post image

सिड्नी । नेपालको रौतहट जिल्लामा जन्मीएका र करीव १० बर्ष चितवनमा बिताएका ३६ बर्षिय रञ्जित शाह अध्ययनका लागि एक दशक अघि अष्ट्रेलिया प्रबेश गरेका थिए । प्रारम्भमा जे गरेर भएपनि अष्ट्रेलीयामा टिक्नु पर्छ भन्ने मनशायकासाथ आफ्नो काम शुरु गरेका रञ्जितले सन् २०१५ मा रामा फ्यासिलीटी म्यानेजम्यान्ट प्रालि कम्पनी शुरु गरे । नेपाल तथा बिश्वका बिभिन्न मुलुकहरुवाट अध्ययनका शिलशिलामा यहाँ आएका विद्यार्थीहरुलाई सजिलै काम प्राप्त होस् र उनिहरुले आफ्नो अध्ययन सँगसँगै यहाँ बस्नका लागि पनि सहज होस् भन्नका लागि सानो स्केलमा ब्यवसाय शुरु गरेका रञ्जितले हालका दिनसम्म आईपुग्दा करीव २ सय जनालाई काम दिईरहेका छन् । क्लिीनिङ्ग क्षेत्रमा राम्रो स्कोप देखेका रञ्जितले त्यही क्षेत्रमा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि मार्फत काम गरीरहेका छन् । रञ्जितले केवल अष्ट्रेलियाको सिड्नीमा मात्रै नभएर रामा फ्यासिलिटि प्रालि मार्फत नेपालमै ब्यावसाय संचालन गर्ने तयारीमा जुटेका छन् । अष्ट्रृेलियामा मिहेनत गरेर अघि बढ्ने हो भने निकै सम्भावना रहेको बताउने ,रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिका प्रबन्ध निर्देशक रञ्जित शाहसँग अनलाईनसमय डटकमले गरेको कुराकानी ।

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

मेरो अष्ट्रेलियाको पारामाटामा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि रहेको छ । यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यार्थीहरुदेखि लिएर कामको खोजीमा रहेकाहरुलाई सजिलै काम प्रदान गर्दछ । त्यसरी नै यस कम्पनी मार्फत हामीले काम खोज्न आउनेहरुलाई क्लिनिङ्ग सम्वन्धी काम, उचित परामर्श, विद्यार्थीह्रुका लागि कोठा भाडा,गाडी चलाउन सिकाउने लगायतका कुराहरु तथा सहयोग गरीरहेका छौं ।

दिनचर्या कस्तो चलिरहेको छ ? सधै फोनमै झुम्मीरहेको देख्छु ?

हो हेर्नुस् न बिहानदेखि अहिलेसम्म फोन बजेको बज्यै छ । यहाँले देखिनै रहनु भएको छ । मेरो दिनचर्या भनेकै हामीले काम गरीरहेका सिड्नीका बिभिन्न क्षेत्र तथा स्थानहरुमा के कस्तो काम भईरहेको छ, हाम्रो कामप्रतिको सन्तुष्टी कस्तो छ ,हाम्रा साथीहरुले के–कसरी काम गरीरहनु भएको छ, उहाँहरुको अवस्था तथा उहाँहरुको कामको बारेमा बिहानै जानकारी लिने गर्दर्छु । त्यसरी नै कसैलाई केही समस्या भएको अवस्थामा म आफै त्यही स्थानमा पुगेर उनिहरुलाई सघाउ पुग्ने का मगर्दै आईरहेको छु । त्यसरी नै फोनमा समेत हाम्रा कर्मचारी तथा सहकर्मीहरुले के कसरी काम गरीरहेका छन् भन्ने बारेमा निरन्तर रुपमा अपडेट लिने काम गर्ने गर्दर्छु । त्यती मात्रै होईन, कामका लागि आईपर्ने समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा निरन्तर क्लाईन्टसँगको सम्वन्वय सहकार्य र आपसी सरसल्लाहमा कामहरु अघि बढाईरहेका छौं । अब फोनको कुरा गर्नु पर्दा यही फोनकै भरमा मैले सबै कर्मचारीदेखि लिएर काममा गएका साथीहरुसँग सम्पर्क गर्ने भएकाले मात्रै ब्यस्थ भएको देखिन्छ ।

तपाईको अष्ट्रेलिया अनुभव बताई दिनुस् न ?

सन् २००८ को डिसेम्बरमा म अष्ट्रलिया आएको हुँ । साथीभाईहरुको सहयोगमा यहाँ केही कामहरु गर्न थाले । त्यो बेला बिश्वमा नै कामको निकै संकटको अवस्था थियो । त्यस्तो अवस्थामा मैले काम पाउँदा म निकै खुशी भएँ । मैले पहिलो दिन काम सिड्नीवाट करीव ६० किलोमिटर टाढा क्यामदेनमा रेष्टुरेन्ट क्लिनिङ्गको पाएको थिए । जहाँपुग्न १३ डलर भाडा लाग्थ्यो भने मैले दिनभर काम गरेको ४७ डलर पाएको थिए । तर त्यही काम र त्यही ४७ डलर नै मेरो लाईफको टर्निङ्ग प्वाईन्टका रुपमा रह्यो । मैले त्यस पछि निरन्तर रुपमा क्लिनिङ्गको कामहरु गर्दै गएँ । मलाई यति भनिरहँदा गर्भ महशुष हुन्छ कि, अरुले ११ बर्षमा थुप्रै विश्वविद्यालयका डिग्री लिए होलान् तर मैले क्लिनिङ्ग सेक्टरमा पिएचडी गरेको जस्तो महशुष हुन्छ । हालका दिनसम्म पनि सो रेष्टुरेन्ट मैले संचालन गरीरहेको कम्पनी मातहतवाट सेवा लिईरहेको छ र मैले सेवा प्रदान गरी नै रहेको छु । सन् २०१५ मा आएर मैले अब आफुले मात्रै काम गरेर हुदैन अरु साथीहरुलाई र नेपालवाट आएका विद्यार्थीह्रुलाई पनि काम दिनु पर्छ भन्ने मनशायकासाथ रामा फ्यासिलिटि प्रालि संचालन गरीरहेको छु र हालका दिनमा आईपुग्दा हाम्रो कम्पनीमा करीव २ सयको हाराहारीमा साथीहरु काम गरीरहेका छन् । यो नै मैले मेरो सफलता मानेको छु भने सयौ विद्यार्थीहरुलाई यसरी काम लगाउन पाउँदा म निकै खुशी छु र आगामी दिनहरुमा समेत यो पेशामा दृढताकासाथ लागीरहने प्रतिबद्धता जनाउादँछु ।

अष्ट्रेलिया अध्ययन गर्न आईरहेका र आउन चाहने विद्यार्थीलाई यहाँको सुझाव के छ ?

सबैभन्दा पहिला त तपाईहरु अध्ययन गर्न आउनु भएको छ भने अध्ययनलाई पहिलो प्राथमिकता दिनुस् । अध्ययन सँगसँगै तपाई यहाँ बाँच्नका लागि पनि काम त गर्नेपर्छ । अर्को कुरा तपाई अष्ट्रेलिया अध्ययनका लागि आउँदै हुनुहुन्छ भने नेपालमै राम्रोसँग गाडी चलाउन सिकेर नेपाली लाईसेन्स लिएर आउनुस् । किनकि नेपाली लाईसेन्सले अष्ट्रेलियामा गाडी चलाउन पाईन्छ । गाडी चलाउन जान्यो र तपाईसँग गाडी छ भने यहाँ काम पाउन र गर्न निकै सजिलो हुन्छ । त्यसरी नै यहाँ अष्ट्रेलियामा केवल किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक र ब्यवहारीक सिप हुनु जरुरी छ । सिप भयो भने तपाईले यहाँ काम सजिलै पाउन सक्नुहुन्छ । त्यसैले म सबै विद्यार्थी तथा अभिभावकहरुलाई के भन्न चहान्छु भने तपाई आफ्ना नानीबाबुहरुलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउँदै हुनुहुन्छ भने केही सिप सिकाएर पठाउनुस् ।

अर्को कुरा यहाँ अध्ययन गर्न आउने विद्यार्थीह्रुले समेत के ध्यान दिनु जरुरी छ भने अष्ट्रेलियामा कुनै डलरको रुख छैन कि, यहाँ आउने बित्तिकै पैसा फलिहाल्छ, त्यसैले तपाईहरु जहाँ जे पढ्न आउँदै हुनुहुन्छ, कम्तीमा एक बर्षको फि नेपनलवाटै तिरेर आउनुस्, त्यसले तपाईलाई यहाँ काम गर्न तथा अध्ययन गर्न निकै सजिलो हुनेछ । नत्र भने तपाईलाई निकै आर्थिक समस्या पर्न सक्दछ । किनकी यहाँ भन्ने बित्तिकै काम पाउन त्यती सजिलो छँदै छैन ।

अष्ट्रेलियाको सिड्नीमा यहाँले थुप्रै विद्यार्थीहरुलाई काम दिईरहनु भएको छ ? उनिहरुसँगको काम गराईकोे सुझाव कस्तो रहेको छ ?

जनकजी, तपाईले निकै रमाईलो प्रश्न गर्नुभयो,यहाँ अध्ययन गर्न आएका जति पनि  विद्यार्थीहरु छन् । सबै नयाँ हुन्छन् । उनिहरुलाई यहाँको अवस्थाका बारेमा र कामको बारेमा खासै जानकारी हुदैन । हाम्रोमा त्यस्ता थुप्रै विद्यार्थीहरु आउँछन् । हामीले उनिहरुलाई काम सिकाएर काम पनि दिन्छौं । त्यती मात्रै होईन, हामीले नयाँ विद्यार्थीहरुलाई कसरी यहाँ कोठा लिने, कसरी बस्ने, कसरी काम खोज्ने, कसरी काम दिने र के काम गर्दा कस्तो हुन्छ , अष्ट्रेलियामा कसरी सफल जिवन बिताउन सकिन्छ भनेर पूर्ण रुपमा काउन्सिलिङ्ग गर्ने गर्दछौं । अब प्रसंग रह्यो, नेपाली विद्यार्थीहरुले कस्तो परफमेन्स गरीरहेका छन् भने यहाँ आएका र काम गरीरहेका जति पनि विद्यार्थीहरु छन् उनिहरुले निकै राम्रो परफमेन्स गरीरहेका छन् । उनिहरुको काम देखि सबै जना निकै खुशी छन् । नेपालीहरुले अरुलेभन्दा बढी मिहेनत गर्ने भएकाले पनि यहाँ निकै सफल भएर उद्यमी बनीरहेको मैले देखेको छु ।

नेपालमा अझै पनि सबल दक्ष र सक्षम जनशक्ति पाउन निकै गाहे छ ? तर तपाईले संचालन गरीरहनु भएको ब्यवसायमा थुप्रै दक्ष जनशक्तिहरु काम गरीरहेका छन् । नेपाललाई सिपयुक्र जनशक्ति तयार पार्नका लागि के गर्नु पर्ला जस्तो लाग्छ ?

हेर्नुस्,यो अष्ट्रेलियामा तपाईसँग सिप छैन र ब्यवहारीक ज्ञान छैन भने बाँच्न नै निकै कठीन हुन्छ । नेपालको शिक्षा नै बढी घोकन्ते र किताबी भएकाले पनि त्यहाँ बढी प्रयोगात्मक र सिपयुक्त जनशक्ति उत्पादन हुन नसकेको मैले महशुष गरेको छु । तर पछिल्लो समयमा आएर नेपालमा पनि बिभिन्न प्राविधिक तथा ब्यावसायीक शिक्षण संस्थाहरु खुल्दै जानु, टेफका कोर्षहरु नेपालमै संचालन हुनुलाई मैले सकारात्मक रुपमा लिएको छ ु । त्यसरी नै अब नेपालमा पनि विद्यार्थीहरुलाई सिपयुक्त र प्राविधिक शिक्षा प्रदान गर्दै अघि बढेको खण्डमा नेपालको पढाई निकै नै उत्कृष्ठ छ भन्ने मलाई लाग्दछ । यही अष्ट्रेलियाकै ठूला–ठूला युनिभसिर्टीहरु समेत नेपाली विद्यार्थीले टप गरीरहेको हामीले सुन्दछौं । त्यसैले अव सरकारले प्राविधिक, ब्यवासीक र सिपयुक्त शिक्षा तर्फ जोड दिनु जरुरी छ ।

तपाई त  एसोसिएसन अफ तराई ईन अष्ट्रेलीया एन्टाका उपाध्यक्ष समेत हुनुहुन्छ ? नेपाली समुदाय र नेपालको लागि यस संस्थाले के–कस्ता कामहरु गर्रीरहेको छ ?

हो यहाँले भने जस्तै म अष्ट्रेलीयामा रहेको एसोसिएसन अफ तराई ईन अष्ट्रेलियाको उपाध्यक्ष हुँ । यो संस्था भनेको तराई मधेशका बिभिन्न जिल्लाहरुवाट अष्ट्रेलीया आएकाहरुको साझा चौतारी हो । हामीले एन्टा मार्फत बार्षिक रुपमा छठ, होली लगायतका बिभिन्न साँस्कृतिकपर्वहरु समुदायसँग मिलेर मनाउँदै आईरहेका छौं । त्यसरी नै हामीले आफ्नो देशको लागि केही गर्नु पर्छ भन्ने सोच बनाएर एन्टा मार्फत हरेक बर्ष तराई मधेशमा रहेका जेहेन्दार बिद्यार्थीहरुका लागि पाँच लाख रुपैंयाको छात्रबृती प्रदान गर्दै आईरहेका छौं । जुन छात्रबृती अन्र्तगत यस बर्ष जिवित शहीद सप्तरीका देवनारायण विश्वासका छोराले काठमाण्डौमा सिएको अध्ययन गरीरहेका छन् । त्यसरी नै हामीले बिभिन्न सामाजिक क्षेत्रमा समेत एन्टा मार्फत र मैले ब्यक्तिगत तवरले समेत काम गरीरहेको छु ।

अष्ट्रेलियाको  सिड्नीमा रामा फ्यासिलिटि प्रालिले जे जसरी काम गरीरहेको छ , यसलाई नेपालसम्म पुर्याउने कुनै योजना छ त तपाईसँग ?

पक्कै पनि जनकजी, रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले निकट भबिष्यमा नै काठमाण्डौमा एक गुणस्तरीय सेवा प्रदायक संस्था स्थापना गर्ने तयारी गरीरहेको छ । अन्तराष्ट्रिय सिपलाई नेपाली बजारसम्म पुर्याउने उद्धेश्य सहित रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले नेपालमा पलम्बीङ्ग, ईलेक्ट्रीसियन, क्लिनिङ्ग लगायतका गुणस्तरीय सेवाहरु आम उपभोक्ता समक्ष पुर्याउने योजना सहित हामी अघि बढीरहेका छौं । म यहाँलाई जोड्न चाहन्छु, तपाईको घरमा धारा बिग्रियो पानी आएन, यदी तपाईले पलम्बर खोज्न जानुहुन्छ भने कहाँ पाउने, कुनै स्थायीत्व नै छैन र पाएको खण्डमा पनि मलाई फुर्सद छैन, यति दिनपछि आउनुस् भन्ने जवाफ आउँछ । त्यसैले हामीले संचालन गर्ने रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले सबै सेवाहरु अनलाईन मार्फत निश्चित समयमा प्रदान गर्नकै लागि नयाँ सोच, नयाँ बिचार र अन्तराष्ट्रिय स्तरको सेवा दिने मनशाय सहित नेपालमा लगानी गर्न ईच्छुक रहेका छौं । छिट्टै तपाईहरुको सेवामा हाजीर हुने प्रतिबद्धता जाहेर गर्दछौं । धन्यवाद ।

post image

दिपक पौडेल,माघ २६, काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।
हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् ।

 

हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल चन्द्रागिरी डाँडोमा बढेको छ ।

विभिन्न उमेर समूहका व्यक्तिहरु हिउँको मजा लुटिरहेका छन् ।

यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो ।

post image

माघ २४, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ । दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ ।

काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेलले जानकारी दिए ।‘पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भइरहने छ’, मौसमविद् पौडेलले भने । सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसमपूर्वानुमान महाशाखाले औंल्याएको छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविदले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

post image

माघ १७, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन्। उनले दमकमा आजदेखि सुरू हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन्। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। त्यसैगरी, प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ। विसं २०२६ बाट चन्द्रगढी–काठमाडौं उडान भर्न सुरू गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए।

उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौंसम्मका उडान भरिरहेका छन्। फ्रेब्रुअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडान समेत गरिसकेको छ। रासस

post image

माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत जनस्तरको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताएका छन्। विश्वका अरू कुनै दुई देशबीच यस किसिमको प्रगाढ सम्बन्ध नरहेको चर्चा गर्दै उनले यस किसिमको द्विपक्षीय सम्बन्ध प्राचीनकालदेखि रहेको उल्लेख गरे।

भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा जोड दिए। वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘इन्ट्रिगे्रटेड चेक पोस्ट’ले वस्तु तथा सामग्री आदानप्रदानमा ठूलो सहयोग पुगेको उनले जानकारी दिए। उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रूपमा सञ्चालनमा आएको उल्लेख गरे।

काठमाडौं–दिल्ली मात्रै नभएर अहिले काठमाडौं–बोत्रगया, जनकपुर–अयोध्या, जनकपुर–पटना, नेपालगन्ज–लखनउलगायत सीधा बस सेवा सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेका छन्। बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ।’ नेपाल–भारत द्विपक्षीय सम्बन्धको केन्द्रबिन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेको भन्दै आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि काठमाडौं र नेपालका अन्य सहरहरूमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि उनले जानकारी गराए।

post image

माघ ११, काठमाडौं । छिमेकी राष्ट्र भारतको ७० औ गणतन्त्र दिवसको अवसर पारेर नेपाल– भारत मैत्री संस्थाले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर पार्न मद्धत मिल्ने उद्धेश्यसहित कार्यक्रमको आयोजना गरीएको थियो ।

काठमाण्डौको होटल अन्नपूर्णमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिलसिंह पुरीले नेपाल र भारतको बर्षौदेखिको सम्बन्धले सामाजिक, आर्थिक,राजनीतिक, सामाजिक र साँस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्धत मिलेको बताएका थिए ।


कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री अभियानका अध्यक्ष सूर्य भुषालले नेपाल र भारत बिचको सम्बन्धलाई सुदृढ बनाउनका लागि पनि नेपाल भारत मैत्री अभियान जारी रहेको र यस अभियानमा लाखौको संख्यामा नेपालीहरु सहभागी भईरहेको धारणा राख्नु भयो ।

अध्यक्ष भुषालले आगामी दिनहरुमा पनि नेपाल र भारतबिचको सम्बन्ध, ब्यापार ब्यवसाय र साँस्कृतिक तथा बिभिन्न क्षेत्रमा भारतले गरीरहेको सहयोगले महत्व राख्ने बताए । कार्यक्रममा बिभिन्न राजनीतिक दलका सभासद्हरु, मन्त्रीहरु लगायत सयौको उपस्थिती रहेको थियो ।

post image

मंसिर २०, काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।  बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ । हेमाद्रीलगायत धर्मशास्त्रका पुस्तकमा वर्णन गरिएअनुसार धानको सय गेडा छर्ने विधि भए पनि हाल कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छर्ने गरेका छन् ।

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ । यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए ।

यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको थियो । विगत वर्षमा त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु भक्तजन चिसोले कठ्याङ्ग्रिने गरेका थिए । पशुपतिसँगै उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरमा भक्तजनले दिवङ्गत पितृका नाममा शतबीज छरेका छन् । बाला चतुर्दशीका दिन पशुपति क्षेत्रमा आउने भक्तजनले वासुकी र गुह्येश्वरी मन्दिरमा पनि पूजा गर्ने गर्दछन् । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ । रासस

post image

मंसिर १९, ललितपुर। बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिले आगामी आइतबार मंसिर २३ गते ‘राष्ट्रिय बौद्ध सम्मेलन’ आयोजना गर्ने भएको छ। ‘शान्त, समृद्ध राष्ट्रको लागि बौद्ध दर्शन र सम्पदा प्रवद्र्धन’ भन्ने मूल नारासहित आयोजना हुने सम्मेलनमा मुलुकभरका बौद्धमार्गी सहभागी हुने समितिले जानकारी दिएको छ।

सम्मेलनबाट बौद्ध दर्शन र सम्पदा संरक्षणमा रहेका समस्या तथा अवसर पहिचान गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन लागि ठोस योजना निर्माणमा सहयोग पुर्याउने लक्ष्य आयोजकले लिएको छ। सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन सहयोग पुग्ने गरी अन्तर्राष्ट्रियस्तरको बौद्ध सम्मेलन आयोजनाका लागि समेत यो सम्मेलनले आधार तयार गर्ने आयोजकको दाबी छ।

अखिल नेपाल भिक्षु महासंघ, नेपाल बौद्ध महासंघ र बज्रयान महासंघ सम्मेलनको सहआयोजक रहेका छन्। सम्मेलन ललितपुरस्थित स्टाफ कलेजको हलमा आयोजना हुने समितिले जानकारी दिएको छ।

post image

मंसिर ८, ललितपुर । ‘सार्वजनिक यातायातमा यौन हिंसा विरूद्ध अभियान” अन्तर्गत शनिबारदेखि १६ दिने कार्यक्रम सुरू भएको छ। अभियानले बस, रात्री बस, मिनी तथा माइक्रो बस र तीन पाङ्ग्रे टेम्पोमा छुने, थिच्ने, घुर्ने, जिस्क्याउने जस्ता अवान्छित/अमर्यादित कार्य निरूत्साहित गर्ने, रोक्ने तथा सचेतना फैलाउने उद्देश्य लिइएको छ। अभियानको उद्‍घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले साझा यातायात कार्यालयबाट गर्ने भएकी छन्। संयुक्त राष्ट्र संघको यौनजन्य तथा लैङ्गिक हिंसा विरूद्धको अभियान अन्तर्गत यस १६ दिने कार्यक्रम (२५ नोभेम्बर – १० डिसेम्बर) ले सार्वजनिक स्थलमा हुने अमर्यादित क्रियाकलापका विरूद्धमा सूचना प्रवाह गर्ने तथा सचेतना फैलाउने कार्य गर्नेछ।

जिम्मेवार नागरिक तथा सामाजिक संस्थाहरूको प्रयासमा यस अभियानले सार्वजनिक यातायातमा यात्रुहरूले सामना गर्नुपर्ने दुर्व्यवहारलाई न्यूनिकरण गर्ने प्रयास गर्नेछ। नेपाल ट्राफिक प्रहरी, जोन्टा क्लब – नेपाल, सब्ह – नेपाल र साझा यातायातको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो। यस अभियान अन्तर्गत सार्वजनिक यातायातमा हुने यौन हिंसा विरूद्ध आवाज उठाउने, पीडक विरूद्ध खुलेर बोल्ने, सह-चालक तथा यात्रीहरूलाई घटनाबारे जानकारी दिने, महिला आयोगको हटलाइन ११४५ मा रिपोर्ट गर्ने जस्ता सूचनामूलक ब्यानर र स्टिकरहरू सार्वजनिक यातायातमा टाँसिनेछन्।  जसको मुख्य उद्देश्‍य यात्रुहरूमा यौन हिंसाबारे सचेत गराउनु र यौन हिंसा विरूद्ध उभ्याउनु हो।

शनिवारको समुद्‍घाटन कार्यक्रममा हाँस्य कलाकार जीतु नेपालको प्रस्तुति र गायक प्रकाश गन्धर्वका गीत हुनेछन्। फोटो सर्कल र सहि हो क्याम्पेन एण्ड फाइट ब्याक ले निर्माण गरेका सूचना तथा सचेतनामूलक भिडियो क्लिपहरू पनि सोही कार्यक्रममा देखाइनेछन्। यसै अवसरमा यौन हिंसा विरूद्ध ह्यासट्याग ढुक्कैयात्रा को प्रयोग शुरू गरिनेछ।  यस अभियानसँग आवद्ध  युनिफेम दक्षिण एशियाका पूर्व प्रमुख चाँदनी जोशीले १६ दिने अभियान कार्यक्रमले यौन हिंसा विरूद्धको अभियानलाई निरन्तरता दिने अपेक्षा राखेको बताइन्। ‘महिलाहरू भीडभाड रहने र सार्वजनिक स्थलहरूमा जानुपर्ने अवस्था पहिलेभन्दा धेरै भएकाले सार्वजनिक यातायातका साधनहरूमा यौन हिंसाका घटना हुन सक्ने सम्भावना बढी भएकाले यस तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ,’ उनले भनिन्।

यो अभियानले सार्वजनिक यातायातमा मात्र नभएर समग्र समाजमा नै यौन हिंसा न्यूनिकरणमा सहयोग गर्ने जोन्टा क्लब – नेपालका अध्यक्ष मिरा ज्योतिले बताइन्। नेपाल ट्राफिक प्रहरीका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक वसन्त पन्तले सार्वजनिक यातायातमा महिलामाथि हुने हिंसा सम्बन्धमा प्रहरी प्रशासन संवेदनशील छ र यस्ता प्रयास तथा अभियानलाई सघाउन तथा सुरक्षित यात्राको सुनिश्‍चितताका लागि आफूहरू प्रतिवद्ध  रहेको बताए।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले हामीले यस्तो अभियान साझा यातायातबाट शुरू गरेको भन्दै अगाडि भने, ‘हामीलाई आशा छ यस अभियानमा सबै तह र तप्काका नेपाली नागरिकहरूको सहयोग र शुभेच्छा प्राप्त हुनेछ र सार्वजनिक यातायातमा हुने अमर्यादित क्रियाकलापमा कमी आउनेछ।’ यस अभियानमा सहकार्य गरेका संस्थाहरू मध्ये नेपाल ट्राफिक प्रहरीले चलाएका मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने माथिको कानूनी कारवाही (‘मापसे’ अभियान) र अनावश्‍यक तथा अत्याधिक हर्न बजाउन निषेध अभियान प्रभावकारी बनेको छ र सर्वत्र प्रशंसा भएको छ।

post image

मंसिर ६, भक्तपुर । गृहमन्त्री रामबहादुर थापा बिहीबार बिहान लोकन्थलीमा भेटिए। उनको हातमा झाडु थियो भने अर्को हातमा बेल्चा। फूलमाला लगाएर सडकमा निस्किएका उनले एकछिन सडक बढारे र फोहरका टुक्राटुक्री टिपे । हातमा पन्जा र मुखका मास्क लगाएर गृहमन्त्री थापाले बिहीबार अरनिको राजमार्ग सफाइ अभियानको शुरुवात गरेका हुन् ।

भक्तपुरका विभिन्न नगरपालिकाले सुरू गरेको  सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियानको पहिलो दिन गृहमन्त्री थापा पनि सडक सफाइमा जुटेका हुन्। थापासँगै भक्तपुरका सांसद महेश बस्नेतलगायत अन्य पनि सडक सफाइमा सहभागी थिए।

अरनिको राजमार्गको मनोहरा खोलादेखि साँगासम्मको सडक सफा, सुरक्षित र फराकिलो पार्न अभियान सुरू भएको हो। महिनादिनभित्र यो सडकमा दुर्घटना घटाउने, सरसफाइ बढाउने र सडक अतिक्रमण गरेका घर टहरा हटाउने अभियानको लक्ष्य छ। सरसफाइ कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुरले गरेको हो । रासस

post image

मंसिर ५, काठमाडौं। यस वर्ष अहिलेसम्मकै बढी पर्यटक भित्रिएका छन् । सन् २०१८ को जनवरीदेखि अक्टुबर महिनासम्म ८ लाख ८२ हजार पाँच सय ३१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। गत वर्ष सोही अवधिमा ७ लाख ५७ हजार चार सय ४८ पर्यटकले नेपाल भ्रमण गरेका थिए। गत वर्षको तुलनामा पर्यटकको आगमन १६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। अध्यागन विभागका अनुसार, अक्टुबर महिनामा यस वर्षकै धेरै एक लाख ९ हजार सात सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०१७ मा नै पर्यटक आगमन १० लाख पुग्ने आँकलन गरे पनि उक्त अनुमान अनुसार पर्यटक आगमन भने भएन । सन् २०१७ मा  वर्षभरीमा कुल ९ लाख ४० हजार दुई सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।

नेपाल भ्रमण गर्ने सबैभन्दा बढी पर्यटक छिमेकी भारत र चीनबाट आएका छन्। सन् २०१८ को दश महिनामा भारतबाट १ लाख ६१ हजार नौ सय ६३ पर्यटक नेपाल भित्रिएका छन्  कैलाश मानसरोबर तीर्थाटनका लागि भारतबाट नेपाल आउने पर्यटकको संख्या उच्च छ । त्यस्तै भारत सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मार्फत् होटलहरुलाई विलासी सुविधाको रुपमा कर लगाएका कारण त्यहाँका होटलहरुको सेवा महँगो भएपछि सभा, सेमिनार, इन्सेन्टीभ तथा विवाहजस्ता सामाजिक कार्यक्रमका लागि मध्यमवर्गीय भारतीयको रोजाईमा नेपाल पर्ने गरेको छ ।

त्यस्तै चीनबाट कुल एक लाख २१ हजार चार सय १८ पर्यटक भित्रिएका छन्। पछिल्लो समय चिनियाँ पर्यटकको संख्या विश्वभर बढिरहेको छ। यस सन्दर्भमा नेपालले अझैं धेरै चिनियाँ पर्यटक भित्र्याउन पहल गरिरहेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।त्यस्तै सन् २०१८ को अक्टुबर महिनासम्म संयुक्त राज्य अमेरिकाबाट ७३ हजार ६ सय ७७ र बेलायतबाट ५० हजार एक सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, दक्षिण एसियाली देशहरु श्रीलंका र बंगलादेशबाट आउने पर्यटकहरुको संख्या पनि बढ्दो क्रममा छ । यो अवधिमा ४६ हजार २८० श्रीलंकाली र २१ हजार एक सय १० बंगली नागरिकले नेपाल भ्रमण गरेका छन्।

post image

मंसिर ४, मकवानपुर । मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् । राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा प्रवच दिएका हुन् । उनीहरुले ब्यक्तिको मन शान्त भएमात्र समाज र देशमा शान्ति हुने बताएका थिए ।

पिसपार्कमा राजकुमारी मारियाले निर्माणाधिन संरचनाहरुको अवलोकन समेत गरेकी थिइन् । राजकुमारी’ को उपाधिले परिचित मारिया फिलिपिन्सको बालोई टापु निवासी शाही, सुल्तान खान्दानकी छोरी हुन् । उनी विश्वरभर मानवअधिकार अभियन्ताका रुपमा काम गर्छिन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा विगत तीन वर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिसपार्क निर्माण भइरहेको छ ।

पिसपार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालय लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । सात हेक्टर क्षेत्रमा फैलिएको पिसपार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उनले जानकारी दिए । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मूर्ति प्रतिस्थापना गरेका छन् । कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली काँग्रेस ३ नम्बर संसदीय दलका नेता ईन्द्र बानियाँ, प्रदेशसभा सदस्य मुनु सिग्देल, गीता वाग्ले लगायत उपस्थित थिए ।

post image

कार्तिक २६, काठमाडौं ।  छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ। आज गाईको गोबरले घर लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले भूमि सजाएर दिनभरी ब्रतालु निराहार  व्रत बस्ने गर्छन् र राती चन्द्रमालाई खीर चढाई सोही प्रसाद ग्रहण गर्छन्।

आजको पुजामा नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ। यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन्। महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ। छठको मुख्य दिन भोलि अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिई गहुँ र चामलको पिठोबाट बनेको परिकार चढाउने गरिन्छ भने चौथो तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अघ्र्य दिई छठ सम्पन्न गरिन्छ।

post image

कार्तिक २५, काठमाडौं । हिजोदेखि तिहार सकिएको छ । तिहार सकिए लगत्तै आजदेखि सम्पूर्ण कार्यालयहरु सूचारु भएका छन् । तर तराईमा र बिशेष गरी मधेश क्षेत्रमा मनाईने छठपर्व भने आजैदेखि शुरु भएको छ। सूर्यको उपासना गरी मनाइने छठ पर्व आज सुरु भएको छ । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको आज पहिलो दिन हो । छठको पहिलो दिन आज अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिन्छ ।

दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि यस पर्वमा रहेको छ । सूर्यको उपासनाले सन्तान सुख, निरोगी, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा पनि छठलाई व्याख्या गरिएको छ । छठको पहिलो दिन आज व्रतालुले शुद्ध शाकाहारी भोजन खाने गर्छन् । घरघरमा आजैबाट माछामासु लसुन, प्याज, कोदो, मसुर लगायत वस्तु निषेध गरिएको हुन्छ ।

आजबाट सुरु व्रत षष्ठीको दिन समापन गर्ने चलन छ । सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मर्ी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । विशेषत मिथिला क्षेत्र, जनकपुर, विराटनगर, वीरगञ्ज लगायतका स्थानमा नदी ताल तलैया छठका लागि सजाइएका छन् । चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दुई दिन घरदेखि घाटसम्म रमझम हुन्छ । पछिल्लो समय काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि छठ पर्व लोकप्रिय हुँदै गएको छ ।

post image

कार्तिक २२, काठमाडौं । आज तिहारको चौथो दिन, गाई, गोवद्धर्न र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ ।

द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि आज पूजा गर्ने गरिन्छ ।

post image

कार्तिक २१, काठमाण्डौं । डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।  रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, यहि तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ । समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् । डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने जानकारी गराउँदछौं । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहनुभएका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौ।  रमाईलो एचडि तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ ।

post image

कात्तिक १४, काठमाडौँ ।  देशको राजधानी काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्यसहित उपत्यकाका महानगर र नगरपालिकाले सामूहिक प्रतिवद्धता अघि बढाएका छन्। उपत्यकामा रहेका महानगर र नगरपालिकाले उपत्यका नगरपालिका फोरम बनाएर यस्तो प्रतिवद्धता अघि बढाएका हुन्। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संयोजक रहेको उपत्यका नगरपालिका फोरमले ललितपुरमा पहिलो विस्तारित बैठक सम्पन्न गर्दै उपत्यकालाई संसारकै उन्नत सहर बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

बैठकमा काठमाडौं उपत्यकाको प्राकृतिक विशिष्ठता र यसको गरिमालाई मानवीयक्रियाकलापबाट जोगाएर संसारकै उन्नत सहर निर्माणगर्ने विषयमा छलफल भएको मेयर शाक्यले जानकारी दिए।
बैठकमा फोहोरमैला व्यवस्थापनका विषयमा बढी केन्द्रित भएर छलफल गरेको पनि मेयर शाक्यले जानकारी दिए।  बैठकमा फोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि उपत्यकाका नगरको एउटै धारणा बन्नुपर्ने, त्यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्नेलगायतका विषयलाई महत्वका साथ उठाएको शाक्यले जानकारी दिए। बैठकले मानव र समग्र चराचर जगतको अन्तःस्करणलाई आहत गर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिकालागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियाली युक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थलसहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानेर घोषणा जारी गरेको हो।

बैठकपछि जारी गरेको नौँ बुँदे विज्ञप्तिमा काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका/नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्ने, वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउन संस्थागत संरचनाहरु परिचालित गर्ने उल्लेख गरिएको छ। ‘स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्यूनिकरण गर्दै जानेछौं,’ नौँ बुँदेमा भनिएको छ, ‘स्स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ।’

बैठकमा नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दर र एकरुपता कायम गराउने विषय, जग्गा विकास आयोजना सञ्चालन, खरिद ऐनमा एक रुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक र सरकारी बन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषयमा पनि गहन छलफल भएको थियो। बैठकमा उठेका विषयहरुमध्ये कतिपय नीतिगत व्यवस्था गर्नु पर्ने र कतिपय कार्यान्वयन गर्नु पर्ने भएकोले विषयलाई कार्यसमितिले बर्गीकरण गरेर आगामी बैठकमा प्रस्तुत गर्ने तयारी गरेको पनि उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ। उपत्यकाको दिगो विकासका लागि साझा धारणा तय गर्ने भन्दै गत भदौ २२ गते उपत्यका नगरपालिकाका प्रमुख र उप-प्रमुखको भेलाले उपत्यका फोरमको गठन गरेको हो।  ११ सदस्यीय कार्य समिति रहेको फोरमको उप-संयोजकमा ललितपुर महानगरका उप-प्रमुख गीता सत्याल र सचिवमा मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ छन्।

कार्यसमिति सदस्यमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र छन्।

post image

असोज २१, काठमाडौं । बालअधिकारसम्बन्धी महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेख(ओपिथ्री सिआरसी)को अनुमोदनका लागि संगठित नागरिक समाजको राष्ट्रिय सञ्जालले सो आलेख अनुमोदन गर्न सरकार र संसद् गम्भीर हुन जोड दिएको छ ।

सञ्जालले शुक्रबार र शनिबार आयोजना गरेको कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसंघको उक्त महासन्धीमा नेपालले सन् १९९० मा हस्ताक्षर गरे पनि सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखको अनुमोदन नभएको भन्दै अनुमोदन गर्न जोड दिएको हो ।

सो आलेखले पक्षराष्ट्रमा बालअधिकार उल्लङ्घन भएको अवस्थामा देशको कानूनी प्रक्रियाबाट न्याय नपाएको खण्डमा संयुक्त राष्ट्रसंघीय बालअधिकार समिति समक्ष सञ्चार वा उजुरी गर्ने प्रक्रियाको व्यवस्था गरेको छ । उक्त आलेखलाई हालसम्म विश्वका ४१ देशले अनुमोदन तथा ५१ देशले हस्ताक्षर गरिसकेका छन् ।

राष्ट्रमा भएका बालअधिकार हननका घटनामा देशभित्र उपचार नपाएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरसम्म उजुरी दिनसक्ने बाटो यस महासन्धिले खोलेको छ ।

सञ्जालका अध्यक्ष कृष्ण सुवेदीले आलेखको अनुमोदनमा राजनीतिक दल, सरकार, जनप्रतिनिधि, कर्मचारी संयन्त्र, नागरिक समाज र सञ्चार माध्यमले सघाउनुपर्ने बताउनुभयो । काठमाडौँ ‘स्कुल अफ ल’का प्राध्यापक एवं अधिवक्ता रिता मैनालीले आलेखले बालबालिकाले छिटो न्याय पाउन सघाउ पुग्ने बताउनुभयो ।

शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्माले अनलाइन मिडियाको प्रयोगबाट बालबालिकासम्बन्धी मुद्धालाई सामाजिक रुपमा बहस गर्नका साथै समस्या न्यूनीकरणमा सहज हुने बताउनुभयो । रासस

post image

असोज १९, काठमाण्डौं । नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ ।  साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको हो ।

उपत्यकाभित्र लामो दूरीको सञ्चालन अनुमति पाएको उक्त कम्पनीका ४० सिट क्षमताका सबै बसमा सिट नं. १ र २ पत्रकार लागि छुट्याइएको छ । उक्त कम्पनीले अन्य बसहरूमा जस्तै महिला, ज्येष्ठ नागरिक, असक्त, बच्चा–आमा र अपाङ्गता भएका व्यक्तिका लागि पनि प्राथमिकताका साथ दुई–दुई सिट छुट्याएको बा५ख ६३९३ का चालक लीलाबहादुर कार्कीले जानकारी दिए । दक्षिणकाली र साँखुबाट एकैसाथ बिहान ४ः३० देखि साँझ ५ः३० सम्म प्रत्येक १५ मिनेटमा छुट्ने उक्त कम्पनीले तीनवटा रुटमा बस सञ्चालनको अनमुति पाएको छ ।

पहिलो रुटमा साँखु, जोरपाटी, चावहिल, कोटेश्वर बल्खु हुँदै दक्षिणकाली, दोस्रो रुट साँखु, जोरपाटी, चक्रपथ, कलङ्की, बल्खु हुँदै दक्षिणकाली र तेस्रो रुट साँखु, जोरपाटी, चावहिल, रातोपुल, ज्ञानेश्वर डिल्लीबजार, रत्नपार्क, त्रिपुरेश्वर, बल्खु हुँदै दक्षिणकालीसम्म कायम गरिएको छ । साँखुदेखि दक्षिणकालीसम्मको भाडा रु ९८ तोकिएकोे छ ।

पत्रकारलाई किन प्राथमिकता दिएर सिट आरक्षणको व्यवस्था गरेभन्ने ज्ञिजासामा लगानीकर्तासमेत रहेको चालक कार्की भन्छन्, “क्यामेरा, डायरी, झोला बोकेर सधैँ हतार–हतारमा हिँडेर काम गर्नुपर्ने भएकाले बोकेका सामग्रीको सुरक्षा र राष्ट्रको चौँथो अङ्गका रुपमा रहेका पत्रकारलाई यात्रामा सुविधा होस् भनेर आरक्षणको व्यवस्था गरेका हौँ ।” रासस

post image

असोज ८, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गर्नुभयो ।

उपराष्ट्रपति पुनको सम्मानमा सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो । उहाँको स्वागतको लागि नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो । चीन भ्रमणको क्रममा उहाँले सिचुवान प्रान्तको छेन्दुमा सञ्चालित ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ र ‘एक क्षेत्र एक मार्ग’ (बिआरआइ) सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमा सहभागी हुनुभएको थियो ।

 उपराष्ट्रपति पुनले सिचुवानमा सञ्चालनमा रहेका विभिन्न विकासका परियोजना र विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिसँग पनि उहाँले शिष्टाचार भेट गर्नुभएको थियो ।

post image

भदौ १८, काठमाडौं  प्रदेश मा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो यस दिन गौराको पूजाआजा गरी मनाइन्छ प्रदेश को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन

काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदैछन् । सुदूरपश्चिमका जिल्लामा गौरा पर्वको रौनक काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्किएका छन् भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती शिवको पूजापाठ गर्ने चलन

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आफ्नै चलन अनुसार गर्ने गरिन्छ

 

post image

भदौ ६, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) ले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

शुभकामना सन्देश जारी गर्दै भण्डारीले सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेकाले यो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

post image

असार १५, कपिलबस्तु ।  मन्त्री खनाल कपिलवस्तुको तिलौराकोटमा शुक्रबार बिहान धान रोपाईंमा सहभागी भए । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट दरवारको पूर्वी गेटतर्फ रोपाइँ महोत्सव आयोजना गरिएको थियो । मन्त्री खनालले त्यहाँ आफ्ना सहयोगीहरुसहित हातमा धानका बेर्ना लिएर पुगेका थिए । अनि स्थानीयबासीसँग नाच्दै गाउँदै धान रोप्न थाले ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो । यो दिवसका अवसरमा कृषि तथा भूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलबस्तुमा पुगेर धान रोपेका छन् ।

