post image

 चैत १२, गोरखा । गोरखा जिल्लामा विभिन्न नौ होमस्टे (घरबास) को प्रवर्द्धनका लागि रु ९० लाख अनुदान उपलब्ध गराइने भएको छ । गण्डकी प्रदेशअन्तर्गतको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट स्थानीय तहसँगको सहकार्यमा होमस्टे प्रवर्द्धन कार्यक्रमअन्तर्गत बजेट प्राप्त भएको डिभिजन वन कार्यलय गोरखाका प्रमुख इमनाथ पौडेलले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत जिल्लाको अजिरकोट गाउँपालिकामा चार, शहीद लखन गाउँपालिकामा दुई, बारपाक सुलीकोट गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा एक/एक होमस्टेका लागि अनुदान प्राप्त भएको उनले जानकारी दिए । प्रमुख पौडेलका अनुसार प्रत्येक होमस्ेटले रु १०/१० लाख अनुदान प्राप्त गर्नेछन् ।

‘सामुदायिक होमस्टेमा भौतिक पूर्वाधारको क्षेत्रमा खर्च गर्ने गरी प्रदेश सरकारले रकम उपलब्ध गराएको हो’, उनले भने, ‘उक्त अनुदान रकम दुई किस्ता गरेर उपलब्ध गराइने छ ।’ अहिले अनुदान प्राप्त गरेका होमस्टे सँग सम्झौताका लागि तयारी रहेको भन्दै उनले चालू आर्थिक वर्षभित्रमै कार्यक्रम सम्पन्न गर्ने गरी काम अघि बढेको बताए ।

अनुदान प्राप्त गरेका होमस्टेले कूल प्रस्तावित बजेटको २० प्रतिशत रकम समुदायले खर्च गर्नुपर्नेछ भने १० प्रतिशत रकम स्थानीय तह वा वडा कार्यलयले खर्च गर्ने सुनिश्चित भएपछि ७० प्रतिशत रकम भने कार्यालय उपलब्ध गराउने उनले बताए ।

सम्झौतालगत्तै पहिलो किस्तावापत रु चार लाख उपलब्ध गराउने र प्रस्तावित योजनाअनुसार काम सम्पन्न गरेपछि दोस्रो किस्तावापतको बाँकी रु छ लाख अनुदान उपलब्ध गराउने कार्यविधि धिमा उल्लेख भएको प्रमुख पौडेलले जानकारी दिए ।

जसअनुसार होमस्टे सञ्चालकले रु दुई लाख ८५ हजार ५७३ र सम्बन्धित स्थानीय तह वा वडा कार्यालयले रु एक लाख ४२ हजार ८५८ बाहृय संरचना निर्माणका लागि खर्च गर्नुपर्ने उनले बताए ।

कार्यक्रमअनुसार अनुदान प्राप्त गरेका होमस्टेले सम्झौताअनुसार रकम खर्च गरे/नगरेको वन कार्यालयले अनुगमन गर्ने प्रमुख पौडेलले जानकारी दिए ।

अनुदान प्राप्त गर्ने होमस्टेमा अजिरकोट गाउँपालिका-३ र ५ भच्चेकमा रहेको बुद्ध नम्की सामुदायिक होमस्टे, वडा नं ४ सिम्जुङमा रहेको झ्याल्ला भुमे सामुदायिक होमस्टे, वडा नं १ ध्याच्चोकमा रहेको चामे छहरा सामुदायिक होमस्टे, वडा नं ४ स्थित सिम्जुङमा रहेको प्रगति सामुदायिक हामेस्टे रहेका छन् ।

त्यस्तै शहीद लखन गाउँपालिका-७ काउले भङ्गारमा रहेको शहीद लखन सामुदायिक होमस्टे, वडा नं २ मनकामनामा रहेको बेतिनी सामुदायिक होमस्टे, पालुङटार नगरपालिका-३ आपँपिपलमा रहेको पाँच्यान गाउँ सामुदायिक होमस्टे, गोरखा नगरपालिका-५ पस्लाङस्थित पस्लाङ होमस्टे र बारपाक सुलीकोट गाउँपालिका-२ बारपाकमा रहेको बारपाक होमस्टेले पनि अनुदानका लागि मन्त्रालयबाट स्विकृति पाएका छन् ।

कार्यालय प्रमुख पौडेलका अनुदान प्राप्त गरेका अधिकांश होमस्टेले पाहुनाका लागि स्वागतगेट, बैठक घर, कोसेली घर, मगर समुदायको संस्कृति झल्कने खालको घुमाउने घर, समुदायभित्र धारा सुधार, होमस्टेभित्र गोरेटो सुधारलगायतका पूर्वाधार विकासमा रकम खर्च गर्ने प्रस्ताव गरेका छन् ।

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि प्रदेश भित्रका ३०० होमस्टेको प्रवर्द्धनका लागि अनुदान उपलब्ध गराउने भन्दै गत पुसमा निवदेन दिन आग्रह गरेको थियो ।

जसअन्तर्गत गोरखाका ११ सामुदायिक होमस्टेले अनुदानका लागि निवदेन दिएको भए पनि नौ मात्र छनोटमा परेको उनले जानकारी दिए ।

post image

चैत १२, काठमाडौं । जापानमा नेपाली कामदारलाई रोजगारी दिने गरी समझादारी भएको  छ ।  नेपाल र जापान सरकारबीच कामदार आपूर्तिबारे ‘सहकार्यको समझदारी’ (एमओसी)मा सोमबार हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज मध्यान्हमा काठमाडौंको हिमालयन होटलमा एमओसीमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारका तर्फबाट श्रम मन्त्रालयका कार्यवाहक सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट जापानी राजदूत मासामिची साइगोले सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । एमओसीमा हस्ताक्षर पछि बोल्दै मन्त्री बिष्टले जापान नेपाली श्रमिकका लागि आकर्षक र रुचीपूर्ण गन्तब्य भएको बताए । उनले यो समझदारीका लागि तयार भएकोमा जापान सरकारलाई धन्यवादज्ञापन पनि गरे ।

यो समझदारीपछि नेपालबाट जापानमा कामदार पठाउने प्रक्रिया थालनी गर्ने बाटो खुलेको छ । यसका लागि जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई खडा हुनेछ ।

कामदार आपूर्तिका लागि सरकारीस्तरबाटै संयन्त्र खडा गरेर जापानमा दुबै देश सहमत भएका हुन् । अब म्यानपावर व्यवसायी जापानमा कामदार पठाउने प्रक्रियाबाट अलग हुनेछन् । नेपाल र जापान सरकारले कोरियाको जस्तै छुट्टै संयन्त्र बनाएर कामदार छनोट गरी पठाउने व्यवस्था गर्नेछन् ।

दुबै पक्ष कामदार लैजाने विधि, प्रक्रिया, कामदारको सेवा, सुविधा, सुरक्षा लगायतका विषयमा टुंगोमा पुगेका हुन् । लागतको विषय भने समझदारीपछि दुई देशबीचको प्राविधिक संयन्त्रले टुंगो लगाउने छ ।

नेपालले जापानसँग कामदार आपूर्ति प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरेको छ । अब अपि्रल महिनाबाटै कामदार लैजाने प्रक्रियाका लागि तयारी सुरु हुनेछ । समझदारी भएपछि भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट प्रक्रियाको सुरु गरिने छ ।

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।

नेपालले नेपाली कामदारहरुलाई रोजगारीका लागि जापान लैजान लबिङ गर्दै आएको थियो । लामो समयदेखि खाडी र मलेसियाको वैकल्पिक गन्तब्य खोजिरहेको नेपाली कामदारका लागि जापान सुरक्षित र राम्रो कमाइ गर्ने श्रम बजार हुने विश्वास छ । जापान लैजानुअघि दक्ष तथा अर्धदक्ष कामदारको जापानी भाषा र सीप परीक्षण गर्नेछ ।

post image

चैत ८, काठमाडौं। प्याङ्क्रियाजको रोगबाट पीडित अर्थशास्त्री डा. मदनकुमार दाहालको शुक्रबार दिउँसो निधन भएको छ। काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो। सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले सयौं विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए।

साढे चार दशकदेखि एउटै पेशा र क्षेत्रमा रहेका काम गरेका श्रीलंकाका लागि नेपालका राजदूत प्रोफेसर बिश्वम्भर प्याकुरेलले दाहालको निधनले आर्थिक उदारीकरणका क्षेत्रमा गम्भीर क्षति पुगेको बताए।

कसैको चित्त नदुखाउने मानिसका रुपमा सम्झँदै प्याकुरेलले आर्थिक क्षेत्रमा प्रोफेसर दाहाल ‘क्रिटिकल अप्रेजल’ गर्ने ब्यक्ति भएको बताए। प्याकुरेलले भने- ‘उनी साँचोलाई साँचो झुठोलाई झुठो भन्ने मान्छे थिए। कसैको प्रभावमा पर्दैनथे।’

post image

चैत ८, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको आवेदन दस्तुर सेवाग्राहीको सहजताका लागि अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएको छ ।

विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएका संस्था इ–सेवा, आइएमई–पे, फोन–पे, ग्लोबल अनाइन, ग्लोबल स्मार्टलगायत प्रणालीबाट आवेदकले कुनै लाइन नबसी दरखास्त दस्तुर बुझाउन सक्ने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक कृष्णप्रसाद खनालले गतवर्षदेखि आवेदन फाराम भर्ने प्रक्रिया अनलाइनबाटै बनाइएको र यस वर्षदेखि परीक्षा दस्तुर अनलाइनबाटै बुझाउन सकिने व्यवस्था मिलाइएका बताए ।

उनले भने, “गत वर्ष परीक्षा दस्तुर बुझाउने क्रममा आवेदकले निकै सास्ती खेप्नुपरेको थियो, बैंकमा निकै लामो लाइन थियो, तर यसपटकदेखि अनलाइन प्रणालीबाट तिर्न सकिने व्यवस्था गरिएको छ, अनलाइन पहुँच हुनेले अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् भने अन्यले ग्लोबल आइएमई बैंकका कमलादीबाहेकको सम्पूर्ण काउन्टरबाट भुक्तानी गर्न सक्नेछन् ।”

आवेदन फाराम भर्ने र अनलाइन भुक्तानी गर्ने प्रक्रियाको जानकारी इपिएस कोरिया शाखाको वेबसाइट eoers.epsnepal.gov.np  लगइन गरी लिन सकिनेछ । आवेदन फाराम भर्ने समयावधि झन्डै १० दिनको रहेको भन्दै उनले आवेदकलाई आतुर नगर्न आग्रह गरे ।

बैंकको कुनै काउन्टरमा भीडभाड भए अन्य काउन्टरमा गएर भए पनि दरखास्त दस्तुर बुझाउन सकिने उनको भनाइ छ । श्रम, रोजगार तथा सामाजिक सुक्षामन्त्री गोकर्ण विष्टले भाषा परीक्षा आवेदन प्रक्रियालाई व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत आवेदन फाराम र दरखास्त दस्तुर अनलाइनबाटै बुझाउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

भाषा परीक्षाको तयारी गरिरहेका युवाले गए राति १२ बजेदेखि आवेदन फाराम भर्न थालेका छन् । अहिले बिहान ८ बजेसम्म १५ हजारले आवेदन फाराम भरेको इपिएस शाखाका निर्देशक खनालले जानकारी दिए ।
बैंकका काउन्टर आज बिहान १० बजेदेखि खुल्ने भए पनि यसअघि फाराम भरेकाले अनलाइनमार्फत दरखास्त दस्तुर भुक्तानी गरेका छन् । यही चैत १७ गते राति १२ बजेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

परीक्षा दस्तुरबाहेक आवेदकले अन्य कुनै थप शुल्क व्यहोर्नु नपर्ने इपिएस कोरिया शाखाले स्पष्ट पारेको छ । फाराम भर्ने नाउँमा बिचौलियाको प्रभाव पर्न सक्ने भन्दै शाखाले आवेदकलाई तोकिएको परीक्षा दस्तुर २४ अमेरिकी डलरबाहेकको अतिरिक्त शुल्क नबुझाउन आग्रहसमेत गरेको छ । आवेदकले दरखास्त भर्ने अघिल्लो दिन नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसारको दरखास्त दस्तुर बुझाउनुपर्ने छ । रासस

post image

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । यद्यपी,  परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो ।

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ  । यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।

post image

चैत ७, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री ‘बी’ जलविद्युत आयोजनाको शेयर लिन आवेदन दिएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको शेयर आवेदन दिएका हुन् ।

आयोजनाको आईपीओ किन्न प्रधानमन्त्री ओलीले ग्लोबल आईएमई क्यापिटल र नेपाल डीपी लिमिटेडमा २ वटा डिम्याट खातासमेत खोलेका थिए । प्रधानमन्त्री अ‍ोलीले माथिल्लो त्रिशूली थ्री ‘बी’ साधारण सेयर (आईपीओ) का लागि आवेदन दिएसँगै आजैबाट सर्वसाधारणका लागि समेत आवेदन खुला गरिएको छ ।सरकारले ल्याएको ‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युतको सेयरधनी’ भन्ने कार्यक्रमअन्तर्गत यस आयोजनाको सेयर बिहीबारदेखि खुलाएको हो ।

सरकारको यो कार्यक्रमअन्तर्गत सेयरका लागि आवेदन प्रति कित्ता १० रुपैयाँका दरले नै दिन सकिनेछ ।आमसर्वसाधारणलाई जलविद्युतको सेयर किन्न प्रेरित गर्ने उद्देश्यले पहिलो सेयर प्रधानमन्त्रीले किन्ने कार्यक्रम बनेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

गत फागुन २ गते ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम घोषणा समारोहमा नै प्रधानमन्त्रीले पहिलो सेयर आफूले किन्ने बताएका थिए । नेपाली नागरिकको लगानीमा नै तीन हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरू गर्न लागिएको हो ।

post image

चैत ५, काठमाडौं ।भाइभाइ बीच सम्पतिमा झगडा गरेका धेरै उदाहरण हामीले देखेका छौं । उसो त आफ्नो भाइको लागि मरीमेट्ने दाजुहरुको पनि कमि छैन । यस्तै एक उदाहरण बनेका छन् भारतीय अर्बपति मुकेश अम्बानी ।

 मुकेश अम्बानीले भाइ अनिल अम्बानीको ७.७ करोड डलर ऋण तिरिदिएका छन् । यससँगै अनिल जेल जानबाट बचेका छन् । अनिलले स्वीडेनको एरिक्सन कम्पनीलाई मंगलबारसम्म ८० मिलियन डलर तिर्नुपर्ने थियो । तर, अदालतको आदेशबाट बाबजुद उनले रकम तिर्न सकेका थिएनन् । त्यसैले अदालतको अवहेलनाको मुद्दामा उनी जेल जाने खतरा थियो ।

अन्तिम समयमा मुकेशले भाइलाई बचाएका छन् । अनिलले वक्तव्य जारी गर्दै दाइ मुकेश र भाउजू नीता अम्बानीलाई सहयोगका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘कठिन घडीमा मैले परिवारको सहयोग पाएँ । यसले हाम्रो परिवारको बलियो मूल्य-मान्यतालाई दर्शाउँछ । जुन समय मलाई सबैभन्दा बढी सहयोगको आवश्यकता थियो, मेरो परिवार साथमा रह्यो ।’

एक समय मुकेश र अनिलको सम्बन्ध राम्रो थिएन । दुवै एक अर्काका प्रतिद्वन्द्वी जस्ता देखिएका थिए । अनिलले भनेका छन्, ‘म र मेरो परिवार यसका लागि आभारी छौं कि हामी अतीतबाट निस्कियौं । यो सहयोगका लागि हृदयदेखि आभार ।’

post image

चैत ४, काठमाडौं । सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिने कृषि कर्जा लिनेको संख्या अहिलेसम्म झण्डै साढे १० हजार पुगेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म यस्तो कर्जा १० हजार ४ सय ८७ जनाले लिएका छन् । ८८ करोड ५ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको यस्तो कर्जा १८ अर्ब ६४ करोड रुपैयाँ बक्यौता छ ।

बैंकहरुले आफ्नो आधारदरमा बढीमा २ प्रतिशतसम्म जोडेर यस्तो ऋण दिन सक्छन् । विशेषगरी बाणिज्य बैंकहरुले यस्तो ऋण प्रवाह गर्छन् । आधारदरमा २ प्रतिशतसम्म जोड्दा जति ब्याजदर हुन्छ त्यसमा पाँच प्रतिशत सरकारले नै तिरिदिन्छ । बाँकी ऋणीले तिर्नुपर्छ ।यो ऋण  बिनधितो पाइन्छ ।

मकै, धान, गहुँ, केराउ, चना, भटमास,  चिया, अलैची नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यस्तो ऋण पाउँछन् । अन्नबाली उत्पादन र प्रशोधनका लागि यस्तो ऋण लिन सकिने राष्ट्र बैंकले जनाएको छ  । ऋण लिनका लागि पहिले फर्म वा कम्पनी दर्ता गर्नुपर्छ ।

आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर पनि लिनुपर्छ । बैंकले उपलब्ध गराएको ढाँचामा प्रक्रिया पुर्याएर ऋण माग गरे पाइन्छ । कागजात पुगेर पनि ऋण पाइएन भने राष्ट्र बैंकमा उजुरी गर्न पाइन्छ ।

post image

चैत ३, रुपन्देही  ।  प्रदेश ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने तयारी थालेको छ । सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक र ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्बर्द्धन तथा व्यवस्थापनमा टेवा पु-याउन प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गरेको हो । मन्त्रिपरिषदले कार्यक्रम स्वीकृत गरेसँगै भ्रमण वर्षको तयारी सुरु गरिएको हो ।

आउँदो बुद्ध पूर्णिमाका दिन भव्य समारोह गरी भ्रमण वर्षको आरम्भ गरिने छ । कार्यक्रमका लागि रूपन्देही, नवलपरासी र कपिलवस्तुका स्थानीय तह र जिल्ला समन्वय समितिसँग समन्वय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भ्रमण वर्षका क्रममा लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदहलगायतका क्षेहरुलाई समेटेर प्रवर्द्धनात्मक कार्यक्रम गरिने छ । भ्रमण वर्षका क्रममा मायादेवी प्रसूतिमार्ग घोषणा एवं प्रसूति उत्सव गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

भ्रमण वर्ष सफल बनाउन झण्डा निर्माण गरिनाका साथै स्टिकर, ब्रोसर, होर्डिङ बोर्डलगायतका सामग्रीहरु बनाएर प्रचारप्रसार गर्ने तयारी रहेकाे छ । बुद्धबारे सडक प्रदर्शनी, सर्किट, लुम्बिनी प्रवेश नाकाको सरसफाइ, निबन्ध लेखन र साहित्य प्रतियोगिता आयोजना गरिने जानकारी मन्त्रालयले दिएको छ ।

भ्रमण वर्ष अवधिभर विभिन्न कार्यक्रम गरी लुम्बिनीमा पर्यटकको सङ्ख्या बढाउने योजना पर्यटन मन्त्रालयको छ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका ७ वटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएको भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पर्यटन मन्त्रालयले ४ करोड १९ लाख ६० हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । प्रस्तावित बजेटलाई आर्थिक मामिला मन्त्रालयबाट रकमान्तर गरेर व्यवस्थापन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ । प्रदेश ५ सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार छुट्याइएको बजेटमध्ये २ करोड २७ लाख ९० हजार रुपैयाँ चालू आर्थिक वर्षमै खर्च हुनेछ ।

प्रस्तावित खर्चअनुसार उद्घाटन कार्यक्रममा ७० लाख र समापनमा १५ लाख रुपैयाँ खर्च हुनेछ । भ्रमण वर्षको प्रचारप्रसारका लागि १ करोड २५ लाख रुपैयाँ छुट्याएको छ । ब्राण्डिङ, लोगो, जिंगल, वेबपेजका लागि ६ लाख रुपैयाँ छुट्याइएको छ भने सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाउन एक सय फुट अग्लो राष्ट्रिय झण्डा निर्माण, भ्रमण वर्ष अवधिभर मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन र लुम्बिनी–तिलौराकोट सडकलाई मायादेवी प्रसूति मार्ग घोषणा गरिने छ ।

बुद्ध सर्किटका विभिन्न स्थान तथा लुम्बिनी प्रवेशका विभिन्न नाकाहरूको सरसफाइ, डष्टबिन खरिद र बेलहिया–भैरहवा दीपमाला जडानका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । प्रदेश सरकारले तय गरेको बजेट तथा कार्यक्रममा खेलकूद, साहित्य, संस्कृति तथा क्षमता विकास कार्यक्रमहरु समाविष्ट छन् । भ्रमण वर्षको सिलसिलामा आयोजना गरिने बौद्ध विद्वानहरुको समागममा बौद्ध दर्शन र लुम्बिनीबारे कार्यपत्र प्रस्तुत गर्न मात्रै २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गौतम बुद्ध जन्मिएको पावन दिन वैशाख पूर्णिमामा आरम्भ भई भ्रमण वर्ष चैत पूर्णिमामा समापन हुनेछ । विश्व शान्तिको मुहान मानिने लुम्बिनीमा विश्वका ८७ देशका पर्यटकहरु वर्षेनी भ्रमण गर्न आउँछन् । लुम्बिनी विकास कोषको पछिल्लो तथ्याङ्कअनुसार एक वर्षमा सरदर १२ लाख ५० हजार नेपाली, एक लाख ६१ हजार भारतीय र एक लाख ५१ हजार अन्य मुलुकका पर्यटकहरु लुम्बिनी भ्रमणमा आउने गर्छन् ।

आज देशभरका म्यानपावर बन्द

प्रकाशित मिती : Sunday
post image

फागुन २६, काठमाडौँ ।  वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको विरोधमा आज देशभरका म्यानपावर बन्द भएका छन् । म्यानपावर व्यवसायीहरुको भेलाले आइतबार एक दिन म्यानपावर बन्द गर्ने निर्णय गरेको हो।

म्यानपावर व्यवसायीहरुले घटनाको निन्दा गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् । गत शुक्रबार साँझ बसुन्धरास्थित गुरुङको घरमा बम विस्फोट भएको थियो।

बम विस्फोटको जिम्मा नेत्र विक्रम चन्द विप्लव समुहले लिएको छ। बम विस्फोटबाट गुरुङको गाडी र घरमा क्षति पुगेको छ।

post image

फागुन २६, काठमाडौँ ।  प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको छ।आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि न्यूनतम एक सय दिन रोजगार दिने उदेश्यले सरकारले निवेदन माग गरेको हो।

पहिलोपटकको हकमा चैत महिनासम्म निवेदन दिने समयसीमा तोकिएको छ। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

बेरोजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता, वा क्षमता समेत उल्लेख गरेर रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ। यसरी निवेदन दिँदा निवेदकले काम गर्न चाहेको समय, क्षेत्र र ठाउँसमेत खुलाउनु पर्नेछ।  निवेदनमा हालको रोजगारीको अवस्था र अनुभव भएमा सो समेत बुझाउनु पर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

रोजगारीको हक सम्बन्धी ऐनको दफा ११ ले न्यूनतम रोजगारमा संलग्न हुनका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। सोही अनुसार निवेदन माग गरिएको हो।

कार्यक्रम सबै प्रदेश र ७५३ वटै स्थानीय तहमार्फत सञ्चालन हुनेछ। १८ देखि ५९ वर्ष उमेर समूहको बेरोजगार व्यक्ति तथा परिवार कार्यक्रममा सहभागी हुनेछन्। सबै स्थानीय तह मातहतमा रोजगार सेवा केन्द्र स्थापना भइसकेका छन्।

आफ्नो स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिले नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। चैत महिनाभित्र उक्त निवेदनको समय तोकिएको छ। वडा कार्यालयले निवेदन प्राप्त भएको सात दिनभित्र रोजगार केन्द्रमा पठाउनेछ।

दर्ता निवेदनहरू अद्यावधिक गरी केन्द्रले मन्त्रालय र सम्बन्धित प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयलाई ३० दिनभित्र पठाउनु पर्नेछ।

 न्यूनतम रोजगार प्रदान गर्न नसके सरकारले बेरोजगार परिवारलाई एक जना श्रमिकले सय दिनमा पाउने न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्नेछ। सरकारले व्यावसायिक कृषि, सिँचाइ, खानेपानी, नदी नियन्त्रण, वन, पर्यटन, यातायात पूर्वाधार लगायतका सार्वजनिक निर्माण तथा अन्य सार्वजनिक कार्यहरुमा सहकार्य र समन्वय गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

post image

फागुन २४, काठमाडौं । सरकारले ७ सिटे हेलिकप्टोरबाट बेन्च सिट हटाउन सुरु गरेको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको यस्तै हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हलिकोप्टरबाट बेन्च सिट हटाउन कम्पनीहरुसँग सहमति गरेको हो ।

प्राधिकरणका एक अधिकारीका अनुसार एएस ३५०को ६+१ सिटवाला हेलिकोप्टरलाई अब ५+१ मा राखेर मात्रै राखेर चलाउने सहमति भएको छ । एयरबसका हेलिकप्टरमा यस्ता बेन्च सिटहरु हुन्छन् । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार झण्डै एक दर्जन यस्ता सिट हटाइसकिएको छ ।

हेलिकोप्टर कम्पनीहरु पनि बेन्च सिट हटाउन तयार भएका छन् । महानिर्देशक गौतम नेपालको बिशिष्ट भूगोललाई ध्यानमा राखेर यस्तो सहमति बनेको बताउँछन् ।

फागुन १५ गते ताप्लेजुङमा यस्तै ६ प्लस १ क्षमताको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहति ७ जनाको मृत्यु भएको थियो ।

post image

फागुन  २४, काठमाडौं ।  कैलाश विकास बैंकले नारी दिवसको उपलक्ष्यमा महिला लक्षित नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । उक्त बैंकमा खाता खोल्ने महिलालाई पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा बैंकले निशुल्क गरिदिने भएको हो । कैलाश विकास बैंकले नारी दिवसका उपलक्ष्यमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको जनाएको छ ।

शुन्य मौज्दातमा खाता खोल्न सकिने नयाँ योजनामा निःशुल्क ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । साथै बैंकले नारी दिवसको अवसरमा सार्वजनिक गरेको नयाँ खाता योजनामा निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेका छन् ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै अएको बैकको ३५ एटिएम छन् । बैंकमा खाता खोल्दा निःशुल्क दुर्घटना बीमा सुविधा महिलाको लागि अत्यन्तै प्रभावकारी हुने बैंकले जनाएको छ ।

post image

फागुन २४, दमौली। एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ। तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो।

तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो। खरिद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश सिएमसीले नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीयरुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकालगायतका छन्।

हाइड्रोपावरका सञ्चारविज्ञ सचेन गौतमका अनुसार हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता भएको थियो। तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतबापत राखेको रु ८७ लाख ४९ हजार युरो र ८५ करोड १४ लाख जफतको लागि दाबी गरेको छ।

सिएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले यही हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएको छ। सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी हाल नयाँ ठेक्का प्रक्रियाका लागि तयारी सुरु गरिएको सञ्चारविज्ञ गौतमले जानकारी दिए। अहिले नयाँ बोलपत्र आह्वान गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ।

कम्पनीले आगामी चैतको दोस्रो हप्ता (मार्च) २०१९ भित्रमा नयाँ बोलपत्र आह्वान गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ। आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनास्थलमा काम सुरु गरिसकेको छ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको दोहोरो सर्किट प्रसारणलाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ। कम्पनी आयोजना स्थलमा परिचालन भइसकेको छ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। यसमध्ये एशियाली विकास बैंक (एडिबी)ले १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (इआइबी) ले ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८७ मिलियन अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

यसका लागि सम्बन्धित दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन्। रासस

post image

फागुन २३, काठमाडौँ । राजधानीको त्रिपुरेश्वर, बानेश्वर र कोटेश्वर जहाँ अत्यन्त जाम हुनेगर्छ यहि जाम लाई कसरी हटाउन सकिन्छ भन्नेबारे जापानले अध्ययन थालेको छ। एक महिना नेपाल आएको जापानी टोलीले यी तीन ठाउँमा जाम हटाउन फ्लाई ओभर र अण्डरपास बनाउने विषयमा अध्ययन गरिरहेको हो।

त्यसमध्ये त्रिपुरेश्वरमा भने अन्डर पासभन्दा फ्लाइओभर उत्तम विकल्प भएको जापानी अध्ययनल  देखाएको छ।

‘त्रिपुरेश्वरमा अन्डरपास बनाउन सकिन्न,फ्लाइओभर नै बनाउनु पर्छ।  बानेश्वर र कोटेश्वरमा के बनाउँदा सहज र सस्तो हुन्छ भन्नेमा उहाँहरू अध्ययन गरिरहनु भएको छ, ’ सडक विभागको विकास सहायता समन्वय महाशाखाका प्रमुख केशव शर्माले भने,‘अध्ययन लगभग सकिएको छ। उहाँहरू रिपोर्ट बनाउने क्रममा हुनुहुन्छ।’

यो सम्भाव्यता अध्ययनको खर्च जापान सरकार आफैंले व्यहोरेको छ। जापानी अध्ययन टोलीले यी तीन ठाउँमा नयाँ संरचना बनाउन लाग्ने पैसाको बारेमा अर्थ मन्त्रालयसँग पनि प्रारम्भिक छलफल गरिरहेको छ।

जापानी अधिकारीहरूले तीन ठाउँमा बनाउने संरचनाको सामान्य स्केच लिएर  मन्त्रालयसँग छलफल गरेका थिए। सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि विस्तृत परियोजना अध्ययन हुनेछ। त्यसपछि नयाँ संरचना बनाउन लाग्ने मूल्य निर्धारण हुनेछ।

post image

फागुन २१, काठमाडौं । आन्तरिक उडानमा अब्बल मानिएको बुद्ध एयरले यात्रुलाई अनावश्यक दुख दिन थालेको बुझिएको छ ।

पछिल्ला वर्षहरुमा बुद्धले यात्रुको सेवा र सुविधामा अलिक उदासिनता देखाउन थालेको गुनासो सुनिन थालेको छ । बुद्धले आज अर्थात् फागुन २१ गते काठमाडौंबाट सिमरा जाने यात्रुलाई सास्ती दिएको गुनासो एक पीडित यात्रुले सुनाएका छन् ।

त्यसदिन ८.१५ मा हुनुपर्ने फ्लाइट ११ बाजीसक्दा पनि नभएको र ३ घण्टा अनावश्यक पर्खनु परेको आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए । उनले बुद्धले सधैंजसो कम्तिमा पनि एक घण्टा ढिलो फ्लाइट गर्ने गरेको भएपनि त्यसदिन झण्डै २ घण्टा आफूलाई सास्ती दिएको सुनाए । सुरु मा त फ्लाइट ढिला हुने बारेमा पनि आफुहरुलाई जानकारी नदिएको र पछी सबैले प्रश्न बारम्बार तेर्साएपछी ग्राउण्ड ओपन नगरिएको कारण बताइयो ।

कुनैपनि स्थानमा समयमै र छिटो पुगियोस भनेर मानिसहरु बायु सेवाको यात्रा गर्छन तर यस्ता एयरले गर्दा दिनहुँ मानिसको बिबिध क्षति भइरहेकोमा पनि उनले चर्को गुनासो गरे ।

उनी भन्छन्, ‘१ घण्टा अगाडि एयरपोर्ट आइपुग्नु पर्ने, अनि ३ घण्टा यहाँ एयरलायन्सले कुराउने ।’सिमरा मात्र होइन भरतपुर ,विराटनगर, धनगढी र भद्रपुरमा पनि यहि समस्या रहेको बुझिएको छ । बुद्ध एयरका एक कर्मचारी संगको कुराकानीबाट यो प्रष्ट हुन्छ की छोटो दुरीको र नेपाली नागरिकलाई कम प्राथमिकता दिँदै एयरलाइन्सले यात्रुहरुलाई बिमानमा केहि समस्या भएको भन्दै बिबिध बहाना बनाएर झुक्याउने प्रयास गरिरहेका छन् । यात्रुले समस्या आएको एयरक्राफ्ट देखाउ भन्दा पंचर्ड भएको पुरानो एयर लाइन्स देखाएको जानकारी हामीलाई प्राप्त भएको छ ।

नेपाली यात्रुलाई ४२०० रुपैयाँ पर्ने टिकटको मूल्य विदेशीलाई १२५ अमेरिकी डलर लिने गरेकोले पनि बढी नाफाको लोभमा बुद्धले अन्तको फ्लाइट रद्द गरेर भएपनि पोखरामा फ्लाइट थप्ने गरेको थाहा भएको छ ।

विगतमा यात्रु सेवामा अब्बल रहेको बुद्ध एयर पछिल्लो समय ढिलो फ्लाइट गर्ने र यात्रु कम हुनासाथ उडान नै कटौती गर्ने जस्तो नाफाखोर प्रवृत्ति देखाउन थालेको छ ।यो त बुद्ध एयरको एउटा पाटो थियो त्यसो त अन्य एयरलाइन्स पनि यस्ता समस्याबाट अछुतो रहन सकेको छैन । बर्षभरिमा कति फ्लाइट डिले भएर कति यात्रुले सास्ती खेपे यसको भने कुनै लेखाजोखा छैन ।

अन्तराष्ट्रिय युरोपियन कानुनअनुसार फ्लाइट डिले अथवा क्यान्सिल हुँदा २५० देखि ६०० युरो सम्म क्षतिपुर्ति दिने नियम भएतापानि नेपालमा यस बिषयमा नागरिक उड्डयनले होस् वा एयरलाइन्सले कुनै व्यवस्था गरेको छैन ।

post image

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकसँगै टाँसिएर रहेका जोखिमयुक्त पेट्रोल पम्प हटाउन पहल थालेको छ । शहरी सुव्यवस्था विभागका प्रमुख हरि कुँवर नेतृत्वको समितिले आपूर्ति मन्त्रालय, नेपाल आयाल निगम, महानगरीय प्रहरी लगायतका निकायसँग छलफल थालेको हो ।

कुवँरका अनुसार १५ वटा हटाउनुपर्ने अवस्थाका पम्पबारे महानगरीय प्रहरीले समितिलाई जानकारी दिएको छ । यी पम्पका सूची महानगरपालिकाले निगमलाई पनि दिएको छ ।

दमकलचोकको एचपी इन्टरनेसनल इन्क, त्रिपुरेश्वरका जयन्ती र मायाराम भोलाराम, कलंकीका बाबा, स्यामा र त्रिशूल, जोरपाटीका जुबी र बराल, एकान्तकुनाको गायत्री, महाराजगङ्जको सीता, टेकुको कनक, सोल्टीमोडको सीता तथा बालाजुको कोतधुकु पेट्रोलपम्पलाई हटाउनुपर्ने प्रहरीको सुझाव छ ।

यसबारे अब विस्तृतमा अध्ययन गर्ने तयारी छ । हटाउन सिफारिस हुन लागेका पम्पहरुबारे स्थलगत रुपमा अध्ययन गरिने संयोजक कुँवरले बताए । ती पम्पहरु कुन अवस्थामा सञ्चालन अनुमति दिइएको थियो र हाल कुन अवस्थामा छन् भनेर अध्ययन गरिनेछ ।

शहरका धेरै पम्पहरुमा आफ्नै सुरक्षा पर्खाल छैनन् । गाडी लाइन लाग्न पुग्ने ठाउँ पनि छैन, जसले गर्दा सडकसम्मै गाडी लाइनमा बस्छन् । आगो निभाउन राख्नुपर्ने आधुनिक यन्त्र उपकरण पनि यस्ता पम्पले राखेका छैनन् ।

पम्पमा सुरक्षा हेर्ने गरी गार्डहरु पनि राखिएका छैनन् । यसले गर्दा आगलागी भए सडकमा गुडिरहेका गाडी, तिनमा सवार यात्रु र पैदलयात्रुलाई समेत क्षति पुर्‍याउने निश्कर्ष महानगरको छ ।

post image

 फागुन १३, काठमाडौं । काठमाडौं मल खाली गराउने कर्मचारी सञ्चय कोषको निर्णयविरुद्ध व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । ठेक्कामा सम्झौता तोडिएपछि कोषले मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्न व्यवसायीलाई पसल हटाउन निर्देशन दिएको छ ।

तर, मलका व्यवसायी कोषको निर्णय गैर कानूनी भन्दै त्यसलाई नमान्ने बताउँछन् ।  त्यहाँका व्यवसायीहरुको छाता संगठन ‘द काठमाडौं मल व्यापार संघ’ले भोलि मंगलबार पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

मलमा १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् । ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

लाखौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको उनको आरोप छ ।  ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।

मलमा झण्डै ३ सय पसल छन् । मलका झ्यालढोका फोडेर अगाडि-पछाडि, दायाँबायाँ ३७ वटा टहरामा पनि पसल सञ्चालनमा छन् । माघ १३ गते एक महिने सूचना जारी भएकोमा ५ फागुनमा पुनः सूचना जारी गर्दै सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको काठमाडौंका खाली गर्न व्यवसायीलाई २१ दिने अल्टिमेटम दिएको थियो ।

post image

फागुन १२, काठमाडौं । भारत भैरहवा र जनकपुरबाट नेपाललाई हवाइ प्रवेशविन्दु दिन सहमत भएको छ।भैरहवा र जनकपुरबाट क्रसबोर्डर हवाइ प्रवेश बिन्दु बनाउनका लागि नेपाल र भारतले संयुक्त रूपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)मा आवेदन दिएका हुन।

भैरहवा र जनकपुरमा क्रसबोर्डर एयर इन्ट्री रूटको उडान कार्यविधि र वाइ डिरेक्सन बनाउन दुबै देशका नागरिक उड्डयन निकायले संयुक्त आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए।

यी रूटबाट अहिले जहाज नेपालबाट निस्कनमात्र पाँउछन्। यो अनुमति पाएपछि यी दुई बिन्दुबाट जहाज नेपाल  पस्न पनि पाउनेछन्। आइकाओले अध्ययन गरेपछि उडान कार्यविधिसहितको  क्याटलग निकाल्छ। त्यसपछि रूट स्थापित हुन्छ।

आइकाओको स्वीकृतिपछि नागरिक उड्डयन प्राधिकरणले विभिन्न उचाइलाई आधार मानेर उडान कार्यविधि बनाउने छ।

यी ठाउँ नेपाल प्रवेश गर्ने रूट निर्धारण भएपछि त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसिसमेन्ट) हुने छ।भैरहवा रूटबाट जहाजले प्रवेश बिन्दु पाएपछि नयाँदिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो पर्ने छ। त्यो रूट  त्रिभुवन विमानस्थल आउनलाई  पनि सिमराभन्दा छोटो हुन्छ।

काठमाडौं, पोखरा र निजगढ विमानस्थलका लागि भैरहवा रूट  सजिलो हुने छ। तर भैरहवामै निर्माण भइरहेको र आगामी वर्षदेखि सञ्चालनमा आउने विमानस्थललाई कति फाइदा हुन्छ भन्ने टुंगो छैन।

post image

 फागुन १०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मुलुकको सार्वभौमिकताका लागि विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गरिएको दावी गरेका छन् । शुक्रबार संसदको विधायन समितिमा विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले विदेशी च्यानलको विज्ञापनले देशभित्र पार्न सक्ने असर नियन्त्रण गर्न क्लिन फिडको व्यवस्था गरिएको बताएका हुन् ।

‘हरेक देशको आफ्नो सामाजिक/आर्थिक सम्बन्ध हुन्छ । समाजशास्त्रीय हिसावले पनि हेर्नुपर्ने हुन्छ । मिलेर बसिरहेका सम्प्रदायहरुको बीचमा कुनै भाषा शब्द वा कुनै विज्ञापनले नराम्रो असर पार्न सक्छ’ उनले भने ।

सञ्चारमन्त्री बास्कोटाले राष्ट्रिय झण्डाको दुरुपयोग गरी विज्ञापन गर्ने जस्ता गलत कार्य रोक्न विधेयक प्रभावकारी हुने बताए । विधयकको दफा १४ मा विज्ञापन नियमन गर्न बोर्डको ब्यवस्था छ । सरकारले नियुक्त गरेका व्यक्ति अध्यक्ष हुने बोर्डमा गृह, आपूर्ति, सञ्चार मन्त्रालयका एक/एक जना सह–सचिव सदस्य रहनेछन् ।

सञ्चारमन्त्री बास्कोटाले विज्ञापनमा प्रमाणिकता हुने व्यवस्था पनि विधेयकमा गरिएको बताए । ‘कुनै ठूलो विज्ञापनको रोजगारीको अवसर छ भन्यो र खोलिदियो । दर्ता फी बेस्सरी राख्यो । हजारौं मान्छेले भरे, लाखौंलाख कमायो र भाग्यो । कसले समात्ने ? कुन कानुनले समात्ने ?’ उनले प्रमाणिकताको व्यवस्था राख्नुपर्ने कारणबारे बताए ।

