post image

चैत १२, काठमाडौं । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ। ‘दक्षिण एसियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको हो।

लुम्बिनी विकास कोष, नेपाल सरकार र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा सुरू भएको सम्मेलनमा १५ वटा मुलुकका २४ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दैछन्।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रूपमा विकास गर्ने उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बेलायत, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, इन्डोनेसिया,  श्रीलंका, भारत र नेपालका विज्ञहरू सहभागी रहेका छन्।

सम्मेलनमा विभिन्न मुलुकहरूले द्वन्द्वको अन्त्यका लागि गरेका प्रयास, धार्मिक तथा साम्प्रदायिक युद्धहरूको समाधानका उपाय लगायतका विषयमा छलफल हुनेछ।

सम्मेलनमा ‘शान्ति स्थापनामा बुद्धिजमको महत्व’ विषयमा केन्ट विश्वविद्यालयका प्रोफसर ह्युग मियल, ‘श्रीलंकामा युद्धपछिको धार्मिक कट्टरता’का विषयमा बेलायतका चास मोरिसन, ‘नेपालको धर्मनिरपेक्षता र दीगो धार्मिक सहिष्णुता’का विषयमा डाक्टर योगी सिंहनाथ लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

बुधबार लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले जानकारी दिए।

post image

चैत १२, काठमाडौं । चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।

पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

post image

 चैत १२, बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु गरेको छ । बुटवल उपमहानगरपालिका-५, का १२ वर्षीया सोनाज बानु, ७ वर्षीय आयान खान र वडानम्बर ३ का चार बर्षिय देवांशराज कसजूलाई परिचय पत्र वितरण गरिएको छ ।

उपमहानगरले अपांगता परिचयपत्र कार्यविधि-२०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरु गरेको हो ।उपमहानगरकी उपप्रमुख तथा अपांगता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले परिचयपत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहजरुपमा प्राप्त गर्न सक्ने बताइन् ।

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवम् प्रभावकारी बनाउने गरी बुटवल उपमहानगरले कार्यविधि बनाएको उनको भनाइ छ ।

बुटवल उपमहनगरमा विभिन्न अवस्थाका गरी करिब एक हजार ७०० जना अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमान गरिएको छ ।

उपमहानगरले अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेँलो र सेतो गरी चार रंगका परिचय पत्र वितरण गर्ने छ । यसका लागि वडा कार्यालयको सिफारिससहित तोकिएको ढाँचोको फारम भरेर उपमहानगरको सम्बन्धित शाखाले प्रत्येक सोमबार यस्तो परिचय पत्र वितरण गर्नेगरी तालिका तय गरिएको समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका सदस्य सचिव दामोदर ज्ञवालीले बताए ।

post image

 चैत १२, दाङ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका-१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७.३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

post image

चैत ११, काठमाडौं । आजदेखि बुधबारसम्म पानी पर्ने र  हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविदले जनाएका छन् ।

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य  पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।

यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पूर्वी  उच्च पहाडी र हिमाली भेगका थोरै  स्थानहरुमा हल्कादेखि मध्यम  हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना  रहेको मौसमविद नगरकोटीको भनाई छ ।

आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि  स्थान तथा अन्य  पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।

पर्सी बुधबार पनि देशको पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य  पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।  पूर्वी  उच्च पहाडी र हिमाली भेगका केहि  स्थानहरुमा र मध्य र पश्चिमी  उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

post image

 चैत ८, जनकपुरधाम । होली मनाउने क्रममा जनकपुरधाममा प्रहरीको गाडीको ठक्कर बाट एक युवक घाइते भएका छन् ।  जनकपुर उपमहानगरपालिका-४ स्थित राम चोकमा प्रहरीको भ्यानले ठक्कर दिदा होली मनाइरहेका सन्दीप यादव गम्भीर घाइते भएका हुन् ।

२० वर्षीय यादवको जनकपुरमा उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । प्रहरीकै भ्यानले ठक्कर दिएपछि स्थानीयहरुले उक्त गाडीमा तोड्फोड समेत गरेका छन् ।

बुधबार पहाडी जिल्ला, बिहीबार मधेशका जिल्लामा होली पर्व मनाए पनि जनकपुरमा भने शुक्रबार यो पर्व मनाइँदैछ ।

post image

 चैत ८, धम्बोझी । बर्दियाको बारबर्दिया नगरपालिका-६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको हो ।

सडकलाई स्काभेटरबाट खन्दा करिब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरी नायब उपरीक्षक मदनजित महराले  बताए । ती सिक्का १३ औँ देखि १७ औँ शताब्दीको मुगलकालीन शासनकालका सिक्का हुनसक्ने प्रहरीले जनाएको छ ।

‘नयाँ मुलुक’ बर्दियामा मुगल शासनकालमा चोरी डकैतीका त्रासले माटोमुनि ती सिक्का गाडिएको हुनसक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा चाँदीका केही सिक्का गाउँलेले लुकाएको पनि प्रहरीले जनाएको छ । तामा र चाँदीका सिक्का अनुसन्धानका लागि पुरातात्विक विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

post image

चैत ८, काठमाडौं ।  सम्पूर्ण नीति धर्म तथा शास्त्रको सार परोपकार हो । परोपकार भन्नाले अरूको भलाई/उपकार भन्ने बुझिन्छ । अरूको कल्याण सोच्चु, रोगीलाई उपचार गर्नू, भोकालाई भोजन दिनु नाङ्गालाई लगाउने कपडा दिनु, अनाथ तथा दीन दुःखीको गाँस, बाँस र कपासको व्यवस्था गर्नु अशिक्षितलाई शिक्षा प्रदान गर्नु आवश्यकता अनुसारको विद्यादान, अन्नदान, जलदान आदि गर्न पाटी, पौवा र धर्मशाला निर्माण गर्नु आदि पर्दछन् । ती सबै मध्ये सबै भन्दा महत्वपूर्ण परोपकार अनाथ बालबालिकाहरूको सेवा गर्नु हो ।

यही सेवाको भाव राखी विगत विगत ८ वर्ष देखि मातापिता गुमाएका, विभिन्न रोगबाट ग्रसित भएका संरक्षक विहीन अनाथ बालबालिकाहरूलाई निरन्तर रूपमा सेवा दिदै आएको संस्था ” माया घर (अनाथ बाल आश्रम) “अहिले कीर्तिपर न.पा.-४, भत्केपाटीमा सञ्चालन भईरहेको छ ।

यस आश्रमको आफ्नै भौतिक संरचना, आवास गृह तथा कुनै स्थायी आयश्रोत र कोष नभएको हुनाले कदम-कदममा आर्थिक अभाव र कठिनाइहरुको सामना गरिरहनु परेको छ ।

 यिनै कठिनाइहरुलाई मध्यनजर गर्दै आश्रम को आफ्नै आवास भवन निर्माणका साथै बालगृहको नाममा अक्षय कोषको स्थापना गरी बालबालिकाहरुको उज्वल भविष्य सुनिश्चित गर्नका लागि आगामी चैत ११ गते देखि १९ गतेसम्म श्रीमद भागवत धन धान्याचल ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ ।

यो श्रीमद भागवत, माया घर (अनाथ बाल आश्रम) र स्थानीय वासिन्दाहरुको संयुक्त तत्वावधानमा प्रसिद्ध पं. ज्यो. डा. केदारनाथ अधिकारी ज्यूको समुन्वयमा हुन गइरहेको छ  ।

भवनको निर्माण गरी आश्रमको नाममा बालबालिकाको उच्च शिक्षा सम्मको लागि अक्षयकोषको स्थापना गरि उनीहरूको उज्वल भविष्यको निर्माण गरि आश्रित अनाथाहरूलाई  दक्ष र कर्मठ नागरिक बनाउनु प्रमुख उदेश्य रहेको संस्थाका अध्यक्ष दुर्गा पौडेल आचार्यले  जानकारी गराउनुभयो।

आचार्यले भन्नु भयो , यो यज्ञ तपाई हामी सबैको यज्ञ हो र हाम्रो संकल्प पनि उत्साहका साथ सम्पन्न गर्ने जिम्मेवारी र दायित्व हामी सबैको हो । यस यज्ञमा तपाई आफै मूल कर्ता र अभियान्ता बन्न सक्नु हुने छ । अमृतमय भागवत कथा श्रवण तथा आफनो ठाउँबाट मन, वचन र कर्मद्वारा सहयोग को लागि सम्पूर्ण धर्मानुरागी दाजुभाई, दिदीबहिनी, आमाबुबा तथा सम्पूर्ण सज्जन भक्तहरूमा हार्दिक अपिल गर्दछौं ।

यज्ञ का कार्यक्रम यस प्रकार रहने छ ।

२०७५ चैत ११ गते

विहान ११:०० बजे देखि दिउँसो १:०० बजे सम्म कलश यात्रा

 दिउँसो १:०० बजे देखि ३:०० बजे सम्म  – उद्घाटन सत्र

दिउँसो ३:०० बजे देखि ५:०० बजे सम्म  – प्रथम दिवसीय कथा प्रारम्भ

२०७५ चैत १२ गते देखि १८ गते सम्म

 विहान ६-०० बजे देखि ८:३० बजे सम्म  –  श्रीमद्भागवत पाठ पारायण

विहान १०:०० बजे देखि १:०० बजे सम्म –   साङ्गितिक कथा सत्र

दिउँसो १:०० बजे देखि २:०० बजे सम्म   –  सम्मान तथा प्रमाण-पत्र वितरण

दिउँसो २०० बजे देखि ४:00 बजे सम्म  –    कथा प्रवचन

साँझ ४:०० बजे देवि ५:०० बजे सम्म  –   पुनः सम्मान तथा दाता हरुको नाम प्रशारण

साँझ ५:०० बजे देखि ६:०० बजे सम्म  –  भोजन, जलपान

बेलुका ६:०० बजे देखि ८: ०० बजे सम्म  –   सन्ध्याकालिन सत्र

२०७५ चैत १२ गते देखि १९ गते सम्म

समापन समारोह पूर्णाहुति, विभिन्न धार्मिक तथा सामाजिक कार्यकर्ताहरूद्वारा सम्बोधन, मान सम्मान र विदाई कार्यक्रम ।

कार्यक्रमस्थल

माथा घर अनाथ बाल आश्रम) किर्तिपुर नगरपालिका – ४ , भत्केपाटी

फोन नं : ९८४१७१२६६३

post image

चैत ७, काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको र तीन सख्त घाइते भएका छन्।

होली पर्वमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भु र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ। ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनील शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले घाइतेहरूको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको जानकारी दिए। होलीमा बुधबार मात्र काठमाडौँ उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए।

गत वर्षको होलीमा २२ सवारी साधान दुर्घटनामा हुँदा १८ घाइते भएका थिए ।ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावी रुपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ। तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका छन्। रासस

post image

चैत ६, कञ्चनपुर । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका कञ्चनपुरका पुर्व प्रहरी प्रमुख (एसपी)  दिल्लीराज बिष्ट अदालतमा उपस्थित भएका छन् । उनी स्वयं अदालतमा उपस्थित भएपछि कञ्चनपुर जिल्ला अदालतमा बिष्टको बयान सुरु भएको हो । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी बिष्ट सहितका आठ प्रहरी बिरुद्ध परेको सार्वजनिक न्याय कसुर मुद्दामा एसपी बिष्ट स्वयं आदालतमा उपस्थित भएका थिए ।

कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो । म्याद जारी भएको १० दिनपटि मात्र बिष्ट अदालतमा उपस्थित भएका हुन् । मंगलबार बिहान करिब ११ बजेतिर आदालतमा उपस्थित भएका बिष्टको दिउँसो बयान सुरु भएको थियो । जिल्ला न्यायाधिश डा।राजेन्द्र कुमार श्रेष्ठको उपस्थितिमा आदालतका कर्मचारीले एसपी विष्टको बयान शुरु भएपनि बयान नै नसकिएपछि उनी प्रहरी नियन्त्रणमा छन् ।

कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले आदालतमा हाजिर भएका पुर्व एसपी विष्टको बयान नसकिएको बताए । उनको बयान नसकिएपछि आदालतले उनलाई प्रहरीको जिम्मा लगाएको श्रेष्तेदार अवस्थीले बताए । बुधबार बयान सकेर थुनछेक बहस हुने आदालतले जनाएको छ । विष्टको मंगलबार यातना कसुर सम्बन्धी मुद्वाको मात्रै बयान लिने काम भएको अदालतले जनाएको छ । प्रमाण नष्ट गरेको मुद्वाको बयान लिन बाँकी नै रहेको छ ।

अर्को मुद्वाको समेत बयान लिने काम सकिएपछि इजलासमा थुनछेक बहस शुरु हुने श्रेष्तेदार अवस्थीले बताए । थुनछेक बहस भइ इजलासको आदेश नआएसम्म अदालतमा उपस्थित भएका विष्ट प्रहरी हिरासतमा नै रहने छन् भने उनीहरुलाई नै सार्वजनिक कसुर मुद्दामा पुर्व डिएसपी सेठी र पुर्व प्रहरी निरीक्षक खड्काबाट चार–चार लाख गरि सेठी र खडकाबाट ९–९ लाख रुपैयाँ अशुल्न आदेश जारी गरेको हो ।

post image

चैत ६, काठमाडौं हिमाली पहाडी जिल्लाहरुमा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको विभिन्न रङ, अबिर लोला खेलेर होली मनाउने परम्परा आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति सामाजिक महत्व होली पर्वलाई मेलमिलाप सदभावको पर्वको रुपमा पनि लिइन्छ

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ। होली पर्व मनाउन सरकारले भोलि तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ। रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह हर्सोल्लासका साथ मनाईदै आइएको असत्यमाथि सत्यको जित भएको दिनको संझनामा होली पर्व मनाउन थालिएको पौराणिक कथन काठमाण्डौको बसन्तपुरमा  एक साता अघि विधीपूर्वक चिर ठड्याएपछि होलीपर्वको औपचारिक शुरुवात भएको थियो असत्यमाथि सत्यको जीत भएको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन

 सत्ययुगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आाफै भष्म भएको दिनको सम्झनामा आजको दिनलमाई होलिका दहन वा  होली भनि नामाकरण गरेको धार्मिक कथन होलीका अवसरमा युवा युवतीहरु समूह बनाएर एक आपसमा रंङ लगाई रमाइलो गर्ने गर्छन

 

post image

चैत ५,मुग्लिन। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खस्दा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घाइतेमध्ये दुई महिला रहेका छन्।

प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेको छैन। ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। रासस

post image

चैत ४, काठमाडौँ । पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

नगरपालिकामा कर संकलन अभियान रत्ननगर नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको छ । नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ११ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । सो लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले अधिकांश वडामा कर संकलन अभियान सुरु गरेको हो ।

कर संकलन अभियानअन्तर्गत जनप्रतिनिधिसहितको टोलीले रत्ननगर बजार क्षेत्रमा आइतवारदेखि घरदैलो अभियान सुरु गरेको नगरपालिकाका प्रमुख नारायण वनले बताए । लक्ष्यअनुुसार कर संकलन हुन नसके विनियोजित बजेटमा असन्तुल भई विकासमा असर पुग्ने भएकाले कर बुझाउन सम्बन्धीत सबैमा नगरपालिकाका उपप्रमुख विमला दुवाडीले अनुरोध गरे ।

post image

चैत ४, काठमाडौं । दिपायलबाट धनगढीतर्फ आइरहेको माइक्रो बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।दिपालय सिलगढीबाट धनगढी जाँदै गरेको बा२ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हाइस सोमबार बिहान १० : ३० बजेतिर दुर्घटनामा परेको हो।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर २ गुयलीखेतमा बा २ ख १६६२ नम्वरको माइक्रोबस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी डम्बरबहादुर केसीले बताए।

post image

चैत ४, काठमाडौं । उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। सोमबार बिहान ९ बजेर १ मिनेटको आसपासमा धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ४ दशमलव १ म्याग्निच्युड मापन गरेको भूकम्पको केन्द्रबिन्दु मकवानपुर रहेको छ। २०७२ सालमा गएको भूकम्प को नै पराकम्प रहेको पनि जनाइएको छ ।

post image

चैत ४, काठमाडौँ । आजदेखि बुधबारसम्म ३ दिन मेघ गर्जन सहित देशका पहाडि भूभागमा हलका पानी पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ । आज, भोली र पर्सी बुधबार सम्म देशका पुर्बी भूभाग र पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी  भूभागका केहि  स्थानहरुमा  मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

आज देशको पूर्वी भागमा हल्का बर्षा हुने, भोली पश्चिमी क्षेत्रमा हलका बर्षा हुने मौसमविद मञ्जु बासीले रातोपाटीलाई जानकारी दिइन । पश्चिमी वायुको प्रभाव र प्रि मनसुन सुरु हुन लागेका कारण मौसममा गढबढ देखिएको उनको भनाई छ ।

यद्यपी आज काठमाडौंमा भने पानी पर्ने संभावना कम रहेको उनले बताइन् । आज राती पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । यस्तै भोली मंगलबार पनि देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी देशको पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राती भने केही स्थानमा बादल लागेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, बुधबार दिउँसो पनि देशका धेरै जसो भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानहरुमामा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान शाखाको अनुमान छ ।

बुधबार राति देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

post image

चैत ४, काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको घोषणा गर्दै द भ्वाइस अफ नेपालको सिजन २ घोषणा गरिएको छ । अघिल्लो सिजनको सफलतापछि दोस्रो सिजन घोषणा गरिएको हो भने यसपटक हिमालयन टिभी एचडीबाट यसको प्रशारण हुनेछ । हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेको जानकारी गराउदै देश बिदेशमा रहेका प्रतिभाहरुले सिजन २ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्ने भ्वाइसका निर्माता तथा निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

एपमार्फत् अडिसन दिन असमर्थ प्रतिभाहरुले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत् पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत् पनि आफ्नो स्वर पठाउन सकिने ब्यबस्था गरिएको जनाउदै निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्ने बताए । भाइबरमा आफ्नो आवाज रेकर्ड गरी ९८२३६१४१८५ मा पठाउन सकिने छ भने सिधै कल गरेर रेकर्ड पनि गराउन सकिनेछ ।

पहिलो सिजनमा पाएको माया र सुझाव ख्याल गर्दै प्रतियोगीलाई सहभागी हुन् सहज होस् भन्ने उदेश्यका साथ् नयाँ नयाँ तरिका अपनाइएको द भ्वाइसले जनाएको छ । यी सम्पूर्ण प्रतियोगीले ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउनेछन् । आउँदो असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडी प्रसारण गर्नेछ । ‘भ्वाइस जस्तो शो पाउनु हाम्रो लागि अवसर नै हो यसलाई टिभीले सदुपयोग गर्नेछ’ कार्यकारी निर्देशक श्याम कँडेलले भने ‘हामीले प्रसारण गर्ने शो मा कुनै सम्झौता हुनेछैन भने प्रतियोगिता विजयीको लागि पनि हामी ग्राण्ड सोचिरहेका छौ ।’ डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सम्म मात्र रहेको छ ।

post image

 फागुन २७, काठमाडौं । इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु भएकी एक नेपालीको परिचय खुलेको छ।

उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्।

इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो। इथियोपियामा नेपाली दूतावास छैन। इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ।

अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन्। झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन्।

इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए। विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ।

post image

फागुन २६, बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका- ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ ।

फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी-६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र विकेले जानकारी दिए ।

शनिबार साँझ धान कुटाउने मिलको धुरामा उनले ओडेको सल बेरिएपछि दुर्घटना भएको प्रहरी निरीक्षक विकेले बताए। सल बेरिएर मिलको पट्टामा अल्झिएकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ । मृतक थारूको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ ।रासस

 

post image

फागुन  २४, काठमाडौं । १०९ औं नारी दिवसको अवसरमा रोटरी क्लब  ३२९२ नेपाल भुटानले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेको छ ।  विथ द इन्स्पिरेसन थिमका साथ आयोजित उक्त कार्यक्रममा महिला सशक्तीकरणका बारेमा छलफल गर्दै सम्पूर्ण महिलामा शुभकामना आदान प्रदान गरिएको थियो ।कार्यक्रमको सभापति रमा कंडेलले उपस्थित अतिथीहरुको लागि स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी चिन्तामणि भट्टराईले गमलामा पानि हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै समाजमा चलेको प्रथाकै कारण दुर्गम क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनुपरेको अछाम, डोटीलगायतका जिल्लामा छाउ बार्दा महिला मरिहरहेका घटनालाई पुनर्विचार गर्दै नारि दिवशलाई सहरका नारा र जुलुसमा मात्र केन्द्रित नबनाई ग्रामिण भेगमा पनि यसलाई पुर्याउनुपर्ने र सरकारले यसमा ध्यान दिनुपर्ने भट्टराईले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै कलाकार मिथिला शर्माले महिलालाई आरक्षण र दयाले फुक्र्याउने होइन, सशक्तीकरण र मानवीय सम्मानले मजबुत बनाउनुपर्छ भन्दै आफ्नो विचार प्रस्तुत गर्नुभयो । नारि आफैले आवाज उठाएर आफ्नो हकहित पहिचान गरी त्यसलाई उपयोग गर्नुपर्नेमा कलाकर शर्माले जोड दिनुभयो ।

कार्यक्रममा पेनालिस्ट मिथिला शर्मा,मेघी शाह र संजय गिरिले महिलाका बिबिध समस्या र क्षमताका बारेमा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

कार्यक्रममा मुना महर्जनले स्वागत नृत्य गरेकी थिइन भने रोटरीयन तथा गायक आनन्द कार्कीले गित गाएर थप मनोरन्जन प्रदान गरेका थिए ।

त्यसैगरी कार्यक्रमलाई रोटरी क्लब धुलिखेल, रोटरी क्लब जावलाखेल  , रोटरी क्लब जावलाखेल मन्जुश्री ,एभरेस्ट इन्सुरेन्स कम्पनि लिमिटेड , क्लासिक एफएम , नेपाल बैंकलगायतले सहयोग गरेको थियो ।

post image

फागुन  २३, काठमाडौं । काठमाडौंको बसन्तपुर, मख्खन टोलको एक घरमा लागेको आयोग डेढ घन्टापछि नियन्त्रणमा आएको छ ।  रन्जु तुलाधरको घरमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्दार टोलीले केहीबेर अघि नियन्त्रणमा लिएका हुन् ।

सिलिण्डर ग्यास पड्किएर आगोलागी भएको हुनसक्ने देखिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले बताए । यद्यपि, आगोलागीको कारण र क्षतिको विवरण आइनसकेको छैन ।

post image

 फागुन २३, काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा काभ्रे देउखुरी-३ घर भई भक्तपुरको मध्य ठिमी नगरपालिका-९ बोडेमा बस्ने  चालक २४ वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।

मध्यपुर ठिमी नगरपालिका -२ सानोठिमी वन कार्यालयको आरोलोमा बा७४व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा लडेको प्रदेश ३-०२-००२ प६२ नम्बरको मोटरसाइकललाई बा२ख ४८६८ नम्बरको बसले ठक्कर दिएको थियो ।

 राईलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी बृत्त ठिमीले ठक्कर दिने मोटरसाइकलका चालक काडमाडौं-३२ का २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बसका चालक सिन्धुपाल्चोक बलेफी-३ का ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

post image

फागुन २३, काठमाडौँ । प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्णरूपमा बन्द रहेका छन्। बिहानी कक्षाका लागि उच्चमावि र कलेज गएका विद्यार्थी फर्किएका छन्। सदरमुकाममा रहेका तरकारी पसल, होटल र औषधि पसल भने खुला रहेका छन्।

प्रहरीले दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई तुल्सीपुरबाट शहीद सम्मान कार्यक्रमस्थलबाट गिरफ्तार गरेको सो पार्टीले जनाएको छ। यसैगरी रोल्पा जिल्लाबाट समेत दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य टीकाराम परियार, पूर्वअध्यक्ष लालबहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको जनाएको छ।

राप्ती ब्यूरो इन्चार्ज केशबहादुर बाँठा सुवासद्वारा जारी प्रेस विज्ञप्तिमा राप्तीका दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा जिल्ला बन्द हुने व्यहोरा उल्लेख गरिएको छ। रासस

post image

फागुन २३, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ।

बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो। कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी महर्जनले कतै आवश्यक स्थानमा पनि नभएको र केही अनावश्यक स्थानमा रही शहरलाई कुरूप बनाएकाले हटाउन लागिएको जानकारी दिए।

संयोजक महर्जनका अनुसार स्थलगत अध्ययन अवलोकनका क्रममा देखिएका विषय समेटेर यात्रु प्रतिक्षालय निर्माण तथा सञ्चालनका लागि अधिकारसम्पन्न समितिमा प्रतिवेदन दिइनेछ। समितिले विगतमा प्राप्त भएका प्रस्ताव, शहरको विद्यमान अवस्था र आवश्यकता विश्लेषण गरेर कस्ता प्रतिक्षालय निर्माण गर्ने, कहाँ निर्माण गर्ने र कसरी सञ्चालन गर्ने भन्ने निक्र्योल गर्नेछ। यात्रु तथा सार्वजनिक यातायात दुवैका लागि आवागमन र उपयोग सजिलो बनाउन समिति गठन गरिएको हो।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित अधिकारसम्पन्न समितिमा कार्यदलका संयोजक न्हुच्छेकाजी महर्जन र वडा नं १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोल सदस्य छन्। रासस

post image

फागुन २१, काठमाडौं । फाउन्डेसन अफ नेपालले स्पर्श नामक प्रोजेक्ट सफलतापुर्वक सम्पन्न गरेको छ । बिराटनगरको लखन्तरी गाउँमा संचालन गरिएको यस कार्यक्रममा ४१८ जनाको सहभागिता रहेको थियो जसमा महिलाहरुको उपस्थिती उल्लेख्य रहेको फाउन्डेसनको अध्यक्ष प्रियंका भण्डारीले जानकारी दिएको छन् ।

फाउन्डेसनले संचालन गरेको कार्यक्रम एचआईवी / एड्स, यौन उत्पीडन र महिला बेचबिखनमा आधारित रहेको थियो । त्यसैगरी फाउन्डेसनले निशुल्क रुपमा कण्डम पनि वितरण गरेको छ ।

सहभागीहरुले यस्ता सचेतनामुलक कार्यक्रम गरेर आफुहरुलाई ज्ञान प्रदान गरेकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा त्यहाँका व्यक्तिहरुले आफुहरु कहिले एचआईभी एड्सको बारेमा नसुनेको र यसको बारेमा थाहा नपाएको बताएका थिए । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम गर्न सहभागीहरुले आग्रह गर्दै हौसला बढाएको भण्डारीले बताइन ।

यस प्रोजेक्टका लागि फाउण्डेसनले बसन्त चौधरी फाउन्डेसन,  नर्बिक इन्टरनेसनल हस्पिटल, हब इन्टरनेसनल, जिलोकल खबर , सौजन्य मिडिया, वेभ ट्रफी, टर्की एयरलाइन्स,, क्यु एफ एक्स सिनेमा, , नेपाल सरकार  ग्रामथान गाउपालिका वडा नं १ , कोशी एफएम र लायन्स क्लब अफ लबीपुर , आइडियाक्सा ट्रेडिङबाट सहयोग प्राप्त गरेको थियो ।

post image

 फागुन २१,काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकआपसमा जुधेका थिए।

दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएको छ ।

घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।रासस

post image

 फागुन २१,काठमाडौं । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताए।

‘आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ’ उनले भने । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उनले बताएका छन् । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ । (रासस)

post image

फागुन २० ,काठमाडौं । पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो । यो मन्दिर यस संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये एक मानिदै पनि आएको छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ ।

त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन् । साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल तथा अखाडा पनि रहेका छन् । यस मन्दिलार्इ दर्शनकै निमित्त संसारको विभिन्न देशहरूबाट दैनिक हजारौँ भक्तजनहरूको घुंइचो लाग्ने गर्दछ ।

जन्मदेखि मृत्यु सम्मका सबै संस्कार सम्पन्न गरिने नेपालको यस पावन स्थलको बारेमा केहि रोचक तथ्यहरू फेला परेका छन् जुन यस प्रकार रहेका छन् ।

१. मन्दिमा गैर हिन्दुलाई प्रवेश निषेध

यो मन्दिरमा केवल हिन्दु धर्म मान्नेहरू मात्रै प्रवेश गर्ने गरेका छन् । यो मन्दिर हिन्दुहरूको पवित्र तिर्थस्थल मानिएकोले यहाँ गैर हिन्दुहरूलार्इ प्रवेश निषेध गरिएको छ । हिन्दुहरूले मात्र यहाँ पुजाआजा , आरती, भजन जस्ता क्रियाकलापहरूमा भाग लिन पाउनेछन । जस्तोसुकै महत्वपूर्ण व्यक्तीहरू किन नहुन् तर उनिहरू गैर हिन्दु भएमा उनिहरूलार्इ समेत प्रवेश निषेध गरिन्छ । त्यसैले आज पनि कैयौ विदेशी पर्यटकहरू उक्त मन्दिरको बाहिरबाटै शिर निहुराएर निस्कने गरेका छन् । कुनै एक समयमा भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी पशुपतीनाथ मन्दिरको दर्शनकालागि आएका थिए उनको साथमा सोनिया गान्धी पनि रहेकी थिइन् । दर्शन गर्ने समयमा राजिव गान्धीलार्इ भित्र प्रवेश गर्न दिएपनि सोनियालाई बाहिरै रोकीएको थियो । किनकी सोनीया गान्धी हिन्दु थिइनन् ।

२. प्रतिक्षालयको नाम यसरी भयो ब्युटीफुल प्यालेस

विश्वको विभिन्न राष्ट्रहरूबाट आउने पर्यटकहरूलाइ सहज होस् भन्ने मनसायले स्थापना गरीएको प्रतिक्षालय नै अहिले ब्युटीफुलको नामले प्रचलित छ । त्यो स्थानको नाम कसरी ब्युटीफुल रहन गयो रु गैर हिन्दुहरूलार्इ मन्दिर भित्र प्रवेशमा प्रतिबन्ध लगाएपछि मन्दिरको ठीक अगाडी बनाइएको प्रतिक्षालयको नाम ब्युटीफुल रहन गयो । साँझको समयमा आरती गर्दा र दियोहरू बाल्दा मन्दिर परिसर झिलिमिली भई बाहिरी स्थान सजिन पुगेको प्रतिक्षालयबाट नजारा गरिरहेका पर्यटकहरूले सोही दृश्यलार्इ ब्युटिफुल भन्दै तारिफ गरेपछि त्यस स्थानको नाम आज सम्म पनि ब्युटीफुल रहन गएको हो ।

३. मुख्य पुजारी भारतकै हुन्छन् किन र?

जब नेपालमा लोकतन्त्र स्थापना भई तत्कालिन माओवादीको नेतृत्वमा सरकार गठन भयो त्यो बेला देखी नै पशुपतिनाथ मन्दिरमा रहेका पुजारीको विषयमा चर्को बहस भएको थियो । सोही बेलामा भारतीय पुजारी हटाएर नेपाली मुख्य पुजारी समेत सरकारले निर्णय गरेर नियुक्ती गरेको थियो तर पूजारी नियुक्ती गरेकै विषयलार्इ लिएर नेपालीहरू आन्दोलनमा उत्रिनुका साथै चौतर्फी विरोध भएपछि सरकारले आफ्नो निर्णय सच्चयाउंदै पुनः भारतीय पुजारी नै नियुक्ती गरेको थियो र सोही निर्णय आज सम्म पनि कार्यान्वयनमा चली आएको छ ।

४. मुख्य पुजारीको तलब कती ?

