post image

चैत १२, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो ।

विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत गराइसकेका छन् । मणिपुरको काङपोख जिल्लामा जन्मेका विष्टको पश्चिम दिल्लीको पञ्जावी बागमा स्थायी घर रहेको छ भने दार्जिलिङको सिलगढी नजिकै मतिगढाको सैनिकपुरीमा पनि घर रहेको छ । भाजपाले टिकट दिएपछि उनी सोमबार नै दिल्लीबाट दार्जिलिङ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

दार्जिलिङ फर्किएपछि उनको भव्य स्वागत भएको छ । विष्ट भाजपाका नेता होइनन् तर राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट सूर्या फाउन्डेशनका प्रबन्धक निर्देशक हुन् । समाजसेवामा क्रियाशील उनी सूर्या फाण्डेशनकोबाट गरीब तथा जहेन्दार विद्यार्थीको पक्षमा काम गर्छन् । भाजपालाई दुई प्रमुख राजनीतिक दल विमल गुरुङ नेतृत्व गोर्खा जनमुक्ति मोर्चा  र गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको गठबन्धनको पनि साथ रहेको छ ।

विगत दश वर्षयता भाजपाले बाहिरबाट उम्मेद्वारहरू पठाउने गरेको थियो । यसअािघ जसवन्त सिंह र एसएस अहलुवालियाले भाजपाबाट चुनाव जितेका थिए । यसपटक पनि भारजपाले दार्जिलिङका निवर्तमान सांसद तथा केन्द्रीय मन्त्री एसएस आहलुवालियाको नाम घोषणा गरेको थियो । तर दार्जिलिङवासीले त्यसको विरोध गरेपछि विष्टलाई उम्मेदवार बनाइएको हो ।

दार्जिलिङमा नेपाली भाषीलाई नै उम्मेदवार बनाउने माग आए पछि आफ्नो उम्मेदवारी फिर्ता लिएका आहलुवालियाको विकल्पको रूपमा अन्य शीर्ष नेताहरूको नाम पनि चर्चामा आएका थिए । भाजपा संसदीय बोर्डमा बसेको आकस्मिक बैठकले पहिले आहलुवालियाको ठाउँमा पार्टीका दिग्गज नेताहरू अरूण जेटली र सुभ्रमन्यम स्वामीलाई उम्मेदवार बनाउने चर्चा पनि चलेको थियो ।

विष्टले दार्जिलिङमा केन्द्रीय विश्वविद्यालयको स्थापनाको साथै गोरखा जातीको स्वाभिमानका लागि विकासका काम गरेर गोर्खालीको सपना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

चिया वगानका कर्मचारीलाई अधिकार दिलाउनुको साथै बन्द अवस्थामा रहेको चिया बगान र लघु उद्योग तथा औद्योगिक क्षेत्रका समग्र विकासका काम गर्ने पनि उनले प्रतिबद्धता जनाएका छन् ।

post image

चैत १२, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्।

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागू गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको जानकारी दिए।

गरिबीमा रहेकाहरूलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागू गरिने अध्यक्ष गान्धीले बताए।

‘गत पाँच वर्ष जनता धेरै समस्याहरूबाट ग्रसित भए, विशेषगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौं,’ उनले भने।
अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे।

‘अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि कंग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौं,’ उनले भने।

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए।

यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कंग्रेस नेताहरूले बताएका छन्। (रासस/एएनआई)

post image

चैत ७, काठमाडौं । यूरोपेली संघ (इयू) को प्रतिस्पर्धा आयोगले गुगलमाथि प्रतिस्पर्धी अनलाइन सर्च विज्ञापनदातालाई ब्लक गरेको आरोपमा १४९ करोड यूरो अर्थात् लगभग १ अर्ब ८६ करोड रुपैयाँ जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितीको दुरुपयोगका कारण लगाइएको हो । दुई वर्ष भित्र गुगलमाथि प्रतिस्पर्धा नियमको उल्लंघन गरेको भन्दै जरिवाना लगाएको यो तेस्रो पटक हो ।

गुगलको पेरेन्ट कम्पनी अल्फाबेट विज्ञापनबाट अर्बौं डलरको कमाई गर्छ र सन् २०१८ मा विज्ञापनबाट यसको कर अघिको नाफा ३०७० करोड डलर थियो ।

यूरोपेली संघकी प्रतिस्पर्धा आयुक्त मार्गरेट वेस्टेजरले गुगलले जे गरेको छ त्यो यूरोपेली युनियनको एन्टी ट्रस्ट नियमविरुद्ध भएको बताएकी छिन् । उनले ब्रसेल्समा गुगलको एडसेन्स विज्ञापन कारोबारको लामो समयदेखि चलिरहेको अनुसन्धानको परिणामबारे जानकारी दिइन् ।

उनले भनिन्, ‘गुगलले एडसेन्स प्लेटफर्मलाई ब्रोकरको प्रयोग गरिरहेका वेबसाइटलाई रोक्नका लागि आफ्नो बलियो स्थितीको दुरुपयोग गरेको अनुसन्धानमार्फत पत्ता लागेको छ ।’

आयोगले गुगल र उसको मूल कम्पनी अल्फाबेटले इयूको प्रतिस्पर्धा निरोधक नियमको उल्लंघन गरेको पायो । यसमार्फत् गुगलका प्रतिद्वन्द्वी कम्पनीले आफ्नो विज्ञापन यी वेबसाइटमा दिन रोकियो ।

गत वर्ष जुलाईमा यूरोपेली युनियनले गुगलमाथि ४.३ अर्ब यूरो जरिवाना लगाएको थियो  । अमेरिकी कम्पनी गुगलले आफ्नो मोबाइल डिभाइस रणनीति अनुसार गुगल सर्च इन्जिनलाई गलत तरिकाले थप शक्तिशाली बनाएको आरोप लगाइएपछि गरिएको अनुसन्धानपछि उक्त निर्णय सुनाएको थियो ।

post image

चैत ५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिग्गज कम्पनी गुगलका बारेमा कडा टिप्पणी गरेका छन् । गुगलले चीन र चीनको सेनालाई सहयोग गरेको आरोप उनको छ ।

ट्रम्पले हालै गरेको एक ट्विटमा लेखेका छन्, ‘गुगलले चीन र चिनियाँ सेनालाई सहयोग गरिरहेको छ, तर अमेरिकालाई होइन । यो निकै भयानक छ । सुखद् समाचार के भने उनीहरुले हिलारी क्लिन्टनलाई गरे तर ट्रम्पलाई गरेनन्… आखिर यो कसरी भयो ?’

यसरी ट्रम्पले गुगल र चीनलाई एकसाथ प्रहार गर्ने क्रममा आफ्नो राष्ट्रपतिकी प्रतिस्पर्धी क्लिन्टनलाई पनि छाडेनन् ।  अमेरिकाको सेना प्रमुखले गुगलको आलोचना गरेको केही समयपछि नै ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो । गुगलले चीनमा गरिरहेको गतिविधिले अप्रत्यक्ष रुपमा चिनियाँ सेनालाई सहयोग पुगिरहेको सेना प्रमुखले हालै बताएका थिए ।

तर गुगलले आरोपको खण्डन गरेको छ । गुगलले भनेको छ, ‘हामीले चिनियाँ सेनासँग काम गरेका छैनौँ । हामीले साइबर सुरक्षा, अमेरिकी सरकारका नियुक्ति तथा स्वास्थ्यलगायतका कुरामा अमेरिकी सरकार तथा अमेरिकी रक्षा मन्त्रालयसँग मिलेर काम गरिरहेका छौँ ।’

गुगलको चीनमा रहेको संलग्नताको विषय पछिल्लो समयमा बहसको विषय बनिरहेको छ । गुगलले चिनियाँ सरकारको नियमानुसार चीनका लागि लक्षित गरी सर्च इन्जिनको विकास गर्ने प्रक्रियामा रहेको समाचार पनि आएको थियो । तर गुगलका सीईओ सुन्दर पिचाइले यस्तो योजना नभएको प्रष्टीकरण दिएका थिए । यद्यपि, भविष्यमा चीनमा सर्च इन्जिन लञ्च गर्ने कुरालाई उनले अस्वीकार भने गरेनन् ।

पछिल्ला केही महिना यता अमेरिका र चीनबीच व्यापार युद्ध चर्किरहेको छ । यसले अमेरिका र चीन दुवै देशका प्रविधि कम्पनीहरुलाई नकारात्मक असर परिरहेको छ । अमेरिकाले चिनियाँ ब्राण्ड हुवावेका उत्पादनहरु माथि पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । उता चीनमा एप्पललगायतका अमेरिकी कम्पनीको बिक्रीमा तीव्र गिरावट भइरहेको छ ।

post image

चैत ५,काठमाडौं । सोमबार बिहान १० बजेर ४५ मिनेटमा नेदरल्याण्डको युट्रेख्ट शहरको ट्राममा गोलीबारी गर्ने संदिग्धलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

गोलीबारीमा तीनजनाको ज्यान गएको थियो भने पाँचजना घाइते भएका थिए । प्रशासनका अनुसार हमलाकर्ताको उद्देश्य के थियो, त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

नेदरल्याण्डको पुलिसले ३७ वर्षका गोकमेन तानिसलाई हमलाको थुप्रै घण्टापछि पक्राउ गर्न सफल भयो । उनलाई कहाँबाट पक्राउ गरियो भन्नेबारे पनि स्पष्ट जानकारी छैन ।

बीबीसी टर्की सेवासँग कुरा गर्दै एक स्थानीय व्यापारीले संदिग्ध हमलाकर्तालाई यसअघि पनि इस्लामिक स्टेटसँग सम्बन्ध भएका कारण पक्राय गरिसकिएको छ । यद्यपी, उनलाई केही समय पछि नै रिहा गरिएको थियो । पुलिसले यसलाई आतंकवादी घटनाको रुपमा हेरेको छ ।

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले हमलाले त्यहाँका जनता निकै आहत भएको बताए । उनले भने, ‘हाम्रो देश यो हमलाले विक्षिप्त भएको छ । यो हामीलाई आहत गरिदिने हमला हो । यो हमलामा ट्राममा बसिरहेका मानिसहरुमाथि गोली चलाइयो । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ । ’

यूट्रख्ट युनिभर्सिटी मेडिकल सेन्टरबाट घाइतेको उपचारका लागि आपत्कालीन वार्ड खोल्न भनिएको छ । यसका साथै शहरमा हाई अलर्ट घोषित गरिएको छ । यूट्रेख्ट युनिभर्सिटीका सबै भवन बन्द गरिएको छ र अर्धसैनिक बललाई हवाई अड्डा र मस्जिदको सुरक्षाका लागि पठाइएको छ ।

post image

चैत ४, सिड्नीअस्ट्रेलियामा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा)ले १० औं वार्षिकोत्सवका अवसरमा भव्य रूपमा होली पर्व (फागु) मनाएको छ।एन्टा १० औं वार्षिकोत्सवसँगहोली हंगामानामक साँस्कृतिक कार्यक्रमको आयोजनाका गर्दै सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा होली पर्व हर्षोंल्लासका साथ रङ, अविर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ।

अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरूको बाक्लो उपस्थितिमा विभिन्न भाषा भाषिका मनोरञ्जनात्मक कार्यक्रम समेत रङको टिकामार्फत् शुभकामना साटासाट गरेर होली पर्व सबै नेपालीको साझा पर्व भएको सन्देश दिइएको थियो। कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन लागि नेपालबाट विभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो। साथसाथै स्थानीय कलाकारहरूको वेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा एन्टाका उपाध्यक्ष रञ्जित शाहले स्वागत मन्तव्य गर्दै हिमाल पहाड तराई कोही छैन पराई भन्ने सन्देश बोकेर सिड्नीमा एन्टाले होली महोत्सव गरेको सुनाए।

नेपालबाट रमेशराज भट्टराई, डोली सरकार सुनील पण्डितजस्ता होलीका चर्चित कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रम नेपाली, मैथिली, भोजपुरी अंग्रेजीमा सञ्चालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी नेपाली भाषाका शब्दहरूमा  गीत संगीत प्रस्तुति दिएका थिए।

कार्यक्रममा एन्टाका अध्यक्ष अरूणकुमार ठाकुरले होली मधेशको मात्र नभइ सबै नेपालीको साझा महोत्सव भएकोले विदेशमा आएर पनि रङको पर्वमा रंगीन पाउँदा हर्षित भएको सुनाए।

 

कार्यक्रमको प्रमुख अतिथि न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले रङको पर्व होली सबै नेपालीको पर्व रहेको सुनाए। मुख्य प्रायोजककोतर्फबाट युनिकटर्न एजुकेशन एन्ड माइग्रेशनका तर्फबट सनत गुप्ताले एन्टालाई सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको विषय रहेको बताए। एन्टाका सचिव तुलसी शाहले  सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियामा रहेका सबैखाले संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

post image

सिड्नी । नेपालको रौतहट जिल्लामा जन्मीएका र करीव १० बर्ष चितवनमा बिताएका ३६ बर्षिय रञ्जित शाह अध्ययनका लागि एक दशक अघि अष्ट्रेलिया प्रबेश गरेका थिए । प्रारम्भमा जे गरेर भएपनि अष्ट्रेलीयामा टिक्नु पर्छ भन्ने मनशायकासाथ आफ्नो काम शुरु गरेका रञ्जितले सन् २०१५ मा रामा फ्यासिलीटी म्यानेजम्यान्ट प्रालि कम्पनी शुरु गरे । नेपाल तथा बिश्वका बिभिन्न मुलुकहरुवाट अध्ययनका शिलशिलामा यहाँ आएका विद्यार्थीहरुलाई सजिलै काम प्राप्त होस् र उनिहरुले आफ्नो अध्ययन सँगसँगै यहाँ बस्नका लागि पनि सहज होस् भन्नका लागि सानो स्केलमा ब्यवसाय शुरु गरेका रञ्जितले हालका दिनसम्म आईपुग्दा करीव २ सय जनालाई काम दिईरहेका छन् । क्लिीनिङ्ग क्षेत्रमा राम्रो स्कोप देखेका रञ्जितले त्यही क्षेत्रमा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि मार्फत काम गरीरहेका छन् । रञ्जितले केवल अष्ट्रेलियाको सिड्नीमा मात्रै नभएर रामा फ्यासिलिटि प्रालि मार्फत नेपालमै ब्यावसाय संचालन गर्ने तयारीमा जुटेका छन् । अष्ट्रृेलियामा मिहेनत गरेर अघि बढ्ने हो भने निकै सम्भावना रहेको बताउने ,रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिका प्रबन्ध निर्देशक रञ्जित शाहसँग अनलाईनसमय डटकमले गरेको कुराकानी ।

अहिले केमा ब्यस्त हुनुहुन्छ ?

मेरो अष्ट्रेलियाको पारामाटामा रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालि रहेको छ । यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय विद्यार्थीहरुदेखि लिएर कामको खोजीमा रहेकाहरुलाई सजिलै काम प्रदान गर्दछ । त्यसरी नै यस कम्पनी मार्फत हामीले काम खोज्न आउनेहरुलाई क्लिनिङ्ग सम्वन्धी काम, उचित परामर्श, विद्यार्थीह्रुका लागि कोठा भाडा,गाडी चलाउन सिकाउने लगायतका कुराहरु तथा सहयोग गरीरहेका छौं ।

दिनचर्या कस्तो चलिरहेको छ ? सधै फोनमै झुम्मीरहेको देख्छु ?

हो हेर्नुस् न बिहानदेखि अहिलेसम्म फोन बजेको बज्यै छ । यहाँले देखिनै रहनु भएको छ । मेरो दिनचर्या भनेकै हामीले काम गरीरहेका सिड्नीका बिभिन्न क्षेत्र तथा स्थानहरुमा के कस्तो काम भईरहेको छ, हाम्रो कामप्रतिको सन्तुष्टी कस्तो छ ,हाम्रा साथीहरुले के–कसरी काम गरीरहनु भएको छ, उहाँहरुको अवस्था तथा उहाँहरुको कामको बारेमा बिहानै जानकारी लिने गर्दर्छु । त्यसरी नै कसैलाई केही समस्या भएको अवस्थामा म आफै त्यही स्थानमा पुगेर उनिहरुलाई सघाउ पुग्ने का मगर्दै आईरहेको छु । त्यसरी नै फोनमा समेत हाम्रा कर्मचारी तथा सहकर्मीहरुले के कसरी काम गरीरहेका छन् भन्ने बारेमा निरन्तर रुपमा अपडेट लिने काम गर्ने गर्दर्छु । त्यती मात्रै होईन, कामका लागि आईपर्ने समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा निरन्तर क्लाईन्टसँगको सम्वन्वय सहकार्य र आपसी सरसल्लाहमा कामहरु अघि बढाईरहेका छौं । अब फोनको कुरा गर्नु पर्दा यही फोनकै भरमा मैले सबै कर्मचारीदेखि लिएर काममा गएका साथीहरुसँग सम्पर्क गर्ने भएकाले मात्रै ब्यस्थ भएको देखिन्छ ।

तपाईको अष्ट्रेलिया अनुभव बताई दिनुस् न ?

सन् २००८ को डिसेम्बरमा म अष्ट्रलिया आएको हुँ । साथीभाईहरुको सहयोगमा यहाँ केही कामहरु गर्न थाले । त्यो बेला बिश्वमा नै कामको निकै संकटको अवस्था थियो । त्यस्तो अवस्थामा मैले काम पाउँदा म निकै खुशी भएँ । मैले पहिलो दिन काम सिड्नीवाट करीव ६० किलोमिटर टाढा क्यामदेनमा रेष्टुरेन्ट क्लिनिङ्गको पाएको थिए । जहाँपुग्न १३ डलर भाडा लाग्थ्यो भने मैले दिनभर काम गरेको ४७ डलर पाएको थिए । तर त्यही काम र त्यही ४७ डलर नै मेरो लाईफको टर्निङ्ग प्वाईन्टका रुपमा रह्यो । मैले त्यस पछि निरन्तर रुपमा क्लिनिङ्गको कामहरु गर्दै गएँ । मलाई यति भनिरहँदा गर्भ महशुष हुन्छ कि, अरुले ११ बर्षमा थुप्रै विश्वविद्यालयका डिग्री लिए होलान् तर मैले क्लिनिङ्ग सेक्टरमा पिएचडी गरेको जस्तो महशुष हुन्छ । हालका दिनसम्म पनि सो रेष्टुरेन्ट मैले संचालन गरीरहेको कम्पनी मातहतवाट सेवा लिईरहेको छ र मैले सेवा प्रदान गरी नै रहेको छु । सन् २०१५ मा आएर मैले अब आफुले मात्रै काम गरेर हुदैन अरु साथीहरुलाई र नेपालवाट आएका विद्यार्थीह्रुलाई पनि काम दिनु पर्छ भन्ने मनशायकासाथ रामा फ्यासिलिटि प्रालि संचालन गरीरहेको छु र हालका दिनमा आईपुग्दा हाम्रो कम्पनीमा करीव २ सयको हाराहारीमा साथीहरु काम गरीरहेका छन् । यो नै मैले मेरो सफलता मानेको छु भने सयौ विद्यार्थीहरुलाई यसरी काम लगाउन पाउँदा म निकै खुशी छु र आगामी दिनहरुमा समेत यो पेशामा दृढताकासाथ लागीरहने प्रतिबद्धता जनाउादँछु ।

अष्ट्रेलिया अध्ययन गर्न आईरहेका र आउन चाहने विद्यार्थीलाई यहाँको सुझाव के छ ?

सबैभन्दा पहिला त तपाईहरु अध्ययन गर्न आउनु भएको छ भने अध्ययनलाई पहिलो प्राथमिकता दिनुस् । अध्ययन सँगसँगै तपाई यहाँ बाँच्नका लागि पनि काम त गर्नेपर्छ । अर्को कुरा तपाई अष्ट्रेलिया अध्ययनका लागि आउँदै हुनुहुन्छ भने नेपालमै राम्रोसँग गाडी चलाउन सिकेर नेपाली लाईसेन्स लिएर आउनुस् । किनकि नेपाली लाईसेन्सले अष्ट्रेलियामा गाडी चलाउन पाईन्छ । गाडी चलाउन जान्यो र तपाईसँग गाडी छ भने यहाँ काम पाउन र गर्न निकै सजिलो हुन्छ । त्यसरी नै यहाँ अष्ट्रेलियामा केवल किताबी ज्ञान भन्दा पनि प्रयोगात्मक र ब्यवहारीक सिप हुनु जरुरी छ । सिप भयो भने तपाईले यहाँ काम सजिलै पाउन सक्नुहुन्छ । त्यसैले म सबै विद्यार्थी तथा अभिभावकहरुलाई के भन्न चहान्छु भने तपाई आफ्ना नानीबाबुहरुलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउँदै हुनुहुन्छ भने केही सिप सिकाएर पठाउनुस् ।

अर्को कुरा यहाँ अध्ययन गर्न आउने विद्यार्थीह्रुले समेत के ध्यान दिनु जरुरी छ भने अष्ट्रेलियामा कुनै डलरको रुख छैन कि, यहाँ आउने बित्तिकै पैसा फलिहाल्छ, त्यसैले तपाईहरु जहाँ जे पढ्न आउँदै हुनुहुन्छ, कम्तीमा एक बर्षको फि नेपनलवाटै तिरेर आउनुस्, त्यसले तपाईलाई यहाँ काम गर्न तथा अध्ययन गर्न निकै सजिलो हुनेछ । नत्र भने तपाईलाई निकै आर्थिक समस्या पर्न सक्दछ । किनकी यहाँ भन्ने बित्तिकै काम पाउन त्यती सजिलो छँदै छैन ।

अष्ट्रेलियाको सिड्नीमा यहाँले थुप्रै विद्यार्थीहरुलाई काम दिईरहनु भएको छ ? उनिहरुसँगको काम गराईकोे सुझाव कस्तो रहेको छ ?

जनकजी, तपाईले निकै रमाईलो प्रश्न गर्नुभयो,यहाँ अध्ययन गर्न आएका जति पनि  विद्यार्थीहरु छन् । सबै नयाँ हुन्छन् । उनिहरुलाई यहाँको अवस्थाका बारेमा र कामको बारेमा खासै जानकारी हुदैन । हाम्रोमा त्यस्ता थुप्रै विद्यार्थीहरु आउँछन् । हामीले उनिहरुलाई काम सिकाएर काम पनि दिन्छौं । त्यती मात्रै होईन, हामीले नयाँ विद्यार्थीहरुलाई कसरी यहाँ कोठा लिने, कसरी बस्ने, कसरी काम खोज्ने, कसरी काम दिने र के काम गर्दा कस्तो हुन्छ , अष्ट्रेलियामा कसरी सफल जिवन बिताउन सकिन्छ भनेर पूर्ण रुपमा काउन्सिलिङ्ग गर्ने गर्दछौं । अब प्रसंग रह्यो, नेपाली विद्यार्थीहरुले कस्तो परफमेन्स गरीरहेका छन् भने यहाँ आएका र काम गरीरहेका जति पनि विद्यार्थीहरु छन् उनिहरुले निकै राम्रो परफमेन्स गरीरहेका छन् । उनिहरुको काम देखि सबै जना निकै खुशी छन् । नेपालीहरुले अरुलेभन्दा बढी मिहेनत गर्ने भएकाले पनि यहाँ निकै सफल भएर उद्यमी बनीरहेको मैले देखेको छु ।

नेपालमा अझै पनि सबल दक्ष र सक्षम जनशक्ति पाउन निकै गाहे छ ? तर तपाईले संचालन गरीरहनु भएको ब्यवसायमा थुप्रै दक्ष जनशक्तिहरु काम गरीरहेका छन् । नेपाललाई सिपयुक्र जनशक्ति तयार पार्नका लागि के गर्नु पर्ला जस्तो लाग्छ ?

हेर्नुस्,यो अष्ट्रेलियामा तपाईसँग सिप छैन र ब्यवहारीक ज्ञान छैन भने बाँच्न नै निकै कठीन हुन्छ । नेपालको शिक्षा नै बढी घोकन्ते र किताबी भएकाले पनि त्यहाँ बढी प्रयोगात्मक र सिपयुक्त जनशक्ति उत्पादन हुन नसकेको मैले महशुष गरेको छु । तर पछिल्लो समयमा आएर नेपालमा पनि बिभिन्न प्राविधिक तथा ब्यावसायीक शिक्षण संस्थाहरु खुल्दै जानु, टेफका कोर्षहरु नेपालमै संचालन हुनुलाई मैले सकारात्मक रुपमा लिएको छ ु । त्यसरी नै अब नेपालमा पनि विद्यार्थीहरुलाई सिपयुक्त र प्राविधिक शिक्षा प्रदान गर्दै अघि बढेको खण्डमा नेपालको पढाई निकै नै उत्कृष्ठ छ भन्ने मलाई लाग्दछ । यही अष्ट्रेलियाकै ठूला–ठूला युनिभसिर्टीहरु समेत नेपाली विद्यार्थीले टप गरीरहेको हामीले सुन्दछौं । त्यसैले अव सरकारले प्राविधिक, ब्यवासीक र सिपयुक्त शिक्षा तर्फ जोड दिनु जरुरी छ ।

तपाई त  एसोसिएसन अफ तराई ईन अष्ट्रेलीया एन्टाका उपाध्यक्ष समेत हुनुहुन्छ ? नेपाली समुदाय र नेपालको लागि यस संस्थाले के–कस्ता कामहरु गर्रीरहेको छ ?

हो यहाँले भने जस्तै म अष्ट्रेलीयामा रहेको एसोसिएसन अफ तराई ईन अष्ट्रेलियाको उपाध्यक्ष हुँ । यो संस्था भनेको तराई मधेशका बिभिन्न जिल्लाहरुवाट अष्ट्रेलीया आएकाहरुको साझा चौतारी हो । हामीले एन्टा मार्फत बार्षिक रुपमा छठ, होली लगायतका बिभिन्न साँस्कृतिकपर्वहरु समुदायसँग मिलेर मनाउँदै आईरहेका छौं । त्यसरी नै हामीले आफ्नो देशको लागि केही गर्नु पर्छ भन्ने सोच बनाएर एन्टा मार्फत हरेक बर्ष तराई मधेशमा रहेका जेहेन्दार बिद्यार्थीहरुका लागि पाँच लाख रुपैंयाको छात्रबृती प्रदान गर्दै आईरहेका छौं । जुन छात्रबृती अन्र्तगत यस बर्ष जिवित शहीद सप्तरीका देवनारायण विश्वासका छोराले काठमाण्डौमा सिएको अध्ययन गरीरहेका छन् । त्यसरी नै हामीले बिभिन्न सामाजिक क्षेत्रमा समेत एन्टा मार्फत र मैले ब्यक्तिगत तवरले समेत काम गरीरहेको छु ।

अष्ट्रेलियाको  सिड्नीमा रामा फ्यासिलिटि प्रालिले जे जसरी काम गरीरहेको छ , यसलाई नेपालसम्म पुर्याउने कुनै योजना छ त तपाईसँग ?

पक्कै पनि जनकजी, रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले निकट भबिष्यमा नै काठमाण्डौमा एक गुणस्तरीय सेवा प्रदायक संस्था स्थापना गर्ने तयारी गरीरहेको छ । अन्तराष्ट्रिय सिपलाई नेपाली बजारसम्म पुर्याउने उद्धेश्य सहित रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले नेपालमा पलम्बीङ्ग, ईलेक्ट्रीसियन, क्लिनिङ्ग लगायतका गुणस्तरीय सेवाहरु आम उपभोक्ता समक्ष पुर्याउने योजना सहित हामी अघि बढीरहेका छौं । म यहाँलाई जोड्न चाहन्छु, तपाईको घरमा धारा बिग्रियो पानी आएन, यदी तपाईले पलम्बर खोज्न जानुहुन्छ भने कहाँ पाउने, कुनै स्थायीत्व नै छैन र पाएको खण्डमा पनि मलाई फुर्सद छैन, यति दिनपछि आउनुस् भन्ने जवाफ आउँछ । त्यसैले हामीले संचालन गर्ने रामा फ्यासिलिटि म्यानेजम्यान्ट प्रालिले सबै सेवाहरु अनलाईन मार्फत निश्चित समयमा प्रदान गर्नकै लागि नयाँ सोच, नयाँ बिचार र अन्तराष्ट्रिय स्तरको सेवा दिने मनशाय सहित नेपालमा लगानी गर्न ईच्छुक रहेका छौं । छिट्टै तपाईहरुको सेवामा हाजीर हुने प्रतिबद्धता जाहेर गर्दछौं । धन्यवाद ।

post image

 फागुन २६, काठमाडौं । चीनले आफ्ना सबै घरेलु विमान सेवाप्रदायक कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ विमानहरुलाई तत्कालै ग्राउन्ड गर्न निर्देशन दिएको छ । यही मोडलको विमान आइतबार इथियोपियामा र केही समयअघि इन्डोनेसियामा दुर्घटना भएपछि चीनले यस्तो निर्देशन जारी गरेको हो ।

दुई दुर्घटनामा देखिएको ‘समानता’ लाई औल्याउँदै चीनको नागरिक उड्डयन प्राधिकरणले स्थानीय समयअनुसार सोमबार साँझ ६ बजेभित्र सबै ७३७ म्याक्स ८ विमानलाई ग्राउन्ड गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै विमानको सुरक्षालाई सुनिश्चित गरेपछि मात्र उक्त मोडलको विमानलाई उडान भर्न अनुमति दिइने बताएको छ ।

उड्डयन प्राधिकरणले यस विषयमा अमेरिकी फेडरल एभिएसन एडमिनिस्ट्रेसन र बोइङ कम्पनीसँग छलफल गर्ने बताएको छ ।

केन्यातर्फ उडिरहेको इथियोपियन एयरलाइन्सको विमान आदिस अबाब नजिकै दुर्घटना हुँदा विमानमा सवार सबै १५७ जनाको निधन भएको थियो । यसमा ८ जना चिनियाँ नागरिक पनि थिए ।

यसअघि सन् २०१८ को अक्टोबरमा इन्डोनेसियाको लायन एयरको ७३७ म्याक्स ८ विमान जकार्ताबाट उडान भर्ने बित्तिकै दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

चीनमा हाल ७६ वटा बोइङ ७३७ म्याक्स ८ विमान रहेका छन् भने त्यहाँ थप १०४ वटा विमान अर्डर गरिएको छ ।एजेन्सी

post image

 फागुन २६, काठमाडौं । इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले विमानमा विभिन्न ३३ देशका नागरिक रहेको बताएको छ । बोइङ ७३७ म्याक्स ८ विमान स्थानीय समय अनुसार विहान ८ बजेर ४४ मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।

इथियोपियाको सरकारी सञ्चार माध्यम इथियोपियन ब्रोडकास्टिङ कर्पोरेसनले विमानमा कोही पनि जीवित नरहेको बताएको उल्लेख गरेको छ ।

प्रत्यक्षदर्शीले विमान जमिनमा ठोक्किएर ठूलो आवाज आएको र चर्को आगो बलेको बीबीसीसँग बताएका छन् । विमान दुर्घटनाको पहिलो सूचना इथियोपियाका प्रधानमन्त्री अबि अहमदले आफ्नो ट्विटरमार्फत दिएका थिए ।

post image

 फागुन २६, केन्या । केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्स दुर्घटना भएको छ।इथोपियन प्रधानमन्त्री कार्यलयका अनुसार आइतबार बिहान नैरबीका लागि नियमित उडान भरेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो।

विमानका प्रवक्ताले विमान दुर्घटनामा परेको पुष्टी गरे पनि विमानमा सवार १४९ यात्रु र चालक दलका ८ सदस्यको बारेमा केही बताएनन्। उनले क्षतिको विवरण आइनसकेको जनाए।

अफ्रिकाको सबैभन्दा ठूलो यात्रु बोक्ने क्षमताको उक्त एयरबसमा सवार यात्रुहरूको अवस्थाबारे केही जानकारी नभएको प्रवक्ताले जनाएको समाचार संस्था एपीले जनाएको छ।

post image

फागुन २६, काठमाडौँ । कोलम्बियामा विमान दुर्घटनामा भएको छ । शनिवार राति भएको विमान दुर्घटनामा विमान चालकसहित १२ जनाको मृत्यु भएको हो ।

कोलम्बिया सरकारको अनुसार ‘द डगलस डीसी –थ्रि’ विमान देशको मध्य पूर्व क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।  विमान सान जोश देल गुआवियारे र विल्लाविन्सेसियोको लागि उडान भरिरहेको जनाइएको छ ।  दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र को–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ ।

कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् । कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो ।

 

post image

फागुन  २४, काठमाडौं । भारतिय क्रिकेट कन्ट्रोल बोर्ड(बिसिसिआई)ले पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले पाकिस्तान सुपर लिग-२०१९ को फाइनल हेर्न आउन दिएको निम्तो अस्विकार गरेको छ।

मार्च १७ मा कराँचीमा लिगको फाइनल हुँदैछ। आईसिसी अध्यक्ष शंशाक मनोहरले व्यक्तिगत कारणले उक्त निम्ता अस्वीकार गरेको बताइन्छ। पिसिबीले बिसिसिआई सहित आईसिसीका सबै बोर्ड सदस्यलाई पिएसएलको पाइनल हेर्ने निम्ता गरेको छ। यसमा अफगानिस्तान, इङ्ल्याण्ड, आयरल्याण्ड, बंगलादेश, जिम्बाबे, अस्ट्रेलिया, न्यूजल्याण्ड, दक्षिण अफ्रिका र श्रीलंकाले यसमा सहभागी हुने अनुमान गरिएको छ।

भारतिले पुलुवामा हमलापछि तातिएको भारत-पाक दन्वदका कारण आफ्नो कुनै पनि क्रिकेट अधिकारीलाई पाकिस्तान नपठाउने निर्णयमा छ। पछिल्लो महिना पुलुवामा भएको हमलामा ४० बढि जवानको निधन भएको थियो जसको जवाफमा भारतले पाकिस्तानका केहि शंकास्पद क्षेत्रमा हवाई हमला गरेको थियो।

हमलापछि केहि भारतिय क्रिकेट खेलाडीले पाकिस्तानसँग क्रिकेट सम्बन्ध बिच्छेद गर्नुपर्ने बताएका थिए। यससँगै उनीहरूले आसन्न विश्वकप क्रिकेटमा पाकिस्तान विरूद्ध सम्पूर्ण क्रिकेट म्याच बहिस्कार गर्नुपर्नेसमेत माग गरेका थिए।

खेलाडीले यस्तो माग गरेपनि भारतिय क्रिकेट कन्ट्रोल बोर्डले भारत-पाकिस्तानबिचको विश्वकप भिडन्त रोक्न नसकिने स्पष्ट पारिसकेको छ।

post image

फागुन २१, काठमाडौं । पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् । भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान जोगियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’

पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो । डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।

यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् ।

उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ । धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् । त्यसैले यसलाई प्रतिवन्ध लगाउनुपर्छ ।’

post image

 फागुन २१,काठमाडौं । भारत प्रशासित काश्मिरमा गत फेब्रुअरी १४ तारिखमा भएको आत्मघाती हमलाको यत्तिका दिन बित्त्दा पनि  पनि भारत पाकिस्तानबीचको तनाव कायमै छ । यता पाकिस्तानी प्रधानमन्त्री बारम्बार शान्तिको कुरा गरिरहेका छन् भने  उता भारत पटकपटक हत्या, हिंसा, हमलाको कुरा गरिरहेको छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तै कुरा दोहोराएका छन् ।  दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक –यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका छन् ।

उनले सोमबारको सम्बोधनमा भने, ‘भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गर्छ, यो देशको लागि दुर्भाग्य हो । म अब लामो प्रतिक्षा गर्न सक्दिनँ । छानी–छानी हिसाब लिनु मेरो विशेषता हो । ’

‘अब घर–घरमा छिरेर मार्नेछौं । विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, ’ उनले भने, ‘मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । ’

साथै, उनले आतंकवादीलाई पातल मुनी गएर भए पनि मार्ने चेतावनी दिएका छन् ।

ANI

@ANI

PM: Bharat ke neta bayanbazi karte hain vo Pakistan ke akhbaro ki headline banti hai,Pak Parliament mein charcha ho rahi hai. Aap aisi baat bologe jispe Pak taali bajaye?Desh ki sena ne himmat dikhayi aur main intezaar lamba nahi kar sakta,chun chun ke hisaab lena meri fitrat hai

1,593 people are talking about this

 

 

post image

फागुन २० ,काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कस्मिर विवाद जसले समाधान गर्छ उसले नोवल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन् । भारतीय पाइलट कमान्डर अभिनन्दन वर्तमानलाई भारत सकुशल फर्काइदिएपछि पाकिस्तानमा प्रधानमन्त्री इमरान खानलाई नोवल शान्ति पुरस्कार दिनुपर्ने महाअभियान चलेको थियो।

प्रधानमन्त्री इमरानले त्यसको प्रतिक्रिया स्वरुप आफू त्यस पुरस्कारका लागि योग्न नभएको बताए। उनले ट्वीटमा भनेका छन्,‘म नोवल शान्ति पुरस्कारको लागि योग्य छैन। ती व्यक्ति जसले कस्मिरी जनताको भावना र चाहना अनुसार त्यहाँको विवाद समाधान गर्दै शान्ति र मानव विकासको भूमिका खेल्छ उ पुरस्कारको लागि योग्छ हुन्छ।’

Imran Khan

@ImranKhanPTI

I am not worthy of the Nobel Peace prize. The person worthy of this would be the one who solves the Kashmir dispute according to the wishes of the Kashmiri people and paves the way for peace & human development in the subcontinent.

