post image

चैत ४, सिड्नीअस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले १० औं वार्षिकोत्सवका अवसरमा भव्य रूपमा होली पर्व (फागु) मनाएको छ।एन्टा १० औं वार्षिकोत्सवसँगहोली हंगामानामक साँस्कृतिक कार्यक्रमको आयोजनाका गर्दै सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा होली पर्व हर्षोंल्लासका साथ रङ, अविर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ।

अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा विभिन्न भाषा भाषिका मनोरञ्जनात्मक कार्यक्रम समेत रङको टिकामार्फत् शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीको साझा पर्व भएको सन्देश दिइएको थियो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। साथसाथै स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव गरेको सुनाए।

नेपालबाट रमेशराज भट्टराई, डोली सरकार सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रम नेपाली, मैथिली, भोजपुरी अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी नेपाली भाषाका शब्दहरूमा  गीत संगीत प्रस्तुति दिएका थिए।

कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको सुनाए।

 

कार्यक्रमको प्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले रङको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए। मुख्य प्रायोजककोतर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताए। एन्टाका सचिव तुलसी शाहले  सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

post image

चैत ४, काठमाडौं । काठमाडौंमा एक कार्यक्रमको घोषणा गर्दै द भ्वाइस अफ नेपालको सिजन २ घोषणा गरिएको छ । अघिल्लो सिजनको सफलतापछि दोस्रो सिजन घोषणा गरिएको हो भने यसपटक हिमालयन टिभी एचडीबाट यसको प्रशारण हुनेछ । हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा अहिलेसम्म झण्डै १० हजार प्रतिभाहरुले आफ्नो आवाजबाट पहिचान बनाउने उद्देश्यसहित अडिसन दिइसकेको जानकारी गराउदै देश बिदेशमा रहेका प्रतिभाहरुले सिजन २ मा सहभागिताका लागि द भ्वाइस अफ नेपालको मोबाइल एप डाउनलोड गरी गीत रेकर्ड गरेर अडिसन दिन सक्ने भ्वाइसका निर्माता तथा निर्देशक लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।

एपमार्फत् अडिसन दिन असमर्थ प्रतिभाहरुले फेसबुक वा भाइबरजस्ता म्यासेजिङ एपमार्फत् पनि आफ्नो स्वर रेकर्ड गरी पठाएर अडिसनमा सहभागिता जनाउन सक्ने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसनलाई सहज र सर्वसुलभ बनाउन यसपटकदेखि सामाजिक सञ्जालमार्फत् पनि आफ्नो स्वर पठाउन सकिने ब्यबस्था गरिएको जनाउदै निर्देशक पौडेलले इन्टरनेटको पहुँचमा नभएका प्रतिभाहरुले फोन गरेर पनि भ्वाइस निर्माण टीमलाई आफ्नो आवाज सुनाई सहभागी हुन सक्ने बताए । भाइबरमा आफ्नो आवाज रेकर्ड गरी ९८२३६१४१८५ मा पठाउन सकिने छ भने सिधै कल गरेर रेकर्ड पनि गराउन सकिनेछ ।

पहिलो सिजनमा पाएको माया र सुझाव ख्याल गर्दै प्रतियोगीलाई सहभागी हुन् सहज होस् भन्ने उदेश्यका साथ् नयाँ नयाँ तरिका अपनाइएको द भ्वाइसले जनाएको छ । यी सम्पूर्ण प्रतियोगीले ब्लाइन्ड अडिसनमा सहभागी हुन पाउनेछन् । आउँदो असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडी प्रसारण गर्नेछ । ‘भ्वाइस जस्तो शो पाउनु हाम्रो लागि अवसर नै हो यसलाई टिभीले सदुपयोग गर्नेछ’ कार्यकारी निर्देशक श्याम कँडेलले भने ‘हामीले प्रसारण गर्ने शो मा कुनै सम्झौता हुनेछैन भने प्रतियोगिता विजयीको लागि पनि हामी ग्राण्ड सोचिरहेका छौ ।’ डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गते सम्म मात्र रहेको छ ।

post image

माघ २, मलेसिया   माघ १६ गते काठमाडौंको  राष्ट्रिय सभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको  अभियानलाई लिएर मलेसिया आएका  धुर्मुस सुन्तलीको  शानदार प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको  नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै  पहिलो प्रस्तुतिको लागि उनीहरु मलेसियामा आएका हुन्

 

उनीहरुसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी यामजोङ्ग  पनि आएका छन् मलेसियामा उनीहरुको भव्य स्वागत भएको दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणको लागि मलेसियाको तीन शहरमा  ‘सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५को आयोजना गरेको हो

 

जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी मा डेवान मारियमेनको सिटी सेन्टर फेब्रुअरी६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको   उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरन्जन लिएका छन्  यी दुईसँगै लोक गायक बद्रि पंगेनीआधुनिक गायिका मेलिना राइ,चर्चित लोकगायिका लोक गायिका सम्झना भण्डारी स्थानीय कलाकारहरुले पनि मनोरञ्जन  दिएका छन्  यसैगरी अब  क्वालालम्पुर पेनाङ पश्चात फेब्रुअरी१० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ   सहयोग पाउने धुर्मुस सुन्तलीले विश्वास व्यक्त गरेका छन्

post image

मंसिर ४, मकवानपुर । मकवानपुरको मनहरी–८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिसपार्कमा फिलिपिन्सकी राजकुमारीले अवलोकन गर्नुको साथै मानसिक शान्ति सम्बन्धि प्रवचन दिएकी छन् । राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचानाले ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ विषययमा प्रवच दिएका हुन् । उनीहरुले ब्यक्तिको मन शान्त भएमात्र समाज र देशमा शान्ति हुने बताएका थिए ।

पिसपार्कमा राजकुमारी मारियाले निर्माणाधिन संरचनाहरुको अवलोकन समेत गरेकी थिइन् । राजकुमारी’ को उपाधिले परिचित मारिया फिलिपिन्सको बालोई टापु निवासी शाही, सुल्तान खान्दानकी छोरी हुन् । उनी विश्वरभर मानवअधिकार अभियन्ताका रुपमा काम गर्छिन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा विगत तीन वर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिसपार्क निर्माण भइरहेको छ ।

पिसपार्कभित्र ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालय लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । सात हेक्टर क्षेत्रमा फैलिएको पिसपार्क निर्माणको लागि मनहरी गाउँपालिका, स्थानीय सामुदायिक वन, तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरेको उनले जानकारी दिए । पिसपार्कमा सोमबारै हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मूर्ति प्रतिस्थापना गरेका छन् । कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, नेपाली काँग्रेस ३ नम्बर संसदीय दलका नेता ईन्द्र बानियाँ, प्रदेशसभा सदस्य मुनु सिग्देल, गीता वाग्ले लगायत उपस्थित थिए ।

post image

कार्तिक २१, काठमाण्डौं । डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।  रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, यहि तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् ।

नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”,मा भने नेपाली समाजमा महिलाले भोग्ने सुख दुःख का कथाहरु समेटिने छ । चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित यस टेलि श्रृखंलामा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ । टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ । समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध”, तयार पारिएको छ । रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

चर्चित हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” लगायतका हाँस्य प्रधान टेलिश्रृंखलाहरुले दर्शकलाई पेट मिचि मिच हसाँउने छन् । “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् । डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ । यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने जानकारी गराउँदछौं । नेपाली मनोरञ्जन उद्योगका दिग्गज निर्देशक, लेखक तथा प्राविधिकहरुको संग्लनतामा तयार हुने यी कार्यक्रमहरुले विदेशी कार्यक्रमहरुको स्वाद लिईरहनुभएका नेपाली दर्शकहरुलाई पनि आफ्नै मौलिक कार्यक्रमहरुले आकर्षण गर्नेछ भन्ने आशा लिएका छौ।  रमाईलो एचडि तथा एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ ।

post image

भदौ २७, काठमाडौं ।

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे

‘अरे’ अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, अा-अाफ्ना रंगमञ्चमा । पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ । तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् ।

हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताकालागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ?

सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्धदिने खालको होस् । रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।

‘तीज’लार्इ महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।

अाजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

‘तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलार्इ यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलार्इ झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।

अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है । अनि सम्पूर्ण महिलाबृन्दहरु, चाहे तपाई माइतीमा हुनुहुन्छ या हुनुहुन्न या विदेशमा तीजको स्वदेशी यादहरु सम्झना गर्दै हुनुहुन्छ यो पावन चाडको शुभकामना । सुयोग ढकाल

post image

भदौ ११, काठमाडौँ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा यसमा विशेष रौनक पाइन्छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुणरसका गीत पनि गाइन्छ ।

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै ०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको शताब्दी पुरुष सत्यमोहन जोशी सम्झन्छन् । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धानचामलको नमूना तथा काठमाडौँको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रम आयोजना गर्ने र पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशन गर्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा, मकवानपुर, कास्कीलगायत जिल्लाका शहरमा पनि मनाइन्छ । गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदासमेत दिइन्छ । रासस

post image

चैत २८, काठमाडौं । मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् । हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् ।

प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’

यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए। ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए। प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो । 

post image

चैत्र २६,काठमाडौ ।  गत फागुनमा स्थगित भएको बलिउड अभिनेता सलमान खानको काठमाडौं आउने कार्यक्रम जेठ १२ मा हुने भएको छ । मुम्बईस्थित जेए इभेन्ट्सले नेपालमा आयोजक रहेको ओडीसी इन्टरटेनमेन्टलाई पठाएको पत्रमा मे २६ तारिख (जेठ १२) मा सलमानको दबङ टूर नामक काठमाडाै‌ंमा हुने उक्त कार्यक्रमको समय निश्चित गरिएको उल्लेख छ ।

सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत पत्रमा उल्लेख छ । काठमाडौंको टुाडिखेलमा गत फागुन २६ मा आयोजना गर्ने भनिएको दबङ टुर नामक उक्त कार्यक्रम विप्लव समूहको धम्कीलाई देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

कालो हरिण शिकार अभियोगमा सलमान धरौटीमा रिहा भएलगत्तै उनको कार्यक्रम तय भएको छ । गत बिहीबार अभिनेता खानलाई जोधपुर अदालतले १० हजार जरिवानासहित ५ वर्ष जेल सजाय सुनाएको थियो । शनिबार उनी २५ हजार धरौटीमा रिहा भएका थिए ।

post image

चैत्र२६,काठमाडौ । द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी रिहा भएका छन् मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्धामा थुन्ुवा रहेका खड्गी धरौटीमा रिहा भएका हुन् उच्च अदालतले तोकेको पाँच लाख रुपैयाँ धरौटी बुझाएर उनी आइतबार नै थुनामुक्त हुन सफल भए उनलाई काठमाडौं जिल्ला अदालतले गत १८ फागुनमा थुनामा राखेर अनुसन्धानका लागि आदेश दिएको थियो

जिल्ला अदालतको सो आदेशविरुरुद्ध खड्गीले उच्च अदालत पाटनमा पुनरावेदन (१७ नम्बर) निवेदन दर्ता गराएका थिए सो पुनरावेदनको सुनुवाईपछि उच्च अदालतका न्यायाधीशद्वय विनोदमोहन आचार्य अनन्तराज डुम्रेको इजलासले थुनामा राखेर मुद्धा सुनुवाई गर्ने जिल्ला अदालतको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश गरेको हो

 एउटा वृत्तचित्र निर्माण गर्ने त्यसका लागि सांस्कृतिक कार्यक्रम गर्ने भन्दै दक्षिण कोरियामा लगेर १२ जना नेपालीलाई छाडेको आरोप खड्गीमाथि लागेको थियो ती व्यक्तिसँग उनले मोटो रकम लिएको आरोपमा समेत उनी माथी खड्गीले आफ्नो मुलुकमा मानिस छाडेर आएको भन्दै उनीविरुद्ध काठमाडौंस्थित दक्षिण कोरियाली राजदुतावासले उजुरी दिएपछि केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो

post image

चैत्र २४, नयाँदिल्ली । कालो हरिण (मृग)को सिकार गरेको आरोपमा जेल परेका बलिउडका चलचित्र अभिनेता सलमान खानलाई जोधपुरको माथिल्लो अदालतले जमानतमा रिहा गर्ने फैसला गरेको छ । सलमानका वकिलले गरेको जामनत अनुरोधबारे शनिबार फैसला गर्दै माथिल्लो अदालतले सलमानलाई जमानतमा रिहा गर्न भनेको हो । माथिल्लो अदालतका न्यायाधीश रवीन्द्र कुमार जोशीले शनिबार दिउँसो फैसला सुनाउँदै सलमानका वकिलको जमानत अनुरोध स्वीकार गरे । उनले घटनाको विस्तृत अध्ययन गरेर फैसला सुरक्षित राखेका बताइएको छ ।

योसँगै सलमान ५० हजार घरौटीमा रिहा हुने पक्का भएको हो । अदातले ७ मे भन्दा पहिले उनलाई अदालतमा उपस्थित हुन समेत भनेको छ । उनी अब अदालतको आदेश पत्र प्राप्त हुनासाथ जेल मुक्त हुने छन् ।

तर, सलमानले अदालतको अनुमतिविना देशबाहिर जान नपाउने भएका छन् । अदालतको आदेशपछि सलमानका वकिल र उनका प्रशंसकहरुले न्याय मिलेको बताए पनि विस्रोई समाज भने अदालतको फैसलाबाट दुःखी बनेको छ । त्यो समाजले फेरि आफू हाइ कोर्ट जाने समेत प्रतिक्रिया दिएको छ । एजेन्सी

post image

फागुन २६, काठमाडौं । आगामी महिना रूसमा राष्ट्रपति निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले पुन: उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

निर्वाचनमा आफ्नो पक्षमा वातावरण बनाउन पुटिनले भित्री वस्त्र मात्र लगाएका महिला मोडलहरूलाई प्रचार–प्रसारमा उतारेका छन् ।

भिडियो तथा पोस्टर मार्फत् मोडलहरूले चुनावमा पुटिनको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।

बहुराष्ट्रिय ग्ल्यामर म्यागजिन म्याक्सिमको रसिया संस्करणले उक्त ग्ल्यामरस प्रचारको जिम्मा लिएको छ ।

म्यागजिनका सम्पादकले उक्त कार्य सोझै भ्लादिमिर पुटिनले अराएको नभनी राष्ट्रपति कार्यालयले चुनाव प्रचार–प्रसारका लागि गर्न लागेको बताएका छन् ।

ह्याप्पी होली, खेलौ मन खोली

प्रकाशित मिती : Thursday
post image

फागुन १७, काठमाण्डौं । रङहरुको पर्व होली उपत्यका सहित पहाडी जिल्लाहरुमा आज आपसी सद्भाव उत्साह र हर्सोल्लासका साथ मनाईदै छ । असत्यमाथि सत्यको जित भएको दिनको संझनामा होली पर्व मनाउन थालिएको पौराणिक कथन छ । काठमाण्डौको बसन्तपुरमा  एक साता अघि विधीपूर्वक चिर ठड्याएपछि होलीपर्वको औपचारिक शुरुवात भएको थियो । असत्यमाथि सत्यको जीत भएको सुचकका रुपमा ठड्याइएको चीरलाई आज टुँडीखेलमा विर्सजन गर्ने चलन छ ।

 सत्ययुगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आाफै भष्म भएको दिनको सम्झनामा आजको दिनलमाई होलिका दहन वा  होली भनि नामाकरण गरेको धार्मिक कथन छ । होलीका अवसरमा युवा युवतीहरु समूह बनाएर एक आपसमा रंङ लगाई रमाइलो गर्ने गर्छन । पहाडी जिल्लाहरुमा आज मनाइने होली तराईका जिल्लाहरुमा भने भोली मनाउने चलन छ । सरकारले पहाडी जिल्लामा आज  र  तराईका जिल्लामा भोली सार्वजनिक बिदा दिएको छ ।

यसैबीच होलीको अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले लोकप्रिय र सबैको साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुर्‍याएको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका साझा पहिचान र धरोहरको संरक्षण एवम् संवद्र्धन गर्न अभिप्रेरित गरेको बताउनुभयो ।

होलीको अवसरमा कंग्रेस सभापति शेर वहादुर देउवाले पनि शुमकामना सन्देश दिनुभएको छ ।  यसैबीच होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधी रोक्न बिशेष सुरक्षा नीति बनाई प्रहरी समेत परिचालन  गरिएको छ । होलिमा  अमर्यादित गतिविधी गर्नेलाई सार्वजनिक मुद्दा लगाउने प्रहरीले बताएको छ । होलीमा हुने सम्भावित उछृङखल गतिविती रोक्नलाई मुख्य मुख्य सडक र भित्री चोकचोकमा सुरक्षाकर्मीको परिचालन गरिएको छ ।

post image

फागुन १५,काठमाण्डौं । नेपालको राजनीतिक परिस्थिति यतिखेर गम्भीर मोडमा उभिएको छ । अत्यासलाग्दो नेपाली राजनीतिले जीवनका अनगिन्ती क्षेत्रमा पनि गम्भीर असर पु¥याएकैछ तर पनि जनताका लेखक–कलाकारहरू आ–आफ्ना विचारधारात्मक क्षेत्रमा अहोरात्र खटिरहेका छन्। नेपालमाथि बढ्दो विदेशी संस्कृतिको अतिक्रण रोक्न राष्ट्रभक्त, जनसंस्कृतिप्रेमीहरू एकजुट हुनुपर्ने समय आएको छ । लामो समयदेखि नेपालमा पश्चिम तथा दक्षिण क्षेत्रबाट भइरहेको राजनीतिक अतिक्रमणका साथै समय–समय सांस्कृति अतिक्रमण हुँदा आम सर्वसधारणले त्यसलाई डटेर विरोध गरेको र आवश्यक पर्दा सडकमै आएर बलिदान दिएको समेत विगतको इतिहास जीवितै छ ।

यसै सन्दर्भमा यही फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमाथि भारतीय राजनीतिक मात्रै होइन, सांस्कृतिक अतिक्रमण समेत तीव्र पारिएको छ । नेपालीहरू राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन्, भनेर जाँच्ने भित्री उद्देश्य भारतीय कलाकार काठमाडौं उतार्ने विशेष योजना अन्तर्गत हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तर्गतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौँ । नेपालमा विईङ ह्युमनको नामबाट सामानहरू बिक्री गर्दै भारतीय जनताको लागि सहयोग गर्दै आएका नायक खान नेपाली जनताका लागि समेत प्रिय पात्र हुन् । कलाको हिसाबले उनी निकै लोकप्रिय छन् तर त्यसो भन्दैमा हाम्रो राष्ट्रियताको रक्षा र संवद्र्धनका लागि उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य छैन । उनी कलाकारको हिसाबमा नेपाल आऊ÷जाऊमा कुनै अवरोधको नीति नरहेको तर रक्सी, मदिराका प्रवद्र्धनको लागि नेपाल आउने, प्रतिव्यक्ति २० हजार रुपैयाँको टिकट काट्ने कार्य नेपाली अर्थतन्त्रलाई समेत धरासायी बनाउने निश्चित छ ।

त्यसैले ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम तत्काल रोक्न हामी सरोकारवाला सबैलाई हाम्रो विनम्र आग्रह छ । यतिबेला उनै भारतीय कलाकार सलमान आफ्ना केही भारतीय कलाकारहरूका साथ खान रक्सीको प्रमोसनका लागि नेपाल आउँदा जनता खुसी हुने कुरा छैन । विनासकारी भूकम्पले सिङ्गो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रकम खर्चनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारमाथिको ठूलो अपमान पनि हो । नेपालको स्वाभिमानको रक्षार्थ पनि सलमान खानसहित भारतीय कलाकारको नेपालमा हुने भनिएको कार्यक्रम रोक्न अनिवार्य छ ।
रक्सीको प्रोमोसनका लागि दसौं हजारको टिकट बेचेर कार्यक्रम गर्ने कुरा हामीलाई सर्वथा अमान्य छ । नेपाली कलाकारहरूलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर राजधानीको मुटुमा नचाउने कुरा झन्अमान्य छ । हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यै माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देश्य नेपाली पैसा सोहोर्नु । कार्यक्रममा रक्सीको टिसर्ट लगाएर टुँडीखेलमा नेपाली जनतालाई उफार्ने दुष्प्रयास भइरहेको प्रति हाम्रो गम्भीर आपत्तिसमेत रहेको छ । हाम्रो सङ्गठन भारतीयहरूको यसप्रकारको गलत नियत तथा नीतिको तीव्र विरोध र भत्र्सना गर्दछ । साथै, हाम्रो सङ्गठन यसप्रकारको भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार छ । भारतीय कलाकार सलमान खानलाई यस्तो गलत कार्यक्रमको बाहना बनाएर नेपाल नआउन, उनको कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टलाई उक्त कार्यक्रम नगर्न तथा आम नेपाली जनतालाई महंगो मूल्य तिरेर सो कार्यक्रमको टिकट नकिन्न महासङ्घ हार्दिक आग्रह गर्दछ । साथै, नेपाली राजनीतिक दलहरूलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सधैँ मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैनिक मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौँ । र, अन्य सहयोगी एजेन्सीलाई कुनै पनि सहयोग नगर्न हामी यसै प्रेस विज्ञप्तिमार्फत् सबैलाई आग्रह गर्न चाहन्छौँ । जबर्जस्ती गर्न खोजे, अन्यथा रूपमा लिइए, त्यसबाट उत्पन्न हुने आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने कुरा पनि हामी यसै प्रेस विज्ञप्तिद्वारा स्पष्ट पार्न चाहन्छौँ ।

post image

फागुन १५,मुम्बइ दुबइमा हृदयाघातका कारण मृत्यु भएको भनिएकी भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको मृत्युबारेमा विवाद उत्पन्न भएको  दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्टमा मृत्यु स्वभाविक रुपमा भएको होइन भनेर दिएको भन्दै भारतीय सञ्चार माध्यमले उहाँको हत्या भएको हुनसक्ने आशङ्का सहितका समाचार प्रकाशन प्रशारण गरेका छन्

उहाँको मृत्युको कारण हृदयघात, बाथ टबमा डुबेर, रक्सी पिएर अथवा कुनै षडयन्त्रका कारण भन्ने विभिन्न समाचार बाहिर आएका छन् ।यसैबीच श्रीदेवीको पार्थिक शरीरलाई मङ्गलबार पनि स्वदेश ल्याइएको छैन कतिपय समाचारमा उहाँले अत्यधिक रक्सी सेवन गर्ने गरेको बताइएपनि भारतीय सिनेमा जगतका व्यक्तित्वले श्रीदेवीले कडा मात्रामा रक्सी सेवन नगर्ने गरेको बताएका छन्

साथै श्रीदेवीका श्रीमान् बोनी कपूरलाई दुबई प्रहरीले सोधपुछ गर्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिइरहेका छन्  यद्यपी सोमबार दुबई सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबसवाथ टवमा डुबेर भएको जानकारी गराएको । सोमबार नै मुम्बईबाट दु्बइ ल्याइने भनिएको श्रीदेवीको शव यस्तै अन्यौलको स्तिथिका कारण मङ्गलबार पनि ल्याउन सकिएको छैन ।उहाँको पार्थिक शरीरलाई मुम्बई ल्याइ श्रद्धाञ्जलि दिन सिने जगतलगायतका उनका हजारौँ समर्थक मुम्बईमा पर्खाइमा रहेका छन्

चर्चित अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको थियो संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुनगएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको जनाइएको थियो

post image

फागुन १३, काठमाडौं ।  बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको दुबईमा निधन भएको छ।आफ्नो शानदार अभिनयद्धारा करोडौंको दिलमा बस्न सफल श्रीदेवीको हृदयघातकाको कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफ्ना पति बोनी कपुर र कान्छि छोरीसँगै आफन्तको बिहेमा सहभागी हुन श्रीदेवी दुबई गएकी थिइन्। श्रीदेवीले फिल्म ‘जूली’ बाट बाल कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी थिइन्।

मिस्टर इन्डिया,चालबाज,लम्हे,खुदा गवाह,जुदाई लगायत थुप्रै हिट फिल्ममा अभिनय गरेकी श्रीदेवीलाई २०१३ मा भारत सरकारले पद्मश्री बाट सम्मान गरेको थियो। श्रीदेवीले पाँच पटक फिल्मफेयर अवार्ड पाइसकेकी छिन्। १९९६ मा निर्माता बोनी कपुरसँग विहे गरेकी थिइन्। ५५ बर्षिय श्रीदेवीका दुई छोरी छन्।

post image

फागुन ११, काठमाडौं ।  फोटो पत्रकारको संघर्षपूर्ण कथामा बनेको चलचित्र ‘साढे सात’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । भूकम्प र नाकाबन्दीको समयमा तराईलाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारले भोगेको जीवन यो चलचित्रको मुख्य पक्ष हो । फोटो पत्रकार पेसेवर यौनकर्मी युवतीको सम्पर्कमा पुग्नु र उनीहरूले एउटा बन्द गोदाममा बिताएका पल चलचित्रमा रोमाञ्चक ढंगले प्रतुत गरिएको छ ।

फोटो पत्रकारका रूपमा गायक सत्यराज र यौनकर्मी युवतीका रूपमा मेनुका प्रधानले अभिनय गरेका छन् । खलनायक सुनील थापाको प्रस्तुतिमा साम्तेन भुटियाले निर्देशन गरेको चलचित्र साढे सात देशव्यापी रिलिज गरिएको हो । ‘चलचित्रमा फोटो पत्रकारको भूमिका निर्वाह गर्न मैले धेरै अध्ययन गरेँ । पत्रिका, पत्रकार अनि उनीहरूले भोग्ने उतारचढावबारे घटनास्थलमै पुगेर अनुभव गरेको छु’, अभिनेता आचार्यले भने । फोटो पत्रकारकी पत्नीको भूमिकामा सुप्रिया कटुवाल छिन् । सुप्रियाले यसअघि ‘कुसुम’ नामक चलचित्रमा अभिनय गरेकी थिइन् भने सत्यले आफ्नै बाबु भक्तराज आचार्यको जीवनीमा निर्माण भएको चलचित्र ‘आचार्य’मा अभिनय गरेका थिए ।

निर्देशक साम्तेनको पनि यो दोस्रो नेपाली चलचित्र हो । उनले यसअघि ‘लेटर’ नामक चलचित्र निर्माण गरेका थिए । ‘मेरोचाहिँ रोल मात्रै हो । कथाले मेरो लामो भूमिका माग्दैन’, आफ्नो रोल सुनाउँदै सुनील थापाले भने, ‘चलचित्र प्राविधिक र कथागत हिसाबले राम्रो बनेको छ, छोटो भए पनि स्मरणीय रोल छ ।’ चलचित्रको शीर्षकले नै यसको सम्पूर्ण कथा बोकेको उनको भनाइ छ । ‘साढे सात कसलाई, कहाँबाट कसरी लाग्छ त्यसको कुनै टुंगो हुँदैन, चलचित्रको पेरिफेरि पनि त्यही हो’, उनले भने ।

अमृत खतिवडाको शब्द, स्वरूपराज आचार्यको संगीत एवं किरण गजमेरको स्वर समावेश गीतमा चलचित्रका मुख्य कलाकार सत्यराज र सुप्रियाले अभिनय गरेका छन् । सत्यराज आचार्य, स्वरूपराज आचार्य, सुनिल थापा, नरेशदेव पन्त, डीजे सन्तोष र साम्तेन भुटियाको संयुक्त लगानीमा चलचित्र बनेको छ । निर्देशक भुटियाकै पटकथा र सम्पादनमा तयार भएको चलचित्रका सहनिर्माता अञ्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलबी टण्डन र विशाल चाम्लिङ हुन् । अनिश तामाङको छायांकन रहेको चलचित्रमा सत्यराजकै संगीत रहनेछ ।

यसैगरी शुक्रबारबाटै अर्को चलचित्र ‘पञ्चेबाजा’ पनि आएको छ । चलचित्रको प्रचारका लागि देश दौडाहामा रहेको पञ्जेबाजा टोली पोखरा, बुटबल, नारायणघाट, हेटौंडा लगायतका सहरमा कार्यक्रम गरेर बिहीबार राजधानी फर्किएको छ । चलचित्र राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा सौगात मल्ल, जस्मिन श्रेष्ठ र कर्मा शाक्यबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ । निर्माता शाहीले भने, ‘चलचित्रको नाम पञ्जेबाजा भए पनि यसमा हामीले आधुनिक प्रेमकथा समेटेका छौं । हाँसो, द्वन्द्व, पीडा, मिलन, बिछोड सबै पक्ष समेटिएको पञ्जेबाजा दर्शकका लागि नयाँ स्वाद हुनेमा हामी विश्वस्त छौं ।’

चलचित्र पञ्जेबाजा शुक्रबारबाट काठमाडौं उपत्यकाका २० सिनेमा हल र मोफसलका ४५ गरी ६५ सिनेमा हलबाट प्रदर्शनमा आउन लागेको हो । पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । निर्माता शाहीले विगतका भन्दा यसमा केही फरक गर्न खोजेको जानकारी गराए । सारा गुरुङ सहनिर्माता रहेको यो चलचित्रलाई पोखरा आसपासका सुन्दर दृश्यमा छायांकन गरिएको हो; जसमा सौगात मल्ल, कर्मा शाक्य, जस्मिन श्रेष्ठ, बुद्धि तामाङ, सृजना सुब्बा, प्रकाश घिमिरे, विमला गिरी, देशभक्त खनाल, सबिन बाँस्तोला, प्रमिला तुलाचन, राजेश शाही, युवराज भण्डारी, तेज गिरी सहितको अभिनय छ । पञ्जेबाजामा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, प्रदीप भारद्वाजको लेखन, हरि घले लामाको छायांकन रहेको छ ।

 

post image

फागुन ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्। महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबार आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्द्धन र उजिल्याउने काम गरेबापत उनलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उनको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो। राष्ट्रकवि घिमिरेलाई उनको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो। विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मिएका राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ।

उनका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन÷प्रशारण भएका छन्। सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।

समारोहमा नेपाली सेनाकोे इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो। रासस

post image

पुस १, भक्तपुर ।  महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन्। शनिबार बिहान ओली निवास बालकोट पुगेर हमालले ओलीलाई बधाई दिएका हुन्। वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएको र त्यसका नेतृत्वकर्ता ओली भएको भन्दै हमालले भेटेरै बधाई दिएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

भेटमा हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिएका छन्। अध्यक्ष ओलीको राष्ट्रियताको अडानले आम नेपाली उत्साहित भएको बुझाइ हमालको छ। अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने प्रष्ट पारेको प्रेस संयोजक अधिकारीले बताए। ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु’ ओलीको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन।’

ओलीले चलचित्र हिरोले चलचित्रमा अभिनय मात्र नभएर देश बनाउनका लागि पनि भूमिका निवार्ह गर्नुपर्ने बताएका छन्। ‘देश निर्माणका लागि अभिनय मात्र होइन तपाईंहरुबाट सहयोगको अपेक्षा गरिएको छ’ हमाललाई ओलीले भने। नायक हमालले देशले आफूबाट गरेको अपेक्षा पूरा गर्न कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका छन्।

post image

मंसिर ३, काठमाडौं ।  यस बर्षको ‘मिस वल्र्ड २०१७’को उपाधि छिमेकी राष्ट्र भारतकी मानुषी छिल्लरले जितेकी छिन् । उनले विश्वभरबाट आएका ११७ देशका सुन्दरीलाई हराउँदै भारतकी सुन्दरीले यो ताज जितेकी हुन् । अन्तिम ५ मा पुगेकी मानुषीले दिएको जवाफले नै उनलाई विश्व सुन्दरी बनाउन सफल भएको छ ।

चीनमा आयोजना भएको ‘मिस वल्र्ड २०१७’को उपाधि जितेसँगै उनका आँखाबाट आँशु झरेका थिए । ६७ औं मिस वल्र्डको उपाधि मानुषीले जित्दै गर्दा फस्ट रनरअपको उपाधि भने मेक्सिकोकी सुन्दरी एन्ड्रेया मेजाले जितिन् । यस्तै, सेकेन्ड रनरअपको उपाधि वेलायतकी स्टेफेनिया हिलले जितन् ।

नेपालकी सुन्दरी निकिता चन्दक भने उत्कृष्ट ४० मा पर्न सफल भइन् । उनी, पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन् । मानुषीको जन्म सन् १९९७ मे महिनाको १४ तारिखमा भएको हो । हरियणाकी मनुषीले यो बर्षको ‘फेमिना मिस इन्डिया’को उपाधि जितेकी थिइन् । मेडिकल विधामा अध्ययन गरिरहेकी मनुषीले १७ बर्षपछि भारतलाई ‘मिस वल्र्ड’को उपाधि जिताएकी हुन् । यसअगाडि नायिका ऐश्वर्य राय र प्रियंका चोपडाले यो उपाधि जितेका थिए ।

post image

कार्तिक १५,काठमाडौँ। मिस अर्थको १७ औं संस्करणमा नेपालको प्रतिनिधित्व गरिरहेकी मिस नेपाल अर्थ रोजिना श्रेष्ठले नेसनल ड्रेस कम्पिटिसनमा यस्तो पहिरनका साथ उपस्थित भइन्। मिस अर्थ २०१७को थिम ‘हिरोइन फाइटिङ क्लाइमेट चेन्ज’ हो। आउँदो ४ नोभेम्बरमा हुने फिनालेमा पूर्वमिस अर्थ क्याथरिन एस्पिनले विजेतालाई ताज पहिराउने छिन्।

post image

असोज ७,काठमाडौं ।बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । शुक्रबार कतारको दोहामा भएको ग्राण्ड फिनालेमा निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् । उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

मोरङका निशान फस्ट रनर अप भए भने ललितपुरका प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका छन् । एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल पदवी हात पारे ।

 अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ आज शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो । नेपाल आइडलको समापनसँगै एपी वान टेलिभिजनले अर्को रियालिटी शो ‘नेपाल गट ट्यालेन्ट’ को घोषणा गरेको छ । यो सन् २०१८ को सुरुवातबाट प्रकारण हुने बताइएको छ ।

फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ।नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरे। यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल बनेको छ।

post image

प्रविण बस्नेत, असोज ४, काठमाण्डौं । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनले अफ्रिका थ्रो अफ्रिकन लेन्स भन्ने मूल नाराका आयोजना गर्दै आईरहेको नेपाल अफ्रिका फिल्म फेस्टिवल–२०१७ सफलतापूर्वक सम्पन्न गरेको छ । विगत ६ वर्षदेखि सफल र भव्यताका साथ नेपालमा संचालन गर्दै आएको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिबल’ काठमाडौंको रसियन कल्चर सेन्टर कमलपोखरी, यही असोज ४ गते सम्पन्न भएको छ । नेपाली चलचित्रलाई बिश्व सामू चिनाउने र बिश्वमा चलचित्र क्षेत्रमा भईरहेका प्रविधि, कथा लगायत चलचित्रको प्रवद्धन गर्नका लागि यस महोत्सवको आयोजना गरीएको हो ।

महोत्सवमा चीन, भारत, नर्वे, युगाण्डा, फ्रान्स, तान्जानिया, सयुक्त राज्य अमेरिका, पोच्र्युगल, इजिप्ट आदि राष्ट्रहरुबाट विभिन्न अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त चलचित्र महोत्सवमा मैथिली, गुरुङ्ग, नेवारी, तामाङ्ग, मगर नृत्य प्रदर्शन, नेपाली लोक भाकाका संगित तथा अफ्रिकन फेसन सोका साथै नेपाल, इजिप्ट, तान्जानिया, युगान्डा, सेनेगल, रुवान्डाबाट छानिएका उत्कृष्ट चलचित्रहरु प्रदर्शन गरि चलचित्र महोत्सवको समापन गरीएको छ । समापन चलचित्रका रुपमा नेपाली चलचित्र डाक्टर खाते प्रदर्शन गरीएको थियो । तिनदिनसम्म संचालन भएको महोत्सवमा बिभिन्न देशका करीव एक दर्जन चलचित्र प्रदर्शन गरीएका थिए ।

 

post image

असोज ४, काठमाडौं  । हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुस्)ले आफ्नो जन्मदिन पारेर रौतहटका बाढीपिडितहरुका लागी एकिकृत नमुना सन्तपुर बस्तीको शिलान्यास गरेका छन् ।

चन्द्रपुर नगरपालीका ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस् सुन्तली फाउण्डेशनको चौथो परियोजना अन्तर्गतको ‘ एकिकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।

आज (बुधबार) बिहान ९ बजे सिताराम कट्टेल (धुर्मुस्), कुञ्जना घिमिरे (सुन्तली)को साथमा बस्तीकै १०७ बर्षिय रामकलिया देवी हजाराले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

फाउण्डेशनसका अध्यक्ष सितारामका अनुसार बस्ती आज असोज ४ गतेबाट शुरु भएर आउँदो माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गरीनेछ । केहि समय अघि गएको बाढीका कारण रौतहटका अधिकांश ठाउँ डुबानमा परेको र सन्तपुर गाउँ बाढीबाट पिडित र समुदायपनि पिछडिएको कारण यसैठाउँमा बस्ती निर्माण गर्न लागिएको धुर्मुसले जानकारी दिए ।

साथै सुन्तलीले धुर्मुसले आफ्नो हरेक  जन्मदिनमा यसरी नै पुण्यको काम गर्दै अगाडी बढ्ने हौसला मिलोस् भन्दै शुभकामना दिइन् ।

साथै बस्ती निर्माणका लागी जम्मा ५ करोड ७५ लाख लागत लाग्ने कार्यक्रममा जानकारी गराइएको थियो । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा,

म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक सौचालय १ वटा साथै कम्पाउण्ड सहितको भुकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए ।

यस सन्तपुर गाउँमा माझी, मुसहर, दुसाद, लोहार, हजाम जातीका मानिस बसोबास गर्दछन् ।

 

post image

असोज २,काठमाडौं । भनिरहनुनपर्ला, गायक राजेशपायल राई र अभिनेत्री रेखा थापा एकदमै निकट छन्। पछिल्लो समय उनीहरुले फेसबुकमा खुलेर एकअर्कालाई ‘आई लभ यू’सम्म लेखिरहेका छन्। खासमा अहिले उनीहरुबीच के पाकिरहेको छ त? विक्रान्त शर्माले राजेशपायल राई सँग रेखा थापाबारे गरेको संवाद :

तपाईंलाई रेखासँग पहिलोपल्ट भएको भेट याद छ?
याद छ। ठ्याक्कै कुन सालमा त्यो त बिर्सिसकेँ। तर त्यतिबेला उनी नयाँ थिइन्। सायद उनको पहिलो फिल्म ‘हिरो’ रिलिज भइसकेको थियो। मलेसियाको कन्सर्टमा हाम्रो भेट भएको थियो। हामी पहिलो भेटमै निकट भएका थियौँ।

पहिलो भेटमै कसरी निकट हुनुभयो?
उनी एकदमै फरासिली थिइन्। उनमा ‘केही गरौँ’ भन्ने उत्कट् भावना थियो। एक हिसाबले हामी दुवै पुर्वेली पनि थियौँ। मेरो फ्यान पनि रहिछिन्। मेरो ‘तिमीलाई रोजेँ’ गीत उनी त्यतिबेलै गाउँथिन्। हामी दुवैको स्पष्ट बोल्ने स्वभावले सायद हामीलाई निकट बनाएको हो।

पछिल्लो समय रेखा र तपाईंबीच आइ लभ यूआई मिस यूको आदानप्रदान व्यापक छ। खासमा तपाईंहरुबीच के पाकिरहेको छ?
त्यस्तो केही होइन। हामी एकदमै नजिक छौँ। हिजो म भोजपुरमा थिएँ, रेखालाई एकदमै मिस गरेँ अनि स्टाटस लेखेको हुँ। उनले पनि सेयर गरिन्। खासमा भन्नुपर्दा म उहाँको प्रेममा छु, उहाँलाई प्रेम गर्छु।

उहाँले पनि गर्नुहुन्छ कि तपाईंले मात्र ?
उहाँको मनको कुरा त उहाँलाई सोध्नुस् न (हाँस्दै)।
रेखासँग तपाईंको बिहेसम्म हुने हल्ला चलिरहेको छ। यो खासमा जानाजान गरिएको फन्डा हो कि यथार्थ?
हाम्रो सम्बन्ध कुनै फन्डा होइन। कसैले फन्डा सम्झिरहेको छ भने त्यो ठूलो भ्रम हो। कतिपय चीजहरु देखिएको जस्तो नहुन सक्छ। नदेखिएको सम्बन्ध धेरै टिकाउ पनि हुन सक्छ। हाम्रो सम्बन्धलाई तपाईंहरु जे नाम पनि दिन सक्नुहुन्छ। तर हामीबीच निस्वार्थ प्रेमको भावना छ। एकअर्कालाई मिस गरिरहेका हुन्छौँ। त्यसैले यिनीहरु लेख्छन् मात्रै भन्ने भ्रम चाहिँ नपाले हुन्थ्यो।

भनेपछि बिहे हुने सम्भावना चाहिँ छ?
सम्भावना छ। यसलाई नकार्न सकिँदैन। अब हाम्रो सम्बन्ध कहिलेसम्म र कसरी अघि बढ्छ भन्ने कुरा हो। अहिले पनि हामी एकअर्कालाई बुझ्ने कोशिसमा छौँ।

प्रायः फिल्म रिलिजको पूर्वसन्ध्यामा रेखा फन्डा गर्न माहिर मानिन्छिन्। अहिले पनि उनको रुद्रपियाप्रर्दशनको तयारीमा छ। यही बेला तपाईंहरुको फेसबुक एकअर्काप्रति सक्रिय भएपछि शंका उत्पन्न भयो र नि?
पहिला के भयो त्यो मलाई थाहा छैन। तर हाम्रो हकमा यो कुनै फन्डा होइन। हामी एकअर्काको मनको भावना लेखिरहेका छौँ। आखिर एकअर्कालाई मिस गर्नु, प्रेम गर्नु गलत हो र? यदि होइन भने हामीले एकअर्कालाई मिस गर्दा किन यत्रो आपत्ति (हाँस्दै)?