मन्दिमा पुजा गर्ने मुख्य पुजारीहरूको तलब कती भन्दा हामी यस्तै १० या २० हजार भनेर सजिलै अनुमान लगाउन सक्छौ तर पशुपतिनाथ मन्दिरमा रहेका मूख्य पुजारीको मासिक तलब मात्रै २ लाख ३५ हजार रहेको छ । यति मात्रै नभएर मुख्य पुजारीको खाना देखी शुरक्षा सम्म राज्यले सबै बन्दोबस्त गरि राखेको पाइन्छ । यहाँ सम्मकी मुख्य पुजारी संगंसंगै रहेका तीन सहायक पुजारीहरूको मासिक पारिश्रामिक पनि ६० हजार माथी तोकीएको छ ।

५. ११ सय देखी २५ लाख सम्मको पुजा

कुनै धार्मिक कार्यकालागि आवश्यक पुजा गर्न पशुपतिमा आउने भक्तजनहरूका लागि विशेष दररेट सावर्जनिक गरिएको हुन्छ उक्त रेटमा भक्तजनहरूले आफ्नो हैसियत अनुसारको पुजा गराउने गरेको पाइएको छ । पशुपतीनाथ मन्दिरमा अहिले पनि इच्छा अनुसारको पुजा गराउने गरेका छन् । त्यहाँ सबै भन्दा कम ११ सय र बढीमा २५ लाख सम्मको पुजा हुने गर्दछ । त्यसरी जम्मा भएको रकम पूजारीहरूले केही प्रतिशत कमिसन लिने गरेका छन् ।

६.  दुइ प्रकारले हुन्छ पुजा

पशुपतीनाथ मन्दिमा अहिले पनि दुइ तरिकाबाट पुजा हुने गरेको छ । एक वैदिक पद्धति र अर्को तान्त्रिक पद्धति दुबै पद्धतिको पुजा गरेपनि त्यसको कुनै तस्बिर एवं भिडियो निकाल्न प्रतिबन्ध लगाइएको छ । त्यसका लागि मन्दिरको पुजा स्थलमा कुनै क्यामेरा या मोबाइल प्रवेश गर्न शुरक्षाकर्मीहरूले रोक लगाएका छन् ।

७. पुजामा प्रयोग हुने चन्दन पनि भारतबाटै आउंछ

दैनिक हजारौँको संख्यामा आउने भक्तजनहरूले गर्ने पुजा(आजामा प्रयोग हुने चन्दन भारतबाटै आयात हुने गरेको छ । उक्त चन्दन भारतको महाराष्ट्रबाट आयात हुने काठबाट उत्पादन हुँदै आएको छ ।

८. दैविक शक्ति रहेको आम जनमानसको धारणा

वि।सं। २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रबिन्दु बनाई गएको ७।८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर सुरक्षित रहेको देखियो भने मन्दिर परिसर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो । त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो ।

९. जमिन खन्दा शिवलिंग प्रकट

पशुपतिनाथ मन्दिरमा सदैब शिवजी भगवानको वास रहेको किम्बदन्ती कायमै छ । धेरै पटक मन्दिरको आसपासमा साना मन्दिहरू निर्माणको क्रममा जमिन खन्दा थुप्रै शिवलिंगहरू निस्किएको र त्यहाँ शिव शक्ति प्रकट हुने गरेको पनि भक्तजनहरूको भनाइ छ ।

१०. मन्दिरमा कामधेनूको बास

पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेकी थिइन् । कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थिन् । यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए । त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए । त्यसैले त्यस स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ ।

post image

फागुन २० ,काठमाडौं ।  कानुन ब्यबसायी क्लब र शंकरलाल केडिया फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौँमा सम्मान समारोह सम्पन्न भएको छ  । तथा सम्माननीय प्रधानन्यायाधीश श्री चोलेन्द्र समशेरज्यूको प्रमुख आतिथ्यता तथा कानून व्यवसायी क्लवका अध्यक्ष व.अ. श्री कोमल प्रकाश घिमिरेज्यूको सभापतित्वमा आजको सम्मान समारोह सम्पन्न भएको हो  ।

कानून व्यवसायी क्लव र शंकरलाल केडिया फाउण्डेशनको संयुक्त तत्वावधानमा विगत देखि स्व. शंकरलाल केडिया स्मृती कानून पुरस्कार, कानून युवा पुरस्कार, उत्कृष्ट कानून पुस्तक लेखन पुरस्कार एवं कानून पत्रिकामा बर्ष भरिमा प्रकाशित लेख रचना मध्ये उत्कृष्ट लेख, रचनाका लेखकहरुलाई उत्कृष्ट कानून लेखन पुरस्कार प्रदान हुदै आएकोमा यस पटक पनि त्यसलाई निरन्तरता दिईएको छ  ।

पुरस्कार र सम्मानलाई अझै गरिमामय बनाउदै जाने लक्ष्य अनुरुप क्लव र फाउण्डेशन वीच भएको सम्झौता बमोजिम यस पटक स्व. शंकरलाल केडिया कानून सम्मान पुरस्कार द्वारा नेपालका पूर्व प्रधानन्यायाधीश सम्माननीय श्री रामकुमार प्रसाद शाहज्यू सम्मानित हुनुभयो । यस्तै स्व. शंकरलाल केडिया स्मृति युवा कानून पुरस्कार श्री शरद प्रसाद कोईरालाज्यू र स्व. शंकरलाल केडिया उत्कृष्ट पुस्तक लेखन पुरस्कार वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवालीज्यु द्धारा लिखित नेपालमा संघीय शासन पुस्तकको लागी प्रदान भयो ।

यस क्लबले यस अघि १० बर्षसम्म लगातार  न्याय एवं कानून क्षेत्रका वरिष्ठ व्यक्तित्वहरुलाई सम्मान गर्दै आइरहेको छ  ।यस वर्षको कानून पत्रिकामा प्रकाशित उत्कृष्ट कानून लेखन पुरस्कार निम्न अनुसार रहेको छ ।

१. पुरस्कार –  स्व. हजुरआमा जसोदा देवीको स्मृतिमा लगानी प्रवर्धन लेखन
कानून पुरस्कार
संस्थापक – अ. रुद्र शर्मा÷ सम्झना शर्मा
पुरस्कृत लेखक÷व्यक्तित्व – अ. शज्जन राम भण्डारी

Industrial Enterprises  M A critical analysis , अंक १३०, पृ ६६

२. पुरस्कार – शर्मिला अच्युतकान्त सिलवाल बातावरण कानून उत्कृष्ट लेखन
कानून पुरस्कार
संस्थापक – प्रा. डा. अम्बर प्रसाद पन्त
पुरस्कृत लेखक÷ व्यक्तित्व – अ. चन्द्र वहादुर वस्नेत
ज्यचल को वातावरणीय प्रदुशण संबैधानीक व्यवस्था र
अदालतको फैसला
कानून अङ्कं १३० पृ ४३

३. पुरस्कार –  राष्ट्रियता प्रवद्र्यन लेखन कानून पुरस्कार
संस्थापक –  व.अ. बालकृष्ण न्यौपाने
पुरस्कृत लेखक ÷ व्यक्तित्व –  व. अ. मोहन बन्जाडे
नेपालमा संघियताको आयु
कानून अंङ्क १२७ पृ १७

४. पुरस्कार – स्व देवनाथ प्रसाद बर्मा
संस्थापक – मा.न्या.स.अ. अनील कुमार सिंहा
कानून व्यवसायी उत्थान लेखन कानून पुशरस्कार
पुरस्कृत लेखक ÷ व्यक्तित्व – सुमन खरेल(कानून का विद्यार्थी)
उच्च अदालत प्रदेशको सर्वोच्च अदातल कि साविक जस्तो पुनरावेदन
अदालत
कानून अङ्क १२७ पृ ६१

५. पुरस्कार – स्व. यज्ञप्रसाद उपे्रती तथा लक्ष्मीमाया उपे्रती, फौजदारी कानून
लेखन कानून पुरस्कार
संस्थापक – पूर्व मा मु.न्या ,दूर्गाप्रसाद उपे्रती÷भूवनेश्वरी उपे्रती
पुरस्कृत लेखक – अ. अवम महतो
पुरस्कृत लेखक÷व्यक्तित्व – डा. श्रीप्रकाश उप्रेती
१८८ नं. को व्यवस्थाको विदाई र फौजरी कानूनी संरचरनामा
यसको विकल्प एक विबेचना
अङ्क १३० पृ ३६

६.पुरस्कार – नेपाली कानूनी इतिहास तथा प्रणाली, अन्वेषणात्मक लेखन कानून
पुरस्कार
संस्थापक – व. अ. लोक भक्त राणा
पुरस्कृत लेखक÷व्यक्तित्व – अ. चन्द्र कुमार राई
लिच्छवीकालीन दण्ड ब्यवस्था
कानून अङ्क १३१ पृ ४६

७. पुरस्कार – स्व.यज्ञप्रसाद उपे्रती तथा लक्ष्मीमाया उपे्रती,
सम्पत्ति कानून लेखन कानून पुरस्कार
संस्थापक – प्रधान सम्पादक कानुन पत्रिका व.अ. लक्ष्मी प्रसाद उपे्रती ÷
उषा शर्मा
पुरस्कृत लेखक÷व्यक्तित्व – अ. अवतार न्यौपाने
सम्पति ऐन अन्तर्गतका विवाद र उपचार
कानून अङ्कं १२९ पृ ३८

८. पुरस्कार – स्व. लक्ष्मीमाया उप्रेती, उत्कृष्ट महिला हस्ताक्षर कानून पुरस्कार
संस्थापक – व.अ. सुभद्रा सिटौला
पुरस्कृत लेखक÷व्यक्तित्व – सविता गोदार थापा
Acid Violence of Gender, Mass Violence in  Nepal अङ्कं १३० पृ ६५

९. पुरस्कार – स्व. मिनप्रसाद भट्टराई, मिनु भट्टराई
मानव अधिकार लेखन कानून पुरस्कार
संस्थापक –  अ.ऋषिराम भट्टराई
पुरस्कृत लेखक÷व्यक्तित्व –  अ. अच्यूत मणि न्यौपाने
पारिवारिक कानुनमा विवाह सम्वन्ध विच्छेद र आमा बावु छोराछोरीको सम्वन्ध
कानून अङ्क १३० पृ ५६

१०. पुरस्कार – स्व तारा प्रसाद खरेल न्याय प्रशासन लेखन कानून पुरस्कार,
संस्थापक – व.अ.श्याम प्रसाद खरेल
पुरस्कृत लेखक÷व्यक्तित्व – मा.न्या. पवन कुमार ओझा
कानून अङ्क १२४ पृ ३२
११. पुरस्कार – स्व. गणेशलाल÷पदमावती निर्भिक लेखन कानून पुरस्कार
संस्थापक – व.अ. पूर्व म.न्या. कमल नारायण दास
पुरस्कृत लेखक÷व्यक्तित्व – पुर्व मा. न्या. उद्व बास्कोटा
न्यायको खोजीमा पाउने दुखःपीडा
कानून अङ्क १२८ पृ २६

१२. पुरस्कार – श्री कृष्ण प्रसाद घिमिरे कानुनी साहित्य मसौदा लेखन कानून पुरस्कार
संस्थापक – व.अ लयर्स क्लब अध्यक्ष कोमल प्रसाद घिमिरे
पुरस्कृत लेखक÷व्यक्तित्व – अ.विनय रेग्मी
सामुहिक सौदावाजी समिति नयाँ अवधारणा
कानून अङ्कं १३० पृ १४

१३.पुरस्कार – स्व. पण्डित खगेन्द्र प्रसाद भट्टराई
उत्कृष्ट अंग्रेजी लेखन कानून पुरस्कार
संस्थापक – अ. राम प्रसाद भट्टराई
पुरस्कृत लेखक÷व्यक्तित्व – सुमन राज आचार्य

WTO Protection of Nepal   कानून अङ्कं १२९ पृ ५०

१४. पुरस्कार – स्व.विरपल सिंह र आमा स्व. परुली देवी धामी मानव अधिकार लेखन कानून
पुरस्कार
संस्थापक – अ.प्रेम सिहं धामी
पुरस्कृत लेखक÷व्यक्तित्व – मा.न्या. टेक नारायण कुँवर
प्रेस तथा अभिव्यतिm स्वतंत्रता र यसका सिमा
कानून अङ्क १२९ पृ ३१

१५. पुरस्कार – स्व. लक्ष्मण अधिकारी राष्ट्रिय गौरव लेखन कानून पुरस्कार
संस्थापक – अ. राजेन्द्र अधिकारी
पुरस्कृत लेखक÷व्यक्तित्व – अ. तुलसी सिंखडा
विश्व सम्पदा सुची र नेपाल
कानून अङ्क १३० पृ ६०

१६. पुरस्कार – स्व. खुमानन्द र स्व. आमा प्रेमकला ज्ञवालीको स्मृतीमा नेपालको
संवैधानीक कानूनको विकासमा योगदान लेखन पुरस्कार
संस्थापक – संविधान विद् व.अ. चन्द्र कान्त ज्ञवाली
पुरस्कृत लेखक÷व्यक्तित्व – डा. महेन्द्र जङ्ग शाह
संवैधानीक सिद्धान्त र अभ्यास
कानून अङ्क १३० पृ १६

समारोहमा सर्वाेच्च अदालत,उच्च अदालत र जिल्ला अदालतका वरिष्ठ पूर्व न्यायाधीशज्यूहरु, कानूनवेत्ताहरु, कानून क्षेत्रका महानुभावहरु, कानून व्यवसायी क्लवका सदस्य र पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरु र अन्य गन्यमान्य व्यक्तिहरुका साथै शंकरलाल केडिया फाउण्डेशनबाट श्री अनिल कुमार केडियाको समुपस्थिति रहेको थियो ।

post image

 फागुन २०, काठमाडौं । जङ्गी अड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने हुँदा दुर्घटना भएको हो ।

घाइते हुने सैनिकको परिचयबारे केही पनि बताइएको छैन । सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

post image

फागुन २०  ,काठमाडौं । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।

 श्रेष्ठको आफ्नै घरमा समेत क्षति पुगेको उनले जानकारी दिए । सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री, प्रदीप सिलवालको घरमा केही क्षतिसमेत भएको छ ।  प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।

उद्योगका सञ्चालक राजु श्रेष्ठले आगलागीबाट सम्पूर्ण सामान नष्ट भएको, आफ्नै घरमा समेत क्षति पुगेको बताए । उनले आगलागीबाट रु छ करोडभन्दा बढीको क्षति पुगेको जानकारी दिए ।

post image

उत्तम सिंखडा फागुन १९ ,काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेग गंगाजमुना गाउँपालिकामा अवस्थित मण्डली मा बि भूपू क्लबले आफ्नो ११ औं बार्षिकसाधारण सभा सम्पन्न गरेको छ । क्लबले शनिबार काठमाडौँको ठमेलस्थित एक पार्टी प्यालेसमा साधारण सभा सम्पन्न गरेको हो ।

यस कार्यक्रमलाई क्लबका अध्यक्ष रामेश्वर अधिकारी ,बिशेष अतिथी बेग बहादुर अधिकारी र प्रमुख अतिथी धादिङ क्षेत्र नं २ का संघीय संसद माननीय खेम प्रसाद लोहनीले पानसमा बत्ति बालेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित अतिथीहरुलाई क्लबका उपाध्यक्ष श्रीराम अधिकारीले स्वागत मन्तब्य राख्दै स्वागत गर्नुभएको थियो । कार्यक्रममा मण्डली मा बि का भूतपूर्व शिक्षक स्व बालकृष्ण रेग्मीको निधनप्रति समवेदना प्रकट गर्दै १ मिनेट मौनधारण गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै माननिय खेम प्रसाद  लोहनीले यस मण्डली मा बि ले बिद्यार्थीहरुलाई उत्कृष्ट शिक्षा दिदै आएको र आगामी दिनमा अझै आधुनिक प्राविधिक शिक्षालाई अवलम्बन गरेर अघि बढ्नका लागि शुभकामना दिनुभयो  । यस क्लबलाई बिशुद्द राजनीतिक संस्था बनाउन  पनि वहाँले आग्रह गर्नुभयो ।

यस बार्षिक साधारणसभा  कार्यक्रममा मण्डली भूपु मा बि क्लबद्वारा मण्डली माध्यमिक बिद्यालयको स्थापनाकाल देखि त्यस स्कुललाई बिभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने समाजसेवी बेग बहादुर अधिकारी , भुतपुर्व मेजर दुर्गामान सिंह अधिकारी ,कृष्णबहादुर अधिकारी ,भुतपुर्व शिक्षकहरु बिरेन्द्र रजौरे , देबदत्त उपाध्याय ,बुद्धिसागर सापकोटा , कृष्ण प्रसाद सिंखडा, युद्ध बहादुर अर्याल, स्थिर प्रसाद खनाल , दिप बहादुर अधिकारी, भोज बहादुर कार्की , हस्त बहादुर सिंखडा ,जित बहादुर सिंखडा, बिष्णु अधिकारी लगायत अन्य विशिष्ट व्यक्तिहरु लाई प्रमुख अतिथी माननीय खेम प्रसाद लोहनीले दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

 साथै यस कार्यक्रममा यस संस्थामा आजीवन सदस्य बन्नुभएका सम्पूर्ण नयाँ सदस्यहरुलाई भुतपुर्व प्राध्यापक बिरेन्द्र रजौरेले प्रमाणपत्र दिदै क्लबमा स्वागत गर्नु भएको थियो ।

त्यसैगरी साधारणसभा कार्यक्रममा क्लबको आर्थिक प्रतिवेदन र बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै क्लबका कोषाध्यक्ष शान्तकुमार बानियाले २०६४ सालमा स्थापना भएको यस क्लवलाई आफ्नै सम्झेर बिभिन्न पक्षबाट सहयोग गर्ने हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो  । यस क्लबले ५ लाखको अक्षकोष खडा गरेको र जेहेन्दार , गरिब बिद्यार्थीहरुका लागि १ / १ लाख मण्डली माबी फुलखर्क र हिले पोखरी निमाबि दाङसिङ्गलाई प्रदान गरिएको कोषाध्यक्ष बानियाँले बताउनु भयो ।

त्यसैगरी बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै क्लबका अध्यक्ष रामेश्वर अधिकारीले क्लबको स्थापनाकाल देखि नै क्लबले सबै पक्षलाई समेटेर अघि बढीरहेको बताउंदै भावी योजनाका बारेमा उपस्थित ब्यक्तिहरुलाई जानकारी गराउनु भयो ।

यस मण्डली मा बि  को स्थापना २०१४ सालमा भएको हो ।यस बिद्यालयले बिभिन्न चरण पार गर्दै नि मा बी , मा बि , उच्च मा बि हुँदै धादिंग जिल्लाकै पहिलो प्राविधिक शिक्षालय बन्न सफल भएको छ । यस क्लबले मण्डली मा बि को स्थापनाकाल देखि हाल सम्मका शिक्षक , बिद्यार्थी र सहयोगी हातहरुलाई जोडिरहेको र बिभिन्न समयमा सम्मान गरेकोमा यस क्लबका सम्पूर्ण पदाधिकारीहरुलाई मण्डलीका भुतपुर्व प्राध्यापक नबराज अधिकारीले धन्यवाद ज्ञापन गर्नु भयो ।

उक्त कार्यक्रममा फुलखर्क कल्याणकारी कोषका पुर्वअध्यक्ष कुमार बहादुर अधिकारी ,गंगाजमुना सामुदायिक विकास युबा क्लबका अध्यक्ष गोकुल सिम्खडा, पर्यटन ब्यबसायी दल बहादुर अधिकारी, मण्डली मा बी का पुर्वप्राध्यापक नबराज अधिकारी,बिरेन्द्र रजौरे , पुर्व शिक्षकहरु स्थिरप्रसाद खनाल , दिप बहादुर अधिकारी , मण्डली मा बि का सह  प्राध्यापक अर्जुन प्रसाद नेपाल लगायतले शुभकामना दिनुभएको थियो ।

मण्डली भूपू विद्यार्थी क्लवले स्थापना कालदेखि नै विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।कार्यक्रममा  बिभिन्न ब्यबसायीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु,  समाजसेवीहरु ,पत्रकारहरु, बिद्यार्थीहरु ,मण्डली भूपू विद्यार्थी क्लवका सदस्यहरुको बाक्लो उपस्थिती र सहभागीता रहेको थियो ।

post image

 फागुन १९,काठमाडौं । शिवरात्रीमा पशुपतिको दर्शन गर्न जाने भक्तजन तथा सर्वसाधारणको लागि ट्राफिक प्रहरीले नयाँ ब्यबस्थापन गरेको छ ।

माइक्रोबस तथा टेम्पोको लागि सुन्धाराबाट बौद्ध जोरपाटी पुग्न महेन्द्रशालिक, कृष्ण पाउरोटी, जयनेपाल, नक्साल, सानो गौचरन सिफल, लामपोखर र गणेशस्थान, चावहिल हुदैँ जोरपाटी जाने व्यवस्था मिलाएको छ।

त्यस्तै जोरपाटीबााट बौद्ध हुदै सुन्धारा आउने टेम्पो तथा माइक्रोबसको लागि चाबहिल, नारायण गोपाल चोक, लाजिम्पाट, केशहरमल, जमल, घण्टाघर हुदै सुन्धार आउने व्यवस्था परेको छ।

नारायणगोपाल चोकबाट चल्ने गाडी भने चाबहिल पुगेपछि फर्कने छ। कोटेश्वर, बानेश्वर बाट जाने गाडीहरु भने सिनामंगलबाट अगाडि जान पाउने छैन।

पुरानो बानेश्वरबाट अगाडि जान पनि सवारी साधनलाई रोक लगाइएको छ। ट्राफिक प्रहरीले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, गौरीघाटबाट उमाकुण्डको मार्ग रोकिने जनाएको छ।

पार्किङको व्यवस्था

ट्राफिक प्रहरीले पर्यटकको बस र अन्य पास भएका सवारीहरुलाई चार स्थानमा पार्किङको व्यवस्था मिलाएको छ।

तिलगङ्गा आँखा अस्पताल अगाडिको खाली ठाउँ, सिफल चौर, गुहेश्वरी पारी र देवउद्यानस्थित कोषको कार्यालय रहेका छन्। सिफलमा दर्शनार्थीको लागि पार्किङ, तिलगङ्गमा  पर्यटक बस, दर्शनार्थी र विदेशी पर्यटकले पार्किङ गर्ने व्यवस्था मिलाएको हो।

गुहेश्वरी पारी  वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुर्दै आउने सवारी साधनले पार्किङ गर्ने छन्। सिफल चौरमा सानो गौचरण, कालो पुल आउने सवारीले, तिलगंगामा तीनकुने, सिनामंगल हुर्दै तिलगंगा सम्म।

बस तथा माईक्रोबसहरु लागि

 पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र त्यहीबाट पुरानोबसपार्क फिर्ता हुनेछन्। पुरानो बसपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदै जमलसम्म तत्पश्चात महेन्द्रशालिक तीनधारा पाठशाला हुदै पुरानोबसपार्क फिर्ता हुने व्यवस्था मिलाएको छ।  कालोपुल हुदै कपन चल्ने सवारी साधनहरु खानीविभाग, लाजिम्पाट हुदै महाराजगंजको बाटो चल्ने छन्।

मालवाहक सवारी साधनहरुको लागि

जोरपाटी, बौद्ध, चावहिल हुदै महाराजगंजतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुँदै सुकेधारा, महाराजगंज तर्फ जाने व्यवस्था मिलाएको छ ।  कोटेश्वर, तिनकुने, गौशाला हुर्दै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदै बौद्ध तर्फ जाने छन्।

कोटेश्वर तिनकुने हुर्दै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने छ।  महाराजगंज, चावहिल हुदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरु बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने हुन्छ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुर्दै बौद्ध जोरपाटीसम्म पुग्न सक्नेछन्।

post image

फागुन १९,काठमाडौं । पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आइतबार पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ।

सोमबार र मङ्गलवार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ। बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए।रासस

post image

फागुन १७, पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ । लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका भारतीय नागरिक ३० वर्षीय सन्दीप शाहको हिरासतमै मृत्यु भएको हो ।

पुस २ मा लागूऔषध नियन्त्रणमा ब्यूरो, पोखराले पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो । कास्की प्रहरी स्रोतका अनुसार उनले हिरासत कक्षभित्रै विष सेवन गरेका थिए । शाहले बिहान ४ बजे विष सेवन गरेर बान्ता गर्न सुरु गरेपछि हल्लीखल्ली मच्चिएको प्रहरीले जनाएको छ ।

‘बान्ता भएको केही समयमै अस्पताल लगियो,’ प्रहरी भन्छ, ‘अस्पताल लगिसकेपछि पनि केहवेर कुरा गरेका थिए । तर, उपचारका क्रममा उनको मृत्यु भयो ।’

शाहले सेवन गरेको विष हिरासत कक्षभित्र कसरी पुग्यो भन्ने विषयमा पनि प्रश्न उठेको छ । यो विषयको खोजी गरिरहेको प्रहरीले एक जना प्रहरी अधिकारीलाई पनि नियन्त्रणमा लिएको छ ।स्रोतका अनुसार तिनै प्रहरीमार्फत विष हिरासत कक्षसम्म पुगेको आशंका गरिएको छ ।

post image

फागुन १७, काठमाडौँ।  ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम संस्कार गृहनगर पोखरामा हुने भएको छ ।

अधिकारीसहित दुर्घटनामा ज्यान गुमाएका ७ जनाको टुँडिखेलमा सामूहिक रुपमा श्रद्धाञ्जलि सकिएपछि अधिकारीको शव अन्तिम संकारका लागि पोखरा लगिनेछ । काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर पोखरा लगि शवयात्राका साथ अन्त्येष्टि गरिने छ ।
अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

 प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । बुधबारको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

post image

फागुन १६, चिप्लेढुङ्गा।  पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ। सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअध्यक्ष एवं वडा नं ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पोखरा–५ निवासी विकासप्रेमी नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा पार्कको नाम रवीन्द्र स्मृति वाटिका राख्ने निर्णय गरिएको हो।

सूर्यचन्द्र विकास समाजद्वारा निर्मित पार्क मन्त्री अधिकारीले गत साउन ११ गते उद्घाटन गरेका थिए। पार्कलाई स्थापनादेखि सुव्यवस्थित गर्दै र शहीद स्मृति पुस्तकालयको आधुनिकीकरण गर्नमा मन्त्री अधिकारीको महत्वपूर्ण योगदान रहेको भन्दै उहाँको सम्मानमा नाम परिवर्तन गर्ने निर्णय गरिएको नेपालीले जानकारी दिए।

संस्थाका अध्यक्ष गायत्री भुत्र्यालको अध्यक्षतामा बसेको बैठकमा वडा नं ५ का जनप्रतिनिधि, पूर्वअध्यक्ष एवं सल्लाहकारहरुको सहभागिता रहेको थियो। रासस

post image

फागुन १६, काठमाडौँ। राजधानीको टुँडिखेलमा आज मध्यान्नदेखि नै नेपाली सेनाको सक्रियता सजावटमा जुटेको छ।  हिजो भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्रीसहित ७ जनाको शवका लागि बेग्ला बेग्लै ठाउँको सजावटको तयारी भइरहेको छ ।

टेबुलमाथि सेतो कपडा र ट्रकमा ल्याइएको मालाद्वारा सजाइएको उक्त ठाउँ घटनाप्रति समवेदना प्रकट गर्न र सम्मानका लागि थियो ।

दुर्घटनामा भएको हाइप्रोफाइलको मृत्युकै कारण आज सरकारले सार्वजनिक विदा घोषणा गरेको छ र श्रद्धाञ्जली अर्पणका लागि यहाँ तयारी हुँदैछ।

post image

फागुन १५, बनेपा। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्ने बताएका छन्।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ छत्रेपाटीखर्कस्थित तिलेश्र मन्दिर संरक्षण समितिद्वारा आयोजित ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ २०७५’ को दोस्रो दिन मंगलबार सहभागी भएका नेता थापाले कुन धर्म मान्ने र कुन धर्मको अभ्यास गर्छ गर्दैन भन्ने कुरा निजी भएको बताए।

उनले भने, “धर्मको अभ्यास गरे पनि नेपालभित्र धर्म परिवर्तनको अभ्यास गर्ने कुरालाई राज्यले रोक्नुपर्ने हुन्छ, त्यो राज्यको दायित्व हो।” धर्म परिवर्तन गर्ने कुरालाई पूर्णरूपमा रोक्नुपर्ने उल्लेख गर्दै थापाले त्यसको अधिकार संविधानले नै नेपाल राज्यलाई दिएको बताए।

उनले गाउँगाउँमा लाग्ने गरेको महायज्ञ धार्मिक प्रचारप्रसारको माध्यम भएकाले त्यसलाई सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गरे। उनले हिन्दू, बौद्ध र किराँत धर्म नेपाल राज्यको पहिचान र परिचय भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए।

तिलेश्वर मन्दिर संरक्षण समितिद्वारा आयोजित मन्दिर प्रचारप्रसार, विकास तथा पुनःनिर्माण गर्न सहयोग जुटाउने उद्देश्यले भएको महायज्ञमा ५० लाख उठाउने लक्ष्य राखिएको समितिका संयोजक कृष्णबहादुर लामाले बताए। उनका अनुसार मन्दिर निर्माणका साथै अन्य भौतिक संरचना निर्माणसहितको लागि करीब रु दुई करोडको गुरुयोजना तयार पारी काम अगाडि बढाइसकिएको छ।

सो महायज्ञमा कथा व्यास नारीरत्न विदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्सङ्कल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माको कथा वाचन रहेको छ। सो महायज्ञ आगामी २१ गतेसम्म चल्ने आयोजकले जनाएको छ। रासस

post image

फ़ागुन १५ , भरतपुर। चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य दुई घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मंगलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग २ च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना १ ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो।

ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो। ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी उच्च रक्तचापका बिरामी थिए। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रवीनकुमार श्रेष्ठ घाइते भएका छन्। घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्सको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

post image

फागुन १५, काठमाडौं । जनकपुर–धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरमा बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

 दुर्घटनामा परि बसमा सवार भारत विहार राज्यको मोतिहारी जिल्लाका २५ बर्षिय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षिय शिवकला देवी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गएराती  पूूर्व–पश्चिम राजमार्ग अन्तर्गत ढल्केवरमा ना ५ ख ४९६ नम्बरको मकालु बस र बिपरित दिशाबाट आइरहेको ना ६ ख ९४९६ नम्बरको ट्रक एक आपसमा ठोक्किएको प्रहरीदले जनाएको छ ।

दुर्घटनामा अरु एक दजर्न भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरुको लालगढ मोडेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

post image

फागुन १४, काठमाडौँ । शहरी विकास मन्त्रालयले नयाँ बानेश्वरस्थित संसद् भवनमा परिसरमा नयाँ चमेनागृह निर्माण सुरु गरेको छ। शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सोमबार भवनको शिलान्यास गरे।

९ सय ८३ स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुन लागेको चमेनागृहमा एक सय ८६ जना क्षमताको डायनिङ हल बन्नेछ।

चमेनागृहमा मुस्लिम समुदायका लागि हलाल खाना बनाउन छुट्टै भान्छाघरको व्यवस्था हुनेछ। कुल दुई करोड ७८ लाखमा निर्माण सम्झौता भएको चमेतागृह ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

post image

फागुन १४, दार्चुला। दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन्।

घाइते उधारोको टाउकोमा चोट लागेको जिल्ला अस्पतालका स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए। मानसिंहको हातमा चोट लागेको छ। दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो। दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए। दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनियर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ। राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ। रासस

post image

फागुन १३, काठमाडौं । सुँगुर र बंगुरलाई भनेर संकलन गरिने फोहोर खाद्यान्न र अखाद्य वस्तु घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोट र प्रहरी प्रभाग, बलम्बुले चलाएको मदिरा नियन्त्रण अभियानका क्रममा यो रहस्य खुलेको हो ।

बलम्बु प्रहरीले शुक्रबार मात्रै १२ हजार ४ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ भने ४ हजार किलो मदिरा बनाउने कच्चा पदार्थ पनि नष्ट गरेको छ ।

बलम्बुका प्रहरी प्रमुख प्रहरी निरीक्षक शंकर खड्काका अनुसार पार्टी प्यालेस र विवाह भोजबाट उठाइएको अखाद्य वस्तुलाई पनि कच्चा पदार्थको रुपमा राखिएको भेटिएको छ । थानकोटका डीएसपी कुमार विक्रम थापाका अनुसार ती ठाउँहरुमा छापा मार्दा रहस्यमय तवरले आधुनिक घरभित्र मदिराको भट्टी फेला परेको छ । उनले सुनाए, ‘तीन ओटा सुविधा सम्पन्न घरबाट ती मदिरा र मदिरा बनाउने कच्चा पदार्थ बरामद भएको छ ।’

post image

फागुन १२, ललितपुर । ललितपुरको नख्खुस्थित शुक्रबार राति भएको विस्फोटमा परी मृत्यु भएका सिंहप्रसाद गुरुङको परिवारले शव बुझ्ने भएका छन्। ललितपुर क्षेत्र नम्बर ३ की सांसद पम्पा भुसालले सरकारले १० लाख क्षतीपुर्ती बेहोर्ने प्रतिबद्दता जनाएपछी उनीहरुले शव बुज्ने भएका हुन्।

सिंगापुर गोर्खा एशोसियनले शनिवार ५ जनाको  दबाब समिती गठन गरेको थियो। समितीले गृहमन्त्री राम बहादुर थापा बादलले अस्पतालमै पुगेर क्षतीपुर्ती दिने आश्वाशन दिएपनि लिखित नभइ शव नबुझ्ने अडान राखेको थियो।

समितीको अध्यक्ष भोगेन्द्र गुरुङले भने, ‘ पम्पा भुसालले १० लाख क्षतीपुर्ती दिने व्यवस्था मिलाउँछु भन्नुभयो।  परिवारले पनि शव ल्याउन आग्रह गरेपछि शव लिन अस्पतालमा आएको छौँ।’

मृतक गुरुङ सिंगापुरका रिटायर्ड प्रहरी हुन्। उनकी जेठी छोरी अस्ट्रेलियामा छिन भने छोरा यही कक्षा ६ मा पढ्दैछन्। एउटी सानी छोरी कक्षा १ मा पढ्दैछिन्। छोरी अष्ट्रेलियाबाट फर्केपछि भोली दाहसंस्कार गर्ने अध्यक्ष गुरुङले  बताए।

post image

फागुन १२, काठमाडौं । ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी शुरु भएको छ । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुनलागेको हो ।

चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। उनका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।

 कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्खो, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए ।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । ‘अबको एक वर्षभित्रमा महानगरका मुख्य सडक सबैतिर बत्ती जडान भइसक्नेछ’, उनले भने।

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले बताएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताएका छन् । उनले भने, ‘यात्रु र सवारी गएपछि बत्ती आफैँ निभ्नेछ ।’

महानगरपालिकाका अधिकांश सडकमा बत्ती नहुँदा सवारीचालक र यात्रु हैरान छन् भने रातका समयमा सडक दुर्घटना भइरहेको छ । रासस

post image

फागुन १२, काठमाडौं । काठमाडौँमा अष्ट्रेलियन स्किल माइग्रेसन सेमिनार हुने भएको छ । केबीए ग्लोबलको आयोजनामा आगामी मार्च २ तारिक शनिबारको दिन यस सेमिनार हुन गइरहेको छ ।

उक्त सेमिनारमा बिद्यार्थी बाहेक पनि अन्य क्षेत्रमा शिप हुने दक्ष तथा योग्य व्यक्तिहरुले अष्ट्रेलिया जाने अवसरको बारेमा जानकारी लिन सक्नेछन् । सेमिनारमा नर्दन टेरीटोरी अष्ट्रेलियाका उच्च पदाधिकारीको पनि सहभागिता रहने छ । यस सेवा सम्वन्धि सबै जानकारी अष्ट्रेलियन स्किल माइग्रेसन सेमिनारमा प्रदान गरिने आयोजकले बताएको छ  ।

लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा  अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो। हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालय नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् ।

 

 

post image

फागुन १०, काठमाडौं । नेपाली महिला तथा बालिकाको मानव अधिकार संरक्षण र सम्बर्द्धन गर्दै लैङ्गिक समानता हासिल गर्न क्रियाशिल महिलाहरुले नेतृत्व गरेको गैरसरकारी संस्थाहरुको राष्ट्रीय सञ्जाल संस्था बियोण्ड वेईजिङ्ग कमिटी (बिबिसी)ले  एक गोष्ठीको आयोजना गरेको छ  ।

विभिन्न जिल्लाबाट आएका सवालहरुलाई सम्बोधन गर्दै , यस राष्ट्रिय परामर्श गोष्टिको छलफलबाट उठेका विषयहरु र महिलाको प्रजनन् स्वास्थ्य अधिकार लगायतका सवालहरुलाई समेत समेटी प्रतिवेदनको रुपमा तयार पारी कल फर एक्सन  बनाउने र राष्ट्र सडघमा प्रतिवेदनको रुपमा लैजाने क्रममा आज यो कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।

नेपाल सन् १९९५ मा स्थापना भएको एक गैरसरकारी संस्था हो । यस संस्थाले आफनो स्थापनाकाल देखि नै चौथो विश्व महिला सम्मेलनद्धारा पारित बेईजिङ्ग घोषणा-पत्र र कार्ययोजना कार्यान्वयन गराउन लगायत दिगो विकास एजेण्डा २०३० सँग सम्बन्धित कार्यहरु गर्ने लगायत हरेक वर्ष संयक्त राष्ट्र संघमा आयोजना हने महिलाको स्थिति सम्बन्धि आयोगमा नेपालको महिला नागरिक समाजको तर्फबाट स्थानिय स्तरदेखि राष्ट्रिय स्तरको परामर्श गोष्ठिबाट आएका सवालहरुलाई समावेश गरी प्रतिवेदन पेश गर्दै आइरहेकोछ । 

post image

फागुन १०,काठमाडौं । उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ।नो हर्न क्षेत्र घोषणा भइसकेकाले अटेर गरेर हर्न बजाउनेलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

२०७४ वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत फागुन ९ गतेसम्म ३० हजार ४६८ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। आर्थिक वर्ष २०७३\७४ मा ९ हजार ६६३ जना चालक कारबाहीमा परेका छन्। आर्थिक वर्ष २०७४\७५ मा १५ हजार ४०५ जना र चालु आर्थिक वर्षको सात महिनामा ५ हजार ४ सय जना कारबाहीमा परेका छन्।

