अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज

३ भदौ, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । […]

योग प्राकृतिक चिकित्सा, आयुर्वेद र जडिबुटीको पाठ्यक्रम तयार

३ भदौ, काठमाण्डौं योग बिज्ञान, प्राकृतिक चिकित्सा बिज्ञान, आयुर्वेद र जडिबुडीका बिषयमा पाठ्यक्रम तयार भएको छ । यसरी तयार भएको पाठ्यक्रम तत्कालैं अध्यापनको व्यवस्था गर्न शिक्षा, बिज्ञान तथा प्रविमिन्त्री गिरीराजमणी पोखरेलले प्रतिद्धता जनाएका छन । योग प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी कार्यक्रमको आवश्यकता पहिचान, पाठ्यक्रम निर्माण परिमार्जन तथा कार्यक्रम सञ्चालन सम्बन्धमा सुझाव दिन गठित समितिले […]

नक्कली प्रमाणपत्र रहेको अभियोगमा शिक्षक बिरुद्ध आरोपपत्र

४ भदौ, काठमाडौ चन्द्रसूर्य आधारभूत विद्यालय, सिंजा, जुम्लाका शिक्षक बीरबहादुर बुढा विरूद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । शिक्षक बुढाको आईएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने व्यहोराको उजुरीमा अनुसन्धान हुँदा निजले बिहार स्कुल परीक्षा बोर्ड पटना, भारतबाट प्राप्त इन्टरमिडिण्ट तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोप छ । प्रावि राहत अनुदान […]

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ हुदै

२ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा मेडिकल एजुकेसन करियर एक्स्पो २०१९ आयोजना हुने भएको छ । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा एक्स्पो आयोजना हुने छ । नेपालमा पहिलो पटक आयोजना […]

गण्डकी प्रदेशमा पूर्वाधार सम्मेलनको छलफल एवं अन्तरक्रिया

१ भदौ, काठमाडौ नेपाल पूर्वाधार सम्मेलनको पूर्व तयारी स्वरुप गण्डकी प्रदेशको पोखरामा श्रावण ३१ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा प्रदेश उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गिरीधरी शर्मा पौडेल, योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकरप्रसाद शर्माले प्रदेशको सम्भावना तथा आवस्यकताका […]

प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्ष घुस सहित नियन्त्रणमा

१ भदौ, काठमाडौं श्री सिद्धार्थ माध्यमिक विद्यालय पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय घुस रकम सहित पक्राउ परेका छन । अध्यक्ष गिरी र सोही विद्यालयका प्रधानाध्यापक उपाध्यायले शिक्षकको सरुवा सहमती तथा रवाना गरीदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिएको […]

काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा स्टिम प्रशिक्षण

१ भदौ, काठमाडौं कोटेश्वरस्थित काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल रोबोटिक्स संघसँगको सहकार्यमा काञ्जीरोवा नेसनल माध्यमिक विद्यालयद्वारा आयोजित उक्त प्रशिक्षणमा काठमाडौँ उपत्यकाका १८ विभिन्न विद्यालयका २८ विज्ञान र गणित विषयका शिक्षकहरूको सहभागिता रहेको थियो । नेपाल रोबोटिक्स सङ्घ र संयुक्त राज्य […]

आईएफए फुटसल वल्र्ड कपमा भाग लिन जाने

अगष्ट १७ देखी २६, २०१९ सम्म चाईनाको जिंगमेन शहरमा आईएफए अन्तराष्ट्रिय फुटसल एलाईन्स को आयोजनामा हुन गईरहेको आईएफए फुटसल वल्र्ड कपमा अन्तर्राष्ट्रिय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन जान लागेको खेलाडी टोलीलाई आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले बिदाई गरेका छन् । सतुंगलस्थित अभिलेख बचत तथा ऋण सहकारी संस्था लि.को सभाकक्षमा मेयर […]

शिक्षाका सबइन्जिनियर भगत र चौधरीले घुस लिएको आरोप

३१ साउन, काठमाडौं शिक्षा समन्वय इकाइ काभ्रेका सव इन्जिनियर धनविर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सव इन्जिनियर निरज कुमार चौधरी घुस लिएको आरोपमा पक्राउ गरिएको छ । भगत र चौधरीलाई महाभारत, काभ्रेका स्कूल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]

पुर्वाञ्चल विश्वबिद्यायलका प्रमुख प्रशासकीय अधिकृत कोइराला नियन्त्रणमा

३१ साउन, काठमाडौं पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइरालाले घुस लिएको आरोपमा पक्राउ गरेका छन । काठमाडौंस्थित कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भनी घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई नियन्त्रणमा लिएको हो । कोईरालाले सेवाग्राहीसँग ६ लाख ७५ हजार […]

शिक्षक केसी घुस रकम सहित नियन्त्रणमा

३१ साउन, काठमाडौं श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश केसीले परिक्षा उत्तिण गराईदिने भन्दै रकम लिएको अभियोगमा पक्राउ गरेका छन । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परिक्षा उर्तीण गराईदिन सहजिकरण गरिदिने बहानामा परिक्षार्थीहरूसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको […]

परिवारभित्रका म्यानपावर मर्ज गर्नै पर्ने

३१ साउन, काठमाडौं अब एकै परिवारका सदस्यले एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने भएका छन् ।एकाघर सगोलका परिवारको सेयर रहेको एकभन्दा बढी म्यानपावर कम्पनी अब अनिवार्य रूपमा गाभिनुपर्ने भएको छ । एकाघर सगोलका सदस्यको दुईभन्दा बढी सेयर भएको संस्थालाई सरकारले इजाजत नदिने भएपछि यस्ताम्यानपावर अनिवार्य एक अर्कामा गाभिनु (मर्ज) हुनुपर्ने भएको हो । वैदेशिक […]

एसइई पुनर्योगमा ८६३ जनाको नतिजा सच्चियो

३१ साउन, काठमाडौ परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसइई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ […]

नेपालमा पहिलो पटक मेडिकल एजुकेसन एक्पो

३० साउन, काठमाडौ बिशेष गरी नेपाल र नेपाल भन्दा बाहिरका उत्कृष्ट गन्तब्यहरुको शिक्षा सम्बन्धि जानकारी दिने उदेश्यले भदौ ४ र ५ गते काठमाडौमा मेडिकल एजुकेसन करियर एस्पो आयोजना हुने भएको । मेलामा नेपाल तथा विदेशमा पछिल्लो समय विकास भएका मेडिकलको उत्कृष्ट शिक्षाका बारेमा सम्पुर्ण जानकारी उपलब्ध हुने छ । नेपाल बाहेक विभिन्न डेस्टीनेसनमा गएर कसरी […]

शिक्षा मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

३० साउन, काठमाण्डौ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले शिक्षा र बिज्ञान प्रविधि सचिबसँग ‘कार्यसम्पादन सम्झौता’ गरेका छन । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच मन्त्री पोखरेलले शिक्षा सचिव खगराज बराल र बिज्ञान प्रविधि सचिव कृष्णराज बिसिसँग कार्यसम्पादन सम्झौता गरेका हुन । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री पाखरेल लगायत मन्त्रिपरिषद्का सदस्यसँग […]

एलबिइएफको दिक्षान्त समारोह सम्पन्न

३० साउन, काठमाडौ एसिया प्यासिफिक विश्वविद्यालयसँग सम्बद्घता लिएको लर्ड बुद्घ एजुकेसन फाउन्डेसन (एलबिइएप) क्याम्पसले अन्नपूर्ण होटल, दरवारमार्गमा पहिलो पटक आफ्नो दिक्षान्त समारोह आयोजना गरेको छ । दतुक परमजित सिंह, एपिआइआइटिका सह संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक तथा एसिया प्यासिफिक यूनिभर्सिटी (एपियू)का उप–प्रमुख गुर्प्रदिप सिंहले समारोहको उद्घाटन गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर […]

विदेशी नागरिकप्रति कडा नीति बनाउदै अस्ट्रेलिया २८ साउन, काठमाडौ अस्ट्रेलिया सरकारले विदेशी नागरिकबाट आफना नागरिकलाई हुने सक्ने शंकास्पद क्रियाकलाबाट जोगाउन विदेशी नागरिक सम्बन्धी नीतिका आमुल परिवर्तन गर्ने तयारी गरेको छ । परिवर्तित नियमअनुसार कुनै पनि अपराधमा एक वर्ष जेल सजाय भोगेका व्यक्तिलाई देशनिकाला गर्दै आएको अस्ट्रेलियाली सरकारले अबदेखि कुनै जेल सजाय नभोगेका विदेशी नागरिकलाई समेत […]

रोकिएन उपभोक्ताको डाटा चोरी

२८ साउन, काठमाडौं प्रविधि विकासका क्रममा उपभोक्ताको डाटाको गुणस्तर चुनौतीपूर्ण बन्दै गइरहेको पाइएको छ । कहिले फेसबुक र कहिले गुगलले उपभोक्ताको डाटाको दुरुपयोग गरिरहेको गुनासो आइरहँदा यस्ता कम्पनीका सूची बढ्न थालेका छन् । उपभोक्ताले स्मार्टफोन वा अन्य डिभाइसबाट प्रयोग गर्ने तथ्यांक मात्र नभई कुराकानी समेत गोप्य नरहने गरेको पाइएको छ । चर्चित सामाजिक संजाल ट्वीटरको […]

वैदेशिक रोजगारीको प्रक्रिया गरेकोमा शैक्षिक परामर्शदाता संस्थामा छापा

२८ साउन, काठमाडौं वैदेशिक रोजगार विभागले शैक्षिक परामर्शदाताका नाममा वैदेशिक रोजगारीमा पठाउने संस्था बिरुद्ध अनुगमन कडा पारेको छ । आईतबार विभागले सिनामंगलस्थित एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा छामा मारेको आवश्यक कागजात र कम्प्युटर अनुसन्धानका लागि विभागमा ल्याएको छ । सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको सूचनाका आधारमा विभागले छापा मारेको जनाएको छ । […]

सिटीजन कलेजमा स्टक पिचिङ प्रतिस्पर्धा

२८, साउन, काठमाडौं ललितपुरस्थित सिटीजन कलेजमा भएको स्टक पिचिङ कम्पिटेसनमा आरती झाको टिमले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । सहभागी ८ टिमबीच भएको प्रतिश्पर्धात्मक प्रस्तुति कार्यक्रममा आरक्ष प्रजापतिको टिमले द्वितीय स्थान(रनर्सअप) को स्थान हाँसिल गरेका छन् । कार्यक्रमका विजेतालाई कलेजका प्राचार्य हरिकृष्ण अर्याल प्रशासनिक प्रमुख राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा […]

३० प्रतिशत प्राविधिकमात्र तालिम प्राप्त, २० लाख जनशक्ति तालिम विहीन

२८, साउन, काठमाडौं नेपालमा प्राविधिक क्षेत्रमा कार्यरत जनशक्ति मध्ये ३० प्रतिशतले मात्र व्यावसायिक तालिम तथा प्रविधिक शिक्षा लिएको पाइएको छ । जम्मा ३० लाख जनशक्ति प्राविधिक कार्यक्षेत्रमा कार्यरत रहे पनि १० लाख जनाले मात्र छोटो तथा लामो समयको तालिम र शिक्षा लिएको पाइएको हो । आधारभूत तथा मध्यमस्तरीय प्राविधिक जनशक्ति प्रक्षेपण गरी राय सुझाव प्रतिवेदन […]

भक्तपुरमा स्वास्थ्य शिबिर, ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

२७ साउन, काठमाडौ लायन्स क्लब अफ नेपाल इको फ्रेण्डली, ब्रमाहिणी बचत तथा सहकारी संस्था र मृगौला बचाउ अभियानले भक्तपुरमा संयुक्त रुपमा स्वास्थ्य शिविरको आयोजना गरेका छन । मृगौला बचाउ र अन्य स्वास्थ्य परीक्षण सहित भक्तपुरमा आयोजना गरिएको सो शिबिरमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा रगतको अभावलाई मनन गरी रक्तदान कार्यक्रम, मृगौला परीक्षण, आखाँ […]

शिक्षासेवीहरु सम्मानित

२६ साउन काठमाडौं एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले विभिन्न क्षेत्रमा रहेर लामो समयदेखि शिक्षा सेवामा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्को अवसर पारेर युएण्टोले शिक्षासेवीहरुको सम्मान गरेको हो । सम्मानित हुनेहरुमा शिक्षाविद डा. टंकनाथ शर्मा, निजामति कर्मचारीबाट प्रदेश नम्बर ३ का शिक्षा सचिव दिपेन्द्र सुवेदी, शिक्षा पत्रकारबाट शिक्षा पत्रकार समूहका पूर्व […]

पूर्वाधार सम्मेलन तयारीका लागि प्रदेश–१ अन्तरक्रिया

२६ साउन, काठमाडौं नेपाल उद्योग परिसंघबाट आगामी भाद्रमा काठमाण्डौमा आयोजना गरिने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्व तयारीको क्रममा परिसंघको तर्फबाट श्रावण २३ गते प्रदेश–१ को विराटनगरमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ का मूख्यमन्त्री माननीय शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरण मन्त्री माननीय जगदीश […]

कृषि बन र त्रिभुवन विश्वविद्यालय बिच जग्गा र सम्पति हस्तान्तरण विवाद

२६ साउन, काठमाडौ कृषि बन विश्वविद्यालयका सह प्राध्यापक एवम जैविक प्रबिधि केन्द्रका निर्देशक, डा. इश्वरी प्रसाद कडरियाले कृषि बन बिज्ञान विश्वविद्यालय रामपुर चितवन चरम बिबादमा फसेको बताएका छन । कृषि विश्वविद्यालय स्थापना भए पनि आकार लिन नपाउदै गहिरो संकटमा फसेको छ । २०७६ मा कृषि बन बिज्ञान विश्वविद्यालय रामपुर चितवन त्रिवि अन्तर्गतका दुई क्याम्पस रामपुरको […]

अब मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने

रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच सम्झौता २६ साउन, काठमाडौं रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । […]

सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति

२६ साउन, काठमाडौं त्रिभुवन विश्वविद्यालयले त्रिवि अन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागु लगाउने भएको छ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसंग भएको वार्तापश्चात त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा दिदैं आएको निशुल्क छात्रवृत्ति अब डिन कार्यालयबाट सम्बन्धन […]

शिक्षा मात्र हैन गुणस्तरिय शिक्षामा केन्द्रित एलपियु

लब्ली प्रोफेसनल युनिर्भसिटी (एलपियु) सुरक्षित र शान्त होस्टलको व्यवस्थापन रहेको भारतको प्रमुख मध्येको एक शैक्षिक संस्था हो । एलपियुका क्याम्पसमा २० हजार भन्दा बढी विद्यार्थी अध्ययन रहेका छन । एकेडेमिक मेरिटका आधारमा विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्तिको समेत सो युनिर्भसिटीमा सुविधा रहेको छ । नेपाली विद्यार्थीलाई दिदै आएको परामर्श र अन्य शैक्षिक सेवाका बारेमा केन्द्रित रहेर […]

सुदुरपश्चिमाञ्लका सामाजिक बिषय शिक्षकका नियुक्ति

२४ साउन, काठमाडौं शिक्षक सेवा आयोगबाट खुला प्रतियोगितात्मक परीक्षामा शिक्षक पदपुर्ति लागि भएको बिज्ञापन अनुसारको लिखित तथा अन्र्तवार्ता परीक्षाका आधारमा सुदुरपश्चिमाञ्लका सामाजिक बिषय शिक्षकको नामावली सार्वजानिक गरेको छ । जस अन्र्तगत खुल्ला तर्पm १३, सोको वैकल्पिकमा ३, मधेशी तर्पmका २ र सोको बैकल्पिक १ जनाको नियुक्तिका लागि नाम सार्वजानिक गरेको छ । यसैगरी महिला तर्पm […]

पुर्वमा मात्र ३९ करोडको तरकारी आयात

२४ साउन, काठमाडौं सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला विराटनगर भन्सार नाकाबाट मात्रै साढे ३९ करोडभन्दा बढीको तरकारी आयात भएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा पूर्वको प्रमुख भन्सार नाकाका रूपमा रहेको विराटनगरबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई […]

ट्रेड युनियन खारेज गर्नुहुँदैन : कांग्रेस २३ श्रावण, काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रसेवक कर्मचारीहरुको संगठन आधिकारिक ट्रेड युनियन खारेजीको धारणा स्वीकार्य नहुने प्रष्ट पारेको छ । कांग्रेस संसदीय दलले बुधबार प्रेस वक्तव्य जारी गरेर खारेजीको तयारीमा रहेको भनिएको यूनियन स्वीकार्य नहुने प्रष्ट पारेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वक्तव्य […]

वैदेशिक रोजगारीमा हुने मृत्युदर घट्दै

गोपाल संग्रौला २३ साउन, काठमाडौं रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या घटेसँगै गन्तव्य मुलुकमा मृत्यु हुनेको संख्या पनि घटेको छ । अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारमा गएका नेपाली युवाको मृत्यु गत आर्थिक वर्षमा ८ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७४(७५ मा वैदेशिक रोजगारीमा गएर मृत्यु भई आर्थिक सहायता लिने परिवारको संख्या ८२४ बाट घटेर […]

विश्वमा नेपालली पासपोर्ट ८१ औं शक्तिशाली

२३ साउन, काठमाडौं विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोट पावर (यांक २०१९ र हेन्ली एन्ड पार्टनर्सको २०१९ हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ । विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । […]

अख्तियारद्धारा सर्वेक्षक राजेश कर्माचार्य उपर आरोपपत्र दायर

२२ साउन, काठमाडौ नापी कार्यालय चितवनका सर्भेक्षक राजेश कर्माचार्यले सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरेबापत २० हजार घुस लिएको पाईएको छ । सेवाग्रासँग रकम माग गरेको रकम कर्माचार्यले जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा फिर्ता गराईएको छ । निज कर्मचारीलाई निलम्बन गरी भ्रष्टाचारको कसुरमा कारवाहीका लागि आयोगमा मिसिल फाइल सहित प्राप्त उजुरी निवेदनको सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, […]

साउदी अरवमा नेपाली महिला कामदार चरम श्रम शोषणमा

२२ साउन, काठमाडौं वैदेशिक रोजगारीको लागि साउदी अरव गएका कयौ नेपाली महिलाले न्युनतम श्रम अधिकारको समेत उपभोग गर्न नपाएको पाईएको छ । नेपाली राजदूतावास साउदी अरबले हालै गरेको अध्ययनले नेपाली महिलाहरुले पाउनुपर्ने पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएको लगायतका विषय रहेको देखाएका हो । नेपाली राजदूतावासमा बारम्बार गुनासो आएपछि राजदूतावासले हालै साउदी अरवका विभिन्न स्थानमा […]

श्रममन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

२२ साउन, काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्य सम्पादन सम्झौता गरेका छन । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री बिष्ट र सचिब दहाललेले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हुन । त्यस्तै सचिव दहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गरेका छन । यसैगरी सहसचिवहरुले आआफ्नो […]

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक २२ साउन, काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेको इपाटीले जनाएको छ ।

विभागद्धारा म्यानपावरमा अनुगमन तिब्र

गोपाल संग्रौला वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीमाथिको कारबाही तीब्र पारेको छ । वैदेशिक रोजगारीमा हुने ठगी र गैरकानुनी कार्य नियन्त्रण गर्न वैदेशिक रोजगारसँग सम्बन्धित अनुगमन टोली परिचालन कायविधि लागू गरेर नियमित रूपमा अनुगमन थप प्रभावकारी बनाउँदै लगेको हो । वैदेशिक रोजगारीमा हुने ठगी तथा गैर कानुनी […]

अब कर्मचारीको सामूहिक राजीनामा स्वीकृत हुने

२२ साउन, काठमाडौं निजामती कर्मचारीहरुको सामूहिक राजीनामा सम्बन्धमा कानुनी स्वीकृतीका सम्बन्धमा कस्तो प्रावधान राख्ने भन्ने बारेमा छलफल शुरु भएको छ । सरकारले कर्मचारीको सामुहिक राजीनामा स्वीकृत गर्ने कानुनी प्रावधान राख्न राज्य व्यवस्था तथा सुशाषन समितिको बैठकमा बुधबार छलफल भएको छ । सत्ता पक्षिय र बिपक्षिय संसादहरु बिच संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा […]

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने

कर्मचारीको आवश्यकता हेरेर मात्र अध्ययन बिदा दिईने २१ साउन, काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिइने अध्ययन विदाका प्रावधानमा कडाई गदै बिदा बस्नु पर्ने बिभिन्न प्रमाणहरु हेर्ने जनाएको छ । अध्ययन विदाको दुरुपयोग गदै बिदामा गएका कर्मचारीहरुले जागिर तथा अन्य काम गर्ने गरेको देखिको जनाउदै अध्ययन बिदामा कडाई गर्ने भएको हो । अब चित्त बुझदो कारण […]

वैदेशिक रोजगारीमा रहेका युवाको परिवारलाई ६२ करोड, वैदेशिक रोजगारलक्षित कल्याणकारी कार्यक्रम

