतुल कुलकर्णी, अक्षय ओवराय र आशा भाटको प्रमुख भुमिका छ। फिल्म २ घन्टा लामो छ।

post image

चैत१५, काठमाडौं । यो वर्षको बहुप्रतिक्षीत सिनेमा ‘ए मेरो हजुर ३’को ट्रेलर सार्वजनिक भएको छ ।सिनेमाले स्टार र फ्यानविचको सांगीतिक प्रेमकथा भन्छ। झरना थापा सिनेमाकी निर्देशक हुन्।

सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार अनमोल केसी र डेव्यु नायिका सुहाना थापाको केमेष्ट्रीलाई देखाइएको छ । ‘ए मेरो हजुर ३’ चैत्र २९ गतेबाट नेपालभर रिलिज हुँदैछ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

 सिनेमामा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।

post image

चैत१४, काठमाडौं । बलिउड पर्फेक्सनिस्ट आमिर खानले नयाँ फिल्म घोषणा गरेसँगै उनका खान्कीका विषयलाई लिएर बलिउडमा चर्चा चल्न थालेको छ।

फिल्म ‘लाल सिंह चड्ढा’का लागि उनले २० केजी तौल घटाउने भएका छन्। फिल्ममा युवा देखिनका लागि उनले सागसब्जी खान सुरु गरेका छन्।  उनले अहिलेसम्म ३ केजी तौल घटाइसकेका छन्।

‘लाल सिंह चड्ढा  हलिउड फिल्म ‘फरेस्ट गम्प’को एडेप्टेसन हुने आमिरले बताएका छन्। फिल्मका लागि अन्य कलाकार फाइनल भएका छैनन्। फिल्मलाई एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ।

post image

चैत १४,  काठमाडाैं। चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रको निर्माण पक्षले ‘यस्तो साथी’ बोलको गित सार्वजनिक गरेको हो।

वैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रको गितमा अन्जु पन्त र विशाल निरौलाले स्वर दिएका छन् । गितको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगित पनि मगरकै रहेको छ ।चलचित्रमा समावेश गित प्रेममय रहेको छ। यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर गत ७ गते सार्वजनिक गरेको थियो।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ । योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण गरिएको हो ।

सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् । लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदै छ।

post image

चैत १३ , काठमाडौं । चलचित्र ‘जय भोले’पछि निर्देशक तथा निर्माता अशोक शर्मा नयाँ चलचित्रको निर्माणको तयारीमा छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रातो टिका निधारमा’ राखिएको छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको सफल चलचित्र ‘अल्लारे’को हिट गीतबाट यसपटक अशोकले चलचित्रको नाम सापटी लिएका छन् ।

यो चलचित्रको लिड भूमिकाका लागि नायक र नायिका फाइनल गरिएको छैन । तर, चलचित्रका लागि केही कलाकार भने फाइनल गरिएको छ । चलचित्रका लागि निर्माण टिमले नायिका नीता ढुंगानालाई फाइनल गरेको हो । नीता यतिबेला चलचित्र ‘साइनो’को छायांकनमा व्यस्त छिन् ।

उनको साथमा चलचित्रमा रविन्द्र झा, बुद्दि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी फाइनल भएका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ । चलचित्रमा ‘अल्लारे’ चलचित्रको हिट गीत ‘रातो टिका निधारमा’लाई पनि समावेश गरिनेछ ।

यो चलचित्र आउँदो बर्षको दशैंमा रिलिज हुनेछ । नयाँ बर्ष लागेसँगै चलचित्रको छायांकन सुरु हुनेछ ।

post image

 चैत १३, काठमाडौं ।  भारतमा बलिउड लोकसभामय भएको छ। अप्रिल ११ बाट सुरु हुने लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उद्देश्यका साथ बलिउड कलाकारहरु विभिन्न राजनीतिक दल प्रवेश गर्ने क्रम जारी छ।

 ‘रंगिला गर्ल’ भनेर चर्चित बलिउड अभिनेत्री उर्मिला मतोंडकरले पनि काँग्रेस प्रवेश गर्ने तयारी गरिरहेको  भारतीय संचारमाध्यमहरुले जनाएका छन्। काँग्रेसबाट उनले उत्तम मुम्बई लोकसभा निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ।

भाजपाबाट उक्त क्षेत्रमा गोपाल सेट्टीले उम्मेदवारी दिने बताइएको छ। काँग्रेसले सेट्टीलाई टक्कर दिन धेरै दिनदेखि ‘हाई प्रोफाइल व्यक्ति’ खोजिरहेको बताइएको छ। उक्त क्षेत्रबाट पार्टीकै दिग्गज नेताहरुलाई उठ्न प्रस्ताव गरिएकोमा उनीहरुले त्यसलाई स्वीकार नगरेको बताइएको छ।

सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा सो क्षेत्र बाट सेट्टीले निरुपमलाई पराजित गरेका थिए। २००४ मा भएको निर्वाचनमा उक्त क्षेत्रबाट अभिनेता गोविन्द विजयी भएका थिए।

मंगलबार जया प्रदा भारतीय जनता पार्टी गरिन् भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय काँग्रसमा प्रवेश गर्ने हल्ला छ।

post image

चैत ११, काठमाडौं ।  चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘यात्रा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना  ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थी, उनीहरुको योजना, गाउँमा मिठो स्वर भएकी एक यूवती, उनको करिअरमा ती विद्यार्थीले ल्याएको परिवर्तनलाई उठान गरिएको छ ।

चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेल, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत लगायतलाई देखाइएको छ । प्रतिक पौडेल, सुरेश न्यौपाने, शिशिर खातीको लेखन रहेको चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा सम्राटको कथा, पटकथा पनि छ ।

post image

चैत ११,काठमाडौँ । एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित सिनेमा  ‘छपाक’ को फस्ट लुक सार्वजनिक भएको छ।  सिनेमामा दीपिका पादुकोण मूख्य भूमिकामा देखिदैंछिन्।

दीपिकाले ट्वीटरबाट आफ्नो लुक सार्वजनिक गरेकी हुन्। मेघना गुल्जारको निर्देशनमा बन्ने सिनेमा आगामी वर्ष जनवरी १० मा रिलिज हुनेछ। सिनेमामा उनलाई मालती नामक पात्रमा देखिनेछिन्।

सिनेमा लक्ष्मी अग्रवाल नामक एक युवतीको जीवनीमा आधारित सिनेमा हो। उनलाई १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर विवाह गर्न नमानेको भन्दै एसिड प्रहार गरेका थिए।

सो घटनापछि उनी एसिड हिंसाविरूद्धको अभियानकर्ता बनेकी छन्।हाल सिनेमाको सुटिङ दिल्लीमा भइरहेको छ।

post image

चैत १०, काठमाडौं।  हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन्। निर्माण कम्पनी मिडिया हबसँग विभिन्न विषयमा सहमति हुन नसक्दा ‘मेरी बास्सै’बाट अलग भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन्।

राजु बल्छी ले भनेका छन् एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ।

तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ। हास्य कलाकार केदार घिमिरे र सिताराम कट्टेल धुर्मुसले मेरी बास्सै छोडे पछी यो जोडीले मेरी बस्स्सैलाई निरन्तरता दिदै आएको थियो । टेलिश्रृङ्खला निर्देशन एवं लेखनमा सक्रिय दुवैजना अबको ५९५ भागमा देखिने छैनन्।

मिडिया हबका प्रमुख सोम धितालले सहमतिमै उनीहरु अलग भएको प्रतिक्रिया दिएका छन् । साथै मंगलबार प्रशारण हुँदै आइरहेको कार्यक्रम नरोकिने पनि उनले बताए । ‘कुनै कलाकारले छोड्दैमा कार्यक्रम बन्द हुँदैन । हामी अरु कसैलाई जिम्मेवारी दिएर पनि यसलाई निरन्तरता दिनेछौं । यदि कोही नपाएमा मिडिया हबको टिम पनि यत्तिको कार्यक्रम निर्देशन गर्न सक्षम छ,’ धितालले दावी गरे ।

राजु मास्टर र बल्छी धुर्बेले मेरी बास्सैलाई राम्रो बनाउनुको साटो यूट्यूव कार्यक्रम निर्माणमा समय खर्चिन थालेको उनको आरोप छ ।

post image

चैत १०, काठमाडौं। चर्चित अभिनेत्री करिष्मा मानन्धरले एसईई परीक्षा दिएकी छिन् । करिष्माले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिएकी हुन् ।

कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी मानन्धरले यही विद्यालयको नियमित विद्यार्थीका रूपमा  परीक्षा दिएकी हुन् ।

परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । परीक्षा केन्द्रतर्फ प्रवेश गर्नुअघि करिष्मालाई कोरियोग्राफर गोविन्द राईले टीका लगाएर शुभकामना दिएका थिए ।
नयाँ शक्ति पार्टीकी नेत्री समेत रहेकी करिष्मालाई नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि फोन गरेका शुभकामना दिएका छन् ।  करिष्माले भट्टराईकै प्रेरणाले आफूले अध्ययनको योजना बनाएको बताउँदै आएकी छिन् ।

 

post image

चैत ८,काठमाडौँ  । नेपाली कथानक चलचित्र ‘कालो बर्ष’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । निर्देशक लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मूख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेको छ ।योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो । सुवास देवकोटाको सम्पादन रहेको यस चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले चलचित्र बितरकको जिम्मा लिएका छन् ।

post image

चैत ८, काठमाडौं ।  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म  ‘कागजपत्र’ र ‘प्रेमलीला  सार्वजनिक भएका छन् ‘।

‘कागजपत्र’लाई अपिल बिष्टले निर्देशन गरेका हुन्। फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकको मुख्य अभिनय छ। फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक अपिल बताउँछन्। फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन छ।

त्यस्तै प्रदर्शनमा आएको ‘प्रेमलीला’मा अन्तर्देशीय प्रेम कथा समेटिएको छ। फिल्ममा अभिनेत्री दीपशिखा खड्का र अभिनेता मौसम खड्का एवं अली खान, सुरज तमु, रेखा शाह, शर्मिला शर्मालयातको अभिनय छ।

बिहीबार दुई बलिउड फिल्म पनि  नेपाल प्रदर्शनमा आइसकेका छन्। अक्षय कुमार अभिनित ‘केसरी’ र ‘मर्दको दर्द नहीँ होता’ प्रदर्शनमा आएका बलिउड फिल्म हुन्। एकसाथ प्रदर्शनमा आएका चार फिल्मको भिडन्त पक्का छ। बक्स अफिसमा कसले मार्ला बाजी त्यो त पछि नै थाह हुनेछ।

 

post image

चैत ७, काठमाडौं ।  चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता केशव भट्टराई नियुक्त भएका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नै उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्ड अध्यक्ष भएपछि संक्षिप्त प्रतिक्रिया दिदै भट्टराईले आफ्नो योजनाको बारेमा पदबहाली गरिसकेपछि मात्र जानकारी दिने बताए । निकिता पौडेलले केही महिना अगाडि राजीनामा दिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन थियो ।

post image

चैत ७, काठमाडौं । मंगलबार बेलुका मुम्बइमा भव्य रुपमा ‘जीसीने अवार्ड’ सम्पन्न भएको छ । बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा आयोजित अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्मावत’ले बाजी मारेको छ । अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने चलचित्र ‘सञ्जु’बाट रणवीर कपुर चुनिए ।

त्यस्तै, बलिउड चलचित्रमा लामो समयदेखि योगदान दिएको भन्दै नायिका हेमा मालिनीलाई अवार्ड प्रदान गरिएको थियो भने चलचित्र मार्फत् समाज परिवर्तनमा सहयोग गरेको भन्दै नायिका सोनम कपुरलाई अवार्ड दिइएको थियो । कसले कुन विधामा अवार्ड जिते, यहाँ उल्लेख गरिएको छ ।

उत्कृष्ट निर्देशक – संजयलीला भन्साली – पद्मावत

उत्कृष्ट नायिका – दीपिका पादुकोण – पद्मावत

उत्कृष्ट नायक – रणवीर कपुर – सञ्जु

उत्कृष्ट नायक (दर्शक रोजाई) – रणवीर सिंह – पद्मावत

उत्कृष्ट सह अभिनेता – विक्की कौशल – सञ्जु

उत्कृष्ट सह अभिनेत्री – कट्रिना कैफ – जीरो

उत्कृष्ट अभिनय – आयुश्मान खुराना

उत्कृष्ट डेब्यु अभिनेता – इशान खट्टर – धडक

उत्कृष्ट डेब्यु अभिनेत्री – जान्वी कपुर – धडक

उत्कृष्ट खलपात्र – तब्बु – अन्धाधुन

उत्कृष्ट हाँस्यकलाकार – कार्तिक आर्यन – सोनु के टिटु कि स्विटी

उत्कृष्ट गायक – यस्सेर देसाई – नौनो ने बाधी – गोल्ड

उत्कृष्ट गायिका – विभा सरफ र हर्षदीप कैर – दिलबारो – राजी

उत्कृष्ट डेब्यु निर्देशक – अमिर कौशिक – स्त्री

उत्कृष्ट करियोग्राफी – घुमर – पद्मावत

उत्कृष्ट संवाद – पंकज त्रिपाठी – स्त्री

उत्कृष्ट भिएफएक्स – जीरो

post image

चैत ६, काठमाडौं हिमाली पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको विभिन्न रङ, अबिर लोला खेलेर होली मनाउने परम्परा आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति सामाजिक महत्व होली पर्वलाई मेलमिलाप सदभावको पर्वको रुपमा पनि लिइन्छ

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। होली पर्व मनाउन सरकारले भोलि तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ। रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह हर्सोल्लासका साथ मनाईदै आइएको असत्यमाथि सत्यको जित भएको दिनको संझनामा होली पर्व मनाउन थालिएको पौराणिक कथन काठमाण्डौको बसन्तपुरमा  एक साता अघि विधीपूर्वक चिर ठड्याएपछि होलीपर्वको औपचारिक शुरुवात भएको थियो असत्यमाथि सत्यको जीत भएको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन

 सत्ययुगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आाफै भष्म भएको दिनको सम्झनामा आजको दिनलमाई होलिका दहन वा  होली भनि नामाकरण गरेको धार्मिक कथन होलीका अवसरमा युवा युवतीहरु समूह बनाएर एक आपसमा रंङ लगाई रमाइलो गर्ने गर्छन

 

post image

चैत ५,काठमाडौँ। बलिउड नायिका आलिया भट्टले केही दिन अघि साथीभाइ र परिवारसँग आफ्नो २६ औं जन्मदिन मनाएकी थिइन् ।  जन्मदिनको मौकामा आलिया भट्टले  आफ्ना ड्राइभर र सहयोगीलाई घर खरिद गर्नका लागि ५०–५० लाखको चेक दिएकी छन्   ।

भारतीय संचारमाध्यम पिंकविलाको रिपोर्ट अनुसार आलियाको पहिलो फिल्म स्टूडेन्ट अफ द इयरदेखि अहिलेसम्म आलियाका लागि सुनिलले ड्राइभर र अनमोलले सहयोगीको काम गरिरहेका छन् । आलियाको अहिलेसम्मको यात्रामा दुबै सधैं सँगै छन् । त्यसकारण नायिकाले आफ्नो जन्मदिनको मौकामा उनीहरुलाई घर खरिद गर्नका लागि रकम दिएकी छिन् ।

आलिया चाँडै नै फिल्म कलंकमा देखिँदै छिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । आलियाले पहिलो पटक आफ्नो क्लासिकल डान्सको प्रतिभा देखाउँदै गीतमा शानदार काम गरेकी छिन् ।

post image

चैत ५,काठमाडौँ।   चलचित्र ‘लभ स्टेशन’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘मेरो आगनीमा जुन उदायो’ बोलको गीत सार्वजनिकगरेको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा नायक खड्कालाई लोक ब्याण्डको गायकको रुपमा देखाइएको छ । नायक खड्काले आफू चलचित्रमा कुनै स्टार कलाकार नभएर क्षेत्रीय तहको एक गायकको भूमिकामा देखिएको बताए । संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर, उज्ज्वल घिमिरेको शब्द छ ।

चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाहीले नायक खड्कालाई गायकको रुपमा चलचित्रमा स्थापित गराइएको बताए । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्र चैत २२ गते देखि प्रदर्शन हुन गइरहेको छ ।

post image

चैत ४, काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ले नयाँ रिलिज मिति तय गर्दै ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको छ । चलचित्र जेठको ३ गतेबाट रिलिज हुने भएको छ । सार्वजनिक गरिएको ‘माया पिरिम’ बोलको गीतले दर्शकको मन जित्ने विश्वास गरिएको छ ।

यो गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर, लेखु सहयात्रीको शब्द, कृष्ण भारद्धाजको संगीत छ । यो गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, बर्षा राउत, रविन्द झा, रविन्दसिंह बानियाँ, दयाहाङ राइको साथमा अतिथी कलाकारहरु निर्देशक निश्चल बस्नेत, नायिकाद्धय करिश्मा मानन्धर र सारा सिर्पालीले नृत्य गरेका छन् ।

यो चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माताको रुपमा छन् । चलचित्र ‘जात्रै जात्रा’को यो गीतको शब्द, संगीत र स्वरको पाटो उत्कृष्ट छ । चलचित्रको यो गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने शिवराम श्रेष्ठले चलचित्र खिचेका हुन् ।

post image

चैत ४, सिड्नीअस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले १० औं वार्षिकोत्सवका अवसरमा भव्य रूपमा होली पर्व (फागु) मनाएको छ।एन्टा १० औं वार्षिकोत्सवसँगहोली हंगामानामक साँस्कृतिक कार्यक्रमको आयोजनाका गर्दै सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा होली पर्व हर्षोंल्लासका साथ रङ, अविर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ।

अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा विभिन्न भाषा भाषिका मनोरञ्जनात्मक कार्यक्रम समेत रङको टिकामार्फत् शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीको साझा पर्व भएको सन्देश दिइएको थियो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। साथसाथै स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव गरेको सुनाए।

नेपालबाट रमेशराज भट्टराई, डोली सरकार सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रम नेपाली, मैथिली, भोजपुरी अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी नेपाली भाषाका शब्दहरूमा  गीत संगीत प्रस्तुति दिएका थिए।

कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको सुनाए।

 

कार्यक्रमको प्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले रङको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए। मुख्य प्रायोजककोतर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताए। एन्टाका सचिव तुलसी शाहले  सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

post image

चैत ४, काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको घोषणा गर्दै द भ्वाइस अफ नेपालको सिजन २ घोषणा गरिएको छ । अघिल्लो सिजनको सफलतापछि दोस्रो सिजन घोषणा गरिएको हो भने यसपटक हिमालयन टिभी एचडीबाट यसको प्रशारण हुनेछ । हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेको जानकारी गराउदै देश बिदेशमा रहेका प्रतिभाहरुले सिजन २ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्ने भ्वाइसका निर्माता तथा निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

एपमार्फत् अडिसन दिन असमर्थ प्रतिभाहरुले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत् पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत् पनि आफ्नो स्वर पठाउन सकिने ब्यबस्था गरिएको जनाउदै निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्ने बताए । भाइबरमा आफ्नो आवाज रेकर्ड गरी ९८२३६१४१८५ मा पठाउन सकिने छ भने सिधै कल गरेर रेकर्ड पनि गराउन सकिनेछ ।

पहिलो सिजनमा पाएको माया र सुझाव ख्याल गर्दै प्रतियोगीलाई सहभागी हुन् सहज होस् भन्ने उदेश्यका साथ् नयाँ नयाँ तरिका अपनाइएको द भ्वाइसले जनाएको छ । यी सम्पूर्ण प्रतियोगीले ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउनेछन् । आउँदो असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडी प्रसारण गर्नेछ । ‘भ्वाइस जस्तो शो पाउनु हाम्रो लागि अवसर नै हो यसलाई टिभीले सदुपयोग गर्नेछ’ कार्यकारी निर्देशक श्याम कँडेलले भने ‘हामीले प्रसारण गर्ने शो मा कुनै सम्झौता हुनेछैन भने प्रतियोगिता विजयीको लागि पनि हामी ग्राण्ड सोचिरहेका छौ ।’ डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सम्म मात्र रहेको छ ।

post image

असार २५ काठमाण्डौ | केबीए ग्लोबल एजुकेसन एण्ड माईग्रेसनले युवा तथा प्रतिभा भएका कलाकारहरु लाई प्रोत्साहन गर्दै आइरहेको छ ।अस्ट्रेलियाको सिड्नी,डार्विन,पर्थ ,मेलबर्न अनि फिलिपिन्स र नेपालमा काठमाडौँ,चितवन,बुटवल,नेपालगंज,पोखरा र बनेपामा कार्यालय संचालनमा छन् ।

केबीए ग्लोबलकैप्रस्तुतीमा गायिका निशा कंडेलले हिन्दि मसअप सार्वजनिक गरेकी छन् । यसअघि नेपाली गीत संगीत प्रेमिहरुमाझ “संधैलाई” र  नेपाली छोरी सार्बजनिक गरिसकेकी छन्  |

उक्त मसअपलाई गायिका निशा कंडेलले आफ्नो पर्सनल युट्युब च्यानलमा अपलोड गरेकी छिन् | राहुल प्रधानको संगीत रहेको मसअपलाई  प्रधानले नै  निर्देशन गरेका हुन् | अन्य गितलाई जस्तै आफ्नो यस प्रयासलाई पनि श्रोताहरुले मन पराइदिनेमा आफु बिश्वस्त रहेको गायिका कंडेलले बताएकी छन् |

कला र गीत संगीत प्रेमी ग्लोबल हेड बिजनेस डिपार्टमेन्ट रोशन क्षेत्रिले निशा कंडेल जस्तै अन्य प्रतिभा भएका कलाकारहरुको प्रोमोसनको लागि निरन्तर केबीए ग्लोबलले सहयोग गर्दै जाने पनि बताए ।

post image

फागुन २६, बाँके । गायक विकास उप्रेतीको स्वर रहेको “आउँ नाचौं” बोलको गित सार्वजनिक भएको छ । कपिल नेपालको शब्द रहेको यस गितमा चर्चित मोडल/डान्सर अंजली अधिकारी र प्रतिभाशाली भिजे तथा नवोदित कलाकार रन्जित पौडेलको अभिनय रहेको छ ।

सनिबारमात्र युट्युबमा रिलिज भएको यस गितले दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको गायक उप्रेतीले जानकारी गराएका छन् । अष्ट्रेलियामा रहँदै आएका उप्रेतीलाई दर्शक मायाले गर्दा आगामी दिन हरुमा पनि यस्ता गित गाइरहन हौसला मिलेको उनले बताए ।

उक्त गितमा राज तथा टिमको  कोरियोग्राफी रहेको छ । त्यस्तै गितको भिडियोलाई अमृत सुनुवारले खिचेका छन्  ।

 

नायिका निरुतालाई डेंगु

प्रकाशित मिती : Sunday
post image

फागुन २६, काठमाडौँ । केही समय नेपालमा रहेकी नायिका निरुता सिंह बिरामी भएपछि मुम्बई पुगेकी छिन् । मुम्बइमा उपचार गर्दा उनलाई डेंगु भएको खुलेको हो । केही समय अगाडि चलचित्र ‘क्याप्टेन’को प्रमोशनका लागि नेपालगञ्जमा पुग्दा उनलाई डेंगु भएको वुझिएको छ ।

लामो समयदेखि रुघा र खोकीले ग्रस्त निरुतालाई मुम्बई फर्किएपछि मात्र डेंगु भएको पत्ता लागेको हो । निरुता केही दिनदेखि उनको मुम्बइमा उपचार भैरहेको छ

निरुताले चलचित्र ‘दाल भात तरकारी’को छायांकनको क्रममा पनि आफूलाई निकै जाडो भएको बताउने गरेको निर्माता किरण केसी बताउँछन् ।

post image

 फागुन २४, काठमाडौं । चलचित्र ‘यात्रा’मा समावेश ‘चट्ट रुमाल’ बोलको गीतले युटुबमा राम्रो भ्यूज पाइरहेको छ । तर, यो गीतलाई दर्शकले तारिफ भन्दा बढी गाली गरेका छन् । दर्शकले पुरानो चलचित्र ‘आफ्नो मान्छे’मा समावेश यो गीतलाई बिगारेर सार्वजनिक गरिएको भन्दै आलोचना गरेका छन् । गीत हेरेपछि यो चलचित्रका गायक–गायिकामाथि पनि प्रश्न उठाइएको छ ।

शम्भुजित बास्कोटाको संगीत, बाबुराम दाहालको शब्द रहेको यो गीतमा शम्भुजित र साधना सरगमको स्वर छ । नयाँ भर्सनमा भने गायक धमेन्द्र सेवान र गायिका मेलिना राइको स्वर छ । राजन इशानले गीतको रिएरेन्ज गरेका हुन् ।

गीतमा अत्याधिक गाली आएपछि गायिका मेलिना राइले फेसबुकमा स्टाटस लेख्दै यो चलचित्रको टिमप्रति नै ‘घोर निन्दा गर्दछु’ भनेर उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘कुनै पनि गीत लेजेन्डले गाइसक्नु भएको र उही बेला सुपरहिट भैसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैमा चुनौतीको कुरा हो । त्यही कुरालाई ध्यानमा राखी पुरा मिहिनेत गर्न पछि परेका थिएनौ हामी । व्यक्तिगत रुपमा मैले यो गीतलाई २ पटक गाएको थिएँ । सुमन केसीले पनि तिनपटक आवाज दिनुभएको थियो तर उहाँको आवाज राखिएन । यति धेरै कुरा गरेर तयार भएको गीत नराखेर उही थोत्रे पुरानो नै राखियो । हामीले सयौं अनुरोध गर्यौ, तर गीत परिवर्तन भएन ।’

उनले ट्रेन्डिङ र भ्यूजको लोभमा आफूहरुलाई चपेटामा पनि पारिएको बताएकी छिन् । यो कुराले आफूलाई निकै नै ठूलो असर परेको भन्दै उनले गायिका भएको नाताले ‘टिमप्रति घेरा निन्दा गर्दछु’ भनेर स्टाटस लेखेकी छिन् ।