कसैले नो हर्न नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटकमा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था छ।

post image

फागुन १० ,काठमाडौं । सडकपेटीमा कोहि आमा बुबा बेवारिसे हुनु नपरोस भनेर निर्माण हुन लागेको बा आमा आश्रम निर्माणको लागि सहयोग जुट्नेक्रम चलिरहेको छ । बा आमा घर अर्थात सुरक्षित आश्रम बनाउनको लागि आफ्नै घर जग्गा संस्थालाई दान गरेर अभियानमा जुट्नु भएका संस्थाका अध्यक्ष समाजसेवी बिनयजंग बस्नेतलाई सामुदायिक रेडियोहरुका नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले आफैले लेखेको रु ७५ हजार बराबरको ज्ञानशाला पुस्तक हस्तन्तरण गर्नु भएको छ ।

बा आम घर आश्रमका प्रमुख सल्लाहकार समेत रहेका आचार्यले पुस्तक बिक्रि भैसकेपछि थप ७५ हजार बराबरको पुस्तक हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्दै कोही पनि बेवारिसे हुनु नपरोस भन्ने अभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । आचार्यले आश्रमलाई सेवा गर्ने, आत्मज्ञान र शान्ति प्राप्तगर्ने पवित्र स्थलको रुपमा बिकास गर्ने बताउनु भएको छ ।

बेवारिसे लाशको अभिभावक भनेर चिनिने समाजसेवी बिनयजंग बस्नेतले आश्रममा २३ जना बेघर र बेसाहारा बेवारिसेहरुले आश्रय पाउने बताउनु भएकोछ । नेपालको ७७ वटै जिल्लामा शाखा खोली बेवारिसेहरुको ब्यबस्थापनका लागि काम भैरहको छ । बस्नेतले १७५ भन्दा बढि बेवारिसे शबको आफ्नै हातले ससम्मान दाहसंस्कार गरिसक्नु भएको छ । सयौं कुलतमा फसेकाहरुलाई सहि बाटोमा ल्याउने, सडकमा भएका बेबारिसेहरुलाई उपचार गराई आश्रय स्थलमा पु¥याउने र पारिवारिक मिलन गराउने जस्ता काम संस्थाले गर्दै आएको छ । महालक्ष्मी नगरपालिका चाँगाथलीमा बा आमा घर निर्माण भैरहको छ ।

post image

फागुन ९,काठमाडौं । केहीदिनअघि आएको पश्चिमी वायुको प्रभावले शनिबार र आइतबार  राम्ररी घाम लागे पनि सोमबारदेखि फेरि बादल लाग्ने भएको छ ।  आज दिनभरि काठमाडौं उपत्यकासहित देशका मध्य क्षेत्रमा बादल लाग्ने भएको छ।  केही ठाउँमा वर्षा हुने र केही स्थानमा बदलीमात्र हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘नेपालतिर आइरहेको पश्चिमी वायु अहिले अफगानिस्तान र पाकिस्तानको आकाशमा आइपुगेको छ। पश्चिम नेपालमा यसको प्रभाव सोमबारदेखि सुरू हुन्छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले सेतोपाटीसँग भनिन्, ‘यो प्रणाली बलियो भएकाले उच्च हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा गराउनेछ।’

पश्चिमदेखि पूर्व सर्दा त्यो पश्चिमी वायुले तीन दिन मौसममा बदली हुनेछ।   गत पुस २३ गतेयता हप्तैपिच्छेजसो पश्चिमी वायू आइरहेको छ।  पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षाभएको थियो।

सोमबार यो वर्ष आठौं पटक पश्चिमी वायु आउन लागेको हो। ‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ महाशाखाका मौसमविद् सुवास रिमालले भने। नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

post image

फागुन ९, काठमाडौं। हजुर बा हजुरआमा वालवालिकाको सबै भन्दा नजिकका अभिभावक हुन् । कतिपय बाबु आमा आफ्ना छोरा छोरी हजुरबा हजुरआमाको जिम्मा लगाएर काममा जान्छन् । बा आमाले भन्दा धेरै माया गर्ने हजुर बा हजुरआमा धेरै छन् यो मुलुकमा । कतिपय हजुरआमा यस्ता पनि भेटिए जसले आफ्नै हातले भातमा विष मिसाएर खुवाउन पनि पछि परेनन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको बताएकी छिन् । तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताउनुभयो । दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

post image

काठमाडौं, ९ फागुन । काठमाडौं महानगरपालिका-२६ गंगबु चोकस्थित काठमाडौं डिजिटल फोटो स्टुडियोबाट नक्कली परिचयपत्र बनाएको अभियोगमा २ जना पक्राउ परेका छन् । स्टुडियोका संचालक लम्जुङ बेशीसहर नगरपालिका-१ का ५२ वर्षीय ओमबहादुर पाण्डे र तनहुँ भानुमति-२ का २५ वर्षीया पमिसा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

 वैदेशिक रोजगारी विभागमा पेस गरिने परिचयपत्र उक्त स्टुडियोमा नक्कली छापेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

post image

फागुन ९,काठमाडौं । भारत उत्तरप्रदेशको कटराचौराह मधावलिया रोड निचलौलबाट एक २१ बर्षिय युवतीको उद्धार गरिएको छ । निचलौल स्थित एक कोठाबाट उनलाई उद्धार गरिएको हो । आफन्त नेपाल,सिमा प्रहरी महेशपुर ,कोटवाली थाना ठूठीबारी र निच्लोलको निच्लोल थानाको सहयोगमा ती युवती उद्धार गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराई बताए ।

भट्टराईका अनुसार आर्केष्टाको एक कोठामा ती युवती सहित १२ जना थिए । ती मध्ये ६ नेपाली युवती थिए । अन्य युवती नेपाल फर्किन नमानेपछि ती युवतीको मात्रै उद्धार गरिएको हो । नवलपरासीकि ती युवती लाई महेशपुरका मनोज धोवि(३०) ले आर्केष्टामा काम लगाइदिने भनि महेशपुर नाका बाट निच्लोल पु¥याएर आर्केष्टामा ८० हजार भारुमा बेचेको प्रहरीको भनाई छ । मनोजले परासीको सिद्धार्थ चाउचाउ फ्याक्ट्रिमा काम गर्ने ती युवती लाई जागिर लगाइदिने भनि प्रलोभनमा पारि निच्लोल पु¥याएका थिए । त्यँहाको आर्कोष्टामा उनलाई नाच्ने काममा लगाइएको थियो ।

पीडित युवतीका अनुसार काम गरेको पैसा नपाएपछि साहु लाई घर पठाइदे भन्दा आफुले पैसामा किनेकाले पठाउन नमिल्ने बताएका थिए । त्यसपछि मात्र आफु बेचिएको थाहा भएको उनले बताइन् ।एक महिनाको चिनजानमा मनोज संग नजिकिएकि ति युवती लाई ६ महिना अघि सो आर्केष्टाम पु¥याइएको थियो ।

मनोजले उनकि बहिनी लाई पनि २० हजार भारु कमाउने काममा लगाइ दिने भनि प्रलोभन दिएका थिए । उनी जान नमानेपछि मनोज सम्पर्क बिहिन भएका थिए । बहिनी सिमा भन्छिन्,“मलाई पनि बेच्ने योजना रैछ”,धन्न बेचिनबाट जोगिए” ६ महिना सम्म पनि दिदि सम्पर्कमा नआएपछि उनले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा दिदि हराएको निवेदन दिएकि थिइन । प्रहरीले चासो नदिएपछि संघसंस्था लाई खोजि दिन आग्रह गरेपछि दिदिको उद्धार गरिएको उनले बताइन ।

उक्त आर्कोष्टामा मनोजले नेपाली युवती सप्लाई गर्ने कम गर्दै आएको आशंका गरिएको सिमा प्रहरी चौकि महेशपुरका प्रहरी इन्र्चाज बिष्णु सापकोटाले बताए । फरार रहेका मनोज भारतको निचलौलमा भएको आशंकामा भारतीय प्रहरीको सहयोगमा खोजी कार्य गरिएको सापकोटाले बताए । उनका अनुसार २ महिना अघि पनि उक्त आर्केष्टाबाट एक युवतीको उद्धार गरिएको थियो । पछिल्लो ६ महिनाको अवधिमा आर्केष्टा हिडेका ९ युवतीको सिमा बाट उद्धार गरेको छ । आर्केष्टाको माध्यामबाट युवतीहरु बेचबिखनमा पर्न थालेपछि प्रहरीले जान रोक लगाएको छ ।

post image

फागुन ९, हुम्ला । हिमाली जिल्ला हुम्लामा आज फेरि हिमपात शुरू भएको छ। गएको कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महिनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ।

उत्तरी नाम्खा गाउँपालिका एक महीनादेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध भएको छ। जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रँदा एक महिनादेखि मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए। त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवा अवरुद्ध भएको छ।

माघ महिनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ। आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ। हिमपातले चिसो बढ्दै गएको छ।

प्रहरीको वासस्थान सर्‍यो

नाम्खा गाउँपालिका–६ मुचुमा रहेको प्रहरी चौकी भारी हिमपातको चिसोले तीन घण्टा पैदल हिँडेर पुग्ने स्थान तुम्कोटमा सारिएको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए। नेपाल प्रहरीको सञ्चारसेटबाहेक अन्य टेलिफोन सेवा बिग्रँदा समस्या बनाएको उनले बताए। नाम्खा गाउँपालिकाको खबर प्रहरी सञ्चार सेटमा लिने गरेको जानकारी प्राप्त भएको छ। उत्तरी नाम्खा गाउँपालिका उच्च हिमाली गाउँपालिकामा पर्ने भएकाले हिमपातले चिसो बढाएको तीन घण्टा तल बेँसीतिर सारिएको उनले जनाए।

दाउराको माग

जिल्ला सदरमुकाम सिमकोटमा यतिबेला दाउराको माग बढ्दै गएको छ। हिमाली जिल्ला हुम्लामा लगातार हिमपात हुँदा चिसो बढेसँगै दाउराको माग बढ्दै गएको छ। उत्ता हिल्दुम साना जलविद्युत् केन्द्रले विद्युत् भार कटौती समय तालिका बढाउँदै गएपछि दाउराको माग बढेको हो।

जिल्लाका खार्पुनाथ सिमकोट गाउँपालिकाका स्थानीयले सिमकोट बजारमा ल्याएका दाउरा एक भारीको रु ५०० देखि एक हजारसम्मको मूल्य तिरेर खरीद गर्नुपरेको सिमकोटमा बस्दै आएका विनिता महताराले बताए। लगातार हिमपात हुँदा घार बनाउन वनमा गएर दाउरा टिप्नलाई गाह्रो हुँदा महँगो मूल्यमा किन्नुपरेको उनले बताए। दाउरा बिक्री गर्ने खच्चड व्यवसायीले पनि राम्रो आम्दानी गरेका छन्।

डोल्पालीहरू अलपत्र

केही समयदेखि परेको हिमपातले डोल्पा जिल्लाको उत्तरी क्षेत्रको जनजीवन कष्टकर बनेको छ। चार÷पाँच फिटसम्मको हिउँ जमेका कारण यहाँका वासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। विगतका वर्षहरुमा सामान्यतः माघको अन्तिमसम्म मात्रै हिमपात हुने गरेकामा यस वर्ष फागुनको मध्यसम्म पनि हिउँ पर्ने क्रम रोकिएको छैन।

हिमपातकै कारण कतिपयको घरभित्र जोहो गरेको खाद्यान्न सकिन लागेकाले भोकमरीको अवस्था आउने सम्भावना देखिएको छ। विरामी हुँदा औषधोपचार गर्ने तथा चौंरीलगायतका पशुहरूलाई खुवाउने कुराको अभावमा भोकै मर्ने स्थिति समेत उत्पन्न हुनसक्ने खतरा देखिएको छ।

हिमपात नरोकिएका कारण जाडो छल्न काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा झरेका कतिपय डोल्पाली घर फर्किन सकेका छैनन्। महिनौंसम्म राजधानीमा बस्नुपर्दा खर्च धान्न पनि मुस्किल भएको डोल्पा बुद्ध गाउँपालिका(१ धो तरापका नाम्ग्याल गुरुङले बताए। उनका अनुसार यतिबेला राजधानीमा मात्रै ५०० भन्दा बढी डोल्पाली बौद्धलगायतका स्थानमा अलपत्र परेका छन्। ‘‘अधिकांशको राजधानीमा आफन्तको घर नभएकाले बौद्धका गलैंचा कारखानाहरूमा बस्नु परेको छ ।’’गुरुङले भने। रासस

post image

 फाल्गुन ८, ललितपुर  । युवाहरुको क्षमता विकास गर्ने उदेश्यले युथ एड्भोकेसी नेपालले भिएसओ र साडेड नेपालसँगको सहकार्यमा ३ दिने युथ डेमोक्रेसी क्याम्प सम्पन्न गरेको छ । फाल्गुन ५ देखी ७ सम्म लतितपुरको कोतडाँडामा भएको  क्याम्पलाई सहजीकरण गर्दै लोकतन्त्रको विश्वव्यापी मान्यतालाई नेपालले व्यवाहारिकरुपमा कार्यन्वयन गर्नुपर्ने प्राध्यापक कृष्ण प्रसाद खनालले वताए ।

नेपाली लोकतन्त्रमा देखीएको चुनौतीहरुलाई सम्वोधन गर्नका लागि युवाहरुले आफ्नो सोचलाई फराकिलो वनाउदै राजनीतिमा शसक्त हस्तक्षेप गर्नु पर्नेमा खनालको जोड थियो । लोकतन्त्रका विकासको लागि मानिसलाई प्रकृतीसँग जोड्नु पर्ने डाक्टर उद्व प्याकुरेलको भनाई थियो । विकासको नाममा डोजर संस्कृती मौलाएकोमा चिन्ता व्यक्त गर्दै पर्यावरणिय विकासमा जोड दिनु पर्ने प्याकुरेलको जिकिर थियो ।

प्रतिनिधिमुलक लोकतन्त्र र समाजवादी लोकतन्त्रले नेपाली जनताका चाहानालाई सम्वोधन गर्न नसक्ने भएकाले नेपालले सहभागितामुलक लोकतन्त्रको अवलम्वन गर्नु पर्ने क्याम्पका अर्का प्रशिक्षक तथा राजनीतिक विश्लेषक केसव दाहालले वताए । असल कार्य गर्न नसक्ने जनप्रतिनिधिलाई फिर्ता वोलाउनु पर्नेमा दाहालको जोड थियो ।

क्याम्पमा टंक अर्याल, नरेन खतिवडा, सुरन महर्जन, सुधिर भट्टराई, वद्री सिवाकोटी लगायतले सहजकर्ताले मानवअधिकार, शुसासन, स्वयंसेवाको विषयमा सहजीकरण गरेका थिए ।  विभिन्न क्षेत्रका २५ जना युवाहरु सहभागी भएको क्याम्पले युवाहरुको लोकतन्त्र, मानवअधिकार, शुसासन, स्वयंसेवा लगायतका विषयमा ज्ञानका दायारा फराकिलो वनाएको वताए ।

युथ डेमोक्रेसी क्यापलाई देशै भरी संचालन गरी आलोचनात्मक चेत भएको युवाहरु तयार गर्ने सोच रहेको आयोजक संस्थाका अध्यक्ष नरेन खतिवडाले वताएको ।

post image

 फागुन ८, डडेल्धुरा । बझाङमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । तमैल बजारबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका-१० का मोटरसाइकल चालक २३ वर्षीय पवन छत्याल र वडानम्बर ७ का २२ वर्षीय प्रेम हमालको घटना स्थलमा नै मृत्यु हो

दुर्घटना मंगलबार राति ११ बजे भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी प्रविण धितालले जानकारी दिए । सोही दुर्घटनामा परी आकाशबहादुर सिंह घाइते भएका छन् । घाइते सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सिंहले बुधबार बिहान होसमा आएपछि जानकारी दिएपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले बताएको छ । मोटरसाइकल सडकबाट झण्डै ४०/५० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

post image

फागुन ८, रसुवा । जिल्ला भूमि अधिकार मञ्च रसुवाको चौथो जिल्ला सम्मेलन कालिका गाउँपालिका २ स्थित भूमिघर कालिकास्थानमा एक सभाकाबीचसम्पन्न भयो । ०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पूरा गरी चौथो कार्यकालको लागि मञ्चको सम्मेलनले संस्थापक मध्येका एक हेमनाथ खतिवडाको अध्यक्षतामा सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ । खतिवडा यस अघि तदर्थ समितिका सदस्य, सहसचिव, २ कार्यकाल सचिव हुँदै अध्यक्ष भएका हुन् ।

नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश : टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भूवनेश्वरी लामिछाने र गोपिनी परिवार चयन भएका छन् भने सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खडकमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल चयन भएका छन् ।

सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका केन्द्रीय महासचिव सरस्वती सुव्वालगायत उपस्थित अथितिले गरेका थिए । प्रमुख अथिति सुव्वाले मञ्चको चौथो सम्मेलनको व्यानर पढेर भूमि अधिकार मञ्चका अग्रज स्व.बलदेव राम र किसान आन्दोलनको नेता स्व.भीमदत्त पन्तको तस्विरमा माल्यार्पण गरी गरिएको थियो ।  मञ्चको सम्मेलनमा गाउँ भूमि अधिकार मञ्चका प्रतिनिधि तथा पर्यवेक्षक, जिल्ला मञ्चका पदाधिकारी तथा मञ्चको अभियानलाई सहयोग गर्ने अतिथिहरू र राष्ट्रिय भूमि अधिकार मञ्चका प्रतिनिधि र पर्यवेक्षक  (महिला ३९, पुरुष ३६, दलित ८, जनजाति २९ र ब्राम्हण÷क्षेत्री ३८) गरी ७५ जना सहभागी भएका थिए ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाको सम्मेलनमा अध्यक्षता मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटीले गर्नुभएको थियो भने प्रमुख अतिथि मञ्चका केन्द्रीय महासचिव सरस्वती सुव्बा थिए भने विशेष अतिथिमा मञ्चका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का संयोजक रमेश देवकोटा, कालिका गाउँपालिकाका उपाध्यक्ष एवम् मञ्चका पूर्व जिल्ला अध्यक्ष भवानीप्रसाद न्यौपाने र अतिथिमा मञ्चका पूर्व अध्यक्ष एवम् जिल्ला समन्वय समिति रसुवाका सदस्य चित्रकुमारी न्यौपाने, कालिका गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्पराज न्यौपाने, वडा नं. २ का कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेलगायत सहभागी थिए ।

सम्मेलनमा मञ्चको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफल गरी पारित गरिएको छ । जिल्ला मञ्चको सम्मेलनले हेमनाथ खतिवडाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । रसुवा जिल्लामा रहेको बिर्ता, गुठी, भूमिहीन सुकुमबासी र विस्थापित परिवारको लागि भूमि अधिकारको सुनिश्चितता गर्नको लागि राज्यसँग वकालतिय अभियान जिल्ला मञ्चले गरिरहेको छ । मञ्चमा २२ गाउँ भूमि अधिकार मञ्चमार्फत ६ सय ११ परिवार सङ्गठित भएका छन् । मञ्चको अभियानको सफलतास्वरुप १ सय ७० परिवार बिर्ता पीडित किसानले १५ सय रोपनी बिर्ता जग्गाको लालपुर्जा लिएका छन् । यसबाट ५ सय बढी परिवार लाभान्वित भएका छन् । १ सय ३२ गुठी पीडित परिवारले मोही लालपुर्जा लिएका छन्, यसले उनीहरूले आफ्नो जोतभोग र बसोबास गर्दै आइरहेको जमिनको स्वामित्व लिनको लागि सहज हुनेछ ।

जिल्ला भूमि अधिकार मञ्चको यस अवधिमा ४६ लाख ९६ हजार ११२ रुपियाँको कारोबार भएको प्रतिवेदन प्रस्तुती गरिएको थियो । हाल मञ्चमा १५ लाख ८३ हजार ३६९ रुपियाँ आन्दोलन कोषमा रहेको छ । मञ्चले अभियानको लागि कोष अभिवृद्धिको लागि भूमिघर तालिम केन्द्र सञ्चालन गरेको छ, विभिन्न समयमा चन्दा सङ्कलन, आन्दोलन कोष, कोष बाकस मार्फत रकम सङ्कलन र विभिन्न संस्थाद्धारा सहयोग भएको कार्यक्रममा मञ्चका टिम परिचालन भई बचत गरिएको रकमबाट मञ्चको कोष वृद्धि हुँदै गएको प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा सहभागी कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले भने मञ्चले जिल्लामा भूमिहीन, बिर्ता तथा गुठी पीडित किसान र भूकम्प पीडित परिवारको लागि पनि ठूलो सहयोगको काम गर्दै अघि बढेको छ । आन्दोलनकै फलस्वरुप कतिपय बिर्ता पीडितले जमिनको अधिकार पाए । विस्थापित बस्तीको पुनर्वासको प्रक्रिया अघि बढेको छ, यो ठूलो उपलब्धी हो । यही उपलब्धीलाई टेकेर भविष्यमा पनि मञ्चले मञ्चसँग आशा राख्ने र समस्यामा परेका किसानहरूलाई सहयोग गर्नु आवश्यक रहेको उहाँले बताए ।

post image

फागुन ७, काठमाडौं। ईन्द्रदह एकिकृत पर्यटन विकास समितिले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको तयारी पूरा भएको समेत आयोजकले जनाएको छ ।  मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उक्त उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्ध कदको शालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिए । यसअघिका दुई वटा महोत्सव तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जनाए ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।  कार्यक्रममा बोल्दै पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले उक्त महोत्सवमा आफूहरुले पर्यटकहरुको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने,‘यो स्थान आँफैमा एक ईतिहाँस बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाको लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’

आफूहरुले पर्यटकको सुरक्षामा कुनैपनि किसिमको आँच आउन नदिने पनि उनले विश्वास दिलाए ।  त्यस्तै कार्यक्रममा बोल्दै प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोखे । उनले काजि कालु पाँडेको शीर समाधी तथा धार्मीक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको स्थललाई महत्व बाकेको धारणा राखेका थिए । उनले भने,‘१० ओटा गढी रहेको यो स्थानमा कालु पाँडेको ईच्छानुसार उनको शिर गोरखा देखिनेगरि समाधि गरेको ईतिहाँसमा रहेको छ ।’

उक्त उत्सब तथा शालिक अनावरणको अवसरमा गरिने सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा बिभिन्न बिद्यालय तथा सामाजिक संघ÷संस्थाहरुको पनि सहभागीता रहने उनले जानकारी दिए । आयोजकले उक्त क्षेत्रको समग्र विकासको लागि नेपाल भ्रमण–२०२० लाई दृष्टिगत गरि यस क्षेत्रको अझ विकास, संरक्षण एवम् प्रर्वद्धन गर्न दहचोकको पुरै रेन्जलाई नै विकास गर्ने लक्ष्य राखेको पनि जानकारी गराएको छ ।

काठमाडौंको नैकाप डाँडादेखि ईन्द्रदहहुँदै नागढुंगासम्मको क्षेत्र नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नुपर्ने बत्ताहरुको धारणा रहेको थियो । उनीहरुले पर्यटक पदमार्ग नैकापदेखि इन्द्रदहहुँदै नागढुंगासम्मै विश्रामस्थल, होम–स्टे, होटल, सेमिनार हल, पार्कहरु लगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास सरकारी तथा निजी क्षेत्रको सहभागितामा सम्पन्न गर्ने योजना रहेको रहेको सुनाएका थिए ।

पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै समितिले आगामी ५ वर्षभित्र ईन्द्रदहमा आन्तरिक तथा बाह्य गरि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

post image

फागुन ७, सोलुखुम्बु। खुम्बु पासाङल्हामू गाउँपालिका-४ खुम्जुङ बस्ने ३६ वर्षीया मिङमा याङजी शेर्पा सोही गाउँपालिका-३ जोरसल्लेस्थित दुधकोशी नदीको किनारमा सोमबार दिउसो मृत अवस्थामा फेला परेकी छन् ।

सोही गाउँपालिका-४ फोर्चेस्थित माईतीघरमा होटल संचालन गरी बस्दै आएकी शेर्पाले नाम्चेबजारस्थित होस्टलबाट आफ्नै १९ वर्षीया छोरी र ७ वर्षीय छोरालाई बुझी लगेको र समयमै घर आई नपुगेकोले आफन्तहरूले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

साथै उक्त नदीको किनारमा बच्चाका कपडा र जुत्ताहरु मात्र फेला परेका छन् । प्रहरीले स्थानीयको सहयोगमा बेपत्ता भएका बच्चाहरुको खोजी गरिरहेको छ ।  यस सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

post image

फागुन ७,  सोलुखुम्बु । सोलुखुम्बुमा एक व्यक्तिको मिक्स्चर मेशिनले च्यापिएर मृत्यु भएको छ ।दुधकुण्ड नगरपालिका-४ सुर्के घर भई ठेकेदारको काम गर्ने ३६ वर्षीय धनकुमार श्रेष्ठको मिक्स्चर मेशिनले च्यापिएर सोमबार साँझ मृत्यु भएको हो ।

सोही नगरपालिका-७ गार्मा माबिको नवनिर्मित भवनमा काम सकेर मिक्स्चर मेशिन सार्ने क्रममा उक्त मेशिन खाल्डोमा परी पल्टन गई सोही मेशिनले च्यापिएर गम्भीर घाइते भएका श्रेष्ठको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

post image

फागुन ७ ,काठमाडौं  । जनकपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनुषा वटेश्वर वडा नम्बर ४ घर भएका २२ वर्षीय निरज जर्गा मगरलाई पक्राउ गरेको हो।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी  रेश्मा भनिने दुतियाको हत्या भएको हो। गत बिहीवार प्रहरी बालिकाको शव घर नजिकै रहेको उखुबारीमा जेलेको अवस्थामा शव फेला पारेको थियो। २ नम्बर प्रदेशका डिआइजी हरि पालले बालिकाको हत्याराको पक्राउ गरेको जानकारी दिए।

हत्याराले शवको पहिचान हुने डरले बलात्कारपछि हत्या गरी जलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बालिकाको शव गत बिहीवार जलेको अवस्थामा फेला परेको थियो।

निरज बुधवार उनको मामाघर मगर टोल पुगेका थिए। रातिको समयमा विवाह घरमा नाचगान गरेपछि नशाको शुरुमा बलत्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। निरजले बालिकालाई फकाउन नजिकैको पसलबाट चाउचाउ र जुस किनेर लगेका थिए।

हत्यापछि फेरि उनी बिवाह घरमा गई नाचगानमा सक्रिय भएका थिए। बिहान भने बालिकाको हत्या भएको हल्लालगत्तै उनी फरार थिए।  उनी यसअघि पनि महिलामाथि दुर्व्यवहार गरेको आरोपमा तीन महिना जेल भुक्तना गरी निस्किएका व्यक्ति हुन्।

post image

फागुन ६, काठमाडौं । जेठी श्रीमती हुँदाहुँदै कान्छी श्रीमती विवाह गर्ने र कान्छी श्रीमती बन्न आउने जोडीलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ का २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८ याङनामकी २९ वर्षीया सम्झना जगेबुलाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमान्ले कान्छी श्रीमती भित्र्याएकाले कानूनबमोजिम पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिएकी थिइन् ।

राईको जाहेरीका आधारमा उक्त जोडीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको जानकारी उनले दिए ।रासस

post image

फागुन  ५, काठमाडौं । विश्वका घुम्नलायक उत्कृष्ट १० शहरहरुको सूचीमा काठमाडौं पुनः पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं  पाँचौ स्थानमा परेको हो ।

काठमाडौँले मेक्सिको सिटी, सेनेगल, अमेरिकाको सिटल, क्रोएसिया र मोरक्कोलाई अहिले पनि पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ ।

सन् २०१५ को भूकम्पले क्षतिग्रस्त बनेको काठमाडौं विस्तारै पुरानै अवस्थामा फर्किन थालेको लोन्ली प्लानेटले लेखेको छ । यस्तै क्षतिग्रस्त स्मारक, सम्पदाहरु पुनर्स्थापित गरेर ऐतिहासिक स्थलहरु पुरानै स्वरुपमा फर्कन थालेको उल्लेख गरिएको छ ।

साथै काठमाडौंमा हटेको हर्नको समस्यालाई पनि उसले आकर्षणको रुपमा चित्रित गरेको छ । ध्वनि प्रदुषण रोकेर काठमाडौंलाई दशकौं यताकै बस्न योग्य बनाइएको लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

 

 

post image

फागुन ५, काठमाडौं । भद्रकाली नजिकै बसले मोटरसाइकललाई ठक्कर दिएको छ  । बा३ख २४१६ नम्बरको बसले मोटसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मनमैजुकी अस्मिता पौडेलको अवस्था  गम्भीर रहेको छ भने मोटर साइकल चालक भने सामान्य घाइते भएका छन् । घाइते पौडेलको ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त सिंहदरबारका प्रहरी नायब उपरीक्षक (डीएसपी) काजीकुमार आचार्यले जानकारी दिए ।

 प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिइसकेको छ । सिंहदरबारतर्फ आउँदै गरेको मोटरसाइकललाई भद्रकाली नजिकैको आकाशे पुलमुनि बसले ठक्कर दिएको हो ।

post image

फागुन ५, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा आज (आइतबार) बिहान ट्रक दुर्घटना भएको छ ।  दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका- ८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।   ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका- ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६५१ नं. को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भइ रुखमा ठोकिएको थियो ।

post image

फागुन ५,  पाँचथर। शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन्।

दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापका १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको हो। चट्याङ लागेर उनकै भाइ ११ वर्षीय मनकुमार तामाङ घाइते भएका छन्। घाइते तामाङको पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा सिफारिस गरिएको छ।

पानी परेको समयमा घरमै बसेका बेला चट्याङ पर्दा दाजुको घटनास्थलमै ज्यान गएको र भाइ घाइते भएको पाँचथर प्रहरीले जनाएको छ। यस्तै शनिबारै परेको चट्याङ लागेर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राबुङमा पनि आठ घाइते भएका छन्।

स्थानीय फौदमान तामाङको घरमा चट्याङ पर्दा घरमा बसिरहेको मानिस घाइते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पाँचथर प्रहरीले जनाएको छ।

त्यसैगरी सोही समयमा जिल्ला पाँचथर फिदिम नगरपालिका– ५ सरसिउला बस्ने १८ वर्षीय दीपक सिवा आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक चट्याङ परी त्यसको झटकाले शरीरको विभिन्न भागमा चोट लागि जिल्ला अस्पताल पाँचथरमा उपचारपश्चात घर फर्किएका छन्। रासस

post image

 फागुन ३, काठमाडौं । काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु गरिएको छ । शुक्रबार मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गरेका हुन । काठमाडौं महानगरपालिका १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्रभित्र वृद्ध पार्क बनाउन सूरु गरिएको हो ।

 मेयर शाक्यले समयमै निर्माण कार्य पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  । उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तर्गत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।

अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्कलगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि बताए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको हो ।

post image

 फागुन २, डोटी । डोटीको शिखर नगरपालिकाले सञ्चालन गरेका नगरबसमा सञ्चारकर्मी ,अपाङ्गता भएका व्यक्ति, असहाय र ज्येष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने भएका छन् ।

नगरवासीको सहजताका लागि गत पुस २६ गतेदेखि नगरबस सञ्चालन गरेको शिखर नगरपालिकाले सञ्चारकर्मीलाई निःशुल्क यात्रा गर्न पाउने व्यवस्था गरेको छ । नगरकार्यपालिकाको बैठकले नै निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिए । ‘पत्रकारलाई समाचार संकलन गर्दा सहज होस भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत बिनाडीले भने, ‘अन्य लक्षित बर्गका व्यक्तिको सुविधाको लागि यस्तो सेवा सुरु गरिएको हो ।’

कार्यपालिकाले गरेको उक्त निर्णय अनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरुले बसमा यात्रा गर्दा शुल्क तिर्नु पर्ने छैन । निःशुल्क यात्रा गर्न पाउने बर्गले यात्रा गर्दा आफ्नो परिचय पत्र देखाउनु पर्ने प्रमुख प्रशासकीय अधिकृत बिनाडीले बताए ।

नगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसमा प्रचलित भाडा दर भन्दा ३० प्रतिशत कम भाडा लिने गरी बस सञ्चालन गरेको छ ।  ५६ लाख ६० हजार लागतमा नगरपालिकाले छब्बिस सिट क्षमता भएका दुई बस सञ्चालनमा ल्याएको थियो ।

post image

फागुन २,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ। अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराए।

झडपमा क्रान्तिकारीका सचिव डिवी साउद, अनेरास्ववियुका सचिवालय सदस्य नारायण घर्तीलगायत पाँच घाइते भएका उनले बताए। अन्य घाइते हुनेमा केन्द्रीय निर्वाचन आयोगका सदस्य सञ्जय दुवाडी, सम्पर्क विभाग सचिव सागर भट्ट, काठमाडौं भूगोल जिल्ला कमिटी उपाध्यक्ष राजकुमार ढकाल रहेका छन्।

अनेरास्ववियुका सचिवालय सदस्य घर्तीले आफू सरकारद्वारा सञ्चालित क्याम्पसमा सङ्गठन विस्तार गर्न जाँदा प्रतिष्ठान प्रशासनले प्रहरी बोलाएर कुटपिट गरेको बताए। घाइतेमध्ये क्रान्तिकारीका सचिव साउदको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।

साउदलाई टाउकोमा पाँच टाँका लगाइएको सचिवालय सदस्य घर्तीले जानकारी दिए। प्रतिष्ठानका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले प्रतिष्ठानमा अहिलेसम्म कुनै विद्यार्थी सङ्गठनको सङ्गठन नभएकाले जबरजस्ती सङ्गठन खोल्ने क्रममा प्रहरीसँग विद्यार्थी नेताको झडप भएको बताए।

‘हाम्रो प्रतिष्ठानमा कुनै विद्यार्थी सङ्गठनको सङ्गठन छैन। बाहिरबाट आएर अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले बलजफ्ती सङ्गठन खोल्न थालेका थिए’, उनले भने, ‘प्रतिष्ठानमा अध्ययन गरिरहेका विद्यार्थीले सङ्गठन चाहिँदैन भन्दै थिए। बाहिर र भित्रका विद्यार्थीबीच सङ्गठन खोल्ने र नखोल्ने भन्ने विषयमा विवाद हुँदा प्रहरीसँग झडप भएको हो।’

उनले झपडमा दुवैतर्फका विद्यार्थी घाइते भएको जानकारी गराए। संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले उक्त प्रतिष्ठान सञ्चालन गर्दै आएको छ। प्रतिष्ठानमा होटल व्यवस्थापन र सत्कार विषय अध्ययन हुँदै आएको छ ।

यसैगरी अनेरास्ववियुका महासचिव महरले विज्ञप्ति जारी गर्दै विद्यार्थी नेतामाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गरेका छन्।रासस

post image

फागुन २, काठमाडौ। विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस प्रेम साटासाट गरि मनाइँदैछ ।
प्रणय दिवसको अवसरमा परिवार साथिभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले सैन्य शासकको निर्देशन अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र सामूहिक विवाहसमेत गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेबु्रअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।
प्रणय दिवसको अवसरमा आज प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।

त्यस्तै आफूलाई मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने दिनको रुपमा पनि भ्यालेन्टाइन डेलाई युवायुवतीले उपयोग गर्ने गर्छन् । प्रणय दिवस १ हप्ता अघि देखि बिभिन्न डे को रुपमा मनाउन सुरु गरिन्छ जस अन्तर्गत पहिलो दिन रोज डे, दोस्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे , चौथो दिन टेडी डे , पाँचौ दिन प्रमिस डे, छैटौ दिन हग डे , सातौ दिन किस डे र अन्तिम दिन भेलेन्टाइन डे पर्दछ  ।

