सिटीजन कलेजमा स्टक पिचिङ प्रतिस्पर्धा

२८, साउन, काठमाडौं
ललितपुरस्थित सिटीजन कलेजमा भएको स्टक पिचिङ कम्पिटेसनमा आरती झाको टिमले प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । सहभागी ८ टिमबीच भएको प्रतिश्पर्धात्मक प्रस्तुति कार्यक्रममा आरक्ष प्रजापतिको टिमले द्वितीय स्थान(रनर्सअप) को स्थान हाँसिल गरेका छन् । कार्यक्रमका विजेतालाई कलेजका प्राचार्य हरिकृष्ण अर्याल प्रशासनिक प्रमुख राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।
सेयर बजारमा सूचीक्रित विभिन्न सेक्टरका स्टकलाई आधार मानेर विद्यार्थीहरूबीचमा गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूमा सेकेन्डरी सेयर मार्केटको विश्लेषण गर्न सक्ने क्षमताको विकाश भएको आयोजक कलेजले जनाएको छ । कलेजका प्राचार्य हरिकृष्ण अर्यालको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगितामा निर्णायकको भूमिका त्रिविका उप–प्राध्यापक सुरेन्द्र महतो तथा सेक्युरिटी बोर्ड अफ नेपाल(सेबोन) का उपनिर्देशक अजय ढुंगाना थिए । कार्यक्रममा कलेजका प्राचार्य हरिकृष्ण अर्याले कार्यक्रमले विद्यार्थीवर्गमा सेयर बजारको सचेतना प्रदान गर्दै लगानी गर्नका निमित्त आवश्यक विश्लेषण गर्न सक्ने क्षमताको विकास गरेको बताए ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]