भक्तपुरमा स्वास्थ्य शिबिर, ३०० भन्दा बढीको स्वास्थ्य परीक्षण

२७ साउन, काठमाडौ
लायन्स क्लब अफ नेपाल इको फ्रेण्डली, ब्रमाहिणी बचत तथा सहकारी संस्था र मृगौला बचाउ अभियानले भक्तपुरमा संयुक्त रुपमा स्वास्थ्य शिविरको आयोजना गरेका छन ।

मृगौला बचाउ र अन्य स्वास्थ्य परीक्षण सहित भक्तपुरमा आयोजना गरिएको सो शिबिरमा निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा रगतको अभावलाई मनन गरी रक्तदान कार्यक्रम, मृगौला परीक्षण, आखाँ परीक्षण र अन्य सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो । भक्तपुरका स्थानियले स्वास्थ्य परीक्षण कार्यक्रमले अस्पाल जान नभ्याउने मानिसका लागि राम्रो भएको बताए । ३०० भन्दा बढी स्थानियको स्वास्थ्य परीक्षण गरिएको थियो । यो स्वास्थ्य शिविरमा भिभो एजुकेसनको समेत सहकार्य रहेको छ । समयमा नै मृगौला परीाक्षण गर्दा यसमा लाग्ने रोगबाट बचाउन सकिन्छ भन्ने अभिप्रायले शिबिरमा मृगौला परीक्षणलाई प्रथामिकता दिईएको थियो । नेसनल किडनी सेन्टरका अध्यक्ष ऋषिकुमार काप्mलेले शिबिर विभिन्न प्रकारको परीक्षण पश्चात विरामीलाई मृगौलाको अवस्थाका बारेमा जानकारी दिने बताए । डा. काप्mले स्वस्थ्य जस्तो देखिने मानिसको मृगौला बिग्रन सक्ने भएकाले समय समयका परीक्षण गर्नु पर्ने सुझाब दिए ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]