शिक्षा मात्र हैन गुणस्तरिय शिक्षामा केन्द्रित एलपियु

लब्ली प्रोफेसनल युनिर्भसिटी (एलपियु) सुरक्षित र शान्त होस्टलको व्यवस्थापन रहेको भारतको प्रमुख मध्येको एक शैक्षिक संस्था हो । एलपियुका क्याम्पसमा २० हजार भन्दा बढी विद्यार्थी अध्ययन रहेका छन । एकेडेमिक मेरिटका आधारमा विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्तिको समेत सो युनिर्भसिटीमा सुविधा रहेको छ । नेपाली विद्यार्थीलाई दिदै आएको परामर्श र अन्य शैक्षिक सेवाका बारेमा केन्द्रित रहेर अनलाईनसमय डटकमका कार्यक्रम निर्देशक सुनिल आर्चायले लब्ली प्रोफेसनल युनिर्भसिटी (एलपियु) का असिस्टेन्ट डाइरेक्टर डिभिजन अफ ईन्टरनेसन अफेयरका प्रमुखसँग नितेश महाजनसँग गरेको कुराकानीको सार ः

‘शिक्षाको परिवर्तन, भारतको परिवर्तन’ भन्ने जुन एलपियु शैक्षिक ‘थिम’ रहेको छ । यसको बारेमा केही बताई दिनुहोला ?
एलपियु भारतको सबै भन्दा ठुलो क्याम्पसको विश्वविद्यालय हो । अहिलेको समयमा शिक्षाको कुरा गर्दा यसमा धेरै परिवर्तन भएको छ । शिक्षा क्षेत्रमा धेरै डिजिट्लाईजेसन भएको छ । उच्च शिक्षाका अहिले धेरै परिवर्तन आएको छ । शिक्षामा आएको परिवर्तनका बारेमा लब्ली प्रोफेसन युनिर्भसिटीले त्यो कुरामा महशुष गरेको छ । यो शिक्षा मात्र होइन कि यो क्यारियर बनाउने कुरा पनि हो । यो कुरा भारतिय विद्यार्थी मात्र होईन, नेपाल लगायत अन्तरराष्ट्रिय विद्यार्थीका लागि पनि त्यतीकै महत्वपुर्ण रहेको छ ।
एलपियुमा धेरै विद्यार्थीहरु नेपाली तथा अन्य क्षेत्रका रहेका छन । यस्तो अवस्थामा विश्वविद्यालयले अन्य विश्वका विश्वविद्यालय जस्तै शैक्षिक गुणस्तर कायम गर्न के गरिरहेको छ ?
नेपाली विद्यार्थीको कुरा गर्दा हाम्रो विश्वविद्यालयमा लगभग १ हजार हाराहारीमा नेपाली विद्यार्थी रहेका छन । नेपाली विद्यार्थीका लागि ब्याचलर, डिप्लो र मास्टर डिग्रीका विभिन्न कार्यक्रमहरु रहेका छन । यसैगरी सामुदायिक कलेजका कार्यक्रम र पिएचडिका कार्यक्रमहरु पनि रहेका छन । म गुणस्तरिय शिक्षाकै बारेमा केही भन्दै छु । कक्षाकोठा नियमित संचालन भईन्छन भने लाईवेरी सुविधा पनि मध्यरातसम्म खुल्ला रहन्छ भने होस्टल अत्याधिक सुरक्षित रहेको छ । यसैले सबै प्रकारका सुविधा त्यहाँ रहेका छन । त्यसैले तपाइृले आफना सबै सपना पुरा गर्न सक्नु हुन्छ । हाम्रा विद्यार्थी गुगल, माईक्रोसप्mटदेखी ओमेजनमा समेत काम गरिरहेका छन ।
तपाइहरुको विश्वविद्यालय नाम, काम र गुणस्तर अनुसार राम्रो रहेको छ । नेपालको परिपेक्षका कुरा गर्दा रोहिणी ईन्टरनेसनलसँग काम गरिरहनु भएको छ । यसको बारेमा केही जानकारी दिनु होला ?
रोरिणी ईन्टरनेसन भनेको एलपियुको प्रतिनिधि गर्ने फेस नै हो । यसले मुख्य रुपमा हामीलाई शैक्षिक परामर्शको लागि सहयोग गरिरहेको छ । नेपालभर हाम्रा ६ वटा शाखा रहेका छन । भर्नाका समयमा वर्षको एक पटक म नेपालमा हुने गरेको छु । यसैले नेपाली विद्यार्थीलाई सहज हुने गरी विभिन्न क्रियाकलाबमा गरिन्छ । उच्च शिक्षा करियन मात्र नभएर भविष्यको गोरेटो पनि हो । त्यसैले हाम्रो टिमले विद्यार्थीलाई विभिन्न कार्यक्रमका सम्बन्धमा सहयोग गर्ने गरेको छ ।

