post image

जेठ १०, काठमाडौँ । विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टोली ईङ्ल्याण्ड पुगिसकेको भएपनि उसको चौथो नम्बरमा कसले ब्याटिङ गर्छ भन्ने चर्चा अझै सकिएको छैन। यसै चर्चाकाबीच सचिन तेन्तुलकरले पनि चौथो नम्बरको ब्याट्सम्यानलाई लिएर आफ्नो राय दिएका छन्।

एक अखबारलाई दिएको अन्तरवार्तामा उनले यससँगै वर्तमान भारतीय क्रिकेट टोलीको अवस्था, बायाँ हाते ब्याट्सम्यान, ब्याटिङ्को क्रम तथा महेन्द्र सिंह धोनीको ब्याटिङ क्रममा बारेमा आफ्नो धारणा राखेका थिए।

चौथो नम्बरको ब्याटस्म्यानको बारेमा सचिनले भारतका जुन कुनै खेलाडी त्यसका लागि योग्य भएको बताएका छन्। सचिनले सो क्रममा धोनीले चार नम्बरमा नभइ पाँचौ नम्बरमा ब्याटिङ गर्नुपर्ने धारणा राखे।

‘मलाई लाग्छ धोनीले पाँचौ नम्बरमा ब्याटिङ गर्नुपर्छ’, सचिनले भने। केहि समय पहिले रोहित शर्माले धोनीले चारौं नम्बरमा ब्याटिङ् गर्नुपर्ने बताएका थिए।

सचिनले रोहित र धवनले ओपनिङ गरे भने विराट तेश्रो नम्बरमा आउनुपर्ने बताउँदै चौथोमा अरू कोही आए धोनीलाई पाँचौ नम्बरमा आउनुपर्ने बताए। यस्तै उनले हार्दिकले छैटौं नम्बरमा ल्याउनुपर्ने उनको सुझाव छ।

यसैगरी सचिनले यस विश्वकपको फाइनलमा भारत, ईङ्ल्याण्ड तथा अष्ट्रेलिया पुग्ने बताउँदै फाइनलमा चौथो टोलीका रूपमा न्यूजल्याण्ड वा पाकिस्तानमध्ये एक पुग्ने बताए।

post image

जेठ ८, काठमाडौं । यही वर्ष हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको लागि लिओनल मेसीको कप्तानीमा अर्जेन्टिनाको टोली घोषणा भएको छ। २३ सदस्यीय टोलीमा मेसीसँगै फरवार्ड पाउलो डिबला र सर्जियो अगुएरो पनि समावेश छन्।

मुख्य प्रशिक्षका लियोनेल स्कालोनीले प्रारम्भिक चरणमा छानिएका ४० खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेका हुन्। सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग पेनाल्टीसुटआउटमा पराजित भएपछि मेसीले राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेका थिए। तर सरकारदेखि समर्थकको आग्रपछि मेसी फेरी अर्जेन्टाइन टिममा फर्किए र २०१८ मा रसियामा भएको विश्वकप खेले।

त्यसयता भने मेसीले राष्ट्रिय टिमका लागि एक खेल मात्र खेलेका छन्। यही जुनमा ब्राजिलमा हुने कोपा अमेरिकाको समूह ‘बी’ मा रहेको अर्जेन्टिनाले कोलम्विया, पाराग्वे र कतारसँग प्रतिस्पर्धा गर्नेछ।

post image

जेठ ७, काठमाडौं । भारतीय कप्तान विराट कोहली तथा युवा विकेटकिपर ऋषभ पंतले खेलको एक विज्ञापनमाथि टिप्पणी गरेपछि अष्ट्रेलियाका पूर्वब्याटस्म्यानमाथि कोहली र पंतका फ्यानहरू खनिएका छन्।

उनीहरूले सो विज्ञापनमा टिप्पणी गरेका ब्राड हाजलाई ट्विटरमा सुनाउनु सुनाएका छन्। कोहलीले आफू र पंतले खेलेको पुरूष सौन्दर्य प्रशाधनको विज्ञापनलाई टवीट गरेपछि हाजले,’गजब छ, मान्छे पैसाका लागि के के गर्छन्’ लेखेका थिए।

उनको यो आलोचना भारतीय क्रिकेटप्रेमीहरूलई पचेन। उनीहरू तुरून्तै हाजविरूद्ध उत्रिए। विराटका एक प्रशंसकले जवाफ फर्काए, ‘र केहि खेलाडी पैसाको लागि स्यान्डपेपरको प्रयोग गर्छन।’

त्यस्तै अर्का ट्विटर प्रयोगकर्ताले ‘उसको(कोहली) बारेमा कुरै नगर किनकी तपाईं त सरफराज अहमदको करियरको पनि नजिक हुनुहुन्न।’ ‘तपाईंजस्ता खेलाडी ४२ वर्षको उमेरमा पैसाका लागि आईपिएल खेल्न मनपराउँछन्’, अर्का एक प्रशंसकले जवाफ फर्काएका छन्।

हाज आईपिएलमा किङ्स इलेभेन पंजाबका कोच रहिसकेका छन्।

post image

जेठ ५, काठमाडौं । आगामी जेठ १० गतेदेखि हुने प्रधानमन्त्री कप पुरूष एकदिवसीय क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकमा अष्ट्रेलियाको सिड्नीमा मुख्यालय रहेको रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज प्रालि.ले सम्झौता गरेको छ। सम्झौतासँगै प्रतियोगिताको नाम एक्सपर्ट प्रधानमन्त्री कप हुने भएको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना र नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिताका यसअघि जेठ १ गतेबाट शुरु हुने भनिए पनि प्राविधिक कारणले १० दिन पछि सरेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहनेछ। सार्वजनिक खेल तालिका अनुसार समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बि मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।

सार्वजनिक खेल तालिका अनुसार मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उदघाटन समारोह आयोजना गरिनेछ।

सोही समयमा प्रदेश २ र त्रिभुवन आर्मी क्लबकाबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुने छ । जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्।

सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ।

यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका दौरान खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समात्ने दर्शकले ५० हजार पाउने आयोजकले जनाएको छ।

१ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्ने भएको छ ।

एक्सपर्टका निर्देशक बद्री अर्यालले प्रधानमन्त्री कपमा एक्सपर्ट जोडिन पाउनु अर्को महत्वपूर्ण खुट्किलो भएको सुनाए। एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए।

post image

 जेठ ५, काठमाडौं । ३० मे बाट सुरू हुने क्रिकेट विश्वकपको आधिकारिक गीत रिलिज भएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषदले प्रतियोगिताको १४ दिन अगाडी आधिकारिक गीत रिलिज गरेको हो।

विश्वको ठूलो खेल प्रतियोगितामध्येको एक यस प्रतियोगितालाई १० लाख प्रशंसकले प्रत्यक्ष रंगशालामा हेर्नेछन् भने अरबौं दर्शकले टेलिभिजनमा प्रत्यक्ष हेर्नेछन्।

शुक्रबार प्रतियोगिताको ‘स्ट्यान्ड बाई’ बोलको गीत रिलिज गरिएको हो। यस गीतलाई नव गायक लोरिन तथा बेलायतको चर्चित ‘रूडोमेन्टल’ले संयूक्तरूपमा तयार गरेको हो। रिलिज गीतलाई प्रशंसकहरूले मनपराइरहेका छन्।

३० मे मा हुने प्रतियोगितामा पहिलो खेल आयोजक इङ्ल्याण्ड र दक्षिण अफ्रिकाबीच खेलिनेछ। ४५ दिनसम्म चल्ने प्रतियोगितामा कुल ४८ खेल खेलिनेछ। प्रतियोगिताको सेमिफाइनल ९ र ११ जुलाईमा हुनेछ भने फाइनल १४ जुलाईमा लड्सको मैदानमा खेलिनेछ।

post image

 जेठ २, काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले पूर्व कप्तान एवम् वर्तमान विकेटकिपर-ब्याट्सम्यान महेन्द्र सिंह धोनी आफ्ना लागि अमूल्य रहेको बताएका छन्। निस्वार्थ भावनाले खेल्ने भएकाले धोनी उनका लागि खास भएको उनको भनाइ थियो।

‘सत्य के हो भने धोनी यो खेल खेल्ने स्मार्ट मान्छे मध्येका एक हुन्। विकेट पछाडी उनी अमूल्य छन्। यसले गर्दा मलाई स्वतन्त्रपूर्वक खेल्न छुट दिन्छ। धोनी जस्तो मान्छे अनुभवको भण्डार हो’, टाइम्स अफ ईण्डियालाई दिएको एक अन्तरवार्तामा कोहलीले भने।

‘म उनको बारेमा के भनूँ? उनको मार्गदर्शनमा त मेरो खेल जीवन सुरू भएको हो। मैले जति नजिकबाट उनलाई निक्कै कम मान्छेले देखेको हुनुपर्छ। एउटा कुरा धोनीका लागि सबैभन्दा पहिले आउँछ र त्यो हो टोली। सबैभन्दा महत्वपूर्ण उनीसँग भएको अनुभव हो। उनको अनुभवले हामीसमेत धनी भएका छौं’, विराटले भने।

त्यसैगरी कोहलीले ३० मे बाट सुरू हुने क्रिकेट विश्वकपमा धोनी र उप-कप्तान रोहित शर्माको नेतृत्वकारी भूमिकाले आफूहरू निक्कै आशावादी बनेको बताए।

‘जसरी यी दुई जनाले आइपिएलमा कप्तानको रूपमा जसरी आफ्नो भूमिका निभाए, त्यसले बताउँछ उनीहरूले टोलीलाई केसम्म गर्न सक्छन्। धोनीसँग आफ्नै विशिष्ठ हैसियत छ। यसकारण यी दुबैको नेतृत्वकारी भूमिका हुनु टोलीका लागि राम्रो छ’, कोहलीले भने।

कोहलीले रोहित र धोनीको यस महत्वकारण नै टोलीको व्यावस्तापानले यी दुईलाई समावेश गरेर एउटा रणनीतिक समूह बनाएको बताएका छन्।

post image

जेठ १, काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकलाई एकदिवसीय विश्वकप खेल्ने भारतको टिममा समावेश गर्नुको रहस्य खोलेका छन्।

यही मे ३० बाट इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा सुरु हुने १२औँ संस्कणरको विश्वकपको लागि विराटको कप्तानीमा भारतको १५ सदस्यीय टोली घोषणा भइसकेको छ । कार्तिकको अनुभव र खेलको दबाब झेल्न सक्ने क्षमताको कारण उनलाई रिसब पन्तभन्दा अगाडि राख्दै टिममा राखिएको विराटले बताए।

टिममा महेन्द्र सिंह धोनी मुख्य विकेटकिपरको रुपमा छन्। थप विकेटकिपरको रुपमा कार्तिक वा पन्त कसलाई राख्ने भन्नेबारे बहस भएपछि छनौट समितिले कार्तिकलाई चयन गरेको थियो।

‘उनीसँगै अनुभव छ। यदि धोनी खेल्न नसक्ने अवस्था आएमा कार्तिक विकेट पछाडि अमुल्य हुन सक्छन्। फिनिसरको रुपमा उनले राम्रो गरिरहेका छन्।’

कार्तिकले सन् २००४ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनले भारतका लागि ९१ एकदिवसीय खेल खेलेका छन्।

post image

वैशाख ३०, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) २०१९ को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। आइतवार भएको फाइनलमा चेन्नाईलाई १ रनले हराउँदै मुम्बई आइपीएल इतिहासमा चौथो पटक च्याम्पियन बनेको हो।

अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि ६ बलमा ९ रन चाहिएको थियो र क्रिजमा शेन वाट्सन ७६ र रविन्द्र जडेजा ४ रनमा खेलिरहेका थिए। तर लासिथ मालिंगाले बलिङ गरेको उक्त ओभरमा चेन्नाईले २ विकेट गुमायो भने ७ रन मात्र बनाउन सक्यो।

मालिंगा अन्तिम ओभरमा ९ रन डिफेण्ड गर्दै मुम्बईलाई १ रनको रोमाञ्चक जित दिलाए। यस सिजन मुम्बईले चेन्नाईविरुद्ध खेलेको ४ वटै खेल समेत जित्यो।

यस उपाधिपछि मुम्बई सर्वाधिक ४ पटक आइपीएल जित्ने पहिलो टिम बनेको छ। जसमध्ये मुम्बईले तीन पटक फाइनलमा चेन्नाईलाई नै पारजित गरेको हो। मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि २०१५, २०१५ र २०१९ मा च्याम्पियन बनेको मुम्बईले एक वर्षको अन्तरमा उपाधि जित्दै आएको छ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम, हैदरावादमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १४९ रन बनाएको थियो।

जवाफमा वाट्सनले ८० रन बनाएपनि चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनायो। अन्तिम ओभरमा वाट्सनको रनआउट चेन्नईको लागि महाँगो सावित बन्यो।

वाट्सनले ५९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे। यस्तै फाप डु प्लेसिसले २६ र ड्वाने ब्राभोले १५ रन जोडे।

चेन्नाईलाई लक्ष्यसम्म पुग्न नदिन मुम्बईका जसप्रित बुमराहले ४ ओभरमा १४ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै क्रुनल पाण्ड्या, मालिंगा र राहुल चाहरले १-१ विकेट लिए।

सुरुको ३ ओभरमा ४२ रन खर्चिएपनि मालिंगाले अन्तिम ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै १ विकेट लिएर खेल जिताए।

त्यसअघि मुम्बईका लागि किरण पोलार्डले २५ बलमा ३ चौका र ३ छक्कको मद्दतमा नटआउट ४१ रन बनाएपछि मुम्बईले १४९ रन बनाएको थियो। यस्तै क्वेन्टन डे ककले २९ तथा इशान किसानले २३ रन जोडे।

चेन्नाईका दिपक चाहरले ४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ३ विकेट लिए। यस्तै शार्दुल ठाकुर र इमरान ताहिरले २-२ विकेट लिए।

post image

 वैशाख २९, काठमाडौं । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको आज फाइनल प्रतिष्पर्धा हुदैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्सविरुद्ध ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछ ।

अहिलेसम्म यी दुबै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेको छ । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।

post image

बैशाख २६, काठमाडौँ । इन्डियन प्रिमियर लिग २०१९ अन्तर्गत बुधबार भएको एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गरेको छ।

जितपछि दिल्लीले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। अब दिल्लीले फाइनल प्रवेशका लागि साबिक विजेता चेन्नाई सुपर किंग्ससँग शुक्रबार क्वालिफायर खेल्नेछ।

पृथ्वी  सको अर्धशतक तथा रिसव पन्तको आक्रमक ब्याटिङ मद्दतमा दिल्लीले १६३ रनको लक्ष्य एक बलअघि ८ विकेट गुमाएर पूरा गरेको हो। पृथ्वीले ३८ बल खेल्दै ६ चौकाको २ छक्काको मद्दतमा ५६ रन बनाए। अर्धशतक बनाउन एक रनले चुकेका पन्तले २१ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गर्दै ४९ रन जोडे।

दिल्लीलाई जितको लागि अन्तिम दुई बलमा २ रन चाहिएको अवस्थामा किमो पलले अन्तिम ओभरको पाँचौँ बलमा चौका प्रहार गर्दै खेल जिताए।

हैदरावादका भुवनेश्वर कुमार, खलिल अहेमद र रसिद खानले २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

 हैदरवादका लागि मार्टिन गप्टिलले ३६, मनीष पाण्डेले ३०, कप्तान केन विलियम्सनले २८, विजय शंकरले २५ तथा मोहम्मद नाबीले २० रन बनाए। दिल्लीका किमो पउलले ३ तथा इशान्त शर्माले २ विकेट लिए।

post image

बैशाख २५,काठमाडौं । नेपालमा रिगं रेस्लिङ खेलको विकास गर्दै अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल रिङ रेस्लिङ संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिबिधिहरु अगाडी बढाउदै आएको छ । नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेजका कारण यसको विकास र विस्तार गर्ने उदेश्यले स्थापना भएको यो संघले खेलाडी उत्पादन गर्ने देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिपहरु गर्दै आइरहेको छ ।

रिगं रेस्लिङ संघले डिस होमको सहकार्यमा यहि बैशाख २८ गते शनिवारका दिन एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्न लागेको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा बैशाख २८ गते ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयनमा हुन लागेको यो प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ ।

नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ ।

यस संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा मिति २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८—२१ मा नेपाल भारत मैत्रिपुर्ण प्रतियोगिता र २०७४ साल कात्र्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप काठमाण्डौ र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।

post image

वैशाख २५, काठमाडौं । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले मंगलबार आईपिएल अन्तरगत भएको पहिलो क्वालिफायरमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ। मुम्बई चेन्नईलाई उसको घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

हिजोको खेलमा टस जितेर चेन्नईले पहिले ब्याटिङ् गर्ने निर्णय गरेको चेन्नईको ब्याटिङ लाइनअप सुरूदेखि नै धर्मरायो। उसले ४ विकेटको नोक्सानीमा १३१ रनमात्र जोड्न सक्यो। जवाफी ब्याटिङमा आएको मुम्बईले १३२ रनको लक्ष्य चार विकेटको नोक्सानीमा १८.३ ओभरमा पुरा गर्‍यो।

मुम्बई आइपिएलको फाइनलमा पुगेको यो पाँचौ पटक हो। यसअघि उसले तीन पटक उपाधिमा कब्जा जमाइसकेको छ। २०१३, २०१५ तथा २०१७ मा उपाधि जितेको मुम्बई २०१० मा चेन्नईसँग पराजित भएको थियो।

राहुल चाहर र सूर्यकुमार यादव मुम्बईको जितका नायक रहे।

लेग स्पिनर राहुलले चेन्नईलाई १३१ रनको सानो स्कोरमा रोक्न महत्वपूर्ण भूमिका निभाए। उनले चेन्नईको दुई विकेट लिएका थिए। हिजोको खेलमा यी १९ वर्षिय बलरले चार ओभरमा केवल १४ रन खर्च गरे। यसैगरी मुम्बईका लागि क्रुणाल पांड्या र जयंत यादवले १-१ विकेट लिए।

चेन्नईका लागि अंबाती रायडुले सर्वाधिक४२ रन जोडे भने कप्तान धोनीले ३७ तथा मुरली विजयले २६ रन जोडे। शेन वाटसनले मात्र १० रन जोडे।

चेननईसँग हरभजन सिंह, इमरान ताहिर तथा रवीन्द्र जडेजा जस्ता स्पिनर भएकाले मुम्बईका लागि १३२ रनको लक्ष्य सहज नहुने अनुमान गरिएको थियो तर सूर्यकुमार यादव र ईशान किशनले क्रमशः ७१ र २८ रनको पारी खेलेपछि मुम्बईले खेल जित्यो।

मुम्बईले हिजोको खेलमा २१ रन जोड्दा आफ्ना महत्वपूर्ण दुई ब्याट्सम्यानहरू रोहित शर्मा तथा क्विंटन डिककलाई गुमाएको थियो।

उनीहरूले केबल ४ र ८ रन मात्र जोडेका थिए। यस स्थितिलाई तेश्रो विकेटका लागि सूर्यकुमार र ईशानले ८० रनको साझेदारी गर्दै सम्हाले। ईशान टोलीको १०१ रनमा आउट भए।

उनीपछि क्रुणाल पांड्या पनि शून्यमा पेभेलियन फर्किए। यसपछि भने चेन्नईले कुनै विकेट लिन सकेन। त्यसपछि सूर्यकुमार र हार्दिक पांड्याले ३१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए।

post image

वैशाख २४, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नै घरेलु मैदानमा मंगलबार राति ७ बजेर ४५ मिनेटमा सुरु हुने प्लेअफको पहिलो क्वालिफायर राउण्डमा चेन्नाई जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा छ । यता, मुम्बई पनि चेन्नाईलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा छ ।

जारी आईपीएलमा मुम्बई लिग चरणको विजेता बन्दै प्लेअफको पहिलो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । मुम्बईले १४ खेलमा ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर लिगको शीर्ष स्थानमा रह्यो ।

यता, साविक विजेता चेन्नाईले पनि ९ खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै १८ नै अंक बनायो । तर नेट रनरेटको आधारमा पछि पर्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा प्रवेश गर्‍यो । तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बईले चेन्नाई विरुद्धको लिग चरणको दुबै खेलमा सहज जित निकालेको थियो । यसैलाई निरन्तरता दिने लक्ष्यमा मुम्बई रहेको छ । तर चेन्नाई भने लिग चरणमा ब्यहोरेको दुबै खेलको हारको बदला आज लिने दाउमा छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अवे खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो ।

आजको खेलबाट विजेता टिम फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टिमले इलिमिनेटर राउण्डबाट विजेता बनेर आएको टिमसँग दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।

post image

बैशाख २३ , काठमाडौँ । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतिय‍ोगिता २०७६ बुटवलमा सुरू भएको छ।सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबारदेखि बुटवलमा प्रतियोगिता सुरू भएको हो।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई मार्चपास टर्च हस्तान्तरण गरी उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारबाट १ सय ९ वटै स्थानीय तहमा पूर्वाधार निमार्ण गर्न बजेट विनियोजन भएको बताए। खेलबाट समाजमा एकताको सन्देश सिक्नुपर्ने भन्दै उनले खेलकुदको महत्वलाई सबैले बुझ्न जरुरी रहेक‍ो बताए।

आइटिएफ तेक्वान्दोका बालबालिकाहरूको प्रस्तुतिसँगै प्रशिक्षक चन्द्र बहादुर गुरुङ र खेलाडी प्रताप खवासले शपथ लिएर खेल सुरू भएको थियो। कूल पाच विद्याका १३ इभेन्टका प्रतियोगिता बुटवल मण्डप, प्रहरी तालिम केन्द्र, जिल्ला खेलकुद विकास समितिको हल, बुटवल ब्याडमिन्टन कोर्टमा सञ्चालन भैरहेको छ ।

यस्तै जारी प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एथ्लेटिक्सतर्फ भएको ५ हजार मिटर पुरुष दौडमा रुपन्देहीका सन्तोष नापित प्रथम भएका छन्।

उनले दौड १६ मिनेट ४५.८ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन्। बर्दियाका माधव कुमार चौधरीले १७ मिनेट ०४.८  सेकेण्डमा दौड पूरा गर्दै द‍ोस्रो भए तथा नवलपरासीका मुकेश हरिजनले १७ मिनेट ०८.२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान भए।

यसैगरी, छात्रातर्फ १५ सय मिटर दौडमा दाङकी सुमित्रा चौधरी प्रथम भइन्। उनले दौड ५ मिनेट ३३.०३ सेकेण्डमा दौड पूरा गर्दै उपाधि चुमेकी हुन।

यसैगरी, बर्दियाकी कल्पना थारुले ५ मिनेट ३४.०४ सेकेण्डमा दौड पूरा गरी दोस्र‍ो भइन् भने बाँकेकी कमला जैसीले ५ मिनेट ३९.३ मिनेटमा दौड पूरा गरी तेस्रो स्थान हासिल गरिन्।

प्रदेश ५ प्रहरी तालिम केन्द्रको खेलमैदानमा सोमबार भएको खेलमा प्रदेशका १२ जिल्लाका खेलाडीहरूले भाग लिएका थिए।

यसैगरी पुरुष भलिबलमा रुकुम पूर्व जिल्लाले विजयी सुरूआत गरेको छ। बुटवल मण्डपमा भएको उद्घाटन खेलमा रुकुम पूर्वले अर्घाखाँची जिल्लामाथि २–१ को सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

यसैगरी, महिला भलिबलतर्फको उद्घाटन खेलमा पाल्पा जिल्लाले गुल्मी जिल्लामाथि २–० को सोझो सेटमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ। सुरूआतबाट नै खेलमा हाबी देखिएको पाल्पाले २५–१०, २५–११ को अंकले खेलमा जित निकालेको हो।

महिला भलिबलमा पाँच नम्बर प्रदेशका ११ जिल्लाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ।

post image

बैशाख २२, काठमाडौ। तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १ गतेदेखि हुने भएको छ। आयोजकले आइतवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म हुने घोषणा गरेको हो।

 राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा आयोजनामा हुने प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

दश टोलीलाई दुई समूहमा विभाजन गरेको लिगका खेलहरु सञ्चालन गरिनेछ। दुवै समूहको लिग खेलपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

२३ दिन सञ्चालन हुने प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुनेछ। आयोजक राखेप र इभेन्ट म्यानेजमेन्ट कम्पनी नेपालय इन्टरनेशनलले आइतवार प्रतियोगिता सञ्चालन गर्नेबारे मेरोरन्डन अफ अन्डरस्ट्याण्डिङ (एमओयु) गरेको छ।

खेपका तर्फबाट सदस्यसचिव केशव कुमार विष्ट र नेपालयका अध्यक्ष सुबाश प्रधानले सम्झौता पत्र आदान प्रदान गरे। सम्झौता अनुसार प्रतियोगितामा लाग्ने कूल बजेटको ८० लाख रुपैयाँ राखेपले खर्च गर्नेछ भने बाँकी रकम नेपालय इन्टरनेशनलले आफैँ वा प्रायोजक खोजेर खर्च गर्नेछ।

प्रतियोगिताको कूल बजेट १ करोड ७५ लाख लाग्ने सदस्य सचिव केशव विष्टले जानकारी दिए।सम्झौतापछि नेपालले राखेपले दिने ८० लाख बाहेक ९३ लाख मात्र खर्च गर्न पाउने व्यवस्था रहेको छ।

प्रतियोगिताको विजेताले गनद २० लाख हात पार्नेछन्। यस्तै उपविजेताले १० लाख पाउनेछन्। नेपाली क्रिकेटको ५० ओभरको प्रतियोगिता यो सबैभन्दा ठूलो नगद पुरस्कार राशी हो। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ। कुन ब्राण्डको मोटरसाइकल दिने भन्ने निर्णय हुन बाँकी छ।

यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार हात पार्नेछन्। यस्तै यस पटक पीएम कपमा थप आकर्षणको रुपमा सिंगल ह्याण्ड क्याच (एक हाते क्याच) पनि रहेको छ। पछिल्ल समय नेपालमा भइरहेको टी २० लिगहरुमा यसको क्रेज बड्दो छ। त्यसैले आयोजकले यसपटक ५० ओभरको क्रिकेटमा पनि यो राखेको छ।

यस्तै मैदान बाहिर बसेर खेल हेर्ने दर्शकललाई पनि विभिन्न सुविधा प्रदान गर्ने प्रधानले बताए।

post image

बैशाख २०,काठमाडौं ।आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ। यसअघि १४ औं स्थानमा रहेको नेपालले दुई देशलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो।

आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा उक्लिएको हो। वरीयताको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड रहेका छन्।

अष्ट्रेलिया चौथो, भारत पाँचौ र न्युजिल्याण्ड छैटौ स्थानमा छन्। अफगानिस्तान सातौ, श्रीलंका आठौ, वेस्ट इण्डिज नवौ र बंगलादेश १० औं स्थानमा रहेका छन्।

नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन्।

१४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो।

युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ।

post image

वैशाख १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सानदार जीत हासिल गरेको छ। गएरातिको खेलमा चेन्नाइले दिल्लीलाई ८० रनले पराजित ग¥यो। जीतसँगै १३ खेलबाट १८ अंकसहित चेन्नाइ शीर्ष स्थानमा पुगेको छ।

टस हारेर ब्याटिङ गरेको चेन्नाइले खराब सुरुवात गरेको थियो। ओपनर सेन वाट्सनलाई शून्यमा गुमाएको चेन्नाइको इनिङ्स मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए। जसका लागि रैना, कप्तान धोनी र रवीन्द्र जडेजाले आक्रमक ब्याटिङ गरे। रैनाले ५९ रन जोड्दा धोनीले नटआउट ४४ तथा जडेजाले १० बलमा २५ रन योगदान गरे।

१८० रनको लक्ष्य पछ्याएको दिल्लीको सुरुवात पनि कमजोर रह्यो। शिखर धवन र कप्तान श्रेयस अय्यर बाहेकका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। दिल्लीले ४७ रनका लागि ९ विकेट खर्च गर्‍यो। धवनले १९ र अय्यरले ४४ रन जोडे पनि जीतका लागि पर्याप्त भएन। १८० रन पछ्याएको दिल्ली ९९ रनमै अलआउट भयो।

दिल्लीको इनिङ्स धराशायी पार्ने क्रममा चेन्नाइका इमरान ताहिरले चार तथा जडेजाले ३ विकेट लिए।लिग अन्तर्गत अब दुबै टोलीले एक/एक खेल खेल्न बाँकी छ।

post image

वैशाख १५, काठमाडौं ।  बार्सिलोनाले ३ खेल अगावै स्पानिस ला लिगा २०१८-१९ को उपाधि जितेको छ।कप्तान लिओनल मेसीले बेन्चबाट मैदान गएर एक मात्र गोल गरेपछि बार्सिलोनाले लेभान्टेलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो।

दोस्रो हाफको सुरुमै मैदान प्रवेश गरेका मेसीले ६२औँ अर्टुरो भिदालको पासमा गोल गरेका हुन्। पछिल्लो ११ वर्षमा बार्सिलोनाको यो आठौँ उपाधि हो भने समग्रमा २६औँ उपाधि हो। रियल मड्रिडले ला लिगाको उपाधि सर्वाधिक ३३ पटक जितेको छ।

बार्सिलोनाले लेभान्टेलाई हराउनुअघि दोस्रो स्थानको एट्लेटिको मड्रिडले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गर्दै बार्सिलोनासँगको दूरी ६ मा झारेको थियो।

यस्तो अवस्थामा बार्सिलोनाले लेभान्टेलाई हराएमा उपाधि जित्ने पक्का थियो र मेसीको एक मात्र गोलमा बार्सिलोनाले लेभान्टेलाई हराएर उपाधि जित्यो।

लिगमा ३५ खेल सकँदा बार्सिलोनाको ८३  अङ्क् छ भने दोस्रो स्थानको एट्लेटिकोको ७४ अंक छ। अक बाँकी रहेको तीन वटै खेल एट्लेटिकोले जितेमा र बार्सिलोनाले बाँकी खेल हारेमा पनि अंक बराबरी नै हुन्छ र यस्तोमा पनि बार्सिलोना गोलअन्तरमा अगाडि नै रहनेछ।

बार्सिलोनाले यही बुधबार च्याम्पियन्स लिग सेमिफाइनलमा इंग्ल्स क्लब लिभरपुलसँग खेल्दैछ र त्यसअघि नै ला लिगाको उपाधि जित्दै च्याम्पियन्स लिगको लागि तयार भएको संकेत दिएको छ।

लेभानेट विरुद्ध गोल गरेपछि मेसीले यस सिजन ला लिगामा गोलसंख्या ३४ पुर्‍याएका छन्। उनी दोस्रो स्थानमा रहेका करिम बेन्जामा र सहकर्मी लुइस सुअरेजभन्दा १२ गोले अगाडि छन्।

यस्तै मेसीले बार्सिलोनाबाट खेल्दै ला लिगाको उपाधि जितेको यो १०औँ पटक हो।

post image

वैशाख १२, काठमाडौं । कतारमा भइरहेको २३औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजित यादवले पाँच हजार मिटरतर्फ उत्कृष्ट प्रदर्शन गरेका छन्। हिजो भएको खेलमा अजितले निर्धारित दूरी १४ मिनेट ३६ सेकेन्डमा पूरा गरे।

यादवको यो पहिलो ठूलो प्रतियोगिता हो।  पाँच हजार मिटरतर्फ नेपालका लागि राजेन्द्र भण्डारीको राष्ट्रिय कीर्तिमान छ। राजेन्द्रले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट चार सेकेन्डको कीर्तिमान बनाएका थिए।

अजितले यसअघि हङकङमा भएको तेस्रो युथ एसियन च्याम्पियनसिपमा गोल्ड मेडल जितेका थिए। सिनियर लेभलमा भने यादवको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।

post image

बैशाख १०,काठमाडौँ । दिल्ली क्यापिटल्स् इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको छ। गएरातिको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दौ दिल्ली शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानमा रहेको चेन्नाइको समान १४ अंक भए पनि रनरेटका आधारमा दिल्ली शीर्ष स्थानमा छ। दिल्लीभन्दा चेन्नाइले एक खेल कम खेलेको छ। दिल्लीले ११ खेलबाट १४ अंक जोडेको छ। चेन्नाइको १० खेलबाट १४ अंक छ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले अजिन्क्या राहणेको नटआउट १०५ रनको मद्दतले ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। राजस्थानका लागि कप्तान स्टेभन स्मिथले ५० रनको योगदान दिए। यस्तै स्टुवार्ट बिन्नीले १९ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

१९२ रनको लक्ष्य पछ्याएको दिल्लीले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनरद्वय शिखर धवन र पृथ्वी श’ले क्रमशः ५४ र ४२ रनको योगदान दिए। कप्तान श्रेयस अय्यर चार रनमा आउट हुँदा रिषव पन्तले नटआउट ७८ रनको योगदान दिए। पन्तले ३६ बलमा ४ छक्का र ६ चौका प्रहार गरे।

बलिङतर्फ दिल्लीका कागिसो रबाडाले २ विकेट लिए। यस्तै, राजस्थानका श्रेयस गोपालले पनि २ विकेट लिए।

post image

 वैशाख ८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ ।

टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो । यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले १२ अर्धशतक बनाएका छन् ।

यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन बनाए । शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाबकोतर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरपि्रत बरार १२ बलमा २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

यो म्याचमा दिल्लीबाट खेलिरहेका सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

फर्ममा रहेका सलामी ब्याट्सम्यान लोकेश राहुललाई केबल १२ रनमा आउट गरेर सन्दीपले पन्जाबलाई पहिलो झट्का दिएका थिए । त्यतिबेला पन्जाबको स्कोर १३ रन थियो । त्यसपछि सन्दीपले क्रिस गेल र सेम कुरेनलाई पनि आउट गरे ।

उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए ।

post image

वैशाख ४, काठमाडौँ । फिफा वर्ल्ड कप २०२२ र एएफसी एसियन कप २०२३ को लागि संयुक्त छनोटको रुपमा रहेको पहिलो चरणको एसियाली छनोटको ड्र सार्वजनिक भएको छ।  मलेसियाको क्वालालम्पुरमा बुधवार भएको ड्र अनुसार एसियाली क्षेत्रमा ३५ देखि ४६औँ वरीयतासम्म रहेका १२ राष्ट्रलाई समावेश गरिएको थियो।

एसियामा ३४औँ वरीयतामा रहेको नेपालले भने पहिलो चरणको छनोट खेल्नुपर्ने छैन। नेपालले यसपटक सिधै दोस्रो चरणको छनोट खेल्न पाउनेछ।

होम एण्ड अवेका आधारमा दुई लेगको खेलपछि पहिलो चरणबाट ६ टिम दोस्रो चरणको लागि छनोट हुनेछ। दोस्रो चरणमा १ देखनि ३४ओ वरीयतासम्म रहेका र पहिलो चरण पार गरेका ६ गरी ४० टोलीलाई ८ समूहमा विभाजन गरेर खेलाइन्छ।

पहिलो चरण छनोटमा खेलहरु जुन ६ र ११ मा हुनेछ। पहिलो चरणमा मंगोलियाले ब्रुनाई, मकाउले श्रीलंका र लाओसले बंगलादेशसँग खेल्नेछ। यस्तै मलेसियाले टिमोर लेस्टे, कम्बोडियाले पाकिस्तान र भुटानले गुआमसँग खेल्नेछ।

दक्षिण एसियाबाट नेपालसहित भारत र माल्दिभ्सले सिधै दोस्रो चरणको छनोट खेल्नेछन्।

post image

वैशाख ३, काठमाडौँ । आइसीसी यू-१९ विश्वकप छनोटमा नेपालले ओमानलाई फराकिलो रन अन्तरले पराजित गरेको छ। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा ओमान ७९ रनमा अलआउट भयो। ४४ ओभरसम्म क्रिजमा टिकेपनि नेपाली बलरहरुको कसिलो बलिङ सामु खुलेर खेल्न नसक्दा ओमानले धेरै रन बनाउन सकेन र ४४.१ ओभरमा अलआउट भयो।

ओमानका ९ खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओमानका लागि अमनप्रित सिरहले १३ र जिन तन्नाले १३ रनमा नटआउट रहे।

नेपालको लागि पवन सर्राफले १० ओभरमा २ ओभर मेडन राख्दै २४ रन खर्चेर ३ विकेट लिए। सूर्य तामाङले ९ ओभरमा ४ ओभर मेडन राख्दै ११ रन खर्चेर २ विकेट लिए। प्रतीष जिसीले ७.१ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

यस्तै कुशल मल्लले १० ओभरमा २ ओभर मेडन राख्दै १२ रन खर्चेर १ विकेट लिए। ३६औँ ओभरमा बलिङ सुरु गरेका कमल सिंह ऐरीले ३ ओर बलिङ गर्दा ३ ओभर नै मेडन राखेर १ विकेट लिए।

त्यसअघि सेलेङ्गार टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतक (७५ रन) र प्रतीष जिसीको विष्फोटक ब्याटिङको मद्दतमा २२९ रन बनाएको थियो।

रोहित, प्रतीषले उत्कृष्ट ब्याटिङ गरेपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा नेपाल ४३.२ ओभरमै अलआउट भएको थियो।

नेपालको लागि कप्तान रोहितले ८१ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७५ रन बनाए। दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रन योगदान गरे। भिम शार्कीले ३९ रन जोडे।

८१ रनमा ५ विकेट गुमेको अवस्थामा रोहितले भीम सार्कीसँग मिलेर छैटौँ विकेटका लागि ९२ रनको साझेदारी गरे। भीमले ४३ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ३९ रन बनाएका हुन्। रोहित र भिमको विकेट गएपछि क्रिजमा पुगेका कुशल मल्ल (२) र कमल सिंह ऐरी (१) पनि लगत्तै आउट भए।

१७८ रन हुँदा ९ विकेट गुमाएको नेपालको स्कोर उकास्ने क्रममा दशौँ नम्बरमा ब्याटिङ गरेका प्रतीषले ४१ रनको महत्वपूर्ण पारी खेले। उनले विष्फोटक ब्याटिङ गर्दै २३ बलमा २ चौका र ४ छक्का प्रहार गरे। दशौँ विकेटका लागि प्रतीषले सूर्य तामाङसँग नटआउट ५१ रनको साझेदारी गरे। सूर्य ७ रनमा नटआउट रहे।

ओमानका लागि मुजाहिर राजा, सन्जय रवीन्द्र, अजम अली र जिल तन्नाले २-२ विकेट लिए।

युएईको लगातार चौथो जित

आजै भएको अर्को खेलमा युएईले सिंगापुरलाई ९ विकेटले पराजित गर्दै लगातार चौथो जित हात पारेको छ। सिंगापुरले दिएको १३५ रनको लक्ष्य युएईले २६.२ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको हो। युएईका लागि कप्तान आर्यन लाक्राले नटआउट ५६ रन बनाए। यस्तै सायद हैदरले ३३ रन बनाए भने भि अरविन्दले नटआउट ३६ रन जोडे।

त्यसअघि बायुमास ओभरमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो। सिंगापुरका लागि राओउल शर्माले सर्वाधिक ४१ रन बनाए। उनी रिटायर्ड हर्ट भएका थिए। सिंगापुरलाई कम स्कोरमा रोक्न युएईका महुम्मद फाराजुद्दिनले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए। यस्तै कप्तान आर्यन लाक्राले २ विकेट लिए।

छनोटमा अपराजित रहने एक मात्र टोली युएईले ४ खेलबाट ८ अंक जोडेको छ र अर्को वर्ष विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। युएईले अब अन्तिम लिग खेलमा ओमानसँग खेल्नेछ।

post image

वैशाख ३, काठमाडौँ । आगामी मे जुन जुलाईमा इंग्ल्याण्ड र वेल्समा हुने एकदिवसीय विश्वकपका लागि बंगलादेशको टोली घोषणा भएको छ। मोसरफ मोर्ताजाको कप्तानीमा मंगलबार बंगलादेशको १५ सदस्यीय टोली सार्वजनिक भएको हो।

