post image

बैशाख २५, काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले नयाँ फिचर ल्याएको छ । रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो ।

पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा मिडिया -फोटो, जीआईफ र भिडियो) पनि राख्न सकिन्छ ।

हाल यो सुविधा मोबाइल वेबसाइटका लागि मात्र उपलब्ध गराइएको छ । एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्छन् ।

कम्प्युटर डेक्सटपमा भने यो सुविधा हाल उपलब्ध छैन । आशा छ ट्वीटरले डेक्सटप प्रयोगकर्तालाई पनि यो सुविधा उपलब्ध गराउने छ ।

post image

बैशाख २३ , काठमाडौँ । फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो ।

द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो ।

फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द गर्दैछौं । हामीले यसबाट जे सिक्यौं त्यसलाई हामीले विद्यमान तथा भविष्यका अन्य प्रडक्टहरुमा सामेल गर्नेछौं ।’

मुख्य एप हाउस पार्टी एक ग्रुप भिडियो च्याट एप हो, जसमा प्रयोगकर्ताले एप ओपन गरेसँगै आफ्ना अनलाइन रहेका साथीहरुका बारेमा थाहा पाउँछन् र भिडियो च्याट गर्न सक्दछन् ।

post image

बैशाख २२,काठमाडौं । बालबालिकाहरुलाई अश्लील सामाग्रीहरुमा फसाएको भन्दै लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि हालै भारतले २ हप्तासम्म प्रतिबन्ध लगायो । त्यसरी २ हप्तासम्म बन्देज लाग्दा टिकटकले भारतमा झण्डै डेढ करोड नयाँ प्रयोगकर्ता थप्ने मौका गुमाएको छ ।

Sensor Tower नामक एनालिटिक्स फर्मको एक नयाँ रिपोर्टले उपर्युक्त तथ्यको खुलासा गरेको हो । टिकटक चिनिया कम्पनी Bytedance को स्वामित्वमा रहेको छ ।

उक्त रिपोर्ट अनुसार यदि भारतमा टिकटकमाथि प्रतिबन्ध नलागेको भए गत अप्रिल महिना टिकटकका लागि भारतमा अहिलेसम्मकै उत्कृष्ट महिनाको रुपमा दर्ज हुन्थ्यो । भारतमा करीब ६० करोड इण्टरनेट प्रयोगकर्ता रहेका छन् भने टिकटक प्रयोगकर्ताको संख्या १२ करोड रहेको छ । भारतमा दुईहप्ते प्रतिबन्ध सँगै अप्रिल महिनाको टिकटकको समग्र विश्वव्यापी डाउनलोड दरमै ३३ प्रतिशतले गिरावट देखिएको छ । तर प्रतिबन्ध फुकुवापछि भने भारतमा यो एपका नयाँ डाउनलोडकर्ताको संख्या तीव्र रुपमा बढेको अपेक्षा गरिएको छ ।

सेन्सर टावर रिपोर्ट अनुसार, टिकटक पहिले नै एप स्टोरमा टपटेन एपको रुपमा परिसकेको छ । एप्पलको एपस्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपमा टिकटक छैटौँ स्थानमा रहेको छ । फोटो तथा भिडियो एपको विधामा यो नै पहिलो नम्बरमा पर्दछ । त्यस्तै गुगल प्ले स्टोरमा पनि टिकटक तिव्र गतिमा अगाडि आइरहेको छ ।

भारतमा डाउनलोडमाथिको प्रतिबन्धका कारण आफुलाई दैीनक ५ लाख डलरको नोक्सानी भएको र अढाई सय भन्दा धेरै कर्मचारीहरुको जागिर पनि संकटमा परेको टिकटकले जनाएको थियो । साथै टिकटकले आफ्नो प्लेटफर्ममा रहेका ६ लाख भन्दा धेरै आपत्तिजनक तथा संदिग्ध भिडियोहरु हटाएको पनि दाबी गरेको छ ।एजेन्सी

post image

वैशाख १२, काठमाडौं । भारतको मद्रास उच्च अदालतले लोकप्रिय एप ‘टिक टक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । अदालतले बुधबार भएको सुनवाईपछि प्रतिबन्ध हटाएको हो ।

भारतमा टिक टक प्रतिवन्धित हुँदा चिनीया कम्पनी बाइटडान्स टेक्नोलोजीलाई दैनिक ३.५ करोड रुपैयाँ घाटा भइरहेको थियो । कम्पनीले भारतमा एक अर्ब डलरको लगानी थप्ने तयारी गरिरहँदा सरकारले चालेको कदमले उसलाई ठूला धक्का लागेको थियो ।

यसअघि मद्रास उच्च अदालतले नै अश्लीलता फैलाएको भन्दै टिक टकमाथि रोक लगाएको थियो । त्यसपछि सरकारले गुगल र एप्पललाई आफ्नो एप स्टोरबाट टिक टक हटाउन अनुरोध गर्‍यो । सो बमोजिम गुगल र एप्पलले टिक टक हटाएका थिए । त्यसैले भारतमा नयाँ प्रयोगकर्ताले टिक टक डाउनलाडेड गर्न नसक्ने अवस्था थियो । पहिल्यै डाउनलोड गरेकाहरुले भने प्रयोग गर्न प्रतिवन्ध थिएन ।

अदालतको आदेशपछि बाइटडान्सले पुनरावेदन गर्‍यो । साथै सर्वोच्च अदालतमा पनि उसले पुनरावेदन गरेको थियो । सर्वोच्चले यो विषयलाई मद्रास अदालतमै पठाइदियो । मद्रास अदालतले पुनरावेदनको सुनवाई गर्दै आफ्नो आदेश उल्टाएको हो । अब भारतमा टिक टक डाउनलोड गर्नु अवैध मानिने छैन ।

१५ सेकेन्डको छोटो भिडियोहरु सेयर गर्ने प्लेटफर्मको रुपमा रहेको टिक टकका भारतमा ३ करोडभन्दा बढी प्रयोगकर्ता छन् । विश्वभर यसका १ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । टिक टकले भारतमा लगानी बढाउने तयारी गरिररहेको थियो ।

post image

बैशाख ६, काठमाडौं । पब्जी गेम प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ ।

पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा बैशाख  ३ गते रिट दायर गरेका थिए ।

पब्जीले समाजमा बिकृती ल्याएको भन्दै दुरसंचार प्राधिकरणले चैत २८ गते बन्द गरेको थियो।

post image

बैशाख ५, काठमाडौँ । पहिलो पटक नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) अन्तरिक्षमा पठाइएको छ । अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट आज बिहान २ः३१ बजे नेपालको भू–उपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

यो भू–उप्रगहलाई ‘नेपालीस्याट –१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो रहेको छ । नेपाली भू–उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको हो ।

यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहने र त्यसपछि अन्तरिक्षमा घुम्न सुरु गर्ने बताइएको छ ।

भू–उपग्रहले नेपालले आफ्नो भू–भागको मौसम, पानी, तापक्रम आदि सूचनाहरू प्राप्त गर्न सक्नेछ । नेपाली भू–उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केलगायत सहभागी थिए ।

यसैबीच प्रधानमन्त्री केपी ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको भन्दै नेपालको प्रतिष्ठा बढेको बताएका छन् । नेपालको आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाइएपछि उनले खुसी व्यक्त गर्दै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटमार्फत स्याटलाइट निर्माण र प्रक्षेपण गर्ने काममा संलग्न वैज्ञानिकहरुलाई बधाइ दिएका छन् ।

K P Sharma Oli@kpsharmaoli

आज बिहान २:३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट-१‘ प्रक्षेपण भएको छ। यो संगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सुचिमा जोडिएको छ। यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु।

238 people are talking about this
post image

बैशाख ४, काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् ।

यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो एप हुनेहरुले प्रयोग गर्न सक्छन् । तर, नयाँ प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने छैनन् ।

मद्रास उच्च अदालतले भारत सरकारलाई यो एपमाथि प्रतिवन्ध लगाउने आदेश दिएको थियो । यो एपले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको अदालतको जिकिर थियो । त्यसलगत्तै सूचना तथा प्रविधि मन्त्रालयले गुगल र एप्पललाई प्ले स्टोरबाट टिकटक हटाउन अनुरोध गर्‍यो ।

मद्रास उच्च अदालतको आदेशविरुद्ध एपको मालिक चिनियाँ कम्पनी बाइटडान्स सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले पनि उच्च अदालतको आदेशसलाई सदर गर्‍यो ।

भारतमा टिकटकका १२ करोडभन्दा बढि प्रयोगकर्ता छन् । यसले खासगरी युवतीहरुलाई आकषिर्त गरिरहेको छ ।

बंगलादेशमा पनि टिकटक प्रतिवन्धित छ भने अमेरिकामा बालबालिकाहरुको सूचना अवैधरुपमा संकलन गरेको भनेर कम्पनीलाई जरिवाना गराइएको थियो ।मद्रास उच्च अदालतमा यो टिकटकमाथिको मुद्दाको अर्को सुनुवाई २२ अप्रिलमा हुनेछ ।  विश्वभर टिकटकका ५० करोडभन्दा बढि प्रयोगकर्ता छन् ।

तर, केही विश्लेषकले भने चिनियाँ कम्पनीको उत्पादन आफ्नो देशमा अत्याधिक लोकपि्रय हुँदा भारत सरकारले त्यसलाई सहन नसकेको टिप्पणी गरेका छन् ।

post image

 वैशाख २, काठमाडौं । सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने निर्णय गरेको छ । अहिले सशस्त्रका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि माथिल्लो दर्जाका सबै अधिकृतको गाडीको अगाडिको भागमा गोप्रो क्यामरा जडान गरिएको छ ।

अपरेशनमा जाने गाडीमा पनि क्यामरा फिट गरिएको छ । पहिलो चरणमा ४ सय वटा गोप्रो विभिन्न युनिटमा बाँडिएको स्रोतको भनाइ छ । काठमाडौं बाहिर गण, बाहिनी र गुल्ममा २५० वटा बाँडिएको छ भने ५० वटा मुख्यालयमा प्रयोग गरिएको छ ।

बानेश्वरमा पूर्वप्रधानमन्त्री लोकेन्द्र चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर  दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । त्यस्तै दुर्घटना हुँदा अनुसन्धानका लागि सहज हुने भएकाले ग्रोप्रो क्यामरा फिट गरिएको अधिकारी बताउँछन् । बानेश्वर घटनामा पनि एक जना सर्वसाधारणको गोप्रो क्यामराबाट खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सशस्त्र प्रमुख प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सूचना प्रविधिको बढ्दो प्रयोगसँगै यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतिको सामना गर्न छुट्टै सेल खडा गर्ने योजना रहेको बताउँछन् ।

उनका अनुसार बलको मुख्यालयमा सक्षम र प्रविधिमैत्री साइबर अपराध र आईटी सम्बन्धी सेल राख्न लागिएको हो । सशस्त्र प्रहरीलाई प्रविधियुक्त बनाउने योजना अनुरुप नै गोप्रो, ड्रोन लगायतका उपकरण प्रयोगमा ल्याइएको उनी बताउँछन् ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा सीसीटीभीबाट निगरानी गर्ने भएको छ । हाल सीमा क्षेत्रमा रहेका १ सय ६ बोर्डर आउट पोस्ट (बीओपी) मा सीसी टीभी राख्न लागिएको हो ।

महानिरीक्षक शैलेन्द्र खनालकाअनुसार गृहमन्त्रालयले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा भएको बीओपीलाई प्रविधियुक्त बनाउने बुँदा अनुरुप यो अभियान थालिएको हो । उनका अनुसार बलले सीसी टीभीसँगै ड्रोन र गोप्रो क्यामेराको पनि प्रयोग गर्नेछ ।

पहिलो चरणमा प्रभावकारिता हेरेर क्रमशः अन्य वीओपीमा पनि सीसी क्यामरा राखिँदै लगिने उनले बताए । ड्रोन भने विशेष गरी विपदको समयमा विकट ठाउँको रेकी र पहाड, भीर, पाखामा ड्रोन उपयोगी हुने डीआईजी श्रेष्ठको भनाइ छ ।

नेपालमा पब्जी खेल प्रतिबन्ध

प्रकाशित मिती : Thursday
post image

चैत २८, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए ।प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्न‍का लागि पत्र पठाइएको जानकारी दिए।

post image

चैत्र २१काठमाडौँ  । टिकटक यतिबेला विश्वभर सर्वाधिक चर्चा र प्रयोगमा आएको एप हो  । यसले रातारात कसैलाई स्टार बनाईदिएको छ भने आफनो अभिनय देखाउन र विभिन्न देशको कला संस्कृती र संगितको प्रचार गर्न पनि यो राम्रो माध्यम बनिरहेको छ  तर मद्रास हाई कोर्टले टिकटकमाथि प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको छ ।

कोर्टले टिकटकमा अश्लिल सामाग्रीहरु राखेको हुदा त्यसलाई बालबालिकाले समेत हेरिरहेको भन्दै केन्द्र सरकारलाई टिकटकमाथि प्रतिबन्ध लगाउन भनेको हो । टिकटकमा अश्लिल सामाग्रीहरु राखिएको कारण नै इन्डोनेशिया र बंगलादेशमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ ।

post image

चैत १८, काठमाडौं । यो वर्ष माइक्रोसफ्ट कम्पनीमा कुनैपनि अप्रिल फुल प्रांक हुनेछैन । किनकी माइक्रोसफ्ट कम्पनीले आफ्ना कर्मचारीहरुलाई अप्रिल फुलको दिन कुनैपनि कर्पोरेट प्रांक नगर्न निर्देशन दिएको छ ।

माइक्रोसफ्टकी मार्केटिङ विभाग प्रमुख क्रिस क्यापोसेलाले जारी गरेको निर्देशनमा कर्मचारीहरुलाई आगामी अप्रिल १ मा मनाइने अप्रिल फुल डे मा कुनैपनि अफवाह फैलाउने वा ढाँट्ने काममा नलाग्न भनिएको छ ।

निर्देशनमा भनिएको छ, ‘कम्पनीले पछिल्लो दिनमा सामना गरिरहेको आलोचनालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारीहरुलाई अप्रिल फुल दिवसको कुनैप्नि स्टन्टमा सहभागी नहुन आग्रह गरिन्छ ।

यस्ता गतिविधिमा आफ्नो समय तथा श्रोत खेर फाल्नु फाइदाजनक हुँदैन ।’ साथै त्यस्ता स्टन्टबाजीको सकारात्मक असर कम हुने र उल्टै अनिच्छित तथा अकल्पनीय खालका समाचारको चक्र सुरु हुने पनि  निर्देशनपत्रमा लेखिएको छ  ।

माइक्रोसफ्टले आफ्नो अफिस एसिस्टेन्ट टुल क्लिप्पी पुनस्र्थापित गरी अर्को दिनमै हटाएको एकदिन पछि अप्रिल फूलमाथि प्रतिबन्ध लगाउने यस्तो आदेश आएको हो ।

यसअघिका वर्षहरुमा प्रसस्तै अप्रिल फुल प्रांकहरुमा सहभागी भएको माइक्रोसफ्टले पहिलोपटक अप्रिल फुलमाथि बन्देज लगाएको हो ।

सन् २०१५ मा माइक्रोसफ्टले अप्रिल फुल मनाउँदै विन्डोज फोनका लागि एमएस डस मोबाइल एप लञ्च गरेको घोषणा गरेको थियो । सन् २०१३ मा गुगल र माइक्रोसफ्ट दुबैले अप्रिल फुल मनाउँदै एक अर्काको खिल्ली उडाएका थिए ।

post image

चैत ७, काठमाडौं । यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितीको दुरुपयोगका कारण लगाइएको हो । दुई वर्ष भित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको भन्दै जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।

यूरोपेली संघकी प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले गुगलले जे गरेको छ त्यो यूरोपेली युनियनको एन्टी ट्रस्ट नियमविरुद्ध भएको बताएकी छिन् । उनले ब्रसेल्समा गुगलको एडसेन्स विज्ञापन कारोबारको लामो समयदेखि चलिरहेको अनुसन्धानको परिणामबारे जानकारी दिइन् ।

उनले भनिन्, ‘गुगलले एडसेन्स प्लेटफर्मलाई ब्रोकरको प्रयोग गरिरहेका वेबसाइटलाई रोक्नका लागि आफ्नो बलियो स्थितीको दुरुपयोग गरेको अनुसन्धानमार्फत पत्ता लागेको छ ।’

आयोगले गुगल र उसको मूल कम्पनी अल्फाबेटले इयूको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको पायो । यसमार्फत् गुगलका प्रतिद्वन्द्वी कम्पनीले आफ्नो विज्ञापन यी वेबसाइटमा दिन रोकियो ।

गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो  । अमेरिकी कम्पनी गुगलले आफ्नो मोबाइल डिभाइस रणनीति अनुसार गुगल सर्च इन्जिनलाई गलत तरिकाले थप शक्तिशाली बनाएको आरोप लगाइएपछि गरिएको अनुसन्धानपछि उक्त निर्णय सुनाएको थियो ।

post image

चैत ५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज कम्पनी गुगलका बारेमा कडा टिप्पणी गरेका छन् । गुगलले चीन र चीनको सेनालाई सहयोग गरेको आरोप उनको छ ।

ट्रम्पले हालै गरेको एक ट्विटमा लेखेका छन्, ‘गुगलले चीन र चिनियाँ सेनालाई सहयोग गरिरहेको छ, तर अमेरिकालाई होइन । यो निकै भयानक छ । सुखद् समाचार के भने उनीहरुले हिलारी क्लिन्टनलाई गरे तर ट्रम्पलाई गरेनन्… आखिर यो कसरी भयो ?’

यसरी ट्रम्पले गुगल र चीनलाई एकसाथ प्रहार गर्ने क्रममा आफ्नो राष्ट्रपतिकी प्रतिस्पर्धी क्लिन्टनलाई पनि छाडेनन् ।  अमेरिकाको सेना प्रमुखले गुगलको आलोचना गरेको केही समयपछि नै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । गुगलले चीनमा गरिरहेको गतिविधिले अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सहयोग पुगिरहेको सेना प्रमुखले हालै बताएका थिए ।

तर गुगलले आरोपको खण्डन गरेको छ । गुगलले भनेको छ, ‘हामीले चिनियाँ सेनासँग काम गरेका छैनौँ । हामीले साइबर सुरक्षा, अमेरिकी सरकारका नियुक्ति तथा स्वास्थ्यलगायतका कुरामा अमेरिकी सरकार तथा अमेरिकी रक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ ।’

गुगलको चीनमा रहेको संलग्नताको विषय पछिल्लो समयमा बहसको विषय बनिरहेको छ । गुगलले चिनियाँ सरकारको नियमानुसार चीनका लागि लक्षित गरी सर्च इन्जिनको विकास गर्ने प्रक्रियामा रहेको समाचार पनि आएको थियो । तर गुगलका सीईओ सुन्दर पिचाइले यस्तो योजना नभएको प्रष्टीकरण दिएका थिए । यद्यपि, भविष्यमा चीनमा सर्च इन्जिन लञ्च गर्ने कुरालाई उनले अस्वीकार भने गरेनन् ।

पछिल्ला केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको छ । यसले अमेरिका र चीन दुवै देशका प्रविधि कम्पनीहरुलाई नकारात्मक असर परिरहेको छ । अमेरिकाले चिनियाँ ब्राण्ड हुवावेका उत्पादनहरु माथि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उता चीनमा एप्पललगायतका अमेरिकी कम्पनीको बिक्रीमा तीव्र गिरावट भइरहेको छ ।

post image

 फागुन २६, काठमाडौँ । माइक्रोसफ्ट कम्पनीको पछिल्लो कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज १० का प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । यसअनुसार, माइक्रोसफ्ट विन्डोज १० का प्रयोगकर्ताको संख्या १ अर्ब पुर्‍याउने लक्ष्यको नजिक पुगेको हो ।

माइक्रोसफट्का अनुसार अहिले विश्वभरका ८० करोडभन्दा धेरै डिभाइसमा विन्डोज १० प्रयोग भैरहेको छ । सन् २०१५ को जुलाईमा रिलिज भएको विन्डोज १० यतिधेरै लोकप्रिय भएको छ कि साढे ३ वर्षभित्रमै यसका ८० करोड प्रयोगकर्ता पुगेका छन् । माइक्रोसफ्टले ३ वर्षभित्रमा विन्डोज १० का प्रयोगकर्ता १० अर्ब पुर्‍याउने लक्ष्य राखेको थियो । तथापि, यो पूरा भने हुन सकेन ।

गत सेप्टेम्बर २०१८ मा विन्डोज १० का प्रयोगकर्ता ७० करोड पुगेको घोषणा माइक्रोसफ्टले गरेको थियो । यस अनुसार पछिल्लो ६ महिनामा विन्डोज १० का प्रयोगकर्ताको संख्या १० करोडले वृद्धि भएको छ । सन् २०१९ भित्रमा यो संख्या १ अर्ब सहजै नाघ्ने अनुमान गरिएको छ ।

स्मरण रहोस् विन्डोज विश्वको सबैभन्दा लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम पनि हो । माइक्रोसफ्टकै अपरेटिङ सिस्टम विन्डोज ७ को लोकप्रियतालाई पछि पार्दै विन्डोज १० गत जनवरीमा सर्वाधिक लोकप्रिय डेस्कटप अपरेटिङ सिस्टम बनेको थियो । विन्डोज सेभेनको बजार हिस्सा ३६.०९ प्रतिशत रहेकोमा विन्डोज १० को हिस्सा पहिलोपटक ३९.२२ प्रतिशत पुगेको थियो ।

माइक्रोसफ्टले विन्डोज सेभेन फेजआउट गर्ने मिति नजिकिँदै गर्दा आगामी दिनमा विन्डोज १० प्रयोगकर्ताको संख्यामा झनै वृद्धि हुने अनुमान गरिएको छ । विन्डोज ७ मा उपलब्ध गराउँदै आएको सेक्योरिटी अपडेट माइक्रोसफ्टले यो वर्षको अन्त्यबाट हटाउँदैछ ।

माइक्रोसफ्टको मोर्डन लाइफ एण्ड डिभाइस विभाग अन्तर्गत कर्पोरेट उपाध्यक्ष युसुफ मेहेदीले एक ट्विट गर्दै विन्डोज १० ले विन्डोजको इतिहासमै सर्वाधिक उपभोक्ता सन्तुष्टि प्राप्त गर्न सफल भएको बताएका छन् ।

post image

फागुन २३, काठमाडौँ । सोसल नेटवर्किङ्ग प्लेटफर्म फेसबुकले आफ्नो मेसेन्जर एप प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । उक्त नयाँ फिचरको नाम डार्क मोड फिचर हो । फेसबुकले एन्ड्रोइड र आएओएस दुवै प्लेटफर्ममा प्रयोगकर्ताका लागि यो नयाँ फिचर ल्याएको हो ।

गत वर्ष अक्टोबरमा भएको एफ एट सम्मेलनका क्रममा फेसबुकले मेसेन्जरमा डार्क मोड फिचर ल्याउने घोषणा गरेको थियो । मेसेन्जरको डार्क मोड फिचरले प्रयोगकर्तालाई छुट्टै अनुभुति दिलाउनेछ । फेसबुक मेसेन्जरमा डार्क मोड फिचर एक्टिभेट गर्नका लागि सबैभन्दा पहिले तपाइँले च्याटमा कुनैपनि मित्रलाई अध्रचन्द्र आकारको इमोजी अर्थात् crescent moon पठाउनु पर्नेछ ।

उक्त इमोजी पठाएसँगै तपाइँको मेसेन्जरमा डार्क मोड फिचर उपलब्ध रहेको सन्देश प्राप्त हुनेछ । त्यसपछि तपाइँले मेसेन्जरको settings  मा गएर Dark Mode लाई  On गर्नुपर्नेछ । डार्क मोड फिचर अन गरेसँगै मेसेन्जरको ब्याकग्राउण्ड अँध्यारो हुनेछ । तपाइँ मेसेन्जरको सेटिंग्समा गएर डार्क मोड अफ पनि गर्न सक्नुहुन्छ ।

फेसबुकले पछिल्लो समयमा आफ्ना मेसेन्जर प्रयोगकर्ताका लागि धेरै फिचरहरु थप गर्दै आएको छ । मेसेन्जरको इन्टरफेसलाई अपडेट तथा रिडिजाइन समेत गरिएको छ । यसका अलावा अनसेन्ड मेसेजको फिचर पनि थप गरिएको छ ।

साथै सोसल नेटवर्किङ्ग प्लेटफर्म ह्वाट्सएप, मेसेन्जर तथा इन्स्टाग्रामलाई एकिकरण गर्नका लागि समेत फेसबुकले काम गरिरहेको समाचार केही समयअघि सार्वजनिक भएको थियो । सन् २०११ मा सुरु भएको फेसबुक मेसेन्जरका प्रयोगकर्ताको संख्या झण्डै डेढ अर्ब रहेको छ ।

post image

फागुन १०, टोकियो। पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक  अवतरण गरेको छ। हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन्।

जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा) का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन्। छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत बैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो।

“यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको छ,” ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले घोषणा गरेका थिए। उनले नियन्त्रण कक्षमा हायाबुसा२ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठिकठाक रहेको पनि जानकारी दिए। वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्यांकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि इकुताले बताए।

“म अहिले साँच्चिकै चिन्तामुक्त भएको छु,” हायाबुसा२ को अभियानका व्यवस्थापक माकाटो योशिकावाले भने। उनले अन्तरिक्ष उडानमा यो निकै जटिल प्रक्रिया रहेपनि सबै कार्य सहजरुपमा सम्पन्न भएको बताए। “मेरो विश्वासमा खगोल विज्ञानमा यो अर्को महत्वपूर्ण पाइला वा नयाँ खोज हुनेछ।” छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक बस्तु र पानी रहेको विश्वास गरिन्छ।

हायाबुसा२ सँगको सञ्चार सम्पर्क बेलाबखत टुटेको थियो किनभने यसको एन्टेना कहिलेकाहिँ पृथ्वीतर्फ फर्किएको हुँदैनथ्यो। तर केही समय वा केही दिनपछि पुनः विद्युतीय सङ्केतहरु प्राप्त हुन थाल्थ्यो। शुरुमा यो अभियान गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढेको थियो। तर छुद्रग्रहको सतहमा उबडखाबड देखिएपछि वैज्ञानिकहरुले अवतरणका लागि उपयुक्त ठाउँ खोज्न केही समय लगाएका थिए।

हायाबुसा२ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ। यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो।

हायाबुसा२ ले पठाएका प्रारम्भिक तस्विरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ। हायाबुसा२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ। साथै, यसमा दुईवटा साना मिनेर्भा–२ रोभर रोबोट र फ्रान्सेली–जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ। यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन्। छुद्रग्रहबाट यी उपकरणहरुले पठाएका तथ्यांकहरु प्राप्त गर्न थालिसकेको ज्याक्साले जनाएको छ।

करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्वीरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ। ठूलो फ्रिज आकारको हायाबुसा२ मा सौर्य प्यानल जडान गरिएको छ। जापानी भाषामा हायाबुसाको अर्थ “बाज” हो।

सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरे पनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन। एएफपी

post image

फागुन ६, काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले  आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको घोषणा गरेको छ । एप्पलले हालै आफ्नो पहिलो फोल्डेबल आइफोनको डिजाइनको पेटेन्ट दर्ता गराएको छ । समाचार अनुसार, एप्पलले यस्तो खालको पेटेन्ट सन् २०११ मा फाइल गरेसँगै सन् २०१६ मा अपडेट गरेको थियो । अमेरिकाको युनाइटेड स्टेट्स पेटन्ट एण्ड ट्रेडमार्क अफिसमा दर्ता गरिएको उक्त पेटेन्ट डिजाइन गत फेब्रुअरी १४ मा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको डिजाइनमा एप्पलको फोल्डेबल फोनको स्केच देखाइएको छ, जसले फोनको डिजाइनका बारेमा हल्का जानकारीसमेत दिइएको छ ।  एप्पलको फोल्डेबल फोनको नाम र्याप अराउन्ड आइफोन रहने बताइएको छ । पेटेन्टमा दर्ता गरिएको स्केच अनुसार यस फोनमा आइफोन एक्सको जस्तै एज टू एज डिस्प्ले दिइएको छ ।

फोनमा कुनै होम बटन छैन । साथै हेडफोन ज्याक पनि फोनमा देखिँदैन । त्यसैले यसमा रियल बटनको साटो भर्चुअल बटन हुने अनुमान गरिएको छ ।  फोनको ओएलइडी डिस्प्लेको लचकताका लागि एप्पलले डिस्प्लेमा जडानको प्रयोग गर्न सक्दछ । जडानको सहयोगले फोन सजिलैसँग फोल्ड हुन्छ ।

समाचार अनुसार एप्पलको उक्त फोल्डेबल फोन माथि र तल दुवैतिर फोल्ड गर्न सकिनेछ । एप्पलको यो फोल्डेबल फोन ठ्याक्कै कहिले लञ्च गर्ने भन्ने विषयमा एप्पलले कुनै आधिकारिक घोषणा भने गरेको छैन ।

post image

फागुन ५, काठमाडौं । दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।

ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस तथा सस्तो मोडेलको एस १० इ पनि लञ्च हुने बताइएको छ ।

यस्ता छन् फिचर्स

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् । त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ । ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइएको छ ।

post image

फागुन ३,काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले कम्पनीले ‘डिस होम उज्वल भविष्य’ कार्यक्रम ल्याएको हो ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिस होमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत उज्वल भविष्य योजना ल्याएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत बर्दिया जिल्लाको गुलरियास्थित त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ। कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पूर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको कम्पनीको भनाइ छ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यमिक विद्यालयमा पनि शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको डिस होमले जनाएको छ। राजापुर नगरपालिकाका उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थितिमा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको थियो।

कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहनका लागि उज्वल भविष्य योजना ल्याइएको जानकारी दिए।

post image

माघ २०, काठमाडौं । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ। पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी ९२६ उजुरी दर्ता भएका छन्। महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती सामाजिक सञ्जाल फेसबुक, ट्वीटरमा चिठ्ठा प¥यो भनेर एक करोड रुपैयाँसम्म ठगी गरेको उजुरी महाशाखामा परेको बताउछन्। ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेरसमेत ठगी भएको छ’, उनले भने।

महाशाखाका अनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेका छन्। जसमध्ये १५ देखि २५ वर्षसम्मका युवा धेरै साइबर अपराधमा लाग्ने गरेका छन्। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंह मानिसले अनावश्यक रूपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए।

‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ’, उनी भन्छन्। साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ।

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ। महाशाखाले साइबर अपराधमा ९२६ उजुरी दर्ता भए पनि ४० विरुद्ध मुद्दा चलाएको छ। जसमध्ये सामाजिक सञ्जालमार्फत १७, अर्का नाममा रहेको फेसबुक, ट्वीटर ह्याकिङ गर्ने छ, जथाभावी एसएमएस गर्ने नौ, युट्युव जे पायो त्यही पोस्ट गर्ने तीन र नक्कली कम्पनी बनाएर अरुको आर्थिक खातामा जालसाजी गर्ने पाँचविरुद्ध मुद्दा दर्ता भएको छ।

यस्तै आर्थिक वर्ष २०७३÷७४ मा एक हजार १९७ उजुरी दर्ता भएकामा २६ विरुद्ध मुद्दा चलेको छ भने आव २०७४÷७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकामा ६८ विरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता उप्रेती साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अफ्ठ्यारो हुने गरेको बताउछन्। अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाही गर्दै आएको छ।

विद्युतीय कारोवार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख वा दुवै सजाय हुने प्रावधान रहेको छ। साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।

नेपाल प्रहरीले पछिल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि साइबर ब्यूरोसमेत स्थापना गरेको छ। गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयबाट जारी गरेको गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको दश बुँदे प्राथमिकताका आधारमा प्रहरीले ब्यूरो स्थापना गरेको हो।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदी प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि प्रहरी नायब महानिरीक्षकको नेतृत्व रहने गरी ७० दरबन्दी भएको ब्यूरो स्थापना गरिएको बताउछन्। ‘हाल प्रहरी प्रधान कार्यालयबाट सञ्चालन हुँदै आएको ब्यूरोले छिट्टै प्रहरी प्रधान कार्यालय बाहिर रहेर जनताको सेवा गर्नेछ’, प्रवक्ता सुवेदी भन्छन्,। ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराधमा समेत रोकथाम गर्ने विश्वास प्रहरी प्रधान कार्यालयले लिएको छ। रासस

post image

माघ २०,काठमाडौँ ।  ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि “क्लासिक टेकको महा  झट्का अफर” सार्वजनिक गरेको छ । जसअन्तर्गत बार्षिक ग्राहकले क्लासिक टेकको 30 एमबीपीएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा प्रति महिना मात्र ७ सय ८६ रुपैयामा उपभोग गर्न पाउने छन।

साथै कम्पनीका अनुसार यो अफर अन्तर्गत नयाँ उपभोक्तालाई विना डिपोजिट निशुल्क जडान र निशुल्क फाइवर वायर समेत उपलब्ध गराइने छ ।  यो ओफर घरेलुग्राहकलाइ सिमित अवधिको लागि उपलब्ध हुनेछ । साथै ४० एमबिपीएस र ६० एमबिपिएस का प्याकेजहरुमा पनि बिशेष छुट रहेको छ ।

यि कम्पनीको फाइबर इन्टरनेट विश्वकै उत्कृष्ट जिपोन प्रविधिमा आधारित छ । साथै प्रख्यात एप्लिकेसनहरु जस्तै फेसबुक,गुगल, अकामई आदिका सर्भरहरु आफैले होस्ट गरेको छ भनेइन्टरनेटको अन्तररार्ष्टिय व्याण्डर्वथ आफैले विदेशबाट बिभिन्न नाकाहरुबाट फाइबरको माध्यमबाट आपूर्ति गरेको क्लासिटेकले जानकारी गराएको छ ।

इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन लागि परेको यस संस्थाले छोटो समयमा नेपालको ७४ जिल्लामा आफ्नो संजाल फैलाइसकेको छ  भने २० भन्दा बढी साखाहरुबाट सेवा प्रदान गर्दै धेरै ग्राहकको मन जित्न सफल भएको छ ।

post image

माघ १८,काठमाडौं ।  इन्टरनेट जाएन्ट गुगलले आफ्नो सोसल नेटवर्किङ्ग प्लाटफर्म गुगल प्लस बन्द गर्ने घोषणा गत वर्ष नै गरेको थियो । सोही घोषणाको कार्यान्वयन गर्ने मिति गुगलले सार्वजनिक गरेको छ । गुगल प्लसको सपोर्ट पेज अपडेट गर्दै गुगलले यो जानकारी दिएको हो । गुगलका अनुसार गुगल प्लसको दोस्रो संस्करण अर्थात् कन्जुमर भर्सन टू आगामी अप्रिल २ बाट बन्द हुनेछ ।

झण्डै ५ करोडभन्दा बढी प्रयोगकर्ताका डाटा चोरी भएको खबर सार्वजनिक भएसँगै गुगलले गुगल प्लस बन्द गर्ने घोषणा गरेको थियो । उसो त कम्पनीले अगष्टमा गुगल प्लस बन्द गर्ने निर्णय गरेको थियो । तर सेक्योरिटीका कारण अप्रिलमै यसलाई बन्द गरिँदैछ ।

एक अफिशियल पोष्टमा कम्पनीले भनेको छ, ‘तपाईंले गुगल प्लसमा खोल्नुभएको कुनै पनि पेज अप्रिल २ देखि बन्द हुनेछ । प्रयोगकर्ताको गुगल प्लस अकाउन्टबाट हामी डाटाहरु डिलिट गर्न सुरु गर्नेछौँ । गुगल प्लसका एल्बम आर्काइभबाट पनि तपाईंका फोटो तथा भिडियोका साथै यसका सम्पूर्ण पेज डिलिट गरिनेछ । तपाईंले अप्रिल अघि नै आफ्ना सामाग्रीहरु डाउनलोड गरेर सुरक्षित राख्न सक्नुहुन्छ । तपाईंले गुगल फोटोज एपमा ब्याकअप राखेका फोटो वा भिडियो डिलिट हुने छैनन् ।’

गुगलका अनुसार फेब्रुअरी ४ देखि नै गुगल प्लसमा कुने नयाँ अकाउन्ट खोल्न सकिने छैन । गुगल प्लसको साइन इन बटनलाई गुगल साइन इन बटनले रिप्लेस गरिनेछ । सन् २०११ मा लञ्च गरिएको गुगल प्लस सन् २०१५ सम्म आइपुग्दा यसका प्रयोगकर्ताको संख्या ११ करोड नाघेको थियो। सन् २०१५ मा गुगलले यसलाई नयाँ डिजाइनमा प्रस्तुत गरेको थियो ।

post image

माघ १७, काठमाडौं ।  दक्षिण कोरियाली कम्पनी सामसुङले स्मार्टफोनका लागि विश्वमै पहिलोपटक १ टेराबाइट क्षमताको मेमोरी चिप तयार गरेको छ । योसँगै अब विश्वभरका मोबाइल उत्पादक कम्पनीहरुले आफ्ना डिभाइसमा यो मेमोरी चिपको सहायताले एक हजार गिगाबाइटको इन्टर्नल स्टोरेज प्रदान गर्न समर्थ हुनेछन् ।

उक्त क्षमताको मेमोरी चिपको साइज पहिलेका चिपको जत्रै अर्थात् ११.५ मिलिमिटर गुणा १३ मिलिमिटरको हुनेछ । यसको क्षमता यसअघिको अधिकतम क्षमतायुक्त ५१२ जीबीको चिपभन्दा दोब्बर हुनेछ ।

यो चिप भएको मोबाइलमा प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा फोर के युएचडी फम्र्याटको १० मिनेट लामो २ सय ६० वटासम्म भिडियो स्टोर गर्न सक्नेछन् । अहिलेको ६४ जीबी इन्टर्नल स्टोरेज भएको मोबाइलमा यस्तो खालका केवल १३ वटासम्म मात्र भिडियो अटाउँछन् ।

समाचार अनुसार आगामी २० फेब्रुअरीमा बार्सिलोनामा हुने मोबाइल वल्र्ड कंग्रेसमा सामसुङले आफ्नो नयाँ फ्लागसिप स्मार्टफोन ग्यालेक्सी १० सार्वजनिक गर्दैछ । सोही स्मार्टफोनमा १२ जिबीको र्यामका साथमा सोही १ टीवी चिपयुक्त इन्टर्नल स्टोरेज उपलब्ध गराउने अनुमान गरिएको छ । यदि यसो भएमा सामसुङको ग्यालेक्सी १० विश्वमै पहिलो स्मार्टफोन हुनेछ, जसको इन्टर्नल स्टोरज अहिलेसम्मके धेरै अर्थात् १ टेराबाइट हुनेछ ।

post image

माघ १४, काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लिले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागी नेपालमा नै सवैभन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिश होमले वजारकै सवै भन्दा कम मुल्यको विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जस अन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुका लागि उपयुत्त mच्यानलहरु भएको बेसिक प्याकेजको रु २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडीच्यानलहरु समावेश भएको मिडियम प्याकेजको रु ३००, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज रु ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएमएच डि प्याकेज रु ४०० प्रति महिनामा उपलब्ध गराएको छ ।

२०७५ माघ १० गतेवाट नयाँ ग्राहकहरुका लागिे यो योजना लाग हुने डिश मिडिया नेटवर्कले जानकारीदिएको छ। यो मितिभन्दा अगाडि नै डिशहोम जडान गरीसकेका ग्राहकहरुलाई समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मुल्यमा यो सेवा प्राप्तगर्न सक्ने छन् र यो सेवा डिशहोमका आधिकारिक बिक्रेताहरु कहाँ उपलब्ध हुनेछ । नेपालको एक मात्र स्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिश होमले ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदान गरिहेको छ । पिक्चर क्वालिटिमा सवै भन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोममा १६ लाखभन्दा वढी परिवारहरुले प्रयोगकर्ता रहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँरिलिज नेपालीसिनेमा घरमा नै वसि हेर्न पाउने सुविधा पनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ ।

यसै गरि चौविसै घण्टा संचालन हुने स्वचालित ग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवालिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्रका हरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदानगर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ । नेपालको पे टिभि इन्डस्ट्रीमा सवै भन्दा ठुलो वजार हिस्सा ओगटेको डिशहोम नेपालको अग्रणी पब्लिक कम्पनी मध्ये पर्दछ । दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालीलाई सुचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष्य ालिएको डिशहोम आगामी दिनहरुमा यस्तै वजारमुखी सेवाहरु थप गर्दै जाने योजनाकासाथ अघि बढीरहेको छ।

post image

माघ ११, काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल टेलिकमको फोर जी सेवा विस्तार र लागत सम्वन्धमा छलफल गर्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको छ । सिंहदरबारमा बिहान बस्ने बैठकमा छलफलका लागि सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई बोलाएको समितिले जनाएको छ ।

टेलिकमले फोर जी सेवा सुरु गरेको लामो समय भइसक्दा पनि सेवा विस्तार गर्न नसकेपछि हालसम्म भइरहेका प्रगतिका बारेमा बुझ्न सचिव गुरुङ र प्रवन्ध निर्देशक अधिकारीलाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । टेलिकमले फोर जी सेवा विस्तारका लागि तयारी थालेको एक डेढ वर्ष भएपनि काम सुरु नभएको र पुरानै ठेक्का प्रणाली अनुसार काम सुरु गर्ने तयारी गरेकाले वास्तविकता बुझ्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको अर्यालले बताउनुभयो ।

सार्वजनिक कोषको दुरुपयोग हुन नदिन समयमा नै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन लागेका समितिले जनाएको छ । टेलिकमले अहिलेसम्म काठमाडौं र पोखरामा मात्र फोर जी सेवा सञ्चालन गरेको छ । टेलिकमले भन्दा पछि अनुमति पाएको एनसेलले भने मुलुकका मूख्य मूख्य २२/२३ सहरमा फोर जी सेवा विस्तार गरिसकेको छ ।

post image

पुस २५, काठमाडौँ । सरकारले नेपाल भित्रिने विदेशी नागरिकहरुको निगरानीका लागि नयाँ प्रविधि भित्र्याउने भएको छ । बुधबार अध्यागमन विभागका महानिर्देशक इश्वराज पौडेलले पत्रकार सम्मेलन गरी  त्रिभुवन विमानस्थल लगायत अन्य नाकाहरुबाट भित्रिने र बाहिरिने विदेशी नागरिकहरुका लागि आँखाको नानी रिड गर्ने आइरिस मेसिन र बायोमेट्रिक विवरणसहितको अध्यागमन सुचना प्रणाली जडान  गर्न लागिएको जानकारी गराए ।

सरकारले जडान गर्न लागेको आइरिस मेसिनले आँखाको नानी पढ्न सक्छ भने बायोमेट्रिक मेसिनले हातका औंठा छाप पढ्न सक्छ ।  उनले नेपाल भित्रिएका  विदेशी नागरिकहरु कुनै पनि होटलमा बस्दा पासपार्ट स्क्यान गरेर त्यसको लिङ्क अध्यागमन  विभागमा जोड्ने प्रविधिको विकास गर्न लागिएको समेत बताए । नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।

पौडेलले अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि तत्काल २४ करोड रुपैयाँको आवश्यकता भएको बताउँदै सरकारले ६ करोड निकासा गरिसकेको बताए ।  पछिल्लो समय स्वतन्त्र तिब्बत पक्षधरहरुलाई मलजल गर्ने तत्वहरु हावी हुने खतरा बढेको बताउँदै उनले चीनसँग जोडिएका १३ जिल्लाका ५३ नाकाहरुमा उच्च सतर्कता अप्नाइएको बताए । उनले भने, ‘उत्तरी १३ जिल्लाका ५३ क्षेत्र (नाका) संवेदशनील क्षेत्रमा राखिएको छ ।’

उनले भिजिट भिसाको आवरणमा विदेश शयर गर्ने शंकास्पद व्यक्तिहलाई पनि रोक्ने बताउँदै त्यो खालको काम गर्ने मेनपावर कम्पनी र व्यक्तिहरुसँग समेत आफुले नभेट्ने प्रष्ट पारे । यद्यपि, उनले त्यस्ता एजेन्टहरुबाट पीडितहरुको गुनासो भने सुन्ने बताए  ।

उनले अवाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि बताए । महानिर्देशक पौडेलले ६ महिनायता नेपालमा चेलिबेटी बेचबिखन घटेको पनि जानकारी दिए ।

post image

पुस १९, काठमाडौँ । चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ। चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो’ भनेको छ।

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ। पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो।

गत सप्ताहान्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

post image

पुस १८ , कठमाण्डौँ । विजनेस टु विजनेस ई–कमर्श लाई जोड्न सेलकथ नामको वेबसाईट र एप्लिकेसन प्रविधिको शुभारम्भ भएको छ । काठमाण्डौको बसुन्धारामा मुख्य कार्यालय रहेको सेलकथलाई चितवनका युवा तथा सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले ५ बर्षको अथक मिहेनतमा वेबसाईट र एप्लिकेसन एकसाथ लन्च गरेका हुन् ।

सोमबार काठमाण्डौको होटल इन्द्रेणीमा पत्रकार सम्मेलन गर्दै उक्त सफ्टवेयरको औपचारिक शुभारम्भ गरीएको हो । उक्त वेबसाइट लन्च गर्दे प्रवन्ध निर्देशक थपलीयाले भने हाम्रो लक्ष्य भनेको साना र स्थानीय उत्पादन र ब्यापारलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउनु हो । यसमा क्रेता र बिक्रेता बिच सिधै सम्पर्क हुनेछ । कुनै पनि सामान खरिद गर्न चाहने क्रेताले सिधै उक्त सामान उत्पान हुने कम्पनी सँग सम्पर्क गर्न सक्नेछन् ।

दिनानुदिन उपादनकर्ताहरुले आफुले उत्पादन गरेका सामानको उचित मुल्य नपाउदा बस्तुहरुको उत्पाद निराशापन छाइरहेको अवस्थामा सेलकथ एउटा बहुउपयोगी हुन सक्ने सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले दावी गरे । यस्तै कुनै पनि कम्पनीले आफुले उत्पान गरेको बस्तु बिक्रीका लागि सिधै क्रेता सँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मुख्य उदेश्य भनेको विचौलीए हरुले विचमा बसेर खाने कमिसनलाई निरुत्साहित गर्नु हो “।

थपलियाले उदाहरण दिनै भने “मुस्ताङको स्याउ, जुन धेरै देशमा अर्गानिक भनेर महङगो मुल्यमा विक्रि भईरहेका छन् तर हाम्रो उत्पादनकर्ता कृषकहरुले त्यसको उचित मुल्य पाइरहेका छैनन् । किनभने कृषकहरुले स्याउ बेच्दा सिधै प्रयोगकर्तासँग सम्पर्क नगरी मध्यस्तकर्ता बाट जानु परेको छ । जसको कारण स्याउको उचित मुल्य पाउन सकिरहेको छैन” ।