तपाईले नेपाली विद्यार्थीका लागि एलपियु दोस्रो घर हो भन्नु भयो । अन्तरराष्ट्रिय विद्यार्थीका लागि कस्ता छुट सुविधाहरु रहेका छन ।
युनिर्भसिटीको अन्तरराष्ट्रि अफेयरले विद्यार्थीको अवस्था हेरेर उनीहरुलाई गाईड गर्ने काम गदै आएको छ । अन्तरराष्ट्रिय विद्यार्थीलाई शुरुमा उनीहरुको अवस्था, कार्यक्रमको बारेमा, भर्ना र भर्नापछिका विभिन्न बिषयमा गाईड गर्ने गरिएको छ । यसरी विद्यार्थीले ग्रेजुएटपछिको एमुनाईज निर्माण लगायतका सबै प्रक्रिया सहयोग गर्ने गरिएको छ । नेपालमा हालै एलमुनाईज भेटघाट कार्यक्रमको आयोजना समेत गरिसकेका छौ ।
शैक्षिक पद्धतीको कस्तो रहेको छ ? यसको बारेमा समेत जानकारी दिनुहोला ?
सबै कक्षामा आर्ट फेसिलिटिज रहेको छ । यसका स्मार्ट बोर्ड प्रोजेक्टर, क्यामेरा र रेकडिङ प्रणाली सबै रहेको हुन्छ । हामी यसनिर्भसिटी मेनेजमेन्ट स्टिमको विकास गरेर काम गर्ने, सबै डिजिटलाईज विश्वविद्यालय हो । लेक्चरले दिएको सबै लेक्चरको रेकडिङ गरिने हुदा विद्यार्थीलाई के सिकाई र के सिके भन्ने समेत जानकारी राख्न सकिन्छ । विद्यार्थीले शैक्षिक क्रियाकलाबका बारेमा मोबाईल एप मार्पmत सबै जानकारी लिन सक्छन । अभिभावकले समेत विद्यार्थी कक्षाकोठामा भए नभएको जानकारी समेत पाउन सक्ने छन । शिक्षकलाई तालिम दिएर एकेडेमिक मात्र नभएर व्यवसायिक क्षेत्रको समेत ज्ञान दिन सक्ने गरी दक्ष बनाईएको छ ।
एलपियु र नेपालको त्रिभुवन विश्वविद्यालयको सम्बन्ध राम्रो रहेको छ ? यसमा सहयोग आदानप्रदान कसरी भईरहेको छ ?
हामी नेपालको त्रिभुवन युनिर्भसिटी र काठमाडौ युनिर्भसिटीसँग पाटर्नरसिप सम्बन्ध रहेको छ । हामीहरुको सहकार्यका लागि एकदम सचेत छौ । हामी २ विश्वविद्यालयले सँगै के गर्न सकिन्छ भनेर छलफल भईरहन्छ । यसमा गोष्टी, सेमिनार तथा अन्य त्यस्तै शैक्षिक कार्यक्रम संचालन गर्ने बारेमा छलफल भईरहन्छ । म मार्केटिङको बेला आउदा विभिन्न बिषयमा छलफल समेत हुने गरेकाो छ ।
नेपाल र भारत बिच बिभिन्न क्षेत्रमा समानता र खुलापन छ । यस्तो अवस्थामा नेपाली विद्यार्थीले कस्तो बिषय छनोट गर्ने गरेका छन ?
नेपाली विद्यार्थी बिटेक , बिजनेस लगायतका विभिन्न कार्यक्रममा भर्ना हुने गरेका छन । यसका साथै अन्य विभिन्न बिषयमा समेत रुची देखाएको देखिन्छ । यसका साथै कम्प्युटर साइन्स, इन्जिनियरिङ र ईलेक्ट्रोनिकका कार्यक्रमहरु रहेका छन ।

Releated

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]

एसएबिटी अष्ट्रेलियाका प्रतिनिधीद्धारा भिभोको भ्रमण

४ साउन, काठमाडौ अष्टष्ट्रियाको सिडनीमा रहेको साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी)का प्रतिनिधिले नेपालको भम्रण गरेका छन । साउथ एकेडेमी अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएबिटी) व्यावसायिक शिक्षा दिने गुणस्तरिय शैक्षिक संस्था हो । जुन सिड्नी शहरको सिबिडीमा अवस्थित छ । यो संस्थाले सर्टिफिकेट ३ र ४, डिप्लोमा अस्ट्रेलियन क्वालिफिलकेसन फ्रेमवर्क अन्र्तगत उच्च गुणस्तरिय शिक्षा […]