उनले अगाडि भने–‘धमेन्द्र सेवान र मेलिना राईको आवाज मैले नै रेकर्ड गराएको हुँ । उहाँहरुको आवाज फाइनल भएपछि नै राखिएको हो । दुबैले एक–एक पटक गाउँदा नै ओके भएको थियो ।’

post image

फागुन २४,काठमाडौँ ।फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबारबाट हलमा दुई फिल्म ‘अदालत’ र ‘खाग’ प्रदर्शन हुँदैछन् । कमलजंग कुवंर लिखित ‘गैंडालाई चार वर्ष’ नामक पुस्तकमाथि आधारित रहेको छ।

मनोज पंडित निर्देशित सिनेमामा प्रविण खतिवडा प्रमुख भूमिकामा छन्। प्रविणका अलावा सिनेमामा निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको आदिको अभिनय रहेको छ।सिनेमाले खाग तस्करसँग एउटा व्यक्तिको संघर्षको कथा पेस गर्छ। दीपक बज्रचार्यको छायांकन रहेको सिनेमालाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । सिनेमालाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।

फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा निर्माण भएको फिल्म ‘अदालत’मा लेखन तथा निर्देशन दिनेश लिङ्देनको छ । निर्देशक दिनेशका अनुसार फिल्मले समाजमा घटिरहेका हत्या, हिंसा, बलात्कार, अवैध धन्दा जस्ता आपराधिक एवं संवेदनशील घटनाहरूलाई विषयबस्तु बनाएको छ । फिल्ममा एलिना बाँस्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, बिन्दा थिङ, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दीपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खड्काको अभिनय छ ।

फिल्ममा रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसीको छायांकन र रन्जित मानन्धरको सम्पादन छ । बसन्त थेवे कार्यकारी निर्माता रहेको फिल्ममा मेखबहादुर मगर सहनिर्माता र आरपी दाहाल प्रस्तुतकर्ता छन् । फिल्ममा कविता राई निर्मात्री छिन् ।

 

post image

फागुन २३, काठमाडौँ । पुर्वमिस नेपाल नीकिता चाण्डक कपिल शर्माको कमेडी सोमा अतिथिको रुपमा देखिने भएकी छिन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटोसहित जानकारी सार्वजनिक गरेकी छिन्।

सोको पात्र किकु सर्दासँगको फोटोमा लेखेकी छिन्,’अनि हाम्रो फेरि भेट भयो। मलाई कपिल शर्मा सोका लागि बोलाएकोमा धन्यवाद।’

क्याप्सनमा उनले किकुसर्दाको काम प्रतिको लगनशीलताको पनि प्रशंसा गरेकी छिन्। सर्दा कमेडियन हुन्। नीकिताले सोको कुन अङ्कमा आफू देखिन लागेको भन्ने खुलाएकी छैनन्।

post image

फागुन २३, काठमाडौँ । नायक राजेश हमाललाई चलचित्र ‘प्रेमगीत ३’का लागि अफर गरिएको छ । नायक हमाललाई यो चलचित्रमा नायक प्रदिप खड्काको पिताको भूमिकाका लागि अफर गरिएको हो ।

हालै चलचित्रका निर्माता सन्तोष सेन, निर्देशक छेतन गुरुङ र नायक प्रदिप खड्कासँग नायक हमालले भेट गरेका छन् । चलचित्रमा पिताको भूमिका गर्ने बिषयमा हमाल सकारात्मक भएपनि संझौता भने भैसकेको छैन ।

नायक हमालले ठट्टामा कुरा गर्दै बारम्बार आफू १६ बर्षको बताउँदै आएकाले पनि उनी पिताको भूमिकामा अहिलेका चल्तीका नायकसँग काम गर्न तयार होलान् या नहोलान् भन्ने दोधार छ । यो भूमिकाका लागि चलचित्र क्षेत्रकै एक पाका कलाकारको आवश्यकता पर्ने भएकाले यसको निर्माणपक्षले हमाललाई अफर गरेको हो ।

 चलचित्र ‘प्रेमगीत ३’को छायांकन दशैंपछि सुरु गर्ने तयारी गरिएको छ । चलचित्रका लागि नायिका नयाँ राख्ने योजना यो चलचित्रको निर्माणपक्षको छ ।

post image

फागुन २२, काठमाडौँ ।  फिल्म ‘आफ्नो मान्छे’को चर्चित गीत ‘चट्ट रुमाल’को रिमेक गीत बनेको छ। फिल्म ‘यात्रा अ म्यूजिकल भ्लग’को संगीत टिमले गीतको रिमेक बनाएको हो। गीतको रिमेकमा सलिनमान बनियाँ, सलोन बस्नेत, डेब्यु गर्ल मलिका महत, जान्वी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा फिचर्ड छन्।

निर्माण टिमले एक कार्यक्रम गर्दै सर्जकलाई सम्मानसमेत गर्‍यो। कार्यक्रममा गीतका सर्जक शम्भुजित बास्कोटा र नृत्य निर्देशक राजु शाह, स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्कालाई सम्मान गरिएको हो।

संगीतकार शम्भुजित बास्कोटा र साधना सरगमले गाएको गीतको रिमेकमा धर्मेन्द्र सेवान र मेलिना राईको स्वर छ। गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफी छ।

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन्। फिल्ममा सलिनसँगै जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको अभिनय छ।

फिल्ममा विदेशी कलाकारहरु चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय छ। कोटकी कालिकादेवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा संजय लामाको छायाँकन, प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन छ।

post image

फागुन २०, काठमाडौँ । भारतीय अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुरको सम्बन्धलाई लिएर विभिन्न चर्चा भइरहेका छन्। भारतीय संचारमाध्यमहरुका अनुसार दुवैले विवाह गर्ने तयारी थालेका छन्।

मलाइका बलिउड सुपरस्टार सलमान खानमा पूर्व भाउजु हुन्। सलमानका दाई अरबाज खान र मलाइका अरोडाले सन् १९९८ मा विवाह गरेका थिए। विवाह गरेको १८ वर्षपछि सन् २०१६ मा दुवै एक्ला–एक्लै बस्न थाले। सन् २०१७ मा दुवैले सम्बन्ध विच्छेद गरे। उनीहरुको एक छोरा छ।

डेक्कन क्रोनिकलका अनुसार अर्जुन कपुर र मलाइकाले आगामी महिना विवाह गर्दैछन्। दुवैले क्रिश्चियन परम्परा अनुसार विवाह गर्नेछन्। एजेन्सी

post image

फागुन २० ,काठमाडौं । रामबाबु गुरुङको निदृेशन रहेको चलचित्र ‘साइँली’ को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

दयाहाङ राई, गौरव पहारी र मेनुका प्रधानको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर पनि यिनै तीन कलाकारको वरिपरि घुमेको छ।

फिल्ममा कसरी नेपाली युवाहरु विदेश जान बाध्य छन् भन्ने यथार्थलाई गौरवका माध्यमबाट देखाइएको छ। अन्तरजातीय र बेमेल वर्गबीचको प्रेम, विवाह र त्यसले पारिवारिक जीवनमा पार्ने असरलाई फिल्ममा देखाइएको छ।

‘सुन साइँली’बोलको गीतबाट शीर्षक लिइएको यो फिल्मलाई रामबाबु गुरुङको लेखन तथा निर्देशनगरेका हुन । फिल्मलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले संयुक्तरुपमा निर्माण गरेका हुन्।

post image

फागुन २०,काठमाडौं । निमेष पौडेलको जन्मस्थान जनकपुर हो । उनी १२ वर्षको हुँदा काठमाडौं आए र काठमाडौंकै हेम्स स्कुलमा अध्यन गरेर एसएलसीमा उत्तीर्ण गरे । उनी ११ / १२ वर्षको उमेरदेखि नै साहित्यमा रुची राख्थे । सानो उमेरमै नेपाली साहित्यको उपन्यास विधा लेखन सुरु गरेका छन् । उनको किताब फाइभ मन्थ्स बुलबुल पब्लिकेसनको बेस्ट सेलर पनि हो । हालै उनको अर्को उपन्यास फेब्रुअरी १४ सार्वजनिक भएको छ । पुस्तकले एकदमै राम्रो प्रतिकृया पाइरहेको छ ।यहि पुस्तकको विमर्श कार्यक्रममा फेब्रुवरी १४ का लेखक निमेष पौडेलसँग बिनिता सिवाकोटीले साहित्यसम्बन्धी गरेको कुराकानी ।

१.फेब्रुअरी १४ को बारेमा बताईदिनुहोस न ?

जव मैले फाइभ मन्थ्स लेखे त्यो पछी धेरै पाठकले मलाई प्रश्न गर्नुभयो के प्रेम दुरीले घट्छ त ? साँचो प्रेमलाई त दुरीले असर पार्दैन , त्यहि हिसाबले यसलाई मैले मनन गरे , यसलाई मैले लेखे भने यो युवा पुस्ताको लागि एक मजबुत कथा बन्छ,   त्यसको लागि मैले फेब्रुअरी १४ लेखें ! साथै प्रेममा प्रेम मात्र रहँदैन , समाज पनि जोडिन्छ , समाजको हरेक प्रतिबिम्बहरु जोडिन्छन यहाँ यस्तो पात्र छ , जसले आफ्नो बाबु गुमाएको छ बाबु गुमाएको छोराले आमालाई कसरी हेरचाह गर्छ , एक युवाले गर्ने परिश्रम , मेहेनत,  प्रेमको संघर्ष , प्रेमी प्रेमिकाको दुरी सहितको प्रेमलाई फेब्रुवरी १४ मा पढ्न सकिन्छ ।

२. यो उपन्यास लेख्ने प्रेरणा कहाँ बाट पाउनुभयो ?

जव मैले फाइभ मंथस लेखे त्यसको १ हप्ता पछी मलाई एक पाठकको मेसेज आयो ।उक्त मेसेजमा आजकलको समयमा धेरै विदेशीएका युवाहरुको संगै उनीहरुको माया पनि टाढिएको हुन्छ । प्रेमी प्रेमिका बिदेशीए संगै मायामा पनि दुरी आउँछ , कतिपय टाढै भएपनि टच मा रहन्छन भने कतिपय एकाएक बदलिन्छन र टाढा बनिदिन्छन । कसैको माया यति सच्चा र गाढा हुन्छ की जसलाई दुरीले कुनै फरक पार्दैन । प्रेम साँचो छ भने सात समुन्द्र पारले कुनै फरक नपर्ने खालको एउटा उपन्यास लेख्नुहोस न भनेर लेखिएको थियो । त्यहींबाट युवा पुस्ता जो बाध्यता , रहर र पढाइले गर्दा आफ्नो प्रेमी प्रेमिकाबाट टाढा बहेका छन् उनीहरुको लागि मैले यो पुस्तक लेखे !

३. लेख्ने क्रममा रुनुभएको छ ?

फेब्रुअरी १४ लेख्दा आमाप्रतिको माया लेख्दा म निकै पटक रोएको छु । त्यसमा पात्रको आमा जो भारतको अस्पतालको आइसियु मा भर्ना हुन्छ , पात्र त्यस समय निकै दोधारमा हुन्छ । उसलाई के लागेको हुन्छ भने नेपालमा रहेकी उसकी प्रेमिका कतै अरु कसैको मायामा त परिन ।यहि सोचले खाएको उसलाई प्रेमिका भेट्न नेपाल जाने की आमालाई कुरेर भारत मै बस्ने भन्ने दोसाध परेको हुन्छ ।त्यो परिस्थितिमा आमाले भन्नुहुन्छ , म अहिले मर्छु की भरे वा भोलि मेरो कुनै ठेगान छैन, म त अस्ताईसकेको घाम हुँ तर तेरो प्रेम को त अझै जीवन छ ,  तँ आज नेपाल फर्किनस भने तैले भोलि बाट उसलाई हेर्न पाउने छैनस ।यो समय तेरो लागि म भन्दा तेरो प्रेम जरुरि छ , तैले उसंग हो जीवन जिउने । त्यो संवाद लेख्दा र अझै पनि जव म सम्झिन्छु मेरो रौँ ठाडो हुन्छ । कहिले आफ्नो आमालाई अंकमाल नगरेको मैले त्यस दिन आमालाई कसेर अंकमाल गरे ।

 ४. अहिले त झन् धेरै युबा हरु बिदेशिएका छन्, अमेरिका अष्ट्रेलिया जस्ता देशमा गएका वा भनौ पी आर लिने अनि नेपाल आएर बिहे गर्ने त्यहि क्रममा विदेशको लोभमा आफ्नो प्रेमी त्यागेर पीआर वाला संग बिवाह गर्ने पनि धेरै छन् , र बाबुआमाको करकापमा बिहे गर्नेको संख्या पनि उल्लेखनीय छ यस बिषयमा केहि लेख्नुभएको छ वा अर्को पुस्तकमा हामीले यसलाई पढ्न पाउँछौ ?

मैले लेख्ने भनेको युवा पुस्ताको लागि हो। सबै कुरा एउटा पुस्तकमा समेट्न सकिदैन , त्यसैले केहि कुरालाई थाँती राखेर अर्को पुस्तकमा समेट्नुपर्ने हुन्छ जस्तै यसमा प्रेमलाई दुरीले फरक पार्दैन भन्ने छ भने अर्को पुस्तकमा प्रेम बिर्सिनुहुन्छ की , धेरै अघि बिछोड भएको प्रेमी प्रेमिकाको पुनर्मिलन हुन्छ की हुदैन त्यसैले यस्ता बिषयक लागि अन्य किताबको पर्खाइमा बस्नुपर्ने हुन्छ । मैले चाहिं युवा पुस्तलाई लक्षित गरेर लेख्छु कथा धेरै हुन्छन , सबैको कथा फरक हुन्छन त्यसकारण यी बिषयमा भविष्यमा अवश्य लेख्ने छु ।

५.  प्रेम र भाग्यमा कति को बिश्वास गर्नुहुन्छ ?

म भाग्यमा बिश्वास गर्दिन , म कर्मामा बिश्वास गर्ने मान्छे हुँ। यदि तपाईं कसैलाई साचो माया गर्नुहुन्छ भने तपाईहरुको माया साँचो छ भने त्यसलाई छुटाउने कोहि पनि हुँदैन , यदि बिछोड हुनुहुन्छ भने त्यो तपाईहरु आफै हो त्यसैले साँचो मायामा भाग्य , भुत , वर्तमानले केहि फरक पार्छ जस्तो लाग्दैन मलाई ।प्रेम साँचो हुनुपर्छ , न तपाईलाई समाजले , परिवारले, जातले  , आउने आँधीहुरीले केहिले फरक पार्न सक्दैन । त्यसैले प्रेम प्रेम हो , मायालाई पाउन मा अघि बढ्नुस , भाग्यमा भर परेर नबस्नुस ।

६. फेब्रुअरी १४ भर्खरै सार्वजनिक भएको छ , पाठकहरुको कस्तो प्रतिकृया पाईराख्नु भएको छ ?

पाठकहरुको एकदमै राम्रो प्रतिकृया पाइरहेको छु , किताब सार्वजनिक भएको २ हप्तामा हामीले दोस्रो एडिसन पनि निकालीसक्यौं । पाठकहरु यस किताब पढ्दा आफ्नो साथि , आमा र प्रेमिकालाई सम्झेर रुनुभएको छ । यस्ता उपन्यास तपाईले अझै लेख्नुपर्छ , यस्ता उपन्यास लेखिएन भने अबका पुस्ताले प्रेम के हो भन्ने कुरा बिर्सिने छन् , मैले कस्तो प्रेम गरिरहेको छु भन्ने उनीहरुलाई आभास हुने छैन त्यसैले यस्ता लेखहरु निरन्तर लेख्नुहोस भनेर प्रतिकृया दिनुभएको छ । हालसम्म सबैको माया र सकारात्मक प्रतिकृया पाएको छु ।

७.  पहिलो संस्करणमा कति प्रति पुस्तक छाप्नुभएको थियो ?

पहिलो संस्करणमा हामीले ५ हजार पुस्तक छापेका थियौं , र आज हामीले आफ्नो पाठक माझ पुस्तक विमर्श कार्यक्रम पनि राखेका छौं आज जति पाठकले पुस्तक लिनुभएको छ त्यो सबै दोस्रो संस्करणकै हो । यो पुस्तक एक युवाले लेखेको भएर पनि पाठकले रुचाउनु भएको हो , यसमा पक्कै निमेषले केहि खास लेखेको छ भन्ने पाठकलाई बिस्वाश भएर हो जस्तो लाग्छ  । फाइभ मंथसमा मैले बुवाको लागि लेखेको थिए भने फेब्रुअरी १४ मैले आमाको लागि लेखेको छु ।

८.अब पाठकले अर्को पुस्तक कहिले पढ्न पाउँछन त ?

फाइभ मंथस र फेब्रुअरी १४ मैले करिब डेढ बर्षको फरकमा सार्वजनिक गरेको हुँ , अब आउने नयाँ पुस्तक पनि यति कै ग्यापमा अर्थात २०७७ सालमा सार्वजनिक गर्ने सोच छ , म केहि सरप्राइज प्याकेज लिएर आउने छु ।

९. भनिन्छ कुनै पनि कुरालाई लेख्न भाव चाहिन्छ आफ्नो जीवनसंग मेल नखाई शब्द फुर्दैन, के तपाइको जीवनमा यस किताबसंग मेल खाने कुनै क्षण छ ?

हैन लेख्दा मैले समाजलाई हेरेर लेख्ने हो , मानिसहरुको ब्यबहारलाई हेरेर लेख्ने हो । जवसम्म मैले फिल गरेर पाठकलाई किताबसंग जोड्न सक्दिन तव मेरो किताब चल्दैन ।  त्यसैले म क्याफेमा चिया खाँदा होस् या बाटोमा हिड्दा होस् मानिसहरुलाई अवलोकन गर्ने गर्छु । उनीहरुले गरेका क्रियाकलापहरुलाई नियाल्छु , आफ्नो साथिहरुको भनाइ , उनीहरुको प्रेम लाई देखेर महसुस गरेर लेख्ने गर्छु र आमा संग को प्रेम,  म संग आमा हुनुहुन्छ म त्यसलाई फिल गर्न सक्छु आमाको माया , बलिदान  , हेरचाह वहाँको माया मसंग छ , त्यस्तै बुवा हुनहुन्छ वहाँको माया पनि मैले महसुस गर्न सक्छु , त्यस्तै साथीहरु छन् । मसंग बाँकी रहेको प्रेम हो , कुनै समय मैले पनि प्रेम गरेको थिए होला त्यसलाई आभास गरेर पनि लेखे । त्यसैले जति लेखेको छु सबै आभास गरेरै लेखेको छु र आगामी दिनहरुमा पनि यसरी नै अघि बढ्छु ।

१०. यति धेरै प्रेमको बारेमा लेख्ने निमेषको जिन्दगीमा प्रेम छ की छैन ?

यो प्रश्न धेरैले सोध्नु भएको छ । निमेषले पनि प्रेम गरेको छ तर त्यो प्रेम कसरी गरेको छ भने एक जना मसंग एउटा यस्तो साथि छे जसले चाही मलाई तिमीले गर्न सक्छौ भनेर हिम्मत दिन्छे , हौसला दिन्छे , तिमीले गर्नुपर्छ भनेर अघि बढ्न सहयोग गर्छे । तर हाम्रो पछि गएर बिवाह हुन्छ हुँदैन , त्यो थाहा छैन तर उसंग हुँदा एउटा मित्रताको आभास हुन्छ ,गुलाबको फुल नै तपाईसंग हुनुपर्छ भन्ने छैन तपाइको नजिकै गुलाब छ भने त्यसको सुगन्धले पनि तपाइलाई आनन्द प्राप्त हुन्छ , त्यो हिसाबले प्रेमिका नै चाहिं छैन तर प्रेमिका जस्तै ख्याल गर्ने साथि चाहिं छे ।

११. यतिको योंग हुनुहुन्छ , ह्याण्डसम पनि हुनुहुन्छ , यति राम्रो लेख्नु पनि हुन्छ , प्रेम प्रस्ताब चाहिं कतिको आउँछ ?

मलाई प्रेम प्रस्ताबहरु धेरै आउँछन । एउटा यस्तो घटना छ की मैले एक जना पाठकको मेसेज हेरेको रहेनछु जसमा वहाँले आइ लभ यु लेखेर पठाउनुभएको रहेछ मैले मेसेज नहेरेपछि वहाँले अच्युत घिमिरे (बुलबुल) लाई निमेष पौडेललाई प्रेम प्रस्ताब राखिदिनुहोस न मैले आइ लभ यु भनेको छु भनेर भनिदिनुहोस न भन्नुभएको रहेछ । कति ले मलाई क्रस लेख्नुहुन्छ , माया गर्नुहुन्छ त्यसले धेरै खुसि दिन्छ !

१२. आफ्ना पाठकलाई के भन्न चाहनुहुन्छ ?

पाठकहरु नभएको भए सायद म पनि हुने थिइन , निमेष पौडेल यति खास हुने थिएन , जति पाठकहरुले मलाई बनाउनु भयो । मेरो पाठकहरुकै कारण आज म यहाँ सम्म आइपुगेको छु । यति धेरै माया र साथको लागि सबै पाठकलाई मनै देखि धन्यवाद दिन चाहन्छु , पाठकहरुले मलाई मेसेज गर्नुहुन्छ , भेट्छु भन्नुहुन्छ , तपाइको किताब धेरै मन पर्छ , तपाइको किताब आएपछि अरुको किताब पढेको छैन भन्नुहुन्छ जसले धेरै खुसि लाग्छ । संधै भरि यसरी नै साथ दिएर अघि बढ्न मेरो पाठकहरुले मलाई मद्दत गर्नुहुनेछ भन्ने मलाई बिश्वास छ सबैलाई धन्यवाद ।

निमेष जी व्यस्तताको बावजुद हामीलाई समय दिनुभयो तपाइको कलमले निरन्तरता पाइराखोस्, नयाँनयाँ पुस्तक हामीले पढ्ने मौका पाईरहुँ , नयाँ उपन्यासले पनि धेरै सफलता पाओस् धेरैधेरै शुभकामना धन्यवाद !

post image

फागुन १७, काठमाडौँ। पुरुषोत्तम सुवेदीको आवाजमा समावेश ‘जब जब तिमी आयौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द रहेको यो गीतमा पुरुषोत्तमकै संगीत छ ।

एक प्रेमीले प्रेमिकालाई माया पाएपछि व्यक्त गरेको भावलाई यो गीतमा उठान गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा कमल प्रसाइको ड्रोन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोलाई आकर्षक बनाउन विधानले कुनै कसर बाँकी राखेका छैनन् ।

post image

 फागुन १७, काठमाडौं । बलिउड अभिनेता शाहरूख खान र अक्षय कुमार एकसाथ आउने भएका छन्। उनीहरू दक्षिण भारतिय मलयालम सिनेमा  ‘कोडिसमक्षम बालन वकिल’को हिन्दी रिमेकमा एकसाथ आउन थालेको भारतिय संचारमाध्यमले जनाएका छन्।

रिमेक गरिन लागेको सिनेमाले समिक्षकिय तथा व्यापारिक रूपमा आफूलाई खरो उतारिरहेको छ।सिनेमाको हिन्दी रिमेकका लागि तयारी सुरू भइसकेको बताइन्छ।

यस सिनेमामा कमेडीसँगै गम्भिर कथा बोकेको वकिलको कथा रहेको छ। सिनेमामको रिमेक अधिकार भायकम १८ सँग रहेको छ। सो कम्पनीले रिमेकका लागि सो सिनेमाका निर्देशक उन्नीकृष्णनसँग कुरा गरिसकेको बताइन्छ।

शाहरूख र अक्षय कुमारले एकअर्काको सिनेमामा केमियोमा काम गरेपनि पूरा सिनेमामा काम गर्ने यो पहिलो अवसर हुनेछ।

post image

फागुन १६, काठमाडौँ। नायक आर्यन सिग्देल नयाँ चलचित्रका लागि जोमसोम पुग्दैछन् । यो चलचित्रको नाम ‘चच हुई’ राखिएको छ । चलचित्रको छायांकनका लागि यसको निर्माण टिम जोमसोम पुगिसकेको छ । यो चलचित्रको छायांकन जोमसोम, पोखरा, काठमाण्डौ हुँदै हङकङसम्म हुनेछ । चलचित्रलाई लाइट कमेडी कथामा निर्माण गर्न लागिएको हो ।

यो चलचित्रमा नायक आर्यन सिग्देलको जोडीको रुपमा नायिका मिरुना मगरले काम गर्दैछिन् । मिरुना मगर पछिल्लो समय व्यस्त देखिएकी छिन् । नायक आर्यन सिग्देलका अनुसार चलचित्रको छायांकनका लागि लामो समय लाग्नेछैन । उनी, यो चलचित्रलाई लिएर उत्साहित भएको बताउँछन् ।

अमृत घलेले यो चलचित्रको निर्माण गर्न लागेका हुन् । नायक आर्यन सिग्देल बैशाखमा सन्तानको पिता बन्दैछन् । त्यसअघि नै यो चलचित्रको छायांकन सकेर परिवारलाई पुरा समय दिने उनको योजना छ ।

post image

फागुन १५, काठमाडौं । ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनको तयारीमा छ। आगामी चैत १ गतेदेखि प्रदर्शनमा आउने फिल्म नेपालमा बनेको ‘अंग्रेजी फिल्म’ हो। क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिन फिल्मका निर्माता हुन्।

 हालै टिमले फिल्मको एक गीत पनि सार्वजनिक गरेको छ। नेपालको लोकप्रिय ब्याण्ड १९७४ एडीले फिल्मको गीत तयार पारेको हो। ‘काठमाडौं’ बोलको गीतमा रोहित जंग क्षेत्रीको शब्द, संगीत तथा स्वर छ। पेमा धोन्डुप फिल्मका निर्देशक हुन्। यसअघि उनले ‘वी आर नो मंक्स’ निर्देशन गरेका थिए।

यस फिल्ममा अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा समेटेको छ। फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।

post image

फ़ागुन  १४,  काठमाडौं। नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को प्रदर्शन मिति तय गर्दै पहिलो गीत पनि सार्वजनिक गरिएको छ । प्रताप दास र मेलिना राईको आवाज रहेको गीतमा चेतन कार्कीको शब्द, बसन्त सापकोटाको संगीत छ । ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीतमा नव–नायक राज कुमार र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा रामेश्वर कार्कीको छायांकन ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाद्धारा निर्देशित चलचित्र ‘साइनो’मा राज र मिरुनाका अलावा निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्दै निर्माता तथा प्रस्तुतकर्ता चन्दले जीवनभर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनका लागि चलचित्र निर्माण शुरु गरेको बताइन् ।