भ्यालेन्टाइन डे को अवसरमा आज काठमाडौं लगायत विभिन्न सहरमा विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ । सार्वजनिक पार्क तथा उद्यानहरु आज प्रेमजोडीले भरिभराउ हुन्छन् ।यो दिन लाखौँका गुलाबका फूल तथा उपहारको व्यापार हुने गरेको व्यापारीहरु बताउँछन् । नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ ।

post image

फागुन १, काठमाडौं ।  चितुवाको आक्रमणबाट बुधबार सप्तरीमा पाँच जना घाइते भएका छन्। जंगलबाट आएको चितुवाको आक्रमणबाट कञ्चनपुर नगरपालिका–१० की राजवतीदेवी चौधरी, भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी र सत्यनारायण चौधरी घाइते भएका हुन् ।

सप्तरी प्रहरीका अनुसार घाइतेमध्ये राजवतीको अवस्था सामान्य छ। उनको धर्मेश्वर अस्पताल सप्तरीमा उपचार भइरहेको छ। अन्य घाइते चार जनालाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लगिएको छ।

बस्तीमा चितुवा पसेको सूचना पाएपछि कोसी टप्पु वन्यजन्तु आरक्षणको कार्यालय कुशाहाको टोली त्यसतर्फ गएको थियो। प्रहरीको सहयोगमा चितुवालाई नियन्त्रणमा लिई आरक्षणले लगेको छ। प्रहरीका अनुसार चितुवा पनि घाइते अवस्थामा थियो। राजमार्ग उत्तर जंगलबाट घाइते अवस्थाको चितुवा बस्तीमा पसेको हुनसक्ने अनुमान गरिएको छ।

post image

फागुन १, काठमाण्डौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–५ स्थित सडकमा बुधबार बिहान स्कूल बस र टेम्पो एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गएको ना ४ ख ४९०४ नम्बरको स्कूल बस र विपरीत दिशाबाट आउँदै गरेको ना ३ च ३४२० नम्बरको टेम्पो एकापसमा ठोक्किँदा टेम्पुमा सवार मिर्चैया नगरपालिका–२ निवासी २७ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए।

सोही दुर्घटनामा परी गम्भीर घाइते एकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खनालले बताए। रासस

post image

फागुन १, काठमाण्डौं ।  बागलुङका  एक जनप्रतिनिधिले आफूले पाएको पारिश्रमिक शिक्षा क्षेत्रमा खर्चिन थालेका छन्।  जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरका वडाध्यक्ष अर्जुनप्रसाद खरेलले आफ्नो पारिश्रमिकवापतको रकम वडाको शिक्षा क्षेत्रको विकासका लागि खर्चने भन्दै विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।

खरेलले वडाध्यक्ष भएपछि सरकारबाट प्राप्त गरेको पारिश्रमिकवापतको रकमलाई विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षाका लागि सहयोग पुगोस् भन्दै विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको बताए ।

उनले ग्वालीचौरको भानु माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाट दुई लाख ५१ हजार ५५५ रूपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

‘सामाजिक क्षेत्रमा काम गने भएकाले पारिश्रमिकको अपेक्षा गरेको थिइनँ’, खरेलले भने, ‘आफूले कार्यकालभरि प्राप्त गरेको पारिश्रमिक विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि खर्चनेछु।’

 खरेल उक्त विद्यालयका पूर्वविद्यार्थी तथा शिक्षक हुन् ।वडाध्यक्ष भएपछि पूरै समय सामाजिक क्षेत्रमा बिताइरहेका खरेलले श्रीमतीको शिक्षक पेशाबाट आएको रकमले घर खर्च चलाउँदै आएको बताए ।

post image

फागुन १, काठमाण्डौं । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सुरु गरेको जनयुद्धको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । यसअघि माओवादीले जनयुद्ध दिवस मनाएपनि तत्कालीन एमालेसँगको एकीकरण पछि बनेको नेकपाले ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ नाम राखेर कार्यक्रम गर्न लागेको हो । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मूख्यालयमा विहान साढे १० बजे हुने विशेष कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल सहभागि हुने नेकपाले जनाएको छ ।

 महासचिव विष्णु पौडेलले केही दिनअघि फागुन १ मा कार्यक्रम गर्न पार्टी केन्द्रदेखि तल्लो तहसम्म सर्कुलर गर्नुभएको थियो । सोही अनुसार पार्टी केन्द्रीय कार्यालय र जिल्ला, प्रदेश एवं जनवर्गीय संगठनहरूले कार्यक्रम राखेका छन् ।  एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता भएको थियो । एकताको पहिलो वर्ष भएकाले फागुन १ मा कार्यक्रम गर्ने कि नगर्ने भन्ने नेकपाभित्र विवाद थियो । तत्कालीन माओवादी धारका नेताले जनयुद्ध दिवसलाई विगतकै शैलीमा मनाउनुपर्ने माग राखेका थिए । माओवादी धारका भ्रातृ संगठनहरूले आ–आफ्नो तवरले कार्यक्रम घोषणा गर्न थालेपछि नेकपाले विगतको नारा बदलेर कार्यक्रम आयोजना गरेको हो ।

तत्कालीन माओवादीले संसदीय शासन व्यवस्था विरुद्ध २०५२ फागुन १ गतेबाट सशस्त्र संघर्ष थालेको दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवश मनाउँदै आएको थियो । सशस्त्र द्धन्द्धका क्रममा झन्डै १७ हजारको मृत्यु, करिब एक हजार ५ सय बेपत्ता र ८० हजार विस्थापित भएका थिए ।  यसैबीच मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संगठनहरूले संक्रमणकालीन न्यायको त्रुटिपूर्ण प्रक्रिया सच्याउन आग्रह गरेका छन् । एमनेस्टी इन्टरनेसनल, अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) र ट्रायल इन्टरनेसनलले विज्ञप्ति जारी गरी संक्रमणकालीन न्यायलाई पहिले जसरी त्रुटिपूर्ण ढंगले अघि नबढाउन आग्रह गरेका हुन् ।

post image

फागुन १, काठमाण्डौं । सरकारले आज प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दैछ । आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले सो घोषणा गर्न लागेको जनाएको छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीका क्षेत्र र दायरालाई फराकिलो बनाउने, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताउनुभएको छ ।

रोजगार कार्यक्रम अन्तर्गत एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके १ सय दिनकै निर्वाह भत्ता जनाइएका छ । प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका अनुसार परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाए, सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवार भएमा, परिवारको कुनै सदस्य स्वरोजगार नभएमा या परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नभएमा मात्रै निर्वाह भत्ता दिइनेछ । सरकारले चैत मसान्तभित्र बेरोजगार व्यक्तिको सूची तयार गर्ने गरी काम अघि बढाइसकेको जनाएको छ । सूची तयार भएपछि २०७६ असार २६ गतेभित्र बैंकमार्फत भत्ता दिइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनुभयो । प्र

त्येक नागरिकलाई न्यूनतम रोजगारीको प्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएको मन्त्री विष्टले बताउनुभयो । कार्यक्रम मार्फत न्यूनतम तलबको ५० प्रतिशत भत्ता दिइने मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा सरकारले यो कार्यक्रमका लागि ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका वा नगरपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका सदस्यहरूको मञ्जुरीनामा सहित सिफारिस भई आएका सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइने श्रम मन्त्रालयले जनाएको छ । स्वदेशमा रोजगारको व्यवस्था नहुँदा ठूलो हिस्सा वैदेशिक रोजगारमा निर्भर छन् । तथ्यांक विभागका अनुसार हाल १५ वर्ष वा त्यसभन्दा माथिको उमेरका व्यक्तिको संख्या अर्थात श्रमशक्ति करिब १ करोड १८ लाख छ ।

अबको ५ वर्षभित्र वैदेशिक रोजगार बाध्यकारी होइन, वैकल्पिक बनाउने अभियान सरकारको छ । संघीय तथा प्रदेश सरकारका मन्त्रालय र स्थानीय तह आआफ्नो क्षेत्रभित्रका सडक, खानेपानी, ढल व्यवस्थापन, सिंचाइ, ऊर्जा, सहरी विकास, शिक्षा, स्वास्थ्य, पुनर्निर्माण, पर्यटन, वन, सामुदायिक पूर्वाधार, कृषि तथा सहकारी, सूचना प्रविधि, वातावरण संरक्षण तथा जलवायु अनुकूलन क्षेत्रमा रोजगारी सिर्जना गर्ने मन्त्रालयले जनाएको छ ।

post image
माघ २९, काठमाडौं। अधिकृतस्तरमा बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ। पुग्न नसकिने नयाँ व्यवस्था गरिएको छ । यसअघि यो योग्यता हुनु अनिवार्य थिएन।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद्मा पेश गरेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अब कुनै किसिमबाट पनि अधिकृतस्तरमा बढुवा हुनका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका हुन् ।

यसैगरी सचिव तहमा सरुवा सेवा समूह राखिएको छैन । विशिष्ट श्रेणीका सचिव अब एक समूहबाट अर्को समूहमा जान पाउने नयाँ व्यवस्था राखिएको उनले बताए । ‘अब प्रशासनको सचिव इञ्जिनीयरिङ सेवा र स्वास्थ्यको सचिव राजस्व सेवामा जान पाउने गरी सचिवमा सरुवा सेवा समूह राखिएको छैन, उनले भने, ‘एउटा सेवाको सचिव अन्य सेवामा सरुवा भई जानसक्ने व्यवस्था गरिएको छ ।’

पेश गरिएको विधेयकमा अब आरक्षण कोटा एक व्यक्तिले एकपटक मात्र पाइने व्यवस्था पनि गरिएको छ । यसअघि एक व्यक्तिले पटकपटक आरक्षण कोटा पाउने गरेका थिए । विधेयकको दफा ९ को उपदफा २ को ९१० मा कुनै व्यक्तिले सेवा अवधिभर एक पटक मात्र कोटामा पर्न पाउने उल्लेख छ ।

यसैगरी विधेयकमा भौगोलिक क्षेत्रमा काम गरेको अनुभव अङ्कसमेत परिमार्जन गरिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार ‘क’ वर्गमा काम गरेको प्रत्येक वर्ष चार अङ्क, ‘ख’ वर्गमा ३.२५ अङ्क ‘ग’ वर्गमा २.५० अङ्क र ‘घ’ वर्गमा १.६ अङ्क राखिएको छ । यसैगरी विधेयकमा स्थानीय र प्रदेशमा रहेका कर्मचारी सङ्घमा खुला प्रतिस्पर्धाबाट बढुवा भएर आउने पाउने व्यवस्था गरिएको छ ।रासस

post image

माघ २९, काठमाडौं। पोखराको लेकसाइडमा एक १४ वर्षिय बालकको हत्या भएको छ। सोमबार राति लेकसाइडस्थित बन्दै गरेको एउटा घरमा १४ वर्षिय सचिन सिंजालीको शब फेला परेको हो ।

बालकको धारिलो प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। पाल्पा घर भइ हाल लेकसाइड बस्दै आएका सिंजालीको हत्या छुरी प्रहारबाट भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख तथा डिएसपी नवीन कार्कीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post image

 माघ २८, काठमाडौं । ललितपुरको नख्खुमा रहेको एक कार्पेट गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो सुरु भएको आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराको नेतृत्वमा प्रहरी टोली पनि आगलागी स्थलमा खटिएको छ । आगलागीबाट भएको क्षतिबारे विवरण आउन बाँकी छ ।

post image

माघ २८, काठमाडौं। प्रदेश नं १ को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ। सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो।

वर्षातपछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन्।

वर्षातसँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा चार फिटसम्म हिमपात भएकाले शनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलीला ल्याण्डरोभर एशोसिएशनका अध्यक्ष पासाङ शेर्पाले बताए।

पर्यटकीय क्षेत्रको पदमार्ग सुरू हुने मानेभञ्ज्याङस्थित लामीधुरादेखि तीन हजार ६३६ मिटर उचाइको सन्दकपुरसम्म शनिबार बाक्लो हिमपात भएको थियो।

सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडीहरू हिमपातका कारण सूर्योदय नगरपालिका–१ स्थित लामीधुरामै बसेका छन्। माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्लिसक्ने भए पनि सन्दकपुरमा अझै सात दिनसम्म गाडी नचल्ने यातायात व्यवसायीले जनाएका छन्।

जौबारीदेखि सन्दकपुर सडकखण्डमा चार फिटसम्म हिमपात भएकाले त्यो नपग्लिएसम्म गाडी सञ्चालन हुननसक्ने ल्याण्डरोभर एशोसिएशनका अध्यक्ष पासाङ शेर्पाले बताए। पहाडी क्षेत्र बाटो उकालोओरालो भएको र गाडी चिप्लिएर दुर्घटना हुने भएकाले पूरै हिउँ नपग्लिएसम्म गाडी नचल्ने व्यवसायीको भनाइ छ । रासस

post image

माघ २८, काठमाडौं। तीनकुनेमा (एयरपोर्ट कार्गो गेट नजिकै) बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। घाइते पैदलयात्रु सोलुखुम्बु बाँसा नगरपालिका ९ घर भई गैरीगाउँ बस्ने पदम कार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान करिब ५:३० बजेको समयमा कोटेश्वरबाट एयरपोर्ट जाँदै गरेको बा ३ ख ७०५७ नम्बरको बसले पैदलयात्रुलाई ठक्कर दिएको थियो।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस महानगरीय प्रहरी वृत्त गौशालाको नियन्त्रमा छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

post image

माघ २७, काठमाडौं । नेकपाको पार्टी एकताको बाँकी काम सक्ने जिम्मेवारी पाएको कार्यदल म्याद थपका लागि सचिवालयको निर्णय कुरेर बसेको छ । तोकिएको समयसीमा भित्र कार्यदलले प्रतिवेदन बुझाउन नसकेपछि गत सोमबार बसेको सचिवालय बैठकले मौजुदा प्रतिवेदन मंगलवार भित्र बुझाउन निर्देशन दिएको थियो । सो निर्देशन पछि गत विहीबार र शुक्रबार बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गर्न एक साताको समय माग्ने निर्णय गरेको थियो ।

कार्यदलले गरेको निर्णय सचिवालयमा पठाएको र सचिवालयको निर्णय कुरेर बसेको कार्यदल सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । कार्यदल संयोजक रामबहादुर थापाले मौजुदा प्रतिवेदन बुझाउनुपर्ने बताइरहँदा अन्य सदस्यले भने प्रगति सहतिको पेस गर्नुपर्ने अडान लिएका छन् । कार्यदलल नै भङ्ग हुने गरी सचिवालयले निर्देशन दिएको भन्दै मिलेका र मिल्न बाँकी विषय छुट्टयाएर प्रतिवेदन पेस गर्नुपर्ने उनीहरुको भनाई छ ।

यद्यपि भेनेजुएको राजनीतिक अवस्थालाई लिएर अध्यक्ष पुष्पकमल दहालले जारी गरेको विज्ञप्तिपछि दुई अध्यक्षबीच जारी असमझदारीका कारण कार्यदल समेत प्रभावित बनेको छ । तात्कालिन एमाले र माओवादी केन्द्र पूर्ण रुपमा एक नहुदै फुट्ने हो कि आशंका समेत सुरु भएको छ ।

एकताको बाँकी काम सक्ने विधि, प्रक्रिया र आधार तय गर्न नेकपाको स्थायी समितिको गत पुष १३ गते बसेको बैठकले ९ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले प्रगति गर्न नसकेपछि नेकपाको सचिवालयको गत सोमबार बसेको बैठकले जे अवस्थामा छ त्यही प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको थियो ।

post image

माघ २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ।

‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं। हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने।  सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ। त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरूसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ । ‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन्। दुई वर्षको तलब एकमुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही रु आठ लाख ४० हजार पाउनेछन्।

त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ट रु छ लाख पाउनेछन् । यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरूले मासिक रु १५ हजारका दरले दुई वर्षको तलब रु तीन लाख पाउनेछन् । राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन्। उनीहरूको पारिश्रमिक खुलाइएको छैन। क्यान विवादले उग्ररूप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ। विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। रासस

post image

 माघ २७, काठमाडौं । नेपाल प्रहरीले १४ एसपी र २६ डिएसपीको बढुवा सूची निकालेको छ। शनिबार राति प्रहरीले सार्वजनिक गरेको सूची अनुसार १४ जना एसपीलाई एसएसपीमा र २६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ।

एसएसपीको बढुवा सिफारिसमा परेकाहरुमा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्त पन्त र भीम प्रसाख ढकाल छन्।

त्यसैगरी एसपीको लागि सिफारिस हुने २६ डिएसपीमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नन्थीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाइ, मेघहाद्र खत्री, विनोद सिलवाल, भीम दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमल कडेल, कमल थापा, जनार्दन जिसी, कृष्ण कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, रामकुमार महतो, कृष्ण पंगेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढा मगर छन्।

post image

माघ २७, काठमाडौं । आज सरस्वती पूजा भनौ, श्रीपञ्चमी भनौ वा वसन्त पञ्चमी विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतिको पुजा आराधना गरी मनाइने विशेष दिन । आजबाट क्रमशः वसन्त ऋतुको शुरुवात हुने मान्यता रहेको छ ।

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥

सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो चन्द्रको समान उज्जवल हुनुन्छ, सेतो वस्त्र लगाएर हातमा वीणा र वरदान दिने स्फटीकको मालासहित शुसोभीत हुनुहुन्छ, सेतो कमलको फूलमा आसिन ती देवी जसको ब्रह्मा, विष्णु तथा शिव आदि सबैले उपासना गर्नुहुन्छ उनै माता सरस्वती हाम्रा अज्ञानताहरु चिर्दै हामीलाई निर्मल विद्या दिनुहोस् । यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहिबाट क्रमशः अब कोईलीको कुहु कुहु अनि न्यानोपनाको राजा मौसम बसन्तको सेरोफेरोमा स्वागत छ ।

वैदिक सनातन हिन्दू संस्कारका अत्यन्त ब्यवहारीक आयामहरु छन् । यी संस्कारहरु नेपालीपनका अभिन्न अङ्गहरु भएका छन् । हलो, गोरु, माटो, वोट विरुवा, कुकुर लगायत चेलीवेटी, औजारहरु अनि अन्नवालीहरुकासाथै आजको दिन श्रृजना अनि ज्ञानको पूजा गर्ने दिन हो है ।ुब्रह्मा भिभर्त पूराणुमा प्रष्ट रूपमा उल्लेख गरिएको छ कि विद्या, कला, शब्द, विज्ञान अनि विचारकी देवी सरस्वतीलाई आजको दिनमा सबैले सम्झना गर्दै पूजा गरिन्छ भनि भगवान श्री कृष्णले वरदान दिएका हुन्र । विहानै उठेर प्रातः स्नान पश्चात् चोखोनितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना गरिन्छ, सूर्यको अर्चना पनि गरिँदै सरस्वतीको उपासना गरिन्छ ।

विद्यालयहरुमा त आज विशेष रमझम रहन्छ, तराईतिर आजको दिन रङ्गिन गुलिया रसिला बुनियाँको दाना, बयर तथा अन्य फलपूलहरू प्रसादीका रुपमा बाँडिन्छ । कतिपय विधालयमा विद्यार्थीहरुको सक्रियतामा शाहाकारी भोजनै आयोजना समेत गरिने गरिएको छ । विभिन्न रङ्ग रगिंन तोरणहरु झुण्ड्याएर, अशोकको रुखको पात या केराका दाम्चा अनि बाँसको प्रयोग गरेर बनाएको प्रवेश द्वारहरुबाट आज धेरै विधालयहरु सजिसजाउ रहन्छ । विद्यार्थीहरुकालागि आजको अर्को रौनकता भने आजको दिनमा विद्यालयको दैनिक पोशाक विनानै विद्यालय प्रवेश गर्न पाउनु हो, फरक फरक पोशाकमा रङ्गीन विद्यार्थीहरुको लर्को आज धेरै विद्यालय परिसरमा देखिन्छ ।

काठमाडौमा बिभिन्न सरस्वती मन्दिरहरू जस्तै नीरबाराही, लाजिम्पाट, स्वयम्भू, गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले आदिमा मेला लाग्ने गर्छ भने नेपालभरिका धेरै मन्दिर अनि विधाको केन्द्र विधालयहरुमा जमघट रहन्छ । पशुपतिमा रहेको सरस्वतीको मुर्ति जसलार्इ वुद्धमार्गीहरुले मञ्जुश्रीका रुपमा पनि पूजा गर्दछन् । त्यसै प्रतिमामा आज विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

नेपालको परिवेशमा कुरागर्ने हो भने हामी नेपाली साँच्चीकै सानो परिवेशमा बाँचेका भने पक्कै छैनौ, नेपाल अधिराज्य भरिको धेरैजसो सरकारी विद्यालयहरुमा कहिँ कतै सानो या ठूलो सरस्वतीको मन्दिर रहेकौ छ । सरस्वती देवीलाई हिन्दू धर्म या संस्कारसंग भन्दा पनि मानवहरुको विद्याप्रतिको आशक्तिकारुपमा हेर्न जरुरी छ, हामी जुनसुकै धर्म या विश्वासको भएपनि हाम्रो विधासँगको नाता र ज्ञानको परिपूर्तिकारुपमा विधादेवी सरस्वती र आजको दिनलाई लिन सकिन्छ ।

आजकै दिनमा हामीमध्य धेरैले अक्षराम्भ गरेका हुनसक्छौं, अर्कोतर्फ आजको दिन सर्जकहरुको दिन हो । आफ्ना सिर्जना र शब्दहरुको पूजागर्ने विशेष दिन सरस्वती पूजाको सम्पूर्ण सर्जकलाई शुभकामना, यो सिर्जनाको डोर अनन्त कालसम्म रहिरहोस् । सिर्जनाका औजारहरु कलम, मसी अनि कागजको आज पूजा गरिन्छ, सरस्वतीको असिम कृपाले सकारात्मक शब्दहरु, भावहरु, ब्याख्याहरुको पर्दापण भईरहोस्, सर्जकहरु चाहे लेखक हुन् या गायक या ब्यूटिसियन हुन या सुचिकार या घर बनाउने मिस्त्री देखि मुर्ती वनाउने मुर्तिकारसम्म सबैले आफ्नो सिर्जनाको सम्मान तथा मूल्य सहि पाउन्, जाँङ्गर लागिरहोस अनि सिर्जनाको उजेलीले समाजको अँध्यारो सँधै दुर होस् ।

आजको वसन्त पञ्चमीलाई मुस्लिम समूदायले सुफि बसन्तका रुपमा १२औ शताब्दीदेखि मनाउँदै आएको विभिन्न दस्तावेज अनि मुसलमान किम्बदन्तीहरुमा पाईन्छ । दिल्लीका तत्कालीन फकिर निजामुद्धीनका भतिजा तकुद्धिनको असामहिक मृत्यूले निजामुद्धीन अत्यन्त मर्माहीत भएका थिए, सुफीका महान कवी अमिर फुस्रोले फकिरलाई खुशीपार्न आजकै दिन गमलामा फूल र पहेँलो वस्त्रमा हाँस्दैगएर फकिरलाई हसाँउन सकेको र यस दिनलाई सुफि बसन्त पनि भनिएको जनउक्तिहरु रहेको छ । त्यसपश्चात आजको दिनलाई निजामुद्धीन औलियाको दिल्लीमा रहेको दरगाहमा सधैं सुफि बसन्तका रुपमा मनाउन थालिएको हो ।

तपाई हामी जुनै धर्म या संस्कृती या विश्वाब भएका ब्यक्ति हौ तर विधा हामीसबैलाई आवश्यक छ , सिर्जना र सर्जकको कदर हामीसबैले गर्न जरुरी छ ।

लेख्नेको मसी नसकियोस्, बोल्नेको आवाज दुरुस्त रहोस् अनि हेर्नेको नजर खुल्ला रहोस् । क देखि ज्ञ सम्मका वर्णमाला अनि शब्द विन्यासहरुले हामीलाई ज्ञान अभिब्यक्त गर्दा सदैब साथ दिउन्, ए बि सि डि आदिका अक्षरस प्रयोग जारी रहोस्, ब्याकरणले साथ दियोस्, संगीतका सातै सुर अनि अभिनयका सम्पूर्ण रसहरुले साथ दिउन् । मुख्य कुरा श्रृगांर रसले जिवन भरिपूर्ण होस्, सरस्वती माताको जय ।

बिधा की देवी सरस्वतीको दिन अनि धेरै जनाको अक्षराम्भ भएको अनि कलम किताब, मसी, सिसाकलम अनि पुस्तक संगको प्रथम साक्षात्कार भएको दिन भएकाले पनि हरेक बर्षको सरस्वती पूजाका दिन राष्ट्रिय पुस्तक दिवस पनि मनाइने गरिन्छ । केही बर्षअघि मात्रै राष्ट्रिय पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घले सरकारसँग सरस्वती पूजाका दिनलाई राष्ट्रिय पुस्तक दिवस घोषणा गर्न माग गरेको हो । महासङ्घले आफ्नै पहलमा बिभिन्न कार्यक्रमहरु गरेर राष्ट्रिय पुस्क दिवस मनाउने गरिन्छ । हरेक पुस्तकका पाना अनि अक्षरहरुमा बिधा की देवी सरस्वतीको बास छ, सरस्वतीको कृपा अनि अनुकम्पा नेपाली वर्णमाला, व्याकरण अनि शव्दमालामा सदैव रहिरहोस् । बिधाको कमी यस भूमिमा कदै नहोस् ।

post image

माघ २६, प्यूठान । प्यूठानमा चट्याङमा परेर दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । शुक्रबार राति १० बजे परेको चट्याङमा नौबहिनी गाउँपालिका-१ स्वाउलिवाङ्ग खारखोलाका नेपाली सेनामा कार्यरत अन्दाजी २३ वर्षीय मनोज गुरुङ र सोही गाउँकी अन्दाजी २७ वर्षीय नौमती घर्तीको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीका अनुसार घाइते हुनेमा सोही ठाउँकी ७ वर्षीया तेजि पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रुद्र पुन रहेका छन् । चट्याङले नौबहीनी-६ मा १ भैंसी र बाख्रा मरेको छ ।

post image

माघ २६, जुम्ला । कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा हिमपात हुँदा जनजीवन अस्तव्यस्त बनेको छ । बुधबारदेखि पुन: हिमपात सुरू भएपछि कर्णाली प्रदेशका जिल्लामा जनजीवन अस्तव्यस्त भएको हो ।

लगातार परेको हिमपातले उपल्लो डोल्पामा चारदेखि पाँच फिटसम्म हिँउ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अवदेश विष्टले बताएका छन् । हिमपातका कारण सञ्चार माध्यम अवरुद्ध भएपछि उपल्लो डोल्पाका बस्ती सम्पर्कबिहीन बन्न पुगेको उनले जानकारी दिए । हिमपातले अन्नबाली उत्पादनका लागि राम्रो हुने भए पनि चिसो बढेसँगै दैनिक कामकाज कठिन भएको छ ।

विमानस्थल बन्द 

शुक्रबार रातिदेखि परेको हिमपातले कर्णालीका सबै विमानस्थल बन्द भएका छन् । हुम्लाको हिल्सा, मुगुको ताल्चा, जुम्लाको खलङ्गा विमानस्थलको धावनमार्गमा बाक्लो हिउँ जमेका कारण कुनै उडान हुन नसक्ने समिट एयर नेपालगञ्ज शाखाले जनाएको छ ।

लगातारको हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेको छ । विमानस्थल अवरुद्ध भएपछि आन्तरिक उडान ठप्प भएका छन् । विमानस्थलको धावनमार्गमा दुई फिट हिउँ जमेपछि एक सातासम्म हवाई उडान ठप्प हुन सक्ने नागरिक उड्डयन प्राधिकरण जुफाल शाखा जनाएको छ । विमानस्थल अवरुद्ध भएपछि यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत समस्या भएको छ । रासस

post image

दिपक पौडेल,माघ २६, काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित चन्द्रागिरी डाँडामा हिउँ परेको छ ।

पश्चिमी वायुको प्रभावस्वरुप केही दिनदेखि भइरहेको देशव्यापी वर्षाले चिसो बढाएपछि चन्द्रागिरी, फूलचोकीलगायतका डाँडाहरुमा हिउँ परेको हो ।
हिउँले चन्द्रागिरी डाँडाका बोटविरुवासँगै निर्माण गरिएका संरचनाहरु सेताम्मे भएका छन् ।

 

हिउँ परेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल चन्द्रागिरी डाँडोमा बढेको छ ।

विभिन्न उमेर समूहका व्यक्तिहरु हिउँको मजा लुटिरहेका छन् ।

यसअघि गत पुस २३ मा पनि चन्द्रागिरी, फूल्चोकीलगायतका डाँडाहरुमा हिउँ परेको थियो ।

post image

माघ २६, काठमाडौं । बागमती सफाई महाअभियानले ३ सयौं हप्ता पुरा भएको छ । शहरी विकास मन्त्रालयले अभियानमा सहभागी हुन सरोकारवाला सबैलाई आह्वान गरेको छ । स्वच्छता मेरो पहिचान, सफाईमा योगदान भन्ने नाराका साथ थालिएको अभियानले नेपालभरका विभिन्न ९० भन्दा बढी स्थानमा सफाई अभियान सञ्चालनमा प्रेरणा तथा सकारात्मक सन्देश दिएको छ । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती धोबीखोला नख्खु, कर्मनाशा इन्द्रमती, मनोहरा, हनुमन्ते लगायतका नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो ।

२००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी गरिएको थियो । यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाई सकिएको छ । उपत्यकाभर १८ सय ५० भन्दा बढी संघसंस्था र करीब १० लाख अभियन्ताको प्रत्यक्ष सहयोगमा हरेक हप्ता बागमती सफा गर्ने काम भईरहेको छ । सरकार र नागरिकको अगुवाईमा मुलुकभर चलेको बागमती सफाई अभियानको काम तीव्र गतिमा समेत भईरहेको छ । यद्यपि, ढल व्यवस्थापन र फोहरमैला व्यवस्थापनको चुनौतीका कारण यो अभियान सफल हुन अझ गम्भीर बन्नुपर्ने सरोकारवाला बताउँछन् ।

यसैबीच आज शहरी विकास मन्त्रालयको अगुवाईमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।  आज बिहानै ७ बजे  शंखमूलस्थित युएन पार्क प्रभातफेरि सहित सरसफाई गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनुहुन्थ्यो । यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा आज ७ सय ५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन गरिएको छ । विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गर्नुभएको थियो । शुरुआती चरणदेखि नै तत्कालीन मुख्यसचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले सफाइ महाअभियानको नेतृत्व गर्नुभएको थियो ।

post image

माघ २५, काठमाडौं ।  किसानहरु राज्यबाट उपेक्षित हुने गरेको गुनासो सांसद हृदेश त्रिपाठीले गर्नुभएको छ । प्रनिधिसभाको आज बैठकमा विशेष समयमा बोल्दै सांसद त्रिपाठीले जुनसुकै दल सरकारमा गएपनि किसानहरु उपेक्षित हुने गरेको बताउनुभयो । सरकारले बिचौलियाको पक्षपोषण गरेको आरोप लगाउँदै उहाँले किसान सधैं मारमा पर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिचौलियाको पक्षपोषण हुँदै गयो, अहिले पनि जारी नै छ, उत्पादक किसान हैरान छन् र बिचौलिया मालामाल भए ।’

सरकाले गत वर्ष तोकेको उखुको सर्मथन मूल्य चिनी उद्योगीले अहिले सम्मपनि किसानलाई भुक्तानी नगरेकोमा उहाँले आश्चर्य व्यक्त गर्नुभयो । ‘सरकारले गत वर्ष प्रति क्वीन्टल ६५ रुपैयाँ ६८ पैसा अनुदानको रुपमा तोक्यो, अनुदान भनेको उपकार हैन’, उहाँले भन्नुभयो, ‘भ्याट छुट बापत उद्योगपतिलाई दिइने पैसा प्रत्यक्ष नदिई सीधै किसानलाई दिने भनेर अर्थ मन्त्रीको वक्तव्यमा आयो । तर अझै पनि सबै किसानले पाएनन्, नयाँ त बाँकी नै छ ।’ चिनी मिलहरु निर्धारित समय भन्दा डेढ महिना ढिला सञ्चालन भएको भन्दै सरकार किसानका समस्यामा उदासिन भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘किसानका पूराना भुक्तानी बाँकी नै छ, सरकारले दिएको अनुदान रकम मध्ये ७० प्रतिशत बाँकी नै छ । तर, सरकार लाचार भएर बसेको अवस्था छ ।’

 चिनी मिल ढिलो सञ्चालन भएकाले आगामी वर्षको जेठ, असारमा चिनीको अभाव सिर्जना हुन सक्ने उहाँको भनाई थियो । त्रिपाठीले भन्नुभयो, ‘आगामी जेठ असारमा चिनीको संकट हुनेछ र त्यसमा फेरि चलखेल सुरु हुनेछ । आयातका लागि व्यापारी लाग्ने छन्, जसरी अहिले लागेका थिए ।’ कृषि मन्त्रालयको झन्झटिलो प्रक्रियाका कारण किसानहरुले अहिले सम्म उखुको भुक्तानी पाउन नसकेको उहाँले बताउनुभयो । सरकार र चिनी उद्योगीबीचको लडाइँले उखु उत्पादक किसानले समस्या भोग्नु परिरहेको सांसद त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चिनी उद्योगी र सरकारबीचको लडाइँमा बली चढे नेपाली उखु किसान ।’ किसानको हितमा काम नगर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालय खारेज गर्नुपर्ने भन्दै सांसद त्रिपाठीले मन्त्रालय बिचौलियाको पक्षमा रहेको बताउनुभयो । कृषिमा देखिएको लगानी किसानको नाममा अनावश्यक विषयमा खर्च हुने गरेको आरोप उहाँको थियो ।

post image

माघ २५, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन राजदूतलाई शुक्रबार बिहानै पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन् ।

राष्ट्रपतिले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई पनि पद तथा गोपनीयताको शपथ गराइन् ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

post image

माघ २५, काठमाडौं ।  सरकारले कर्मचारी समायोजन विधेयक प्रतिनिधि सभामा आज टेबुल गर्ने भएको छ । संसदको अघिल्लो अधिवेशन अन्त्य भएपछि मात्र सरकारले अध्यादेश मार्फत कर्मचारी समायोजनको काम अघि बढाएको थियो । अहिले त्यसैको प्रतिस्थापन विधेयक सरकारले संसदमा लैजान लागेको हो । विहान ११ बजे बस्ने बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सो विधेयक टेवल गर्न कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।

अध्यादेश मार्फत नै सरकारले कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ । फागुन ३ गतेभित्र समायोजन सक्ने भने पनि प्रक्रियागत रुपमा अहिले समायोजनको काम रोकिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सामान्य प्रशासन मन्त्रालयले माथिल्लो तहबाट कर्माचारी समायोजवनको काम अघि बढाएको हो । संसदको अधिवेशन आह्वान गर्नुको सट्टा सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै सो समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेशको विरोध गरेको थियो ।