बंगलादेशी टोली:

मोसरफ मोर्ताजा(कप्तान), तमिम इकवाल, लिटन दास (विकेटकिपर), सौम्य सरकार, मुस्फिकर रहिम (विकेटकिपर), महमुदुल्लाह, शकिब अल हशन, मोहमद मिथुन, सविर रहमान, मोसादेक होसेन, मोहमद सैफुद्दिन, मेहदी हसन, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अबु जायद

विश्वकप खेल्ने टोली घोषणा गर्ने बंगलादेश चौथो राष्ट्र बनेको छ। यसअघि न्यूजिल्याण्ड, अष्ट्रेलिया र भारतले टोली घोषणा गरिसकेका छन्।

३० मे देखि जुलाई १४ सम्म हुने विश्वकपका लागि न्यूजिल्याण्डले यसअघि नै केन विलियमसनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ।

१२औँ संस्करणको विश्वकपमा आइसीसीको १० फूल मेम्बर सदस्य राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। सिंगल राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणमा कूल ४५ खेल हुनेछन्। त्यसपछि दुई सेमिफाइनल र एक फाइनल हुनेछ।

लिग चरणमा अंकतालिकामा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुनेबीच दोस्रो सेमिफाइनल हुनेछ।

post image

चैत २९, काठमाडौं । एसियन १९ वर्ष मुनिको विश्वकप छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले पराजित गरेको छ । सिंगापुरमाथि नेपाल २ सय १७ रनले विजयी हासिल गरेको हो ।

यु –१९ विश्वकपको छनोटका लागि नेपालले सुःखद सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा सम्पूर्ण विकेट गुमाएर २८२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ रन बनाएका थिए । पाँच रनले सतकबाट चुकेका पौडेलले १ सय ५ बलमा १ छक्का र ७ चौका प्रहार गरेका थिए ।  त्यसैगरि पवन शर्राफले ४७ रन बनाएका थिए भने रसिद खानले ४८ रनको योगदान गरेका थिए । कमल सिंह ऐरीले ३२ र भीम सार्कीले २६ रन बनाएका थिए । सिंगापुरका अथर्व गुनेले ४ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ उत्रिएको सिंगापुर ६५ रनमा समेटिएको थियो । ३१ ओभर खेलेको सिंगापुरलाई सस्तेमा आउट गर्ने क्रममा नेपालका पवन शर्राफले ३ विकेट लिएका थिए । त्यसैगरि कुशल मल्ल र सुर्य तामाङले २–२ विकेट हात पारेका थिए । सिंगापुरको लागि अथर्भ गुनेले ४ विकेट लिए । यस्तै राउल शर्मा र भिनित मेहताले समान २–२ विकेट लिए ।

post image

चैत २८, काठमाडौं । मुम्बई इन्डियन्सले आइपीएल २०१९ मा किंग्स एलेभेन पञ्जावमाथि शानदार जित हात पारेको छ। पञ्जावका लोकेश राहुलले बनाएको शतकलाई छायाँमा पार्दै कार्यवाहक कप्तान किरण पोलार्डले विष्फोटक ब्याटिङ गर्दै ८३ रनबनाए। नियमित कप्तान रोहित शर्मा चोटका कारण पहिलो रोजाईमा नपरेपछि पोलार्डले मुम्बईको कप्तानी गरेका थिए। र वेष्ट इन्डियन यी खेलाडीले कप्तानी इनिङ्स खेल्दै मुम्बईलाई घरेलु मैदानमा जित दिलाए।

अर्का वेष्ट इन्डिय अल्जारी जोसेफले अन्तिम बलमा दुई रन बनाएपछि मुम्बईले १९७ रनको लक्ष्य ७ विकेट गुमाएर पूरा गरेको हो।जोसेफले १३ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १५ रन योगदान गरे।  यस्तै क्वेन्टन डे ककले २४, सूर्य कुमार यादवले २१, हार्दक पाण्ड्याले १९ र डेब्यु ब्वाए ए लाडले १५ रन जोडे।

बलिङमा पञ्जावका मोहम्मद शामीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।त्यसअघि मुम्बई वाङ्खडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले ओपनर राहुलको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो।

राहुलले ६४ बल खेल्दै ६ चौका र ६ छक्काको मद्दतमा नटआउट १०० रन बनाए। राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गर्दै पञ्जावलाई राम्रो सुरुवात दिलाएका थिए। गेलले ३६ बल खेल्दै ३ चौका र ७ छक्काको मद्दतमा ६७ रन बनाए।

मुम्बईका हार्दिक पाण्ड्याले २ विकेट लिए। मुम्बईका बलरमध्ये सबैभन्दा महँगा पनि हार्दिक नै बने। उनले ४ ओभरमा ४ चौका र ४ छक्का सहित ५७ रन खर्चिए।

यस सिजन चौथो जितपछि ६ खेलबाट ८ अंक जोडेको मुम्बई पञ्जावलाई रनरेटमा पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ। समान अंक रहेको कोलकता नाइट राइडर्स भने  रनरेटमा मुम्बईभन्दा अघि छ।

post image

चैत २७, काठमाडौं । कोलकता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नाई सुपर किंग्स आइपीएल २०१९ को शीर्ष स्थानमा उक्लेको छ। मंगलवार भएको खेलमा चेन्नाईले कोलकतालाई ७ विकेटले पराजित गरेको हो।

घरेलु मैदानमा चेन्नाईले १०९ रनको लक्ष्य १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। जितपछि ६ खेलबाट १० अंक जोड्दै चेन्नाई कोलकतालाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ। चेन्नाई समान खेल खेलेको कोलकता भने सिजनको दोस्रो हारपछि ८ अंकका साथ दोस्रो स्थानमा छ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकताको ब्याटिङ चेन्नाईको बलिङ सामु धरासयी बनेको थियो। तर सातौँ नम्बरमा ब्याटिङ गरेका आन्द्रे रसेलले अर्धशतक बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले ९ विकेट गुमाएर १०८ रन बनाएको थियो।

रसेलले ४४ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। कप्तान दिनेश कार्तिकले १९ र रोविन उथाप्पाले ११ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

कोलकताका चार खेलाडी शुन्यमा आउट भएका थिए। चेन्नाईका लागि दिपक चाहरले ३ तथा हरभजन सिंह र इमरान ताहिरले २-२ विकेट लिए। चार ओभर बलिङ गर्दा चाहरले २०, सिंहले १५ र ताहिरले २१ रन खर्चे।

चेन्नाईलाई यस सिजन पाँचौ जित दिलाउने क्रममा फाप डु प्लेसिसले नटआउट ४३ रन बनाए। उनले ४५ बल खेल्दै ३ चौका प्रहार गरे। यस्तै अम्बाटी राएडुले २१, सेन वाट्सनले १७ र सुरेश रैनाले १४ रन योगदान गरे।

कोलकताका लागि सुनिल नारिनले ३.२ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।

post image

 चैत २६, काठमाडौं । ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले हराएको छ । नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरिन् ।

पहिलो दुई खेल हारेर बाहिरीसकेको नेपालका लागि अन्तिम खेल भने सुखद रहृयो । मंगलबारको खेलमा आठौँ मिनेटमा रेड कार्ड खाँदै १० खेलाडीमा सीमित भएको इन्डोनेसियलाई ३७ औँ मिनेटमा नेपालले गोल हानेको थियो ।

सावित्रा भण्डारीको गोलले पहिलो हाफमा अग्रता बनाएको नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमा नै इन्डोनेसियाले गोल फर्काएको थियो । तर अन्तिम समयमा पाएको पि|mकिकमा गोल गर्दै सावित्राले नेपाललाई सान्त्वना जित दिलाइन् ।

इन्डोनेसियासँगको खेलमा प्रशिक्षक हरि खड्काले तीन खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगर साथै डिफेन्डर मनमाया लिम्बुको स्थानमा अमृता जैसी र हिरा भुजेलको स्थानमा कविता धिमाले सुरुवाती ११ मा थिए ।

फिफा वरियतामा १७ स्थान माथि रहेको इन्डोनेसियाविरुद्ध खेलमा दबाव बनाएको नेपालले केही गोलका अवसर भने खेर फाल्यो । फिफा वरियतामा नेपाल १०३ औँ स्थानमा छ भने इन्डोनेसिया ८६ औँ स्थानमा छ ।

पहिलो खेलमा म्यानमारसँग ३-१ र दोस्रो खेलमा भारतसँग पनि ३-१ गोल अन्तरले नै हारेर नेपाल अन्तिम खेलअघि नै छनोटबाट बाहिरिसकेको थियो । यस्तै अन्तिम खेल अगावै बाहिरिएको इन्डोनेसिया पनि पहिलो खेलमा भारतसँग २-० र दोस्रो खेलमा म्यानमारसँग ६-० ले हारेको थियो ।

ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा समूह सी मा रहेको नेपाल तेस्रो भएको थियो । त्यसबेला भारत, म्यानमार र बंगलादेश तीन टिमसँग नेपालले १-१ को बराबरी खेलेको थियो । समूहको तेस्रो स्थानमा रहेपनि सबै समूहबाट उत्कृष्ट तेस्रो हुँदै दोस्रो चरणमा पुगेको थियो ।

post image

 चैत २६, काठमाडौं । वेस्ट इण्डिजका पूर्वराष्ट्रिय ब्याटसम्यान शिवनारायण चन्द्रपालले टी-२० क्रिकेटमा दोहोरो शतक हान्दै नयाँ कीर्तिमान बनाएका छन्।

उनले इण्डिजको एक घरेलु प्रतिष्पर्धामा यो कीर्तिमान कायम गरेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका ४४ वर्षे चन्द्रपालले मात्र ७६ बलमा दोहोरो शतक बनाएका हुन्।

यसक्रममा उनले २५ चौका  र १३ छक्का प्रहार गर्दै २१० रन बनाएका थिए। उनले डायन स्मिथसँग पारीको सुरूवात गरेका थिए। स्मीथले पनि २९ बलमा ५४ रनको पारी खेले। यस क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरे।

अप्रिल २ मा खेलिएको यस म्याचमा चन्द्रपालको टोली १९२ रनले विजयी भएको थियो। उनको टोलीले कुल ३०३ रन बनाएको थियो।

उनले दोहोरो शतक प्रहार गरे पनि यो घरेलु प्रतिष्पर्धा भएकाले  क्रिकेटको रेकर्डमा भने औपचारिक रूपमा अंकित भने हुनेछैन। उनले ३ वर्ष पहिले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए।

post image

चैत २४, काठमाडौं ।  नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दैछ ।

बैंगलोरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार मध्यान्ह ४ः१५ मा सुरु हुनेछ । यसअघिका चार खेलमध्ये दुई खेलमा जित निकालेको दिल्ली आजको खेलमा जित निकाल्दै अंक तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ  । यता लगातार हार ब्यहारेको बैंगलोर भने आजको खेलमा जित निकाल्दै आफ्नो खाता खोल्ने लक्ष्यमा छ ।

पछिल्लो ३ खेलमा उत्कृष्ट बलिङ गरेका सन्दीपले ४ विकेट लिएका छन् । त्यसैले दिल्लीले बैंगलोरविरुद्धको खेलमा सन्दीपलाई खेलाउने सम्भावना धेरै छ । दिल्लीको सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन ।

यस्तै आइतबार नै हुने अर्काे खेलमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुनेछ ।

post image

 चैत २४, काठमाडौं । गाब्रिएल जेससले गरेको एक मात्र गोल निर्णायक बन्दा म्यानचेष्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमिफाइनलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो।

सिटीका लागि जेससले खेलको चौथो मिनेटमै गोल गर्द अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल नहुँदा जेससको गोल नै निर्णायक बन्यो।

सिटीले अब फाइनलमा वाटफोर्ड र वल्भ्सबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

post image

चैत २२, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगार्थ भोलि मातृभूमि कप क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ । प्रतियोगितामा कलाकारहरुको दुई टोलीले मनोरञ्जनात्मक र राष्ट्रिय क्रिकेटरको दुई टोलीले प्रतिस्पर्धात्मक क्रिकेट खेल्नेछन् ।

भोलि दिउँसो १० बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि टिकटदर १ हजार र तीन सय रुपैयाँ तोकिएको छ । खेलको टिकट इसेवामार्फत पनि काट्न सकिने छ । साथै रंगशाला निर्माणको सहयोगार्थ स्वेच्छाले थप रकम दिन पनि सकिनेछ ।

क्रिकेटर र कलाकारहरुलाई ‘ए’ र ‘बी टोलीमा विभाजन गरेर खेलाइने छ । क्रिकेटरको ‘ए’ टिमको नेतृत्व पारस खड्काले र ‘बी’ टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै कलाकारको ‘ए’ टिमको नेतृत्व मदनकृष्ण श्रेष्ठले र ‘बी’ टिमको नेतृत्व हरिवंश आचार्यले गर्नेछन् । क्रिकेटरबीचको खेल अगाडि कलाकारबीचको खेल आयोजना हुने बताइएको छ ।

अहिले अभ्यासका लागि सुनिल थापा, बद्री पंगेनी, सरोज खनाल, दयाहाङ राई, निश्चल बस्नेत, सुरजसिंह ठकुरी, सलिनमान बनिया लगायत कलाकारहरु दैनिक किर्तिपुर मैदानमा धाइरहेका छन् । आज कलाकारको समुह विभाजन गरिएको छ ।

ए टिममा मदनकृष्ण सहित सुनील थापा, कमल मैनाली, बद्री पंगेनी, श्याम पुरी, कुमार कट्टेल, कर्म शाक्य, सन्दीप क्षेत्री, हेमराज बिसी, घनश्याम गौतम निराजन प्रधान, सन्तोष लामा, अनमोल गुरुङ, राजु ढकाल, दिपक ढकाल र दिलिप ओखेडा रहेका छन् ।

यस्तै, समूह बीमा हरिवंशसहित निर शाह, सरोज खनाल, निश्चल बस्नेत, दयाहाङ राई, बीरेन्द्र हमाल, हेमन्त राना, पल शाह, सलिनमान बनिया, हेमन्त शर्मा, अनुराग कुँवर, शंकर केसी, कृष्ण काफ्ले, अर्जुन घिमिरे, राजा राजेन्द्र पोखरेल र माओत्से गुरुङ रहेका छन् ।

क्रिकेटरको भने टोली विभाजन यसअघि नै भइसकेको छ । नेपाल ‘ए’ मा पारससहित शरद भेषावकर, अनिलकुमार शाह, ललितनारायण राजवंशी, सोमपाल कामी, अविनाश बोहरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनील धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की छन् । नेपाल ‘बी’ मा कप्तान ज्ञानेन्द्रसहित विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुसन भारी, दिलीप नाथ र प्रदीप ऐरी छन् ।

भोलिको खेलबाट उठेको रकमको १५ प्रतिशत हिस्सा बाराका हुरी पिडितहरुलाई छुट्याउने फाउन्डेसनले घोषणा गरिसकेको छ ।

post image

 चैत २२, काठमाडौं । आंइपीएल २०१९ अन्तर्गत दिल्ली क्यापिटल्सले तेस्रो हार बेहोरेको छ। बिहीबार घरेलु मैदानमा भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग ५ विकेटले पराजित भएको हो।

लगातार तेस्रो जितपछि हैदरावाद अंकतालिकामा पहिलो स्थानमा उक्लेको छ। पहिलो खेलमा कोलकता नाइट राइडर्ससँग पराजित भएको हैदरावादले त्यसयता राजस्थान रोएल्स, रोएल च्यालेन्जर्स बैँगलोर र दिल्लीलाई पराजित गरेको हो।

चार खेलपछि पञ्जाव र चेन्नाई समान ६ अंक जोडेको हैदरावादले रनरेटमा दुई टिमलाई पछि पारेको हो।

घरेलु मैदान फिरोज शाह कोत्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२९ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयास अयेरले सर्वाधिक ४३ रन बनाए भने अक्सर पटेलले १३ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा नटआउट २३ रन बनाए। हैदरावादका भुवनेश्वर कुमार, मोहम्मद नावी र सिद्दार्थ कउलले २-२ विकेट लिए।

जवाफमा १३० रनको लक्ष्य हैदरवादले १८.३ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। हैदावारदका लागि ओपनर डेविड वार्नर र जोनी बेर्स्टोवले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गर्दै गितलो सुरुवात दिलाएका थिए।

बेर्स्टोवले सर्वाधिक ४७ रन बनाए। विजय शंकरले १६ तथा वार्नर मनिस पाण्डे र दिपक हुडढाले समान १० रन बनाए। मोहम्मद नावीले नटआउट १७ रन योगदान गरे।

दिल्लीको लागि पहिलो ओभर नै बलिङ गरेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। उनले विकेट लिन अन्तिम बलसम्म कुर्नुपरेको थियो। दिल्लीका लागि किफायती बलिङ गरेका राहुल तेवाटियाले ३ ओभरमा १० रन खर्चेर १ विकेट लिए।

यस सिजन पाँच खेल खेलिसकेको दिल्लीले २ जित र तीन हारको नतिजापछि ४ अंक जोडेको छ र अंक तालिकामा पाँचौ स्थानमा छ। समान अंक भएको रनरेटको आधारमा कोलकता नाइट राइडर्स चौथो र मुम्बई इन्डियन्स छैटौँ स्थानमा छ। कोलकताले ३ र मुम्बईले ४ खेल हारेको छ।

 

post image

 चैत २१, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्दीप लामिछाने संलग्न रहेको दिल्ली क्यापिटल्सले बिहीबार राति (आज) सनराइजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्दैछ ।

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समयअनुसार ८ बजेर १५ मिनेटमा दिल्लीले आफ्नै मैदानमा हैदरावादसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

हैदरावादलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिनेछ । दिल्लीले चारखेलबाट दुई खेलमा हार र दुई खेलमा जित हा पार्दै चार अंक बटुलेर लिगको अहिले पाँचौ स्थानमा छ । यता, हैदरावाद भने लिगको तेस्रो स्थानमा छ । हैदरावादले पनि दिल्लीलाई पराजित गरे शीर्ष स्थानमा उक्लिने छ ।

हैदरावाद र दिल्ली प्रतिस्पर्धा गर्दै गर्दा यहाँ चर्चित दुई खेलाडीको जम्काभेट हुने छन् । जहाँ नेपालका उदाउँदा तारा सन्दीप लामिछाने र आईसीसी विश्व वरियताका नम्बर एक बलर अफगानिस्तानका रसिद खानबीच भेट हुनेछ ।

जारी प्रतियोगितालाई नियाल्ने हो भने रसिद भन्दा पनि सन्दीप अब्बल देखिएका छन् । यो तथ्य यही आईपीएलले देखाउँछ । जारी आईपीएलमा सन्दीपले दुई खेलबाट तीन विकेट लिएका छन् ।

यता, रसिद भने गएको सिजनमा जस्तो चल्न सकेका छैनन् । आफ्नो टिमले खेलेको तीनै खेलमा मुख्य सदस्य रहेका रसिदले तीन खेलबाट दुई विकेट लिएका छन् ।

आईपीएलको वेबसाइटको दिल्ली र हैदरावादको प्लेइङ इलाभेन

दिल्ली :

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), रिशव पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस, हनुमा विहारी, हर्षल पटेल, कागिसो रबडा, अभेष खान र सन्दीप लामिछाने ।

हैदरावाद :

डेभिड वार्नर, जोनी ब्रेस्ट्ओ, विजय शंकर, मनिष पाण्डे, युसुफ पठान, मोहम्मद नावी, दिपक होडा, राशिद खान, भुवनेश्वर कुमार, सिद्धार्थ काउल र सन्दीप शर्मा ।

post image

चैत २१, काठमाडौं ।  मुम्बई इन्डियन्ले आइपीएल २०१९ मा बुधवार चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको छ। यस हारपछि चेन्नाईको विजयात्रामा ब्रेक लागेको छ। यस सिजन आइपीएलमा अब कुनै पनि टिम अपराजित छैनन्। उता मुम्बईले भने दोस्रो जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ७० रन बनाएको थियो। सूर्य कुमार यादवले अर्धशतक बनाएको इनिङ्समा क्रुनल पाण्डया, हार्दिक पाण्ड्या र काएरन पोलार्डले अन्तिममा आक्रमक ब्याटिङ गरेका थिए।

यादवले ४३ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाए। क्रुनलले ३२ बल खेल्दै ५ चौका र १ छक्काको म द्दतमा ४२ रन जोडे। मुम्बईले अन्तिम ४ ओभरमा ६७ रन जोड्दा हार्दिक र पोलार्डले विष्फोटक ब्याटिङ गरे। यो जोडीले अन्तिम २ ओभरमा ४५ रन जोडे। हार्दिकले ८ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा नटआउट २५ रन बनाए। पोलार्डले ७ बलमा २ छक्का प्रहार गर्दै नटआउट १७ रन जोडे।

१७१ रनको लक्ष्य पछ्याएको साविक विजेता चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो। केदार जादवले अर्धशतक बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। जावदले ५४ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा ५८ रन बनाए। सुरेश रैनाले १६ रन जोडे।

बलिङमा मुम्बईका हार्दिकले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। लथिस मालिंगाले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट नै लिए। यस्तै आइपीएलमा यसै खेलबाट डेब्यु गरेका अष्ट्रेलियन खेलाडी जासोन बेहरोनडर्फले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

post image

चैत १७, काठमाडौं ।  नेपाली महिला क्रिकेटको इतिहासमा टि २० क्रिकेटको लागि पहिलोपटक अक्सन भएको छ। एनसीएल स्पोर्ट्सले आयोजना गर्न लागेको वुमन्स टी २० क्रिकेट लिगको अक्सन आइतबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भएको हो।

अक्सनमा ८० खेलाडी सहभागी थिए। जसमध्ये ४ टिमले ५२ खेलाडी बोलकबोलमार्फत आफ्नो टिममा लिए। तीमध्ये १० खेलाडी सबैभन्दा महँगा मुल्यमा बिके। रुबिना क्षेत्री मार्की प्लेयर रहेको भैरहवा क्वीन्सले सोन खड्का, इन्दु बर्मा र बिन्दु रावललाई अधिकतम मुल्य ७५ हजारमा आफ्नो टिममा पारे।

यस्तै नेरी थापा मार्की प्लेयर रहेको काठमाडौं सुपर च्याम्पियन्स्ले ममता चौधरी, सरिता मगर र रोमा थापालाई ७५ हजारमै आफ्नो टिममा लिए। यसैगरी विराटनगर रोअरिङ लायोनेसले काजोल श्रेष्ठ, अप्सरी बेगमलाई ७५ हजारमै अनुधबन्ध गर्‍यो भने धनगढी ओन्डर वुमनले कविता कुँवर र ज्योति पाण्डेलाई ७५ हजारमै लियो।

यी महंगा १० खेलाडी एकभन्दा बढी टिमले बोलकबोल लगाएपछि लक्की ड्रामार्फत उल्लेखित टिमले आफ्नो बनाउन सफल भए। सहभागी ४ टिमले अक्सनमा १३ खेलाडी लिनका लागि ६ लाख ५० हजार खर्च गर्न पाउने थियो। त्यसमध्ये काठमाडौं र विराटनगरले समान ५ लाख २० हजार खर्चे।

ऐतिहासिक अक्सनपछि वुमन्स टी २० लिगको आयोजक एनसिएल स्पोर्ट्सका प्रमुख जयराज रोयले अक्सन सफलतापूर्वक सम्पन्न भएको र सबै टिमले चाहेको खेलाडी लिन सफल भएको बताए।

यस्तै मार्की प्लेयरहरुले पहिलोपटक भएको अक्सनमा सहभागी हुन पाउँदा फरक अनुभव भएको बताए।

post image

 चैत १७, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल २०१९ मा सुपर ओभर पुगेको पहिलो खेलमा दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान रन बनाएपछि स्कोर टाई भएकाले खेलको नतिजा सुपर ओभरबाट भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले १ विकेट गुमाएर १० रन बनाएको थियो। कोलकताले १ विकेट गुमाएर ७ रन मात्र बनाउन सक्यो। नेपाली खेलाडी सन्दीप लामिछाने समेत खेलेको यस खेलमा दिल्लीका कगिसो रवाडाले सुपर ओभरमा उत्कृष्ट बलिङ गर्दै जित दिलाए।

यस सिजन पहिलो हार बेहोरेको कोलकता ३ खेलपछि ४ अंकका साथ शीर्ष स्थानमा यथावत नै छ। समान अंक भएपनि कोलकताले दिल्ली र चेन्नाईलाई रनरेटमा पछि पारेको हो। दिल्लीले पनि ३ खेल जित्दा दुईमा जित हात पारेको छ। यस सिजन अपराजित एक्लो टिम चेन्नाई ४ अंकका साथ तेस्रो स्थानमा छ।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोत्लामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। १८६ रनको लक्ष्य पछ्याउँदै जित नजिक पुगेको दिल्लीले अन्तिम ओभरमा ६ रन बनाउन नसकेपछि खेल सुपर ओभरमा पुगेको हो। कोलकताका कुलदिप यादवले अन्तिम ओभरमा ५ रन मात्र दिँदै दिल्लीको १ विकेट लिएपछि खेल बराबरी भएको थियो। उक्त ओभरमा १ रनआउट समेत भएको थियो।

आन्द्रे रसेलको विष्फोटक ब्याटिङलाई छायाँमै पार्दै युवा खेलाडी पुथ्वी श ले उत्कृष्ट ब्याटिङ गर्दै दिल्लीलाई जित नजिक पुर्‍याएका थिए। तर १९औँ ओभरमा श ९९ रन बनाएर आउट भएपछि खेलमा नाटकिय परिवर्तन आएको थियो।

पुथ्वी श शतक बनाउनबाट एक रनले मात्र चुके। उनी १९औँ ओभरको चौधो बलमा आउट भए। कोलकताले दिएको १८६ रनको लक्ष्य दिल्लीले  ओभरमा  विकेट गुमाएर पुरा गर्‍यो। दिल्लीका लागि पृथ्वी श ले ५५ बल खेल्दै १२ चौका र ३ छक्का मद्दतमा ९९ रन बनाए।

पथ्वी र कप्तान श्रेयास अयेरले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। अयेरले ३२ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतमा ४३ रन बनाए। यस्तै शिखर धवनले १६ र रिशभ पन्तले ११ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १८५ रन बनाएको थियो। ६१-५ को अवस्थामा रहेको कोलकताको इनिङ्स उकास्न यी दुईले छैटौँ विकेटका लागि ९५ रनको साझेदारी गरे।

रसेलले २८ बल खेल्दै ४ चौका र ६ छक्काको मद्दतमा ६२ रन बनाए। यस सिजन विष्फोटक ब्याटिङ गरिरहेका रसेलको यो पहिलो अर्धशतक हो। यस्तै कप्तान कार्तिकले २६ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रन जोडे। क्रिस लिनले २० रन बनाए।

दिल्लीका लागि हर्शल पटेलले २ विकेट लिए। दिल्लीका बलरमध्ये सबैभन्दा किफायती सावित भएका नेपाली खेलाडी सन्दीप लामिछानेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए।

post image

चैत १५, काठमाडौं । अर्जेन्टिनी टोलीका स्ट्राइकर गोन्जालो हिगुइनले अन्तर्राष्ट्रिय फुटबल खेलबाट सन्न्यास लिएका छन् । सन् २००९ देखि सिनियर टोलीमा खेल्दै खाएका ३१ वर्षीय हिगुइनले बिहीबार राति राष्ट्रिय टोलीबाट सन्यास लिएका हुन् ।

इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक खेल खेलिरहेका हिगुइनले क्लब फुटबलमा थप ध्यान दिन राष्ट्रिय टोलीबाट  सन्यास लिनु परेकाे बताएका छन् । उनी यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगेका थिए । उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । गत वर्षको रुस विश्वकपपछि उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेका थिएनन् ।

‘म राष्ट्रिय टोली छाडेर केही समय परिवारसँग बिताउन चाहन्छु । देशका लागि मैले सकेको योगदान गरे । टोलीबाट खेल्न पाउनु नै मेरा लागि जीवनभर ठूलो कुरा हो । अब मेरो पूर्ण ध्यान चेल्सीमा केन्द्रीत हुनेछ । प्रिमियर लिग साँच्चै रमाइलो जहाँ म रम्न चाहन्छु,’ हिगुइनले भने ।

हिगुइनले अर्जेन्टिनाका लागि तीन वटा महत्पूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए । उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरेका थिए । तर, राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनलाई लिएर उनी सधै आलोचित भए ।

सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट बन्चित भएको थियो । सन् २०१५ को कोपा अमेरिकाको फाइनलमा गोल गर्ने अवसर चुकाएपछि टाइब्रेकरमा पुगेको खेलमा हिगुइनले पेनाल्टी मिस गरेका थिए । त्यसबाट उनी झनै आलोचित भए । सन्यासको क्रममा उनले आफूले राष्ट्रिय टोलीबाट राम्रो खेल्ने प्रयास गरेको दोहोर्याए । ‘सबैले गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन्,’ उनले भने, ‘जब कुनै खेलाडीको आलोचना हुन्छ । त्यसले उसको परिवारलाई पनि असर गर्छ । राष्ट्रिय टोलीबाट खेल्दा सबै खेलाडीले सक्दो प्रयास गरेकै हुन्छ ।’

post image

चैत १४, काठमाडौं । वर्ल्ड फुटसल एसोसिएसनले आयोजना गर्ने फुटसल वर्ल्ड कप खेल्नका लागि नेपाली टोली बिहीवार अर्जेन्टना प्रस्थान गर्दै छ। फिफाले आयोजना गर्ने फिफा फुटसल वर्ल्ड कप भन्दा फरक रहेको यस प्रतियोगितामा नेपालले वाइल्ड कार्ड मार्फत सहभागिता जनाउन लागेको हो।

अर्जेन्टिनामा आयोजना हुने १२औं संस्करणको फुटसलका विश्वकपको नेपाल फुटबल संघले बुधवार बुधवार समिर कार्कीको कप्तानीमा १२ सदस्सीय नेपाली टोलीको समेत घोषणा गरेको छ।

समिरको कप्तानीमा रहेको नेपाली टोलीका अन्य खेलाडीमा दिपेन्द्र रसाइली, दिनेश श्रेष्ठ, बिशाल थापा, सुजनबलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, बरदान लामा, गौरब श्रेष्ठ, ग्रिजेश मान श्रेष्ठ र सन्जिब तामाङ रहेका छन्। यस्तै कमल विष्ट टोलीको प्रशिक्षकमा छन् ।

१२ खेलाडीसहित १७ सदस्यीय नेपालि टोली भोली अर्जेन्टिना जाँदैछन्।  १६ टोलीले प्रतिस्पर्धा गर्ने फुटबल विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालको समूहमा क्यानडा, क्याटलोना र फ्रान्स रहेको छ। नेपालले अप्रिल १ मा क्यानडासंग पहिलो खेल खेल्नेछ।

post image

चैत १३, काठमाडौं । एउटा रियल स्टेट कम्पनीले आफूलाई सम्झौता बमोजिमको पारिश्रमिक नदिएको भन्दै भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।आम्रपाली ग्रुपविरुद्ध उनले दिएको मुद्दामा ४० करोड भारु भुक्तानी माग गरिएको छ ।

यो समूहले धोनीलाई सन् २००९ मा ब्रान्ड एम्बेस्डर नियुक्त गरेको थियो । त्यसपछि धोनीले कम्पनीका केही विज्ञापनमा मोडलिङ गरेका थिए । धोनी सन् २०१६ सम्म सो कम्पनीमा आवद्ध रहेका थिए भने उनकी पत्नी साक्षी पनि कम्पनीको च्यारिटी संस्थामा जोडिएकी थिइन् । अदालतमा धोनीले आफ्नो करिब ३८ करोड ९५ लाख भारु कम्पनीले भुक्तानी नगरेको बताएका छन् ।

‘आम्रपाली गुपले मेरो २२ करोड ५३ लाख साँवा र १६ करो ४२ लाख ब्याज भुक्तानी गरेको छैन,’ भारतीय क्रिकेट टिमका पूर्व कप्तानले भने । उनका अनुसार भुक्तानीमा ढिलाई भए १८ प्रतिशतको दरले ब्याज तिर्ने सम्झौता थियो ।

post image

चैत १३ , काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल र अर्जेन्टिना विजयी भएका छन्।  गाब्रिएल सेससले दुई गोल गरेपछि ब्राजिलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै चेक रिपब्लिकाई ३-१ ले पराजित गरेको हो।

डेविड पालेकाले ३९औँ मिनेटमा गोल गर्दै चेकलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफमा पछि परेको ब्राजिलले दोस्रो हाफमा ३ गोल फर्कायो।

ब्राजिलका लागि रोवर्टो फिरमिनोले ४९औँ मिनेटमा बराबरी गोल फर्काए। जेससले ८३औँ मिनेटमा पहिलो गोल गरे भने अन्तिम समयमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई जित दिलाए।

यस्तै अर्जेन्टिनाले मोरोक्कोलाई १-० ले पराजित गरेको छ। यसअघि भेनेजुएला विरुद्ध खेल्दै राष्ट्रिय टिममा पुनरागमन गरेका लिओनल मेसी विना नै मैदान उत्रेको अर्जेन्टिनालाई जिताउन एन्जल कोरेअले एक मात्र गोल गरे। उनले ८३औँ मिनेटमा निर्णायक गोल गरेका हुन्।

कुवेतसँग नेपाल १-० ले पराजित

प्रकाशित मिती : Tuesday
post image

चैत १२, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोली सोमबार राति कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा १–० ले पराजित भएको छ।

खेलको २९ औं मिनेटमा युसुफ नासेरले निर्णायक पेनाल्टी गोल गरेका थिए। डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीमा नासेर चुकेनन्।

नेपालभन्दा बलियो टोली कुवेतले गरेको पटक–पटकको प्रहारलाई नेपाली गोलरक्षक किरण चेञ्जोङले उत्कृष्ट बचाउहरु गरेका थिए। किरणकै प्रदर्शनका कारण नेपालले कुवेतविरुद्धको पहिलो मैत्रीपूर्ण खेल पनि गोलरहित बराबरीमा रोकेको थियो।

नेपाली फुटबलमा नयाँ प्रशिक्षकका रुपमा योहान कालीन नियुक्त भएपछि उनको यो राष्ट्रिय टोलीबाट पहिलो भ्रमण थियो। खेलपछि प्रशिक्षक कालीनले आफूहरुले राम्रो खेलेपनि पेनाल्टीमा दुर्भाग्यवश गोल खानुपरेको बताए।

post image

चैत १२, काठमाडौं ।चोटका कारण क्रिस्टियानो रोनाल्डोले बीचमै खेल छाेडेपछि साविक विजेता पोर्चुगल युरो कप छनोटमा सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । समूह ‘बी’अन्तर्गत सोमबार राति भएको खेलमा रोनाल्डोले चोटका कारण ३१ औं मिनेटमा मैदान छाडेका थिए ।

दौडने क्रममा एक्कासी ह्यामस्ट्रिङ समस्या आएपछि राेनाल्डाेले मैदान छाडेका थिए । उनले केही समय खेल्न नसक्ने बताएका छन् । नौ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका उनी युक्रेनविरुद्ध भएको खेलमा पूरै समय खेलेका थिए । उक्त खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको थियो ।

पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा सर्वियाले सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गरी अग्रता लिएको थियो । सर्बियाका डुसान डाटिकले गोल गरे । त्यसपछि पोर्चुगलले ४२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

पोर्चुगलका लागि डानिलो परेराले गोल गरेका थिए । दुई खेलबाट दुई अंक बनाएको पोर्चुगल समूहको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको युक्रेनको चार अंक छ ।

post image

चैत ११, काठमाडौं । कोलकाता नाइट राइडर्सले सनराइज हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।कोलकाताको जितमा विस्फोटक व्याट्सम्यान आन्द्रे रसेलको १९ बलमा ४९ रनको नटआउट स्कोरको योगदान महत्वपूर्ण रह्यो। पहिले ब्याटिङ गर्दै हैदराबादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जसलाई कोलकाताले १९.४ ओभरमा ४ विकेट गुमाउँदै हासिल गर्‍यो।

१९ बलमा ४९ रन बनाएका रसेलले समान ४-४ छक्का र चौका प्रहार गरेका थिए। शुभमन गिलले १० बलमा २ छक्काको सहयोगमा नटआउट १८ रनको योगदान दिएका थिए। यी दुबैले पाँचौ विकेटका लागि ६५ रन को अविजित साझेदारी गरे र कोलकातालाई जित दिलाए।

१८२ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको कोलकाताको सुरूवात भने खराब भयो। क्रिस गेल ७ रनमै आउट भएका थिए। त्यसपछि नितिश राणा र रोबिन उथप्पाले दोश्रो विकेटका लागि ८० रनको साझेदारी गरे। उनीहरूले क्रमश: ६८ र ३५ रन बनाए।

उथप्पा फास्ट बलर सिद्धार्थ कौलबाट बोल्ड भए। उथप्पाले २७ बलमा ३ चौका तथा १ छक्का प्रहार गरेका थिए। उथप्पा बाहिरिएपछि कप्तान दिनेश कार्तिक मात्र २ रनमा आउट भए। त्यस्तै ३ विकेट र ११८ रन जोडेको अवस्थामा राना चौथो विकेटको रूपमा बाहिरिए।

यसपछि जितका लागि कोलकातालाई ३ ओभरमा ५३ रन आवश्यक थियो जसलाई रसेलको आक्रमक पारीले हैदराबादबाट जित खोस्यो। पूर्व विजेता हैदराबादका लागि शाकिब अल हसन, सन्दिप शर्मा, सिद्धार्थ र राशिद खानले १-१ विकेट लिए।

यसअघि हैदराबादले ३ विकेटमा १८१ रनको बलियो स्कोर खडा गरेको भएपनि उसका बलरले त्यसलाई जोगाउन सकेनन्। हिजोको खेलमा कोलकाताले टस जित्दै पहिले बलिङ् गर्ने निर्णय गरेको थियो। कोलकाताको यस निर्णयलाई बेयरस्टो तथा वार्नरले दबाबमा पारिदिए।

टिमको ११८ रनमा आउट हुँदा बेयरस्टोले ३५ रन जोडेका थिए। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए। हैदराबादले दोश्रो विकेट ११४ रनमा वार्नरको रूपमा झरेको थियो। एक वर्षपछि आईपिएलमा फर्किएका वार्नर टिमको १४४ रन स्कोरमा आउट भए। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

उनले आईपिएलमा ५० वा त्यो भन्दा बढि रन बनाएको ४० अवसर हो। युसुफ पठान केवल १ रनमा आउट भए।

विजय शंकरले २४ बलमा २ चौका र २ छक्का प्रहार गरेर नटआउट ४० रन जोड्दा मनिष पाण्डेले पाँच बलमा १ चौकासहित नटआउट ८ रनको योगदान दिए। दुबैले चौथो विकेटका लागि नटआउट २९ रनको अविजित साझेदारी गरेका थिए। हैदरवादले अन्तिम ओभरमा १ विकेट गुमाउँदै ३७ रन जोडेको थियो। कोलकाताको लागि रसेलले २ तथा पियूष चावलाले १ विकेट लिएका थिए।

post image

चैत ११, काठमाडौं । आइपीएलमा युवा ब्याट्सम्यान रिसव पन्तले विष्फोटक ब्याटिङ गर्दै ७८ रन बनाएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको छ। दिल्लीले उत्कृष्ट ब्याटिङ गर्दै २१३ रन बनाएको थियो। त्यसपछि मुम्बईलाई १७६ रनमा अलआउट गर्दै विजयी सुरुवात गरेको हो।