चलचित्र ‘साइनो’ आउँदो बर्षको जेठ १० गते रिलिज हुने बताइएको छ । चलचित्रलाई अभिमन्यु निरबीले लेखेका छन् । अहिले यो चलचित्रको सम्पादन कार्य भइरहेको छ ।

post image

फागुन १३,लस एन्जलस । अमेरिकाको लस एन्जलसमा ९१ औं संस्करणको अस्कर अवार्ड सम्पन्न भएको छ। यसपटकको बेस्ट पिक्चरको अवार्ड ‘ग्रीन बुक’ ले जितेको छ। भिग्गो मोर्टेसेन अभिनित ‘ग्रीन बुक’ को निर्देशन पिटर फरेल्लीले गरेका हुन्। सो फिल्मबाट महेरसाला अलीले बेस्ट  सपोर्टिङ एक्टरको उपाधी जित्न सफल भए। धेरै विधामा अस्कर जित्ने अली दोस्रो अफ्रिकन अमेरिकी बने।

यस्तै सो चलचित्रले बेस्ट ओरसजिनल स्क्रिनप्लेको अवार्ड समेत हासिल गर्‍यो। निक भल्लेलोङगा ‘ग्रीन बुक’ का स्क्रिन राइटर हुन्।यस्तै बेस्ट एनिमेटेड फिचर फिल्मको अवार्ड ‘स्पाइडर म्यान : इन्टु द स्पाइडर-भर्स’ ले प्राप्त गर्‍यो भने बेस्ट एनिमेसन सर्टको अवार्ड ‘बाओ’ ले जित्यो।

आदिवासी महिलाको कथामा बनेको फिल्म ‘रोमा’ निर्देशक अलफन्सो कुआरनले बेस्ट डाइरेक्टरको अवार्ड प्राप्त गरे। ‘रोमा’ बाट बेस्ट  सिनेमाटोग्राफरको अवार्ड समेत जितेका कुआरनको यो चौथो अस्कर अवार्ड हो। मेक्सिकन फिल्म ‘रोमा’ ले बेस्ट  फरेन ल्याङ्ग्वेज फिल्मको अवार्ड समेत जित्न सफल रह्यो।

ओलिभिया कोल्म्यानले ‘द फेवरेट’ बाट बेस्ट एक्ट्रेसको उपाधी जित्दा रमी मलिकले ‘बोहिमियन र्‍यापसोडी’ बाट बेस्ट  एक्टरको अवार्ड जिते। ‘इफ बिटल स्ट्रिट कुड टल्क’ बाट रेजीना किङले बेस्ट  सपोर्टिङ एक्ट्रेस अवार्ड जितिन्।

यसपटकको अस्कर लेडी गागाका लागिस विशेष रह्यो। ‘अ स्टार इज ब्रन’बाट एक्टिङमा डेब्यु गरेकी गायिका गागाले सो फिल्मको ‘स्याल्लो’ गीतबाट बेस्ट  ओरिजिनल सङको उपाधी जितिन्। यस्तै बेस्ट  ओरिजिनल स्कोरको अवार्ड ब्ल्याक प्यान्थरले जित्यो।

निर्देशक स्पाइक लिले ‘ब्ल्याक्लान्स म्यान’ बाट बेस्ट एडप्टेड स्क्रिनप्लेको अवार्ड जिते। यो उनको पहिलो अस्कर अवार्ड हो।  रजस्वलाका बारे बनेको फिल्म ‘पिरियड. इन्ड द सेन्टेन्स’ ले बेस्ट डकुमेन्ट्री सर्टको अवार्ड जित्दा ‘फ्रि सोलो’ ले बेस्ट डकुमेन्ट्री फिचरको अवार्ड हासिल गर्‍यो।

प्राविधिक अवार्ड तर्फ बेस्ट  भिज्योल इफेक्टको अवार्ड ‘फस्ट म्यान’ले जित्यो। बेस्ट प्रोडक्सन डिजाइन र कस्ट्युम डिजाइन अवार्ड ‘ब्ल्याक प्यान्थर’ले जित्यो। यस्तै प्राविधिक तर्फ मै बेस्ट इडिटिङ, बेस्ट साउन्ड इडिटिङ र बेस्ट साउन्ड मिक्सिङको अवार्ड ‘बोहिमियन र्‍यापसोडी’ ले हासिल गर्‍यो। बेस्ट  हेयर एन्ड मेकअपको अवार्ड ‘भाइस’ ले जित्न सफल रह्यो।

बिना होस्ट संचालन भएको अस्करको समापन अभिनेत्री जुलिया रोबर्टसले गरेकी थिइन्।

post image

 फागुन १२, काठमाडौं ।  सबै गीतसंगीत मायाप्रेमका मात्र हुँदैनन् र सबै ब्याण्डले मायाप्रेमका कथालाई मात्र समेट्दैनन । कतिपय गीतसंगीतले समाजको वास्तविकता पनि बोल्छन् । कतिपयले शान्ती र सद्भावको सन्देश पनि फैलाउँछन् ।

समाजमा मानव हृदयमा सद्भाव र सकारात्मक उर्जा संचार गर्ने हेतुले यथार्थ र सत्यता बोकेका गीतहरु सार्वजनिक गर्दै आएको सत्याकृत ब्याण्डले महाशिवरात्री पर्व नजिकिदै “आउ फर्केर” भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा श्री हजुरको शब्द छ । निशान घिमिरेले निर्देशन गरेको भिडियोमा विकास दाहालको सम्पादन, हरि हुमागाँइको छायांकन छ । यो गीतले जाती, भेषभुषा भन्दा माथि उठेर नैतिक जागरणको अध्यासलाई वृद्धि गर्न आह्वान समेत गरेको छ ।

सत्यकृत ब्याण्डका निर्देशक विजय गौतम (शाकल्यदेब ) हुन् । उनले आफ्नो ब्याण्डले अआगामी दिनमा पनि समाजमा सकारात्मक उर्जा छर्ने खालका गित संगीतहरु तयार पार्ने जानकारी दिए ।

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ”सत्याकृत”ले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ ।युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत सङीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ ।

यसै सन्दर्भमा यहि फाल्गुन २० गते महाशिवरात्री दिन पोखरास्थित लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री सांङ्गीतिक उत्सवमा ब्यान्डले विशेष प्रस्तुतिमा दर्शकलाई भरपुर मनोरञ्जन गराउने छ। महाशिवरात्रीको पुण्य दिनमा पोखराको लेकसाइड परिसरमा आयोजना गर्न लागिएको सांङ्गीतिक उत्सवमा नेपालका ख्याती प्राप्त वरिष्ठ कलाकारहरुको प्रस्तुति र उपस्थिति समेत रहने जनाइएको छ । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण एपीवान एच डी टेलिभिजनले गर्ने भएको छ । गत साल पनि महाशिवरात्रीको दिन ”सत्याकृत”ले पोखरामा भब्य सांगीतिक कार्यक्रम गरेको थियो ।

post image

फागुन १२, काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हासहित ५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। नयाँ दिल्लीमा आयोजित एक अवार्ड वितरण कार्यक्रममा सोनाक्षीले अग्रिम भुक्तानी लिएर उपस्थित नभएपछि आयोजकले ३२ लाख रुपैयाँ क्षतिपूर्ती माग्दै प्रहरीमा मुद्दा दर्ता गरेको हो। प्रहरीका अनुसार सोनाक्षीका साथै ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पंजाबी, धुमिल ठक्कर र एडगर सकारियाविरुद्ध मुद्दा परेको छ।

आयोजकले दिल्लीमा इण्डिया फेशन एण्ड ब्युटी अवार्ड कार्यक्रमको आयोजना गरेको थियो। यो कार्यक्रममा अवार्ड वितरणका लागि सोनाक्षीलाई आमन्त्रण गरिएको थियो। सोनाक्षीका निजी सचिवलाई ३२ लाख रुपैयाँ समेत दिइसकिएको थियो। तर, अन्तिम समयमा सोनाक्षी आइनन्।

आयोजक प्रमोद शर्माले अग्रिम भुक्तानी लिएर सोनाक्षीले अन्तिम समयमा धोका दिएपछि प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए। तर प्रहरीले कुनै कारवाही नगरे पछि ऋणको भार थेग्न नसकेर विष सेवन गरेका थिए। यद्यपि समयमै उद्दार र उपचार हुँदा उनी जिवित छन्।

post image

फागुन १२,काठमाडौं ।चलचित्र ‘वीर विक्रम २’ ले जेठ ३ लाई आफ्नो रिलिज मिति तोकेको छ। शुक्रबार अभिनेता पलको जन्मदिनको केट काट्दै सिनेमा टिलले आफ्नो रिलिज मिति तोकेको हो।

यसअघि सिनेमा चैत ३० मा रिलिज हुने चर्चा चलेको थियो। सिनेमाका निर्देशक मिलन चाम्सले चैत ३० मा दुई सिनेमाले आफ्नो रिलिज मिति घोषना गरेकाले आफूहरूले जेठ ३ लाई रिलिज मिति तोकेको बताए।

जेठ ३ मा निर्देशक योगेश घिमिरे निर्देशित ‘प्रेम दिवस’ रिलिज हुने यसअघि ने घोषणा भइसकेको छ।सिनेमामा पल, वर्षा तथा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको गित पिरतीको मिठो तिर्सनाले दरसकको मन जितिसकेको छ ।

post image

फागुन १०,काठमाडौं ।  नायक पल शाहले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । टेलिभिजनमा भिडियो सम्पादक, म्यूजिक भिडियोको मोडल हुँदै चलचित्रको नायक बनेका पल शाहलाई अहिलेको हटकेक मानिन्छन् । उनै, पल शाहलाई नायिका आँचल शर्माले साथी भन्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

नेपाली चलचित्र वृत्तमा नायक पल शाह र नायिका आँचल शर्माको प्रेम सम्बन्धको चर्चा चलेको केही समय भयो । पल र आँचलले आफूहरु साथी मात्र भएको बताउँदै आएका पनि छन् । तर, उनीहरुको प्रेम सम्बन्धको चर्चा चल्न भने रोकिएको छैन ।

पललाई जन्मदिनको शुभकामना दिँदै आँचलले लेखेकी छिन्–‘जन्मदिनको शुभकामना मेरो साथी । तिमी जहिले पनि मेरो अप्ठ्यारो अवस्थामा मेरो छेउमै उभिएका छौ । मलाई थाहा छ, सधै तिमी मेरो साथमा नै हुनेछौ । म तिमी भन्दा एक कल फोनको दुरीमा छु । आशा छ, तिमीले वुझ्नेछौ । तिम्रो जिन्दगी सधै नै रंगिन होस् भन्ने शुभकामना दिन चाहन्छु ।’

पल र आँचलले तिनवटा चलचित्रमा काम गरेपछि अहिले फरक फरक चलचित्रमा काम गरिरहेका छन् । तर, पनि यी दुइको नाम जोडिन भने छाडेको छैन ।

post image

फागुन ९,काठमाडौं । निर्देशक रामबाबु गुरुङले कबड्डी – ३ को निर्देशनमा जुटेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘साँइली’ चैत्र १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् ।

यो चलचित्रमा ‘कबड्डी’देखि नै पर्दामा देखिएका नायक दयाहाङ राइले काम गर्ने पक्का छ । निर्देशक गुरुङले भने–‘दयाहाङ त पक्का हुने र नहुने भन्ने नै भएन । यो त उनको नै फिल्म हो ।’ यसपटक भने, यो चलचित्रमा चकलेटी अनुहारका कारण चर्चामा रहेका नायक प्रदिप खड्काको प्रवेश हुने देखिएको छ ।नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाहा गरेको जस्तै भूमिका निर्वाहा गर्नेछन् ।

प्रदिपको बिषयमा निर्देशक रामबाबु गुरुङले भने–‘प्रदिपसँग मौखिक सहमती मात्र भएको हो । हामीले लिखित सहमती नगरेका कारण पनि प्रदिप पक्का भन्न सकेका छैनौ । किनकी, भोली उनको समय, पारिश्रमिक मिलेन भने जे पनि हुनसक्छ । तर, मौखिक रुपमा काम गर्ने कुरा भएको छ ।’ चलचित्रका लागि कुनै पनि कलाकारसँग लिखित सहमती भने नभएको रामबाबुले स्पष्ट पारेका छन् ।

post image

फागुन ९,काठमाडौं । फिल्म ‘लभ स्टेशन’ टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ। उनको डेरा भक्तपुरमै पुगेर टिमले १ लाख नगद सहयोग प्रदान गरेको हो।

आगामी २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मका मुख्य कलाकार प्रदीप खड्का, जसिता गुरुङ, निर्माता गोविन्द शाहीले मेघालाई सहयोग प्रदान गरेका थिए। कलाकार शिषिर भण्डारीले जम्मा गरेर ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीपको हातबाट मेघालाई प्रदान गरेको बताइएको छ।

आफुलाई मन पर्ने अभिनेताको हातबाट सहयोग लिन पाउँदा खुशी थिइन् मेघा। ‘लभ स्टेशन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ।

post image

फागुन ९,काठमाडौं । अक्षय कुमार तथा परिणिति चोपडा स्टारर ‘केशरी’को ट्रेलर रिलिज भएको छ। सिनेमालइ अनुराग सिंहले निर्देशन गरेका हुन्।

सिनेमा सन् १८९७ मा ब्रिटिस इन्डियाका २१ जना सिख सिपाहीले करिब १० हजार अफगानीसँग लडेको लडाईंमा आधारित रहेको छ।सिनेमा २१ मार्चमा रिलिज हुँदैछ।

 

 

post image

फागुन ९,काठमाडौं । अस्ट्रेलिया जान गर्ने नक्कली बिबाहमा आधारित सिनेमा ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका विच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

 सिनेमाको सार्वजनिक ट्रेलरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई आरजेस रेग्मी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

अपिल विष्ट सिनेमाका निर्देशक हुन्। इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।  सिनेमा चैत ८ मा रिलिज हुँदैछ।

post image

फागुन ८, काठमाडौं। पुलवामा घटनामा पाकिस्तानको समर्थन गरेको भन्दै अक्षयलाई सामाजिक सञ्जालमा राष्ट्रविरोधीको रुपमा चित्रित गर्दै सार्वजनिक बहिष्कारको अपील गरिएको छ। काश्मिरको पुलवामा घटनापछि बलिउड अभिनेता अक्षय कुमारको एउटा पुरानो भिडियो भाइरल भएको हो।

भिडियो भाइरल भएसँग उनीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ।  यद्यपि उक्त भिडियो २०१५ को हो।  जसमा अक्षयले ‘चरमपन्थी पाकिस्तानमा होइन भारतमा पनि छन्’ भनेका छन्।

पुलवामा गत बिहीबार भएको आतंकवादी आक्रमणमा ४२ भारतीय सैनिकको ज्यान गएको थियो। उक्त भिडियो शेयर गर्दै प्रयोगकर्ताले ‘पाकिस्तान चरमपन्थी देश होइन, बरु भारतमा चरमपन्थी तत्व छन्’ भनेर अक्षयले राष्ट्र विरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई सार्वजनिक बहिष्कारका लागि अपिल गरेका छन्।

 बीबीसी हिन्दीले भने यो भिडियोको पलुवामा घटनासँग कुनै सम्बन्ध नरहेको जनाएको छ। उसका अनुसार यो भिडियो सन् २०१५ को हो। फिल्म बेबीको प्रमोशनका दौरान अक्षयले चरमपन्थबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। ‘चरमपन्थ कुनै देशमा हुँदैन। यसका केही तत्व हुन्छन्। चरमपन्थ भारतमा पनि छ, अमेरिका र अष्ट्रेलियामा पनि छ। पेरिस र पेशावरमा पनि छ। चरमपन्थ केही मानिस फैलाउँछन र कुनै पनि राष्ट्र समर्थन गर्दैन’, उनले भनेका थिए।

यद्यपी पलुवामा आक्रमणमा मारिएका सैनिकका परिवारका लागि अक्षयले राहत कोष ‘भारतका वीर’ मा योगदान गर्न सार्वजनिक अपील गरिसकेका छन्। तर, भाइरल भिडियोबारे अक्षयले कुनै प्रतिक्रिया दिएका छैनन्।

post image

फागुन ८, काठमाडौं। पुलवामा हमलापछि भारतले पाकिस्तानी कलाकारलाई भारतिय सिनेउद्योगमा काम गर्न पूर्ण प्रतिबन्ध लगाएको छ। यसका अलावा रिलिजका क्रममा रहेका बलिउड सिनेमाहरूले पाकिस्तानमा रिलिज नहुने जनाइसकेका छन्।

यसैक्रममा पुलवामा हमलापछि पाकिस्तानका प्रधानपन्त्री इमरान खानले भारतलाई चेतावनीयुक्त भाषामा दिएको जवाफलाई बलिउडमा काम गरिरहेका पाकिस्तानी कलाकार अलि जफरले प्रशंसा गर्दै ‘क्या भाषण’ भनेर ट्वीट गरेपछि भारतिय नागरिकहरू उनीसँग रिसाएका छन्।

जफरको सो ट्वीटपछि एक प्रयोगकर्ताले ‘भारत आएर देखाउ, अनि थाहा हुन्छ’ भनेर रोष प्रकट गरेका छन्। त्यस्तै अर्का एक प्रयोगकर्ताले ‘यहाँ आएर भीख माग्ने अनि हामीलाई नै आँखा तर्ने’ भनेका छन्।

भारतले सो आतंकवादी हमलामा पाकिस्तानको हात रहेको जनाएपछि पाकिस्तानका प्रधानमन्त्री इमरानले ‘पाकिस्तानमा हमला गर्नेबारेमा भारतले सोच्छ भने हामी सोच्नेमात्र होइन, त्यसको जवाफ पनि दिन्छौं’ भनेका थिए। जफरले सोहि भाषणको तारिफ गरेका थिए।

post image

फागुन ८, काठमाडौं।  बलिउड नायक सलमान खानको पछिल्ला केही फिल्मको संगीतमा पाकिस्तानीको संलग्नता हुँदै आएको छ । यद्यपी, काश्मिरको पुलवामा हमलापछि अब सलमानका प्रशंसकले सलमानलाई पाकिस्तानी गायकको गीत फिल्मबाट हटाउन माग गरेका छन् ।

सलमानका प्रशंसकले पाकिस्तानी गायकले गाएका गीत फिल्मबाट हटाउनका लागि जोडदार तरिकाले माग गरिरहेका छन् । सोसल मिडियामा थुप्रै ट्वीटमार्फत प्रशंसकले सलमानलाई यदि ‘भारत’ मा पाकिस्तानी कलाकारलाई कुनै पनि रुपमा संलग्न गराए, आफूहरुले उक्त फिल्म नहेर्ने चेतावनी दिएका छन् ।

उता, सलमानले हमलामा मारिएका सैनिकको परिवारलाई मद्दत गर्ने घोषणा गरेका छन् । सलमानले पीडित परिवारलाई २२ लाख भारुको मद्दत गर्ने बताइएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने भारत फिल्ममा पाकिस्तानी गायकले जुन गीत रेकर्ड गराएका थिए जब उनीहरुलाई हटाइएको छ । अब ती गीत भारतीय आवाजमा रेकर्ड गराइने बताइएको छ ।

post image

फागुन ७ ,काठमाडौं  । नेपाल आएका भारतीय गायक सोनु निगम विरामी परेपछि अस्पताल भर्ना भएका छन्। गायक निगमलाई थापाथलीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

उनि आइतबार नेपाल आएका हुन् । आफ्नो एक म्युजिक भिडियो छायांकनको लागि पोखरा पुगेका निमगको स्वास्थयमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो । उनी आफ्नो पत्नी र छोरासहित नेपाल आएका हुन् । उनले नेपाल आएको जानकारी इन्स्टाग्राम मार्फत दिएका थिए ।

बलिउडका चर्चित गायक सोनु निगम केहि दिन अघि छालाको एलर्जी भएपछि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका थिए  । बिस्तृत विवरण आउन बाँकी

post image

फागुन ७ ,काठमाडौं  । ‘गोपी’ फिल्म युनिटले कविता लेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको छ । फिल्मका निर्देशक दीपेन्द्र लामा र निर्माता मणिकर्ण केसीले काठमाडौं एक कार्यक्रम गर्दै विजेताहरुलाई नगद तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

सहभागीले ‘गोपी’को ट्रेलर हेरेर स्वावलम्बन तथा स्वरोजगार विषयमा कविता सिर्जना गरेका थिए । प्रतियोगितामा क्षितिज समर्पणको कविता ‘अस्थिपञ्जर हुनु अघि’ले सर्वोत्कृष्ट हुँदै प्रथम पुरस्कार जितेको थियो । त्यस्तै निरज दाहालको ‘स्वावलम्बी झन्डा’ द्वितीय र सुमन थापा मगरको ‘फर्किउ तिमी’ कविताले तृतीय पुरस्कार जित्न सफल भएका थिए ।

प्रथम, द्वितीय र तृतीय भएका कविहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । सबै कविताको मूल्यांकन कविद्वय उपेन्द्र सुब्बा र नवराज पराजुलीले गरेका हुन् ।

आयोजक आरोही इन्टरटेनमेन्टका अनुसार प्रतियोगिताका लागि २ सयभन्दा बढी कविता प्राप्त भएको थियो । ती कविताबाट निर्णायकद्वयले उत्कृष्ट १० छानेर प्रथम, द्वितीय र तृतीय विजेताको छनोट गरेका थिए ।

उत्कृष्ट १० परेका बाँकी सातवटा कवितालाई सान्त्वनास्वरुप ५–५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

post image

फागुन ६,काठमाडौं  । काठमाडौँ –चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् । एउटा कलाकारको गीतलाई लिएर नेताहरुबीच नै जुहारी चलेपछि गायक खरेलले काम गर्न अनुरोध गर्दै गीतमाथि राजनीति नगर्ने सुझाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

सांसद सिंहभन्दा पछि बोलेका नेकपाका अर्का सांसद झपट रावलले कांग्रेस संसद् सिंहको प्रत्युत्तरमा यो गीत अमरेशले नै गाएमा आफूले १ महिनाकै तलब  दिने घोषणा गरेका थिए ।

खरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पशुपति शर्मालाई २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध‬–‪त्यो पैसा आफ्नो क्षेत्रका विकासमा थप्नुस् , जनताका लागि काम गर्नुस् ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस् । कर्म गर्नुस्, गीत माथि राजनिती नगर्नुस् ।’

गायक शमाले ‘लुट्न सके लुट कान्छा, नेपालमै छ छुट’ बोलको गीत बजारमा ल्याएपछि सत्तापक्ष र प्रतिपक्षका कार्यकर्ताहरु समेत पक्ष र विपक्षमा विभाजित देखिएका छन् ।

post image

 फागुन ६, काठमाडौं । नायक दयाहाङ राइलाई ‘सुपरस्टार’को ट्याग दिदै चलचित्र ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द तथा संगीत छ भने अनमोल र स्नेहश्रीको स्वर छ ।

आउँदो बर्षको जेठ २४ गतेबाट रिलिज हुन लागेको यो चलचित्रले बाबु र छोराको सम्बन्धको कथालाई उठान गरेको छ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका छन् । माउन्टेन स्टोरिज प्रोडक्शन र सिनेमा आर्टस्को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा रुदेन सादा लेप्चाको लगानी छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चाका साथमा तुलसी घिमिरे, अरुणा कार्की लगायतको मुख्य भूमिका छ ।

post image

काठमाडौं , फागुन ६  । कमेडियन कपिल शर्माको ‘द कपिल शर्मा शो’ बाट नवजोत सिंह सिद्धू हटाइएका छन्। उनको ठाउँ अर्चना पूरन सिंहले लिएकी छन्। सोनी टिभीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमार्फत् एक भिडियो पोस्ट गर्दै शोमा अर्चनाको स्वागत गरेको छ। भिडियोमा कपिलले अर्चनालाई कार्यक्रममा स्वागत गर्दै सिद्धू बस्दै आएको स्थानमा बसाएका छन्।

उनले दुइवटा शोका निम्ति सुटिङ पनि गरिसकेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  गत साता कश्मिरको पुलवामा भएको आतंकी हमलाका बारेमा दिएको टिप्पणीका कारण पन्जाबका मन्त्री समेत रहेका सिद्धू विवादमा तानिएका हुन्। उनको टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ‘द कपिल शर्मा शो’ बाट उनलाई निकालिएको हो।

हिन्दुस्तान टाइम्सका अनुसार सिद्धूले पुलवामा हमलाबारे सञ्चारमाध्यममा भनेका थिए- यो हमलाका लागि कुनै देश वा कुनै व्यक्तिलाई दोषी भन्नु गलत हो। आतंककारीको कुनै जात र धर्म हुँदैन। सबै ठाउँमा राम्रा, नराम्रा र अति नै नराम्रा मान्छे हुन्छन्। सबै देशमा हुन्छन्। अति नराम्रालाई सजाय दिनुपर्छ।

कश्मिरको श्रीनगरबाट करिब २० किलोमिटर टाढा बिहीबार भएको आक्रमणमा कम्तीमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। राजमार्गमा गुडिरहेका सैनिक गाडीलाई लक्ष्य गरी थापिएको विद्युतीय धरापमा परी भारतीय अर्धसैनिक फौजका सुरक्षाकर्मीको मृत्यु भएको हो। पाकिस्तानमा सक्रिय जैस–ए–मोहम्मद इस्लामिक समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ।

यो विषयमा सिद्धूको टिप्पणी पाकिस्तानीप्रति नरम भएको भन्दै फ्यानहरूले उनलाई कपिल शोबाट निकाल्न माग गरेका थिए। ट्विटरमा उनलाई हटाउनेबारे ट्रेन्ड नै चलेपछि सोनी च्यानलले यो निर्णय गरेको सञ्चारमाध्यमले जनाएका छन्। फ्यानहरूले सिद्धूलाई शोमा राखिरहे शो नै नहेर्ने समेत भनेका थिए।

अभिनेता सलमान खान प्रोडक्शनको निर्माणमा प्रसारण भइरहेकको कपिल शोमा आउँदो सातादेखि नै अर्चना देखिनेछन्।

गत डिसेम्बरबाट नयाँ सिजनमा सुरू भएको कपिल शो फ्यानहरूले रूचाए पनि ‘टिआरपी’ उल्लेख्य नभएको बताइएको छ। योसँगै दर्शकले रूचाएको अनुहार ‘सिद्धू’ हटेपछि शोमा कस्तो असर पर्छ हेर्न बाँकी नै छ।

post image

फागुन ५, काठमाडौं । चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रको मुख्य भूमिकामा नायक अनुप विक्रम शाही र नायिकाद्धय माला लिम्बु र बर्षा सिवाकोटीलाई देख्न सकिन्छ ।