नेपालीहरको लागी निशुल्क लग इन सुविधा दिइएको सेलकथलाई गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गरी त्यहाबाट सामान खरिद बिक्री गर्न सकिनेछ । यस्तै वेबसाइटबाट ब्यापार गर्न चाहनेहरुले भने सेलकथको वेबसाईटमा गई आईडी र पासवर्ड लग इन गर्न गरी त्यसमा आफनो उत्पादनहरु लिस्टिङ गर्न सक्नेछन्। वेबसाईट र एप्लिकेसन मार्फत जो कोहीले पनि सजिलै आफुलाई चाहिएको सामन खरिद तथा विक्रि गर्न सक्नेछन् ।

 

post image

मंसिर २५,काठमाडौँ । चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो।

उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ। अदालतको आदेश सोमबार सार्वजनिक भए पनि हप्ता दिनअघिदेखि नै यो लागू भइसकेको जनाइएको छ।

एप्पलले आइफोन ६एस, ६एस प्लस, आइफोन ७, ७ प्लस, आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्समा पेटेन्ट उल्लंघन गरेको दाबी गर्दै क्वालकमले मुद्दा हालेको थियो। आइफोनका एक्सएस, एक्सएस प्लस र एक्सआर मोडलमा भने यो प्रतिबन्ध लागु हुने छैन। किनकी  क्वालकमले मुद्दा हाल्दा यी फोन बजारमा आइसकेका थिएनन्।

आइफोनमा फोटो एडिट र रिसाइज गर्नका लागि प्रयोग भएको प्रविधिको प्याटेन्ट आफूमा रहेको क्वालकमको दाबी छ। उसले टच स्क्रिनमा एपको म्यानेज गर्न अपनाइने प्रविधि पनि आफ्नै भएको  दाबी गरेको छ।

‘एप्पलले हाम्रे बौद्धिक सम्पत्ति प्रयोग गरेर निरन्तर फाइदा लिइरहेको छ तर उसले हामीलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ,’ क्वालकमले भनेको छ।

एप्पलले भने क्वालकमले फोहोरी खेल खेलेको बताएको छ। अमेरिका र चीनबीच  व्यापार युद्ध थाँती राखेर वार्ता भइरहेका बेला चिनियाँ अदालतको यो आदेशलाई आश्चार्यका रूप हेरिएको सिएनएनले जनाएको छ।

post image

मंसिर १७,काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले पर्यटकको सुविधाका लागि फ्रि वाइफाइ सेवा शुरु गरेको छ । आइतबार सरस्वती बजार परिसर (पार्क) बाट फ्रि वाइफाइ सेवा शुरु गरिएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जूले नगरको अन्य १२ पर्यटकीय क्षेत्रमा फ्रि वाइफाइ सेवा विस्तार गरिने जानकारी दिँदै भने, ‘धुलिखेल पर्यटकीयस्थल हो, पर्यटक तथा स्थानीयवासीलाई सूचना प्रविधिमा पहुँच बढाउन यस्तो सेवा दिन थालेका हौँ ।’

प्रमुख ब्याञ्जूका अनुसार एक वडाको एक स्थान तथा धुलिखेलका विभिन्न ऐतिहासिक चोकमा पर्यटक केन्द्रीत फ्रि वाइफाइ सेवा उपलब्ध गराइनेछ । उनले भने, ‘नगरको समृद्धिका लागि सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य, सरसफाइ, खानेपानी तथा नगरलाई ‘ग्रीन, क्लिन, कलरफूल, साइक्लिङ सिटी’ बनाउने उद्देश्यले काम गरिसकेका छौँ ।’

फ्रि वाइफाइ कार्यक्रम अन्तर्गत पहिलो चरणमा नगरको सरस्वती बजार, भगवती मन्दिर परिसर, जिल्ला प्रशासन कार्यालय तथा नगरपालिका कार्यालय, खेल मैदान, सरकारी कार्यालय र बजार क्षेत्र, टुँडिखेल मनोरञ्जन पार्क, हजार सिँढी क्षेत्र देवीस्थान मन्दिरसम्म, बिपी मार्ग चोक र नारायणस्थान मन्दिर वरिपरि फ्रि वाइफाइ जडान गरिने भएकोे छ । नगरपालिकाका अनुसार एक पटकमा एक सय जनासम्मले प्रयोग गर्न सक्ने गरी वाइफाइको क्षमता विस्तार गरिने छ ।

post image
मंसिर ११, काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो।
‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको थियो। मंगल ग्रहको सतहमा उत्रिएपछि रोबोटले पृथ्वीमा रेडियो सन्देश पठाएको थियो। सन्देश आएसँगै नासामा खुसी छाएको थियो। त्यो सन्देश उनीहरूले पठाएको रोबोटले मंगल ग्रहमा भर्खरै सुरक्षित अवतरण गरेको प्रमाण थियो।
रोबोटले आफू मंगल ग्रहमा उत्रिएको केही मिनेटमै वरिपरिका चित्र पठाउन सुरू गरेको छ। रोबोट उत्रिँदा उडेको धुलोका कारण फोटो धेरै सफा नभए पनि केही दिनमा सफा फोटा आउन थाल्ने नासाले जनाएको छ।

नासाका प्रमुख जेम्स ब्राइडेनस्टाइनले लगत्तै प्रतिक्रिया दिए, ‘हाम्रा लागि यो गजबको दिन हो।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गेरर नासालाई बधाई दिएको पनि उनले बताए।

रोबोट अहिले मंगल ग्रहको भूमध्य रेखा नजिकैको विशाल, समथर भागमा बसेको छ। नासाले यो भूभागलाई मंगल ग्रहको सबैभन्दा ठूलो ‘पार्किङ क्षेत्र’ भनेको छ।

post image

कार्तिक २८, काठमाण्डौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शले बेलायतको कोभेन्ट्री बिश्वविद्यालयसँगको सम्बन्धनमा बिएस्सी कम्प्युटीङ्ग र बिएस्सी ईथिकल ह्याकिङ्ग तथा साइबर सेक्यूरिटी बिषयमा ३ बर्षे स्नातक तहको डिग्री नेपाल भित्रयाएको छ । गार्जियन लिग टेबलमा १३ नम्बरको रयाङकीङ्गमा रहेको कोभेन्ट्री बिश्वविद्यालयका प्रतिनिधि र सप्mटवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शका पदाधिकारीले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएका हुन् ।

सन् २०१० देखि नेपालमा बेलायती डिग्री अध्ययन अध्यापन गराउँदै आईरहेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई कमर्शले आजैवाट भर्ना अभियान समेत शुरु गरेको छ । बिएस्सी कम्प्युटीङ्ग र बिएस्सी ईथिकल ह्याकिङ्ग तथा साइबर सेक्यूरिटी बिषयमा २०१९ को फेब्रुअरीदेखि शुरु हुने सप्mटवेरिका कलेजका प्रमुख प्रमोद पौडेलले पत्रकार सम्मेलन मार्फत जानकारी गराए । कोभेन्ट्री बिश्वविद्यालयसँगको सम्बन्धन पश्चात सप्mटवेरिका कलेजले यि दुई बिषय अध्ययनका लागि जुनसुकै शंकायवाट १० जोड दुईको अध्ययन सकेका विद्यार्थीले पढ्न पाउने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

बेलायती डिग्री नेपालमै सस्तो मूलयमा पढ्न पाईने र यि कोर्षहरु अध्ययन गरीसकेपछि बिद्यार्थीह्रुलाई स्वरोजगार बन्न मद्धत मिल्नेमा आफु विश्वस्थ रहेको सफ्टएड ग्रुपका अध्यक्ष बिज्ञान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । अध्यक्ष श्रेष्ठले नेपाललाई प्रविधि अध्ययनको दक्षिण एसियाकै हब बनाउने उद्धेश्य सहित यो कार्यक्रम ल्याइएको बताउनु भयो ।

post image

कात्तिक २६, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ ।  एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वर्ल्डलिंक सम्मानित भएको हो ।

संस्थाले वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट सम्मानित गरेको छ । यो सँगै उक्त अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ ।

जापानको राजधानी टोकियोमा नोभेम्बर ८ विहिवार आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वर्ल्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो । वर्ल्डलिंकका २ लाख ७० हजारभन्दा बढी ग्राहक पुगेका छन् । कम्पनीले ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको छ ।  वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टीभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ ।

post image

असोज २१,काठमाडौँ । समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यले जिल्लामा “ब्लड फर रोल्पा” मोवाइल एप्लीकेशनको सुरुवात गरिएको छ।

रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो। जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर स्थानीय युवाले अभियान सुरु गरेका हुन्।

रोल्पाका आठ युवाको सहभागितामा सुरु गरेका हुन्। आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ।

हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले जानकारी दिए। एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफैँले फोन सम्पर्क गरी तुरुन्त बोलाउन सकिने डाँगीले बताए। हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेका छन्।

रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले दावी गरे। जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनसक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने उनले बताए।

महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले बताए।

मोबाइल एप्लिकेशन सञ्चालनमा आएपछि आफूहरूलाई पनि राहत भएको उनको भनाई छ । ‘कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत सङ्कलन गर्नुपर्ने बाध्यता थियो, अब भने केही सहजता हुन्छ होला,’ वुढाले भने। रासस

post image

असोज २१, म्याग्दी  । अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो ।

गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका अभियन्ता महावीर पुनको प्राविधिक सहयोगमा १० माविमा इन्टरनेट जडान गरी स्मार्ट टिभीमार्फत टेलिटिचिङ शुरु गरिएको गाउँपालिकास्तरीय शिक्षक महासङ्घका अध्यक्ष रमन पुनले जानकारी दिए ।

अन्नपूर्णका विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव हुँदा पठनपाठन प्रभावित बनेको छ । टेलिटिचिङ शुरु भएपछि विषयगत शिक्षक नभएको अवस्थामा अर्को विद्यालयका शिक्षकबाट पठनपाठनलाई निरन्तरता दिन सकिने ज्ञानप्रकाश मावि दानाका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए ।

विद्यार्थी, शिक्षक र विद्यालयबीच एक अर्कामा शिक्षण विधि र अनुभव आदानप्रदान हुने, कुनै समस्या आएमा तत्कालै छलफलको माध्यमबाट समाधान पनि गर्न सकिने ज्ञानप्रकाश माविका शिक्षक सन्तोष पौडेलले बताए । सूचना प्रविधिका अभि यन्ता महावीर पुनको पहलमा जडान गरिएको ताररहित इन्टरनेट उपयोग र गाउँपालिकाको सहयोगमा उपकरण खरिद गरेर टेलिटिचिङ शुरु गरिएको हो ।

नाङ्गीको हिमाञ्चल, हिस्तानको टिकोट, शिखको शिख, पाउद्धार, भुरुङको सर्वोदय, नारच्याङको प्रभा, दानाको ज्ञानप्रकाश, दोवाको कैलाश, रिमाको आदर्श मावि र घारको मुक्तिमार्ग माविमा टेलिटिचिङको परीक्षण सफल भएको छ ।

इन्टरनेटको माध्यमबाट प्रयोगमा ल्याइएको टेलिटिचिङलाई दिगो र निरन्तरता दिन स्थानीय सर्भर निर्माणको तयारी भएको हिमाञ्चल माविका शिक्षक किसान पुनले बताए । सर्भर भएमा इन्टरनेट नभएको अवस्थामा पनि टेलिटिचिङ गर्न सकिने पुनले बताए । ल्याप्टपमा वेभक्याम खोलेर टेलिटिचिङ गर्ने व्यवस्था मिलाइएको छ ।

टेलिटिचिङ सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले १० लाख रुपैयाँ  विनियोजन गरेको थियो । अध्यक्ष पुनको सक्रियतामा समुदायस्तरबाट  पाँच लाख ५० हजार सहयोग जुटाइएको थियो । टेलिटिचिङलाई प्रभावकारी र दिगो बनाउन इन्टरनेट र विद्युत् सेवालाई प्रभावकारी बनाउनुपर्ने ज्ञानप्रकाश माविको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाले बताए । रासस

post image

असोज १७, काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउन एक हजार ८ सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ।

यसअघि नेपाल प्रहरीले कामपाभित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो। प्रहरीले उपत्यकामा करीब ५ सयभन्दा बढी क्यामेरा जडान गरेको छ।

अब जडान गर्ने अरु एक हजार ४ सयभन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ। यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ।

त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ। त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ। क्यामेराको क्षमताको आधारमा कति-कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ। सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ।

उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत कामअघि बढाइने छ। दशैँ अगावै काम शुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दशैँ लगत्तै प्रभावकारीरुपमा काम शुरु गरिने जानकारी गराइएको छ। रासस

post image

असोज ११, काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् ।

साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छौँैँ, यात्रुहरूले खालि सिट हेरेर बुकिङ गर्न सक्नुहुनेछ । ’ ।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकटकाट्न सकिनेछ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

post image

असोज ९,काठमाडौँ  । इन्स्टाग्रामका सह–सस्थापक केविन सिस्ट्रोम र माइक क्रिगरले राजीनामा दिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार दुबैले सोमबार साँझ यसको जानकारी गराएका थिए ।

सिस्ट्रोम इन्स्टाग्रामको सीईओ थिए भने क्रिगरले यसको प्रमुख प्राविधिक अधिकारीहरुको जिम्मेबारी सम्हालिरहेका थिए । मिडिया रिपोर्ट अनुसार प्यारेन्ट कम्पनी फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गको कारणले दुईले यो निर्णय लिएका हुन् ।

सन् २०१२ मा १ अर्ब डलरमा फेसबुकले इन्स्टाग्राम किनेको थियो । त्यो समय इन्स्टाग्रामको प्रयोगकर्ताहरु ३ करोड मात्र थिए । अहिले यसको संख्या १ अर्ब पुगिसकेको छ । फेसबुकको ठूलो आय इन्स्टाग्रामबाट आउँछ ।

सिस्ट्रोम र क्रिगरले सन् २०१० मा पहिलो पटक एकअर्कासँग भेटेका थिए । सिस्ट्रोमको एक सफ्टवेयर परियोजनालाई दुबैले मिलेर इन्स्टाग्राममा बदलेका थिए । फेसबुक छाडेपछि दुबैले कुनै नयाँ परियोजनामा काम गर्ने बताएका छन् ।

post image

 असोज २, काठमाडौं ।  ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्तर्गत  संचालनमा रहेका दुईवटा च्यानलहरु रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले आफ्नो प्रसारणको एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको छ ।

बि.सं.२०७४ साल असोज १ गते बिश्वकर्मा पूजाको पवित्र दिन पारेर यी दुई च्यानलहरु प्रसारणमा आएका थिए । मनोरञ्जन क्षेत्रलाई बिशुद्ध रुपमा प्रसारण गर्ने हेतुले संचालनमा आएको यो च्यानल नेपालको एकमात्र मनोरञ्जनात्मक च्यानलका रुपमा अगाडि बढेको छ भने खेलकुद क्षेत्रलाई मात्र समेटेर बिशुद्ध खेल च्यानलका रुपमा एक्सन स्पोर्टस् टिभी अगाडि बढेको छ ।

यी टेलिभिजनहरु प्रसारणमा आएको छोटो समयमा नै दर्शकहरु माझ लोकप्रिय बन्न सफल भएको छ । आफ्नो एकबर्ष पुरा गरेको अवसरमा आश्विन १ गते सोमबार विश्वकर्मा पूजाको दिनमा यी दुवै च्यानलहरुले आफ्नो बार्षिकत्सव मनाएको थियो । बार्षिक कार्यक्रमको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले शुभकामना दिदैं छोटो समयमा सफलता हाँसिल गरेकोमा दुवै च्यानलार्य बधाई दिनुका साथै आगामी दिनमा अझ परिस्कृत रुपमा अगाडि बढ्नेमा आशावादी रहेको बताएका थिए ।

त्यसैगरी ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जनात्मक क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुवै च्यानलाई स्थापित गर्ने बताएका थिए । कार्यक्रममा ओइपिएलका सबै कर्मचारी र डिसमिडिया नेटवर्कका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

post image

भदौ २९, सुनसरी । अब हरित नगर सुनसरीको इटहरीबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ । चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी मोवाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

डिजिटल प्रोफाइल र मोवाइल एप बनाउने प्रक्रिया सुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भएको छ । इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ । अनलाइन र अफलाइन हेर्न सकिने निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवर्द्घन केन्द्रले जनाएको छ ।

प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति हुने छ ।

यस्तै घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको छ कि छैन, एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी, स्वास्थ्य र ब्यक्तिगत बीमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने छन् ।

नगरप्रोफाइलमा नगरपालिकाको चिनारी, जनसंख्याको सबै पक्ष समेटिएको बिस्तृत जानकारी, आर्थिक बिबरण, भूउपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, ब्यापार तथा ब्यवसाय सम्बन्धी जानकारी समेटिने छ ।

यसैगरी बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।

post image

 भदौ २५ ,काठमाडौँ । नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्सले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै हरेक नेपालीहरुको घरमा पुर्याउदै आयको छ।

भर्खरै सम्पन्न भएको फिफा बिश्वकपलाइ समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाइ पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ। दक्षिण एशियाका ७ रास्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि शुरु भइ भाद्र ३० सम्म चल्नेछ, प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१मा एच डि पिकचार क्वालिटिमा हेर्न सकिने छ।

आफ्ना ग्राहकहरुको बिश्वाश र रुचिअनुसार भविष्यमापनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ। एच डि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको कुरा पनि कम्पनीले जनाएको छ।

post image

भदौ १०, काठमाडौँ । एनसेलले जल तथा मौसम विज्ञान विभागसंग सहकार्य गर्ने भएको छ। समझदारीपत्रमा एनसेलका तर्फबाट कम्पनीका प्रमुख सूचना अधिकृत विशाल उपाध्याय र जल तथा मौसम विज्ञान विभागका तर्फबाट विभागका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् ।

नयाँ समझदारीपत्रले एनसेल र जल तथा मौसम विज्ञान विभागले आगामी पाँच वर्षसम्म पूर्व सूचना प्रणालीको संचालन तथा विस्तारमा सहकार्य गर्दै बाढी र पहिरोको जोखिममा रहेका थप समुदायलाई पनि यस प्रणालीमा समावेश गराई त्यसको लाभ प्रदान गर्ने उद्देश्य लिएको छ ।

एनसेल र जल तथा मौसम विज्ञान विभागले २०७३ देखि नै पूर्व सूचना प्रणालीको संचालनका लागि सहकार्य गर्दै आएका छन् । सहकार्यको शुरुवात देखि नै एनसेलले बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने जनसमुदायलाई बाढी पहिरोको जोखिम बारे उनीहरुको आफ्नै मोबाइलमा एसएमएस मार्फत पूर्व सूचना प्रवाह गर्दै आएको छ । यस सहकार्यले जोखिम क्षेत्रमा जनधनको क्षतिलाई न्युन गर्न मद्दत पुर्याउदै आएको छ ।

‘‘एनसेलमा हामीले विपत पूर्वतयारी तथा प्रतिकार्यलाई हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वको एक प्रमुख स्तम्भको रुपमा अंगिकार गरेका छौं । यसै पहल अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाइ थप मजबुत बनाउन पाउँदा हामी हर्षित छौं । यो सहकार्यले हामी अप्ठ्यारो परिस्थितिमा पनि आफ्ना ग्राहकसँगै छौं र उहाँहरुलाई सेवा प्रदान गरिरहन कटिबद्ध छौं भन्ने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ । पूर्व सूचना प्रणाली सम्बन्धित यस पहलले आपतकालिन अवस्थामा पनि प्रविधिको प्रयोग गरी कसरी सामाजिक लाभ लिन सकिन्छ भन्ने तथ्य पनि उजागर गरेको छ,’’ एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले भने ।

यो नयाँ समझदारीले बाढी तथा पहिरो पूर्व सूचना प्रणालीका लागि एनसेल र जल तथा मौसम विज्ञान विभागको सहकार्यलाई थप पाँच वर्षका लागि औपचारिकता प्रदान गरेको छ । यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढी पहिरोको जोखिममा रहेका तल्लो तटिय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएस मार्फत प्रदान गर्दै आएको बाढी पहिरो सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ ।

यसका साथै, कम्पनीले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु संचालन तथा विस्तारका लागि पहिलो वर्ष २५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स वापत रु १५ लाख सहयोग गर्नेछ ।

यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ । साथै विभागले जति नयाँ टेलिमेन्ट्रि उपकरणहरु जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु विस्तार गर्दै जान्छ एनसेलले पनि त्यसै बमोजिम सिम तथा कनेक्टिभिटि सुविधा प्रदान गर्दै जानेछ ।

यसले जोखिममा रहेका अझै बढि नागरिकहरुलाई सुरक्षित रहन सहयोग गर्दै जनधनको क्षतिलाई घटाउन योगदान गर्नेछ । यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ र त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ ।

त्यसैगरी, ग्राहकहरुले जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिती र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सक्नेछन् ।हाललाई यो पूर्व सूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटिय क्षेत्रहरुमा लागु गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका वासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउदै आएकोछ ।

post image

भदौ ,काठमाडौं सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रबन्ध निर्देशकबाट हटाइएकी कामिनी राजभण्डारीको रिटमा अन्तरिम आदेश नदिने निर्णय गरेको छ। सरकारले आफूलाई हटाउने गरी गरेको निर्णय बदर गर्न माग गर्दै उनी भदौ गते रिट लिएर सर्वोच्च अदालत गएकी थिइन्। न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले उनले माग गरेअनुसार अन्तरिम आदेश जारी नहुने निर्णय गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।

 

तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी राजभण्डारीलाई साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो। सरकारले गलत मनसाय राखेर आफूलाई हटाएको भन्दै उनले सर्वोच्चमा रिट दिएकी हुन्। केपी ओली नेतृत्वमा सरकार गठन भएपछि उनलाई दुई पटक स्पष्टिकरण सोधिएको थियो। राजभण्डारीले दिएको जवाफ चित्त नबुझेको भन्दै उनलाई सरकारले पदबाट हटाउने निर्णय गरेको थियो। टेलिकमको सेवा विस्तार तथा व्यवसाय प्रवर्द्धनमा भनेजस्तो काम गर्न नसकेको भन्दै सरकारले उनलाई पहिलो पटकको स्पष्टिकरणपछि काम गर्ने मौका दिएको तर उक्त समयमा काम गर्न नसकेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आरोप लगाएका थिए।

 

अघिल्लो वर्षभन्दा नाफा घटेको, सामान्य टावर पनि विस्तार गर्न नसकेको, फोरजी विस्तारमा अनियमितता गर्न खोजेको जस्ता आरोप सरकारले राजभण्डारीमाथि लगाएको छ। उनको कार्यशैलीबाट टेलिकम अघि बढ्न नसक्ने निष्कर्षमा पुगेर सरकारले हटाउने निर्णय गरेको मन्त्री बाँस्कोटाको भनाइ थियो। अघिल्लो वर्षभन्दा सञ्चालन आय अर्ब घटेको सेवा सुविधा पनि बढाउन नसकेको आरोप उनीमाथि थियो।

काठमाडौं पोखराबाहेक अन्य स्थानमा फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसंचार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा बिच्छ्याइने अप्टिकल फाइबरमा ढिलाइ भएको, टेलिकमको गुणस्तर बढ्न नसकेको जस्ता विषयलाई लिएर सरकारले उनीसँग पहिलो पटक स्पष्टिकरण मागेको थियो। दोस्रो पटक उनलाई ती काममा प्रगति केके भयो भनेर फेरि स्पष्टिकरण सोधिएको थियो।

post image
साउन २७,अमेरिका।  अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ।

यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ। यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ। रासस/एएफपी

post image

साउन २४,काठमाडौँ। सिम टि.भी. ले थप मनोरञ्जनात्मक सामाग्रीहरु सार्वजनिक गरेको छ । सिम टि. भी. ले आफ्ना ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु प्रशारण गर्ने क्रममा रमाइलो एच.डि. , एक्सन स्पोर्टस् एच.डि. , प्लस मुभि , जुनियर टि.भि. , बलिउड बिट्स, सिने हिट्स  र गुञ्जन जस्ता मनोरञ्जनात्मक च्यानलहरु थप गरेको हो ।

प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरेको छ ।  रमाइलो एच.डि. मा नयाँ नेपाली हाँस्य श्रृंखला ( माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला – आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिनेछ  ।

नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एच.डि. मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण का साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् ।

त्यस्तै प्लस मुभि  च्यानल मा दैनिक लोकप्रिय नेपाली सिनेमाको मज्जा लिन सकिने सिं टिभी स्रोतले जनाएको छ  । साना भाइ बहिनी तथा बालबालिकाले  जुनियर टि.भि. मार्फत कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरुको मज्जा लिन सक्नेछन् । यो नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल हो । बलिउड बिट्सच्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सक्नुहुनेछ ।

त्यसैगरी गुञ्जन च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्नेछ । विशुद्ध नेपाली चलचित्रका गीतहरु मात्र प्रशारण हुने च्यानल सिने हिट्स मा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन  सक्नेछन् ।

अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टि.भि.का ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्ने सिं टिभीले बताएको छ  । सबैभन्दा भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टि.भी. प्रयोग गरी एक्सक्लुसिव च्यानलहरुको निःशुल्क सेवाको भरपुर मनोरञ्जन लिन सिमि टिभी परिवारले सबैलाई आग्रह गरेको छ  ।

post image

साउन १८, काठमाडौं । प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ।

स्टिभ जब्सले कम्प्युटर बनाउन आफ्ना इञ्जिनियर साथी स्टिभ वुजनेकसँग मिलेर सन् १९७६ मा यो कम्पनी स्थापना गरेका थिए। केही वर्षपछि जब्स आफैं कम्पनीबाट निकालिए। त्यसपछि कम्पनी टाट उल्टिने संघारमा पुगेको थियो। त्योबेला यसको प्रतिसेयर मूल्य एक डलरमा झरेको थियो। अहिले २०७ डलरभन्दा बढी पुगेको छ। यो कम्पनीले यति ठूलो आकार लिनुलाई अभूतपूर्व छलाङका रुपमा लिइएको छ।

सन् १९९६ मा जब्सको फिर्तीपछि एप्पल नाफामा जान थाल्यो। त्यो वर्ष यसको बजार मूल्य ३ अर्ब डलर थियो। जब्सले कम्पनी विस्तार गर्दै ल्यापटप र कम्प्युटरसहित मोबाइल, आइप्याड, आइपड, टिभी, घडी लगायत उत्पादन गर्न थाले जुन अहिले पनि जारी छ।

गत वर्षमात्र एप्पलले २८ करोड वटा आइफोन, आइप्याड र म्याक बिक्री गर्यो। यसैले कम्पनीलाई १० खर्ब डलरको उचाइमा पुर्याएको हो। सबै प्रमुख अटोमोबाइल कम्पनीहरूको मूल्य जोड्दा पनि एप्पलको बराबर पुग्दैन। यसमा टोयोटा, बिएमडब्लु, होन्डा, फक्सवागन, फोर्ड, जनरल मोटर्स, टेस्ला, ड्याम्लर, ह्युन्डाइ, किया, मित्सुबिसी, निसान, फरारी लगायत अधिकांश नाम चलेका कम्पनी पर्छन्।

अमेरिकाकै मिडिया कम्पनीको कुरा गर्ने हो भने, एटिएन्डटि, वाल्ट डिज्ने, कमकास्ट, ट्वान्टी फस्ट सेन्चुरी फक्स, नेटफ्ल्क्सि लगायत सबै प्रमुख प्रकाशन तथा टेलिभिजन च्यानलहरूको मूल्य जोड्दा पनि १० खर्ब डलर पुग्दैन।

आजको बजारमा एप्पललाई टक्कर दिने हैसियत भएका तीन वटा मात्र कम्पनी छन्ः गुगल, माइक्रोसफ्ट र अमेजन। यी तीनै प्रविधि क्षेत्रकै हुन् र सबैको कारोबार मूल्य जोड्दा २५ खर्ब डलरभन्दा बढी हुन्छ। र, यिनको मूल्य वृद्धि रफ्तार उच्च छ। यसमा पनि अमेजन चाँडै नै १० खर्ब डलर पुग्ने अनुमान विश्लेषकहरूले गरेका छन्।

 बेलायती अखबार द गार्जियनका अनुसार एप्पलको यो बजारमूल्य टर्की र स्वीटजरल्यान्डको समग्र अर्थतन्त्र बराबर हो। त्यस्तै संयुक्त अधिराज्य (युके) को समग्र अर्थतन्त्रको एक तिहाइ हो।

post image

साउन १८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिले सहज सेवा प्रवाह, आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले छिमेकी भारत र चीनले सूचना प्रगतिमा गरेको प्रगतिलाई आत्मसात् गरी कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन आदिका क्षेत्रमा यसको प्रयोगको व्यापकता गरिने बताएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित ‘डिजिटल नेपाल कन्फरेन्स’मा बोल्दै उनले नागरिकको जीवन सहज बनाउन तथा सूचना एवं ज्ञान बाँड्न सम्मेलनबाट प्राप्त सुझावबाट सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न योगदान मिल्ने बताए।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले राष्ट्रिय परिचयपत्र बनाइ एकै परिचयपत्रबाट सबै सेवाका लागि प्रयोग गराउने नीति लिएकामा त्यसका लागि डिजिटल नेपाल लागू हुनु अत्यावश्यक भएको बताए।

फ्रोष्ट एण्ड सुलिभानका अन्तर्राष्ट्रिय अध्यक्ष अरुप जुट्थीले ‘डिजिटल नेपालः समृद्ध नेपाल र सुखी नेपालीका लागि सामाजिक र आर्थिक कार्यढाँचा’ बारे कार्यपत्र प्रस्तुत गर्दै डिजिटल क्रान्तिले आर्थिक रुपान्तरणलाई तीव्र बनाउँदै नेपाललाई विकसित बनाउने बताए। उनले परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिको प्रयोगबाट सिर्जनशील र सहज बनाउन सकिने जनाए।

post image

साउन १७, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अनलाइनमार्फत मोबाइलको आइएमइआइ नम्बर दर्ता गर्न र हराएको मोबाइल खोज्न सकिने सेवा सुरु गरेको छ। विदेशबाट ल्याएका मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी ‘आइएमइआइ’ दर्ता गर्न र मोबाइल चोरी भएका पत्ता लगाउन प्राधिकरणले गत फागुनदेखि अनलाइन सेवा सुरु गरेको हो।

मीनप्रसाद अर्यालका अनुसार हराएको मोबाइल नेपालभित्रै रहे एकसाताभित्र पत्ता लाग्नेछ। मोबाइल हराएको आवेदन प्राप्त भए पछि प्राधिकरणले नेपाल टेलिकम, एनसेल लगायतका सेवा प्रदायक कम्पनी र  नेपाल प्रहरीसँगको सहकार्यमा मोबाइल खोज्ने गरेको उनले बताए। मोबाइल हराएपछि अनलाइन रजिष्ट्रर गरेपछि प्राधिकरणले सेवा प्रदायक कम्पनीसँग कल डिटेल लिन्छ। त्यही कल डिटेल प्रहरीलार्इ दिएपछि मोबाइल खोजी सुरु हुने गरेको उनले बताए।

हराएका मोबाइल खोज्न इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टीटी (आइएमइआइ) नम्बर अनिवार्य रुपमा हुनुपर्ने प्राधिकरणले जनाएको छ।

अनलाइनमार्फत आइएमइआइ नम्बर दर्ता गर्ने बिक्रेता ३० र व्यक्तिगत भने २ सय १० पुगेको छ। ग्राहकले मोबाइल हराएपछि eir.nta.gov.np वेबसाइटमा दर्ता गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ। गत वैशाखदेखि असारसम्म ८७ जना मोबाइल हराएको भन्दै अनलाइनमा आवेदन दिएका छन्।

post image

साउन ११, काठमाडौँ । सामसङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ । अब सामसङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ ।  वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानले हरियो झण्डा पाएको छ ।

सामसङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो । टेस्टिङ कम्पनी OSHA (the Occupational Safety and Health Administration of the U.S. Department of Labor) का अनुसार यी OLED प्यानललाई विद्युतीय उत्पादन जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याब्लेट पिसिमा पनि प्रयोग गरिनेछ ।

सामसङले आफ्नो नयाँ प्यानललाई फोर्टिफाइड प्लाष्टिक विन्डोले कोट गरेको छ जसका कारण यो फुट्दैन । सामसङले परिक्षणको क्रममा यसलाई चारदेखि ६ फिटमाथिबाट खसाल्दा पनि नफुटेको दाबी गरेको छ ।

सामसङ डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, ‘प्लाष्टिक विन्डोको कुरा गर्नुपर्दा यो एक पोर्टेबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ । यो फुट्दैन । यो निकै हल्का र दह्रो हुन्छ । यसले एउटा ग्लासको रुपमा काम गर्छ ।’ अन्डराइटर्स ल्याबोरेटरीजले सामसङ डिस्प्लेले यूएस डिपार्टमेन्ट अफ डिफेन्सले गरेको परिक्षण पास गरेको छ ।

सामसङको नयाँ स्क्रिनले उसको फोल्डेबल स्मार्टफोनमा निकै काम लाग्ने अनुमान गरिएको छ । सामसङ डिस्प्लेले foldable OLED display panel  बनाउनका लागि कोरियाको आसानमा  पाइलट लाइन बनाउने योजना बनाइरहेको छ । त्यसलगत्तै सामसङले यस्ता प्यानल बनाउने काम सुरु गर्ने बताइएको छ । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म यस्ता १० हजार प्यानल बनाइने र अर्को वर्षसम्म यो आँकडा १ लाखसम्म पुर्याइने जानकारी दिएको छ ।

post image

असार २८,काठमाण्डौ । नेपालका यूवा वैज्ञानिक राजकुमार थापाले न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको अन्तराष्ट्रिय स्तरमा मान्यता पाउँदापनि नेपाल सरकारबाट सहयोग नभएको गुनासो पोखेका छन् ।

बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको तर्फबाट आफ्नो अभियानप्रति चासो नरहेको गुनासो पोखे । उनले करिब दूई बर्ष पहिले रिपोर्टर्स क्लबमै आएर पत्रकार सम्मेलन गरि न्यूटनको चालसम्बन्धि तेस्रो नियम त्रुटि भएको दाबी गरेका थिए । तर नेपाल सरकार तथा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यसप्रति चासो नलिएको सुनाए ।

उनका अनुसार ‘‘कुनै दुई वस्तु सम्पर्कमा रहँदा दिने क्रिया र प्रतिक्रिया वस्तुको संरचना र अवस्थामा भर पर्दछ ।’’ उनको यो सिद्धान्तलाई अष्ट्रियाको भियनामा कन्फेरेन्स सिरिजद्धारा आयोजित हालै सम्पन्न भएको एगचभ बलम ब्उउष्भिम एजथकष्अक द्दण्ज्ञड नामक सम्मेलनमा आफ्नो नयाँ सिद्धान्त स्विकार भएको थापाको दाबी छ ।

आफूले प्रतिपादन गरेको नयाँ सिद्धान्तले नेपाललाई विश्वसामू चिनाउन सफल भएको पनि उनको जिकिर छ । आफूलाई यस्तो अवस्थामा नेपाल सरकारको तर्फबाट भने अलिकति पनि सहयोग नपाएको थापाले बताए ।युवा वैज्ञानिक थापाले भने,‘मेरो यो अभियानलाई अन्तराष्ट्रिय जगतले सहयोग गरेको छ । तर मैले नेपाल सरकार समक्ष सहयोगको लागि ढोका ढकढकाउँदा पनि बेवास्ता गर्यो । मेरो यो गूनासो शिक्षा मन्त्रीसमक्ष पनि पुगेको छ, तर कोष नभएर विषय दिन नसकेको भनेर सहयोग पाईन्, एकदमै दुःख लागेको छ ।’

थापाले अघि थपे,‘मैले करिब दूई वर्ष अघिदेखि अनुसन्धान जारी राखेको थिएँ र पहुँच भएको मान्छेबाटे सहयोग भएन र पूर्ण रुपमा सफल भएन । र घरबाट बसेर मिडियाको सहयोग लिनुपर्यो ।’नेपाल सरकारको यदि सहयोग भएको खण्डमा उनले नयाँ सिद्धान्तको पनि प्रतिपादन गर्ने नयाँ घोषणा गरे । यसैक्रममा प्रकाशको माध्यमबाट रोग निको पार्ने सिद्धान्त ल्याउन खोजेको बताउदै यसको निम्ति सरकार लगायत विभिन्न व्यक्ति, संघ तथा संस्थासमक्ष सहयोगको अपिल गरेका छन् ।

यसैक्रममा राज कुमार थापाका सहयोगि मोहन विकले देशको विकासका लागिपरेका यस्ता व्यतिmलाई सरकारले सहयोगको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले भने,‘नेपाललाई नयाँ मोड र सिद्धान्त दिने यस्तो सिर्जनशिल युवा वैज्ञानिकलाई सरकारले सहयोग गर्नुपर्छ, अनिमात्र विश्वमा चिनाउन सक्छ ।त्यसैगरी राष्ट्रवादी विद्यार्थी संघका सचिव अनिल थारुले सरकारको पर्याप्त सहयोगको अभावले वैज्ञानिक विद्यार्थीहरु भविष्य नभएर विदेशिनुपर्ने वातावरण भएको बताए । यसको लागि उनले सरकारलाई दबाब दिन आग्रह गरे ।

 

post image

असार २८,काठमाडौं ।  ट्वीटरले नक्कली तथा शंकास्पद मानिएका झण्डै ७ करोड अकाउन्ट बन्द गरिदिएको छ ।  गत मे महिना यता यतिठूलो संख्यामा अकाउन्ट बन्द गरिएको वासिंटन पोष्टले उल्लेख गरेको छ ।

ट्वीटरको प्लाटफर्मलाई सफा गर्ने पछिल्लो एकत्रित प्रयास अन्तर्गत ट्वीटर अकाउन्ट बन्द र निलम्बन गरिएको बताइएको छ । यसरी बन्द गरिएका मध्ये अधिकांश ट्रोलका लागि प्रयोग गरिएका तथा स्वचालित बोट्सबाट चलाइने गरिएका थिए ।

यस विषयमा ट्वीटरले कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन, तथापि सोसल नेटवर्कमा प्रयोगकर्ताको अन्तक्रियालाई प्रभावकारी बनाउने प्रयास गरिरहेको स्वीकारेकाे छ । सोसल मिडियामा सयौँ हजार स्वचालित बोट्सहरुद्वारा सञ्चालित अकाउन्ट रहेको खुलासा गर्ने शोधकर्ता जुआन गुजम्यानले ट्वीटरद्वारा वषौँदेखि यस्ता स्वचालित ट्विट नियन्त्रणमा प्रयास नभएको बताउने गरेका थिए ।

ट्वीटरका एक अधिकारीका अनुसार अहिले ट्वीटरले जुनसुकै मूल्यमा वाकस्वतन्त्रतालाई प्रवद्र्धन गर्ने कुरामा भन्दा पनि प्रयोगकर्ताको सुरक्षामा ध्यान दिइरहेको छ । उनका अनुसार वाक स्वतन्त्रताको विषयसँग कसैको बोल्ने स्वतन्त्रताले अर्काको बोलीमा असर पूराउन सक्ने विषयलाई कसरी सन्तुलनमा राख्ने भन्ने विषयमा ट्वीटरले ध्यान दिन थालेको उनको भनाइ छ । उनका अनुसार जबसम्म मानिसहरु सुरक्षित महसुस गर्दैनन् तबसम्म वाक स्वतन्त्रताले कुनै अर्थ राख्दैन ।

 

post image

असार २६,काठमाडौँ। काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले सोमबार रत्नपार्क, सुन्धारा र न्युरोडमा चिन्हको जडान गरिरहेको छ।

एडगुरुका सह संस्थापक सौरभ रिमालका अनुसार आगामी दिनमा महानगरपालिकाका अन्य ठाउँमा पनि चिन्ह जडान गरिनेछ। एडगुरुको परियोजनाबाट आफुहरु खुशी रहेको बताउँदै काठमाडौं महानगरपालिकाका मेयरले विद्यासुन्दर शाक्यले यसले सुन्दर सहर निर्माणमा टेवा पुर्याउने छ।

‘काठमाडौंको ट्राफिक व्यवस्थापनमा पनि यसले सहयोग पुग्ने छ’, मेयर शाक्यले भने, ‘साइनसँगै रहेका विज्ञापन बोर्डबाट महानगरपालिकाले राजश्व संकलन गरि त्यो रकम महानगरको विकासमा खर्चिने छ।’

स्मार्ट सिटी चिन्हहरूको प्रयोगले काठमाडौं जस्ता अति व्यस्त शहरहरूमा दैनिक जसो हुने सवारी दुर्घटनामा कमी आउने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा आइजीपी सर्वेन्द्र खनालले बताए। काठमाडौं महानगरभित्र ट्राफिक व्यवस्थापन एक गम्भीर चुनौती देखिएको वर्तमान समयमा उक्त स्मार्ट सिटी चिन्हको प्रयोगले प्रभावकारी व्यवस्थानमा सहयोग पुग्ने उनको भनाई छ।

post image

असार २०,काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिभिल एभिएसन एकेडेमी विस्तार गर्ने भएको छ। ठिमीस्थित एक सय ८९ रोपनी जग्गामा एकेडेमी विस्तार गर्न लागिएको प्राधिकरणका उप-महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले बताए।

प्राधिकरणले आठ वर्ष अगाडी बनाएको योजना चालु वर्षदेखि कार्यान्वयनमा आउनेछ।’अहिले नक्सा पासको कामको लागि समन्वय भइरहेको छ। भक्तपुर नगरपालिकाले अनुमति दिएपछि निर्माण कार्य अगाडी बढ्नेछ’ श्रेष्ठले भने। एकेडेमीमा कार्यमूलक शैलीमा तालिम दिनका लागि जग्गा धेरै चाहिने उनले बताए। इलेक्ट्रोनिक्स टेलिकम्युनिकेशन, मेकानिकल ट्रेनिङ, रिफ्रेसर ट्रेनिङ, होस्टल, एड्मिनिस्ट्रेटिभ ट्रेनिङ, म्यानेजमेन्ट ट्रेनिङ लगायत तालिम दिइने श्रेष्ठले बताए।

एकेडेमीले एटिएस, इन्जिनियरीङ, रेस्क्यु एण्ड फायर फाइटीङ, एभिएसन सेक्युरीटी, करिकुलम डेभलपमेन्ट, ट्रेन एयर, फ्लाइट सेफ्टी ट्रेनिङ, क्वालिटी एस्योरेन्स लगायतका संकायमा प्रशिक्षण दिँदै आएको छ।गत वर्ष प्राधिकरणले एटिएस र रेस्क्यु एण्ड फायर फाइटिङ क्षेत्रमा  तीन सय जनशक्ति उत्पादन गरेको उनले बताए। हाल एकेडेमीमा प्राधिकरणबाट निवृत्त भएका कर्मचारीले प्रशिक्षण दिँदै आएका छन्।

आन्तरिक तथा दक्षिण एसियाका सबै प्रशिक्षार्थीका लागि अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण दिनका लागि ठिमीमा एभिएसन एकेडेमी विस्तार लागिएको उनले जानकारी दिए। प्राधिकरणले सबै पूर्वाधार तयार भएपछि अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षार्थीलार्इ पनि तालिम दिने उनले बताए। हाल नागरिक उडडयन प्राधिकरण आइकाओसँग सम्वन्धित ट्रेनर र सदस्य रहेको बताउँदै उनले भने,’हामीले आन्तरिक जनशक्तिको  उत्पादन गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरले दक्ष जनशक्तिको उत्पादन गर्ने उद्धेश्य लिएका छौँ।’यो एकेडेमी बनाउन तीन वर्ष लाग्नेछ।प्राधिकरणले एक सय रोपनी जग्गा सरकारसँग माग गरिसकेको छ।

post image

असार १९,काठमाडौँ । सर्जक र स्रष्टा अनुबन्धित कृतिहरुलाई सहज माध्यमबाट दर्शक र स्रोतामाझ पुर्याउने र सिर्जना चोरी (पाइरेसी) नियन्त्रण गर्ने मूल उद्देश्यका साथ फोपी एप सार्वजनिक गरिएको छ। एप निर्माता तथा आविष्कार टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले नेपाली  कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ पुर्याउने बिश्वास व्यक्त गरे ।

यो एपभित्र डाउनलोड गरिएका सामग्री कुनै पनि हालतमा अरु ठाउँमा सार्न र कपी गर्न नमिल्ने प्रविधि प्रयोग गरिएको छ। यो एउटा स्वतन्त्र माध्यम हो, जसमा मिडिया सामग्री बनाउने र वितरण गर्ने विभिन्न ठूला तथा साना संस्थाहरू आबद्ध रहेको उनले बताए। यो एपमार्फत जोकोही सर्जक, व्यक्ति अथवा मिडिया कम्पनी जोडिएर आफ्ना सिर्जना दर्शकमाझ पुर्याउन सक्छन्।

फोपीलाई तीन प्रकारले प्रयोग गर्न मिल्ने बनाइएको छ। सीधा एप डाउनलोड गरी वाईफाईबाट हेर्न मिल्छ। उपभोक्ताले चाहेका सामग्री एपबाटै किनेर हेर्न सक्छन् । अर्को, तोकिएको फोपी पसलबाट उचित रकम तिरेर आफ्नो फोनमा सामग्री लोड गर्न सकिन्छ। यो सुविधा वाईफाई नभएको खण्डमा पनि प्रयोग गर्न सकिन्छ।

तेस्रो, सार्वजनिक स्थलहरू होटल, रेस्टुराँ, सवारीसाधनमा फोपी हटस्पट सञ्चालन गरिनेछ। यी ठाउँमा फोपीको वाईफाई हटस्पटमा कनेक्ट गरी फोपी चलाउन सकिन्छ।

यसमा नयाँ तथा पुराना नेपाली चलचित्र, गीत, सिरिज, नेपाली साहित्यका उत्कृष्ट पुस्तक वा सिर्जनाको पोडकास्टलगायत अन्य मनोरञ्जनात्मक सामग्री एकै ठाउँमा हेर्न र सुन्न सकिन्छ। ती सामग्री किन्न पनि प्राविधिक रूपमा धेरै सरलीकृत गरिएको कार्कीले बताए। ‘मूल्य पनि न्यूनतम तोकिएको छ । सर्जकलाई पनि उनीहरूको योगदानअनुसार आर्थिक लाभ हुनेछ’ उनले भने।

प्रयोगकर्ताले सीधै आफ्नो मोबाइलको ब्यालेन्स र ई– सेवाबाट तिर्न सक्नेछन्। साथै, फोपी पसलमा पसलमा गई ब्यालेन्स राख्न सकिने बताइएको छ। विदेशमा बस्ने नेपालीहरूका लागि अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट माध्यम प्रयोग गर्ने सुविधा दिइने कार्कीले बताए।

post image

असार १७, काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए नभएको सूचना एसएमएसबाटै पाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार एनएमटी टाइप गरेर ३४८४८ मा म्यासेज पठाए सडकको स्थितिको सूचना प्राप्त गर्न सकिनेछ ।

सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको महाशाखाले जनाएको छ ।

post image

असार १३, काठमाडौं। एनआइसी एसिया क्यापिटलले मोबाइल एप्स सेवा सुरु गरेको छ। कम्पनीले  लगानीकर्तालई सुचित गर्दै उपयुक्त निर्णय लिन सक्षम बनाउन एप सेवा सुरु गरेको हो।

एनआईसी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलको एप स्टोरमा निस्शुल्क उपलब्ध हुने छ।  मोबाइल एपमार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एनआईसी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्यको जानकारीसमेत प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

नेप्से बजार रिपोर्टका साथै एनआईसी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। एनआईसी एशिया क्यापिटल मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूलक सेवाहरु प्रविष्ट गर्दै जाने कम्पनीका ब्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी दिए।

post image

असार १२, काठमाडौँ ।  ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ। टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताए।

“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उनले भने। ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ। विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था (इन्टेलिजेन्स) ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन्।

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ। यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन्। यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले सबैमा अनुरोध गरे।

संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए। रासस

post image

असार ८,काठमाडौँ । हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा काठमाडौको याक एन्ड यति होटलमा “ सूचना सञ्चार प्रविधिमा रोजगारी : अवसर र चुनौति” विषक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

 नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालयन कलेजको उक्त कार्यशाला गोष्ठीमा नेपालका लागि इजरायलका राजदुत बेन्नी ओमर प्रमुख अतिथि रहेका थिए ।

हिमालय कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक रामेश्वर अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै ‘नेपाल समृद्धिका चरणमा प्रवेश गरेकाले यसका लागि सूचना र सञ्चारको विकास र राष्ट्र निर्माणमा यसको प्रयोग अपरिहार्य रहेकाले यसै अनुसारको जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पुर्याउने धेयले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

 कार्यक्रमका प्रमुख अतिथि इजरायली राजदुतले आजको विश्वलाई सूचना र सञ्चारले नेतृत्व गरेको र इजरायल पनि यस मार्गमा अगाडि बढी सकेको बताउँदै नेपालसँग सहकार्य गरी स्तरीय शिक्षा प्रदान गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रमा उपस्थित त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षा प्रा.डा. सुधा त्रिपाठीले त्रि.वि. गुणस्तीय र व्यवहारिक शिक्षा प्रदान गराउने र विश्वविद्यालय शिक्षाको संरचना परिवर्तन गर्ने तयारीमा रहेको बताउँदै हिमालय कलेज अफ इन्जिनियरिङले आजको विश्व सुहाउँदो शिक्षा प्रदान गर्ने त्रि.वि.को लक्ष्य हासिल गर्नमा निकै ठूलो भूमिका खेलेको भन्दै कलेजको प्रशंसा गर्नु भयो । उहाँले त्रि.वि.का आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरुमध्ये हिमालय कलेज अफ इन्जिनियङ एक उत्कृष्ट कलेज रहेको धारण पनि सार्वजनिक गर्नुभएको थियो।

 इन्जिनियरिङ अध्ययन संस्थानका सुवर्ण शाक्यले कलेजले नेपालको इन्जिनियरिङ क्षेत्रमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै गुणस्तीय इन्जिनियरिङ शिक्षा प्रदान गर्नमा कलेजले अझै महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्विका थापाले सहजकर्ताको भूमिका निर्वाह गरेको कार्यक्रममा लिफ्रगका प्रतिनिधि कृष, क्यानका उपाध्यक्ष रोमकान्त पाण्डेय, नेपाल टेलिकमका सुनिल पोखरेल, विभुषण विष्ट र हिमालय कलेज अफ इन्जिनियरिङका विभागीय प्रमुख अशोक जिएमले विज्ञ समूहको भूमिका निभाउनु भयो ।

सारदा अधिकारीले सञ्चालन गरेको सो कार्यक्रममा कलेजका निर्देशक कपिलदेव रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो भने कलेजका प्राचार्य मदन शर्माले कार्यक्रमको समापन गर्नु भयो ।

 

 

post image

असार ७,काठमाडौँ। ओप्पोले फूटबलर नेयमारसँग सहकार्य गर्ने भएको छ। यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारले ओप्पोको प्रमोशन गर्ने कम्पनीले जनाएको छ। बर्षौको आरएण्ड डी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.० लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओप्पो नै पहिलो स्मार्टफोन ब्राण्ड हो।

यो प्रविधिले विश्व डाटाबेस मार्फत २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ। यसको विकासका लागि आरएण्डडी प्रक्रियाका दौरान कम्पनीले ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्ट्सहरुसँग परामर्श गर्दै सुझाव लिएको थियो।

फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुन्छ। त्रुटीरहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षताको फ्रण्ट क्यामेरा सहित ओप्पोले एफसेवेन सार्वजनिक गरिसकेको छ। यसलाई ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोसेसरले शक्ति प्रदान गरेको छ।

post image

असार ३,काठमाडौं। प्रभु समूहले डिजिटल भिडियो प्रशारणमा आधारित भएर प्रभु टिभी सञ्चालनमा ल्याएको छ। ओटिटी प्रणालीमा आधारित मोबाइल, ट्यावलेट तथा ल्याबटपमा समेत टेलिभिज च्यानल हेर्न सकिने सुविधा ल्याएको छ।

प्रभु टिभी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले उच्च गुणस्तरीय डिजिटल टिभी च्यानलहरु प्रशारण गरिने बताए।

प्रभु टिभी कलसाइन मार्फत डिभिबी(टिटु प्रविधिमा आधारित भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिभी च्यानलहरु उपलब्ध हुने छन्।

पहिलो चरणमा प्रभु टिभी काठमाडौं, चितवन र पोखरामा उपलब्ध हुने छ। त्यसपछि वुटवल, भैरहवा, नेपालगञ्ज लगायतका शहरहरुमा प्रशारण हुने छ।

प्रभु टिभीले बालबालिका, चलचित्र, खेलकुद, संगीत, मनोरञ्जन, सुचनामूलक नेपाल तथा अन्तर्राष्ट्रिय च्यानलहरु प्रशारण गर्ने छ।

एकल प्रयोगकर्ताले ६ महिनाको १६ सय रुपैयाँ तिरेर टेलिभिजन हेर्न सक्ने छ। यसका लागि १ हजार रुपैयाँ सेटअप बक्सका लागि अतिरिक्त शुल्क लाग्ने छ। संस्थागत प्रयोगकर्ताका लागि मासिक २ सय र सेटअप बक्सका लागि ८ सय अतिरिक्त शुल्क लाग्ने छ।

post image

जेठ ३०,काठमाडौँ। सुबिसु केवलनेट (प्रा) लि.ले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “क्लियर टि.भि.वर्ल्‍ड कप किक अफ”अफर ल्याएको छ।

भोलि अर्थात् बिहीबार देखि सुरु हुन गईरहेको विश्वकप फुटबललाई ध्यानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा एच डी सेट अप बक्स जडान सेबा तथा दुई महिनाको क्लियर टिभि पृमियम प्याकेज निशुल्क प्रदान गर्ने जनाएको छ। योजनामा सर्त तथा नियमहरु लागु हुनेछन्।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस (MPLS VPNs), व्यानएथर्नेट(WAN Ethernet), होलसेल आइ.पि ट्रान्जिट(Wholesale IP Transit), एम.भि.पि(MVP), डाटा सेन्टर सोलुसन(Data Center Solution)  जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ।

हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एच डि च्यानलहरु रहेका छन्।

post image

जेठ २९, काठमाडौँ। कम्प्युटर एशोसिएन नेपाल (क्यान ) महासंघले अन्तराष्ट्रियस्तरको सूचना तथा संचार प्रविधि सम्मेलन २०१८ को आयोजना गर्ने भएको छ ।क्यानले बिशेष प्राथमिकताका साथ अन्तरष्ट्रिय बिज्ञ – बिशेषज्ञको उपस्थितिमा उक्त सम्मेलन गर्न लागेको हो ।

काठमाडौंको हिमालय होटलमा आयोजना हुने कार्यक्रम २ दिन(यहि असार ३ र ४ गते ) सम्म सञ्चालन हुने क्यानका महासचिव रञ्जित पोदारले बताए ।

सम्मेलनमा शहरी विकास मन्त्रालय अन्तर्गत स्मार्ट सिटि को मास्टर प्लान बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना प्रविधिको क्षेत्रसँग सम्बनिधत योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण समेत गरिने बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोदारले सम्मेलनमा सञ्चार तथा सूचतना प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, यूएनडीपी, नेपाल पर्यटन बोर्ड लगायतको सहयोग रहने जानकारी दिए ।

कार्यक्रमको मूख्य प्रायोजन सुविसु केबल नेट प्रालिले गर्ने बताइएको छ ।सम्मेलनको सह–प्रायाजनमा भने मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि रहेको छ ।

सम्मेलनलाई योमरी, इसेवा, हुवावे, वल्र्ड लिंक, भायनेट, मर्कन्टायल, म्याक्स कनेक्ट, डिजिकम, इन्फो डेभलपर्स, एनसीआईटी कलेज, लर्डबुद्ध एजुकेशन फाउन्डेसन लयातका संघ संस्थाहरुले समेत सहयोग गर्ने बताइएको छ ।

 

post image

जेठ २७, काठमाडौँ। ट्रायल पास भइसक्दा पनि लाइसेन्स बन्यो कि बनेन भनेर अन्यौलमा रहेका सर्वसाधारणको लागि खुशीको खबर आएको छ । यतिबेला ट्रायल पास भएर पनि लाइसेन्स नपाएका करिब २ लाख सर्वसाधारण अन्यौलमा छन्। अर्थात ट्रायल पास भएर पनि त्यो संख्याको हातमा लाइसेन्स पर्न सकेको छैन।

ट्रायल पास भएको ८/१० महिनासम्म पनि हातमा लाइसेन्स पर्न नसकेको अवस्थामा लाइसेन्सको जानकारी लिनको लागि कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको हो।अब लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन LC (space) Applicant ID टाइप गरी ३१००३ मा एसएमएस पठाएर जानकारी पाउन सकिन्छ।

लाइसेन्सको अन्यौलता मात्रै होइन, लिखित परीक्षाको परिणाम थाहा पाउन पनि यातायात कार्यालयका बिचौलियालाई पैसा दिनुपर्ने बाध्यता रहँदै आएको छ। यो समस्यासहित लाइसेन्सको अन्यौलता हटाउन यातायात व्यवस्था विभागले घरबाटै जानकारी लिन सक्नेगरी एसएमएसको व्यवस्था गरेको छ।

त्यस्तै विभागले लिखित परीक्षाको नतिजाको लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हटाएको छ। लिखित परीक्षाको नतिजा हेर्न WT (space) Applicant ID टाइप गरी ३१००३ मा पठाएर जानकारी पाउन सकिन्छ। सेवाग्राहीलाई कार्यालय धाएर जानकारी लिनु परेकोले यो सेवा सुरु गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले जानकारी दिए।

‘लिखित दिने सेवाग्राहीसँग बिचौलियाले फोन गरेर नतिजा भन्दिन्छौँ भन्दै पैसा उठाउने काम बन्द हुन्छ’ उनले भने ‘हाम्रो कमजोरीका कारण लाइसेन्स लिन नपाएका सेवाग्राहीले घरैबाट लाइसेन्स छापिए नछापिएको थाहा पाउन सक्नु हुन्छ।’ यो सेवाको लागि प्रति एसएमएस ५ रुपैयाँ शुल्क लाग्ने अर्यालले जानकारी दिए।

post image

जेठ २३,काठमाडौँ । एकजना चर्चित इन्टरनेट व्यवसायीले फेसबुक तथा ट्वीटरको विकल्पका रुपमा उभिन सक्ने एउटा सोसल मिडिया प्लेटफर्म स्थापना गर्ने घोषणा गरेका छन् ।

मेगा अपलोड तथा मेगा जस्ता चर्चित क्लाउड कम्प्युटिङ कम्पनीका संस्थापक समेत रहेका किम डोक्टोमले फेसबुक र ट्वीटरलाई राज्यविरुद्धका गम्भीर अपराधीको संज्ञा दिँदै अब तिनीहरुको विकल्प खोज्ने बेला भएको बताएका छन् ।

ट्वीटरमा यसको घोषणा गर्दै उनले सीआर्इएका गोप्य सूचनाहरुको खुलासा गर्ने इडवार्ड स्नोडेन, विकिलिक्सका संस्थापक जुलियन असान्ज र जर्मन ह्याकर एसोसिएसन केओस कम्प्युटर क्लबलाई आफूसँग सहकार्य गर्न आव्हान गरेका छन् ।

डोक्टोम हाल अमेरिका सुपुर्दगीको विरुद्धमा न्युजिल्याण्डमा कानूनी लडाइँ लडिरहेका छन् । अमेरिकाले कपिराइट उल्लंघन तथा ठगीको अपराधमा अदालतमा पेश गर्नका लागि डोक्टोमलाई सुपुर्दगी गर्न न्यूजिल्याण्डसमक्ष आग्रह गरिरहेको छ ।

ट्वीटर भविष्यमा माइ स्पेस जस्तै अनलाइन घोस्ट टाउन बन्ने भविष्यवाणी गर्दै उनले गोपनीयताको वास्तविक तथा पूर्ण संरक्षणका साथै भरोसायोग्य स्राेत सामाग्रीमाथि शून्य सेन्सरसीप भएको वैकल्पिक सोसल नेटवर्क आवश्यक रहेको बताएका छन् ।

डोक्टोमले ट्वीटर अब मृत्युशैयामा पुगिसकेको छ भन्ने तर्क पेश गर्दै यस विषयमा आफ्ना ७ लाख ३२ हजार फलोअर्सकोसँग मत सर्भेक्षण गरेका थिए । त्यसमा सहभागी हुने २० हजार ट्विटर प्रयोगकर्तामध्ये ८९ प्रतिशत उनको तर्कसँग सहमत देखिएका छन् । सरे विश्वविद्यालयका साइबर सेक्योरिटी विज्ञ प्राध्यापक एलान उडवार्ड चाहिँ यो सबै विषय विश्वासको वरिपरि घुमेको बताएका छन् ।

‘के तपाइँ फेसबुक र ट्वीटर सञ्चालन गर्नेहरुलाई भन्दा किम डोक्टोम र जुलियन असान्ज आदिलाई विश्वास गर्न सक्नुहुनछ ?’, उनी प्रश्न गर्दछन् । फेसबुक र ट्वीटरजस्ता सोसल मिडियाहरु पछिल्लो समयमा बढ्दो तनावबाट गुज्रिरहेका र निकै पाठ सिकिरहेका भन्दै उनले नयाँ सोसल मिडियाहरुले पनि यसरी नै सिक्नुपर्ने उनको भनाइ छ । बीबीसी

post image

जेठ २१,काठमाडौँ।  सुचना तथा संचार प्रविधिको क्षेत्रमा कार्य गर्दै आइरहेको कम्प्युटर  एशोसियसन नेपाल महासंघ ले प्राविधिक शिक्षातर्फ छात्रवृत्ति प्रदान गर्ने भएको छ । काठमाडौँको मैतिदेबीमा रहेको सूचना प्रविधि बिषयमा अध्यापन गराउने कलेज लर्ड बुद्धसंग सहकार्य गरेर छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

छात्रवृत्तिलाइ लिएर आज क्यान महासंघका अध्यक्ष हेमन्त चौरासिया र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलानबीच एक पत्रकार सम्मेलनमा हस्ताक्षर भएको छ ।

“ नेसनल आइसीटी स्कलरशिप – २०७५ “ नाम दिइएको यस छात्रबृत्ति योजना अन्तर्गत सातै प्रदेशका बिद्यार्थीहरुलाई समान अवसर प्रदान गरिने आयोजक पक्षले जनाएको छ । कुल ४९ जनालाई प्रदान गर्न लागिएको यस छात्रवृत्ति योजनामा प्रत्येक प्रदेश बाट १ /१ जना छात्रालाईपूर्ण छात्रवृत्ति दिईनेछ भने बाँकी लाइ आशिक रुपमा प्रदान गरिनेछ ।

ग्रामिण क्षेत्रम पनि सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुंच पुर्याउनमा यस योजनालेटेवा पुग्ने बिश्वाश आयोजकले लिएको छ । सम्झौताअनुसार फिमेल मेरिट स्कलरसिपमा २८ जना र आइसीटी मेरिट तर्फबाट २१ जना गरेर कुल १ करोड ८३ लाख  ३६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिनेछ  ।

छात्रवृत्ति पाउने बिद्यार्थीहरुले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटीअफ टेक्नोलोजीएण्ड इनोभेशनको एफिलेशनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउन्डेसनमा स्नातक अन्तर्गत बि एस सी आइटी अध्ययन गर्न पाउनेछन ।छात्रवृत्तिका लागि इच्छुक बिद्यार्थीले क्यान महासंघको वेबसाइट www.can.org.np र लर्ड बुद्धको वेबसाइट www.Ibef.org बाट २०१८ जुलाई २५ तारिक सम्म आवेदन दिनसक्नेछन  ।

post image

काठमाडौं । टी.भी. ब्राण्ड टि.सि.एल.ले “मेरो टिम मेरो विश्वास” अन्तर्गत टी.भी.हरुको खरिदमा २५ प्रतिशत सम्मको छुटको अफर ल्याएको छ । फुटबलको महाकुम्भलाई लक्षित गर्दै, विश्वकै तेस्रो ठूलो टी.भी. ब्राण्ड टी.सी.एल.ले आफ्ना ग्राहकका लागि “मेरो टिम मेरो विश्वास” अन्तर्गत टी.भी.हरुको खरिदमा २५ प्रतिशत सम्मको छुट ल्याएको हो ।

२० इन्च देखि ६५ इन्च सम्मको स्मार्ट÷ननस्मार्ट मोडलहरुमा उपलब्ध टी.सी.एल.का टी.भी.हरुको मूल्य ग्राहकहरुको रोजाई बनेकोे कम्पनीको दावी छ । भखरै टी.सी.एल. ले आफ्नो टेलिभिजहरुमा ३ वर्षको वारेण्टी अफर पनि प्रदान गरेको छ । चौधरी ग्रुप अन्र्तगतको सी.जी. इलेक्ट्रोनिक्सले नेपालमा टी.सी.एल. विक्री वितरण गर्दै आएको छ ।

post image

१५ जेठ, काठमाडौं । सर्च इञ्जिन गुगलले नेपालको गणतन्त्र दिवस र सगरमाथा दिवस (एभरेष्ट डे) काे अवसरमा मा विशेष डुडल सार्वजनिक गरेको छ । गुगलले बनाएको डुडलमा हिमालको चित्रलाई बीचमा राखेर ध्वजापतका फहराइएको छ ।

गुगलले विशेष दिन र अवसरहरुमा यस्ता डुडल सार्वजनिक गरेर ती दिनलाई महत्व दिने गरेको छ । मे २९ तारिखमा तेन्जिङ नार्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथामा पहिलाे पटक पाइला राखेका थिए ।

post image

जेठ १३, काठमाडौँ । विश्वकप फुटबल २०१८ नजिकिएका बेला वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने योजना ल्याएको छ। ‘बीस तीस पच्चास, वल्र्डकप झक्कास्’ नामक प्याकेज किन्ने फुटवलप्रेमीले १२ महिनासम्म निशुल्क नेट टिभी पाउन सक्नेछन्। नेट टिभीबाट ग्राहकहरुले फूल एचडी च्यानलबाट वल्र्डकप खेल हेरेर आनन्द लिन सक्ने छन्।

झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेट टिभि निशुल्क पाइने कम्पनीले जनाएको छ।

एकबर्षको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ। त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नु पर्छ । पहिल्यै वर्ल्डलिंकको ग्राहक भएकाहरुलाई समेत नेटटिभिको अबसर छ।

यस्तै नेटटिभी बाहेकका प्याकेजहरु खरिद गर्न एक महिनाको ३५० रुपैयाँ, ६ महिनाको १००० रुपैयाँ र एक बर्षको ३४०० रुपैयाँ भुक्तानी गर्नुपर्दछ।

post image

जेठ  १०, काठमाडौं । सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने भएको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबाइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।

यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ ।

एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ ।

‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’ सरकारी कार्यालयहरुमा देखिएको बेथिति, विकास निर्माणका काममा भएका ढिलासुस्ती र लापरवाही तथा सुशासनका सवालमा देखिने कमजोरीलाई हल गर्न एप सहयोगी हुने विश्वास सरकारको छ ।

 

post image

जेठ ७, काठमाडौं। नेपाल पर्यटन बोर्डको वेबसाइट चिनियाँ भाषामा सुरू भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेबसाइटको उद्घाटन गरिएको हो।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उक्त वेबसाइटले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूलाई धेरै सुविधा दिइने अपेक्षा गरिएको बताए। एनटीबीको पहलमा उक्त वेबसाइट सुरू गरिएको हो।

चिनियाँ पर्यटकहरुका लागि अन्तरक्रियात्मक सामग्रीसहितकाे‍ वेबसाइट बनाइएकाे मन्त्री अधिकारीले जानकारी दिए।

 

post image

जेठ ४,काठमाडौँ । विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।  विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले बताए ।

सम्मेलनका बारेमा जानकारी गराउन आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उनले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

अन्तरिक्ष यात्रीसँग अन्तरक्रिया 

यसैबीच नेपाल भ्रमणमा आएकी नासाकी पूर्व अन्तरिक्ष यात्री सान्द्रा म्यागनसले अन्तरिक्ष विज्ञानसम्बन्धी विशेष प्रस्तुति दिने भएकी छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान (नास्ट) सँगको सहकार्यमा यही जेठ १६ गते हुने विशेष कार्यक्रमले विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी कुराहरु बुझ्न मद्दत गर्नेछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो प्रश्न ३० सेकेन्डसम्मको भिडियो जेठ ११ गतेसम्म पठाउनु पर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सो अवसरमा पहिलो अन्तरिक्ष चित्रकला प्रतियोगिता २०१७, चौथौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१७ तथा दोश्रो विज्ञानमा महिला पुरष्कार २०१८ का विजेताहरुलाई पुरस्कार वितरण गरिने जनाइएको छ ।

post image

वैशाख २८, काठमाडौं । वैज्ञानिक डेविड गुडअलले स्विटजरल्याण्ड को एक क्लिनिकमा आफ्नो जीवनको अन्त्य गरेका छन् । इच्छा मृत्युको अधिकारका लागि काम गरिरहेको संस्थाले १ सय ४ वर्षीय गुडअलको निधनको जानकारी दिएको छ । लण्डनमा जन्मिएका गुडअल बोटनी र इकोलोजीका प्रख्यात वैज्ञानिक थिए । मे ३ तारिख का दिन उनले अष्ट्रेलियाको आफ्नो घरबाट बिदा लिएका थिए । उनले आफ्नो जीवन समाप्तीका लागि संसारको दोस्रो मुलुक चयन गरे । उनको उक्त निर्णयले संसारभरीका मानिसहरुको ध्यान आकर्षित गरेको थियो ।

उनलाई कुनै ठूलो रोग लागेको थिएन तर पनि उनी आफ्नो जीवनको सम्मानजनक अन्त्य चाहन्थे । आफ्नो स्वतन्त्रता गुमिरहेको भन्दै उनले जीवन अन्त्य गर्ने सोच बनाएको बताएका थिए । आफ्नो मृत्युको केही समय अघि मात्र उनले जीवन अन्त्य गर्न लागेकोमा निकै खुसी भएको बताएका थिए । आफ्नो परिवारका सदस्यले घेरिएका गुडअलले भनेका थिए, ‘विगत एक वर्षदेखि मेरो जीवन खासै राम्रो भइरहेको छैन त्यसकारण म यसलाई अन्त्य गर्दा निकै खुसी छु ।’

उनले भने, ‘मेरो मृत्युले जुन प्रचार पाइरहेको छ, मलाई लाग्छ कि यसले वृद्ध–वृद्धाका लागि इच्छा मृत्युको अधिकारको मागमा बल मिल्नेछ । म यही चाहन्छु ।’ एक्जिट इन्टरनेशनल नामको एक संगठनले गुडअललाई आफ्नो जीवन अन्त्य गर्न मद्दत गरेको हो ।संस्थाका संस्थापक फिलिप नित्जेले भने, ‘बेसलको लाइफ साइकल क्लिनिकमा विद्वान वैज्ञानिकको शान्तीपूर्ण निधन १०ः३० बजे (जीएमटी) भयो ।’गुडअल आफ्नो अन्तिम संस्कारको कागजी प्रक्रियाका लागि झण्झटमा थिए ।नित्जेका अनुसार उनलाई यसमा धेरै नै समय लागिरहेको थियो ।गुडअलले अन्तिम भोजनको रुपमा फिश एण्ड चिप्ससँग चिजकेक खाए र बिथोवनको ‘ओड टु जोय’ गीत सुने । लण्डनमा जन्मिएका डेविड गुडअल केही हप्ता अघिसम्म पश्चिम अष्ट्रेलियाको पर्थमा आफ्नो एक सानो फ्ल्याटमा एक्लै बस्थे । उनले सन् १९७९ मा जागिर छोडेका थिए तर त्यसपछि पनि उनी लगातार फिल्ड वर्कमा जाने गर्दथे । उनले पछिल्लो समयमा ‘इकोलोजी अफ द वर्ल्ड’ नामको ३० भोलुमको पुस्तक सिरिजको सम्पादन गरेका थिए ।१ सय २ वर्षको उमेरमा सन् २०१६ मा उनले पर्थको एडिथ कोवन विश्वविद्यालय परिसरमा काम गर्ने सम्बन्धमा कानूनी लडाईं जिते । त्यहाँ उनी अवैतनिक मानद रिसर्च असोसिएटको रुपमा काम गर्दथे ।

डा. गुडअलले आफ्नो जीवन समाप्तीको निर्णय गत महिनामा भएको एक घटनापछि लिएका थिए । एक दिन उनी आफ्नो घरमा लडे र दुई दिनसम्म हिँडडुल गर्न सकेनन् । त्यसपछि डाक्टरले उनलाई २४ घण्टा निगरानीमा राख्नुपर्ने बताउँदै अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिए । एक्टिज इन्टरनेशनलसँग सम्बन्धित केरल ओ’नील भन्छन्, ‘उनी स्वतन्त्र व्यक्ति थिए । सधैं भरी उनी आफ्नो वरिपरि कोही भएको देख्न चाहँदैनथे । कुनै अपरिचितले उनको हेरबिचार गरोस् भन्ने उनको चाहना थिएन ।’

स्विटजरल्याण्डले सन् १९४२ देखि ‘असिस्टेड डेथ’ लाई मान्यता दिएको छ । अन्य थुप्रै देशले स्वेच्छाले आफ्नो जीवन अन्त्यलाई कानूनी मान्यता राखेपनि यसका लागि गम्भीर रोगलाई शर्तको रुपमा राखिएको छ ।अष्ट्रेलियन मेडिकल असोसिएसनले ‘असिस्टेड डाइंग’ लाई अनैतिक बताउँदै कडा विरोध गर्दै आएको छ । एसोसिएशनका अध्यक्ष डा. माइकल गेनन भन्छन्, ‘डाक्टरलाई मानिसहरु मार्न सिकाइएको हुँदैन । यस्तो गर्नु गलत हो । सो सोच हाम्रो तालिम र नैतिकताको गहिराइसँग जोडिएको छ ।’ बीबीसी

post image

बैशाख २१,काठमाडौँ। सामाजिक सञ्जाल ट्विटरले आफ्ना प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ। आन्तरिक परीक्षणमा पासवर्ड चोरिएको वा कसैले प्रयोग गरेको नभई पूर्व सावधानीका लागि पसवर्ड परिवर्तनको आग्रह गरिएको ट्विटरले जनाएको छ।

करिब ३३ करोड मध्येबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने यकिन बताइएको छैन। ट्विटरकाअनुसार यो गल्ती केही सप्ताह अघि थाहा भएको थियो। ट्विटर सिइओ ज्याक डोर्सीले हालै पसावर्डकोड सिस्टममा ‘बग’ भेटिएको र त्यसलाई समाधान गरिएको उल्लेख गरेका छन्।

त्यही बगका कारण केही पासवर्ड ट्विटरको आन्तरिक कम्प्युटर सिस्टममा स्टोर हुन पुगेका थिए। ट्विटरले एउटा ब्लगपोष्ट गर्दै भनेको छ, ‘यस्तो भएकोमा हामीलाई खेद छ।’

 

post image

वैशाख २०, काठमाडौं । फेसबुकका सिइओ मार्क जुकरबर्गले आफुहरुले डेटिङ एप ल्याउन लागेको बताएका छन्।सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘र्याण्डम हुकअप’ मात्र नभई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न मद्दत गर्ने बताएका छन्। उनले यो एपमा प्राइभेसी र सेफ्टीको लागि उपयुक्त डिजाइन गरिएको जनाए।

फेसबुकमा डेटिङ फिचर प्रयोग गर्न आफ्नो फेसबुक प्रोफाइलको दाहिने पट्टि पानको पात आकारको आइकनमा क्लिक गनुपर्ने एजेन्सीले जनाएको छ। उक्त डेटिङ प्रोफाइलमा प्रयोगकर्ताको नाम मात्र हुने र प्रयोगकर्ताका फेसबुक साथीहरुले डेटिङ एक्टिभीटी हेर्न नमिल्ने सेक्युरिटी सिस्टम रहेको एजेन्सीले जनाएको छ।

डेटिङ एपबाट आफ्नो नजिकै हुन लागेको इभेन्टमा सहभागीताको लागि इभेन्टको आइकनमा क्लिक गरेपछि इच्छुकहरुसंग म्यासेज गरेर जोडी मिलाउन सकिने एजेन्सीले जनाएको छ। उक्त डेटिङ म्यासेजिङ ह्वाट्स एप र फेसबुकभन्दा भिन्न हुने जनाइएको छ। फेसबुकले यो एप २०१८ को अन्त्य तिर मात्र सार्वजनिक गर्ने याहु डटकमले जनाएको छ।

post image

बैशाख १०,काठमाडौं । एप्पलको आइफोनका आगामी मोडलमा दुई वटा सिम क्षमता हुन सक्ने प्रक्षेपण अन्तराष्ट्रिय फोन सञ्चार माध्यमले गरेका छन्।

टेक सम्बन्धी पत्रिका ब्लुमवर्ग र टेकराडारले एप्पलका उत्पादनका परिचित विश्लेषक मिन सि कुलाई उदृत गर्दै फोनमा दुई वटा सिम अटाउने क्षमता समावेश गर्न लागेको विश्लेषण गरेका हुन्। एप्पलका उत्पादनका बारेमा कुलाई विश्वसिनय विश्लेषकका रुपमा मानिन्छ।

एप्पलले हरेक सेप्टेम्बर महिनामा नयाँ फोन सार्वजनीक गर्ने गरेको छ। गत वर्ष एप्पलले आइफोन ८, ८ प्लस र टेन सार्वजनीक गरेको थियो।

एन्ड्रोइड फोन उत्पादक कम्पनीले दुई वटा सिम क्षमताका फोन निमार्ण गर्दै आएको भएपनि एप्प्लले हालसम्म आइफोनमा सो सुविधा उपलब्ध गराएको थिएन।

यसका साथै कुले आगामी आइफोनको मोडलको मूल्य ५ सय ५० देखि ७ सय ५० डलर रेन्जसम्मको हुने बताएको छ। यो महँगो भेरियन्टमा दुई वटा सिम क्षमता रहने बताइएको छ।

post image

बैशाख ६,काठमाडौँ । वैज्ञानिकहरुले अनायासै प्लाष्टिक खाने इन्जाइम विकास गरेका छन् । यसले संसारको सबैभन्दा खराब मध्य एक मानिने प्रदुषणसँग लड्ने समाधान भेटिएको जस्तो देखिएको छ ।

बेलायतको युनिभर्सिटी अफ पोर्टमाउथ र अमेरिकी उर्जा विभागको राष्ट्रिय नविकरणीय उर्जा प्रयोगशालाका अनुसन्धानदाताहरुले यो आविष्कार गरेका हुन् । उनीहरुले जापानको फोहोर पुनःचक्रिय केन्द्रमा केही वर्ष अघि प्राकृतिक इन्जाइमको संरचना अध्ययन गर्ने क्रममा यो आविष्कार गरेका थिए ।

उनीहरुले बनाएको इन्जाइम इडिओनेला सकाइन्सिस २०१–एफ ६ ले पोलिइथाइल टेरेफ्थलेट (पीईटी) लाई कुहाएको भनेका छन् । पीईटीलाई १९४० को दशकमा प्लाष्टिकको नाममा प्याटेन्ट लिइएको थियो । यसलाई वार्षिक रुपमा करोडौँ टन प्लाष्टिक बोतल उत्पादन गर्न प्रयोग गरिन्छ ।

उनीहरुको खास उदेश्य यसको संरचना अध्ययन गर्ने थियो । तर उनीहरुले गल्तिले एक यस्तो इन्जाइम बनाए जो पिईटी प्लाष्टिक नष्ट गर्नको लागि झनै असरदार देखियो । “हामीले यसको संरचना निर्धारण गरेर प्रोटिन निर्माणमा सहयोग हुन्छ सोचेका थियौँ तर हामी एक कदम अघि बढ्यौँ र गल्तीले यस्तो इन्जाइम निर्माण ग¥यौं जो प्लाष्टिक नष्ट गर्न उपयोगी भयो,” एक अनुसन्धानदाता ग्रेग बेकहमले भने ।

यो अविष्कारले पीईटीबाट बन्ने करोडौँ टन प्लाष्टिकका बोतलहरु पुनर्चक्रबाट समधान हुन सक्छ । हाल यो सयौँ वर्षसम्म नकुहिने भएकाले यसले वातावरणमा समस्या निम्त्याइरहेको छ । “भाग्यले आधारभूत अनुसन्धानमा निक्कै महत्वपूर्ण भूमिका खेल्छ र यो हाम्रो आविष्कार यसको अपवाद होइन,” पोर्टमाउथ विश्वविद्यालयका जीव विज्ञानका निर्देशक प्राध्यापक म्याकगीहनले भने ।

यो इन्जाइमले पोलिइथाइल फूरनडीकार्बोअक्सीलेट अथवा पीईएफलाई पनि कुहाउन सक्छ । जैविक पदार्थमा आधारित पीईएफलाई पीईटीको विकल्प मानिएको थियो । तर जैविक आधारित भए पनि पीईएफ जैविक रुपमा भने कुहिँदैन । त्यसैले यो पनि ल्याण्डफिल्डमा फालिन्थ्यो र अन्तत समूद्रमा पुग्थ्यो ।

“हालको सुधार थोरै हो तर यो पहिले कल्पना नगरिएको आविष्कारले यो इन्जाइम्समा अझै सुधार गर्ने ठाउँ छ भन्ने देखाएको छ । यसले हामीलाई निरन्तर चुलिँदै रहेको फालिएको प्लाष्टिकहरुको समस्या समाधानको अझ नजिक पु¥याएको छ,” म्याकगीहन भन्छन् ।  युनिभर्सिटी अफ पोर्टमाउथले हाल अनुसन्धानदाताहरुले यो इन्जाइमलाई औधोगिक स्तरमा प्रयोग गर्न मिल्ने गरि सुधार गरिरहेका बताएको छ ।

प्रत्यक वर्ष आठ मेट्रिक टन प्लाष्टिकको फोहोर समुद्रमा गइरहेको तथ्यलाई हेरेर वैज्ञानिकहरुले यो कार्यलाई तीव्रता दिइरहेको विश्वविद्यालयले बताएको छ । “विज्ञहरुको अनुमान अनुसार सन् २०५० सम्म समून्द्रमा माछाहरुभन्दा प्लाष्टिक धेरै हुनेछ,” एन.आर.ई.एल.ले भन्यो ।

तीन वर्ष चलेको एक अध्ययनले ‘ग्रेट प्याशिफिक गारबेज प्याच’ भनिने प्रशान्त महासागरमा रहेको ठूलो फोहोरको थुप्रो बढेर फ्रान्सभन्दा तीन गुणा बढी ठूलो भएको देखाएको छ । यो अध्ययनले यो थुप्रो पहिले अनुमान गरिएको भन्दा तीब्र गतिमा बढीरहेको देखाएको छ । र यो विशाल थुप्रोको ठूलो हिस्सा एक पटक प्रयोग गरेर फालिने पीईटी बोतल रहेका छन् ।

 चैत २९, काठमाडौं ।  सेल्फी एक्पर्ट एण्ड लिडर, ओपोले नेपाली बजारमा चाँडै नै ओपो एफसेवेन सार्वजनिक गर्दैछ । सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि समाहित गरिएको ओपो एफसेवेन नयाँ सदस्यका रुपमा कम्पनीले सार्वजनिक गर्न लागेको हो ।

नयाँ सेल्फी एक्स्पर्टको सार्वजनिकका लागि आयोजित हुने बृहत समारोहलाई अझ रोचक बनाउने उद्देश्यका साथ कम्पनीले विभिन्न आकर्षक तथा रोमाञ्चक योजनाहरु ल्याउने घोषणा गरेको छ । ओपोका अनुसार आफ्ना प्रशंसकहरुका लागि कम्पनीले ‘यू एण्ड आई’ क्याम्पेन ल्याउने तयारी गरेको छ ।

ओपो एफसेवेन क्याम्पेनको एक अभिन्न अंगका रुपमा योजनाबद्ध गरिएको ‘यू एण्ड आई’ मार्फत कम्पनीले आफ्ना प्रशंसक तथा प्रयोगकर्ताको भरपूर सहभागिताको आशा राखेको छ । यो क्याम्पेनमा सहभागिता जनाई दूई भाग्यशाली विजेताले ओपो एफसेवेनका लागि काठमाडौंमा आयोजना हुन गइरहेको बृहत सार्वजनिक समारोहमा सहभागिता जनाउने अवसर प्राप्त गर्न सक्नेछन् ।

योजनाको सञ्चालन कम्पनीले ओपो नेपालको आधिकारिक फेसबुक पेज, ईन्स्टाग्राम र ट्विटर मार्फत गर्ने जानकारी दिएको छ । ‘यू एण्ड आई’ क्यामपेनका लागि कम्पनीले दूई नेपाली यूवा स्टारको छनोट समेत गरिसकेको छ । योजनाका विजेताका लागि कार्यक्रममा सहभागिताका साथै तिनका प्यारा स्टारका साथमा सेल्फी खिच्न पाउने तथा अन्य विभिन्न सरप्राइजको समेत ब्यवस्था रहेको छ ।

post image

चैत २६ , काठमाडौँ। नेपाल प्रहरीले टेलिफोन तथा इन्टरनेट सुविधा नपुगेका प्रहरी चौकीमा आजबाट भिस्याट टेलिफोन सेवा शुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि भेरी स्मल अप्रेचर टर्मीनल टेलिफोन सेवाको (भीस्याटको) सञ्चालनमा ल्याउन लागेको हो ।

‘भौगोलिक विकटता भएका स्थानमा सञ्चार सहजता ल्याउन भिस्याट सञ्चालनमा ल्याउन लागेको हो,’ नेपाल प्रहरी सञ्चार सेवा निर्देशानालयका प्रमुख डिआइजी डा राजीव सुब्बाले बताए। टेलिफोन सेवा नपुगेका ८ वटा प्रहरी कार्यालयहरूमा यो सेवा सुरु गरिएको हो।

ताप्लेजुङको सीमा प्रहरी चौकी ओलाङचुङ गोलामा रहेको इलाका प्रहरी कार्यालय, काभ्रेको फोक्सीटारमा प्रहरी चौकी, मुस्ताङको लोमानथाङ, सुरखाङ सुरखाङं ,रुकुमको रम्मामाईकोट, जुम्लाको राराली प्रहरी चौकी, डोल्पाको सहरतारा र बजाङको धुली प्रहरी चौकीमा उक्त सेवा बिस्तार गरिएको डिआइजी सुब्बाले जानकारी दिए।

post image

चैत २३,सुर्खेत । कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ।

रारा कर्णाली पर्यटन वर्ष-२०७५ को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो।

सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन्।

पर्यटकलाई सूचना प्रविधिमा सहज पहुँच पुर्‍याउन तथा उनीहरुलाई अभ्यस्त बनाउन रारा ताल वरिपरि निःशुल्क वाइफाइको व्यवस्था गरिने मन्त्री केसीले जानकारी दिइन्।

रारा कर्णाली पर्यटन वर्ष-२०७५ को शुभारम्भसँगै रारामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई टेलिफोनको सहजताका लागि मोबाइल सेवाको टावर राख्ने तयारी भइरहेको पनि उनले जानकारी दिइन्।रासस

post image

चैत२२, काठमाडौं। केम्ब्रिज एनालिटिका नामक एक राजनीतिक परामर्श संस्थाले ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण अनधिकृत रुपमा दुरुपयोग गरेको सामाजिक सञ्जाल फेसबुकले जनाएको छ । ती मध्ये ११ लाख प्रयोगकर्ता बेलायतका रहेको जनाइएको छ ।  फेसबुकका प्रमुख मार्क जुकरबर्गले बताउनुभएको छ । यसअघि सो संस्थाले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको बताइएपनि पहिलेभन्दा निकै बढी विवरण दुरुपयोग भएको पाइएको फेसबुकले जनाएको छ ।

जुकरवर्गले फेसबुकलाई सुरक्षित बनाउन थप काम गर्ने र आफ्नो जिम्मेवारीको दायरा समेत बढाउने बताउनुभएको छ । प्रयोगकर्ताका सूचना चुहावट हुने फिचर बन्द गरिसकेको भएपनि फेसबुकलाई कसरी प्रयोग गर्ने भन्ने विषय प्रयोगकर्तामा निर्भर रहने भएकाले यसमा सचेत बनाउने जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो ।

फेसबुकमा राखेका व्यक्तिगत विवरणहरूको प्रयोग तेस्रो पक्षले कसरी गरिरहेको छ भन्नेबारे पनि फेसबुकका अधिकारीहरुले सचेत गराइरहेको भन्दै पछिल्लो प्रकरणका विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको जुकरवर्गले जानकारी दिनुभयो । केम्ब्रिज एनालिटिका’ सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पको जितका लागि खेलेको भूमिकाका लागि चर्चित भएको थियो । निर्वाचनताका सो कम्पनीले अमेरिकी मतदाताका विविध पक्षबारे तथ्यांक उपलब्ध गराएको थियो ।

post image

चैत १८काठमाडौँ । विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन हुने भएको छ । आईतबार सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लिबीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका काठमाडौं महानगरपालिका भित्रका ६ वटा मुख्य स्थानहरुमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने समझदारी भएको हो ।

 काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रालिका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा बसन्तपुर हनुमानढोका दरबार क्षेत्र, शंखपार्क र बालाजु बाईसधारा उद्यानमा पनि ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने उल्लेख गरिएको छ ।

समझदारी गरिएको ६० दिन भित्र ६ वटै स्थानमा सेवा संचालन गर्नुपर्ने सर्त समेत राखिएको छ । काठमाडौंलाई फ्रि वाईफाई जोन बनाउने प्रतिवद्धता अनुसार मुख्यमुख्य ६ वटा स्थानमा फ्रि वाईफाई सेवा संचालन गर्न लागिएको महानगरपालिकाका मेयर शाक्यले बताए ।उनले सूचना प्रविधिलाई दुरुपयोग हुन नदिन पनि काठमाडौं महानगरपालिका सचेत रहेको स्पष्ट पार्नु भयो ।

वल्र्ड लिंक कम्युनिकेशन प्रालिका निर्देशक जलानले गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले विश्वकै पर्यटक स्थलहरुमा इन्टरनेट सेवा संचालन गर्ने अवसर प्राप्त भएको भन्दै खुसी पनि व्यक्त गरे ।  ९० दिन पनि तोकिएको स्थानमा वाईफाई इन्टरनेट सेवा संचालनमा नआए सो सम्झदारी स्वतः खारेज हुने प्रावधान पनि राखिएको छ ।

post image

चैत १४, काठमाडौं । जगदम्बा सिमेन्टले विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने भएको छ  । सिमेन्टले यूरोपियन कम्पनी ‘एफएलएसमिथ’को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स (भिआरएम) जडान गरी उत्पादन सूचारु गरेको हो ।

हालको उत्पादन ४५ हजार बोरा प्रति दिन रहेकोमा भिआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव दोब्बर पुग्ने कम्पनीले जनाएको छ।

भिआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८० हजार बोरा प्रतिदिन उत्पादन हुनेछ भने यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्टबाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ। तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रति दिन १ लाख १० हजार बोरा रहने कम्पनीले जनाएको छ।

post image

चैत ११,बेइजिङ ।  चीनमा चालकरहित कारलाई लाइसेन्स दिइएको छ । पहिलो चालकरहित कारलाई परिक्षण ड्राइभ गर्न अस्थायी लाइसेन्स दिएको हो । चालकरहित कार परिक्षण ड्राइभका लागि बेइजिङमा पाँचौं रिङरोड बाहिरका ३३ वटा सडकमा १०५ किलोमिटर सडक छुट्टयाएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको इन्टरनेट कम्पनी पाइतुले यो कार निर्माण गरेको हो । चालकरहित कार बिहिबार बेइजिङमा पहिलो पटक परिक्षण ड्राइभ गरिएको थियो ।

तोकिएको क्षेत्रमा पाँच हजार किलोमिटर सफल ड्राइभ गरेपछि मात्र कारलाई सार्वजनिक सडकमा अनुमति दिइने छ। ३० दिनका लागि दिइएको लाइसेन्स परिक्षण ड्राइभमा सफल भए मात्र नविकरण हुनेछ । परिक्षण ड्राइभ जाँचका लागि कारमा यन्त्र पनि जडान गरिएको छ। सुरक्षा र सडकको नियम पालना गर्नका लागि सुरुमा कारको ड्राइभ गति कम हुनेछ

 

post image

चैत ८,  काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ वर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ ।

यस अफरमा वर्ल्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् ।

यस अफरमा वर्ल्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् ।

यसका साथैे एक वर्षसम्म निशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरुले पनि पाउन सक्नुहुनेछ ।

वर्डलिंकले इन्टरनेट, आइपि टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् ।

post image

चैत ८,  काठमाडौँ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ ।

यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ ।

यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ ।

 सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् ।

त्यसपछि गुगल सर्च बक्समा गएर  ‘Where’s my phone?’  सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ ।

 यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ । यदि तपाईंको आसपासमा नजिकै भए त्यसमा फूल भोल्यूममा रिङ बजाउने तथा धेरै टाढा रहेको भए त्यसलाई लक गरिदिने वा त्यसमा भएका सामग्रीहरु मेट्ने अप्सन पनि प्राप्त हुन्छ ।