२१ साउन, काठमाडौ सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली युवा र उनीहरूको परिवारको कल्याणकारी कार्यमा खर्च गर्ने रकम बढाउदै लगेर ६२ करोड रुपैयाँ पु¥याएको छ । वैदेशिक रोजगार कल्याणकारी कोषमा रहेको रकम वृद्धिसँगै विदेश गएका नेपाली युवाको सहायता रकमको खर्च हुनेदर समेत वृद्धि भएको छ । रोजगार प्रबद्र्धन बोर्डले वैदशिक रोजगारीका गएका नेपालीको कल्याणकारी सेवाका लागि […]

ह्याम्स अस्पतालमा हेलिप्याड सहितको एयर एम्बुलेन्स सेवा

काठमाडौं, २१ साउन पछिल्लो समय अत्याधुनिक उपकरण सहित सर्वसुलभ, विश्वसनिय नेपालमा प्रख्यात डाक्टरहरुको समुहद्धारा सर्वसुलभ स्वास्थ्य सेवा दिदै आएको ह्याम्स अस्पतालले सोमबारबाट एयर एम्बुलेन्स सेवा विस्तार गरेको छ । काठमाडौंको धुम्बाराहीमा रुफटप हेलिप्याड सहितको अत्याधुनिक भवन भवन निर्माण गरी एयर एम्बुलेन्स सेवा विस्तार गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रम सेप्mटी स्टाण्डर्डविभागबाट सोमबार अनुमति […]

भारत प्रशासित कश्मीरमा तनाव बढ्दै, जम्मु कश्मीरमा जनजिबन प्रभावित

२० साउन, नयाँ दिल्ली भारत सरकारले जम्मु कश्मीरलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ । यो निर्णयसँगै भारत प्रशासित कश्मीरमा तनाव बढ्दै गएको छ । सो क्षेत्रका कयौं नेतालाई सोमबार बिहानैदेखि नजरबन्दमा राखिएको छ जम्मु र कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको सूचना राष्ट्रपति रामनाथ कोविन्दले गरेका छन् […]

भदौमा हुने पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा

२० साउन, काठमाडौं नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको छ । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको यो सम्मेलन […]

भदौमा हुने पूर्वाधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा

२० साउन, काठमाडौं नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको छ । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भाव सहित आयोजना गर्न लागेको यो सम्मेलन […]

संस्कृति इन्टरनेशनल स्कुलले पायो आईपीसी अक्रेडिटेशन

बिएमएल मुन्जल विश्वविद्यालय, हिरो ग्रुपको पहल, विद्यार्थीहरुका लागि शीर्ष छनौट २० साउन, काठमाडौं, भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएल मुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैरनाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ । बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु […]

ललिपुरस्थित प्याराडाइज मेनपावरमा विभागको छापा

कानुन भन्दा बढी सेवा शुल्क लिनेलाई कारवाई तिब्र २० साउन, काठमाडौं वैदेशिक रोजगार विभागले नेपाल सरकारले तोकेको भन्दा बढी रकम लिई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर व्यवसायीहरुमाथिको कारबाही तीव्र पारेको छ । विदाको दिनमा समेत अवैधानिक तरिकाले कामदार छनौट गर्ने तथा झुठो सूचना फैलाई वैदेशिक रोजगारीमा जान इच्छुक व्यक्तिहरुलाई अन्तर्वार्ताको लागि बोलाउने म्यानपावर व्यवसायी संस्थाको आकस्मिक […]

नाथम कलेजका ४ छात्रालाई प्रिन्स ज्यन्ती अवार्ड २०१९

१९ साउन, काठमाडौ होटल अन्नपुर्णले वर्षेनी वितरण गदै आएको प्रिन्स जयन्ती अचिभमेन्ट अवार्ड २०१९ नेपाल प्रर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) कलेजका ४ जना छात्रालाई प्रदान गरिएको छ । होटलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आईतबार एक कार्यक्रमको आयोजना गरी सो अवार्ड वितरण गरिएको हो । यस वर्ष नाथम कलेजका बिएचएम अध्ययनरत प्रथम वर्षकी एलिना बाटा […]

आईडिपी एजुकेसन स्टुडेन्ट सर्भिस प्राली अनुमती बिना संचालन

१९ साउन, काठमाडौ आईडिपी एजुकेसन स्टुडेन्ट सर्भिस प्राली नामको संस्थाले बिना अनुमति आगामी अगष्ट १ देखि शैक्षिक परामर्श सेवा सञ्चालन गर्ने भनी पत्रकार सम्मेलन गरी प्रचार प्रसार गरेको प्रति शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा तथा पूर्व तयारी कक्षाका सेवाहरू सञ्चालन गर्ने संस्थाले प्रचलित ऐन […]

श्रेष्ठको नेतृत्वमा नायरमा नयाँ कार्यसमिति

१९ साउन, काठमाडौ अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्सीहरुको प्रतिनिधि मुलक संगठन अष्ट्रेलियन शैक्षिक नेपाली प्रतिनिधि संघ नेपाल नायरको नयाँ नेतृत्व चयन भएको छ । नायरमा यूनीक्याम्पस एजुकेशन नेटवर्क प्रालिका प्रवन्ध निर्देशक विज्ञान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति शुक्रबार सम्पन्न वार्षिक साधारणले चयन गरेको हो । कार्यसमितिको चयन आगामी २ वर्षको लागी भएको हो । निर्वाचन समितिका अध्यक्ष अधिवक्ता […]

सरकारी छात्रबृत्तिमा अध्ययन पश्चात अनिवार्य सेवा गर्नु पर्ने

१९ साउन, काठमाडौ उच्च शिक्षाका कृषि, इन्जिनियरिङ्ग, वन, पशु विज्ञान, लगायतका प्राविधिक विधा तर्फका सबैं शैंक्षिक कार्यक्रमहरुमा सरकारी छात्रबृत्तिमा अध्ययन गरेका सबैले सरकारले तोकेका क्षेत्रमा काम गर्नु पर्ने भएको छ । स्वास्थ्य शिक्षाका विधा सरह आंशिक तथा पूर्ण छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती ऐन, २०२१ तथा छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० बमोजिम अध्ययन समाप्ती पश्चात नेपाल […]

विद्यालय कर्मचारी व्यवस्थापनका लागि कार्यदल गठन

१९ साउन, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको व्यवस्थापनका लागि कार्यदल गठन गरी स्थाई रुपमा समस्या समाधानको विकल्प खोज्ने भएको छ । मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी कर्मचारीको वयवस्थापनको काम शुरु गरिएको हो । कार्यदलमा कानून मन्त्रालयका उपसचिव, अर्थमन्त्रालयका उपसचिव, कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव, शिक्षा […]

विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा शिक्षिका पक्राउ

रोल्पा, आफ्नै विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रोल्पा रुन्टीगढी गाउँपालिका(८ स्थित भानु आधारभूत प्रावि मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँ बस्ने २५ वर्षीया शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले जेठ १२ गते सोही स्कुलमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई स्कुल किन ढिला आएको भन्दै कुटपिट गर्दा विद्यार्थीहरु घाइते भएका थिए । उनीहरुलाई […]

कलेजको नक्कली परिचयपत्र बनाउने पक्राउ

भक्तपुर, १७ साउन मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरबाट विभिन्न कलेजको नक्कली परिचयपत्र बनाउने कार्यमा संलग्न फ्ल्याक्स प्रिन्ट पसलका संचालक भक्तपुर गठ्ठाघर बस्ने प्रकाश मानन्धर र सोही पसलमा काम गर्ने भक्तपुर भुलनखेल घर भएका १८ वर्षीय निश्चल श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा बिभिन्न कलेजहरूको नक्कली परिचयपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा […]

कलेजको बारेमा राम्ररी बुझेर मात्र अस्ट्रेलिया जानुहोस

नेपाली विद्यार्थीका अब्रड स्टडिज भन्ने बित्तिकै अष्ट्रेलियाको नाम अगाडी आउने गरेको छ । नेपाली विद्यार्थीका लागि सेवा र परामर्शका सम्बन्धमा अनलाईनसमय मार्पmत अष्ट्रेलिया जाने नेपाली विद्यार्थी र अभिभावकलाई त्यहाँको शिक्षा प्रणाली र निबनशैलीका बारेमा जानकारी दिदै आईरहेका छौ । अष्ट्रैलिया जाने नेपाली सहित अन्तरराष्ट्रिय विद्यार्थीका लागि आवश्यक पर्ने उचित जानकारी पनि दिदै आईरहेका छौ । […]

युकेमा नेपाली विद्यार्थीका लागि पार्ट टाईम जब सहितको अध्ययन अवसर

युके पढान जानो विद्यार्थीको संख्या दिनदिनै बढदै गईरहेको छ । युकेको अध्ययानका लागि नेपालका परामर्श शैक्षिक संस्थाले राम्रो र भरपर्दो जानकारी गराईरहेका छन । यस सम्बन्धमा सौजन्य मिडियाका कार्यक्रम निर्देशक सुनिल आर्चायले मोटिफ एजुकेसन अब्रडका फाउन्डर सिईओ उमेश पाण्डेसँग गरेको गरेको कुराकानी : विद्यार्थीले युकेमा अध्ययानसँगै पार्ट टाईम काम गर्न सक्छन ? अवश्य पनि, युकेमा […]

कक्षा १२ का विद्यार्थीलाई ग्रेडबृद्धिको अवसर

१५ साउन, काठमाडौ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीका लागि २ बिषयमा ग्रेडबृद्धिको अवसर दिएको छ । बैशाखमा संचालन गरेको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागि भई हालै प्रकाशित नतिजामा कुनै २ बिषयमा मात्र ग्रेड बृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको हो । कुनै २ बिषयमा ग्रेडबृद्धि गर्न चहाने परीक्षा आवेदन […]

भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त

१५ साउन, काठमाडौं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री ओलीले सो मन्त्रालय आफैंले सम्हाल्दै आएका थिए । नव नियुक्त मन्त्री भट्टराईको सपथ ४ बजे तय गरिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुने […]

मेलाम्ची नगरपालिकको वडा कार्यलयमा आगजनी

१५ साउन, काठमाडौं सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको १० नम्बर वडा कार्यालयमा आगजनी गरिएको छ । अज्ञात समुहले गरेको आगजनीबाट सो कार्यालयका कागजपत्र तथा फर्निचर लगायतका आवश्यक सामग्री जलेका छन । बुधबार झिसमिसेका आगजनी भएको जनाईएको छ । आगलागीपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले जलेर नष्ट भएका कार्यलयका सामग्री बाहिर निकालेको स्थानियले बताएका छन । सो वडाका […]

युवाहरुको क्षमता प्रस्फुटन गर्न मेरो कन्सल्टेन्सीले गर्यो ‘युथ गाला’

१५ साउन, काठमाडौ युवा पुस्ताहरुलाई लक्षित गरी इन्टरनेशल युथ सोसाइटीले युथ मेलाको आयोजना गरेको छ । कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको उक्त मेलामा विभिन्न सृजनात्मक प्रस्तुतिहरु ग्रिएका थिए । विशेषगरी विभिन्न क्षेत्रमा ख्यातीप्राप्त मोटिभेटरद्धारा विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरिएको थियो । सो अवसरमा युरोपियन शिक्षण पद्धतीका बारेमा ग्रिफित कलेज आयरल्यान्डकी रिजनल मेनेजर सेलिना फोलेले नेपालमा हालै […]

खिर खाने पर्वका दिन नै बन्द, काठमाडौ उपत्यकाको जनजिबन सामान्य भएपनि बाहिर बन्दको प्रभाव

खिर खाने पर्वका दिन नै बन्द, काठमाडौ उपत्यकाको जनजिबन सामान्य भएपनि बाहिर बन्दको प्रभाव १५ साउन, काठमाडौँ खिर खाने पर्वका रुपमा रहेको साउन १५ मा देशमा विभिन्न भागमा विप्लव समुहले बम बिस्फोट र आगजनी गरेका छन । नुवाकोट र रौतहटका वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को […]

खारेज होला त अस्थायी शिक्षकको विज्ञापन ! दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै,

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन ! १५ साउन, काठमाडौं शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो […]

आईसीटी, कृषि र साना उद्योगमा रोजगारी उच्च

१५ श्रावण,काठमाडौँ वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि नेपालमा सूचना प्रविधि, कृषि र साना उद्योगमा लगानी उपयुक्त हुने देखिएको छ । लगानी, प्रतिफल र रोजगारी सिर्जनाका हिसाबले यी क्षेत्र उपयुक्त हुने एक अध्ययनले देखाएको हो । विगत २ वर्षअघिको तुलनामा अबको ४ वर्षमा नै नेपालको सूचना प्रविधि, कृषि र साना उद्योगको आम्दानीमा ५० प्रतिशतले वृद्धि हुने […]

सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरे

साउन १४ काठमाडौं प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपा नेपालका सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरे लगत्तै कांग्रेस र राजपाका सांसदहरुले आफ्नो सिटबाट विरोध जनाएका थिए । विरोधकै बीच सभामुखले बैठक अगाडि बढाउन खोजेपछि सांसदहरु बेल घेर्न पुगेका थिए । त्यसपछि […]

अष्ट्रेलिया अध्ययान परामर्शका लागि ग्लोबल रिच नेपाल

साउन १४, काठमाडौ अष्ट्रेलिया अध्ययान गर्न चाहने विद्यार्थीलाई लक्षित गरी ग्लोबल रिच नेपालले लामो समयदेखी आफना सेवाहरु अघि बढाईरहेको छ । सोही सम्बन्धमा द बिगेष्ट अष्टे«लिया एजुकेसन फेयर २०१९ काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौ, चितवन, पोखरा र बुटवल लगायतका सहरमा आयोजना गरिको उक्त शैक्षिक मेलामा विद्यार्थीहरुलाई अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा प्रतिनिधिहरुले उच्च शिक्षाको परामर्श दिएका […]

अध्ययानका लागि विदेश जाने बढे

साउन १४ काठमाडौं गुणस्तरिय शिक्षा लिने लक्ष्य सहित विदेशीने नेपाली विद्यार्थीको संख्या बढदै गईरहेको पाईएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष अर्थात असार अन्तसम्म विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या ४ हजार ५ सय भन्दा बढीले बृद्धि भएको छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययान अनुमती शाखाका अनुसार आर्थिक वर्ष २०७५÷२०७५ को तुलनामा अध्ययानका […]

फ्रान्समा अध्ययानका लागि सेमिनार तथा एडमिसन सेसन सम्पन्न

साउन १३ काठमाडौ उच्च शिक्षा अध्ययानका लागि फ्रान्स जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढदै गईरहेको छ । युरोपियन संस्कृती र सभ्यता र आर्थिक विकास सँगसँगै फ्रन्सको उच्च गुणस्तरिय शिक्षाका कारणले पनि अन्तरराष्ट्रिय विद्यार्थी यता तिर आर्कर्षित भएका छन । फ्रन्सको शिक्षा पद्धतीको बारेमा अन्तरराष्ट्रिय विद्यार्थीलाई जानकारी दिने उद्देश्यले फ्रान्स ईन्टरनेसनल ग्रेजुएट स्कुल्स (फिग्ज) ले आफनो […]

‘केसीसी कलेजमा ‘केसीसी एक्जिबिट २०१९

कान्तिपुर सिटी कलेज (केसीसी) ले दुई दिने केसीसी एक्जिबिट (प्रदर्शनी) आयोजना गरेको छ । ‘निपूर्ण विचार, दीगो उपाय’ मूल नारा सहितको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरेका थिए । प्रदर्शनीमा उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग सम्बन्धित अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङसम्बन्धी २६ भन्दा बढी विद्यार्थी प्रोजेक्टहरू, चारवटा फुड […]

कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित

साउन १४ काठमाडौं राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७६ साल वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरेएको छ । परीक्षाफलको विवरण अनुसार ४ लाख २८ हजार ६८ जना परीक्षामा सहभागी भएका थिए । जस मध्ये नियमिततर्फ २ लाख ९२ हजार १५३, ग्रेड बृद्धिततर्फ ७८ हजार […]

युनिभर्सिटी अफ न्यु इंग्ल्याण्डसंगको सहकार्यमा मोटिफको इन्फर्मेशन सेसन

असार ३१, काठमाडौं । मोटिफ एजुकेशन अब्रोड संस्थाको विकासभन्दा विद्यार्थीको सेवामा प्रतिबद्द  छ । मोटिफ दक्ष जनशक्तिद्वारा सञ्चालित तथा उचित शुल्कमा गुणस्तरीय प्रिपरेशन कोर्स सञ्चालन गर्ने संस्था हो । सन् २००७ मा स्थापना भएको मोटिफ काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ । सोहि मोटिफ एजुकेशनले मंगलबार अब्रोड स्टडीमा जान चाहने बिद्यार्थीलाई लक्षित गर्दै एक इन्फर्मेशन सेसन […]

मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम सकिन्छ – प्रचण्ड

असार ३१, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बेलुकीसम्म पार्टी एकताका सबै काम टुंग्याउने बताएका छन्। ललितपुरमा मंगलबार जिल्ला कमिटीलाई सपथ खुवाउँदै प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकताको काम टुंग्याउने भने  अनुसार नै आज बेलुकीसम्म सबै काम सकिने बताए। प्रचण्डका अनुसार आज कार्यविभाजन, जेष्ठ […]

दोलखामा पर्यटन प्रवर्द्धनका लागि चिडियाखाना निर्माण गरिने

असार ३१, दोलखा । पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई संरक्षण, जीवजन्तुको प्रजनन तथा वंशाणु स्रोत संरक्षण र वातावरणीय सन्तुलन हुने गरी निर्माण हुने चिडियाखाना ९६ […]

सौगात र नम्रताको ‘माछा माछा’ कात्तिकमा रिलिज हुने

असार ३१, काठमाडौं । नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । तीन जना गाउँले यूवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सौगातसँगै बिजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् । सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको […]

आज गुरुपुर्णिमा , ज्ञान दिने गुरुको सम्मान गरी मनाईदै

असार ३१, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाको दिन मनाईने गुरुपुर्णिमा आज भव्यताका साथ मनाईदै छ । सनातन धर्मावलम्बीहरू ज्ञान दिने गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाउँदैछन्।  मनुस्मृतिमा जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ।“जसले अरुलाई आचरणमा राख्छ र आफू पनि आचरणमा बस्छ”, स्मृतिमा भनिएको छ, “त्यो नै गुरु हो।” […]

पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र  एक रुपैयाँ जरिवाना

असार ३१, काठमाडौं । कञ्चनपुर  जिल्ला अदालतले  पत्रकार खेम भण्डारीलाई एक घण्टा कैद र  एक रुपैयाँ जरिवाना गरेको छ। सोमबार अदालतको अवहेलनासम्बन्धी मुद्दामा पत्रकार भण्डारीलाई सर्तसहितको कैद र जरिवाना गरेको स्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। कञ्चनपुर जिल्ला बारले भण्डारीविरूद्ध अदालतको अवहेलना मुद्दा हालेको थियो। सोही मुद्दामा फैसला गर्दै जिल्ला न्यायाधीश राजेन्द्र आचार्यको इजलासले उनलाई  कैद र जरिवाना […]

बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि देउवा मधेश झर्ने

असार ३१, काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश झर्ने भएका छन्। बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न सभापति देउवा बुधबार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन्। कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा हेलिकप्टर चढेर जाने तयारी […]

अदालतको आदेशमा रिहा भएका चन्दका ४ कार्यकर्ता पुनः पक्राउ

असार ३१, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम […]

सरोजले शौचालयमा बसेर गरिएको फोटो सेसन नियोजित – चलचित्र विकास बोर्ड

असार ३१, काठमाडौं । राष्ट्रपति भवनमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहका दिन त्यहाँको अव्यवस्तालाई लिएर अभिनेता सरोज खनालले सार्वजनिक गरेको फोटोलाई चलचित्र विकास बोर्डले नियोजित भएको दावी गरेको छ। बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ – ‘राष्ट्रपति भवनको सभाहलसँगैको शौचालयमा बसेर गरिएको फोटो सेसन कार्य कुनै असुविधाका कारण नभएर नियोजित रुपमै खिचिएको हाम्रो […]

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

असार ३१, काठमाडौं । प्रदेश नम्बर ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका छन्। देवकोटाले आफूले कुनै पनि असन्तुष्टिका कारण वा आयोजनामा मत बाझिएर राजीनामा नदिएको बताए। मुख्यमन्त्री पौडेलले आफूलाई विश्वास गरेर सुम्पिएको जिम्मेवारी इमान्दारीपूर्वक पालना गरेको, आफू नियुक्त भएर आएको ४५ दिनमा नै प्रदेश प्रोफाइल तयार […]

 निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित

असार ३१, काठमाडौं । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा गरिएका छन् । कैयौँको घरमा पालिएका चौपायाको अवस्था एकदमै दयनीय बनेको छ । ललितपुर महानगरपालिका–२८ मा कर्मनाशा खोलाको […]

प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति देउवाको आपत्ति

असार ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।  संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने  सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन भएको सुन्दा अचम्म लागेको बताए । […]

सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य छैन – मन्त्री गोकुल बाँस्कोटा

असार ३०, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार्य नहुने बताएका छन्।सोमबार काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै  सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले सञ्चार माध्यममा विदेशी लगानी स्वीकार गर्नै नसकिने प्रष्टयाएका हुन्।  उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए।उनले […]

टुटल र पठाओको सेवालाई व्यवस्थित गर्ने प्रस्ताव विभागीय मन्त्रीसमक्ष पेश , कालो नम्बर प्लेटको मोटरसाइकल !