क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई भिषण राइले निर्देशन गरेका हुन् । चलचित्रमा अशोककुमार राई, टिकाराम राई, विरेन शम्बा र दिपेन लिम्बुको लगानी छ । अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा हरि लामाको छायांकन छ ।अनुपको जिन्दगीमा प्रवेश गर्ने २ यूवतीको कथामा चलचित्र तयार भएको छ । यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको ट्रेलर नायक अनुपविक्रमको वरिपरी घुमेको छ । अनुपलाई केही फरक गेटअपमा प्रस्तुत गरिएको चलचित्रमा माला हट अवतारमा देखिएकी छिन् बर्षालाई सोझी यूवतीको भूमिकामा देख्न सकिन्छ । चलचित्रको ट्रेलर औषत छ ।

post image

फागुन ५, काठमाडौं ।  नायिका आँचल शर्मालाई अब बिहे कहिले गर्ने भन्ने प्रश्न सोझिन थालेको छ । नायक पल शाहसँग प्रेममा रहेको चर्चा रहेतापनि आँचलले अझै यसलाई स्विकार गरेकी छैनन् ।

नायक संजोग कोइराला र नायिका बर्षा राउतको बिहे पार्टीमा कालो रंगको पहिरनमा पुगेकी उनले आफूलाई यो रंग मनपर्ने बताइन् । आँचललाई पत्रकारले तपाइको बिहे भोज कहिले खान पाइन्छ भनेर प्रश्न सोधेका थिए । आँचलले बिहेको प्रश्नमा सुरुमा नाक खुम्च्याइन् ।

यसको जवाफमा आँचलले भनिन्–‘मेरो त अहिले नै तयारी छैन । अझै १५–२० जनाको भोज खान्छु, मोटाउँछु अनी बिहे गर्छु ।’

post image

फागुन ५, काठमाडौं । लाेक  गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक भाव बोकेको गीत आफ्नो यूटुव च्यानलमार्फत हटाएका छन् । शर्माको गीतमा प्रयोग भएको केही शब्द विवादमा तानिएपछि उनले समाजिक सञ्जालमार्फत असन्तुष्टि देखिएका शब्दहरुलाई परिमार्जन गर्नको लागि उनले गित हटाएका हुन्  ।

‘सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहान्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगति व्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासँग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि  रहन गएकाले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गईरहेको छु ।’

उनले अगाडि भनेका छन्, ‘केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु।’ उनले आफूले प्रयोग गरेको शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको भए अन्तर हृदयदेखि माफी माग्न चाहेको पनि बताएका छन् ।

 ‘मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि  प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु’, उनले भनेका छन्, ‘अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु ।’

post image

फागुन ३,काठमाडौं । फिल्म क्याप्टेन को  ‘कर्ली कर्ली’ बोलको गीत सार्वजनिक भएको छ।सार्वजनिक गितको भिडियोमा नायिका निरुता सिंह, अनमोल केसी र भुवन केसीलाई फिचर्ड गरिएको छ ।

मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी छन्  ।

post image

फागुन ३, काठमाडौं । फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको चलचित्र ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको टिमले शुभसाइत गरेको हो । चलचित्रको छायांकन भने १० दिनपछि सुरु हुनेछ । छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्दैछन् । चलचित्रको सह–निर्माताको रुपमा दर्शना केसी रहनेछिन् । यो चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्पल खड्का र नव–नायिका रेविका गुरुङको मुख्य भूमिका रहनेछ ।

चलचित्रमा बाल–कलाकारको रुपमा कुशाग्र भट्टराई, स्वर्णिम पौडेल, सेफिअन्स लम्साल र साइरा आचार्यको मुख्य भूमिका रहनेछ । चलचित्रकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि कथा मनपरेपछि आफू काम गर्नका लागि उत्साहित भएको बताइन् । उनले भनिन्–‘म पहिलो पटक कुनै चलचित्रको शुभसाइतमा मन्दिर आएकी हुँ । मन्दिर आएपछि अब आफ्ना सबै काम राम्रो हुन्छन् भन्ने लागेको छ । यो चलचित्रलाई आउँदो बर्षको भदौ १३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

post image

फागुन ३, काठमाडौं । प्रदीप खड्का र जसिता गुरुङ अभिनित दोस्रो फिल्म ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको ‘घाम जुन चाहिँदैन’बोलको गीत सार्वजनिक गरेका हुन्।

दीपक शर्माको शब्द तथा संगीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको गीतको भिडियोमा प्रदीप र जसिता फिचर्ड छन्। भियतनामको दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको बताइएको छ।

आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई उज्वल घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाललगायतको अभिनय छ।

काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेको फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

post image

फागुन ३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले स्पष्टीकरण सोधेपछि बोर्ड अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन। पौडेलले राजीनामा दिएसँगै नयाँ अध्यक्ष नियुक्तिका लागि पदपूर्तिको प्रक्रिया थालिएको हो।

मन्त्रालयले फागुन १७ गतेसम्म योग्यता पुगेका नागरिकबाट दरखास्त आह्वान गरेको छ।३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको कुनै पनि कानुनले अगोग्य ठहर गरेको व्यक्तिले आवेदन दिन सक्नेछन्। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन्। चलचित्र उद्योगको विकास, संरक्षण र प्रवद्र्धनमा निरन्तर दश वर्षदेखि क्रियाशील व्यक्ति आवेदनका लागि योग्य हुनेछन्।

 

post image

फागुन २, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतले ‘मणिकर्णिका: द क्वीन अफ झाँसी’ मा गरेको अभिनयका कारण निकै चर्चा पाइरहेकी छन्। फिल्ममा उनको अभिनयले जति चर्चा पाएको छ त्यति नै उनको निर्देशनले पनि पाइरहेको छ। यो फिल्म कंगनाद्वारा पहिलोपटक निर्देशित फिल्म हो। यो सँगै बलिउडमा उनको निर्देशन यात्रा पनि सुरू भएको छ।

उनी दोस्रोपटक पनि आफ्नै फिल्म निर्देशन गर्ने भएकी हुन्। त्यो पनि उनको अभिनय भएको फिल्म हैन, आफ्नै जीवनकथाको। हो, उनले अब आफ्नै बायोपिक निर्देशन गर्न बताएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार कंगना आफ्नो जीवनलाई फिल्मका माध्यमबाट देखाउन चाहन्छिन्। उनको बायोपिकको स्क्रिप्ट ‘बाहुबली’ का लेखक केवी विजेन्द्र प्रसादले लेख्नेछन्। समाचारका अनुसार यो फिल्मको काम कंगनाका आगामी फिल्म ‘पंगा र मेंटल है क्या’ पछि सुरू हुनेछ।

कंगनाको बायोपिक भन्नेबित्तिकै धेरै प्रश्नहरू उठ्न थालेका छन्। उनको जीवनका पछिल्ला केही विवादित घटनाक्रम ताजै छन्। अभिनेता ऋतिक रोशनदेखि करण जौहरसम्म उनको बायोपिकका पात्र बन्नेछन्। यी कलाकारबीच भएको विवाद अझै पूर्णरूपमा शान्त भइसकेको छैन।

कंगनाले पछिल्लो समय बलिउड संसारका थुप्रै कुरा खुलासा गर्दै आएकी छन्। केहीले उनलाई ‘आँटिली’ भन्दै समर्थन गरिरहेका छन् भने केहीले उनले बेकारमा ‘बकबक’ गरेको आरोप पनि लगाएका छन्।

कंगना आफैंले निर्देशन गरेको आफ्नै बायोपिकमा के-कति कुरा देखिनेछ, त्यो त फिल्म रिलिजपछि नै थाहा हुनेछ।

फुरुंग संजोग र बर्षा

प्रकाशित मिती : Thursday
post image

फागुन २, काठमाडौं । नायक संजोग कोइराला र नायिका बर्षा राउत आज बैबाहिक जीवनमा बाधिएका छन् । संजोग र बर्षाले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे गरेका छन् ।

 उनीहरुको बिहेमा चलचित्रकर्मी र मिडियाकर्मीलाई भने निम्तो दिएको छैन । संजोग र बर्षा विगत ७ बर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रेम सम्बन्धमा रहेको जोडीले प्रेम दिवसलाई दिन पारेर बिहे गरेको हो । उनीहरुले शुक्रबार बेलुकी चलचित्रकर्मी र आफन्तका लागि पार्टीको आयोजना गरेका छन् ।

post image

फागुन २, काठमाडौ। प्रणय दिवसको अवसर पारेर ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक  भएको छ ।  गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । सानिध्य खनाल र स्मीता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ ।  युवराज वाइबाले निर्देशन गरेको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठले अभिनय गरेका छन् ।

आक्स इन्टरटेन्मेन्टले बजारमा ल्याउने अन्तिम तयारीमा रहेको ‘शरद २’ एल्बममा यस गीत सहित  ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिए ।

 

post image

फागुन २, काठमाडौं । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज अर्थात् भ्यालेन्टाइन्स डेको दिन विवाह हुँदैछ ।

राजधानीको एक पार्टी प्यालेसमा यी दुईको विवाह हुने बताइएको छ । उनीहरुले विवाह स्थल गोप्य राखेका छन् ।  विवाहमा यी दुईको आफन्तको उपस्थिती रहने  छ ।

यसै सोमबार यी दुईले राजधानीकै एक पार्टी प्यालेसमा इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टमा वर्षा र संजोगका परिवारका केही सदस्य मात्र सहभागी थिए । इन्गेजमेन्टको जानकारी दुबैले सामाजिक संजालमार्फत तस्बिर सेयर गर्दै दिएका हुन् ।

 

post image

फागुन १, काठमाण्डौं । रणवीर सिंह र आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गल्ली बोई’लाई हलिउड फिल्म ‘एइट माइल’को कपी गरेको आरोप लागेको छ। भोली अर्थात् शुक्रबार बाट प्रदर्शनमा आउने ‘गल्ली बोई’ लाई प्रदर्शन अगावै बर्लिन फिल्म फेस्टिभलमा देखाइएको थियो। फिल्म हेरेपछि दर्शकले निर्माण टिमलाई फिल्म कपीको आरोप लगाएका थिए।

चर्चित र्‍यापर एमिनिनेमले ‘एइट माइल’मा मुख्य भुमिका निभाएका छन्। ‘गल्ली बोई’मा भने रणवीर र्‍यापरको मुख्य भुमिकामा छ।

चोरीको आरोप लागेपछि ‘गल्ली बोइ’ की निर्देशक जोया अख्तरले फिल्म कपी नभइ ‘एइट माइल’बाट प्रभावित रहेको बताएकी थिइन्। ‘एइट माइल’ र्‍यापरहरु सम्बन्धी भए पनि ‘गल्ली बोई’ भारतीय परिवेशको हुर्केका ‘अन्डर ग्राउन्ड र्‍यापर’ हरुको कथामा आधारित रहेको उनले स्पष्ट पारेकी थिइन्।

भारतमा अन्डरग्राउन्ड र्‍यापरहरुमा चर्चित मानिएका र्‍यापर डिभाइनको जीवनमा पनि धारित रहेको बताइएको थियो। डिभाइनले नै गाएको ‘गल्ली’नाम गरेको गीतबाट प्रभावित हुँदै फिल्मको नाम ‘गल्ली बोइ’ राखिएको बताइएको थियो।

post image

माघ २९, काठमाडौं । फिल्म यात्रा ‘अ म्यूजिकल भ्लग’ प्रदर्शनको तयारीमा छ। फिल्ममा एक भ्लगर युवाको कथा समेटेको बताइएको छ। फिल्ममा सलिनमान बनियाँको मुख्य अभिनय छ।

निर्माण टिमले फिल्मको नयाँ गीत सार्वजनिक गरेको छ। ‘पाँच पंछी’बोलको गीतको भिडियोमा सलिनको टिम सोलुखुम्बुसम्मको यात्रामा देखिन्छन्। धर्मेन्द्र सेवान, मेलिना राई, प्रेक्षा बज्राचार्य र उपकार पाण्डेको स्वर रहेको गीतमा प्रतिक पौडेलको शब्द र संगीत छ।

सम्राट शाक्य निर्देशित फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राईलागयतको अभिनय छ।फिल्ममा विदेशी कलाकारहरुको अभिनय समेत रहेको छ। चाइनाका जुन झाङ र केन्याका बबी यस फिल्ममा देखिदैछन्।

कोटकी कालिका देवी फिल्म्स, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व र बनिश शाहको सम्पादन छ।

post image

माघ २९, काठमाडौं। नायक संजोग कोइराला र नायिका बर्षा राउतले इन्गेजमेन्ट गरेका छन् । यो जोडीले सोमबार इन्गेजमेन्ट गरेको हो ।

इन्गेजमेन्टमा बर्षा र संजोगकको परिवार मात्र उपस्थित थिए । यो जोडीले फागूण २ गते प्रेमदिवसको अवसर पारेर बिहे गर्दैछ । बिहेमा पनि आफन्तलाई मात्र निमन्त्रणा गरिएको छ ।

यो जोडीले फागूण ३ गते भने काठमाण्डौमा चलचित्रकर्मीका लागि पार्टीको आयोजना गरेको छ । बिहेपछि यो जोडीले आफ्नो नामलाई समेत मिलाएर एउटै नाम बनाएको छ । अब यो जोडीको नाम ‘सन्सा’ राखिएको छ ।

post image

 माघ २८, काठमाडौँ । गायक शिव परियारको आवाजमा ‘तिमी नै मेरो सास हौ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम दिवसलाई लक्षित गरेर प्रेमको कथा भन्ने यो गीत सार्वजनिक गरिएको हो । आशिष अविरलको संगीत रहेको गीतमा एकनारायण भण्डारीको शब्द छ ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्कालाई देख्न सकिन्छ । यही जोडीले अभिनय गरेको ‘आशुको अर्थ’ बोलको गीतले युटुबमा १ करोड बढी भ्यूज पाइसकेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन् ।

post image

माघ २८,काठमाडौँ  । कंगना रनावत यतिबेला उनले मिडियासामू दिएका बयानहरुका कारण चर्चामा छिन् । कंगनाले उनको एक बयानमा अभिनेत्री आलिया भट्टलाई ‘करण जोहरकी कठपुतली’ भनेकी छिन् ।

कंंगनाले भनेकी थिइन्, ‘मलाई लाग्छ आलिया भट्टले स्वयमलाई बलियो बनाउनु आवश्यक छ । साथै महत्वपूर्ण फिल्मको समर्थन पनि गर्नु आवश्यक छ । विशेष गरी त्यस्ता फिल्म जो महिला र देशका बारेमा बनेका छन् । यदि उनले आफ्नै आवाजमा केही भन्न सक्दिनन् भने उनी केवल करण जोहरकी कठपुतली मात्रै हुन सक्छिन् र म भन्न सक्छु कि उनी असफल छिन् ।’

कंगनाले अगाडि भनिन्, ‘म आलियालाई भन्न चाहन्छु की उनी सफल अभिनेत्री होइनन् । यदि उनी केवल पैसा कमाउनका लागि मात्रै काम गरिरहेकी छिन् र उनको आफ्नो कुनै आवाज छैन भने मेरा लागि त्यस्तो सफलताको कुनै महत्व छैन ।’

कंगनाको यस किसिमको बयानपश्चात भारतीय मिडियासँग कुरा गर्दै आलियाले भनिन्, ‘म यस विषयमा कंगनासँग व्यक्तिगत रुपमा कुरा गर्न चाहन्छु । म अहिले नै मिडियासमक्ष उनको बयानविरुद्ध जवाफ दिएर यस कुरालाई अझै लम्ब्याउन चाहन्नँ । मैले पहिले पनि भनिसकेँ र अहिले पनि भन्छु की म कंगनाको निकै सम्मान गर्छु । मेरो कुनै गल्तीले उनको मन दुखाएको कुरा मलाई थाहा छैन । मैले उनको मन दुखाउन खोजेकी होइन । मेरो कुनै पनि कुराका कारण कंगना दुःखी भएको म हेर्न चाहन्नँ ।’

यस कुराबाट प्रष्ट हुन्छ की आलिया भट्ट कंगना रनावतसँग कुनै पनि किसिमको विवाद गर्न चाहिरहेकी छैनन् । उनी सकेसम्म कंगनालाई शान्त बनाउने प्रयासमा छिन् । तर आलियो यस कुरालाई कंगनाले कुन रुपमा लिनेछिन् त्यो त भविष्यमै थाहा हुनेछ ।

post image

माघ २८, काठमाडौं।  ‘ए मेरो हजुर ३’को रोमान्टिक टिजर सार्वजनिक भएको छ। टिजरमा सुहाना थापालाई युवास्टार अनमोल केसीसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ। सिनेमालाई झरना थापाले निर्देशन हुन्। सिनेमा चैत २९ गते रिलिज हुनेछ।

सिनेमामा सुहाना तथा अनमोलको साथ सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रक्षा गौतम, रियर राई आदिको अभिनय रहेको छ।

 सुमन पौडेल तथा निर्देशक थापाको कथा रहेको सिनेमामा सञ्जय लामाको छायाँकन, आशिष अविरल, कोशीस क्षेत्री, प्रतिक पौडेल र कल्याण सिंहको संगीत, कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, बनिष शाहको सम्पादन रहेको छ ।

post image

माघ २, मलेसिया   माघ १६ गते काठमाडौंको  राष्ट्रिय सभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको  अभियानलाई लिएर मलेसिया आएका  धुर्मुस सुन्तलीको  शानदार प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको  नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै  पहिलो प्रस्तुतिको लागि उनीहरु मलेसियामा आएका हुन्

 

उनीहरुसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी यामजोङ्ग  पनि आएका छन् मलेसियामा उनीहरुको भव्य स्वागत भएको दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणको लागि मलेसियाको तीन शहरमा  ‘सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५को आयोजना गरेको हो

 

जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी मा डेवान मारियमेनको सिटी सेन्टर फेब्रुअरी६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको   उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरन्जन लिएका छन्  यी दुईसँगै लोक गायक बद्रि पंगेनीआधुनिक गायिका मेलिना राइ,चर्चित लोकगायिका लोक गायिका सम्झना भण्डारी स्थानीय कलाकारहरुले पनि मनोरञ्जन  दिएका छन्  यसैगरी अब  क्वालालम्पुर पेनाङ पश्चात फेब्रुअरी१० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ   सहयोग पाउने धुर्मुस सुन्तलीले विश्वास व्यक्त गरेका छन्

post image

माघ २२, काठमाण्डौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । सोमबार युटुबमार्फत् सार्वजनिक गरिएको ‘गुनासो छैन’ बोलको गीतमा पुष्पन प्रधानको शब्द तथा संगीत छ ।

गीतमा रिकेश गुरुङको स्वर सुन्न सकिन्छ । लिरिकल भिडियोमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीको विछोडको पीडा देखाइएको छ । चलचित्रमा आशिष अतितको भूमिकामा देखिएका छन् भने रेवती ‘साया’ बनेकी छिन् ।  यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार गरेका हुन् भने संवाद सुविन र सामिप्यले संयुक्त रुपमा तयार पारेका हुन् ।

चलचित्रमा आशिष र रेवतीसँगै नम्रता सापकोटा, सुरजसिंह ठकुरी, सरोज खनाल, शिशिर भण्डारी लगायको मुख्य भूमिका छ । खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता विनोद अधिकारी हुन् । स्वप्न शंकर, मनोज बिक सहायक निर्माताको रुपमा रहेको यस चलचित्रलाई संजय लामाले खिचेका छन् भने सम्पादनको जिम्मा अर्जुन जिसीले लिएका छन् ।

post image

माघ २२, काठमाडौँ । बलिउड अभिनेता अभिषेक बच्चन आज ४३ वर्ष पुगेका छन् । उनको जन्मदिनको अवसरमा अभिनेत्री तथा अभिषेकपत्नी ऐश्वर्याले पनि अभिषेक बच्चनको बच्चा बेलाको तस्बिर सेयर गर्दै शुभकामना दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल इन्टाग्राममा जन्मदिनको शुभकामना दिएकी हुन् । उनले फोटोको क्याप्सन– ‘सधैँ…. माई बेबी ह्प्पी ह्याप्पी बर्थडे बेबी ’ लेखेकी छिन् । साथै, अभिषेककी बहिनी श्वेता बच्चन नन्दाले पनि आफ्नो र अभिषेकको बालापनको तस्बिर सेयर गर्दै जन्मदिनको शुभकामना दिएकी छिन् ।

post image

माघ २१,हेटौँडा ।बलिउडकी नायिका सोनाली बेन्द्रे क्यान्सरलाई जितेपछि लामो समयपछि फिल्ममा फर्किएकी छिन् । उनले शुक्रबार यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी हुन् ।

फोटो पोष्ट गर्दै उनले क्याप्सन पनि लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु । काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’

सोनालीले गत असारमा आफूलाई हाईग्रेड क्यान्सर भएको खुलासा गरेकी थिइन् । अमेरिकामा उपचारपछि उनी केही समयअघि मुम्बई फर्किएकी हुन् ।

post image

२० माघ, काठमाडौँ । बलिउड सुपरस्टार सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान भारतका सबैभन्दा चर्चित ‘स्टारकिड’ हुन् । तैमुरको लोकप्रियताका लागि सैफ र करिना दुबैलाई अन्तरवार्तामा पनि प्रश्न सोधिन्छ । हरेक दिन तैमुरको नयाँ तस्बिर सोसल मिडियामा चर्चाको विषय बन्छ । तैमुरकै कारण  सैफ र करिना ट्रोल पनि हुने गर्छन् । यसको शिकार हालै करिना कपुर भएकी छिन् ।

कट्रिनाले केही दिनअघि एक टक शोमा आफूलाई लापरवाह आमा बताउने ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । यसबारे कुरा गर्दै करिना भन्छिन्, ‘केही समयअघि मलाई एउटा फोटोका लागि ट्रोल गरियो । यो फोटोमा म एउटा प्राइभेट जेटको अगाडि उभिएकी छु । ट्रोलर्सले म एक केयरलेस आमा हुँ भनिदिए । मैले छोराका लागि एक सहयोगी राखेकोमा पनि उनीहरुको आपत्ति थियो ।’

त्यसपछि उनले रिसाउँदै भनिन्, ‘तपाईंहरुलाई मेरो विवाहबारे केही थाहा छैन । यस्तो भन्ने व्यक्तिहरुले यो बुझ्नुहोस् कि तपाईंलाई मैले त्यो औंला देखाइरहेकी छु जुन मेरो दिमागमा अहिले चित्रित छ ।’

साथै, करिनाले तैमुरबारे पनि कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘सैफ कहिले पनि तैमुरलाई एक्लो छोड्दैनन् । उनी तैमुरका लागि निकै केयरिङ छन् । मैले उनलाई धक्का दिनुपर्छ । एकपटक सैफ सुटका लागि देश बाहिर जानु थियो, उनले तैमुरलाई छोड्न नसक्ने बताउँदै सुटिङ क्यान्सल गरिदिने बताए । तर मैले उनलाई जानैपर्छ भनेर जिद्दी गरेँ ।’

करिनाले तैमुरको पहिरनबारे पनि कुराकानी गरेकी छिन् । आफूले कहिले पनि तैमुरलाई अत्यधिक महँगा ब्रान्डका लुगा नलगाइदिएको उनले बताइन् । उनले भनिन्, ‘म तैमुरका लागि आफैं सपिङ गर्छु । मैले कहिले पनि उसको लागि गुचीजस्ता ब्रान्डको कपडा लगाइदिएकी छैन ।

post image

माघ २०, काठमाडौं । फागूनको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बुलबुल’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘ज्याद्रै बस्यो दिल’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

गीतमा रजिना रिमालको स्वर, मनिकला पौडेलको शब्द, उद्गम परियार र उदयराज पौडेलको संगीत छ ।यो गीतको भिडियोमा सुसन प्रजापतिको छायांकन, अनिमेष सापकोटाको सम्पादन, उज्ज्वल श्रेष्ठको ग्राफिक्स र विनोद पौडेलको निर्देशन छ ।

अविरल थापा, भिम थापा, राजु पौडेल, पुरुषोत्तम पाण्डेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन्

post image

माघ १८, काठमाडौं । फागुनको १७ गते रिलिज हुने अनमोल केसी स्टारर स्पोट्स ड्रामा ‘क्याप्टेन’को ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो।

फुटबल खेलाडीको उतारचढावको कथा भन्ने सिनेमालाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन्। भुवन केसीको होमप्रोडक्सन रहेको सिनेमामा अनमोलले उपासना सिहं ठकुरी तथा प्रियंका एमभी सँग रोमान्स गरेका छन्।

 ट्रेलरमा फुटवल खेलाडीका रूपमा अनमोललाई आफ्नो फुटवल, प्रेम र पारिवारिक समस्यासँग उल्झेको देखाइएको छ। सिनेमामा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, प्रियंका एम भी लगायतको अभिनय रहेको छ ।

post image

माघ १८, काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजदेखि फरक बिषयका ३ नेपाली चलचित्र रिलिज भएका छन । चलचित्र “गोपी “सय कडा दश र “रणबिर ” प्रदर्शनमा आएका हुन् ।

गाइपालक कृषकको कथामा बनेको गोपी, भ्रष्टचारको कथामा बनेको ‘सय कडा दश’ र एक्सन र लभ स्टोरी कथामा बनेको चलचित्र ‘रणवीर’ले आजदेखि हलमा आफ्नो उपस्थिती जनाएका छन् ।

युवा पुस्ताले अमेरिका, अष्ट्रेलियालाई सपनाको संसार बनाइरहेका बेला ‘गोपी’ नेपालमै गाई पालेर बस्छु भन्ने एक शिक्षित युवाको कथा हो । गोपीको कथा विपिन कार्कीको काँधमा छ । यो चलचित्रको ट्रेलर हेरेर श्रम मन्त्री गोकर्ण विष्टले चलचित्रका कलाकार तथा निर्देशकलाई मन्त्रालयमै बोलाएर भेट गरेका थिए । सुरक्षा पन्त, वर्षा राउत विपिनसँगै मुख्य भूमिकामा छन् ।

