सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत अनिवार्य छात्रवृत्ति

२६ साउन, काठमाडौं
त्रिभुवन विश्वविद्यालयले त्रिवि अन्तर्गत डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजमा पनि पूर्ण छात्रवृत्ति लागु लगाउने भएको छ ।
नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा त्रिवि नेतृत्वसंग भएको वार्तापश्चात त्रिविले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा दिदैं आएको निशुल्क छात्रवृत्ति अब डिन कार्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्याक्रम सञ्चालन गर्ने कलेजहरुमा पनि लागु हुने निश्चित भएको हो । गत साउन १३ गते काफ्ले नेतृत्वको समूहले त्रिवि
उपकुलपति डा.तीर्थ खनियाँलाई ज्ञापन पत्र बुझाई छात्रवृत्ति प्रभावकारी बनाउन दवाव दिएको थियो । नेविसंघले अघि सारेका माग पूरा गर्न त्रिविले गठन गरेको वार्ता समितिले नेविसंघसंग वार्ता गरेको थियो । वार्तामा दुवै पक्षबीच ५ बुँदे सहमति भएको छ । जसअनुसार अब डिन कार्यालयबाट सम्बन्धन लिने कलेजले सञ्चालन गरेका महंगा कोर्समा पनि १० प्रतिशत विद्यार्थीलाई निशुल्क छात्रवृत्ति दिइनेछ । नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले त्रिविसंगको सम्झौता ऐतिहासिक भएको बताए । ‘छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नै भइरहेको थिएन । यो सहमतिले सबैतिर निशुल्क छात्रवृत्ति लागु गर्न र महंगा कोर्समा पनि १० प्रतिशत छात्रवृत्ति दिलाउन बाटो खुलेको छ ।’, काफ्लेले भने । उनले सहमति कार्यान्वयन भएमा अऋर्थक अभावका कारण महंगो कोर्स पढ्न नसक्ने जेहन्दार विद्यार्थी लाभावन्दित हुने बताए । सहमतिमा त्रिविका तर्फबाट वार्ता समिति संयोजक गंगाबहादुर थापा र सदस्यहरुले हस्ताक्षर गरेका छन् । यस्तै नेविसंघका तर्फबाट निमा गिरी,हरि आचार्य, दीपक ओझा, योगेन्द्र रावल, विष्णुहरी खड्का र सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेविसंघ नेता दिपक ओझाले सहमतिका कारण बिबिए, बिएचमए,बिएसडब्लु, एमबिए, बीआइएम, बिबिएम जस्ता तुलनात्मक रुपमा बढी शुल्क लाग्ने कोर्स पढाई हुने कलेजमा पनि १० प्रतिशत विद्यार्थीले निशुल्क पढ्न पाउने बताए । ५ बुँदे सहमतिमा त्रिवि अन्तर्गत दिइने छात्रवृत्तिको संख्या बढाउने, छात्रवृत्ति कार्यान्वयन गर्न प्रभावकारी अनुगमन गर्ने तथा निशुल्क छात्रवृत्ति पाउने विद्यार्थीलाई रजिष्ट्रेसन, लाइब्रेरी , ल्याब लगायतको शीर्षकमा कुल शुल्कको ५ प्रतिशतभन्दा बढी रकम लिन नपाइने लगायतका विषय समेटिएका छन् ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]