त्यसोभए अब रेखाबारे दर्शकलाई थाहा नभएको एउटा कुरा भन्दिनुस् न त?
उ एकदमै स्पष्ट मान्छ हो। त्यसैले झनक्क रिसाउनु उनको कमजोरी जस्तो लाग्छ। नत्र त अरु के नै छ र? उनी सुन्दर र चर्चित छिन् भनेर मैले भने पनि त्यो कुनै गोप्य कुरा हुँदैन क्यारे।

तपाईंलाई रेखाको मनपर्ने स्वभाव चाहिँ के हो त?
उहाँको स्पष्टता नै हो। अरुले रेखा एकदमै बाठी छ भन्छन्। तर मलाईचाँही एकदमै सोझी र इमान्दार लाग्छ। मलाई उहाँको मुस्कानले मोहित बनाउँछ।

रेखाले आफ्नो कुन बानी चाहिँ सुधारे हुन्थ्यो भन्ने लाग्छ?
रेखाले झनक्क रिसाउने बानी र अरुलाई छिट्टो विश्वास गर्ने स्वभावमा ख्याल गरे हुन्थ्यो भन्ने लाग्छ।

तपाईंले रेखाका सबै फिल्म हेर्नुभएको छ?
अहिलेसम्म हेरेको छु।

तपाईंलाई उहाँको सबैभन्दा बढी मनपरेको फिल्म कुन हो?
‘किस्मत’ र ‘रामप्यारी’। ‘किस्मत’मा उहाँको एक्टिङ नै राम्रो छ। ‘रामप्यारी’ महिलाप्रधान फिल्म भएकाले पनि एकदमै मनपरेको थियो। यति भनिरहँदा म एउटा कुरा छुटाउन चाहँदिन कि रेखा कलाकार जन्माउने भण्डार पनि हुन्। उनले थुप्रै कलाकारलाई डेब्यु गराएकी छिन्।

पछिल्लो समय तपाईं र रेखाबीच के विषयमा सबैभन्दा बढी संवाद हुन्छ?
कहिलेकाहीँ राजनीतिका कुरा हुन्छ भने कहिलेकाहीँ मायाप्रेमकै कुरा बढी हुन्छ। हामी दुई जिस्किएर अरु कलाकारका क्यारिकेचर गर्ने कुरा काट्ने पनि गर्छौ(हाँस्दै)।

 कुराकानी त दिनहुँ हुन्छ होला?
प्रायः भइरहन्छ। बेलुका भाइबरबाट कुराकानी गर्छौँ।
रेखाले तपाईंलाई राजनीतिमा तान्न त खोजिरहनुभएको छैन?
मेरो पापा पनि राप्रपा पार्टीमै भएकाले उहाँले कहिलेकाँही ‘लु न अब तपाईंको पनि पालो आयो त’ भन्ने गर्नुहुन्छ। म पनि राजनीतिमा आउनुपर्छ भन्ने उहाँको चाहना छ।

रेखाको फिल्ममा प्रायः तपाईंको स्वर छुट्दैनथ्यो, यसपल्ट कसरी छुट्यो?
‘रुद्रपिया’को गीत रेकर्डिङ हुँदा म अमेरिकामा थिएँ। रेखाजीले त ‘काम गरौँ’ नै भन्नुभएको थियो। हामीबीच सम्बन्ध बिग्रेर ‘रुद्रपिया’मा मेरो स्वर छुटेको होइन, व्यस्त भएर नै हो।

तपाईं र रेखाको निकटतालाई लिएर तपाईंका शुभचिन्तक के भन्छन् त?
मान्छेहरु यहाँ भगवानलाई त गाली गर्छन् भने राम्रो/नराम्रो दुवैखाले प्रतिक्रिया आउनु त स्वभाविक हो। कतिपय मलाई आफ्नो कूलको केटीसँग बिहे गर्न सुझाउँछन्। कतिपय रेखा र मेरो जोडी सुहाउँछ भन्छन्।

post image

असोज १, काठमाडौं । रामेछापमा जन्मेर राष्ट्रिय जीवनमा महत्वपुर्ण योगदान पुर्याएका विभिन्न ब्यक्तित्वहरुलाई रामेछाप सांस्कृतिक कलाकार समाजले सम्मान गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले श्रष्टाहरुलाई प्रमाणपत्र सहित सम्मान गरे । ‘दशैं तिहार शुभकामना आदानप्रदान, श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७४’ मा रामेछापका कलाकारहरुले विभिन्न सांगितिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।

त्यस अवशरमा राष्ट्रसेवक वेलबहादुर कार्की, अभिनेत्री मिथिला शर्मा, लोक दोहोरी गायक नारायण रायमाझी, लगायत विभिन्न विधाका उत्कृष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यस्तै, जनसवाल दैनिकका सम्पादक रामजी बगाले र अनलाईन खवरका पत्रकार मातृका पौडेललाई समेत सो अवशरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहेका रामेछापबाटै प्रतिनिधित्व गर्ने गृहराज्यमन्त्री श्रेष्ठले शहिद गंगालाल र वामपन्थि नेता पुष्पलाललाई जन्म दिएको जिल्लाबासी भएकोमा आफुलाई गर्व लागेको बताए । उनले साहित्यकार कृष्णलाल अधिकारी जन्मेको रामेछाप हरेक संघर्षमा अगाडि रहेको बताए । सो अवशरमा गृहराज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन र निर्वाचन सरकारको प्राथमिकता रहेको बताए । कार्यक्रममा सो जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदद्धय आङटावा शेर्पा र कमला सुवेदी बिशिष्ट अतिथि रहेका थिए ।

रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले समाजले प्रत्येक वर्ष दशैं तिहारका अवशरमा यसप्रकारको जमघट एवं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने गरिएको बताए । उनले यस्ता कार्यक्रममले श्रष्टाहरुलाई थप प्रोत्साहन दिने भन्दै सबैलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा चर्चित कलाकारहरु प्रकाश कटुवाल,अमृत खाती, नारायण रायमाझि, हास्यकलाकार महादेव त्रिपाठी लगायतले आ–आफ्ना सांस्कृतिक कोशेलीहरु प्रस्तुत गरेका थिए ।

post image

प्रबिण बस्नेत, भदौ ३१, काठमाण्डौं । नेपालस्थित थाई दूतावासको आयोजनामा काठमाण्डौमा एक दिवसीय थाइ फेष्टिबल २०१७ को आयोजना गरिएको छ । नेपाल र थाईल्याण्डबिचको द्धैत्य सम्बन्धलाई बृद्धि गर्दै दुई देश बिचको साँस्कृतिक र पर्यटन प्रबद्धन गर्नका लागि दूतावासले बर्षेर्नी यस्ता महोत्सव आयोजना गर्दै आईरहेको छ ।

महाराजगन्ज स्थित थाई रेसिडेन्टमा आयोजना गरीएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्यान्डका राजदूत भाकाभात टान्स्कुलले फेष्टिबल आयोजना गर्नुको कारण पर्यटन, व्यापार र लगानीका माध्यमबाट नेपाल र थाइल्याण्डबीचको द्धिपक्षीय सहयोग आदान प्रदानलाई वृद्धि गर्नु रहेको बताए ।

थाई महोत्सवलाई सम्बोधन गर्दै पररास्ट्र सचिव शंकरदास बैरागीले थाइल्यान्ड–नेपाल बिचको पर्यटन र बाणिज्य साझेदारी बढाउने उद्धेश्यले आयोजना गरीएको यस महोत्सवले नेपाल र थाईल्याण्डबिचको सम्बन्धमा अझ सुदृढ हुर्’ भयो ।

सचिव बैरागीले नेपाल र थाईल्याण्डमा रहेका धार्मिक तथा पर्यटकीय गन्तब्यहरुले दुई देशलाई चिनाउन मद्धत मिलेको बताउँदै नेपालमा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी, भगवान पशुपतीनाथ, जनकपुाम लगायतका र्थिस्थलहरुमा बढी भन्दा बढी थाई पर्यटकहरुलाई भित्रयाउन सके दुबै देशलाई फाईदा हुने बताए ।

सचिव बैरागीले नेपाल र थाईल्याण्डको साँस्कृतिक र आध्यामिक पहिचान मिल्ने खालको भएकोले पनि यसले दुबै देशलाई चिनाउने बताए । उहाले भुकम्पमा थाइ सरकारले गरेको सहयोग अथक रहेको पनि स्मरण गर्नु भयो ।

त्यस्तै थाई महोत्सवमा  थाइ हस्तकलाका सामाग्रीहरु ,थाइ खाना लगाएत विभिन्न नृत्य तथा खेल समेत देखाइएको थियो । कार्यक्रममा विभिन्न देशका राजदुत, नेपाल पर्यटन बोर्ड, विभिन्न कुटनितिक बिभागका प्रमुख लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

post image

भदौ २९,काठमाण्डौं । भिजन प्लानेट अष्ट्रेलिया नेपाल र ए प्लस एजुकेशनले संयुक्त रुपमा आयोजना गरेको भिजन प्लानेट मिस टिन तथा भिजन प्लानेट मिस्टर टिन प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा आयोजना गरीएको भिजन प्लानेट मिस्टर टिन २०१७ को उपाधी अभिबिन्द खनियाँ जित्न सफल भएका छन् । त्यसै गरी मिस्टर टिन २०१७ फष्ट रनर अप बिकेस प्रजापती बनेका छन् भने प्रतियोगिताको सेकेण्ड रनर अपको उपाधी जेनिथ कार्कीले जितेका छन् । काठमाण्डौ, पोखरा, झापा, धरान, ईटहरी,बिराटनगर, दाङ्ग, बुटवल, चितवन, नेपालगञ्ज र बिरगंजमा अडीसन सम्पन्न गरी छनौट भएका ११ जना प्रतियोगिहरुलाई एक महिनाको बन्द प्रशिक्षण पश्चात बुधवार अन्तिम प्रतिष्पर्धा गराईएको भिजन प्लानेटका प्रबन्ध निर्देशक हुकुमराज लुईटेलले अनलाईन समयलाई जानकारी दिए ।

काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लवमा बिशेष तामझामकासाथ आयोजना गरीएको भिजन प्लानेट मिस्टर टिन २०१७ का बिजेताले नगद रु ३० हजार, फष्ट रनर अपले नगद रु २० हजार तथा सेकेण्ड रनर अपले १० हजार नगद प्राप्त गरेका छन् । भिजन प्लानेट मिस्टर टिन २०१७ प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुका लागि अन्य बिभिन्न सव टाईटलहरु समेत राखीएका थिए । जस अनुसार अन्य बिद्यामा उत्कृष्ठता प्रदर्शन गरेकाहरुले भिजन प्लानेट मिस्टर टिन २०१७ को सव टाईटलहरु जित्न सफल भएका थिए । प्रतियोगितामा निर्णायकहरुले सोधेका प्रश्नहरुको समय सान्दर्भिक र गर्भिलो उत्तर दिएर प्रतियोगिहरु बिजेता बन्न सफल भएका थिए ।

 मिस्टर बेष्ट हेयरको उपाधी नबिन बस्यालले जितेका छन् भने मिस्टर फोटोजेनिकको उपाधी माथि प्रदीप तामाङ्गले कब्जा जनाए । मिस्टर ट्यालेन्टको उपाधी जित्न बिकेश प्रजापती सफल रहे भने मिस्टर पपुलरको उपाधी अभिबिन्द खनीयाँले जिते । त्यसरी नै प्रतियोगिताको अन्य सव टाईटलहरुमा मिस्टर भ्यूअर च्वाईस जेनिथ कार्की बने भने मिस्टर अर्गनाईजर च्वाईस यूकेश थापा बन्न सफल भए । त्यसै गरी मिस्टर अर्गनाईजर च्वाईसको उपाधी माथि बिसान्त खड्काले कब्जा जमाउँदा मिस्टर पर्सनालिटी भने सिरिज डंगोल बन्न सफल भए । त्यसरी नै मिस्टर डिसिप्लेनको उपाधी कौशल भट्टराईले जित्दा मिस्टर बेष्ट वाक राजन तिवारी बने । मिस्टर फ्राईण्डसिपको उपाधी प्रदीप तामामिस्टर फ्रेण्डसिपको उपाधी प्रदीप तामाङ्गले जित्दा मिस्टर बेष्ट ड्रेस बन्न युवराज सिंह सफल भए । मिस्टर पब्लिक रिलेसनको उपाधी भने अभिबिन्द खनियाँले चुमेका थिए । प्रतियोगितामा ११ जना अन्तिम प्रतिष्पर्धाका लागि छनौट भएका थिए ।

भिजन प्लानेट मिस टिन २०१७ का निर्णायकहरुमा प्रभु बैकका निर्देशक तथा समाजसेवी अम्बिका शर्मा, सौजन्य मिडियाका प्रबन्ध निर्देशक श्याम कडेल,उच्च माध्यामिक बिद्यालय संघ हिसान काठमाण्डौका अध्यक्ष रामहरी सिलवाल,ईन्टरनेशनल मोर्डन कलेजका प्रमुख कार्यकारी अधिकृत सुदिप दवाडी, ईन्टरनेशनल मोडल दिक्पाल कार्की, रहनु भएको थियो भने कार्यक्रममा अतिथिका रुपमा आप्से फाउण्डेशनका प्रबन्ध निर्देशक अखिल श्रेष्ठ तथा भिजन प्लानेट अष्ट्रेलिया नेपालका प्रबन्ध निर्देशक सुवास शर्मा रहनु भएको थियो ।

post image

सावर्नी खनाल । भदौ २९,काठमाण्डौं । भिजन प्लानेट अष्ट्रेलिया –नेपाल र ए प्लस एजुकेशनले संयुक्त रुपमा आयोजना गरेको भिजन प्लानेट मिस टिन तथा भिजन प्लानेट मिस्टर टिन प्रतियोगिता राजधानीमा सम्पन्न भएको छ । काठमाण्डौको आर्मी अफिसर्स क्लवमा आयोजना गरीएको भिजन प्लानेट मिस टिन २०१७ को उपाधी दिक्षा अवस्थीले जित्न सफल भएकी छिन् । त्यसै गरी मिस टिनको फष्ट रनर अप ओजस्विनी शाह भएकी छिन् भने सेकेण्ड रनर अपको उपाधी देवीसा लामिछाने चुम्न सफल भएकी छिन् । काठमाण्डौ, पोखरा, झापा, धरान, ईटहरी,बिराटनगर, दाङ्ग, बुटवल, चितवन, नेपालगञ्ज र बिरगंजमा अडीसन सम्पन्न गरी छनौट भएका २२ जना प्रतियोगिहरुलाई एक महिनाको बन्द प्रशिक्षण पश्चात बुधवार र्याम्पमा उतारीएको भिजन प्लानेटका प्रबन्ध निर्देशक हुकुमराज लुईटेलले अनलाईन समयलाई जानकारी गराउनु भयो ।

काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लवमा बिशेष तामझामकासाथ आयोजना गरीएको भिजन प्लानेट मिस टिन २०१७ का बिजेता दिक्षा अवस्थीले नगद रु ३० हजार, फष्ट रनर अप ओजस्विनी शाहले नगद रु २० हजार तथा सेकेण्ड रनर अप देविसा लामिछानेले १० हजार नगद प्राप्त गरेका छन् भने मिस टिनका बिजेताले थाईल्याण्ड भ्रमणको अवसर पाएका छन् । भिजन प्लानेट मिस टिन २०१७ का निर्णायकहरुमा प्रभु बैकका निर्देशक तथा समाजसेवी अम्बिका शर्मा, सौजन्य मिडियाका प्रबन्ध निर्देशक श्याम कडेल,उच्च माध्यामिक बिद्यालय संघ हिसान काठमाण्डौका अध्यक्ष रामहरी सिलवाल,ईन्टरनेशनल मोर्डन कलेजका प्रमुख कार्यकारी अधिकृत सुदिप दवाडी, ईन्टरनेशनल मोडल दिक्पाल कार्की, रहनु भएको थियो भने कार्यक्रममा अतिथिका रुपमा आप्से फाउण्डेशनका प्रबन्ध निर्देशक अखिल श्रेष्ठ तथा भिजन प्लानेट अष्ट्रेलिया नेपालका प्रबन्ध निर्देशक सुवास शर्मा रहनु भएको थियो ।

भिजन प्लानेट मिस टिन २०१७ प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुका लागि अन्य बिभिन्न सव टाईटलहरु समेत राखीएका थिए । जस अनुसार अन्य बिद्यामा उत्कृष्ठता प्रदर्शन गरेकाहरुले भिजन प्लानेट मिस टिन २०१७ को सव टाईटलहरु जित्न सफल भएका थिए ।  जसमा मिस बेष्ट स्किनको उपाधी स्मृति अधिकारीले हात पार्न सफल भएकी थिईन् भने मिस बब्लीको उपाधी प्रतिक्षा सापकोटा चुम्न सफल भएकी थिईन् । मिस बेष्ट हेयरको उपाधी सबिना लामाले प्राप्त गर्दा मिस डिसिप्लेनको उपाधीको रक्षा गर्न सन्ध्या आचार्य सफल भएकी थिईन् ।

अन्य टाईटलहरुमा मिस बेष्ट वाकको उपाधी स्वेता कर्माचार्यले जितेकी थिईन् भने मिस फोटोजेनिक बिपना गैरे भएकी थिईन् । त्यसरी नै मिस ट्यालेन्ट सुभेक्षा गैरे बन्न सफल भईन् भने मिस बेष्ट स्माईलको उपाधी निहारीका श्रेष्ठको पोल्टामा पर्यो । त्यसरी नै मिस पब्लिक रिलेसनको उपाधी सूयन कार्कीले चुम्दा मिस अर्गनाईजर च्वाईस देविसा लामिछाने बन्न सफल भईन् । यता मिस अर्गनाईजर च्वाईसको उपाधी जास्मीन थापाले जितिन् भने मिस पर्सनालिटी बन्न ओजस्विनी शाह सफल भईन् । त्यसै गरी मिस पब्लीक रिलेसनको उपाधी अस्मिता ठकूरीले जितिन्  । मिस बेष्ट ड्रेसको उपाधी मल्लीका कुबँर राणले जितिन् भने मिस फ्राईण्डसिपको उपाधी माथि लिजा मानन्धरले कब्जा जमाईन् । प्रतियोगितामा निर्णायकहरुले सोधेका प्रश्नहरुको समय सान्दर्भिक र गर्भिलो उत्तर दिएर प्रतियोगिहरु बिजेता बन्न सफल भएका थिए ।

post image

भदौ २१, काठमाडौं । जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ । आइडलको १५ भदौको कार्यक्रममा चार प्रतिस्पर्धीले आफ्नो प्रस्तुतीपछि भोटिङ खुला गरिएको थियो । भोटिङका लागि राति ८ः४५ देखि १२ बजेसम्म समय दिइएको थियो । नेपाल आइडलका अनुसार यो अवधिमा ३७ लाख बढी भोट आएको थियो । तर, त्यो भेटका आधारमा १६ गते कसैलाई पनि आउट गरिएन ।

आयोजकले अर्को साताको कार्यक्रममा आउने भोटमा यसलाई जोडेर एक जना आउट हुने जानकारी गरायो । आयोजकले रुचाएका व्यक्ति बाहिरिने भएपछि एकपक्षीय रुपमा समय बढाएको भन्दै यज्ञमणि न्यौपाने लगायतले सबै प्रतिपर्धीलाई आउट नगरी पुनः भोटिङ आहृवान गर्ने निर्णय खारेज गर्न माग गर्दै अदालतमा रिट दायर गरे ।

रिटको प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश दिवाकर भट्टको इजलासले दुबै पक्षलाई छलफलका लागि पर्सि २३ गते बोलाएको छ । साथै त्यसबेलासम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भेट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

post image

भदौ १८, काठमाण्डौ । तराईमा परेको अविरल बर्षाका कारण तराईका केही क्षेत्र डुवानमा परेको र उनिहरुको घर समेत बगाएको जस्ता समाचार बाहिरिना साथ दोश्रो दिनदेखीनै निरन्तर राहत बितरण तथा उद्धारमा उत्रीएका नेपालका चर्चित कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्मुस नेतृत्वको धुर्मुस सुन्तली फाउण्डेशनले पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था एकदमै पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

आफु नै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलधुर्मुसले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् ।

उहाँहरु अझै पनि पालमुनी बसीरहनु परेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ धुर्मुसले भावुक हुदै भने फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।

बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेसुन्तलीले उहाँहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ ।

राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ ।

बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण संगैं केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको कामपनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्ती सफलतापुर्वक निर्माण सम्पन्न गरि नेपालीहरुको विश्वास जितिसकेको छ ।

post image

भदौ १३, काठमाडौं । सूदुरपश्चिम क्षेत्रका महिलाहरुको महत्वपुर्ण धार्मिक एवं सांस्कृतिक गौरा पर्व आज शुरु भएको छ । भाद्र शुक्ल षष्ठि देखि अष्टमीसम्म गौरा पर्व मनाउने गरिन्छ । पहिलो दिन महिलाहरुले निराहार ब्रत बसी घरमा तामा वा पित्तलको भाँडोमा विरुडा अर्थात पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालुले शिव र गौरीको पुजामा विरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गर्दछन् ।

गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष र महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भएर स्थानीय लोक भाषामा देउडा, चैत, धमारी खेल्ने गरिन्छ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ । पार्वतीले कठोर तपस्या गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यसपर्वमा गौरी अर्थात पार्वतीको पुजा अर्चना गरिन्छ ।  यसै अवसरमा राजधानीको टुँडिखेलमा आयोजना हुने देउडा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ ।

post image

भदौ१० ,काठमाडौँ ।  भाद्र शुक्ल पञ्चमीका दिन हिन्दू महिलाहरुले सप्तर्षिको पुजा गरी आज ऋषिपञ्चमी पर्व मनाउँदैछन् । महिलाहरु नजिकैका नदी, तलाउ, धारा, पोखरी आदि जलाशयमा गएर ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् । ब्रतालु महिलाहरुले माटो, तिल, अमला र पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्दछन् ।

सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । रजस्वलाको समयमा छुइछाई भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।  सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाई छ । ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ ।

भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका साथ ऋषिको पूजा गरेपछि हिन्दु नारीको प्रमुख चाड तीज समाप्त हुन्छ । ऋषिपञ्चमीको अवसरमा काठमाण्डौंको टेकु लगायत मुलुकभरका ऋषि मन्दिरमा बिहानैदेखि महिलाहरुको घुईंचो लागेको छ ।

post image

भदौ ८, काठमाडौं ।

उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे
रातो डोली सजाएर लिन आँउछ अरे

‘अरे’ अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक अनि प्रेमील भाकाहरुलाई भाका हाल्दै अनि कम्मर मर्काउँदै आज धेरै चेलीहरु गोलबद्ध भएर उत्रिएका छन्, अा-अाफ्ना रंगमञ्चमा ।

पती अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरुको अटल सौभाग्य र सदासर्वदा भरिभराउ कोखकालागि भगवान स्वंयम धर्तीमा झर्छन जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ, निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौं ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।

तीजको रौनकमा थप उत्साह भनेको तीजका लोक भाकाहरु अनि मौलिक सङ्गीतहरु हुन् । हरेक वर्ष सयौं तीजका नयाँ भाकाहरु आउने गर्दछन् र तीजको उत्साहमा फरक सांगीतिक हस्ताक्षर गरेर जान्छन् । अब थोरै कुरा गरौं तीजका गीतहरुको, परम्परागत शैलीका मौलिक गीतहरुको साटो अश्लिल अनि दुईअर्थलाग्ने गीतहरुको प्रयोगले तीजको माहौल दुषित हुन भनें कृपया नदिनुहोला । रत्यौलीका गीत र शब्दहरु अनि तीजका भाकाहरु अवश्य फरक छन् तथापि सस्तो लोकप्रियताकालागि रत्यौलीका शब्दहरुमा अझ श्रोता, दर्शक यस्तै मन पराउँछन् भन्दै तथाकथित मसला हालेर तीजकालागि तयार गरिनुले तीजको गहनतालाई हलुका त बनाएको छैन ? सोचनीय छ । चाहे लाउडस्पीकरमा घन्किने गीत हुन या थपडीका आवाज, तीजमा संगीतको महत्व अत्यन्त धेरै हुन्छ, त्यो माैलिक होस्, नेपाली माटोको सुगन्धदिने खालको होस् ।

रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, वुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहाैलमा निरन्तरको नाचगान । न भोकको संवेदना छ न तिर्खाको संझना, आजको दिन रातो रङ्गको दिन, पवित्रताको दिन, सङ्गीतको दिन अनि नृत्यको दिन । आँगनबाट चुराको खनखन, पाउजुको छमछम आउँदछ ।

समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन्, आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले आजको दिन विभिन्न ठाउँहरूमा अनेक कार्यक्रमहरू गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गर्ने गर्दछन् । रातो रङ्ग र हर्षको प्रवाह आज नेपाली सञ्चार माध्यमहरुले पनि गर्नेछन । पत्रिकाहरु पनि तीज विशेष रौनकयूक्त तस्बिर र शब्द सामाग्रीले भरिएको हुनेछन । सनातन हिन्दू महिला लगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गीएको छ ।

‘तीज’लार्इ महिलाहरुको चाड भनेर निकै लेप लगाइएपनि पुरुष र महिलाहरु दुवैकालागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरुले जसरी आफ्नो श्रीमान र भविष्यमा हुने श्रीमानकोलागि व्रत बस्ने तीजजस्तो चाडको अवसर प्रदान गरिएको छ तर पुरुषहरुकालागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरुले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरुप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्दछन ।

अाजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाँउमा हुनै सक्दैन । महिलाहरुलाई माइतीको विशेष स्नेह हुन्छ, माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहलपहल र सङ्गैका सङ्गीहरुकासाथ माइती गाउँका आफन्त प्रियजनहरूसंगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौंदेखि चलिआएको जिवन्त संस्कृति हो ।

‘तीज’ शब्द नामारकण कसरी भयो भन्ने कुरामा हामीले थारै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलार्इ यहाँहरूमाझ राख्दैछाैं । तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पनि पायौं । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पायौं । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । अहिले आएर वरवधुले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरु तुहीएर जाने हामीसबैलाई थाहा छ । माता पार्वतीको असिम कृपाले प्रेम अनि प्रेमीहरुको भावनाले यस धर्तीमा सदैव न्याय पाओस् ।

तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलार्इ झनै शक्तिकासाथ अघि बढाउन सकोस्, सबैको जय होस । यसपालाको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन् ।
अनि पुरुष मीत्रलाई सानो प्रश्न जाँदाजाँदै, आफ्नो लागि व्रत बस्ने धर्मपत्नी या प्रेमीकालाई के उपहार दिने सोच्नुभएके छ ? कसैले आफ्नोलागि व्रत बस्ने चाल पाउनुभएको छ भने साँझमा एक कल फोन या भेट गर्नाले व्रत र प्रेम दुबैको सम्मान हुनेछ है ।

post image

भदौ ५, काठमाण्डौं । अमेरीकाको कोलोराडोको डेनभर सहरमा दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट बैकर, अधिकारकर्मी, समाजसेवी तथा अनलाईन समयकी अध्यक्ष अम्बिका शर्मा सम्मानित हुनु भएको छ ।

पछिल्लो समय निकै चर्चामा रहेको गित हो चलचित्र म यस्तो गित गाउँछुको किन आजकाल तिम्रो मन मैलो भो । यस गितकी रचयिता रहनु भएकी अम्बिका शर्मा,लामिछाने यसै गितको शब्द मार्फत खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट सम्मानीत हुनु भएको छ ।

जसरी यस गितले चर्चा बटुलेको छ, त्यो चर्चा बढी मात्रामा चलचित्रले कमाएको छ, तर यस गितका रचयिता अम्बिका शर्मा लामिछाने पेशाले बैंकर तथा समाजसेवी हुन् । हुनत शर्माले यसअघि पनि थुप्रै गितहरु लेखि सक्नु भएको छ ।

शर्मा लामिछाने भन्छिन् प्रेम गर्नेहरुले सानो–सानो कुरामा शंका गर्ने भएकाले पनि उनिहरुको मन मैलो हुने र उनिहरुको सम्बन्ध दिर्घकालीन नभएको हाम्रो समाजको अवस्थालाई चित्रण गर्दै आफुले यो गित रचना गरेको हो । शर्माले थपिन्–मेरो मन पनि सफा छ, मेरो ब्यवहार पनि सफा छ र सबैको मन सफा भयो भने मात्रै देश समृद्ध हुने उहाँको ठम्याई छ । भनिन्छ पर्दा पछाडीका हिरो कहिल्यै चर्चामा आउँदैनन्, त्यस्तै हुन्छ रचयिताको हकमा पनि । तर शर्मा भने आफ्नो शोखका कारण यो गित लेखेको र यस गितले चलचित्र रिलिज हुनुभन्दा पहिले नै दर्शकहरुको मन जित्न सफल भएकोमा भने दंग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,पूजा शर्मा र पल शाहको अभिनयले मेरो गितलाई जिवन्तता दिएको छ, म धेरै नै खुशी छु । आज खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधिवाट अम्बिका शर्मा लामिछानेले अवार्ड जित हासील गरेसँगै उहाँमा अझै नयाँ–नयाँ रचनाहरु पस्कने प्रतिबद्धताको उहाँको रहेको छ । स्वदेशमा जसरी चर्चा कमाएको किन आजकाल तिम्रो मन मैलो भोले अमेरीकाको कोलोराडोको डेनभर सहरमा दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्डमा लिरिष्ट अफ दि ईअरको उपाधि प्राप्त गरेकोमा अम्बिका शर्मा लामिछाने दंग छिन् र भन्छिन् , नेपाली चलचित्रले पनि बिश्व बजारसँगै सहजै प्रतिष्पर्धा गर्न सक्छ । स्मरण रहोस् अम्बिका शर्मा लामिछाने अनलाईन समय डटकमकी अध्यक्ष र संरक्षक समेत हुन् ।

post image

भदौ ५, काठमाण्डौं ।  दोस्रो खुम्बु खोल्स ग्लोबल नेपाली फिल्म अवार्ड एक भव्य समारोहका बिच कोलोराडोको डेनभर सहरमा सम्पन्न भयो। नेपालका लागि पूर्व अमेरिकी राजदूत श्री स्कट एच डेलिसीको प्रमुख आतिथ्यता र नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको विशेष आतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो। छक्का पन्जाले उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशक गरी दुई मुख्य पुरस्कार प्राप्त गर्न सफल भयो भने उत्कृष्ट नायकका रूपमा युवापिंढीका बिच निकै चर्चित अनमोल केसी सम्मानित भए भने उत्कृष्ट नायिका केकी अधिकारी भईन।

वरिष्ठ कलाकार टीका पहारीलाई लाइफ टाइम एचिभमेण्ट अवार्डबाट सम्मानित गरियो भने नायक अर्जुनजंग शाही र सुवर्ण क्षेत्री एचिभमेण्ट अवार्डबाट सम्मानित भए। त्यसै गरी ‘बेष्ट कोएक्टर’को उपाधि छक्का पन्जाका लागि जितु नेपाल ‘मुन्द्रे’ले प्राप्त गरे भने नायक रवीन्द्र खड्का, कलाकार मुकुन्द किशोर भट्टराई, चलचित्र निर्देशक/लेखक राजेन्द्र सलभ, निर्देशक नारायण पुरी, गायिका निलम श्रेष्ठ, फोटोग्राफर राजीब श्रेष्ठ र कलाकार कृष्ण मुरारी ढुंगेल स्पेशसल अवार्डबाट सम्मानित भएका थिए।

होटेल क्राउन प्लाजामा करिब ४ घण्टा चलेको अवार्ड समारोहमा हलिउडका निर्माता थोमस वि फोरेको समेत विशेष उपस्थिति रहेको थियो। गायक शिव परियार, यम बराल, कलाकार कृष्ण मल्ल, मदु श्रेष्ठ, भुवन केसी, सुनिल थापा, अर्जुनजंग शाही, रवीन्द्र खड्का, टीका पहारी, अनमोल केसी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल ‘मुन्द्रे’ लगाएतका कलाकारहरू अवार्ड समारोह सहभागी हुनु भएको थियो। कार्यक्रम आयोजक ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले स्वागत मन्तव्य र संयोजक शैलेश पोखरेलले धन्यवाद सहित समारोह समापन गरेका थिए।

यसै कार्यक्रम अन्तर्गत नेपालमा गएको बाढी पहिरोबाट प्रभाबितहरुको सहयोगार्थ कार्यक्रममा सहभागिहरुको तर्फबाट ५,४१४ डलर सहयोग सङ्कलन भएको थियो । सन्कलित रकम ग्लोबल नेपाली फिल्म अवार्डको तर्फबाट चलचित्र कलाकार सङ्घ मार्फत नेपालमा पठाइने जानकारी संयोजक पोखरेलले जानकारी गराए । कार्यक्रमको सन्चालन राजेन्द्र सलभ, सुरेश दर्पण पोखरेल, निक्की पाण्डे तथा बिधान कार्कीले गरेका थिए ।

post image

साउन १७ ललितपुर  ।  ३ वटा बस्ती सफलतापुर्वक सम्पन्न गरि स्थानिय पिडितहरुलाई हस्तान्तरण गरिसकेको हाँस्यकलाकार तथा समाजसेवी धुर्मुस सुन्तली उर्फ सिताराम कट्टेल र कुञ्जना घिमिरेको महोत्वाकांशी योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको नजिकै पुगेका छन् ।  जग्गाको बिषयलाई लिएर चिन्तित बनेका धुर्मुस सुन्तलीले आफुले खोजेजस्तै जग्गा भेटेको बताएका छन् ।

उनले आजै फेसबुकमा एक स्ट्याटस पोष्ट गर्दै सरकारले स्विकृती दिएमा ललितपुरको लेलेमा नमुना नेपाल बन्ने बताएका हुन् । आजै जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक बन भएको खुलाएका छन् । जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानियले फुल माला सहित स्वागत गदैं परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । कार्यक्रममा जिल्लाका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै धुर्मुसले लेलेबासीको साथ र सहयोगले आफुहरु उत्साहित भएको र उहाँहरु जस्तै सबैले यस परियोजनामा साथ र सहयोग दिने बताए । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं’ धुर्मुसले भने ‘यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’ आफुले खोजेजस्तै जग्गा भेटिएसंगै अब धुर्मुस नमुना नेपाल निर्माणको नजिक पुगेका छन् ।

मात्र अब उनीहरुलाई नेपालीहरुको साथ र सहयोगको खाँचो परेको छ । यसअघिका परियोजनाहरु जस्तै यसपटक पनि आम नेपालीले धुर्मुसलाई सहयोग गर्ने हो भने पक्कै पनि नमुना नेपाल सम्भव छ ।

धेरैले महत्वाकांक्षी परियोजना भनेपनि धुर्मुसलाई भने यो महत्वाकांक्षी योजना भए जस्तो लागेको छैन् । उनी भन्छन् ‘सहयोग ढिलो चाँडो उढ्छ, यो धेरै ठुलो बजेटमा बन्ने परियोजना हो, तर म यसलाई महत्वाकांक्षी योजना भन्दिन् ।’  उनले सामाजिक सञ्जालबाटै उक्त स्थानिय बासीले दिएको सहमति पत्र नागरिक उड्डयान मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विार गर्नेमा आफु विश्वस्त रहेको समेत खुलाए ।

सरकारले स्विकृती दिएको खण्डमा आफुहरु सबै प्रकृया मिलाएर तुरुन्त काम सुरु गर्ने र तोकिएको समयमै काम सम्पन्न गर्ने समेत उनले बताए ।   सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल बिश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतीक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईनेछ ।

post image

असार १४, काठमाण्डौं । जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउण्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कारूबाट नगद १ लाख रुपैया सहित धुर्मुस सुन्तली फाउण्डेशनका तर्फवाट कुञ्जना घिमिरे सुन्तली र सिताराम कट्टेल धुर्मुस सम्मानीत भएका हुन् ।
२०७२ बैशाख बैशाख १२ गते र बैशाख २९ गते गएको प्रलयकारी भूकम्पमा परेकाहरुको पिडामा मल्हम लगाउद्यै काभ्रे,सिन्धुपाल्चोक तथा बर्दीवासमा नमूना मुसहर एकीकृत नमूना बस्ती तयार पारेको धुर्मुस सुन्तली फाउण्डेशनलाई मदन भण्डारी फाउण्डेशनले धुर्मुस सुन्तली फाउण्डेसनलाई सम्मान गरेको हो ।

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित बिशेष कार्यक्रममा आयोजित अन्तरक्रियामा फाउण्डेसनलाई एमाले अध्यक्ष ओलीले सम्मान गरेका हुन् । सम्मान ग्रहण गरेसँगै सिताराम कट्टेल धुर्मुसले अनलाईन समयसँग भने,बिशेष गरि यो सम्मानको भागिदार हाम्रा सम्पुर्ण सहयोगी महानुभावहरु हुनुहुन्छ ।