मुम्बईको घरेलु मैदान वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो। दिल्लीका लागि रिसभ पन्तले २७ बल खेल्दै ७ चौका र ७ छक्काको मद्दतमा नटआउट ७८ रन बनाए। यस्तै कोलिन इनग्रामले ४७ र शिखर धवनले ४३ रन बनाए।

मुम्बईका मिचेल म्याक्लेघानले ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए। जवाफमा २१४ रनको लक्ष्य पछ्याउदै ब्याटिङ गरेको मुम्बई ४ बल अगाडि नै १७६ रनमा अलआउट भयो। मुम्बईका लागि युवराज सिंह अर्धशतक प्रहार गरेपनि जिताउन पर्याप्त भएन। युवराजले ३५ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५३ रन बनाए। यस्तै क्रुनल पाण्ड्याले ३२ र क्वेन्टन डे ककले २७ रन बनाए। दिल्लीका लागि इशान्त शर्मा र कगिलसो रवाडाले २-२ विकेट लिए।

आइपीएल अन्तर्गत आज किंग्स ११ पञ्जाव र राजस्थान रोएल्सबीच खेल हुनेछ।

post image

चैत १० , काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच प्रतिष्पर्धा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी कोलकतामा सुरु हुने छ । गत वर्षको उप विजेता हैदरावाद र प्ले अफबाटै बाहिरिएको कोलकता दुबै पहिलो खेलमै जित निकाल्दै सुखद सुरुवात गर्ने सोचमा छन् । कोलकताले हाल सम्म दुई पटक आईपीएलको उपाधि जित्दा हैदरावदले १ पटक चुमेको छ ।

हैदरावादमा केन विलियम्सन, मनिष पान्डे, राशिद खान, सकिव अल हसन, जोनी बेरस्टो, मार्टिन गप्टिल, विजय शंकर, सिद्धार्थ कौल, बासिल थाम्पी, सन्दीप शर्मा जस्ता खेलाडी छन् । कोलकतामा दिनेश कार्त्तिक, सुनिल नारायण, क्रिस लिन, रोबिन उथप्पा, शुभमन गिल, आन्द्रे रसेल, जो डेनलीे, कार्लोस ब्रेथवेइट, कुलदीप यादव मुख्य हतियार हुन् ।

त्यस्तै आजकोे दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलेको टिम दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स बीच प्रतिसप्रर्धा हुने छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी मुम्बई सुरु हुने छ । दिल्ली श्रेयर ऐर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ ।

अन्तर्राष्ट्रिय लिगमा पछिल्लो एक वर्ष निरन्तर खेल्दै उत्कृष्ट प्रर्दशन गर्दै आएका आजको पहिलो खेलमै सन्दीपले मौका पाउने उच्च संभावना छ । सन्दीपसँगै शिखर धवन, पृथ्वी शा, ऋषभ पन्त, श्रेयस ऐर, अक्षर पटेल, कागिसो रबाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अमित मिश्रा दिल्लीका मुख्य हतियार हुन् ।

मुम्बईका रोहित शर्मा, इशान किशन, युवराज सिंह, हार्दिक पान्ड्या, क्रुणाल पान्ड्या, किराण पोलार्ड, जसप्रित बुमराह, बेन कटिङ्ग, सूर्य कुमार यादव, क्विन्टन डी कक मुम्वईका प्रमुख खेलाडी हुन् । मुम्बईले ३ पटक आईपीएलको उपाधि जित्दा दिल्ली अहिले सम्म फाईनलमा पुग्न सकेको छैन । यस पटक दिल्लीलाई उपाधिको दावेदार टिमको रुपमा हेरिएको छ ।

post image

८ चैत, काठमाडौं ।  नेपालले साफ महिला च्याम्पियनसीपमा नेपाल भारतद्वारा ३- १ गोलले पराजित भएको छ  ।

विराटनगरको शहीद रंगशालामा भएको खेलमा  नेपालका लागि साबित्री भण्डारी ‘साम्बा’ले ३३ मिनेटमा हेडिङमार्फत गोल फर्काएकी थिइन।

भारतका लागि २७ औं मिनेटमा डालिमा छिब्बरले फ्रिकिक मार्फत गोल गरी शुरुवाती अग्रता लिएको थियो। बराबरीमा हाल्फ़ खेल टुंगिएको भएता पनि भारतले २ गोल थप गर्दा नेपाल गोल बिहिन बन्न पुग्यो ।

post image

८ चैत, काठमाडौं । प्रदेश १ सरकारले नेपालले साफ महिला च्याम्पियनसीप जितेमा प्रत्येक खेलाडीलाई २ लाख दिने घोषणा गरेको छ ।

साफ महिला च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । बिराटनगरमा हुने खेलको पूर्वसन्ध्यामा प्रदेश सरकारले नगद पुरस्कारको घोषणा गरेको हो । यदि नेपाल उपविजेता भएमा प्रत्येक खेलाडीलाई नगद एक लाख दिने प्रदेश सरकारले बताएको छ ।

post image

चैत ७, काठमाडौं ।  युरो कप छनोट खेलको तयारीमा रहेको जर्मनीलाई मैत्रीपूर्ण खेलमा सर्बियाले धक्का दिएकाे छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको हाे ।

खेलमा १२ औं मिनेटमा सर्बियाका लुका जोभिकले गोल गर्दै सर्बियालाई अग्रता दिलाए । तर, जर्मनीलाई गोल फर्काउन लामो समय कुर्नु प-याे । ६९ औं मिनेटमा लियोन गोर्टेज्काले गोल गरेपछि जर्मनीले बराबरीमा पुगेको थियो । दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेको जर्मनीले थप गोल गर्न सकेन ।

इन्जुरी समयमा मिलान पाभकोभ रातो कार्ड पाउँदै बाहिरिएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । उनले लेरोइ सानेलाई फल हानेपछि रातो कार्ड पाएका थिए । युरोकप छनोटअघि कमजोर टोलीसँगको बराबरीले जर्मनी झस्किएको छ । जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसँग खेल्दैछ ।

 

post image

चैत ५, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने अघिल्लो संस्करणको तुलनामा आफ्नो टोली बलियो भएको भन्दै दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्नसक्ने बताएका छन्। आगामी मार्च २३ देखि सुरू हुने १२ औं संस्करणको आईपीएल खेल्न दिल्ली जानुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले यस्तो बताएका हुन् ।

उनले आफ्नो टोली बलियो रहेको र टोलीबाट उपाधि जित्ने लक्ष्य रहेको बताए। तर उनले बलियो टोली हुँदैमा प्रतियोगिता जित्ने भन्दा पनि एकै किसिमको प्रदर्शनले नतिजा हात पर्ने बताए। सन्दीप भोलि ३ महिनासम्म चल्ने प्रतियोगिताका लागि दिल्ली प्रस्थान गर्नेछन् ।

सन्दीपले नेपाललाई गर्व गर्न लायक बनाउन आफू लागिपरेको भन्दै यो सिजन आफूलाई थप जिम्मेवारी थपिएको उनले जानकारी गराए। सन्दीपलाई दिल्लीले अघिल्लो सिजनकै मूल्यमा रिटेन गरेको उनले स्पष्ट पारे। गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो ।

post image

चैत ५, काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। आज पत्रकार सम्मेलन गरी फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल’धुर्मुस’ले  प्रतियोगिता हुने जानकारी दिएका हुन्।

चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरार्ष्ट्रिय क्रिकेट रंगशाला थप रकम संकलनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए। प्रतियोगिता आगामी चैत २३ गते कीर्तिपुरमा हुनेछ ।

‘यस खेलमा राष्ट्रिय टिम ‘ए’ र राष्ट्रिय टिम ‘बी’ बिच प्रतिष्पर्धा हुनेछ। टिम ‘ए’ को प्रतिनिधित्व पारस खड्काले गर्नेछ भने टिम ‘बी’ को प्रतिनिधित्व ज्ञानेन्द्र मल्लले गर्नेछन्,’ कट्टेलले भने, ‘खेललाई अझ रोचक बनाउनका निम्ति क्रिकेट खेलाडीको प्रतियोगिताअगावै कलाकारहरूको पनि प्रतियोगिता राखिएको छ।’

कलाकारहरूलाई पनि दुई टिममै विभाजन गरिएको छ। कलाकारको टिमको प्रतिनिधित्व वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नेछन्।

post image

चैत ५,काठमाडौं । युभेन्टसका स्ट्राइकर क्रिश्चियानो रोनाल्डोलाई अमर्यादित क्रियाकलाप गरेकोमा युरोपियन फुटबलको सर्वोच्व निकाय युइएफपिएले उजुरू दर्ता गरेको छ। उनले च्यामपियन्स लिगमा एथ्लेटिको मड्रिडविरूद्धको खेलमा गोल गरेपछि हर्षोल्लास मनाउँदा अमर्यादित हाउभाउ प्रस्तुत गरेकोमा उजुरी दर्ता गरेको हो।

गोल गरेपछि रोनाल्डोले एथ्लेटिकोका प्रशिक्षक दिएगो सिमोनको नक्कल उतार्दै आफ्नो गोप्य अंग समात्ने काम समेत गरेका थिए।

सिमोनले पनि पहिलो लेग जितेपछि दर्शकदीर्घाका प्रशंसकहरूतर्फ फर्कदै आफ्नो गोप्य अंग समातेका थिए। दोश्रो लेगमा जितेपछि रोनाल्डोले त्यसैको नक्कल गरेका हुन्।

उनले सो खेलमा ह्याट्रिक प्रहार गरे लगत्तै सो हर्कत गरेका थिए। सो खेल युभेन्टसले ३-० ले जितेको थियो।युईएफपिएले यसबारेमा २१ मार्चमा आफ्नो निर्णय सुनाउने छ।

सो हर्कतका लागि सिमोनलाई २० हजार युरो जरिवाना तिराइएको थियो।क्वाटरफाइनलमा युभेन्टसले अजाक्स विरूद्ध खेल्नेछ।

post image

चैत ४, काठमाडौं । लिओनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले ला लिगामा रिल बेटिसलाई ४-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि १० अंकको अग्रता कायम गर्दै उपाधि यात्रा बलियो बनाएको छ।

बेटिसको मैदानमा भएको खेलमा मेसीले १८औँ, ४५औँ र ८५औँ मिनेटमा गोल गरे। यस्तै लुइस सुअरेजले ६३औँ मिनेटमा एक गोल गरे। बेटिसका लागि ८२औँ मिनेटमा लोरेन मोरेनले एक गोल फर्काए। ला लिगामा मेसीको यो ३३औँ ह्याट्रिक हो।

जितपछि लिग लिडर बार्सिलोनाको २८ खेलबाट ६६ अंक भएको छ। समान खेलबाट एट्लेटिकोको ५६ अंक छ।

post image

चैत ३, काठमाडौं ।  आठौं राष्ट्रिय खेलकूदका लागि प्रदेश नंं १ बाट आठ पुरुष र १० महिला गरी १८ खेलाडी छनोट भएका छन्। आठौँ राष्ट्रिय खेलकूद तयारी सचिवालयका अनुसार पुरुष ६० केजीमुनि झापाका रमेश मादिहाङ र लुखिराम मर्दी, ६६ केजीमुनि झापाका देवेन्द्रबहादुर दाहाल खत्री र इलामका विवेक कोइराला, ७३ केजीमुनि इलामका पवन राई र रञ्जीतकुमार यादव, ९० केजीमुनि झापाका मङ्लु मेचे र १०० केजीमुनि सङ्खुवासभाका यमुनाप्रसाद काफ्ले छनोट भएका छन्।

त्यसैगरी महिला ४८ केजीमुनि झापाकी स्वस्तिका सुवेदी र मोरङकी सन्ध्या दाहाल, ५२ केजीमुनि झापाकी दिलमाया लिम्बू र सुनसरीकी सुस्मिता कार्की, ५७ केजीमुनि झापाकी श्रेया मगर र सुनसरीकी विद्यादेवी खड्का, ६३ केजीमुनि झापाकी आशा मेचे, ७० केजीमुनि इलामकी दुर्गा भट्टराई, ७८ केजीमुनि इलामकी सुस्मिता खवास र ७८ केजीमाथि मोरङकी गोमा राई छानिए।

सचिवालयका अनुसार प्रदेश नंं ५ मा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदका लागि सबै प्रदेशहरुमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको छ। “सबै प्रदेशबाट तथ्याङ्क सङ्कलन गरिरहेका छौँ, एक साताभित्र सबै खेलमा सहभागी हुने खेलाडीको नामावली सार्वजनिक गर्नेछौँ”–सचिवालयका संयोजक इन्द्र कार्कीले जानकारी दिए।

post image

फागुन २७, काठमाडौं । इन्जुरी समयमा पाएको पेनाल्टीबाट गृह मैदानमा समग्र गोल अन्तरमा हारेपछि आफू सुत्न नसकेको केलियन एम्बाप्पेले खुलासा गरेका छन्।

च्याप्पियन्स लिग अन्तरगत गत साता भएको खेलमा एमबाप्पेको क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग अवे गोल आधारमा पराजित भएको थियो।

‘म स्तब्ध भएँ। हामीले यो ठाउँमा आउन कडा मेहेनत गरेका थियौं’, एक फ्रेन्च टेलिभिजनसँग एमबाप्पेले भने, ‘म सुत्न सकेको छैन्। म विश्वस्त छु धेरैलाई यस्तै भएको हुनुपर्छ।’

‘इमानदारिताकासाथ भन्नुपर्दा त्यसलाई बिर्सन सजिलो छैन् किनकी च्याम्पियन्स लिग हाम्रो लक्ष्य थियो। रंगशाला अभूतपूर्व अवसरका लागि पूरै भरिएको थियो, हामीले त्यसलाई बिगार्यौं। हामी त्यसलाई बिगार्न चाहदैनथियौं तर अन्तिममा त्यस्तै हुन गयो’, उनले थपे।

यसैगरी उनले आगामी सिजनमा पनि पिएसजीमै रहने ग्यारेन्टी गरे।

post image

 फागुन २४, काठमाडौं । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले राष्ट्रिय फुटबल टोलीमा कमब्याक गरेका छन्। सन् २०१८ को रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट बाहिर रहेका मेस्सीलाई भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा बोलाइएको हो।

स्पेनिस क्लब बार्सिलोनाका ३१ वर्षे स्ट्राइकर मेस्सी पछिल्लो ६ वटा मैत्रीपूर्ण खेलमा टोलीमा थिएनन्। पाँच पटकका फिफा वर्ष खेलाडी मेस्सी विश्वकप फुटबलको अन्तिम १६ बाट अर्जेन्टिना बाहिरिएपछि मेस्सी राष्ट्रिय टिमको जर्सीमा देखिएका थिएनन्।

मेस्सीसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का मिडफिल्डर एन्जल डी मारियालाई पनि टिममा बोलाइएको छ। उनले पनि रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट खेलेका थिएनन्। मेस्सी र डी मारियासँगै म्यानचेष्टर सिटीका निकोलस ओटामेन्डी, टोटेनह्यामका हुवान फोयथ, वाटफोर्डका रोबेर्टो पेरीरा र वेष्टह्यामका मानुयल लान्जीनीलाई पनि प्रशिक्षक लियोनेल स्कालोनीले टिममा राखेका छन्।

यता, प्रशिक्षक स्कालोनीले इन्टर मिलानका माउरो इकार्डी, म्यानचेष्टर सिटीका सर्जियो अग्युइरो र चेल्सीका गोञ्जालो हिगुइनलाई भने टोलीमा राखेका छैनन्। अर्जेन्टिनाले मार्च २३ मा भेनेजुएला र २६ मार्चमा मोरक्कोसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

post image

फागुन  २४, काठमाडौं । भारतिय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई)ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पाकिस्तान सुपर लिग-२०१९ को फाइनल हेर्न आउन दिएको निम्तो अस्विकार गरेको छ।

मार्च १७ मा कराँचीमा लिगको फाइनल हुँदैछ। आईसिसी अध्यक्ष शंशाक मनोहरले व्यक्तिगत कारणले उक्त निम्ता अस्वीकार गरेको बताइन्छ। पिसिबीले बिसिसिआई सहित आईसिसीका सबै बोर्ड सदस्यलाई पिएसएलको पाइनल हेर्ने निम्ता गरेको छ। यसमा अफगानिस्तान, इङ्ल्याण्ड, आयरल्याण्ड, बंगलादेश, जिम्बाबे, अस्ट्रेलिया, न्यूजल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंकाले यसमा सहभागी हुने अनुमान गरिएको छ।

भारतिले पुलुवामा हमलापछि तातिएको भारत-पाक दन्वदका कारण आफ्नो कुनै पनि क्रिकेट अधिकारीलाई पाकिस्तान नपठाउने निर्णयमा छ। पछिल्लो महिना पुलुवामा भएको हमलामा ४० बढि जवानको निधन भएको थियो जसको जवाफमा भारतले पाकिस्तानका केहि शंकास्पद क्षेत्रमा हवाई हमला गरेको थियो।

हमलापछि केहि भारतिय क्रिकेट खेलाडीले पाकिस्तानसँग क्रिकेट सम्बन्ध बिच्छेद गर्नुपर्ने बताएका थिए। यससँगै उनीहरूले आसन्न विश्वकप क्रिकेटमा पाकिस्तान विरूद्ध सम्पूर्ण क्रिकेट म्याच बहिस्कार गर्नुपर्नेसमेत माग गरेका थिए।

खेलाडीले यस्तो माग गरेपनि भारतिय क्रिकेट कन्ट्रोल बोर्डले भारत-पाकिस्तानबिचको विश्वकप भिडन्त रोक्न नसकिने स्पष्ट पारिसकेको छ।

post image

फागुन २३, काठमाडौँ । जर्मन फुटबल टिमका स्ट्राइकर थोमस मुलर प्रशिक्षक जोचिम लोले आफूलाई टिममा छनोट नगर्ने निर्णय लिएपछि क्षुब्द बनेका छन् । आफू अहिले पनि माथिल्लो श्रेणीको फुटबल खेल्न सक्षम रहेको उनको भनाई छ ।

सने २०१४ को विश्वविजेता जर्मन टिमको सदस्य रहिसकेका २९ वषिर्य मुलर सहित ३० वर्षका दुई खेलाडी जेरोम बोटेङ र म्याट्स ह्यूमेल्सलाई २०१९ को जर्मन राष्ट्रिय टिममा समावेश नगर्ने प्रशिषक लोले बताएका थिए ।

यस विषयमा प्रतिक्रिया दिँदै मुलरले भनेका छन्, ‘यो कुरा सुन्दा मलाई रिस उठेको छ । प्रशिक्षकको निर्णयले अचम्भित पनि भएको छु । प्रशिक्षकले निर्णय लिन पाउँछन् , तर यसरी होइन । हामी तीन जना अहिले पनि जुनसुकै स्तरमा खेल्न सक्छौं ।’

बार्यन  म्युनिकका फरवार्ड मुलरले आफ्नो देशका तर्फबाट १०० म्याच खेल्दै ३८ गोल गरेका छन् । सन् २०१० को विश्वकपमा उनले सर्वाधिक गोल गर्दै गोल्डेन बुटसमेत जितेका थिए ।

जर्मनीले आउँदो २० मार्चमा सर्बियाविरुद्ध मैत्रिपूर्ण म्याच खेल्दैछ । त्यसपछि २०२० को यूरो क्वालिफायरमा उसले नेदरल्यान्ड्स विरुद्ध भिड्नेछ ।

post image

फागुन २२, काठमाडौँ । क्रिकेट केन्याको आयोजनामा केन्यामा हुने भनिएको टी-२० क्रिकेट प्रतियोगिताको आयोजना मिति सर्ने भएको छ।

यही मार्च २२ देखि ३१ सम्म केन्यामा ‘८-नेशन ए टिम्स टी २० क्रिकेट सिरिज २०१९’ हुने तय भएको थियो। तर प्राविधिक कारणले गर्दा उक्त प्रतियोगिता समयमै हुन नसक्ने र २-३ साताको लागि मिति पछि सर्ने नेपाल टिमका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकोटी विज्ञप्तीमार्फत जनाएका छन्। प्रतियोगिताको नयाँ मिति क्रिकेट केन्याले केही दिनपछि नै सार्वजनिक गर्नेछ।

post image

फागुन २१, काठमाडौँ । क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डसम्पन्न भएको छ  ।  बिभिन्न ५ विधामा प्रदान गरिएको अवार्ड कार्यक्रम प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुललालको प्रमुख आतिथ्यतामा कमलपोखरीस्थित रसियन कल्चरमा सम्पन्न भएको हो  ।

क्रिकेट खेलाडी संघले पहिलो पटक प्रदान गरेको एनसीसीएस–सीप्यान अवार्डमा रोहितकुमार पौडेलले उदीयमान खेलाडीको अवार्ड जितेका छन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।उनी इमर्जिङ प्लेयर अफ दि इयर बनेका हुन् । उनले अविनाश बोहरा, सन्दीप जोरा, कविता कुँवर र ललितनारायण राजवंशीलाई पछाडि पारे ।  अवार्डसहित उनले ६६ हजार रुपैयाँ पाए ।

रोहितले माघ दोस्रो साता सचिन तेन्दुलकर र सहिद अफ्रिदीलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो खेलाडी बनेका थिए  ।  उनले १२ माघमा यूएईविरुद्ध ५४ रन बनाएका थिए ।

त्यस्तै  क्रिकेट खेलाडी संघले आयोजना गरेको एनसीसीएस सीप्यान अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड कोमलबहादुर पाण्डेलाई दिइएको छ । नेपाली क्रिकेटमा लामोसमयसम्म जीवन विताएका पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाए ।

त्यसैगरी एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सीता राना मगरले जितेकी छन् । उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।

 करण केसीले क्यानडाविरुद्ध खेलेको इनिङ मोमेन्ट अफ इयर बनेको छ । एनसीसीएस(सिप्यान अवार्डमा मोमेन्ट अफ इयरका लागि करणको त्यो इनिङसँगै १० क्षण मनोनयनमा परेको थियो । चरण भोटिङमा करणले बाजी मारेका छन् ।

 एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् । यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए ।यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

कार्यक्रममा नायक तथा हास्य कलाकार सन्दिप क्षत्रिले आफ्नो कमेडी बाट दर्शकलाई हँसाएका थिए भने गायक धर्मेन्द्र सेवानले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । त्यस्तै एनसीसीएसका बिद्यार्थीहरु नृत्य गरेका थिए ।कार्यक्रममा सीताराम कट्टेल , हरिबंश आचार्य ,सन्दिप क्षत्रि लगायतका कलाकार, खेलाडीहरु र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

post image

फागुन २१, काठमाडौं । एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेले जितेका छन् ।

यस विधामा पारस खड्का, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने मनोनयनमा परेका थिए । हाल सन्दिप खेलको क्रममा बाहिर रहेकाले उनको अवार्ड नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले ग्रहण गरेका थिए ।

यस वर्ष उनले अष्ट्रेलियाको बिग बास लिग, बंगलादेश प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिता खेलेका छन् ।

post image

फागुन २१,  काठमाडौं ।  क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले प्रदान गर्ने ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ को वर्षको विशेष विधा उत्कृष्ट क्षणको अवार्ड करण केसीले हात पारेका छन् । अवार्डको विशेष विधा उत्कृष्ट क्षणको मनोनयनमा परेका विभिन्न नौ विधालाई पछि पार्दै करणले अवार्ड हात पारेका हुन् ।

उत्कृष्ट क्षण विजेता अवार्ड अनलाइन भोटिङ मार्फत् गरिएको थियो ।  करणले उत्कृष्ट क्षणको अवार्ड सहित नगद ६६ हजार रुपैयाँ पनि हात पारेका छन् । नामिबियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत फाइनल प्रवेशका लागि निर्णायक खेलमा क्यानडाविरुद्धको खेलमा करण नायक बनेका थिए । हार नजिक रहेको नेपाललाई जितउन्मुख बनाएका करणले बिस्फोटक ब्याटिङ गरेका थिए ।

अवार्डमा महत्वपूर्ण मानिएको विधा मानिएको यस विधामा नेपाली टोेलीको सफलतामा नेपाललाई एकदिवसीय मान्यतासहित अन्तरष्ट्रिय एकदिवसीय र ट्वान्टी–२० सिरिज कब्जा गर्न महत्वपूर्ण रहन गएका क्षणहरु यस विधामा परेका थिए ।

post image

नेपाल (सिप्यान) को आयोजनामा आगामी फागुन २१ गते मंगलवार का दिन एक समारोहका बीच हने “एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।

विभिन्न ५ (पाँच) विधामा पुरस्कार राशी र ट्रफीद्वारा परस्कत गरिने कार्यक्रम अनुसार “एनसीसीएस सिप्यान  मोमेन्ट अफ द इयर २०१८- १९ को लागि मनोनयनमा परेको १० उत्कष्ट क्षणलाई पहिले नै सार्वजनिक गरी एनसीसीएस सिप्यान क्रिकेट अवार्ड २०१९ नामक फेसबुक पेजमा त्यहाँ दिएको लिंकमार्फत अनलाइन बेटीङ्गको माध्यमबाट मत संकलन भइरहेको छ आयोजकले जनाएको छ ।  जुन फागुन २० गतेको मध्य रातसम्म खुल्ला रहने छ ।

यसै गरी एनसीसीएस सिप्यान लाइफटाइम अचिभमेन्ट अवार्ड २०१८- १९ को लागि पनि एक जना क्रिकेट खेलसँग सम्बद्ध महत्वपूर्ण व्यक्तित्वलाई योगदानमा आधारित रहेर छनोट गरी समारोह के दिन नै नाम सार्वजनिक गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

बाँकी रहेका ३ विधाको लागि योग्य खेलाडी छनौट गर्न एक प्राविधिक समिति गठन गरिएको र तोकिएको मापदण्डका आधारमा सो समितिले सिफारिस गरेको खेलाडीहरूलाई बिभिन्न विधामा पुरस्कार राशी र टूफी प्रदान गरिने छ । प्राविधिक समितिको सदस्यहरूमा श्री जगत टमट्टा-मुख्य प्रशिक्षक, श्री विनोद दास- प्रशिक्षक, श्री विनय कुमार भा- अम्पायर, श्री दुर्गानाथ सबेदी- अम्पायर, श्री सरिता श्रेष्ठ र सबास हुमागाई, प्रतिनिधि, नेपाल खेलकुद पत्रकार मञ्च र श्री रमन शिवाकोटी- टेक्निकल कोअर्डिनेटर को रूपमा रहेका छन् ।

यस वर्षको यो कार्यक्रमको मुख्य प्रायोजक र टाइटल स्पन्सरको रूपमा शिक्षाको क्षेत्रमा समर्पित संस्था एनसिसिएस ,मिडिया पार्टनरको रूपमा हिमालय टेलिभिजन र हस्पिटालिटी पार्टनरको रूपमा होटेल क्राउन प्लाजा रहेका छन्।

post image

फागुन १९ ,काठमाडौं ।  रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएको छ  । यही फागुन १८ गते सिफल मैदानमा सम्पन्न भएको यस प्रतियोगितामा महिला तर्फ आस्था भण्डारी बिजेता बन्न सफल भइन ।उनले मोबाइललाई ८२ फिट पर फालेर बिजयी बन्न सफल बनेकी हुन् ।

त्यस्तै पुरुषतर्फ निरज भण्डारीले मोबाइल फालेर मोबाइल जित्न सफल बनेका छन्  । उनले २२१ फित पर मोबाइल   फाल्न सफल भएका थिए  । त्यसैगरी  डिजेबल तर्फ महिलामा सन्ध्या र पुरुषतर्फ यम श्रेष्ठ बिजेता बन्न सफल भएका छन् ।

त्यसैगरी १४ बर्षमुनिका बालबालिकाको तर्फ बाट भने सनिज आलेमगर बिजेता घोषित भए । उनले मोबाइल लाई १०७ फिट पर फालेका थिए ।

रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाण्डौ,रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजनामा भएको यस प्रतियोगितामा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको ग्राम कोअर्डिनेटर तथा रोटरी क्लब अफ रुद्रमति काठमाडौँका मेम्बर किसोर त्रिपाठीले जानकारी गराए  ।

उक्त प्रतियोगिता सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना गरिएको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

यस बर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत भएको  छ ।

post image

 फागुन १९,काठमाडौं । झापामा जारी चौथो संस्करणको झापा गोल्डकप फुटवल प्रतियोगितामा आइतबार विभागीय टोली एपीएफ र मोरङ ११ बीच खेल हुँदैछ। खेल विर्तावजारस्थित डोमालाल राजवंशी रंगशालामा दिउँसो २ बजेदेखि सुरू हुनेछ।

शसस्त्र प्रहरीको एपिएफले टिम र मोरङ ११ पहिलो पटक आमनेसामने हुन लागेका हुन्। दुवै टिमका प्रशीक्षकले जितको दाबी गरेका छन्।

तीन जना विदेशी खेलाडी लिएर मैदानमा उत्रन लागेको मोरङ ११ ले जित आफ्नै पक्षमा हुने दाबी गरेको छ। टिमका प्रशिक्षक सन्जिव वुढाथोकीले एपिएपफको मैदान भित्रको रणनीति हेरेर आफ्नो टिमले पनि तत्कालै रणनीति बदल्न सक्ने बताए। ‘उहाँहरुको टिम सेटको हो तर, हाम्रो कलेक्सन टिम हो, प्रशिक्षक वुढाथोकीले भने, ‘तर पनि हामी सहजै जित्छौ।’

मोरङ ११ बाट किशोर गिरी, विक्रम लिम्वु, सुनिल खड्का, तीर्थ वस्नेत लगायतका अनुभवी खेलाडी खेल्दैछन्। यता शसस्त्र प्रहरीको एपिएफले पनि मोरङ ११ लाई सहजै पाखा लगाउँदै अघिल्लो चरणमा जाने दाबी गरेको छ।

 पोखरामै खेलेको टिम सेटलाई झापामा खेलाउने निर्णय गरेको टिमका प्रशिक्षक रत्नकाजी महर्जनले जानकारी दिए। ‘पोखराको सेट झापामा पनि खेल्छ,’ उनले भने, ‘टिमवर्क, अनुशासन र मैदान भित्रको कम्युनिकेसनै जितको आधार हो।’

एपिएफले आशिष लामा, राजन गुरूङ, कृष्ण श्रेष्ठ विश्वास उदास, राजीव लोक्चन, अमृत चौधरीलगायतका सेट खेलाडी मैदानमा पठाउने भएको छ। यसअघि शनिबार पहिलो खेलमा झापा ११ ले पोखराको सहारा फुटवल क्लवलाई २–० गोल अन्तरमा हराउँदै प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको थियो।

post image

फागुन १५, काठमाडौं । थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गरेको छ। कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो।

रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन्। रुविनाले नेपालको जितबा अलराउण्ड प्रदर्शन गरिन्। आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट लिएकी हुन्।

७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ। एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ। तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ। र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ। उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ।

दोस्रो खेलमै थाइल्याण्डसँग पराजित भएको नेपाललाई बाँकी टिमहरुले पनि चुनौती दिएको थियो। बैँककस्थित एआइटिजी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफमा कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो।

नेपालको लागि बिन्दु रावलले ४९ बल खेल्दै १ चौकाको मद्दतमा नटआउट २८ रन बनाइन्। यस्तै कप्तान रुविना क्षेत्रीले २२, नेरी थापाले १९ र काजल श्रेष्ठले १८ रन जोडे।

४६ रन हुँदा ५ विकेट गुमाएको नेपालको इनिङ्स बिन्दु र नेरीले उकासेका थिए। यी दुईले छैटौँ विकेटका लागि ३७ रनको साझेदारी गरे। यस्तै विन्दु र रुविनाले सातौँ विकेटका लागि ३३ रनको साझेदारी गरे।

रुविनाले १३ बल खेल्दै ३ चौकाको मद्दतमा २२ रन बनाइन्। कुवेतका लागि कप्तान मर्याम ओमार र प्रियदा मुरलीले २-२ विकेट लिइन्।

कुवेतका लागि कप्तान ओमारले सर्वाधिक २९ रन बनाइ। छैटौँ ओभरमा पहिलो विकेटको रुपमा सब्रिन जाकीलाई १२ रन गुमाए पनि ओमा र र मुरलीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गर्दै कुवेतको इनिङ्स उकासेका थिए।

तर करुणा भण्डारीले १४औँ ओभरमा २ विकेट लिनुका साथै एक रनआउट समेत गराएपछि नेपालले कुवेतमाथि दवाव बनाएको थियो। कुवेतका ओमरले २९, मुरलीले १४ र जाकीले १२ रन बनाइन्। मरियमा हैदरले नटआउट १२ रन बनाइन्।

कप्तान रुविनाले इनिङ्सको अन्तिम ३ बलमा कुवेतका खादिजा खलिल, मदिहा जुवेरी र जिफा जिलानीलाई लगातार आउट गर्दै ह्याट्रिक पुरा गरिन्।  नेपालको लागि करुणाले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन्। कप्तान रुविनाले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिइन्। नेरी थापाले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिइन्।

post image

फागुन १३, काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

चीनका लागि जहाङ मिईले ३३ रन बनाइन् । काइयुन जहोउले १८ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले तीन विकेट लिइन् । त्यस्तै, कविता कुँवरले एक विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन मात्र बनायो । नेपालको सुरुवात राम्रो थियो । काजल श्रेष्ठ र सीता राना मगरले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरिन् ।

सीता व्यक्तिगत ११ रनमा आउट भइन् । थप दुई रन जोड्दा काजल पनि १८ रनमा आउट भइन् । त्यसपछि नेपालले लगातार विकेट गुमायो ।

post image

फागुन १३, काठमाडौँ । तिलोत्तमा गोल्डकपको २१ औं संस्करणको उपाधिका लागि सोम्बार विभागीय टिम नेपाल पुलिस क्लवले पाहुना टोली दाउफिन्स एफसी क्यामरूनको सामना गर्दैछ।

गत फागुन ४ गतेदेखि बुटवल ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा जारी गोल्डकपको फाइनल खेल आज दिउँसो साढे २ बजेबाट सुरू हुँदैछ। घरेलु टोली रूपन्देही ११ लाई २–० ले स्तब्ध बनाउँदै दाउफिन्सले उपाधिको यात्रा तय गर्दा नेपाल पुलिसले च्यासल युथ क्लब काठमाडौंलाई ३–१ ले पन्छाएको थियो।

यसै सिजन नेपालको दुई ठूला घरेलु उपाधि जितिसकेको क्यामरूनी क्लबलाई तिलोत्तमा गोल्डकपको उपाधि जित्दै उपाधिमा ह्याट्रिक गर्न विभागीय टिम नेपाल पुलिस तगारो बन्नेछ। यसअघि चार पटक तिलोत्तमा गोल्डकप उचालेको नेपाल पुलिस पाँचौ पटक गोल्डकप उचाल्ने दाउमा हुनेछ।

नेपाल पुलिस क्वलले यो सिजनमा त्यति धेरै ठूला उपाधि चुम्न सकेको छैन। महेन्द्र पुलिस क्लबको नामबाट खेल्दै गर्दा नेपाल पुलिसले २०३५, २०५१, २०५२ र २०५५ सालमा सम्पन्न क्रमशः तेस्रो, नवौं, दशौं र तेह्रौ तिलोत्तमा गोल्डकपको उपाधि जितिसकेको छ।

दाउफिन्सले पनि यसै सिजनमा सम्पन्न मनकामना गोल्डकप, पोखरा र बुढासुब्बा गोल्डकप, धरानको उपाधि जितिसकेको छ। दाउफिन्सका लागि स्ट्राईकर युरेल रातो कार्ड पाएका कारण फाईनल खेलमा उनको अभाव भने खट्किने छ।

२०३३ सालबाट प्रतियोगिता शुरु भए पनि ४२ वर्षको अन्तरालमा २१ औं संस्करण चलिरहेको हो।तिलोत्तमा गोल्डकपको उपाधि विजेताले गोल्डकपसँगै ८ लाख ८० हजार नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले नगद ५ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छ।

यसअघि गोल्डकपको उपाधि विजेताले गोल्डकपसँगै नगद ७ लाख ७७ हजार ७ सय ७७ रुपैया पुरस्कार प्राप्त गरेको थियो। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल उपहार पाउने छन् भने विद्यागत उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा रेफ्रीले २५/२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

post image

फागुन १३ ,काठमाडौं । मोबाइल फालेर मोबाइल जित्ने अवसर भन्दा जो कोहि लाई आश्चर्य लाग्न सक्छ । तर, रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा नेपालमा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना हुँदैछ । रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाण्डौ,रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजना हुन लागेको उक्त प्रतियोगिता यही फागुन १८ गते सिफल मैदानमा चाबेलमा आयोजना हुनेछ । बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता केही घन्टासम्म चल्नेछ ।

सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना हुन लागेको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने प्रोग्राम कोअर्डिनेटर तथा रोटरी क्लब अफ रुद्रमति काठमाडौँका मेम्बर किसोर त्रिपाठीले जानकारी गराए  ।

यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले मुगु जिल्लाका विकट गाविसमा सय जना महिलालाई मोबाइल सेट प्रदान गरिएको थियो भने यस बर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

पन्द्र सयभन्दा बढी सहभागीको अपेक्षा गरिएको प्रतियोगितामा विदेशबाट पनि उल्लेखनीय सहभागिता हुने आयोजकको अपेक्षा छ । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तिन भागमा विभाजन गरेको छ । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई एउटा स्मार्टफोन उपहार स्वरुप प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन आयोजकले ५०० प्रवेश शुल्क निर्धारण गरेको छ । यदि सहभागी हुन चाहनेले चल्ने मोबाइल क्लबलाई प्रदान गरेको खण्डमा निशुल्क सहभागी हुन सक्नेछन् । तर रोटरी र लाइन्स क्लबका सदस्यहरुका लागि १००० र लियो र रोट्र्याकका सदस्यका लागि २५० प्रवेश शुल्क रहेको त्रिपाठीले बताए । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत हुने छ ।

post image

फागुन १२, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतमा मलेसियासंग मैत्त्रीपुर्ण फुटबल खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले चैत दोस्रो साता मलेसियासंग मैत्रिपुर्ण खेल खेल्ने तय भएको आइतवार जानकारी गराएको हो।

खेल मार्च २६ (चैत १२ गते) मलेसियामा हुनेछ। नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा स्वीडिस प्रशिक्षक योहान कालिनलाई अनुबन्धन गरेपछि एन्फाले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको जनाएको हो।

post image

फागुन १२, काठमाडौं । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि विभागीय टिम नेपाल पुलिस क्लब र विदेशी टिम दाफिन्स एफसी क्यामरुन भिड्ने भएका छन्।

एन्फा टेक्निकल सेन्टरमा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा च्यासल युथ क्लब काठमाडौंलाई ३–१ हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गर्‍यो। खेलको सुरूदेखि नै च्यासललाई दबाबमा राखेको नेपाल पुलिस क्लबले खेलको १५ औं मिनेटमा विक्रम धिमालको गोलबाट अग्रता बनायो। पहिलो हाफको खेल १–० को स्थितिमा सकिए पनि दोस्रो हाफमा नेपाल पुलिस क्बलले च्यासलको पोष्टमा थप दुई गोल गर्‍यो।

दोस्रो हाफको १० औं मिनेटमा विक्रम धिमालले हेडमार्फत् व्याक्तिगत दोस्रो गोल गर्दै च्यासलसँगको दूरी २–० मा पुर्‍याए। दोस्रो हाफको १४ औं मिनेटमा अमिर श्रेष्ठ रेड कार्ड खाँदै मैदान बाहिरिएपछि च्यासल १० खेलाडीमा सीमित बन्यो।