27.9K people are talking about this

इमरान खानलाई नोवल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने पाकिस्तानी संसदमै आवाज उठेको छ।हाल कस्मिरको विषयलाई लिएर भारत र पाकिस्तानबीचको विवाद उत्कर्षमा पुगेको छ। दुवै देश युद्धको संघारमा छन्।

 

post image

फागुन १७, काठमाडौँ।  बुधबार नियन्त्रणमा लिएका भारतीय वायु सेनाका चालक अभिनन्दन वर्तमानलाई पाकिस्तानले रिहा गरिदिएको छ। पाकिस्तानले शुक्रबार दिउँसो अभिनन्दनलाई इस्लामावादस्थित भारतीय राजदूतावासलाई बुझाएको हो।अब उनलाई पञ्जावको वगाहा(आरती नाकाबाट भारत ल्याइने छ। उनी स्थानीय समयअनुसार तीन बजे भारतीय भूमिमा आइपुग्ने बताइएको छ।

बुधबार  बिहान पाकिस्तानले भारतीय वायु सेनाको जहाजलाई विवादीत कस्मिरमा खसालेको थियो। सो जहाजमा रहेका पाइलटलाई पछि पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो। भारतले दिल्लीस्थित पाकिस्तानका कार्यवाहक राजदूतलाई बोलाएर अभिनन्दनको रिहाइको माग गरेको थियो। बिहीबार पाकिस्तानको संसदमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शान्तिको संकेतस्वरूप वायु सेनाका चालकलाई भारतलाई बुझाउने बताएका थिए।

फेब्रुअरी २६ मा भारतीय सैनिक जहाजले पाकिस्तानी भूमिमा बम खसालेपछि चुलिएको भारत(पाक सम्बन्धको तनाव अभिनन्दनको रिहाइसँगै मत्थर हुने अपेक्षा गरिएको छ।

post image

फागुन १६, काठमाडौं । भारत र पाकिस्तान बिचको तनावलाई लिएर दुई देश बिचमा भएका मिडियाहरुमा आएका चर्चा हेर्ने हो भने युद्ध भैसककेको छ । पाकिस्तानको एक टिभि च्यानलले नेपाल र बर्माको खिल्ली उडाएको छ ।

पाकिस्तानको ‘न्यूज बिट’ च्यानलकी प्रस्तोताले भनेकी छिन्, ‘नरेन्द्र मोदीले भारतीय सेनालाई जहाँ हमला गर्न पनि खुल्ला छुट छ भनेका छन्, मोदीको यो कुरामा हामी हास्ने कि अपसोच गर्ने ? उनले अगाडी थपेकी छिन्, ‘त्यसैले यस्तो धम्कि नेपाल र बर्मा जस्तो कमजोर छिमेकीलाई दिनु, न त हामी नेपाल हो न त बर्मा ।’

स्वभाविक रुपले पाकिस्तानको भन्दा भारतको जनसंख्या धेरैं रहेको छ । भारतीय सेना पाकिस्तानी सेना भन्दा तिन गुणा शक्तिशाली भए पनि भारत जस्तै पाकिस्तान पनि परमाणु शक्ति राष्ट्र हो । पाकिस्तानसंग करिब १४० परमाणु बम रहेको दावी छ भने भारतसंग करिब १२० परमाणु बम रहेको छ । यो सञ्चार माध्यममा रिपोर्ट नै बनाइएको छ ।

 

post image

फागुन १५, काठमाडौं । भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए।

पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले  पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्। सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को  भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्। पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत प्रशासित कस्मिरको प्रहरीले वायु सेनाका दुई जहाज खसेको बताएको छ तर कारण खुलाएको छैन।

post image

फागुन १४, काठमाण्डौ । भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ।

मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को  पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए।

‘आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे। यो दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो  तालिम केन्द्रमा बम खसालिएको हो,’ गोखलेले भने, ‘आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका छन्। तर यसमा कोही पनि आमनागरिक परेका छैनन् किनकी यो तालिम केन्द्र बाक्लो जंगलबीच थियो।’

यसअघि  भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।  बम खसालेर भारतीय वायु सेनाका एक दर्जन मिराज २००० जहाज विनाक्षति भारत फर्किएको अधिकारीहरूले जनाएका छन्।

post image

फागुन १४, काठमाण्डौ । भारत प्रशासित काश्मिरको पुलवामा हमलाको १२ दिनपछि भारतीय वायुसेनाले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ । मंगलबार बिहान करिब साढे तीन बजे मिराज–२००० लडाकू विमानले नियन्त्रण रेखा (एलओसी) पार गरी पाकिस्तान प्रशासित काश्मिरमा छिरेर चरमपन्थी गुटमाथि कारवाही गरेको हो ।

१२ वटा मिराज विमानले हजार किलो बम बर्सायो । यसमा विभिन्न चरमपन्थी क्याम्प ध्वस्त भएको भारतीय मिडियाले दाबी गरेको छ । भारतीय वायुसेनाको सूत्रले यो हमलाको पुष्टि गरेको छ । फेब्रुअरी १३ तारिखमा पुलवामा फिदायीन हमलामा सरकारी सुरक्षाका ४० जवानको मृत्यु भएको छ । जैश–ए–मोहम्मदले यसको जिम्मेवारी लिएको थियो ।

स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले भनेको छ, ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा जैशका इलाका ध्वस्त भएको छ । बालाकोट पाकिस्तानको प्रान्त खैबर पख्तूनख्वाहमा अवस्थित छ । हमला भएको स्थान एलओसीभन्दा करिब ५० किलोमिटर टाढा छ ।’

पाकिस्तान सेनाले भन्यो – भारतले घुसपेठ गर्यो

भारतको कारवाहीमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय वायुसेनाले मुजफ्फराबाद सेक्टरमा घुसपेठको कोसिस गरेको थियो ।

 

 

post image

 फागुन १२, काठमाडौं । विपक्षी कार्यकर्ताहरुद्वारा सरकारी नाकाबन्दीबीच मानवीय सहयोग पुर्याउँदा भेनेजुएलाको सीमावर्ती इलाकामा हिंसा भड्किएको छ । कोलम्बियाको माइग्रेसन एजेन्सीले भेनेजुएला सरकारी सैनिकका केही जवानले आफ्नो चौकी छोडेको जानकारी दिएको छ ।

यस्तै, अर्कोतर्फ कोलम्बियामा काम खोज्नका लागि सीमा पार गर्न कोसिस गरिरहेका मानिसहरुमाथि भेनेजुएलाका जवानले अश्रु ग्यास प्रहार गरेको छ । यो ताजा विवाद भेनेजुएलामा मानवीय सहायता पुर्याउने विषयमा सुरु भएको हो । राष्ट्रपति निकोलस मादुरोले सहायत रोक्नका लागि कोलम्बियासँग लाग्ने सीमालाई आंशिक रुपमा बन्द गरेको जानकारी दिएका छन् ।

उनको सरकारले कोलम्बियासँग कूटनीतिक सम्बन्ध तोडेको छ । शुक्रबार ब्राजिलको सीमा नजिक भेनेजुएला सुरक्षाबलको गोलीबारीमा दुईको मृत्यु भएको थियो । यस्तै, शनिबार करिब दुईजना मारिएको खबर छ ।

यद्यपी, स्वघोषित अन्तरिम राष्ट्रपति ख्वान ग्वाइदोले शनिबार लाखौं स्वयंसेवक मानवीय सहायता पुर्याउन मद्दत गर्ने बताएका छन् । यो सहायतमा खाना र औषधी भएको उनले बताए । ग्वाइदोले पहिलो खेपको सहायता ब्राजिलको बाटो हुँदै भेनेजुएला पुगिसकेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।भेनेजुएलाका दुई नेताबीच यतिबेला मानवीय सहायताको मुद्दा विशेष बनेको छ ।

कसरी भइरहेको छ प्रदर्शन ?

भेनेजुएला र कोलम्बियाको सीमाका विभिन्न तस्बिर सार्वजनिक भएका छन् जसमा सुरक्षाबलले स्वयंसेवकमाथि  अश्रु ग्यास प्रहार गरिरहेको देखिएको छ । यस्तै, प्रदर्शनकारीले चौकी, सुरक्षाविरोधी र पुलिसमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

भेनेजुएला–कोलम्बिया सीमामा सुरक्षाबलका कम्तीमा २० सदस्यले चौकी छोडिदिएका छन् ।सोसल मिडियामा पोष्ट भएका भिडियोमा चार जवानले सार्वजनिक रुपमा मादुरोको आलोचना गर्दै ग्वाइदोलाई आफ्नो समर्थन दिएको छ ।

उनीहरुले भनिरहेका छन्, ‘हामी बुवा र छोरा हौं, हामीले अत्यधिक अनिश्चितता र अन्याय सहिसकेका छौं ।’ स्थानीय मिडियाका अनुसार मानिसहरु ब्यारिकेडमा चढेर सीमा पार गर्ने कोसिस गरिरहेका छन् । यस्तै, विपक्षी सांसदहरुले सोशल मिडियामा आफ्नो सन्देश जारी गर्दै बल प्रयोग गरेकोमा आलोचना गरिरहेका छन् ।

यता राष्ट्रपति मादुरोले राजधानी कराकसमा एक खुसी देखिएका भीडको तस्बिर ट्वीट गर्दै लेखेका छन्, ‘यहाँ कुनै युद्ध हुने छैन ।’उनले मानवीय सहायताको नाममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पद्वारा आफ्नो देशमा आक्रमण गरेको आरोप लगाएका छन् । उनले लेखे, ‘डोनल्ड ट्रम्प, भेनेजुएलाबाट आफ्नो हात हटाउ ।’

उनले ग्वाइदोलाई ‘कठपुतली’, ‘साम्राज्यवादी भिखारी’ सम्म भनेका छन् । वीपीआई टिभीका अनुसार भेनेजुएला–ब्राजिल सीमा नजिक एक सैन्य चौकीलाई मादुरोलाई समर्थन गर्ने सरकारले कब्जामा लिएको  छ ।बिबिसी

post image

फागुन १०, टोकियो। पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक  अवतरण गरेको छ। हायाबुसा२ नाम दिइएको यस उपग्रहको मद्दतबाट जीवको उत्पत्ति र सौर्य प्रणालीका बारेमा महत्वपूर्ण जानकारी सङ्कलन गर्ने वैज्ञानिकहरुले विश्वास व्यक्त गरेका छन्।

जापानी एरोस्पेश एजेन्सी (ज्याक्सा) का वैज्ञानिकहरुले हायाबुसा२ उपग्रह शुक्रबार सफलतापूर्वक छुद्रग्रहको सतहमा अवतरण गरेको बताएका छन्। छुद्रग्रहको सतहमा यान ओर्लिएको सूचना प्राप्त गरेसँगै ज्याक्सा केन्द्रमा कार्यरत बैज्ञानिकहरुबीच खुशीयाली छाएको थियो।

“यान सफलतापूर्वक छुद्रग्रहमा अवतरण गरेको छ,” ज्याक्साकी प्रवक्ता चिस्तो इकुताले घोषणा गरेका थिए। उनले नियन्त्रण कक्षमा हायाबुसा२ ले पठाएका सङ्केतहरु प्राप्त हुन थालेको र त्यो ठिकठाक रहेको पनि जानकारी दिए। वैज्ञानिकहरुले यानले पठाउन थालेका तथ्यांकहरु सङ्ग्रह र विश्लेषण गर्न थालेको पनि इकुताले बताए।

“म अहिले साँच्चिकै चिन्तामुक्त भएको छु,” हायाबुसा२ को अभियानका व्यवस्थापक माकाटो योशिकावाले भने। उनले अन्तरिक्ष उडानमा यो निकै जटिल प्रक्रिया रहेपनि सबै कार्य सहजरुपमा सम्पन्न भएको बताए। “मेरो विश्वासमा खगोल विज्ञानमा यो अर्को महत्वपूर्ण पाइला वा नयाँ खोज हुनेछ।” छुद्रग्रहमा सापेक्षित रुपमा करिब ४ अर्ब ६० करोड वर्षअघि ठूलो मात्रामा अर्गानिक बस्तु र पानी रहेको विश्वास गरिन्छ।

हायाबुसा२ सँगको सञ्चार सम्पर्क बेलाबखत टुटेको थियो किनभने यसको एन्टेना कहिलेकाहिँ पृथ्वीतर्फ फर्किएको हुँदैनथ्यो। तर केही समय वा केही दिनपछि पुनः विद्युतीय सङ्केतहरु प्राप्त हुन थाल्थ्यो। शुरुमा यो अभियान गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य राखेर काम अघि बढेको थियो। तर छुद्रग्रहको सतहमा उबडखाबड देखिएपछि वैज्ञानिकहरुले अवतरणका लागि उपयुक्त ठाउँ खोज्न केही समय लगाएका थिए।

हायाबुसा२ अभियानका लागि करिब २७ करोड अमेरिकी डलर खर्च भएको छ। यो अभियान डिसेम्बर २०१४ मा आरम्भ गरिएको थियो र यसले सन् २०२० भित्रमा पृथ्वीमा छुद्रग्रहको सतहमा भेटिएका वस्तुको नमूना सङ्कलन गर्ने समयावधि तोकिएको थियो।

हायाबुसा२ ले पठाएका प्रारम्भिक तस्विरमा छुद्रग्रहको सतह केही उबडखाबड भएको देखिएको छ। हायाबुसा२ मा क्यामेरा र सेन्सिङ उपकरण जडान गरिएको छ। साथै, यसमा दुईवटा साना मिनेर्भा–२ रोभर रोबोट र फ्रान्सेली–जर्मनेली मास्कोट नाम गरेको रोबोट पनि रहेको छ। यी रोबोटले ग्रहको सतहका बारेमा जानकारी दिनेछन्। छुद्रग्रहबाट यी उपकरणहरुले पठाएका तथ्यांकहरु प्राप्त गर्न थालिसकेको ज्याक्साले जनाएको छ।

करिब १० केजीको मास्कोट रोबोटमा सेन्सरहरु जडान गरिएको छ र यसले सतहका तस्वीरहरु खिच्ने, माइक्रोस्कोपको मद्दतबाट खनिजहरुको अनुसन्धान गर्ने, सतहको तापक्रम र चुम्बकीय अवस्थाको मापन गर्नेछ। ठूलो फ्रिज आकारको हायाबुसा२ मा सौर्य प्यानल जडान गरिएको छ। जापानी भाषामा हायाबुसाको अर्थ “बाज” हो।

सन् २०१४ मा जापानले पहिलोपटक हायाबुसा सफलतापूर्वक प्रक्षेपण गरे पनि त्यसले छुद्रग्रहका बारेमा पर्याप्त जानकारी संकलन गर्न सकेको थिएन। एएफपी

post image

फागुन ९,काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । बिहिबार विहान अस्थायी भवनहरु भएको ठाउँमा ग्यास सिलिन्डर बिष्फोट भएर आगलागी भएको हो ।

आगलागीमा परी ६९ जनाको शव फेला परेको बंगालादेश फायर सर्भिस प्रमुख अली अहमदले बताएका छन् । उनले मृतकको संख्या बढ्न सक्ने जानकारी दिएका छन् ।

अत्याधिक ज्वलनशील रसायन पदार्थ भएकाले आगो छिट्टो फैलिएको हो । बाक्लो बस्ती र व्यवसायिक पसल तथा रेस्टुरेन्टभएकोले आगो छिट्टो फैलिएको अहमदले बताए । दमकलकर्मीहरुका अनुसार आगलागीमा महिला तथा बालबालिका धेरै घाइते भएका छन् । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

फायर विभागका अधिकारीहरुले मुख्य शहर भएकोले सडकमा जाम बढेपछि घाइतहरुलाई समयमा नै उद्दार गर्न कठिन भएको बताएका छन् ।  ढाका मेडिकल कलेजले घाइतेमध्ये ४५ जनाको अवस्था चिन्ताजनक भएको भारतीय समाचार संस्था जागरणलाई बताएको छ ।

post image

फागुन ८, काठमाडौं। पुलवामा घटनामा पाकिस्तानको समर्थन गरेको भन्दै अक्षयलाई सामाजिक सञ्जालमा राष्ट्रविरोधीको रुपमा चित्रित गर्दै सार्वजनिक बहिष्कारको अपील गरिएको छ। काश्मिरको पुलवामा घटनापछि बलिउड अभिनेता अक्षय कुमारको एउटा पुरानो भिडियो भाइरल भएको हो।

भिडियो भाइरल भएसँग उनीमाथि सामाजिक सञ्जालमा आक्रोश पोखिएको छ।  यद्यपि उक्त भिडियो २०१५ को हो।  जसमा अक्षयले ‘चरमपन्थी पाकिस्तानमा होइन भारतमा पनि छन्’ भनेका छन्।

पुलवामा गत बिहीबार भएको आतंकवादी आक्रमणमा ४२ भारतीय सैनिकको ज्यान गएको थियो। उक्त भिडियो शेयर गर्दै प्रयोगकर्ताले ‘पाकिस्तान चरमपन्थी देश होइन, बरु भारतमा चरमपन्थी तत्व छन्’ भनेर अक्षयले राष्ट्र विरोधी अभिव्यक्ति दिएको भन्दै उनलाई सार्वजनिक बहिष्कारका लागि अपिल गरेका छन्।

 बीबीसी हिन्दीले भने यो भिडियोको पलुवामा घटनासँग कुनै सम्बन्ध नरहेको जनाएको छ। उसका अनुसार यो भिडियो सन् २०१५ को हो। फिल्म बेबीको प्रमोशनका दौरान अक्षयले चरमपन्थबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। ‘चरमपन्थ कुनै देशमा हुँदैन। यसका केही तत्व हुन्छन्। चरमपन्थ भारतमा पनि छ, अमेरिका र अष्ट्रेलियामा पनि छ। पेरिस र पेशावरमा पनि छ। चरमपन्थ केही मानिस फैलाउँछन र कुनै पनि राष्ट्र समर्थन गर्दैन’, उनले भनेका थिए।

यद्यपी पलुवामा आक्रमणमा मारिएका सैनिकका परिवारका लागि अक्षयले राहत कोष ‘भारतका वीर’ मा योगदान गर्न सार्वजनिक अपील गरिसकेका छन्। तर, भाइरल भिडियोबारे अक्षयले कुनै प्रतिक्रिया दिएका छैनन्।

post image

फागुन ८, काठमाडौं। साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिवसीय भ्रमणमा भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उनको स्वागत गरेका हुन् ।

भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा हमलापछि भारत र पाकिस्तानबीच बढिरहेको तनावको असर युवराज सलमानको यो पहिलो द्वीपक्षीय भ्रमणमा पनि पर्नसक्छ । बुधबार जब प्रधानमन्त्री नरेन्द्र मोदी र युवराज सलमानबीच वार्ता हुनेछ तब पुलवामा हमलाबारे पनि विस्तृत रुपमा चर्चा हुने अनुमान गरिएको छ ।

सोमबार इस्लामाबादमा साउदी विदेशमन्त्री आदेल अल जुबैरले भनेका थिए, ‘हाम्रो उद्देश्य दुई देश, छिमेकी देशबीच तनाव कम गर्नु हो र शान्तीपूर्ण तरिकाले मतभेद हटाउने कुनै बाटो छ कि त्यसबारे चर्चा गरिनेछ ।’

पुलवामा हमलाअघि साउदी राजकुमारको भ्रमणको मुख्य एजेन्डा भारतको तेलको बिक्रि र आर्थिक लगानी नै थियो । तर अब परिस्थिती बदलिएकाले राजनीतिक चर्चा पनि हुनेछ ।

 

post image

 फागुन ७, काठमाडौं । कश्मीरको पुलवामा जिल्लामा भएको चरमपन्थी आक्रमणबारे पाकिस्तानका प्रधानमन्त्री इमरान खान पहिलो पटक बोेलेका छन् । ४० जवानको मृत्यु भएको यो घटनामा भारतले पाकिस्तानलाई दोषी ठहर्‍याएको छ र त्यसको जवाफ दिने बताएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खालले भने भारतले विना प्रमाण आरोप लगाएको बताएका छन् । उनले भने, ‘पाकिस्तान स्थायित्वतर्फ बढेको छ भने हामी किन यस्तो गर्छौं ।’

उनले अघि भने, ‘यसले पाकिस्तानलाई के फाइदा हुन्छ ? मैले पटक पटक भनेको छु कि यो नयाँ पाकिस्तान हो । पाकिस्तान आफैं आतंकवादीहरुबाट पीडित छ । म अफर गरिरहेको छु कि तपाई आउनुस् र छानविन गर्नुस् । यदि कसैले पाकिस्तानले जमिन प्रयोग गरेको छ भने उनीहरु हाम्रा पनि दुश्मन हुन् ।’

सम्वादबाट समस्या समाधान गर्नुपर्ने भन्दै भारतले यसबारे किन सोच्दैन भन्ने प्रश्न पनि गरेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरानले भनेका छन्, ‘भारतको मिडिया राजनीतिमा सुन्नमा आएको छ कि पाकिस्तानसँग बदला लिनुपर्छ, त्यसैले हमला गर्नुपर्छ । यदि तपाईलाई लाग्छ कि पाकिस्तानमाथि आक्रमण गर्नुपर्छ । पाकिस्तानले के सोच्छ ? सोच्ने मात्र होइन, पाकिस्तानले जवाफ दिन्छ ।’

यो घटनाको जिम्मेवारी भने पाकिस्तानस्थित आतंकवादी संगठन जैश-ए-मोहम्मदले लिएको थियो ।

post image

फागुन ७,काठमाडौं ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजित गरेको छ । जीतका लागि १ सय २७ रन पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा मात्र ९२ रन बनाउन सक्यो ।नेपाललाई जीत दिलाउन करुणा भण्डारी र सरिता मगरले २–२ विकेट लिए भने सीता राना मगर र कबिता कुँवरले १–१ विकेट लिए ।

मलेसियाका लागि क्रिस्टिना बेरेटले सर्वाधिक २१ रन बनाइन् भने सासा आज्मीले नटआउट रहँदै १६ रन बनाइन् । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् ।

नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ । एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्र्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

post image

फागुन ६, काठमाडौं । दुई दिवसीय पाकिस्तान भ्रमणमा पुगेका साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौताको घोषणा गरेका छन् । यसमा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलरको लगानी पनि समावेश छ ।

पाकिस्तान पुगेका युवराजले पाकिस्तानको भविष्य उज्ज्वल भएको बताए ।  उनले भने, ‘गत वर्ष पनि पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगती गर्यो र अहिलेको नेतृत्वमा पाकिस्तानको भविष्य निकै सुनौलो छ ।’ ‘यसै कारण हामीले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरेका छौं जुन पाकिस्तानमा साउदी लगानीको पहिलो कदम हो,’ उनले थपे ।

साउदी युवराज जब पाकिस्तान पुगे तब उनको स्वागतका लागि प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्टमा उपस्थित थिए । इमरान खानले युवराजलाई आफ्नो कारमा राखेर प्रधानमन्त्री निवाससम्म लिएर गए । उनी आफैंले कार चलाइरहेका थिए ।  युवराजको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष रात्रीभोजको आयोजना पनि गरिएको थियो । यतिबेला इमरान खानले साउदी अरबमा काम गर्ने पाकिस्तानी मजदुरका समस्या बारे चर्चा पनि गरे ।

इमरानका अनुसार २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गरिरहेका छन् । उनीहरु आफ्नो परिवारलाई छोडेर काम गर्नका लागि साउदी अरब जान्छन् र लामो समयसम्म आफ्नो परिवारबाट टाढै बस्छन् । ती मजदुर मेरो मनको निकै नजिक भएको बताउँदै उनीहरुका विभिन्न समस्यालाई युवराजलाई आफ्नो स्तरमा हल गरिदिन आग्रह गरेका छन् ।

यसका साथै, इमरानले हजको क्रममा पाकिस्तानी नागरिकलाई पर्ने समस्याबारे पनि युवराजसँग छलफल गरे । साथै, युवराजले पाकिस्तानले आफूलाई साउदी अरबको प्रतिनिधी सम्झेर सबै मुद्दाको समाधानका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि जब युवराज आइतबार अबेर राती पाकिस्तान पुगे तब उनको शानदार स्वागत गरियो । युवराजको विमान जब पाकिस्तानको वायुक्षेत्र पुग्यो तब लडाकू विमानले त्यसलाई एस्कर्ट गर्यो ।

Embedded video

Govt of Pakistan

@pid_gov

HRH Crown Prince Mohammed Bin Salman of Saudi Arabia received a glorious welcome as the Royal aircraft entered the Pakistani Airspace. Formations of JF-17 & F-16s of PAF escorted His Royal Highness who arrived in Pakistan on a two day official visit today.

3,170 people are talking about this

 पाकिस्तानी लडाकू विमानले युवराज चढेको विमानको दायाँ–बायाँ उड्दै विमानलाई रावलपिन्डीको नूर खान एयरबेससम्म ल्यायो । त्यसपछि सुप्रिम को–ओर्डिनेशन काउन्सिलको पहिलो बैठक भयो जसको अध्यक्षता साउदी युवराज र प्रधानमन्त्री इमरानले रह्यो ।

साउदी युवराजले नै उच्च स्तरीय परिषद स्थापित गर्न प्रस्ताव दिएका थिए । यसमा पाकिस्तान र साउदी अरबका रक्षामन्त्री र विदेशमन्त्री समावेश थिए ।बिबिसी

post image

फागुन २, काठमाडौं । बिहिबार भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी गरिएको आक्रमणबारे पाकिस्तानले प्रतिक्रिया दिएको छ । पाकिस्तानले आफूलाई यत्तिकै आरोप नलगाउन भनेको छ । पाकिस्तानले पलुवामा जिल्लामा भएको हमला गम्भीर चिन्ताको विषय बताएको छ ।

पाकिस्तानले भनेको छ, ‘कुनै अनुसन्धान बिना नै हमलाको सम्बन्ध पाकिस्तानसँग भएको बताउने भारतीय मिडिया र सरकारको कुनै पनि आरोप खारेज गर्छौं ।’

भारतीय मिडियाले जम्मू काश्मिरमा अहिलेसम्म भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला बताएको छ । प्रहरीले बीबीसीलाई जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरु बोकेको बससँग ठोक्काइँदा कम्तीमा ४२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

पाकिस्तानस्थित इस्लामिक समूह जैश–ए–मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ । भारतले पाकिस्तानको कडा आलोचना गर्दै चरमपन्थी समूहलाई सहयोग गर्न बन्द गर्न र उनीहरुको जमिनबाट चलिरहेको चरमपन्थी संगठनलाई नष्ट गर्न माग गरेको छ । यद्यपी, पाकिस्तानले यी आरोपको ठाडो अस्विकार गर्दै पुलवामा हमलामा आफ्नो कुनै लेनदेन नभएको बताएको छ ।

post image

फागुन १, काठमाण्डौं । लागू औषध बादशाह भनेर चिनिने मेक्सिकोका जोक्विन गजमेन “एल च्यापे “लाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ । ६१ वर्षे गजमेनलाई ु१० काउन्टु मा दोषी ठहर गरिएको हो। उनी विरुद्ध कोकिन, हिरोइन जस्ता लागू औषधका साथै गैर कानूनी रुपमा हातहतियार राखेको र आर्थिक अपचलन गरेको आरोप लगाइएको थियो।

यसका साथै १३ वर्ष भन्दा कम उमेरकी किशोरीहरुलाई लागू औषध दिएर बलात्कार गर्नुका साथै आफ्ना विपक्षीहरुको हत्या,अपहरण लगायतका कार्यमा संलग्न रहेको आरोप उनीमाथि लगाइएको थियो।उनलाई अदालतले कति वर्ष जेल सजाय दिने भनेर फैसला अर्को सुनुवाइमा हुने जनाइएको छ। यद्यपि उनी दोषी ठहर भइसकेकाले उनलाई जन्मकैदको सजाय हुनसक्ने बताइएको छ।

गजमेनले शक्तिशाली मानिएका सिनालो ड्रग कार्टेल नाम गरेको तस्करी संस्था संचालन गरी अमेरिकामा लागू औषध तस्करी गरेको बताइन्छ। उनले तस्करीबाट मात्रै हालसम्म १४ बिलियन अमेरिकन डलर कमाएको अनुमान गरिएको छ।

सन् २०१५ मा मेक्सिकोको एक कारागारबाट सुरुङ खनेर भागेका गजमेनलाई सन् २०१६ को जनवरीमा पक्राउ गरिएको थियो। २०१७ मा उनलाई अमेरिका सुपुर्दर्गी गरिएको थियो। उनलाई कारागारबाट भगाउन उनका छोराहरुले जेल नजिकै एक घर किनेका थिए। कारागामा लुकाएर पठाइएको जीपीएस वाच को सहायतबाट उनी रहेको स्थान पत्ता लगाइ सुरुङको सहारामा उनलाई बाहिर निकालिएको थियो।

post image

माघ २६, काठमाडौं । भारतमा हुने हिरो गोल्डकप महिला फुटबलमा नेपालको महिला राष्ट्रिय टिमले म्यानमारसँग खेल्दैछ।खेल भारतको भुवनेश्वरमस्थित कालिंगा रंगशालामा नेपाली समय अनुसार ४:१५ बजे सुरु हुने छ। पछिल्लो पटक नेपाल र म्यानमारबीच टोकियो ओलम्पिक २०२० को छनोट अन्तर्गत खेल भएको थियो। उक्त खेल बराबरीमा सकिएको थियो।

म्यानमार वरीयतामा पनि माथि रहेको र कठिन प्रतिद्वन्दी रहेको नेपालको प्रशिक्षक हरी खड्काले बताएका छन्। ‘हाम्रो मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिप हो। हामी यहाँ सिक्नको लागि आएका छौँ। यहाँ खेल्ने बाँकी तीन टिम हामीभन्दा हाइअर र्‍याङ्कका छन्।’

‘हामी यहाँ अन्डरडग टिमको रुपमा रहन सक्छौँ। हामी अरु टिमसँग प्रतिस्पर्धात्मक खेल खेल्छौँ र राम्रो फुटबल खेल्नेछौँ।’ ‘हामी यहाँ हाम्रो कमजोरीहरुलाई सुधार गर्नेछौँ।’ शुक्रवार भएको प्रिम्याच कन्फ्रेन्समा खड्काले भनेका थिए। नेपाल र म्यानमारसँगै प्रतियोगितामा भारत र इरान समेत सहभागि छ।

post image

माघ २, मलेसिया   माघ १६ गते काठमाडौंको  राष्ट्रिय सभा गृहमा  घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको  अभियानलाई लिएर मलेसिया आएका  धुर्मुस सुन्तलीको  शानदार प्रस्तुतिले दर्शकको मन जित्न सफल भएको  नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला घोषणा गरे लगत्तै  पहिलो प्रस्तुतिको लागि उनीहरु मलेसियामा आएका हुन्

 

उनीहरुसँगै चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी यामजोङ्ग  पनि आएका छन् मलेसियामा उनीहरुको भव्य स्वागत भएको दुई ब्राण्ड एम्बेसडर रहेको सिटी एक्सप्रेसले रंगशाला निर्माणको लागि मलेसियाको तीन शहरमा  ‘सिटी एक्सप्रेस धुर्मुससुन्तुली साँझ२०७५को आयोजना गरेको हो

 

जस अन्तर्गत क्वालालम्पुरमा पहिलो शो फेब्रुअरी मा डेवान मारियमेनको सिटी सेन्टर फेब्रुअरी६ मा पेनाङ एसटी एन्नी चर्चमा भएको   उक्त दुई शो मा धुर्मुस सुन्तलीको अभिनयबाट दर्शकले भरपुर मनोरन्जन लिएका छन्  यी दुईसँगै लोक गायक बद्रि पंगेनीआधुनिक गायिका मेलिना राइ,चर्चित लोकगायिका लोक गायिका सम्झना भण्डारी स्थानीय कलाकारहरुले पनि मनोरञ्जन  दिएका छन्  यसैगरी अब  क्वालालम्पुर पेनाङ पश्चात फेब्रुअरी१० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुनेछ झन्डै तीन अर्बको अनुमानित लागतमा निर्माण हुने भनिएको रंगशाला निर्माणमा मलेसियाबाट राम्रो साथ   सहयोग पाउने धुर्मुस सुन्तलीले विश्वास व्यक्त गरेका छन्

post image

माघ २, मेलबर्न   सेमिफाइनल प्रवेशका लागि शुक्रबार बिग ब्यास टिम मेलबर्न स्टार्सले ब्रिसबेन हिटको सामना गर्दैछ। लिगमा १२ खेल खेलेको स्टार्सले १२ अंक सहित सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ। यस्तै लिगमा एक खेल बढी खेलेर ११ अंक जोडेको ब्रिसबेनको सम्भावना पनि कायमै छ। यदि आजको खेलमा बेलबर्न स्टार विजयी भए एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। अन्यता अन्तिम खेल जित्नुपर्ने दबाब हुनेछ। यता ब्रिसबेनका लागि आजको खेल जितेमा अन्तिम खेलमा मेनबर्नले सिड्नी सिक्सर्ससँग पराजित हुनुपर्नेछ।

 

सुरूवाती चार खेल खेल्दै सानदार प्रदर्शन गरेका नेपाली युवा बलर सन्दीप लामिछाने आजको खेलमा मेलबर्नबाट आफ्नो पाँचौ खेल खेल्दैछन्। सुरूवाती चार खेलमा विकेट लिएका सन्दीप त्यसपछि बंगलादेश प्रमियर लिग नेपालको अन्तर्राष्ट्रिय एक दिवसीय टी ट्वान्टी खेलमा सहभागी हुन अष्ट्रेलिया बाहिर गएका थिए। उनले बंगलादेशमा सम्पन्न बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सरबाट खेल खेल्दै विकेट लिएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय एक दिवसीयमा विकेट लिएका उनले तीन ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा विकेट हात पारेका थिए।

 

बेलबर्नले सन्दीपको स्थानमा इंल्याण्डका पेस बलर लियाम प्लुङ्केटलाई खेलाएको थियो।  उनले खेलबाट १२ विकेट लिएका छन्। .२२ इकोनोमी बलिङ गरेका उनी सन्दीपको .८१ इकोनोमी बलिङ भन्दा बढी हो। प्रतियोगितामा १३ खेल खेलेको  होबर्टले १० खेल जित्दै २० अंक जोडेर एक खेल अगावै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान पक्का गरेको छ।यस्तै समान खेलबाट १६ अंक जोडेको सिड्नी सिक्सर सबै १४ खेल खेल्दै १६ अंक जोडेको मेलबर्न रेनेगाडेसले पनि सेमिफाइनलमा स्थान बनाइसकेको छ। आजको खेलमा मेलबर्न विजयी भए सेमिफाइनल पुग्ने सबै चार टोलीको टुंगो लाग्नेछ।

post image

माघ २०, काठमाडौं ।  तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी-२० सिरिज जितेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको नेपालले टीट्वान्टी शृङ्खलाको उपाधिसमेत हात पारेको हो। टीट्वान्टी शृङखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले जित दर्ता गरेको हो। नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।

टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए। १०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेट लिए। वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा २९ रन बनाए भने सन्दीप जोराले ११ बलमा २८ रन बनाए। जोरा पाँचौ विकेटको रुपमा ८.३ ओभरमा बाहिरिए । खराब सुरुवात गरे पनि कप्तान पारस र सन्दीपले ब्याटिङ सम्हालेका हुन्। कप्तान खड्का पाँचौ ओभरको अन्तिम बलमा आउट भए। १४ बल खेलेका पारसले एक छक्का र चार चौकाको मद्दतमा २९ रन बनाएका हुन् ।

पहिलो, दोस्रो र तेस्रो ओभरमा पवन शरार्फ, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी आउट भए। पवन ०.४ ओभरमा आउट भए भने २.३ ओभरमा बाहिरिए। त्यैगरी तेस्रो ओभरको रुपमा दीपेन्द्रसिंह ऐरी ३.३ ओभरमा आउट भएका हुन्।  ज्ञानेन्द्रले ९ बलमा ११ रन बनाए। ऐरी ३ बलमा २ रन बनाएर आउट भए भने शरार्फ ४ बल खेल्दा शून्य रनमै आउट भए। छैटौं विकेटको रुपमा करण केसी पाँच बलमा १० रन बनाएर आउट भए । बिनोद साताै विकेटकाे रुपमा १३ बलमा २१ रन बनाएर आउट भए । आठाै विकेटकाे रुपमा सोमपाल कामी शून्य रनमै आउट भए ।

 नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो। १०५ रनकाे लक्ष्य पछ्याउने क्रममा यूएई ९० रनमा समेटिएको हो । दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण थियो। अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले शृंखला १-१ को बराबरीलाई तोड्दै नेपालले २-१ को जित निकालेको हो।

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो। यसअघि यूएईविरुद्धको एकदिवसीय शृंखला २-१ ले जितेको थियो।  नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो। सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको हो । नेदरल्यान्ड्ससँगको शृंखला नेपालले ३-१ र वर्षाका कारण तीनमध्ये अन्तिम खेल मात्रै सम्भव हुँदा हङकङसँगको शृंखला १-० ले गुमाएको थियो।

post image

माघ २०,काठमाडौँ । भारतको विहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। विहारको जोगबनीबाट दिल्लीका लागि छुटेको सीमाञ्चल एक्सप्रेसको रेलको डिब्बा छुट्टिएर दुर्घटनामा परेको हो।

पूर्व मध्य रेलवेका प्रवक्ता राजेश कुमारका अनुसार बिहान करिब ४ बजे भएको दुर्घटनामा धेरै यात्रु घाइते भएका छन्। उनीहरूको उद्धार जारी छ। रेलका ९ डिब्बा लिकबाट बाहिर बाहिर उछिट्टिएका छन्। केही यात्रुहरू डिब्बामा फसेका छन्।

post image

माघ १८, काठमाडौं । अत्यधिक चिसोका कारण संयुक्त राज्य अमेरिकाका जनजीवन प्रभावित बनेको छ । यहाँको मध्यपश्चिमी भागको तापक्रमले दशकौंपछि रेकर्ड तोडेको छ जसले अहिलेसम्म आठजनाको ज्यान लिइसकेको छ ।

मृत्यु हुनेमा  युनिभर्सिटी अफ लोवाका एक विद्यार्थी १८ वर्षे गेराल्ड ब्लेज, डेट्रोइडका ७० वर्षे वृद्धा , ५५ वर्षे चार्ली ल्याम्प , पेकिनका ८२ वषे रहेका छन् । यस्तै, ७५ वर्षे एक वृद्धको सोमबार सिकागोमा हिउँले पुरेका कारण मृत्यु भएको छ ।यसका साथै, नर्दन इन्डियानामा एक जवान जोडीको हिउँले ढाकिएको सडकमा ठोक्किएर मृत्यु भयो ।

बिहिबार अमेरिकाको तेस्रो ठूलो शहर सिकागोमा १९८५ को रेकर्ड तोड्दै माइनस ३२ डिग्री सेन्टिग्रेट तापक्रम मापन गरिने मौसमविद्ले अनुमान गरेका थिए । यहाँको तापक्रम जनवरीमा द नेशनल वेदर सर्भिस (एनडब्लू एस) ले रकफोर्ड, इलियोनोइस र वेस्ट अफ सिकागोले अहिलेसम्मको न्यूनत तापक्रम माइनस ३२ डिग्रीको रेकर्ड तोडेको छ । बिहिबार यहाँको तापक्रम माइनस ३४ डिग्री मापन गरिएको छ ।

लोआका शहरले पनि न्यूनतम तापक्रमको रेकर्ड तोडिसकेको छ । कटन, मिनिसोटाको तापक्रम बिहिबार सबैभन्दा कम मापन गरियो । प्रारम्भिक डाटाका अनुसार यहाँको तापक्रम माइनस ४८ डिग्री रह्यो ।

post image

माघ  १५, काठमाडौं । स्वाइन फ्लूको संक्रमणबाट भारतका पुर्वरक्षामन्त्री जर्ज फर्नान्डिसको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार विहान सात बजे दिल्लीको एक अस्पतालमा निधन भएको हो ।

 उनी लामो समयदेखि अल्जाइमर रोगबाट पनि पीडित थिए । भारतीय नेता अटल विहारी बाजपेयीको अगुवाईमा राष्ट्रिय जनतान्त्रिक गठबन्धको सरकार बनेको बेलामा जर्ज फर्नान्डिस रक्षामन्त्री बनेका थिए । उनी भारतको समता पार्टीका संस्थापकसमेत हुन् ।

३ जुन १९३० मा जन्मेका फर्नान्डिस नौ पटकसम्म लोकसभाको सांसद रहेका थिए । उनी छ भाइबहिनीमध्यको जेठो थिए । फर्नान्डिस हिन्दी, अंग्रेजी, तमिल, मराठी, कन्नड, उर्दुलगायत १० भाषाका दख्खल राख्थे ।

post image

माघ १४, काठमाडौं । तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएईले प्रतिस्पर्धा गर्दैछन् । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टिम जितको खोजिमा हुनेछन् । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुने छ । पहिलो खेलमा युएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो ।

तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । आज एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम रहेको छ । युएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ ।

गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो । युएईसँग आज हुने एक दिवसीय खेलपछि नेपालले तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ ।

post image

माघ ११, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट गत वर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेल्यो। साँघुरा पूर्वाधारलाई अधिकतम प्रयोग गर्दै पाएको सफलता जति सदुपयोग गरेको थियो, नेपाली टोलीले नेदरल्यान्ड्सको घरेलु मैदानमा त्यो सफलता प्राप्त गर्न निकै संघर्ष गर्नुपर्‍यो। पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो। त्यही अधुरो लक्ष्यलाई साकार पार्न नेपाल शुक्रबारबाट संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने दोस्रो एकदिवसीय शृंखलामा विजयी नतिजाको पर्खाइमा हुनेछ।

तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखलामा सहभागिता जनाउन मंगलबार बिदाइ भएको नेपाली टोली आयोजकको भूमिमा शृंखलाको पहिलो खेलमा जित निकाल्दै विजयी सुरुआत गर्ने उद्देश्यमा हुनेछ। बाँकी खेलमा पनि जितलाई निरन्तरता दिँदै शृंखला हात पार्न प्रयासरत रहनेछ। प्रारम्भिक टोलीमा परेका नयाँ अनुहार र अनुभवी खेलाडीको संयोजनले टोलीलाई आशावादी बनाएको हो। ‘हामीले तयारीका लागि जे–जस्तो समय पाएका थियौं, त्यसको अधिकतम प्रयोग गरेका छौं,’ नेपाली टोलीका कप्तान पारस खड्काले भने, ‘युएईले हाम्राविरुद्ध परीक्षणस्वरूप युवा टोली तयार पारेको छ। अहिले नेपाली टोलीमा केही उत्कृष्ट नयाँ र युवा खेलाडी छन् जो घरेलु प्रतियोगितामा विगत दुई/तीन महिनायता निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। हाम्रा लागि यो सकारात्मक पक्ष हो।’

घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका उनीहरूको प्रदर्शन भने नयाँ अनुहारलाई परीक्षा रहनेछ। पहिलो पटक राष्ट्रिय जर्सी पहिरिएर नेपालको प्रतिनिधित्व गरेका उनीहरुलाई चुनौती पनि उत्तिकै रहेको छ। नियमित कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोलीमा भीम सार्की, पवन सर्राफ, सन्दीप जोरा र अविनाश बोहोरासहित केही अनुभवी खेलाडी युएईविरुद्ध हुने शृंखला यादगार बनाउने उद्देश्यमा रहनेछन्। तर यो शृंखलामा भने अलराउन्डर शरद भेषावकर भने देखिने छैनन्। अन्तिम नामावली प्रकाशन गर्ने क्रममा अस्वस्थताका कारण देखाउँदै शरदले टोलीबाट नाम फिर्ता लिएका थिए।