जसले हाम्रा हरेक परियोजनाहरुमा तन, मन र धनले साहायता गर्नुभयो, तपाई सम्पुर्ण सहयोगी मनहरु प्रति हामी निकै कृतज्ञ छौं । साथै यस प्रकारका सम्मान बाट हामीलाई समाजका लागि, दुखी, पिडित र असाहायहरुका लागी तथा समग्र राष्ट्र निर्माणका लागि अझ बढी काम गर्ने प्रेरणा, हौसला र उर्जा मिलेको छ । र हाम्रो आगामी परियोजना अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि पनि यसरी नै साथ र सहयोग गर्नुहुनेछ भन्ने आशा राखेका छौं ।‘राष्ट्र निर्माण, तपाई हाम्रै अभियान’ ।

post image

असार १३,काठमाडौं  । चलचित्र ‘भुईंमान्छे’को सोमबार अफिसियल ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा  सिपोरा गुरुङको डेब्यु फिल्म उनि एक्लो जीवन बिताउँदै आएकी युवतिको रुपमा देखिएकी छिन्।

फिल्म हस्पिटलमा पोस्टमार्टम गर्ने मान्छे र भव्य घरमा एक्लै बस्दै आएकी युवतीको कथा हो। दैनिक लाश चिर्ने काम गर्ने मान्छेको जीवन कस्तो हुन्छ? उसको मनोविज्ञान फिल्मको मुख्य विषय हो।

सोमबार युट्युबमार्फत फिल्मको ट्रेलर रिलिज भएको हो। फिल्ममा सिपोरा गुरुङसँगै रमेश बुढाथोकी, सहिन प्रजापाती, रोहणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शसांक बोहोरा, आर्यान न्यौपाने, नारायण न्यौपाने, सानु ताम्राकार, सौरभ ढकाल आदिको मुख्य अभिनय रहेको छ।

शैली इन्टरटेनमेन्ट र शैली थिएटरको प्रस्तुती रहेको फिल्मलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन्। फिल्ममा उनकै कथा, पटकथा र संवाद रहेको छ। हेर्नुहोस ट्रेलर :

post image

असार ११,काठमाडौँ । नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । केही दिन अगाडि नीशा र शरदको बिहे हुँदै भन्ने खबर सार्वजनिक भएको थियो । धेरैलाई यो खबरमा बिश्वास गर्न गारो पनि भएको थियो ।

सार्वजनिक खबरलाई पक्का गर्दै यी दुइले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभाइमाझ पुगिसकेको छ ।

नेपाली चलचित्रकी नायिका र क्रिकेटर विच बिहे हुन लागेको संभवत यो पहिलो पटक भएकोले नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ ।

यस अगाडि केही मोडल र क्रिकेटरविच प्रेम सम्बन्ध रहेपनि बिहे हुन नसकेको वुझिएको छ । निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन् ।

post image

असार १०, काठमाडौँ । अन्तत: अभिनेत्री निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकर विवाह गर्ने निर्णयमा पुगेका छन् । केही वर्षअघिदेखि प्रेमसम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको थियो । अहिले आएर उनीहरूले अनौपचारिक रूपमा विवाहको मिति नै तय गरेको बताइन्छ ।

केही अघि एउटा चलचित्रको छायांकनका क्रममा निशा चितवनमा रहँदा शरद उनलाई भेट्न चितवन पुगेका थिए । काठमाडौं फर्किए पछि गत शनिबार दिनभर उनीहरू ओशो तपोवनमा ध्यानमा लिन भए । चितवनमा पोखराकी कान्छी चलचित्रको छायांकनका क्रममा उनीहरूले लिएका सेल्फी अहिले सामाजिक सञ्जालमा छरफस्ट छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनीहरू असारको दोस्रो साता विवाह वन्धनमा बाँधिँदैछन् ।

post image

असार ९,काठमाडौँ । साउनका २ साता बलिउडका दुई नायकका चलचित्र आउंदैछन । ती २ चलचित्रले नेपाली चलचित्रको प्रदर्शन मिति मात्र सारेनन्, हल नै कब्जा गरिदिए ।

साउन २० गते बलिउड नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ रिलिज हुने भएको छ। जसको प्रत्यक्ष असर नेपालका २ चलचित्रमाथि परेको छ  ।

यो मितिमा रिलिज हुने भनेर तयारी अवस्थामा रहेका  २ चलचित्र ‘रुद्र र भूइमान्छे’ले प्रदर्शन मिति परिवर्तन गरे । साउन २७ मा पनि कुनै निर्माताले चलचित्र चलाउने आट गरेनन् । कारण, यो मितिमा सानो बजेटमा बनेको अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाइटेल एक प्रेम कथा’ रिलिज हुँदैछ ।

साउन ६ गते अहिलेसम्म चलचित्र ‘डाक्टर खाते’ले मात्र रोकिराखेको छ । यसरी हेर्दा, साउन १३ मा रिलिज हुने चलचित्र ‘प्रेमगीत २ र रुद्र’ बाहेक अन्य ठूला नेपाली चलचित्र रिलिज नहुने पक्का छ ।

साउनमा २ साता हिन्दी चलचित्रकै कारण तर्सिएका निर्माता भदौमा भने ठूलै भीडभाड गर्न तयार छन् । हिन्दी चलचित्र लाग्दा हल नै नपाइने भन्दै भागाभाग गर्ने निर्माता आफ्नै देश भित्र भने भिडन्तका लागि तयार देखिन्छन ।

 

 

post image

असार ९,  काठमाण्डौं । नेपाली गित संगितको क्षेत्रमा पछिल्लो समय थुप्रै नयाँ–नयाँ प्रयोगहरु हुन थालेका छन् । त्यसरी नै क्यासेट,डिभिडी र सीडी चक्का बिस्थापीत भईसकेको अवस्थामा नेपाली गित संगितहरु अब यूट्यूव तथा सामाजिक संजालमा घन्कीन सुन्न र सजिलै देख्न पाईन्छन् । गितको रीलिीजसँगै यूटयूब च्यानलहरुवाट समेत रिलिज हुन थालेका छन् । यसरी रिलिज भएका गितहरु नयाँ तथा पूराना कलाकारहरुका मात्र नभई बिभिन्न चलचित्रका समेत हुने गरेका छन् । पहिले–पहिले क्यासेटको बिमोचन गरेर चलचित्रका गितहरु सार्वजनिक गरिन्थ्यो भने अहिले सूचना प्रविधिको प्रयोग गरी गितहरु रिलिज हुन थालेका छन् । यसरी रिलिज भएका गितहरु हेर्ने दर्शक पनि सामाजिक संजालमा लाखै–लाख हुने गरेका छन् । यसैवाट पनि लगानीकर्ताले राम्रै पैसा कमाईरहेका छन् ।

यस्तै गितहरु मध्ये पछिल्लो समय निकै चर्चामा रहेको गित हो चलचित्र म यस्तो गित गाउँछुको किन आजकाल तिम्रो मन मैलो भो । यस गितमा स्वर तथा संगित अर्जुन पोखरेलको रहेको छ भने यसको गितका रचयिता हुन् अम्बिका शर्मा,लामिछाने । अहिले यो गितले जति चर्चा बटुलेको छ, त्यो चर्चा बढी मात्रामा चलचित्रले कमाएको छ, तर यस गितका रचयिता अम्बिका शर्मा लामिछाने पेशााले बैंकर तथा समाजसेवी हुन् । हुनत शर्माले यसअघि पनि थुप्रै गितहरु लेखि सक्नु भएको छ  ।

शर्मा लामिछाने भन्छिन् प्रेम गर्नेहरुले सानो–सानो कुरामा शंका गर्ने भएकाले पनि उनिहरुको मन मैलो हुने र उनिहरुको सम्बन्ध दिर्घकालीन नभएको हाम्रो समाजको अवस्थालाई चित्रण गर्दै आफुले यो गित रचना गरेको हो । शर्माले थपिन्–मेरो मन पनि सफा छ, मेरो ब्यवहार पनि सफा छ र सबैको मन सफा भयो भने मात्रै देश समृद्ध हुने उहाँको ठम्याई छ । भनिन्छ पर्दा पछाडीका हिरो कहिल्यै चर्चामा आउँदैनन्, त्यस्तै हुन्छ रचयिताको हकमा पनि  । तर शर्मा भने आफ्नो शोखका कारण यो गित लेखेको र यस गितले चलचित्र रिलिज हुनुभन्दा पहिले नै दर्शकहरुको मन जित्न सफल भएकोमा भने दंग हुनुहुन्छ । उहाँ भन्नुहुन्छ,पूजा शर्मा र पल शाहको अभिनयले मेरो गितलाई जिवन्तता दिएको छ, म धेरै नै खुशी छु । सुदर्शन थापा प्रोड्क्सनले निर्माण गरीरहेको नेपाली चलचित्र म यस्तो गित गाउँछु असार ३१ गते अर्थात जुलाई १४ मा रिलिजको तयारीमा छ । यस गितको कोरीयोग्राफर ककिराज गहतराज रहेका छन् भने यसको सिनेम्याट्रोग्राफर संजय लामा रहेका छन् । यसको सम्पादन प्रितम पाण्डेले गरेका छन् । अहिले यस गितले निकै चर्चा बटुलीरहेको छ । बाँकी चलचित्र कस्तो बनेको छ त्यो हेर्न भने असार ३० गतेसम्म् प्रतिक्षा गर्नु पर्नेछ ।

post image

असार ८,काठमाडौँ। बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी चर्चित छ । यो जोडीले रब ने बनादी जोडी बाट सहकार्य सुरु गर्दै दोश्रो पटक चलचित्र ‘जब तक हे जान’मा काम गरेका थिए । अब, यो जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ ।

यो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘राधा’ बोलको गीतले युटुबमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएको छोटो समयमा नै ६० लाख भन्दा बढी पटक हेरिएको यो गीतमा साहरुख र अनुष्काको गजबको केमेष्ट्री देखिएको छ । इम्तियाज अलीले यो रोमान्टिक कमेडी चलचित्रको निर्देशन गरेका हुन् । अगष्ट ४ बाट यो चलचित्र रिलिज हुँदैछ ।

 

post image

असार ५,काठमाडौं  । चलचित्र प्रेमगीत -२ को ट्रेलर सार्वजनिक भएको छ ।सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा प्रेमगीत २’मा पहिलो संस्करणकै कथाले निरन्तरता पाउने संज्ञा फिल्म निर्देशकले दिएका छन् । उनले फिल्मको कथाले निरन्तरता दिनु नै फिल्मको विशेषता रहेको बताए।

निर्देशकका अनुसार प्रेमको लागि हुने द्वन्द्व हो प्रेम गीत।’ सार्वजनिक ट्रेलरले पनि निर्देशकको भनाई पुस्टी गर्छ जसमा प्रेम, बिछोड, द्वन्द्वको मिश्रण छ। फिल्ममा सस्पेन्स राख्न खोजिएको द्वन्द्वको दृश्य लिक भएपछि ट्रेलरम पनि सो पाटो देखाइएको हो। द्वन्द्वको दृश्य बोल्ने फोटोहरु फिल्मकै क्रु मेम्बरबाट सार्वजनिक भएको थियो।

आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई पुरुपोत्तम प्रधानले खिचेका हुन् भने फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। साउन १३ गते प्रदर्शनको तयारीमा रहेको छ।

post image

मिष्टर एण्ड मिस एसइइ आइकन २०१७ को उपाधि राजविक्रम गोदार र मुस्कान चित्रकारले जितेका छन् । यसपटक एसईई दिएका किशोरकिशोरीका बिच एएनपी मिडिया हाउसद्धारा आयोजित प्रतियोगितामा राजविक्रम मिष्टर क्याटवक र वेष्ट डान्सको उपाधिसहित मिष्टर एसइइ आइकन २०१७ विजेता भएका हुन् । यस्तै मुस्कानले भ्यूअर्स च्वाईस र व्युटी विथ पर्पस उपाधिका साथ मिस एसइइ आइकन २०१७ विजेता भएकी हुन् ।
प्रतियोगितामा किशोरतर्फ कुशल तामाङ मिष्टर फेसबुक च्वाईस र  फोटोजेनिकसहित फष्ट रनर्सअप तथा राजिव पण्डित मष्ट चार्मिङसहित  सेकेण्ड रनर्सअप भए । कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीक्षा दाहाल फोटोजेनिक र वेष्ट आर्टवर्कसहित फष्ट रनर्सअप, वर्षा ढकाल वेष्ट पर्सनालिटी र मष्ट एक्टिभसहित सेकेण्ड रनर्सअप भएकी थिइन् ।

post image

असार २,काठमाडौं   नेपाली चलचित्र धनपतिको नयाँ गित सार्वजनिक भएको छ। सुखदुख नामको उक्त गित हाइलाइटस नेपालद्वारा युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तका साथमा एक बालिकालाई देख्न सकिन्छ । यस गीतमा आधा सुर र सारदा अधिकारीको स्वर रहेको छ  । 

‘धनपति’लाई खगेन्द्र लामिछानेले लेखेका हुन् भने दीपेन्द्र के. खनालले निर्देशन गरेका छन् । खगेन्द्र लामिछाने आफैँले लेखेको कथामा खगेन्द्र स्वयम् मुख्य चरित्रमा छन् भने उनको अपोजिटमा सुरक्षा पन्त छिन् । तराइबाट काठमाडौं आएर संघर्ष गर्ने एक व्यक्ति र उसको परिवारको कथामा बनेको चलचित्र ‘धनपति’ को कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्र ‘धनपति’ असार २३ गते रिलिज हुँदैछ ।

post image

असार २,काठमाडौँ । सलमान खान अभिनित  बहुप्रतिक्षित चलचित्र ट्युबलाइट पाकिस्तानमा प्रदर्शनमा नआउने भएको छ ।

इदको अवसर पारेर  प्रदर्शनमा आउन लागेको ट्युबलाइट पाकिस्तानका सिनेमा घरमा नलाग्ने भएपछि खानका पाकिस्तानी प्रशंसकहरु निराश भएका छन् । भारतीय चलचित्र निर्यात संघका अध्यक्ष हिराचन्द दण्डले पाकिस्तानमा दुई ठूला चलचित्र इदकै अवसरमा प्रदर्शनमा आउन लागेकाले पाकिस्तानी वितरकहरु ट्युबलाइटको प्रदर्शन गर्न हिचकिचाएको बताए ।

दुई पाकिस्तानी चलचित्रहरु ‘यालघार’ र ‘शोर शराबा’को प्रदर्शन मिति ट्युबलाइटको प्रदर्शनसँग जुधेकाले ट्युबलाइट निर्माताले पाकिस्तानबाट हुने आम्दानी गुमाउने भएको छ । ‘यालघार’ पाकिस्तानका साथै बेलायत, अमेरिका र चीनमा पनि एकैसाथ प्रदर्शनमा आउन लागेको हो ।

कबिर खानद्वारा निर्देशित चलचित्र ट्युबलाइट हलिउड चलचित्र ‘लिटल ब्वाय’को हिन्दी रिमेक हो ।

चलचित्रमा सलमान खानका साथै सोहेल खान, ओम पुरी, चिनियाँ कलाकार झु झुलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सन् १९६२ को भारत–पाकिस्तान युद्धको विषयमा आधारित छ ।

 

 

 

post image

जेठ २९,काठमाडौँ । भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनमा आधारित बायोपिक मा बलिउड अभिनेता आमिर खानलाई फेरी देखिन पाइने भएको छ। दंगलको अपार सफलतापछि अब उनी यस बायोपिकमा देखिने तयारीमा छन् ।

भारतका पहिलो अन्तरिक्षयात्री राकेश शर्माको जीवनमाथि बन्ने फिल्ममा आमिरले मुख्य भूमिका निभाउन लागेका हुन् ।

यसअघि यो फिल्मको नाम ‘सारे जहाँ से अच्छा’ राखिने चर्चा थियो । तर, अहिले फिल्मको नाम ‘सल्युट’ फाइनल गरिएको छ ।

post image
 जेठ २८, काठमाडौँ । चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर रिलिज भएको छ । यो वर्षको प्रतिक्षित चलचित्रको अडियो गीत हिट भैसकेपछि  रोमान्टिक प्रेम कथाले भरिएको ट्रेलर सार्वजनिक भएको हो ।

असार ३० गतेबाट रिलिज हुने यो चलचित्रलाई सुदर्शन थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको ट्रेलरमा मुख्य कलाकार पल शाह र पूजा शर्मालाई केन्द्रित गरिएको छ । पूजा र पलको रोमान्स, प्रेम, विछोड, रोदनलाई ट्रेलरमा फोकस गरिएको छ । प्रेमकथामा आधरित एउटा पूर्ण चलचित्र हेर्न चाहने दर्शकका लागि यो एउटा गतिलो प्याकेज रहेको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । पल र पूजाको रोमान्टिक प्रेम कथाले दर्शकलाई हलसम्म तान्ने  निर्देशक सुदर्शन थापाले अपेक्षा गरेका छन् ।
post image

जेठ २६,काठमाडौँ । आजबाट नेपाली हलमा २ चलचित्र ‘लाल्टिन’ र आधा लभ आजबाट रिलिज भएका छन् । भानु प्रतापद्वारा निर्मित तथा
देवकुमार श्रेष्ठले निर्देशन गरेको चलचित्र ‘लाल्टिन’मा दयाको साथमा अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ ।

यी दुई कलाकारको स्टारडमको परिक्षाको रुपमा समेत यो चलचित्रलाई हेरिएको छ ।डनको कथामा निर्माण भएको चलचित्रको ‘चमेली’ बोलको गीत अहिले चर्चामा छ ।

त्यसैगरी नायिका ऋचा शर्माद्वारा निर्देशित चलचित्र आधा लभ पनि लाल्टिनको प्रतिस्पर्धामा देखिएको छ ।अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रले कस्तो ब्यापार गर्छ भने हेर्ने बाँकी छ ।

post image

जेठ २६, काठमाडौँ । महानायक राजेश हमाल ५४ बर्षमा लागेका छन । उमेर कती भयो भन्ने प्रश्नको रमाइलो जवाफ दिने हमाल ‘भर्खरै २५ बर्ष कट्यो’ भन्ने गर्थे । बास्तवमा हमाल आजबाट ५४ बर्षमा टेकेका हुन । आज उनको जन्म दिन पनी रहेको छ । बिस्तारै बुढ्यौलीले छुदै गएको बताउने हमाल ५० बर्ष सम्म पुग्दा सम्म युवा नै रहेको अनुभव हुने र ततपश्चात शरीरले बुढो हुँदै गएको लक्षण दिने अनुभव सुनाउछन । भुडी पनी लाग्न थालेछ भन्ने अनलाईनसमय को जिज्ञासामा हमालले भने ‘बुढो हुँदै गएको प्रमाण हो यो’ उनले भने । अनलाईनसमय को तर्फबाट महानायक राजेश हमाललाई जन्म दिनको हार्दिक शुभकामना ।

post image

२६ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली गीतसंगीत र चलचित्रसँग सम्बन्धित कार्यक्रममा कमैमात्र उपस्थित हुन्छन् ।

बिहीवार दिउँसो भने ओली विल्सन बिक्रम राई ‘तक्मे बुढा’ अभिनित चलचित्र ‘रातो घर’ हेर्न बीग मुभिज पुगेका थिए । रातो घरको रोमान्स र एक्सनले आफूलाई प्रभावित पारेको ओलिले प्रतिक्रिया दिए ।

सिनेमा हेरिसकेपछि चलचित्रका मुख्य पात्र तक्मे बुढालाई देखाउँदै ओलीले भने ‘मलाई झखमले भन्दा तक्मेबुढा भन्ने पात्र नै पि्रय लाग्छ । उनले नेपाली सिनेमाको क्रमिक विकास हुँदै गएको अनुभुति भएको बताए ।चलचित्रमा आफ्नो गृहनगर झापाको प्रसंग भएकाले आफूलाई चलचित्रले छोएको ओलीको भनाइ थियो ।

चलचित्र हेर्ने कार्यक्रममा एमाले नेता सुवास नेम्वाङ, भीम रावल लगायतका नेताहरु सहभागी थिए ।

मांगहिम फिल्मस र तक्मे प्रोडक्सनको व्यानरमा निर्मित भएको फिल्मलाई सुरजसुब्बा नाल्बो र विल्सनविक्रम राईको लगानी रहेको छ । फिल्ममा विल्सनविक्रम राई, मेनुका प्रधान, गौरव पहारी, संयम पुरी, अनुराग कुँवर, विकेश श्रेष्ठ लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्ममा विपिन मल्लको सम्पादन रहेको छ ।

post image

जेठ २५,काठमाण्डौ । जेठ २६ शुक्रबारबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘लाल्टिन’ले प्रचारको नयाँ निति अप्नाएको छ । चलचित्रले रोड कन्सर्ट मार्फत प्रचारलाई तिव्रता दिएको छ । कन्सर्टमा गायक विनोद ढकाल, कलाकारहरु निर्जन थापा, राज कटुवालका साथमा चलचित्रको टिम उपस्थित थियो ।

उक्त कन्सर्ट विभिन्न ८ वटा स्थानमा गरिएको छ । ८ वटै स्थानमा दर्शकको उपस्थिती उत्साहजनक रहेको चलचित्रका निर्माता तथा कलाकार भानु प्रतापले जानकारी दिए । यो उत्साह हलमा पनि देखिनेमा भानु विश्वस्त देखिएका छन् ।

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग शाही लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले मिलेर निर्माण गरेका हुन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन।

 

‘सुपर ३०’मा ऋतिक रोशन

प्रकाशित मिती : Wednesday
post image

जेठ २४ ,काठमाण्डौ ।काबिलको सफलताको चर्चा नसकिँदै बलिउड अभिनेता ऋतिक रोशन चलचित्र ‘सुपर ३०’मा देखिने भएका छन् । बलिउड निर्देशक विकास बहलले आफ्नो अगामी चलचित्र ‘सुपर ३०’ मा मुख्य भूमिकाका लागि अभिनेता ऋतिक रोशनलाई कास्ट गरेकाहुन ।

यसअघि ‘कृष’ सिरिज, ‘ब्याङब्याङ’ र रिभेन्ज ड्रामा ‘काबिल’ मा हिरोदेखि डाइनामिक एक्सन हिरोका रूपमा देखिएका ऋतिक सुपर ३०’मा एक गणितिज्ञको रुपमा ‘देखिने भएका हुन् ।

बलिउड निर्देशक विकास बहलले आफ्नो अगामी चलचित्र ‘सुपर ३०’ मा मुख्य भूमिकाका लागि अभिनेता ऋतिक रोशनलाई कास्ट गरेका छन् ।

पटनाका आनन्द कुमारको कथालाई लिएर सुपर ३०’ फिल्म बन्न लागेको हो । उनी एक गणितिज्ञ हुन् र, इन्टेरेन्स इक्जामका लागि विद्यार्थीलाई तयार गराउँछन् । आनन्द कुमार आफ्नो इन्स्टिच्युट ‘रामानुजन स्कुल अफ म्याथम्याटिक्स’ मा प्रत्येक वर्ष ३० विद्यार्थीलाई छनोट गर्छन् र परीक्षाका लागि तयारी गर्छन् । ‘सुपर ३०’ मार्फत एक सर्वसाधारणबाट विशिष्ट बन्नेसम्मको यात्रालाई ऋतिकले देखाउने छन् ।

फिल्मलाई बिहारका विभिन्न क्षेत्रमा छायाँकन गरिनेछ ।

 

post image

जेठ २२, काठमाडौं । तीनवटा सफल नमूना बस्ती निर्माण पूरा गरेका कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले चौथो परियोजना घोषणा गरेका छन् । राजधानीमा सोमबार आयोजित कार्यक्रममा करिव ५ अर्ब रुपैयाँको ‘नमूना नेपाल’ परियोजना घोषणा गरिएको हो । अवधारणा सार्वजनिक कार्यक्रममा कलाकार जोडीले परियोजनालाई ‘अतिमहत्त्वाकांक्षी’ भनी टिप्पणी गरे ।

‘जुन परियोजनाले पुरा नेपालको झल्को दिनेछ र पर्यटन प्रबर्द्धनको लागि महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले आशा राखेका छौं । सिंगो देशका सम्पुर्ण जातजातिहरुको सांस्कृतिक प्रतिनिधित्व हुनेगरी पीडित परिवारहरुको साझा थलो हो नमुना नेपाल,’ धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सितराम कट्टेलले भने । आयोजनाका लागि ५ सयदेखि १ हजार रोपनी जग्गा आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा भूमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद सापकोटाले आयोजना महत्त्वाकांक्षी भए पनि असम्भव नभएको बताए । उनले मन्त्रालयले आवश्यक जग्गाको सम्भाव्यताबारे छलफल गर्ने जानकारी दिए । कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव भीष्मकुमरा भूसाललगायतले शुभकामना दिए । जग्गा प्राप्त भएर शीलान्यास गरेकै दिन निर्माण पूरा हुने दिन घोषणा गरिने कट्टेलले बताए ।

post image

जेठ २२ ,काठमाडौं ।  ‘मिस्टर नेपाल २०१७’  को उपाधी २२ वर्षीय अक्षय रायमाझीले जितेका छन्।

उनले २८ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन्। अनामनगरस्थित लिवर्टी कलेजमा बिबिए अध्ययनरत उनले अभिनयका लागि विभिन्न अवसरका साथमा थुप्रै गिफ्टसमेत हात पारे । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिस्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

 

प्रतियोगितामा धुर्व बुढाथोकी फष्ट रनरअप र , आशिष ताम्राकार सेकेन्ड रनरअप घोषित भएका छन भने डा. श्रीराम चन्द, अमृत दाहाल क्रमशः थर्ड रनरअप र फोर्थ रनरअप भए। सबै बिजेताले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरेका छन्।

निर्णायकमा अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वली, अभिनेत्री सरिता लामिछाने, खुस्बु खड्का, सन्दीप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदीश्वर थापा, शैलजा आचार्यलगायतका ब्यक्तित्वहरु रहेका थिए । उक्त प्रतियोगिता युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक एक्सपोज नेपालकी म्यानेजिङ डाइरेक्टर अर्चना थापाले बताइन्।

post image

जेठ २१,काठमाडौं ।  प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लालटिन’को टिम यतिबेला आफ्नो चलचित्रको प्रचारप्रसारमा लागिपरेको छ।

प्रचारप्रसारमा चलचित्र निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाललगायतको टिमले प्रचारसँगै समाजसेवाको उद्देश्यले शनिबार पशुपति, संकटालगायतका क्षेत्रका बृद्धबृद्धा र असहायलाई कपडा वितरण गरेको छ।

दयाहाङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङलगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको छ ।

चलचित्र लालटिन जेठ २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

एनीमेटर जय गिरी सम्मानीत

प्रकाशित मिती : Saturday
post image

जेठ २०, काठमाण्डौं । नेपाल टेलिभिजनवाट प्रशारण भएको लेट मि डान्स सिजन टु सम्पन्न भएको छ । लेट मि डान्स सिजन टु कार्यक्रमलाई भब्यतापूर्वक सम्पन्न गर्ने ब्यक्रिहरुलाई एक समारोहकाबिच सम्मान गरीएको छ । यसरी सम्मानीत हुनेमा भिडियोग्राफी एनीमेटर जय गिरी पनि परेका छन् । जय गिरी ग्राफिक्स र एनीमेसनमा दख्खल राख्ने प्राविधिज्ञ हुन् । गिरीले यस अघि पनि एनिमेसन मार्फत थुप्रै चलचित्रहरु, थुप्रै रियालीटी शोहरु समेत सम्पन्न गरीसकेका छन् ।

लेट मी डान्स नेपाल’ दोस्रो–२ को फाईनलका लागि ८ प्रतियोगी छानिएका थिए । बिभिन्न चरणको त्रिकाल आर्ट एकेडेमीले आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धा यहि जेष्ठ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । प्रतियोगीताका लागि देशैभरिको अडिसनबाट सय भन्दा बढि प्रतियोगी छानिएका थिए । उक्त प्रतियोगीलाई काठमाडौंमा ल्याईएको थियो । उनीहरुलाई आयोजक संस्थाले निःशुल्क खाने, बस्ने ब्यावस्था गरिरहेको छ । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभालाई उजागर गर्ने उदेश्यले ‘लेट मी डान्स नेपाल’ आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए । प्रतियोगीतामा नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा निर्णायकमा रहेकाथिए । लेट मि डान्स सिजन टुका बिजेतासँगै एनिमेटर गिरी सम्मानीत भएका हुन् ।

post image

जेठ १९,काठमाडौँ । मिस नेपाल २०१७ को उपाधी निकिता चन्दकले जितेकी छिन् । निकिताले मिस नेपालको २०१७ सँगै मिस नेपाल वल्र्डको उपाधी समेत जितेकी छिन् । त्यसै गरी मिस नेपाल अर्थ २०१७ को उपाधी रोजिना श्रेष्ठले जितेकी छिन् । उनी मिस नेपाल २०१७ को फष्ट रनर अप बनेकी छिन् । त्यसै गरी नीति शाह मिस नेपाल ईन्टरनेशनल २०१७ बनेकी छिन् ।

हिडन ट्रेजरको आयोजनामा संचालनमा भएको बनेकी छिन् भने मिस एसिया प्यासीफिक एसियाको उपाधी साहारा बस्नेतले जितेकी छिन् । आज शुक्रबार राति देशले नयाँ मिस नेपाल पाएको छ । साँझ ७ बजेपछि प्रारम्भ भएको मिस नेपाल–२०१७ को ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने १९ जना सुन्दरी मिस नेपालको उपाधिका लागि कडा प्रतिस्पर्धा भएको थियो ।

post image

जेठ १९,काठमाडौँ । आज शुक्रबार राति दस नबज्दै देशले नयाँ मिस नेपाल पाउँदैछ । साँझ ७ बजेपछि प्रारम्भ हुने मिस नेपाल–२०१७ को ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने १९ जना सुन्दरी मिस नेपालको उपाधिका लागि कडा प्रतिस्पर्धा गर्दैछन् ।

 

मिस नेपालकी प्रतियोगी नम्बर १ ललितपुरकी स्वस्तिका सिल्वाल हरेक कुरामा कडा परिश्रम तथा मेहनत गर्ने भएकीले यो प्रतियोगितामा आफू नै विजयी हुने आत्मविश्वास व्यक्त गर्छिन् । स्वस्तिकालाई मिस नेपालका प्रतिस्पर्धीहरूमध्ये आफैंसँग डर लागिरहेको छ ।

मिस नेपालको ठूलो मञ्चमा आएर आफूले आफूलाई कसरी प्रस्तुत गर्न सक्छु भनेर आफूलाई नै चुनौती दिएकी हुनाले म अन्य प्रतिस्पर्धीलाई उत्प्रेरणाका रूपमा मात्र लिन्छु, प्रतिस्पर्धीका रूपमा होइन, स्वस्तिका भन्छिन्— यसपटकको प्रतिस्पर्धामा सबै उत्तिकै सक्षम छन्, सम्भावित विजेताका रूपमा कुनै एक जनाको नाम लिन गाह्रो छ । यो प्रतियोगिताको सहभागिताले आफ्नो आत्मविश्वास बढाएको बताउँदै स्वस्तिकाले आफूमा भएको विशेषता थाहा पाउने अवसर पनि दिएको बताउँछिन् । इमान्दारितालाई आफ्नो सबल पक्ष मान्ने स्वस्तिका भावुक तथा अरूको दु:ख देख्न नसक्ने स्वभावलाई भने आफ्नो कमजोरी मान्छिन् ।

post image

जेठ १८,काठमाठौं । राजदरबारसँग सम्बन्धित चर्चित पुस्तक ‘मैले देखेको दरबार’ माथि आशुसेन फिल्मसले ‘दीपेन्द्र सरकार’ फिल्म निर्माण गर्ने भएको छ।उक्त पुस्तक पूर्व सैनिक रथी विवेक कुमार शाहले लेखेका हुन् ।

बुधबार दरबारमार्गस्थित याक एण्ड यती होटेलमा पत्रकार सम्मेलन गर्दै निर्माण युनिटले उक्त फिल्म निर्माण गर्ने घोषणा गरेको हो।

फिल्ममा महाराजधिराज दीपेन्द्र शाहको भुमिकामा अभिनेता प्रदीप खड्का देखिने भएका छन्। सोही कार्यक्रममा उनलाई दीपेन्द्र सरकारको भूमिकामा प्रस्तुत गरिएको थियो।
उक्त चलचित्रको लागि छ महिनादेखि तयारी गरेको निर्माता सन्तोष सेनले बताए। उनले यसअघि प्रेमगीत र चखे शंखे र पंखे निर्माण गरिसकेका छन् भने केही दिनपछि नै प्रेमगीत-२ रिलिज हुँदैछ। यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट भएको उनले बताए ।

चलचित्रका निर्माता सन्तोष सेनका अनुसार फिल्ममा पुस्तकभित्र समावेश प्रेम कहानी सम्बन्धी विषय समावेश गरिनेछ। उनी भन्छन्, ‘हामी पुस्तकमा उल्लेख गरेको दीपेन्द्र प्रेम कथालार्इ मात्र चलचित्रमा समावेश गर्दैछौं।’
उनले चलचित्रको सुटिङ भव्य सेट तयार पारेर गरिने र छायाकंन नेपाल, बेलायत, अमेरिका  लगाएतका देशमा हुने बताए।

फिल्मको निर्देशक र अन्य कलाकार लगायत प्राविधिक युनिट केही समयपछि नै घोषणा गरिने फिल्म युनिटले जनाएको छ।उक्त फिल्मको रिलिज मिति २०७५ जेठ १९ गतेलाइ तोकिएको छ ।

 

post image

जेठ १७, काठमाडौं  । नेपाली समाजको परिवेशलाई चित्रण गरिएको हाँस्य चलचित्र ’कमलेको बिहे’ को ट्रेलर सार्वजनिक भएको छ। यस चलचित्रमा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री सन्ध्या केसी मुख्य भूमिकामा देखिएका छन्। ट्रेलरमा अनुपविक्रम शाहिले निभाएको भुमिकालाई धेरैले तारिफ गरेका छन्  ।चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयले पनि तारिफ पाइरहेको छ।

खलपात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले धेरै मन पराएका छन्। उनी शास्त्री (पण्डित)को रुपमा दर्शकसामू आएका छन् । सोमबार साँझ युट्युवमा रिलिज गरिएको फिल्मको ट्रेलरले नेपाली युट्युव ट्रेण्डिङमा पहिलो तीस भित्र स्थान सुरक्षित गरिसक्दा ५० हजार भन्दा बढिले हेरिसकेका छन्। महेश दवाडीको कथा, पटकथा तथा संवाद समावेश ‘कमलेको बिहे’मा अनुप र सन्ध्यासँगै विनोद न्यौपाने, इशान ढकाल, विशाल पहाडी, रेशु तामाङ, कुलदिप अधिकारी र किरण लाकौल लिड अभिनयमा छन्।

सरिता मुभिज क्रियशनको व्यानरमा बनेको फिल्मलाई प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने कार्यकारी निर्मातामा दिपक विष्ट ‘गौली’ रहँदा लगानीमा साझेदारी प्रतिक तामाङ, सुनिल विष्टले गरेका छन्। फिल्मलाई विदुर पाण्डेले खिचेका हुन्। निर्देशक पौड्याल नेपाली समाजमा चल्दै आएको मागी विवाह र प्रेम विवाहबीचको द्वन्द्वको कथा नै फिल्मको सार रहेको बताउँछन् ।

फिल्ममा समावेश गीतमा राजनराज शिवाकोटी, माण्डवी त्रिपाठी, युवराज चौलागाईं, समिर आचार्य र अरुणदेव यादवको स्वर छ भने गीतमा शिवाकोटीसँगै, शिखर सन्तोष र वावुल गिरीको संगीत रहेको छ। साउन महिनामा रिलिजको तयारीमा निर्माण टिम जुटेतापनि फिल्मको आधिकारिक रिलिज मिति भने तय भईसकेको छैन।

post image

जेठ १५, काठमाडौँ । शनिबार बिहान नायिका नम्रता श्रेष्ठ हल–हलमा पुगिन् । करिब डेढ बर्षपछि उनी यसरि हलमा पुगेकी थिइन् । उनको साथमा चलचित्रका अन्य कलाकार कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की र निर्देशक दिनेश राउत हल–हलमा पुगेका थिए । उनीहरुले, सिंगल र मल्टिप्लेक्स हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । हल–हलमा पुगेकी नायिका श्रेष्ठले काठमाण्डौ भित्रका मल्टिप्लेक्स र सिंगल हलमा दर्शकको उपस्थिती बाक्लो देखेर आफू खुशी भएको बताइन् । उनले, काठमाण्डौ बाहिरबाट पनि दर्शकको राम्रो प्रतिक्रिया दिएको सुनाइन् । चलचित्रका निर्माताद्धय सुवास गिरी र निकिता पौडेलले वर्ड अफ माउथ सुखद भएकाले आगामी दिनमा यसको व्यापारमा फाइदा पुग्ने विश्वास व्यक्त गरे । चलचित्रको २ दिनको व्यापार आँकडा भने सार्वजनिक भएको छैन ।

प्रिमियरबाट सुखद प्रतिक्रिया पाएको चलचित्र ‘पर्व’ले ओपनिङ पनि सुखद गरेको यसको निर्माणपक्षले बताएको छ । करिब डेढ बर्षपछि पर्दामा नायिका नम्रता श्रेष्ठलाई देख्न पाउँदा दर्शक उत्साहित देखिएका छन् । नयाँ शैलीको मेकिङ र कथावस्तुका कारण दर्शकले चलचित्रलाई रुचाएका हुन् । यो चलचित्र देशभरका ७७ वटा हलमा रिलिज भैरहेको छ ।

 

 

post image

जेठ १३, काठमाण्डौं । बिहेअघि परामर्श लिनु राम्रो हो । बिहे गर्ने सोचमा हुनुहुन्छ भने एकपटक काउन्सिलिङका लागि जानुस् । तपाईंलाई काउन्सिलिङ आवश्यक छैन भन्ने लाग्छ भने एकपटक यसका फाइदाबारे जानिराख्नुस् ।

बिहे गर्नुपर्ने कारण
काउन्सिलिङका लागि जाँदा काउन्सलरले तपाईं किन बिहे गर्न चाहनुहुन्छ भनेर प्रश्न गरे भने तपाईंको जवाफ हुनुपर्छ– एक अर्कासँग माया गर्छौं तर धेरै होइन । के तपाईंहरू असल मित्र हो ? एक–अर्कालाई सम्मान, भरोसा गर्नुहुन्छ ? के भावनात्मक, सेक्सुअल्ली र आर्थिक रूपमा एक–अर्काका लागि योग्य हुनुहुन्छ ? के सम्बन्धलाई लिएर तपाईंहरूको लक्ष्य एउटै छ ? काउन्सलरले गर्ने यी प्रश्नको जवाफबाट तपाईं आफू बिहेका लागि तयार छु या छैन भन्नेबारे प्रस्ट हुन सक्नुहुनेछ ।

व्यावहारिक सोच
बिहे गर्नुको अर्थ हो, अर्कै व्यक्तिसँग जीवन बिताउनु । काउन्सलरले जोडीलाई वर्तमानसँगै भविष्यबारे पनि सोच्न सकून् भनेर मद्दत गर्छन् । के तपाईं दुवैजनालाई बच्चा मन पर्छ ? तपाईंको हुनेवाला सासु–ससुरासँग तपाईंको सम्बन्ध कस्तो हुनुपर्छ ? तपाईं दुईमध्ये सबैभन्दा धेरै कसले कमाउँछ ? यस्ता विषयमा बिहेभन्दा पहिले एक–अर्काबारे जानकारी हुन आवश्यक छ । किनभने एउटा वैवाहिक सम्बन्ध राम्रो बनाउन माया–प्रेम मात्र होइन, व्यावहारिक सोच पनि आवश्यक हुन्छ ।