मोबाइलमा रहेको १५ अंकको इन्टरनेश्सनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिफिकेसन अर्थात् आएमइआइ नम्बर तपाईले सुरक्षित गर्नु भएको छ भने हराएको मोबाइल खोज्न सहज हुन्छ ।

यसबाट मोबाइल कहाँ र कसले प्रयोग गरेको छ भन्ने पत्ता लाग्ने भएकोले मोबाइल चोरीदेखि लिएर विभिन्न अपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई सहज हुनेछ ।

तपाईले कसैको मोबाइल भेट्नु भएको छ र फिर्ता नदिने सोच्नु भएको छ भने त्यस्तो गल्ति नगर्नुहोस् किनकी तपाई प्रहरी खोरमा पर्नसक्नु हुनेछ ।

iPhone का प्रयोगकर्ताले iCloud को मद्दतमा हराएको डिभाइस खोज्न सकिन्छ ।

post image

चैत ८,काठमाडौं ।  प्राविधिक समस्या आएपछि  नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो ।

देशभर नै फोन नलाग्ने समस्या आएकोले मर्मतको काम भैरहेको टेलिकमले जनाएको छ ।

post image

चैत ७,काठमाडौँ । चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले देशमा प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउन सकिने बताएकी छन।

बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेपालमा प्रविधिको विकास द्रूत गतिमा भइरहेको भन्दै उनले प्रविधिलाई सही तरिकाले अवलम्बन गरे नेपालको विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं आएकी उनले प्रविधिकै सहयोगमा गरिबी हटाउन सकिने पनि बताएकी छन्।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको थियो।

post image

चैत ६, काठमाडौं । नागरिकताधारी रोबोट सोफियालाई बुधबार नेपाल ल्याइने भएको छ । संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) ले आयोजना गरेको कन्फेरेन्स अन टेक्नोलोजी फर पब्लिक सर्भिसका लागि बुधबार रोबोटलाई नेपाल ल्याउन लागिएको हो ।

विश्वमै पहिलोपटक नागरिकता पाएर  आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी रोबोट हङकङको हृयान्सन रोबटिक्सले बनाएको हो । यो रोबोट सन् २०१५ मा एक्टिभ गरिएको थियो । तर यसको पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्य मार्चमा अस्टिनमा गरिएको थियो ।

मानिसले जस्तै हास्ने, कुराकानी गर्ने यो रोबोटले अन्तर्वार्ता पनि दिन्छ । जसका कारण सबैको योप्रति आकर्षण छ । महिला रोबोट मानिएको यो सोफियाले बच्चा जन्माउने समेत चाहना राखेको बताइन्छ ।

post image

चैत २,काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ ।

‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ जसमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने इन्टरप्राइजेजले जनाएको छ।

‘नयाँ वर्षको उल्लासलाई बढाउने उद्देश्यले हामीले यो ग्राहक योजना ल्याएका हौं । हामीलाई विश्वास छ यामाहाको यो योजनाबाट ग्राहक सन्तुष्ट हुनुहुनेछ,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका सहायक महाप्रबन्धक प्रदिप पोखरेलले भने, ‘यस पटक हामीले स्क्र्याच कार्ड होइन, स्क्र्याच बुक ल्याएका छौं जसलाई कोट्याएर ग्राहकले विभिन्न उपहार र पुरस्कार पाउन सक्नेछन् ।’

स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ । ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाउनेछन्।

यसैबीच, यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको छ जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ । यो कन्टेस्टमा दैनिक विजेताले ‘सप्र्राइज गिफ्ट’ पाउनुहुनेछ ।

यामाहाले यामाहा स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ ।यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

post image

फागुन २८, काठमाडौँ । फेसबुकले ‘ऐड वायस क्लिप’ नामको नयाँ फिचर टेष्ट गरिरहेको छ।यस फिचरमा फोटो र भिडियोको साथै छोटो आवाज रेकर्ड गरेर स्टाटस पोष्ट गर्न सकिन्छ।

वायस क्लिप अप्सन स्टाटस अपडेट गर्ने स्थानमा देखिन्छ। फेसबुकमा प्रवक्ता टेकक्रचले आफन्त र साथीभाइहरुलाई जोड्ने यस माध्यम निकै उपयोगी हुने बताएका छन् ।

वायस क्लिप फेसबुक प्रयोगकर्ताहरुलाई संवाद गर्ने नयाँ माध्यम बन्न सक्ने उनले बताएका छन् । फेसबकुले यो नयाँ फिचर आगामी जुलाइमा सार्वजनिक गर्न सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

post image

फागुन २५,  काठमाडौं ।  विद्यालयमा आफ्ना छोराछोरी के गर्दै होलान भन्ने अभिभावकहरुले चिन्ता लिने दिन सकिएको छ । अभिभावकले घरमै बसेर  ले गर्ने गतिविधि बारे जानकारी लिन सक्ने भएका छन् ।  विद्यार्थीका गतिविधि अपडेट गराउने एप्लिकेसनको सहायताले अभिभावकले घरमै बसेर मोबाइलबाटै छोराछोरीले स्कुलमा गरिरहेका गतिविधि बारे जानकारी लिन सक्ने भएका हुन् ।

म्याक्स कनेक्टले २ वर्षअघि बजारमा ल्याएको ‘म्याक्स कनेक्ट’ एप्लिकेशन विद्यार्थी, अभिभावक र शिक्षकलाई जोड्ने राम्रो माध्यम बन्दै गइरहेको छ । ‘म्याक्स कनेक्ट’ सेवा लिएका विद्यालयमा अभिभावकले मोबाइलबाटै आफ्नो बच्चाले स्कुलमा गरेको व्यवहार, विद्यालयले गराउने क्रियाकलाप, शिक्षकको प्रस्तुति लगायतका गतिविधिबारे थाहा पाउन सक्छन् ।

हाल म्याक्स कनेक्टको सेवा ३० जिल्लाका २ सय ४८ स्कुलले लिइरहेका छन् । स्कुल र अभिभावकको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको भन्दै म्याक्स कनेक्टका डाइरेक्टर जित राघवले देश भित्र र देश बाहिर पनि सेवा बिस्तार गर्ने योजना रहेको बताएका छन् ।उनले चालू आर्थिक वर्षमा थप दुई देशमा सेवा विस्तार गर्न लागेको जानकारी दिए ।

post image

फागुन २४, काठमाडौं । बल इन्टरनेट सर्च जाइन्ट गुगलले आज मार्च ८ को अवसर पारेर विशेष डुडलमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । गुगलले महिलालाई प्रोत्साहन गर्न तथा महिलाका सफलतालाई उत्सवको रुपमा लिदै यो दिवस मनाएको हो ।

यो डुडल गुगलले १२ महिला आर्टिस्टमा समर्पित गरेकाे छ।  १२ वटा तस्विरको ग्यालारीलाई शानदार ढंगले प्रस्तुत गर्दै गुगलले महिलाको विश्व इतिहास तथा वर्तमानको योगदान कथा पेश गर्ने प्रयास गरेको छ। प्रत्येक स्लाइडले आफ्नै एउटा कथा छ।

महिला सशक्तिकरण तथा महिलाको जीवनबारे बताउनको लागि गुगगलले १२ कथालाई ८० भाषामा अनुवाद गरी प्रस्तुत गरेको जनाएकाे छ। गुगलले अन्तर्राष्ट्रिय महिला दिवसमा आफ्नो कथा सार्वजनिकका लागि ह्यासट्याग #HerStoryOurStory गर्न प्रोत्साहन गरिरहेको छ।

त्यसैगरी गुगलले आफ्नो होम पेजमा एउटा छोटो भिडियो पोस्ट गरेको छ जसमा केही महिलाहरु आफ्ना आकांक्षाहरुको खोजि गरिरहेका छन् । उनीहरुले आन डे वि विल…..(एक दिन हामी) भन्ने वाक्यहरु पूरा गर्दैैगरेको भिडियोमा देखाइएको छ । यस भिडयोलाई गुगलले एनिमेसन नगरेर वास्तविक मलिाहरुलाई समावेश गरेको छ । गुगलले विभिन्न अवसरमा फरकफरक डुडलहरु निर्माण गर्दै आएको छ ।

post image

 फागुन २२, काठमाडौं । सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत ग्यालेक्सी ‘नोट एट’ स्मार्टफोनको खरिदमा विभिन्न अफर सार्वजनिक गरेको छ । ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बिमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा उपलब्ध गराएको छ।

फोरजी डाटा प्रति महिना २ जिबीका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्रदान गरिने कम्पनीले जनाएको छ। यसका साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको जनाएको छ।

फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र डुअल क्यामराले फोनलाई उत्कृष्ट बनाएको कम्पनीले बताएको छ। यसमा भएको डुअल क्यामराको साथ अप्टिक इमेज स्टब्लाइजेसन (ओआइएस)ले प्रतिकुल अवस्थामा समेत जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने सामसङको दाबी छ।

फोनको बजार मुल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ रहेको छ।

post image

फागुन २१,काठमाडौँ । भाइबरले विश्वरभरीका आफ्ना प्रयोगकर्तालाई एउटै च्याट ग्रुपमा जोड्न नयाँ फिचर ल्याउने भएको छ।  विश्वमा एक अर्ब भाइबर प्रयोगकर्ताहरु रहेका छन् ।

भाइबरले स्पेनको बार्सिलोनमा हालै सम्पन्न ‘मोबाइल वल्ड काँग्रेस’ मेलामा आफ्ना सबै प्रयोगकर्तालाई जोड्न ‘भाइबर कम्युनिटी’ नामक फिचर ल्याउने घोषणा गरेको हो। उक्त कम्युनिटी सामाजिक सञ्जाल तथा मेसेजिङ एप्स मध्ये सबैभन्दा ठूलो हुनेछ।

हाल फेसबुकको ग्रुप च्याटमा सदस्य संख्या सिमा १५०, ह्वाट्सएपको २५६, विच्याटको ५०० तथा टेलिग्रामको एक लाख जना रहेको छ।

post image

फागुन ९,काठमाडौँ । अमेरिकामा मानिसहरुलाई आइफोन एक्स खरीद गर्नका लागि एक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्दछ । तर एक लाख रुपैयाँ पर्ने यहीँ आइफोनको लत छुटाउन चाहिँ झण्डै आधा करोड रुपैयाँ तिर्नुपर्दछ । अर्थात् आइफोन किन्नुभन्दा यसको लत छुटाउनका लागि ४० गुणा बढी मूल्य चुकाउनु पर्ने भएको छ । अनि यो खर्च करोडपतिहरुले आफ्ना बच्चाबच्चीहरुमाथि गरिरहेका छन् ।

पछिल्ला वर्षहरुमा स्मार्टफोनको माग बढिरहेको छ । सिलिकन भ्यालीका ठूला कम्पनीहरु, फेसबुक, ट्विटर, एप्पल तथा गुगलका आसपासमा यस्ता दर्जनौँ विशेष क्लिनिक खुलेका छन् जसले मोबाइल फोनको लत छुटाउँदछन् । यी क्लिनिक ती युवाहरुको उपचारका लागि खोलिएको हो जसले दिनमा २० घण्टा सम्म मोबाइल चलाउँछन् ।

क्लिनिकको खर्च

सनफ्रान्सिस्को भन्दा झण्डै ३० किलोमिटर टाढा एक भवनमा यस्तै एउटा क्लिनिक खोलिएको छ ।

पहाडको सबैभन्दा उचाईमा हरियालीको बीचमा स्थापित यो क्लिनिकमा युवाहरुलाई ४५ दिनसम्म उपचार गरिन्छ । क्लिनिकको खर्च महंगी सेवाहरुको आधारमा तय हुन्छ ।

भवनको भित्र मोबाइल फोन, ल्यापटप तथा ट्याबलेटमा प्रतिबन्ध लगाइएको छ । यहाँ कम्प्युटरको प्रयोग केवल कक्षाकोठामा मात्र हुन्छ ।

शिक्षक र मनोविज्ञको रेखदेखमा युवाहरुले ग्याजेटको प्रयोग गर्दछन् । विरामीलाई विशेष थेरापी दिइन्छ ता की युवाहरुलाई इन्टरनेटको लत छुटाउन सकियोस् । अनि पढाई, परिवार, साथीसँगी तथा अफलाइन कामहरुमा अधिक समय दिन सकियोस् ।

कसरी चिन्ने स्मार्टफोनको लत ?

क्लिनिका निर्देशकका भन्छन्, ‘हामी उनीहरुको जिवन अफलाइन बनाइदिन्छौँ । यो हाम्रो यहाँको नियम हो । सबैभन्दा खुसी त त्यो बेला लाग्दछ जब युवाहरु आफैले हामीलाई धन्यवाद दिन्छन् र भन्छन् की उनीहरु अब सोसल साइटभन्दा आफ्नो धेरै ख्याल गर्नेछन् । अमेरिकामा इन्टरनेटको लतलाई आधिकारिक रुपमा कुनै रोग मानिँदैन ।

यद्यपि अष्ट्रेलिया, चीन, इटाली तथा जापानमा भने यसलाई बिमारी नै मानिन्छ । दक्षिण कोरियामा त यसको उपचार सरकारी अस्पतालमै हुने गर्छ । विज्ञका अनुसार इन्टरनेटको लतका सिकार भएका बच्चाहरु रातभर फेसबुक, इन्स्टाग्राम जस्ता साइटहरुमा गुजार्दछन् । उनीहरु बिहान स्कुल जानका लागि उठ्न सक्दैनन् र आफ्नो काममा पनि केन्द्रित हुन सक्दैनन् ।

इन्टरनेटको कनेक्सन ट्ट्दा रिसाउने, सोसल मिडियाको प्रयोग लुकीलुकी गर्ने तर झुट बोल्ने, एक्लै समय बिताउन मन पराउने र परिवारबाट टाढा टाढा हुन रुचाउने बानीको विकाश बच्चहरुमा हुन थाल्यो भने उनीहरुमा इन्टरनेटको लत बसेको भनेर बुझ्नुपर्दछ ।

त्यसैले अभिभावकहरुले आफ्ना छोराछोरीका लागि इन्टरनेट प्रयोगको सीमा तय गर्नुपर्दछ । खाना खाने समय तथा सुत्नुअघि कम्प्युटर, इन्टरनेट, आइप्याड तथा टेलिफोनको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्दछ । अमेरिकामा खोलिएका ती क्लिनिकमा इन्टरनेट विरामीका लागि लक्जरी कोठाको व्यवस्था गरिएको छ जहाँबाट समुद्रको दृश्य देख्न सकिन्छ । एएटा कोठामा तिनवटा बेड तथा खुल्ला झ्याल हुन्छ ।

क्लिनिकमा विरामी मात्र होइन विरामीका परिवारलाई पनि राखिन्छ, ता की विरामी र उनका परिवारबीच राम्रो सम्बन्ध होस् । उपचारका दौरान कठीन मेहेनत गर्न तथा स्वास्थ्यप्रति जागरुक हुन सिकाइन्छ । अफलाइन दुनियामा अभ्यस्त बनाउँदै लगिन्छ । सन्तुलित भोजन तथा स्वस्थकर जिवनशैली र व्यायाममा पनि ध्यान दिइन्छ ।

बिरामीले क्लिनिकमा आफ्नो नियमित पढाई पनि जारी राख्न पाउँदछन् । विभिन्न थेरापी दिइन्छ र कौशलको विकास पनि गराइन्छ । बेलुकी डिनरको समयमा आपसी छलफल तथा योजना निर्माण गरिन्छ । अध्यात्मका कक्षाहरु पनि त्यहाँ सञ्चालन हुन्छन् ।बीबीसी

post image

फागुन ९,काठमाडौं । यूएसबी पेनड्राइभले हामीलाई धेरै सजिलो बनाएको छ। आफ्ना महत्वपूर्ण डाटाहरु लिएर हामी जहाँ पनि जान सक्छौँ। पोर्टेबल हार्डडिस्कको तुलनामा सस्तो र सहज हुने कारणले यो अहिले महत्वपूर्ण डिभाइस बनिसकेको छ।

यसरी हाम्रा महत्वपूर्ण डाटाहरु भएको पेनड्राइभबाट कहिलेकाँही अन्जानमा सबै डाटाहरु डिलिट भइदिने समस्या पनि हुन्छ। यस्तो अवस्थामा यदि आफ्ना डाटाहरु फिर्ता ल्याउन निम्न तरिकाबाट अपनाउन सकिन्छ।

तर डाटा रिकभर गर्नका लागि जुन सिस्टमबाट डाटा डिलिट भएको हो त्यही सिस्टमबाटै यी तरिकाहरु अपनाएमा मात्र रिकभर हुन्छ। एउटा सिस्टममा डिलिट भएको डाटा अर्को सिस्टममा रिकभर गर्न मिल्दैन।

१.सबैभन्दा पहिले सिस्टममा ‘स्टार्ट मेनु’ नामक सफ्टवेयर डाउनलोड गर्ने। यो एक निःशूल्क सफ्टवेयर हो र गुगलबाट सजिलै डाउनलोड गर्न सकिन्छ।

२. डाउनलोड भएपछि स्टार्ट मेनुमा गएर यसलाई लन्च गर्ने।

३. यसपछि ‘पेन्डोरा रिकोभरी’ आइकनमा क्लिक गर्ने। यसमा आफ्नो पेनड्राइभको अप्सन देखाउँछ र त्यसमा क्लिक गर्ने। यसपछि पेनड्राइभबाट डिलेट भएको फाइलहरु देख्न सकिन्छ।

४. त्यहाँ देखिएको फाइलमा राइट क्लिक गर्नासाथ केही अप्सनहरु देखापर्छन् जसमध्ये रिकभरी अप्सन छान्ने।

५. अब त्यो फाइललाई सेभ गर्ने ठाउँ छानेर ‘रिकोभर नाव’ मा क्लिक गर्ने। केही मिनेटमा आफ्नो डिलीट भएको डाटा फेरि आउनेछ।

post image

फागुन ७,बिर्तामोड। चन्द्रगढी विमानस्थल भद्रपुरमा अब हुस्सु र कुहिरोका कारण बारम्बार हवाई उडान अबरुद्ध हुने समस्याको अन्त्य हुने भएको छ । विमानस्थलमा आइएफआर प्रबिधि भित्राईएकोले  भिजीविलिटीमानै उडान भर्न सकिने भएको समस्या सुल्झिना लागेको हो ।

भद्रपुर विमानस्थलमा आइएफआर प्रविधिबाट जहाज ल्याण्ड गर्नका लागि शनिबार परीक्षण उडान समेत गरीएको र सो उडान सफल भएको विमानस्थलका इन्चार्ज पूर्ण चुँडालले जानकारी दिएका छन् । चुँडालका अनुसार आइएफआर प्रविधिका लागि सबै उपकरणहरु जडान गरी शनिवार काठमाडौंबाट आएको बुद्ध एयरको पहिलो जहाजले सो प्रबिधि जडान पछि परीक्षण उडान गरेको हो ।

‘व्यस्त विमानस्थल भए पनि सामान्य हुसु र कुहिरोमा पनि उडान रद्ध हुँदा यात्रु हैरान भए त्यसैले यो प्रबिधिको जडान गरीएको हो चुँडालले भने, अब १७ सय मिटरको भिजिविलिटीमानै उडान गर्न सकिन्छ । यस अघि चन्द्रगढी विमानस्थलमा भिएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो ।  आइएफआर प्रविधि भित्राएर परीक्षण उडान गरेसँगै अब जहाज ७६ सय मिटरको भिजिविलिटीमा पनि अवतरण हुने र यो विमानस्थलबाट उडान अबरुद्ध हुने सम्भावना कम रहने उनको भनाइ छ ।

विमानस्थलमा नयाँ प्रबिधि जडान गरीए सँगै अब रात्रीकालीन सेवा सञ्चालन गर्नका लागि काम सुरु गरीएको नेपाल नागरीक उड्ययन प्राधिकरणका प्रबन्धक मुकेसराज दाहालले जानकारी दिए ।  इन्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रबिधि रातमा उडान भर्नाका लागि उपयुक्त प्रबिधि हो र यो प्रबिधि जडान पछि दिनमा पनि कम भिजिबिलिटीमा नै उडान गर्न सकिन्छ दाहालले भने “रातको उडानका लागि आबस्यक अन्य प्रबिधि समेत जडान गरी चालु आर्थिक वर्ष भित्रनै रात्रिकालिन सेवा समेत दिन लागेका छौ ।”

post image

फागुन २,एजेन्सी । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सको क्यानभास इन्फिनीटी फोन किस्ताबन्दीमा किन्न पाइने भएको छ।सुरुमा एक रुपैयाँ पनि नबुझाई नै माइक्रोम्याक्सको उक्त फोन किस्ताबन्दीमा लिन पाइने भएको हो ।

नेपालका लागि आधिकारीक बिक्रेता पशुपति ट्रेड लिकसँगको सहकार्यमा सुन्धारास्थित इजी मोबाइल केयरले माइक्रोम्याक्स क्यानभास इन्फिनीटी किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।

यो योजनामा माइक्रोम्याक्सका सबै मोडलका फोनहरु ० प्रतिशत डाउन पेमेन्टमा बिना ब्याज खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ। किस्ताबन्दीको अवधी ६, १२ र १८ महिना रहने छ ।

यो सेवा इजी मोबाइल केयरको स्टोर न्यूरोड ताम्राकार मोबाइल कम्पेल्क्सको पाँचौ तला र सिटिसि मलको चौथो तलामा उपलब्ध हुनेछ ।

post image

फागुन १, वासिङटन ।  हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो।

उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन् । सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुनेभएको छ।

तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ। वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ। (सिन्ह्वा)

post image

फागुन १,काठमाडौँ।  विश्वका चर्चित कम्पनीहरूको लोगो र उनीहरूले खेल्ने रङको भित्री यथार्थ रोचक हुन्छ । फेसबुकको रंग कसरि निलो हुन पुग्यो हेरौ तथ्य :

१. फेसबुकले नीलो रङ प्रयोग गर्नुको खास पाटो रोचक नै छ । संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले उनी र उनका साथीले नीलो रङमा फेसबुक डिजाइन गरेका हुन् ।

२. फेसबुकमा जो कसैलाई पनि तपाईं चाहेको वेला ब्लक गर्न सक्नुहुन्छ, तर एकजना बाहेक । फेसबुकमा ब्लक गर्न नसकिने ती एक्ला व्यक्ति को होलान् ? उनी हुन्, फेसबुकका संस्थापक
मार्क जुकरबर्ग ।

३. अधिकांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला ? या मरिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गरेको होला । कोही प्रयोगकर्ताको मृत्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्‍यो भने उसले विभिन्न तथ्य जुधाएर यथार्थ खोज्छ । उक्त प्रयोगकर्ताको मृत्यु भएको पुष्टि भयो भने फेसबुकले मृतकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अकाउन्ट कसैले पनि लगइन तथा परिवर्तन गर्न सक्दैन ।

४. फेसबुकका झन्डै दुई अर्ब प्रयोगकर्ता छन् । अधिकांश देशमा फेसबुक सामाजिक सञ्जालमा एक नम्बरमा छ । तर, यही फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरियालगायत देशमा फेसबुक चल्दैन ।

५. फेसबुकमा अहिले भएको ‘लाइक’ अप्सन पहिले अर्कै थियो । यो ठाउँमा पहिले ब्ध्भ्क्इःभ् राखिएको थियो । यसैलाई बदलेर पछि लाइक बनाइएको हो ।

६. फेसबुकको लत लाग्यो भने रोगको रूप लिन्छ । यसलाई फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी भनिन्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

७. तपाईं आफ्नो फेसबुक अकाउन्ट लग इन गरेर इन्टरनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईंका सबै गतिविधि रेकर्ड गरिरहेको हुन्छ ।

८. फेसबुकको सर्भर डाउन भयो भने उसलाई प्रतिमिनेट २५ हजार डलर नोक्सान हुन्छ ।

९. फेसबुकले होस्टिङका लागि मात्रै हरेक महिना तीन करोड डलर खर्च गर्नुपर्छ ।

post image

माघ २९,काठमाडौँ । भ्यालेन्टाइन डेलाई लक्षित गर्दै केएल मोबाइल हबले ‘बाइ वान, गेट वान फ्री’ अर्थात एउटा किन्दा अर्को निशुल्क अफरसहित मेला आयोजना गर्ने भएको छ।

के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित मेला आयोजना गर्न लागेको हो।

भ्यालेन्टाइन डेको अवसर पारेर आगामी मंगलबारदेखि १५ दिनसम्म मेला आयोजना  गर्ने आयोजकले बताएको छ । मेलामा मोबाइल खरिद गर्दा हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने बताएको छ।

विश्व बजारमा पाइने २५ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन्। हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन्।

हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउने जनाएको छ।

post image

माघ २५,रुकुम । सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् ।  जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश गर्यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गरेका हुन् ।

 हाल दाङको पद्मोदय नमूना माध्यमिक विद्यालयमा इलेक्ट्रिकल इञ्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले यस्तो यन्त्र आविष्कार गरेपछि जिल्लामा उनको निकै चर्चा चलिरहेको छ । ओलीले योसँगै अन्य विभिन्न ३० वटा उपकरण पनि बनाएको बताएका छन् ।

 उनले बनाएका केही उपकरण बिक्रीका लागिसमेत बजारमा आइसकेका छन् । “मैले बनाएको सबैभन्दा राम्रो उपकरण सेक्युरिटी सिस्टम हो, २१ वर्षे ओलीले भने, “यसमा पहिले नै मोबाइल नम्बर सेट गरिएको हुन्छ, कोठामा कोही प्रवेश ग¥यो भने मोसन र हिटका आधारमा मेसिनले जुन व्यक्तिको फोन नम्बर सेट गरिएको हुन्छ, त्यसमा फोन गर्छ ।

सम्बन्धित व्यक्तिले फोन उठाएपछि कोठाभित्र भइरहेको गतिविधिको आवाजसमेत सुन्न सकिने उनले बताए । रातिको समयमा पसल, घर, कार्यालयलगायतका ठाउँमा हुने चोरीको सूचना दिन यो उपकरण सहयोगी बन्ने विश्वाससहित आफूले उपकरण तयार पारेको ओलीको भनाइ छ । यसलाई थप व्यवस्थित बनाउन निरन्तर मेहनत गरिरहेको उनले बताए । रासस

post image

माघ २५,काठमाडौँ । एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित गरेर अफरहरु सार्वजनिक गरेको छ। उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो।

आज(माघ २५) सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म एनसेल नेटवर्क भित्र कल गर्नसक्ने छन्।

यसको लागि ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्नु पर्ने छ। त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जानकारी दिएको छ।

त्यस्तै एक घण्टा भिडियो च्याट गर्नको लागि २० रुपैयाँको प्याक लिनसकिने छ। जसको लागि ८१७११४३ डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने छ।

post image

माघ २२,काठमाण्डौं । नेपाल  टेलिकमले १४ औं वार्षिकोत्सवको अवसरमा विभिन्न  छुट योजना सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा टेलिकमको भद्रकाली प्लाजास्थित प्रांगणमा सोमबार आयोजित कार्यक्रममा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले विभिन्न छुट योजनाको घोषणा गरिन् ।  घोषणा अनुसार टेलिकमले एडीएसएल सेवाको गति माघ २५ देखि ५ एमबीपीएसमा स्तरोन्नति  गर्ने जनाएको छ । यस्तै क्रस बिल्डिङ अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि एडीएसएल सेवामा रिचार्ज गर्दा जीएसएम वा सीडीएमएमा डाटा बोनस उपलब्ध गर्नेछ ।

कम्पनीले जीएसएम एसेवातर्फ २३ माघ देखि ८ फागुनसम्मको लागि भ्वाइस प्याकेजमा राती १० देखि बिहान ६ बजेसम्मका लागि ३ दिनका लागि रु ३५, अनलिमिटेड अलटाइम डाटा प्याकेजमा २४ घण्टाका लागि रु ५० र  अनलिमिटेड नाइट डाटा प्याकेजका लागि एक रातको रु १५ शुल्क तोकेको छ ।  यस्तै माघ २३ देखि माघ २९ सम्म  रु ५०, १०० र २०० को रिचार्जमा १० प्रतिशत र रु ५००र १००० को रिचार्जमा १५ प्रतिशत छुट दिने योजना पनि टेलिकमले सार्वजनिक गरेको छ ।

यसैगरी पीएसटीएन सेवाग्राहीका  लागि फागुन महिनामा थप २५ कल बराबरको रकम छुट दिइने टेलिकमले जनाएको छ भने माघ २५ देखि बैशाख २५ सम्म भारतमा कल गर्न रु २।२२ देखि रु २।३३ पैसा प्रतिमिनेटमा सकिने गरी विभिन्न आकर्षक प्याकेजहरु ल्याइएको छ । यस्तै अन्तराष्ट्रिय आगमन कलमा ७ खदिनमा ७ मिनेट भन्दा बढी कल भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा एसएमएस पठाउन बोनस प्रदान गर्ने पनि टेलिकमले जनाएको छ ।

यस्तै २५ माघ देखि २५ बैशाखसम्म विभिन्न ‘स्प्रिङ अफर’ प्याकेजहरु ल्याउने पनि टेलिकमले जनाएको छ । सो अवसरमा सम्बोधन गर्दै प्रवन्ध निर्देशक राजभण्डारीले बढ्दो प्रतिस्पर्धात्मक बजारमा कम्पनीले गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सुविधा दिन प्रतिबद्ध रहेको बताइन् ।  उनले १४ वर्षको अवधिमा कम्पनीको ग्राहक १ करोड ८५ लाख नाघिसकेको जानकारी दिँदै मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा ताररहित र तारसहित डाटामार्फत सेवा प्रदान गरिरहेको बताइन् ।

 

post image

माघ २१,काठमाडौँ । कुमारी बैंकले भाइबर बैंकिङ सेवा सुरु गरेको छ । यो सेवा कुमारी बैंकका ग्राहकहरुमा मात्रै सीमित नभएर, खाता नभएका व्यक्तिले समेत लिन पाउनेछ ।

भाइबर बैंकिङ सेवामार्फत ग्राहक महानुभावहरु तथा समस्त भाइबर सेवा प्रयोगकर्ताहरुले सहजै कुनै पनि बेला आफ्नो खाताको विवरण, खाताको कारोबार, कर्जा सुविधा, कार्ड सुविधा, खाताका किसिम, ब्याजदर, बैंकका शाखा, एटीएमसम्बन्धी जानकारी साथै अन्य बैंकिङ सेवाहरु निःशुल्क लिन सक्नेछन् ।

कुमारी बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै प्रविधिको प्रयोग गरी, आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आइरहेकोे छ । बैंकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने कटिबधता मोबाइल फोनकोे माध्यमलाई अधिकतम उपयोग गरी ग्राहकवर्गले सरल एवं उत्कृष्ट बैंकिङ सेवाबाट लाभान्वित हुने विश्वास लिएको छ ।

कुमारी बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले ७४ वटा शाखा २ वटा एक्सटेन्सन काउन्टर, ५८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

post image

माघ १८,काठमाडौं। जापान सरकारको अनुदानमा नेपाली आकाशको ७५ प्रतिशत एयर स्पेस समेट्ने जडान भएको नयाँ प्रविधिको राडार बिहीबारबाट सञ्चालनका आउने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ललितपुरको भट्टेडाँडामा स्थापना गरिएको छ। आधुनिक प्रविधिको ‘मोनोपल्स सेकेन्डरी सर्भिलियन्स’ राडर पूर्णरूपमा सञ्चालनमा आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । नयाँ राडर सञ्चालनमा आएपछि नेपालको हवाई क्षेत्र अझै सुरक्षित हुनेछ ।

भट्टेडाँडामा जडान गरिएको ‘इन रुट मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडर’ ले दुई सय ५० नटिकल माइल (चार सय ५० किलोमिटर) सम्मका जहाजका सम्पूर्ण जानकारी थाहा पाउन सकिने आयोजना प्रमुख सञ्जीवसिंह कठायतले जानकारी दिए । नयाँ राडरले जुनसुकै कम्पनीको जहाजको पनि पहिचान दिनेछ ।

तर, पुरानो राडरले चार हजार ९६ जहाजको मात्रै पहिचान दिने उनले बताए । यसैगरी त्रिभुवन विमानस्थलमा जडान गरिएको ‘टर्मिनल मोनोपल्स सेकेन्डरी सर्भिलियन्स राडर’ ले दुई सय नटिकल माइल (तीन सय ६० किलोमिटर) क्षेत्रमा रहेका जहाजको अवस्था देखाउने उनले जानकारी दिए ।

अहिले प्रयोगमा रहेको पुरानो ‘विमानस्थल सर्भिलियन्स राडर’ र ‘सेकेन्डरी सर्भिलियन्स राडर’ ले ५० नटिकल माइल क्षेत्रको मात्रै जानकारी उपलब्ध गराउँथ्यो । जापान सरकारको अन्तर्राष्ट्रिय नियोग (जाइका)को नौ सय ८९ मिलियन जापानिज यन र प्राधिकरणको १५ करोडसहित करिब एक अर्ब १५ करोड रुपैयाँमा राडर जडान गरिएको प्राधिकरणले जनाएको छ ।

नयाँ राडरबाट पूर्वका सबै भाग र पश्चिममा सुर्खेतसम्मको हवाई क्षेत्रमा उडेका विमानको गति, उचाइ, प्रकार, एयरलाइन्सलगायत विवरण थाहा पाउन सकिने कठायतले जानकारी दिए । नयाँ जडान गरिएको राडरको परीक्षण अमेरिकास्थित फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) बाट ल्याइएको विशेष जहाजमार्फत गरिएको थियो ।

post image

माघ १८,काठमाडौं।  ‘स्मार्ट सिटी : सूचना, सञ्चार तथा प्रविधि’ भन्ने मूल नाराका साथ इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ अध्ययरत विद्यार्थीको आयोजनामा लोकस फेस्टिबलको १५ औं संस्करण हुने भएको छ ।  उक्त फेस्टिवल आगामी १९ देखि २१ माघसम्म सञ्चालन हुने भएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीको आयोजनामा पुल्चोक क्याम्पस परिसरमा हुने  छ ।

लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै तयारी पूरा भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलन बताए । लोकसका मिडिया संयोजक वसन्त चौलागाईले देशमा तिनै तहको निर्वाचन सम्पन्न भएर देश स्थायी शान्ति र आर्थिक विकासको बाटोमा लम्किदै गएको बताए ।

नेपाली विद्यार्थीहरुको सिप सिर्जना तथा उत्पादनलाई प्रदर्शन गर्दै निर्वाचनमा विभिन्न नेता तथा उम्मेदवारले स्मार्ट सिटीको नारा दिएकाले स्मार्ट सिटी कस्तो हुन्छ भनेर देखाउन यस वर्षको लोकसको मुख्य नारा स्मार्ट सिटी बनाइएको उनको भनाइ छ ।

पुल्चोक क्याम्पस इलेक्ट्रिकल तथा कम्प्युटर डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा. सुरेन्द्र श्रेष्ठले स्मार्ट सिटी के हो र कस्तो हो भनेर देखाउन खोजेको बताउँदै यसका बारेमा नबुझेकालाई प्रदर्शनीले कन्सेप्ट तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  लोकसका संयोजक कार्कीले प्रदर्शनी मुख्य तीन भागमा विभाजित गरेको र त्यसमा प्राविधिक पूर्वाधार, वैकल्पिक उर्जा र अनलाइन सर्भिसको विषयलाई मुख्य आकर्षकको रुपमा प्रस्तुत गरिने जानकारी दिए ।

प्रदर्शनीका क्रममा ड्रोनाचार्य, रोबो वार्ज, इनर्जी ह्याकथन, विभिन्न व्यक्तित्वसँगको संवाद, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी, फोटोग्राफी, सफ्टवेयर सम्बन्धी कार्यक्रम लगायत आयोजना हुने आयोजकले जनाएको छ ।

post image

माघ १५, काठमाडौं। मोबाइल आजको युगमा तपाईको पकेटमा भएको रकेट हो । यसमा तपाईसँग सम्बन्धित धेरै महत्वपूर्ण र निजी जानकारीहरु राखिएका हुन्छन् ।

यस्तो गोप्य र महत्वपूर्ण कुराहरु समेटिएको मोबाइल ह्याक भएको खण्डमा तपाई त्यसलाई चाढोभन्दा चाढो समाधान गर्ने प्रयास गर्नुहुन्छ तर यदि तपाईले थाहै नपाउने हो भने यसले ठूलो दुर्घटना पनि निम्त्याउन सक्छ ।

तर यस्ता केहि सात उपायहरु छन् जसले तपाईलाई आफ्नो मोबाइल कुनै प्राविधिक होस् या मानवीय कारण ह्याक भएको अवस्थाको अनुमान लगाउन मद्दत पुर्‍याउँछ ।

१. यदि तपाईको मोबाइल सामान्यभन्दा कम गतिमा चल्छ भने यस्तो अवस्थामा तपाई मोबाइल ह्याक भएको हुनसक्छ । भाइरस या अन्य कुनै मेलिसियस प्रोग्रामको कारणले कहिलेकाहिँ यस्तो हुनसक्छ । मेलिसियस त्यस्तो प्रोगाम हो जसले मोबाइलको कार्य, गति र प्रयोगकर्तालाई नोक्सान पुर्‍याउँछ । तर कहिलेकाहिँ नियमितरुपमा मोबाइलको अपरेटिङ सिस्टम अपडेट हुँदा पनि यस्तो समस्या देखा पर्नसक्छ ।

२. सामान्यतय मोबाइल ज्यादा तातिनुको पछाडि पनि ह्याक कारण हुनसक्छ । यस्तो अवस्थामा मेलिसियस एप्लिकेशन ब्याकग्राउन्डमा चलिरहेका कारण हुनसक्ने अमेरिकी इन्टल टेक्नोलोजीका विज्ञ बताउँछन् । उक्त एप्सलाई सहि तरिकाले बन्द नगर्दा पनि यस्तो हुन्छ ।

३. मोबाइल लगातार तातिने समस्याको नकरात्मक असर ब्याट्रीमाथि पर्नजान्छ । यसले ब्याट्रीको उमेरलाई कम गर्छ । तर यी सबैपछाडिको कारण भनेको सिस्टम अपडेट हो । मोबाइल जोन वेभसाइटका अनुसार यदि अपडेट एकदमै नयाँ र प्रभावशाली छ भने त्यसलाई चलाउन हिच्किचाउनु हुँदैन ।

४. मोबाइल ह्याक भएको कुनै अवस्थामा तपाई अघि नै तपाईका कन्ट्याक्टमा रहेका कसैले सूचना प्राप्त गर्नसक्छन् । यस्तो अवस्थामा तपाईले आफ्ना कन्ट्याक्टमा रहेका कसैलाई कुनै म्यासेज नपठाए पनि उनीहरुलाई एसएमएस या वाट्सऐपको माध्यमबाट म्यासेज मिल्नसक्छ ।

५. तपाईले कहिलेकाहिँ आफ्नो मोबाइल आफै चलेको या अज्ञात नम्बरबाट तपाईलाई म्यासेज आएको विचार गर्नुभएको छ ? यदि यस्तो हुँदैछ भने तपाईको उपकरण ह्याक भएको हुनसक्छ ।

६. यसप्रकारका हमलाहरु विशेष गरी इमेलको बाटो भएर तपाईसम्म हुन्छ । यस्तो अवस्थामा इमेल गरिएका कुनैपनि लोभलाग्दा लिङ्कहरुभित्र नपस्नुहोला र चाढो त्यसलाई बन्द गर्नुहोला ।

७. कहिलेकाहिँ विभिन्न प्रकारका अनाधिकारिक सिस्टमहरु मोबाइलमा प्रयोग गर्नाले पनि भाइरसहरु मोबाइलमा पस्न सक्छन् । इन्टरनेटमा काम गरिरहेको अवस्थामा कहिलेकाहिँ असामान्य आवाजहरु थाल्छन् । साथै वेभ पेजहरुमा असामान्य र अनावश्यक चिजहरु देखिन थाल्छन् । यस्तो अवस्थामा तपाईको मोबाइल उपकरण ह्याक भएको हुनसक्छ ।

यसको नतिजा जब तपाई कसैसँग मोबाइलम कुराकानी गरिरहनु भएको हुन्छ तब पछाडीबाट आवाज आइरहेको हुन्छ यस्तो अवस्थामा कसैले तपाईको आवाजको रेकर्ड गरिरहेको हुनसक्छ ।

कुनै बेला भाइरसहरु यस्ता पनि हुन्छन् जुन तपाईको मोबाइलमा आफै आउँछन् । कहिले यी भाइरसहरु विज्ञापनको स्वरुपमा आउँछन् त कहिले तपाईलाई कुनै विन्डो या ट्याबमा लिएर जान्छन् । कमप्युटरको भाषामा यसलाई पप अप भनिन्छ ।

साइबर सुरक्षाका विज्ञ जोसेफ स्टिनबर्ग भन्छन्, ‘जसै कमप्युटर इन्टरनेटको पहुँचमा पुगेपछि नयाँ ट्याब खुल्न थाल्छ ठिक त्यसरी नै फोनमा यस्ता ट्याबहरु खुल्न थाल्छन् ।’ यस्तो अवस्थामा सावधानी अप्नाएर अप्रत्याशित घटनाबाट टाढा बस्न उचित हुन्छ ।

नयाँ ऐपको मामिलामा पनि यस्तो समस्या आउने सम्भावना धेरै हुन्छ । तपाई आफ्नो फोनमा ऐपहरु कस्तो ऐपबाट डाउनलोड गर्नुहुन्छ यो एकदमै महत्वपूर्ण कुरा हो । कुनै समय त्यस्ता ऐपहरु एकदमै महंगो हुने भएकाले डाउनलोड गरिरहँदा तपाईको इन्टरनेट प्याक चाँडो सकिनसक्छ ।

यसबारे स्टिनवर्ग भन्छन्, ‘फोनलाई अपडेट गर्न एकदमै आवश्यक हुन्छ तर त्यस्तो ऐप बनाउने कम्पनी या सेवा प्रदायकहरु एकदमै विश्वासिलो हुनुपर्छ ।’

कुनै पनि ऐपलाई डाउनलोड गर्नअघि त्यसबारे इन्टरनेटमा खोज गर्नुहोस् । अन्यथा ऐपको माध्यमबाट ह्याकर्स तपाईको इन्टरनेट प्रयोग गर्नसक्छन् । त्यसैले मोबाइलमा पैसासँग सम्बन्धित लेनदेन एकदमैं ध्यान पुर्‍याएर गर्नुपर्छ ।

यी सम्पूर्ण समस्याहरुको समाधानका लागि तपाई सबैभन्दा पहिले विश्वासिलो कम्पनीको एन्टी भाइरस आफ्नो मोबाइलमा राख्नुहोस् । जुन ऐपहरुलाई तपाईले इन्स्टल गर्नुभएको हुन्न, त्यसलाई डिलिट गर्नुहोस् । फ्रि वाइफाईको लोभमा हरेक ठाउँ आफ्नो मोबाइललाई नजोड्नुहोस् । मोबाइलमा अप्ठ्यारो पासपोर्ड राख्नुहोस् । पप अप्समा भूलेर पनि क्लिक नगर्नुहोस् । उपकरणलाई अपडेट गरिरहनुहोस् । इन्टरनेट चलाई रहँदा डाटा कति काटिदैँछ त्यसमाथि ध्यान राख्नुहोस् ।

post image

माघ १५,काठमाडौँ  । आगामी बुधबार अर्थात् माघ १७ गते साँझ ५ बजेदेखि राति ८ः४५ बजेसम्म चन्द्रग्रहण लाग्ने जनाइएको छ ।  खगोलविद्हरुका अनुसार चन्द्रग्रहण पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्दा सिर्जना हुने अवस्था हो । चन्द्रग्रहण अरु केही नभएर चन्द्रमा र पृथ्वीले आफ्नो बाटोमा चक्कर लगाइरहँदा बीचमा परेको पृथ्वीको छाया चन्द्रमा पर्दा देखिने दृश्य हो ।

विज्ञानले सामान्य प्रक्रियाको रुपमा लिए पनि शास्त्रहरुले ग्रहणका असरबारे चर्चा गरेको पाइन्छ । चन्द्रग्रहण लाग्दा गर्न नहुने केही कामहरु बारे शास्त्रमा चर्चा गरिएको पाइन्छ । चेतावनी दिएको पाइन्छ ।

ज्योतिषशास्त्रका अनुसार ग्रहण लागेको समयमा तेल मालिस गर्न हुँदैन । तेल अथवा क्रिम लगाउँदा छालाको समस्या देखिने शास्त्रहरुमा उल्लेख छ । यसैगरी चन्द्रग्रहणको बेला सुत्न नहुने शास्त्रीय मान्यता छ । ग्रहणको बेला सुत्दा स्वास्थ्यसम्बन्धी समस्या देखिनसक्छ ।

अर्को महत्वपूर्ण कुरा ग्रहणको बेला शारीरिक सम्बन्धलाई बन्देज गरिएको हुन्छ । शास्त्रका अनुसार ग्रहणको बेला सम्भोग गर्दा जन्मिने बच्चाको स्वभाव नराम्रो हुनुका साथै दाम्पत्य जीवनको सम्बन्धमा पनि समस्या आउन सक्छ ।

post image

माघ १२,तेह्रथुम। तेह्रथुमस्थित छथर गाउँपालिकाले सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी मेसिन र सिसी टिभी जडान गरेको छ । गाउँपालिका कार्यालयसहित सेवा क्षेत्र भित्रका विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको बताइएको छ ।

सुशासन अभिवृद्धि, शैक्षिक गुणस्तरमा सुधार तथा नियमित अनुगमनलाई व्यवस्थित गर्न गाउँपालिका कार्यालयमा सिसी टिभी तथा विद्युतीय हाजिरी जडान गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताए । गाउँपालिका कार्यालयका सबै शाखा र कोठामा सिसी क्यामेरा जडान गरिएको छ ।

ती सबै काम र गतिविधिको प्रत्यक्ष निगरानी गाउँपालिका अध्यक्षको कोठाबाट गरिन्छ । यस्तै गाउँपालिकाले सेवा क्षेत्रका नौ वटा माध्यमिक विद्यालय, ६ स्वास्थ्य चौकी र सात वटै वडा कार्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको प्रवक्ता राजन नेपालीले बताए ।

विद्युतीय हाजिरी जडानपछि शिक्षकहरु नियमित विद्यालयमा उपस्थित भए नभएको अनुगमन गर्न सहज हुने भएको छ । यसले सरकारी विद्यालयप्रतिको विकर्षण हटाउन सजिलो हुने आशा गरिएको छ ।

 

post image

माघ ११,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ।

सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ।’

यही माघ ७ गतेदेखि शुरु गरेको उक्त सेवाबाट हालसम्ममा ३८ जना लाभान्वित भइसकेका छन्। उनले भने, ‘सेवाग्राहीलाई सूचना पठाउने या नपठाउने भन्ने निर्णय मान्छेले गर्ने होइन, यो काम सफ्टवेयर आफैँले गर्ने भएकाले निर्णय हुनासाथ सेवाग्राहीको मोबाइलमा सूचना जान्छ।’

यस प्रणालीबाट नक्सा दर्ता गर्ने सेवाग्राहीको मोबाइलमा नक्साको अस्थायी स्वीकृति, भुइँतलासम्मको स्वीकृति (पूरै भवनको), निर्माण सम्पन्न वा कुनै कारणवश नक्सा स्वीकृत गर्न नमिल्ने भए सो सम्वन्धी समेत जानकारी चरणबद्ध रुपमा जान्छ। त्यसका लागि सेवाग्राहीले कामपामा आफ्नो मोबाइल नम्बर दिनुपर्नेछ।

प्रयोगकर्ताले काठमाडौँ डट जिओभी डट एनपी मा क्लिक गरी नक्सा दर्ता गर्दा प्राप्त भएको रजिस्ट्रेसन नम्बर राखेपछि आफ्नो फाइल कुन टेबलमा पुगेको छ, यसबाट कुन टेबलमा कति समय अड्कियो ? नक्सा पास हुने प्रणालीमा अब कतिवटा टेबलमा पुग्न बाँकी छ, घरमै बसेर हेर्न सकिन्छ।

यस सेवालाई नागरिकले प्रयोग गर्ने हो भने नक्सा पाससँग सम्बन्धित धेरै गुनासोको सहजै समाधान हुने महाशाखाले विश्वास लिएको छ। रासस

 

post image

माघ ८,न्युयोर्क ।  सामाजिक सञ्जाल फेसबुकले  फेक न्युज र प्रपोगाण्डा फैलाउने सामग्री नियन्त्रण गर्ने उदेश्यका साथ्  बिशेष  तथा भरोसायोग्य समाचारलाई मात्रै प्रवर्द्धन (बुस्ट) गर्ने भएको छ। फेसबुकका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मार्क जुकुरबर्गले न्यूज फिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन्।

‘जुन भरोसायोग्य छ त्यो प्रकाशनलाई प्रवर्द्धन गर्नेछौं। जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन् त्यसमा कमी आउनेछ,’ उनले भनेका छन्– ‘यो परिवर्तन न्यूज फिडको र्यांकिङमा देखिनेछ।’ उनका अनुसार यसको परीक्षण पहिला अमेरिकामा हुनेछ। त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागु गरिनेछ। प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ। समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानीय समुदायका लागि सान्दर्भिक होस् त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने उनको भनाई छ।

यसको मूल्यांकन प्रयोगकर्ताले गर्ने फेसबुकले जनाएको छ। ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं,’ फेसबुकले भनेको छ। सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिनेछैन्।

post image

माघ ३,काठमाडौँ । इन्टरनेट सेक्युरिटी फर्म एभीजीले एन्ड्रोइड स्मार्टफोनमा सबभन्दा धेरै ब्याट्री खपत गर्ने १० एपको सूची सार्वजनिक गरेको छ। फर्मले जारी गरेको सूचीमा गेमिङदेखि सोसल मिडिया एप्ससम्म अटाएका छन् भने यी सबै एप गुगल प्लेस्टोरबाट निशूल्क इन्स्ट्ल गर्न मिल्ने खालका छन्।

यी हुन् धेरै ब्याट्री खपत गर्ने दश एन्ड्रोइड एपः
१. क्याण्डी क्रस सागा
२. पेट रेसक्यिु सागा
३. क्लस अफ क्लान्४।गुगल प्ले सर्भिसेस
५. ओएलएक्स
६. फेसबुक
७. ह्वाट्सएप
८. लुकआउट सेक्युरिटी एण्टीभाइरस
९. एण्ड्रोइड वेदर र क्लक विडजेट
१०. सोलिटेयर्

post image

बिनिता सिवाकोटी पुस ३०,काठमाण्डौं । शनिवारको दिन केहि ढिला गरेर उठियो , अफिस पनि छुट्टि भएकोले घरमा एक हप्तादेखि बाँकी रहेका काम गर्ने तरखरमा थिए । त्यतिकैमा कमै मलाई सम्झिने मेरो पुरानो घरकि साथीको फोन आयो ! फोन उठाए , एकै चोटी भनि हेर्न मेरो फेसबुक आइडी नै ह्याक भयो कस्तो टेन्सन लागिरहेको छ ।

के भएर भयो त् त्यस्तो ? मैले प्रस्न गरे , जवाफमा भनि ” बिदेशमा हुनुभएको दाइको फेसबुकबाट एउटा लिंक आयो साथै मेसेज पनि , दाइले मेसेजमा तिम्रो के के भिडियो पो बनेको रहेछ त् ! पहिले त मैले नर्मल भएर फेसबुकले बनाइदियो होला नि भने , दाइले हैन अरु नै भिडियो छ भनेपछी म सक भएर लिंक खोले , लिंक खोलेपछी मेरो आइडी र पासवर्ड माग्यो त्यहि अनुसार लगइन गरे तर केहि भिडियो देखिएन ।” संगै भन्न भ्याई तलाई पनि आउला नि लिंक नखोल नि !