रामशरण पाठकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘सय कडा दश’ भ्रष्टाचार बिरुद्ध प्रेम भन्दै स्लोगन बनाएर प्रचार गरिरहेको फिल्म हो । निर्देशक पाठकले यसको कथा हास्य कलाकार द्वय मनोज गजुरेल र राजाराम पौडेललाई बोकाइदिएका छन् । ‘सय कडा दश’ मनोजको डेब्यू फिचर फिल्म हो भने राजाराम पौडेलले पहिलोपटक चलचित्रमा लगानी गरेका छन् ।

‘रणवीर’ धोकाधडी र हुलहुज्जत विरुद्धको एक्सन प्रदान चलचित्र हो । यो चलचित्रको मुख्य पात्रका रुपमा सुशील सिटौला उभिएका छन् । सुशीलसँग लडन्त भिडन्तमा उत्रिएका छन्, खलपात्र प्रशान्त ताम्राकार । यो चलचित्रको ट्रेलरलाई साउथ इन्डियन मुभीको ट्रेलरसँग तुलना गरिएको छ । यो चलचित्रबाट मोडल सुवेक्षा खड्काले डेब्यू गर्दैछिन् ।

तिनै चलचित्रको बिहानी शोको व्यापार औषत छ । यी तिन चलचित्रको लगानी करिब ४ करोड हारहारीमा छ । डेढ करोड भन्दा बढीको लगानीमा चलचित्र ‘रणवीर’ निर्माण भएको छ । ‘गोपी’ र ‘सय कडा दश’को लगानी करोडको वरिपरी छ । जसकाकारणले पनि ३ चलचित्रले नेपाली बक्स अफिसबाट लगानी उठाउनका लागि मात्रै १० करोड भन्दा माथिको कारोबार गर्नुपर्ने हुन्छ ।

यसमा चलचित्र ‘रणवीर’को व्यापार अझै बढी हुन आवश्यक छ । दर्शकले तिन भिन्न कथामा बनेको चलचित्रमध्ये कसलाई रुचाउने हुन्, यसका लागि आइतबारसम्म प्रतिक्षा गर्नैपर्छ ।

post image

माघ १८, काठमाडौं । नेपाली चलचित्र क्षेत्रले फेरी अर्को होनहार कलाकार लाई गुमाएको छ । नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताएका चर्चित कलाकार बीएस राणाको निधन भएको छ ।

उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले जानकारी दिइन् । स्वासप्रश्वासमा समस्या देखिएपछि एक साता अगाडि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।

post image

माघ १७, काठमाडौं ।  चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा प्रेमिला संवादहरु प्रयोग गरिएको टिजर सार्वजनिक गरिएको हो ।

चैत्र २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा सलिनमान बनियाँ, सलोन बस्नेत, रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल लगायतका कलाकारको मुख्य भूमिका छ । यही चलचित्रबाट नयाँ नायिका मल्लिका महत्तले चलचित्र क्षेत्रमा पाइला राखेकी छिन् ।

चलचित्रको टिजरमा सलिन र मल्लिकाको प्रेमलाई प्रस्तुत गरिएको छ । चलचित्रमा कथा, पटकथा तथा निर्देशन सम्राट शाक्यको छ । चलचित्रमा सुशिल पोख्रेलको लगानी छ । विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना सह–निर्माता रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् । केशव भट्टराइको प्रस्तुतीमा यो चलचित्र निर्माण भएको हो ।

चलचित्रमा संजय लामाको छायांकन, बनिष शाहको सम्पादन छ । चलचित्रको निर्माणको लागि लामै समय लागेको थियो । चलचित्रको यो टिजरलाई कलरफूल बनाइएको छ ।

post image

माघ १७, काठमाडौं । भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘गोपी’को विशेष शो दोश्रो पटक काठमाण्डौमा आयोजना गरिएको छ । काठमाण्डौको बीग मुभिजमा आयोजित विशेष शोमा कृषीमन्त्री चक्रपाणी खनाल, नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत पुगेका थिए ।

चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, सुरक्षा पन्त र बर्षा राउत, अंकित खड्काको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिनाको लेखनमा तयार भएको चलचित्रले परिश्रम गरे, असफलतामा हरेश नखाउ भन्ने कथालाई उठान गरेको छ ।  पत्रकार र कर्पोरेटका लागि आयोजित विशेष शोमा उपस्थित अतिथीहरुले चलचित्रको बिषयवस्तुको प्रशंसा गरेका थिए ।

चलचित्रले स्नातकोत्तर अध्ययन गरेर गोल्ड मेडल जितेपनि नेपालमै बसेर गाइपालन गर्ने एक यूवकको कथालाई उठान गरेको छ । चलचित्र हेरेका अधिकांश व्यवसायीहरुले यसको कथावस्तु र उठान गरेको बिषयलाई रुचाएका छन् । चलचित्र ‘गोपी’मा विपिन गाइपालक कृषकको भूमिकामा देखिएका छन् भने उनलाई सुरक्षा र बर्षाले प्रेमिकाको रुपमा साथ दिएका छन् ।

post image

माघ २,काठमाडौँ । ‘बुलबुल’ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले स्वस्तिमा खड्काको चरित्र मार्फत सिनेमाको कथा भन्ने प्रयास गरेको छ । ट्रेलरमा स्वस्तिमा खड्कासँगै नव अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि पर्याप्त स्थान पाएका छन् ।

सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन्। सिनेमामा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारको अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको सिनेमालाई विनोद पौडेलले लेखेका हुन् ।

सिनेमालाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । रामराजा दाहाल सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमा भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर लाग्दैछ ।

post image

माघ २,काठमाडौँ। बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘किक–२’ मा दिशा पटानी देखिने भएकी छिन् । सन् २०१४ मा रिलीज भएको फिल्म ‘किक’ मा ज्याकलीन फर्नाडीज मूख्य भूमिकामा थिइन् ।

साजिद नाडियाडवालाद्वारा निर्माण र निर्देशित उक्त फिल्मको सिक्वेल ‘किक–२’ को लागि गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।

दिशा पटानी सलमान खानको ‘भारत’ मा काम गरिरहेकी छिन् । स्टन्टले भरिएको फिल्ममा उनी आफैले स्टन्ट दिइरहेकी छिन् । सलमान खानको फिल्म ‘भारत’ दिशा पटानीको करियरको लागि निकै ठूलो अवसर हुने विश्वास गरिएको छ ।

post image

काठमाडौं :  गायक शान भुषालको नयाँ गीत सार्वजनिक भएको छ। कपिलराज गिरीको शब्द रहेको ‘थोरै सास’बोलको गीतमा शानकै संगीत र स्वर छ।

यो गीतले वास्तविक कथा बोलेको छ। शुभाजन दवा श्रेष्ठको कथामा यो गीत बनेको छ। क्यान्सर रोगसँग लड्न उनले गरेका संघर्ष र बाँच्ने आशालाई गीतको भिडियोमा देखाउन खोजेको छ। गीतको भिडियो विकास बराइलीले छायाँकन गरेका हुन्।

post image

 माघ १, काठमाडौं । काली प्रसाद बास्कोटाले ‘इन्स्टाको फोटो’बोलको गीत सार्वजनिक गरेका छन्।गितमा कालीकै शब्द र संगीत छ।

गीतको भिडियोमा कलाकार आसिफ शाह र सामाजिक सञ्जाल टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरे फिचर्ड छन्।

भिडियोमा हरि हुमागाईंको छायाँकन,लोकेश बज्रचार्यको सम्पादन र राजेन्द्र मोक्तानको रंग संयोजन छ। भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन्।

post image

माघ १, काठमाडौं । रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् ।

रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् । उनले यसबारे एक अन्तर्वार्तामा बताएका हुन् । यसबारे उनले भने, ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दोस्रो, म खाना नखाई घर छोड्न पाउँदिनँ र तेस्रो, म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’

दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । दुबैले इटलीको लेक कोमोमा विवाह गरेका थिए ।

post image

पुस ३०, काठमाडौं । लामो समयदेखि प्रेममा रहेको जोडी नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिहे गर्ने भएका छन् । नायिका बर्षा राउतले आफूहरुले बिहे गर्न लागेको जानकारी दिएकी छिन् ।

नायिका राउतले बिहेको निमन्त्रणा कार्डमा सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेकी छिन् । उनले सार्वजनिक गरेको कार्डमा लेखिएको छ–‘प्रेम यही छ । प्रेम हावामा उडिरहेको छ । प्रेम सेलिव्रेट गर्ने दिनमा नै हामी बिहे गर्दैछौ ।’

बर्षाले सार्वजनिक गरेको कार्डमा आफूहरुप्रति माया र आर्शिवाद दिने सबैलाई धन्यवाद समेत भनिएको छ । नायिका बर्षा राउत र नायक संजोग कोइरालाको प्रेम चलचित्र क्षेत्रमा मात्र नभएर उनीहरुको फ्यानमाझ पनि चर्चित छ ।

post image

पुस २९, काठमाडौं । नेपाल आइडलबाट चर्चामा आएका देउडा गायक झक्कड थापाको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। थापाको‘अब नाचन्या हुँ, गाउन्या हुँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

गीतमा  भुपेन्द्र बुढाथोकीको शब्द, गोविन्द मधुर आचार्यको संगीत र झक्कड थापाको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा पनि झक्कड आफैले अभिनय गरेका छन्। उनलाई सीता राईले साथ दिएकी छन् भने सागर कान्छो, जीवन बुढामगर, प्रेमराज आदिलाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ।

झक्कडको आफ्नै कथा समेटिएको गीतमा उनको पारिवारिक, आर्थिक अवस्थादेखि  नेपाल आइडलसम्मको यात्राका बारेमा चर्चा गरिएको छ।   गीतको म्युजिक भिडियोको सम्पादन र निर्देशन सन्देश शाहले गरेका छन् भने छायाँकंन रोशन भाटको रहेको छ।

post image

पुस २९, काठमाडौं । कुनै समय थियो, बलिउड सिनेमामा किसको चर्चा हुँदा मानिसहरूले अभिनेता इमरान हास्मीलाई सम्झिन्थे।  उनी अभिनित ‘मर्डर’, ‘राज-३’ तथा ‘आशिक बनाया आपने’ जस्ता सिनेमामा उनले दिएका चुम्बन दृश्य दर्शकले बिर्सेका छैनन्।

एकपछि अर्को सिनेमामा उनले दिएका यस्ता दृश्यले उनलाई ‘बलिउडको सिरियल किसर’को उपाधि दिलाइदियो।  आफ्नो आगामी सिनेमा ‘ह्वाइ चिट इन्डिया’ सिनेमाको प्रचारका क्रममा रहेका इमरानलाई अधरपानका बारेमा सोधिएपछि आफू त्यसबाट ‘बोर’ भएको बताएका छन्।

‘मलाई त्यो पुगिसक्यो। म त्यसलाई छोड्न चाहन्छु, त्यसबाट म बोर भइसके। चुम्बन गर्नु ठीकै छ। मलाई पर्दामा चुम्बन गर्न अझैं केहि आपत्ति छैन् तर त्यसपछि जे हुन्छ त्योबाट म दिक्क भइसकेको छु। सबैले मैले चुम्बन गरेको विषयलाई केन्द्रमा राख्छन् र छ कि छैन भनेर सोध्छन्’, इमरानले भने, ‘मेरा निर्माताहरू पनि मेरि चुम्बनको दृश्य राखेर सिनेमा चलाउने भनेर आलोचित भए तर आज त्यो सामान्य भइसकेको छ।

युवाहरू त्यसलाई लिएर सहज छन्। अब यसलाई पुस्तान्तर भन्नुस या अन्य म यस्ता कुरा सुन्न पर्दा कान बन्द गर्छु। म मेरो छोरा ठूलो भएपछि के गर्ला भनेर डराउँछु। यो मेरा लागि सांस्कृतिक झड्का हो।’

post image

पुस २७, काठमाडौँ । अमेरिकाको समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या भएको छ।पिउर्टो रिकोका २४ वर्षिया फ्रेटमाथि बिहिबार मोटर साइकलमा भ्रमणका क्रममा अज्ञात समूहले गोली हानेका थिए।

फ्रेट ८ गोली लागेको अवस्थामा मृत भेटिएको जनाइएको छ। उनीमाथिको हत्याको अनुसन्धानलाई अगाडि बढाइएको छ। फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए।

उनको हत्याको उदेश्यबारे केही खुल्न सकेको छैन। फ्रेटले हालै नयाँ भिडियो ‘सोए आसी’ यूट्यूबमा अपलोड गरेका थिए। त्यस भिडियो ५ लाखभन्दा बढीले हेरेका छन्। फ्रेटका म्यानेजर इडवार्डो रोड्रिग्वेजले फ्रेट संगीतमा समपिर्त कलाकार भएको बताए।

post image

पुस २६, काठमाडौँ । बलिउड कलाकार रणवीर सिंह र आलिया भट्ट अभिनित चलचित्र  “गली ब्वाई”को ट्रेलर सार्वजनिक भएको  छ।

मुम्बईका अन्डरग्राउन्ड र्‍यापर डिभाइन र नेजीको जीवन र संघर्षको कथामा सो फिल्म आधारित रहेको बताइएको छ। डिभाइनको गीत ‘ मेरे गली मे’ बाट प्रभावित हुँदै फिल्मको नाम ‘गली ब्वाइ’ राखिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

संगीतको माध्यमबाट रुखो शब्दहरुसहित आफ्ना भावहरु व्यक्त गर्ने एक युवकको भूमिकामा रणवीर देखिने बताइएको छ।

फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन्। रणवीर कपुर र आलियाका यसअघिका फिल्महरुले राम्रो व्यापार गर्न सफल भएको थियो। रणवीरको ‘सिम्बा’ अहिले पनि थिएटरमा प्रदर्शनको क्रममा रहेको छ भने आलियाको ‘राजी’ लाई दर्शक र समालोचकहरुले राम्रो ठहर गरेका थिए।

गली ब्वाइ फ्रेबुअरी १४ मा प्रदशर्न हुने बताइएको छ। यद्यपी, प्रदर्शन हुनपूर्व सो चलचित्रलाई बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर गरिने जनाइएको छ।

post image

पुस २६, काठमाडौँ ।  बलिउड अभिनेता ऋतिक रोशन आफ्नो ४५ औं जन्मदिन मनाउंदैछन ।  सोहि मौकामा ऋतिककी पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी छिन् ।

सुजेन खानले आफ्नो पोष्टमा ऋतिक रोशनलाई आफ्नो सधैंको राम्रो साथी र सबैभन्दा प्यारो बताएकी छिन् । उनले आफ्नो पोष्टमा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’ सुजेन खानको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् ।  तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।

 

ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे ।

सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ ।

post image

पुस २५, काठमाडौँ । अनुपविक्रम शाही अभिनित फिल्म  ‘पुरानो बुलेट’ हङकङको याउमातेई स्थित कम्युनिटी हलमा प्रिमियर गरिने भएको छ  । १ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्म २३ फेब्रुअरीमा हङकङमा प्रिमियर गर्न लागिएको हो  ।

भीषण राईको निर्देशक रहेको फिल्म ’हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रिमिएर गर्न लागेको हो ।  हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा क्रियासिल अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’को  प्रिमियर जिम्मा लिएका हुन् ।

फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारको अभिनय रहेको छ ।

सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

कसले छाडी गयो मेलिनालाई

प्रकाशित मिती : Wednesday
post image

पुस २५, काठमाडौँ । चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको  ‘छाडी गयौ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् ।

सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत सार्वजनिकगरिएको छ  । गीतमा किमसम राईको निर्देशन रहेको छ । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।

post image

पुस २५, काठमाडौँ । ‘रणवीर’ सिनेमाले आफ्नो प्रचार पोस्टरहरू सार्वजनिक गरेको छ ।  सिनेमा कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माता दिपेन्द्र रेग्मीले बताएका छन् । यही सिनेमाका लागि सुशील सिटौलाले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन ल्याएका छन् ।

झन्डै ६ महिनाको मेहनतपछि सुशील ‘रणवीर’ बन्न योग्य भएको सुशीलले बताए । साथै सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षा खड्का र सुपुष्पा भट्टले यसै सिनेमा मार्फत डेब्यु गर्दै्छन् ।

सिनेमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।  सिनेमामा प्रशान्त ताम्राकार, रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

post image

पुस २५, काठमाडौँ । बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ ।

फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । शिवानीले हालै मात्र नयाँ बर्ष फरहानको घरमा मनाएकी थिइन् । भारतीय मिडियाका अनुसार, फरहानको घरपरिवारसँग शिवानी घुलमिल भैसकेकी छिन् । यसैले, उनीहरु चाडै नै बिहे गर्ने तयारीमा छन् ।

शिवानी र फरहानले यो बर्षको मार्च वा अप्रिलमा बिहे गर्ने मिडियामा उल्लेखछ । फरहानले अधुना बभानीसँग बिहे गरेका थिए । उनीहरु डिभोर्स भैसकेका छन् ।

post image

पुस २३,काठमाडौं । अमेरिकाको कोलोराडोमा आयोजित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’मा अभिनेत्री नीता ढुंगानाले ‘एक्टर अफ दि इयर’ अवार्ड पाएकी छिन्। उनी फिल्म ‘पञ्चायत’मा गरेको अभिनयको लागि उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।

सन् २०१७ को अक्टोबरमा अमेरिकामा भएको ‘सान फ्रान्सिस्को ईन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन्। उक्त फिल्म महोत्सवमा फिल्म पञ्चायत पनि उत्कृष्ट घोषित भएको थियो।

नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डको संयुक्त प्रस्तुति रहेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को यो तेस्रो संस्करण हो।

post image

पुस १९, काठमाडौं । आउँदो बर्षको भदौ १३ गतेको मितिमा फिल्महरुको ठूलै जुधाई हुने  देखिएको छ । यो मितिमा विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हजार जुनी सम्म’ आउने पक्का जस्तै छ ।

अब, यही मितिमा छायांकन सुरु नभएको चलचित्र ‘मारुनी’ले पनि रिलिज डेट तोकेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई पनि भदौ १३ गते नै रिलिज गर्ने सहमती गरिएको छ । काठमाण्डौ बाहिरका लागि एफडी कम्पनीले यो मितिलाई फाइनल गरेको हो । एफडीका प्रमुख नरेन्द्र महर्जनले निर्माताको माग अनुसार नै रिलिज मिति तय गरिएको बताए ।

नवल नेपालको निर्देशन रहने फिल्म ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने भएको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

नवल नेपालले निर्देशन गर्न लागेको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथा बन्न लागेको चलचित्रमा गोविन्द फुयाँल र निर्देशक नवल नेपाल को कथा छ । संजय लामाको छायांकन रहने चलचित्रलाई माघको अन्तिमबाट खिचिनेछ । चलचित्रको निर्माणमा अजय पोखरेल र राजा प्रधानले पूनमलाई साथ दिएका छन् ।

post image

पुस १९, काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको घोषणा गरेको हो।

बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिइन।

उनले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गरिन्।

 

post image

पुस १८, काठमाडौं ।  फिल्म ‘चौका दाउ’ युनिट यतिबेला देश दौडाहामा निस्किएको छ । फिल्मको प्रचारप्रसार गर्नुका साथै कलाकारलाई दर्शकसँग साक्षात्कार गराउने उद्देश्यले यो युनिट मोफसल टुरमा निस्किएको हो ।

टुरको पहिलो दिन मंगलबार युनिट ३ नम्बर प्रदेशको राजधानी हेटौडा पुगेको छ ।  सो स्थानमा युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको विषयमा समेत जानकारी गराएको छ ।

कार्यक्रममा निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटना हास्यव्यंङ्ग्यको रुपमा फिल्ममा देखाउन खोजिएको बताए । उनले गीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै फिल्म हेर्दा बोर फिल नहुने दाबी गरे ।

फिल्ममा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको मुख्य भुमिका रहेको छ । शम्भुजित बासकोटाको निर्माण रहेको फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोमान्टिक कमेडी जनरा फिल्म बनेको बताइएको छ ।

post image

पुस १७,  काठमाडौँ । बलिउडका दिग्गज कलाकार कादर खानको मृत्यु भएको छ । उनी ८१ वर्षका थिए । कादर खानले क्यानडास्थित एक अस्पतालमा अन्तिम सास फेरे । उनी केही वर्षदेखि छोरा र बुहारीसँग क्यानडामा बस्दै आएका थिए । यसबारे हिन्दुस्तान टाइम्सले बताएको छ ।

केहिदिन अघि देखि नै उनको मृत्युको झुटो खबर सामाजिक संजालमा फैलदै आएको थियो । उनका छोरा सरफराज खानले इन्डियन एक्सप्रेसलाई भने,’मेरो बुबाले आज हामीलाई छोडेर जानुभयो। उहाँ केही महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो। हामीले सक्दो सबै प्रयास गर्‍यौं तर यसपटक सकेनौं। उहाँ एकदमै मायालु स्वभावका हुनुहुन्थ्यो।’

सास फेर्न गाह्रो भएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई बाइपेप भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनको बोली बन्द हुनुका साथै निमोनियाको लक्षण पनि देखिएको थियो ।

उनी प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी ९पिएसपी० बाट ग्रसित थिए । यो  एक असामान्य मस्तिष्क विकार हो जसले शरिरको गति, हिँड्नका लागि हुनुपर्ने सन्तुलन, निल्ने, हेर्ने, मनोदशा र व्यवहारका साथै सोचलाई प्रभावित गर्छ । मस्तिष्कका तन्तु नष्ट भएका कारण यस्तो हुन्छ ।

post image

पुस १७,  एजेन्सी । बलिउड अभिनेता कादर खानको निधनको झुटो खबर सामाजिक सञ्जालमा फैलिएको छ । तर, उनका छोरा सर्फराजले भने खानको यतिबेला क्यानाडामा उपचार भइरहेको छ ।

पिटिआईसँग कुरा गर्दै उनले भने, ‘उनको निधनको खबर झुठो । यो हल्ला मात्र हो । बुवा अस्पतालमा हुनुहुन्छ ।’ श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सामान्य भेन्टिलेटरबाट बिआईपीएपी भेन्टिलेटरमा सारिएको छ ।

खानको निधनको हल्लाको शिकार बलिउड अभिनेताहरु पनि बनेका छन् । अर्सद वारसीले ट्वीटरमा खानप्रति समवेदन प्रकट गरेका थिए ।

कादर खानको खराब स्वास्थ्य स्थितीबारे उनको निकै नजिककी साथी र अन्तिम फिल्म ‘हो गया दिमागका दही’ की निर्माता निर्देशक फौजिया अर्शीले डिप्रेसनका कारण कादर खानको अवस्था यस्तो भएको बताएकी छिन् । उनको स्मरणशक्तिसमेत गुमेको उनले बताइन् ।

फौजियाले कादर खान विगत दुई वर्षदेखि ओछ्यानमै भएको बताएकी छिन् । उनी भन्छिन्, ‘सुरुमा उनी ह्विल चेयरमा हिँड्न बाध्य भए । उमेर बढेसँगै उनको फिल्मसँगको सामिप्यता घट्यो । उनी यस्ता अभिनेता थिए जो फिल्ममा बाँच्थे । फिल्ममार्फत नै उनको सास चल्थ्यो । फिल्मसँगको दुरी उनले सहन सकेनन् र डिप्रेशनमा पुगे ।

अफगानिस्तानको काबुलमा जन्मिएका खानले सन् १९७३ मा राजेश खन्ना अभिनित दागबाट बलिउडमा डेब्यु गरेका थिए । उनले बलिउडमा ३ सयभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

अभिनेतामात्र नभएर उनी सफल संवाद तथा स्क्रिनप्ले लेखक पनि थिए । उनले २५० भन्दा बढी चलचित्रमा संवाद लेखेका छन् भने प्रकाश मेहरा र मनमोहन देसाईसँग मिलेर स्क्रिनप्ले पनि तयार गरेका छन् ।

post image

पुस १६, काठमाडौं । नायिका अदिती वुढाथोकीले दोश्रो चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । अदितीले काम गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हेल्लो जिन्दगी’ हो ।

लभ स्टोरी तथा सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रका लागि यसको निर्माणपक्षले अदितीलाई फाइनल गरेको हो । तर, यसका निर्देशक एभरेष्ट सूर्य बोहरा अदिती फाइनल भएको बिषयमा खुलेर बोल्न चाहिरेका छैनन् ।

अहिले चलचित्रका लागि अन्य कलाकारको पनि खोजी भैरहेको बताइएको छ । यो चलचित्रको छायांकन यूकेमा हुने वुझिएको छ ।

सन् २०१९ को फ्रेवुअरीबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । नेपाल र यूकेमा चलचित्रको छायांकन हुने वुझिएको छ । बोहराले चलचित्र ‘ठूली र भैरे’ निर्देशन गरेका छन् । ‘कृ’ पछि केहि समय खाली बसेकी अदितीले आफूलाई यो चलचित्रमा कस्तो रुपमा प्रस्तुत गर्ने हुन्, त्यो भने प्रतिक्षा गर्नैपर्छ ।

post image

पुस १६,काठमाडौँ । हिन्दि चलचित्र क्षेत्र बलिउडले एक महान हस्तीलाई गुमाएको छ । हरेक चलचत्रिमा बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन भएको छ ।कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो ।

८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए । कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड डेब्यू गरेका थिए । प्राय हास्यकलामा पोख्त देखिने खानले एकसमय हास्यव्यंग्यमा एकलौटी राज जमाएका थिए ।

‘बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजा लगातका चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको डायलग पनि लेखेका छन् ।

post image

पुस १६,काठमाडौँ । आइतबार राती बिग बस १२ की बिजेताको नाम घोषणा गरियो । टेलिभिजन अभिनेत्री दीपिका कक्कड रियालिटी शो बिग बस १२ की बिजेता बनिन् ।

उनले फिनालेमा भारतीय क्रिकेट टीमका पूर्व सदस्य श्रीसन्तलाई हराएकी हुन् । पुरस्कारको रुपमा उनलाई ३० लाख भारु र ट्रफी दिइयो ।

तेस्रो नम्बरमा रहेका दीपक ठाकुरले २० लाख भारु लिएर कार्यक्रमबाट बाहिरिए । कलर्स टेलिभिजनबाट प्रसारण हुने सिरियल ‘ससुराल सिमरका’ बाट लोकप्रिय भएकी दीपिका कक्कडको जीतले एक पटक पुनः प्रमाणित गरेको छ कि बिग बसको हट सिटमा ‘टेलिभिजनका बुहारी’ को दाबेदारी भारी पर्छ ।