गम्भीर विषयमा चर्चा 
काउन्सलरले जोडीसँग सकारात्मक कुरा मात्र गर्दैनन् । कतिपय यस्ता विषयको पनि उठान गर्छन्, जसबारे मानिस कुरै गर्न चाहँदैनन् वा यसले उनीहरूलाई हैरानी बनाउँछ । तपाईंसँग कसैको केही चिज उधारो छ ? धर्मबारे तपाईंको सोच ? तपाईंको गलत बानी, जीवनका कुनै खराब घटना ? सबैभन्दा बढी डर ? यस्ता विषयले बिहेपहिले नै हुनेवाला जीवनसाथी कस्तो छ भन्नेबारे जानकारी मिल्छ ।

वैवाहिक शिक्षा
काउन्सिलिङका बेला तपाईंलाई वैवाहिक जीवनमा आउन सक्ने सामान्य कठिनाई र त्यसबाट बच्ने उपायबारे पनि बताइन्छ । साथै, विवाहका फाइदा तथा वैवाहिक जीवनलाई कसरी सफल बनाउने भन्नेबारे पनि जानकारी गराइन्छ ।
                                                                                                               – नवभारत टाइम्सबाट

post image

जेठ ११,काठमाडौँ ।  वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार गरिँदै छ । जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरू उपस्थित हुने परम्परा छ । भोटो जात्राको दिन सरकारले उपत्यकामा बिदा दिने निर्णय गरेको छ । जात्रा गर्न सोमबार मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पुर्‍याएको थियो ।

त्यसै दिन मत्स्येन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पुर्‍याएपछि ‘या:न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो । रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जात्राको दिनमा काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरूले ‘ज्या:भुज्या:’ भनी जात्रा मनाउने गर्छन् । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याइन्छ ।

भूकम्पले ध्वस्त बनेको मस्त्येन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ । मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पुर्‍याएपछि यस वर्षको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरूले करुणमयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।

post image

जेठ १०, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी छिन् ।

उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । ३७ वर्षीय अंशुले पर्यटन विभागबाट एकै याममा दुईपटक सगरमाथा आरोहणको अनुमति लिएर एजी एभरेस्ट एक्सपीडिसनमार्फत आधार शिविर पुगेकी थिइन् ।

दुईपटक आरोहणका लागि जानसेन्पाले पर्यटन विभागमा प्रतिपटकको ११ हजार डलरका दरले दुईपटकका लागि २२ हजार डलर बुझाएको पर्यटन अधिकृत श्रेष्ठले बताए ।सामान्यतयाः एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गरिएको भए पनि उनले एकै याममा दुई पटक आरोहण गर्नुभएको हो । यो याममा दुईपटक आरोहण गर्ने र छोटो समयावधिमा आरोहण गर्ने उनी एक मात्र आरोही बनेकी छिन् ।

भारतको अरुणाञ्चल प्रदेशकी जम्सेन्पाले यसअघि सन् २०११ मा १० दिनको अन्तरालमा दुईपटक सगरमाथाको आरोहण गरिसक्नुभएको थियो । अहिलेसम्म छोटो समयावधिभित्र महिला पर्वतारोहीले सगरमाथाको आरोहण गरेको कीर्तिमान नेपालकी छुरिम डोमा शेर्पाको नाममा छ । रासस

post image

जेठ १०,काठमाडौँ । साझा यातायातले बुधबारदेखि भक्तपुरमा बस सञ्चालनमा ल्याएको छ । साझ यातायाले भक्तपुरको नयाँ बाटो रुट हुदौ सुर्यविनायक बसपार्क पुग्ने २० वटा बस सञ्चालनमा ल्याउने रुटपरमिट पाएको छ ।

यातायात व्यवसायी महासघंका विरोधका कारण अन्योलमा रहेको साझाले सोमबार इजाजत पाएको हो ।
साझाका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डले स्वयम्भूबाट कलंकी–कालीमाटी–त्रिपुरेश्वर– रत्नपार्क–माइतीघर–बानेश्वर–कोटेश्वर– जडिबुटी–सल्लाघारी हुँदै सूर्यविनायक रुटमा सञ्चालन हुनेछ । ‘बस चल्ने समय बिहान ६ देखि बेलुका ९ बजेसम्म तोकिएको छ,’ उनले भने, ‘सरकारले तोकेको भाडा स्वयम्भूदेखि सूर्यविनायकसम्म अधिकतम २५ रुपैयाँ र नतोकिएको ठाउँमा न्यूनतम १३ रुपैयाँ छ ।’

बसमा यात्रुलाई मनोरञ्जनका लागि टीभी र सुरक्षाका लागि सीसीटीभी जडान गरिएको छ । ‘अपांगता भएका व्यक्तिहरूले पनि आरामदायी यात्रा गर्न सकिन्छ,’ उनले भने, ‘एक पटकमा एक सय जनाले यात्रा गर्न सक्छन् ।’ उनले प्रत्येक स्टेसनमा १५र१५ मिनेटमा बस पुग्ने व्यवस्था मिलाइएको पाण्डेले बताए ।

post image

जेठ ९,काठमाडौँ । माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुमा केन्द्रित रहेर संचालन गरिएको मिस एसईई आइडल २०१७ नामक प्रतिस्पर्धामा भिअर च्वाईस र मस्ट ट्यालेन्टेड अवार्ड सहित अनुषा राई विजेता भएकी छिन् ।

ट्रिनिटि मार्केङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा प्रस्तुत गरिएको प्रतियोगिताको ग्राण्ड फिनालेमा १४ जना सहभागिहरु प्रतिस्पर्धा भएका थियो । प्रतियोगितामा कन्फिडेण्ट अवार्ड रोशिक थापाले जितिन् , फस्ट रनर अप, बेस्ट ड्रेस अवार्ड सहित सेलिना महर्जन सेकेन्ड रनर अप तथा रुबी कक्षपति थर्ड रनर अप उपाधिमा विजेता बने ।

प्रतियोगिताको अन्य विविध विधामा लोरिश गुरुङ बब्ली, वर्षा घोरासैनी क्याटवाक, जेसिका शाही बेस्ट स्माइल, दैशा श्रेष्ठ बेस्ट पर्सनालिटी, श्रेया श्रेष्ठ डिसिप्लिन, पुजा सिवाकोटी पङ्चुअल, सुष्मिता कार्की बेस्ट हेयर, अमिषा गुरुङ इन्टरटेनर, सामना घिमिरे बेस्ट फिगर अवार्ड प्राप्त गर्न सफल भए ।

post image

जेठ ७,काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट रामायणको पात्र सीता बन्न चाहन्छिन् । उनी सीताको यस्तो रोल निभाउन चाहन्छिन् जसको बारेमा मानिसहरु अनभिज्ञ रहेका छन् । भारतीय लेखक अमीश त्रीपाठीको किताब सीता वारियर अफ मिथिलामा को ट्रेलर लन्चमा पुगेकी आलियाले भनिन् “मलाई अमिश बाट नै थाहा भयो रामायणको अर्को रुप पनि छ जसमा सीता एक योद्धा थीइन् र उनले रावणलाई मारेकी थिइन्”।

उक्त किताबमा सीताको जन्म देखि सीताको हरण सम्म सबै काहानी समेटीएको छ । किताबका लेखक अमिश भन्छन्”किताबको विषयबस्तुलाई लिएर फिल्म बनाउन उनको धेरै निर्देशकहरु सगँ कुराकानी भइरहेको छ” । उनले भने” काहानी अनुसार भारतिय सुपर स्टार रणविर सिंह राम पात्रको रोलका लागि परफेक्ट हुन सक्छन् । ”

उनी भन्छन् “सीताको रोल निभाउन आलिया भट्टले सक्छिन् र उनी पनि सीताको रोल खेल्न उत्साहित छिन् । तर निर्देशकहरुले कसलाई राख्न चाहानुहुन्छ त्यो उहाँहरुको हातमा छ “।

आलिया भन्छिन्” सीताको रोल एकदम राम्रो छ । उनी डराउदीनन् बरु लड्छिन्, समस्या सगँ जुध्छिन् । यही सीताको रोल म निभाउन चाहान्छु” । विविसी हिन्दी

post image
जेठ ७, काठमाडौं । एसएस राजमौलीको फिल्म ‘बाहुबली २’ भारतीय सिनेमाको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । यो फिल्मले बक्स अफिसमा हर रेकर्ड ध्वस्त गर्दै इतिहास रचेको छ । फिल्मको रिलिजसँगै यसको सफलताको त सबैलाई आभास थियो तर अहिले सबैको मनमा एउटै प्रश्न उब्जिरहेको छ कि ‘के अब बाहुबलीको सफर सकिएको हो वा फेरी दर्शकहरुले ‘बाहुबली ३’ हेर्न पाउँछन् ?’
मिडिया रिपोर्ट्सको खबरलाई आधार मान्ने हो भने डायरेक्टर राजमौलीले अब ‘बाहुबली ३’ को बारेमा गम्भिर भएर सोच्न सुरु गरेका छन् । ‘बाहुबली-२’ को अन्तिममा डाईलग छ-‘अच्छा दादा क्या महेन्द्र ‘बाहुबली’ का बेटा भी राजा बनेगा, क्या मालूम शिव के मन में क्या चल रहा है।’  यो डाईलगपछि ‘बाहुबली ३’ बन्ने खबर मिडिया र दर्शकमा चलिरहेको छ । तर, अहिलेसम्म राजामौलीले यो प्रश्नमा कुनै जवाफ दिएका छैनन् । यो प्रश्नको जवाफ दिनबाट निर्देशक राजामौली बचेर हिँडिरहेका छन् तर मिडियाको खबरका अनुसार ‘बाहुबली ३’ को काम पनि सुरु भैसकेको छ ।
यस्तैमा निर्देशक राजामौलीको एक पुरानो ट्वीट अहिले भाइरल भैरहेको छ, जसमा उनले ‘बाहुबली ३’ बनाउने कुराको आधिकारीक घोषणा गरेका थिए । मिडिया रिपोर्ट्सका अनुसार, ‘बाहुबली २’ लाई मिलेको जबरजस्त सफलतापछि निर्देशक राजामौलीले प्रोड्यूसर शोबूसँग एक बैठकमा बसेका थिए, जसमा ‘बाहुबली ३’ को संभावनामाथि कुरा भएको थियो ।
post image

वैशाख ३१, काठमाण्डौं । बुझिए अनुसार स्थानिय तहको चुनावले करिष्मा मानन्धरको ‘डिभोर्ष ‘ नै हुनसक्ने देखिएको छ । नायिका करिश्मा मानन्धरले भोट खसाल्न नपाएपछिको आक्रोश श्रीमान विनोद मानन्धरमाथि पोखेकी छिन् । पती पत्नी बिच बेस्सरी फाटो ल्याउने त निश्चितै छ । नयाँ शक्ति पार्टीबाट सक्रिय राजनीतिमा लागेकी अभिनेत्री करिश्माको नाम सप्तरीको मतदाता नामावलीमा पुगेपछि उनले आक्रोश पोखेकी हुन् ।

विहे गरेपछि पतिकै नामबाट नागरिकता लिएकी करिश्मा काठमाडौँ लाजिमपाटमा बस्छिन् । उनको पतिको घर सप्तरीको राजविराजमा हो । पति विनोदले राजविराजबाट आफू र छोरी कविताको मात्र बसाईसराईको सिफारिस ल्याएर मतदाता परिचय पत्र बनाएको तर आफ्नो चाही मतदाता परिचय पत्र अहिलेसम्म नबनाईदिएपछि करिश्मा रिसले चुर बनेकी हुन् ।

उसो त करिश्मा आफै ३ घण्टा लाईनमा बसेर काठमाडौंमै नाम रजिष्टर गरेकी थिइन् । तर बसाईसराईको सिफारिस नभएपछि उनको नाम सप्तरीको मतदाता नामवलीमा परेको छ । आफू सप्तरीको बासिन्दा पनि नभएको र त्यहाँ गएर मतदान गर्न सम्भव पनि नभएको करिश्माले फेसबुकमा लेखेकी छिन् । फेसबुकमार्फत आक्रोश सार्वजनिक गरेकी करिश्माले यस अघि पनि परिवार र छोरीको लागि विनोदको तानाशाही व्यवहार सहँदै आएको बताएकी छिन् ।

राजेश हमालले गरे मतदान 

प्रकाशित मिती : Sunday
post image

वैशाख ३१, काठमाण्डौं । सुपरस्टार राजेश हमालले मतदान गरेका छन । केही समय अघी एमालेका उम्मेद्वारको पक्षमा खुलेरै चुनाव प्रचारमा हिडेका हमालले सोही पार्टीलाई भोट दिएको बुझिएको छ यध्यपी मतदान गोप्य हुने भएकोले कस्लाई भोट दिएको भन्न भने उनले मानेनन । आफुले मतदान गरेको र अरुलाई पनि अधिकार प्रयोग गर्न उनले फेसबुकमार्फत सुझाव दिएका छन ।

post image

बैशाख २३, काठमाडौं । नायक राजेश हमाल र राष्ट्रकवी माधव प्रसाद घिमिरे आज बिहान एकाएक सुर्य चिन्ह अंकित झन्डा संगै देखिए । त्यती मात्र होईन भोट माग्दै हिड्न थाले टोलटोलमा । सबै चकित परे, राजेश हमाल त एमालेमा प्रबेश गरेछन अनि त्यसैगरी राष्ट्रकवी पनी ।

 

 

 

 

 

 

राजेश हमाल केपी ओलिका प्रशंसक रहेको त बुझिएकै हो तर एमालेमा प्रवेश गरेछन कि क्या हो भन्ने बुझ्न उनलाई सम्पर्क गर्दा उनले स्थानिय चुनावमा एमालेका उम्मेद्वारलाई सघाउन आज बिहान घरदैलोमा हिडेका रहेछन । एमाले उम्मेद्वारको पक्षमा खुलेरै भोट माग्दै हिडेपछी टोल बासीले उनलाई एमालेका खाटी व्यक्तीका रुपमा चिन्न थालेका छन । कतै अर्को संसदीय चुनावमा चुनाव लड्न लागेका त होईनन ? त्यो भविष्यले देखाउनेछ ।

post image

वैशाख २१, काठमाडौँ । नेदरल्याण्डमा आविश्कारक बनेका एक फिजियोथेरापिस्टले १५ वर्ष लगाएर सिरानी तयार गरेका छन् । यो सिरानीले सुत्नेसम्बन्धि सबै समस्या हल गर्ने उनको दाबी छ । तर यसलाई किन्न  ५९ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ ।

आफूलाई घाँटीको विशेषज्ञ बताउने थिज्स भान डर हिल्सटले मल्बरी सिल्क, इजिप्टको रुवा र २४ क्यारेट सुनको कपडा प्रयोग गरेर विश्वकै महंगा सिरानी तयार गरेका हुन् । यसको चेनमा पनि चारवटा हिरा र २२.५ क्यारेट सफायर रहेको छ ।

हिल्सट आफ्ना क्लाइन्टहरुलाई सबैभन्दा उत्तम सिरानी तयार गर्न चाहन्छन् । मानिसहरुको शरीरको आकार र सुत्ने बानी अनुसार उनले यस्ता सिरानीहरु तयार गर्छन् ।

थ्रिडी स्क्यानरले पहिले क्लाइन्टको शरीरको आकार नापिन्छ र त्यसैको आधारमा उनीहरुको लागि उत्तम सिरानी तयार गरिन्छ । निकै जटिल प्रक्रियाबाट तयार हुने सिरानीले आफ्ना क्लाइन्टहरुलाई सुत्नका लागि सही सिरानी प्रदान गर्ने हिल्सट दाबी गर्छन् ।

यसलाई जहाँ पनि लैजानका लागि लुई भिटनको कभर पनि दिइन्छ । यो सिरानीलाई दुबईमा हुने प्रदर्शनीमा राखिने बताइएको छ ।

post image

बैशाख १८, काठमाडौँ । महानायक राजेश हामाल सामाजिक कार्यमा समेत सक्रीय हुन थालेका छन । भुकम्प पिडित गाउमा स्कुल निर्माण गर्ने र बालबालिकाको शिक्षालाई प्राथमिकता दिने गरी उनी समाज सेवामा लागेका हुन घासी नेपाल नामक नामक संस्था मार्फत उनले बिभिन्न ठाउमा स्कुल निर्माण गरिसकेका छन । यसै क्रममा उनले आज राष्ट्रीय पुनर्निर्माण प्राधिकरणका सिइओ डा. गोबिन्द पोखरेललाई समेत भेटेका छन । सामाजिक अभियानमा प्राधिकरणले सहयोग गर्ने डा. पोखरेलले अनलाईनसमय लाई बताएका छन ।

post image

बैशाख १७,काठमाडौँ । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा कवि डा नवराज लम्सालको धरा महाकाव्य सार्ववनिक भएको छ ।

महाकाव्य वरिष्ठ कवि तुलसी दिवस, डा। जगमान गुरुङ, डा गोविन्दराज भट्टराई, प्राज्ञ भुवन ढुङ्गाना पत्रकार धर्मेन्द्र झालगायतले महाकाव्य सार्वजनिक गरेका हुन्।धरा महाकाव्य सीङ्गो नेपालकोे बारेमा एउटा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको महाकाव्यको रुपमा रहेको छ । नेपाली साहित्यमा ‘कर्ण’ महाकाव्यको सिर्जना गरिसकेका कवि लम्सालले यस महाकाव्यको सिर्जना १० वर्ष लगाएर गरेका हुन्।

विमोचन समारोहमा बोल्दै कवि तुलसी दिवसले भन्नुभयो , ‘धरा’ मा टुक्रा टुक्रा नभई सिङ्गै नेपालका बारेमा मिहिन रुपमा जानकारी प्रस्तुत गरिएको छ, मुलुक बनाउन अरुलाई गुनासो मात्र नगरी हरेकले आफ्नो तर्फबाट योगदान दिनुपर्छ भन्ने प्रमाणका रुपमा ‘धरा’ महाकाव्य देखा परेको छ।

post image

वैशाख १६, काठमान्डौँ । अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वल्र्ड २०१७’मा नेपालको प्रतिनिधित्व सराडा परियारले गर्ने भएकी छन् । ‘मिसेस टप अफ द वल्र्ड’का लागि आधिकारिक प्राप्त संस्था इप्लनेट र ग्रिन आर्ट मिडियाले बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना सहित प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा ‘मिसेस टप अफ द वल्र्ड २०१६’की सहभागी रजनी थापाले सराडालाई ताज पहिराउँदै ‘मिसेस टप अफ द वल्र्ड २०१७’का लागि बाटो खुल्ला गरेकी हुन् । थापा गतबर्षको प्रतियोगीतामा उत्कृट चार भित्र अटाउन सफल भएकी थिइन् । परियार राजधानीमा आयोजित प्रारम्भिक चरणको छनौटमा तीन दर्जन प्रतियोगिलाई पछि पार्दै छानिन सफल भएकी हुन् । कोरियोग्राफर अनिला श्रेष्ठ, ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौल, मेकअप आर्टिस रस्मी श्रेष्ठ, फेसन डिजाइनर प्रज्वल श्रेष्ठ लगायत निर्णायक मण्डलले उनलाई प्रतियोगिताका लागि छनौट गरेको हो ।
प्रर्यटन बिकाशको नाराका साथ आयोजना हुँदै आएको ‘मिसेस टप अफ द वल्र्ड’मा नेपालका प्रर्यटकिय स्थल र कलासंस्कृतिका बिषयमा बिशेष आफुले प्रस्तुति दिने परियारले बताइन् । बिभिन्न प्रशिक्षण सहित परियारलाई प्रतियोगितामा पठाउन लागेको इप्लानेटका सन्तोस सापकोटाले बताए । प्रतियोगीता आगामी मे अत्यमा युरोपको लेटभिया राज्यमा आयोजना हुनेछ ।

post image

वैशाख १६, काठमान्डौँ । अमेरिकाको ओहायोमा मेरो डान्स कप युएसए–२०१७ प्रतियोगिता सुरु भएको छ। अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका किशोर–किशोरी, युवायुवती, नव प्रतिभा तथा कलाकारहरुका लागि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगतिाको शृंखला ६ देखि मतदान र जुलाई ८ तारिखदेखि प्रत्यक्ष मनोनयन हुनेछ । अप्रिल २८ देखि सुरु भएको प्रतियोगिता अगस्ट १२ सम्म हुनेछ ।

आयोजकले बताए अनुसार, आगामी मे ५ सम्ममा सहभागीमध्ये उत्कृष्ट ४० जना छनोट हुनेछन् । जुलाई २८ तारिखमा उत्कृष्ट ५ जना मतदानद्वारा छनोट हुनेछन् भने अगस्त १२ तारिखमा प्रथमदेखि पाँचौं स्थानसम्म विजेताको घोषणा गरिने छ । एमडिसी युएसए २०१७ नृत्य प्रतियोगिताको लागि निर्णायकहरूमा नेपाली चलचित्रका नायक दिलीप रायमाझी, डीबी गुरुङ तथा मञ्जु भुजेल रहने छन् । एमडिसी नामबाट चिनिने कार्यक्रमको सिजन–२ को एपिसोड १ को भिडियो सार्वजनिक भएको छ ।

post image

बैशाख १५, काठमाडौँ । बर्षा र करुणाका देवताको रुपमा चिनीने रातो मच्छिन्द्रनाथलाई विहिवार खटमा राखि रथमा विराजमान गाराइएको छ । मच्छिन्द्रनाथ देवतालाई मछिन्द्रवहालमा राखिएको थियो भने बिहिवार पुल्चोक स्थीत रथमा विराजमान समेत गराइएको छ । रथ यात्रा भने बैशाख १७ गते बाट आरम्भ हुनेछ । परम्पारगत हिसावमा पुजाआजा गरेर १७ गते मध्याह्नपछि मात्रै शुभ साइतअनुसार रथयात्रा आरम्भ हुनेछ ।
१७ गते बाजागाजासहित सुरु हुने रथ यात्रा पहिलो दिन ललितपुरको पुल्चोकबाट गाःबहालसम्म पु¥याएर त्यहीँ राख्ने परम्परा छ । जात्राको दोस्रो दिन सुन्धारा पुर्याएर एक दिन रथ यहीँ राखिन्छ ।
१७ गते पुल्चोकबाट तान्न थालिएको रथ गाःबहालमा लगेर राखिन्छ । शुभ साइतअनुसार मंगलबजार, सुन्धारा, चक्रवहिल हुँदै लगनखेलस्थित थटीटोलमा लगेर राखिन्छ, त्यहाँ लगेपछि फेरि नयाँ साइत हेरेर फाटो देखाउनका लागि जावलाखेलतर्फ लगिन्छ ।’ लगनखेलस्थित छटीमा राखिएको रथ साइत हेरेर कुमारीपाटी हुँदै जावलाखेल लगिन्छ । रथ जावलाखेलमा पु¥याएको चौथो दिन हरेक वर्ष भोटो देखाउने परम्परा छ ।
नेपालको सबैभन्दा लामो जात्राका रुपमा परिचित मछिन्द्रनाथको रथजात्रा गत वर्ष भने शुक्रअस्तका कारण दुई महिना लगनखेलमा राखिएको थियो ।मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित भएको संस्कृतिविद् हरिराम जोशीले बताए । ‘करिब १६ सय वर्षअघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ,’ उनले भने, ‘नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरु परिक्रमा गराउने परम्परा छ ।’ वि।सं। ५४६ देखि जात्रा सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालिन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन्।
‘ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा अक्ष्य तृतीयादेखि शुभ साइत पारी मच्छिन्द्रनाथलाई विराजमान गरिन्छ,’ उनका अनुसार रथ तान्नु अगाडि गुरुज्यूको पल्टनबाट सलामी दिने परम्परा पनि छ।जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पु¥याउने परम्परा छ। जात्रा सकीएपछि मच्छिन्द्रनाथको रथलाई ६ महिना बुङमतीमा राखी साइतअनुसार मछिन्द्रवहालमा ल्याउने प्रचलन रहेको छ ।

post image

वैशाख १२, काठमाडौं । भूकम्पपछि दुई स्थानमा एकीकृत वस्ती निर्माण गरेर वाहीवाही कमाएका कलाकार सिताराम कट्टेल धुर्मुसले भूकम्पको दुई वर्ष वितिसक्दा पनि प्रभावित जिल्लाहरुको पुननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरेका छन् । भूकम्पको दोस्रो बार्षिकी पारेर भूकम्प पीडित तथा सहयोगी समाजले रिपोर्टस क्लवमा मंगलबार गरेको सम्मान ग्रमणपछि धुर्मुसले भने, ‘पूर्ननिर्माणको लागि ठूला(ठूला विदेशी सहायता आएका थिए, तर सरकारले पूर्ननिर्माणको काममा गति लिन सकेन, अब फेरि अर्को विपद आउँदा विदेशी सहायता नआउन पनि सक्छ, यतातिर हामी सबै गम्भीर बन्नुपर्छ ।’

विनाशले विकासको मुल फुटाउँछ भनेजस्तै नेपालमा पनि महाभुकम्पलाई अवसरमा परिणत गर्नमा सरकार लगायत सम्बन्धित सबै चुकेकोमा धुर्मुसले गुनासो गरे । उनले भने,’हामीले भारतको गुजरात देखेका थियौं, आज गुजरात विश्ककै पर्यटकीय गन्तव्य बनेको छ, हाम्रो देश त प्राकृतिक सौन्दर्यले पनि त्यतिकै धनी छ, सरकारले पूर्ननिर्माणको लागि दरिलो नीति ल्याउनुपर्दथ्यो ।’ उनले पूर्ननिर्माणको लागि बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा समेत बढी राजनीतिकरण भएको आरोप लगाए । ‘कहिले सिईओ परिवर्तन गर्ने काम भए, पीडितको नाममा राजनीति हुनुहुँदैन्थ्यो ।’, उनले भने ।

प्राधिकरणलाई बिभिन्न मन्त्रालयसँग सहकार्य गर्नुपर्ने झन्झट भएकाले छुट्टै मन्त्रालय गठन गरेर पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा उनले ब्यक्त गरे । धुर्मुसले आफूहरुको अभियान पनि सरकारलाई सहयोग गर्ने रहेको बताए । उनले भने, ‘पूर्ननिर्माणको लागि रकेटको स्पिडमा काम गरेका छौं, जे बोल्छौं, त्यो पूरा गरेरै छाड्छौं ।’ उनले पार्टीको झण्डाभन्दा पनि देशको झण्डा ठूलो भएकोले पीडितको नाममा कसैलेपनि राजनीति गर्न नहुने धारणा राखे ।

त्यस्तै कार्यक्रममा सम्मानित कुञ्जना घिमिरले सुन्तलीले पनि डरलाई शक्तिमा परिणत गरेर मनलाई शुद्धीकरण गर्दै अरुको लागि जीउनुको मज्जा नै अर्के हुने बताइन् । आफूहरुको अभियान यसैकारण सफल भएको उनको धारणा थियो । उनले नेपालमा राष्ट्र र राष्ट्रियता आजकै दिन अर्थात बैशाख १२ गतेले ल्याएको बताउँदै अर्काको दुःखमा मल्हम लगाउने काममा जुट्न आग्रह गरिन् । उनले भनिन्,’अर्काको दुःखमा मल्हम लगाएर आनन्द लिने बानी धुर्मुस(सुन्तलीलाई परिसकेको छ, यो भन्दा अर्को मिठो आनन्द केही पनि छैन् ।’

कार्यक्रममा बोल्दै भूकम्प पीडित तथा सहयोगी समाजका अध्यक्ष चन्द्र साउदले राज्यकले भूकम्प पिडित माथि अपराध गरेको आरोप लगाउँदै सरकारले बिभिन्न दातावाट प्राप्त रकमको सदुपयोग गर्न नसकेकोमा आक्रोश ब्यक्त गरे । अध्यक्ष साउदले सरकारले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत भूकम्प पिडितलाई अनुदान स्वरुप प्रदान गर्ने भनीएको दोस्रो किस्ताको रकम एकदमै कमले मात्रै पाउने दाबी छ । उनले सरकारको लापरवाहीका कारण अहिलेसम्म पनि भूकम्प पीडित पालमा बस्न बाध्य भएको प्रति चिन्ता ब्यक्र गरे । साउदले भूकम्प पिडितहरुको सहयोगका लागि भूकम्प पीडित तथा सहयोगी समाज स्थापना भएको संस्मरण गराउँदै सबै भूकम्प पीडितलाई एकजुट हुन समेत आग्रह गरे ।

post image

बैशाख ५, काठमाण्डौं । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले राष्ट्रपति बिद्यादेवी भण्डारीको भारतको राजकीय भ्रमणका क्रममा भारतीय राज्य मन्त्रीले ईन्दीरागान्धी अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्न पुगेको बिषयलाई लिएर आफ्नो फेसबुक पेज मार्फत आक्रोश पोखेका छन् । महानायक हमालले लेखेका छन् , ‘जब सार्वभौम र स्वतन्त्र राज्यको सरकारले यसको स्थान समान रुपमा देखाउन सक्दैन, तब यस्तो परिणाम आउँछ । तर, कृपा पात्रको रुपमा व्यवहार गर्छ । हाम्रो सरकार र नेतृत्वले अन्तरराष्ट्रिय जगतमा छवि कलंकित मात्र पारेको छैन, स्वतन्त्र र सार्वभौम राज्यको नागरिकको गर्व पनि ध्वस्त पारेको छ । सरकारलाई त लाज हुनुपर्ने हो ।’

यो आक्रोश केवल महानायक राजेश हमालको मात्र नभई समग्र सामाजिक संजालमा जोडीएर रहेका नेपालीहरुको हो । यो आक्रोशलाई स्वभाबिक रुपमा लिन सकिन्छ । किनकी आफ्नो भारत भ्रमणलाई लिएर देशमा सार्वजनिक बिदाको घोषणा गरी भारत भ्रमणमा निस्कनु भएकी राष्ट्रपतीलाई एउटा राज्यमनत्रीले बिमानस्थलमा स्वागत गर्दा चित्त त राष्ट्रपती भण्डारीको पनि नदुखेको भने कहाँ हो र ? त्यो त उनलाई स्वागत गर्दा लिईएको फोटोमा पनि राष्ट्रपति भण्डारीको अनुहारमा देखिएको मलिनताले स्पष्ट पार्दछ । जब भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउँदा राष्ट्रपति भण्डारी स्वयं बिमानस्थलमा उपस्थित भएर स्वागत गर्न जान्छिन् र बिदाईमा पनि सरीक हुन्छीन् भने छिमेकले भने एउटा राज्यमन्त्रीलाई उनको स्वागतमा पठाउँदा चित्त त दुख्ने नै भयो । त्यसैले त नेपाली चलचित्र क्षेत्रका महानायकले फेसबुकमा अभिब्यक्त गरे झै समान ब्यवहार देखाउन नसक्दाको पराकाष्ठा हो भन्नुपर्छ यस बिषयलाई ।

अर्को कुरा के पनि स्पष्ट हो भने नेपालमा संविधानसभा मार्फत संविधान घोषणा हुदाँ स्वागत गर्नुको सट्टा अघोषित रुपमा नेपालमा नाकाबन्दी लगाउने भारतवाट यो अपेक्षा राख्नु पनि कतै हाम्रो मूर्खता हो कि । त्यती मात्रै होईन खुल्ला सिमाका कारण सिमा क्षेत्रमा हस्तक्षेप गर्ने, सिमा क्षेत्रका बासिन्दालाई आतंकित पार्ने र हत्या गर्ने सम्ममका ब्यवहार गर्दै आईरहेको दक्षिणको छिमेकी भारतले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतमा नयाँदिलली बिमानस्थलमा देखाउएको स्वागत रुपी नाटक त एक हेपुवा प्रबृतीको नमूना मात्रै हुन सक्छ । त्यसैले असल छिमेकी र एक स्वतन्त्र र सार्वभौम राज्यको रुपमा नेपाललाई भारतले कहिल्यै पनि हेर्न चाहँदैन भन्ने एक उदाहरण समेत बनेको छ हिजोको घटना । यसवाट भारत परस्त भई चाँकडी चाँप्लुसी गर्ने राजनीतिक दल र तिनका नेतालाई पाठ सिक्ने मौका भने मिलेको छ । महानायक हमालले अभिब्यक्त गरे झै कृपा पात्रको ब्यवहार होईन,समान ब्यवहार भारतले नेपाल माथि देखाउनै पर्छ । नत्र यस्ता अपमानका श्रृंखलाहरु हाीले भोग्नै पर्छ । जय स्वाभिमान ।

post image

बैशाख ४,काठमाडौँ । नेपाली ‘लिटिल स्टारको उपाधी उपाधि श्रेया महर्जन र अभिनव श्रेष्ठले जितेका छन्।सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा ६८ जना बालबाकिलाको सहभागिता रहेको थियो।

प्रतियोगितामा दिप्तेश सिंह तथा प्रकृति पोखरेलले सिनियरतर्फको फस्ट रनर्स अपको उपाधि जिते भने जुक्ति विक्रम शाही तथा मायोमी बज्रँचार्यले जुनियर तर्फको फस्ट रनर्स अपको उपाधिमा हात पारे। यसैगरी श्रृजन त्रिपाठी तथा प्रज्ञा राईले सिनियरतर्फ सेकेण्ड रनर्स अपको उपाधि जिते भने आयान सिलवाल तथा सुप्रिया कार्कीले जुनियरतर्फको सेकेण्ड रनर्स अपको उपाधि जिते।

प्रतियोगितामा अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेताद्वय सविन श्रेष्ठ तथा निर्जन थापा र मोडल जिनस लामा निर्णायक रहेका थिए।स्वस्तिका राज भण्डारीद्वारा कोरियोग्राफी गरिएको यो प्रतियोगिताको आयोजना इफो ईन्टरटेन्मेन्टले आयोजना गरेको हो।

post image

उत्तम सिंखडा ,चैत्र ३०, पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका नौवटा तालमध्येको ठूलो फेवाको किनारास्थित कोमागाने पार्कमा नववर्ष महोत्सव सुरु भएको छ । प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालसहित मुलुकको मौलिक संस्कृति संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका १४औँ पटक महोत्सव आयोजना गरिएको हो ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने मूल नारासहित आयोजित सो महोत्सवमा खाना परिकारका १५ सहित हस्तकला, ग्रामीण उत्पादन, होमस्टेलगायत ६० वटा कक्ष रहेको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष एवम् महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । नयाँ वर्ष मनाउन स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरा आउने वातावरण महोत्सवले सिर्जना गरेको बताउँदै उनले भने – “मुलुकको विषम परिस्थतिमा पनि महोत्सवले निरन्तरता पाउँदै आएको छ ।”

महोत्सवका अवसरमा फेवातालमा डुङ्गा दौड, पर्यटक दौड, एकल नृत्य, बाल उद्यान एवम् राष्ट्रिय कलाकारहरुको दोहोरी गीतको प्रस्तुतिसहित विभिन्न मनोरञ्जनका कार्यक्रमको आयोजना गरिने सङ्घका महासचिव तथा प्रचारप्रसार समितिका संयोजक गणेश पहारी बताउँछन् । महोत्सवका अवसरमा आयोजित झाँकी प्रतियोगितामा नेपाल मगर सङ्घ प्रथम, नेवाः कचाः खलः बैदा द्वितीय र किरात सेवा समाज तृतीय भई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरेका थिए । झाँकी प्रतियोगितामा २६ विभिन्न समूहको सहभागिता रहेको थियो ।

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल हल्लनचोकबाट सुरु भएको आमा समूहको प्रतियोगितामा ‘बङ्गलादी आमा समूह’ प्रथम, ‘खहरे आमा समूह’ द्वितीय र ‘क्षेत्री महिला समूह’ तृतीय भई सात हजार, पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरेका थिए । एक लाखभन्दा बढी स्थानीयवासी र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षासहित मङ्गलबारदेखि सुरु भएको पाँचदिने सो महोत्सवको होटल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सिर्जना राणाले उद्घाटन गरेका थिए ।

नेपालका होटलको अकुपेन्सी दर ६० प्रतिशतको हाराहारीमा रहेको जानकारी उहाँले छिमेकी देश भारत र चीनका पर्यटक भित्र्याउने खालका कार्यक्रम सञ्चालन गर्न व्यवसायी सङ्गठित भएर लाग्नु पर्ने विचार व्यक्त गरे ।

post image

चैत्र २५, दोलखा । दोलखा जिल्लाको लाकुरीडाँडास्थित डाँङडुँगेमा अन्तर्राष्ट्रिस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ।

मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र विकास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ।मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६।२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ।

वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिए।ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो। चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६।२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ। स्थानीयवासी जितबहादुर श्रेष्ठले फिल्म सिटीका लागि थप जमिन दिनसमेत तयार भएको जानकारी दिए।

डाँङ्डँगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको विश्वास गरिएको छ।

फरक प्रकृतिको फिल्म सिटी बन्ने यो स्थान काठमाडाँैबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ। रासस

post image

चैत्र २०, काठमाडौँ । बोब डाइल्यानले साहीत्यीक क्षेत्रमा ३ महिना अघि दिएको नोबल प्राइज शनिवार स्टक होममा आयोजना भएको एक कार्यक्रममा स्वकिारेका छन् । उनले मेडल स्टक होममा आयोजना भएको प्राइभेट इभेन्टमा पाएका थिए , स्वीडेनको मिडियाले जनाएको छ ।

स्वीडेनका एक अफिसीयलले जानकारी दिएका थिए डाइल्यानले आफ्नो कुरा केही भन्ने छैनन् भनेर । नोवल पुरस्कार विजेता डाइल्यानले ९ लाख अमेरिकी डलर पाएक छन् । एसोसीएट्ड प्रेसका अनुसार उनले टेप रेकर्ड गरिएको भाषण पछि दिने अनुमान भने गरिएको छ । यदी उनले आउदो जुन सम्म कुनै भाषण नदिएमा उनलाई दिएको सम्मान राशि फिर्ता गर्नुपर्ने हुन्छ ।

नोबल पुरस्कार बाट सम्मानीत भए पछि शनिबार साझ उनले स्टकहोम वाटरफ्रन्टमा आफ्नो प्रस्तुती देखाएका थिए । दोस्रो कन्र्सट भने आइतबार साझ हुने कुरा जानकारीमा आएको छ । साहित्यिक क्षेत्रमा प्रदान गरिने नोवल प्राइज कवी तथा उपन्यासकारलाई दिने गरेको पाइन्छ । तर नोवल प्राइज एकेडेमीले डाइल्यानलाई उक्त पुरस्कार दिनुको कारण भने उनले अमेरीकी गायन क्षेत्रमा नयाँ कवितात्कमक शैली उजागर गरेको हुनाले दिएको दावी गरेको छ ।
डिसेम्बरमा प्रदान गरिएको नोवल पुरस्कार लिन अनुपस्थीत डाइल्यानले उनी शब्द बिहिन भएको र यो अर्वाड पाउदा चन्द्रमामा उभिएको जस्तो आभास भएको बताएका छन् । एजेन्सी

तराईमा चैते छठ पर्व सुरु

प्रकाशित मिती : Saturday
post image

चैत्र १९, गौर तराईमा हिन्दु धर्मावलम्बीले मनाउने पर्व चैते छठ शुक्रबारदेखि विधिवत् सुरु भएको छ । प्रत्येक वर्षको कार्तिक र चैत महिनामा यो पर्व मनाउने चलन छ । चैतमा व्रतालुलाई निराहार बस्न समस्या हुने भएकाले यो महिनामा कम र कार्तिकमा छठ पर्व मनाउनेको संख्या बढी हुन्छ । हिन्दुहरूले मान्ने सबैभन्दा कठिन व्रत छठलाई मानिन्छ ।