खासमा आइडी र पासवर्ड लगइन गरेपछी आइडी आफै ह्याक हुँदोरहेछ उसको भनाइ अनुसार थाहा भयो । अर्को प्रश्न तेर्स्याए  अनि दाइले चाहि किन पठाउनुभएको त त्यस्तो लिंक अनि किन झुटो भिडियोको बारेमा भन्नुभएको ?

उसले भनि दाइको पनि आइडी त्यसरी नै ह्याक भएको रहेछ अनि त्यहि ह्याक भएको आइडीबाट त्यस्तो मेसेज आएको खुल्न आयो । अब के गर्ने यार फेसबुकमा आफ्नो पारिवारिक कुरा देखि लिएर कारोबारसम्मको कुरा गरिन्छ ! आज शनिवार पोलिस रिपोर्ट गर्न नि नमिल्ने रहेछ उ आतिदै फोन राखी ।

अर्का एकजनाले त् फेसबुकमा आफुलाई शंका लागेको मान्छेको फोटोसहित स्टाटस नै पोस्ट गरे । उनले पनि यसरि लिंक आफ्नो परिवारका सदस्यलाइ गएको र सबैको आइडी ह्याक भएको स्टाटसमा लेखेका छन् ।

 

त्यसैगरी केहि दिन अगाडी २ जना साथीको बाट फ्रेन्ड रिक्वेस्ट आयो जव कि उनीहरु पहिले नै फेसबुकमा साथि थिए । पछी अनिहरुलाई भेटेपछी थाहा भयो उनीहरुको फोटो र नाम नै प्रयोग गरि अरु कसैले फेक आइडी बनाएर मन लाग्दी , अश्लिल बोल्ने तथा त्यस्ता तस्बिरहरु पठाउने गरेको रहेछ ।

यस्ता घटना दिनहुँ संसारभर घटी नै रहेका छन् । जति जति आधुनिक प्रविधिमा  बिकास भइरहेको छ त्यति नै त्यसको दुरूप्रयोग गर्नेको संख्या बढिरहेको छ । साइबर क्राइम बिरुद्द नियम कानुन पनि नबनेको हैन तर पनि यस्ता सामाजिक संजालका अपराधीहरु आफ्नो संजाल फैलाएर अघि बढिरहेका छन ।

साइबर क्राइम गर्नेलाई यस्तो छ सजाय

नेपालमा साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गरिँदै आएको छ । उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने र सबैभन्दा बढी विवादीत दफा हो । यस दफाले कम्प्यूटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरुमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।

post image

बिनिता सिवाकोटी पुस ३०,काठमाण्डौं ।  सवारी साधन प्रदूषण जांचको कार्य नेपाल सरकारको प्राविधिक कार्यालय, ट्राफिक कार्यालय , यातायात ब्यबस्थापन बिभाग र वातावरण बिभागको संयुक्त टोलीले परीक्षण गरिहेको छ  ।

पेट्रोल तथा ग्यासबाट चल्ने सवारीसाधनको धुँवाको मात्रा ग्यास एनालाइजरमार्फत मापन गरिन्छ । सवारीसाधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा ३ प्रतिशत हुनुपर्ने मापदण्ड छ । त्यस्तै, डिजेलबाट चल्ने सवारीसाधनको ‘डिजेल स्मोक मिटर’मार्फत धुँवाको मापन गरिन्छ । यसमा धुँवाको मात्रा २.४ एचएसयु हुनुपर्ने मापदण्ड  छ ।

वातावरण बिभागबाट कार्यरत प्रकाश सिग्देलले सवारीसाधनको प्रदूषण जाँच गर्दा फेल हुने सवारीसाधनको लाइसेन्स र बिलबुक जस्ता कागजातहरु आफ्नो नियन्त्रणमा लिने बताए । उनले भने ” जाँच  फेल भएका सवारीसाधनलाइ मर्मत सम्भार गर्न एकान्तकुना पठाउँछौ र पुनर्जांच गरि निश्चित जरिवाना लिएर सवारीको कागजात हस्तान्तरण गर्छौ ।”

एकान्तकुनामा रहेको प्राविधिक शाखामा दैनिक डेढ सय सवारीसाधन प्रदूषण जाँच गर्न आउने गरेका छन। प्रदूषण जाँच गर्न ३५ रुपैयाँ शुल्क लाग्छ।साना–ठूला सवारी कार्यालय वागमतीमा एक लाख ४८ हजार ६ सय १६ सवारी दर्ता छन् । करिब ५० हजार सवारीसाधनले मात्रै बर्सेनि सवारी प्रदूषण जाँच गरिरहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी केहिसमय अघी ट्राफिक कार्यालयमा बसेको माननीय सचिब ज्युको नेतृत्वमा बसेको बैठकले यो जांच कार्य अझै केहि समयसम्म निरन्तरता दिने निर्णय भएको पनि सिग्देलले जानकारी गराए ।

 

सोहिअनुसार काठमाडौँका विभिन्न स्थानमा  टोलि बनाएर दैनिक ३० देखि ३५ वटा डिजेल तथा पेट्रोलका गाडीहरुको प्रदुषण जांच गर्ने गरिएको छ ।

post image

पुस २८,काठमाडौं। नेपाल चीनसँग औपचारिक रुपमा जोडिएको छ। क्रसबोर्डर अप्टिकल फाइबर लिंकमार्फत आजदेखि चीनले रसुवाको जिलोङ गेटवे हुँदै नेपाललाई स्थलीय केबुलमार्गबाट जोडेको हो।

दुईवर्ष अघि नै नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड सिटिजीबीच चीन र नेपाललाई स्थलगत केबुलमार्गमा जोड्ने सम्झौता भए अनुसार नै दुबै देश अप्टिकल फाइबरमार्फत जोडिएका हुन्। नेपालले हालसम्म दूरसंचारको अन्तराष्ट्रिय आबद्धताका लागि भारतको मात्र भर्दै आउनुपरेको थियो। अहिलेसम्म नेपालमा चलेको इन्टरनेट भारतसँग भैरहवा, विराटनगर र वीरगञ्जबाट जोडिएको थियो ।

हङकङ र भारत हुँदै नेपाल आउने इन्टरनेटको तार समुद्रमुनिबाट बिछ्याइएको  हुँदा समस्या देखिन सक्ने भएकाले स्थलमार्गबाट ल्याइएको चीनको अप्टिकल फाइबर बलियो बिकल्प भएको बताइएको छ।
अब चीनको पनि बाटो हुँदै विश्व दूरसंचारसँग जोडिन नेपाललाई सहज समेत भएको छ।

post image

पुस २३,काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो फोरजी अर्थात लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा लाहान(सिराहा) र धनगढी (कैलाली) मा पनि विस्तार गरेको छ ।  पौष २३ बाट यी दुई शहरहरुमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ । सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब लाहान र धनगढीमा पनि दु्रतगतिको मोवाइलब्रोडब्याण्ड सेवा लिन सक्नेछन् ।

यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशका विभिन्न २१ शहरमा पुगेको छ र एनसेल फोरजी सेवाको पहुँच १५५ भन्दा बढि जन संख्यामा पुगेको छ । एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले अझ धेरै मानिसलाई नयाँ प्रविधिमा आधारित दु्रतगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा पहुँच सुनिश्चित गर्दै, थप २ शहरहरु लाहान र धनगढीमा पनि फोरजी सेवा प्रदान गर्न पाउँदा हर्षित भएको प्रतिकृया दिए । उनले भने ‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएकालक्ष्यप्राप्तितथा डिजिटल नेपालनिर्माणमा योगदानपुर्याउदै, आफ्नो प्रतिवद्धता बमोजिम हामी जनसंख्याको १५ प्रतिशतभन्दा बढिमा यो सेवाको पहुँच सुनिश्चित गर्न सफल भएका छौ ।’

जेठ १८ देखि सुरु भएको एनसेलको फोरजी सेवा हाल काठमाडौ उपत्यका (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, कोहलपुर, नेपालगञ्ज र विरेन्द्रनगरमा उपलब्ध छ ।  आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजीचल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्कतिरेर साट्न सक्नेछन् ।

post image

 पुस २३,काठमाडौं । नेपालले स्विट्जरल्यान्डको लुश्रेनमा हुने पहिलो वर्ल्ड इनोभेसन फोरममा विशेष सहभागिता जनाउने भएको छ । छानिएका चार उद्यमशील नवसिर्जनाका ‘स्टार्टअप’ सोचहरूसहित नेपालले सहभागिता जनाउन लागेको हो । नेपालमा नवीतम प्रविधि र आविष्कारहरूलाई प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजना गरिएको तीन दिने नेपाल स्वीस टेक्नोलोजी ट्रान्सफर कार्यशालाबाट ती स्टार्टअप सोचहरू छानिएका हुन् ।

नानो टेक्नोलोजी विज्ञ तथा सिंगापुर युनिभर्सिटीका पूर्व डिन श्रीराम रामकृष्णननले समेत विशेष अतिथिका रुपमा सहभागीहरूलाई प्रशिक्षित गर्नु भएको थियो । प्रतियोगिताबाट छानिएका चार ‘स्टार्टअप’हरूले स्विट्जरल्यान्डमा आयोजना हुने पहिलो वल्र्ड इनोभेसन फोरममा सहभागिता जनाउने मिश्रले जानकारी दिनु भयो । “नेपाल अहिले विश्वव्यापी आविष्कारहरूमा नेपाल १२९ औं स्थानमा छ भने स्विट्रल्यान्ड नवसिर्जनाहरूमा विश्वकै पहिलो स्थानमा छ । जुन देशमा यस्ता आविष्कारहरू, विज्ञान तथा प्रविधिको बढी विकास र उपयोग भएको हुन्छ, त्यसले आर्थिक रूपमा पनि उन्नति गरेको अध्ययनले देखाएको छ,” वल्र्ड इनोभेसन फोरमका नेपालका लागि राजदूत खेम लकाईंले भन्नुभयो, “विश्वमा आविष्कार तथा नवसिर्जनाका क्षेत्रहरूमा भइरहेका नयाँ–नयाँ अभ्यास नेपाल भित्र्याउन यस्ता कार्यक्रमले योगदान दिनेछन् ।”

आगामी वर्षदेखि यस्तो प्रतियोगितालाई अझ देशव्यापी बनाएर स्विट्जरल्यान्डका नेपाली डायस्पोराद्वारा स्थापित नेप्लिज साइन्टिफिक एसोसिएसन इन स्विट्जरल्यान्ड ९नेप्सास० द्वारा नेपालस्थित एसडीसीको सहयोगमा काठमाडौंको गेट कलेजमा आयोजना गरिएको कार्यक्रममा नेपालभरिका ५० भन्दा बढी नवआविष्कारमा संलग्न युवाहरूको सहभागिता थियो । प्रविधिजन्य क्षेत्रमा नेपालभरिकै रचनात्मक सिर्जनामा संलग्न व्यक्ति तथा समूहबाट आवेदन माग गरि परियोजनाको खाका प्रस्तुत गर्न लगाइएकोमा प्राप्त ५०० आवेदनमध्येबाट ५० जना छनोट गरिएको नेप्सासका अध्यक्ष रञ्जन मिश्र बताउनु हुन्छ । ती छानिएका ५० जना सहभागीहरूलाई विभिन्न चरणमा प्रविधि हस्तान्तरण, परियोजना विकास र सञ्चालनका तौरतरिकाहरूबारे उद्यम, व्यवसाय, प्रविधि, वित्त, व्यवस्थापन, चिकित्सासहितका क्षेत्रका विज्ञहरूले प्रशिक्षण गरिएका थियो् ।

त्यसलाई अन्तर्राष्ट्रिय इनोभेसन फोरमसँग आवद्ध तुल्याउने प्रतिबद्धता लकाइले व्यक्त गर्नुभयो । आगामी जुन २०१८ मा स्विट्जरलान्डकै लुश्रेनमा हुने पहिलो वल्र्ड इनोभेसन फोरमलाई विश्व आर्थिक मञ्चकै समकक्षी अन्तर्राष्ट्रिय आविष्कार तथा नवसिर्जना मञ्चका रूपमा विकास गरिरहिएको छ ।

post image

पुस २०,एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो मानवजस्तै रोबोट अर्थात् ह्युमनोइड रोबोट तयार पारेका छन् , जसले मानिसले जस्तै पुसअप, सेटअपलगायतका व्यायाम गर्न सक्दछ । जापानको युनिभर्सिटी अफ टोकियोका वैज्ञानिकहरुले बनाएको केंगोरो नामक यस रोबोटले व्यायाम गर्दा मानिसको शरीरबाट जस्तै गरी पसिना निस्किन्छ ।

यो रोबोटमा एउटा यस्तो कृत्रिम सिस्टम लगाइएको छ जसका कारण उसको जिउबाट पसिना निस्किन्छ । शारीरिक रुपमा यो रोबोटले पूर्णरुपमा मानव शरीरले जस्तै काम गर्दछ ।यसलाई क्र्यास टेष्टमा प्रयोग गर्न सकिन्छ । यसका साथै यो रोबोटको प्रयोग खेलाडी तथा धावकहरुका मांशपेशीको विश्लेषणमा पनि गर्न सकिन्छ । वैज्ञानिकको यो टोलीले पछिल्ला केही वर्षयता मानवस्वरुप रोबोटको विकाश गर्ने काम गरिरहेको छ । यस टोलीले सन् २००१ यता विकास गरेका रोबोटको सिरिजमा केंगेरो सबैभन्दा अत्याधुनिक रहेको बताइएको छ ।

यो रोबोटको शरीरबाट पसिना आउने हुनाले यसले रोबोटलाई बढि तात्नबाट बचाउँदछ । साथै यसले मानिसले जस्तै केही चाल चाल्न तथा व्यायाम गर्न पनि सक्दछ ।

post image

पुस १९,काठमाडौँ । वेबसाइटमा विज्ञापन, ट्विटरमा ट्रोल्स, मोबाइलमा कल, मेसेज तथा अनावश्यक इमेल, सायद सबैजसो मोबाइल/ल्यापटप प्रयोगकर्ताले भोग्दैआएको समस्या हो ।

यस्तोमा कतिपय इमेलहरु यस्ता हुन्छन् जो फिशिंग वा अन्य ह्याकिङ ट्रिक्सबाट प्रयोगकर्ताको कम्प्युटर सिस्टम तथा डाटालाई नोक्सान पूराउन सक्छ ।   फेक इमेलहरुबाट केवल प्रयोगकर्ताको इनबक्स भरिनेमात्र होइन यसले प्रयोगकर्तालाई नोक्सान पूराउने जोखिम पनि हुन्छ । कतिपय सर्भिस प्रोभाइडरहरु वा अन्य मानिसहरु उनीहरुको इमेल सर्भिस अनसब्सक्राइब गरिसकेपछि पनि इमेल पठाइरहन्छन् ।

यसबाट बच्नका लागि जिमेलले यस्तो व्यवस्था गरेको छ की प्रयोगकर्ताले अनावश्यक इमेलहरु ब्लक गर्न सक्दछन् ।

यसरी ब्लक गर्नुहोस् जिमेलमा कसैको इमेल:

· सबैभन्दा पहिले गुगलमा आफ्नो इमेल आइडी पासवर्डसँगै लगइन गर्नुहोस्

· जुन इमेल पठाउने व्यक्ति, ग्रुप वा सर्भिस प्रोभाइडरलाई तपाइँ ब्लक गर्न चाहनुहुन्छ, त्यसको नाम सर्च गर्नुहोस्

· उसको इमेल ओपन गर्नुहोस्

· पठाउनेवालाको नाम/ठेगानाको तल देखिएको तिखो आकारको चिन्हमा क्लिक गर्नुहोस्

· त्यहाँबाट Block Sender’s name/adress को विकल्प छान्नुहोस्

यसो गरिसकेपछि तपाइँले आफुले नचाहने इमेल वा सेलेक्टिभ प्रयोगकर्ताबाट आउने खालका इमेलबाट बच्न सक्नुहुनेछ ।एजेन्सी

post image

पुस १६,दिल्ली । भारतका उत्तर प्रदेशमा एक सामन्य परिवारकी एक यूवतीले दैनिक महिलामाथि हुने हिंसाका घटनालाइ मध्यनजर गर्दै  विश्वभर केटीहरु बलात्कारबाट बचाउन सहयोग गर्ने एक पेटीको निर्माण गरेकी छन् ।  उनले यस्तो  पेटी बनाएकी छिन जसमा एक खालको लक लगाइएको हुनेछ, जसले महिलालाई बलात्कारबाट बचाउनेछ । सीनु यसलाई रेप प्रुप पेटी भन्छिन् ।

करिब ४ हजारको लागतमा निर्मित यो पेटी बनाउनका लागि बुलेट प्रुफ कपडा प्रयोग गरिएको छ । यसमा एक स्मार्ट लक, एक जीपीआरएस र एक रेकर्डर पनि लगाइएको छ । बीबीसीसँगको कुराकानीमा सीनुले भनेकी छिन कि पेटीलाई न त सजिलै काट्न सकिन्छ न त जलाउन नै । यसमा लगाइएको स्मार्ट लक केवल पासवर्ड हालेर मात्र खुलाउन सकिन्छ ।

१९ बर्षका सीनु कुमारी उत्तर प्रदेशको फरुर्खावाद जिल्लाको एक निम्म मध्यबर्गीय परिवारकी छोरी हुन । उनका पिता किसान हुन् । उनले केन्द्रीय बाल एवं विकास मन्त्री मेनका गान्धीबाट प्रशंसा पाएकी छिन उनी अव यो पेटीको अधिकार सुरक्षित गर्दैछिन् ।  सीनुले आफ्नै अनुसन्धानबाट यस्तो पेटी बनाएको बताएकी छिन् ।

सीनु भन्छिन कि यसमा एक बटन लगाइएको छ, जसलाई दवाएपछि तुरन्तै इमरजेन्सी या १०० नम्वरमा डायल हुन्छ । यसमा लागेको जीपीआरएसको मुद्धतबाट प्रहरीले लोकेशन पत्ता लगाउँछ । रेकर्डरले त्यस आसपासको सवै आवाज रेकर्ड गर्छ । सरकारी सहयोग मिले यो पेटीलाई अझ राम्रो बनाउन सकिने सीनुको भनाई छ ।

post image

पुस १३,काठमाडौं । नेपाल सरकार तथा नेपाल दुर संचार प्राधिकरणले नेपालका सवै घरमा वोर्ड ब्राण्डको पुर्वाधार बिकास गर्न एनटीए संचालन टेलिकम अपरेटरर्स तथा इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीहरुसँग सहकार्य गरेको छ ।

यसका लागि सुबिसु केबलनेट प्रा.लि.लाई प्रदेश २ को आठ वटा जिल्लाहरुमा एफटीटीएच नेटवर्कको पुर्वाधार विकाश गर्न नेपाल दुरसंचार प्राधिकरणले स्विकृती प्रदान गरेको छ ।  आफ्नो नेटवर्कलाई सुदृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि सुबिसु केबलनेट प्रा.लि.ले नोकियासँग गुणस्तरीय उत्पादनका लागि हातेमालो गरेको जनाएको छ ।

एफटीटीएच इमर्जिङ बोर्ड ब्राण्ड टेक्नोलोजि र सुबिसु केबलनेट प्रा.लि.ले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सर्भिससँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवाप्रदानगर्ने मुख्य उद्देश्य राखेकोे जनाएको छ ।

सुबिसु केबलनेट प्रा.लि.नेपालको एउटा अग्रणी इन्टरनेट÷डिजिटल टेलिकम सेवाप्रदान गर्ने प्रदायक भएकोले गुणस्तरीय सेवा प्रदान गर्न देशभरी नै अप्टिकल फाइबर नेटवर्क विस्तार गरीरहेको छ । नोकियाले संसार भरी संचार सेवालाइ आवद्ध गरेको छ ।

 यसले नयाँ प्रविधिहरुको अनुसन्धान तथा खोजि गरी सरकारी निकाय, ठुलो व्यापारीक प्रतिष्ठान र ग्राहकहरुलाई उच्च गुणस्तरको विभिन्नप्रकारको उपकरणहरु तथा सेवाहरु प्रदान गरिआएको छ । फाइभ जी र इन्टरनेट थिङसको प्रविधिको विकास गर्दे डिजिटल हेल्थ भर्चुअव रियालिटी समेतमा केन्द्रित भएको बताइएको छ । यस्तै नेओटेरिक नेपाल नेपालको एउटा अग्रणी आइसिटी कम्पनी हो जसले नेपालमाथुप्रै यस क्षेत्रका नयाँ प्रविधि भित्राएको जनाएको छ ।

post image

पुस १२,काठमाडौँ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल बनाउन आउँदो वैशाखदेखि प्रविधिमा आधारित भुक्तानी प्रणाली प्रयोगमा ल्याउन लागेको हो ।

आन्तरिक राजश्व विभागलाई पूर्णरुपमा कार्यान्वयन गरेर अगाडि बढ्ने तयारी भइरहेको अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले जानकारी दिए। उक्त प्रविधि कार्यान्वयनमा आएपछि मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेछ ।“मोबाइल भुक्तानी, वास्तविक समयमा भुक्तानी (रियल टाइम पेमेन्ट), डिजिटल पेमेन्ट र नेक्स्ट जेनेरेसन पेमेन्टलाई मिलाएर एकीकृत (युनिफाइड) भुक्तानीका लागि आवश्यक काम राष्ट्र बैंकले गरिरहेको छ ”  पाैडेलले भने। प्रणालीको प्रयोगसँगै न्यायपूर्ण, सक्षम कर प्रणालीको माध्यमबाट आन्तरिक राजश्व अधिकतम बनाउन सहयोग पुग्ने सहसचिव पौडेलको दाबी छ ।

पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय (२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय (१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर) साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ । त्यसपछि सरकारले गैरकर राजश्व कार्यालयमा उक्त प्रविधिको प्रयोग गर्ने योजनाका साथ अगाडि बढाएको छ । त्यसका लागि कानुनी तथा प्रविधिगत सुधार गरिरहेको अर्थ मन्त्रालयले जनाएकोे छ । रासस

post image

पुस १२,एजेन्सी । रूसको अन्तरीक्ष एजेन्सी रोसकोसमोसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा एउटा पाँच तारे होटल बनाउने तयारी थालेको छ ।  यस लग्जरी अर्बिटल सुइटमा चार निजी क्याबिन पनि हुनेछन् । एक-एक क्याबिन दुई क्युबिक मिटरको हुनेछ । साथै यसमा अन्तरीक्ष पुगेका यात्रुले ४०० माइल भन्दा तल पृथ्वीतर्फ सिधै हेर्न सकिनेसहितको पूर्वाधार पनि बनाइने बेलायतको चर्चित अनलाइन मिररका लेखिएको छ  ।

यो होटल विश्वका धनाढ्य मानिसहरुलाई अन्तरिक्षको भ्रमण गराउने उद्धेश्यका साथ खोल्न लागिएको हो ।एक अन्य समाचार अनुसार यस पाँच तारे होटलमा १६ इन्च एक ठुलो झ्यालका साथै लाउन्ज एरिया पनि हुनेछ । यहाँ दुई हाइजिन र मेडिकल स्टेशन, व्यायाम उपकरण र वाईफाईको सुविधा पनि हुनेछ ।

पृथ्वीको श्वास रोकिदिने यस दृश्यलाई देखाउनाका साथै अन्तरिक्ष पर्यटकलाई एक व्यवसायिक व्यक्तिको सहयोगमा ‘अन्तरीक्ष पैदल यात्रा’ को अवसर पनि दिइने भएको छ । यस प्रस्तावित होटलको अनुमानित लागत २१० मिलियन पाउन्डदेखि ३३६ मिलिपन पाउन्डको बीचमा हुनेछ । यसलाई बनाउन निजी क्षेत्र र राज्यकोतर्फबाट पनि लगानीका लागि अनुदान दिइने भएको छ ।

यो होटलमा एकदेखि दुई सातासम्म बस्नका लागि हरेक पर्यटकले ४० मिलियन डलर (लगभग ४०९१००००० रुपैयाँ ) शुल्क लाग्ने छ । एक महिनासम्म यहाँ रहन चाहने पर्यटकले स्पेस वाकमा भाग लिन चाहँदा २० मिलियन डलरसम्म अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ ।

post image

पुस ११, काठमाडौं । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ)को कार्यकारी अध्यक्षमा हेमन्त कुमार चौरासिया सर्वसम्वतले निर्वाचित भएका छन् । पुस ८ गते सम्पन्न भएको महासंघको २४ औं वार्षिक साधारण सभा तथा महाधिवेशनले चौरासियालाई निर्वाचित गरेको हो । उनले प्रथम उपाध्यक्षमा रहेर काम गरिसकेका छन् । महाधिवेशनमा विभिन्न ३३ जिल्लाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

महासंघको उपाध्यक्षमा विश्वरामबलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे ( महिला ), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्ला अन्तर्गत) निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा रञ्जितकुमार पोदार निर्विरोध निर्वाचित भएका छन् ।महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिवमा जिल्ला अन्तर्गत जगनबहादुर गुरुङ, थप सचिव पदमा केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा. पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भए ।

कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् । क्यान महासंघको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखाबाट सम्पुर्ण कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष चौरासियाले क्यान महासंघलाई एकताबद्ध र अझ पारदर्शी संगठन निर्माण गर्नेे प्रतिवद्धता बताए । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यानमहासंघ) नेपालको आइसिटी क्षेत्रको पुरानो र ठुलो साझा संस्था हो । सन् १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा क्यान महासंघमा परिणत भएको थियो ।

post image

पुस १०,मंगलबारे । अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ। अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो। उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन्। तर यो व्यवस्था धेरै किसानलाई जानकारी नै छैन।

मूल्य थाहा पाउन मोबाइलको म्यासेज बक्समा गई IAACH लेखेर ३४००१ मा एसएमएस गर्न सकिन्छ।अलैँचीको मुख्य कारोबार हुने झापाको बिर्तामोडमा प्रचलित बजार मूल्यका बारेमा थाहा पाइने र  IAACH लेखेर ३४००१ पठाएमा इलाममा रहेको प्रचलित मूल्य थाहा पाउने प्रावधान रहेको अलैँची विकास केन्द्रका वरिष्ठ प्राविधिक अञ्जनीकुमार न्यौपानेले बताए।

किसानले थाहा पाउन बजारै गएर बुझ्नुपर्ने झन्झटबाट मुक्त भइने र बेला बखतमा आफूहरु निक्कै ठगिएको महसुस हुने गरे पनि यस समस्याको केही हदसम्म समाधान भएको रोङ गाउँपालिका– ६ रम्भ्याङ्गका किसान श्याम आचार्यको भनाइ रहेको छ। तथापि अलैँची व्यवसायी महासंघले गरेको मूल्य जानकारीको प्रावधान किसानको हितमा नै रहेको किसानको भनाइ रहेको छ। बजारमा पनि अलैँचीको मूल्य व्यापारीले आफूखुशी तोक्ने गरेका छन्। रासस

post image

पुस ३,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको हेलो सरकारले कल सेन्टर सुरु गरेको छ। मंसिर २८ गतेदेखि सर्वसाधारणका गुनासोलाई व्यवस्थित तरिकाले सम्बोधन गर्न कल सेन्टर सुरु गरिएको हेलो सरकारका अधिकृत रामचन्द्र कोइरालाले जानकारी दिए। हेलो सरकारले कागजविहीन बनाई र तत्काल सर्वसाधारणको गुनासो सम्बन्धित निकायमा पुरयाई सम्बोधन गर्नका लागि कल सेन्टर सुरु गरिएको उनले बताए।

सर्वसाधारणले ११११ मा फोन डायल गरी कलसेन्टरमार्फत गुनासो राख्ने छन्। यसरी राखिएका गुनासोलाई तुरुन्तै त्यहाँका कर्मचारीले कम्प्युटरमा टाइप गरी सम्बन्धित निकायमा गुनासो पुर्याउने छन्। कल सेन्टरमा राखेको गुनासो रेकर्डसमेत गरिने व्यवस्था रहेको छ। कल सेन्टर सुरु भएपछि जो कोहीले पनि जिस्किएर हेलो सरकारको ११११ नम्बरमा फोन नगर्ने कर्मचारी रुपक अर्यालले बताए।

‘पहिले जसले पनि ११११ मा फोन गरेर जिस्काउने गरेका थिए’, उनले भने, ‘तर अहिले उक्त नम्बरमा फोन गरेपछि नेपाली र अंग्रेजी भाषा छनोट गर्ने भनेपछि धेरैले फोन नगर्ने गरेका पाइएको छ।’ अहिले तीनवटा ठाउँबाट कल सेन्टर सुरु गरिएको छ। बिहान ७ देखि साँझ ९ बजेसम्म प्रत्येक दिन कल सेन्टरबाट कर्मचारीले गुनासो लिने गरेका छन्। विसं २०६८ कात्तिक १७ गतेबाट सुरु गरिएको हेलो सरकारमा अहिले इमेल, फेसबुक र ट्वीटरबाट पनि गुनासो लिने गरिएको छ। शाखा अधिकृत कोइरालाका अनुसार अहिले दैनिक १५ वटासम्म कल सेन्टरमा गुनासो आउने गरेको जानकारी दिए। रासस

post image

मंसिर २७,काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन गरेको बोलपत्र आह्वानमा ठूलो मात्रामा विदेशी कम्पनीले रुचि देखाएका छन्। प्राधिकरणले पूर्वाधार साझेदारी गराउन यही मंसिर ७ गते कानुन बमोजिम योग्यता पुगेका कम्पनीबाट बोलपत्र आह्वान गरेको थियो। बोलपत्र आह्वान भएसँगै एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन अमेरिका, चीन, भारतलगायत विभिन्न देशका ठूला कम्पनीले आरएसए डकुमेन्ट खरिद गरेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एउटै कम्पनीबाट सबै मोबाइल अपरेटरको सेवा विस्तार गर्न दुईवटा छुट्टै कम्पनीलाई लाइसेन्स दिने तयारी गरेको हो। यसमा अहिलेसम्म नेपालका केही कम्पनीका साथै अमेरिका, चीन, भारत, मलेसिया, लेबनानका ठूला कम्पनीले चासो देखाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी गराए। उनका अनुसार उल्लेखित देशका अमेरिकन टावर कम्पनी, डीटीसीलगायत आठ कम्पनीले नेपालमा एकीकृत पूर्वाधार सेवाको लाइसेन्स लिन आरएसए डकुमेन्ट खरिद गरिसकेका छन्।

‘आवेदनको अन्तिम दिन आउँदो आइतबारसम्म भएकाले कति कम्पनीको आवेदन पर्छ भन्ने निश्चित भएको छैन’, उनले भने, ‘आरएसए डकुमेन्ट खरिद गरेको आधारमा हेर्ने हो भने यसमा विदेशी कम्पनीको बाहुल्यता भने देखिएको छ।’ यदि विदेशी कम्पनीले लाइसेन्स पाएको खण्डमा ८० प्रतिशत उनीहरूका लगानी र २० प्रतिशत नेपाली कम्पनीको लगानी हुनु पर्ने प्रावधान भएकाले नेपाली कम्पनी पनि विदेशी कम्पनीसँगको सहकार्यमा आउनेछन्।

उनका अनुसार नेपाल सरकारले दूरसञ्चार पूवार्धार नियमावली २०७४ को अधिनमा रहेर प्राधिकरणले दुईवटा कम्पनीलाई दूरसञ्चार सेवाको अनुमतिपत्र जारी गर्न सूचना प्रकाशित गरेको हो। त्यसका आधारमा आइतबारसम्म कतिवटा कम्पनीले आवेदन दिनेछन् त्यस मध्येबाट दुईवटा कम्पनीलाई योग्यताका आधारमा लाइसेन्स प्रदान गरिनेछ। ‘एकीकृत पूर्वाधार सेवाका लागि लाइसेन्स पाएसँगै उक्त कम्पनीले मोबाइलका टावरलाई एकीकृत रूपमा विस्तार गर्नेछन्’, अर्यालले भने, ‘उक्त टावरमार्फत नेपाल टेलिकम, एनसेल, समार्टसेललगायत टेलिफोन सेवा प्रदायक सबै दूरसञ्चार कम्पनीले सेवा दिन सक्नेछन्। लाइसेन्स पाउने कम्पनीले एउटा टावरबाट दुई वा सोभन्दा बढी कम्पनीका लागि टेलिकम सिग्नल दिने गरी पूर्वाधार खडा गर्नु पर्ने हुन्छ।’ टावरसम्बन्धि सम्पूर्ण पूर्वाधारका साथै यस कम्पनीले अप्टिकल फाइबरसँगसम्बन्धी सबै काम गर्नेछ।

उनका अनुसार अन्तर्राष्ट्रिय मान्यता के छ भन्ने कुरालाई पनि हेर्न जरुरी छ। अन्य देशमा सेवा प्रदायक र नेटवर्कलाई छुट्याएर छुट्टाछुट्टै कम्पनीका रूपमा विकास गर्ने प्रचलन छ। पूर्वाधारका लागि एउटा कम्पनी र सेवाका लागि टेलिफोन सेवा प्रदायक कम्पनीलाई लाइसेन्स दिने प्रचलन छ। ‘यसो हुँदा कम्पनीले आआफ्नो सेवा विस्तारमा एकै किसिमले काम गर्न पाउनेछन्। यसले गर्दा सेवामा पनि सुधार आउने अपेक्ष गर्न सकिन्छ’, उनले थपे।

 

post image

मंसिर २५,काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ। टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको अन्तर्राष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन्।

ओभर द टप (ओटीटी) अर्थात कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप ह्वाट्सएप, म्यासेन्जर, आईएमओलगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा गिरावट हुन थालेको नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताए। उनका अनुसार ओटीटीले गर्दा टेलिकम क्षेत्रमात्र नभएर केबल टीभी सेवा प्रदायकका साथै फिल्मी क्षेत्रमासमेत ठूलो असर परेको छ।

‘पहिले भिडियो हेर्न टेलिभिजन, फोन गर्न ल्यान्डलाइन फोन, डाटा चलाउन म्यासेज गर्नु पर्ने थियो’, उनले भने, ‘अहिले हातमा स्मार्टफोन र इन्टरनेट छ भने, एकै ठाउँबाट फोनकल, भिडियो कल, भिडियो हेर्न, म्यासेज गर्ने सकिने भएको छ। त्यसका लागि कुन ठाउँबाट इन्टरनेट आइरहेको छ, त्यो कुनै सरोकार भएन।’ ‘एउटा एप्समार्फत निःशुल्क कल, म्यासेज, भिडियोलगायत सुविधा पाउँदा ग्राहक यसमा आकर्षित भएका छन्, यसले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा वार्षिक रूपमा गिरावट आइरहेको छ’, उनले थपे।

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले दिएको जानकारीअनुसार केही वर्ष अघिसम्म पनि कम्पनीको कुल आयको ४२ प्रतिशत अन्तर्राष्ट्रिय कलको हिस्सा थियो। तर त्यो प्रतिशतमा अहिले ठूलो कमी आएको छ। अहिले घटेर त्यसको हिस्सा ३० प्रतिशतमा झरेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार डाटामा मानिसको पहुँच बढेको छ, स्मार्टफोन हातमा छ।

उनीहरूले आफूलाई सहज हुने माध्यमको रूपमा यस्ता एप्स प्रयोग गरिरहेका छन्। नेपालबाट यस्ता एप प्रयोग गर्दा डाटा प्रयोग भएअनुसार आम्दानी हुने भएकाले त्यसले केही हदसम्म कभर गर्छ। तर, बाहिरबाट एप्समार्फत कल गर्दा टेलिफोन सेवा प्रदायक कम्पनीले साधारण कलमा जस्तो च्यानल पार्टनरमार्फत आउने पैसा आउँदैन त्यसले पनि कम्पनी उक्त आम्दानीमा कमी आएको छ।

नेपाल टेलिकमले पनि आफ्नो इन्टरनेसनल कलमार्फत हुने आम्दानीमा २५ प्रतिशतले कमी आइसकेको जानकारी गराएको छ। टेलिकमका अनुसार केही वर्षको अवधिमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा २५ प्रतिशले कमी आइसकेको छ। अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा वार्षिक रूपमा हुँदै आएको गिरावटले कम्पनीको आम्दानीमासमेत कमी आएको छ।

यो क्रम नेपालमामात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा रहेको देखिन्छ। अन्य मुलुकका टेलिकम सेवा प्रदायक कम्पनीका अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा पनि वार्षिक २० देखि २५ प्रतिशतसम्म कमी आइरहेको अन्तर्राष्ट्रिय रिसर्च पोर्टल जुनिपर रिसर्चले उल्लेख गरेको छ। उक्त अनुसन्धानबाट प्राप्त प्रतिवेदनअनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको २५ प्रतिशत मानिस ओटीटीको एक्टिभ प्रयोगकर्ता छन्। यसका आधारमा पनि ओटीटीको प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा कमी आउनु स्वभाविक भएको प्रतिवेदनमा उल्लेख छ।

 

post image

मंसिर १९, काठमाडौँ । इन्टरनेटमा रहेका आफ्ना विभिन्न सेवाका अकाउन्टमा सहजताका लागि तपाइँ हामीले सजिलो पासवर्ड राख्न रुचाउँछौँ, ता की भोलि आफैले पासवर्ड नबिर्सियोस् ।

अल्छी गरेर हामीले पासवर्डको रुपमा यस्ता अक्षर तथा अंक लगायतको प्रयोग गर्छौँ जुन किबोर्ड सजिलैसँग टाइप गर्न सकिन्छ । तर तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ । यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः

123456

123456789

querty

12345678

111111

1234567890

1234567

password

123123

987654321

त्यसैले यदि तपाइँले आफ्नो अकाउन्टमा यी मध्येका कुनैप्नि पासवर्डको प्रयोग गर्नुभएको छ भने तुरुन्त चेन्ज गरिहाल्नुस् । किनकी यी पासवर्ड सबैभन्दा ह्याक भएका छन् ।

post image

मंसिर १९, बैतडी । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन्। फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएको किशोरी अभियन्ताहरुको भनाइ छ। आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दुरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन्।

बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन्। किशोर किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन्। सञ्चारको दुरुपयोगले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरुले नै भागी विवाह गर्न थालेपछि झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन्। उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर सानैमा विवाह गर्दै भाग्न थालेका छन्।’

मोवाइलका कारण किशोरीले बलात्कारको शिकार हुनुपरेको समेत उनले बताईन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोन र फेसबुकमा कुरा गरेर किशोरकिशोरी भागेर भारत जाने गरेको उनको भनाई छ। बैतडीको सीमा नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरिएको प्रहरीले जनाएको छ। यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना तयार पारिएको छ। सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्य पूरा गर्न बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले रणनीतिक कार्ययोजना तयार पारिएको सरोकारबालाहरुले बताएका छन्।

बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, धामीसमूह, पत्रकारलगायत सरोकारवालाको भेलाले बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए। रासस

 

post image

मंसिर १९, लन्डन। अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय  सोमबार खुलेको छ। मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए।

लन्डन शाखामा फेसबुकले विभिन्न पदमा गरी ८०० कर्मचारीहरुको माग गरेको छ। उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग  बढी गरिएको  छ। फेसबुकले आफ्नो  व्यवसायिक रुपमा लन्डनलाई एक महत्वपूर्ण क्षेत्रका रुपमा छनौट गरेको हो। पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ।

हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ। गत वर्ष भएको नाफा रकममा फेसबुक कम्पनीले ४९ प्रतिशत आम्दानी बढाएको छ। फेसबुकले अत्याधिक नाफा विज्ञापनबाट कमाउने गरेको छ।

post image

मंसिर १८,रियाद् ।  पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ  ।

हङकङका एक रोबोर्ट कम्पनीले रोबोर्ट सोफियाको निर्माण गरेको हो ।  उक्त कम्पनीका प्रमुख हान्सन डेभिड उनको नाम सोफिया राखेका थिए । मानिसका हरेक सुख दुखको क्षणमा पारिवारिक माया, सद्भाव र सहयोगको आवश्यकता पर्ने र त्यसका लागि सन्तानको आवश्यकता महसुस भएको उनी बताउँछिन् । दुख सुख बाँड्नका लागि परिवार एक महत्वपूर्ण संस्था भएको उनको दाबी छ । सम्पूर्ण मानवीय क्षमतासहित निर्माण गरिएको उक्त रोबोर्टमा मानवीय चेतनाको भने अभाव छ । उक्त रोबोर्ट निर्माण कम्पनीले आगामी दिनमा मानवीय चेतनासहितको रोबोर्ट बनाउने तयारी गरेको छ ।

सन्तान चाहना राखेकी उनले आफूमा छोरीको आमा बन्ने चाहना रहेको र उनको नाम पनि सोफिया नै राख्ने इच्छा व्यक्त गरिन् । महिलाहरुप्रति एकदमै अनुदार देखिएको मुलुक साउदीकी नागरिक बनेकी उनलाई भने त्यहाँका आम महिलाहरुलाई भन्दा बढी नै अधिकार प्रदान गरिएको छ । उनलाई बुर्का लाउनु अनिवार्य गरिएको छैन ।

post image

मंसिर १७,काठमाडौँ । ओप्पोले आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पोले आफ्ना उपभोक्ताहरु विशेष गरी यूवा पुस्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादन कालो रंगमा सार्वजनिक गर्न लागेको हो । ओप्पो एफफाइभ सिक्स जीबी फेशनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी रयाम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ सार्वजनिकको तयारीमा रहेको नयाँ उत्पादनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधि उपलब्ध गरिएको छ । २ सय भन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ ।

फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ ।

post image

मंसिर १५, काठमाडौं। नेपालका लागि एप्पलको आधिकारिक बिक्रेता कम्पनी नेक्स्ट कम्युनिकेशनले आजबाट नेपाली बजारमा एप्पलको आइफोन १० सार्वजनिक गर्ने बताएको छ । नेपाली बजारमा उपलब्ध हुने आइफोन १० मा ६४ जीबी र २५६ जीबीमा हुने एप्पल कम्पनीको दाबी छ ।