त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । दबदबे हिलोमा शुक्रबार विहानै सहयोगिका साथ खेतमा विउ बोकेर पुगेका खनालले अरु सहभागि भन्दा छिटोछिटो धान रोपेको देखेर अन्य सहभागिहरु चकित परेका थिए ।कपिलवस्तुको तिलौराकोट त्यही ठाउँ हो जहाँ तत्कालीन राजा शुद्धोधनले सुनको हलोले खेत जोतेर धान रोप्न सुरु गरेको किम्वदन्ती छ । सोही ठाउँमा लुम्बिनी विकास कोषले ‘धान रोपाईं मंगलोत्सव’ आयोजना गरेको थियो ।

post image

असार २, काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन शनिबार देशभरका मुसलमानले विशेष नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदै छन् ।

शनिबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरीबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले  जानकारी दिए । शनिबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठ गरिनेछ ।

सो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो । यसैगरी घण्टाघरमै रहेको काश्मिी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा पनि विशेष कार्यक्रमका साथ नमाज पाठ गरिन्छ । पर्वमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’मा उल्लेख गरिएको छ ।  यसरी दान गरिएको नगद वा जिन्सी गरीबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ ।

post image

वैशाख २६,काठमाडौं ।  आज (बुधबार) कानुन दिवस  विभिन्न कार्यक्रम गरी मनाइदै छ। नेपाल प्रधान न्यायलय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वैशाख २६ मा कानुन दिवस मनाउने गरिन्छ। सर्वोच्च अदालतले कार्यक्रम गरी कानुन दिवस मनाउन लागेको छ।

कानुन दिवसको अवसर पारेर कामु प्रधानन्यायाधीश दीपकराज जोशीले शुभकामना व्यक्त गरेका छन्। सन्देशमा प्रधानन्यायाधीश जोशीले जनतालाई युगसुहाउँदो न्यायसेवा प्रवाह गर्न र मौलिक हक, न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने थप्दै उनले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आग्रह गरेका छन्। उनले राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता नभएको उल्लेख गरेका छन्।

राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एकै निकायले प्रयोग गर्दै आएका बेला न्यायपालिकालाई कार्यगत स्वतन्त्रता दिइएको दिनलाई कानुन दिवसका रूपमा मनाउँदै आइएको छ।

 

post image

वैशाख १९, चितवन । चीनलाई उपहारस्वरूप सरकारले पठाउन लागेका दुई जोडी गैंडामध्ये एउटा केटो (बच्चा) शनिबार समातिएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट केटोलाई समाती वातावरणमा घुलमिल गराउन खाल्डो खनेर राखिएको छ । गैंडाको बच्चा राख्ने यस्तो खाल्डोलाई बुमा भनिन्छ । निकुञ्जका अधिकारी नुरेन्द्र अर्यालका अनुसार अब दुईवटा गैंडाको खोजी भइरहेको छ । उपहारमा पाएका गैंडा हेर्न चिनियाँ टोली नेपाल आइसकेको छ । निकुञ्ज अधिकारीले भने, ‘एउटा गैंडा निकुञ्जमा रहेको छ, एउटा समातियो, अब दुई पोथी गैंडा समात्न बाँकी छ ।’ भारत, पाकिस्तान र म्यानमारका केही ठाउँमा मात्र पाइने एकसिंगे गैंडा दुर्लभ जनावरका रूपमा लिने गरिएको छ । नेपाल सरकारले विभिन्न मित्र राष्ट्रलाई दुर्लभ जनावर उपहारमा दिँदै आएको छ ।

चितवन क्षेत्रमा रहेको एकसिंगे गैंडा मारिएका कारणले पनि संख्या कम हुँदै गएको निकुञ्जले बताएको छ । यो गैंडा उपहारका रूपमा समय समयका सरकारले बाँड्दै आइरहेका छन् ।चीनलाई चारवटा गैंडा दिएमा अहिलेसम्म २८ गैंडा उपहारका रूपमा बिदेसिनेछन् । ३३ वर्षको अन्तरालमा यतिको संख्यामा उपहारका रूपमा मात्रै एकसिंगे गैंडा बाहिरिने भएका हुन् । भारतलाई सन् १९८५ मा चारवटा, सन् १९८७ मा अमेरिकालाई ६, सन् १९९० मा जर्मनीको चिडियाखानाका लागि एउटा भाले र सन् १९९३ मा एउटा पोथी गरी दुई गैंडा पठाइएको थियो । सन् १९९० मै सिंगापुर सरकारलाई एक जोडी वयस्क गैंडा उपहार पठाइएको थियो भने बेलायतलाई भने सन् १९९८ मा एक जोडी गैंडा उपहार दिइएको थियो ।

सन् १९९३ मा बंगलादेशलाई एक जोडी, सन् २००२ मा जापानलाई एक जोडी र अस्ट्रियालाई अर्को एक जोडी गैंडा सरकारले उपहार स्वरूप पठाएको थियो । यसैगरी, पाकिस्तानलाई २, बर्मालाई २ र थाइल्यान्डलाई दुई गैंडा पठाइसकिएको छ । विभिन्न राजनीतिक घटनाक्रमका कारण रोकिएको ‘गैंडा कूटनीति’ चीनलाई उपहार दिने निर्णयसँगै सुरु भएको हो । २६ असार २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेलामा यो निर्णय गरिएको थियो । चीनले गैंडा माग गरेपछि तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट यो निर्णय गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २४ गैंडा उपहार आदानप्रदानका नाममा दिइएको छ । नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई पहिलोपटक एक जोडी गैंडा उपहार दिएको थियो । यसस“गै नेपालमा ‘गैंडा कूटनीति’ सुरु भएको थियो । बेलायतको एउटा संस्थालाई तत्कालीन युवराज पारस शाहले २०५९÷६० मा उपहारका नाममा गैंडा पठाउने तयारी भएपछि नागरिक दबाबका कारण सरकारलाई मात्र गैंडा पठाउने जनाइएको थियो । पटकपटक गरी सरकारले सबैभन्दा धेरै तीन जोडी गैंडा अमेरिकालाई दिएको छ । पछिल्लो समयमा सरकारले विदेशी संघसंस्थालाई वन्यजन्तु दिने निर्णय रोकेको थियो । गैंडालाई संकटापन्न वन्यजन्तुका रूपमा साइटिसको अनुसूची–१ मा राखिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन (पा“चौं) संशोधनमा गैंडालाई दुर्लभ वन्यजन्तुको सूचीमा राखिएको छ । पछिल्लो गणनाअनुसार नेपालमा ६४८ गैंडा छन् । तीमध्ये चितवनमा ६०५, बर्दियामा ३५ र शुक्लाफा“टा निकुञ्जमा आठ छन् । नेपाल र भारतमा गरी एकसिंगे गैंडाको संख्या २५ सयको हाराहारीमा मात्र छ ।

post image

वैशाख ,काठमाडौं सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लागेकका महिला पत्रकार समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा हस्तान्तरण गरेका छन्। रोजिता बुद्धाचार्यको नेतृत्वमा युवा महिला पत्रकारको समूह सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बिहीबार लुक्ला प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा प्रदान गरेका हुन्।

हिमाल हलचल हुँदैन, त्यहीँ रहन्छ तर जीवन फेरिफेरि पाइन्न, त्यसैले आफ्नो स्वास्थ्य इम्युनिटी पावरको ख्याल राख्नु,’ ओलीले भने, ‘मौसम प्रतिकूल भए जबर्जस्ती आरोहण नगर्नु फर्कनु; फेरि पछि चढ्नु।

समूहमा रोजिता बुद्धाचार्य (नेपाल टेलिभिजन), रोशा बस्नेत (रासस), देउराली चाम्लिङ (स्वतन्त्र पत्रकार ), कल्पना महर्जन (मेघा टेलिभिजन) प्रियालक्ष्मी कार्की (न्यूज २४) छन्।

post image

चैत  २०, काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “माग्ने, चोर्नेकाम विकसित देशमा पनि हुन्छ, यो घोषणा महत्वकांक्षी जस्तो लागेपनि सबैको सहयोगमा कार्यान्वयन गर्न सकिन्छ, यसमा सरकारले पूर्ण सहयोग गर्ने छ ।”कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले धार्मिक पर्यटक भित्रयाउने नेपालको प्रमुख तीर्थस्थल बनेको पशुपतिमा जाऔँ, आऔँ लाग्ने संरचना निर्माण गर्नुपर्छ भन्नुभयो । कोषका सदस्यसचिव डा प्रदीप ढकालले धार्मिकस्थललाई मानवीय संवेदनाप्रति ‘ब्ल्याक मेलिङ’ गरेर पेशाका रुपमा माग्नेको संख्या धेरै रहेको सुनाउनुभयो ।

अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ । काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महांकाल मन्दिर परिषरमा पनि माग्नेको संख्या उल्लेख्य रहेको बताउनुभयो । महानगरले ज्येष्ठ नागरिकका लागि मनोरन्जन केन्द्र निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी, कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले पशुपति क्षेत्रलाई मगन्तेरहित बनाउने अभियानमा सवैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । मानवसेवा आश्रमको सहकार्यमा पशुपति क्षेत्रका मगन्तेलाई पुनःस्थापना गरिने सो अवसरमा जानकारी गराइयो । हालसम्म ८० मगन्ते आश्रमको गोँगबु र बूढानीलकण्ठ आश्रममा पुनःस्थापना भइसकेको जनाइएको छ । रासस

post image

चैत ११, काठमाण्डौं । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको नाबौ साधारणसभा २०७४ चैत्र १० गते शनिबारका दिन अनामनगरस्थित क्लबको कार्यलयमा सम्पन्न भएको छ । निर्वाचन अधिवेशनका रुपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि अन्नपूर्ण पोष्टका फोटो सम्पादक बिकास कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अध्यक्षमा कार्की सहित उपाध्यक्षमा नेपाल रिपब्लिक मिडीयाका फोटो पत्रकार केशबराज थोकर, महासचिवमा कान्तिपुर पब्लिकेशनका फोटो पत्रकार श्रुति श्रेष्ठ र कोषाध्यक्षमा राजधानी दैनिकका फोटो पत्रकार द्घारिका काफ्ले ,सचिबमा नया प्रत्रिका ज्ञानेन्द्र कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । यसै गरी  ६ सदस्यहरुमा नया प्रत्रिका अमूल थापा , द काठमाडौ पोष्टका प्रकास तिमलसेना , नेपाली टाईम्सका बिक्रम राई , गोरखापत्रका बिकास द्घारे , कान्तिपुरका हेमन्त श्रेष्ठ र स्पोर्टस टाईम्सका शंकर ब्यजनकार निरबिरोध चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई शनिबारै एक समारोहका बीच निर्वाचन समितिका संयोजक अधिबक्तmा  पबित्रा राउत र नेपाल पत्रकार महासंघका प्रतिनिधी तथा एशोसियट संयोजक पवन आचायले प्रमाणपत्र प्रदान गर्नुभयो । नेपाल पत्रकार महासंघको महासचिब रमेश बिष्टको प्रमुख अतिथ्यमा सम्पन्न भएको अबिधेशनमा  वरिष्ठ फोटो पत्रकार विकास रौनियार, नरेन्द्र श्रेष्ठ किरण पाण्डे तथा निबर्तमान अध्यक्ष प्रकास माथेमाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

 रमेश विष्टले फोटो पत्रकारिताको महत्व अहिलेको समयमा झन् बढ्दै गएको बताए। तस्बिरको भाषा सशक्त हुने भन्दै फोटो पत्रकारहरुकासमस्याबारे महासंघ संवेदनशिल रहेको बताए। फोटो पत्रकारहरुको न्यूनतम पारिश्रमिक र उनीहरुकाक्यामेराको विमाबारे क्लबसँग सहकार्य गर्ने विष्टले बताए।यसैगरी क्लबले निवर्तमान कार्यसमितिका सवै पदाधिकारी तथा सदस्यलाई क्लबप्रति गरेको योगदानका लागि बिषेश धन्यवाद ज्ञापन समेत सभाले गरेको थियो ।

 

जनकपुरमा रामनवमीको रौनक

प्रकाशित मिती : Sunday
post image

चैत ११, जनकपुर । आज रामनवमी, देशैभर भगवान् रामको पुजा आराधाना गरी मनाइँदैछ । मर्यादा पुरुष भगवान रामले संसारबाट पाप तथा दुःख–कष्टरुपी राक्षसको अन्त्य गरेको जनविश्वास रहिआएको छ । चैत शुक्ल नवमी अर्थात रामनवमीको अवसरमा राममन्दिर तथा जानकी मन्दिरमा विहानैदेखि पूजाअजा गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

रामनवमीमा पूजाआजा गर्न नेपाल तथा छिमेक देश भारतबाट हजारौको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भग्गवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख  छ ।

आजको दिन देशभरि रामको स्मृतिमा नदी, ताल तथा कुण्डमहरुमा स्नान गरी ब्रत बसेर रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत–रामायण वाचन गर्नुका साथै रातभरि भजनकिर्तन र जाग्राम बस्ने परम्परा छ । अयोध्याका राजा दशरथको जेठा छोरा भई भगवान विष्णुको सातौ अवतारको रुपमा जन्मिएका रामले मिथिलाको राजा जनकको पुत्री सीतासँग विवाह गरेका हिन्दु धर्मशास्त्रहरुमा उल्लेख छ ।

 

post image

चैत १० ,काठमाडौं ।  निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरकारका विभिन्न निकायलाई ४४ वटा सवारीसाधन पठाउने भएको छ । आयोगले शुक्रबार प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयसहित नेपाल सरकारका विभिन्न निकायलाई ४४ थान सवारीसाधन पठाउने निर्णय गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारका विभिन्न निकायमा ४४ सवारीसाधन पठाउने निर्णय गरेको जानकारी दिए ।

‘सरकारका विभिन्न निकायमा गाडी अभाव भएको सबैलाई जानकारीमा छ, आयोगले सञ्चालनमा रहेका तर जगेडा रहेका गाडी सरकारका विभिन्न निकायमा पठाउने निर्णय गरेको हो,’ प्रवक्ता ढकालले भने । आयोगले मन्त्रिपरिषद्को कार्यालयसहित उपराष्ट्रपतिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय, विभिन्न मन्त्रालयसहित राष्ट्रिय समाचार समिति र रेडियो नेपाललाई सवारीसाधन पठाउने भएको हो ।

यसैबीच आयोगले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवका लागि खरिद गरेको गाडीसमेत प्रधानमन्त्री कार्यालय पठाउने भएको छ । यादवले आफूले प्रयोग गरिरहेको पुरानो गाडी नै प्रयोग गर्ने भएकाले प्रमुख आयुक्तका लागि खरिद गरिएको नयाँ गाडी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने भएको हो । मुलुकमा तीनै तहको निर्वाचनसहित राष्ट्रपति एवं उपराष्ट्रपति पदको समेत निर्वाचन सम्पन्न भइसकेको अवस्थामा निर्वाचन सञ्चालन प्रयोजनका लागि प्रयोग गरिएका सबै सवारीसाधन विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरिएको आयोगले जनाएको हो ।

post image

चैत ३,  काठमाडौं ।  चैत कृष्ण औँसीका अवसरमा काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाईदैछ । परापुर्व कालदेखि उपत्यकाको बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुख यातना दिने गरको र सो राक्षसलाई घोडाको टापले कुल्चिएर मारेको किम्वदन्ती अनुसार यो जात्रा मनाउन थालिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम गरि उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुरमा आज घोडे जात्रा मनाइन्छ ।

जात्राको अवसरमा नेपाली सेनाले काठमाण्डौको टुडिँखेलमा आज विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाउँदैछ ।  यस अवसरमा टँुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाले अश्वकला, अश्व दौड लगायतका प्रदर्शनीको आयोजना गरेको छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

 किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको सुरुवात हुने विश्वासका अनुरुप चैत्र कृष्ण औँसीमा घोडा कुदाएर नयाँ वर्षलाई स्वागत गरिने प्रचलन  छ

post image

फागुन २४, काठमाडौं । भारत सरकारले भूकम्पमा क्षति भएका गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माणको लागि सहयोग गर्ने भएको छ। यूएनडीपी र यूएनओपीएसको साझेदारीमा गोरखाका २६ हजार ९१२, नुवाकोटका २३ हजार ८८ वटा घर पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने भएको हो।

बिहीबार भारतीय राजदुतावासका डीपूटी मिसन चीफ डा. अजयकुमार र यूएनडीपीका कन्ट्री डाईरेक्टर रेनोड मेयर, यूएनओपीएसको एसिया रीजनका डाईरेक्टर संजय माथुरले भूकम्पबाट भत्किएका घर निर्माणको  साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्।

नेपालको सरकार नियम अनुसार भूकम्प पीडितको घरको पुनर्निर्माण गरिनेछ। हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

post image

फागुन ११, काठमाण्डौं । बालुवाटार स्थिति प्रधानमन्त्री कार्यालयमा शुक्रबार बिहानै मन्त्रीपरिषदको बैठक सकिए लगतै एक किसिमको उत्साहको माहोल थियो । किनभने आज प्रधानमन्त्री ओलीको जन्मदिन थियो । बालुवाटरमा उनलाई शुभकामना दिन बाक्लै भीड थियो । पार्टीका नेतादेखि र मन्त्रीहरु उपस्थित थिए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भने अलि ढिलो गरी सो समाहोहमा उपस्थित भएकि थिइन् । हतार–हतार कार्यक्रमस्थलमा आइपुगेकी उनले मन्द मुस्कानसहित सबैजनालाई अभिवादन गर्दै भनिन्, ‘आज केक मात्रै काटेर दिन बित्ला जस्तो छ । अरु काम छैन जस्तो छ ।’

उनले त्यसोभन्दा त्यहाँ उपस्थित सबैजनाको हाँसोको फोहरा छुटेको थियो । त्यसपछि, दोश्रो चरणको बर्थडे केक दुवै जना दम्पति मिलेर काटेका थिए । प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म पुगेका थिए ।

post image

फागुन ११, काठमाडौं ।  नाङ्गै विवाह गरेको भन्दा अचम्म लाग्ला । तर, एक जोडीले कपडा नलगाई विवाह गरेका छन् । उनीहरुले कपडा नलगाएर शरीरमा पेटिङ गरेका थिए ।

कपडाको डिजाइनमा शरीर पेटिङ गरेका ती जोडीले कपडा नलगाएको सहभागीले भने पत्तो नै पाएनन् । बेहुला र बेहुलीले शरीरमा आकर्षक डिजाइनमा पेटिङ गराएका थिए ।बेहुलाले शरीरमा कालो रंगको कपडाको पेन्टिङ गराएका थिए भने बेहुलीले शरीरमा ह्वाइट गाउनको पेन्टिङ गराएकी थिइन् ।

post image

फागुन ८, अछाम । नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवरको हात भाँचिएको छ। साँफबेगर नगरपालिका-१० रिडीकोटस्थित खेलमैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा कुँवर लडेर बाँया हात भाँचिएको हो।

कुँवरको बाँया हातको कुहिनोभन्दा माथिको भागको हड्डी भाँचिएर टुक्रटुक्रा भएको बयलपाटा अस्पतालले जानकारी दिएको छ। राति करिब ४ घण्टा लगाएर अप्रेशन भएको संलग्न डाक्टर विकास गौचनले जानकारी दिए। गौचनका अनुसार भाँचिएको हड्डीमा पाता राखेर जोडिएको छ। हात पुरानै अवस्थामा फर्किन करिब ३ महिना लाग्न सक्ने गौचनको अनुमान छ। सोमबार दिउँसो करिब साढे १२ बजे तिर उक्त घट्ना भएको बुझिएको छ।

खेलाडी छनौट कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधिहरु सबैले सामुहिक रुपमा दौडिने क्रममा कुँवर ट्रयाकमै लडेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए। खेलाडी दौडिनका लागि निर्माण गरिएको ट्रयाकमा मेयरलगायत नगर कार्यपालिकाका सबै सदस्य तथा वडाअध्यक्ष दौडिएका थिए।

 

post image

फागुन ४, गुल्मी । राष्ट्रपति विद्यादेवी भण्डारीले गुल्मी, पाल्पा र स्याङ्जाको धार्मिक एवं पौराणिक क्षेत्र कालीगण्डकी नदी र रुरु क्षेत्रको विकासमा सबैको ध्यान जानुपर्ने बताएकी छन् ।

रिडीस्थित रुरु संस्कृत तथा साधारण माविको शतवार्षिकीको उद्घाटन गर्दै उनले रुरुको विकास र संरक्षण गरेमा भारतीय र चिनियाँ पर्यटक आउन सक्न सम्भावना औँल्याइनु ।

उनले समग्र राष्ट्रको विकासमा सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने पनि बताइन् । उनले कालीगण्डकी नदीमा स्नान पनि गरिन् ।

post image

फागुन ४, काठमाडौं । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमो लगायतका समुदायले सोनाम ल्होछार र शेर्पा लगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रो अनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ ।

सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रो अनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो ।

ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए ।

आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।

post image

फागुन १, काठमाडाैं । महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

महाशिवरात्रिका दिन आज बिहान साढे ३ बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ । बिहान साढे २ बजेदेखि भक्तजनहरू दर्शनका लागि लाइनमा बसेका छन् । उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पशुपतिनाथको पूर्व ढोका भने साढे ७ बजेपछि खुल्ला गरिएको थियो ।

महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् । महाशिवरात्रिका अवसरमा आज पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र ४ सय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपति आउने नागाबाबा, साधुसन्त एवम् महात्माका लागि कोष र गुठी संस्थानले पशुपति क्षेत्र र थापाथलीस्थित कालमोचनघाटमा बस्ने–खाने व्यवस्था गरेका छन् ।

post image

माघ २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ। सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार महाशाखाले गौशाला हुँदै ओहोरदोहोर गर्ने गाडीलाई पूर्ण रुपमा रोक लगाएको छ । चावहिलबाट मित्रपार्क हुँदै आउने, पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै आउने, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै आउने र द्वारिका होटल पछाडिको शाखा मार्गबाट गौशाला आउने गाडीलाई बीच बाटोबाटै फर्काइनेछ ।

लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी बौद्धतर्फबाट आउने गाडी चुच्चेपाटीबाट चावहिलतर्फ रोक लगाएको छ । गौशाला क्षेत्रमा भने विशेष पास लिएका गाडीहरु मात्र गुड्न पाउँछन् । दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकका सवारी साधनलाई तिलगंगा क्षेत्रमा, पास लिएका सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय ट्राफिक प्रभाग गौशालामा र पास लिएका अन्य सवारी साधनलाई पशुपति क्षेत्र विकास कोषको कार्यालयमा पार्किङको व्‍यवस्था मिलाइएको छ । यस्तै गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण, बौद्धतर्फबाट आउने तीर्थयात्रीको गाडीलाई गुह्येश्वरी पारी बिसौनीको व्यवस्था मिलाइएको छ ।

पुरानो बसपार्क, माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने गाडी त्यहाँबाट अगाडि बढ्न पाउने छैनन् । पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी र  साँखुतिर जाने  गाडीहरुलाई भने अवरोध हुने  छैन । ती गाडीहरु पुरानो बसपार्क फर्किनुपरेमा जुन बाटो गएका छन्, त्यहीबाटो फर्किनुपर्नेछ । यसैगरी कालोपुल हुँदै कपन चल्ने सवारी साधन खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने व्यवस्था गरिएको छ । महाशाखाले सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पो महेन्द्र शालिक, जय नेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, लामपोखरी, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुँदै चलाउने व्यवस्था गरेको छ ।

जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पो चावहिल नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा जानुपर्छ ।जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालबाहक गाडी चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगञ्जतर्फ जानुपर्नेछ । कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक गाडी कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगञ्ज, गोपीकृष्ण हल, कपन, महाँकाल, चुच्चेपाटी हुँदै बौद्धतर्फ जानुपर्नेछ । गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधन जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ । रासस

post image

माघ २५,काठमाण्डौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरू गरिएको छ। शिवरात्रिमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले आठ उपसमिति गठन गरेको छ। आवास तथा भौतिक, स्वास्थ्य एवं वातावरण, प्रचारप्रसार, सन्त तथा धार्मिक कार्यक्रम, सुरक्षा तथा दर्शन, स्वयंसेवा, साज सजावट र रात्रिकालीन व्यवस्था गरी आठ उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए।
कोष सञ्चालक परिषद् सदस्यको संयोजकत्वमा उपसमिति गठन गरिएको हो। कोषले गत वर्षदेखि मूलसमिति गठन गर्न छोडेको छ। काम उपसमितिले नै गर्ने र मूलसमितिका नाममा पशुपति प्रवेशको पास मात्र वितरण हुन थालेपछि गठन नगरिएको उनले बताए।
कोषले शिवरात्रिमा दर्शनका लागि विशेष पास एवं सःशुल्क पासको व्यवस्था पनि खारेज गरेको छ। पशुपति क्षेत्रमा देश विदेशका साधु सन्त आउन थालेपछि सोमबारदेखि नै अन्नपूर्ण भण्डार, भागवतानन्द आश्रम र जम्मु काश्मीरबाट आउनुभएका मोहननाथ बाबाले संयुक्त रुपमा निःशुल्क भण्डाराको व्यवस्था गर्नुभएको कोषले जनाएको छ।
गुठी संस्थान पशुपति गोश्वाराले फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिन माघ २८ गतेदेखि शिवरात्रिको पर्सिपल्ट अर्थात् फागुन कृष्ण औँसी फागुन ३ गते बिहीबारसम्म मेला भर्न आएका साधु सन्तलाई निःशुल्क भोजनको व्यवस्था गर्नेछ ।
फागुन कृष्ण दशमीका दिन राष्ट्रपति विद्यादेवी भणडारीले संकल्प गर्नुहुने दक्षिणा र उपहार दिएर फागुन कृष्ण औँसीका दिन साधु सन्तलाई बिदाइ गर्ने परम्परा छ। बिदाइमा नागाबाबालाई पेडा र दक्षिणा एवं अन्य साधु सन्तलाई खिचडी तथा दक्षिणा दिइने संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डेले राससलाई जानकारी दिए। एकादशीकै दिनदेखि संस्थानले साधु सन्तलाई आगो ताप्न दाउरा वितरण गर्ने तयारी गरेको छ। शिवरात्रीमा वितरण गर्न ४५ हजार केजी दाउरा किनिएको संस्थानले जनाएको छ । रासस

post image

माघ १७,काठमाडौं माघ शुक्ल पूर्णिमाका दिन आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको आज साँझ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको   ग्रहणको मध्यकाल बजेर १७ मिनेटमा हुनेछ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो


ग्रहणको सुतक भने आज बिहान बजेर ५५ मिनेटदेखि सुरु हुने उहाँले बताउनुभयो धर्मशास्त्रीय मान्यतानुसार आजको चन्द्रग्रहण वृष, तुला कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिनेब्लु मुनको योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको यो दुर्लभ खगोलीय घटना सय ५२ वर्षपछिको पहिलो हो यसअघि ब्लु मुन सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको

post image

माघ १४,काठमाडौँ । हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको छ । पशुपति क्षेत्र विकास कोषले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दूव्र्यसनीमा युवाहरुलाई फस्न नदिन पनि पशुपति क्षेत्रमा नशालु पदार्थ सेवन गर्न प्रतिबन्द गराइएको जानकारी गराएको हो ।

सरकारले प्रतिवन्ध लगाएका सबै खालका नशालु पदार्थ पशुपति क्षेत्रमा सेवन गर्न तथा विक्री वितरण गर्न प्रतिवन्ध लगाइएको कोषका सदस्य सचिव डा. प्रदिप ढकालले जानकारी दिए । कोषले महाशिवरात्रीको मुखैमा पशुपति क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि सबैमा आह्वान गरेको छ । कोषले साधुसन्तलाई पनि पशुपति क्षेत्र भित्र गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन नगर्न पनि आग्रह गरेको छ । सदस्य सचिव ढकालले पशुपति क्षेत्रलाई धार्मिक क्षेत्रकै रुपमा विकास गर्न पनि नशालु पदार्थ सेवन गर्ने कामलाई प्रतिवन्ध लगाउनु परेको स्पष्ट पारे ।

पत्रकार सम्मेलन बोल्दै डिएसपी अनुपम श्रेष्ठले कोषसँग मिलेर पशुपति क्षेत्रमा पनि नशालु पदार्थ सेवन रोक लगाउने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।उनले नशालु पदार्थ सेवन गर्नेहरुमाथि कार्वाही प्रक्रिया अघि बढाइएको पनि जानकारी दिए । पशुपति क्षेत्रमा महाशिवरात्रीमा खुलेआम गाँजा, भाङ लगायतका नशालु पदार्थ सेवन गर्ने गरिन्थ्यो । अव भने त्यसो गर्न नपाईने कोषले स्पष्ट पारेको छ ।

post image

माघ ८, काठमाण्डौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट त्यहाँ दर्शन गर्न भक्तजन आएका छन् ।

सरस्वतीलाई चामल चढाई केही अक्षता घरमा लगेमा ज्ञान प्राप्त हुने र ज्ञानको ज्योति पाइने प्राचीन मान्यता रहेको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको वरपर भूकम्पबाट क्षति भएका सम्पदा भत्काइएकाले पनि दर्शनार्थीलाई केही असुविधा भएको छ ।

विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवा गर्न सकिने विश्वास छ । विशेषगरी विद्यार्थीलाई आजको दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ ।

post image

माघ ५,काठमाडौं । नब नियुक्त प्रदेश प्रमुखहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रममा शुक्रबार निजी सञ्चार माध्यमका फोटो पत्रकार र क्यामरा पर्सनलाई प्रवेश निधेष गरिएको प्रति फोटो पत्रकार क्लब, नेपाल –पिजे क्लब) को गम्भिर ध्यानाकर्षण भएको छ । समाचार संकलनको लागि शीतल निवास पुगेका फोटो पत्रकारहरुलाई गेटमा रोकिनु दर्भाग्यपूर्ण हो । संविधान कार्यान्वयको प्रमुख अंगको रुपमा रहेको प्रदेश प्रमुखहरुको सपथमा निजी सञ्चारमाध्यमलाई प्रवेश निषेध गरिनु संविधानले प्रत्याभुत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रण माथि ठाडो हस्तक्षेप हो ।
संविधानको संरक्षकको कार्यालयबाटै प्रेसमाथि भएको यस किसीमका रोक यसअघि पनि पटक पटक भएको यहाँ स्मरण गराउँछौं । पटक पटक आग्रह गर्दा पनि पत्रकारलाई रोक्ने क्रम जारी नै छ, जसको पिजे क्लब घोर भत्र्सना गर्दछ । लोकतन्त्रमा पनि सार्वजनिक कार्यक्रमको समाचार संकलन र तस्बिर खिच्न रोक लागाइनु दुःखद र निन्दनिय कार्य भएको पिजे क्लबको ठहर छ ।
पटक पटकको आग्रहलाई वेवास्ता र संवैधानिक हक तथा अधिकारमाथि हस्तक्षेप भइरहेकोले पिजे क्लब आफ्ना सम्पूर्ण सदस्यहरुलाई यस विषयमा सम्बोधन नभएसम्म राष्ट्रपतिको कार्यालय तथा राष्ट्रपतिका सम्पूर्ण कार्यक्रमहरुको तस्बिर संकलन तथा सम्प्रेषण नगर्न निर्देशन गर्दछ । साथै सम्पूर्ण निजी सञ्चार माध्यमहरुले पनि पिजे क्लबको कदमलाई साथ दिने छन् भन्ने अपेक्षासहित आग्रह गर्दछ ।

post image

माघ २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले भ्रष्ट मानसिकता देश विकाशको बाधक भएको बताउँदै त्यसविरुद्ध युवाहरु लाग्नु पर्ने बताए । उनले प्रशासनिक खर्च घटाएर विकास खर्च बढाउनु पर्नेमा जोड दिए । युथ एड्भोकेसी नेपालको चौथो साधारण सभामा बोल्दै उपाध्यक्ष ढुंगेलले तालिमबाट सिकेको सीप प्रयोगमा नल्याउने प्रवृति बढेको भन्दै उद्यमशिलतामा लाग्नुपर्ने बताए । उनले परिषद्ले रोजगारमूलक संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे ।

उपाध्यक्ष ढुंगेलले परिषद्मा कुनै पनि राजनीतिक विवाद नभएको बताउँदै नतिजा आउने गरी कार्यक्रम अगाडि बढाएको बताए । परिषद्ले २ सय ३३ वटा रोजगारमूलक कार्यक्रम सुरु गरेको ढुंगेलले जानकारी दिए । संस्थाका अध्यक्ष नरेन्द्र खतिवडाले एड्भोकेसी समाज परिवर्तनको लागि गठन भएको संस्था भएको बताउँदै असमानताविरुद्ध युवाहरुलाई लाग्न आग्रह गरे । राजनीतिक पार्टीहरुले समृद्धि र समानताका नारा लगाएको तर कसरी गर्ने भन्ने विषयमा कुनै खाका नआएको खतिवडाले बताए ।  कार्यक्रमका अध्यक्ष समेत रहेका खतिवडाले शिक्षा र स्वास्थ्यमा भइरहेको नीजिकरणको युवाहरुले विरोध गर्नुपर्ने बताए । सार्वजनिक शिक्षा र स्वास्थ्य सुदृढिकरण गर्न राज्यले प्रयाप्त लगानी गर्नुपर्ने बताए ।

साधारण सभामा राष्ट्रिय अपांग युवा संजालका अध्यक्ष मेहन्द्र थापा, आयोनका अध्यक्ष हिमाल महत, फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारी, सोफिक नेपालकी उपाध्यक्ष आशा परियार, राजनीतिक विश्लेषक तथा लेखक  डा. उद्धव प्याकुरेल, ग्लोवल पिस फाउन्डेशनका अध्यक्ष रामरोहन पन्त, युथ इनिसिएटिभका अध्यक्ष विजय खड्का, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी, कोक्यापका महासचिव पुष्प भुसाल, युवा अधिकारकर्मी राजकुमार उप्रेतीलगयातले सधारण सभाको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमका संचालन संस्थाका महासचिव संजय खड्काले गरेका थिए भने स्वास्गत मन्तव्य कोषाध्यक्ष गीता चौधरीले गरेकी थिइन् ।

 

post image

पुस २४, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ । प्याव्सनका पूर्वअध्यक्ष डा बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको नर्भिक अस्पतालमा निधन भएको थियो । यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

उहाँ मुटु रोगबाट पीडित हुनुहुन्थ्यो । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताउनुभयो । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापकसमेत रहनुभएको थियो ।विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहनुभएको थियो ।

post image

पुस ११,   रौतहट ।  रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘धुर्मुस’ र कुन्जना घिमिरे‘सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक सौचलय, भ्यु टावर, प्राईमरी बिद्यालय, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ ।

बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएपनि त्यो भन्दा कममै बस्ती सम्पन्न गर्ने प्रयास गरिरहेको धुर्मुसले जानकारी दिएका छन् । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग छ । सहयोगीहरु बस्तीमै पुगेर सहयोग हस्तान्तरण गरिरहँदा हस्तान्तरण सम्ममा सहयोग संकलन हुने कुरामा उनि आशावादी पनि छन् ।  बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिरहेका छन् । निर्माणको काम बिहान ६ बजेदेखी सुरु र बेलुकी साँझ सम्म निरन्तर चलिरहन्छ । कुनै चाड पर्वमा समेत काम रोकिदैंन । कामदारहरुलाई चाडपर्वमा धुर्मुस सुन्तली आँफै पुगेर केही न केही उपहार अथवा बस्तीमै पर्व सेलिब्रेशन गर्छन् ।

बस्तीमा प्रत्येक दिन काम सुरु हुनु पुर्व कामदारहरुलाई राष्ट्रिय गान गाउन लगाईन्छ र उनिहरुको समस्या र प्रगतीका बिषयमा कुराकानी हुन्छ । हरेक दिन बिहान धुर्मुस कामदारहरुसंग दुख सुखका कुराकानी गर्छन्, उनिहरुलाई प्रेरणादायी कुराहरु सुनाउँछन्् अनि काम गर्ने शैली र बस्ती सुन्दर बनाएकोमा धन्यवाद समेत दिदैं काम गर्न हौंसाउँछन् र आँफै पनि बेलुकी अबेर सम्म खटिरहन्छन् । यसरी काम गर्ने मान्छेहरुलाई प्रोत्साहन स्वरुप हरेक दिन बिहान पिटि परेड समेत गराईन्छ ।

post image

मंसिर २०,काठमाडौँ  । यहि मंसिर २३ गते देखी २५ गते सम्म नेपालमा नवौं मानब अधिकार राष्ट्रिय भेला २०७४को आयोजना हुन लागिरहेको छ  । ६९ औं अन्तराष्ट्रिय मानब अधिकार दिवश डिसेम्बर १० तारिकका दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मानब अधिकारको प्रत्याभूति गराउने उदेश्यले बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने गरिएको छ  । नेपालमा पनि बिगत ९ वर्षदेखी मानब अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मी मानब अधिकारका अभियन्ता , मानब अधिकारसंग सम्बन्धित सरकारी , गैरसरकारी , अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजि संस्थाहरु समेत मिलेर यसलाई महापर्व को रुपमा मनाउदै आएको छ  ।

अन्तर्राष्ट्रिय नारा “हाम्रो अधिकार हाम्रो स्वतन्त्रता:सधैका लागी”( Our Rights Our Freedoms: Always ) रहेको छ भने ” सम्वृद्धि र विकासको आधार : युवा र महिलालाई समान अवसर ” भन्ने राष्ट्रिय मूल नाराका साथ हुन गइरहेको नवौं मानव अधिकार राष्ट्रिय महाभेला– २०७४को बारेमा व्यापक प्रचार प्रसार गराई पूर्णसफल बनाउने उदेश्यले आयोजक संस्थाका रुपमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय संयोजक संस्थाका रुपमा संकल्प, सह संयोजक संस्थाका रुपमा युथ एडभोकेसी नेपाल र नवौं मानब अधिकार राष्ट्रिय भेला २०७४ को मूल आयोजक समिती तदारुकताका साथ तयारीमा जुटेको छ । 

नवौं मानब अधिकार राष्ट्रिय भेला २०७४को बारेमा सम्पूर्ण जनसमुदायलाई जानकारी गराउने उदेश्यले मंसिर १९ गते एक पत्रकार सम्मेलन गरी राष्ट्रिय संयोजक संस्थाकी अध्यक्ष लिली थापाले राष्ट्रिय मानव अधिकार आयोग तथा नवौं मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिको संयुक्त  आयोजनामा हुने महाभेलामा मानव अधिकारको क्षेत्रमा कार्यरत मानव अधिकारकर्मी, जिल्ला, क्षेत्र र केन्द्रमा कार्यरत स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुका प्रतिनिधि, सरकारी निकाय, सुरक्षा निकाय तथा विषयगत विज्ञहरु गरी करीव पांचसय भन्दा बढीको  सहभागिता रहने कुरा पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो  ।

आम नेपालीको मानव अधिकारको रक्षा, लोकतन्त्र, शान्ति र दिगो विकासका लागि मानव अधिकार राष्ट्रिय महाभेला मूल आयोजक समितिले विगत ८ वर्षदेखि नेपालमा महाभेला आयोजना गर्दै आएको छ । यस वर्ष महिला र मानव अधिकारका लागि काम गर्दै आएको  शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला संजाल, संकल्प तथा युथ एडभोकेसी नेपालको संयोजकत्वमा  हुन लागेको  छ ।

उक्त भेलाको समुद्घाटन समारोहपछि सहभागीबीच भुकम्पपछिको पुननिर्माण स्थलगत अध्ययन प्रतिवेदन,  अपांगता भएका महिला माथि हुने हिंसा, दोलखा जिल्लामा स्थानीय तहमा निर्वाचित महिला नेताहरुको कार्य अनुभव, युवाहरुको लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावना २२५० कार्यान्वयन लगायतका विषयगत कार्यपत्र प्रस्तुत गरी वृहत छलफल गरिने कुरा पुर्व राष्टिय संयोजक सुनी लामाले प्रकाश पार्नुभयो।

नवौं मानब अधिकार राष्ट्रिय भेला २०७४को छलफलका आधारमा आएका निचोडलाई भेलाको अन्तिम दिन मानव अधिकार घोषणपत्र जारी गरी सरकारको गम्भीर ध्यानाकर्षण गर्दै विभिन्न मानव अधिकारसंग सम्बन्धित जानकारी र सन्देशमूलक पुस्तक प्रदर्शनी तथा महिलाद्धारा उत्पादित विभिन्न सामग्रीहरु प्रदर्शनी गर्दै उपत्यका र उपत्यका बाहिर एकै साथ मानब अधिकारको प्रत्याभूति गराउदै यो महाभेला सम्पन्न हुने गैरसरकारी संस्था नेपालका अध्यक्ष गोपाल लम्सालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।

नवौं मानव अधिकार राष्ट्रिय महाभेला, २०७४ को समुद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट मंसिर २३ गते डील्लीबजारमा अवस्थित नेपाल सांस्कृतिक संघमा बिहान ११ बजे हुने कार्यक्रम रहेको छ । महाभेलाको समुद्घाटन समारोहमा प्रमुख अतिथिज्युबाट महिला मानव अधिकारको क्षेत्रमा योगदान पुर्याउनु भएका दुई जना महिलालाई संकल्प शान्ति पुरस्कार र शान्तालक्ष्मी श्रेष्ठ महिला मानव अधिकार पुरस्कार प्रदान गरिने कार्यक्रम समेत रहेको छ ।

 त्यसपछी बिभिन्न डकु ड्रामा , रंगकर्मिहरु द्वारा मानब अधिकारको जनचेतनामुलक प्रत्यक्ष नाटक , बिभिन्न प्रदर्शनीहरु गर्दै करिब १ सय भन्दा बढी संस्थाहरुको संलग्नतामा पहिलो दिनको कार्यक्रम सम्पन्न हुने छ ।