छठ व्रतको पहिलो दिन शुक्रबार व्रतालुले नहाय खाय विधि पूरा गरेका छन् । उनीहरूले नजिकको जलाशय, ताल, सरोवर आदिमा नुहाएर शुद्ध भई लसुन, प्याज नहालेको शुद्ध सात्विक भोजन सेवन गरे । व्रतालुहरू नहायखाय विधि पूरा गरेर दिनभरि प्रसाद बनाउनका लागि शुद्ध गहँुको पिठो तयार गर्न व्यस्त देखिएका थिए । उनी मात्र होइन । यहाँका सबै व्रतालुले पूजाका लागि तयार पारिने प्रसादका लागि शुद्ध उनीहरूले नजिकको जलाशय, ताल, सरोवर आदिमा नुहाएर शुद्ध भई लसुन, प्याज नहालेको शुद्ध सात्विक भोजन सेवन गरे ।

‘कार्तिक महिनामा गरिने छठ व्रतजस्तै चैते छठमा पनि सबै विधि पूरा गर्नुपर्ने हुन्छ,’ गौरकी सरस्वतीदेवी यादवले भनिन्, ‘यो महिनामा व्रत गर्नेहरूको संख्या थोरै रहने गरेकाले कार्तिक महिनामा मनाउने छठ जस्तो तामझान हुँदैन ।’ निराहार व्रत बसेका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । चौथो दिन सोमबार उदाउँदै गरेको सूर्यको पहिलो किरणलाई अर्घ दिएपछि पर्व समाप्त हुन्छ । छठ व्रत बस्दा सन्तान प्राप्ति हुने, चर्मरोग निको हुने जनविश्वास छ ।

post image

चैत्र १७, ललितपुर । ललितपुरको झम्सीखेलमा पूर्ण पारीवारीक बातावरणमा भेल्भेट लञ्च एण्ड बार संचालनमा आउने भएको छ । शुक्रवार एक बिशेष समारोहकासाथ संचालनमा आउन लागेको भेल्भेट लञ्च एण्ड बारमा वाईफाई सुबिधा, पार्किङ्गको यथेष्ट ब्यवस्था हुनुका साथै प्रत्येक दिन नेपालका ख्याती प्राप्त कलाकारहरुले आ–आफ्नो साँगितिक प्रस्तुती पस्कने छन् ।

सबै ग्राहकलाई पूर्ण मनोरंजनको बातावरण सहित दक्ष र सबल सेफहरुले खाना तयार पार्ने भेल्भेट लञ्च एण्ड बार भोली शुक्तवारदेखि संचालनमा आउन लागेको छ । गित संगितका पारखीहरुका लागि स्वस्थकर खानका साथैं पूण पारीवारीक बातावरणमा संगीतको मजा लिन तपाई भेल्भेट लञ्च एण्ड बार झम्सीखेल जान सक्नु हुनेछ । भेल्भेट लञ्च एण्ड बार तपाईको स्वागतको प्रतिक्षामा छ ।

post image

चैत्र १५, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको महोत्तरीको बर्दिवासमा रहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागि अमेरिकाको बोष्टन बासीले झण्डै १४ लाख रुपैया सहयोग गरेका छन् । बोस्टनमा भएको एक कार्यम्रममा उपस्थित भएका १३१ जना सहयोगीहरु बाट फाउण्डेशनलाई जम्मा १३ लाख ८८ हजार १ सय रुपैया सहयोग संकलन भएको हो ।

‘मानवता र सद्भावका लागि सहकार्य, राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ भन्ने मुल नाराका साथ फाउण्डेशनले थालेको अभियानलाई बोष्टन बासीले आत्मसाथ गदै सहयोग संकलन गरेका हुन् । ‘धुर्मुस सुन्तली अभियान सहयोग कार्यक्रम बोस्टन’ नामक कार्यक्रमको आयोजना गदै बोस्टन बासीले फाउण्डेशनको सामाजिक कार्यमा सहकार्य गदै उक्त सहयोग संकलन गरेको हो । कार्यक्रममा हिमालयन हेरिटेज कल्चरल एकेडेमीका कलाकारहरुले साङ्गीतिक प्रस्तुती दिएका थिए ।

उत्त अभियानले फाउण्डेशनर्ला दुई किस्तामा सहयोग रकम पठाएको छ । कार्यक्रमबाट पहिलो पटक ५ लाख १४ हजार ५ सय पठाईएको थियो भने शुक्रबार ८ लाख ७३ हजार ६ सय रुपैया पठाएको छ । सहयोग पठाएको जानकारी दिदैं अभियानका सहयोगी सुरेश वाग्लेले फाउण्डेशनलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए । यता फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ लेभने नसोचेको सहयोग प्रप्त भएको बताउदै सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन् । फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणको अहिले अन्तिम चरणको काम चईरहेको छ ।

फाउण्डेशनले नया बर्षमा बस्ती हस्तान्तरण गर्ने बताईरहेको हुनाले पनि अहिले फाउण्डेशन बस्ती छिट्टै सक्काउने तयारी गरिरहेको छ । समय कम भएकाले पनि फाउण्डेशनले कामलाई निकै तिब्रताका साथ अगाडी बढाईरहेको परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताएका छन् । उनका अनुसार बस्तीको लगभग निर्माण कार्य अन्तिम चरणमा रहेको र नया बर्षमा बस्ति हस्तान्तरण हुनेकुरामा ढुक्क रहन समेत सुझाएका छन् ।

 

post image

चैत्र ११, काठमाडौं । बोनोदल उत्कृष्ट दशमा पर्न सफल चैत्र ११, काठमाडौं । किरण खतिवडाद्वारा निर्देसित सन्थाल जातीको बिभिन्न बिषयलाई आधार बनाएर निर्माण गरीएको चलचित्र बोनोदल भारतमा आयोजित बिषेश चलचित्र फेस्टिबलमा उत्कृष्ट दश भित्र पर्न सफल भएको छ ।

सन्थाल जातिको बाहुल्यत रहेको झापाको कल्टु नामक गाउँमा छायाँकन गरिएको बोनोदल हेरेपछी जुरिहरुले चलचित्र र निर्माण युनिटको तारिफ गरेको चलचित्र युनिटले जानकारी दिएको छ। भारतको झारखण्डमा आयोजित बिषेश चलचित्र फेस्टिबलमा ५६० चलचित्रहरुको सहभागीता रहेको थियो जसमा बोनोदल बिषेश चलचित्रको सुचिमा परेको हो । चलचित्रमा सन्थाल समुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, बलराम हेमरम, निस्पक्टर मुर्मु, रिता सोरेन, मिना टुडु लगायतको अभिनय रहेको छ । सन्थाल जातिको बाहुल्यत दर्साउदै बोनोदल चलचित्रले देशको नाम अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएको निर्देशक किरण खतिवडाले जानकारी दिए ।

post image

सनम महर्जन । चैत्र ११, भक्तपुर । विगत ८ वर्ष देखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाइ बाग श्रेष्ठले यसवर्ष आफूले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन असमर्थ हुने बताएपछि जिब्रो छेड्ने जात्रा सङ्कटमा परेको छ । हरेक वर्ष वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा यसवर्ष सङ्कटमा परेको हो । परम्परालाई जोगाइ राख्नका लागि मध्यपुरथिमि नगरपालिका बोडेका स्थानिय बासिन्दाहरु जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने व्यक्तिको खोजीमा छन् ।

जुजुभाइले जिब्रो छेड्नु अघि चार वर्ष बुद्धकृष्ण बाग श्रेष्ठले र १२ वर्ष उहाँका दाजू कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । ‘विगत आठ वर्षदेखि मैले जिब्रो छेड्दै आएको हुँ, यसवर्ष भने मैले यो जात्रालाई निरन्तरता दिन सकिनँ, मैले यसवर्ष जिब्रो नछेड्ने निर्णय गरे, अब बोडेका अरु व्यक्ति जिब्रो छेड्न तयार हुनुपर्छ ’ श्रेष्ठले भने । पारिवारिक समस्याका कारण र बोडेका अरूलाई पनि जात्रालाई निरन्तरता दिन जिब्रो छेड्ने अवसर प्रदान गर्नुपर्छ भनि आफूले यसवर्ष जिब्रो नछेड्ने उनले बताए ।

हरेक वर्ष चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि वैशाख २ गते १२ बजेपछि हजारौँ मानिसको अगाडि बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा मञ्च बनाई नायसिं बाजागाजाका साथ जिब्रो छेड्ने परम्परा छ । विगतका वर्षमा जिब्रो छेड्ने कोहि व्यक्ति तयार नहुँदा जात्रालाई निरन्तरता दिएका जुजुभाइले यसवर्ष जिब्रो नछेड्ने भएपछि अरू तयार नभए परम्परागत रुपमा चलि आएको जिब्रो छेड्ने जात्रा रोकिने भएको छ ।

post image

चैत्र ८, काठमाडौँ । मिस नेपाल २०१७ को खोजीको लागि द हिडन ट्रेजरले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर प्रतीयोगिताका लागि आवेदन खुला भएको घोषणा गरेको हो । मिस नेपालको ग्रान्ड फिनाले जेठ १९ गते शुक्रबार अन्नपूर्ण होटलमा हुनेछ । हिडन टे्रजरले आयोजना गरेको सो कार्यक्रमका चार जना विजेताले अन्तराष्ट्रीय सौदन्र्य प्रतीयोगितामा भाग लिन पाउने छन् । यसअघि मिस नेपालले मिस वल्र्ड, फस्ट रनर्स अपले मिस अर्थ तथा सेकेण्ड रनर्स अपले मिस इन्टरनेसनलमा सहभागिता जनाइरहेकोमा यो वर्षदेखि थर्ड रनर्सअपले मिस एसिया प्यासिफिकमा समेत प्रतिनिधित्व गर्न पाउनेछन् ।
अब हुने मीस नेपालमा २५ जना युवती बिच प्रतिस्पर्धा हुनेछ । काठमाडौंसहित विभिन्न ६ सहरमा आयोजना हुने अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई ६ हप्ता लामो प्रशिक्षण प्रदान गरिनेछ । आयोजक संस्थाका प्रमुख गोपाल सुन्दर कक्षपतिले भने ुमिस नेपालको सहभागिताले नै मात्र पनि धेरै कुरा सिकाउनेछ भने त्यसको प्रशिक्षणले व्यवहारिक ज्ञान एवं सीप विकासमा योगदान पुर्याउनेछ ।
यसपटकको मिस नेपालमा प्रतिस्पर्धा गर्न इच्छुक युवती १९ देखि २५ वर्ष उमेर समूहका, पाँच फिट चार इन्च अग्ला, प्लस टु अथवा सो सरहको अध्ययन पूरा गरेका अविवाहित नेपाली नागरिक हुनुपर्ने माण्डदण्ड छ । यी मापदण्ड पूरा भएका विदेशमा बस्ने नेपाली युवतीले पनि मिस नेपालका लागि आफ्नो आवेदन दिन सक्नेछन् ।

प्रतियोगिताका लागि विराटनगर, पोखरा, चितवन, धरान, नेपालगञ्ज, बुटवल तथा धनगढी हुँदै अप्रिल महिनाको दोस्रो साता काठमाडौंमा अन्तिम चरणको अडिसन हुनेछ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीलाई कोरियोग्राफर रचना गुरुङ शर्माले प्रशिक्षण प्रदान गर्नेछिन् ।

 

post image

चैत्र ८, वीरगंज । माँ राधिका इंटरनेशनल मुभिज प्रालिले वीरगंजमा पहिलो चोटी भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागेको छ । यही चैत्र २६ गते शनिवारका दिन् आयोजना गर्न लागिएको सो कार्यक्रममा भोजपुरी फिल्म, भोजपुरी संस्कृति, भोजपुरी भाषा प्रवर्धनमा योगदान पुर्याउने नेपाल तथा भारतका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने भोजपुरी फिल्मका नायक परदेशी साहले जानकारी गराउनु भयो ।

एस. पी. खरेलको नामले चर्चित नायक साहले आफ्नो फाइदाका लागि बिभिन्न राजनीतिक दल, संघ संगठनले वीरगंज र भोजपुरी भाषाको जननी वीरगंजलाई प्रयोग गर्ने तर यसको उत्थान संवर्द्धन एवम् प्रवर्धनमा कतैबाट सहयोग नभएको गुनासो गर्नु भयो । वीरगंजलाई विश्वव्यापी रुपमा चिनाउन, वीरगंजलाई फिल्म इंडस्ट्रीजको रूपमा स्थापित गर्न उद्देश्यले वीरगंजमा भोजपुरी फिल्म फेस्टिवलको आयोजना गर्न लागिएको भोजपुरी तथा नेपाली फिल्मका प्रोड्युसर सूरज प्रधानले जानकारी गराउनु भयो ।

सो फेस्टिवलमा कलाकार, डाइरेक्टर, निर्माता, संगीतकार, गीतकार, द्वन्द्व निर्देशक, मेक अप पर्सन, क्यामेरापर्सन लगायतलाई सम्मान गर्ने योजना रहेको नायक परदेशी साहले बताउनु भयो । नेपालमै पहिलो पटक हुन गरहेको भोजपुरी फिल्म अवार्डले भोजपुरी भाषा बोल्ने र फिल्मको माध्यमबाट राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय देशहरूमा उहाँको कला तथा योगदान र सहयोग मार्फते टेवा पुर्याउनेहरूलाई सम्मान तथा अवार्ड दिने भएको हो ।

दोश्रो साल देखि निरन्तरता दिइन्दै अगाड़ी बढ़ने नेपाल र भारतका भोजपुरी फिल्म सम्बन्धी कार्य गर्ने सम्पूर्ण सेक्टरमा उत्कृष्ट भूमिका निर्वाह गर्नेहरुलाई सम्मानका साथ अवार्ड प्रदान गरिने जानकारी गराइयो । रिपोटर्स क्लब नेपालका मधेश क्षेत्रीय संयोजक कन्हैया गुप्ताको सभापतित्त्वमा भएको सो पत्रकार सम्मेलनमा भोजपुरी तथा नेपाली फिल्मका निर्देशक श्री रमण बस्नेत, भोजपुरी तथा नेपाली फिल्मका नायिका द्वय एलिना बासकोटा, कशिश दाहाल लगायतको सहभागिता रहेको थियो ।

post image

 चैत्र २, बर्दिवास ।  हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोला बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् ।

धुर्मुस सुन्तलीले बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका तीन सय ७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् ।  विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् ।

बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् । कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका थिए ।

बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् । बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् ।

जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पुर्याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताए । दुई लाख ३४ हजार चार सय ९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ । रासस

post image

फागुन ३०, काठमाण्डौं । हाँस्यकलाकार दीपकराज गिरीले आइतबार साँझ सामाजिक सञ्जालबाट ‘छक्का पन्जा–२’ निर्माणको औपचारिक घोषणा गरेका छन्। ‘‘छक्का पन्जा’ नेपाली फिल्म इतिहासको सबैभन्दा बढी दर्शकले हेरेको फिल्म भयो। फिल्मको कमजोरीलाई तपाइहरूले औल्याइदिनु भएको छ। त्यो सबैलाई मन र मस्तिष्कमा राखेर नँया फिल्म ‘छक्का पन्जा– २’ फिल्म निर्माणको घोषणा गरेका छौं,’ गिरीले आफ्नो फेसबुकमा लेखेका छन्,‘अभिनेता र अभिनेत्रीबाहेक यसअघि ‘छक्का पन्जा’मा देखिएका कलाकारहरु नै ‘छक्का पन्जा–२’ मा देखिने छन्।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुन लागेको ‘छक्का पन्जा–२’को निर्देशन दीपाश्री निरौलाले गर्दैछिन । ‘सामाजिक कथावस्तुमाथि फिल्म ‘छक्का पन्जा–२’ निर्माण हुनेछ। जेठको दोस्रो साताबाट सुरु हुने फिल्मको सुटिङको तयारी भइरहेको छ । अभिनेता र अभिनेत्रीबाहेक ‘छक्का पन्जा’का कलाकारहरु दोहोरिने छन्,’निर्देशक दीपाश्री निरौलाले भनिन्,‘ ‘छक्का पन्जा’ ब्रान्ड भइसकेको हुँदा राम्रो सामाजिक कथालाई आधार बनाएर सिक्वेल निर्माण हुन लागेको हो। सम्भवतः ‘छक्का पन्जा–२’ लाई कात्तिकमा रिलिज गर्ने मनसाय बनाएका छौं।’ नेपाली फिल्म ‘छक्का पन्जा’को सिक्वेल बन्ने भएको छ।

शकुन्तला नाटक मन्चन हुँदै

प्रकाशित मिती : Tuesday
post image

फागुन २४, काठमाडौं ।  चेल्सी इन्टरनेशनल एकेडेमीले आज १२ बजे शकुन्तला नाटक मंचन गर्दै छ । एकेडेमी हलमा हुने उक्त कार्य्रक्रममा सुपरस्टार राजेश हमालको प्रमुख आतिथ्यता रहनेछ भने र्ंगकर्मी सुनिल पोखरेलको उपस्थीती रहने चेल्सी इन्टरनेशनल एकेडेमीका प्रीन्सिपल सुधिर झा ले अनलाईनसमय लाई जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई न्युज २४ टिभीले लाईभ प्रसारण गर्ने भएको छ ।

post image

फागुन २२, काठमाडौं । रंगहरुको पर्व होली सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा आईतबार बिहान चीर ठड्याएर होली पर्व शुभारम्भ गरिएको हो । बिहान ८ बजेर १५ मिनेटको शुभ साईतमा सप्तरंगी चीर ठड्याइएको हो । त्यस अवसरमा नेपाली सेनाको गुर्जू पल्टनले हर्ष बढाई समेत गरेको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी कपडाका टुक्रा झुण्ड्याइएको बाँसको तीन तले चीर ठड्याएपछि मुलुकभर होलीको माहोल सुरु भएको मानिन्छ ।

होलीको अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म ८ दिन होली पर्व मनाउने गरिन्छ । भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ । फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।

post image

फागुन २२,महोत्तरी । धुर्मुस सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती पुगेका महजोडि वरिष्ठ हास्य कालाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चाय सहितका कालाकारहरु दुई महिना नवित्दै आर्थिक अभावकाबीच ५० वटा पक्कि घर बनाएर छाना छाउने काम गरेको देख्दा आचर्य व्यक्त गरेका छन् ।

हास्य कालकार धुर्मुस सुन्तललीले चन्दा संकलन गर्दै बस्ती शिलान्यास गरेको २ महिना नपुग्दै युद्ध स्तरमा काम गरेको देख्दा महजोडीले धर्मुसलाई धन्यवाद दिए ।मह जात्रा हास्य कार्यक्रम लिएर मकवनापुरबाट विराटनगर हिडेका महजोडि शनिबार मुसहर बस्तीको निर्माण कार्यको स्थालगत अवलोकन गर्न आइपुगेका थिए । बस्ती अवलोकनमा हास्य कालाकार किरण केसी(रातामकैं), शिवहरी पौडेल, राजराम पौडेल, यमन श्रेष्ठ र माण्डवी त्रिपाठी पनि थिए ।

समाजले काम गर्नेहरुलाई खुलेर सहयोग गर्ने परम्परा अभैm नेपाली समाजमा रहेको र त्यसै परम्पराले धुर्मुस सुन्तली अघि बढेर देश विकासमा लागेको वरिष्ठ हास्य कालकार मदनकृष्ण श्रेष्ठले बताए । देश बनाउन ढिलाइ भइरहेको प्रति उनले चिन्ता व्यक्त गरे । भूकम्प गएको लामो समय बितिसक्दा पनि राज्यले जनतालाई छानो दिन नसकेको प्रति उनी चिन्तित भए । धर्मुस सुन्तलीले तीनवटा बस्ती बनाइ राज्यले गर्न नसकेको काम गरेको कलाकार कदनकृष्णले बताए ।धुर्मस सुन्तलीको कामको चौतर्फी प्रसंशा भइरेको अर्का हास्यकालाकार हरिवंश आर्चाले बताए । धर्मुस सुन्तली रकेटको गति भन्दा पनि कयौं गुण तिब्र गतिमा काम गरिहेको उनले भने ।

‘एक जनाले गर्दा अर्कोले खुट्टा तान्ने प्रवृत्ति देश बन्न सकेको छैन सबै मिल्नु पर्छ अनि मात्र देश बन्छ’ धुर्मुस सुन्तलीले देशलाई खुशी बनाउने अभियान चलाएको मदन कृष्ण श्रेष्ठले बताए । पौष २५ गते शिल्यान्यास गरिएको मुसहर बस्ती निर्माणमा अझै २ करोंड अपुग छ । तर निर्माण कार्य निरन्तर जारी छ । ७० प्रतिशत निर्माण कार्य सकिएको ।सहयोग गरिदिन सहयोगी मनहरुमा धर्मुसले अपिल गरेका छन् ।

post image

फागुन २१, काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबारै बेलुका सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा क्रमशः मित्रलाल पंगेनी, मोदनाथ मरहट्टा, गौरी दाहाल चुनिएका छन् भने कोषाध्यक्षमा मनोहर लामिछाने छानिएका छन् ।

महासंघको केन्द्रीय सदस्यहरुमा क्रमशः प्रा.डा. ताराकान्त पाण्डे (काठमाडौं) प्रा.डा. नन्दीश अधिकारी (काठमाडौं), स्माली (काठमाडौं), राजबहादुर कुँवर (जुम्ला), आदर्श राई (ओखलढुंगा), असल पाख्रिन (काभ्रे), विजयराज आचार्य (ललितपुर), गोपाल वैद्य (बाँके), परशुराम कोइराला (स्याङ्जा), सुशिला थापा (कास्की), अनिल श्रेष्ठ (तनहुँ), खगेश्वर भण्डारी (दाङ), चित्रबहादुर थारु (कैलाली), रविकिरण निर्जीव (चितवन), इश्वरी ओझा (चितवन), प्रतिक लामा (काभ्रे), चन्द्रा थानी (सुर्खेत), उत्तरकुमार राई (खोटाङ), दुर्गा काफ्ले (कालिकोट), पेमा लामा (सुनसरी), पूर्णबहादुर अधिकारी (चितवन), अनिश योञ्जन (काभ्रे), जय दाहाल (काठमाडौं), रामचन्द्र हुमागाईं (काठमाडौं), श्रीकृष्ण सुलु (भक्तपुर), विवि राई (इलाम), अर्जुन ढकाल (तनहुँ), आशिस सुनुवार(काठमाडौं), विमला चन्द(कंचनपुर), विष्णु न्यौपाने(काठमाडौं), शुशिल राई (ओखलढुंगा), बसन्त उप्रती(काठमाडौं), चेतन गोतामे(स्याङ्जा)लगायत चुनिएका छन् । भेला लगत्तै बसेको नयाँ कार्यसमितिको बैठकले मित्रलाल पंगेनीको नेतृत्वमा ३१ सदस्यीय अखिल नेपाल लेखक संघ गठन गरेको छ भने असल पाख्रिनको नेतृत्वमा २५ सदस्य रहेको अखिल नेपाल जनकलाकार संघ निर्माण गरेको छ । त्यसैगरी बैठकले खगेश्वर भण्डारीको नेतृत्वमा अखिल नेपाल ललित कला संघ र असल पाख्रिनको नेतृत्वमा सामना साँस्कृतिक परिवारको पुनर्गठन गरेको छ ।

माओवादी आन्दोलनका बीचबाट स्थापित साहित्यिक व्यक्तित्वहरु यस महासंघमा आबद्ध रहँदै आएका छन् । नेपाली माओवादी आन्दोलनको क्रान्तिकारी धारामा रहेका साहित्यिक व्यक्तित्वहरुले नेपाली नयाँ जनवादी क्रान्तिको क्षेत्रमा वैचारिक, राजनीतिक तथा साँस्कृति रुपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । माओवादी आन्दोलनको क्रान्तिकारी धाराका विरुद्ध प्रतिक्रियावादी वर्गका साथै संशोधनवादी र अवसरवादीहरुबाट चौतर्फी आक्रमण भइरहेको बेला भएको यस महासंघको भेलालाई आम शोषित उत्पीडित वर्गले मात्र होइन प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादीहरुले समेत निकै चासोका साथ हेरिरहेका छन् । क्रान्तिकारी धाराको प्रतिरक्षा र प्रत्याक्रमणका लागि अखिल नेपाल जनसाँस्कृतिक महासंघ र यसमा आवद्ध बौद्धिक तथा साहित्यिक व्यक्तित्वहरुको भूमिका विशेष रुपले महत्वपूर्ण रहने भएकाले पनि यो महासंघलाई महत्वका साथ हेर्ने गरिन्छ ।

 

post image

फागुन १६,काठमाडौं।नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होसार (नयाँ वर्ष) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार आइतबार बाँदर वर्ष पूरा भई सोमबारदेखि चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् टीका शेर्पाले बताए।

“हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ”– उनले भने ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । ग्याल्बो ल्होसारका अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले सिफलचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्ने भएको छ । यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । रासस

post image

फागुन, १२, काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमान्डौका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले समाजसेवा प्रति गरेको काम अनुपम, उदारणीय, सह्रानीय र अनुकरणीय रहेको भन्दै उनिहरुले यस्ता कामहरुबाट सबै नेपालीले पाठ सिक्नु पर्ने बताएका छन् । सहयोग रकम हस्तान्तरण गर्न धुर्मुस सुन्तली फाउण्डेशन पुग्नुभएका सर्वोच्च अदालका उप सचिव कपिलमणी गौतम र नगेन्द्र कुमार कालाखेतीले देशलाई नै चुनौति दिने काम गरेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । केही समय अघि  सार्बजनिक भएका आर्थिक संकटका समाचार पढेपछि धुर्मुस सुन्तली फाउण्डेसनले गरिरहेको यस्तो पुनित कार्यमा अवरोध पुग्ने हो कि भन्ने चिन्ताले आफुहरु सहयोग गरेको सवोच्च अदालतका उप सचिव कपिलमणी गौतमले बताए ।

 सहयोग हस्तान्तरण गदै उनले पहिले हामी देशका नागरीक भएको र त्यसपछि मात्र कर्मचारी भएको भावनालाई आत्मसाथ गदै धुर्मुस सुन्तलीको महान काममा सहयोग गरेको उनले बताए । धुर्मुस सुन्तलीलाई आफुहरुले सानो सहयोग गर्न पाउदा खुसी लागेको बताउदै उनले समाज सेवामा लगातार क्रियाशिल भईरहेका धुर्मुस सुन्तलीलाई मुसहर बस्ती निर्माणमा सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

 

post image

फागुन, १२, काठमाडौं । काठमाडौँको वनकाली तथा पाशुपत क्षेत्रमा अहिले जोगी बाबाको चहल पहल बढेको छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला भर्न स्वदेशका विभिन्न स्थान तथा भारतका विभिन्न मठमन्दिरबाट जोगी बाबा दर्शनाथीको आउने क्रम जारी छ ।

शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन गरेमा पुण्य हुने जनविश्वास छ ।  कोषले यस वर्ष करिब चार हजार जोगी बाबा आउने अनुमान गरेको छ । नाङ्गा बाबाको पनि आगमन सुरु भएको छ ।

उनीहरुलाई पशुपतिनाथको मन्दिरभित्र राख्ने व्यवस्था मिलाइएको छ । विभिन्न सङ्घ संस्थाले पशुपतिनाथ आसपासमा आजैदेखि स्वयम् सेवा सञ्चालन गरेका छन् । आउने भक्तजनको सुविधाका लागि ठाउँठाउँमा भोजन, स्वास्थ्य शिविर, भजन किर्तनलगायतका व्यवस्था मिलाइएका छन् ।

विभिन्न अखडामा उनीहरुलाई खान, बस्नका लागि प्रबन्ध गरिएको छ । उनीहरुलाई जथाभावी आवतजावत नगर्न कोषले आग्रह गरेको छ ।  कोषका निर्देशक भरत मरासिनीले यहाँ आउने दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि आवश्यक स्वयम्सेवक तथा सुरक्षाकर्मीको व्यवस्था गरिएको जानकारी दिए ।

post image

फागुन १०, काठमाण्डौं ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले कलाकार र कलाक्षेत्रको बिकासले मात्रै मुलुकले आफ्नो पहिचान बनाउने बताउनु भएको छ । राष्ट्रपति भण्डारीले राज्यले नेपालमा गित संगितको बिकास र बिस्तारका लागि नै गित संगित नाट्य प्रतिष्ठान स्थापना गरीएको बताउँदै सरकार सधै यस क्षेत्रको बिकास र बिस्तारमा दृढ रहेको धारणा ब्यक्त गर्नु भएको छ ।

नातिकाजीको ९२ औ स्मृति दिवसको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित बिशेष सम्मान कार्यक्रममा आफ्नो मन्तब्य राख्दै राष्ट्रपति भण्डारीले गित संगित लगायत यस क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरुका बारेमा र समग्र गित संगित क्षेत्र कला क्षेत्र र यससँग सम्वन्धित क्षेत्रका बारेमा विद्यालय तहका विद्यार्थीह्रुलाई नै अध्ययन गर्न मिल्ने गरी विद्यालय क्षेत्रको पाठ्यक्रम तयार पार्नु आवश्यक रहेको धारणा ब्यक्र गर्नु भएको छ ।

नातीकाजी स्मृती समाजले आयोजना गरेको सो समारोहमा नेपालको गित संगित क्षेत्रमा अतुलनिय योगदान पुर्याए बाफत बिभिन्न श्रष्ठाहरुलाई सम्मान गरीएको थियो ।  यस बर्षको नातिकाजि राष्ट्रिय बिशिष्ट श्रष्टा सम्मान २०७३ भजन शिरोमणी भक्तराज आचार्यलाई प्रदान गरीएको छ । त्यसरी नै नातिकाजि राष्ट्रिय बिशेष संगित सम्मान २०७३ बाट कल्याण रिमाल, श्रीमती उर्मिला श्रेष्ठ, दीपक खरेल, आनन्द कार्की र ध्रुबेश चन्द्र रेग्मी सम्मानीत भएका छन् ।

त्यसै गरी नातिकाजि राष्ट्रिय संगित पुरस्कार २०७३ बाट रमण घिमिरे, रामकृष्ण ढकाल,श्रीमती देबीका बन्दना र टिका भण्डारी सम्मानीत भएका थिए । नातिकाजि राष्ट्रिय संगित संयोजन  पुरस्कार २०७३ बाट अमुल कार्की ढली र श्री आलोक श्रीलाई प्रदान गरीएको थियो । त्यसैगरी नातिकाजि स्मृति समाज योगदान सम्मान डाक्टर कल्याण राज शर्मा, चिरञ्जीवि थापा र डण्डपाणी कडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबिच प्रदान गर्नुभयो ।

नातिकाजी स्मृति समाजका अध्यक्ष बरिष्ठ संगितकार शम्भूजित बाँस्कोटाले कार्यक्तममा समापन मन्तब्य दिदै सरकारले गर्ने बिभिन्न राजनकीय भ्रमणहरुमा गित संगित क्षेत्रका प्रतिनिधिहरुलाई पनि सहभागी गराउनका लागि पहल गरीदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए । त्यसै गरी सम्मानीत हुनेहरुका तर्फवाट आफ्नो मन्तब्य राख्दै संगितकार रमण घिमिरेले नातिकाजी स्मृति समाजले गरेको सम्मानवाट आफुहरु हर्षबिभोर भएको भन्दै यस्ता खालका सम्मानले एउटा श्रष्टालाई हौसला प्रदान गर्ने भएकाले यसको निरन्तरताका लागि आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा स्वर्गिय नातिकाजी श्रेष्ठ प्रति समर्पित भई गायक रामकृष्ण ढकाल र गायिका देबीका बन्दनाले स्वर्गिय नातिकाजीकै स्वर तथा संगित रहेका गित समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको समापन पश्चात बिगत लामो समयदेखि समाजसेवामा समर्पित रहेको संस्था बिएस फाउण्डेशनले बिशेष चियापान समारोहको आयोजना गरेको थियो । काठमाण्डौको महाराजगंजमा मुख्य कार्यालय रहेको बिष्णु सरस्वती फाउण्डेशनका सिईओ शौरभ महर्जनले नातिकाजीले नेपालको गित संगित क्षेत्रमा पुर्याएको योगदानको सम्मानमा नातिकाजी स्मृति समाजसँगको सहकार्यमा चियापान समारोहको आयोजना बिएस फाउण्डेशनले गर्न पाउँदा खुशी लागेको बताए ।

post image

फागुन ९,काठमाण्डौं । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माण कार्य ढेड महिना नपुग्दै आधा काम सकिएको छ । पौष २५ गते नेपालका चर्चित हास्यकलाकार महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शिल्यानाश गरेका उक्त बस्तीको ४२ दिनमै ५० प्रतिशत काम सकिएको हो ।

लामो समयदेखी अशिक्षा, बेरोजगारी तथा पिछडिएका मुसहर बस्तीमा निर्माणधिन घरहरुको पहिल्लो तल्लाको काम सकिएको छ । मुसहर बस्ती निर्माणका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले जानकारी दिएअनुसार अहिले बस्तीको ६ वटा घरहरुका पहिलो तल्लाको भित्रीे प्लास्टर सकिएको छ भने ४८ वटा घरको पहिलो तल्लाको काम सकिएको छ । ‘अब हामी छिट्टै बस्ती सकाउन सक्छौ, काम निकै तिव्रताका साथ अघि बढिरहेको छ’ परियोजना ब्यबस्थापक न्यौपानेले भने सबैको साथ र सहयोग पाए हामी नया बर्षमा बस्ती हस्तान्तरण गर्नेछौ’ ।

उता फाउण्डेसनका अध्यक्ष सितारम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अष्ट्रेलियाबाट फर्केलगत्तै लगातार बस्ती निर्माणमा खटिरहेका छन् । सबैको साथ र सहयोगले काम तिव्र अघि बढिरहेको बताउदै उनले अझै पनि श्रम सहयोगको लागी आग्रह गरेका छन् । ‘बस्ती निर्माणको काम जतिसक्दो छिटो सक्काउन पाए मुसहर बासीले खुसीको शास फेर्न पाउने थिए’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, अहिले हामीलाई केही स्वयंसेवकहरुको आवश्यकता छ’ ।

बिभिन्न ठाउबाट सहयोग रकम संकलन भईरहेपनि निकै ढिला गरि सहयोग आईरहेको उनले बताए । सहयोगीहरु बढिरहेपनि आफुहरुसंग बस्ती निर्माणका लागी लामो समय नभएकाले उनले सहयोग गर्न चाहने सबैलार्ई सक्दो सहयोग गर्नका लागी आग्रह समेत गरेका छन् ।

फउण्डेसनले बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लागत अनुमान गरेपनि हालसम्म फउण्डेसनलाई २ करोड ५८ लाखको हाराहारीमा सहयोग प्राप्त भएको छ । फउण्डेसनका लेखा अधिकृत सरोज जंग खत्रीका अनुसार बस्ती निर्माणका लागी अझै पनि २ करोड बढी रकम आबश्यकता छ ।

४२ दिनमा ५० प्रतिशत काम भएको नमुना बस्तीका लागी फाउण्डेसनले अहिलेसम्म २ करोडको हाराहारीमा खर्च गरिसकेको छ । १ करोड ५० लाखको हाराहारीमा खर्च भईसकेको र निर्माणका लागी खरिद गरीएका निर्माण सामाग्रीको बांकि रकम ५० लाख भन्दा बढी भने भुत्तानी गर्न बांकि रहेको छ ।

post image

फाल्गुन ४ ,काठमाडौं । केही समय अघि राप्रपामा प्रवेश गरेकी चर्चित गायिका तथा सञ्चारकर्मी कोमल वलीले अब सक्रिय रुपमा राजनीतिमा होमिने निर्णय गरेकी छन् । पूरा समय राजनीतिलाई दिने भएपछि उनले रेडियो नेपालको सरकारी जागिरबाट राजीनामा दिएकी छिन् । गएको मंसिर ६ गते काठमाडौंमा भएको कार्यक्रममा राप्रपामा प्रवेश गरेपछि वलीलाई रेडियो नेपाल व्यवस्थापनले स्पष्टिकरण सोधेको थियो ।

रेडियो नेपालमा अधिकृतस्तर भन्दा माथिका कर्मचारीले राजनीतिक दलमा प्रतक्ष संलग्नता जनाउन नपाउने नियम भएकोले ओलीले जागिर छोडेर राजनीतिमा प्रवेश गरेकी हुन् । ओलीले राप्रपाको राजनीतिमा सक्रिय हुन राजीनामा पत्र बुझाएकी छन् । पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएको ओलीले प्रतिक्रिया दिएकी छन ।

उनी राप्रपाकी केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा यही फागुन ६ बाट राजधानीमा सुरु हुने राप्रपाको एकता महाधिवेशनमा सक्रिय रुपमा लाग्ने बताइएको छ । उनले स्पष्टिकरणको जवाफ दिनुको सट्टा राजीनामा बुझाएको रेडियो व्यवस्थापनले जनाएको छ ।

post image

सरोज बजगाई, फागुन ३,काठमाडौं । काठमाडौंको सामाखुशीमा अबस्थित रोयल रोलर्स क्लब टाउन प्लानिङले नवलपरासिको तृवेणीधामको टिका निधी मोक्ष बृद्दाआश्रम का १९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । प्रेम साटासाट गर्ने प्रेमि–प्रेमिकाका लागी अबिस्मरणिय दिनमा । सबै प्रेमि–प्रेमिकाहरु प्रेमको मिठासमा डुबिरहेर हर्श उल्लासका साथ प्रणय दिवस मनाई रहदा रोयल रोलर्स क्लबका सदस्यहरुले भने दिनैभरी बृद्दाबृदिको सम्मान गरी प्रणय दिवस मनाएका छन् ।

प्रेमि–प्रेमिकाहरुको हर्श उल्लास भए पनि यता विविध कारण पारिवारिक प्रेम समेत महसुस गर्न नपाएकाहरुकै अनुहारमा केहि हदसम्म मुस्कान छर्न क्लब सक्षम रह्यो ।

उक्त सम्मान कार्यक्रममा टिका निधी मोक्ष बृद्दाआश्रमका अध्यक्ष द्दारिका प्रसाद घिमिरे सहित सन्चालन समितीका सदस्यहरु , जिल्ला प्रसासन कार्यालय नवलपरासी प्रमुख,सिमा सुरक्षाका प्रहरी सहायक निरिक्षक र तृवेणी सुस्ता गा.बि.सका सचिबको समेत उपस्थिती रहेको थियो ।

आश्रममा बसोबास गर्दै आएका बृद्दबृद्दाहरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै बिभिन्न खाध्यान्न सामाग्रीहरु बितरण गरिएको थियो । सो अवसरमा आलु,चामल, दाल,नुन,तेल ,मसला आदी दैनिक उपभोज्ञ सामानहरु बितरण गरिएको हो ।
स्वर्गिय अजय ढकालको स्मृतीमा आयोजित उक्त सम्मान कार्यक्रम ,रोयल रोलर्स क्लबको आयोजना र टिका निधी मोक्ष बृद्दाआश्रम को सह आयोजनामा सम्पन्न गरिएको हो । प्रणय दिवस मनाएर प्रेम साटासाट गर्ने,प्रेम अभिबृद्दी गर्ने जोडी हरुका लागी यो सामाजिक कार्य बाट पाठ सिक्ने ठुलो अवसर हुन सक्छ । क्लबको यो प्रसम्सनिय एबम सम्मानिय कार्य स्वागत योग्य रहेको छ ।

post image

फाल्गुन ३, बर्दीवास । आज फेब्रुअरी १४ अर्थात प्रणय दिवस । यो दिवस मनाउने पनि सबैका आ–आफ्ना तवर तरिका रहेका छन् । पछिल्लो समय हास्य कलाकार भएपछि सामाजिक काममा सक्रिय रहेर चर्चाको शिखरमा रहेको जोडी हो,  सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) । हो यस जोडीले यस पटकको प्रणय दिवस मुसहर बस्तीमा श्रमदान गरेर मनाएको छ ।