नेपाली टोलीलाई आयोजकविरुद्ध सहज भने हुने छैन। २०१५ यता युएईमा भएका कुनै पनि प्रतियोगितामा नेपालले जित निकाल्न सकेको छैन। त्यसैले नेपाललाई इतिहास रच्न पनि राम्रो गर्नु जरुरी छ। २०१५–१७ सम्म सञ्चालन भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत युएईको मैदानमा नेपालले चार खेल खेलेको छ। पपुवा न्युगिनी र युएईसँग भएका दुई÷दुई खेलमा नेपाल पराजित भएको थियो। त्यसयता युएई मैदानमा भएको कुनै पनि खेलमा नेपालले नतिजा हात पार्न सकेको छैन। त्यसो त वर्ष २०१८ मा युएईविरुद्ध भएका चार भेटमध्येमा नेपालले दुई खेलमा नतिजा सुम्पिँदा दुई खेलमा जित निकाल्न सफल भएको छ।

पछिल्लो पटक सम्पन्न एसिसी एसिया कप छनोटमा नेपाल मलेसियामा भएको खेलमा ७८ रनले पराजित भएको थियो। त्यसपछि एकदिवसीय मान्यता पाएका दुवै टोली एसिया कप खेल्नबाट वञ्चित भएका थिए। त्यसको सट्टामा हङकङ योग्य बन्दै प्रतियोगितामा सहभागिता जनाएको थियो। गत फेब्रुअरीमा नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन ‘टु’ मा नेपालले युएईलाई समूह चरणमा ४ विकेटले पराजित गरेको थियो। तर फाइनलमा युएईले नेपाललाई ७ रनले हराएको थियो। लगत्तै जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताअघि भएको अभ्यास खेलमा नेपालले युएईलाई ५ विकेटले हराएको थियो। शुक्रबारबाट हुने शृंखला आइसिसी एकेडेमी ओभलमा सञ्चालन हुनेछ। खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट हुनेछ।

post image

माघ ५, काठमाडौं । मेक्सिकोको हिल्डागो क्षेत्रमा इन्धनको पाइप लाइन विष्फोट हुँदा २१ जना मारिएका छन् । लिक भैरहेको ईन्धन पाइप लाइनबाट चोर्ने प्रयास गरेका स्थानीयको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

दुर्घटनामा परी ७१ जना घाईते भएका छन् । पाइप लाइनमा भएको विष्फोट पछिको आगलागी नियन्त्रणमा लिन स्थानिय प्रशासनलाई हम्मे–हम्मे परेको छ । राज्यको स्वामित्व रहेको पेमेक्स पेट्रोलियम कम्पनीको पाइप लाइनमा विभिन्न समयमा विष्फोट हुने गरेका छन् ।

सन् २०१३ पाइप लाइन विष्फोटमा परी ३७ जनाको मृत्यु भएको थियो भने सन् २०१२ मा २६ जनाको मृत्यु भएको थियो । बीबीसी

post image

माघ ४, वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच हुने भनिएको दोस्रो शिखर वार्ताको तयारीका लागि उत्तर कोरियालीका एक उच्च कूटनीतिज्ञ अमेरिका पुगेका छन्। ट्रम्पका लागि किमले पठाएको चिठीसहित वार्ता प्रक्रियामा पहिलेदेखि नै सहभागी रहेका किम योङ छोल नेतृत्वको टोली बेइजिङ हुँदै वासिङटन पुगेको बीबीसीले जनाएको छ। किमको चिठीसहित योङ दोस्रो पटक वासिङटन पुगेका हुन। २०१८ जुन ११ मा सिंगापुरमा किम र ट्रम्पबीच भएको वार्ता पूर्व योङले वासिङटन पुगेर ट्रम्पलाई किमले पठाएको चिठी प्रदान गरेका थिए।

किमका ‘राइट ह्यान्ड’ मानिने योङ सैन्य गुप्तचर प्रमुख हुँदा दक्षिण कोरियाली समुन्द्रिक युद्ध जहाजमाथि आक्रमणका ‘मास्टरमाइन्ड’ रहेको आरोप लाग्दै आएको छ। उनले आज अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट गर्ने कार्यक्रम रहेको छ। निःशस्त्रीकरण र नाकाबन्दीका विषयमा दुई राष्ट्रबीच चर्किँदै गएको विवादको समाधान निकाल्न र किम ट्रम्प वार्ताको लागि वातावरण मिलाउन योङ अमेरिका पुगेको बताइएको छ।

२०१८ जुन ११ मा सिंगापुरमा दुई नेताबीच सम्पन्न भएको वार्तामा कोरियाली प्रायद्वीपलाई निःशस्त्रीकरण गर्ने सहमति भएको थियो। यद्यपि वार्तापछि भने दुई देशबीचको सम्बन्ध सामान्य हुन सकेको थिएन। उत्तर कोरियाले अमेरिकाले आफ्नो राष्ट्रमाथि लगाएको प्रतिबन्ध फुकुवा नगरेको बताउँदै आएको छ। यस्तै अमेरिकाले भने उत्तर कोरियाली निःशस्त्रीकरणको विषयमा प्रतिवद्ध नरहेको बताउँदै आएको छ। यस्तै, उत्तर कोरियाका विदेश राज्यमन्त्री छोइ सन हुईले स्वीडेनमा पोङयाङका लागि अमेरिकी विशेष दूतसँग भेटवार्ता हुने बताइएको छ। ट्रम्प आफैँले २०१९ को सुरुवातमा किमसँग वार्ता हुनसक्ने बताएका थिए। यस्तै नयाँ वर्षको शुभकामना दिँदै किमले पनि ट्रम्‍पसँग भेट्न आफू जहिले पनि तयार रहेको बताएका थिए। दुई नेताहरुबीच भियतनामको कोस्टल शहर दि हाङमा दोस्रो शिखर वार्ता हुनसक्ने अनुमान गरिएको छ।

post image

माघ ४, काठमाण्डौं । नेपाल, थाईल्याण्डमा जारी स्मास महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै नेपालले सेमिफाइलनमा आज इण्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरमा पराजित गर्‍यो । नेपालले उपाधिका लागि आजै हुने आयोजक थाईल्याण्ड र यूएईबीचको विजेतासँग भोली खेल्नेछ ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इण्डोनेसिया १२ औं ओभरमा मात्र २७ रनमा अलआउट भयो । चार जना व्याट्वुमन्स डक आउट भएको इण्डो इनिङ्समा युलिया आनग्राईनीले मात्र दोहोरो अंक जोडिन ।

११ रन जोड्दा पहिलो विकेट गुमाएको इण्डोनेसियाले थप १६ रन जोडेन ९ विकेट खर्चेको थियो । इण्डोनेसियालाई सस्तैमा समेट्न रुविना क्षेत्रीले ४ तथा कविता कुँवर, नेरी थापा, सीता राना मगर र सरिता मगरले समान १–१ विकेट लिए । २ जना रन आउट भए । नेपाल लिग चरणमा सतप्रतिशत नजिता सहित समुह ए को विजेता बन्दै र ईन्डोनेसिया समुह बीको उपविजेता बन्दै अन्तिम चारमा पुगेका थिए ।

post image

माघ ३, काठमाडौं ।  ब्रिटेनकी प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्तावको मतदानमा उनले जित हासिल गरेकी छिन् । विपक्षी लेबर पार्टीले उनीविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत गरेको थियो । ३२५ सांसदले सरकारको साथ दिए भने ३०६ सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनबारे युरोपेली अधिकारीसँग जुन सम्झौता गरिएको थियो, त्यसलाई मञ्जुरी दिलाउन मंगलबार उनी संसदमा गइन् तर संसदले त्यसलाई ठाडो अस्विकार गरे । त्यसपछि लेबर पार्टीका नेता जेरेमी कोर्बोनले टेरिजा मेको सरकारले संसदमा आफ्नो विश्वास गुमाइसकेको बताएका थिए ।

कोर्बेनले यही भनेर अविश्वासको प्रस्ताव राखेका थिए । बुधबार बेलायती संसदमा ६ घण्टासम्म अविश्वास प्रस्तावमाथि बहस भएपछि मतदान भयो । तर टेरिजा मेको आफ्नो पार्टीका बागी सांसद र डीयूपी सांसद जसले २४ घण्टाअघि टेरिजा मेको ब्रेक्सिट डिलको विरोधमा भोट गरेका थिए, बुधबार ती सांसदहरुले सरकारको समर्थनमा भोट गरे ।

यसै कारण टेरिजा केवल १९ भोटको अन्तरले आफ्नो सरकार बचाउन सफल भइन् । अविश्वास प्रस्तावको मतदानमा जित हासिल गरेपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै भनिन्, ‘युरोपेली संघबाट बहिर्गमनका लागि भएको जनमत संग्रहको नतिजा पालना गर्दै यो देशको जनतालाई दिइएको वचनलाई पूरा गर्नका लागि म निरन्तर काम गरिरहनेछु ।’

उनले सबै पार्टीका नेतालाई उनीसँग मिलेर ब्रेक्सिटका लागि अबको मार्ग खोजी गर्नमा उनको मद्दत गर्न अपिल गरेकी छिन् । उनले भनेकी थिइन्, ‘हामीले यस्तो समाधानको खोजी गर्नुपर्छ जो विचारयोग्य होस् र जसले यो सदनको पर्याप्त समर्थन पनि पाओस् ।’

तर प्रतिपक्षी नेता जेरेमी कोर्बेनले कुनै पनि सकारात्मक कुराकानीअघि प्रधानमन्त्रीले नो–डील ब्रेक्सिटको सम्भावना खारेज गर्नुपर्ने बताएका छन् ।कोर्बेनको भनाई थियो, ‘सरकारले स्पष्ट तरिकाले सधैंका लागि युरोपेली संघबाट कुनै सम्झौताबिना अलग्गिएको स्थितीमा आइपर्ने विनार र त्यसको नतिजामा फैलने अराजकताको कुनै पनि आशंका हटाउनुपर्छ ।’

प्रधानमन्त्रीले एक नयाँ प्रस्तावसहित सोमबार सदन सामू नयाँ प्रस्ताव प्रस्तुत गर्ने विश्वास दिलाएकी छिन् । उनको भनाई थियो, ‘ब्रेक्सिटमा काम गर्न र यो सदनमा ब्रिटेनकी जनताको विश्वास कायम राख्न म यो सदनको कुनै पनि सदस्यसँग काम गर्नका लागि तयार छु ।’

post image

माघ ३, काठमाडौं   नेपालीले स्वीस बैंकमा अहिलेसम्म ५२ अर्ब करोड रुपैयाँ  जम्मा गरेका छन् । विवरण अनुसार त्यसवापत ७७ करोड रुपियाा ब्याज पनि पाएका छन् साढे १५ अर्ब रुपैयाँ झिकेका कारण ३५ अर्ब ८४ करोड रुपियाा बााकी देखिएको हो  नेपालमा सशस्त्र द्वन्द्व सुरु भएकै वर्ष २०५२ देखि स्वीस बैंकमा नेपालीले रकम जम्मा गर्न थालेको विवरणमा उल्लेख द्वन्द्व सुरु भएको वर्ष नै साव अर्ब रुपियाा नेपालीले स्वीस बैंकमा बचत गरेको देखिन्छ  

द्वन्द्वकालको १० वर्षे अवधिमा २७ अर्ब १५ करोड रुपियाा नेपालीले स्वीस बैंकमा पुर्याएका छन् तर, द्वन्द्व सकिएपछिका दुई वर्षमा सबैभन्दा बढी रकम स्वीस बैंकमा नेपालीको धन पुगेको शान्ति सम्झौता भएको वर्ष २०६३ मा मात्रै अर्ब १५ करोड रुपैयाँ बराबरको धन त्यहाा जम्मा भएको भने अर्को वर्ष अर्ब ९० करोड रुपियाा नेपालीले त्यहाँ बचत गरेका छन्  अवैध कारोबारको छानबिन गर्ने सम्पत्ति शुद्धीकरण विभाग गठन भएपछिका १० वर्षमा मात्रै २४ अर्ब ९२ करोड रुपैयाँ  स्वीस बैंकमा नेपालीका नाममा बचत जम्मा भएको  

सबैभन्दा बढी काठमाडौाको बानेश्वर, गंगादेवी टोल ठेगाना उल्लेख गरेकी मिनु शाह छिब्बर उनको परिवारको नाममा अर्ब ६१ करोड रुपैयाँ  जम्मा पछिल्लो समय बेलायत नेपालमा बसोबास रहेकी मिनुले भारतीय नागरिकसाग विवाह गरे पनि छोराहरुलाई नेपालकै नागरिकता दिलाएकी छन् ।आयस्रोत नखोजिने लगानीकर्ताको विवरण सार्वजनिक नगर्ने भएकाले अवैध आर्जन स्वीस बैंकमा जम्मा गर्न सहज मानिन्छ  

विदेशमा नेपालीले लगानी गर्न प्रतिबन्ध भए पनि ५५ जना नेपालीले गैरकानुनी रुपमा पुाजी विदेश पुर्याई लगानी गरेका छन् , यसमा प्रतिष्ठित उद्योगपति, व्यापारी, डाक्टर, प्राध्यापक, राजनीतिक नेता देखि समाजमा नामै नसुनिएकासम्म छन्

post image

माघ २, दाभाओ सिटी ।  दक्षिण फिलिपिन्समा बुधबार बिहान सबेरै ५.९ म्यानिच्युडको भूकम्प आएको छ । तर यस भूकम्पको कारण मानवीय भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।

स्थानीय समयानुसार बुधबार बिहान ४ बजे सो भूकम्प आएको थियो । सो भूकम्पको केन्द्रविन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो शहरबाट १४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराईमा रहेको सो विभागले जानकारी दिएको छ ।

भू विज्ञान निकायका अनुसार यस भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसूस गरिएको थियो । फिलिपिन्समा गत डिसेम्बर २९ मा आएको ७.२ म्याग्नीच्युड को भूकम्प आएको थियो ।

यस भूकम्पपछि पनि कूनै मानवीय र सपत्ती क्षतिको भने कुनै समाचार भएको थिएन । फिलिपिन्समा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।सिन्हवा

post image

माघ २,लन्डन ।  ब्रेक्सिट डिल अर्थात् युरोपेली संघबाट ब्रिटेन अलग हुने बेलायती प्रधानमन्त्री टेरिजा मेको योजनालाई संसदले भारी बहुमतका साथ खारेज गरेको छ । टेरिजा मेको योजनालाई ४३२ सांसदले खारेज गरेका छन् । उनले २०२ सांसदको मात्रै समर्थन पाएकी छिन् ।

 मेकै पार्टीका सांसदहरुले समेत उनको प्रस्ताव विरुद्ध मतदान गरेको बताइएको छ।प्रधानमन्त्री टेरिजा मे को योजनाले पाएको ऐतिहासिक हारपछि विपक्षी लेबर पार्टीले सरकारविरुद्ध अविश्वास मतको प्रस्ताव गरेको छ । मेले गरेको प्रस्तावहरुमा धेरै सांसदहरुले असहमति जनाएकोले संसदमा मेले ठूलो पराजय भोग्नु परेको बताइएको छ।

प्रस्ताव पारित नभएपछि मेले त्यसबारे कुनै प्रतिक्रिया नदिने बताउँदै ब्रिटेनका जनताले सन् २०१६ मा दिएको अभिमत बारे विचार गर्न सबैलाई आग्रह गरेकी छिन्।

मे नेतृत्वको सरकारले अब संसदमा अविश्वासको प्रस्तावको सामाना गर्नुपर्नेछ। प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। अविश्वासको प्रस्तावबारे आजै संसदमा छलफल हुँदैछ।

post image

पुस ३०, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। आफ्नो पहिलो उत्तर कोरिया भ्रमणका लागि सी आगामी अप्रिलमा प्योङयाङ पुग्ने छन्।

यसअघि गत अक्टोबरमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले चिनियाँ राष्ट्रपति सीले छिटै उत्तर कोरियाको भ्रमण गर्ने बताएका थिए।

अप्रिल १५ मा मनाइने उत्तर कोरियाका संस्थापक किम जोङ सुङको जन्मदिनका अवसरमा सी प्योङयाङ पुग्ने छन्। ६ वर्षअघि चीनको राष्ट्रपति बनेका सीलाई प्योङयाङले धेरै पटक निम्तो पठाएको थियो। चीन र उत्तर कोरियाको दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्ष पुगर्को अवसरमा सी उत्तर कोरिया जान लागेको बताइएको छ।

यसअघि उनी सन् २००८ मा प्योङयाङ गएका थिए। त्यतिबेला सी उपराष्ट्रपति थिए। सन् २००५ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओको भ्रमणपछि चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेका छैनन्।

उत्तर कोरियाको भ्रमणपछि सीले मेमा दक्षिण कोरियाको भ्रमण गर्ने  बताइएको छ।  यसअघि पुस २४ गते उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक बेइजिङ आएका थिए। बेइजिङमा उनले राष्ट्रपति सीसँग राजनीतिक भेटवार्ता गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुन लागेको दोस्रो वार्तापछि नेता किमले चिनियाँ राष्ट्रपति सीलाई प्योङयाङ निम्त्याएका हुन्।

post image

पुस २७, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमाक्षेत्रलाई लक्षित गरी राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्ने पुनः चेतावनी दिएका छन्। मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल निर्माण गर्न संसदले बजेट पारित नगरेपछि सङ्घीय सरकारी कार्यालयहरू लगातार बन्द भएको २१ दिन पुगिसकेको छ।

राष्ट्रपति ट्रम्पले पर्खालका लागि संसदले बजेट पारित नगरे आफूले बजेट स्वीकृत नगर्ने अडान राख्दै आएका छन्। संसद र राष्ट्रपतिको जुहारीका कारण धेरै अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएका छन् भने आठ लाखभन्दा बढी कर्मचारी घरबिदामा बसेका छन्।

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरिए त्यसविरुद्ध अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ। आपतकालीन घोषणापछि राष्ट्रपति ट्रम्पले सैनिक परियोजनाको रकमलाई पर्खाल निर्माणमा खर्च गर्न बाटो खुल्नेछ।

फक्स न्यूज समाचार च्यानलसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले राष्ट्रिय आपतकालीन स्थिति घोषणा गर्न पाउने आफूसँग अवशिष्ट अधिकार रहेको बताए। तर, उहाँले यस्तो घोषणा कहिले गरिन्छ भन्ने बताउन चाहेनन्।

विश्लेषकहरुले राष्ट्रपतिले चाल्ने त्यस्तो कदम अधिकार क्षेत्रभन्दा बाहिर हुने र त्यसविरुद्ध अदालतमा मुद्दा पर्ने निश्चित रहेको बताएका छन्।

राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणाबाट पर्खाल निर्माणका निम्ति बाटो खोलेर आफूले अमेरिकी जनताको सुरक्षाका लागि काम गरेको दाबी गर्न सक्नेछन्। यो स्थितिमा उनले आफू विजयी भएको जनाउँदै कार्यालयहरु खोल्नेछन्।

राष्ट्रपति ट्रम्पले बिहीबार मेक्सिकोसँगको सीमा क्षेत्रको भ्रमण गरेका थिए। उनले स्थानीय सुरक्षा निकायलाई सम्बोधन गर्दै हत्याराहरूलाई अमेरिकाभित्र छिर्न कुनै पनि हालतमा नदिइने बताए।

विपक्षी डेमोक्र्याट पार्टीले पर्खालका निम्ति राष्ट्रपतिले माग गरेको करिब ६ अर्ब डलर बजेट विनियोजन गर्न नसकिने दोहोर्याउँदै आएका छन्। उनीहरुले पर्खाल निर्माणमा फजूल खर्च हुने र त्यसबाट आप्रवासीको अमेरिका प्रवेशमा कुनै रोकावट नआउने बताएका छन्।

ट्रम्पले दक्षिणी सीमाबाट प्रवेश गरेका आप्रवासीहरु उत्तरी सीमासम्म फैलिएका बताउँदै त्यस्ता आप्रवासीका कारण हत्या हिंसाका घटना हुन थालेको दाबी गरे। तर, स्वतन्त्र अध्ययनले अवैध आप्रवासीको तुलनामा अमेरिकामै जन्मिएका व्यक्तिबाट बढी हिंसाका घटना हुने गरेको देखाएको छ।

अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएसँगै कर्मचारीहरुले जुलुस निकाली तत्काल कार्यालयहरु खोल्ने वातावरण बनाउन आग्रह गरेका छन्। राजनीतिक स्वार्थपूर्तिका लागि कर्मचारीलाई अचानोमा पारिएको उनीहरुको भनाइ छ। एएफपी

 

post image

पुस २५, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताएका छन् । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

अमेरिकी संसदले पर्खाल निर्माण कार्य ‘अनावश्यक र बढी खर्चिलो’ भन्दै राष्ट्रपति ट्रम्पले माग गर्नुभएको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ । राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राखेका छन् ।

संसद र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएका छन् । करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ ।

राष्ट्रपति ट्रम्पले मङ्गलबार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिनुभएको टेलिभिजन सम्बोधनमा भने, ‘यो सङ्कट हृदयको अनुभव हो, त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको सङ्कट हो ।’

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागूऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताएका छन् ।

विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भने, ‘मैले संसदका नेताहरुलाई छलफलका लागि भोलि नै ह्वाइट हाउसमा आमन्त्रण गरेको छु । आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं । यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्दछ ।’
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गरे ।

राष्ट्रपतिको सम्बोधन लगत्तै टेलिभिजनमार्फत् सम्बोधन गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी सङ्घीय कार्यालयहरु बन्द राखेर नागरिकलाई बन्धक बनाएको बताएका छन् ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गर्नुभएको रकम अनावश्यक रहेको दाबी गरे । दुबै नेताले राष्ट्रपतिले तत्काल सङ्घीय कार्यालयहरु खुला गर्नेतर्फ कार्य गर्नुपर्नेमा जोड दिएका छन् । –सिन्ह्वा

post image

पुस २२,काठमाडौँ । नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवका सन्दर्भमा फ्रान्सको विदेश मन्त्रालयका सचिव मोरि मोन्टान गुर्दो नेपालको दुई दिवसीय भ्रमणमा यही पुस २५ गते राजधानी आउने भएका छन्।

परराष्ट्र सचिव शङ्करदास वैरागीको निमन्त्रणामा उनका फ्रान्सेली समकक्षीबाट हुन लागेको यो भ्रमणका क्रममा सोही दिन दुई देशका विदेश सचिवको नेतृत्वमा द्विपक्षीय परामर्श संयन्त्रको बैठक हुनेछ। बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचारविमर्श हुने सचिव वैरागीले जानकारी दिए।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औं वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने उनले बताए।

बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ ।  यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए।रासस

post image

पुस २१, काठमाडौं । ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । मेस्सीको मूल्य १८३.२ मिलियन पाउण्ड रहेको छ । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।

यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाह चौथो, १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ,  १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् । शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।

post image

पुस १९, काठमाडौँ । चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ। चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ।

उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ। त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो’ भनेको छ।

चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ। पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो।

गत सप्ताहान्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए।

post image

पुस १८, बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

सन् २०१८ मा बेइजिङ र वासिङ्टनबीच व्यापार विवादका कारण तनाबको स्थिति रहेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार युद्धविराम गर्दै करवृद्धिको नयाँ योजना कार्यान्वयन गरेका छैनन्। गत शनिबार मात्र अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई टेलिफोन गरी नयाँ वर्षमा दुई मुलुकबीचको सम्बन्धलाई थप सुदृढ गर्ने बताएको सञ्चार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपतिलाई पठाएको सन्देशमा चिनियाँ राष्ट्रपति सीले दुवै मुलुकबीच समन्वय, सहयोग र स्थायित्व ल्याउन मिलेर कार्य गर्न चीन उत्सुक रहेको बताइएको छ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति ट्रम्पले दुई मुलुकबीचको चार दशक लामो कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्न अमेरिका तत्पर रहेको बताएका छन्। पछिल्लो वर्ष चीन र अमेरिकाले एकअर्का मुलुकका करिब तीन सय अर्ब अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गरेका थिए।

अर्जेन्टिनाको ब्युनस आयर्समा सम्पन्न औद्योगिक राष्ट्रको शिखर बैठक जी–ट्वान्टीको अवसरमा दुवै राष्ट्र प्रमुखबीच तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो। व्यापारका क्षेत्रमा देखिएका विवादका विषयमा चीन र अमेरिकाबीच गम्भीर विचार विमर्श गर्ने सहमति उक्त भेटमा भएको थियो।    चीन र अमेरिकाबीच जनवरी १, १९७९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। एजेन्सी

post image

पुस १७, काठमाडौं । रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो ।

बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ ।

भवनको भग्नावशेषबाट अहिलेसम्म १६ जनालाई निकालिएको छ जसमध्ये सातजना बालबालिका छन् । चार घाइतेलाई अस्पताल पुर्याइएको छ । प्राप्त जानकारी अनुसार अहिलेसम्म ४० जना बेपत्ता छन् । यद्यपी, रुसी समाचार च्यानल वेस्तीले अधिकारीको हवाला दिँदै अहिलेसम्म भवनमा बस्ने ५० जनालाई बचाइएको जानकारी दिएको छ  ।

राहतकार्यमा समस्या निम्तिन सक्छ किनभने चिसो मौसममा मोग्नितोगोस्र्क शहरको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म हुन्छ । रातीको तापक्रम न्यूनतम माइनस २९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनास्थल पुगेर राहत र बचाउकार्यको निरिक्षण गरे ।

उनले भने, ‘आज डिसेम्बर ३१ तारिख हो । संसारभरी उत्सव मनाइँदैछ तर माग्नितोगोस्र्क शहरमा यो भयानक दुर्घटना भयो । मेरो समवेदना पीडित परिवारको साथमा छ र बचन दिन चाहन्छु कि हरसम्भव मद्दत गरिनेछ ।’

दुर्घटनामा बच्न सफल एक महिलाले भनिन्, ‘घरको छत खसिरहेको आवजले मेरो आँखा खुल्यो । आँखा खोल्दा देखेँ कि घरको एउटा भित्ता गायब छ र मैले आफ्नी आमा र छोराको आवाज सुनेँ जो थिचिएका थिए ।’बीबीसी

post image

पुस १६,काठमाडौँ । बंगलादेशमा आइतबार भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिगले भारी बहुमत ल्याएको छ।  लिगले नेतृत्व गरेको गठबन्धन संसदका २९८ मध्ये २८७ सिटमा विजयी भएको बंगलादेशको निर्वाचन आयोगले सोमबार जनाएको छ।

प्रधानमन्त्री हसिनाको क्षेत्र गोपालगञ्जमा उनले २ लाख २९ हजार ५ सय ३९ मत पाएकी छन् भने उनका प्रतिष्पर्धी उम्मेदवारले जम्मा १२३ भोट ल्याएका छन्।

जितसँगै हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी छन्। सन् १९९६मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना सन् २००९पछि लगातार बंगलादेशको प्रधानमन्त्री छन्। उनी बंगलादेशमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने व्यक्ति बनेकी छन्।

आइतबारको प्रमुख प्रतिपक्षी बंगलादेश नेशनल पार्टीले जम्मा ६ सिट पाएको छ। उक्त दलले सन् २०१४ को चुनाव बहिष्कार गरेको थियो।

विपक्षी गठबन्धनले मतदानमा धाँधली भएको भन्दै परिणाम अस्वीकार गरेको छ। विपक्षी नेता कमल हसेनले आफूहरूले निर्वाचन आयोग समक्ष निष्पक्ष प्रशासनबाट नयाँ चुनाव माग गरेको बताए। चुनावी हिंसामा कम्तिमा १७ जनाको ज्यान गएको थियो।

post image

 पुस १५, काठमाडौं । अमेरिकाका सबैभन्दा पाका व्यक्तिको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । टेक्सासमा निधन भएका रिचर्ड ओवर्टन अमेरिकाका सबैभन्दा वृद्ध मानिस मात्र होइनन्, दोश्रो विश्वयुद्धमा अहिलेसम्म जीवित रहेका सबैभन्दा पाका व्यक्ति पनि हुन् ।

ओवर्टनले दोस्रो विश्वयुद्धमा एक अमेरिकी सैन्य डफ्फामा रहेर काम गरेका थिए, जसमा सबै सेनाहरु काला जातिका थिए । उनी प्रशान्त क्षेत्रमा युद्ध सञ्चालन तथा समुद्र तटमा अवतरण गराउने लगायतका अभियानमा पनि सामेल भएका थिए ।

सन् २०१३ मा उनलाई तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट्रान डे को अवसरमा सम्मान गरेका थिए । आफ्नो लामो आयुको श्रेय उनी भगवानलाई दिन्छन् । तर, यसमा सिगार र मदिराको पनि भूमिका रहेको उनको भनाइ छ ।

१८ वर्षको उमेरदेखि आफुले सिगार पिउँदै आएको र अहिले दिनमा १२ सिगार पिउन थालेको उनी बताउँथे । दोस्रो विश्वयुद्धमा जापानले पर्ल हार्वरमा आक्रमण गरेपश्चात् उनी पर्ल हार्वरमा खटिएका थिए ।बिबिसी

post image

पुस ७, काठमाडौं । इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण कम्तीको ४३ को मृत्यु भएको छ । देशको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार दुई व्यक्ति हराइरहेका छन्, दर्जनौं भवन क्षती भएका छन् भने पाँच सय ८५ घाइते भएका छन् ।

क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ । सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ ।

पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको बुभिएको छ । अधिकारीका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्छ । प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार शनिबार पुर्णिमा भएकाले पनि समुन्द्रको छाल निकै माथिसम्म उठेको हुनसक्छ ।बिबिसी

post image

पुस ७, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघको शान्ति निर्माण परिषदको सदस्यमा सर्वसम्मत चयन भएको छ । नेपाल, राष्ट्रसंघको महासभा श्रेणीमा आगामी दुई वर्षका लागि निर्वाचित भएको न्युर्याकस्थित नेपाली स्थायी मिशनले उल्लेख गरेको छ । ईजिप्ट, ग्वाटेमाल, केन्या र मेक्सिको सँगै नेपाल पनि निर्वाचित भएको हो ।

 अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाका लागि योगदान पुर्‍याएको नेपाल एसिया प्रशान्त क्षेत्रबाट सर्वसम्मतले निर्वाचित भएको हो । राष्ट्रसंघको शान्ति सेनामा खटिने प्रहरी र सेना मध्ये नेपाल ५ औं स्थानमा छ । सन् २००८ देखी २०१०, सन् २०११ देखी २०१५ सम्म पनि नेपालले शान्ति प्रक्रिया परिषद सदस्यका रुपमा सेवा गरेको छ ।

सन् २०१० मा नेपालले परिषदको अध्यक्ष जिम्मेवारी सम्हालेको थियो । हिंसा पछि मुलुकहरुको शान्ति स्थापनाको उद्धेश्यले ३१ सदस्यीय परिषद सन् २००५ मा स्थापना गरिएको हो । शान्ति निर्माण परिषदले दिगो शान्ति स्थापनाका लागी राष्ट्रसंघीय सुरक्षा परिषद सुझाव दिने गरेको छ ।

post image

पुस ६, काठमाडौँ । संयुक्त राज्य अमेरिकाका रक्षा मन्त्री जेम्स म्याटिसले अचानक राजीनामा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवाद पछि उनले राजीनामा दिएका हुन्। उनले राजीनामा दिँदै आफ्नो विचार राष्ट्रपति ट्रम्पसँग मेल नखाएका कारण राजीनामा दिएको बताइएको छ ।

उनको राजीनामापछि ट्रम्पले जेम्स म्याटिसको उच्च मूल्याङ्कनसहित फेब्रुअरी अन्त्यमा सेवा निवृत्त हुन लागेको घोषणा गरेका छन्। उनले म्याटिसको उत्तराधिकारिको नाम भने उल्लेख गरेनन्। उनले ट्विटरमा भनेका छन्, ‘जनरल मयाटिसले मित्र शक्ति र अन्य देशहरूको सैन्य दायित्व निर्वाह गर्न मलाई धेरै नै सहयोग गरे।’

आफ्नो राजीनामा पत्रमा जनरल म्याटिसले आफ्ना मित्र शक्तिहरूसँग सम्मानपूर्वक व्यवहार गर्ने र साझा रक्षाका लागि अमेरिकी क्षमताका सम्पूर्ण संसाधन प्रयोग गर्ने धारणा व्यक्त गरेका छन्।

बुधवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरिया र वरपर सक्रिय इस्लामिक स्टेट समूह आईएस अमेरिकी सेनासँग पराजित भएको भन्दै सिरियाबाट अमेरिकी फौजहरू फर्काउने घोषणा गरेका थिए। तर, उनको घोषणा लगत्तै रक्षा मन्त्री म्याटिसले राष्ट्रपतिको निर्णयको आलोचना गरेका थिए। सिरियाबाट सैनिक फर्काउने अमेरिकी कदम रणनीतिक भूल हुने उनले बताएका थिए।

 

post image

पुस ५, नयाँ दिल्ली । भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय सुनाएको छ। सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन्।

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजाय अन्तर्गत एक बर्षको जेल सजाय सुनाइएको हो। उक्त कानूनी प्रावधान अनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुब्यवहार वा गालिगलौज गरेमा अदालती सुनुवाइ विना नै एक बर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ।

३९ बर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ। पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताइएका छ। अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन्।

उनलाई यस पहिले राजद्रोहको आरोपमा पक्राउ गरेपनि स्थानीय अदालतद्वारा धरौटीमा रिहा गर्न आदेश दिएको थियो। एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूको दाबी छ। वाङखेमको परिवारले उनलाई दिइएको एक वर्ष जेल सजायका विरुद्ध अदालतमा अपिल गर्ने बताएका छन्। रासस/एएफपी

post image

पुस ४, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जमाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन्।

ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गरेको ठीक एक दिनपछि आएको हो।

उनले भने, “फेसबुक, ट्वीटर र गुगल ‘डेमोक्रेटिक’ को पक्षमा देखिएका प्रष्ट भएको छ जुन निन्दनीय छ।” उनले थप्दै भने, “वास्तवमा ट्वीटरले जनतालाई अमेरिकी राष्ट्रपति ट्रम्पसँग जोडिन धेरै समस्या बनेको छ। उनीहरूले धेरै मेरो समर्थकका धेरै नामहरूलाई हटाइदिएका छन् र तह र गतिको वृद्धिलाई निकै नै ढिला पारिदिएका छन्।”

post image

पुस १,काठमाडौँ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफैंले बर्खास्त गरेका रनिल विक्रमासिंघेलाई ५१ दिनपछि प्रधानमन्त्रीको सपथ खुवाएका छन्। आइतबार राष्ट्रपति कार्यालयमा विक्रमासिंघेलाई सिरिसेनाले सपथ खुवाएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

नोभेम्बर २६ सिरिसेनाले विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। राजापाक्षेले शनिबार राजीनामा दिएपछि सिरिसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्रीको सपथ खुवाएका हुन्। यसबीचमा यी दुबै जनाले आफूलाई  वैधानिक प्रधानमन्त्री दाबी गर्दै आएका थिए।

बिहीबार सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेनाको कदम अवैधानिक भएको फैसला सुनाएपछि राजापाक्षे पछि हटेका थिए।

post image

मंसिर २८, काठमाडौँ । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। बिहीबार फैसला सुनाउँदै अदालतले सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको हो।

सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलाशले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो। अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष पनि निकालेको छ।

राष्ट्रपति सिरिसेनाले अघिल्लो महिना संसद विघटन घोषणा गर्दै निर्वाचनको मिति तोकेका थिए।संसदको समयावधि झन्डै दुई वर्ष बाँकी छदै उनले निर्वाचनको घोषणा गरेका थिए। उनले संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि अदालतमा मुद्दा परेको थियो। त्यस मुद्दामा प्रारम्भिक सुनुवाई गर्दै अदालतले यसअघि कुनै प्रक्रिया अगाडी नबढाउन अन्तरिम आदेश दिएको थियो।

त्यही मुद्दाको अन्तिम फैसला गर्दै अदालतले बिहीबार संसद विघटना गर्ने राष्ट्रपतिको निर्णय अवैध भएको फैसला सुनाएको हो। राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्त गर्दै पुर्वराष्ट्रपति महेन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कट सुरु भएको हो। अपदस्त प्रधानमन्त्री विक्रमासिंघेलाई हिजो बुधबारको संसद बैठकले पुनः स्थापित गर्नु पर्ने प्रस्ताव पारित गरेको छ।

बुधबार भएको मतदानमा ठूलो संख्याका सांसदहरुले विक्रमासिंघेलाई पुनः स्थापित गर्नु पर्ने पक्षमा मतदान गरेको अधिकारीहरुले जानकारी दिएका छन्। शक्ति संघर्ष थप चर्किन नदिनका लागि यो नै सवैभन्दा उपयुक्त र वैधानिक उपाय भएको संसदद्वारा पारित प्रस्तावमा उल्लेख छ।

विक्रमासिंघेको पार्टीबाट संसदमा सदस्य रहेकाहरु र त्यससँग गठबन्धन गरेको पार्टीबाट सदस्य भएकाहरु गरी संसदका कुल २२५ सीटमध्ये ११७ जना सदस्यहरुले उहाँको पुनः स्थापनाको पक्षमा मतदान गरेका हुन्।उनीहरुले सो प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रपति मैत्रीपाला सिरिसेनाको ध्यानाकर्षण समेत गराएको समाचारमा जनाइएको छ।  एएफपी

post image

मंसिर २५,काठमाडौँ । चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो।

उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ। अदालतको आदेश सोमबार सार्वजनिक भए पनि हप्ता दिनअघिदेखि नै यो लागू भइसकेको जनाइएको छ।

एप्पलले आइफोन ६एस, ६एस प्लस, आइफोन ७, ७ प्लस, आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्समा पेटेन्ट उल्लंघन गरेको दाबी गर्दै क्वालकमले मुद्दा हालेको थियो। आइफोनका एक्सएस, एक्सएस प्लस र एक्सआर मोडलमा भने यो प्रतिबन्ध लागु हुने छैन। किनकी  क्वालकमले मुद्दा हाल्दा यी फोन बजारमा आइसकेका थिएनन्।

आइफोनमा फोटो एडिट र रिसाइज गर्नका लागि प्रयोग भएको प्रविधिको प्याटेन्ट आफूमा रहेको क्वालकमको दाबी छ। उसले टच स्क्रिनमा एपको म्यानेज गर्न अपनाइने प्रविधि पनि आफ्नै भएको  दाबी गरेको छ।

‘एप्पलले हाम्रे बौद्धिक सम्पत्ति प्रयोग गरेर निरन्तर फाइदा लिइरहेको छ तर उसले हामीलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ,’ क्वालकमले भनेको छ।

एप्पलले भने क्वालकमले फोहोरी खेल खेलेको बताएको छ। अमेरिका र चीनबीच  व्यापार युद्ध थाँती राखेर वार्ता भइरहेका बेला चिनियाँ अदालतको यो आदेशलाई आश्चार्यका रूप हेरिएको सिएनएनले जनाएको छ।

post image

मंसिर २०,  काठमाडौं । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन्। उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो।

गत सोमबार एउटा पुनरावेदन अदालतले अन्तरिम आदेश दिँदै तत्काल प्रधानमन्त्रीका रूपमा काम नगर्न राजापाक्षेलाई आदेश दिएको थियो। वैधानिकता नपाउँदासम्म राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई काम गर्ने अधिकार नभएको अदालतले स्पष्ट पारेको छ। राजापाक्षेलाई काम गर्न दिएमा मुलुकमा “अपूरणीय क्षति” हुन सक्ने देखिएकाले काम गर्न रोक लगाउनु पर्ने अदालतको ठम्याइ छ।

अदालतको आदेशसँगै राजापाक्षेको सरकार अन्यौलमा परेको छ भने राष्ट्रपतिबाट हटाइएका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई सजिलो भएको छ। राष्ट्रपति सिरिसेनाले देशको हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिँदै आफूले त्यसै उपाय खोजेको बताए। मुलुक अहिले राजनीतिक सङ्कटमा पुग्नुमा आफूलाई दोषी ठानिएको प्रति असहमति राख्दै उनले आफू दोषी नभएको दाबी गरे।

उनले अहिलेको अवस्था आउनुमा तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घे नै दोषी रहेको किटान गरे। “उहाँका क्रियाकलाप र उहाँको राजनीतिले नै अहिलेको समस्या सिर्जना भएको हो, तर त्यसको समाधान हामी गर्नेछौं,” उनले भने।

