विदेशी नागरिकप्रति कडा नीति बनाउदै अस्ट्रेलिया
२८ साउन, काठमाडौ
अस्ट्रेलिया सरकारले विदेशी नागरिकबाट आफना नागरिकलाई हुने सक्ने शंकास्पद क्रियाकलाबाट जोगाउन विदेशी नागरिक सम्बन्धी नीतिका आमुल परिवर्तन गर्ने तयारी गरेको छ ।
परिवर्तित नियमअनुसार कुनै पनि अपराधमा एक वर्ष जेल सजाय भोगेका व्यक्तिलाई देशनिकाला गर्दै आएको अस्ट्रेलियाली सरकारले अबदेखि कुनै जेल सजाय नभोगेका विदेशी नागरिकलाई समेत उनीहरुको देश फिर्ता पठाउन सक्ने भएको छ । कुनै पनि अभियोगमा दुई वर्षसम्म सजाय तोकिएको खण्डमा उनीहरुलाई अस्ट्रेलिया सरकारले अबदेखि उनीहरुकै देशमा फिर्ता पठाउने गरी नीतिगत व्यवस्था गर्ने भएको हो । अष्ट्रेलियाका अध्यागममन्त्री डेभिड कोलम्यानले अस्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षालाई मजबुत बनाउने उद्देश्यले आप्रवासी नीति कडा पार्ने तयारी गरेको जानकारी दिएको संचार माध्यमले जनाएका छन । परिमार्जन गर्न लागिएको नियम अनुसार विदेशी नागरिकले आफ्नो देशमा कुनै अपराध गरेको खण्डमा स्वदेश फिर्ता पठाउने नियममा परिमार्जन गर्न लागेको छ । आप्रवासीका लागि सुरक्षित देशका रूपमा चिनिँदै आएको अस्ट्रेलियाले आफ्नो आन्तरिक सुरक्षा र व्यवस्थालाई मध्यनजर गर्दै आप्रवासी नियम परिवर्तन गरी कडाइ गर्न लागिएको हो ।
पछिल्लो समय अस्ट्रेलियाले आफनो देशको आन्तरिक सुरक्षामा केन्द्रित भएर विदेशी नागरिकका लागि नीतिगत परिवर्तन गदै आईरहेको छ । अष्ट्रेलियाका संचार माध्यमले ६ वर्षको अन्तरालमा अस्ट्रेलियाले ५ हजारको हाराहारीमा विदेशीलाई आफनो देशमा फिर्ता पठाइसकेको छ । यस नियमबाट नेपाली नागरिक समेत प्रभावित हुने देखिएको छ । अस्ट्रेलियाले आफना नागरिकको सुुरक्षाका लागि विदेशीबाट हुन सक्ने शंकास्पद क्रियाकलबालाई नियन्त्रण गर्न सो नयाँ नियम ल्याउन लागेको हो ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]