दोस्रो दिन मंसिर २४ गते बिहान ७ बजे बाट काठमाडौँको भद्रकालीबाट सुरु हुँदै शान्तिबाटिका सम्म गैरसरकारी संस्था नेपालको अध्यक्षतामा प्रभातफेरी कार्यक्रम र शान्तिबाटिकामा कोण सभाको आयोजना गरिनेछ ।

 त्यसैगरी युथ एडभोकेसी नेपालका युवाहरु द्वारा मानब अधिकारका बिषयमा केन्द्रीत नाटक प्रस्तुत गर्नेछन् । सोहि दिन ६९ औं अन्तराष्ट्रिय मानब अधिकार दिवश राष्ट्रिय मानव अधिकार आयोगको प्रांगणमा भव्यताका साथ आयोजना हुने छ । कार्यक्रमको तेस्रो दिन मंसिर २५ गते डील्लीबजारमा अवस्थित नेपाल सांस्कृतिक संघमै बिभिन्न समानान्तर छलफलबाट घोषणापत्र तयार पारी समापन समारोह सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यूबाट हुने छ ।

 

post image

मंसिर १४,चितवन । आजदेखि नेपाल र भारतमा एकैसाथ दुर्लभ पाटे बाघको गणना सुरु हुँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार अत्याधुनिक प्रविधिसहितको क्यामरा ट्रयापिङ विधिबाट बाघ गणना गर्न लागिएको हो। विभागका उपमहानिर्देशक तथा कार्यक्रम संयोजक गोपालप्रकाश भट्टराईले गणनामा करिब १५० क्यामेरा प्रयोग हुने र आवश्यकताअनुसार हात्ती र करिब २०० जनशक्ति खटिने जानकारी दिए।

उनले बाघ नदोहोरियोस् भनेर एउटै विधिमा र एकै समयमा नेपाल र भारतमा गणना हुन लागेको जानकारी दिए। पाटे बाघ र यसको आहारा प्रजातिको अवस्था पत्ता लगाई आवश्यक संरक्षणका योजना निर्माणका लागि बाघ गणना गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा बाघ गणनाको फिल्ड कार्यान्वयन एकाइका संयोजक रामचन्द्र कँडेलको भनाइ छ।

यसअघि सन् २०१३ को गणनामा नेपालमा १९८ बाघ रहेको पाइएको थियो। जसमा १२० बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेको तथ्यांक छ। यस्तै बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा सात र बाँकेमा चार वटा बाघ रहेको तथ्यांक थियो। गणकलाई आवश्यक प्रशिक्षण दिएर आज पर्सा राष्ट्रिय निकुञ्जबाट गणनाको शुभारम्भ गरिने जनाइएको छ।रासस

post image

मंसिर ३, काठमाडौं ।  यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् । अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ ।

चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै उनका आँखाबाट आँशु झरेका थिए । ६७ औं मिस वल्र्डको उपाधि मानुषीले जित्दै गर्दा फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितन् ।

नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो । हरियणाकी मनुषीले यो बर्षको ‘फेमिना मिस इन्डिया’को उपाधि जितेकी थिइन् । मेडिकल विधामा अध्ययन गरिरहेकी मनुषीले १७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि जिताएकी हुन् । यसअगाडि नायिका ऐश्वर्य राय र प्रियंका चोपडाले यो उपाधि जितेका थिए ।

post image

मंसिर १, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले खुला, आन्तरिक प्रतिस्पर्धा तथा समावेशी रुपमा पदपूति गर्ने गरी ४४९ कर्मचारी माग गरेको छ। प्राधिकरणले शुक्रबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो।

प्राधिकरणको सूचना अनुसार अधिकृत स्तरमा ८० जना कर्मचारी माग गरिएको छ। जसमा तह १० को प्रवन्धकदेखि प्रशासन र प्राविधिकतर्फका अधिकृतसम्म छन्। सहायक स्तरमामा तह ५ मा मिटररिडिङ सुपरभाइजरमा २० जना, लेखापालमा ११, तथा सुपरभाइजर ३० जना छन्। यस्तै, सुपरभाइजरमा प्राविधिकतर्फ १० जना माग गरिएको छ। अधिकृत स्तरको दरखास्त फाराम केन्द्रीय कार्यालय र अन्य दरखास्त फाराम विज्ञापन भएको क्षेत्रीय कार्यालयमा पाइनेछ।

हेर्नुस् विज्ञापन

post image

कार्तिक १७,काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच निर्माण गर्ने भनिएको लोकतान्त्रिक गठबन्धन असफल भएपछि मधेसवादी गठबन्धनका नेताले बागीको सामना गर्नुपर्ने भएको छ । २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा दोस्रो चरणको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गराएको राजपा नेपाल र फोरम नेपालको मधेसवादी गठबन्धनविरुद्ध बागी नै बागी भएपछि चुनावी माहोल तातेको छ ।

कांग्रेस, राजपा नेपाल र फोरम नेपालका बीचमा लोकतान्त्रिक गठबन्धन निर्माण गरी चुनावमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गर्ने प्रयास भए पनि नेताहरू लोकतान्त्रिक गठबन्धन निर्माण गर्न असफल भएका हुन् । सिट संख्यामा नेताहरूको आ–आफ्नै अडान भएपछि लोकतान्त्रिक गठबन्धनमा सहभागी नभई राजपा नेपाल र फोरम नेपालले मधेसवादी गठबन्धन निर्माण गरी उम्मेदवारी दर्ता गराएका हुन् । तर मधेसवादी गठबन्धनका नेताहरूविरुद्धमा समेत बागी उम्मेदवारी परेपछि निर्वाचनको परिणाम नै रोचक बन्ने भएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी–३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । तर ठाकुरविरुद्ध राजपा नेपालकै निवर्तमान सांसद चन्देश्वर झाले बागी उम्मेदवारी दिएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट उम्मेदवारी दिएका छन् । यादवविरुद्ध राजपा नेपालका सहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । बागी उम्मेदवारी दिएका ठाकुर राजपा नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरका विश्वास पात्रका रूपमा चिनिन्छन् ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी, महेन्द्रराय यादव र राजकिशोर यादव बाहेकका राजेन्द्र महतो र अनिल झाले पनि आफ्नै बागी उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । महतोले धनुषा–३ बाट उम्मेदवारी दिएका छन् । महतो अध्यक्ष रहेको तत्कालीन सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहकी पत्नी रंगिला साहले पनि धनुषा–३ बाटै उम्मेदवारी दर्ता गराएकी छन् ।धनुषा–३ बाट महतो, साह र निधिसँगै वाम गठबन्धनबाट पूर्वस्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले उम्मेदवारी दिएपछि यहाँको निर्वाचन रोचक बनेको छ ।

यस्तै राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल झाले रौतहट–१ बाट उम्मेदवारी दिएका छन् । जहाँ उनले फोरम नेपालका नेता एवं पूर्वसांसद बबन सिंहको सामना गर्नुपर्नेछ । सिंहले झाका विरुद्धमा बागी उम्मेदवारी दिएका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य भण्डारीले महोत्तरी–२ र राजकिशोर यादवले सिराहा–४ बाट उम्मेदवारी दिएका छन् । यहाँ राजपा नेपाल र फोरम नेपालबाट बागी उम्मेदवारी परेको छैन ।

post image

कार्तिक १०, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को महासचिवमा निर्वाचित भएका छन् । सीपीसीको हरेक पाँच वर्षमा हुने महाधिवेशनले उनलाई पुनः अर्को कार्यकालका लागि पार्टीको महासचिव तथा राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।महाधिवेशनले पार्टी प्रमुखसहित पोलिटब्युरो र स्थायी समितिको अध्यक्षसमेत चयन गर्नेछ । बन्दसत्रमा भएको मतदानमा ६४ वर्षीय सीलाई पोलिटब्युरो र स्थायी समितिको अध्यक्ष चयन गरिएको हो ।

यसैगरी चिनियाँ प्रधानमन्त्रीमा लि खछ्याङ नै रहने बताइएको छ । महाधिवेशनले पोलिटब्युरोका पाँच सदस्यसमेत चयन गरेको छ । सी र ली पोलिटब्युरोको स्थायी समितिका नयाँ सदस्य सञ्चारमाध्यममार्फत सार्वजनिक भएका हुन् । नयाँ सदस्यामा ६२ वर्षीय उपप्रधानमन्त्री वांग यांगलाई चीनको कार्यकारी उपप्रधानमन्त्री नियुक्त गरिएको छ । उनी गुवांग्तोंग प्रान्तका पूर्व पार्टी सचिव पनि हुन् । सांघाईमा पार्टी सचिव रहेका ६३ वर्षीय हान झेंगलाई चिनियाँ पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सको नेतृत्व दिइएको छ । यसका साथै ६० वर्षीय जाओ लेजीलाई शक्तिशाली मानिने भ्रष्टाचारविरोधी समितिको नेतृत्व दिइएको छ ।

यसैगरी ६७ वर्षीय ली जंशु र ६२ वर्षीय वांग हनिङ पनि शक्तिशाली स्थायी समितिको सदस्यमा चयन भएका छन् । कम्युनिस्ट पार्टीको महाधिवेशन अन्त्य भएपछि स्थायी समिति र पोलिटब्युरो चयन गरिन्छ । सीपीसीले शक्तिशाली केन्द्रीय समितिको निर्वाचन गर्छ । जुन समितिमा २ सय सदस्य रहन्छन् । महाधिवेशनपछिको पत्रकार सम्मेलनको बेइजिङको ग्रेट हल अफ दी पिपुलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । नयाँ स्थायी समिति सदस्यले चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी समितिबाट ६८ वर्ष उमेर हद पार गरेर बिदा भएका नेताहरूको स्थान लिनेछन् ।

संक्षिप्त सम्बोधनका क्रममा राष्ट्रपति सी जिनपिङले कडा मेहनत गरी चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनको समाधान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पु¥याएकोमा सञ्चारमाध्यमलाई धन्यवाद दिएका थिए । उनले चीन आधुनिकताको नयाँ युगमा प्रवेश गरेको बताए । सीले आफूले पाँच वर्षमा धेरै कामहरू गरेको र आगामी पाँच वर्षमा चीनलाई विश्वको एक नम्बर शक्ति राष्ट्र बनाउनका लागि मेहनत गर्ने बताएका थिए ।

उनले १९औं र २०औं महाधिवेशनको बीचको समयमा दुई शताब्दीको लक्ष्य प्राप्त हुने उनको भनाइ थियो । उनले आफूहरूले पहिलो शताब्दीको लक्ष्य प्राप्त गर्नु मात्रै नभई दोस्रो शताब्दीका लक्ष्य हासिल गर्नका लागि पनि काम गर्नुपर्ने उल्लेख गरे । उनले दशकौंको कठिन परिश्रम र चिनियाँ विशेषतासहितको समाजवादको युगमा प्रवेश गरिसकेको उनले उद्घोष गरे । उनले भने, ‘यो नयाँ सन्दर्भमा हामीले नयाँ रूप धारण गर्नु आवश्यक छ र सबैभन्दा जरुरी हामीले नयाँ उपलब्धि हासिल गर्नुपर्दछ ।’

पाँच वर्षमा एकपटक हुने महाधिवेशनको अन्तिम दिन सी जिनपिङको विचारधारालाई पार्टीको विधानमा सामेल गर्न स्वीकृति प्राप्त भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा हालसम्म माओत्से तुङ विचारधारा र देङ सियाओ पिङ थ्योरीलाई सामेल गरिएको छ । देङ थ्योरी उनको मृत्युपछि चिनियाँ कम्युनिस्ट पार्टीको विधानमा सामेल गरिएको हो । अब राष्ट्रपति सी जिनपिङको विचारधारालाई चिनियाँ कम्युनिस्ट पार्टीमा र चीनमा अख्तियार गरेको नीति र कार्यक्रमलाई चीनको प्रमुख नीतिका रूपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ । एजेन्सी

post image

कार्तिक १० , काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व आज सम्पन्न भएको छ । व्रतालुहरुले हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए । रातभर जाग्राम बसेका उनीहरुले आज बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएका हुन् । सूर्यलाई अर्घ दिन काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लाहरुका नदी, तलाउ, खोला लगायतका किनारमा व्रतालुहरुको घुइँचो लागेको छ ।

खासगरी मिथिलाञ्चल क्षेत्रमा छठको विशेष उल्लास छ ।अर्घको रूपमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ ।यसैबीच छठ पर्वको अवसरमा आज पनि सरकारले सार्वजनिक विदा दिएको छ ।

यसअघि अस्ताउँदो सूर्यलाई अर्घ दिने दिनमात्रै सार्वजनिक विदा दिइन्थ्यो । यस पटक पनि छठमा दुई दिन सार्वजनिक विदा दिइएको छ । पछिल्लो केही वर्षयता छठ नेपालको तराईं–मधेस क्षेत्रमा मात्रै नभएर काठमाडौंसहित अन्य स्थानमा पनि धुमसाथ मनाउन थालिएको छ ।

post image

असोज ९,बाँके । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगंजमा अन्तराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम आज बिहीबारबाट सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी,केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले कार्यक्रमलाई सम्बोधन गर्ने अन्तरराष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताउनु भयो ।

भारत, बंगलादेश, पाकिस्तानका साथै ८ वटा देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए । मिया अनुसार ४ दिन सम्म चल्ने धार्मिक प्रवचनका लागि सम्पूर्ण तयारी पूरा भएको बताउदै बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको बताउनु भयो ।

हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रह्रीको कडा चेकजाँच पश्चात मंगलबार नेपालगंज आइपुगेको छन् । आज बिहिबार १ बजे देखि धार्मिक प्रवचन सुरु हुदै छ । उक्त धार्मिक प्रचवन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।

post image

कार्तिक ९,काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति (रासस)को नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्। विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्‍याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले भवन निर्माणको जिम्मा लिई निजी निर्माण कम्पनी सिद्धबाबा कन्स्ट्रक्सन प्रालिमार्फत काम अघि बढाएको छ। उसले आगामी २०७६ साउन ६ गतेभित्र निर्माण सम्पन्न गर्नेछ।

नवनिर्माणका लागि आवश्यक आर्थिक सहयोग राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपलब्ध भई अत्याधुनिक चारतले भवन निर्माण हुनेछ। भवनमा सामाचार, अडियो, भिडियो र फोटो सेवालाई समयसापेक्षरुपमा सप्रेषण गर्न आवश्यक सम्पूर्ण सुविधा उपलब्ध हुनेछ। निजी क्षेत्रबाट विसं २०१६ पुस १ गते स्थापना भएको नेपाल संवाद समिति (नेसस) र विसं २०१७ वैशाख ३० गते स्थापना भएको सगरमाथा संवाद समिति (ससस) गाभिएर राष्ट्रिय संवाद समितिको गठन भएको थियो । स्थापनाको १० वर्षपछि संवाद समितिलाई राष्ट्रिय समाचार समितिमा रुपान्तरण गरिएको थियो । रासस

post image

प्रकाश सिलवाल कार्तिक ६,काठमाडौँ । आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनामा प्रत्यक्षतर्फ अत्यन्त कम संख्यामा महिलाले टिकट पाएपछि महिला नेत्री असन्तुष्ट देखिएका छन् ।  महिला अधिकारको वकालत गर्ने प्रमुख दलबाटै प्रत्यक्षमा महिलालाई टिकट नदिइनु पराम्परागत पितृसत्तात्मक सोचको परिणाम भएकाले अब कानूनीरूपमै प्रत्यक्षमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारीको व्यवस्था हुनुपर्नेमा सम्बद्ध क्षेत्रका नेत्रीले जोड दिएका छन् ।  आमरूपमा राजनीतिमा महिलाको सहभागिता क्रमशः बढ्दो भए पनि प्रत्यक्ष निर्वाचन वा नेतृत्व तहमा महिलाको सहभागिता उत्साजनक हुन सकेको छैन ।

राज्यका हरेक तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेसम्बन्धी संबैधानिक व्यवस्थाका कारण प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षबाट महिला सहभागिता अपुग भएमा समानुपातिक प्रणालीबाट न्यूनतम प्रतिशत पूर्ति गरिने व्यवस्था छ ।  आगामी मंसिर १० मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी चार महिला उम्मेदवार भएका छन् भने बाम गठबन्धनबाट दुवै तहमा छ जना उम्मेदवार देखिएका छन् । यो चरणमा ३२ जिल्लाका प्रतिनिधिसभामा ३७ र प्रदेशसभामा ७४ स्थानमा निर्वाचन हुँदैछ ।

प्रतिनिधिसिभाको प्रत्यक्षमा लोकतान्त्रिक गठबन्धनबाट बागलुङ १ मा चम्पादेवी खड्का र खोटाङमा सरस्वती बजिमय उम्मेवार बन्नुभएको छ । उहाँहरु दुवैजना नेपाली काँग्रेसका हुनुहुन्छ ।  बाम गठबन्धनबाट रुकुममा नेकपा ९माओवादी केन्द्र०बाट नेत्री कमला रोका प्रतिनिधिसभाको मैदानमा उत्रनुभएको छ तर नेकपा (एमाले) बाट प्रतिनिधिसभाको प्रत्यक्षमा महिला उम्मेदवार देखिएको छैन । प्रदेशसभाको प्रत्यक्षमा काँग्रेसबाट ताप्लेजुङ (क) मा लिलादेवी बोखिम र बझाङ (क) मा चन्द्रादेवी जोशीले उम्मेदवारी दिनुभएको छ भने बाम गठबन्धनमा माओवादी केन्द्रबाट गोरखा (क) मा कमला नहर्की, बझाङ (ख) बाट देवकी मल्ल, नुवाकोट (क) बाट राधिका तामाङ, एमालेबाट म्याग्दी (ख) मा नरदेवी पुन र मनाङ ९ख० मा खण्डा लामा गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

महिलाको उम्मेदवारको संख्या किन कम भयो भन्ने प्रश्नमा काँग्रेस निकट नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी भन्नुहुन्छ, “हामीले मौखिक र लिखितरूपमा महिलाको संख्या बढाएर उम्मेदवारी दिन आग्रह गरेका हौँ तर यो चरणमा हुन सकेन, दोस्रो चरणका लागि संख्या बढाइने आश्वासन आएको छ ।”  उहाँले जिल्लाबाट उम्मेदवार चयनकै क्रममा महिलाले जित्न सक्दैनन भनेर पन्छाउने गरिने तथा केही महिला आफैँ समानुपातिकमा बसेर सरक्षित हुन चाहने प्रवृत्ति देखिएको प्रतिक्रिया दिनुभयो । एमालेका केन्द्रीय सदस्य वृन्दा पाण्डेले भने लड्छु भन्ने महिलालाई पनि निर्णय गर्ने ठाउँमा बसेका नेताले टिकट नदिएको गुनासो गर्नुभयो ।

 “महिला जित्न सक्दैनन् भनेर सोच्नु परम्परागत मान्यता हो, अब कानूनमै प्रत्यक्षमा ३३ प्रतिशतको व्यवस्था नगरी नहुने भयो । फेरि महिला पुरुषजस्तो टिकटका लागि कुम ठेलामठेल ९तछाडमछाड० गर्न पनि लाग्दैनन् ।”  माओवादी केन्द्रका नेत्री रेखा शर्मा प्रत्यक्षमा महिलाको उम्मेदवारी प्रतिशत निराशाजनक रहेको भन्दै कानूनीरूपमा ३३ प्रतिशत प्रत्यक्षमा उम्मेदवारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । शर्माले भन्नुभयो, “बाध्यकारी कानून नभएसम्म नेताको स्वविवेकी निर्णयका कारण प्रत्यक्षमा महिलाको संख्या नबढ्ने देखियो ।” रासस

post image

कार्तिक ३,काठमाण्डौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवद्र्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

नेवार समुदायको म्हःआत्म पूजा पनि आजै

नेवार समुदायले आजैको दिन मा म्हः -आत्म) पूजासमेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आˆनो आत्म -म्हः) पूजा पर्व मनाउने गर्दछन् ।मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चाङ्ग निणर्ायक समितिका अध्यक्ष प्रा डा रामचन्ऽ गौतमले जानकारी दिए । आत्म पूजा शास्त्रीय भए पनि नेवार समुदाय बाहेक अन्य समुदायमा यसको प्रचलन छैन ।

आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास छ ।

post image

असोज ३१, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनलाई कडाइ गर्न लागिएको जानकारी दिए । ‘अत्यावश्यक सवारी साधनलाई ठमेलभित्र जान आउनका लागि पासको व्यवस्था गर्न लागेका छौँ’, प्रमुख खनालले भने ।

यस्तो हुने छ सवारी रुट 

ठमेलभित्र जाने सवारी साधनले त्रिदेवी मार्गबाट मात्र जान पाउने, ट्याक्सी, हाइस, भ्यान, मोटरसाइकललाई जथाभावी रोक्न नदिने, ठमेलभित्रका एकतर्फी बाटोमा रोक्ने सवारी साधनलाई कडाइ गरिने, ठाउँठाउँमा ट्राफिक संकेत राखिने, ठमेलभित्र भएका होटलमा आवश्यकतानुसार सवारी साधनको व्यवस्था गरिने भएको छ ।

यसैगरी ज्याठा मार्ग, त्रिदेवी मार्ग दुईतर्फी हुने, ठँहिटीबाट ज्याठा आउन मोटरसाइकललाई दुईतर्फी गर्ने, वैशाली होटलबाट जाँदा दायाँ मोड्न नपाइने, क्षेत्रपाटीदेखि जेपी मोड हुँदै ठँहिटीसम्म मोटरसाइकललाई दुईतर्फी जान दिने व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महाशाखा प्रमुख खनालले ठमेलभित्र धेरै धुवाँ निकाल्ने सवारी साधन, हर्न बजाउने सवारी साधन र जथाभावी चलाउने सवारी साधनलाई विशेष निगरानी गरी कडा कारबाही गरिने बताएका छन् । उनले सवारी साधनको कडाइसँगै यस क्षेत्रमा हुने आपराधिक घटनामा समेत कमी आउने उल्लेख गरे ।

सम्मेलनमा कामनपा वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालले ठमेललाई व्यवस्थित शहरका रूपमा विकास गर्न महानगरपालिकाले महाशाखासँग मिलेर उक्त अभियान चलाउन लागेको बताएका छन् । ठमेल नागरिक समाजका प्रतिनिधि विश्वम्भरलाल प्रधानले ठमेलभित्र ट्राफिक व्यवस्थापनमा कडाइ भए स्थानीयवासी र विदेशी पाहुनालाई हिँडडुलमा सहज हुने बताए ।
महाशाखाले ठमेल क्षेत्रलाई विश्वकै नमूना शहर बनाउन विभिन्न समिति बनाएर काम शुरु गरेको छ । ठमेल क्षेत्रमा काठमाडौँ महानगरपालिकाको १६, १७, २६ र २८ वडा पर्छन् । रासस

post image

असोज ३१, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाड हो तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ ।तिहारको पहिलो दिन आज काग तिहार, तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।

काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् र म्हः(आत्म) पूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन शुक्रबार भाइटीका लगाई तिहारको समापन गरिन्छ । नेपालीको दोस्रो ठूलो चाड तिहार आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देश बाहकका रुपमा लिइन्छ । आधुनिक सञ्चारको सुरुवात् हुनुअघि कागको गोडामा सन्देश भुन्ड्याएर पठाउने गरिन्थ्यो । यसैले कागलाई सन्देशबाहक पनि भनिन्छ । घर आँगनमा आई काग कराएमा शुभ बोल भन्ने चलन पनि छ । काग घरअघि आएर कराउँदा उसले केही सन्देश भनेको भनी विश्वास गर्ने प्रचलन छ ।

आजको दिन कागलाई पूजाआजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूतका रुपमा पनि लिइन्छ । तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजाको पनि पूजा गर्ने धार्मिक विधि रहेको छ ।

लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् । प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरीजस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ । घरका झ्याल, ढोकामा माला लगाई लक्ष्मीपूजा गर्दा धनकी देवी महालक्ष्मी प्रसन्न भई धन ऐश्वर्य वृद्धि हुने धार्मिक विश्वास छ ।

post image

असोज ३१, काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा निवर्तमान उपाध्यक्ष भवन भट्ट विजयी भएका छन् । सोमबार सम्पन्न निर्वाचनबाट भट्ट निर्वाचित भएका हुन् । उनले अध्यक्षकी प्रत्यासी जमुना गुरुङलाई पराजित गरे । उनले १ हजार १ सय ९७ मत प्राप्त गरे । गुरुङले ५ सय ८४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

कुल १ हजार ८ सय ५४ मध्ये १ हजार ७ सय ८८ मतदाताले मतदान गरेका थिए । अध्यक्षमा विजयी भट्टले हारजित स्वभाविक प्रक्रिया भएकाले सबैको सहकार्यमा एनआरएनएका एजेन्डालाई पूरा गर्ने बताए । उनको कार्यकाल दुई वर्षको हुनेछ ।

यसैगरी उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा बद्री केसी, कोषाध्यक्षमा हिक्मत थापा र सहकोषाध्यक्षमा सोम सापकोटा विजयी भएका छन् । सचिवमा डीवी क्षेत्री र जानकी गुरुङ चुनिएका छन् । महिला संयोजकमा रजनि प्रधान र युवा संयोजकमा सुदन थापा विजयी भएका छन् ।

अमेरिका क्षेत्रीय संयोजकमा गौरी जोशी, एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा र युरोप क्षेत्रीय संयोजकमा शिव बरुवाल विजयी भएका छन् ।निर्वाचनमा अधिकांश पद भट्ट प्यानलबाट उम्मेदवार बनेकाहरुले जितेका छन् । एनआरएनए सम्मेलन गत शनिबार काठमाडौंमा सुरु भएको थियो । तीन दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको हो । एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।

post image

असोज ३०, काठमाण्डौं । पुनःनिर्माण नभए पनि दिदीबहिनी नहुनेले यस वर्ष भाइटीकाका दिन रानीपोखरीस्थित बाल गोपालेश्वर मन्दिरमा पूजा एवं दर्शन गर्न पाउने भएका छन्।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको मन्दिर पुनःनिर्माण हुन नसक्दा मन्दिरको मूलढोकामै दर्शन गर्ने व्यवस्था मिलाउन लागिएको पुरातत्व विभागले जनाएको छ। कात्तिक ४ गते शनिबार दर्शनार्थीलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाउन पुनःनिर्माणको जिम्मेवारी पाएको कँडेल÷राम जेभी कम्पनीलाई निर्देशन दिइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। यस सम्बन्धमा व्यवस्था गर्न निर्माण व्यवसायीसँग विभागमा भएको  बैठकमा यस्तो निर्देशन दिइएको उनले बताए।

विभागको निर्देशनमा रंगरोगन गरी भाइटीकाका दिन भक्तजनलाई पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको निर्माण व्यवसायी अर्जुन कँडेलले बताए। एक करोड ४० लाख रुपैयाँको लागतमा मन्दिर पुनःनिर्माणको काम अघि बढेको पनि उनले बताए।  यसअघि काठमाडौँ महानगरपालिकाले सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर पुनःनिर्माण सुरु गरेपछि विभागले पुरातात्विक स्थलमा यस्ता सामग्री प्रयोग गर्न नपाउने भनी भत्काउन लगाएको थियो ।  परम्परागत निर्माण सामग्रीले बनेका सम्पदा हजारौँ वर्ष टिक्ने र सिमेन्ट प्रयोग भएको संरचना ७० वर्षभन्दा बढी नटिक्ने भएकाले आधुनिक निर्माण सामग्री पुनःनिर्माणमा रोक लगाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए।

हाल विभागले नै बालगोपालेश्वर मन्दिर र रानीपोखरी पुनःनिर्माण गर्ने भने पनि भूकम्पको ३० महिना बितिसक्दा पनि अलपत्र छ। पानी भरिएर आकर्षक देखिने रानीपोखरी अहिले चौरमा परिणत भएको छ।  गत असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने सम्झौता निर्माण व्यवसायीसँग भएपनि विभाग र काठमाडौँ महानगरपालिकाको विवादले काममा ढिलाइ भएको छ। हाल महानगरपालिकाले पुनःनिर्माणको डिजाइनको अध्ययन गरिरहेकाले काम हुन नसकेको निर्माण व्यवसायीको भनाइ छ।  रानीपोखरी पुनःनिर्माणको लागत भने छ करोड २९ लाख रुपैयाँ छ। प्रताप मल्लले छोरा चक्रवर्तेन्द्र मल्लको निधन भएपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । पोखरीमा १०८ तीर्थको जल हालिएको थियो। तिहारको भाइटीकामा मात्र खुल्ने रानीपोखरीबीचको बाल गोपालेश्वर मन्दिर दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भाइटीका पर्व मनाउने स्थलका रुपमा स्थापित छ। यो मन्दिर वर्षमा एक दिन भाइटीकामा मात्र खुल्छ ।  रासस

post image

असोज ३०,काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०मा  सात पदाधिकारीका लागि २० जनाले उम्मेद्वारी दिएका छन् । कोषाध्यक्षमा भने हिक्मत थापा निर्विरोध निर्वाचित भए। उनी अहिलेको कार्यसमितिमा पनि कोषाध्यक्ष छन्। नाइजेरियाको चर्चित डाङ्गोटे ग्रुपमा कार्यरत थापा अफ्रिकाका लागि गैर आवासीय नेपाली क्षेत्रिय समितिका संयोजक पनि हुन्।

नयाँ कार्य समितिमा अध्यक्षका लागि भवन भट्ट र जमुना गुरुङको उम्मेद्वारी परेको छ। यस्तै दुई जना निर्वाचित हुने खुला उपाध्यक्षमा छ जनाले उम्मेद्वारी दिएका छन्। एक जना चुनिने महिला उपाध्यक्षमा दुई, महासचिवमा तीन एवं दुई जना चुनिने सचिव पदमा छ जनाको उम्मेद्वारी परेको संघको निर्वाचन समितिले जनाएको छ।

post image

असोज २९ , काठमाडौं ।  भर्खरै जीवित देवी कुमारीको जीवन पूरा गरी सर्वसाधारणका रूपमा फर्केकी मतिना शाक्य पहिलोपटक सार्वजनिक भएकी छन् । उनी शाक्य  भिन्तुना गुठीद्वारा भोटाहिटीमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएकी हुन् । उनले कार्यक्रममा गुठीबाट निष्कासित चाँदीको सिक्का सार्वजनिक गरिन् ।

निवर्तमान कुमारी शाक्यको दैनिकी सर्वसाधारण बालिकाको जस्तै बित्दै गएको परिवारले जनाएका छन् । ‘आमसर्वसाधारण बालिकाको हुन्छ, त्यसैगरी मतिनाको पनि बित्दै गइरहेको छ,’ बुबा प्रतापमान शाक्यले भने, ‘छोरी स्कुल जान थालेकी छ, स्कुलपछि इतुम्बहालस्थित घरमा दिदीसँगै खेल्छे ।’मतिनाको शिक्षाका निम्ति सरकारले पूर्ण ‘ग्यारेन्टी’ लिनुपर्ने ५० वर्षीय बुबा प्रताप मानको आग्रह छ । ‘पूर्वकुमारीलाई पनि राष्ट्रले सम्मान गर्नुपर्छ,’ उनले भने, ‘राज्यले कम्तीमा पनि शिक्षाको खर्चचाहि“ सरकारले गर्नुपथ्र्यो ।’

निवर्तमान कुमारी मतिनाका बुबा प्रतापमानलाई पहिले आफ्नी छोरीलाई सबैले जीवित देवीका रूपमा मान्दा खुसीको सीमा थिएन । अब सबैले मानेकी देवी छोरीलाई आफ्नै घरमा राखेर साँझ बिहान सँगै बसेर खाँदाको आनन्द बेग्लै छ । मतिनाको घरमा उनका बुबा र दिदीसँगै आमा र हजुरआमा पनि छन् । काठमाडौंमा जीवित देवीका रूपमा कुमारीलाई मानिन्छ । कुमारी मतिना शाक्यको उमेर १२ वर्ष पुगेपछि उनको ठाउँमा नयाँ कुमारी ओमबहालकी तृष्णा शाक्यलाई कुमारीका रूपमा ल्याइएको हो ।

गुठी संस्थानले महाअष्टमीका दिन दुई साताअघि  तृष्णा शाक्यलाई विधिवत कुमारी देवीका रूपमा काठमाडौं वसन्तपुर कुमारीघरमा प्रतिस्थापन गरेको हो । कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ । कुमारी देवीसँग काठमाडौंका धेरै जात्रा र पर्व जोडिएका छन् । इन्द्रजात्रा, घोडेजात्रा, मत्स्येन्द्रनाथ जात्रालगायत रथायात्रा निकालिन्छ । कुमारी देवीको परम्परा लिच्छिवीकालदेखिकै हो । कुमारीघर निर्माण र रथयात्रा थालनी व्यवस्था भने २ सय ५८ वर्षअघि राजा जयप्रकाश मल्लले गरेका थिए ।

post image

असोज २८, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताविपरीत शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन ।

उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविदहरुसँग परामर्श गर्ने तयारी गरेकी छन् । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद् विस्तारप्रति आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन । राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैन न् । यसले राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने सकेत देखाएको नयाँ पत्रिका दैनिकमा खबर छ ।

post image

असोज २६, काठमाडौं । मौसमी रुघाखोकीका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अक्टुबर महिनासम्म तीन हजार १०१ बिरामीमा जाँच गर्दा एक हजार २९१ जनामा मौसमी रुघाखोकी देखिएको थियो। यसमध्ये १७ जनाको मृत्यु भएको हो।महाशाखाका निर्देशक डा भीम आचार्यका अनुसार मृत्यु भएकामध्ये नौ जनामा अन्य रोग पनि थियो।  काठमाडौँलगायत देशका अन्य जिल्लामा मौसमी रुघाखोकी (इन्फ्लुएन्जा भाइरस) का बिरामीको सङ्ख्या बढेको थियो। इन्फ्लुएन्जा भाइरस टाएप ए को (एच१एन१) भाइरसबाट गत साउन–भदौमा सङ्क्रमित बिरामीको सङ्ख्या ८०६ थियो।

निर्देशक आचार्य मौसमी रुघाखोकी कुनै पनि समय फैलन सक्ने भएकाले यसबाट हमेसा सतर्क रहनुपर्ने बताउछन्। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा यो भाइरस छिटो सङ्क्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन उनले आग्रह गरे। ‘सामान्य मौसमी रुघाखोकी भएकाले धेरै डराउनुपर्ने नभए पनि सतर्क हुनुपर्छ, जटिलता भएमा मृत्यु हुने खतरा बढी हुन्छ,’ उनले भने। विगतमा सुँगुरबाट (एच१एन१) भाइरस सर्दै आएको थियो। अहिले यसले आफ्नो रूप परिवर्तन गरेको छ।

सिजनल इन्फ्लुएन्जा (एच१एन१) ले कमजोर व्यक्तिलाई आक्रमण गरी छोटो समयमा दुवै फोक्सामा खराबी ल्याउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा शेरबहादुर पुनले बताए। केही वर्षयता एच१एन१ का बिरामीको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ। ‘ज्वरो आउने, घाँटी दुख्ने, टाउको दुख्ने, रुघाखोकी लागेमा तुरुन्त उपचार गराउनुपर्छ, अति आवश्यक काम नपरी भीडभाडमा नजाने, पोषिलो खानेकुरा खाने, सकेसम्म हात नमिलाउने, अंकमाल नगर्नेजस्ता सतर्कता अपनाउन आवश्यक छ,’ उनले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक १० देखि १५ जना रुघाखोकीेका बिरामी आउने गरेका छन्। डा पुनले एच१एन१ भाइरसको जिनमा परिवर्तन आई कडा रूपमा देखिन थालेको बताउँदै ‘टेमी फ्लू’ नामक औषधि चलाउँदा पनि काम नगरेको जानकारी दिए। बिरामीमा निमोनिया देखिने गरेको छ।

खासगरी, मौसम परिवर्तन हुने समय, गर्मी सकिएर बर्खा लाग्ने समय, बर्खा सकिएर शरद ऋतु लाग्ने समय, जाडो सकिएर वसन्त लाग्ने समयमा देखिने भए पनि पछिल्लो समयमा सिजनल इन्फ्लुएन्जा भाइरसका सङ्क्रमित देखिने गरेका छन्। क्षयरोग भएका, श्वासप्रश्वासको रोग भएका, मुटु, मोटोपन, धूम्रपान तथा मद्यपान गर्ने, दम, मधुमेह, मिर्गौलाले काम गर्न छाडेका, डायलासिस गरिएका, ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति र पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला, यस्ता समूहको उपचारमा खटिने स्वास्थ्यकर्मी सङ्क्रमणको उच्च जोखिममा रहेको निर्देशक आचार्यले जानकारी दिए। रासस

post image

असोज २५,  काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बमबहादुर भण्डारी, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तान नियुक्त भएका हुन् ।

भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए ।

उनीहरुलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको समेत सहभागिता थियो ।

post image

असोज २४,काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजनाको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानको नाम अनुमोदन गरेको हो ।

प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएको भन्दै समितिले व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १ सय ८५ (५) अनुसार अनुमोदन गर्ने निर्णय गरेको छ । उपनियम ५ मा उमेदवारको नाम समितिका सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिने व्यवस्था छ ।

न्यायपरिषद्ले गत भदौ २९ र असोज १ गते सर्वोच्च  अदालतको न्यायाधीश पदका लागि तीनजनाको नाम सिफारिस गर्दै संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा पत्र पठाएको थियो । संविधानको धारा १ सय २९ को उपधारा २ बमोजिम तथा व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम १ सय ८५ तथा संसदीय सुनुवाइ विशेष समितिको कार्यविधि २०७३ बमोजिम संसदीय सुनुवाइ गरिएको थियो ।

post image

असोज २२, पालुङ्टार ९गोरखा० ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले शैक्षिक तथा धार्मिक महोत्सवको उदघाटन गरेकी छिन् । भवानी बहुमुखी क्याम्पसको शैक्षिक तथा भौतिक सुधारका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक प्रकाश शरण खनालले जानकारी दिए । महोसत्वमा सहभागी हुन नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि पालुङटार पुगेका छन् । राष्ट्रपति भण्डारीका लागि महोत्सव स्थलको सुरक्षा ब्यबस्था कडा पारिएको छ । दिनहूँजसो जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानबाट अनुगमन तथा सुरक्षा जाँच हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी केशव शर्माले जानकारी दिए ।

शैक्षिक तथा धार्मिक महोत्सव एकसातासम्म सञ्चालन हुनेछ । महोत्सवमा गोविन्दशरण महाराजजीले कथावाचन गर्ने कार्यक्रम छ । गोविन्दशरण महाराजजी १०८ राष्ट्रशान्ति शैक्षिक तथा धार्मिक महोत्वसका संकल्पकर्ता, ७५ वटै जिल्लामा नमूना शैक्षिक संस्था निर्माणका संकल्पकर्ता, ५० वटा देशमा विश्वशान्तिका संकल्पकर्ताको रुपमा परिचित छन् । महोत्सवमा राष्ट्रपतिद्वारा यज्ञकुण्ड, हवनकुण्डमा पूजा, हवन तथा अवलोकन गरेकी छिन् । महोत्सवबाट क्याम्पसका लागि करिब तीन करोड रुपियाँ संकलन गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सव सञ्चालनका लागि करिब ४५ लाख खर्च हुने मूल आयोजक समितिका संयोजक खनालले जानकारी दिए ।

महोत्सवको हरेक दिन बिहान २२०० शान्ति कलस यात्रा गरिनेछ । दिनहूँ योग शिवर, भजन समूहद्वारा भजन, संगीतमय धार्मिक, पौराणिक कथाप्रवचन, १०८ सालिग्रामको दर्शन तथा प्रदक्षिणा, आकासद्वीप प्रज्ज्वलन, सामुहिक व्रतवन्ध, विवाहका कार्यक्रम, लक्ष्यवर्ती(लाखवत्ती) प्रज्ज्वलन हुने महाराजजीका सचिव कोषबहादुर खड्काले जानकारी दिए । भवानी सामुदायिक बहुमुखी क्याम्पस बिगत ११ बर्षदेखि सञ्चालन भएको हो । यसलाई गोरखा, लम्जुङ र तनहूँको शैक्षिक केन्द्र बनाउने गरी गुरुयोजना तयार गरिएको आयोजकले जनाएको छ ।

post image

असोज २१, मोरङ । मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा–७, तारेगामास्थित नेपाल–भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४/पीपी ६२ नम्बरसँगै टाँसेर घर बनाएका छन् ।

सीमाक्षेत्रमा भेटिएका स्थानीय सञ्जयकुमार साहका अनुसार, जनवरीमा नेपाल–भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी गरेको थियो । त्यसबेला सीमास्तम्भभन्दा उत्तरतर्फ नेपालीका केही घर हटाइएको भए पनि भारतीय बस्ती भने जस्ताको तस्तै छन् ।

विराटनगरको रानी भन्सारबाट १७ किलोमिटरको दूरीमा पर्छ – तारेगामको उक्त बस्ती । त्यहाँसम्म पुग्न केही कालोपत्रे सडक भए पनि धेरैजसो भाग भने कच्ची ग्राभेल पर्छ । दसगजा क्षेत्रसँग जोडिएको चियाखाजा पसलका सञ्चालक नेपाली नागरिक फूलमान साहले भने, ‘यहाँ बडा रामराज्य छ । हामी वारिपारिका मिलेर बस्छौं । सुरक्षाकर्मीको जरुरी छैन । को नेपाली र को भारतीय भन्ने भेदभाव हामीबीच छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

post image

असोज १९, पोखरा । प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमा मेला लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा ९कोजाग्रत पूर्णिमा०का दिन अत्याधिक दर्शनार्थी आउने भएका कारण लाग्ने मेलालाई कोजाग्रत पूर्णिमा मेलाका रुपमा लिने गरिएको छ ।

तालबाराही मन्दिर संरक्षण समितिका पूर्व सदस्यका अनुसार मेलामा सहभागी हुन र तालबाराहीको दर्शन गर्न आजको दिन वर्षभरिमा नै सबैभन्दा बढी मानिस आउने गरेका छन् ।प्राचीनकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ ।

फेवातालको बीच भागमा मन्दिर रहेको र तालमा माछापुच्छे«को छाया देखिने भएका कारण मन्दिर धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा आकर्षण बन्दै गएको छ । दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घर घरमा जमरा सेलाउने प्रचलन छ ।

 

post image

असोज १९, काठमाण्डौं ।आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउँछन् ।

माता दुर्गाका तीन वटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आरधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ ।

‘कोजाग्रत पूर्णिमामा सबै बलि पूरा गर्ने दिन अर्थात् अखिल बलि पूर्ति गरेपछि दशैँ समाप्त हुन्छ, दशमीको पाँचौँ दिन सबै बलि पूर्ति गर्नुपर्ने शास्त्रीय विधान छ’, गौतमले भने । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा गर्नुपर्छ । यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि शुरु हुन्छ । आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याइ गरिन्छ । आकाशदीप दान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आजदेखि नै शुरु हुन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक स्नान गरेर महापातकबाट पनि मुक्त भइने विश्वास छ । कात्तिक स्नान गर्नेले आजदेखि कात्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ ।

post image

असोज १८, काठमाडौँ । वसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गरेकी छन् । २०६४ सालमा कुमारीमा नियुक्त भएकी शाक्यको यो व्यक्तिगत आम्दानी हो । कुमारीका लागि महानगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैङ्क तथा सङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन् । यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागू गरिएको छ ।

देवी देवता र मन्दिरलाई प्राप्त हुने दक्षिणा तथा भेटी पारदर्शी र व्यवस्थित गर्ने गराउने क्रममा नेपाल सरकारले ल्याएको नीतिबमोजिम यो व्यवस्था गरिएको हो । गुठी संस्थानले दिएको जानकारीअनुसार गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, पाल्पाको रणउज्जेश्वरी, हेटौंडाको भुटनदेवी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती र उग्रचण्डी, बाराको गढीमाई, धरानको बुढा सुब्बा, काठमाडौँको मैतिदेवी तथा दक्षिणकाली लगायतका मन्दिर र पिठको भेटी व्यवस्थापन कार्य अगाडि बढाइएको छ ।

पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन नीति सरकारद्धारा स्वीकृत भएपछि मुलुकका चल्तीका देवस्थलमा पनि यो प्रक्रिया लागू गर्न लागिएको हो । कुमारी मतिना शाक्य महाअष्टमीका दिन पदमुक्त भएपछि उनको स्थानमा मञ्जुश्री नकमहाविहारकी तृष्णा शाक्य नयाँ कुमारीमा नियुक्त भएकी छन् । रजस्वला हुने उमेर र अवस्था आएपछि कुमारी फेर्ने प्रचलन छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

post image

असोज १८, काठमाडौँ । काठमाडौंमा बुधबार विहान भूकम्प गएको छ । बिहान २ बजेर ४ मिनेटमा ३.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडाँको नयाँ बसपार्क (गोंगबु) बाट उत्तरतिर केन्द्रबिन्दु रहेको यो भूकम्प गोरखा भूकम्पपछिको परकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बताए । गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका ४८७ वटा परकम्प गइसकेको केन्द्रले जनाएको छ ।

चार रेक्टरभन्दा साना परकम्प हजारौँको संख्यामा गइसकेका छन् । चार रेक्टरभन्दा साना परकम्पको खासै असर नपर्ने गरेको भट्टराईले बताए ।

 

post image

असोज ९,काठमाडौं। नेपाली सेनाले दशैंको टीकाको दिन असोज १४ गते शनिबार काठमाडौं उपत्यकामा निःशुल्क यातायात सेवा उपलब्ध गराउने भएको छ ।

सेनाले सोमबार दिएको जानकारीअनुसार सर्वसाधारणहरुको सुविधाका लागि विभिन्न आठवटा रुटमा निःशुल्क बस सेवा सञ्चालन गरिनेछ ।

टीकाको दिन शनिबार बिहान साढे ६ बजे, बिहान ११ बजे र अपरान्ह ४ बजे तीनपटक आठवटा रुटमा छुट्टा–छुट्टै बस सेवा सञ्चालन हुने सेनाले जानकारी दिएको छ ।

post image

असोज ७,काठमाडौं । यसबर्षको हेम–सुनिल जोखिपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार भरतबन्धु थापाले प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले स्थापना गरेको पुरस्कार थापा र धादिङका पत्रकार शिव सिलवाल सयुक्त रुपमा प्रदान गरीएको छ । देशभरबाट प्राप्त १३ वटा रिपोर्टमध्ये एभिन्युुज टेलभिजनको खवरभित्रको खवरमा भरतबन्धु थापाले तयार गरेको डोल्पामा यार्सा संकलनबारे प्रशारण भएको सामाग्री जोखिमपूर्ण पत्रकारिता पुरस्कृत भएको हो ।

थापा र सिलवाललाई नगद २५ हजार ५ सय सहित कदर प्रत्र दिदै बाणिज्य मन्त्री मिन विश्कर्माले भने पत्रकारहरुको ब्यवसायिक सुरक्षाका लागि सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

पुरस्कृत थापाले आफनो पत्रकारिता पेशामा थप जिम्मेवारी थपिएको भन्दै सुचना बहाकका रुपमा निरन्तर लागि रहने प्रतिबद्धता जनाए । २०६३ असोज ७ गते रिपोटिङका लागि ताप्लेजुङको धुम्साह पुगेका आफना सहकर्मी हेम–सुनिलको हेलिकप्टर दुर्घटनामा निधनको स्मृतिमा नेपाल टेलिभिजनले हरेक बर्ष यो पुरस्कार बितरण गर्दे आएको छ ।

post image

बिनिता सिवाकोटी असोज ६,काठमाडौं। शरणार्थी नाम मै पिडा लुकेको यस शब्दलाई हटाएर कुनै देशको नागरिक बनेर कहिले ढुक्कको सास फेर्ने ? कहिले नागरिकता देखाई आफ्नो हक अधिकारलाई सुनिश्चित गर्ने ? सरकार कहिले बुझ्ने जनताको कहाली लाग्दा दिन र नढलेका रातहरुलाई ? जनता शरणार्थी बन्छन , त्यहि जनता शरणार्थी कहलाउदा देश चाही किन शरणार्थी बन्दैन ?