असार ३०, काठमाडौं । यातायात व्यवस्था विभागले भाडा लिएर मोटरसाइकलमै यात्रु बोक्न पाउने गरी कानुन संशोधन गर्ने प्रस्ताव मन्त्रालयमा पेश गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले हाल सञ्चालनमा रहेपनि कानुनीरुपले नमिलेको टुटल र पठाओको सेवालाई व्यवस्थित गर्ने प्रस्ताव विभागीय मन्त्रीसमक्ष पेश गरेका हुन् । केही दिनअघि मात्रै यातायात व्यवस्था महानिर्देशक कुमार […]

नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको छ – प्रधानमन्त्री ओली

असार ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलवायु परिवर्तनको नकारात्मक असर परेको बताएका छन् ।  वन तथा वातावरण मन्त्रालयको आयोजनामा राजधानीमा आयोजित जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। ग्रीनहाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि नेपालले यसको असर खेपिरहनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपालको भू […]

इन्द्रसरोबरमा पानी भरियो , कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालियो

असार ३०, काठमाडौं । इन्द्रसरोबरमा पानी भरिएपछि कुलेखानी जलविद्युत आयोजनालाई पूर्ण क्षमतामा चलाउन थालिएको छ । कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । कुलेखानीको जलाशय अघिल्ला वर्षहरुमा असोजमा मात्र भरिने गरेको थियो । यस वर्ष असारमै भरिएपछि बाँध खोल्नु नपरोस् भनी […]

चलचित्र ‘मिस्ट नेपाली’को छायांकन करिब ४५ दिनमा सकियो

 असार ३०, काठमाडौं । देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्ट नेपाली’को छायांकन करिब ४५ दिनमा सकिएको छ । आइतबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलन तथा इन्ड क्ल्याप पार्टीमा चलचित्रको छायांकन सकिएको र तिहारको छेकोमा रिलिज गर्ने जानकारी दिइएको हो । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको छायांकन नवलपरासी र काठमाण्डौमा गरिएको छ । […]

विश्वकप क्रिकेट – न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन

असार ३०, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।   रोचक खेलको सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि समान १५ रन बनाएको थियो । तर बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता बन्यो । सुपर ओभरमा इङ्ल्यान्डले […]

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ६५ , नामसहित

असार ३०, काठमाडौं । पाँच दिनदेखिको वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म देशभर ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो । यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन् । […]

परिमार्जन गर्ने शर्तपछि काँग्रेसको नियमावली पारित

असार ३०, काठमाडौं । काँग्रेसले केन्द्रीय कार्यसमिति बैठकमा उठेका विवादलाई पछि सहमतिमा परिमार्जन गर्ने गरी पार्टी नियमावली पारित गरेको छ ।पार्टी कार्यालय सानेपामा असार २२ गतेदेखि जारी केन्द्रीय समिति बैठकले मस्यौदामाथि उठेका असन्तुष्टिलाई पछि समेट्ने गरी सर्वम्मतिले नियमावली पारित गरेको हो । बैठकमा लेबी, अनुशासनको कारबाहीमा कडा प्रावधान, भातृ संस्थामा पार्टीका अनावश्यक हस्तक्षेप र प्रशिक्षण […]

मन्त्री नवजोत सिहं सिद्धूले पञ्जाव मन्त्रिपरिषदबाट दिए राजीनामा

 असार २९, काठमाडौं । भारतीय पूर्वक्रिकेटर तथा मन्त्री नवजोत सिहं सिद्धूले पञ्जाव मन्त्रिपरिषदबाट राजीनामा दिएका छन्।गत जुन १० मा उनले भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई राजीनामा बुझाएका हुन्। उनले आइतबार सो राजीनामाका बारेमा आफ्नो ट्विटरबाट सार्वजनिक गरेका हुन्। त्यस्तै उनले उक्त राजीनामा पत्र पञ्जाव मुख्यमन्त्रीलाई बुझाउने ट्विटमा उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले ‘म पञ्जाव […]

मोटिफ एजुकेशन अब्रोडद्वारा इन्फर्मेशन सेसनको आयोजना

असार २९, काठमाडौं । धेरै बिद्यार्थी र अभिभावकको मन जित्न सफल मोटिफ एजुकेशन अब्रोड संस्थाको विकासभन्दा विद्यार्थीको सेवामा समर्पित रहेको छ । मोटिफ दक्ष जनशक्तिद्वारा सञ्चालित तथा उचित शुल्कमा गुणस्तरीय प्रिपरेशन कोर्स सञ्चालन गर्ने संस्था भएको प्रमुख कार्यकारी अधिकृत उमेश पाण्डेले बताए । सन् २००७ मा स्थापना भएको मोटिफ काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित छ । […]

बाढीका कारण प्रदेश नं २ मा माछापालन व्यवसायमा व्यापक क्षति

असार २९, जनकपुर । बुधबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले प्रदेश नम्बर २ मा जनधनको व्यापक क्षति भएको छ । बाढीका कारण सयौँ घर डुबानमा परेको छ भने सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । बाढीका कारण माछापालन व्यवसायमा व्यापक क्षति भएको छ । प्रदेश नम्बर २ मा हुने कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत भन्दा […]

२०६ औं भानुजयन्तीमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन

 असार २९, काठमाडौं । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरिएको छ ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रमार्फत् सम्मान गरेका हुन् । भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद सिक्किम, असम नेपाली […]

अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुग्यो

 असार २९, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीका अनुसार ३३ जना […]

बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा दुःख

असार २९, काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् । पूर्वराजाले आइतबार एक विज्ञप्ति जारी गरी  मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद् व्यवस्थापनको प्रभावकारी कदम चालिनु पर्नेमा जोड दिएका छन् । प्राकृतिक प्रकोपको यो घडीमा ‘तिम्रो र मेरो’ भन्ने संकीर्ण सोचबाट माथि उठेर […]

नेपालद्वारा मलेसिया ६ रनले पराजित

असार २९, काठमाडौं। दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ । जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो । पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो । १ सय ७४ रनको […]

लोकसेवाको विज्ञापनमा तेस्रोलिङ्गीलाई समावेश गर्न माग

असार २९, काठमाडौं। सरकारले खुला गर्ने लोकसेवाको विज्ञापनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्न माग गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शनिबार निलहिरा समाजले आयोजना गरेको ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समसामयिक अन्तक्र्रिया तथा छलफल’मा समाजबाट अपहेलित भएको तेस्रोलिङ्गी समुदायलाई लोकसेवाको विज्ञापनमा समावेश गर्नुपर्ने बताइएको हो । कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक […]

वर्षाका कारण ज्यान, घरबार गुमाएका परिवारलाई बास र रोजगारी दिन सरकारसंग विप्लबको माग

असार २९, काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभरी अविरल वर्षापछि ज्यान गुमाएका मृतकको परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धि निकायसँग माग […]

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

असार २७, काठमाडौं। मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी गर्दै मनसुन तीन दिनसम्म अति सक्रिय भइरहने सम्भावना रहेकाले देशका अधिकांश भेगमा बद्ली रही […]

महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिकाको मृत्यु

२७ असार, हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ । दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । जनकल्याण माविको कक्षा ६ […]

अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु

असार २७, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । काठमाडौंको ढुंगे अड्डामा रहेको […]

पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु

असार २७, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । बगाएको स्थानबाट झण्डै दुई किलोमिटर पश्चिम बडेर्वा […]

एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण

असार २७, लस एन्जलस । मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो । त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई […]

जनकपुरधाम डुबानमा , बरहथवाका १५० परिवारलाई सारियो

असार २७, जनकपुरधाम । निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ । भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ । जनकपुर अञ्चल अस्पताल, जिल्ला […]

यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, तीन जना घाइते

असार २७, काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । यति एअरलाइन्सको नाइन एन एएमएम कल साइन विमान कोटेश्वरपटिको ट्याक्सी वेको डेल्टा साइड मा चिप्लिएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार अवतरणका क्रममा विमान कोटेश्वरपट्टीको धावनमार्गमा चिप्लिएर घाँसे मैदान र धावनमार्गको आदि भागमा […]

सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किँदा एकजना घाइते

असार २७, काठमाडौं ।  लगातार परेको पानिले गर्दा सिहंदरबारको पूर्वी गेटतर्फको पर्खाल भत्किँदा एकजना घाइते भएका छन्। पूर्वी गेटबाट अनामनगरतर्फ जाने भागको पर्खाल भत्किएको हो। पर्खाल भत्किँदा घाइते भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण देशभर बाढी तथा पहिरो , १ को मृत्यु

असार २७, काठमाडौं । मनसुन शुरु भएपछिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा राजमार्गहरु अवरुद्ध भएका छन्। वीपी राजमार्ग, बुटवल पाल्पा सडक खण्डसँगै भोजपुर धरान जाने बाटो बन्द भएको छ। गृह मातहतको राष्ट्रिय आपत्कालीन परिचालन केन्द्रका अनुसार चारवटा राजमार्ग अहिलेसम्म बन्द भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई स्थानमा पहिरो जाँदा वीपी राजमार्ग अवरुद्ध भएको छ। गाउँपालिकाको […]

आज हरिशयनी एकादशी

असार २७, काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महीनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महीनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ […]

चिकित्सा आयोग उपाध्यक्ष नियुक्ति तत्काल रोक्न डाक्टर केसीको माग

असार २६, काठमाडौं ।  चिकित्सा शिक्षा आयोग उपाध्यक्ष नियुक्तिमा राजनीतिक चलखेल हुन थालेको भन्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले आपत्ति जनाएका छन्। उनले आयोगको उपाध्यक्ष कसैलाई जागिर खुवाउने वा स्वार्थपूर्ति गर्ने विषय नभएको भन्दै संवेदनशीलता ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। ‘आयोगको उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको चिकित्सा क्षेत्रमा अहिलेसम्म देखापरेका यावत् विकृतिलाई […]

धुर्मुस सुन्तली फाउन्डेस चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा फर्किए

 असार  २६, काठमाडौं । केही समयदेखि चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो । फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम […]

नायिका शिल्पा पोखरेल र छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगियो

असार २६, काठमाडौं । नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीच रहेको विवाद छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।  पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी […]

एक नेपालीले ‘एक किताब’ अभियान

नेपालमा पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको संस्था शिक्षा नेपालले सन् २०१२ देखि एक नेपालीले ‘एक किताब’ इभेन्ट आयोजना गर्दै आईरहेको छ । “आफुु पढौं र अरुलाई पढ्न सघाऔं” भन्ने नाराका साथ यस बर्षपनि सो इभेन्टको आयोजना गरिने भएको छ । आगामी  अगष्ट १० देखि १२ तारिख सम्म हुने यस इभेन्टमा दश हजार नेपालीले एक […]

‘अन्तर्राष्ट्रिय प्रचलनमा नाकामा परीक्षण नहुने भएकोले तत्काललाई विषादी परीक्षण रोक्यौं’ – कृषिमन्त्री खनाल

असार २६, काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विषादी चेकजाँच अहिलेपनि जारी नै रहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले अहिलेपनि विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको सुनाए । नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै ती ल्याबलाई छिट्टै स्तरोन्नती गर्नेपनि […]

बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु

जेठ २६, काठमाडौं । भारतको बैंगलोरमा भवन भासिँदा तीन जना नेपालीको मृत्यु भएको छ। मंगलबार राति २ बजे भएको घटनामा बझाङको थलारा गाउँपालिका–२ बगाडाका एकै परिवारका तीन नेपालीसहित ५ जनाको मृत्यु भएको हो। घटनामा ज्यान गुमाउनेमा बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया […]

भारतबाट आएको पत्र गोप्य राख्दा म लज्जित हुनुपर्यो – प्रधानमन्त्री ओली

 असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए ।  ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ,’ उनले भने, ‘विभिन्न ठाउँमा […]

विप्लव समूहका दुई जिल्लास्तरका नेता पक्राउ

जेठ २६, काठमाडौं । पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द ९विप्लव० समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई आज बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुवै आगो लगाएको सङ्गठित अपराध मुद्दामा फरार रहेको जिल्ला प्रहरी […]

साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक घाइते

जेठ २६, काठमाडौं ।  काठमाडौँ महानगरपालिका–२६ लाजिम्पाट साङ्ग्रिला होटल अगाडि कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान २ बजे जमल–लैनचौर हुँदै महाराजगञ्जतर्फ जाँदै गरेको बा ९३ प २०५० नम्बरको स्कुटरलाई रातो रङको कारले ठक्कर दिँदा स्कुटर चालक भीमबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा स्याङ्जा पुतलीबजारका सन्तोष घर्ती गम्भीर घाइते भएका छन् […]

प्रधानमन्त्री ओलीले दिव त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारवाही गर्ने चेतावनी

जेठ २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाडौंमा आयोजित प्राज्ञ सभामा बोल्दै उनले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पारे । त्रिभुवन विश्वविद्यालयका […]

नागरिकको सरकार गठनको माग गर्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन

असार २५, काठमाडौं । दृष्टिविहीन, अपाङ्ग, असहाय र असक्तहरुले १३ बुँदे मागसहित बुधबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले पार्टीको नभइ अब नागरिकको सरकार गठन गर्नु पर्ने र अपाङ्गता भएकाहरुका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । यसबाहेक अपाङगता भएकाहरुको स्वास्थ्य, रोजगार, शिक्षा र बासस्थानको व्यवस्था राज्यतर्फबाट गरिनुपर्ने, ‘दृष्टिविहीनहरुको […]

नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन बन्ने

जेठ २५, काठमाडौं । नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन बन्ने भएको छ । साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको छ । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गरे । ‘सरकारमा रहेका […]

किन बनाइन्छ घडीको बिज्ञापनमा १० बजेर १० मिनेट

जेठ २५, काठमाडौं । पत्रपत्रिका तथा अन्य ठाउँमा तपाइँले घडीका विज्ञापन त अनेक देख्नुभएकै छ होला । प्रायः त्यस्ता विज्ञापनमा देखाइने घडीमा घण्टा र मिनेट सुई १० बजेर १० मिनेट गएको गरी मिलाइएको हुन्छ । आखिर विज्ञापनको घडीमा किन १० बजेर १० मिनेट गएको देखाइन्छ त ? यसो गर्नुका केही कारण रहेछन् । त्यसमध्ये प्रमुख […]

प्रम ओलीलाई प्रवक्ता शर्माको प्रश्न , कतिका सपना मारेर कस्तो देश बनाउने सपना छ यहाँसँग ?

जेठ २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कतिका सपना मारेर कस्तो देश बनाउन खोजेको हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। भोजपुरमा बुधबार एक प्रहरी जवान र नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको घटनालाई लिएर प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘एक प्रहरी, अर्का विद्रोही युवाको परिवारको […]

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

 असार २५, काठमाडौं । प्रतिष्ठित ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा सर्ट लिस्टिङ गरिएको जनाएका छन् । छनोटमा परेका […]

डीआईजी प्रदेश प्रहरीको प्रमुख हुने राज्य व्यवस्थामा सहमति

जेठ २५, काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) प्रदेश प्रहरीको प्रमुख हुने भएका छन् । राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो । यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका […]

नायिका शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा दिईन उजुरी

 असार २५, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । उनको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ । नायिका शिल्पा […]

‘भारत जाँदा केटा, नेपाल आउँदा केटी भएँ , सरकारले कारवाही गर्न सहयोग गरेन – सुरेन्द्र

असार २५, काठमाडौं । काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन ।  मंगलवार रिपोटर्स क्लब नेपालमा आफ्ना बुवासँगै आएकी पीडित मालले आफुलाई न्याय र बाँच्न पाउने आधारको खोजी गरेको स्पष्ट पारिन् । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम […]

विप्लव कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु , विप्लव कार्यकर्ता पनि मारिए

असार २५, काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको कार्यकर्ताको गोली लागेर प्रहरीको मृत्यु भएको छ । बुधबार बिहान भोजपुर बजारको हटिया लाइन क्षेत्रमा प्रहरीमाथि विप्लव कार्यकर्ताले गोली प्रहार गरेको हो । महानिरिक्षक कार्यालयका एसपी रमेश थापाका अनुसार विप्लव कार्यकर्ताको गोली लागेर मारिनेमा प्रहरी जवान सन्जिव राई रहेका छन् । गोली लागेका उनको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । […]

 ओखलढुंगामा बस दुर्घटना – ३ को मृत्यु , १९ जना घाइते

असार २४, काठमाडौं । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका छन् । काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बसका चलक पथरीया २ […]

नेविसंघले पठायो सीडीओमार्फत प्रधानमन्त्रीलाई तरकारी उपहार

असार २४, काभ्रे । भारतबाट आयात हुने तरकारी तथा फलफूल बिना परीक्षण आयात गर्ने सरकारी निर्णयको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विषादीयुक्त फलफूल तथा तरकारी उपहार पठाएको छ । काठमाडौंलगायत देशका ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् नेविसंघले तरकारी र फलफूल उपहार पठाएको नेविसंघ नेता सुशील […]

‘सिरिन्ज आक्रमण’ गरेको आरोपमा पक्राउ परेका व्यक्ति थुनामुक्त

असार २४, काभ्रे । धुलिखेल जाने बसमा ‘सिरिन्ज आक्रमण’ गरेको आरोपमा पक्राउ परेका व्यक्ति थुनामुक्त भएका छन्  । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न भएको हुनसक्ने कुनै प्रमाण नभेटिएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक थुनामुक्त गरिएको हो । प्रहरीले पीडित भनिएकी महिलामाथि ‘सिरिन्ज आक्रमण’ भएको हो/होइन भन्ने विषय पनि निर्क्यौल भइसकेको छैन । प्रहरीका अनुसार अहिले पीडित महिलाको […]

प्रजातन्त्रले गोली चलाएर नै आफ्नो रक्षा चाहेको भए थुप्रै हुरी, चट्याङ र बादल बेपत्ताको लिष्टमा पर्थे – कांग्रेस प्रवक्ता

असार २४, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गोली चलाएर मात्र लोकतन्त्रको रक्षा हुने हो भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकमा लोकतन्त्र रक्षाका लागि गोली चलाउँदा पौडेललगायतको मृत्यु भएको बताएपछि शर्माले ट्वीट गर्दै गृहमन्त्रीको धारणा व्यक्तिगत हो कि सरकारकै धारणा भनेर सोधेका हुन्। ‘लोकतन्त्रको रक्षा गोली चलाएर नै […]

दुई देशका सरकारबीच पत्रहरू आउने/जाने कुरा स्वभाविक हो , अन्यथा लिनुपर्दैन – सरकार प्रवक्ता

असार २४, काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन्। मन्त्री बाँस्कोटाले मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि बोल्दै दुई देशका सरकारबीच पत्रहरू आउने/जाने कुरा स्वभाविक भएको बताए। यसलाई अन्यथा लिन नहुने उनले तर्क गरे। दुई देशका […]

  प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

असार २४ , काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधका कारण १५ मिनेटलाई स्थगित भएको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको हो। प्रतिनिधिसभाको आजको पहिलो बैठकमा सर्लाहीका विप्लव नेतृत्वको नेकपाका नेता कुमार पौडेलको शंकास्पद मृत्युलाई लिएर कांग्रेस र राजपाले गृहमन्त्रीको जवाफ […]

एसीसी यु-१९ – हङकङलाई ६ विकेटले पराजित गर्दै नेपाल बन्यो बिजेता

असार २४, काठमाडौं । नेपालले एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियामा भएको प्रतियोगितामा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो । हङकङलाई हराउँदै उपाधि जितेको नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ । ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो […]

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को  शुभ मूहुर्त गरियो , दोहोरिए पुजा र पल

असार २४, काठमाडौँ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को  मंगलबार गोरखा मनकामना मन्दिरमा शुभ मूहुर्त गरिएको छ । शुभ मूहुर्त कार्यक्रममा पल शाह  र पूजा शर्मा हेलिकोप्टर चढेर मनकामना पुगेका थिए । मनकामना मन्दिररमा पूजा गर्दै चलचित्रको मूहुर्त गरिएको हो । सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’मा पनि पूजा […]

नेपाली युवा टोली एकै पटक दुई यू-१९ एसिया कपको लागि छनोट

असार २४ , काठमाडौं ।गत अप्रिलमा मलेसियामा भएको आइसीसी यू-१९ विश्वकप क्वालिफायर एसिया रिजनमा युएईसँग १ रनको हार बेहोर्दा विश्वकप पुग्नबाट चुकेको नेपाली युवा टोली एकै पटक दुई यू-१९ एसिया कपको लागि छनोट भएको छ। मलेसियामा मंगलवार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजनको उपाधि जित्दै नेपालले यसै वर्ष श्रीलंकामा हुने र २०२० मा हुने यू-१९ एसिया […]

कुमार पौडेलको हत्याको छानबीन समितिको माग गर्दै प्रतिपक्षीले रोष्ट्रम घेरेपछि संसद अबरुद्ध

असार २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदीय छानबीन समितिको माग गर्दै रोष्ट्रम घेरेपछि संसद अबरुद्ध भएको छ। प्रतिपक्षीले विप्लवको नेकपाका कार्यकर्ता कुमार पौडेलको हत्याबारे अनुसन्धान गर्न संसदीय छानबीन समिति बनाउनु पर्ने माग गरेका छन्। विपक्षीको अडानपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विप्लव समूहका नेता कुमार […]

कस्तुरीको बिना सहित नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ

असार २३, काठमाडौं  ।  प्रतिबन्धित कस्तुरीको बिना सहित पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नेता दीनानाथ शर्माका अङ्गरक्षक पक्राउ गरेका छन्। महानगरीय कार्यालय रानीपोखरीको टोलीले हवल्दार बमबहादुर चन्दलाई आइतबार साँझ पक्राउ गरेको हो । कार्यालयका एसएसपी श्याम ज्ञवालीका अनुसार हवल्दार चन्द सुकेधाराको डाँफे रेष्टुरेष्टबाट पक्राउ परेका हुन्। ‘प्रतिबन्धित कस्तुरीको बिना सहित पक्राउ गरेका हौँ। थप […]

साग तीन पटक सर्‍यो , अब सर्नु हुँदैन – नवनियुक्त सदस्य सचिव सिलवाल

 असार २३ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवालले तोकिएकै समयमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने चुनौती स्वीकार गरेर आफू नेतृत्वमा आएको बताएका छन् । तयारी नपुगेपछि सागको मिति तीन पटक सरिसकेको छ । चौथो पटक तोकिएको मिति आउन अब चार महिना मात्र बाँकी छ । राखेप अध्यक्ष तथा […]

६२ बर्षे सांसद ज्ञानेन्द्रबहादुर कार्कीको तेस्रो विवाह , को हुन् बधु ?