दीपिका अघि शिल्पा सिन्दे, उर्वशी ढोलकिया, जुही परमार र श्वेता तिवारीले बिग बसको ट्रफी जित्न सफल भए ।

post image

 पुस १५,काठमाडौं । उमेश थापा र कविता गुरुङको वास्तविक कथामा आधारित फिल्म ‘बोबी २’ निर्माण हुने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘बोबी २’ को निर्माण घोषणा गरिएको हो । मिलन चाम्सले नै निर्देशन गर्ने ‘बोबी २’ मा भने उमेश र कविताको संघर्ष र सफलतालाई देखाइने छ ।

निर्देशक चाम्सले भने, ‘बोबी २’ मा पहिलो भागमा अटाउन नसकेको उनीहरुको बाँकी कथा प्रस्तुत गर्नेछौं। यसमा बिशेष गरि उनीहरुको संघर्ष र सफलतालाई जोड दिनेछौं । उमेश र कविताको बाँकी कथालाई नरेश भट्टराईले पटकथामा ढाल्नेछन्।

चाम्स इन्टरटेन्टमेन्ट र लण्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्मलाई नवराज उप्रेतीले खिच्नेछन् भने बनिश शाहले सम्पादन गर्ने पक्का भएको छ । चैत दोस्रो साताबाट छायांकनमा जाने यस फिल्मको ९० प्रतिशत नर्वेमा खिचिनेछ। बाकीं १० प्रतिशत काठमाडौं र पोखरामा खिचिने बताइएको छ ।

post image

 पुस १३ काठमाडौं । लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको निधन भएको हो ।

भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको भतिजा नवराज लामिछानेले जानकारी दिए ।

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।

post image

पुस १२, काठमाडौँ । चलचित्र ‘गोपी’को निर्माणपक्षले कविता प्रतियोगीताको आयोजना गरेको छ । आरोही इन्टरटेन्मेन्टले आयोजना गरेको कविता प्रतियोगीताका विजेतालाई ३० हजार नगद पुरस्कार दिने बताइएको छ । साथमा दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई १० हजार नगद पुरस्कार दिने बताइएको छ ।

यस्तै, सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार दिने बताइएको छ । यो प्रतियोगीतामा विश्वमा जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउनेछन् । सहभागीले चलचित्रको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार, परिश्रमको भाव झल्कने कविता लेख्नुपर्ने बताइएको छ । कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मुल्यांकन गर्नेछन् । माघको ७ गतेसम्म प्राप्त हुने कवितलाई प्रतियोगीतामा सहभागी गराइनेछ ।

यो चलचित्र माघ १८ गतेबाट रिलिज हुँदैछ । सामिप्यराज तिमिल्सिनाको पटकथा रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । कविता नेपाली भाषामा लेखिनुपर्ने शर्त राखिएको छ ।

post image

पुस १२, काठमाडौँ । बलिउडका सुपरस्टार नायक सलमान खान आजबाट ५३ औं बर्षमा प्रवेश गरेका छन। सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए ।

सलमानले आफ्नो जन्मदिनको अवसरमा डान्स समेत गरेको भिडियो अहिले भाइरल भैरहेको छ । बलिउडमा सलमान खानको चर्चा विभिन्न कारणले हुने गर्दछ । आफ्नो विवादस्पद छवि, हिट चलचित्र, प्रेम सम्बन्ध, शरीरका कारण उनको चर्चा हुने गर्दछ । साथमा, सलमान खानले संचालन गर्दै आएको ‘विइङ ह्यूमन’ नामक संस्थाले समाजसेवामा पनि हात हाल्दै आएको छ ।

post image

पुस ११, काठमाडौं । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो । आगामी माघ १८ गते (फ्रेबअरी १ तारिख) कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गर्ने जानकारी आयोजकले दिएको छ ।

उक्त अवार्डका संयोजक डि.एन घिसिङले असली सर्जक र सिर्जनाको उचित मुल्याङकन गर्ने बताएका छन् । हिमालयन नेपाली ईभेन्ट्स प्रा.ली.का उपाध्यक्षसमेत रहेका घिसिङले भने,‘हाम्रो संस्थाले २०१८ मा मलेसियामा यस्तै अन्तर्राष्ट्रिय अवार्डको कार्यक्रम सम्पन्न गरिसकेको छ, हामीले यो अवार्ड सफलताका साथ सम्पन्न गर्छौं, हामीसँग यो अनुभव र अभ्यास छ, विदेशमा गरिने कार्यक्रमहरु निक्कै महँगो हुन्छन् । तर, त्यसप्रति पनि हामी सक्षम छौं ।’

त्यस्तै कार्यक्रममा उक्त अवार्डका मुख्य निर्णायक मिलन मोक्तानले गीत संगीतको बजार ब्यापक बन्दै गएको बताए । घिसिङले अघि थपे,‘नेपाली कलाकारहरुको जीवन बिचराको स्थितिमा छ, खासमा रोउल्टी उठाउने हो भने सबैले गीत सुनेबापत पैसा तिर्ने हो भने कुनैपनि कलाकारहरुले बरालिनुपर्ने दिन रहँदैनजस्तो लाग्छ, लगानी नउठेपनि कलाकारहरुले यस क्षेत्रमा लगानी गरिरहेका छन्, यसको ज्वलन्त उदाहरणको रुपमा हिमालयन नेपाल ईभेन्ट्सले कतारमा गर्दैछ ।’ घिसिङ सांगीतिक संघ नेपालका अध्यक्षसमेत रहेका छन् ।

हिमालयन नेपाली ईभेन्ट्स प्रा.लि.का निर्देशक सविन घिसिङले आगामी माघ १८ गते कतारमा सम्पन्न हुने अवार्डमा कलाकारलाई ३७ विधामा सम्मान गरिने जानकारी दिएका छन् । उनले भने,‘हामी अवार्डको तयारीमै छौं, अबको बाँकी समयमा टप पाँच नोमिनेसन गर्नुछ, यही पुस १४ गते शनिबार राजधानीको लाजिम्पाटस्थित् किङ्स प्यालेस रोधी क्लब एण्ड पप भेन्युमा सम्पन्न हुँदैछ, टप पाँच मध्येबाट उत्कृष्ट एकलाई छनोट गरि कतारमा अवार्ड प्रदान गरिनेछ ।’

‘सृजनाको मुल्याङकन स्रष्टाको सम्मान, नेपाली संगीतको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुलका नारा एवम् मिडिया टप, नेपालको सहकार्यमा सम्पन्न हुने अवार्डमा उत्कृष्ट राष्ट्रिय गीत, उत्कृष्ट आधुनिक गीत, उत्कृष्ट लोक तथा दोहोरी गीत,उत्कृष्ट तामाङ सेलो, उत्कृष्ट तामाङ म्हेन्दोमाया गीत, उत्कृष्ट लोक पप, उत्कृष्ट गायक÷गायिका, उत्कृष्ट मोडललगायतका ३७ विधामा अवार्ड वितरण गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

अवार्डको निर्णायकमा मो क्तानसहित वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, उन्नती शिला बोहरा, उवन वाङ लामा, विक्रमजंग शाह, रोज मोक्तान, अन्ना स्टीर लगायत रहेका छन् । संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, संगीतकर्मी टिका बोम्जन, बिमाविद् कृष्ण बहादुर राउत, म्युजिक भिडियो निर्देशक राजेश तिमिल्सिना, संगीतकर्मी संघ नेपाल, नवलपरासी शाखाकी अध्यक्ष तथा लोक गायिका राधा तिवारीलगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन मिस तामाङ–२०१८ की विजेता सिमरन स्याङ्बो तामाङले गरेकी थिईन।

post image

पुस ११, काठमाडौं । नेपाल आइडल सिजन( २ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।

बिहान ७ बजेतिर उनी पानी तान्ने पम्प चलाउन गएकी थिइन्। तर अघिल्लो दिन करेन्ट नछुटाइएको पम्पबाट उनलाई करेन्ट लागेपछि उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याइएको थियो।रवि ओड विभिन्न अभिनन्दन कार्यक्रमका लागि गृहजिल्लामै रहेका बेला घटना भएको हो। रविका तीन भाइ र दुई बहिनी छन्। जन्म दिने आमालाई पहिला नै गुमाएका रविसहित यी भाइबहिनी सबैलाई विष्नाले नै हुर्काएकी थिइन्।

post image

पुस १०, काठमाडौं । सिनेमा ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक भएको छ। सेनाको कथा बोल्ने यस ट्रेलरमा नायक सुशान्त कार्की भारतीय सेनाको भूमिकामा देखिएका छन् भने उनको जोडी नवनायिका अप्सना थापा बनेकी छन्।

यसअघि सिनेमाको ‘ए माया’ बोलको पहिलो गीत सार्वजनिक भएको थियो। कुनै बेला चर्चामा रहेको रेशम थापाको लोक गीत ‘रुमालै छ चिनो’ बाट यस सिनेमाको नाम राखिएको हो। जुन गीतलाई लोकशैलीमा निर्माण गरिएको थियो।

सिनेमाको कथावस्तु सबै रेशम थापाले नै लेखेका हुन् भने सिनेमामा किशोर खतिवडा, सञ्चिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारले अभिनय गरेका छन्।

ज्योति फिल्मस्को ब्यानरमा बनेको यस सिनेमालाई चन्द्रबहादुर खड्का, दीपक ढकाल र राम पाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन्। दिनेशसिंह ठकुरीको निर्देशनमा बनेको सिनेमा फागुन १० गतेदेखि प्रदशन हुँदैछ।

post image

पुस ९, काठमाडौं । चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै कमेडी नै कमेडी संवादले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

यो चलचित्र निर्माणमा अजित फिल्मस्सँग अशोक गौतम फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी छ । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा, कसम नेपालको कथा, कोशिश क्षेत्रीको संगीत छ ।

post image

पुस ९, काठमाडौँ । फिल्म ‘चौका दाउ’ले प्रचार स्वरूप पोस्टर सार्वजनिक गरेको छ। पुष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्मका तीन पोस्टरले कलाकारको  चरित्र बोल्छ । पूर्णेन्दु झाले फिल्मलाई निर्देशन गरेका हुन्। एउटा पोस्टरमा रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त फिचर्ड छन्।

पोस्टरमा वर्षा राउतलाई पनि स्थान दिइएको छ। त्यस्तै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल पनि पोस्टरमा समेटिएका छन्।

कमेडी विधामा बनेको फिल्मलाई संगीतकार सम्भुजित बास्कोटाले निर्माण गरेका हुन्। फिल्ममा बास्कोटकै  संगीत छ। फिल्ममा अभिमन्यु निरवीको पटकथा/संवाद, दीर्घ गुरुङको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द छ। फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

post image

पुस ९, मुम्बई । सलमान अली इन्डियन आइडल सिजन १० को विजेता बनेका छन् । नितिन कुमार, अंकुश भारद्वाज, निलन्जना राय र भिभोर परासरलाई पछि पार्दै सलमानले उपाधि हात पार्न सफल भएका हुन् ।

‘म अभिभूत र अवाक छु,’ उपाधि जितेपछि सलमानले भने, ‘मैले अझै पनि उपाधि जितेको पत्याउन सकेको छैन । मेरो सपना साकार पारेको लागि इन्डियन आइडल र सोनी एन्टरटेनमेन्टलाई धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरो लागि भोट गर्ने सबैलाई मनदेखि धन्यवाद दिन चाहन्छु ।’

अडियन्सको प्रिय रहेका सलमान प्रतियोगिता जित्नका लागि प्रबल दाबेदार रहेका थिए । हरियाणाको मेवाटबाट आएका सलमानले शुरुदेखि नै आफ्नो शक्तिशाली स्वरले सबैको मन जित्न सफल भएका थिए ।
सलमानले करिब दुई करोड भोट पाएका थिए । फाइनलमा जिरो चलचित्रको टोली शाहरुख खान, कटरिना कैफ र अनुष्का शर्माको पनि उपस्थिति रहेको थियो ।

post image
पुस ८, जुम्ला। चलचित्र ‘रणवीर’ले  ‘तिरीमिरी तीन तारा..’ बोलको गीत रिलिज गरेको छ। गीतमा सुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिचर्ड गरिएको छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा राजनराज शिवाकोटी स्वर तथा संगीत रहेको छ। शिवाकोटीले नै लेखेको गीतमा अन्जु पन्तले महिला स्वर दिएकी छन्। माघ १८ गते रिलिज हुने सिनेमालाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्।

सिनेमामा प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, रवी गिरी, बसन्ती भाट, शैलेश्वरी सिंह, हरिहर शर्मा, जीवन भट्टराई, भोलाराज सापकोटा, जगदिश रिजाल लगायतका कलाकारको अभिनय रहेको छ ।फिल्ममा दिपेन्द्र रेग्मी र गोमा थापा बिष्टको लगानी रहेको छ ।

post image

पुस ६, काठमाडौं । नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा ‘द म्यान फ्रम काठमाडौं’को गीत र नेपाल रिलिज मिति सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा एक कार्यक्रम गर्दै सिनेमाको गीत, आधिकारिक पोस्टर र रिलिज मिति एकसाथ सार्वजनिक गरिएको हो। यसका अलावा सिनेमाको नेपाली ट्रेलर पनि सार्वजनिक गरियो।

सिनेमाले सार्वजनिक गरेको ‘आकाशै घुमेर’ बोलको गीतमा प्रमुख कलाकार आना शर्मा र जोसे म्यानुअल फिचर छन्। जेशन कुँवरले संगीत भरेको यस गीतमा कुँवरको साथमा निकिता श्रेष्ठको स्वर रहेको छ। यसका गीतकार पनि कुँवर नै हुन्।

गीतमा विजय मानन्धर र पेमा धोन्डुप कोरियोग्राफी रहेको छ। पाँच करोड लगानीमा निर्माण भएको यो सिनेमाको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको छ। सिनेमालाई क्यूएफएक्स सिनेमाज्का प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन्।

सिनेमाले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ। सिनेमामा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ।घोषणा अनुसार सिनेमा चैत १ गते रिलिज हुनेछ।

post image

पुस ६, काठमाडौँ । यो साता शुक्रबार प्रदर्शन अन्तर्गत विराज भट्ट अभिनित ‘जंगभूमी’ छ। संगीत कुमार निर्देशित फिल्मलाई नबराजजंग थापाले निर्माण गरेका हुन्। त्यस्तै यो साता नै प्रदर्शनमा दुई विदेशी फिल्म छन्।

बलिउड फिल्म ‘जिरो’ र हलिउड ‘अक्वाम्यान’ले मल्टिप्लेक्समा सर्वाधिक सो पाएका छन्। साहरुख खान अभिनित ‘जिरो’लाई आनन्दले निर्देशन गरेका हुन्। फिल्ममा अनुश्का शर्मा र कट्रिना कैफको मुख्य अभिनय छ। त्यस्तै फिल्ममा सलमान खान पनि केमियो भुमिका छ।

सोका हिसाबले मल्टिप्लेक्सलाई ‘जिरो’ले लिड गरेको छ। ‘अक्वाम्यान’ एक्सन विधामा बनेको फिल्म हो। जेम्स वान निर्देशित फिल्ममा जेसन, निकोल र डोल्फको अभिनय छ।

post image
पुस ५,काठमाडौँ । शुक्रबार रिलिज हुने शाहरूख खान स्टारर ‘जिरो’ले पहिलो दिन भारतीय वक्सअफिसमा ३० करोड भारूको व्यापार गर्ने अनुमान भारतीय वक्सअफिस विश्लेष्कहरूले गरेका छन्।यस्तै सिनेमाले ३ दिनमा १०० करोडको आँकाडा पार गर्ने अनुमान छ। विश्लेषकहरूका अनुसार त्यसपछि भने सिनेमाको स्तरमा व्यापार भर पर्ने बताइएका छन्।

आनन्द एल राय निर्देशित सिनेमामा शाहरुखसँगै क्याटरिना कैफ, अनुष्का शर्माको प्रमूख भूमिका रहेको छ। शाहरुखसँगै यस मितिमा कन्नड सिनेमा ‘केजिएफः च्याप्टर १’ पनि रिलिज हुने भएकाले यसले पनि उसको व्यापारमा प्रभाव पार्ने देखिएको छ भने सिनेमा नियमित शुक्रबार रिलिज हुनेहुँदा ‘जिरो’ले ‘ठग्स अफ हिन्दोस्तान’को जस्तो व्यापार नगर्ने बताइएको छ।

त्यसपछि लगत्तैको शुक्रबार ‘सिम्बा’ रिलिज हुने हुँदा ‘जिरो’को लागि सहज नहुने पनि विश्लेष्कहरूले बताएका छन्।

post image

पुस ४ , काठमाडौँ । लभ स्टेशन’ चैत १ गते रिलिज हुने भएको छ । सिनेमामा अभिनेता प्रदीप खड्का र अभिनेत्री  जसिता गुरुङ प्रमूख भूमिकामा रहेका छन्।

सिनेमाका प्रस्तुतकर्ता एवम् वितरक गोबिन्द शाहीले बुधबार ‘लभ स्टेशन’को रिलिज मिति घोषणा गरेका हुन्। ‘मैले वितरण गरेको चलचित्र क्याप्टेन १७ फागुनमा, साईंली १५ चैतमा र ए मेरो हजुर ३ को रिलिज २९ चैतमा गरिने भएपछि यी चलचित्रको प्रदर्शन व्यबस्थित गर्न पनि लभ स्टेशनलाई १ चैतमा रिलिज गर्ने निर्णय गरिएको हो’, शाहीले भने।

सिनेमामा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

उज्ज्वल घिमिरे निर्देशित सिनेमा सांगीतिक प्रेम कथामा आधारित पारिवारिक सिनेमा हो ।हाल पोस्टप्रोडक्सनमा रहेको सिनेमाका दुई गीतको छायाँकन बाँकी रहेको छ। लभ स्टेशनमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा आलोक शुक्लाको छायाँकन रहेको छ ।

post image

पुस २, काठमाडौँ । बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ आगामी पुसमा बजारमा आउने भएको छ । नेपालका लागि पुस्तक फाइनप्रिन्टले  बजारमा ल्याउन लागेको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाले पुस्तक पुसमा आयोजना हुने लिटिरेचर फेस्टिभलमा विमोचन गरिन लागेको जानकारी दिइन् । आत्मवृतान्तमा मनिषाले आफूलाई क्यान्सर रोग लागेपछि क्यान्सर विरुद्धको लडाइ बारे विस्तृतमा उल्लेख गरेकी छिन् ।

भारतमा याे किताव पेन्गुइन इण्डियाले प्रकाशन गरेको हो ।  किताव मनिषाले लेखक नीलम कुमारसँग संयुक्तरुपमा लेखेकी हुन् । नेपाली फिल्म फेरि भेटौलामा अभिनय गरेपछि मुम्बई पुगेकी मनिषाले बलिउडमा सौदागर फिल्मबाट डेब्यू गरेकी थिइन् । उनलाई २०१२ मा क्यान्सर देखिएको थियो ।

post image

पुस २,काठमाडौँ । फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्स २०१८ को ताज बाजी मारेकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।

२४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी छिन् । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले बैंककमा सोमबार आयोजित फिनालेको तेस्रो स्थान हाँसिल गरेकी छिन् । नेपालकी प्रतिनिधी मनिता देवकोटा शीर्ष १० मा पर्न सफल भइन् ।

post image

पुस १,काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का अभिनित ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ। टिजरमा उनी टेम्पो चालकको अवतारमा प्रस्तुत भएकी छिन्। उनीसँगै नवकलाकार मुकुन भुषाल पनि टिजरमा  देखिएका छन्।

चरित्र चित्रण गर्ने टिजरसँगै निर्माण टिमले फिल्मको प्रचार थालेको छ। आगामी फागुन ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मको यसअघि  गीत सार्वजनिक भइसकेको छ। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्।  फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धी तामाङ, दिपक क्षेत्री,लक्ष्मी फिल्ममा कोशिस क्षेत्री र उद्गम परियारको संगीत छ।

post image

मंसिर २८, काठमाडौँ । टंक बुढाथोकी र बाल गायक अशोक दर्जीको दोस्रो गीतको रुपमा ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक भएको छ।  आमाको मायाप्रति र सम्पूर्ण कर्मशील महिलाहरु संसारकै सुन्दर भएकाले उनीहरुप्रति समर्पित गर्दै गीत सार्वजनिक गरिएको बुढाथोकीले बताए। गीतमा बुढाथाकीकै शब्द र संगीत रहेको छ भने उनीसँगै अशोक दर्जी र एआर बुढाथोकीले स्वर दिएका छन्।

गीतमा आफनो आमाको मात्र नभई पूरै देशको आमाहरुको सुन्दरतालाई बयान गरिएको छ। भिडियोमा टंक बुढाथोकी, अशोक दर्जी, आर्यान बुढाथोकीको साथै नेपालकी पहिलो नायिका भुवन चन्द, दीपिका शर्मा, डि आई रुपक र बासुकला मैनाली प्रस्तुत छन्।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोको निर्देशन टंक आफैले गरेका हुन्। सौरव लामाको छायांकन रहेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्। टंक र अशोकको यो पछिल्लो गीतलाई अपलोड भएको छोटो समय मै ७ लाख भन्दा धेरै पटक हेरिएको छ।

post image

मंसिर २८, काठमाडौँ ।  चलचित्र ‘शुभलभ’को फस्टलुक सार्वजनिक भएको छ ।  निर्माण युनिटले चलचित्रको एक पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो ।  पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेलले स्थान पाएका छन् । पोस्टरमा जोडीको रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् ।

 युवा जोतिष हरिहर र कृष्टिनले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागिएका हुन् । बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । सन्तोषबाबु लोहनी निर्देशित चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ ।

१५ चैत्रबाट प्रदर्शनमा आउने बताइएको ‘शुभलभ’ मा हरिहर र कृष्टिनको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

हरिहर कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशनविक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भूपेन्द्र अधिकारीको सम्पादन  चलचित्रमा छ ।

post image

मंसिर २८, काठमाडौँ । अनमोल केसीले फुटबल खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत रिलिज भएको छ । निर्माण युनिटले बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको बोलको गीत सार्वजनिक गरेको हो ।

गीत अनमोल र नव अभिनेत्री उपासनासिंह ठकुरीमाथि फिचरिङ गरिएको छ । अञ्जु पन्त र सुगम पोखरेलको स्वरले सजिएको गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन् । सामान्य तवरको भिडियो बनाइएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

अनमोल र उपासनाको अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सनविक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र दिवाकर भट्टराइले निर्देशन गरेका हुन् ।  एउटा यूवकको फुटबल संघर्ष कथालाई उठान गरेको चलचित्र भूवन केसीले निर्माण गरेका हुन् ।

post image

मंसिर २८, काठमाडौँ ।  फ्राइडे रिलिज अन्तर्गत आजबाट तीन नयाँ फिल्म प्रदर्शन आएका छन् । फिल्म हुन् – ‘सुश्री सम्पत्ति’, ‘डोली’ र ‘कथा ७२’ । तीन मध्य ‘सुश्री सम्पती’ प्रचार प्रसार सहित देशभर प्रदर्शनमा आएको हो, भने अन्य दुई फिल्म पनि देशभर लाग्ने निर्माण युनिटले जनाएका छन् ।

‘सुश्री सम्पत्ति’
पत्रकारबाट निर्देशनमा जम्प मारेका सुब्रत आचार्य निर्देशित ‘सुश्री सम्पत्ति’ कमेडी जनरामा निर्माण भएको फिल्म हो । गीत संगीत र ट्रेलरले राम्रो चर्चा पाएको यो फिल्म दर्शकले पनि रुचाउने निर्देशक आचार्य बताए । ‘दुई युवाले सुश्री र सम्पत्ति पाउन गर्ने संघर्ष फिल्मको बिषय हो’ निर्देशक आचार्यले बताए ।

सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल लगायतको अभिनय रहेको फिल्ममा प्रियंका कार्कीको आइटम समेत रहेको छ । रमेश त्वायना फिल्मका प्रस्तुतकर्ता हुन् । कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार मिलेर निर्माण गरेको उपत्यकामा गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

‘कथा ७२’
२०७२ सालको महाभूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमाथि बनेको फिल्म हो ‘कथा ७२’ ।

प्रवीण स्याङ्बोको लेखन, निर्देशन रहेको फिल्म लोकल सिनेमा प्रा.लिले निर्माण गरेको हो । ‘कथा ७२’ मा मानवीय यात्रामा भूकम्पको प्रभावलाई प्रतिकात्मक दृश्यमा देख्न सकिन्छ । फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, केदार श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

‘डोली’
किरण नेपालीको प्रस्तुति रहेको फिल्म ‘डोली’मा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान, संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् ।

राजबहादुर सानेले निर्देशन गरेको यो फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । फिल्मले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ ।

post image

मंसिर २७ , काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्माले पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका छन् । केही समय डिप्रेशनको शिकार भएका कपिल अब विस्तारै तंग्रिदैछन् ।

उनले वुधबार आफ्नो बच्चैदेखिको साtथि गिन्नी चतरथसँग बिहे गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेममा पनि थिए । गिन्नीले कपिललाई सुख र दुखमा साथ दिएकी छिन् ।

उनको बिहेमा भारती सिंह, कृष्णा–अभिषेक, चन्दन प्रभावकर, राजिव ठाकुर, जस्विर जैसी लगायत थिए । कपिल कडा सुरक्षाको विचमा बिहेको मण्डपमा पुगेका थिए । कपिल आफ्नो जन्मस्थानमा कति पपुलर छन् भन्ने कुरा उनका फ्यानको क्रेजले पनि बताउथ्यो ।

post image

मंसिर २७,काठमाडौँ । अभिनेत्री प्रिया प्रकाश सन् २०१८ मा गुगल इन्डियामा सर्वाधिक खोजिएकी सेलिब्रेटीमा परेकी छन्। उनी अभिनित एक सिनेमाको गीतमा उनले आँखा झिम्काएको भिडियो भाइरल बनेपछि उनी रातारात चर्चित बनेकी थिइन्। गत वर्ष सो सेलिब्रेटीको सूचिमा सन्नी लियोनी थिइन्।