 

 

शरणार्थी जसको शब्दले नै बोल्छ कुनै व्यक्ति आफ्नो घर सहर र देशबाट अलग्गिएर वा भनौ जोखिममा रहेको जीवन लाई बचाउन भागेर अर्को स्थानमा पुग्छ । आफु जन्मेको आफ्नो पुर्खाले देखेको र बनाएको आफ्नो सृष्टि भएको स्थानलाई चटक्क छाडेर जान पटक्कै सजिलो छैन । तर पनि त्यहि जीवन जोगाउन र आउदा सन्ततिको बीउ जोगाउन भएपनि बिस्थापित हुनैपर्ने यो कस्तो बाध्यता ! त्यसो त शरणार्थी २ किशिमका छन् तर उनीहरुको पिडामा भने खासै फरक छैन ।

१. जो आफ्नै देशमा निम्तिएको द्वन्दलाई सहन नसकेर , आक्रमणकारी घटनालाई आत्मसात गर्न नसकेर सुरक्षा खोज्दै बाध्यताका साथ अन्यत्र स्थानमा बिस्थापित बन्न पुग्छन । बिगत कै कुरालाई हेर्ने हो भने भुटानमा बस्न नसकेर बिस्थापित बनेका भुटानी शरणार्थीहरु जो अहिले लामो समय बितिसक्दा पनि नेपालस्थित झापा तथा मोरंग जिल्लामा अवस्थित शिबिरमा गुजारा गरिरहेका छन् ।

न त उनीहरु आफ्नो देशमा नै फर्कन सकेका छन्  न् त कुनै ठाउँको नागरिकता र आफ्नो अधिकार नै सुनिश्चित गर्न सकेका छन् ? जसले आएर जे भने पनि चुपचाप सुन्नु पर्ने न त उनीहरुको लागी कुनै कानुन न् कुनै हक अधिकारको न्यायालय ! हक अधिकार त परको कुरा ढुक्कले सास फेर्न सम्म नसकेका उनीहरुलाई कहिले फिर्ता बोलाउने भुटानी सरकारले ? कहिले देखिएला ती ओठमा खुसीका पल ? अनि कहिले बन्छन उनीहरु भुटानका नागरिक ? प्रश्नै प्रश्न बीच उल्झिएको छ कैयौं जिन्दगी यहाँ ! 

उनीहरुलाई आफ्नै देश फर्काउन धेरै पहल पनि नभएका हैनन् तर नतिजा भने शुन्यमै रहयो ।अन्तराष्ट्रिय समुदायको लामो छानबिन पछि तथा प्रतिहिंसाको सम्भावनालाई मध्यनजर गरि यि शरणार्थीहरुलाई संयुक्त राज्य अमेरिकाब्रिटेनअस्ट्रेलिया तथा अन्य युरोपी राष्ट्रमा लैजाने प्रस्ताव ल्याए। यस प्रस्तावमा भूटानी शरणार्थीहरुको मिश्रित प्रतिक्रिया आयो। केहि मानिस अब कुनै पनि देशमा नागरिक बनेर बस्न चाहन्छन त केहि मानिस अफ्नो देशमा नै फर्कन चाहन्छन। ती फर्किन चाहने नागरिकले कहिले टेक्न पाउँछन् आफ्नो जन्मभुमि यो जटिल प्रश्न को उत्तर भने फेला पार्न अत्यन्तै मुस्किल देखिन्छ ।

 

अहिले फेरी मौलाएको छ अर्को शरणार्थीको बिकराल समस्या त्यो हो म्यानमारस्थित बस्दै आएका मुश्लिम रोहिंगा समुदाय । करिब एक महिनादेखी भड्किएको हिँसा र आतंकले गर्दा बिस्थापित बनेका लाखौं मुस्लिम रोहिंगा समुदायका मानीस अहिले शरणार्थी बनेर भारत , बंगलादेश र नेपाल छिर्न थालेका छन् ।   म्यानमारमा पछिल्लो समयमा स्थानीय रोहिङ्गा समुदायका नागरिकमाथि ज्यादती भएको भन्दै देश छोडेर भाग्ने क्रममा कम्तीमा पनि १०० जनाको ज्यान गएको बताइएको छ। गएको अगष्ट २५ तारिखदेखि उक्त विवाद सुरु भएको हो। उनीहरूका अनुसार एक सातामा ५२ वटा आतंककारी आक्रमण भएका छन् । रखिन राज्यका ७ सय घरमा सुरक्षाकर्मीले आगजनी गरेको विस्थापितले बताएका छन् । सो विवादका कारण रोहिङ्गाले देश छोडेका छन्। उनीहरु छिमेकी देश बङ्गलादेशमा पुगेर शरणार्थीको रुपमा रहेका छन्। हाल म्यानमारबाट बङ्गलादेशमा रोहिङ्गा मुस्लिम समूदायका झण्डै तीन लाख मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएका छन् ।

 

उक्त क्षेत्रमा भागेर जाने क्रममा आजसम्ममा कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। ज्यान जानेमा कैयौँको सङ्ख्यामा बालबालिका पनि परेका छन् । अब कहिले फर्किन पाउनेछन् यस समुदायका मानिसले पुन आफ्नो देशमा या शरणार्थी बनेरै मृत्युको दोसादमा पुग्ने छ उनीहरुको जीवन ?

२. परिवारको आर्थिक स्थिति कम भएर वा विलासी जीवन जिउने आसमा पनि लाखौ मानिसहरु प्रत्येक वर्ष आफै शरणार्थी बन्ने गरेका छन् । आफ्नो परिवारलाई राम्रो र सुखी जिन्दगी दिन कै लागी चाहेर भनौ या नचाहेर बिदेशी भूमिमा शरणार्थी जीवन बिताउन बाध्य रहेका छन् । यसरि अन्यत्र देशको शरणार्थी बनाईदिन्छु भनेर लोभ लालच देखार घर न् घाटको बनाउने दलालहरुको बिगबिगी पनि दिनानुदिन बढ्दो रहेको छ । दिनहुँ जस्ता विभिन्न अखबार, टेलिभिजन, रेडियो तथा अनलाइन न्युजहरुमा यस्ता खबरहरुले स्थान पाएका हुन्छन । त्यस्तै देशको राजनीतिक अस्थिरता, बेरोजगारीका कारण पनि मानिसहरु बिदेशी भूमिमा शरणार्थी जीवन जीईरहेका छन् । यस्तै बाध्यता र रहरले शरणार्थी बन्ने क्रममा कैयौंले अकालमै ज्यान गुमाएका पनि छन् । तर यसरि जनता शरणार्थी जीवन जिउन बाध्य हुनुमा दोष कसको ?

 

 

शरणार्थी समस्या अहिलेको बिश्वकै बिकराल समस्या हो जसको समाधान निकाल्न उतिकै कठिन पनि रहेको छ । हामीले धेरै देशका शरणार्थीका बारेमा सुन्दै , पढ्दै र प्रत्यक्ष रुपमा देख्दै आएका छौं । उनीहरुका लागी राष्ट्र संघले सहयोग त गरिरहेको छ तर यो पर्याप्त भने छैन । भुटानी शरणार्थी , सिरियाली शरणार्थी , रोहिंगा समुदाय बाट बन्न लागेका यस्ता धेरै शरणार्थी र उनीहरुले बिताएका कष्टकर जिन्दगी, बालबच्चाका सुखेका ती ओठ देख्दा कसको मन नरोला र ?

 

post image

उत्तम सिंखडा , असोज ३, काठमाण्डौं । नेकपा माओवादी केन्द्रका बरीष्ठ नेता बर्षमान पुन अनन्तले संविधानको सफल कार्यान्वयनका लागि सबै एकजुट हुनु आवश्यक भएको बताउनु भएको छ । बरिष्ठ नेता पुनले आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई बलियो शक्तिका रुपमा उभ्याउनका लागि पनि सबै कार्यकताहरु एकजुट हुनु पर्ने बताउनु भएको छ । नेता पुनले नेकपा माओवादीलाई बलियो शक्तिका रुपमा नेपाली जनताले रुचाएको र मन पराएको कुरा स्थानीय तह निर्वाचनवाट समेत पुष्टी भईसकेकाले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउनका लागि सबैको साथ, सहयोग र सहभागीताको अपेक्षा राखेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रको उपत्यका–धादिङ्ग जनसम्पर्क मञ्चको छैटौ जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता पुनले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नका लागि एकत्रित भई अघि बढ्न आग्रह गर्नु भएको हो ।

धादिङ्गवाट काठमाण्डौ आई बिभिन्न पेशा ब्यवसाय गरी बसेका माओवादी केन्द्र समर्थितहरुको सहभागीतामा भेलामा समिती गठन गरेको हो । नेकपा माओवादी केन्द्रको उपत्यका–धादिङ्ग जनसम्पर्क मञ्चको छैटौ जिल्ला भेला शुभकामना आदान–प्रदान कार्यक्रमको सभापतीत्व बद्री नेपालले गर्नु भएको थियो भने कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य पुष्प बिक्रम मल्ल, माओवादी केन्द्रका धादिङ्ग जिल्ला ईञ्चार्ज शालीकराम जमरकट्टेल, पोलीट्ब्यूरो सदस्य बिष्णु पुकार श्रेष्ठ, जगत सिंखडा,माओवादी केन्द्रका सल्लाहकारबेदनीधि अधिकारी, जिल्ला उपाध्यक्ष राम बहादुर भण्डारी, जिल्ला सचिव बिजय बुर्लाकोटी, लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

उपत्यका–धादिङ्ग जनसम्पर्क मञ्चको छैटौ जिल्ला भेलाले बिनोद बाबु रिमालको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा हरी शर्मा, श्रीराम अधिकारी,सचिवमा सुमन खनाल, कोषध्यक्षमा चन्द्र बहादुर गुरुङ्ग, सहसचिवमा नानीकाजी बस्नेत र श्रीराम खतीवडालाई चयन गरेको  छ ।

त्यसरी नै अन्य सदस्यहरुमा मनमोहन तामाङ्ग, रम्ब बहादुर तामाङ्ग,तोप बहादुर तामाङ्ग, गोकुल सिंखडा, कृष्ण बहादुर तामाङ्ग, बिमन बुर्लाकोटी, बिष्णु बहादुर थापा, युनियन बञ्जरा, बासु लम्साल, शैलेस पोखरेल, चिन्तामणी वस्थी, मिन बहादुर सामारी, ठाकुर बुर्लाकोटी, योगेन्द्र ढुङ्गना, सुजन भण्डारी, श्रीराम खतिवडा, भरत कालीकोटे, कुल बहादुर तामाङ्ग, बीर बहादुर तामाङ्ग, प्रकाश बाँस्कोटा, बलराम थपलियाँ, दिपक ठकुरी, ठाकुर बुढाथोकी, राजन ढुङ्गाना, राजुराम खकुरेल, जानकी अधिकारी, कुमार तामाङ्ग,कृष्णराज कडेल, निर्मला तामाङ्ग सानु लगायतलाई चयन गरेको छ ।

post image

भदौ २९,काठमाण्डौं । भिजन प्लानेट अष्ट्रेलिया नेपाल र ए प्लस एजुकेशनले संयुक्त रुपमा आयोजना गरेको भिजन प्लानेट मिस टिन तथा भिजन प्लानेट मिस्टर टिन प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा आयोजना गरीएको भिजन प्लानेट मिस्टर टिन २०१७ को उपाधी अभिबिन्द खनियाँ जित्न सफल भएका छन् । त्यसै गरी मिस्टर टिन २०१७ फष्ट रनर अप बिकेस प्रजापती बनेका छन् भने प्रतियोगिताको सेकेण्ड रनर अपको उपाधी जेनिथ कार्कीले जितेका छन् । काठमाण्डौ, पोखरा, झापा, धरान, ईटहरी,बिराटनगर, दाङ्ग, बुटवल, चितवन, नेपालगञ्ज र बिरगंजमा अडीसन सम्पन्न गरी छनौट भएका ११ जना प्रतियोगिहरुलाई एक महिनाको बन्द प्रशिक्षण पश्चात बुधवार अन्तिम प्रतिष्पर्धा गराईएको भिजन प्लानेटका प्रबन्ध निर्देशक हुकुमराज लुईटेलले अनलाईन समयलाई जानकारी दिए ।

काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लवमा बिशेष तामझामकासाथ आयोजना गरीएको भिजन प्लानेट मिस्टर टिन २०१७ का बिजेताले नगद रु ३० हजार, फष्ट रनर अपले नगद रु २० हजार तथा सेकेण्ड रनर अपले १० हजार नगद प्राप्त गरेका छन् । भिजन प्लानेट मिस्टर टिन २०१७ प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुका लागि अन्य बिभिन्न सव टाईटलहरु समेत राखीएका थिए । जस अनुसार अन्य बिद्यामा उत्कृष्ठता प्रदर्शन गरेकाहरुले भिजन प्लानेट मिस्टर टिन २०१७ को सव टाईटलहरु जित्न सफल भएका थिए । प्रतियोगितामा निर्णायकहरुले सोधेका प्रश्नहरुको समय सान्दर्भिक र गर्भिलो उत्तर दिएर प्रतियोगिहरु बिजेता बन्न सफल भएका थिए ।

 मिस्टर बेष्ट हेयरको उपाधी नबिन बस्यालले जितेका छन् भने मिस्टर फोटोजेनिकको उपाधी माथि प्रदीप तामाङ्गले कब्जा जनाए । मिस्टर ट्यालेन्टको उपाधी जित्न बिकेश प्रजापती सफल रहे भने मिस्टर पपुलरको उपाधी अभिबिन्द खनीयाँले जिते । त्यसरी नै प्रतियोगिताको अन्य सव टाईटलहरुमा मिस्टर भ्यूअर च्वाईस जेनिथ कार्की बने भने मिस्टर अर्गनाईजर च्वाईस यूकेश थापा बन्न सफल भए । त्यसै गरी मिस्टर अर्गनाईजर च्वाईसको उपाधी माथि बिसान्त खड्काले कब्जा जमाउँदा मिस्टर पर्सनालिटी भने सिरिज डंगोल बन्न सफल भए । त्यसरी नै मिस्टर डिसिप्लेनको उपाधी कौशल भट्टराईले जित्दा मिस्टर बेष्ट वाक राजन तिवारी बने । मिस्टर फ्राईण्डसिपको उपाधी प्रदीप तामामिस्टर फ्रेण्डसिपको उपाधी प्रदीप तामाङ्गले जित्दा मिस्टर बेष्ट ड्रेस बन्न युवराज सिंह सफल भए । मिस्टर पब्लिक रिलेसनको उपाधी भने अभिबिन्द खनियाँले चुमेका थिए । प्रतियोगितामा ११ जना अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका थिए ।

भिजन प्लानेट मिस टिन २०१७ का निर्णायकहरुमा प्रभु बैकका निर्देशक तथा समाजसेवी अम्बिका शर्मा, सौजन्य मिडियाका प्रबन्ध निर्देशक श्याम कडेल,उच्च माध्यामिक बिद्यालय संघ हिसान काठमाण्डौका अध्यक्ष रामहरी सिलवाल,ईन्टरनेशनल मोर्डन कलेजका प्रमुख कार्यकारी अधिकृत सुदिप दवाडी, ईन्टरनेशनल मोडल दिक्पाल कार्की, रहनु भएको थियो भने कार्यक्रममा अतिथिका रुपमा आप्से फाउण्डेशनका प्रबन्ध निर्देशक अखिल श्रेष्ठ तथा भिजन प्लानेट अष्ट्रेलिया नेपालका प्रबन्ध निर्देशक सुवास शर्मा रहनु भएको थियो ।

post image

भदौ २९, काठमाण्डौं । नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन्।  दशैँको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक छ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थपगर्ने गरेपनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दूरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको जानकारी दिए। महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दशैँमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन्। यो वर्षमात्र २०÷२१ लाख मानिस दशैँ मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५÷१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा पाँच÷छ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन्।

हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानोबसपार्क, कलंकी लगायतका स्थानबाट लामो तथा छोटो दूरीका सवारीसाधन छुट्ने गर्दछन् । दशैँलाई लक्षित गरेर सरकारले यही भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल दशैँको समयमा उपत्यका भित्रिने तथा बाहिरिने चारवटा नाकाबाट दशैँको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताउँछन्।  महाशाखा, विभागलगायत विभिन्न संघ संस्थाको सहयोगमा दशैँमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ । रासस

post image

भदौं २८, चितवन । हरेक दिन रातको समयमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि २४ सै घन्टा खुला हुने भएको छ । दसैं र तिहार पर्व मनाउन घर जाने यात्रुलाई सहज रूपमा यात्रा गराउन सो सडकखण्ड २४सै घन्टा सञ्चालनमा ल्याउन लागिएको हो । २४ सै घण्टा सडक सञ्चालनमा गर्ने निर्णयसँगै सडकको अवस्था बताउन ठाउँठाउँमा डिजिटल सूचना बोर्ड पनि राखिएको छ । वर्षाका कारण पहिरो खस्ने समस्या बढेपछि गत २५ असारदेखि रातको समयमा सडक यातायात बन्द गरिएको थियो ।

मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढ तर्फबाट जाने सवारीसाधनलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो । चाडपर्वलाई ध्यानमा राखी राति पनि सडक खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनु भयो । उहाँका अनुसार चाडपर्वको अवधिमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार  गराइने छ । यात्रुवाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगरनजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले चाडपर्वमा सवारी चाप बढ्ने भएकाले सडक खण्डमा सवारी चाप कम गरी यातायात सहज बनाउने तयारी गरिएको जनाएको छ । चाडपर्वको अवधिमा सडकमा खाल्डाखुल्डी पुर्ने, पानी छर्कने, निर्माण सामग्रीका कारण सडक अवरोध नगर्ने तयारी भएको बताउँदै नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले निर्माण कम्पनीहरूले सो अवधिका लागि निर्माणको कामभन्दा यात्रुमैत्री भएर काम गर्ने जानकारी दिनुभयो ।

post image

भदौ २७, काठमाडौँ। नेपाली काँग्रेसले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक सीट ल्याउने योजनाका साथ तीव्र तयारी थालेको छ । प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १०० भन्दा बढी तहमा जित्ने रणनीतिका साथ काँग्रेसले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको काँग्रेस नेता एवं कृषि विकास मन्त्री रामकृष्ण यादवले बताउनुभयो ।

निर्वाचनमा पार्टीका पक्षमा माहोल बनाउन पार्टीका शीर्ष नेताले आजदेखि प्रदेश नं २ का आठवटै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सुरु गरेका केही दिनदेखि निर्वाचनको तयारीमा खटिनुभएका मन्त्री यादवले जानकारी दिनुभयो । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालगायत शीर्ष नेताहरुले आजदेखि प्रदेश नं २ का सबै जिल्लामा कार्यकर्ता भेटघाट र चुनावी सभालाई सम्बोधन गर्न सुरु गर्र्नुभएको छ ।

यतिखेर प्रदेश नं २ मा प्रमुख दल काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले दुईसाता अघिदेखि नै निर्वाचन प्रचार अभियानअन्तर्गत चुनावी सभा, घरदैलो भेटघाट र छलफललाई तीव्र पारिरहेका सन्दर्भमा मधेश केन्द्रित दलहरू पनि पहिलो हुने रणनीतिका साथ निर्वाचनमा होमिएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम नेपाललगायत तराई मधेस केन्द्रित पार्टीको चुनावी प्रचारले निर्वाचन माहोल ह्वात्तै तातेको छ ।

प्रदेश नं २ का कुल १३६ स्थानीय तहमा हुन लागेको निर्वाचनमा छ हजार छ सय पदका लागि ३६ हजार ३१८ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । जम्मा २६ लाख ९५० मतदाता र तीन हजार ५७८ मतदान केन्द्र रहेको प्रदेश नं २ अन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्र्सामा निर्वाचन हुँदैछ । यो प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।

post image

भदौ २६, काठमाडौं । सरकारले विदेशी भूमिमा जन्मेका गैरआवासीय नेपाली नागरिकका सन्तानलाई ४ वर्षे अवधिको राहदानी दिने निर्णय गरेको छ। मन्त्रीहरुको संख्या ५४ पुगेपछि सोमबार मन्त्रिपरिषद बैठक बसेको थियो। सो बैठकले बढीमा चार वर्षका लागि यस्तो राहदानी जारी गर्ने निर्णय गरेको हो।

सरकारले विदेशमा रहेका नेपालीका हकमा दुई वर्षे अवधिका लागि राहदानी दिने निर्णय यसअघि गरेको थियो। अब सो अवधि बढेर ४ वर्ष हुनेछ। ‘मन्त्रिपरिषद बैठकले विदेशमा बसोबास गर्ने नेपाली नागरिकका सन्तानका लागि ४ वर्षे अवधिको राहदानी उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सञ्चारमन्त्री बस्नेतले बालिग भएपछि भने उनीहरुले नागरिकता बनाएर दश वर्षे राहदानी बनाउन सक्ने बताए। विदेश बस्ने नेपालीले सन्तानको नागरिकता नहुँदा राहदानी बनाउन समस्या परेको गुनासो गर्दै आएका सन्दर्भमा सरकारले यस्तो व्यवस्था गरेको हो।

 

post image

भदौ २६, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा सांसद एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी ओली संग भेट गर्नु भएको छ ।

ओली निवास बालकोटमा भएको भेटमा समसामयिक राजनीति परिस्थिति र आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्बाचन बारे कुराकानी भएको ढकालका स्वकीय सचिव हिम बहादुर गुरुङले जानकारी दिनुभयो । ढकाल केपी ओली नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको मन्त्रि हुनुहुन्थ्यो ।

post image

भदौ २६, काठमाण्डौं । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौ आई विभिन्न पेशा व्यवसायमा संलग्न रही काठमाण्डौलाई आफ्नो कर्मथलोको रुपमा प्रयोग गर्दै आईरहेका गंगाजमुना गाउँपालिकाका स्थानीयबासी एकजुट भएका छन् ।  राजधानीमा एक बिशेष कार्यक्रमको आयोजना गरी उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाबाट काठमाडौमा रहेका माओवादी केन्द्र निकटहरुको उपस्थितीमा उपत्यका–धादिङ जनसम्पर्क मञ्च गठन भएमोमा सो मञ्चको प्रथम भेला सम्पन्न भएको छ ।

उपत्यका–धादिङ जनसम्पर्क मञ्चको प्रथम भेलाको एक समारोहकाबिच सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले उद्घाटन गर्नु भएको थियो । उद्घाटन सत्रमा बोल्दै मन्त्री बस्नेतले देशका जुनसुकै कुना काप्चावाट  काठमाण्डौ उपत्यकामा आई बसे पनि देशको समृद्धि र आर्थिक बिकासमा देशभरवाट उपत्यकामा आएर बसेकाहरुले पुर्याएको योगदानको प्रशंसा गर्नु भयो । मन्त्री बस्नेतले यसरी एकजुट हुनाले आफ्नो स्थानीय तहको बिकास र बिस्तारमा पनि उपत्यकामा रहेकाहरुले योगदान रहने धारणा राख्नु भयो ।

उपत्यका–धादिङ जनसम्पर्क मञ्चको प्रथम भेलामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पुष्पविक्रम मल्ल, जिल्ला अध्यक्ष शालिकराम जमकट्टेल, उपाध्यक्ष रामबहादुर भण्डारी, नेपाल यातायात ब्यवसायी संगठनका केन्द्रिय अध्यक्ष जगत सिंखडा, माओवादी केन्द्र शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संगठनका पूर्व महासचिव विष्णु पुकार श्रेष्ठ,काठमाण्डौ महानगरपालिकाका वाईसियल ईञ्चार्ज सन्तोष गुरुङ्ग, नेकपा माओवादी गंगाजमुना गाउँपालिका इन्चार्ज रामेश्वर सिंखडा, सह इन्चार्ज नवराज अधिकारी,जेष्ठ नागरीक बेग बहादुर अधिकारी लगायतले  प्रथम भेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उपत्यका–धादिङ जनसम्पर्क मञ्चको प्रथम भेलाले कुमारबहादुर अधिकारीको संयोजकत्वमा २५ सदस्यीय कार्य समिति समेत गठन गरेको छ । कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सन्तोष गुरुङ्ग,उपेन्द्र अधिकारी, चित्र कार्की र सुकदेव नेपाल रहेका छन् । त्यसै गरी उपत्यका–धादिङ जनसम्पर्क मञ्चको सचिवमा मन कुमार तामाङ्ग,सहसचिवमा सञ्जिव नेपाली र कोषाध्यक्षमा प्रकाश सिंखडालाई चयन गरेको छ । अन्य सदस्यहरुमा सूचीता दाहाल, उत्तम सिंखडा, सुर्दशन बाँस्ताकोटी, शान्तमणी रेग्मी, गणेश खनाल, राजन न्यौपाने, अर्जुन मल्ल, दिपक अधिकारी, राजकुमार अधिकारी, पवन भण्डारी, केशव प्याकुरेल, नवराज सिंखडा, सरोज गुरुङ्ग,रुप बहादुर तामाङ्ग, बिश्वास तामाङ्ग, प्रदीप प्याकुरेल र प्रिती प्राप्ती घले लगायत रहेका छन् ।

 

post image

भदौ २६,काठमाण्डौं । वर्षौंदेखि रङ नलगाइएको पशुपतिनाथको मूल मन्दिरभित्रका ढुंगामा सफाइ गरी चम्काउन थालिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङको संयुक्त आयोजनामा पशुपतिनाथको मूल मन्दिरभित्र आजदेखि सफाइ शुरु गरिएको हो ।

बिहान दर्शनार्थीको भीड हुने भएकाले दिउँसो १ बजेपछि भीड कम हुने समय पारेर सफाइ गरी रङ लगाउन थालिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए। भक्तजनको भीड कम भएपछि दिउँसो १ः०० बजेदेखि राति ८ः०० बजेसम्म मन्दिरभित्रका ढुंगामा वर्षौंदेखि जम्मा भएको फोहर सफाइ यन्त्रले पुछेर पालिस लगाइएको उनले बताए।

दिउँसो सफाइसहित रङ लगाएपछि अर्को दिन बिहान भक्तजनको भीड लाग्नुअघि सुक्ने भएकाले दिउँसोको समय रोजिएको कोषले जनाएको छ । यसअघि पशुपति मन्दिर बाहिर पनि यसैगरी सफाइ गरिएको थियो । मन्दिर बाहिर बेलुकी ८ः०० बजेदेखि राति २ः०० बजेसम्म सफाइ गरिएको थियो । मन्दिरभित्र बहुमूल्य गहनालगायत पुरातात्विक सम्पदाका चीजबीज भएकाले कोषको समेत संलग्नतामा सफाइसहित पालिस लगाउने काम शुरु भएको हो । रासस

post image

भदौ २६,काठमाण्डौं । पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ। करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन्। यो खबर ईश्वरराज ढकालले आजको नेपाल समाचार पत्रमा लेखेका छन्।

उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे। उनले निर्मल निवासमै सबै श्राद्ध गरेका हुन्।

दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो। १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए। त्यसको पर्सीपल्ट हजुरबुबा त्रिभुवनको श्राद्ध गरेका थिए। भोलि मंगलबार हजुरआमा इन्द्रराज्यलक्ष्मी शाहको श्राद्ध गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले बतायो।

post image

भदौ २६,काठमाण्डौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जगेडासहित १ सय ९५ न्यायाधीश उपलब्ध गराउन आग्रह गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीसँग भेट गर्न आइतबार सर्वोच्च अदालत पुगेका आयोग पदाधिकारीले आगामी ४ असोजसम्ममा १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ८७ न्यायाधीश र १ सय ८ न्याय सेवाका अधिकृत गरी १ सय ९५ न्यायाधीश आवश्यक पर्ने जनाएका हुन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिनिधिसभा सदस्य ऐन तथा प्रदेशसभा सदस्य ऐन २०७४ ले व्यवस्था गरेअनुसार जिल्ला न्यायाधीश सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृतका रूपमा र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृत निर्वाचन अधिकृतका रूपमा रहने बताउ“दै उल्लिखित जनशक्ति उपलब्ध गराउन आग्रह गरेका हुन् । जवाफमा प्रधान्यायाधीश पराजुलीले आगामी निर्वाचनका लागि पनि पहिलेजस्तै आयोगलाई न्यायाधीश तथा न्याय सेवाका अधिकृत पठाएर सहयोग पु¥याउने बताए ।

आयोग प्रवक्ता नवराज ढकालले निर्वाचनका लागि न्यायाधीश ८७ तथा न्याय सेवाका अधिकृत १ सय ८ गरी १ सय ९५ (जगेडासमेत) को नामावली ४ असोजसम्ममा उपलब्ध गराउने सम्बन्धमा आयोग पदाधिकारीबाट प्रधानन्यायाधीशलाई आग्रह गरिएको जानकारी दिए । भेटमा प्रमुख आयुक्त यादवले जिल्ला न्यायाधीशको नेतृत्वमा न्याय सेवा तथा अन्य सेवाका अधिकृतबाट पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवगत गराए ।

तेस्रो चरण अन्तर्गत आगामी २ असोजमा हुने प्रदेश २ को निर्वाचनका लागिसमेत मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत खटिसकेको जानकारी उनीहरूले गराए । भेटमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, आयोग सचिव बेगेन्द्रराज शर्मा पौड्याल, सर्र्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी र न्यायपरिषद्का सचिव राजन भट्टराईलगायत सहभागी थिए ।

post image

भदौ २५,काठमाडौँ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन्।ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आइतबार आयोजना गरेको व्यापारी तथा लगानीकर्तासँगको अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री महराले भने,‘दुई देशबीचको कनेक्टिभिटी बढाउन नेपालले पूर्वाधार विकास र अन्तरदेशीय आर्थिक क्षेत्रमा लगानी केन्द्रित गरेको छ । अन्तरदेशीय रेल मार्ग, सडक मार्ग, ट्रान्समिसन लाइन र हवाई मार्गमा लगानीका लागि उयुक्त अवसर छ ।

नेपाल र चीनबीच ‘एक क्षेत्र एक मार्गुमा सम्झौता भइसकेको उल्लेख गर्दै उनले त्यसलाई दुवै देशले सही तवरले प्रयोग गर्नुपर्ने बताएको उनका प्रेस संयोजक हरि लामिछाने जानकारी दिए । परराष्ट्रमन्त्री महराले उपुक्त प्रविधिसहित नेपालले विकासका क्षेत्रमा दूरगामी रुपमा सहकार्य गरेर जान चाहेको स्पष्ट पारे। जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, उत्पादन उद्योग, दूरसञ्चार, सूचना प्रविधि तथा सेवा क्षेत्रमा पनि लगानीका लागि उपयुक्त अवसर रहेकाले यस क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा लिन सकिने उनले बताए । चिनियाँ पर्यटनका लागि नेपालले राम्रो अवसर प्रदान गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री महराले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत विश्व चर्चित नेपालका विभिन्नस्थलको अवलोकन गर्न आग्रहसमेत गरे।

नेपालमा वैदेशिक लगानी भित्र्याएर आफ्नो चीनसँग रहेको व्यापार घाटा कम गर्न नेपालले चाहेको उल्लेख गर्दै उनले यस अवसरलाई सदुपयोग गर्न आग्रहसमेत गरे ।चिनियाँ व्यापारीका लागि नेपालमा लगानी गर्न नेपाली महावाणिज्यदूतावास माध्यम भएको बताउँदै उनले एक हजारभन्दा बढी नेपाली रहेको ग्वाङन्दोङ प्रान्तमा नेपाली वाणिज्य दूतावासको स्थापनासँगै नेपाली व्यापारी, विद्यार्थी तथा अन्य नेपालीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे। चीनसँगको कूल व्यापारमध्ये ६० प्रतिशत ग्वाङन्दोङ प्रान्तबीच रहेको बताइएको छ ।परराष्ट्रमन्त्री महराले व्यापार, यातायात र शिक्षाका लागि विश्वकै केन्द्र बन्दै गएको ग्वाङन्दोङ प्रान्तसँगको व्यापार विस्तारमा यहाँस्थित जनताको आर्थिक तथा व्यापारमा सहभागिताले निर्धारण गर्ने उल्लेख गरे ।

अन्तरक्रियामा सहभागी व्यापारी तथा लगानीकर्ताका प्रश्नको जवाफमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालमा चिनियाँ पर्यटकको संख्या वृद्धि हुँदै गएकाले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा चिनिँया तथा नेपाली गरी १०० जना व्यापारी तथा लगानीकर्ता सहभागी भएको यहाँस्थित महावाणिज्यदूत रवि भट्टराईले जानकारी दिए । रासस

post image

भदौ २५, काठमाण्डौं ।  आत्महत्या रोकथाम सम्बन्धि १५ औं अन्तराष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न चेतनामुलक कार्यक्रम गरि मनाईदैछ । दिवसका अवसरमा जीवन परिवर्तनको लागि एक मिनेट भन्ने नारा तय गरिएको छ ।  विश्व स्वास्थ्य संगठनको आवहन सन् २००३ देखि हरेक बर्षको सेप्टेम्बर १० मा यो दिवश मनाउने गरिन्छ । विश्वभर प्रत्येक बर्ष ८ लाख मानिसले आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ ।

आत्महत्या गर्ने हरेक व्यक्तिले २५ पटक भन्दा बढी आत्महत्याको प्रयास गर्ने विभिन्न अध्ययनले देखाएका छन् । आत्महत्या गर्नेमा विश्वव्यापी रुपमा नै महिला भन्दा पुरुषको संख्या वढी रहेको विभिन्न अध्ययनले देखाएको छ । नेपालमा पनि महिला भन्दा पुरुष आत्महत्याको दर बढी छ ।प्रहरी प्रधान कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा आत्महत्या गर्नेको संख्या ४ हजार ६ सय ९४ रहेको छ । यद्यपी प्रहरीसम्म पुग्ने मुद्दा भन्दा वास्तविक तथ्याङ्क अझै फरक हुने गरेको सरोकारवालाले बताएका छन् ।

नेपालमा सन् २००८ को तथ्याङक अनुसार १५ देखि ४९ बर्षका महिलामा मृत्युदरको पहिलो कारण आत्महत्यालाई मानिएको थियो ।  आत्महत्या गर्नेले पहिलेदेखि नै खतराको सूचक देखाउने भएकाले सो सूचकको समयमै पहिचान गरी उचित मनोपरामर्श दिन सकेपनि आत्महत्या कम हुने मनोविदहरु बताउँछन् ।  बढ्दो डिप्रेशन, तनावपूर्ण जीवन, आघात, यातना, हिंसा लगायतका कारण आत्महत्याको दर बढेको आत्महत्या विरुद्ध अभियान चलाइरहेको संस्था कोशिस नेपालका अध्यक्ष मातृका देवकोटाले बताउनुभयो । आफ्ना समस्याबारे खुलेर कुरा गर्ने, डिप्रसनको रोकथाम, मानसिक रोगको उपचार  र जनचेतना फैल्याउन सक्ने हो भने आत्म हत्या रोक्न सकिने मनोविद् लक्ष्मण नाथले बताउनुभयो ।

post image

भदौ २१,काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैंको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।   आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दसैं घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए । ‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ’–उनले भने ।

विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दसैं पर्व समापन हुन्छ । नेपाल राज्यभर दसैं महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दसैं मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ । रासस

post image

भदौ २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विज्ञानको अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार राष्ट्रिय आवश्यकता एवं प्राथमिकताको विषय भएको बताएको छ। बुधबार आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको छैठौँ साधारण बैठकमा विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले विश्वविद्यालयको विकास र विस्तारका लागि आंगिक कलेज र कृषि विज्ञान केन्द्र स्थापना तथा सञ्चालन गर्ने कार्य महत्वपूर्ण हुने बताए।

उनले यसका लागि सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरण, जनशक्तिको समायोजन र शैक्षिक कार्यक्रमको व्यवस्थापनमा देखा परेका समस्या समाधानका लागि मन्त्रिपरिषद्बाट यसअघि भएको निर्णय शीघ्र कार्यान्वयन गर्न निर्देशन दिए। कृषिको आधुनिकिकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन कृषि, वन, पशु, विज्ञान जस्ता क्षेत्रसँग सम्बन्धीत विषयको एकीकृत रुपले अध्ययन,अध्यापन,अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस विश्वविद्यालयको स्थापना विसं २०६७ असार ३ गते भएको हो।