यस्तै आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयसँग सम्वन्धित विषयमा प्रश्नोत्तरको कार्यसुची तय भएको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

post image

माघ २५, काठमाडौं ।  संसदीय सुनुवाइ समितिले राजदूतहरूको सिफारिसमा समानुपातिक र समावेशी नभएको विषयमा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएको छ। समितिको बिहीबार बसेको बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संविधानको व्यवस्था बमोजिम राजदूत सिफारिस गर्ने वातावरण बनाउन सुझाव दिएको छ। सरकारले राजनीतिक नियुक्तिबाट र परराष्ट्र मन्त्रालयका कर्मचारीबाट राजदूत सिफारिस गरे पनि समानुपातिक र समावेशी नभएकाले समितिले यसबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई समितिमा बोलाएर ध्यानाकर्षण गरेको हो ।

संविधानको प्रस्तावनामा समानुपातिक र संविधानको मौलिक हकमा समावेशीको कुरा भएका कारण यसलाई कार्यन्वयन गर्न समितिले सुझाव दिएको थियो। समिति सभापति लक्ष्मणलाल कर्णले भने, ‘संविधानबमोजिम समानुपातिक र समावेशी ‘आधारभूत अधिकार’ भइसकेपछि त्यसलाई ‘इन्कार’ गर्न पाइँदैन यसको कार्यन्वयन गर्नुपर्छ भनेर परराष्ट्र मन्त्रालयलाई सजग गराएको बताए।

परराष्ट्रमन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राजदूतमा सिफारिस गर्दा समानुपातिक र समावेशी बनाउन कठिन भएको बताएका थिए। उनले परराष्ट्रमन्त्रालयका कर्मचारीमा कठिनाइ भए पनि राजनीतिक व्यक्तिको हकमा समानुपातिक र समावेशी आधारमा सिफारिस गरेर पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अन्य देशहरूको के अपेक्षा छ त्यसको प्रोफाइल बनाएर सम्बन्धित देशका राजदूतलाई पठाउने उनले बताए। ५ देशमा नेपालको राजदूत खाली रहेको अवस्था रहेको छ। दक्षिण अफ्रिका, स्पेन, दक्षिण कोरिया, बंगलादेशमा पनि हाल राजदूत छैनन्।

post image

माघ २, काठमाडौं   सरकारले सोमबार बसेको मन्त्रिपरिषद्‍  बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नियममित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्बैठकका निर्णय सार्वजनिक गरेका हुन्। 

. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका रा.. विशिष्ठ तथा रा.. प्रथम श्रेणीका कर्मचारीहरूको समायोजन गर्ने निर्णय गरिएको छ।

. वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री मधुसुदन अधिकारी (काठमाडौं) लाई चार वर्षका लागि नियुक्त गरिएको छ।

. नेपाल खानेपानी संस्थानको सञ्चालक समिति अध्यक्षमा जिउलाल चौधरी (कञ्चनपुर) तथा सदस्यमा संगीता भट्टराई रेग्मी (चितवन) राम बहादुर थापा (सिन्धुली) लाई नियुक्त गरिएको छ।

. मुस्ताङ जिल्लास्थित कोरला नाकाको भन्सार कार्यालयको नाममा जग्गा नाप नक्सा गर्ने सम्बन्धी समिति गठन आदेश, २०७५ स्वीकृत गरिएको छ।

. मेचीमहाकाली विद्युतीय रेलमार्गमा पुरै जग्गा परेका जग्गाधनीहरूलाई ७५ प्रतिशत, सोभन्दा कम जग्गा परेकालाई ६६ प्रतिशत घर, टहरा, पर्खाल आदिका हकमा जिल्लाको दररेट अनुसार क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गरिएको छ।

. साविक कालिकोट छाप्रे गाविसको निर्माणाधिन वालिघाट खोला पुल छिडेना खोला पुल निर्माणका लागि पुल तथा पहुँच सडकमा पर्ने घर, जग्गाहरूको जग्गा अधिग्रहण गरी मुआब्जा÷क्षतिपूर्ति रकम उपलब्ध गराउन स्वीकृति प्रदान गरिएको छ।

. दोभानओलाङचुगोला सडकखण्ड, ताप्लेजुङ धनकुटा मुलघाट माझिटार शुभांग लिम्बुवान पुल दोभान (तमोर कोरिडोर), ताप्लेजुङ एवम् मदन भण्डारी मार्ग (बसन्तपुरगुफापोखरीसभापोखरीढुंगेसाँघु दोभान संखुवासभा÷ताप्लेजुङ) सडक तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजन बजेटसमेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ।

. गणेशमानसिंह मार्ग (थानकोटचितलाङ) खुटियाविपिनगरगडसेरादिपायल सडक तिनका लागि सम्बन्धित प्रदेशमा विनियोजित बजेट समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत ल्याई सञ्चालन गर्ने निर्णय गरिएको छ।

. जयपृथ्वी नगरपालिकामा अनाथ आश्रम निर्माण गर्न सशर्त अनुदान उपलब्ध गराउने निर्णय गरिएको छ।

१०. युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को संगठन संरचना दरबन्दी स्वीकृत गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
११. निम्न परियोजनाका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको
) चिलिमेत्रिशुली १३२२२० केभी प्रशारणलाईन निर्माण
) महाकाली सिँचाई आयोजना
) माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना (१४.३० मे.वा.)
) मकरी गाड जलविद्युत आयोजना (१० मे.वा.)
) बुर्तिबाङपौदीअमराइतम्घाससन्धिखर्कगोरुसिंगे १३२३३ केभी सवस्टेशन निर्माण

१२. बी.एस. सिमेन्ट इन्डस्ट्रिज प्रालीलाई चुनढुंगा उत्खननका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।

१३. अछाम जिल्लाको साँफेबगरमा पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समायानुकुल आयोजना कार्यान्वयन इकाई स्थापना गर्ने निर्णय गरिएको छ।

१४. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०७५ स्वीकृत गरिएको छ।

१५. वीर सहिद गंगालाल श्रेष्ठको जन्मशताब्दी मनाउन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ।

१६. संघीय निजामती सेवा विधेयकको मस्यौदा संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

१७. मधेस आन्दोलनका घाइते पानालाल यादवलाई उपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ।

१८. तथ्यांक प्रणाली विकासका लागि राष्ट्रिय रणनीति स्वीकृत गरिएको छ।

१९. जडीबुटी विकासका लागि अनुदान सम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२०. राष्ट्रिय वन नीति, २०७५ स्वीकृत गरिएको छ।

२१. गैरसरकारी संस्था महासंघ नेपालको (दोस्रो संशोधन) विधान, २०७४ स्वीकृत गरिएको छ।

२२. भूकम्पबाट प्रभावित व्यक्तिको पुनर्वास तथा स्थानान्तरणका लागि वन क्षेत्रको जग्गा उपलब्ध गराउने सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२३. भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण (दोस्रो संशोधन) कार्यविधि, २०७५ स्वीकृत गरिएको छ।

२४. हेजिङ सम्बन्धी नियमावली, २०७५ जारी गरिएको छ।

२५. संघीय आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।

post image

माघ २४, भरतपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा आफूले निकालेको वक्तव्यमा आफू नचिप्लिएको बताए। भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको विरोधमा निकालेको वक्तवक्य सही भएको अडान लिएका छन्। बिहीबार भरतपुर विमानस्थलमा प्रेस चौतारी र प्रेस संगठन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले पार्टी र सरकारले धारणा एउटै भएको दावी गरे।

उनले पार्टीको तर्फबाट आएको वक्तव्य आधिकारिक भएको स्पष्ट पारेका छन्।अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले दाहालको विज्ञप्तिमा शब्द चिप्लिएको टिप्पणी गरेको बेला उनले आफू नचिप्लिएको बताए। ‘पार्टीको सचिवालयले त्यही विज्ञप्ति जारी गरेपछि अब व्यक्तिले के भन्ला भन्ने कुराले अर्थ राख्दैन,’ दाहालले भने, ‘एउटा सार्वभौम राष्ट्रको राजनैतिक घटनाक्रममा हस्तक्षेप भयो भन्ने हिसाबको वक्तव्य थियो, प्रधानमन्त्रीले के सन्दर्भमा भन्नु भएको हो त्यो थाहा भएन।’

 भेनेजुएलामाथि राजनैतिक हस्तक्षेपको विरोधमा आफ्नो विज्ञप्ति ठीक भएको दाहालले दावी गरे। भेनेजुएलाका राष्ट्रपति निकोलस माडूरो र  त्यहाँको आन्तरिक राजनीतिमा अमेरिका र उसको गठबन्धनले हस्तक्षेप गर्नु गलत भएको बताउँदै दाहालले भने, ‘पार्टीको तर्फबाट जे वक्तव्य आयो त्यही नै आधिकारिक र स्वतन्त्र हो।’

त्यस्तै दाहालले नेपालको शान्ति प्रकृयाको विषयमा कुटनीतिक मर्यादाविपरित राजदूतहरुले वक्तव्य दिएको पनि आरोप लगाए । शान्ति प्रकृयाको बाँकी काम अगाडी बढाउन प्रतिपक्षी दलसमेत सहमत भएको अवस्थामा बाह्य मुलुकले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए। उनले फागुन र चैतमा पार्टीको तहगत एकता अभियान चलाउने समेत बताए।

post image

माघ २४, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डीभन्ञ्याङमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। बिहिबार दिउँसो भएको दुर्घटनामा ८ जना घाइते भएका हुन्।

घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको सिन्धुली प्रहरीले जनाएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट खुर्कोटतर्फ आउँदै गरेको बा १५च ९४२२ नम्बरको डबलक्याप बोलेर फिक्कल गाउँपालिका २ चण्डीभन्ञ्याङ्गमा दुर्घटना भएको हो।

दुर्घटनामा परी १ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकदर्शन थापाले जानकारी दिए। मृतकहरुको पहिचान भइनसकेको र घटनास्थलमा उद्धार कार्य जारी रहेको थापाले जानकारी दिए।

गम्भीर घाईतेमध्य ४ जनालाई उद्धार गरी धुलीखेल अस्पताल तर्फ पठाउँने तयारी भई रहेको छ भने अन्य घाइतेहरुलाई खुर्कोट स्थित सामुदायिक अस्पताल ल्याइँदै छ। घट्नाबारे थप विवरण आउँन बाँकी नै छ।

post image

माघ २४, काठमाडौं । सर्वोच्च अदालतले एनसेल बिक्रीमा पुँजीगत लाभकर उठाउन एनसेल र एजियटाको नाममा परमादेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणासहितको बृहत पूर्ण इजलाशले कर असूली गर्न परमादेश दिएको हो । दुबै पक्षको जवाफी बहस पछि प्रधानन्यायाधीश राणासहित न्यायाधीश मिरा खड्का, विश्वम्भर प्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले पूर्व सचिव द्वारिकानाथ ढुंगेल सहितले दिएको निवेदनमा सुनुवाई गर्दै एनसेलको पुँजीगत लाभकर यहाँ रहेको एनसेल र एजियटाबाट असूल्न आदेश दिएको हो ।

अर्का रिट निवेदक अधिवक्ता भावेश गौतमको रिट सर्वोच्चले खारेज गरिदिएको छ । नयाँ प्रधानन्यायाधीशमा राणा आएपछि गत बिहीबारबाट एनसेल बिक्रीको लाभकर सम्बन्धी रिटमा सुनुवाई जारी थियो । ठूला करदाता कार्यलयका अनुसार एनसेलले सरकारलाई ४९ अर्व ५० करोड रुपैया तिर्न बाँकी छ । ६१ अर्व रुपैया करको ब्याज र हर्जान सहित ७३ अर्व रुपैया पुगेपनि एनसेलले साढे २३ अर्व कर भने सरकारी खातामा जम्मा गरिसकेको छ ।

हिजो निवेदक ढुङ्गेल र गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै, विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि हिजो बहस सुरु गरेका थिए । दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राखेका थिए । एनसेलले नै लाभकर तिर्नुपर्ने पक्षमा निवेदक ढुङ्गेलका कानुन व्यवसायी थिए । एनसेलका तर्फबाट र रिटमार्फत अदालत पुगेका अधिवक्ता गौतमका कानुन व्यवसायीले भने स्वामित्व हस्तान्तरण गर्ने टेलियासोनेराबाट लाभकर असुल गर्नुपर्ने जिकिर गरेका थिए ।

post image

माघ २४, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ । दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा भने हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ । यो प्रणालीको असर पश्चिमबाट विस्तारै पूर्वतर्फ पर्ने र वर्षा हुने मौसमविद् पौडेलको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ ।

काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् पौडेलले जानकारी दिए ।‘पश्चिम भागमा शुक्रबारसम्म पानी पर्ने र रोकिने क्रम चले पनि काठमाडौंसहित पूर्वी भेगमा शनिबारसम्म नै यसको असरले वर्षा भइरहने छ’, मौसमविद् पौडेलले भने । सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा मौसमपूर्वानुमान महाशाखाले औंल्याएको छ । त्यसैले मौसमविदले केही दिन ट्रेकिङ नजान सुझाव दिएका छन् । मौसमविदले भनिन्, ‘हिम पहिरो जाने, चिसो पनि बढ्ने भएकाले ट्रेकिङ्ग जानेहरुका लागि झन् गाह्रो हुन्छ, त्यसैले केही दिन नगएकै राम्रो ।’

post image

माघ २४, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) ले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारले विद्यालयमा बन्द, हड्ताल नगर्न विसं २०६८ जेठ ११ मा विद्यालयलाई शान्ति क्षेत्रका रुपमा घोषणा गरेपनि त्यसको पटक–पटक उल्लङ्घन हुँदा पढाइ प्रभावित भएको हो ।

अखिल (क्रान्तिकारी) का कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई यही माघ १७ गते मोरङको विराटनगरमा गिरफ्तारी गरिएको विरोधमा शैक्षिक हड्ताल गरिएको सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँ उपत्यकालगायत स्थानमा आज बिहान विद्यालय जान तयारीमा रहेका र गइसकेका विद्यार्थी एकाएक बन्दको खबरले विद्यालय जान पाएनन् । कतिपय विद्यालयले भने जोखिम मोलेरै पनि पढाइ सञ्चालन गरिरहेका छन् ।

भक्तपुर र केही जिल्लामा भने यस्ता राजनीतिक हड्तालमा विद्यलाय खुल्लै रहँदै आएको छ । हड्ताल भए पनि निजी विद्यालयले त्यस दिनको पनि शुल्क लिन्छन् भने सामुदायिक विद्यालयका शिक्षकको नपढाए पनि तलब पाक्छ । विद्यालय बन्द हुँदा अभिभावकलाई घरमा छोराछोरी हेर्ने जिम्मेवारी थपिन्छ । विद्यालय तहको हालको सरदर सिकाइ उपलब्धि ५० प्रतिशतको हाराहारीबाट माथि उठ्न नसकेका बेला हड्तालले निजी विद्यालयले बन्दको सट्टामा अतिरिक्त पढाउने गरे पनि सामुदायिक विद्यालयका विद्यार्थीको पढाइमा भने असर पर्दै जान्छ ।

सरकारले जारी गरेको विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका–२०६८ मा विद्यालयमा बन्द, हड्ताल, राजनीतिक सशस्त्र गतिविधि गर्न नपाइने उल्लेख छ । त्यस्तो गतिविधि बेलाबेलामा भइरहेकामा हालसम्म कुनै कारवाही भएको पाइएको छैन । विद्यालय शान्ति क्षेत्रको अवधारणाप्रति प्रमुख राजनीतिक दल, शिक्षक तथा विद्यार्थी सङ्गठनले समर्थन गर्दै कार्यान्वयनमा पटक–पटक प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले राजनीतिक मुद्दामा विद्यालय बन्द गरिने संस्कारको अन्त्य नहुनु र सरकारले सुरक्षाको प्रत्याभूति नदिनु दुखद् भएको बताए ।

बालफस्थित ज्ञानोदय माविका शिक्षक गोविन्द भण्डारीले विद्यालय खुलेमा आफूहरु पढाउन तयार रहेको भए पनि प्रशासनिक विषय जोडिएकाले विद्यालय बन्द गरिएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको फ्ल्यास रिपोर्ट, २०७४ का अनुसार हाल मुलुकका ३५ हजार ६०१ विद्यालय छन् । यसमा २७ हजार ८८३ सामुदायिक र निजी प्रकृतिका विद्यालय छ हजार ५६६ र अन्य धार्मिक प्रकृतिका विद्यालय छन् । कक्षा १ देखि १२ सम्म कूल ७३ लाख ९१ हजार ५७४ विद्यार्थी अध्ययनरत छन् । मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आजको शैक्षिक हड्तालबारे आधिकारिक रूपमा कुनै जानकारी नभएको र यस्तो हड्ताल हुनु बालबालिकाको पढ्न पाउने अधिकारको विरुद्ध भएको बताए ।

तत्कालीन नेकपा (माओवादी) को सशस्त्र युद्धकालमा विसं २०६० असोज २६ गते डोटीको मुढभरास्थित शारदा उच्च माध्यमिक विद्यालयमा विद्रोही पक्षको सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायबाट भएको गोली प्रहारका क्रममा चार विद्यार्थीसहित १० को मृत्यु तथा केही विद्यार्थी घाइते भएपछि अधिकारकर्मीले विद्यालय शान्ति क्षेत्रका लागि आवाज उठाउन थालेका थिए । रासस

post image

माघ २२, काठमाण्डौं । कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानवअधिकार शिक्षा प्रदान गर्ने उदेश्यले “युवा मानवअधिकार विषयक” कार्यशाला युथ एड्भोकेसी नेपाल र ईन्सेकको संयुक्त आयोजनामा मदन भण्डारी मेमोरियल कलेज, अनामनगरमा सम्पन्न भयो ।

 

कार्यक्रममा मानवधिकारको अवधारणा, यसको विकासक्रम, यसका सिद्धान्त, संवैधानिक तथा कानुनी प्रावधान लगायतको विषयमा युवा मानवअधिकारकर्मी विनय कार्की र तिर्थराज कोईरालाले विद्यार्थीहरुलाई प्रशिक्षण गरेका थिए । कार्यशालामा विद्यार्थीहरुले मानवअधिकारसँग सम्बन्धीत विभिन्न भनाई तथा जिज्ञासा राखेका थिए ।

कार्यशालामा युवाहरु मानवअधिकारको आन्दोलनमा सक्रियरुपले लाग्नु पर्ने ईन्सेकका प्रतिनिधि कृष्ण गौतमले वताए । ढिलो न्याय दिनु न्याय नदिनु हो भन्नेमा गौतमको जिकिर थियो । अधिकारको दावा गरी अभ्यास गर्नका लागि प्रत्येक व्यक्तिले उनीहरुको अधिकारको विषयमा जानकारी हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । विद्यार्थीहरुलाई मानवअधिकारको विषयमा शिक्षा प्रदान गर्न आगामी दिनमा विभिन्न कलेजमा कार्यशाला आयोजना गरिने योजना रहेको खतिवडाले जानकारी दिए ।

कार्यक्रममा मदन भण्डारी मेमोरियल कलेजका शिक्षक सुदिप लामाले विद्यार्थीहरुलाई मानवअधिकारको सम्मान, संरक्षण तथा परिपुर्तीमा सक्रिय रुपले सहभागि हुन पर्नेमा जोड दिनु भएको थियो ।

post image

 माघ २१, झापा । झापाको बिर्तामोडमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै विर्तासिटी हस्पिटलमा तोडफोड भएको छ । झाडापखाला लागेपछि उपचारका लागि ल्याइएका मेचीनगर-१४ का दुई वर्षीय बालकको मृत्यु भएपछि आक्रोशित परिवारले अस्पताल तोडफोड गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, अनारमनीका प्रमुख डीएसपी सुवास खड्काका अनुसार स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो ।परिवारका सदस्यले भने हस्पिटलमा इन्जेक्सन लगाएको केहीवेरमै बालकको मृत्यु भएको दाबी गर्दै चिकित्सकले गलत औषधि प्रयोग गरेको आरोप लगाएका छन् ।

घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ । टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।

हाल बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।

post image

माघ २१, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा अस्वभाविक रूपमा गैंडा मर्न थालेपछि मरेका गैंडाको नमूना परीक्षण गर्न विदेश पठाउने तयारी गरिएको छ। गैंडाको मृत्युको कारण खोजी गर्न नमूना परीक्षणका लागि विदेश पठाउन लागिएको हो।

चालू आवको हालसम्म २९ गैंडा मरेका छन्। निकुञ्ज विभागले प्राकृतिक कारणले गैंडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति बनाएर काम अगाडि बढाएको हो। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो एक महिनामा मरेका सात गैंडा फेला परेका थिए। वर्षातको बेलामा कालगतिले मरेका तर हाल फेला परेका धेरै भएको उनले बताए।

प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २८ र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ। निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले भाले जुधेर, ढिस्कोबाट लडेर, बच्चा पाउन नसकेर, दलदलमा फसेर र बूढो भएर कालगतिबाट, बाघले खाएर, रोगका कारण रहेका छन्। जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैंडा मरेको छ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैंडा १५ देखि २५ वर्ष उमेरका रहेको घिमिरेले बताए। गैंडाको औसत आयु ६० वर्ष हुन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अस्वभाविक ढङ्गबाट गैंडा मर्न थालेपछि रोगका कारण मरेका चारसहित अन्यको नमूना परीक्षणका लागि स्वदेश र विदेशका प्रयोगशालामा पठाउने तयारी गरिएको बताए। उनका अनुसार मरेका गैंडाको महत्त्वपूर्ण अंग सुरक्षित राखिएको छ।

ती अंगलाई बाहिर पठाएर मृत्युको कारण पत्ता लगाउने तयारी गरिएको छ।

ठूलो सङ्ख्यामा गैंडा भएकाले महामारीको रूपमा रोग भित्रिन नपाओस् भन्नका लागि समयमै सतर्कता अपनाउने तयारी गरिएको हो। निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेका अनुसार मरेका र नसढेका गैंडाको मुटु, कलेजो, पित्त, मिर्गौला, मूत्रथैली, रगतलगायतका नमूना डिपफ्रिज र इथानोल अल्कोहलमा सुरक्षित राखिएको छ। मरेपछि कुहिएको अवस्थामा भेटिएका गैंडाको छाला सुरक्षित राखिएको छ।

अघिल्लो वर्षको बाढीले गैंडाको समूहलाई तितरबितर बनाएपछि प्राकृतिक कारणले बढी गैंडा मरेको ढकालले बताए।

गत वर्ष प्राकृतिक कारणले २५ गैंडा मरेका थिए। पूर्वका गैंडा पश्चिम पुगेपछि एकै क्षेत्रमा बढी गैंडा हुँदा पनि समस्या भएको हो। स्थानान्तरणका क्रममा पोथी गैंडा बढी पठाएपछि भालेको सङ्ख्या बढी हुँदा पनि जुधेर मर्ने क्रम बढेको ढकाल बताउँछन्।

स्थापनाताका २० प्रतिशत घाँसेमैदान रहेको निकुञ्जमा हाल १० प्रतिशत मात्रै घाँसेमैदान छ। त्यसमा पनि बजेट अभावमा हरेक वर्ष १०० हेक्टर हाराहारी व्यवस्थापन गरिँदै आएको छ। अन्य घाँसेमैदान व्यवस्थापन गर्न नसक्दा पनि गैंडालाई समस्या भएको छ। गैंडालाई पानीका लागि तालतलैया सुक्दै गएपछि यस वर्ष ४० नयाँ ताल खन्नका लागि बोलपत्र आह्वान गरी ठेक्का दिइएको छ। हालसम्म निकुञ्जमा ६० ताल छन्। नदीमा सोझै ढल र फोहोर मिसाउँदा प्रदुषित भएर पनि गैंडा प्रभावित बनेका छन्।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५, २०१६ मा १४ र सन् २०१७ मा २४ गैंडा प्राकृतिक कारणले मरेका थिए। हालसम्म प्राकृतिक कारणले सबभन्दा बढी मर्ने क्रम यस वर्ष देखिएको छ। यसअघि चोरीशिकारीबाट सबभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैंडा मारिएका थिए । पछिल्लो समय चोरीशिकारीबाट मारिने क्रम घटेर गएको छ । चोरीशिकारीबाट गैंडा नमरे पनि प्राकृतिक कारणबाट मर्नेको सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ। निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैंडा चोरीशिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैंडा छन् । चालू आर्थिक वर्षमा पुनः गैंडाको गणना गरिँदै छ । रासस

post image

माघ २१,हेटौँडा । प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ। गत माघ ९ गतेको मन्त्रिपरिषदको बैठकले बिदा दिने निर्णय गरेको हो।

तामाङ बाहुल्य प्रदेश नं ३ मा ल्होसारको अवसरमा बृहत ल्होछार महोत्सवको समेत आयोजना गरिने भएको छ। माघ २१ र २२ गते प्रदेश राजधानी हेटौँडामा सो महोत्सव हुनेछ। रासस

post image

माघ २०, दाङ  दाङ प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना पत्ता लगाएको । प्रहरीले कारखानाबाट ठूलो परिमाणमा हतियार हतियार बनाउने कच्चा पदार्थसहित जनालाई पक्राउ गरेको प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाँउपालिका भौवानाबाट तयारी हतियार हतियार बनाउन प्रयोग हुने सामाग्रीसहित जनालाई पक्राउ गरेको हो  

हतियार बनाउने कारखानाबाटै त्यही स्थानका ५९ वर्षीय जीतबहादुर बुढा ३८ वर्षीय रुद्रमनी घर्तीलाई पक्राउ गरेको हो घरमै हतियार बनाइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो  पक्राउ परेकाको कारखानाबाट भरुवा बन्दुक थान, १२ बोर राइफल एक थान, एयरगन थान, कटुवा पेस्तोल रिभल्भर ÷ थान प्रहरीले बरामद गरेको  

त्यसैगरी सानो हतियारको नाल १२ थान, ठुलो हतियारको नाल २९ थान बरामद गरिएको प्रहरीले हतियार बनाउन प्रयोग हुने सामाग्री पनि ठुलो मात्रामा बरामद गरेको   भौवा नाकामा अवैधरुपमा घरेलु हातहतियार निर्माण हुने गरेको सूचनाको आधारमा प्रहरीले त्यस क्षेत्रमा निगरानी बढाएको थियो लामो निगरानीपछि हतियार कारखाना पत्ता लागेको दाङ प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए  

post image

माघ २०, ललितपुर। वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत अपार्टमेन्टको कोठामा मृत अवस्थामा भेटिएकी छन्। बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बबिता मृत अवस्थामा भेटिएकी हुन्। ललितपुरका प्रहरी प्रमुख रवीन्द्र धानुकका अनुसार सलको पासो लगाएको अवस्थामा उनको शव भेटिएको हो। घटना शंकास्पद भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको उनको भनाइ छ।

आइतबार बिहान १० बजेसम्म पनि सुतेको कोठाको ढोका नखुलेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। ढोका फोरेर हेर्दा प्रहरीले पासो लगाएको अवस्थामा उनको शव फेला पारेको हो।

बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन्। घटना शंकास्पद देखिएको भन्दै प्रहरीले  अनुसन्धान सुरु गरेको छ।

 

post image

माघ २०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध सरकार र सत्तारुढ दलका अध्यक्षले सार्वजनिक गरेको विज्ञप्तिप्रति आपत्ति जनाएको छ। आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र नेकपा अध्यक्षले सार्वजनिक गरेको विज्ञप्ति राष्ट्रिय स्वार्थ विपरित भएको भन्दै आपत्ति जनाएको हो।  ‘नेपालको खासै कुनै सम्बन्ध नरहेको देश भेनेजुएलाको राजनीतिक घटनाक्रममा सत्तारुढ कम्युनिस्ट पार्टीका अध्यक्ष र सरकार स्वयम्ले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, काग्रेस संसदीय दलको निर्णयमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थ विपरित कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको  बैठक आपत्ति प्रकट गर्दछ।’

नेपालको विकासका लागि झण्डै ६५ वर्ष भन्दा लामो समयदेखि लगातार आर्थिक सहयोग पु¥याउँदै आएको पुरानो मित्र संयुक्त राज्य अमेरिकाको कारात्मक भूमिका नै नेपालका लागि महत्वपूर्ण हुने ठहर कांग्रेसको छ। ‘अमेरिकाले हाम्रो मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माण क्षेत्रमा अत्यन्त उल्लेखनीय सहयोग पु¥याइरहेको छ ’, कांग्रेसले भनेको छ, ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा संयुक्त राज्य अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ।’

सँगै कांग्रेसले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकारले डा. गोविन्द केसीसँग सम्झौता गरेकोमा पछि तोडमोड गरी  जबरजस्ती संसदबाट पास गरेकोप्रति आपत्ति जनाएको छ। उसले अध्यादेश सम्झौता अनुसार सच्याउनसमेत माग गरेको छ।  कांग्रेस प्रमुख सचेतक बालकृष्णा खाँणले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘विधेयकलाई अध्यादेश एवं सम्झौता बमोजिम  सच्चाउन नेपाली कांग्रेस निरन्तर लागि रहनेछ।’

post image

माघ २०, काठमाडौं । भारतका लागि नेपाली  आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । आइतबार  राष्ट्रपति विद्यादेवी भण्डारीले अचार्यलाई  भारतका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

post image

शम्भु कुँवर , माघ २०, काठमाण्डौं । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वाड नं ५ मा जलकाली सेवा समाजले पाँचकोठे धर्मशाला तथा क्रियापुत्री भवनको एक समारोहकाबिच उद्घाटन गरीएको छ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले एक समारोहकाबिच उक्त भवनको उद्घाटन गर्नु भएको हो ।

जलकाली सेवा समाजका सदस्यहरु, स्थानीयबासिन्दाहरु, नगरपालिका, वडा कार्यालयहरुको सहयोगमा करीव २० लाखको लागतमा तयार पारीएको थियो । जलकाली सेवा समाजको धर्मशाला तथा क्रियापुत्री भवनको उद्घाटन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले यस भवनले आम सर्वसाधारण देखि लिएर यस वडाका बासिन्दाहरुलाई १३ दिने काजक्रिया गर्नका लागि निकै उपयोगी हुने र यसवाट सबैलाई लाभ लिन समेत आग्रह गर्नु भयो ।

मेयर थापाले कागेश्वरी मनोहरा नगरपालिकाले आगामी दिनमा नगरपालिकालाई समृद्ध बनाउनका लागि बिभिन्न आयोजनाहरु अघि सारेर अघि बढीरहेको बताउदैं नगरपालिकाको कार्यमा सहयोग पुर्याउन समेत सबैमा आग्रह गर्नु भयो । धर्मशाला तथा क्रियापुत्री भवनको उद्घाटन समारोहमा बोल्दै जलकाली सेवा समाजका अध्यक्ष उपेन्द्र पौडेलले यस क्षेत्रका स्थानीय बासिन्दाहरुको मागलाई सम्बोधन गर्दै यो भवन तयार पारीएको बताउनु भयो ।

उहाँले यस भवन निर्माणका लागि सहयोग पुरयाउने सबैलाई धन्यवाद समेत ब्यक्त गर्नु भयो । अध्यक्ष पौडेलले समाजले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा सक्रिय भएर संस्था लागीपर्ने धारणा राख्नु भयो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उपमेयर, नगरपालिकाका प्रवक्ता, बिभिन्न वडाका वडा अध्यक्षहरु, जलकाली सेवा समाजका प्रतिनिधिहरु, कागेश्वरी मनोहरा नगर खेलकुद बिकास समितिका अध्यक्ष नवराज पुडासैनी लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो ।

सो भवन निर्माणका लागि करीव २० लाख खर्च भएकोमा जलकाली सेवा समाजका सदस्यहरुवाट प्रत्येक सदस्यवाट दश हजार, नगरपालिका, वडा कार्यालय लगायतले सहयोग गरेका थिए । यसरी भवन निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान समेत गरीएको थियो ।

post image

माघ १९, काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले मेडिकल माफियामुखी विधेयक आफूलाई स्वीकार्य नभएको भन्दै त्यसलाई सच्याउन राष्ट्रपतिले सदनमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन्। सोह्रौं अनशन सुरु गरेको २४औं दिन शुक्रबार अनशन तोड्दै डा. केसीले सदनबाट पारित चिकित्सा शिक्षा विधेयकको माफियामुखी र विद्यार्थीमुखी प्रावधानविरुद्ध फरक ढंगले संघर्ष गरिरहने स्पष्ट पारे।

उनले आफू सत्यवादी लडाकु भएकाले अनशन स्थगित गरे पनि मेडिकल क्षेत्रमा रहेको माफियातन्त्रविरुद्ध लडिरहने बताए। राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति कहिले पनि अपनत्व ग्रहण नगर्ने उनले स्पष्ट पारे। सरकारले आफूसँग गरेको सम्झौताबमोजिम विधेयक नसच्याएसम्म निरन्तर खबरदारी गरिरहने पनि उनले बताए। डा. केसीलाई त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी अमृत पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाले संयुक्त रुपमा पानी खुवाएर अनशन तोडाएका थिए। सरकारले आफूलाई निर्वाचित गर्ने तीन करोड जनताको हितमा हैन, आफूनिकट एक व्यक्तिका लागि कानुन बनाउँदै नीतिगत भ्रष्टाचार तथा जनमतको अपमानको निकृष्ट उदाहरण पेस गरेको उनले आरोप लगाए। यसले सरकार र सत्तारुढ पार्टीको वैधतामाथि गम्भीर प्रश्न उठाएको पनि केसीको भनाइ छ।

 ‘सुधारकै लागि भनेर यत्रो कानुन निर्माण गर्दा समस्याको मूल जडका रुपमा रहेको सम्बन्धनका विकृतिलाई ज्युँका त्युँ राख्ने, सम्बन्धनको विकृतिलाई कानुनी वैधता दिने र यसबाट मुठ्ठीभरका आसेपासेलाई फाइदा पु-याउने सरकारको नियत प्रस्टै देखिएको छ’, डा. केसीले भने। चिकित्सा शिक्षा विधेयक पारित गर्ने बेला सरकारले गरेको जबर्जस्ती र अधिनायकवादी प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाएको भन्दै केसीले त्यसरी पारित गरिएको ऐन आफूहरुलाई स्वीकार्य नभएको बताए।

सरकार र त्यसका प्रमुख प्रधानमन्त्री केपी ओलीमा संस्थागत र व्यक्तिगत इमान तथा विश्वसनीयता नभएको केसीको दाबी छ। ‘प्रधानमन्त्री आफैंले विगतमा गरेको निर्णय र गराएको सम्झौताबाट विचलित हुनु, आफ्नो बेइमानी र अनैतिक कामको बचाउ गर्नुले उनको निर्णय क्षमता प्रभावित भएको देखाउँछ’, डा.केसीले भने, ‘यसबाहेक अन्य प्रसंगमा समेत प्रधानमन्त्रीका उडन्ते अभिव्यक्ति र हाउभाउले उनी राज्य सञ्चालनका लागि अक्षम र अस्वस्थ भएको देखाउँछ।’