असार २३, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन्। बुढ्यौली लाग्दै गर्दा सहाराको खोजीमा रहेका कार्कीले आइतबार लगनगाँठो कसेका हुन्। पूर्व अर्थ मन्त्रीसमेत रहेका कार्कीले राजधानीको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला व्याङ्क्वेटमा राणा परिवारकी युवतीसँग बिहे गरेको पारिवारिक स्रोतले जनायो। ६२ वर्षीय कार्कीकी दोस्री पत्नीको एक वर्ष अगाडिमात्रै निधन भएको थियो। […]

 काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न

 असार २३, काभ्रे । काभ्रेमा ‘सिरिन्ज आक्रमण’लाई लिएर तनाव उत्पन्न भएको छ । स्थानीयबासीले प्रहरी चौकी घेराउ गरेका छन् । सोमबार विहान बाटो हिँडिरहेकी र बसमा रहेकी एक महिलाले आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । लगत्तै स्थानीयबासीको समूहले एक चारदोबाटोस्थित बसपार्कबाट एक जनालाई प्रहरीको जिम्मा लगाएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले […]

एसीसी यू-१९ – मलेसियालाई ७ विकेटले हराउंदै नेपाल फाइनलमा प्रवेश

असार २३, काठमाडौं  ।  नेपाल मलेसियामा भइरहेको एसीसी यू-१९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ। किनरारा ओभल मैदानमा सोमवार भएको सेमिफाइनलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। नेपालले अब उपाधिका लागि हङकङ र सिंगापुरबीच भइरहेको अर्को सेमिफाइनलको विजेतासँग खेल्नेछ। मलेसियालाे दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर […]

नेपालको महाभारत र चुरे पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने प्रस्तावित राजदूतको योजना

असार २३, काठमाडौं । बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रले नेपालको महाभारत र चुरे पहाड काटेर ढुंगा र माटो बंगलादेशमा बेच्ने योजना सुनाएका छन् । सोमबार संसदीय सुनुवाई समितिमा बैठकमा उनले भने , ‘एक प्रयास तीन लाभ भन्ने मेरो योजना रहेको छ । चुरेको बसोबासलाई हटाएर चुरे संरक्षण गरेर तराई मधेस जोगाउने र बंगलादेशलाई पनि डुब्नबाट […]

‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक

असार २३, काठमाडौं  । फिल्म ‘कबड्डी’को तेस्रो सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले १ मिनेट २९ सकेण्ड टिजर ल्याएको हो । १३ भाद्र प्रदर्शन मिति घोषणा गरेको फिल्मको टिजरमा अभिनेता दयाहाङ राई (काजी) रीश्मा गुरुङ ‘मैना’ लगायतको अभिनय देखिएका छन् । टिजरमा अभिनेत्री उपासना सिंह ठकुरीसँग […]

रोकिएको राजदूतहरुको संसदीय सुनुवाई सोमबार दिउसो ३ बजे हुने

असार २३, काठमाडौं  । प्रस्तावित चार देशका राजदूतहरुको संसदीय सुनुवाई बीचैमा रोकिएको छ । राजदुतहरुको सुनुवाइका लागि सोमबार बिहान समितिको बैठक बोलाइएको थियो  । सोमबार बिहानको बैठक केहीवेर बसेर स्थगित भएको हो । अर्को बैठक आजै ( सोमबार)  दिउँसो ३ बजे बस्ने छ । पहिलो सुनुवाइमा राजदूतमा सिफारिसमध्य डा. बंशिधर मिश्रको आंशिक सुनुवाई भएको छ […]

एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउन नेता शर्माको प्रस्ताब

असार २२, काठमाडौं  । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । नेता शर्माले प्रदेश प्रहरी प्रमुखलाई पनि प्रहरी महानिरीक्षक बन्न पाउने गरी व्यवस्था गर्नुपर्ने र त्यसरी नियुक्ती गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक नै उपयुक्त हुने तर्क गरे । पूर्वगृहमन्त्री समेत रहेका  […]

अवकाश प्राप्त कर्मचारीलाई उपचार खर्च दिने प्रावधान हटाउन निर्देशन

असार २२, काठमाडौं  । संसदीय समितिले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बाट अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च दिने प्रावधान तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले अवकाश पाएका कर्मचारीहरुलाई उपचार खर्च उपलब्ध गराउने प्रावधान सो विधेयकबाट […]

प्रेम ध्वज प्रधान साँझ तथा सम्मान कार्यक्रम

असार २२, किर्तिपुर । किर्ती इभेन्ट्स प्राइभेट लिमिटेडले विभिन्न सांगितिक तथा मनोरञ्नात्मक कार्यक्रम गर्दै आइरहेको छ। यसपटक पनि कीर्ति इभेन्ट्सले किर्तिपुर नगर भित्र रहेका सांस्कृतिक तथा सांगीतिक महत्वका बिषयलाई उजागर गर्न प्रेम ध्वज प्रधान साँझ तथा सम्मान कार्यक्रमको आयोजना गर्ने भएको छ  । सम्मान कार्यक्रम आउँदो असार २८ गते (जुलाई १३ ) सनिबारको दिन किर्तिपुरस्थित […]

उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

असार २०, उदयपुर । नेपालकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । विद्युत् भोल्टेजमा देखिएको समस्याका कारण उद्योग बन्द हुँदा उत्पादन ठप्प भएको हो । उत्पादन ठप्प हुँदा उद्योगलाई दैनिक रु ७५ लाख क्षति भइरहेको छ । विद्युत्को भोल्टेजमा समस्या आएपछि हाइटेन्शन पावरको मोटर सञ्चालनमा हुन नसक्दा उद्योगको उत्पादन बन्द […]

यु १९ एसिया कप छनोट – नेपालद्वारा सिङ्गापुर २ सय १७ रनले पराजित

असार २०, काठमाडौं । नेपालले यु १९ एसिया कप छनोट क्रिकेटमा सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ । नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो । पूर्वी क्षेत्रीय छनोटको खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । यस्तै तिलक राज भण्डारीले […]

खुकुरीले हानेर आफ्नै आमाको हत्या

 असार २०, सप्तरी । खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका-१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रिठ्ठेले खुकुरी प्रहार गर्दा आमा धनमायाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको […]

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात

असार २०, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ। हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ। शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई नर्भिक ल्याइएको अस्पताल स्रोतले बताएको छ। उनको सिसियु कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँको शरीरमा क्याथर्टर राखिँदैछ, उहाँको स्वास्थ्यबारे अनुसन्धान भइरहेको छ,’ अस्पताल स्रोतले भन्यो।

बाबुरामको प्रश्न , दीपक मनांगे जस्ता “बौद्धिक”भएको “कमाउनिष्ट”पार्टीमा अरू बौद्धिकहरू पनि आवस्यक पर्छ र ?

असार २०, काठमाडौँ । पार्टी मुख्यालय धुम्बाराहीमा नेकपाले  समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गरायो ।  सोहि पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई नै नेकपामा आउन आग्रह गरे । उनले बाबुरामको वौद्धिकताले अरु पार्टीका गएर सकारात्मक परिणाम दिन नसकेको टिप्पणीसमेत गरे । ‘बाबुरामजीको वौद्धिकताले अन्त गएर कहीँ त्यसले सकारात्मक परिणाम दिएको देखिँदैन […]

बाबुरामलाई एकतामा आउन प्रचण्डको आग्रह

असार २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताएका छन् । समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै प्रचण्डले यो प्रयास घातक भएको बताए । कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गरे । उनले नयाँ बनाउँछु भनेर हिडेका […]

२० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफाबारे अनावश्यक हल्ला फैलाइयो – प्रधानमन्त्री

 असार २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् । समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । साथै उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत […]

३ वर्षअघि हराएका एकजना व्यक्ति टिकटकमा भेटिए

असार २०, रौतहट । टिकटक एक दम्पत्तिका लागि दुनियाकै कामलाग्ने माध्यम बनेको छ । ३ वर्षअघि हराएका एकजना व्यक्तिलाई टिकटकले नै उनकी पत्नी तथा परिवारसँग मिलन गराइदिएको छ । घटना भारतको हो । तमिलनाडुका एकजना व्यक्ति तिन वर्ष पहिले अचानक बेपत्ता भएका थिए । तर टिकटकले अहिले उनलाई उनकी पत्नी तथा बालबच्चासँग मिलन गराइदिएको छ […]

अब २५ वर्षसम्म वामपन्थीबाहेक अरु आउने सम्भावना छैन – नेता पौडेल

 असार २०, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीले ५ वर्ष नभई २५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन् । समाजवादी पार्टीका नेताहरु देवेन्द्र पराजुली, कल्पना धमला, मनु हुमागाई लगायतको समूहलाई नेकपा प्रवेश गराउने कार्यक्रममा बोल्दै पौडेलले पटक पटक २५ वर्ष सरकार चलाउने दाबी गरे । कतिपयले नेकपाको सरकार ५ वर्षपछि टिक्दैन […]

बिमाको दोब्बर रकमको गलत प्रभाव , ४ बर्षे छोरीको बाबुद्वारा हत्या

 असार २०, रौतहट । जीवन बीमा कम्पनीबाट पाउने रकमको लोभमा एक बुबाले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका–६, पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरेका हुन् । असार १७ गते घरमा सुतिरहेकै अवस्थामा हराएकी लक्ष्मीको शव भोलिपल्ट बिहान गाँउकै एक पोखरीमा भेटिएको थियो । घटनाको अनुसन्धान गर्ने […]

अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प

असार २०, काठमाडौं । अमेरिकास्थित साउदर्न क्यालिफोर्नियामा दुई दशक यताकै सबैभन्दा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार ६.४ म्याग्नेच्युडको भूकम्प मापन गरिएको हो । भूकम्पको केन्द्रबिन्दु लस एन्जलस भन्दा २४० किलोमिटर टाढा रिजक्रेस्ट शहर रहेको छ । भूकम्पले रिजक्रेस्टमा अत्यधिक क्षती पुर्याएको स्थानीय भूगर्वविद् प्राध्यापक जोन रण्डलले बीबीसीलाई बताए । अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पको […]

त्रिशूली नदीमा ट्रक दुर्घटना हुँदा दुई जनाको  मृत्यु , १ जना घाइते

असार २०, काठमाडौं । त्रिशूली नदीमा ट्रक दुर्घटना हुँदा दुई जनाको  मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । […]

मन्त्रिपरिषद् बैठक – वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण

असार १९, काठमाडौं । सरकारले असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ। बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १० निर्णयहरू सार्वजनिक गरेका हुन्। यी हुन् निर्णयहरू : वागमती नदीको तटीय क्षेत्र सुधारका लागि एसियाली विकास बैंकसँग सहुलियत ऋण लिन अर्थमन्त्रालयका सहसचिवको […]

‘वीब्वाई सिटी नेपाल’ आयोजना हुने

असार १९, काठमाडौं । नेपालमा ‘वीब्वाइ सिटी नेपाल’ आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै नेपाल हिपअप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा वीव्याइ सिटी नेपाल हुने जानकारी दिइएको थियो । शनिबार काठमाण्डौको लैनचौरमा यो कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा ‘वीव्याइ सिटी नेपाल’का संयोजक दीपेश थापाले यो कार्यक्रम विगत दुई वर्षदेखि संचालनमा आइरहेको जानकारी दिए […]

काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको कार्य सुरु

असार १९, काठमाडौं । काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रममा बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् । कार्यक्रममा बोल्दै मेयर शाक्यले सो पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने घोषणा पनि गरे । उनले सो पोखरी पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न […]

सीमा नाकामा तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई भारतको आग्रह

असार १९, काठमाडौं । भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको हो । नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति […]

सुपादेउरालीमा जिप दुर्घटना – ३ को मृत्यु , ६ घाइते

असार १९, अर्घाखाँची । अर्घाखाँचीकाे सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । कपिलवस्तुकाे गोरूसिंगेबाट अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क जाने सड्कअन्तर्गत सुपा देउरालीमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुने तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ६ जनालाई नै उपचारका लागि बुटवल […]

कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो हुँदैन – विमलेन्द्र निधि

असार १९, काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत् मूलधारमा ल्याउनुपर्ने बताएका छन्। बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए। अहिले राजनीतिक रूपमा खुला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने […]

नेकपाले दीपक मनाङेलाई नभई, प्रदेशसभा सदस्य राजीव गुरूङलाई पाटीै प्रवेश गराएको हो – मुख्यमन्त्री

 असार १९, पोखरा । दीपक मनाङ्गे भनेर चिनिने गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले गुरुङलाई पार्टी प्रवेश गराएका हुन् । मनाङ्गे, मनाङको प्रदेशसभा ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । वाम गठबन्धनको भागवडामा यो निर्वाचन क्षेत्र तत्कालीन […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न आग्रह

असार १९, काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ । रङ्गशाला निर्माण सहयोग समिति चितवनको बुधबार बसेको सचिवालय बैठकले धुर्मुस–सुन्तली फाउण्डेशनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो ।  यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयवासीले भत्काएपछि फाउण्डेशनले काम रोकेको छ । रङ्गशाला निर्माण […]

सांसद दिपक मनाङ्गे नेकपामा प्रवेश

असार १९, काठमाडौँ । गुण्डा नाइके भनेर चिनिने सांसद दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् । मनाङ्गे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर […]

लिबिया आक्रमणमा परी एक नेपालीको मृत्यु

असार १९, काठमाडौँ । लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको मृत्यु भएको छ । मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर  मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त […]

गएराती महोत्तरीमा १५ लाख लुटियो

असार १९, जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिकास्थित प्रेमनगरमा गएराती डकैती हुँदा एक जना डाका पक्राउ परेका छन् । बुधबार राती करिब एक दर्जनको समूहमा रहेका डाकाले बर्दिवास वडा नम्बर ६ र ७ बाट सुनचादी र नगद रुपैयाँसहित करिब १५ लाख बराबरको धनमाल डकैती गरी जाने क्रममा एक जना डाका पक्राउ परेका हुन् । बर्दिबास नगरपालिकाको […]

प्रचण्डको सुझाबपछी आइफा अवार्डबाट पछी हटे ओली

 असार १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को एकता छलफल फेरि इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्डका कारण ओझेलमा परेको छ। बैठकमा ने क पाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी खर्चमा आइफा गर्न नहुने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बताएका थिए। प्रचण्डको सो सुझाबपछि सरकार आफ्नो निर्णयबाट पछि हट्ने […]

साबा यू-१६ बास्केटबल – नेपाल पहिलो खेलमै भारतसंग पारजित

 असार १८, काठमाडौं । बंगलादेशमा सुरु भएको साबा यू-१६ बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पारजित भएको छ। फिबा यू-१६ एसियन च्याम्पियनसिप साबा क्वालिफायरको रुपमा रसमेत रहेको यस प्रतियोगिता नेपाल भारतसँग पराजित भएको हो। बुधबार भएको पहिलो खेलमा भारतले नेपाललाई १०३-२८ स्कोरले हराएको हो।  नेपालले दोस्रो खेल बिहीवार श्रीलंकासँग खेल्नेछ। प्रतियोगितामा दक्षिण एसियाका नेपाल, आयोजक बंगलादेश, […]

एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभो – मन्त्री लालबाबु पण्डित

असार १८, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै धाउने गरेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् । विगतको अनुभव भन्दै पण्डितले समिति बैठकमा भने ‘अहिलेको त म भन्दिन […]

सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने

 असार १८, काठमाडौं । गण्डकी प्रदेश सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको छ । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर […]

प्रेमिकासँगै सुतेका प्रेमीको मृत्यु

१८ असार, काठमाडौं । प्रेमिकासँगै नयाँ बसपार्कस्थित एक होटलमा बास बसेका काभ्रेका युवक मृत भेटिएका छन् । २६ वर्षीय प्रमोद गुरुङ शुभकलश गेस्ट हाउसमा बुधबार विहान मृत फेला परेका हुन् । असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका प्रमोद विदेशबाट आएको दिनदेखि नै म्याग्दी घर भएकी प्रेमिकासँग उक्त होटलमा बस्दै आएका गुरुङ बुधबार विहान मृत […]

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

असार १८, काठमाडौं । चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्। भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका भ्रमणदलका सदस्य तथा उनका प्रेस […]

भारतीय फिल्म अवार्ड आईफा अन्ततः नेपालमा नहुने

असार १८, काठमाडौं । भारतीय फिल्म अवार्ड आईफा अन्ततः नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे ।

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते

असार १८, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुईदिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो । मौका परीक्षामा सैद्धान्तिक दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड हासिल गरेका नियमिततर्फका विद्यार्थी सहभागी हुन पाउनेछन् । २ विषयमा अनुपस्थित […]

चलचित्र ‘भुल भुलैया’को सिक्वेलमा कार्तिक आर्यन फाइनल

असार १८ काठमाडौँ ।  चलचित्र ‘भुल भुलैया’को सिक्वेलका लागि मुख्य नायक पक्का भएका छन् । यो चलचित्रका लागि नायक कार्तिक आर्यन पक्का भएका हुन् । पछिल्लो समय निकै रुचाइएका र व्यस्त कार्तिकले यो चलचित्रमा काम गर्नका लागि संझौता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । कार्तिकले ‘लुका चुपी’, ‘सोनु के टिटु की स्विटी’ जस्ता सफल चलचित्रमा […]

लोक सेवाको विज्ञापन नरोकिने , साउनमा जाँच, मंसिरमा जागिर

 असार १८, काठमाडौं । स्थानीय तहका लागि खोलेको विज्ञापन नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि लोक सेवा आयोगले नौ हजार बढी कर्मचारी भर्नाको प्रक्रिया अघि बढाउने भएको छ। आयोगले गरेको विज्ञापन समावेशी नभएको दाबीसहित रद्द गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सोमबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। न्यायाधीश हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको […]

एसीसी यु–१९ – नेपालको प्रभावशाली सुरुवात , चीन १० विकेटले पराजीत

असार १८, काठमाडौं । मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले प्रभावशाली सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ । ५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्यो । पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ ब्लमा ६ चौका […]

कपिलवस्तुमा बस ठोक्किँदा ४० जना घाइते

 असार १८, काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका–१ चोरखोलामा दुईवटा बस एकापसमा ठोक्किदा ४० जना यात्रु घाइते भएका छन् । बुधबार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ९३२६ नं.को बस र बिपरित दिशा तर्फ आउदै गरेको ना ६ ख ९९१० नं. को बस एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीप […]

विराटनगरबाट अवैध चाँदी सहित एक जना पक्राउ

 असार १७, विराटनगर । नेपाल प्रहरीले विराटनगर महानगरपालिका ९ रोडषेश चौकबाट ५९ किलो ९ सयग्राम अवैध चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय मूलका २३ वर्षीय गौरव साह रहेका छन् । साहलाई गए साँझ भारतीय नम्बर प्लेट बी.आर.११.एके.१७९१ नम्बरको कारबाट चाँदीसहित पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा कारमा चाँदी रहेको जानकारी […]