विश्वविद्यालयमा कृषि, पशु र वन गरी तीन संकाय रहेका छन्।सबै संकायमा गरी कूल एक हजार ८८३ विद्यार्थीहरु अध्ययनरत छन्।जसमध्ये स्नातक तहमा एक हजार ४७१, स्नातकोत्तर तहमा ३६७ र विद्यावारिधि तहमा ४५ जना विद्यार्थी छन्। बैठकमा विश्वविद्यालयका सहकुलपति रहनुभएका उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मुलुकको कृषि क्षेत्रको विकासमा यस विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै विश्वविद्यालय स्थापनाको उद्देश्यअनुरुप यसले प्रदान गर्ने अध्ययन, अध्यापन, अनुसन्धान र प्रसारको कार्यलाई प्रधावकारी रुपमा अघि बढाउन आवश्यक रहेको बताए।

सभामा उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयका काम कारवाहीका बारेमा जानकारी गराउँदै विश्वविद्यालयबीच सम्पत्ति हस्तान्तरणमा देखिएको समस्या समाधान प्रक्रिया अघि बढिसकेको बताए। उनले विश्वविद्यालयका भावी योजनाका बारेमा समेत सभालाई जानकारी गराएका थियो। विश्वविद्यालयको आफ्नो उद्देश्य प्राप्तिका लागि गत वैशाख ५ गते सभाको विशेष बैठकबाट ७ आंगिक कलेज र एक कृषि विज्ञान केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।यस सभाले बाँकेको खजुरा, कैलालीको टिकापुर र दैलेखको दुल्लुमा प्राकृतिक व्यवस्थापन कलेज (आंगिक) तथा धादिङको खनियावासमा कृषि विज्ञान केन्द्र थप गरी स्थापना र सञ्चालन गर्ने निर्णय गरेको छ।

सभाले आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तुत रु. एक अर्ब ५६ करोड चार लाख ७२ हजार बजेट तथा कार्यक्रम पारित गर्नुका साथै विश्विद्यालयको आर्थिक प्रशासन नियमावली, २०६९ मा चौँथौ संशोधन सम्बन्धी प्रस्ताव समेत पारित गरेको विश्वविद्यालयका सहायक प्रशासक दिनेश अधिकारीले जानकारी दिए। सभाले सातवटै प्रदेशमा उपयुक्त स्थानको छनोट गरी आंगिक कलेज क्रमशः स्थापना गर्दै जाने सरकारी नीति रहेको कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ। रासस

post image

भदौ १८, पोखरा ।  सुन्दर पर्यटकीय नगरी पोखराका पर्यटनसँग सम्बन्धी विभिन्न क्षेत्रका महिलाहरुले महिला पर्यटन मञ्च गठन गरेका छन् । आफ्नो नेतृत्व र व्यक्तित्वको विकास गरी आफ्नो पहिचान बनाऔं भन्ने उद्देश्यका साथ उनीहरुले मञ्च गठन गरेका हुन् । पर्यटन क्षेत्रमा आफ्नो समयको ७० प्रतिशत भन्दा बढी समय दिइरहेका महिला दिदीबहिनीहरु मिलेर संस्था स्थापना गरेको उनीहरुले जनाएका छन् ।

होटल, रेस्टुरेन्ट, ट्राभल्स ,ट्रेकिङ मनी चेञ्जर पाराग्लाइडिङ ट्रेकिङ सप,बुक सप गार्मेन्टस लगायत पर्यटनसँग सरोकार राख्ने सँस्थाहरुमा काम गरिरहेका महिला दिदीबहीनहरु मिलेर सँस्था स्थापन गरेको संस्थाकी सदस्य शर्मिला न्यौपाने दाहलले बताइन । सस्थाको अध्यक्षमा जमुना पराजुली, उपाध्यक्षमा पार्वता पाण्डे, र रेनु थापा, सचिवमा उमा भण्डारी, सहसचिवमा ममता न्यौपाने, कोषाध्यक्षमा कान्ति अधिकारी र सहकोषाध्यक्षमा लक्ष्मी लामिछाने चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शर्मिला न्यौपाने, प्रभा सुवेदी, उमा काफ्ले, नितु थापा, मुना पौडेल, मञ्जु कार्की, माया सुवेदी, भावना रानाभाट, शारदा भुजेल र कमला गुरुङ चयन भएका छन् । मञ्चको बरिष्ट सल्लाहाकारमा वरिष्ठ पर्यटन व्यावसायी देबका पहारी, सीता पहारी, पम्फा पहारी , लक्की क्षेत्री र गोमा ढकाल रहेका छन् ।

post image

भदौ १८, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यो पर्व मनाउन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।   हिजरी संवत् अनुसार १४३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

 “अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिनुभयो, यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो”–पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।

 मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउनुहुन्छ । यसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए ।  “जुन ग्रन्थलाई अहिले मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ, मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा अहिले पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”– उनले भने ।

बकरइदमा राष्ट्रपतिद्वारा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व बकर–ईद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविध धार्मिक तथा सांस्कृतिक मान्यताको धनी हाम्रो मुलुकमा मनाइने यस्ता पर्वले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न योगदान पु¥याएको उल्लेख गरेकी हुन् ।

    सन्देशमा भनिएको छ, “भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन् । हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चीरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सकौँ, बकर ईद पर्वको पावन अवसरमा यही मेरो सबैमा हार्दिक शुभकामना छ ।”

बकर इदमा उपराष्ट्रपतिको शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

    आज एक शुभकामना दिँदै उनले यस पावन पर्वको माध्यमबाट नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अझै बलियो बनाउन नेपालका सम्पूर्ण जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हँुदै जाने बताएका छन् ।

    सन्देशमा उहाँले आफूहरूको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचानप्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

 प्रधानमन्त्री देउवाले आज एक शुभकामना सन्देश दिँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे । शुभकामना सन्देशमा भनिएको छ, “संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुसलमान समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्ने मैले विश्वास लिएको छु । प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न सबैको सकारात्मक भूमिकाको मैले अपेक्षा गरेको छु ।”

प्रधानमन्त्री देउवाले यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा देओस्, संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष गच्छदारद्वारा इदको शुभकामना

उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर इद (इद–उल–जोहा) का अवसरमा सम्पूर्ण मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक शुभकामना सन्देश दिँदै मुस्लिम दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् । यसै अवसरमा राष्ट्रिय मुश्लिम आयोगले पनि शुभकामना दिँदै यस पर्वले सम्पूर्ण नेपालीहरूमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास व्यक्त गरेको छ ।

 

post image

भिम थापा,भदौ १५, कञ्चनपुर । कञ्चनपुरको नेपाल(भारत सीमा महाकाली नदीमा निर्माण हुने चार लेनको पक्की पुलको आज प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका छन् । शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले अब पश्चिमबाट समेत नेपालको समृद्धि र विकासको ढोका खुलेको बताएका छन् ।

‘महाकाली नदीमा पुल र दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाहले पश्चिम नेपालको विकासको ढोका खुलेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो पश्चिम नेपाल मात्र नभइ देशकै समृद्धिका लागि महत्वपूर्ण विकास परियोजना हो ।’

भारतका औद्योगिक सहरसँग सिधा सम्पर्क र सुख्खा वन्दरगाह विकासका लागि यो पुल कोसेढुंगा सावित हुने भन्दै प्रधानमन्त्रीले भने, ‘लामो समयको प्रतीक्षा सकिएको छ अव सुदूरपश्चिमवाट विकास अभियान सुरु भएको छ ।’

उनले भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका बिषयमा ‘दुई देशबीचको सम्वन्ध निकै ठूलो उचाइमा पुर्यामएको बताउँदै प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा सुदूरपश्चिममा ठूलो प्राविधिक शिक्षालय स्थापना हुने, गौरीफण्टा नाकाको स्तर उन्नती गरिने लगायतका बिषयहरुमा महत्वपूर्ण सहमति भएको पनि उनले जानकारी दिए । झण्डै तीन अर्बको लागतमा निर्माण हुने ४ लेनको पुलको लम्बाई ८ सय मिटरको हुने छ भने ३ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

post image

भदौ १४, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको खोजविन गरी अवस्था सार्वजनिक गर्न तथा बेपत्ता पारिएका व्यक्तिको परिवारको सत्य तथ्य जान्न पाउने अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । तत्कालीन नेकपा (माओवादी) द्वारा घोषणा गरिएको सशस्त्र द्वन्द्वको क्रममा सुरक्षा निकाय तथा द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेकामा आयोगले ध्यानाकर्षण गरेको हो ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा बेपत्ता पारिएका व्यक्तिको खोजीका लागि आयोगमा विभिन्न समयमा उजुरी परेको र खोजविनका क्रममा आवश्यकताअनुसार आयोगले खोजी कार्य गरी सार्वजनिक गर्दै आएको उल्लेख छ ।

बेपत्ता पारिएका भनी आयोगमा पर्न आएका उजुरीहरूमध्ये ८ सय ४६ जनाको अवस्था हालसम्म पनि सार्वजनिक हुन सकेको छैन । विस्तृत शान्ति सम्झौता भएको १० वर्ष बितिसक्दा पनि बेपत्ता व्यक्तिहरूको खोजविन गरी स्थिति सार्वजनिक नगरिनु दुःखद् भएको आयोगको ठम्याइ छ । लामो समयसम्म बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक हुन नसक्दा पीडित परिवारले एकातर्फ साँस्कृतिक अधिकार, सत्यतथ्य जान्न पाउने अधिकार तथा अन्तरिम राहतबाट वञ्चित हुनुपरेको अवस्था छ भने अर्कोतर्पm मनोसामाजिक असरसमेत पीडित परिवारमा परेको आयोगले जनाएको छ ।

 आयोगबाट व्यक्तिलाई बेपत्ता पार्ने कार्यमा संलग्न दोषी किटान गरी सिफारिस गरेका व्यक्तिलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढ्न नसक्दा दण्डहीनताको अवस्था विद्यमान रहेको देखिएको समेत विज्ञप्तिमा उल्लेख छ । विस्तृत शान्ति सम्झौतामा उल्लेख भएअनुरुप सशस्त्र द्वन्द्वको क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको सम्बोधन गर्न बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भई कार्यरत रहेका छन् ।

post image

भदौ१० ,काठमाडौँ ।  भाद्र शुक्ल पञ्चमीका दिन हिन्दू महिलाहरुले सप्तर्षिको पुजा गरी आज ऋषिपञ्चमी पर्व मनाउँदैछन् । महिलाहरु नजिकैका नदी, तलाउ, धारा, पोखरी आदि जलाशयमा गएर ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् । ब्रतालु महिलाहरुले माटो, तिल, अमला र पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्दछन् ।

सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । रजस्वलाको समयमा छुइछाई भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।  सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाई छ । ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ ।

भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका साथ ऋषिको पूजा गरेपछि हिन्दु नारीको प्रमुख चाड तीज समाप्त हुन्छ । ऋषिपञ्चमीको अवसरमा काठमाण्डौंको टेकु लगायत मुलुकभरका ऋषि मन्दिरमा बिहानैदेखि महिलाहरुको घुईंचो लागेको छ ।

post image

भदौ ९,काठमाडौँ ।  नेपाल साफ अन्डर १५ च्याम्पियनसिपको फाइलनमा पुगेको छ । प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा बंगलादेशलाई ४–२ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधि भिडन्तका लागि भारतको सामना गर्नेछ । फाइनल खेल आइतबार हुनेछ ।मध्यान्तरअघि नै २–० ले अघि रहेको नेपाल मध्यान्तरपछि भने दबाबमा परेको थियो ।

लगातार दुई मिनेटमा २ गोल गर्दै बंगलादेशले नेपाललाई दबाबमा राखेको थियो । तर, त्यसपछि गोल गर्न नसक्दा बंगलादेश पराजित हुन पुग्यो । नेपालले भने अन्तिम  मिनेटमा थप गाेल गर्दै खेल अाफ्नाे पक्षमा पार्याे । नेपालको जितमा आकाश बुढामगर हिरो सावित भए । उनले पहिलो हाफमा दुई गोल गरे ।

 १८औँ मिनेटमा बंगालदेशी डिफेन्डरले क्लियर गर्न नसकेको बलमा आकाशले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ३० औँ मिनेटमा डिफेन्स र गोलरक्षकको गल्तीको फाइदा उठाउँदै आकाशले नै दोस्रो गोल गरेका थिए तेस्रो गोल भने नेपालले उपहारमा पाएको थियो । बल क्लियर गर्ने क्रममा बंगलादेशी डिफेन्डरले आफ्नै पोष्टमा बललाई जाली चुमाएका थिए । उता, आजै भएको अर्को सेमिफाइनल खेलमा भारतले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

 

post image

भदौ ७, चितवन  । नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष नबिन राइले मुलुकलाई परेका असहजतामा रहत प्रदान गर्दै आएको चितवनका बाढि पीडितले राहतको भरमा बाँच्नुपर्ने स्थिति आएको बताएका छन।

नेपाल विद्यार्थीसंघ चितवनको समन्वयमा भरतपुर महानगर पालिका २८ लखौरिमा आवस्थित श्री आधारभुत प्राथमिक बिद्यालय चितवनमा सम्पन्न बाढी पीडित विद्यार्थीलाई शैक्षिक सामाग्री एबम रहत बितरण कार्यक्रममा उनले यस्तो बताएका हुन ।

उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु अर्जुन बम, कमल बुड र राजा बाबु शाहले आफ्नो धारणा राखेका थिए । नेबिसंघ चितवन जिल्लाको सभापति सुर्य ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली जनतालाई सुख दुखमा साथदिने पार्टी नेपाली कंग्रेस र विद्यार्थीहरुको हक हितमा लड्ने संगठन नेपाल विद्यार्थीसंघ रहेको दावी गरे । कार्यक्रममा ३०० विद्यार्थीलाई शैक्षिक सामाग्री र २०० घर परिवारलाई रहत वितरण गरिएको थियो।

आज तीजको दर खाने दिन

प्रकाशित मिती : Wednesday
post image

भदौ ७, काठमाडौं । नेपाली हिन्दु नारीको महान पर्व  तीज आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज घरघरमा दर खाने चलन छ ।  भोली ब्रत बस्ने हिन्दु महिलाले आज विभिन्न परिकार तथा मिठाई तयार पारेर राति अबेरसम्म दर खाने प्रचलन छ । टाढा टाढा रहेका चेली आज माइतीघरमा भेला खीर, ढकनी, घिउ, दही, दुध, मिठाई लगायतका परिकार खाने गर्छन् ।

पहिले तीजको अघिल्लो रात दर खाने गरिएपनि पछिल्लो समय शहर बजारमा एक महिना अघिदेखी नै दरका नाममा विकृति बढेको छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले पति पाउनका लागि कठोर ब्रतगरी आफ्नो मनोकामना पुरा गरेको धार्मिक मान्यता अनुसार तीजको मुख्य दिन भोली विवाहित महिलाले पतिको दिर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको लागि निराहार ब्रत बस्ने चलन छ । आजबाट सुरु तीज ऋषि पञ्चमीका दिन सत्तऋषिको पूजा आरोधना गरी सकिन्छ ।

 

post image

भदौ ५, काठमाण्डौं । अमेरीकाको कोलोराडोको डेनभर सहरमा दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट बैकर, अधिकारकर्मी, समाजसेवी तथा अनलाईन समयकी अध्यक्ष अम्बिका शर्मा सम्मानित हुनु भएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको गित हो चलचित्र म यस्तो गित गाउँछुको किन आजकाल तिम्रो मन मैलो भो । यस गितकी रचयिता रहनु भएकी अम्बिका शर्मा,लामिछाने यसै गितको शब्द मार्फत खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट सम्मानीत हुनु भएको छ ।

जसरी यस गितले चर्चा बटुलेको छ, त्यो चर्चा बढी मात्रामा चलचित्रले कमाएको छ, तर यस गितका रचयिता अम्बिका शर्मा लामिछाने पेशाले बैंकर तथा समाजसेवी हुन् । हुनत शर्माले यसअघि पनि थुप्रै गितहरु लेखि सक्नु भएको छ ।

शर्मा लामिछाने भन्छिन् प्रेम गर्नेहरुले सानो–सानो कुरामा शंका गर्ने भएकाले पनि उनिहरुको मन मैलो हुने र उनिहरुको सम्बन्ध दिर्घकालीन नभएको हाम्रो समाजको अवस्थालाई चित्रण गर्दै आफुले यो गित रचना गरेको हो । शर्माले थपिन्–मेरो मन पनि सफा छ, मेरो ब्यवहार पनि सफा छ र सबैको मन सफा भयो भने मात्रै देश समृद्ध हुने उहाँको ठम्याई छ । भनिन्छ पर्दा पछाडीका हिरो कहिल्यै चर्चामा आउँदैनन्, त्यस्तै हुन्छ रचयिताको हकमा पनि । तर शर्मा भने आफ्नो शोखका कारण यो गित लेखेको र यस गितले चलचित्र रिलिज हुनुभन्दा पहिले नै दर्शकहरुको मन जित्न सफल भएकोमा भने दंग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,पूजा शर्मा र पल शाहको अभिनयले मेरो गितलाई जिवन्तता दिएको छ, म धेरै नै खुशी छु । आज खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट अम्बिका शर्मा लामिछानेले अवार्ड जित हासील गरेसँगै उहाँमा अझै नयाँ–नयाँ रचनाहरु पस्कने प्रतिबद्धताको उहाँको रहेको छ । स्वदेशमा जसरी चर्चा कमाएको किन आजकाल तिम्रो मन मैलो भोले अमेरीकाको कोलोराडोको डेनभर सहरमा दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधि प्राप्त गरेकोमा अम्बिका शर्मा लामिछाने दंग छिन् र भन्छिन् , नेपाली चलचित्रले पनि बिश्व बजारसँगै सहजै प्रतिष्पर्धा गर्न सक्छ । स्मरण रहोस् अम्बिका शर्मा लामिछाने अनलाईन समय डटकमकी अध्यक्ष र संरक्षक समेत हुन् ।

post image

भदौ ५, काठमाण्डौं । नेपाल गुणस्तर तथा नापतौल बिभागले दुई ग्यास कम्पनीलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । यही भदौ १ गतेदेखि लागू हुने गरी धादिङ्गको बेनीघाट  वाड नम्बर ५ मा रहेको श्री कृष्ण ग्याँस उद्योग प्रालि तथा चितवनको खैरहनी ९ मा रहेको श्री साईबाबा ग्याँस उद्योग प्रालिले गुणस्तर प्रमाणको चिन्ह प्राप्त गरेको हो । नेपाल गुणस्तर संख्या ५ सय ३३ रहेको सो दुबै कम्पनीलाई नेपाल गुणस्तर तथा नापतौल बिभागले एलपिजि बोटलीङ्ग अपरेशन नामक शिर्षकमा नेपाल गुणस्तर चिन्ह प्रदान गरेको हो ।

बिगत लामो समयदेखि धादिङ्गको बेनीघाटस्थित फिलिङ्ग सेन्टर मार्फत देशैभर खाना पकाउने एलपिजी ग्याँस पुर्याउँदै आईरहेको  श्री कृष्ण ग्याँस तथा  चितवनको खैरहनीमा रहेको श्री साईबाबा ग्याँसलाई गुणस्तर चिन्ह प्रदान गरीएको हो । नेपाल गुणस्तर तथा नापतौल बिभागले प्रदान गरेको नेपाल गुणस्तर प्रमाणपत्र तिन बर्षसम्मका लागि कायम रहने छ । बिशेष गरी खाना पकाउने एलपीजि ग्याँसको तौलमा कमी हुने, पूरा तौल नहुने भन्दै देशभर संचालनमा रहेका ग्याँस फिलिङ्ग कम्पनीहरुलाई आरोप लागीरहेको अवस्थामा श्री कृष्ण ग्याँस उद्योग प्रालि तथा श्री साईबाबा ग्याँस उद्योग प्रालिले नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त गर्नुले यि दुई कम्पनीले बजारमा ल्याउने साईबाबा तथा श्रीकृष्ण ब्राण्डका एलपीजी खाना पकाउने ग्याँस प्रति आम उपभोक्ताको बिश्वास भने बढेको छ ।

छिमेकी मुलुक भारतवाट आयात गरेर ल्याईने एलपीजि ग्याँसलाई नेपालमा थुप्रै कम्पनीहरुले बिभिन्न नाममा फिलिङ्ग गर्दै बिक्रि बितरण गर्दै आईरहेकोमा श्रीकृष्ण गयाँस र साईबाबा ग्याँसलाई नेपाल गुणस्तर तथा नापतौल बिभागले नेपाल गुणस्तरको प्रमाणपत्र प्रदान गरेको हो । नेपाल गुणस्तर प्रमाणपत्र प्राप्त भएसँगै अनलाईन समयसँग कुरा गर्दै श्री साईबाबा ग्याँस उद्योग प्रालि तथा श्री कृष्ण ग्याँस उद्योग प्रालिका संस्थापक अध्यक्ष राजेन्द्र डल्लाकोटीले यस प्रमाणपत्रले आफुहरुले प्रदान गर्ने सेवा माथि आम उपभोक्ताको बिश्वास जित्न सजिलो भएको र आगामी दिनमा गुणस्तरीय र सतप्रतिसत तौलयुक्त खाना पकाउने एलपीजी ग्याँस श्रीकृष्ण र साईबाबा सधै कटीबद्ध रहने प्रतिबद्धता जनाउनु भयो । स्मरण रहोस् श्रीकृष्ण र साईबाबा दुबै ग्याँसको फिलिङ्ग सेन्टर फरक–फरक जिल्लामा रहे पनि काठमाण्डौको हकमा भने कलंकीको खसीबजार डिपो हुदै दुवै कम्पनीले आम उपभोक्ताको घर– घरमा दुबै ब्राण्डका ग्याँस उपलब्ध गराईरहेका छन् ।

post image

भदौ२,चितवन ।  बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज आइपुग्यो। निकुञ्जका अधिकारीहरु गैंडा लिन मंगलबार बगाहा गएका थिए। नवलपरासीको त्रिवणीदेखि लगभग ४२ किलो मिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ छ बजे हिडेको गैंडा बोकेको गाडी आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको थियो।

सौराहा नजिक ल्याएर गैंडालाई निकुञ्जको जंगलमा छाडेको चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख अभिनय पाठकले जानकारी दिए। सो गैंडा लगभग तीन वर्षको पोथी भएको उनले बताए। गैंडा लिन निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालसहितको टोली गएको थियो। बाढीमा बग्दै मान्व वस्तीमा पुगेका कारण गैंडालाई तत्कालै ल्याउनु परेको अधिकारीहरुले बताएका छन्।

गैंडालाई बेहास बनाएर समाएपछि खोरमा राखिएको थियो। सो खोरलाई ट्रकमा राखेर बगाहाबाट सौराहासम्म ल्याइएको हो। चितवन निकुञ्ज हुँदै राप्ती र नारायणी नदी बग्छन्। अघिल्लो शुक्रबार लगातार दुई दिन पानी पर्दा खोला र नदीमा ठूलो भेल उर्लियो। भेलले बगाउँदै बगाउँदै गैंडालाई तल भारतसम्मै लगेको हो। भारतीय क्षेत्रमा चितवन निकुञ्जका अझै दुई वटा गैंडा छन्।

बाढीमा नै बगेर गएको अर्को एउटा गैंडा नेपालको बाल्मिकी आश्रम नजिक र भारत बाल्मिकीनगर भैसालोटनको बाल्मिकी टाइगर रिजर्भ क्षेत्रको जंगलमा ओहर दोहर गर्ने गरेको सुचना अधिकारीसमेत रहेका निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। सो गैंडाको रेखदेखमा रिजर्भका सुरक्षाकर्मीहरु पनि जुटेका छन्। चितवन निकुञ्जले पनि सुचना लिइ रहेको छ। पानी जमेको ठाउँ नजिक बसेका कारण सो गैंडालाई ल्याउन सक्ने अवस्था छैन।

त्यस्तै अर्को गैंडा पनि वालमिकी नगरकै वन क्षेत्रमा देखिएको छ। भारत पुगेका यी तीनवटा गैंडा बाहेक दुई वटा गैंडा नेपालकै त्रिवेणी नजिकको केउलेनी र नर्सहीमा पुगेका छन्। बाढीले पाँचवटा गैंडा स्वभाविक वासस्थानबाट बगेर तल्लो क्षेत्रमा पुगेको उनले जानकारी दिए। बगाहा पुगेको गैंडा बाहेक अरुलाई तत्काल ट्रकमा राखेर ल्याउने सम्भावना नरहेका कारण विस्तारै जंगल धपाउने तयारी गरेको अर्यालले बताए।

बाढीले बगाएका कारण एउटा गैंडा नवलपरासी त्रिवेणी नजिक नर्सहीमा मृत अवस्थामा फेला परेको थियो। एउटा गैंडा सौराहाको इचर्नी क्षेत्र नजिक घाइते अवस्थामा भेटिएको छ। त्यसको उपचारमा टोली खटेको अर्यालले बताए। चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु गैंडाको मुख्य वासस्थल हो। नेपाल भर ६४५ गैंडा रहेकोमा चितवनमा मात्रै ६०५ गैंडा छन्।

गैंडाको नाकमाथि हुने सिंगजस्तो वस्तु खागका लागि तस्करहरुले गैंडा मार्ने गर्छन्। त्यसैले बाढीमा रुमलिएका गैंडा तस्करको फन्दामा नपरुन भन्नका लागि निकुञ्ज प्रशासन चनाखो भएको हो। गैंडाले मान्छेमाथि आक्रमण गर्दा ज्यानैसमेत जान्छ। त्यसैले पनि वस्ती पुगेका गैंडालाई वनमै फर्काउनुपर्ने आवश्यकता भएको अर्यालको भानइ छ।

गैंडामात्रै नभएर निकुञ्जभित्रका अन्य वन्यजन्तु पनि बाढीको चपेटामा आएका छन्। हालसम्म संकलन भएको विवरणअनुसार सातवटा हरिणहरु मृत भेटिएको अर्यालले जानकारी दिए। दुर्लभ वन्यजन्तु वस्तीमा देखेमा, मृत अथवा घाइते भेटेमा पनि त्यसको जानकारी निकुञ्ज, वन कार्यालय वा प्रहरी कार्यालयमा दिन सर्वसाधरणसँग निकुञ्ज प्रशासनले अपिल गरेको छ।गैंडा मारेमा वा यसको खागको बिक्री र ओसार पसार गरेमा १० लाख रुपैयाँसम्म जरिवाना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।

post image

साउन ३१,काठमाडौं । कलात्मक समर्थनका लागि ‘म गोविन्द बन्छु’ बोलको गीत सार्वजनिक भएको छ।गुणस्तरीय चिकित्सा सेवा र शिक्षाको लागि २३ दिनदेखी अनशनरत डाक्टर केसीको पक्षमा विभिन्न प्रदर्शन भइरहँदा उनको नाममा ‘गोविन्द एन्थम’ बनेको हो। अंकित बाबु अधिकारीको स्वर, शब्द र संगीतमा गीत तयार भएको छ भने गीतको संगीत संयोजन  रन्जेन झाले गरेका हुन्।

आर्टमाण्डुले प्रस्तुत गरेको गीतको लिरिकल भिडियो रञ्जित मानन्धरले तयार गरेका हुन् भने भिडियो सम्पादन एसडी योगीको रहेको छ। डाक्टर केसीको ११ औं पटकको अनशन जारी छ। उनको समर्थनमा विभिन्न समूह, संस्था तथा व्यक्तिले सरकारलाई दबाब दिने योजनासहितका कार्यक्रम, र्‍याली, रिले अनशन लगायत आयोजना भइरहँदा अंकित बाबु अधकारी र युनिटले यसरी तयार गरेका छन्  रचनात्मक समर्थन हेनुहोस भिडियोमा :

post image

साउन २६,काठमाडौँ  । साउदी अरबको मक्कामा हज गर्न गएको नेपाली मुसलमान टोलीलाई आज बिदाइ गरिएको छ। केन्द्रीय हज कमिटिको नेतृत्वमा हर्ज गर्न साउदी अरबको मक्कामा जान लागेको टोलीलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज विहान बिदाइ गरे। मुसलमान समुदायको चारधाम जाने परम्पराअनुसार १३ जिल्लाका १२९ जना मुस्लिम मक्का प्रस्थान गरेका छन्।

कूल ४३ दिनसम्म चल्ने कार्यक्रममा भाग लिन काठमाडौँका ६०, सुर्खेतका तीन, पर्वत दुई, तनहुँ १२, दाङ आठ, कास्की चार, गोरखा १३, चितवन दुई, अर्घाखाँची ७, पाल्पा ५, स्याङ्जा ९, मकवानपुर दुई र कैलालीका दुईजना त्यसतर्फ प्रस्थान गरेका हुन्। नेपाल मुस्लिम संघका उपसभापति हाजी रफिक मियाँले मक्का र मदिनाको भ्रमण पूरा गरेपछि कुनै पाप नलाग्ने धार्मिक परम्पराअनुसार उक्त क्षेत्रको भ्रमण गर्न लागेको जानकारी दिए। उनले हाजी टोली ३५ दिन मक्का र आठ दिन पैगम्वर मोहम्मदको समाधिस्थल मदिनामा बस्ने कार्यक्रम रहेको बताए।

नेपालबाट हज गर्न जान लागेका कुल एक हजार २०८ जनामध्ये आज १२९ र दिनदिनै भदौ २ गतेसम्म त्यसतर्फ टोली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रासस

post image

प्रकाश सिलवाल, साउन २५, काठमाडौँ । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेकोे नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन व्यवस्थापिका–संसद्को आजको बैठकबाट पारित यो नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आउँदो भदौ १ गतेबाट लागू हुनेछ ।

विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत् महिलाले घरभित्र बस्न नपाउने र गाई, भैँसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यसरी गोठमा चार दिन बिताउनुपर्दा कतिपय महिलाहरुले अकालमा ज्यान गुमाउनाका साथै बिरामी परेका र उनीहरुले अपमानबोध महशुश गरेका प्रशस्त उदाहरण छन् । अब त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था विधेयकमा गरिएको छ ।

एक्काइसौँ शताब्दीमा पनि महिलामाथि विभेद् र छुवाछूत गरी छाउपडी प्रथाका नाममा अमानवीय व्यवहार अन्त्य नभएकामा पटकपटक आवाज उठ्दै आएको थियो । संसद्को विधायन समितिले पाँच महिना लामो समय लगाएर सो विधेयकको परिमार्जनसहितको प्रतिवेदन आजको बैठकमा पेस भएको थियो । मुलुकी ऐनलाई विस्थापन गर्न सदनमा ‘मुलुकी अपराध संहितासहित पाँच विधेयक प्रस्तुत भएका थिए । विधेयकको नाम ‘मुलुकी अपराध संहिता ऐन’ रहनेछ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको थियो । विधेयकले व्यक्ति बेपत्ता पार्ने, सार्वजनिक जग्गा हडप्ने, खेल मिलोमतो म्याच फिक्सिङ मा संलग्न खेलाडीलाई कानुनी सजायको दायरामा ल्याइएको छ । विधेयकमा कसुरदार मुलुक बाहिर रहेपनि कानुनी दायरामा ल्याइने उल्लेख छ ।

बैठकले ‘मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक, २०७४’ पनि पारित गरेको छ । ‘फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन, विधेयक, २०७४’ लाई पनि पारित गर्न प्रस्तुत गर्न खोज्दा बैठकमा गणपूरक संख्या पुगेन । विधेयक पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा सदनमा कायम सदस्यको एक चौथाई अर्थात् १४८ हुनुपर्नेमा १३७ सदस्य मात्र उपस्थित भएपछि बैठक यही साउन २६ गते बिहीबार दिउँसो १ बजेसम्मका स्थगित भयो । सांसद् डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्याबारे प्रश्न उठाएपछि तीन मिनेट जनाउ घन्टी बजाउँदा पनि गणपूरक सङ्ख्या पुग्न सकेन ।

सांसद्हरुले यो विधेयक आउनु मुलुकका सामाजिक रुपान्तरणमा एक कोशेढुंगा भएको बताए । नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले संविधान निर्माणका बेलादेखि नै यस्ता सामाजिक विसंगतिलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने बहसले सार्थकता पाएको बताए ।
नेकपा (माओवादी केन्द्र) का रामनारयण विडारीले अपराधी र कैदीलाई रोगी सम्झेर उपचार (सुधार) गर्न यी कानुन कामयावी हुुने अपेक्षा व्यक्त गरे । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले आधुनिक कानुन आउनु सकारात्मक भएको तर न्यायाधीशको नियुक्ति दलीय भागबण्डा र आर्थिक चलखेलका आधारमा हुने परम्परा अन्त्य नहुँदा जनताले न्याय पाउने पक्ष प्रभावित हुने टिप्पणी गरे ।

स्वास्थ्य बीमासम्बन्धी विधेयक 
‘स्वास्थ्य बीमा विधेयक, २०७४’ माथिको सैद्धान्तिक छलफल भएको छ । संविधानमा जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र अनिवार्य गराउने व्यवस्था भए बमोजिम आएको सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद्हरुले उपचार नपाएर जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

उनीहरुले विधेयक आउनु सकारात्मक भए पनि गरिब नेपालीलाई ठूला र महामारीयुक्त रोग लागेमा उसले कसरी निःशुल्क उपचार पाउने भन्नेबारेमा विधेयकमा स्पष्ट व्यवस्था नभएको बताउँदै सेवा दिनेबारे नीतिगत व्यवस्था भए पनि सबै ठाउँमा स्वास्थ्य केन्द्र, चिकित्सक र औषधिको प्रबन्ध हुनुपर्नेमा जोड दिए । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको थियो ।

स्वास्थ्यमन्त्री पोखरेलले विधेयकले आधारभूत स्वास्थ्य सेवा राज्यको जिम्मेवारी हो भन्ने पक्षलाई विशेष ध्यान दिएको बताउँदै प्राप्त सुझावका आधारमा त्यसलाई पारित गराउन पहल गर्ने विश्वास व्यक्त गरे । संसद्को अर्को बैठक यही साउन २६ गते १ बजे बस्नेछ ।

post image

साउन१६,पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए ।

पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट एकैपटक हाम फालेर सामूहिक रुपमा आत्महत्या गरेका थिए । शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर उनीहरुले आत्महत्या गरेका थिए । खोलामा हाम फाल्ने तयारीका साथ पुलबाट खसेको भए पनि उनीहरु खोला किनारमा करिब ५० मिटरको अन्तरमा खरवारीमा परेका थिए । उनीहरु शनिबार घुमघामका लागि भन्दै पर्वत सदरमुकाम कुश्माबजार आइपुगेका हुन् । शनिबारको दिन घुमघामका लागि आएको उक्त जोडी रातिको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र आइतबार बिहान मोदीको किनारमा जोडीको शव भेटिएको थियो । उनीहरु ट्रेकिङमा आएको पाइएको छ । उनीहरुको झोलामा राति बास बस्ने टेन्ट तथा अन्य बन्दोबस्तीका सामानहरुसमेत रहेका थिए । उनीहरु दुवैका सामान एउटै झोलामा, मोबाइल, पैसासमेत एकै ठाउँमा भेटिएका छन् । उनीहरु प्रेमीप्रेमिका हुन सक्ने अनुमानसमेत गरिएको छ । उक्त घटनाबारे विस्तृत जानकारी आफन्तसँग सोधपुछ गरेपछि मात्र पत्ता लाग्ने बताइएको छ ।

post image

साउन १६,काठमाडौँ ।  नयाँ लुगा किन्ने बितिक्कै हामी त्यसलाई लगाउन खोज्छौ । तर ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार नयाँ लुगा लगाउँदा निकै ध्यान दिन जरुरी रहेको देखिन्छ  । ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाको प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ । तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ ।

हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

आइतबार  –   नयाँ लुगा लगाए चाँडो फाट्छ ।
सोमबार   –     नयाँ लुगा लगाए अग्नि भय हुन्छ ।
मंगलबार  –    नयाँ लुगा चाँडो पोलिन्छ।
बुधबार    –    नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ ।
बिहीबार  –    नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ ।
शुक्रबार  –    नयाँ लुगा लगाए मित्र भेट हुन्छ ।
शनिबार  –    नयाँ लुगा लगाए तेजहीन हुन्छ ।

post image

साउन ९, काठमाण्डौं । साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवपूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

यो महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान्, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ ।

ती हुन्— साउने सोमबार, सोर्हक सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । शिव पुराण अनुसार शिव स्वयं जल हुन् ।

भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् । हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् । चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेपछी साउन महिना सुरु हुन्छ । सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।

post image

साउन ८, काठमाडौं । नेपाल पञ्चाङ निर्णायक समितिका सदस्य प्रा.डा.रामचन्द्र गौतमले यस वर्षको जनै पूर्णिमाका दिन ग्रहण परेकाले नाग पञ्चमीको दिनमा रक्षा बन्धन गर्ने पञ्चाङ समितिले निर्णय गरेको स्पष्टीकरण दिनुभयो। ‘जनै पूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ। ग्रहण हुने दिन रक्षा बन्धन जस्तो पवित्र कार्य गर्न हुँदैन’, उहाँले भन्नुभयो, ‘मानवमात्रले गर्नुपर्ने रक्षा बन्धनको उपाक्रमलाई दोषमुक्त बनाउन यस वर्ष नाग पञ्चमीको दिन रोजिएको हो।’

कार्यक्रममा वास्तुविद् डा. माधवमंगल जोशी, राजु मृग्रेन्द्र जोशी, नेपाल ज्योतिष परिषद् उपत्यका समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशी, उपाध्यक्ष केदारप्रसाद जोशीलगायतले डा. कायष्ठद्वारा लिखित पुस्तकबारे चर्चा गर्नुभएको थियो। ज्योतिष शिक्षाबारे जान्न चाहनेहरुका लागि पुस्तकले आधारभूत ज्ञान दिने उहाँहरुको भनाइ थियो। लेखक डा. कायष्ठले पुस्तकलाई दुई खण्डमा बाँडेर २३ वटा लेखहरुलाई संग्रह गर्नुभएको छ। रोगको उत्पत्ति र ज्योतिष शास्त्र अनुसार त्यसको निदान बारे लेखक डा. कायष्ठले पुस्तकमा सरल नेपाली भाषामा उल्लेख गर्नुभएको छ।

पुस्तकमा मधुमेह, हृदयरोग र यसका ज्योतिषीय उपाय, रोगमा लग्नस्थ राशीको भूमिका, ज्योतिष र चिकित्साशास्त्र, ग्रह, कुण्डली एवं रोगको प्रकोपबारे जानकारी दिइएको छ। लेखक डा. कायष्ठले प्रविधिको विकाससँगै नयाँ पुस्तामा ज्योतिषशास्त्रबारे अनाकर्षण बढिरहेकाले उनीहरुलाई लक्षित गरेर पुस्तक तयार पारिएको जानकारी दिनुभयो।

post image

साउन ४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका जापानी वातावरण राज्यमन्त्री तादाहिको इतोले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री देउवाले पुनर्निर्माणमा र भौतिक पूर्वाधार निर्माणमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेको थियो ।
प्रधानमन्त्री देउवाले नेपाल र जापानबीचको ६० वर्ष लामो कूटनीतिक सम्बन्धबारे चर्चा गर्दै सम्बन्ध अझै प्रगाढ हुँदै जाने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा जापानी राज्यमन्त्री इतोले भूकम्पपछिको नेपालले पुनर्निर्माणमा राम्रो व्यवस्थापन गर्न सफल भएको भन्दै प्रशंसा गरे ।उनले जलवायु परिवर्तनले पारेको असरका सम्बन्धमा चासो व्यक्त गर्दै नेपालले यस विषयमा ध्यान दिनुपर्ने सुझाव दिए । इतो नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नेपाल आएका हुन् ।

 

post image

हेमन्त के सी, साउन २,  जाजरकोट । चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नगरपालिकाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् । साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड नपा वनाएपछि भुभाग पनि ठुलो भएको छ । धेरै सम्भावना वोेकेको नगरपालिका मध्ये यो एक नम्वरमा पर्दछ । योजना डुव्लिकेशन हुँन नदिन र काम नगरि खाने प्रवृती विरुद्ध मेयर रावल निर्मम भएर लागेका छन् । विगतका योजनाहरु कडाईका साथ अनुगमण गर्नुका साथै अव वन्ने योजना वस्तुवादी वनाउन उनी सल्लाह माग्दै गाउँ गाउँमा पुगेका हुँन् । जिल्लाका सवै नपा र गापामा परिषद सम्पन्न भएपनि यहाँको त्रिवेणी नलगाडमा भने मेयर आफै गाउँमा गई योजना छान्न थालेपछि साउन ७ गतेलाई वैठक सारिएको छ । वडा अध्यक्षलाई साथमा लिएर गाउँ गाउँमा पुग्दा जनताहरु अनौठो मान्ने गरेका छन् ।

योजना वनाउदा अपनाउनु पर्ने विधी प्रकृया र चरणका विषयमा सवै जनता र जनप्रतिनीधिलाई वुझाउन सावन २ गते देखि विज्ञ वोलाएर प्रशिक्षण सञ्चालन गर्न लागिएको मेयर रावलले वताए । आज सम्म नेताले टिपाएकै भरमा योजना वनाउदै आएकोमा त्यसलाई निरुतसाहित गर्नका लागि योजना जनताकै विचवाट आउनु पर्ने उनको भनाई छ । नगरपालिकामा ईन्टरनेट विस्तारका लागि र सुचनाको प्रभावकारी विस्तारका लागि सञ्चारमन्त्रालयलाई पत्राचार भईसकेको उनले वताए । नलगाड जलविद्युत आयोजना ( ४१० मेघावाट ) तासुँगाड जलविद्युत आयोजना (४ मेघावाट ) यहि नपा भित्र पर्दछन् ।

कुचो समाएर दैनिक सरसफाईमा मेयर
दैनिक वजार क्षेत्र फोहोर भईरहेको समयमा त्रिवेणी नलगाड नपाले दैनिक सरसफाई अभियान थालेको छ । मेयर टेकवहादुर रावलको नेतृत्वमा दैनिक दिन विहानै कुचो समातेर यहाँको दल्ली , कालीमटी ,वगारा लगाएका मुख्य वजारमा सरसफाई हुँदै आएको छ । जथाभावी फोहोर फाल्नेलाई पहिलो पटक सम्झाउने , दोस्रो पटक नमानेमा जरिमाना गर्ने लगाएका काम हुँने गरेको मेयर रावलले वताएका छन् ।