दोस्रो हाफमा केही सुधारिएको खेल खेलको च्यासल स्ट्राइकरसँगको तालमेल नमिल्दा पुन: दोस्रो हाफको ३५ औं मिनेटमा नेपाल पुलिसका रवि पाश्वनको गोल गर्दै ३–० अग्रता बनाए। ३–० को अग्रतापछि आक्रमक पोष्ट चार्ज गरेको च्यासलले दोस्रो हाफको ४५ मिनेटमा शान्त बहादुर गुरुङले गोल गर्दै नेपाल पुलिससँगको दूरी ३–१ मा झारे। बाँकी समयमा कुनै पनि गोल हुन सकेन र नेपाल पुलिस क्लब ३–१ विजयी बन्यो। दुई गोल गरेको विक्रम धिमाल म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

प्रतियोगितामा विभागीय २ टिमसहित १० टिमको सहभागिता रहेको छ। २१ औं संस्करणमा तिलोत्तमा गोल्डकपको विजेताले ८ लाख ८० हजार रुपैयाँ नगदसहित कप पाउनेछ भने उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउने छन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल उपहार पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षक तथा रेफ्रीले २५ र २५ हजार नगदबाट सम्मानित हुनेछन्।

फाइनलमा फागुन १३ गते विभागीय टिम नेपाल पुलिस क्लब र विदेशी टिम दाफिन्स एफसी क्यामरुनका बीच हुनेछ।

post image

फागुन १०,काठमाडौं । आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। थाइल्याण्डमा भइरहेको ७ राष्ट्र सम्लितित एसिया रिजनल क्वालिफायरमा नेपालको यो दोस्रो जित हो। पहिलो खेलमा मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा घरेलु टोली थाइल्याण्ड हार बेहोरेको थियो। यसअघि लगातार तीन खेल जितेको युएईको भने यो पहिलो हार हो।

युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको लागि ओपनर काजल श्रेष्ठले २५ बल खेल्दै ४ चौकाको मद्दतमा १६ रन बनाइन्। यस्तै १७ बल खेलेकी रुविना क्षेत्रीले २ चौका र १ छक्का प्रहार गर्दै नटआउट १८ रन बनाइन्।

उपकप्तान सीता राना मगर ६ रन बनाएर आउट भइन् भने टी २० अन्तर्राट्रियमा डेब्यु गरेकी अप्सरी वेगमा ४ बल खेल्दै शुन्यमा आउट भइन्। युएईका लागि इशा रोहित ओजाले २ विकेट लिइन्।

त्यसअघि बैँककस्थित टेर्डथाई क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको युएई नेपाली बलरको घातक बलिङसामु टिक्न नसक्दा १७.३ ओभरमा ४१ रनमा अलआउट भएको थियो। नेपालको लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन्।

खराब सुरुवात गरेको युएईले १९ रनमै ६ विकेट गुमाएको थियो। सातौँ विकेटका लागि चमानी सेनेभिरत्न र नेशा शर्माले १६ रनको साझेदारी गर्दै युएईको स्कोर केही उकासेका थिए।

सेनेभिरत्नले २९ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। दुई खेलाडी रनको खाता नखोली आउट भए। युएईलाई अलआउट गर्न नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। नेपालको लागि नेरी थापाले ३.३ ओभरमा १ ओभर मेडन राख्दै मात्र ६ रन खर्चेर ४ विकेट लिइन्।

यस्तै उपकप्तान सीता राना मगरले ४ ओभरमा १ ओभर मेडन राख्दै ७ रन मात्र खर्चेर २ विकेट लिइन्।कविता कुँवरले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन् भने सोनु खड्काले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन्। कप्तान रुविना क्षेत्रीले २ ओभरमा १ ओभर मेडन राख्दै २ रन मात्र खर्चिइन्।

post image

फागुन ९, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुने भएको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको इलिमिनेटर खेलमा महेन्द्रनगरले रुपन्देहीलाई एक रनको झिनो अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

११६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ११४ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका लागि प्रदीप ऐरीले २८ रनमा आउट भए । त्यस्तै, रुपन्देहीका लागि बाबर हायतले २८ र विनोद भण्डारीले २३ रन बनाए ।

अन्तिम ओभरमा रुपन्देहीलाई पाँच रनको अवाश्यक थियो । रुपन्देहीको जित सुनिश्चित जस्तै थियो तर अन्तिम ओभर बलिङ गर्न महेन्द्रनगरका अविनाश बोहोरा आए । १९.४ ओभरमा प्रदीप ऐरी रन आउट भएपछि १९.५ ओभरमा विक्रम सोब पनि क्याट आउट भए । अब अन्तिम बलमा तीन रन चाहिएको थियो तर दुई रनका लागि बसन्त रेग्मी दौडिएपछि उनी रन आउट हुन पुगे । योसँगै खेल एक रनले महेन्द्रनगरले जित्यो ।

महेन्द्रनगरका लागि अविनाश बोहोराले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११५ रन बनायो । महेन्द्रनगरका लागि कप्तान शरद भेषावकर २९ रनमा अविजित रहे ।

त्यस्तै, सुब्रमनियन आनन्दले २०, अमरसिंह रौटेलाले १९, मोहम्मद नाभिदले १८ र आरिफ शेखले ११ रन बनाए । त्यस्तै, अविनाश बोहोराले पाँच बलमा ११ रन बनाए ।बलिङतर्फ ललित भण्डारीले चार विकेट लिए । त्यस्तै, पुनित मेहराले तीन र बसन्त रेग्मीले दुई विकेट लिए ।

डीपीएलको फाइनलमा भने सीवाईसी अत्तरिया पुगिसकेको छ । दोस्रो क्वालिफायर शुक्रबार हुने छ भने फाइनल खेल शनिबार हुनेछ ।

post image

फागुन ८,काठमाडौं । मोबाइल फालेर मोबाइल जित्ने अवसर भन्दा जो कोहि लाई आश्चर्य लाग्न सक्छ । तर, रोटरी क्लब र रोट्रयाक क्लबको सहआयोजनामा नेपालमा मोबाइल फाल्ने प्रतियोगिताको आयोजना हुँदैछ । रोटरी क्लब अफ रुद्रमती, रोट्र्याक क्लब अफ रुद्रमती बबरमहल काठमाण्डौ,रोट्र्याक क्लब अफ रुद्रमती र रोट्र्याक क्लब अफ मनोहराको संयुक्त आयोजना हुन लागेको उक्त प्रतियोगिता यही फागुन १८ गते सिफल मैदानमा चाबेलमा आयोजना हुनेछ । बिहान १० बजेबाट सुरु हुने प्रतियोगिता केही घन्टासम्म चल्नेछ ।

सन् १९९६ मा फिनल्यान्डबाट सुरु भएको उक्त प्रतियोगिता नेपालमा तेस्रो पटक आयोजना हुन लागेको हो । यो प्रतियोगिता सन् २०१५ मा पहिलो पटक रोटरी क्लबले नै आयोजना गरेको थियो । सामाजिक कार्यका लागि आयोजना गर्न लागिएको उक्त प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउँमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले मुगु जिल्लाका विकट गाविसमा सय जना महिलालाई मोबाइल सेट प्रदान गरिएको थियो भने यस बर्षको प्रतियोगिताबाट उठेको रकमले काठमाडौं तथा देशका विभिन्न ठाउमा रहेका शारीरिक रुपले अपांगता भएका महिलाहरुलाई मोबाइल सेट वितरण गरिने छ ।

यसअघि भएका प्रतियोगिताबाट संकलित रकमले मुगु जिल्लाका विकट गाविसमा सय जना महिलालाई मोबाइल सेट प्रदान गरी मोबाइलको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर जानकारी पनि दिइएको थियो ।

पन्द्र सयभन्दा बढी सहभागीको अपेक्षा गरिएको प्रतियोगितामा विदेशबाट पनि उल्लेखनीय सहभागिता हुने आयोजकको अपेक्षा छ । आयोजकले प्रतियोगितालाई १४ वर्ष मुनि र त्यो भन्दा माथिका महिला र पुरुष गरी तिन भागमा विभाजन गरेको छ । हरेक समूहबाट सबैभन्दा टाढा मोबाइल फाल्नेलाई एउटा स्मार्टफोन उपहार स्वरुप प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउन आयोजकले ५०० प्रवेश शुल्क निर्धारण गरेको छ । यदि सहभागी हुन चाहनेले चल्ने मोबाइल क्लबलाई प्रदान गरेको खण्डमा निशुल्क सहभागी हुन सक्नेछन् । तर रोटरी र लाइन्स क्लबका सदस्यहरुका लागि १००० र लियो र रोट्र्याकका सदस्यका लागि २५० प्रवेश शुल्क रहेको त्रिपाठीले बताए । उक्त कार्यकम पश्चात रक्तदान कार्यकम र महिला व्हील च्यर बास्केटबल प्रतियोगिता समेत हुने छ ।

post image

फागुन ८,काठमाडौं ।अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को फाइनलमा पुगेको छ। बुधबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो।

अत्तरियाले दिएको १११ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा १८.३ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटियो। काठमाडौंका लागि गौरभ तोमाले २६ रन बनाउँदा योगेन्द्र सिंह कार्की र कप्तान ज्ञानेन्द्र मल्लले समान ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्मेनले दोहोरो रनको स्कोर छुन सकेनन्।

काठमाडौंलाई सस्तैमा रोक्न अत्तरियाका लागि सन्नी पटेलले ३ विकेट लिँदा भुवन कार्की र कमलसिंह ऐरीले २-२ विकेट लिए। कप्तान दीपेन्द्र सिंह ऐरीले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिएर १ विकेट लिए।

यसअघि प्रस्तावित अन्तर्राष्ट्रिय फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १० रन बनाएको थियो। अत्तरियाका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाउँदा भारतीय खेलाडी सन्नी पटेलले २८ रन जोडेका थिए।

जय किशन कोल्सावालाले १३ रन बनाउँदा सुवेन्द्र पाण्डेले १६ रन जोडे। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

काठमाडौंका लागि अंकित दवास र सूर्य तामाङले समान २-२ विकेट लिँदा राशिद खान र योगेन्द्रसिंह कार्कीले समान एक एक विकेट आफ्नो नाममा लेखाए।

post image

७ फागुन, पोखरा । सफल पोखरा म्याराथनको उपाधि नेपाल आर्मीका हरिकुमार रिमालले जितेका छन् । २ घन्टा ४०.१० सेकेन्डमा ४२ किलोमिटर पार गर्दै उनले उपाधि जितेका हुन् ।भूतपूर्व खेलाडी मञ्च नेपालले गरेको १३ औं संस्करणको सफल पोखरा म्याराथनको उपाधि जितेका रिमालले १ लाख रुपैयाँ र ट्रफी हात परे ।

सशत्र प्रहरी बलका खिमबहादुर खत्रीले २ घन्टा ४०.२० सेकेण्डमा दौड पूरा गरेर दोस्रो भए भने तेस्रो भएका नेपाल प्रहरीका भूमिराज राईले २ घन्टा ४१ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरे । २ घन्टा ४२ मिनेट ५५ सेकेन्डमा दौड पूरा गरेका नेपाली सेनाका पूर्ण तामाङ चौथो भए ।

प्रतियोगितामा  दोस्रो भएका खिमबहादुरले ७० हजार, तेस्रो भएका भूमिराजले ५० हजार र चौथो भएका पूर्ण तामाङले ७ हजार रुपैयाँ प्राप्त गरे ।

१० किमी पुरुषतर्फको दौडमा तीनै वटा उपाधि नेपाली सेनाले हात पार्‍यो । सेनाका विकास कार्की, राजन रोकाया र शिवबहादुर रायमाझी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । १० किमी महिलातफको दौडमा नेपाल प्रहरीकी राजपूरा पछाईं पहिलो, सशत्र प्रहरी बलकी वृन्दा श्रेष्ठ दोस्रो र नेपाली सेनाकी सरिता वंशी तेस्रो भइन् ।।

५ किमी दौडमा छात्रछात्रा सहभागी थिए । जसमा छात्रतर्फ शहीद स्मृतिको तुलबहादुर घर्तीमगर र छात्रातर्फ बेसलाइन एकेडेमीका ललिता लामिछानेले उपाधि जिते । उनीहरुले ५/५ हजार पुरस्कार जिते ।

प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली पहिलो, भरत अधिकारी दोस्रो र हेमबहादुर गुरुङ तृतीय भए । यस्तै महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पवित्रा विक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ जिते।

१०० मिटर दृष्टिविहीन दौडमा पुरुषतर्फको बी वानमा आदेश बस्याल पहिलो, सुनील राना दोस्रो र प्रेम क्षेत्री तेस्रो भए । यस्तै बी टूमा दुर्गादत्त पौडेल पहिलो, आशिष खड्गी दोस्रो र राम गुरुङ तेस्रो भए ।

दृष्टिविहीन महिलातर्फको बी वानमा रितादेवी थापा, बिपना खनाल र माया गौतम क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । बी टूतर्फ बिनिता पुन पहिलो, सरिता घिमिरे दोस्रो र सुकु बिक तेस्रो भए । पहिलो हुनेले ५, दोस्रोले ३ र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार पाए ।

म्याराथनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्दै धावकसँगै केही मिटर दौडिएका थिए । मुख्यमन्त्रीसँगै प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान पनि केही बेर दौडिएका थिए ।

‘दौडौं पोखराका लागि, दौडौं स्वास्थ्यका लागि’ नाम दिएर पोखरा म्याराथन गरिएको हो । भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेज गुरुङले म्याराथनलाई सिंगो पोखराले सेलिब्रेसन गरेको बताए ।

म्याराथनका विजेतालाई सामाजिक विकासमन्त्री नरदेवी पुन, सांसद मोहन रेग्मी, कृष्ण थापालगायतले पुरस्कार प्रदान गरे ।

post image

फागुन ७ ,काठमाडौं  । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाको महिला टोलीलाई पराजित गर्दै आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर (एसिया) मा विजयी सुरुवात गरेको छ। थाइल्याण्डमा भइरहेको क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मंगलवार मलेसियामाथि ३४ रनको जित हात पारेको हो।

बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको हो। यो टी २० अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर समेत हो।

१२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो। पहिलो खेलमा सोमवार कुवेतलाई पराजित गरेको मलेसियाको यो पहिलो हार हो। ओपनर सीता राना मगर र कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले राम्रो स्कोर बनाएको थियो।

पहिलो विकेटका लागि सीताले काजोल श्रेष्ठसँग ४६ रनको साझेदारी गरिन्। नेपालको लागि ओपनर सीता राना मगरले ४० बल खेल्दै २ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाइन्। यस्तै ओपनर काजल श्रेष्ठले १६ तथा इन्दुर बर्माले १३ रन बनाइन्। कप्तान रुविना क्षेत्री बेलबाशीले नटआउट ३३ रन बनाइन्। २५ बल खेलेली रुविनाले ३ चौका प्रहार गरिन्।

नेरी थापा मगर ६ रनमा रनआउट भइन् भने ममता चौधरीले खाता खोल्न सकिनन्। मलेसियाका विनिप्रेड दुराइसिंगम, लागि सशा अज्मी र जुमिका अज्मीले एक-एक विकेट लिइन्।

मलेसियाका लागि क्रिस्टिना बरेटले सर्वाधिक २१ रन बनाइन् भने दुराइसिंगमले १८ रन जोडिन्। यी दुईले तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गर्दै १० रन हुँदा २ विकेट मलेसियाको स्कवर उकासेका थिए। तर ११औँ ओभरमा करुण भण्डारीले बरेटलाई कट एण्ड बोल्ड गरिन् भने १३औँ ओभरमा दुराइसिंगमलाई बोल्ड गरिन्। यस्तै सशा अज्मि १६ रनमा नटआउट रहिन्।

नेपालको कसिलो बलिङ सामु अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। नेपालको लागि करुण भण्डारीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्। यस्तै सरीता मगरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन्। कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिइन्। सीताले ४ ओभरमा १७ रन खर्चिन् भने कविताले २ ओभरमा ६ रन दिइन्।

post image

फागुन ७,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ । जीतका लागि १ सय २७ रन पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र ९२ रन बनाउन सक्यो ।नेपाललाई जीत दिलाउन करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिए भने सीता राना मगर र कबिता कुँवरले १–१ विकेट लिए ।

मलेसियाका लागि क्रिस्टिना बेरेटले सर्वाधिक २१ रन बनाइन् भने सासा आज्मीले नटआउट रहँदै १६ रन बनाइन् । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् ।

नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्र्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

post image

फागुन ६, काठमाडौं ।  नेक्सस क्रिकेट एकेडेमीले “ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर  यसै वर्ष एसईई दिने खेलाडीहरु लाई लक्षित गर्दै ट्यालेन्ट हन्ट बाट खेलाडी छनोट गरी ‘ब्रमास्मी एसईई एकदिवसीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराएको हो ।

बैशाख अन्तिम साता काठमाडौंम हुने प्रतियोतिाको लागि सोमबारै ब्रमास्मी कलेजसँग मुख्य प्रायोजन सम्झौता भएको छ । सम्झौतामा नेक्सस एकेडेमीका अध्यक्ष भरत कुमार शाही र ब्रमास्मी कलेजका निर्देशक सुनन्दा रेग्मीले हस्ताक्षर गरे । सम्झौतापछि ब्रमास्मीले ७ लाख ५० हजार रूपैया उपलब्ध गराउनेछ । यस्तै ब्रमास्मीले ट्यालेन्ट हन्टमा सहभागी सबै खेलाडीलाई पुर्ण देखि आंशिक छात्रवृत्ति उपलब्ध गराउने छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत कुमार शाहीले जानकारी गराए । उनले प्रतियोगितामा क्षमताको आधारमा धेरै भन्दा धेरै खेलाडीको सहभागिता होस भन्ने उद्देश्यले प्रमुख ११ शहरमा ट्यालेन्ट हन्ट आयोजना गरिएको बताए ।

प्रतियोगिता भन्दा अघि आयोजकले देशभरको ११ प्रमुख शहरमा ट्यालेन्ट आयोजना गर्ने छ । ट्यालेन्ट हन्ट चैत २२ गतेबाट बैशाख १६ गते सम्म सञ्चालन हुनेछ । ट्यालेन्ट हन्ट धनगढी, कोहलपुर, सुर्खेत, दाङ, बुटवल, पोखरा, चितवन, कलैया, विराटनगर, बिर्तामोड र काठमाडौंमा सञ्चलान हुनेछ । ट्यालेन्ट हन्टबाट हरेक छनोट केन्द्रबाट ५ देखि ७ खेलाडी छनोट हुनेछ । हरेक छनौट केन्द्रका प्रमुखको संयोजकमा स्थानिय प्रशिक्षक एक जना र एक जना नेक्ससको प्रतिनिधिसहित ३ सदस्यीय छनौट समिति हुनेछ ।

लोकेश जोशी थनगढ़ी, दिपेन्द्र थापा कोहलपुर, रुद्र भण्डारी सुर्खेत, सन्जु क्षेत्री दाङ, सुनिल ढुंगाना बुटवल, बबिन कुवँर पोखरा, संघर्ष पौडेल चितवन, पंकज पाण्डे कलैया, आशिष श्रेष्ठ बिराटनगर हितेन श्रेष्ठ बितामोड र प्रबल गौतम लाई काठमाडौंको संयोजक चुनिएको छ ।

ट्यालेन्ट हन्ट बाट छनोट भएका करिव १०० जना खेलाडीलाई सम्मिलित गराई काठमाडौंमा एक साताको क्याम्प आयोजना हुनेछ । उक्त क्याम्पबाट अन्तिम ४८ जना खेलाडी छनोट हुनेछ । प्रतियोगितामा सहभागी ८ टोलीले ट्यालेन्ट हन्टबाट छानिएका चार खेलाडीलाई अनिवार्य टिममा समावेश गरिनुपर्ने नेक्ससले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने १४ खेलाडी छनोट गरी श्रीलंकाको सिरिजमा सहभागिता गराईने आयोजकले जनाएको छ । उत्कृष्ट १४ खेलाडीलाई ब्रमास्मी कलेजले निशुल्क छात्रवृत्तिमा अध्यययन गर्ने व्यवस्था गराउनेछ ।

प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र म्यान अफ दि सिरिज हुनेले नेक्सस क्रिकेट एकेडमीको दिल्ली सेन्टरमा १ वर्षसम्म निशुल्क प्रशिक्षणको ब्यबस्था गरिने आयोजकले जनाएको छ । अन्य १० उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीमा ६ महिना निशुल्क प्रशिक्षणको व्यवस्था गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित लाग २५ लाख रूपैया रहेको छ । प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ ।

post image

फागुन ५, काठमाडौं । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको तेश्रो कुँवर व्रर्दश एण्ड सन्स राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगिता २०७५ को उपाधि काठमाण्डौको ठमेल यूनाइटेडले जितेको छ।आइतबार पोखरामा सम्पन्न फाइनलमा ठमेल यूनाइटेडले आयोजक कास्की जिल्ला बास्केटबल संघलाई ६४–४८ को स्कोरले पराजित गरेको हो।

च्याम्पियन ठमेल यूनाइटेडले नगद ५५ हजार ५ सय ५५ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाएको कास्की जिल्ला बास्केटबल संघले नगद ३३ हजार ३ सय ३३ पायो।प्रतियोगितामा कास्की जिल्ला बास्केटबल संघका खेलाडी रबिन साही उत्कृष्ट खेलाडी घोषित भए भने ठमेल युनाइटेडका कर्मा गुरुङले सर्वाधिक स्कोरर हुँदै विशेष ट्रफी प्राप्त गरेका छन्।

विजेता टिम तथा खेलाडीलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका एसएसपी नरोत्तमलाल प्रधान, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, क्षेत्रिय भलिबल संघका संस्थापक अध्यक्ष श्रीभक्त गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गोविन्द पुरी, सोसल पव्लिकका संस्थापक खिम गुरुङ लगाएतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए।

यस्तै नेपाल बास्केटबल संघका पूर्व उपाध्यक्ष एवंम नेपाल सेभेन ए साइडका अध्यक्ष नविन पुनलाई सम्मान गरिएको थियो। ४० वर्ष देखिमाथी उमेर समुहका खेलाडीको रहेको उक्त प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो। फागुन २ गतेबाट सुरु भएको प्रतियोगितामा काठमाडौको ठमेल युनाइटेड, तनहुँ जिल्ला बास्केटबल संघ, एक्स अम्बर सिंहको ए र बी, लामाचौर भेट्रान्स तथा आयोजक कास्की जिल्ला बास्केटबल संघको टिमले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

post image

फागुन ५, काठमाडौं । मेलवर्न स्टार्स बिग बास लिग (बीबीएल) आठ को उपविजेता बनेको छ। मेलवर्न डर्बी फाइनलमा मेलवर्न रेनेगाड्सले स्टार्सलाई १३ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो।

१४६ रनको लक्ष्य पछ्याएको स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो।  पहिलो विकेटका लागि बेन डंक र मार्कुस स्टोइनिसले ९३ रनको साझेदारी गरेपनि अन्य खेलाडीले खराब ब्याटिङ गरेपछि स्टार्सले लक्ष्य भेट्टाउन सकेन।

डंकले ५७ र स्टोइनिसले ३९ रन बनाए। एडम जाम्पा १७ रनमा नटआउट रहे। स्टार्सले १९ रन बनाउँदा ७ विकेट गुमाएको थियो।  रेनेगड्सको लागि क्रिस ट्रेमन, क्यामरुन बोएस र ड्यानिएल क्रिस्टियनले २-२ विकेट लिए।

त्यसअघि मार्भेल स्टेडियममा ब्याट फ्लिप हारेपछि पहिले ब्याटिङ गरेको रेनेगाड्सले टम कुपर र ड्यान क्रिस्टयनको अर्धशतकिय साझेदारी मद्दतमा २० ओभर खेल्दै ५ विकेट गुमाएर १४५ रन बनाएको थियो। ६५ रन हुँदा ५ विकेट गुमाएको अवस्थामा कुपर र क्रिस्टियनले छैटौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए। कुपर ४३ र क्रिस्टियन ३८ रनमा नटआउट रहे। स्टार्सका लागि ज्याक्सन बर्ड र एडम जाम्पाले २-२ विकेट लिए।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा किफायती बलिङ गर्दै १६ रन खर्चेपनि विकेट लिन सकेनन्।

post image

फागुन ३, काठमाडौं । भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालको महिला टोलीले आज म्यानमारको महिला टोलीसँग खेल्दैछ। चार राष्ट्र सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल शीर्ष दुई स्थानमा रहँदै फाइनल पुगेका हुन्।

म्यानमारले लिग चरणमा सबै तीन खेल जित्दा नेपालले दुई खेल जितेको थियो।  पहिलो खेलमै म्यानमारसँ ३-० ले पराजित भएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै प्रतियोगितामा बाँकी दुई खेल जित्यो।

यसक्रममा नेपालले अहिलेसम्म हराउन नसकेको भारतलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै ऐतिहासिक उपलब्धी हात पारेको थियो। भारत विरुद्ध त्यो नेपालको पहिलो जित थियो। यस्तै नेपालले अन्तिम खेलमा इरानलाई ३-० ले पराजित गर्‍यो।

अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि लिगमा म्यानमार ९ अंकहसित पहिलो र नेपाल ६ अंकसहित दोस्रो भएको हो।

भारतले एक जितबाट ३ अंक मात्र जोड्दा इरान सबै खेल हार्दै अंकविहिन बनेको थियो। साफ च्याम्पियनसिपमा तीन पटक फाइनल पुग्दा पनि भारतसँगै हारेको नेपाल सामु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसर छ। यस्तै पहिलो खेलमा हार बेहोरेको म्यानमारसँग बदला लिने अवसर पनि छ।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भइरहेको प्रतियोगिताको फाइनल आज बेलुका नेपाली समयअनुसार ६:१५ बजे सुरु हुनेछ।

post image

 फागुन २, काठमाडौ। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराती भएको अन्तिम १६ को खेलमा टोटनहम हट्सपर र रियल मड्रिड विजयी भएको छ।

इंग्लिस क्लब टोटनहमले दोस्रो हाफमा तीन गोल गर्दै जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३-० ले हरायो। भिएआर गोलले मान्यता नपाउँदा अयाक्सले ३रेलु मैदानमा रियल मड्रिडसँग २-१ को हार बेहोर्‍यो।

ह्यारी केन, डेली अली जस्ता खेलाडी चोटका कारण बाहिर रहेपनि घरेलु मैदान वेम्लीमा टोटनहमले शानदार जित हासिल गर्दै अवे लिगका लागि सहज स्थित तय गरेको हो। खेलको ४७औँ मिनेटमा हेउन मिन सनको गोल मार्फत अग्रता बनाएको टोटनहमले अन्तिम सात मिनेटभित्र दुई गोल थप्यो। ८३औँ मिनेटमा जन भर्टोङ्गन र ८६औँ मिनेटमा फर्नान्डो लोरेन्टले गोल गरे।

यसैगरी रियल र अयाक्सबीचको खेलमा पनि सबै गोल दोस्रो हाफमै भएको थियो। तर निकोलस ट्याग्लिएफिकोले पहिलो हाफमा गरेको हेडर गोल भिएआर टेक्नोलोजीमार्फत रुल्डआउट भएपछि अयाक्सले घरेलु मैदानमा अग्रता लिने मौका गुमायो।

च्याम्पियन्स लिगमा यसै सिजनको नकआउट राउण्डदेखि भिएआरको प्रयोग गरिएको हो। तर त्यसको पहिलो शिकार नै अयाक्स बन्यो।

अयाक्सको घरेलु मैदान योहान क्रुफ एरेनामा करिम बेन्जामाले ६०औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए। ७५औँ मिनेटमा हाकिम जियाचले बराबरी गोल गर्दै अयाक्सलाई खेलमा फर्काएका थिए। तर खेल सकिन तीन मिनेट अगाडी वैकल्पिक खेलाडी मार्को एसेन्सिओले गोल गर्दै रियललाई जित दिलाए।

यस्तै रियलका कप्तान सर्गियो रामोसले यसै खेलपछि सबै खाले प्रतियोगितामा गरेर रियलका लागि ६ सयौँ खेल पूरा गरे।

post image

फागुन २, काठमाडौं । घरेलु टोली धनगढी स्टार्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा लगतार तेस्रो हार ब्यहोरेको छ । साविक विजेतासमेत रहेको धनगढीले लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेसँगै प्ले अफमा पुग्ने सम्भावना लगभग सकिएको छ ।

१०४ रनको सामान्य लक्ष्य पछ्याएको धनगढी विराटनगर किंग्ससँग २१ रनले पराजित भएको हो । धनगढी १९ ओभरको समाप्तिमा ८२ रन हुदा अलआउट हुन पुग्यो । धनगढीका लागि दुई खेलाडीले मात्रै दोहोरो अंक बनाए । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक समेत बनाउन सकेनन् ।

सन्दीप रजालीले ३४ र राजु रिजालले १५ रन बनाए । धनगढीका अनुभवि ब्याट्सम्यान रोहन मुस्तफा ६, सुनिल धमला एक, अमित श्रेष्ठ सात, पवन सर्राफ चार, अमिर हायत, कप्तान सोमपाल कामी र सौरभ खनाल समान ४–४ रनमा आउट भएपछि विराटगरले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

धनगढीलाई सस्तैमा समेट्न विराटनगरका लागि कप्तान करण केसीले चार विकेट लिए । उनले चार ओभरमा २४ रन खर्चिए । त्यस्तै, अविनाश यादवले पनि चार विकेट लिए । कसिलो बलिङ गरेका उनले चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०३ रन बनाएको थियो ।

विराटनगरका लागि अविनाश यादवले २७ रन बनाए । त्यस्तै, कप्तान करण केसीले २१ रन बनाउँदा आशिफ सेख १२ र साम्सद सेख ११ रनमा आउट भए ।

बलिङतर्फ धनगढी स्टार्सका कप्तान सोमपाल कामीले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै मात्र आठ रन खर्चेर तीन विकेट लिएका थिए । त्यस्तै, विपिन खत्रीले चार ओभर बलिङ गर्दै १९ रन खर्चेर तीन विकेट लिए ।

post image

फागुन १, काठमाडौं । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ ।

आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्नेछ । आजै हुने खेलमा म्यानमार र भारत पनि प्रतिस्पर्धा गर्दैछन् । यो खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोलअन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना बढी हुन्छ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोलअन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सक्छ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यान्मा सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यान्मा दुवै खेल जित्दै छ अङ्कसहित शीर्षस्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो र भारत पनि समान तीन अङ्कसहित तेस्रो स्थानमा छ । इरान अहिलेसम्म अङ्ककविहीन छ ।

post image

फागुन १, काठमाण्डौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ।

चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन्। उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन्।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिए।

रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उनीहरु मलेसियामा छन्। कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार सङ्कलन भएको हो।

अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो।

मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक रु दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गरेका छन्। “रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ। मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छौँ।”

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो। हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ भने महीनाभित्र डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ।

तीन महीनाअघि धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुर महानगरलाई रङ्गशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो। यसबीचमा फाउण्डेशनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललगायतले सो स्थानको अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए।

दुई साताअघि काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

धुर्मुस–सुन्तली फाउण्डेशनले यसअघि ललितपुरको गोदावरीमा रङ्गशाला बनाउने प्रक्रिया शुरु गरेको थियो तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहरु चितवनमा लागेका थिए। भरतपुर महानगर आफैँले पनि धुर्मुस–सुन्तली फाउण्डेशनलाई क्रिकेट रङ्गशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताएको थियो।

अध्यक्ष कट्टेलले एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटका लागि आवश्यक रङ्गशाला छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ। “धेरै ठूलो परियोजना हो, हामीले आफैँले बनाउने आँट गरेका छौँ तर सरकार वा महानगरबाट सहकार्यका लागि प्रस्ताव भएमा हामी सहकार्य गर्नेछौँ”, कट्टेलले भने।रासस

post image

 माघ २९, काठमाडौं । आगामी फागुन २ गतेदेखि सुरू हुने चौथो संस्करणको पाकिस्तान सुपर लिगको उद्घाटन खेलमा लाहोर क्वालन्दर्सले दुई पटकको च्याम्पियन इस्लामावाद युनाइटेडको सामना गर्दैछ।

पहिलो खेलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले खेल गुमाउने भएका छन्। बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन्। उनको टिम मेलबर्न स्टार्सले बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ। यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन्।

यसअघि युएईमा क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ। यसअघिका संस्करणमा तालिकाको पुछारमा रहेर लिग टुंग्याएको क्वालन्दरले यसपाली केही आशा गरेको छ।

यस संस्करणका लागि सन्दीपसँगै क्लान्दर्सले दक्षिण अफ्रिकाका बिस्फोटक ब्याट्मेन एबिडि भिलियर्सलाई समेत राखेको छ।

लाहोर क्वालान्दर्सले न्यूनतम् ५० हजार डलरमा सन्दीपलाई खरिद गरेको थियो। विदेशी खेलाडीको गोल्ड क्याटागोरीमा रहेका सन्दीपको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ।

सन्दीपले यसै वर्ष मात्र क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलिसकेका छन्। लाहोर क्वालान्दर्स क्लबमा धनाढ्य कतार लुब्रिक्रेन्ट्स कम्पनी लिमिटेडको स्वामित्व छ। यस टोलीको कप्तानी चर्चित क्रिकेटर एबी डिभिलियर्सले सम्हाली रहेका छन्।

 

post image

 माघ २९ , काठमाडौं । आर्सनलका मिडफिल्डर आरोन राम्सी इटालियन क्लब युभेन्टसमा अनुबन्धित भएका छन् । युभेन्टसले सोमबार आर्सनलका मिडफिल्डरलाई राम्सीलाई चार वर्षका लागि आफ्नो टिममा अनुबन्धित गरेको हो ।

उनको आर्सनलसँगको सम्झौता गत वर्षको जुन महिनामै सकिएको थियो । सम्झौताअनुसार, उनले साताको चार लाख पाउण्ड पाउने छन् । अनुबन्धित भएसँगै उनी सर्वाधिक तलब पाउने ब्रिटिस खेलाडी बनेका छन् ।

वेल्सका २८ वर्षीय राम्सीले आर्सनलमा ११ वर्ष बिताए । कार्डिफ सिटीबाट सन् २००८ मा राम्सी आर्सनल गएका थिए ।

post image

माघ २८, काठमाडौं। भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ।

पहिलो खेलमा म्यानमारसँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ। नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे सुरू हुनेछ।

घरेलु टोलीविरूद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरूद्धको खेल जित्नै पर्ने दबाब छ। आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ।

प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क छ। नेपाल र इरानले अङ्क जोड्न सकेका छैनन्। राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन्।

post image

माघ २७, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ।

‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं। हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने।  सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ। त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरूसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो। आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ । ‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन्। दुई वर्षको तलब एकमुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही रु आठ लाख ४० हजार पाउनेछन्।

त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ट रु छ लाख पाउनेछन् । यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरूले मासिक रु १५ हजारका दरले दुई वर्षको तलब रु तीन लाख पाउनेछन् । राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन्। उनीहरूको पारिश्रमिक खुलाइएको छैन। क्यान विवादले उग्ररूप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ। विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्। रासस

post image

माघ २६, काठमाडौं । भारतमा हुने हिरो गोल्डकप महिला फुटबलमा नेपालको महिला राष्ट्रिय टिमले म्यानमारसँग खेल्दैछ।खेल भारतको भुवनेश्वरमस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुने छ। पछिल्लो पटक नेपाल र म्यानमारबीच टोकियो ओलम्पिक २०२० को छनोट अन्तर्गत खेल भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो।

म्यानमार वरीयतामा पनि माथि रहेको र कठिन प्रतिद्वन्दी रहेको नेपालको प्रशिक्षक हरी खड्काले बताएका छन्। ‘हाम्रो मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिप हो। हामी यहाँ सिक्नको लागि आएका छौँ। यहाँ खेल्ने बाँकी तीन टिम हामीभन्दा हाइअर र्‍याङ्कका छन्।’

‘हामी यहाँ अन्डरडग टिमको रुपमा रहन सक्छौँ। हामी अरु टिमसँग प्रतिस्पर्धात्मक खेल खेल्छौँ र राम्रो फुटबल खेल्नेछौँ।’ ‘हामी यहाँ हाम्रो कमजोरीहरुलाई सुधार गर्नेछौँ।’ शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा खड्काले भनेका थिए। नेपाल र म्यानमारसँगै प्रतियोगितामा भारत र इरान समेत सहभागि छ।

post image

माघ २, मलेसिया   माघ १६ गते काठमाडौंको  राष्ट्रिय सभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको  अभियानलाई लिएर मलेसिया आएका  धुर्मुस सुन्तलीको  शानदार प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको  नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै  पहिलो प्रस्तुतिको लागि उनीहरु मलेसियामा आएका हुन्

 

उनीहरुसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी यामजोङ्ग  पनि आएका छन् मलेसियामा उनीहरुको भव्य स्वागत भएको दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणको लागि मलेसियाको तीन शहरमा  ‘सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५को आयोजना गरेको हो

 

जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी मा डेवान मारियमेनको सिटी सेन्टर फेब्रुअरी६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको   उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरन्जन लिएका छन्  यी दुईसँगै लोक गायक बद्रि पंगेनीआधुनिक गायिका मेलिना राइ,चर्चित लोकगायिका लोक गायिका सम्झना भण्डारी स्थानीय कलाकारहरुले पनि मनोरञ्जन  दिएका छन्  यसैगरी अब  क्वालालम्पुर पेनाङ पश्चात फेब्रुअरी१० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ   सहयोग पाउने धुर्मुस सुन्तलीले विश्वास व्यक्त गरेका छन्

post image

माघ २, मेलबर्न   सेमिफाइनल प्रवेशका लागि शुक्रबार बिग ब्यास टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दैछ। लिगमा १२ खेल खेलेको स्टार्सले १२ अंक सहित सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। यस्तै लिगमा एक खेल बढी खेलेर ११ अंक जोडेको ब्रिसबेनको सम्भावना पनि कायमै छ। यदि आजको खेलमा बेलबर्न स्टार विजयी भए एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। अन्यता अन्तिम खेल जित्नुपर्ने दबाब हुनेछ। यता ब्रिसबेनका लागि आजको खेल जितेमा अन्तिम खेलमा मेनबर्नले सिड्नी सिक्सर्ससँग पराजित हुनुपर्नेछ।

 

सुरूवाती चार खेल खेल्दै सानदार प्रदर्शन गरेका नेपाली युवा बलर सन्दीप लामिछाने आजको खेलमा मेलबर्नबाट आफ्नो पाँचौ खेल खेल्दैछन्। सुरूवाती चार खेलमा विकेट लिएका सन्दीप त्यसपछि बंगलादेश प्रमियर लिग नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय टी ट्वान्टी खेलमा सहभागी हुन अष्ट्रेलिया बाहिर गएका थिए। उनले बंगलादेशमा सम्पन्न बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट खेल खेल्दै विकेट लिएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय एक दिवसीयमा विकेट लिएका उनले तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा विकेट हात पारेका थिए।

 

बेलबर्नले सन्दीपको स्थानमा इंल्याण्डका पेस बलर लियाम प्लुङ्केटलाई खेलाएको थियो।  उनले खेलबाट १२ विकेट लिएका छन्। .२२ इकोनोमी बलिङ गरेका उनी सन्दीपको .८१ इकोनोमी बलिङ भन्दा बढी हो। प्रतियोगितामा १३ खेल खेलेको  होबर्टले १० खेल जित्दै २० अंक जोडेर एक खेल अगावै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।यस्तै समान खेलबाट १६ अंक जोडेको सिड्नी सिक्सर सबै १४ खेल खेल्दै १६ अंक जोडेको मेलबर्न रेनेगाडेसले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ। आजको खेलमा मेलबर्न विजयी भए सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लाग्नेछ।

post image

माघ २२, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बनफुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाएका छैनन् । नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्री विश्वकर्माले आइसिसीलाई आग्रह पनि गरे ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडिलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए । ५ लाखको ठाउँमा ५० लाख दिन किन सकिदैन भन्ने धमलाको प्रश्नमा मन्त्री विश्वकर्माले सदासयताको लागि धन्यवाद दिदै अहिलेको अवस्थामा खेलाडिलाई त्यति धेरै रकम दिन नसकिने प्रष्ट पारे ।