आइफा अवार्ड -अर्बौं खर्चेर खर्बौको ब्राण्डिङ

 असार १७, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डमा सरकारले घाटाको ब्यापार नगर्ने बताएका छन् । संसदको विकास समितिको बैठकमा मन्त्री बास्कोटाले अहिलेसम्म अवार्ड गर्न सैद्धान्तिक सहमति मात्र दिइएको बताए । सरकारले ४४ करोड दिन लागेको चर्चा रहेको भन्दै उनले भने, ‘एउटा टेन्ट नै उनीहरुले ५६ करोडको राख्दैछन् । यदि ४४ करोड नै दिइहाल्यो भने […]

९ अंक ल्याएका सुरेन्द्रलाई ६० नम्बर थपेर गोल्डमेडल दिईनु व्यक्तिगत त्रुटी

असार १७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर यो संस्थागत नभइ व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीहरुको तर्क छ । ९ अंक ल्याउका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार पाइएपछि अख्तियारले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई […]

कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन् – प्रधानमन्त्री

असार १७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रम शक्तिको समुचित उपयोग हुनेगरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्। पोखरा विश्वविद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउन सक्ने उल्लेख गरे। ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति […]

नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु

 असार १७, काठमाडौं । नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु भएको छ । बानेश्वर चोकभन्दा करिब ५० मिटर तल (माईतीघर-बानेश्वर खण्डतर्फ) आकाशेपुलको निर्माण थालिएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । सडक विभाग अन्तरगतको काठमाडौं सडक डिभिजनले करिब ३ करोडको लागतमा यो पुल निर्माण गर्दैछ । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान […]

सन्दीप लामिछानेको “मेमोरी” मा सहकर्मीहरु

असार १७, काठमाडौँ । नेपाली राष्ट्रिय टिमा युवा लेगस्पीनर सन्दीप लामिछानेले आफ्नो पछिल्लो गीत मेमोरी सार्वजनिक गरेका छन्। उनले गीतसँगै आफ्नै युट्यसब च्यानलबाट त्यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेका छन्। भिडियोमा सन्दीपसँगै राष्ट्रिय टिमका सदस्य सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी लगायतले अभियन गरेका छन्। यस्तै राष्ट्रिय टिमका म्यानेजर रमन शिवाकोटीलाई पनि भिडियोमा देख्न सकिन्छ। आफ्नो […]

प्रचण्डपुत्र प्रकाश दाहालको जन्मजयन्तीमा पाँच जना सगरमाथा आरोहीलाई सम्मान गरिने

असार १७, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको जन्मजयन्तीको अवसरमा पाँच जना सगरमाथा आरोहीलाई सम्मान गरिने भएको छ  । ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान’ कार्यक्रम नाम  ‘राखिएको  उक्त कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड प्रमुख अतिथि रहने छन्  । सम्मान कार्यक्रम मंगलबार १२ बजेपछि राष्ट्रिय सभागृहमा हुँदैछ । कार्यक्रममा पाँच जनालाई साहसिक सगरमाथा सम्मान र जनयुद्ध र […]

गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने

असार १७, चितवन । नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तीका अवसरमा लाखबत्ती बालिने भएको छ। कांग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो। दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको संयोजक गुरुङले बताए। यससँगै नारायणी किनारमा हुने गण्डकी […]

राष्ट्रियसभा बैठक – तीन विधेयक टेबुल

असार १७, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका छन्। ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन् । बैठक शुरु हुने बित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली काङ्ग्रेसका सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास […]

३३ किलो सुनको थुनछेकमा बदनियतपूर्ण आदेश गरेको भन्दै न्यायाधीश सिंह बर्खास्त

असार १७, काठमाडौँ । न्याय परिषदले ३३ किलो सुनको अवैध चोरी निकासी तथा सनम शाक्य हत्या प्रकरणको थुनछेकमा बदनियत गरेको अभियोगमा उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंहलाई पदबाट बर्खास्त गरेको छ। प्रकरणमा जोडिएका अन्य दुई न्यायाधीशको दुई वर्ष बढुवा रोक्काको निर्णय भएको छ। कार्यशैलीप्रति सचेत गराउँदै न्यायाधीशद्वय थीरबहादुर कार्की र साधुराम सापकोटाको बढुवा रोक्का गरिएको हो। […]

सिनामंगलमा माइक्रो दुर्घटना – १६ जना घाइते , २ को अवस्था गम्भीर

असार १७, काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि माइक्रोबस एकापसमा ठोक्किदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुइवटै माइक्रो बसमा सवार १६ जना घाइते भएका छन् । मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो एकापसमा […]

समता सञ्चालक उत्तम सञ्जेल पत्नीसहित ३ जना नियन्त्रणमा

असार १७, काठमाडौँ । कर्मचारी झुण्डिएको अवस्थामा फेला परेको घटना अनुसन्धान गर्न प्रहरीले बौद्धस्थित समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित तीन जनालाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उत्तम सञ्जेल पत्नी कला अधिकारीसहित अस्पतालकै कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीविरुद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालेको हो । गत […]

लुम्बिनी भ्रमण वर्ष सफल बनाउँन ठाउँ–ठाउँमा ‘रोड सो’ सम्पन्न

असार १६, बुटवल । लुम्बिनीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले  घोषणा गरिएको लुम्बिनी भ्रमण वर्ष २०७६ अन्तर्गत ठाउँ–ठाउँमा रोड सो सम्पन्न भएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीसहित प्रदेश पाँचका पर्यटकीय गन्तव्य भ्रमणको निम्तो बाँड्दै रोड–सोमा निस्किएका पर्यटन व्यवसायीले सातै प्रदेशमा कार्यक्रम गरी निम्तो दिएका छन् । तेस्रो चरणको रोड–सोका क्रममा स्थानीय तह र प्रदेश सरकारलाई उनीहरुमार्फत […]

काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति

१६ असार, काठमाडौं । प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायात प्रालीबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भएको छ । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान […]

भारतीय अलराउन्डर विजय शंकर विश्वकपबाट बाहिर

असार १६, काठमाडौँ । भारतका अलराउन्डर विजय शंकरले इंग्ल्यान्ड भइरहेको आइसिसी क्रिकेट विश्वकपका बाँकी खेल गुमाउने भएका छन्। आइतबार घरेलु टिम इंग्ल्यान्डविरुद्धको खेलअघि भएको वर्मअपको क्रममा उनी घाइते भएका थिए। जसप्रित बुमराहको बल उनको खुट्टाको औलामा लागेको थियो। वर्मअघि घाइते भएपछि उनको स्थानमा रिशव पन्तले खेलेका थिए। वर्मअपको क्रममा लागेको चोट तत्काल निको नहुने भएपछि उनले विश्वकपका […]

 विवेकशीलले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने

 असार १६, काठमाडाैं । विवेकशील नेपाली दलले केन्द्रीय पदाधिकारीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ ।  रोल्पाको लिवाङमा आयोजित नीति सम्मेलनले प्रमुख ६ पदाधिकारीहरु मध्ये ३ पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको हो । अध्यक्ष वा उपाध्यक्ष मध्ये एकजना, महासचिव वा कोषाध्यक्षमध्ये एक र दुई सचिव मध्ये एकजना महिला प्रत्यक्षरुपमा निर्वाचित हुने सुनिश्चिता […]

 चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने

 असार १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जीप नचल्ने भएको छ ।पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जीप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको  हो  । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो । निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ […]

श्रीमान छाडेर प्रेमीसंग बिवाह गर्न आमाको हत्या

भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बाँसबारीकी ईश्वरी भट्टराईले आफूलाई जन्म दिने आमाको हत्या गरेकी छन्। २७ वर्षीया ईश्वरीले ९ बर्षअघि सोनाम थापा मगरसँग बिहे गरेकी थिइन ।  उनीहरुको एक छोरा पनि छ । ईश्वरी गार्मेट कारखानामा काम गर्ने क्रममा सिरहाका मोहमद नौसादसँग नजिकिइन् । उनीहरुको सम्बन्ध यति घनिष्ठ भयो कि गार्मेन्टको काम छोडेपछि पनि नौसाद बाँसबारीस्थित ईश्वरीको […]

नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन सक्दैन – प्रधानमन्त्री ओली

असार १६, काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीले अहिलेकै अवस्थामा नेपाल एयरलाइन्सलाई सरकारले ऋण वा लगानी स्वरूप एक रुपैयाँ  पनि दिन नसकिने बताएका छन्। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ओलीले व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ  पनि नदिने प्रष्ट पारे।  एयरलाइन्सले सरकारसँग बजेट माग्दै आएको छ।राष्ट्रिय ध्वजावाहक भएकाले सरकार काँध थाप्ने तर […]

विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा गतिरोध उत्पन्न भएको छ – बाबुराम भट्टराई

 असार १६, गोरखा । सामाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले तत्कालीन माओवादी र एमालेको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताएका छन् । आइतबार आयोजित रोपाइँ कार्यक्रममा सहभागी हुन गृह जिल्ला आइपुगेका भट्टराईले गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा भने विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न भएको हो । […]

इक्यान ‘बृहत शैक्षिक मेला’ असार २६ बाट सुरु

असार १६, काठमाडौँ । यही असारको अन्तिम साता नेपालमा इक्यानले ‘बृहत शैक्षिक मेला’ को आयोजना गर्ने भएको छ ।  नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यही असारको २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा यस वर्ष पनि वृहत शैक्षिक मेला आयोजना गर्न लागेको हो । स्वदेश तथा विदेशमा रहेका राम्रा शैक्षिक संस्थाहरुको बारेमा आवश्यक जानकारी दिने उद्देश्यका साथ […]

नवलपरासीमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुईको मृत्यु

असार १६, काठमाडौँ । पुर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जङ्गलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु ४९ प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह नगरपालिका–७ बस्ने २७ वर्षीय मिलन भट्टराई र मोटरसाइकलमा सवार […]

सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर एकको मृत्यु

असार १५, काठमाडौँ । सर्लाहीमा भीड नियन्त्रणको क्रममा गोली लागेर आइतबार एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।  मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतो छन्।  बालक मृत्यु प्रकरणलाई लिएर सर्लाही र महोत्तरीको सीमाना बाँकेमा भएको लगातारको दोहोरो झडपका क्रममा गोली लागेर महतोको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक […]

‘आईफा अवार्डको लागि एक अर्व दिने निर्णय गलत, पार्टीमा छलफल हुनुपर्छ’ – भिम रावल

काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएको सुनाए । […]

किसान हुलियामा देखिए बाबुराम भट्टराई

असार १५, काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई किसान हुलियामा देखिएका छन्।  असार १५ अर्थात् धान दिवसको दिन आइतबार भट्टराई आफ्नै गाउँ गोरखामा गोरुसँगै खेत हिल्याइरहेको अवस्थामा देखिएका हुन्। धान दिवसको अवसरमा भट्टराई पालुङटार नगरपालिका-१ खोप्लाङ गोरखा पुगेका थिए। उनको पुर्ख्यौली गाउँ त्यहीँ हो। पालुङटार नगरपालिका १ र सफल मल्टिपर्पोज कृषि […]

‘प्रेमगीत ३’ मा क्रिस्टिना गुरुङ अनुबन्धित

असार १५, काठमाडौं । बहुप्रतिक्षीत चलचित्र ‘प्रेमगीत ३’ मा क्रिस्टिना गुरुङ लिड अभिनेत्रीमा अनुबन्धित भएकी छन्। यस चलचित्रमा क्रिस्टिना अब ‘गीत’ को भूमिकामा देखिने छिन्। अमेरिकामा बस्दै आएकी गुरुङ फिल्मको अडिसनका लागि नेपाल आएकी थिइन्। अब, उनले यस फिल्ममा अभिनेता प्रदीप खड्कासँग रोमान्स गर्नेछिन्। चलचित्र निर्माण टिमले ‘प्रेमगीत ३’ मा ‘गीत’ क्यारेक्टरका लागि अडिसन आह्वान गरेको […]

भक्तपुरको चाँगुनारायणमा दिउसै एक महिलाको हत्या

असार १५, काठमाडौँ । भक्तपुरको चाँगुनारायणमा आइतबार दिउँसो धारिलो हतियारले घाँटी रेटेर एक महिलाको हत्या भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बाँसबारीकी ६० वर्षीया साबित्री भट्टराईको आफ्नै घरमा घाँटी रेटी हत्या भएको हो। भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार आफ्नै घरको तल्लो तलाको एउटा कोठामा भट्टराईको हत्या भएको हो। मोटरसाइकलमा आएका तीन जनाको समूहले भट्टराईको […]

‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् – सांसद देवकोटा

असार १५, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरेकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन्। सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको […]

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

असार १५, काठमाडौँ । स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ शुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । आन्तरिक श्रममा युवाको आकर्षण बढाउने, श्रम सम्बन्ध सुदृढ बनाउने, […]

हरेक वर्ष जन्मदीनमा सामाजिक काम गर्ने सिंखडा

असार १५, काठमाडौं । शिक्षा क्षेत्रलाई कर्मथलो बनाउँदै आएका युवा ब्यवसायी शिशिर सिंखडाले आफ्नो जन्मदीन सदावर्ष झैं यसपटक पनि फरक तवरले मनाएका छन् । हरेक वर्ष जन्मदीनमा सामाजिक काम गर्ने सिंखडाले यसपटक भक्तपुर स्थित मानव कल्याण समाजलाई १ महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेका छन् । राजधानीको बागबजारमा क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी संस्था सञ्चालन गर्दै आइरहेका […]

संस्थागत विद्यालय शिक्षक युनियमा सुरेश भट्ट नेतृत्वमा नयाँ कार्यसमिति

असार १५,काठमाडौँ । संस्थागत विद्यालय शिक्षक युनियनले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा गरिएको चौंथो काठमाडौँ जिल्ला अधिवेशनबाट सुरेस भट्टको अध्यक्षतामा २१ कार्यसमिति चयन गरिएको हो । कार्यक्रम उद्घाटनसत्र र बन्दसत्र गरी दुई भागमा बाँडिएको थियो । भूपाल उप्रेतीले सञ्चालन गरेको कार्यक्रमको सभापति सुरेन्द्र भट्टले भूमिका निभाए । कार्यक्रमको प्रमुख अतिथिको रूपमा […]

टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा

असार १५, काठमाडौं । टी–२० विश्वकप एसिया फाइनल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र […]

पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी बहेको छ – प्रकाशमान सिंह

असार १५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा त्याग र निष्ठाको सम्मान हुन छाडेको बताएका छन्। नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले आइतबार आयोजना गरेको गणेशमान सिंहको शालिक अनावरण कार्यक्रममा नेता प्रकाशमान सिंहले यस्तो बताएका हुन् । उनले पद नै सबभन्दा ठूलो मानी यसका लागि जेसुकै गर्ने प्रचलन हाबी हुनु नै मुलुकको दुर्दशा सुरू […]

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ। तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए। केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका […]

आज असार १५ अर्थात् दहि चिउरा खाने दिन

असार १५, काठमाडौँ । आज असार १५ गते! नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ ।  कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु […]

सप्तरीको एक मात्र औद्योगिक क्षेत्र डुबानको खतरामा

असार १५, काठमाडौं । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र वर्षायाममा […]

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने देउवाको चेतावनी

असार १३, काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरे सरकार ढाल्ने चेतावनी दिएका छन् ।शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार हुने गरी विधेयकहरु ल्याएको भन्दै उनले यो पारित हुन नदिने बताए । उनले भने, ‘हामी प्रजातान्त्रिक अधिकारका लागि लडेरै आएका […]

एसईईको ग्रेडिङ प्रणाली सन्तोषजनक नभएको सरोकारवालाहरुको दाबी

असार १३, काठमाडौँ । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । उनले भने,‘यो नतिजालाई लिएर […]

हब इन्टरनेसनल एजुकेशनको नयाँ शाखा दमकमा

असार १३, दमक ।  हब आफैंमा एक ब्राण्डका रुपमा स्थापित भइसकेको छ । बिगत १४ वर्षदेखि हब इन्टरनेसनल एजुकेशनले विद्यार्थीलाई गन्तव्यमा पुर्याइरहेको छ। हबले करिब ८ हजार भन्दा धेरै विद्यार्थीलाई विभिन्न देशमा पठाइसकेको छ । प्रोफेशनल टिमसंगै बिभिन्न देशबाट सर्टिफाइड काउन्सेलरले  हबलाई अझै स्तरीय बनाएको छ  । हालै हबले झापाको दमकस्थित मंगलदीप मार्केटमा आफ्नो नयाँ […]

मानवअधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै छ – कानुनमन्त्री ढकाल

 असार १३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले मानवअधिकार आयोग ऐनको संशोधन विधेयक संविधानअनुसार नै ल्याएको दाबी गरेका छन् । संसदको कानून, न्याय तथा मानवअधिकार समितिको कार्यक्रममा मन्त्री ढकालले संविधानको धारा १५८ (२) ले सरकार वादी भएर चल्ने सबै मुद्दाको अधिकार माहान्यायाधिवक्तालाई दिएको बताए । उनले भने, ‘अहिले मानवअधिकारको विषय आयो, महान्यायाधिवक्ताले […]

विश्वकप क्रिकेट – श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा

असार १३,एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) एक खेल हुँदैछ । म्यान्चेस्टरमा हुने खेलमा श्रीलंका र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् । श्रीलंका दक्षिण अफ्रिकालाई पराजित गर्दै सेमिफाइनल यात्रालाई जोगाइराख्ने योजनामा हुनेछ । यता […]

वैकल्पिक व्यवस्था नगरी घरटहरा नहटाउन कांग्रेस संसदीय दलको माग

 असार १३, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्ला सियारी गाउँपालिका वडा नं. ७ कनरी भर्थपुरदेखि अमुवा पुलमा सरकारी सार्वजनिक पर्ति जग्गामा घर झुपडी निर्माण गरी परिवारलाई ७ दिनभित्र घर टहरा हटाउन सूचना जारी गरेको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानार्षण भएको जनाएका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘‘वर्षौदेखि वसोवास गर्दै […]

धर्ती माता विष्णु कुँवर पक्राउ

असार १३, काठमाडौं ।आफूलाई धर्ती माता दावी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन् । कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा […]

ईपीएसको नतिजा सार्वजनिक

असार १३, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले सार्वजनिक गरेको हो। जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए। परीक्षाको नतिजा इपीएस कोरियाको आधिकारिक वेभसाइटमा हेर्न सकिन्छ।

यी हुन रमाइलोको लागि काटीले घोचेर आतंक फैलाएका कार्की

 असार १३, काठमाडौं । महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ, उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको […]

इन्डियन फिल्म एकेडेमी अवार्ड नेपालमा

असार १३, काठमाडौँ । आगामी वर्षको इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) अवार्ड यो वर्ष नेपालमा हुने भएको छ। काठमाडौँ महानगरपालिका सह-आयोजक रहने गरी अवार्ड समारोह हुन लागेको हो। असार ८ गते बसेको मन्त्रिपरिषदको बैठकले आइफाको २० औं संस्करण काठमाडौँमा गर्ने निर्णय गरेको हो। नेपाल पर्यटन बोर्डले पर्यटन वर्ष २०२० लक्षित गरी अवार्ड समारोहको नेतृत्व लिएको […]

युवतीमाथि सिरिन्ज आक्रमण गर्ने ब्यक्ति पक्राउ , रमाइलोको लागि यस्तो गरेको स्वीकार

असार १३, काठमाडौं। युवतीमाथि सिरिन्ज आक्रमण गर्दै आतंक फैलाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मा महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ । । उनी श्रृङ्खलाबद्ध रुपमा युवतीमाथि सुई हान्दै भाग्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंले रामेछापका उनलाई गएराती महाराजगन्जबाटै पक्राउ गरेको हो […]

फ्राइडे रिलिज – आप्पा र ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनमा

 असार १२, काठमाडौं ।  आज शुक्रबारबाट दुई नयाँ नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । अनमोल गुरुङ निर्देशीत सिनेमा ‘आप्पा’ र प्रदीप खड्गी निर्देशीत सिनेमा ‘कीर्तिपुरः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ प्रदर्शनमा एक हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको आप्पा सिनेमाका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको […]

त्रिविको अवरोधपछि कृषि विश्वविद्यालयको भवन निर्माण रोकियो

असार १३, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) र त्रिभूवन विश्वविद्यालयबीच जग्गाको विवाद बढेपछि कृषि विश्वविद्यालयको भवन निर्माण कार्य रोकिएको छ। वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ। यही असार ९ गते कृषि विश्वविद्यालयले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो। भवनको प्रदेश नम्बर ३ […]

चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक

असार १२, काठमाडौं । चलचित्र ‘जाइरा’को रोमान्टिक गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा चलचित्रको ‘आँखाले बोल्छ’ बोलको गीत सार्वजनिक गरिएको हो । यो चलचित्र भदौको ६ गतेबाट रिलिज हुँदैछ । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठ र नायक अनुपविक्रम शाही छन् । चलचित्रको सार्वजनिक गीतमा यी दुइ […]

एसईई परीक्षाको नतिजा प्रकाशित

असार १२, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ ।  यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । संघीय […]

बम भएको आशंकामा एयर इन्डियाको जहाज आकस्मिक अवतरण

असार १२, काठमाडौं । भारतको मुम्बईबाट न्युयोर्कका लागि उडेको विमान लण्डनको उत्तर पश्चिमी क्षेत्रमा रहेका स्टनस्टेड विमानस्थलमा आकस्मिक अवतरण गरेको छ । विमानमा बम राखिएको सूचना आएपछि बिहीबार विहान आकस्मिक अवतरण गरिएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको हो । विमानस्थलले जारी गरेको सूचना अनुसार शंकास्पद गतिविधि पत्ता लाग्ने वित्तिकै फ्याइट नम्बर एआई१९१ विमानलाई […]

मुख्यमन्त्री राउतद्वारा जनकपुरमा ११४ बालिकालाई साइकल बितरण

 असार १२, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कक्षा ८ मा अध्ययनरत बालिकाहरुलाई साइकल बितरण गरेका छन् । उनले जनकपुरस्थित एक सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत ११४ जना बालिकालाई बिहीबार साइकल बितरण गरेका हुन् । जनकपुरधामस्थित सकल भवन कन्या माविका बालिकाहरुलाई ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत साइकल बितरण गरिएको हो । विद्यालय […]

‘म यस्तो गीत गाउँछु’को सिक्वेल मा पुजा र पल दोहोरीएलान ?