सम्वृद्धी विकास खोज्न वाहिर जानु पदैन ,आफैवाट सुरु गर्नुपर्छ भन्दै यहाँको नगरपालिकाले त्यसको अगुवाई गरेको नपाका कार्यक्रारी प्रमूख सुरेन्द्र सिंहले वताए । दैनिक मेयर र कर्मचारीहरु कुची समातेर सडक , वजारमा सरसफाईमा व्यस्त देख्दा स्थानीयहरु पनि स्वत स्र्फुत तरिकाले सरसफाई अभियानमा सहभागी हुँने गरेका छन् । अहिले वजारमा पलास्टिक , अन्य फोहोर वस्तु कसैले पनि जथाभावी निकाल्ने काम वन्द गरेको कार्यकारी सिंहले वताए । हामी हाम्रो नगरपालिकावाट अरुले सिकुन भन्ने चाहान्छौँ सिंहले भने । त्यस्तै भेरी नगरपालिकाले वातावरण हराभरा वनाउन अभियान थाल्ने भएको छ । राजनीतिमा आउनु अघि शिक्षक र जनसरकार प्रमूख भईसकेका रावल अत्यन्तै मिलनसारको सुचीमा पर्दछन् ।

post image

असार ३१, ललितपुर । काठमाण्डौको महाराजगंजमा रहेको बिष्णु–सरस्वती (बीएस) फाउन्डेसनले एक बिशेष कार्यक्रमकाबिच  नवकिरण आश्रमलाई सहयोग प्रदान गरेको छ । बिष्णु –सरस्वती (बीएस) फाउन्डेसनले स्व. सरस्वती लामिछानेको छैठौ पुण्य तिथिको अवसरमा ललितपुर हात्तीवन स्थित नवकिरण आश्रमलाई खाद्यान्न लगायतका दैनिक आवश्यक बस्तुहरु हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको हो ।

सामाजिक क्षेत्रमा सक्रिय बिएस फाउण्डेशनले समाजका बिभिन्न क्षेत्रमा रहेका गरीव, असहाय, दिन दुखीहरुलाई बिभिन्न अवसर पारेर यसरी नै सहयोग प्रदान गर्दै आईरहेको बिएस फाउण्डेसनका अध्यक्ष अम्बिका शर्मा लामिछानेले अनलाईन समयलाई जानकारी गराउनु भयो । बिएस फाउण्डेशन स्व। सरस्वती लामिछानेकि छोरी बैकर,समाजसेवी तथा महिला उद्यमी अम्बिका शर्मा लामिछानेले सन् २०१० मा स्वर्गीय आमा सरस्वती लामिछानेको नाममा स्थापना गर्नु भएको हो । आफ्नी स्वर्गिय आमाको छैठो पुण्य तिथिका अवसरमा अनाथ वालवालिकाहरुलाई सरक्षण गर्दै आईरहेको नवकिरण आश्रमलाई बिभिन्न सामाग्री प्रदान गरीएको अध्यक्ष शर्माले जानकारी गराउनु भयो ।

स्मरण रहोस् बिएस फाउण्डेशन बिभिन्न सामाजिक क्षेत्रमा बिगत ६ बर्षदेखि निरन्तर रुपमा लागिरहेको छ । सामाजिक सेवा नै उत्कृष्ठ धर्म हो भन्ने मनसायकासाथ यस संस्थाका अध्यक्ष अघि बढ्नुले पनि बिएस फाउण्डेशन सामाजिक क्षेत्रमा सधै सक्रिय र तत्परताकासाथ लागिरेको हो । बिएस फाउन्डेसनले बिशेष गरि बालबालिकाको शिक्षा र सेवामा समर्पित रहँदै आएको छ । फाउन्डेसनले हाल काठमाडौँको झोरमा रहेको झोर माहाकाल माध्यमिक बिध्यालयमा ३५ जना बालबालिकालाई बार्षिक छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

ललितपुरको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा कलाकार सरिता लामिछाने लगायत फाउन्डेसनका पदाधिकारीहरुको पनि उपस्तिथी रहेको थियो । फाउण्डेशनले आगामी दिनमा पनि सहयोगका कार्यक्रमहरु निरन्तर गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

post image

असार ३०, काठमाडौं । फोटोपत्रकार क्लबको आयोजनामा पत्रकारिता र शुरक्षा बिषयमा २ दिने फोटोप्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको फोटोप्रदर्शनीको उद्घाटन सभाामुख ओनसरी घर्ती मगरले गनर्’ भएको  छ । पत्रकार तथा फोटोपत्रकारहरुले आफू जोखिममा परेर गरेका कार्यहरुका तस्बिर प्रदर्शनीमा राखिएको फोटोपत्रकार क्लबले जनाएको छ ।

फोटोपत्रकार, पत्रकार, सर्वसाधारण, मिडिया सँचालक लगायत नीतिनिर्माण तहमा बस्नेहरुलाई नेपालका फोटोपत्रकार र पत्रकारको शुरक्षास्थिती बारे जानकारी गराउनु फोटोप्रदर्शनीको मुख्य उद्येस्य रहेको क्लबले जनाएको छ । ब्याबसायिक फोटो पत्रकारीताको जोखिमपूर्ण अबस्था बारे बुझ्दै यसको अबस्थालाई सुधार गर्दै लैजानु पनि यो प्रदर्शनीको उद्येस्य रहेको छ ।

इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा सुरु भएको यो फोटो प्रदर्शनीमा ४५ वटा फोटोहरु समाबेश गरिएको छ । शुक्रबार र शनिबार गरी २ दिनसम्म चल्ने यो फोटोप्रदर्शनीमा पत्रकार तथा फोटोपत्रकारहरु कस्तो किसिमका चुनौतीको सामना गरेर कार्यक्षेत्रमा खटिएका हुन्छन भन्ने सबैले बुझ्ने बिश्वास फोटोपत्रकार क्लबले लिएको छ । फोटो प्रदर्शनी प्रदर्शनीमा प्रबेश निशुल्क रहेकोले सर्बसाधारणलाई फोटो अबलोकन गर्न पनि फोटोपत्रकार क्लबले  आब्हन गरेको छ ।

 

post image

असार २३, काठमाण्डौं । आज पूर्व राजा ज्ञानेन्द्र शाहको ७१ औ जन्मदिन । उनले धुमधामकासाथ आफ्नो जन्मोत्सव मनाउँदै छन् । पूर्व राजा ज्ञानेन्द्र शाह ७० बर्ष पूरा भई ७१ ब्र्ष लागेकोमा शुरुमा आफ्ना कर्मचारी र आफन्तसँग र त्यसपछि सर्वसाधारणसँग शुभकामना ग्रहण गर्ने कायर्उक्रम रहेको छ । स्रोतले दिएको जानकारी अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले आयोजना गर्ने शुभकामना कार्यक्रम निर्मल निवासमा बिहान साढे दश बजे आफन्त र कर्मचारीलाई छुट्याएका छन् भने ११ बजेपछिको समय सर्वसाधारणलाई दिईएको छ ।

पूर्व राजा शाहलाई जम्कदिनको शुभकामना दिनका लागि उपत्यकाका भद्रकाली, जिवनकुञ्ज,शिक्षण अस्पताल लगायतका स्थानहरुवाट बाजागाजा झाँकी सहितका समूह निर्मल निवास आउने कार्यक्रम रहेको विश्व हिन्दु युवा संघका अध्यक्ष राजन महर्जनले जानकारी दिए । महर्जनका अनुसार त्यसरी नै काठमाण्डौको हनुमानढोकावाट बिहान साढे दश बजे राष्ट्रिय पोशाकमा नेपालको झण्डा सहित सजिएका युवाहरुको समूहले पूर्व राजा शाहलाई जन्मदिनको उपहार स्वरुप राष्ट्रिय झण्डा प्रदान गर्ने कार्यक्रम तय भएको बताए । पूर्व राजा शाहले पनि शनिवार या आईतवार होटल अन्नपूर्णमा र असार ३० गते आफन्त र पिरवारजनलाई निर्मल निवासमा बर्डथे पार्टी दिने कार्यक्तम तय गरेको बुझिएको छ ।

post image

असार २२, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको छड्के अनुगमन गरेका छन्। कसैलाई खबर नै नगरी साँझको सवा ६ बजे उनी विमानस्थल पुग्दा अध्यागमन तथा विमानस्थलका अन्य कर्मचारीहरु अलमलमा परेका थिए। छड्केका क्रममा केही सिसी क्यामेरा बिग्रिएको र यात्रुहरुको लगेज हराउने गरेको पाइएको छ।

यसअघि सोमबार गृहमन्त्री शर्माले अध्यागमन विभागमा गलत काम हुनेगरेको सूचना आफूकहाँ आइपुगेको भन्दै योजनाबद्ध रुपमा गलत काम गर्नेलाई कारवाही गर्ने चेतावनी दिएका थिए। ‘अध्यागमन विभाग र एयरपोर्टसँग सम्बन्धित सबैलाई भन्न चाहन्छु’ उनले भनेका थिए, ‘यहाँको सूचना हिजो पनि थाहा थियो, गृहमन्त्री भैसकेपछि झन् मलाई आएको छ, ती कुरा आजको दिनदेखि सुधारिँदैन भने, सेटिङका काम हुन्छ भने त्यो कुरा क्षम्य हुने छैन।’

post image

असार २२, काठमाण्डौं । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (यूएन )पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ । मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको बुधवार सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा सहरी विकासमन्त्री प्रभु शाहको उपस्थिति रहेको थियो । नेपाल सरकारद्वारा तोकिएको पार्क क्षेत्रमा केही व्यक्तिले खेतीपाती लगायतका कार्यमा अनधिकृत रूपमा उपभोग गरिरहेका सन्दर्भमा त्यसलाई नियन्त्रण गर्ने निर्णय बुधवारको बैठकले गरेको मन्त्री शाहको सचिवालयले बताएको छ ।

बैठकमा मन्त्री शाहले पार्कको जग्गामा भइरहेको विभिन्न कार्य रोकेर त्यसमा व्यवस्थित रूपमा पार्क बनाउन निर्देशन दिए । निजी उपयोगमा आइरहेको जग्गालाई नियन्त्रणमा लिई उक्त क्षेत्रमा पार्क निर्माण गर्नका लागि आवश्यक रकम उपलब्ध गराइनेसमेत मन्त्री शाहले प्रतिबद्धता व्यक्त गरे ।रासस

post image

असार २०, काठमाडौँ । असार शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आजको दिन हिन्दू धर्मावलम्बीले निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । घरको आँगनमा तुलसीको मठ राखी दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ । आजबाट ४ महिनासम्म अर्थात हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुन्छन् ।
वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ । आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा आज काठमाण्डौंको फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिर लगायत मुलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

post image

असार १४, काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिका अन्तर्गत यम्घामा मतदानमा सहभागी एक  एक वृद्धको निधन भएको छ । बगनासकाली अन्तर्गत यम्घाको अरनिको मावि केन्द्रमा मतदानका लागि आउदै गर्दा  ८४ वर्षिय पूर्णचन्द्र भट्टराईको निधन भएको हो । दम बढेर निधन भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत भरतमणी खनालका अनुसार मतदान गर्न ल्याउँदै गर्दा अचानक श्वासप्रस्वासमा समस्या देखिएको केही समयपछि उनको निधन भएको भएको हो । यसैबीच  झापाको दमक–९ मा मत खसाल्न आएका ८२ बर्षीय वृद्ध नरेन्द्र भण्डारीको मृत्यु भएको छ । स्थानिय सरस्वती माध्यमिक विद्यालयमा मतदान गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए ।

पारिवारीक स्रोतका अनुसार उनी मुटुको विरामबाट पीडित थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिनुभयो । उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।   

post image

बिनिता सिवाकोटी असार १३,काठमाडौँ । साँझको ७ बजिसकेको थियो आफ्नो काम सकेर हतार हतार सिनामंगलस्थित बस स्टेन्डमा आएर बस पर्खे ,केहि समयमै गौशाला ,चाबेल,चक्रपथ,बसुन्धरा भन्दै आफ्नै रुटको गाडी आयो र गाडी चडीयो पनि । ढोका मै लखेको रहेछ जिब्रोको गरिमा मिठो बोलीमा कति सुन्दर भनाई यहि सोच्दै ड्राइभर भन्दा पछाडिको महिला सिट भनेर लेखिएको रहेछ म त्यहि गएर बसे । उक्त बसमा महिलाको लागि सिट पनि छुट्याइएको थियो , जिब्रोको गरिमा मिठो बोलीमा पनि लेखिएको थियो तर त्यस गाडीका ड्राइभर र खलासी दुबैको मुखबाट भने १ घन्टाको यात्रामा एकचोटी पनि मिठो बोलि सुन्न पाइएन ।

त्यसो त उनीहरु पब्लिक बस चलाउने मान्छे र पब्लिक सर्वसाधारणकै सेवा सुबिधाका लागि खटिएका मान्छे तर बोली भने तिनै सर्वासाधारणको अगाडी उनीहरुले सुन्न नसक्ने सब्द उच्चारण बारम्बार गरिरहेका थिए । महिला सिट छ तर त्यहि महिलाको अगाडी के बोल्ने र के नबोल्ने कस्तो शब्द प्रयोग गर्ने सायद उनीहरुलाई थाहा थिएन कि ? तर भाडा कति लाग्छ ,कहाँ मान्छे चडाउने कहाँ मान्छे ओराल्ने, ट्राफिक देखे अर्को बाटो जाने देखि लिएर सम्पूर्ण कुराको ज्ञान थियो उनीहरुमा ,फेरी सभ्यताको बोली बोल्न भने कसरि बिर्से होलान ?

त्यस्तो शब्द जुन सुनेर सबैको मुटु नै चिसो हुन्छ,तर ड्राइभर र खलासी दाइले त यसरि गर्वका साथ् बोलिरहेको देखिन्थ्यो कि उनीहरु धेरै अमुल्य बोलि बोल्दैछन त्यो पनि एकचोटी नभएर बारम्बार ,कतै भय थियो होला उनीहरुमा त्यो अमुल्य बोलि यात्रा गरिरहेका पेसेन्जरले नसुनिदिने पो हुन कि भनेर ।

सबै कुराको नियम कानुन थियो बसमा बाँकी एउटा कुराको त्यो हो उनीहरुको सभ्यता तै पनि हामि पेसेन्जर केहि भन्न नसकेर चुपचाप उक्त अमुल्य बोलि सुनिरहेकाथीयौं  । कुरा आजको मात्र हैन दिनहुँ बसमा यात्रा गर्दा यी अनमोल बचनहरु सुनिरहन पाइन्छ  । हामि सुनिरहन्छौँ उनीहरु बोलिरहन्छन् । अनमोल वाणी निकाल्न पनि केहि कारणनै नचाहिने अर्को बसले ओवर टेग गर्दा नि निस्किने , ट्राफिक जाम हुँदा पनि निस्किने यति सम्म कि पेसेन्जरले पछाडी जानु भन्दा मानेन भने उक्त बाणी पेसेन्जरले पनि नसुनी यात्रा सफल नै नहुने । कुन भाषाको प्रयोग थियो त्यसमा नेपाली त नहुनु पर्ने सभ्यता र संस्कारका खानि हामी कसरी निस्किन्थ्यो त्यस्तो बोलि ,फेरी लाग्यो सायद संस्कृत पो हो कि हैन हैन अंग्रेजी थियो होला जुन मलाई बुझ्न गाह्रो पर्यो । तर आज सम्म त्यस्तो अंग्रेजी त कुनै स्कुल र क्याम्पसले त सिकाएन मलाइ ।कसैलाई थाहा भए भनिदिनुहोला ………………………..।

post image

असार १३, काठमाण्डौं । नेपाल र भारतका मौसम विभागका पूर्वानुमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ। ती पूर्वानुमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी वर्षाको सम्भावना देखाएका छन्। १ नम्बर प्रदेशको तुलनामा ५ र ७ प्रदेशमा बुधबार अपराह्न केही समय वर्षा रोकिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। मतदानको तयारी गरिरहेका तीनवटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविद्को ठहर छ।

यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ। निर्वाचन आयोगले बिहान ७ देखि ५ बजेसम्म मतदान समय तोकेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बुधबार मनसुन सक्रिय रहने जानकारी दिए। ु१ नम्बर प्रदेशमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ। वर्षा नियमित हुने हाम्रो अनुमान छु, उनले भने। यस प्रदेशमा कोसीपूर्वका १३ जिल्ला पर्छन्। भारतको मौसम विभागको पूर्वानुमानले पूर्वी तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा बढी वर्षा हुने देखाएको छ।

नेपाल र भारतका पूर्वी पहाडी सीमाका सबै क्षेत्रमा बुधबार दिनभर नै वर्षा हुने विभागको अनुमान छ। श्रेष्ठका अनुसार प्रदेश नम्बर ५ र ७ मा बुधबार बिहानैदेखि वर्षा हुन्छ। मध्याह्नमा एकदुई घन्टा आकाश सफा हुन सक्छ। वर्षा त रोकिँदैन तर एकदुई घन्टा पानी कम हुन सक्छु, उनले भने, त्यसो त पानी दिनभर नै परिरहन्छ। कम र धेरै मात्र हो।  भारतको मौसम विभागले नेपालसग सीमा जोडिएका विहार, उत्तरप्रदेश र उत्तराखण्डमा बुधबार भारी वर्षा हुने अनुमान गरेको छ। भारतका विहार र उत्तरप्रदेश नेपालका प्रदेश नम्बर १ र ५ स“ग जोडिएका छन्। यस्तै प्रदेश नम्बर ७ सँग जोडिएको उत्तराखण्डमा बुधबार ठूलो वर्षा हुने अनुमान छ।

५ नम्बर प्रदेशमा चितवनदेखि बर्दियाबीचका तराई र पहाडका गरी १२ जिल्ला पर्छन्। यसैगरी प्रदेश नम्बर ७ मा बर्दियादेखि पश्चिमका तराई र पहाडका गरी नौ जिल्ला पर्छन्। भारतको मौसम विभागले बुधबारमात्र नभई बिहीबारसमेत नेपालस“ग सीमा जोडिएका आफ्ना सबै राज्यमा भारी वर्षाको अनुमान गरेको छ। महाशाखाका अनुसार नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका अधिकांश भूभागमा सरदरभन्दा कम र बा“की भूभागमा सरदर वर्षा हुन्छ। सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको ९करिब ३० वर्ष० को औसत वर्षा भन्ने बुझिन्छ। सरदर वर्षाको ९० प्रतिशतदेखि १ सय १० प्रतिशतसम्मलाई सामान्य वर्षा भनिन्छ।  योभन्दा कम र बढी वर्षा भएका क्रमशः न्यून र अधिक वर्षा भएको मानिन्छ।

post image

असार १२,चितवन । सडक विस्तारका लागि भित्तो काट्न भन्दै दिउँसो आवागमन रोकिएको नारायणगढ – मुग्लिन सडकखण्ड आजबाट नरोकिने भएपछि राजधानीबाट बाहिरी जिल्ला मतदान गर्न जाने मतदाताका लागि सहज भएको छ । विस्तारको क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि चैत १४ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो । वर्षात्सँगै पहिरो खस्ने क्रम बढेको र निर्वाचनमा मतदान गर्न जानेका लागि समेत अप्ठ्यारो परेपछि आजबाट सडकमा आवागमन नरोकिने भएको हो ।

आज इदको बिदा परेकाले उपत्यकामा रहेका तीनवटा प्रदेशका मतदाता मतदानका लागि आआफ्नो गन्तव्यतर्फ जाँदै छन् । मध्यभागमा रहेकाले उनीहरुले नारायणगढ मुग्लिन सडकखण्ड प्रयोग गर्नुपर्ने हुन्छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कुनै पनि बेला पहिरो खस्न सक्ने भएकाले तयारी अवस्थामा उपकरण र जनशक्ति राखिएको बताए ।

सडकमा २४ सैँ घन्टा सुरक्षाकर्मी, ठेकेदार कम्पनी, आयोजनाका कर्मचारी र जनप्रतिनिधिसहितले अनुगमन गरिरहेकाले दुर्घटना हुन नदिन र यात्रुलाई सहज बनाउन लागिएको छ । रातको समयमा सडक रोक्ने तयारी भएको भए पनि निर्वाचनलाई केन्द्रित गरेर केही दिन दिउँसो र राति दुबै समय सडक सुचारु गर्न लागिएको उनले बताए । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् । सो सडकमा हिजो दिउँसो ३ बजे खसेको पहिरो साँझ ७ बजे पन्छाएपछि दुई दिनयता भएको सवारी जाममा कमी आएको प्रहरीले जनाएको छ । मतदान गर्न घर फर्कनेको चाप सुरु भएको छ । रासस

post image

असार १२, काठमाडौं ।  इस्लाम धर्मावलम्बीले आज (सोमबार) इद (इद उल फित्र) मनाउँदै छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । इद खुसी साट्ने पर्व हो । इस्लामी पात्रो हिजरी संवत् अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी १ महिनासम्म रोजा बस्छन् । रोजा सकिएपछि खुसी स्वरूप इद मनाइन्छ । इदका दिन मस्जिद वा इदगाह (इदको नमाज मात्र पढ्न बनाइएको खुला ठाउँ) मा भेला भई नमाज पढ्ने चलन छ । इदको नमाजपछि आपसमा गला मिलाएर ‘इद मुबारक’ भन्दै शुभकामना आदान–प्रदान गरिन्छ ।

इदको दिन बिहानै नुहाइ–धुवाइ, सफा र नयाँ कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबई, फलफूल, बिरयानी वा अन्य मीठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । नमाजपछि एक–अर्काका घरमा पाकेको मीठा परिकार खाने र शुभकामना आदान–प्रदान गर्ने चलन छ । इदमा आफन्त र इस्टमित्रलाई पनि घरमा बोलाएर खानेकुरा खुवाइन्छ । इदको नमाज पढ्नुअघि हरेक व्यक्तिले आफ्ना परिवारका तर्फबाट ‘सदाए फित्रा’ स्वरूप तोकिएको निश्चित रकम तिर्नुपर्ने हुन्छ ।

त्यो रकम अलग्गै जम्मा गरिन्छ । त्यस्तो रकम गरिब, फकिर, असहाय, विपन्न, मिस्किनले मात्रै प्रयोग गर्न सक्छन् । इस्लामका ५ आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मा मध्ये रोजा (व्रत) एक खम्बा हो । अन्य महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् । यो दान गर्ने महिना पनि हो । त्यसैले यो महिनामा धनाढ्यहरूले गरिब र विपन्नलाई आर्थिक सहयोगसमेत गर्ने गरेका छन् ।

post image

असार११, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले एक बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

यस अघि विभिन्न मुश्लिम संघसंस्थाहरुले सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । बिगत एक महिनादेखि शुरु भएको मुश्लिम समुदायको रोजा अर्थात ब्रत भोली समाप्त हुदैछ ।

post image

बिनिता सिवाकोटी, असार ११,काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता देखि चर्चामा आएको भरतपुर महानगरपालिकाको चर्चा महिनौं बितिसक्दा पनि यथावत नै छ । माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालबाट चर्चा सुरु भएको थियो भरतपुर महानगरपालिकाको जसको एकमात्र कारण थियो रेणु दाहाल पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्दका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डकी पुत्री थिइन ।त्यस्तै अर्को चर्चाको बिषय थियो स्थानीय निर्वाचनको मतगणना जसमा माओवादी उम्मेदवार रेणु दाहाल र नेकपा एमाले उम्मेदवार देबी ज्ञवालीबिचको कडा प्रतिष्पर्धा ।

बैसाख ३१ गते सम्पन्न भएको भरतपुर महानगरपालिकाको मतगणना बारम्बार रोकिंदै सुरु हुँदै थियो र दुई उम्मेदवार बिचको प्रतिष्पर्धाले पनि सारा नेपाली जनताको ध्यानाकर्षण गराएको थियो । त्यसैबीच मतगणना अन्तिम अवस्थामा पुगेका बेला जेठ १४ गते आइतबार राति पौने १२ बजे मतपत्र च्यातियो र मतगणना फेरी रोकियो । दुई माओवादी कार्यकर्ता द्रोण सिवाकोटी र मधु न्यौपानेले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । त्यसपछी अनिश्चितकालका लागि मतगणना स्थगित गरिएको सुचना प्रकाशित भयो। के कति मतपत्र च्यातियो सोबारे भने उनले यकिन हुन सकेन ,र उक्त मतपत्रलाइ मुचुल्का बनाएर राखियो। प्रहरीले मतपत्र च्यातेको आरोपमा दुई माओवादी कार्यकर्तालाई पक्राउ गर्यो । मतपत्र च्यात्ने माओवादी कार्यकर्ता जनही १ र१ लाख तिरेर छुटी पनि सके ।

प्रधानमन्त्री पुत्री रेणु दाहाललाई सत्तारुढ कांग्रेस–माओवादीको मेयर उम्मेदवार बनाइएको भरतपुरमा रेणुले हार्ने स्थिति स्पष्ट देखिएपछि योजनावद्ध रुपमै मतपत्र च्यातिएको भन्ने कुरामा पनि धेरै टिकाटिप्पणी तथा अड्कलबाजी गरिए ।तर यथार्थ भने खुल्न सकेन ।त्यसैगरी भरतपुरमा अर्को प्रसङ्ग आयो ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका बडा नम्बर १९ मा पुन मतदान हुनुपर्ने माग राख्न थाले भने एमालेले च्यातिएका मतपत्र बदर गरि पुन मतगणना सुरु गर्नुपर्ने धारणा राख्न थाले । जेठ १७ गते अर्थात् मतपत्र च्यातिएको चौथो दिन भरतपुर महानगरपालिकामा पुनस् मतगणना वा मतदान भन्ने दलहरुको मागबारे मौन बस्दै निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या यकिन गरी पठाउन मूख्य निर्वाचन अधिकृतलाई निर्देशन दियो। मतपत्रको मुचुल्का खोलियो र च्यातिएका मतपत्रको गणना सुरु भयो जहाँ ९० मतपत्र च्यातिएको यकिन भयो ।
जेठ २० गते निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गर्यो । निर्वाचन आयोगको सो निर्णय प्रति असन्तुष्ट एमाले पक्षका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बनेका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै सर्वोच्चमा रिट दायर गरे। त्यस लगत्तै भरतपुरको मतगणना सुचारु गर्न अनेरास्ववियु र युवा संघले मसाल जुलुस निकाल्यो , भने सोहि बिषयमा अडान लिएको नेकपा एमालेले बारम्बार संसद अवरुद्द पनि गर्यो। संसद अवरुद्दले प्रधानमन्त्रीको चुनाब पनि पछी सर्यो र केहि दिन शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुनबाट बन्चित भए ।
संसद अवरुद्दको दबाबपछी जेठ २२ गते सर्वोच्चमा पहिलो सुनुवाईको मिति तय भयो भने ,मुद्दाको बेञ्च न्यायाधिश चोलेन्द्र शमशेर जवराको इजलासमा फैसला हुने भयो । न्यायाधीश चोलेन्द्र शमसेर जवराको एकल ईजलाशमा सर्वोच्च अदालतले आयोगको निर्णय यथास्थानमा राख्न आदेश दिदै त्यसको तीन दिनपछि दुवैपक्षलाई छलफलका लागि बोलायो । अर्को फैसला जेठ २८ गतेलाई सारियो उक्त रिटमाथि सुनुवाई हुने भनिएतापनि समय अभावका कारण देखाई सुनुवाई पुन स्थगित गरियो । चार पटक सम्म सुनुवाइको मिति तय हुँदा पनि कुनै निर्णय आउन सकेन । असार ६ गते पाँचौ पटकको सुनुवाई पनि अधुरै भयो ,सर्वोच्च अदालतले च्यातिएका मतपत्र, मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाइएको मुद्दाको फाइल र निर्वाचन आयोगको निर्णयको सक्कल प्रति झिकाउन आदेश दिंदै उक्त दिनको इजलास पनि सकियो ।
भरतपुर महानगरपालिका जति चर्चित बन्यो त्यतिनै चर्चित बने उम्मेदवार रेणु दाहाल र देबी ज्ञवाली अझै प्रख्यात बने ति बिमुख ९० मतपत्र । जनताले आफुले चाहेको उम्मेदवारलाई जिताउन हालेका मत कहिले च्यातिए ,कहिले मुचुल्का बने ,कहिले निर्वाचन आयोग पुगे अब भने यी बिमुख ९० मतपत्रले सर्वोच्च अदालतको भ्रमण गर्नेछन । आशा गरौँ चाडैं नै ती च्यातिएका ९० मतपत्रले निकास पाउनेछन र मतदाताको मतले न्याय पाउनेछ । त्यती मात्रै होईन यि मतपत्र निर्जिव छन् । तर यिनले दिएको मतले कोही राजनीतिक ब्यक्रिले निर्वाच्न जित्छ र उ मेयर ,उपमेयर वडाअध्यक्ष, वडासदस्य लगायतको पदमा पुग्नेछ ।जसरी यि मतपत्रलाई मोहरा बनाईयो, यो कार्य निन्दनीय त छ नै । साथै भरतपुर महानगरपालिकाकामा रहेका अब २० नम्बर वडाको मत गन्न बाँकी छ, जसमा जनताले दिएको अधिकार अझै सम्म डेढ महिना भईसक्दा पनि बन्द बाकस भित्र थन्कीएर बसेको छ । त्यती मात्रै होईन, भरतपुरमा मतपत्र च्यातीएको घटनाले पूरै महानगरपालिकाको निर्वाचन र रोकिएको छ । यसरी भरतपुर घटनालाई अनिर्णयको बन्दी बनाईनु हुदैन र छिटोभन्दा छिटो अदालतले यस बिषयमा सुनुवाई गर्नु जरुरी छ ।

 

post image

असार १०, इटहरी  । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई मधेस विरोधीको रुपमा चित्रित गरिएको भन्दै त्यसलाई प्रोपोगाण्डाको संज्ञा दिएका छन् ।  उनले एमाले सरकारको पालामै हुलाकी राजमार्गको लागि बजेट बिनियोजन गरिएको र मधेसका सदरमुकाम भएका नगरपालिकामा थप ५० लाख अनुदान पठाइएको बताए ।

इटहरीमा आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘मधेसका दलित, आदिवासी र पिछडा वर्गको लागि उच्च शिक्षासम्म नि:शुल्क गर्ने पार्टी कसरी मधेस विरोधी हुनसक्छ ?’

उनले एमाले कुनै छिमेकीसँग मात्र सम्बन्ध नराखेर दुवै छिमेकीसंग सन्तुलित सम्बन्ध राख्न चाहेको ओलीले दाबी गरे । ओलीले भने ‘हामी कांग्रेस जस्तो एक छिमेकीसँग नजिक हुने र अर्को छिमेकीसँग टाढा हुने असन्तुलित सम्बन्ध राख्दैनौं ।

post image

असार १०, काठमाडौँ । यो सुन्दा पत्यार नलाग्न सक्छ। तर अब पिसावले स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको एक अनुसन्धानले देखाएको छ। बेलायतका वैज्ञानिकहरु पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन्। बेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरु यो शोधमा काम गरिरहेका छन्।

यस प्रयोगको लागि वैज्ञानिकहरुले इलेक्ट्रोन- एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरु भरेका थिए। ति जीवहरु पिसाव र फोहोरी पानीमा पाइने गर्छन्। यसपछि ति सुक्ष्मजीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको भनाई छ। दुई लिटर पिसावले ३०-४० मिलीवाट विजुली उत्पादन हुन सक्छ। यो विजुलीलाई फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिन्छ।

post image

असार ८,काठमाडौँ । राजधानीको गोगंबुस्थित बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । सामसुङ ग्यालेक्सी मोबाइल एक्स्पो नाम दिइएको मोबाइल मेला १० दिनसम्म चल्ने छ । एक्स्पो अवधि भर ग्राहकहरुले बिजी मलका सबै फेन्सी पसलहरुमा २५ प्रतिशत छुट पाउने छन् ।

बिजी मलका अध्यक्ष बासु गिरीले देशभरीका उपभोक्तालाई एकै स्थानबाट धेरै भन्दा धेरै ब्राण्डका मोबाइलका साथै उपभोग्य सामग्री सहज रुपमा सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । मोबाइल एक्सपो पनि यसैको एउटा पाटो भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।

असार ७ गतेबाट सुरु भएको ग्यालेक्सी मोबाइल एक्स्पो असार १७ गतेसम्म चल्नेछ । उक्त अवधि भर प्रत्येका दिन मलमा आउने ग्राहकले लक्की ड्र मार्फत एउटा स्मार्टफोन र पाँच जनाले सेल्फी स्टीक पाउने एक्सपोका संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए ।

एक्सपोमा सांगितिक प्रस्तुतीका साथै विभिन्न आकर्षक कार्यक्रमहरुको समेत आयोजना हुनेछन् । १० हजार रुपैंया भन्दा बढी मूल्यको मोबाइल खरिदमा ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिभर मोबाइल खरिद गर्ने मध्ये दुई जनालाई नगद फिर्ता गरिने मलले जनाएको छ ।

एक हजार रुपैंयादेखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेट उपलब्ध गराउने मलले जनाएको छ । यसका साथै एक्स्पो अवधिभर प्रत्येक दिन दुई जनालाई बिएसआर मुभिजको टिकट तथा बेसिल क्याफेका तर्फबाट लञ्च कुपन निशुल्क उपलब्ध गराइनेछ ।

चर्चित र अधिक प्रयोगमा रहेका अधिकांस मोबाइलको आधिकारिक शोरुम रहेको बिजी मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री,रेष्टुरेण्ट, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

post image

असार ८, काठमाण्डौ । असार १४ का लागि तोकिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दलहरु जोडतोडका साथ लागेका छन् । निर्वाचन नजिकिँदै गर्दा दलहरुले जितको दाबी पेश गरिरहेका छन् । दोस्रो चरणको निर्वाचनमा कम्तीमा १७० स्थान जितेर पहिलो पार्टी बन्ने प्रारम्भिक आँकलन कांग्रेसको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल नेतृत्वको टोलीले तीनवटै प्रदेशमा खटिएका नेताहरूसँग बुझेर आँकडा तयार पार्दै छ ।

नेता विमलेन्द्र निधिले ५८ प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी गरे । पहिलो चरणको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने उसको दाबी छ । प्रदेश नम्बर १ का १३७ तहमध्ये विराटनगर महानगरपालिकासहित दुईतिहाइ तहमा जित्ने एमालेको दाबी छ । त्यस्तै, प्रदेश नम्बर ५ का १०९ तहमध्ये ६५ देखि ७० मा र प्रदेश नं। ७ का ८८ तहमध्ये कम्तीमा ६० प्रतिशत स्थानीय तह जित्ने एमालेको आँकलन छ ।

माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा झन्डै १ सय २० स्थानमा जित्ने दाबी गरेको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ तहमध्ये एकतिहाइमा जित्ने आँकलन माओवादीको छ । तीनवटै प्रदेशका इन्चार्जले गरेको दाबी अनुसार प्रदेश नं. १ का १३७ मध्ये ५० देखि ५५ तहमा, ५ का १०९ मध्ये ४६ तहमा र ७ का ८८ मध्ये २५ देखि ३० तहमा पार्टीले जित्नेछ । पहिलो चरणको निर्वाचनको समीक्षासहित विशेष अभियानमा चलाइएकाले पार्टीका पक्षमा राम्रो परिणाम आउने उसको विश्वास छ ।

post image

असार ७, धनगढी । स्थानीय तहका दोस्रो चरणको निर्वाचनका उम्मेदवारहरुले मंगलबार चुनाव चिह्न पाएका छन् । संसद भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र निर्वाचन चिह्न पाएका छन् । निर्वाचन नजिकिएसँगै शीर्ष नेताहरु पार्टीको पक्षमा जनमत तान्न विभिन्न जिल्लामा सक्रिय भएका छन् । शिर्ष राजनीतिक दलका नेताहरु आफ्नो पक्षमा चुनाबी माहौल बनाउन र आफ्ना उम्मेदवारलाई बिजयी गराउनका लागि रातोदिन तल्लीनताकासाथ लागीपरेका छन् ।

यस्तै चुनाबी माहौलले छपक्क छोपेको छ, सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र अर्थात प्रदेश नम्बर सातको प्रस्ताबीत राजधानी धनगढीलाई । हुनत कैलाली जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् । ति सबै तहमा धुमधामकासाथ राजनीतिक दलहरु चुनाबी अभियाननमा जुटीरहेका छन् । यसको ज्वलन्त उदाहरणका रुपमा प्रदेश नम्बर ७ को एक मात्रै उपमहानगरपालिकामा असार ४ गते आईतवार मनोनयन दर्ताका क्रममा देखिएको राजनीतिक दलहरुको बिशाल र्यालीले पनि स्पष्टै पार्दथ्यो । धनगढी उपमहानगरपालिकाका लागि बिभिन्न राजनीतिक दलहरुकासँगै एक जना स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका थिए।

उनि थिए कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमाल । उनको उम्मेदवारीले अहिले धनगढी उपमहानगरपालिकामा निकै चर्चा बटुलीरहेको छ । हुनत पहिलो चरणको स्थानीय तह निर्वाचनमा काठमाण्डौ महानगरपालिकावाट उम्मेदवार बनेकी बिबेशिल पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका उम्मेदवार किशोर थापाको चर्चा परिचर्चा र उनिहरुले प्राप्त गरेको मतले पनि आम मतदाता नयाँ कुरा , बिकास र स्थायीत्व चाहन्छन् भन्ने झल्केको थियो । तर धनगढी उपमहानगरपालिकाको मेयरमा आफ्नो स्वतन्त्र उम्मेदवारी दिएका र मंगलवार मात्रै चुनाब चिन्ह पाएका गोपाल हमालको उम्मेदवारीले त्यहाँ रहेका राजनीतिक दलहरुलाई पनि आँकलन गर्न मुश्किल पारीदिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा मिश्रित रुपमा मुखय प्रतिष्पर्धीका रुपमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र रहेको भएता पनि ब्यावसायी गोपाल हमालको उम्मेदवारीले उनि पनि दलहरुसँगै प्रथिष्पर्धामा अघि देखिएका छन् । मनोनयन दर्ताका क्रममा हमालका पक्षमा देखिएको जनमत र उनको र्यालीमा देखिएको मासलाई स्थानीय राजनीतिक दलका नेताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । उनिहरु स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई आफ्नोृ प्रतिष्पर्धीका लिष्टमा राख्न बाध्य भएका छन् । काठमाण्डौ महानगरपालिकामा रञ्जु दर्शनाको चुनाब चिन्ह ईष्टकोटले जति चर्चा पाएको थियो अहिले धनगढी उपमहानगरपालिकाका स्वतन्त्र मेयरका उम्मेदवार गोपाल हमालको मकैको बोटको चर्चा पनि त्यत्तीकै चुल्लीएको छ ।

आफ्नो चुनाबी चर्चा चुल्लीएसँगै ब्यावसायी गोपाल हमाल पनि निकै उत्साहीत बनेका छन्, उनले आम मतदातालाई अरु सबै भोट दललाई दिए पनि एक भोट भने आपुलाई दिन आग्रह गर्दै मतदाताको घर–घरसम्म पुगिरेका छन् । ब्यवसायीक पृष्ठभूमी भएका हमालको धनगढी उपमहानगरपालिकाको मेयर पदमा दिईएको उम्मेदवारीले काठमाण्डौमा रञ्ज’ दर्शना र किशोर थापाले पाए जस्तै चर्चा चुलीएको छ ।

हमालले आफ्नो प्रचारका क्रममा भन्ने गरेका छन् सुन्दर सुदुरपश्चिमको एजेण्डा हामीले तय गरे अनुरुप अघि बढेको र सुनदर धनगढीका लागि आफुे उम्मेदवारी दिएको बताउने गरेका छन् । यता चुनाबी नाराका क्रममा राजनीतिक दलहरुले पनि धनगढीलाई स्मार्ट सिटी, बनाउने, कृषी पर्यटनको बिकास गर्ने एजेण्डा भने अघि नसारेका होईनन् । उनिहरुको एजेण्डासँगै हमालको एजेण्डाले पनि आम मतदातालाई कसलाई निर्वाचीत गराउदाँ राम्रो हुन्छ भन्ने कुरा कन्फ्यूज भईरहेको एक मतदाता शिवराम डगौराले बताए । अहिले कैलालीको धनगढी उपमहानगरपालिकामा चर्चा चल्ने गरेको छ, काठमाण्डौमा ईष्टकोट, धनगढीमा मकैको बोट ।

 

आठ दिनपछि देशभर मनसुन सक्रिय

प्रकाशित मिती : Wednesday
post image

असार ७, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो ।

देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए ।

बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्र हुन सक्ने अनुमान छ । विभागले यसवर्ष औसत वर्षा हुने अनुमान गरेको छ ।

post image

असार ६, कपिलबस्तु । कपिलवस्तु जिल्लाको चप्पर गाउँमा आज बिहान ३स्३० बजे एक आपसमा ट्रक र यात्रुबाहक बस ठोक्कीदाँ एक जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । ना ५ ख ७२९० को बस र ना ५ ख ७२९० ट्रक चप्पर गाउँमा ठोकिँदा बस चालकको घटनास्थलमै मृत्यु भएको थियो भने ट्रक चालक लगायत ९ जना घाइते भएको हाम्रा सहकर्मी राम कुमार क्षेत्रीले अनलाईन समयलाई जानकारी दिनु भयो ।
घटनालगत्तै प्रहरी निरीक्षक राजु कार्कीको नेतृत्वमा गएको प्रहरीको टोलीले घाईतेहरुको उद्धार गरेको थियो । घाईतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको बुmभएको छ । एक–आपसमा ट्रक र बस ठोक्कीएपछि दुबै सवारी साधन काम नलाग्ने गरी क्षतबिक्षत भएका छन् । तित्र्र गतिमा आईरहेको बस र ट्रक एक आपसमा ठोक्कीएको बताईएको छ ।

 

post image

असार  ५, नयाँदिल्ली । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले सवै भन्दा तल्लो जातको मानिने दलित समुदायको व्यक्तिलाई राष्ट्रपतिको उम्मेदबार बनाएको छ । पिछडिएको समुदायलाई अगाडी बढाउन भन्दै दलित समुदायका एक व्यक्तिलाई भाजपाले सोमबार राष्ट्रपति पदका लागि उम्मेदबारी दर्ता गर्न लगाएको जनाएको छ । मुलुकको सवैभन्दा माथिल्लो औपचारिक पदका लागि ७१ बर्षीय रामनाथ कोभिन्डले उम्मेदबारी दर्ता गराउनु भएको हो । राज्यको सवैभन्दा उच्च पदमा यसअघि एक जना मात्रै दलित पुग्नु भएको थियो ।