खेलाडिलाई खेल्ने उचित वातावरण, पूर्वाधार र पारिश्रमिकका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चित गर्न सक्ने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । यसअघिका सरकारले १३ औँ सागको तयारीमा वेवास्ता गरेका कारण अहिले समस्या उत्पन्न भएको तर्क गर्दै मन्त्री विश्वकर्माले चुनौतिको सामना गर्न आफू सक्षम रहेको बताए ।

“१३ औँ साग पहिलो प्राथमिकतामा छ । कार्ययोजना बनाएर काम गरिरहेका छाँै । पूर्वाधान बनाएर प्रतियोगिता गराउनु चुनौतिपूर्ण छ । तर पनि हामी समयमै काम सम्पन्न गर्न लागिपरेका छौँ ।” मन्त्री विश्वकर्माले भने ।

सागको तयारीस्वरुप भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्री विश्वकर्माले जानकारी दिए । भिआइपी प्यारापिटको छाना हाल्न मात्रै बाँकी रहेको उनले बताए । त्यसैगरी सातदोबाटो र पोखराको रंगशाला मर्मतको काम पनि अघि बढेको जानकारी दिए ।

साग अगाडि नै गर्ने भनिएको आठौँ राष्ट्रिय खेकलकूद प्रतियोगिताको तयारी भइरहेको भन्दै मन्त्री विश्वकर्माले दुवै प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गराउने प्रयास भइरहेको बताए ।सरकारले चालु आर्थिक वर्षमा आठौँ राष्ट्रिय खेलकुद, १८ औँ यसियाली खेलकुद र १३ औँ दक्षिण यसियाली खेलकुदको तयारी एवम् पूर्वाधार निर्माणका लागि २ अर्ब ४ करोड बजेट विनियोजन गरेको थियो ।

post image

माघ २१, झापा । यूएईविरुद्धको एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेर आज स्वदेश फर्कने नेपाली राष्ट्रिय क्रिकेट टोलीको स्वागतका लागि राष्ट्रिय सभाका गणेश तिमिल्सिना, खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, राखेपका सदस्यसचिव केशबकुमार विष्ट लगायतको टोलीले खेलाडीहरुको विमानस्थलमा स्वागत गर्ने भएका छन् ।

यसअघि सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम रहेपनि मन्त्रीपरिषद्को बैठकका कारण उनी स्वागत गर्न जाने कार्यक्रम रद्द भएको उनका स्वकीयसचिव दीपेन्द्र श्रेष्ठले बताए।

‘राष्ट्रिय गौरव बढाएका खेलाडीहरुको स्वागतका लागि उपप्रधानमन्त्री जाने कार्यक्रम थियो,’ श्रेष्ठले भने, ‘तर चार बजे मन्त्रीपरिषद्को बैठकका कारण उहाँ उपस्थित हुन नसक्ने हुनुभएको हो।’ ‘मन्त्रीपरिषद् बैठकमा पुग्नेगरि रक्षामन्त्रीको विमानस्थलबाट फर्कने कार्यक्रम तय भएको छ,’ उनले भने, ‘सरकारको उपस्थितीमा राखेपको टोलीले खेलाडीहरुको भव्य स्वागत गर्ने कार्यक्रम बनेको छ।’

खेलाडीहरुलाई नेपाली झण्डासहितको झकिझकाउ राखेपको गाडीमा राखेर उनीहरु बस्ने होटलसम्म पुर्याइने कार्यक्रम रहेको तिम्सिनाले बताए। खेलाडीहरुको स्वागतकै लागि पोखरामा रहेका खेलकुदमन्त्री सुनारसमेत फर्किरहेका छन्। उनका स्वकीयसचिव सुशील विकका अनुसार केहीबेरमा पोखराबाट मन्त्री फर्केपछि खेलाडीको स्वागतमा जानेछन्।

नेपाली क्रिकेटको इतिहासमै पहिलोपटक शृंखला जित्नेक्रममा नेपालले यूएईविरुद्धका एकदिवसीय र टि–२० शृंखला समान २–१ ले आफ्नो पक्षमा पारेको थियो।

post image

माघ २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत शुभकामना तथा बधाई दिएका हुन् ।

उनले तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन्।

नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्। ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली क्रिकेट टिमका सम्पूर्ण सदस्यलाई हार्दिक बधाई दिन चाहन्छु।’

post image

माघ २०, काठमाडौं ।  तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको नेपालले टीट्वान्टी शृङ्खलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले जित दर्ता गरेको हो। नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।

टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए। १०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए। वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए भने सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए । खराब सुरुवात गरे पनि कप्तान पारस र सन्दीपले ब्याटिङ सम्हालेका हुन्। कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।

पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।  ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद साताै विकेटकाे रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठाै विकेटकाे रुपमा सोमपाल कामी शून्य रनमै आउट भए ।

 नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनकाे लक्ष्य पछ्याउने क्रममा यूएई ९० रनमा समेटिएको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीलाई तोड्दै नेपालले २-१ को जित निकालेको हो।

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो। यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको थियो।  नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो । नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो।

post image

माघ २०,काठमाडौं  टी२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा १०४ रन बनाएको हो

नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे  पारसले १४ बलमा २९ रन बनाए

उनले चार चौका एक छक्का प्रहार गरे सन्दीपले ११ बलमा २८ रन बनाए विनोदले १३ बलमा २१ रन बनाए त्यस्तै करण केसीले बलमा १० रन जोडे

post image

माघ १८, काठमाडौं । युएईसँगको पहिलो टी–२० मा पराजित भएको नेपाल आज दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो।

शीर्ष क्रममा ब्याट्सम्यान सस्तोमै समेटिएपछि पहिलो खेलमा नेपाल पराजित भएको थियो। नेपालका लागि सन्दीप जोराले कीर्तिमानी अर्धशतक बनाए पनि जितको लागि पर्याप्त भएन। १५४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो।

खेलमा फर्कन नेपाललाई आजको श्रृखलामा जित आवश्यक छ। आजको खेलमा पनि युएई विजयी भएमा नेपालले एक खेलअघि नै श्रृखला गुमाउनेछ।आजको खेलमा नेपाल विजयी भएका सिरिजको छिनोफानो तेस्रो खेलबाट हुनेछ। यसअघि एक दिवसीय सिरिज भने नेपालले जितेको थियो।

 

post image

माघ १७,काठमाण्डौं । ऐतिहासिक ओडिआई सिरिज जितेको नेपालले युएईसँग तीन खेलकै टी २० सिरिज आजबाट खेल्दैछ। नेपाल र युएईबीच पहिलो टी२० आज हुँदैछ। तीन खेलको ओडिआई सिरिज नेपालले २-१ ले जित्दै पहिलो ओडिआई सिरिज जितेको थियो।

टी २० आईको पहिलो खेल आज दिउँसो युएईको स्थानिय समयअनुसार १ बजे र नेपाली समयअनुसार २:४५ बजे हुनेछ। खेल दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा हुनेछ।

यस्तै दोस्रो टी २० आई फेब्रुअरी १ र तेस्रो टी२०आई फेब्रुअरी ३ मा हुनेछ। नेपालले अहिलेसम्म टी २० सिरिज जित्न सकेको छैन। यसअघि नेपालले ३ पटक टी२० सिरिज खेलिसकेको छ। जसमा नेपालले एक खेल मात्र जित्न सकेको छ।

यसअघि नेपालले हङकङ र नेदरल्याण्ड्स विरुद्धको टी २० सिरिज गुमाएको थियो भने एमसीसी र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्ससँगै संयुक्त रुपमा विजेता बनेको थियो। जसमा नेपाल र डच टोलीबीचको खेलले मात्र टी २० आई को मान्यता पाएको थियो।

त्यसैले पनि नेपालको लागि युएई विरुद्धको सिरिज महत्वपूर्ण रहेको छ। ओडिआईमा पहिलो खेल हारेर पनि उत्कृष्ट पुनरागमन गर्दै बाँकी दुई खेलमा शानदार जित हात पार्दै सिरिज जितेको नेपाल त्यही लयलाई कायम राख्दै सिरिज जित्ने योजनामा हुनेछ।

post image

माघ १५, काठमाडौं । केजीएच फाउण्डेशन र नेपाल अर्बुद रोग निवारण संस्थाको सहकार्यमा यही माघ १८ गते ज्योती लाईफ द एमेजिङ्ग मोटर र्याली २०१९ को आयोजना हुने भएको छ । बिश्व क्यान्सर दिवसको अवसर तथा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी मोटर र्यालीको आयोजना गर्न लागिएको केजीएच फाउण्डेशनका अध्यक्ष दिवाकर राजकर्णिकारले पत्रकार सम्मेलन मा जानकारी गराउनु भयो ।

काठमाण्डौको पर्यटन बोर्डकुटीमण्डपवाट शुरु हुने मोटर र्याली पोखराको सारङ्कोटमा गएर समाप्त हुनेछ । स्वदेशी पर्यटकहरुलाई नेपाल भ्रमण बर्ष बारे जानकारी गराउन तथा क्यान्सर रोगका बारेमा सचेतना जगाउने अभिप्रायकासाथ मोटर र्यालीको आयोजना गरीएको हो ।

काठमाण्डौदेखि पोखरासम्मको २ सय किलोमिटरको दुरीमा आयोजना हुने र्याली भृकुटीमण्डप, जावलाखेल, कलंकी, थानकोट, नौबिसे, मुङ्गलिङ्ग, दमौली पोखराको पृथ्वीचोक, लेकसाईड, हल्लन चोक, वाटरफ्रन्ट रिर्सोट, पोखरा बाग्लुङ्ग हाईबे, बिन्दबासिनी मन्दिर चौक हुै सारङ्गकोटमा गएर सम्पन्न हुनेछ । र्यालीमा सहभागी हुनेहरुका लागि टाईम, सिटेन्स र स्पीडको अवधारणा अघि सारेर जिपिएस पद्धती मार्फत मोटर र्यालीलाई ब्यवस्थापन गरीएको आयोजकले जनाएका छन् । मोटर र्यालीका बिजेताहरुलाई बिभिन्न पुकार प्रमाणपत्र र सिल्ड प्रदान गरीने छन् ।

post image

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज जितेकोमा राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन्। प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जाल ट्वीटरमा बधाई दिँदै टिमले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रुपमा देखिएको बताएका छन्।

खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका छन्।  ‘एक दिवसीय क्रिकेट श्रृंखला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वधाई !  अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रुपमा देखिएको छ,बधाई सन्देशमा प्रधानमन्त्रीले भनेका छन्। खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिने विश्वास दिलाउँछु।’

post image

माघ १४, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुने छ । पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो ।

तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । युएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ ।

गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो । युएईसँग आज हुने एक दिवसीय खेलपछि नेपालले तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ ।

post image

माघ १३, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा कम उमेरमा अर्धसतक प्रहार गर्दै रेकर्ड राख्ने रोहितकुमार पौडेललाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले रोहितलाई बधाई दिएका हुन्। उनले ट्विटमा लेखेका छन्अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाईअन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको यस सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ।

राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए। रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुल्कर पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन्।  रोहितले १६ वर्ष एक सय ४६ दिन उमेरमा यो कीर्तिमान तोडेका छन्।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो।  तेन्दुल्करले १६ वर्ष दुई सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमान बनाएका थिए। अफ्रिदीले सन् १९९६ अक्टोबर मा १६ वर्ष दुई सय १७ दिनमा श्रीलंकाविरुद्ध डेब्युमै उक्त कीर्तिमान बनाएका थिए।

post image

माघ १३, पोखरा। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा राराको १७ औं संस्करणमा आइपुग्दा प्रतियोगिता मिति दुई दिन खुम्च्याइदिएको छ।  एन्फाले दिएको मिति फागुन ९ देखि १८ सम्मको छ।  जुन विगतका वर्षमा भन्दा दुई दिन कम हो।  दुई दिन कम हुँदा दुई क्लबलाई बाहिरै राख्नुपर्ने बाध्यता सहारा क्लबलाई यो संस्करणमा परेको छ।  तर अझै पनि १२ वटै क्लबलाई सहभागिता गराउन उद्दत सहारा क्लब छ।

एन्फाले दिएको मितिअनुसार नै प्रतियोगिता खेलाउँछौं,’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले पत्रकार सम्मेलनमा भने, ‘विगतको भन्दा दुई दिन कम छ।  दुई दिनको कमीले बाहिर टिम खेलाउन समस्या छ।  तर एकै दिन दुई खेल खेलाएर भए पनि व्यवस्थापन गर्नेतर्फ जुटिरहेका छौं।  नभए १० टिमलाई मात्रै प्रतियोगितामा समावेश गरेर टुंग्याउनेछौं। ’ फाइनलअघि आरामको दिन राखिन्थ्यो।  तर अहिले लगातार खेल खेलाउनुपर्ने बाध्यता पनि छ।  आराम नहुँदा खेलाडीलाई थकान हुन्छ।  अझ १२ वटै टिम समावेश गरेको अवस्थामा खेलाडीलाई आराम समेत पुग्दैन।

यति बेला क्लबलाई अर्को चुनौती थपिएको छ।  प्रतियोगिताको पुर्वसन्ध्यामा पोखरा फुटबल स्टेडियम निर्माणको ठेक्का सम्झौतापछि सम्बन्धित कम्पनीले माटो परीक्षण सुरु गरेको छ।  गत वर्षको संस्करणमा प्यारापिट भत्काइएको थियो।  भत्काउँदै गरिएको अधकल्चो प्यारापिटमा बसेर दर्शकले आहा रारा गोल्डकपको सुरुआतदेखि फाइनलसम्म हेरेका थिए।  प्रतियोगिताको तयारी गरिरहँदा पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणले गति लिएको अवस्थामा गोल्डकप अन्यत्र सार्नुपर्ने बाध्यतायुक्त चुनौती क्लबलाई छ।

रारा चाउचाउको उत्पादन हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको गोल्डकपमा यो वर्ष सहारा क्लबले पुरस्कार राशिमा समेत वृद्धि गरेको छ।  विजेताको हकमा भने ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।  दोस्रो पुरस्कार ४ लाख १ हजार प्रदान गरिने क्लबले जनाएको छ।  हिमा अस कन्सल्टेन्सीले दोस्रो पुरस्कार प्रायोजन गरेको पत्रकार सम्मेलनमा सुनाइयो।  रोयल इन्फिलिड बुलेट बाइक फेयर प्ले पुरस्कार प्रायोजकको रूपमा रहेको छ।  सर्वाधिक गोलकर्ता पुरस्कारको प्रायोजन सनराइज ड्राइभिङ स्कुल प्रालिले गरेको छ।

प्रतियोगिताका लागि सहारा क्लब युकेले विभिन्न ट्रफी हन्तान्तरण गरेको छ।  युकेका महासचिव धनु थकालीले विभिन्न विधालाई प्रदान गरिने ट्रफी सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरेका हुन्।  सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद ३५ हजार रुपैयाँबाट सम्मानित गरिनेछ।  जसको प्रायोजन भने क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन्।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, पोखरा महानगरपालिका, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, सहारा क्लब हङकङ, सहारा क्लब अष्ट्रेलिया, मुग्लान रेस्टुरेन्ट,वल्र्ड लिंकलगायतका विभिन्न संघसंस्थाले विशेष सहयोग गरेको क्लबका महासचिव विश्वराज बरालले बताए।  प्रतियोगिताका लागि क्लबले १ करोड ३० लाख आम्दानी र ९७ लाख ९८ हजार खर्च हुने अनुमान गरेको छ।  बचत रकम क्लबले आफनै एकेडेमीमा रहेका २८ जना बाल खेलाडीका लागि भरणपोषण एवं शिक्षादिक्षामा खर्च गर्दै आएको छ।  प्रतियोगितामा ‘ए’ डिभिजन क्लब, विदेशी र आयोजक टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।  आयोजक सहारा क्लबले भने १२औं सस्करणको उपाधि रक्षा गरेको थियो।

post image

माघ १२, सिमरा।  दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ।  ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्। ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र थ्री स्टारले शनिबार हुने रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका उचाल्ने दाबी गरेका छन्।

शुक्रबार सिमरा रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने दाबी गरेका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपाने र थ्री स्टारका प्रशिक्षक मेघराज केसी उपाधिको दाबेदारी प्रस्तुत गरेका हुन्। दुई पटकको विजेता आर्मीले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंगशालामा दोस्रोपटक फाइनल खेल्दै छ । गत वर्ष पनि थ्री स्टारलाई हराउँदै आर्मीले उपाधि जितेको थियो। थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने प्रिम्याच कन्फ्रेन्समा दाबी गरे।

‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नुछ’ उनले भने ‘आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा उत्रिनेछौं।’ आर्मी र थ्री स्टार दुवै टिमका खेलाडीले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शन प्रभावित भएको बताएका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०–५० हुने बताए। ‘मौकाको सदुपयोग गर्न सक्नेले उपाधि जित्नेछ,’ आर्मीका प्रशिक्षक न्यौपानले भने,‘ फाइनल पुग्ने टिम सशक्त हुन्छ। त्यसैले विशेष रणनीति र मेहनत गुर्नपर्नेछ।’

post image

माघ ११, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो। पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो। त्यही अधुरो लक्ष्यलाई साकार पार्न नेपाल शुक्रबारबाट संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दोस्रो एकदिवसीय शृंखलामा विजयी नतिजाको पर्खाइमा हुनेछ।

तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउन मंगलबार बिदाइ भएको नेपाली टोली आयोजकको भूमिमा शृंखलाको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुआत गर्ने उद्देश्यमा हुनेछ। बाँकी खेलमा पनि जितलाई निरन्तरता दिँदै शृंखला हात पार्न प्रयासरत रहनेछ। प्रारम्भिक टोलीमा परेका नयाँ अनुहार र अनुभवी खेलाडीको संयोजनले टोलीलाई आशावादी बनाएको हो। ‘हामीले तयारीका लागि जे–जस्तो समय पाएका थियौं, त्यसको अधिकतम प्रयोग गरेका छौं,’ नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘युएईले हाम्राविरुद्ध परीक्षणस्वरूप युवा टोली तयार पारेको छ। अहिले नेपाली टोलीमा केही उत्कृष्ट नयाँ र युवा खेलाडी छन् जो घरेलु प्रतियोगितामा विगत दुई/तीन महिनायता निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। हाम्रा लागि यो सकारात्मक पक्ष हो।’

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका उनीहरूको प्रदर्शन भने नयाँ अनुहारलाई परीक्षा रहनेछ। पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएर नेपालको प्रतिनिधित्व गरेका उनीहरुलाई चुनौती पनि उत्तिकै रहेको छ। नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा र अविनाश बोहोरासहित केही अनुभवी खेलाडी युएईविरुद्ध हुने शृंखला यादगार बनाउने उद्देश्यमा रहनेछन्। तर यो शृंखलामा भने अलराउन्डर शरद भेषावकर भने देखिने छैनन्। अन्तिम नामावली प्रकाशन गर्ने क्रममा अस्वस्थताका कारण देखाउँदै शरदले टोलीबाट नाम फिर्ता लिएका थिए।

नेपाली टोलीलाई आयोजकविरुद्ध सहज भने हुने छैन। २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन। त्यसैले नेपाललाई इतिहास रच्न पनि राम्रो गर्नु जरुरी छ। २०१५–१७ सम्म सञ्चालन भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईको मैदानमा नेपालले चार खेल खेलेको छ। पपुवा न्युगिनी र युएईसँग भएका दुई÷दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसयता युएई मैदानमा भएको कुनै पनि खेलमा नेपालले नतिजा हात पार्न सकेको छैन। त्यसो त वर्ष २०१८ मा युएईविरुद्ध भएका चार भेटमध्येमा नेपालले दुई खेलमा नतिजा सुम्पिँदा दुई खेलमा जित निकाल्न सफल भएको छ।

पछिल्लो पटक सम्पन्न एसिसी एसिया कप छनोटमा नेपाल मलेसियामा भएको खेलमा ७८ रनले पराजित भएको थियो। त्यसपछि एकदिवसीय मान्यता पाएका दुवै टोली एसिया कप खेल्नबाट वञ्चित भएका थिए। त्यसको सट्टामा हङकङ योग्य बन्दै प्रतियोगितामा सहभागिता जनाएको थियो। गत फेब्रुअरीमा नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ मा नेपालले युएईलाई समूह चरणमा ४ विकेटले पराजित गरेको थियो। तर फाइनलमा युएईले नेपाललाई ७ रनले हराएको थियो। लगत्तै जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताअघि भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो। शुक्रबारबाट हुने शृंखला आइसिसी एकेडेमी ओभलमा सञ्चालन हुनेछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट हुनेछ।

post image

माघ ६, काठमाडौं । थाइल्यान्डमा सम्पन्न थाइल्याण्ड वुमन्स ट्वान्टी २० स्म्यास क्रिकेटमा उपविजेता बनेको नेपालको राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। शनिबार तेर्थई क्रिकेट मैदान टस हारेर पहिला ब्याटिङ थालेको थाइल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनाएको थियो। तर सो लक्ष्यलाई नेपालले पछ्याउन सकेन। नेपाल १७ ओभर २ बलमा ५१ रन मै  अलआउट भयो।

नेपाल १२ वर्षपछि पहिलो पटक सिनियर महिला टोली उपाधि नजिक पुगेको थियो। तर, उपाधिका लागि थाइल्याण्ड त्यसको बाधक बन्न पुग्यो।  यसअघि नेपाली महिला टिमले यू-१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन। सन् २०१३ मा थाइल्याण्डमै भएको एसीसी उमन्स च्याम्पियनसिपमा नेपाल अन्तिम पटक सेमिफाइनलमा पुगेको थियो। तर, सेमिफाइनलमा नेपाल थाइल्याडसँग पराजित भएको थियो।

यस्तै, महिला टि-२० विश्वकप छनोटको एसिया क्षेत्रीय छनोटमा पनि नेपाल तेस्रो भएको थियो। यो टि-२० स्म्यास प्रतियोगिता आइसीसीको आधिकारिक प्रतियोगिता होइन। घरेलु टोलीसँग शनिबार फाइनलमा पराजित हुँदै उपविजेता बनेको नेपाली टिम आइतबार दिउँसो थाई एयरवेजबाट नेपाल आइपुगेको हो। घरेलु टोलीसँगको हारले पहिलो अन्तर्राष्ट्रिय उपाधि नजिक पुगेको १८ सदस्यीय नेपालको महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेप, क्रिकेटका शुभचिन्तकले स्वागत गरे।

post image

माघ ४, काठमाण्डौं । नेपाल, थाईल्याण्डमा जारी स्मास महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै नेपालले सेमिफाइलनमा आज इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा पराजित गर्‍यो । नेपालले उपाधिका लागि आजै हुने आयोजक थाईल्याण्ड र यूएईबीचको विजेतासँग भोली खेल्नेछ ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया १२ औं ओभरमा मात्र २७ रनमा अलआउट भयो । चार जना व्याट्वुमन्स डक आउट भएको इण्डो इनिङ्समा युलिया आनग्राईनीले मात्र दोहोरो अंक जोडिन ।

११ रन जोड्दा पहिलो विकेट गुमाएको इण्डोनेसियाले थप १६ रन जोडेन ९ विकेट खर्चेको थियो । इण्डोनेसियालाई सस्तैमा समेट्न रुविना क्षेत्रीले ४ तथा कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरले समान १–१ विकेट लिए । २ जना रन आउट भए । नेपाल लिग चरणमा सतप्रतिशत नजिता सहित समुह ए को विजेता बन्दै र ईन्डोनेसिया समुह बीको उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए ।

post image

 माघ  ३, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा लेगानेससँग दोस्रो लेगमा १-० गोलअन्तरले पराजित भएपनि समग्रमा ३-१ गोलअन्तरको जित निकाल्दै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा रियलले लेगानेसलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । दोस्रो लेगमा भने लेगानेसले आफ्नै घरेलु मैदानमा रियललाई स्तब्ध बनायो । खेलको ३०औं मिनेटमा लेगानेसका मार्टिन ब्राइथवाइटले गरेको गोल गर्नै निर्णायक गोल बन्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको रियलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । खेलको दोस्रो हाफमा पनि रियलमाथि लेगानेसले अग्रता कायमै राख्दै जित निकालेको हो ।

post image

माघ २,काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई १९ रनमा समेटेको छ। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बने।

थाइल्याण्डले निर्धारित २० ओभरको खेलमा थाइल्याण्डले १५.४ ओभरमा सबै विकेट गुमाउँदै १९ रनमा समेटियो। थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २-२ विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १-१ विकेट लिए।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन्। नेपालले अतिरिक्तबाट ५ रन दिएको थियो। थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए। यसअघिका तीनै खेलमा लगातार जित निकालेको नेपाल थाइल्याण्डलाई हराए समूह विजेताको रूपमा समिफाइनला पुग्नेछ।

थाइल्याण्ड भने प्रतियोगितामा दोस्रो जितको खोजीमा हुनेछ। यसअघि तीन खेलबाट थाइल्याण्डले २ अंक जोडेको छ। यद्यपी ऊ प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन्। नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ।

अङ्क तालिकामा युएई शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो। आइतबारको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो। सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो।

post image

 माघ १, काठमाडौं । थाईल्याण्डमा जारी अन्तर्राष्ट्रिय महिला टी-२० स्म्यास प्रतियोगितामा चीनले कीर्तिमानी हार व्यहोरेको छ। प्रतियोगिता अन्तर्गत युएईले आइतबार चीनलाई पराजित गर्ने क्रममा अन्तर्राष्ट्रिय क्रिकेटमा किर्तिमान बनेको छ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाउँदै २०३ रनको बिशाल योगफल तयार पारेको थियो। उसका लागि ओपनर इशा ओजाले सर्वाधिक ८२ रन बनाईन्। युएईले अतिरिक्त २५ रन पाएको थियो।

२०४ रनको बिशाल लक्ष्य पछ्याएको चीन १० ओभरमा १४ रनमै समेटिन पुग्यो। चीनलाई सस्तैमा समेट्न इशनी मनानेलागेले १ ओभरमा कुनै रन नखर्ची ३ विकेट हात पारिन्। त्यस्तै चाया मुघलले पनि ३ विकेट लिन ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चिन्। नमिता डि’सुजाले २ विकेट लिईन्।

संयुक्त अरब इमिरेट्सले चीनलाई मात्र १४ रनमा रोक्दै १८९ रनको बिशाल जित दर्ता गर्‍यो। यो अन्तर कुनै पनि टी-२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा फराकिलो अन्तर हो।

यसअघि महिला टी-२० अन्तर्राष्ट्रियमा नामिबियाले सन् २०१८ मा २११ रनको योगफल बनाउँदै लेसोथोलाई १७९ रनले पराजित गरेको थियो।

पुरुष अन्तर्राष्ट्रिय टी-२० तर्फ श्रीलंकाले सन् २००७ मा केन्याबीरुद्द १७२ रनको जित नै सबैभन्दा फराकिलो अन्तर थियो।

चीनले बनाएको १४ रनको योगफल कुनै पनि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम रहेको छ। यसअघि यो रेकर्ड मेक्सिकोको नाममा थियो। उसले ब्राजिलबिरूद्ध सन् २०१८ को अगस्टमा ९.५ ओभरमा सबै विकेट गुमाउँदै १८ रनमात्र बनाएको थियो।

post image

 पुस ३०, काठमाडौं । नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी -ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो खेल जित्ने क्रममा सोमबार युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो।

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन्। डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा परिन्।

यस्तै कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाउँदा नेरी थापा ६ रनमा नटआउट रहिन्। यसअघि बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।

युएईका लागि छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाउँदा चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन्। नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिएका थिए।

यो सँगै लगातार तेस्रो खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ।

post image

 पुस ३०, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।आइतबार राति आफ्नै घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले इबरलाई ३–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गर्दा कप्तान लियोनल मेस्सीले एक गोल गरे ।

मेस्सीले ला लिगामा चार सय गोल पनि पूरा गरेका छन् । इबरलाई पराजित गर्ने क्रममा उनले चार सय गोल पूरा गरेका हुन् ।

खेलको १९औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको बार्सिलोनाले इबरको पोष्टमा दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । ५३औं मिनेटमा गोल गर्दै मेस्सीले दोब्बर अग्रता दिलाएका थिए ।

५९औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले फेरी गोल गर्न सफल भए । उनको गोलसँगै बार्सिलोनाले इबरलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

जितसँगै बार्सिलोना १९ खेलबाट ४३ अंक बनाएर शीर्ष स्थानमा कायमै रहेको छ । पराजित इबर भने समान खेलबाट २२ अंक बनाउँदै लिगको १६औं स्थानमा छ ।

post image

पुस २९, काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको पारा राष्ट्रिय खेलकुद च्याम्पियनसीप २०७५ अन्तर्गत एम्पुटी फुटबल प्रतियोगितामा रेड नेपाल विजयी भएको छ। शनिबार ललितपुरको सेन्ट जेभियर्स स्कुलको मैदानमा त्रिभुवन आर्मी र रेड नेपालबीच भएको फाइनल खेलमा रेड नेपालले पेनाल्टीमार्फत् गोल गर्दै विजयी बन्न सफल भएको हो।

निर्धारित ५० मिनेटको खेलमा दुबै पक्षले गोल सकेनन्। अन्त्यमा पेनाल्टीमार्फत् रेड नेपालका १८ वर्षीय खेलाडी युवक लामाले गोल गर्न सफल भए र उसको गोल नै निर्णायक बन्यो। आयोजकले विजेतालाई ट्रफी, मेडल र सर्टिफिकेट हस्तान्तरण गर्‍यो।

प्रतियोगितामा ‘बेस्ट गोलकिपर’को उपाधि चेत नारायण खनालले पाउन सफल भए भने ‘बेस्ट प्लेयर’ सुजन कार्की  बन्न सफल भए। उनीहरू दुबै रेड नेपालकै खेलाडीहरू हुन्।

post image

पुस २७, काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा अनुसन्धान गर्न प्रहरीले उनको डिएनए संकलन गर्ने भएको छ। अमेरिकाको लस भेगासस्थित प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी पठाएको छ।

३३ वर्षीय रोनाल्डो अहिले इटालियन क्लब यूभेन्टसबाट व्यवसायिक फुटबल खेल्छन्। पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन्।

सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न  रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ।

सुरूमा क्याथरिनले लगाएको आरोपबारे प्रहरीले अनुसन्धान टुंग्याएको थियो। किनकी उनले आफूलाई युरोपेली फुटबलरले बलात्कार गरेको बताएकी थिइन् तर नाम तोकेकी थिइनन्।

गत अगस्टमा  उनका वकिलले  रोनाल्डोले क्याथरिनलाई बलात्कार गरेको र कुरा गोप्य राख्न ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै मुद्दा हालेपछि प्रहरीले फेरि अनुसन्धान अघि बढाएको हो।

post image

 पुस २५, काठमाडौं । करण जौहरको चर्चित च्याट शो ‘कफी विथ करण’ मा दिएको अन्तर्वार्ताका कारण भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पान्ड्याले अहिले सामाजिक सञ्जालमा भारतीयहरुको गाली खाइरहेका छन् । भारतीय क्रिकेट बोर्डले पनि उनलाई कारवाही गर्न सक्ने सम्भावना बढेर गएको छ ।

अन्तरवार्ताका क्रममा उनले आफ्नो परिवार सेक्सको मामलामा अत्यन्तै उदार रहेको बताए । पान्ड्याले भने, ‘मैले पहिलो पटक सेक्स गरेर घरमा आउँदा सबैलाई भनेको थिएँ कि मैले आज गरेर आएको छु । परिवारका सदस्यले खुशी भएर मलाई बधाई दिएका थिए ।’

उनले एउटा पार्टीमा बाबु र आमा दुवैलाई लैजाँदाको प्रसंग पनि सुनाए । ‘त्यतिबेला मेरो आँखा सेक्सी केटीहरुतर्फ घुमिरहेको थिए । बाबाले सोध्नुभयो कि तँ कुन केटीलाई हेर्दैछस ताकि दुवैको नजर एकै केटीमा नपरोस ।’ पान्ड्याले भने ।

सोही अन्तरवार्ताका क्रममा पान्ड्यालाई करणले सचिन तेन्दुलकर र बिराट कोहलीमध्ये को उत्कृष्ट ब्याट्सम्यान भन्ने प्रश्न सोधेका थिए । यसको जवाफमा पान्ड्याले तुरुन्तै बिराटको नाम लिए । यसबाट सचिनका फ्यानहरु उनीसँग रुष्ट भएका छन् । उनले आफू टिममा नपर्ने भयले बिराटको चाकडी गर्न खोजेको सचिनका प्mयानहरुको टिप्पणी छ ।

आफ्नो अन्तरवार्ता विवादमा आएपछि पान्ड्याले सामाजिक सञ्जालमा क्षमायाचना गरेका छन् । अन्तरवार्ताका क्रममा आफू बहकिएको उनको प्रष्टिकरण छ । तर, बीसीसीआईले उनको प्रष्टिकरणमा चित्त बुझाएको छैन ।

उनले भारतीय क्रिकेट टिमको छवि बिगारेको निस्कर्षका साथ कारवाहीको तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

post image

पुस २२,काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले आज बंगलादेश प्रिमियर लिगमा डेब्यू गर्दै छन्। पहिलो पटक प्रतियोगता खेल्न लागेका सन्दीप लामिछानेले पहिलो खेलमै डेब्यू गर्ने सम्भावना प्रवल छ।

ढाकामा हुने यो खेल नेपाली समय अनुसार १२:१५ बजेबाट सुरू हुनेछ। सन्दीपले आफ्नो लयलाई बंगलादेशी भूमीमा पनि कायमै राख्ने विश्वास खेलप्रेमीहरूले लिएका छन्। पूर्वपाकिस्तानी खेलाडी वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्समा सन्दीपले डेभिड वार्नरको कप्तानीमा बीपीएल खेल्नछन् ।

सिलेटमा सन्दिपसँगै मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहन्दी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन छन्।

दोस्रो खेलमा पुस २५ गते चिट्टगङ भाइकिङ्सविरूद्द प्रतिस्पर्धा गर्नेछ। विभिन्न ७ टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्सले एक आपसविरूद्ध खेल्नेछन्।प्रतियोगिताको फाइनल खेल आगामी माघ २५ गते हुनेछ।

post image

पुस २२,काठमाडौँ । लण्डन क्लबद्वय चेल्सी र आर्सनल अनी म्यानचेष्टर युनाइटेड इंग्लिस एफए कपको चौथो चरणमा प्रवेश गरेका छन्।

सेस फाब्रेगासले पेनाल्टी गुमाएपनि अल्भारो मोरनाटाले दुई गोल गरेपछि चेल्सीले नटिङहम फरेस्टलाई २-० ले हरायो।

उता जोसेस विललकको दुई गोल मद्दतमा आर्सनलले ब्ल्याकपुललाई ३-० ले पराजित गर्‍यो। आर्सनलका लागि एलेक्स इओवीले अर्को गोल थपे।

यसैगरी म्यानचेष्टर युनाइटेडले रिडिङलाई २-० ले हरायो। युनाइटेडका लागि हुँवा माटा र रोमेलु लुकाकुले एक-एक गोल गरे।

post image

पुस २१, काठमाडौं । आगामी माघ २६ गतेदेखि सुरु हुने धनगढी प्रिमियर लिग डीपीएलको तेस्रो सिजनको लागि एक टिम र तीन रणनीतिक खेलाडीको नाम परिवर्तन भएको छ। यसअघिको दुई संस्करणको च्याम्पियन टिम चौराह धनगढीको नाम परिवर्तन भएर धनगढी स्टार्स भएको छ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का व्यक्तिगत कारण नखेल्ने भएपछि विराटनगर किंग्सको रणनीतिक खेलाडीमा करण केसीलाई राखिएको छ। यस्तै भेट्रान शक्ति गौचनले सबैखाले क्रिकेटबाट सन्यास लिइसकेकाले रुपन्देशी च्यालेन्जर्सले उनको स्थानमा बसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रुपमा चयन गरेको छ।

यसैगरी महेन्द्रनगर युनाइटेडले विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई रणनीतिक खेलाडी तोकेको छ। गत सिजन शरदले डीपीएल खेलेका थिएनन् ।विराटनगर किंग्स : प्रफुल्ल वैद्य, करण केसी,सिवाइसी अत्तरिया : सिवाइसी क्लब अत्तरिया, दिपेन्द्र सिंह ऐरी,धनगढी स्टार्स : कृष्ण बोहरा, सोमपाल कामी ,काठमाडौँ गोल्डेन्स : गोल्डेनगेट एजुकेसन नेटवर्क, ज्ञानेन्द्र मल्ल,महेन्द्रनगर युनाइटेड : सुशील श्रेष्ठ एण्ड टिम, शरद भेषावकर,रुपन्देही च्यालेन्जर्स : सुरज उप्रेती,  बसन्त रेग्मी लाई राखिएको छ।

post image

पुस २१, काठमाडौं । ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ,  १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।

post image

पुस २१, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरु आज सुरु हुँदैछन् । लिगको अन्तिम चरणको पहिलो दिन आज २ खेल हुनेछन् । आजको पहिलो खेलमा जावलाखेल र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । हल्चोकस्थित एपिएफ मैदानमा बिहान ११ बजे आजको पहिलो खेल सुरु हुनेछ ।

दुबै टोली जित हात पार्दै लिगको सुखद अन्त्य गर्न चाहान्छन । लिगमा च्यासल पाँचौ र जावलाखेल चौथो जितको खोजीमा छन् ।  सोहि मैदानमा दिउँसो साडे २ बजे सरस्वती र पुलिस पनि प्रतिस्पर्धामा उत्रनेछन् । सरस्वतीलाई हराउन सके, पुलिसले तालिकामा २ स्थान सुधार गर्नेछ । १३ अंकमा तालिकाको नवौँ स्थानमा रहेको सरस्वती पनि प्रतियोगीताको सुखद अन्त्य गर्दै तालिकामा एक स्थान सुधारको योजनामा छ ।

लिगको बिजेता ११ औँ चरणमै टुंगीएपनि उपबिजेताको छिनोफानो १२ औँ चरणले लगाएको थियो । लिगमा शत प्रतिशत नतिजासंगै मनाङ मस्र्याङ्दीले उपाधि जित्दा संकटा क्लब उपबिजेता बनिसकेको छ ।

post image

पुस १९, काठमाडौं । भक्तपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने भएको छ । बुधबार सिंहदरवारस्थित युवा तथा खेलकूद मन्त्रालयमा भएको छलफलपछि सूर्यविनायक नगरपालिकाको ८ र ९ नं वडाको तौडल र महतगाउँमा रङ्गशाला निर्माण गर्ने जनप्रतिनिधि र मन्त्रालयबीच नीतिगत सहमति भएको हो।

नेपाल सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यका साथ रङ्गशाला निर्माण गरिने भएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने उक्त रङ्गशालाको लागि एक हजारदेखि आवश्यकताअनुसार एक हजार ५०० रोपनीसम्मको जग्गा मन्त्रालयको अनुरोधमा नगरपालिकाले व्यवस्था गर्ने भएको छ ।

उक्त स्थानमा रङ्गशालाको लागि आवश्यक जग्गाको व्यवस्था गर्दा जग्गा एकीकरण आयोजना (ल्याण्ड पुलिङ) को माध्यमबाट गरिने भएको छ । जग्गा एकीकरणको लागि सूर्यविनायक नगरपालिकाका वडा नं ८, ९, १० तथा आवश्यकताअनुसार चाँगुनारायण नगरपालिकाका वडा नं ८ र ९ लाई प्रयोगमा ल्याउने बताइएको छ ।