औषधीहरुमा पनि कुनै प्रमाणबिना विज्ञापन गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले विज्ञापनमा प्रमाणिकता खोजिने बताए । विधेयकको दफा ९ मा विज्ञापनमा कसको तर्फबाट विज्ञापन आएको हो, उक्त व्यक्तिको नाम, ठेगाना स्पष्ट रूपले उल्लेख हुनुपर्ने उल्लेख छ । अन्यथा कानुनअनुसार विज्ञापन प्रकाशन गर्ने सम्बन्धित ब्यक्ति वा संस्थाले भोग्नुपर्ने उल्लेख गरिएको छ ।

विज्ञापनको बजार नियमन गर्न विधेयक ल्याइएको मन्त्री बास्कोटाले बताए । हाल विज्ञापन बजार करिब १२ अर्बको रहेको र अनियन्त्रित बजारलाई नियमन गर्दा त्यो बढेर २०/२२ अर्ब पुग्ने उनले उल्लेख गरे ।

post image

फागुन १०,काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आफूलाई केही मिडियाले बदनाम गर्न खोजिएको बताएकी छिन्। आजको प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको विषयमा जवाफ दिँदै मन्त्री मगरले आफूलाई नियोजित ढंगबाट मिडियाले बदनाम गराउन खोजेको बताएकी हुन्।

मेलम्ची प्रकरणबारे सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेरो कार्यकालमा ठूलो उपलब्धि भएको छ। हामीले सिएमसीलाई सहयोग गरेका छौं। तर अचानक यस्तो घटना भयो। जसले सिएमसी गए। मिडियाहरुले यति रकम खाएको भन्दै समाचार लेखे तर ८४ करोड १५ लाख म आउँदा भुक्तानी भएको छ। तर केही मिडियाले नियोजित ढंगले बदनाम गराउन खोजिएको छ।’

यसैबीच सचिव गजेन्द्र ठाकुरको विषयमा मन्त्री मगरले बोल्न चाहिनन्। ‘पूर्व सचिवले के प्रश्न उठाए के उठाएन त्यो विषयमा केही बोल्न चाँहदिन। मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो। मेलम्चीमा कसैको जिद्धे नजर पर्न दिने छैन।’

आफूले बनाएको फर्मुला भित्र काम गरेको नदेखिएकोले सचिवको सरुवा भएको मगरले दाबी गरिन्।मन्त्री मगरसँग सांसदहरु डिला संग्रौला, राजेन्द्र कुमार केसी, महेश बस्नेत, गगन थापा, प्रेम सुवाल र बहादुर सिंह लामाले प्रश्न राखेका थिए।

post image

फागुन ९, काठमाडौं । सरकारले गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउन गरिएको सम्झौता रद्द गरेको छ ।मन्त्रिपरिषद्को बैठकले काम गर्न नसक्ने ठहर गर्दै यूटीएलसँग भएको सम्झौता रद्द गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।

योसँगै युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने कामबाट बाहिरएको छ । अब यी दुई प्रदेशमा अप्टिकल फाइबर बिच्छाउने कामको जिम्मा नेपाल टेलिकमले पाएको छ । यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो ।

यो कामका लागि २०७४ वैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच सम्झाैता भएको थियो । यसका लागि यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ दिइको थियो । प्रदेश ६ र ७ मा रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर बिच्छाउन स्मार्ट टेलिकमले जिम्मा पाएपनि त्यहाँ पनि कामको गति सुस्त छ । स्मार्टले ३ अर्ब ९४ लाख रुपैयाँमा यो कामको जिम्मा लिएको छ ।

नेपाल टेलिकमले प्रदेश नम्बर १, २ र ३ मा पाँचथरको चियोभन्ज्याङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउन काम गरिरहेको छ ।

post image

फागुन ९,काठमाडौं । खुला आकाशमा चराझैँ उड्ने साहसिक खेल प्याराग्लाइडिङ गोदावरीमा फेरी शुरु भएको छ । सन् २००७ मा शुरुवात भई बेला बेलामा बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ रु तीन करोड लगानीमा यही डिसेम्बर अन्तिमबाट फेरी सञ्चालन गरिएको हो । यो अवधिमा ३०० फ्लाइट भइसकेको छ ।

ललितपुरको गोदावरीमा प्याराग्लाइडिङ सञ्चालनमा आएपछि रमाउन उपत्यकावासीले हावाको बेगमा सुन्दर दृश्यहरु हेरेर रमाउन अब बाहिरी जिल्ला धाउनु नपर्ने भएको छ । पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको यहाँ पुग्ने पर्यटकको भनाइ छ ।

चलचित्र अभिनेता नाजिर हुसेनले प्याराग्लाइडिङको अनुभव लिँदै आकासमा उड्दाको आनन्द छुट्टै रहेको बताए । “सोच्थेँ प्लेनमा चढेजस्तै हुन्छ होला, घरहरु कार्टुनजस्तै देखिन्छ होला, तर होइन रहेछ, पहिलोपटक यति तलबाट उडेर अनुभव सङ्गाल्दा अविश्मरणीय बन्यो”, हुसेनले भने ।

अघिल्लो हप्ता गायक सागर आलेले पनि गोदावरीको चापाखर्कमा पुगेर प्याराग्लाइडिङमा उडेर नयाँ अनुभव लिएको बताए । “शुरुमा डर महसुस भएको थियो, जब पाइलटले ब्रिफिङमा ९९ प्रतिशत सुरक्षित हुन्छ भने, अनि उडीहालौँ झैँ लाग्यो”, आलेले भने ।

डेढ दशक अघि पोखराको सराङकोटबाट शुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँले काठमाडौँबाट तुरुन्त जान सकिने गोदावरीकोमा प्याराग्लाइडिङ सञ्चालन हुँनु साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताए ।

नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न पनि यसले ठूलो मद्दत गर्ने पर्यटन बोर्डको भनाई छ ।

काठमाडौँ प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको यसका निर्देशक नीरज पन्तले बताए । सन् २००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी शुरु गरेको प्याराग्लाइडिङ सन् २०११ देखि २०१४ सम्म राम्रो चलेको थियो ।

भूकम्पछि भने खासै चल्न नसकेको प्याराग्लाइडिङ कोरियाली च्याङ जिङ ख्वान,  नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको रु तीन करोड बढीको लगानीमा अहिले पुनः सञ्चालनमा ल्याइएको हो ।

यहाँको क्षमता दिनमा २५ वटा फ्लाइट गर्न सक्ने छ । छ वटा ग्लाइडर छ । गोदावरीको दुई हजार १०० मिटरमाथि चापाखर्कबाट शुरु हुने प्याराग्लाइडिङ एक हजार ६०० मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ । पोखराभन्दा उच्च स्थानबाट उडान रचनाटारबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ ।

प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौँ आउने जाने यातायातसम्म जोडेर रु आठ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी रु छ हजार ५०० मा उडान गरिरहेको छ । विदेशीलाई रु ११ हजार ३०० शुल्क तोकिएको छ ।

आठ वर्षदेखि उडान भर्दै आउनुभएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताए । रासस

post image

फागुन ७, काठमाडौं। ईन्द्रदह एकिकृत पर्यटन विकास समितिले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको तयारी पूरा भएको समेत आयोजकले जनाएको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उक्त उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्ध कदको शालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिए । यसअघिका दुई वटा महोत्सव तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जनाए ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।  कार्यक्रममा बोल्दै पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले उक्त महोत्सवमा आफूहरुले पर्यटकहरुको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने,‘यो स्थान आँफैमा एक ईतिहाँस बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाको लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’

आफूहरुले पर्यटकको सुरक्षामा कुनैपनि किसिमको आँच आउन नदिने पनि उनले विश्वास दिलाए ।  त्यस्तै कार्यक्रममा बोल्दै प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोखे । उनले काजि कालु पाँडेको शीर समाधी तथा धार्मीक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको स्थललाई महत्व बाकेको धारणा राखेका थिए । उनले भने,‘१० ओटा गढी रहेको यो स्थानमा कालु पाँडेको ईच्छानुसार उनको शिर गोरखा देखिनेगरि समाधि गरेको ईतिहाँसमा रहेको छ ।’

उक्त उत्सब तथा शालिक अनावरणको अवसरमा गरिने सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा बिभिन्न बिद्यालय तथा सामाजिक संघ÷संस्थाहरुको पनि सहभागीता रहने उनले जानकारी दिए । आयोजकले उक्त क्षेत्रको समग्र विकासको लागि नेपाल भ्रमण–२०२० लाई दृष्टिगत गरि यस क्षेत्रको अझ विकास, संरक्षण एवम् प्रर्वद्धन गर्न दहचोकको पुरै रेन्जलाई नै विकास गर्ने लक्ष्य राखेको पनि जानकारी गराएको छ ।

काठमाडौंको नैकाप डाँडादेखि ईन्द्रदहहुँदै नागढुंगासम्मको क्षेत्र नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नुपर्ने बत्ताहरुको धारणा रहेको थियो । उनीहरुले पर्यटक पदमार्ग नैकापदेखि इन्द्रदहहुँदै नागढुंगासम्मै विश्रामस्थल, होम–स्टे, होटल, सेमिनार हल, पार्कहरु लगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास सरकारी तथा निजी क्षेत्रको सहभागितामा सम्पन्न गर्ने योजना रहेको रहेको सुनाएका थिए ।

पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै समितिले आगामी ५ वर्षभित्र ईन्द्रदहमा आन्तरिक तथा बाह्य गरि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

post image

फागुन ६, काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले  आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनको घोषणा गरेको छ । एप्पलले हालै आफ्नो पहिलो फोल्डेबल आइफोनको डिजाइनको पेटेन्ट दर्ता गराएको छ । समाचार अनुसार, एप्पलले यस्तो खालको पेटेन्ट सन् २०११ मा फाइल गरेसँगै सन् २०१६ मा अपडेट गरेको थियो । अमेरिकाको युनाइटेड स्टेट्स पेटन्ट एण्ड ट्रेडमार्क अफिसमा दर्ता गरिएको उक्त पेटेन्ट डिजाइन गत फेब्रुअरी १४ मा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको डिजाइनमा एप्पलको फोल्डेबल फोनको स्केच देखाइएको छ, जसले फोनको डिजाइनका बारेमा हल्का जानकारीसमेत दिइएको छ ।  एप्पलको फोल्डेबल फोनको नाम र्याप अराउन्ड आइफोन रहने बताइएको छ । पेटेन्टमा दर्ता गरिएको स्केच अनुसार यस फोनमा आइफोन एक्सको जस्तै एज टू एज डिस्प्ले दिइएको छ ।

फोनमा कुनै होम बटन छैन । साथै हेडफोन ज्याक पनि फोनमा देखिँदैन । त्यसैले यसमा रियल बटनको साटो भर्चुअल बटन हुने अनुमान गरिएको छ ।  फोनको ओएलइडी डिस्प्लेको लचकताका लागि एप्पलले डिस्प्लेमा जडानको प्रयोग गर्न सक्दछ । जडानको सहयोगले फोन सजिलैसँग फोल्ड हुन्छ ।

समाचार अनुसार एप्पलको उक्त फोल्डेबल फोन माथि र तल दुवैतिर फोल्ड गर्न सकिनेछ । एप्पलको यो फोल्डेबल फोन ठ्याक्कै कहिले लञ्च गर्ने भन्ने विषयमा एप्पलले कुनै आधिकारिक घोषणा भने गरेको छैन ।

post image

फागुन ६, काठमाडौं । सरकारले देशभर पूर्ण रुपमा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको छ ।  गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएको हो ।

 सोमबार सार्वजनिक सूचना जारी गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिले पनि एनालग टेलिभिजन सेवा सञ्चालनमा रहेको भेटिए जानकारी दिन आग्रह गरेको छ ।

टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले एनालग केबल टेलिभिजन बन्द गर्ने नीति लिएको छ ।  मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ अनुसार चरणवद्धरुपमा विभिन्न महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो । दोस्रो चरणमा अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बन्द गराएको मन्त्रालयले गत बैशाख १५ मुलुकभर नै एनालग टीभी बन्द गर्न भनेको थियो ।

सबै क्षेत्रमा अनुगमन भइरहेको र निर्देशन नमानेको पाइए कारवाही गर्ने उनले चेतावनी दिए ।  एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको तर्क सरकारको छ । तर, खर्च बढाएको भन्दै अधिकांश उपभोक्ता नै सन्तुष्ट छैनन् ।

यो व्यवस्थाअनुसार हरेक टेलिभिजनका लागि १५ सयदेखि ४५सयसम्म मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ ।  तर, प्रत्येक सेट-टप बक्सको सेवा शुल्क फरक-फरक रुपमा भुक्तानी गर्नुपर्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिन्छ ।

इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटीयू)ले निर्धारण गरे बमोजिम एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई डिजिटल प्रणालीमा बदल्न बाध्यकारी नियम ल्याएको प्रवक्ता तिवारी बताउँछन् ।

यसले परम्परागत न्यून गुणस्तरको टेलिभिजन सिग्नलको सट्टा उपभोक्ताले स्तरीय सेवा पाउने दावी सरकारको छ । राष्ट्रिय प्रसारण नियमावली २०५२ मा संशोधन गरेर तोकिएका क्षेत्रहरुमा एनालग सिग्नल पूर्णरुपमा प्रतिबन्धित र गैरकानुनी हुने ब्यवस्था गरेको छ ।

पूर्णरुपमा डिजिटाइजेशन सकिएपछि केबल टेलिभिजनको गुणस्तरहीन सेवाबाट आम उपभोक्ताले मुक्ति पाउनेछन् । यसैका माध्यमबाट सरकारको राजश्वमा पनि भारी वृद्धि हुने अपेक्षा छ ।

अहिले केबल अपरेटरहरूले ग्राहक संख्या न्यून देखाएर भ्याट बिल जारी नगर्ने समस्या छ ।  भारतीय डीटीएचबाट गैरकानुनी रुपमा सिग्नल लिएर वितरण गर्ने परम्परा तोड्न पनि अबको ब्यवस्था प्रभावकारी हुनेछ । अब सबै अपरेटरको सेवाग्राहीको विवरण लुकाउनै नमिल्ने भएकाले केबल टेलिभिजनमार्फत ग्राहक ठग्ने र राज्यलाई कुनै राजश्व योगदान नगर्नेहरु नियममा बाध्यकारी रुपमा आउने अपेक्षा सराकारको छ ।

post image

 फागुन ५, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार सेयर बजार ३ दशमलव १५ अंकले ओरालो लागेको हो । ३ दशमलव १५ अंकले बजार घट्दा नेप्से परिसूचक घटेर १ हजार १ सय ९ दशमलव ७२ को विन्दुमा झरेको छ । आज अधिकांश समूहहरु राताम्मे देखिएका छन् ।

आइतबार दिनभर भएका ५ हजार १ सय १५ कारोबारबाट १ सय ७३ कम्पनीका ८ लाख २८ हजार ८५३ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २१ करोड ७ लाख ३२ हजार रुपैयाँ पुगेको छ । कारोबार रकमका आधारमा आइतबार प्रभु बैंक पहिलो नम्बरमा देखिएको छ । प्रभु बैंकको १ करोड ९० लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

post image

फागुन ५, काठमाडौं । दक्षिण कोरियाली दिग्गज कम्पनी सामसुङले आफ्नो नयाँ फ्लागशीप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस १० आगामी मार्च ८ मा लञ्च गर्ने भएको छ । सामसुङको अमेरिकी वेबसाइटले उक्त बहुप्रतिक्षित प्रिमियम फोनको पि–अर्डर लिन पनि सुरु गरेको छ । आगामी फेब्रुअरी २० मा सनफ्रान्सिस्कोमा हुने कार्यक्रममा उक्त फोनको घोषणा गरिनेछ ।

अमेरिकामा सामसुङले पछिल्लो रिलिज भएको डिभाइसलाई अपग्रेड गर्दै ग्यालेक्सी एस १० मा ५५० डलर छुट दिनेछ । कोरियाली बजारमा मार्च ८ मा ग्यालेक्सी एस १० लञ्च हुनेछ । प्रि अर्डर गरेका ग्राहकले भने फोनको औपचारिक लञ्च हुनुभन्दा ४ दिनअघि नै उक्त स्मार्टफोन प्राप्त गर्नेछन् ।

ग्यालेक्सी एस १० सँगै ठूलो स्क्रिनयुक्त एस १० प्लस तथा सस्तो मोडेलको एस १० इ पनि लञ्च हुने बताइएको छ ।

यस्ता छन् फिचर्स

ग्यालेक्सी एस १० मा ट्रिपल रियर क्यामरा सेटअप हुनेछ । जसमा दुईवटा १२ मेगापिक्सेल र एउटा १६ मेगापिक्सेलको सेन्सर हुनेछ । १२ मेगापिक्सेल क्यामरामा टेलिफोटो लेन्स हुनेछ जसले अटोफोकस फिचर पनि सपोर्ट गर्दछ ।

त्यस्तै ग्यालेक्सी एस १० इ मा १२ र १६ मेगापिक्सेल गरी दुईवटा मूख्य क्यामरा हुनेछन् । त्यस्तै ग्यालेक्सी एस १० प्लसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसको स्पेसिफिकेसनहरु ग्यालेक्सी एस १० जस्तै हुनेछ । ग्यालेक्सी एस १० सँगै सामसुङले वायरलेस इयरफोन पनि लञ्च गर्ने बताइएको छ ।

post image

फागुन ५, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई जिल्लास्तरमा विस्तार गरिनुपर्ने वताएका छन् ।

मञ्चको दोस्रोसाधारणसभाबाट नवनिर्चा्चित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको सपथग्रहण, प्रमाणपत्र वितरण र सुनचाँदी व्यवसायको समसामयीक विचार गोष्ठीमा शनिबार बोल्दै मन्त्री शाहीले केन्द्रमा मात्रै सीमित नभई ७७ वटै जिल्लामा मञ्चलाई विस्तार गरिनुपर्ने बताएका हुन् । उनले भने,‘मञ्चको ७७ वटै जिल्लामा शाखा बनाउनुपर्छ ।’

मञ्चको सल्लाहकार समेत रहेका मुख्यमन्त्री शाहीले आफूमात्रै नभई सबै नेपालीलाई समृद्धितर्फ अग्रसर हुने वातावरण निर्माणमा लाग्नुपर्ने बताए । मञ्चले तत्कालका समस्याका बारेमा छफलफल गरेर अगाडि बढ्नुपर्ने बताए उनले बताए । उनले भने, ‘तत्काल के गर्नुपर्ने हो ? हाम्रा समस्या के हुन् ? यसका बारेमा हामीले अध्यक्ष, उपाध्यक्ष, महासचिव सबै मिलेर छलफल गर्नुपर्छ । र, समस्याको समाधान कसरी गर्न सकिन्छ ? यसका विकल्पहरू के हुन् भन्ने तर्फ लाग्नुपर्छ ।’

कार्यक्रममा बोल्दै अध्यक्ष गणेशप्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायमा भएका विकृति विसङ्गतिलाई राज्यस्तरबाट नै सुधार गर्नुपर्ने बताए । व्यवसायीहरूलाई सुनको कच्चा पदार्थको सधैं समस्या हुने गरेको उनको भनाई थियो । कच्चा पदार्थको अभावले व्यवसाय नै धरापमा परेको उनले बताए ।

मञ्चका महासचिव खेम तिरुवाले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षाको अभाव रहेको बताए । उनले राज्यले सुनचाँदी व्यवसायीहरूलाई सुरक्षा दिन नसकेको औंल्याए । उनले भने, ‘सुनचाँदी व्यवसायीको क्षेत्रलाई राज्यले सुरक्षा दिन सकेको छैन । यसलाई राज्यले संवेदनशील क्षेत्र मानेर सुरक्षा दिनुपर्छ ।’

महासचिव तिरुवाले राजनीति गर्ने मनसाय बोकेर मञ्चमा आबद्ध नहुन आग्रह गरे । मञ्च राजनीति गर्ने थलो नभएकाले यसलाई शुद्ध सुनचाँदी व्यवसायीहरूको हक अधिकारका लागि लड्ने साझा मञ्चको रूपमा लिनुपर्ने उनको भनाई छ ।

नेपाल रत्न आभुषण महासंघका अध्यक्ष कृष्ण महर्जनले सुनचाँदी व्यवसायीहरूले इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले सुनचाँदी व्यवसायलाई व्यवस्थित र मर्या्दिन बनाउन नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिए ।

गतमाघ १९ गते ललितपुरको गोदावरीमा भएको मञ्चको दोस्रो साधारणसभाले एकजना वरिष्ठ उपाध्यक्षसहित चारजना उपाध्यक्ष एकजना महासचिव, दुईजना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, लेखा प्रमुख, दुई लेखासदस्य सहित ६ जना नयाँ सदस्यहरू चयन गरेको थियो ।

post image

फागुन ३,काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । विद्यार्थीहरूको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले कम्पनीले ‘डिस होम उज्वल भविष्य’ कार्यक्रम ल्याएको हो ।

मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिस होमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत उज्वल भविष्य योजना ल्याएको कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत बर्दिया जिल्लाको गुलरियास्थित त्रिशक्ति आधारभूत विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको छ। कार्यक्रममा गुलरीया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष र सम्पूर्ण सदस्यहरुको सहभागितामा कक्षा १ देखि ५ सम्मका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको कम्पनीको भनाइ छ।

यस्तै बर्दिया जिल्लाकै राजापुर नगरपालिका वडा नं. ४ मा रहेको अमर सहिद दशरथ चन्द उच्च माध्यमिक विद्यालयमा पनि शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको डिस होमले जनाएको छ। राजापुर नगरपालिकाका उपप्रमुख मनकला थारु, ४ नं. वडा अध्यक्ष, प्रशासनिक निकाएका प्रमुखहरु तथा विभिन्न सञ्चार संस्थामा कार्यरत सञ्चारकर्मीहरुको उपस्थितिमा शैक्षिक सामग्रीसहितको झोला वितरण गरिएको थियो।

कम्पनीका महाप्रबन्धक कल्याण अधिकारीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहनका लागि उज्वल भविष्य योजना ल्याइएको जानकारी दिए।

post image

 फागुन २, डोटी । डोटीको शिखर नगरपालिकाले सञ्चालन गरेका नगरबसमा सञ्चारकर्मी ,अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरवासीको सहजताका लागि गत पुस २६ गतेदेखि नगरबस सञ्चालन गरेको शिखर नगरपालिकाले सञ्चारकर्मीलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको छ । नगरकार्यपालिकाको बैठकले नै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । ‘पत्रकारलाई समाचार संकलन गर्दा सहज होस भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, ‘अन्य लक्षित बर्गका व्यक्तिको सुविधाको लागि यस्तो सेवा सुरु गरिएको हो ।’

कार्यपालिकाले गरेको उक्त निर्णय अनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुले बसमा यात्रा गर्दा शुल्क तिर्नु पर्ने छैन । निःशुल्क यात्रा गर्न पाउने बर्गले यात्रा गर्दा आफ्नो परिचय पत्र देखाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिनाडीले बताए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसमा प्रचलित भाडा दर भन्दा ३० प्रतिशत कम भाडा लिने गरी बस सञ्चालन गरेको छ ।  ५६ लाख ६० हजार लागतमा नगरपालिकाले छब्बिस सिट क्षमता भएका दुई बस सञ्चालनमा ल्याएको थियो ।

post image

फागुन १, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले युवा जनशक्तिलाई श्रम बजारमा ल्याउन नसके राज्यले सामाजिक सुरक्षा जस्ता कार्यक्रम धान्न नसक्ने बताएका छन् ।बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा समारोहमा अर्थमन्त्री खतिवडाले कूल जनसंख्याको ठूलो हिस्सा युवा जनशक्ति रहेकाले उनीहरुलाई श्रम बजारमा आकर्षित गर्न जरुरी रहेको उनले बताएका हुन् ।

उनले भने  ‘कुल जनसंख्याको ठूलो हिस्सा रहेको युवा जनशक्तिलाई श्रम बजारमा ल्याउन सकिएन भने राज्यले यस्ता सामाजिक सुरक्षा कार्यक्रम धान्न सक्दैन ।’ सम्मानजनक श्रम र श्रमिकको योगदानबाट लाभ लिँदै राष्ट्रलाई सवल बनाउन नसके यस्ता कार्यक्रमका व्यवस्था दिगो नहुने र धान्न पनि नसकिने उनको भनाइ छ ।

बुधबार घोषणा गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले श्रम बजारलाई मर्यादित बनाउन सहयोग पुग्ने अर्थमन्त्री खतिवडाको विश्वास छ । अनौपचारिक श्रम क्षेत्र शोषणमूलक हुने भन्दै उनले श्रम बजारलाई औपचारिक बनाउनै पर्ने धारणा राखे ।

‘अनौपचारिक श्रम क्षेत्रमा अमर्यादित कामका सम्भावनाहरु बढ्छन्, त्यहाँ जोखिमयुक्त काम गर्नुपर्ने अवस्था पनि सिर्जना हुन्छ, यो कार्यक्रमले अमर्यादित, कम ज्याला, जोखिममा काम गर्ने विद्यमान अवस्थालाई न्युनीकरण गर्छ’, उनले भने ।

श्रम गरेर सम्मानित जीवन बिताउने श्रमिकको चाहनामा यो कार्यक्रम कोशढुंगा सावित हुने अर्थमन्त्री खतिवडाको दाबी छ ।

अर्थमन्त्री खतिवडाले श्रम शक्तिको प्रयोगमा जोड दिन प्रदेश र स्थानीय तहको पनि ध्यानाकर्षण गराएका छन् । सरकारले जतिसक्दो धेरै रोजगारीका अवसर सिर्जना गर्न खोजेकाले पनि सार्वजनिक विकास निर्माणका काममा मानव श्रम नै प्रयोग गर्न अर्थमन्त्री खतिवडाको जोड छ । ‘जहाँ श्रमप्रधान प्रविधिको प्रयोग गर्छौं, त्यहाँ मानव श्रमको प्रयोग गरौं, त्यसले हरित विकासलाई पनि सहयोग गर्छ, रोजगारीको अवसर बढाउन र वातावरणलाई पनि सहयोग गर्छ’, उनले भने ।

post image

माघ २९, काठमाडौं । बैदेशिक रोजगार व्यवसायीले सेवा शुल्क बढाउन पाउनुपर्ने माग गरेका छन्। एक विज्ञप्ति जारी गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी संघले दक्षिण एसियाली मुलुकसँग समान हुने गरी सेवा शुल्क तथा नीति परिमार्जन गर्नुपर्ने माग गरेको हो।

दक्षिण एसियाली मुलुकसँग समान हुनेगरी सेवा शुल्क तोकेमा आफूहरु धरौटी बढाउन तयार रहेको व्यवसायीको भनाई छ। रोजगारदाता कम्पनीले नेपाली कामदार लिनुपर्ने बाध्यात्मक अवस्था नरहेकाले अन्य एसियाली मुलुकका एजेन्सीहरुसँग प्रतिस्पर्धी गर्न चुनौतिपूर्ण भएको व्यवसायीको भनाई छ।

सेवा शुल्क नबढेको अवस्थामा धरौटी बढाउन नसकिने भन्दै व्यवसायीहरुले धरौटी बढाउने निर्णयको विरोध जनाएका छन्। सरकारले म्यानपावर कम्पनीको धरौटी बढाउनुका साथै वर्षमा कम्तीमा १ सय कामदार पठाउन नसक्ने म्यानपावर कम्पनी खारेज गर्ने भएको छ।

त्यस्तै कामदारको अनुपातमा धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था समितिले गरेको छ। पारित प्रतिवेदन अनुसार अब वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने गरी कम्पनी स्थापनाका लागि निवेदन दिएमा त्यस्तो कम्पनीले ५० लाख रुपैयाँ धरौटी राख्नु पर्नेछ। भने, यस्ता कम्पनीले एक करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राख्नु पर्नेछ।

यस्तै, तीन हजारभन्दा बढी र पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीको हकमा एक करोड धरौटी र दुई करोड बैंक ग्यारेन्टी राख्नु पर्नेछ। वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले धरौटी रकम दुई करोड रुपैयँ राख्नु पर्नेछ। यस्ता कम्पनीको बैंक ग्यारेन्टी चार करोड तोकिएको छ।

post image

माघ २९, काठमाडौं।  एक वर्षमा सय जनाभन्दा कम कामदार पठाउने वैदेशिक रोजगार कम्पनी स्वतः खारेज हुने भएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सोमबार सर्वसम्मत पारित गरेको केही नेपाल संशोधनसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

संशोधन विधेयकमा ‘नेपाल वैदेशिक रोजगार ऐन २०६४’ को प्रावधान संशोधन गरी नयाँ व्यवस्था गरिएको हो । गत आर्थिक वर्ष ४ सय १३ म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि सयभन्दा कम कामदार पठाएका थिए । विधेयकको प्रावधान संघीय संसद्बाट हुबहु पारित भए सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वतः खारेज हुनेछन् । वैदेशिक रोजगार विभागमा १ हजार २ सय १५ म्यानपावर कम्पनी दर्ता भएका छन् ।

यीमध्ये २९ वटा सञ्चालनमा छैनन् । ८ कम्पनीले एक र ७ वटाले २ जना मात्र वैदेशिक रोजगारीमा पठाएका छन् । ३ देखि १० जना मात्र कामदार पठाउनेमा ६० म्यानपावर छन् । ११ देखि ५० जना पठाउनेको संख्या १ सय ८२ छ । २ हजारभन्दा बढी मान्छे पठाउने म्यानपावरको संख्या १५ छ ।

समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार नयाँ प्रावधानअनुसार एउटै परिवारका सदस्यले एकभन्दा बढी कम्पनी दर्ता गरे त्यसलाई ‘मर्ज’ गर्नुपर्नेछ । ६ महिनाभित्र मर्ज नगरे त्यस्ता कम्पनी पनि स्वतः खारेज हुनेछन् ।

त्यस्तै कामदारको अनुपातमा धरौटी र बैंक ग्यारेन्टीको व्यवस्था समितिले गरेको छ। पारित प्रतिवेदन अनुसार अब वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने गरी कम्पनी स्थापनाका लागि निवेदन दिएमा त्यस्तो कम्पनीले ५० लाख रुपैयाँ धरौटी राख्नु पर्नेछ। भने, यस्ता कम्पनीले एक करोड रुपैयाँ बैङ्क ग्यारेन्टी राख्नु पर्नेछ।

यस्तै, तीन हजारभन्दा बढी र पाँच हजारभन्दा कम कामदार पठाउने कम्पनीको हकमा एक करोड धरौटी र दुई करोड बैंक ग्यारेन्टी राख्नु पर्नेछ। वार्षिक पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनीले धरौटी रकम दुई करोड रुपैयँ राख्नु पर्नेछ। यस्ता कम्पनीको बैंक ग्यारेन्टी चार करोड तोकिएको छ।

post image

माघ २४, काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पुँजीगत लाभकर उठाउन एनसेल र एजियटाको नाममा परमादेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको बृहत पूर्ण इजलाशले कर असूली गर्न परमादेश दिएको हो । दुबै पक्षको जवाफी बहस पछि प्रधानन्यायाधीश राणासहित न्यायाधीश मिरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले पूर्व सचिव द्वारिकानाथ ढुंगेल सहितले दिएको निवेदनमा सुनुवाई गर्दै एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र एजियटाबाट असूल्न आदेश दिएको हो ।

अर्का रिट निवेदक अधिवक्ता भावेश गौतमको रिट सर्वोच्चले खारेज गरिदिएको छ । नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट एनसेल बिक्रीको लाभकर सम्बन्धी रिटमा सुनुवाई जारी थियो । ठूला करदाता कार्यलयका अनुसार एनसेलले सरकारलाई ४९ अर्व ५० करोड रुपैया तिर्न बाँकी छ । ६१ अर्व रुपैया करको ब्याज र हर्जान सहित ७३ अर्व रुपैया पुगेपनि एनसेलले साढे २३ अर्व कर भने सरकारी खातामा जम्मा गरिसकेको छ ।

हिजो निवेदक ढुङ्गेल र गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै, विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि हिजो बहस सुरु गरेका थिए । दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए । एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा निवेदक ढुङ्गेलका कानुन व्यवसायी थिए । एनसेलका तर्फबाट र रिटमार्फत अदालत पुगेका अधिवक्ता गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए ।

post image

माघ २२, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित फनपार्क क्षेत्रको भाडा लगाउँदा अनियमितता गरेको अभियोगमा दुई पूर्वमन्त्रीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। पूर्वमन्त्रीद्वय बद्री न्यौपाने र टेकबहादुर गुरुङलाई मुद्दामा विपक्षी बनाइएको छ।

२०६० सालदेखि एकै कम्पनीलाई भाडामा लगाएको, स्वच्छ प्रतिस्पर्धा नगरेको तथा मिलेमतोमा भाडा रकम तय गरी राज्यकोषमा हानी पुर्‍याएको अभियोगमा मुद्दा चलाइएको हो। फनपार्क क्षेत्रमा रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया पूरा नगरेको दाबी अख्तियारको छ। तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री एवं परिषद्का अध्यक्ष बद्रीप्रसाद न्यौपाने, तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्य हरि न्यौपाने, मोहनराज शर्मा, मदन कुमार लाल कर्ण र तत्कालीन सदस्य सचिव रविन्द्र कुमार समेत रहेको समितिले जग्गा भाडामा दिने सम्बन्धी निर्णय गरेको हो।

सो समितिले रवीन्द्र गुरुङलाई ०६९ सालमा थप १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो। मासिक भाडा पाँच लाख ५५ हजार कायम गरिएको थियो। रवीन्द्रको वारेसका रूपमा पूर्वमन्त्री समेत रहेका टेकबहादुर गुरुङले काम गरेका थिए। रवीन्द्र टेकबहादुरका छोरा हुन्।

आपसी मिलेमतोमा भाडा रकम तय गरेको अख्तियारको दाबी छ। समितले सरकारी ठेक्का बन्दोबस्त ऐन २०२० को दफा ४ को प्रक्रिया पालना नगरेको आरोप अख्तियारको छ। टेण्डर आह्वान गरी बढाबढ वा घटाघटमा ठेक्कामा दिनु पर्नेमा सो नगरेको, सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ बमोजिम बोलपत्र आव्हान नभएको पनि अख्तियार दाबी छ।

भाडामा दिँदा परिषद्को आर्थिक प्रशासन नियमावली, २०५० को नियम ३८ को कार्यविधि पालना नगरेको पनि अख्तियारको दाबी छ। अख्तियारले उक्त गैरकानुनी निर्णयबाट ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ हानी नोक्सानी पुगेको ठहर गरेको छ।

१४ प्रतिवादीमध्ये अख्तियारले ९ जनासँग मात्र बिगो दाबी गरेको छ। अख्तियारले दुई पूर्वमन्त्रीसँग जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै, तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज विहारी प्रसाद चौधरी, सदस्य सचिव रवीन्द्र कुमार यादवसँग पनि जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ बिगो दाबी गरेको छ।

सदस्यहरू मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने र सञ्चालन रवीन्द्र गुरुङसँग पनि जनही ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ बिगो दाबी गरेको छ।

 

post image

माघ २०,काठमाडौँ ।  ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले उपभोक्ताहरुका लागि “क्लासिक टेकको महा  झट्का अफर” सार्वजनिक गरेको छ । जसअन्तर्गत बार्षिक ग्राहकले क्लासिक टेकको 30 एमबीपीएस इन्टरनेट सेवा ४३ प्रतिशत छुटमा प्रति महिना मात्र ७ सय ८६ रुपैयामा उपभोग गर्न पाउने छन।

साथै कम्पनीका अनुसार यो अफर अन्तर्गत नयाँ उपभोक्तालाई विना डिपोजिट निशुल्क जडान र निशुल्क फाइवर वायर समेत उपलब्ध गराइने छ ।  यो ओफर घरेलुग्राहकलाइ सिमित अवधिको लागि उपलब्ध हुनेछ । साथै ४० एमबिपीएस र ६० एमबिपिएस का प्याकेजहरुमा पनि बिशेष छुट रहेको छ ।

यि कम्पनीको फाइबर इन्टरनेट विश्वकै उत्कृष्ट जिपोन प्रविधिमा आधारित छ । साथै प्रख्यात एप्लिकेसनहरु जस्तै फेसबुक,गुगल, अकामई आदिका सर्भरहरु आफैले होस्ट गरेको छ भनेइन्टरनेटको अन्तररार्ष्टिय व्याण्डर्वथ आफैले विदेशबाट बिभिन्न नाकाहरुबाट फाइबरको माध्यमबाट आपूर्ति गरेको क्लासिटेकले जानकारी गराएको छ ।

इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन लागि परेको यस संस्थाले छोटो समयमा नेपालको ७४ जिल्लामा आफ्नो संजाल फैलाइसकेको छ  भने २० भन्दा बढी साखाहरुबाट सेवा प्रदान गर्दै धेरै ग्राहकको मन जित्न सफल भएको छ ।

post image

माघ २०,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।  निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ ।

आइओसीले शुक्रबार १५ दिनअघिको मूल्यमा पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २५ पैसा र डिजेलमा चार रुपैयाँ २८ पैसा बढाएर नयाँ निगमलाई मूल्यसूची पठाएको थियो । सोही आधारमा निगमले नेपालमा पनि इन्धनको मूल्यवृद्धि गरेको हो ।

निगमले १५/१५ दिनमा मूल्य समायोजन गर्ने गरेपनि सर्वसाधारण उपभोक्ताको हित तथा देशको आर्थिक वृद्धिलाई ध्यानमा राखी अघिल्लो पटक इन्धनको मूल्यवृद्धि गरेको थिएन ।

post image

माघ १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो ।

धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ।

स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ।रासस

post image

माघ १६,काठमाडौँ ।  चिनियाँ नागरिक चाई लुलाई रक्तचन्दनको ठेक्का मिलाइदिने भन्दै ६० लाख रकम बुझेका रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्र सम्पर्कविहीन भएका छन्। महोत्तरीको जलेश्वर नगरपालिकाका मिश्रले सेवाबाट अवकाश पाइसकेका छन्।

शर्त अनुसार रक्तचन्दन नदिएको भन्दै अख्तियारमा परेको उजुरी छानबिनका क्रममा पटक–पटक म्याद तामेल भए पनि मिश्र उपस्थित नभएको भन्दै अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो।

३० दिनभित्र उपस्थित हुन नआए कानुन अनुसार प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ। सूचना अनुसार मिश्रले छोरा नवीनकुमार मिश्रका नाममा उक्त रकम जम्मा गर्न लगाएको आरोप लगाइएको छ। छोरा नवीनका नाममा पनि सूचना जारी गरिएको छ।

post image

माघ १५, काठमाडौं । रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान)ले ग्राहकबाट उठाउने १० प्रतिशत सेवा शुल्क खारेज गरेको छ। रेवानको सोमबार रातिसम्म बसेको बैठकले १० प्रतिशत सेवा शुल्कले रेस्टुरेन्टको बजार विस्तारमै बाधा पुगेको भन्दै खारेजीको निर्णय गरेको हो।

रेवानका महासचिव अरनिको राजभण्डारीले सेवा शुल्क खारेजीको निर्णय भएको जानकारी दिँदै यसले रेस्टुरेन्टको बजार विस्तारमा सहयोग पुग्ने बताए। ‘रेस्टुरेन्टको बजार विस्तारका लागि हामीले यो निर्णय गरेका हौँ।

सेवा शुल्कले उपभोक्तालाई खानेकुरा नै महँगो भएको थियो। यसले रेस्टुरेन्टको मार्केटलाई डिस्टर्ब गरेको थियो’ उनले भने, ’हामी आफूसँग आबद्ध व्यवसायीलाई कर्मचारीको न्यूनतम सेवा सुविधा कायम गरेर सेवा शुल्क खारेज गर्न आग्रह गरेका हौँ।’

उनका अनुसार यो निर्णयपछि रेवानमा आबद्ध भएका रेस्टुरेन्टले क्रमशः कम्प्युटरबाट सेवा शुल्क हटाउँदै जानेछन्। रेवानसँग काठमाडौँमा दुई सय, पोखरामा डेढ सय र सौराहामा ७० वटा रेस्टुरेन्ट आबद्ध छन्। रेवानको यो निर्णयपछि सेवा शुल्कको विवाद फेरि सुरु भएको छ।  नेकपा माओवादी समर्थित अखिल नेपाल स्वतन्त्र होटेल तथा रेस्टुरेन्ट मजदुर सङ्गठनले विरोध गर्दै आएको छ। यो सङ्गठनले सेवा शुल्क खारेज नगर्न समेत चेतावनी दिएको थियो। सेवा शुल्कको बारेमा झन्डै १० महिनाअघि पनि लफडा थियो।

तर होटेल सङ्घ नेपालले भने मजदुर युनियनसँग सहमति गरेको थियो। युद्धकालबाट शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र अन्य मजदुर सङ्गठनको दबाबमा सन् २००६ मा होटेल एसोसिएसन र ट्रेड युनियनबीच ग्राहकबाट अनिवार्य रूपमा १० प्रतिशत सेवा शुल्क उठाउने निर्णय भएको थियो।

post image

माघ १४, काठमाडौं । विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनियर सरोज पण्डित ८० लाख रुपैयाँ धरौटी राखेर तारिखमा छुटेका छन्।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पण्डितलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठका अनुसार पण्डित आइतबार विशेष अदालतमा हाजिर भएका थिए। बहसपछि थुनछेकको आदेश अनुसार ८० लाख रुपैयाँ धरौटी अदालतले माग गरेको थियो। सो रकम धरौटी राखेर तारिखमा छुटेका हुन्।

आयोगले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवम् ठेकेदार कम्पनी कालिका कन्सट्रक्सनका मालिक पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध साढे आठ अर्ब रुपैयाँ बिगो दाबीसहित गत मङ्सिर २१ गते अदालतमा मुद्दा दायर गरेको थियो।

आयोगले पण्डितले ५९ करोड ३४ लाख ५२ हजार हिनामिना गरेको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यही माघ २ गते पूर्वमन्त्री पाण्डे चार करोड रुपैयाँ धरौटीमा राखेर तारिखमा छुटेका थिए।

सो आयोजनाको डिजाइनमा नै त्रुटि रहेको, मूल नहर भत्किएको, निर्माणमा खटिएका प्राविधिक, कन्सल्टेन्ट तथा निर्माण व्यवसायीले उचित निरीक्षण नगरेका आरोप अख्यिातरले लगाएको थियो। रासस

post image

माघ ११, धनगढी। सुदूरपश्चिम प्रदेशको धनगढीबाट आजदेखि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।  वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ । यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो । संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रिकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ ।

post image

माघ ११, काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल टेलिकमको फोर जी सेवा विस्तार र लागत सम्वन्धमा छलफल गर्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको छ । सिंहदरबारमा बिहान बस्ने बैठकमा छलफलका लागि सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई बोलाएको समितिले जनाएको छ ।

टेलिकमले फोर जी सेवा सुरु गरेको लामो समय भइसक्दा पनि सेवा विस्तार गर्न नसकेपछि हालसम्म भइरहेका प्रगतिका बारेमा बुझ्न सचिव गुरुङ र प्रवन्ध निर्देशक अधिकारीलाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । टेलिकमले फोर जी सेवा विस्तारका लागि तयारी थालेको एक डेढ वर्ष भएपनि काम सुरु नभएको र पुरानै ठेक्का प्रणाली अनुसार काम सुरु गर्ने तयारी गरेकाले वास्तविकता बुझ्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको अर्यालले बताउनुभयो ।

सार्वजनिक कोषको दुरुपयोग हुन नदिन समयमा नै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन लागेका समितिले जनाएको छ । टेलिकमले अहिलेसम्म काठमाडौं र पोखरामा मात्र फोर जी सेवा सञ्चालन गरेको छ । टेलिकमले भन्दा पछि अनुमति पाएको एनसेलले भने मुलुकका मूख्य मूख्य २२/२३ सहरमा फोर जी सेवा विस्तार गरिसकेको छ ।

post image

माघ ६, नेपालगन्ज । नेपाल–सीमानामा आयात निर्यातलगायत व्यापार व्यवसायमा अवरोध पुर्याउने खालका विभिन्न समस्याहरूका बारेमा भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराइएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । सीमापारी रुपैडिहामा भारत सरकारले निर्माण गरिरहेको एकीकृत चेकपोस्टको शिलान्यास गर्न रुपैडिहा आएका भारतीय गृहमन्त्री सिंहसँग विशेष समय लिएर भेट गरेर सीमानामा देखिएका व्यवसायीक समस्याहरूबारे जानकारी गराइएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।

“भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई भेटेर नेपालगन्जका उद्योगी, व्यवसायीहरूले सीमानामा भोग्दै आएका विभिन्न समस्याहरूका बारेमा ध्यानाकर्षण गराइएको छ,” अध्यक्ष वैश्यले भने ।भारतीय गृहमन्त्री सिंहले सीमानामा देखिएका समस्याहरूबारे भारतीय उच्च अधिकारीहरूसँग छलफल गरेर आयात निर्यात र आवागमनलाई सहज पारिने आश्वासन दिएको संघका अध्यक्ष वैश्यले बताएका छन् । “उहाँले हाम्रा कुरालाई गम्भीरतापूर्वक लिएर सम्बद्ध अधिकारीहरूलाई टिपोट गर्न लगाए,” मन्त्रीसँगको छलफलबारे थप जानकारी गराउँदै अध्यक्ष वैश्यले भने, “विशेष गरी चारवटा विषय ध्यानाकर्षण गराएका छौं ।”

रुपैडिहा रेल्वे लाइनलाई ब्राडगेज लाइन बनाउनुपर्ने, जडिबुटी पीएफए ल्याब रुपैडिहामा स्थापना गर्नुपर्ने र रुपैडिहामै काउन्सिलर अफिसर खटाउनुपर्ने माग भारतीय गृहमन्त्री सिंहसँग गर्दै सो बारेमा उनको ध्यानाकर्षण गराइएको अध्यक्ष वैश्यले जनाए । ड्राइ मेडिसनल हर्बल (डीएमएच) भित्र नपरेका जडिबुटीलाई सूचीकृत गरी भारत प्रवेशका लागि सहजता उपलब्ध गराइदिन पनि आग्रह भारतीय मन्त्रीसँग आग्रह गरिएको उनले बताए । पछिल्लो समयमा आएर भारतले सूचीकृत गरेका मात्र जडिबुटीको निकासी गर्न दिने जनाई ५४ प्रकारका जडिबुटीको निर्यातमा रोक लगाएपछि सयौं व्यवसायी समस्यामा परेका छन् ।

एक्कासि जडिबुटीको निर्यातमा रोक लगाइदा करिब ४ लाख टन जडिबुटी नेपालका विभिन्न नाकाहरूमा थन्किएकोमा सबैभन्दा बढी नेपालगन्ज नाकामै थन्किएको छ । भारतीय गृहमन्त्रीसँगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन र एसोसिएट सदस्य सन्जय जैन पनि सहभागी थिए । सीमानालाई बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला राख्न र आवागमन गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्रीसँग आग्रह गरिएको संघका महासचिव टण्डनले बताए ।
सो बारेमा आफूले तत्काल सुरक्षा अधिकारीहरूलाई निर्देशन दिने आश्वासन पनि मन्त्रीले सो अवसर दिएको उनले जनाए । त्यस्तै, संघका अध्यक्ष वैश्य नेतृत्वको सो टोलीले उत्तरप्रदेश र उत्तराखण्ड भन्सार हेर्ने केलेक्टर अफ कष्टम भीपी शुक्ला, युपिका कष्टम कमिश्नर प्रमोद मिश्रलगायतसँग पनि छुट्टै भेटघाट गरेर समस्याहरू अवगत गराएको संघका महासचिव टण्डनले जानकारी दिएका छन् । “सीमा क्षेत्रमा भएका अन्य विभिन्न समस्याहरूबारे पनि जानकारी गराएका छौं,” अध्यक्ष वैश्यले भारतीय भन्सारको उच्च अधिकारीहरू नेपाली सीमासम्म अवलोकनका लागि आएको जानकारी दिँदै भने, “सीमाबाट आवागमन गर्ने व्यावसायिक प्रयोजनलाई सहजीकरण गर्ने प्रतिबद्धता उनीहरूबाट पनि व्यक्त भएको छ ।”

post image

माघ ४, काठमाण्डौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले रोकिएको मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेको छ । दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मलेसियामा रोजगारी बन्द भएपछि भीसा प्रक्रिया पूरा गरेर उडानको प्रतिक्षामा रहेका हजारौं नेपाली बेरोजगार युवाले भोग्नुपरेको पीडाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरेका छन् ।

“मलेसिया र नेपाल सरकारबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएपछि जुन तिब्रता मलेसिया रोजगारीले लिनुपर्ने थियो त्यसो नभई मन्त्रालयको सुझबुझपूर्ण निर्णय नहुँदा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएर पनि मलेसिया रोजगारी टुंगोमा पुग्न सकेको छैन,” विज्ञप्तिमा भनिएको छ, “समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै ३ महिना हुँदासमेत रोजगारी सुचारु गर्न मन्त्रालय असफल हुनु अत्यन्त बिडम्वनाको विषय हो ।”मलेसिया रोजगारीका सन्दर्भमा मन्त्रालयले आफैं अनावश्यक जटिलता सिर्जना गरिरहेको मञ्चको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “एकातर्फ वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने नाममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने अन्य प्रतिस्पर्धी मुलुकको प्रचलन अध्ययन नै नगरी विभिन्न नियम लागू गराउन क्रियाशील रहेको छ भने अर्कोतर्फ आमव्यवसायीलाई असान्दर्भिक धरौटी वृद्धिको प्रस्तावले वैदेशिक रोजगार क्षेत्रमा दलाल पूँजीपतिको एकाधिकार कायम हुनेछ र अघोषित सिन्डिकेट खडा गरी नेपाली युवाको झन् चरम शोषण हुने कुरामा दुईमत नै छैन ।”  वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको दीर्घकालीन रूपमै समाधान र निकास खोजिनु पर्ने सुझाव दिँदै व्यवसायीले परिस्थितिलाई टालटुल र प्रचारबाजी गरेर मात्र सही निकास ननिस्कने स्पष्ट पारेका छन् ।

यी समस्याका सन्दर्भमा नेकपासँग आवद्ध प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले विगतदेखि नै समस्या समाधानको निम्ति पहल र ध्यानाकर्षण गराएको स्मरण गर्दै हाल सिर्जना भएका जटिलताप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वैदेशिक रोजगार क्षेत्रका विषय सवै पक्षको साझा छलफल र सहभागितामा यथाशक्य चाँडो समाधान गरी यस क्षेत्रलाई संकटग्रस्त अवस्थाबाट जोगाउन र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएरसमेत अझै बन्द रहेको मलेसिया रोजगारी अविलम्ब खुल्ला गर्न व्यवसायीले अनुरोध गरेका छन् ।

post image

माघ ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् ।उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् ।

दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

‘प्रधानमन्त्रीज्युले टुटल र पठाओकै विषयमा त बोल्नुभएको होइन, तर मोटरसाइकलमा यात्रुहरु बोक्न नदिएको गुनासो सुनिएको छ भन्दै यसमा रोक नलगाउन निर्देशन दिनुभएको हो ।’

मोटरसाइकलमा सवार व्यक्ति प्यासेन्जर हो वा हैन भनेर छुट्याउने कुनै संयन्त्र नभएको भन्दे प्रधानमन्त्री ओलीले यो विषयलाई बढ्ता नउचाल्न र यथास्थितिमै राख्न मन्त्री महासेठलाई निर्देशन दिएका हुन् ।

post image

माघ ३, काठमाडौं   नेपालीले स्वीस बैंकमा अहिलेसम्म ५२ अर्ब करोड रुपैयाँ  जम्मा गरेका छन् । विवरण अनुसार त्यसवापत ७७ करोड रुपियाा ब्याज पनि पाएका छन् साढे १५ अर्ब रुपैयाँ झिकेका कारण ३५ अर्ब ८४ करोड रुपियाा बााकी देखिएको हो  नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष २०५२ देखि स्वीस बैंकमा नेपालीले रकम जम्मा गर्न थालेको विवरणमा उल्लेख द्वन्द्व सुरु भएको वर्ष नै साव अर्ब रुपियाा नेपालीले स्वीस बैंकमा बचत गरेको देखिन्छ  

द्वन्द्वकालको १० वर्षे अवधिमा २७ अर्ब १५ करोड रुपियाा नेपालीले स्वीस बैंकमा पुर्याएका छन् तर, द्वन्द्व सकिएपछिका दुई वर्षमा सबैभन्दा बढी रकम स्वीस बैंकमा नेपालीको धन पुगेको शान्ति सम्झौता भएको वर्ष २०६३ मा मात्रै अर्ब १५ करोड रुपैयाँ बराबरको धन त्यहाा जम्मा भएको भने अर्को वर्ष अर्ब ९० करोड रुपियाा नेपालीले त्यहाँ बचत गरेका छन्  अवैध कारोबारको छानबिन गर्ने सम्पत्ति शुद्धीकरण विभाग गठन भएपछिका १० वर्षमा मात्रै २४ अर्ब ९२ करोड रुपैयाँ  स्वीस बैंकमा नेपालीका नाममा बचत जम्मा भएको  

सबैभन्दा बढी काठमाडौाको बानेश्वर, गंगादेवी टोल ठेगाना उल्लेख गरेकी मिनु शाह छिब्बर उनको परिवारको नाममा अर्ब ६१ करोड रुपैयाँ  जम्मा पछिल्लो समय बेलायत नेपालमा बसोबास रहेकी मिनुले भारतीय नागरिकसाग विवाह गरे पनि छोराहरुलाई नेपालकै नागरिकता दिलाएकी छन् ।आयस्रोत नखोजिने लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले अवैध आर्जन स्वीस बैंकमा जम्मा गर्न सहज मानिन्छ  

विदेशमा नेपालीले लगानी गर्न प्रतिबन्ध भए पनि ५५ जना नेपालीले गैरकानुनी रुपमा पुाजी विदेश पुर्याई लगानी गरेका छन् , यसमा प्रतिष्ठित उद्योगपति, व्यापारी, डाक्टर, प्राध्यापक, राजनीतिक नेता देखि समाजमा नामै नसुनिएकासम्म छन्

post image

माघ २,काठमाडौँ । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेमराज ढकालको अध्यक्षतामा यहि पौष २६ गते सो साधारण सभाले आगामी आर्थिक बर्षमा क्ष्एइ जारि गर्ने निर्णय गरेको छ ।

कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा श्री हेमराज ढकाल चयन हुनुभएको छ ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ । स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ । डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।

post image

माघ २,काठमाडौँ । देशको सबैभन्दा ठूलो कम्पनीका रुपमा रहेको एनसेललाई यसका लगानीकर्ताहरुले फेरि ‘बिक्री’मा राखेका छन्। एनसेलको ८० प्रतिशत सेयर होल्डर रहेको एक्जियटा र २० प्रतिशतका स्थानीय साझेदार सतीशलाल आचार्यले संयुक्त रुपमा कम्पनीको शतप्रतिशत स्वामित्व बिक्री गर्नका लागि ‘लेटर अफ इन्टेन्ट’ (एलओआई) जारी गरेका हुन्।

 यसको ‘भ्यालुएसन’ तीन अर्ब डलर अर्थात माघ १ को सटही दर अनुसार तीन खर्ब ४० अर्ब रुपैयाँ तोकेका छन्।  एनसेल बिक्रीका लागि दुबईको लगानीकर्ता अब्दुलवाहव एल गल्दारी (एडब्लुजिएएल)लाई एक्जियटा र सुनिभेरा क्यापिटल भेञ्चर प्रालिका तर्फबाट ३ जुन २०१८ मा लेटर अफ इन्टेन्ट जारी भएको हो।

टेलियाबाट एक्जियटामा शेयर हस्तान्तरण हुँदाको लाभकर विवादलाई टुङ्गोमा नपुर्‍याइ एक्जियटा नेपालबाट बाहिरिन खोजेको हो। यसले एक्जियटा नेपालमा टेलिकमको ‘सिरियस प्लेयर’का रुपमा नभई शेयर खरिदबिक्रीको लाभ लिनका लागि मात्रै आएको संकेत गरेको छ।

लेटर अफ इन्टेन्ट अनुसारको ‘इन्टरप्राइजेज भ्यालु’मा कम्पनी बिक्री भए एक्जियटाले एनसेलको बिक्रीबाट मात्रै तीन वर्षमा डेढ खर्ब रुपैयाँभन्दा बढी मुनाफा गर्नेछ। त्यसैगरी यो बीचमा एक्जियटाले नेपालबाट ३६ अर्ब रुपैयाँ लाभांश समेत लगिसकेको छ।

सन् २०१५ डिसेम्बर २१ मा एक्जियटाले एनसेलमा भएको टेलियाको ८० प्रतिशत शेयर एक अर्ब ३६ करोड ५० लाख डलरमा खरिद गर्ने घोषणा गरेको थियो।

त्यसैगरी निरजगोविन्द श्रेष्ठको स्वामित्वमा भए पनि टेलियाकै ‘इकोनोमिक इन्ट्रेष्ट’ भएको एनसेलको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेञ्चर प्रालिले चार करोड ८० लाख डलरमा खरिद गरेको थियो। यो रकमको भूक्तानीका लागि एक्जियटाले आफ्नै स्वामित्वमा रहेको कम्बोडियन कम्पनी स्मार्ट टेलिकममार्फत आचार्यलाई ‘फाइनान्सिङ’ गरेको थियो। सुनिभेरा क्यापिटल गैरआवासीय नेपाली सतीशलाल आचार्यकी श्रीमती भावनासिंह श्रेष्ठको कम्पनी हो।

टेलियाबाट एक्जियटामा सेयर स्वामित्व हस्तान्तरण हुँदा लाभकर विवाद सिर्जना भएको थियो। त्यो विवाद अझै पनि टुङ्गिएको छैन भने यस विषयमा सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन छ। सुरुमा लाभकर भुक्तानी आफ्नो दायित्व नभएको दावी गरेको एनसेलले २०७३ वैशाख २६ गते टेलियासोनेरा समूहको तर्फबाट भन्दै नौ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ लाभकर भूक्तानी गरेको थियो।

कम्पनीले त्योभन्दा बढी लाभ गरेको दावी कर कार्यालयले गरेपछि फेरि २०७४ जेठ २१ गते कम्पनीले नपुग रकम भन्दै ११ अर्ब ५७ करोड ८४ लाख लाभकर र त्यसमा दुई अर्ब दुई करोड ६२ लाख रुपैयाँ व्याजसहित १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ भूक्तानी गरेको थियो।

तर ठूलाकरदाता कार्यालयले लाभकरमा लाग्ने २५ प्रतिशतमध्ये एनसेलमार्फत १५ प्रतिशत अग्रिम कर आएको भन्दै टेलियालाई २०७४ असार १६ गते ६० अर्ब ७१ करोडको कर एसेसमेन्ट गरेको छ।

एसेसमेन्ट भएको करको भुक्तानी नभएसम्म ठूला करदाता कार्यालयले एनसेलका सेयरधनीलाई लाभांश भूक्तानी रोक्न निर्देशन दिएको थियो। कर कार्यालयले सटही सुविधासमेत रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।

तर पछि सर्वोच्च अदालतमा एनसेलको शेयरधनी रेनोल्ड होल्डिङले लाभांश नरोक्न माग गर्दै मुद्दा हालेपछि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले लाभांश भूक्तानीमा रोक नलगाउन आदेश दिएका थिए।

post image

माघ १,काठमाडौँ।  सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख महराले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। ‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ’, उनले भने।

सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको उनको भनाइ थियो। नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

उनले पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गरे। ‘आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्छ,’ उनले भने।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताए। ‘सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको छ’, उनले भने।

नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसङ्ख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। ‘सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ,’ उनले भने।

अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए। हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने उनको भनाइ थियो।

विभिन्न अवार्ड प्रदान

नाट्टाले आफ्नो ५२औँ साधारणसभाका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ। नाटा एचिभमेन्ट अवार्डबाट पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा अवार्डबाट बुद्ध एयर कम्पनी प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र भाष्कर अवार्डबाट पर्यटन व्यवसायी योगेन्द्र शाक्य सम्मानित भएका छन्।

मिडिया अवार्डबाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, नेपाल टेलिभिजनका पत्रकार प्रदीप चापागाईँ, रिपब्लिका न्यूज डेलीका समाचारदाता अर्पणा आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारी सम्मानित भएका छन्। उनीहरुलाई जनही रु २५ हजार नगदसहित सम्मान गरेको हो। रासस

post image

 माघ १, काठमाडौं । ६० हजार कर्मचारीले संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा जान  अनलाइनबाट फारम भरेका छन्। मंगलबार मध्यान्ह १२ बजेसम्म ६० हजार पाँच सय ९६ जना कर्मचारीले समायोजन फारम भरिसकेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको २१ दिने समय बुधबार सकिँदैछ। मन्त्रालय अन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका प्रमुख सहसचिव केदारप्रसाद पनेरुले ७३ हजार तीन सय ९१ कर्मचारीले तथ्यांक भेरिफाइ गरिसकेको जानकारी दिए।

आवेदन दिने समय थप गर्न कर्मचारी संघसंगठनले माग गरे पनि समयसीमा थप्ने संभावना नरहेको पनेरुले जानकारी दिए। अहिलेसम्म ४० हजार आठ सय ४५ कर्मचारीले आफू केन्द्रमा नै समायोजन हुन चाहेको आवेदन दिएका छन्। प्रदेश अन्तर्गत जान ५१ हजार एक सय ८३ कर्मचारी इच्छुक देखिएका छन् भने स्थानीय तहमा दुई लाख ९२ हजार नौ ७८ संख्या पुगेको छ।

स्थानीय तह रोज्ने कर्मचारीले आफूले चाहेका तीन/चार वटा ठाउँ रोजेको र रोजेका सबै ठाउँ गनिने भएकोले संख्या धेरै देखिएको हो। निजामतीबाहेक अन्य सेवाका एक हजार एक सय ८३ जनाले समायोजनमा जान आवेदन दिएका छन् भने एक हजार पाँच सय २० जनाले तथ्यांक भेरिफाइ गरिसकेका छन्।

मुलुकमा निजामती कर्मचारीको संख्या ८९ हजार छ। जसमध्ये ७१ हजार आठ सय ७१ कर्मचारी समायोजनमा जान आफ्नो तथ्यांक भेरिफाइ गरेका छन्। यीमध्ये ५९ हजार चार सय १३ जनाले तथ्यांक नै पोस्ट गरिसकेको पनेरुले जानकारी दिए।कर्मचारीले २४ सै घण्टा खुला रहने अनलाइनबाट समायोजनका लागि फारम भर्न सक्छन्।’

पुस ३०, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्ना फर्कन्छ कि फर्कँदैन भन्ने अन्योल नै छ। क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै इटाली गएको भए पनि परामर्शदाता कम्पनीको सम्पर्कमा समेत आएको छैन।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले अहिलेसम्मको अवस्थाले नफर्कने देखिएकाले विकल्पको तयारी थालिएको बताए। उनले आयोजनाको बाँकी काम र त्यसको लागत कति लाग्छ भनेर मूल्याङ्कन पार्न लागिएको जानकारी दिए। सिएमसी नफर्किए अरू कम्पनीबाट काम गर्ने गरी विकल्पसहितको योजना बनाउन लागिएको छ।

मन्त्रालयका अनुसार ठेकेदार फर्किनका लागि दिइएको डेटलाइन सकिए पनि अझै केही दिन पर्खिन लागिएको हो। दुई/तीन दिन भित्रमा नफर्किए बैंकमा धरौटी राखिएको रकम जफत गरेर बाँकी काम गर्ने सरकारको तयारी छ।

सिएमसीले मेलम्ची खानेपानी विकास समितिलाई एकलौटी रूपमा ठेक्का रद्द गरेको पत्र थमाउँदै बैंक ग्यारेन्टी राखिएको पैसा निकालेर इटाली भाग्न खोजेको थियो। पैसा लैजान पाउँ भन्दै पाटन उच्च अदालतमा मुद्दा दायर गरेको थियो। सरकारले भाग्न खोजेको कर्मचारीलाई प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो।

अदालतले बैंक ग्यारेन्टी बापतको पैसा रोक्न आदेश गरेपछि सिएमसीका प्रतिनिधिहरू क्रिसमस र नयाँ वर्ष मनाएर काममा फर्किने भन्दै बाहिरिएका थिए। सरकारले भेरिएसनको पैसा समेत तत्काल उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका थिए।

आयोजनाले ९० प्रतिशतभन्दा बढी काम सकेको दाबी गरेको भए पनि करिब ८३ प्रतिशतको हाराहारीमा काम सकिएको आयोजनाका इन्जिनियरहरू बताउँछन्।

खानेपानी समिति र मन्त्रालयका हाकिमहरूले अधिकांश काम सकेको भनेर दाबी गरिरहे पनि अझै महत्त्वपूर्ण प्राविधिक कामहरू बाँकी रहेका छन्। उनीहरूले निरन्तर काम गरे वर्ष दिन लाग्ने अनुमान गरिएको छ।

post image

पुस २७, काठमाडौं । सुरज आर्केड व्यापार संघका पूर्व अध्यक्ष परशुराम श्रेष्ठले उक्त व्यापार संघमा वर्तमान कार्यसमितिले करोडौं आर्थिक हिनामिना गरेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले यस्तो आरोप लगाएका हुन् । उनले उक्त व्यापार संघमा हेमबहादुर स्वाँर अध्यक्ष भएपश्चात् २०६६÷०६७ देखि नै आर्थिक हिनामिना सुरु हुन थालेको स्पष्ट पारे ।

उक्त संस्थामा बास्तविक सदस्यहरु को–को हुन भन्ने अभिलेखसमेत नभएको, हिसाबकिताबको अभिलेख नभएको, संस्थाको विधानअनुसार भारतीय नागरिक सदस्य हुन नपाउने उल्लेख हुँदाहुँदै सञ्चालक समितिमा विभिन्न मुख्य पदमा भारतीय नागरिकहरु रही समिति चलाईरहेको अवस्था रहेको पनि उनले सुनाए । उक्त संस्थाको संस्थापक भएको नाताले आफूले क्षमता र अनुभवको आधारमा समयानुकुल आवश्यक सल्ला र सुझाव पनि दिएको श्रेष्ठले सुनाए । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मैले यो संस्थालाई सुधारी संस्था दर्ता ऐन २०३४ र संघको विधान २०४९–०५० अनुसार आर्थिक क्रियाकलाप पारदर्शी राखि एउटा उत्कृष्ट नेपालकै नमूना संस्थको रुपमा विकसित गर्ने उद्देश्यले आफ्नो सोझो तरिकाले प्रयास गरेको थिएँ।’

आफूले पटक–पटक प्रयास गर्दापनि सफल नभएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयमै २०७३ भदौ १३ गते उक्त संस्थाविरुद्ध उजुरी गरेको पनि श्रेष्ठले जनाए । उनले जारी गरेको विज्ञप्तीमा थप भनिएको छ,‘मैले प्रमुख जिल्ला अधिकारीसमक्ष मलाई कुनै पदमा बसि काम गर्ने ईच्छा नभएको भनि लिखित घोषणा समेत गरेको छु । उक्त उजुरीमाथि विभिन्न मितिमा उक्त संस्थासँग स्पष्टीकरण माग गरि सत्य, तथ्य बुझि अन्तमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका चार सदस्यीय छानबिन कमिटी मिति २०७४ माघ ०३ मा गठन भई उक्त छानबिन कमिटीले २०७५ बैशाख ३१ गते तत्कालिन प्रमुख जिल्ला अधिकारीज्यू समक्ष पेश गरिएको प्रतिवेदनमा उक्त संस्थाका संचालक समितिलाई दोषी ठहर गरि थप छानबिनको सिफारिश गरेको थियो ।’

उनले छानबिन समितिको प्रतिवेदन आई नसकेको, संस्थाको हिसाबकिताबबारे सदस्यहरुलाई जानकारी नगराएको, मनोमानी आफ्नो समर्थकहरु मात्र छानिछानि १४४ सदस्य रहेको संस्थामा ९० जनाको मात्र मतदाता नामावली प्रकाशित गरेको र उम्मेदवारी दर्ता गर्ने मिति र समय नै पारदर्शी नभएको भन्दै आपत्ति जनाएका छन् । जारी विज्ञप्तीमा भनिएको छ,‘निलम्बनमा परेका पदाधिकारीहरु सम्बन्धमा फैसला भई नसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालयबाट खटिनु भएका ना.सु. श्री अशोक कुमार पोखरेलले यही २०७५ पुस २८ गते शनिबार विहान १० बजे काठमाडौं, रञ्जना भवननजिकै रहेको मारवाडी सेवा समितिको पाँचौ तल्लामा रहेको हलमा साधारण सभा गर्ने निर्णय भएकोमा हाम्रो आपत्ति छ।’

post image

पुस २६, काठमाडौँ ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १० रुपैयाँ प्रतिलिटर घटाएको छ । घटाएको मूल्य आन्तरिक उडानको लागि मात्रै हुनेछ । घटाएको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए अनुसार अवको आन्तरिकतर्फ हवाई इन्धन मूल्य ९५ रुपैयाँ ५० पैसा हुनेछ । यसअघि १०४ रुपैयाँ ५० पैसा रहेको थियो । यसैबीच निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने  बताएका छन् ।

कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका बिकृति, बिसंगतिको अन्त्य गर्दै निगमका हरेक गतिविधिलाई पारदर्शी बताउने प्रतिवद्धता जनाए ।

बिहीबार निगमको ४८ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निगमलाई यही अवस्थामा नरहन नदिने योजना पनि अघि सारे ।

 निगमको सुधारको लागि शुन्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने नवनियुक्त कार्यकारी निर्देशक पौडेलको भनाई छ । उनले गएको आर्थिक वर्षमा मात्रै निगमले ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि जानकारी गराए ।

post image

पुस २६, काठमाडौँ । गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो ।

नेपालको कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पुर्याउने संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताउनुभयो ।कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ ।

कार्यक्रम रौतहट जिल्लाको डिशहोमका अधिकृत विक्रेता सन्तोष केशरीको अध्यक्षता तथा ब्राण्ड म्यानेजर मनोज न्यौपानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । यसै योजना अन्तर्गत डिशहोमले बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।

शैक्षिक सामाग्री महागढिमाई नगरपालिकाका उप प्रमुख तारा देवि कामतको प्रमुख आतित्थ्यतामा २ नं. वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौरसिया, समाजसेवी, शिक्षक तथा स्थानियको सहभागितामा डिशहोमका वितरक बिक्की अग्रवालले वितरण गर्नुभयो ।

post image

पुस २६, काठमाडौँ ।  अब विदेशी विज्ञापनलाई डबिङ गरेर प्रसारण गर्न नपाइने भएको छ । विज्ञापन नियमनसम्बन्धी नयाँ कानुनको मस्यौदा राष्ट्रियसभामा दर्ता गरेको छ। सरकारले पेस गरेको विज्ञापन नियमन विधेयक अनुसार अब नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले तोकेको मितिदेखि विज्ञापनरहित प्रसारण गर्नु पर्नेछ।

सरकारले प्रस्ताव गरेको विधेयकको दफा ६ मा भनिएको छ ‘नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नु पर्नेछ ।’

सोही विधेयकको दफा ६(२) थप भनिएको छ ‘विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन ।’

हालसम्म विज्ञापन नियमनको कुनै छुट्टै कानुनी व्यवस्था छैन। छरिएका रहेका विभिन्न ऐनहरूमा जनस्वास्थ्य सरोकारसँग सम्बन्धित विषय भने समेटिएका छन्। विज्ञापन नियमनकै लागि भने कुनै छुट्टै कानुनी व्यवस्था थिएन।

सार्वजनिक स्थलमा राखिने होर्डिङ बोर्ड राख्न दिने वा नदिने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिन प्रस्ताव गरिएको छ। यस्तो विज्ञापनको अनुमति सम्बन्धित संस्था वा व्यक्तिले स्थानीय तहबाट लिनु पर्नेछ।

कस्तो बिज्ञापन गर्न पाइंदैन

  • विधेयकले प्रचलित कानुनले वितरण तथा उपभोगमा रोक लगाएका बस्तु तथा सेवाको विज्ञापन गर्न नपाइने व्यवस्था गरेको छ। यस्तै, जुवा खेलाउने वा चिट्ठाका लागि प्रोत्साहन गर्न पनि रोक लगाएको छ।
  • कुनै समुदायको अवमूल्यन गर्ने, निर्वाचनको स्वच्छतामा असर पार्ने, औद्योगिक सम्पत्तिको हकवालाको अनुमति नभएका विषयमा पनि विज्ञापन गर्न पाइने छैन।
  • चिकित्सकको सिफारिसमा मात्र बिक्री गरिने औषधि, हातहतियार, विस्फोटक पदार्थ तथा सुरक्षासँग जोडिएका अन्य वस्तु तथा सेवाको विज्ञापन रोक लगाउने प्रस्ताव छ।
  • विद्यालय तथा विश्वविद्यालयका पाठ्यपुस्तकको विज्ञापन पनि गर्न पाइने छैन।
  • नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षामा प्रतिकूल हुनेगरि विज्ञापन गर्न पाइने छैन। राष्ट्रिय झन्डा, राष्ट्रिय गान, विभूतिको अवमूल्यन हुने विज्ञापन गर्न नमिल्ने विधेयकमा प्रस्ताव छ।
  • राज्यद्रोह, गाली बेइज्जती, अदालतको अपहेलना हुने गरी पनि कुनै विज्ञापन गर्न पाइने छैन। सार्वजनिक शिष्टाचारमा प्रतिकूल हुने गरी विज्ञापन गर्न पाइने छैन।

post image

पुस २५, काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ। जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार साँझ होटल याक एन्ड यतिमा हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ। त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ।

परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुनेछ। मन्त्री ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने औपचारिक भ्रमणमा बुधबार अपराह्न राजधानी आउँदै छन्।

भ्रमणबाट नेपालमा जापानी लगानी तथा पर्यटन प्रवर्द्धन हुनुका साथै जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ। परराष्ट्रमन्त्री ज्ञवाली र उनका जापानी समकक्षी कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल सरकारका विकास–निर्माणका प्राथमिकता, आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरू जस्तै कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन‚ पूर्वाधार विकास‚ पर्यटन तथा मानव स्रोतको विकासमा जापानी सरकारको सहयोग, नेपालमा जापानी लगानी प्रवर्द्धन‚ नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट हुनसक्ने सहयोगका क्षेत्र पहिल्याउनेबारेमा गहन विचारविमर्श हुने परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई जानकारी दिए।

जापान सरकारले नेपालीहरूका लागि हालै त्यहाँ रोजगारीका अवसर खुला गरेको सन्दर्भमा त्यसबारे विस्तृत छलफल, प्रक्रियागत समस्या निरुपण, नेपाल वायुसेवा निगमको विमानलाई जापानको ओसाका र नारिता विमानस्थलमा शीघ्र उडान तथा अवतरण गरेर दुई देशबीच सिधा सम्पर्क स्थापना, नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापान सरकारबाट प्राप्त सहयोग तथा त्यसको दायरा विस्तार, भूकम्पपछिको पुनर्निर्माणमा भएका प्रगतिलगायत पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श हुने वैरागीले बताए।

कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, बजार विकास तथा मूल्य शृङखलामा सहायता विस्तार, जैविक खेती, लगानी प्रवर्द्धन एवं प्रविधि हस्तान्तरणबारे पनि गहन छलफल हुनेछ। द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रितहमा साझेदारी र सहकार्य गर्दै आएका नेपाल र जापाबीचको कूटनीतिक सम्बन्ध ६३ वर्ष पुरानो भए पनि छैटौं शताब्दीदेखिको सांस्कृतिक सम्बन्ध तथा बौद्धभिक्षु इकाइ कावागुचीबाट सन् १८९९ मा भएको नेपाल भ्रमणले दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउन अहम् भूमिका निर्वाह भएको छ। जनस्तरमा हुने भ्रमण आदानप्रदान तथा जापान र नेपालमा रहेका दुवै देशका नागरिकबाट आपसी सम्बन्ध र सम्पर्क विस्तारमा सेतुको काम भएको छ।

वर्तमान सरकारको ‘समृद्ध नेपाल‚ सुखी नेपाली’को लक्ष्यलाई सफल पार्न जापानबाट थप सहयोग जुटाउनमा केन्द्रित हुने बैठकमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जाल विस्तार‚ प्रविधि हस्तान्तरण‚ गरीबी निवारण‚ जलवायु परिवर्तन‚ सूचना प्रविधि, पर्यटन, विपद व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ।

खाद्य सहायता कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई हालसालै ३५० मिलियन जापानी येन बराबरको अनुदान उपलब्ध गराएको जापान नेपालको विकासको पुरानो साझेदारमात्र होइन बनेपा–सिन्धुली–बर्दिबास सडक, राजधानीको गोङ्गबुमा नयाँ बसपार्क निर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाजस्ता नेपालको भौतिक पूर्वाधार निर्माणका आफ्ना बृहत् आयोजनामा जापानबाट खुला हृदयले सहयोग भइरहेको छ।

एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र काठमाडौँ–नागढुङ्गा सुरुङमार्ग निर्माणका निम्ति जापानले प्राविधिक सहयोगका साथै सहुलियतपूर्ण ऋण उपलव्ध गराउँदै आएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा पनि जापानी सहयोग उल्लेख्य छ।

नेपाल–जापान सिधा उडान प्रारम्भ हुने वित्तिकै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन अधिकाधिक जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत पुग्नेछ।

काठमाडौंमा करिब २१ घण्टा रहँदा जापानी पाहुनाले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। मन्त्री ज्ञवालीले नेतृत्व गर्ने १७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा, अर्थ, उद्योग, शिक्षा, कृषि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लगानी बोर्डका उच्च अधिकारी रहनेछन्। रासस

 

post image

 पुस  २२, काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले म्यानपावर कम्पनीले राख्ने धरौटीमा वृद्धि गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका छन् । म्यानपावर कम्पनीको धरौटी वृद्धि नगरी अहिलेकै अवस्थामा राख्नुपर्ने भन्दै सांसद यादवले विधयेकमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद यादवले आइतबार संघीय संसद सभिवालय, शिंहदरबारमा पुगि संशोधन प्रस्ताव दर्ता गराएको सचिवालय स्रोतले बताएको छ । सचिवालय स्रोतले दिएको जानकारी अनुसार यादवले दर्ता नम्बर १४ मा आफ्नो संशोधन प्रस्ताव दर्ता गराएका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष विमल ढकालले सांसद यादवले संशोधन प्रस्ताव दर्ता गराएको पुष्टि गरे । संशोधन प्रस्ताव गर्न सांसदसँगै आफू पनि संघीय संसद सचिवालयमा पुगेको उनले बताए ।

गत पुस ९ गते ३ संसद सचिवालयमा दर्ता गरिएको विधेयकमा म्यानपावर कम्पनीको धरौटी अब कम्तीमा ३ करोड रुपैयाँ हुने प्रस्ताव गरिएको छ । वार्षिक पाँच हजारसम्म व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउने कम्पनीले एक करोड रुपैयाँ नगद र दुई करोड बराबरको बैंक ग्यारेन्टी राख्नुपर्ने साथै वार्षिक ५ हजार जना भन्दा बढी कामदार पठाउने उद्देश्य राखि इजाजत माग गर्ने म्यानपावर कम्पनीले भने नगद र जिन्सीसहित ६ करोड धरौटी पु¥याउनुपर्ने प्रस्ताव गरिएको छ ।

post image

पुस १९, काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मिस नेपाल श्रृंखला खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पुस्तालाई बैंकप्रति आकर्षित गर्ने मूल उद्देश्यका साथ मिस नेपाल खतिवडालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको घोषणा गरेको हो।

बैंकले मिस नेपाल खतिवडालाई ब्रान्ड एम्बासडर नियुक्त गरेसँगै बैंकलाई स्मार्ट बैंकको रुपमा विकास गराउने कार्यमा सहजता आउने विश्वास पनि व्यक्त गरेको छ। कार्यक्रममा बोल्दै मिस नेपाल खतिवडाले मुलुककै ठूलो पूँजी परिचालन गर्न सक्ने बैंकको ‘ब्रान्ड एम्बासडर’ हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिइन।

उनले मिस नेपालबाट लाभ लिने काममा बैंकलाई सफलता मिलोस् भनि शुभकामना पनि व्यक्त गरिन्।

 

post image

पुस १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १०८ र डिजल/मट्टितेल प्रतिलिटर ९५ रुपैँया पर्नेछ ।

बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलमा, डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ स्वचालित मूल्य प्रणालीद्धारा मूल्य घटाई समायोजन गरिएको निगमले जनाएको छ । अन्य पदार्थहरुको मूल्य भने यथावत राखिएको  निगमले जनाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर ११० रुपैयाँ र डिजेल/मट्टिलेल प्रतिलिटर ९७ रुपैयाँमा कारोबार भइरहेको थियो । निगमले पुस ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।

यस बीचमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल र डिजेलरमट्टितेलको मूल्य घटाईएको निगमले बताएको छ ।

post image

पुस १८ , कठमाण्डौँ । विजनेस टु विजनेस ई–कमर्श लाई जोड्न सेलकथ नामको वेबसाईट र एप्लिकेसन प्रविधिको शुभारम्भ भएको छ । काठमाण्डौको बसुन्धारामा मुख्य कार्यालय रहेको सेलकथलाई चितवनका युवा तथा सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले ५ बर्षको अथक मिहेनतमा वेबसाईट र एप्लिकेसन एकसाथ लन्च गरेका हुन् ।

सोमबार काठमाण्डौको होटल इन्द्रेणीमा पत्रकार सम्मेलन गर्दै उक्त सफ्टवेयरको औपचारिक शुभारम्भ गरीएको हो । उक्त वेबसाइट लन्च गर्दे प्रवन्ध निर्देशक थपलीयाले भने हाम्रो लक्ष्य भनेको साना र स्थानीय उत्पादन र ब्यापारलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउनु हो । यसमा क्रेता र बिक्रेता बिच सिधै सम्पर्क हुनेछ । कुनै पनि सामान खरिद गर्न चाहने क्रेताले सिधै उक्त सामान उत्पान हुने कम्पनी सँग सम्पर्क गर्न सक्नेछन् ।