महोत्तरीको बर्दिवासमा एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । उनिहरु प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेका हुन् ।
व्यस्तताका कारण माया प्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाई छ । प्रगाढ प्रेमकै कारण सामाजीक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्का प्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् । पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महसुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई दुर गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छिन् । मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई अहिले पनि एकीकृत मुसहर बस्ती निर्माणका लागि साढे २ करोड रुपैंया अपुग रहेको अवस्था छ । उनिहरु सहयोगी हातहरुको अपेक्षा गरीरहेका छन् । यदी तपाईहरु पनि झकीझकाउ र भड्कीलो रुपमा खर्च गरी भ्यालेन्टाईन डे मनाउने मनशायमा हुनुहुन्छ भने धुर्मुस र सुन्तलीले झै सामान्य रुपमा प्रेम साटासाट गरी प्रणय दिवस मनाई छुट्याईएको बजेट एकीकृत मुसहर बस्ती निर्माणमा सहयोग गर्ने की ?

post image

 फागुन ३ , काठमाडौं । विश्वभर आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाईन्स डे मनाइदैछ । रोमन साम्राज्यमा युवा प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाईएको अवस्थामा त्यसको विरोधमा उत्रिएका पादरी सेन्ट भ्यालेन्टाईनको सम्झनामा यो दिन मनाउने गरिन्छ । उनले युवायुवतीको जोडी तयार गरी सार्वजनिक स्थलमा सामुहिक विवाह कार्यक्रम गरेपछि कानुन उल्लघंन गरेको आरोपमा ईसा पुर्व २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिईएको थियो ।

 प्रेमका लागी प्राण आहुती गरेका सेन्ट भ्यालेन्टाईनको सम्झनामा फेब्रुअरी १४ मा भ्यालेन्टाईन्स डे मनाउन थालिएको बिश्वास छ ।  प्रणय दिवसको अवसरमा प्रेमजोडीहरु उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ ।युवायुवतीले प्रेमिप्रेमिकालाई प्रेमको प्रतीक गुलबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्ने गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।  विषेश गरी युवा युवतीले चाडकै रुपमा मनाउने प्रणय दिवस केही वर्षयता नेपालमा पनि विशेष रुपमा मनाउने गरिएको छ ।

काठमाडौ लगायतका देशका बिभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । भ्यालेन्टाईन्स डेलाई लक्षित गरी यो बर्ष बिगतको भन्दा बढी करिब ५० लाख रुपैयाँ बारबरको रातो गुलाब नेपाल भित्रिएको छ । रातो गुलाबलाई प्रेमको प्रतिकका रुपमा लिने गरिन्छ ।

post image

फाल्गुन १, बर्दिबास । मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियाबाट ६५ लाख सहयोग रकम संकलन गरेर स्वदेश फर्के लगतै धुर्मुस महोत्तरीको बर्दिबास स्थित निर्माणधिन एकिकृत नमुना मुसहर बस्ती निर्माणमा श्रमदान गरिरहेका छन् ।

उनी बस्ती आएकै दिन उनलाई तराई मधेसबाट एक लाख बराबरको सहयोग रकम प्राप्त भएको छ । महोत्तरी बर्दिबास स्थित गौतम होटलका संचालक हिरा गौतमले बस्ती निर्माण स्थलमा पुगेर एक लाख रुपैंया बराबरकोे चेक हस्तान्तरण गरेका छन् । बस्ती निर्माणमा साबेलले मसाला फिट्दै गरेका धुर्मुसलाई भेटेर उनले चेक हस्तन्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै उनले भने,‘मुसहर बस्ती निर्माणले तराई, पहाड र हिमाललाई एउटै मलामा उन्नेकाम भएको छ । त्यसैले बस्ती निर्माणमा जो जहाँ हुनुहुन्छ त्यहीबाट सबै जना बस्ती निर्माणमा खुलेर सहयोग गरौं ।’

चेक लिदैं धुर्मुशले भने,‘ सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागि रहेका हौं । मुसहर बस्तीको निर्माण कार्य सम्पन्न गरि बैशाख १ गते बसौंदेखीका घरबार विहिन मुसहरहरुलाई नयाँ घरमा प्रवेश गराउँदैंछौं । निर्माण कार्य सम्पन्न गर्न अब हामीसंग मात्र २ महिना बाँकी छ । हाल सम्म हामीले ३५ प्रतिशत काम सकेका छौं । ’ धुर्मुस यति खेर बस्तीमा स्थानियहरुसंग श्रमदान गरेर समृद्ध देश बनाउन पसिना बगाइरहेका छन् ।

बस्ती निर्माणको अफिसियल कामले हाल काठमाँडौंमा रहेकी सुन्तली धुर्मुसलाई सघाउन फाल्गुण १ गतेबाट बस्ती निर्माणमा जुट्ने बताइएको छ । हाल सम्म झन्डै २ करोंड भन्दा बढी रकम संकलन भएपनि बस्ती निर्माणका लागि अझै २ करोंड ५० लाख रकम अपुग रहेकोले तराई मधेशका उद्योगि, व्यापारी, समासेवी साथै सम्पूर्ण सहयोगी मनहरुसंग धुर्मुसले सहयोगका लागि अनुरोध गरेका छन् ।

बस्ती निर्माणमा झन्डै ४ करोंड ७८ लाख खर्च हुने अनुमान गरिएको छ । बस्ती निर्माणको अभियानमा चाँडौं भन्दा चाडौं सहयोगी  मनहरुलाई सहयोग गर्न धुर्मुस सुन्तलीले संयुक्त अपिल गरेका छन् ।

post image

माघ २८, काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापना गरिँदैछ । पुस शुक्ल पूणिर्मादेखि सुरु भएको स्वस्थानी व्रतकथा आज विशेष धार्मिक कार्यक्रम गरी समापन गरिँदैछ ।

महिनाभरि स्नान गरी मध्याहृन श्रीस्वस्थानीको पूजा गरी एक छाकमात्रै खाना खाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको विश्वासका साथ परम्परागत रूपमा स्वस्थानी व्रतकथा श्रमण गर्ने र पूजाआजा गर्ने चलन छ ।

व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ-एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ-आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आˆनो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

स्वस्थानी व्रतको अवधिभर पशुपति, गौरीघाट, गणेश मन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूणिर्मादेखि व्रत शुभारम्भ गरेका थिए ।

post image

माघ २७, काठमाण्डौं । ‘१२ औं नेपाल टेलिकम मिस नेवा : ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्धार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज इशुले जितेकी हुन् ।

उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाा र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।

सो प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हाँसिल गरिन् । यस्तै १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले हाँसिल गरिन् ।

अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए । यस्तै बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माईल र सामाजिक सदभाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते ।

समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाईस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।

उधोग राज्यमन्त्री कृष्ण बादेको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा प्राईम बैंकमा उपमहाप्रबन्धक, हिट्को कम्पनीका निर्देशक प्रदीपमान प्रधान, कार्टुनिष्ट रबिन सायमी, पूर्व मिस नेपाल एलिशा बज्राचार्य, दन्त चिकित्सक शिक्षिता श्रेष्ठ, नमुना कलेज अफ फेशन टेक्नोलोजीका उपप्रमुख जिवेश्वरलाल श्रेष्ठ र नेपाल बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ रहेका थिए ।

post image

सरोज बजगाई । माघ २६, काठमाण्डौं । भनिन्छ,फेब्रुअरी महिना प्रेमी प्रेमिकाहरुको उत्सबको महिना हो । तेस्रो शताब्दिमा रोमनको सभ्यताबाट सुरु भएको प्रणय दिवश पछिल्लो समय नेपालमा पनि लोकप्रिय बनिरहेको छ । रोमनमा तेस्रो सताब्दिमा ,फेब्रुअरी  १३ तारीख देखी १५ सम्म मनाइने प्रसिद्द लुप्रक्यालीया पर्वसँग जोडिएको प्रणय दिवश पाचौ सताब्दी बाट १४ फेब्रुअरीदेखि सेन्ट भ्यालेन्टाइनको सम्झना गर्दै प्रजनन  एबम प्रेम दिवशका रुपमा मनाउदै आइएको छ ।

समयको बिकाश क्रममा कार्ड साट्ने,अनुभव साट्ने,प्रेम अभिबृद्दी गर्ने जस्ता कार्य गर्दै मनाइने यो दिवसमा अहिले भने निक्कै ठुलो परिवर्तन भएको पाइन्छ । अहिले प्रेम अभिबृद्दी गर्ने भन्दा पनि प्रेमको प्यास मेटाउने तर्फ युवा पुस्ताको मोह बढ्दो देखिन्छ । नेपाली पात्रोमा माघ महिनामा पर्ने प्रणय दिवशको असर प्रत्यक्ष नेपाली युबा पुस्तामा परेको पाईन्छ । त्यसो त यही माघ महिनामा प्रेम सम्बन्धलाई बैवाहिक जिवनमा परिवर्तन गर्नेहरुको सङ्ख्या पनि कमी भने छैन नेपालमा पनि ।

जे होस पश्चिमा मुलुकबाट भित्रीएको प्रणय दिवशले नेपाली समाजमा राम्रै छाप छोड्न सफल भएको देखिन्छ ।

नकरात्मक छाप बढी बटुलेको भयपनी युवा पुस्ताको मन मुटुमा छ प्रणय दिवश । देशको महान पर्व दशै,तिहार बिर्सन सक्छ्न नेपाली युवा–युवतीले तर प्रणय दिवश भने भुल्न गाहैं पर्छ । किनकि बर्षभरी मनमुटुमा सजाएकी तर अभिब्यक्र गर्न नसकेकी प्रेमिकाका लागि होस् या , सुन्दर र खाईलाग्दो आफुले मन पराएको केटा साथी छान्नलाई आत्तुर भईरहेका युवतीहरुले प्रणय दिवस कहिले आउँला भनेर क्यालेण्डर पल्टाईरहै हुन्छन् । लाग्छ यि युवा पुस्ताका लागि उनिहरुको महान पर्व नै प्रणय दिवश हो ।पछिल्लो बिकशित सास्कृतिक घटनाक्रमलाई हेर्ने हो भने युवा पुस्ताले फेब्रुअरी महिनालाई आफ्नै महिना ठान्दछन । त्यसैले उनिहरुले अब त प्रणय दिवशलाई साताब्यापी रुपमा मनाउन थालिसकेका छ्न । जस अनुरुप ७ फेब्रुअरीमा रोज डे, ८ फेब्रुअरी मा प्रपोज डे, ९ फेब्रुअरीमा चकलेट डे, १० फेब्रुअरीमा  टेड्डी डे, ११ फेब्रुअरी  प्रमिस डे, १२ फेब्रुअरी मा हग डे, १३ फेब्रुअरीमा किस डे र अन्तत १४ फेबुररी भ्यालेन्टाइन डे  का रुपमा मनाउन थालिसकेका छन् । त्यसैले त उनिहरुका लागि साँचचीकै साप्ताहीक पात्रै तयार भईसक्यो अहिले त प्रणय दिवस मनाउनलाई भन्दा फरक नपर्ला ।

लैला मज्नुको प्रेम कहाँनी होस या रोमियो जुलियट को कथा आफुलाई उनिहरुकै रुपमा दाजेर नेपाली युवा युवती प्रणय दिवश सँग रमाउने गर्दछन् । कसैलाई मन पराउनु माया गर्नु आफैमा नराम्रो भने होइन, तर एक हप्तासम्म प्रणय दिवशका नाममा गरिने यि क्रियाकलापले  हाम्रो समाजमा के– कस्तो असर पु्याउँला यतापट्टी युवा समुदायले सोच्ने बेला आएको छ । बढ्दो बिदेशी संस्कृतिको मोहले कतै हाम्रा युवा समुदायले आफनो संस्कृति त बिर्सने होईनन् । यो प्रश्न भने अनुत्तरीत नै छ ।

 

 

post image

माघ २५, काठमाडौं । भुकम्पछि एककिृत नमुना बस्ती निर्माण गरेर स्यावासी कमाएका हास्य कलाकार (धुर्मुस) सिताराम कट्टेल र (सुन्तली) कुन्जना घिमिरे झण्डै तीन साता लामो अष्ट्रेलिया भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

अष्ट्रेलियमा रहँदा उनीहरुले विभिन्न कार्यक्रम गरी एकीकृत मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाएका छन् । करिब १९/२० दिनको अष्ट्रेलिया यात्राका क्रममा उनीहरुले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि करिब ८२ हजार डलर (अनुमानित ६५ लाख रुपैंयाँ) सहयोग अष्ट्रेलियाका विभिन्न संघ सस्था र व्यक्तिहरुबाट जुटाएको बताएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनमार्फत काम गरिहरेका सिताराम–कुन्जनाले एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि अष्ट्रेलियावासीले गरेको सहयोगप्रति धन्यवाद दिदै अभियानका लागि आफुहरुलाई अष्ट्रेलिया भित्राउन भुमिका निर्वाह गर्ने आयोजक गजबको ईभेन्ट्सका प्रदिप चापागाइँ,सन्दिप अधिकारी तथा रोशन आचार्यलाई आभार व्यक्त गरेका छन् । यसैगरी एडिलेडका लागि दीपक लामा,अशोक केसी तथा टिम,मेलबर्नका लागि कृष्ण न्यौपाने तथा टिम,बण्डाबर्गका लागि प्रणय गुरुङ र ब्रिस्बेनका लागि मेरो ईभेन्ट्सका सुन्दर क्षेत्रीको टिमलाई विशेष धन्यवाद दिएका छन् ।

राष्ट्र निर्माणको आफ्नो अभियानमा सम्पूर्णको सहयोग अतुलनिय भएको धुर्मुस सुन्तली फाउण्डेसनले जनाएको छ । त्यस्तै अष्ट्रेलियमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,नेपाल भाषी भुटानी दाजुभाई दिदी बहिनी र समग्र कार्यक्रममा जोडिएका कलाकारहरु भरत सिटौला तथा दीपक आचार्य,डान्स ग्रुप दि नेक्स्ट लगायत सवैलाई धन्यवाद दिएका छन् । कलाकार कटटेल र घिमिरेले आफुहरु नेपाल फर्केपनि अष्ट्रेलियाबाट थप सहयोग गर्न चाहनु हुने महानुभावहरुलाई आयोजक वा सिधै फाउन्डेसनको अकाउन्टमा पनि सहायता पठाउन सकिने जनाएका छन् ।

 

post image

माघ २२, काठमाडौं  । रक्षामन्त्री बालकृष्ण खाँणले टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन्। मन्त्रि खाँणले भने,‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको सिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीको लागि आर्दशको रुपमा टेरिया अघि आएकि छिन्,

टेरियाको ईच्छा चाहाना र आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ, टेरियाको योगदानको उच्च कदर गर्दछ, मैले टेरियाको सफलता र टेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा टेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।’

टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ।

उनले फरक प्रसँगमा आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताईन्।  उनले अघि थपिन्,‘म नेपालमा बसेर केही काम गरे भनें टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी टेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’

post image

माघ २२, काठमाडौं । प्रेमको प्रतीक मानिने रातो गुलाब यस वर्षका लागि भारतबाट ५० लाख रुपैयाँ बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गए पनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझै खपत हुने फूलको करिब १८ प्रतिशत अन्य मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । ‘बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतबाट फूल ल्याउन आवश्यक छ’ श्रेष्ठले भने,‘थोरै अभाव भए मात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।’

गुलाब भारतबाट आयात गर्दा प्रतिस्टिक ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा उपभोक्ताले ४० देखि सय रुपैयाँ भन्दा बढी मूल्यमा किन्नुपर्ने अवस्था नआउने एसोसिएसनले जनाएको छ । हरेक वर्ष फेब्रुअरी १४ माका प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ ।

दुई लाख स्टिक रातो गुलाब

यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ ।
काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा डेढ अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब  पाँच करोड रुपैयाँको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताए ।
प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ । पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।

नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । रासस

 

post image

माघ २२, काठमाडौं । सरकारले मध्यपश्चिम क्षेत्रको सुन्दर पर्यटकीय नगरी रारामा पहिलोपटक मन्त्रिपरिषद् बैठक गर्ने तयारी गरेको छ। नेपालको पर्यटनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्न र समग्र देशको पर्यटनलाई सकारात्मक सन्देश दिन उक्त क्षेत्रमा छिट्टै मन्त्रिपरिषद्को बैठक राख्ने तयारी गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए।

“पर्यटन व्यवसायीको मागअनुसार मैले रारामा एउटा क्याबिनेट राखेर विश्वव्यापी प्रचार गर्ने तयारी गरेको छु,’ उनले भने, ‘म दुई पटक रारा पुगेको छु, त्यहाँ अन्तर्राष्ट्रियस्तरको होटल बनाउने प्रक्रिया पनि अघि बढाइँदैछ, रारा पुग्ने बाटो पनि बनिरहेको छ।” प्रधानमन्त्रीकै अध्यक्षताको पर्यटन परिषद्को बैठक छिट्टै बसेर पर्यटन विकासका एजेण्डा सम्बोधन गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। नेपाल पर्यटन व्यवसायी सङ्गठनको एकता भेलालाई शुक्रबार सम्बोधन गर्दै शुक्रबार उनले यस्ता बताएका हुन्। अब छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउने उनले बताए।

“पर्यटन पूर्वाधारका संरचना निर्माण भइरहेकाले अब छिट्टै नै मुलुकको पर्यटन क्षेत्रमा आर्थिक क्रान्ति हुन्छ,” उनले भने, “छिट्टै नै नेपालको पर्यटन क्षेत्रमा क्रान्ति आउँदैछ भन्ने मैले देखेको छु, किनकी त्यो क्रान्तिका लागि आवश्यक पूर्वाधार धमाधम बनिरहेका छन्। उत्तरतर्फ हिल्सा र कोरला नाका खुल्दैछन्, त्यसले तिब्बती पर्यटक बढ्नेछन् भने अर्कोतर्फ काठमाडौँ–केरुङ रेल्वे सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको छ, अन्य सडक निर्माण पनि तीव्र गतिमा अघि बढेको छ, यसले पर्यटन प्रवर्द्धनका लागि राम्राे परिस्थिति निर्माण गर्दैछ ।”
उत्तर दक्षिण कोरिडोर धमाधम निर्माण भइरहेको र पूर्वपश्चिम रेल्वे निर्माणको काम पनि अघि बढ्ने प्रक्रियामा रहेकाले पर्यटकीय पूर्वाधार द्रुत गतिमा अघि बढेको उल्लेख गर्दै उनले प्राकृतिक, भौगोलिक, सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा अबको आठ/दश वर्ष भित्रै पर्यटन थामिनसक्नु हुने बताए।
पर्यटनका अथाह यिनै सम्भावनालाई मध्यनजर गरी सकारात्मक सोचका साथ एकताबद्ध ढङ्गले अघि बढ्नुपर्नेमा उनले जाेड दिए। राजनीतिकस्थिरता कायम गरी सकारात्मक सोचका साथ अघि बढ्नसके पर्यटन अनन्तकालसम्म जानसक्ने र यसले नेपाललाई संसारकै समृद्ध राष्ट्रका रुपमा स्थापित गर्न सक्ने विश्वास उनले व्यक्त गरे।

नेपालमा बृहत् रुपमा सम्पर्क सञ्जाल बढिरहेको र हवाईमार्ग, सडकमार्ग तथा रेलमार्ग सञ्चालन छिमेकी देश भारत र चीनलाई पनि आवश्यक भएकाले यसबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने पनि उनले बताए। यसअघि जलवायु परिवर्तनले हिमालका हिउँहरू पग्लिँदै गएर हिमालहरू काला डाँडामा परिवर्तन हुन सक्ने विषायमा सबैलार्इ सचेत बनाउन भन्दै तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथा शिखरकाे ‘कालापत्थर’ भन्ने ठाउँमा मन्त्रिपरिषद् बैठक गरेका थिए। रासस

post image

माघ १९, काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ । प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट त्यहाँ दर्शन गर्न भक्तजन आएका छन् ।

सरस्वतीलाई चामल चढाई केही अक्षता घरमा लगेमा ज्ञान प्राप्त हुने र ज्ञानको ज्योति पाइने प्राचीन मान्यता रहेको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको वरपर भूकम्पबाट क्षति भएका सम्पदा भत्काइएकाले पनि दर्शनार्थीलाई केही असुविधा भएको छ ।

विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवा गर्न सकिने विश्वास छ । विशेषगरी विद्यार्थीलाई आजको दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ । रासस

post image

माघ १९, काठमाडौं । बसन्त पञ्चमी (श्रीपञ्चमी) को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बसन्त श्रवण गरेका छन् ।

rppबसन्तपुर डबलीमा हरेक वर्ष श्रीपञ्चमीको अवसरमा विशिष्ट व्यक्तिहरुले बसन्त श्रवण गर्ने परम्परा छ । arjunकार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्ड, सरकारका मन्त्रीहरु लगायतले बसन्त श्रवण गरी टीका र प्रसाद ग्रहण गरेका थिए ।

कार्यक्रममा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले टीका, प्रसाद प्रदान गरेका थिए । rpp4त्यसअघि पञ्चमीको महिमासम्बन्धी श्लोक बाचन गरिएको थियो ।

rpp2कार्यक्रममा प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुख, नेपाल सरकारका राजपत्रांकित विशिष्ठ श्रेणीका पदाधिकारी र चारवटै सुरक्षा निकायका प्रमुखको सहभागीता थियो ।rpp1

बसन्त श्रवण भइरहँदा परम्परागत लोकबाजा पञ्चेबाजाको धुनका साथै नेपाली सेनाले मंगल धुन बजाएको थियो । समारोहको व्यवस्थापन गृहमन्त्रालय, पुरातत्व विभाग, कौषीतोष खाना कार्यालय र हनुमानढोका दरबार हेरचाह अड्डाले गरेका थिए ।

rpp3परापूर्वकालदेखि बसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्ति हनुमानढोका पुगी बसन्तश्रवण गर्ने परम्परा रहिआएको छ ।

 

post image

माघ १९, काठमाण्डौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाईसरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । sarswotiसूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने मान्यता छ ।

sarswoti1यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिन्छ । वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्छ ।

post image

‘देशभक्त नेपालीको यौटै छ कुरा

महाकालीको शिर हो लिम्पियाधुरा’

Biplab 12-600माघ १५, काठमाडौं । नेपालका वरिष्ठ गीतकार रायन श्रेष्ठले यो गीत गाइरहँदा राष्ट्रिय नाचघरमा खचाखच भरिएको दर्शकदीर्घा राष्ट्रियताको भावनाले जुरुक्क उठेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिद्वारा राष्ट्रिय नाचघर, जमलमा आयोजित ‘राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम’ मा रायनले सो गीत गाएका हुन् । उनलाई सामना परिवारले सघाएको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) का महासचिव विप्लवले नेपालको हरेक परिवर्तनमा लेखक साहित्यकार, कलाकारहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको भए पनि राज्यसत्ताले उचित संरक्षण दिन नसकेको कुरा सम्बोधनका क्रममा बताउनुभएको थियो । जनयुद्धमा मात्रै १५० भन्दा बढी संस्कृतिकर्मीहरूको सहादत भएको स्मरण गर्दै कमरेड विप्लवले आफ्नो पार्टीले देश र जनताका निमित्त एवम् परिवर्तनका पक्षमा प्रतिवद्ध रहेका र निरन्तर खटिरहेका सबै संस्कृितकर्मीहरूको संरक्षण गर्ने कुरा बताउनुभएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरूका माझ कमरेड विप्लवले सशक्त भाषण गर्दैै भन्नुभएको थियो– “अबको क्रान्तिमा सबै एक हुनुपर्दछ । आवश्यक प¥यो भने सेना–प्रहरीहरूले पनि आ–आफ्नो बर्दी खोलेर हामीलाई साथ दिनुपर्दछ । यो देश हाम्रो हो । यो देश नेपालीको हो, दलाल र गद्दारको होइन ।”

biplavत्यसो त विगत साढे तीन दशकदेखि अखिल नेपाल जनसांस्कृतिक महासङ्घले नेपालको हरेका परिवर्तनकारी राजनीतिक सांस्कृतिक आन्दोलनहरू चाहे प्रजातन्त्रको स्थापनाका लागि होस्, चाहे लोकतान्त्रिक गणतन्त्र स्थापना लागि होस्, नेपाली जनताको हरेक न्यायपूर्ण आन्दोलनमा यसले खेलेको भूमिका उल्लेखनीय रहेको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घले समाजभित्र रहेका जातीय उत्पीडन, लैङ्गिक विभेद, क्षेत्रीय उत्पीडन, वर्गीय उत्पीडन तथा सम्पूर्ण विभेद र कू–संस्कृतिका विरुद्ध नेपाली समाजमा नयाँ जागरण ल्याउने, सचेतना जगाउने, देशप्रेमको भावना जगाउने, भातृत्वको सन्देश भर्ने, नयाँ जनसंस्कृतिको निर्माण विकासमा आफ्नो अमूल्य योगदान पु¥याउन नेपाली धर्तीमा जुझारु भूमिका निर्वाह गरेको कुरा सर्वविदितै छ ।

नेपाली जनताका रहेको देशभक्तिपूर्ण भावना र परिवर्तनकारी सोचलाई झकझक्याउनु, जागरुक बनाउनु र राष्ट्रप्रति हुने हरेक राष्ट्रघाती कदमप्रति जनतालाई सचेत र सजग गराउने उद्देश्य रहेको सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, जनसांस्कृतिक महासङ्घ, चुन–शिल्पा सांस्कृतिक परिवार, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, राष्ट्रिय नाचघर, सामना सांस्कृतिक परिवार, अखिल नेपाल क्रान्तिकारी चलचित्र सङ्घ, अखिल नेपाल लोककलाकर्मी सङ्घ र चिराग जनसांस्कृतिक परिवारलगायत सांस्कृतिक संस्थाहरूको सहभागिता रहेको थियो भने रायन श्रेष्ठ, जेबी टुहुरे, माधव प्रधान, लक्ष्मी गुरुङ, कुश्मिता दर्लामी, आरोह नेपाली, ढुण्डी अधिकारी, रमण थामी, रमेश विकलगायत तीनै पुस्ताका कलाकारहरूले एकल तथा सामूहिक गीत प्रस्तुत गरेका थिए ।

biplav1नेकपा (माओवादी) का महासचिव विप्लवले मैनबत्ती प्रज्वलित गरे उद्घाटन गर्नुभएको सो कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको केन्द्रीय प्रकाशन ‘नयाँ संस्कृति’ को पनि सार्वजनिकीकरण गरिएको थियो । सो अवसरमा सामना परिवारले अन्तर्राष्ट्रिय गीत प्रस्तुत गरेको थियो ।

‘राष्ट्रिय स्वाधीनका पक्षमा बृहत् सांस्कृतिक कार्यक्रम’ मा सामना परिवारले सशक्त गीत–नृत्य प्रस्तुत गरेको थियो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष एवम् चर्चित जनकलाकार टेकबहादुर बलम्पाकी उद्घोषण रहेको सो कार्यक्रममा महासङ्घका उपाध्यक्ष निभा शाह र केन्द्रीय सदस्य मुक्तान थेवाले सशक्त कविता वाचन गरेका थिए । उक्त बृहत् सांस्कृतिक कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार शरद पौडेलद्वारा लिखित नाटक ‘अनुत्तरित प्रश्न’ को प्रदर्शन गरिएको थियो ।

 

post image

माघ १५, काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व आज (शनिबार) विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

tamang2मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सुङ्गुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष एवम् तामाङ समुदायको चाडपर्वका विषयमा खोज गरिरहेका सम्पूर्णकुमार लामाले जानकारी दिए ।

lhotsar‘यस वर्ष बौद्ध स्तुपको चार ढोका खुल्ने अवसर परेकाले पनि सोनाम ल्होसार विशेष रुपमा मनाइँदैछ, स्तुप निर्माणको काम चरा वर्षका दिन सुरु भई १२ वर्षपछि चरा वर्षमै सकिएकाले आज बौद्धका चार ढोका खोलिन्छ, आज दर्शनार्थीलाई चारै ढोकाबाट दर्शन गर्न दिइन्छ’– उनले भने ।

यस अवसरमा नेपाल तामाङ घेदुङसहितका संघ संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । दिउँसो १२ बजेपछि सुरु हुने कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गर्ने छन् । त्यसअघि तामाङहरुले काठमाडौं उपत्यकामा भेषभूषा, झाँकीसहित र्‍याली निकाल्ने छन् ।

सोनाम ल्होसारको अवसरमा एक सातादेखि नै तामाङ समुदायले उपत्यकासहित देशका विभिन्न ठाउँमा कविता वाचन, खेलकुद, विविध सांस्कृतिक कार्यक्रम गर्दै आएका छन् । ल्होछार प्रवासमा रहेका तामाङले पनि विभिन्न कार्यक्रम गरेर मनाउने गर्दछन् ।

 

post image

माघ १४, काठमाडौं । गायक प्रकाश ओझालाई मानव बेचविखन तथा ओसारपसारको मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । दोषी ओझालाई प्रहरीले पक्राउ गरी केन्द्रिय कारागार पठाएको छ। ओझालाई मानव वेचबिखन तथा ओसार पसारका दुईवटा मुद्दामा सर्वोच्च अदालतले १० बर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्च अदालतले १० बर्ष कैद फैसला सुनाए पछि ओझा फरार थिए।

२०७३ माघ ४ गतेको फैसलाले सुनसरी इटहरी नगरपालिका वडा नं. ४ घर भएका ओझालाई ५ र ५ बर्ष गरी अदालतले कुल १० बर्ष कैद सजायँ सुनाएको थियो। सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले शुक्रबार शंखमुलबाट पक्राउ गरी फैसला कार्यान्वयनकोलागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको हो।

download (2)ओझाले २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई र अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसंग शारिरिक सम्बन्ध राखेको प्रहरीले जनाएको छ। पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो उनीहरुलाई देखाई सार्वजनिक गरीदिने धम्की दिई पुनस् पटक(पटक यौन शोषण र अप्राकृतिक मैथुन गर्ने गरेका थिए। खिचेका ती फोटोहरु वेबसाईटमा समेत राखि बेच बिखन गरी पैसा कामाउने उदेश्य राखेको भनी ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी उनलाई दुईवटा मानव बेच बिखन तथा ओसार पसार मुद्दाहरुमा कुल १० बर्ष कैद ठहर गरेको थियो ।

post image

माघ १०, बैतडी । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तर्क्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए ।

उनले भने, ‘बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउनेलगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको हो ।’ होहाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए ।

उनले भने, ‘बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गर्नेलगायतका रणनीति पनि तय गरिएको छ ।’ बालविवाह गर्न कानुनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारीले जानकारी दिए । रासस

post image

माघ ७, काठमाण्डौं । नेपालकी तेरिया मगरले भारतीय टेलिभिजनको रियालीटी शो झलक दिखलाजा सिजन ९ को उपाधी जितेकी छिन् । उनले भारतका सलमान युशुफ खान र शान्तानु महेश्वरीलाई पछी पार्दै ट्रफी हात पारेको भारतीय अनलाईन मिडियाले जनाएका छन्।

तेरियाले यस अघि भारतीय टेलीभिजन शो डान्स ईण्डिया डान्स लिटिल मास्टर्स २०१४ को उपाधी जितेकी थिईन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ । रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो ।

तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् । तेरियाको बिजयलाई आश्चार्यका रुपमा हेरिएको छ। झलक दिखलाजामा दर्शकको फेवरेट शान्तानु रहेका थिए।  त्यसैगरि शलमान दोस्रा भएका छन् भने शान्तानु तेस्रो भएका छन्। उक्त शोलाई फराह खान, सलमान खान र जेकलीन फरनान्डेजले निर्णायकको भुमिका निभाएका थिए।

post image

माघ ७, लन्डन । लन्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउन लन्डनस्थित नेपाली दूतावासले यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरिदिएको छ ।

imagesबिहीवार परिवारजनले यमको पासपोर्ट र नागरिकता प्रतिलिपि उपलव्ध गराएपछि दूतावासले तुरुन्त ट्राभल डकुमेन्ट जारी गरिदिएको हो । दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बिहीबार ट्राभल डकुमेन्ट जारी गरिएको जनाउँदै यमकी श्रीमति अस्मिता सेढाईंले आवश्यक प्रक्रिया पुरा गरेपछि शव नेपाल लैजाने बताए ।

शव नेपाल लैजान यहां प्रहरीबाट केही प्रक्रिया पुरा गर्नुपर्ने प्रावधान छ । मृत्यु प्रमाणपत्र, शवमा रसायन लेपन गरेकोप्रमाणित हुने पत्र (इम्बामिङ), कुनै संक्रमण नभएको प्रमाणपत्र, मृत्युको कारणबारे छानबीन गर्ने अधिकारी(कोरोनर) ले दिएको प्रमाणपत्र, यूके बाहिर अन्तिम संस्कार गर्न लैजान लागेको भन्ने शव समाधिस्थ गर्ने अधिकारी (फ्यूनरल डिरेक्टर) को पत्र जस्ता कागजात तयार भएपछि शव नेपाल पठाउन बाटो खुल्नेछ । हाल यमको शव नर्थवीक पार्क अस्पतालमा छ ।

गत शनिबार बिहान लन्डनस्थित रइसलिपमा बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका यमको पोस्टमार्टम रिपोर्टले आत्महत्या नै देखाएको परिवारका सदस्यले जनाएका छन् । पोस्टमार्टम रिपोर्ट हुलाक मार्फत परिवारले बिहीबार बुझेका हुन् । रिपोर्टमा मदिरा पिएको पाइएपनि लागू औषध भने सेवन नगरेको र यमको मानसिक अवस्था समेत ठीक भएको देखिएको परिवारका एक सदस्यले जानकारी दिए ।

‘खतरा’ एल्बम बजारमा ल्याउने अन्तिम तयारी गरिरहेका यम केही वर्ष यता श्रीमतिसंगै लन्डनमा थिए । उनी युवा पुस्तामाझ लोकप्रिय थिए । उनले लन्डन उलवीचमा ‘भ्यालेन्टाइन’ कार्यक्रम गर्ने तयारी अनुरुप लोटस क्लबको हल समेत बुक भइसकेको थियो । आयोजकले अझै पनि उक्त कार्यक्रम रद्द भएको जनाउ दिएका छैनन् ।  यमको निधनले नेपालको र्‍याप संगीतमा अपुरणीय क्षति पुगेको कतिपयको चिन्ता छ । नेपाली र्‍याप संगीतलाई व्यवसायिक बनाउन उनको ठूलो भूमिका रहेको विश्वास गरिन्छ ।

आज माघे संक्रान्ति मनाइ“दै

प्रकाशित मिती : Saturday
post image

माघ १. काठमाण्डौं l माघे संक्रान्ति पर्व शनिबार हर्षोल्लासका साथ मनाइदै छ । हरेक महिनाको पहिलो दिन संक्रान्ति मनाउने गरिए पनि माघमा मनाइने मकर संक्रान्तिलाई विशेष महŒवका साथ हेर्ने गरिन्छ । यस चाडलाई ‘माघी’का रूपमा समेत मनाइने चलन छ ।

हिन्दु धर्ममा दसैं–तिहारजस्तै माघे संक्रान्तिलाई पनि उत्तिकै महŒवका साथ मनाउने चलन छ । ज्योतिष शास्त्रानुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ ।

माघे संक्रान्ति पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउने परम्परा छ । यस दिन नुहाइधुवाइ गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।

माघी पर्व

थारू समुदायका मानिसले १ माघलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्वमनाउने गर्छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन १ माघमा थारू समुदायको माघी पर्व पर्दछ । १ माघदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

 बिहानै जलाशयमा गई स्maaghiनान तथा पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् ।

 यस अवसरमा सक्ने चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले शुक्रबारैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ ।

 तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा ६ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ, त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि नेताको छनोट गरिन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।

 विशेषगरी, तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा र बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ ।

post image

पुस २८, काठमाण्डौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आज ९बिहीबार० देखि सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

swastaniएक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधि छ ।

सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

images (1)सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।
यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाउँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको ब्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । ब्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

salinadiगोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।
यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिइ पुण्य कमाइने धार्मिक विश्वास रहेको छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन्– इतिहासकार श्रेष्ठले भने ।

imagesयस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ । समितिका अध्यक्ष राजुभाई मानन्धर यस वर्ष पुस २८ गतेदेखि माघ २८ सम्म २० लाख दर्शनार्थीले सहज रुपमा दर्शन गर्नसक्ने गरी तयारी गरिएको बताउँछन् ।

post image

पुस २७,काठमाण्डौं । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिव सेना नेपालद्वारा उनको २५५ औँ जन्मजयन्ती मनाएको हो ।  विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले समेत उहाँको सालिकमा फूल गुच्छा चढाएर उहाँको योगदानको चर्चा गरेका थिए । गोर्खा समाजले शाहको तस्बिरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराई सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

People offering garlands to the statue of late King Prithivi Narayan Shah on the occasion of 294th Prithivi Jayanti, in front of the Singha Darbar on Monday. Photo: Bal Krishna Thapa/ THT

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।  समाजका संस्थापक अध्यक्ष डा उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मान्नपर्ने बताए । राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए ।  शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे । पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती भएको बताए ।

 

post image

पुस २७,काठमाण्डौं । युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका इन्जिनियरहरुले जिया जिया नामको रोबोट तयार पारेका छन् ।उक्त रोबोटले अनुहारको हाउभाउ बदल्नेमात्र होइन आम रुपमा मानिसले जस्तै कुराकानी समेत गर्न सक्दछ । सांघाइतको फ्युचरिस्टिक फाइनान्सियल सेन्टरमा आयोजित सम्मेलनमा टोली नेता चेन शाओपिंगले एक बाबुले सन्तानको परिचय दिएजस्तै गर्वसाथ उक्त रोबोट सार्वजनिक गरिरहेका थिए ।

आउँदो एक दशकमा जिया जिया जस्तै रोबोटहरुले चीनका रेष्टुरेन्ट, नर्सिंग होम, अस्पताल तथा घरहरुका कार्यमा सघाउनेछन् । ५र१० वर्ष भित्रमा रोबोटको माग निकै बढ्ने दाबी उनको छ । परम्परागत चिनिया पहिरनमा सजिएको महिला स्वरुपको जिया जिया रोबोट ठ्याक्कै चिनिया महिला जस्तै देखिन्छ । आफ्नो टीमले पछिल्ला २ वर्षमा यस्तो रोबोटको क्षेत्रमा उत्कृष्ट काम गरेको चेनले बताए ।
जिया जियाले दिनभरको मौसमका बारेमा तथा लैंगिक विषयमा सोँचविचार गरी जवाफ दिन सक्दछ ।