उनलाई प्रियंका चोपडाका पति निक जोनासले दोश्रो स्थानमा पछ्याएका छन्। प्रियंका स्वयम भने सूचिको चौथो नम्बरमा परेकी छिन्। तेश्रो नम्बरमा हरियाणाका चर्चित गायिका सपना चौधरी परेकी छन् भने पाँचौ स्थानमा सोनम कपुरका पति आनन्द आहुजा रहेका छन्।

यसैगरी सिनेमाको सूचिमा हलिउड सिनेमाले गतिलो उपस्थिति जनाएका छन्। सूचिको पहिलो नम्बरमा अक्षय कुमार तथा रजनीकान्त स्टारर ‘२.०’ पर्दा ‘बागी २’ र ‘रेस ३’ले दोश्रो  र तेश्रो स्थान क्रमशः आफ्नो पक्षमा पारेका छन्। यस सूचिमा हलिउउड सिनेमाहरूः ‘एभेन्जर्सः इम्फिनिटी वार’, ‘ब्ल्याक प्यान्थर’ र ‘डेडपुल २’ पनि परेका छन्।

यसैगरी गीततर्फ नेहा कक्कडको ‘दिलबर दिलबर’, अर्जित सिंहको ‘तेरा फितुर’ र आतिफ अस्लमको ‘देख्ते देख्ते’ माथिल्लो तीनमा परेका छन्। यस सूचिमा ‘देसप्यासितो’ एकमात्र अंग्रेजी गीतका रूपमा रहेको छ।

post image

मंसिर २६,काठमाडौँ ।  चलचित्र ‘गोपी’को फस्टलुक सार्वजनिक गरिएको छ । सार्वजनिक चार वटा फस्टलुकमा नायक विपिन कार्कीलाई सबै पोष्टरमा स्थान दिइएको छ । साथमा चलचित्रका मुख्य २ कलाकार बर्षा राउत, सुरक्षा पन्तलाई पनि फस्टलुकमा देखाइएको छ ।

आरोही केसीको लगानीमा तयार भएको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । पोष्टरमा विपिनलाई गाइपालन गरेका एक कृषकको भूमिकामा देखाइएको छ । माघ १८ गतेबाट यो चलचित्र रिलिज हुनेछ । टौवा क्रियशनले यो पोष्टरको डिजाइन गरेको हो ।

आरोही इन्टरटेनेमन्टको ब्यानरमा निर्माणमा बनेको चलचित्र सामिप्यराज तिमिल्सिनाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्रचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत छ । चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । चलचित्रमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, रमेश अधिकारी, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमालीको मुख्य भूमिका छ ।

post image

मंसिर २५, काठमाडौँ । दयाह्याङ राई अभिनित सिनेमा ‘आप्पा’ को पोस्टर सार्वजनिक गरिएको छ।पोस्टरमा दयाहाङ राई बिन्दास देखिएका छन्। उनका साथमा छन्, स्कुल ड्रेसमा सजिएका सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा।

बाबु–छोराको सम्बन्ध समेटिएको सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन्। सिनेमामा दयाह्याङ गाडी चालकको भूमिकामा छन्।

रुदेन सादा लेप्चाको लगानीमा बनेको सिनेमामा दयाहाङ, सिद्धान्त, अल्लोनासँगै तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरूको अभिनय छ। उक्त सिनेमको कथा अनमोल गुरुङले तथा पटकथा अनमोल र उमेश उपमाले लेखेका हुन्।

अनमोल र शैकात देवको संगीत, शैलेन्द्र डी. कार्कीले छायांकन गरेको सिनेमालाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। उक्त सिनेमा अर्को सालको जेठ २४ गते रिलिज हुँदैछ।

post image

मंसिर २५,काठमाडौँ । बलिउड नायक शाहिद कपुरलाई पेटको क्यान्सर भएको खबर गत हप्ता निकै भाइरल भयो । शाहिदले सोमबार यो खबर खण्डन गरेका छन् । उनले आफ्नो आधिकारिक ट्वीट अकाउन्टमा । उनले लेखेका छन्, ‘म पूर्ण रुपमा ठिक छु, स्वस्थ छु । कृपया यस्तो कुनै पनि खबर विश्वास नगर्नुहोस् ।’

Shahid Kapoor

@shahidkapoor

Guys I’m totally fine pl don’t believe random stuff.

1,355 people are talking about this

स्रोतका अनुसार शाहिर कपुरकी म्यानेजर आकांक्षाले पनि यो खबर गलत बताएकी छिन् । आकांक्षाका अनुसार यसबारे जब शाहिदलाई थाहा भयो तब उनी निकै हाँसेका थिए । शाहिद आजकाल फिल्म कबिर सिंहको सुटिङ गरिरहेका छन् जुन सन् २०१९ मा रिलिज हुनेछ ।

post image

मंसिर २४,काठमाडौँ। फागुन १७ गते अल नेपाल रिलिज हुने अनमोल केसी स्टारर ‘क्याप्टेन’का दुई नयाँ पोस्टर रिलिज भएका छन्।फुटबल खेलाडीको कथा रहेको फिल्ममा अनमोलले दुई नव-अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग जोडी बाँधेका छन्।

रिलिजमध्ये अनमोलको एक सोलो पोस्टर रहेको छ भने दोश्रोमा अनमोलको साथमा सुनिल थापा तथा प्रशान्त ताम्राकार फिचर छन्। पोस्टटमा दुई नव अभिनेत्री भने अटाएका छैनन्। अभिनेता भूवन केसीले निर्माण  गरेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन्।

post image

मंसिर २३, काठमाडौं । सुपरस्टार रजनीकान्त र अक्षयकुमार अभिनित  सर्वाधिक महङ्गो भनिएको बलिउड सिनेमा ‘२.०’को ६ सय करोड बराबरको कारोबार गरेको छ। बलिउडका सबै रेकर्डहरुलाई तोड्दै आक्रामक व्यापारका साथ अगाडि बढेको सिनेमाले शनिबारसम्म ६ सय करोडको व्यापार गर्न सफल भएको हो।

पहिलो दिन नै सय करोडको व्यापार गर्न सफल यो सिनेमाको हिन्दी भर्सनले मात्रै एक सय ५४ करोडको व्यापार गरेको छ।  फिल्म समीक्षक रमेश बालाले ट्वीटरमार्फत फिल्मको हालसम्मको कमाइ ६ करो नाधेको जानकारी दिएका छन्।

फिल्ममा रजनीकान्त र अक्षकुमार तीन तीन फरक भूमिकामा प्रस्तुत भएका छन्। करिब ६ सय करोडमा बनेको यो फिल्म बलिउडको अहिलेसम्मकै महँगो फिल्म पनि हो। भारतमा बनेको यो पहिलो थ्रीडी सिनेमा समेत भएको दावी गरिएको छ।

post image

मंसिर २३, काठमाडौं ।  फिल्म ‘कपुरी क’ ले सेन्सरबोर्डबाट पिजी प्रमाणपत्र पाएको छ । । गुञ्जन एण्ड कुसुम फिल्मस् र बिजी बि इन्टरटेनमेन्टको  संयुक्त ब्यानरमा निर्माण भएको फिल्म हेर्नलाई १६ वर्ष मुनिका दर्शकलाई अभिभावकको साथ चाहिने छ  ।

फिल्ममा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्मको निर्देशन सबिन बास्तोलाले गरेका हुन् । खेम थापा मगरको छायाँकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी फिल्ममा छ ।

post image

काठमाडौँ । मिस वर्ल्ड २०१८ को उपाधि मिस मेक्सिको भनेसा पोन्सेले जितेकी छिन् ।विभिन्न देशका ११८ प्रतिस्पर्धीलाई पछि पार्दै पोन्सेले उक्त उपाधि हात पारेकी हुन् । पूर्व मिस वर्ल्ड मानुसी चिल्लरले नयाँ मिस वर्ल्डलाई ताज पहराइदिएकी थिइन् ।

मिस थाल्इल्याण्ड निकोलेन लिम्सनुकान फस्ट रनरअप बनिन् ।उनीहरुसँगै बेलारुसकी मारिया भासिलेभिच, जमाइकाकी काडिजा रोबिन्सन तथा युगान्डाकी कुइन अबेन्याको शीर्ष पाँचमा पुगेका थिए ।

चीनको सान्या सहरमा आयोजित फाइनल प्रतियोगितामा मिस नेपाल शृङ्खला खतिवडा भने शीर्ष १२ मा सिमित बनिन् ।उनि मल्टिमिडिया र ब्युटी अफ पर्पोजको टाइटल जित्न सफल भइन ।

post image

मंसिर २१, काठमाडौं ।मिस वर्ल्डको फिनालेको भोटिङ लाइन बिहिबारदेखि खुल्ला गरिएको छ । बिहिबार बेलुकादेखि फाइनलका लागि भोटिन लाइन खोलिएको मिस वर्ल्सको आधिकारिक फेसबुकमा जानकारी दिइएको छ ।

आफ्ना मनपर्ने प्रतियोगीलाई मिस वर्ल्डको वेबसाइट, मोडल पावर लाइभ र मबस्टारबाट भोट गर्न सकिने यसमा बताइएको छ ।भोटिङ लाइभ टेलिकास्टमा बन्द गरिने बताइएको छ ।

माल्भिका सुब्बाले इन्स्टाग्राममा मिस वर्ल्डले यसपाली नयाँ फर्मेट अपनाएको हुनसक्ने बताउँदै नेपालका लागि भोट गरिरहन अपिल गरेकी छिन् ।

साथै श्रृङ्खलाले पनि आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म नेपाललाई भोट गरिरहन आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्, ‘मसँग तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै नै अपडेट गर्नेछु ।’

post image

मंसिर २१, काठमाडौं । यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली र दुई विदेशी फिल्म छन्। ‘प्रसाद’ र ‘झिल्के’सँगै नेपाली भाषाको सिक्कमी फिल्म ‘पाहुना’ र ‘केदाराथ’ प्रदर्शनमा आएका हुन्।

दिनेश राउत निर्देशित ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय छ। फिल्ममा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्दले आपसी सम्बन्धमा ल्याउने असरको विषय देखाउन खोजिएको छ। सुवास थापाको निर्माण रहेको फिल्ममा पत्रकार सुशील पौडेलको पटकथा तथा संवाद छ।

प्रदर्शनमा आएको अर्को फिल्म हो  ‘झिल्के’। फिल्मलाई लखमान योञ्जन तामाङले निर्देशन गरेका हुन्। फिल्मको कथा लखमानले लेखेका हुन्। फिल्ममा सुमन योञ्जनको छायाँकन, हेमन योञ्जनको सम्पादन र कुमार श्रेष्ठको द्वन्द छ। फिल्ममा निर्देशक एवं अभिनेत्री झरना थापाको मुख्य अभिनय छ।

प्रदर्शनमा आएको ‘पाहुना’लाई बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेकी हुन्। फिल्ममा इशिखा गुरुङ, अनमोल लिम्बु, मन्जु केसीको मुख्य अभिनय छ। त्यस्तै अन्य कलाकारहरु शरण राई, उत्तम प्रधान, विनोद प्रधान, बनिता लगुनको पनि फिल्ममा अभिनय छ।

‘केदारनाथ’ बलिउडमा प्रतिक्षित फिल्म हो। ड्रामा जनरमा बनेको फिल्मलाई अभिषेक कपूरले निर्देशन गरेका हुन्। फिल्ममा शुसान्त राजपुत, साराअलि खान र नितिष भारद्वाजको मुख्य अभिनय छ।

post image

मंसिर २०, काठमाडौं । गत बिहिवारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘टु पोइन्ट ओ’ 2.0 ले एक सातामा ५०० करोडको ब्यापार गरेको छ। बलिउडकै खर्चिलो भनिएको फिल्मले प्रदर्शनको एक सातामै ५०० करोड कमाएको हो।

 रजनिकांत र अक्षय कुमार अभिनित फिल्मले रेकर्ड तोडेको दावी छ।  एस शंकर निर्देशित फिल्ममा एमी ज्याक्सनको पनि मुख्य अभिनय छ। फिल्मले मोबाइल फोनले चराचुरुङ्गीमा पार्ने प्रभावको कथा बोलेको छ। फिल्मलाई थ्री डीमा हेर्नेले पनि मनपराएका छन्।

फिल्मको सह वितरक करण जोहरले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ‘मेगा ब्लकबस्टर हुन इतिहास रच्दै टु पोइन्ट ओ, फिल्मको विश्वव्यापी कलेक्सन ५०० करोड हो।’

 

post image

मंसिर २०,  काठमाडौं । शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए ।  सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा दर्शकले नविनता पाउँछन् । चलचित्रमा कमेडी बिषय हाबी भैरहेको समयमा दर्शकले फरक बिषयसँग साक्षात्कार गर्ने मौका यो चलचित्रबाट पाएका छन् । निःसन्तान दम्पत्ती, उनीहरुको जीवनमा छाएको खुशी र आइपरेको अप्ठ्यारोमा यो चलचित्र बनेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत चलचित्रको केन्द्रविन्दुमा छन्

राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा नायक विपिन कार्कीको अभिनय उत्कृष्ट छ । उनले चलचित्रको पुरा अवधी दर्शकलाई होल्ड गरेका छन् । नायिका नम्रता श्रेष्ठले पनि अभिनयबाट कथामा जीवन्तता दिएकी छिन् ।

post image

मंसिर १९, काठमाडौँ । मिस वर्ल्ड-२०१८ को फाइनल राउन्डमा छोरी शृंखला खतिवडालाई हौसला प्रदान गर्न उनका बुबाआमा चीन जाने भएका छन्।

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छन् । यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ। यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ।

आफूहरू उपस्थित हुँदा छोरीको हौसला बढ्ने अपेक्षासहित बुबा विरोध र प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल बिहीबार चीन जाने भएका हुन्। उनीहरूसँगै २० जनाको टोली बिहीबार साँझ चीन जानेछ।

टोलीका अनुसार त्यसका लागि टिकट बुकिङ भइसकेको छ भने बुधबार चिनियाँ रकम युआन साटिँदैछ। चीन जाने टोलीमा आफन्तहरू रहेको शृखंलाका बुबा खतिवडाले जानकारी दिए।

post image

मंसिर १९, काठमाडौँ  । नायक बरुण धवन हाल २१ करोड रुपैयाँ पारिश्रमिकका कारण चर्चामा छन  । रेमो डिसुजाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘एबीसीडी ३’का लागि बरुण व्यस्त छन् । यो चलचित्र भारतकै महंगो चलचित्र बन्ने अड्कल गरिएको छ । डान्सको कथालाई पर्दामा आकर्षक तरिकाले देखाउने तयारी यसका निर्माताको छ ।

बरुणले मागेको २१ करोड रुपैयाँ पारिश्रमिकलाई यसका निर्माताले स्विकार गरेको खबर भारतीय मिडियामा उल्लेख छ । बरुण अहिले बलिउडमा नयाँ जेनेरेशनका सवैभन्दा चलेका नायक हुन् । उनी डान्समा पनि पोख्त मानिन्छन् ।

यो चलचित्रमा पहिलो पटक नायिका कट्रिना कैफ र नायक बरुण धवन एकसाथ काम गर्दैछन् । यो चलचित्रलाई फोर डीमा रिलिज गर्ने तयारी समेत यसका निर्माताको छ । अहिले यो चलचित्र नायक धवनको पारिश्रमिकलाई लिएर चर्चामा छ ।

post image

मंसिर १९, काठमाडौं । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा मानव सभ्यतामा सकरात्मक रुपान्तरण ल्याउनको निमित्त सञ्चालित सत्याकृत फाउण्डेशन ले हालै बजारमा  “सागरहरु” बोलको गीत सार्वजनिक गरेको छ।सार्वजनिक गितमा सुर साधुको स्वर रहेको छ भने बिदुर न्यौपानेको शब्द रहेको छ।

गीत सगिंतको माध्यमबाट व्यक्ति समाज तथा प्रकृति स्वयंमा पनि सकरात्मक रुपान्तरण ल्याउन सकिन्छ भन्ने दृढ विश्वासका साथ सत्याकृत फाउण्डेशन ले सत्याकृत ब्याण्ड मार्फत देशभक्ति ,गुरुभक्ति र ईष्वरभक्तिमा आधारित गीत सगिंत पस्कदैं आएको छ। सारा विश्वभरि सगिंत मार्फत सत्यको सन्देश छर्ने उदेश्यले स्थापना गरिएको यो ब्याण्डले हाल सम्म राष्टिृय तथा अन्तराष्टिृय स्तरमा ठूला ठूला सागिंतिक कार्यक्रमको आयोजना गरि सत्य अनि शान्तीको सन्देश दिदैं आएको छ।

कुलतमा फसेका अरु धेरै विकृत मानसिकता बोकेका हजारौं मानिसलाई सत्याकृत ब्याण्ड ले सगिंत र ज्ञान मार्फत सकरात्मकता तिर रुपान्तरण गरि समाजमा शान्ती र सन्तुलन बनाइ राख्न सफल हुंदै गएको दाबी  सत्याकृत फाउण्डेशन का अध्यक्ष विजय गौतमको छ।

post image

मंसिर१८, काठमाडौँ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘समर लभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रचार प्रसारलाई तिब्र बनाउन ‘साया’ बोलको गीत सार्वजनिक गरैको हो ।

गीतमा आशिष पिया र रेवती क्षेत्री देखिएका छन् । सार्वजनिक रोमान्टिक गीतमा विदेशका विभिन्न शहरका मनोरम दृश्यहरु देख्न सकिन्छ । गीतको भिडियालाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा स्वर पुष्पन प्रधान र बाँनिका प्रधानको रहेको छ  । शब्द, संगीत पनि पुष्पनको नै छ ।

प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर २५ माघबाट प्रदर्शनमा आउने फिल्म ‘समर लभ’ मुस्कान ढकालले निर्देशन गरेका हुन् । चलचित्रमा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी गलगायतको अभिनय रहेको छ ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन्, भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् । नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् । विनोद अधिकारी कार्यकारी निर्माता हुन् ।

post image

मंसिर १८, काठमाडौँ । सन् २०१८ को मिस वर्ल्डमा मिस नेपाल शृङ्खला खतिवडाले मल्टिमिडियाको साथै ब्युटी विथ पर्पोजको अवार्ड पनि हात पारेकी छिन् । मिस वर्ल्ड को अफिसियलपेज मा यस बारे जानकरी गराइएको छ भने आफ्नो सामाजिक सञ्जाल इन्सटाग्रामबाट शृङ्खलाले पनि यसबारे जानकारी दिएकी छन् ।

निकै भावुक देखिएकी शृङ्खलाले यो अवार्ड नेपालको लागि र सबै नेपालीको मायाका लागि भएको बताएकी छिन् । ‘रुँदा रुँदा आँखा सुन्निन लागिसक्यो,’ उनले भनेकी छिन् । त्यस्तै, ब्युटी विथ पर्पोजको अवार्ड जित्नु् आफ्नो लागि मिस वर्ल्डको उपाधि जित्नुभन्दा पनि ठूलो भएको बताइन् ।

यसअघि इशानी श्रेष्ठले पहिलो पटक यो उपाधि हासिल गरेकी थिइन् ।

post image

मंसिर १७, काठमाडौँ । रणवीर सिंह स्टारर फिल्म ‘सिम्बा’को ट्रेलर रिलिज भएको छ। फर्मूला एक्सन ड्रामा फिल्मको ट्रेलरमा अभिनेता सिंहलाई एक भ्रष्ट प्रहरी अधिकारीको भूमिकामा देखाइएको छ।

फिल्ममा रणवीरको जोडी सारा अलि खान बनेकी छिन्। यसैगरी सोनु सुद फिल्ममा प्रमूख खलनायकको रूपमा देखिनेछन् भने अजय देवगनलाई विशेष भूमिकामा देखिनेछ।

फिल्म सन् २०१५ मा बनेको एनटिआर अभिनित हिट फिल्म ‘टेम्पर’मा आधारित रहेको छ। फिल्मलाई रोहित, करण जोहर तथा अपूर्व मेहतासँग मिलेर संयूक्तरूपमा निर्माण गरेका हुन्।

फिल्म २८ डिसेम्बरमा रिलिज हुनेछ। दीपिकासँग विवाह गरेपछिको यो रणवीरको पहिलो फिल्म हो।

post image

मंसिर १७ , काठमाडौँ। अभिनेत्री प्रियंका चोपडा र निक जोनसको उम्मेद भवन प्यालेसमा आइतबार अबेर राती हिन्दु परम्परा अनुसार विवाह भयो ।

भारतीय संचारमाध्यमका अनुसार प्यालेसको प्लाजा एरियामा मण्डप बनाइएको थियो जहाँ बेंगलुरुबाट आएका पण्डित चन्द्रशेखर शर्माका अगुवाईमा ११ पण्डितले विवाहको मन्त्र पढे । यतिबेला जुत्ता लुकाउने कार्यक्रम पनि भयो । सोसल मिडियामा भाइरल म्यासेजका अनुसार प्रियंकाको काकाकी छोरी परिणितीले निकसँग जुत्ता लुकाईका लागि पाँच लाख डलर (पाँच करोड ५८ लाख रुपैयाँ) मागेकी थिइन् । निकले कति दिए, त्यो भने सार्वजनिक भएको छैन ।

भास्कर डट कमका अनुसार आइतबार बेलुकी उम्मेद भवन प्यालेसको स्टाफ गेट नजिक बनेको गार्डन एरियाबाट निकको जन्ती गयो । शेरवानी र चुरीदार पाइजामा लगाएका निकले तरवार पनि बाँधेका थिए । देश–विदेशका जन्तीले नाच्दै गाउँदै प्यालेसको एक चक्कर लगाए । बेहुलीको पक्षबाट मधु चोपडाले जन्तीको स्वागत गरिन् ।

विवाहमा बलिउडका कुनै स्टारको उपस्थिती भने देखिएन । जबकी शाहरुख खान, एआर रहमानबाहेक हलिउड स्टार र डब्ल्यूडब्ल्यूका रेसलर द रक भनेर चिनिने नायक ड्वेन जोनसोन र गायिका रिहानाको नाममा उम्मेद भवन प्यालेसमा कोठासमेत बुक भएको बताइए पनि कोही पनि देखिएनन् । रणबीर कपूर, आलिया भट्ट र सोनू निगम पनि आउने कुरा थियो । सुरुमा सय पाहुनाको नाम थियो तर विवाहको केही दिनअघि यो सूची दुई सय ५० पुग्यो । यसकारण उम्मेद भवनमा ६४ र अजित भवनमा ६५ कोठा बुक थिए ।

post image

मंसिर १६, काठमाडौं । माघ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘रणवीर’को एक्सन नै एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । यो टिजरले चलचित्रको मेकिङलाई बताउँछ । चलचित्रको टिजरमा नायक सुशिल सिटौलालाई एक्सन अवतारमा देखाइएको छ । सुशिलले आफूलाई यो अवतारमा ढाल्नका लागि मिहिनेत पनि गरेको देखिन्छ । उनको चलचित्रका अर्का कलाकार प्रशान्त ताम्राकारसँग टकराव परेको देखाइएको छ ।

महङ्गो लगानीमा तयार भएको यो चलचित्रलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । चलचित्रमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको छ । चलचित्रमा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । कलाकार सुशिल सिटौलाले यो भूमिकाका लागि आफूले कडा मिहिनेत गरेको बताए ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

post image

मङ्सिर १६, काठमाडौं  । चीनको सान्या नगरमा मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी नेपाली प्रतियोगी श्रृङ्खला खतिवडा हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित  भएकी छिन् । हेड टु हेड च्यालेन्जमा विजयी भएसँगै सिंगापुरकी प्रतियोगी शीर्ष ३० मा पुगेकी छिन् ।

यससँगै, श्रृङ्खलालाई शीर्ष ३० मा पुर्याउने नेपालीको चाहना अपूरो भएको छ । श्रृङ्खलाले आफू नेपालीले अपेक्षा गरे अनुरुप खरो उत्रिन नसकेकोमा माफी मागेकी छिन् । आइतबार बिहान एक भिडियो पोष्ट गर्दै उनले भनेकी छिन्, ‘ ‘हेड टु हेड च्यालेन्ज पनि जितेर टप ३० मा पुगुँ भन्ने मन थियो । नआत्तिनुहोला, अझै पनि ३० वटा मध्ये १७ वटा सिट खाली नै छन् । त्यसकारण यो अन्त्य होइन । सरी भन्न चाहन्छु, राम्रो गर्न सक्थें अझै,’ उनले थपिन् ।

उनले भनिन बिहान युट्युबमा भिडियो हेरेपछि कस्तो गल्ती गरेँ भनेर थाहा पाएँ । अझ धेरै राम्रो गर्न सक्थें । सरी नेपाल ।’

आफ्नो प्रोजेक्टबारे साढे एक मिनेटमा जानकारी दिनुसक्नुपर्ने भएकाले समयसीमाले धोका दिने हो कि भन्ने डर लागेको उनले बताइन् । उनले भनिन्, ‘ मैले एकदमै धेरै अभ्यास गरेको थिएँ । सायदै धेरै नै अभ्यास पो गरेँ कि बीचमा बोल्दा बोल्दै एक दुई लाइन भन्न छुटेको रहेछ र सायद त्यो एक आपसमा मेल खाएन । मैले बोलेका कुराहरु त्यति कनेक्टेड पनि भएन ।’

उक्त जीतका लागि सिंगापुर नै लायक भएको बताउँदै ‘युट्युबमा नेपालले जित्नुपर्दथ्यो सिंगापुरले किन जित्यो ?’ भनेर नलेख्नका लागि उनले आग्रह गरेकी छिन् । ‘ उनी पनि मेरो राम्रो साथी हुन् । म उनको लागि एकदम खुसी छु,’ उनले भनिन् ।नेपालीले गरेको यत्रो मायालाई कसरी तिर्ने होला भनेर पनि आफूले सोच्ने गरेको उनले बताइन् । ‘नेपाल आएर धेरै कामहरु गर्न मन छ,’ उनले भनिन् ।

post image

मंसिर १६, काठमाडौँ । अभिनेता आशिरमान देशराज जोशी श्रेष्ठ अभिनित ‘द ब्रेकअप’ टिमले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। फिल्मको ‘हरपल’ बोलको गीतमा बिराज गौतमको आवाज र संगीत छ। प्रकाश मल्लको शब्द रहेको गीतलाई विशेष पाण्डेले एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिरमानसँगै शिल्पा मास्के फिचर्ड छिन्।  हेमराज बिसीको निर्देशनमा बनेको फिल्ममा आशिर र शिल्पासँगै रेमनदास श्रेष्ठ, इच्छा कार्कीको अभिनय छ। फिल्ममा नरेन्द्र मैनालीको छायाँकन छ। फिल्म पौष २७ गतेदेखि प्रदर्शन हुनेछ।

post image

मंसिर १४, काठमाडौँ यो साता शुक्रबार प्रदर्शनमा नेपाली फिल्म ‘शान्ति’ र बलिउड ‘टु पोइन्ट ‌जेरो’ छन्।रजनीकान्त स्टारार प्रतिक्षित मानिएको ‘टु पोइन्ट ‌जेरो’ विहिबार नै नेपाल प्रदर्शनमा आएको हो।