उनले अगाडि भने, ‘सरकारले संवेदनशीलता, मानवीय संवेदना र लोकलाज गुमाएको यस घडीमा हामीले सत्याग्रह जारी राख्दा असहज अवस्था सिर्जना हुने र बिरामीले दुख पाउने तर राज्यले कसै गरी पनि सत्याग्रहको आवाज नसुन्ने अवस्था बन्यो।’ उनले आफ्नो स्वास्थ्य र जीवनप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन्।

निजी मेडिकल कलेज पढाएर योग्य डाक्टर बनाउने कम र डाक्टरी डिग्री बेच्ने थलो बनेकोमा उनले चिन्ता प्रकट गरे। विश्वविद्यालयले क्षमता निर्माण नै नगरी सरकार र राजनीतिक पार्टीको दबाबका कारण अनियन्त्रित रुपमा सम्बन्धन दिने थिति बसेको डा. केसीको आरोप छ। ‘देशको राजनीति भ्रष्टीकरण हुँदै जाँदा नियामक निकायहरु राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र भए र सम्बन्धन किनबेचको विषय बन्यो’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले मेडिकल शिक्षामा भएको विकृति अन्त्य गर्न आफूले २०६९ सालमा पहिलो सत्याग्रह सुरु गरेको समेत स्मरण गराएका छन्। देशको न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने व्यक्ति नै न्यायालयको नेतृत्वमा पुगेर मेडिकल शिक्षामा भ्रष्टहरुलाई पुनस्र्थापित गर्ने प्रयास गरेको भन्दै उनले आफूहरुको सुधार अभियान अख्तियारजस्तो भ्रष्टाचारविरोधी संवैधानिक अंग र न्यायालयको नेतृत्वमा रहेका व्यक्तिहरुविरुद्ध समेत केन्द्रित हुन पुगेको स्पष्ट पारे।

राज्य सञ्चालनमा संस्थागत भएको भ्रष्टाचार र बेथितिका कारण चिकित्सा शिक्षा सुधारसम्बन्धी कार्यदलको प्रतिवेदन कार्यान्वयनमा राज्य इमानदार नभएको उनको दाबी छ। प्रतिवेदनअनुसार ऐन ल्याउन आफू बारम्बार लड्दा हरेकपल्ट जालझेल गरिएको उनको भनाइ छ। जालझेलका बीच पनि प्रतिवेदनअनुसार चिकित्सा शिक्षा अध्यादेश ल्याउन आफूहरुले यसअगाडिको सरकार र अहिलेको सरकारलाई समेत बाध्य पारेको उनले बताए। ‘तर विडम्बना, शिक्षामन्त्री गिरीराजमणि पोखरेलले संसद्मा चिकित्सा शिक्षा विधेयक पेस गर्दा माथेमा प्रतिवेदनका विद्यार्थीमुखी, जनतामुखी र सुधारमुखी सबै प्रावधान हटाए’, उनले भने। त्यो विधेयकविरुद्ध आफू १५ औं सत्याग्रह गर्न बाध्य भएको उनको प्रस्ट्याए। ‘त्यो सम्झौता लत्याएर खास गरी अनियन्त्रित र असीमित सम्बन्धनको बाटो खोल्दै सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विधेयक पारित गरेपछि त्यसले केही गम्भीर कुराहरु इंगित गरेको छ’, डा. केसीले भने।

डा. केसीलाई अनशन स्थगित गर्न नागरिक समाजका अगुवा केदारभक्त माथेमासहित प्रा.डा. मदन उपाध्याय, प्रा.डा. रमेशकान्त अधिकारी, प्रा.डा. अर्जुन कार्की र प्रा.डा. भगवान कोइरालाले संयुक्त विज्ञप्तिमार्फत र भेटेर पनि आग्रह गरेका थिए। पूर्वराष्ट्रपति रामवरण यादवलगायतले पनि अनशन तोडेर फरक ढंगले माग पूरा गराउन अनुरोध गरेका थिए। बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीलाई भटेर अनशन तोडेर फरक ढंगले लड्न आग्रह गरेका थिए। डा. केसीलाई अनशन तोडाउन केदारभक्त माथेमा, सुशीला कार्की, दमननाथ ढुंगानालगायत उनका सहयोगीले पनि प्रयास गरेका थिए।

post image

माघ १८, काठमाडौ ।  हृदयाघात भएपछि नर्भिक अन्तराष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् । उनलाई सिसियुबाट अस्पतालको निजी क्याविनमा राखिएको छ ।

खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधि सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाइ छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।

पारसलाई २०६३ सालमा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो । उनलाई पटक-पटक हृदयाघात हुनुमा गलत खानपान तथा वंशाणुगत कारण नै प्रमुख भएको उनको उपचारमा संलग्न चिकित्सक प्रा. डा. यादव देव भट्टले बताएका छन् ।

post image

माघ १७, काठमाडौं । पूर्व युवराज पारस शाहको अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ। लाई  नर्भिक हस्पिटलमा उपचाररत शाहको अवस्था सुधार भएपछि सीसीयुबाट क्याबिनमा हिजो सारिएको थियो।

अस्पतालले जनाए अनुसार शाह अहिले हिडडुल गर्न सक्ने, बोल्न सक्ने र खानपान गर्न सक्ने भएका छन। डिस्चार्जबारे भने अस्पतालले केही जानकारी दिएको छैन। गत सोमवार ‘हर्ट अट्याक’ भएपछि शाहलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। यो उनको तेस्रो अट्याक हो ।

post image

माघ १७, काठमाडौं डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले मिनेन्द्र रिजालले बोलेका थिए लगतै सांसदहरु उठेका छन्

चिकित्सा शिक्षाजस्तो महत्वपूर्ण विधेयक संसद अवरुद्ध भएका बेला पारित गरिनु, डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार गम्भीर नहुनु सभामुखको संसद सञ्चालन गर्ने प्रक्रियामा विरोध जनाउँदै संसद अवरुद्ध गरेको कांग्रेसले जनाएको

प्रतिनिधिसभामा अधिकतम शक्ति प्रयोग गरेर विधेयक पारित गरेकाले त्यसको विरोध राष्ट्रियसभामा पनि प्रमुख सचेतक खाँडले जानकारी दिए सरकारले राष्ट्रियसभाबाट आज चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको राष्ट्रियसभाबाट पारित भएपछि यसले कानुनको रुप लिनेछ 

post image

माघ १७, झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आएका छन्। उनले दमकमा आजदेखि सुरू हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल सहभागी छन्। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गरेका थिए।

प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो सहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले बताए। त्यसैगरी, प्रधानमन्त्रीले आजदेखि चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम रहेको प्रेस संयोजक अधिकारीको भनाइ छ। विसं २०२६ बाट चन्द्रगढी–काठमाडौं उडान भर्न सुरू गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए।

उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुई वटा, यतिका दुई वटा, श्री एयरका दुई वटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौंसम्मका उडान भरिरहेका छन्। फ्रेब्रुअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडान समेत गरिसकेको छ। रासस

post image

माघ १७, काठमाडौं । मुलुक संघीयतामा गएको लामो समयपछि सरकारले संघीय संरचना अनुसारको प्रहरी ऐन बनाउन लागेको छ । प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय विधेयक प्रतिनिधि सभाको आजको बैठकमा टेबल गर्ने भएको हो । गत पुष ३० गते प्रतिनिधि सभाको विधेयक शाखामा दर्ता भएको सो विधेयक आजको कार्यसूचीमा राखेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । मुलुक संघीय संरचनामा गएपनि प्रहरी संगठन एकात्मक प्रणालीमै रहँदा कार्यसम्पादनमा समस्या भएको गुनासो आइरहेको थियो ।

केन्द्रले प्रहरी ऐन नबनाउदा नै प्रदेश २ ले प्रदेश प्रहरी ऐन बनाउन लागेपछि केही समय अघि केन्द्र सरकारले रोकेको थियो । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो विधेयक टेवल गर्ने सम्भावित कार्यसूची तय भएको अर्यालले बताउनुभयो । यस्तै विशेष आर्थिक क्षेत्र पहिलो संसोधन विधेयक र भूउपयोग विधेयक टेबल गर्ने सरकारको तयारी छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक दफावार छलफलका लागि समितिमा पठाउने संघीय संसद सचिवालयले जनाएको छ ।यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफुहरुका माग सम्वोधन नभएको जनाएको छ ।

प्रतिनिधि सभाको आजको बैठकलाई सुचारु गर्ने विषयमा छलफल गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले आफ्ना अडान यथावत रहेको बताएको हो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफुहरुको असहमति हुँदाहुँदै सरकार र सभामुखले जवर्जस्त प्रतिनिधि सभाबाट विधेयक पारित गराएको कांग्रेसको अरोप छ । कांग्रेसले यसअघि चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसनको समर्थनलाई गौण बनाउँदै पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पताल केन्द्र सरकार मातहत राख्न माग गर्दै दुबै सदनका बैठकमा विारेध गरेको थियो । सरकारले दुबै अस्पताल केन्द्र सरकार मातहत रहने निर्णय गरेपछि कांग्रेसले संसद अवरुद्ध गर्न राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई एजेन्डा बनाउन लागेको हो ।

post image
माघ १६,काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रु ठगी गर्ने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ।महाशाखाले मंगलबारमात्र यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ५३ ट्याक्सी चालकलाई कारबाही गरेको छ। महाशाखाले सोमबार पनि उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको थियो।

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउ मच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ। ‘हाउ मच’ अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले तीन हजार रूपैयाँ जरीवाना गर्ने गरेको छ। त्यस्तै पाँच पटकभन्दा बढी ‘हाउ मच’ कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गर्ने महाशाखाले जनाएको छ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने पाँच सयदेखि पन्ध्र सय रूपैयाँ सम्म जरिवाना गर्ने छ। प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ।रासस

post image

माघ १५, काठमाडौं । केजीएच फाउण्डेशन र नेपाल अर्बुद रोग निवारण संस्थाको सहकार्यमा यही माघ १८ गते ज्योती लाईफ द एमेजिङ्ग मोटर र्याली २०१९ को आयोजना हुने भएको छ । बिश्व क्यान्सर दिवसको अवसर तथा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी मोटर र्यालीको आयोजना गर्न लागिएको केजीएच फाउण्डेशनका अध्यक्ष दिवाकर राजकर्णिकारले पत्रकार सम्मेलन मा जानकारी गराउनु भयो ।

काठमाण्डौको पर्यटन बोर्डकुटीमण्डपवाट शुरु हुने मोटर र्याली पोखराको सारङ्कोटमा गएर समाप्त हुनेछ । स्वदेशी पर्यटकहरुलाई नेपाल भ्रमण बर्ष बारे जानकारी गराउन तथा क्यान्सर रोगका बारेमा सचेतना जगाउने अभिप्रायकासाथ मोटर र्यालीको आयोजना गरीएको हो ।

काठमाण्डौदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरीमा आयोजना हुने र्याली भृकुटीमण्डप, जावलाखेल, कलंकी, थानकोट, नौबिसे, मुङ्गलिङ्ग, दमौली पोखराको पृथ्वीचोक, लेकसाईड, हल्लन चोक, वाटरफ्रन्ट रिर्सोट, पोखरा बाग्लुङ्ग हाईबे, बिन्दबासिनी मन्दिर चौक हुै सारङ्गकोटमा गएर सम्पन्न हुनेछ । र्यालीमा सहभागी हुनेहरुका लागि टाईम, सिटेन्स र स्पीडको अवधारणा अघि सारेर जिपिएस पद्धती मार्फत मोटर र्यालीलाई ब्यवस्थापन गरीएको आयोजकले जनाएका छन् । मोटर र्यालीका बिजेताहरुलाई बिभिन्न पुकार प्रमाणपत्र र सिल्ड प्रदान गरीने छन् ।

post image

माघ १५, काठमाडौं । यदि तपाईं सुन्दर, निखारिएको छाला चाहनुहुन्छ भने दुधको तरले तपाईलाईं निकै फाइदा पुर्याउँछ । जाडोयाममा छाला रुखो हुने, दाग धब्बालगायतका समस्या देखापर्छ । तर स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर धेरै फ्याट हुने भएकाले धेरै मानिसहरु यो खाँदैनन् । तर छालाको समस्याका लागि तपाईंले तर खाने होइन, लगाउने गर्नुपर्छ ।

छालाको लागि सबैभन्दा राम्रो मोइस्चुराइजरः

तर तपाईंको छालाका लागि सबैभन्दा राम्रो मोइस्चुराइजर मानिन्छ । केही मिनेटसम्म अनुहारमा तरले मसाज गर्दा छालाको ‘ड्यामेज टिश्यु’ रिपेयर हुन्छ जसका कारण छाला स्वस्थ हुन्छ ।

तरले छालाको सबै दाग धब्बा हटाउँछः

यदि तपाईंको छालामा दागधब्बा धेरै छन् भने बेसनले छाला सफा गरेपछि तर र कागती लगाउनुहोस् । त्यसपछि अनुहारलाई हल्का मनतातो पानीले धुनुहोस् । राती सुत्नुअघि यसो गर्दा बिहान उठ्दा तपाईंले यसको असर देख्नुहुनेछ । तर म भिटामिन इ र ल्याक्टिक एसिड हुन्छ जसले छालामा निखार ल्याउँछ । यस्तै, कागतीमा पाइने भिटामिन सीले छालाको रङ सफा हुनुका साथै दाग धब्बा हल्का हुनथाल्छ ।

चाउरीपन कम गर्छः

आँखा र अनुहारमा पर्ने चाउरीलाई कम गर्न निकै सहयोग गर्छ । राती दुधको ताजा तरमा थोरै आँटा मिसाएर अनुहारमा लेप जसरी लगाउनुहोस् । लगाएको १५ मिनेटपछि चिसो हातले अनुहारमा मज्जाले रगड्नुहोस् र सबै आँटा रगडेर नै हटाउनुहोस् । त्यसपछि अनुहारलाई चिसो पानीले धुनुहोस् ।

अनुहार चम्किलो बनाउन तरको फेसप्याकः

तरमा बेसन, मुल्तानी माटो, सुन्तलाको बोक्राको पाउडर र स्याउलाई पिसेर एउटा पेष्ट बनाउनुहोस् । यसलाई अनुहार र हात–खुट्टामा लगाउनुहोस् । यसले छाला सफा र नरम हुन्छ । अनुहार तथा कुहिनोमा लगाउँदा छालाको रङमा निखार आउँछ । चाउरी र छालाको दाग धब्बा हट्दै जान्छ । साथै, छाला फुट्ने जस्ता समस्या पनि हुँदैनन् । तरले छालाको रुखोपनलाई हटाउँदै स्वभाविक कोमलता प्रदान गर्छ ।

छालालाई जवान बनाइराख्न तरः

दैनिक रुपमा अनुहारमा तर लगाउँदा छाला लामो समयसम्म जवान रहिरहन्छ । तरमा भएको प्रोटिन र भिटामिनले छालामा कोलेजनको उत्पादन बढाउँछ जसले छालालाई जवान बनाइराख्छ ।

post image

 माघ १४, काठमाडौं । प्रदेश ३ सरकारले शहीद दिवसका दिन माघ १६ गते सार्वजनिक विदा दिएको छ ।केन्द्र सरकारले भने यसै वर्षदेखि शहीद दिवसको विदा कटौती गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको माघ ९ गते बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।राणा विरोधी आन्दोलनमा लडेका शहीदहरुको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

post image

माघ १४, विराटनगर । मोरङको सुन्दरहरैंचाका स्थानीयले ६ वटा टिपरमाथि आगजनी गरेका छन् ।विराटचोकबाट हरैंचातर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले बाटो काट्दै गरेकी सुन्दरहरैंचा–९ कि ११ वर्षीया बालिका लक्ष्मी ढकालको ज्यान लिएपछि आक्रोसित बनेका स्थानीयले टिपरमाथि आगो लगाइदिएका हुन् ।

स्थानीयले विराटचोक–पुष्पलाल चोक सडक खण्डको सिसौघारीमा कुदिरहेका टिपर रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ । ६ वटा ट्रकमा आगो लगाइएको बताइए पनि प्रहरीले भने ४ वटामा मात्रै आगजनी भएको जनाएको छ ।

उनीहरुले शवलाई सडकमा राखेर अहिले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनले सुन्दरहरैंचा तनावग्रस्त बनेको छ । अवस्था तनावग्रस्त बनेपछि त्यसको नियन्त्रणका लागि अहिले प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले आक्रोसित स्थानीयले टिपरमा आगजनी गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

post image

माघ १४, काठमाडौं । ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रूपमा गर्ने भएका छन्।

उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ।

प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्वगृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले सो क्षेत्र अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक बसेर संयुक्तरुपमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमार्फत उद्धार गर्ने निर्णय गरिएकोे थियो। घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दूरीमा छ। हिँडेर उद्धारकर्मी जान नसक्ने भएपछि गृहमन्त्रालयमा हेलिकप्टरसहित आवश्यक उपकरण उपलब्ध गराउन माग गरिएको छ।

गृहमन्त्रालयको आदेश पाएपछि आज बिहानै घटनास्थल पुगेर उद्धार शुरु गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए। ओडारमा २०० भेडा र ५० बाख्रा पहिरोमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ। पहिरोमा केही भेडा मरेको देखिए पनि ठूला ढुङ्गा सामान्य तरिकाले हटाउन नसकिने भएकाले संयुक्त रुपमा उद्धार गर्ने तयारी गरिएको हो।

दुई दिन अघिदेखि हिउँ परेर केही उघ्रिएकाले भेडाबाख्रा लिएर जङ्गल गएका बखत शनिबार पुन हिउँ परेकाले ओडारभित्र बसेका उनीहरु ओडारमाथिको पहिरोले पुरिएका हुनसक्ने बताइएको छ। पहिरोले पुरिएपछि केही भेडा पहिरोमा चेपिएर मरेको देखिए पनि अन्य भेडा र मानिस कस्तो अवस्थामा छन् भन्ने जानकारी नभएको र उनीहरु जीवितै हुनसक्ने भएकाले सुरक्षित उद्धार गरिनुपर्ने प्रदेशसभा सदस्य जगत सिंखडाले  बताए।

post image

माघ १४, काठमाडौं । गत सातादेखि जारी पश्चिमी वायूको प्रभाव यो साता पनि कायम रहने देखिएको छ।अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीँ वर्षा र कहीँ भारी हिमपात भएको थियो।

त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो। त्यो प्रणाली आइतबारदेखि कमजोर भए पनि अर्को प्रणाली आइरहेकाले बुधबारदेखि फेरि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यो प्रणाली अहिले इरानको आकाशमा आइपुगेको छ। यसपालि आएको पश्चिमी वायूको यो चौथो प्रणाली हो। पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

post image

माघ १४, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय सभामा आफ्नो विरोध कायम राख्ने भएको छ । पूर्व सभापतिद्वयको नाममा रहेका अस्पतालको स्वामित्व संघले लिनु पर्ने माग गर्दै आन्दोलनमा रहेको कांग्रेस, बिरोधका बीच प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि थप चिडिएको हो ।

आफ्नो आन्दोलनमा विधेयक सच्याउने सहितका माग राख्दै २१ गतेबाट देशव्यापी आन्दोलन घोषणा गरेको कांग्रेसले माग सम्बोधन नभएको भन्दै राष्ट्रिय सभाको आजको बैठक समेत चल्न नदिने प्रमुख सचेतक सरिता प्रसाईंले जानकारी दिनुभयो ।

पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघ मातहतबाट हटाईएको, विरोधकाबीच चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको, प्रतिपक्षी दलको उपस्थिति बिनै संवैधानिक परिषद्बाट विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको, कञ्चनपुरकी बालिका निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही नभएको लगायत बिषय उठान गर्दै कांग्रेसले देशव्यापी आन्दोलन जारी राखेको हो । कांग्रेसको अवरोधका कारण गत सोमवारको बैठक समेत कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो ।

post image

माघ १४, काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार बिहान ११ बजे बस्दै छ।  गत शुक्रबार प्रतिनिधिसभाबाट बहुमतले पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५, लाई आज बैठकमा पेश गरी पारित गर्ने कार्यसुचि रहेको संघीय संसदको सचिवालयले जनाएको छ। नेपाली कांग्रेसको विरोधका बावजुद प्रतिनिधि सभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सरकारले पूर्णता दिन उक्त विधेयक राष्ट्रसभामा प्रस्तुत गर्न लागेको हो।

आजै बस्ने दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सामान्य छलफल पछि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टा समय दिने तयारी संघीय संसद सचिवालयको छ । राष्ट्रिय सभाबाट विधेयक संशोधनसहित पारित भए प्रतिनिधि सभामा पुन: छलफल गर्नु पर्ने र दुई सदनबीच टकराबको अवस्था आउने भएकाले सामान्य छलफल पछि राष्ट्रिय सभाले विधेयक बहुमतका आधारमा पारित गर्ने सम्भावना बलियो रहेको जानकारहरु बताउँछन् ।

 विधेयक संशोधनका लागि राष्ट्रिय सभामा सम्भावना रहेकाले अनशनरत डा. केसी समर्थित, नेपाल चिकित्सक संघ तथा सम्बन्धित सवै पक्षले पहल जारी राखेका छन् । यद्यपी डा. केसीका माग विधेयकबाटै सम्बोधन भएको भन्दै सरकारले आन्दोलनको अर्थ नभएको बताउदै आएको छ । नेपाली कांग्रेसले विधेयकका केही बुँदामा असहमति जनाउँदै त्यसअघि संसद अवरुद्ध गर्दै आएको थियो। राष्ट्रिय सभामा पनि सत्तारुढ दलको बहुमत रहेकाले विधेयक पारित हुनेमा सरकारपक्ष विश्वस्त छ।

राष्ट्रिय सभाको आजकै बैठकमा जेष्ठ नागरिक सम्बन्धी पहिलो संशोधन विधेयक, निवृत्तिभरण कोष विधेयक, भुक्तानी तथा फस्र्यौट विधेयक, नागरिक लगानी कोष विधेयक, विज्ञापन लगायत विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव समेत प्रस्तुत हुने कार्यसूची छ ।

post image

माघ १४, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार अनुसन्धान टोलीबाट प्राप्त प्रतिवेदनउपर आयोग बैठकबाट छलफल गरी यही माघ ९ गतेको निर्णयअनुसार आयोगले चारबुँदे सिफारिश एवम् २४ बुँदे निर्देशनसहित आज सरकारसमक्ष पेश गरेको हो ।

सो विषयमा घटनाको प्रहरीद्वारा अनुसन्धान प्रक्रिया अन्त्य नभएसम्म आयोगको अनुगमन जारी रहने जनाइएको छ । गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको घटना सम्बन्धमा आयोगद्वारा कात्तिक २७ गते विज्ञसहितको अनुसन्धान टोली गठन गरेको थियो ।

पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा गठित अनुसन्धान समितिमा पूर्वनायब प्रहरी महानिरीक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ डा.हरिहर वस्ती, डिएनए विशेषज्ञ दिनेश झा रहेका छन् । अध्ययन प्रतिवेदनमा घटनास्थल तथा लास जाँच प्रकति मुचुल्काले गम्भीर प्रकतिको हत्या देखाएको, अनुसन्धानका क्रममा घटनाको विभिन्न चरणमा खिचिएका तस्विरहरु हेर्दा अनुहार, घाँटी, दुवै पाखुरा, दुवै तिघ्रा, पेटको भाग र खुट्टामा चोटपटक लागेको देखिएको उल्लेख छ ।

मृतक पन्तको शरीरबाट डिएनए परीक्षणका लागि लगिएको ‘भेजाइनल स्वाब’ लगायतका नमूनाहरु सङ्कलन गर्दा सिन्कोमा बेरिएको कपासबाट नमूना सङ्कलन गरिएको देखिँदा सङ्कलन प्रक्रिया दोषमुक्त नदेखिएको उल्लेख छ । प्रहरीले अनुसन्धान गर्दा घटनाप्रति संवेदनशील नभएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा घटनाको शुरुआत भएको स्थानको मौकामै जाँच सोधपुछ नभएको, घटनास्थलमा खटिएका अनुुसन्धान अधिकृतले प्रत्येक घटनालाई गम्भीर रुपमा नलिएको, घटनास्थलको छुट्टाछुट्टै मुचुल्का कडा नगरिएको, स्वच्छ सुनुवाइलाई अनुसन्धानको आधार स्तम्भका रुपमा नमानिएको, लास जाँचका सामान्य सिद्धान्तप्रति प्रहरी अधिकारी सजग र गम्भीर नभएको उल्लेख छ ।

अनुसन्धानका सिलसिलामा मानसिक एवम् शारीरिक यातनालाई शून्य सहनशीलतामा नलगिएको, एउटा मुद्दाका नाममा पक्राउ गरी अर्को मुद्दामा अनुसन्धान गर्न नहुने स्वच्छ सुनुवाइको सिद्धान्तको पालना नभएको, घटनास्थल विज्ञले प्रमाणलाई उचित रुपमा सङ्कलन नगरेको, अनुसन्धानका क्रममा सर्वसाधारणलाई दुःख हैरानी दिएको, घटनास्थललाई घेराबन्दी नगरिएको, शव परीक्षण हुँदा जिम्मेवार अनुसन्धानकर्ता उपस्थित नभएको, जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग प्रभावकारी समन्वय नभएको लगायत उल्लेख छ ।

post image

माघ १४, काठमाडौं । डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नभएको भन्दै नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरु रिले अनसनमा बस्ने भएका छन् ।
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मम डाक्टरहरु त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बस्न लागेका हुन् । १० माघमा सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले आइतबार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमबार कार्यालय समयमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको हो ।

संघले प्रधानमन्त्री केपी शर्मा ओलीकै  अग्रसरतामा केसीसँग गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट केसीका सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको दाबी गरेको छ ।

केसी अनसनमै रहेको बेला सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ । तर, केसीले पारित  विधेयकको विरोधमा एक विज्ञप्ति  निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आक्षेप समेत लगाएका छन् ।  उनले माग पूरा नभएसम्म अनसन नतोड्ने भन्दै त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेको भएपनि अनसन तोडाउन सरकारबाट कुनै पहल भने भएको देखिँदैन ।

post image

माघ १४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन १४ गते नै स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनले प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि आन्दोलन छाडेर स्ववियु निर्वाचनमा केन्द्रित हुन आग्रहसमेत दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सरकारका केही मन्त्रीहरु, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्रमुख तीन विद्यार्थी संगठनका नेताहरुको आइतबार साँझ संयुक्त बैठक राखेर प्रधानमन्त्री ओलीले स्ववियु निर्वाचन फागुन १४ मै हुनुपर्ने बताए । ‘लोकतन्त्र बलियो बनाउन यस्ता निर्वाचन रोकिनु हुँदैन,’ बैठकमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, ‘त्रिभुवन विश्वविद्यालयले चुनाव गराउने भए त्यसका लागि सुरक्षा लगायतका सहयोग गर्न सरकार तयार छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु पनि रहेको बताउँदै, तर त्यसअघि सरकारले अहिलेका राजनीतिक मुद्दाहरु समाधान गर्न अग्रसर हुनुपर्ने बताएका थिए । देउवाले अहिले आफूहरुको आन्दोलन चलिरहेको र केही कार्यकर्ताहरुलाई प्रहरीले पक्रेकोतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री ओलीले भने ति सबै कुरा छाडेर स्ववियु निर्वाचनमा आउन आह्वान गरेका थिए ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने तयारी गरेको जानकारी गराएका थिए । यस वर्षको फागुन १४ मा स्ववियु चुनाव नभए अर्को वर्षमात्रै हुने उनीहरुले बताएका थिए । बैठकमा विश्वविद्यालयका पदाधिकारीको भनाइ उद्धृत गर्दै नेता तामाङले भने, ‘यस वर्ष स्ववियु चुनाव नभए विश्वविद्यालयको क्यालेन्डर प्रभावित हुन्छ । त्यसैले फागुन १४ मै गर्नुपर्छ, यो मितिमा नसकिए अर्को वर्ष मात्रै हुन्छ भनेर त्रिविका पदाधिकारीहरुले भन्नु भएको छ ।’

विद्यार्थी नेताहरुले स्ववियु लगायतका निर्वाचन रोक्दा आम युवा विद्यार्थीहरुको पार्टी नेतृत्वप्रति सकारात्मक धारणा नबन्ने भएकाले फागुन १४ मै चुनाव गराउनुपर्नेमा जोड दिएका थिए । ‘२८ वर्षको लोकप्रिय व्यक्ति पनि र आस्थाको मत पनि दुईवटै प्राप्त गर्ने मिश्रित निर्वाचन प्रणालीद्वारा नै फागुन १४ मै निर्वाचन हुनुपर्नेमा हामीहरुको जोड रह्यो,’ अखिल क्रान्तिकारीका अध्यक्ष तामाङले भने, ‘समान सहभागीताको ग्यारेन्टी मिश्रित प्रणालीले गरेकाले स्ववियु निर्वाचनमा मिश्रित प्रणाली नै अपनाउनुपर्छ ।’

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, पर्यटन मन्त्री रविन्द्र अधिकारी, कांग्रेस सभापति शेरबहादुर देउवा, नेता प्रकाशशरण महत सहभागी थिए । यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थ खनिया, रेक्टर प्रा.डा. सुधा त्रिपाठी, रजिष्ट्रार प्रा. डिल्ली उप्रेती र विद्यार्थी कल्याण परिषदका निर्देशक गंगाबहादुर थापा सहभागी थिए । यसैगरी विद्यार्थीहरुको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेविसंघ अध्यक्ष नैनसिंह महर र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल सहभागी थिए । स्ववियु निर्वाचनको विषयमा छलफल सकिएपछि प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै छुट्टै छलफल भएको थियो ।

post image

माघ १३, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा कम उमेरमा अर्धसतक प्रहार गर्दै रेकर्ड राख्ने रोहितकुमार पौडेललाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले रोहितलाई बधाई दिएका हुन्। उनले ट्विटमा लेखेका छन्अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाईअन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुल्कर पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन्।  रोहितले १६ वर्ष एक सय ४६ दिन उमेरमा यो कीर्तिमान तोडेका छन्।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो।  तेन्दुल्करले १६ वर्ष दुई सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमान बनाएका थिए। अफ्रिदीले सन् १९९६ अक्टोबर मा १६ वर्ष दुई सय १७ दिनमा श्रीलंकाविरुद्ध डेब्युमै उक्त कीर्तिमान बनाएका थिए।

post image

माघ १३, वीरगञ्ज । सवारी दुर्घटनामा गम्भीर घाइते भएका बाराका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।  वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई कैलास हेलिकप्टर सर्भिसेजको ९एन-एजेजे हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए ।

ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट  डा. अजय थापासहितको टोली आएर प्रजिअ भट्टराईलाई काठमाडौं लिएको हो । उनी चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना१झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो । प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालका प्रबन्ध निर्देशक अबुलेस अन्सारीले प्रजिअ भट्टराईको जीवन रक्षाका लागि अस्पतालले सकेसम्मको कोशिष गरेको बताए । ‘टाउकोमा जमेको रगत शल्यक्रिया गरेर निकालिएको छ । ४ पिन्ट रगत पनि चढाएका छौं । बिपी नर्मल देखिएको छ,’ उनले भने, ‘अवस्था सुधारउन्मुख छ, भाइटल स्टेबल अवस्थामा हुनुहुन्छ ।’

कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाईवेमा दुर्घटना भएको थियो । रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको अवस्था भने सामान्य छ । उनीहरुको वीरगञ्ज हेल्थ केयर अस्पतालमा नै उपचार भइरहेको छ ।

post image

माघ १३, काठमाडौं । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ । काठमाडौं उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम भएका कारण बिहान करीब ३ घण्टा उडान प्रभावित भएको हो ।

मौसममा सुधार आएसँगै विमानस्थलमा अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । मौसम खराबीले बिहान विमानस्थलको भिजिबिलिटी १०० देखि २०० मिटर मात्र थियो । करीब ८ बजेको समयमा १६०० मिटर थियो । पुनः ९ बजे भिजिबिलिटी एक हजारमा झरेको थियो ।

अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृतिअनुरूप सानो जहाजलाई १६०० तथा ३२०० मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ । आन्तरिक उडानतर्फ साना जहाजका लागि १६०० भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ वायुसेवा प्रदायक कम्पनीले हवाई सेवा सञ्चालन गर्दै आएका छन् । रासस

post image

माघ १३, डडेल्धुरा । हिमपातले शुक्रबार बेलुकीदेखि अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजर मगाई शनिबार बिहानदेखि करीब ६ घण्टा लगाएर बाटो खुलाइएपछि बेलुकीबाट यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए । दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा राजमार्गको सडकमा रहेको हिउँ हटाई यातायात सञ्चालन गरिएको बताइएको छ । रासस

post image

माघ १३, पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७ औं संस्करणमा आइपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याइदिएको छ।  एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ।  जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो।  दुई दिन कम हुँदा दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो संस्करणमा परेको छ।  तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ।

एन्फाले दिएको मितिअनुसार नै प्रतियोगिता खेलाउँछौं,’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पत्रकार सम्मेलनमा भने, ‘विगतको भन्दा दुई दिन कम छ।  दुई दिनको कमीले बाहिर टिम खेलाउन समस्या छ।  तर एकै दिन दुई खेल खेलाएर भए पनि व्यवस्थापन गर्नेतर्फ जुटिरहेका छौं।  नभए १० टिमलाई मात्रै प्रतियोगितामा समावेश गरेर टुंग्याउनेछौं। ’ फाइनलअघि आरामको दिन राखिन्थ्यो।  तर अहिले लगातार खेल खेलाउनुपर्ने बाध्यता पनि छ।  आराम नहुँदा खेलाडीलाई थकान हुन्छ।  अझ १२ वटै टिम समावेश गरेको अवस्थामा खेलाडीलाई आराम समेत पुग्दैन।

यति बेला क्लबलाई अर्को चुनौती थपिएको छ।  प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा फुटबल स्टेडियम निर्माणको ठेक्का सम्झौतापछि सम्बन्धित कम्पनीले माटो परीक्षण सुरु गरेको छ।  गत वर्षको संस्करणमा प्यारापिट भत्काइएको थियो।  भत्काउँदै गरिएको अधकल्चो प्यारापिटमा बसेर दर्शकले आहा रारा गोल्डकपको सुरुआतदेखि फाइनलसम्म हेरेका थिए।  प्रतियोगिताको तयारी गरिरहँदा पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणले गति लिएको अवस्थामा गोल्डकप अन्यत्र सार्नुपर्ने बाध्यतायुक्त चुनौती क्लबलाई छ।

रारा चाउचाउको उत्पादन हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपमा यो वर्ष सहारा क्लबले पुरस्कार राशिमा समेत वृद्धि गरेको छ।  विजेताको हकमा भने ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।  दोस्रो पुरस्कार ४ लाख १ हजार प्रदान गरिने क्लबले जनाएको छ।  हिमा अस कन्सल्टेन्सीले दोस्रो पुरस्कार प्रायोजन गरेको पत्रकार सम्मेलनमा सुनाइयो।  रोयल इन्फिलिड बुलेट बाइक फेयर प्ले पुरस्कार प्रायोजकको रूपमा रहेको छ।  सर्वाधिक गोलकर्ता पुरस्कारको प्रायोजन सनराइज ड्राइभिङ स्कुल प्रालिले गरेको छ।