प्रदर्शनीमा आफूनजिक आएको एक युवातर्फ इंगित गर्दै जिया जियाले भन्यो, तिमी निकै सुन्दर छौँ । जब उक्त रोबोटलाई सोधियोः के तिम्रो केटा साथी छ रु तब जिया जियाले जवाफ दियो स् म सिंगल रहन मन पराउँछु । सम्मेलनमा जिया जिया यति सुन्दर देखिएको थियो कि मानिसहरुको नजर उसैमाथि अडेको थियो । जिया जियाले त्यहाँ उपस्थित मानिसहरुसँग हाउभाउका साथ सम्वाद पनि गर्यो । एजेन्सी

post image

पुस २६,महोत्तरी । धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो ।

dhurmush3 dhurmush4हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।
dhurmushबस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि मुसहर बस्ती पुगेका थिए ।
बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । “यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम ग¥यो,” उनले भने, “अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छरुन् ।”
dhurmush1त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । “पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो,” उनको भनाई थियो ।
बस्ती शिलान्यासमा बोल्दै कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । “म पहिलोपल्ट पूर्वपश्चि राजमार्ग सरसफाइका लागि यहां आइपुग्दा निकै भक्कानिएको थिएं । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।
त्यसैगरी कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउंदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् ।
यसैगरी अभियन्ता यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए ।“यो तराई– पहाडमा सद्भाव छर्ने काम हो,” उनको भनाइ थियो ।
dhurmush2४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ । नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।
यस अघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयांबाट निर्माण प्रारम्भ गरिएको उनको भनाई छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् ।

dhurmush3बस्ती निर्माणका लागि मह जोडीले रु एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले रु दशहजार पँंच हस्तान्तरण गरेका थिए ।
“यो मानवता र सद्भावको कार्य हो,” धुर्मुसले आग्रह गरेका छन्, “बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।
शिलान्यास कार्यक्रममा मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए । बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।

post image

पुस २५, काठमाडौँ । संसद बैठक गणपुरक संख्या उपस्थित नहुदाँ स्थगित भएको छ। सरकारी कर्मचारी संयन्त्रमा बढी चल्तीमा रहेको हाटा आज संसद बैठकमा लागू भएको छ । हाटा अर्थात हाजीर गर्ने अनि टाप कस्ने । संसदमा सोमबार ४ सय ४ सांसदले हाजिर गरेका थिए। तर उनीहरु विधेयक निर्णयार्थ पेश हुनु अघि नै टाप ठोकेका हुन्। २ सय ८८ गणपुरक संख्या गन्ने बेला उनीहरु अनुपस्थित भएका हुन्। यसले पनि के देखाउँछ संसद बैठकमा माननीयहरु हाजीर गर्ने भत्ता पचाउने अनि टाप कस्ने गर्नाले सोमवारको संसद बैठक नै स्थगित हुन पुग्यो ।

alu1स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक निर्णयार्थ पेश गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले नियमापत्ती गर्दै गणपुरक संख्यामा सभामुखको ध्यानाकर्षण गराएका थिए। नेपालको संविधानको धारा ९४ मा संसदमा कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसद अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ। काफ्लेको नियमापत्ती लगत्तै सभामुखले ३ मिनेट जनाउ घण्टी बजाएकी थिइन्। बाहिर रहेका सांसदहरु भित्र आएपनि गणपुरक संख्या भने पुगेन।

लगत्तै सभामुखले घोषणा गरिन् ( कुनैपनि प्रस्ताव निर्णयार्थ पेश गर्न एक चौथाई सांसद हुनुपर्नेमा हाल यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपुरक १४९ हुनुपर्नेमा १ सय १६ सांसद मात्र रहेकाले नपुगेकाले बैठक आजै आधा घण्टाका लागि स्थगित हुन्छ। संसद बैठक संचालन गर्न १४९ जना सांसद उपस्थित हुनुपर्छ । संसद बैठक बसेपनि आज अधिकांश सांसदहरु अनुपस्थित देखिए । संसद भवनभित्रका अधिकांश कुर्सीहरु खाली थिए । प्रतिपक्षका सांसद मात्रै होइनन् सत्तापक्षका सांसदहरु पनि अनुपस्थित रहे । उपस्थित सांसदमध्ये कतिपय त चौरमा घाम ताप्दै थिए भने कोही चौरै गफिन व्यस्त थिए ।

त्यसअघि संसद बैठकमा गृहमन्त्री निधिले सरकारले विधेयक पारित भएपछि निर्वाचनको छिटो भन्दा छिटो निर्वाचन गर्ने बताएका थिए। उनले सरकार निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागि रहेको बताए। स्थानिय तह निर्वाचन विधेयकमा सोमबार २७ सांसदले भाग लिएका थिए। सोमबार नै संसदमा सांसदहरुले तलब भत्ता सम्बन्धि विधेयक प्रमाणिकरण भएको जानकारी सभामुखले गराएकी थिइन्। तर आफ्नै तलब भत्ता बढाउने सम्वन्धि बिद्ययेकका बारेमा जानकारी लिन समेत अनुपस्थित रहने माननीयहरुलाई के भन्ने । के जनताले सांसदहरुलाई यसै गरी संसदमा गई हाजिर गर्न, भत्ता बुझन र टाँप कस्नकै लागि पठाएका हुन् त ? यो अनुत्तरीत प्रश्नको जवाफ कसले दिने ।

post image

पुस २५,काठमाण्डौं । सयौ किलो दाउरा बाल्नका लागि तयार गरेरखात लगाएर राखीएका छन् । आफ्नो परम्परा अनुसार कपाल मुण्डन गरेर रातोबस्त्र धारण गरी खलीबली पूजाको तयारीमा जुटीरहेका छन् । पूजाका लागि बनाईएको मण्डपमा पूजापाठ भईरहेको छ ।

khali3छेवैमा रहेको दाउरामा आगो दन्की रहेको छ । यहाँ भएका सबै दाउरा बलेर सकीएपछि दाउरावाट निस्कने आगोको गोल सहितको कोईलामा उफ्रदै सबै आगोलाई निभाउने परम्परागत प्रचलन नै हो खली प्रथा ।khali

केही दिन अघि काठमाण्डौको चम्पादेबीमा आत्रेय गोत्रिय कालिकोटे खड्काहरुले यस्तै कुल कुलायन खलीबली पूजाको आयोजना गरेका थिए ।

khali1हुन त आत्रेय गोत्रिय कालिकोटे खड्काहरुले आयोजना गरेको यो कूलकूलायन खलीबली पूजा त एक प्रतिनिधि घटना मात्रै हो नेपालका बिभिन्न भू–भागमा र बिशेष गरी उपत्यका आसपासका क्षेत्रमा बिभिन्न बर्ग र समुदायले यसैगरी खली पूजा गर्ने गर्दछन् ।

khali2खलीपूजा गर्नाले दिवंगत पितृहरुको आत्माले शान्ति पाउने र परिवारमा र पूरै खलकमा सुखशान्ति हुने धार्मिक जनबिश्वास रहँदै आएको छ ।

baliतर एउटा महत्वपूर्ण र गम्भीर प्रश्न के हो भने बिज्ञानलाई समेत चुनौती दिने खालको खली खाने प्रचलनलाई के भन्ने ? जुन कुरा झट्ट सुन्दा र तस्वीरमा हेर्दा विश्वास गर्न गाह्रो पर्छ तर यथार्थमा समाजमा अझै पनि यस्ता प्रचलन र परम्परा चलिरहेका छन् ।

अनलाईन समय सहकर्मी प्रबिण बस्नेतले आत्रेय गोत्रिय कालिकोटे खड्काहरुले मनाएको कुल कुलायन महाखलीबली पूजाका बारेमा रिर्पोट तयार पारेका हुन् ।

khalibaliयि तस्वीरहरु हेर्दैमा तपाई हाम्रो आङ्ग सिरिङ्ग हुनु पनि स्वभाबिकै हो । किनकि नाङ्गै खुट्टाले आगोमा हाम फाल्दै आगोलाई निमिट्यान्न पार्दा समेत उनिहरुलाई आगोले कुनै असर गरेको पाईदैन ।

यसलाई के भन्ने एउटा सामाजिक परम्परा संस्कार र संस्कृतिको जर्गेना या अन्धबिश्वास । प्रश्न आफैमा अनुत्तरीत छ । किन कि आगोले पोल्छ नै ? तर खली पूजा गर्दा आगोले किन पोल्दै न ? हामीले यसमा बिश्वास गर्ने कि नगर्ने यो निर्णय भने आम पाठकले नै लिनु पर्ला ?

post image

पुस २५, बर्दिवास । हास्य कलाकारद्वय धुर्मुस–सुन्तली (सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे) महोत्तरीको बर्दिवासमा सम्मानित भएका छन् । बर्दिवास–२ मा मुसहर जातिको बसोबास रहेको दलित बस्तीलाई नमुना बस्ती बनाउन जुटेका उनीहरुलाई बर्दिवास नगरपालिकाले आइतबार आफ्नो तेस्रो नगर परिषद्को अवसरमा सम्मानित गरेको हो ।

कार्यक्रममा पूर्वमन्त्री तथा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेल र राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले हास्यकलाकारद्वयलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका थिए ।

मानवीय करुणा र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर लागि परेका धुर्मुस र सुन्तलीले चरम गरिबी र अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहरको उत्थानका लागि थालेको प्रयत्नको कदरको सम्मान गर्दै सम्मानित गरिएको बर्दिवास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले बताए ।सामाजिक सेवाको क्षेत्रमा क्रियाशील यो जोडीलाई बर्दिवास नपाले मायाको चिनो पनि प्रदान गरेको थियो ।

धुर्मुस–सुन्तली आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले बर्दिवास–२ को मुसहर बस्तीलाई सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको एकीकृत नमुना बस्ती रु चार करोड ७८ लाखको लागतमा निर्माण गर्ने भएको छ । बस्तीका ५० परिवार मुसहरका लागि निर्माण हुने यी पूर्वाधारसहितका पक्की घर निर्माण कार्यको आज दिउँसो हास्य कलाकारकै अर्को जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफ्नो बस्तीका दलित समुदायका मुसहरका लागि नमुना बस्ती निर्माणको थालनी गरेर हिमाल, पहाड र तराईबीच सद्भाव वृद्धिमा योगदान गरेको बर्दिवासबासी बताउँछन् । चरम गरिबीले पिल्सिएका मुसहरको उत्थानका लागि मानवता र सद्भावको मूलमन्त्र बनाएर पहाडबाट तराईको बर्दिवास झरेका धुर्मुस–सुन्तलीलाई मन, वचन र कर्मले साथ दिने कार्यक्रममा बर्दिवासबासीले सामूहिक उद्घोष गरेका थिए ।

कार्यक्रममा हास्य कलाकार धुर्मुसले एकीकृत मुसहर नमुना बस्ती निर्माणमा बर्दिवासबासीले देखाएको आत्मीयता र सहयोगले आफूहरुलाई थप ऊर्जा प्राप्त भएको बताए । ‘हामी तपाइँहरुसँगै सिमेन्ट, बालुवा, गिट्टी, इँटा बोक्छौँ, अराइपराइ र रेडिमेट भाषणले अब मुलुक बन्दैन,’ धुर्मुसले भने, ‘हामी सबैले हातमा हात र काँधमा काँध जोडेर अघि बढे मात्रै मुलुक बन्छ ।’ रासस

post image

पुस २३ काठमाडौं । काठमाण्डौको महाराजगंजमा रहेको ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनले शनिवार ककनीमा बनभोज कार्यक्रमको आयोजना गरेको छ । जापान लगायत बिश्वका बिभिन्न मुलुकहरुमा नेपाली विद्यार्थीलाई अध्ययन अध्यापनका लागि पठाउँदै आईरहेको ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनले प्रत्येक बर्ष यसरी नै बनभोज कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

global1जापान अध्यनार्थ जान चाहने बिद्यार्थीहरुलाईका लागि पहिलो रोजाईमा पर्दै आईरहेको ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनले जापान अध्ययनका लागि भिषा लागेका बिद्यार्थीहरुलाईबिच एक आपसमा भाईचारा बृद्धि होस् भन्नका लागि बनभोज कार्यक्तम आयोजना गरेको ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनका अध्यक्ष नारायण सापकोटाले अनलाईन समयलाई जानकारी दिए । बर्षेनी सयौको संख्यामा बिद्यार्थीलाई जापानका बिभिन्न शिक्षण संस्थाहरुमा अध्ययन अध्यापनका लागि पठाउँदै आईरहेको ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनले आफ्नो सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।

kakaniग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनले कार्यालयमा रहेका जापानी भाषा अध्ययन गराउने शिक्षक, शिक्षिका, त्यस्तै बिभिन्न मुलुकका लागि काउन्सीलीङ्ग गर्ने काउन्सीलरहरु, कार्यालयका कर्मचारीहरु सहित बिदेश अध्ययन गर्न जाने तयारीमा रहेका बिद्यार्थीहरुका लागि बनभोज कार्यक्तम आयोजना गरेको हो । यसले बिद्यार्थीहरुलाई एक आपसमा घुलमिल हुने र परिचित हुने मात्रै नभई उनिहरुमा ग्लोबल म्यानेजम्यान्ट फाउण्डेशनप्रतिको सम्मान बृद्धि हुने संस्थाको दावी छ ।

post image

पुस २२,काठमाण्डौं । बलिउडका सफल अभिनेता ओम पुरीको ६६ बर्षको उमेरमा निधन भएको छ । सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मनुभएका पुरीको हृदयाघातका कारण आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँद्धारा अभिनित आक्रोश, आरोहन, अर्धसत्य,माचिस लगायत थुप्रै चलचित्र निकै सफल मानिन्छन् ।

३ सय भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेका पुरी बोल्ड आवाज कारण बलिउडमा चर्चित हुनुहुन्थ्यो । बलिउडका थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा उहाँको आवाजलाई समावेश गरिएको पाइन्छ । सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका पुरी बलिउड चलचित्रमा मात्र नभई पाकिस्तानी तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै सफल मानिनुहुन्थ्यो ।

पुरीलाई भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल हुनुभएको थियो । बलिउडका थुप्रै चलचित्र अवार्डले उहाँ सम्मानित हुनुहुथ्यो ।

post image

पुस २०, काठमाण्डौं । वरिष्ठ कालाकार विष्णुभक्त फुयांल अब हामीबिच केवल सम्झनामा मात्रै रहेका छन् । बुधवार काठमाण्डौको राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञबल्क्य’ नामक नाटक मन्चन गर्दागर्दै निधन भएको हो । उनको हर्टअट्याक भएर निधन भएको आशंका गरिएको छ । फुयांलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि प्रज्ञा भवन कमलादीमा राखिएको छ । अहिले कमलादीमा बिभिन्न क्षेत्रका ब्यक्तिहरुहरु पुयाँललाई अन्तिम श्रद्धाञ्जली दिन आईरहेका छन् । उनको आजै शवयात्रा गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

kafle1उनी चर्चित टेलिश्रृखला तितो सत्यमा ‘यो मालो’ गीतमा नाच्दै जवान श्रीमतीको बुढो श्रीमानको भुमिकामा देखिन्थे । यो भुमिकामा उनी निकै चर्चित थिए । बौद्ध,महाँकाल घर भएका उनका तीन सन्तान छन्। पाँच दशकदेखि रंगकर्ममा सक्रिय उनले विभिन्न नाटक, चलचित्र र टेलिसिरियलमा अभिनय गरेका छन् । उनी नाटक पनि लेख्थे । उनको जन्म सन् १९९४ भदौ २३ मा भक्तपुरमा भएको हो । उनले २०१९ सालमा पहिलो पल्ट नेवारी नाटक ‘कर्मया भोग’मा अभिनय गरेका थिए ।

उनले ‘सहिदको सपना’नामको नाटक संग्रहपनिप्रकाशित गरेकाथिए । उनले यसै वर्षमात्र नेपाल सरकारबाट नाटक विधाको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । फुँयाल एमाले पार्टीबाट राजनीतिमा पनि सक्रिय थिए । उनी कामनपा वडा नं ६ को वडाध्यक्ष समेत भएका थिए । फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए ।

post image

पुस २०, नेपालगन्ज । नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा नेकपा माओवादी केन्द्र छोडेर राप्रपामा प्रबेश गरे लगत्तै उनको चर्चा बढ्दै गईरहेको छ । यही क्रममा रेखा अहिले देश दौडाहामा रहेकी छिन् । दाङ्ग, कैलाली, कंचनपुर हुदै रेखा आज नेपालगंजमा राप्रपाले आयोजना गर्ने आमसभामा सहभागी हुन नेपालगंज पुगेकी छिन् ।

rtnनेपालगंजमा पत्रकार महासंघ बाकेका अध्यक्ष रुद्र सुवेदी लगायतका पत्रकारहरुसँग कुरा गर्दै रेखा थापाले जिभ्रो फेर्दै हिँड्ने पार्टीको पछि लाग्नुको अर्थ नदेखेर आफूले पछिल्लो समय पार्टी परिवर्तन गरेको बताएकी छिन् । उनले माओवादीतर्फ इंगित गर्दै आफैंले उठाएको एजेण्डालाई कार्यान्वयन नगर्ने पार्टीमा भन्दा कमल थापा नेतृत्वको राप्रपामा भविष्य देखेको बताइन् । ‘देश र जनताको मुक्तिको लागि हिजोको परिवर्तनकारी शक्ति माओवादी नजिक रहेकी थिएँ,’ नेपालगन्जमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘त्यसले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्र राजनीति गर्दै आएको महसुस भएपछि छाडेकी हुँ ।

आफू राप्रपामा प्रवेश गर्दैमा त्यसलाई हाउगुजी बनाएको देखेर अचम्म लागेको उनले प्रतिक्रिया दिइन् । कुनै पनि राजनीतिक दल चयन गर्ने आफ्नो अधिकार भएको भन्दै उनले विदेशमा कलाकारहरु पार्टीमा लाग्दा यतिविघ्न चर्चा नहुने कुरा स्मरण समेत गराइन् । रेखाले नयाँ नेपाल बनाउँछु भन्नेहरुले जनतालाई गुमराहमा राखेकोले पनि आफूलाई पुरानै नेपाल र पुरानै व्यवस्था मनपर्ने उनको भनाइ थियो । त्यस क्रममा पूरा नेपालीवाद भएको पार्टीको झण्डा बोकेको उनले बताइन् ।

thapaजनताको मुक्तिको लागि आफू राजनीतिमा होमिएको बताउँदै उनले अब परिपक्व नागरिकको हैसियतले राजनीति गर्ने दाबी समेत गरिन् । राप्रपाले आज आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न रेखा नेपालगन्ज पुगेकी हुन् । रेखा थापा नेपालगंज पुगेपछि उनका प्रसंसकहरुको नेपालगंजमा  भिड लागेको छ ।

post image

पुस १७, मकवानपुर । मकवानपुरको दामन क्षेत्रमा अत्याधिक हिमपात भएको छ ।

15820149_10206522784861828_1801184373_nशनिवारदेखि मौसममा भएको परिवर्तनले नेपालमा बिभिन्न भू–भागमा हिउँ परीरहेको छ । यसै क्रममा मकवानपुर जिल्लाको दामन सिमभञ्जयाङ्मा क्षेत्रमा चार पाँच फिट हिउँ परेर जम्दा सडक अवरुद्ध भएको अननलाईन समय सहकर्मी देब कुबँरले जानकारी गराएका छन् ।

hiuदामनमा प्राय प्रत्येक बर्ष हिउँ पर्ने गर्दछ । मकवानपुरको दामन सिमभञ्जयाङ्ग क्षेत्रमा अहिले हिमपात भईरहेको सहकर्मी देब कुबँरले बताएका छन् ।

hमकवानपुरको दामन सिमभञ्जयाङ्ग क्षेत्रमा नयाँबर्ष मनाउन आएका स्वदेशी तथा बिदेशी पर्यटकहरु होटल तथा सबै क्षेत्र हिउँले सेताम्मे भएपछि रमाईरहेका छन् । नयाँ बर्ष मनाउन गएकाहरुका लागि हिमपात नयाँ बर्षको उपहार जस्तै बनेको छ ।

15822419_10206522784061808_1973932254_nअत्याधिक हिमपातका कारण सो क्षेत्र सेताम्मे बनेको छ । हिउँमय दामनमा हिउँ खेल्न र हिउँसँग रमाउन जानेहरुको बर्षेनी भिड नै लाग्ने गरेको छ ।

post image

पुस १७, दोलखा । दोलखाका विभिन्न स्थानमा हिउँ परेको छ। जिरी आसपासको उच्च पहाडी क्षेत्रमा दिउँसोबाट हिमपात सुरु भएको छ। जिरी माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भए पनि अहिले पटासे ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो। हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ।

dolakha-1कालिञ्चोकमा शनिबार दिउँसो हिउँ परेको छ। शनिबार दिउँसो हलुका बर्षात सगैं जिल्लाका कालिञ्चोक सहित जिरी उपत्यकाको माथिल्लो भाग, शैलुङ सहितका डाडाकाडा हिउँले सेताम्मे भएका छन्। पश्चिमी वायुको प्रभावले उपत्यका लगायत देशैभरको मौसम बदली भएको छ। यो अवस्था सोमबारसम्म कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही बीचमा केही स्थानमा वर्षा पनि हुने महाशाखाको अनुमान छ। मौसममा शनिबार देखिएको परिवर्तन सोमबारसम्म यथावत् रहनेछ। शनिबार साँझ मुलुकका केही भागमा सामान्य वर्षा भएको छ। उच्च पहाडी भूभागमा हिमपातसमेत भएको छ।

आज जनवरी १,नेपाली टोपी दिवस

प्रकाशित मिती : Sunday
post image

पुस १७, काठमाडौं ।  आज जनवरी १ । चौथो वर्ष पनि नेपालसहित डायस्पोराका नेपालीले नेपाली टोपी दिवस मनाउँदैछन् ।

imagesनेपाली पहिचान मेटिएको भन्दै जागरूक युवा अभियान नेपाल नामक युवाहरूको समूहले नेपाली पहिचानका रूपमा नेपाली टोपीलाई प्रवर्धन गर्न यो अभियान सुरु गरेको हो । विगत तीन वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको छ ।

सुरु–सुरुमा नेपाली टोपी लगाएर खिचिएको तस्बिर सामाजिक सञ्जालमा राखेर नेपाली टोपी दिवस मनाइदै आए पनि गत र्याली नै आयोजना गरेर दिवस मनाउन थालिएको छ । जागरुक युवा अभियान नेपालको नेतृत्वमा पुसको चिसो मौसममा राजधानीको माइतीघरमा युवाहरुले प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएका युवाहरु र्‍यालीसहित बानेश्वरसम्म पुगेका थिए । युवाहरुको अभियानलाई अभिनेत्री शुभेच्छा थापा लगायतले साथ दिए । अभियानकै रुपमा तीन वर्षदेखि प्रवासमा रहेका नेपालीले पनि नेपाली ढाका टोपी लगाएर सार्वजनिक स्थानमा जाने र सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन् ।
images-1कुनै समय दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाककारुपमा लिइने गरे पनि गणतन्त्रपछि राष्ट्रिय पोसाकको सूचीबाट हटाइएको छ । नेपाली संस्कृतिमाथि विदेशी प्रभुत्व बढिरहेकाबेला युवाहरुको अभियानलाई धेरैले समर्थन गरेका छन् । युवा पुस्ताले अंग्रेजी नयाँ वर्ष मनाइरहँदा यही पुस्ताले नेपाली टोपीको प्रवद्र्धन गर्नु सह्रानीय छ ।

post image

पुस १६,काठमाडौं । चलचित्र निर्माता संघको अध्यक्ष पदमा निर्माता आकाश अधिकारी निर्विरोध विजयी भएका छन् । काठमाडौंमा सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट आकाश निर्विरोध भएका हुन् । यस्तै, उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध भएका छन् ।

निर्माता केशव भट्टराइलाई भने वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ । आजै विधान संसोधन गरि, वरिष्ठ उपाध्यक्ष पद थपिएको छ भने सदस्य संख्या ११ जना पुर्यारइएको छ । यस्तै, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध विजयी भएका छन् । सदस्य पदमा पनि ९ जना निर्विरोध नै भएका छन् ।

निर्माता संघको सदस्यमा करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् । चलचित्र निर्माता संघमा सधै चुनावी लफडा भएको पाइएतापनि यस पटक भने सबै पदमा सर्वसम्मत नै भएको छ । यसले निर्माताहरु अब एक छन् भन्ने देखाएको छ ।

post image

पुस १६, दाङ । हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । दाङको घोराहीमा शनिबार हालै राप्रपामा प्रवेश गरेकी नायिका रेखा थापाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् ।

thapaदाङको घोराहीमा शनिबार भएको जागरण अन्लाईन र पहिलो अन्लाईन द्दारा दाङमा आयोजित पत्रकार भेटघाटमा बोल्दै थापाले नीतिनिर्माण तहमा भूमिका खेल्न राजनीतिमा आएको र अब यस क्षेत्रको पनि नायिका बन्ने धारणा व्यक्त गरिन् । ‘चलचित्रमा मात्रै नायिका बनेर महिलाका मुद्दाहरु उठाउन कठिन हुँदोरहेछ,’ उनले भनिन्, ‘अब राजनीतिक रुपमै सम्बोधन गर्ने योजनामा छु । चलचित्रमा मात्रै नायिका भएर पुगेन । अब राजनीतिक नायिका बन्ने छु ।’ विभिन्न ठाउँमा महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको नायिका थापाले बताइन् ।

बैवाहिक जीवनबारे सोधिएको प्रश्नमा नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर रहेको बताइन् । अब विवाह गर्ने समय पनि आएको र मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने उनले जानकारी दिइन् । दाङको कोठरीमा आयोजित माघी महोत्सवमा सहभागी हुन आएकी थापाले राजनीतिक भेटघाटलाई पनि महत्व दिएकी छिन् । आजै नायिका थापा चलचित्र पत्रकार संघ दाङ द्दारा आयोजित पत्रकार सम्मेलनमा सहभागी भएकी थिईन् ।

post image

पुस १६,काठमाडौं । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् ।

Youth campaigners pose for a photograph holding banner, pamphlets and flags in a programme organised by the Jagaruk Youth Campaign Nepal to mark the National Costume Day in Kathmandu Durbat Square, on January 1, 2016. Courtesy: Kamal Phuyal

यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए ।

शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस

 

post image

 पुष १५, रत्ननगर (चितवन) । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् । दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।”

निर्णायक डा. कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् । चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् ।

एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् ।

निर्णायक संयोजक डा. कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिनुभयो । रासस

post image

पुष १५, काठमाण्डौं । तमू ल्होसार आज, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर बिशेष उत्साहका साथ मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइन्छ । तमु संस्कृतिअनुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले आजदेखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाउने गरिन्छ ।

imagesगुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा बिशेष रुपमा यो पर्व मनाइन्छ । ल्होसारको अवसरमा राजधानीस्थित टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ । ‘तमु ल्होसार’ का अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वले तमु समुदायमा उत्साह र उमङ्ग कायम गरी कला, संस्कृति र परम्पराको संरक्षण एवम् प्रवद्र्धनमा योगदान पुर्याउन तथा सबै नेपालीबीच आपसी एकता र सहिष्णुता कायम भई समृद्ध मुलुकको निर्माण गर्न सकियोस् भन्ने कामना ब्यक्त गर्नुभएको छ ।

tamuप्रधानमन्त्री पुष्पकमल दाहालले तमु ल्होसारको शुभकामना दिदै यस पर्वले तमु जातिलगायत सम्पूर्ण नेपालीमा बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्ने विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएकोले राष्ट्रिय एकता र संविधान कार्यान्वयनको अभियानमा हातेमालो गर्न सबैमा अपिल गर्नुभएको छ । यस्तै वर्तमान संविधानको निर्माणमार्फत नेपाल नयाँ युगमा प्रवेश गरेकाले हाल देखिएको संक्रमणकालका समस्याहरु आपसी संवाद, सहमति र एकताका माध्यमबाट समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

post image

पुष १३, काठमाण्डौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीलाई अब चाडै म्यूजिक भिडियोमा देख्न पाईने भएको छ ।

dsc_ओलीले बुधबार मात्र एमाले पार्टी कार्यालयमा राष्ट्रिय गीतको म्युजिक भिडियोको सुटिङ गराएका छन् ।
एकसाता भित्रै बजारमा आउने तयारीकासाथ छायांकन प्रारम्भ गरीएको म्युजिक भिडियोमा पत्रकार ऋषि धमला, लालबाबु पण्डित लगायतकाको अभिनय रहने छ । राष्ट्रिय भावनाले ओतप्रोत राष्ट्र गितले सबै मिलेर देश बचाउँ, बुद्धको जन्मभूमि नेपालमा शान्ति फिजाऔ भन्ने अभिप्रायकासाथ राष्ट्रिय गितको छायांकन प्रारम्भ भएको पत्रकार धमलाले अनलाईन समयलाई जानकारी गराए ।

Pdfn] kf6L{ sfof{no w'Djf/fxLdf /fli6«o em08f af]s]/  tl:a/ lvrfpFb} k"j{ k|wfgdGqL tyf Pdfn] cWoIf s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;

post image

पुष ११, चितवन  । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सोमबारदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । पुस १५ गतेसम्म चल्ने हात्ती महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल संघ, चितवनले जनाएको छ । आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकी सहितको र्‍यालीले सौराहाको परिक्रमा गरेको छ ।

chitwan1 र्‍यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । यसवर्ष सौराहामै पहिलो पटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शंकर सैँजुले बताए ।

हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शृंगार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुंगा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए ।

post image

पुष ११, काठमाण्डौं । १२ औं श्रृखलाको ‘मिस नेवाः ११३७’ का लागि ३५ युवती छानिएका छन् । आइतबार राजधानीमा आयोजित पहिलो चरणको अडिसनमा ६० जना भन्दा बढी नेवार समुदायका युवतीहरुको सहभागिता रहेको थियो ।
अर्बो अडिसन आगामी शनिबार राखिएको आयोजक नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । पहिलो अडिसनमा निर्णायकका रुपमा डा। शिक्षिता श्रेष्ठ, प्राईम बैंकका उप महाप्रबन्धक भाईराजा तुलाधर, पूर्व मिस नेवा सुनिता डंगोल, जिवेश्वरलाल श्रेष्ठ, उज्वलकृष्ण श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य र रोहिया महर्जन रहेका थिए । प्रतियोगीताको फाइनल स्पर्धा माघको तेस्रो साता राजधानीमा आयोजना हुनेछ ।

post image

पुस १०, दुबई । यस वर्षको नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट अभिनेता, अभिनेत्रीको अवार्ड क्रमश: दयाहाङ राई र नम्रता श्रेष्ठले जितेका छन् । दयाहाङले फिल्म ‘कबड्डी कबड्डी’बाट र नम्रताले ‘क्लासिक’बाट जितेकी हुन् । नम्रताले नेफ्टासँगै यस वर्षका सबै अवार्डमा अभिनेत्रीतर्फको अवार्ड जित्न सफल पनि भइन् । दयाहाङ र नम्रता दुवैले यस वर्षको राष्ट्रिय अवार्ड पनि जितेका थिए ।

चलचित्र प्राविधिक संघको आयोजनामा दुबईको अल नासर लिजरल्यान्डमा चार घण्टाभन्दा बढी चलेको अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्म भने ‘पशुपति प्रसाद’ लाई दिइयो । तर कार्यक्रममा उपस्थित फिल्मका निर्माता समेत रहेका निर्देशक दीपेन्द्र के खनालले उक्त अवार्ड लिन मानेनन् । उक्त फिल्मबाट संवादमा खगेन्द्र लामिछाने, खलपात्रमा विपीन कार्कीलाई उत्कृष्ट घोषणा गरिएको थियो । उत्कृष्ट निर्देशकको अवार्ड भने ‘वडा नम्बर छ’ का लागि उज्ज्वल घिमिरेले जितेका थिए । ‘वडा नम्बर छ’ बाटै पासाङ टी शेर्पाले कला निर्देशनमा र संगीत संयोजनमा राजन इसानले अवार्ड जितेका छन् ।

पपुलर तीनसहित ३१ ट्रफीका लागि वितरण गरिएको अवार्डमा फिल्म ‘प्रेमगीत’ ले सर्वाधिक ६ विधामा वर्चस्व देखाएको छ । उक्त फिल्मबाट नायिका पूजा शर्माले पपुलर अभिनेत्रीसहित गायक, गायिकामा क्रमश: सुगम पोखरेल, अञ्जु पन्त, संगीतकारमा अर्जुन पोखरेल, नृत्य निर्देशन रेनेशा वान्तवा राई र भेषभूषामा युबी थापा र योगिता पुनलाई दिइयो । प्राविधिक अवार्डमा लामो समय स्थल सहयोगी र भान्सा व्यवस्थापक क्रमश: आनन्दबहादुर गुर्माछाने मगर (नन्दु दाइ) र कुलबहादुर महत (जेठा दाइ) लाई लाइफटाइम अचिभमेन्ट अवार्डसँगै २५ हजार रुपैयाँ प्रदान गरियो ।

अभिनेता राजेश हमाल, करिश्मा मानन्धरदेखि साम्राज्ञी राज्यलक्ष्मी शाह, पल शाह, अनुपविक्रम शाही, नाजिर हुसेन, सलोन बस्नेत, रोहित रुम्बा, शंकर बिसी, माला लिम्बू, मलिना जोशी, छुल्ठिम गुरुङ, बेनिशा हमाल, नम्रता सापकोटा, जेबिका कार्की, रिश्ता बस्नेत, पूजा शर्मालगायतले नृत्य प्रस्तुति दिए, गायक युवराज चौलागार्इंले गाए ।

‘ड्रिम्स’ की साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘नाई नभन्नु ल ४’ का पल शाहले उत्कृष्ट नवअभिनेता तथा नवअभिनेत्रीको ट्रफी चुमे । ‘ड्रिम्स’ ले पपुलर फिल्मसहित पपुलर अभिनेतामा अनमोल केसीको पनि अवार्ड जित्यो । कथाका लागि ‘कबड्डी कबड्डी’ बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले जित्दा पटकथाको अवार्ड फिल्म ‘फन्को’ का लागि सुवर्ण थापालाई अवार्ड दिइयो । ‘फन्को’ बाटै सम्पादकमा विपीन कार्की र पाश्र्व संगीतमा सुजिल कर्माचार्यले अवार्ड जिते । उत्कृष्ट आदिवासी फिल्म अवार्ड गुरुङ फिल्म ‘तिमी नभए’ ले पायो ।
नेफ्टाले सीताराम कट्टेल र कुञ्जना घिमिरेको जोडीलाई पृथक योगदान सम्मान, दीपाश्री निरौलालाई प्रोत्साहन पुरस्कार र अभिनेत्रीत्रय भुवनचन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई नेफ्टा स्वर्णिम सम्मान प्रदान गरिएको थियो । कन्सेप्ट भिजन फिल्म प्रोडक्सन र फिल्म डाइङ क्यान्डललाई पनि सम्मान गरियो ।

स्पेक्ट्रम एड्भरटाइजिङ एन्ड मिडिया र कन्सेप्ट भिजन फिल्मसँगको सहकार्य रहेको अवार्डमा पुरुषोत्तम प्रधानले फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट छायांकार, विल्सनविक्रम राईले अधकट्टीबाट हास्यकलाकारमा र गीतकारको अवार्ड ‘नाइँ नभन्नु ल ४’ बाटै कृष्णहरि बराललाई ट्रफी प्रदान गरिएको थियो । दिपु पौडेल शृंगार, द्वन्द्व हिमाल केसी, ध्वनि मिश्रण उत्तम न्यौपानेसहित सहअभिनेता अभिनेत्रीको अवार्ड प्रकाश घिमिरे (पशुपति प्रसाद) र निश्मा घिमिरे (जन्मभूमि) ले पाएका थिए । अवार्डमा दिनेश डिसी, जितु नेपाल, दीपकराज गिरीसहित निखिल उप्रेती र सञ्चिता लुइँटेलको जोडीले कार्यक्रम सञ्चालन गरेका थिए ।

post image

पुस १०, काठमाण्डौं । क्रिश्चियन धर्मका प्रर्वद्धक येशु ख्रीष्टको जन्मोत्सव विश्वभरका इसाई धर्मालम्वीहरुले बिशेष उत्साहका साथ आज मनाउँदैछन् । नेपालमा रहेका इशाई धर्मावलम्वीले पनि शुभकामना आदान प्रदान गरी पर्व मनाउँदैछन् । इसाई धर्मालम्वीहरुले नजिकैको गिर्जाघरमा भेला भई आज क्रिसमस शुभकामना आदान प्रदान गर्ने गर्छन । ईस्बी संवत अनुसार हरेक वर्षको डिसेम्बर २५ लाई क्रिसमस डेका रुपमा मनाइन्छ भने केही देशहरुले डिसेम्बर २४ मा पनि यो पर्व मनाउने गर्दछन् ।

आजको दिन संसारभरि शुभकामना आदान प्रदान तथा उपहारहरु साटासाट गरी क्रिसमस रुख सिँगार्दै, बिशेष भोजको आयोजना गर्ने चलन छ । क्रिसमसको ठूलो आकर्षण भनेको सान्टा क्लस हुन् । नेपालमा आठ हजार ५ सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको सरकारी तथ्याङ्क छ । क्रिसमस दिवसको पुर्वसन्ध्यामा गएराती काठमाडौँको ठमेल, ललितपुर, भक्तपुर, पोखरालगायतका स्थलमा विशेष महोत्सवको आयोजना गरिएको थियो ।

क्रिसमसको अवसर पारेर राष्ट्रिय ख्रिष्टियन महासङ्घले आज दिउँसो राष्ट्रिय नाचघरमा बिशेष महोत्सवको आयोजना गरेको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमसका अवसरमा शुभकामना दिदैं यस्ता पर्वले आपसी सदभाव, प्रेम र एकता बृद्धि गरी दिगो शान्ती र सम्बृद्ध मुलुक निर्माणमा एक जुट हुन सबैमा प्रेरणा मिलोस भन्ने कामना गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताहरुले पनि क्रिसमस डे को अवसरमा इसाई धर्मालम्वीसहित सवैमा शुभकामना दिनुभएको छ । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

post image

पुष ९ , नुवाकोट ।   नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ ।  जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो ।

तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहेकी छन्। भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ ।  तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ ।

यस्तै नुवाकोटकै बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए। रासस

post image

पुष ८, काठमाण्डौं । लोकगायक मधुबाबु थापाको ६३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । उनी रेडियो नेपालमा करिब तीन दशकदेखि करार सेवामा कार्यरत थिए । सानेपास्थित निवासमा अचानक बेहोस भएपछि बागबजारस्थित मोडेल अस्पताल लगिएका उनको त्यहीँ उपचारका क्रममा निधन भएको हो । परिवार स्रोतका अनुसार, उनी बिहीबार बिहान रेडियो नेपालमा आफ्नो कार्यसम्पादन गरी घर फर्केका थिए ।

प्रेमबहादुर तथा रेवादेवीबाट विसं. २०१० वैशाख १५ मा दाङमा जन्मेका थापाले २०३७ मा ‘आऊ माया जालमा बुनूँ…’ गीत पहिलोपटक रेडियो नेपालमा रेकर्ड गराएका थिए । दृष्टिविहीन थापाले शास्त्रीय, भजन, लोकगीत गरी करिब एक सय गीत गाएका थिए । उनले ‘दशराग’, ‘काठमाडौंमा दोहरी’ लगायत १० एकल तथा दुई युगल एल्बम निकालेका थिए ।