 त्यस्तै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको आवश्यक सबै कानूनी तथा प्राविधिक कार्य सम्पन्न गरी अबको १५ दिनभित्रमा डिपिआरको प्रक्रियामा जाने समेत सहमति भएको छ ।

 

post image

पुस१८,  काठमाडौं । संकटा क्लब शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपविजेता बनेको छ । थ्रीस्टारलाई २-१ गोलले पराजित गर्दै संकटा उपविजेता बनेको हो ।

पहिलो हाफसम्म १-१ को बराबरीमा रहेको खेलमा संकटाले दोस्रो हाफमा गोल गर्दै उपविजेता बनेको हो । खेलमा सुरुवाती अग्रता भने थ्रीस्टारले ३० औं मिनेटमा अञ्जन विष्टको गोलमार्फत लियो । ४१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै संकटाले खेल बराबरी गर्‍यो ।

संकटाका लागि अमित तामाङले गोल गरेका हुन् । ६१ औं मिनेटमा संकटा क्लबले फेरि पेनाल्टी पायो । फेरि पनि पेनाल्टीबाट गोल गर्दै अमितले संकटालाई २-१ गोलको अग्रता दिलाएका थिए ।

post image

 पुस १६, काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो ।

छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।

युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ ।

एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी-ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी-ट्वान्टी खेल खेल्नेछ ।

post image

 पुस १५, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत १२ औं राउण्डमा हुने मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल मिति परिवर्तन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै मनाङ र हिमालयन शेर्पा क्लबबीचको खेलको मिति परिवर्तन भएको जानकारी दिएको हो ।

१२ औं राउण्डको पहिलो खेलमा मनाङले हिमालयन शेर्पासँग पुस १८ गते प्रतिस्पर्धा गर्ने छ । यसअघि सार्वजनिक भएको खेल तालिकामा मनाङले हिमालयन शेर्पासँग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा यही पुस १७ गते मंगलबार बिहान ११ बजे प्रतिस्पर्धा गर्ने थियो । तर परिवर्तित तालिकाअनुसार अब मनाङले बुधबार २ बजेर ३० मिनेटमा हिमालयन शेर्पासँग हलचोकस्थित एपीएफको खेल मैदानमा प्रतिस्पर्धा गर्ने छ ।

लिग लिडर मनाङले यसअघि नै ११ औं राउण्डको खेलसम्ममा नै शतप्रतिशत जित हात पार्दै ए डिभिजन लिगको उपाधि जितिसकेको छ

post image

पुस १५,काठमाडौं । इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको टोट्टनहाम शनिबार राती आफ्नै घरमा वुल्भ्ससँग ३–१ गोलले पराजित भएको छ । यस हारले टोट्टनहामको उपाधि होड पनि कमजोर बनेको छ ।

 घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता टोट्टनहामले नै लिएको थियो । २२ औं मिनेटमा हेरी केनले गोल गर्दै टोट्टनहामको उत्साह बढाएका थिए । तर टोट्टनहामको उत्साह दोस्रो हाफमा सकिएको थियो । दोस्रो हाफमा दमदार खेल खेलेको वुल्भ्सले तीन गोल हान्यो । वुल्भ्सका लागि विली वोलीले ७२औं, राउल जिमिनेजले ८३औं र हेल्डर कोस्टाले ८७औं मिनेटमा गोल गरेका थिए ।

हारसँगै टोट्टनहामले शीर्ष टोली लिभरपुलसँग अंक दुरी घटाउने मौका गुमायो । टोट्टनहामको २० खेलबाट ४५ अंक छ । शीर्ष टोली लिभरपुलको ५४ अंक छ । जितसँगै २९ अंक बनाएको वुल्भ्स सातौं स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार रातीनै भएका अन्य खेलमा  ब्राइटनले एभर्टनलाई १–०, कार्डिफ सिटीले लेस्टर सिटीलाई १–० र फुलहामले हडर्सफिल्डलाई १–० गोलले हरायो । वाटफोर्ड र न्युक्यासल युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

post image

पुस १३,काठमाडौं । भारतीय टेष्ट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियामा थप अर्को कीर्तिमान बनाएका छन्। उनले राहुल द्रबिडको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

कोहलीले अष्ट्रेलियाविरूद्ध जारी टेष्ट सिरिजको दोस्रो खेलमा शानदार सतकीय इनिङ्स खेलेका थिए यो उनको टेष्ट करियरको २५ औं सतक थियो। यो सँगै विराट कोहली भारतका तर्फबाट एक क्यालेन्डर वर्षमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्।

कोहलीले  अष्ट्रेलियाविरूद्धको तेस्रो टेष्ट क्रिकेट म्याचको दोस्रो दिन ८२ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन्। कोहलीले अहिलेसम्म वर्ष २०१८ मा विदेशी भूमिमा ११३८ रन बनाइसकेका छन्। राहुल द्रविडले सन् २००२ मा विदेशी भूमिमा ११३७ रन बनाएका थिए। कोहलीले बिहिबार द्रबिडको उक्त रेकर्ड तोडेका हुन्।

यस्तै कोहलीले आगामी दोस्रो पारीमा ७४ रन बनाए भने विदेशी भूमिमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान बनाउने छन्।  यो रेकार्ड अहिलेसम्म दक्षिण अफ्रीकाका पूर्वकप्तान ग्रीम स्मिथको नाममा छर उनले सन् २००८ मा विदेशी भूमिमा १२१२ रन बनाएका थिए।

स्मिथ पछि वेस्टइण्डिजका विवियन रिचर्ड्स ११५४ रन बनाएर दोस्रो स्थानमा छन्। उनले सन् १९७६ मा यो कीर्तिमान बनाएका थिए। कोहली यो कीर्तिमानको तेस्रो स्थानमा कोहली छन्। कोहलीले वर्ष २०१८ मा दक्षिण अफ्रिकाविरूद्धको तीन टेस्ट म्याचमा ४७.६६ को औषतमा २८६ रन, इंग्ल्याण्डमा पाँच टेष्ट म्याचमा ५९.३० को औषतमा ५९३ रन बनाएका थिए।

यस्तै अष्ट्रेलियामा जारी तीन टेष्ट म्याचको पाँच पारिमा अहिलेसम्म ५१.८० को औषतमा २५९ रन बनाइसकेका छन्। कोहलीले सन् २०१८ मा अहिलेसम्म १३२२ रन बनाइसकेका छन्।

post image

 पुस ११, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

लिगको आठौं स्थानमा रहेको हिमालयन शेर्पा क्लबले १२ औं स्थानमा रहेको बीबीसीसँग प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जिते हात पार्ने लक्ष्यसहित मैदानमा प्रवेश गर्ने छन् ।त्यस्तै, सातदोबाटोमै हुने अर्को खेलमा जावलाखेल युथ क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुने खेलमा दुवै टिम जित हात पार्ने लक्ष्यमा रहेका छन् ।

हलचोकस्थित एपीएफको मैदानमा आजै हुने अर्को खेलमा लिगको पुछारमा रहेको न्युरोड टिम (एनआरटी) क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिगको शीर्ष स्थानमा भने मनाङ मर्स्याङ्दी क्लब रहेको छ । मनाङको १०औं खेलबाट ३० अंक रहँदा लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबको २५ अंक रहेको छ ।

त्यस्तै, लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टार क्लबलको भने २३ अंक रहेको छ । यता, उपाधि दौडबाट बाहिरिसकेको आर्मीको भने १० खेलबाट १८ अंक रहेको छ ।

post image

 पुस १०, सुर्खेत । रुकुम जिल्ला क्रिकेट संघको आयोजनामा कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिता मंगलवारदेखि रुकुमपश्चिमको चौरजहारीमा शूरु भएको छ। यही पुष १७ गतेसम्म हुने प्रतियोगितामा कर्णालीका ७ जिल्लाका खेलाडीको सहभागि भएको संघका अध्यक्ष दिपक बाँठाले जानकारी दिए। प्रदेशका रुकुम, सल्यान, सुर्खेत, कालिकोट, जुम्ला, जाजरकोट र डोल्पा जिल्ला गरी ७ वटा जिल्ला खेलाडिले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन्। उपविजेताले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। समग्र प्रदेशलाई क्रिकेटको विकासमा टेवा पुर्‍याउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बाँठाको भनाई छ। गतवर्ष सुर्खेत जिल्ला क्रिकेट संघको आयोजनामा सुर्खेतमा भएको प्रदेशस्तरीय खेलमा सुर्खेतले उपाधी हात पारेको थियो भने रुकुम उपविजेता भएको थियो।

मंगलवार प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पछिल्लो समय खेलका माध्यमबाट नेपालको पहिचान बढाएको भन्दै कर्णालीको पनि थप पहिचान बढाउने बताए। कर्णालीका खेलाडि सीप र क्षमता भएरपनि अवसर नपाएर पछि परेको भन्दै बेलाबखत खेलकुदहरु आयोजना गर्नुपर्नेमा जोड दिए। कर्णालीको खेलजगतलाई माथि उठाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।

post image

पुस ७, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताउनु भएको छ । बिभिन्न खेलका समानान्तर संघहरु रहेको सन्दर्भ उल्लेख गर्दै उपाध्यक्ष तिमिल्सेनाले आफु सरकारले तोकेको जिम्मेवारीवाट पुन उपाध्यक्ष भएर राष्ट्रिय खेलकुद परिषद्मा आएको बताउँदै खेलकुदका नाममा समानान्तर संघहरु गठन गर्नेहरुलाई कारवाही गर्न परिषद् पछि नहट्ने ठोकुवा गर्नु भएको छ ।

नेप्लीज टेक्वान्डो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद् बिकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने सरकारको अभियानलाई सफल पार्न देशब्यापी रुपमा यसरी नै खेलकुदका कार्यक्रमहरु आयोजना भईरहेको स्मरण गराउनु भयो । समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले खेलकुदसँगको समानान्तर संघहरु गठन हुनुले कलिला खेलाडीहरुको भबिष्य अन्यौलता तर्फ धकेलिने भएकाले यस तर्फ सर्तक रहन समेत सम्वन्धित पक्षलाई जानकारी गराउनु भयो । उहाँले जति सम्झाउँदा पनि नमान्ने अवस्था अआयो भने राष्ट्रिय खेलकुद परिषद् बाध्य भएर कारवाही प्रक्रियामा अघि बढ्ने चेतावनी समेत दिनु भयो ।

एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा नेप्लिज टेक्वान्डो एकेडमी प्रथम बन्न सफल भएको थियो भने शारदा एकेडमी दृतिय तथा बालगिताञ्जली स्कूल तृतीय भएका थिए । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका डोजाङ्ग तथा बिभिन्न बिद्यालयका करीव २ सय जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगिताका बिभिन्न उमेर तथा तौल समूहका बिजेता पुरुष तथा महिला खेलाडीहरुलाई पुरस्कृत गरीएको थियो । कार्यक्रममा नेप्लिज टेक्वाण्डो एकेडमीका अध्यक्ष अशोक खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो भने कागेश्वरी मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले नगरपालिका सधै खेलकुदको बिकासमा लागिपरेको बताउँदै राखेपलाई आवश्यक सहयोगका लागि अनुरोध समेत गर्नु भयो ।

त्यसरी नै समापन कार्यक्तमकको सभापतीत्व ग्रहण गरीरहनु भएका कागेश्वरी मनोहरा नगर खेलकुद् बिकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनीले केही समय पहिले सम्पन्न भएको प्रथम मेयर कप फुटवल प्रतियोगिताबाट खेलकुद बिकास समिति उत्साहीत बनेको बताउँदै अव छिट्टै नै नगर स्तरीय क्रिकेट तथा गल्फ खेलकुद प्रतियोगिता आयोजना गराईने जानकारी समेत दिनु भयो ।

समापन कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल लगायत स्थानीय बुद्धीजीवीहरु र सयौको संख्यामा खेलाडीहरुको सहभागीता रहेको थियो ।

post image

पुस ६, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सागर पुन करिब ६ महिना मैदान बाहिर रहने भएका छन् ।एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायरमा ललितपुरविरुद्धको खेलमा घाइतेभएपछि उनले खेल गुमाएका थिए । उनको दाहिने खुट्टाको गोली गाँठोको शल्यक्रिया गरिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उपचारपछि सामाजिक सञ्जाल फेसबुकमा करिब ६-७ महिना सागर पुन मैदान बाहिर नै रहने जानकारी दिएका हुन् । नेपाली राष्ट्रिय टिममा लामो समयदेखि खेलेका उनी पछिल्लो समयमा भने खराब फर्मका कारण टिममा अटाएका थिएनन् ।

post image

पुस ६, काठमाडौँ । फिफाको नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले डिसेम्वर महिना र नयाँ वर्ष २०१९ को जनवरी महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लेको हो।

अघिल्लो दुई महिनामा भने नेपाल एक-एक स्थान तल झरेको थियो। यस्तै विश्व वरीयतामा भने बेल्जियमले शीर्ष स्थानमा रहेर २०१८ को अन्त्य गर्नेछ भने नयाँ वर्षको सुरुवात गर्नेछ।

विश्व विजेता फ्रान्सलाई एक अंकले मात्र पछि पार्दै बेल्जियम शीर्ष स्थानमा यथावत रहेको हो। दक्षिण एसियामा भारत सबैभन्दा अघि ९७औँ स्थानमा यतावत नै छ भने माल्दिभ्स १५२औँ, भुटान १८६औँ, बंगलादेश १९२ औँ र पाकिस्तान १९९औँ स्थानमा यथावत छ। श्रीलंका २०१औँ स्थानमा छ।

विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत रहँदा विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ। यस्तै ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इंगल्याण्ड पाँचौमा स्थानमा यथावत छ। पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा यथावत छन्।

अब ७ फेब्रुअरी २०१९ मा नयाँ वरीयता सार्वजनिक गरिने फिफाले जनाएको छ।

post image

 पुस ४, काठमाडौं । भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई पराजित गर्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ । भैरहवाले चितवनलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो । १४० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

भैरहवाको जितमा कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रनको साझेदारी गरे । कुशल २७ रनमा अविजित रहे । उनले १३ बलको सामना गर्दै दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, रोहितले १४ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा अविजित बने । त्यसअघि भैरहवाका प्रदीप ऐरीले ४२ रन बनाए भने कप्तान शरद भेषावकरले २९ रन बनाए ।

बलिङतर्फ चितवनका कमलसिंह ऐरीले तीन विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । मध्यम स्कोर बनाउने क्रममा चितवनका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए ।

उनले ४५ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५६ रन बनाए । चितवनको सुरुवात भने राम्रो थिएन । १८ रन हुँदा पहिलो विकेटको रुपमा सन्दीप सुनारलाई चार रनमा गुमाएको चितवनले दोस्रो विकेट पनि १८ रन हुँदा नै गुमाएको थियो । यसबेला भने पाउल स्टर्लिङ १४ रनमा आउट भएका थिए ।

एकपछि अर्को विकेट गुमाउने क्रममा चितवनले कप्तान पृथु बास्कोटालाई शून्य रनमै गुमाएपछि दबाबमा आएको थियो । यो बेला चितवनको स्कोर ४.३ ओभरमा ३ विकेटको क्षतिमा २४ रन भएको थियो । तर त्यसपछि आएका दीपेन्द्रले इनिङ उकासेका हुन् ।

बलिङतर्फ भैरहवाका मोहम्मद नाभिदले तीन विकेट लिदा अविनाश बोहराले दुई विकेट लिए ।

post image

पुस ४ , काठमाडौँ ।  नेपालको राष्ट्रिय क्रिकेट टिमले दोस्रो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज युएई सँग खेल्ने भएको छ।  गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट भित्र पर्दै पहिलो पटक ओडिआई स्ट्याटस पाएको नेपालले अगष्टमा नेदरल्याण्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। उक्त सिरिजमा नेपालले एक खेल जित्दै सिरिज १-१ को बराबरीमा सकाएको थियो।

त्यसको झण्डै पाँच महिनापछि नेपालले दोस्रो ओडिआई सिरिज खेल्न लागेको हो। नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटाले यस बारेमा भोली बेलुकासम्म निर्णय हुने जानकारी दिए। टमाटाका अनुसार नेपालले दुई खेलको ओडिआई सिरिज र दुई खेलको टी-२० इन्टरनेशनल सिरिज खेल्ने सम्भावना छ।

नेपालले कति खेल खेल्ने र खेलको मितिको बारेमा आइसीसीबाट इमेल प्राप्त भएपछि निर्णय हुनेछ। हाल नेपाली खेलाडीहरु काठमाडौँमा भइरहेको एभरेष्ट प्रिमियर लिग इपीएल खेलिरहेका छन्।

post image

पुस २, काठमाडौँ । पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारीयर्सलाई ५ विकेटले हराउँदै काठमाडौं किंग्स इलेभेन राजधानीमा जारि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफारमा प्रवेश गरेको छ।

विराटनगरले दिएको १ सय १ रनको सामान्य लक्ष्य पक्ष्याएको काठमाडौंले १७.५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदै क्वालिफायरमा ललितपुर प्याट्रीयट्ससँगको भेट पक्का गरेको हो।

त्यस्तै हारसँगै साविक विजेतासमेत रहेको विराटनगर समूह चरणबाटै बाहिरिएको छ। विराटनगरलाई नेट रन रेटमा पछि पछि पार्दै चितवन टाइगर्सले प्ले अफमा स्थान सुरक्षित गरेको हो। चितवनले बुधबार एलिनिमेटर खेल भैरहवा ग्याडीयर्टससँग खेल्ने छ।

सोमबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा कमजोर ब्याटिङ गर्दै विराटनगरले दिएको १०१ रनको लक्ष्य काठमाडौंले ५ विकेट गुमाउँदै १७.५ ओभरमा पुरा गर्‍यो। काठमाडौंलाई जिताउन आइरिस खेलाडी केबिन ओब्राइनले ४५ रन बनाए। यस्तै प्रदिप साहुले २१ रन बनाउँदा अमित श्रेष्ठले १४ रन बनाए।

विराटनगरका लागि कप्तान पारस खड्का र रोइलोफ् भान डेर मेर्वेले २-२ विकेट लिए पनि विराटनगरलाई जिताउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा १०० रनमा अलआउट भएको थियो।

जित्नै पर्ने लक्ष्यमा रहेको विराटनगरका लागि सुमित महर्जनले २५, हरि चौहानले २२ तथा कप्तान पारस खड्काले २१ रन बनाउनुबाहेक अन्यले राम्रो खेल्न सकेनन्। काठमाडौंका लागि बलिङमा केभिन ओब्राइनले तीन तथा प्रविन शाहु र विक्रम भुषालले दुई-दुई विकेट लिए।

post image

पुस १ काठमाडौँ  । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७५ को बिजेता वडा नं ९ बन्न सफल भएको छ । साँखुस्थित सलम्बुटार खेल मैदानमा भएको फाइनल खेलमा वडा नं ९ ले वडा नं २ का बिरुद्द १ – ३ गोल गरेको थियो ।

 शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न भएको यस प्रतियेगिताको विजेता वडा नं ९ ले १ लाख पाएको छ भने उपविजेता वडा नं २ ले रु ५० हजार प्राप्त गरेको छ ।त्यस्तै तेस्रो बनेको वडा नं १ ले रु २५ हजार प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट किपर रबिन लामा , उत्कृष्ट खेलाडी हरु-सुनिल तामाङ /प्रनिल खडका,  सर्बाधिक गोलकर्ता गणेश नगरकोटि घोषित भए ।

 युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर विश्वकर्माले प्रतियोगिताको फाईनल खेल , समापन तथा पुरस्कार बितरण गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले देशको नाम र पहिचान अन्तराष्ट्रिय रुपमा स्थापित गराउन खेलकूद क्षेत्र महत्वपूर्ण भएकोले खेल क्षेत्रको विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।

 ‘खेल क्षेत्रको विकासका लागि देशका ७५३ स्थानीय तहमा स्थानीय सरकारसँगको सहकार्यमा खेलकुदका पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गर्ने कार्र्य भइरहेको छ । यसले नेपालको खेलकूद क्षेत्रको विकासमा ठूलो टेवा दिन्छ ।’ उनले भने ।

मंसिर १४ गतेदेखि २९ गतेसम्म चलेको यस खेल प्रतियोगिताले नगरपालिकाका युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई बढाएको र यस प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मनेमा आफु बिस्वस्त रहेको शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बताए । उनले नगरपालिकाका ९ ओटै वडाहरुमा खेलकूदका गतिविधि सञ्चालन गर्न र नगरभित्र सबै पूर्वाधार युक्त खेलकूद मैदान निर्माण गर्न नगरपालिका तयार रहेको भन्दै भौतिक पूर्वाधार निर्माणमा केन्द्र सरकारले सहयोग गर्नुपर्ने बताए । ‘हामीसँग खेल मैदान निर्माण गर्न प्रसस्त जग्गा छ भउपनि पूर्वाधार नहुँदा खेलाडीहरुलाई समस्या छ । केन्द्र सरकारलाई भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गर्न अनुरोध गर्दछु ।’ मन्त्री विश्वकर्मालाई इङ्गित गर्दै मेयर श्रेष्ठले भने ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले यस खेल प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई शंखारापुर  आभार व्यक्त गरेका थिए ।

post image

मंसिर २८, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा चितवनले पहिलो जित हात पारेको छ ।

चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले दिएको १९७ रनको चुनौती विराटनगर वारियर्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १९१ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाए । तर आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् । ४२ बलको सामना गरेका बाबरले आठ छक्का र पाँच चौका प्रहार गरेका थिए ।

त्यस्तै, विराटनगरका लागि आसिफ शेखले ३० र कप्तान पारस खड्काले १९ रनको योगदान दिए । अविजित रहेका करण केसीले खेल जिताउने केही प्रयास गरेका थिए । तर अन्तिम समयमा उनी चुके । उनले १८ बलमा अविजित २४ रन बनाए ।

बलिङतर्फ चितवनका ललित भण्डारीले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २४ रन मात्रै खर्चेर चार विकेट लिन सफल भए । जितसँगै चितवन टाइगर्स लिगको तेस्रो स्थानमा उक्लिएको छ भने प्ले अफ पुग्ने उसको अंक गणितीय समीकरण मात्रै बाँकी रहेको छ । चितवनले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको थियो ।  अब अन्तिम खेल चितवनले पोखरासँग खेल्न बाँकी छ ।

यता, पराजित विराटनगरको भने यो दोस्रो हार हो । चार खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको विराटनगरको चार अंक रहेको छ । हारपछि पनि विराटनगरको प्ले अफ पुग्ने सम्भावना बलियो रहेको छ ।

post image

मंसिर २८, काठमाडौँ ।  बल लागेर आयोजक इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरको गाडीको सिसा फुटेको छ। विराटनगरका लागि हङकङका खेलाडी बाबर हायातले प्रहार गरेको छक्काको बल लागेर  अख्तरको गाडीको सिसा फुटेको हो।

यसअघि इंग्लिस ब्याट्सम्यान जोन सिम्पसनको ७८ रनको सहायताले चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। चितवनका लागि सिम्पसनबाहेक दीपेन्द्र सिंह ऐरीले २२ बलमा ३२ रन बनाएका थिए। यस्तै पल स्टरर्लिङले २४ रन बनाउँदा अर्का ओपनर सन्दिप सुनारले ३० रन जोडे।

विराटनगरका लागि पारस खड्का, पाउल भान मिकरेनले, करण केसी र बसन्त रेग्मीले समान एक-एक विकेट लिए। यदि आज विराटनगर विजयी भए प्लेअफमा पुग्नेछ भने चितवन समूह चरणबाट बाहिरीने छ।

post image

मंसिर २५,काठमाडौँ । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत  सेमिफाईनलका खेलहरु सम्पन्न भएका छन् । बुधबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वडा नं २ बिजयी भएको छ। वडा नं २ ले वडा नं १ का बिरुद्द २ गोल गरेको छ ।

यस संगै वडा नं २ ले पहिलो सेमिफाइनलको बिजेता  वडा नं ९ सङ्ग फाईनल को यात्रा तय गरेको छ।

यस खेलकुद प्रतियोगिताले नगरका युबाहरुमा उत्साह थपेको र यसले आगामी दिनहरुमा यस्ता कार्यहरु गर्न नगरपालिकालाई थप उत्साहित बनाएको शंखारापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले बताउनुभयो  ।

यस प्रतियोगिताको फाईनल खेल , समापन तथा पुरस्कार बितरण समारोह यहि मङ्सिर २९ गते शनिबार सलम्बुटारमा खेल मैदानमा हुदैछ

post image

मंसिर २६,  काठमाडौँ। भैरहवा ग्लाडिएटर्सले लगातार तीन खेल जित्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) मा दुई खेल अगावै प्लेअफको स्थान पक्का गरेको छ।

लगातार तीन खेल जितेको भैरहवा ६ अंकसहित अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ। भैरहवाले यसअघि पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको छ। फ्रेन्चाइज स्वरुपमा इपीएल सुरु भएपछि पहिलो हार बेहोरेको विराटनगरको भने ३ खेलबाट ४ अंक छ। विराटनगरले अझै दुई खेल्न बाँकी छ र क्वालिफायर पुग्ने सम्भावना बाँकी छ। यस्तै चितवन टाइगर्स र पोखरा राइनोजले लगातार तीन खेल हारिसकेको र बाँकी दुई खेल जितेपछि भैहरवालाई नभेट्ने भएकोले शरद भेषावकरको टोली दुई खेल बाँकी छदै शीर्ष चारमा रहने पक्का भएको हो। राउण्ड रोविन लिगपछि शीर्ष चारमा रहने टोली प्लेअफमा पुग्नेछन्।

युएईका मोहम्मद नाभिदको आगमनपछि उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई ९१ रनमा अलआउट गरेको भैहरवाले ९२ रनको लक्ष्य अन्तिम ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो। सामान्य लक्ष्य भएपनि विराटनगरले उत्कृष्ट बलिङ गरेपछि भैरहवाले जितका लागि अन्तिम ओभरमस्म कुर्नुपर्‍यो। अन्तिम ओभरमा जितका लागि ६ रन चाहिएको अवस्थामा विराटनगरका कप्तान खड्काले अन्तिम ओभर बलिङ गरेका थिए। त्यसअघि पारसले बलिङ गरेका थिएनन्। अन्तिम ओभरमा नाभिद र रोहित कुमार पौडेलले मिलेर ६ रन जोड्दै भैरहवालाई जित दिलाए। रोहित ७ र नाभिद ३ रनमा नटआउट रहे।

पाँचौ ओभरमा स्कोर २१ हुँदा भैरहवाले ओपनर प्रदि ऐरीलाई १० रनमा गुमाएको थियो। अर्का ओपनर कुशल मल्ल पनि ७ रन बनाएर छैटौँ ओभरमा बउट भएपछि २४-२ को अवस्थामा थियो। पोखरा राइनोज विरुद्ध १२५ रनको शतकिय इनिङ्स खेलेका रवी इन्दर सिंह पनि १२ रन बनाएर आउट भएपछि भैरहवाको तेस्रो विकेट गुम्यो। तर राएन टेन डेसकाटे र कप्तान शरद भेषावरकरले चौथो विकेटका लागि ३३ रनको साझेदारी गर्द जितको आधार तय गरेका थिए। डेसकाटेले भैरहवाका लागि सर्वाधिक २० रन बनाए।  शरदले १६ रन योगदान गरे। आरिफ शेख १ रन बनाएर आउट भए।

बलिङमा विराटनगरका रोलेफ भान डेर मर्वेल ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए। करण केसी, पउल भान मिकेरेन, बसन्त रेग्मी र रोविन क्षेत्रीले १-१ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा भैरहवाले टस जितेर विराटनगरलाई पहिले ब्याटिङको लागि निम्तो दिएको थियो। कप्तान शरदको उक्त निर्णयकलाई भैरहवाका बलरहरुले प्रमाणित गरे।

लगातार दोस्रो पटक विराटनगरका कप्तान पारस खड्कालाई दोस्रो ओभरको पहिलो बलमा कृष्ण कार्कीले शरदको हातबाट क्याचआउट गराउँदै उत्कृष्ट सुरुवात दिलाए। यस इपीएलमा पहिलो खेल खेलेका नाभिदले दोस्रो ओभरमा अनिल शाह (४) र आसिफ शेख (०) लाई लगातार आउट गरेपछि विराटनगर सुरुमै धर्मराएको थियो। यस्तै विराटनगरका लागि यस सिजन पहिलो खेल खेलेका बाबर हायत (४) लाई कृष्णले छैटौँ ओभरमा आउट गरे। बाबार गत सिजन उत्कृष्ट खेलाडी घोषित भएका थिए।

रोलेफ भान डेर मर्वेले सर्विधक २५ रन बनाएको विराटनगरको इनिङ्समा चार खेलाडीले मात्र दोहोरो अंक छुन सकेन। करण केसीले १८ तथा सुमित महर्जनले १५ रन बनाए भने हरिबहादुर चौहान १३ रनमा नटआउट रहे। बसन्त रेग्मी ५ र पउल भान मिकेरेन २ रन बनाएर आउट भए भने रोविन क्षेत्रीले खाता खोल्न सकेनन्।

छैटौँ विकेटका लागि मर्वे र करण केसीले गरेको २५ रनको साझेदारी नै विराटनगरको ठूलो साझेदारी थियो।  बलिङमा भैरहवाका लागि नाभिदले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए। यस्तै कृष्ण कार्की र अभिनाश बोहराले २-२ विकेट लिए। नाभिदले १८औँ ओभरमा बसन्त रेग्मी र रोविन क्षेत्रीलाई बोल्ड आउट गरेका थिए भने अभिनाशले १९औँ ओभरमा मिकेरेनलाई बोल्डआउट गरे। यस्तै राएन टेन डेसकाटे र कप्तान शरदले १-१ विकेट लिए।

post image

मंसिर २५,काठमाडौँ ।  भैरहवा ग्लाडिएटर्सले एभरेष्ट प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। मंगलवार भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई १२ रनले पराजित गर्‍यो। यस प्रतियोगितामा चितवनको यो लगातार तेस्रो हार हो। चितवन यसअघि ललितपुर प्याट्रिओट्स र काठमाडौँ किंग्स ११ सँग पराजित भएको थियो।

उता पहिलो खेलमा पोखरा विरुद्ध इपीएलकै उच्च स्कोर पछ्याउँदै जित हात पारेको भैहरवाले लगातार दुई खेल जित्दै विराटनगर वारियर्स र ललितपुर प्याट्रिओट्स समान ४ अंक जोडेको छ।

चितवन र पोखरा राइनोजले भने लगातार तीन खेल हारिसकेको छ। भैरहवाले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेलेर ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

चितवनका लागि ओपनर पउल स्ट्रलिङले सर्वाधिक ३६ रन बनाए भने जोन सिम्पसनले २६ तथा दिलिप नाथले १२ रन जोडे। शाहब आलमले नटआउट १६ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा भैरहवाका कप्तान शरद भेषावकर र रवी इन्दर सिंहले २-२ विकेट लिए। ४ ओभर बलिङ गरेका शरदले २४ रन खर्चे भने सिंहले ३ ओभरमा २३ रन खर्चिए। यस्तै किफायती बलिङ गरेका रायन टेन डेसचाटे र अभिनाश बोहराले समान १ विकेट लिए। डेसचाटेले १२ र बोहराले १३ रन खर्चे।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। भैरहवाका लागि राएन टेन डेसकाटेले सर्वाधिक ३५, प्रदिप ऐरीले २६ र रवी इन्दर सिंहले २५ रन बनाए। यस्तै आरिफ शेखले १२ तथा पुनित मेहराले १२ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

भैरहवालाई अलआउट गर्न चितवनका सागर ढकाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए। अन्तिम ओभरको दोस्रो र तेस्रो बलमा विकेट लिएका जर्ज स्कटले ३.३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।

अब भैरहवाले भोली विराटनगर वारियर्ससँग तेस्रो खेल खेल्दैछ। चितवनले पनि आफ्नो चौथो खेलमा शुक्रवार विराटनगरसँगै खेल्नेछ। भोली काठमाडौँ किंग्स ११ र ललितपुर प्याट्रिओट्सबीच पनि खेल हुनेछ।

post image

मंसिर २५,काठमाडौँ । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत आज सेमिफाईनलका खेलहरु हुनेछन् । आज दिउँसो २ बजे साखुस्थित,सलम्बुटार खेल मैदानमा खेल हुने आयोजकले जनाएको छ   ।

समूह ए बाट वडा नं १ र ९ तथा समूह बि बाट वडा नं २ र ६ सेमिफाईनलमा प्रवेश गरेका छ्न। हालसम्म खेलप्रेमी तथा स्थानीय दर्शकको निकै रोमान्चक र उत्साहजनक सहभागितामा खेलहरु संचालन भइरहेको शंखारापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले बताउनुभयो ।

यस खेलकुद प्रतियोगिताले नगरका युबाहरुमा उत्साह थपेको र यसले आगामी दिनहरुमा यस्ता कार्यहरु गर्न नगरपालिकालाई थप उत्साहित बनाएको शंखरापुर नगरपालिकाका प्रवक्ताले बताउनुभयो ।

यस प्रतियोगिताको फाईनल खेल , समापन तथा पुरस्कार बितरण समारोह यहि मङ्सिर २९ गते शनिबार सलम्बुटारमा खेल मैदानमा हुदैछ

post image

मंसिर २४,काठमाडौँ । राजधानीमा जारी एभेरेष्ट प्रिमियर लिग क्रिकेटमा चितवन टाइगर्सलाई ६ विकेटले हराउँदै काठमाडौं किंङ्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदै मात्र ४ विकेट गुमाएर भेट्टायो।

काठमाडौंको जितमा सुब्रमनियन आनन्दले ४३ रको नटआउट पारी खेले। यस्तै ओपनर अमित श्रेष्ठले १८ रन बनाएर आउट हुँदा सागर पुनले ३९ रन बनाए। विदेशी खेलाडी केभिन ओब्राइन ९ रनमा आउट हुँदा नरेश बुढाऐरले २२ रन जोडे। यस्तै अमरसिंह रौटेला २१ रनमा नटआउट रहे।

चितवनका साहब आलमले २ तथा ललित भण्डारी र पउल स्ट्रलिङलेले १-१ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले अन्तिम बल बाँकी छँदै १६० रन बनाएर अल आउट भएको थियो।

आक्रामक सुरूवात गरेको चितवनका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रन बनाए। यस्तै ओपनर पउल स्ट्रलिङले पहिलो विकेटका लागि सन्दिप सुनारसँग ५३ रनको साझेदारी गरेका थिए। स्ट्रलिङले १३ बलमा ३४ रन बनाउँदा सन्दिपले १९ बलमा २५ रन बनाएका थिए।

चौथो विकेटका लागि जर्ज स्कट र दिपेन्द्र ऐरीले ४० रनको साझेदारी गरेका थिए। तर, स्कट १५ रनमा आउट भएपछि चितवनले १ सय ९ रनमा चौथो विकेट गुमायो। टिमको स्कोर १ सय ४४ रन हुँदा पाँचौ विकेटका रूपमा दीनेन्द्र सिंह ऐरी ४५ रन बनाएर आउट भए।

त्यसपछि क्रिजमा आएका भिम शार्की पनि सात रनमा आउट भएपछि १ सय ५२ रनमा छैठौं विकेट गुमाएको चितवनले बाँकी ८ रन जोड्दा ४ विकेट गुमायो। कमलसिंह ऐरी, ललित भण्डारी र सागर ढकालले १-१ रन बनाउँदा कप्तान पृथु बास्कोटाले २० बलमा २० रन बनाउँदै नटआउट रहे।

बलिङ तर्फ काठमाडौंका प्रदिप साहु र संसद शेखले ३-३ विकेट लिँदा सागर पुन र केभिन ओब्राइनले एक-एक विकेट हात पारे। यो जितसँगै काठमाडौंले पहिलो खेलबाटै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। उता पराजित चितवनलले लगातार दोस्रो हार व्यहोरेको छ। यसअघि हिजो ललितपुरसँग ११ रनले पराजित भएको थियो।

post image

मंसिर २३, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ ।

कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो ।

जितसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३२ रनमा समेटियो । चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१, गर्जयो स्कोटले १८ तथा जोन सिम्पसमले १३ रन जोडनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेकनन् । ललितपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो । उसका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए भने सन्दिप जोराले २५, गौरव तामोरले ३० , जयकिशन कोल्शावालाले २०, सन्नी पटेलले १९ तथा कप्तान ज्ञानेन्द्र मल्लले ३ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक एक विकेट लिएका थिए ।

post image

मंसिर २३,काठमाडौँ । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता २०७५ अन्तर्गत लिग चरणका खेलहरु सम्पन्न भएका छन् ।  शनिबार सम्पन्न लिग चरण अन्तर्गतको अन्तिम दिनको पहिलो खेलमा वडा नं.९ ले  वडा नं ५ बीचको खेलमा २ गोलको जित निकालेको हो । त्यस्तै  दिउँसो ३ बजे वडा नं २ र ४ बिच भएको दोस्रो खेलमा वडा नं २ ले वडा नं ४ का बिरुद्ध ६ गोलको जित निकालेको हो।

समूह ए बाट वडा नं १ र ९ तथा समूह बि बाट वडा नं २ र ६ सेमिफाईनलमा प्रवेश गरेका छ्न। हालसम्म खेलप्रेमी तथा स्थानीय दर्शकको निकै रोमान्चक र उत्साहजनक सहभागितामा खेलहरु संचालन भइरहेको शंखारापुर नगर खेलकुद विकास समितिका अध्यक्ष बद्री प्रसाद चौलागाईले बताउनुभयो ।

यस खेलकुद प्रतियोगिताले नगरका युबाहरुमा उत्साह थपेको र यसले आगामी दिनहरुमा यस्ता कार्यहरु गर्न नगरपालिकालाई थप उत्साहित बनाएको शंखरापुर नगरपालिकाका प्रवक्ताले बताउनुभयो ।

सेमिफाइनल अन्तर्गतका खेलहरु यहि मङ्सिर २५ र २६ गते दिउँसो २ बजे साखुस्थित,सलम्बुटार खेल मैदानमा आयोजना हुनेभएको छ  । यस प्रतियोगिताको फाईनल खेल , समापन तथा पुरस्कार बितरण समारोह यहि मङ्सिर २९ गते शनिबार सलम्बुटारमा खेल मैदानमा हुदैछ।

post image

मंसिर २०,  काठमाडौं । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणमा बिहिबार भएको पहिलो खेल बराबरीमा टुंगिएको छ । वडा नं १ र वडा नं ८ बीच भएको उक्त खेलमा  ले वडा नं ५  का बिरुद्द  १ गोल गर्दै बिजयी भएको हो।

त्यसैगरी दिउँसो ३ बजे वडा न ७ र ९ बिच भएको दोस्रो खेलमा वडा नं ९ २-० को अन्तरले बिजयी बनेको छ ।यसका साथै  समुह ए बाट १ र ९ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने खेलमा शंखरापुर नगरपालिकाका ९वटै वडाले सहभागिता जनाएका छन्  । प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।

 

 

post image

मंसिर २०,  काठमाडौं । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणमा बिहिबार भएको पहिलो खेलमा वडा नं.८ विजयी भएको छ । वडा नं ८ ले वडा नं ५  का बिरुद्द  १ गोल गर्दै बिजयी भएको हो।

त्यसैगरी दिउँसो ३ बजे वडा न ३ र ६ बिच भएको दोस्रो खेलमा वडा नं ३ र वडा नं ६  १ /१ गोलको बराबरी खेल खेलेका छन्। भोलिको खेल दिउँसो १ बजे वडा नं १ र ८ बिच तथा दिउँसो ३ बजे वडा नं ७ र ९ बिच सलम्बुटार खेल मैदान साखुमा हुदैछ।

मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने खेलमा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाएका छन्  । प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।

post image

मंसिर २०,  काठमाडौं । प्रथम शंखरापुर नगर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणमा बुधबार भएको खेलमा वडा नं।१ विजयी भएको छ । वडा न १ ले वडा न ७ का बिरुद्द २ गोल गर्दै बिजयी भएको हो।

आज दिउँसो १ बजे वडा नं ५ र ८ बिच तथा दिउँसो ३ बजे वडा नं ३ र ६ बिच जहर्सिङ पौवा खेल मैदानमा खेल हुँदैछ।

मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने खेलमा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाएका छन्  । प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।

post image

मंसिर १९, काठमाडौँ  ।शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम शंखरापुर नगर वडा स्तरीय फुटबल प्रतियोगितामा बिभिन्न चरणका खेलहरु भइरहेका छन । प्रतियोगिता जहरसिंपौवा खेल मैदान र साँखुको खेल मैदान मा भइरहेको आयोजकले जानकारी गराएको छ  

वडा स्तरीय फुटबल प्रतियोगितामा मंगलबार २ खेल भएका थिए  । मंगलबार साँखुको खेल मैदानमा भएको खेलमा वाड नं ९ ले वाड नं ८ लाई ५ – २ गोल अन्तरले पराजित गरेको छ भने अर्को खेलमा वाड नं ३ र वाड नं ४ बीच भएको खेल बराबरीमा टुंगिएको छ  आज दिउसो १ बजेवाड नं १ र वाड नं ७ बीच खेल हुने आयोजकले जनाएको छ ।

मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने खेलमा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाएका छन्  । प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।

 

 

post image

मंसिर १९ , काठमाडौँ । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ। जसमध्ये दुई खेलमा एन्फा कम्प्लेक्स र एक खेल हलचोकमा हुनेछ।

बिहान ११ बजे एन्फा कम्प्लेक्समा लिग लिडर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग खेल्दैछ। जावलाखेललाई हराउँदै मनाङसामु तीन अंकको अग्रता बनाउने अवसर छ। मनाङको पाँच खेलबाट १५ अंक छ भने एक खेल बढी खेलेको संकटाले पनि १५ अंक नै जोडेको छ तर गोलअन्तरमा पछि छ।

यस्तै साढे २ बजे हलचोकमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्दैछन्। साढे २ बजे नै हलचोकमा थ्री स्टारले सरस्वती युथ क्लबसँग खेल्दैछ।

post image

मंसिर१८, काठमाडौँ । विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो ।

३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् । विशेषगरी विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै वास्तबिक हकदार थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुरयाउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका उल्लेख्य थियो । त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए ।

मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् । पछिल्लो १० संस्करणमा रोनाल्डो र मेसीले पाँचपाँच पटक उपाधि जितेका थिए । सन् २००७ मा ब्राजिलियन खेलाडी काकाले यस अवार्ड जितेपछि रोनाल्डो र मेसीबीच अवार्डका लागि प्रतिस्पर्धा हुँदै आएको थियो ।

post image

मंसिर १७, मेलबर्न  , अष्ट्रेलिया । नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेले मेलबर्नको नेपाल फेष्टिभल परेडमा सहभागीता जनाउने गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समन्वय परिषद्को आयोजनामा हुन लागेको मेलबर्नको नेपाल फेष्टिभलको सांस्कृतिक परेडमा नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने पनि सहभागी हुने भएका छन् ।

आगामी डिसेम्बर १० तारिख मेलबर्न आइपुग्ने उनी यहाँको लिग क्रिकेटमा सहभागी हुनेछन् । डिसेम्बर १५ तारिख विहान मेलबर्नको सिटीमा आयोजना हुने नेपाल फेष्टिभल परेडमा उनी सहभागी बन्ने निश्चित भएको हो । उनलाई मेलबर्न स्टार क्रिकेट क्लबले अनुबन्ध गरेको हो । मेलबर्न स्टार क्रिकेट क्लबसँग नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष एवं नेपाल फेष्टिभल परेडका संयोजक तारा गैरेले सन्दिपलाई नेपालीहरुको ठूलो कार्यक्रम नेपाल फेष्टिभलमा सहभागी गराउनका लागि लविंग गरेका थिए ।

मेलबर्न स्टारको स्वीकृतिपछि अब सन्दिप नेपाल फेष्टिभलका साथै अन्य केही नेपाली कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् । एमएनटीभीसँग कुरा गर्दै अध्यक्ष गैरेले भने, “हामीले सन्दपिसँग यहाँका युवा क्रिकेटरहरुको अन्तरक्रिया गराउने प्रयास गरिरहेका छौं ।” उनले थपे, “नेपाल फेष्टिभलको परेडमा सन्दिप आउने कुरा खुशीको विषय हो । यसले नेपाली क्रिकेटका फ्यानमात्र नभएर सन्दिपको विदेशी फ्यानहरुलाई समेत उनीसँगै हिंड्ने अवसर दिनेछ ।” नेपाल फेष्टिभल मेलबर्नका संयोजक एवं एनआरएनका उपाध्यक्ष केशव कँडेलले सन्दिप लामिछाने नेपालकै गौरव भएका कारण नेपाल फेष्टिभल मेलबर्नको दशौं वर्ष पुगेको यो अवसरलाई अझ विशेष बनाउन उनलाई आमन्त्रण गरिएको बताए ।

नेपाल फेष्टिभल अष्ट्रेलियाका विभिन्न शहरमा हरेक दुई वर्षमा आयोजना गरिन्छ । नेपालीबीच एकता बढाउन र नेपाली पर्यटन, खाना, संस्कृति, संगीत र सामग्रीहरुको प्रबद्र्धन गर्न नेपाल फेष्टिभल आयोजना हुन्छ ।

post image

मंसिर १६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरी खेलेको फ्रेन्ड्सले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो । यसअघि खेलको चार खेलमध्ये तीन खेलमा पराजित र एक खेलमा बराबरी खेलेको थियो ।

फ्रेन्ड्स क्लबको जितमा अनिल महर्जन, सञ्जोक महर्जन र फोफना ब्राहिमनले गोल गरे । खेलको ६५ औं मिनेटमा फोफनाले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा सञ्जोकले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अतिरिक्त समयमा अनिलले गोल गर्दै फ्रेन्ड्स क्लबलाई ३–० गोलको अग्रता दिलाएका थिए ।जितपछि फ्रेन्ड्स क्बलले पाँच खेलबाट चार अंक बनाएको छ । यता पराजित मछिन्द्रको भने पाँच खेलबाट २ अंक रहेको छ ।

post image

मंसिर१४, काठमाडौँ  । शंखरापुर नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम शंखरापुर नगर वडा स्तरीय फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिता जहरसिंपौवा खेल मैदानमा एक कार्यक्रमका बीच शुरु भएको हो

वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन  पुर्वप्रधानमन्त्री , नेकपाका बरिष्ठ नेता एवं प्रतिनिधि सभासदस्य माननीय माधब कुमार नेपालले गर्नु भएको थियो । मंसिर १४ गतेदेखि २९ गतेसम्म हुने खेलमा शंखरापुर नगरपालिकाका ९ वटै वडाले सहभागिता जनाएका छन्  ।

प्रतियोगितामा सहभागिताको लागि उमेर हद नरहेको तर, सोही वडामा बसोवास गरेको नागरिक हुनुपर्ने आयोजकले जनाएको छ ।

शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले नगरपालिकाका युवाहरुको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समितिमार्फत प्रतियोगिता आयोजना गरीएको बताए । उनले यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बताए ।

सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगताको हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

प्रतियेगिताको विजेताले १ लाख पाउनेछ । दोस्रो हुनेले ५० हजार तथा तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित रकम ३१ लाख रहेको छ ।

सो खेल उद्घाटन समारोहमा प्रदेश नं ३ का सामाजिक बिकासमन्त्री युबराज दुलाल तथा एन्फाका अध्यक्ष कर्मा छिरिंग लामालगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

post image

 मंसिर १४, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौ राउण्डको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।  ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले न्युरोड टिम (एनआरटी) लाई ३–० ले पराजित गरेको हो ।

पुलिसको जितमा निरकुमार राईले दुई र अभिषेक रिजालले एक गोल गरे । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । एकपक्षीय खेलमा पुलिसका लागि ४० औं मिनेटमा निरकुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ६६ औं मिनेटमा पुलिसका अभिषेक रिजालले गोल गर्दै पुलिसलाई २–० को अवस्थामा पु¥याए । ८२ औं मिनेटमा पुलिसका लागि निरकुमार राईले नै अर्को गोल गर्दै ३–० गोलको स्पष्ट जित दिलाएका हुन् ।

जितसँगै पुलिसले पाँच खेलबाट १० अंक बनाएको छ । यता पराजित एनआरटी भने पाँच खेलबाट एक अंक बनाउँदै लिगको पुछारमा रहेको छ ।

post image

 मंसिर १४, पोखरा । पोखरामा आगामी फागुनको पहिलो साता अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आगामी फागुन ७ गते १३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७५ हुने भएको हो ।

वर्षको एक दिन शहरकै उत्सउवको रुपमा मनाउने उद्धेश्य अनुरुप २१ वटा उपसमिति बनाएर तयारी सुरु गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।प्रतियोगितामा म्याराथन, १० किलोमिटर महिला तथा पुरुष दौड, ५ किलोमिटर छात्र तथा छात्रा दौड, अपाङ्गता भएकाहरुका लागि ४ सय मिटर पुरुष तथा १ सय मिटर महिला र १ सय मिटर दृष्टिबिहीन हृविल चेयर प्रतियोगिता गरी ८ इभेन्टमा प्रतिष्पर्धा हुने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

म्याराथनमा प्रथम हुनेले नगद एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । यसअघि प्रथम पुरस्कार ७० हजार राखिएकोमा ३० हजार थपेर एक लाख पुर्‍याइएको अध्यक्ष गुरुङले जानकारी दिए ।

त्यस्तै द्वितीय पुरस्कारको राशी ७० हजार पुर्‍याइएको छ । गतवर्ष राखिएको ४५ हजारमा २५ हजार थपेर द्वितीय पुरस्कारको राशी ७० हजार पुर्‍याएको उनले बताए । तेश्रो हुनेलाई ५० हजार दिइने भएको छ । गत वर्ष ३० हजार दिइएको तृतीय पुरस्कारको राशी २० हजार बढाएर ५० हजार पुर्‍याइएको हो ।

त्यस्तै, १० कि.मी. पुरुष-महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र-छात्रा दौडामा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।प्रतियोगितामा ४ सय मिटर हृविल चेयर पुरुष-महिला र १ सय मिटर दृष्टिविहीन दौडमा प्रथम हुनेले ५, दोश्रो हुनेले ३ र तेश्रो हुनेले २ हजार प्राप्त गर्नेछन् ।

post image

मंसिर १३, काठमाडौँ । फ्रान्सेली क्लब मोनाकोलाई २–० ले पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा सम्पन्न समूह ‘ए’ को खेलमा अन्तिम ९ मिनेट १० खेलाडीमा समेटिएको एथ्लेटिकोका लागि खेलको दोस्रो मिनेटमा कोके र २४ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे।  पहिलो हाफमा नै २ गोल गरेको एथ्लेटिकोले दोस्रो हाफमा गोल गर्न सकेन भने मोनाकोलाई पनि गोल गर्न दिएन।

खेलको ८३ औं मिनेटमा स्टेभेन साभिक दोहोरो पहेको कार्डसहित मैदानबाट बाहिरिएपछि एथ्लेटिको १० खेलाडीमा समेटिएको थियो। साभिकले डिबक्स भित्र बललाई हातले छोएपछि रेफ्रीले उनलाई पहेलो कार्ड देखाउँदै मोनाकोलाई पेनाल्टी दिएका थिए। तर, पेनाल्टीमा राडामेल फाल्काओले गोल गर्न सकेनन्।

जितसँगै शीर्ष स्थानको एथ्लेटिको ५ खेलबाट १२ अंक जोड्दै नकआउट चरणमा प्रवेश गर्यो। १ अंक जोडेको मोनाको भने पुछारमा रहदै प्रतियोगिताबाटै बाहिरिएको छ।

यही समूहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुगलाई गोलरहित बराबरीमा रोक्दै जर्मन क्लब बोरुसिया डर्टमण्ड पनि अन्तिम १६ मा प्रवेश गरेको छ। दोस्रो स्थानको डर्टमण्डले १० अंक जोडेको छ। पाँच अंक जोडेर तेस्रो स्थानमा रहेको क्लब ब्रुग पनि प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै समूह ‘डी’ बाट एफसी पोर्टो र साल्के पनि नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार राति सम्पन्न खेलमा पोर्चुगलको पोर्टोले जर्मन क्लब साल्केलाई ३–१ ले हरायो। हारका बाबजुत पनि साल्के दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयो। यही समूहको अर्को खेलमा रसियाको लोकोमोटिभ मस्कोले टर्कीको गालातासारेलाई २–० ले पराजित गर्यो।

post image

मंसिर १२, काठमाडौँ । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको अन्तिम दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ।

आजको पहिलो खेलमा हिमालयन शे्पाले मछिन्द्रसँग खेल्नेछ। खेल बिहान ११ बजे हुनेछ। दोस्रो खेलमा साढे दुई बजे जावलाखेल र फ्रेण्ड्स भिड्नेछन्।

यस सिजन मनाङ मर्स्याङ्दी र त्रिभुवन ंआर्मी क्लबसँगै हिमालयन शेर्पा पनि अपराजित छ। उता मछिन्द्र क्लब, फ्रेण्ड्स र जावलाखेल युथ क्लब अहिलेसम्म जितिविहन छ। फ्रेण्ड्स र जावलाखेलले अंक समेत जोड्न सकेका छैनन्।

शेर्पा अपराजित यात्रा कायम राख्दै अंकतालिकामा माथि उक्लने योजनामा हुनेछ। तीन खेलबाट शेर्पाको ७ अंक छ। तीन खेल मध्ये दुंई बराबरी गरेको मछिन्द्रको २ अंक नै छ रपहिलो जितको खोजीमा हुनेछ।

उता लगातार तीन-तीन खेल हारेर अंकविहिन बनेको जावलाखेल र फ्रेण्ड्स पहिलो जित हात पार्ने योजनाका साथ मैदान उत्रनेछ।

post image

मंसिर , काठमाण्डौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि बुधबार (आज) दुई विभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी एपिएफबीच प्रतिस्पर्धा हुँदैछ। भद्रकालीस्थित सेनाको मुख्यालयमा हुने फाइनल दिउँसो १ः३० बजेबाट सुरु हुनेछ। एपिएफ नेपाल पुलिस क्लब आर्मी प्रदेश लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।

एपिएफ लगातार चौंथो पटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। उसले पछिल्ला संस्करणको फाइनलमा आर्मीलाई नै पराजित गर्दै उपाधि उचालेको थियो। त्यसैले आर्मीसामू एपिएफको वर्चस्व तोडने अवसर छ। आर्मी दोस्रो संस्करणको उपाधि जितेयता अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन्।

यो वर्ष एपिएफ आर्मी दोस्रो पटक आमने सामने हुँदैछन्। गएको साउनमा भएको महिला लिगमा एपिएफले आर्मीलाई पराजित गरेको थियो। प्रतियोगिताको विजेताले लाख उपविजेताले लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।

post image

मंसिर ११,  काठमाडौँ। पल्सर सहिद स्मारक ए डिभिजन लिगमा आज चौथो चरणको दुई खेल हुँदैछ। दुवै खेल सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्पमा हुनेछ।

पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्लब र सरस्वती युथ क्लब भिड्दैछन्। यस्तै साढे २ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ।

यस सिजन लिगमा शतप्रतिसत नतिजा हात पारेको मनाङले खेलेको तीनवटै खेल जितेको छ। एपीएफ विरुद्ध पनि जित हात पार्दै मनाङ उक्त लयलाई कायम राख्न चाहन्छ। मनाङले यसअघि थ्री स्टार क्लबलाई पराजित गरेको थियो।

एपीएफले भने यस सिजन सोचेअनुसार प्रदर्शन गर्न सकेको छैन। एपीएफले तीन खेल खेल्दा एकमा जित, एकमा बराबरी र एकमा हारको नतिजा निकालेको थियो। पछिल्लो खेलमा एपीएफ ब्रिगेडसँग ३-१ ले पराजित भएको थियो।

यस खेलमा जित हात पारे मनाङ पुन: शीर्ष स्थानमा फर्कनेछ। थ्री स्टार समान ९ अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ। अपराजित आर्मी चार खेलबाट १० अंक लिएर पहिलो स्थानमा छ।

९ अंक नै रहेको संकटा चौथो स्थानमा छ।  यस्तै ब्रिगेड र सरस्वती लिगमा दोस्रो जितको खोजीमा छ। आजको खेलमा जित हात पार्दै अंक तालिकामा स्थान सुधार गर्ने उनीहरुको जोड हुनेछ। पछिल्लो खेलमा ब्रिगेडले एपीएफलाई र सरस्वतीले फ्रेण्ड्सलाई पराजित गरेको थियो। दुवै टोलीले तीन खेल खेल्दा एक-एक जित हात पारेका छन्।

post image

मंसिर १०,काठमाडौँ । यही मंसिर २२ गतेदेखि काठमाडौँमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपीएल)का लागि पोखरा राइनोजले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई भित्र्याएको छ।

राइनोजले यसअघि स्कटल्याण्डको कप्तान केल कोत्जर र इंगल्याण्डका उल कोग्घलिनलाई अनुबन्ध गरिसकेको छ। दक्षिण अफ्रिकाका लागि १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका र कुनै समय टी-२० मा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको रुपमा चिनिएका लेभीले मुम्बई इन्डियन्सबाट आइपीएल समेत खेलिसकेका छन्।

उनी टी-२० का लागि विशेषज्ञ ब्याट्सम्मयान नै हुन्। लेभी इपीएल खेल्न नेपाल आउने सम्भवन सबैभन्दा ठूला खेलाडी हुन्।

उनले सन् २०१२ मा न्यूजिल्यान्ड विरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा ४५ बलमै शतक पुरा गर्दै त्यतिबेला छिटो शतक प्रहार गरेका थिए। उक्त खेलमा लेभीले ५१ बल खेल्दै १३ छक्काको मद्दतमा नटआउट ११७ रन बनाएका थिए। उनले प्रहार गरेको १३ छक्का एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान समेत थियो।

३० वर्षीय लेभी हाल वेस्टर्न प्रोभिन्स, केव कोर्बाज र नर्थ्याम्पनसायरका लागि खेल्छन्। लेभीको आगमनपछि पोखराको टिम अझ बलियो हुने राइनोजले जनाएको छ।

यस्तै राइनोजका ओनर कोहिनुर अग्रवालले लेभी जस्ता नाम चलेको खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउनु ठूलो सम्मान भएको बताएकी छन्। ‘लेभीको अनुभव र प्रतिभा हाम्रो टिमको लागि धेरै फाइदाजनक हुनेछ। टी-२० मा रहेको लेभीको कीर्तिमानका कारण हामीले कीर्तिपुर राउण्डमा क्रिकेट लेजेण्डलाई हेर्न पाउनेछौँ।’

 

post image

मंसिर ९, काठमाडौँ । अष्ट्रेलियाले चौथोपटक आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। वेष्टइन्डिजमा भएको छैटौँ संस्करणको फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो। फाइनलमा उत्कृष्ट बलिङ गरेको अष्ट्रेलियाले इंग्ल्याण्डले दिएको १०६ रनको लक्ष्य १५.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो।

सन् २००९ बाट सुरु भएको महिला टी-२० विश्वकपमा अष्ट्रेलियाले सन् २०१०, २०१२ र २०१४ मा गरी लगातार तीनपटक जितेको थियो। पहिलो संस्करणमा भने इंग्ल्याण्ड च्याम्पियन भएको थियो। यस्तै २०१६ मा अष्ट्रेलियालाई नै पराजित गर्दै वेष्ट इन्डिजले उपाधि जितेको थियो।

अष्ट्रेलियालाई चौथोपटक च्याम्पियन बनाउन अलराउण्ड प्रदर्शन गरेकी एस्लेइघ गार्डनरले बलिङमा ३ विकेट लिइन् भने ब्याटिङमा नटआउट ३३ रन बनाइन्। उनले २६ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरीन्।

यस्तै कप्तान मेग लानिङले नटआउट २८ रन जोडिन् भने विकेटकिपर एलिस्सा हेलीले २२ रन जोडिन्। इंग्ल्याण्डका लागि उत्कृष्ट बलिङ गरेकी सोफी इक्लेस्टोनले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलिया २ बल अगावै १०५ रनमा अलआउट भएको थियो। अष्ट्रियाका लागि एस्लेइघ गार्डनरले सर्वाधिक ३ विकेट लिइन्। यस्तै जर्जिया वारेहम र मेगन स्चुटले २-२ विकेट लिइन्।

गार्डनरले इंग्ल्याण्डका लागि दोहोरो अंक जोड्ने दुई खेलाडी ड्यानिएल वाएड र हेथर नाइट सहित एन्या स्रुबसोलेलाई आउट गरिन्।

वाएटले सर्वाधिक ४३ रन बनाउँदा नाइटले २५ रन जोडिन्। गार्डेनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएकी हुन्। यस्तै ३ ओभर बलिङ गरेकी वारेहमले १३ रन खर्चेर २ विकेट लिइन्। स्चुटले ३.४ ओभरमा १४ रन खर्चेर २ विकेट लिइन्।

post image

मंसिर ७,काठमाडौँ । आइसीसी टी-२० महिला विश्वकपको उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्ड भिड्ने भएका छन्। सेमिफाइनलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई ७१ रनले पराजित गर्‍यो भने इंग्ल्याण्डले भारतलाई ८ विकेटले हरायो।

पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो। अष्६्रेलियाका लागि एजे हेलीले सर्वाधिक ४६ रन बनाइन्।

१४३ रनको लक्ष्य पछ्याएको वेष्ट इन्टिज १७.३ ओभरमा ७१ रनमै अलआउट भयो। उसका कप्तान टेलरले १६ रन बनाइन् भने बाँकी खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। अष्ट्रेलियाकी पेरीले २ ओभरमा १ मेडन राख्दै २ रन मात्र खर्चेर २ विकेट लिइन्।

दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले १९.३ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनायो। इंग्ल्याण्डले १७.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

post image

मंसिर ६, काठमाडौँ । युएईमा बुधवारदेखि सुरु भएको टी-१० क्रिकेट प्रतियोगितामा नेपालका युवा स्टार सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन्। सन्दीपले पहिलो खेलमै ३ विकेट लिँदा साविक विजेता केरला किंग्सले विजयी सुरुवात गरेको छ।

१८ वर्षीय सन्दीपले आफ्नो दुई ओभर स्पेलमा ३ विकेट लिए। केरालाले विपक्षी पाख्तुनको ५ विकेट झार्दा ३ विकेट सन्दीपकै नामम रह्यो भने बाँकी २ रनआउट थियो। सन्दीपले १२ बल बलिङ गर्दा १७ रन दिए।

पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले २ विकेट लिए। यस्तै आफ्नो दोस्रो ओभरमा १ विकेट लिए। उनले पाख्तुनका लागि सर्वाधिक ३२ रन बनाएका आन्द्रे फ्लेचर, कोलिन इनग्राम (१) / र मुहमद कलिम (०) लाई आउट गरे।

सन्दीपको उत्कृष्ट बलिङपछि पाख्तुनले पहिले ब्याटिङ गर्दै १० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो। जवाफमा कप्तान इयान मोर्गनले उत्कृष्ट ब्याटिङ गरेपछि केरलाले १३ बल अगावै २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। मोर्गनले नटआउट ४६ रन बनाए। उनले २० बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे। पउल स्ट्रलिङले १४ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४० रन जोडे। क्रिस गेलल ७ बलमा १३ रन बनाए।

post image

मंसिर ६, काठमाडौँ । पेरिस सेन्ट जर्मन क्लब (पीएसजी) टोलीका दुई प्रभावशाली स्ट्रइकर नेमार र केलियन एम्बापे घाइते भएपछि थप चिन्तित देखिएको छ । च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा नेमार र एम्बापेले खेल्न नसक्ने अवस्था देखिएकाले पीएसजीमाथि संकट थपिएको हो । च्याम्पियन्स लिगको महत्वपूर्ण खेलमा पीएसजीले यही नोभेम्बर २९ तारिख लिभरपुलसँग खेल्दैछ ।

पीएसजीले दुवै खेलाडी मैदान उत्रनेमा आशंका ब्यक्त गरिरहेको छ । लिभरपुलसँग खेल्नु अघि पिएसजीले शनिबार घरेलु लिगमा टुलुजविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ । मंगलबार राती भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने क्रममा  नेमार र एम्बापे घाइते भएका थिए । ब्राजिलका कप्तान नेमार क्यामरुनविरुद्धको खेलमा र एम्बापे उरुग्वेविरुद्धको खेलमा घाइते भएका हुन् ।

फ्रान्सका स्टार एमबाप्पेले विपक्षीसँग ठोकिएर लड्दा काँधमा चोट लागेको थियो । त्यसपछि उनी ३६औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । दुवै खेलाडी एकैदिन घाइते भएकोले क्लबलाई संकट आइलागेको पीएसजी अधिकारीले बताएका छन् ।

post image

मंसिर ५, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ। तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ। भोलि दुई खेल हुनेछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमा मैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेल मनाङ मस्याङ्दी र थ्रीस्टार क्लबबीच हुनेछ। तेस्रो चरणको खेल समाप्तिसँगै दुई दिनको विश्रामपछि पुनः १० गतेदेखि चौथो चरणका खेल शुरु हुनेछन्।

दोस्रो चरणका खेल सकिँदासम्म शत प्रतिशत नतिजा निकाल्दै थ्री स्टार शीर्ष स्थानमा छ, भने मनाङ दोस्रो तथा सङ्कटा क्लब अङ्क तालिकाको तेस्रो स्थानमा छ। तीनै टोलीको समान ६ अङ्क भएपनि गोलअन्तरका आधारमा थ्री स्टार शीर्ष स्थानमा छ।

राउण्ड रोविन लिगको आधारमा हुने उक्त प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिगको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउनेछन्। तेस्रो हुन टोलीले २५ लाख, चौथो टोलीले १५ लाख, पाँचौं टोलीले ७ लाख र छैटौंले ५ लाख पाउनेछन्। फेयर प्ले टोलीले १ लाख पाउने छ। प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार तथा म्यान अफ द म्याच घोषित खेलाडीलाई १० हजार पुरस्कार दिनेछ। लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन्।

post image

मंसिर ५, काठमाडौँ  । नेपालको राष्ट्रिय फुटबल टिमले चीनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। सातदोवाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा हुने उक्त खेलको मिती भने घोषणा भएको छैन।

आगामी जनवरीमा नेपालको पुरुष टोलीले चाइनिज सुपर लिग खेल्ने क्लब गोन्झाउ आर एण्ड एफसँग खेल्ने  (एन्फा)ले जनाएको छ। चिनिया क्लबका हेड अफ कम्पिटिसन डिपार्टमेन्ट यान कि, टिम म्यानेजर युयन जुन र इन्ट्रेगेटेड अपरेसन डिपार्टमेन्टका लियन याजिङले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत पदाधिकारीसँग भेटेर उक्त खेलको बारेमा छलफल गरेका थिए।

चिनिया क्लबका प्रतिनिधिहरुले खेलस्थल एन्फा कम्प्लेक्सको निरिक्षण समेत गरेका थिए।  गोन्झाउ सन् २०१४ मा चिनिया सुपर लिगमा तेस्रो भएको थियो। यस वर्ष भने क्लबले दशौँ स्थानमा रहेर लिग सकाएको थियो।

post image

 मंसिर ४, काठमाडौं । नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेले लाहोर कालान्दर्सबाट पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।  मंगलबार भएको अक्सनमा लाहोरले सन्दीपलाई बोली लगाएको हो । सन्दीपले न्युनतम ५० हजार डलर पारिश्रमिक पाउने छन् ।

यसअघि सन्दीपले  दिल्ली डेयर डेभिल्समार्फत आइपीएल खेलिसकेका छन् भने आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सबाटै खेल्ने पक्का भइसकेको छ  ।

अक्सननमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो।

post image

मंसिर ४,काठमाडौँ ।  ‘नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज’ (नारा) को आयोजनामा मर्स्याङ्दी नदीमा १७औँ अन्तर्राष्ट्रिय जल खेलकूद प्रतियोगिता हुने भएको छ।मङ्सिर ८ देखि १० सम्म हुने सो प्रतियोगितामा ‘कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइल काइकिङ’ गरिने नाराका महासचिव शिव अधिकारीले जानकारी दिए।

जल क्षेत्रबाट मुलुकको पर्यटन प्रवर्द्धन गर्न नाराले मर्स्याङ्दी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ नामक प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।  जलयात्रा व्यवसायमा संलग्न ‘रिभर गाइड’ तथा जल खेलाडीको सीप र दक्षता वृद्धि, नेपाललाई संसारको उत्कृष्ट साहसिक जलयात्रा गन्तव्यका रूपमा स्थापित गराउने तथा साहसिक जलयात्रामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको हो।

भारत, जापान, दुबई, अमेरिका, इटाली, टर्की, आइसल्यान्ड र बेलायतलगायतका मुलुकमा नेपाली रिभर गाइड क्रियाशील रहेको र उनीहरूले नै उक्त खेल खेलाउने बताइएको छ। प्रतियोगितामा विश्वका विभिन्न मुलुकको सहभागिता रहनेछ।

post image

मंसिर ३ ,काठमाडौँ ।  संकटा क्लबले पल्सर शहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोवाटोमा सोमबार भएको पहिलो खेलमा सुरुवातमै १० खेलाडीमा समेटिए पनि संकटाले जाउलाखेललाई २–० गोलले हरायो । जितसँगै संकटाले ६ अंक बनाएको छ । पहिलो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० गोलले हराएको थियो ।

१९ औं मिनेटमा अफ्रिकी खेलाडी एलोन म्याक्सवेल दोहोरो पहेंलो (रातो कार्ड) पाउँदै बाहिरिएपछि संकटा १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा संकटाले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

संकटाका लागि दुवै गोल अफ्रिकी खेलाडी सेड्रिक आब्बाले गरे । आब्बाले ५८ औं मिनेटमा सुवास गुरुङको पासमा गोल गरेका थिए । आब्बाले ८५ औं मिनेटमा अर्को गोल गर्दै टोलीको अग्रदा दोब्बर बनाए । अब्बाले लक्ष्मण रुचालले दिएको पासमा डिबक्स भित्रबाट गोल गरेका थिए ।

post image

मंसिर २,काठमाडौँ ।  राष्ट्रिय फुटबल टिमको नियमित सदस्य विक्रम लामा चोटलाई परास्त गर्दै ९ महिनापछि फुटबल खेल्न मैदान फर्किएका छन्।

अहिले भइरहेको पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको खेलबाट विक्रमले fफुटबलमा पुनरागमन गर्दैछन्। उनले ललितपुरे क्लब थ्री स्टारको कप्तानी पनि सम्हालेका छन्।

गत वर्ष धरानमा भएको बुढासुब्ब गोल्डकपका क्रममा पुलिस विरुद्धको खेलमा खराब ट्याकलको शिखार भएका विक्रमले त्यसयता कुनै पनि प्रतियोगिता खेल्न पाएनन्। उनको खुट्टाको शल्क्रिया नै गर्नुपर्‍यो।

अहिले पूर्ण रुपमा तयार भएर उनी मैदान फर्किएका छन्।सातदोबाटवस्थित एन्फा कम्पेक्सको मैदानमा ब्रिगेड ब्वाइज क्लब विरुद्ध विक्रमले क्लबको आर्मब्याण्ड लगाएर फुटबलमा पुनरागमन सुरु गरिसकेका छन्।

post image

कात्तिक ३०, काठमाण्डौं । नेपाली युवा स्पिन बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी सन् २०१९ को सिजनका लागि दिल्ली डेयर डेभिल्सले रिटेन गरेको छ। गत वर्ष अक्सनमार्तफ २० लाख भारतीय रूपैयाँमा सन्दिपलाई किनेपछि दिल्लीले सन्दीपलाई लगातार दोस्रो वर्ष पनि दिल्लीले टिममा राखेको हो। आइपीएल ११ को सुरूवाती खेलमा कप्तानी गरेका गौतम गम्भिरसहित ग्लेन म्याक्सवेलजस्ता खेलाडी दिल्लीबाट रिलिज हुँदा सन्दीपसहित ५ विदेशी खेलाडीलाई दिल्लीले टिममै राखेको हो।

गत सिजन सन्दीपलाई दिल्लीले २० लाख भारूमा अनुबन्ध गरेको थियो। यस पटक कति रकममा अनुबन्ध गरेको भने खुलाइएको छैन। तर रिटेन गर्दा प्राय पहिलेकै मूल्य हुनेछ। तर, क्लबसँगको सहमतिमा नयाँ पारिश्रमिक पाउने सक्ने पनि बताईएको छ । सन्दिपको राम्रो प्रदर्शन र आइपिएलपछि अरू विभिन्न लिगमा उत्कृष्ट प्रदर्शन गरेकाले दिल्लीले उनीसहित १४ खेलाडीलाई रिटेन गरेको छ। सन्दीपसँगै रिटेन हुने विदेशी खेलाडीमा क्रिस मोरिस, खागिसो रबाडा, कोलिन मनरो, ट्रेन्ट बोल्ट छन्। यसबाहेक गत सिजनका पछिल्लो खेलहरुमा कप्तानी गरेका श्रेयास अयेर, रिसव पन्त, पृथ्वी शा, मन्जोत कर्ला, जयन्त यादव, हर्सल पटेल, राहुल तेवाटिया, अमित शर्मा, आभेष खान रिटेल भएका छन्।

गम्भीर र म्याक्सवेलसँगै ज्यासन रोए, मोहम्मद शामी, डान क्रिस्टियन, शायन धोष, लियम प्लनकट, जुनियर डाला र नमन ओझा रिलिज भएका छन्। दिल्लीले आफ्नो बायाँ हाते स्पिनर साहबज नदिम (३.२ करोडमा किनेको), मध्यम गतिमा बलिङ गर्ने अलराउण्डर विजय शंकर (३.२ करोडमा किनेको) र भारतीय यु १९ का ब्याट्मेन अभिशेक शर्मा (५५ लाखमा किनेको) तीन जना सनराइज हैदारावादका शिखर धवनसँग साटेको छ। धवनसँग तीनजना साट्ने निर्णय एक डेढ महिनाअघिनै भए पनि आज आधिकारिक रूपमा घोषणा गरेको हो।

गत सिजन दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेल्दै सबैको मन जितेका थिए। दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहँदै लिग टुंग्याएको थियो। तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए। रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए। त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए। उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका थिए।

post image

कात्तिक ३०, काठमाण्डौं । दक्षिण एसियालीस्तरको पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप अबको एक महिनापछि नेपालमा हुने पक्कापक्की छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले साफ च्याम्पियनसिप नेपालमै आयोजना गर्नका लागि आवश्यक पहल भइरहेको बताएका छन् । साफ च्याम्पियनसिप यसपटक विराटनगरको शहीद रंगशालामा ४ देखि ११ पुससम्म हुनेछ । यस्तोमा सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि भएको एसिया क्षेत्रको छनोटमा दोस्रो चरणमा प्रवेश गरेर बिहीबार मात्रै स्वदेश फर्किएको नेपाली महिला टिमले साफ च्याम्पियन बन्ने लक्ष्य बनाएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले अबको लक्ष्य साफ च्याम्पियन बन्ने बताएका छन् ।

‘खेलाडीको मेहनतले ओलम्पिक छनोटको दोस्रो चरणमा पुगेका छौं, अब नेपालमै आयोजना हुने साफमा च्याम्पियन बन्ने लक्ष्यमा छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रशिक्षक खड्काले भने, ‘एसियन ओलम्पिक छनोटमा पहिलो प्रतियोगिता, त्यसमै दोस्रो चरण पुग्न सफल भएका छौं, यसले खेलाडीको मनोबल उच्च भएको छ, यो ऐतिहासिक सफलताले आउने जेनेरसनलाई फाइदा पुग्नेछ ।’ प्रशिक्षक खड्काले नेपाली महिला टोली दक्षिण एसियामा सम्भावना बोकेको टोली रहेको बताए । ‘दक्षिण एसियामा नेपालको महिला फुटबल टिम सम्भावना बोकेको टिम हो, हामीभन्दा भारत शारीरिक रूपमा बलियो रहे पनि टेक्निकलमा नेपाल अघि नै छ तर खेलाडीमा भारत बलियो टोली हो भन्ने दिमागमा छ,’ खड्काले भने, ‘मैले खेलाडीहरूको दिमागलाई परिवर्तन गर्ने प्रयास गरें, यसले म्यानमारमा भारतलाई रोक्न सफल भएको जस्तो लाग्छ, बराबरीले खेलाडीको मनोबल उच्च भएको छ, यही मनोबलले खेल्ने हो भने नेपालले साफ च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्नेछ ।’

उनले एन्फाले महिला टिमलाई बढी फोकस र लगानी गरे ठूलो प्रतियोगितामा ठूलो टिमसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको समेत बताए । ‘हाम्रो लक्ष्य साफ च्याम्पियनसिप नै हो, ओलम्पिकका लागि दोस्रो चरणमा पुगेका छौं, यो ऐतिहासिक क्षण हो, दोस्रो चरणमा हामीले राम्रो टोलीसँग खेल्दै धेरै कुरा सिक्नेछौं, त्यसभन्दा अघि हाम्रो ध्यान साफ च्याम्पियसिपकै लागि हुनेछ, हामी निरन्तर प्रशिक्षणमै रहनेछौं,’ खड्काले थपे । कप्तान निरू थापाले प्रशिक्षकको योजनाअनुसार खेल्दा दोस्रो चरणलाई छनोट हुन सफल भएको बताइन् । ‘लामो समयपछि अन्तर्राष्ट्रिय खेलका लागि मैदानमा उत्रिन पायौं, यो अवसरमा हामी राम्रो नजिताको खोजीमा थियौं, गुरुको योजनाअनुसार खेलेर जित निकाल्न सफल भयौं,’ पहिलोपटक राष्ट्रिय टिमको कप्तानी सम्हालेकी निरुले भनिन्, ‘भारतसँगको बराबरीपछि हामी निकै उत्साहित थियौं, त्यही उत्साहले म्यानमारलाई पनि बराबरीमा रोक्न सफल भयांै, अब यो उत्साहलाई साफ च्याम्पियनसिपको मैदानमा प्रदर्शन गर्नेछौं ।’

साफ च्याम्पियनसिपको तयारीलाई मजबुत बनाउन महिला टोलीलाई एन्फाले पहिलोपटक ओलम्पिक छनोटमा सहभागी गराउनुका साथै चीन भ्रमणमा पठाएको थियो । म्यानमारमा नेपाली महिला टोलीले आयोजक म्यानमारका साथै भारत र बंगलादेशसँग बराबरी नतिजा निकाल्दै एसियाली छनोटअन्तर्गत दोस्रो चरणमा स्थान पक्का गरेको थियो । ओलम्पिक छनोटमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली टोलीलाई भव्य स्वागत गरियो । राखेपका नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना तथा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका थिए ।

post image

कात्तिक २९, काठमाडौँ । न्यूजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया टी(ट्वान्टी महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति समूहको आफ्नो तेस्रो खेलमा न्यूजिल्याण्डलाई ३३ रनले हराउँलै समूहमा बीमा लगातारा तेस्रो जित निकाल्दै अष्ट्रेलिया एक खेल अगाडि अन्तिम चारमा प्रवेश गरेको हो।

अष्ट्रेलियाको जितमा एलीसा हेलीले सर्वाधिक ५३ रनको अर्धसतकीय पारी खेल्दा मेगन शटले ३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ३ विकेट लिइन्।

