पुर्वमा मात्र ३९ करोडको तरकारी आयात

२४ साउन, काठमाडौं
सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताइरहेका बेला विराटनगर भन्सार नाकाबाट मात्रै साढे ३९ करोडभन्दा बढीको तरकारी आयात भएको छ ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा पूर्वको प्रमुख भन्सार नाकाका रूपमा रहेको विराटनगरबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । सरकारले कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न योजना अघि सारे पनि आयात हरेक दिन बढ्दै गरेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलका अनुसार आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल कागतीलगायत आयात भएको थियो । यो अवधिमा विराटनगर नाकाबाट ११ लाख ८८ हजार किलोग्राम दालमात्रै आयात भएको थियो ।
३८ करोड ९ लाख ६५ हजार मूल्य बराबरको फलफूल पनि आयात भएको छ । स्याउ, आँप, लिची, अनार, तरबुजालगायतका फलफूल आयात भएको सूचना अधिकृत पौडेलले जानकारी गराए । फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व प्राप्त भएको छ । वैदेशिक रोजगारीका कारण कृषिजन्य उत्पादनमा ह्रास आएको छ । स्वदेशी उत्पादनमा ह्रास आउँदा हरेक दिन आयात बढ्दै गएको कारोबार दैनिकमा समाचार छ ।

Releated

सुरु हुँदै हिमालय रोडिज ३ अडिसन

  ६ भदौं, काठमाण्डौ एडभेन्चर रियालिटी सो ’हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चाँडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुँदै आएको ’हिमालय रोडिज’ले यसअघि दुई सिजन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिलो र दोस्रो सिजनमार्फत् युवापुस्ताको मन जित्न सफल यो रियालिटी सो नेपालको शाहसिक खेलमा आधारित रियालिटी सो हो । सिजन ३ […]

३ हजारले अवलोकन गरे मेडिकल एजुकेसन करियर एक्स्पो २०१९

५ भदौ, काठमाडौ मेडिकल शिक्षा, भिसा प्रक्रिया, शैक्षिक कर्जा, आवासको व्यवस्था लगायतका बिषयमा जानकारी दिने उद्देश्यले भाद्र ४ र ५ गते काठमाडौंमा आयोजना गरिएको मेडिकल एजुकेसन करियर एक्स्पा २०१९ मा ३ हजारले अवलोकन गरेका छन । काठमाडौको रामशाह पथ (नेसनल ट्रेडिङ सेन्टर नजिक नेम एकेडेमिको गेटमा रहेको) योग्म्बर पार्टी प्यालेसमा आयोजना गरिएको एक्स्पोमा ३ हजार […]