दिनानुदिन उपादनकर्ताहरुले आफुले उत्पादन गरेका सामानको उचित मुल्य नपाउदा बस्तुहरुको उत्पाद निराशापन छाइरहेको अवस्थामा सेलकथ एउटा बहुउपयोगी हुन सक्ने सेलकथका प्रवन्ध निर्देशक सज्जन थपलियाले दावी गरे । यस्तै कुनै पनि कम्पनीले आफुले उत्पान गरेको बस्तु बिक्रीका लागि सिधै क्रेता सँग सम्पर्क गर्न सक्नेछन् । हाम्रो मुख्य उदेश्य भनेको विचौलीए हरुले विचमा बसेर खाने कमिसनलाई निरुत्साहित गर्नु हो “।

थपलियाले उदाहरण दिनै भने “मुस्ताङको स्याउ, जुन धेरै देशमा अर्गानिक भनेर महङगो मुल्यमा विक्रि भईरहेका छन् तर हाम्रो उत्पादनकर्ता कृषकहरुले त्यसको उचित मुल्य पाइरहेका छैनन् । किनभने कृषकहरुले स्याउ बेच्दा सिधै प्रयोगकर्तासँग सम्पर्क नगरी मध्यस्तकर्ता बाट जानु परेको छ । जसको कारण स्याउको उचित मुल्य पाउन सकिरहेको छैन” ।

नेपालीहरको लागी निशुल्क लग इन सुविधा दिइएको सेलकथलाई गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गरी त्यहाबाट सामान खरिद बिक्री गर्न सकिनेछ । यस्तै वेबसाइटबाट ब्यापार गर्न चाहनेहरुले भने सेलकथको वेबसाईटमा गई आईडी र पासवर्ड लग इन गर्न गरी त्यसमा आफनो उत्पादनहरु लिस्टिङ गर्न सक्नेछन्। वेबसाईट र एप्लिकेसन मार्फत जो कोहीले पनि सजिलै आफुलाई चाहिएको सामन खरिद तथा विक्रि गर्न सक्नेछन् ।

 

post image

१८ पुस, काठमाडौं । जापान सरकारले नेपालबाट कामदार लैजाने गरी श्रम समझदारी गर्न अवधारणासहितको मस्यौदा पठाएको छ ।मस्यौदालाई अन्तिम रुप दिन जनवरीको तेस्रो साता जापानी श्रम अधिकारीको प्राविधिक टोली काठमाडौं आउने कार्यक्रम छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार कामदार स्रोतका रुपमा नेपाललाई छनोट गरिएको जानकारीसहित कामदार भर्ति र आपूर्तिबारेमा अवधाराणा पत्र आइपुगेको छ । सरकारले अब जापानको प्रस्तावित मस्यौदामाथि अध्ययन सुरु गरेको छ । कुन मोडलबाट, कस्ता कामदार, कुन प्रक्रियाबट लैजाने भन्ने गरी जापानले पठाएको अवधारणामाथि नेपालले केही समयपछि बस्ने दुई देशीय श्रम अधिकारीको बैठकमा नेपालले आफ्नो धारणा राख्नेछ ।

जापान सरकारले विदेशी कामदार भित्र्याउने उद्देश्यसहित नीतिगत प्याकेजको घोषणा गरेको छ । यसअन्तर्गत देशभर एक सय वटा परामर्श केन्द्र खोलिने छ, जसले नेपाली सहित ११ भाषामा सहायता प्रदान गर्नेछन् । कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको हो । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ ।

जापानले यही महिनाको सुरुवातमा अध्यागमन कानून पनि परिमार्जन गरेको थियो । परिमार्जित अध्यागमन कानूनअनुसार जापानले विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ ।

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने सरकारको योजना छ । ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् ।कामदारहरुलाई उनीहरुको सीप र विज्ञताका आधारमा दुई वटा स्ट्याटस दिइनेछ । पहिलो स्टाटसमा आउनेहरु पाँच वर्ष बस्न पाउनेछन् र उनीहरुले आˆनो परिवार ल्याउन पाउने छैनन् ।

दोस्रो स्टाटसमा रहेकाहरुले परिवार पनि ल्याउन पाउनेछन् र भिसालाई पटकपटक नविकरण गर्न सक्नेछन् ।पहिलो स्टाटसका लागि जापानी भाषाको आधारभूत ज्ञान भए पुग्छ भने दोस्रो स्टाटसका लागि निश्चित काममा दक्षता चाहिन्छ । यसअघि जापानले व्यवसायिक ज्ञान र उच्च तहको सिप भएकाहरुलाई मात्रै वर्किङ भिसा दिने गथ्र्यो ।

post image

पुस १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ‘फ्री भिसा फ्री टिकट’ नीति कार्यान्वयन गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।

सर्बोच्चमा परेको रिट उपर अन्तिम सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारी र केदार प्रसाद चालिसको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो। सामाजिक न्यायको लागि ‘कानुन नीति नियम मञ्च’ले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकोे थियो ।

सर्वोच्चले उक्त नीति कार्यान्वयनका लागि आवश्यक कानुन तथा संयन्त्रको व्यवस्था गर्न नेपाल सरकार तथा श्रम मन्त्रालय लगायत सम्बन्धित निकायका नाममा आदेश जारी गरेको हो।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदातालेनै व्यहोर्नु पर्ने गरी नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले २०७३ सालमा ‘फ्री भिसा फ्री टिकट’को घोषणा गरेको थियो। तर उक्त ब्यबस्था अझै पनि कार्यान्वयनमा आएको छैन्।

post image

पुस १७, काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ।

विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको बताए। “मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ”, उनले भने।

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ। पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा ५० रुपैयाँ मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक किलोमिटरमा ५३ रुपैयाँ उठ्छ। यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा  प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ।

 नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताए।

“समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा संघले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ”, उनले भने। यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन्। रासस

post image

पुस १६, काठमाडौं । आज अंग्रेजी महिना २०१८ को बिदाइ र २०१९लाई स्वागत गर्न बिश्व नै उत्साहित रहेको छ । यसको प्रभाबबाट नेपालपनि अछुतो रहन सकेन । नयाँ बर्षलाई स्वागत गर्न बिभिन्न देशबाट नेपालका पर्यटकीय स्थलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरुको आगमन भइसकेको छ ।

काठमाडौँको ठमेल , पोखरा, सौराहा, कालिन्चोकमा पर्यटकको चापलाई थेग्न होटेलहरुलाई हम्मे हम्मे परेको छ । यसैक्रममा न्यु इयर इभको भब्य तयारी काठमाडौँको केंन्द्र पुतलीसडकस्थित एरिरांग कोरियन रेस्टुरेन्टले पनि गरेको छ । रोयल इवेंट्स नेपालको आयोजनामा उक्त एरिरांग कोरियन रेस्टुरेन्टमा न्यू ईअर ईभ 2019 काउन्टडाउन डान्स पार्टी तथा कन्सर्टको भब्य तयारी गरेको छ ।

एरिरांग कोरियन रेस्टुरेन्टमा बिभिन्न परिकारका कोरियन खानाका परिकारको स्वाद लिन पाइनेछ । त्यस्तै  बिभिन्न चर्चित कलाकार एन्जिला रेग्मी , डिजे कोरियन , लाइभ ब्याण्ड र बिभिन्न काउन्टडाउन डान्सका साथ नयाँ बर्ष २०१९को पुर्व सन्ध्यालाई अझै सानदार बनाउने आफुहरुले प्रयास गरेको आयोजकले जनाएको छ ।

post image

पुस १५, काठमाडौं । ‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ नामक अभियानले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राज्य, उपभोत्ता र ट्याक्सी चालकहरुबीचमा देखिएको द्धन्द्धलाई न्युनिकरण गर्नको लागि उक्त साझा पहलको सुरुवात गरेको जानकारी दिएको छ ।

अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोज्नु मुर्खता भएको टिप्पणी गरेका छन् । उनले भने,‘आजका दिनमा ट्याक्सी व्यवसायीहरुको बारेमा मानिसहरु किन भ्रमित छन् ? किन डराउछन्, ? ट्याक्सीको नजिक पुग्दा अनेकन कुराहरु सोच्न थाल्छन् ? ट्याक्सी चालकहरुले भोगिरहेको जीवनको वास्तविकता के हो ? यसका आन्तरिक र बाह्य कारणहरु छन्, सरकार यस क्षेत्रको सुधार दण्डित गरेरमात्रै सम्भव देख्छ, यता व्यवसायीहरुले पनि आफ्ना क्रियाकलापहरु सुधार गर्नुपर्छ, आजदेखि यो कुराहरु सुरु भएको छ, यो सबैभन्दा राम्रो कुरा हो, सकारात्मक कुराहरु र मज्दुरका आवाजहरुको बारेमा पत्रकारहरुले अलि बढि लेखिदिनुपर्यो ।’

नीति र विधिको सवल कार्यान्वयन आजको खाँचो भएको उनको भनाई छ । उनले थपे,‘त्यसको लागि सरकारसँग हाम्रो संगठनले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जित गर्न आवश्यक सुझाव दिने र यता व्यवसायीहरुले आफ्ना गतिविधिहरुलाई प्रिय बनाउनेमा जोड दिन आग्रह गर्नेछौं।’
समाजमा ट्याक्सी व्यवसायी भन्नेवित्तिकै नाक खुम्च्याउने अवस्थाको अन्त्य गर्दै सम्मानित पेशा र सम्मानित राज्यको नागरिक भएर बाँच्ने अवस्थाको लागि आफै पहल कदमी चालेको उनले अभियान्ताहरुमा आभारसमेत व्यक्त गरे ।

‘सार्वजनिक यातायात (ट्याक्सी) सुधारका लागि साझा पहल’ अभियानका संयोजक सन्तोष तामाङको अध्यक्षता आयोजित कार्यक्रममा लोकतान्त्रिक यातायात मजदुर संगठनका अध्यक्ष भरत गुरुङले २०६९ सालको ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भने,‘ट्याक्सी चालकलाई ठगी करार गरेर सरकारले हाम्रो सम्मानमाथि आँच पुर्याउने काम गरेको छ, समस्याको रहस्य र समाधान नखोज्ने, हामीलाई २०६९ को भाडादरमा सेवा गर भन्ने, अनि जनताकोबीचमा हाम्रो बारेमा भ्रम सिर्जना गर्ने काम भएको छ, यो गलत हो, निक्कै लामो समयदेखि भाडा समायोजन लागि पहल गर्दै आएका छौं । तर, सरकारले सुनेको छैन् ।’

सरकारले अहिलेपनि अवैज्ञानिक ढंगको भाडा लादेर ट्याक्सी व्यवसायीमाथि अन्याय गर्ने काम गरेको उनको गुनासो छ । सरकार, यातायात विभाग र सरोकारवाल निकायहरुले समयस्या समाधान गर्न तत्काल ध्यान दिनुपर्ने पनि उनले सुझाव दिए । उनले थपे,‘तपाई पत्रकारहरुले पनि मज्दुरका आवाजहरु सरकार सामु पुर्याईदिनु हुनेछ भन्ने अपेक्षा राखेका छौं ।’ अभियानका संयोजक तामाङले २० वर्षे सट्टा भर्नालाई नरोक्नु÷नरोकाउनु भन्ने उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशलाई कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।

post image

पुस १३,काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र माध्यम ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अबसरमा निशुल्क बस यात्रा गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

कम्पनीले यो योजना डिसेम्बर ३० तारिख देखि जवनरी २ तारिख २०१८ सम्म लागु हुने जनाएको छ । योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निुशल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत क्यासब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरीनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

योजनाबारे बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो ‘अंग्रेजी नयाँ वर्ष भएपनि यो अन्तर्राष्ट्रियरूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुनेहँुदा नेपाली यात्रुहरूमा नयाँ वर्षको खुसीयाली साट्नको लागि छुट योजना संचालन गरिएको हो ।’ यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकिय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ । अन्य यात्रुहरूले भने अनलाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै आएको १७ प्रतिशतसम्म क्यासब्याक पाउनेछन् ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् र नेपालका कुनैपनि गन्तव्यको अनलाइनबाट पिटकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, बससेवा मोबाईल एप्स्, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

post image

पुस १३,काठमाडौं । सिद्धार्थ बैंक र शुभेक्षा इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौता अनुसार  बैंकका कार्डबाहक,  कर्मचारी र  कर्मचारीका परिवारले  अस्पतालमा स्वास्थ्य सेवा लिंदा ४० प्रतिशत सम्म  छुट पाउने छन्।

सम्झौतामा बैंकका प्रमुख पेमेन्ट सलुसन्स् सुरेसराज मर्हजन र हस्पिटलका प्रमुख कार्यकारी अधिकृृत होमप्रसाद अधिकारीले हस्ताक्षर गरे। बैंकका देशभर १२९ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम छन्।

post image

 पुस  ११, काठमाडौं । बुधबार सेयर बजारमा ३० अंकको वृद्धि देखिएको छ । आइतबार ३२ अंक बढेर सोमबार र मंगलबार ओरालो लागेको सेयर बजार हप्ताको चौथो दिन भने ३० दशमलब २६ अंकले बढेको हो ।

बुधबार नेप्से परिसूचक १ हजार २ सय १६ दशमलव २७ मा पुगेको छ । परिसूचकसँगै बुधबार कारोबार रकम समेत वृद्धि भएको छ । दिनभर भएका ७ हजार ५ सय ८७ कारोबारबाट विभिन्न कम्पनीका १ लाख ९० हजार १ सय ३ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६९ करोड २६ लाख २३ हजार ७ सय ४६ रुपैयाँ पुगेको छ । मंगलबार ४२ करोड १३ लाख १६ हजार ७ सय २३ रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।

post image

पुस ११, चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहामा आजबाट अजंगको जनावर हात्ती महोत्सवको १५ औं संस्करण सुरु हुँदैछ । ‘फिस्टे’ मानिस र अजंगको हात्तीसँग जोडेर आयोजना गरिएको महोत्सव पृथक छ । सौराहालाई हात्तीको राजधानीसमेत भन्ने गरिन्छ । पुस ११ गते १५ गतेसम्म ५ दिनसम्म सौराहाको बाघमारा चौरमा हुने हात्ती महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दैछिन् ।

‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुने १५ औं संस्करणको हात्ती महोत्सवको मूल उद्देश्य सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित र वृद्धि गर्ने रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । अंग्रेजी नयाँ वर्ष र क्रिसमसको अवसर पारेर विदेशी पर्यटकहरु स्वदेश फर्कने भएकाले उनीहरुलाई सौराहामा नै रोक्नका लागि हात्ती महोत्सव गर्ने गरिएको हो ।

पछिल्ला वर्षहरुमा विदेशी पर्यटकभन्दा पनि बढी स्वदेशी पर्यटकहरु हात्ती महोत्सवमा आउने गरेका छन् । नयाँ वर्ष मनाउन निहुँ पारेर आउने स्वदेशी पर्यटकहरु पनि हात्ती महोत्सवमा रमाउने गर्दछन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले हात्ती महोत्सवमा सौराहामा अपेक्षा गरेअनुसार पर्यटकहरु नआएपनि आउने क्रम भने हरेक बर्ष बढ्दै गएको बताए । हात्तीसँग जोडिएका विभिन्न खेल सम्वन्धी गतिविधीहरु सौराहामा अन्य समयमा नहुने र हात्ती महोत्सवको बेलामा मात्रै हुने हुँदा पर्यटकहरु आँखैबाट यस्ता दृश्य निकाल्न आउनुपर्ने अध्यक्ष घिमिरको तर्क छ ।

महोत्सवको मुख्य प्रवद्र्धक नेपाल पर्यटन बोर्ड छ भने संरक्षक रत्ननगर नगरपालिका रहेको छ ।मुख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधी हेर्ने उद्देश्यले नै मानिसहरु पर्यटकीय नगरी सौराहामा आउने गर्दछन् ।

आन्तरीक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै हात्तीहरुको संरक्षण र महत्व बुझाउन गरिने महोत्सवमा हात्तीहरुको बनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम गरिने आयोजकहरुले जनाएका छन् ।

हात्ती फास्ट वाक प्रतियोगितामा २० हात्ती, हात्ती पोलोमा चार टिम, हात्तीका छावाहरु बीचको रोचक फुटबलमा चार टिम र हात्ती सुन्दरी प्रतियोगितामा ५ वटा हात्ती सहभागी हुने आयोजकले जनाएको छ ।

महोत्सवमा आठ हात्ती फुटबल खेल्दैछन् । पाँच छावा चितवन निकुञ्जका छन् । एउटा टिममा चार छावा राखिन्छ । यसपटकको महोत्सवमा आठवटा छावाले चार टिम बनेर खेल्नेछन् । गएको वर्ष फुटबल र हात्ती पोलोका लागि एउटै हात्ती प्रयोग गर्ने गरिएकोमा यस वर्ष फरक–फरक हात्ती सहभागिता गराइने छ ।

post image

पुस ११,  काठमाडौँ । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ ।

नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ ।  कृषि, मत्यपालन, औद्योगिक क्षेत्र र पर्यटन व्यवसायमा नेपाली, चिनियाँ, इन्डोनेशियालीलगायत आठ देशका नागरिकलाई अवसर दिने उक्त समाचारपत्रमा जनाइएको छ ।

यसैबीच, नेपालीलाई जापानमा रोजगारी उपलब्ध गराउने सम्बन्धमा जापान सरकारबाट आधिकारिक जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

post image

पुस १०,  काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा ठेकेदारका लागि यन्त्र, उपकरण, निर्माण सामग्री आपुर्ति गर्ने तथा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२ कम्पनीले सरकारका कारण आफूहरुले ठेकेदारबाट भुक्तानी नपाएको गुनासो पोखेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा उक्त आयोजनाको उपठेक्का लिएका विभिन्न कम्पनीका प्रतिनिधिहरुले यस्तो गुनासो पोखेका हुन् । उनीहरुले आफूहरुको विभिन्न ४२ वटा कम्पनीलगायतले सीएमसीबाट करिब डेढ अर्ब रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पनि जानकारी गराए ।

मेलम्ची आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न र नेपालीहरुले आयोजनामा बैंक कर्जा लिएर वा घरखेत बेचेर गरेको लगानी उठाउन वर्तमान सरकार गम्भिर हुनुपर्ने पनि उनीहरुको आग्रह छ । बिरामोटर्स, ज्योतिश्री, बीएम ईन्टरप्राईजेज, मेगाटेक हाईड्रो एण्ड ईन्फ्रास्ट्रक्चर, एचजी ईन्टरप्राईजेज, जाल्पा ईन्फ्रस्ट्रक्चर लगायत विभिन्न ४४ वटा कम्पनीका प्रतिनिधिहरुले आज पत्रकार सम्मेलनमार्फत विभिन्न ५ बुँदे मागसमेत अघि सारेका छन् ।

उनीहरुले अघि सारेका मागहरुमा उक्त आयोजनाले हालसम्म भुक्तानी गर्न सम्पूर्ण बाँकी रकम नेपाली व्यवसायी एवम् कामदारलाई तिर्ने शर्त ठेकेदार सीएमसीलाई भुक्तानी सरकारले गर्नुपर्ने, कुनै कारणवश ठेक्का रद्द हुने अवस्था आए सीएमसीको धरौटी वा भुक्तानी गर्न सम्पूर्ण बाँकी रकम वा रिटेन्सनबाट नेपाली व्यवसायीको भुक्तानी सरकारले गर्नुपर्ने र खानेपानीजस्तो संवेदनशील राष्ट्रिय गौरवको आयोजना निर्धारित समय तालिकामा सम्पन्न गर्न तत्काल कार्यतालिका सार्वजनिक गर्न र आयोजना सुचारु गर्नुपर्ने रहेका छन् ।

कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी पीडित नेपाली समूहका संयोजक ई. श्रीराम न्यौपानेले उक्त आयोजनालाई सम्पन्नको अन्तिम चरणमा पुर्याउन योगदान गर्ने नेपाली उपकरण, नेपाली श्रम र नेपाली लगानीलाई खेर जान नदिन सरकार गम्भिर बन्नुपर्ने धारणा राखे ।
उनले भने,‘यो आयोजनालाई सम्पन्न गराउन हामी नेपाली व्यवसायीले मुख्य भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ । अब सरकारले हामीलाई भुक्तानी गर्ने शर्तमा मात्रै यो आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसीलाई भुक्तानी गरोस् । अथवा कुनै कारणवश यो ठेक्का रद्द हुने अवस्था आएमा ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकमबाट कट्टा गरी वा धरौटी वा रिटेन्सनबाट समेत कट्टा गरि हामीलाई भुक्तानी गर्नतर्फ सरकारको ध्यानाकार्षण गराउँछौं ।’

सरकारका तर्फबाट आफूहरुको माग सम्बोधन हुनेमा आफुहरु विश्वस्त रहेको पनि न्यौपानेले सुनाए । उनले भने,‘सरकारले हाम्रो माग सम्बोधन गर्छ भन्ने हामीलाई पूर्ण विश्वास छ । यही विश्वासका साथ हामी कामदार, निर्माण सामग्री वितरणकर्ता, ढुवानीकर्ता, उपठेकेदारलगायतका पीडित पक्षलाई सहयोग पुर्याउन नेपाल सरकार, मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, वैदेशिक लगानीकर्ता, राजनीतिक दलहरु, सञ्चार माध्यम, काठमाडौंवासी तथा सम्पूर्ण देशवासीमा हार्दिक अपिल गर्दछौं ।’

कार्यक्रममा विष्णुमणि आचार्य, किरण थापा, विज्ञहरु ई. नियाज अहमद, ई. तारा सापकोटालगायतले सरकार उक्त आयोजनाको मुख्य ठेकेदार कम्पनी सीएमसी पीडित नेपाली समूहको मागप्रति संवेदनशील बन्नुपर्ने धारणा राखेका थिए । आफूहरुले उठाएका माग तत्काल सम्बोधन नभए आफूहरु बाध्यकारी कदम चाल्नपनि पछि नहट्ने उनीहरुको चेतावनी छ ।

ई. सापकोटाले करार सम्झौताका प्रावधानबारे प्रकाश पार्दै उक्त आयोजनामा सम्झौता उल्लंघन गर्ने पक्षले ठूलो मुल्य चुकाउनुपर्ने खतरा औंल्याए । उनले भने,‘ठेक्का सम्झौताको दफा १६ को उपदफा २ बमोजिम समयमै पैसा भुक्तानी नगरेका कारण र ठेकेदार पक्षले मेलम्ची बोर्डको कमजोरी देखाई एकतर्फी ठेक्का सम्झौता तोड्नेजस्तो अवस्था निम्तिनु दुर्भाग्य हो ।’

post image

पुस १०, काठमाडौं । डिजिटल टेलिभिजन सेवाप्रदायक डिस होमले स्याटेलाइटमार्फत गाउँगाउँमा इन्टरनेट पुर्याउने भएको छ । सोमबार आयोजित कार्यक्रममा हाल यसको आवश्यकता अनुसार अध्ययन भईरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विकट क्षेत्रमा पनि इन्टरनेट पुर्याउन स्याटेलाइटको उपयोग गर्ने तयारी भईरहेको बताएको छ कम्पनीले स्याटेलाइट प्रविधीमार्फत नै अहिले गाउँ –गाउँमा डिजिटल सेवा उपलब्ध गराइरहेको छ । साथै कम्पनीले डिसहोम सेटअप बक्स समेत नेपालमानै निर्माण गर्ने तयारी थालेको कम्पनीका अध्यक्ष हेमराज ढकालले जानकारी दिएका छन् ।

डिस होमले अर्को वर्ष सर्वसाधरणलाइ शेयर जारी गर्ने भएको छ। कम्पनीले सबै प्रकृया पूरा गरेर अर्को वर्ष सर्वसाधरणमा शेयर जारी गर्ने ढकालले जानकारी दिए।

‘हामी पब्लिक कम्पनीमा रुपान्तरण भइसकेका छौं। हामी आफ्नो मुनाफा मात्रै हेर्दैनौ जनता समेत लाभान्वित बन्नुपर्छ भन्ने मान्यता राख्छौं। त्यही मान्यतालाइ आत्मसात गर्दै आइपिओ जारी गर्ने प्रकृया यो वर्ष पूरा हुन्छ’ उनले भने,’अर्को वर्ष सर्वसाधरणमा शेयर आउँछ।’ कम्पनीले १० प्रतिशत शेयर सर्वसाधरणमा जारी गर्दैछ। ९ वर्ष अघि स्थापना भएको स्याटेलार्इट प्रविधिमा आधारित डिटिएच डिसहोमका १५ लाख ग्राहक छन्। १० वर्षको अवधिमा कम्पनीले अहिलेसम्म लाभांश(डिभिडेन्ड) दिन सकेको छैन।’झण्डै १० वर्षको अवधिमा यो कम्पनीमा ठूलो लगानी भएको छ तर लगानीकर्ताले कुनै लाभांश लिन पाएका छैनन्। व्यापार गरेपछि मुनाफा खोज्नु स्वभाविक हो,’ ढकालले भने,’तर मलार्इ के लाग्छ भने गाउँ/गाउँका जनताले सूचना र मनोरञ्जन पाएका छन्। त्यो सबैभन्दा ठूलो लाभांश हो जस्तो मलाइ लाग्छ।

डिसहोमले अन्तर्राष्ट्रिय स्तरको विलिङ सिस्टम कार्यान्वयनमा ल्याएको छ। कम्पनीले ग्राहकको सही विवरण तथा ग्राहकको प्रत्येक वित्तिय अभिलेखका लागि हानसेन आइसीसी सब्सक्राइबर म्यानेजमेन्ट सिस्टम प्रयोग गरेको छ। अष्ट्रेलियाको यो कम्पनीको यो प्रणाली विश्वका ८० देशले प्रयोग गरिरहेका छन्। यो कम्पनीको विलिङ सिस्टम एक करोड भन्दा बढी डिटिएचको ग्राहक रहेको कम्पनीले समेत प्रयोग गरिरहेको छ। कम्पनीले आफ्नो वेवसाइटमा भनेको छ-‘ हाम्रो सफ्टवेयर करोडौंले प्रयोग गर्नुमा सुरक्षित, सही र विश्वसनीय भएरनै हो।’

सवा चार अर्ब राजस्व
कम्पनीले संचालनमा आएको ९ वर्षको अवधिमा ४ अर्ब १० करोड ९१ लाख २ हजार १३ रुपैयाँ कर बुझाएको जनाएको छ।

कम्पनीले ८७ करोड २० लाख ११ हजार ७८ रुपैयाँ भन्सार, ग्राहकबाट संकलित भ्याट २ अर्ब ५२ लाख २२ हजार २ सय ९५ रुपैयाँ, रोयल्टी १९ करोड ३५ लाख ४६ हजार ४ सय ५४ रुपैयाँ, लाइसेन्स र नवीकरणतर्फ ४ करोड ६८ लाख तीन हजार तीन सय ३४ हजार, आयकर ४५ करोड ३० लाख १७ हजार ४ सय रुपैयाँ र ग्राहकबाट संकलित टिडिएसतर्फ ५३ करोड ८५ लाख १ हजार ६ सय ५१ रुपैयाँ बुझाएको जनाएको छ।

post image

पुस ९, काठमाडौं । नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज आफ्नो प्रथम स्थापना दिवसलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाएको छ । संघले अबदेखि हरेक वर्ष पुष ९ गतेलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाउने घोषणासमेत गरेको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरि संघले प्रथम स्थापना दिवस मनाउनको लागि जानकारी गराएको हो । संघले श्रमिक आपूर्ति व्यवसायमा समर्पित व्यवसायीहरुको हकहित संरक्षण गर्ने मूल उद्देश्यलाई आत्मसात गरी ‘समृद्ध नेपाल तथा सुखी नेपाली’को राष्ट्रिय अभियानलाई साकार पार्न “नेपाल श्रमिक आपुर्तिकर्ता संघ’’ विधिवत् अस्तित्वमा आएको पनि विश्वास दिलाएको छ ।

कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष रामेश्वर शाहले नेपालको श्रमबजारबाट विदेशिने नेपालीहरुलाई लक्षित गरेर आफूहरुले यो संस्थालाई सञ्चालनमा ल्याएको जिकिर गरे । उनले भने,‘सरकारले व्यवस्था गरेको श्रम ऐनअनुसार नै हामीले सेवा प्रवाह गरिरहेका छौं ।’ संघको तर्फबाट अध्यक्ष शाहको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘श्रमिक आपूर्तिकर्तामार्फत रोजगारदाताले आफ्नो व्यवसायको ‘मुख्य कामबाहेक अन्य काममा मात्र लगाउन सकिने’ तथा एउटा ‘कम्पनीले दुई भन्दा बढी काम वा सेवाको लागि श्रमिक आपूर्ति गर्न नपाउने’ व्यवस्था नागरिकको निर्वाध रुपमा पेशा र व्यवसाय गर्न पाउने संविधानप्रदत मौलिक हक र कर्तव्य प्रतिकुल रहेको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेतापनि ऐन र नियमबमोजिम सरकारले आव्हान गरेको इजाजत प्रक्रियामा व्यवसायीहरु एक ढिक्का भएर सहभागी भएका छन् ।’

सरकार आफूहरुलाई अब श्रमिक आपुर्तिकर्ताको ईजाजत दिने तयारीमा रहेको सुनाउँदै उनले भने,‘अहिले १ सय २४ जना व्यवसायीहरुले ईजाजतको लागि निवेदन दिनुभएको छ ।’ संघको स्थापनाको यो एक वर्षमा आफूहरुले १३ वटा जिल्लामा शाखाहरु सञ्चालनमा ल्याएको पनि अध्यक्ष शाहले जनाए । हालै लागु गरिएको न्युनतम पारिश्रमिक तथा सेवा सुविधा लागु गर्नेप्रति मुख्य रोजगारदाताको उदासिनताले यस क्षेत्रमा व्याप्त समस्यालाई अझ जटिल तुल्याएको उनको भनाई छ । विज्ञप्तीमा थप भनिएको छ,‘यी विषयहरुलाई तत्काल सम्बोधन नभए श्रमिक आपुर्ति सम्बन्धी व्यवसाय नै धरापमा पर्ने समेत महसुस गरिएको हुदाँ यस प्रति सम्बन्धित सबैको समयमै ध्यानाकर्ष्ण हुन् अनुरोध गर्दछौ ।’
त्यस्तै कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष अजयराज जोशीले आफूहरुले यो एक वर्षको अवधिमा उल्लेख्य काम गरेको स्मरण गर्दै आगामी दिनमापनि संघले आफ्नो स्तरोन्नती र विस्तार गर्नेमा विश्वास दिलाए ।

महिला व्यवसायी पुष्पा कुमारी कोइरालाले समृद्ध नेपाल निर्माणको लागि व्यवसायी र रोजगारदाताहरुबीच सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । उनले भने,‘हाम्रो संघले शैक्षिक तथा अर्धशैक्षिक बेरोजगारीलाई न्यूनिकरण गरिरहेको छ । व्यवसायीहरुबीच यसले पुलको काम गरेको छ ।’ दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण बनाउनपनि संघले सकारात्मक भूमिका निर्वाह गर्नेपनि उनले जनाईन् ।अखिल नेपाल सेक्युरिटी संघका अध्यक्ष घनश्याम ठकुरीले पनि आफ्नो धारणा राखेका थिए । उनले भने,‘हामी पनि केन्द्रिय संगठनहरु आधिकारिक रुपमा सँगै जान खोजेका छौं । हाम्रो संघ भनेको कुनै उद्योग होईन् । सामाजिक सुरक्षाको कार्यक्रम ल्याउनको लागि धेरै मेहनत गर्यौं । यसले व्यवसायी तथा श्रमिक आपुर्तिकर्तालाई सहयोग पुग्नेछ ।’ सामाजिक सुरक्षा कार्यक्रमले गर्दा स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नेपनि उनले विश्वास दिलाए ।

श्रम तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र श्रम मन्त्रालयका सचिव महेशकुमार दाहालले पनि संघको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना दिएको संघले जनाएको छ ।

post image

पुस ९ , ललितपुर। स्टार हस्पिटल, सानेपा, ललितपुर र नबिल बैंक, काठमाण्डौँ बीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जिसी तथा नबिल बैंकका तर्फबाट बैँकका रिटेल बिजनेश प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार स्टार हस्पिटलले नबिल बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीहरुको परिवारलाई हस्पिटलमा स्वास्थ्य जाँच तथा भर्ना भई उपचार गराउँदा हस्पिटलले लिँदै आएको नियमित शुल्कमा आकर्षक छुट प्रदान गर्नेछ। छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले बैंकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ।

post image

पुस ९ , काठमाडौँ । नेपाली कामदारका लागि हाल रोकिएको मलेसियाको रोजगारी खुलाउने प्रयास अन्तिम अवस्थामा पुगेको सरकारले जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जनवरीबाटै मलेसियाको रोजगारी खोल्नेगरी गृहकार्य भइरहेको जानकारी दिएको हो ।

सोमबार संघीय संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव महेश्वर दाहालले गत जेठ २ गतेबाट रोकिएको मलेसिया रोजगारी खुलाउन दुई देशबीच छलफल र सम्बाद भइरहकाले आगामी जनवरीबाट यो समस्या समाधान हुनेगरी सरकारले काम गरिरहेको जवाफ दिएका हुन् ।

यसैबीच सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरेर सर्वसाधारणमैत्री बनाउन लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

ऐन संशोधन भएपछि  वार्षिक ५ हजारसम्म कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थाले धरौटीबापत एक करोड रुपैयाँ नगद र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्ने हुन्छ । त्यस्तै वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थासँग धरौटीबापत २ करोड रुपैयाँ नगद र चार करोड रुपैयाँको बैंक ग्यारेन्टी बुझाउनुपर्नेछ ।

सरकारले आइतबार संसद्मामा दर्ता गरेको विधेयकमा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि इजाजतपत्र दस्तुर र धरौटीबापत ३० लाख रुपैयाँ बुझाउनुपथ्र्यो । जसमा ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी थियो ।

post image

पुस ९, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले ठेक्का रद्दको पत्र फिर्ता लिएको छ। ठेक्का रद्द गरेर भाग्न खोजेको इटालियन कम्पनीले आफ्नो पत्र फिर्ता लिएको हो।

मेलम्ची विकास समितिमा गत आइतबार ठेक्का सम्झौता रद्द गरेको पत्र दिएर सिएमसीका कर्मचारी भाग्न खोजेका थिए। भाग्न खोजेका कर्मचारीलाई समातेर समिति र खानेपानी मन्त्रालयले सिएमसीको अढाइ अर्ब धरौटी रकम रोक्का राख्न बैंकलाई पत्रचार गरेको थियो। धरौटी रकम रोक्का राखिएपछि बिहीबार सिएमसीले ठेक्का रद्दको चिठी फिर्ता लिएको खानेपानी मन्त्रालयले जनाएको छ।

‘ठेक्का रद्दको चिठी फिर्ता लिएर सिएमसी काममा फर्कन तयार भएको छ,’ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले भने। ठेक्का रद्दको पत्र थमाएर सिएमसीका कर्मचारी इटाली फर्केका छन्। उनीहरू मेलम्ची साइटमा काममा फर्केका भने छैनन्।

गत आइतबार राति समातिएका उनीहरूको राहदानी बैंक धरौटी रोक्का गरेपछि फिर्ता दिइएको थियो। मेलम्चीमा सिएमसीको अढाइ अर्ब धरौटी रकम छ। त्यसबाहेक रहेका अन्य कारोबारको खाता पनि समितिले बन्द गरिसकेका छ। सिएमसीले भूकम्प र नाकाबन्दीमा काम रोकिँदा एक अर्ब क्षति भएको भन्दै उक्त रकम मागेको थियो।

 सिएमसीले मागेको रकममध्ये ३५ करोड दिने सहमति पनि भएको थियो। तर, काम सकेपछि मात्र रकम दिने भनेपछि सिएमसीले ठेक्का रद्द गरेको पत्र समितिमा पठाएको थियो। सिएमसी कर्मचारीले सो रकम गत शुक्रबारसम्म दिनुपर्ने अन्यथा ठेक्का रद्द गर्ने भनिरहेका थिए।

सिएमसीले आफ्नो कम्पनी टाट पल्टिएको जनाएको छ। सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनी हो।सय वर्षभन्दा अगाडि स्थापित यो कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनाहरूमा काम गर्दै आएको छ।

post image

 पुस ६, काठमाडौं । वाणिज्य बैंकहरुले व्याजदर घटाएसँगै विकास बैंकहरुले पनि घटाउने सहमति गरेका छन्। विकास बैंकहरुले मुद्दतीमा अधिकतम १० प्रतिशतसम्मको मात्रै व्याज दिने भएका छन्।

हाल विकास बैंकहरुले साढे १२ प्रतिशतसम्म यस्तो व्याजदर दिँदै आएका छन्। त्यस्तै बचत खातामा पनि साढे ७ प्रतिशतसम्म मात्रै व्याज दिइने डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ। विकास बैंकहरुले अहिले बचतमा साढे ९ प्रतिशतसम्म व्याज दिँदै आएको छ।

एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले कुनै पनि मुद्दतीमा १० प्रतिशतभन्दा बढी व्याज नदिनेगरी सहमति भइसकेको जानकारी दिए। ‘वाणिज्य बैंकहरुको घटेपछि स्वतः हामीले पनि घटाएका छौँ, मुद्दतीमा १० प्रतिशतभन्दा बढी दिँदैनौँ’ ढकालले भने।

संस्थागत मुद्दतीका हकमा व्यक्तिगतभन्दा केही कम हुनेछ। यसअघि वाणिज्य बैंकहरुले १३ प्रतिशतको व्याज दिन थालेपछि विकास बैंकहरुले १४ प्रतिशत पुर्याउने तयारी गरेका थिए।

post image

पुस ५, काठमाडौं । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न सरकारसँग माग गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गरेर मिटर समायोजन–२०६९ लाई परिमार्जित गरेर वैज्ञानिक रुपमा भाडादर कायम गर्न सरकारसँग माग गरेको हो । वरिष्ठ ट्याक्सी चालक पूर्ण तामाङले वर्तमान सरकार मजदुरहरुको हितमा विपरित काम गर्न उद्देलित भएको आरोप लगाएका छन् ।

उनले भने,‘सरकार ट्याक्सी चालकलाई आफ्ना नागरिक होईनन्, जस्तो व्यबहार गरिरहेको छ, अर्को हामीले परिवर्तनका लागि पार्टीको झण्डा बोक्यौं, पसिना र रगत बगायौं तर आज हाम्रा अधिकारका बारेमा कुनैपनि राजनीतिक दल गम्भिर छैन्, बोल्न तयार छैन् ।’ सरकारसँग आफूहरुले वैज्ञानिक रुपमा भाडादर कायम गर्न माग गरेको सुनाउँदै उनले भने,‘आन्दोलनमा उत्रेर बाधा सिर्जना गर्ने हाम्रो सोच होईन, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् भन्ने हाम्रो माग हो, २०६९ सालमा समायोजन गरिएको भाडादर आजका दिनमा पनि उही छ, के यातायाता विभागका महानिर्देशकले २०६९ सालमा खाने गरेको तलव आजका दिनमा पनि त्यही तलव खाईरहेका छन ? हाम्रो बारेमा सोच्नुपर्दैन ?
त्यस्तै अर्का चालक राम थापाले ट्याक्सी चालकहरुमाथि भैरहेको आक्रमणप्रति सरकार गम्भिर नभएको आरोप लगाए ।

उनले भने,‘सरकारले हामीलाई कारबाही गरिहेको छ, हामीले चर्को रुपमा कर तिरेका छौं, तर सरकारले हाम्रो सुरक्षा दिन सकेको छैन्, हिजोमात्रै एकजना ट्याक्सी चालक साथीको आँखा फोडिएको छ, केही दिन अघि सुर्यविनायकमा ज्यान लिनेगरि आक्रमण भएको थियो, यस्तो गम्भिर हत्या र हिँसामा संलग्नलाई सरकारले किन कारबाही गर्न सकेको छैन् ?’ उनले अघि थपे,‘हरेक चिजको मुल्यबृद्धि भएको छ, २०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा दुई सय ५० तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, जाँचपास ५० थियो, अहिले दुईसय तिर्नुपर्छ, ईन्सुरेन्स तेस्रो पक्षलाई पाँचसय थियो भने अहिले ७ हजार ८ सय छ, फुल ईन्सुरेन्सको लागि ३४ हजार छ, तीन वर्ष पहिले बैंक ब्याजदर ८.२५ प्रतिशत थियो, अहिले १३ देखि १५ प्रतिशत पुगेको छ, ६ हजार कर बढेर १३ हजार पुगेको छ, नयाँ कम्पनी दर्ता गर्दा १५ हजार लाग्छ, यस्तो स्थितिलाई नदेख्ने तर केही ट्याक्सी चालकका सामान्य कमजोरीलाई लिएर सिङ्गो ट्याक्सी चालकको भावनामाथि चोट पुग्ने खालको सम्बोधन गर्ने ?’

