वैदेशिक रोजगारीको प्रक्रिया गरेकोमा शैक्षिक परामर्शदाता संस्थामा छापा

२८ साउन, काठमाडौं
वैदेशिक रोजगार विभागले शैक्षिक परामर्शदाताका नाममा वैदेशिक रोजगारीमा पठाउने संस्था बिरुद्ध अनुगमन कडा पारेको छ । आईतबार विभागले सिनामंगलस्थित एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा छामा मारेको आवश्यक कागजात र कम्प्युटर अनुसन्धानका लागि विभागमा ल्याएको छ ।
सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको सूचनाका आधारमा विभागले छापा मारेको जनाएको छ ।
विभागमा महानिर्देशक भिष्मकुमार भुसालले कार्यलयको आकस्मिक टोलीले गौशाला प्रहरीको सहयोगमा कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको विभागका जानकारी दिए । अनुगमनका क्रममा कन्सल्टेन्सीबाट साइप्रसमा वैदेशिक रोजगारमा जान आवेदन दिएका व्यक्तिको आवेदन फाइल तथा व्यक्तिको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणसमेत अनुगमन टोलीले फेला पारेको छ ।

अनुगमन टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगारसम्बन्धी कागजात र कम्प्युटर जफत गरी विभागमा हाजिर हुन कन्सल्टेन्सीका संचालकलाई निर्देशन दिएको छ । विभागले सञ्चालक सुजितकुमार श्रेष्ठलाई वयानका लागि विभागमा उपस्थित हुन निर्देशन सहितको पत्र दिएको छ । शैक्षिक परामर्शदाताका रूपमा दर्ता भएर विभिन व्यक्तिसँग मोटो रकम लिइ नियमविपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाउने गरेको उजुरी परेकोे विभागले जनाएको छ । विभागले शिक्षा मन्त्रालयसँग समन्वय गरी कन्सलटेन्सीमा अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको छ ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

मालपोत कार्यालयका सहयोगी सहित अन्य एक घुस सहित पक्राउ

५ भदौ, काठमाडौं मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई नियन्त्रणमा लिईएको छ । भण्डारी र केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न आउने ब्यक्तिहरुसंग जग्गा रोक्का राख्न सहज गरिदिने भनि घुस माग गरेको अभियोग छ । घुस माग्ने गरेको भनि […]