बर्तमान राष्ट्रपति प्रणव मुखर्जीको अर्को महिना कार्यकाल सकिने भएकाले भारतमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन लागेको छ ।राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रीय र प्रदेश संसदका सांसदहरुले मतदान गर्ने व्यवस्था छ । सत्तारुढ दल भाजपाले आफ्ना उम्मेदवारलाई विजयी बनाउन सवैबाट आवश्यक सहयोग पाउने विश्वास लिएको छ । “रामनाथ केभिन्ड पहिलेदेखि नै संधै पिछडिएको समुदाय र दलित समुदायको उत्थानका लागि लडिरहनु भएको व्यक्ति हुनुहुन्छ,” भाजपाका प्रमुख अमित शाहले पार्टीको तर्फबाट उम्मेदबारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
“तल्लो जात मानिने दलित र अति गरिब समुदायमा जन्मिएको व्यक्ति उहाँ राष्ट्रपति पदका लागि सर्वसम्मत उम्मेदवार हुन सक्नुहुन्छ भन्ने भाजपालाई विश्वास छ,” उहाँले थप्नुभयो । सामान्यतया मथिल्लो समुदायका हिन्दुहरुको समर्थन गर्ने मानिने भाजपाले तल्लो जातका भनिने मतदाताहरुलाई पनि समर्थनका लागि देशव्यापी आह्वान गरेको छ । कोभिन्ड दुई पटकसम्म सांसद भइसक्नु भएको छ भने अहिले भारतको पूर्बी राज्य विहारमा गभर्नर हुनुहुन्छ । उहाँले जीवनभरी हिन्दु राष्ट्रबादी पार्टी भाजपालाई समर्थन गरिरहनुभएको छ ।

विपक्षीहरुको नेतृत्व गरिरहेको काँग्रेस पार्टीले मङ्गलबार कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न उहाँलाई भेट्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै “खास प्रकारको राष्ट्रपति” बनाउन आह्वान गर्नुभएको छ । उहाँले दलित, तल्लो जात, पिछडिएको र गरिव समुदायको आवाजलाई समर्थनको निरन्तरताका लागि पनि अनुरोध गर्नुभएको छ । यसअघि दलित समुदायको तर्फबाट पहिलो राष्ट्रपति हुनु भएका के आर नारायननले सन् १९९७ देखि २००२ सम्म मुलुकको सर्वश्रेष्ठ पदको जिम्मेबारी सम्हाल्नु भएको थियो । कोभिन्ड निर्वाचित हुनुभयो भने उहाँ भारतको दलित समुदायले दोस्रो राष्ट्रपति प्रतिनिधित्व गराउने छ । एएफपी

post image

असार ५, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत उम्मेदवारी दर्ताका क्रममा देशका विभिन्न स्थानमा भएका घटनाप्रति गम्भिर चासो प्रकट गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा दलहरुलाई संयमता अपनाउन निर्देशन दिएको छ ।

आयोगको सोमबार बसेको बैठकले बाजुराको छेडेदह तथा कपिलबस्तुको वाडगंगामा उम्मेदवारी दर्ताका क्रममा भएका झडपका घटनाप्रति आयोगले दुख प्रकट गर्दै त्यस्ता घटना दोहोरिन नदिन सरोकारवालको ध्यानाकर्षण गराएको हो । उम्मेदवारी दर्ता गर्ने दिन बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा ५० बर्षिय हंसबहादुर राउतको मृत्यु भएको थियो ।

घटनामा दुवै पक्षका केही कार्यकर्ता घाइते समेत भएका थिए । यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा असार ४ गते कपिलवस्तु जिल्लाको बाडगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडक खण्डमा बम विष्फोट भएको घटनाप्रति पनि आयोगले चासो प्रकट गरेको छ । बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए ।
संयमता अपनाउन आग्रह 
साथै निर्वाचन आयोगको सोमबारको बैठकले दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । बैठकपछि आयोगका प्रवक्ता सुर्यप्रसाल शर्माले संयमता अपनाउदै सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग अपिल गरेको बताए ।

post image

असार ४, धनगढी । असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागी कैलालीस्थित प्रदेश नं ७ मा मनोनयन दर्ता बाजागाजा तथा हर्सौउल्लासका साथ उम्मेदवारहरु आफ्नो उम्मेदवारी दर्ता गर्न पुगेका छन् ।

उक्त ७ नं प्रदेशमा अध्यक्ष देखि लिएर सदस्यसम्मका जनप्रतिनिधिहरुले आफ्नो आफ्नो नाम दर्ता गराएका छन् ।

 

post image

असार ३, काठमाडौँ ।  घर र कार खरिदका लागि एक अस्ट्रियन युवतीले आफ्नो कुमारित्व विक्री गर्ने भएकी छिन् । १८ वर्षीया किम नाम गरेकी उक्त युवतीले आफ्नो कुमारीत्वको मूल्य ८६ हजार ६ सय ४० पाउन्ड तोकेकी छिन्। उनले सिन्डेरेला इस्कोट भन्ने एक  वेभसाइट मार्फत् विज्ञापन दिँदै कुमारित्व विक्रीका लागि विज्ञापन दिएकी छिन् । उनी  पूर्णरुपमा कुमारी रहेको र त्यसको चिकित्सकीय प्रमाण पनि रहेको तथ्य उक्त वेभसाइटमा खुलाइएको छ । कुमारित्व खरिद गर्ने व्यक्तिलाई त्यसमा विश्वास नलागेमा परीक्षण गराउनमा समेत आफू तयार रहेको किमको दाबी छ ।

उनले घर कार खरिद गर्नका लागि तथा आफ्नो पढाई खर्चको व्यवस्थापनका लागि यस्तो गर्न लागेको बताएकी छिन् । प्राप्त रकम मध्ये २० प्रतिशत रकम उनले मध्यस्थकर्तालाई दिने घोषणा गरेकी छिन् । उनी अस्ट्रियन तथा जर्मन दम्पतीकी छोरी रहेको जर्मन सञ्चार माध्यमहरुले खुलाएको छ । कुमारीत्व खरिदकर्ता जुनुसुकै देशको नागरिक भएतापनि आफूलाई स्वीकार्य हुने उनले बताएकी छिन् । खरिदकर्ताको अनुकूलता अनुसार उनी जहाँ गएर पनि आफ्नो कुमारीत्व सुम्पिन तयार रहेको र त्यसका लागि आउने जाने खर्च भने खरिदकर्ताले नै गर्नुपर्ने उनको माग रहेको छ ।

post image

जेठ ३०,काठमाण्डौं ।  एमाले स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिंदै दोस्रो चरणको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी बनाउन सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ ।  महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार १४ गते तोकिएको मितिमै सम्पन्न हुनुपर्ने कुरामा जोड दिंदै कुनै पनि बहानामा निर्वाचनलाई पछि धकेल्ने षड्यन्त्रकाविरुद्ध सजग रहन आम जनतालाई आह्वान गरेको छ ।

त्यस्तै एमालेले निर्वाचनलाई पछि धकेल्ने र अन्योल सिर्जना गर्नेकुराप्रति एमालेले सहमति जनाउन नसक्ने जनाएको छ ।  बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) का नामबाट देशका विभिन्न भागमा एमाले, कांगे्रस, माओवादी केन्द्र, संघीय समाजवादी, फोरम लोकतान्त्रिक लगायतका दलहरुविरुद्ध कुटपिट, आगजनी र तोडफोड गर्ने, सार्वजनिक तथा सरकारी सम्पत्तिको तोडफोड गर्ने, सवारी साधनहरुमाथि तोडफोड र आगजनी गर्ने, कर्मचारीहरुमाथि कुटपिट र दुव्र्यवहार गर्नेजस्ता घटनाको निन्दा र भत्र्सना गरेको छ ।

एमालेले यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार समक्ष माग गरेको छ । बैठकले सबैखाले अराजनीतिक गतिविधिहरु बन्द गर्दै र निर्वाचनलाई प्रतिकूल असर पर्ने आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिन राष्ट्रिय जनता पार्टीलाई आह्वान पनि गरेको छ । बैठकले असार १४ मा हुने निर्वाचनको प्रचार–प्रसार तथा संगठन परिचालनका लागि केन्द्रीय नेताहरु, सांसदहरु, जनसंगठनका केन्द्रीय नेताहरु साथै पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिहरुलाई विभिन्न ठाउमा खटाउने निर्णय गरेको पार्टी प्रवक्ता योगेश भटराईले जनाएका छन् ।

 

post image

जेठ २७, झापा । दुबै राँगाको टाउको र पेटमा सेतो रङले एमालेको चुनाव चिन्ह ‘सूर्य’को चित्र बनाइएको छ । ती राँगालाई गाडामा नारिएको छ र गाडामाथि चढेर भोट माग्न मतदाताको घरसम्म पुग्दैछन् मेचीनगर नगरपालिकाका लागि एमालेका तर्फबाट प्रमुख र उपप्रमुख बनेका विष्णु प्रसाईं र मीना पोखरेल उप्रेती । उनीहरु नौलो ढङ्गले चुनाव प्रचार गर्ने उद्देश्यका साथ यसरी राँगा गाडा लिएर मतदातासामु गइरहेका छन् । गाडालाई ठूलो शरीर भएका प्रमुखका उम्मेद्वार प्रसाईले हाँकिरहेका छन् । उनकै छेउमा उभिएकी छिन्, उपप्रमुखकी उम्मेद्वार मीना र अन्य समर्थकहरु । झट्ट हेर्दा यो दृश्य रमाइलो र भिन्न देखिन्छ । तर, त्यति नै विवादित पनि बनेको छ, यो प्रचार शैली ।

एमाले समर्थक कार्यकर्ताहरुले रमाइलो मानेर राँगा गाडा चढेका उम्मेद्वारको पछिपछि हिँडे पनि सर्वसाधारणले भने यस्तो शैलीलाई ‘नचाहिँदो ढर्रा’ भनेका छन् । कतिले त पशु अधिकारको कुरा समेत गर्न थालेका छन् । सामाजिक सञ्जालमा पनि यस विषयले चर्चा पाएको छ । झापाका आयुष निरौलाले फेसबुकमा लेखेका छन्, ‘बिचरा राँगा १ यस्तो अपमान हुने काम नगरौँ है नेताज्यू, लाज शरम अलिकति भए पनि राखुम् ।’ रञ्जना खतिवडाले लेखेकी छिन्, ‘पशुमाथि अत्याचार भो । यतिका धेरै मान्छे अनि बिचरा दुईवटा राँगा ? बरु राँगा र्याली निकालेको भए हुन्थ्यो कि ?

यी उम्मेद्वारले मेचीनगर–४ स्थित बाहुनडाँगी बजार आसपासका भित्री गाउँमा चुनावका प्रचारका लागि राँगा गाडा प्रयोग गरेका हुन् । राँगा गाडा पनि एउटा मात्र होइन, चारवटा छन् । झापाका उम्मेद्वारहरुले विभिन्न अनौठा शैली अपनाएर चुनावी प्रचार गरिरहेका छन् । कोहीले प्यारोडी गीत बनाएर माइकिङसहित गाउँ–गाउँ पसेका छन् भने कोही उम्मेद्वार भोट माग्दै गरेको भिडिओ बनाएर आफ्नो फेसबुकमा शेयर गरिरहेका छन् ।

post image

जेठ २५, काठमाण्डौं । प्रदेश नं। ३ का १३ जिल्ला अन्तगर्तका १ सय १८ स्थानीय तहका प्रमुख र उपप्रमुख र अध्यक्ष र उपाध्यक्षलाई धुलिखेलमा अभिमुखिकरण थालिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा सुरु भएको तीन दिने कार्यक्रममा प्रदेश भित्रका २ महानगर, ४३ नगर र ७३ गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र प्रमुख र उपप्रमुख धुलिखेलमा भेला भएका छन् । संघीयता र स्थानीय शासन, स्थानीय शासन सञ्चालन तथा व्यवस्थापन, स्थानीय वित्तीय व्यवस्थापन, योजना निर्माण तथा कार्यान्वयन, पूर्वाधार विकासका मापदण्ड, विद्यायिकी, कार्यपालिकीय एवं न्यायिक कार्यसम्बन्धी व्यवस्था आदि विषयमा अभिमुखीकरण हुने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
उनका अनुसार विषयविज्ञको प्रस्तुतिमा छलफल गरेर जनप्रतिनिधिले छलफल गर्नेछन् । छलफलको निष्कर्षको रुपमा धुलिखेल घोषणापत्र समेत जारी हुने उनले जानकारी दिए । कार्यक्रम उद्घाटन गर्दै उपप्रधान, संघीय मामिला एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधानले स्थानीय तहलाई असीमित अधिकार दिएकाले त्यसको प्रयोग गर्न ‘नबिर्सन’ आग्रह गरे । प्रमुख नै स्थानीय तहको प्रधानमन्त्री वा मुख्यमन्त्रीसरह भएको भन्दै नौलो प्रयोग भएको तर्क गरे । उनले संविधानले दलित, महिला, अपांगता भएका व्यक्ति, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम सबैलाई अधिकार सम्पन्न बनाएको पनि दाबी गरे ।
महालेखापरिक्षक टंकमणि शर्माले सुरु २ र ४ महिना योजना बनाएर मात्रै कार्यान्वयनमा जान आग्रह गरे । मुख्य सचिव सोमलाल सुवेदीले खर्च गर्ने मात्रैभन्दा पनि राजस्व संकलन गर्नतर्फ पनि सोच राख्न आग्रह गरे । उनले आर्थिक विकास, दिगो प्रतिफल र सुशासन कायम हुने खालका काम गर्न पनि आग्रह गरे ।

post image

जेठ २४, काठमाण्डौं । राष्ट्रिय अपाङ्ग महासङ्घ–नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई समानताको हक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्वको सुनिश्चितता गराउन पहल गरिदिन निर्वाचन आयोगसँग माग गरेको छ । महासङ्घका तर्फबाट उपाध्यक्ष टीका दाहालको नेतृत्वमा आएको टोलीले आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मालाई आज बुझाएको ज्ञापनपत्र अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहज पहुँचको स्थितिलाई हेर्दा विगतको निर्वाचनमा अशक्त र अपाङ्गता भएका व्यक्तिले मतदान प्रक्रियामा भाग लिँदै आएको सुविधासमेत कटौती भएको उल्लेख छ ।

आगामी स्थानीय तहको निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई उम्मेदवारका रुपमा निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले उठाई जनप्रतिनिधिको रुपमा चुनिने सुनिश्चितता गर्न पनि विज्ञप्तिमार्फत जोडदार माग गरिएको छ । एकाघरका परिवारका सदस्यसँग राजनीतिक विचार एउटै नहुन सक्ने पक्षलाई गम्भीररुपमा हेक्का गरेर दृष्टिविहीन वा शारीरिक रुपले अशक्त व्यक्तिलाई इच्छाएको व्यक्तिबाट मतदान गर्ने व्यवस्था मिलाउन पनि महासङ्घले आयोगलाई सुझाव दिएको छ ।
मतदानस्थल वा केन्द्रमा ज्येष्ठ नागरिक, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिले कहाँ मतदान गर्ने र लाइनमा बस्ने भन्नेबारे स्पष्ट देखिने गरी सूचना टाँसको व्यवस्था मिलाउन आग्रह गर्दै महासङ्घले त्यस्ता स्थानमा साङ्केतिक भाषा र दोभासेको पनि व्यवस्था मिलाउन सुझाव दिएको छ ।

मतदानस्थल र मतदान केन्द्र अपाङ्गतामैत्री बनाउन आवश्यक रहेको बताउँदै उपाध्यक्ष दाहालले भने– पहिलो चरणमा भएका कमीकमजोरीलाई मूल्याङ्कन गरी सच्याउन सक्नु पर्दछ । सो अवसरमा आयोगका प्रवक्ता शर्माले हामी सबै नेपालीको महाअभियानको रुपमा हँदै गरेको दोस्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचनलाई सफल तुल्याउने सन्दर्भमा सहयोग पु¥याउन आग्रह गरे । नेपालको जनगणना २०६८ अनुसार मुलुकमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ३२१ छ । हाल मुलुकमा अपाङ्गता भएका व्यक्तिको हकअधिकार संरक्षण र सम्वद्र्धन गर्ने भनी खोलिएको सङ्घ संस्थाको सङ्ख्या मात्रै पनि ३३१ रहेको महासङ्घले जनाएको छ । रासस

post image

जेठ २४, काठमाडौं । सर्वोच्च अदालतमा मंगलबारदेखि गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको हैसियतमा कार्यभार सम्हाल्ने भएका छन्। वरिष्ठतामा अगाडि रहेका पराजुलीले प्रधान न्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि कायममुकायम कार्यभार सम्हाल्ने जिम्मेवारी पाउने भएका हुन् । प्रधानन्यायाधीशको अनुपस्थितिमा स्वतः बरिष्ठ न्यायाधीशले कामु प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने व्यवस्था छ ।

संविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना अगाबै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, न्याय परिषद्को बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको सिफारिस हुन सकेको छैन । प्रधानन्यायाधीश सुशीला कार्कीले एक साताअघि न्याय परिषद्को बैठक बोलाएकी थिइन् । परिषद्का सदस्य अनुपस्थित हुँदा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न नसकिएको हो ।

न्यायपरिषद्ले वरिष्ठ न्यायाधीशहरुको नाम संवैधानिक परिषद्मा पठाउनुपर्छ । संवैधानिक परिषद्को सिफारिस संसद्को सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीश नियुक्ति गर्ने व्यवस्था छ। तनहुँको काहँ शिवपुर–६ मा जन्मेका गोपाल पराजुली अधिवक्ताबाट कानुनी क्षेत्रमा आएका हुन्। पराजुलीले २०३६ सालदेखि २०४८ असोजसम्म अधिवक्ता बनेर काम गरेका थिए । उनी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । पराजुली २०७१ मा सर्वोच्चमा न्यायाधीश बनेका हुन्।

post image

जेठ २४, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार छरितो मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

प्रधानमन्त्री निर्वाचित भएसँगै देउवालाई छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन मावर्फत शुभकामना प्रदान गरेका थिए भने नेपालका लागि चिनियाँराजदूत प्रधानमन्त्री देउवालाई शुभकामना दिन प्रधानमन्त्री निवास बुढानीलकण्ठ पुगेका थिए ।

त्यसरी नै प्रधानमन्त्री देउवालाई शुभकामना दिनका लागि मंगलवार रातीसम्म बिभिन्न पेशा बर्ग र समुदायका ब्यक्रिहरुको बुढानीलकण्ठमा भिड लागेको थियो । देउवा चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

शीतल निवासमा दिउँसो २ बजे आयोजना हुने शपथग्रहण कार्यक्रममा देउवाले माओवादी केन्द्र, फोरम लोकतान्त्रिकबाट सहभागी हुने मन्त्रीहरुलाई समेटेर सानो मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य गरेका छन् । पहिलो चरणमा सानो मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका देउवा शपथग्रहण कार्यक्रममा कांग्रेसबाट दुईजना, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा जुटेको छ । नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना छ ।

post image

जेठ २३,काठमाण्डौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि तीन मुलुकका गैरआवासीय राजदूतले सोमबार आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा मोरक्कोका मोहमद मालिकी, टर्कीका सकिर ओजकान टोरुनलर र होली सीका आर्कबिसप जियामबाटिस्टा डिक्वाट्रोले प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रासस

post image

जेठ २१, काठमाण्डौं। राप्रपाको संसदीय दलको बैठकले प्रधानमन्त्री चयनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको राप्रपाको संसदीय दलको बैठकले कांग्रेस सभापतिको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारलाई समर्थन गर्ने निर्णय लिएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए । सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुनेरनहुने बारे निर्णय गर्न जयन्त चन्द, दिलनाथ गिरी र कुन्ती शाही सदस्य रहेको समिति गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले बताए ।
यसअघि शेरबहादुर देउवाले राप्रपाका शीर्ष नेताहरुसँग भेट गरी राप्रपालाई चारवटा मन्त्रालय दिने जानकारी गराएको बताइएको छ । चार मन्त्रालय दिए पनि देउवाले उपप्रधानमन्त्री भने दिन नसक्ने बताएपछि नयाँ सरकारलाई समर्थन गर्नेरनगर्ने भन्ने बारे राप्रपामा विवाद भएको थियो ।
आइतबार बिहान पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदहरुको बैठकले नयाँ प्रधानमन्त्री चयनको पक्षरविपक्षमा मतदान गर्ने निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए ।
यसैबिच राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा कंग्रेस सभापति शेर बहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ । राजधानीको विजुलीबजारस्थित पार्टीको केन्द्रिय कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकमा प्रधानमन्त्रीमा देउवालाई मतदात गर्ने निर्णय भएको नेता केशव झाले जानकारी दिनुभयो । सरकारलाई समर्थन गर्ने निर्णय भएपनि राजपा तत्काल सरकारमा सहभागी नहुने झाले बताउनुभयो ।
राजपाले प्रधानमन्त्री निर्वाचनमा सशर्त भाग लिने निर्णय गरेको छ । यसअघि बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कंग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा माग सम्बोधन भए मात्र आफूहरु निर्वाचनमा सहभागि हुने बताएको राजपा नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । प्रधानमन्त्री निर्वाचनमा सहभागि भएपनि आफ्ना मागबारे ठोस निर्णय नआएसम्म सरकारमा सहभागितासहित अन्य विषय अन्यौलपूर्ण रहेको उहाँको भनाई थियो । यस अघि नै उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई समर्थन गर्ने निर्णय गरीसकेको छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधले आज संसदमा प्रधानमन्त्रीको निर्वाच्न हुन सकेन र काँग्रेस सभापती शेर बहादुर देउवा स्पष्ट बहुमत हुदाँ समेत प्रधानमन्त्री बन्न सकेनन् ।

post image

जेठ २१, काठमाडौँ। सङ्घीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएको छ । उक्त दलको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा मतदान निर्णय गरेको हो ।

सभापति देउवाले सरकार गठनपछि संविधान संशोधनलगायत विषयलाई समाधान गर्ने प्रतिबद्धता जनाएकाले आफ्नो दलले समर्थन गर्ने निर्णय गरेको समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

“हाम्रा मुद्दालाई समाधान गर्ने प्रतिबद्धता अनुसार मुलुकको ४० औँ प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवालाई मतदान गर्ने निर्णय गरेका छौँ, सरकारमा सहभागिता जनाउनेबारे परिस्थिति हेरेर उचित समयमा निर्णय गरिन्छ”,उहाँले भन्नुभयो । फोरमसँग हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १५ सांसद हुनुहुन्छ । रासस

post image

जेठ २१, काठमाण्डौं । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुरको विवादित वडामा पुनस् निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयले कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताएका छन् । पार्टी स्थायी समिति बैठकपछि सिंहदरबारमा शनिबार पत्रकारसँग नेता ओलीले सरकारी दबाबसामु आयोग लाचार भएको आरोप लगाए ।
‘यस्तो तमासा गर्नुभन्दा बरु सीधै भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी भनेर घोषणा गरिदिएको भए भइहाल्थ्यो नि,’ ओलीले भने, ‘यसमा लोकतान्त्रिक मूल्यमान्यता, संविधान, नियमरकानुनको केही पनि पालना भएको छैन, यस्तो लाचारी देखाइरहने हो भने आयोगले दोस्रो चरणको चुनावमा पनि सरकारले जिताउन चाहेका उम्मेदवारलाई विजयी घोषणा गरिदिए हुन्छ ।’ नियोजित ढंगले मतगणना रोकेर आयोगले तमासा देखाएको भन्दै ओलीले चेतावनी दिए, ‘यो कुरो यत्तिकै सकियो भनेर सरकारले नसोचे हुन्छ ।’
एमालेले आइतबार संसदमा हुने भनिएको प्रधानमन्त्री चुनावसमेत बिथोल्ने निर्णय गरेको छ । भरतपुरमा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि संसद् रोक्दै आएको उसले निर्वाचन आयोगबाट न्याय नभएको भन्दै संसद् अवरोध जारी राख्ने निर्णय गरेको हो ।
एमालेले भरतपुर प्रकरणलाई लिएर अदालत जाने तयारी पनि शनिबारबाटै थालिसकेको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टीले जुन संवेदनशीलता साथ संसद्मा भरतपुर प्रकरणलाई उठाएको थियो, त्यसअनुरूप निर्वाचन आयोगको निर्णय नभएकाले कानुनी प्रक्रियालगायत अन्य सबै लडाइँ लड्ने बताए ।
‘आयोगको निर्णयले हामीलाई निरुत्साहित गराएको छ, उहाँहरूलाई कहाँबाट कसको दबाब आयो, बिस्तारै थाहा हुँदै जाला,’ पोखरेलले भने, ‘भरतपुर प्रकरणले निर्वाचन कानुनको छिद्र कहाँ छ भन्ने प्रकट गरेको छ, यसबाट भोलिका दिनमा पनि धेरै खाले समस्या देखिन जाने भएकाले हामी उपयुक्त उपचार खोज्छौं ।’ उनले संसद्मा अवरोध जारी रहँदारहँदै सत्ता घटकहरूले हस्ताक्षर गरेकै आधारमा सभामुखबाट नयाँ प्रधानमन्त्री घोषणा होला भनी सोच्न नसकिने भन्दै संसद् अवरोध जारी राख्ने बताए । यसअघि प्रधानमन्त्री चुनावमा एमालेका तर्फबाट उम्मेदवारी घोषणा हुने चर्चा चले पनि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र एक्लो उम्मेदवारी परेको छ ।

एनीमेटर जय गिरी सम्मानीत

प्रकाशित मिती : Saturday
post image

जेठ २०, काठमाण्डौं । नेपाल टेलिभिजनवाट प्रशारण भएको लेट मि डान्स सिजन टु सम्पन्न भएको छ । लेट मि डान्स सिजन टु कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न गर्ने ब्यक्रिहरुलाई एक समारोहकाबिच सम्मान गरीएको छ । यसरी सम्मानीत हुनेमा भिडियोग्राफी एनीमेटर जय गिरी पनि परेका छन् । जय गिरी ग्राफिक्स र एनीमेसनमा दख्खल राख्ने प्राविधिज्ञ हुन् । गिरीले यस अघि पनि एनिमेसन मार्फत थुप्रै चलचित्रहरु, थुप्रै रियालीटी शोहरु समेत सम्पन्न गरीसकेका छन् ।

लेट मी डान्स नेपाल’ दोस्रो–२ को फाईनलका लागि ८ प्रतियोगी छानिएका थिए । बिभिन्न चरणको त्रिकाल आर्ट एकेडेमीले आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धा यहि जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । प्रतियोगीताका लागि देशैभरिको अडिसनबाट सय भन्दा बढि प्रतियोगी छानिएका थिए । उक्त प्रतियोगीलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभालाई उजागर गर्ने उदेश्यले ‘लेट मी डान्स नेपाल’ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए । प्रतियोगीतामा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा निर्णायकमा रहेकाथिए । लेट मि डान्स सिजन टुका बिजेतासँगै एनिमेटर गिरी सम्मानीत भएका हुन् ।

post image

जेठ २०, काठमाण्डौं । निर्वाचन आयोगले भरतपुरमा पुन मतदान गर्ने निर्णय गरेको छ । गत साता भरतपुरमा मतगणनाका क्रममा मतपत्र च्यातीएपछि आयोगले कुनै निर्णय गर्न सकेको थिएन । निरन्तरको छलफल पश्चात निर्वाचन आयोगले भरतपुरको महानगरपालिकाको वाड नं १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ ।

आयोगले भरतपुरमा मतपत्र च्यातीएपछि गठन गरेको छानबीन समितिले दिएको प्रतिबेदनले मात्रै नपुगेपछि भरतपुरमा च्यातीएको मतपत्रको संख्या एकीन गर्न लगाएको थियो , जस अनुसार भरतपुरको वडा नं १९ मा ९० मतपत्र च्यातीएको भेटीएको थियो ।  भरतपुर काण्डलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद समेत अवरुद्ध गरीरहेको छ ।

post image

जेठ १८, काठमाडौं । उच्च शिक्षा स्वदेशमै भन्ने नारा दिएर आजदेखि राजधानीको भृकुटीमण्डपमा चौथो हिसान कान्तिपुर शैक्षिक मेला सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को संयुक्त आयोजनामा मेला सुरु भएको हो । स्वदेशमै स्तरीय शैक्षिक संस्था रहेको जानकारी गराउन बिहीबारदेखि शैक्षिक मेला गरिएको आयोजक समितिका संयोजक लोकबहादुर भण्डारीले बताउनुभयो ।
मेलाको शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. तिर्थ खनिया, रेक्टर सुधा त्रिपाठी, रजिष्टार डिल्ली काफ्ले, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जिवी शर्मा, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्र. भुषण शर्मा, काठमाडौं विश्वविद्यालयका रजिष्टार भोला थापा, मध्यपश्चिम विश्वविद्यालयका रजिष्टार महेन्द्रकुमार मल्लले गरेका थिए । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले मेलाले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको जानकारी दिने भएकोले उपयुक्त स्थल भएको बताए । उत्कृष्ठ शिक्षा स्वदेशमा भन्ने नाराले आफू प्रफुलित भएको बताउनुभयो । अझ गुणस्तरीय शिक्षा दिन शिक्षा मन्त्रालय र विश्वविद्यालयहरुले धेरै काम गर्न बाकी रहेको उहाले बताउनुभयो । ‘सरकार एक्लै केही गर्न सक्दैन ।

निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ,’उहाले भन्नुभयो,‘निजीक्षेत्रलाई सहजिकरण गर्न नीति ल्याउदैछौ ।’ मुलुकमा प्रविधिक शिक्षाको खा“चो रहेको उहाले बताउनुभयो । स्वदेशमै अवसर दिलाउन नीतिको खाचो रहेको उहाले जानकारी दिनुभयो । एसइइको नतिजा असार पहिलो साता हुने उहाले बताउनुभयो । त्यस्तै कक्षा ११ को परीक्षा असार १ गते देखि हुने भएपनि नतिजा चाडै ल्याउने तयारी भइरहेको उहाले बताउनुभयो ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाले एउटै छानामुनी सबै विश्वविद्यँलयका कलेजको जानकारी पाउने भएकोले उपयुक्त लागेको बताउनुभयो । ‘यो मुलुककै सफल मेला हो,’उहाले भन्नुभयो,‘सरकारले गर्नु पर्ने काम नीजि क्षेत्रबाट भइरहेको छ ।’ उच्च शिक्षा स्वदेशमै भन्ने नारा पुरा गर्न आफनो विश्वविद्यालय लागि पर्ने उहा“ले बताउनुभयो ।

विदेश पढ्न गएका विद्यार्थी स्वदेश फकाउन नसक्नु प्रमुख समस्या रहेको उहा“ले बताउनुभयो । आमाबुबा, आफन्त र साथीको लहैलहैमा विदेश अध्ययनमा गएपनि पढाई पुरा नगरेर अलपत्र परेका विद्यार्थीलाई स्वदेशमै पढाई पुरा गराउने व्यवस्था गर्न लागेको उहा“ले बताउनुभयो । ‘बाबुआमाको प्रेसरमा विदेश अध्ययन गए, तर विदेश पुगेपछि काम पनि पाउदैनन । पढाई पनि पुरा गर्न सकेका छैनन,’उहाले भन्नुभयो,‘विदेशमा अधुरो रहेको शिक्षा अब त्रिविले पुरा गर्नेछ ।’ विदेशमा अध्ययन गरेको प्रमाणको आधारमा त्रिविले क्रेडिट ट्रासफर गर्ने व्यवस्था लागेको उहाले बताउनुभयो । सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठले स्वदेशमै उच्च शिक्षा भन्ने नारा सफल बनाउन आफनो विश्वविद्यालय पनि लागि पर्ने बताउनुभयो । ‘उच्च शिक्षा हामी स्वदेशमै दिन चाहन्छौ,’उहाले भन्नुभयो,‘स्वदेशी विद्यार्थीलाई विदेश जान रोक्ने मात्रै नभई विदेशी समेत नेपालमै पढ्न आउने वातारण बनाउछौ ।’

पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जिवी शर्माले मेला नै उपयुक्त कलेज छनौटको उचित गन्तब्य भएको बताए । ‘यो मेलामा हामो पनि सहकार्य छ,’उहाले भन्नुभयो,‘स्वदेशमै उच्च शिक्षा दिन नीजि शैक्ष्ँिक संस्थाहरुसंग हामी हातोमालो गर्न तयार छौ ।’ हिसानका अध्यक्ष रमेश सिलवालले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने जानकारी गराउन यो मेलाले सहयोग हुने बताए । बिगतको मेलामा कक्षा ११ मा पढन चाहने विद्यार्थीलाई लक्षित गरेपनि यसवर्ष विश्वविद्यालयलाई समेत लक्षित गरेर मेला गरिरहेको उहाले बताउनुभयो । नेपाललाई शैक्षिक हब बनाउन हिसान लागि परेको उहाले बताउनुभयो ।

कान्तिपुर पब्लिकेसन्सका एजीएम महेश स्वा“रले मेलामा स्वदेशकै उत्कृष्ठ कलेज छान्न आउनु पर्ने बताउनुभयो । ‘आउनुहोस, हेर्नुहोस, महसुस गर्नुहोस,’उहाले भन्नुभयो,‘कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन गराउने कलेजको छनौट गर्ने उपयुक्त गन्तब्य हुनेछ ।’  चौथो कान्तिपुर हिसान एडुफेयर जेठ २१ सम्म भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा सञ्चालन भइरहेको छ । विशेषगरी एसईई र १२ कक्षाका परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर यो मेला सञ्चालन गरिएको हो ।  मेलामा ११, १२ पढाउने विद्यालयदेखि स्नातकोत्तर तहसम्म पढाउने १ सय भन्दा बढी कलेजको स्टल रहेको छ । एसईई पछि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) बाट सम्बन्धन पाएका कलेजको पनि स्टल रहेको छ । १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएका कलेजको बारेमा पनि जानकारी लिन सक्छन् । मेलामा दुई लाख जनाले अवलोकन गरिने आकलन गरिएको छ ।

post image

जेठ १८, काठमाण्डौं ।स्थानीय तहको दोस्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ। गाउँ–गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षितरुपमा प्रभावकारी बन्न नसकेको पाइएको हो। जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ। ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।

नमुना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतहाल्ने क्रममा अलमलमा परेका थिए। अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमुना मतदानमा सहभागी भएका थिए।

कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ। गोप्य कोठामा गएर स्वस्तिक चिह्न मसीमा चोब्न नजानेर मत हालेको ठाउँमा स्वस्तिक चिह्न नदेखिँदा दोहोर्‍याएर छाप हाल्ने गरेको देखिएको छ। कतिपय मतदाता मतपत्र पट्याएर मतपेटिकामा खसाउने क्रममा समेत अलमलमा परेका थिए। नमुना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ।

जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सञ्चालन गरिएको छ। १७३ मतदान केन्द्र रहेको जिल्लामा स्थानीय तहको निर्वाचनका लागि १७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। रासस

post image

जेठ १८, काठमाण्डौं । टाई सुटमा सजीएका छन्, हातमा झाँडु लिएका छन्, त्यसरी नै चिटिक्क सारीमा सजिएकी छिन्, उनको हातमा पनि झाडु छ । यो दृष्य थियो बिहिवार एकाबिहानै काठमाण्डौको न्यूरो अस्पताल बासबारीदेखि महारागञ्ज चोकसम्मको सरसफाईको । हो यि दुई हस्ती नै हुन् अब काठमाण्डौ उपत्यकाको बागडोर सम्हालेका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्गी ।

आफ्नो पूर्व प्रतिबद्धता अनुरुप नै मेयर शाक्य र उपमेयर खड्गीले ‘क्लिन द सिटी’ अभियानको प्रारम्भ गरेका छन् । बुधबार पदभार ग्रहण गर्दै पहिलो क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए शाक्यले । हिजो मात्रै झकिझकाउँ कार्यक्रमकाबिच काठमाण्डौ महानगरपालिकाका मेयर तथा उपमेयर सहितका पदाधिकारीले भब्य समारोहकाबिच राष्ट्रिय सभा गृहमा सपथ लिएका थिए । काठमाडौं महानगरपालिकाले आजैदेखि ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको सुभारम्भ परे ।

post image

एकेन्द्र महता, जेठ १७, अछाम । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सुदुरपश्चिमका पर्यटकिय स्थलको विकास गर्ने आफ्नो पहिलो एजेण्डा भएको बताउनु भयो । पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबाट मतपत्र च्यात्ने समेत कार्य गरेको भन्दै सामान्य लोकतान्त्रिक संस्कार पनि नहुनेले लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न नसक्ने दाबी गर्नुभयो ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको आयोजनामा भएको कार्यक्रमाई सम्बोधन गर्दै नेता रावलले पहिलो चरणको निर्वाचनमा एमालेले जनताको मन जितेको भन्दै सत्ता साझेदार कांग्रेस माओवादीले गठबन्धन गर्दा पनि एमालेलाई जनताले माया गरेको बताउनु भयो । तर सरकार एक पछि अर्को असंवैधानिक काम गर्दै गईरहेको समेत बताउनु भयो । स्थानीय तहको पहिलो चरणको चुनावमा केही ठाउँमा धाँधली भएको भन्दै त्यसको छानविनको लागि संसदीय छानविन समिति गठन गर्ने सहमति भएको र सत्तामा बसेर निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै धाँधली गर्न नपाईने बताउनु भएको छ ।

देशलाई आर्थिक समृद्धिका लागि पर्यटकको विकास हुनु अपहारिर्य भएको भन्दै पर्यटकिय स्थल खप्तड, रामारोशन लगायतका सौन्दर्य स्थललाई विकास लागि एमाले लागि रहेको र पर्यटकको मन लोभ्याउने, खप्तडमा केवुलकार विस्तार गर्ने आफ्नो भावि योजना रहेको बताउनु भयो । नियम विपरित प्रहरी महानिरिक्षक नियुक्ति, प्रधानन्यायधिश विरुद्ध अविश्वासको प्रस्ताव, आधा देशमा चुनाव भएपछि स्थानीय तह थप्ने लगायतका निर्णयले सरकार आफैलाई झापड लागेको बताउनु भयो । यस्तै मानव अधिकारको गम्भिर उल्लंघन गर्नेलाई राजनीतिक रंग दिएर उन्मुक्ति दिन लाग्नु बिधिको चरम उपहास भएको समेत बताउनु भयो । यस भन्दा पहिले नै तत्कालिन भौतिक योजना तथा पूर्वाधार मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गरिसकेको काठमाण्डौ निजगढ फास्ट ट्रयाकको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्दघाटन गरेर हास्यास्पद काम गरेको नेता रावलको भनाई छ ।

देशलाई समृद्धितिर लैजान सबै राजनीतिक दल गम्भिर हुनुपर्ने र संविधानले तय गरेका सबै काम समयसिमा भित्रै गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सभापकिा उम्मेदवार निर्प कुवर, नेकपा माओवादीका मिन बहादुर कुवर लगाएतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । साँफेबगर नगरपालिका ३ का वडा अध्यक्ष नेत्र कुवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं। ७ का सदस्य कुल बहादुर कुवर, मिना साँउद, नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिका मेयर पदका उम्मेदवार शिब बहादुर कुवर सिलोज युवा संघ जिल्ला अध्यक्ष हिरेन्ड कुवर लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिब हिक्मत कुवरले गर्नूभएको क्षेत्रिय कमिटी सदस्य दिपक कुवरले जानकारी दिनुभयो ।

post image

जेठ १६,काठमाडौँ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारबाहीमा परेकामध्ये दुई हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी एक हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।” यसरी कारबाहीमा परेकाबाट रु चार लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न आजबाट अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

प्रहरीले भोलिबाट नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उहाँले भन्नुभयो, “सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।” ट्राफिक प्रहरीले गत वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्सेनि १५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्यु हुन्छ ।

post image

जेठ १६, काठमाडौं । काठमाडौं महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ ।मेयर उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको हो ।

डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए । पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन् । नियमअनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको घरौटी जफत हुने प्रावधान छ । उता, महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफैंलाई समेत भोट नहालेको भेटिएको छ ।

वैशाख ३१ मा भएको निर्वाचनमा काठमाडौं महानगरपालिकासहित केही नगरपालिकाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले मत नहालेका हुन् । उनीहरुले एक मतसमेत प्राप्त गर्न नसक्नुबाट उम्मेदवारले आफैंलाई भोट नहालेको प्रष्ट हुन्छ । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र एक मत पाएको नागरिक दैनिकमा खबर छ ।

post image

जेठ १५, काठमाण्डौं । बजेट नै रोक्ने नेकपा एमालेको चेतावनी दिएपछि सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएका छन् । यससँगै संसद बैठक सुरु भएको छ र, अर्थमन्त्री कृष्णबहादुर महराले बजेट पेश गर्दैछन् ।
महाअभियोगका प्रस्तावक कांग्रेस सांसद मीन विश्वकर्मा र समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले महाअभियोग फिर्ताका लागि सभामुखसमक्ष निवेदन दिएर का छन् । कांग्रेस सांसद मीनले अनलाइनखबरसँग भने, ‘महाअभियोग फिर्ता लिइएको छ ।’प्रमुख दलहरुबीच शनिबार नै महाअभियोग प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । तर, आइतबार प्रस्तावक र समर्थकले महाअभियोग फिर्ता लिएनन् । प्रक्रिया अघि नबढाउन निवेदन दिए ।
साँझ बालुवाटारमा भएको प्रमुख दलहरुको बैठकमा फेरि महाअभियोग फिर्ता लिने सहमति भयो । एमालेले संसदको बैठक सुरु हुनु अघि नै महाअभियोग फिर्ता लिनु पर्ने बताएको थियो । तर, सत्तारुढ दलहरुले दिउँसो ३ बजे आएर महाअभियोग फिर्ता नलिने जानकारी गराएको एमाले नेता गोकर्ण विष्टले जानकारी दिए । सत्तारुढ दलहरु सहमतिबाट पछि हटे बजेट नै प्रस्तुत हुन नदिने अडान एमालेले लिएपछि दलहरु फेरि छलफलमा जुटे । त्यही कारण ४ बजेबाट हुने भनिएको बजेट भाषण झण्डै एक घन्टा ढिला भएको थियो । सत्तारुढ दलहरुले महाअभियोग फिर्ताको प्रक्रिया सुरु गरेपछि संसद बैठक सुरु भएको छ ।

post image

जेठ १५, काठमाण्डौं । सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई प्रदान गर्ने निर्णय गरेको सुप्रबल जनसेवाश्री पदक प्रकाश दाहालले नलिने घोषणा गरेका छन् । गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो । तर दाहालले पदक नलिने घोषणा गर्दै आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् ।

समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ। म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु। गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु।

पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो। त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु। यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ । सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु।

post image

जेठ १२, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवौँ गणतन्त्र दिवस–२०७३ का अवसरमा २५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २५८ जनालाई विभूषण प्रदान गर्नुभएको हो । नेपाल रत्न विभूषण नेकपा(एमाले)का तत्कालिन महासचिव मदन भण्डारीलाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण भण्डारीका छोरीहरु उषाकिरण भण्डारी र निसाकुसुम भण्डारीलाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो ।

त्यसैगरी, राष्ट्र गौरव विभूषण पुर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त प्रदान गरिएको छ । सो विभूषण स्वर्गीय कोइरालाका बुहारी किरण कोइरालालाई राष्ट्रपति भण्डारीले प्रदान गर्नुभयो । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वप्रधानमन्त्री (मरणोपरान्त) सूर्यबहादुर थापा, पोष्टबहादुर बोगटी (मरणोपरान्त), ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सर्वोच्च अदालतका पूर्वन्यायाधीश वैधनाथ उपाध्याय, प्रधानसेनापति रवीन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदीलाई राष्ट्रपति भण्डारीले विभिन्न नामका विभूषण प्रदान गर्नुभयो ।

त्यसैगरी, गृहमन्त्रालयका सचिव लोकमर्दन रेग्मी, पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, अच्युत विष्टलाई पनि विभूषण प्रदान गरिएको थियो । सो विभूषणबाट वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, राष्ट्रपति कार्यालयमा प्रमुख स्वकीय सचिव भेषराज अधिकारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारका, मुटुरोग विशेषज्ञ डा अरुण सायमी, पत्रकार सागर पण्डित, मोहन मानन्धर, गौतम श्रेष्ठ, दीपेन्द्र वान्तवालगायतलाई राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्नुभयो । सो समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, समाभुख ओनसरी घर्तीमगर, मन्त्रीहरु, न्यायाधीश, सुरक्षा निकायका प्रमुखहरु, राष्ट्र सेवक कर्मचारीको उपस्थिति रहेको थियो । रासस

 

post image

जेठ १२, ब्राजिल । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण यहाँका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

तनावग्रस्त राष्ट्रपति माइकल टेमरले मुलुकमा शान्ति सुरक्षा र कानूनको कडा परिपालन तथा सुब्यबस्था कायम गर्न भनी राष्ट्रिय सेनालाई परिचालन हुन आदेश दिएका हुन् । प्रदर्शनकारीहरुको प्रमुख माग राष्ट्रपति टेमरको राजिनामा वा बरखास्ती रहेको छ । राजधानी ब्राजिलियामा दशौं हजार जनताको एक बिशाल जुलूसले नाराबाजी गर्दै यहाँ अवस्थित संसद भवन घेराउ गरेका छन् ।

राष्ट्रपति टेमरले केही समय अघि लागु गर्नु भएको आर्थिक सुधारका कार्यक्रमप्रति कडा बिरोध जनाउँदै जन प्रदर्शन भएको र उहाँ स्वयं भ्रष्टाचारको काण्डमा मुछिएको आरोप लगाउँदै तत्काल राजिनामाको माग गरिएको हो ।  प्रदर्शनकारीहरुले राजधानीका कतिपय सडकहरुमा टायर बालेर, घुम्ती ९मोबाइल० शौचालयका छाप्राहरु तेस्र्याएर दङ्गा नियन्त्रण गर्न खटिएका प्रहरीहरुको मार्ग अवरुद्ध पारेका छन् ।
आक्रोशित प्रदर्शनकारीहरुले कृषि मन्त्रालयमा आगजनी गरेका र प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न अर्ध–सैनिक प्रहरीहरुले हावामा बन्दूक पड्काएका र ठाउँ ठाउँमा अश्रु ग्याँस हानेका दृश्यहरु स्थानीय सञ्चार माध्यमहरुले भिडियो क्यामेरामा खिचेर सार्वजनिक गरेका छन् । एक ठाउँमा गोली लागेर एकजना प्रदर्शनकारी घाइते भै ढलेको देखिएको तर सो गोली कसले हानेको हो सो पुष्टि भै नसकेको जनाइएको छ । सैनिक वा प्रहरीलाई गोली हान्ने आदेश नदिएकोमा यस्तो घटना हुन गएकोमा अनुसन्धान भै रहेको भन्दै सरकारी जन सुरक्षा सचिबालय पन्छिएको छ ।

उग्र जनप्रदर्शनबाट उत्पन्न यस जोखिमपूर्ण अवस्थामा राष्ट्रपतिको कार्यालय र निवास परराष्ट्र मन्त्रालयलगायत सरकारी संघीय भवनहरुका सुरक्षाका लागि सेनाले पहरा दिएको तर आन्दोलनकारीहरुमाथि गोली हान्ने आदेश नदिएको भनी राष्ट्रका नाममा गरेको एक छोटो सम्बोधनको क्रममा रक्षा मन्त्री राउल जङ्गम्यानले बताएका छन् ।  ब्राजिलको अर्को ठूलो महानगर रियो डि जानेरोमा पनि राष्ट्रपति टेमर र उहाँले लागु गर्नु भएको अर्थिक सुधार वा मितव्ययिताको कार्यक्रमको बिरोधमा ब्यापक जनप्रदर्शन र प्रहरीसँग झडप भएको जनाइएको छ ।

ब्राजिलको संसद पनि राष्ट्रपतिको समर्थन र बिरोधमा बिभाजित भै दुई फ्याक भएको जनाइएको छ । बहूसङ्ख्यक विपक्षी सांसदहरुले राष्ट्रपति टेमरको तत्काल राजिनामाको माग गर्दै संसदीय कारबाहीहरु नै अवरुद्ध पारेका छन् ।  वर्तमान राष्ट्रपति टेमर पदीय निवार्चनमा बिजयी भएर आउनु भएको नभै महाअभियोग लागेर हटाइनु भएकी पूर्व राष्ट्रपति दिल्मा रुसेफको सट्टा काम चलाउन मात्र कुर्सीमा आसीन भएको, राष्ट्रपतिको पदभार ग्रहण गरेको केही समय भित्रै प्रत्यक्ष वा परोक्ष रुपमा ठूला ठूला आर्थिक भ्रष्टाचारका काण्डमा मुछिनु भएको हो ।

मुलुकमा आर्थिक सुधार र बृद्धि गर्ने बहानामा भ्रष्टाचारका यस्ता काण्डहरुलाई ढाकछोप गरी ओझेलमा पार्न र आफू ब्राजिलको सत्तामा टिकिरहने प्रयास गरेको भन्ने आरोप लगाउँछन् बिपक्षीहरु । अझै ठूलो सङ्ख्यामा बिशाल जन प्रदर्शन हुने, कम्तीमा पैंतीस हजार जनताको जुलूसले घेराउ र नाराबाजी गरी संसद भवन, राष्ट्रपतिको कार्यालय लगायत सबै मन्त्रालय ठप्प पारी राष्ट्रपति टेमरलाई राजिनामा दिन बाध्य पार्ने योजना रहेको बिपक्षीहरुले दावी गरेका छन् ।

राष्ट्रपति टेमरले राजिनामा दिएकोमा ब्राजिलको संबिधान अनुसार संसदले मध्यावधि निर्वाचन गरी अर्को राष्ट्रपति चयन गर्नु पर्नेछ । नवनिर्वाचित राष्ट्रपतिको पदावधि अत्यन्तै अल्प अर्थात् सन् २०१८ सम्म मात्र हुनेछ र सन् २०१९ मै पुनः अर्को राष्ट्रपतीय निर्वाचन गर्नु पर्ने पनि जनाइएको छ । यसरी देशको संसद् राष्ट्रपतिको निर्वाचनका लागि मात्र अल्मलिई रहनु पर्ने र मुलुकले भने आर्थिक सङ्कटको अवस्थामा रुमलिई रहनु पर्ने सम्भावनाले दिक्क बनाएको छ, ब्राजिलका अधिकांश सचेत जनतालाई । एपी 

post image

जेठ ८,काठमाडौँ । सरकारले स्थानीय तहको कायम संख्या र सीमानामा हेरफेर गर्दै तराईका २ उपमहानगरलाई महानगर तथा तराईकै जिल्लामा २३ वटा नयाँ गाउँपालिका थप गरेको छ । साथै २४ गाउँपालिकालाई नगरपालिका बनाएको छ ।मधेस केन्द्रित दल र नेताहरूको मागबमोजिम सोमबार बसेको मन्त्रिपरिषद बैठकले तराई—मधेसका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गरेको हो । मधेसी दल र नेताहरूले जनसंख्याको अनुपातमा तराईका जिल्लामा गाउँपालिका र नगरपालिकाको संख्या बढाउनुपर्ने माग गर्दै आएको थिए ।

दोस्रो चरणको निर्वाचनमा ६ मधेसी दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन सरकारले स्थानीय तहको संख्या बढाएको हो । उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार नेतृत्वको कार्यदलले लगातार तराई जिल्लाका सांसदहरुसँगको छलफलपछि मन्त्रिपरिषदसमक्ष तराईमा संख्या बढाउने सिफारिस गरेको थियो । स्थानीय तह पुन: संरचना आयोगले निर्धारण गरेको स्थानीय तहको संख्या र सीमानामा सरकारले दोस्रो पटक फेरबदल गरेको हो ।

आयोगले पुस २२ मा ७१९ गाउँपालिका र नगरपालिका निर्धारण गरिएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसमा तराईका २० जिल्लामा स्थानीय तहको संख्या २४६ थियो । स्थानीय तहको उक्त संख्या जनसंख्याको अनुपमातमा कम भएको भन्दै मोर्चाले विरोध गरेपछि फागुन २२ मा सरकारले २५ वटा संख्या बढाएको थियो ।   त्यसमा प्रदेश नम्बर २ को तराईका ८ जिल्लामा २१ वटा संख्या वृद्धि गरिएको थियो । फागुन २७ गतेबाट कार्यान्वयनमा आएको ७४४ स्थानीय तहको संख्या फेरि वृद्धि गरेर ७६६ पुर्‍याइएको छ ।

उक्त कार्यदलको सिफारिस अनुसार सरकारले तराईका विराटनगर र वीरगन्जलाई महानगर बनाएको छ । दुईवटै पूराना शहर यसअघि उपमहानगर थियो । स्थानीय तह पुन: संरचना आयोगले ललितपुर, पोखरा र भरतपुरलाई महानगर बनाउँदा ती दुई स्थानलाई नबनाएकोमा स्थानीयस्तरमा असन्तुष्टि व्यक्त हुँदै आएको थियो । विराटनगरलाई महानगर बनाउन आवश्यक जनसंख्या पुर्‍याउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जहदा गाउँपालिकाको वडा नम्बर ३ (साविकको भाथिगछ गाविसको वडा नं. १,२,३, ४ र ७ ) लाई गाभिएको छ । त्यस्तै, बेल्वा गाउँपालिकालाई गाभेर वीरगन्जलाई महानगर बनाइएको छ । सरकारको यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ  त्यस्तै आयोगले गठन गरेको तराईका २४ गाउँपालिकालाई सरकारले नगरपालिका बनाएको छ । सिरहा, धनुषा, बारा र कैलालीमा १/१, झापा, रुपन्देही र बाँकेमा २/२, महोत्तरीमा ३ र रौतहटमा ११ गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यसअघि नगरपालिकाको संख्या २ सय ६५ रहेकोमा अब ६ महानगर, ११ उपमहानगरसहित २ सय ८९ पुगेको छ । यसअघि १३ उपमहानगर रहेकामा दुइटालाई महानगर बनाइएपछि ११ मा झरेका हुन् ।

कार्यदलको सिफारिसमा तराईका १२ जिल्लामा स्थानीय तहको संख्या वृद्धि गरिएको छ । धनुषा, बारा, बाँके र कैलालीमा १/१, सुनसरी, सप्तरी, रौतहट, पर्सामा २/२, सर्लाही, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा ३/३ वटा गाउँपालिका वृद्धि गरिएको छ । पर्साको एउटा गाउँपालिका महानगरपालिकामा गभिएर घटेको छ । साविकको ४ सय ७९ गाउँपालिकामा २३ वटा थपिएर गाउँपालिकाको संख्या भने ५ सय २ पुगेको छ । मन्त्रालय स्रोतले कपिलवस्तुमा ३ वटा थप्ने सिफारिस भएपनि पछि २ वटामा सहमति जुटेकाले एउटा गाउँपालिका घट्ने सम्भावना रहेको बताए । त्यसो हुँदा स्थानीय तहको संख्या ७ सय ६६ पुग्ने छ ।

पहिलो चरणमा २ सय ८३ स्थानीय तहमा निर्वाचन भइसकेको छ । थपिएको संख्या सहित ४ सय ८३ स्थानमा जेठ ३१ गते निर्वाचन हुनेछ । मन्त्रालयका सचिव दिनेश थपलियाले कार्यदलको सिफारिस अनुसारको निर्णय प्राप्त भएपछि आवश्यक नक्सांकन र केन्द्र सहित टुंग्याएर मंगलबार अपरान्हसम्म थपिएका स्थानीय तहको सम्पूर्ण विवरण निर्वाचन आयोगलाई बुझाइने बताए ।  आयोगले गाउँपालिका र नगरपालिकाको नयाँ सीमाना अनुसार मतदाता नामावली र मतदान केन्द्र टुंग्याउनुपर्ने हुन्छ ।

post image

जेठ ८,काठमाडौं। नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो।

पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो। बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ।

बैठकले सङ्ख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट सङ्ख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताउनुभयो।

बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ। बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो। रासस

post image

जेठ ७, काठमाण्डौं । स्थानीय तह निर्वाचननको पहिलो चरणको मतपरिणाम आउने क्रम जारी नै छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानमा भएको मतदानको नतिजा आई नै रहेको छ । यसै क्रममा बिभिन्न ब्यक्रिहरुले बिभिन्न स्थानवाट बिजय हासील गरीरहेका छन् । काठमाण्डौ, चन्द्रागिरि नगरपालिका वडा नम्वर १२ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ। निरन्तर ३२ घण्टासम्म मतगणना प्रक्रिया सम्पन्न गरि मध्यराति बिजयी घोषणा गरिएको उक्त वडाको वडाध्यक्ष पदमा प्रकाश श्रेष्ठ ११ सय ६६ मत ल्याई बिजयी भएका हुन् ।

बिजयी बनेका श्रेष्ठ बरीष्ठ छायाँकार हुन् । नेपाल टेलिभिजनमा केही समय क्यामेरापर्सनको रुपमा काम गरेका श्रेष्ठले त्यस पश्चात नेपालको नीजि क्षेत्रको पहिलो टेलिभिजन च्यानल च्यानल नेपालमा क्यामेरा प्रमुखका रुपमा लामो समय काम गरे । त्यसपछि नेशनल टेलिभिजनमा क्यामेरा प्रमुखका रुपमा काम गरेका श्रेष्ठ समाज सेवामा पनि उत्तिकै सक्रिय रहेका थिए ।

श्रेष्ठले हाल सम्ममा करीव २ सय भन्दा बढी म्यूजिक भिडियोका छायांकन गरेका छन् भने बिभिन्न टेलिसिरियल तथा चलचित्रमा पनि छायाँकारका रुपमा काम गरीसकेका अनुभवी क्यामेरापर्सनका रुपमा परिचित छन् । संचार कर्ममा दुई दशक बिताएका श्रेष्ठ पहिलो चरणमा भएको स्थानीय तह निर्वाच्नमा काठमाण्डौको चन्द्रागिरी नगरपालिका वाड नम्बर १२ बाट नेपाली काँग्रेसको तर्फवाट प्यानलै सहित बिजयी बनेका छन् । श्रेष्ठ सहित महिला सदस्यमा द्रोपती ज्ञवालीमिना, दलित महिला सदस्यमा अस्मिता बयलकोटी बिजयी भएक हुन्। यसैगरि, खुल्ला सदस्यद्वयमा प्रदिप अधिकारी र भिमलाल महर्जन रहेको छ।यस नगरपालिकामा मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिईरहेको छ ।

post image

जेठ ५, काठमाडौं।   राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ८ गते व्यवस्थापिका संसदको बजेट अधिवेशन  आह्वान गर्नुभएको छ । एक बर्ष लामो अधिवेशन सकिएको २४ घण्टा नबित्तै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले बर्षे अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आगामी सोमवार दिउँसो १ बजे बस्ने गरी संसदको अधिवेश बोलाउनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले  संविधान बमोजिम संसदको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आगामी जेठ १५ गते नयाँ आर्थिक बर्षको बजेट ल्याउनु पर्ने संवैधानिक ब्यवस्थाका बीच सरकारले सोमवारबाटै बजेट अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो । योबीचमा सरकारले बार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछ भने प्रिबजेट छलफल समेत संसदमा हुनेछ ।

post image

जेठ, २, काठमाण्डौं । बैशाख ३१ ग्ते पहिलो चरण अन्तरगर्त प्रदेश नम्बर ३,४ र ६ का २ सय ८१ स्थानमा भएको मतदानको मतगणना जारी रहेको छ । मतगणना अनुसार यि स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबिच नै तिब्र प्रतिष्पर्धा भईरहेको छ ।

अहिलेसम्मको मतगणनाको परिणामलाई हेर्दा नेकपा एमाले अघि देखिएको छ भने मतगणना भ्रईरहेका स्थानहरुको जारी मतगणनामा पनि नेकपा एमाले नै अघि देखिएको छ । दोस्रोमा नेपाली काँग्रेसले एमालेलाई पछ्याईरहेको छ भने, तेस्रोमा माओवादी केन्द्र रहेको छ ।

यसरी हेर्दा प्रमुख तिन दल नै स्थानीय तहको निर्वाचनमा तित्र्र प्रतिष्पर्धामा रहेका छन् । हालसम्मको मतपरिणाम हेर्दा नेकपा एमाले पाँच स्थानमा बिजयी भईसकेको छ भने ७५ स्थानमा अग्रपंक्तिमा रहेको छ । त्यसै गरी नेपाली काँग्रेसले ४ स्थानमा बिजय हासील गरीसकेको छ भने ९० स्थानमा काँग्रेस अग्रस्थानमा रहेको देखिन्छ । त्यसरी नै तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ भने अन्य केही स्थानमा स्वतन्त्र उम्मेदवारले समेत चुनाब जितेका छन् ।

post image

जेठ १, काठमाण्डौं । स्थानीय तहको निर्वाचन भएपछि देशका मुख्य चारवटा महानगरपालिकाबाट को विजयी होला भन्ने विषय अब सर्वत्र चासोको विषय बन्न पुगेको छ । देशको केन्द्र रहेको काठमाडौं महानगरपालिका, प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल उठेको चितवनको भरतपुर महानगरपालिका, कास्कीको पोखरा महानगरपालिका र ललितपुर महानगरपालिकातर्फ सबैको ध्यान तानिएको हो ।

काठमाडौंमा कांग्रेसका राजूराज जोशी सबैभन्दा बढी प्रभावशाली देखिएका छन् । गत संविधानसभा निर्वाचनमा कांग्रसले जितेका अधिकांश निर्वाचन क्षेत्र रहेकोले पनि उनले जित्ने अनुमान छ । कांग्रेस उम्मेदवारलाई माओवादी केन्द्रले सघाएको बुझिएको छ । यता एमालेबाट विद्या सुन्दर शाक्यलाई प्रमुखमा राप्रपाले सहयोग गरेको छ । यसकारण एमालले पनि जित्ने आशा राखेको छ ।

भरतपुर महानगरमा प्रचण्डपुत्री उठेपछि निक्कै चर्चा चुलिएको छ । कांग्रेसँगको तालमेलमा उनी उठेपछि जित्ने अपेक्षा धेरैको छ । तर, पुरानो इगोको कारण उनलाई कांग्रेसले भोट नदिंदा एमालेका उम्मेदवार देवी ज्ञवालीले जित्ने आँकलन पनि उत्तिकै छ । जसरी पनि प्रचण्डपुत्रीलाई हराउनुपर्ने विषयले नतिजा के होला भन्न सकिन्न ।

ललितपुरमा संविधानसभा निर्वाचनमा कांग्रेसले जिल्ला पूरै जितेको थियो । यसपटक कांग्रेसबाट चिरिबाबु महर्जन मैदानमा छन् । तर, मेयर भइसकेका प्रेमलाल महर्जनले उम्मेदवारी दिएका कारण उनी पछि पर्न सक्ने बताइन्छ । यसमा एमालेका हरिकृष्ण व्यन्जनकारले फाइदा उठाउने पनि बताइन्छ । तर, माओवादीका दिनेश महर्जनले पनि बाजी मार्ने सम्भावना टरेको छैन ।

पोखरामा कांग्रेस र माओवादीले संयुक्त उम्मेदवारका रुपमा कांग्रेसका रामजी कुवँरलाई उठाएका छन् । यस्तोमा एमालेका मानबहादुर जिसी पछि पर्न सक्ने बताइएको छ । तर, एमाले पोखरामा जित्ने दाबी गर्दै आएको छ ।

post image

अमर सिंखडा, बैशाख २६ धादिङ्ग । १९ वर्षको लामो प्रतिक्षा पश्चात नेपालमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । नेपालमा हरेक प्रकारको गुटबन्धी तथा दलिय स्वार्थ पनि छदैछ । मानिसहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयत्न विभिन्न राजनितिक दल वा पार्टीले गरिरहन्छन् र गरेका पनि छन् । तर आफ्नो लागि कुन नेतृत्वले राम्रो गर्न सक्दछ त्यो कुराको निष्र्कषमा पुग्नु अत्यन्त आवश्यकताको विषय हो । अझ दलगत झुकावको हिसावले नभइकन व्यक्तीको कार्यक्षमताको हिसावले हामीले मतदान गर्न सक्यौ भने सायद पछुताउनु पर्दैन होला ।

स्थानीय तह निर्वाचको पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा निर्वाचनमय बनेका छन् । यिनै ३४ जिल्लाका बिभिन्न भुभाग बाट विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार चुनाबी मैदानमा होम्मीएका छन् । यस अवस्थामा हामी सचेत मतदाताले ठिक नेतृत्वको चयन गर्ने र अनि मात्र मतदान गर्नु बुद्धीमतीपूर्ण निर्णय होला । हामीले आज धादिङ जिल्लाको उत्तरी क्षेत्रका पहिलेका पाचँ वटा गाविस मिलेर बनेको छ गङगा जमुना गाउँपालिका । धादिङको गङगाजमुना गाउँपालिकाबाट विभिन्न दलहरुबाट छुट्टा छुट्टै उम्मेदवारी दर्ता भई तिब्र रुपमा चुनाबी अभियान चलीरहेको छ । उच्च हिमाली क्षेत्रसम्म फैलिएको यस गङगाजमुना गाउँपालिकामा पनि अन्यत्रै जस्तै चुनाबी माहौल तातेको छ ।

यस गाउँपालिकामा उम्मेदवारी दर्ता गराएका सबै राजनीतिक दलको एजेन्डा भनेकै गाउँको विकास निमार्ण र कसरी अन्य गाउँपालिका भन्दा आफ्नो गाउँपालिकालाई राम्रो र सुन्दर बनाउने भन्ने विषयमा केन्द्रीत रहेको छ । यसै क्रममा कुराकानी गर्न हामी पुग्यौ धादिङ जिल्ला गङगाजमुना गाउँपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रामकुमार भट्टसँग । चुनावमा राप्रपाबाट गङगाजमुना गाउँपालिको अध्यक्षको रुपमा रामकुमार भट्ट उठेका छन् । उनले यस गाउँपालिकामा पहिल्यै देखि थुप्रै समाज सुधारका काम गर्दै आइरहेका छन् । २०४३ सालमा प्रधानपञ्च भई समाजमा असल ब्यक्रिका रुपमा पहिचान बनाई सकेका भट्ट २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय भई राजनीति गदै आईरहेका छन् । उनको यही सामाजिक सेवा र सद्घावले गर्दा नै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पहिलेको बसेरी गाबिसवाट गाबिस अध्यक्षका रुपमा निर्वाचित भएका थिए ।

उनले वि सं २०६० सालमा भौतिक मन्त्रालय अन्र्तगत राष्ट्रीय योजना आयोगमा विकास निमाणका काममा मुख्य रुपमा सहभागी भएर योजना पारीत गर्नको लागि मुख्य भुमिका निर्बाह गरेका थिए । उनले आफ्नो गाउपालिकामा सडक विस्तार,खानेपानि लगायत विभिन्न क्षेत्रका रहेर विकास निर्माणको काम सम्पन्न गरिसकेका छन् ।  उनको यस गाउँपालिको स्थानीय चुनावको एजेन्डा पनि भिन्न खालका रहेका छन् । गङगाजमुना गाउँपालिका भित्र रहेको मठमन्दीर गुम्बा, चर्चलाई सुधार गर्दै सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने ,यो क्षेत्र एक पर्यटकिय क्षेत्र भएको हुनाले यसलाई होमस्टे बनाउन पहल गर्ने । यस गाउँपालिकामा भएको विकृतीलाई हटाएर वडा वडामा विद्यालय, हस्पिटल,सडक तथा खानेपानिको थप सुधार गर्ने योजना । गङगाजमुना गाउँपालिका एक प्रचुर मात्रामा जडिबुटी उत्पादन गर्न सकिने क्षेत्र भएकाले सो जडिबुटी संरक्षण र सर्वद्धन गर्नको लागि बृहत कार्यक्रम ल्याउने ।

यहाँको भौगोलिक आधारमा उत्पादन हुने अलैची ,अम्रीसो , अदुवा , निगालो लगायत आम्दानीको श्रोत भएका विविध बस्तुको उत्पादनमा बृद्धी ल्याउन मद्दत गर्ने । यस गाउँपालिकाको प्रत्यक वडा वडामा जहाँ विद्युत पुगेको छैन त्यहाँ विद्युत पुर्याउने लगायतका लक्ष्य सहित गाउँपालिका अध्यक्षमा राप्रपावाट उम्मेदवारी दिएका भट्टको कार्ययोजनाले साँच्चीकै मूर्त रुप पाउन भट्ट बिजयी बन्नु जरुरी छ । यसका लागि भट्टले गंगाजमुना गाउँपालिकामा गरेको कार्य र योगदानको मूल्यांकन भने हुन बाँकी नै छ ।

post image

वैशाख २६, चितवन । चट्याङ लागेर चितवनमा एक स्थानीय तह उम्मेदवारको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं। ११ का माओवादी केन्द्रका उम्मेदवार सिफल प्रजाको मंगलबार बिहान चट्याङ लागेर ज्यान गएको हो । कालिका नगरपालिका – ११ खोलागाउँस्थित घरमै सुतिरहेका बेला बिहान ३ बजे परेको चट्याङ लागेर घाइते प्रजालाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

उनी कालिका नगरपालिकाको वडा नं। ११ को वडा सदस्य उम्मेदवार थिए । कालिका नगरपालिकाको ११ नम्बर वडा निकै विकट रहेकाले चट्याङले पुर्याएको क्षतिबारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रजाको मृत्यु भएकाले माओवादी केन्द्रले अर्को उम्मेदवार उठाउन सक्ने जानकारी दिए ।
त्यसै गरी उदयपुरको कटारी नगरपालिका ११ हर्देनीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । घरमै बसिरहेको अवस्थामा आज बिहान चट्याङ लागेर ५२ वर्षिय बलबहादुर बस्नेत र ७० बर्षिय भेषबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३२ वर्षिया कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार भइरहेको छ

post image

वैशाख २४, काठमाडौं । लेबर पार्टीबाट डार्टफोर्ड काउन्सिलर नेपाली मुलका डा. बच्चु कैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने भएपछि कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो । शनिबार डार्टफोर्ड लेबर कमिटी अध्यक्ष र नेशनल एक्जुकेटिभ कमिटीले उनी उम्मेदवारका लागि छनोट भएको लिखित जानकारी दिएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टी (टोरी) को पकड रहेको क्षेत्रमा उम्मेदवार उभ्याइएका कैनीलाई जितका लागि भने चुनौति छ । सन् २०१५ को आमनिर्वाचनमा कन्जरभेटिभका उम्मेदवार ग्यारेथ जोन्सनले २५ हजार ६७० मत ल्याएर जितेका थिए भने उनका प्रतिद्वन्द्वी लेबोर उम्मेदवार साइमन थोम्सनले जम्मा १३ हजार ३२५ मत ल्याएका थिए । त्यस क्षेत्रमा सन् २०१० यता टोरीकै पकड छ ।

आगामी ८ जुनमा हुने बेलायतको संसदीय निर्वाचनका लागि यही ११ मेमा उम्मेदवार मनोनयन कार्यक्रम छ । त्यसपछि औपचारिक प्रचार प्रसार र घरदैलो अभियानमा लाग्ने कैनीले बताए ।‘हार जित बेग्लै छ तर बेलायतको दोश्रो ठूलो पार्टीबाट उम्मेदवार छानिनु मेरा लागि महान उपलव्धि हो’, कैनीले भने, ‘बेलायतको संसदमा प्रवेश गरेर बेलायत र नेपालका लागि गर्व गर्न लायक काम गर्ने दृढता लिएको छु ।’

करिब ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र ग्रेटर लन्डनसँग जोडिएको डार्टफोर्डको जनसंख्या करिब एक लाख छ । त्यस मध्ये करिब २०० जना मात्र नेपाली उक्त काउन्सिलमा बस्ने अनुमान छ । कैनीले निर्वाचनका लागि स्थानीय र राष्ट्रिय गरि मुख्य दुई किसिमका एजेन्डा बनाएको बताए ।पार्टीको ब्रेक्जिट नीतिलाई सफल बनाउने, स्वास्थ्य र शिक्षामा लगानी बढाइ सेवा सुधार गर्ने, बेरोजगारी दर घटाउने, अर्थतन्त्र मजबुत बनाउने आदि उनका राष्ट्रिय एजेण्डा छन् । त्यस्तै स्थानीय मार्ग सुधार गरि जाम हटाउने, बढी सवारी साधनका कारण हुने धुंवा प्रदुषण घटाउने, स्थानीय टाउन सेन्टरसुधार गरि आकर्षक बनाउने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, अस्पताल सेवा र अन्य स्वास्थ्य सेवामा सुधार गर्ने, सरकारले शिक्षामा बजेट कटौती गर्दा स्थानीय स्कुलमा पर्ने असर न्यून गर्ने आदि स्थानीय एजेन्डा कैनीको छ ।

सन् २०१५ को स्थानीय निर्वाचनमा चार वर्षका लागि काउन्सिलर निर्वाचित कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टरमा सम्पन्नवार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए । केही समय पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजकको रुममा समेत काम गरेको उनले बताए । तनहुं कमलाबारीमा जन्मिएका उनीहाल क्विन एलिजावेथ अस्पताललन्डनमा वरिष्ठ ब्यवस्थापकका रुपमा कार्यरत छन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक छ ।

post image

बैशाख २३, काठमाडौं । महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ ।  यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए ।

उनले भने, काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरी समेत परिचालन गछौँ ।

नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्युनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताए ।  काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । रासस

post image

वैशाख २१, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीका बीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिका बारेमा कुराकानी भएको छ।राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतलनिवास पुग्नुभएको थियो। आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली काँग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र नेकपा ९माओवादी० केन्द्रका शीर्ष नेतासँग छलफल गरी उहाँ राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतलनिवास पुग्नुभएको थियो।

व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो।

‘महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो।’ उहाँले भन्नुभयो।

post image

वैशाख २१,काठमाडौं । व्यबस्थापिका संसदमा २ सिट रहेको नेपाल परिवार दलको तर्फ वाट  पहिलो चरणको स्थानीय तहको निर्बाचनमा विभिन्न १७ जिल्लामा आफ्ना उम्मेद्वारहरुले  मनोनोयन दर्ता गरेको दलका अध्यक्ष एकनाथ ढकालले बताउनु भयो । अध्यक्ष ढकाल केपी ओली नेतृत्वको सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि  र डा. बाबुराम भटराई नेतृत्वको सरकारका सहकारी तथा गरिबी निवारण मन्त्रि हुनुहुन्थ्यो ।

महानगरपालिका तर्फ काठमाण्डौको मेयरमा पूर्व क्याम्पस प्रमुख श्री लक्ष्मी प्रसाद भण्डारी र उप-मेयरमा श्रीमती पुनम डंगोल, ललितपुरको मेयरमा श्री प्रदिप सिंह थापा र उप-मेयरमा श्रीमती रुपा थापा, भरतपुरको मेयरमा श्री राजेन्द्र प्रसाद अर्याल र उप-मेयरमा श्रीमती कोपिला गौतम लामिछाने र पोखरा लेखनाथको मेयरमा श्रीमती कल्पना बरालले उम्मेदवारी दर्ता गर्नु भयको परिवार दलले जनायको छ ।

त्यसै गरि चितवनको रत्ननगर नगरपालिकाको मेयर र उप–मेयरमा श्रीमति रामकली चौधरी र श्री रामकुमार दगांल, कालिका नगरपालिकाको मेयर र उप-मेयरमा श्री मोहन दंगाल र श्रीमति ज्योति परियार, सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा श्री रुकमणि कोइराला, नवलपरासीको गैडाकोट नगरपालिकाको मेयरमा श्री शिब रिमाल, काठमाडौँको टोखा नगरपालिकाको उप-मेयरमा श्री सन्त बहादुर पन्त, नागार्जुन नगरपालिकाको मेयर र उप-मेयरमा श्री कृष्ण बहादुर लामा र श्रीमती दुर्गा खड्का, पर्बतको फलेबास नगरपालिकाको मेयर र उप-मेयरमा श्रीमती समिक्षा शर्मा र श्री दिपक पौडेल, भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा श्री रामबाबु रानामगर, काभ्रेको नमोबुद्ध नगरपालिकाको मेयरमा श्री  केशब ओझा, रुकुमको मुसिकोट नगरपालिकाको मेयरमा श्री देबी लाल खड्काले उम्मेदवारी दर्ता गर्नु भयको परिवार दलका महामन्त्री बिनोद डाँगीले बताउनु भयो ।

 त्यसैगरी गोरखाको सिरान्चोक गाउपालिकाको अध्यक्षमा श्रीमती हरिमाया पोखरेल र सुलिकोट गाउपालिकको अध्यक्षमा श्री रेशम देवकोटाले मनोनोयन दर्ता गर्नु भयको छ । कास्की परिवार दलका अध्यक्ष शिवजी भट्टराईले रुपा गाउपालिकाको अध्यक्षमा र गोर्खाको भीमसेन गाउपालिकामा श्री हर्क बहादुर के. सी. ले मनोनोयन दर्ता गर्नु भयको छ । भट्टराई र के.सी समाजमा विशिष्ट पहिचान भयका ब्यक्ति हुन् ।

परिवार दलले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, नुवाकोट, मकवानपुर, गोरखा, कास्की, पर्बत, नवलपरासी, कालिकोट, दैलेख, रुकुम, मुगु लगायतका जिल्लाका विभिन्न नगरपालिका तथा गाउपालिकामा आफ्ना उम्मेदवारी दर्ता गरेको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो। विभिन्न जिल्लामा अन्य राजनैतिक दलहरु संग तालमेल गरेर पनि उम्मेदवारी मनोनोयन गरियको परिवार दलले जनायको छ ।

post image

वैशाख १९, काठमाण्डौं ।
सम्माननीय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू,
आदरणीय पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू,
विषय– महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन आग्रह

सम्माननीय प्रधानमन्त्री तथा पुर्व प्रधानमन्त्रीज्यू,
२०७४ वैशाख १७ गते नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुद्वारा सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव दर्ता भएको घटनाको सेरोफेरोमा ध्यानाकर्षण गराउदैँ यो पत्र लेखेको छु । श्री सुशीला कार्कीले न्यायमुर्तिका रुपमा गर्नु भएको कैयन साहसिक र महत्वपुर्ण निर्णयहरु विदितै छ । यद्यपि पछिल्लो चरणमा उहाँले गरेका एकआध निर्णय र भावनात्मक आवेगबारे कतिपयको गुनासो वा असहमति हुन सक्छ तर के त्यस्तो गुनासो नै महाभियोगका लागि पर्याप्त आधार बन्न सक्छ रु यक्ष प्रश्न खडा भएको छ । महाभियोग प्रस्ताव दर्ता गर्दा न्यायमुर्ति सुशीला कार्कीमाथि कार्यक्षमताको अभाव भएको र खराब आचरण प्रदर्शन गरेको जस्ता शब्दावलीहरु प्रयोग गरिएको छ जुन अशोभनिय एवं आपत्तिजनक छ भने आरोप लगाउनेहरुका लागि नै प्रत्युत्पादक हुन सक्छ । समग्र घटनाको अध्ययन गर्दा प्रधानन्यायाधीश कार्कीले विगतमा गरेका निर्णयहरु भन्दा निकट भविष्यमा कुनै एक विषयमा उहाँबाट यस्तो निर्णय आउन सक्छ भन्ने आशंकासहित नीजलाई बाहिर राख्ने मनसायले महाभियोग प्रस्ताव प्रेरित देखिन्छ । यस सम्बन्धमा म निम्न विषयहरुबारे ध्यानाकर्षण गराउँछु ।
१। निर्वाचित व्यवस्थापिका संसदका कतिपय सदस्यहरु जसले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको देखिन्छ नीजहरुले नै आफ्नो हस्ताक्षर र महाभियोग प्रस्तावबारे सार्वजनिक सञ्चार माध्यमहरुमा अनभिज्ञता प्रकट गरेको देखियो । लोकतन्त्रमा किर्तेतन्त्र कदापी स्विकार्य हुदैँन । यदि यो प्रस्ताव अघि बढ्यो भने संसदीय व्यवस्थाको मर्यादा अनुरुप हस्ताक्षरकर्ता सांसदहरुलाई उपस्थित गराई नीजहरुले हस्ताक्षर गरेको हो होइन प्रमाणिकरण गर्नुपर्ने आवश्यकता हुन्छ ।
२। न्यायमुर्ति सुशीला कार्कीलाई महाभियोग लगाई अभियुक्त बनाउन खोज्दा जनस्तरमा यहाँहरु स्वयं अभियुक्त त बनिरहनु भएको छैन रु शिघ्र पुनरावलोकन गर्नु जरुरी छ ।
३। तसर्थ प्रधानन्यायाधीश सुशीला कार्की माथि दर्ता भएको महाभियोग प्रस्ताव तत्काल फिर्ता लिई यो अनर्थको अध्यायलाई शिघ्र अन्त्य गर्न म विनम्रता पुर्वक आग्रह गर्दछु । एउटा साधारण नेता आफ्नो गल्ती स्विकार गर्न हिचकिचाउछन् । एउटा राजनेता आफ्नो गल्ती स्वतः स्विकार गर्छन । यो भन्दा माथि एउटा महान नेता आफ्नो गल्ती स्विकार गर्नुका साथ साथै क्षमायाचना पनि गर्छन । आशा छ यहाँहरुले लोकतन्त्र र न्यायिक मुल्यको संरक्षण र सम्बर्धनका लागि शिघ्र उपयुक्त कदम चाल्नु नै हुने छ ।
४। जन निर्वाचित संसदको सर्वोच्चताप्रति कसैको दुई मत छैन तर महाभियोग प्रस्तावको विवेकसम्मत प्रयोग हुनुपर्छ । महाभियोग प्रस्ताव दुरुपयोग नहोस भनेर म संस्थापक सभापति रहेको मानव अधिकार तथा शान्ति समाजले अघि सारेको सुझावप्रति मेरो पुर्ण सहमति छ ।
भवदीय
कृष्ण पहाडी
फोन– ४४७२१०४
मिति –२०७४÷०१÷१९

post image

वैशाख १८,काठमाण्डौ । निर्वाचन आयोगले यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको विशेष अनुगमन गर्ने भएको छ। आयोगका अनु्सार उक्त निर्वाचनको प्रदेश नम्बर ३ को अनुगमनको संयोजन निर्वाचन आयुक्त इला शर्मा र नरेन्द्र दाहालले गर्नु हुनेछ। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले प्रदेश नम्बर ४ र सुधीरकुमार शाहल प्रदेश नम्बर ६ को संयोजन गर्ने आयोगले जनाएको छ।

आयोगले स्थानीय तह निर्वाचन, २०७४ अनुगमन गर्ने कार्यक्षेत्रको जिम्मेवारी र टोली प्रमुख समेत तोकेको छ। आयोगका अनुसार, काठमाडौँ, ललितपुर र भक्तपुरको अनुगमन नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी र निर्वाचन आयोगका उच्च पदस्थ अधिकारीबाट हुनेछ। पहिलो चरणमा निर्वाचन हुने प्रदेशका बाँकी ३१ जिल्लाको अनुगमन गर्न २७ जना सहसचिवलाई खटाइएको छ। आयोगका अनुसार, दोलखा र रामेछापमा रघुराम विष्ट, सिन्धुलीमा झक्कप्रसाद आचार्य, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक वेदबहादुर कार्की, रसुवा र नुवाकोट महेश्वर न्यौपाने, चितवन लोकनाथ पौडेल र मकवानपुरमा रमेश केसी अनुगमनका लागि खटिनुभएको छ।

त्यस्तै, गोरखा शिवराम न्यौपाने, धादिङ बाबराम पौडेल, लमजुङ शङ्कर खरेल, तनहुँ र कास्की दीपेन्द्र पौडेल, स्याङजा भुवनहरि अर्याल, मनाङ अनिलकुमार ठाकुर, पर्वत र म्याग्दीको अनुगमनको जिम्मेवारी सुरेश अधिकारीलाई तोकिएको आयोगले जनाएको छ।
आयोगका अनुसार बाग्लुङ अर्जुनकुमार खड्का, मुस्ताङमा केदारनाथ खड्का, नवलपरासी रामेश्वर दङ्गाल, सल्यान किरण पौडेल, रुकुम चक्रबहादुर बुढा, जाजरकोट कृष्णबहादुर राउत, सुर्खेत तीर्थराज ढकाल, दैलेख घनश्याम उपाध्याय, जुम्ला कृष्णजीवी घिमिरे, मुगु अर्जुन पोखरेल, कालिकोट इन्दिरा दाहाल, डोल्पा देवराज ढकाल र हुम्ला डण्डुराज घिमिरेलाई खटाइएको छ।