प्रतियोगिताका लागि सहारा क्लब युकेले विभिन्न ट्रफी हन्तान्तरण गरेको छ।  युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।  सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिनेछ।  जसको प्रायोजन भने क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया, मुग्लान रेस्टुरेन्ट,वल्र्ड लिंकलगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए।  प्रतियोगिताका लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ।  बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीका लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ।  प्रतियोगितामा ‘ए’ डिभिजन क्लब, विदेशी र आयोजक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।  आयोजक सहारा क्लबले भने १२औं सस्करणको उपाधि रक्षा गरेको थियो।

post image

माघ १३, काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो कदमको विरोध गर्दै राजधनी लगायत देशभरि प्रदर्शन गरिरहेका छ। आइतवार विहानै उपत्यकाका पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस , ग्रामिण आदर्श क्याम्पस र एनआर  लगायतका कलेज अगाडी प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको नेविसंघका महामन्त्री कुन्दराज काफ्लेले बताए। प्रदर्शनकै क्रममा नेविसंघका नेता तथा कार्यकर्तालाई समेत प्रहरीले पक्रउ गरेको महामन्त्री काफ्लेले बताए।

उपत्यकाका विभिन्न क्याम्पसहरुबाट पक्राउ पर्नेमा पवन थापा, सन्तोष गुरुङ, किरन भट्टराई, परोपकार अधिकारी, सुवास अधिकारी राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मात्रिका प्रसाद उपाध्याय, धन ब. शाही, दिपेन्द्र धकाल, सुशान्त सिटौला, बासुदेब अधिकारी शैलेष थापा लगायतका विद्यार्थी नेताहरु छन। महामन्त्री काफ्लेले भने,’आइतवार विहानैदेखी काठमाडौं उपत्यका लगायत देशैभरिका क्याम्पस अगाडी प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज प्रदर्शन गरिएको हो।’

साथै आइतवार नै राजधानीेको माईतीघर मण्डलामा भेला भई सरकारको पछिल्लो कदमको विरोध गर्ने कार्यक्रम रहेको बताए।उनका अनुसार प्राध्यापक डा. गोपन्दि केसीको अनशनको विषय, निर्मला प्रकरण, तथा काँग्रेसका नेताका नाममा खोलिएका अस्पताललाई सरकारले बेवास्ता गरेको विषयमा माईतीघरमा प्रदर्शन गर्न लागिएको बताएका छन। पछिल्लो समय सरकारले दुई तिहाईको दम्भ देखाउँदै मनपरि गर्न लागेको नेविसंघ टुलुटुलु हरेर नबस्ने महामन्त्री काफ्लेले स्पष्ट पारेका छन। यसअघि गत शुक्रबार प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक बहुमतले पारित भएपछि नेपाली काँग्रेसका नेताहरुले अब सडक र सदनमा संघर्षलार्इ झनै चर्काउने धम्की दिएका छन्। शुक्रवारबाटै नेपाली काँग्रेसका भातृ संघठनहरुले देशभरी नै प्रदर्शन थालेका थिए।

post image

माघ १३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका पछिल्ला कार्यशैलीको विरोधमा भ्रातृसंगठनलाई सडकमा उतार्ने तयारी गरेको छ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकले भ्रातृसंगठनका विरोधका कार्यक्रम तय गर्ने कांग्रेसले जनाएको छ । सरकारले संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि त्यसको विरोधमा उत्रिएको कांग्रेसले विधेयक पारित भएपछि सडकबाट पनि विरोध सुरु गर्न थालेको हो ।

आजको बैठकले भ्रातृसंगठनका राजधानी केन्द्रीत विरोधका कार्यक्रम तय गर्ने कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो । सरकारका पछिल्ला कामकारवाहीका विषयमा भने कांग्रेसले प्रदेशगत रुपमा विरोधका कार्यक्रम गरिरहेको छ । ५ वटा प्रदेशमा विरोधका कार्यक्रम गरिसकेको कांग्रेसले आज सुदुरपश्चिम प्रदेशको धनगढीमा र भोलि कर्णाली प्रदेशको सुर्खेतमा विरोधका कार्यक्रम गर्दैछ । सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच प्रतिनिधि सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्नु, त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सहमति कार्यान्वयन नगर्नु, प्रतिपक्षी विना नै संवैधानिक आयोगका प्रमुख आयुक्त सिफारिस गर्नु कांग्रेसको विरोधका कार्यक्रमको मूख्य एजेन्डा बनेको छ ।

यस्तै आजको बैठकमा पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पतालको विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।  गत बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पहिलो दिन विषय उठानमात्र भएको थियो । आजको बैठकमा नेविसंघको वर्तमान कार्यसमितिको समयावधी बढाउने वा विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भन्ने विषयमा छलफल हुने नेता प्रदीप पौडेलले जानकारी दिनुभयो ।

कार्यसमितिको थपिएको समयावधी पनि यही माघ २ गते सकिएपछि १० गतेसम्म पुन थपिएको थियो । वैधानिक हिसावले नेविसंघको कार्यसमिति अहिले विघटन सरह नै भएको छ । नेतृत्वले १२ औं महाधिवेशन गराउन नसकेको भन्दै नेविसंघभित्रको विवाद जारी छ । केन्द्रीय समिति बैठकमा महासमिति बैठकले पारित गरेको संघीय संरचना अनुसारको पार्टीको विधानलाई अन्तिम रुप दिने विषययमा पनि छलफल हुने नेता पौडेलले बताउनुभयो ।

post image

माघ१३,काठमाडौं नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन्

चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबार सरकारलक्षित विरोध कार्यक्रम गरेको हो ।नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको

नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण  केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो

post image

माघ १२, काठमाडौं । विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागि भएर प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्केका छन्। स्वीट्जरल्याण्डको डाभोसमा मञ्चको बैठक आयोजना भएको थियो। डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनसागको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी सङ्घर्ष गरेको सो मञ्चमार्फत अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीको स्वागतको लागि राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु विमानस्थल पुगेका थिए।

post image

माघ १२, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले नेपाल–भारत जनस्तरको सम्बन्ध अत्यन्त प्रगाढ रहेको बताएका छन्। विश्वका अरू कुनै दुई देशबीच यस किसिमको प्रगाढ सम्बन्ध नरहेको चर्चा गर्दै उनले यस किसिमको द्विपक्षीय सम्बन्ध प्राचीनकालदेखि रहेको उल्लेख गरे।

भारतको ७०औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले दुई देशबीचको सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन अर्थ व्यवस्था पनि सुदृढ बनाउनुपर्नेमा जोड दिए। वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘इन्ट्रिगे्रटेड चेक पोस्ट’ले वस्तु तथा सामग्री आदानप्रदानमा ठूलो सहयोग पुगेको उनले जानकारी दिए। उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रूपमा सञ्चालनमा आएको उल्लेख गरे।

काठमाडौं–दिल्ली मात्रै नभएर अहिले काठमाडौं–बोत्रगया, जनकपुर–अयोध्या, जनकपुर–पटना, नेपालगन्ज–लखनउलगायत सीधा बस सेवा सञ्चालनमा रहेको बताउँदै उनले भने, ‘अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेका छन्। बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ।’ नेपाल–भारत द्विपक्षीय सम्बन्धको केन्द्रबिन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेको भन्दै आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि काठमाडौं र नेपालका अन्य सहरहरूमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि उनले जानकारी गराए।

post image

माघ १२, सिमरा।  दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ।  ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्। ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र थ्री स्टारले शनिबार हुने रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका उचाल्ने दाबी गरेका छन्।

शुक्रबार सिमरा रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने दाबी गरेका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपाने र थ्री स्टारका प्रशिक्षक मेघराज केसी उपाधिको दाबेदारी प्रस्तुत गरेका हुन्। दुई पटकको विजेता आर्मीले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंगशालामा दोस्रोपटक फाइनल खेल्दै छ । गत वर्ष पनि थ्री स्टारलाई हराउँदै आर्मीले उपाधि जितेको थियो। थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने प्रिम्याच कन्फ्रेन्समा दाबी गरे।

‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नुछ’ उनले भने ‘आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा उत्रिनेछौं।’ आर्मी र थ्री स्टार दुवै टिमका खेलाडीले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शन प्रभावित भएको बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०–५० हुने बताए। ‘मौकाको सदुपयोग गर्न सक्नेले उपाधि जित्नेछ,’ आर्मीका प्रशिक्षक न्यौपानले भने,‘ फाइनल पुग्ने टिम सशक्त हुन्छ। त्यसैले विशेष रणनीति र मेहनत गुर्नपर्नेछ।’

post image

माघ १२, बझाङ। सुदूरपश्चिममा चार दिनदेखि लगातार हिमपात र वर्षाले जनजीवन पनि कष्टकर बनेको छ । बैतडीमा बिजुली आएको छैन । भीमदत्तपन्त राजमार्ग, केआईसिंह राजमार्ग, दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग छिन–छिनमा अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । बझाङमा यातायात सेवा नियमित नहुँदा यात्रुलाई कष्ट भएको छ । श्रीभावर र खोड्पे क्षेत्रमा भारी हिमपात भएको छ । यात्रुहरू चार–पाँच घण्टा पैदल गन्तव्यमा लागिरहेका छन् । डडेलधुराको गन्याधुरा क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग, बैतडी अनाराखोली वृन्द्रावन बचपानी श्रीभावर क्षेत्रमा बढी बाटो अवरुद्ध हुने गरेको छ ।

घनघस्याको लेक अनारखोलीमा स्थानीय प्रशासनको सक्रियतामा बाटो खुलाउने क्रम जारी छ । धनगढी र महेन्द्रनगरबाट पहाडतर्फ लागेका गाडी अलपत्र परेका छन् । सडक सञ्चालनमा ल्याए पनि लगत्तै हिमपात हुँदा फेरि अवरुद्ध हुने गरेको बैतडी खोडपेका हरिश विष्टले बताए । बैतडी दुदेलाखान र मुस्याचौरभन्दा अगाडि बझाङतिर जाने सडक पनि अवरुद्ध छ । बझाङ सदरमुकाम चैनपुरबाट हिँडेका गाडी श्रीभावर र ढोल्यामोड आसपासमा अलपत्र छन् । बैतडी अनारखोेली क्षेत्रमा इन्टरनेटका र मोबाइलका रिपिटर टावरमा पनि हिमपातले अवरोध ल्याएको छ । धेरै जिल्ला सदरमुकाममा इन्टरनेट सेवा अवरुद्ध भएको दार्चुलाका राजेन्द्र धामीले बताए ।

सडक डिभिजन कार्यालय बैतडी, बझाङ र डोटी तथा डडेलधुराका आधा दर्जन जेसीबी सडक खुलाउन प्रयोग गरिएका छन् । बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले तीन दिनदेखि हिमपातका कारण सडक यातायात मात्र होइन, गाउँबस्तीको जनजीवन पनि प्रभावित भएको बताए । दुई दशककै बाक्लो र लामो हिमपात भएको बैतडीको खोडपेका किसनसिंह विष्टको भनाइ छ । ‘केही वर्षयता हिमपात नै भएन’, उनले भने, ‘हिमालको हिउँ पग्लियो भन्थे । यसपालि प्रकृतिले हिमालमा पग्लिएको सबै हिउँ पूरा गरिदिएको छ ।’

चार दिनदेखि कतै हिमपात त कतै वर्षा हुन थालेपछि कर्णालीको जनजीवन अस्तव्यस्त बनेको छ । हिमाली क्षेत्र हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटका माथिल्लो क्षेत्रमा निरन्तर हिउँ परिरहेको छ भने भित्री मधेसमा वर्षा भइरहेको छ । सदरमुकाम आसपासबाहेक अन्य क्षेत्रका नागरिक घरबाहिर निस्किन सकेका छैनन् । अधिकांश स्थान सञ्चार सम्पर्कविहीन बनेका छन् । सुर्खेत, दैलेख, जाजरकोटलगायत जिल्लाका तल्लो भागमा निरन्तर वर्षा भएको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय सुर्खेतले जनाएको छ । शुक्रबार केही सुधार आए पनि मध्याह्नदेखि पुनः हिमपात र वर्षा हुन थालेको हो । केही क्षेत्रमा असिनासमेत परेको छ ।

कर्णालीमा दशकमै सबैभन्दा धेरै हिमपात भएको छ । दुई–तीन वर्षयता वर्षमा दुईपटक एक–दुई फिटसम्म हिउँ झथ्र्यो । यसपटक चार दिनसम्म तीन फिटभन्दा धेरै परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । चिसोका कारण हिमाली र पहाडी जिल्लामा आउजाउ ठप्प छ ।

भारी हिमपातले किसान भने खुसी भएका छन् । उनीहरूले आकाशे पानीका भरमा हिउँदे बाली लगाउँदै आएका थिए । हिमपातले बाली सप्रने उनीहरूको भनाइ छ । हिमाली जिल्लामा फलफूलका बिरुवा पनि माघ–फागुनमै लगाउने भएका कारण किसानले सहज महसुस गरेका छन् । कर्णालीमा तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ । ‘पहिले नै हिउँ पर्नुपर्ने हो तर अन्त्यमा हिउँदे मनसुन सक्रिय देखिएको छ’, क्षेत्रीय हावापानी सुर्खेतका शाखा अधिकृत नीराजन सापकोटाले भने, ‘अझै दुई–तीन दिन मौसम सक्रिय हुने देखिन्छ ।’ यसपटक दशककै धेरै हिमपात भएको उनले बताए ।

उनका अनुसार सदरमुकाममा तीन फिट र नाम्खामा पाँच फिट हिउँ जमेको छ । अझै केही दिन हिमपात नरोकिए ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको संकट पर्न सक्ने स्थानीय तहले जनाएका छन् । पाँच दिनदेखि हवाई सेवा सेवा ठप्प हुँदा दैनिक उपभोग्य सामान अभाव हुन थालेको सिमकोटका व्यापारीले बताएका छन् । आन्तरिक उडानसमेत नहुँदा हुम्ला, मुगु र डोल्पालगायत जिल्लाबाट बिरामी नआएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

post image

माघ १२, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ दिनयता अनशनरत प्रा.डा. गोविन्द केसीले प्रधानमन्त्रीको राजिनामा माग्नुभएको छ । विगतमा भएको सम्झौता प्रतिकुल हुने गरी सरकारले संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको भन्दै उहाँले आफ्नै पूर्व निर्णयबाट बिचलित प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताउनुभएको हो ।

विधेयक पारित भएपछि विज्ञप्ति जारी गर्दै डा. केसीले स्वास्थ्य अवस्था तथा औषधिका कारण प्रधानमन्त्रीको निर्णय क्षमता नै प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभएको छ । जालझेलपूर्ण तवरले विधेयक पारित गराएर सरकारले गुणस्तरीय र सर्वसुलभ सेवा पाउने नागरिक अधिकारलाई कुण्ठित पारेको उहाँको आरोप छ ।

सरकारले सम्पूर्ण नेपालीलाई नै धोका दिएको भन्दै डा. केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी राख्ने अडान कायमै राख्नुभएको छ ।  यसैबीच १७ दिनसम्म अनशन जारी राख्दा डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । हिजो राती देखी डा केसीको मुटुको चाल असन्तुिलत भएको डा. सुवास आचार्यले जानकारी दिनुभयो

post image

माघ १२, काठमाडौं । सरकारले डा. गोविन्द केसीसँग विगतमा गरेको सहमति विपरित संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको विरोधमा उहाँका समर्थकहरुले  माइतीघरमा प्रदर्शन गर्दैछन् ।

डा केसीको जीवन रक्षा र उहाँको माग पुरा गर्न सोलिडारिटी फर डा .केसी अलायन्स सहित समर्थकहरुले मध्यान्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागेका हुन् ।

चिकित्सा शिक्षा विधेयकसहित विभिन्न ६ बुँदे माग राखेर १८ दिनदेखि डा केसी आमरण अनसनमा हुनुहुन्छ । सहमति विपरितको विधेयक पारित गरेर संसदले धोका दिएको भन्दै डा .केसीले आफ्नो सत्याग्रह जारी रहने अडान लिनुभएको छ ।

post image

माघ १२, काठमाडौं । विश्व आर्थिक मञ्चको बैठकमा सहभागी भई  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वीट्जरल्याण्डमा स्वेदश फर्कदै हुनुहुन्छ । विहान सवा १० बजे प्रधानमन्त्री सहितको प्रतिनिधिमण्डल काठमाडौं आउनेछ । डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार त्यसतर्फ प्रस्थान गरेको थियो ।

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो ।

उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनसागको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी सङ्घर्ष गरेको सो मञ्चमार्फत अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनुभएको थियो ।

post image

माघ ११, धनगढी। सुदूरपश्चिम प्रदेशको धनगढीबाट आजदेखि श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।  वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीबाटै श्रम स्वीकृति दिन थालिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४ को पोखरा र प्रदेश ६ को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रित गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन थालिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरेको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ । यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो । संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रिकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ ।

post image

माघ ११, काठमाडौं ।  अनसनरत डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न दवाव दिने उद्देश्यले राजधानीको नयाँ वानेश्वरमा विवेकशील नेपाली दलसहितका समर्थकले प्रदर्शन गरेका छन् । सो क्रममा विवेकशीलका कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत भएको छ । निषेधित क्षेत्र तोड्न केसीका समर्थकले प्रयास गरेपछि दुई पक्षबीच घम्साघम्सी भएको हो  ।

त्यस क्रममा प्रहरीले विवेकशीलका संयोजक उज्वल थापासहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने अन्यमा विवेकशीलका सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा दिनेश प्रसाईं, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायत रहेका छन् ।

उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । बिबेकशील नेपाली दलका नेता मिलन पाण्डेले डा केसीसँग १५ औँ अनशनमा सरकारले गरेको सम्झौतापत्र लिएर संसद भवनतर्फ अघि बढ्दै गर्दा प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

post image

माघ ११, काठमाडौं । छिमेकी राष्ट्र भारतको ७० औ गणतन्त्र दिवसको अवसर पारेर नेपाल– भारत मैत्री संस्थाले राजधानीमा एक कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ र सुमधुर पार्न मद्धत मिल्ने उद्धेश्यसहित कार्यक्रमको आयोजना गरीएको थियो ।

काठमाण्डौको होटल अन्नपूर्णमा आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत मञ्जिलसिंह पुरीले नेपाल र भारतको बर्षौदेखिको सम्बन्धले सामाजिक, आर्थिक,राजनीतिक, सामाजिक र साँस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्धत मिलेको बताएका थिए ।


कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री अभियानका अध्यक्ष सूर्य भुषालले नेपाल र भारत बिचको सम्बन्धलाई सुदृढ बनाउनका लागि पनि नेपाल भारत मैत्री अभियान जारी रहेको र यस अभियानमा लाखौको संख्यामा नेपालीहरु सहभागी भईरहेको धारणा राख्नु भयो ।

अध्यक्ष भुषालले आगामी दिनहरुमा पनि नेपाल र भारतबिचको सम्बन्ध, ब्यापार ब्यवसाय र साँस्कृतिक तथा बिभिन्न क्षेत्रमा भारतले गरीरहेको सहयोगले महत्व राख्ने बताए । कार्यक्रममा बिभिन्न राजनीतिक दलका सभासद्हरु, मन्त्रीहरु लगायत सयौको उपस्थिती रहेको थियो ।

post image

माघ ११, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेरहद र पदावधिमात्रै कायम गर्न संघीय प्रहरी ऐन मस्यौदा बनाएको छ। गृहमन्त्री रामबहादुर थापाकै निर्देशनमा प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवाअवधि हटाएर संघीय ऐनमा अवकाशको आधार उमेरहद र पदावधि मात्र कायम गर्न लागिएको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कायम ३० वर्षे सेवाअवधि अब हट्छ, हटाउनुपर्छ तर अहिले नै हट्छ कि कहिले भन्ने विषयमा छलफल हुनुपर्छ,’ स्रोतले भन्यो। स्रोतका अनुसार गृहमन्त्री थापाकै सक्रियतामा ३० वर्षे सेवाअवधि हटाउन लागिएको हो।

नेपाल प्रहरीको संघीय ऐन मस्यौदा अहिले गृहबाट कानुन मन्त्रालय हुँदै अर्थमा पुगेको छ। अर्थबाट ऐन मस्यौदा गृहमा आएपछि ५८ वर्षे उमेर हदमात्रै राखेर सेवा अवधि खुला गरी पठाउने तयारी भएको स्रोतले जानकारी दियो। ‘सरकारले आवश्यक ठानेका बेला ५८ वर्ष उमेरहद नकाट्ने गरी सेवा अवधि कायम गर्नेगरी ऐन बनाउन लागिएको हो’, स्रोतले भन्यो, ‘प्रहरी संगठन प्रमुखको सेवाअवधि ३० वर्ष बनाउने कि ३२ बनाउने त्यो विषयलाई सरकारले आवश्यक ठानेका बेला नियमावली संशोधन गर्नेगरी ऐन बनाउने हो।’ मस्यौदामा प्रहरी प्रमुखको पदावधि हाल कायम रहेको चार वर्षबाट घटाएर तीन वर्ष कायम गरिएको छ। नेपाल प्रहरी संघीय ऐन अर्थ मन्त्रालयमा पुगे पनि सशस्त्र प्रहरी संघीय ऐन मस्यौदामाथि भने छलफल जारी छ। गृहमन्त्रालयले सशस्त्र प्रहरी ऐन मस्यौदामाथि भने अर्को साता छलफल गर्ने तयारी गरेको छ। ‘दुवै प्रहरी संगठन प्रमुखको सेवाअवधि ऐन निर्माणपछि नियमावलीमा राख्ने गरी मस्यौदा मन्त्रिपरिषद्मा पठाइनेछ’, गृह स्रोतले भन्यो।यसअघि गृहमले नेपाल प्रहरी संघीय ऐन मस्यौदा सहमतिका लागि कानुन मन्त्रालयमा पठाएको थियो। सो मस्यौदा अहिले कानुनबाट अर्थ मन्त्रालय पुगेको छ।

प्रधानमन्त्री कार्यालयले संघीय प्रहरी ऐन ल्याउन गृहलाई स्वीकृति प्रदान गरेपछि मस्यौदा कानुन मन्त्रालय पठाइएको थियो। मन्त्रालयले लामो समय छलफल र बहसमा रहेको ३० वर्षे सेवाअवधि नै कायम राख्ने गरी कानुन मन्त्रालयमा पठाएको थियो। तर कानुन मन्त्रालयले ऐनमा उमेरहदमात्रै तोक्ने र सेवाअवधि चाहिँ सरकारले नियमावली बनाउदा तोक्नसक्ने प्रावधान राख्न सकिने राय दिएको छ।कानुन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनराज ज्ञवालीले ऐन मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पुगेको बताए। ‘संघीय प्रहरी ऐन मस्यौदा अर्थ मन्त्रालयमा पुगेको छ,’ ज्ञवालीले भने, ‘अहिलेलाई यति नै भनौं।’मस्यौदा विधेयक संसद्ले पास गरेपछि २०१२ को प्रहरी ऐन विस्थापित हुनेछ। प्रहरी संगठन संघीयताअनुकूल बनाउँदा प्रदेश प्रहरी र संघीय प्रहरी गरी दुई संरचना हुने भएकाले ३० वर्षे सेवाहद हटाउँदा प्रहरी अधिकारीको वृत्ति विकासमा असर नपर्ने गृहका अधिकारीहरुको बुझाइ छ। ‘यो बेला ३० वर्षे सेवाअवधि हटाउन नसके पछि हटाउन सकिँदैन, जसका कारण राज्यलाई सधैं आर्थिक भार पर्नेछ’, गृहका एक अधिकारीले भने।

दुई वर्षअघि गृहले पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा बनाएको कार्यदलले पनि ३० वर्षे सेवाअवधि हटाउन सुझाव दिएको थियो। ३० वर्षे सेवाहदकै कारण करिव ५० वर्षकै उमेरमा सिनियर प्रहरी अधिकारीले अवकाश पाउने गरेका छन्। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालसहित उनका ब्याची सबैले ५० देखि ५३ वर्षको उमेरमै अवकाश पाउनेछन्। पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरी भने सेवाअवधि प्रहरी ऐनमै तोक्नुपर्ने बताउँछन्। सेवाअवधि ऐनमै तोके सरकारलाई मन नपर्नेबित्तकै संगठन प्रमुख फेरबदल गर्न चलखेल हुँदैन र प्रहरी प्रमुखले ढुक्कसाथ कार्ययोजना लागु गर्न पाउँछन’, ठकुरीले भने। उनका अनुसार प्रहरीमा ३० वर्षे सेवाअवधि भने अव्यवहारिक छ। ‘३० वर्षे सेवाअवधि हटाउनुचाहिँ पर्छ तर कुन समयमा हटाउँदा सबै तहलाई समेट्न सकिन्छ भनेर सरोकारवाला निकायले सोचिदिए राम्रो हुन्छ’, उनले भने।

post image

माघ ११, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोबिन्द केसीले समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको राष्ट्रिय शिक्षा विधेयकले नागरिकको नैसर्गिक अधिकार खोस्ने दाबी गरेका छन्। १६ औं दिनदेखि अनशनरत डा.केसीले सांसदहरुलाई सम्बोधन गरेर लेखेको पत्रमा अहिले सदनमा प्रस्तुत गर्न लागेको विधेयकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने स्पष्ट पारेका छन्। अस्वस्थ अवस्थामा रहेका डा. केसीले अस्पतालको शय्याबाट संसदहरुलाई सामूहिक रुपमा सम्बोधन गर्दै लेखेको पत्रमा भनेका छन्,‘यो बेलामा तपाईंले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो।’

उनले सांसदहरुको हातमा आएको चिकित्सा शिक्षा विधेयकमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएको समेत उल्लेख गरेका छन्। सत्तारुढ दलका सांसदहरुले आफूसँग गरेको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने रणनीति अपनाएपछि अनशनरत डा. केसीले अस्पतालको शय्याबाटै देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक सुनिश्चित गर्न आग्रह समेत गरेका छन्। ‘त्यसैले मेरो विश्वास छ(तपाईले निर्णय गर्दै गर्दा कम्तीमा पनि तपाईंलाई मत दिएर पठाएका जनतासँग गरेको वाचा सम्झिनुहुनेछ’ डा. केसीले भनेका छन्, ‘संसदीय समितिले गरेको त्रूटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ।’

उनले सरकारले पछिल्लो पटक १५ औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित हुनेमा आशा र विश्वास समेत व्यक्त गरेका छन्। १५ वटा अनसनसम्म आइपुग्दा सबैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गरेको भन्दै डा. केसीले सम्झौता गरेका वा साक्षी बसेका सबैजसो दलबाट संसदमा भएको स्मरण गराएका छन्। एउटा नागरिकको रूपमा आफूले सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका ती बाचा र सम्झौता केबल जालझेल मात्रै थियो भन्ने ठान्न नसक्ने उनको भनाई छ। आफूसँग गरिएको सहमतिविपरीत विधेयक पारित भए आम नेपाली जनताप्रतिको विश्वासघात हुने र त्यसविरूद्ध आफू लड्नुको विकल्प नरहेको डा. केसीको स्पष्टोक्ति छ।

‘म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो,’ उनले अघि भनेका छन्, ‘आज यो पत्र लेखिरहँदा १५ औं अनसनमा सुभाषचन्द्र नेम्वाङ र विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट गरेको सम्झौता, प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षबाट देव गुरुङले सम्झौता बमोजिम राखेको संशोधन प्रस्तावलाई अक्षरशस् सम्झिरहेको छु।’ सरकारले नै यसअघि जारी गरेको र सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा सरकारले गरेको सम्झौता अनुरूपको विधेयक संसदमा पेश हुन्छ भन्ने आफूले आशा गरको बताउँदै डा. केसीले त्यस अनुरूप हुन नसकेकोमा दुःख समेत व्यक्त गरेका छन् समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधिमूलक संस्थाले निर्णय गर्ने छैन भन्नेमा उनले विश्वास समेत लिएका छन्।

त्रिवि र काठमाडौं विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने बताइसकेको भन्दै डा. केसीले माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँचभन्दा बढी सम्बन्धन धान्न नसक्ने सुझाव दिएको पनि स्मरण गराएका छन्। ‘यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसँग समेत प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो।’ डा. केसीले लेखेको पत्रमा भनिएको छ।

काठमाडौं उपत्यका बाहिर खोल्ने विषयमा उनले सरकारले ५ वर्ष्भित्र प्रत्येक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज खोल्नुपर्ने जिकिर गरेका छन्। निजीको हकमा पनि आयोगले अध्ययन गरी विभिन्न विकल्पहरूसहित आवश्यक निर्णय गर्न सक्ने र आफू सधैं दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकको उनको भनाई छ।सदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेसमेत उनको धारणा छ। चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रूपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको डा. केसीको दाबी छ। उनले चिकित्सा शिक्षा ठीक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठीक बनाउन नसक्ने ठोकुवा गरेका छन्।

post image

माघ ११, काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल टेलिकमको फोर जी सेवा विस्तार र लागत सम्वन्धमा छलफल गर्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको छ । सिंहदरबारमा बिहान बस्ने बैठकमा छलफलका लागि सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीलाई बोलाएको समितिले जनाएको छ ।

टेलिकमले फोर जी सेवा सुरु गरेको लामो समय भइसक्दा पनि सेवा विस्तार गर्न नसकेपछि हालसम्म भइरहेका प्रगतिका बारेमा बुझ्न सचिव गुरुङ र प्रवन्ध निर्देशक अधिकारीलाई बोलाएको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । टेलिकमले फोर जी सेवा विस्तारका लागि तयारी थालेको एक डेढ वर्ष भएपनि काम सुरु नभएको र पुरानै ठेक्का प्रणाली अनुसार काम सुरु गर्ने तयारी गरेकाले वास्तविकता बुझ्न सरोकारवाला निकायका अधिकारीलाई बोलाएको अर्यालले बताउनुभयो ।

सार्वजनिक कोषको दुरुपयोग हुन नदिन समयमा नै सरोकारवाला निकायको ध्यानाकर्षण गराउन लागेका समितिले जनाएको छ । टेलिकमले अहिलेसम्म काठमाडौं र पोखरामा मात्र फोर जी सेवा सञ्चालन गरेको छ । टेलिकमले भन्दा पछि अनुमति पाएको एनसेलले भने मुलुकका मूख्य मूख्य २२/२३ सहरमा फोर जी सेवा विस्तार गरिसकेको छ ।

post image

माघ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आइतबार उनलाई सभामुख कृष्णबहादुर महरा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विदाई गरे । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नेछन् । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्रीस्तरमा भाग लिन लागेको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत उच्च अधिकारी सहभागी छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ १२ स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

post image

माघ ६, काठमाडौं । थाइल्यान्डमा सम्पन्न थाइल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो। तर सो लक्ष्यलाई नेपालले पछ्याउन सकेन। नेपाल १७ ओभर २ बलमा ५१ रन मै  अलआउट भयो।

नेपाल १२ वर्षपछि पहिलो पटक सिनियर महिला टोली उपाधि नजिक पुगेको थियो। तर, उपाधिका लागि थाइल्याण्ड त्यसको बाधक बन्न पुग्यो।  यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन। सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।

यस्तै, महिला टि-२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो। यो टि-२० स्म्यास प्रतियोगिता आइसीसीको आधिकारिक प्रतियोगिता होइन। घरेलु टोलीसँग शनिबार फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाली टिम आइतबार दिउँसो थाई एयरवेजबाट नेपाल आइपुगेको हो। घरेलु टोलीसँगको हारले पहिलो अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको १८ सदस्यीय नेपालको महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप, क्रिकेटका शुभचिन्तकले स्वागत गरे।

post image

माघ , काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने औचित्य नभएको बताएका छन्। राणाले पत्रकारसँगको छलफलमा भने यो विषयमा धेरैतिरबाट कुरा उठीरहेको , तर भर्खरै हामी संविधान जारी गरी संविधानमै न्यायालयको अधिकारका विषयमा स्पष्ट उल्लेख भएको अवस्थामा रहेकाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने अवस्थामा छैन,’ न्यायालय सुधारका विषयमा सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमै सम्पूर्ण कुराहरू छलफल भई अघि बढ्न सक्ने अवस्था भएकोले हालै त्यस्तो आयोगको आवश्यकता नरहेको पनि राणाले स्पष्ट पारेका छन्।

राणाले मुद्दा तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी अटोमेटेड (स्वचालित) प्रणालीमा समेत जान आवश्यक नरहेको समेत बताएका छन्। कतिपय अवस्थामा विशिष्टीकृत क्षमता भएका न्यायाधीशका इजलासमा समेत मुद्दा तोक्नुपर्ने अवस्था छ। कतिपय मौलिक अधिकारको रक्षाका लागि विशिष्टीकृत क्षमताको अभावमा त्यस्तो नहुने भएकाले हामी तत्कालै अटोमेटेड (स्वचालित) प्रणालीमा जान सक्ने अवस्था छैन,’ राणाले थपे। उनको विचारमा एक यो अवस्था भने अर्कोतर्फ अटोमेटेड (स्वचालितप्रणालीमा जान समेत अटोमेटेड (स्वचालितप्रणालीमा जानका लागि समेत विश्वसनीय जनशक्ति मुलुकमा उपलब्ध नभएको राणाले स्पष्ट पारे। यसमा मेरो व्यक्तिगत आग्रह पूर्वाग्रह केही छैन।

राम्रो हन्छ भने अटोमेटेड (स्वचालितप्रणालीमै जान पनि तयार छु,’ राणाले भने। यो विषयमा हामी पूर्ण बैठकमा समेत छलफल गरिरका छौं। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको पालामा प्रधानन्यायाधीशको समेत अधिकार कटौती गरी मुद्दा तोक्ने अधिकार समेत अटोमेटेड (स्वचालित) प्रणालीमा लैजाने सम्बन्धमा आयोग समेत गठन गरेका थिए। सो आयोगको प्रतिवेदन अहिले पूर्ण बैठकमा पेश भइसकेको पनि राणाले बताए।

राणाले अदालतमा विचौलियाको साम्राज्य नै रहेको बताउँदै विचौलियालाई निरुत्साहित गर्न कानुनमा संशोधन गरेर उनीहरूलाई अवहेलनामा चलाउने विषयमा छलफल भइरहेको पनि जनाए। राणाले भने यत्रतत्र विचौलियाहरू छन् उनीहरूलाई कानुनी दायरामा ल्याउन सजिलो छैन, त्यसो भएकाले उनीहरूको भूमिकालाई न्यून गर्न अवहेलनामा कारबाही गर्न हामी कानुनमा संसोधन गर्ने तयारी गरिरहेका छौं,’ आफूहरूलाई पहिल्यैदेखि मिडियाले लेखिरहेको तर त्यसमा आफ्नो केही गुनासो नरहेको औल्याउँदै राणााले फैसलामा टिप्पटी गर्दा तथ्य, कानुनको विवेचना गर्ने गरी स्वस्थ आलोचना गरी सहयोग गर्न आग्रह गरे उनले भने अदालत बचाउन तपाईंहरूको समेत सकारात्मक सहयोग आवश्यक

post image

माघ ६, सुर्खेत । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ। कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ। श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ।

श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ। सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने लगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो। त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो।