उनले भने,‘सरकारले यसका बारेमा गम्भिर भएर सोच्नुपर्छ, ७५ प्रतिशत स्वरोजगार लगानी कर्ताहरु छन्, बिदेशमा पसिना बगाएर कमाएको पैसाले ट्याक्सि किनेछन्, लुटेरा भनिएको छ, तल्लो स्तरको भाषाले सम्बोधन गरिएको छ, के हाम्रो सम्मानित जीवन होईन ? ट्याक्सि चालक साथीहरुले व्यावसायिक तालिम लिएर यस क्षेत्रमा हात हाल्न आग्रह गर्दछु, यात्रुलाई कस्तो भाषा बोल्ने ? कस्तो व्यवहार गर्ने ? बिदेशी पाहुनाहरुलाई कसरी सम्मान गर्ने ? यावत कुराहरु सिक्नुपर्छ, मिटरमा हिड्नुपर्छ, अब हामीले जनतासँग होईन सरकारसँग जायज माग राख्नुपर्छ र सरकार पनि सम्बोधन गर्न आवश्यक छ यहि स्थिति रहेमा पूर्व लडाकुलेझै विष पिउनु पर्ने बाध्यता आइलाग्ने छ।’

कार्यक्रममा बोल्ने अधिकाशं ट्याक्सी चालकहरुले उपभोग्य वस्तुको मूल्य बृद्धि भएको, सरकारले वैज्ञानिक र मेकानिजम तवरबाट जरिवाना र कारबाही गर्नुपर्ने, रात्रिकालिन समयमा ट्याक्सी चलाउने चालकहरुको सुरक्षा गरिनुपर्ने, प्रत्येक वर्ष ट्याक्सीको भाडा समायोजन हुनुपर्ने, ट्याक्सीको काम निजी प्रयोजनका सवारीसाधनले गर्न नदिनुपर्ने, उचित रुपमा संख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायतका मागहरु राखेका थिए । कार्यक्रममा ट्याक्सी चालकहरु सानु पुर्वछाने, प्रकाश बस्नेत, शम्भु कुवँरलगायतले आफ्ना धारणा राखेका थिए ।

post image

पुस ४ , काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले दिने ऋणलाई निश्चित क्षेत्रमा निरुत्साहित गरी त्यसलाई उत्पादनशील र प्राथमिकता प्राप्त क्षेत्रमा परिचालन गर्न बाध्यकारी व्यवस्था गर्न अर्थ मन्त्रालय आन्तरिक गृहकार्यमा जुटेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसैमा आधारित रहेर अर्थ मन्त्रालयले हस्तक्षेप गर्ने तयारी गरेको हो।

नेपाल राष्ट्र बैंकका निर्देशक डा. रामशरण खरेलले व्यापार, घरजग्गा र शेयर बजार जस्ता क्षेत्रमा जाने ऋणलाई कडाई गरी उत्पादन र आर्थिक वृद्धिमा योगदान गर्ने क्षेत्रमा बढाउने गरी नियन्त्रणको तयारी गरिएको जानकारी दिए। खरेल हाल अर्थ मन्त्रालयमा काजमा कार्यरत छन्।

‘शेयर बजार र रियल स्टेट र व्यापारमा जाने कर्जाको केही न केही उपायमार्फत् नियन्त्रण जरुरी छ,’ उनले भने, ‘अर्थ मन्त्रालयले गठन गरेको विभिन्न समिति र कार्यदलले दिने सुझाव अनुसार सरकारले उपयुक्त निर्णय लिनेछ।’ व्यापारमा अधिक कर्जा प्रवाह हुँदा त्यसले आयात बढाएको र व्यापार घाटा चुलिएको भन्दै त्यसतर्फ जाने कर्जामा सबैभन्दा धेरै कडाई गर्ने तयारी अर्थ मन्त्रालयको छ।

चालु आर्थिक वर्षमा बैंक नेपाल राष्ट्र बैंकको लक्ष्यभन्दा धेरै ऋण प्रवाह भइरहेको र त्यसको चाप मूल्य वृद्धिमा पर्ने भन्दै खरेलले अनुत्पादक क्षेत्रमा प्रवाह भइरहेको कर्जामाथि नियन्त्रणको जरुरी भइसकेको बताए।

व्यापार र घरजग्गाको क्षेत्रमा अनियन्त्रित कर्जा प्रवाह हुँदा त्यसको प्रत्यक्ष असर उत्पादनशील क्षेत्रमा पर्ने उनको तर्क छ। अर्थ मन्त्रालयले व्यापार घाटा न्यूनीकरणका उपाय सुझाव दिन पनि कार्यदल गठन गरेको छ। यिनै कार्यदलको सुझावअनुसार ती क्षेत्रमा भइरहेको कर्जा प्रवाह नियन्त्रणका लागि हस्तक्षेप गर्ने तयारी मन्त्रालयको हो।

‘अहिले विभिन्न कार्यदल बनेका छन्, ती कार्यदलले सुझाव दिएपछि अझ कसरी अघि बढ्ने भन्ने उपाय अवलम्बन गर्न सहज हुन्छ,’ उनले भने, ‘प्राथमिकता प्राप्त क्षेत्रमा खोजेको ऋण दिन नसक्ने तर व्यापारमा कर्जा प्रवाह हुने अवस्था धेरै हुनु हुँदैन।’

post image

पुस ३,काठमाडौँ । कैलाश विकास बैंक र सिटिजन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ।सम्झौतापत्रमा कैलाश बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णगोपाल मानन्धर तथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार ग्राहकहरुले विकास बैंकका सम्पूर्ण शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ ।

post image

काठमाडौं,३पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आएपनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।
उनले भनिन्,‘अझैपनि हामीहरुसँग पितृसतात्मक सोच छ । महिलाहरुले अझैपनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा पुगिसक्दापनि हामी नेपालीहरुको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन् ।’काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।जनतासंग सरोकार राख्ने कानुन निर्माणले तिव्रता पाउने उनको भनाई छ । उनले जनतासंग सरोकार राख्ने केही कानुन निर्माण भईसकेको र अब बाकी कानुन निर्माणको कामले तिव्रता पाउने बताईन ।

मन्त्री थापाले संघीय संरचनाको स्थापित भैसकेपछि मौलिक हकसंग सम्बन्धित काम बनाईसकेको बताईन् । उनले निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमशः पुरा गर्दे लैजाने विश्वास दिलाईन् ।संविधान र कानुनमा भएका बिषयहरुलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाईन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् ।

त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।स्थापना दिवसका अवसरमा संघले बृहत्त रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद ओलीले जानकारी दिए ।`

post image

मंसिर २७, काठमाडौं । सरकारले २ सय रुपैयाँ दरकाे भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।

नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ ह जार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

post image

मंसिर २७ , काठमाडौं ।  नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्।ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ।

क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) हो। बारकोड मेशिनद्वारा सजिलै पहिचान गर्न सकिन्छ। रोजगारी सर्भिसेजले बैंकको लागि देश भरिनै क्यूआर मर्चेन्ट नेटवर्क सेवा विकास तथा विस्तार गरेको बैंकको भनाइ छ। कोर्ड मार्फत ग्राहकले मोवाईलबाट सजिलैसँग भुक्तानीको प्रकृया गर्न सक्नेछन्।सेवा युनियनपे इन्टरनेशनल र रोजगारी सर्भिसेजस“गको सहकार्यमा सुरु गरेको बैंकले जनाएको छ।

क्यूआर (कुइक रेस्पोन्स पेमेन्ट सर्भिस)काभुक्तानी सेवा तथा नेटवर्क विकासमा एक अर्काका विषेशज्ञताहरुलाई एकै ठाउँमा ल्याई अझ विकास गर्नमा गठबन्धनले जोड दिने बैंकको दाबी छ। कोडलाई आफ्नो फोनबाटनै स्क्रयाच गरि आफूले रोजेको सामान र सेवाको भुक्तानी गर्न सक्नेछन्।प्रणालीमो पियोएस टर्मिनलको आवश्यकता र कार्डमा सिधा सम्पर्कको आवश्यक नपर्ने जनाइएको छ। क्यूयार मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुने बैंकको भनाइ छ।

post image

मंसिर २४ , काठमाडौं । चिनियाँ टोली र नेपाली पक्षबीच केरुङ–काठमाडौं रेलमार्गबारे छलफल सुरु भएको छ।

वार्ताका लागि उच्च स्तरीय चिनियाँ टोली नेपाल आएको छ। चीनका उच्च स्तरीय सरकारी टोली र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिवसहितको नेपाली पक्ष बीच सोमबार काठमाडौँमा छलफल सुरु भएको हो।

बैठकमा केरुङ काठमाडौं रेलमार्गको डीपीआर कसरी बनाउने भन्नेबारे छलफल हुने भौतिक पूर्वाधार मन्त्रालयले बताएको छ। छलफल अहिले भौतिक पूर्वाधार तथा यायातात मन्त्रालयमा बसिरहेको छ।

यो छलफलले डीपीआर (बिस्तृत परियोजना प्रतिवेदन) बनाउन लाग्ने खर्च कसले बेहोर्ने भन्ने पनि टुंगो लगाउने मन्त्रालयले बताएको छ। बैठकपछि चिनियाँ टोलीले पोखराको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

post image

मंसिर २३, काठमाडौं । सुन्दर यातायात प्रालिले ३ वटा ठूला विद्युतीय गाडी ल्याउन लागेको छ। गाडीमा सिसि क्यामरा, जिपिएस, उभिएर यात्रा गर्नेको लागि ह्याङ्गर र अपांगमैत्री रहेको सुन्दर यातायातले जनाएको छ।  चिनियाँ कम्पनी बिएकेले निर्माण गरेको उक्त बस चालकसहित ४५ सिट क्षमताको छ।

भाडा लेनदेनमा कठिनाइ नहोस् भन्ने उद्धेश्यले सुन्दर यातायातले सुन्दर भेइकल पब्लिक रिचार्ज कार्डको व्यवस्था गर्न लागेको छ भने गाडीमा मोबाइलबाटै पैसा तिर्न मिल्ने प्रविधिसमेत रहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।

गाडीको परीक्षण गरेपछि एनसेल, एनटिसी लगायतका दूरसञ्चार प्रदायक कम्पनीसँग मोबाइलको ब्यालेन्सबाट भाडा तिर्न मिल्ने सम्झौता गरिने, त्यस्तै ई-सेवा, खल्तीजस्ता ई-पेमेण्ट कम्पनीहरूसँग सहकार्य गरिने उनले जानकारी दिए।

यी गाडीमध्ये २ वटा रिङरोडमा र एउटा भित्री सडकमा चलाउने सुन्दर यातायातको लक्ष्य छ। ३ वटै गाडी ३० दिनभित्र आइपुग्ने थापाले जानकारी दिए।  यी गाडीको मूल्य करिब १ करोड ८७ लाख पर्ने सुन्दर यातायातले जनाएको छ।

post image

मंसिर २३, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन शुरु गरेका छन्।

राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आईतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन शुरु गरेका हुन्। तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले जानकारी दिए।

सेयर बजारका लागि संचालनमा ल्याइएको अनलाईन कारोबार प्रणालीले काम नगरेपछि सेयर लगानीकर्ताहरुले आपत्ति जनाउँदै अर्थमन्त्री खतिवडाको समेत राजीनामा माग गरेका हुन्। नियमनकारी निकायले बनाएका नीति कार्यान्वयनमा ल्याउन नसकेपछि अर्थमन्त्रीको राजीनामा माग्नु परेको उनीहरुको भनाई छ।

समूहले पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई चेतावनी दिएको छ। यसअघि सेयर लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीलाई तत्काल सहज बनाउन माग गर्दै नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्र बुझाउँदा पनि आफूहरुको माग सम्बोधन गर्न सम्बन्धित पक्ष तयार नभएपछि अनसन गर्न बाध्य हुनु परेको समूहको दावी छ। समूहले अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्‍याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै अनसन शुरु गरेको हो।

post image

मंसिर २१, काठमाडौं । केएमसी एजुकेशनल नेटवर्कद्वारा संचालित हिमालय कलेज अफ इन्जियरिङ् , काठमाडौँ मोडेल कलेज र ओपोलो इन्टरनेसनल कलेजको संयुक्त आयोजनामा बृहत रोजगार मेला सम्पन्न भएको छ  ।उक्त मेलाको आयोजना मेरो जब नामक संस्थाको साझेदारीमा सम्पन्न भएको हो । काठमाडौँ मोडेल कलेज बालकुमारीको प्राङ्गणमा भएको उक्त मेलामा २० वटा प्रतिष्ठित रोजगारदाता कम्पनिहरुको सहभागिता रहेको थियो  ।

नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले  उक्त रोजगार मेलालाई पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए। मेलालाई सम्बोधन गर्दै शर्माले भने”देश हाम्रो हो  , हामीले बनाउने हो, हामीसंग प्रचुर सम्भावनाहरु छन् । नेपाल प्रकृतिको अनुपम उपहार हो , यहाँको अनन्त सम्भावनाहरुको खोजि गरी देशको नवनिर्माण गर्ने जिम्मा बिद्यार्थीको काँधमा रहेको छ उनले थपे ।

संचालित हिमालय कलेज अफ इन्जियारिङ् , काठमाडौँ मोडेल कलेज र ओपोलो इन्टरनेसनल कलेजका बिद्यार्थीहरुमा लक्षित उक्त मेलाबाट बिभिन्न रोजगारदाता कम्पनिहरुले आवश्यक जनशक्ति अन्तर्वार्ताबाट छनोट गर्ने आयोजक संस्थाका निर्देशक कपिलदेव रेग्मीले बताए ।मेलामा नेटवर्क अन्तर्गतका झन्डै १०० जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मेलामा मेरो जब संस्थाका कार्यकारी निर्देशक शैलेन्द्रराज गिरिले सहकार्य गर्ने मौका पाएकोमा खुसी व्यक्त गरे ।

उक्त कार्यक्रममा कपिलदेव रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो भने केएमसी एजुकेशनल नेटवर्कका प्रबन्धक निर्देशक  रामेश्वर अर्यालले प्रमुख अतिथी तथा अतिथीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो  ।

post image

मंसिर २०, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ फागुनभित्रै नेपालमा रेल चल्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा बोल्दै जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन् ।

‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं’, उनले भने । जयनगर–जनकपुर रेल सेवा यही मंसिरभित्रै सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषयमा अन्यौल देखिएको थियो ।

मन्त्री महासेठले भारतको सरकारी निकायसँग रेल भाडामा लिएर रेल चलाउने प्रक्रिया अपनाइएकोमा रेलको गुणस्तर र लागतसमेत बढी पर्न जाने देखिएपछि सरकारले रेल खरिद गरेर चलाउने निर्णय भएको थियो ।

हाललाई ७२ जनासम्म अट्न सक्ने १० डब्बाको रेल किन्ने सरकारको योजना छ । तर, नयाँ रेल किनेर ल्याउन समय लाग्ने भएकाले तत्काललाई भाडामै लिएर फागुनभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने मन्त्री महासेठको भनाइ छ । भाडामा लिएर डिसेम्बरभित्रै रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरेका थिए ।

मन्त्री महासेठले ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने दाबी गरेका छन् ।हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।

post image

मंसिर २०,  काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने भएको छ ।   कालिकाले ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयरका लागि लाग्ने लाभांश कर तिर्नका लागि ०.४२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

 कम्पनीले राष्ट्र बैंक र आफ्नो साधारणसभा बाट स्विकृत गराएपछि सो लाभांश लगानीकर्तालाई वित्तरण गर्नेछ । कालिकाको हालको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । यो बोनस सेयर बित्तरण पछि चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

post image

मंसिर १९, काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने भएको छ।प्रतिनिधि  सभाको सार्वजनिक लेखा समितिको बैठकमा बुधबार बोल्दै अधिकारीले संस्थालाई कम्पनी मोडलमा लिनुअघि गर्नुपर्ने काम सुरू गरिसकेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले बताए।

समितिका सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले लगानी भित्र्याउन सक्ने रणनीतिक साझेदार ल्याउने योजनामा सरकार रहेको पनि प्रष्ट पारे।  उनले साझेदार भित्रिँदा निगमको स्वामित्व धारासाही नहुने दाबी समेत गरे।

पर्यटन मन्त्री अधिकारीले निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने भनिरहँदा सांसदहरुले भने पर्याप्त गृहकार्य गरेर मात्रै निर्णयमा पुग्न सुझाव दिएका छन्। सांसद हृदयेश त्रिपाठीले योजना विना निगमलाई कम्पनी मोडलमा लाने तयारी नगर्न सुझाएका थिए।

post image

मंसिर १७, काठमाडौँ । सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्नैपर्ने अनिवार्य व्यवस्था गरेको भए पनि ७६ स्थानीय तहमा अझै बैंक पुग्न सकेका छैनन्।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो एक विवरणअनुसार कूल ७५३ स्थानीय तह मध्ये ६७७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् ।

बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये ११९, प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३१ तहमा बैंकका शाखा खुलेका छन् । प्रदेश नं १ का १८ स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । प्रदेश नं २ का चार वटा मात्रै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा पनि हालसम्म आठ स्थानीय तहमा बैंकको शाखा खुल्न सकेको छैन । सो प्रदेशमा कूल ११९ स्थानीय तह रहेकामा गत असोज मसान्तसम्म १११ स्थानीय तहमा मात्रै बैंकका शाखा खुलेका छन्। गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये ८२ वटामा मात्रै बैंकका शाखा खुलेका छन् । सो प्रदेशका तीन स्थानीय तह अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् ।

प्रदेश नं ५ का दुई स्थानीय तहमा बैंकको शाखा नपुगेको केन्द्रीय बैंकले जनाएको छ । कूल १०९ मध्ये १०७ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तह मध्ये ६२ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सुदूरपश्चिम प्रदेशका कूल ८८ मध्ये ६५ स्थानीय तहमा बैंकका शाखा पुगेका छैनन्।

केन्द्रीय बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा गत असोज मसान्तसम्म १५४ पुगेका छन्। त्यसमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त संस्था सञ्चालनमा छन् । बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल गत असार मसान्तमा छ हजार ६५१ रहेकामा गत असोज मसान्तमा सात हजार १४ पुगेको छ।

बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरु भएपश्चात् गत असोज मसान्तसम्म कूल १६४ वटा बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिएका छन् ।रासस

post image

मंसिर १७, काठमाडौँ । लगानीकर्ताले आगामी २३ गतेदेखि अनलाइन सेयर कारोबारको सुविधा पाउने भएका छन्। नयाँ प्रणाली भएकाले ब्रोकर कार्यालयलाई अभ्यस्त गराएपछि मात्रै लगानीकर्तालाई यो सुविधा दिइन लागेको हो।

कात्तिक २० देखि अनलाइन सेयर कारोबार सुरू भए पनि लगानीकर्ताले ब्रोकर कार्यालयमार्फत् कारोबार गर्दै आएका छन्।  नेप्सेले अनलाइन कारोबारबारे लगानीकर्तालाई तालिम दिइरहेको छ। बिहीबारसम्म दिउँसो ३ र शुक्रबार १२ बजे नेप्सेमा गई लगानीकर्ताले तालिम लिन सक्छन्।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले तालिम दिइसकेपछि २३ गतेदेखि लगानीकर्तालाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिने जानकारी दिए।  ‘ब्रोकर कार्यालयमा प्रक्रिया पूरा हुनुपर्‍यो, लगानीकर्ताले अर्को साताबाट कारोबार गर्न पाउँछन्’ पराजुलीले भने।

बजार बन्द भएका बेला लगानीकर्तालाई भिडियो देखाएर तालिम दिने काम नेप्सेले गर्दै आएको छ। पराजुलीका अनुसार ५०-५० जनाको समूहलाई प्रत्येक दिन तालिम दिइँदै आएको छ। लगानीकर्तालाई घरमै बसेर पनि कारोबार गराउनका लागि भिडियो तयार गरिएको पराजुलीले बताए।

अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्ताले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ। केवाइसी अपडेट गराएपछि लगानीकर्तालाई दिइएको लिंकमार्फत् आफ्नो किनबेचको आदेश आफैंले पोष्ट गर्न सक्नेछन्। बीचैमा आदेश रद्द गर्न वा परिवर्तन गर्न पनि सकिनेछ।

अनलाइन कारोबार सुरू भए पनि आफ्नो हातले गर्न नपाएको भन्दै लगानीकर्ताले यसअघि नेप्से र धितोपत्र बोर्डको कार्यालय घेरेर विरोध जनाएका थिए।

post image

मंसिर  १६, काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।

यो सँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो । साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ । ’

यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्१६ मंसिर काठमाडौ । प्रदेश नं. ४ स्थित् धौलागिरी यातायात समितिका टिकट अबदेखि अनलाईनबाट काट्न सकिने भएको छ । धौलागिरी यातायातको सनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै अबदेखि पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्नेछन् । धौलागिरी यातायातले नेपालको एकमात्र अनलाइन बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो ।

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधि मैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उदेश्यले अनलाइन टिकटिङ सुरू गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै अब सबै कुरालाई अटोमेशनमा लैजानेछौँ । ’

यात्रुहरूले धौलागिरी यातायातको मोबाईल एप्स् तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर इसेवाका ४० हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै आइएमइ पे, इप्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, इनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

post image

मंसिर १४, काठमाडौँ । नेपाल पर्यटन बोर्डले आव ७५/७६ का लागि करिब एक अर्ब ७५ करोड रूपैयाँको बजेट विनियोजन गरेको छ । बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो।

बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा ३७ करोड ३५ लाख, प्रचारप्रसारमा ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिनेछ । त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि ७६ करोड ६५ लाख विनियोजन गरिएको छ। हिमालयन ट्राभल मार्टका लागि २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ  ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा तीन करोड बजेट छुट्याइएको छ।

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरी चीन र भारतमा बढी भन्दा बढी पर्यटक आकर्षण गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको छ । बोर्डले गत वर्ष एक अर्ब ३७ करोड बजेट विनियोजन गरेकोमा बजार प्रवद्र्धनका लागि ३३ करोड ८० लाख बजेट छुट्याएको थियो ।

 

post image

मंसिर १४, काठमाडौँ । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन आज मात्रै नेपाल आएका हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पु¥याउने विश्वास लिइएको छ ।

सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४÷१४ उडान हुनेछ । यस्तै कार्गो सेवामा भने कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले जानकारी दिए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा रहेको र आगामी जेठ अन्तिम सातादेखि उडानयोग्य हुने भएकाले हवाई सम्झौता थप महत्वपूर्ण हुने सहसचिव आचार्यको भनाइ छ ।

कम्बोडियाका ९६ दशमलव ९० प्रतिशत नागरिकले बौद्ध धर्म मान्ने भएकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागिसमेत सम्झौता दूरगामी महत्वको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको भनाइ छ ।

उनले सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक प्रक्रिया शुरु गर्ने र दुवै देशका विमान सेवा प्रदायकबीच आवश्यक व्यवस्थापन गरिने बताए ।

कम्बोडियाले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नै उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको विमानस्थल आगामी जेठ मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

हाल सो उक्त विमानस्थलको धावनमार्गको कालोपत्र भइरहेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा टिप्पणी गरे ।

‘यो महत्वपूर्ण सम्झौता हो, यसलाई कार्यान्वयन गर्न निगमले आवश्यक प्रक्रिया तत्काल शुरु गरिहाल्छ’, उनले भने ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र उनका कम्बोडियाली समकक्षी चुच फोयुमबीच सांस्कृतिक आदानप्रदानसम्बन्धी द्विपक्षीय सम्झौतामा समेत आजै हस्ताक्षर भएको छ । दुई देशका संस्कृतिको आदानप्रदान गर्न उक्त सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ । रासस

post image

मंसिर १३, काठमाडौँ । ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताए।

उनका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भने, “आउँदो चैतभित्रमा बिजुली बल्छ ।”

विद्युत्गृहमा चाहिने मुख्य उपकरणसमेत चीनबाट आइसकेको छ । पहिले सामुदायिक ढाँचाको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको हो । १८ करोड रुपैयाँको लागतमा बन्ने आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नौ करोड १२ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने गाउँपालिकाका एक हजार ६९१ ले शेयर हालेका छन् । लागत थप बढ्न सक्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका पाँच वटै वडाका २२ घरधुरीमा विद्युत् पु¥याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं १ को अमरभूमिमा केन्द्रीय बिजुली पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका छन् ।

प्रत्येक घरधुरीबाट न्यूनतम १५ हजार रुपैयाँका दरले शेयर उठाइएको छ । “सक्नेले बढी पनि लगानी गर्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भने, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” यसै वर्षभित्र विद्युत्गृहमा बिजुली बले पनि घरघरमा विद्युत्करण गर्न थप समय लाग्ने उहाँको भनाइ छ । विद्युतीकरणको लागि तार विस्तारको काम पनि अघि बढेको छ।

आयोजनास्थलमा धमाधम काम भइरहेकाले समयमै लक्ष्य पूरा हुने उनले बताए। विसं २०६८ मा शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्ती जस्ता कारणले आयोजना पछि धकेलिएको हो । कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापन समेत फेरिएको थियो ।

केन्द्रबाट अनुदान स्वीकृत भएपछि कामले गति लिएको इञ्जिनीयर थापाले बताए। पहिलो किस्ता अनुदान रु एक करोड ८२ लाख र दोस्रो किस्ता एक करोड ८९ लाख रुपैयाँ आयोजनाले पाइसकेको छ ।

कामको प्रगतिका आधारमा बाँकी रकम उपलब्ध हुने जनाइएको छ । आयोजना सम्पन्न भएपछि ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए। “सबै घरमा विद्युत् पु¥याउने लक्ष्य आयोजनाले पुरा गर्दैछ”, उहाँले भन्नुभयो । गाउँलेको समेत लगानीमा बन्न लागेको आयोजनामा आवश्यक पर्दा गाउँपालिकाले सहजीकरण गर्दै आएको छ।

स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा निर्माणाधीन विद्युत्गृहमा ल्याइनेछ । हिउँदमा ३८० किलोवाट विद्युत् उत्पादन हुने भए पनि वर्षायाममा ५०० किलोवाटसम्म विद्युत् उत्पादन हुने जनाइएको छ ।रासस

post image
मंसिर १३, काठमाडौँ । नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ। नेपाल भ्रमणमा आउन लागेका कम्बोडियाका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा साँझ राजधानीको एक होटलमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्।

सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ।सम्झौताको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको र सोहीअनुसार आज हस्ताक्षर हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।

१ करोड  ६० लाख जनसंख्या भएको  कम्बोडियामा ९७ प्रतिशत मानिसले बुद्ध धर्म मान्छन्।  बुद्ध जन्मस्थल लुम्बीनीसँग बौद्धबहुल जनसंख्या भएको कम्बोडियासँग हवाई सम्पर्कबाट जोड्न दुई देशको उत्तिकै चासो भएकाले सम्झौता गर्न लागिएको सहसचिव आचार्यको भनाइ छ।

post image

मंसिर १३, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ।  सामान्यतयाः हेर्दाहेर्दैमा राखिएको मुद्दा स्थगित नगर्ने प्रचलन भए पनि अदालत स्वयम्ले मुद्दा स्थगित गरेको हो।

असोज १८ गतेबाट मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। न्यायाधीश शारदाप्रसाद घिमिरेले मुद्दाको लीड गरेका थिए। घिमिरेसँगै न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान पूर्ण इजसासका सदस्य थिए।

बिहीबार दैनिक पेसी सूचीमा प्रकाशित नभइ मुद्दा स्थगित गरिएको हो। दैनिक पेसी सूचीमा प्रकाशित भएको अवस्थामा मुद्दामा संलग्न न्यायाधीशहरुले अन्य मुद्दा हेर्न पाउँदैनन्।

मुद्दाको नेतृत्व गरिरहेका ‘लीड जज’ले घिमिरेले एक महिनापछि अवकाश पाउँदैछन्। घिमिर पुस २१ बाट उमेरहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। उनको अवकाशपछि मुद्दाको पुनः सुरुवातबाट हेर्नुपर्ने हुन्छ।

मुद्दा पूर्ण सुनुवाइका लागि पेस भए पनि एनसेलले मागदाबी गरे अनुसारको आदेश भने यसअघि भइसकेको छ। अन्तरिम आदेशका कारण लाभांश लैजाने सुविधा उपयोग गरिसकेको छ। अन्तरिम आदेशमै पनि लाभकरको दायित्व निवेदक कम्पनीको नभएको उल्लेख गरिएको छ। तर, विवादको निरुपणका लागि भन्दै मुद्दा भने पूर्ण इजलासमा पठाइएको छ।

सर्वोच्चले  भदौ २८ गते खरिद प्रक्रियाका सम्पूर्ण कागजात माग गर्ने निर्णय गरेको थियो। कागजात प्राप्त भएपछि असोज १८ बाट अन्तिम सुनुवाइ प्रारम्भ भएको थियो।

post image

मंसिर १२, काठमाण्डौं । सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ।

लेखा समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मी र निर्देशक रामचन्द्र शर्मालाई बोलाएर छलफल गरिएको थियो। समितिले वाइडबडी खरिद सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे अध्ययन गरी राय सुझाव दिन भनेको छ।

बैठकमा कार्यालयका सचिव मधु रेग्मीले १ हजार घण्टा उडेको विमान ल्याइएको भनिएको बताउँदै सिधै कम्पनीसँग नयाँ विमान किन्दा कमिसन रकम सरकारलाई आउने बताएका थिए। बैठकमा उनले अध्ययन गरेर प्रतिवेदन बुझाउने बताए।

समितिले कार्यालयका निर्देशक, सचिवलगायतलाई वाइडबडी विमान खरिद एेनअनुसार भएको छ कि छैन? भनी प्रश्न गरेका थिए।

निर्देशक शर्माले  यसबारे अध्ययन गर्नका लागि समय माग गरे। उनले भने, ‘समय चाहियो। हामी अध्ययन गरी प्रतिवेदन पेश गर्नेछौं।’

यस अघि बसेको सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति भरत शाहले ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेका थिए।

post image

मंसिर १२, काठमाण्डौं ।  कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नेपालस्थित बैंकका प्रमुख प्रतिनिधि सुरज विक्रम शाहीले यहाँका बैंकहरुलाई दोहा बैंकका अन्य शाखासँग जोडिन यस कार्यालयले सहजकर्ताको काम गर्ने जानकारी दिए।

थापाथलीमा कार्यालय सञ्चालनमा खोलेर काम सुरू भए पनि डिसेम्बरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो। ‘बैंकको स्वीफ्ट कोडमार्फत दोहा बैंकका अन्य शाखासँग जोडिन हामीले सहजकर्ताको रूपमा काम गर्छौँ’ शाहीले भने। हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम भइसकेको उनले जानकारी दिए।

सम्पर्क कार्यालय सञ्चालनमा आइसकेकाले अब यहाँका बैंकहरुलाई दोहा बैंकका शाखा कार्यालय रहेका देशहरुमा समेत विश्वास बढ्ने कार्यालयको भनाइ छ।

यो कार्यालय खुलेसँगै कतारमा काम गर्ने लाखौं नेपालीले सिधै आफ्नो खातामा पैसा पठाउन सक्नेछन्। नेपालीले त्यहाँको बैंकमार्फत् सीधै यहाँस्थित आफ्नो खातामा रकम पठाउन सक्ने शाहीले जानकारी दिए। यसरी रकम पठाउँदा अन्य रेमिट्यान्स कम्पनीहरुमा जस्तो खर्चिलो हुँदैन।

दुई देशका बैंकहरुबीच कार्यालयले सहकार्य गराइसकेपछि सिधै त्यहाँका बैंकमार्फत यहाँ आफ्नो खातामा रकम जम्मा हुनेछ। नेपालमा रहेको सम्पर्क कार्यालयले प्रत्यक्ष रुपमा कुनै पनि आर्थिक कारोबार भने गर्ने छैन। उद्योगी, व्यवसायी वा अन्य सर्वसाधारण प्रत्येक्ष रुपमा यस कार्यालयमा जोडिन अर्थात कारोबार गर्न पाउँदैनन्।

हाल दोहा बैंकका कतारबाहेक, दुबईको आवुधावी, कुवेत, भारतको मुम्बईमा शाखा कार्यालय सञ्चालनमा छन्। यस्तै नेपालसहित श्रीलंका, बंगलादेश, जापान, चीन, सिंगापुर, हङकङ, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अष्ट्रेलिया, टर्की, बेलायत, क्यानडा र जर्मनीमा दोहा बैंकका सम्पर्क कार्यालय सञ्चालनमा छन्।

post image

मंसिर ११, काठमाडौ। नेप्से परिसूचक १ दशमलव ६१ अङ्कले बढेर १६६१ दशमलव ४३ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड १६ लाख रुपैयाँ पुगेको छ । फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, माईक्रोफाइनान्स र जीवन बीमा बाहेक अरु सबै क्षेत्रको परिसुचकमा हरीयाली छाएको छ । सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक ० दशमलव ५६ प्रतिशतले वृद्धि भएको हो ।

सबैभन्दा धेरै एनएमबी बैंकको १ करोड ९४ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै सूर्यादय लघुवित्तको सेयरमा ८ दशमलव ३७ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एनएलजी इन्स्योरेन्सको शेयर ३ दशमलव ९२ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ५३ प्रतिशतले घटेको छ भने ५ हजार २ सय ७० रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १२ प्रतिशतले घटेर ५ हजार १ सय ९८ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ३ करोड १५ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको १ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।   निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

post image

मंसिर ११, काठमाण्डौं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि रोजगारदाता श्रमिकको असुरक्षित यात्रा समाप्त हुने बताएका छन् मंगलबार योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले अबदेखि श्रमिकहरुमा काममा प्रतिवद्धता आउनुका साथै उत्पादन बढ्ने विश्वास समेत व्यक्त गरेका छन्

जसले समृद्ध देशको परिकल्पना पुरा हुनेछमन्त्री विष्टले योजनाका फाइदाहरुबारे जानकारी दिदै भनेपरिवारको आर्थिक सुधारमा मद्दत पुग्नेछ ।रोजगारदाता, श्रमिक सवैको असुरक्षित यात्रको अन्त्य भएको ’ नेपालमा श्रमको सम्मान गर्दै थप रोजगारीको अवसर बढ्ने भन्दै उनले नेपाली श्रम सीपलाई बढाउदै लैजान योजना सहयोगि बन्ने विश्वास गरे सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन्

उनीहरुले कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन्

post image

मंसिर ११,  काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माण ऋण सम्झौता ६ महिनापछि हुने भएको छ। सुरुङमार्ग निर्माण सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा, ऋण सम्झौता वैशाखमा हुने भएको हो ।

सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको छ। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुनेछ। यो छलफल तीन दिनसम्म चल्नेछ। जापानबाट आएको टोलीमा प्राविधिक समेत छन्। उनीहरु सहमत भए डिसेम्बरमा द्धिपक्षीय छलफल हुनेछ।

बढ्दो सवारी दुर्घटना र ट्राफिक जाम न्यूनीकरण गर्ने उदेश्यले सूर्यविनायक धुलिखेल सडकखण्ड विस्तार गरेर ८ लेनको बनाउन लागिएको हो। करिब १६ किलोमिटर यो सडक विस्तारका गर्न प्रारम्भिक सर्भे समेत भैसकेको छ। जापान अन्तर्राष्ट्रिय नियोग ९जाइका०ले  सडक विस्तार तथा सुरुङमार्ग निर्माण गर्नका लागि प्रारम्भिक सर्भे रिपोर्ट तयार पारेको हो।

प्रारम्भिक रिपोर्ट अनुसार सडक विस्तार गर्न र सुरुङमार्ग निर्माण गर्नका लागि २३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जापानले ०.२ प्रतिशत ब्याजदरमा ऋण दिने प्रतिबद्धता जनाएको छ। जापानसँग ऋण सम्झौता भएपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिनेछ। जापान सरकारको सहयोगमै निर्माण गरिएको उक्त सडक जोड्ने कोटेश्वर-सूर्यविनायक सडक खण्ड ६ लेनको छ।

सडक निर्माण थालेको तीन वर्षमा सडक विस्तार र सुरुङमार्ग निर्माण सक्ने लक्ष्य राखिएको श्रेष्ठले बताए। महाशाखाका अनुसार भक्तपुरको पलाँसेबाट धुलिखेलतिर जाने बाटो घुमाउरो छ। पलाँसे नजिकैको गणेश मन्दिर छेउबाट धुलिखेलतिर सुरुङमार्ग निर्माण गर्न लागिएको हो। श्रेष्ठका अनुसार सुरुङमार्ग दुर्इमुखे हुनेछ।

धुलिखेलतिर जान र आउनका लागि दुर्इ वटा सुरुङमार्ग हुनेछन्। एउटा सुरुङमार्गको चौडार्इ ९ मिटर बराबरको हुनेछ। सुरुङमार्गमा दुर्इवटा ३.५ र ३.५ मिटरको हुनेछ भने २ मिटर स्पेश छोडिनेछ। सुरुङमार्गको लम्वार्इ करिब १.३ र १.३ किमी हुने छ। यो सडक विस्तार र सुरुङमार्ग बनेपछि अरनिको र कोदारी राजमार्ग र  वीपी राजमार्ग हुँदै जान आउन सहज हुनेछ।बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको छ। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए।

post image

मंसिर १०,  काठमाडौँ।  काठमाडौंको बुद्धनगरस्थित युएन पार्कनजिकै आगलागी भएको छ ।  सोमबार दिउँसो राजु कार्कीको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो । आगलगागीबाट ५ करोड बराबरको सामान नष्ट भएको  उद्योगका सञ्चालक कार्कीले बताए ।

आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।  आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रुपमा नष्ट भएको छ भने अहिले पनि आगो पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।

यसैगरी महानगरीय प्रहरी बृत्त वानेश्वरका डीएसपी गोविन्द काफ्लेले टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।

 अनुसार घटनामा मानविय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपुर्ति वन्द गरिएको बताइएको छ । एक घण्टादेखि नेपाल प्रहरी, स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि ८ वटा दमकल घटनास्थलमा पुगेको छ।

post image

मंसिर १०,काठमाडौँ । नेप्सले संचालनमा ल्याएको अनलाइन कारोबार प्रणाली प्रभावकारी नभएको भन्दै शेयर बजारका लगानीकर्ताहरुले प्रणाली सुधारको माग गर्दे नेप्सेमा धर्ना तथा नाराबाजी गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ता संघर्षमा उत्रिएका हन्।

सोही क्रममा नेप्से ९०० अंकमा झर्ने अभिव्यक्ति दिने एक लगानीकर्ता माथि हातपात समेत भएको छ ।नेप्सेमा धर्ना दिन पुगेका लगानीकर्ताको बीचमा शेयर बजार ९०० अंकमा झर्छ भन्ने लगानीकर्ता तथा बजार विश्लेषक माथि लगानीकर्ताकले हातपात समेत गरेका छन् । शेयर विश्लेषक विष्णु बस्यालले लगानीकर्ताकै माझमा नेप्से अब ९०० अंकमा झर्ने बताएका थिए ।

सरकारले कात्तिक २० गतेदेखि शुभारम्भ गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा कमजोरी देखिएको, बजार सुधार र विस्तारका रणनीतिक कामहरु अवरुद्ध भएको भन्दै सबै संघहरु आन्दोलनको विकल्पमा पुगेका हुन् ।

उनीहरूले पूँजीबजारका १५ लाख लगानीकर्ताहरुको १४ खर्ब बढी सम्पत्तिको सुरक्षामै गम्भीर चुनौती देखा परेको भन्दै संयुक्त रुपमा नेप्से कार्यालय घेराउ गरेका हुन् । लगानीकर्ताले युजर नेम र पासवर्ड पाउने मिति तय नभएसम्म धर्ना जारी राख्ने समेत बताएका छन् ।

नेप्सेका महाप्रबन्धक चन्द्रसिह साउदले केही लगानीकर्तासँग भेटेर सिस्टममा सुधार प्रक्रिया जारी रहेको बताएका छन् । उनले भारतमा पनि अनलाइन सुरु गर्दा केही समय यस्तै समस्या देखिएको उल्लेख गर्दे छोटो अवधिमा समस्या समाधान नभएमा सफ्टवेयर फिर्ता गरिने बताए ।

post image

मंसिर १०, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सनलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमनको कार्यालयले बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिक्टा सिँचाइ आयोजनाको डडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी कार्यालयले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको भन्दै महासंघले आपत्ति जनाएको हो।

महासंघले कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको बताएको छ। महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति जारी गर्दै खरिद कार्यमा सहभागी समेत हुन नपाउने कार्यालयको सूचना प्रचलित सार्वजनिक खरिद ऐन र नियमावली विपरीत भएको बताएका छन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कोस्टाल पप्पु जेभी कन्सट्रक्सनलाई तत्काल कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाउने गरी सूचना प्रकाशित गरेको थियो। मंसिर ४ मा सूचना प्रकाशित भएको थियो।

सिक्टा सिँचाइ आयोजनाले कालोसूचीमा राख्न गरेको सिफारिस अनुसार उक्त प्रक्रिया नटुंगिएसम्म सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको थियो।