लोकगायक थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । थापाका तीन छोरा र एक छोरी छन् ।

post image

पुस ७, हङकङ । चीनको विशेष प्रशासकीय क्षेत्र हङकङले भारतीय नागरिकलाई विनाभिसा प्रवेश गर्न दिइँदै आएको सुविधा फिर्ता लिएको छ । जनवरी २३ तारिखदेखि उक्त नियम लागू हुने हङकङ प्रशासनले जानकारी दिएको छ । अब भारतीयहरूले अनलाइन भिसा प्राप्त गरेपछि मात्र हङकङ प्रवेश गर्न पाउनेछन् । हङकङको अध्यागमन विभागले  आफ्नो वेबसाइटमा यस्तो जानकारी राखेको छ । हङकङमा भिसाका लागि कुनै शुल्क भने तिर्नुपर्ने छैन ।

hongkong‘भारतीय नागरिकले सन् २०१७ को जनवरी २३ तारिखदेखि अनलाइन भिसा लिएर मात्र आउन पाउनेछन् । यसका लागि अनलाइन दर्ता खुला गरिएको छ ।’ विशेष प्रशासकीय क्षेत्रमा आउनुपूर्व भारतीय नागरिकले अनलाइन दर्ता गर्नुपर्ने स्पष्ट पारिएको छ । हङकङ ट्रान्जिट भएर अन्यत्र जाने भारतीय नागरिकले भने यस्तो दर्ता नगर्नुपर्ने उल्लेख रिएको छ ।

हङकङको यो कदमबाट पाँच लाखभन्दा बढी भारतीय नागरिक प्रभावित हुनेछन् । करिब पाँच लाख भारतीयहरू उद्योग, व्यापार र छुट्टी मनाउन हङकङ जाने गरेका छन् । अहिलेसम्म भारतीय नागरिकलाई विनाभिसा हङकङ प्रवेश गर्न र १४ दिनसम्म बस्न पाउँछन् । हङकङ अध्यागमनले यस्तो गर्नुको कारण भने उल्लेख गरेको छैन । हङकङस्थित अध्यागमन विभागका सहनिर्देशक मा ची मिङले भारतीयलाई नयाँ नियम पालना लागू गरिएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘हाम्रो देशमा भारतीय ठूलो संख्यामा आउने गर्छन् ।’ नयाँ नियम लागू भएपछि हङकङ प्रवेश गर्ने भारतीयलाई ६ महिने लामो बहुप्रवेश (मल्टिपल इन्ट्री) सुविधा दिइने र एकपटकमा उनीहरूलाई १४ दिन बस्ने अनुमति हुने माले बताए । केही समययता केही भारतीय नागरिकले हङकङमा शरणार्थीका लागि आवेदन दिन थालेकाले नियम परिवर्तन गरिएको आशंका गरिएको छ । यसैगरी थाइल्यान्डले पनि गत असोजबाट भारतीय नागरिकलाई निःशुल्क रहँदै आएकोमा नियम परिवर्तन गरी एक हजार भाट शुल्क लिने थालेको छ ।

 

post image

पुस ७,  काठमाडौं  ।  शमिम खानले म्यानहन्ट इन्टरनेसनल–२०१६ को उपाधि जितेका छन् । बेस्ट हेयर र मिस्टर टयालेन्टको टाइटलसमेत पाएका उनले डाबर नेपालका तर्फबाट एक लाख रुपैयाँ र स्याकर ट्रेडिङका तर्फबाट मोटरसाइकल हात पारे । साथै, उनले आउँदो म्यानहन्ट इन्टरनेसनल, २०१७ को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

प्रतियोगितामा प्रवेश झाले दोस्रो भएर २० हजार रुपैयाँ पाए । तेस्रो भएका अनुज मास्केले १० हजार रुपैयाँ पाए । यी दुईले पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले १३ वर्षदेखि गर्दै आएको उक्त प्रतियोगितामा यसपालि पर्सनालिटी टाइटल निशान चौहानले पाउँदा मिस्टर फ्रेन्डसिप धनप्रसाद लिम्बू, पपुलर शेखर सुवेदी, टयालेन्ट दीपेन्द्र महर्जन, फिजिक अनुज मास्के, स्पोर्टस्म्यानसिप एरिक विक्रम थापा, चार्मिङ प्रवीण राना मगर र मिस्टर फोटोजेनिक अनुज मास्के बने ।

 

post image

पुस ६,काठमाडौं । हास्य श्रृंखला तितोसत्यमा नक्कली हिसिला यमीको भूमिका निर्वाह गरेर चर्चामा आएकी विपना बस्नेतसहित एक दर्जन कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित एक कार्यक्रमका बीच कलाकारलाई पार्टीमा स्वागत गरे ।

कांग्रेसमा प्रवेश गर्ने कलाकारहरुमा बस्नेत सहित अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगडी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चर्चित गायक युबराज चौलागाँई, अभिनेत्री रिस्ता बस्नेत, अभिनेत्री नम्रता योगी, नृत्य निर्देशक पुर्णम राई, मोडल प्रतिक्षा खड्का र अर्की  रन्जु सुनाम लगायत रहेका छन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै देउवाले कांग्रेसले कलाकारलाई पार्टीमा उचित भूमिका र प्राथमिकता दिने बताए । यस्तै विकास बोर्डका अध्यक्ष राजकुमार राईले कलाकार राष्ट्रको गहना मात्रै नभएर पार्टीमा पनि लाग्नुपर्ने बुझेर आफूहरु कांग्रेसमा प्रवेश गरेको बताए ।

 

 

post image

पुष ५, मुम्बई । चर्चित बलिउड नायिका करिना कपुरलाई पुत्रलाभ भएको छ । करिनाले आफ्नो पहिलो सन्तानका रुपमा ब्रिज क्यान्डी हस्पीटल मुम्बईमा छोरालाई जन्मा दिएकी छिन् । नायक सैफअली खानसँग लामो समय प्रेम सम्बन्ध पछि बिबाह गरेकी यि सुन्दरीले आज बिहान ८ बजे छोरालाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आज बिहानै अकस्मात पेट दुखन थालेपछि अस्पतालमा भर्ना भएकी करिनाले छोरालाई जन्म दिएकी हुन् । अहिले अस्पतालमा उनका आफन्त, शुभ चिन्तक र कलाकर्मीको भिड लागेको छ । करीना कपुर खान र सैफ अलीखानले संचार माध्यमलाई एक बिज्ञप्ती जारी गर्दै आफुहरुलाई पुत्र लाभ भएको र आफुहरुले छोराको नाम तैमुर अली खान राखेको जनाईएको छ ।

post image

पुस ४, , काठमाडौं ।  मिस वल्र्ड २०१६ को उपाधि प्युटो रिकोकी स्टेफेनी डेल भेलले जितेकी छन् । मिस वल्र्डको ५६ औँ श्रृंखलामा गएराती भेलले पहिलो पटक प्युटो रिकोलाई मिस वल्र्डको उपाधि दिलाएकी हुन् । अमेरिकाको बाल्टिमोरमा भएको प्रतियोगीतामा विश्वका १ सय १७ देशका सुन्दरी सहभागी थिए ।

worldप्रतियोगीतामा डोमिनिकन रिपब्लिककी यरीत्जा रामिरेज दोस्रो भईन् । ईण्डोनेसियाकी नातासा म्यान्युएलाले तेस्रो स्थान हात पार्दा केन्या र फिलिपिन्सका सुन्दरी समेत शीर्ष पांचमा पर्न सफल भएका थिए ।  प्रतिष्ठित ब्युटि विथ पर्पस उपाधि ईण्डोनेसियाकी म्यान्युएलाले नै जितिन् । मल्टिमिडियामा फिलिपिन्स, टप मोडलमा चीन र खेल तर्फ कुक आईल्याण्ड बिजयी भएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै बाल्टिमोर पुगेकी मिस नेपाल अस्मी श्रेष्ठले कुनै उपाधि दिलाउन सकिनन् । ब्युटि विथ पर्पसमा शीर्ष पांचमा पर्नु नै उनको सवैभन्दा ठूलो सफलता रह्यो ।

post image

मंसिर २९, काठमाडौं । गत शुक्रबार श्रीलंका स्थित बेरुवाला समुदि तट नजिकै सम्पन्न हेरिटेज प्योजन्टको तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुँवरले मिस तर्फ पिस एम्बेसडर तथा सृजना पुनले मिस टिन तर्फ टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भएका छन् ।

missप्रतिस्पर्धामा आश्राले इन्भारोमेन्टल एम्बेसडर अवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी थिइन् भने सृजना पूनले आफ्नो उमेर समूह अन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमशः सिल्भर तथा ब्रोन्ज मेडल जितेकी छिन् । मिसेस् समूह तर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भारोमेन्ट र टुरिजम ड्रेस तर्फ गोल्ड मेडलमा सफलता हात पारेकी छिन् ।

यसै गरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ सिल्भर तथा वेष्ट टुरिजम भिडियो र कल्चुल एम्बेसडर तर्फ ब्रोन्ज मेडलमा आफ्नो नाम दर्ता गरिन्, ग्रिन आर्ट मिडियाकी अनिला श्रेष्ठको संयोजनमा नेपाली प्रतियोगीले सहभागिता जनाएका थिए ।

captureइभिनिङ गाउन, नेसनल फ्ल्याग ड्रेस र नेसनल कस्ट्युम राउन्ड गरी तीन चरण र अन्ततः प्रश्न उत्तर चरणको मुल्यांकन पछि विजेता चयन गरिएको सो प्रतिस्पर्धा ईप्लानेट प्रा.लि.को आयोजना र नेपालका कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो ।

ग्राण्ड फिनालेमा ट्रिनिडाड एण्ड टोबागोका जेनिली थोङ मिस हेरिटेज, जिम्बेबावेकी हिलारी मकाया मिस टिन हेरिटेज तथा म्यानमारकी जेड पेडल मिसेस् हेरिटेज इन्टरनेसनल २०१६ का विजेताका रुपमा चयन भएका थिए ।

heritage1
प्रतियोगितामा दक्षिण अफ्रिकाकी रेबेका र रसियाकी युलियाना पोपोभिच मिस समूहबाट क्रमशः फस्ट तथा सेकेन्ड रनर अप चयन भएका थिए भने तान्जानियाकी सेसेलेर गडफ्रि र म्यानमारकी एइ थिन्जार म्यो टिन समूहबाट क्रमशः फस्ट तथा सेकेन्ड रनर अप घोषित भएका थिए । यसैगरी ट्रिनिडाड एण्ड टोबागोकी क्यारी एन र भारतकी मृनाल गाइक्वाड मिसेस् समूहतर्फ क्रमशः फस्ट तथा सेकेन्ड रनर विजेता घोषित भएका थिए ।

 

post image

मंसिर २९, काठमाण्डौं ।  सिन्धुली उद्योग बाणिज्य संघले आगामी पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो ।  सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्ने गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,’ उनले भने, ‘सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रबर्धन गर्न सिन्धुली महोत्सव गर्न लागेका हौं ।’

sindhuliत्यस अबसरमा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले महोत्सवकोे अबलोकन गराउन काठमाडौंबाट ठूलो संख्यामा जिल्लाबासीलाई लैजान ‘जाउँ है सिन्धुली’ अभियान संचालन गरिएको बताए । ‘आगामी बर्ष अंग्रेजी सेनालाई सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले परास्त गरेको २५० बर्ष पुग्दैछ,’ उनले भने, ‘त्यस बर्षभर अभियानले विजयोत्सबका विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।’ उनले सिन्धुलीका कलाकारहरुको कन्सर्ट, सिन्धुलीगढीवरपरका गाउँमा होमस्टे तालिम, सिन्धुलीका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सिन्धुलीगढीमा तत्कालीन अवस्थामा भएको लडाईंलाई सम्झाउने गरी नाटक प्रदर्शन, गढीमा कला तथा कवि गोष्ठी लगायतका कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए ।

sindhuli2 सिन्धुली महोत्सबका सहआयोजकमा सिन्धुली जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको रहेका छन् । महोत्सवमा २५० ओटा स्टल रहनेछन्  । त्यसमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परमपरागत वस्तुहरुको, होटल, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनिहरुको उत्पादन प्रर्दशनीमा राखिनेछ ।महोत्सवको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गर्ने आयोजकले जानकारी दिएको छ ।

 

 

post image

मंसिर २८, काठमाण्डौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ ।

yomari जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको छ । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । किराँत समुदायको महान पर्व उधौली आज मनाईदैंछ । साकेला उधौली समेत भनिने पर्व हरेक वर्ष मंसिर पुर्णीमाका दिन मनाउने गरिन्छ । अन्नबाली भित्राईएको खुसीयाली तथा मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने संकेत स्वरुप यो पर्व मनाउने चलन छ ।

ubhauliअन्नबाली लगाउने बेला बैशाख पुर्णिमाका दिन किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् । किँरात समुदायका राई, लिम्बु, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदि समुदायले स्थान र जातअनुसार पर्व मनाउने प्रचलन छ । पर्वका बेलामा बालबालिका, युवा, बृद्धबृद्धा सबै आपसमा गोलो घेरा लगाएर परम्परागत रुपमा साकेला नाच्ने गर्दछन् । वसन्तपुरमा ज्यापु समाज यमरी पुन्ही पर्व विषेश कार्यक्रमको आयोजना गरेको छ ।

post image

मंसिर २७, काठमाण्डौं । अभिनेत्री रेखा थापा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छन् ।सोमबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष थापाले टीका लगाएर अभिनेत्री रेखालाई पार्टी प्रवेश गराएका हुन्

उनीसँगै उनकी आमा सरस्वती थापा पनि राप्रपा प्रवेश गरेकी छन् पार्टी प्रवेशसँगै कमल थापाले दुवैलाई स्वागत गरेका थिए रेखा २०७० साल जेठ गते एमाले नेतृ उर्मिला अर्यालसहित तत्कालिन एमाओवादी (हाल: माओवादी केन्द्र) मा प्रवेश गरेकी थिइन्  कार्यक्रम सञ्चालन कोमल ओलीले गरेकी थिइन्

post image

मंसिर २४, बिराटनगर । हास्यकलाकार आर.पी. भट्टराईको निधन भएको छ । टेलिसिरियल तितो सत्यमा राजालामको भूमिकाबाट चर्चित भट्टराईको बिराटनगरस्थित फुपुको घरमा निधन भएको तितो सत्यका निर्देशक समेत रहेका कलाकार दिपकराज गिरीले जानकारी दिनुभएको हो । उहाँ ५ दिन अघि मात्र विराटनगरस्थित आफ्नो घर जानुभएको थियो । राती खाना खाएर सुतेका भट्टराई विहान मृत अवस्थामा भेटिएका थिए । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए । उनी आफ्नो मोटो शरीरका कारण चिन्तित थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।
उनको श्रीमति र २ छोरा छन् । उनले केहि समय अगाडि आफ्नै आवाजमा एल्बम पनि सार्वजनिक गरेका थिए । उहाँका श्रीमती र २ छोरा छन् ।

post image

मंसिर २३, नवलपरासी । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु राखी बनाईएको रामाग्रामा स्तुपको अवलोकन भ्रमण गर्नु भएको छ ।

pun2उहाँले आज (बिहीबार) विहान रामाग्रामा स्तुप पुगेर अवलोकन गर्नुका साथै शान्तिको कामना गर्दै दिप प्रज्वलन गर्नुभयो । सो क्रममा दिगो पर्यटन प्रवर्धन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसारको निम्ति स्वतन्त्र निकाय रामग्राम विकास कोष गठनको लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

अवलोकन भ्रमणपछि उपराष्ट्रपतिले बुद्धका आठ अस्तुधातुमध्ये नेपालमा एकमात्रै अस्तुधातु रहेको रामग्राम स्तुपको संरक्षण, सम्बद्र्धन र प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले रामग्राम स्तुप विश्वभरका बुद्ध धर्मलावम्बीहरुहरुको आस्थाका केन्द्र भएको बताउनुहुँदै वर्षमा हजारौँ पर्यटक रामग्राम भित्र्याउन सकिने बताउनुभयो ।
pun1उद्योग वाणिज्य संघ, नवलपरासी, उद्योग वाणिज्य महासंघ, स्थानीय निकाय र संघ संस्थाको संयुक्त आयोजनामा आज (बिहीबार)देखि सुनवलमा सुरु हुन लागेका नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटनका लागि उपराष्ट्रपति बुधबार साँझ नवलपरासी आईपुग्नु भएको हो । उहाँले बुधबार साँझ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु र उद्योग व्यवसायीहरुसँग भेटघाट तथा छलफल गर्नुभयो ।

post image

मंसिर २३,भक्तपुर । नेवारी परम्परा अनुसार भक्तपुरमा पछिल्लो समय सामूहिक बेलविवाह भइरहेको छ। यो साता भक्तपुर नगरपालिका–८ चासुखेलमा ५५ जना बालिकाको सामूहिक बेलविवाह भएको छ। यसअघि मंसिर १० गते भक्तपुर चोफलीमा ९५ जना बालिकाको सामूहिक बेलविवाह भएको थियो। नेवार समुदायमा चारदेखि नौ वर्षभित्रको उमेरमा कन्या बालिकाहरुको बेलसँग विवाह गराइदिनु पर्छ। यो उनीहरुको पहिलो विवाह हो । यो दुई दिन चल्छ ।

valबेलविवाह जाडो याममा हुने गरेको छ। चोफली र चासुखेलपछि अहिले भक्तपुरका अन्य टोलमा यस्तो विवाह भइरहेको छ । याछें, च्याम्हासिंह, बाराहीस्थान, नारायण चोक लगायत टोलमा पनि सामूहिक बेलविवाहको तयारी थालिएको छ। आइतबार चासुखेलमा सम्पन्न भएको सामूहिक वेलविवाहको आयोजक श्री चण्डेश्वरी भजन मण्डलका सदस्य नेम ताम्राकारले बेलविवाहमा भक्तपुरका विभिन्न टोलसहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँका कन्याहरुको बेल विवाह गराइदिएको जानकारी गराए। विभिन्न माध्यमबाट प्रचारप्रसार गरी ती कन्याहरु भेला गराई सामूहिक विवाह गराइएको उनले जनाए ।
balबेलविवाहका संयोजक राजकुमार दुवालले दुई महिनाको तयारी पछि सामूहिक विवाह कार्य सम्पन्न भएको जानकारी दिए । जोशी, आचार्य, शर्मा लगायतबाट साइत देखाएर जुराए पछि वेलविवाहको मिति निश्चित गरी विवाह कार्य गरेको उनले जनाए। बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्ण कुमारसँग विवाह गराई कन्यादान गरिने चलन छ । कन्यादान कार्यमा प्रत्येक वालिकाका माता पितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहन्छ। यो बेला विवाह हेर्न आउनेहरुको संख्या पनि उतिकै रहन्छ।
newriयो विवाहको मुख्य आकर्षण र विशेषता मित लगाउने कार्य हो। विवाहमा विभिन्न ठाउँबाट सहभागी अपरिचित बालिकाहरुबीच मित लगाइने प्रचलन छ । विवाहमा सहभागी एउटा कन्या र त्यसैमा सहभागी अर्की मनपर्ने कन्यावीच मित लगाइने गरिन्छ। मित लगाएपछि उनीहरु बीच समन्ध जीवनभर चल्ने परम्परा छ। बेला – बेलामा हुने विवाह, ब्रतबन्ध लगायतका भोजमा मितलाई पनि आफन्तलाई जस्तै डाक्नुपर्ने परम्परा छ।
सस्कृतिविदओम धौभडेल वेलसँग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्वास रहेको बताउँछन्। पतिको मृत्यु भए पनि उनी विधवा नहुने मानिने उनको कथन थियो। नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्म मध्येको एक महत्वपूर्ण कर्म मानिन्छ। बिशेषगरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन नेवारी समुदायमा रहँदै आएको छ। भक्तपुरमा जस्तै बनेपा, धुलिखेल, काभ्रे,गोरखा, नुवाकोट लगायतका जिल्लाहरुमा पनि सामूहिक बेल बिवाह गरीने प्रचलन बढ्दै गईरहेको छ ।

post image

मंसिर २१, काठमाण्डौं । तपाइँलाई सुन्दा अचम्म लाग्ला,  १० रुपैयाँमा सर्ट बेचेर दैनिक एक हजार ५०० आम्दानी हुन्छ भन्दा । तर काठमाडौँको सामाखुशीमा रहेको सुखावती स्टोरले १० को सर्ट बेचेर दैनिक एक हजार ५०० रुपैयाँ आम्दानी गर्ने गरेको छ । जागिरको मोहले हङकङ हुँदै कोरिया छिरेका कास्कीका चीजमान गुरुङले छ वर्षे कामपछि स्वदेश फर्केर कोरियन खानाका स्वाद नेपालीलाई चखाउन पोखरामा ह्याङकुक सराङ रेस्टुराँ खोले । काठमाडौँ ठमेलमा त्यसको विस्तार गरे ।

sukhaतर यतिमै उनको मन नेपालमै नरमाएपछि फेरि उनी कोरिया फर्किएर पाँचवर्ष बिताए । साढे दुईवर्ष ब्युटिफूल स्टोरमा काम गरे जहाँ एकचोटी प्रयोग भएका सामान सङ्कलन, छनोट, प्रशोधन, पुनःप्रयोग र त्यसको मूल्य निर्धारण गरी बेचिन्छ । यस्ता स्टोर कोरियामा १०० भन्दा बढी छन् । चीजमानले कोरिया पुगेर ब्युटिफुल स्टोरमा सिकेको त्यो सीप एवम् अनुभवलाई सामाखुशीको टाउन प्लानिङमा अहिले प्रयोगमा ल्याइएको छ सुखवती स्टोर खोलेर ।

“घर र अफिसमा कुनै सामान किफायती र धेरै समय मर्मत गरी पनि उपयोग गर्नुपर्छ, कुनै सामान आफूलाई पुग्यो भन्ने लागेपछि अरुका लागि मर्मत, सुधार वा प्रशोधन गरेर प्रयोग गर्न दान दिन सकिन्छ,” सुखवती स्टोरका अध्यक्ष चीजमान भन्छन् । सुखवतीको सार ‘एकको वेकार अरुको साकार ।’ तपार्इँको पुरानो सामान अरुको लागि नयाँ हुन सक्छ । मायाँ बाडा, खुसी बढाऔँ । यही सोचअनुरुप भान्साका सामान, लत्ताकपडा, जुत्ता, गमला, विद्युतीय सामग्री, सिडी, किताब र बच्चाको खेलौनासहितका सामग्री संस्थाले दान लिन्छ ।

sukhawoti“कपडा आफैँ धुन्छौँ, सिउँछौँ र आइरन लगाएर चिटिक्क पार्छौं, अरु सामान मर्मत वा प्रशोधन गरी नयाँ बनाउँछौँ र नचिताएको सस्तो मूल्यमा बेच्छौँ,” उक्त स्टोरमा स्वयम्सेवा गरिरहेकी लक्ष्मीदेवी गुरुङले भनिन्। पति सिङ्गापुरको लाहुरे हुँदा उतै दुई दशक बसेकी गुरुङ जस्तै कमला गुरुङ, केशकुमारी राना, रञ्जना तामाङ, कल्पना गुरुङ, सङ्गु सुब्बासहितका महिला तथा अन्य गरी १३ जनाले त्यस स्टोरमा स्वयम्सेवा गरिरहेका छन् ।

सुखवती फाउन्डेसनबाट काम अघि बढाइएको यो अहिले सुखवती स्टोरका नामले अघि बढेको छ । सुरुमा यति धेरै दान आउला भन्ने सोचिएन । अहिले धेरै कपडा आउन थालेपछि मानिसले नभ्याउने भएकाले लुगाधुने मेसिनको आवश्यकता महसुस भएको स्टोरकी सचिव कमला गुरुङ बताउँछिन् । धोएर सिलाइएका टिसर्ट, बेल्ट, जुत्ताको मूल्य मात्र १० राखिएको छ । त्योभन्दा अलि राम्रा जिन्स पाइन्ट, सर्ट, टिसर्ट, कुर्ता, केटाकेटीका लुगा २०, ४०, ८०, १०० र २५० रुपैयाँ मूल्य राखिएको छ ।

sukha2“यति सस्तो मूल्यमा पनि कपडा र सामान पाइन्छ भनेर एकथरि विश्वास गर्दैनन्, अर्कोथरि हामीलाई जिस्काएको भनेर भन्छन्, किनकी रु १०/२० मा साग पनि पाइँदैन, कपडा कसरी पाइन्छ ? भनेर जिस्काउँछन्, कोषाध्यक्ष केशकुमारी राना अनुभव सुनाउँछिन् । सामाखुशी टाउन प्लानिङको बिक्रीकक्षमा पुनःप्रयोगका सामान कसरी नयाँ बनाउने, मूल्य निर्धारण गर्ने र कपडा किन सस्तो पर्यो भनेर सोध्न आउनेको भीड बढ्दै गएको स्टोरकी सदस्य रञ्जना तामाङ बताउँछिन् ।

कपडा, भान्सा र विद्युतीय सामान छिटो बिक्री हुन्छ । स्टोरले सामान दिने क्रम र बिक्री बढेपछि कलङ्की, जोरपाटी, फुटुङ हुँदै चक्रपथ बाहिर यस्तै कक्ष खोल्ने सोच राखेको अध्यक्ष गुरुङले बताए।“सामान किफायती ढङ्गले प्रयोग गर्ने र प्रयोग गरेपछि पुनःप्रयोगमा ल्याउने काम भोलि ठूलो मात्रामा हुन सक्यो भने देशकै स्रोतसाधनको समेत बचत हुन्छ, अरु देशको भर पर्नुपर्दैन,” सदस्य कल्पना गुरुङ भन्छिन् ।

sukha3डेढ वर्षमा दुई हजार सामान सङ्कलन गरी पुनःप्रयोग योग्यको प्रशोधन गरी विक्री गरिएको छ । राजधानीका मेला महोत्सवमा १९ पटक स्टल राख्दा एक लाख २० हजार आर्जन भयो । असार यता  दुईलाख बढीको बिक्री भएको छ । मेलामा किशोरकिशोरी बढी झुम्मिए पनि मध्यम र कम आयकालाई यसले मद्दत पुग्ने सदस्य राजेन्द्र लामाको भनाइ छ ।

विनाशकारी भूकम्पपछि संस्थाले भूकम्पपीडितलाई तत्काल खाद्यान्न, कपडा र अत्यावश्यक सामग्री वितरण गर्यो । कोरियाको ब्युटिफुल स्टोर फाउन्डेसनको सहयोगमा संस्थाले रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र दोलखाका १३ गाउँ विकास समितिका झन्डै पाँच हजार ८०० घरपरिवारलाई रु ८० लाख बराबरको आठ हजार सिरक वितरण गर्यो ।

sukha1ह्याप्पी फ्याक्ट्री कोरियाको सहयोगमा संस्थाले नुवाकोट हिलेखर्कमा  २७ लाखमा गारबेँसी निमाविको भवन पनि बनाएको छ । काभ्रेको दोलालघाटमा छकोठे विद्यालय भवन र शौचालय तथा सिन्धुपाल्चोकको बतासेमा दुईकोठे नयाँ विद्यालय भवन तथा तीनकोठे विद्यालय भवन मर्मत गरिने पनि सो संस्थाले जनाएको छ । रासस

post image

मंसिर १९, काठमाण्डौ ।   नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २५  औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी उहाँको सम्झना गरिदैछ ।  बिसं १९९६ मा असोज १८ गते काठमाण्डौको किलागलमा जन्मिएका उहाँको निधन बिसं २०४७ मंसिर १९ गते भएको थियो ।

नारायण गोपालको सम्झनामा आज नारायण गोपाल संगीत कोषलगायत संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । राजधानीको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा दिउँसो   सांगितिक कार्यक्रमको आयोजना गरिएको छ । उहाँलाई २०२३ सालमा सर्बोत्तम संगीतकार, २०२४ सालमा सर्बोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०४० सालमा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो ।

यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरुस्कारले मरणोपरान्त सम्मान गरिएको थियो । उहाँका म त लालीगुराँस भएछु ,ए कान्छा ठट्टैमा यो बैश जान लाग्यो, एउटा मान्छेको मायाले कति लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।

post image

मंसिर १७, काठमाण्डौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिहंले आज चन्द्रागिरी हिल्स लिमिटेडको अवलोकन भ्रमण गरेका छन् । काठमाण्डौ निर्वाचन क्षेत्र नम्वर १० का नेपाली काँग्रेसका क्षेत्रिय सभापती पुकार महर्जन,तरुण दल क्षेत्र नम्वर १० का क्षेत्रिय सभापती ईश्वर लामा सहित नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि सहित सिंह भालेश्वर महादेशवको दर्शन गर्न चन्द्रागिरी पुगेका थिए ।
kajiiसिंहले ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरेका थिए ।
पछिल्लो समयमा बिभिन्न राजनीतिक दलका नेताहरु मन बहकाउनका लागि हो वा तिर्थाटनका लागि हो चन्द्रागिरीको भ्रमणमा निस्कने गरेका छन् ।

post image

मंसिर १६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का कार्यालय सदस्य देव गुरुङगले नेपाली सस्कार र संस्कृतिमाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताएका छन् । ‘नेपाली विशेष गरेर आदिबासी–जनजातिको कला र संस्कृतिमाथि साम्राज्यवादी संस्कृतिले आक्रमण गरिरहेको छ । यसको विरुद्धमा लाग्नु आजको आवश्यकता हो’ गुरुङले भने ।

बिहीबार फाल्गुनन्द लिङदेन फिल्मस प्रा.लि.ले संवाद डबलीमा आयोजना गरेको ‘सम्मान तथा शुभसाइत’ कार्यक्रममा बोल्दै नेता गुरुङले नेपालमा अझै सामन्तवादी संस्कृतिले जडा गाडेको बताए । उनले नेपाली सस्कार र संस्कृतिमाथिको बाह्य आक्रमणलाई सामन्तवादी संस्कृतिले सहयोग गरिरहेको बताए ।

फाल्गुनन्द लिङदेन फिल्मस प्रालिको व्यानरमा निर्माण हुन लागेको चलिचित्र ‘दुस्साहस’ को सुभारम्भ पनि गरिएको थियो । दिनेश लिङदेनको निर्माता तथा निर्देशनमा बन्ने उक्त चलचित्रमा सोम लामा, अजय खड्का, निषा पोमु, प्रिजन श्रेष्ठ, प्रदिप योङहाङ, रुपा राना, विवेघ बेघा, कल्याण राई, उदय सुब्बा, मेहन्द्र कुमार राईलगायतका कलाकारहरुले चलचित्रमा अभिनय गर्ने जानकारी पनि गराइएको थियो ।
कार्यक्रममा डा. बिजय लिङदेन, कल्पना योङहाङ, उदय सुब्बालगयतले नयाँ चलचित्रको लागि शुभकामना दिएका थिए ।

यही हप्ताबाट छायांकन सुरु गरिने उक्त चलचित्रमा राजु किराती, संगीता विकास चौधरीको द्वन्द्वमा भूमिका हुनेछ भने ज्ञानु राइले छायांकन गर्नेछन् ।  चलचित्रमा समेटिने गीतमा रोशन सुवेदी, मेनुका राई, पाश्र्वले स्वर दिनेछन् । कार्यक्रममा छक्का पञ्जाकी निर्देशक तथा कलाकार दिपा श्री निरौलालगायतका कलाकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।

post image

मंसिर १६, काठमाण्डौ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल र अनेरास्ववियूको आहृवानमा बिहिवार काठमाण्डौको शान्तिबाटीका रत्नपार्कमा मुर्दा जुलुस प्रदर्शन गरेको छ । प्रदर्शनको प्रारम्भमा युवा संघका अध्यक्ष राजीव पहारी तथा अनेरास्ववियूकी अध्यक्ष नबिना लामा लगायतले सांकेतिक रुपमा मुर्दा बनाईएको मुद्र्धालाई बोकेका थिए ।
murda1सरकारले संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज बिहान काठमाडौंका बिभिन्न सरकारी क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको थियो । हजारौ विद्यार्थी, युवा तथा एमालेका कार्यकर्ताहरुले मुर्दा जुलुसमा सरकार बिरुद्ध नारावाजी गरेका थिए ।
पार्टीले संघर्षमा उत्रिने घोषणा गरे लगत्तै राजधानीमा बुधबार नै एमालेका दुई भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए । सडकमा टायर बाली उनीहरूले प्रस्तावविरुद्ध मुलुकभर आन्दोलन चर्काउने घोषणा गरेका छन् । युवा संघका अध्यक्ष राजीव पहारी र अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले सम्बोधन गर्दै प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलन जारी रहने बताए । युवा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै संशोधन प्रस्तावको मस्यौदा जलाएका थिए ।

post image

मंसिर १५, काठमाण्डौं । मुलुकको सबैभन्दा ठूलो प्रशासनिक केन्द्र हो सिहंदरवार । यही सिहंहदरवारमा प्रधानमन्त्री कार्यालयदेखि लिएर दर्जनौ मन्त्रालय तथा अन्य बिभिन्न सरकारी कार्यालयहरु रहेका छन् । पक्कै पनि यति धेरै सरकारी कार्यालयहरु रहेको स्थानमा कर्मचारीहरु त प्रबेश गर्ने नै भए । बुधवार बिहान कार्यालय समयमा सिहंदरवारमा एक्कासी एक भैसी प्रबशे गर्दछ । प्रहरीको सुरक्षा घेरा नाघेर मुख्य प्रशासनिक निकाय सिंहदरबारमा भैंसी प्रवेश गरेको छ ।

माइतीघर मण्डलातर्फबाट आएको भैंसी सिंहदरबारको दक्षिणी ढोकाबाट भित्र छिरेको  बताईएको छ । दक्षिणी ढोकादेखि ५० मिटर भित्र प्रवेश गरेको भैंसीलाई प्रहरीले तत्कालै  नियन्त्रणमा लिएर बाहिर लखेटिदिएका थिए । सिंहदरबारमा कार्यरत प्रहरीका अनुसार, स्थानीय विकास मन्त्रालयको नजिकै आएको सो भैंसीलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । भैंसीको ढाडमा कसैले काटेको अवस्था थियो ।

भैंसीले सिंहदरबारमा कुनैपनि क्षति पु–याएको छैन । भैंसी पौने १० बजेतिर सिंहदरबार छिरेको थियो । भित्र छिरेको केही समयमै भैंसीलाई बाहिर निकालिएको थियो ।। यसरी भैसी कार्यालय समयमा सरासर दक्षिण् गेटवाट भित्र छिरे पछि सिंहदरवार पुगेका सर्वसाधारण तथा कर्मचारीहरु आश्चर्यमा परेका थिए ।

post image

मंसिर १५, सौराहा चितवन । पर्यटकीय नगरी सौराहामा सञ्चालनमा ल्याईएको चेपाङ संग्रहालयमा अबलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटनको भीड लाग्ने गरेको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको सो संग्रहालय दैनिक ६ सय पर्यटनहरुले अबलोकन गर्ने गरेका छन । अबलोकन गर्ने पर्यटक मध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका सचिव रेशम चेपाङले जानकारी दिए ।

aaaगत भदौ महिनाबाट सुरु गरिएको सो संग्रहालयमा कार्तिक महिना सुरु भएपछि अबलोकन कर्ताको भीड लाग्ने गरेको हो । अहिले चेपाङ संग्रहालय सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकको अर्कषणको केन्द्र बनेको छ । सौराहाको गैंडाचोकमा अर्काको घर भाडामा लिएर चेपाङ संग्रहालय सञ्चालन गरिएको छ । संग्रहालयबाट भएको आम्दानी प्रतिमहिना २० हजार रुपैया घर भाडा तिरेर बचेको रकम गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ शिक्षामा खर्च गर्ने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए ।

cccccccccccccccccकेन्द्रमा आश्रित चेपाङ वालवालिकाको शिक्षाका लागि दीर्घकालिन श्रोत जुटाउन सौराहामा संग्रहालय सञ्चालन गरिएको हो उनले भने सुरुवाती केही महिनामा घरको भाडा तिर्न मुश्किल भएको भएपनि अहिले भने पर्यटनको भीड लागेको छ । केही दिन देखि संग्रहालय अबलोकन कर्ताको भीड लाग्न थालेपछि आफु उत्साहित भएको उनले बताए । केन्द्रमा चेपाङ समुदायको कला,संस्कृति झत्कने आदिमकाल देखि चेपाङहरुले बनाएर प्रयोग गरेका भाडाबर्तन सहितका अन्य ३७४ वटा आर्कषक सामाग्रीहरु केन्द्रमा राखिएको अध्यक्ष शर्माले बताए ।

आईईसी रेड डे सम्पन्न

प्रकाशित मिती : Friday
post image

मंसिर १०, काठमाण्डौं । आईईसी आर्ट एण्ड फेसन डिजाईनिङ्ग स्कूल एण्ड कलेजले काठमाण्डौमा आईईसी रेड डे नामक बिशेष कार्यक्रमको आयोजना गरेको छ । फेसन डिजाईनिङ्ग सम्वन्धि अध्ययन अध्यापन गराउँदै आईरहेको आईईसीले नेपालमा बागबजार, मण्डीखाटार र भक्तपुरको सल्लाघारीमा कलेज स्थापना गरी अध्ययन अध्यापन गराउँदै आईरहेको छ । आईईसीले आफ्नो कलेजमा अध्ययन गर्ने विद्यार्थीह्रुको क्षमतालाई अभिबृद्धी गर्न र उनिहरुको भित्रको प्रतिभा प्रष्फुटन होस् भन्नका लागि बर्षेनी रेड डे नामक कार्यक्तमको आयोजना गर्दै आईरहेको छ ।

reddayसन् २००७ देखि निरन्तर रुपमा आयोजना गर्दै आईरहेको आईईसी रेड डे कार्यक्रमबाट बिद्यार्थीह्रुले ईन्टरीयर डिजाईनिङ्ग र फेसन डिजाईनिङ्ग गरी दुई बिधामा छुट्टा–छुट्टै प्रतिष्पर्धा गर्दै आईरहेका छन् । । यस बर्ष आयोजना गरीएको आईईसी रेड डे कार्यक्रममा आईईसीले फेसन डिजाईनिङ्गमा सहभागी विद्यार्थीह्रु र्याम्पमै उत्रेर आफुले तयार पारेका डिजाईनहरु प्रस्तुत गरेका थिए । आफुले पढेको बिषयलाई ब्यवहारीकतामा उतार्न पाउँदा र आफुमा भएको क्षमता प्रस्तुत गर्न पाउँदा यस पटकको आईईसी रेड डेमा सहभागी विद्यार्थीह्रु दंग थिए ।  आफ्ना सहकर्मी साथीहरुबिच गराईएको प्रतिष्पर्धात्मक कार्यक्रममा फेसन तर्फ सरीता गुरुङ्ग प्रथम भएकी थिईन् भने फष्ट रनर अप सुब्बी मानन्धर र सिजल उप्रेती भएका थिए । त्यसरी नै फेसन तर्फ सेकेण्ड रनर अपको उपाधी तेज माया पुन र आरजो प्रधानले हात पारेका थिए भने प्रतियोगिताको अपकमीङ्ग डिजाईनरको उपाधीवाट सलीना श्रेष्ठ र स्कृती सुब्बा पुरस्कृत भएका थिए

iecredत्यसरी नै आईईसी रेड डे कार्यक्रमको ईन्टरीयर डिजाईनिङ्गतर्फको उपाधी सिबिका महर्जनले हात पार्न सफल भएकी थिईन् । ईन्टरीयर तर्फवाट फष्ट रनर अप रुपा तामाङ्ग बनेकी थिईन् भने सेकेण्ड रनर अपको उपाधी दिक्षा कारञ्जीत श्रेष्ठको हातमा परेको थियो । यस बिद्य