अब बाँकी प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पुर्‍याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने तयारी रहेको संयोजक खनालले जानकारी दिए।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ। कर्णालीवासीले हजारौं खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। कर्णालीमा सेवा शुरु भएसँगै त्यहाँका सेवाग्राहीको खर्चमा कमी आउनुका साथै समयको बचत हुने भएकाले उनीहरुलाई राहत पुग्नेछ।

सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन। वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने व्यवस्था एकै ठाउँबाट मात्र हुँदा सेवाग्राहीले निकै झन्झट व्यहोर्नु परिरहेको थियो। यसअघि दैनिक एक हजारको सङ्ख्यामा युवा श्रम स्वीकृतिका लागि श्रम कार्यालय पुग्ने गरेका थिए। सेवाग्राहीको भीड अत्यधिक भएको अवस्थामा प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्थासमेत देखिएको थियो। रासस

post image

माघ ६, नेपालगन्ज । नेपाल–सीमानामा आयात निर्यातलगायत व्यापार व्यवसायमा अवरोध पुर्याउने खालका विभिन्न समस्याहरूका बारेमा भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराइएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ । सीमापारी रुपैडिहामा भारत सरकारले निर्माण गरिरहेको एकीकृत चेकपोस्टको शिलान्यास गर्न रुपैडिहा आएका भारतीय गृहमन्त्री सिंहसँग विशेष समय लिएर भेट गरेर सीमानामा देखिएका व्यवसायीक समस्याहरूबारे जानकारी गराइएको संघका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् ।

“भारत सरकारका गृहमन्त्री राजनाथ सिंहलाई भेटेर नेपालगन्जका उद्योगी, व्यवसायीहरूले सीमानामा भोग्दै आएका विभिन्न समस्याहरूका बारेमा ध्यानाकर्षण गराइएको छ,” अध्यक्ष वैश्यले भने ।भारतीय गृहमन्त्री सिंहले सीमानामा देखिएका समस्याहरूबारे भारतीय उच्च अधिकारीहरूसँग छलफल गरेर आयात निर्यात र आवागमनलाई सहज पारिने आश्वासन दिएको संघका अध्यक्ष वैश्यले बताएका छन् । “उहाँले हाम्रा कुरालाई गम्भीरतापूर्वक लिएर सम्बद्ध अधिकारीहरूलाई टिपोट गर्न लगाए,” मन्त्रीसँगको छलफलबारे थप जानकारी गराउँदै अध्यक्ष वैश्यले भने, “विशेष गरी चारवटा विषय ध्यानाकर्षण गराएका छौं ।”

रुपैडिहा रेल्वे लाइनलाई ब्राडगेज लाइन बनाउनुपर्ने, जडिबुटी पीएफए ल्याब रुपैडिहामा स्थापना गर्नुपर्ने र रुपैडिहामै काउन्सिलर अफिसर खटाउनुपर्ने माग भारतीय गृहमन्त्री सिंहसँग गर्दै सो बारेमा उनको ध्यानाकर्षण गराइएको अध्यक्ष वैश्यले जनाए । ड्राइ मेडिसनल हर्बल (डीएमएच) भित्र नपरेका जडिबुटीलाई सूचीकृत गरी भारत प्रवेशका लागि सहजता उपलब्ध गराइदिन पनि आग्रह भारतीय मन्त्रीसँग आग्रह गरिएको उनले बताए । पछिल्लो समयमा आएर भारतले सूचीकृत गरेका मात्र जडिबुटीको निकासी गर्न दिने जनाई ५४ प्रकारका जडिबुटीको निर्यातमा रोक लगाएपछि सयौं व्यवसायी समस्यामा परेका छन् ।

एक्कासि जडिबुटीको निर्यातमा रोक लगाइदा करिब ४ लाख टन जडिबुटी नेपालका विभिन्न नाकाहरूमा थन्किएकोमा सबैभन्दा बढी नेपालगन्ज नाकामै थन्किएको छ । भारतीय गृहमन्त्रीसँगको छलफलमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव अजय टण्डन र एसोसिएट सदस्य सन्जय जैन पनि सहभागी थिए । सीमानालाई बिहान ५ बजेदेखि राति ११ बजेसम्म खुला राख्न र आवागमन गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्रीसँग आग्रह गरिएको संघका महासचिव टण्डनले बताए ।
सो बारेमा आफूले तत्काल सुरक्षा अधिकारीहरूलाई निर्देशन दिने आश्वासन पनि मन्त्रीले सो अवसर दिएको उनले जनाए । त्यस्तै, संघका अध्यक्ष वैश्य नेतृत्वको सो टोलीले उत्तरप्रदेश र उत्तराखण्ड भन्सार हेर्ने केलेक्टर अफ कष्टम भीपी शुक्ला, युपिका कष्टम कमिश्नर प्रमोद मिश्रलगायतसँग पनि छुट्टै भेटघाट गरेर समस्याहरू अवगत गराएको संघका महासचिव टण्डनले जानकारी दिएका छन् । “सीमा क्षेत्रमा भएका अन्य विभिन्न समस्याहरूबारे पनि जानकारी गराएका छौं,” अध्यक्ष वैश्यले भारतीय भन्सारको उच्च अधिकारीहरू नेपाली सीमासम्म अवलोकनका लागि आएको जानकारी दिँदै भने, “सीमाबाट आवागमन गर्ने व्यावसायिक प्रयोजनलाई सहजीकरण गर्ने प्रतिबद्धता उनीहरूबाट पनि व्यक्त भएको छ ।”

post image

माघ ६, लहान । मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

प्रदेश–२ को सरकारले शनिवार लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवस तथा सहिद परिवारको सम्मान कार्यक्रममा रमेशका पीता रवि महतोलाई संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्मानसँगै माइलो छोरा रामसोभित महतोलाई जागिरको पत्र प्रदान गरे। जागिरका लागि मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आउनु भनेर रामसोभितको नामको पत्र रविलाई प्रदान गर्दा यादव भावुक भए। उनले आँशु रोक्नै सकेनन्। कारुणीक र भावुक मोहलले उपस्थित सबैको आँखा रसाएको थियो।

मधेस आन्दोलनको क्रममा सहादत दिएका र राज्यको सेवा सुविधाबाट वञ्चित रहेका ५८ मध्ये ४६ सहिद परिवारलाई शनिबार सम्मानसँगै परिवारका एक सदस्यलाई जागिरको पत्र पदान गरिएको थियो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जिल्ला जिल्लामा मान्छे खटाएर सहिदहरूको लागत संकलन गरेको थियो। सो तथ्यांकलाई आधार मानेर सरकारले ४६ जनाका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरेको छ। बाँकी १२ सहिदमध्ये बारा फेटा १ का सहिद मजिद मोहम्मद मंसुरकी श्रीमतीले जागिर पाइसकेकी छिन्। पहिलो मधेस आन्दोलनका सहिद लहानका अनिस अन्सारीको परिवारबाट एकजना, बेचन यादवको परिवारबाट एकजना, प्रमोद सदायको परिवारबाट एकजना, पर्सा जिल्ला विरगन्ज महानगरपालिका १६ का सहिद सोहनप्रसाद गुप्ताकी श्रीमती स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निवार्चित भएकी छिन्।

महोत्तरीको बर्दिबास नगरपालिका ८ का सहिद रामशिला मण्डलको परिवारमा रोजगारी गर्ने कोही नभएको तथ्यांक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको छ। महोत्तरीकै जलेश्वर नगरपालिकाका सहिद गणेशप्रसाद चौधरीकी बुहारी र सहिद रोहनप्रसाद चौधरीका आमा प्रदेश सांसदमा निवार्चित भइसकेकी छन्। जनकपुर उपमहानगरपालिका १९ का सहिद नितु यादवको परिवारबाट एकजना नगर प्रहरीमा जागिर पाइसकेका छन्। सर्लाही बरहथवा नगरपालिका १७ का सहिद रामएकवाल रायकी पत्नी २०६४ सालमा सभासद् भइसकेकी छिन्। सप्तरी हनुमाननगर ३ का सहिद रामकृष्ण राउत र राजविराज ७ का सहिद दिलिपकुमार साहको परिवारमा जागिर गर्ने कोही छैनन्। त्यसैगरी आन्दोलनको क्रममा गोली लागि घाइते भएका तथा शरीर अंगभंग भएकालाई अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म राहत उपलब्ध गराएको छ।

बलिदानी दिवशको अवसरमा ७७ जना घाइतेलाई मुख्यमन्त्री लालबावु राउतले राहत रकमको चेक हस्तान्तरण गरेको थियो। पहिलो चरणमा ९७ जना घाइतेलाई राहत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। जसमध्ये २२ जनाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा गएर राहतको चेक बुझिसकेका थिए। पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका घाइतेलाई राहत तथा सहिद परिवारबाट एक घर एक रोजगारीको व्यवस्था मिलाउने निर्णय गरेको थियो। प्रदेश सरकारले माघ ५ गते लाई मधेस आन्दोलनमा शहादत प्राप्त गरेकाको दिनको रुपमा स्मरण गर्दै बलिदानी दिवस मनाउने निर्णय नै गरेको छ। यस दिन प्रदेश सरकारले प्रदेश २ मा सार्वजनिक विदा समेत घोषणा गरिएको थियो।

post image

माघ , काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली आज स्विजरल्यान्ड जाँदैछन् स्विजरल्यान्डको डाबोसमा हुन गइरहेको वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् प्रधानमन्त्री ओली बेलुका बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको स्वीटजरल्याण्डमा उहाँले तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो


प्रधानमन्त्री ओलीको सचिवालयले जनवरी २२२५ सम्म हुने सम्मेलनमा सहभागिताका लागि ओली आज त्यसतर्फ जान लागेको बताएको टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १९ सदस्य सहभागी रहनेछन्

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी हुन लागेका हुन् सम्मेलनमा ओलीले वटा छुट्टाछुट्टै फोरममा सम्बोधन गर्ने कार्यक्रम तय भएको सम्मेलनबाट विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास नेपालको टोली सम्मेलन सकाएर माघ १२ मा स्वदेश फर्कने कार्यक्रम

post image

माघ ५, डडेल्धुरा।  विप्लव निकट युवा संगठन नेपालले सरकारविरुद्ध प्रर्दशन गरेको छ । देशव्यापी रुपमा थालिएको कार्यक्रमअनुसार संगठनले डडेल्धुरामा प्रदर्शन गरेको हो ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट आयोजना भएको र्‍याली बसपार्कमा पुगेर कोणसभामा परीणत भएको थियो । ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘निर्मलालाई न्याय दे’, ‘चर्कोकर कम गर, ‘केपी प्रचण्ड मुर्दावाद’ भन्दै र्‍यालीले नारा लगाइएको थियो ।

कार्यक्रमबारे बोल्दै युवा संगठन नेपालका महाकाली इन्चार्ज श्याम भट्टले भने, ‘नेपालमा चर्को कर, बेरोजगारी तथा बलात्कार र दण्डहीनताका घटना बढिरहेका छन् । त्यसको हामीले विरोध गरेका छौँ’, उनले भने ‘सरकारका काण्डै काण्ड भइरहेका छन् विमान बेचेर तथा देशका खोलानाला बेचेर खाइरहेका छन्, हामीले त्यसको  देशव्यापी रुपमा विरोध गरिरहेका छाैँ ।’

देशको पश्चिमी क्षेत्रका कालिकोट, जाजरकोट, बाजुरा, बझाङ, डडेल्धुरा र कैलाली गरी ६ वटा जिल्लामा प्रर्दशन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।  यही शिलशिला नरोकिए देशव्यापी रुपमा नै आन्दोलन थाल्ने उनले जानकारी दिए ।

post image

माघ ५, सुर्खेत । नेकपाले आह्वान गरेको एक दिने सुर्खेत बन्द अवज्ञा गरेको भन्दै दुई वटा ट्रकमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार बिहान बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा मालबाहक ट्रकमा आगजनी गरेका हुन् ।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बन्दले गर्दा सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैन । शनिबार बिहान सुर्खेत पुग्ने रात्रि सेवाका सवारी साधन प्रहरीले स्किटङ गरी गन्तव्यमा पुर्यारइएको प्रहरीले जनाएको छ ।

post image

माघ ४, काठमाण्डौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले रोकिएको मलेसियाको रोजगार खुलाउन सरकारसँग माग गरेको छ । दुवै संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै मलेसियामा रोजगारी बन्द भएपछि भीसा प्रक्रिया पूरा गरेर उडानको प्रतिक्षामा रहेका हजारौं नेपाली बेरोजगार युवाले भोग्नुपरेको पीडाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गम्भीर हुन आग्रह गरेका छन् ।

“मलेसिया र नेपाल सरकारबीच भएको समझदारीपत्रमा हस्ताक्षर भएपछि जुन तिब्रता मलेसिया रोजगारीले लिनुपर्ने थियो त्यसो नभई मन्त्रालयको सुझबुझपूर्ण निर्णय नहुँदा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएर पनि मलेसिया रोजगारी टुंगोमा पुग्न सकेको छैन,” विज्ञप्तिमा भनिएको छ, “समझदारीपत्रमा हस्ताक्षर भएको झन्डै ३ महिना हुँदासमेत रोजगारी सुचारु गर्न मन्त्रालय असफल हुनु अत्यन्त बिडम्वनाको विषय हो ।”मलेसिया रोजगारीका सन्दर्भमा मन्त्रालयले आफैं अनावश्यक जटिलता सिर्जना गरिरहेको मञ्चको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, “एकातर्फ वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने नाममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने अन्य प्रतिस्पर्धी मुलुकको प्रचलन अध्ययन नै नगरी विभिन्न नियम लागू गराउन क्रियाशील रहेको छ भने अर्कोतर्फ आमव्यवसायीलाई असान्दर्भिक धरौटी वृद्धिको प्रस्तावले वैदेशिक रोजगार क्षेत्रमा दलाल पूँजीपतिको एकाधिकार कायम हुनेछ र अघोषित सिन्डिकेट खडा गरी नेपाली युवाको झन् चरम शोषण हुने कुरामा दुईमत नै छैन ।”  वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको दीर्घकालीन रूपमै समाधान र निकास खोजिनु पर्ने सुझाव दिँदै व्यवसायीले परिस्थितिलाई टालटुल र प्रचारबाजी गरेर मात्र सही निकास ननिस्कने स्पष्ट पारेका छन् ।

यी समस्याका सन्दर्भमा नेकपासँग आवद्ध प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले विगतदेखि नै समस्या समाधानको निम्ति पहल र ध्यानाकर्षण गराएको स्मरण गर्दै हाल सिर्जना भएका जटिलताप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ । वैदेशिक रोजगार क्षेत्रका विषय सवै पक्षको साझा छलफल र सहभागितामा यथाशक्य चाँडो समाधान गरी यस क्षेत्रलाई संकटग्रस्त अवस्थाबाट जोगाउन र दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएरसमेत अझै बन्द रहेको मलेसिया रोजगारी अविलम्ब खुल्ला गर्न व्यवसायीले अनुरोध गरेका छन् ।

post image

माघ ४, काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ३३ किलो सुन प्रकरणका अभियुक्तको पुर्पक्षसम्बन्धी पुनरावेदन हेरेका पाँच न्यायाधीशलाई काजमा सरूवा गरेका छन्। सर्वोच्च स्रोतका अनुसार विराटनगर उच्च अदालतबाट नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौड्याल र सारंगा सुवेदीलाई बिहिबार न्याय परिषदमा तानिएको हो। उनीहरूले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणका अभियुक्तमध्ये कसैलाई साधारण तारेख र कसैलाई धरौटीमा रिहा गरेका थिए।

न्यायपरिषदले गत साता विराटनगरमा गरेको शूक्ष्म निरीक्षणपछि प्रधानन्यायाधीशले उनीहरूको काजसरूवा गरेका हुन्। सुन प्रकरणमा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राखेका अभियुक्तलाई धरौटी लिएर छोडेको गुनासो भएपछि परिषदको सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो। सुनकाण्डका  फरकफरक अभियुक्तले आफूलाई थुनामा नराखि मुद्दाको पुर्पक्ष गर्न भन्दै निवेदन दिएपनि एकैसाथ राखेर हेर्नुपर्नेमा व्यक्तिपिच्छे छुट्टै इजलासले हेरेर धरौटीमा छोड्ने आदेश गरेको भन्दै उनीहरूको आलोचना हुने गरेको थियो। एउटै मुद्दा वा एउटै विषयको मुद्दा एकैसाथ राखेर हेर्नुपर्ने नियम छ।

तर यी ५ न्यायाधीशले भने ३३ किलो सुन र सनम हत्या काण्डमा जिल्ला अदालतले पुर्पक्षमा राखेका अभियुक्तको मुद्दा बेग्लाबेग्लै सुनुवाई गरेका थिए। न्यायधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीले सुनकाण्डका आरोपी एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा छोडेका थिए। न्यायाधीश कर्ण र थीरबहादुर कार्कीले यही मुद्दाका अर्का दुई अभियुक्त विमल पोद्दार र आरके शाक्यालाई जनही १०लाख धरौटीमा छोडेका थिए। त्यस्तै न्यायाधीश उमेशराज पौडेल र उमेशकुमार सिंहले अर्का आरोपी डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छोडेका थिए। भने अभियुक्त रामकुमार तिवारीसँग ५ हजार धरौटी लिएर छोडेका थिए।

post image

माघ ४, काठमाण्डौं । अष्ट्रेलिया धेरैका लागि सपनाको देश हो । तर पछिल्लो समयमा अष्ट्रेलियामा दिन दुई गुना रात चौगुनाका हिसावले नेपालीहरुको संख्या बृद्धि हुदै गईरहेको छ । बिशेष गरी अध्ययनका लागि विद्यार्थीको रुपमा निकै ठूलो छ । तर पछिल्लो समय अष्टेलिया सरकारले विद्यार्थी भिसामा मात्रै नभएर बिभिन्न अन्य भिसाहरुमा समेत नेपालीहरुलाई अष्टेलिया जाने बाटो खुल्ला गरीदिएको पाईन्छ । त्यसैले त अष्टेलियाभर करीव डेढ लाखको संख्यामा नेपाली रहेको अनुमान तथा बिभिन्न तथ्यांकले देखाएको पाईन्छ । पछिल्लो समय अष्टे«लियन सरकारले विश्वका बिभिन्न मुलुकका नागरीकका लागि बिजनेश भिसा समेत खुल्ला गरीरहेको छ ।

अहिले पनि अष्ट्रेलियाले बिजनेश भिसा खुल्ला गरेकोमा भिक्टोरीया र वयेष्ट्रेन अष्ट्रेलियामा कोटा पूरा भएपनि अन्य राज्यहरुमा बिजनेश भिसामा गई पिआर लिन चाहनेहरुका लागि भने खुल्ला नै छ । यसका लागि नेपालमा कम्तीमा २ बर्ष कुनै पनि बिजनेश चलाएर बसीरहेको र अष्ट्रेलियामा लगानी गरेर पिआर लिन चाहनेहरुका लागि यो भिसा खुल्ला रहेको केबीए ग्लोबल बिजनेश डेभलपमेन्टका ग्लोबल हेड रोशन क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो अहिले पनि बिजनेश भिसामा पिआर लिन चाहनेहरुले अष्ट्रेलीयामा धेरै ठूलो लगानी नगरी र नेपालमा आफुले गरीरहेको पेशा ब्यवसायको २ बर्षको प्रगती बिवरण बुझाउनु भएको खण्डमा बिजनेश भिसा सहितको पिआर लिन सक्नुहुन्छ । त्यसका लागि केबीए ग्लोबलको काठमाण्डौं, चितवन, पोखरा, बनेपा, नारायणगढ, नेपालगंज लगायतका शाखाहरुमा सम्पर्क गर्न सकिने र सिधै केबीए ग्लोबल मार्फत आफुलाई सम्पर्क गरेर फाईदा लिन हुन सबैमा अनुरोध समेत गर्नु भएको छ ।

बिगत लामो समयदेखि परामर्श प्रदान गर्दै आइरहेको केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेशन सन् २०१२ मा  अष्ट्रेलियाको डार्विनमा स्थापित भएको थियो। हाल यसका ५ कार्यालयहरुले अष्ट्रेलियाका बिभिन्न सहरहरुमा , ६ वटा कार्यालयले नेपालमा र एउटा कार्यालय फिलिपिन्समा रहेर सेवा प्रदान गरिरहेका छन् । यसरी बिजनेश भिसा लिन चाहनेहरुले केबीए ग्लोबलको फेसबुक पेजमा गएर वा केबीए ग्लोबलका बिजनेश डेभलपमेन्टका ग्लोबल हेड रोशन क्षेत्रीसँग सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।

post image

माघ ४, काठमाडौं ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विरोधमा १६ औं सत्याग्रहमा रहेका डा.गोविन्द केसीलाई रातारात काठमाडौं ल्याईएको छ । स्वास्थ्य स्थिति जटिल भएको भन्दै केसीलाई एम्बुलेन्स मार्फत झापाको भद्रपुरबाट सेनाको हेलिकप्टरमार्फत केसीलाई काठमाडौं ल्याईएको हो । उहाँलाई बिहान करिब ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याई पुर्‍याईएको डा.केसीका सहयोगी डा. अभिषेकराज सिंहले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्थाका कारण डा. केसीलाई राती नै महाराजगञ्जस्थित  शिक्षण अस्पतालको आईसीयूमा राखेर उपचार सुरु भएको छ ।  त्रिभुुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा चिकित्सा शिक्षा सम्वन्धि राष्ट्रिय नीति तर्जुमा कार्यदलका संयोजक केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधिश सुशीला कार्की, अधिकारकर्मी दमननाथ ढुङ्गानालगायतको टोली हिजो साँझ इलाम पुगेको थियो । उहाँहरुको पहलमा डा.केसीलाई काठमाडौं ल्याईएको हो ।

यसअघि धरानवाट आएको विषेश चिकित्सक टोलीले केसीको स्वास्थ्य जटिल भएकाले जुन सुकै बेला पनि समस्या आउने भन्दै तत्काल आईसीयू र सीसीयु सुविधा भएको अस्पतालमा लानु पर्ने निश्कर्ष निकालेका थिए ।  हिजो साँझ डा. केसीको अन्दोलनमा समर्थन जनाउन आएका सामाजिक अगुवाले उहाँको स्वास्थ्य स्थिति बुझेपछि तत्काल काठमाडौं लानु पर्ने निष्कर्ष निकालेका थिए । ‘डा. केसीको सत्याग्रह माग पूरा नभएसम्म कायम रहन्छ,’ पूर्व सभामुख दमननाथ ढुङ्गानाले भन्नुभयो, ‘तर उहाँको स्वास्थ्य स्थितिलाई ख्याल गरेर जसरी पनि काठमाडौं लानुको विकल्प भएन ।’ सँगै रहेका माथेमा र कार्कीले पनि ढुङ्गानाको भनाईमा सहमति जनाउनुभएको थियो । त्यस्तै केसीका निकट सहयोगी अभिषेक राज सिंह र सुरेन्द्र भण्डारीले पनि केसीको जीवन रक्षाकालागि यो पहल गरिएको वताउनुभएको थियो ।

post image

माघ ४ , काठमाडौं ।  प्रतिनिधि सभामा आज प्रधानमन्त्री केपी शर्मा ओली र सांसदबीच सवाल जवाफ हुने भएको छ । मध्यान्ह १२ बजेपछि बस्ने बैठकमा सांसदले सोधेको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसुची तय भएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको नियमावली २०७५ को नियम ५६ बमोजिम आज प्रश्नोत्तर शत्र सञ्चालन गर्न लागेको सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

नियम ५६ मा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रत्यक्ष रुपमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्ने उल्लेख छ । नियमावलीमा सो व्यवस्था भएपनि अभ्यास भने आज हुने प्रश्नोत्तरु नै पहिलो हो । संघीय संसदको अधिवेशन सुरु भएको झन्डै एक वर्ष पुग्न लागेपछि प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्र सुरु हुन लागेको हो ।

आज हुने प्रधानमन्त्री र सांसदबीचको प्रश्नोत्तर शत्रलाई व्यवस्थित बनाउन हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षका सांसदले पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न मिल्ने सहमति भएको थियो । बैठकले सत्तारुढ तथा प्रतिपक्षी दुबै दलका सांसदले प्रधानमन्त्रीलाई प्रश्न गर्दा सरकारलाई उत्तरदायी बनाउन थप मद्दत पुग्ने निष्कर्ष निकालेको संसद सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले आफ्नो आसन्न विदेश भ्रमणबारे पनि प्रतिनिधि सभालाई जानकारी गराउने कार्यसूची छ ।

प्रधानमन्त्री ओली पर्सी आइतबार स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ ।  यसैबीच प्रतिनिधि सभामा आज दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक र पारमाणविक विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसुची रहेको सचिवालयका सहप्रवक्ता अर्यालले बताउनु्भयो । नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक र जीवनाशक विषादी व्यवस्थापन विधेयक दफावार छलफल गर्न समितिमा पठाउने आजको बैठकको कार्यसुची छ ।

post image

माघ ३, काठमाडौं । सुख्खा बन्दरगाहको शिलान्यास हुने भएपछि चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने योजनासहित स्थानीयबासी जुलुसहित कार्यक्रमस्थलमा पुगेका छन् ।

आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ ।  प्रधानमन्त्री केही शर्मा ओलीकै सहभागितामा हुन लागेको शिलान्यास कार्याक्रममा विरोध गर्न पुगेका करिब ३५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ ।

चोभारका स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्‍याएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन् । उनीहरुले कारखानाका कर्मचारीले अहिलेसम्मकै पारिश्रमिक पाउनुपर्ने माग पनि गरेका छन् । चोभार क्षेत्रका रहेका सम्पदालाई बेवास्ता गर्दै बन्दरगाह निर्माण गर्न नहुने बताएका छन् ।

post image

माघ ३, काठमाडौं ।  नैनसिंह महर नेतृत्वको नेपाल विद्यार्थी संघको कार्यकाल सकिए पनि तेस्रो पटक पार्टीले म्याद थपेको भन्दै नेविसंघभित्रको असन्तुष्ट समूहले सभापति शेरबहादुर देउवा निवासमा धर्ना दिएका छन्।बिहिबार बिहान नेविसंघ काठमाडौंको आयोजनामा मोटरसाइकल र्याली गर्दै उनीहरू देउवा निवास बूढानिलकण्ठ पुगेका थिए। सभापति महरले १२ औं महाधिवेशन गर्न नसक्ने भएकोले म्याद थपको औचित्य नहुने नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले बताए।

धर्नाको नेतृत्व गरेका नेविसंघ काठमाडौं सभापति मनोज वैद्यले महर नेतृत्वको कार्यसमितिले महाधिवेशन गर्न नसक्ने भएकोले महाधिवेशन आयोजक समिति गठन गर्न दबाब दिन सभापति देउवालाई भेटेको बताए। ‘नेविसंघको अहिलेको नेतृत्वले महाधिवेशन गराउन सक्दैनन्,’ उनले भने, ‘पार्टीले म्याद थपिरहनु हुँदैन।’ भदौ २ मा कार्यकाल सकिए पनि पहिले ३ महिना र पछि दुई महिना नेविसंघको म्याद थपिएको थियो।

बुधबार फेरि माघ १० सम्म यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय कांग्रेसले गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह समूहका नेविसंघका असन्तुष्ट समूहले सभापति देउवालाई भेटेका हुन्। सभापति महरले महाधिवेशन गर्न नसक्ने बताउँदै उपसभापति, महामन्त्री लगायत ५० भन्दा बढी सदस्यले राजीनामा गरिसकेका छन्। नेविसंघ १६५ सदस्यीय छ। पुस २८ देखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजानिक गरे पनि १६ जिल्लामा मात्रै अधिवेशन सकेको र महाधिवेशनको वातावरण तयार नगरेको भन्दै नेविसंघभित्रै नेतृत्वको कार्यक्षमतालाई लिएर विरोध भइरहेको छ।

post image

माघ ३, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट नारायणघाट जाँदै गरेको यात्रुबाहक बस आज विहान पर्वतकोे मालढुङ्गामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । ग १ ख ६१०८ नम्बरको यात्रुबहाक बस सडकबाट करिब १ सय मिटर तल कालिगण्डकी नदीको किनारमा खस्दा घटनास्थलमै तीन जनाको मृत्यु भएको हो ।

मृतक तीन जनाकै सनाखत हुन नसकेको र सब परिक्षणको लागि पर्वत जिल्ला अस्पताल पठाईएको घटनास्थलमा उद्धारको लागि पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक लोकवहादुर गुरुङले बताए ।

विहान सबा ७ बजे बेनीबाट नारायणघाटको लागि प्रस्थान गरेको यात्रुबहाक बस दुर्घटनामा परेपछि म्याग्दी, पर्वत र बागलुङका सुरक्षाकर्मी सहित स्थानीयबासीले घाईतेहरुको उद्धार गरेका थिए । घाईते भएका ३५ जनालाई उपचारको लागि बागलुङ अस्पताल पठाईएको प्रहरी निरिक्षक गुरुङले जानकारी दिए ।

post image

 माघ २, काठमाडौं । अगरबत्तीको बट्टामा फल्स बटम बनाएर चरेस तस्करी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले नुवाकोटको चिसाङ घर भएकी २९ वर्षीया माया घलेलाई हुलाक भन्सार कार्यालय, सुन्धाराबाट पक्राउ गरेको हो ।

ब्यूरोका प्रमुख डीआईजी दिनेश अमात्यले भने, ‘विशेष सुराकीका आधारमा गएको टोलीले उनको साथबाट १४८ वटा अगरबत्तीको डब्बा बरामद गरेको थियो । जसमा फल्स बटम बनाएर चरेस राखिएका थिए ।’

उनका अनुसार त्यो चरेसलाई पार्सल गरेर हङकङ पठाउन लागिएको थियो । त्यो चरेस कसलाई पठाउन लागिएको थियो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पक्राउ परेकी युवती डान्स बारहरुमा समेत नाच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । उनले विभिन्न महोत्सवहरुमा पनि नृत्य प्रस्तुत गर्ने गरेकी थिइन् ।

बयानका क्रममा उनले यसअघि एक पटक सजिलैसँग अगलबत्ती पठाएकाले चरेस पठाउन सकिन्छ कि भनेर प्रयास गरेको बताएकी छन् ।

post image

माघ २,काठमाडौँ । गोंगबुको एक ग्लास हाउसमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन्।  दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोटन हुँदा  काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ  घाइते भएका हुन्।

 महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले विस्फोटमा परी केहीको अङ्गभङ्गसमेत भएको भेटिएको बताएका छन्। खाना खाने समय र फ्याक्ट्रीमा बिदा भएकाले काम गर्ने कामदारको सङ्ख्या अन्य दिनको तुलनामा कम भएको बुझिएको छ।

गम्भीर घाइते भएका दुई जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

post image

माघ २,काठमाडौँ । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। दुर्घटनामा २७ वर्षीय नारायण खनालको मृत्यु भएको हो। लमही नगरपालिका वडा नं. ६ देउपुरमा रा २ प १५४३ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार लमही ३ फल्कापुर निवासी २७ वर्षकै नारायण पौडेल घाइते भएका छन्। पौडेलको लमही अस्पतालमा उपचार भैरहेको छ। गम्भीर घाइते खनालको भने उपचारको क्रममा लमही अस्पतालमा मंगलबार साँझ सवा ८ बजेतिर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिए।

post image

 माघ १, गुल्मी । गुल्मीमा गोठमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी ५१ वर्षीय जितबहादुर नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काका अनुसार नेपालीको गोठमा सोमबार राति आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर उनी घाइते भएका थिए । उनलाई गएराति नै उपचार गर्न पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

post image

माघ १, काठमाडौँ। परम्परागत माघे संक्रान्ति पर्व मंगलबार देशभर मनाइदै छ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघे संक्रन्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे संक्रान्तिको दिन घरका सबै परिवारका सदस्य, आफन्त तथा साथीभाइसँगै बसेर घिउ, चाकु, तरुल, सखरखण्ड, खिचडी लगायतका परिकार खाने चलन छ । माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पूजापाठ गरेका थिए । यसैगरी भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।

माघे संक्रान्तिलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ बर्षको रुपमा धुमधामसँग मनाइ रहेकाछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत जिल्लामा माघीको विशेष रौनक छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, बर्ष दिनको योजना बनाउने लगायत काम गर्दछन् । माघी पर्वकै अवसर पारेर राजधानीको टुँडिखेलमा माघी महोत्सव आयोजना गरिएको छ । कार्यक्रममा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको समेत सहभागीता रहने छ ।

माघे संक्रान्तिको अवसरमा देशभर सार्बजनिक विदा दिइएको छ । यसैबीच माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष र बिभिन्न राजनीतिक दलका नेताहरुले स बै नेपालीलाई शुभकामना दिएका छन् ।

post image

पुस ३०, काठमाडौं । आज बिहान मर्निङ्वाकमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ । स्वयम्भु जाने क्रममा हिड्दा हिड्दै बेहोस भएर ढलेका उनलाई उपचारको लागि मनमोहन अस्पताल लागिएको  थियो ।

अस्पतालले उनलाई मृत घोषणा गरेको छ भने हाल उनको शब मनमोहन अस्पतालमै रहेको छ  । हालसम्म उनको सनाखत हुनसकेको छैन  ।यदि कसैले चिन्नुभएको भए परिवारलाई खबर गरिदिनुहोला ।

post image

पुस २९, काठमाडौं । प्रहरीले फुल्चोकी जंगलमा हराइरहेका १६ जनाको सकुशल उद्धार गरेको छ। प्रहरीले उनीहरूलाई गोदावरी बसपार्कबाट १० किमि पूर्व फुल्चोकी जंगलको बीच खोँचबाट शनिबार साँँझ करिब पौने सात बजे उद्धार गरेको हो।

प्रहरीले १२ किशोर तथा ४ किशोरीलाई फेला पारी प्रहरीले सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको छ। शनिबार साँझ ५: ३० बजे ललितपुर गोदावरी न.पा. वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरू हराएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र बहादुर धानुक, प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चिमरिया तथा महानगरीय प्रहरी वृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग बाडेगाउँ समेत बाट गरी ७ वटा छुट्टाछुट्टै टोली खोजी तथा उद्धारको लागि परिचालित भएका थिए।

उनीहरू शनिबार बिहान घुम्न भनेर फुल्चोकी पुगेका थिए। बाटो बिराएपछि अलपत्र परेको अवस्थामा प्रहरीले उद्धार  गरेको हो।

प्रहरीले उद्धार गरेकाहरूमा धनुषाका ब्रिजमोहन साह, सुवास साह, अभिषेक यादव, ऋषि कुमार साह, श्रीराम साह, करण साह,सुवास साह , स्याङ्जाकी सपना गुरुङ, तनहुँकी सिर्जना भट्टराई, काठमाडौंका अविनभसिंह ठकुरी, सिन्धुपाल्चोकका रोशन राना र दोलखाका रमेश पौडेल ,मोरङका संजोग घिमिरे, काठमाडौंकी अप्सरा खत्री, नुवाकोटकी श्रेया थपलिया र धनुषाका सन्तोष कुमार साह रहेका छन्।

post image

पुस २९, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका हुग्दीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट बर्दियातर्फ जाँदै गरेको बा ४६८३ नम्बरको यात्रु बाहक बस आइतबार