सिल्भर र स्प्रे ग्रे कलरमा आइफोन १० उपलब्ध हुनेछन् । फरक फरक विशेषताका उक्त फोनहरुको भ्याटसहित मूल्य ६४ जीबीको १ लाख ३८ हजार तथा २५६ जीबीको मूल्य १ लाख ५९ हजार पर्ने एप्पल कम्पनीले बताएको छ । ग्राहकले किनेको आइफोन सक्कली हो या होइन भन्ने पत्ता लगाउनका लागि एप्पलको वेवसाइटले पत्ता लगाउन सकिने एप्पल कम्पनीले बताएको छ ।

एप्पल कम्पनीको वेवसाइटमा ग्राहकले आफूले किनेको आइफोनको सिरियल नम्बरबाट आइफोन सक्कली हो कि होइन परीक्षण गर्न सकिने बताएको छ । अनाधिकृत रुपमा आइफोनहरु नेपालमा आउने गरेका कारण परीक्षण प्रणालीको विकास गरिएको एप्पल कम्पनीले बताएको छ । आइफोन १० को मुख्य विशेषतामा वायरलेस चार्जिङ हो ।

post image

मंसिर १३,कोरिया। स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी र्याम राखिएको छ ।

ग्यालेक्सी एस नाइनमा ४ जीबी र्याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥याम हुनेछ । उक्त स्मार्ट फोनमा पुरानो स्मार्टफोनमा रहेको फिगंर प्रिन्टको समस्या पूर्णरुपमा समाधान गरिने जानकारी उक्त कम्पनीले गरेको छ । नयाँ ह्यान्डसेटहरुमा १० नानोमिटरको चिपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जिबी सम्म हुने दाबी सामसुङ कम्पनीको रहेको छ ।

post image

मंसिर १२, काठमाडौं। नेपाली बजारमा नयाँ ब्राण्डको मोबाइल थपिएको छ।भिभो ब्राण्डको मोबाइल फोन नेपाली बजारमा आएको हो। सेल्फि मोबाइल भि सेभेन नेपाली बजारमा आएको हो।यो मोबाइल भिभोको भि श्रेणीको नयाँ उत्पादन भएको कम्पनीको दाबी छ।कम्पनीका अनुसार मोबाइलमा २४ मेगापिक्सेल क्यामरा छ।यो मोबाइलले क्रिस्टल क्लिएर सेल्फि दिने कम्पनीले जनायो ।

मोबाइलमा  फेस ब्यूटि ७.० फिचरले डिएसएलआर क्यामराले जस्तै कम उज्यालो भएको वातावरणमा पनि सेल्फिलाई चहकिलो बनाउने कम्पनीको दाबी छ। यो मोबाइलमा ६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि र्याम छ।फिंगर प्रिन्ट सेन्सरबाहेक यो मोबाइलमा फेस एक्सीस प्रविधिले फोन अनलक गर्ने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार तुरुन्तै सय भन्दा भन्दा बढी भिन्न अनुहारहरुको पहिचानविन्दु पत्ता लगाउँछ।

post image

मंसिर १०,काठमाडौं। टेलिकमले आफ्ना नेटवर्कभित्र रहेका ग्राहकलार्इ १२ बजेर ५४ मिनेटमा यो म्यासेज पठाएको छ । नेपाल टेलिकमले म्यासेज पठाउँदै भन्यो-०१२३४५६, १२३४५६ जस्ता अपरिचित नम्बरबाट आउने कल नउठाउनु हुन अनुरोध छ।

टेलिकमले यस्तो म्यासेज किन पठायो? विगत दुर्इ महिनादेखि विभिन्न मोबाइल प्रयोगकर्तालार्इ यो नम्बरबाट फोन गरेर ठग्ने गरेको भेटिएपछि टेलिकमले यो म्यासेज पठाएर सचेत बनाएको हो।टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले अपरिचत नम्बरबाट मोबाइल प्रयोगकर्तालार्इ चिठ्ठा परेको भन्दै ठगेको पाइएपछि ग्राहकलार्इ सचेत बनाउन म्यासेज गरिएको बतार्इन्।

त्यो नम्बरबाट फोन गरेर चिठ्ठा परेको भन्दै बैंकमार्फत पैसा पठाउन लगाउने गरेको उनले बतार्इन्।दुर्इ महिना अघिदेखि त्यस्ता गिरोहले ठगेको पाइएपछि नेपाल दूरसंचार प्राधिकरणले टेलिकमलार्इ जानकारी दिएको थियो। ‘कहिले काँही कन्ट्रीकोडबाट कल आउनु स्वभाविकै हो, सकेसम्म बाहिरबाट आउने गरेको ‘अननोन कल रिसिभ’ नगर्नुनै राम्रो हो’ वैद्यले भनिन्,यो कलबाट धम्की दिने काम समेत भएको पाइएको छ।‘ टेलिकमले अपरिचत नम्बरबाट फोन आएमा ग्राहकले १८८मा उजुरी समेत दर्ता गर्न सक्ने उनले बतार्इन्।

post image

मंसिर ७ ,काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘एक कान दुई कान’ नामक नयाँ अफर ल्याएको छ। कम्पनीले ल्याएको यस अफर अन्तर्गत आफ्ना साथीभाई वा नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म निशुल्क इन्टरनेट र नेट टिभीबाटै टिभी हेर्न पाइने भएको छ।

कुनै प्रयोगकर्ताले अर्को एक जनालाई सल्लाह दिएर वल्र्डलिंकको सेवा जडान गर्न लगाएमा सल्लाहदिने र जडान गर्ने दुबैले एक–एक महिना वर्ल्डलिंकको निशु:ल्क इन्टरनेट सेवा चलाउन पाइने कम्पनीले जनाएको छ। त्यस्तै तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा र जडानकर्तालाई एक महिना निशुल्क सेवा, चारजनाले जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी निशूल्क र जडानकर्ताले एक महिना निशुल्क सेवा चलाउन पाउनेछन्।

त्यस्तै छ जनाले सल्लाहमा सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनाको निशूल्क इन्टरनेट र नेटटीभीका साथै स्मार्ट फोन उपहार स्वरुप दिइने तथा जडानकर्ताले एक महिना निशुल्क सेवा चलाउन पाउने वर्ल्डलिंकले बताएको छ।

 

post image

मंसिर ६,लमजुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ। निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने अधिकारीहरुले बताएका छन्। मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछि नै गरिने बताइएको छ।

सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए। लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए।रासस

post image

मंसिर ५ , काठमाडौं। नेशनल बैंकिङ इन्स्टिच्युट र पंजाव नेशनल बैंकिङ इन्ष्टिच्युट अफ इन्फर्मेसन वीच सूचना प्रविधि सम्वन्धी तालिमका लागि सम्झौंता भएको छ। संझौतापत्रमा पंजाव नेशनल बैंकका निर्देशक दिभ्याङ रस्तोगी र एनबिआर्इका प्रमुख कार्यकारी निर्देशक संजिव सुब्बाले हस्ताक्षर गरे।

पंजाव नेशनलले भारतमा बैंकिङ सम्बन्धि सुचना तथा प्रविधि अन्तर्गतका विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ। सम्झौतामा एनबिआर्इले नेपाली बैंकिङ क्षेत्रलार्इ आवश्यक हुने बैंकिङ प्रविधि, साइवर सेक्युरिटी, स्याचुरेसन तथा अन्य तालिमहरु उपलव्ध गराउने विषय उल्लेख छ। तालिमले बैंकहरुको सूचना तथा प्रविधि विभागमा कार्यरत कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने एनबिआर्इको विश्वास छ।

post image

कार्तिक ३०,काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ। मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो। एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्। उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्।

मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालको नेतृत्वमा टोली अनुगमनमा गएको थियो। टोलीले अनुगमनका क्रममा सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबल टीभी प्रालिले प्रदान गरिरहेको एनालग टेलिभिजन सेवालाई बन्द गरिदिएको छ। एनालग टीभी बन्द भएसँगै काठमाडौं र ललितपुरमा करिब ३० लाख ग्राहक प्रभावित भएको नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए।

उनका अनुसार काठमाडौं उपत्यकाका २५ प्रतिशत ग्राहकले मात्र अहिलेसम्म डिजिटल सेटअप बक्स प्रयोग गर्ने गरेका छन्। डिजिटल सेटअप बक्स नभएका ग्राहकल टीभी हेर्न नपाउने भएका हुन्। उनका अनुसार व्यवसायीको रूपमा हेर्ने हो भने सरकाले चालेको कदम एकदमै उचित हो। ‘यो व्यवसायी आफैंले माग गरेको विषय भएकाले हामी यसमा सहमत छौं’, पराजुलीले भने, ‘तर चुनावको मुखमा ग्राहकलाई सूचनाबाट बञ्चित गराउनु उपयुक्त देखिँदैन।’

मन्त्रालयका फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालका अनुसार मन्त्रालयले केबल व्यवसायीलाई एनालग प्रविधि बन्द गर्न धेरै पटक पत्रमार्फत आग्रह गर्दा पनि कार्यान्वयन नभएकाले बन्द गर्नु पर्ने अवस्था आएको बताए। ‘बन्द गर्ने क्रममा व्यवसायीमार्फत कुनै गुनासो आएको छैन, व्यवसायीले हामीलाई सहयोग गरेका छन्’, नेपालले भने, ‘तर काठमाडौं उपत्यकाका ग्राहकलाई भने चुनावको समयमा असर पर्ने भएको छ।’ उनका अनुसार डिसहोम बाहेकलाई हेर्ने हो भने अहिलेसम्म ११ लाखको हाराहारीमा सेटअप बक्स विभिन्न सेवा प्रदायकमार्फत नेपालमा भित्रिएका छन्।

३० लाखको हाराहारीमा एनालग ग्राहक भएको काठमाडौंमा ११ लाखलेमात्र टेलिभिजन हेर्नु भनेको ठूलो समस्या हो। समस्या भए पनि यसलाई कार्यान्वयनमा ल्याउनु पर्नेछ। डिजिटल नेपालका लागि यो आवश्यक पनि हो। एनालग प्रविधि बन्द भएसँगै डिस होम, सिम टीभी, सुबिसु, स्काई टीभी, हाम्रो टीभीलगायत डिजिटल टेलिभिजन प्रदायक कम्पनीलाई भने अप्रत्यक्ष रूपमा सहयोग पुगेको छ।

 

post image

कात्तिक २६,काठमाडौं । अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन् । एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन् ।

अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आवश्यकता पर्थ्यो। सयजना मानिसले गर्ने काम त्यही समयभित्र दुईवटा ड्रोनले गर्नसक्ने अवस्था छ। धेरै कम्पनीहरु आफूद्वारा निर्मित ड्रोनहरु काममा शत प्रतिशत खरो उत्रिने गरेको बताउँछन् अर्थात् विना कुनै त्रुटि ड्रोनहरुले काम गर्ने गरेका छन् । ई-कमर्स, अनलाइन शपिङ र खुद्रा क्षेत्रका अधिकांश कम्पनीहरुले केही काममा ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन् । _98610288_drone-robot3

तिनीहरुले सामान प्याकिङ गर्ने काम गर्छन्, ठीक तरिकाले सामान राख्छन् र हरेक सामानको विवरण पनि राख्छन्।अमेरिकी खुद्रा कम्पनी वालमार्टको अमेरिकाभर अढाई लाखभन्दा बढी गोदाम छन् । त्यसमा सानो भन्दा सानो गोदाम पनि छन् जुन १७ वटा फुटबल खेलमैदान बराबर हुन्छन् । वालमार्टका गोदामहरुमा रोबोट र ड्रोनले ठूलो जिम्मेवारी सम्हाल्ने गरेका छन्। उनीहरुले लिफ्टको सहयोगमा सामान एक ठाउँबाट अर्को ठाउँमा राख्छन् । सामान छुट्टयाउने काम पनि रोबोट र ड्रोनले गर्छन् । सबैभन्दा ठूलो कुरा त यी आधुनिक यन्त्रहरुले लगभग ती सबै काम गर्ने गरेका छन् जुन काम कुनैबेला मान्छेले गर्दथे ।

फरक यति छ कि आधुनिक यन्त्रहरुको सहयोगमा ती कामहरु तुलनात्मक रुपमा छिटो हुने गरेका छन्। रोबोट र ड्रोनबाट काम गराउँदा लागत पनि घटेको कम्पनीहरु बताउँछन् । अमेरिकाको प्रसिद्ध मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक फदेल अदीब भन्छन्, हरेक वर्ष सामान गुम्ने र यताउति पर्ने समस्याका कारण कम्पनीहरुले अर्बौं डलर बराबरको घाटा बेहोर्नुपर्छ। हिसाबमा त्रुटि हुँदा पनि उनीहरुलाई घाटा हुने गर्छ। अचेल गोदाममा राखिएका सबै सामानको विवरण राख्न, सबै गन्न र ‘बार कोड’ को मद्दतले सामानमा मूल्य राख्न निकै कठिन हुन्छ । _98610481__98571874_drone-france-getty

तर मान्छेको तुलनामा रोबोट र ड्रोनले यी कामहरु निकै सहज ढंगले कम समयमै सम्पन्न गरिदिन्छन्। तिनीहरुको सहयोगमा रातिराति पनि काम गराउन सकिने अवस्था सिर्जना भएको छ । त्यसबाहेक सामानहरु मिलाउन र राख्न पनि सजिलो भएको छ । यी र यस्तै कारणले अचेल ई-कर्मस र खुद्रा कम्पनीहरुले रोबोट र ड्रोनको बढी प्रयोग गर्न थालेका हुन्। उड्ने रोबोट बनाउने एउटा कम्पनी पिंकका प्रमुख कार्यकारी अधिकृत म्याट इयर्लिङ भन्छन्, नयाँ यन्त्रहरु आएर गोदाममा सामान राख्ने काम निकै सजिलो भएको छ ।

गोदाममा मान्छेले पाँच प्रतिशत मात्रै काम बिगार्दा करोडौं डलर बराबरको घाटा हुन पुग्छ। त्यस्ता घाटाको क्षतिपूर्ति अचेल रोबोट र ड्रोनबाट हुने गरेको छ । दिनरात काम गरेर उड्ने रोबोटले त्यस्तो घाटा हुनबाट जोगाइरहेका छन् ।
इयर्लिङको कम्पनीले हाइड्रोजन इन्धनबाट चल्ने रोबोट बनाउँछ । त्यस्ता ड्रोनले ब्याट्रीबाट चल्ने ड्रोनभन्दा बढी काम गर्छन् । फ्रान्सको हार्दिस कम्पनीले सामान गन्ने ड्रोन बनाउँछ ।_98610494__96809295_16b9dfc2-5dd2-4f31-bc61-5c79646f69a6

आइसी नाम गरेको उक्त ड्रोन एन्ड्रोइडबाट चल्ने गर्छ। खुद्रा कम्पनीहरुले पछिल्लो पाँच-छ वर्षदेखि आधुनिक यन्त्रहरुको बढी प्रयोग गर्न थालेका हुन् । सन् २०१२ मा नेट ए पोर्टरले आफ्ना रोबोटहरुले मान्छेले भन्दा पाँच सय गुणा राम्रो काम गर्ने गरेको दाबी गरेको थियो । त्यसैगरी अनलाइन कम्पनी अमेजनका किवा रोबोट पनि कार्यकुशलताका लागि चर्चित छन् । अचेल प्रायः सबै ठूला गोदामहरुमा रोबोटले काम गरेको देख्न सकिन्छ।

तर यन्त्रबाट काम गराउँदा फाइदासँगै घाटा पनि छन् । अमेरिकामा पछिल्लो छ महिनामा आधुनिक यन्त्रहरुका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन् । सन् २०२७ सम्ममा १७ प्रतिशत जागिर त्यस्ता यन्त्रले नै गर्ने अनुमान गरिएको छ । हुनत कतिपय जानकारहरु एकातिर जागिर नपाउँदा अर्कोतिर पाउन सकिने बताउँछन्। गोदाममा यन्त्रहरुको बढ्दो प्रयोगले दुर्घटना पनि कम हुने गर्छ जुन त्यहाँ काम गर्ने मानिसहरुका लागि सुखद पक्ष हो । हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुन्छ ।

यदि हामी सस्तो र सजिलै उपलब्ध हुने अनलाइन किनमेल चाहन्छौँ भने त्यसको मूल्य त हामीले चुकाउनैपर्छ।– बीबीसी

post image

कार्तिक २२,काठमाडौँ । ट्वीटरले मंगलबार ट्वीटमा अबदेखि २८० लक्षरसम्म लेख्न मिल्ने बनाउने घोषणा गरेको छ ।अझै धेरै प्रयोगकर्ता आर्कषित गर्न र यसमा अबद्धताको साथै सक्रियकता बढाउन यो कदम चालिएको हो ।यसअघि ट्वीटरमा १४० अक्षर मात्र लेख्न पाइन्थ्यो ।

‘हामीले लक्षरहरुको पाबन्दीलाई बढाउँदै आइरहेका छौँ । हामी ट्वीटरलाई अझै सहज र छरितो बनाउन चाहन्छौँ,’ ट्वीटरले ट्वीट गर्दै भनेको छ, ‘सेप्टेम्बरको शुरुवातदेखि यसको परिक्षण शुरु हुनेछ ।’ ट्वीटरका अनुसार जापानिज, कोरियन चाइनिजबाहेक अन्य सबै भाषाहरुमा यो लागु हुनेछ । ११ वर्षअघि स्थापना भए यता ट्वीटरले अक्षरहरुको सीमितता बढाएको यो पहिलो अवर हो । ट्वीटर आफ्ना प्रतिद्वन्द्वी समाजिक सञ्जालबाट निकै पछि परिरहेको अवस्थामा यस्तो परिवर्तन गर्न लागेको हो ।

post image

कार्तिक २२, कार्तिक । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा २०७४ कात्तिक १९ गते देखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् ।

नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जानकारी दिएको छ। सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

post image

कार्तिक २१,काठमाडौं । सरकारले नयाँ प्रविधिको सवारी इम्बोस्ड नम्बर प्लेट वितरण कार्य सुरु गरेको छ । सरकारले प्रदेशकै नाममा सोमबारदेखि नयाँ इम्बोस्ड नम्बर प्लेटको वितरण प्रक्रिया सुरु गरेको हो । मन्त्रिपरिषद्ले अञ्चलका आधारमा प्लेट वितरण गर्ने व्यवस्थामा संशोधन गर्दै प्रदेशका आधारमा इम्बोस्ड प्लेटको वितरण गर्ने निर्णय गरेसँगै यातायात व्यवस्था विभागले इम्बोस्ड प्लेट नम्बरका लागि स्वेच्छिक अनलाइन आवेदन खुला गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशका आधारमा प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । विभागका अनुसार पहिलो चरणमा साना र ठूला सवारीसाधनका लागि मात्रै तीनपांग्रे र चारपांग्रे सवारीसाधनका लागि इम्बोस्ड नम्बरका खुलाइएको हो । विभागका प्रवक्ता डा. टोपराज पाण्डेले सोमबारदेखि इम्बोस्ड नम्बरका लागि आवेदन दिन सकिने बताए । प्रवक्ता पाण्डेले भने, ‘सोमबारबाट नयाँ इम्बोस्ड नम्बर लिन आवेदन खुलाइएको छ ।’ अब वितरण हुने नयाँ इम्बोस्डमा अञ्चलका ठाउँमा प्रदेश उल्लेख हुने प्रवक्ता पाण्डेले जानकारी दिए ।

अहिले प्रदेशको पहिचानका लागि प्रदेश नम्बर राखिने तथा प्रदेशको नामकरणपछि थप शुल्क नलाग्ने गरि प्रदेशको नाम उल्लेख भएको सुरक्षित स्टिकर टाँसिने विभागले जनाएको छ । काठमाडौं बाहिर नयाँ नम्बर वितरण सुरु गर्दा पनि सम्बन्धित प्रदेशकै पहिचान नम्बर राखिने विभागको भनाइ छ । आवेदन दिएको सात दिनमै इम्बोस्ड नम्बर प्राप्त गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार ठूला र साना सवारी कार्यालय बाग्मतीबाट इम्बोस्ड नम्बर प्लेट वितरण भइरहेको विभागले जनाएको छ । अहिलेको बागमती अञ्चलको ठाउँमा स्टेट ३ रहने विभागले जनाएको छ ।

विभागका अनुसार अब अञ्चलको नाममा इम्बोस्ड नम्बर वितरण हुँदैन । विभागका अनुसार सवारीधनीले आवेदन भर्नुअघि सवारीका बाँकी सबै कर तिरिसक्नुपर्नेछ । नयाँ इम्बोस्ड नम्बरका लागि विभागले दुईखाले शुल्क तोकेको छ । नयाँ इम्बोस्ड नम्बर जडानका लागि तीन पांग्रे साना सवारीलाई २ हजार ९ रुपैयाँ राजस्व बुझाउनुपर्ने विभागले जनाएको छ । विभागका अनुसार कार, जिप, भ्यान र ट्र्याक्टरलगायत चारपांग्रेले ३ हजार २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । काठमाडौंपछि विभागले सबै स्थानमा सवारीका लागि इम्बोस्ड प्लेट अनिवार्य गर्ने भएको छ ।

 

post image

कार्तिक १९,काठमाडौँ। रामभक्तहरूले बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरको घरैमा बसेर अनलाईनमार्फत पूजा गर्न सक्ने भएका छन्। मन्दिरले अनलाइन पूजा सेवा सुरु गरेकाले रामभक्तहरूलाई यस्तो अवसर मिलेको हो । अब मुलुकभित्र मात्र होइन, संसारभरका धर्मावलम्बीले इन्टरनेटका माध्यमबाट राम मन्दिरमा पूजा गर्न सक्नेछन्।  मन्दिर व्यवस्थापन समितिका अनुसार मन्दिरले हालै सञ्चालनमा ल्याएको आफ्नो वेबसाइटमार्फत अनलाइन पूजा सेवा सुरु गरेको हो । राम मन्दिरमा अनलाइन पूजा गर्न चाहनेले मन्दिरको वेबसाइट डब्लुडब्लुडब्लु डट रामइपूजा डट ओआरजी लग इन गरी यो सेवा लिन सक्नेछन्।

वेबसाइट खोलेपछि पूजाका प्रकार देखिन्छन् । प्रकार अनुसार पूजाका लागि निश्चित रकम दक्षिणा तोकिएको छ । अनलाइन पूजा गर्न चाहनेले न्यूनतम पाँच हजार एक रुपैयाँदेखि एक लाख ११ हजार एक सय ११ रुपैयाँसम्म दक्षिणा दिएर पूजा गराउन सक्नेछन् । मन्दिरले अनलाइनबाटै विष्णु सहर्षनाम अर्चनादेखि अन्नकुट उत्सवसम्मका पूजा गर्ने सुविधा दिएको छ। कुन पूजा गर्ने भनेर भक्तजन निश्चित भएपछि अनलाइनमार्फत नै रकम भुक्तानी गर्नुपर्छ । रकम भुक्तानीलाई व्यवस्थापन समितिले प्रमाणित गरेर पालोअनुसार पूजा गर्ने समितिका सदस्यसचिव गोविन्द टन्डनले जानकारी दिए।

 उनका अनुसार पूजापछि भक्तजनलाई पूजाको भिडियो र प्रसाद पठाउने व्यवस्था गरिएको छ । गत शुक्रबारबाट सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि मुलुकभित्र र बाहिरबाट पूजाका लागि ‘बुकिङ’ हुन थाल्यो । अनलाइन पूजाबापत आएको रकम खर्च कटाएर मन्दिर विकासमा लगाइने समितिले जनायो। हाल मन्दिरमा दैनिक पाँचदेखि सात हजारसम्म भक्तजन आउने गर्छन् । शाकाहारी भोजमा विवाह, व्रतबन्धको व्यवस्था समेत मन्दिरले गरेको छ । १९२८ सालमा सनदसिंह टन्डनले निर्माण गरेको मन्दिरकै कारण सो स्थानको नाम नै बत्तीसपुतली बनेको मानिन्छ।

post image

कार्तिक १४,काठमाडौँ । बेलायतमा  गरिएको एक सर्भेले समाजिक सञ्जाल इन्स्टग्राम युवाहरुको मानसिक स्वास्थ्यका लागि सबैभन्दा खराब भएको देखिएको छ । उक्त मतसर्वेक्षणमा १४ देखि २१ वर्ष उमेरका १ हजार ४७९ जना युवाहरुलाई शीर्ष पाँच सामाजिक सञ्जालमध्ये कुनले बढी नकारात्मक प्रभाव पारेको सोधिएको थियो ।

जसमा चिन्ता, निराशा, एकाकीपन, धम्की र शरीरको छविलाई आधार बनाइएको थियो । रोयस सोसाइटी फर पब्लिक हेल्थ स्टडीले सामाजिक सञ्जालको व्यापक प्रयोगलाई निरुत्साहित गर्नुपर्ने र मानिसक समस्या भएका प्रयोगकर्ताको पहिचान गर्नुपर्ने बताउँछन् । रिपोर्टले भन्छ, समाजिक सञ्जालले युवाहरुको लागि मानसिक समस्या बढाइरहेको छ ।

अन्य उमेर समूहको तुलनामा सबैभन्दा बढी ९० प्रतिशत युवा सामाजिक सञ्जालमा सक्रिय छन् । त्यही भएर उनीहरु यसका प्रभावबाट सबैभन्दा बढी खतरामा रहेका छन् ।यद्यपि, अहिलेको अध्ययनले यस्ता खतरा के केमा हो भनेर चाहीँ प्रष्ट पारेको छैन ।

इस्ला अहिले २० वर्षकी भइन् । टिनएजर हुँदा उनी समाजिक सञ्जालमा सक्रिय थिइन् । शुरुवातमा उनलाई समाजिक सञ्जालबाट आफूलाई महत्व दिइएको भान भयो । तर, विस्तारै उनी वास्तविक जीवनभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय हुन थालिन् जसले उनलाई १६ वर्षको उमेरमा नै डिप्रेसनमा पुर्यायो ।
तर, पछि उनी यसबाट उम्कन पनि सफल भइन् । अहिले समाजिक सञ्जाललाई नै उनले सकारात्मक रुपमा प्रयोग गर्न सुरु गरेकी छिन् । उनी मानसिक स्वास्थ्यबारे लेख्छन् र मानिसहरुसँग कुरा गर्छन्, उनीहरुलाई यसबारे सचेत गराउँछिन् ।

अनलाइन गरिएको सर्वेक्षणमा युट्युव, इन्सटाग्राम, स्नापच्याट, फेसबुक र ट्वीटरले आफ्नो मानसिक स्वास्थ्यमा कस्तो पारिरहेको भनेर सोधिएको थियो ।
जसमा युट्युवबाट सबैभन्दा सकारात्मक प्रभाव परेको र स्नापच्याट र इन्सटाग्रामबाट सबैभन्दा बढी नाकारात्मक प्रभाव परेको नतिजा आएको थियो ।एजेन्सी

post image

कार्तिक १४, भक्तपुर । नेपालको सूचना सञ्चार प्रविधि क्षेत्रमा लामो समयदेखि क्रियाशील सिएन उपाध्यायको आज ५७ वर्षको उमेरमा निधन भएको छ । बिहान एक कार्यक्रम सकेर फर्कदै गर्दा बाटोमा लडेका उपाध्यायको टाउकोमा गम्भीर चोट लागेपछि भक्तपुरको इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।

अस्पतालले ११ बजे उपाध्यायलाई मृत घोषित गरेको छ । पोस्टमार्टमको रिपोर्टमा आएपछि थप जानकारी आउने आइसिटी एशोसिएसनका अध्यक्ष भेषराज पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो १ बजे पशुपति आर्यघाटमा स्वर्गीय उपाध्यायको अन्तिम दाहसंस्कार हुने छ । उपाध्याय करिब २५ वर्षदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा अनवरत क्रियाशील थिए । कम्प्युटर व्यवसायीको रुपमा यो क्षेत्रमा आएका उनी कम्प्युटर एशोसिएन अफ नेपाल (हालको क्यान महासंघ)का संस्थापक सदस्य हुन् ।

नेपालमा पहिलो पटक सूचना प्रविधि एक्स्पो सुरु गर्न उनले महत्वपूर्ण योगदान दिएका छन् । आइसिटी एशोसिएन अफ नेपालको सहसंस्थापक एवं कोषाध्यक्ष समेत रहेका उनी नेकपा एमालेका सक्रिय कार्यकर्ता समेत थिए । उनी आधा दर्जनभन्दा बढी संघ संस्थामा क्रियाशील थिए ।

 

post image

कार्तिक १३,वासिङ्टन। अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बनेका छन्।  माइक्रोसफ्ट कम्पनी संस्थापक बिल गेट्सलाई पछि पार्दै उनी ९०.६ अर्ब डलरसहित विश्वकै धनी व्यक्ति बनेका हुन्।

बिल गेट्स ९०ं.१ डलरसहित विश्वका दोस्रो धनी व्यक्तिमा गनिएका छन्। आगामी २५ वर्षभित्र उनको आम्दानी १०० अर्ब डलर पुग्ने अक्सफ्यामले बताएको छ।अमेरिकाको टेक्सास राज्यमा उनको ३० हजार एकर्डको जमिनमा फार्म हाउस रहेको छ। अमेजन कम्पनीको सेयरमा २ प्रतिशतले वुद्धि भएपछि उनी विश्वका धनी व्यक्ति बन्न सफल भएका हुन्।

फोब्स म्यागजिनले प्रकाशन गरेको विश्वका दश धनी व्यक्तिहरूको सूचीमा फेसबुक कम्पनीका मालिक मार्क जुकरबर्ग पनि परेका छन्। अमेरिकाको  राजधानी वासिङ्टन डिसीमा उनको  २३ मिलियन डलर बराबरकोे भव्य बंगला छ। उनी अमेरिकी पूर्व राष्ट्रपति बाराका ओबामा तथा राष्ट्रपति ट्रम्पकी छोरी इभाका ट्रम्पका छिमेकी हुन्।

post image

कार्तिक १२, काठमाडौँ ।   दूरसंचार सेवाप्रदायक कम्पनी स्मार्ट सेलले कात्तिक १२ गतेदेखि फोरजी सेवा सुरु गर्ने भएको छ। तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए। प्राविधिक रुपमा सबै तयारी पुरा भएपनि अझै परीक्षणकै क्रममा भएकोले देशका अन्य सहरमा सेवा विस्तारको लागि केही समय लाग्ने स्मार्टले जानकारी दिएको छ।

भोलीदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगंज, चितवन र विरगंजमा एकसाथ व्यवसायिकरुपमा सुरु गरिने राजभण्डारीले जानकारी दिए। स्मार्टले नेपालमा हालसम्मकै सबैभन्दा द्रुतगतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अहिले थ्रीजी र फोरजीबीचमा गतिमा उपभोक्ताले फरक अनुभुति गर्न नपाएको तर स्मार्टले त्यो अनुभव गराउने राजभणडरीको विश्वास छ।

१८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी संचालन गर्ने भएको छ। उक्त ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी भएको कम्पनीले गएको जेठमा नियमक निकाय दूरसंचार प्राधिकरणबाट प्रविधि तटस्थतताको अनुमति पाएको थियो। सन् २००८ मा पश्चिमाचंल विकास क्षेत्रबाट सिमित क्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो।

केके छन् अफर 

परीक्षणको रुपमामात्र कात्तिक १२ देखि सुरु हुने स्मार्टको फोरजीको गति हालसम्मकै द्रुत गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनीले दावी गरेको छ। कम्पनीका अनुसार ७० एमबीपिएससम्मको गति उपलब्ध गराउन सक्नेगरी प्रविधि तयार पारेको राजभण्डारीले जानकारी दिए।

फोरजी सेवा सुरु गरेको अवसरमा कम्पनीले एकमहिनाको लागि भाइबर, ह्वाट्स एपमा निशुलक कलको सुविधा, तीसदिनको लागि २३५ रुपैयाँमा एक जिबी डाटा उपलब्ध गराउने बताएको छ। त्यस्तै स्मार्टले नेपालमै पहिलोपटक एक सेकेन्डको अवधिमा शूल्क निर्धारण गरेको छ। एक सेकेन्ड कल गर्दा एक पैसामात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।

post image

कार्तिक ९,लण्डन । फेसबुकको नयाँ नियम आउने भंएको छ जसको कारण बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरूका लागि  यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने अनुमान लगाइएको छ । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ।

फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुक कम्पनीका अनुसार मानिसहरूले अरूको पोष्टलाई लाइक तथा सेयर परिपाटीका वृद्धि भएका कारण यस्तो नियम ल्याउन लागिएको हो। यस्तो नियम परीक्षणका लागि ल्याउन लागिएको समेत कम्पनीले बताएको छ। सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ।  लाइक तथा सेयरको मात्राका आधारमा शुल्क तिर्न नसक्ने प्रकाशक कम्पनीहरू यस नियमले घराशायी हुनेछन्। बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोट्रलहरु यो नियमका कारण धरासायी हुने दाबी गरिएको छ।

post image

कार्तिक ५,रुपन्देही। गुल्मीको धुर्कोटमा अब छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ। धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा फ्रि वाइफाइको योजना सार्वजनिक गरेका हुन्।  ुएक महिना भित्रमा जैसीथोक वरवोटमा रहेको गाउँपालिका वरीपरी फ्रि वाईफाई सेवा जनतालाई दिने गरी काम सुरु भईसकेको छ, उनले भने, क्रमशः वडा कार्यालय वरिपरी पनि फ्रि वाईफाई सेवा दिईने योजनामा लागेका छौं।ु चुनावी घोषणा पत्रमा पनि वाइफाइको योजना राखिएको थियो।
त्यस्तै सरकारी कामकाज अनलाईनबाटै गर्ने गरी काम सुरु भएको समेत पोखरेलले बताए। ‘ प्रत्येक वडामा के काम भई रहेको छरु  त्यो अनलाईनबाटै नियाल्न सकिने,  दिनभरीको काम साँझ गाउँपालिकाको कार्यालयमा वडाले रिर्पोटिङ्ग गर्ने ब्यवस्थासँगै अब तथ्याङक कागजमा मात्र होईन अनलाईनमा पनि हुने छ,ु उनले भने।  कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सांसद रुद्रमणी शर्मा भन्डारीले गाउँपालिकाको कामले पारदर्शीता ल्याउने बताए। कांग्रेसका युवा नेता छन्दबहादुर पहराईले वाइफाइ योजनालाई ुहुने विरुवाको चिल्लो पातु को संज्ञा दिए।

post image

कार्तिक १,काठमाडौँ चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी हुवावेले ‘मेट’ सिरिज अन्तर्गत दुई तथा एक फोन एकसाथ सार्वजनिक गरेको छ। विश्वकै तीन अग्रणी स्मार्टफोन कम्पनी मध्येको एक हुवावेले जर्मनीको म्युनीमा एक कार्यक्रमको आयोजना गरी ‘मेट टेन’, ‘मेट टेन’ प्रो र ‘पोर्स’ गरी तीन फोन सार्वजनिक गरेको हो। यी फोनहरुमा हुवावेले धेरै नविनतम फिचर्सहरु समावेश गरेको छ। हुवावेले यी फोनहरुमार्फत आफ्नै आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) तथा किरिन ९७० चिपसेट प्रयोगको सुरुवात समेत गरेको छ।

सार्वजनिक गरिएका मध्ये मेट टेनमा ५.९ इन्चको क्युएचडी एलसिडी डिस्प्ले तथा गुगलको पछिल्लो अपेरेटिङ सिस्टम एन्ड्रोइड ८.० ओरियो रहेको छ। फोनमा ४ जीबी र्याम तथा ६४ जीबी इन्टरनल स्टोरेज छ। त्यस्तै फोनको पछाडि पट्टि एफ/१.६ अपेचर लाइका लेन्स, एलइडी फ्ल्यास, फोरके २० र १२ मेगापिक्सेलका गरी दुई क्यामेरा छन् भने सेल्फीका लागि एफ/२.० अपेचर लेन्स भएको ८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ। त्यस्तै फोनमा फास्ट चार्जिङको सुविधासहितको ४ हजार एमएएच क्षमताको ब्याट्री छ।

मेट टेन प्रोमा भने ६ इन्चको फुल ओलेड डिस्प्ले, किरिन ९७० प्रोसेसर तथा एन्ड्रोइड् ८.० अपेरेटिङ सिस्टम समावेश छ। फोन ४ र ६ जीबी र्याम तथा ६४ र १२८ जीबी इन्टरन्ल स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। यसका साथै फोनमा पछाडि पट्टि एफ/१.६ अपेचर लाइका लेन्स, एलइडी फ्ल्यास, फोरके भिडियो रेर्कडिङ क्षमताका २० र १२ मेगापिक्सेल गरी दुई क्यामेरा छन् भने सेल्फीका लागि एफ/२.० अपेचर लेन्स भएको ८ मेगापिक्सेलको क्यामेरा समावेश गरिएको छ।

त्यस्तै फोनमा फास्ट चार्जिङको सुविधासहितको ४ हजार एमएएच क्षमताको ब्याट्री छ। यसबाहेक फोनमा एक मिटर वा ३० मिनेटसम्मको अवधिसम्मको पानी तथा धुलो प्रतिरोधात्मक क्षमता समेत रहेको छ। त्यस्तै पोर्स मोडल भने ६ जीबी र्याम तथा २५६ जीबी इन्टरनल स्टोरेज क्षमता रहेको छ। यो बाहेकका अन्य सबै फिचर्सहरु ‘प्रो’ जस्तै छन्। यी फोनहरुमा मेट टेन, मेट टेन प्रो र पोर्सको डिजाइको मूल्य क्रमशः ६९९ युरो, ९४२ युरो र १ हजार ३९५ युरो निर्धारण गरिएको छ। यी फोनहरु नेपाली बजारमा आइपुग्न अर्को एक महिना लाग्ने हुवावेले जनाएको छ।

post image

असोज ३१,काठमाडौँ । नेपाल टेलिकमले तिहार तथा छठको अवसरमा विभिन्न अफरहरु ल्याएको छ। रिचार्ज गर्दा बोनस तथा सहुलियत दरका डाटा प्याक कम्पनीले सार्वजनिक गरेको छ। कम्पनीले तिहार तथा छठको अवसरमा कात्तिक १ देखि १५ गतेसम्म प्रयोग गर्न सकिने गरी यी अफर ल्याएको हो।

१. रिचार्जमा बोनस: कम्पनीले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराएको छ । ५०, १००, २००, ५०० र १ हजार रुपैयाँका रिचार्ज कार्ड मार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराइएको छ। त्यसैगरी १० र सो भन्दा बढी रकमको एम्पोस मार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइएको छ। यो कात्तिक १ देखि ३ गतेसम्म रहने कम्पनीले जनाएको छ।

२. कम्बा प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराइएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ। त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने व्यवस्था छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ।

३. युट्युब डाटा प्याक : जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने व्यवस्था गरिएको छ। यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ। त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक २०७४ कात्तिक १ देखि १५ गतेसम्म लिइसक्नु पर्ने छ।

४. भ्वाइस प्याक:  जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १ देखि १५ गतेसम्म लिन सकिने छ ।

५. पिएसटिएन सिडिएमए फोनमा बोनस : सिडिएमए फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल २०० रुपैयाँमा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइरहेकोमा कात्तिक महिनामा १०० स्थानीय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २७५ कल निःशुल्क उपलब्ध गराइएको छ।

६. ADSL/FTTH/WiMAX अफर: कात्तिक २ देखि ८ गतेभित्र Unlimited र Volume based ADSL Account को समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि कात्तिक ९ गतेसम्म थप गरिएको छ। त्यसैगरी सोही अवधिमा FTTH/WiMAX Account को समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि कात्तिक ९ गतेसम्म थप गरिएको छ।

७. एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने SMS सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ। उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा SMS गर्न सकिने व्यवस्था गरिएको छ।

८. फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ। फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिन्छ।

post image

असोज ३०, काठमाण्डौं । नेपालमै पहिलो पटक फोर के प्रविधिमा आधारीत हाम्रो टिभीले बिधिवत रुपमा आफ्नो सेवा संचालनमा ल्याएको छ । हाम्रो टिभीलाई ग्राहकहरुले सेट अप बक्स जडान गरी हेर्न सक्नेछन् । राजधानीमा आयोजित एक बिशेष समारोहकाबिच उपराष्ट्रपती बन्द बहादुर पुनले हाम्रो टिभीको स्वीचिङ्ग गदै बिधिवत रुपमा उद्घाटन गर्नु भयो । संसारको धेरैभन्दा धेरै डिटिएचसँग सम्वन्धित उपकरणहरु उत्पादन गर्ने कम्पनी चिनको गोस्पेल डिजिटल नेक्नोलोजीको फाईबर र डिटिएचका सामाग्रीहरु हाम्रो टिभीले प्रयोगमा ल्याएको टिभीका प्रबन्ध निर्देशक लक्ष्मी पौडेलले जानकारी गराउनु भयो ।

हाम्रो टिभी जडान गर्न चाहने ग्राहकहरुलाई कम्पनीले जडान खर्च नलिने र ६ महिनासम्म ५० प्रतिसत छुटमा सेृवा दिने कार्यक्रममा जानकारी गराईयो । अहिले हाम्रो टिभीमा १४० साधारण च्यानल, ५० एचडी च्यानल तथा ३ वटा अल्ट्रा एचडी फोरके च्यानल हेर्न सकिने छ ।

साथै कम्पनीले आफ्ना ग्राहकहरुलाई इन्ड टु इन्ड फाइवर टु होम एफटिटिएच प्रविधिमा रहेर सस्तो शुल्कमा ईन्६रनेट सेवा प्रदान गर्ने जानकारी समेत कार्यक्रममा दिईयो ।

कम्पनीले छिट्टै डिटिएच सेवा पनि लन्च गर्ने तयारीमा रहेको हाम्रो टिभीका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जानकारी गराउनु भयो । कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, संचार राज्य मन्त्री तप्त बहादुर बिष्ट लगायतले हाम्रो टिभीको उत्तरोत्तर प्रगतीको कामना सहित आफ्नो स्वागत मन्तब्य ब्यक्त गरेका थिए । हाम्रो टिभीले आजैदेखि सेवा प्रारम्भ गरेको छ ।

post image

असोज २२,  काठमाडौं । एप्पलले हालै मात्र सार्वजनिक गरेको आइफोन ‘एट’ र ‘एट प्लस’ का व्याट्रीमा समस्या देखा पर्न थालेको छ। यी दुई फोनहरुमा प्रयोग भएको ब्याट्रीमा फुल्ने समस्या देखिन थालेको हो। यसअघि ताइवानकी एक प्रयोगकर्ताले फोन चार्ज गर्दा ब्याट्री फुलेको अनभुव गरेपछि सो तथ्य बाहिर आएको हो। उनले खरिद गरेको ६४ जीबी भेरियन्टको रोज गोल्ड कलरको आइफोन एट करिब ३ मिनेट चार्जमा राखेपछि फोनको अघिल्लो भाग फुलेको थियो।

त्यसलगत्तै जापान, चीन, क्यानाडा र ग्रिसमा समेत आइफोनका ब्याट्रीमा समस्या आएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। एप्पलले भने आइफोनका ब्याट्रीमा देखापरेको समस्याका बारेमा अनुसन्धान थालिएको बताएको छ। एप्प्लले दशौँ वार्षिककोत्सवको अवसर पारेर यस वर्ष तीन फोन एट, एट प्लस र एक्स सार्वजनिक गरेको थियो।

यी मध्ये ‘एट’ र ‘एट प्लस’ को बिक्री गत सेप्टेम्बर २२ देखि खुला गरिएको थियो भने एक्सको भने यसै महिनाको २७ तारिखबाट अनलाइन बुकिङ आरम्भ हुँदैछ। गत वर्ष नोट सेभेनमा ब्याट्री पड्किने, फुल्ने जस्ता समस्या देखा परेपछि सो मोडल बजारबाट कम्पनीले फिर्ता लगेको थियो।

post image

असोज २०, बेइजिङ । चीनको उड्डयन प्राधिकरणले विमानमा यात्रा गरिरहेका बेला स्मार्टफोन प्रयोग गर्न पाउने अनुमति दिने योजना बनाएको छ । तर यसका लागि प्राधिकरणले निजी विमान कम्पनीहरूको सो आह्वानको प्रतिक्षा गरिरहेको छ । निजी विमान कम्पनीहरूले त्यस्ता स्मार्टफोनको प्रयोग विमानमा अनुमति दिने हो वा होइन त्यसको प्रतिरक्षा चिनियाँ उड्डयन प्राधिकरणले गरिरहेको जनाइएको छ ।

चीनको नागरिक उड्डयन प्रशासन (सीएएसी)ले सरकारी उड्डयन नियमावलीमा पाँचौं संशोधन गरी यस्तो घोषणा गरेको हो । नयाँ नियमावलीले यात्रुलाई विमानमा स्मार्टफोन डिभाइस लान पाउने अनुमति दिएको हो । हालसम्म चिनियाँ विमानहरूले उडान अवधिमा सो डिभाइस प्रयोग गर्न बन्देज लगाएको छ ।

सीएएसीले यात्रुको स्मार्टफोनले चालकको उड्डयन प्रणालीलाई बाधा नतुल्याउने विषयको प्रमाणिकरण गरेपछि यस्तो सुविधा उपलब्ध गराउने प्रक्रियाको विकास गरेको हो ।केही अन्तर्राष्ट्रिय विमानहरूले यात्रुलाई वाइफाइ सेवाको सुरूवात गरिसकेका छन् ।चीनमा सीएएसीको निर्णयले उड्डयन नियमहरूलाई परिवर्तन गर्ने र यात्रु र चालक दलको सुरक्षाका मापदण्डलाई सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

यसको व्यवस्थापनका लागि तालिमको व्यवस्था पनि गरिनेछ । नयाँ नियमले चालकहरूको आयु सीमालाई पनि परिवर्तन गरेको छ । साथै नयाँ इन्धन नीतिको पनि प्रावधान गरिएको छ ।चीनका सबै विमान कम्पनीहरूलाई नयाँ नीतिलाई कार्यान्वयन गर्न सन् २०१९ को अन्त्यसम्म आवश्यक प्रक्रिया पूरा गरिसक्नुपर्ने छ ।

post image

असोज १७, काठमाण्डौं । सन् २०१७ का लागि चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। वैज्ञानिकहरू जेफरी सि.हल, माइकल रोसब्यास र माइकल डब्लु याङले गरेको ‘सकार्डियन रिदम’ अनुसन्धानका लागि यो पुरस्कार प्रदान गरिने भएको हो।

यो अनुसन्धान मान्छेको शरीरले २४ घण्टामा दिने प्रतिक्रियाबारे छ। बिहान घाम लाग्दा, दिउँसो र साँझ वा घाम अस्ताउँदा मानव शरीरले के-कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा केन्द्रितच यो अनुसन्धानलाई ’24-hour body clock’ (२४ घण्टे शरीर घडी) भनेर बुझिन्छ।