सिक्टा सिँचाइ आयोजनाको डडुवा सिँचाइको हेडवर्क्स निर्माणको जिम्मा पाएको पप्पुले सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले कालोसूचीमा राख्न कार्यालयमा लेखी पठाएको थियो। आयोजनाको कात्तिक २६ गतेको पत्राचार अनुसार कोस्टाल पप्पु जेभी कन्स्ट्रक्सनलाई कालोसूचीमा किन नराख्ने भनी स्पष्टीकरण पत्र कार्यालयले कम्पनीको ठेगाना तीनकुने काठमाडौँमा पठाएको थियो।

आयोजना र पप्पुबीच सन् २०१६ जुन २० मा सम्झौता भएको थियो। सम्झौता अनुसारको काम नगरेको भन्दै आयोजना ठेक्का रद्द गरेर कालोसूचीमा राख्न आयोजनाले सिफारिस गरेको थियो।  हरेक ठेक्कापट्टामा लापरबाही गरेको आरोप खेप्ने गरेको पप्पुको संस्थापक अध्यक्ष निलम्बित सांसद हरिनारायण रौनियार हुन्।

post image

मंसिर ९, काठमाडौँ ।  आइएमई जनरल इन्स्योरेन्स को अाइतबार शेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको ८० प्रतिशत हकप्रदपछि प्रतिकित्ता ४२३ रुपैयाँ ३३ पैसामा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीको औसत आधारमूल्य ४८६ रुपैयाँ ६७ पैसा कायम भएकाे नेप्सेले जनाएकाे छ । इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्न आइतबार बुकक्लोज गरेको हो । यस कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त भइसकेको छ ।

हाल आइएमई जनरल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर कम्पनीले प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ २८ पैसा कायम गरेकाे छ । यस अविधमा कम्पनीले १२ करोड ३६ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।

post image

मंसिर ७, काठमाडौँ । यातायात व्यवस्था विभागबाट आह्वान गरिएको स्मार्ट लाइसेन्सको टेण्डर नै त्रुटिपूर्ण रहेको पाइएको छ ।

स्मार्ट लाइसेन्सको सप्लाई, डेलिभरी  तथा कार्ड प्रिन्टिङ मेशिन खरिदका लागि आह्वान गरेको टेण्डरमा एउटा कम्पनीले मात्र पाउने गरी कार्ड प्रिन्टरको स्पेशिफिकेसन राखेर मिलेमतोमा टेण्डर आह्वान गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

टेण्डरमा उल्लेख गरेको कार्ड छपाई मेशिनको स्पेशिफिकेसन विश्वभर उपलब्ध भएका मेशिनहरु मध्ये ‘डाटाकार्ड’ नामक कम्पनीले उत्पादन गरेको कम्पनीसँग मात्र मेल खान्छ ।

डाटाकार्ड कम्पनीले फ्रान्सेली कम्पनी ‘आईडिमिया’ लाई मात्र उक्त प्रिन्टर उपलब्ध गराएपछि यातायात ब्यवस्था विभागले ‘आईडिमिया’ सँगको मिलेमतोमा टेण्डर आह्वान गरेको खुलेको छ । डाटाकार्डले ‘आईडिमिया’ लाई मात्र प्रिन्टर उपलब्ध गराएर अन्य विडरहरुको प्रिन्टर खरिद प्रस्ताव अस्विकार गरेको बताईएको छ ।

शुक्रबार खोलिने बोलपत्रमा  डाटाकार्ड र आईडिमिया सँगको मिलेमतोमा यातयात ब्यवस्था विभागले टेण्डर आह्वान गरेको भन्दै आयोगसमक्ष छानविनको माग गरिएको छ ।

post image

मंसिर ७,काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को शेयर  बिक्री गर्न सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) भएको छ। अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकको नाममा भएको शेयर बिक्रीका लागि डिडिए गर्न निर्देशन दिएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाको रुची अनुसार नेप्सेको डिडिए गरिएको हो।राष्ट्र बैंकसँग नेप्सेको ३४ प्रतिशत शेयर छ।

नेप्सेको दुर्इ वर्ष अघि समेत डिडिए गरिएको थियो। त्यो बेलामा डिडिए गर्दा नेप्सेको शेयर प्रतिकित्ता ८ सय रुपैयाँ मूल्यांकन गरिएको थियो। मन्त्रालय स्रोतका अनुसार अहिले नेप्सेको शेयर प्रतिकित्ता १३ सयदेखि १४ सयको बीचमा आएको छ। अर्थमन्त्रालयमा छलफलपछि शेयर बिक्रीको मोडालिटी तय हुनेछ।

post image

मंसिर ६, काठमाडौं। खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली गरेका छन् । पद बहाली गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । केही साना तथा ठूला आयोजनालाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले बताए । दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशकमा कार्यरत थिए ।

२०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा ईन्जिनियरको रुपमा काम गरेको अनुभव छ । ८ वर्ष जति उनले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल ईन्जिनियरको रुपमा काम गरेका थिए । त्यस्तै २०७० सालमा उनले खानेपानी मन्त्रालयअन्तर्गत सहलगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरेका थिए ।

अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उनले तीन वर्ष काम गरे । त्यसैगरी उनीसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव छ ।

post image

मंसिर ६, काठमाडौँ।  एनएमबि बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। मंसिर ५ गते बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । साथै बैंकले २० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

एनएमिब बैंकले गत आर्थिक बर्षमा एक अर्ब ८१ करोड २९लाख रुपैयाँ लाभांश क्षमता बनाएको थियो । बैंकले गत आर्थिक वर्षमा आर्जन गरेको वितरणयोग्य नाफा तथा जगेडा कोषमा सञ्चित रहेको एफपिओ बिक्रीबाट संकलित शेयर प्रिमियमबाट प्रस्तावित लाभांश वितरण गर्नेछ ।

अहिले बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैँया छ । प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी  ९ अर्ब ६१ करोड ८१ लाख नाघ्नेछ ।  एनएमबि बैंकले अघिल्लो वर्षको नाफाबाट बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

यसअघि सानिमा, एभरेष्ट, स्टाण्डर्ड चार्टर्ड, र एनआईसी एशिया बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेका छन् ।

post image

मंसिर ६, काठमाडौँ।  आइएमई जनरल इन्स्योरेन्सको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज मिति तोकेको छ ।

यस अनुसार शुक्रबार र शनिबार शेयर कारोबार बन्द हुने भएकोले आज सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आबेदन दिन पाउनेछन् । कम्पनीले असोज १० गते बसेको बीसौँ साधारण सभाबाट चुक्ता पूँजीको १०ः८ को अनुपातमा हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।

कम्पनीले शेयर विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । त्यसैगरी कम्पनीले आधारभुत शेयरधनीहरु (चुक्ता पूँजीको एक प्रतिशत र सोभन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरु) ले आफ्नो हकप्रद शेयर बापतको रकम मंसिर २३ गतेभित्र जम्मा गर्नुपर्नेछ ।

 

post image

मंसिर ५, काठमाडौं । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चले मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको छ  । पूर्वी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव आयोजना गरिने भएको हो।

पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए। इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङका स्थानीय उत्पादन, कला संस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, ट्राभलबाट प्याकेज बिक्री, जातीय खानाको परिकार, प्रदेश नम्बर १ का होटल व्यवसायीको भेला आयोजना हुनेछ।

यस्तै चार जिल्लाका पर्यटन व्यवसायीको भेला, विभिन्न साहित्यिक श्रेत्रबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भेँडा चौरी, अवलोकन, घोडचढी लगायतका कार्यक्रम हुनेछन्। इलामलगायत मेचीका पर्यटकीयस्थल प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग गर्नेछ। यस्तै इलामको अन्तु, कन्याम, सन्दकपुर, पाथिभरालगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने आयोजक समितिले जनाएको छ।

post image

मंसिर ५, काठमाडौं।अर्थमन्त्री डा युवराज खतिवडाले जमिनसंग जोडिएका सरकारका नीतिहरु परिर्वतन गर्नुपर्ने बताएका छन् । नेपाल समाजशास्त्र संघले बुधबार राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले जमिनसंग जोडिएका सरकारका कतिपय नीतिहरु अव्यवहारिक भएकाले परिर्वतन गर्नुपर्ने आवश्यकता औल्याए ।  सरकारका सम्पूर्ण आयोजनाहरु, कार्यक्रमहरु जमिनसंगै जोडिएकाले जमिन नै नहुनेमा ती कार्यक्रम लागु गर्न नसकिने अवस्था रहेको उनले उल्लेख गरे ।

 पछिल्लो समय ज्याला दर बढेकाले भूमि नभएका श्रममा आश्रित गरिबीको अवस्थामा सुधार आएपनि थोरै भूमि हुनेहरु अझै पनि गरिब रहेकाले साना किसानको बारे सरकारले तत्काल नसोच्ने हो भने गरिबीको अवस्थामा सुधार नआउने दाबी उनले गरे ।  सरकारले भुमिसुधारको मोडालिटीमा परिर्वतन गर्नुपर्ने तर्क पनि उनले गरे ।  उनले भने, ‘जमिन संग सम्बन्धीत सरकारका सम्पुर्ण कार्यक्रमहरु, आयोजनाहरु जमिन नै नहुनेमा लागू नहुने अवस्था पनि छ । जाहे त्यो पशुपालनको अनुदान होस् , चाहे रासायनिक मलमा दिने अनुदान होस्, चाहे कहिले काँही घरै बनाउन दिने अनुदान होस् ।

जमिन नै छैन कहाँ बनाउने ? अनि जमिन बाँडेर सुविधा दिउला भनिरहँदा २०२१ साल देखि भूमि सुधार लागु गर्या । आज पर्यन्त हामीले त्यो एजेण्डा छोडेका छैनौ ।  भूमिको भोगाधिकार कि किनबेचको अधिकार पनि भन्ने सम्बन्धमा भूमि अधिकारको मोडालिटी फरक हुनुपर्छ ।’प्रकृतिको देन जमिनलाई हामीले नीजिकरण गरेकाले समस्या भएको उनको भनाई थियो । उनले उत्पादनको मुख्य साधन भूमिलाई पछिल्लो समय सट्टाबाजी, शेयर वा वित्तिय उपकरणको रुपमा प्रयोग गर्न थालिएकाले समस्या भएको बताए ।  कृषिमा देखिएका विभिन्न समस्याका बाबजुत सन्तुलित वितरणमा विशेष ध्यान दिन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनेसक्ने दाबी उनले गरे ।

भूमिलाई पुर्ण रुपमा उत्पादनको साधन बनाउन संस्कृति जस्तो कृषिलाई व्यवसायिक  बनाउनुपर्नेमा उनले जोड दिए ।  अर्थमन्त्री खतिवडाले एक तिहाई उत्पादन हुने क्षेत्रमा रहेका दुई तिहाई युवा श्रमिकलाई १० बर्ष भित्र १ तिहाईमा झार्दै अन्यलाई शिप विकास गरि बैकल्पिक व्यवसायमा लैजान सकेमा मात्रै मुलुक सम्वृद्धिको बाटोमा हिडाउन सकिने बताए ।

post image

मंसिर ५, काठमाडौं। मारुती सिमेन्ट उद्योगले उत्पादन क्षमता दोब्बर पार्ने भएको छ। उद्योग विभागमा साढे दुर्इ अर्ब रुपैयाँ लगानी थपेर उत्पादन क्षमता ३ हजार ६ सय टन पुर्याउने प्रस्ताव पेश गरेको हो। अहिले यो उद्योगबाट दैनिक १८ सय टन सिमेन्ट उत्पादन हुँदै आएको छ।

स्रोतका अनुसार अहिले यो उद्योमा भारतीय उद्योगी सुनिल खेम्काको २० प्रतिशत लगानी छ। खेम्का मारुती सिमेन्टका प्रवन्ध निर्देशक हुन्। उनी दिनवन्धु गोयलका ज्वार्इँ हुन्। गोयल पनि यो उद्योग लगानीकर्ता हुन्। गोयल वाहेक उद्योगमा नन्दकिशोर राठीको समेत लगानी छ। उनी उद्योगका अध्यक्ष हुन्। १२ वर्षअघि क्लिंकर उत्पादनबाट सुरु भएको यो उद्योगले मारुती ओपिसी ब्राण्डमा ९ वर्षअघिदेखि सिमेन्ट उत्पादन थालेको हो।

उद्योग विभाग वैदेशिक लगानी शाखाका निर्देशक प्रशान्त बोहराले दुई अर्ब ५८ करोड रुपैयाँ लगानी थपेर उत्पादन क्षमता दोब्बर बनाउने प्रस्ताव आएको बताए।‘हामीलाई उद्योगमा केही प्रतिशत विदेशी लगानी रहेको जानकारी छ। तर अहिले लगानी थपेर उत्पादन क्षमता दोब्बर बनाउने प्रस्ताव स्वीकृतिका लागि आएको छ’ उनले भने।

उद्योगले नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रियस्तरको मापदण्ड क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस/आईएसओ ९००१:२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१:२०१५ पाएको छ। मारुती सिमेन्टको गुणस्तर राम्रो रहेकोले बजारमा स्थापित ब्राण्ड समेत हो। क्लिंकर र उत्पादन गुणस्तरीय भएकाले मारुती स्थापित भएको हो।

post image

मंसिर ५, काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा दुर्इ लाख ७ हजार आवदेकबाट एक अर्ब ३४ करोड रुपैयाँको लागि आवदेन परेको छ । माग भन्दा झण्डै ४९ गुणा बढी आवेदन परेको हो।

संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा २७ हजार ३०० आवेदकले मात्रै १० कित्ता प्राप्त गर्न सक्ने हुँदा गोला प्रथाबाट लगानीकर्ताले १० कित्ता शेयर प्राप्त गर्न सक्ने छन्।

संस्थाले जम्मा निष्कासनको ४ प्रतिशत अर्थात १२ हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात १५ हजार कित्ता शेयर सामुहिक लगानीकोषकालागि सुरक्षित गरेको छ।

प्राथमिक शेयर निष्कासनसँगै संस्थाको चुक्ता पूँजी संस्थापक तर्फको ७० प्रतिशत अर्थात ७ करोड रुपैयाँ र सर्वसाधारण तर्फको ३० प्रतिशत अर्थात तीन करोड रुपैयाँ पुग्नेछ।

आइपिओमा आवेदन दिनकालागि नेपाल धितोपत्र बोर्डबाट आस्वा प्रणालीको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेण्ट बैंकिङ जनाएको छ।

post image

मंसिर ४,  काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले तिव्र्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भुकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भुमिका खेल्ने विश्वास दिलाए ।

उनले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाए । उनले भने,‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरि काम अघि बढाईसकेका छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापत्विमा आयोजित साक्षात्कारमा बोल्दै उनले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पारे । जोशीले भने,‘पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएका छौं ।’

भुकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्राउन सफल भएको उनले दाबी गरे । जोशीले भने,‘देशमा अहिले पूर्वाधार विकासको काम भैरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’ भैरहवा बिमानस्थलको काम तिब्र गतिमा अगाडि बढिरहेकाले सन् २०१९ को सेप्टेम्बरबाट उक्त विमानस्थलबाटै उडान भर्न मिल्ने उनले जनाए । जोशीले त्रिभुवन विमानस्थलको धावनमार्गको कामपनि धमाधम अगाडि बढेकाले पर्यटकलाई आवत–जावतमा कुनै बाधा नपर्ने स्पष्ट पारे ।

विधमान देशको परिस्थितीको बारेमा अन्तर्राष्ट्रिय समुदायमा राम्रो सुचनाको प्रवाह भएकाले लक्ष्यभन्दा माथि नै पर्यटकहरु नेपाल ल्याउन भिजिट नेपाल–२०२० ले महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई थियो । देशको आर्थिक समृद्धिसँग पर्यटनको विकास र यस क्षेत्रमा हुने सकारात्मक परिवर्तनले विशेष महत्व राख्ने जोशीको भनाई छ । उनले भने,‘यसकारण पनि सरकार पर्यटन विकासमा थप सक्रिय देखिएको हो । विगतमा पर्यटन प्रवद्र्धनका लागि चलाईएका अभियानले अपेक्षाअनुसार पर्यटक भित्राउन सफल भएको निश्कर्षसँगै सरकार आगामी सन् २०२० भित्र वार्षिक २० देखि २५ लाख पर्यटक ल्याउने लक्ष्यका साथ अघि बढेको छ । यसमा सबैको साथ र सहयोगको हामीले अपेक्षा गरेका छौं ।’

सरकारले विगतमा ‘भिजिट नेपाल–१९९८’, ‘नेपाल टुरिजम इअर–२०११’ लगायत विभिन्न समय देशमा पर्यटन विकासलाई बढावा दिन अभियान चलाउँदै आएको उनले स्मरण गराए । सन् २०१५ मा गएको भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा आएको कमी हटाउन सरकार अहिले प्रयाशरत रहेको जोशीले बताए ।
विमानस्थल निर्माणलाई उच्च प्राथमिकता दिएर नीजी क्षेत्रले पनि पर्यटकीय पूर्वाधारमा लगानी बढाउन अग्रसर हुने हो भने भिजिट नेपाल–२०२० को सपना अपेक्षाअनुसार सफल बन्न मद्दत पुग्ने जोशीको भनाई छ । उनले नेपालमा वर्षैभरि पर्यटन आउने अवस्थाको सिर्जना गर्न लागिएको पनि बताए । जोशीले भने,“अक्टोबर, नोभेम्बर र डिसेम्बरमा जहिले पनि ठूलो संख्यामा पर्यटकहरू भित्रिने तर गर्मी र वर्षाको बेला साह्रै कम पर्यटक आउने भएकाले कम पर्यटक आउने समयलाई लक्षित गरेर विशेष प्रचारप्रसारको काम गर्दैछौँ।’’

फरक प्रसँगमा उनले आफूहरुले नेपालमा पर्यटकहरु बढाउनको लागि ‘डिजिटल–मार्केटिङ’ लाई अघि बढाएको पनि बताए । त्यस्तै, विश्व प्रख्याँत सेलिब्रेटीहरुलाई पनि नेपालको भ्रमण गराएर विश्वमै नेपालको पयर्टनको प्रचारप्रसार गर्ने आफूहरुको योजना रहेको सुनाए । जोशीले पर्यटकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि दश हजार युवाहरुलाई तालिम तथा प्रशिक्षण दिने तयारी पनि बोर्डले गरिरहेको जानकारी दिए । त्यस्तै, अहिलेसम्म यसको लागि चार सय ५० ले तालिम लिईसकेको उनले जनाए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु सम्मिलित मुल आयोजक समितिपनि गठन भैसकेको उनले जनाए । उक्त भ्रमण वर्षको नारा ‘भिजिट नेपाल फर लाईफटाईम अचिभमेन्ट’ रहेको छ ।

post image

मंसिर ४,काठमाडौँ । गण्डकी विकास बैंकले नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।मंसिर ३ गते बसेको २१४ औं संचालक समितिको बैंठकले कुल चुक्ता पूँजी दुई अर्ब ७५ करोड रुपैयाँको ३९ करोड पाँच लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

गत वर्ष १९.३१ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकले चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभावाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

post image

मंसिर ४, काठमाडौँ । विवादास्पद पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर हाल्न सरकारले रोक लगाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै टेन्डर  हाल्न रोक लगाएको हो।

उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियाको टुंगो नलागेसम्म टेन्डर  हाल्न रोकिएको प्रम कार्यालय स्रोतले जनाएको छ । बाँकेको सिक्टा सिँचाइ आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न कात्तिक २६ गते पत्र पठाएको थियो।

‘पत्रसाथ संलग्न कागजातहरू अध्ययन गर्दा निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानीनोक्सानी भई देश विकासमा बाधन अवरोध सिर्जना हुने र त्यसबाट सर्वसाधारण जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्नसक्ने सम्भावना देखिएकाले’ पप्पुलाई नयाँ टेन्डर हाल्न रोक लगाइएको कार्यालयले जनाएको छ।

 

 

post image

मंसिर ४,काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवका आयोजनामाथि निगरानी बढाएको छ। जिम्मा लिएर तोकिएको समयमा काम नसक्ने ठेकेदार र सरकारी अधिकारीमाथि अख्तियारले सूक्ष्म अनुसन्धान थालेको हो। अर्बौं लगानीका आयोजना सम्पन्न गर्न पटकपटक समय थप्दा पनि अलपत्र परेका कारण छानबिन थालिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

आयोजना प्रमुखकै गैरजिम्मेवारीका कारण काम ढिलासुस्ती भएको प्रारम्भिक निष्कर्षमा अख्तियार पुगेको छ। उसले राष्ट्रिय आयोजनाका ठेकेदार, कर्मचारीदेखि आयोजना प्रमुखसम्म निगरानी बढाएको हो। पप्पु कन्स्ट्रक्सनविरुद्ध बर्दियाको जब्दीघाटको पुल ठेक्कामा भएको अनियमिततामा विस्तृत छानबिनपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ।

सहप्रवक्ता कोइरालाले भने, ‘अख्तियारले राष्ट्रिय गौरवका आयोजनामा विशेष निगरानी राखेको छ। छानबिन तीव्र्र रूपमा अगाडि बढाइएको छ।’ अधिकांश राष्ट्रिय गौरवका आयोजनामा बेथिति देखिएको अख्तियारले जनाएको छ। त्यस्ता कुनै पनि आयोजना समयमै पूरा भएका छैनन्। निर्माण सामाग्री कमसल तथा गुणस्तरहीन प्रयोग गरिएको छ। अनुगमनसमेत छैन।

२०५९÷६० मा सुरु भएर २०७१÷७२ मा निर्माणसम्म गर्ने लक्ष्य रहेको सिक्टा सिचाइँ आयोजना अहिलेसम्म पूरा भएको छैन। महालेखा प्रतिवेदनले सिक्टाको अवधि र लगत दुवै वृद्धि भएको किटान गरेको छ। प्रतिवेदनअनुसार निर्माण गरेको संरचनासमेत भत्किएको छ। मुख्य नहरको ठाउँठाउँमा बेड फुटेको, सर्भिस रोड भत्किएको, नहरको स्लोप फुटेको र भत्किएको छ। अन्नपूर्णपोष्टबाट

post image

मंसिर ४,काठमाडौं ।  छपाइ बिग्रेका नेपाली नोट आजकल बजारमा बढी भेटिन थालेका छन् । त्यस्ता नोटमध्ये केहीमा गभर्नरको हस्ताक्षर छैन, केहीमा एकातर्फ सादा कागज मात्र छ भने केहीमा नबुझिने खालको मधुरो प्रिन्ट छ । बजारमा भेटिएका त्यस्ता नोटमध्ये धेरैजसो पाँच सय र एक हजार दरका छन् । नोट छपाइका लागि अधिकार पाएको केन्द्रीय बैंकले पर्याप्त सजकता अपनाउन नसक्दा यस्ता नोट बजारमा पुगेका हुन् । त्यस्ता सबै नोटको उजुरी बैंक/राष्ट्र बैंकसम्म आइपुग्दैन । यसका दुई कारण छन् । पहिलो राष्ट्र बैंकमा गएपछि शोधभर्नाबापत अर्को नोट पाइन्छ भन्ने सर्वसाधारणलाई जानकारी छैन ।

 दोस्रो मुद्रा संकलनकर्ता (मनी कलेक्टर) कहाँ बिक्री गर्दा वास्तविक मूल्यभन्दा धेरै पैसा पाइन्छ । यसकारण शोधभर्ना पाइन्छ भन्ने जानकारी भएका पनि मनी कलेक्टरमै गएर बिक्री गर्ने जानकारहरू बताउँछन् । ‘यदाकदा बजारमा त्रुटि भएका नोट भेटिने गरेका छन्, ती सबै नोट केन्द्रीय बैंकमा आइपुग्दैनन्,’ एक पूर्वडेपुटी गभर्नरले भने, ‘बजारमा मुद्रा संकलकले वास्तविकभन्दा बढी मूल्यमा किनिदिन्छन् ।’ यसकारण त्रुटिपूर्ण नोटको उजुरी राष्ट्र बैंकमा कम हुन्छ । नोटमा त्रुटि बढदै जाँदा राष्ट्र बैंकको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले उजुरी आएन भन्दैमा केन्द्रीय बैंक आरामले बस्न नहुने उनको सुझाव छ ।

अघिल्ला वर्षका तुलना यो वर्ष छपाइ बिग्रेका नोट धेरै भेटिएको बैंकरहरू बताउँछन् । ‘अघिल्ला वर्ष यस्ता नोट निकै कम मात्र भेटिन्थे,’ वाणिज्य बैंकका एक कर्मचारीले भने, ‘यो वर्ष धेरै भेटिएका छन् ।’ पाँच वर्षदेखि निजी बैंकमा काम गर्दै आएका ती कर्मचारीले थपे, ‘विगतमा नक्कली, च्यातिएका, केरमेट भएका नोट धेरै आउँथे, यो वर्ष प्रिन्ट मिस्टेक नोट धेरै भेटिए ।’ सर्वसाधारणले सटहीका लागि ल्याएको नभई बैंकले राष्ट्र बैंकबाट ल्याइएका नोटका बिटामै त्रुटि पूर्ण नोट भेटिएको उनले बताए ।

अर्को एक वाणिज्य बैंकमा कार्यरत महिला कर्मचारीले भनिन्, ‘पाँच सयको एउटा बिटामा ४२ वटामा गभर्नरको हस्ताक्षर नभएको नोट भेटियो । बैंकले सटहीका लागि राष्ट्र बैंक पठाएको छ ।’ अन्य बैंकमा काम गर्ने उनका साथीले पनि त्रुटिपूर्ण नोट भेटाएको उनले सुनाइन् । ‘एउटा जमघटमा मैले छपाइ बिग्रेको नोट भेटेको कुरा साथीहरूलाई सुनाए,’ उनले थपिन्, ‘त्यसपछि त मैले नि भेटेको भन्ने धेरै भेटिए ।’ राष्ट्र बैंकले लापरबाहीले यस्ता नोट बजारमा आउने गरेको बैंकरहरूको बुझाइ छ । ‘सुरुमै राम्रोसँग सटिङ गरेर पठाउनुपथ्र्यो,’ अर्का एक बैंकरले भने, ‘यहाँनेर राष्ट्र बैंक चुकेको देखियो ।’ कान्तिपुरबाट

post image

मंसिर ३ ,काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) एक दशमलव २१ बिन्दुले घटेर २५२ दशमलव ९३ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १४८ कम्पनीको सात लाख नौ हजार ३७९ कित्ता शेयर रु २१ करोड २९ लाख १७ हजार २२ मा खरीद बिक्री भएका थिए ।

कारोबार भएका कूल नौ उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोबारमा वृद्धि भएको छ । वित्त उपसमूह शून्य दशमलव ९१ र अन्य उपसमूह दुई दशमलव ३४ बिन्दुले बढेको छ । यस्तै बैङ्किङ ६ दशमलव तीन, होटल १९ दशमलव ६४, विकास बैङ्क पाँच दशमलव ९७, जलविद्युत् २२ दशमलव ७९, निर्जीवन बीमा १२ दशमलव ७८, माइक्रोफाइनान्स सात दशमलव ५७ र जीवन बीमा ३२ दशमलव १८ बिन्दुले घटेका छन् ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, गुह्येश्वरी मर्चेन्ट बैङ्क एण्ड फाइनान्स कम्पनी, एनआइबिएल समृद्धि फण्ड एक, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट इन्स्योरेन्स समता माइक्रोफाइनान्स वित्तीय संस्था, अरुण काबेली पावर, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

post image

मंसिर ३, काठमाडौं । एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेसनबीच बैंकास्योरेन्स सम्झौता भएको छ।उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरे।

सम्झौता अनुसार बैंकका ग्राहकले मुलुकभर फैलिएका २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्सका जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन्। मुलुकभर २६५ शाखा कार्यालयहरु, २७० एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।

बैंकको वासलातको आकार २१० अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब तथा कर्जा १४२ अर्ब पुगेको छ। ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको बैंकको दावी छ।

post image

मंसिर २,पोखरा । पर्यटकीय शहर पोखरामा शनिबारदेखि हट एयर बेलुनको व्यवसायिक उडान सुरु भएको छ। पोखरा पर्यटनमा सर्वसाधारणलाई थप आकर्षण गर्न शनिबारदेखि ‘हट एयर बेलुन’ पनि थपिएको हो।

साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत खेल सञ्चालनमा रहेका थिए। अबदेखि पर्यटकिय नगरी पोखरानमा हट एअर बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका छन् । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले थप आकर्षित गर्ने बताए। उनले प्रदेशको समृद्धिको आधार पर्यटन क्षेत्र भएको बताउँदै नयाँनयाँ गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने धारणा राखे।

हट एयर बेलुन उडाउन प्रालिले एक करोड ५० लाखको लागतमा इटलीबाट यो बेलुन मगाएको बेलुन प्रालि नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए।

बेलुन चढ्न नेपाली पर्यटकले ११ हजार र विदेशी पर्यटकले १६० डलर तिर्नुपर्नेछ। सानो बेलुनमा छ जना र ठूलो बेलुनमा आठ जनासम्म उडाउन सक्ने यसको क्षमता छ। बेलुन चढ्ने प्रत्येक यात्रुको २० हजार डलरको बीमा गरिएको महर्जनले बताए।

post image

मंसिर २, काठमाडौँ । लगानीकर्ताका संघहरुले संयुक्त टोलीले नेप्से प्रमुख चन्द्रसिंह साउदलाई भेटेर एभरेष्ट इन्स्योरेन्स कम्पनीको कारोबार रोक्न माग गरेका छन् । लगानीकर्ताका संघहरुले संस्थापक हकप्रद शेयरलाई साधारण शेयरको मूल्यमा समायोजन गरेको भन्दै त्यसलाई रद्ध गर्न नेप्सेलाई दबाब दिएका हुन् ।

उनिहरुले मूल्य समायोजन नेप्से आइतबार ११ बजेदेखि नै कारोबार रोक्न तथा समायोजित मूल्यमा यसअघि भएका कारोबारलाई समेत रोक्न आग्रह गरेका छन् ।

 यसअघि एभरेष्ट इन्स्योरेन्सले पनि साधारण शेयरमा संस्थापक हकप्रदलाई समायोजन नगर्न आग्रह गर्दे नेप्सेलाई पत्राचार गरेको थियो । १०५ प्रतिशत संस्थापक हकप्रदको बुकक्लोज भएपछि नेप्सेले एभरेष्टको साधारण शेयरमा संस्थापक शेयरलाई समायोजन गरेको थियो । सो लगत्तै लगानीकर्ताहरुले मूल्य समायोजन व्यवहारिक नभएको भन्दै नेप्सेमा पुगेर ध्यानाकर्षण गराउँदै आएका छन् ।

post image

मंसिर , काठमाडौं । सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ। २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए। राष्ट्रपति चढ्ने गाडी बाटैमा रोकिएको र सुरक्षामा समेत समस्या देखिन थालेको भन्दै नयाँ किन्न लागिएको थियो।

सरकारले त्यतिबेला राष्ट्रपतिलाई गाडी किन्ने प्रयोजनमै चार करोड रुपैयाँ छुट्याएको थियो। सेनाले सुरक्षाको निम्ति असहज भएको भन्दै त्यति रकमले नपुग्ने बताएको थियो। उसले १६ करोड मागेको थियो। सरकारले सेनाको माग अध्ययन गरेर अहिले १४ करोड ३० लाख रुपैयाँ निकासा गरेको हो। केही दिनअघि मात्रै रकम निकासा भएको अर्थ मन्त्रालय उच्च स्रोतले बतायो।

गत वर्षकै मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले १४ करोड ३० लाख थप बजेट दिएको हो। गाडी खरिद शीर्षकमै १८ करोडभन्दा बढी रकम छुट्याइसके पनि कुन प्रकारको कस्तो गाडी ल्याउने भन्ने सेनाकै जिम्मामा छ। विवाद हुन सक्ने विषय सेनामार्फत गराउने वा सेनालाई जिम्मा दिने सरकारको प्रचलन छ। राष्ट्रपति सेनाको परमाधिपति पनि रहेकाले सेनालाई जिम्मेवारी दिइएको बताइएको छ। सेनाले नै रक्षामार्फत अर्थमन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो। अन्नपूर्ण

post image

मंसिर १, काठमाडौं । व्यवसायी सिद्धार्थ शमशेर जबरा पाँचौंपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । शनिबार काठमाडौंमा आयोजना गरिएको सातौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्‍यो । उनले लगातार चारपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जबरा सफल ब्यावसायीका रुपमा स्थापित छन् । यही कम्पनीले यो वर्ष पनि व्यापार-ब्यवसायतर्फ तर्फ सबैभन्दा बढी कर तिरेर सम्मान पाएको छ । धेरै आय कर तिर्ने कम्पनीका रुपमा भने सूर्य नेपाल सम्मानित भएको छ । सबैभन्दा बढी मूल्यअभिवृद्धि कर (भ्याट) तिर्ने तिर्ने कम्पनीको सम्मान घोराहीले पाएको छ ।
आन्तरिक राजस्व विभागले राजधानीमा गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले अन्य उत्कृष्ट करदाताहरुलाई पनि सम्मान गरे । डाबर नेपाल सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता बनेको छ । उद्योगतर्फ हिमालपावर उत्कृष्ट करदाता भएको छ । त्यस्तै कृषितर्फ उत्कृष्ट आयकरदाता प्रो बायोटिक कम्पनी निम्बस ठहरियो ।

यसैगरी सहकारीतर्फ छिमेकी लघुवित्तले सबैभन्दा धेरै आयकर बुझाउँदै सम्मान पाएको छ । बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट आय करदाताको रुपमा सम्मानित भएका छन् । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वाषिर्क ४० करोडको कारोबार गर्नेबाट नेपाल इन्भेक्ष्टमेन्ट प्रालि र ४० देखि ८० करोड कारोबार गर्नेबाट धितोपत्र बोर्ड सम्मानित भएका छन् । वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा एफ वान सफ्ट सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रेजेन्सी होटल -ह्यात) ले सबैभन्दा बढी आय कार तिरेको छ ।

post image

कात्तिक ३०, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १६ औं हस्तकला व्यापार मेलामा सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती रहेको छ  । ५ दिनसम्म चल्ने मेलामा राष्ट्रिय अन्तराष्ट्रिय गरेर करिव २०० वटा स्टल रहको जानकारी गरार्ईएको छ ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिएको हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।

मेलामा हस्तकला बिधामा संलग्न कलाकारहरुको प्रतिभा पहिचान गर्न १४औं हस्तकला प्रतियोगिता समेत आयोजना गरिएको छ र यस बर्ष मैनको मुर्ति बनाउने र ढाँकाको कपडा बुनाई विषयलाई समेटिएको छ । नेपालमा हस्तकलाको बजार करिब १० अर्बको रहेको छ भने सोही मात्रामा निर्यात हुने गरेको छ ।

हालसम्म मा करिब ८ करोडको कारोबार भएको मेलामा सर्वसाधारणको बढ्दो उपस्थितीले अझै कारोबार बढ्ने अध्यक्ष  शाक्यको बिश्वाश रहेको छ  ।

मेलामा चीन, भारत,श्रीलंका,पाकिस्तान, बंगलादेश र भुटानसहितका अन्तराष्ट्रिय व्यापारीहरुको पनि सहभागिता हरको आयोजक समितिका संयोजक हेमरत्न शाक्य बताउन्छन ।

post image

कात्तिक ३०, काठमाण्डौं । नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । संस्थानले आन्तरिक कार्यक्रमअन्तर्गत ९१ करोड रूपैयाँ बराबरको ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार नै केही दिनमै धान खरिद प्रक्रिया सुरु गर्ने संस्थानले जानकारी दिएको छ । किसानलाई उचित मूल्य दिई सहुलियतर दरमा चामल वितरण गर्न संस्थानले विभिन्न जिल्लाबाट धान खरिद गर्न लागेको हो ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले आन्तरिक कार्यक्रम अन्तर्गत ३ लाख ५० हजार क्विन्टल धान खरिद गर्न लागेको बताए । “अहिले हामीले ९१ करोड रूपैयाँ बराबरको धान खरिद गर्न लागेका छौं,” उनले भने, “आवश्यकता अनुसार थप परिणाममा धान खरिद गर्दै जान्छौं ।” सरकारको निर्देशन अनुसार खरिद प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले धान खरिद गर्न संस्थानलाई निर्देशन दिइसकेको छ । कूल उत्पादनको एक प्रतिशत धान खरिद गर्न सरकारले निर्देशन दिएको हो । सरकारले निर्धारण गरेको समर्थन मूल्यअनुसार संस्थानले धान खरिद गर्ने छ । सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ३ सय ३१ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४ सय ६० रूपैयाँ मूल्य निर्धारण गरेको छ ।

धान खरिद गर्न आवश्यक पर्ने रकम उपलव्ध गराउन अर्थ मन्त्रालयले सहमति दिएको मन्त्रायलले जानकारी दिएको छ । बजारमा सस्तो मूल्यमा बिक्री भइरहेका बेला किसानलाई उचित मूल्य उपलब्ध गराउन सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको हो । व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्ने हुँदा किसानलाई लागत मूल्यसमेत उठाउन कठिन हुने गरेको थियो । संस्थानले गत वर्ष ५८ करोड रूपैयाँको १ लाख ८५ हजार क्विन्टल धान खरिद गरेको थियो । किसानबाट खरिद गरेको धान संस्थानले आफ्नै मिलमा कुटाएर उपभोक्तालाई सहुलियत दरमा वितरण गर्ने गर्छ ।

संस्थानले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, पर्सा, रूपन्देही, मोरङ, झापा लगायतका जिल्लाबाट धान खरिद गर्ने गर्छ । संस्थानले अघिल्ला वर्ष जिल्ला अनुसार फरक–फरक मूल्यमा धान खरिद गरेको थियो । यो वर्ष समर्थन मूल्यअनुसार मात्र खरिद गर्ने छ । भारतीय व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्ने गरेका छन् । स्वदेशबाट खरिद गरेको धान भारतमा लगेर पुनः चामल आयात हुने गरेको छ । गत वर्ष नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष मौसम अनुकूल भएकाले धानको उत्पादन बढ्ने कृषि विकास मन्त्रालयले प्रक्षेपण गरेको छ ।

post image

 कात्तिक २९, काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमासमेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर ७७ रुपैयाँमा खरिद बिक्री भएको छ ।

बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा २३ रुपैयाँ कममा खरिद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरिद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर ९७ रुपैयाँमा खरिद बिक्री भएको स्टक एक्सचेञ्जको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ९७ रुपैयाँमा कारोबार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ ।

चिलिमे जलविद्युत् कम्पनीको शेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता ६८८ रुपैयाँमा कारोबार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर १२१ रुपैयाँमा खरिद बिक्री भएको छ । ५०१ रुपैयाँमा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत घटेको छ ।

सो कम्पनीको शेयर प्रतिकित्ता ४६० रुपैयाँमा खरिद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर १०८, कालिका पावर ११३, नेपाल हाइड्रो डेभलपर्स १२० मा खरिद बिक्री भएको छ ।

हिमालयन पावर पार्टनर २०५,  ङादी ग्रुप पावर १२९, पञ्चकञ्या माई १२३, राधी विद्युत् कम्पनी १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता १११ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको शेयर १०५, सिनर्जी पावर डेभलपर्स १०० र युनाइटेड मोदीको प्रतिकित्ता १४३ रुपैयाँमा खरिद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन ।

धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले एक अर्ब ५८ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्‍यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ ।रासस

post image

कात्तिक २९, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुलाई वाइपास गरेर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले नयार संगठन निर्माण गर्न छलफल शुरु भएको छ ।

सबैको उद्देश्य समान भएको र कानून तथा नियामकीय निर्देशन समेत एकै प्रकारका हुने भएकाले ३ संघहरुको बलियो संगठन बनाउन लागिएको बताइएको छ ।

यि ३ प्रकारका जस्तै कारोबार गर्ने ‘घ’ वर्गका लघुवित्त कम्पनीहरुलाई भने बाइपास गरेर नया्र संगठन निर्माण गर्ने रणनीति बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले तयार पारेका हुन् ।

हाल ‘क’ वर्गका वाणिज्य बैंकहरुको नेपाल बैंकर एशोसिएसन, ‘ख’ वर्गका विकास बैंकहरुको डेभलपमेन्ट बैंकर एशोसिइसन र ग वर्गका फाइनान्स कम्पनीहरुको वित्त कम्पनी संघ गरी ३ वटा छुट्टाछुट्टै संघहरु छन् ।

‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा काम गर्दै आएका लघुवित्तहरुको भने माइक्रोफाइनान्स बैंकर एशोसिएसन छ । नेपाल राष्ट्र बैंकले नियमन गर्ने यि ४ प्रकारका बैंक तथा वित्तीय संस्थाहरु मध्ये लघुवित्तलाई एक्लाएर ३ प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले एउटै नया्र संगठन निर्माण गर्ने रणनीति बनाएका हुन् । बैंकर संघका अध्यक्ष ढुंगानाले अहिले छलफल शुरुमात्रै भएको बताए ।

post image

कात्तिक २९, काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।

पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमको भनाइ छ ।  यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिनेछ ।

विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुनेछ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान (स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।

यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सकिने छ । साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ ।

कम्पनीको फेसबुकलगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिनेछ । प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ ।

उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन सकिन्छ । रासस

post image

कात्तिक २९, काठमाडौं । दशैंअघिबाट बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेबाट खुल्ने भएको छ।

काठमाडौं उपत्यकामा  भक्तपुरको जगाती, स्वयम्भुको ठूलो भर्‍याङ, चावहिल सुकेधरा, एकान्तकुनामा गरी चारवटा कार्यालयमार्फत अनलाइन आवेदन भर्न सकिने छ। चार वटै कार्यालयबाट, बाइक, स्कुटर र कार/जीपका लागि आवेदन दिन सकिने छ।

मंसिर ७ गते १० बजेबाट अनलाइन फाराम खुल्ला गरिने यातयात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालले जानकारी दिए। खनालका अनुसार दशैं अघिबाट अनलाइन फाराम रोकिएको भए पनि रिट्रायल लगायतका कामहरु भने भइरहेका छन्।

परम्परागत कागजी लाइसेन्स हटाएर स्मार्ट लाइसेन्स अनिवार्य गरिएको भए पनि वर्ष दिन कुर्नुपर्ने बाध्यता भने हट्न सकेको छैन। करिब ६ लाखले ट्रायल परीक्षा पास गरेर पनि लाइसेन्स पाउन सकेका छैनन्।

यातायात व्यवस्था विभागले उक्त ब्याकलक हटाउनका लागि निजी कम्पनी मालिका इन्कर्पोरेशनलार्इ ६ लाख कार्ड ४५ दिनमा छापिसक्न जिम्मा दिएको छ। मालिकाका प्रबन्ध निर्देशक सुरेन ढकालले ५० हजार लाइसेन्स छापिसकेको जानकारी दिए।

post image

कात्तिक २८, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ।

आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो भने यस वर्ष बैंकले सो रकममा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ। बैंकको कूल निक्षेप अघिल्लो बर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ आश्विन मसान्तमा ६६ अर्ब ११ करोड रुपैँया पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो। त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ। यो वृद्धिदर ७४ प्रतिशत रहेको छ।

मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडबीच २०७५ बैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो। मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनशन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमीट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन्।

post image

कात्तिक २८, काठमाडौं ।  पुल सुधार तथा मर्मतसम्भार एवं खाद्य तथा पोषण परियोजना कार्यान्वयन गर्न सरकारले विश्व बैङ्कसँग रु १८ अर्बको सम्झौता गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडा र विश्व बैङ्कका उपाध्यक्ष हार्टविग साफेरको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा अर्थ सचिव राजन खनाल र नेपाल, बङ्गलादेश र भूटानका लागि बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गर्नुभयो ।

दोस्रो पुल सुधार तथा मर्मतसम्भार परियोजना कार्यान्वयन गर्ने सिलसिलामा यातायात क्षेत्र सुधारका निम्ति निर्माण गरिने पुलमा लगानी गर्न बैङ्कले रु १३ अर्ब ३० करोडभन्दा बढी रकम ऋणस्वरुप उपलब्ध गराउनेछ । उक्त रकमबाट ४७७ बढी पुल निर्माण गरिनेछ ।

नेपालको रणनीतिक सडक सञ्जालका ४३३ पुलका निम्ति प्रदान गरिने उक्त ऋणबाट ९० वटा पुलको मर्मतसम्भार, दुर्घटनाका जोखिम कम गर्न १८० वटाको स्तरोन्नतिका साथै ८० वटा दुईलेनका नयाँ पुल र ३५ वटा चार लेनका पुलको मर्मतसम्भार एवं पुनःस्थापनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यसैगरी समावेशी विकास तथा महिलालाई केन्द्रमा राखेर खाद्य तथा पोषण सुदृढीकरणका लागि बैङ्कले रु चार अर्ब ७० करोड अनुदान प्रदान गर्ने भएको छ । उक्त परियोजनाबाट ६५ हजार घरपरिवार प्रत्यक्षरूपमा लाभान्वित हुनेछन् ।

त्यस अवसरमा मन्त्री खतिवडाले सडक र पुल भौतिक पूर्वाधार विकासका पूर्वशर्त भएका बताउँदै नेपालको सामाजिक–आर्थिक विकासमा बैङ्कले निरन्तर सहयोग गरेकामा हार्दिक आभार प्रकट गर्नुभयो ।

 

post image

कात्तिक २७, काठमाडौँ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले मंसिर १६ गतेदेखि हकप्रद सेयर निस्काशन खुला गर्ने भएको छ ।  कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले १४ लाख ३ हजार ३ सय २५ कित्ता सेयर निस्काशन गर्न लागेको हो ।

 निस्काशन गरिने सेयर संस्थापक समुह अन्र्तगतको रहने कम्पनीले जनाएको  छ । बीमा समितिले दिएको पुँजी बृद्धिको लक्ष्य भेट्टाउन हकप्रद सेयर जारी गर्न लागेकोे कम्पनीले जनाएको छ । करिब ५१ प्रतिशत संस्थापक सेयरधनी कायम गर्न पनि हकप्रद सेयर जारी गर्न लागिएको  हो ।

यस सेयरका लागि आवेदन दिने अन्तिम मिति पुष २२ गते सम्म हो । यस हकप्रद सेयरका लागि केयर रेटिङले केयर एनपी आइपिओ ग्रेड ४ दिएको छ । यसले संस्थाको अवस्था औसतभन्दा तल रहेको देखाउँछ । हकप्रद सेयरको बिक्रि प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।

post image

कार्तिक २७ बिराटनगर  । बिराटनगरमा झन्डै ४ अर्ब लगानीमा भ्युटावर निर्माण हुने भएको छ । विराटनगर महानगरको अगुवाइमा भ्युटावर निर्माणको पहल सुरु भएको हो । यो अभियानमा स्वयं महानगरपालिका, संघीय र प्रदेश सरकारमात्र नभएर यहाँका उद्योगी व्यवसायीको साझा संस्था मोरङ व्यापार संघ, उद्योग संगठन, नागारिक समाजले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

उता महानगरेको यस अभियानलाई भने नगरवासी महानगरको विकासमा बालुवामा पानी हालेझैं भएको भन्दै टिप्पणी गरेका छन् । चार अर्ब महानगरको विकास निर्माणमा लगानी गर्दा कायापलट हुन सक्ने उनीहरुको भनाई छ । शो लगानी नगरबासीका लागि विकास निर्माण, स्वास्थ्य र शिक्षामा गर्ने राहत मिल्ने भनाई रहेको छ ।

गत आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबाहक मुख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यु टावर निर्माणस्थलको सामूहिक शिलान्यास गर्दै ४ वर्षभित्र निर्माण सम्पन्न हुने आश्वासन दिएका थिए ।

post image

कात्तिक २७,काठमाडौँ। सहकारीको रकम हिनामिना गरेको अभियोगमा दाङ प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ।

राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियास्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको भन्ने जाहेरीका आधारमा ऋण समितिका संयोजक सन्तोषकुमार गुप्तालाई कात्तिक २४ गते भालुवाङबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

यहि कात्तिक १८ गते उक्त सहकारी संस्थाका अध्यक्ष टेकबहादुर कार्की, कोषाध्यक्ष रामप्रसाद चौधरी र सदस्य शिवहरी चौधरीले ईलाका प्रहरी कार्यालय भालुवाङमा गुप्तासहित तीन जनाविरूद्ध रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिएका थिए।

त्यस्तै,राप्ती गाउँपालिका वडा नं. ५ पहरुवा निवासी तथा उक्त सहकारी संस्थाकी व्यवस्थापक रमिता चौधरी र उनका पति तथा संस्थाका पूर्व सचिव वसन्तकुमार चौधरीविरूद्ध पनि  ६६ लाख २९ हजार २ सय ४९ रुपैयाँ हिनामिना गरेको जाहेरी परेको छ। तर चौधरीका पति/पत्नी फरार रहेको हुँदा खोजी कार्य तीव्र पारिएको ईप्रका भालुवाङका प्रमुख एवं प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेले सेतोपाटीलाई बताए ।

यसैबीच,पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान गर्नको लागि दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरीले जानकारी दिइएको छ । पक्राउ परेका गुप्ता र फरार चौधरी दम्पत्तिविरूद्ध बैंकिङ कसूरसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको पाण्डेले बताए ।

post image

कात्तिक २६ , काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले कारोवार रकम तलमाथि परेको भन्दै आएको गुनासो हल्ला मात्रै भएको जनाएको छ ।

कारोवार रकमलगायतका विषयमा अन्योलता बढेपछि केही लगानीकर्ताले एउटा दलालको देखिरहेको मूल्य र अर्को दलालमा देखिरहेको मूल्य फरक परेको गुनासो आएपछि नेप्सेले आज एक विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । नेप्सेले अन्तर्राष्ट्रिय मान्यताअनुसारको प्रणाली जडान गरी प्रचलनमा ल्याएको र त्यस्तो प्रणाली जडान गर्दा केही दुविधा उत्पन्न हुनु स्वाभाविक भएको स्पष्ट पारेको छ ।

नयाँ कारोवार प्रणाली स्थापनापछि पनि बजार परिसूचक विधिमा परिवर्तन नगरिएको र त्यस सम्बन्धमा कुनै दुविधा नभएको नेप्सेले जनाएको छ । नयाँ प्रणाली सञ्चालनमा आएपछि लगानीकर्ताले सामाना गरेको मुख्य समस्या कारोवारको विवरणको अवस्था थियो । सो समस्या कारोवार प्रणालीसँग नभइ कारोवारको विवरण प्रसारण गर्ने माध्यममा भएको समस्या रहेको नेप्सेले जनाएको छ ।

कारोवार प्रणाली र बेवसाइट छुट्टाछुट्टै ‘डेटा सेन्टर’मा सञ्चालन हुने भएकाले प्रसारण गर्दा केही समस्या आएको भन्दै उक्त समस्या हाल समाधान गरिएको नेप्सेले स्पष्ट पारेको छ । नेप्सेले कात्तिक २० गतेदेखि अनलाइनमा आधारित पूर्ण स्वचालित प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा आएपछि कारोवार रकम तथा तथ्याङ्क हेर्न समस्या देखिँदै आएको थियो ।रासस

post image

कात्तिक २६, काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनीकेशन्स प्रा.लि. अन्तर्राष्ट्रीय अवार्डबाट सम्मानित भएको छ ।  एशियन ओसेइएन क्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले टोकियो, जापानमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वर्ल्डलिंक सम्मानित भएको हो ।

संस्थाले वर्ल्डलिंकलाई आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट सम्मानित गरेको छ । यो सँगै उक्त अवार्डबाट सम्मानित हुने वर्ल्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ ।

जापानको राजधानी टोकियोमा नोभेम्बर ८ विहिवार आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे ।

असोसिओले आफैंले आन्तरिक रुपमा मूल्यांकन गरेर वर्ल्डलिंकलाई उक्त अवार्ड प्रदान गरेको हो । वर्ल्डलिंकका २ लाख ७० हजारभन्दा बढी ग्राहक पुगेका छन् । कम्पनीले ७० भन्दा बढी जिल्लामा सेवा विस्तार गरेको छ ।  वर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, डाटा कनेक्टीभिटी र आइपिटिभी सेवा प्रदान गर्दै आएको छ ।

post image

कात्तिक २६, काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेड र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी बीच  बैंकास्योरेन्स  सम्झौता भएको छ ।

 महालक्ष्मी बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले बैंकास्योरेन्स सम्बन्धी सम्झौता गर्दै आएको छ ।

महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहकाबीच बैंकास्योेन्सको सम्झौतामा हस्ताक्षरगरेकाछन् ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंकबाट उक्त कम्पनीको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

post image

कार्तिक २६, काठमाडौं । अब दसैँसहित अन्य राष्ट्रिय चाडपर्वमा पनि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्ने भएको छ। बैंकिङ कार्यालय थापाथलीसहित अन्य क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण गरिने भएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार, दसैँमा मात्र नयाँ नोट वितरण गर्दा लामो लाइन लाग्ने गरेको र सर्वसाधारणबाट नयाँ नोट पाइन भन्ने गुनासो कहिले नघटेपछि अन्य चाडपर्वमा पनि वितरण गर्न लागिएको हो।

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीहरूले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट उपलब्ध हुने उनले जानकारी दिए।

दसैँसँगै नयाँ वर्ष, उभौली पर्वरबुद्ध जयन्ती, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्बरयोमरी पुन्ही ज्यापू दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा दिवसमा नयाँ नोट सटही गर्न पाइने भएको हो।

दसैँसहित सबै जातजातिको चाडपर्वमा नयाँ नोट दिएर सानवेशीताको सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ। वर्षैभरि सबै चाडपर्वमा नोट सटही गरिने भएकाले दसैँमा  यसअघि जस्तो छुट्टै काउन्टर नराख्ने राष्ट्र बैंकले जनाएको छ।

post image

कार्तिक २५, काठमाडौं । दीपज्योति टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो। प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ छ।

टुरिष्ट बस एशोसिएसन अफ नेपाल टिवानका अध्यक्ष प्रह्लाद लोहनीले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन सेवाले ठूलो सहयोग पुग्ने बताए। सन् २०२० सम्म २० लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न यस्ता सेवाले सहयोग पुग्ने उनको भनाइ छ। दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या परेको छ।

काठमाडौँको कान्तिपथबाट पर्यटक बोकेर देशका विभिन्न पर्यटकीय भूभाग जाने गरेका पर्यटकीय बस यतिबेला बसपार्कको अभावका कारण सोह्रखुट्टे सडकबाट यात्रु बोकेर जान बाध्य छन्।पर्यटन विकासका लागि एशोसिएसनले यसअघि पोखरा, सौराह र लुम्बिनीमा पर्यटक बस सञ्चालनमा ल्याइसकेको छ। आगामी दिनमा बर्दियामा समेत बस लैजाने लक्ष्य राखिएको अध्यक्ष लोहनीको भनाइ छ। हाल काठमाडौँबाट देशका विभिन्न भागसम्म पर्यटकलाई ओहोरदोहोर गराउन एक सयको हाराहारीमा पर्यटक बस सञ्चालनमा रहेका छन्। रासस

post image

कात्तिक २०,काठमाडौं ।  लोडसेडिङमुक्त तिहार मनाउन लागिएको तीन वर्ष भएको छ। नेपाल विद्युत् प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौं उपत्यकालगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो। त्यसरी गरिएको परीक्षण सफल भएपछि लोडसेडिङको मार खेप्नु नपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताए। ‘लोडसेडिङ अन्त्य भएको यो समेत गरेर तीन तिहार हुन्छ,’ उनले भने, ‘त्यसअघि दैनिक १२–१३ घन्टा लोडसेडिङ हुने गरेको थियो।’

कसरी लोडसेडिङमुक्त बनाउन सफल हुनुभयो भन्ने प्रश्नमा कार्यकारी निर्देशक घिसिङले भने, ‘कुशल व्यवस्थापनबाट नै यो सफल भएको हो।’ प्राधिकरणले मुख्यतया चार पक्षलाई बढी जोड दिएका कारण लोडसेडिङमुक्त गर्न सफल भएको घिसिङले बताए। ‘व्यवस्थापन उचित तवरले (सञ्चालन, प्राविधिक, माग पक्ष र टिक वर्क) मिलाउन सकिएका कारण लोडसेडिङ हुनबाट बचाउन सकिएको हो,’ घिसिङले भने, ‘चारवटै पक्षलाई एकैसाथ अगाडि बढाउन नसकिएको भए लोडसेडिङ हटाउन सम्भव थिएन।’ व्यवस्थापन मिलाउन सकेकै कारण सफलता हात पार्न सकिएको घिसिङले बताए।

‘तीन वर्षको तिहारअघि कतै बिजुली फालाफाल थियो, त्यसलाई मिलाउने काम गरियो,’ उनले भने, ‘त्यसैगरी, कमसल प्राविधिलाई फेरबदल गरेर मजबुत बनाउने काम भयो। त्योभन्दा ठूलो काम बिजुली खपत गर्ने उपभोक्ताको मन जित्न सकियो।’ बिजुली आपूर्ति नियमित नहुने भनेपछि उपभोक्तले इन्भर्टर, ब्याट्रीलगायत उपकरण चार्ज गर्ने र बिजुलीको जोहो गर्ने गर्थे। बिजुली सधैं आउँछ भन्ने विश्वास दिलाउँदा लोडसेडिङ हटाउन गर्न सफल भएको कार्यकारी निर्देशक घिसिङले बताए। ‘पर्सिदेखि पेट्रोलियम पदार्थ पाइँदैन है भन्नासाथ भोलिदेखि नै पेट्रोल भर्नेको लाइन लागेजस्तै बिजुलीमा पनि त्यस्ते हुन्छ,’ उनले भने, ‘लोडसेडिङ हुन्छ है भनेपछि बिजुलीको जोहो गर्न इन्भर्टर, ब्याट्री जोडन पुग्छन्, तर हामीले बिजुली जादैन सधैं आउँछ है भन्ने सकारात्मक सन्देश दिएका कारण लोडसेडिङ हटाउन सफल भयौं।’

प्राविधिक कारणबाहेक आउँदो तिहारमा देशभर लोडसेडिङ नहुने कार्यकारी निर्देशक घिसिङले बताए। ‘तिहारमा लोडसेडिङ हुन नदिन पहिलेदेखि नै तयारीमा जुटेको छौं,’ उनले भने, ‘कमसल खालका टान्सफर्मर फेर्ने, प्रसारण लाइनलाई मजबुत बनाउने लगायत काम गरेका छौं।’ तिहार आउनु एक–दुई दिनअघिमात्र काम गरेर हुँदैनथ्यो, त्यसैले पहिलादेखि नै तयारीमा जुटेको उनको भनाइ छ। पोहोर तिहारमा जस्तै यस वर्ष पनि बिजुली जान नदिने कुलमानले दोहो-याए।

post image

कात्तिक १९,काठमाडौँ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेप्से परिसूचक ११ दशमलव ९२ बिन्दुले बढेर एक हजार २१९ दशमलव २० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ५१ बिन्दुले वृद्धि भई २५९ दशमलव ३२ बिन्दुमा पुगेको छ । नेप्सेमा वृद्धि भएपनि कारोवार रकममा भने वृद्धि हुन सकेन । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १५५ कम्पनीको आठ लाख २२ हजार २०७ कित्ता शेयर रु २४ करोड ४५ लाख ७० हजार ५५२ मूल्यमा खरीद बिक्री भएका छन् ।

अधिकांश उपसमूहको शेयर कारोवारमा वृद्धि हुँदा बजार हरियाली भएको हो । बैङ्किङ ११ दशमलव ५२, होटल ३७ दशमलव ६२, विकास बैङ्क १३ दशमलव ५९, जलविद्युत् ७ दशमलव ५९, वित्त २ दशमलव शुन्य सात, निर्जीवन वीमा ८७ दशमलव ४५, उत्पादन शून्य दशमलव ७, अन्य २ दशमलव ९, माइक्रोफाइनान्स १७ दशमलव ९८ र जीवन बीमा ४९ दशमलव ६२ बिन्दुले बढेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा सिर्जना फाइनान्स, अरुण काबेली पावर लिमिटेड र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।

post image

कात्तिक १८, काठमाडौं । सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निमित्त  सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपाल र एन आई सि एशिया बैंकबीच सम्झौता भएको छ  ।  उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एन आई सि एशिया बैंकको तर्फवाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरे ।

नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउने भन्ने निति एंव कार्यक्रम रहेको छ ।यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउन संभव हुने विस्वास छ ।

सम्झौता बमोजिम एन आई सि एशिया बैंकले आफ्ना  देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिङ्ग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ ।

post image

कात्तिक १९,काठमाडौँ । जावालखेलमा आयोजित बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी पुष्प मेला सम्पन्न भएको छ । मेलामा ४४ हजार ५ सय जनाले अवलोकन गरेका छन् भने ४ दिनमा ६२ लाख रुपैंयाको कारोबार गर्दै आइतबार पुष्प मेला सकिएको छ ।

मेलामा तेस्रो दिनसम्ममा मात्र ३९ हजार बढीले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्तमेलाको अन्तिम दिनआइतबार मात्र ५ हजार बढीले अवलोकन गरेका छन् । आइतबार मात्र साढे ११ लाख रुपैंयाको फूलबिक्री  भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ ।

प्रदेश नं ३ को भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एशोसिएसनले मेला आयोजना गरेको थियो । उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका कारण अपेक्षित तथ्यांकभन्दा धेरै कारोबार भएको एशोसिएसनले जनाएको छ ।

मेलामा पहिलो दिन ९ हजार ५ सय अवलोकनकर्ता पुग्दा करिब १३ लाख रुपैंयाको कारोबार भएको थियो । दोस्रो दिन १२ हजार बढीले अवलोकन गरेको मेलामा १६ लाख ५० हजार बढीको कारोबार भएको थियो । तेस्रो दिन शनिबार विदा परेका कारण १७ हजार अवलोकनकर्ता पुगेको मेलामा२१ लाख रुपैंयाको कारोबार भएको थियो ।

चार दिनसम्म मेला सञ्चालन हुँदा ४५ लाख रुपैंया बाराबरको कारोबार हुने अपेक्ष गरिए पनि ६२ लाख रुपैंयाभन्दा बढीको कारोबार भएको हो ।

प्रदर्शनीमा ४५० भन्दा बढी जातकाफूलका ४८ वटा कक्ष समावेश थिए । प्रदर्शनीमा तिहारका लागि प्रयोग हुने गोदावरी फूलका विभिन्न प्रकार स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो । ‘रोपेर फुल गोदावरी सजाऔं घर आँगन वरिपरि’भन्ने मूल नाराका साथ सम्पन्न भएको प्रदर्शनीमा गोदावरीका साथै तिहारमा घर सजावटका लागि प्रयोग हुने फूलहरू बढी विक्री भएका छन् ।

२०११ देखि नेपाल प्राइभेट नर्सरी स्थापनासँगै सामान्य स्तरमा शुरु भएको फुल व्यवसाय आर्थिक गतआर्थिक वर्षको अन्त्यसम्ममा४३ जिल्लामा विस्तार भइसकेको छ ।

post image

कात्तिक १९,काठमाडौँ । स्वरोजगार लघुवित्त  को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड रुपैयाँ खुद नाफा गरेको छ । कारोबार विस्तारबाट ब्याज आम्दानी बढेपछि लघुवित्तले गत वर्षको तुलनामा २४ लाख ३० हजार रुपैयाँ अर्थात ३१.९८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा ७५ लाख ९५ हजार रुपैयाँ थियो । २६ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १६ करोड ३४ लाखले बढेको छ भने जगेडा कोष ७९ लाख ३८ हजारले घटेको छ ।

चुक्ता पूँजी १५५ प्रतिशतले बढाएपछि गत वर्ष रहेको लघुवित्तको बार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा घटेर १४ रुपैयाँ ९४ पैसामा संकुचित भएको छ । त्यसैगरी स्वरोजगार लघुवित्तले असोज मसान्तसम्ममा ५३ करोड २३ लाखको निक्षेप संकलनलाई ८७ करोड २८ लाख र एक अर्ब ४९ करोडको कर्जा लगानीलाई दुई अर्ब २९ करोड ११ लाखमा बढाएको छ ।

कारोबार विस्तारबाट लघुवित्तले तीन महिनामा खुद ब्याज आम्दानी ४ करोड २५ लाख रुपैयाँ गरेको छ । लघुवित्तले गत वर्ष भन्दा खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढोत्तरी गरेको हो ।

post image

कात्तिक १८, काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफुले दिने भनेको लाभांशमा हेरफेर गरेको छ । परिमार्जित लाभांश अनुसार लाइफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैंठकले सो लाभांश दिने निर्णय गरेको हो । यसअघि साउन २४ गते बसेको बैठकले २०७३/०७४ को मुनाफाबाट ३६ प्रतिशत बोनस सेयर र  कर तिर्नको लागि १.८९ प्रतिशत नगद लाभांश बाड्ने निर्णय गरेको थियो ।

स्वीकृतिका लागि वीमा समिति पठाएको सो निर्णमा समितिले संसोधन गरेर फेरी पेश गर्न निर्देशन दिएपछि लाइफ इन्स्योरेन्सले आफुले दिने लाभांश घटाएको छ ।

परिमार्जित लाभांश वीमा समितिको स्वीकृति र कम्पनीको  आगामी साधारणसभाले पारित गरेपछि वित्तरण हुनेछ । हाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार रुपैयाँ छ ।

post image

कार्तिक१७,काठमाडौं । नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो । सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।

पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राट्रिय उड्डयन संगठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

थाइल्यान्डको बैंककमा दुई पक्षीय वार्तापछि भएको हवाई सेवा सम्झौता समझदारी पत्रमा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र थाइल्यान्डका नागरिक उड्डयन निकायका महानिर्देशक चुला सुकामानोपले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एक सातामा दुवै पक्षले २८ उडान गर्नसक्ने र जुनसुकै वायुयान प्रयोग गर्न पाउने भएका छन् ।

post image

कात्तिक १६, काठमाडौं । नबिल बैंक र नर्भिक अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएकोे छ । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि उक्त सम्झौता भएको हो ।

सम्झौता बमोजिम नर्भिक अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३०% को विशेष छुट, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान–एमआरआई, मेमोग्राम, सर्जिकल चार्ज लगायत शल्यक्रिया शुल्कहरुमा १०% को विशेष छुट त्यसैगरी अस्पताल भर्ना हुंदा लाग्ने बेड चार्जमा ५% को विशेष छुट दिने सहमती भएको छ ।

माथि उल्लिखित छुटहरुका साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्घ शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

post image

कात्तिक १६, काठमाडौँ।  नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान ‘अन्नपूर्ण’ एयरबसमा समस्या आएपछि कतारको दोहामा ग्राउन्डेड भएको छ।

कतारको समय अनुसार शुक्रबार बिहान २ बजेर ५० मिनेटमा उडेर काठमाडौँमा बिहान १० बजे अवतरण गर्नुपर्ने सेड्युल रहेको विमानमा २४७ यात्रु थिए। ‘चार घण्टा भइसक्दा पनि हामीलाई किन उडान ढिला भयो भन्ने बारे कुनै जानकारी दिइएको छैन’, दोहाको विमानस्थलमा रहेका यात्रुले बताए।

निगम स्रोतका अनुसार जहाजको ब्रेकमा समस्या आएको पाइलटले जनाएका छन् भने कतारका हवाई इन्जिनियरले भने इन्डिकेटरमै समस्या आएको बताएका छन्। अहिले कतारकै हवाई इन्जिनियरले विमानको जाँच गरिरहेको र मर्मत गरेर नेपाल ल्याउने तयारी भइरहेको छ।

नेपाल वायुसेवा निगमको नयाँ वाइडबडी ए ३३०-२०० विमान ‘अन्नपूर्ण’ एयरबस किनेर चलाउन थालेको चार महिना नपुग्दै बिमानमा समस्या आएको हो ।

post image

कात्तिक १६ , पशुपतिनगर । सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ ।  यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो ।

पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा सार्वजनिक यातायातमा अनिवार्य यात्रुलाई टिकट दिने कार्य शुरु भएको हो ।

सूर्योदय जिप तथा ट्याक्सी कम्पनी प्रालिको आयोजनामा बिहीबार सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यातायात व्यवसायीका प्रतिनिधिलाई टिकट बुक हस्तान्तरण गरे । उहाँले यात्रुलाई प्रदान गरिने टिकटमा ठाउँको समेत नाम राखेर भाडादर लेखिनुपर्नेमा जोड दिए ।

सरकारले इलामको फिक्कलबाट विर्तामोडसम्म रु १५०, इलामसम्म रु १५०, पशुपतिनगरसम्म रु ५०, कुटिडाँडासम्म रु ५०, श्रीअन्तुको भञ्ज्याङसम्म रु १२० र तीनघरेसम्म रु ५० भाडादर निर्धारण गरेकोे छ ।त्यस्तै फिक्कलबाट नयाँबजारसम्म रु १८०, गोर्खेसम्म रु १०० भाडादर तोकिएको छ । रासस

post image

कात्तिक १५, काठमाडौँ ।  काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई ग्रुप र बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लावीच खेल सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन्।

यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने आइएमइएले जनाएको छ। यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

यो सम्झौता २०७५ साल मङ्सिर ०१ गतेबाट दुई वर्षसम्म कायम हुनेछ । यो सम्झौतापछि करिव चार (४) हजार कर्मचारीहरु र लाखौँ सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्

post image

कात्तिक १५, ललितपुर ।  १२ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी तथा मेला सुरु भएको छ । प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेको उक्त मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ । ललितपुरको जावलाखेल खेल मैदानमा बिहीबारबाट सुरु भएको मेलागोदावरी फूलको व्यवसायीक विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।  फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष यो मेला आयोजना गर्दै आएको छ । एशोसिएसनका बरिष्ठ उपाध्यक्ष मीनबहादुर तामाङले नेपालमा २०११ बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै काठमाडौ उपत्यका बाहेक पोखरा, नारायणघाट, हेटौडा लगायतका शहरमा समेत फैलदै गएको बताए ।

एशोसिएसनका अनुसार आर्थिक बर्ष २०७४–७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले यो व्यवसाय गरिरहेका छन् । त्यस्तै ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको र १५५ हेक्टर क्षेत्रफलमा व्यवसाय हुँदा ४३ हजार ५ सय बढी यसमा आश्रित बनेका छन् । यो व्यवसायले पछिल्लो आर्थिक बर्षसम्म एक अर्व ८६ करोड सात हजार १९९ भन्दा बढि कारोबार भैसकेको छ ।  त्यस्तै पछिल्लो अर्थिक वर्षमा ११ करोड रुपैयाँको फुल आयात भएको तथा निर्यात २.३७२ करोड आयात भएको एसोशिएसनले जनाएको छ ।  यस वर्षको प्रतियोगितामा विजेता नर्सरीहरुको समेत घोषणा गरिएको छ । जसमा समझना नर्सरी पहिलो, टीटीआर कंलगामुखी दोस्रो तथा अजिमा नर्सरी तेस्रो भएका छन् ।

कार्यक्रममा ५ वटा नर्सरी उत्कृष्ठमा परेको समेत घोषणा गरिएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव, ललितपुरका प्रमुख जिल्ला अधिकारी बनस्पति विभागका महानिर्देशक र पुष्प व्यवसायीहरुले सहभागिता रहेको थियो ।  मेलामा ४४ वटा व्यवसायीक स्टल, सुचनामुलक ३ र गोदावरी फुलको प्रतिश्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । जसमा गोदावरी फूलका ४५ प्रकारका फुल विरुवासहित ४५० प्रकार भन्दा बढिका फूल विरुवा रहेको आयोजकले जनाएको छ ।

post image

कात्तिक १४, काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत पहिलो महिनाको एक लाख विजेता घोषणा भएको छ । उपहार घोषणा अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको १००,००० को मासिक लक्कीड्रमा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीेका प्रबन्ध निर्देशक चन्द्र टण्डनले वितरण गरे ।

लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १०,००० र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १००,००० जित्न सक्ने् उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२,००,००० जित्न सक्ने घोषणा भएको थियो ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १०,००० जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो ।

post image

कात्तिक १४, काठमाडौँ ।  देशको राजधानी काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन, सडक सञ्जाल, साझा नदीको उपयोग व्यवस्थापन, कर प्रणाली, पुरातात्विक तथा सांस्कृतिक पद मार्ग निर्माणलगायतका क्षेत्रमा साझा सोच, कार्यक्रम र योजना निर्माण गरी एकीकृत पद्धतिबाट काम गर्ने लक्ष्यसहित उपत्यकाका महानगर र नगरपालिकाले सामूहिक प्रतिवद्धता अघि बढाएका छन्। उपत्यकामा रहेका महानगर र नगरपालिकाले उपत्यका नगरपालिका फोरम बनाएर यस्तो प्रतिवद्धता अघि बढाएका हुन्। काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संयोजक रहेको उपत्यका नगरपालिका फोरमले ललितपुरमा पहिलो विस्तारित बैठक सम्पन्न गर्दै उपत्यकालाई संसारकै उन्नत सहर बनाउने प्रतिवद्धतासमेत व्यक्त गरेको छ।

बैठकमा काठमाडौं उपत्यकाको प्राकृतिक विशिष्ठता र यसको गरिमालाई मानवीयक्रियाकलापबाट जोगाएर संसारकै उन्नत सहर निर्माणगर्ने विषयमा छलफल भएको मेयर शाक्यले जानकारी दिए।
बैठकमा फोहोरमैला व्यवस्थापनका विषयमा बढी केन्द्रित भएर छलफल गरेको पनि मेयर शाक्यले जानकारी दिए।  बैठकमा फोहोरमैला व्यवस्थापनको दिगो समाधानका लागि उपत्यकाका नगरको एउटै धारणा बन्नुपर्ने, त्यसका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहकार्य गर्नेलगायतका विषयलाई महत्वका साथ उठाएको शाक्यले जानकारी दिए। बैठकले मानव र समग्र चराचर जगतको अन्तःस्करणलाई आहत गर्ने अवस्थालाई न्यूनीकरण गर्न तथा काठमाडौं उपत्यकाको समुन्नति र समृद्धिकालागि स्वच्छ हावामा सास फेर्न, शुद्ध पानी पिउन, शान्त र सौम्य पर्यावरणमा रम्न पाउने तथा उर्वर र हरियाली युक्त जमिन तथा जलचरको सुरक्षित आश्रयस्थलसहितको स्वच्छ नदी र यसको उपयोगलाई न्यूनतम मापदण्ड मानेर घोषणा जारी गरेको हो।

बैठकपछि जारी गरेको नौँ बुँदे विज्ञप्तिमा काठमाडौं उपत्यकाको वातावरणीय प्रदूषणलाई न्युनीकरण गरी बस्न योग्य, जीवन्त तथा उन्नत सहर बनाउन महानगरपालिका/नगरपालिकाहरु संयुक्त तथा एकल रुपमा कार्य गर्ने, वातावरण सम्बन्धी नीति, कानुन र मापदण्ड तर्जुमा गर्न तथा प्रभावकारी कार्यान्वयन गरी प्रदुषण घटाउन संस्थागत संरचनाहरु परिचालित गर्ने उल्लेख गरिएको छ। ‘स्वच्छ वातावरणमा नवजीवनका लागि अत्यावश्यक भएकोले काठमाडौं उपत्यकाको हालको प्रदुषणको मात्रालाई क्रमशः न्यूनिकरण गर्दै जानेछौं,’ नौँ बुँदेमा भनिएको छ, ‘स्स्वच्छ तथा स्वस्थ वातावरण मानवको मौलिक हक तथा नैसर्गिक अधिकार भएकोले यसतर्फ काठमाडौं उपत्यका भित्रका स्थानीय सरकारहरु सचेत, संवेदनशील र मानव हित प्रबद्र्धन गर्न कटिबद्ध छौँ।’

बैठकमा नगरपालिका यातायात गुरुयोजना, सडक यातायात, करको दर र एकरुपता कायम गराउने विषय, जग्गा विकास आयोजना सञ्चालन, खरिद ऐनमा एक रुपता, प्रदुषण नियन्त्रण प्रयास, प्रदुषण शुल्क र यसको उपयोग, सामुदायिक र सरकारी बन, नियमावली निर्माण र कार्यान्वयनजस्ता विषयमा पनि गहन छलफल भएको थियो। बैठकमा उठेका विषयहरुमध्ये कतिपय नीतिगत व्यवस्था गर्नु पर्ने र कतिपय कार्यान्वयन गर्नु पर्ने भएकोले विषयलाई कार्यसमितिले बर्गीकरण गरेर आगामी बैठकमा प्रस्तुत गर्ने तयारी गरेको पनि उपत्यका नगरपालिका फोरमले जानकारी दिएको छ। उपत्यकाको दिगो विकासका लागि साझा धारणा तय गर्ने भन्दै गत भदौ २२ गते उपत्यका नगरपालिकाका प्रमुख र उप-प्रमुखको भेलाले उपत्यका फोरमको गठन गरेको हो।  ११ सदस्यीय कार्य समिति रहेको फोरमको उप-संयोजकमा ललितपुर महानगरका उप-प्रमुख गीता सत्याल र सचिवमा मध्यपुर ठिमी नगरका प्रमुख मदनसुन्दर श्रेष्ठ छन्।

कार्यसमिति सदस्यमा काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख धनश्याम गिरी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल र टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरको चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र छन्।

post image

कात्तिक १४, भीमदत्तनगर। वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किए । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन् ।

“विदेशको काम र दुःखभन्दा त आफ्नै खेतबारीमा काम गर्नु लाभदायक छ ।” धामीले भने, “घर परिवारसँगै रहेर गाउँघरमै काम गर्नुको मज्जा नै बेग्लै छ ।” लामो समय आफ्ना अभिभावक गाउँमा केराखेतीमा होमिएको विगत सुनाउँदै धामीले पछिल्लो समय चार बिघा खेतमा फलफूल खेती गरिरहेको जानकारी दिए । “बुवा-बाजेले शुरुमा केराखेती गर्नुभयो”, उनले भने, “नयाँ खेती गर्ने सिलसिलामा केही वर्षयता फलफूल खेती गर्दैछु ।” आँप, लिची र कटहर खेती गर्दै आएका धामीले जुम्लामा पनि स्याउखेती गर्न १० रोपनी जग्गा खरिद गरिसकेको बताए ।

“अब माघ, फागुनमा जुम्ला गएर स्याउखेती गर्ने योजना बनाएको छु,” उनले भने, “विदेशको श्रम यहाँ गरे खेतबारीमै सुन फल्छ ।” व्यावसायिक रूपमा फलफूल खेती गरिरहेका धामीले तीन पुस्ता नै नगदे बालीमा लागेको बताए । यहाँ उत्पादन हुने गरेको फलफूल भीमदत्तनगर, अत्तरिया र धनगढीलगायतका बजारमा खपत हुने गरेको छ । “हामीले उत्पादन गरेको फलफूल ठेकेदारमार्फत बिक्री वितरण गर्छौँ,” उनले भने, “अहिले दुई वर्षका लागि आठ लाखमा ठेक्का दिएका छौँ ।” बेलाबखत कृषि कार्यालयबाट हुने गरेका प्राविधिक तालीमसमेत लिएका धामीले आफ्नो पुरै समय बगैँचामा खर्च हुने गरेको बताए ।

“पानी हाल्नेदेखि फल आएका बेला औषधि छर्किने काम आफैँ गर्छु,” उनले भने, “यहाँ थोरै परिश्रममा धेरै कमाई गर्न सकिन्छ ।” फलफूलसँगै बिरुवा उत्पादन गरी बिक्री वितरण गर्ने नर्सरी सञ्चालनको समेत तयारीमा रहेका फलफूल कृषक धामीले कृषिलाई नै पेशा बनाएर जीविका चलाउने बताए । “सरकारले दिने अनुदान रकम हामीजस्ता युवा किसानलाई दिए व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुन्थ्यो,” उनले भने, ‘कृषिमा लाग्न प्रोत्साहन गर्न पनि युवा कृषकलाई अनुदान दिनु आवश्यक छ ।” रासस

post image

कात्तिक १३, काठमाण्डौ ।  धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष) को अवस्था पनि खराब देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ ।

शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य रु ११ रहेको छ । यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैयाँ २५ पैसा रहेको छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल रहेको छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य रु १० रहने गरेको छ तर शेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ ।

सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा रहेको छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब रहेको छ । सो कोषको बजार पूँजीकरण रु ७८ करोड ६४ लाख रहेको छ । स्टकका अनुसार ग्लोबल आइएमइ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । रु ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ छ पैसा रहेको छ ।

बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा रहेको छ । रु एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो ।

यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा रहेको छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु पाँच अर्ब ७५ करोड रहेको छ ।

बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब रहेको छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण रु एक अर्ब ८० करोड रहेको छ ।

सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल रहेको छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ६५ करोड १० लाख रहेको छ । त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम रहेको छ । बजार पूँजीकरण रु ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा रहेको छ ।

एनआइसी एशिया बैंकको प्रवद्र्धनमा रहेको एनआइसी एसिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण रु ७७ करोड ३३ लाख ९५ हजार २०० रहेको छ ।

एनएमबी बैंकको प्रवद्र्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि शेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण रु नौ अर्ब ४२ करोड रहेको छ ।

लगानीकर्ताको मुख्य आर्कषणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ । सोही बैंकको प्रबद्र्दनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक रहेको छ ।

प्रतिएकाइ रु तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण रु ९९ करोड ३७ लाख ५० हजार रहेको छ । सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल रहेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १९ करोड ९९ लाख रहेको छ ।

सिद्धार्थ बैंकले प्रबद्र्दनमा गरेको दुई वटा योजनामध्ये एकको प्रतिएकाइ रु एक नाफामा छ भने अर्कोको घाटामा रहेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा रु एक नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण रु एक अर्ब १० करोड रहेको छ । यस्तै सिदार्थ इक्विटी फण्डको अवस्था कमजोर रहेको छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने रु एक अर्ब ३८ करोड ४५ लाख रहेको छ ।

post image

कात्तिक १३, काठमाडौँ।  बीमा कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउँने भएका छन् । बीमा समितिले जारी गर्न लागेको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा गरिएको व्यवस्था अनुसार कम्पनीहरुले बिदेशमा पनि शाखा सञ्चालन गर्न पाउने भएका छन् ।

कम्पनीहरुले विदेशमा शाखा सञ्चालन गर्नको लागी भने बीमा समितिमा आवेदन दिनुपर्नेछ । त्यसैगरी सम्बन्धित मुलुकको ऐन अनुसार निर्धारित पूँजी समेत कायम गर्नुपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गरेको कुनै पनि कम्पनीले विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्नेछन् । यसका लागी कम्पनीले सम्बन्धित स्थानकोे सम्भाव्यताको अध्ययन गरी समितिमा बुझाउँनुपर्नेछ ।

निर्देशिकाले बीमा कम्पनीहरुलाई गाउँपालिकामा जान प्रेरित गरेको छ । शाखा स्थपना गर्नु अघि समितिको स्वीकृति लिनुपर्नेछ । तर, गाउँपालिकामा स्थापना गर्ने हो भने स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । काठमाण्डौ उपत्यका भित्र पनि चक्रपथ बाहिर शाखा सञ्चालन गर्नेलाई प्राथमिकता दिईने निर्देशिकामा व्यवस्था गरिएको छ । निर्देशिका अनुसार काठमाण्डौ उपत्यका बाहिर तीनवटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात मात्र काठमाडौ उपत्यकाभित्र एक शाखा खोल्न स्वीकृति प्रदान गरिने व्यवस्था गरिएको छ ।

निर्देशिकाले बीमकले क्षेत्रीय कार्यालय पनि स्थापना गर्न सक्ने व्यवस्था पनि गरेको छ । एउटा क्षेत्रिय कार्यालय अन्र्तगत १० वटा शाखा कार्यालयहरु रहने व्यवस्था गर्नुपर्नेछ । सोमध्ये ३० प्रतिशत शाखा कार्यलयहरु ग्रामिण स्थानमा सञ्चालनमा रहेको हुनुपर्नेछ ।

post image

कात्तिक १२, काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार १३ अंब बढीको गिरावट आएको कारोबार सोमबार १०.५६ अंकले घटेको हो ।

१० दशमलव ५६ अंकले ओरालो लागेर नेप्से परीसूचक १ हजार २ सय १६ दशमलव ९३ अंकमा आइपुगेको छ । नेप्से परीसूचकसँगै काराबार रकम पनि घटेको छ ।

आइतबार ३२ करोड रुपैयाँ बढीको कारोबार भएकोमा सोमबार कारोबार रकम २५ करोड रुपैयाँ पनि पुग्न सकेन । दिनभरमा कुल १ सय ६० कम्पनीको ४ हजार ५ सय ३२ कारोबारबाट ९ लाख ८७ हजार ३ सय २१ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबार रकम २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाँमा रोकिएको सोमबार सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्सको प्रमोटर सेयरको भएको छ । गोर्खाज २ करोड ५७ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

post image

कात्तिक १२,काठमाडौँ । वाणिज्य बैंकहरूमा देखा परेको तरलता संकट तत्काल समाधान गर्न अर्थमन्त्रालय र केन्द्रीय बैंक बीचको छलफल सकारात्मक बन्दै गएको छ ।

केन्द्र सरकारले स्थानीय तहका लागि पठाउने करिब ९० अर्ब रूपैयाँ बराबरको रकम तत्काल वाणिज्य बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न दिन मन्त्रालय र राष्ट्र बैंकबीच सघन छलफल जारी छ ।

स्थानीय तहमा पठाईने उक्त रकम राष्ट्र बैंकले नै संचित गर्दैै आएको र सरकारी निर्देशन आए उक्त रकम बाणिज्य बैंकहरूलाई दिन कुनै समस्या नरहेको राष्ट्र बैंक बैंकिङ कार्यालयका कार्यकारी निर्देशक झलक शर्मा आचार्यले जानकारी दिए।

आचार्यका अनुसार तरलताको समस्या चर्किदैं गएपछि अर्थमन्त्रालयसंग छलफल अगाडी बढेको थियो । आचार्यले भने रकम पठाउने विषयमा सरकार पनि नकारात्मक होईन तर सरकारको आर्थिक सल्लाहकारको हैसियातमा राष्ट्र बैंकले रकमको जोखिमबारे सरकार स्पष्ट हुनु पर्ने धारणा छलफलमा राखेको हो ।

आचार्यले भने निक्षेपको रुपमा उक्त रकम जम्मा गर्न दिँदा पर्न सक्ने असरबारे विस्तृतमा अध्ययन अझै जारी छ। उक्त बजेट बाणिज्य बैंकमा पठाउँदा अर्थतन्त्रमा असर पर्दैन भन्नेमा सरकार आस्वस्त भए औपचारिक निर्णय आउने छ ।

post image

कात्तिक १२,काठमाडौँ ।  नेपाली कामदारले अब कुनै शुल्क बिनानै वैदेशिक रोजगारीको लागि मलेसिया जान पाउने भएका छन ।  राजधानीमा सोमबार आयोजित एक विशेष समारोहकाबीच नेपाल र मलेसिया सरकारबीच आज भएको सम्झौताअनुरुप नेपाली कामदारले रोजगारीका लागि मलेसिया जाँदा कुनै शुल्क तिर्नु नपर्ने उल्लेख गरिएको छ ।

 नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसिया सरकारको तर्फबाट मानव संशाधन मन्त्री एम कुला सेगरनले ‘कामदार भर्ना, रोगजार र फिर्ता’ सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपालबाट रोजगारीका लागि मलेसिया जान थालेको दुई दशकपछि सरकारी तहमा पहिलोपटक यो ऐतिहासिक सम्झौता भएको हो । सम्झौताअनुसार मलेसियामा कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाई टिकक, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँचलगायत वापतका खर्चहरु सम्पूर्ण सम्बन्धित रोजगारदाताले नै व्यहोर्नु पर्नेछ ।

यस्तै अब मलेसिया सरकारले लगाउँदै आएको लेभी पनि नलाग्ने भएको छ।  यसअघि मलेसियन सरकारले कामदारबाट लेभी उठाउँदै आएको थियो । यसअघि मलेसिया जाने कामदारको करार अवघि ३ वर्ष रहेकोमा समझदारी पश्चान २ वर्ष कायम गरिएको छ । यस्तै रोजगारदाताले तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ ।

मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम नहुने गरी तलब भत्ता, एवमु् सुविधा पाउने व्यवस्था पनि सम्झौतापत्रमार्फत गरिएको छ । समझदारीअनुसार नेपाली कामदार मलेसियाको विमानस्थल पुगेको ६ घण्टाभित्र गन्तब्य स्थलमा लगिनुपर्ने, महिला कामदारको हकमा विशेष ख्याल गर्नुपर्ने, परिवारको निकट सदस्यको मुत्यु भएमा १५ दिनको छुट्टी दिइने पनि उल्लेख गरिएको छ ।

post image

कात्तिक ११,काठमाडौँ । मलेसिया नेपाली कामदार ‘निस्शुल्क’ लैजान सहमत भएको छ।  नेपाली कामदार मलेसिया लैजाँदा लाग्ने शुल्क मलेसियाली रोजगारदाताले नै व्यहोर्ने विषय समेटिएको श्रम सम्झौतामा सोमबार हस्ताक्षर हुने भएको हो। हस्ताक्षरका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलाशेगरण आज नेपाल आउँदै छन्।

नेपाली र मेलसियाको श्रम मन्त्रालय स्तरमा भएको वार्ताले कामदारको भिसा शुल्क, टिकट शुल्क रोजगारदाताले ब्यहोर्ने समझदारी जुटाएको थियो। त्यस्तै कामदारले मेनपावरलाई तिर्नुपर्ने सेवा शुल्क समेत रोजगारदाताले नै ब्यहोर्ने बुदाँसमेत सम्झौतामा समेटिएको छ। त्यस्तो सेवा शुल्क कामदारको पहिलो महिनाको आधा तलब हुनेछ।

गोकर्ण बिष्टले मन्त्री भएलगत्तै कामदारबाट मलेसियाले अनावश्यक रकम उठाएको भन्दै कामदार पठाउन रोक लगाउने निर्णय गरेका थिए। भिएलएनको नाममा भिसा प्रोसेसिङमार्फत् पैसा उठाएको भन्दै मन्त्री बिष्टले कामदार नपठाउने अडान राखेका थिए।

अब नेपालमा जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदारले तिर्नुपर्ने तर मलेसिया पुगेलगत्तै कामदारको तलबमा सो रकम रोजगारदाता कम्पनीले हालिदिनुपर्ने समझदारी हुन लागेको हो। मन्त्री बिष्टले सोमबार मलेसियासँग वार्ता हुने बताए।

post image

कात्तिक  ११, काठमाडौँ । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा रु २५ लाख र रु १५लाख ऋण नपाउने भएका छन् ।

भूकम्पलगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा रु १५ लाख र उपत्यकामा रु २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म दुई प्रतिशत ब्याजदरको ऋण करिब एक हजार ३०० पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्था हटाइएको हो ।

अब ऋण लिनका लागि सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने गरी रु एक अर्बको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

‘भूकम्प पीडितलाई निजी आवास पुनः निर्माण गर्न, कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारी सिर्जना गर्नेलगायत प्रयोजनका लागि सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ल्याएको छ”, उनले भने । यो कार्यविधि आएपछि कात्तिकदेखि नै दुई प्रतिशत ब्याजदरको ऋण प्रवाह रोकिएको हो । यसअघि दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख ऋण लिएकाले भने पाँच वर्षमा साँवा र दुई प्रतिशतका दरले नै ब्याज तिरिसक्नुपर्नेछ ।

यो कार्यविधि मन्त्रिपरिषद्ले गत भदौ २१ गते स्वीकृत गरेको हो । कार्यविधिअनुसार दोस्रो किस्ता नलिएका भूकम्प पीडितले रु तीन लाख सहुलियतपूर्ण कर्जा पाउनेछन् । कर्जा पाउन पीडितले बैंक तथा वित्तीय संस्थामा कर्जा आवेदन फारम, लाभग्राहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वघोषणा, निजी आवास पुनः निर्माण अनुदानको सम्झौतापत्रको सम्बन्धित स्थानीय तहका प्रशासकीय अधिकृतबाट प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

यसैगरी अनुदान सम्झौता गरेको वडा र सम्बन्धित स्थानीय तहबाट हालसम्म निजी आवास अनुदानको दोस्रो किस्ताका लागि निवेदन नदिएको व्यहोरा सम्बन्धित वडा सचिव र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरेको सिफारिश पत्र एवं धितोका लागि आवश्यक लालपूर्जालगायत आवश्यक कागजात पेश गरेको २१ दिनभित्र कर्जा दिन बैंकर्स एशोसिएशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको सहप्रवक्ता घिमिरेले बताए । सहुलियतपूर्ण ऋण दुई प्रतिशत ब्याजदरको भन्दा सहज हुने प्राधिकरणले जनाएको छ ।

वि.सं २०७२ वैशाख १२ गतेको भू्कम्पले भत्किएका निजी आवास पुनःनिर्माण चालु आर्थिक वर्षमा सक्ने सरकारको लक्ष्य छ । प्राधिकरणले पाँच लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरेको थियो । त्यसमध्ये आठ लाख ११ हजार ५८७ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् ।

लाभग्राही सूचीमा परेकामध्ये सात लाख २८ हजार ७४८ परिवारले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २३ हजार ३७६ ले पहिलो किस्ता बुझेका छन् । घरको जग निर्माण गरी पाँच लाख ९० हजार ६० पीडितले दोस्रो किस्ता लिइसकेका छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख ९१ हजार ८६५ पुगेको प्राधिकरणले जनाएको छ ।

लाभग्राही सूचीमा नपरेका दुई लाख ३७ हजार ८५ जनाले गुनासो दर्ता गराएका थिए । दुई लाख पाँच हजार ५८४ गुनासो पुनरावलोकन भइसकेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले बताए । सर्वेक्षण र गुनासो व्यवस्थापनबाट प्रबलीकरण सूचीमा ६१ हजार ८९१ लाभग्राही छनौट भएका छन् । रासस

post image

कात्तिक  ११, काठमाडौँ । आँखुखोला हाइड्रोपावरको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ। कम्पनीले असोज २३ गतेदेखि १३ लाख ७६ हजार २० कित्ता शेयर निष्काशन गरेको थियो । जसमा आवेदन सदर भएका सबै आवेदकले शेयर पाउने निश्चित भएको छ ।

कूल निष्काशन गरेको आईपिओ मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ । कम्पनीको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निदेशिका अनुसार बाँडफाँड हुनेछ ।यस अनुसार सबै आवेदकले कम्पनीको शेयर न्युनतम १० कित्ता पाउनेछन् । अधिकतम शेयर प्राप्त गर्नेले २० कित्ता प्राप्त गर्नेछन् ।

कम्पनीको सेयरमा आवेदन गरेका मध्ये ४७ हजार ४ सय जनाले २० कित्ताको दरले सेयर पाउने गरी मोडल तयार भएको छ । कम्पनीको आईपिओमा परेका आवेदन मध्ये ६१ व्टा आवेदन रद्ध भएका छन् । कम्पनीको सेयरमा ८३ हजार ३ सय १६ जना लगानीकताले आवेदन गरेका थिए ।

क्यापिटलका अनुसार कम्पनीको सेयरमा ४.४३ गुणा बढी आवेदन परेको हो । कर्मचारीका लागि २७ हजार ५ सय २० कित्ता सेयर छुट्याइएकोमा जम्मा ५ जनाले ५९ कित्ता सेयर मात्र माग गरेका छन् । कर्मचारीले नकिनेको २७ हजार ४ सय ६१ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बितरण गर्ने मोडलमा उल्लेख छ ।

post image

कात्तिक  ७ , काठमाडौँ । चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा यातायात व्यवसायीले मनपरी भाडा असुलीरहेका छन्। पूर्वको धरान-धनकुटा-तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराई–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीका व्यवसायीले मनपरी भाडा लिइरहेका हुन्।

चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीसाधनमा धेरै सास्ती व्यहोर्न बाध्य भएका छन्। धरानबाट तेह्रथुमको म्याङलुङसम्म चल्ने साना जिप, बोलेरो, ट्याक्सीलगायत गाडी व्यवसायीले निर्धारितभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन्।

व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिएका यात्रुले बताएका छन्। धरान–तेह्रथुम खण्डमा यसअघि ५०० भाडा लिने गरिएकामा अहिले हजार रुपैयाँसम्म भाडा उठाइरहेका छन्। दशैं बित्न लाग्दा चल्न थालेका बसमा समेत म्याङलुङ–संक्रान्तिबजार (करिब ६५ किमि) सडक खण्डमा प्रतिव्यक्ति ६०० रुपैयाँ भाडा उठाइरहेको यात्रुले गुनासो गरेका छन्।

आठराइ–फिदिम–इलाम–झापा सडक खण्डमा गुड्ने गाडीमा समेत जथाभावी भाडा असुलिरहेका छन्। यस्तै धरान–धनकुटा खण्डमा समेत निर्धारितदरभन्दा दोब्बर बढीसम्म भाडा लिइरहेका छन्। दुर्गम गाउँसम्म सडकको पुहँच त पुगेको छ तर, चाडपर्वका बेला मौका छोपेर व्यवसायीले यात्रुसँग ठगीधन्दा चलाइरहेका छन्।

रिजर्भका नाममा तेब्बर बढीसम्म भाडा लिएर यात्रुलाई ठग्ने काम भएको छ। सवारीसाधनको कमी भएको भन्दै व्यवसायीले यात्रुबाट मनपरी भाडा असुलिरहेका छन्।रासस

post image

 असोज २९, काठमाडौं । ऐतिहासिक रानीपोखरी निर्माण पुनः अन्योलमा परेको छ । कामपाको मागअनुरुपको बोलपत्र र आशयपत्र पेश गरेका दुवै निर्माण कम्पनी याेग्यता नपुगेपछि  पोखरी पुनः निर्माण पुनः अन्योल परेको हो ।

भूकम्प गइसकेपछि दोस्रोपटक पुनः निर्माणका लागि काठमाडौँ महानगरपालिकाले बोलपत्र आह्वान गरी निर्माण कार्य अघि बढाउने तयारी गरेको थियो । तर, त्यसमा मागअनुरुपको आशयपत्र परेन ।  ‘निर्माणको इच्छा राख्ने दुवै कम्पनीले पेश गरेका कागजात अपुग छ, त्यसैले निर्माणको जिम्मा दिनका लागि मापदण्ड पूरा गरेको हुनुपर्छ, आवश्यकताअनुरुपको हुनका लागि अर्को बोलपत्र माग गर्नुपर्छ त्यसको लागि समय लाग्छ’, काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले भने ।

यसअघि काठमाडौँ महानगरपालिकाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको भन्दै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाइएको थियो । कामपाले व्यापारिक दृष्टिकोणले सोहीअनुरुप पोखरी क्षेत्रको निर्माण कार्य शुरु गरे पनि आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै चौतर्फी विरोध आएपछि शुरु गरिएको निर्माण कार्य रोकिएको हो ।

पुनर्निर्माणको काम अन्योल भएसँगै यस वर्ष पनि तिहारमा बालगोपालेश्वर मन्दिरको प्रयोग गर्न नपाइने भएको छ । उक्त मन्दिर हरेक वर्ष तिहारमा भाइटीकाको दिनमात्र सर्वसाधारणको लागि खुला गरिने गरिन्छ । मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले भाइटीका लगाउने गर्दछन् ।रासस

post image

असोज २८, काठमाडौँ ।  नेपाल सरकार र मलेसियन सरकारबीच आगामी कात्तिक १२ गते श्रम सम्झौता हुने भएको छ। श्रम सम्झौताका लागि मलेसियन मानव संशाधनमन्त्री एम कुलेसागरन काठमाडौं आउने कार्यक्रम तय भएको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ।

मलेसिया जाने कामदारबाट नेपालका म्यानपावर कम्पनीहरुले कामदारको एक महिनाको तलबको आधा रकम मात्र सेवा शुल्क पाउने गरी श्रम सम्झौता हुन लागेको छ। म्यानपावर व्यवसायीहरुले भने कामदारको एक महिनाको तलब सेवा शुल्कका रुपमा उठाउन पाउनुपर्ने माग राख्दै आएका थिए।

पूर्वश्रम राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसियासहित खाडी मुलुकहरुमा जाने कामदारहरुसँग १० हजार रुपैयाँ मात्र उठाउन पाउने नयाँ नियम लगाइदिएपछि म्यानपावर व्यवसायीहरु त्यत्तिले नपुग्ने भन्दै आन्दोलनमा समेत उत्रिएका थिए।

त्यस्तै, जिएसजी र स्वास्थ्य परीक्षणको शुल्क कामदार आफैंले तिर्नुपर्ने नयाँ श्रम सम्झौताको बुँदामा राखिएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने यसरी मलेसियामाले कामदार लिँदा महंगो पर्ने र नेपाली कामदार प्राथमिकतामा पर्न नसक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।

 

post image

असोज २६,  काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि मिसकल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जसअन्र्तगत ग्राहकहरुले बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमा १०० टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सकिनेछ ।

ग्राहकहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने छ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

post image

असोज २६, काठमाडौँ । एनआइसी एसिया बैंकले थप दुईवटा शाखा खोलेको छ । बैंकले नेपालगन्ज उप–महानगरपालिका, वडा नम्बर ८, त्रिभुवन चोक र बैजनाथ गाउँपालिका, वडा नम्बर ६, सम्झना चोकमा बुधबार शाखा खोलेको हो।

त्रिभुवन चोक शाखा बैंक सञ्चालक राजेन्दप्रसाद अर्याल र सम्झना चोक शाखा नेपाल राष्ट्र बैक, नेपालगन्जका निर्देशक बिमलराज खनालले उद्घाटन गरेको बैंकले जनाएको छ। योसँगै एनआइसी एसियाको शाखा संख्या २६१ पुगेको छ ।

बैंकले शाखा कार्यालयका अतिरिक्त २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ । शाखा र एटिएम सञ्जालको हिसाबले एनआइसी एसिया मुलुककै सबैभन्दा ठूलो बैंक हो।

post image

असोज २५, काठमाडौँ । कालिका पावर कम्पनीले ६० लाख कित्ता शेयर सूचीकरण गराएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको १८ लाख कित्ता आईपिओ सहित कूल ६० लाख कित्ता शेयर सूचीकरण गराएको हो ।

नेप्सेले कम्पनीकाे शेयर काराेबारका लागि केपीसीएल काराेबार संकेत प्रदान गरेकाे छ । कम्पनीको  पहिलो कारोबारका लागि ९५ रुपैयाँ ८४ पैसादेखि २८७ रुपैयाँ ५३ पैसासम्मको रेञ्ज दिएको छ । यहि रेञ्जबाट कम्पनीको शेयर कारोबार सुरु भएकाे छ । कम्पनीकाे पहिलाे शेयर काराेबार प्रतिकित्ता ११० रूपैयाँबाट थालनी भएकाे छ ।

धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अनुसार कुनै पनि कम्पनीले शेयर बाँडफाँड गरेको एक सातापछि कारोबार सुरु गर्नसक्ने व्यवस्था रहेको छ । कालिका पावर कम्पनीले शेयर बाँडफाँडको १५ दिनपश्चात कारोबार सुरु गरेको हो ।

 

post image

असोज २५, काठमाडाैं । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकले करीब २३ अर्ब सहुलियत ऋण दिन लागेको हो ।विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकम ऋण सहयोग गर्ने समझदारी भएको हो ।

अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल र उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले सम्झौतापत्रमा बुधबार हस्ताक्षर गरेको अर्थमन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा अर्थमन्त्रीले विश्व बैंकले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्र र पर्यटन विकासमा गरेको सहयोगको सराहना गर्दै नेपाललाई थप स्रोतको आवश्यकता भएकाले आगामी दिनमा सहयोग अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

 

post image

असोज २५,काठमाडौँ ।  साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गर्नुभयो ।

साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौ उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो । हाल साझा यातायातका बसहरू काठमाडौदेखि रूपन्देहीको भैरहवा र काठमाडौदेखि बाग्लुङका लागि छुट्दै आएका छन् । भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो ।

सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भन्नुभयो ‘लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ ’।

यसैगरी दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले भन्नुभयो ‘साझा यातायातसँगको सहकार्यले यातायात क्षेत्रलाई डिजिटलाइज गर्ने हाम्रो अभियानमा ठुलो टेवा पुगेको छ । साझा यातायातसँगको सहकार्यले सार्बजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास रहेको छ’ ।

यात्रुहरूले अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सकिनेछ । इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सकिनेछ । यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवे मार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन् ।

बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ गर्ने माध्यम हो । दियालो टेक्नोलोजिजले प्रवद्धन गरेको बससेवा डटकमले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ ।

post image

असोज २५, फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ ।इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो ।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् ।

उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । आयोजनाका प्रबन्ध निर्देशक माधवप्रसाद मैनालीका अनुसार विसं २०७३ चैत महीनादेखि निर्माण शुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महीनाअगावै विद्युत् उत्पादन गर्न शुरु गरेको र अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने भएको छ ।

उक्त आयोजना निर्माणका लागि सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्च्युरी कमर्सियल बैंक र ज्योति विकास बैंकले रू एक अर्ब ५० लाख संयुक्त लगानी गरेकामा काम छिटै सम्पन्न भएकाले करीब रू सात लाख रकम बचत हुनसक्ने उक्त उक्त प्रालीका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।

post image

असोज २४, काठमाडौं । ग्लोबल बैंक र पोखराको लेखनाथ सिटी हस्पिटलबीच सम्झैता भएको छ । सम्झौतापत्रमा बैंकका बेगनास शाखा प्रबन्धक दिनेश अधिकारी र हस्पिटलका प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरे ।

सम्झौताअनुुसार डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड बाहक तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारले हस्पिटलमा उपचारगर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका १३२ शाखा, १३८ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०३ शाखा रहित बैंकिङ्ग सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय रहेका छन्।

post image

असोज २४, काठमाडौं । नेपालको आन्तरिक उडान गर्दै आएको निजी क्षेत्रको हवाई सेवाप्रदायक बुद्ध एयरले पब्लिक कम्पनीमा जाने घोषणा गरेको छ। अहिले प्राइभेट कम्पनीको रुपमा रहेर आन्तरिक र क्षेत्रीय उडान गरिरहेको एयरलाईन्सले अबको ३ वर्षपछि अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरिसकेको छ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट उडान सुरु गर्ने एयरलाईन्सका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।नेपालमा हालसम्म कुनै पनि हवाई सेवा प्रदायक कम्पनी पव्लिकमा छैनन् ।‘अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिक कम्पनीमा लैजान्छौँ, आन्तरिक उडान भने पब्लिकमा जाँदैनौँ’ उनले भने ‘हामी ३० प्रतिशत मात्र शेयर राख्छौँ तर आन्तरिक उडान भने प्राइभेटबाटै गर्छौँ।’

अन्तर्राष्ट्रिय उडानका लागि लाइसेन्स पाइसकेको बुद्धले अहिले काठमाडौंबाट भारतका केही सहरमा उडान गरिरहेको छ। पोखरा विमानस्थल संचालनमा आएपछि पोखरलाई आधार बनाएर सुरुमा छिमेकी मुलुकका विभिन्न सहरमा उडान गरिने वस्नेतले जानकारी दिए। अबको १० वर्षभित्र २५ लाख पर्यटक पोखराबाट इन आउट गराउन सकिने बुद्ध एयरको अध्ययनले देखाएको छ। त्यसरी आउने २५ लाख पर्यटकमा कम्तिमा पनि ३० प्रतिशतलाई बुद्ध एयरले सेवा दिनेगरी बुद्ध एयरले योजना बनाएको छ।

आन्तरिक उडानमा दुर्गम क्षेत्रमा नजाने घोषणा गरिसकेको एयरले अवको एकमात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय उडान भएको बताएको छ। पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि केही सीमा हुने भएपनि पर्यटकीय क्षेत्रमा मात्र प्रतिस्पर्धा गर्न सकिने वस्नेतको भनाइ छ।

आजदेखि २१ वर्ष पुरा गरेर २२ औं वर्षमा प्रवेश गरेको एयरलाइन्सले एटिआर जहाज उडान थालेको १० वर्ष पुगको छ। यही अवसरमा काठमाडौं आएका एटिआरका हेड अफ सर्भिस बिली ओहले बुद्ध एयरले यात्रुको सेवा र व्यवसायमा पाएको सफलता लोभलाग्दो भएको बताए।

post image

असोज २३, बारा   बाराको सिमरामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा बुधबार पाँचजना घाइते भएका छन्।  घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा भारत बिहार राज्य सितागढी बस्ने २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षीय सन्दीप कुमार २३ वर्षीय पंकज कुमार रहेका छन्।  गम्भीर घाइतेको वीरगन्जस्थित गण्डक केयर अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका भारत मोतीहारीका ३५ वर्षीय विनायक सिंहको सिमरामा उपचार भइरहेको छ। 

गम्भीर घाइतेको शरीरको भाग पूर्णरुपमा जलेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिएका छन्। बिहान करिब बजेको समयमा भट्टीमा फलाम गलाउने क्रममा पड्किएको प्रहरीको भनाई छ। उद्योगका मजदुर प्रहरीले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए। उद्योगका अनुसार भट्टीमा कवाडलगायत अन्य फलाम गलाउने गरिन्छ। भट्टी पड्किएपछि उद्योगको उत्पादनको काम केही समय अवरुद्ध बनेको थियो। 

post image

असोज २३, काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र  एनआईसी एशिया क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध कार्य गर्ने सम्झौता भएको छ । सुर्या लाइफ इन्स्योरेन्स ले १०ः७ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको सेयर बिक्रिको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र  सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एनआईसी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

post image

असोज २३, काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनीले आजदेखि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो ।

बिक्री प्रवन्धकका रुपमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने छ । न्युनतम ५० कित्ता र अधिकत ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ ।

कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाएको छ ।

कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ ।

post image

असोज २३, काठमाडौं।नेपाल भारत सिमा क्षेत्रका दुईवटा बिन्दुमा सन् २०१८ को अन्त्यबाट रेल सेवा सञ्चालन हुने भएको छ । जनकपुर–जयनगर र बथनाहा–कटहरी रेल सेवा डिसेम्बर अन्त्यबाट सुचारु हुने रेल बिभागका प्रवक्ता सिनियर डिभिजनल ईन्जिनियर अमन चित्रकारले जानकारी दिनुभयो । दुबै स्थानमा ट्रयाक बिछ्याउने काम करिब सकिएको छ ।

लिगको परिक्षण र दुबै पक्षका अधिकारीहरुले अनुगमन समेत गरिसकेकाले निर्धारित समयसिमा भित्रै दुबै स्थानमा रेल सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको उहाँले बताउनुभयो । रंगेली–बिराटनगरको रेल मार्ग निर्माणमा भने केहि समस्या देखिएकाले त्यसको सञ्चालनमा ढिलाई हुने उहाँले बताउनुभयो । बथनाहा कटहरी मार्गको १८ किलोमिटर लम्बाईमध्ये १३ किलोमिटर नेपाल र ५ किलोमिटर भाग भारतमा रहेको छ ।

यसैबीच काठमाण्डौ केरुङ रेलमार्ग निर्माणका लागि चिनियाँ प्राबिधिकले तयार पारेको प्रतिवेदनलाई दुवै पक्षका अधिकारीहरुले अध्ययन सुरु गरेका छन् । प्रतिवेदनमाथि आएका सुझावलाई समेत समेट्दै आयोजनाको अन्तिम प्रतिबेदन तयार पार्ने गरी दुबै पक्षले छलफल अघि बढाएका हुन् । प्रतिवेदनलाई अन्तिम रुप दिदै आयोजना सुरु गर्ने बिषयमा छलफल गर्न चिनियाँ उच्चस्तरीय टोली डिसेम्बर अन्तिम साता काठमाडौं आउने प्रवक्ता चित्रकारले बताउनुभयो ।   

post image

असोज २२, काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले निष्काशन गरेको हकप्रद भर्ने समय आज सकिँदैछ।हकप्रद आवेदनको लागि सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ।

बैंकले भदौ ७ गतेदेखि हकप्रद निष्काशन निष्कासन गरेकोमा गत असोज ७ गतेबाट १५ दिन म्याद थप गरेको थियो। बैंकले साउन १५ गतेसम्म कायम शेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको छ। प्रति शेयर एक सय रुपैयाँको दरमा २ करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको छ।

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ भने हकप्रदपछि ७ अर्ब एक करोड रुपैयाँ पुग्नेछ। हकप्रद निष्काशनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस शेयर दिने घोषणा गरिसकेको छ।

post image

असोज २२,काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘गोएएमएल’ सफ्टवेयर जोड्न सबै बैंकलार्इ निर्देशन दिएको छ। यो सफ्टवेयर कार्यान्वयनमा आएपछि बैंकले चेक जम्मा गर्न जानेसँग पनि सबै विवरण माग गर्नेछ। एक महिना अगाडि दिइएको निर्देशन अनुसार बैंकहरुले कात्तिक १ गतेबाट चेक तथा नगद जम्मा गर्ने फारम नयाँ बनाउँदै आफ्नो आन्तरिक प्रणालीलाई पनि परिवर्तन गर्नुपर्छ।

नेपाल बैंकर्स संघले कात्तिक १ गतेबाट प्रणालीमा आबद्ध भएर जान गाह्रो हुने भन्दै त्यसपछिको ६ महिनासम्म समय दिन राष्ट्र बैंकसँग माग गरेको छ।  सरल र सहज बैंकिङको विपरीत सम्पत्ति शुद्धीकरण (एन्टी मनी लाउन्ड्रिङ) का कारण एकपछि अर्को व्यवस्था थपिन थालेको हो।

गोएएमएल सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित सफ्टवेयर हो। यसमा समावेश हुन बैंकहरुले आफ्नो ‘कोर बैंकिङ सिस्टम’लाई अपग्रेड गर्नुपर्छ। नियामकीय व्यवस्था र व्यवहारिक रुपमा समेत नभएको तथ्यांकहरु समेत गोएएमएलमा समावेश गर्नुपर्छ, जुन कुरा बैकहरुसँग अहिले छैन। त्यही भएर उनीहरुले समय माग गरेका हुन्।

बैंकरका अनुसार नियमनकारी निकायले पनि नखोज्ने र बैंकलाई पनि आवश्यक नलागेको विवरणहरू गोएएमएलमा भर्नुपर्छ। नयाँ विवरण लागू भएको मितिको गर्न मिले पनि पुरानो विवरण बैंकहरुसँग छैन। ती सबैको व्यवस्था मिलाउन अहिले बैकहरुलाई हम्मेहम्मे परेको छ ।  जस्तो अहिले राष्ट्र बैंकले १० लाख रुपैयाँभन्दा माथिको कारोबारको विवरण माग्छ। तर कतिपय ग्राहकले बिहान ५ लाख र बेलुका ६ लाखको कारोबार गर्दा दिनभरिमा ११ लाखको कारोबार हुन्छ। यसरी टुक्र्याएर हुने कारोबारको विवरण बैंकहरुसँग हुँदैन। यी सबै विवरणहरू मिलाउन बैंकलाई समय चाहिएको हो।

post image

 असोज २१, काठमाडौं ।  नेप्से परिसूचकमा साताको पहिलो दिन १३ दशमलव ०१ अङ्कले गिरावट आएको छ । बजार १२१४ दशमलव ३६ अङ्कमा बन्द भएको छ ।

कारोबार रकम ४० करोड ७५ लाख रुपैयाँ पुगेको छ ।  सबै भन्दा धेरै होटल क्षेत्रको परिसुचक २ दशमलव ०२ प्रतिशतले घटेको छ । अन्य क्षेत्रको परिसुचकमा ० दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । सबैभन्दा धेरै नेपाल लाइृफ इन्स्योरेन्स कम्पनीको २ करोड ६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाको सेयरमा ९ दशमलव ९८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ९३ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ७८ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ४८ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ९७ प्रतिशतले घटेर ५ हजार ५ सय २१ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ३ करोड २३ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ८४ लाख बराबरको कारोबार भएको छ । निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

post image

असोज २१,जिरी। दोलखाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ ।

पहिलो सुरुङ ‘ब्रेक थ्रु’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना निर्देशक काजी लामाले बताए । पहिलो ब्रेक थ्रुसँगै तीन किलोमिटर खण्ड वारपार भएको छ । आयोजनाको हेडबक्स खण्डको माथिल्लो खण्डको सुरुङ खुलेको हो ।

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडका अर्का सञ्चालक बटु लामिछानेले सुरुङको पहिलो खण्डको सफलताले लगानीकर्ता, निर्माण व्यवसायी, शेयर होल्डर, मजदुर सबैलाई हर्षित बनाएको बताए। सिभिल निर्माण शुरु गरेको छोटो समयमै राम्रो प्रगति गर्ने नेपालकै पहिलो जलविद्युत् आयोजना भएको उनले बताए।

कम्पनीले दुई वर्ष अवधिमा आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाको समग्र प्रगति ८० प्रतिशत भएको छ । आयोजनाको बाँध क्षेत्रको काम अन्तिम चरणमा पुर्याएको छ ।  शिरिसघारीस्थित कात्तिके गाउँमा निर्माण भइरहेको विद्युत्गृहको ६० प्रतिशत काम सम्पन्न भएको छ । चैतभित्र विद्युत्गृहको निर्माण पूरा हुने कम्पनीले जनाएको छ ।

सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । केही ढिला हुँदा पनि जेठ असारदेखि उत्पादन शुरु हुने बताइएको छ ।

विद्युतगृहमा १२.५ मेगावाट क्षमताका दुई युनिट राखेर विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सिङ्गटी सवस्टेशनमा लगेर जोडिनेछ । रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० बैंकले रु तीन अर्ब ३० करोड ऋण लगानी गरेका छन् ।  १६ मेगावाटमा निर्माण शुरु गरिएको आयोजना नौ मेगावाट क्षमता बढाएर २५ मेगावाट पुर्याइएको हो।

post image

असोज २१, काठमाडौं । दशैंलाई लक्षित गरी नेपाल राष्ट्र बैकले आजदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने भएको छ । केन्द्रिय बैंकसहित वाणिज्य बैंक तथा वित्तिय संस्थामार्फत सर्वसाधारणले नयाँ नोट साट्न पाउनेछन् ।

एकजनाले २७ हजारका दरले नयाँ नोट पाउने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई गत ११ गते नै नयाँ नोट उपलब्ध गराएको थियो ।

सर्बसाधारणले उपत्यकासहित मुलुकभरका बिभिन्न स्थानबाट आगामी २९ गतेसम्म नयाँ नोट साट्न सक्ने प्रवक्ता पौडेलले बताउनुभयो । सर्वसाधारणले ५, १०, २०, ५० र एक सय दरका गरी बढीमा २७ हजार रुपैयाँ साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

post image

असोज १९, हुम्ला । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले उडानमा कमी ल्याएको भन्दै सिमकोट गाउँपालिकाको बिहीबार बसेको गाउँसभाले दशैँ, तिहारजस्ता पर्वमा हुम्लाका लागि उडान नभरेमा निजी एयरलान्सलाई सधैँका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ।

बैठकले सिमकोट गाउँपालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीलगायतको उपस्थितिमा सो निर्णय गरेको हो। हुम्लीहरू अहिले नेपालगञ्ज–सुर्खेतमा हवाईजहाजले कम उडान गर्दा यात्रु टिकटका लागि भौँतारिरहेका छन्। कहिले महँगो भाडा, कहिले जहाजको टिकट नपाउने समस्या हुम्लीका लागि नयाँ भने होइन।

post image

असोज १९, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स ले ६० प्रतिशत हकप्रदमा अवितरित भएको संस्थापक र साधारण शेयर लिलामी गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले दुई लाख ७८ हजार ११९ दशमलव ३४ कित्ता शेयर लिलामीमा आउने भएको हो।

नेशनल लाईफले असार २१ गतेसम्म कायम रहेका शेयरधनीका लागि १० बराबर ६ अनुपातमा ९९ लाख ३६ हजार ४७७ दशमलव ५४ कित्ता हकप्रद साउन १ देखि भदौ १९ गतेसम्म बिक्रीमा ल्याएको थियो ।

सो हकप्रदमा रितिपूर्वक आवेदन दिने ८ हजार ७७३ जना आवेदकलाई ९६ लाख ५८ हजार ३५८ दशमलव २० कित्ता निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले असोज १७ गते बाँडफाँड गरेको इन्स्योरेन्सको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

आफ्नो कायम हकभन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम असोज २२ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने इन्स्योरेन्सको बिक्री प्रबन्धकले जनाएको छ ।

post image

असोज १९, ताप्लेजुङ । ताप्लेजुङ लामो समयदेखि उडान गर्न नसकेको नेपाल वायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट बिक्री सुरु  गरेको छ। असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो।

यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ।

यता समिट एयरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजानिक गरिसकेको छ। गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराबीका कारण उडान गर्न नसके पनि आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ। मौसम खराबीलगायतका कारण उडान नियमित नहुँदा जिल्लावासीलाई समस्या हुँदै आएको छ। रासस

post image

असोज १८, काठमाण्डौं । पूर्वपश्चिम राजमार्गको स्तरोन्नतीका लागि एसियाली विकास बैंक (एडीबी )ले १८ करोड डलर ऋण सहयोग गर्ने निर्णय गरेको छ । एडिबीको निर्देशक समितिको बैठकले नेपालको मुख्य राजमार्ग स्तरोन्नतीका लागि १८ करोड डलर ऋण स्वीकृत गरेको हो ।

राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क बिस्तार गरी व्यापार विकास र प्रवद्र्धन तथा सडक सुरक्षामा सहयोग गर्दै यातायात प्रणाली बलियो बनाउने उद्देश्यले सो सहयोग गर्न लागिएको एडीबीका यातायात विज्ञ जोहान जर्जेटले बताउनुभयो । एडिबीका अनुसार सडक विभागमार्फत सो रकम १ हजार २७ किलोमिटर लम्बाईको राजमार्ग सम्पूर्ण भू–भागको स्तरोन्नतीका साथै कामदार र आवश्यक निर्माण सामाग्री खरिदमा खर्च हुनेछ । विशेष गरि कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर सडकको स्तरोन्नतीमा सहयोगी हुने जनाईएको छ ।

 सहयोग रकममध्ये ७ लाख ५० हजार डलर रकम सरकारको सडक सुरक्षा नीति र कार्ययोजनाका लागि खर्च हुने एडिबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राजमार्गमा हाल दैनिक ८ हजार ६ सय सवारीसाधन गुड्ने गरेका छन् । सन् २०३३ सम्ममा सो राजमार्गमा दैनिक २५ हजार ४ सय सवारी गुड्ने अनुमान गरिएको छ ।