एक वक्तव्यमा राष्ट्रपति सिरिसेनाले थपे, “अहिलेको राजनीतिक सङ्कट एक हप्तामा समाधान हुनेछ, यो पूरै समाधान हुनेछ, मैले तपाई र तपाईको मातृभूमिका लागि राम्रो हुने काम नै गर्नेछु।”

मुलुकलाई शान्तिको बाटोमा लैजान सबै राजनीतिक पार्टीहरूले हातेमालो गर्नेछन भन्ने आफूले विश्वास लिएको उनको भनाइ छ। गत अक्टोबर महिनामा राष्ट्रपति सिरिसेनाले तत्कालीन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्थ गरेर राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलङ्कामा राजनीतिक सङ्कटसँगै विवाद चर्किँदै गएको छ।

राजापाक्षेलाई गत महिना संसद्ले पनि प्रधानमन्त्रीमा अस्वीकृत गरिएको प्रस्ताव अत्यधिक मतका साथ पारित गरेको थियो।

संसद्ले राजापाक्षेका विरुद्धमा अविश्वासको प्रस्ताव पारित गर्नुअघि राष्ट्रपति सिरिसेनाले संसद विघटन भएको घोषणा गरेका थिए। तर अदालतले नै राष्ट्रपतिले संसद् विघाटन गर्ने आधार नभएको भन्दै संसद् कायमै रहेको फैसला सुनाएको थियो। सिन्ह्वा

post image

मंसिर १९, इन्डोनेसिया । इन्डोनेसियाको पपुवामा पृथकतावादी समूहले गरेको आक्रमणमा परी निर्माणाधीन परियोजनामा कार्यरत कम्तीमा ३१ कामदारको मृत्यु भएको त्यहाँको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ।

सुरक्षाकर्मीहरुले मारिएका ती कामदारहरुको शव निकाल्ने कोसिस गरिरहेका छन्। पृथकतावादीहरुको यो आक्रमणलाई इन्डोनेसियाको सुरक्षा निकायले भीषण आक्रमण भनेको छ। पपुवाका प्रहरी प्रवक्ता सुर्यादी दिआजका अनुसार सरकारी पुल बनाइरहेका कामदारहरुमाथि आइतबार बन्दुकधारीले गरेको हमलामा परी २४ जनाको मृत्यु भएको थियो।

नदुगा जिल्लामा रहेको दुर्गम पहाडी गाउँमा सो आक्रमण भएको थियो। अन्य आठ जना कामदार स्थानीय संसद सदस्यको घरमा गएर लुकेका र भोलिपल्ट सशस्त्र पृथकतावादी समूह आई सात कामदारको हत्या गरेको दिआजले बताएका छन्। एक जना भने त्यहाँबाट भागेका तर उनी हालसम्म वेपत्ता रहेको बताइएको छ। रासस

post image

मंसिर १८,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेही पूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउन विश्व समुदाय सफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । पोल्याण्डमा आयोजित जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले न्युन कार्बन उत्सर्जन गर्ने नेपाल जलवायु परिवर्तनको दुष्प्रभावको मारमा परेको प्रति सचेत गराउनुभयो ।

हालै सार्वजनिक गरिएको आईपीसीसीको विशेष प्रतिवेदनले तय गरेको १ दशमलब ५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको आग्रह थियो । नेपाल जस्ता मुलुकले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको बताउदै निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष उहाँले आव्हान गर्नु भएको छ । उच्च पर्वतका हिउँ पग्लदै गएको तथा सेता हिमाल काला र फुश्रो बनेको राष्ट्रपतिले बताउनुभयो ।

हिमताल विष्फोटनको खतरा बढ्दा, नदीका जलाधार प्रणाली प्रभावित हुँदा हिम पहिरो, बाढी पहिरो र खडेरीले राष्ट्रिय आयको ठुलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चनुपर्ने चुनौती रहेको राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ । विश्वको तापक्रम बृद्धिलाई कम गर्न सघाउन पुर्‍याउन नेपालका हिम श्रृंखला फुश्रो हुँदै जानु प्रति राष्ट्रपति भण्डारीले राष्ट्रसंघीय फोरममा चिन्ता ब्यक्त गर्नुभएको हो । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पोल्याण्ड जानुभएकी राष्ट्रपति भण्डारी बिहीबार काठमाडौं फर्कनु हुनेछ ।

post image

मंसिर १७,काठमाडौँ । श्रीलंकाको पुनरावेदन अदालतले महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीका रूपमा काम नगर्न आदेश दिएको छ। अदालतले सोमबार अन्तरिम आदेश जारी गर्दै राजापाक्षे र उनको  सरकारका मन्त्रीलाई काम नगर्न आदेश दिएको हो।

राजापाक्षेविरूद्ध १२२ विपक्षी सांसदहरूले हालेको रिटको सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको कोलोम्बो ग्याजेटले जनाएको छ। अदालतको आदेशसँगै राष्ट्रपति मैत्रीपाला सिरिसेना थप अप्ठेरोमा परेका  छन्।

अक्टोबर २६ मा सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर पूर्वराष्ट्रपति राजापाक्षेलाई नियुक्त गरेपछि यो टापु राष्ट्रमा राजनीतिक संकट सुरू भएको थियो।

अहिले दुबै जनाले आफूलाई प्रधानमन्त्री दाबी गरेका छन्। दुई प्रधानमन्त्री हुँदा सरकारले नयाँ वर्षदेखि लागु हुने बजेट बनाउन सकेको छैन।

post image

मंसिर १७, पेरिस । सरकारविरोधी सयौं प्रर्दशनकारीले दंगा भड्काएको भोलीपल्ट आइतबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले तत्काल सुरक्षा बैठक आह्वान गरेका छन्।

पेट्रोलियम पदार्थमा भएको कर वृद्धि र बढ्दो महँगीविरुद्ध भन्दै केही सातादेखि फ्रान्समा ‘पहेंलो भेस्ट’ नामक प्रदर्शन भइरहेको छ। तेस्रो सातामा प्रवेश गरेको शनिबारको प्रदर्शन दंगाग्रस्त भएको थियो। प्रदर्शनकारीहरुले प्रहरीमाथि कडा पहेंलो रंग छ्यापेका थिए।

राष्ट्रपति म्याक्रोंले बोलाएको आपतकालीन सुरक्षा बैठकले देशमा जारी तनावलाई शान्त पार्नका लागि राज्य संकटकाल घोषणासमेत गर्न सक्ने सरकारका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सुरुमा इन्धनमा भएको कर वृद्धिको प्रदर्शन विस्तारै महँगीविरुद्ध पनि केन्द्रित भएको छ।

दुई साताभन्दा अघि सुरु भएको पेहेंलो भेस्ट प्रदर्शनका क्रममा हालसम्म तीनजनाको मृत्यु भइसकेको प्रहरी स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

राजधानी पेरिसमा केन्द्रित शनिबारको प्रदर्शनमा केही प्रदर्शनकारी शान्त देखिए पनि अधिकांश प्रदर्शनकारीले प्रहरीसँग विभिन्न क्षेत्रमा झडप गरेको बताइएको छ। शनिबारको प्रदर्शनका कारण राजधानी पेरिसमा सयभन्दा बढी मानिस घाइते भएका छन्। घाइतेमध्ये २३ जना सुरक्षा अधिकारी भएको फ्रान्स सरकारले बताएको छ। प्रहरीका अनुसार शनिबारको प्रदर्शनमा सहभागी चार सयजना पक्राउ परेका छन्।

विश्वका २० शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको शिखर सम्मलेन ‘जी–ट्वान्टी समिट’मा सहभागी भएर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों आइतबार बिहान स्वेदश फर्किएलगत्तै सोझै शनिबारको प्रदर्शनमा सबैभन्दा क्षति भएको आर्क डी ट्रिओफको निरीक्षणमा गएका छन्। उनले देशको प्रधानमन्त्री, आन्तरिक मन्त्री र उच्च सुरक्षा अधिकारीसँग राष्ट्रपतीय दरबारमा भेट गर्ने समेत बताइएको छ। ‘जी–ट्वान्टी’ सम्मेलनमा सहभागी भएलगत्तै देश फर्किएका राष्ट्रपति म्याक्रोंले अर्जेन्ट सुरक्षा बैठक बोलाउनुलाई अत्यन्तै महत्वका साथ हेरिएको छ।

सरकारका प्रवक्ता बेन्जामिन ग्रिभेक्सले युरोप वान रेडियोलाई राष्ट्रपतिले बोलाएको आपतकालीन सुरक्षा बैठकले संकटकाल घोषणा गर्नसक्ने संकेत गरेका छन्। ‘शनिबारका जस्ता प्रदर्शन नहुन् भनेर हामीले आवश्यक कदम चाल्नुपर्छ,’ राज्य संकटकाल लाग्न सक्ने बताउँदै प्रवक्ता बेन्जामिनले युरोप वान रेडियोलाई बताए।

प्रदर्शनकारी को हुन्?
यसै वर्षको नोभेम्बर महिनाको सुरुबाट फ्रान्समा पहेंलो भेस्ट आन्दोलन सुरु भएको हो। राष्ट्रपति इमानुएल म्याक्रोंले इन्धन करमा वृद्धि गरेको विरोधमा पहेंलो भेस्ट प्रदर्शन सुरु भएको थियो। फ्रान्समा सवारी साधन चलाउने सबैले पहेंलो भेस्ट लगाउनै पर्ने कानुन रहेको छ। त्यही पहेंलो भेस्ट लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुको प्रदर्शनलाई ‘पहेंलो भेस्ट’ आन्दोलन भनिएको हो।

सामाजिक सञ्जालमार्फत् फैलिएको पछिल्लो पहेंलो भेस्ट आन्दोलन राष्ट्रपतिले डिजेलमा गरेको कर वृद्धिपछि सतहमा आएको थियो। राष्ट्रपति म्याक्रोंले कर वृद्धि वातावरणसँग सम्बन्धित रहेको बताए पनि प्रदर्शनकारीले भने म्याक्रों कारमा निर्भर रहने सहरी उपझोक्ताविरुद्ध  लागेको आरोप लगाउँदै आएका छन्। देशमा प्रदर्शन चर्केपनि राष्ट्रपति म्याक्रोंले भने प्रदर्शनका पछाडि अतिदक्षिणपन्त्री दलको सक्रिय सहयोग रहेको आरोप लगाउँदै आएका छन्। उनले आफूसँग राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी अतिदक्षिणपन्थी नेत्री मरिन ल पेनको दललाई प्रदर्शन चर्काएको आरोप लगाएका छन्।बिबिसी

post image

 मंसिर १६, काठमाडौं । मेक्सिकोमा ७० वर्षपछि पहिलोपटक वामपन्थी राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओबादरले संसदसमक्ष सपथ लिएका छन् । ६ वर्षे कार्यकालका लागि उनले ५६ प्रतिशत मत प्राप्त गरेर निर्वाचित भएका थिए । मेक्सिको सिटीका पूर्वमेयर लोपेज ओबादरले शनिबार भ्रष्टाचार निर्मुल गर्ने र गरिब र सीमकान्तकृतहरुको लागि देश बदल्ने घोषणा गरे । ६५ वर्षीय उनले गत जुलाइमा भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

उनका प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति इनरिक पेना नितोले जम्मा २४ प्रतिशत मत प्राप्त गरी राष्ट्रपति पदबाट विदा लिए । उनको कार्यकालमा भ्रष्टाचार र अपराधले सीमा नाघेको भन्दै आलोचना भएको थियो । राष्ट्रपति लोपेज ओवादरले छिट्टै आफ्नो परराष्ट्र मामिलामा महत्वपूर्ण मुद्दा संबोधन गर्नुपर्नेछ । अमेरिका छिर्ने हजारौं मानिस अमेरिका र मेक्सिकोको बोर्डरमा जम्मा हुने समस्यालाई संबोधन गर्नुपर्नेछ ।

उनको सपथ समारोहमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स, राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्प र भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो सहभागी भएका थिए । लोपेज ओबादरको नेशनल रिजेनेरेसन मुभमेन्ट पार्टी (मोरेना) ले गठबन्धन सरकारको नेतृत्व गर्नेछ ।

post image

मंसिर १४, काठमाडौँ । अफगानिस्तानको काबुलमा बुधवार भएको जीफोरएसको कार्यलयमा भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको बीबीसीले बताएको छ । ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका आफ्ना कर्मचारीका परिवारलाई यसबारे जानकारी गराएको बताएको छ । घटनाको जिम्मेवारी तालिबानले लिएको छ ।

अफगानिस्तानका एक सरकारी अधिकारीका अनुसार सो घटनामा चार विदेशीसहित कम्तीमा १० जनाको ज्यान गएको थियो । आन्तरिक मामिला मन्त्रालयले घटनामा ११ नेपाली र पाँच ब्रिटिश नागरिक घाइते भएको बताएको छ । अफगान अधिकारीहरूका अनुसार कार बम विस्फोट गराएपछि पाँचजना सशस्त्र आक्रमणकारीहरू जीफोरएसको परिसरमा प्रवेश गरेका थिए।

त्यसपछि दोहोरो गोली हानाहान भएको थियो। घटना हुँदा सो स्थानमा ३३० व्यक्ति रहेका थिए। तीमध्ये अधिकांश विदेशी थिए।  आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ।  जीफोरएस विश्वकै सबभन्दा ठूलो सुरक्षा कम्पनीमध्ये एक हो । उसले ब्रिटिश दूतावास वरपरको क्षेत्रमा सुरक्षा प्रदान गर्दै आएको छ।

पछिल्लो हिंसा राष्ट्रपति अशरफ गनीले तालिबान समूहसँग शान्ति सम्झौताका लागि योजना अघि सारेको केही घण्टामा भएको हो ।

अफगानिस्तानमा कति छन् नेपाली ?

द्वन्द्वग्रस्त अफगानिस्तानमा उल्लेख्य सङ्ख्यामा नेपालीहरू पनि कार्यरत छन्। तीमध्ये कतिपय सुरक्षा क्षेत्रमा संलग्न छन्। यसअघि सन् २०१६ को जुनमा राजधानी काबुलमा गरिएको एउटा आक्रमणमा १२ जना नेपाली मारिएका थिए।

सो आक्रमणलाई आतङ्कवादी घटना भन्दै नेपाल सरकारले त्यसको भर्त्सना गरेको थियो। वैदेशिक रोजगारीको लागि औपचारिक रूपमा खुल्ला नगरिएको अफगानिस्तानमा नेपाली कति सङ्ख्यामा छन् भन्ने स्पष्ट छैन।बीबीसी

post image
मंसिर १२, काठमाण्डौं । पाकिस्तानी विदेश मन्त्रालयले सार्क (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन) सम्मेलनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउने भनेको निम्तो भारतले अस्वीकार
गरिदिएको छ।

सार्क सम्मेलनको मिति सबै सदस्य राष्ट्रको सहमतिमा हुनु पर्ने भएकाले पाकिस्तान एक्लैले मोदीलाई सम्मेलनका लागि निम्तो पठाउन नसक्ने भारतले जनाएको छ। यसअघि मंगलबार पाकिस्तानी विदेश मन्त्रालयलका अधिकारीले इस्लामावादमा आयोजना हुने सम्मेलनका लागि मोदीलाई निम्तो पठाउने बताएका थिए।

भारतीय दैनिक टाइम्स अफ इन्डियाले तत्काल सम्मेलन आयोजना गर्ने पक्षमा बंगलादेश र श्रीलंका पनि नभएको उल्लेख गरेको छ। बंगलादेशमा केही समयमा चुनाव हुँदैछ भने श्रीलंकाको आन्तरिक राजनीतिक संकट गहिरिँदै गएको छ।

पछिल्लो सार्क सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो।

post image

मंसिर १२, काठमाण्डौं । उत्तरी चीनको एक केमिकल कम्पनीमा बुधबार बिस्फोट हुँदा कम्तीमा २२ को मृत्यु भएको छ भने २२ घाइते भएका छन् । ग्लोबल टाइम्सका अनुसार  बिस्फोट राजधानी बेइजिङबाट दुई सय किलोमिटर टाढा झांगजियाकोउस्थित हिबेई शेंगुआ केमिकल कम्पनीमा भएको हो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घटनामा ५० वटा साना–ठूला ट्रक पनि जलेको बताइएको छ । बिस्फोटका कारणबारे अनुसन्धान भइरहेको जानकारी दिइएको छ । विष्फोटको कारणबारे कम्पनीले पनि केही जानकारी दिएको छैन ।

तर, न्युयोर्क टाइम्सले उद्योगको सुरक्षा अधिकारी वुले सांघाईको एक पत्रिकालाई दिएको  भनाई उद्धृत गर्दै लेखेको छ, ‘उद्योगमा रसायन डेलिभर गर्न आएका ट्रकहरु मध्ये एक ट्रकमा विष्फोट भएको थियो । त्यसपछि शृङ्खलाबद्ध रुपमा अन्य ट्रकहरु विष्फोट भएका थिए ।’

post image

मंसिर ११, काठमाण्डौं । केबीए ग्लोबल एजुकेशन एण्ड माईग्रेसन सिड्नीले अष्ट्रेलियाको सिड्नीमा एक बृहत अन्तरक्रिया कार्यक्रम सहितको सेमीनार आयोजना गर्ने भएको छ । अष्ट्रेलियाको सिड्नीस्थित कोग्रहा लाईबेरीको एक्टीभिटीज रुममा आयोजना हुने सेमिनारको बिषयबस्तुका रुपमा माईग्रेसन टु रिजनल अष्ट्रेलियाको बिषयबस्तुलाई अघि सारीएको छ ।

अष्ट्रेलियाले यहाँ अध्ययन गर्ने तथा बसोबास गरीरहेका अस्थायी बासिन्दाहरुका लागि स्थायी रेसीडेन्ट पिआर लिनका लागि रिजनल जानै पर्ने ब्वयवस्थ ागर्न लागिरहेको पेरीप्रक्ष्यलाई मध्यनजर गर्दै केबीए ग्लोबलले उक्त सेमीनारको आयोजन ागर्न लागरहेको हो । नोभेम्बर २८ तारिखका दिन आयोजना हुने सो सेमीनारका मुख्य बक्ताका रुपमा केबीए ग्लोबलका निर्देशक तथा अष्ट्रेलियाका रजिष्टर्ड माईग्रेर्ट जेण्ड शम्भु कडेल रहन’ भएको छ । सेमीनारमा बिद्यार्थीह्रुले अध्ययन पछि कसरी अष्ट्रेलियामा आफ्नो भबिष्य बनाउन सक्छन् ।

त्यसका क्राईटएरीयाहरु के रहेका छन्, रिजनल जानाका फाईदाहरु के–के हुनेछन् लगायतका बिषयमा बृहत छलफल सहित सेमीनार आयोजना हुने केबीए ग्लोबलका म्यानेजर रोशन क्षेत्रीले अनलाईन समयलाई जानकारी गराउनु भयो । क्षेत्रीका अनुसार उक्त सेमीनारमा अष्ट्रेलियाले अपनाएको रिजनल सम्वन्धि ब्यवस्थाका बारेमा निर्देशक शम्भु कडेलले एक कार्यपत्र समेत प्रस्तु गर्नु हुनेछ ।

post image
मंसिर ११, काठमाडौँ । अमेरिकी अन्तर्राष्ट्रिय अध्ययन संस्था (नासा)ले आफ्नो नयाँ रोबोटलाई मंगल ग्रहमा उतारेको छ। पृथ्वीपछि कुनै ग्रहको यति गहिरो अध्ययन गर्न लागिएको पहिलो पटक हो।
‘द इनसाइट प्रोव’ नाम दिइएको यो रोबोटले मंगल ग्रहको भित्री सतहको अध्ययन गर्नेछ। यो रोबोट नेपाली समयअनुसार मंगलबार बिहान करिब ३ बजेर ४० मिनट जाँदा मंगल ग्रहमा उत्रिएको थियो। मंगल ग्रहको सतहमा उत्रिएपछि रोबोटले पृथ्वीमा रेडियो सन्देश पठाएको थियो। सन्देश आएसँगै नासामा खुसी छाएको थियो। त्यो सन्देश उनीहरूले पठाएको रोबोटले मंगल ग्रहमा भर्खरै सुरक्षित अवतरण गरेको प्रमाण थियो।
रोबोटले आफू मंगल ग्रहमा उत्रिएको केही मिनेटमै वरिपरिका चित्र पठाउन सुरू गरेको छ। रोबोट उत्रिँदा उडेको धुलोका कारण फोटो धेरै सफा नभए पनि केही दिनमा सफा फोटा आउन थाल्ने नासाले जनाएको छ।

नासाका प्रमुख जेम्स ब्राइडेनस्टाइनले लगत्तै प्रतिक्रिया दिए, ‘हाम्रा लागि यो गजबको दिन हो।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गेरर नासालाई बधाई दिएको पनि उनले बताए।

रोबोट अहिले मंगल ग्रहको भूमध्य रेखा नजिकैको विशाल, समथर भागमा बसेको छ। नासाले यो भूभागलाई मंगल ग्रहको सबैभन्दा ठूलो ‘पार्किङ क्षेत्र’ भनेको छ।

post image

मंसिर १०,काठमाडौँ । म्यानमारकी स्टेट काउन्सिलर आङ्ग सान सुकी यसैसाता नेपाल आउने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आमन्त्रणमा उनी नेपाल आउन लागेकी हुन्।

परराष्ट्रमन्त्रालयका अनुसार सुकी यही मंसिर १३ गते नेपाल आउने तय भएको छ। उनले १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यसूचि तय भएको परराष्ट्रले जनाएको छ।

सुकी यही १४ गतेदेखि काठमाडौमा हुन लागेको एसिया प्रशान्त सम्मेलन–२०१८ मा पनि सहभागी हुने जनाइएको छ।

post image

मंसिर ९, काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा पेट्रोलियम पदार्थको मूल्य विरोधमा भइरहेको प्रदर्शनलाई नियन्त्रणका लागि पुलिसले अश्रु ग्यास प्रहार गरेका छन् भने पानीको फोहोराले पनि भीडलाई नियन्त्रण गर्न खोजेका छन् ।

पेरिसमा गत दुई हप्तादेखि प्रत्येक हप्ताको अन्त्यमा विरोध प्रदर्शन भइरहेको छ । पेरिसको शान्ज एलिजे इलाकाको संवेदनशील स्थानमा पुलिसले बनाएको ब्यारिकेड तोड्ने प्रयासका बीच केही प्रदर्शनकारीबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले थुप्रै गाडीमा आगलागीसमेत गरेका छन् ।

हज्जारौं प्रदर्शनकारीको नियन्त्रणका लागि तीन हजार पुलिस तैनाथ गरिएको थियो । प्रदर्शनकारीले पहेंलो रङको ज्याकेट लगाएर विरोध गरिरहेका छन् । त्यसैले उनीहरुलाई ‘एलो ज्याकेट’ भनिँदै छ ।

शान्ज एलिजे इलाकामा प्रधानमन्त्री कार्यालयसमेत केही अन्य महत्वपूर्ण भवन छन् । प्रदर्शनकारीलाई रोक्नका लागि भवन अगाडि सुरक्षा घेरा बनाउँदै पुलिसले मेटल ब्यारिकेड्स लगाएका थिए । अधिकारीका अनुसार अहिलेसम्म कुनै पनि प्रदर्शनकारी उक्त इलाकामा प्रवेश गर्न सकेको छैन ।

केही प्रदर्शनकारीले सडक किनाराबाट पुलिसमाथि पटाखा र ढुङ्गाले हमला गरे । प्रदर्शनकारीहरु राष्ट्रपति इम्यानुएल म्याक्रोंविरुद्ध नाराबाजी गरिरहेका थिए र उनको राजीनामा माग गरिरहेका थिए ।

किन रिसाएका छन् प्रदर्शनकारी ?

फ्रान्समा धेरैजसो कार डिजेलले चल्छ । देशमा पछिल्लो १२ महिनामा डिजेलको मूल्य करिब २३ प्रतिशतले वृद्धि भएको छ । औसतमा १.७१ डलर प्रतिलिटरको वृद्धि भइरहेको छ । यो सन् २००० पछि सबैभन्दा उच्च स्तर हो ।

वैश्विक स्तरमा कच्चा तेलको मूल्य बढेको थियो तर पछि कम पनि भएको थियो । तर म्याक्रों सरकारले डिजेलमा ७.६ सेन्ट प्रति लिटर र पेट्रोलमा ३.९ प्रति सेन्ट प्रतिशतको हाइड्रोकार्बन ट्याक्स लगाए । सरकाले बिजुलीबाट चल्ने कार र स्वच्छ इन्धन अभियान अन्तर्गत यो कदम उठाएको बताएको थियो ।

त्यसपछि सन् २०१९ जनवरी १ तारिखदेखि डिजेलको मूल्यमा ६.५ सेन्ट र पेट्रोलमा २.९ सेन्टको बढोत्तरीको निर्णय लिइएको थियो ।

राष्ट्रपतिका अनुसार वैश्विक स्तरमा कच्चा तेलको मूल्यवृद्धिकाले फ्रान्समा पनि मूल्य वृद्धि भएको हो ।शुक्रबार पश्चिमी फ्रानसमा अश्रु ग्यासको गोलासहित एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ । पक्राउ परेका प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोंसँग भेटको माग गरिरहेका थिए ।

post image

मंसिर ७,काठमाडौँ । शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र हमलावरबीच भएको गोलिवारीमा दुई प्रहरीको ज्यान गएको छ । सिन्ध प्रहरी तथा आर्मीको मिडिया शाखाले उक्त कारबाहीमा तीन आतंकवादीको ज्यान गएको बताएको छ ।  पाकिस्तानको चर्चित समाचारपत्र डनका अनुसार विहान ९ः३० मा गोलिबारी शुरु भएको थियो । सो समाचारपत्रले उक्त क्षेत्रमा एक ठूलो विष्फोटको आवाज पनि सुनिएको बताएको छ । डनका अनुसार एक नाम नखुलेको व्यक्ति गम्भिर अवस्थामा अस्पताल लगिएको छ ।

घटनाको केही पछिनै पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले घटनाको भत्सना गरेका छन् । “यो अत्यन्त दुखद घटना हो । घटनामा संलग्न आतंकवादी मारिएका छन् । हामी चिनियाँ महावाणिज्य दुतावाससँग नियमित सम्पर्कमा रहिरहेको छौं,” घटनाबारे बोल्दै कुरेशीले भने ,“यो देशको विकास रोक्ने दुरासय राख्ने शक्तिहरुलाई पाकिस्तान र चीन मिलेर परास्त गर्नेछौं ।”

सिन्ध राज्यका मुख्यमन्त्री मुराद अलि शाहले घटनाप्रति चासो देखाएका छन् । उनले चिनियाँ महावाणिज्यदुतलाई सम्पर्क गरेर अवस्था पूर्ण नियन्त्रणमा लिने विश्वस्त पारेका छन् ।एजेन्सी

post image

मंसिर ६,  बेइजिङ। उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि ५ जनाको मृत्यु भएको छ ।  बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि पाँच बालबालिकाको मृत्यु हुनुृको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यो दुर्घटना भएको हो । ठक्कर दिने कारको चालकलाई हिरासतमा लिइ अनुसन्धान सुरु गरिएको स्थानीय टेलिभिजनले जानकारी दिएको छ ।  सो कार गलत दिशाबाट आएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । गलत दिशाबाट आएकोले बाटो काटिरहेका बालबालिकालाई ठक्कर दिएको उनीहरुको भनाई छ ।

यसै महिनाको शुरुमा चोङ्गकिङ प्रान्तमा एक सडक दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा हुनान प्रान्तमा भएको एक सडक दुर्घटनामा ११ व्यक्तिको मृत्यु भएको थियो । –एएफपी

post image

मंसिर ५, काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनले सयौं किसानको ऋण चुकाएको जानकारी दिएका छन् । ऋणको रुपमा चुकाइएको उक्त रकम चार करोड भारुभन्दा बढी छ ।

मंगलबार अमिताभले आफ्नो ब्लगमा उनले १, ३९८ किसानको ऋण चुकाएर आफ्नो ‘जिम्मेवारी’ उठाएको बताएका छन् । उनले आफ्नो काम पूरा भएको जस्तो अनुभव भएको बताएका छन् ।

यी सबै किसान उत्तर प्रदेशका हुन् । अमिताभ बच्चन यसै राज्यका हुन् । भारतमा किसानको एउटा ठूलो तप्का ऋणको समस्याबाट जुधिरहेका छन् ।

किसानका लागि रेलः

अमिताभ बच्चनले किसानको जुन ऋण चुकाएका छन् त्यो एक सरकारी बैंकले दिएका थिए ।  उनको ब्लगका अनुसार यो रकम बैंक अफ इन्डियामार्फत एकमुष्ट सम्झौताको रुपमा चुकाइएको हो । बैंकले ‘कुनै बक्यौता छैन’ को सर्टिफिकेट जारी गर्ने बताइएको छ ।

७६ वर्षीया अभिनेताले लेखेका छन्, ‘ यो सर्टिफिकेट आफैं उनीहरुलाई नीजि रुपमा सुम्पिन चाहन्छु  ।’ सबै किसानलाई मुम्बई ल्याउन एक मुश्किल चुनौती थियो त्यसकारण अमिताभको तर्फबाट ७० किसानका लागि ट्रेनमा एक डिब्बा रिजर्भ गरिएको छ ।

यी किसान नोभेम्बर २७ मा आफ्नो बैंकको कागजात लिन मुम्बई पुग्नेछन् । यसै वर्ष अमिताभले महाराष्ट्रका तीन सय ५० किसानको ऋण चुकाएका थिए ।

सन् २००७ मा अमिताभ जग्गाको एक सम्झौताका कारण विवादमा आएका थिए । यो मामलामा अदालतले पनि अमिताभले ९० हजार वर्ग फुट जमिन अवैध तरिकाले छुट्याइएको बताएको थियो ।

अमिताभले धोकाको आरोप पनि खेप्नुपर्यो । यद्यपी, अमिताभले उक्त जग्गामाथिको दाबी छोडेका थिए, त्यसपछि उनीमाथि लागेका आरोप फिर्ता लिइएको थियो ।बीबीसी

post image

मंसिर ४, काठमाडौँ । माल्दिभ्सको नयाँ सरकारले चीनसँग भएको स्वतन्त्र व्यापार सम्झौता तोड्ने भएको छ। सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दलले संसारकै दोस्रो ठूलो अर्थतन्त्र चीन र सानो अर्थतन्त्र माल्दिभ्सबीचको यो सम्झौता एक पक्षीय भएको बताएको छ।

गत निर्वाचनमा पराजित पूर्वराष्ट्रपति अब्दुल्लाह यमिनले गत डिसेम्बरमा बेइजिङ भ्रमणका बेला चीनसँग स्वतन्त्र व्यापार सम्झौता गरेका थिए। उक्त सम्झौतालाई विपक्षीको विरोधका वावजुद् माल्दिभ्सको संसदले अनुमोदन गरेको थियो।

‘माल्दिभ्स र चीनबीचको व्यापार घाटा निकै ठूलो छ, यस्ता दुई पक्षबीच कसैले पनि स्वतन्त्र व्यापार सम्झौता सोच्दैन,’ माल्दिभिएन डेमोक्र्याटिक पार्टीका प्रमुख मोहम्मद नसिदले भने, ‘चीनले हामीसँग केही पनि किनिरहेको छैन। यो एकपक्षीय सम्झौता हो।’

पूर्वराष्ट्रपतिसमेत रहेका नसिदले यो सम्झौता कार्यान्वयनका लागि गर्नुपर्ने कानुनी संशोधन नयाँ सदनले नगर्ने बताए। ‘यो संसदबाट अनुमोदन भयो तर त्यसको कार्यान्वयनका लागि विभिन्न कानुनी परिवर्तन गर्नुपर्नेछ। हामी ती कानुनी परिवर्तन गर्दैनौं,’ समाचार संस्था रोयटर्ससँग कुरा गर्दै नसिदले भने।

पूर्वराष्ट्रपति यमिन चीन निकट मानिन्थे। २ महिनाअघि भएको निर्वाचनमा उनी विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सलाहसँग पराजित भए।

post image

मंसिर ४, काठमाडौं । संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अस्पतालका १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र स्वयम् बन्दुकधारी छन् ।  पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए । स्थानीय समय अनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिए । उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो । पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।

 शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार सन्दिग्ध व्यक्ति अस्पताल भवनमा उक्लिँदै गर्दा बिरामीहरूले गोली चलेको आवाज सुनेका थिए ।

post image

मंसिर ३, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी पत्रकार जमाल खासोग्गीको हत्याको रेकर्डिङ नसुन्ने जानकारी दिएका छन् ।  ट्रम्पले आफूलाई टेपबारे पूर्ण जानकारी दिइसकेकाले यो सुन्न आवश्यक नै नभएको बताएका छन् ।

उनले आइतबार फक्स न्यूजसँगको कुराकानीमा भने, ‘त्यो एक कष्टदायी र भयानक टेप हो ।’उनले फक्स च्यानलसँग भने, ‘मैले टेप नसुनिकनै यसबारे सबै थाहा पाइसकेको छु, यो निकै हिंस्रक, क्रुर र भयानक छ ।’

टर्कीले कथित रुपमा अमेरिका र अन्य पश्चिमी सहयोगीसँग यो रेकर्डिङ साझा गरेको हो । ट्रम्पले मोहम्मद बिन सलमानले आफूलाई हत्याबारे केही जानकारी दिएको उनले फक्स च्यानललाई बताए ।

यद्यपी, सिआइएसँग युवराज सलमानलाई जिम्मेवार ठहराउनका लागि स्पष्ट प्रमाण छैन तर खबरका अनुसार अधिकारीले यो उनको मञ्जुरीबिना हुनै सक्दैनथ्यो भन्ने मान्यता राख्छन् । तर शनिबार विदेश मन्त्रालयले अमेरिकी सरकारले अहिले पनि थुप्रै प्रश्नका जवाफ नपाइएकाले अहिले नै कुनै निष्कर्षमा पुग्न नसक्ने जानकारी दिएको छ ।

राष्ट्रपति ट्रम्पले सिआइएसँग उसको निष्कर्षमाथि कुराकानी गरेका छन् । उनको फक्समाथि साक्षात्कार सिआइएको निष्कर्ष आउनुअघि रेकर्ड भएको थियो र उनले आफ्नो प्रशासनको निर्णय आउन बाँकी भएको जानकारी दिएका थिए ।

उनले संवाददातासँग भने, ‘अर्को दुई दिनमा सायद सोमबार वा मंगलबार हामीसँग पूरा रिपोर्ट हुनेछ ।’सिआईएले कथित रुपमा साउदी युवराज मोहम्मद बिन सलमानको हत्याको आदेश दिएको बताएको छ तर अहिलेसम्म ह्वाइट हाउसले आधिकारिक रुपमा यस्तो बताएको छैन ।

विवाहसम्बन्धि दस्तावेजका लागि खासोग्गी अक्टोबर दुई तारिखमा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । उनी साउदी सरकारका आलोचक मानिन्थे ।

post image

कात्तिक २९, काठमाडौं । श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच भीडन्त भएको छ  । प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक र विरोधी सांसदहरुबीच कुटाकुट भएको हो । संसदले ध्वनिमतको आधारमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा राजापाक्षे समर्थक सांसदले नाराबाजी गर्दै सभामुखलाई आक्रमण गर्न थालेपछि कुटाकुट भएको हो ।

बिहीबार संसद बैठकमा राजापाक्षेले आफूलाई ध्वनिमतको आधारमा हटाउने अधिकार सभामुखलाई नभएको बताएका थिए । सभामुख कारु जैसूर्याले मुलुकमा अहिले प्रधानमन्त्री नरहेको बताएका थिए । तर प्रधानमन्त्री महिन्दा राजापाक्षेले यति महत्वपूर्ण विषयमा ध्वनि मतको आधारमा अविश्वास प्रस्तावको  निर्णय गर्न नहुने बताएका थिए ।

उनले सभामुखसँग प्रधानमन्त्री र मन्त्रिपरिषदलाई हटाउने अधिकार नभएको पनि बताए । उनले सभामुख एकपक्षीय भएको र आफ्नो पार्टीको अडान देखाएको आरोपसमेत लगाए ।

राजापाक्षेले अहिलेको समस्याको समाधान गर्ने उचित विकल्प ताजा जनादेशमा जानुपर्ने पनि बताए ।राजापाक्षे समर्थक केही सांसदले सभामुखलाई पानीको बोतल, किताब आदिले हिर्काएका थिए । राजापाक्षेका विरोधी सांसदहरुले सभामुख कारु जैसूर्यालाई घेरेर सुरक्षा दिएका थिए ।

post image

कात्तिक २८, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित भएको छ । प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको हो ।

संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट बुधबार संसदले यस्तो प्रस्ताब पारित गरेको हो । संसदको २२५ सदस्यमध्ये बहुमत सदस्यले राजापाक्षेलाई नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध मतदान गरेका थिए । गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई अपदस्त गरी संसद विटनसमेत गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।

तर सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय खारेज गरिदिएको थियो । बुधबारको बैठकमा राजापाक्षे समर्थक सांसदको नाराबाजीबीच सभामुख कारु जैसूर्याले भने ‘संसदको आवाजअनुसार मलाई लाग्छ सरकारसँग बहुमत छैन ।’ सभामुखले ध्वनिमतको आधारमा निर्णय सुनाएका थिए । संसद बिहीबार १० बजेसम्मका लागि स्थगित गरिएको छ ।

post image

कार्तिक २८, काठमाडौं ।  नेपाली महिला फुटबल टोली सन् २०२० मा जापानमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदको दोस्रो चरणमा प्रवेश गरेको छ। एसियन छनोटअन्तर्गत मंगलबार भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो।  समूहको उत्कृष्ट तेस्रो बन्ने दुई टोली अघिल्लो चरणमा पुग्ने प्रावधान  अनुसार नेपाल समूह ‘सी’ मा तेस्रो बनेको हो।

म्यानमारको थुनुवा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले सुरुआती अग्रता लिए पनि खेलको अन्तिममा अग्रता गुमाएको थियो। नेपालका लागि कप्तान नीरु थापाले १७ औं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाएकी थिइन्। दोस्रो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल खाएको थियो। बंगलादेशका लागि अखी खातुनले बराबरी गोल फर्काएकी थिइन्। नेपालले अघिल्ला दुई खेलमा भारत र आयोजक म्यानमारलाई समान १–१ गोलको बराबरीमा रोकेको थियो। नेपालले समूहमा तीन अंक बनाएको छ।

यसअघि नै एक जित र एक बराबरी खेल्दै समान चार चार अंक बनाएका म्यानमार र भारत अन्तिम खेल अघिनै अघिल्लो चरणमा पुगेका छन्।  भारत र म्यानमारबीच मंगलबार नै समूह विजेताका लागि प्रतिस्पर्धा भएको छ।  बंगलादेश भने बाहिरिएको छ। यसैगरी चाइनिज ताइपेई, हङकङ, इन्डोनेसिया, इरान, जोर्डन, फिलिपिन्स, उज्वेकिस्तान र भियतनामले पनि दोस्रो चरणको छनोट यात्रा तय गरेका छन्। ओलम्पिक छनोटमा एसियाका १८ टोलीले प्रतिस्पर्धा गरेका थिए। सहभागी टोलीलाई चार समूहका विभाजन गरिएको थियो। दोस्रो चरणको छनोट खेल आगामी अप्रिल महिनामा हुनेछ।

post image

कार्तिक २८, काठमाडौं । केवल न्यूज नेटवर्क (सिएनएन) ले ह्वाइट हाउसको तर्फबाट आफ्नो वरिष्ठ पत्रकार जिम एकोस्टाको मान्यता रद्द गरेको विषयमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दर्ता गरेको छ ।

जिम एकोस्टा ह्वाइट हाउसमा सिएनएनका मुख्य संवाददाता थिए । गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग बहस पछि उनको ‘प्रेस हार्ड पास’ फिर्ता लिइएको थियो ।

सिएनएनले भनेको छ, ‘उनीमाथि प्रतिबन्ध लगाउनु भनेको एकोस्टाको संवैधानिक अधिकारको उल्लंघन गर्नु हो ।’

उक्त मुद्दा मंगलबार वासिङ्टनमा दर्ता गरिएको हो र यसमा राष्ट्रपति ट्रम्प र उनका अन्य सहयोगीलाई प्रतिवादी बनाइएको छ ।

यी अधिकारीमा चीफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्स समावेश छन् ।

सारा स्यान्डर्सले एकोस्टाको पास रद्द गर्नुको कारण अस्विकार्य आचरण बताएकी थिइन् । उनले मंगलबार जिम एकोस्टा सिएनएनका करिब ५० हार्ड पास धारकमध्ये एक भएको बताएकी छिन् ।

उनले भनिन्, ‘यदि कोही पत्रकारले यस्तो प्रकारको व्यवहार गर्छन् भने ह्वाइट हाउस व्यवस्थित र निष्पक्ष पत्रकार सम्मलेन गर्न असमर्थ हुनेछ । यो एक व्यवसायिक पत्रकारका लागि ठिक होइन ।’

उक्त घटनापछि सारा स्यान्डर्सले ट्वीट गरेर एकोस्टामाथि ‘आफ्नो काम गरिरहेकी एक महिलालाई जबर्जस्ती हातले रोक्न कोसिस गरेको’ भन्दै आरोप पनि लगाएकी थिइन् ।

साराले यो कुरा ती महिलाका लागि गरेकी हुन् जो ह्वाइट हाउसमा इन्टर्न हुन् र पत्रकार सम्मेलनको क्रममा जिम एकोस्टाको माइक खोस्ने कोसिस गरिरहेकी थिइन् ।

यद्यपी, एकोस्टाले ह्वाइट हाउसको आरोपलाई गलत बताउँदै आफूले कुनै गल्ती नगरेको बताएका छन् ।

Embedded video

Sarah Sanders

@PressSec

We stand by our decision to revoke this individual’s hard pass. We will not tolerate the inappropriate behavior clearly documented in this video.

120K people are talking about this

पछि सारा स्यान्डर्सले उक्त भिडियोको जूम गरिएको क्लिप पनि सेयर गरिन् । यो भिडियोलाई विशेषज्ञले स्पिडलाई एडिट गरेको बताए ।

त्यसपछि ह्वाइट हाउस करेसपोन्डेन्ट्स असोसिएशनले ट्रम्प प्रशासनसँग यो निर्णय फिर्ता लिन अपिल गरेको थियो ।

पत्रकार सम्मेलनमा के भएको थियो ?

यो घटनाक्रम नोभेम्बर सातको हो जब एक पत्रकार सम्मेलनको क्रममा डोनल्ड ट्रम्प र एकोस्टाबीच केही प्रश्नका लागि बहस भएको थियो । त्यसको एक दिन पछि उनको पास रद्द गरियो ।

संवाददाता जिम एकोस्टा अमेरिकी राष्ट्रपतिसँग मेक्सिकोका शरणार्थी र मेक्सिकोबाट अमेरिकातर्फ बढिरहेका प्रवासीको एक समूहबारे प्रश्न सोधिरहेका थिए ।

तर  प्रश्नको बीचमा नै ट्रम्पको अफिसमा तैनाथ एक महिलाले पत्रकारको हातबाट माइक खोस्ने कोसिस गरिन् ।

यतिबेला ट्रमपले पनि ‘धेरै भयो….धेरै भयो…. अब रोक्नुस्’ भन्न सुरु गरे । ट्रम्पले एकोस्टालाई माइक तल राख्न पनि भने ।

त्यसपछि ट्रम्पले भने, ‘तपाईं सिएनएनका लागि काम गर्नुहुन्छ, यो सिएनएनका लागि लज्जाको विषय हो । तपाईंले सारा स्यान्डर्सको टिमको सदस्यमाथि जस्तो व्यवहार गर्नुभयो त्यो निन्दनीय छ ।’

मुद्दा दर्तापछि सिएनएनले एक बयानमा भन्यो, ‘हामीले अदालतको आदेशमा तत्काल रोक लगाउने र जिम एकोस्टाको पास फिर्ता गर्न आग्रह गरेका छौं र हामी यो प्रक्रियाको माध्यमले स्थाई राहत माग्नेछौं ।’

post image

कार्तिक २७, काठमाडौं । ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार दिउँसो ३ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । बंगलादेशलाई पराजित गर्न सके नेपाल ओलम्पिक खेलकुद अन्तर्गत महिला फुटबलमा दोस्रो चरणमा प्रवेश गर्ने प्रबल सम्भावना रहेको छ ।

आज हुने समूह सी कै अन्तिम खेल आयोजक म्यानमार र भारतमध्ये एक टिमले जित हात पारेमा नेपाल दोस्रो चरणमा प्रवेश गर्ने छ । तर दुबै टिमले बराबरी खेलेमा हेट टु हेडको आधारमा म्यानमार नेपाल र भारतमध्ये ३ टिम दोस्रो चरणमा प्रवेश गर्ने छ ।

आफ्नो पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेलमा बलियो प्रतिद्धन्दी म्यानमारसँग पनि १–१ गोलकै बराबरी खेल्दै नेपालले अंक बाँडेको थियो । दुई बलिया टिमलाई रोकेको नेपालले बंगलादेशविरुद्ध मैदानमा ओर्लिदा उच्च मनोबलको साथ खेल्नेछ ।

post image

कार्तिक २७, काठमाडौं । एम्नेष्टी ईन्टरनेशनलले म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिएको प्रतिष्ठित पुरस्कार फिर्ता लिएको छ । रोहिंग्या अल्पसंख्यकको मामिलामा संवेदनहिनता देखाएको भन्दै सुकीलाई दिएको एम्बासडर अफ कनसाईन्स अवार्ड एम्नेष्टीले फिर्ता लिएको हो । म्यानमारमा सैन्य कारवाहीका कारण रोहिंग्या समुदायका ७ लाख बढी नागरिक बंगलादेशको शरणमा छन् ।

७३ वर्षिय सुकीलाई यसअघि क्यानडाले दिएको मानार्थ नागरिकको सम्मान समेत खोसेको थियो । एम्नेष्टीका महासचिव कुमी नाईडोले सुची हौसला, आशा र मानवअधिकारको संरक्षकको छविमा कायम नरहेको उल्लेख गर्नुभएको छ । सैन्य कारबाही भएको सत्यलाई नकार्नु सुचीका लागि हानिकारण भएको बीबीसीले उदृत गरेको छ ।

म्यानमारमा प्रजातन्त्रका लागि लामो समय संघर्ष गरेकी नेतृ सुकी सन् २००९ मा नजरबन्दकै अवस्थामा नोबेल शान्ती पुरस्कारबाट सम्मानित हुनु भएको थियो । सुकीलाई म्यानमार सरकारले १५ वर्षसम्म उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेष्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको ठीक २० वर्षपछि एमनेस्टीले सुकीलाई सर्वोच्च सम्मान दिएको थियो ।यसअघि एमनेस्टीको उक्त सर्वोच्च सम्मान नेल्सन मन्डेलाले पाएका थिए । बीबीसी

post image

कात्तिक २६ , मुम्बई । भारतमा बढिरहेको राष्ट्रवादको लहरले सर्वसाधरण नागरिकहरुलाई ‘फेक न्यूज’ शेयर गर्न प्रोत्साहित गरिरहेको बीबीसीको एक अनुसन्धानले देखाएको छ ।

अनुसन्धानले राष्ट्रिय पहिचान बलियो बनाउनु पर्छ भन्ने मानिसहरुको चाहना अघि तथ्यहरु कम महत्वपूर्ण भएको पाएको थियो ।

समाजिक सञ्जालका पोष्टहरुको विश्लेषणले दक्षिणपन्थी सम्पर्क सञ्जाल वामपन्थीहरुको भन्दा बलियो रहेको देखिएको थियो । यो राजनीतिक झुकाव भएकाहरुले मुख्य रुपमा ‘फेक न्यूज’हरु फैलाइएको पाइएको छ ।

रमाइलो कुरा भारतीय ट्वीटरमा ‘फेक न्यूज’का स्रोत र प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन गर्नेहरु धेरै अवस्थामा एउटै भएको पाइएको छ ।

अनुसन्धानमा भारतको अतिरिक्त केन्या र नाइजेयिाका आम सर्वसाधरणलाई पनि समावेश गरिएको थियो । अनुसन्धान त्यी देशका आम नागरिकहरु कसरी एक अर्कासँग संवादमा रहन्छन् र फेक न्यूज फैलाउँछन् भन्नेमा केन्द्रित थियो ।

सहभागीहरुले बीबीसीलाई आफूले प्रयोग गर्ने फोनमा गर्ने सम्पूर्ण कृयाहरु सात दिनसम्मको लागि हेर्न दिए । फोनमाथिको पहुँचले अनुसन्धानदातालाई प्रयोगकर्ताहरुले शेयर गरेको सामाग्री, कसलाई शेयर गरेको र कति छिट्टो शेयर गरिएको मूल्यांकन गर्न सघायो ।

यो अनुसन्धान बीबीसी विश्व सेवाको नेतृत्वमा भएको हो । यसबाट प्राप्त निष्कर्षहरु ‘वियोण्ड फेक न्यूज’ कार्यक्रमको हिस्सा हुनेछ जुन बीबीसीका टीभी, रेडियो र डिजिटल सेवाहरुमा प्रसारण हुनेछ । यसले कसरी गलत सूचना र फेक न्यूजले विश्वभरीका मानिसहरुलाई प्रभाव पारिरहेको छ भनेर विश्लेषण गर्नेछ ।

अनुसन्धान गरिएका तीनै देशमा मुलधारका मिडियाप्रतिको अविश्वासले गर्दा आममानिसहरु वैकल्पिक स्रोतको समाचारहरु फैलाइरहेको देखियो । अधिकांशले शेयर गर्नु अघि समाचारको विश्वसनीयतता ख्याल नगर्दा यथार्थपरक समाचारनै शेयर गरेको सोचेर ‘फेक न्यूज’ प्रचार गरिरहेका हुन्थे ।

मानिसहरुमा ‘फेक न्यूज’ पहिचान गर्न सक्ने कुरालाई लिएर बढी नै विश्वस्त रहेको पनि अनुसन्धानमा भेटियो ।

सन् २०१८ मा ‘फेक न्यूज’को बाढी नै आयो । बीबीसी अनुसन्धानले आफूले शेयर गरेको ‘फेक न्यूज’को वास्तविक स्रोत खोज्न प्रयोगकर्ताहरु गर्ने वेवास्ता यसको मुख्य कारण रहेको पहिचान गर्यो । बरु उनीहरुले सूचनाको विश्वसनीयतताको लाग वैकल्पिक संकेतहरुतर्फ हेरेको देखियो ।

यीनमा फेसबुक पोस्टमा रहेको कमेन्टको संख्या, पोस्टमा रहेको तस्वीरलाई मुख्य ख्याल गरिएको थियो । त्यस अतिरिक्त मानिसहरुले आफ्ना परिवार सदस्य र साथीहरुबाट आएको ह्वाटस एप म्यासेजलाई आँखा चिम्लेर विश्वास गरेको देखियो ।

भारतमा ह्वाटस एपमा व्यापक रुपमा शेयर गरिने झुटो हल्लाले हिंसाको लहर निम्त्याएको छ । मानिसहरु बच्चा अपहरण भएको झुटो खबर शेयर गरिरहेका हुन्छन् । उनीहरुले उक्त सन्देशहरुमा पूर्ण विश्वास गरेर समुदायको सुरक्षाको दायित्व सम्झेर परिवारजन र साथीहरुलाई व्यापक शेयर गरेको पाइयो ।

बीबीसीको एक अलग्गै विश्लेषणले अघिल्लो वर्ष समाजिक संजाल र म्यासेजिङ एपमा पठाइएको हल्लाले कम्तिमा ३२ जनाको हत्या भएको देखाएको छ ।

बीबीसीले आसाममा निलोटपाल र अभिशेकको हत्यालाई एक केसको रुपमा विस्तारमा जाँच गर्यो । त्यस्तै अर्का बीबीसी रिपोर्टर ह्वाटस एपमा फैलिएको अर्को हल्लाले कसरी उस्तै खालको प्राणघातक हिंसा शुरु गरायो भन्ने बुझ्नको लागि मेक्सिको गए ।

अफ्रिकी देशहरुमा अलग कारणले फैलिन्छन् ‘फेक न्यूज’

अफ्रिकामा गरिएको अनुसन्धानले फेक न्यूज फैलिन राष्ट्रिय पहिचान त्यति प्रभावकारी नरहेको देखियो ।

केन्यामा पैसा र प्रविधिसँग जोडिएको घोटाला काण्डहरु ‘फेक न्यूज’ फैलाउन सबैभन्दा बलियो प्रेरक शक्ति थियो । यी घटनासँग जोडिएका सामाग्रीहरु कुल ‘फेक न्यूज’को एक तिहाई हुन आए ।

उता नाइजेरियामा भने आतंकवाद र सेनासँग जोडिएका ‘फेक न्यूज’ सबैभन्दा धेरै शेयर गरिएका थिए ।

यी दुवै राष्ट्रमा स्वास्थसँग जोडिएका अनर्गल हल्लाहरु धेरै शेयर गरिएका ‘फेक न्यूज’ समाचारहरुमध्य थिए । धेरै समाचार उपभोक्ताले यी समाचारको लागि भरपर्दो र ‘फेक न्यूज’ स्रोतहरुबीचमा भिन्नता नछुट्टाई दुवै स्रोतहरु मिसमास गरेर हेरेको पाइयो ।

अध्ययनको लागि अनुसन्धानदाताहरुले यी तीन देशका ८० सहभागीहरुसँग सयौं घण्टा समय विताएका थिए । यसको लागि सात दिनको अवधिमा उनीहरुको मेडिया उपभोगका साथ साथै उनीहरुले ह्वाटस एप र फेसबुकमार्फत कसरी सूचना शेयर गर्छन् भनेर मूल्यांकन नभएको थियो ।

अनुसन्धानकर्ताहरुले भारतमा ट्वीटर र फेसबुकमा कसरी फेक न्यूज फेलियो भन्ने बृहद विश्लेषण पनि सञ्चालन गरे । यसको उद्देश्य फेक न्यूज फैलाउन राजनीतिक ध्रुविकरणको भूमिका बुझ्नु थियो । यसका लागि १६ हजार ट्वीटर एकाउट र ३ हजार पेजहरु विश्लेषण गरिएको थियो । निष्कर्षले दक्षिणपन्थी झुकावका सन्देशहरु सबै मुद्दामा समान र उग्र रुपमा प्रचार भएको देखाएको थियो । बिबिसी

post image

कार्तिक २५, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको थियो । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको थियो । खेलको ११औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइ राख्न सकेन । खेलको ३७ औं मिनेटमा भारतले गोल गरेपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो ।

यता, म्यानमारले भने आफ्नो पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो । त्यसकारण पनि नेपालविरुद्ध खेल्दा स्पष्ट ३ अंक ल्याउने हिसाबले म्यानमार खेल्ने छ । नेपाल भने म्यानमारलाई रोक्दै अंक बाड्ने लक्ष्यमा छ । समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

post image

कार्तिक २४,श्रीलंका । श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्नुभएको छ । पछिल्लो राजनीतिक संकटसंगै राष्ट्रपतिले संसद समेत भंग गरेपछि श्रीलंकाको राजनीतिक वृत्तमा थप हलचल मच्चिएको छ । शुक्रबार मध्य रातीबाटै लागू हुने गरी राष्ट्रपति सिरिसेनाले संसद भंग गर्नुभएको हो । यद्यपी राष्ट्रपतिको यो कदमलाई सर्वोच्च अदालतले हस्तक्षेप गर्नसक्ने आंकलन गरिएको छ ।

श्रीलङकामा संसद भंग भए सन् २०१९ को सुरुवातमा संसदीय निर्वाचन हुनसक्ने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । प्रधानमन्त्री पदबाट बर्खास्त गरिएका रानिल बिक्रमासिंघेको  यूनाइटेड नेशनल पार्टीले भने राष्ट्रपतिको कदम गैरकानूनी भएको दाबी गरेको छ ।

राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई गतसाता पदबाट बर्खास्त गरी पूर्व राष्ट्रपति एवं आफ्नै विपक्षी पार्टीका महिंद्रा राजपाक्षेलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको थियो । आफुले हटाएपनि विक्रमासिंघेले पदबाट  हट्न अटेर गरेपछि राष्ट्रपति सिरिसेनाले संसद नै भंग गर्ने घोषणा र्नुभएको हो । विक्रमासिंघेले पटक पटक आफू संसदको बहुमत प्राप्त प्रधानमन्त्री भएको  दाबी गर्दै पदबाट हट्न अस्वीकार गर्दै आउनुभएको थियो ।

post image

कार्तिक २१, काठमाडौं ।  अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन्। मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए। उनी अमेरिकी राजनीतिमा उपल्लो तहमा निर्वाचित हुने पहलो नेपाली मूलका अमेरिकी राजनीतिज्ञ हुन्।

 तीन जना निर्वाचित भएकोमा उनी दोश्रो धेरै मत ल्याएर विजयी हुन सफल भए। यो जितसँगै भण्डारी अमेरिकी राज्य संसद् भवन छिर्न सफल भएका छन्। निर्वाचन क्षेत्र संख्या ८ मा भण्डारीसँगै एरिक ब्रोमवेल र कार्ल ज्याक्शन पनि डेमोक्रेटीक पार्टीका तर्फबाट प्रतिस्पर्धामा थिए। ह्यारीले रिपब्लिकन दलका ३ जना उम्मेदवारहरु जो क्लस्टर, जोसेफ बोट्लर र कार्ल ज्याक्सनसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

भण्डारी डेमोक्रेटिक पार्टीको उम्मेदवारको रूपमा मेरिल्याण्ड राज्यको विधायीकाको तल्लो सदनको लागि उम्मेदवार बनेका थिए। भण्डारीले डेमोक्रेटीक पार्टीको प्रारम्भिक निर्वाचनमा विजयी भई मंगलबार भएको निर्वाचनमा उम्मेदवारी दिन पाएका थिए। नेपालको गुल्मी जिल्लाबाट ८ वर्ष अघि डिभी परेर अमेरिका पुगेका भण्डारी पेशाले शिक्षक हुन्। उनी डेमोक्रयाटीक पार्टीको केन्द्रीय सदस्य समेत हुन्।

post image

कात्तिक २०, काठमाडौँ । साउदी अरबका युवराज मोहम्मद–बिन सलमानले देशको पहिलो परमाणु रियाक्टर बनाउने योजनाबारे घोषणा गरेका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सीले यसबारे जानकारी दिएको हो ।

समाचार एजेन्सी एफपीका अनुसार युवराज सलमानले सोमबार यो योजनाको आधारशीला पनि राखेका छन् । यद्यपी, यो रियाक्टर कस्तो हुनेछ यसबारे साउदी प्रेस एजेन्सीले कुनै जानकारी दिएको छैन ।

उदाहरणका लागि यसको प्रयोग अनुसन्धान, विकास र शैक्षिक क्षेत्रमा गरिने भन्ने बारे कुनै जानकारी उपलब्ध छैन । कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता साउदी अरब तीब्र रुपमा बढिरहेको आफ्नो ऊर्जा आवश्यकतालाई अहिले तेल र प्राकृतिक ग्यासले पूरा गर्छ ।

साउदी अरबको अबको दुई दशकमा १६ परमाणु रियाक्टर बनाउने योजना छ जसमा लगभग ८० अर्ब डलर खर्च हुने अनुमान छ ।बिबिसी

post image

कार्तिक१७,काठमाडौं । अमेरिकाले  इरानमाथि यसअघि हटाइएको प्रतिबन्धलाई पुन: ब्यूताउँने भएको छ । सन् २०१५ मा भएको परमाणु सम्झौतापछि हटाइएका इरानविरुद्धका सबै अमेरिकी प्रतिबन्धहरू पुन: लागु गरिने ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सो सम्झौता अन्तर्गत अमेरिकाले प्रतिबन्ध हटाउने र इरानले आफ्ना विवादास्पद परमाणु गतिविधिलाई बन्द गर्ने उल्लेख थियो ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे देखि नै इरानसँगको सम्झौताविरुद्ध टिप्पणी गर्दै  सम्झौता सुरुदेखि नै खराब भएको बताउँदै आउनुभएको थियो । ट्रम्पले /इरानले सम्झौता विपरित आफ्ना परमाणु कार्यक्रमलाई जारी राखेको आरोप लगाउनुभएको छ ।

यद्यपी सम्झौताका पक्ष राष्ट्रहरू बेलायत फ्रान्स, जर्मनी, रुस र चीनले भने आफूहरु सम्झौताप्रति प्रतिबद्ध रहेको बताएका छन् । ती राष्ट्रहरुले इरानसँग व्यापारिक सम्बन्ध कायम राख्न नयाँ भुक्तानी प्रणाली स्थापना गर्ने बताएका छन् । इरानले भने ट्रम्पले मनोवैज्ञानिक युद्ध गरेको आरोप लगाएको छ । बीबीसी

post image

कात्तिक १६, काठमाडौँ । विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ।

उक्त मस्यौदा विधेयक छलफलका लागि संसदमा प्रस्तुत गरिने जापानको मन्त्रिपरिषद सचिवालयले जनाएको छ। विधेयकमाथि विपक्षी दल सहित प्रधानमन्त्री शिन्जो आबेको दलका सांसदले समेत विरोध गरेका छन्। जापानी उद्योगी एवं व्यवसायीहरुले यो अत्यावश्यक रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेका छन्।

श्रमिक कामदारको अत्यन्त कमी रहेका क्षेत्रका लागि सीपयुक्त कामदार झिकाउन यो विधेयकले सहयोग गर्नेछ। विधेयकमा विदेशी कामदारलाई पाँच वर्षको भिसा दिइनेछ, तर उनीहरुका परिवारलाई सँगै ल्याउन दिइने छैन।

राम्रो शैक्षिक योग्यता भएका र जापानी भाषा परीक्षामा राम्रो अङ्क ल्याउने विदेशी कामदारले यस्तो भिसा प्राप्त गर्ने व्यवस्था विधेयकमा गरिएको छ। यो भिसालाई अनिश्चितकालसम्म थप गर्न पाइने, र केही वर्षपछि परिवारलाई समेत जापानमा ल्याउन पाइने छ।

प्रधानमन्त्री आबेले जापानको कठोर आप्रवासी नीतिमा आमूल परिवर्तन नगरेको स्पष्ट पारे। प्रधानमन्त्री आबेले सांसदहरुसँग छलफल गर्दै जापानले श्रमिकको कमी रहेका क्षेत्रमा मात्र यो पछिल्लो व्यवस्था लागू हुने बताए।

तर विधेयकका सम्बन्धमा व्यापक आलोचना हुन थालेको छ। वर्षको अन्त्य हुनुअघि नै यो विधेयक स्वीकृत हुने र आगामी वर्षको अप्रिलदेखि भिसा खुला हुने अपेक्षा गरिएको छ। विदेशी कामदारको आगमन बढेसँगै ज्यालामा कमी आउने खतरा बढेको छ। साथै, कामदारलाई जापानको सामाजिक सुरक्षा प्रणालीमा कसरी आबद्ध गर्ने र आप्रवासी कामदारमाथि हुनसक्ने शोषणलाई कसरी रोक्ने भन्ने प्रश्न उठेको छ।

जापानमा मजदूरको माग सबैभन्दा बढी कृषि, निर्माण, आतिथ्य–पर्यटन र नर्सिङ क्षेत्रमा रहेको छ। जापानमा कार्यरत धेरै न्यून सीपयुक्त कामदारहरु प्राविधिक तालिम कार्यक्रमको नाममा छन् । यो कार्यक्रममा जापान आएका धेरै कामदारले उपयुक्त सुविधा नपाएको बताइन्छ।

संसदमा बोल्दै प्रधानमन्त्री आबेले भने, “कृपया यसलाई गलत नसम्झनुस्। हामीले आप्रवासी नीतिका बारेमा कुरा गरिरहेका छैनौं। जापानको मौलिक मूल्यमान्यतामा कुनै किसिमले खलल पुग्ने गरी यो नीति आउने छैन। हामीले आपसी सम्मानका साथ सहअस्तित्वको वातावरण पनि निर्माण गर्दै जानु पर्दछ।”

उनले जापान आउने विदेशी कामदारहरु सीमित अवधिका लागि आउने र फर्कने जानकारी दिए।सांसदहरुले विधेयक पूर्ण विवरण नआएको बताएका छन्। विधेयकमा मुलुकलाई कति कामदार आवश्यक पर्ने हो भन्ने स्पष्ट नभएको सांसदहरुले गुनासो गरेका छन्।

जापानमा उच्च सीप भएका कामदारलाई मात्र भिसा दिने गरिएको छ। व्यवसायीहरुले केही खुकुलो आप्रवासी नियमका लागि लामो समयदेखि निरन्तर पहल गरिआएका थिए। जापानमा हाल २.५ प्रतिशत मात्र बेरोजगारी दर रहेकाले कामदार फेला पार्न उद्योगी व्यवसायीलाई कठिन भएको छ। रासस/एएफपी

post image

कात्तिक १६, काठमाडौँ । भारतको जम्मू कश्मिरमा बिहिबार राती बिजेपीका प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको अज्ञात बन्दुकधारीले गाली हानी हत्या गरेका छन् ।

अनिल र उनका भाइ घर फर्किरहेका बेला उनीमाथि गोली हानिएको थियो । यी दुईमाथि निकै नजिकबाट गोली चलाइएको बताइएको छ । जम्मू कश्मिरका जनरल सेक्रेटरी अशोक कौलले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार अनिल बिजेपीका ठूला नेतामा गनिन्थे ।

कौलले भने, ‘अनिल बिजेपीका ठूला नेता थिए । बाल्यकालदेखि नै बिजेपीसँग जोडिएका थिए । उनी जम्मू–बिजेपीका सात ठूला नेतामा गनिन्थे ।’ घटना भएको किश्तवाड इलाकामा शान्ति स्थापित गर्नका लागि कर्फ्यू लगाइएको छ । पूरा किश्तवाड इलाकामा स्थिती तनावपूर्ण बताइएको छ ।बिबिसी

post image

कात्तिक १५, काठमाडौँ   कतारको चार दिने भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा राष्ट्रपति भण्डारी गत सोमवार दोहा जानु भएको थियो  दोहास्थित अमिरि भवनमा दुई राष्ट्र प्रमुखबीच भएको भेटवार्तामा नेपाली कामदार, लगानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा भैरहेको साझेदारीका विषयमा कुराकानी भएको थियो

राष्ट्रपति भण्डारी कतारी अमिर अल थानीको रोहबरमा दुई मुलुकका कुटनितिक राहदानी बाहकका  लागि प्रवेशाज्ञा आवश्यक नपर्ने सहमती पत्रमा हस्ताक्षर भएको नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली कतारका उपप्रधान तथा विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नुभएको । दुई मुलुकबीच कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको

राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गर्नुभएको दोहामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न स्थानीय व्यवसायीलाई आग्रह गर्नुभएको थियो उहाँ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा समेत सहभागी हुनु भएको थियो

post image

कात्तिक १५,  नयाँ दिल्ली। भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई आजीवन जेल सजायको फैसला सुनाएको छ।

देशको उत्तरी क्षेत्रमा दशकौँ अघिको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन्। सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लिम धर्मावलम्बी मारिएको अदालतको भनाई छ। हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए।

पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन। तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन्।

निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याई छ। घटनामा ती प्रहरीले विभिन्न कानुनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधिक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ।

अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ। उत्तर प्रदेशमा ठूलो सङ्ख्यामा रहेका हिन्दु धर्मावलम्बी र अल्पमतमा रहेका मुस्लिम धर्मावलम्बीबीच विगतमा ठूला हिंसात्मक घटनाहरू हुने गरेका थिए। त्यस्ता घटनामध्ये हसिमपुरा नरसंहार पनि एक थियो।

पटकपटक भएको सो घटनामा परी सयौँको मृत्यु भएको छ भने त्यही घटनामा यी प्रहरीहरूलाई दोषी ठहर गरिएको हो। रासस/एएफपी

post image

कात्तिक १४, काठमाडौँ   कतारको औपचारिक भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्या भण्डारीले कतारी राजा शेख तमिम विन हमाद अल थानीसँग भेटवार्ता गर्नुभएको दोहास्थित अमिरी भवनमा दुई राष्ट्र प्रमुखबीच भेटवार्ता भएको कतारका लागि नेपाली दुतावासले जनाएको राष्ट्रपति भण्डारी कतारी अमिरबीच नेपाली कामदार, लगानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा भैरहेको साझेदारीका विषयमा कुराकानी भएको थियो

राष्ट्रपति भण्डारी कतारी अमिर अल थानीको रोहबरमा दुई मुलुकका कुटनीतिक राहदानी बाहकका लागि प्रवेशाज्ञा आवश्यक नपर्ने सहमती पत्रमा हस्ताक्षर भएको नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली कतारका उप प्रधान तथा विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अल थानीले हस्ताक्षर गर्नुभएको दुई मुलुकबीच कृषि तथा खाद्य सुरक्षा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको

राष्ट्रपति भण्डारीले कतार च्याम्बरले आयोजना गरेको नेपाल कतार ब्यापार फोरममा सम्बोधन गर्नुभएको राष्ट्रपतिले नेपालमा लगानी ब्यापारको वातावरण बारे कतारी व्यवसायीलाई जानकारी दिनुभएको थियो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानीको नीति ढाँचाबारे प्रकाश पार्नुभएको थियो

post image

कात्तिक १४,काठमाडौँ । जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन्। आयाकोले  सोमबार  ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्।  मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन्।

सोमबार एक मन्दिरमा परम्परागत  चलनअनुसार उनीहरूको विवाह भएको छ। राजकुमारीका आयाकोको जिजुबुवा सम्राट मेइजीको नाममा बनाइएको मन्दिरमा भएको विवाह समारोहमा राजकुमारी परम्परागत पोशाक किमोनो लगाएर आएकी थिइन् दुलाहा मोरियाले कालो कोट र खैरो पाइन्ट लगाएका थिए।

तीन पुस्तादेखि जापानी राजपरिवारले आफूले चाहेकासँग विवाह गर्न स्वतन्त्रता दिँदै आएको छ। सम्राट अकिहितोले पहिलो पटक आमकेटीसँग विवाह गरेका थिए। पछि उनी साम्राज्ञी मिचिको बनिन्। अकिहितो र मिचिकोको भेट अदालतमा भएको थियो।आमकेटासँग विवाह गरेकी आयाकोले राजपरिवारबाट खर्चबापत् ९ लाख ५० हजार अमेरिकी डलर पाउने छिन्।

यसअघि गत वर्ष पनि राजकुमारी माकोले पनि प्रेमीसँग विवाह गर्ने भन्दै पदवी त्याग गरेकी थिइन्।

जापानी राजपरिवारकी छोरी मान्छेले आममान्छेसँग विवाह गर्दा राजपरिवारको पद त्याग्नुपर्छ। जापानको उत्तराधिकार कानुनअनुसार आयाकोले राजकुमारी पद त्यागेकी हुन्। विवाहसम्बन्धी कागजातमा हस्ताक्षर गरेपछि उनले श्रीमानको थर पाउनेछन्।

जापानको राजपरिवारमा पुरूषको कमी छ। युवराज नारूहितो, जो अर्को वर्ष अकिहितोले सिंहासन छोडेपछि सम्राट बन्दैछन्, उनका भाइ फुमिहितो, उनका भतिजाहरू हिसाहितो र मासाहितो र सम्राटका ८० वर्षीय भाइमात्र सिंहासनका उत्तराधिकारी छन्।

post image

कार्तिक १३, जर्काता । एक सय ९० यात्रु सवार लायन एयर फ्लाइट जेटी ६१० विमान इन्डोनेशियाको जकार्ताबाट सोमबार उडेको केही क्षणमै समुन्द्रमा दुर्घटनाग्रस्त भयो । बोइङ ७३७ म्याक्स एट बिल्कुलै नयाँ हुँदा हुँदै पनि कसरी दुर्घटनाग्रस्त भयो भन्ने कुरामा अहिले थुप्रैको ध्यान केन्द्रीत छ ।

विमान दुर्घटनाको पूर्ण अनुसन्धान नहुञ्जेल यसबारे ठोस् कारण पत्ता लाग्न नसक्ने धेरैको विश्वास छ । विमान दुर्घटना विशेषतः दुई कारणले हुन्छ । पहिलो विमानमा प्राविधिक गडबडीका कारण र दोस्रो मानवीय गल्तीका कारण । तर के विमान नयाँ हुँदा दुर्घटना नै हुँदैन र ?

बोइङ ७३७ म्याक्स एट सन् २०१७ पश्चात् मात्र व्यापारिक प्रयोजनमा आएको थियो । लाइन एयरले इन्डोनेशियामा पहिलो विमान उतार्न सकेकोमा आफू अत्यधिक गौरवान्वित भएको बताउँदै आफूले यस्ता दुई सय १८ वटा विमान अर्डर गरेको जानकारी दिएको थियो ।

सोमबार दुर्घटना भएको विमान अगस्ट १५ बाट संचालनमा आएको थियो । ‘विमान आठ सय घण्टामात्र उडेको थियो’, नेशनल ट्रान्सपोर्टेशन सेफ्टी कमिशन, सोइर्जान्तो तिजाहजानोले बताए ।

विमान उडेको केही समयमै पाइलटले जकार्ताको एयर ट्राफिक कन्ट्रोलसँग फर्कन अनुमती मागेका थिए ।एक दिनअघि अर्थात् आइतबार नै विमानमा खराबी देखिएको खबर पनि आइरहेका छन् । यद्यपी, लाइन एयरले यसबारे पुष्टि गरेको छैन । तर डेनपासरबाट जकार्ताको लागि उडान भरेको विमानमा अज्ञात प्राविधिक समस्या निम्तिएको हुनसक्ने कम्पनीका मुख्य कार्यकारी अधिकारीले बताए ।

एडवार्ड सिरेइतले उक्त समस्या ‘प्रक्रिया अनुसार समाधान गरिएको’ बताएका छन् । उनले थपे, ‘लाइन एयरले उस्तै मोडलका ११ विमान सञ्चालनमा ल्याइरहेको छ तर त्यसमा अहिलेसम्म केही समस्या देखिएका छैनन् ।’

गडबडी तत्काल समाधान गरिन्छः

उड्डयन विश्लेषक गेरी सोइजात्मानले बीबीसीलाई दिएको जानकारी अनुसार साधारणतया पुराना विमान दुर्घटना हुने सम्भावना उच्च हुन्छ तर बिल्कुलै नयाँ विमानमा पनि समस्या देखिन सक्छ ।

‘यदि यो नयाँ हो भने कहिलेकाँही गडबडी हुनसक्छन् जुन प्रयोगपश्चात् मात्र पत्ता लाग्छ । यस्ता गडबडी पहिलो तीन महिनाभित्रै समाधान गरिन्छ,’ उनले भने ।

उक्त विमानले केही हप्ताभित्रै तीन महिना पूरा गर्दै थियो । उड्यन प्रकाशन द एयर करेन्टका विश्लेषक जोन ओस्ट्रोवरले भने, ‘नयाँमा समस्या देखिनु सामान्य कुरा हो तर विमानको सुरक्षालाई नै चेतावनी दिनु त्यो कुनै पनि स्थितीमा साधारण हुनसक्दैन ।’

उनले थपे, ‘साधारणतया, नयाँ विमानलाई मर्मतका लागि अत्यधिक बिदा दिइएको हुन्छ किनभने सबैकुरा निकै नौला हुन्छन् तर विपरित होइन ।’ दुबै विश्लेषकले फ्लाइट जेटी ६१० मा के समस्या भएको थियो भनेर अहिले नै निष्कर्ष निकाल्न नसकिने बताए ।

‘यो विमान दुर्घटना हुनुको कारण के हो, त्यसबारे मलाई थाहा छैन,’ ओस्ट्रोवले बीबीसीलाई बताए । ‘यस्तो दुर्घटनाका लागि विभिन्न कारण हुनसक्छन् ।’ यता सोइजात्मानले ‘यसका लागि प्राविधिक गडबडी हुनसक्छन् तर अहिले नै यकिनका साथ भन्न सकिँदैन ।’

‘यसबारे थप जानकारी आएपछि मात्र वास्तविक कारण के थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ,’ उनले भने । बोइङले आफ्नो विमान दुर्घटना भएकोमा गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारमा समवेदना दर्साएको छ । आफूले दुर्घटनाको अनुसन्धानमा सहयोग गर्ने पनि जानकारी दिएको छ ।बिबिसी

post image

कार्तिक १३, कतार। राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गरेका हुन् ।

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् । यसअघि राष्ट्रपति भण्डारीले सोमबार (हिजो) दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गरेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सहभागी थिए । रासस

post image

कार्तिक १३, काठमाडौं । अमेरिकाले मेक्सिकोसँगको उत्तरी सीमाबाट आप्रवासीको प्रवेश रोक्न थप ५२ सय सेना खटाउने भएको छ । मध्य अमेरिकी देशका आप्रवासीहरू उत्तरतर्फ बढिरहँदा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सीमामा थप सेना खटाउने भएको हो ।  जेनरल टेरेन्स ओसोनुसीले ‘अपरेशन फेथफुल पेट्रिओट’ नामक सुरक्षा अभियान अघि बढाइएको  र एक सातापछि हुने संसदीय चुनाव केन्द्रित सुरक्षाका लागि विशेष रणनीति अपनाइएको बताउनुभएको छ । ओसोनुसीले सीमा सुरक्षा बललाई सघाउने गरी हेलिकप्टर, सुरक्षा तारवारसहित  अन्य अस्त्र समेत तयारी अवस्थामा राखिएको जानकारी गराउनुभएको बीबीसीले उल्लेख गरेको छ । सो अभियान  टेक्सास, क्यालिफोर्निया र एरिजोना राज्यमा केन्द्रित रहने पेन्टागनले जनाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीहरूले अतिक्रमण गरे उनीहरूको सामना गर्न अमेरिकी सेना तयारी अवस्थामा रहने बताउनुभएको छ ।   ट्रम्पले टवीट गर्दै आप्रवासीको भीडमा आपराधिक समूहका सदस्य र केही नराम्रा मानिस पनि मिसिएको भन्दै उनीहरुलाई फर्कन आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘कृपया तपाईहरू फर्किनुस्, कानूनी प्रक्रियाबाट नआएसम्म तपाईहरूलाई अमेरिकामा प्रवेश दिइने छैन ।’

गत अप्रिलमा राष्ट्रपति ट्रम्पले गरेको आग्रह अनुसार सीमा क्षेत्रमा  २१ सय सेना तैनाथ गरिएका छन् । एक सातापछि हुने संसदीय चुनावमा राजनीतिक फाइदा पुग्ने गरी अमेरिकाका दुवै राजनीतिक पक्षले आप्रवासीको विषयलाई प्रयोग गरेको एकअर्कामाथि आरोप लगाइरहेका छन् । नोभेम्बर ६ मा हुने सो चुनावबाट राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी दुवै सदनमाथिको आफ्नो बहुमत कायम राख्ने  प्रयासमा छन् ।

post image

कात्तिक १२, जाकार्ता । इन्डोनेसियामा विमान दुर्घटनाको खबर सार्वजनिक भएको छ । राजधानी जाकार्ताबाट एक सय ८८ जना यात्रु बोकेर उडेको जहाज केहीबेर मै समुद्रमा खसेको थियो । जहाजमा एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यसहित १८८ जना यात्रुहरू सवार थिए ।

दुर्घटनामा के कती मानवीय क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक नभए पनि जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका तस्विरहरू सार्वजनिक भएका छन् । जाकार्ताबाट पाङकल पिनाङका लागि उडेको विमानमा इन्डोनेसियाली अर्थ मन्त्रालयका २० जना कर्मचारी पनि सवार रहेको बुझिएको छ ।

लायन एयरर्सको जेटी ६१० कलसाईन भएको उक्त विमानले धावन मार्ग छाडेको १३ मिनेटपछि एयर कन्ट्रोलसंगको सम्पर्क गुमाएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

 

 

 

post image

कात्तिक  ११, काठमाडौँ । अमेरिकाको पेन्सिलभिनियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको ज्यान गएको छ ।

प्रहरीले बन्दुकधारीलाई नियन्त्रणमा लिएको जनाएको छ । तर, उनको परिचय भने खुलाइएको छैन ।अन्धाधुन्द गोली चलाएपछि उक्त व्यक्तिले आत्मसमर्पण गरेको बीबीसीले जनाएको छ ।

घटना स्थानीय समयअनुसार शनिबार बिहान १० बजे भएको प्रहरीले जनाएको छ । यहुदीहरुको प्रार्थना चलिरहेको बेला गोली चलेको बताइएको छ ।अमेरिकी सञ्चारमाध्यमहरुले ती बन्धुकधारी ४६ वर्षीय रोबर्ट बोबर्स रहेको बताएका छन् ।

post image

कात्तिक  ८, काठमाडौँ । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् ।

राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन् ।

युवराजले के भने ?