गार्डियन पत्रिकाका अनुसार ‘सकार्डियन रिदम’ मानव शरीरले काम गर्ने वा प्रतिक्रिया दिने एक प्रक्रियागत विधा हो। यसबाट मानव स्वास्थ्यमा सुधार र यस विषयमा आगामी दिनमा गरिने अनुसन्धानमा ठूलो योगदान दिने नोबेल पुरस्कार समितिले जनाएको छ। उनीहरुको अनुसन्धान अनुसार मानव शरीर समयअनुसार आफ्नै घडी (बायोलोजिकल क्लक) का आधारमा चल्छ। यो पुरस्कारको राशी ११ लाख अमेरिकी डलर छ ।

post image
असोज ९,काठमाडौं । स्मार्ट आइडियाज (हाम्रो पात्रोले) एप्पलका ग्याजेटस प्रयोग गर्नेका लागि लक्षित गर्दै हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ। विशेषगरी आइफोन प्रयोगकर्तालाई लक्षित गरेर एप स्टोरमा नेपाली किबोर्ड उपलब्ध गराएको हो। सजिलो युजर इन्टरफेसमा उपलब्ध यो एपको सहयोगमा सजिलै नेपाली भाषामा टेक्स्ट लेख्न सकिन्छ। यो एपमार्फत् किबोर्डको स्पेस बटन थिचेर फरक/फरक तरिकाले नेपाली लेख्न सकिन्छ।

रोमनबाट नेपाली टाइप गर्ने अथवा चलिरहेकै किबोर्डबाट नेपाली चलाउने दुवै अप्सन यसमा खुला छ। एन्ड्रोइड भर्सनमा हाम्रो नेपाली किबोर्ड चलाएका प्रयोगकर्ताले एप्पलका प्रडक्टमा पनि त्यस्तैखाले सेवा पाउने भएका हुन्। यसमा अगाडि टाइप गरिएका अक्षरसँगै सुझावहरु पनि उपलब्ध हुने भएकाले लामा लामा शब्दहरु टाइप नगरी सोझै दिइएका सुझावमा क्लिक गरेकै भरमा छिटो लेख्न सकिन्छ। नेपालीहरुले मौलिक रुपमा प्रयोग गर्ने देवनागरी लिपीलाई यसले प्रवर्द्धन गर्ने छ।

post image

असोज ७,काठमाडौं । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आजदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ। लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल छन्। भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको नेपाल टेलिकमले जनाएको छ। त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ। हाललाई दशैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स ग्राहक निःशुल्क रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एक महिन पछि भने ग्राहकले शुल्क तिर्नुपर्नेछ। यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर उपयोग गर्न सकिनेछ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर राख्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ।

post image

असोज ५,काठमाडौं । नेपाल टेलिकमले दसैंको उपलक्ष्यमा विगत वर्षजस्तै यस वर्ष पनि कम्पनीका विभिन्न सेवामा छुट उपलब्ध गराएको छ। टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा बिहीबारबाट १० गतेसम्म ५०, सय, दुई सय, पाँच सय र हजारको रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराएको छ। त्यसैगरी १० रुपैयाँ र सोभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ। त्यस्तै युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिनेछ।

त्यसैगरी ६० रुपैयाँमा पाँच सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ। यसका साथै जीएसएम तथा सीडीएमए प्रिपेड-पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेजअन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, पाँचवटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ। यो प्याकेज २४ घन्टाभित्र प्रयोग गरिसक्नु पर्नेछ। त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिनका लागि उपलब्ध हुनेछ।

५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँच दिन, एक सय रुपैयाँमा एक सय १० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र तीन सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ।

post image

असोज ५,काठमाडौँ । अब नेपाल राजपत्रमा प्रकाशित सूचना मोबाइलमै हेर्न पाइने भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले ‘मोबाइल एप्लिकेशन’ निर्माण गरेसँगै सबै सूचना तथा जानकारी मोबाइलबाट हेर्न सकिने व्यवस्था गरेको हो । उक्त मोबाइल एप्लिकेशनमा पुराना तथा नयाँ राजपत्र सजिलै पढ्न सकिनुका साथै राजपत्रमा प्रकाशित सामग्रीको विषय वा प्रकाशनको मितिबाट आफूले खोजेको राजपत्र खोजन् सकिने व्यवस्था गरिएको छ ।

चाँडै नै यो एप्लिकेशनमा सरकारका विभिन्न निकायबाट जारी हुने प्रेस–विज्ञप्तिसमेत उपलब्ध गराइने विभागका निर्देशक लोकराज शर्माले जानकारी दिनुभयो । “यो एप्लिकेशनमा अहिले १० वर्ष अगाडिदेखिका राजपत्रमा प्रकाशित सूचनालाई समावेश गरिएको छ, आगामी दिनमा यसलाई अझ अगाडि बढाएर लैजान्छौँ,”–निर्देशक शर्माले भन्नुभयो । मुद्रण विभागले बनाएको राजपत्रलाई उक्त विभागसँग समन्वय गरेर सूचना प्रविधि विभागले मोबाइल एप्लिकेशन मार्फत बाहिर ल्याएको हो । उक्त विभागले राजपत्रमा छापिएको सूचनालाई २४ घण्टामा मोबाइल एप्समा समाबेश गरिसक्ने जनाएको छ ।

यसभन्दा अगाडि राजपत्रमा प्रकाशित सूचनालाई मुद्रण विभागले आफ्नो वेभसाइटमा राख्दै आएको थियो । मोबाइल एप्लिकेशनमा राख्न लागेको भने यो पहिलोपटक हो । उक्त एप्लिकेशन शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले प्रविधिको युगमा यस्ता एप्लिकेशनले ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले एप्लिकेशनमा सम्पूर्ण सूचना राखेर कागजविहीन मन्त्रालय निर्माण गर्न सकेमात्र यस्ता एप्लिकेशन तथा वेभसाइट निर्माणले सार्थकता पाउने बताउनुभयो । मन्त्री बोहराले विदेशमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरेका नेपाली वैज्ञानिकलाई स्वदेशमा ल्याउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मुद्रण विभागबाट राजपत्रमा प्रकाशित सूचनालाई मोबाइल एप्लिकेशन मार्फत आम जनतासमक्ष पु¥याउन विभागले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले मोबाइल लिनेको संख्या बढ्दै गएको अवस्थामा यो एप्लिकेशनले सार्थक रुप लिने स्पष्ट पार्नुभयो । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा सञ्जय शर्माले सार्वजनिक सेवालाई चुस्त र दुरुस्त बनाउने उद्देश्यका साथ यो एप्लिकेशन प्रयोगमा ल्याइएको बताउनुभयो ।

post image

असोज ४,काठमाडौँ ।अति नै सुरक्षित मानिएको फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरि मोबाइल लक गर्ने युगको प्रारम्भ भएको छ । अब मोबाइल प्रयोगकर्ताले आफ्नो औठा छाप ९फिङ्गरपिन्ट० बाट मोबाइल फोन अनलक गर्न सक्नेछन ।यो एमदमै सहज प्रक्रिया मानिएको छ जसका कारण अब प्रयोगकर्ताहरु पासवर्ड र पिन याद गरिराख्न पर्ने झन्झटबाट समेत मुक्त भएका छन ।फिङ्गरप्रिन्ट सेन्सरका पहिलो प्रयोग तोसिवा जी५०० र जी९०० मोबाइल फोनले २००७ मा गरेको हो । तर, २०१५ सम्म आइपुग्दा यस फिङ्गरप्रिन्ट स्क्यानरको प्रयोग एप्पलले आफ्नो आइफोन ५एसमा गरेको थियो । यस पश्चात एप्पपका अन्य सबै डिभाइसहरुमा यो प्रविधि प्रयोग गरिँदै आएको छ र यो अपरिहार्य अङ्ग जस्तै हुन पुगेको छ ।

त्यसैगरि सामसुङ्गले आफ्नो फ्लागसिप फोन ग्यालेक्सी एस५ मा यस प्रविधिको प्रयोग गरेको छ । यसका साथै एन्ड्रोइड ६।० मार्सम्यालो अपरेटिङ्ग सिस्टममा आइओएसको टचआइडी जस्तै लाग्ने फिङ्गरप्रिन्ट स्क्यानर सपोर्ट फिचर राखिएको छ । यस कारण आज प्राय एन्ड्रोइड स्मार्टफोनहरु फिङ्गरप्रिन्ट स्क्यानरतर्फ आकर्षित हुन पुगेको देखिन्छ । हिजोआज फिङ्गरप्रिन्ट सेन्सर स्मार्टफोनको अभिन्न अङ्ग जस्तै बन्न पुगेको तथ्यलाई नकार्न सकिन्न ।

फिङ्गरप्रिन्ट सेन्सरले कसरी काम गर्छ रु

एप्पलमा फिङ्गरप्रिन्ट सँग सम्वन्धित सफ्टवेयरलाई टच आइडी भनिन्छ । आइफोनको होम बटनमा फिङ्गरप्रिन्ट सेन्सर रहेको हुन्छ । यो लेजरले काटिएको सेफायर ९निलम० बाट बनेको हुन्छ जसमा स्क्रयाच लाग्दैन । स्क्रायाच लागेको खण्डमा फिङ्गगरप्रिन्ट स्क्यानरले राम्ररी काम गर्न सक्दैन । त्यसैगरी सामसुङ्गमा पनि फिङ्गरप्रिन्ट स्क्यानर होम बटनमै समाबेस गरिएको हुन्छ भने अन्य स्माटफोनहरुमा यसलाई स्मार्टफोनको पछाडीपट्टी राखिएको हुन्छ जुन कुनै मेटालिक रिङ्ग जस्तो देखिन्छ ।
ती सेन्सरहरुले क्यापासिटिभ टचको प्रयोग गर्छ जसले प्रयोगकर्ताको फिङ्गरप्रिन्ट डिटेक्ट गर्ने काम गर्दछ । जसका कारण फिङ्गरप्रिन्टको डिजिटल इमेज क्यापचर गर्दछ । फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गरेर प्रयोगकर्ताले एक सेकेन्ड भन्दा कम समयमा आफ्नो मोबाइल अनलक गर्न सक्नेछन भने आफ्ना गोप्य दस्ताबेजहरु पनि सहजै लक एवम् अनलक गर्न सक्ने छन । आफ्नो व्यक्तिगत जानकारीहरु गोप्य राख्न यस प्रविधिलाई प्रभावकारी मानिएको छ ।

फिङ्गरप्रिन्ट सेन्सरको भविष्य

फिङ्गप्रिन्ट सेन्सर प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । यसप्रति आजका मोबाइल खरिदकर्ताको आकर्षण बढेको छ । प्रयोगकर्ताको आकर्षण बढेसँगै मोबाइल फोनमा यस प्रविधिको प्रयोग बढ्दो छ । हिजो आज महँगा फ्लागसिप स्मार्टफोनहरुमा मात्र नभई मिडरेन्ज स्मार्टफोनहरुमा पनि यस फिङ्गरप्रिन्ट सेन्सरको प्रयोग गर्न थालिएको छ ।

यसका अलावा मोबाइल खरिदकर्ताहरुको फिङ्गरप्रिन्ट सेन्सर प्रतिको क्रेजलाई मध्यनजर गरि फिङ्गरप्रिन्ट सेन्सरयुक्त बजेट स्मार्टफोनहरुको विकासमा मोबाइल विकासकर्ताहरुको ठूलो हिस्सा त्यस तर्फ अग्रसर भएको देखिन्छ । अत्याधुनिक एवम् अति नै सुरक्षित मानिएको यस फिङ्गरप्रिन्ट स्क्यानर प्रविधि अगामी दिनमा प्याटर्न लम पिन लक र पासवर्ड जस्तै मोबाइल सेक्युरिटीको अभिन्न अङ्ग हुने निष्चित प्राय छ ।

फिङ्गरप्रिन्ट स्कानर र डूअल क्यामेराले अवलंवन गर्ने प्रविधि र यसमा आगामी दिनमा देखापर्न सक्ने कमिकमजोरी पहिचान गरि यसलाई सुधार्न तर्फ मोबाइल विकासकर्ताले ध्यान दिनुपर्ने देखिन्छ । यसो गर्न सके यो प्रविधि कालान्तर सम्म चलिरहने आङ्कलन गर्न सकिन्छ । यी दुई अत्याधुनिक प्रविधि आजको आवश्यकताझै भएको सन्दर्भमा अहिलेको जमाना डूअल क्यामेरा र फिङ्गरप्रिन्ट सेन्सरको हो भन्दा यसमा दुईमत नहोला ।

स्रोत स्( आइ।सी।टी।

post image

असोज १, काठमाडौं । आश्विन संक्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्मा बाबाको पूजा गरी मनाउँदैछन् । द्वापर युगमा भगवान कृष्णलाई राक्षसहरुले दु:ख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेद द्वारका बनाई लुकाएको धार्मिक विश्वास रहिआएको छ । एकै रातमा समुद्रको बीचमा भेद द्वारकाको निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविदका रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा चलेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतम बताउनुहुन्छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भेद द्वारका अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । यसैको सम्झनामा नेपालका कालीगढहरुले आज भव्य रुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण विकास हुने विश्वासका साथ विश्वकर्माको पूजा गर्ने गर्दछन् ।

आजको दिनलाई वास्तु दिवसका रुपमा समेत मनाउने चलन छ । आज घर–घरमा भएका मेसिनयुक्त सामानको पूजा पनि गर्ने चलन छ । दुई पांग्रे र चार पांग्रे सवारी साधनको पूजा गरेर बाहिर निकाल्ने गरिन्छ ।

यसैबीच आज विज्ञान दिवस पनि मनाइदैंछ । विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, हाजिरी जवाफ प्रतियोगिताका विजयी समूह र यस वर्षका लागि विज्ञान दिवसको नारा लेख्ने दुई जनालाई पुरस्कृत गरेर विज्ञान दिवस मनाउन लागेको छ । पाँच बर्षअघि देखि नै यो दिवस मनाउने गरिए पनि जनस्तरसम्म पुग्न सकेको छैन ।

post image

 भदौ ३०,काठमाडौँ । ताम्राकार मोबाइल कम्प्लेक्समा जारी मोबाइल मेलामा मोबाइल पारखीहरुको  घुइँचो लागेको छ । दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार स्लोगन दिइएको यो मेला सुरु भएको एक हप्तामा ५ हजार भन्दा बढी मोबाइल सेटको कारोबार भएको छ।  ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउले ७ करोड ५० लाख भन्दा बढीको कारोबार भइसकेको बताए । लेनेभो मोबाइल र मोटोरोला मोबाइलको बिशेष सहयोग रहेको यो मोबाइल मेलामा लक्की ड्र मार्फत २० भन्दा बढी स्मार्ट फोन, पावर बैंक , ब्लुतुथ हेडफोनको लक्की ड्र मार्फत बितरण गरिएको ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए ।

सोचे भन्दा कारोबार उच्च रहेको बताउँदै ब्यापार संघका सचिब गुरुदत्त शर्माले अशोजको पहिलो हप्ताबाट दैनकि ब्यापार अहिलेको भन्दा ३ गुणाले बढ्ने दाबी गरे ।मोबाइल पारखीहरुको मनमा बसेको नेपालको एकमात्र मोबाइल बजार ताम्राकार मोबाइल कम्प्लेक्समा नेपालमा उपलब्ध सबै मोबाइल ब्राण्डको कारोबार भइरहेको छ । हरेक बर्ष जस्तो यो बर्ष पनि दशैं देखि तिहार सम्म हरेक दिन लक्की ड्र मार्फत हरेक दिन मोबाइल, पावर बैंक लगायतका उपहारहरु बितरण गरिरहेको छ ।

मोबाइल मेला अबधीभर बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, माइक्रोसफ्ट, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वान प्लस, एमआइ, लेनेभो लगायत सबै ब्राण्डका मोबाइलफोनहरुको कारोबार भइरहेको छ ।बम्पर उपहार स्वरुप प्रदान गरिने एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै वितरण गरिने छ भने एउटा मोटरसाइकल दशैं अगाडि नै लक्की ड्र मार्फत बिजेतालाई बितरण गरिनेछ ।

post image

भदौ २८,काठमाडौँ । एप्पल कम्पनीले एकै पटक तीन वटा आइफोनका नयाँ मोडल सार्वजनिक गरेको छ।  आइफोन ८ र ८ प्लस सार्वजनिक गरेसंगै आइफोन X को पनि घोषणा भएको छ । आइफोन X मा केही नयाँ विशेषता थपिएका छन्। एउटा प्रमुख विशेषता फेस आइडी हो।यो फोनमा पूरै डिस्प्ले दिनका लागि होम बटन हटाइएको छ। होम बटनसमेत हटाइएकोले टच आइडी हुने कुरै भएन। बरु यसका लागि फेस आइडी तयार छ।

फोनको अगाडि भागमा रहेको क्यामेराले प्रयोगकर्ताको अनुहार स्क्यान गरी फेस आइडी तयार पार्छ। यदि उही व्यक्तिले फोन अनलक गर्न खोजेमा मात्र हुन्छ। कसैको फोटो र मास्क बनाएर ल्याए पनि फोन अनलक हुँदैन। तर यदि जुम्ल्याहा छ भने अनलक हुनसक्छ। ‘त्यस्तो छ भने पासकोड बलियो राख्नुहोला’, कार्यक्रममा भनियो। ५.८ इञ्चको ओएलइडी डिस्प्ले भएको यो फोनको डिस्प्लेलाई सुपर रेटिना डिस्प्ले भनिन्छ। यसले एचडिआरसमेत सपोर्ट गर्छ।

पोट्रेट फोटोको विकल्प आइफोन X मा सेल्फी खिच्दा समेत पाइन्छ। यो फोनको सुरुवाती मूल्य नै ९९९ अमेरिकी डलर रहेको छ। नोभेम्बर ३ तारिखदेखि मात्र यो बजारमा आउनेछ।  ६४ जिबी र २५६ जिबीमा आउने यो मोडलको आइफोनमा सबैभन्दा महँगो मोडलको मूल्य अमेरिकामा ११४९ डलर रहेको छ। नेपालमा यो मोडलको आइफोन कहिले बजारमा आउने र मूल्य कति हुने भन्ने जानकारी आउन बाँकी छ। छिमेकी देश भारतमा भने नोभेम्बर ३ मा बजारमा आउने ६४ जिबीको मूल्य ८९ हजार भारु हुने एनडिटिभीले जनाएको छ। अमेरिकी डलरमा यसलाई परिवर्तन गर्दा १३९० डलर पर्न आउँछ।

 

post image

भदौ २८,काठमाडौँ । एप्पल कम्पनीले एकै पटक तीन वटा आइफोनका नयाँ मोडल सार्वजनिक गरेको छ।
स्टिभ जब्स थियटरमा आयोजित कार्यक्रममा सबैभन्दा पहिले एप्पल वाच सिरिज ३, त्यसपछि एप्पल टिभी फोर के र त्यसपछि आइफोन ८ र ८ प्लस सार्वजनिक गरिएको थियो। एप्पलका सिइओ टिम कुकले जब ‘अझै एउटा कुरा बाँकी छ’ भने थियटरमा उपस्थित र लाइभ प्रसारण हेरिरहेका दर्शक छक्क परेका थिए।

त्यसपछि उनले आइफोन एक्सको घोषणा गरे जसलाई उच्चारण गर्दा आइफोन ‘टेन’ भनिन्छ। पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको हुनाले नयाँ मोडलको आइफोनलाई आइफोन १० भनिएको हो। योसँगै एप्पलले आइफोन ८ पछि आइफोन ९ नआउने संकेत गरेको छ। आइफोन ८ यही महिनाको अन्तसम्म हातमा पर्ने भए पनि टेन भने नोभेम्बरमा मात्र किन्नेहरुको हातमा पर्नेछ।

के छ आइफोन ८ र ८ प्लसमा नयाँ?

आइफोन ८ र ८ प्लस पछिल्ला आइफोनहरु ७ र ७ प्लसका अपडेटेड संस्करणका रुपमा रहेका छन्। यसमा धेरै नयाँ फिचर्स नथपिएका भए पनि ७ भन्दा नयाँ केही विशेषता छन्।

•    ८ को डिस्प्ले ४.७ इञ्च रहेको छ भने त्योभन्दा ठूलो ८ प्लसको साढे ५ इञ्च रहेको छ।
•    यसका स्पिकरहरु ७ को भन्दा २५ प्रतिशत ठूलो आवाज निकाल्न सक्छ।
•    यसमा ए ११ बायोनिक चिप छ।
•    १२ एमपीका क्यामेरा छन्।
•    यसले फोर के ६० फ्रेम पर सेकेन्डको भिडियो खिच्न सक्छ।
•    लो लाइटमा छिट्टै अटो फोकस गर्न क्षमता छ।
•    ८ प्लसमा १२ एमपीका दुई वटा क्यामेरा छन्।
•    ८ प्लसमा पोट्रेट लाइटिङको नयाँ सुविधा थपिएको छ। पोट्रेट अप्सन छानेर त्यसमा स्टेज लाइटको विकल्प रोजेमा पछाडिका सबै दृश्यलाई कालो बनाएर टाउको र अनुहारमात्र देखिने गरी स्टुडियोमा फोटो खिचेको झैँ देखिन्छ।

८ र ८ प्लस दुवैमा ची वायरलेस चार्जिङको सुविधा थपिएको छ। ६४ जीबी र २५६ जीबी गरी दुई वटा विकल्पमा मात्र यो उपलब्ध हुनेछ। सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरु सेप्टेम्बर २२ देखि डेलिभर हुन थाल्नेछन्। नेपाली बजारमा यी फोन कहिले उपलब्ध हुने भन्ने बारे कुनै जानकारी आएको छैन। तर छिमेकी देश भारतमा ८ र ८ प्लस सेप्टेम्बर २९ देखि उपलब्ध हुने र मूल्य भारु ६४ हजारदेखि सुरु हुने एनडिटिभीले जनाएको छ।

post image

भदौ २३,काठमाडौँ । नजिकिँदै गरेको दशैंको लागी फोन उत्पादक कम्पनीहरुले चाड पर्व लक्षित गरी अफरहरु सार्वजनिक गरेका छन्। कम्पनीहरुले ग्राहक तान्न आर्कषक अफर तथा छुटको व्यवस्था गरेका छन्।विभिन्न मोबाइल फोन उत्पादक कम्पनीहरुले नगद छुट, स्क्रयाच कुपन मार्फत आर्कषक उपहार, शतप्रतिशत नगद छुट, स्कुटर ताथ बाइक जित्नेदेखि विदेश भ्रमणको अफर समेत समावेश गरेका छन्।

यस्ता छन् दशैं तिहार अफर ल्याएका मोबाइल कम्पनीका अफरः

एप्पल

नेपालका लागि आइफोनको आधिकारिक वितरक ‘जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स प्रालि’ले दशैँ र तिहारको अवसर पारेर अफर सार्वजनिक गरेको छ। प्रा.लि.का अनुसार ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का तथा म्याकबुकको खरिदमा विशेष उपहार प्राप्त गर्न सक्नेछन्।

कम्पनीले जनाए अनुसार प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन/म्याकबुकको खरिदमा ग्राहकहरुले प्लाटिनम होटलको निःशुल्क डिनर टिकट प्राप्त गर्नेछन्।

अफरमा सहभागी हुनका लागि ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ। यसबाहेक कम्पनीले आइफोन र म्याकबुकको हालको मुल्यमा मोडल अनुसार छुट समेत दिएको छ।

सामसुङ

सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना प्रस्तुत गरेको छ।

यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्टफोनको खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने छ। यस योजना कार्तिक १ गतेसम्म लागू हुनेछ।

भाग्यशाली विजेता भाद्र २२ गते देखि आश्विन १० गतेसम्म र आश्विन १८ गतेदेखि कार्तिक १ गतेसम्म ३५ दिन लगातार छनौट गरिने कम्पनीले जनाएको छ। यसरी दैनिक एकजनाका दरले ३५ जना भाग्यशाली व्यक्तिले सामसाङ होम अप्लाइन्सहरु घर लैजाने अवसर प्राप्त गर्न सक्नेछन्।

यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभि, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन्।

यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई किनिएको मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।

एसएमएसपठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाट टै ग्राहकलाई दिन्छ। यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ।

कलर्स

कलर्स मोबाइलले पनि आफ्ना पी७० सेल्फी, पी५५ वा पी४५ को खरिदमा १०० प्रतिशत क्यास ब्याक तथा आर्कषक उपहारको योजना सार्वजनिक गरेको छ।

यस उपहार जित्नका लागि कलर्स (त्यसपछि एक स्पेस दिई) आइएमइआई नम्बर लेखी नेपाल टेलिकमका प्रयोगकर्ताहरुले ६००० तथा एनसेल प्रयोगकर्ताले ३६००० मा एसएमएस पठाउनुपर्नेछ।

यस पश्चात एसएमएसकर्ताको फोनमा एक कोड नम्बर आउनेछ र त्यसै नम्बरलाई आधार मानेर लक्की ड्रमर्फत विजेता घोषणा गरिनेछ।

यस योजना अन्र्गगत हरेक हप्ता ५० जना भाग्यशाली ग्राहकलाई उपहार दिइने कम्पनाीले जनाएको छ।

अफर कार्तिक ९ गतेसम्म जारी रहने कम्पनीले उल्लेख गरेको छ।

एचटिसी

एचटिसीले पनि दशैं र तिहारका लागि कम्पनीका स्मार्टफोनहरुको खरिदमा चाँदीका सिक्का उपहार स्वरुप प्रदान गरेको छ।

एचटिसीका नेपालका लागि आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्सले दसैँ र तिहारको अवसरमा ग्राहकहरुले प्रत्येक एचटिसी फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क पाउने जनाएको छ।

हुवावे

हुवावेका बजार व्यवस्थापक समित प्रधानाङ्ग अफर तथा छुटले कम्पनी तथा ग्राहक दुबैलाई राम्रो गर्ने मत राख्छन्।

उनी अफर दिँदा ग्राहकहरुमा ब्राण्डप्रति आर्कषण बढ्ने तथा कम्पनीहरुले पनि धेरै कारोबार गर्न सक्ने हुनाले दुबैलाई यसले लाभ गर्ने बताउँछन्।

उनले दिएको जानकारी अनुसार हुवावले दशैं लक्षित अफर ल्याएको छ। हुवावेले ‘उपहार यस्तो हरेक घण्टा रमाउँ जस्तो’ नाम दिइएर सार्वजनिक गरेको यस योजना अवधिभर ग्राहकले कुनैपनि हुवावेका स्मार्टफोनको खरिदमा एक अर्को फोन वा पावरबैंक जित्न सक्नेछन्।

यसका लागि ग्राहकले फोन किने पश्चात ‘हुवावे एक स्पेस र १५ डिजिटको फोनको आएमइआइ नम्बर’ विहान ११ देखि ७ बजेभित्रमा ३२२०० मा एसएमएस गर्नुपर्ने छ।

कम्पनीले जनाए अनुसार यो योजना अन्र्तगत ४ सय भाग्यशाली ग्राहकलाई उपहार दिइने छ।

योजना असोज ९ गतेसम्म चल्ने हुवावेले उल्लेख गरेको छ।

 

जिओनी

जिओनीले पनि दशैंका लागि ‘जिओनी उत्सव खुसियाली, सिँगापुर यसपाली’ नामक योजना ल्याएको छ।

योजना अनुसार प्रत्येक जियोनी मोवाइल सेट खरिद गर्ने ग्राहकले एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन्। यस स्क्रयाच कार्डमार्फत जिओनीका एक्सक्लुसिभ उपहार, १२ जना ग्राहकले जिओनी मोवाइल सेट  वा २० जना ग्राहकले ५ दिन ४ रातको सिंगापुर ट्रिप जित्न सक्नेछन्।

यो योजना अन्र्तगत हरेक ग्राहकले हात खाली नजाने गरी निश्चित पुरस्कार समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ।

जिओनी उत्सव खुसियाली सिंगापुर यसपाली” योजना काठमाडौँ उपत्यका भित्र कात्तिक १० गतेसम्म कायम रहने छ।

माइक्रोम्याक्स

मोबाइल उत्पादक कम्पनी माइक्रोम्याक्सले दशैं र तिहारको अवसर पारेर ‘ग्राण्ड फेस्ट अफर’ सार्वजनिक गरेको छ।

चाडबाडको अवसरमा ग्राहकलाई केही सहुलियत दिने तथा अन्य समयभन्दा फोनको कारोबारमा वृद्धि हुने भएकाले कम्पनीहरुले अफर तथा छुटको व्यवस्था गर्ने गरेको माइक्रोम्याक्सका बजार व्यवस्थापक धिरेन्द्र कुशवाहले बताउँछन्।

उनका अनुसार माइक्रोम्याक्सले ‘बाइकको राइड–दुबईको फ्लाईट, अन्य उपहारले जिन्दगी ब्राइट’ नारा दिई अफर ल्याएको छ।

सार्वजनिक गरिएको अफरमा पक्का नगददेखि १५५ सीसीको सुजुकीको जिक्सर बाइकको बम्पर पुरस्कार प्राप्त गर्न सकिने छ।

यस पुरस्कारको लागि फोनको खरिदमा प्राप्त हुने स्क्रयाच कुपनमा भएको कोड नम्बरको आधारमा लक्की ड्रमा सहभागी गराईने र एक जना भाग्यशाली विजेतालाई जिक्सर बाइक प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

यस बाहेक एक जोडीका लाई दुबई टूर प्याकेज, ब्राभोस ब्राण्डको ८ वटा एलईडी टिभीहरु र ८ वटा माइक्रोम्याक्स मोबाइलसेटहरु रहेका छन्।

त्यस्तै ग्राहकहरुले हरेक माइक्रोम्याक्सको हरेक सेटको खरिदमा कुपन स्क्र्याच गरेर तत्काल छुट सेमत प्राप्त गर्न सक्नेछन्।

अफर कार्तिक १० गतेसम्म जारी रहने कम्पनीले जनाएको छ।

 

post image

भदौ २२,काठमाडौँ । नेपालका लागि आइफोनको आधिकारिक वितरक ‘जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स प्रालि’ले दसैँ र तिहारको अवसर पारेर अफर सार्वजनिक गरेको छ। प्रालिका अनुसार ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का तथा म्याकबुकको खरिदमा विशेष उपहार प्राप्त गर्न सक्नेछन्।

कम्पनीले जनाए अनुसार प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन÷म्याकबुकको खरिदमा ग्राहकहरुले प्लाटिनम होटलको निशुल्क डिनर टिकट प्राप्त गर्नेछन्। अफरमा सहभागी हुनका लागि ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ। यस बाहेक कम्पनीले आइफोन र म्याकबुकको हालको मुल्यमा मोडल अनुसार छुट समेत दिएको छ।

post image

भदौ २१,एजेन्सी । हालै भएको एक अनुसन्धानका अनुसार मानिसको स्वास्थयका निम्ति खतरनाक मानिएको जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । गर्भमा रहेका शिशुमा संक्रमण हुने गरेको जिका भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीडित वयस्क व्यक्तिको उपचारमा प्रयोग गर्न सकिने अमेरिकी अनुसन्धानकर्ताले बताएको बिबिसीले उल्लेख गरेको छ। बालबालिकाको मस्तिष्कमा गम्भीर असर पार्ने हानिकार जिका भाइरसलाई वयस्क व्यक्तिमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ।

अनुसन्धानमा जिका भाइरसले वयस्क व्यक्तिमा देखिएको उपचार गर्न कठिन मस्तिष्क क्यान्सरको उपचारमा सकारात्मक प्रभाव देखाएको वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालयको सानडियागो स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । जिका भाइरसले क्यान्सरबाट संक्रमित मस्तिष्क सेललाई मार्ने अनुसन्धानकर्ताले बताएका छन् ।मुसामा गरिएको अनुसन्धानमा जिका भाइरससहितको इन्जेक्सन दिँदा जिका भाइरसले क्यान्सरको संक्रमण भएको सेललाई मारेको तर क्यान्सरको संक्रमण नभएको सेललााई केही पनि नगरेके अनुसन्धानकर्ता डा. माइकल डायमण्डले बताएका छन्। एजेन्सी

post image

भदौ २०,काठमाडौँ । वैज्ञानिकहरुले मानव शरीरभित्र देख्न सक्ने क्यामरा बनाएका छन्। चिकित्सकहरुले ‘इन्डोस्कोपी’ गर्दा पाइप कहाँ कहाँ पुग्यो भनेर प्रस्टसँग जाँच्न यो क्यामरा बनाइएको हो। यसअघि यो सबका लागि महँगा स्क्यान र एक्स९रेमा भर पर्नु पर्थ्यो। यो नयाँ क्यामराले हाम्रो शरीरभित्रै भएको उज्यालो मार्फत् काम गर्छ।

जस्तै शरीरमा इन्डोस्कोप पाइप छिराएपछि त्यसको टुप्पामा प्रकाश हुन्छ। त्यसैको उज्यालोका आधारमा उक्त क्यामराले काम गर्छ।‘शल्यक्रियाबेला शरीरभित्र कुन उपकरण कहाँ छ भनेर हेर्न एकदमै जरुरी हुन्छ,’ एडिनवर्ग विश्वविद्यालयका प्राध्यापक केभ ढालीवालले भने, ‘यो क्यामरामा धेरै किसिमका काम गर्ने क्षमता छ।’यो क्यामराको प्रारम्भिक परीक्षण गरिसकिएको छ। उक्त परीक्षणमा यो क्यामरामार्फत् शरीरका तन्तुको २० सेन्टिमिटर तलसम्म हेर्न सकिएको थियो।

इन्डोस्कोप शरीरमा सहजै छिर्न सक्ने भए पनि यसलाई अंग र तन्तुहरुले अल्झाउँछन्। अल्झेपछि त्यो सिधा जानुको साटो यताउता पुग्छ। अनि, भने त्यो कहाँ पुग्यो भन्ने थाहा पाउन र भित्रको तस्बिर लिन गाह्रो हुन्छ। यो नयाँ क्यामराले स–साना कुरा पत्ता लगाउन सक्षम छ। तन्तुमा थोरै मात्र प्रकाश पनि यसले पत्ता लाउन सक्छ। साथै शरीरमा प्रकाश छिर्न कति समय लाग्यो भन्ने पनि यसले रेकर्ड गर्छ। एडिनवर्ग र हेरिओट–वाट विश्वविद्यालयको सहकार्यमा यो प्रविधि तयार गरिएको हो। बिबिसी

 

post image

भदौ १९,काठमाडौँ । उत्तर कोरियाली नेता किम जोंग उनले सेप्टेम्बर ३ तारिखमा हाइड्रोजन बम परिक्षण गरे । यो बम यति जोडले बिस्फोट भयो कि ६.३ म्याग्नेच्यूडको भूकम्प मापन गरियो । उत्तर कोरिया चाहे जति परमाणु हतियार बनाउन सक्षम भएको किम जोंगले बताउँदै आएका छन् । पाकिस्तानले पनि एटम बम बनाएको छ र भारतलाई त्यसैमार्फत हमला गर्ने धम्की दिँदै आएको छ ।

धेरैभन्दा धेरै आतंककारी संगठन पनि परमाणु हतियार हाँसिल गर्ने चक्करमा छन् । हुन त परमाणु हमला त्यति सजिलो छैन तर यस्तो हमला भइहाले के होला ? के हामी परमाणु हमला झेल्नका लागि तयार छौं ?

संसारले एटम बमबाट निम्तिने भयावह स्थिती हिरोशिमा र नागासाकीमा देखिसकेको छ । समयसँगै उक्त घटनाको याद इतिहासको पानामा दबिँदै गएको छ । तर यसले बनाएका घाउ आज पनि आलै छन् । आज पनि त्यहाँका मानिसहरु पूर्ण रुपमा स्वस्थ छैनन् । यस्तै गरी हिरोशिमा र नागासाकीमाथि खसालिएका एटम बमको असर अहिलेका सन्ततीले पनि झेलिरहेका छन् ।

त्यसकारण संसार परमाणु हमला झेल्नका लागि कति तयार छ भन्ने बारे बुझ्न जरुरी छ ।

बंकरः

बेलायतमा पिन्डार नामक एक सुरक्षित बंकर बनेको छ जहाँ कुनै परमाणु हमला हुँदा सेना र सरकारी अधिकारीले आफ्नो ज्यान बचाउन सक्छन् । परमाणु हमलाको क्रममा र हमलापछिको तहसनहस स्थितीमा पनि यहाँबाट सम्पूर्ण सरकारी काम चलिरहन्छन् । यहाँ सरकारी व्यक्तित्व र सैनिक सुरक्षित रहनेछन् । तर साधारण जनतालाई सुरक्षित राख्नका लागि सरकारको तयारी के छ ?

अमेरिकाको स्टिवन्स इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक एलेक्स वालेरस्टाइनका अनुसार उनी आफ्ना साथीसँग मिलेर मानिसहरुलाई नागरिक सुरक्षाका लागि जागरुक गरिरहेका छन् । परमाणु हमला भएको अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने बारे आफूहरुले शिक्षा दिइरहेको उनले बताए ।

उनी भन्छन्, ‘यसको आवश्यकता यसकारण छ किनभने आज पनि दुनियाँमा करिब १५ हजार परमाणु हतियार छन् । रुस र अमेरिकासँग यसको सबैभन्दा ठूलो भण्डार छ ।’

यद्यपी, यस्ता हतियारको प्रयोग हुने सम्भावना निकै कम छ । तर आतंककारीको नेटवर्क निकै बलियो भइरहेको अवस्थामा यसलाई नजरअन्दाज गर्न भने सकिँदैन । उनीहरुसँग धेरैभन्दा धेरै खतरनाक हतियार छन्  त्यसकारण नागरिकको सुरक्षाको पूरा प्रबन्ध हुनुपर्छ ।

विकिरणबाट कसरी बच्ने ?

आफ्नो एक प्रोजेक्टमा वालेरस्टाइनले एक ‘न्यूक–म्याप’ बनाएका थिए । यसमा गुगल म्यापजस्तो नक्सामार्फत परमाणु हमला हुँदा कहाँ–कहाँ असर हुनेछ भन्ने जानकारी दिने कोसिस गरिएको थियो ।

दोस्रो प्रोजेक्ट अनुसार मानिसहरुलाई परमाणु हमलाको असरबाट आफूलाई बचाउने उपाय बताइनेछ । परमाणु हमलाबाट आफूलाई सुरक्षित राख्ने सबैभन्दा सरल र बलियो उपाय घरभित्रै बस्नु बताइएको छ । तर परमाणु हमलाको क्षती यस्तो विकराल हुन्छ कि यसले घरभित्र र बाहिर बसेका सबैलाई आफ्नो पकडमा पार्ने गर्दछ । तर यदि तपाईंले आफूलाई कुनै भवन भित्र लामो समयका लागि बन्द गर्नुहुन्छ भने विकिरणको असरबाट भने आफूलाई बचाउन सक्नुहुन्छ ।

उत्तर कोरिया आफूलाई परमाणु हतियारधारी देश भनिरहेको छ । एकपछि अर्को गरी लगातार मिसाइल परिक्षण गरिरहेको पनि छ । उत्तर कोरियासँग पूरा अमेरिकालाई क्षती पुर्याउन सक्ने मिसाइल पनि भएको दाबी गर्दै आएको छ ।

उत्तर कोरियाको उक्त दाबीका कारण अमेरिकाको पनि निन्द हराम भएको छ । यति मात्र होइन, कोरियाका छिमेकी देशको चिन्ता पनि बढिरहेको छ । जापानले त थुप्रै गाउँमा ‘मोक ड्रिल ’ मार्फत नागरिकलाई जागरुक गर्ने काम सुरु गरिसकेको छ । हवाई राज्यले पनि आफ्ना नागरिकका लागि गाइडलाइन जारी गरेको छ ।

मानिसहरुलाई शिक्षित गर्नुः

उत्तर कोरियाको निशानामा अमेरिकाको गुआम द्वीप छ त्यसकारण यहाँ पनि मानिसहरुलाई शिक्षित गर्ने काम सुरु भइसकेको छ । यस्तै, अमेरिकी गृह विभागले आफ्नो वेबसाइटलाई नयाँ तरिकाले डिजाइन गरेको छ । यसको एउटा भागमा न्यूक्लियर ब्लास्टबारे जानकारी दिइएको छ ।

लगभग सबैजसो देशले नेता र सैन्य अधिकारीलाई लडाईंका बेला बचाउने तयारी गर्दछ तर साधारण मानिसहरुलाई उनीहरुकै अवस्थामा छोडिइन्छ ।

दोस्रो विश्वयुद्धको क्रममा र त्यसपछिको शीत युद्धका बेला सिभिल डिफेन्समाथि निकै जोड दिइन्थ्यो । मानिसहरुलाई युद्धको अवस्थामा आफूलाई बचाउने र अन्यलाई मद्दत कसरी गर्न सकिन्छ भनी तालिम दिइन्थ्यो ।

बेलायतमा ८० को दशकसम्म पनि सिभिल डिफेन्समा निकै जोड दिइन्थ्यो । तर शीतयुद्ध समाप्त भएपछि यसले निरन्तरता पाएको छैन । अब एलेक्स वालेरस्टाइन र उनका साथी यही काम गरिरहेका छन् ।

इतिहासकार म्याथ्यू ग्रान्टका अनुसार शीत युद्धअघि बेलायतले नागरिक सुरक्षाका लागि त्यति धेरै रकम छुट्याउँदैनथ्यो । उक्त देशलाई थाहा नै थिएन कि परमाणु युद्धको नतिजा उनका नागरिकका लागि कति खतरनाक हुनसक्छन् ।

२० औं शताब्दिको अन्तिम दशकमा नागरिक सुरक्षाका लागि जति तयारी गरिएको थियो त्यसमा आतंककारी हमलाबाट बच्ने उपाय समावेश थिए किनभने यसले थुप्रै मानिसहरुमाथि असर पर्दथ्यो । यद्यपी, बेलायतसँग पनि थुप्रै परमाणु पनडुब्बी छन् जसलाई हमला गर्नका लागि एउटा इशारामात्र काफी छ । तर यसको प्रयोग हुने सम्भावना निकै कम छ ।

बलियो तयारीः

पोर्टसमथ र साउथ्याम्पटन बेलायतका दुई यस्ता शहर हुन् जहाँ एटमी पनडुब्बीका लागि बन्दरगाहको डक तयार गरिएको छ त्यसकारण यहाँ यसको असर पनि धेरै हुनेछ । तर प्रशासनले यहाँका मानिसहरुको सुरक्षाका लागि हरेक प्रकारको सुरक्षा योजना तयार गरेको छ ।

पोर्टसमथमा एक पुरानो एयर रेड साइरन राखिएको छ । समय–समयमा यसको परिक्षण भइरहन्छ । यहाँसम्म कि कारखानाबाट निस्कने खतरनाक धुँवाबाट मानिसहरुलाई सुरक्षित राख्नका लागि बेलायतमा साइरन सिस्टम राखिएको छ ।

संसारका विभिन्न स्थानमा न्यूक्लियर सेल्टर हाउस बनेका छन् । तर यसको प्रयोग अन्य प्रयोजनका लागि भइरहेको छ । रेडक्रस सोसाइटी जस्ता संस्था हरेक प्रकारको हालातसँग जुघ्नका लागि पूर्ण रुपमा तयार छन् । तर केही जानकारका अनुसार यदि यस्तो स्थिती पैदा भए कुनै पनि संस्थाले ठूलो मात्रामा मद्दत गर्न सक्दैन ।

किनभने परमाणु हमलाको असर हाम्रो तयारीभन्दा अत्यधिक धेरै हुनेछ ।

दिमागी तयारीः

एलेक्स वालेरस्टाइनका अनुसार यदि मानिसहरु पहिलेदेखि नै दिमागी रुपमा यस्तो प्रकारको स्थितीको सामाना गर्नका लागि तयार भए धेरै हदसम्म नोक्सानीबाट बच्न सकिन्छ । यदि मानिसहरु स्थितीसँग अपरिचित भए क्षती धेरै हुन्छ ।

उत्तर कोरियाबाट धम्की आएपछि अमेरिकाको गुआममा नागरिकका लागि केही महत्वपूर्ण गाइडलाइन्स जारी गरेको छ ।

गाइडलाइनमा भनिएको छ – यदि आगोको चम्किलो गोला वा उज्यालो देखिए त्यसतर्फ नहेर्नुहोस् । यसले तपाईंलाई अन्धो बनाउन सक्छ । जति चाँडो आफूलाई कुनै बन्द कोठामा कैद गर्नुहोस् । विकिरण निकै टाढासम्म फैलिने गर्दछ त्यसकारण टाढा जानुको साटो आफूलाई नजिकैको स्थानमा सुरक्षित हुने स्थानको खोजी गर्नुहोस् ।

विकिरण तपाईंको कपडामा बस्ने गर्दछ त्यसकारण आफ्नो कपडा तुरुन्त परिवर्तन गर्नुहोस् र शरिरलाई राम्रो तरिकाले सफा गर्नुहोस् । जुन कपडा फेर्नुहुन्छ त्यसलाई कुनै प्लाष्टिकको ब्यागमा बन्द गरेर मानिस र जनावरभन्दा टाढा राख्नुहोस् । साबुनले आफ्नो शरिरलाई राम्रोसँग धुनुहोस् । तर शरिरलाई नमाड्नुहोस्, नरगढ्नुहोस् । न नै कपालमा कन्डिशनरको प्रयोग गर्नुहोस् । विकिरण कन्डिशनरसँग टाँस्सिएर तपाईंको कपालमा जम्मा हुन सक्छ । आफ्नो नाक, कान र आँखालाई निकै नाजुक तरिकाले कुनै सफा कपडा वा टिस्यू पेपरले सफा गर्नुहोस् ।क्रिस बारानिक/ बीबीसी

post image

भदौ १९, काठमाण्डौ । काठमाडौं उपत्यकामा जथाभावी झुन्डिएर रहेका तार व्यवस्थापनमा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं अग्रसर भएका छन् । उपत्यकाका सडकमा जथाभावी भुन्डिएर रहेका केबल, टेलिभिजन र विद्युत्का तारहरू व्यवस्थानपनमा सञ्चारमन्त्री बस्नेत आफैं अग्रसर भएका हुन् । मन्त्री बस्नेतले आइतबार काठमाडौंको माइतीघर मण्डलाको खम्बामा रहेका अव्यवस्थित तार आफैंले काटेर तार व्यवस्थापनमा अग्रसर देखिए । तार काट्ने क्रममा मन्त्री बस्नेतले एसियन डेभलपमेन्ट बैंकको सहयोगमा सरकारले तारहरू जमिनमुनि बिछ्याउने काम अघि बढाइरहेको बताए ।