समूहमा लगातार तेस्रो जित निकालेको अस्ट्रेलिया ६ अंक सहित समूहकफ शीर्ष स्थानमा छ। टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याएको न्यूजिल्याण्ड १७।३ ओभरमा लआउट हुँदै १२० रनमा समेटियो।

न्यूजील्याडका लागि सुजी बेट्सले सर्वाधिक ४२, केटी मार्टिनले २४ तथा लेघ कास्पेरेकले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

आस्ट्रेलियाकी शटबाहेक सोफी मोलिनुक्स र डेलिसा किमिन्सेले २(२ विकेट लिए। यसअघि हेलीको अर्धशतकसँगै बेथ मुनीले २६ तथा राकिएल हेयन्सले नटआउट २९ रन बनाएपछि अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

post image

कात्तिक २८, काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका तीन जना सदस्यले आज युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सपथ लिएका छन्। सिंहदरवारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्यत्रय पिताम्बर तिमल्सिना, इन्दिरा निरौला र राजेश गुरूङले सपथ लिएका हुन्।

सदस्यको सपथ लिएलगत्तै मन्त्रालयले पिताम्बर तिमल्सिनालाई राखेपको उपाध्यमा नियुक्त गरेको छ। उनले उपाध्यक्षको सपथ पनि लिए। पिताम्बर राखेपका पूर्व उपाध्यक्ष समेत हुन्।

डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय रहेका तिमल्सिना युवराज लामा सदस्य सचिव रहेका बेला राखेपका उपाध्यक्ष थिए भने ब्याडमिन्टन सँघमा पनि थिए। यस्तै इन्दिरा निरौला नेपाल भलिबल संघकी केन्द्रिय सदस्य समेत हुन्।

अर्का सदस्य राजेश गुरुङ बक्सिङका पूर्व खेलाडी हुन् भने राखेपकको सदस्य समेत रहिसकेका छन्।सपथपछि सबैजनाले आजैबाट आफ्नो कार्यभार सम्हाल्नेछन्।

post image

कार्तिक २८, काठमाडौं ।  नेपाली महिला फुटबल टोली सन् २०२० मा जापानमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको दोस्रो चरणमा प्रवेश गरेको छ। एसियन छनोटअन्तर्गत मंगलबार भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।  समूहको उत्कृष्ट तेस्रो बन्ने दुई टोली अघिल्लो चरणमा पुग्ने प्रावधान  अनुसार नेपाल समूह ‘सी’ मा तेस्रो बनेको हो।

म्यानमारको थुनुवा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सुरुआती अग्रता लिए पनि खेलको अन्तिममा अग्रता गुमाएको थियो। नेपालका लागि कप्तान नीरु थापाले १७ औं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाएकी थिइन्। दोस्रो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल खाएको थियो। बंगलादेशका लागि अखी खातुनले बराबरी गोल फर्काएकी थिइन्। नेपालले अघिल्ला दुई खेलमा भारत र आयोजक म्यानमारलाई समान १–१ गोलको बराबरीमा रोकेको थियो। नेपालले समूहमा तीन अंक बनाएको छ।

यसअघि नै एक जित र एक बराबरी खेल्दै समान चार चार अंक बनाएका म्यानमार र भारत अन्तिम खेल अघिनै अघिल्लो चरणमा पुगेका छन्।  भारत र म्यानमारबीच मंगलबार नै समूह विजेताका लागि प्रतिस्पर्धा भएको छ।  बंगलादेश भने बाहिरिएको छ। यसैगरी चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, इरान, जोर्डन, फिलिपिन्स, उज्वेकिस्तान र भियतनामले पनि दोस्रो चरणको छनोट यात्रा तय गरेका छन्। ओलम्पिक छनोटमा एसियाका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको थियो। दोस्रो चरणको छनोट खेल आगामी अप्रिल महिनामा हुनेछ।

post image

कार्तिक २७, काठमाडौं । ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।

आज हुने समूह सी कै अन्तिम खेल आयोजक म्यानमार र भारतमध्ये एक टिमले जित हात पारेमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । तर दुबै टिमले बराबरी खेलेमा हेट टु हेडको आधारमा म्यानमार नेपाल र भारतमध्ये ३ टिम दोस्रो चरणमा प्रवेश गर्ने छ ।

आफ्नो पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्दी म्यानमारसँग पनि १–१ गोलकै बराबरी खेल्दै नेपालले अंक बाँडेको थियो । दुई बलिया टिमलाई रोकेको नेपालले बंगलादेशविरुद्ध मैदानमा ओर्लिदा उच्च मनोबलको साथ खेल्नेछ ।

post image

कात्तिक २६, काठमाडौँ । स्पानिस ला लिगामा गएराती भएको खेलमा सेभिया र रियल मड्रिड विजयी भएका छन्। स्पानयोलाई २-१ ले पराजित गर्दै सेभिया अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। यस्तै सेल्टा भिगोलाई ४-२ ले पराजित गरेको रियल भने छैटौँ स्थानमा यथावत छ।

घरेलु मैदानमा सेभियाले अन्तिम ३० मिनेटमा दुई गोल गर्दै खेल जितेको हो। पहिलो हाफमा एक गोलले पछि परेको सेभियाले दोस्रो हाफमा पुनरागमन गर्‍यो। सेभियालाई जिताउन ७०औँ मिनेटमा गाब्रीएल मर्साडो र विसम वेन इडरले ८९औँ मिनेटमा गोल गरे।

स्पानयोलाका लागि ३८औँ मिनेटमा बोजा इग्लेसिसले गोल गरेका थिए। जितपछि सेभियाले १२ खेलबाट एट्लेटिको र अलाभेज समान २३ अंक नै जोडेको छ र गोल अन्तरमा अगाडी रहँदै दवस्रो स्थानमा उक्लेको छ।

यसैगरी दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको सेल्टालाई हराउन रियलका करिम बेन्जामा, सर्गियो रामोस र डानी सेबालोसले एक-एक गोल गरे। रियलले एक आत्मघाती गोल उपहार पाएको थियो। सेल्टाका लागि ह्युगो मालो र ब्रेइस मेन्डेजले गोल गरे। ८७औँ मिनेटमा सेल्टाका गुस्ताभो काब्राले रातो कार्ड पाएका थिए।

post image

कार्तिक २५, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको थियो । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको थियो । खेलको ११औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइ राख्न सकेन । खेलको ३७ औं मिनेटमा भारतले गोल गरेपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो ।

यता, म्यानमारले भने आफ्नो पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो । त्यसकारण पनि नेपालविरुद्ध खेल्दा स्पष्ट ३ अंक ल्याउने हिसाबले म्यानमार खेल्ने छ । नेपाल भने म्यानमारलाई रोक्दै अंक बाड्ने लक्ष्यमा छ । समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

post image

कात्तिक २०, पोखरा ।  पहिलो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको उपाधि पोखरा पल्टनले जितेको छ। मंगलवार भएको फाइनलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै शरद भेषावकरको टोली पोखरा पल्टन च्याम्पियन बनेको हो। विदेशी खेलाडी रवी इन्दर सिंहको अर्धशतक मद्दतमा चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता जितेको हो। रवीले ५८ बल खेल्दै १३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाए। विनोद भण्डारीले अन्तिम ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै पोखरालाई जित दिलाए।

च्याम्पियन पोखरा पल्टनले पीपीएलको ट्रफी सहित नगद २७ लाख आफ्नो बनाएको छ। नेपाली घरेलु क्रिकेट इतिहासमा यो सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हो। यस्तै शरद भेषावकरले पहिलो पटक पारस खड्काको टोली विरुद्ध जित हात पारेको छ। यसअघि एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको फाइनलमा शरदको टोली पारसको टोलीसँग पराजित भएको थियो। पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर रन बनाएको थियो। पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए। पीपीएलमा उनको यो पहिलो अर्धशतक समेत हो।

दोस्रो ओभरमै चितवनले ओपनर हरिशंकर शाह (८) लाई गुमाएको थियो। तर कप्तान पारस र अर्का ओपनर अनिल शाहले दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे। अर्धशतक बनाएलगत्तै पारस रनआउट भए। तेस्रो विकेटका लागि अनिल शाहले सन्नी पटेलसँग ४० रनको साजेदारी गरे। अनिलले ३८ बल खेल्दै ३७ रन बनाए। आक्रमक ब्या६ङ गरेका सन्नी पटेलले ४३ रनको योगदान गरे। २१ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। आरिफ शेख १४ रनमा नटआउट रहे। बलिङमा पोखराका कृष्ण कार्कीले दुई तथा ललित नारायण राजवंशी र मोहम्मद नाभिदले एक-एक विकेट लिए।

यस प्रतियोगिताकै सबै भन्दा ठूलो लक्ष्य भेट्टाउदै जित हात पारेको पोखराको सुरुवात भने खराब थियो। पहिलो बलमा चौका हानेका ओपनर कुशल भर्तेल पहिलो ओभरको दोस्रो बलमै आउट भए। त्यसपछि क्रिजमा पुगेका रवी इन्द्र सिंहसँग अर्का ओपनर आसिफ शेखले दोस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे। आसिफ १२ रन बनाएर आउट भए। चौथो नम्वरमै ब्याटिङ गर्न गएका मोहम्मद नाभिद र रवीले त्यसपछि आक्रमक ब्याटिङ गर्दै रन गती बढाए। यी दुईले तेस्रो विकेटका लागि ३३ रनको साझेदारी गरे। नाभिदले १४ बल खेल्दै १ चौका र ३ छक्काको मद्दतमा २५ रनको योगदान गरे। सबै खेलाडीसँग राम्रो साझेदारी गरेका रवीले कप्तान शरद भेषावकरसँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे। शरदले २३ बल खेल्दै २२ रन बनाए।

बलिङमा भुवन कार्कीले २ तथा करण केसी, सन्नी पटेल, पारस खड्काले १-१ विकेट लिए।च्याम्पियन पोखरा पल्टनका विदेशी खेलाडी पीपीएलमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। फाइनलमा ९० रन प्रहार गरेका उनले ६ खेलमा कूल २६० रन बनाए। उनले यसक्रममा २८ चौका र १२ छक्का प्रहार गरे। उनी सर्वाधिक चौका प्रहार गर्ने खेलाडी समेत बने।सर्वाधिक विकेट लिने खेलाडीमा भने चितवनका दुई खेलाडी अगाडी रहे। चितवनका करण केसीले ७ खेलबाट सर्वाधिक १२ विकेट लिए। चितवनकै सन्नी पटेलले १० विकेट लिए।  यस्तै विराटनगर टाइटन्सका सन्दीप लामिछाने र पोखरा पल्टनका ललित नारायण राजवंशीले पनि १०-१० विकेट लिए।

post image

कात्तिक २०, पोखरा । सर्वाधिक पुरस्कार राशीको घरेलु प्रतियोगिता पोखरा प्रिमियर लिग  टीट्वीन्टी क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा अहिले पासर खड्काको कप्तानीमा रहेको चितवन राइनोज र
शदर भेषवारको कप्तानीमा रहेको पोखरा पल्टन प्रतिस्पर्धा गरिरहेका छन् ।

पोखराले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गरिरहेको छ ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्न नसकेका चितवनका कप्तान पारस खड्काले फाइलन खेलमा अर्धशतक प्रहार गर्न सफल भएका छन् । ३७ बलको सामना गरेका पासरले ९  चौकसहित  ५१ रन बनाए ।

post image

कार्तिक २०, पोखरा । नमस्ते पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटको उपाधिका लागि आज चितवन राईनोज र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रङ्गशालामा विहान ११ बजे सुरु हुने खेलमा पारस खड्का नेतृत्वको चितवन र शरद भेषावकर नेतृत्वको पोखराबीच प्रतिस्पर्धा हुन लागेको हो ।

लिग चरणका सुरुवाती दुवै खेल गुमाएपनि त्यसपछिका खेलमा लगातार जित सहित उपाधि नजिक पुगेको चितवनले एलिमिनेटरमा काठमाडौं रोयल्सलाई पाखा लगाएको थियो । लिग चरणमा शीर्ष स्थानमा रहँदै पोखरा पल्टनले सिधै फाइनलमा स्थान बनाएको हो ।फ्रेन्चाईज क्रिकेटको चार वर्षे यात्रामा शरद नेतृत्वको टोली सबै ५ प्रतियोगिताको फाईनलमा पुगेको छ । त्यसमध्ये दुईमा उपाधि जितेको छ ।

 हारेको दुई प्रतियोगिता पारस नेतृत्वको टोली सँगै छ । प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष ३ मध्ये दुई बलर चितवनका छन्  । करण केसीले ११ र सन्नी पटेलले ९ विकेट लिएका छन् । पीपीएलको बिजेता ले २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको तीन  विधागत उत्कृष्ट खेलाडीले सुजुकी जिक्सर मोटरसाइकल प्राप्त गर्ने छन् ।

post image

कात्तिक १९,काठमाडौं । पाकिस्तानका बाबर आजमले टी–२० मा सबैभन्दा चाँडो एक हजार रन बनाउने किर्तिमान बनाएका छन् । उनले मात्र २६ खेलको २६ औँ पारीमा १ हजार रन बनाएका हुन् ।

बाबरभन्दा अघि यो किर्तिमान भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको नाममा थियो । विराटले २९ खेलको २७ औँ पारीमा आफ्नो १ हजार रन पूरा गरेका थिए ।

बाबरले आइतबार दुबईमा न्युजिल्याण्डविरुद्ध टी–२० खेलमा ५८ बलमा ७९ रन बनाए । पाकिस्तानको ब्याटिङको दौरानमा १२ औँ ओभरको चाँैथो बलमा एक हजार रन पुरा गरे ।

बाबरले एक हजार रन पूरा गर्न डेब्युपछि दुई वर्ष ५८ दिन लिए । उनले ७ सेप्टेम्बर २०१६ मा इंग्ल्याण्डबिरुद्ध आफ्नो पहिलो टी–२० खेल खेलका थिए । सो खेलमा उनले नटआउट १५ रन बनाएका थिए ।

post image

कात्तिक १८,पोखरा ।  पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटमा आइतवार भएको एलिमिनेटरमा चितवन राइनोजले काठमाडौँलाई ६ विकेटले पराजित गरेको छ ।

‘लो स्कोरिङ’ म्याचमा ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो। लिग चरणमा सुरुको दुंई खेल हार्दै खराब सुरुवात गरेपनि त्यसपछि लगातार चार खेल जित्दै चितवन उपाधि नजिक पुगेको हो।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको थियो। यस प्रतियोगितामा कुनै टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो। यसअघि काठमाडौँ पोखरा पल्टन विरुद्ध १०३ रनमा अलआउट भएको थियो। काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। जयकिसन कोल्सावालाले २५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। ४.३ ओभरमा ३० रन हुँदा ४ विकेट गुमाएको काठमाडौँका लागि ज्ञानेन्द्र र कोल्सावालाले ३८ रनको साझेदारी गरे। पाँचौ विकेटका लागि भएको उक्त साझेदारी नै काठमाडौँको लागि उच्च साझेदारी बन्यो।

खेलको दोस्रो ओभरमै ३ विकेट लिएका चितवनका बलर सन्नी पटेलले किफायती बलिङ गरे। उनले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चेर ३ विकेट लिए। यस्तै स्मीथ पटेल र भुवन कार्कीले २-२ विकेट लिए।

९५ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले सुरुमै २ विकेट लिएपनि ओपनर हरिशंकर शाह र स्मीथ पटेलले इनिङ्स सम्हालेका थिए। काठमाडौँका सुशन भारीले अनिल शाह (१) कप्तान पारस खड्का (२) लाई आउट गरेपछि चितवन ३.१ ओभरमा १४-२ को स्थितिमा थियो। ओपनर हरीशंकर शाहले २२ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा २६ रन बनाए।

चौथो विकेटका लागि स्मीथ पटेल र आरिफ शेखले अर्धशतकिय साझेदारी गर्दै चितवनलाई जित नजिक पुर्‍याएका थिए। यी दुईले ५७ रनको साझेदारी गरे। स्मिथ पटेलले ४३ बल खेल्दै ३ चौकाको मद्दतमा सर्वाधिक ३८ रन बनाए। आरिफ शेखले नटआउट २० रन जोडे। चौका प्रहार गर्दै खेल जिताएका भारतीय खेलाडी सन्नी पटेलले नटआउट ६ रन योगदान गरे।

बलिङमा काठमाडौँका सुशन भारीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए।

post image

कात्तिक १८,  चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ ।

आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो । वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो ।

सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए ।

छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन् ।

विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो ।

post image

कात्तिक १६,पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई विकेटले पराजित गरेको  । कप्तान दीपन्द्रसिंह ऐरीले २६ बलमा चौका छक्का प्रहार गरी अविजित ४९ रन बनाएपछि टस जितेर व्याटिङ रोजेको पोखरलाई विकेट गुमाइ १४४ रन बनाएको थियो 

कप्तान दीपेन्द्रको इनिङ्सपछि धनगढीले बल अगाडि १४८ रन बनाउँदै लक्ष्य पुरा गरेको हो  धनगढीलाई अन्तिम ओभरमा १५ रन चाहिने अवस्थामा दीपेन्द्र एक्लैले महबुब आलमको ओभरमा १६ रन प्रहार गरेका थिए  धनगढीबाट पिटर ट्रेगोले ५३ सुविन्दु पाण्डेले २२ रन बनाएका थिए  तर अरु खेलाडीहरु सस्तैमा आउट हुँदा धनगढी माथिको दबाबलाई दीपन्द्रले पन्छाएका हुन् 

धनगढीका दीलिपनाथ , ड्यानियल लरेन्स , सन्दीप जोरा , सौरभ खनाल , मन्जित श्रेष्ठ कमलसिंह ऐरी शुन्यमा आउट भएका थिए । पोखराका रसिद खानले ओभरमा २४ रन खर्चेर विकेट लिए  ललित राजवंशी विक्रम भुसालले / विकेट लिए जितसँगै धनगढी आफ्नो खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको

post image

कात्तिक १५, काठमाडौँ ।  काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई ग्रुप र बुढानिलकण्ठ नगरपालिका–०८, सुन्दरबस्तीमा अवस्थित नउलिन स्पोर्टस् भिल्लावीच खेल सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा आइएमई ग्रुपका तर्फबाट जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र नउलिन स्पोर्टस भिल्लाको तर्फबाट प्रवन्ध निर्देशक किशोर थापाले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ग्रुपमा कार्यरत कर्मचारीहरू र आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त भिल्लामा टेनिस खेल्दा १५ प्रतिशत विशेष छुट पाउनेछन।

ग्रुपसँग प्रत्यक्ष सम्बन्धित कम्पनीहरू आइएमई लिमिटेड, आइएमई डिजिटल सोलुसन लिमिटेड, सीएम ट्रेडिङ, आइएमई अटोमोटिभ्स/मोटर्स, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई म्यानेजमेन्ट, स्वीफ्ट टेक्नोलोजी र हाथवे इन्भेष्टमेन्ट एवम् आइएमई ग्रुपको लगानी रहेका पब्लिक लिमिटेड कम्पनीहरु ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड, आइएमई जनरल इन्सोरेन्स कम्पनी लिमिटेड र आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले यो सुविधा लिन सक्नेछन्।

यसका साथसाथै कर्मचारीका बालबालिकाहरूलाई सप्तान्तमा विशेष सहुलियत समेत प्रदान गरिने आइएमइएले जनाएको छ। यो सुविधा लिनका लागि कार्यरत कर्मचारीहरूको हकमा आइएमई ग्रुप अन्तर्गतका सम्बन्धित कम्पनीहरूले जारी गरेको कर्मचारी परिचय पत्र र सेवाग्राहीहरूले आइएमई लिमिटेडले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

यो सम्झौता २०७५ साल मङ्सिर ०१ गतेबाट दुई वर्षसम्म कायम हुनेछ । यो सम्झौतापछि करिव चार (४) हजार कर्मचारीहरु र लाखौँ सेवाग्राहीहरूले प्रत्यक्ष लाभ लिन सक्नेछन्

post image

कात्तिक १५, काठमाडौँ । पोखरा प्रिमियर लिग(पीपीएल)मा बिहीबार दिउँसो सम्पन्न खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलार्इ २० रनले पराजित गरेसँगै प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ।

धनगढीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको बुटवल निर्धारित २० अोभरमा ६ विकेट गुमाएर १ सय ४१ रनमा समेटियो

बुटवलका लागि चिराग सुरीले नटअाउट ७९ रनको अर्धशतकीय प्रर्दशन गरे। ५४ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे। त्यसबाहेक रोहन मुस्तफाले २० तथा सिद्धान्त लोहनी र सोमपाल कामीले समान १२-१२ रन जोडे।

धनगढीका सागर ढकालले २ तथा डेविड लरेन्स र कमलसिंह एेरीले १-१ विकेट लिए।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरको धनगढीले कप्तान दीपेन्द्रसिंह एेरी र ड्यानियल लरेन्सको अर्धशतकको मद्दतमा निर्धारित २० अोभरमा ४ विकेट गुमाएर १ सय ६१ रन जोडेको थियो।

धनगढीका लागि लरेन्सले ५५ र दीपेन्द्रले नटअाउट ५६ रनको पारी खेले। चौथो विकेटका लागि उनीहरुले १ सय ८ रनको साझेदारी गरेका थिए। लरेन्सले ३९ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए। दीपेन्द्रले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। यस्तै धनगढीका पिटर ट्रेग्रोले १४ तथा दीलिप नाथ र सुबेन्दु पाण्डेले समान १०-१० रन जोडेका थिए।

बुटवलका विपिन खत्रीले २ तथा अविनाश बोहोरा र रोहन मुस्तफाले समान १-१ विकेट लिएका थिए।

post image

कात्तिक १५, पोखरा । पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेटमा काठमाडौँ रोएल्सको अपराजित यात्रा अन्त्य गर्दै चितवन राइनोजले  लगातार दोस्रो जित हात पारेको छ।

सुरुवाती दुई खेल हारेको चितवनले पुनरागमन गर्दै दुई खेल जित्ने क्रममा काठमाडौँलाई १३ रनले पराजित गरेको हो। जितपछि चितवनले ४ खेलबाट ४ अंक जोडेको छ र शीर्ष तीनको लागि दाबेदारी प्रस्तुत गरेको छ। काठमाडौँको हारपछि प्रतियोगितामा कुनै पनि टोली अपराजित छैनन्।

दोस्रो जितपछि पारसको चितवन अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ भने ज्ञानेन्द्रको काठमाडौँ चौथो स्थानमा झरेको छ। तीन खेलबाट समान ४ अंक भएपनि काठमाडौँ रनरेटमा पछि परेको हो। यस्तै तीन खेलबाट समान ४ अंक जोडेको बुटवल ब्लास्टर्स र पोखरा पल्टन क्रमश: पहिलो र दोस्रो स्थानमा छ।

चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन मात्र बनाउन सक्यो। काठमाडौँका लागि गौरव तोमरले सर्वाधिक ३९ रन बनाए। कप्तान ज्ञानेन्द्र मल्लले ३० तथा पवन सराफले २८ रन जोडे। बलिङमा चितवनका करण केसीले ३ तथा कप्तान पारस खड्काले २ विकेट लिए।

त्यसअघि पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ओपनर हरिशंकर शाहको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो। शाहले ४९ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ६० रन बनाए। यस्तै स्मिथ पटेलले ३१ तथा अनिल शाहले २७ रन जोडे। काठमाडौँका बसन्त रेग्मीले २ विकेट लिए।

post image

कात्तिक १४, धनगढी । पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सले पहिलो खेलमा जित हात पारेको छ। पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै सन्दीप लामिछानेको टोली विराटनगरले दुई अंक जोडेको हो।

जितसँगै बुटवलले प्रतियोगितामा रहिरहने झिनो अाशा कायमै राखेको छ। चार खेल खेलिसक्दा बुटवल दुर्इ अंकका साथ पुछारमै छ। अन्तिम अोभरमा बुटवललार्इ जितका लागि १३ रन अावश्यक भएपनि विराटनगरका किशोर महतोले मेडन अोभर फालेपछि विराटनगरले जित हात पारेको हो।

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्रै बनाउन सक्यो। बुटवलका लागि भीम सार्कीले अर्धशतकीय पारी खेलेका थिए। ४२ बलमा उनले ४ चौका र एक छक्का प्रहार गरे। यस्तै सागर पुनले २९ र शंकर रानाले २३ रन जोडे।

विराटनगरका कप्तान सन्दीप लामिछाने र किशोर महतोले समान २–२ विकेट लिए। सहाब अलाम र सुनिल धमलाले एक एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० अोभरमा ७ विकेट गुमाएर १ सय ४० रन जोडेको थियो।

अलामले ४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह एेरीले ४१ रन जोडे। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बुटवलका ललितसिंह भण्डारीले २ तथा विपिन खत्री, सांसद सेख र सागर पुनले समान १-१ विकेट लिए।

post image

कात्तिक १४,काठमाडौँ । पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा पहिलो जित निकालेको छ।  धनगढी ब्लुजलाई बुधबारको पहिलो खेलमा १ सय २६ रनले पराजित गर्दै चितवनले तीन खेलबाट पहिलो जित निकालेको हो।

चितवनले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढी १६.२ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो। धनगढीलाई सस्तैमा रोक्न स्पिनर सन्नी पटेलले ३.२ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। खराब सुरूवात गरेको धनगढीले पहिलो ओभरको चौथो बलमै ओपनर दीलिपनाथ शून्यमा गुमायो। अर्का ओपनर ड्यानियल लरेन्स पनि शून्य रनमै दोस्रो ओभरको पहिलो बलमा आउट भए।

शून्य रनमै २ विकेट गुमाएको धनगढीका लागि कुनै पनि ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । पिटर डभिड ट्रेगोले सर्वाधिक २७ रन बनाउँदा योगेन्द्र सिंह कार्कीले १७ रन बनाएर आउट भए।  धनगढीका बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

भुवन कार्की र स्मिथ पटेलले समान चितवनका लागि थप २-२ विकेट लिए। करण केसी र शक्ति गौचनले १-१ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रनको योगफल तयार पारेको थियो। उत्कृष्ट शुरुवात गरेका चितवनका लागि पहिलो विकेटको लागि ओपनर अनिल कुमार साह र हरिशंकर शाहले १ सय १ रनको कीर्तिमानी साझेदारी गरे। हरिले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। उनले ६ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडेर आउट भए। अर्का ओपनर अनिल साहले ३७ रन बनाए।

स्मित पटेलले २४ रन बनाउँदा कप्तान पारस खड्का ९ बलमै १९ रन बनाएर पेभेलियन फर्किए। आरिफ शेख आज पनि शून्यमा आउट भए। पहिलो खेलमा खाता खोल्न नसकेका आरिफले दोस्रो खेलमा ब्याटिङ पाएका थिएनन्। करण केसी र सन्नी पटेलले छैटौ विकेटको लागि ३१ रनको साझेदारी गरे। सन्नी पटेल २६ र करण ११ रनमा नटआउट रहे।

धनगढीका लागि दीपेन्द्रसिंह ऐरी, कमल सिंह ऐरी, मन्जित श्रेष्ठ, आरिफ शेख र ड्यानियल लरेनसले समान १-१ विकेट लिए। यो जीतसँगै सुरुवाती दुई खेलमा पराजित चितवनले प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ।

चितवन यसअघि पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० तथा दोस्रो खेलमा घरेलु टोली पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो। यता, तीन खेलबाट दोस्रो हार बेहोरेपछि धनगढीको पनि प्लेअफ पुग्ने सम्भावना उत्तिकै छ।

post image

कात्तिक १३, काठमाण्डौ । स्पानिस जायन्ट रियल मड्रिडले क्लबको मुख्य प्रशिक्षक पदबाट युलेन लोपेटगुईलाई बर्खास्त गरेको छ। लोपेटगुई प्रशिक्षक भएयता क्लबले राम्रो प्रदर्शन गर्न नसकेको र एल क्लासिकोमा बार्सिलोनासँग लज्‍जासपद हार बेहोरेपछि लोपेटगुई प्रशिक्षक भएको साढे ४ महिनापछि नै पदबाट बर्खास्त परेका हुन्।

रियल एल क्लासिकोमा ५-१ ले पराजित भएको थियो। सोमबार रियलको बोर्ड बैठक बसेको थियो। बैठकले लोपेटगुईलाई बर्खास्त गर्ने निर्णय गरेको रियलको आधिकारिक वेवसाइटले जनाएको छ। रियलको स्टाफ र लोपेटगुईको प्रशिक्षणले क्लबले प्राप्त गरेको नतिजामा धेरै असमानता रहेको क्लबको स्टेटमेन्टमा उल्लेख छ।

गत जुनमा जिनेदिन जिदानले प्रशिक्षक पद छाडेपछि लोपेटगुई स्पानिस राष्ट्रिय टोलीको प्रशिक्षक पद छाडेर रियलको प्रशिक्षक बनेका थिए। लोपेटगुईको प्रशिक्षणमा रियलले यस सिजन ला लिगामा सम्‍भावित ३० मध्ये १४ अंक मात्र जोड्न सकेको छ। रियल शीर्ष स्थानको बार्सा भन्दा ७ अंकले पछाडी छ र अंकतालिकामा नवौँ स्थानमा छ।

लोपेटगुईलाई बर्खास्त गरेपछि रियलले तत्कालको लागि रियलकै बी टिम कास्टिलाको प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ।

कात्तिक १२,काठमाडौँ । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट को लागि अक्सनमा पारस खड्काको चितवन राइनोज र शरद भेषावरकको पोखरा पल्टन बलियो टोलीको रुपमा देखिएको थियो।

पोखराले पहिलो खेल जित्दै त्यसलाई सही सावित गरेको पनि थियो थियो तर पारस खड्काको चिवतन भने पहिलो खेलमै बुटवलसँग हार्‍यो। पोखरा र चितवनबीचको खेललाई सबैले प्रतिक्षा गरेका थिए। सोमवार यी दुई टिमबीच खेल भयो। जसमा शरदको पोखराले पारसको चितवनलाई ५ विकेटले पराजित गर्दै आफू बलियो भएको प्रमाणित गर्‍यो।

पोखराले अहिलेसम्म ३ खेल खेलिसक्दा दुईमा जित र एकमा हारको नतिजा निकालेको छ। तीन खेलबाट घरेलु टोली पोखराको ४ अंक छ। लगातार दुई खेल जित्दै अपराजित रहेको बुटवल ब्लास्टर्स र काठमाडौँ रोएल्सको पनि समान ४ अंक नै छ। राम्रो रनरेट रहेको बुटवल शीर्ष स्थानमा छ भने पोखरा दोस्रो स्थान उक्लिएको छ।

उपाधि दाबेदार अर्को टोली चितवन भने लगातार दुई हारपछि अंकविहिन छ। सन्दीप लामिछानेको विराटनगरले पनि लगातार तीन खेल हारिसकेको छ।

पोखरा रंगशालमा घरेलु टोली पोखराले चितवनले दिएको १४१ रनको लक्ष्य १७.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। पोखराको जितमा भारतीय खेलाडी रविइन्दर सिँहले सर्वाधिक ६५ रन बनाए। ४८ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे।

रनको खाता नखोल्दै दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई शुन्यमा गुमाएको पोखराको इनिङ्स उकास्न सिंहले रोहित पौडेलसँग तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गरे। रोहितले १९ रन बनाए। यस्तै कप्तान शरद भेषावकरले ३७ रन जोडे। २० बल खेलेका शरदले समान ३ चौका र छक्का प्रहार गरे। चितवनका लागि करण केसीले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १४० नर बनाएको थियो। चितवनका लागि भारतीय खेलाडी सन्नि पटेलले सर्वाधिक ४६ रन बनाए। २७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ४६ रन जोडे। यस्तै कप्तान पारस खड्काले ४४, सोनु तामाङले १९ रन बनाए। पोखराका विक्रम भुसालले २ विकेट लिए।

post image

कात्तिक १२,काठमाडौँ । बंगलादेशले नेपाललाई हराउँदै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ  । सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा भएको साफ यु–१५ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा  १० खेलाडीमा सिमित बंगलादेशले नेपाललाई २-१ गोल अन्तरमा हराएको हो।

पहिलो हाफ १-१ को बरबारीमा सकिएको खेलको दोस्रो हाफको सुरूमै बंगलादेशले गोल गर्दै नेपालविरूद्ध जीत निकालेको हो। बंगलादेशले दोस्रो हाफको पहिलो ३० सेकेन्ड भित्रै गोल गर्दै खेलमा अग्रता लिएको थियो।

यसअघि ललितपुरको सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा बंगलादेशले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो। खेलको पहिलो मिनेटमा बंगलादेशले गोल गर्दै खेलमा अग्रता लिएको थियो।

खेलको ३६ औं मिनेटमा नेपाल जान लिम्बुले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए।  खेलको ३४औं मिनेटमा राकेश विश्वकर्मालाई काउन्टर अट्याकमा बंगलादेशी गोलरक्षक मितुल मार्माले खराब ट्याकल गरेपछि नेपालले पेनाल्टीको मौका पाएको थियो। गोल किपर रातो कार्ड खाँदै बाहिरिए पछि जानले गोल गर्दै खेललाई बराबरीमा ल्यएका हुन्।

मार्माको स्थानले बंगलादेशका दोस्रो रोजाइका गोलरक्षक मेहेदी हसन मैदान प्रवेश गरेका थिए। उनलार्इ स्ट्राइकर रसेल अहमदको स्थानमा सब्सिच्युड गरिएको थियो। यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका नेपालले अब समूह ए को विजेता पाकिस्तानसँग फाइनल प्रवेशका लागि खेल्नेछ। बंगलादेशले समूह एको उपबिजेता भारतसँग खेल्नेछ।

यो समूहबाट माल्दिभ्स दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।  नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको थियो भने बङ्गलादेशले माल्दिभ्सलाई ९–० गोल अन्तरले हराएको थियो।

 

post image

कात्तिक ११, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ३३ रनले हराएको छ । लगातार दोस्रो जित निकाल्दै बुटवल शीर्ष स्थानमा रहेको छ ।

आइतबार पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवलले पोखरालाई १ सय ५१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रन बनाएको हो ।

पोखराका लागि आशिफ शेखले १५ बलमा २० रन, रभि इन्दर सिंहले २१ बलमा ११ रन, शरद भेषावकरले २४ बलमा १९ रन बनाए । रसिद खानले ८ बलमा १० रन, मोहम्मद नाभेदले ९ बलमा ११ रन बनाए । बुटवलको कसिलो बलिङका सामु पोखरा टिक्न सकेन ।

बुटवलका लागि सोमपाल कामी, रोहन मुस्तफा, ललित भण्डारी र विपिन खत्रीले दुई/दुई साथै सागर पुनले एक विकेट लिए । पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट जाँदा १ सय ५० रन बनाएको थियो ।

बुटवलका ओपनर चिराग सुरी र सागर पुन चल्न नसके पनि रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेलेका थिए । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एक/एक विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको थियो ।

post image

कात्तिक ११,काठमाडौँ । इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज चन्द्रागिरि लगेर प्रदर्शनीमा राखिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएइ)बाट विश्वकप ट्रफी नेपाल ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने उक्त ट्रफी नेपाल ल्याइएको दिन साँझ स्वयम्भूमा लगेर सार्वजनिक गरिएको छ ।

स्वयम्भूमा गरिएको प्रदर्शनीमा क्रिकेटका समर्थकको बाक्लो उपस्थिति थियो । शनिबार बिहान ट्रफी पोखरा क्रिकेट रङ्गशाला लगिएको थियो । आजै वसन्तपुर दरबार क्षेत्रमा राखी क्रिकेट समर्थक र सर्वसाधारणलाई ट्रफीसँग तस्बीर खिच्न दिइनेछ । नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा सो ट्रफी यहाँ ल्याइएको बताइएको छ ।

post image

असोज २९, ललितपुर । ललितपुर महानगरपालीकाले रुस्लान थ्री स्टार क्लबलाई २८ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। गत वर्ष सात वटा प्रतियोगिताको उपाधि जितेर जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै महानगरले प्रत्येक उपाधि बापतको चार लाखका दरले २८ लाख क्लबलाई दिने निर्णय गरेको हो।

यस्तै महानगरले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई पनि आर्थिक सहयोग गर्ने भएको छ। महानगरको बोर्ड बैठकले जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, ब्रिगेड ब्वाइज, जावलाखेल र च्यासल युथ क्लबलाई वार्षिक ४ लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको महानगरका सूचना अधिकारी रुद्र गौतमले जानकारी दिए। योसँगै थ्री स्टारले यो वर्षमात्र महानगरबाट ३२ लाख रुपैयाँ पाउने छ।

त्यसैगरी जिल्लाका ‘बी’ डिभिजनका क्लबलाई वार्षिक ३ लाख र ‘सी’ डिभिजन क्लबलाई वार्षिक २ लाख उपलब्ध गराउने निर्णय महानगरले गरेको उनले जानकारी दिए। यसअघि काठमाडौं महानगरले जिल्लाका ६ वटा ए डिभिजन क्लबलाई वार्षिक १० लाख दिने यसअघि नै घोषणा गरिसकेको छ।

post image

 असोज २८, काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले नेदरल्याण्डसँग ३-० गोलको लज्जास्पद हार ब्यहोरेको छ । आइतबार विहान नेसन्स लिग फुटबलअन्तर्गत समूह ए वानको खेलमा जर्मनीले नेदरल्यान्ड्ससँग पराजित हुदै महत्वपूर्ण तीन अंक गुमाएको हो ।

नेदरल्यान्ड्सको जितमा जोडी भर्जिल, भान डिजिक र जर्जिन्हो विजनाल्डमले गोल गरे । नेदरल्यान्ड्सविरुद्ध जर्मनी निरिह बन्यो । ६० प्रतिशत बल नियन्त्रणमा राखेपनि जर्मनीले गोल गर्न भने सकेन । खेलको ३० औं मिनेटमा भान डिजिकले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० गोलले अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । खेलको ८६ औ मिनेटमा डिपेले गोल २-० गोलको अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा जर्जिन्होले गोल गर्दै जर्मनीविरुद्ध नेदल्यान्ड्सलाई ३-० गोलको जित दिलाएका हुन् ।

post image

असोज २६, काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान कायम गरेका छन्।

 शुक्रबार आईसीसी टि-ट्वान्टी विश्वकपअन्तर्गत मलेसियामा जारी एसिया छनोट ‘बी’ प्रतियोगितामा सिंगापुरका ४ विकेट लिँदै उनी एकै प्रतियोगितामा सर्वाधिक २४ विकेट लिने खेलाडी बनेका हुन्।

यसअघि उनले म्यानमारविरुद्ध ४ , मलेसियाविरुद्ध ५, थाइल्यान्डविरुद्ध ५, भुटानविरुद्ध ३, र चीनविरुद्ध ३ विकेट लिएर कुल २० विकेट लिएका थिए। शुक्रबार सिंगापुरविरुद्ध ४ विकेट लिएपछि उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्।

यसअघि यो रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा थियो । विनोद र बसन्तले २१-२१ विकेट लिएर यो रेकर्ड कायम गरेका थिए। विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगिता र बसन्तले २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–४ मा समान विकेट लिएर रेकर्ड राखेका थिए।

post image

 असोज २५, काठमाडौं । ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले शहीद स्मारकले विजयी सुरुवात गरेको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गरेको हो ।

थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए । पहिलो हाफमा फ्रेन्ड्स क्लबविरुद्ध १-० गोलले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा थप १ गोल गर्दा एक गोल खाएको थियो ।

खेलको १७ औं मिनेटमा रञ्जन विष्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले आफ्नो एकल प्रयासमा फ्रेन्ड्स क्लबका किपरलाई विट गर्दै गोल गर्न सफल भए ।

खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउनबाट चुकेको थियो ।

खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २-० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।