असार १२, काठमाडौं ।  निर्देशक सुदर्शन थापा २ बर्ष अघिको हिट चलचित्र ‘म यस्तो गीत गाउँछु’को सिक्वेल बनाउने तयारीमा लागेका छन् । उनी अहिले चलचित्रको कथामा काम गरिरहेका छन् । यस्तै, चलचित्रको संगीतमा संगीतकार अर्जुन पोखरेलले काम गरेका छन् । निर्देशक थापाले भने–‘हामीले तयारी मात्र थालेका हौं । यो चलचित्रलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा नै […]

क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले लिए सन्यास फिर्ता

असार १२, काठमाडौं । क्रिस गेल अर्थात क्रिकेटका ‘युनिभर्सल बोस’ले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा फिर्ता लिएका छन् । ३९ वर्षीय क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास फिर्ता लिएको बताएका छन् । उनले गत फेब्रुअरीमा विश्वकप क्रिकेटपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा नै गरेका थिए । तर, विश्वकपअन्तर्गत भारतविरुद्धको खेलअघि गेलले अझै एकदिवसीय क्रिकेट खेल्ने बताएको बीबीसीले […]

बालुवाटार जग्गा प्रकरणमा केसी, सुवेदी र ढकाललाई पनि अख्तियारले बोलायो

 असार १२, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित तीन जनालाई पनि बयानका लागि बोलाएको छ । बुधबार मात्र अख्तियारले ८६ जनाको नाममा सार्वजनिक सूचना जारी गरी बयानका लागि उपस्थित हुन भनेको थियो । बिहीबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका छोरा कल्याण, शोभाकान्त ढकालकी पत्नी उमाकुमारी, रामकुमार […]

अवतरणको क्रममा विमान मस्कोको भवनमा ठोक्किँदा चालक दलका दुई जनाको मृत्यु, २२ जना घाइते

असार १२, मस्को। रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ। साइबेरियाको निझनियनगास्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन्। एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो। उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो। […]

संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्छ – सर्वेन्द्र खनाल

असार १२, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था […]

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा जोडियो हाेटल क्राउन प्लाजा

असार १२, काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डसँग हाेटल क्राउन प्लाजा नक्साल जोडिएको छ । आउने मंगलबार आयोजना हुने अवार्डका लागि हाेटल क्राउन प्लाजा सह-प्रायोजकको रुपमा जोडिएको हो । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहिबार हाेटल क्राउन प्लाजासँग एक बर्षे सम्झौता गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हाेटल क्राउन […]

चर्चित कवि नवराज पराजुलीले कोरियामा कविता कन्सर्ट गर्दै

असार १२, काठमाडौं । कोरियामा कविता कन्सर्ट हुने भएको छ। चर्चित नेपाली कवि नवराज पराजुलीले कविता वाचन गर्नेछन्। कन्सर्ट आउँदो जुन ३० तारिखमा हुँदैछ। जर्मनी,अष्ट्रेलिया,यु.के, दुबई, फिनल्यान्ड, डेनमार्क, नर्वेलगायतका देशहरुमा एकल कन्सर्ट गरिसकेका नवराज योपटक कोरियाको सउलमा प्रस्तुत हुन लागेका हुन्। यो कन्सर्ट झापाली समाज कोरियाले आयोजना गरेको हो। पाथीभारा सेल्टरको व्यवस्थापनार्थ च्यारिटी कन्सर्ट आयोजना […]

जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी

असार १२, काठमाडौं । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ। पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो। बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। काङ्ग्रेसले वैशाख २५ […]

कांग्रेसनिकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा लगाए ताला

असार १२, पोखरा । कांग्रेसनिकट जनप्रतिनिधिले पोखरा महानगरपालिकाको गेटमा बिहीबार ताला लगाएका छन् । महानगरले पाँचौं नगरसभामा प्रस्तुत गरेको वार्षिक बजेट विवरण (रेडबुक) र मेयर मानबहादुर जीसीको अभिव्यक्ति सच्याउनु पर्ने माग राख्दै उनीहरुले महानगरको मूलद्वारमा ताला लगाएका हुन् । नगरसभाको चौथो दिन बुधबार महानगरले रेडबुक प्रस्तुत गरेको थियो । उक्त रेडबुकमाथि छलफल नै नभई पारित […]

मोटरसाइकल एकापसमा ठोक्किँदा चितवनमा दुई जनाको मृत्यु

असार १२,रत्ननगर । बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका -१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ। साँझ ६ बजे ना ५३ प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग ९ प ११८५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर ठोक्किएर दुर्घटना भएको हो। दुर्घनामा गम्भीर घाइते भएका ना ५३ प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर -१८ का […]

क्याम्ब्रिज इन्सिच्युट अफ टेक्नोलोजी बेंगलोर का प्रतिनिधी नेपालमा

असार १२, काठमाडौं । प्रत्येक बर्ष हजारौं नेपाली बिद्यार्थी हरु उच्च शिक्षाका लागि भारतीय शैक्षिक संस्थाहरुमा जाने गरेका छन् । कति बुझेर जान्छन् त कति नबुझेर हतारमा निर्णय गरेर पछि पछुताउने गर्दछन् ।भारतीय शैक्षिक संस्था हरु लाई बिभिन्न निकाय हरु ले गुणस्तर र तह तोक्ने गर्दछन् । बिशेष गरी एनबीए , एनएएसी ,एनआइआरएफ , एमएचआरडी […]

एसईई परीक्षाको परीक्षाफल आज सार्वजनिक हुँदै

असार १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो । परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा […]

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिए

असार ११, काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको आश्वासनपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । भ्याट कार्यान्वयनको समयसीमा बढाउन मन्त्रीले पहल गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्री मातृका […]

अदालतले श्रीमतीलाई घरको काम गराएबापत् श्रीमानबाट दिलायो दुई करोड रुपैयाँ

असार ११, काठमाडौँ ।  अर्जेन्टिनामा एक स्थानीय अदालतले एक व्यक्तिलाई आफ्नो डिग्रीधारक श्रीमतीलाई २८ वर्षसम्म घरको काम गराएबापत् १ लाख ४२ हजार पाउन्ड (२ करोड रुपैयाँ बढी) क्षतीपूर्ती स्वरुप दिन आदेश दिएको छ । अदालतले यो आदेश सम्बन्धविच्छेदको सुनुवाईको क्रममा दियो । अदालतका अनुसार सम्बन्धविच्छेद गर्नेबेला उनको उमेर ६० वर्ष नाघिसकेको थियो जसका कारण उनीसँग […]

आमाले बिवाह गर्न नमान्दा छोरी अपहरणमा

असार ११, बुटवल । एक व्यक्तिले महिलाले विवाहको प्रस्ताव अस्वीकार गर्दा उनको छोरीलार्ई अपहरण गरेका छन् । अपहरणमा परेकी बालिकाको प्रहरीले बुटवलबाट उद्धार गरेको छ । ९ असारको साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए । निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे […]

गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगियो

असार ११, काठमाडौँ । गलबन्दी’ गीतको बिबाद अन्ततः सहमतिमा टुंगिएको छ । गायक शम्भु राई र गायक प्रकाश सपुतविच गीतको लय चोरीको बिषयमा केही समयदेखि लफडा चलिरहेको थियो । तर, प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । ‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राइले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ […]

काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न युनेस्कोको प्रस्ताव

असार ११, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ ।  सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र […]

स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयको ३ दिने निर्देशन

असार ११, काठमाडौं । असार १० गते भित्र अधिकाँश स्थानीय तहले नीति तथा कार्यक्रमसहितको बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्थालाई कतिपय स्थानीय तहले वेवास्ता गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० भित्र बजेट पेश गरेका र नगरेकाहरुलाई तीन दिनभित्र मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै यस्तो […]

आज आउने भनिएको एसइइको नतिजा भोलिमात्र सार्वजनिक हुने

क्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ । बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो । परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा […]

सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले गरे आपराधिक मुद्दा दर्ता

असार ११, काठमाडौँ । सलमान खानविरुद्ध पत्रकार अशोक पाण्डेयले आपराधिक मुद्दा दर्ता गरिएको छ । जसमा उनीविरुद्ध लुटपाट, हिंसा, आपराधिक गतिविधि र धम्काएको आरोप छ । अशोक पाण्डेयले सलमान खानले साइकल चलाइरहेको देखेपछि भिडियो बनाउने कोसिस गरेपछि जुन घटना भयो, त्यसमा आपत्ति जनाउँदै मुद्दा दर्ता गरेका हुन् । पत्रकार अशोक पाण्डेयले अंधेरीको अतिरिक्त मुख्य मेट्रोपोलिटन […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रोपटक पनि स्थगित

असार ११, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ ।सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए ।प्रदेशसभा सचिवालयले […]

विश्वकप क्रिकेट – आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदै

असार ११, एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । बिर्मिङ्घममा दुवै टोली मैदान उत्रदै गर्दा नजर सेमिफाईनलमा हुनेछ । पाकिस्तानविरुद्व जित निकाल्दै न्युजिल्याण्ड दुई खेल अगावै सेमिफाईनल यात्रा तय गर्न चाहन्छ । निकै फर्ममा देखिएको न्युजिल्याण्डले पाकिस्तानविरुद्व सहज जित निकाल्ने कप्तान केन विलियम्सले बताएका छन् । तर सेमिफाईनल पुग्ने […]

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

असार ११, काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले […]

दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द

असार ९, काठमाडौँ । दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द भएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो। महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको […]

टर्कीका राष्ट्रपति आर्दोनको पार्टीले दोस्रो पटक हार्‍यो इस्तानबुल

असार ९, काठमाडौँ । टर्कीको राजधानी इस्तानबुल महानगरको मेयरका लागि दोहोर्‍याएर भएको चुनावमा राष्ट्रपति तेयीप आर्दोनको पार्टीलाई हराउँदै विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी) पार्टीका इक्रम इमामोग्लुले जितेका छन्। मार्च ३१ मा भएको महानगरको चुनावमा पनि उनैले जितेका थिए। उनले झिनो मतले जितेपछि निर्वाचनमा धाँधली भएको भन्दै पुन: चुनाव घोषणा गरिएको थियो। जुन २३ मा […]

कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौंला – बाबुराम भट्टराई

असार ९, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले नेपाली कांग्रेसलाई बीपीको रक्षा गर्न आग्रह गरेका छन्। शनिबार भट्टराईको गृहनगर गोरखाको पालुङटारमा आयोजित कांग्रेसको कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले कांग्रेसकै भोटबाट गोरखा २ मा चुनाव जितेका बाबुरामले कांग्रेसलाई संग्रहालयमा राख्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र बाबुरामलाई जिताउनु चुनावी भूल भएकोले क्षमापूजा गर्ने बताएका थिए। […]

प्रहरीको गोलीबाट मारिएका पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह

 असार ९, काठमाडौं । सर्लाहीमा प्रहरीको गोलीबाट मारिएका विप्लव समूहका जिल्ला नेता कुमार पौडेलको विगत कस्तो थियो भनेर हेर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरेका छन् ।सर्लाहीमा प्रहरीको गोली प्रहारबाट मारिएका पौडेलको विषयमा जवाफ दिन सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका आएजीपी खनालले यसबारे गृहमन्त्री रामहादुर थापा (बादल)को भनाइमा आफ्नो समर्थन रहेको […]

गायक शम्भु राइले गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरे

असार ९, काठमाडौँ । गायक प्रकाश सपुत र शम्भु राइविचको गीत चोरी बिबाद झनै चर्किएको छ ।गायक राइले अर्का गायक प्रकाश सपुत विरुद्ध मुद्दा दर्ता गरेका छन् । प्रकाश सपुतको पछिल्लो रिलिज गीत ‘गलबन्दी’को गीतसँग आफूले तयार पारेको ‘देउसी भैली’ बोलको गीतको लय मिलेको भन्दै राइले उजुरी दर्ता गरेका हुन् ।  उनले केही दिन अगाडि […]

पेट्रोलियम पाइपलाइन परीक्षण सम्पन्न, असारदेखि सञ्चालनमा आउने

असार ९, वीरगञ्ज। नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमिनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महिनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ। भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महिनाभित्र पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन्। परीक्षणको क्रममा नेपाल […]

 पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त

असार ९, बुटवल । पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् ।  मन्त्रिपरिषदको आज बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले  जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा […]

एसइइ पास बिद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन सर्वोच्चको आदेश

असार ९, काठमाडौं  । कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई मात्र वैदेशिक अध्ययन अनुमतिपत्र( नो अब्जेक्सन लेटर) दिने शिक्षा मन्त्रालयको निर्णयलाई कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । असार ८ सम्म उक्त निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतकी न्यायधीश सुष्मलता माथेमाले आदेश दिएकि हुन् । शिक्षा मन्त्रालयले जेठ २९ मा १२ पास गरेकोले मात्र […]

प्रहरीलाई जनार्दनको प्रश्न , गोली हानेको मान्छेको ५/६ ठाउँमा हात कसरी भाँचियो ?

असार ९, काठमाडौँ । नेकपाका नेता एवं सांसद जनार्दन शर्माले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको घटना अस्वभाविक भएको बताएका छन् ।  सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए । पूर्वगृहमन्त्री समेत रहेका […]

मन्त्री यादव भेट्न सिंहदरबार पुगेका कपास उद्योगीको ज्ञापनपत्र खोसियो

असार ९, कठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएपछि आक्रोशित उनीहरुले मागको बेवास्ता गरेकाले आफूहरु प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरुले अवैधानिक कार्यविरुद्ध […]

चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको गरिन आत्महत्या

असार ९ , काठमाडौँ । मोबाइल चोरीको आरोपमा प्रहरी हिरासतमा रहेकी एक महिलाको हिरासतसँगै जोडिएको शौचालयमा झुण्डिएर आत्महत्या गरेकी छिन् । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ महेशबारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतको शौचालयमा सुमनदेवी ठाकुर आइतबार बिहान झुण्डिएर मृत्त भएको अवस्थामा भेटिएकी हुन । एक महिलाको मोवाइल चोरी गरेको आरोपमा उनी शनिबार साँझपख लहान बजारबाट पक्राउ परेकी […]

कुमार पौडेल प्रकरणमा गृहमन्त्रीको यस्तो जवाफ

असार ९, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सर्लाहीमा प्रतिबन्धित नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि जवाफी कारवाहीमा पार्टीका जिल्ला सेक्रेटरी कुमार पौडेलको मृत्यु भएको बताएका छन् । संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री थापाले घटनामा अर्का एकजालाई पनि गोली लागेको जानकारी दिएका हुन् । यस्तो छ […]

करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्नुपर्ने कांग्रेसको माग

असार ६,  काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोक सेवा आयोगले नै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ।शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै  काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी लोक सेवा आयोगबाटै छनौट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे। ‘संघीय […]

धादिङमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु , १० जना घाइते

असार ६, धादिङ । धादिङको गल्छी गाउँपालिकास्थित बाँझगाउँमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । गल्छीको सिरुबानीबाट बैरैनी आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनाहुँदा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेते मिजार, गल्छी गाउँपालिका वडा नम्बर ६ बस्ने […]

नेपालको इतिहामै सर्वाधिक महङ्गो सुन , तोलाको ६५ हजार

 असार ६, काठमाडौं । नेपालको इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । प्रतितोला ५९ […]

अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गरौँ – प्रम ओली

असार ६,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नु पर्ने बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए।  ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको […]

खस आर्य समुदायले एउटा उखान बनाएका छौँ– ज्वाई न स्वाई अगुल्टाले च्वाईँ – डा. बाबुराम भट्टराई

असार ६, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई दुई तिहाईको दंम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै भट्टराईले राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भन्दै अहिलेको मतादेश दिगो नहुने तर्फ सचेत गराए। उनले भने ‘फलेको हांगो झुक्छ, तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ। […]

 हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार

असार ६,  काठमाडौँ । हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्लाको स्वामिकात्तिक गाउँपालिका–१ मुक्तिकोटकी २२ वर्षीया रजनी विकलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सुत्केरी हुन नसकेपछि नेपालगञ्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए । विकको सुत्केरी हुन एक महीना बाँकी रहेको भए पनी उनलाई अहिले नै जटिल समस्या सिर्जना भएका […]

 आफूलाई डिएसपी बताउने नक्कली डिएसपी पक्राउ

असार ६, काठमाडौँ । आफूलाई डिएसपी बताउदै सार्वजनिक स्थानमा हातपात गर्ने तथा कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे घर भएका ३८ वर्षीय नारायण भन्ने भोला गौतमलाई पक्राउ गरेको महाशाखा एसएसपी सहकुल थापाले जानकारी दिए। गौतमलाई काठमाडौँ नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो। गौतमले फेसबुकमा प्रहरीको बर्दी लगाएर फोटो समेत हालेको पाइएको छ। […]

रसुवागढी सुरुङभित्र फसेका १७ कामदारको सकुशल उद्धार

असार ६, काठमाडौँ । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदारको सुरुङभित्रबाट सकुशल उद्धार गरिएको छ । शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती […]

सुनुवाई समितिले माग्यो प्रस्तावित चार राजदूतविरुद्ध उजुरी

असार ६,  काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले सरकारबाट चार देशका लागि सिफारिस गरिएका राजदूतहरुको सुनुवाई प्रक्रिया शुरु गरेको छ । समितिले प्रस्तावित राजदूतहरु बिरुद्ध उजुरी तथा सूचना माग गर्दै सूचना प्रकाशित गरेको छ । चार राजदूतहरुको नियुक्ति उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार तथा सबुत प्रमाणसहित असार १४ गते कार्यालय समयभित्र समितिमा […]

क्यकोशिन कराते खेलको पहिचान, प्रबर्दन गर्न “युनाइटेड नेप्लीज क्योकोशीन एड्भान्स्मेंट” को स्थापना

 असार ४, काठमाडौं । क्यकोशिन कराते खेलको पहिचान, प्रबर्दन र विस्तार गर्न र खेलाडीहरुलाई सधाउनुका साथै प्रतिभाहरुको सम्मान गर्ने उद्देश्यले United Nepalese Kyokushin Advancement नामक संस्था स्थापना भएको छ  । आज आयोजकले पत्रकार सम्मेलन गर्दै देश विदेशमा बसोबास गर्ने पूर्व वा वर्तमान नेपाली क्योकुशीन कराते खेलाडी तथा गुरु हरुको करिब ६ महिना लामो अथक प्रयत्न […]

देशको शिर निहुरिएको छ, म दुःखी छु , युवाहरुलाई विदेश पठाएर मात्र हुँदैन – जनार्दन शर्मा

असार ४, काठमाडौँ । सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ ले योजना पूर्व प्रि–बजेट भन्दा विस्तृत बजेटबारे सांसदको धारण माग्नु पर्ने धारणा राखेका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा सांसद शर्माले यस्तो धारणा राखेका हुन् । ‘हामीले व्यर्थमा समय फालिरहेका छौँ । हामीले समयको दुरुपयोग गरिरहेका छौँ । संसदमा यत्रो समयको दुरुपयो गर्नु […]

म्याडम तुसादमा प्रियंका चोपडाको स्ट्याच्यू

 असार ४, काठमाडौं । लण्डनको म्याडम तुसादमा मंगलबार मात्र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको स्ट्याच्यू राखिएको छ । यो स्ट्याच्यूको उद्घाटन हुँदा प्रियंका लण्डनमा थिइनन् । तर, यो मुर्ती हेर्दा उनी नै स्वयंम उभिएको जस्तो लाग्छ । यो मुर्ती सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट प्रभावित छ । यसलाई गोल्ड गाउनमा तयार पारिएको छ […]