दूतावासमा खसोग्गीको हत्याको कुरा साउदीले स्विकारेपछि मोहम्मद बिन सलमानको यो पहिलो सार्वजनिक टिप्पणी हो ।

उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित ठहराउन सकिँदैन । उनको हत्याका जो संलग्न छन्, उनीहरुलाई जिम्मेवार ठहराइनेछ र अन्त्यमा न्यायको नै जीत हुनेछ ।’

उनले टर्कीको आरोपबीच साउदी र टर्कीको राम्रो सम्बन्ध भएको बताएका छन् । उनले भने, ‘धेरैले यो पीडादायी स्थितीको लाभ उठाएर साउदी अरब र टर्कीबीच मनमुटाव पैदा गर्ने कोसिस गरिरहेका छन् र म ती व्यक्तिहरुलाई यो भन्न चाहन्छु कि तपाईंहरुले यस्तो कहिले पनि गर्न सक्नुहुन्न ।’

‘मनमुटाव कहिले पनि पैदा हुने छैन ।’तीन दिवसीय उक्त बिजनेस फोरमलाई फ्युचर इन्भेस्टमेन्ट इनिशिएटिभ नाम दिइएको थियो तर यसलाई स्विटजरल्याण्डको बिजनेस फोरमको रुपमा ‘दावोस इन द डेजर्ट’ भनिँदैछ ।

साउदीका लागि यो व्यवसायिक फोरमलाई निकै महत्वपूर्ण मानिएको छ तर खसोग्गीको हत्यापछि विभिन्न पश्चिमी व्यवसायी र नेतालाई यसलाई बहिष्कार गरिसकेका छन् ।

साउदीका ऊर्जामन्त्री खालिद अल–फलिहले मंगलबार खासोग्गीको मुद्दाले संकटको स्थिती पैदा गरेको स्विकारेका थिए । यस्तै, मंगलबार युवराजले आफ्ना पिता किंग सलमानसँग खासोग्गीको परिवारसँग भेट गरेका थिए ।

खसोग्गीको हत्यामा युवराजको भूमिका भएको कुरालाई साउदीले नकार्दै आएको छ । अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो ।

साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्विकार गरेको थियो तर पछि खसोग्गीको सोधपुछको क्रममा मृत्यु भएको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पत्रकार एवं साउदी सरकारका आलोचक खसोग्गीको साउदी गुप्चतर र अन्य अधिकारीले मिलेर योजनाबद्ध ‘राजनीतिक हत्या’ गरेको बताएका छन् ।

अनुसन्धान कहाँ पुग्यो ?

साउदीद्वारा खसोग्गीको हत्याको कुरा स्विकारेपछि अहिले पनि सबैभन्दा ठूलो मुद्दा खसोग्गीको शवबारे नै छ ।

उनको शव कहाँ छ, त्यसबारे केही प्रमाण भेटिएको छैन । साउदी दूतावासभित्र एक बगैंचामा बनेको कुवामा उनको शवको अवशेष भएको आशंका जताइएको छ ।

अनुसन्धानबारे अहिले पनि केही विरोधाभासी रिपोर्ट सार्वजनिक भइरहेका छन् । अनाडोलू एजेन्सीले सुरुवाती रिपोर्टमा साउदीले अनुसन्धानका लागि अनुमती दिन अस्विकार गरेको बताएको थियो । एनटीवीले मात्र अनुसन्धानका लागि अनुमती दिइएको जानकारी दिएको छ ।

मंगलबार पनि एक रिपोर्ट सार्वजनिक भयो जसमा एक साउदी कूटनीतिज्ञको कारबाट खासोग्गीको शवको अवशेष भेटिएको बताइयो । यस्तै, टर्कीका राष्ट्रपति अर्दोआनले टर्कीसँग पत्रकारको पूर्वनियोजित हत्याको प्रमाण भएको बताइसकेका छन् ।

साथै मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खसोग्गीको हत्यामा साउदीको तर्फबाट दिएको प्रतिक्रिया वास्तविकता लुकाउनका लागि गरिएको अहिलेसम्मको सबैभन्दा खराब कोसिस बताएका छन् ।

post image

कात्तिक  ३ , काठमाडौँ । रत-रावणको पुत्ला दहन गरिरहेको भीडलाई रेलले ठक्कर दिँदा भारतको अमृतसरमा कम्तिमा ५० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीले दुइ सय जना मारिएको दावी गरेका छन् ।

शुक्रबार पठानकोटबाट अमृतसर आउँदै गरेको रेलले जोडाफाटकमा रेलवे ट्रयाक नजिकै दसहराको साँझ रावणको पुत्ला दहन गरिरहेको जनसमूहलाई ठक्कर दिएको हो । विभत्स दुर्घटनामा एक सय बढी घाइते भएका छन् ।

रावणको पुत्लामा आगो लगाउने वित्तिकै मञ्चबाट मानिसहरुलाई पछाडि हट्न आग्रह गरिएको र त्यही वेला पछाडिबाट आएको रेलले ठक्कर दिँदा विभत्स दुर्घटना भएको बिबिसीले जनाएको छ । अमृतसर प्रहरीले कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ ।

post image

असोज २८, नयाँदिल्ली । भारतको उडिसा राज्यमा आएको चक्रवात (आँधी) मा परी २१ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा र त्यसपछिको बाढीसँगै आएको चक्रवातमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले शनिबार जानकारी दिएका हुन्।

उडिसा राज्यको गाजापाटी, नयागार्ह, कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्ला प्रभावित भएको छ। गत बिहीबारदेखि शुरु भएको यस प्रकोपमा परी शनिबार सम्ममा २१ व्यक्तिको मृत्यु भएको छ।

चक्रवातको कारण उडिसा राज्यका धेरै ठाउँमा नराम्ररी प्रभाव पारेको र त्यसमा पनि गाजापाटीमा सवै भन्दा धेरै प्रभावित भएको बताइएको छ। गाजापाटीमा १५ जनाको मृत्यु भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन्।

गाजापाटी जिल्लाको बाराघारा गाउँमा रहेको एउटा शिविरमा बसेका २२ जना मध्ये १५ जनाको मृत्यु भएको बताइएको छ। शिविरमै रहेका मध्ये अरु चार जना हराइरहेका छन्।
त्यसैगरी नायागार्हमा दुई जनाको र कान्धामाल, कुत्ताक, केन्झार र अङगुल जिल्लामा एक एक जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

उडिसासँगै छिमेकी राज्य आन्ध्र प्रदेशमा पनि चक्रवातले असर गरेको अधिकारीहरुले जानकारी दिएका छन्। रासस/सिन्ह्वा

post image

असोज २६, काठमाडौँ । नेपाल र सुरीनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। दुई पक्षीय सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा आज न्यूयोर्कमा हस्ताक्षर भएको हो।

यो सँगै नेपालको बाह्य सम्बन्ध विश्वका १६३ देशमा विस्तार भएको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र सुरीनामको स्थायी नियोगका उपप्रमुखहरू क्रमशः निर्मलराज काफ्ले र किट्टी स्वीबले उक्त दस्तावेजमा हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र सुरीनामबीच दुई पक्षीय र बहुपक्षीय तहका साथै संयुक्त राष्ट्रसङ्घ असंलग्न आन्दोलन एवं जी ७७ मा सहकार्य गर्न कूटनीतिक सम्बन्ध स्थापना भएको हो।

post image

असोज २५, काठमाडौँ ।  अमेरिकाको फ्लोरिडा राज्यको तटमा माइकल नामको आँधी पुगेको छ । यो आँधी श्रेणी चारमा परिवर्तन भइसकेको छ अर्थात् अत्यधिक खतरनाक आँधी । राष्ट्रिय आँधी केन्द्रका अनुसार बुधबार दिउँसोको आँधीले फ्लोरिडाको मेक्सीको बीचमा पहिलो कदम राखेका थियो ।

फ्लोरिडाका गवर्नर रिक स्कटले यसलाई अकल्पनीय विनाशको चेतावनी भएको बताएका छन् । उनले यसलाई सय वर्षमा सबैभन्दा खतरनाक आँधी बताएका छन् । मध्य अमेरिकामा गत हप्ताको अन्त्यमा आँधी, वर्षा र बाढीका कारण १३ जनाको मृत्यु भएको खबर छ । अहिलेको माइकल आँधी दुई सय ५० किलोमिटर प्रतिघण्टाको गतीमा बढिरहेको छ ।

फ्लोरिडामा हज्जारौं नागरिकलाई आफू बस्ने स्थान खाली गर्न निर्देशन दिइएको छ तर धेरैजना निस्कन सकेका छैनन् । राष्ट्रपति डोनल्ड ट्रम्पले मानिसहरुलाई निकाल्न सजिलो नभएको बताएका छन् । ट्रम्पले भने, ‘यीमध्ये केहीका लागि आफ्नो स्थान छोड्नु त्यति सजिलो छैन । केही क्षेत्र निकै गरिब छ । कुनै आवश्यक धनबिना आफ्नो स्थान छोड्नु सजिलो छैन । हामीले उनीहरुका लागि बस पठाएका छौं । उनीहरुलाई उक्त क्षेत्रबाट निकाल्नका लागि हामीले हरसम्भव प्रयास गरिरहेका छौं ।’

माइकल आँधी अमेरिकाको पूर्वी तटमा तीब्र रुपमा बढ्नेछ र उक्त इलाकामा अत्यधिक वर्षा हुनेछ । यो त्यही इलाका हो जुन पछिल्लो महिना आएको फ्लोरेन्स आँधीको क्षतीबाट माथि उठ्न सकेको छैन ।राष्ट्रिय आँधी केन्द्रले तटीय इलाकाका बासिन्दालाई खतरनाक हावा तीब्र रुपमा बढ्ने भएकाले शान्त वातावरण देखेर बाहिर ननिस्कन नयाँ चेतावनी जारी गरेको छ ।

फ्लोरिडामा तीन लाख ७० हजार बढी बासिन्दालाई इलाका खाली गर्न र अग्लो स्थानमा जान आदेश दिएको छ तर अधिकारीले निकै कम मानिसले मात्र इलाका छोडेको अनुमान गरेका छन् । गभर्नर रिक स्कटले अब त्यहाँबाट निस्कने समय समाप्त भइसकेको चेतावनी दिएका छन् ।

‘यदि तपाईं तटीय क्षेत्रमा हुनुहुन्छ भने तपाईं आफ्नो घर नछोड्नुहोस् किनभने त्यहाँबाट निस्कने समय गुज्रिसकेको छ । स्थानीय अधिकारीको कुरा सुन्नुहोस् । यदि तपाईंहरु इनल्याण्ड काउन्टीमा हुनुहुन्छ भने तपाईंसँग आश्रय लिनका लागि अन्तिम मौका हुनसक्छ तर स्थानीय अधिकारीलाई सुरक्षित लागेको बेला मात्र । यदि तपाईंले इलाकाबाट निस्कने निर्णय लिनुभएको छैन भने कृपया आश्रयका लागि स्थान खोज्नुहोस् । शरणको स्थान खोज्नुहोस् ।’

राष्ट्रिय विपत्ति प्रबन्धन एजेन्सीका निर्देशक ब्रोक लांगले ह्वाइट हाउसमा राष्ट्रपतिसमक्ष सन् २००१ भन्दा अघि बनाइएका भवनले उक्त आँधीको सामना गर्न सक्षम नभएकाले आफू चिन्तित भएको बताएका छन् । अलाबामा र जर्जियाका साथै फ्लोरिडामा पनि संकटकालको घोषणा गरिएको छ ।बिबिसी

post image

असोज २४,नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुँदा त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।  साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको पुष्टि गरेका छन्  । सो दुर्घटना रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।

न्यु फरक्का एक्सप्रेस रेल सेवाको एक रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना भएको थियो । त्यसमा परी ६ जनाको ज्यान गएको छ भने अरु ३० घाइते भएका छन् ।  उक्त रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।

उक्त रेल दुर्घटनापछि भएको क्षति र उद्धार कार्यका दृश्यहरु स्थानीय टेलिभिजनहरुले देखाएका छन् । उक्त रेल भारतको राजधानी नयाँ दिल्लीबाट पश्चिम बङ्गालको माल्दा शहरतर्फ जाँदै गरेको थियो । रेल सेवाका अधिकारीले उक्त रेलको दुर्घटनाको छानबिनको लागि एक समिति गठन गरिएको जानकारी दिएका छन् । –सिन्ह्वा

post image

असोज २३, काठमाडौँ । इन्टरपोलका प्रमुख मेंग होंगवेईले घुस लिएको आरोपमाथि अनुसन्धान जारी भइरहेको चीनका अधिकारीले जानकारी दिएका छन् । मेंग होंगवेई चीनको हिसारतमा छन् । होंगवेई गत महिना फ्रान्सको लियोनबाट चीन आउने क्रममा हराएका थिए ।

त्यतिबेला उनकी श्रीमतीले मेंग चाकूले इमोजी पठाए खतरामा भएको सन्देश पठाएको जानकारी दिएकी थिइन् । चीनको जन सुरक्षा मन्त्रालयले आफ्नो एक घोषणामा मेंग होंगवेईविरुद्धको अनुसन्धान सही दिशामा अघि बढिरहेको छ र यसले भ्रष्टाचारविरुद्ध चीनियाँ राष्ट्रपति शी जिनपिंगको प्रतिबद्धता झल्काएको बताएका छन् ।

यसबारे इन्टरपोलले आइतबार एक बयान गर्दै आफूहरुले मेंग होंगवेईको राजिनामा पाएको जसलाई तत्काल स्विकार गरिएको जानकारी दिएको छ । यस्तै, मेंग होंगवेईकी श्रीमतीलाई फ्रान्समा अधिकारीले सुरक्षा प्रदान गरेको छ र होंगवेईविरुद्ध अनुसन्धान पनि सुरु गरेको छ ।

इन्टरपोलका प्रमुख बन्नुअघि मेंग चीनमा जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् ।बिबिसी

post image

असोज २३, काठमाडौं।  टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले भुटानलाई १५१ रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भुटानसँग उत्कृष्ट ब्याटिङ गर्न सकेन । नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५० रन बनाएको हो ।नेपालका लागि ओपनर प्रदीप ऐरीले अविजित ७५ रनको पारी खेले । उनले ६८ बलको सामना गरेको प्रदीपले ६ चौका र २ छक्का प्रहार गर्दै ७५ रन बनाए ।

त्यस्तै, नेपालका लागि अनिल कुमार शाहले २७, दीपेन्द्रसिंह ऐरीले १५, आरिफ शेखले १३ र करण केसीले अविजित ११ रन बनाए । नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फाइनल राउण्डमा प्रवेश गर्ने दाउँमा रहेको छ । नेपालले यसअघि आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले आयोजक मलेसियालाई ८ विकेटले नै पराजित गरेको थियो । तेस्रो खेलमा भने थाइल्यान्डलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेसँगै नेपाल अंक तालिकोको दोस्रो स्थानमा उक्लिएको थियो ।

नेपाल ३ खेलमा शतप्रतिशत जित हात पार्दै ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा नेट रनरेटको आधारमा पछि पर्दै दोस्रो स्थानमा रहेको सिंगापुरको पनि समान ३ खेलबाट ६ अंक रहेको छ । तेस्रो स्थानमा रहेको थाइल्यान्डको ५ अंक रहंदा आयोजक मलेसियाको ३ अंक रहेको छ । त्यस्तै, पाचौ नम्बरमा रहेको भुटानको २ र छैटौं स्थानमा रहेको म्यानमारको पनि २ अंक रहेको छ । ४ खेलमा कुनै पनि खेल जित हात पार्न नसकेको चीन भने बाहिरिसकेको छ । यो समूहबाट शीर्ष ३ राष्ट्र टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको फाइनल चरणमा पुग्नेछ ।

post image

असोज २२, काठमाडौं। झन्डै दुई सातादेखि हराइरहेका इन्टरपोलका प्रमुख मेङ होङवुईलाई चीनले नियन्त्रणमा लिएको खुल्न आएको छ । चिनियाँ अधिकारीहरूले उनलाई नियन्त्रणमा लिएको आइतबार खुलासा गरेका हुन्।

चिनियाँ कानुनको उल्लंघन गरेको आरोपमा उनीमाथि छानबिन भइरहेको बताइए पनि उनको गल्ती के हो भन्ने खुलाइएको छैन। चीनको परीवेक्षण आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।

पक्राउ परेसँगै मेङले इन्टरपोलको प्रमुखबाट राजीनामा दिएका छन्।  फ्रान्सको लियोनमा रहेको  इन्टरपोल मुख्यालयले तत्कालै लागू हुने गरी उनले दिएको राजीनामा पत्र प्राप्त भएको जनाएको छ।

मेङ सन् २०१६ नोभेम्बरमा ४ वर्षका लागि इन्टरपोलको प्रमुख नियुक्त भएका थिए ।  मेङ चिनियाँ नागरिक हुन्। इन्टरपोलमा जानुपुर्व उनी लामो समय चीनको सार्वजनिक सुरक्षा राज्यमन्त्री थिए।

फ्रान्सबाट चीन हिँडेका मेङ सम्पर्कमा नआएपछि उनकी पत्नी ग्रेसले शुक्रबार फ्रान्स प्रहरीलाई पति हराएको जानकारी गराएकी थिइन्।

post image

असोज २२, काठमाडौं। अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ ।  लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।

दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।  प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।

यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन । मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ । यसअघि सार्वजनिक भएको खबर अनुसार उक्त कार मानिसहरुलाई लिएर एक विवाह समारोहमा गइरहेको थियो तर पछि सार्वजनिक भएको खबर अनुसार उनीहरु कसैको जन्मदिन पार्टीमा उपस्थित हुन गइरहेका थिए ।

दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ । बिल वाटर्सन पनि त्यही समारोहमा जाँदै थिए । उनले दुर्घटनालाई प्रत्यक्ष देखे । एक पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मलाई विश्वास नै छैन कि यस्तो दुर्घटना पनि हुनसक्छ । यो अत्यधिक भयानक थियो ।’ घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो ।

दुर्घटनास्थलमा पुलिसका विभिन्न गाडी र एम्बुलेन्स पनि देखियो । यद्यपी, यी गाडीका कारण सडकमा लामो जाम थियो । ट्वीटरमा सेयर गरिएको एक अन्य तस्बिरमा एउटा ठूलो गाडी रुखमा ठोक्किएको  देख्न सकिन्छ ।

प्रत्यक्षदर्शीको बयानः

प्रत्यक्षदर्शीका अनुसार जब गाडी स्टोर नजिकै पुग्यो तब धेरै मानिसहरु स्टोरबाट निस्किरहेका थिए । दुर्घटनामा ती मानिसहरुलाई पनि चोट लागेको छ ।

घटनास्थल नजिकै बस्ने ब्रिडेले भने, ‘मैले एउटा ठूलो आवाज सुनें । त्यतिबेला स्टोर र क्याफेको पार्किङमा थुप्रै मानिसहरु उभिएका थिए । त्यसपछि अचानक मानिसहरुको चिच्याहट सुनिन थाल्यो ।’

न्यूयोर्कको पुलिस अनुसार अनुसन्धान अहिल पनि सुरुवाती चरणमा नै छ । अनुसन्धानमा एक आइडेन्टिफिकेशन र ड्रोन टिम समेत विभिन्न अतिरिक्त पुलिस युटिट्स पनि लगाइएको  ।

नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड पनि घटनास्थलमा एउटा समूह पठाउने तयारीमा छ । बोर्डले ट्वीट गरेर यसबारे जानकारी दिए ।

बोर्डका चेयरम्यान रोबर्ट समवाल्टले एक प्रेसवार्तामा भने, ‘यो एउटा ठूलो दुर्घटना हो जसमा हामीले विभिन्न जीवन गुमाएका छौं । सन् २००९ पछिको यो अहिलेसम्मको सबैभन्दा भयानक सडक दुर्घटना हो ।’

प्रशासनका अनुसार घटनास्थलमा अर्को पाँच दिनसम्म अनुसन्धान जारी रहनसक्छ । पुलिसका अनुसार मृतकको परिवारका लागि एक फोन लाइन सुरु गरिएको छ ।  यो दुर्घटना एक पहाडी इलाकामा भएको बताइन्छ । स्थानीय प्रशासनका अनुसार हालै यो रुटमा ठूला ट्रकलाई प्रवेश निषेध गरिएको छ ।बिबिसी

post image

असोज २१, काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले दक्षिण कोरियालाई २ टन च्याउ उपहार दिएका छन् । लामो समय शत्रुवत् रहेका उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सम्बन्ध सुमुधूर हुँदै गएको छ ।

नेता किमले शान्तिको प्रतीकका रुपमा दक्षिण कोरियालाई च्याउ उपहार दिएको बताइएको छ । कोरियन शिखर सम्मेलनका क्रममा उत्तर कोरियाले यस्तो घोषणा गरेको थियोे ।

हालै दक्षिण कोरियाली राष्ट्रपति उत्तर कोरियामा गएका बखत उत्तरले घोषणा बमोजिमको च्याउ दक्षिण कोरिया पठाएको हो । उपहार दिइएको सल्ले च्याउ विशेष प्रजातिको च्याउ मानिन्छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे इनका अनुसार कोरिया विभाजनबाट अलग्गिएका परिवारहरुलाई उक्त उपहारको च्याउ वितरण गरिनेछ । झण्डै ४ हजार परिवारले आधा आधा किलोका दरले च्याउ प्राप्त गर्नेछन् । एजेन्सी

post image

 असोज १९, काठमाडौं ।  यस वर्षको नोबेल शान्ति पुरस्कार कङ्गोका डेनिस मुकागे र नदिया मुरदलाई  संयुक्त रुपमा प्रदान गरिने भएको छ । नर्वेको ओस्लोमा नोबेल कमिटिका अध्यक्ष बेरिट रेइस एन्डरसनले शुक्रवार यस पुरस्कारको घोषणा गरेका हुन्।

मुकागे यौन हिंसाबाट पीडितहरुलाई उपचार गर्दै आएका चिकित्सक हुन् भने मुरद मानव अधिकारकर्मी हुन्। उनीहरुलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसाको सिकार हुनबाट बचाउन अथक प्रयास गरेको उल्लेख गर्दै यो पुरस्कार दिने घोषणा गरिएको हो।

‘मुकागेले हिंसामा परेकाहरुलाई बचाउन आफ्नो जीवन समर्पण गरेका छन्,’ अध्यक्ष बेरिटले भने। नदियाले युद्धको समयमा भएगरेका यौन हिंसालाई बाहिर ल्याएर ठूलो योगदान गरेको बताइएको छ। नदिया आफै यौन हिंसामासमेत परेकी थिइन्।

नदिया २०१४ मा आइएसको चंगुलबाट भाग्न सफल भएकी थिइन्। त्यसपछि उनले यौन हिंसामा परेकालाई सहयोग गर्दै आएकी छन्  । यसपटक नोबेल शान्ति पुरस्कारका लागि ३,३१ जना प्रतिस्पर्धी थिए।

post image

असोज १९, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरबका किंग सलमानले अमेरिकी सेनाको सहयोग बिना दुई हप्तासम्म पनि राज गर्न नसक्ने बताएका छन् ।

अमेरिकी राज्य मिसिसिपीमा एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी साउदी अरबको सुरक्षा गर्छौं । उनीहरु निकै धनी छन् । मलाई किंग सलमान निकै मनपर्छ । तर मैले उनलाई भनिसकेको छु, ‘हामीले तपाईंको सुरक्षा गरिरहेका छौं । यदि हामीले तपाईंलाई सहयोग नगरे तपाईंले दुई हप्तासम्म पनि राज गर्न सक्नुहुन्न ।’’

यद्यपी, ट्रम्पले किंग सलमानसँग कहिले कुरा गरे भन्ने बारे जानकारी दिएनन् । साउदी अरब खाडी मुलुकमध्ये अमेरिकाको सायद सबैभन्दा भरोसायोग्य साथी हो ।

कुवेतको मुद्दामा भएको पहिलो इराक युद्धदेखि अहिलेसम्म, दुबै देश एकअर्काको साथमा रहँदै आएका छन् । यस्तोमा प्रश्न यो उठ्छ कि ट्रम्पले आफ्नो सहयोगी देशका लागि यति कडा शब्दको प्रयोग किन गरे ?

राष्ट्रपति बनेलगत्तै ट्रम्पले साउदी अरबको पनि भ्रमण गरेका थिए । साउदी अरबमा उनको तरवारको डान्स निकै भाइरल भएको थियो । डेढ वर्ष नपुग्दै यो सम्बन्धको न्यानोपन किन हराइरहेको छ ? यसको सजिलो विवेचना यो हुनसक्छ कि ट्रम्प नसोचिकनै सार्वजनिक बयान दिने गर्छन् ।

तेलको खेलः

सायद राष्ट्रपति ट्रम्प आफ्ना सहयोगीमाथि तेलको बढ्दो मूल्यमा लगाम लगाउनका लागि यस्तो बयान दिइरहेका छन् तर तेलको यो राजनीतिका विभिन्न पाटा छन् ।

यसअघि पनि अमेरिकाले तेलको मुद्दामा साउदी अरबलाई चेतावनी दिँदै आएको छ । यसै वर्ष जूनमा राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत साउदी अरबका किंग सलमानसँग तेलको मूल्य कम गर्नेबारे कुरा भएको जानकारी दिएका थिए । ट्रम्पले साउदी अरब यसको लागि राजी भएको समेत बताएका थिए ।

त्यतिबेला ट्रम्पले तेलको बढ्दो मूल्यका लागि इरान र भेनेजुएलालाई जिम्मेवार बताएका थिए ।

तर हालै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपी, यो प्रतिबन्ध नोभेम्बरदेखि लागू हुनेछ तर यसको घोषणा लगत्तै तेलको बजार भने तात्तिसकेको छ । इरान संसारभरी कच्चा तेलको महत्वपूर्ण निर्यातकर्ता हो । यो देशले हरेक दिन करिब तीस लाख ब्यारेल तेल निर्यात गर्छ ।

तेलको मूल्यमा निगरानी राख्ने स्टिफन इन्नेसले रोयटर्सलाई भने, ‘नोभेम्बरमा इरानको तेलमाथि प्रतिबन्ध सुरु हुनेबित्तिकै तेलको बजारमा दबाब अत्यधिक बढ्ने चिन्ता छ । यतिबेला बजारले प्रतिबन्धको असरलाई कम आँकलन गरेपनि स्थिती चिन्ताजनक हुनसक्छ ।’

इरानमाथिको प्रतिबन्धपछि  तेलको मूल्य बढिहालेको खण्डमा यसले अमेरिकालाई क्षती पुर्याउँछ । मूल्यलाई नियन्त्रण गर्नका लागि अमेरिका साउदी अरबलाई दबाब दिइरहेको छ र ट्रम्पको ताजा बयानले पनि यसैतर्फ संकेत गरेको छ ।

मुसलमानको पवित्र स्थल मक्का र मदिना साउदी अरबमा भएका कारण संसारका करोडौं मुसलमान यसलाई विशेष महत्व दिन्छन् तर शिया बाहुल्य भएको इरानले इस्लामी दुनियाँको नेतृत्वको हिसाबले आफूलाई साउदी अरबको प्रतिद्वन्द्वी मान्छ ।

अमेरिका र इरानको कलह जगजाहिर छ । यस्तोमा साउदी अरब र अमेरिका एक प्रकारले गल्फमा नेचुरल एलाई (स्वभाविक सहयोगी) हुन् ।

इराकको राजनीतिक उथलपुथल, मध्य–पूर्वमा इस्लामी चरमपन्थ र इरानको कथित परमाणु कार्यक्रमले साउदी अरब र अमेरिकाबीचको सम्बन्धलाई थप नजिक बनाउँछ । यस्तोमा ट्रम्पको कडा बयानका बाबजुद यी दुई देशबीचको सम्बन्धमा यथास्थिती रहिरहन्छ किनभने अहिले कमसे कम इरान र इस्लामी चरमपन्थका कारण दुबै देशलाई एक–अर्काको निकै आवश्यक छ ।

खाडीमा विरोधको स्वरः

राष्ट्रपति बनेपछि ट्रम्पले थुप्रै पटक साउदी अरब र उसको सत्ताधारी परिवारका लागि कडा शब्द प्रयोग गरे । खाडीको मिडियामा यसका लागि एकप्रकारको रोष पनि छ ।

मिडिल इस्ट आईमा मदावी अल–रशिद लेख्छिन्, ‘ट्रम्पको अमेरिका र साउदी अरबबीचको सम्बन्धमा कूटनीतिको पर्दा पनि गायब छ । यसमा विनम्र भाषासमेत देख्न पाइँदैन ।’

उनलाई लाग्छ कि यमनमा साउदी अरबको हस्तक्षेपलाई समर्थन गरेको बदलामा अमेरिका तेलको मूल्यमा आफ्नो मनमर्जी गर्न चाहन्छ । सायद यो यमनको युद्ध नै हो जसले साउदी अरबको अमेरिकामाथि निर्भरता थुप्रै गुणा बढाइदिएको छ ।तर यो लडाईं जारी राख्नका लागि साउदी अरबलाई जसरी पनि अमेरिकाको सहयोग चाहिन्छ ।बिबिसी

post image

असोज १८, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नै पार्टीका सहयोगीबाट कडा आलोचनाको सामना गर्नु परिरहेको छ । रिपब्लिकन सिनेटरले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका न्यायाधिसमाथि यौन हिंसाको आरोप लगाउने महिलाको मजाक उडाएका कारण राष्ट्रपतिको कडा आलोचना गरेका छन् ।

सिनेटर जेफ फ्लेक र सुजन कलिन्सले ट्रम्पको टिप्पणीलाई ‘घटिया’ र ‘एकदम गलत’ को संज्ञा दिएका छन् । एक र्यालीमा ट्रम्पले केवेनामाथि आरोप लगाउने प्राध्यापक क्रिस्टिन ब्लेसी फोर्डलाई उनलाई आफूमाथि भएको यौन हमलाको घटनाक्रमबारे महत्वपूर्ण कुरा याद नभएको भन्दै खिल्ली उडाएका थिए । गत हप्ता रिपब्लिकन राष्ट्रपति ट्रम्पले उनलाई ‘अत्यधिक भरोसायोग्य साक्षी’ भनेका थिए ।

कडा आलोचनाः

न्यायाधिस ब्रेट केवेनामाथि लागेका आरोपलाई एफबीआईसँग जाँच गराउने माग गराउने रिपब्लिकन सिनेटर जेफ फ्लेकले एनबीसीको कार्यक्रम ‘टुडे’ मा भने, ‘कुनै पनि स्थान वा समयमा यस्तो प्रकारको टिप्पणी गरिनु हुँदैन ।’

‘कुनै राजनीतिक सभामा यस्तो प्रकारको संवेदनशील मामलामा कुरा गर्नु सही होइन । यो पटक्कै ठिक होइन । उनले यस्तो नगरेको भए पनि हुन्थ्यो ।’

यस्तै अर्का मोडरेट रिपब्लिकन सिनेटर मिस कलिन्सले बुधबार पत्रकारसँग भने, ‘राष्ट्रपतिको टिप्पणी स्पष्ट रुपमा गलत छ ।’

उनले अहिलेसम्म न्यायाधिस केवेनाको पक्षमा भोग गर्ने नगर्ने भन्ने विषयमा स्पष्ट पारेका छैनन।यस्तै, रिपब्लिकन सिनेटर लिसा मर्कोव्स्कीले पनि राष्ट्रपतिको आलोचना गरिन् । उनले ट्रम्पको भाषण ‘पूर्ण रुपमा अनुचित’ र ‘अस्विकार्य’ भएको बताइन् ।

जब पत्रकारले उनलाई के यसले उनको भोटलाई प्रभावित पार्न सक्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘म हरेक कुरालाई ध्यानमा राखिरहेकी छु ।’

ट्रम्पले के भनेका थिएः

मंगलबार राती मिसिसिपीमा एक र्यालीमा ट्रम्पले ३६ वर्ष पहिले भएको कथित यौनहिंसाको विषयमा प्राध्यापक फोर्डको बयानमा स्पष्टताको अभाव भएका कारण मजाक उडाएका थिए ।

उनले भनेका थिए, ‘त्यो घर कहाँ थियो ? मलाई थाहा छैन ! माथिल्लो तल्लामा भएको थियो वा तल्लो तल्लामा ? मलाई थाहा छैन तर मैले एउटा बियर पिएको थिएँ । मलाई यतिमात्र याद छ । र यसरी एक पुरुषको जीवन बर्बाद भयो ।’

यद्यपी, गत हप्ता सिनेटमा जब प्राध्यापक फोर्डले यसबारे बताएपछि ट्रम्पले उनलाई ‘निकै राम्रो महिला’ बताएका थिए ।बिबिसी

post image

असोज १७, मलेसिया । अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० विश्वकपको एसिया रिजनल छनोट चरणको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ ।

मलेसियामा आज सुरु पहिलो चरणको छनोट खेलमा नेपालले पाएको ३० रनको झिनो लक्ष्य ३ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालका लागि करण केसीले नटआउट १४ रन जोडे भने अनिल शाहलले ११ रन बनाए । बलिङतर्फ सन्दीप लामिछानेले ४ विकेट लिए । उनले २ ओभर बलिङ गर्दै ३ रन खर्चेर ४ विकेट लिएका हुन् ।

त्यस्तै ललित राजवंशीले ३ विकेट तथा ललित भण्डारी र करण केसीले १ र १ विकेट लिएका थिए ।
तुलनात्मक रूपमा कमजोर मानिएको म्यानमारका साइ वाइ र पाइङ दानुले नेपालको १र१ विकेट झारे । समूह बी मा मलेसिया, भुटान, नेपाल, सिंगापुर, चीन र थाइल्याण्डर छन् । यीमध्ये शीर्ष तीनमा रहने टीम अर्को चरणमा प्रवेश गर्ने छन्।

post image

असोज १७, मलेसिया । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको लक्ष्य दिएको छ । कमजोर म्यानमारबीरुद्ध  क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो ।

मलेसियाको बायुमास ओभर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको म्यानमारले निर्धारित २० ओभरको खेलमा १० ओभरमा सबै विकेट गुमाउँदै २९ रनमा समेटियो। नेपालका लागि सन्दिप लामिछानेले ४ तथा ललित राजबंशीले ३, करण केसी र ललित भण्डारीले एक-एक विकेट लिए।

म्यानमारका लिन अंङले सर्वाधिक १६ रन जोडे। म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । छनोट प्रतियोगितामा नेपालसागै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

post image

असोज १६, काठमाडौं एसीसी यु१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ। बंगलादेशको क्रिरा शिख मैदानमा जारी खेलमा युएईले नेपालसामु जितका लागि सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले पूरै ५० ओभर खेल्दै विकेटको क्षतिमा सय ६८ रन बनाएको छ। युएईका लागि ओपनिङ ब्याट्म्यान कप्तान फहद नवाज अन्स टन्डनले अर्धसतकिय पारी खेले। नवाजले ९४ बलमा चौंका छक्काको मद्दतमा ८४ टन्डनले ८२ बलमा चौंका छक्काको सहायतामा ६७ रन बनाए।

त्यस्तै ब्रान्डन एडमले १९, वसी शाहले १८, अलि मिर्जाले १६, फिग्य जोनले १५, स्याइद हाइदेरले १२ पालानिएपेन मेइयाप्पेनले ११ रनको योगदान दिए। नेपालका लागि पवन सरार्फ, नन्दन यादव रसिद खानले तथा सुर्य तामाङ सागर ढकालले एकएक विकेट लिए। अबको केही समयपछि नेपालले जवाफी ब्याटिङ गर्नेछ।

अघिल्ला दुई खेलमा पराजित हुँदै बाहिरिसकेको नेपाल युएईलाई पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ। यता, युएईपनि पहिलो जितको खोजीमा रहनेछन्। समूहमा रहेको नेपाल युएईले अंक तालिकामा खाता खोल्न सकेका छैनन्। दुवैले अघिल्ला दुई खेल गुमाएका छन्।

यस समूहबाट भारत अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल पहिलो खेलमा भारतसँग सय ७१  दोस्रो खेलमा अफगानिस्तानसंग विकेटले पराजित भएको थियो।

 

post image

असोज १५, काठमाडौं । जापानमा शक्तिशाली आँधी चामीका कारण जनजीवन प्रभावित भएको छ । रिपोर्ट अनुसार आँधीका कारण थुप्रै घाइते भएका छन् भने उडान र रेलमा पनि असर पुगेको छ । चामीको असरले कम्तीमा एक हजार उडान रद्द भएको बताइएको छ ।

चामी आँधी आइतबार स्थानीय समय अनुसार बेलुका आठ बजे जापानको पश्चिमी शहर ओसाका पुगेको थियो । आँधी तटमा ठोक्किने बेला दुई सय १६ किलोमिटर प्रतिघण्टाको गतीमा हावा चलिरहेको थियो । आँधीका कारण विभिन्न उडान र रेल रद्द गरिएको छ । साढे सात लाखबढि घरमा बिजुली आपूर्ती बन्द भएको छ ।

तीब्र हावा र आँधीको असरले कम्तिमा ८४ जना घाइते भएका छन् । हालै जापानले जेबी आँधीको कहर झेलेको छ । उक्त आँधी २५ वर्षको सबैभन्दा शक्तिशाली आँधी थियो । यसका कारण कम्तिमा सातजनाको मृत्यु भएको थियो र जनजीवनमा अत्यधिक असर परेको थियो ।बिबिसी

post image

असोज १५, इन्डोनेसिया ।  इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ ।संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् । इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका छालहरूले पालु सहर बगाएको थियो ।

अधिकारीहरूले पालु सहरमा पुरिएका तथा भग्नावशेषमा फसेकाको उद्धार जारी रहेको जनाएका छन् ।सुनामीपछि अस्पताल, होटल, किनमेल केन्द्र तथा हजारौं घरहरू क्षतिग्रस्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या केही हजार हुन सक्ने जनाए । उनका अनुसार उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

राष्ट्रपति जोको विडोडोले पालुले हालसम्मकै विनाशकारी भूकम्प तथा सुनामीको सामना गरेको बताए । उनले मुख्य पर्यटकीय केन्द्र तालिसे सामुद्रिक तट ध्वस्त भएको जनाए । सुलावेसी टापु नजिकैको पालु करिब ३ लाख ३५ हजार मानिसहरूको बसोबास रहेको सहर हो । उद्धारकर्मीहरूले हातैले खनेर दुई दर्जन मानिसको उद्धार गरेका जनाइएको छ । सुनामीपछि कतिपय स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति जारी नै छ । जसका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीले जनाएका छन् । पहिरोका कारण पालु सहर जाने मुख्य बाटो अवरुद्ध हुनुका साथै पुलसमेत ध्वस्त भएको छ । सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ ।

पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ । पटकपटक भूकम्प तथा सुनामीको चपेटामा पर्दै आएको इन्डोनेसियामा यसअघि लोम्बोक टापुमा शृंखलावद्ध भूकम्प गएका थिए । जसका कारण कम्तीमा ५ सय को ज्यान गएको थियो । त्यसैगरी २००४ मा सुमात्रा द्वीपमा गएको भूकम्पपछिको सुनामीका कारण १ लाख २० हजार इन्डोनेसियालीको मृत्यु भएको थियो । बिबिसिको सहयोगमा  

post image

 असोज १४, काठमाडौं । शुक्रबार इन्डोनेशियाली द्वीप सुलावेसीमा ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण चारसय भन्दा बढीको  मृत्यु भएको छ । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै पालू शहरका हुन् । यो शहरमा शुक्रबार करिब १० फिट अग्लो छाल प्रवेश गरेको थियो ।

पालू शहरबाट आइरहेको तस्बिरमा छरिएका सयौं शवलाई स्पष्ट देख्न सकिन्छ । सरकारी अधिकारीका अनुसार शहरको सबैभन्दा ठूलो अस्पताल पनि क्षतीग्रस्त भएको छ । यस कारण अस्थायी शिविरमा घाइतको उपचार चलिरहेको छ । इन्डोनेशियाली सेनाले स्थानीय हवाई अड्डामा पनि आशिंक क्षती पुगेका कारण मद्दतका लागि पालू शहरसम्म पुग्न समस्या भइरहेको जानकारी दिए ।

आफूहरुले लगातार राजधानी जकार्तादेखि सुलावेसी द्वीपमा सैन्य मद्दत पुर्याउने कोशिश गरिरहेको इन्डोनेशियाली सेनाले जानकारी दिएको छ ।  इन्डोनेशियाली सरकारले शनिबार पनि भूकम्पका धक्का महसुस गरिएको जानकारी दिएको छ । हज्जारौं घरमा क्षती पुगेको छ । केही अस्पताल, होटल र शपिङ सेन्टर पनि क्षतीग्रस्त भएको छ ।

सुनामी आएको पालू शहरको जनसंख्या करिब तीन लाख बताइएको छ ।   यहाँका एक मन्त्रीका अनुसार शहरमा उद्दारकार्य जारी छ । पालूमा टेलिफोन र बिजुलीको आपूर्ती बन्द छ । साथै शहर जाने मुख्य सडक भूस्खलनका कारण भास्सिएको छ ।

पछिल्लो एक महिनामा इन्डोनेशियामा थुप्रै भूकम्प आइसकेका छन् । गत अगस्ट ५ तारिखमा इन्डोनेशियाको लामबोकमा आएको भूकम्पका कारण चार सय ६० बढीको मृत्यु भएको थियो ।एजेन्सी

 

post image

असोज १३, काठमाडौं । राष्ट्रसंघीय महासभापछि प्रधानमन्त्री केपी ओली ४ दिने औपचारिक भ्रमणका लागि आज मध्य अमेरिकी मुलुक कोष्टारिका जाँदै हुनुहुन्छ । ओली सहितको टोली न्युर्याेकबाट आज कोष्टारिकाको राजधानी साज जोसे जानेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोष्टारिकाका राष्ट्रपति कार्लाेस अल्भाराडो क्युसाडा सँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सान जोसे स्थित पिस विश्वविद्यालयमा नेपालको सफल शान्तिप्रक्रियाका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको छ । यसअघि, प्रधानमन्त्री ओलीले न्युर्याेकमा कम्बोडियाका प्रधानमन्त्री  हुन सेनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । आगामी दिनमा दुइ राष्ट्रबीच गर्न सकिने साझेदारीको विषयमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।  महासभाका क्रममा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भुपरिवेष्टित मुलुकहरुको मन्त्रीस्तरीय बैठकमा सहभागीता जनाउनुभएको थियो  ।

भुपरिवेष्टित हुँदा अन्तर्राष्ट्रिय व्यापारमा भोग्नुपरेको समस्या लगायतका विषयमा सम्मेलनमा छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले ल्याण्डलकलाई ल्याण्ड लिंक्ड बनाउन पहल गनुपर्नेमा जोड दिनुभयो । यसैबिच, मन्त्री ज्ञवालीले अजरवैजानका विदेशमन्त्री एल्मर मामाडाएरोभ र आयरल्याण्डका विदेशमन्त्री सिमोन कोभेनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । दुवै मन्त्रीसँग लगानी र व्यापारका नयाँ सम्भावनाका विषयमा कुराकानी भएको थियो ।

post image

असोज ११, सिड्नी। सुदुरपश्चिमेली समुदायका नेपालीहरुले गत १५ सेप्टेम्बरको साँझ सिड्नीको रक्डेलमा उल्लासमय बाताबरणमा गौरा पर्ब मनाए । सुदुरपश्चिम समाज अस्ट्रेलियाको आयोजनामा सम्पन्न उक्त गौरा पर्वमा सुदुर पश्चिमेली लगाएत अन्य नेपाली दाजुभाइ दिदिबैनीहरु एकै ठाउँमा जम्मा भइ हुड्केली नृत्य साथै देउडा गीतमा गाउँदै र नाच्दै  पर्व मनाएका थिए।

गौरा पर्ब नेपालको सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो । विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आइरहेको गौरा पर्व भाद्र शुक्लको षष्ठी तिथि देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौरा घरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ । गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्रवासमा  रहेर पनि आफ्नो कला, संस्कृति रहन सहन निरन्तरता दिन र दोश्रो पुस्ता सम्म जोगाइ राख्ने उद्देश्यले समाजले हरेक वर्ष गौरा पर्व मनाउदै आएको सुदुर पश्चिम समाज अस्ट्रेलियाका अध्यक्ष केशव जोशीले बताए । संस्थाले चाड पर्ब मनाउने,   सुदुर पश्चिमेली बिच भाइचारा स्थापना गर्नेका अतिरक्त अष्ट्रेलियाको नेपाली समुदायका साथै नेपाल सम्म पनि बिभिन्न समयमा परोपकारी कार्यमा सक्रिय सहभागिता जनाउदै आएको छ।

post image

असोज१०,अमेरिका । प्रधानमन्त्री केपी ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि राष्ट्रसंघलाई सघाउन नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि आफ्नो मुलुक राष्ट्रसंघलाई सघाउन सदैव प्रतिबद्ध रहेको बताउनुभएको हो ।

राष्ट्रसंघले आयोजना गरेको एक्सन फर पिसकिपिङ, शान्ति स्थापना कार्य सम्बन्धी सम्मेलनमा ओलीले मुलुकको कठिन अवस्थामा समेत सेना र प्रहरी पठाएर शान्ति स्थापनामा नेपालको योगदानको स्मरण गर्नुभयो । राष्ट्रसंघीय शान्ति मिसनमा खटिनेक्रममा मारिएका ७३ जना नेपाली सुरक्षाकर्मी प्रति कृतज्ञ रहेको प्रधानमन्त्रीको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयले जनाएको छ ।

न्यूयोर्कमा सम्पन्न एसिया सोसाइटीको शान्ति, लोकतन्त्र र विकास विषयक सभामा समेत प्रधानमन्त्री ओलीले नेपालको लोकतन्त्र र मौलिक स्वतन्त्रतामा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ नेपालमा विदेशी लगानी, कनेक्टिभिटी र दिगो वातावरण संरक्षण प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले  राष्ट्रसंघको महासभालाई भने भोलि सम्बोधन गर्नुहुनेछ ।

यसैबीच, न्युर्याेकमा रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बुल्गेरिया, पाकिस्तानका विदेशमन्त्री र बेलायती उप विदेशमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरैसी बीचको भेटमा सार्कलाइ सक्रिय बनाउने विषयमा छलफल भएको थियो ।

 

post image

असोज १० , काठमाडौं । प्रधानमन्त्री केपी ओली ७३ औं राष्ट्रसंघीय महासभाको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा आयोजित रिपेप्सनमा सहभागी भएका छन् । अमेरिकी राष्ट्रपतिले महासभामा सहभागी राष्ट्र, सरकार एवम् प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मान स्वरुप, रिपेप्सन गर्ने चलन छ । यसैक्रममा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिसँग संक्षिप्त भेट गरेका छन् ।

प्रतिनिधीमण्डलका एक सहभागीका अनुसार ओलीले भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा संक्षिप्तमा ट्रम्पलाई जानकारी गराएका थिए । ट्रम्पले उत्सकतापूर्वक सुनेका थिए । प्रधानमन्त्रीले ट्रम्पको संगको भेटलाई प्रशंसा गरे, ती अधिकारीले भने । आफ्नो सम्बोधन हुन चार दिन अघि नै आएका ओलीको प्रतिनिधीमण्डलले ट्रम्प संगको छोटो भेटवार्तालाई प्राथमिकता राखेको थियो । राष्ट्रसंघीय नेपाली नियोगका एक पूर्व स्थायी प्रतिनिधिले भने, ‘अमेरिकी राष्ट्रपतिसँग फोटो सेशनको यो अवसर मात्र हो । यो भन्दा कुनै उपलब्धि त छैन । तर पनि हाम्रो जस्तो मुलुकहरुले आफनो छोटो कुरा राख्न, यो अवसर चुकाउन चाहँदैनन् ।’

दस वर्षअघि प्रधानमन्त्रीको रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले यस्तै भेटवार्तामा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसलाई भेटका थिए । भेट पश्चात्, उनले बुसको ‘बडी ल्याङ्वेज’ सकारात्मक रहेको टिप्पणी गरेका थिए । सो समयमा तत्कालीन माओवादी पार्टीलाई अमेरिकाले एक्च्युकेटिभ अडर १३२२४ अन्तर्गत ‘स्पेसल्ली डिजाईन ग्लोबल टेररिस्ट’ को सूचीमा राखेको थियो । ६३ औं महासभाको क्रममा सो भेट सहित अमेरिकी प्रतिनिधिमण्डलसंग दाहालले सो सूचीबारे पुनर्विचार गर्न आह्वान गरेका थिए ।

सन् २००९ मा प्रधानमन्त्रीको रुपमा माधव नेपालले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामासँग भेट गरेका थिए । भेटमा आफूले नेपालको संविधान लेखनबारे ओबामालाई जानकारी गराएको टिप्पणी गरेका थिए । सन् २०११ मा अर्का माओवादी नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको रुपमा ओबामासँग फोटो सेसन गरेका थिए । यसैक्रममा ६९ औं महासभामा सहभागी तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र अमेरिकी राष्ट्रपति बाराक ओबामा बीच छोटो भेटवार्ता भएको छ । कोइरालाले आफूहरु संविधान निमार्णमा लागिरहेको राष्ट्रपति ओमाबालाई जानकारी दिएका थिए । सो अवसरमा प्रधानमन्त्री कोइरालाले ओबामालाई नेपाल भ्रमणको निम्तो दिन समेत भ्याएका थिए ।

post image

असोज ९,काठमाडौँ  । इन्स्टाग्रामका सह–सस्थापक केविन सिस्ट्रोम र माइक क्रिगरले राजीनामा दिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार दुबैले सोमबार साँझ यसको जानकारी गराएका थिए ।

सिस्ट्रोम इन्स्टाग्रामको सीईओ थिए भने क्रिगरले यसको प्रमुख प्राविधिक अधिकारीहरुको जिम्मेबारी सम्हालिरहेका थिए । मिडिया रिपोर्ट अनुसार प्यारेन्ट कम्पनी फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गको कारणले दुईले यो निर्णय लिएका हुन् ।

सन् २०१२ मा १ अर्ब डलरमा फेसबुकले इन्स्टाग्राम किनेको थियो । त्यो समय इन्स्टाग्रामको प्रयोगकर्ताहरु ३ करोड मात्र थिए । अहिले यसको संख्या १ अर्ब पुगिसकेको छ । फेसबुकको ठूलो आय इन्स्टाग्रामबाट आउँछ ।

सिस्ट्रोम र क्रिगरले सन् २०१० मा पहिलो पटक एकअर्कासँग भेटेका थिए । सिस्ट्रोमको एक सफ्टवेयर परियोजनालाई दुबैले मिलेर इन्स्टाग्राममा बदलेका थिए । फेसबुक छाडेपछि दुबैले कुनै नयाँ परियोजनामा काम गर्ने बताएका छन् ।

post image

असोज ८, काठमाडौं । हङकङमा एक नेपाली पक्राउ परेका छन्। गत शुक्रवार हङहोमको गहना पसलमा करिब नौ करोड ( सात लाख ८६ हजार अमेरिकी डलर) लुटिएको घटनासँग कनेक्सन भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रवार चार जनाले दुई वटा गहना पसलका कामदारलाई नियन्त्रणमा लिई उनीहरुले लुटपाट गरेका थिए ।  प्रहरीले २४ वर्षीय ती नेपालीलाई प्रहरीले इयाउ मा थईबाट सोही दिन राति साढे ९ बजे पक्राउ गरेको हो। तर प्रहरीले उनीसँगबाट चोरीसँग सम्बन्धित कुनै पनि सामाग्री बरामद गरेको छैन। उनीसँगबाट प्रहरीले केही मात्रामा गाँजा बरामद गरेको छ।

उनीमाथि लुटपाट, लागुऔषध सम्बन्धी मुद्दामा अभियुक्त बनाई कोलुन सीटी कोर्टमा पेश गरिँदै छ।प्रहरीले थप तीन जनाको खोजी गरिरहेको छ। प्रहरीले तीन जना फरार अभियुक्त पनि दक्षिण एसियाली मुलका नागरिक भएको अनुमान गरेको छ। उनीहरुले दुई वटा गहना पसलबाट ७ लाख ४० हजार अमेरिकी डलर र तीन लाख ६३ हजार ६० हङकङ डलर (४६ हजार डलर) गरी ७ लाख ८६ हजार डलर सँगै ६ वटा चेक लुटेका थिए।

post image

असोज ८,काठमाडौँ । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ।

चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भए। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको चुनावी मतपरिणाम अनुसार इब्राहिमले ५८.३ प्रतिशत मत प्राप्त गरे।

निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सोलिहको माल्दीभियन डेमोक्रेटिक पार्टी (एमडीपी) का समर्थकहरुले सडकमा खुशीयाली मनाउँदै नाचगान शुरु गरेका छन्। चुनावी नतिजाप्रति राष्ट्रपति यामीनले कुनै प्रतिक्रिया दिएका छैनन्।

सोलिहको पक्षमा विपक्षीहरुले गठबन्धन निर्माण गरी चुनावी प्रचारमा उत्रिएका थिए। राष्ट्रपति यामीनले सञ्चार माध्यममाथि लगाएका प्रतिबन्धहरुले चुनावमा धाँधली हुने आशंका व्यक्त गरिएको थियो ।

आइतबार सम्पन्न चुनावमा धेरैजसो विपक्षी नेताहरु जेलमा वा निर्वासनमा रहेका कारण सोलिह बाहेक अन्य विपक्षी नेताहरु चुनावी मैदानमा थिएनन्। निर्वाचनमा विजयी घोषित नवनिर्वाचित राष्ट्रपति सोलिहले एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘म जनताको इच्छालाई सम्मान गर्न राष्ट्रपति यामीनसँग आग्रह गर्दछु र सत्ताको शान्तिपूर्ण, सहज हस्तान्तरणका हुने अपेक्षा गर्दछु।’

उनले राजनीतिक बन्दीहरुलाई तत्काल जेलमुक्त गर्न पनि आग्रह गरे । चुनाव हुनुअघि एमडीपी समेत विपक्षी दलहरुका कार्यालयमा प्रहरीले छापा मारेको थियो, तर कसैलाई पक्राउ गरिएको थिएन।

पूर्व राष्ट्रपति समेत रहेका एमडीपीका अध्यक्ष मोहमद नसीदले यो मतदानले मुलुकलाई लोकतान्त्रिक मार्गमा पुनः ल्याउने विश्वास व्यक्त गरे। राष्ट्रपति यामीनले हार स्वीकार्नुबाहेक अर्को विकल्प नरहेको पनि उनले बताए। मोहमद नसीद हाल निर्वासनमा छन्।

यो निर्वाचनलाई चीन र भारतले महत्वका साथ हेरिरहेका छन्। संयुक्तराज्य अमेरिका र युरोपेली युनियनले चुनाव स्वतन्त्र र स्वच्छ रुपमा सम्पन्न नभए आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए।

माल्दीभ्समा यस चुनावमा २ लाख ६२ हजार मतदाता रहेका थिए । माल्दीभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो। भारतले चुनावी नतिजाले लोकतान्त्रिक मूल्यमान्यतालाई पुनर्वहाली गर्ने विश्वास लिएको छ।

पछिल्ला वर्षहरुमा राष्ट्रपति यामीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दीभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए। एपी

post image

असोज ८, न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका छन् । न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्की तथा संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्लेले स्वागत गरे ।

असोज ९ गते मंगलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभालाई असोज ११ गते बिहीबार सम्बोधन गर्ने सेड्युल छ ।

प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयका सचिव शंकररदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् ।

post image

असोज ७, सिओल ।  दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न आइतबार संयुक्तराज्य अमेरिका प्रस्थान गर्दै छन् । उनले अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर बैठक गराउन पहल गर्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाली नेता कीम जोङ–अनसँग गतसाता तेस्रो द्विपक्षीय शिखर बैठक गरेलगत्तै राष्ट्रपति मूनले अमेरिका भ्रमण गर्न लागेका हुन् ।

साथै, अमेरिकामा रहँदा राष्ट्रपति मूनले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्व समुदायसमक्ष अन्तर–कोरियाली शिखर बैठकका परिणामहरु जानकारी गराउनेछन् ।

‘राष्ट्रपति मूनले तेस्रो अन्तर–कोरियाली शिखर बैठकका बारेमा विस्तृत रुपमा अमेरिकी राष्ट्रपति र विश्व समुदायलाई जानकारी गराउनु हुनेछ,’ राष्ट्रपतिको सुरक्षा कार्यालयका वरिष्ट निर्देशक नाम ग्वान–प्योले बताए । मूनले उत्तर कोरिया र अमेरिकाबीच हाल स्थगित वार्ता पुनः शुरु गराउन अमेरिकी राष्ट्रपतिसँग विस्तृत रुपमा छलफल गर्ने कार्यक्रम रहेको पनि नामले बताए ।

उत्तर कोरियाले व्यक्त गरेका प्रतिबद्धता बमोजिम आणविक निःशस्त्रीकरणका कार्यहरु नभएको भन्दै असन्तुष्टी जनाएको संयुक्तराज्य अमेरिकाले पछिल्ला दिनहरुमा राजनीतिक भेटघाट स्थगित गरेको छ । राष्ट्रपति ट्रम्पले विदेशमन्त्री माइक पोम्पेओको पूर्व निर्धारित उत्तर कोरिया भ्रमण समेत अन्तिम समयमा स्थगित गरिदिएका थिए ।

तर मून र कीमले जारी गर्नुभएको संयुक्त वक्तव्यमा उत्तर कोरियाले डोङचाङ–रीस्थित क्षेप्यास्त्र परीक्षण केन्द्र र प्रहार केन्द्रहरु बन्द गर्ने सहमति जनाएको छ । यही केन्द्रबाट लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न सकिने र ती क्षेप्यास्त्रमा अमेरिकासम्म प्रहार गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

अमेरिकाले सकारात्मक धारणा अघि सारे उत्तर कोरियाले योङब्योनमा रहेको मुख्य आणविक केन्द्रलाई बन्द गर्ने पनि प्रतिबद्धता जनाएको छ ।

मूनले उत्तर कोरियाली नेता कीमलाई यसै वर्षभित्र सिओल भ्रमण गर्न आमन्त्रण गरेका छन् । –योन्हाप

post image

असोज ६, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा बिहीबार एक नेपालीको गोली हानी हत्या भएको छ । गोली प्रहारबाट अर्का एक नेपाली घाइते छन् । एक युवतीले अन्धाधुन्ध चलाएको गोली लागेर पर्वतकी ४१ वर्षीया वृन्दा गिरीको ज्यान गएको हो । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा ३ महिनादेखि कार्यरत गिरीमाथि त्यही कार्यरत स्नोयिआ मोस्लेले गोली प्रहार गरेकाे  स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

गोली लागेर ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन् । सोही घटनामा सण्डे अगुडा र हेलेन रेइसको भने मृत्यु भएको छ । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले बिहीबार बिहान ९ बजे गोली प्रहार गर्दा गिरीको मृत्यु भएको पुष्टि गरेका छन् । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दा तीन महीना अघिदेखि त्यहाँ काम गर्न थालेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पर्वतमा जन्मिएकी वृन्दाको आमा, दुई दाजुभाइ सरोजकृष्ण र सुमन मेरिल्याण्डमा लामो समयदेखि बस्दै आइरहेका छन् ।अमेरिकाको मूलधारको राजनीतिमा आवद्ध एचवी भण्डारीले ‘मास सुटिङ’ मा नेपाली पर्नु दुःखद् भएको भन्दै कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए । हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोग गरेर ३ जनाको हत्या गरेको जानकारी दिए ।

post image

असोज ३ , मलेसिया। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपाली मध्ये ६ जनाको पुष्टी भएको छ । मलेसियास्थित नेपाली दूतावास स्रोतका अनुसार मृत्यु हुनेमध्ये ६ जना नेपालीको पुष्टी भइसकेको छ ।  यसअघि दूतावास स्रोतले ७ जना नेपालीको मृत्यु भएको जानकारी दिएको थियो । तर ७ जनामध्ये १ जना भने नेपालीभाषी म्यानमारका नागरिक रहेको बताइएको छ । विषाक्त मदिरा सेवनका कारण सेलाङगोर र क्वालालुम्पुर क्षेत्रमा १९ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच मलेसिया प्रहरीले कालाङ उपत्यकाका विभिन्न मदिरा पसलमा शिलबन्दी गरेको छ । खाद्य गुणस्तर मापदण्ड पूरा नगरेको मदिरा उत्पादन तथा विक्री वितरण गरेको भन्दै केही पसलबाट मदिरा जफत गरी सिलबन्दी गरिएको मलेसियाली सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन् । यसैबीच मलेसियाको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि उक्त क्षेत्रको मदिरा नपिउन सर्वसाधरणलाई आग्रह गरेको छ । प्रारम्भिक अनुसन्धानमा यस्ता कम गुणस्तरका मदिरामा मिथानोलको मात्रा बढी भेटिएको र यसले स्वास्थ्यमा गम्भिर असर गरेको पाइएको छ ।

मलेसियाको स्वास्थ्य मनत्रालयले जनाएअनुसार विषाक्त मदिरा सेवनका कारण ५१ जना बिरामी परेका थिए । बिरामी परेका ५१ जनामध्ये ४८ जना विदेशी नागरिक भएको मलेसिया सरकारले बताएको छ । जसमा नेपाली, म्यानमार, बङ्गलादेशी र इण्डोनेसियन रहेका छन् । बिरामी परेकामध्ये जसमध्ये १९ जनाको मृत्यु भइसकेको छ भने १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । बिरामीमध्ये धेरै नेपाली नागरिक रहेको बताइएको छ । क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ६  नेपालीसहित १९ जनाको मृत्यु भइसकेको र १४ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् । अन्य बिरामीमध्ये केहीलाई डिस्चार्ज गरिएको र केहीलाई अस्पतालमै अनुगमनमा राखी उपचार भइरहेको छ ।

मृत्यु हुनेमध्ये ३ जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा वर्ष २६ का विशाल बुढाथोकी र वर्ष २९ का सञ्जय उराउ तथा उमेर नखुलेका आइतसिंह गोले तामाङको सनाखत भएको छ । अन्य ३ नेपालीको नाम भने सार्वजनिक भएको छैन ।अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए ।  अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ ।

post image

असोज २,सिओल ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट प्योङयाङ पुगेका हुन् ।  नेता कीमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न कीम आफैं विमानस्थलमा पुगेका थिए  ।

सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झण्डाका साथै कोरियाली एकीकरणको सङ्केतमूलक झण्डा फहराएका थिए । दक्षिण कोरियाको झण्डा भने यहाँ फहराइएको थिएन ।  माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुबै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए ।  दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि सन् २००० मा कीम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले दुबै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तिब्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ । यसअघि सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुई पटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता कीम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो ।

तर पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ ।

संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि यथार्थपरक आणविक निःशस्त्रीकरणका लागि दबाब दिइआएको छ । उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम सङ्कट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्ष गरेका छन् । –एएफपी

post image

असोज १,काठमाडौं । फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ  प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।

ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधी आउने ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ । फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ ।

म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

चीनमा कस्तो असर ?

चीनको सरकारी मिडिया अनुसार म्यांगकूट आँधीका कारण दुईको मृत्यु भएको छ । उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो ।

हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ । हंगकंगमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गती एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।

घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।

धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् ।

फिलिपिन्सको एकै प्रान्तमा १९ को मृत्यु?

यद्यपी, यी चेतावनीमाथि मानिसहरुले खासै ध्यान दिएनन् । हंगकंगका निवासी हाओ चेनले समाचार एजेन्सी एएफपीलाई भने, ‘म बिहान मर्निङ वकमा गएको थिएँ । मलाई ताजा हावा निकै मनपर्छ र सडकमा कोही पनि थिएनन्, कुनै सवारी साधन थिएनन् । सामान्य दिनमा हामीले यस्तो देख्नु असम्भव छ ।’

छिमेकी मकाउ शहरमा पहिलो पटक प्रान्तको सबैभन्दा चर्चित क्यासिनो बन्द गर्ने आदेश दिएको छ ।मंगलबासम्म म्यांगकूट आँधी कमजोर हुने सम्भावना छ ।

यो आँधीका कारण फिलिन्समा थुप्रैको मृत्यु भएको छ । अधिकारीका अनुसार फिलिपिन्सको कार्डिलेरा र न्यूएवा विजकायामा पहिरोका कारण धेरैको मृत्यु भए तीमध्ये धेरैजसो बालबालिका छन् ।बीबीसी

 

post image

असोज १,काठमाडौँ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली सेनाका जवानमाथि गोली प्रहार भएको छ ।

श्री सिद्धिबक्स गण (शा.से.) चौथो डफ्फामा कार्यरत एक सैनिक जवानमाथि गोली प्रहार भएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ । घाइते सैनिकको नाम भने खुलाइएको छैन ।

 गत भदौ ३० गते स्थानिय समय अनुसार करिब बिहान ८ः३० बजे गोडामा गोली लागि घाइते भएको बताइएको छ ।

उक्त गोली दक्षिण सुडानको पिपल्स लिबरेसन आर्मी (एसपिएलए) ले प्रहार गरेको नेपाली सेनाले जनाएको छ । घाइते सैनिकलाई दक्षिण सुडानको राजधानी जुवामा स्थानन्तरण गरी उपचार भइरहेको र हाल उनको अवस्था खतरा मुक्त रहेको छ ।

post image

भदौ ३१, काठमाडौं । फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्।

त्यस्तै, मकाउ इन्टरनेशनल एयरपोर्टबाट १६० उडान रद्ध गरिएका छन्। उक्त क्षेत्रका ९ सय मानिसहरू सुरक्षित स्थानमा १६ वटा अस्थाई टहरामा सरिसकेको चाइना ग्लोबल टेलिभिजन नेटवर्कले जनाएको छ। उक्त आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या २८ पुगेको छ। उत्तरी फिलिपिन्समा विध्वंशकारी आँधीले लुजोन आइल्याण्डमा तहसनहस गरेको बीबीसीले जनाएको छ। उक्त आँधीले ४२ वटा पहिरो तथा ठूलो बाढी निम्त्याएको छ।

यता अमेरिकाको उत्तर र दक्षिण क्यारोलिनामा फ्लोरेन्स आँधीबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। अझै पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन्। प्रभावित क्षेत्रमा फसेका मानिसको उद्धारका लागि ९ हजार ७ सय राष्ट्रिय सुरक्षा सैनिकहरू परिचालन गरिएका छन्।

आँधीबाट ९ लाख ५० हजार भन्दा बढी मानिसहरू अन्धकारमा बस्न बाध्य भएको बीबीसीले जनाएको छ।  २२ हजार मानिस चर्च, विद्यालयलगायतका १५० अस्थानी टहरामा बसिरहेका छन्। नदीतटिय क्षेत्रका बासिन्दाले ठूलो बाढीको सामना गरिरहेको बीबीसीले जनाएको छ। फ्लोरेनस आँधीबाट करिब ४ हजार घरहरू पूर्ण रुपमा नष्ट भएका छन्।एजेन्सी

post image

भदौ २८, काठमाडौँ । दक्षिणी चीनको निकै व्यस्त इलाका स्क्वायरमा पैदलयात्रुमाथि एक कार जोतिँदा ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन् । यसबारे स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हुनान प्रान्तको हेंगयाङ्ग सिटीस्थित बिन्जियाङ स्क्वायरमा बुधबार स्थानीय समयानुसार बेलुका सात बजेर ४० मिनेटमा रातो एसयुभीले मानिसहरु जोतेको बीबीसीले बताएको छ । स्थानीय मिडियाका अनुसार घाइतेमध्ये केहीलाई चक्कुमार्फत हमला गरिएको थियो ।

आपराधिक पृष्ठभूमि रहेका ड्राइभरलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ । यद्यपी, उक्त घटना आतंक फैलाउन गरे नगरेको बारे अझै जानकारी नभएको बताइएको छ । स्थानीय सरकारको बयानमा उक्त घटना नियोजित र मानिसहरुलाई घाइते बनाउने उद्देश्यसहित गरिएको बताइएको छ ।

तीमध्ये केही घुँडा टेकेर सहयोग मागिरहेका देखिएका छन् भने कतिले घाइतेलाई बोकिरहेको पनि देख्न सकिन्छ । पुलिसले एसयुभी ड्राइभरको पहिचान ५४ वर्षे याङ जानयुनको रुपमा गरेको छ । स्थानीय मिडियाका अनुसार याङले हतियार र लागुऔषधको मामलामा जेल सजायँ भोगिसकेका छन् । एजेन्सी
post image

भदौ २७, बंगलादेश । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । करिब २ वर्षअघि यही मैदानमा माल्दिभ्सलाई पराजित गरेको नेपाल आजको खेलमा अर्को इतिहास कोर्ने लक्ष्यमा छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली टिम र खेलाडीको लागि घरेलु मैदान जस्तै हो । यो रंगशालामा नेपालले आफ्नो फुटबलको इतिहास कोेरेको छ । ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल फेरी अर्को इतिहास नजिक छ । साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन ।

यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपालले के ऐतिहासिक छलाङ मार्न सक्ला ? सबै फुटबलप्रेमीमा कौतुहलता बढ्न थालेको छ । त्यसो त, प्रशिक्षक र नेपाली खेलाडीले पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने दाबी गर्दै आएका छन् ।

post image

भदाै २६, काठमाडाैँ । अमेरिकाको पूर्वी तटमा चक्रवात फ्लोरेन्सको खतराका कारण कयौंलाई सुरक्षित स्थानमा लैजाने अभियान चलाइएको छ । यो पछिल्ला थुप्रै दशकको सबैभन्दा भीषण चक्रवात हुनसक्ने अनुमान गरिएको छ ।

साउथ क्यारोलाइनाका गभर्नरले तटीय इलाकामा बसेका सबैलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन् । यस्तै नर्थ कयारोलाइना र भर्जिनियामा आपतकालको घोषणा गरेका छन् । यो खतरनाक चक्रवात बिहिबार क्यारोलाइनामा आउन सक्छ ।

कति खतरनाकः

अधिकारीका अनुसार फ्लोरेन्स अब चौथो श्रेणीको आँधी बनेको छ र योभित्र एक सय ९५ किलोमिटर प्रतिघण्टाको गती भएको हावा चलिरहेको छ । फ्लोरेन्स सोमबार बिहानसम्म दोस्रो श्रेणीको आँधी थियो र यो नर्थ क्यारोलाइनाको दक्षिण पूर्वस्थित केप फियरभन्दा दुई हजार किलोमिटर टाढा थियो ।

मोसम विशेषज्ञका अनुसार यो पाँचौं श्रेणीको आँधी बन्न सक्छ किनभने यसले अटलान्टिकको तातो पानीबाट ताकत पाइरहेको छ । नेशनल हरिकेन सेन्टर (एनएचसी) ले फ्लोरेन्सलाई ‘अत्यधिक खतरनाक’ मौसमी घटना बताएको छ । यसले तटीय र आन्तरिक इलाकामा भारी वर्षा र बाढीका कारण विनास निम्त्याउन सक्छ ।

एनएचसीले भनेको छ, ‘फ्लोरेन्सका कारण घातक प्रभाव पैदा हुनसक्छ । तटीय क्षेत्रमा छाल उठ्न सक्छ र भारी वर्षाका कारण आन्तरिक इलाकामा पानी भरिएका कारण बाढी आउन सक्छ । चक्रवातको शक्तिशाली हावाले विनास निम्त्याउन सक्छ ।’  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो चक्रवातका कारण शुक्रबार मिसिसिपीमा हुने र्याली रद्द गरेका छन् । बीबीसी

post image

भदौ  २५, काठमाडौं ।  जुबा दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्युभएको उक्त क्षेत्रका एक मन्त्रीले पुष्टि गरेका छन्। “आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले बताए। घटनामा चार जनालाई सकुशल उद्धार गरिएको अगुकले बताए।

उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए। एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन। दुर्घटनाग्रस्त विमान व्यवसायिक जहाज भएको मन्त्री अबेलले बताए। मृतकमध्ये अधिकांश इरोलका नागरिक रहेको बुझिएको छ । दुर्घटनापछि इरोल शहर शोकमा डुबेको छ। विमान दुर्घटनापछि इरोल शहरका पसलहरू बन्द भएका छन्।

विमान अवतरण हुने समय बाक्लो हुस्सु लागेको र विमान अवतरणका लागि राम्रो अवस्था नरहेको भन्ने रिपोर्टहरू आफुले पाएको सूचनामन्त्रीले बताए  । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित रेडियो मिरायाले आफ्नो आधिकारिक ट्वीटर पेजमा विमानको भग्नाबशेष पानीमा डुबेको तस्वीर सार्वजनिक गरेको छ।

दक्षिण सुडानमा भारबहन क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने कुरा सामान्य रहँदै आएको गर्दा आइतबारको दुर्घटनाको कारण पनि यस्तै भएको हुनसक्ने विश्वास गरिएको छ । यस पहिले सन् २०१५ मा सोभियत संघ विघटनपूर्व बनेको एन्टोनोभ नामक विमान राजधानी जुबामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।

सन् २०१७ मा विमानसँग दमकल ठक्कर खाँदा धावनमार्गमा नै दुर्घटनाग्रस्त भएको थियो । तर विमानमा यात्रारत सबै ३७ जनालाई सकुशल उद्धार गरिएको थियो। रासस÷एएफपी

post image

भदौ २२, नयाँदिल्ली । बिहीबार दिल्ली पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भेटवार्ता भएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले डोबलसँग झण्डै तीन घन्टा कुराकानी गरेका हुन् ।

 दुई घन्टा भन्दा लामो समय चलेको डिनर मिटिङ मा प्रचण्डले भारतमा रहेको नेपालीहरुबारे कुरा गरेका छन्  । नेपाल र भारत दुबैमा बलियो सरकार रहेको भन्दै उनले भने, ‘यही बेलामा जतिसकिन्छ हामीले सुधार गर्नुपर्छ । नेपालीहरुको समस्या र भारतको संवेदशनीतालाई पनि नेपालले पजि बुझ्ने यो राम्रो अवसर हो ।’

त्यस्तै दुई देशको सम्बन्ध सुधार र दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई समय तालिका बनाएर कार्यान्वयन गर्नेबारे छलफल भएको प्रचण्डले बताएका छन् । ‘भारतीय प्रधानमन्त्रीले नेपालको संसदमा सम्बोधन गर्दा एक खर्ब सहयोग गर्ने भन्नु भएको थियो । यो राम्रोसँग कार्यान्वयन भएको छैन । कार्यान्वयन हुनुपर्‍यो भनेको छु’ प्रवासी नेपालीहरुसँग भएको भेटमा प्रचण्डले भनेका छन् ।

post image

भदौ २१, काठमाडौं । जापानको उत्तरी द्वीप होक्काइडोमा बिहिबार ६.७ तीब्रताको भूकम्पको झट्का महसुस गरिएको छ ।

अमेरिकी भूगर्भविद्का अनुसार भूकम्पको केन्द्र होक्काइडोको मुख्य शहर सप्पोरोबाट ६८ किलोमिटर टाढा दक्षिण पूर्वमा थियो । भूकम्पपछि थुप्रै इलाकामा बिजुली आपूर्ती बन्द भएको छ । सरकारी टेलिभिजन एनएचकेको रिपोर्टमा अत्सुमी शहर नजिकै पहाडी इलाकामा पहिरोपछि १० जनालाई अस्पताल भर्ना गरिएको बताएको छ ।

विहानै ३ बजेर ८ मिनेट जाँदा गएको भुकम्पका कारण पहिरो जाँदा धेरै घरहरु पुरिएक छन् । स्थानीय मिडियाका अनुसार होक्काइडोमा भूकम्पपछि आएको पहिरोका कारण २० भन्दा बढी हराइरहेका छन् । हजारौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको स्थानीय सरकाले जनाएको छ । पहिरो गएका ठाउँहरुबाट हेलिकप्टरमार्फत उद्धार गर्ने काम जारी रहेको छ ।

होक्काइडो इलाकामा रेल सेवा पनि प्रभावित भएको छ । भूकम्पले होक्काइडो र न्यू चिटोस एयरपोर्टमा पनि क्षती पुगेको छ । एजेन्सी

post image

भदौ २१, काठमाडौं । नेपाली फुटबलका लागि बिहीबार भुटानविरुद्धको खेल विशेष महत्वपूर्ण छ। साफ च्याम्पियनसिपमा पहिलो उपाधि जित्ने लक्ष्यसाथ बंगलादेश पुगेको नेपाली टोली मंगलबार पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि अघिल्लो चरण पुग्ने समीकरण कठिन बनेको छ। त्यसैले पनि बिहीबारको खेल नेपालका लागि महत्वपूर्ण छ। टोलीका लागि भुटानविरुद्धको खेल जति महत्वपूर्ण छ, विराज महर्जनका लागि अझ विशेष हुनेछ, व्यक्तिगत रूपमा।

भुटानविरुद्धको खेलबाट रक्षक विराज महर्जन नेपाली राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रूपमा दर्ज हुनेछन्, इतिहासको पानामा। पाकिस्तानविरुद्धको खेलमा राजुकाजी शाक्यको कीर्तिमानसँग बराबरी गरेका विराजले भुटानविरुद्धको खेलसँगै आफ्नो नाममा नयाँ कीर्तिमान बनाउनेछन्। राष्ट्रिय टोलीबाट भुटानविरुद्ध विराजको ६९औं खेल हुनेछ। जुन नेपाली खेलाडीले राष्ट्रिय टोलीबाट खेलेको सबैभन्दा धेरै खेल हो। २००८ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट विराजले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। पोखरामा सम्पन्न उक्त खेलमा उनी अञ्जन केसीको स्थानमा मैदान छिरेका थिए।

‘आफ्नो देशका लागि खेल्न पाउनु गर्वको कुरा हो। व्यक्तिगत रूपमा यो ठूलो उपलब्धि हो किनकि कसैले चाहेर यस्तो उपलब्धि हासिल गर्न सक्दैन। धेरैले क्षमता भए पनि पाउँदैनन्। ‘प्रत्येक खेलमा आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रण गरेर मैदान छिर्छु । इतिहासमा आफ्नो नाम लेखाउन पाउँदा मसँग खुसी व्यक्त गर्ने शब्द छैन । जबसम्म तनमनले साथ दिन्छ तबसम्म राष्ट्रको सेवामा समर्पित हुन्छु । तथापि अब नयाँ खेलाडीका लागि ठाउँ छाड्ने सोचमा छु,’ २०१५ बाट नेपालको कप्तानी सम्हालेका विराज अब बाँकी दुवै खेल जित्दै अन्तिम चारमा स्थान बनाउनेमा विश्वस्त देखिन्छन्, ‘पहिलो खेल हा-यो भन्दैमा हाम्रो यात्रा नै सकियो भन्ने होइन । हामीसँग अझै मौका छ। पाकिस्तानविरुद्ध भएका गल्ती सच्याएर दुवै खेल जित्ने लक्ष्यमा छौं।’

समूह ‘ए’ मा रहेको नेपाल र भुटानले पहिलो खेल गुमाएका कारण बिहीबार दुवै टोली जितका लागि प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ। रक्षापंक्तिले गरेको गल्तीका कारण पाकिस्तानविरुद्ध २–१ को नतिजा बेहोरेको नेपाललाई सेमिफाइनलमा स्थान बनाउन अबका दुवै खेल जित्नैपर्ने हुन्छ। भारतसँग २–० को नतिजा सुम्पिएपछि भुटान पनि ठीक नेपालको जस्तै अवस्थामा छ। नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जन पनि जितको विकल्प नरहेको स्विकार्छन्।

‘हामीले पाकिस्तानसँग हार्छौं भन्ने सोचेको पनि थिएनौं। तर अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भयौं । फुटबलमा ठूला टिम पनि पराजित भइरहेका हुन्छन्। तर बारम्बार गल्ती गर्ने छुट छैन। हामीले आफ्नै गल्तीमा गोल खाएका हौं। खेलको हिसाबले हामीले जितेका हौं,’ नेपालका प्रशिक्षक महर्जनले थपे, ‘हामी पाकिस्तानविरुद्धको गल्ती दोहो-याउने छैनौं। अब समूहचरण पार गर्न हामीलाई जित बाहेकको विकल्प छैन । कुनै पनि हालतमा हामीले भुटानमाथि जित निकाल्नुपर्छ । बंगलादेश र भुटानलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता हाम्रो खेलाडीमा छ। त्यसैले हामी जित्नकै लागि खेल्नेछौं।’

भुटानले बंगलादेशविरुद्ध तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेको थियो। इन्डियन सुपर लिग (आइएसएल) मा मिनरेवा पन्जाबबाट व्यावसायिक फुटबल खेलिरहेका भुटानका २२ वर्षे चेन्चो ग्याल्छेन नेपालका लागि टाउको दुखाइ बन्न सक्छन्। भुटानका प्रशिक्षक ट्रिभोर मोर्गानले समूहचरणको पहिलो खेलमा दुवै टोली पराजित भएका कारण बिहीबारको खेल खुला हुने बताए। नेपालसँग आफ्नो टोलीले नतिजा निकाल्ने विश्वास व्यक्त गरेका प्रशिक्षक मोर्गानले भने, ‘हामी नेपालविरुद्ध अंकका लागि खेल्दै छाैं।’ यसै प्रतियोगिता अन्तर्गत समूह ‘बी’ को खेलमा बुधबार भारतले श्रीलंकालाई २–० ले पराजित गरेको छ। ‘हामीले पाकिस्तानसँग हार्छौं भन्ने सोचेको पनि थिएनौं। तर अन्तिम समयमा सम्हालिन नसक्दा पराजित भयौं । फुटबलमा ठूला टिम पनि पराजित भइरहेका हुन्छन्। तर बारम्बार गल्ती गर्ने छुट छैन।’

post image

भदौ २०,बेइजिङ । अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग दिने घोषणा गरेका छन ।

राष्ट्रपति सीले उक्त आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेका छन र सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको सिएनएनले जनाएको छ ।

यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी मुलुकहरूमा विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ । राष्ट्रपति सीले अफ्रिकामा उक्त प्याकेज बाहेक पनि अन्य क्षेत्रमा पनि सहयोग गर्ने घोषणा गरेको पनि अमेरिकी टेलिभिजन न्यूज च्यानल सिएनएनले जनाएको छ ।

सीले उक्त प्याकेज बाहेक चीन–अफ्रिका व्यापार प्रदर्शनी स्थापना गर्ने, खाद्यान्न सहयोगका लागि एक अर्ब ४६ करोड अमेरिकी डलर सहयोग, अफ्रिकी सामानको चीनमा आयात गर्ने तथा अफ्रिकामा हरित विकास कार्यक्रमका लागि सहयोगको आश्वासनसमेत दिए ।

चिनियाँ राष्ट्रपतिले चीनले अघि सारेको ‘बेल्ट एन्ट रोड इनिसियटिभ’ (बिआरआई)का लागि पनि अफ्रिकी राष्ट्रहरूलाई आह्वान पनि गरेका छन । उनले अफ्रिकी व्यापारीहरूलाई दशौँ खर्ब अमेरिकी डलर भौतिक निर्माणका लागि लगानी गरिने बिआरआईमा लगानी गर्नसमेत आग्रह गरे ।

सन् २००० पछि अफ्रिकी मुलुकहरूले एक खर्ब ३० अर्ब ऋण तथा अन्य सहायता चीनबाट लिएका छन् । उनीहरूले उक्त रकम भौतिक निर्माणसम्बन्धि आयोजनाहरूमा लगाएका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोषले केही समय पहिले अफ्रिका कर्जा सङ्कटको सामना गरिरहेको भनी चेतावनी दिएको थियो । अहिले चीन अफ्रिकासँगको सबैभन्दा ठूलो व्यापारिक साझेदार राष्ट्र हो । अफ्रिकामा चीनपछि क्रमशः फ्रान्स, भारत र अमेरिकाले ठूलो लगानी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले सेनेगल, मौरिसस,रुवाण्डा र दक्षिण अफ्रिकाको भ्रमण गरी उक्त क्षेत्रमा बेइजिङको सहयोगको महत्वपूर्ण उपस्थितिको औचित्य प्रष्ट पार्ने प्रयास गरेका हुन । रासस

post image

भदौ २०, टोक्यो । विगत पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् ।

जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । ठूलो वर्षा सहित आएको सो आँधीको गति २१६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीले घरका छाना उडाएको, पुलमा रहेका ट्रकहरु पल्टाएको र ओसाकाको बन्दरगाहमा रहेको २,५७१ टनको टेङ्कर बगाएको थियो । सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ । यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन् ।

बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ । तर दैनिक ४०० भन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ ।

‘विमानस्थलमा रातभर विद्युत सेवा कटौती गरिएको थियो । यहाँ अति गर्मी थियो,’ उद्धार गरिएकी एक महिलाले भनिन् । ‘आँधीबाट यो स्तरको क्षति भएको यसअघि मलाई कहिल्यै थाहा थिएन ।’

बुधबार बिहानसम्म १२ लाखभन्दा बढी मानिसलाई सतर्क रहन लगातार परामर्श गरिएको अधिकारीहरुले बताएका छन् । बारुणयन्त्र तथा विपद् व्यवस्थापन निकायले करिब २९,६०० जनालाई उद्धारका लागि तयार रहन आग्रह गरेको छ । करिब १६,००० मानिसले रातभर टेन्टमा बिताएका थिए ।

अमेरिकामा पनि आँधीको त्रास 
अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ । अधिकारीहरुले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन् । लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीतूफानका कारण जनधनको व्यापक क्षति भएको थियो ।

गोर्डोन आँधी प्रारम्भमा प्रतिघण्टा १४ माइल रहेकामा पछिल्लो समय ७० माइल प्रतिघण्टा पुगेको छ ।–एएफपी

post image

भदौ १७, काठमाडौं । चार सय ६५ वटा स्वर्ण पदकको टुंगो लगाउँदै १६ दिनसम्म चलेको एसियाली खेलकुद प्रतियोगिताको १८औं संस्करण आइतबार सकिँदै छ। मध्य जकार्तास्थित ७६ हजार दर्शक क्षमताको ऐतिहासिक गेलोरा बुङ कार्नो रंगशालामा एसियाडको भवय समापन समारोह हुने स्थानीय आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन समारोहजस्तै समापन समारोहलाई पनि विश्वासिलो र उल्लासमय बनाउने तयारी भइरहेको आयोजकको दाबी छ। यद्यपि, आयोजक समितिले समापन समारोहको विस्तृत कार्यक्रम भने सार्वजनिक गरेको छैन।

भवय र मनमोहक हुने विश्वास गरिएको समापन समारोहमा अबको चार वर्षपछि आयोजना हुने एसियाली खेलकुदका लागि नयाँ आयोजकलाई एसियाडको झन्डा हस्तान्तरण गरिनेछ। १९औं एसियाली खेलकुद सन् २०२२ मा चीनको ह्याङ्झुमा आयोजना हुँदैछ। समापन समारोहमा पनि खेलाडी, प्रशिक्षण, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीसँगै विभिन्न राष्ट्रका विशिष्ट पाहुनाहरूको समेत उपस्थिति रहने बताइएको छ। कार्यक्रममा सहभागी राष्ट्रका खेलाडीहरूले मार्च पास्ट् पनि गर्नेछन्।

१८औं एसियाडमा एसियाका ४५ राष्ट्रका ११ हजार पाँच सय खेलाडी सहभागी छन्। यसदेखि बाहेक पाँच हजारभन्दा बढी प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीको समेत प्रतियोगितामा सहभागिता छ। यद्यपि, समापन समारोहमा भने ठूलो संख्यामा खेलाडीको उपस्थिति रहनेछैन। आफ्नो खेल सकिएपछि धेरै खेलका खेलाडी, प्रशिक्षक र निर्णायकहरू स्वदेश फर्किसकेका छन्। यसैगरी समापन समारोहमा स्थानीय कला र संस्कृति झल्काउने विभिन्न झाँकी र सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने बताइएको छ। आफ्नो राष्ट्रमा दोस्रोपटक आयोजना भएको एसियाली खेलकुदको समापन समारोहलाई भव्य बनाउन स्थानीय आयोजकले आतिसबाजीसँगै विभिन्न वैज्ञानिक प्रविधिको पनि प्रयोग गर्ने भएका छन्। यसअघि सन् १९६२ मा पनि यही रंगशालामा एसियाली खेलकुदको उद्घाटन र समापन समारोह आयोजना भएको थियो।

एसियाली खेलकुदको इतिहासमा पहिलोपटक एउटै राष्ट्रको दुई ठूला सहर जकार्ता र पालेम्बाङमा प्रतियोगिता आयोजना भएको हो। प्रतियोगिताको मुख्य उद्घाटन समारोह जकार्तामा गरिए पनि यहाँबाट करिब एक हजार चार सय किलोमिटर ढाटा रहेको अर्को खेलस्थल पालेम्बाङमा समेत छुट्टै कार्यक्रम आयोजना गरिएको थियो। तर, समापन समारोह भने जकार्तामा मात्र गरिने बताइएको छ। यसैगरी समापन समारोहमा केही विशिष्ट अथितिहरूले आफ्नो मन्तव्य पनि राख्ने कार्यक्रम छ। प्रतियोगिताको उद्घाटन समारोहमा इन्डोनेसियाका ओलम्पियन खेलाडीहरूले बालेको ‘एसियाड ज्योति’ पनि समापन समारोहमा निभाइनेछ। यसरी १६ दिनसम्म चलेको १८औं एसियाडको समापन समारोह चार वर्षपछि चीनमा भेट्ने वाचा गर्दै समाप्त हुनेछ।

जारी एसियाडमा सहभागी चार सय ६५ मध्ये शनिबारसम्म चार सय ६४ वटा स्वर्ण पदकको टुंगो लागिसकेको छ। प्रतियोगिताको अन्तिम दिन आइतबार केवल एउटा स्वर्ण पदकको टुंगो लाग्नेछ। अन्तिम दिन ट्रायथलनको मिक्स स्पर्धा बाँकी छ। १८औं एसियाडमा एक सय ८७ जना खेलाडीलाई सहभागी गराएको नेपालले प्याराग्लाइडिङमा एउटा रजत पदक जितेको छ।

post image

भदौ१६,काठमाडौं। बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा यातायात मन्त्री इभायलो मोस्को भस्की आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभ तथा क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभ छन् । गत शनिबार पश्चिमी बुल्गेरियामा भएको बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।

प्रधानमन्त्री बोयको बोरिसोभले तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन् । दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएका बताइएको छ । दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

post image

भदौ १५, काठमाडौं ।बिम्स्टेक सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच  भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा दुर्इ नेताले अापसी हितका साथै द्वीपक्षीय सम्बन्धको विषयमा चर्चा गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भेटमा दुवै नेताले दुर्इ देशबीच अार्थिक साझेदारीका विषयमा चर्चा गरेका थिए।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग समेत शिष्टाचार भेट गरेका छन्। बिम्स्टेक साइडलाइनमा भएको भेटवार्तामा अापसी हित र द्वीपक्षीय साझेदारी बढाउने विषयमा छलफल भएको थियो।

post image

भदौ १४, मेक्सिको सिटी । मेक्सिकोको कानकुन सहरमा बुधबार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ । सञ्चार माध्यमका लागि कुख्यात मानिएको मेक्सिकोमा सन् २०१८ को आठ महिनाभित्रै आठ जना पत्रकारको हत्या भएको छ ।

जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे ।  टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टी गरेको जनाएको छ ।

क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ । उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो ।

कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ ।

दुई महिनाको अवधिभित्रै क्वीन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन् । यसअघि जुलाई महिनामा प्लाया न्यूजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो ।  यसै वर्ष जुन २९ मा क्वीन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो । उनी पनि प्लाया न्यूज अखबरमा संवाददाताको रुपमा कार्यरत थिए ।

गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए । विभिन्न वाकस्वतन्त्रता पक्षधर संस्थाहरुका अनुसार, सन् २००० यतामात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको छ । अधिकांश यी जघन्य अपराधका दोषीमाथि कारबाही नभएको यी संस्थाहरुको भनाई छ । –एएफपी

post image

भदौ १३, काठमाण्डौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले ओमान सामु २ सय २३ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । पाँचौ विकेटका लाागि सागर पुन र आरिफ शेखले ९२ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक स्कोर बनाउन सफल भयो । नेपालको ईनिङसमा सागर पुनले उत्कृष्ट प्रर्दशन गरे ।

४९ औँ ओभरमा रनआउट हुनुअघि उनले ८३ रन जोडे । ज्ञानेन्द्र मल्लले ४५ र आरिफ शेखले ३६ रन बनाए । मात्र ८ बलको सामना गरेका करण केसी २६ रनमा नटआउट रहे । क्वालालाम्पुरस्थित बायोमास ओभल मैदानमा टस जितेको ओमानले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको नेपालको सुरुवात भने कमजोर रहेको थियो । ८० रन जोड्न ४ विकेट गुमेको अबस्था सम्हाल्दै पुन र शेखले नेपालको ईनिङस उकासेका थिए ।

ओपनर सुवास खकुरेलले ४ , कप्तान पारस खड्काले ८ सोमपाल कामीले ५ तथा र दिपेन्द्र सिंह ऐरीले ९ रन बनाए । रोहित कुमार पौडेल र बसन्त रेग्मीले खाता खोल्नै सकेनन् ।  यसैबीच २ सय २३ रनको लक्ष्यसहित ओमानले केहिबेरमा जवाफी ब्याटिङ थाल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

post image

भदौ ११,फ्लोरिडा ।  अमेरिकाको फ्लोरिडामा रहेको एक मनोरन्जन कम्पलेक्समा सामूहिक गोली प्रहार भएको छ । उक्त गोलीबारीमा परेर  दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति बाल्टिमोरका २४ वर्षीय डेभिड काट्ज रहेको बताएको छ। आक्रमणका क्रममा उनी आफैले आफैमाथि गोली चलाएको अधिकारीहरुले बताएका छन। अनुसन्धानका क्रममा काट्जले एउटा मात्र पेस्टोल प्रयोग गरेको खुलेको छ।

ज्याक्सनभिल्ला ल्यान्डिङमा भिडियो गेम प्रतियोगिता भइरहँदा गोली चलेकोबताइएको छ।प्रतियोगितामा पराजित भएका कारण उसले गोली प्रहार गरेको भन्ने कुराको भने प्रहरीले खण्डन गरेको छ। प्रहरीले उक्त घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको बताएको छ।

post image

भदौ ११, काठमाण्डौं । अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस)का नेतासहित १० जना मारिएका छन्। अमेरिका तथा अफगानी सेनाको संयुक्त हवाइ आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

मारिने नेता आबु साद इरहाबी रहेको बीबीसीले उल्लेख गरेको छ। आफगानिस्तानमा सन् २०१४ यता सक्रिए रहेका आइएसका नेता मारिएको यो चौथौं घटना भएको अधिकारीहरुले जनाएका छन्। आइएस तथा तालिवानी आतंककारी समूहले अफगानिस्तानमा विभिन्न समयमा आक्रमण गर्दै आएका छन्। जसका कारण त्यहाँ सयौं सर्वसाधारणहरु मारिएका छन्।

 

post image

भदौ १०,काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै सुविधासम्पन्न प्रधानमन्त्री निवासमा नबस्ने घोषणा गरेका छन् । सरकारी स्तरमा फजुलखर्च र देखावटीलाई अंकुश लगाउन उनले अर्को घोषणा गरेका छन् ।

इमरानले विदेशी र घरेलु यात्राका लागि विशेष विमानको प्रयोग नगर्ने बताएका छन् । पाकिस्तानको नयाँ सरकारले नेता, मन्त्री, न्यायाधिस र सरकारी अधिकारीलाई  विमानलाई पहिलो दर्जा (फर्स्ट क्लास) मा यात्रा गर्न पनि रोक लगाएको छ । यो सूचीमा राष्ट्रपति र प्रधानमन्त्री पनि समावेश छन् ।

समाचार एजेन्सी पिटिआईले पाकिस्ताका सूचना मन्त्री फवाद चौधरीलाई उद्धृत गर्दै भनेको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीसमेत सबै सरकारी अधिकारी, मुख्य न्यायाधिस, सिनेटका अध्यक्ष, राष्ट्रिय सभाका प्रवक्ता र मुख्यमन्त्री क्लब–बिजनेस क्लासमा यात्रा गर्नेछन् ।’

पाकिस्तानको अर्थव्यवस्था धराशयी छ । पाकिस्तानको मुद्रा लगातार कमजोर भइरहेको छ र देश ऋणमा डुबिरहेको छ । आर्थिक स्थितीलाई सुधार गर्नु नयाँ सरकारका लागि सबैभन्दा ठूलो चुनौती मानिएको छ ।

पाकिस्ताको आम निर्वाचनको नतिजाको घोषणालगत्तै देशको नाममा पहिलो सम्बोधनमा नै इमरान खाने सरकारी खर्चमा कटौतीको सन्देश दिएका थिए ।इमरान खानले भनेका थिए, ‘सरकार निकै साधारण हुनेछ । नेताहरुले आफूमाथि अत्यधिक रकम खर्च गर्ने गर्छन् । करदाताहरुको रकम अनावश्यक रुपमा अत्यधिक खर्च गरिदिन्छन् । म देशको करको रक्षा गर्नेछु ।’बीबीसी

post image

भदौ ८,काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध महाभियोग लगाइने अनुमान गर्दै यस्तो प्रकारको कुनै पनि कदमले अर्थव्यवस्थालाई गहिरो हानी हुने चेतावनी दिएका छन् । फक्स एण्ड फ्रेन्डलाई दिएको अन्तर्वार्तामा ट्रम्पले यस्तो गरिए बजार धराशायी हुने र ‘हरेक व्यक्ति गरिब हुने’ बताएका छन् ।

सायद यो पहिलो मौका हो जब महाभियोगको सम्भावनाबारे ट्रम्पले यति खुलेर कुराकानी गरेका हुन् ।डोनल्ड ट्रम्पका पूर्व वकिल माइकल कोहेनले चुनाव अभियानसँग जोडिएको वित्तिय नियमको उल्लंघन गरेको स्विकार गरेका थिए ।

कोहेनले अदालतमा यो पनि भनेका थिए कि उनलाई यस्तो गर्न ट्रम्पले नै निर्देशन दिएका थिए ।यद्यपी, पत्रकारको मान्यता अनुसार ट्रम्पका विरोधीले नोभेम्बरको मध्यावधी चुनावअघि उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने सम्भावना निकै न्यून छ ।

ट्रम्पले बजार धराशायी हुने कुरा किन गरिरहेका छन् ?

ट्रम्पले उक्त अन्तर्वार्तामा भने, ‘जसले यति धेरै राम्रो काम गरिरहेको छ, ती व्यक्ति विरुद्ध महाभियोग कसरी लगाउन सकिन्छ, त्यो मलाई थाहा छैन । म तपाईंलाई भनिरहेको छु कि यदि मेराविरुद्ध महाभियोग लगाइयो भने बजार धराशायी हुनेछ । मलाई लाग्छ कि त्यसपछि हरेक व्यक्ति निकै गरिब हुनेछन् ।’

ट्रम्पले ती पैसाबारे के भने ?

ट्रम्पका पूर्व वकिल कोहेन वित्तिय गडबडीको कुरा स्विकार गरिरहेका छन् तर ट्रम्पले यी आरोपलाई अस्विकार गदै आएका छन् । उनका अनुसार ती पैसाले चुनावी अभियानमा कुनै असर पारेको छैन ।

FOX & friends

@foxandfriends

“I don’t know how you can impeach somebody who’s done a great job. I tell you what, if I ever got impeached, I think the market would crash.” –President @realDonaldTrump

डोनल्ड ट्रम्पमाथि पोर्न स्टार स्टोर्मी डेनियल्स र प्ले ब्वई म्यागजिनकी पूर्व मोडल केरन म्याकडोगललाई पैसा दिएको आरोप छ । ट्रम्पका अनुसार उनले चुनावी अभियानको नभई आफ्नो नीजि पैसा उनीहरुलाई दिएको जानकारी दिए ।

पछिल्लो महिना कोहेनले एक अडियो टेप जारी गरेका थिए जसमा डोनल्ड ट्रम्प स्टोर्मी वा कैरनमध्ये एकलाई चुनावअघि ‘भुक्तानी’ गर्नेबारे कुरा गरिरहेको सुन्न सकिन्छ ।

के यी पैसाले चुनावमा असर पारेको थियो ?

गोप्य तरिकाले गरिएको उक्त भुक्तानीबारे अमेरिकाको चुनाव आयोगलाई बताइएको थिएन । महत्वपूर्ण प्रश्न यो हो कि ट्रम्पको व्यक्तिगत छवि बचाउनका लागि उक्त पैसा दिएका थिए  वा राष्ट्रपति पदका उम्मेद्वारको रुपमा उनको छवि बचाउनका लागि ?

अमेरिकी चुनावको नियम अनुसार मतदातालाई प्रभावित गर्ने जुनसुकै भुक्तानीबारे चुनाव आयोगलाई बताउन आवश्यक छ ।

अब यदि डोनल्ड ट्रम्पमाथि यी पैसाबारे मुद्दा चले त्यो सामान्य अदालतबाट नभई  संसदमा महाभियोग प्रस्तावमार्फत चल्नेछ । किनभने उनी अहिलेका राष्ट्रपति हुन् । यस्तोमा अनुसन्धानकर्ताहरुले ट्रम्पले वास्तवमा नै चुनावलाई प्रभावित गर्नका लागि नै कोहेनलाई पैसा दिएका हुन् भनी पुष्टि गर्नुपर्ने हुन्छ ।

के ट्रम्प आफ्नै कुराबाट मोडिए ?

ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई दिएको पैसा बारे पहिलो पटक सन् २०१८ को अप्रिलमा सार्वजनिक तरिकाले बोलेका थिए । त्यतिबेला उनले स्टोर्मीलाई १० लाख डलरको भुक्तानी गरेको आरोपलाई ठाडो अस्विकार गरेका थिए । पत्रकारले ट्रम्पलाई जब यसबारे सोधेका थिए तब उनले स्पष्ट रुपमा भनेका थिए, ‘मलाई थाहा छैन ।’

अब उनै ट्रम्पले भनिरहेका छन् कि पैसाको यो लेनदेनबाट चुनावी अभियानमा कुनै असर परेन । ट्रम्पको पार्टी अर्थात् रिपब्लिकन पार्टी अमेरिकी संसदको दुबै सदनमा  बहुमतमा छ । यस्तोमा विपक्षी डेमोक्रेटिक पार्टीका लागि नोभेम्बर ६ को मध्यावधि चुनावअघि ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउन मुश्किल हुनेछ ।

हाउस अफ रेप्रिजेन्टेटिभः

कुनै पनि सदस्यले सदनमा महाभियोग प्रस्ताव ल्याउन सक्छ यदि राष्ट्रपतिविरुद्ध भ्रष्टाचार, राजद्रोह वा कुनै गम्भीर अपराधको शंका भए ।

यदि सदनमा महाभियोगमाथि ५१ प्रतिशत बहुमत बन्न भने त्यो अघि बढ्छ । मुद्दा सुरु हुनेछ जसका सुनुवाई सर्वोच्च अदालतका प्रधान न्यायाधिसले गर्नेछन् । राष्ट्रपतिले आफ्नो बचाउका लागि वकिला राख्न सक्छन् ।बिबिसी

post image

भदौ ६,काठमाडौँ ।  युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफए ले इंगलिस फुटबलर डेभिड बेकहमलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने भएको छ।फुटबलमा पुर्‍याएको योगदान र उनले मानव हितमा गरेको कार्यको कदर गर्दै युएईएले बेकहमलाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गर्न लागेको हो।

युइएफए का अध्यक्ष एलेक्जान्डर केफेरिनले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टारलाई फुटबलका सच्चा आदर्श भनेका छन्। ‘उत्कृष्ट खेलाडीहरुले जितेको यो अवार्डको लिस्टमा म पनि पर्न पाउादा म एकदमै गौरवान्वित भएको छु।’ युनिसेफका एम्बासडर तथा मेजर सकर लिग (एमएसएल) टिम माएमीका मालिक समेत रहेका बेकहमले भने।

युरोपियन च्याम्पियन्स लिगमा १०० खेल खेल्ने बेकहम पहिलो इंगलिस पुटबलर हुन्। सन् १९९९ मा म्यानचेष्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा जिताउन बेकहमले पनि योगदान गरेका थिए। बेकहमले युनिसेफ र बालबालिकाको लागि काम गर्ने युनाइटेड नेशन एजेन्सीसँग मिलेर सेभेन फण्ड समेत सार्वजनिक गरेका छन् जसले एल शाल्भाडोर, इन्डोनेसिया, नेपाल र उगान्डामा काम गर्छ।

वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्ड उत्कृष्ट उपलब्धी, व्यावसायीक उत्कृष्टता र यदाहरणिय काम गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ। गत वर्ष इटली तथा एएस रोमाका लेजेण्ड फ्रान्सेस्को टोटीले यस अवार्ड पाएका थिए।

post image

भदौ ५, काठमाडौँ । पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए।

आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्। उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा बस्नेछन्।

अहिलेको प्रधानमन्त्री निवासमा ५ सय २४ कामदार र ८० बुलेटप्रुफ कार छन्। इमरानले आफूले २ जनामात्र कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन्। ‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार छन्, उड्नलाई हेलिकप्टर र जहाज छन्। हाम्रा गभर्नरका आलिसान निवास छन्। एकातिर हामीसँग जनताका लागि खर्च गर्ने पैसा छैन। अर्कातिर एउटा वर्ग छ जो हामीमाथि उपनिवेश जमाउनेहरू जसरी बस्थे त्यसैगरी बसिरहेका छन्,’ इमरानले भने।

उनले प्रधानमन्त्रीसहित उच्चपदस्थको विदेश भ्रमणमा अनावश्यक खर्च भइरहेको बताएका छन्।‘प्रधानमन्त्रीको विदेश भ्रमणमा कति पैसा खर्च हुन्छ?  ६५ करोड पाकिस्तानी रूपैयाँ कहाँ खर्च हुन्छ? सभामुखलाई छुट्याइएको १६ करोड रुपैयाँ उनी केमा खर्च गर्छन्? के उनीहरू राज्यविस्तार गर्न विदेश जान्छन्?,’ इमरानको प्रश्न छ।

खानले दुइटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती किन्न निमन्त्रणा गरेका छन्। उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउने बताए। इमरानले प्रधानमन्त्री निवासको जग्गा र सम्पत्तिमा अनुसन्धान विश्वविद्यालय बनाउने आफ्नो चाहना रहेको उल्लेख गरे।

 

post image

भदौ ४,काठमाडौं । इन्डोनेसियाको लामबोक द्वीपमा आइतबार भूकम्पका झट्काहरु महसुस गरिएपछि मानिसहरु त्रसित बनेका छन् । यहाँ ४० मिनेटमा तीन ठूला झड्का महसुस गरिएको छ  ।

आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ ।पहिलो भूकम्प ६.३ म्याग्निच्यूडको थियो जसका कारण बेलांटिंग इलाकामा थुप्रै घर धरासाई भएको छ ।

पहिरोका कारण द्वीपको पूर्वी भूभागमा भूकम्प गएको बताइएको छ । भूकम्पका कारण डराएका मानिसहरु घर र अफिस बाहिर निस्किएका थिए  । त्यसपछि यसै इलाकामा ७.० तीब्रताको अर्को एउटा भूकम्प आयो । उक्त भूकम्पको क्षतीको विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

यसअघि यहाँ अगस्ट ५ तारिखमा ६.९ तीब्रताको भूकम्प आएको थियो जसका कारण  चार सय ६० को मृत्यु भएको थियो । साथै, जुलाई २९ तारिखमा पनि ६.४ म्याग्नेच्युडको भूकम्प आएका थियो जसपश्चात् पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।एजेन्सी

post image

भदौ ३,काठमाडौँ। कुख्यात डन दाउद इब्राहिमका सहयोगीलाई लन्डन प्रहरीले पक्राउ गरेको छ। शुक्रबार लन्डनको एक होटेलबाट जवीर मोतीलाई पक्राउ गरेको हो।

मोती पाकिस्तानी नागरिक हुन्। उनी दाउदको ‘डी कम्पनी’का आर्थिक विभाग प्रमुख रहेको खुलेको छ।  भारतीय सञ्चार माध्यम का अनुसार  उनी १० वर्षे भिसा लगाएर लन्डनमा बस्दै आएका थिए।

सन् १९९३ मा मुम्वईमा भएको बम काण्डमा दाउद प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। बम विस्फोटमा २५० जनको ज्यान भएको थियो। हत्या, लागूऔषध तस्करी लगायत अपराधमा पनि दाउदको संलग्नता रहेको प्रहरीको दाबी छ।

post image

भदौ ३, काठमाडौं   फिजीको टोङ्गा टापु क्षेत्रमा शक्तिशाली भूकम्प गएको नेपाली समयानुसार बिहान बजेर २२ मिनेटमा . म्याग्निच्यूडको भूकम्प गएको हो  

अमेरिकाको भूगर्भ सर्भे विभागका अनुसार यसको केन्द्र प्रशान्त महासागरमा जमिनबाट ५६० किलोमिटर तल थियो यो स्थान तवेनी ज्वालामुखीबाट करिब २४४ किलोमिटर टाढा रहेको  
भूकम्पपछि प्रशान्त सुनामी केन्द्रले सुनामी आशंकालार्इ इन्कार गरिदिएको  यस भूकम्पबाट अहिलेसम्म धनजनको क्षति भएको जानकारी प्राप्त भइसकेको छैन  एजेन्सी

post image

भदौ २,पाकिस्तान। पाकिस्तानका १९ औं प्रधानमन्त्रीमा चयन  हुनुभएका पूर्व क्रिकेटर तथा नेता इमरान खानले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।  राष्ट्रिय सभामा हिजो भएको निर्वाचनमा बहुमत ल्याएपछि खान प्रधानमन्त्रीमा चयन हुनुभएको हो । सन् १९९२ को विश्वकप बिजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याईएको छ ।

सन् १९९२ को विश्वकप बिजेता पाकिस्तानी टोलीका सबै सदस्यलाई कप्तान खानको प्रधानमन्त्रीको सपथ कार्यक्रममा निम्त्याईएको छ । यसैगरि भारतीय क्रिकेट लिजेन्ड कपिल देव, सुनिल गवास्कर र नवोजोत सिंह सिद्दुलाई पनि सपथ कार्यक्रमको अतिथिको रुपमा आमन्त्रण गरिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

२० बर्षदेखि सक्रिय राजनीतिमा लागेका ६५ बर्षीय खानले पाकिस्तानको आर्थिक स्थितिमा सुधार ल्याई नयाँ पाकिस्तान बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

post image

भदौ २ भारत । भारतको केरला राज्यमा आएको बाढी तथा पहिराेमा परी मृत्यु हुनेको संख्या ३२४ पुगेको छ । २ लाखभन्दा बढी घरबारविहीन भएका छन् । केरलामा विगत १० दिनदेखि निरन्तर वर्षा भइरहेको छ । जुन विगत १ सय वर्षयताकै ठूलो भएको बताइएको छ । खासगरी केरलाका १३ जिल्ला बाढी तथा पहिराेबाट प्रभावित छन् । शुक्रबार केरलाका मुख्यमन्त्री पिनारायी विजयनले दिएको तथ्यांक अनुसार बाढी तथा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३२४ पुगेको छ ।

‘केरला बाढीका कारण एक शताब्दी यताकै सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ’, मुख्यमन्त्री पिनारायीले ट्वीट गर्दै भनेका छन्, ‘विगत दश दिनमा मृत्यु हुनेको सङ्ख्या ३२४ जना पुगेको छ ।’ बिहीबारसम्मको तथ्यांकको तुलनामा शुक्रबार सरकारी अधिकारीबाट प्राप्त भएको मृतक संख्या ३ गुणाले वृद्धि भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

झण्डै २ लाख बाढीका कारण विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा आश्रय दिएर राखिएको छ । बाढीले कारण उक्त क्षेत्रको खेतीवाली नराम्रोसँग प्रभावित भएको छ । त्यहाँको मौसम विभागले वर्षा अझै  केही दिन जारी रहने भएकाले सतर्क रहन आग्रह गरेको छ । वर्षापछि सडकसँगै हवाई उडान समेत प्रभावित भएका छन् । केरलाको मुख्य विमानस्थल २६ अगस्टसम्म बन्द हुने अपेक्षा गरिएको छ ।

post image

भदौ १, काठमाडौं । भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको आज दिउँसो ४ बजे दिल्ली स्मृती स्थलमा अन्तिम संस्कार गरीने भएको छ । बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको छ । । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको ‘लाईफ सपोर्ट सिष्टम’ मा राखेर विषेश उपचार प्रयास गरिएपनि उनलाई बचाउन सम्भव भएन । निधन भईसकेपछि स्वर्गीय भारतीय पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ दिल्लीमा रहेको कृष्ण मोहन मार्गस्थित उनको निवासमा राखिएको छ ।

स्वर्गीय भारतीय पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको पार्थिव शरीरलाई हिजै एम्सअस्पतालवाट उनको निवासलगिएको थियो ।
एम्सले पत्रकार सम्मेलनमार्फत भनेको छ, ‘उहाँलाई वचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन सकेन । उनको साँझ ५ बजेर ५ मिनेटको समयमा निधन भएको छ ।’ यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजी को निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन् ।

भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । ९३ वर्षीय वाजपेयीका एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो । मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

स्वर्गीय भारतीय पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको पार्थिव शरीरलाई आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भारतीय जनता पार्टीको दिन दयाल उपाध्याय मार्गमा रहेको केन्द्रिय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका राखीने छ। त्यसपछि आजै उनको आजै ४ बजे दिल्ली स्मृती स्थलमा अन्तिम संस्कार गरीने छ । बाजपेयिको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि घरमै र पार्टी कार्यालयमा राखीने छ ।

post image

साउन ३१,काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था नाजुक बनेको छ। पछिल्लो २४ घन्टायता स्वास्थ्य अवस्था थप नाजुक भएपछि वाजपेयीलाई ‘लाइफ सपोर्ट’मा राखिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

९३ वर्षीय वाजपेयी पछिल्लो ९ हप्तायता अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा उपचाररत छन्। बुधबारदेखि वाजपेयीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ रहेको एम्सले जनाएको छ।

तीनपटक भारतको प्रधानमन्त्री भएका वाजपेयीलाई बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदी, रेल्वे मन्त्री पियुष गोयल लगायतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। मोदीले करिब एक घण्टा वाजपेयीसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। वाजपेयी भारतीय जनता पार्टीका संस्थापकमध्येका एक हुन्।

post image

साउन ३१,काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको  आत्मघाती बम आक्रमणमा ४८ जनाको मृत्यु भएको छ ।  पढाई भइरहेको समयमा भएको सो आक्रमणमा परी अन्य ६७ जना घाइते भएको  स्थानीय अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मृत्यु भएका अधिकांश विश्वविद्यालयको प्रवेश परीक्षा तयारी गर्न गएका किशोरहरु रहेको स्थानीय प्रहरीले जनाएको छ । शिया मुसलमानको बाहुल्य क्षेत्रमा भएको आक्रमण कसले गराएको भन्ने यकिन नभएको बीबीसीले उल्लेख गरेको छ ।

तालिवानी विद्रोहीले आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएपछि घटनामा इस्लामिक स्टेट आइएसको संलग्नता रहेको आशंका गरिएको छ । यसअघि हिजो बिहान उत्तरी प्रान्त बाग्लानस्थित एक सैन्य अड्डामा  भएको आक्रमणमा ९ प्रहरी र ३५ जना सैनिक मारिएका थिए ।

post image

साउन ३०,रोम । इटलीको जेनोवा शहरमा पुल भत्किँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। मोरान्डी पुलको २०० मिटर खण्ड एक्कासी भत्किएर खसेको थियो। सो समयमा ३० देखि ३५ सवारी साधान सो पुलमा थिए। घटनामा गम्भीर घाइते भएका पाँच जनाको उपचार अस्पतालमा भइरहेको छ।

धेरै मानिसहरू कुच्चिएका गाडीभित्रै छन्।  फसेका मानिसहरूलाई बाहिर निकाल्नका लागि रातभरि राहत र उद्धार कार्य जारी रहेको छ । तीन सय उद्धारकर्मीले कुकुरको मद्दतले फसेका मानिसहरूको खोजी गरिरहेका छन्।

भारी वर्षाका बीच आँधीबेहरी आएका बेला पुल भत्किएको हो। स्थानीय सयअनुसार बिहान झन्डै साढे ११ बजे पुल भत्किएको थियो। शहरमा एउटा प्रमुख राजमार्गमा रहेको उक्त पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि यसको मर्मतसंभार गरिएको थियो।

post image

साउन २९,लण्डन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हुँदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो ।

प्रतिवेदनमा विश्वका १० वटा शरहलाई एक दुई तीन गरी अङ्कित गरिएको छ । प्रथम स्थानमा ९९.१ अङ्क प्राप्त गरी भियना प्रथम स्थानमा रहेको छ । अस्ट्रेलियाको मेलबोर्नले ९८.४ अङ्क प्राप्त गरी दोस्रो स्थानमा परेको छ । मेलबोर्न विगत सात वर्षदेखि लगातार पहिलो स्थानमा रहँदै आएको थियो । तेस्रो स्थानमा जापानको ओसाका सहर परेको छ ।

क्यानाडाको क्यालगरी चौथो स्थानमा, अष्ट्रेलियाको सिड्नी पाँचौ स्थानमा, क्यानाडाकै भ्यानकोभर र टोरन्टो क्रमशः छैटौं र सातौं स्थानमा, जापानको टोकियो आठौं, डेनमार्कको कोपनहेगन नवौं र अष्टे«लियाको एडिलेड दशौं स्थानमा परेका छन् । उत्कृष्ट १० स्थानमा परेका यी शहरलाई हेर्दा अष्ट्रेलिया र क्यानाडामा तीन तीन शहरहरु परेका छन् ।

भिएना अष्ट्रेलियाको मेलबोर्न शहरलाई पछि पार्दै आगाडि पहिलो नम्बरमा आएको छ । भिएनामा अपराधमा कमी आएको, यातायातको सुविधा, शिक्षा र स्वास्थ्य सुविधा जस्ता कुरा लगायत राजनीतिक स्थायित्वको कारण पनि बस्न लायक शहरको पहिलो स्थानमा परेको बताइएको छ ।

बस्न अयोग्य शहरको सूचीमा पहिलो नम्बरमा सिरियाको राजधानी दमास्कस रहेको छ । यस्तै, बङ्गलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराची र पपुवा न्यु गिनीको पोर्ट मोरेस्बी पनि बस्न अयोग्यको सूचीमा रहेका छन् । पाँच वर्षयता अबिद्जान, हनोइ, बेलग्रेड र तेहरान सहरले भने विकासको फड्को मारेका छन् । –एएफपी

post image

साउन २८,काठमाडौँ। सिरियाको उत्तर पश्चिमस्थित इदलिव प्रान्तको एक हतियार भण्डारण केन्द्रमा विस्फोट भएको छ । उक्त बिष्फोटमा परी ३९ जनाको ज्यान गएको छ। मारिनेमा १२ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ।

विस्फोटमा परी केही मानिस हराइरहेको बताइएको छ। इदलिव विद्रोहीहरुको पकड रहेको क्षेत्र हो। हतियार तस्करहरूले हतियार भण्डारण गरेको स्थानमा विस्फोट भएको सञ्चारमाध्यहरुले जनाएका छन्।

विस्फोटबाट भवन भग्नावशेषमा परिणत भएको छ। उक्त भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भई आएको मानिसहरूले आश्रण लिइरहेको बताइएको छ। बेलायतस्थित सिरियाली पर्यवेक्षक समूह सिरियन अव्जटरभेटरी ह्युमन राइट्सले हराइएका व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

post image
साउन २७,अमेरिका।  अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ। यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन्।

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३.३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो। यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ।

यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ। सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल (कोरोना) मा प्रवेश गर्ने गरी डिजाइन गरिएको छ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ। नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ। यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ। रासस/एएफपी

post image

साउन २७, काठमाडौँ । एनआरएनए एससीसी एनएस डब्लु अष्ट्रेलियाले अष्ट्रेलियाको सिड्नीमा दौडको आयोजना गरेको छ । भिजिट नेपाल २०२० लाई प्रवर्द्दन गर्ने मुख्य उदेश्यका साथ यो  दौडको आयोजना गरिएको हो ।

” सिटी टु सर्फ फन रन २०१८” नाम दिईएको यस दौडमा करिब ९० हजार को सहभागिता रहेको छ  ।जसमा २०० जना नेपालीहरुको सहभागिता रहेको एनआरएनए एससीसी एनएस डब्लु अष्ट्रेलियाले जनाएको छ ।१४ किलोमिटरको यस दौड एलिजाबेथ स्ट्रिट बाट सुरु भएर बोन्डे बीचमा गएर सकिनेछ    ।

नेपाललाई प्रवर्द्दन गर्ने यो उपयुक्त तरिका भएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ । बिदेशी मुलुकमा रहेर आफ्नो मातृभूमी नेपाललाई प्रवर्द्दन गर्न पाउँदा खुशी लागेको पनि एनआरएनएले जनाएको छ । यस दौडलाई हेरौं तस्बिरमा :