उनले तारहरू जमिनमुनि बिछ्याउनुका साथै सडकहरू फराकिला बनाउनेतर्फ पनि सरकारले छलफल थालेको बताए । सरकारले उपत्यकाका सडकहरूमा पहिचान नै नभएका तार काट्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण, दूरसञ्चार कम्पनी लिमिटेड, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी लगायतसँग छलफल गरेर उपत्यकामा अव्यवस्थित रूपमा रहेका तारहरू व्यवस्थापन गर्ने काम सुरु गरेको सञ्चार मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार केबल एसोसिएसन लगायतका कम्पनीहरूबाट केबल ट्यागिङ भएका रुटहरू र अनावश्यक तारहरू कटाउने रुटहरूको विवरण मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएको मन्त्रालयले जानकारी दिएको छ । सोको विवरण उपलब्ध भएपछि सो कार्यमा नेपाली सेना, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई समेत बोलाउने लगायतका निर्णय मन्त्रालयले यसअघि नै गरिसकेको र त्यसै अनुसार मन्त्री बस्नेतले आइतबार माइतीघर मण्डलाबाट तार काट्न सुरु गरेको जनाइएको छ ।

यसरी तार व्यवस्थापन सुरु भएसँगै त्यसमा आवश्यक पर्ने जनशक्ति र उपकरण नेपाल टेलिकम र विद्युत् प्राधिकरणले उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै तार व्यवस्थापनमा लाग्ने मजदुरहरूको खर्च भने दूरसञ्चार प्राधिकरणले उपलब्ध गराउनेछ । त्यस्तै काटिएका अनावश्यक तारहरूको उपयुक्त व्यवस्थापन ललितपुर र काठमाडौं महानगरपालिकाले गर्ने जनाइएको छ ।

त्यस्तै सरकारले ओभरहेड तारको सम्बन्धमा पनि विभिन्न मापदण्डहरू तोेकेको छ । जसमा टेलिफोन, इन्टरनेट तथा टेलिभिजनका तारहरू भूइँ सतहबाट ४ दशमलव २ मिटरदेखि ५ मिटरको बीचमा हुनुपर्ने र क्रसिङमा भूइँ सतहबाट ५ मिटरभन्दा माथि हुनुपर्नेछ । त्यस्तै तारहरू राख्नुपरेमा ११ केभीको विद्युत्को तारभन्दा कम्तीमा १ दशमलव २५ मिटर तल हुनुपर्ने सञ्चार मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी अप्टिकल केबल रोलिङ गर्नुपरेमा बढीमा १२ मिटरको तारलाई मात्र क्वाइल बनाएर रोलिङ गर्ने मापदण्ड तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

post image

भदौ १८,काठमाडौँ । सर्वसाधरणलाई मध्यनजर गर्दै साझा यातायातले आजबाट ‘मेरो साझा’ मोबाइल एपको सुरुवात गरेको छ। यो एपको सहायताले साझाको कुन बस कहाँ गुडिरहेको छ भन्ने कुराको जानकारी पाउन सकिन्छ। सर्वसाधरणले बस कुर्दा धेरै सास्ती खेप्नु नपरोस भन्ने उद्देश्यले यो एपको सुरुवात गरिएको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए।

यो एपले यात्रुलाई त सहजता हुन्छ नै यो बाहेक गाडी ट्रयाकिङ गर्न समेत सजिलो हुने’ पाण्डेले बताए।यो एपले गाडी नम्बर सहित गाडी कहाँ पुग्यो त्यसको लोकेसन देखाउँछ। यो एप गुगल प्ले स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने पाण्डेले जानकारी दिए। एपको प्रयोग गर्नेले आफ्नो नजिकको स्टेशनमा बस कतिखेर आउँछ भनेर अनुमान गर्न सजिलो हुने र त्यतिबेला नै स्टेशनमा गई समयको बचत गर्न सक्नेछन्।

post image

भदौ १६,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो  । अबको केही दिनपछि तपार्इंको गुनासो सम्बोधन नगर्ने र नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधैँ गुनासो गर्ने र कारबाहीको दायरामा ल्याउने संयन्त्र सञ्चालनमा आउने भएको छ। ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागेको छ। प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने तपार्इंले पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सक्नुहुनेछ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए। नेपाल टेलिकमले प्राधिकरणका ग्राहकलाई सहजरुपमा गुनासो गर्न उक्त नम्बर प्रदान गरेको हो।प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन÷तीनजनाका दरले कर्मचारी उपलब्ध गराउने भएको छ। मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधैँ ११५१ नम्बरमा फोन गर्न सकिनेछ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहजरुपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याउन लागिएको बताए। यसअघि ऊर्जा मन्त्रालयले प्रक्रिया पुगेका सेवाग्राहीलाई सात दिनभित्र बिजुलीको मिटर उपलब्ध गराउन प्राधिकरणका सबै जिल्ला कार्यालय, वितरण केन्द्र र क्षेत्रीय कार्यालयलाई निर्देशन दिइसकेको छ।मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ। मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिन लागिएको हो।

 

post image

भदौ १५,काठमाडौँ । नेपाल टेलिकमले बाढी प्रभावित तेइस जिल्लामा निशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ। यसरी सिम दिइने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर रहेका छन्।

सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा रहेको टेलिकमले जनाएको छ। बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफूले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सोको सट्टामा अर्को सिम कार्ड निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको हो । यो सुविधा भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ। कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने टेलिकमको भनाइ छ।

post image

भदौ १४,काठमाण्डौ । कम्प्युटरमा पेनड्राइभ कनेक्ट गर्नुहोस् । पेनड्राइभमा डाटा छ भने स्क्यान गर्नुहोस्, खाली छ भने फम्र्याट हानिदिनुहोस् । यसपछि राइट क्लिक गर्नुहोस् । ‘टर्न अन बिटलकर’ रोज्नुहोस् । एउटा विन्डो खुल्छ र एकैछिनमा आफैँ बन्द हुन्छ । यसपछि प्रोसेस स्टार्ट हुन्छ । नयाँ खुलेको विन्डोमा कसरी पेनड्राइभ लक गर्ने भन्ने अप्सन दिइएको हुन्छ । ‘युज अ पासवर्ड टु अनलक द ड्राइभ’ अप्सन रोज्नुहोस् ।

इच्छाअनुसार पासवर्ड छान्नुहोस् र अर्को बटनमा क्लिक गर्नुहोस् । फेरि एउटा विन्डो खुल्छ, जहाँ ‘बिटलकर रिकभरी की’ सेभ गर्नका लागि सोधिएको हुन्छ । एकछिनअघि रोजेको पासवर्ड भुल्नुभयो भने यो अप्सन काम लाग्छ । अब ‘सेभ टु फाइल’ अप्सनमा जानुहोस् । कम्प्युटरमा ‘रिकभरी की’ सेभ गर्ने लोकेसनमा जानुहोस् । लोकेसन ब्राउज गरेर ‘रिकभरी की’ सेभ गरिदिनुहोस ।

यसपछि यस्तो विन्डो देख्नुहुन्छ, जहाँ तपाईं ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् । जबसम्म ‘स्टार्ट इनक्राइप्टिङ’ अप्सन आउँदैन तबसम्म ‘नेक्स्ट’ अप्सनमा क्लिक गर्नुहोस् । इन्क्रिप्सन सुरु भएपछि प्रोसेस कम्प्लिट हुन केही समय लाग्न सक्छ । एकपटक प्रोसेस पूरा भएपछि पेनड्राइभ डिसकनेक्ट गरिदिनुहोस् र फेरि कनेक्ट गर्नुहोस् । अब पेनड्राइभ लक भएको पाउनुहुनेछ । विनापासवर्ड खोल्न सक्नुहुन्न । पेनड्राइभ जसको हातमा परोस्, तपाईंको डाटा कसैले दुरुपयोग गर्न सक्दैन ।

post image

भदौ १३,चितवन । दुई वर्षदेखि जापानमा रहेका नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व सल्लाहाकार दिनेशकुमार थपलियाले शाखाको सूचना केन्द्रलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन्। महासंघले आज आयोजना गरेको कार्यक्रममा थपलियाले महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडालाई प्रोजेक्टर हस्तान्तरण गरे।

जापानमा रहेर साझा चौतारी डटकमसमेत सञ्चालन गर्दैआएका थपलियाले चितवन र नवलपरासीका विभिन्न सञ्चार माध्यम स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्। २४ वर्षसम्म नेपाली पत्रकारितामा क्रियाशील थपलियाले आगामी दिनमा पनि पत्रकार महासंघलाई आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए। रासस

post image

भदौ १३,काठमाडौं । नेपाल टेलिकमले एकैपटक फोरजी सेवालाई देशैभर पुर्‍याउने गरी आक्रामक योजना सार्वजनिक गर्ने तयारी गरेको छ । द्रुत गतिको मोबाइल इन्टरनेट (फोरजी)लाई लगानी प्राथमिकतामा राखेको टेलिकमले  काठमाडौं उपत्यका र पोखरामा दिइरहेको फोरजी सेवा अब एकैपटक देशैभर पुर्‍याउने योजना बनाएको हो । फोरजीको सेवा विस्तारका लागि सार्वजनिक प्रस्ताव आह्वान गर्ने टेलिकमको तयारी छ । टेलिकमले सञ्चालक समितिसमक्ष बोलपत्र आह्वानको प्रक्रिया स्वीकृत गराउन प्रस्तावसमेत पेस गरेको छ ।

यस विषयमा समितिमा छलफल सुरु भएको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजण्डारीले जानकारी दिइन् । टेलिकमले गत पुसबाटै फोरजी विस्तार थालेको हो । टेलिकमले चालू आर्थिक वर्षमा कम्पनीको सेवा तथा गुणस्तर सुदृढीकरणमा २२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । यो लगानीको यति प्रतिशत फोरजीमा भनेर नछुट्ट्याएको भए पनि नयाँ प्रविधिमै अधिकांश रकम लगानी हुने राजभण्डारीको बताइन् । टेलिकम पुरानो प्रविधि विस्थापन गर्दै नयाँ प्रविधिलाई आत्मसात् गर्दै जान थालेको छ ।डाटा सेवामा निकै प्रभावकारी प्रविधि पनि फोरजी नै हो ।

यो प्रविधिको कभरेज र क्षमता बढाएर देशैभर सेवा विस्तार गर्न लागिएको टेलिकमको भनाइ छ । टेलिकमका अनुसार टूजीमात्रै पुगेको स्थानमा र थ्रीजी पुगिसेककासहित सबै ठाउँमा अब एकैपटक फोरजीको प्रविधि पुग्ने भएको छ । टेलिकमले फोरजी चलाउनकै लागि थप फ्रिक्वेन्सीको आवश्यकतासमेत उल्लेख गरेको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । ‘टेलिकमले हाल १८ सय ब्यान्डविथमा प्रविधि तटस्थताका आधारमा फोरजी सुरु गरको छ ।’ अझै पाँच मेगाहर्ज सोही ब्यान्डमा फ्रिक्वेन्सी आवश्यक भएको अधिकारीले जानकारी दिए ।

 

post image

भदौ १२, काठमाडौं ।सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताएका छन्। राजधानीमा आइसिटेक मिडियाले आयोजना गरेको ‘दोस्रो आइसिटी अवार्ड-२०१७’ वितरण समारोहमा उनले सूचना प्रविधिको अत्यधिक प्रयोग बढाउन सरकार लागिपरेको बताए।

उनले भने, ‘मुलुकको विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ।यसको प्रयोगले आर्थिक समृद्धि पनि हासिल गर्न सकिने भएकाले सूचना प्रविधिको प्रयोग बढाउनुपर्दछ।’सही ढंगबाट सूचना प्रविधिको विकास गरेमा पलायन युवालाई रोक्न सकिने उनको भनाइ थियो। बौद्धिक जनशक्तिलाई नेपालभित्र सामाजिक सुरक्षा दिएर रोक्नुपर्ने धारणा उनले राखे।

सो अवसरमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले नेपालले सूचना प्रविधिको प्रयोग गरेर आर्थिक समृद्धि हासिल गर्नुपर्ने धारणा राखे। कार्यक्रममा उत्कृष्ट तीन आइटी स्टार्टअप बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवर सोलुसन्स प्रालिका साथै तीन उत्कृष्ट आइसिटी उत्पादक परी, नेपाल भिआर र एभरेस्ट कास्टलाई सम्मान गरिएको थियो।

त्यसैगरी आइसिटी पायोनियर अवार्ड २०१७ र आइसिटी डायस्पोरा अवार्ड क्रमशः प्रोफेसनल कम्प्युटर सिस्टमका प्रबन्ध निर्देशक सुरेशकुमार रेग्मी र इन्सेसान्ट रेन स्टुडियाका संस्थापक किरणभक्त जोशीलाई प्रदान गरिएको थियो।

आइसिटेकका अध्यक्ष राजन लम्सालले सूचना प्रविधिमा काम गर्ने अग्रजलाई सम्‍मान र नयाँलाई अवार्ड कार्यक्रमको आयोजना गरेको बताए। उनले भने, ‘ विराटनगरबाट सुरु भएको रेडियो कार्यक्रम अहिले राजधानीबाट देशभर फैलिएको छ। यसको रुप अझै फराकिलो र नेपालको आइटी उद्योगमा सम्भावनाको खोजी गर्नेहरु समर्पित रहनेछ।’

post image

भदौ ११,काठमाडौँ। भारतीय मोबाइल फोन उत्पादक कम्पनी माइक्रोम्याक्सले चार नयाँ फोन नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले एक्स ७३०, एक्स ७४०, क्यु ३००१ र क्यु ३३०१ मोडलका चार फोन साजर्वजनिक गरेको हो। माइक्रोम्याक्सको नेपालका लागि वितरक पशुपति ट्रेड लिङ्कका मार्केटिङ म्यानेजर धिरेन्द्र कुशुवाहले कम्पनीले सस्तो मूल्यमा उत्कृष्ट विशेषता समेट्दै फोनहरु ल्याउने गरेको बताए।

एक्स ७३०

सार्वजनिक गरिएका मध्ये यो मोडलमा २.४ इन्चको स्कृन, डिजिटल क्यामरा, ८ जीबीसम्म बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १३०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमा वायरलेस एफएम रेडियो, भ्वाइस कल रेकर्डिङ, म्यूजिक प्लेयर तथा भिडियो प्लेयर रहेका छन्। यसको बजार मूल्य एक हजार ८ सय ९२ रुपैयाँ तोकिएको छ।

एक्स ७४०
यस मोडलमा २.४ इन्चको स्कृन अगाडि र पछाडि भिजीए क्यामेरा, बिस्तार गर्न सकिने मेमोरी, दुई सिम, १८०० एमएएचको ब्याट्री र अतिरिक्त फिचरको रुपमा वायरलेस एफएम रेडियो, म्यूजिकप्लेयर तथा भिडियो प्लेयर रहेका छन् । यसको मूल्य २ हजार ३५ रुपैयाँ रहेको छ।

क्यु ३००१

यस फोनमा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबीको र्याम तथा ४ जिबीको रोम राखिएको छ। यसमा एन्ड्रोइड मार्समैलो ६.० अपरेटिङ सिस्टम राखिएको छ। यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोलुशनको क्यामेरा, सेल्फीका लागि २ मेगापिक्सेलको क्यामेरामा छ।

यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले र ब्लूटूथ रहेको छ। थ्रीजी सपोर्ट गर्ने यस फोनमा १४०० एमएएच क्षमताको ब्याट्री समावेश गरिएको छ । फोनको अधिक सुरक्षाका लागि यसमा फिलिप कभर निशुल्क दिईने कम्पनीले जनाएको छ। यस फोनको मूल्य ५ हजार ६० रुपैयाँ तोकिएको छ।

क्यु ३३०१
यस मोडलको फोनमा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ। एन्ड्रोइड मार्शमैलो ६.० अपरेटिंग सिस्टमको
यो फोनमा पछााडि तर्फको क्यामेरा ५ मेगापिक्सेलको तथा सेल्फीका लागि २ मेगापिक्सेलको क्यामराका रहेको छ।

४.५ इन्चको एफडब्लूभीजीए डिस्प्ले भएको फोनले थ्रीजी सपोर्ट गर्दछ। १६५० एमएएचको ब्याट्री भएको यस फोनको खरिदमा ब्याक कभर निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। फोनको मूल्य ५ हजार ७ सय २० रुपैयाँ कायम गरिएको छ।

post image

भदौ ९,काठमाडौँ । चालु अंग्रेजी वर्षको पहिलो ८ महिनामा विश्वभरी ३६ करोड ६० लाख  स्मार्टफोन विक्री भएको छ। सूचना प्रविधि सम्बन्धी अनुसन्धान गर्ने अमेरिकी फार्म ‘गार्टनर’ ले जनाए अनुसार २०१७ को अगस्टको २० सम्ममा सो संख्या बराबर फोनहरु विक्री भएका हुन्। यो संख्या गत वर्षको पहिलो ८ महिनाको दर भन्दा ६.७ प्रतिशतले बढी हो।

स्मार्टफोनमा पनि सामसङको नोट सेभेनमा आएको समस्याले केही समय ओरालो लागेको विक्रीदर उसका दुई फोन ‘एस एट’ र ‘एट एट प्लस’ सार्वजनिक भएपछि भने ७.५ प्रतिशतले बढेको छ।आइफोनको भने यस अवधिमा ०.२ प्रतिशतले विक्री बढेको छ। सामसङको हालको बजार हिस्सामा हुवावे, ओप्पो तथा भिभो जस्ता चिनिया ब्राण्डका फोनहरुले चुनौती दिइरहेको गार्टनरले दाबी गरेको छ।

post image

भदौ ९,काठमाडौँ। प्रविधिको विकासमा कम्‍प्युटर मानिसका लागि पहिलो आवश्यकता बनेको छ । बिनाकम्प्युटर संसार असम्भवजस्तै भइसकेको छ । त्यसैले समयअनुसार कम्प्युटरमा प्रयोग गरिने टुल्सका नयाँ र प्रभावकारी भर्सनहरू आइरहने गर्छ । त्यसैको एउटा उदाहरण हो, बेरेर राख्न मिल्ने कीबोर्डको विकास । बेरेर राख्न मिल्ने कीबोर्ड निकै स्मार्ट शैलीमा निर्माण गरिएको छ । यसलाई ‘सुङ्वु फोल्डेबल सिलिकन कीबोर्ड’ नाम दिइएको छ । यो कीबोर्ड ट्याब्लेट, स्मार्टफोन र नोटबुक चलाउन निकै उपयोगी साबित भएको छ ।

यसको अर्को सजिलो पक्ष भनेको जब काम सकिन्छ, यसलाई बेरेर आवश्‍यकताअनुसार झोला वा कुनै सानो स्पेसमा राखेर बोक्न सनिन्छ । कालो खैरो र‌ङमा उपलब्ध यो कीबोर्ड नरम, धूलोरहित, हल्का, फ्लेक्जिबल र वाटरफ्रुफ पनि छ । यसलाई उच्‍च गुणस्तरको नरम सिलिकनबाट तयार गरिएको छ । यो कीबोर्डमा टाइप गर्दा शान्त महसुस हुन्छ । टाइप गर्दा आवाज नआउने भएकाले राति घरमा काम गर्नुपर्दा पनि सुतिरहेका अन्‍य सदस्यलाई डिस्टर्ब हुँदैन । यूएसबी कोर्डको सहायताबाट एप्पलका प्रडक्टमा चलाउन सकिने सुविधा पनि छ । यसको मूल्य २० डलर रहेको छ । एजेन्सी

 

post image

भदौ ६,काठमाडौँ । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ। ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् ।सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर तुरुन्त वर्ड फाइलमा रुपान्तरण गरी यसअघि नै विकसित भएको टेक्स टु स्पिच (टिटिएस) को सहायताले ती स्क्यानिङ टेक्सलाई पढ्न र सुन्न सक्नेमा रुपान्तरण (कन्भर्ट) गर्दछ। नेपाल नेत्रहीन संघका लागि काठमाडौँ विश्वविद्यालयका सूचना प्रविधि विज्ञ प्रा डा बालकृष्ण वल र निराजन पन्तले करिब दुई वर्षको अथक परिश्रमपछि नेपालमा पहिलो पटक नेत्रहीनका लागि सो सफ्टवेयर विकास गरेका हुन्।

यसका लागि अस्ट्रेलियन राजदूतावासले संघलाई रु २४ लाख आर्थिक एवं सहयोगसमेत गरेको संघका अध्यक्ष नरबहादुर लिम्बूले जानकारी दिए। “सफ्टवेयरले आँखाको विकल्पका रुपमा काम गर्छ, अब नेत्रहीनहरुले पनि सजिलै छापाका अक्षरलगायत अन्य नेपाली अक्षर पढ्न र सुन्न सक्छन् । हाम्रा लागि नयाँ जीवनको सुरुवात् भयो । आँखाको दृष्टि नभएर के भो र ?”, उनले भने। पछिल्लो जनगणनाअनुसार नेपालका नेत्रहीनको संख्या ९५ हजार मात्र छ । तीमध्ये निजामती सेवामा तीनजना अधिकृत, ११ नायब सुब्बा, एक खरिदार कार्यरत छन् भने निजी, राष्ट्रिय तथा गैरसरकारी संस्थामा ९५ जनामात्र कार्यरत छन् । यसैगरी ४०० नेत्रहीन शिक्षक कार्यरत रहेको संघले जनाएको छ।

एउटा ल्यापटप तथा स्क्यानिङको उपकरण भएका नेत्रहीनले आफ्नो ल्यापटपमा सो सफ्टवेयर डाउनलोड गरी सो सुविधा प्रयोग गर्न सक्छन् । “हामी नेत्रहीनलाई सफ्टवेयर निःशुल्क वितरण गरी कसरी डाउनलोड गर्ने भन्ने विषयमा तालिमसमेत दिने तयारीमा छौँ”, अध्यक्ष लिम्बूले भने। नेत्रहीनहरूले यसअघि अंग्रेजी र हिन्दी भाषाका ओसिआर सफ्टवेयर प्रयोगमा ल्याउँदै आएका थिए । नेपाली भाषाको सो सफ्टवेयरले पढेका र सुनेका विषयलाई (टेक्स) ब्रेन लिपिमा समेत प्रिन्ट गर्न सकिने छ । यो सुविधाले छामेर अध्ययन गर्न चाहने नेत्रहीनलाई अति सजिलो हुन्छ।

“सर यहाँ तोक लगाई दिनुप¥यो अथवा हस्ताक्षर गरिदिनुप¥यो भनेर सरकारी सेवामा कार्यरत अधिकृतलाई सेवाग्राहीले भन्छन् तर उहाँहरुले त्यहाँभित्रका विषय पढ्न र सुन्न सक्नुहुँदैनथ्यो अब यसलाई सफ्टवेयरले सजिलो बनाइदिएको छ”, उनले भने। शुरुका दिन संघले एकसय नेत्रहीनलाई सो सफ्टवेयर वितरण गर्ने जनाएको छ । यसपछि ल्यापटप हुनेका लागि सफ्टवेयर, नहुनेका लागि ल्यापटप र डेक्सटप कम्प्युटरसहित सफ्टवेयर वितरणको तयारी गरेको अध्यक्ष लिम्बूले जानकारी दिए।            उनले एक नेत्रहीन एक ल्यापटप वितरण अभियानसमेत संघबाट अघि सारिएको जानकारी दिँदै यसका लागि रु दुई करोड लाग्ने हुँदा सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। विष्णु नेपाल /रासस

post image

भदौ १,काठमाडौं । अमेरिकी केबल तथा स्याटेलाइट च्यानल होम बक्स अफिस (एचबिओ) का सामाजिक सन्जाल अकाउन्टहरु ह्याक भएका छन्। आवर माइन नाम गरेको ह्याकर समूहले एचबिओका फेसबुक तथा ट्विटर अकाउन्ट ह्याक गरेको हो।

ह्याकरले सामाजिक सन्जाल अकाउन्ट कब्जामा लिएपछि लेखेको छ, ‘आवर माइन यहाँ छ। हामी तिम्रो सुरक्षा जाँच गरिरहेका छौं।’ ह्याकरले एचबिओको टिभी सिरिज गेम अफ थ्रोन्सका दुई एपिसोड र कम्पनीका तथ्यांकहरु सार्वजनिक गरिदिएको छ। कम्पनीको आधिकारिक अकाउन्टबाट केही पोष्टहरु तत्कालै डिलिट गरिएको छ। आवार माइन हाइ प्रोफाइलहरुको ट्विटर अकाउन्ट ह्याक गर्न कुख्यात छ।

post image

भदौ १,पोखरा ।  पोखरा बस व्यवसायी समितिले पोखरा नगर क्षेत्रभित्र सञ्चालन भइरहेका नगरबसमा जिपिएस ९सोलुसन० प्रणाली जडान गरेको छ। नगर क्षेत्रमा गुडिरहेका नगरबसको अवस्थाका बारेमा समितिको कार्यालयबाटै जानकारी होस् भन्ने उद्देश्यले उक्त प्रणाली लागू गरिएको समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए। कहिलेकाहीँ कर्मचारीको बदमासीले तोकिएको रुटमा बस नचली अन्यत्रै चल्ने, यात्रु कम भए भनेर बीचबाटोबाटै फर्काउने, नगरबसको गति सहरी क्षेत्रभित्र ४० र ग्रामीण क्षेत्रमा ३० किलोमिटर प्रतिघण्टा हुनु पर्नेमा नभएकालगायत गुनासा आएकाले सो प्रणाली लागू गर्नुपरेको उनले बताए।

उक्त प्रणाली लागू भएपछि बसधनीले आफ्नो मोबाइलबाटै जानकारी पाउने, बस दुर्घटनामा परे वा अरु कसैलाई ठक्कर दिए सजिलैसँग घटनाको वारेमा र बसको नम्बर पत्ता लगाउन सुरक्षा निकायलाई सजिलो हुने बताइएको छ। यसका लागि समितिले एक इन्जिनियर, एक सवइन्जिनियर र अन्य चारजना प्राविधिकलाई रोजगारी दिएको छ ।समितिले साउन २० गतेबाट दुईवटा रुटबाट राति ९ बजेसम्मका लागि सन्ध्याकालीन बससेवा सुरु गरेको छ। नगरवासीलाई राति अबेरसम्म नगरबसको सेवा दिने उद्देश्यले सेवा दिन थालिएको हो।

post image

साउन ३१,काठमाडौँ  ।  मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। उपभोक्ताको अपेक्षाअनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकता दिन चालु आर्थिक वर्षमा विभिन्न कार्यक्रममार्फत टेलिकमले आफ्नो सेवा विस्तारतर्फ १७ प्रतिशत ग्राहक थप गर्ने लक्ष्य लिएको छ। कम्पनीको सेवा विस्तार तथा गुणस्तर सुदृढीकरणका लागि करिब २२ अर्ब पूँजीगत लगानी गर्ने योजना रहेको टेलिकमले जनाएको छ।

सत्र प्रतिशत ग्राहक थप गर्ने उद्देश्यअनुरूप टेलिकमले चालु आर्थिक वर्षमा मुलुकभर गुणस्तरीय जिएसएम सेवा उपलब्ध गराउने लक्ष्यसहित एक वर्षभित्र एक करोड जिएसएम प्रोजेक्टअन्तर्गतका कार्य सम्पन्न गर्ने भएको छ।सो सेवाबाट मुलुकका अति विकट तथा दुर्गम स्थानमा समेत जिएसएम सेवा विस्तार हुने टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन्। हालसम्म पुरानो प्रविधिमा आधारित ल्याण्डलाइन सेवाबाट सञ्चालित आधारभूत टेलिकम सेवा (पिएसटिएन) मध्ये काठमाडौँमा १४ वटा तथा काठमाडौँ बाहिरका क्षेत्रमा १५ वटा एक्स्चेन्जमा जम्मा ३९ हजार ३३६ लाइनलाई नयाँ प्रविधिमा प्रतिस्थापन गरी केही समयभित्रै कुल एक लाख ३४ हजार लाइन क्रमिकरूपमा प्रतिस्थापन गर्दै लैजाने टेलिकमले जनाएको छ।

त्यसैगरी टेलिकमले चालु आर्थिक वर्षमा इन्टरनेट सेवाको माग बढ्दै  गएकाले आगामी दिनमा डाटा सेवाको विस्तार गर्न वायरलाइन तथा मोबाइल डाटा सेवालाई अझ बढी सुविधा र सहजताका लागि ग्राहक माझ प्रस्तुत गर्ने भएको छ।‘ग्राहकको चाहनाअनुरूप नयाँ–नयाँ डाटा प्याकेज बजारमा ल्याई डाटा सेवाबाट कम्पनीको आम्दानी बढाउन पहल हुनेछ,’ राजभण्डारीले भनिन्,‘मोबाइल डाटा सेवातर्फ विभिन्न सेवा शुरु भइसकेको र भविष्यमा अन्य सेवासमेत सुरु गर्नुका साथै मोबाइल वित्तीय सेवा यथाशीघ्र शुरु गर्न गृहकार्य भइरहेको छ।’

दूरसञ्चार पूर्वाधार निर्माणतर्फ भने ग्रामीण दूरसञ्चार कोषमार्फत पहाडी जिल्लामा अप्टिकल फाइवर परियोजना कार्यान्वयनका क्रममा रहेको छ। टेलिकमले वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा फ्री वाइफाई सञ्चालन गरेको छ। सबै सेवामा ग्राहकको गुनासो, इन्क्वारी, जानकारीलाई एकीकृत गरी छिटो तथा सरलरूपमा सेवा प्रदान गर्न अत्याधुनिक ग्राहक सम्पर्क कक्ष सञ्चालनलाई विस्तारित र प्रभावकारी बनाउने टेलिकमको योजना छ। आगामी छ महिनाभित्रमा देशभरि दूरसञ्चारको सम्पूर्ण सेवालाई एकद्वारमुखी ग्राहक सेवा प्रणाली ग्राहक सम्बन्ध व्यवस्थापनमार्फत प्रदान गरिने राजभण्डारीको भनाइ छ।

चालु आर्थिक वर्षमा टेलिकमको आम्दानी ४४ अर्बभन्दा बढी हुने अनुमान गरिएको छ भने करपछिको मुनाफा १५ अर्बभन्दा बढी हुने अपेक्षा गरिएको छ। विसं २०७४ जेठ मसान्तसम्ममा कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ७४ लाख ४२ हजार ९२२ रहेको छ। इन्टरनेट ग्राहक आधार २०७४ जेठसम्ममा ८३ लाख ९५ हजार पुगेको छ। आर्थिक वर्ष २०७३÷७४ मा कम्पनीको भोवाइस सेवाको ग्राहक आधार १७ प्रतिशत वृद्धि भई टेलिघनत्व ६२ प्रतिशत पुगेको छ। डाटा सेवाका ग्राहक ११ प्रतिशतले वृद्धि भई डाटा घनत्व करिब ३० प्रतिशत पुगेको छ। टेलिकमले पछिल्लोपटक देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्याउनका लागि आइतबारदेखि मंगलबारसम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवासमेत उपलब्ध गराउने भएको छ। रासस

post image

साउन ३०,काठमाडौं । मुलुकमा सञ्चालित विभिन्न दूरसञ्चार कम्पनीले बाढीपहिरो पीडितको सहयोगार्थ सहयोगको घोषणा गरेका छन् । सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रको एनसेल र स्मार्ट टेलिकमले विभिन्न सुविधा दिने घोषणा गरेका हुन् । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा बाढी पहिरोबाट पीडित भएकाको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग पुर्‍याउन साउन २९ देखि साउन ३१ सम्म आफ्नो नेटवर्कभित्र निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आइतबार आयोजित एक कार्यक्रममा उक्त घोषणा गरेका हुन् । भारी वर्षाका कारण देशका विभिन्न ठाउँमा अवरुद्ध भएका सञ्चार सेवामध्ये धेरै स्थानमा सेवा सुरु भइसकेको टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् । ‘टेलिकमको नेटवर्कमा आएको समस्यालाई विशेष महत्त्व दिएर पुनः सञ्चालनको काम भइरहेको छ,’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा राजभण्डारीले भनिन्, ‘हामीले बाढीपीडित क्षेत्रका जनतालाई ध्यानमा राखेर सेवा सुचारु गर्न विशेष पहल भइरहेको छ र अवरुद्ध भएका धेरै ठाउँमा सुचारु पनि भएको छ ।’

त्यसैगरी, एनसेल प्रालिले बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई सम्पर्कमा रहन सहयोग पुर्‍याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्घि गर्दै एनसेलका प्रिपेड ग्राहकले ४० रुपैयाँ प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि ६० रुपैयाँ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । । ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ । कम्पनीले ग्राहकलाई आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गर्नुका लागि निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ पनि सञ्चालनमा ल्याएको जनाएको छ।ग्राहकले विद्यमान सेवा शुल्क दुई रुपैयाँ ५१ पैसामा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्छन्।

बाढी प्रभावित क्षेत्रका ग्राहकलाई आफ्ना प्रियजनसँग आकस्मिक सूचना आदानप्रदान गर्न सघाउने उद्देश्यले निःशुल्क आपतकालीन सम्पर्क नम्बर ९००८ सञ्चालनमा ल्याएको हो । यस अन्र्तगत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधिमार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पुर्‍याउन सक्छन्।  ‘यो प्राकृतिक प्रकोपको समयमा पनि एनसेलको नेटवर्क निरन्तर सञ्चालनमा रहेको र ९० प्रतिशतभन्दा बढी बिटिएस टावर मार्फत सेवा प्रदान गरिरहेका छौं । केही स्थानमा विद्युत् आपूर्ति नरहेको र डिजेल जेनेरेटर सञ्चालन गर्दा जोखिम हुने देखिएको त्यस्ता ठाउँमा जेनेरेटर सञ्चालनमा ल्याउन हामी पानीको सतह कम होस् भनी प्रतीक्षा गरिरहेका छौं,’ आचार्यले भने ।

त्यसैगरी, निजी क्षेत्रको अर्को टेलिकम कम्पनी स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितलाई निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ । बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निःशुल्क टेलिफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलिकमले दिएको छ। बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्टदेखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क नलाग्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।  यसैगरी बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी लगायत जिल्लाका ३० विभिन्न स्थानमा निःशुल्क टेलिफोन बुथसमेत राखेको छ । बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलिफोन नेटवर्क नभएका स्थानमा सूचना आदानप्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्टले गरेको छ ।

post image

साउन २६,काठमाडौँ । टेलिफोन सेवा सुरु गरेको एक सय वर्ष पूरा (२०७४ जेठ १ गते) भएको उपलक्ष्यमा नेपाल टेलिकमले संचारकर्मीलाई विशेष सम्मान गर्ने भएको छ।

टेलिकमको सेवा, व्यापार तथा उपभोक्ता सरोकारका विषयमा समाचार, सुचना संप्रेषण गरेबापत गोरखापत्र दैनिकका संवाददाता विश्वास रेग्मीलाई सम्मान गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। त्यस्तै नागरिक दैनिकका सन्तोष पोखरेल र सन्तोष न्यौपानेलाई सयुक्तरुपमा सम्मान वैद्यले जानकारी दिइन्।

post image

साउन २५,काठमाडौँ । एपबजारमा अहिले साउदी अरबको ‘सराहा’ एपले तहल्का मच्चाइरहेको छ। गत फेब्रुअरीमा सार्वजनिक भएको ‘सराहा’ एप ३० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ। बिबिसका अनुसार गत महिना यो ‘सराहा’ एप्पल आइओएस एप स्टोरमा शीर्षस्थानमा रह्यो। इजिप्टमा २५ लाख, ट्यूनिसियामा १७ लाख र साउदीमा १२ लाख पटक यो डाउनलोड भयो।

सराहा एक म्यासेजिङ एप हो। यो चलाउन एकदमै सहज छ। प्रयोगकर्ताले साथीलाई आफ्नो नाम (यूजरनेम) दिएपछि उनीहरुले अज्ञात म्यासेज पठाउन सक्छन्। जबसम्म म्यासेज पठाउनेले पाउनेको नाम त्यहाँ समावेश गर्दैन, तबसम्म ति म्यासेजको जवाफ पठाउन सकिदैंन। र, कसले पठाएको हो भन्ने पनि थाहा हुँदैन। जवाफ पठाउन पनि नसकिने र पठाउने को हो भन्ने पनि थाहा नहुने हुनाले यो एप तीव्र गतिमा फैलिएको प्रविधि विश्लेषकहरूको भनाइ छ।

रातारात तहल्का मच्चाउँदै ३० करोडभन्दा बढीले डाउनलोड गरेको ‘सराहा’ व्यवस्थापन भने तीन जनाले गर्छन्।साउदीका २९ वर्षीय जेन अल–अबीदीन तौफिकले ‘सराहा’ बनाएका हुन् शाब्दिक अर्थ इमान्दारी भन्ने हुन्छ।यसले कसैलाई आफ्नो नाम उल्लेख नगरी सल्लाह तथा सुझाव दिन मद्दत गर्ने तौफिकको भनाइ छ।

साउन २५,चितवन ।  चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन सुरु गरिएको छ। यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए।  पोखरेलका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको हो। भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा टिकौली जंगलको जैविक मार्ग पर्छ।

सो क्षेत्रमा १६ स्थानमा ३२ वटा अत्याधुनिक क्यामरा राखेर अनुगमन थालिएको कोषका संरक्षण अधिकृत सन्ताष भट्टराईले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन भएको यो पहिलो पटक भएको बताए। चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

जैविक मार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने करिडोर टिकौली जंगल हो। यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन्। सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ। रासस

post image

साउन २४,काठमाडौँ ।सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे सेभेन म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ ।५.७ इन्चको एफएचडी डिस्प्ले भएको फोनमा नोगट ७.०.१ भर्सनको अपरेटिङ सिस्टम समावेश छ। ४ जीबी र्याम तथा ३२ जीबी इन्टरनल मेमोरी रहेको फोनमा १.६ गिगाहर्ज अक्टाकोर प्रोसेसर छ। त्यस्तै फोनमा एफ१.७ को लेन्स र फ्लयास् सहितको १३ मेगापिक्सेलको रियर तथा एफ१.९ को लेन्स र फ्लयास्सहितको सेल्फी क्यामेरा रहेको छ।३३०० एमएएच ब्याट्री क्षमता रहेको यस फोन ब्ल्याक र गोल्ड गरी दुई कलरमा उपलब्ध छ।

हालको अफर अन्तर्गत जे सेभेन म्याक्स सेट २८ हजार २ सय ९० मा खरिद गर्न सकिन्छ। नेपाल टेलिकम डाटा ग्राहकहरुका लागि थप सुविधा प्रदान गर्न, जे सेभेन म्याक्सले नेपाल टेलिकमसँग सहकार्य गरी जे सेभेन म्याक्स का ग्राहकहरुलाई ७ महिनासम्म प्रतिमहिना १ जिबीका दरले निःशुल्क डाटा तथा निःशुल्क सिमकार्ड प्रदान गरेको छ। निःशुल्क सिमकार्ड सामसुङ ब्राण्ड सपहरुबाट मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

post image

साउन २३,काठमाडौँ। चार इन्च स्क्रिनमध्येकै सबैभन्दा ‘पावरफुल’ मानिएको आइफोन एसइ अब झनै उत्कृष्ट हुने भएको छ। एप्पलको सबैभन्दा सस्तो आइफोन एसइमा कम्पनीले आफ्नो पछिल्लो मोडल आइफोन ७ को प्रोसेसर राख्ने तयारी गरेको छ। डेलीमेलका अनुसार कम्पनीले एसइको नयाँ संस्करण ल्याउँदा पहिलेका तुलनामा धेरै गुणा ‘फास्ट’ बनाएर ल्याउने भएको खबर सार्वजनिक भएको छ।

यसमा आइफोन ७ मा भएको ‘ए१०’ चिप प्रयोग गरिनेछ। यसको अपरेटिङ सिस्टम आइओएस ११ हुनेछ।यतिमात्र नभएर ४ इन्च स्क्रिनको आकार पनि कम्पनीले बढाएर ४.२ इन्च बनाउने सम्भावना छ। यो वर्षको सुरुआतमा कम्पनीले एसइको स्टोरेज बढाएपनि प्रोेससर र विशेषता उही थिए।

यो कम्पनीले अपग्रेड गरिएका आइफोन एसइ पहिले भारतीय बजारमा पठाउनेछ। एप्पलका सिइओ टिम कुकले विस्ट्रोन कर्पले भारतीय बजारका लागि धेरै काम र पैसा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका छन्। चीनमा आइफोनको बजार व्यापक भएकाले उनी भारत ‘अर्को चीन’ हुनेमा पनि आशावादी छन्। भारतको बैंगलोरस्थित कारखानाबाट आइफोन एसइ उत्पादन गरी बिक्री पनि सुरु गरिसकेको छ।यो कदमले आइफोनको सेयर आगामी ५ वर्षमा दोब्बर हुने आशा कम्पनीको छ। हाल आइफोन एसइको मूल्य करिब ४१ हजार रुपैयाँ भए पनि नेपाली र भारतीय बजारमा भने फरक छ।

post image

साउन २२,काठमाडौँ । घरमा प्रयोग भएको पोलिथिन झोलाको व्यवस्थापन गर्न हैरान हुनुभएको छ? यदि हो भने हैरान हुनुपर्दैन। तपार्इंले प्रयोग गरेर खेर जाने पोलिथिन पेट्रोलियम पदार्थका लागि कच्चा सामग्री हुन सक्छ। पोलिथिनबाट पेट्रोल बनाउन सकिन्छ भने कुरा सुन्दा अपत्यारिलो लाग्न सक्ला । तर यो वास्तविकता हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यसको सफल परिक्षण गरिसकेको छ।यस सम्बन्धी आवश्यक प्रविधि भित्र्याएर पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ प्रशोधन गर्न सफल भइसकेको प्रतिष्ठानले जनाएको छ।पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रविधि नेपालमा सफल भइसकेको प्रतिष्ठानअन्तर्गत प्रविधि महाशाखा प्रमुख डा सुरेशकुमार ढुंगेलले बताए।एक किलोग्राम प्लास्टिकबाट आठ सय मिलिलिटर भन्दा बढी पेटो«लियम पदार्थ उत्पादन भइरहेको पनि उनले बताए।

तेलको गुणस्तर र प्रयोग कहाँ एंव कसरी गर्ने भन्ने विषयमा अहिले अध्ययन÷अनुसन्धान भइरहेको छ, उनले भने, “यी विषयमा पनि अध्ययन सकिएपछि हामी स्थानीय निकायसँग सहकार्य गरेर सहरी क्षेत्रमा थुप्रिएका प्लास्टिकको व्यवस्थापनतर्फ लाग्नेछौं ।”पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने कुरा नेपालका लागि नयाँ विषय भए पनि विश्वका लागि भने होइन । पेट्रोलियम पदार्थबाट नै पोलिथिन बन्ने भएकाले पोलिथिनलाई तताएर फेरि पेट्रोलियम पदार्थ बनाउन सकिन्छ।नेपालमा दुई वर्ष पहिले प्रतिष्ठान र ‘इको प्लास्टिक जापान’ नामक संस्थाबीच यो क्षेत्रमा अध्ययनका लागि सहमति पत्रमा हस्ताक्षर भएको थियो ।‘सुरुको वर्षमा एक किलो झोलालाई मात्रै प्रशोधन गर्ने मेसिन थियो, अहिले प्रतिष्ठान आफैँंले १० किलो प्रशोधन गर्न मिल्ने मेसिन खरिद गरेको छ,’ उनले भने, “अध्ययन सकिएपछि प्लास्टिकको व्यवस्थापनका लागि टन प्रशोधन गर्ने मेसिन खरिद गर्नुपर्छ।

”पोलिथिनबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने हो भने यसबाट दोहोरो फाइदा लिन सकिन्छ, डा ढुंगेलले भने ‘खपत भएका पोलिथिनको व्यवस्थापन हुँदा वातावरणमा स्वच्छता र सफाइमा सहयोग पुग्न छ भने पेट्रोलियम पदार्थको उत्पादन स्वदेशमै हुनेछ।’“भोलि सबै प्लास्टिकलाई प्रशोधन गर्दा आयात हुने पेट्रोलियम पदार्थको मात्रा समेत कम गर्न सकिनेछ,” उनले भने।अहिले नगरपालिकाको संख्या ह्वात्तै बढेको छ । फोहोरमैलाको व्यवस्थापन नयाँ नगरपालिकाका लागि प्रमुख चुनौती भएको सन्दर्भमा दुई÷चारवटा नगरपालिका मिलेर पोलिथिन प्रशोधन गर्ने उपकरण किन्न र सञ्चालन गर्न सकिन्छ, यसबाट फोहरमैला समेत व्यवस्थापन हुने दावी डा ढुंगेलको छ।उनले भने, “खरिद गर्न रकम मिलाएर हालेर सबैलाई पायकपर्ने ठाउँमा प्रशोधन केन्द्र चलाउन सकिनेछ ।” प्रतिष्ठानले स्थानीय निकायसँग सहकार्य बढाउने पनि उनले बताए। पोलिथिन झोला प्रशोधन गर्ने खर्च पेट्रोलियम पदार्थले नै पुर्याउनेछ डा ढुंगेलले भने। रासस

post image

साउन २०, काठमाण्डौं । लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्रीतथा सबैभन्दा सस्तोमामोबाइल कारोबार गरिरहेको एप्पल वल्र्डमोबाइलले स्मार्टफोन सट्टा–पट्टा मेलाबुधबारबाट सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डलेकुनैपनि पुराना स्मार्टफोनसँगनयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सहजहोस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामापुरानो फोनको उचितमूल्यलिएर सट्टापट्टागर्नपाइने एप्पल वल्र्डका सेल्सम्यानेजर निराजनमल्ल ठकुरीले जानकारी दिए ।
मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्व बजारमा पाइने सबै मोबाइल उपलब्ध गराई टच एन्ड फिलको सुविधा सहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको छ । पुरानो मोबाइल भएका तथ नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदापुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् । मेलामा नयाँ प्रविधि मार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वानप्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन्भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ ।

post image

साउन १८,काठमाडौं ।  नोकिया स्मार्टफोनका साथ पुनः बजारमा फर्किएको छ । विश्व फोनको बजारमा नम्बर वानदेखि धराशयी हुँदै पुनः बजारमा स्मार्टफोन लिएर फर्किएको नोकियाका लागि आफ्नो पुरानो इमेजलाई निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौती हो । गुणस्तरीय फोन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित नोकियालाई आफ्नो उक्त परिचयलाई ग्राहकमाझ फेरि पस्किनुपर्ने र पुन ग्राहकको मन जित्नुपर्ने चुनौती र अवसर दुवैलाई सहि सदुपयोग गर्नुपर्ने अवस्था रहेको छ । बारोफोनबाट स्मार्टफोन आएको नोकिया विश्व स्मार्टफोनको बजारमा हजारौं पाकेको आँपको बीचमा रहेको एउटा काँचो आँपजस्तै भएको बताउँछन् व्यवसायी ।

 विश्व स्मार्टफोनको दुनियाँमा सात वर्ष अघिबाट नोकियालाई पछि छाड्दै अघि बढेका सामसङ, एप्पल, हुवावे, ओप्पोस