मजदुर आन्दोलनका कारण बन्द भएको हायत संचालनमा आयो

 जेठ ४, काठमाडौं । मजदुर आन्दोलनका कारण एक सातादेखि बन्द होटल हायात मंगलबार रातीदेखि नियमित सञ्चालनमा आएको छ । सेवा–सुविधा कटौतीको बिरोधमा श्रमिकले आन्दोलन थालेपछि जेठ ३० गतेदेखि होटल बन्द थियो । मजदुर र व्यववस्थापनबीचको विवाद समाधान गर्न सरकारले समन्वय गर्ने भएपछि आन्दोलित श्रमिकहरुले आन्दोलन स्थगित गरेका हुन् । होटल हायातका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले […]

पाँचथरमा फाइनन्समा कार्यरत २० वर्षीया युवतीको नगद लुटेर हत्या

असार ४, फिदिम ।  मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ। पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको रु ७८ हजार ५००  लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो। उक्त माइक्रो फाइनान्सद्वारा सञ्चालित दुई […]

प्रधानमन्त्री ओलीले गरे नमुना मालपोत कार्यालय घोषणा

 असार ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताएका छन्। कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन्। प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताए। “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका […]

कोपा अमेरिका – आयोजक ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकियो

 असार ४, काठमाडौं । कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकिएको छ। ब्राजिललाई बुधबार विहान भएको खेलमा भेनेजुएलाले गोलरहित बराबरीमा रोकेको हो। खेलमा ६९ प्रतिशत बल नियन्त्रणमा लिए पनि ब्राजिल फिनिसिङमा पटक पटक चुकेको थियो। ब्राजिलले १२ पटक गोलका लागि प्रयास गरे पनि एक पटक मात्र पोस्टमा प्रहार गर्न सक्यो। ब्राजिल समूह ‘ए’ […]

गुठी विधेयकको विरुद्ध माइतीघर मण्डलमा प्रदर्शन , हेरौं तस्बिरमा :

असार ४, काठमाडौं ।  सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै गुठीयारहरुले आन्दोलन गरिरहेका छन्। १०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो।हेरौं तस्बिरमा :

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित

 असार ४, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा स्थगित भएको छ । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति राजकुमार रौनियारले एमडी, एमएस, एमडीएचएच, एमडीएस, एमएससी र एमएचएचमा प्रवेश परीक्षाको मिति पछि सारिएको जानकारी दिए । प्लस टुको रिजल्ट नआउँदासम्म प्रवेश नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको र सोहीअनुसार प्रवेश परीक्षाको […]

एउटा विप्लवलाई कन्ट्रोल गर्न सक्या छैन,… गर्छ यार – देउवा

 असार ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद विधेयकको विरोध गरेका छन्। आजको संसदमा देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्ने अधिकार लिएकोप्रति आपत्तिसमेत जनाए। ‘राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक पहिलेकै राम्रो। पहिले राष्ट्रपतिको सिफारिसमा हुन्थ्यो। अहिले प्रधानमन्त्रीले गर्ने रे,’ देउवाले प्रश्न गरे, ‘अब प्रधानमन्त्रीको सिफारिस। आफ्नै मन्त्रीहरुलाई अविश्वास […]

सरकारलाई खवरदारी गराउन माइतीघरमा विशाल खबरदारी सभा , गुठि विधयेक खारेज गर्नुपर्ने माग

असार ४, काठमाडौं ।  सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै गुठीयारहरुले आन्दोलन गरिरहेका छन्। १०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो। मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम […]

विपक्षी बोल्छ, सरकारले कार्यान्वयन गर्छ , अब यस्तो बल मिच्याइँ चल्दैन – देउवा

 असार ४, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको बताएका छन् । तिनिधिसभाको बुधबार बसेको बैठकमा उनले गुठी विधेयकलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भूमि व्यवस्था मन्त्रीले फिर्ता लिएको घोषणा गरेको भोलिपल्ट उनले भने, ‘विधेयक संसदमै फिर्ता लिइनु पर्थ्यो ।’ त्यस्तै उनले प्रतिपक्ष दलले बोलेको सबै […]

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढ्यो , राजदूतउपर उजुरी आह्वान

असार ४, काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ। सरकारको पत्राचार अनुसार समितिले प्रारम्भिक बैठकबाट प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णय अनुसार बिहीबारदेखि प्रस्तावित राजदूतउपर उजुरी आह्वान हुनेछ। समितिले दश दिनको समय दिएर उजुरी आह्वान गरेको हो। असार १४ गतेसम्म सरोकारवाला तथा सर्वसाधारणले उजुरी दिन सक्नेछन्। […]

भारतको प्रसिद्द एमिटी युनिभर्सिटी

असार ४ , काठमाडौं । सौजन्य मिडियाले १ दशकदेखि शिक्षाका बिबिध पाटोलाई समेटेर अघि बढिरहेको छ । बिभिन्न देशको भ्रमण गरेर त्यहाँको युनिभर्सिटीको बारेमा बिस्तृत जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेर उनीहरुको भ्रम मेटाउनुका साथै त्यहाँ अध्ययनरत बिद्यार्थीका समस्यालाई उजागर गरेर त्यसलाई समाधान गर्न संधै उन्मुख रहेको छ । यस अघि सौजन्यले जर्नी टु अष्ट्रेलिया , जर्नी […]

सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने

असार ३, काठमाडौं । सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिइन्। ‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक […]

लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थप

 असार ३, काठमाडौं । स्थानीय तहको लागि लोक सेवा आयोगले खोलेको बिज्ञापनमा दरखास्त दिने म्याद थपिएको छ । दरखास्त दिने अन्तिम म्याद मंगलबारसम्म मात्र थियो । तर, अनलाइन सिस्टममा समस्या आएको कारण धेरैले फारम भर्न पाएका थिएनन् । आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीकाअनुसार सेवाग्राहीलाई परेको समस्यालाई मध्यनजर गरी १० गतेसम्म म्याद थपिएको छ । दोब्बर दस्तुर […]

संसदमा सम्बोधन नगरी फर्किए प्रधानमन्त्री , बैठक भोलि ४ बजेसम्मलाई स्थगित

असार ३, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुको नाराबाजीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओलीले युरोप भ्रमणबारे जानकारी दिनुका साथै समसामयिक विषयमा बोल्न समय लिएका थिए । तर, बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उभिए । अरु बेला यसरी विरोध गरेपछि एक जनालाई बोल्न दिने गरिन्थ्यो । तर मंगलबार […]

शिक्षक सेवा आयोगद्वारा लाइसेन्स परीक्षाका लागि आवेदन खुला

असार ३, काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुला गरेको छ। आयोगले सूचना निकालेर प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका लागि लाइसेन्स परीक्षामा सहभागी हुन आवेदन खुलाएको हो। दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ। आयोगको वेवसाइट tsc.gov.np मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ। असार २२ […]

समता अस्पताल बौद्धमा एक कर्मचारीद्वारा आत्महत्या , आफन्तहरू प्रदर्शनमा उत्रिए

असार ३, काठमाडौं । समता अस्पताल बौद्धमा कार्यरत एक कर्मचारीले आत्महत्या गरेपछि आफन्तहरू प्रदर्शनमा उत्रिएका छन्। रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले अस्पतालभित्रै आत्महत्या गरेको विषयलाई लिएर आफन्त आन्दोलित भएका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तामाङले अस्पतालभित्र मंगलबार बिहान राति पासो लगाएर आत्महत्या गरेकी थिइन्। क्लिनरको रूपमा कार्यरत उनले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको […]

प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ , संसदमै नाराबाजी

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ। प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्। यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा  पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए। प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ […]

प्रम ओली भन्दा अघि देउवा बोल्न पाउनुपर्ने कांग्रेसको मागले संसद प्रभावित

असार ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुभन्दा पहिले आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको छ।कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको हो। प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले गुठी विधेयकलगायत […]

आइसीसी विश्वकप क्रिकेट – बंगलादेशद्वारा वेष्ट इन्डिज ७ विकेटले पराजित

असार ३, काठमाडौं । शकिब अल हसनले लगातार दोस्रो शतक प्रहार गरेपछि बंगलादेशले आइसीसी विश्वकप क्रिकेट २०१९ मा दोस्रो जित हात पारेको छ। शकिबको शतक प्रेरित बंगलादेले इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा सोमवार वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो। बंगलादेशले विश्वकपमा वेष्ट इन्डिजलाई पहिलो पटक पराजित गरेको हो। यसअघि शकिबले घरेलु टोली इंग्ल्याण्ड […]

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र

असार ३, सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन्। मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन्। सोमबार सात उडान तालिका भए […]

 प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने

असार ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठी विधेयकबारे आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधनका लागि समय लिएका हुन्। बिहान ११ बजेको बैठकमा प्रधानमन्त्रीले समय व्यवस्थापनका लागि सभामुखसँग परामर्श गरेका छन्।  सोमबार प्रधानमन्त्रीले विधेयकबारे विभागीय मन्त्रीसँगै उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद् तथा स्थानीय […]

बझाङमा जिप दुर्घटना , चार जनाको मृत्यु

असार २, बझाङ । सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टागाँउपालिका जाँदै गरेको से. १ ज १०७२ नम्बरको जीप मष्टाको वडा नं १ डौठी भन्ने ठाँउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। वडा प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक माहानन्द जोशीका अनुसार जीप अप्ठेरो ठाँउमा खसेको र मान्छे समेत जान नसक्ने भएका कारण उद्धार गर्न निकै समस्या […]

द भ्वाइस अफ नेपाल सिजन-२ का प्रायोजक घोषणा, दुई कोच परिवर्तन काठमाडौं

असार २, काठमाडौँ ।   द भ्वाइस अफ नेपाल सिजन-२ लाई युनाइटेड सिमेन्ट्सले साथ दिएको छ । हिमालय टेलिभिजनबाट प्रसारण हुने तयारीमा रहेको द भ्वाइस अफ नेपाल सिजन-२ को टाइटल स्पोन्सरमा युनाइटेड सिमेन्ट्स अनुबन्ध भएको छ । साथै सहप्रायोजक एनआईसी एशिया बैंक र आइएनजी ग्रुपले साथ दिएका छन् भने भोटिङ तथा पेमेन्ट पार्टनरका रुपमा प्रभु पे अनुबन्ध […]

‘श्री जी’को लोकार्पण गर्दै काँग्रेस महामन्त्री कोइरालाले भने–ओली सरकार केन्द्रिकृत शासनमा जाँदैछ

असार २, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाले वर्तमान सरकार केन्द्रिकृत शासनमा जान लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा इमुरेट्स सम्पूर्णानन्द विश्वविद्यालय बराणसीका प्राध्यापक हरिशरण उपाध्यायद्वारा लिखित पुस्तक ‘श्री जी’को लोकार्पण गर्दै सरकार तानाशाह बन्न खोजेकोले त्यसविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने बताए । प्रदेश र स्थानीय तहलाई ३० प्रतिशतभन्दा कम बजेट […]

अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भयो – सांसद जनार्दन शर्मा

असार २, काठमाडौँ ।  सत्तारुढ दलका सांसद जनार्दन शर्माले बजार नियन्त्रित अर्थतन्त्रको नाममा सबै बजारलाई छाडा छोड्ने काम भएको भन्दै अनुगमन, नियन्त्रण र नियमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै सांसद शर्माले विश्वव्यापीकरण लगायतका नाममा सबै बजार छाडा छाड्ने काम भएको […]

चलचित्र ‘सानो मन’को ट्रेलर रिलिज

असार २, काठमाडौँ । असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ […]

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक को मृत्यु

असार २, मोरङ । मोरङ को सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  रङ्गेली–डाइनिया सडकखण्डमा राति पौने १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को५प ११७८ नंको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको को२त २३२० नंको ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक भोजपुर घर भई हाल सुनवर्षी […]

प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले दिए राजिनामा

असार २, बुटवल । प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएर पुरानैै स्थान बैङ्कमा फर्किएका छन् । डा. श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो । श्रेष्ठले १५ महिना प्रादेशिक योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा […]

बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु

असार २, एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ ।मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् । लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी […]

प्रधानमन्त्री केपी शर्मा ओलीको बेलायत भ्रमण कति सफल ?

असार १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार सम्पन्न युरोप भ्रमण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उजिल्याउन सफल भएको छ ।  सरकार प्रमुखको तहमा भएको यो भ्रमणले प्रधानमन्त्री ओलीकै शब्दमा ‘नेपाल देखिने र सुनिने राष्ट्रका रुपमा राम्ररी स्थापित हुन पुगेको छ भने नेपालप्रतिको चासो र आकर्षण बढ्न गएको छ ।’ नेपालको विकासका महत्वपूर्ण साझेदार राष्ट्रहरुसँग सार्वभौमिक […]

जर्नी टु इन्डिया टिम पुग्यो काजिरंगा युनिभर्सिटी आसाममा

असार १, काठमाडौँ । सौजन्य मिडियाले १ दशकदेखि शिक्षाका बिबिध पाटोलाई समेटेर अघि बढिरहेको छ ।  बिभिन्न देशको भ्रमण गरेर त्यहाँको युनिभर्सिटीको बारेमा बिस्तृत जानकारी बिद्यार्थीहरुलाई प्रदान गरेर उनीहरुको भ्रम मेटाउनेका साथै त्यहाँ अध्ययनरत बिद्यार्थीका समस्यालाई उजागर गरेर त्यसलाई समाधान गर्न संधै उन्मुख रहेको छ  । यस अघि सौजन्यले जर्नी टु अष्ट्रेलिया , जर्नी टु अमेरिका, जर्नी टु […]

“सुपर ३०” को  “जुगराफिया” सार्वजनिक

असार १, काठमाडौँ । बलिउड नायक ऋतिक रोशन स्टारर फिल्म “सुपर ३०” को  “जुगराफिया”  बोलको गीत सार्वजनिक भएको छ । गायक उदित नारायण झा र गायिका श्रेया घोसालको स्वर रहेको उक्त गीतमा अमिताब भट्टचार्यको शब्द रहेको छ । गीतको भिडियोमा नायक ऋतिक रोशन र नायिका मृनाल ठाकुरलाई फिर्चड गरिएको छ । गीतको भिडियोमा ऋतिकलाई फरक अवतारमा […]

मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन सम्पन्न

असार १, काठमाडौँ । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गरेको छ । मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले सनिबार उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणाली का बारेमा जानकारी गराउनु भएको थियो । जुन १५ तारिख काठमाडौंको एम्बेसडर […]

भारतको अन्सल विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि विशेष सहुलियत

 असार १, काठमाडौं । भारतको गुडगाउँमा रहेको अन्सल विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि विशेष सहुलियत दिने भएको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उक्त विश्वविद्यालयको स्कूल अफ हेल्थ साइन्सका डीन सञ्जीव शर्माले नेपाली विद्यार्थीलाई नेपाली रुपैयाँकै शुल्कमा पढ्ने व्यवस्था गरिएको जानकारी गराए । उनका अनुसार भारतीय विद्यार्थीले सोही विषय पढ्नका लागि प्रतिवर्ष भारतीय रुपैयाँ ३ […]

प्रनेशको पक्षमा बोल्दै थापाले भने , सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोज्यो

असार १, काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सुचना प्रविधि विधेयकको विरोध गर्दै प्रनेश गौतमलाई चलचित्रको समीक्षा गरेकै भरमा हिरासतमा लिएकोमा विरोध गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद थापाले सरकारले आफ्नो दम्भ देखाएर जनताको मुख थुन्न खोजेको आरोप लगाए । नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था दर्दानक बन्दै गएको उल्लेख गर्दै उनले ह्युमरको विधामा चलचित्रको समीक्षा गर्दा केही […]

संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुन्छ – मुख्यमन्त्री शाही

 असार १, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतामा निराशा पैदा गर्न र संघीयतालाई असफल पार्न अनर्गल प्रचारवाजी भइरहेको बताएका छन् । आइतबार वीरेन्द्रगरमा सिभिल वैंकको कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् । उनले संघीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास हुने दावी गर्दै संघीयता नै ठीक छैन भन्ने […]

वीरगञ्जमा २ जनाको शब फेला

 असार १, वीरगञ्ज । वीरगञ्जमा एक भारतीय नागरिकसहित दुई जनाको शव भेटिएको छ । भारतको बिहार छाप्रा जिल्ला सिमान–१ मा बस्ने अन्दाजी ४५/५० का महन्थ यादवको शव भेटिएको हो । आइतबार बिहान वीरगञ्ज महानगरपालिका–१७, आईसीपी गेटभित्र पार्किङ गरी राखेको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकको छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको […]

राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ , ८०० मोटरसाइकल र ६० ओटा गाडी पार्किङ गर्न सकिने

असार १, काठमाडौँ । राजधानीको न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ शुभारम्भ गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आइतबार एक विशेष समारोहका बीच स्मार्ट पार्किङको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मेयर शाक्यले स्मार्ट पार्किङबाट महानगरमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘अहिले महानगरभित्र जथाभावी पार्किङ गरिँदा सवारी जामलगायतका विभिन्न […]

प्रधानमन्त्री ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किए

असार १, काठमाडौँ । प्रधानमन्त्री केपी ओली साताव्यापी युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट […]

आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै

असार १, काठमाडौँ ।संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेट आइतबार सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले आज आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि सातवटै प्रदेश संसद बैठक आज बस्दैछन् । केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा […]

विज्ञापन रोक्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्या बढ्दो

जेठ ३१,काठमाडौँ। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्थानीय तहको विज्ञापन रोक्न निर्देशन दिए पनि लोकसेवा आयोगमा आवेदन दिनेको सङ्ख्या भने बढिरहेको छ। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले विज्ञापन रोक्न निर्देशन दिएपछि पनि आवेदन दिनेको सङ्ख्या भने बढिरहेको जानकारी दिए। उनका अनुसार गत सोमबार समितिले निर्देशन दिएको दिन करीब दुई हजार ५०० ले आवेदन दिएका थिए। […]

महाभूकम्प आउँछ भन्दै हल्ला फैलाउने ज्योतिषी रिहा

जेठ ३१, काठमाडौँ ।  देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काठमाडौँले तारेखमा रिहा गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले  सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ […]

प्रचण्डद्वारा दिवंगत पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण

जेठ ३१,चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् ।आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका हुन् । श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङ लगायतका […]

फ्राइडे रिलिज – प्रेम दिवस र झड्का आमनेसामने

जेठ ३१ ,काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत शुत्रवारदेखि २ वटा चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि प्रदर्शनमा आएका २ चलचित्र हुन् प्रेम दिवस र झड्का ।  दुवै चलचित्र प्रचार–प्रसारका हिसाबले कमजोर देखिएका छन् । सुरुमा चलचित्र ‘प्रेम दिवस’को नाम ‘राधा २’राखिएको थियो । चलचित्र राधाकै सिक्वेलका रुपमा ‘राधा २’ नाम राखेर निर्माण गर्ने बताइएको थियो तर अन्तिम […]

हामी प्रहरीमा बसिसकेपछि बदनियतमा सहुलियत हुँदैन – महानिरिक्षक खनाल

जेठ ३१, काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द खनालले पुलिसमा बदनियतमा सहुलियत दिन नहुने बताएका छन्। काठमाडौंमा शुक्रबारबाट सुरू भएको नेपाल प्रहरीको प्रदेश स्तरीय ‘दोश्रो प्रादेशिक सम्मेलन’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्। ‘एकाध घटनाले गर्दा सिंगो संगठनको छवि नै धमिलो हुने अवस्थाहरू आउनुहुँदैन। तसर्थ मैले भन्ने गरेको छु हामी प्रहरीमा बसिसकेपछि बदनियतमा […]

कांग्रेसले ३३ देशका जनसम्पर्क समितिलाई डेनमार्कमा प्रशिक्षण दिने

जेठ ३१ ,काठमाडौं । नेपाली कांग्रेसले ३३ देशमा रहेका पार्टीका जनसम्पर्क समितिमा आवद्ध नेता/कार्यकर्तालाई डेनमार्कमा प्रशिक्षण दिने भएको छ। उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति, प्रशिक्षण प्रतिष्ठानले ३३ देशका नेता/कार्यकर्तालाई एकै ठाउँमा राखेर प्रशिक्षण दिन लागेको हो। जुन २१ देखि २३ (असार ६ देखि ८ गतेसम्म) हुने प्रशिक्षणमा निधिसहित महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय […]

लिचीमा भएको रसायनले भारतमा ४७ बालबालिकाको मृत्यु

जेठ ३१ ,काठमाडौं । उत्तरी भारतमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७  जना बालबालिकाको मृत्यु भएको छ। बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार  सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान गएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। चिनीमा रगतको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ। रगतमा […]

जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु

जेठ ३१,भीमदत्तनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका ८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पश्चिम दिशातर्फ आइरहेको से १ त ७३३ नम्बरको जेसिबीले ठक्कर दिँदा मे १ ह ७६३ नम्बरको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसगैरी अटोमा […]

‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका युट्युबर प्रनेश गौतम रिहा

जेठ ३१ ,काठमाडौं । ‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका युट्युबर प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई बिहिबार राति दैनिक प्रहरीको सम्पर्कमा रहने गरी रिहा गरिएको हो । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुल थापाका अनुसार उनलाई हाजिरी जमानतमा छाडिएको हो । उनी शुक्रबार बिहान पुनः प्रहरीसँगको सम्पर्कको लागि प्रहरी कार्यालय गएको प्रहरीले जनाएको […]

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन

जेठ ३१ ,काठमाडौं । पूर्व शिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य पौडेलको चितवनको माडीस्थीत आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए । पूर्वसांसद समेत रहेका पौडेललाई बिहीबार राति हृदयघात हुने वित्तिकै उपचारका लागि माडीस्थित बगौडा अस्पतालमा लगिएको थियो । […]

निर्वाचन आयोगमा दर्ता भयो उपेन्द्र र बाबुरामको समाजवादी पार्टी

जेठ ३० ,काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता गराएका हुन्। पार्टी दर्ता गरिसकेपछि पत्रकारहरूसँग बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो पार्टीले समावेशितालगायत मुद्दाहरूलाई सशक्त रूपमा उठाउने बताए। अर्का […]

५७ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

जेठ ३० ,काठमाडौं । स्रोत नखुलेको ठूलो परिमाण नेपाली रुपैयाँसहित बाराबाट एक जना पक्राउ परेका छन्। ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित भारतीय नागरिक बिहार मोतिहारी जिल्लाका बृजकिशोर कुमारलाई बुधबार पक्राउ गरिएको हो। बारा प्रहरीले उनलाई सुवर्ण गाउँपालिका वडा नम्बर ७ दसगजा क्षेत्रबाट पक्राउ गरेको हो। बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईक अनुसार बीआर एसी ४४८६ नम्बरको […]

सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि

 जेठ ३०, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए । प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।

शिक्षा मन्त्रीलाई गगन थापाको चुनौती , यो बजेटले एक चौथाइ विद्यार्थीलाई मात्र पुर्याउनुस , तपाइको हरेक कुरा मान्न तयार छु !