‘शान्ति’लाई दिनेश लिङ्देनले निर्देशन गरेका हुन्। फिल्ममा सुशिल क्षेत्रीको मुख्य अभिनय छ। फिल्ममा हरि उप्रेतिको गीत, विकास चौधरीको संगीत, जनक कार्कीको नृत्य, राजु किराँतीको द्वन्द र जानु राईको छायाँकन छ।

‘टु पोइन्ट ‌जेरो’मा रजनिकांत र अक्षय कुमारको मुख्य अभिनय छ। फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। बलिउड कै महँगो भनिएको फिल्म ‘टु फिल्म ६,८०० पर्दाबाट विहिबार नै एकसाथ प्रदर्शनमा आएको हो। फिल्मले मल्टिप्लेक्समा राम्रै स्थान पाएको छ।

post image

मंसिर १३, काठमाडौँ । दीपक-दीपाको सिनेमा ‘छक्का पञ्जा ३’ ले पनि सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। २४ असोज घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमाले उपत्यका र उपत्यका बाहिरका गरी १३ वटा हलमा लगातार प्रदर्शन गर्दै ५१ औँ दिन पार गरेको हो।

सिनेमाले ५१ औँ दिन पार गरेको खुशियालीमा छक्का पञ्जा ३ टिमले आइतबार विशेष कार्यक्रमको आयोजना गर्ने पनि जनाइएको छ। सिनेमाले अहिलेसम्म १९ करोड ग्रस कलेक्सन गरेको बताइएको छ।

सिनेमाले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो।

त्यस्तै मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको छ।

यस अघि छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए। डिजिटल प्रविधि आएर लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने सिनेमामा छक्का पञ्जा सिरिज नै पर्छ। यसको तीन वटै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।

 फिल्ममा दीपकराज गिरी , केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठ , दिपिका प्रसाई , आदिको अभिनय रहेको छ ।

post image

मंसिर १३, काठमाडौँ । धनकुटाकी १७ वर्षीया बन्दना नेपालले लगातार १ सय २६ घण्टा नाचेर ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम दर्ता गराएकी छन्। धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९  मूर्तिढुंगाकी नेपालले गत मंसिर ७ गते शुक्रबारबाट लामो समयसम्म नाचेर विश्व कीर्तिमान कायम राख्ने उद्देश्यसहित बत्तिसपुतलीस्थित विग फुडल्याण्डमा नाच्दै आएकी थिईन।

उनले बुधबार दिउँसो ३ बजेसम्म नाचेर १ सय २६ घण्टा पु-याई विश्व कीर्तिमान राखेकी हुन्। यसअघि गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान भारत केरलाकी कलामण्डलम हेमालथाको नाममा छ।

नेपाल फाउण्डेसनका सह–संयोजक सन्तोष लामाले नेपालले लामो समयसम्म नाचेर विश्व कीर्तिमान राखेको घोषणा गरेका थिए। ‘लगातार नाच्दै आएकी नेपालले दिउँसो ३ बजेसम्म नाचेर १ सय २६ घण्टा पु-याई विश्व कीर्तिमान राखेकी छिन्। नेपालले यो देशलाई विश्वसामु चिनाउन सफल भएकी छिन्,’लामाले भने।

उनका अनुसार लगातार नाच्दै आएकाले निन्द्राका कारण मंगलबार बन्दना बेलुकी १ बजे स्टेजमै ढलेकी थिईन। ‘उनले साहस नहारी मरेपनि यही स्टेजमै मर्छु बाँचेपनि यही स्टेजमा बाच्छु। यो देशलाई विश्व सामु चिनाएरै छोड्छु भनी फेरी उठेर नाच्न थालिन्,’ लामाले भने।

भारतकी हेमालथाले सन् २०१० मा १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिजमा नाम राखेका थिए। बन्दनाले भने त्यो समयभन्दा बढी नाचेर उनको नामलाई बे्रक गरिदिएका छन्।  नेपाली भेषमा नृत्य गरेकी बन्दनाले अहिले लोप हुँदै गरेका नेपाली मौलिक गीतमा मात्रै नाचेकी थिईन।

नेपाललाई ४–४ घण्टापछि मात्रै १० मिनेट आराम गर्ने समय दिइएको थियो। उनले लगातार ७ गतेबाट १२ गतेसम्म उनले ५ रात ६ दिन नाचेकी थिईन्। कार्यक्रममा उनका आमाबुवा, हजुरआमा र भाइसमेत उपस्थित थिए।

 सानैबाट नृत्यमा राख्ने बन्दनाले म्युजिक भिडियो र विभिन्न गीतको कोरियोग्राफीसमेत गर्दे आएकी छन्। बन्दना नाचेको समय हेर्न सिर्जना अधिकारी, मनिषा राणाभातलगायत ६५ जना अन्तर्राष्ट्रिय खेलाडीहरू रहेका थिए।

post image

मंसिर १३, काठमाडौँ । बलिउड प्रियंका चोपडा र निक जोनसको विवाह कुरिरहेको छ ।यसैबीच विवाहित सेलिब्रिटीको सूचीमा अब राखी सावन्त पनि पर्ने भएकी छिन् ।

उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ । यी दुईले नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् डिसेम्बर ३१ तारिखमा लस एन्जलसमा विवाह गर्ने बताइएको छ ।  ‘कन्ट्रोभर्सी क्विन’ को नामले परिचित राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा सार्वजनिक गरेकी छिन् ।

 

post image

मंसिर १२, काठमाडौं । ४ सय ५० करोडभन्दा बढी बजेट रहेको रजनीकान्त अभिनित महंगो बजेटको बलिउड फिल्म ‘२.०’ विवादमा परेको छ । टेलिकम अपरेटरहरुले उक्त फिल्मको प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।

टेलिकम अपरेटरहरुको संगठन सीओएआईले फिल्मको ट्रेलर र प्रमोसनल भिडियोमा आपत्ति जनाउँदै रोक लगाउन माग गरेको हो । फिल्मले मोबाइल फोन कम्पनी र टावरहरुको गलत छवि प्रस्तुत गरेको संगठनको आरोप छ । यो फिल्मको विषयवस्तुलाई ‘महाहानिकारक’ भन्दै सीओएर्आइले सेन्सर बोर्डसँग फिल्मको सर्टिफिकेसन रद्द गर्न अपील गरेको छ ।

सीओएआईका सदस्यहरुमा रिलायन्स जिओ, भारती एयरटेल र भोडाफोन आइडीयाजस्ता प्रख्यात कम्पनीहरु छन् । मोबाइल फोन र टावरहरुबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक फिल्ड एमिसन पर्यावरण र मानिस तथा जनावरहरुका लागि खतरनाक हुने संगठनले दावी गरेको छ ।

यो फिल्म भोलि रिलिज हुँदैछ । २०१० मा रिलिज भएको रजनीकान्तको सुपरहिट फिल्म ‘एन्थीरन’ को सिक्वेल हो यो । फिल्म १४ भाषाहरुमा रिलिज हुने बताइएको छ । एस शंकरले फिल्मको निर्देशन गरेका हुन् । यदि सीओएआईको विरोधले ठूलो रुप लियो भने फिल्मको लगानी संकटमा पर्न सक्नेछ ।

post image

मंसिर १२, काठमाण्डौं । बलिउड नायक रणबीर कपुरकी बहिनी रिद्धिमा कपुरमाथि एक झुम्काको डिजाइन चोरीको आरोप लागेको छ । यसका लागि डिजाइनरको तर्फबाट माफीसमेत मागिएको छ ।

इन्स्टाग्राम अकाउन्टमा जारी गरिएको यो माफीमा रिद्धिमाले कहिले पनि बौद्धिक चोरीलाई प्रोत्साहन नदिएको बताएकी छिन् ।

एक इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो पेजमा मोती र हिराले बनेको झुम्काको फोटो पोष्ट गरे । उक्त डिजाइनलाई रिद्धिमा कपूरको ब्रान्डको बताइएको थियो । यद्यपी, प्रयोगकर्ताले उक्त झुम्कालाई रिद्धिमाले डिजाइन नगरेको बताउँदै यो  जापानी गहना डिजाइनर मिकिमोतो कोकिचीको जुलरी ब्रान्डबाट चोरी गरिएको दाबी गरे । रिद्धिमाले जुन तस्बिर सेयर गरिन् त्यो पनि मिकिमोतोको वेबसाइटबाटै लिइएको प्रयोगकर्ताले दाबी गरे ।

मिकिमोतो कोकिची मोतीका गहनाका जापानी डिजाइनर एवं मिकिमोतो ब्रान्डका संस्थापक हुन् । उनलाई ‘किंग अफ पर्ल’को नामले पनि चिनिन्छ । सबैभन्दा पहिले मोतीलाई आकार दिएर त्यसलाई गहना बनाउने श्रेय उनैलाई जान्छ ।

post image

मंसिर १२, काठमाण्डौं । विश्वविख्यात तबला संगीतज्ञ एवम् पद्म भूषण उस्ताद जाकिर हुसेनको सांगीतिक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। भारतीय  दूतावासको आयोजनामा मंगलबारसाँझ दूतावास परिसरमा आयोजित कार्यक्रममा राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थीलगायत विभिन्न क्षत्र र पेशाका करिब १ हजारभन्दा बढी व्यक्तिको उपस्थिति थियो।

कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए ।

उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन् । उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय बनाएको छ । उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समय सम्म सम्झी सहनेछ ।

कार्यक्रमको प्रमुख अतिथि प्रधानन्यायाधीश ओमप्रकाश मिश्र थिए । उनी श्रीमतीसहित कार्यक्रममा सहभागी भएका थिए ।

यसैगरी मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, सभामुख कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ, कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, नेता अर्जुननरसिंह केसी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर जबरा, प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी थिए ।

भारत–नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई बरकरार रख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तराल पछि आयोजना भएका हो।

post image

मंसिर १२, काठमाण्डौं । भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् ।कपिल शर्माले आफ्नो ट्वीटर ह्यान्डलबाट ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै विवाहको निम्तो कार्ड पोस्ट गरे । कार्डमा उनीहरुको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ ।

कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । गिन्नी चतरथ पंजाबको जालन्धरकी हुन् । दुबै निकै अघिदेखि सम्बन्धमा भएको बताइन्छ ।

post image

मंसिर ११,काठमाडौँ । ‘द कपिल शर्मा सो सिजन २’ प्रशारणमा आउने भएको छ। सोनी टिभीले माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत सोको प्रोमो पनि सार्वजनिक गरेको छ। पछिल्लो समय कपिल र सुनिल ग्रोभर (डाक्टर गुलाटी)को विवादका कारण सोको प्रशारण बन्द भएको थियो।

 सोले दर्शकमा लोकप्रियता कमाएको थियो। ‘सिजन २’लाई कपिलले नै संचालन गर्नेछन्। सोसँगै कपिल विवाहको तयारीमा छन्। उनी यहि डिसेम्बरमा विवाह गर्दैछन्।

Embedded video

Sony TV

@SonyTV

Poore India ko ek saath hasaane aa raha hai ! Jald hi sirf Sony par. @KapilSharmaK9

777 people are talking about this

 

post image

मंसिर ११, काठमाडौँ । विश्व चर्चित कलाकार ज्याकी च्यानकी छोरीले समलिंगी विवाह गरेकी छन्। १९ वर्षिया एटा एनजीले क्यानडाकी एण्डी अटमसँग विवाह गरेकी हुन्।

एण्डी क्यानडाको सामाजिक संजालमा प्रचलित नाम हो। एनजीले इन्स्टाग्राममा फोटो पोस्टगर्दै आफूले विवाह गरेको खुलासा गरेकी हुन्।  उनले क्याप्सनमा भनेकी छन्,‘प्रेमको सधै जित हुन्छ। सधै।’ उनले आफूहरु हङकङ ‘श्रीमती र श्रीमती’को रुपमा फर्किएको समेत बताएकी छन्।

 

 

post image

मंसिर १०,काठमाडौँ । १७ वर्षीय बन्दना नेपाल गिनिज बुक वल्र्ड रेकर्डमा नाम राख्ने उद्देश्यसहित नाच्न थालेकी छिन् । गिनिज बुकमा लामो समयसम्म नाचेको कीर्तिमान इन्डिया केरलाकी कलामण्डलम हेमालथाको नाममा छ । उनले गत शुक्रबारबाट नाच्न थालेकी उनले अहिलेसम्म ५५ घन्टा नाचिसकेकी छिन् । धनकुटा महालक्ष्मी नगरपालिका वडा न. ९ मूर्तिढुंगाका बन्दना अहिले  बत्तिसपुतलीस्थित विगफुडल्यान्डमा नाचिरहेकी छिन्।

उर्जा मन्त्री बर्षमान पुन र पर्यटन तथा संस्कृत मन्त्री रविन्द्र अधिकारीको आतिथ्यमा समुद्घाटन गरेपश्चात गत शुक्रबार विहान ९ बजेबाट नाचेकी थिइन् । नेपाली भेषमा नृत्य गरेकी नेपालले अहिले लोप हुँदैँ गरेका नेपाली मौलिक गीतमा मात्रै नाच्ने आएकी छिन्।

नेपाल फाउन्डेसनका सह संयोजक सन्तोष लामाले बन्दनाले अहिलेसम्म ५५ घण्टा नाचिसकेको बताए । उनले भने, ‘अहिले सम्म ५५ घण्टा नाचिसकेकी छिन् । उनको नाच्ने क्रम जारी रहेकोले सोही समयसम्म नाचेर नेपाल विश्वसामु चिनाउने विश्वास लिएका छौँ ।’ उनका अनुसार अहिलेसम्म उनको स्वास्थ्यमा केही असर देखिएको छैन् ।  उनको स्वास्थ्य सुरक्षाको  लागि डाक्टरहरूसमेत ल्याइएको छ । उनले थप ब्रेक समय भने मागेकी छन् । ४/४ घण्टाको समयमा ५ मिनेट मात्रै बिसाउन पाउने पहिले नियम रहे पनि अहिले भने उनले १० मिनेट आराम गर्न पाउने छिन्।

लगातार १ सय २६ घण्टा नाचेर गिनिज बुक अफ  वल्र्ड रेर्कड राख्ने बन्दनाको लक्ष्य छ । भारतीकी हेमालथाले  २०१० मा १ सय २३ घण्टा १५ मिनेट नाचेर गिनिज बुक अफ  वल्र्ड रेर्कडमा नाम राखेकी थिइन् । बन्दनाले यो रेकर्ड ब्रेक गर्न १२ गतेको दिउँसो करिब ४ बजेसम्म नाच्नु पर्ने छ ।  अर्थात् उनले  ६ दिन नाच्ने छिन् । अहिलेसम्म उनले ३ दिन नाचेकी छिन्।

post image

मंसिर १०,काठमाडौँ । दीपिका पादुकोण र रणवीर सिंहको विवाहको चर्चा सेलाउन नपाउंदै प्रियंका चोपडा र निक जोनसको बिवाहले अहिले बलिवुड तातेको छ । उनीहरु यहि डिसेम्बर २ मा जोधपुरमा विवाह गर्दैछन्। विवाहका लागि हलिउड गायक निक पनि भारत आइसकेका छन्।

प्रियंका फिल्म ‘द स्काई इज पिंक’को सुटिङका लागि दिल्लीमा थिइन्। निक प्रियंकालाई भेट्न दिल्ली पुगेका थिए।

त्यसपछि दुवैजनासँगै मुम्बइदेखि जोधपुर उडेका हुन्। नोभेम्बर २९ बाट सुरु हुने विवाह कार्यक्रम डिसेम्बर २ सम्म चल्नेछ। निक र प्रियंकाको प्रेम भने मेट गालाको भेटबाट सुरु भएको हो। गत अगस्टमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए।

post image

मंसिर ९, काठमाडौँ । चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । माघ २५ गतेलाई प्रदर्शन मिति तोकिएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । सुविन भट्टराइको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर यो चलचित्र तयार पारिएको छ ।

चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा पुष्पन प्रधानको शब्द तथा संगीत, सामिप्यराज तिमिल्सिनाको पटकथा, सुविन भट्टराइको कथा छ ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन, मानकृष्ण महर्जनको छायांकन, संजय लामाको डीओपी(डिरेक्टर अफ फोटोग्राफी) छ । चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी छ । चलचित्रको टिजर निकै आकर्षक छ । यो टिजरले चलचित्रप्रतिको दर्शकको उत्सुकता अझै बढ्नेछ ।

post image

मंसिर ९, काठमाडौँ । चलचित्र ‘सुश्री सम्पति’ले ट्रेलर सार्वजनिक गरेको छ ।  चलचित्रको प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको राजधानीमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गर्ने संघर्ष समेटेको छ ।

सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपान, प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतका कलाकार देखिएको ट्रेलर आकर्षक लाग्छ ।

रंग पत्रकार सुव्रत आचार्यको निर्देशनरहेको चलचित्रमा सलोन, सारा, बिनोद, प्रमोद र राजारामको अलवा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रमा स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।

post image

भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ ।  जुन भिडियो २२ नोेबेम्बरमा रिलिज भएको हो ।

टिजरमा साराका कपडा तथा उनको अभिनय साथै ‘न्यूड सीन’ पनि प्रशंसा भइरहेको छ भने कसैले आलोचनात्मक कमेन्टस पनि दिईरहेका छन् । केहि दर्शकले भने सारालाई मुस्लिम हुँदाहुँदै पनि यस्तो नगर्न सुझाव दिएका छन् । उनीहरुले सारालाई पैसाको लागि जेसुकै गर्ने भन्दै धर्म परिवर्तन गर्न सुझाव दिएका छन् ।

उनका प्रशंसकहरुले उनलाई भने उक्त अवतारमा देख्दा धेरैजनालाई विश्वास गर्न मुश्किल भएको बताएका छन् ।

post image

 मंसिर ९, पाल्पा । तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ । शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र सेकेण्ड रनर अपका रुपमा ओमप्रकाश सिञ्जाली बन्न सफल भएकी हुन् ।

गत पुस १५ गतेदेखि शुरु भएको ‘पाल्पा लोक आइडल’मा बगनासकालिका नैना परियार, रम्भा गाउँपालिकाका ओमप्रकाश सिञ्जाली र कमल नेपाली, रामपुरका दिलीप मानन्धर र निस्दी गाउँपालिकाकी धनमाया दिसुवा उत्कृष्ट पाँचमा प्रतिपस्र्धा भएको थियो ।

जिल्लाको दशवटै स्थानीय तहमा सञ्चालन भएको अडिसनबाट १३८ प्रतिस्पर्धी छनौटमा हुँदै पाँच जनाबीच अन्तिम राउण्डमा प्रतिपस्र्धा भएको थियो । कार्यक्रममा राजनीतिक वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डेले स्थानीय कला, लोकसंस्कृतिको जगेर्नाका लागि सबैले चासो दिनुपर्ने बताए । पश्चिमी संस्कृतिका कारण नेपाली संस्कृति हराउँदै गएकाले नेपाली लोकसंस्कृतिको संरक्षण आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा ५ नं प्रदेशका सांसद डा पुरन बज्रचार्य, वीरबहादुर राना, नेकपाका खिमान्द्र पाण्डेय, नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्य, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसी, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती र पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर सारु, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनालले हराउँदै गएको लोकसंस्कृति संरक्षणका लागि लोक आइडल प्रतियोगिता आवश्यक रहेको विचार व्यक्त गरे ।

post image

मंसिर ७, काठमाडौं । चलचित्र ‘प्रेमलिला’को फस्टलुक सार्वजनिक भएको छ । नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको  चलचित्रको फस्टलुकमा अर्का कलाकार मौसम खड्का पनि अटाएका छन् । पोष्टर हेर्दा चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोेकेको वुझ्न सकिन्छ ।

२ देशमा बस्ने यूवा यूवतीको प्रेम सम्बन्धलाई चलचित्रले उठान गरेको छ । चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । नायिका खड्काको कथा रहेको चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी छ । माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकमा नायिका खड्काका दोहोरो अवतार देखिएको छ ।

post image

मंसिर ६, काठमाडौं। फ्राइडे रिलिज अन्तर्गत आजबाट एकमात्र चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ । सधै दुई वा सो भन्दामाथी संख्याका चलचित्र प्रदर्शनमा आउने गरेपनि आज ‘ड्रिम गर्ल’ले एकल प्रदर्शन अवसर पाएको हो ।

‘ड्रिम गर्ल’ आकाश श्रेष्ठ र आश्मा गिरी अभिनित चलचित्र हो । यो दुबै कलाकारको अग्नि परिक्षाको रुपमा हेरिएको छ । किनभने ‘ड्रिम गर्ल’ आकाशले सोलो हिरोको रुपमा काम गरेको र आश्माको डेब्यु  चलचित्र हो ।

ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्रमा आकाश र आश्माको अलवा विल्सन विक्रम राई, शिशिर भण्डारी, सरोज खनाल, अर्जुन श्रेष्ठ, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतले समेत अभिनय देख्न सकिन्छ । चलचित्रले प्रेमकथा बिषयको बस्तुको रुपमा उठाएको छ ।

post image

मंसिर ६, काठमाडौं । बलिउडका चर्चित जोडी करिना कपुर र सैफ अली खानका छोरा तैमुर अली खान निकै चर्चित स्टारकिडमध्येका एक हुन् । उनको चर्चा यति छ कि उनको एउटा तस्बिरको मूल्य १५ सय भएको बताइन्छ जुन कुनै सुपरस्टारको भन्दा बढी हो । तैमुरको लोकप्रियतालाई मध्य नजर गर्दै खेलौना व्यापारीले उनीझैं देखिने खेलौना बजारमा भित्र्याएका छन् ।

खेलौना प्रति के भन्छन त सेफ र करिना

छोरा झैं देखिने खेलौना बजारमा आएकोमा करिनाले असन्तुष्टि व्यक्त गरेकी छिन् । एक मिडिया च्यानलसँग कुरा गर्दै करिनाले सुरुमा त आफू त्यो देखेर डराएको बताइन् । उनी भन्छिन्, ‘हुन त तैमुरलाई अटेन्शन मनपर्छ । उनी क्यामराको अगाडि हाइ र बाई गर्छन् ।’

‘जब मैले खेलौना देखें तब के गर्ने कसरी गर्ने भन्नेबारे सोच्नै सकिनँ । म र सैफ दुबैलाई थाहा छ कि मिडियालाई तैमुरका कारण निकै फाइदा छ र यो अटेन्शन उसको जीवनको हिस्सा हो ।  उनी थप्छिन्, ‘तर यति हुँदाहुँदै म र सेफ यो चाहन्छौं कि तैमुर अरु बच्चाजस्तै साधारण होस् । जसको बाँच्ने तरिका निकै सादा होस् ।’

‘मलाई अचम्म लागेको छ कि तैमुर खेलौनो देखेर सैफ निकै रिल्याक्स थिए,’ उनले भनिन् ।  सेफको भनाई उद्धृत गर्दै करिना भन्छिन्, ‘यो एउटा आशिर्वाद हो । हाम्रो छोरालाई सबैले यति धेरै मन पराउँछन् । त्यसकारण हामी यसलाई रोक्न सक्दैनौं । अचानक यसको आवत जावतमा रोक लगाउन सक्दैनौं । ’

post image

मंसिर ६, काठमाडौँ। प्रदीप खड्का र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को छायाँकन सकिएको छ । ललितपुरको गोदावरी रिसोर्टमा फिल्मको ‘इन्ड क्लाप’ सम्पन्न भएको हो।

फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। निर्देशक घिमिरेका अनुसार फिल्मको सबै दृष्यको छायाँकन सकिएको छ। प्रेमकथामा आधारित फिल्मको छायाँकन दार्जलिङ, फिक्कल, इलाममा भएको हो।

फिल्ममा प्रदीप र जसितासँगै  रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याललगायतको अभिनय छ। काफिया फिल्मस्को ब्यानरमा बनेको फिल्ममा आलोक शुक्लाको छायाँकन, शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ।

post image

मंसिर ६, काठमाडौँ । बलिउड अभिनेत्री प्रियंका चोपडा एवं उनकी आमा डा. मधु चोपडाको निर्माणमा बनेको सिक्किमेली–नेपाली फिल्म ‘पाहुना–द लिटल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रियंकाको प्रोडक्सन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा आमा–बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । फिल्ममा इसिका गुरुङ र अनमोल लिम्बु मुख्य भूमिकामा देखिएका छन् ।

यसमा दिदी र दाइले भाइको सुरक्षाका लागि के कस्तो समस्या खेपेका छन् भन्ने बारे देखाइएको छ ।

उक्त फिल्म नेपालमा मंसिर २१ गते रिलिज हुँदैछ । त्यही दिन नम्रता श्रेष्ठ, बिपिन कार्की र निश्चल बस्नेत अभिनित चलिचित्र प्रसाद पनि रिलिज हुँदैछ ।

post image

मंसिर ५, काठमाडौँ  ।  चलचित्र ‘ए मेरो हजुर ३’ र “यात्रा अ म्यूजिकल भ्लग’” भिड्ने लगभग पक्का भएको छ  । चैत्र २९ गतेको डेटलाई निर्माता सुनिलकुमार थापाले तय गरेका थिए भने निर्माता केशव भट्टराइले आफू निर्मित  चलचित्र ‘यात्रा’को प्रदर्शन मिति पनि चैत्र २९ गतेलाई तोकिदिएपछि २ ठूला ब्यानरका चलचित्रको भिडन्त पक्का भएको हो ।

‘ए मेरो हजुर ३’मा नायक अनमोल केसी र नायिका सुहाना थापा मुख्य भूमिकामा छन् । चलचित्र ‘यात्रा’मा सलिनमान बनियाँ र मल्लिका महत्त मुख्य भूमिकामा छन् । अब, यो भिडन्तलाई अनमोल र सलिनको स्टारडमको लडाइको रुपमा हेर्न थालिएको छ ।