जेठ ३०, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालको शिक्षा प्रणालीमा सुधार आउन नसकेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले शिक्षामा भएको समस्याको जिम्मेवारी हिजोको एमाले, माओवादी सबैले लिनुपर्ने बताए। २०६४ सालमा एक कक्षामा १३ लाख ३४ हजार विद्यार्थी भर्ना भएकोमा  २०७६ सालमा आइपुग्दा कक्षा १२ को परीक्षा दिने जम्मा २ लाख […]

सन्नी लियोनीको नृत्य रहेको चलचित्र ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत रिलिज

जेठ ३०, काठमाडौँ ।  भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको […]

सिरहामा एक युवकको अपहरण गरी हत्या

जेठ ३०, लहान। सिरहाको धनगढीमाई नगरपालिका -६ का युवकको अपहरण गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नगरपालिका -६ स्थित कसहा र वसन्तपुरचोकबाट स्थानीय १७ वर्षीय सुभाषकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाकै औरही गाउँपालिका -२ निवासी २१ वर्षीय गङ्गाराम मण्डल खत्बेलाई पक्राउ गरेको हो। यादवलाई गत २०७५ फागुन ९ […]

संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए सडक संघर्षमा उत्रने  राजपाको धम्कि

जेठ ३०, काठमाडौँ । राजपाका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन र संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध नभए संसद छोडेर सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधान संशोधन र संविधानको कार्यान्वयनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘हामीलाई ससदबाट नधकेल्नुस् । हामी संसद बाहिर जाँदाको समयको याद होला तपाईलाई […]

ओम अस्पतालमा एक बिरामीको मृत्यु , चिकित्सकले लापरवाही गरेको भन्दै आफन्तद्वारा नाराबाजी

३० जेठ, काठमाडौं । ओम अस्पतालले पित्तथैलीको अपरेशन गरेको ६ दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ । रामप्यारीको गत शुक्रशार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि […]

विश्वकप क्रिकेट – न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दै

 जेठ ३०, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यसअघि भएको तीनै खेलमा न्युजिल्यान्डले जित हात पारेको छ । आफ्नो पहिलो […]

गुठि विधेयक नसच्चिए केपी ओली सरकार ढल्छ – सांसद प्रधान

जेठ ३० ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । राजधानीमा गुठी सम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध […]

प्रभाष अभिनित चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक

जेठ ३० , काठमाडाैं । साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको यो […]

समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुँदै

जेठ ३०, काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए । एकीकरणपछि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरु व्यस्त […]

सांसदलाई ल्यापटप दिँदा जनतामा नकारात्मक सन्देश जान्छ – रामकुमारी झाँक्री

जेठ ३० ,काठमाडौं । सांसदहरुलाई ल्यापटप बाँड्ने कुराको नेकपा सांसद रामकुमारी झाँक्रीले विरोध गरेकी छिन् । बिहिबार विनियोजन बजेटबारे छलफलका लागि बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद झाँक्रीले सांसदलाई ल्यापटप दिएर जनतामा नकारात्मक सन्देश दिन खोजेको बताइन् । उनले भनिन्–‘केही दिन अघिदेखि पत्रपत्रिकामा सांसदहरुलाई ल्यापटप बाँड्न संसद सचिवालयले टेन्डर आह्वान गर्यो भन्ने सुने । […]

प्रधानमन्त्री कप महिला क्रिकेट असार ४ देखि

जेठ २९,काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटी (एमएसएस)को व्यवस्थापमा प्रधानमन्त्री कप महिला टी २० क्रिकेट असार ४ देखि सुरु हुने भएको छ। आयोजक राखेप र एमएसएसले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असार ४ देखि ११ गतेसम्म कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मन्चमा हुने जानकारी दिएको हो। यसअघि जेठ २८ गतेदेखि नै प्रतियोगिता सुरु गर्ने […]

टिपरको ठक्करबाट पत्रकारको मृत्यु

जेठ २९ ,सुर्खेत।  टिपर आतंक नरोकिँदा सुर्खेतमा एक पत्रकारको मृत्यु भएको छ। बुधवार सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव नन्दबहादुर गेलाङ्गको मृत्यु भएको हो। रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको […]

युरोटनेल रेल चढेर प्रधानमन्त्री ओली आज फ्रान्स जाने

 जेठ २९, बार्सिलोना। संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली बेलायतका विभिन्न कार्यक्रममा सहभागी भएर आज दिउँसो मित्र राष्ट्र फ्रान्सको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली फ्रान्सका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा आज दिउँसो लण्डनबाट रेल चढेर फ्रान्सको राजधानी पेरिस पुग्ने कार्यक्रम रहेको बताइएको छ । नेपालमा रेल यातायातको सपना देखाउँदै आएका प्रधानमन्त्री […]

अनट्रयाक एजुकेशनले मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन

जेठ २९ ,काठमाडौं  । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबाई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गर्ने भएको छ । मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले सनिबार आयोजना हुने उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणाली का बारेमा जानकारी गराउनुहुनेछ। जुन १५ तारिक […]

 लागुऔषध कारोबारी ‘डिके’ भनिने गोविन्द थापा पक्राउ

जेठ २९ ,काठमाडौं । लागुऔषध कारोबारी नियन्त्रणमा लिन पोखरामा प्रहरीले गोली चलाएको छ। पोखरा महानगरपालिका–१० को उत्तम चोकमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारी ‘डिके’ भनिने ३० वर्षीय गोविन्द थापालाई गोली हानी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। थापाको बायाँ खुट्टामा गोली लागेको छ। उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ। अन्य […]

फिल्म ‘पायल’को शुभसाइत

जेठ २९ ,काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘पायल’को शुभसाइत गरिएको छ । शुक्रबारदेखि छायांकन जाने गरेर फिल्मको शुभसाइत गरिएको हो । उपत्यकालगायत पूर्वको केहि स्थानमा छायाँकन हुने फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देन हुन् । समाजमा बढिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने निर्देशक लिङ्देनले बताए । कविता राई […]

श्रीलंका तथा बंगलादेशबीचको खेल वर्षाका कारण रद्ध , दुबै टोलीले १-१ अंक बाँडे

जेठ २९ ,काठमाडौं । जारी विश्वकपमा फेरि पनि वर्षाका कारण खेल प्रभावित बनेको छ।  मंगलबार श्रीलंका तथा बंगलादेशबीच हुने भनिएको खेल वर्षाका कारण हुन पाएन। खेल रद्ध भएपछि दुबै टोलीले १-१ अंक बाँडेका छन्। जारी विश्वकपमा वर्षाका कारण खेल रद्ध भएपछि श्रीलंकाले अंक बाँडेको यो दोस्रो पटक हो। यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि […]

लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय हुन्छ – प्रचण्ड

जेठ २९ , काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवा आयोगको विज्ञापनबारे प्रधानमन्त्री स्वदेश फर्किएपछि निर्णय लिइने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले  यस्तो बताएका हुन्  । उनले भने, ‘समितिले एक ढंगले निर्देशन गर्‍यो । सरकारले एक खालले आफ्नो भनाइ राखिराखेकै छ । प्रधानमन्त्रीजी आएपछि छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्छौं […]

सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको सांसद प्रकाशमान सिंहको आरोप

जेठ २९ ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले गुठीको प्राण उडाउने गरी गुठी विधेयक ल्याएको बताएका छन्। प्रतिनिधिसभा संसदमा बुधबार सांसद सिंहले सरकारले खराब नियतबाट विधेयक ल्याएको आरोप लगाए। ‘संविधानको धारा २९० ले स्पष्ट भनेको छ गुठीको मूल भावनाविपरीत हुने गरी कानुन संशोधन गर्न पाइँदैन,’ उनले भने, ‘गुठीको प्राण उडाउने गरी […]

सगरमाथाको विषयमा अनावश्यक हल्ला चल्यो – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताएका छन्। बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट पारे। नेपाल बेल्ट एण्ड रोड इनिसियटिभमा सहभागी भएको बारेको प्रश्नमा उनले भने, ‘हामी लगानीका लागि आमन्त्रण गर्छौं। […]

सफ्ट्वरिका कलेजको आयोजनामा ३ दिने आइ ओ टि प्रदर्शनी सुरु

जेठ २९ ,काठमाण्डौ। कम्प्यूटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी स्मार्ट बनाउन सकिन्छ भन्ने विषयमा सफ्ट्वरिका कलेजले काठमाण्डौमा आयोजना गरेको ३ दिने आइ।ओ।टि। प्रदर्शनी सुरु भएको छ । विहिबार सम्म डिल्लीबजारमा चल्ने प्रदर्शनी का लागि स्मार्ट स्कुलरकलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटलररिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना […]

प्रधानमन्त्री केपी ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा मेबीच भेटवार्ता

जेठ २९ ,काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र बेलायतकी प्रधानमन्त्री थेरेसा मेबीच मंगलबार भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओली र मेबीच द्वीपक्षीय हित विषयमा कुराकानी भएको छ। उक्त अवसरमा नेपाल र बेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धन र व्रिटिस गोरखासम्बन्धी विषयमा छलफल भएको अर्यालले जनाए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले […]

सेन्टिनीयल कलेजका प्रतिनिधि पोनापा नालेण्डा(बिपिन ) नेपालमा

जेठ २८ ,काठमाण्डौँ। विदेशमा अध्ययन गर्न विद्यार्थीहरूको लागि क्यानाडा पहिले रोजाइमा पर्दछ। । विद्यार्थीहरूले क्यानाडालाई उच्च शिक्षाकोलागि मनपराउने कारण बिश्व स्थिर को शिक्षा, छात्रावृत्ति, मानब अधिकार को उच्च कदर, पिआर को सम्भावना उच्च, स्वच्छ बाताबरण, उच्च आयदर लगायतका आकर्षक बिषय बस्तु नै हुन्। प्रत्येक बर्ष हजारौं को संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थीहरू उच्च शिक्षा का लागि क्यानाडा […]

दूध बोक्ने गाडीको ठक्करबाट एक बालकको मृत्यु

 जेठ २८ , काठमाडौं । दूध बोक्ने गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि आक्रोशित भएका स्थानीयवासीले मंगलबार विहान विराटनगर रंगेली रोड अवरुद्ध गरेका छन् । मंगलबार विहान मोरङको धनपालथान गाउँपालिका-४ गदिया खोला नजिकै दूध बोक्ने भ्यानको ठक्करबाट सोही स्थानमा १२ बर्षिय मोहमद जवारको मृत्यु भएको हो । ठक्करबाट अन्य २ जना गम्भीर घाइते भएका छन् । […]

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट- बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

 जेठ २८ ,ललितपुर । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (मंगलबार) साँझ दक्षिण एसियाली दुई टोली बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । काउन्टी क्रिकेट मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीले जित्ने दावी गरेका छन् । विगतका प्रतियोगिता हेर्ने हो भने बंगलादेशको तुलनामा श्रीलंका बलियो छ । सन् १९९६ को विश्वकप जितेको श्रीलंका २००७ र […]

१८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ

 जेठ २८ ,ललितपुर । प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन्। महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय यादवले १८ वर्षीया (नाम परिवर्तन) आरलाई विगत ३/४ वर्षदेखि जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा […]

गुठी विधेयकको बिरोध प्रर्दशनमाथि सामान्य बल प्रयोग भएको गृहमन्त्री रामबहादुर थापाले गरे स्वीकार

 जेठ २८ , काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको बिरोध प्रर्दशनमाथि सामान्य बल प्रयोग भएको स्वीकार गर्दै सरकार नैतिक जिम्मेवारी लिन तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले आइतबार माइतीघर मण्डलामा गुठियारहरुले गरेको प्रदर्शनमा पानीको फोहोरासहित प्रहरीले सामान्य बल प्रयोग गरेको उनले बताए । उनले […]

लोक सेवा विज्ञापन रद्द गर्न लगाउने राज्य व्यवस्था समितिविरुद्ध सडक आन्दोलन

 जेठ २८ , काठमाडौं । स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनको विरोध गर्दै मंगलबारबाट काठमाडौंमा आन्दोलन सुरु भएको छ । लोक सेवा तयारी तदर्थ संघर्ष समिति, नेपालले राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले सरकार र लोक सेवा आयोगलाई […]

माइतीघरमा प्रहरीको धरपक्कडप्रति सत्तारूढ दलका सांसदकै आपत्ति

 जेठ २७, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपक्कड गरेकोमा आपत्ति जनाएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले आइतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन्। सोमबार संघीय संसद भवन […]

अर्थमन्त्रीले गतवर्ष विज्ञको रुपमा र यसवर्ष राजनीतिज्ञको रुपमा बजेट ल्याउनुभयो – सांसद पाण्डे

 जेठ २७, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज पाण्डेले अर्थमन्त्री युवराज खतिवडाले गतवर्ष विज्ञको रुपमा र यसवर्ष राजनीतिज्ञको रुपमा बजेट ल्याएको टिप्पणी गरेका छन् । राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले भने, ‘गतवर्ष सफल अर्थ विज्ञको रुपमा बजेट आएको थियो । यो वर्ष राजनीतिज्ञको रुपमा बजेट ल्याउनुभएको छ । यसका लागि म शुभकामना दिन […]

भारतीय क्रिकेट खेलाडी युवराज सिंहले क्रिकेटबाट लिए सन्यास

 जेठ २७,  काठमाडाैं । भारतीय क्रिकेट खेलाडी युवराज सिंहले क्रिकेट करिअरबाट सन्यासको घोषणा गरेका छन् । युवराज सिंहले नयाँ दिल्लीमा कार्यक्रम गर्दै सन्यासको घोषणा गरेका हुन् । सन् २०११ को विश्वकप भारतले जित्दा प्लेयर अफ द टुर्नामेन्ट घोाषित भएका युवराज पछिल्लो समयमा टिम बाहिर थिए । विश्वकप २०१९ खेलेर सन्यास लिने तयारीमा रहेको युवराज टिममा […]

उपचारको क्रममा युवतीको मृत्यु , क्षतिपूर्ति दिने सहमतिपछि मिल्यो विवाद

जेठ २७, काठमाडौं । उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ ।  पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो । घटना उग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद साम्य बनेको हो […]

प्रितम आचार्यलाई काकडभिट्टामा भव्य स्वागत

जेठ २७, काठमाडौं । जी टीभीबाट प्रशारण भएको ‘सारेगमप लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप भएका नेपालका प्रितम आचार्यलाई पूर्वी नेपालको काकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए । उनलाई फूलमाला […]

स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गरियोस – सांसद भट्ट

 जेठ २७, काठमाडौं । नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेकी छन् ।राष्ट्रियसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टले यस कार्यक्रमको कार्यविधि विवादमा रहेको र सांसदलाई बजेट दिने सिको प्रदेशमा पनि हुने भएकाले कार्यक्रम नै खारेज गर्नुपर्ने बतएकी हुन् । ‘यसको कार्यान्वयन र खर्च गर्ने शैलीमा सर्वत्र विरोध मात्रै […]

एक गाउँ जुन ११ महिना डुबानमा पर्छ

भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको […]

बानेश्वरबाट अवैध हतियारसहित एक जना पक्राउ

२७ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाबारे पुष्टि गरे पनि थप विवरण खुलाएनन् ।

काँग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटक लागि स्थगित

जेठ २७, काठमाडौं ।  काँग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटक लागि स्थगित भएको छ ।  गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षका सांसदले विरोध गरेका थिए । उनीहरुले दमनबारे सरकारको जवाफ माग्दै विरोध जारी राखेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । यसअघि सत्तापक्षकी सांसद पम्फा […]

विश्वकप क्रिकेट – भारतद्वारा अष्ट्रेलिया पराजित

 जेठ २७, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ ।लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो । अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, डेभिड […]

आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

जेठ २७, जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै छन। सोमबार नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।  […]

लोकसेवाको कर्मचारी भर्ना विज्ञापन स्थगित गर्न निर्देशन

जेठ २७, काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्न गरेको विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना विज्ञापन स्थगित गर्न निर्देशन दिएको हो । सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित […]

श्रीलङ्काका मुसलमानले तोडे आफ्नै मस्जिद

जेठ २७, काठमाडौं । संसारभरीका मुसलमान रमजानको महिनामा ब्रत राख्छन् र प्रार्थना गर्छन् तर श्रीलङ्कामा मुसलमानको एउटा सानो समुहले आफूलाई हिंस्रक समुहबाट अलग देखाउनका लागि मस्जिद तोडे । अकबर खान मदतुंगमाका मुख्य मस्जिदका ट्रस्टी हुन् । उनले बीबीसीसँगको कुराकानीमा ‘अल्लाह’  माथि विश्वास राख्नेहरुले आखिर किन यस्तो कदम उठाए भन्ने जानकारी दिएका छन् । इस्टरको दिन हमलापछि हाम्रो […]

लोकसेवाले निकालेको विज्ञापन संविधानबिपरित छैन – मन्त्री पण्डित

जेठ २७, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले गरेको पछिल्लो विज्ञापन ऐनअनुसार भएको दावी गरेका छन् । आज बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री पण्डितले यस्तो जवाफ दिएका हुन् । आयोगले ९ हजारभन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन गरेको थियो । उक्त विज्ञापनले यसअघिको समानुपातिक […]

सय गुरिल्लाबाट शुरु भएको विद्रोहले १७ हजार मान्छे मरे , फेरी कति मर्ने हुन् – कमल थापा

जेठ २६, कुश्मा । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का अध्यक्ष कमल थापाले राजतन्त्रको अन्त्यपछि मुलुक झन विकराल अवस्थामा प्रवेश गरेको बताएका छन । स्वाभिमान यात्राको क्रममा पर्वतको सदरमुकाम कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्  । उनले राजतन्त्र समाप्त भएको १३ वर्षमा देशले केहि गतिलो चीज पाउन नसकेको बताए । केपी ओली नेतृत्वको […]

डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ – कमल थापा

जेठ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तापक्ष र प्रतिपक्षले मिलेर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बागलुङमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्रको नाममा सत्ता र प्रतिपक्षले लुटतन्त्र मच्चाएको आरोप लगाएका हुन्। हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको भन्दै अध्यक्ष थापाले नेपाललाई हिन्दु […]

काठमाडौँमा भोला करेन्ट पान मसला र श्रीराम टोब्याकोद्वारा निशुल्क डस्बिन वितरण

जेठ २६, काठमाडौं ।  काठमाडौँमा भोला करेन्ट पान मसला र श्रीराम टोब्याको कम्पनीको संयुक्त प्रायोजकमा काठमाडौँको कलंकी र कालिमाटी परिषरमा निशुल्क डस्बिन वितरण गरेको छ  । उक्त निशुल्क डस्बिन वितरण कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मनोहरा , रोट्रयाक्ट क्लब अफ रुद्रमती र रोट्रयाक्ट क्लब अफ रुद्रमती बबरमहलले सहकार्य गरेका थिए । निशुल्क डस्बिन दुई चरणमा वितरण […]

‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता –२०७६’ का विजेताहरु पुरस्कृत

जेठ २६, काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले यस्तो धारणा राखेको हो । उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे […]